| गजल गुटिका (गजलसङ्ग्रह)
सदानन्द "अभागी" कावासोती –१, शान्तिचोक नवलपरासी लुम्विनी अञ्चल, नेपाल २०६५ (२००८)
कृति ः गजल गुटिका (गजल सङ्ग्रह) कृतिकार ः सदानन्द "अभागी" प्रकाशक ः विमला रिजाल र सन्ध्या रिजाल प्रकाशन मिति ः वि.सं २०६५ असौज सर्बाधिकार ः लेखक स्वयंमा भाषा सम्पादन ः सरोज उजाड आवरण शिल्पी ः कम्प्युटर डिजाइनर ः सदानन्द अभागी GAJAL GUTIKA (Gajal Sangrah) BY sADANANDA aBHAGI PUBLISHED BIMALA RIAJAL SANDHYA RIJAL SN SA18 ISBN 978 -9937-2-0834-5 मूल्य रु. १००। मुद्रण आकाश छापाखाना, कावासोती, नवलपरासी
प्राक्कथन समभोग "समाधिमा" मैले लेखेको थिएँ – "मेरो सिधान्तमा जेमा पनि गजल लेख्न सकिन्छ र समयसापेक्ष जेमा पनि गजल लेख्नु पर्छ भन्ने हो" सोही अनुरूप लेख्दै जाँदा "गजल गुटिका" हुँदै "बुढौतीका रहरहरू"सम्म पुगें। सोच आयो यो गजलसङ्ग्रह पनि "समभोग समाधि" कै आकारको गराउनु पर्यो सोही आकारमा यो पनि पाठक समक्ष ल्याएको छु। भाष सम्पादन गरिदिनु हुने श्री सरोज उजाड ज्यू, प्रकाशनमा गरिदिनुहुने श्रीमती विमला रिजाल र श्रीमती सन्ध्या रिजाललाई को साथै चौबिसै घण्टा साथ रहेर मलाई लेख्न धचधच्याउने सहृदयी मित्र एवं पत्रकार श्री हरिनारायण रेग्मी र रामकुमार श्रेष्ठ आवरणमा सहयोगी रमेश कुमार यादब समेतलाई पनि धन्यवाद दिन छाहान्छु।
धन्यवाद सदानन्दअभागी मिति २०६५/६/१६ प्रकाशकीय वरिष्ट साहित्यकार सदानन्द अभागीको जुन दखल साहित्यका अरु विद्यामा थियो त्यो दक्षता आज आएर गजलकारको रूपमा देखिन थालेको छ। अभागी शसक्त गजलकारको रूपमा चिनिन थाल्नु भएको छ। अभागीको यो सङ्ग्रह प्रकाशन गर्न पाउँदा हामीलाई गौरव लागेको छ। गजलमा विविधता छ। प्रणय शूत्रलाई महत्व दिए पनि समसामायिक घटनाक़म, देशको राजनीति प्रतिको व्यङ्ग्य, विकृति र विशङ्गति प्रतिको कटाक्ष, अदिलाई गजलमा जगलकारले उतारेका छन्। गजलकार सदानन्द अभागीलाई भावी समयमा यस्ता सुन्दर कृति रचनामा निरन्तरता आवोस् नेपाली साहित्यमा नयाँ आयम थपियोस् र उहाँको साहित्यिक जीवन सुखमय होस्। धन्यवाद विमला रिजाल सन्ध्या रिजाल
भावपूर्ण श्रद्धाञ्जली भावपूर्ण श्रद्धाञ्जली मोती तिम्रो संझनामा गजलको फूलबारी मौलाउँदो भावनामा
आँफूभन्दा अरुबनुन् भकारी त्यो भावनाको विशाल थियो आत्मा तिम्रो आकास झै कामनामा
तिमीबाटै बन्न गयो भानु नाम प्रकाशिलो नेपालीमा गजलको प्रादुर्भाव साधनामा
गजलको खानी आज नेपालीको जनजिब्रो झर्ना बनी बग्न थाल्यो बिनाकुनै ताडनामा
गजलको रक्तसञ्चार सागरको निर्माणमा गजलका गीतलय बग्न थाले जन–जनामा
शान्तिकी रानी शान्तिकी रानी प्रेमकी खानी आइदेऊ नाचेर संसारी जीवन स्वस्थ बनाई कम्मरु भाँचेर
सर्वस्व हाम्रो सकल तिम्रो संसारीक जीवन अशान्ति मास शान्तिलाई साँच हृदय राखेर
प्राकृतिक छटा शितलो घटा शान्तिको झंकार डाँफेर मुनाल गाउँछन् गीत शान्तिलाई डाकेर
तराई र चुरे, पहाड, हिमाल देशको गौरव नेपाली जन गर्छन् पौरख शक्तिलाई साँचेर
प्राणलाई भर दुखलाई हर सबैको ढुकढुकी प्रतिक्षा तिम्रो गर्दै छौ हामी देउराली भाकेर
अभागीका गजलहरू अभागीका गजलहरू सरे गुटिकामा सर्बशक्ति निसारण झरे गुटिकामा
यो संसार अडेको छ प्रणयको सार जडीबुटी विद्या बुद्धि छरे गुटिकामा
श्रृङ्गार नै संसार हो राख्न हुन्न सोच राष्ट्रभाव मौलिकता परे गुटिकामा
गजलको बाढी आयो समुद्रनै बन्यो सारतत्व समेटेर भरे गुटिकामा
प्रणयको गीता होयो जस्ले ग्रन्थ पढ्छ भित्रीभाव भए जति तरे गुटिकामा मेरी प्रिया मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी
हाँसो रोदन संसारमा प्रकृतिको नियम हो दार्शनिकले अध्ययन गरेका छन् थरीथरी
जीवनसङ्गम उमङ्गता हँसिलो छ मुहार त पर्छन् त्यहाँ कोर्केआँखा मैले हेर्छु चरीसरी
मानव हूँ मेरा पनि अभिलाषा छन् धेरैधेरै पिठ्युँ तिनले फर्काउँछिन् कोट्याउँछु घरीघरी
आवश्यकता दुबैको हो चाहनाको माग पूरा मद–अन्धा देखेपछि सबै हाँस्छन् वरिपरि
भनिएको नयाँ युग भनिएको नयाँ युग बनाउने पारा बोली सुन्दै चकित छन् देशवासी सारा
जनताका रासनको कहीं छैन चिन्ता देशभरि गुञ्जिदै छन् आन्दोलनी नारा
स्वार्थी तत्व प्रवल भो जन भए दुःखी सूर्य चन्द्र माथ गर्दै चम्कन गो तारा
कोही भन्ने पहाडिया कोही मधेशिया वग्नपर्यो सबैमा नेपालीपन धारा
लोकतन्त्र कमजोर प्रतिगामी दृढ कष्टकर बनाइयो गरिबको चारा
कर्तव्यको हीनतामा कर्तव्यको हीनतामा घट्दो जिन्दगानी विवशता भरिएको बढ्दो जिन्दगानी
सपना र विपनाले भरिएको जीवन अहम्ताले भरिएको चढ्दो जिन्दगानी
मृत्युशैया चढेसरी बढ्दो अधोगति यसैमा नै रुमलिंदा सड्दो जिन्दगानी
कहीं कतै गुहार त छैन गरिबको जीवनको स्तर आज गड्दो जिन्दगानी
हातमुख जोड्न आज साह्रै गाह्रो भांछ मृत लास भएसरी कट्दो जिन्दगानी
समय हो बलवान समय हो बलवान यसले कता लान्छ चुम्बकले विपरित ध्रुवलाई तान्छ
उल्टोलाई सुल्टो पार्ने कर्म हाम्रो होइन सत्यतथ्यलिइ हिड्दा सोझै बाटो जान्छ
भोर्जनभन्दा मीठो त हुन्छ भोक भन्छन् भोको मान्छे खाना पाए र्याल काढी खान्छ
मानिसको सत्य तथ्य भावना हो ठूलो अहंकारी व्यभिचारी आफू ठूलै ठान्छ
गरौ कर्म धरौं धर्म सत्यताको लागि कर्मयोगी मानिसलाई ब्रह्म भनी मान्छ
प्रणयको कथा व्यथा प्रणयको छ व्यथा कथा कष्ट दिन्छ कथा व्यथा
गर्छु काम, खान्छु माम सबै भन्छन् छैन कामता
आँसी धार तीखो बन्यो प्रयोग गर्छन् जतातता
हिजो आज बज्छन् बाजा सबै खोज्छन् सुन्दरता
छ पुष्पलता सुन्दरता घाती भन्छन् विवशता
यो जिन्दगी घाम यो जिन्दगी घामछाँया भयो हेर प्रिया रङ्गी चङ्गी यौवनता गयो हेर प्रिया
आऊ जाउ हुन्थ्यो प्रेमी त्यतैबाट बिग्रियो भावपीडा आँतै क्रिडा सह्यो हेर प्रिया
ओराली र उकालीमा जीवनको चाल उत्तम हो समभाव छ यो हेर प्रिया
मैले भन्थे आऊ आऊ मिलाउँ छु दाऊ सपनीको संसारले कह्यो हेर प्रिया
मेल खाने भावना हो पाउन सकिएन वाँकी के नै अब यहाँ रह्यो हेर प्रिया
व्यवहार हो मानिसको व्यवहार हो मानिसको कर्म आफ्नै भए विशाल हुन्छ भावना त पवित्रमा गए
व्यवहारमा हेर्नु पर्दा गधा धोइ गाई कहाँ बन्ला पण्डितले काँसीतिर लए
स्वार्थी पोको बोकीबोकी समायोजन गर्छौ काँध तिम्रो गनाउँछ सोच्नु पर्ने छ ए
बोलाइ र गराइमा लौ भिन्नता नै आउँदा सबलाई मर्म पर्न जान्छ, विवेक हीन तय
प्रष्ट बन प्रष्ट बोल, ओढ सत्यताको खोल शतअङ्क प्राप्त हुन्छ यहाँ पूर्णाङ्क छ सय
कर्म धर्म कता कता कर्म धर्म कता कता पेट्मा उठ्ने शूल संसारमा नर जाति गर्दै जान्छौं भूल
हुन्छ वाग मगमगी फूल जव फुल्छ दुषित बन्छ बग्दा पानी सुद्ध हुन्छ मूल
रोप्नु हुन्न यहाँ हेर दुष्कर्मको बीऊ प्रकृतिमा रम्न दिंदा फुल्छ राम्रो फूल
नर चोला ज्वारभाटा बग्छ बग्न दिउँ फूर्ति कर्म अग्रगामी झुल्न परे झुल
अति गोप्य हुनुभन्दा प्रदर्शित होऊँ शुद्ध भाव प्रर्दशन खुल्नै पर्छ खुल
सत्य तथ्य बोल्नै पर्छ सत्य तथ्य बोल्नै पर्छ ज्यानै गए पनि यथार्थ त खोल्नै पर्छ ज्यानै गए पनि
सबै हित सोचीसोची आन्दोलनको खाँचो विकृति त पोल्नै पर्छ ज्यानै गए पनि
आकाशमा चन्द्रकला पृथिवीको सान चन्द्रसुधा घोल्नै पर्छ ज्यानै गए पनि
मानिस हौं खोज्नै पर्छ जीवनको सार बिनासार टोल्नै पर्छ ज्यानै गए पनि
सबै छाडाँै अघि बढौं कर्म पथ धानौं सत्य कर्म रोल्नै पर्छ ज्यानै गए पनि
जीवन छ गौरवमा जीवन छ गौरवमा मन गौरवमा सकल छ गौरवमा तन गौरवमा
संसारिक माया मेरो तिम्रैलागि भयो पुष्पदल सुधाफल छ वन गौरवमा
साह्रो रैछ जिन्दगी त कठिन छ मार्ग स्वेद मार्ग सफल छ जन गौरवमा
हिम जम्छ हिमालमा बग्छ हिम नदी जलसिन्धु आयस्रोत धन गौरवमा
वाँणी पाणि धन दौलत सारा जीवनमा संसार नै बाँचेको छ कन गौरवमा
बन्नु पर्छ सवल बन्नु पर्छ सवल सत्कर्म छ प्रवल
मातृत्वको भाव छ सुधा बग्छ सलल
पसिना छ तनमा बग्ने रै छ खलल
प्रणयको प्याला छ दीप जल्छ झलल
प्रेममा छ साथित्व हुनजान्छ अटल
आँफू बाँचौँ आँफू बाँचौँ अरु बचाउँ मार्नुहुन्न कसैलाई विवशको जाल फिजाइ पार्नुहुन्न कसैलाई
बन्न सके रक्षक बनौ भक्षक त कसै हैन असत्यको कथा भनी टार्नुहुन्न कसैलाई
बाँच्छ प्राण थाम्ला ज्यान संजीवनी खायो भने दीनहीन जानेपछि खार्नुहुन्न कसैलाई
अग्रगामी सोच हामी राख्नै पर्छ राखाँै राखाँै प्रतिगामी लड्न आए हार्नुहुन्न कसैलाई
सकर्मको साथसाथै शक्तिशाली नियति हो नियतिले रुख चढ्दा झार्र्नु147हुन्न कसैलाई
आइन्छ है एक दिन आइन्छ है एक दिन जाने अर्को दिन जीवनको नित्य कर्म चल्छ दिन लिन
गरौं काम राखौं सान त्यही हाम्रो नाम लोभ मोह आवेश हो बग्छ छिन छिन
कोही छैन अजम्बरी नियतिको खेल खेलमाथी पापीझेल थप्दा हुने हीन
कहिले आँधी कहिले तुफान हो जीवधार त्यही बन्यो ठूलो शत्रु बढ्न गयो रिन
ललायित पार्ने मोह आजै हामी छाडौंँँ लोलुपता सुमार्गको बन्छ ठूलो घिन
विविध छ रूपरङ्ग विविध छ रूपरङ्ग खोज्छन् यिनले धूप धूपदीप प्राप्त गर्दा फेर्छन् अर्कै रूप
सागरसरी उर्लिदो छ दबदबाको शक्ति शक्तिकामी यिनमा छ सामन्तिपन खुप
राज्यशक्ति भताभुङ्ग छ चक्काजाम सारा सारा देश सुख्खा भयो थप्न पर्यो सुप
जे त होला थप्दै जाउँ तरलता ज्यानमा गहन छ यो जीवनसार जोख्दै बस चुप
पृथिवीलाई भार हुन्छ भन्छन् सबै जना अविवेकी भयो भने कुनै देशको भूप
हो ऋणमुक्त हो, ऋणमुक्त उपयुक्त नारा जीवनमा अनिकाल व्यापक छ सारा जीवनमा
किन सुस्त हुन गयो सबै तन मन छैन धन, भिखारीपन, पारा जीवनमा
समुद्रको गहिराई छुन गयो शीर सगरमाथा चुम्ने मन, हारा जीवनमा
जाल झेल डकैतीले खायो सारा देश कसले होला चम्काउनेे तारा जीवनमा
नयाँ नेपाल निर्माण सकलको आशा विकृतिको बगेको छ धारा जीवनमा
ग्रह भोगी म त हेर ग्रह भोगी म छु हेर राहु केतु शनि त्यसैले त गरिब छु बन्नु पर्ने धनी
धुप दिप नैवेद्य त पसलमा रह्यो दोख लाग्यो शरीरमा बस्छु कनी कनी
धोकेबाजहरूले नै खाए मेरो धन गमखाइ बस्नुभन्दा पिउँछु तनतनी
आवरण सुन्दर भो भित्र रह्यो खाली मनभित्र बल्न गयो अग्नि दनदनी
भविष्यको उज्वलता निष्ठकर्म ठान्ने पृथिवीमा तिनै बाँच्छन् सतपुत बनी
नाङ्गो तन नाङ्गो तन भोकोपन खोज्छौ हामी दाता दान दिए कसले कति छैन बही खाता
धाउनु लाउनु त्यतै, थियो दातातिर दानवती भन्दै धाएँ रैछन् तिनी माता
चम्पा फूल फुलिसक्यो देह सुकि सक्यो प्यासी मन धाएँ त्यता गाला रैछन् राता
जीवनको धरातल सौन्दर्य हो वाग वागमाथि रम्यफूल छ भमराको छाता
फूलदानी कमण्डलु झोलीतुम्बा फालिन् सांसारिक कायकर्म बद्ली भयो नाता
दर्शनमा आफ्नो बिचार दर्शनमा आफ्नो बिचार यर्थाथ भै बढी रह्यो विवेकको विवेचना सिद्धान्तलाई पढी रह्यो
सारतत्व अपनत्व बुझाइमा विवाद भयो सुमार्गको चयनमा सौम्य सोपान चढी रह्यो
बन्छ जिन्दगी रमाइलो सवल तन भएदेखि विरक्तिको भूमरीमा यो जिन्दगी गढी रह्यो
योवनको उदारपन दर्पण भै दर्शिदियो विकासको रथयात्रा बीच बाटोमा अडिरह्यो
भावनाको कदर त एक अर्काले गर्नैपर्छ बहादुरी देखाउन एक अर्कामा लडिरह्यो
बन्द भयो यातायात बन्द भयो यातायात बन्द दानापानी जल्न गयो सारातन भयो जानाजानी
टल्न गयो दिवासोच जरो टुप्पो छाडी नशा बस्यो कुलतमा बनी आँखा नानी
बन्न गयो लाम् लाम अहम्ताको भागी जले बले बर्वस्व नै जले सारा ज्ञानी
नाच्ने भए जनता गायक नेता नेत्री लडार्इं छ जनतामा नेता जीवा दानी
फालिदेऊ लुतो जति गरौं आर्थिक क्रान्ति जन आर्थिक सुधार भए प्रेम शान्ति खानी
शिकारी हौ शिकारमा शिकारी हौ शिकारमा सक्छौ हान तीर कपास बनोस् हान्दा तीर जीव मूल्य नीर
आकाशको निलो रङ्ग इन्द्रेणीको दृश्य जीवनको रङ्गीचङ्गी नबनोस् है झीर
सुमार्गको रथयात्रा अघि बढ्नै पर्छ भाषीभित्र डुबाएर पार्न हुन्न पीर
शान्तिकामी आशावादी मानवको भाव भोको पेट कतिसम्म बन्न सक्छ धीर
म त तिम्रै जुहारीमा श्रवणको लागि अमृत भो श्रवण त ठाडो भयो शीर
पसिना बगाइ पसिना बगाइ गरेको लगानी जीवन छटाको बितेको कहानी
हुन्छ यो सबको प्रणय सुधार सुन्दर यौवन पूर्णता जवानी
चाँदनी चकोर हुन्छ है विभोर जवानी बोकेर उदाइन् भवानी
सपनी बोकिन्छ लहुरो टेकिन्छ खण्डहर बनेको छ यो जिन्दगानी
हुन्छ है सरल सीपको संसार बिचार मन्थन चाहिन्छ मदानी
आकाशका तारा आकाशका तारा पनि झरे जस्तो लाग्छ छातीमाथि बज्र पनि परे जस्तो लाग्छ
मानिस हो सिपालु छ भागिरथी तर्न तर्दा तर्दै माछा पनि धरे जस्तो लाग्छ
गाउँ गीत लाउँ मीत जवानीको क्षण क्षण असफल्तामा जीवज्योति मरे जस्तो लाग्छ
लेनदेन दिलको हो प्रणयकी खानी दिल तोडी प्रेमी छोडी सरे जस्तो लाग्छ
अलोप विलोपमा विचलित छ मन रावणले तिनीलाई हरे जस्तो लाग्छ
अमूल्य त्यो अमूल्य त्यो सत्य बस्तु खोज्नै पर्ने कहीं कहीं शुद्ध दूध आवश्यक छ राम्रो बनाउन दही
मातृत्व र भातृत्वको गाढा प्रेम हुन्छ हेर दहीबाटै पाइन्छ है मथेपछि घ्यू मही
सुन्दर त्यो वागभित्र कति राम्रो फूल थियो मारे लात खोसे भात राखिननी खाता बही
पाप गर्नु अपराध हो गर्न हुने काम हैन गरे पछि भोग्नै पर्ने कुर्लियो नी जहीं तहीं
अकर्मको भागी भएँ अव फेरि सोच्नु पर्छ आत्मबल दह्रो पारी बोल्नु पर्छ सही सही
विकृतिको केन्द्र विकृतिको केन्द्र बिन्दु टाल्नै पर्ने हुन्छ सुकृतिको दिव्य दीप बाल्नै पर्ने हुन्छ
समाजको संरचना बनोस् पुष्प गुच्छा सुवासहीन पुष्पलता चाल्नै पर्ने हुन्छ
अन्याय र अत्याचार ह देशका शत्रु अविवेकी अत्याचारी फाल्नै पर्ने हुन्छ
सुसंस्कृति संबर्धन हुन्छ गर्नै पर्ने कुसंस्कारको रुख त ढाल्नै पर्ने हुन्छ
हीरा मोती सुन चाँदी सिंगारका ज्योति सुनरूप बदल्न त हेर गाल्नै पर्ने हुन्छ
सुन्दर महलमा सुन्दर महलमा बस्ने मेरो रहर वातावरण बिग्र्यो, गन्दा भयो सहर
सगरमाथा टल्कन नेपालको हो सान सान बचाइ राख्न काट्नु पर्छ कहर
बागबीच पुष्प छन् भमराको गुन गुन मौकामा रसचुस्ने भयो उसको ठहर
बागमा झुलेकी छन् रातकी रानी फूल गोठमा छन् माली गाई तारेचम्रे बहर
तिमी हौ नी दिलफूल हृदयकी रानी बन्छ भावपूर्ण स्पर्श विद्युत्तिीय लहर
तिमी रूपसी छौ तिमी रूपसी छौ साच्चै तिमी उर्वशी छौ साच्चै
आफ्नो स्वपूर्तिको गर्न तिमी तामसी छौ साच्चै
ममता निर्माणको हो तिमी नै दसी छौ साच्चै
हौ, अकबरे सुवर्णकी प्रमाणिक कसी छौ साच्चै
यो समाजिक परिवेश हो एकताकी रसी छौ साच्चै
मायाको प्याला सहित मायाको प्यालासहित आउँदै जाऊ प्यारी दिलको धड्कन छँुदै गाउँदै जाऊ प्यारी
मेरो जीवनको हरघडी तिम्रै इन्तजार प्रेममाला सुनका बाला लाउँदै जाऊ प्यारी
प्रेम गरे दिल छुन्छ मुटु धडकन बढ्छ प्रेमहार गर्दन भरि छाउँदै जाऊ प्यारी
आयु छोटो भए पनि कर्म अनन्त छन् कर्मप्राप्ति निश्चित छ धाउँदै जाऊ प्यारी
भाग्य खोटो हुन सक्ला कर्म खोटो हुन्नं तन शुिद्ध कर्मठ बुिद्ध जमाउँदै जाऊ प्यारी
उच्च बिचार उच्च बिचार स्वच्छ भाव महानता हुन्छ उच्चभाव पूर्णयात्रा सफलता छुन्छ
राष्ट्रभाव उच्चतामै हामी लिनु पर्दछ दिशाहीन मानव त दिन दिनै रुन्छ
नदेखाऊ है हृदय त छताछुल्ल पर्छ भित्रीआत्मा मीलनमा कालो मैलो धुन्छ
हामी दुईबीच हेर श्रृखण्डको बास मन्द मन्द सुवास कोइली गीत गुन्छ
सफलताको सोपान चढ्नै पर्छ चढौ कर्मठ व्यक्ति सहजै सगरमाथा चुन्छ
लेख्छु गीत लेख्छु गीत रातभरि छापिन्छ कि भनी निधारको सोझो रेखा नापिन्छ कि भनी
भाग्य रैछ खोटो हेर चलनमा छैन कर्मकर्तु गर्दै गाछु जाँचिन्छ कि भनी
चिन्ता लाग्नु स्वभाविक कलाकौशलमा पुरातत्व सम्पति त नासिन्छ कि भनी
दशबर्षे रक्तपात रोकिन्छकी भन्थ्यौं डर लाग्यो सङ्ग्राम खापिन्छ कि भनी
शंका गर्दा लङ्का पिर्छ, भन्थे हिजोअस्ति सामाजिक संरचना अझै राकिन्छ कि भनी
जान पहिचान भयो जान पहिचान भयो हेर प्रियतमा मुटु पनि त्यतै गयो हेर प्रियतमा
मुटु चुँडी लगिदियौ ढुकुढुकीसँगै तन मात्रै बाँकी छ यो हेर प्रियतमा
सुन्दरता भन्नुमात्रै वाग उजाड भयो खण्डहर जिवित रह्यो हेर प्रियतमा
जीवनको सग्लो पथ पैह्रो आइ लग्यो अपनत्व भेलमा बह्यो हेर प्रियतमा
चट्याङले हानी सक्यो रहेको त सबै कष्ट जति सबै सह्यो हेर प्रियतमा
सत्यताको पदयात्रामा सत्यताको पदयात्रामा अघि बढौं किन रोक्नु कर्म छाड्दा हुन्छ जात्रा पुर्पुरोलाई किन ठोक्नु
सामाजिक कर्म सुन्दरपन सुन्दर छ यो फल विकृति भारी पसिना काढी आज किन बोक्नु
सुन्दरसार प्रकृति भाव अलग हुन्छ पथ प्रकृतिपथ लम्किदा तृष्णामाद किन घोक्नु
लालीपूर्ण लालीगुराँस पिलवर्ण प्याउली यौवनमत्त न्याउलीको बिरहलाई पोख्नु
होला दाम पाउला माम गरेदेखि सबै काम हेपाहाबृति विषाक्त हो गरिबलाई टोक्नु
गाउँने नाच्नें गाउँ नाचौं इच्छ्या मात्रै सुर ताल छैन वेतालमा नाच्नुपर्दा नाच्ने मन गैन
तिनी रैछन् प्रेमसुधा गुलावको फूल फूल प्रति चुम्बक छ काँडा प्रति हैन
टिपौं टिपौं लाग्यो फूल सुन्दर छ वाग अति प्रेम बस्न गयो टिप्ने मन भैन
स्वार्थपूर्ण संसार त बिलाशी नै रैछ रम्यताको भोको दृश्य लेपसिन्छ मैन
कल्पना त दृढ थियो सजाउँला भन्ने कमानी नै ढीला भयो दृढ मन रैन
रीमा तिम्रो रीमा तिम्रो शुद्धमाया मैले् पाउँ भनी मङ्गल सूत्र पढेको छु रात दिन अनि
स्त्रीत्वको विहीनताले छचल्किन्छ आँसु दर्द छ लौ मुटु भरी शनिदृष्टि पनि
नेत्र तीर तीखा तीखा दिलै पार्यो छिया वेदनाको पोकाबाटै बने म त धनी
मुटुभरि रक्त बग्यो मनभरि माया सारा दिनरात बित्ने तिम्रो याद छ नी
समयले डाँडो काट्यो तिम्रो प्रतीक्षामा भित्र्याउने बाचा थियो ग्रह बस्यो शनि
अमृत र अमृत र जहरका प्याला हजुर कर्मफल टिप्नुपर्दा ज्याला हजुर
मानवरुपी सन्दुसमा अमृतको बास स्वार्थी भाव त्याग्दै गए खाला हजुर
विजुलीले झलमल पार्नु पर्ने देश बलेका छन् आज पनि दियाला हजुर
हुँदो रैछ इच्छ्याशक्ति बिकासमा जाने विकासका एजेन्ट छन् निराला हजुर
कसो गरी मनोबृति परिवर्तन गर्ने सत्यतथ्य बिचारमा लाग्यो ताला हजुर
हाँस्नु रुनु पर्छ हेर हाँस्नु रुनु पर्छ हेर लुकी लुकी हैन दानद्रव्य प्रफुल्लता आत्मा सुकी हैन
मर्यादाको पाटो हेर कर्तव्यको बोध हुनैपर्छ आदरता साह्रै झुकी हैन
माया पनि दह्रैसँग हृदयमा छोपें स्वतन्त्रता हुनैपर्छ गाँठै फुकी हैन
मिलन र विलिनमा मौका पनि थियो ओल्टेकोल्टे लागेको त मौका चुकी हैन
धक धाक मान्नु पर्ने केही कुरा छैन आऊ आऊ छाती खोली ढुकढुकी हैन
सुन्दर छ सुन्दर छ यो हाम्रो देश सवल छ यो हाम्रो भेष
हेर रारादेखि फेवासम्म प्रकृतिको छ राम्रो केश
हिमवत दशगजा हेरौं कुशलत छ छैन क्लेश
छौ लौ गरिबी निवारणमा सबको हुनेछ एकै रेश
हेर बिकासमा लम्किदै छौ यहाँ लाग्ने छैन कुनै ठेस
मेरी सानी मेरी सानी पियारीको कति मीठो बोली सारा दर्द भन्न थालिन् भित्री आत्मा खोली
सुन्दरमा सुन्दरी छन् तन मदमस्त फूलबुट्टे सारीमाथि अति राम्रो चोली
आँखी नानी फूलदानी हेर्ने तानी तानी शरीर त अति चुस्त अल्लि डोली डोली
माछापुच्छ्रे तिखा रैछन् सम्म बक्षस्थल अमृत नै भरिएको बोकी ल्याइन् सोली
सर्बगुण अक्षु48ण लौ भइन् रङ्गी चङ्गी दुई आत्माको मिलनमा खेल्यौं मस्त होली समाजको स्वरूपमा समाजको स्वरूपमा हेर्दा काली काली भावनाको वाग बीचे मेरैै बनिन् माली
जीवनधार अपार स्वर्णिम छ हेर जीवन हाम्रो सपारौं नबन है जाली
रहर त हुँदो रैछ उच्चतामा पुग्न आशामाथि भरोसामा बसें यसपाली
भाग्यमा नै निर्भरभै बसेको त छैन कर्म गर्दै ढुक्क भा छ भरिने छ थाली
आलस्यको कर्मथलो हुन्छ विनाशकारी अल्छि मान्छे बन्न गए भाग्य हुन्छ खाली लोकतन्त्र आए पछि लोकतन्त्र आएपछि पाएका छौं बोल्न सत्य कर्म छोडी हिड्छौं अर्कालाई पोल्न
बसन्तको नयाँ बस्त्र हुन्छ पालुवा त हावाहुरी आक्रमण पात थाल्छन् डोल्न
सरर वायु बग्दा शरीर बन्छ ठन्डा सहृदयी बनिदिइन् हृदय त खोल्न
मानवले मानवता राख्न सक्नुपर्छ अमूल्य हो मानवता सकिदैन मोल्न
मानवता लिई आऊ दिल खोली राख्छु मिलनको केन्द्रविन्दु प्रेमसुधा घोल्न
रसातल आफ्नो रसातल आफ्नो पारी रसिक छ दन्न मायारूपी संसारमा हरियाली छ टन्न
मायाजाल पुग्ने रैछ अति टाढासम्म दिल दिएँ दर्द लिएँ पर्दो रैछ भन्न
प्रेम गरौं अघि बढांै त्याग्न हिंसालाई हिंसा त्याग्न लाग्नुपर्छ जरोसम्म खन्न
मौकामा फोर्नु पर्छ हीरामोतीसमेत आत्मबल मुख्यस्रोत शक्तिशाली बन्न
पूर्ण होला धनधान्य जीवनको सार पूर्णतालाई चाहिने संसारमा अन्न
किन नाङ्गो बनिदियौ किन नाङ्गो बनिदियौ ढाक सारा तन पर्दाभित्र रहस्य छ हैन भने भन
तन ठूलो पहाड हो चिसो तातो हुन्छ छातीभित्र हरियाली प्रकृति हो मन
छातीभित्र फुलेको लालीगुराँस हेर लालीभित्रै झुमेको यौवनरूपी धन
प्रकृति र आकृतिमा हुँदो रैछ भिन्न प्रकृतिको सफलता चुम्छ जन जन
विशाल छ विश्वकर्म भोग्ने जति भोग्छौं सुद्ध भोग्य छान्नु पर्छ घुमी रणवन
यो देशको लागि यो देशको लागि मर्ने धेरै भए अरे वलिदान शहीदको कसले के नै गरे
सान कता मान कता अग्रगमन कता भत्तामुखी सत्तामुखी कुर्सी मात्रै धरे
स्वार्थ पूर्ति गर्न पर्दा अघि अघि सर्ने देश बिकास कर्ममा भन्छन् भरे भरे
भाषण त ठूला ठूला काम गर्ने कान्ते जनता लौ आज हेर भ्रममा नै परे
शान राखौं मान राखौं शान्ति दह्रो पारौं अग्रगामी विकास कर्मी अरु तल झरे
बोले जति बोले जति यो देशमा कसले गरे काम सुख दुःख गरिबले पकाउँछन् माम
नेता बोल्छन् मेचीतिर काली दुख्न थाल्छ अधिकारको खोजी गर्दै गर्छन् चक्का जाम
गरिबको थिचो मिचो कहिले छुट्ने होला शक्तिशाली मै हूँ भन्दै ओगट्दछन् ठाम
सही सत्य कर्म छैन अहमताको बास अधर्मीको दुष्ट कर्म मुखमा जप्छन् राम
शान्तिवादी क्रान्ति भन्छन् हिंसा डाकी डाकी कसाईको कायाकर्म गर्छन् दिवा साम
हान्यौ बाँण हान्यौ बाँण हान्नलाई छोयननी नानी मधुरो त्यो मुस्कानमा भएँ पानी पानी
वनमृग शावक झै उफ्री उफ्री हिड्ने यौवनरूपी मादकता चन्चले छ बानी
जति ठूलो आँधी आओस् समाहित गर्छु दुुख भोग्न पर्ने छैन बनाउँछु रानी
उपभोग उपभोग्य संसारिक मार्ग लिने दिने जीवनमा ठूलो हुन्छ दानी
सहने छु अति कष्ट तिम्रो लागि हेर तब पनि हुनेछु है ममताको खानी
मुटुमाथी ढुङ्गा राखी मुटुमाथि ढुङ्गा राखी हाँसी दिनुपर्छ हाछ्यौं हाछ्यौ आयो भने कासी दिनुपर्छ
चाहा हैन चाकडी त गरी धनुष्टंकार उनको इच्छा तर्कहरू गाँसी दिनुपर्छ
नाग पूजा गरे पनि नागले डस्ने गर्छ सर्प डहनकर्तालाई फाँसी दिनुपर्छ
न्यायकर्ता बन्न्ने भए न्याय दिनुपर्छ अन्यायको जरोखनी नासिदिनुपर्छ
भावनाका लहर त बगे पानी सरी दीगोपना विचारको राशि दिनुपर्छ
कठिन छ प्रेम पथ कठिन छ प्रेम पथ छिचोल्न हजुर कच्चाप्रेमी अघि सर्छन् विथोल्न हजुर
बोलीहरू त बोलिन्छ मिठै मीठो हेर वहाना बनाइन्छन् सबै टोल्न हजुर
पजेरो छ यत्र तत्र शयरमा जान प्रेयसी साथछन् मनसा खोल्न हजुर
धाक दिने धम्की दिने मुड्की ताकी ताकी तन कम्पन हुनजान्छ बोल्न हजुर
कति मज्जा जता जाउ आथित्य छ मिल्ने मोजमा बस्छन् चिल्लो घस्छन् रोल्न हजुर
आगो पानी आगो पानी प्रकृति हो शहनशील बानी जीवात्मा प्रभावशाली प्रेमात्मा हो खानी
कायमाया स्वआधार संसारको धर्म स्वधर्ममा अडिग त बन्नैपर्छ नानी
अमूल्य छ जीवरत्न कर्मत्वको धार अडिग छन् यस्मा पनि स्वावलम्वी ज्ञानी
कर्मठत्व भावलाई यो दिलले ताक्यो स्वदानमा प्रेमलाप राख्यौ जानाजानी
खोल दिल आऊ मिल तनमन बीच स्वअधर प्रयोग छ प्रणयकी रानी
दिल दिन दर्द लिन दिल दिन दर्द लिन तयार छ मन तनव्यथा मर्मकथा केही भए भन
कमल छ भासी भित्र टिप्न जाउँ भने सपनाको संसारमा देखे लाखौं जन
प्रेमी दिल खोल भन्दा झनै भयो साह्रो साह्रो चाम्रो जीवन हाम्रो मायावी छ तन
पाइयो नि मरुभूमि मरुद्यान खोज्दा सिँचित गर्दा बालीनाली छैन बृद्धिपन
मग मग शरीर त चन्दनको लेप श्रृङ्गारिक बनाउन चाहियो नि धन
आफ्नो भाग्य आफ्नो भाग्य आँफै लेख हजुर भावी कर्म आँफै देख हजुर
भाग्य भनेको शुद्ध पसिना हो भाग्य लौरो आँफै टेक हजुर
मानिस भएपछि गल्ति हुन्छ मार्न हुँदैन लौ मेख हजुर
शक्तिशाली हुन्छ मानव मन पुर्याउनु पर्ने विवेक हजुर
परिबर्तित छ प्रकृतिको लीला आवश्यक छ देखरेख हजुर
तोरन तोरन त मैले प्रभू तारं तारं लाग्यो खुला वाग चारै तिर बारं बारं लाग्यो
खुला छ यो मन वाग नभसरि भव्य निर्दयीको हिमक्षेत्र खारं खारं लाग्यो
दयावानको नर्शरी विशाल पो हुन्छ दयारुपी बिरुवा त सारं सारं लाग्यो
श्रृख48डको बिरुवाको राम्रै हुन्छ बास रोपाइको लागि वाग सफा पारं लाग्यो
जागरण सबैको नै आइसक्यो हेर सिंहजस्ता हलगोरु नारं नारं लाग्यो
सस्वच्छतामा स्वच्छतामा संसार छ बगोस् स्वच्छ सास दानवता त्यागी बनोस् मानवीय बास
गोला बारूद छताछुल्ल संसारमा बन्यो दानवको चलखेल बढ्न गयो त्रास
नेतृत्वका मालिक नै बन्न गए दानव तिनैबाट राष्ट्रियता भएको छ ह्रास
संसारको चालामाला सामन्तिको पारा सामन्ति र शोषकलाई पार्नै पर्छ नाश
समभाव समराग आवश्यकता आज भावनाको अभिबृद्धि गरौं खासै खास
बन्न सकौ संसारमा बन्न सकौ संसारमा सबको गर्ने हित जीवान्तक नबोस् है हाम्रो साख्खै मीत
राष्ट्ररुँदा हाम्रो दिल रुन सके मात्र राम्रो देश बन्छ हेर शक्ति आफैसित
मिलनको असम्भव मिले खोजे अंश भागब48डा आज गर्ने भोलि कस्तो रीत
मायालुले चिठी लेखिन् यो राष्ट्रको लागि राष्ट्र सवल बने देखि सबको हुन्छ जित
राम्रै लाग्यो आलिङ्गन राष्ट्रवादी बोली राजनेता तुषारे छन् तातो पुसे शीत
बन्न हुन्न बन्न हुन्न कुनै देशको कालो इतिहास धनी पिस्छन् गरिबलाई छ नि रुवाबास
जनताको त्यागलाई यी नेताले खाए शहीदको चाहना मासे खासैखास
शुभसन्देश के नै लेखु खास केही छैन लोकतन्त्र भन्दा भन्दै बढी भयो त्रास
जताततै हुरी बतास त्रासै त्रास भयो त्रासकै कारणबाट जाने भयो सास
आन्दोलनको नाममा हुन्छ चक्का जाम शान्तिकामी जनता त नेता बदमास
जागरुक हुने बेला जागरुक हुने बेला निन्द्रा किन आयो जीवनको प्रेम गीत कसले किन गायो
प्रश्न गर्ने भावनाले उत्पेरित मान्छे यथार्थता कता कता भावनामा छायो
यो देशको रङ्गीचङ्गी भयो भावभङ्गी देशप्रेम तिलाञ्जलि रतिरङ्ग छायो
खोज्नै पर्छ मानिसले प्रगतिको पथ कर्मशक्ति खोज्न छाडी किन हरेस् खायो
ह्रास त्यागौं त्रास त्यागौं त्यागौं बदमासी सही मार्ग अङ्गाल्नेले दर्द मुक्ति पायो
सबै भन्छन् सबै भन्छन् रामले रावणलाई मारे सत्यतथ्य केलाउँदा रामले नै हारे
सबैले भन्छन् रामराज्य अति राम्रो सीतालाई रामले नै अलपत्र पारे
रामले सुपर्णखाको नाकै काटिदिए लुकी लुकी मारे पनि बालीलाई तारे
लङ्का जित्नु के नै थियो शत्रु साधना पो त्यसपछि सीतालाई आगोमा खारे
प्रजामुखी राम बने सुने सबै कुरा गर्भवती सीतालाई वनतिर सारे
आँखाबाट आँसु झार्दै आँखाबाट आँसु झार्दै चौबीस घन्टा रुने कस्तो रोग लाग्यो आज रुन्चे पिन्चे हुने
भाव भयो भिन्न खाले राग भयो भिन्न एक आत्मा विभाजित मर्का कता धुने
समाजमा नाक राख्छु वेदना नै छोपी कति सहुँ कति कहुँ बानी रैछ टुने
खेती पाती गर्नुपर्छ सतबीज छरी कठिन भो जोत्नलाई गह्रो रैछ कुने
कर्म धर्म हुनुपर्छ फराकिलो हेर अकर्मी नै रैछन् हेर जनताका नुने
यो संसार छ विलाशी यो संसार छ विलासी सुन्दरीकै छ तलासी
ती अति सुन्दरी छन् म छु तिनको खलासी
संसार बुझ्न सक्नुपर्छ सत्कर्मी जीब छ प्यासी
हेर लक्षप्राप्त गर्नैपर्छ कर्मठ छ यो अभिलाषी
जिउँदै ताडित् पार्दछन् पितृतार्न जान्छन् काँसी
फुले जस्तो फल फुले जस्तो फल खोज्दा कहाँ मिल्छ प्यारी सफल जीवन बिताउन शुद्ध दिल छ प्यारी
कामना भावना सारतत्व मिश्रणमा ठूलो प्राप्त गर्न कठिन छ, यो त सिल छ प्यारी
आज लोकतन्त्र गणतन्त्र जनताको नारा चनाखो छ अजिङ्गगर पाए निल्छ प्यारी
हिजोआज नाइकेहरू झगडामा अल्झे झगडालाई देखेपछि ऊ त जिल्छ प्यारी
आज झगडाको हलाहल चारैतिर फैल्यो कल्पनाको मद पिई ऊ त टिल्छ प्यारी
घमण्डकै कारणले घमण्डकै कारणले भए शक्तिहीन विवशता दे.खाएर पाखा लाग्ने किन
जीवमृत्यु दोबाटोमा खडा छौ हैं हामी सञ्जिवनी पान गरौं दीर्घ स्वास लिन
दिन रात बिग्रदो छ गरिबको घर गुञ्जि राछ भोको क्रन्दन बनी स्वर दीन
जागौ उठौ कर्मतिर भावनाको स्वर केही हात लाग्नसक्छ कर्म छिन छिन
आन्द्राभूँडी हैरानीमा चारामात्र माग्ने दर्ददायी यो व्यथाले बढायो नि रिन
विकृति र विसङ्गति विकृति र विसङ्गति मोल्नैपर्छ मोलौं दृढ बोली चाहनामा बोल्नैपर्छ बोलौं
राज्यका यी ठेकेदार भ्रष्ट्रचारी भए कर्तव्य हो भ्रष्ट्र पोको खोल्नैपर्छ खोलौं
नातावाद, कृपावाद जहानियाँ छायो जनता हो यस्तो कर्म पोल्नैपर्छ पोलौं
मेघमाला विकृतिको कालो कालो हुने समाजमा सुकृतिलाई घोल्नैपर्छ घोलौं
प्रिय मित्र आत्माभित्र सफापारी आऊ समाजका कुकृतिलाई रोल्नैपर्छ रोलौं
मौका आउँछ मौका आउँछ पर्खिदैन समयको चाला विष पान हैन साथी अमृतको प्याला
हिलो देख्यो माछा मार्यो कस्तो बसो वानी हिक्मतमा अघिबढ्यौं बाघले खाए खाला
कर्म कर्तु भरोसामा जीवरस स्वाद खाद्यतत्व पुग्न गए पुष्ट हुने गाला
जनताका रक्षक र भक्षक नै जति राखेका छन् तिनले नै वम देखी भाला
आऊ आऊ धुरी चढौं सुभ कर्म गरी उनेका छन् जनताले तिम्रै लागि माला
म तिम्रो तलासमा छु म तिम्रो तलासमा छु प्रिया कर्ममा खलासमा छु प्रिया
श्रृखण्ड खोजिरहेको थिएँ उपलब्धी पलासमा छु प्रिया
न्यायको खोजी गर्दै हिँड्दा बहस इजलासमा छु प्रिया
संसार प्रेम सागर सम्झे पौडिने कलासमा छु प्रिया
सम्झना जिवन्त छ नै भनौं मृतात्मा अलासमा छु प्रिया
शिक्षावादी नीति शिक्षावादी नीति लियौं स्वाबलम्बी बनौं आफ्नै पन आफ्नै जन आफ्नै बाटो खनौं
गरिबी हो हाम्रो शत्रु शिक्षाको हो कमी यसबाट मुक्ति पाउन कर्म गर्छौ भनौं
शुद्ध मन शुद्ध सोच कर्तव्यको वोध शुद्ध सियो पर्छ राखे हलोमाथि अनौ
खुट्टा तान्ने प्रबृति बिकासको वाधक अविवेकी वाधकको सबै नाम गनौं
इच्छाशक्ति कर्मयोग सफल नै पार्न रक्त बग्छ स्वेद बनि आफ्नै डाडुपनौ
नबन भो दाता नबन भो दाता तिमी दिएपछि हर्ने स्वर्गजाने बाटो खन्न बैतरणी नदी तर्ने
प्रेमलता कुसुमवाण यौवनताको याम हृदयमा रोपण गरें छँााट छैन सर्ने
हाम्रो इच्छा सबल सगरमाथा चुम्ने हिमनदी पग्लन गो झर्ना मात्रै झर्ने
सग्लो महल भन्नु हेर तन मन हो नी लज्जावती बन्न गयौ लतालुतु पर्ने
चन्द्रमाकी चाँदनी हौ यो दिलकी रानी नयनरूपी परेली काजलुले भर्ने
सतकर्म गरी सतकर्म गरी बढ्दा हट्न जान्छ बाधा अल्पज्ञानी भएका छौं हामी सिधासाधा
लड्नै पर्ने असत्यमा सत्य खोज्नलाई सत्यमार्ग खोज्न सके फेला पर्छिन् राधा१
सती नाम कति कति कायाकर्म रति रतिरङ्ग मतिभङ्ग दङ्गपर्छिन् मादा
रूपवती चरि तिमी अतिभन्दा अति स्वागत छ हृदयमा टक्र्याउँछु खादा
नभ तल पृथिवीमा तिम्रै पूजा हुन्छ पूजारी त म नै बन्छु कति बोलु ज्यादा १ समृद्धि
पृथिवी यो रङ्गशाला पृथिवी यो रङ्गशाला खेलको जीत हार हुन्छ त्यसैले त प्रतिस्पर्धा गर्दा मारै मार हुन्छ
आउ जाउ कर्म जारी समयको चक्र धारी कतै हिड्दा पैदल बाटो कतै भने कार हुन्छ
मगमगी वासनामा मनमोही छ यो चाला बैरागीको जीवनमा कष्टदाई भार हुन्छ
सारा माया जीव काया बाँचुन् देर लेन देन दुनियादारी अहंकारी झडप बारंबार हुन्छ
सार पाउँ पार पाउँ भन्छन् खानपान पाउँ अभागीको खोटो कर्म खेत सुख्खा टार हुन्छ
चानेचुने कुरा चानेचुने कुरा हैन निकै ठूलो छाना जति ठूलो भए पनि खानु पर्ने माना
भूँडी रैछ अति गैह्रो अगस्तिका जस्तै सग्लोदेश खाईसके किन खोज्थे खाना
अस्ति चुसे हिजो चुसे चुसे आज पनि छाड्दै नन् यी पापीले चुस्न सबै जाना
सुरा तिन्कै धाक तिन्कै सुन्दरीका साथ ल्कव तिन्कै डिस्को तिन्कै तिन्कै नाच गाना
मौजमस्ती जति गरौं इज्जतको साथ देशको इज्जत जोगाउछ गरिबको नाना
राष्ट्रियता जोगाउन राष्ट्रियताजोगाउन धुन चाहियो औंशी रात हटाउन जून चाहियो
नयाँ नेपाल सिर्जना गर्नैपर्छ आज सिर्जनाका कर्मीलाई नून चाहियो
सिर्जनामा चाहिन्छलौ शान्तिवादी नीति हीरामोती खोज्नु पहिला सुन चाहियो
शान्तिवादी कोही छैन स्वार्थीवादी नीति अब शान्ति फिर्ता गर्न त खुन चाहियो
गास बास कपास सबलाई चाहिने खेती कर्म सपार्नलाई दून चाहियो
कस्तो अहंकार कस्तो अहंकार सम्झाउँछु मैले बारंबार सम्झाई र भोगाइ बीच संगम भो बेकार
भनौँ तिनीलाई पागल तर पागल हैनन् स्वस्थ भावको राग खोज्दा मिल्दैन आधार
हेर मन जल्दा जल्दै खरानी भयो कटु शब्द पाचनमा लाग्यो रोग अतिसार
तिन्को कर्म अग्नि झोस्ने डहनमा पार्नलाई सारा तन यन्त्र जस्तै चल्दै जाने तारंतार
मन्त्र तन्त्र जपी मात्रै प्राप्त हुन्न स्वर्गद्वार मायावी संसारमा छाड्नु पर्छ सर्बखार
अमृतको सागर हो अमृतको सागर हो शुद्धताको मूल मनवाग तनसार फुल्छ नयाँ फूल
सफलता प्राप्त गर्न इच्छा शक्तिलिन लक्ष्यसम्म पुग्ने भए हाल प्रेम पुल
मर्म थलो कता पर्यो कर्म थलो यहाँ कर्म मर्म हीन हुँदा उठ्न जान्छ शूल
यथार्थता कता कता दङ्ग पर्छु म त न्याय मिची कुरा थिची जम्मा हुने हूल
न्याय खोज्दा लिनु पर्ने शान्तिवादी नीति पक्षपाती बनी घाती गर्नु हुन्न भूल
हो भाषण हो भाषण अलग छ कर्म अलग छ वेशभूषा अलग छ धर्म अलग छ
सबै जनाहरू भिन्न पहिचान खोज्दछन् कर्मत्वमा जुटेकाको मर्म अलग छ
सागरको फेदी खोज्दा पहिचान गर्न भिन्न भिन्न गोताखोरको श्रम अलग छ
भावनाको गति हेर्दा मान्नै पर्छ अति तीब्र तीब्रताको निरन्तरमा पर्म अलग छ
इज्जतको प्रमाण पत्र समाजमा हुने भिन्न भिन्न समाजको सर्म अलग छ
रासलीला चुम्बक हो रासलीला चुम्बक हो, साटा साटी काम बंशावली छाड्दै जाँदा अजम्बरी नाम
मिलनमा रिसाउने कस्तो रैछ बानी खुसी पार्न तिनलाई खुवाउँछु जाम
आज्ञा पालक भने पनि भैन हनुमान सीतालाई वन छाड्ने म त हैन राम
रामराज्य कथनमा थियो त्यतिवेला सीता परिन् अन्यायमा अस्तायोनी घाम
सब कर्म पूरागरे ऋषि वाल्मीकिले आज हेर पूज्य छ यो त्रिवेणीको धाम
समसाँझै आइन् समसाँझै आइन् तिनी लिइ मधुपान ललायित भयो मन तिनैसँग जान
चिम्ले आँखा बढे अघि के के भयो भयो भाग थियो अघिल्तिर बसिहाले खान
तीन लोक चौध भूवन देख्न थालिएछ उपभोग्मा दुबै थियौं म परे छु घान
मानिस नै भएम् हामी हुने कति फूर्ति क्षणिक त्यो आवेगमा भयो ऋतुदान
हामी दुबैै मिलनको भयो नयाँ मोड मोडको नै भयो होड सकिन लौ लान
सेतो सेतो तनसारा सेतो सेतो तनसारा शीर कालो वाल हाँससरि ढल्किहिड्ने अति मन्द चाल
मुस्कानमा मुस्किएका ओठ पिपलपाते त्यस्तै मीठो जवानी छ यौवनले लाल
कमलरूपी नयनतारा आँखाका ती नानी चक्षुचार प्रेमसार बन्न हुन्न ढाल
कट्टी रैछ केसरीको अतिरम्य लाग्ने वक्षस्थल उभि़र्एका माछापुछ्रे माल
यति राम्री परी देख्दा मन जाने लट्ठी लट्ठी लट्ठी पर्खदै छु पूरै एक साल
संसारी नै पीडा संसारी नै पीडा हो कसले सक्छ हर्न हामी सबै तल्लिन छौ माना पाथी भर्न
मेरो तेरो भन्दै गर्छौ आपसमा लडी भावी लेखा चक्रपथ कहाँ जान्छ टर्न
आशावादी हुनुपर्छ कर्ममा नै जुटी यो संसार कर्मथलो थालौं काम गर्न
निरन्तर कर्म गर्नु सवलता हाम्रो भू्रण बढी समयमा सक्छ वामे सर्न
सत्यकर्म सत्यपथ सत्यउपभोग सत्यमा नै रही रही सक्नुपर्छ मर्न
मैले धेरै पीएँ मैले धेरै पीय त्यसैले त मात लाग्यो सुन्दरी साथ थिइन् त्यसैले वात लाग्यो
नराख भो घिउ आगो नजिक पग्लिन्छ तिनी डोलिइछन् सकार्ने तात लाग्यो
इतिहास सम्झदा पग्लाई मजाकै थियो समुद्रै रहेछ निक्लन धेरै रात लाग्यो
लेखन् पत्र निकै मीठा शब्दजाल बुनी अकर्म रहेछ पश्चतापको खात लाग्यो
बाटोमा अल्िझएका छौ बल्छिमा बल्िझएका छौ उनैसँग वहकिँदा बाटैमा घात लाग्यो
जीवनजल जीवनजल भनेको त इमान हो हाम्रो स्वाबलम्बी बन्नु पर्ने जवान हो हाम्रो
कर्मकर्तु गर्ने जति सबै हुन्छन् प्यारा गृह्यकर्म नित्यधर्म अमृतपान हो हाम्रो
आउने जाने कर्मरेखा भावीको त लेखन बाचुन्जेल प्रिय कर्म पसिना दान हो हाम्रो
कोही भन्छन् स्वतन्त्रता कोही भन्छन् बन्द विविधता कर्म कर्तु स्वपहिचान् हो हाम्रो
मानमाथि मानै खोज्ने मानिसको जात हो मिलीजुली राख्नु पर्ने सवलसान हो हाम्रो
जरो आयो, मुटु दुख्यो ज्वरो आयो, मुटु दुख्यो, परें बिस्तरामा संगीतको गीत कोर्दा, पढें सा रे गा मा
देश दुख्यो चारैतिर, अतिक्रमण भयो मातृत्वको मुटु दुख्यो, रुन थालिन् आमा
राजनेता कुर्सी मुखी, बिलोमा नै व्यस्त सफलता हात पारे किन्न थाल्छन् जामा
अरौटे र भरौटे त तिन्कै पछि लाग्छन् मालिक सफल भए भने तिनले खाने तामा
जस्को लौरौ तेस्को भैंसी कस्तो विडम्बना शक्तिशाली हाम्रलागि कहीं छैनन् मामा
यो मेरो मुटु यो मेरो मुटु ढुकढुकी चल्छ रक्तको सञ्चार हीरा र मोती लोभको थाली कुकर्मी संसार
मुहार तिम्रो झलझली बस्यो नयन नानीमा साथमा हुन्थ्यौ गाथमा खेल्थ्यौ गर्दथे विहार
सपना टुट्छ विपना बनी विस्तरा हेर्दछु ग्लानी मनमा आलस्य तनमा बोल्छु धिकार
आँखा घुम्ने वारि र पारि बादलु गगनमा यो पापी संसार बुझ्न छ कठिन रैछ अपार
प्रेमले खान्छ प्रेमले डाक्छ मुटुको ढुकढुकी प्रेमको चोट सार्नु छ बोट हलगोरु लौ नार
गैरी खेत धान झुल्यो गैरी खेत धान झुल्यो टारी खेत तोरी बैंस थाम्न आउँथिन् कि धनवान्की छोरी
यो जीवन तडि्पएको तिनकै मुटु छामी मन कालो हुनसक्छ तन गोरी गोरी
आज भोलि तिनको बास उतैतिर भाछ वैंस तिन्ले लुटाएको हेर्छु चोरी चोरी
आऊ जाऊ पथ तिनको भयो कर्मभोगी कर्मयोगी निर्माण छ सत्कर्मकी डोरी
सारतत्व अमृतत्व प्राप्तिविना कुनै यो संसार सजाउँछु भन्ने कस्ति मोरी
अस्ति कस्तो अस्ति कस्तो हिजो कस्तो आज भयो कस्तो नूनभन्दा यो देशमा खुन भयो सस्तो
कुरा गर्दा सबै जना समावेसी भन्छन् समावेसी नाराबाजी भयो गहना जस्तो
चाकडी, चापलुसी छ व्यक्तिवादी पथ सफलता हातपार्नेले भयो तेल घस्तो
आऊ आऊ समग्रमा समाजको लागि चिन्तनको भावनामा भयो शुभ यस्तो
हाम्रा सबै रूपरङ्ग आफ्नो पनछन् धनी तुलनामा अघि बढौं उता भयो उस्तो
शान्ति बनोस् शान्ति बनोस् यो संसार जन बनोस् शान्ति शान्ति पथ अङ्गाल्दामा हट्न जान्छ ल्कान्ति
मेरो तेरो मनोभाव अहम्ताको खानी लोभ मोह त्याग गर्दा हट्न जान्छ भ्रान्ति
विद्वानको मधुरवाणी अमृतको ताल शुद्धतामा डुब्न गए चम्किन्छ है कान्ति
सुवाक्यको सुमधुर स्वर कर्णप्रिय दुवार्च्यको वाणीबाट हुने ढ्याङ्ढ्याङि्त
असतको कर्म फल असती नै हुन्छ सत्यतथ्य परिणाम हुन्छ छ्याङ्छ्याङि्त
तिनी मेरा छिमेकी तिनी मेरा छिमेकी तिनैबाट डर तिनी मेरा विवेकी तिनैबाट डर
छिमेकी र विवेकीको भयो बुद्धि भ्रष्ट तिनी मेरा निमेकी तिनैबाट डर
कुराकाट्ने जराखन्ने सर्बघात काम अन्न खाने ती केकी तिनैबाट डर
भित्र भित्र जलाउँ छन् अग्नि कहीं छैन बनिदिए यी रेखी तिनैबाट डर
कस्तो फन्दा पर्न गयो जालमा नै परें सर्बक्रम यी छेकी यिनैबाट डर
पाप धर्म पाप धर्म परिभाषित हामीले गर्नुपर्छ स्वधर्मले अघि बढ्न धैर्य धर्नुपर्छ
आफै ठूलो आफै पूर्ण मानिस त छैन स्वविवेकी मानिसले बुद्धि छर्नुपर्छ
कहाँ हुन्छ सुद्धिबुद्धि कहाँ हुन्छ कर्म सबै तत्व नबुझ्दा त आँफै डर्नुपर्छ
विवेक र सुद्धिबुद्धि आफ्नो स्वघरमा कर्मपथ दह्रो पार्न सत्य भर्नुपर्छ
सत्यताको विजयी त अवश्य नै हुन्छ कर्मयोगी पसिना त त्यसको झर्नुपर्छ
भाग्यमानी अग्रजले भाग्यमानी अग्रजले लेखे गजल धेरै अभागीले भन्न थाले अव पालो मेरै
गजलका पंक्ति जव बसी कोर्न थाले बहर बाच्छी मिलाउन कलम सेर्या सेरै
बहरले प्रीति पोख्दा बाच्छी लुक्न थाल्ने विवादको भूँमरीमा गल्ति भन्छन् तेरै
अभागीले पथ निमार्ण गर्न थाले आँफै भावनाको अग्रगमन गजल केर्या केरै
गजललाई केर्दा केर्दै सङ्ग्रह नै बन्यो बहर बाच्छी प्रणय गीत सुने आफू नेरै
मौका छ यो पर्खिदैन मौका छ यो पर्खिदैन लुट्नसम्म लुट लेऊ लाठी फर्काऊ छाती चुट्नसम्म चुट
लागे लाग्ला पाप हेर लुट्को यो धनमा लाउनु पर्छ राम्रो लुगा किन राम्रो सुट
तिम्रै हो यो राज्यशक्ति कस्ले भन्छ हैन विरोधको सुँइको पाए कुटे हुन्छ कुट
नयाँ नेपाल बन्छ भन्ने सपना भो आज शक्ति भए बम हान्न सबलाई भयो छुट
अब केही छैन हेर हातमा पर्न बाँकी शरण परी नआए भुटे हुन्छ भुट
खानु मात्र केही हैन खानु हेर बाँच्नु मात्र अग्रगामी हो सुद्धकाम पसिनाको मूल्य ठूलो छोड्नुहुन्न लिनु दाम
मानव र दानवमा अस्तित्वमा फरक छ सत्यताको कमाइमा मानवमा हुन्छ राम
शुद्धता र कर्मठताले बग्न जान्छ मह नदी पवित्रता प्राप्त गर्न पुग्नु पर्छ आत्मधाम
पवित्रता प्राप्त हुन्छ स्वच्छता मै बढौं अघि प्रयासमा सकिने छ संसारमा राख्न नाम
शुद्धताको परिवर्तन आवश्यक छ जीवनमा समग्र यो व्रह्मा48डमा कर्मबाटै मिल्छ ठाम
सुन्दर महलमा सुन्दर महलमा बस्ने मेरो रहर वातावरण बिग्र्यो, गन्दा भयो सहर
सगरमाथा टल्कन नेपालको हो सान सान बचाइ राख्न काट्नु पर्छ कहर
बागबीच पुष्प छन् भमराको गुन गुन मौकामा रसचुस्ने भयो उसको ठहर
बागमा झुलेकी छन् रातकी रानी फूल गोठमा छन् माली गाई तारेचम्रे बहर
तिमी हौ नी दिलफूल हृदयकी रानी बन्छ भावपूर्ण स्पर्श विद्युत्तीय लहर |
June 14, 2012
गजल गुटिका (गजलसङ्ग्रह)
Subscribe to:
Comments (Atom)