October 30, 2025

लक्ष्मीप्रसाद देवकोटाको छोटो परिचय
सदानन्द अभागी
लक्ष्मीप्रसाद देवकोटा न्वारनको नाम तीर्थ माधव देवकोटा भए पनि उनको जन्म वि. सं. १९६६, साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन भएकोले उनलाई लक्ष्मीप्रसादको नामबाट बोलाउन थालियो । उनको जन्मस्थान– धोबीधारा, काठमाडौं हो । उनको पिताको नाम तीलमाधव र माताको नाम अमर राज्यलक्ष्मी देवकोटा हो । लक्ष्मीप्रसाद देवकोटा तीलमाधव देवकोटाका साहिला छोरा हुन् । उनको विवाह मनादेवी चालिसेसँग १५ वर्षको उमेरमा भयो । उनले छोरी ५ र  छोरा ४लाई जन्म दिइन ।  
शिक्षा–आधारभूत शिक्षा बाबुबाटै प्राप्त गरे । औपचारिक शिक्षा दरबार हाईस्कुलबाट थालनीगरे ।  विज्ञान विषय त्रिचन्द्र कलेजबाट प्रमाणपत्र तह पास(सन् १९२५)। सन् १९२९मा स्नातकतह पास गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने इच्छा थियो । यसै सिलसिलामा उनी भारतको पटना गए तर चाहना पुरा हुन सकेन र कानून पढे ।
कविता लेखन थालनी – उनले बालक कालबाटै कविता लेखेर सुनाउँथे तर साथीहरूले या स्विकार्दैनथे एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्न लगाइयो ।तत्काल कविता लेखेर सुनाए र 'कोपिलाउँदो' कविको दर्जा पाए
उनका केही कृतिहरू– लक्ष्मीप्रसाद देवकोटा बहुप्रतिभाका धनी व्यक्ति भएकाले उनको कलम सबै विधामा चलेको पाइन्छ । उनका केही कृतिका विवरण यस प्रकार छन् –  
कवितासङ्ग्रहहरू–आकाश बोल्छ, चिल्ला पातहरू, छहरा, छाँगासँग कुरा,जन्मोत्सव, मुटुको थोपा, भावनागाङ्गेय, भिखारी, मनोरञ्जन, मृत्युशैय्याबाट, लक्ष्मी कवितासङ्ग्रह
महाकाव्यहरू –पृथ्वीराज चौहान, प्रमिथस, महाराणा प्रताप, वनकुसुम, शाकुन्तल, सुलोचना,
खण्डकाव्यहरू – कुञ्जिनी, जिप्सी, मायाविनी, मुना मदन, राजकुमार प्रभाकर, रावणजटायु युद्ध, सीताहरण, ह्मेन्दु,
काव्यहरू – कटक, तुषारवर्णन,मैना
गीतिकाव्यहरू–दुष्यन्तशकुन्तला भेट, पहाडी पुकार, मैना, लुनी, वसन्ती, सुन्दरीजलमा
गीतसङ्ग्रहहरू – गाइने गीत, लक्ष्मीगीतसङ्ग्रह,
कथासङ्ग्रह– लक्ष्मीकथासङ्ग्रह
नाटकहरू–रजपूत रमणी, सावित्री–सत्यवान
गीतिनाटक–कृषिवाला
उपन्यास–चम्पा,
निबन्धसङ्ग्रहहरू– दाडिमको रूखनेर, लक्ष्मीनिबन्धसङ्ग्रह
बालसाहित्यहरू –पुतली, सुनको बिहान
अङ्ग्रेजीमा अनूदितकृतिहरू – द ब्यालेड अफ लुनी, शाकुन्तल महाकाव्य
अनुवादकृतिहरू–प्रसिद्ध प्रबन्धसङ्ग्रह, बिग गेम सूटिङ इन नेपाल, म्याकबेथ
बहुचर्चित कृतिहरू– मुनामदन निकै चर्चित कृति हो  । यस कृतिमा मानवीय महानतालाई दर्शाइएको छ जस्तै –
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !"
लक्ष्मीप्रसाद देवकोटाका सबै कृतिहरू एकसे एक महत्वपूर्ण छन् । उनको लेखन शक्ति अति तीव्र थियो । उनले सुलोचना महा काव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखेका थिए । उनले नेपाली साहित्यलाई उचाइमा पु¥याए । नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरे ।उनको लेखन शक्तिको प्रशसा भारतीय विद्वान डा.राहुल साङ्कृत्यायन ले यसरी गरेका छन् – 'मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।' साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।'
उनका केही अविस्मरणीय घटनाहरू–
ड्ड लाइब्रेरी पर्वमा १०० रु जरीवाना तिरे
ड्ड राजा त्रिभुवनले 'सल्लाहकार सभा'मा उनलाई मनोनीत गरेर विपक्षी नेता बनाइयो । सल्लाहकार सभाको दोस्रो अधिवेशनमा मातृकाप्रसाद कोइरालाद्वारा प्रस्तुत बजेटमाथि विपक्षी दलका नेताका हैसियतले  उनले चर्को बिरोध गरे । उनको चर्को भाषणकै कारण सरकार विघटित हुनपुगेको थियो ।
ड्ड कुँवर इन्द्रजित सिंहको मन्त्रिपरिषद्मा देवकोटा शिक्षा, स्वायत्तशासन मन्त्री बने र उनले त्रिभुवन विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठानको स्थापना गर्ने र उनले नेपाल राष्ट्रभरिका विद्यालय र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए ।
ड्ड सन् १९५८ को अक्टोबरमा तत्कालीन सोभियत गणतन्त्र उज्बेकिस्तानको राजधानी तास्केन्तमा भएको अफ्रिकी–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली मण्डलको नेतृत्व गर्दै सहभागी भए, राजाबाट स्वीकृति नलिई सरकारबाट स्वीकृति लिएर भारतको नयाँ दिल्लीबाट भिसा लिँदै तास्केन्त पुगे ।  देवकोटाले राजासँग स्वीकृति नलिएर राजाको अनादार गरे भनेर उनको विरोध गरियो । देवकोटा कम्युनिस्ट भयो भनी आरोप लगाइयो र देशको बदनाम ग¥यो भनेर राजा महेन्द्रलाई कुरा लगाइयो । यसको फलस्वरूप  राजा महेन्द्रले पनि उनको तीन महिनाको तलब जरिवानाबापत रोक्का गरिदिएका थिए ।
देवकोटाले अभावको जिन्दगी वेहोर्दै क्यान्सरसँग लड्दै वि. सं. २०१६ भाद्र २९ गते आफ्नो भौतिक देह त्याग गरे तर उनको कर्मले आज नेपाली भाषाले व्यापकता पाएको छ । उनी आज पनि नेपाली आत्मा आत्ममा सजिएर बसेका छन् र उनी अमर छन् । उनको अन्तिम अवस्थामा लेखिएको कविता सहित विदा चाहन्छु –
संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझै अब बुझ्छु बल्ल ।।१।।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ।।२।।
महामरूमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैं छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ।।३।।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ।।४।।
सन्दर्भसामग्री  
ड्ड पबखष्तबपयकज।यचन द्र पप द्र लक्ष्मीप्रसाद देवकोटा परिचय कविता कोश
ड्ड विकिपिडियाएक स्वतन्त्र विश्वकोश,
ड्ड साहित्य सङ्गालो,महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका बहुआयमिक प्रतिभा सम्पन्न धरोहर– सुमलकुमार गुरुङ उयकतभम यल म्भअझदभच घ, द्दण्द्दघ,दथभ बमmष्ल।