सदानन्द अभागी
रेडक्रस संस्था एउटा बहुहीतकारी मानवीय संस्था हो । यसको स्थापना ईस्वी सम्वत १८६३ मा हेनेरी ड्युनाबाट भएको थियो । यसको मुख्यालय जेनेभा स्विजरल्याण्डमा छ । यस संस्थाका संस्थापकको बारेमा केही जानकारी लिन राम्रो होला । हेनेरी डुनान्टको जन्म ईस्वी संवत ८ मे १८२८ मा व्यपारी जीन–जैक्स ड्यूनेन्ट र एंटोनेट ड्यूनेंट–कोलाडोनका जेठा छोराको रूपमा भएको थियो । उनको परिवारलाई कैल्विनवादीको रूपमा चिनिन्थ्यो । यिनको परिवारलाई जेनेभा समाजमा महत्वपूर्ण रूपमा लिइन्थ्यो । उनका माता पिता पनि समाजसेवी थिए । । हेनेरी ड्युना पनि व्यपारी थिए । उनलाई स्विस व्यपारीको रूपमा मात्र चिनिदैन थियो । उनी एक सामाजिक कार्यकर्ता पनि थिए । फ्रान्सेली अल्जेरिया र ट्युनिसियामा व्यपारगर्ने उनको रुचि थियो । १८५९मा नेपोलियन ३सँग भेट्न जाँदा उत्तरी इटालीको सोलफेरिनको युद्धलाई दख्ने मौका मिल्यो । यस युद्धमा घाइते भएका सिपाहीहरूप्रति कसैको ध्यान गएको थिएन । घाइते सिपाहीको कारुणिक पीडालाई देखे र उनको मनमा दया पलायो । स्थानीयहरूलाई सहायताको लागि अनुरोध गरे । स्थानीय महिला र उनी प्राथमिक उपचारमा लागे । यसपछि उनी जेनेभा फर्के र आफ्नो यो घटनालाई 'ए मेमोरी अफ सेल्फिनेरो " उनको कितापमा समावेस गरे । यस कितावमा उनले घाइते सिपाहहरूलाई कुनै भेदभावविना राहत प्रदान गर्नु पर्छ भन्ने धारणा राखे । संगठन बनाउन पर्ने धारणा उनमा पलायो । यसरी १८६३ मा अन्तराष्ट्रिय रेडक्रस सोसाइटीका स्थापना भयो । १८६३ अन्तराष्ट्रिय रेडक्रस संस्थाको स्थापना गरेर रेडक्रसका संस्थापक बने । उनले यस क्षेत्रमा राम्रो काम गरेवापत १९०१ मा पहिलो शान्ति नोबेल पुरस्कारबाट सुसोभित पनि भए । ।
उद्देश्य – यसको मुख्य उद्देश्य युद्ध वा विपदमा परेका मानिसलाई राहत उपलब्ध गराउनु हो ।
नेपाल रेडक्रस सोसाइटी – नेपालमा रेडक्रसको स्थापना १९६३मा भएको थियो । संस्थापक राजकुमारी प्रिन्सेप शाह हुनुहुन्थ्यो । यसको उदेश्य पनि अन्तराष्ट्रिय रेडक्रस सोसाइटीकै सरह मानवीय सहायता नै हो । आज यसको विस्तार नेपालकै ७७ जिल्लामा नै भएको छ ।
रेडक्रस अभियानका सिद्धान्तहरू–
मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकताको आधारमा यो संस्थाका मूलभूत सिद्धान्तहरू रहेका छन् । यिनै सिद्धान्तको आधारमा रेडक्रस संस्थाहरू चलिरहेका छन् ।
रेडक्रसले गर्दै आएका कामहरू – "जहाँ दुःख त्यहाँ रेडक्रस" नाराको साथमा अगाडी बढेको रेडक्रस संस्था एउटा मानवीय संस्था हो । यसले भेदभाव रहित दुःखमा परेका सबै मानिसलाई निष्पक्ष सेवा गर्दछ । सर्वप्रथम रक्तदान महादान नारामा आधारित रहेर रक्तदान कार्यकर्म व्यापक रूपमा सञ्चालन गर्दै आएको छ । रगतदान गर्न त्यति सहज छैन । स्वस्थ मानिसको रगत नै संकलन गर्नु पर्छ । सबै मानिसको रगत एकै समुहको हुँदैन । त्यसो हुँदा यसरी विभिन्न समुहको रगत सञ्कलन गरेर रक्त अभावमा मृत्युशैयामा पुगेका मानिसलाई समुह मिल्दो रगत रेडक्रसले उपलब्ध गराएर मानिसलाई जीवनदान गर्दछ । यो एउटा महत्पूर्ण काम हो । रक्तको अभावमा मानिस अकाल मृत्युवरण गर्न पर्दैन । खास गरेर रक्त कमी भएका विमारीलाई रगतको खाँचो पर्दछ तापनि अपरेशन गर्दा, दुर्घटनामा परेका व्यक्ति, क्यान्सरका पीडित आदिलाई अरू विमारी भन्दा बढ्ता रगतको खाँचो पर्दछ । नेपाल रेडक्रस सोसाइटी रक्तदान कार्यक्रम सञ्चालन गर्ने एकमात्र अधिकारिक संस्था हो । यो सन १९६६मा स्थापना भएको हो ।
एम्बुलेन्स सेवा उपलब्ध गराउनु – बाटो भएको क्षेत्रमा रेडक्रसले एम्बुलेन्स सेवा उपलब्ध गराएर बिरामलाई हस्पिटन पु¥याउने काम पनि गर्दछ । यो पनि महत्वपूर्ण काम हो । यसबाट विमारीहरूले सुविधा जनक रूपमा हस्पिटल पुग्दछन्।
दैविक या प्राकृतिक प्रकोप – नेपालमा प्राकृतिक प्रकोपबाट धेरैले जान गुमाउनु परेको छ । तराईमा गर्मी समयमा तातो हावा चल्छ । जस्लाई लू भन्ने गरिन्छ । यसबाट पनि मानिसहरूको मृत्यु भएको पाइन्छ । वर्षाको समयमा तराईमा डुवान र पहाडमा बाडी पैरोको कारणले गर्दा धेरै मानिसको ज्यान गएको पाइन्छ । पहाड तथा तराईका जङ्गलमा आगो लाग्ने चलन र घर गोठमा लाग्ने आगोको कारणाले पनि धनजनको क्षती पुगेको पाइन्छ । शीतलहरले पनि मानव जीवन तथा पशु पंक्षीको स्वास्थमा ठूलो असर पार्दछ । भू–कम्पबाट पारेको क्षती आदि यस्तो अवस्थामा रेडक्रसले ठुलो सहयोग गरेको पाइन्छ । हुनत धेरै संस्थाहरू विपद व्यवस्थापनमा जुटेका छन् तापनि रेडक्रसको काम प्रभावकारी देखिन्छ । स्वास्थ सेवा ,प्राथमिक उपचार जस्ता स्वास्थ सेवाबाट मानिसले सहयोग पाइरहेका हुन्छन् ।
स्वास्थसेवा विविध कार्यक्रम– रेडक्रसले समुदायको हितको लागि प्राथमिक उपचार, मोतिया विन्दुको अप्रेशन, स्वास्थ हेरचाह, समुदायको क्षमता अभिबृद्धि ,आदि काम गरेको पाइन्छ । नेपाल रेडक्रस सोसाइटीले सन १९९० देखि मध्यपश्चिमाञ्चल (कर्णाली प्रदेश) मा आँखा हेरचाह केन्द्र (सुर्खेत, दैलेख, जाजरकोट र बर्दिया) र स्विस रेडको सहयोगमा आउटरिच कार्यक्रम मार्फत आँखाको हेरचाह सेवालाई प्रमुख अंगको रूपमा व्यवस्थापन गर्दै आएको छ । सामुदायिक विकास कार्यक्रममा खानेपानी तथा सरसफाई, समुदायिक स्थिरता, मानवीय मूल्य , संचार, लिङ्ग र समावेशी करण, संस्थागत विकास, सामान्य सेवा र समन्वयको क्षेत्र, जुनियर र युवा रेडक्रस कार्यक्रम , मानव संसाधन विकास, वित्तिय स्रोतको व्यवस्थापन आदि कार्यक्रमहरू रेडक्रसले सञ्चालन गरेको देखिन्छ ।
रेडक्रसले गरेका महत्वपूर्ण कार्यक्रमको जति वर्णन गरे पनि नपुग नै हुन्छ । रेडक्रस संस्था जति बलियो बनाउन सकियो त्यति सेवा बढाउन सकिन्छ । जति सेवा बढाउन सकियो त्यति सबैलाई राहत मिल्छ भन्दै सानो लेखलाई यही समाप्त गर्न चाहान्छु ।
सान्दर्भिक सामाग्री –
ड्ड ब्ललगब िचभउयचत (व्गथि द्दण्ज्ञट– वगलभ द्दण्ज्ञठ, ल्भउब िचभमअचयकक कयअष्भतथ
ड्ड ध्ष्पष्उभमष्ब, तजभ ाचभभ भलअथअयिउभमष्ब , ल्भउब िच्भमअचयकक कयअष्भतथ
ड्ड टुकराम लामिछाने ,वि.सं.२०८१ जेठ १३ आइतबार, साझा विहानी