November 18, 2023

शुभकामना

मित्रताको डोरो हेर साह्रै दह्रो हुन्छ
सयौं हात्ती लागे पनि कहाँ त्यो चुड्छ
देवइन्द्र जसको नाम देवताका राजा
सिंहाशन तिम्रो लागि मेरो दिलमा ताजा

२०२४ साल देखिको देवेन्द्रजीसँगको चिनजान क्रमै सँग गाढा बन्दै गयो । स्याङ्जा बासी भए पनि उहाँको पर्वतसँगको नाता यति गहिरो छ कि न त उहाँले पर्वतलाई भुल्न सक्नु हुन्छ न त पर्वतेले उहाँलाई नै भुल्न सकिन्छ । पछि हामी एउटै मन्त्रालयका दुई विभागमा राष्ट्र सेवकको रूपमा काम गर्न थालियो । सेवाको आवद्धताले हामीलाई झनै नजिक्यायो । सेवाबाट अवकास भएपछि उहाँको बसोवास गैंडाकोटमा भयो र मेरो बसोवास कावासोतीमा हुन पुग्यो । यसरी हामी अझै धेरै नजिक हुन पुग्यौं ।
  पशुक्षेत्रमा उहाँको बौद्धिक लगानीले दिएको सैधान्तिक र व्यवहारिक ज्ञानले गर्दा किसानको मात्रै नभएर देशकै अर्थतन्त्रमा पारेको सकरात्मक प्रभावलाई हामी कसैले पनि भुल्न मिल्दैन । कृषि लेख रचना, पशुपालन व्यवस्थापनका क्षेत्रमा गरिएका खोज अनुसन्धानका प्रतिवेदन, किताव, बुकलेट पम्पलेटले किसान, पशुपालन क्षेत्रका प्राविधिकहरूलाई पु¥याएको  योगदान अविस्मरणीय छ । आज आएर नेपाली साहित्यमा .............. प्रकाशन हुन गएको जानकरी पाउँदा अझै खुसी लागेको छ ।
  यस सन्दर्भमा आत्मीय मित्र देवेन्द्रज्यूको  साहित्यप्रतिको अंकुरण हुन गइरहेको  भावनाहरू अझै थुप्रै पलाउन, नेपाली साहित्यले थुप्रै कृति पावस्, उहाँको नामले अमरत्व प्राप्त गरोस् भन्ने शुभ कामना व्यक्त गर्दछु
 जय देवेन्द्रज्यू, जय साहित्य,
सदानन्द अभागी
अध्यक्ष
लक्ष्मी स्मृति साहित्य समाज
कावासोती नवलपुर
२०८० साल कार्तिक भाइृ टिकाको दिन