सदानन्द अभागी
'भिखु र बल्छी' बालकथासङ्ग्रह नवराज रिजालको बालसाहित्यको १२ औं कृति हो । यसमा आठ बालकथा समावेश गरिएका छन् ।यो कथासङ्ग्रह हेरिटेज पब्लिसर्स एण्ड प्रिा. लिं द्वारा प्रकाशित कृतिको मूल्य २६०÷– राखिएको छ । यी कथाहरू विविधताले सजिएका छन् । नवराज रिजालका थुप्रै बालकथाहरू मैले अध्ययन गरेको छु । उनले बालबलिकाको अवस्था तथा उमेरको हिसावले पनि बाल कथा लेख्ने गरेका छन् । यो कथासङ्गग्रह आठ वर्षदेखि चौध वर्ष उमेर समूहका बालबालिकाका लागि लक्षित छ ।
गौंथलीको घर– यो प्रथम कथा हो । र्गाैथलीले घर बनाएको कब्लु र बब्लुले देख्छन् र उनीहरूले आफ्नो घर आफै बनाउँछौं भन्ने दृढता गर्दछन् । आमाले पनि आफ्नो काम आफै गर्नुपर्छू र अरूको भर पर्नु हुँदैन भन्दछिन् ।
१६ गते –माघ १६ गते सहिद दिवस मनाउन र सहिदहरूको योगदानको जानकारी लिन उत्सुक नेपाल राष्ट्रिय नि.मा.वि.का विद्यार्थीलाई सुमित्रा मिसले लिएर काठमाडौ जान्छिन् । वि.सं. १९९७ का चार सहिद शोभा भगवतीमा दशरथ र गंगालाललाई गोली हानेको ठाउँ, पचलीमा शुक्रराजलाई झुण्ड्याइएको ठाउँ, सिफलमा धर्मभक्तलाई प्राणदण्ड दिएको ठाउँ र सहिदगेटमा चारै जना सहिदको सालिक राखेको ठाउँको अवलोकन गराउँछिन् । कथा देशप्रेमले ओतप्रोत छ । यस कथाले बालबालिकांलाई सहिदको त्यागलाई बुभझाएकोच छ । सहिदले जस्तै देशप्रति बलिदान गर्न सिकाएको छ साथै ाहनालाई अबिभावकले बुझिदिनु पर्ने, उनका भावना जिीवित रही रहने, पूर्ति हुँदाको खुसी, सहिदले टेकेको माटो प्रति आदरभाव र माटो सङकलन र माटो निधारमा लाउनको साथै माटो छोएर आपूmले पनि देशको लागि केही गर्ने प्रण गर्नुको साथै ' सर्वप्रथम हामी नेपाली हौं । नेपाल हाम्रो जन्म भूमि हो । मातृभूमि हो । नेपाल रह्यो भनेमात्र हामी रहन्छौं । अन्यथा हाम्रो अस्तित्व रहँदैन' भन्ने राष्ट्रभावलाई विद्यार्थीको मन मस्तिष्कमा भराएको छ ।
जुनिताको पूmलबारी–आजका बालबालिका कृषिबाट टाढिदै गएको अवस्थामा जुनिताको पूmलबारी कथाले दिएको फलदायी सन्देश महत्वपूर्ण छ । जुनिताले ३ कक्षामा पढाइ गर्दा गमलामा पूmल उत्पादन थालनी गर्छिन् । पूmलबारी प्रतियोगितामा भागलिन्छन् । प्रथम पुरस्कार प्राप्त गर्छिन् र पुरस्कार स्वरूप, पूmलबारी हेर्न भ्रमणमा जान्छिन् । भ्रमणबाट आएर घरमा गमला र पूmल थप्छिन् । टोल छिमेकमा र स्कुलमा पूmलका् महत्व दर्शाउँदै विभिन्न प्रजातिका पूmल घर छिमेक र स्कुलमा लगाउन प्रोत्साहन गर्छिन् ।चाडपर्वमा आपूmलाई आवश्यक पर्ने पूmल आफै उत्पादन गर्छिन् । पूmल रोपण मात्र नभएर समयमा उठ्न पर्ने, समयले नपर्खने, लगनशीलतामा सबै प्रभावित हुने, साथै पढाइमा पनि ध्यान दिन पर्ने जस्ता ज्ञानवद्र्धक खुराक बाल बालिकालाई प्रदान गरेको छ कथाले ।
डुमरवानाबको सभा – नेपालमा सभाहरू भै राख्छन् तर यस सभामा कक्षा छ÷सातमा अध्ययन गर्ने विद्यार्थीहरूले देखाएको सद्भाव निकै शिक्षाप्रद देखिन्छ । ग्रामिण भेगका विद्यार्थी फुर्सतमा गोठालो जाने गर्छन् । डुमरवानामा सभाहुने प्रचार प्रसार भएको सुन्छन् । नेपाल राष्ट्रिय निमाविमा कक्षा ६मा अध्ययन गर्ने विद्यार्थी ७ जना सभामा जान्छन् । कार्यक्रम थालनी हुन्छ । हेलिकप्टरमा आएका वक्ताहरूले बोल्न थाछन् । तिनको बोलाई समाजमा फाटो ल्याउने खालको भएकोले हुलदङ्गा हुन्छ । कक्षा ७मा पढ्ने विद्यार्थी टोली नेता पहलु सदाले ''सद्भाव मञ्च" नामक संस्था बनाइ सकेको जानकारी दिन्छ । उसले '' हामी एकले अर्कोलाई चिनौ भन्ने मान्यता राख्छौँ" भन्छ उसका विद्यालयका सङ्गीत टोलीलाई गीत गाउन अनुरोध गर्दछ । कार्यक्रम पुन सञ्चालन हुन्छ । रमिता चौधरीले हेलिकोप्टर बाट आएका मानिसलाई ''खबरदार ! त्यसरी जे पनि बोल्दै हिड्न पाउनु हुन्न । यस पटकलाई छाडिदिन्छौं, अर्को पटक पनि त्यसरी बोल्दै हिड्नु भयो भने ......."भन्दै धम्की दिइन् । हेलिकप्टरमा आउने केहीले बोल्न पाएनन् र '' ठीक छ आइन्दा यस्तो भुल दोहोरिन्न । नेपाली नेपाली बीचमा फाटो ल्याउने काम गर्नु हाम्रो कमजोरी हो । " भन्दै हात जोडेर साना भए पनि हाम्र्रा आँखा खोलिदिने काम ग¥यौ भनी माफी माग्छन् । यस कथाले गीत मार्फत राष्ट्रियता दर्शाएको छ –
सयौं जाति भाषाभाषी हाम्रो पहिचान
कतै, कहिले कहाँ बस्यौं हामी गुमनाम
सबैभन्दा पहिले नेपालअनि हाम्रो नाम
देशको माटो शिरमा राख्नु सबैको हो काम ।।
पृष्ठ ३२
कथाले ग्रामिण परिवेशलाई जनाएको छ । जातिय विविधतालाई समाएको छ । पढेलेखेका हरूले गाउँको एकतामा टेवा दिनको साटो फाटो पार्न लागेकोलाई स्कुलका साना बाल बालिकाले गाउँको सद्भाव र एकता कायम राख्ने उदाहरणीय काम गरेका छन् ।
भिखु र बल्छी –यस कथामा भिखु दिन ढलेपछि पुल्चेखोलाको बगर हुँदै फडकेमा बसेर पोखरीका थरीथरी माछा हेर्छ ।उसका साथीहरू कलैया बजारको झन्डी मेला गएका हुनाले आज ऊ एक्लो थियो । साथी नभएकोले उसलाई बल्छी थाप्न मन लाग्दैन । ''भिखु के सोचिरहेको ?" आवाज सुन्छ । चारैतिर हेर्छ ।अचम्मित हुन्छ । हजुरआमाले ''खोलामा भूत हुन्छ" भनेको र हजुरबाले ''एकान्तमा जो पायो त्यहीले बोलायो भने बोल्न हुँदैन" भनेको सम्झन्छ । डराउँछ पनि । नजिकैको ठुङ्गामा गएर बस्यो । ठुङ्गाको तल दह, साथीसँग पौडिदै रमाउने ठाउँ, ऊ कल्पनामा डुब्छ, आफ्ना परिवार भए जस्तै माछाका पनि परिवार हुन्छन् होला ? मामा घर जान्छन् होला ? सोच्दै गर्दा ''खेल्न मन लाग्या भए आऊ " भन्ने आवाज सुन्छ, चारैतिर हेर्छ , केही देख्दैन ।''हामी तिमीसँग खेल्न तयार छौँ तर एउटा सर्तमा आवाज सुन्छ, दहको किनारमा सानो माछा ऊतिरै हेरेको देख्छ । '' मैले नै हो तिमीलाई बोलाएको, किन, पत्यार लागेन ?" माछा बोल्ने भन्ने कुरा उसले सुनेको थिएन तर प्रत्यक्ष देख्यो । यसरी थरीथरीका माछाले उसलाई पौडिखेल्न बोलाउँछन् । माछाको मेलमिलाप देखेर उसले माछालाई तिमीहरू बीच कति राम्रो मेलमिलाप भनेर सोध्यो ? माछाहरू मिल्ने तर मानिसहरूमात्र मिल्दैनन् भन्ने जवाफ पाउँछ । यसरी भिखुले माछाहरूले मानिस स्वार्थी, लोभी र छट्टु हुने हँुदा विश्वास गर्न सकिदैन । मानिसले माछाको बासस्थान विनाश गर्छन् । पानीमा ढल मिलाएर, दुवाली थुनेर, ढडिया थापेर, बल्छी हानेर, जाल राखेर, खोलाको पानीमा विष मिलाएर र करेन्ट लगाएर विनाश गर्छन् भनेको सुन्छ । कुनै कुनै मानिस राम्रा पनि हुन्छन् भन्ने तर्क निस्कन्छ । मानिसलाई माछा पनि चाहिन्छन् र माछालाई मानिस पनि चाहिन्छन् । मिलेर समस्या समाधान गर्नु पर्छ । मञ्चमा यी सबै कुरा सुनेर भिखुले हात जोडेर आजैदेखि तपाईँको पक्षमा लाग्ने प्रण गर्छ । बल्छीलाई काम नलाग्ने बनाएर फालिदिन्छ । सभा विसर्जन हुन्छ । भिखु २ दिन माछा साथीहरूको पाहुना बनेर तेस्रो दिन घर फर्कन्छ । कथा निकै रोचक छ । माछालाई मानावीय करण गरिएको छ । बालबालिकालाई माछाले मानवीय प्रवृत्तिलाई प्रष्टयाएका छन् । मेलमिलाप हुनु पर्छ, प्राकृतिक सम्पदालाई बचाउनु पर्छ, मानिसलाई अरू प्राणीहरू र अरू प्राणीहरूलाई मानिसको आवश्यक्ता पर्छ भन्ने शिक्षा साना बालबालिकालाई दिन कथा सफल देखिन्छ ।
घर नै पाठशाला – सुदिना र सुयोग परीक्षामा प्रथम हुन नसकेकोमा रुन्छन् र आमाबाबुले रोदनको कारण जान्न चाहान्छन् । बाबुले निकै प्रयास गरेपछि रुनुको कारण पत्ता पाउँछ । बाबुले रुने काम गर्न हुँदैन । काम गर्न सक्नु पर्छ । प्रयास गरे तिमीहरूले पनि धेरै थोक गर्न सक्छौ र पढाइमा पनि कक्षामा प्रथम हुन सक्छौ भन्दै ''अल्छे, जाँगरिलो, मेहनती, परिश्रमी र इमान्दरी सिकिने घरबाटै हो, घर नै पहिलो पाठशाला हौ ।" भन्ने ज्ञान छोरी र छोरालाई दिएका छन् । यस कथाले आफ्नो चाहना बमोजिमको लक्ष पूर्ति गर्न नसक्दा बालबालिकाले आँसु झार्छन् र त्यसमा आत्मबल बढाउने काम अभिभावकको महत्वपूर्ण हुन्छ भनिएको छ ।
पूजाको आत्म विश्वास –यस कथामा पूजाको घरमा कोही हुँदैनन् । आमा भाइ विमारी भएर अस्पताल जानु भएको हुँदा ऊ एक्ली थिई । आमाले उसको खानाको लागि काकीलाई भनेकी थिइन् तर पूजाले आफै पकाएर खान्छे भनेर अठोट गरी । खाना पकाएर खाई र राती सुत्नको लागि अँजली दिदीलाई बोलाएर सुत्न भनिएकोमा ऊ एक्लै सुत्न सक्ने निधो गर्छे र एक्लै सुत्छे । विहान आपूm, भाइ र आमालाई खाना पकाएर खान्छे । काकी र अँजलीले पूजाले उनीहरूले भनेको नमानेको कुरा पूजाकी आमालाई सुनाए । आमाले केटी अचम्मकी छे भनेको सुनेर ऊ मख्ख परी । यस कथाले दिदी भाइ दुबै पढाईमा अब्बल भएको, दुबैले घरको सक्दो काम गर्ने, खेलमा पनि दिदीलाई क्रिकेट र भाइलाई फुटबल मन पर्ने, भाइ पनि खुरु खुरुकाम गनर्,े दिदी आत्मा बल भएकी, जिद्दी गर्ने भए पनि नकाम भने गर्दिन जस्ता धारण्माा आएका छन् । यस कथाले साना बालबालिका मार्फत आफ्नो काम आफै गर्नु पर्छ भन्ने ज्ञान बाबु आमाले भरि दिनु पर्छ भन्ने शिक्षा दिएको छ ।
जुल्फे खोलो –यस कथामा जुल्फे खोलालाई मानवीय करण गरिएको छ । मामा घर जान हिडेकी पम्पीलाई जुल्फे खोलाले आफ्नो कुरा सुन्न आग्रह गर्छ ।पम्पी तीन ठाउँ तरे पछि पुपु र लिली पनि आउँछन् । तिनीहरूलाई पनि '' मेरा कुरा सुनेर त जाऊ" भने पछि ती बालबालिकालाई खोलाले आपूm गन्दा भएको र पानी पिउने लाएक नभएको कारण मानिस नै भएको जानकारी गराउँछ । उनीहरूले यस्लाई सफा गर्न सकिदैन भनी सोधनी गर्छन् । बालबालिकालाई खोला सफा गर्ने तरिका र बालबालिकाले नै गर्न सक्ने धारणा राखेपछि पम्पी, पुपु र लिलीले जुल्फे खोलालाई मामा घर बाटै सफा गर्ने कामको थालनी गर्ने भन्दछन् र बाटो लाग्दछन् । यो कथाले खोलानाला गन्दा गर्ने मानिस नै हुन् र सफा राख्न चाहे पनि तिनीहरूले नै सक्छन् भन्ने शिक्षा बालबालिकाले पाएका छन् । मानिसप्रति खोलाको अभिव्यत्ति यसप्रकार छ –''आपूm राम्रो बन्ने ध्याउन्नमा नराम्रो गर्नेे जम्मै मान्छे नै हो अरू होइन ।''
कथा लेखनको उद्देश्य– रिजालले मनका कुरामा यी कथा लेखनको उद्देृश्य, राष्ट्रप्रतिको माया, जीवनप्रतिको सकरात्मक सोच, आफ्नो काम आफै गर्नु पर्छ, विकासको काम आफै बाट थालनी गर्नु पर्छ,सामाजिक सद्भाव मेलमिलाप भाइचारा, आपसी सहयोग, मानवता र पर्यावरणीय चेतनाले बालबालिकालाई सुसूचित गराउनु पर्छ भन्ने लिएको देखिन्छ ।
परिवेश– ग्रामिण परिवेशमा लेखिएको कथासङ्ग्रह हो यो । डुमरवाना, कलैया र काठमाडौको केही ठाउँको परिवेशलाई सुन्दर चित्रण गरिएको छ।
पात्रहरूको चयन–पात्रहरू नै कथाको मुटु हो । रिजालले कथाको बाताबरण अनुसार पात्रहरूको छनौट गरेका छन् । कितापको आयतन बढाउने तरिकाले पात्र चयन गरिएका छैन । सबै पात्र सकृय, राष्ट्रप्रेमी, काम गर्नु पर्छ भन्ने भावना बोकेका, आत्म विश्वास भएका, नैतिकवान,आफ्नो काम आफै गर्नु पर्छ भन्ने धारणा, सामाजिक सद्भाव राख्ने खालका तथा छोटो रूपमा भन्दा सकरात्मक सोच भएका छन् भन्न सकिन्छ ।
शीर्षकीकरण –यस कथासङ्ग्रहको नाम 'भिखु र बल्छी' राखिएको छ । यस बालकथासङ्ग्रहमा भएका कथाहरू प्राय सबै शीर्षक योग्य भए पनि 'भिखु र बल्छी' निकै चाख लाग्दो र उत्कृष्ट कथा हो । माछालाई मानवी करण गरिएको र भिखुले मानवीय प्रवृत्तिबारे सबै कुरा सुनेपछि ऊ आकर्षक भएर माछालाई सहयोग गर्ने बचन दिन्छ । बल्छी विगारेर फालिदिन्छ । यसरी मूल्याङ्कन गर्दा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
भाषा शैली –भाष सरल र मीठो छ । सरल र रसिलो भाषामा प्रस्तुत गरिएको छ । भाषा सबैको लागि ग्राह्य छ ।
अन्त्यमा कथाहरू सबै रोचक छन् । ज्ञानबद्र्धक छन् । बालबालिकालाई सहिमार्गमा रूपान्तरण गर्न सवल छन् भन्दै कथाकार रिजालको उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहन्छु ।
धन्यवाद,
२०८२ साल चैत्र २२ गते ।