| सुमित्रा पौडेल (वास्तोला) इजरायल हुनुहुन्छकी भरतपुर नगर पालिका–५ चितवन नेपाल , त्यो मलाई थाहा भएन तर उहाँको ममताको आँचल गीति कवितासङ्ग्रह भने मैले पढीरहेको छु। यो किताप K|ffKtug]{ मौका भनौ या संयोग भनौं म कताकता साहित्यकार पुस्प अधिकारी 'अञ्जलि'को घरमा पुगेको थियो। उहाँले सरलाई यो किताप उपहारस्वरूप भन्दै यो कृतिका प्रकाशक रामजीप्रसाद पौडेल ज्यूबाटप्राप्त भएको पनि विदित गाराउन चाहान्छु। यस कितापको बाहिरी आवरणको पछिल्लो पन्नालाई अध्ययन गर्दा उहाँ स्वास्थ सेवा, समाज सेवा, प्रशिक्षण, महिला तथा मानवअधिकार, महिला उद्यमीविकास र महिला सहकारी अभियानको कार्यकारिणी आदिमा अनुभवी भएको जानकारी हुन्छ। विश्वशान्ति महिला संघ र साहित्य संञ्जाल नेपालको आजीवन सदस्य र आनेसास इजरायल च्याप्टरको कार्यकारी सदस्य पनि हुनुहुन्छ। वैदेशिक भूमिमा रहेर पनि उहाँले साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरेर पुर्याएको योगदानलाई धन्यवाद दिनै पर्दछ। कृति प्रकाशन हालसम्म उनका कृतिहरू अध्यात्मिक ,िचन्तनका प्रथम पाइला (छन्दोबद्ध कविता २०६२), इजरायली भूमिमा नेपाली कलमहरू (संयुक्तसङ्ग्रह, २०६८) र ममताको आँचल (गीति कवितासङ्ग्रह, २०६८) बजारमा आइसकेका छन् भने विभिन्न विधामा उहाँका कलमले बिश्राम पाएको छैन। पुरस्कार तथा सम्मान उहाँ उत्कृष्ट महिला उद्यमी पुरस्कार २०५८बाट सम्मानित भैसक्नु भएको छ।सुन्दछु धेरै पुरस्कार प्राप्त गर्नु भएको अरे तर आधिकारिकरूपमा जानकारी प्राप्त गर्न सकेको छैन , त्यसो हुँदा यहाँ प्रस्तुत गर्न पनि सकिन। कृतिको संरचना 'ममताको आँचल'को निमार्ण ममता र आँचल दुई शब्दको संयोजनबाट भएको छ। नेपाली बृहत शब्दकोशमा ममता भन्ने शब्दको अर्थ खोज्यो भने मम मेरो भन्ने भाव, विशेषता वा समझ, स्नेह, अनुराग, माया, मनमा हुने कुनै प्रकारको मोह वा लोभ, म ठूलो हूँ भन्ने अभिमान, घमNड भन्ने अर्थ्याएको पाइन्छ, यसरी नै आँचलको अर्थ सारी, दोपट्टा, छेउको भाग, सप्को, पछयौरा, विवाहमा लग्ने गाँठो पार्ने कपडा भनेर लेखेको पाइन्छ। साधारणतय आँफूआफूले बुझ्ने क्रममा कवियित्रीले जुनभावमा कविताको नामाकरण गरे पनि मेरो बुझाईमा र कविताको अध्यन गर्दा कविताले पोखेका भावलाई केलाउँदा उनले रचेका कविताले देशप्रतिको माया ममताले विशाल क्षेत्र ओगटेको छ त्यसो हुँदा मैले यसको अर्थ मायाको सप्को या मायाको लग्ने गाँठो भन्ने लगाएँ। यस कविता सङ्ग्रहमा ४५वटा गीतिकविता समायोजन गरिएका छन्। प्रकाशक रामजीप्रसाद पौडेल हुनुहुन्छ। किताप वि.सं. २०६८ कार्र्तिक १ गतेमा प्रकाशन भएको र मूल्य दक्षिण पूर्ब एसियामा ने.रु.१२५/– युएस् डलर १५, सेकेल २५ राखिएको छ। समर्पण पनि गद्यकविताबाटै रचिएको छ। कवियित्रीले 'स्मृतिमा' शीर्षक दिएर विद्वान आचार्य गुरुवर स्वामी श्री जगन्नाथ शर्मा कँडेल र हरिहर सन्यास आश्रम देवघाटका पीठाधीश श्री १०८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको स्मरण गर्नु भएको छ र "अध्यात्मिक चिन्तनको प्रथम पाइला" मा जगन्नाथद्वारा लिखित दुई पंक्ति पनि यसमा समावेश गर्नु भएको छ – सुमत्रिा झै सुमित्रा हुन,सुमित्रा पुत्र ल73मण! बनुन् गर्दछु यो भक्ति श्रीरामा प्रभुमा मन!! प्रकाशकीयमा रामजीप्रसाद पौडेल लेख्नु हुन्छ –'उनीले भन्ने गर्थिन संघर्ष नै जिउनको सार्थकता र सफलता हो।' हुन पनि मैले अध्ययन गर्दा उनका कवितामा संघर्ष शब्द व्यापकरूपमा प्रयोग गरेको पाइन्छ जस्तै– असल गर्दा परेनी विध्न लडेर मर्ने छु संघर्षित जीवन उत्रेको भाव यात्राले भर्ने छु (पृष्ठ ८८ ,जीवनको यात्रा) दुख र सुख अमूल्य पथ जीवन ज्योति हो संघर्ष गरी खुसीले बाँच्नु त्यही नै जाती हो (पृष्ठ ३९, समर्पण) ममताको आँचल नियाल्दा शीर्षक दिएर डा. बमबहादुर थापा जितालीले राम्रो विवेचना सहितको भूमिका लेख्नु भएको छ उहाँले लेख्नु भएको भूमिकाको उपशीर्षक परिचयका केही शब्द हेर्यौं–"कवियित्री सुमित्रा पौडेलको वास्तविक परिचय लोकछान्दिक, शिल्पसाधना, समसामयिक भावधार, स्वच्छन्दवादी भाववाहमा विदेशिन बाध्य नारीको मनोदशा झल्किएको पाइन्छ भने यही ममताको आँचल भित्र उनको सासामयिक काव्य चेतना मूल्य र मान्यताका विशेषता पाइन्छन्।"ममताकी खानी सुमित्रा शीर्षक दिएर अनेसास च्याप्टरका अध्यक्ष कथाकार साहित्यकार कृष्णपक्ष थापालेख्नु हुन्छ – 'बादल उठी आकाश ढाक्यो मेघ पनि गर्जियो। थिएन ओत ढाकियो देश असिना बर्षियो ।। सुन्दर अभिव्यक्ति सहित प्रेम, सौन्दर्य, मातृत्व वियोग, विवशता, राष्ट्रप्रेम विद्रोह जस्ता सबै खाले विषयहरू समेटिएका छन्।' हरि मानन्धर विवश सचिव अनेशानn] लेख्नु हुन्छ –'हजार सलाम छ एउटी नेपाली नारी जो इजरायलमा बसेर परिवारको लालनपोषणसँगै नेपाली साहित्यलाई उजागर गर्नु भएको छ।' 'शुभ कामनाको' शीर्षकमा साहित्यकार दिप्स शाहले लेख्नु हुन्छ–'विशेष दिदीको लेखाईमा सार भनेको आध्यात्मिक चिन्तन र देश प्रेम नै भेटेको छु मैले।' 'मेरो अन्दाजको सार्थकता' शीर्षक दिएर इराकबाट देवबहादुर थापा लेख्नु हुन्छ –'परदेशी जीवनमा व्यस्तताको वावजुद पनि एक्लोपनमा अधैर्य मनबाट उब्जिएका अनगिन्ती भावना र अनुभूतिहरूको सँगालो हो ममताको आँचल।' 'संघर्षको अर्को नाम सुमित्रा' शीर्षक दिएर यु. एन. मिसन, लिवियाबाट केशव बाँसतोला लेख्नु हुन्छ – 'उनको यो दोस्रो कृतिको रूपमा रहेको ममताको आँचल उनको साहित्यप्रतिको अनुराग र निरन्तर लगावको एउटा प्रकाश हो। 'ममतामयीको ममतामा रमाउँदा' शीर्षक दिएर भगवती वस्नेतले लेख्नु हुन्छ –'आमा मानव जीवनकी स्रष्टा हुन्, आमा धर्ती हुन्, जसले निजलाई आफ्नो गर्भमा राखेर जीवन अंकुराउँछिन्, दया करुणा र वात्सल्य आमाका स्वभावगत गहना हुन्। यिनै गहनाले सुसज्जित सुमित्रा दिदी.......एक सकृय लेखिका हुनुहुन्छ।' आफ्नै मनको कुनाबाट शीर्षक दिएर स्वयम् कवियित्री लेख्नु हुन्छ –'जीवनलाई अहिलेसम्म हेर्न नसकेको कोणबाट मज्जाले हेर्दै छु यतिखेर।' सुमित्राजीले मुनामदनबाट प्रभावित भएर साहित्यिक पथमा लम्केको भावना प्रकट गर्नु हुन्छ र साहित्य अनुरागी भने सानैबाट भएको अनुभूति हुन्छ उनमा । यसकृतिमा ३८पृष्ठको स्थान भूमिका शुभकामना र आफ्नै मनको कुराबाट भरिएका छन्। गहन अध्ययनमा जाँदा उनको बारेमा लेखिएका बाक्यहरूलाई विश्लेषण गर्यो भने पनि एउटा किताप नै तयार हुन सक्छ। कवितासङ्ग्रहको विवेचना माथी भनि सकिएको छ कि यस सङ्ग्रहमा ४६वटा कविताहरू समायोजन गरिएका छन्। कविता एकसे एक भावना संवेदना र राष्ट्रिय चिन्तले भरिएका छन्। यी सबैको प्रस्तृत चित्रण कविताहरू लोकलयमा रचिएका छन्। गीति कविता भएकोले सबै गाउन सकिने छन्। कविता विविधताले भरिएका छन्। सबै कविताका शीर्षकहरू अभिधात्मक, विचारको संकेत उद्घाटक र परिसूचक, कवितामा राष्ट्रप्रतिको दृष्टिकोण प्रवल, विदेशको पीडाले छटपटी, देशप्रतिको मायाप्रेम, छोराछोरी र परिवारतिरको चिन्ता, देशले भोग्न परेको द्वन्द्व,आदि विषयलाई समेटेर, विविध भावनाहरूलाई सलल बग्नेगरी रचिएका छन् कविताहरू। साहित्यमा प्राकृतिक छटाको बर्णन पनि कम छैन जस्तै– एकान्त वनमा फुलेर फूल सिंगार्छु समाज पोषिलो बन्यो खसेको आँसु काँडाको यो माझ पृष्ठ ४२ हुनत इजरायल एकान्त वन हैन, विकसित देश हो तर कवियित्रीको मनमा परदेशमा बसेर,तथा फुलेर पनि नेपालको समाजलाई सिङ्गारने धारणा राख्नुहुन्छ। मातृत्वको सम्झनाले पोखेका अभिव्यक्तिले उनको कृतिको उच्चाइ राम्रैसँग उठाएको छ। विदेशी भूमिमा बसेर भोग्न परेका पीडालाई केलाउँदा अति मार्मिकरूपमा हामीले मनन गर्न सक्छौ। विदेशीनु वाध्यता हो, विवशिता हो, घर फर्कर्ने असीम धारणा छ तर केगर्नु गरिबीको भेल यति भयानक छ त्यो भेल तर्न सकिदैन, यदि तर्न सफल भए पनि गास बास कपासको कुनै आधार छैन b]zdf । जसको कारणले भित्र बलेको आगाको ज्वालालाई वन डढेको सबैले देख्छन् भने मन डढेको कसैले देख्दैनन् भन्ने उखानलाई चरितार्थ पारेको छ। मनको वह कतै न कह भने जस्तै यहाँ पोखिएका शब्द यति मार्मिक छन् त्यसलाई कमलो मनवाला व्यक्तिले पोख्न सक्दैन कवियित्रीका मार्मिक अभिव्याक्तिलाई कवियित्रीले यसरी पोखेकी छन् – फर्कन्थे घर बढ्दै छ भेल कसरी तरु म आधार छैन गास र बासको के वयान गरुँ म बल्दैछ भित्र आगाको ज्वाला देखाउँ कसरी छैटौं र दिन यै लेख्यो भाग्य मेटाउँ कसरी पृष्ठ ४४ माथीका पंक्तिहरूलाई केलाउँदा कवियित्री कर्मवादीमात्र नभएर भाग्यवादी पनि देखिएकी छन् तर भाग्य छ भनेर डोकामा दूध दुहेर कहाँ अडिन्छ र। कर्मगर्दामात्र भाग्यले साथदिन्छ। आमा र छोरी बीचको सँवादमा कवियित्रीले मार्मिक व्यथालाई समायोजन गर्नु भएको छ। उहाँका प्रस्तुति आत्मपरक शैलीमा प्रस्तुत भएको पाइन्छ। छोरीको विलापलाई आत्मसाथ गर्दै आमा विदेशीन बाध्य भएको छोराछोरी को भविष्य सुधार्न नै भन्ने कवियित्रीको धारणा यसरी प्रस्तुत भएको छ – हे प्यारी छोरी नभन त्यसो निष्ठुरी छैन मन भविष्य तिम्रै सोचेर आएँ सुखलाई हैन धन
विषयबस्तु तथा भाव विधान : – बास्तवमा कुनै कुरा सुन्नमा आयो भने जानकारी हुन्छ। त्यो बस्तुलाई देख्न पाइयो भने विश्वास गरिन्छ र प्रयोगमा ल्याइयो भने व्यवहारमा उतार्न सकिन्छ। सुमित्राजीका कवितालाई मनन् चिन्तन् गर्दा व्यवहारिक छन् भोग्य छन् समाजपरक छन्। उनका कवितामा प्रबृतिलाई समाएर, प्रकृतिमा सजाएर, संस्कृतिलाई भावनामा बगाएर, राष्ट्र, राष्ट्रियभावनालाई फुराएर, राष्ट्रिय अखणडतालाई ध्यान दिएर, मानव स्वाधिनतालाई सुदृढ पार्ने धारणा राखेर बर्तमान आर्थिक, राजनीतिक र सामाजिक यथार्थतालाई केलाएर विकृति विसङ्गति, अन्याय अत्याचार दुराचार, भ्रष्टचार र द्वन्द्वलाई समेटेर आफ्नो आवाज बुलन्द पारिएका छन्। कवियित्रीको राष्ट्रवादी चिन्तनका केही उदाहरण हरूः– विश्वको सामु त्यो सगरमाथा हसाउँ विहानै बुद्धको देश एकादेश कतै नबनोस् विरानै लाग्दैन विरानो, पृष्ठ १०३ पुर्खाकोे त्योे इतिहास जोेगाउनुपर्छ संसारको सामु त्यसले हाम्रो गौरव बढ्छ मेरो देश, पृष्ठ १११ मुटुमा छ नि देशकोे माया कहिल्यै मर्दैन प्यारा मारेर मर्दैन श्रीमती, मायाले भन्छिन् पृष्ठ १२६, कवियित्रीको प्रेमप्रणयका चिन्तनका केही उदाहरण : – श्रृङ्गाररसेकोे महत्व गहन हुन्छ। श्रृङ्गार विनाकोर् साहित्य खल्लो लाग्दछ। सुमित्राजीको कवितामा पनि प्रेमप्रणयका कुृराहरू पाइन्छन् तर उच्छृङ्खल नभएर सुललित, मर्यादित खाले पाइन्छन् जस्तै सुन्दर लाग्छ सृष्टिको लाली जगत सुहाउने नारी र पुरुष भमरा फूल संसार भुलाउने पृष्ठ ८०, प्रेम गाथा आँखामा आँसु लिएर चिनो मर्दलेे नबसेे प्रेमको हीरा यो टुट्ने छैन अवश्य फर्कन्छे पृष्ठ ८१, प्रेम गाथा प्रेेमको परिभाषा व्यापक छ। प्रेम भनेको रतिरङ्गमात्र हैन। राष्ट्र–प्रेम भातृ–प्रेम, मातृ–प्रेम मानवले मानवप्रति गरिन माया ममता आदि सबै कुनै न कुनैरूपको प्रेम हामीले पाउँछम्। भनिन्छ घृणामा पनि मानिसको एक छेउमा प्रेमले स्थान लिएको हुन्छ भने सुमित्राका कवितामा हामीले, प्रेममा विविधता देख्न पाउँछौं। मातृत्वप्रेम, राष्ट्रप्रेम इष्टमित्र दिदीबहिनीप्रतिको प्रेम, पतिप्रेम साहित्य कलासंस्कृतिप्रतिको प्रेम, मातृभूमिप्रतिको प्रेम, प्राकृतिक सम्पदाप्रतिको प्रेम आदि प्रेमको भावनाले ओतप्रोत भएका कविताहरू पाउँदछौं जस्तै बाबाको साथ तारा र जून छन् तिम्रा साहारा। सकिन दिन मातृत्व छाया माया छ अपार।। पृष्ठ ६४, ममताको आँचल सुनौलो ठाउँ रमाइलो गाउँ छाडेर म आएँ। शिरको फूल त्यो झर्न नदिई त्यसैमा रमाए।। पृष्ठ १०४, म हाँसिरहेछु रोपेका फूल फुल्ने छ भोली,लिने छौं सुवास। झरेनी पात पलाउँछ मुना नमान उराठ।। फाट्दै छ बादल उज्यालो दिन जुनेली रातको। मीठो छ खाली पेटमा सिता राखेनी पातको।। तिम्रो सम्झनामा पृष्ठ ७६ कवियित्री र नारीवादी चिन्तनः– सुमित्रा कवियित्री भएर होला भनौ या आजको जमनामा समता मुलक समाजको निर्माणको महसूस गरेर हो, उनका किवतामा नारीवादी चिन्तनको गहिरो छाप छ। 'नारी तिमी को हौ?' भन्ने कविताले नारी धर्ती, आकाश, कालो बादल, आभास, समुद्र, पहाड, सुन्दरता, उजाड, छहरा, फूल, संसारको मूलखम्वा, आमा,आदि सबै नै नारी हुन् भन्ने अभिव्यक्ति पोखेको छ जस्तै – आकाशको तारा तिमी धरतीकी पानी, समुद्रझै दिल तिम्रो मायाकी हौ खानी देश निमार्णको लागि नेपाली नारी र नेपाली आमाको गौरव बढाउनुप्रने धारणा उनका कवितामा हामीले पढ्न पाउँछौं। स्व. रीनाको सम्झनामा, परदेशिएकी आमासँग छोरीको गुनासो, आमाको सम्झनामा , रुदैछिन् आमा, नारी तिमी को हौ?, नेपाली आमा कविता मा नारीप्रति पोखिएका नारी आवाजहरूमा नारीको जीवन्त चित्रण देख्न पाइन्छ। देश द्वन्द्व र कविता सङ्ग्रह – आज देशले भोग्न परेको द्वन्द, अर्थिक संकट, बेरोजगारी नेतृत्वकोे उदाशिनता शान्ति सुरक्षाका राजनीतिक अस्थिरता नेताहरुको दुई जिब्रे बोली बारेमा साहित्यकारहरूले मार्मिकरूपमा आफ्ना भावनाहरूलाई पोखेको पाइन्छ। यहाँ सुमित्रा पनि यस प्रकारको चित्रणलाई समेट्न सफल देखिनु भएको छः – बुद्धको देश नेपाल हाम्रो के भयो आज यो अहिंसा बढी शान्तिको दीयो त्यो किन निभिगो पृष्ठ ५० बुद्धको देश नेपाल मैले भन्ने गरेको छु कि जुनदेशका युवायुवतीको पलायन हुन्छन् बृद्धहरूले आँगन कुर्छन् भने त्यो देश अपाङ्ग बन्नजान्छ। खेतीयोग्य भूमि बाँझो बन्न जान्छ। यसमा कवियित्रीको धारणा पनि यस प्रकार छ – गुमायो सारा देेशले आज युवाको पसिना। ती पाखा बारी उराठ होलान् श्रमको खाँचोमा।। छन्द र लय विधानः– छन्द र लय विधानमा सुमित्राको आफ्नै धारणा अनुसार लोकलय(मुनामदनको लय) बाट प्रभावित भएको त्यसै अनुसरण गरेको भन्ने यथार्थतामा पनि लोकलयले पूर्ण स्थान ओगटेको देखिन्छ। कवितालाई जीवन्त बनाउनको लागि बिम्ब, प्रतिक, अलंकार, भाषाशैलीको पनि अहम् भूमिका हुन्छ। उनका कवितामा घाम, जून, झरी बादल, नदी, बाटो, पहाड, सुन,चाँदी, हीरा, मोती, माटो, अँध्यारो, उज्यालो आदि विविधखालेे बिम्ब र प्रतिकको प्रयोग गरेको पाइन्छ। भाषशैली अति सरल सरस, लयात्मक र अर्थपूर्णरूपमा प्रस्तुति गरिएको पाइन्छ। अन्तिममा कवियित्री सुमित्रा पौडेेलको यो गीति कविता सङ्ग्रहले नेपाली साहित्यमा एउटा दर्बिलो इटा थपेको छ। कविता सङ्ग्रह पठनीय छ, गीतकारहरूको लागि अनुकरणीय छ। सुन्दर कृतिको लागि सुमित्राजी धन्यवादकी पात्र हुनु हुन्छ। मेरो तर्फबाट कवियित्री प्रति केही भावना कविताबाटै पोख्ने अनुमति चाहान्छु – धन्य हौ तिमी सुरिलो स्वर विदेशी भूमिमा गुञ्जायमान गदैछौ आज बिगुलको ध्वनिमा नेपाली मन जहाँकहीं हुन्छ नेपाल झल्किन्छ त्यो श्रमशक्ति लगानी गर्दा ढुङ्गा नै पग्लिन्छ अन्तर्मनका चित्कारहरू हिमालमा ठोकिन्छन् वेदनाभाव जे जति हुन्छन् मनैमा बोकिन्छन् लेखनी तिम्रो दर्बिलो रैछ ती वेदना पोखन मातृत्वभाव झल्कदो रैछ वोधगम्य जोखन श्रमले रेत हरियो पार्ने खुबी त्यही नै पाइन्छ त्यै खुबी सिके दायित्व बुझे यहीं काम पाइन्छ कविता पढे अत्यन्तै गढे करुणा रसैमा संसारिक जीवन यस्तै नै रैछ कोही छैन बसैमा कविता लेख्दा मार्मिक भाव पोखेर लेखिछ्यौ शीर्षक छान्दा संसारै अट्ने शब्द नै देखिछ्यौ प्रगाढ बन्छ साहित्यिक यात्रा साधनारतमा अर्को कृति पाउने छु पढ्न आनन्द साथमा धन्यवाद २०६८/९/२४,कावासोती शान्तिचोक |
February 27, 2012
ममताको आँचल नियाल्दा
कृष्णादेवी शर्मा (श्रेष्ठ)को गजलकारीता र निर्झरिणी गजलसङ्ग्रहको विवेचना
परिचय
महिला स्रष्टामा कृष्णादेवी शर्मा (श्रेष्ठ)को नाम एक परिचित नाम हो। यिनको जन्म २००९साल फागुन महिनाको १५गते पर्वत जिल्लाको मुडिकुवा गाविस बडानं ५ माहिली चउर भन्ने ठाउँमा भएको हो। पिता स्व. नारायणदत्त रेग्मी (गौडेल) र माता स्व. तुलसा रेग्मी (गौडेल) काी सातौ गर्भकी सुपुत्री कृष्णादेबी शर्मा(श्रेष्ठ) हुन्। मैले जानेकी कृष्णादेवी शर्मा (श्रेष्ठ), काव्यकार, कथाकार, गीतकार गजलकार र स्तम्भकारको रूपमा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ। उहाँको शिक्षा एम. ए. (नेपाली) हो। कृष्णादेवी शर्मा श्रेष्ठ भनेकी एउटा संघर्षमय जीवनलाई पारगर्दै साहित्यिक यात्रामा जुटेकी नवलपरासीलाई साहित्यिकक्षेत्र बनाएर आँफूलाई साहित्यमा समर्पण गरेकी एउटा सवल नारीस्रष्टा हुनुहुन्छ। उहाँ सामाजिक सेवामा समर्पित पनि हुनुहुन्छ भने उहाँको एउटा लामो समय शिक्षणमा पनि वितेको छ। कृष्णादेवीको साहित्यिक यात्रा पनि विविधताले भरिएको छ जो सवल र सक्षम छ ।
प्रकाशनहरू
हालसम्म कृष्णादेवी शर्मा (श्रेष्ठ)का कृतिहरू सुनाखरी र लालीगुराँसको देश (कविताङ्ग्रह, २०५७.), नाराणहिटी पर्व (तीजगीतसँगालो, २०५८), घरभेटी भाउजू, (कथासङ्ग्रह, २०५९), . अत्याचारी घर(तीजगीत सँगालो, २०५९.), प्रजातन्त्रमा प्रश्नचिन्ह (तीजगीतसँगालो, २०६०.), स्मृतिको एक झल्को (खण्डकाव्य, २०६२.), निर्झरिणी (गजलसङ्ग्रह २०६३) प्रकाशनमा आइसकेका छन्। महाकाव्य र समालोचनाका कृतिहरू प्रकाशोन्मुख छन्।
कृष्णादेवी शर्मा(श्रेष्ठ)ले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू
एक सिद्धहस्त लेखिका कृष्णा देवी शर्मा (श्रेष्ठ), कोवलपुरे जनमत सन्मान, वनेपा (२०६४), दामोदर पुडासैनी प्रतिभा सन्मान (२०६४),भरतपुर, चितवन, लछ्मीस्मृति साहित्य तथा नयाँ मौसम पाक्षिक सम्मान, कावास्वती, नवलपरासी (२०६४), कालिका स्रष्टा सम्मान २०६५ कालिका एफ. एम. प्रा.लि., भरतपुर चितवनबाट अभिनन्दित, सम्मानित एवं पुरस्कृृत भै सक्नु भएको छ।
कृष्णादेवी शर्मा(श्रेष्ठ)को विविध क्षेत्रमा आबद्धता
उहाँ एक दर्जन भन्दा बढ्ता साहित्य संस्थामा आवद्ध हुनुहुन्छ जस्तै नारी साहित्य समाज प्रगतिनगर –३, अध्यक्ष एवं संस्थापक अध्यक्ष समेत, ल़छ्मीस्मृति साहित्य समाज नवलपरासीमा उपाध्यक्ष, संरक्षक सदस्य 'जनमत साहित्यिक मासिक, वनेपा काभ्रे, आजीवन सदस्य रत्न श्रेष्ठ पुरस्कार गुठी,बाग्लुङ्ग, आजीवन सदस्य हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर चितवन, आजीवन सदस्य नेपाल बाल सङ्गठन, पर्वत, आजीवन सदस्य मोती पुस्तकालय खानीगाउँ फलेवास, पर्वत, आजीवन सदस्य पल्लव साहित्य प्रष्ठिान चितवन, कोषाध्यक्ष माधुरी साहित्य प्रतिष्ठान, पर्वत सदस्य व्यवस्थापक मण्डल पर्वत साहित्यसङ्गम, पर्वत, सल्लाहाकार सदस्य लोक संस्कृति जगेर्ना समिति प्रगतिनगर,सदस्य यूयशिया रेयुकाई नेपाल उृपशाखा, उपआधार शिविर प्रगतिनगर–३,न.प, सदस्य सञ्चालक समिति, लुम्विनी आदर्श डिग्रीकलेज, कावासोती नवल परासी, सदस्य व्यवस्थापन समिति लुम्विनी आदर्श उचच मा.वी. कावासोती नवलपरासी (,माध्यमिक शिक्षापरिषद सानोठिमीबाट मनोनित )
विभिन्न साहित्यकारको नजरमा कृष्णादेवी र निर्झरिणी गजलसङ्ग्रह
बूँद रानाको नजरमा कृष्णादेबी
बूँद रानाले शुभकामनामा कृष्णिादेवीको गजललाई नै पढेर भन्नुहुन्छ कृष्णा देवीले सबै कुरा भुल्न सक्नुहुन्छ तर गजल लेख्ने काम भने भुल्न सुक्नुहुन्न भन्दै कृष्णादेवीले गजललाई शीर्षस्थानमा राखेको ठान्नु हुन्छ। बास्तबमा गजलले आज साहित्यकारलाई मात्र नभएर पाठकहरूलाई पनि यतिसम्म आकर्षण गरेको छ कि गजल पढ्न र लेख्न थालेपछि सबै कुरा भुलाई दिन्छ।यो कुरा कृष्णामा पनि लागु भएको छ।
डा. घनश्याम न्यौपाने 'परिश्रमी'को नजरमा निर्झरिणी गजलसङ्ग्रहः–
'यिनका गजलमा प्रणयभाव एकातिर मुखरित भएको पाइन्छ भने अर्कातिर समयको बिम्ब, प्रतिबिम्ब भएको पनि देख्न सकिन्छ।'
प्रेमविनोद नन्दनको नजरमा निर्झरिणी गजलसङ्ग्रह:-
'पहाडी झर्नाजस्तै स्वच्छन्द भावधारमा छचल्किएकी छन् सागर भेट्न आतुर निर्झरिणी'
गोविन्दराज विनोदीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा:-
'यसमा कृष्णाजीको सहज स्वस्फूर्त काव्य, झलक पाइनाको साथै लयगत सचेतता र अभिव्यक्तिगत निश्छलता कोमलता पाइन्छ।'
धनराज गिरीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा :-
'शास्त्रीयता र यान्त्रिकता गजलको प्राण हो। त्यसलाई दिदीले होशपूर्वक पालना गर्नु भएको छ '
केशवराज आमोदीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा
केशवराज आमोदीले यस गजल सङ्ग्रहको भूमिका लेख्नु भएको छ र यस सङ्ग्रहको विश्लेषणको साथै गजल लेखनको विविध पक्षलाई समेट्ने प्रयास गर्नु भएको छ। उहाँ लेख्नुहुन्छ – 'वार्णिकछन्दमा कविता सिर्जना गर्नसक्ने क्षमता भएकी कृष्णाले यस सङ्ग्रहमा स्वनिर्मित लयका माध्यमबाट मुसलसल गजल र मुरद्दफ गजलहरूले कृति सजाएकी छन्'
डा. नारायणप्रसाद खनालले प्रकाशकीयमा लेख्नु हुन्छ – 'आशा छ आगामी दिनहरूमा निर्झरिणीले गजलका नायक, सङ्कलक, अनुसन्धाता र पारखीहरूलाई नयाँ स्वाद चखाइदिनेछ।'
संरचना र विवेचना
निर्झरिणीको प्रकाशन त्रिवेणी साहित्य परिषद्ले मिति २०६३/सन् २००७मा गरेको र आकारमा १०२ पृष्ठको छ। मूल्य व्यक्तिगत रु १०० र संस्थागत रु १५० राखिएको छ। यो गजलसङ्ग्रहमा ७०वटा गजलहरूले सुसज्जित गरिएको छ। एक गजल ७शेरको र एक गजल ६शेरको साथै अरु सबै गजलहरू ५ शेरका छन् । गजमा के छ ? र कस्तो छ ? विविधपक्षहरूमा धेरै गजलकार/ साहित्यकारहरूको टिकाटिप्पणीहरूबाटै गजलको बारेमा अवगत भएको छ तर पनि विवेचना भने पछि आफ्नो पनि धारण केही पोख्नु मनासिव हुन्छ। कृष्णादेवी शर्मा(श्रेष्ठ)का गजलमा के छैन, यसमा प्रेमप्रणयमा शिष्टता छ, द्वन्द्वले निम्त्याएको पीडाको साथै हत्या हिंसाको यथार्थ प्रस्तुती छ, पीडा छ, राजनेता प्रतिको व्यङ्ग छ, लोकतन्त्रको सम्बर्धन र शान्ति स्थापनाको कामना/आग्रह छ, राष्ट्र र राष्ट्रियताप्रति अगाध प्रेम छ, जीवनवोधका कुरा छन् नारीवादी चिन्तन आदि विविधताले भरिएको छ गजलसङ्ग्रह । यी सबै पक्षलाई यहाँ केलाउने प्रयास गर्दछु । कृष्णादेवी एउटी प्रौढ गजलकार हुनुहुन्छ उहाँको गजलले प्रौढता र दृढता बोको छ। केशव राज आमोदी लेख्नु हुन्छ–कतिपय गजलका शेरहरूमा अन्दाज–ए वयान र तगज्जुलका साथै इशारत–इशारतर अदाको भावाभिव्यञ्जनापूर्ण छनक समेतको रसास्वादन गर्न सकिन्छ। उदाहरणको लागिगजलकार कृष्णाको एउटा गजल प्रस्तुत छ –
प्रकृतिमा हरियाली छर्ने तिमी हौ कि ?
अदृश्य भै मलाई माया गर्ने तिमी हौ कि ?
सपनामा जून बनी गिज्याउँदै हेर्ने
विपनामा छेउ आउन डर्ने तिमी हौ कि ?
बनाउँछु तिम्रो लागि मलमली पथ
वर डाक्दा पर–पर सर्ने तिमी हौ कि ?
म त तिम्रो छाया बनी समर्पित भा'छु
कतै वियागी भै आँखा तर्ने तिमी हौ कि ?
यो दुःखीको आकाङ्क्षालाई निरादर गरी
अर्कै मायालुको मन भर्ने तिमी हौ कि ?
पृष्ठ ५८
माथीका यी शेरले प्रकृति/ईश्वरीय प्रेमको धारण राखेको पनि त भन्न सकिन्छ। यहाँ आकार भन्दा निराकारले स्थान लिएको छ। साधारण अर्थमा प्रेमी प्रेमिकामा प्रतिको प्रेमलाई पनि त लिन सकिन्छ। प्रेममा पनि आशा छ निराशा छ, साहाराको खोजी छ, कतै टुटेको मनको जोडाइको खोजी छ त कतै जवानीको खेल र भदौरे भेलजस्तो कतै लुटिए जस्तो त कतै सक्म्ली प्रेम नपाइने र नक्कली प्रेम नचाहिने, कतै जीवन सखा वनाउने रहरको प्रेम छ त कतै चकोर चन्द्रमा जस्तो प्रेम, यसरी प्रेममा विविधताले भरिएका गजल शेरले गजल कृतिलाई सजाएको छ र बारंबार पढौं पढौं जस्तो लाग्छ। प्रेम यस्तो चिज हो जस्मा फसे पछि जसले भोक तिर्षा निद्रा आदि सबै हरण गरिदिन्छ जस्तै : –
नजरमा निद्रा छैन सपनीमा देख्न पनि
अनिन्द्रा नै साथी बन्यो बिहानको प्रहर भो
( पृष्ठ ९)
गजलकार र प्राकृतिक प्रेमः–
निर्झरिणीमा हामीले प्राकृतिक, प्रकृति र प्रबृति तीनै चिजको अध्ययन गर्न पाउँछो। यो संसारमा प्राकृतिक सुन्दरतालाई मन नपराउने को नै होला? तर आज प्राकृतिक सुन्दरतामा पनि ह्रास छ। बसन्तमा आउने रमझमको ह्रासले गर्दा बसन्तनै रोएको छ जस्तै
फुल्ने छाडे फूल पनि रोइराछ बसन्त
डुल्नै छाडे भमर पनि उत्कर्षले छाइद्यौन
बास्नै छाड्यो घडीचरो पनि व्युझदैन विहानी
मन्द छन् ती रवि–किरण विमर्शले छाइद्यौन
मानवीय प्रवृति पनि आजको संसारमा स्वार्थपूर्ण छ। हुनता स्वार्थ सबैमा चाहिन्छ तर आफ्नो स्वार्थपूर्ति गर्दा अर्को मर्मातह नहोस् /अर्काेे अधिकार हनन् नहोस्। गजलकारले यहाँ राष्ट्रप्रति चिन्तनको स्वार्थ/राष्ट्र र राष्ट्रियता सवल पार्नको लागि स्वार्थ, र मौका पारी स्वयं बन्नको लागिस्वार्थ बोक्ने प्रति, आफ्नो धारण पोख्नु भएको छः –
केही राजनीति गर्छन् राष्ट्रलाई हेरेर
कोही स्वार्थपूर्ति गर्छन् मौकालाई हेरेर
गजलकारको विकासवादी चिन्तन
देश निमार्णमा सबै एक भएर बिकासको बीउ छर्नु पर्ने धारणा राख्नु हुन्छ गजलकारलेजस्तै
विकसको बीउ छर्नु पर्ने हुन्छ एक भै
पूर्ब–मेची पश्चिम काली डुल्न सकिन
गजल/गजलकार र नारीवाद
गजलकार आँफै नारी भएर होला उनका गजलमा नारीहकहीत र नारीको उत्थानका कुराले पनि सजिएको छ गजलसङ्ग्रह। नारीको उत्थान हुन सकेको छैन, नारीमा दवाव छ, नारीको उत्थानका कुरा केवल नारामामात्र, सीमित छन् र नारीहरू रूढीबूढीको हतकडीले बाँधिएकी छन् र वेदनाको शूलले पिल्सिएका छन् भने त्यसबाट मुक्तिको लागि अधिबढ्नु पर्ने धारणा छ गजलकारको –
पुरुषका कमजोरी दवाएर भित्र
अवलालाई औंल्याउने ठूलै हुँदोरहेछ
नारामात्र सीमित छ नारी उत्थानको
कोमल त्यो नारी दिल फूलै हुँदोरहेछ
रूढीबूढी हतकडीले बाँधिएकी नारी
असाध्य त्यो वेदनाले शूलै हुँदोरहेछ
(पृष्ठ१८)
संविधान निमार्ण र गजलकारको धारणा
आज जनतामा संविधान कस्तो बन्ने कहिले बन्ने, या नबन्ने हो, भन्ने भावनाले सत्तिएका छन्। सारा साहित्यकारहरूको कलम आज यसैमा दकुरी रहेको छ। गजलकार कृष्णादेवीले पनि आफ्नो धारणा यसरी पस्कनु भएको छ –
संविधान बन्नु पर्छ गरिबको हित हुने
अभिजात बर्गसँग मानजवीय जीत हुने
( पृष्ठ ६७)
राष्ट्रियताप्रति जलकारको धारणा
गजलकारको राष्ट्रवादी चिन्तन गहिरो छ। जनता राष्ट्रको सेवाको भावनाले ओतप्रोत हुनु्पर्दछ। हामी राष्ट्रको सेवक हुनुपर्दछ नकिराष्ट्रको भारजस्तै –
स्वराष्ट्रको सेवा मैले गर्नु वेस छ
भार बनि बस्नुभन्दा मर्नु वेस छ
द्वन्द्व र गजलकार
देश हरेक किसिमका द्वन्द्वले त्रसित छ। हत्या, हिसा, बन्दहडताले गर्दा देशको आर्थिक, सामाजिक राजनीतिक अवस्थामा नै प्रभाव परेको छ। यो जटिल सवालमा गजलकारको मन कसरी थामिन्थ्यो र यस सम्बन्धमा पनि गजलकारले मार्मिक वेदनाहरू पस्कनु भएको छ –
मन दुःख्यो रगतको होली खेल्ने मेलाले
दाजु भाई आपसमा हिंसा गर्ने भेलाले
(पृष्ठ१)
वम र गोलाले छिद्र भएको सर्बाङ्ग देखेर पनि
निर्भिक भोरको भाले भएर म कहाँ बास्न सक्छु र
( पृष्ठ ५)
आज तिम्रो सबै अङ्ग जल्या छ नि आमा
त्यो देखेर मेरो आत्मा बल्य छ नि आमा
कृष्णादेवीका गजलका शेरहरूको निमार्ण
गजल लेख्दा सर्बप्रथम शेरको निमार्णमा ध्यान दिनुपर्दछ किनकि शेर भनेको गजलको आधारस्तम्भ हो। गजलका प्रत्येक पंक्तिलाई मिसरा भन्दछन्। यसमा पनि पहिलो पंक्तिलाई मिसरा ए–उल्ला र दोस्रो पंक्तिलाई मिसरा ए–सानी भन्दछन्। मिसरा ए–उल्ला र मिसरा ए–सानी मिलेर एउटा शेरको निर्माण हुन्छ जस्तै –
सत्ता बाँडी जनतासँग मिल्न सक्नुपर्थ्यो (मिसरा ए–उल्ला)
शिरमाथी मयूर शिखा खिल्न सक्नुपर्थ्यो ( मिसरा ए–सानी).
पृष्ठ ५२
बास्तबमा कृष्णादेवीका गजलङ्ग्रहका शेरहरू सुन्दर, हृदयसंवेद्य, भावनात्मक र उत्तमोत्तम छन् जसले गर्दा कृति पठनीय, दर्शनीय, सङ्ग्रहणीय र अनुकरणीय बन्न पुगेको छ। गजलको पहिलो शेरलाई मतला भनिन्छ जस्को अर्थ उदय हुनु हो र अन्तिम शेरलाई मकता भनिन्छ जसको अर्थ समाप्त हुनु मानिन्छ। मतला जति मर्मस्पर्शी र प्रभावोत्पादक हुन्छ गजल त्यति प्रभावकारी बन्दछ। यसरी नै मकता पनि गजलमा विशिष्ट मानिन्छ र यसले गजललाई जीवन्त पार्दछ।
काफिया गजलको प्राण हो। यो गजलको मतलामा र त्यस पछि गजलको हरेक दोस्रो पङ्क्तिमा रफिद भन्दा पहिला आउने शब्द हो। यसमा हामीले ध्यान दिनु पर्ने कुरा के छ भने काफियामा शब्द परिवर्तन त हुन्छ तर स्वर भने परिवर्तन हुन सक्दैन। कृष्णादेवीले काफियाको प्रयोगमा पूर्णरूपले ध्यान दिएको पाइन्छ।
गजलमा तखल्लुसको प्रयोगः–
गजलकारले मकतामा आफ्नो नाम वा उपनाम जोडेको लाई तखल्लुस भनिन्छ। गजल सिद्धान्त अनुसार गजलमा तखल्लुसको प्रयोग गर्नु पर्दछ तर यो प्रयोग गर्नैपर्छ भन्ने छैन। कतिपय गजलकारले तखल्लुसको प्रयोग गरेको पाइँदैन। यस सङ्ग्रहमा पनि गजलका शेरहरूमा हामीले तखल्लुस् प्रयोग भएका र नभएका दुबै थरिका गजलहरू पाउँछौं तापनि अधिकांश गजल भने तखल्लुस् प्रयोग बिनानै लेखिएका छन् –
गन्धहीन पलास झै वाध्य नजरमा कृष्ण
आत्मा चस्किरहने 'कृष्णा'को रहर भो
तखल्लुस् प्रयोग भएको शेर
मन मेरो छताछुल्ल प्रेमरसले भरिदिइन्
गोधूलिको हिमाचलमा रविकिरण छरेजस्तो
तखल्लुस् प्रयोग नभएको शेर
गजलमा रदिफको प्रयोगः–
यसको प्रयोग मतलाको दुबै पंक्तिको अन्त्यमा र मतला पछि आउने शेरको दोस्रो पंक्तिमा निरन्तररूपमा प्रयोग हुन्छ। काफियाको पछि आउने शब्द या शब्द समुह नै रदिफ हो। कृष्णादेवीको यस गजलसङ्ग्रहमा रदिफ रहित र रदिफ सहितका दुबै किसिमका शेरहरू प्रयोग भएको पाइन्छ। गजलमा रदिफको प्रयोगगर्न अनिवार्यता छैन
रदिफ रहितका शेर
नक्कली प्रेम चाँइदैन
सक्कली त्यती पाइइँदैन
(पृष्ठ ५२)
रदिफ सहितका शेर
मन मुटु फुटेको छ
वेदना त्यो जुटेको छ
(पृष्ठ ५३)
चौपारी नै छैन ऐले मन विसाउन
आफन्त नै छैन मेरो मन रिसाउन
(पृष्ठ २७)
अन्त्यमा
गजलसङ्ग्रहको भाषा सरल छ। गजलका शेर स्वनिर्मित लयमा सजिएका छन्। शेरहरू गाउन सकिने खालका छन्। काफिया र रदिफको प्रयोग सुललित मञ्जुल र सान्दर्भिकरूपमा प्रयोग गरिएको पाइन्छ। मिठासपूर्ण प्रस्तुतिले सजिएको छ गजलसङ्ग्रह। माथी नै भनिएको छ कि भर्नाको झराई नदीको बगाईजस्तै सलल भावना साधनाले सजिएको छ गजलसङ्ग्रह पठनीय छ अनुमरणीय छ। यस्तो गहन गजलकारीताको लागि धन्यवादकी पात्र हुनुहुन्छ गजलकार।
धन्यवाद
सन्दर्भ सामागी
एउटा बन्द खाम, ललिजन रावल,विवेक सिर्जनशील परकासन पर्काशन २०६६