कथा
सदानन्द अभागी
आजका बाहरू र हिजोका बाहरूमा के फरक देखिन्छ र ? निकै फरक । हेरम् न डाँडाघरे साहिँला को जीवन इतिहास र पल्ला बारीका माहिलाको दैनिक जीवनी । आकाश पातालको भिन्नता । विकासमा भनौं या संस्कारमा या अध्ययनमा भनौं पेशामा । डाँडा धरे साहिँलाको जीवन इतिहास निकै रोचक छ । ऊ राजनैतिक हिसावले हेर्दा राणा शासनमा जन्म्यो । पेशाको सिावले ऊ खाटी किसान थियो । उसका घरमा २ हल गोरु थिए, आठ भैंसी थिए । घरमा काम गर्ने श्रीमती छोरा ४ भाइ र बुहारी चार थिए । बसीखाने र सेवागर्न पर्ने बा र आमा अति बृद्ध थिए । राणाशासन भए पनि गरिखाने सिधासाधा जनताको लागि त्यति असहज थिएन । थाकखोलाको नून र बटौलीको मटितेल साहिँलाले बर्षमा एकदुई पटक लिन जान पथ्र्यो । धेरै घिउ भएमा छोरा साना छँदा दुई पटकसम्म बटौली जानु पथ्र्यो । छोरा ठूला भएपछि छोराहरू बटौली जाने गर्दथे । साहिँलाले आमाबाको राम्रो सेवा गर्दथे । साहिँलाले बाबालाई र साहिँलीले सासूलाई शरीरमा मालिस गर्दर्थे । समयमा खाना खुवाउने र रोग अनुसारको वनस्पतिको पहिचान गरी जडीबुटी खोजी औषधी उपचार गर्दथे । सबै जना स्वस्थ थिए । घरमा राम्रो संस्कार बसेको थियो । छोराबुहारीलाई पनि साहिँला साहिँले आफ्नो रीतिरिवाजलाई अक्षरस लागु गराएका थिए । समयको परिवर्तको साथ साथै राजनीतिक परिवर्तनले पनि बाटो लियो राणाशासन ढल्यो प्रजातन्त्र आयो। स्कुलहरू खुले, पढ्नुपर्छ भन्ने लहर चल्यो । कान्छो छोरा सानो थियो । पढ्न पठायो । ठूलो छोराबुहारीका छोराछोरी जन्मी सकेका थिए । ती पनि पढ्न जान थाले । माहिला र साहिँला छोरा भारतीय सेनामा भर्ना भएका थिए । घर सम्पन्न थियो । यसै कर्ममा दिन वित्तै गए घरमा काम गर्ने छोरा बुहारीको आयस्रोत भनेको कृषि हो तर त्यो भने बाकै अधिनमा हुन्थ्यो । त्यो धनमा सबैको हक लाग्थ्यो । लाहु्रेहरूको कमाई बढी हुन्थ्यो । जे दिन चाहान्थे घरमा दिन्थे राख्न चाहेको उनकै साथमा हुन्थ्यो ।
संयुक्तपरिवारलाई व्यवस्थापन गर्न सहज थिएन । लाहुरेहरूका श्रीमतीले आफ्ना श्रीमानको कमाइ भएको देख्थे, छुट्टिन रहर गर्थे । साहिँलाले पनि सबै गतिविधि हेरेर अनि छोरा आएपछि अलग अलग गराइ दियो । यस्तै हो जेठो मर्कामा प¥यो । बुढाबुढीले पुरानो घर र कान्छो छोेरो समाते, छोडेको अंश व्यहोर्ने जेठो बन्यो । न त सम्पत्ति नै थियो न घरगोठ । साहिँलो धेरै बुढो भएको थिए धेरै बाँच्न सकेन । ऊ म¥यो । गाउँका इष्टमित्रहरू जम्मा भए । मुर्दा लाँदा बाटो अगाडि लाने चलन थियो । एक थान बाटो मगाइयो । बाटो तन्काएर फिजाइयो । मलामीहरूको लस्कर पनि धेरै लामो थियो । मलामी र बाटोको लम्बाइ देखेर बाटोमा हेर्नेवालाले धनी घरको कुनै भद्रभलाद्मि होला भनेर काने खुसी गर्न थाले । जीवित छँदा पनि साहिँलाको इज्जत राम्रै थियो । घाटमा मलामीहरूले साहिँलाको गुनको बयान गर्न थाले । छोरो जेठाको पनि सबैले खुला दिलले प्रशंसा गरे । एकले भन्यो पितृभक्त रहेछ । अर्काले भन्यो बाबा आमाका निकै सेवा ग¥यो । अर्कोले भन्दै थियो छोरो होस् त यस्तो पो !
पल्लाबारीका माहिलाको जन्म नेपालको विकासको क्रम धेरै अघि बढिसकेको थियो । स्कुल कलेज र विश्व विद्यालय खुलिसकेका थिए । ठाउँ ठाउँमा पक्की सडकहरू निर्माण भै सकेका थिए । पढ्न चाहाने र पढाउने क्षमता भएका हरूले छोरा छोरीलाई उच्च शिक्षा गराइ रहेका थिए । माहिलाले पनि वि.ए. पास गरिसकेको थियो । ऊ पल्लाबारीकै माध्यमिक विद्यालयमा शिक्षक थियो । घरको काम गर्नेमा माहिली थिई । माहिलाका बाबाआमा पनि बुढा भै सकेका थिए । विमार भए हस्पिटलमा जाने गर्दथे । विस्तारै गाउँले जडीबुटीको प्रयोग कम भै सकेको थियो । आधुनिकताले जरो गाडी सकेको थियो । अवत बाबु आमाको शरीरले मालिस पाउन सक्दैनथ्यो । बसी बसी गर्न सक्ने काम गर्नु पर्छ । बसी बसी कस्ले दिन सक्छ खान ? आपूm माष्टर छोरा छोरी पढ्न जाने, म एउटीले कति काम गर्नु । आगो पूm पूm गर्न पर्दैन । गैसको चुलो छ बसी बसी भात पकाउन पनि सकिन्छ । बसेपछि उठाउन पर्ने ती बुढी सासूले कसरी भात पकाउन सक्नु ।आँखाबाट आँसु झार्दै सबै कुरा सुन्नु पर्दथ्यो । मानवता कता कता भाग्न थालेको थियो । मानिस व्यस्तता तिर लम्केका थिए तर उपलब्धी भने शून्य थियो । पश्चिमीया संस्कृतिले स्थान ओगटेको थियो । क्रिश्चियन धर्मको प्रचार प्रसार विभिन्न बाहना बनाएर गरिदै थियो । संसारमा एउटामात्र हिन्दुराष्ट्र नेपालमा जनताको चाहना नहुँदा नहुँदै पनि संविधानमा धर्म निरपेक्ष शब्द थपियो । भएका उद्योगहरूलाई निजि करण गरियो । गलत मानिसको हातमा पर्न गए छ । उद्योग फस्टाउला भन्दा बन्द हुँदै गए । उद्योगका रोजगारहरू पनि वेरोजगार हुँदै गए । आफ्नो देशले रोजगार दिन नसकेपछि लाहुरे बन्ने क्रम बढ्दै गयो । लाहुरे धेरै जसो ब्रिटिसको फौजमा, नभए भारतको फौजमा त्यति नभए भारतको कम्पनीहरूमा जागिर खान मानिसहरू जान थाले । विभिन्न देशबाट नेपालको लागि छात्रबृत्ति आउन थाल्यो । अध्ययनको क्रममा नेपाली विद्यार्थीहरू विदेशिन थाले । कोही सरकारको निर्देशन अनुरूप फर्केर नेपाल आउन थाले भने कोही विदेशमै बस्न थाले । अवत दोस्रो मुलुकको (भारतको) जागिर खोज्न जाने क्रम अरब र मलेसियातिर बढ्न थाल्यो । धनिका छोराले चाहे अध्ययन भिसामा होस् या वर्किङ भिसामा अमेरिका, युरोपका विभिन्न देशहरू, अस्ट्रेलिया कोरिया जापान के कसरी हुन्छ जान थाले । पल्लाबारीका माहिलाले पनि एउटा छोरालाई छात्रबृत्तिको कोटामा अमेरिका पठाए । आर्को छोराले राम्रोसँग अध्ययन गर्न सकेन र कोरिया पठाए । शिक्षक जस्तो जागिर खाएर राष्ट्र निर्माण गर्ने खालको शिक्षा प्रदान गर्नु र राष्ट्रप्रेमी जनसक्तिको उत्पादन गर्नुको सट्टा वेरोजगारी अभ्ययन गराएर न स्वदेशमा केही गर्न सक्ने न विदेशमा गएर राम्रो जागिर गर्न पाउने अवस्था सिर्जना भयो । नेतृत्व वर्गले पनि देशका युवालाई देशमै रोजगारी दिएर राख्न सक्नु पर्छ भन्ने सोच नै बनायो । विभिन्न देशसँग श्रम सम्झौता गरेर युवाहरूलाई विदेश पठाउन नै जोड ग¥यो । यसरी सबैको सोच नै विदेश पठाउने नै रह्यो । पल्लाबारीका माहिलाको अहिले बोली चाली नै फरक छ । 'म माष्टर् भएर के भयो खोइ ? छोराले यति कमायो पढाइ पनि गर्र्दै छ ।' यसरी विदेश पठाउन आजका बाहरूले प्रतिस्पर्धा गर्न थाले । विदेशमा पठाउन सकेकोमा आजका बाहरूले गौरव महसूस गर्दछन् । बाहरूले छोरालाई विदेश पठाउन घर घडेरी राम्र राम्रा गैरी खेत पनि बाँकी राखेनन् । कसैका छोराले लगानी गरेको पैसा विदेशमा गएर कमाएर तिर्न सफल भए भने कसैको लास बाकसमा नेपाल आउन थाले । दर्दनाक अवस्थालाई जान्दा जान्दै आजका बाहरू विदेश पठाउन मरिहत्ते गरिरहेका छन् । विदेश जानेको लर्को दिन प्रतिदिन बढ्दै छ । आज गाउँका खेती योग्य जमिन बाँझिन थाले । आजका बाआमा पिडी कुरेर बसेका छन् । शरीर चल्दैन, मझेरीमा फल्दैन , खाना पाक्दैन, खाना पकाउने मानिस भए पनि नखुवाए पेटमा चारो पर्दैन । बिरामी भए हस्पिटलमा कुर्ने मानिस हुँदैन । मरे लास उठ्दैन । करिव महिनादिन अधि पल्लाबारीका माहिलाको मृत्यु भयो । बिमार भएको दिन देखि दुबै छोरालाई फोन गरियो । आउँछौं भन्ने जवाफ आए पनि एक हप्ता लास मुर्दा घरमा रह्यो । दुबै छोराले आउन नसक्ने असमर्थता जनाए ।
आजका बाहरूको छोरा विदेशमा पठाउने रहरले गर्दा बुढेसकाल दयनीय भएको छ । सरकारले विश्वभरीमा प्राकृतिक सुन्दरताले सजिएको देशलाई व्यवस्थापन गर्न नसकेकाले मरुभूमीमा धकेलेको छ । नेपालका विद्यार्थीहरूले नेपालमा भविष्य छैन भन्ने धारणा पोख्दै अफवाह फैलाइएको छ । धन्य सरकार, धन्य आजका बाहरू, आफ्नो भविष्य निर्माण आफै गरिन्छ भन्ने धारणा विर्सेर विदेशमा भविष्य खोज्ने युवा युवतीहरू ।