December 10, 2020

१ सहकारी संस्थागत विकास तालिमको संक्षिप्त विवेचना

यही २०७६ साल माघ १६ गते नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संंघ लिमीटेड (नेप्mस्कून)को प्राविधिक सहयोग र पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीको आयोजनामा संचालित संस्थागत विकास तालिमको लागि चितवन जिल्लाको रमणीय पर्यटकीय क्षेत्र सौराहका लागि हामी रमाना भयौंं । सोही दिन बेलुका तालिमको उद्घाटन भयो । तालिमलाई प्रभावकारी रूपमा संचालन गर्नको लागि तालिमको उद्देय, प्रशिक्षक र प्रशिक्षार्थी बीचको परिचय सामान्य नियम तीन ्िेदने तालिमका लागि सहभागीबाटै संयोजक, प्रतिवेदक, समीक्षक र मनोरञ्जन कर्ताको छनौट गर्ने काम भयो । कक्षा संचालनमा अवरोध र असहज अवस्था नआवस् भनि दुई ओटा पहेंलो पास (छोटो अवधीको लागि) र रातो पास (लामो अवधीको लागि) बनाए। सबैले देखिने गरि राखियो । समयतालिका अनुसार १६ गतेको कार्य समाप्त भयो र सबै आफ्नो शयनकोठातिर लागियो ।
दोस्रो दिन १७  गते विहानै आठ बजेबाट सहाकारीको परिचय तथा परिभाषामा तिर लाग्यौं । साकोस ९क्ब्ऋऋइक्० शाकोस अंग्रेजी शब्द हो । यसको अर्थ क्बखष्लन बलम आभमष्त ऋय(यउभचबतष्खभ कयअष्भतथ हुन्छ । शाकोस शब्दको अर्थ प्रष्ट पार्दै प्रशिक्षकले सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँग(सँगै गरिने कामलाई बुझाउँछ  भन्दै सहकारीको साधारण परिचयको जानकारी पाइयो ।
वास्तवमा सहकारीमा सहकार्य, हुन्छ । सहकार्य के को लागि यस सम्बन्धमा  हामी एक सामाजिक प्रणी हौं। हाम्रो आफ्नै समाज छ हाम्रो आफ्नै संस्कृति छ र हामी संग आर्थिक जीवन पनि छ । यी सबै पक्षमा हामीले आफ्नो हैसियतलाई माथि उठाउनु पर्ने हुन्छ । सबै काम एक्लै सम्भव हुँदैन । सबैको सहयोग चाहिन्छ । भनिने गरिन्छ सयजनाको लौरो एउटाको लागि गह्रुँगो भारी हुन्छ । हुनत हाम्रो परम्परा र दर्शनलाई गहिरिएर हे¥यो भने अ‍ैँचोपैँचो, अर्मपर्म, जीए जन्त मरे मलामी सरसापटी आदि विविधखाले सामाजिक, आर्थिक, धार्मिक आदि कामहरू मानिस उत्पत्तिको साथ साथै भएको देखिन्छ । तर आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।ृ आज संसार भरी आधुनिक रूपमा विविध नाममा सहकारीहरू खोलिएका छन्  । पौरखी सहकारी संस्थाको २०६७।०७।०७मा विधिवत स्थापना भएको र यसमा हाल २३४५ (९५४महिला र १३९१ पुरुष) शेयर सदस्य रहेको, ''सम्पूर्ण बित्तीय सक्षमता, सहितको सबल सुरक्षित संस्था र समृद्ध सदस्य'' परिकल्पना गर्दै स्थापना भएको विवरण व्यवस्थापक नीलकण्ठ पराजुलीले  जानकारी गराउनु भएको थियो । यस तालिममा पौरखी सहकारीका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, ऋण समिति शिक्षास समिति लगायतका पदाधिकारीहरू सहभागी भएका थियौं । यस तालिममा बचत तथा ऋण सहकारी संस्थाको दर्शन, सिद्धान्त र इतिहास एवं आफ्नै साकोसकोे इतिहासको वारेमा जानकारी गराइएको थियो । कुनै पनि सरकारी होस् या गैर सरकारी संस्था होस् त्यसलाई राम्रो सँग सञ्चालन गर्नको लागि नीति नियम,र त्यसको पालना र वैधानिक मुद्दाहरुको सम्बन्धनमा कम्तिमा पनि सामान्य जानकारी हुनु पर्छ । यस सम्बन्धनमा पनि प्रशिक्षक द्वय गणेश तिमिल्सिना र वीदुर खड्काले जानकारी गराउनु भएको थियो । सहकारीको तथा कुनै पनि संस्थको प्रगतिको लागि  त्यस संस्थामा आवद्ध सदस्यहरू, तिनीहरूको योगदान, संस्था परिचालनको लागि चुनिएका सञ्चालक समितिको रणनीति कार्ययोजना , कर्मचारिको भरपर्दो र सहज रूपमा प्रदान गर्ने छिटो क्षरितो सेवा, र यसमा प्रयोग गरिएका प्रविधि आदिमा निर्भर  रहन्छ ।  यसो हुँदा वित्त र वित्तीय विवरण अध्ययन र समीक्षा गर्नु पर्दछ । हाल दिइरहेको सेवा र नयां सेवा वा सदस्यहरुले चाहना गरेका आवश्यक सेवा, वित्त वजारको कुन चांहि क्षेत्रमा  प्रतिस्पर्धा चलिरहेको छ र वित्त वजारका हालका जल्दा वल्दा सवालहरु के छन् । सदस्यहरुलाई प्रदान गर्ने वित्तीय सेवाको लागि उपलब्ध प्रविधीहरु र तिनका विशेषताहरु के छन् आदि सैधान्तिक तथा व्यवहारिक सिकाई तालिममा भएको थियो । कुनै पनि संस्थाको सक्षमताको रूपमा सञ्चालन गर्नको लागि सक्षम नेतृत्वको आवश्यक्ता पर्द छ । किनकी , जनशक्ति व्यवस्थापन, योजना तथा वजेट, सूचना प्रविधि, वजार र बजेट  (दाजेर हेर्ने),स्थानिय, राष्टिूय र अन्तराष्डिूय आर्थिक र सामाजिक वातावरण तथा साकोसको विकासमा देखिने विभिन्न असर साथै साकोसको संचालन, कर्मचारी नीति, रणनीतिक योजना र अन्य नीतिहरु जसको लागि संचालक समिति जिम्मेवार हुन्छ  । सचालक समितिमा यी कुराहरु जाच्ने,र  बुझ्न आपूmसँग  विविध संघ संस्था आवद्ध भएका जिल्ला के्न्द्र तहका संस्थाहरुको क्रियाकलाप सँग सहकार्य र ती संस्थाबाट प्राप्त गर्ने आवश्यक सहयोगलाई परिचालन गर्न सक्ने क्षमता संचालक समितिमा हुनु पर्दछ । संस्थामा मानव श्रोतको व्यवस्थापन गर्ने,  व्यवस्थापक छान्ने,कार्य तथा लक्ष्य तोक्ने, कार्य मूल्यांकन गर्ने, सेवा सुविधाको निर्णय गर्ने,भावी व्यवस्थापकको लागि समेत योजना निर्माण गर्ने आदि यस तालिमबाट हामीले  थुप्रै ज्ञान हाँसिल गर्न सकियो । संस्थालाई कस्तो बनाउने भन्ने कुरा सञ्चालक समितिमा निर्भर हुन्छ ।
अलिकति प्रसङ्ग बदलौं बचत तथा ऋण सहकारी संस्था भने पछि बचत संकलन र,ऋण लगानीका कामहरू हुने नै भए । ऋण लगानी गर्दा ध्यान दिइएन भने सहकारी संस्थाहरू डुब्ने खतरा बढेर जान्छ । यहाँ हामीलाई मानिसको स्वभाव ऋण लिंदा दिंदा कस्तो हुन्छ र तिर्दा कस्तो हुन्छ भन्ने एउटा तस्विरबाट प्रष्ट्याइएको थियो । मानिस बिरालो भएर ऋण लिन जान्छ तर तिर्ने  वेलामा भने ऊ बाघ भएर दर्शिन्छ । त्यसो हुँदा सदस्यहरुले तिर्न सक्ने क्षमताको आधारमा ऋण लगानी गर्नुपर्छ । असल ऋणीमा ठहरिएको तथा तिर्ने क्षमता भएको सदस्यलाई ऋण लगानी गरिएन भने असुलीमा बाधा पर्छ ।त्यसो हुँदा ऋणलगानी गर्दा राम्रोसंग जांचबुझ गरेर मात्र लगानी गर्नु पर्छ । ऋण शेयर सदस्यको अन्तरनिहित अधिकार भन्दा पनि सुविधा मात्र हो भन्ने जानकारी गराइ राख्नु पर्छ । भाखा नघाईरहेकोे सदस्यलाई कुनै पनि ऋण थप दिन हुँदैन
व्यापारिक, विशेष पकेट क्षेत्र र कृषि ऋणका लागि अर्थात आत्मनिर्मर हुन सक्ने परियोजनाका लागि ७०% लगानी संस्थाको र शेयर सदस्यको ३०% हुनु पर्दछ । सदस्यको तिर्ने क्षमता र चरित्र अर्थात शेयर सदस्यको इमान्दारिता, प्रतिष्ठा, आदिलाई पनि ध्यान दिनु पर्छ । विश्वासिलो धितो राख्नु पर्छ । ऋण भाखा नाघ्नु भनेको संस्था तथा ऋण लिनेकर्ता दुबैको लागि क्यान्सर रोग लाग्नु हो । यसरी समयमै ऋण असुली गरिएन भने लगानीकर्ताको संचालनको सम्पूर्ण मुख्य क्षेत्रहरुलाई असर गर्दछ । त्यसो हुँदा क्षमतामा आधारित लगानी गरियो भने मात्र भाखा नाघ्ने प्रवृत्तीलाई कम गर्दछ साथै भाखा नाघ्ने ऋणीले यसलाई निरुत्साहित गर्दछ । सहकारीको संस्थागत विकास गर्नको लागि सुन्दर परिकल्पना गर्नु पर्छ र यस परिकल्पनालाई पूर्णता दिनको लागि दिर्घ सोच राख्नु पर्छ । अहिले हामी कहाँ छौं र हामी कहाँ पुग्ने हो । कुन विकल्पको छनौट गर्दा लक्ष हाँसिल गर्न, सक्षम, सुरक्षित र स्वस्थ्य संस्था बनाउन, सदस्यहरुलाई उच्चस्तरको विशिष्ट सेवा प्रदान गर्न, संस्थालाई प्रतिष्पर्धी र व्यवसायिक वनाउ सकिन्छ भन्ने सोचको आधारमा यो्जना बनाउनु पर्दछ । आजको संसारमा हरेक चिजमा प्रतिस्पर्धा छ । यस्तो प्रतिस्पर्धामा पुग्न रणनीतिक सोच चाहिन्छ । रणनीतिक सोचलाई व्यवहारमा उतार गर्नको लागि रणनीतिक योजना बनाउनु पर्छ साथै रणनीतिक रूपमै बनाइएको योजनालाई उद्देश्य अनुरूप कार्यहरु निश्चित समय भित्र पूरा गर्ने सङ्कल्प, समय समयमा अनुगमन , मूल्यांकन तथा समीक्षा समेत गर्नु पर्दछ  र दृढ सङ्कल्प पनि चाहिन्छ ।
आज देशमा मौलाएको भ्रष्टचार सहकारीमा पनि भएको पाइन्छ । त्यसो हुँदा व्यवस्थापन पक्ष र कार्यन्वयन पक्ष दुबै चनाखो हुन पर्छ । बचत संकलनदेखि ऋण लगानीसम्म राम्रो निगरानी राख्नु पर्छ । अधिकार सम्पन्न लेखा समितिले यस सम्बन्धमा ध्यान दिनु पर्दछ ।
यस तालिममा संस्थाको विकासमा राजनैतिक परिस्थिती(ऋण लगानी लगायत सहकारी संस्थामा कुनै किसिमको हस्तक्षेप हुनु हुँदैन,तर राज्यले लागु गरेका नीति नियमहरू भने पूर्णरूपमा पालन गर्नु पर्ने) ,आर्थिक अवस्था, सामाजिक मूल्य मान्यता, प्रविधिको अवस्था, चार खाता( पूँजी तथा दायित्व खाता,  सम्पत्ति तथा जायदात खाता,खरिद तथा खर्च खाता, बिक्रि तथा आम्दानी खाता), पूँजी ,वासलात नाफा नोक्सान, संस्थागत पूँजी,  लागत सहितको पुँजी तथा दायित्व,(शेयर, बचत निक्षेप, बाह््य ऋण, कूल ऋणआदि), जम्मा लगानी गरिएको ऋण, खुद ऋण, भाखा नाघेको ऋणको लागि आवश्यक व्यवस्था घटाउदा बाँकी रहेको ऋण अपलेखन गरिएको खराब ऋण ÷१वर्ष भन्दा बढी भाखा नाघेको ऋण रकम आदि विषयमा सैधान्तिक तथा व्यवहारिक रूपमा विस्तृत छलफल भएको थियो ।
अन्त्यमा सबै भन्दा राम्रो के् हुनसक्छ परिकल्पना गरौं(सपना देखौं),सबै भन्दा राम्रो  कसरी हुनेछ निर्धारण ग¥यौं (संरचना बनाऊँ), यसको लागि कहाँ के भै राखेको  छ अनुसन्धान गरौं पत्ता लगाउँ र यी नै मान्यताको आधारमा स्वच्छ, पारदर्शी,, सेवामूलक रूपमा सहकारीलाई सञ्चालन ग¥र्यौं भन्दै विदा माग्दछु ।

 
तलिममा सहभागी सदस्यहरू समूह कार्य    प्र्रमाणपत्र वितरण

(यो लेख, बिरालो र बाघको तस्विर तालिममा प्रशिक्षकले प्रस्तुत गरेका धारणालाई साभार गर्दै तयार पारिएको हो)
धन्यवाद

युगीन पर्दामा शूक्ष्म दृष्टि

कोभिड १९को कारणले गर्दा आज संसार कोभिडको घेराबन्दीमा छ भन्दा अर्को अर्थ नलाग्ला । कोभिडसंग जुध्नलाई संसारका जनता सरकार सबै लागि परेका छन् भने कुनै न कुनै रूपमा दैनिकी र आफ्ना चाढपर्व तथा विभिन्न क्षेत्रलाई क्रियाशील बनाउन पनि प्रयासरत देखिन्छन् । यसै क्रममा यस पटकको महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती  माधुरी साहित्य प्रतिष्ठानले जुममार्पmत सह प्राध्यापक डा. षडानन्द पौड्यालज्यूको प्रमूख आतिथ्य र सरस्वती शर्मा जिज्ञासुको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी हुने मौका मिल्यो । कोभिडको चुनौतिलाई अवसरमा परिणत गर्दै कतिपयले राम्रा काम पनि भएका छन् । यसै अवसरमा सह प्राध्यापक डा. षडानन्द पौड्यालज्यूले माधुरी साहित्य प्रतिष्ठानका संरक्षक विमल शर्मा पौडेल द्वारा सिर्जना गरिएको 'युगिन पर्दा ' हाइकुसङ्ग्रह विमोचन गर्नु भएको  थियो । यस कृतिको प्रकाशन अध्यक्ष माधु्री साहित्य प्रतिष्ठानकी अध्यक्ष सरस्वती शर्मा ''जिज्ञासु''ले गर्नु भएको छ ।  यस कृतिमा विविधताले भरिएका ७५१ ओटा हाइकुहरू समावेश गरिएका छन् । विमलजी पेशागत रूपमा एउटा पशु चिकित्सक हुन् तर उनको सहभागिता  समाज क्षेत्र र साहित्यि क्षेत्रमा पनि व्यापक छ । यिनका दुई जोडी सरस्वती शर्मा ''जिज्ञासु'' र विमलजीले ले 'माधुरी साहित्य प्रतिष्ठान'लाई समृद्धितिर लानको लागि नव माधुरी साहित्यिक पत्रिकालाई २०५९सालदेखि निरन्तर प्रकाशन गर्दै आउनु भएको छ । यो  चानचुन कुरा होइन । पत्रिकाले स्थानीय विशेषमात्र नभै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका नव एवम् अग्रज साहित्यकारहरूलाई समेट्नुको साथै विशेष अङ्कहरू, समय सन्दर्भलाई नियाल्दै, प्रकाशन गर्दै आएको छ । अतः विमल शर्मा र सरस्वतीशर्मा ''जिज्ञासु'' दुबैले साहित्यिक क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय छ ।
कृतिभित्र प्रवेश गर्दा – यथार्थतामा भन्नुपर्दा  म हाइकुमा अनभिज्ञ छु । त्यसो हुँदा म हाइकु सम्बन्धमा टिका टिप्पणी गर्न चाहान्न तर पढेपछि केही लेख्ने बानी परेकोले हाइकुकारले दिन खोजेको भावलाई मैले यहाँ पस्कन चाहान्छु ।
 सह प्रा.डाक्टर षडानन्द पौड्यालज्यूले यस कृतिमा पस्केका हाइकुको सन्देशलाई राम्रोसँग चिरफार गर्दै लेख्नु हुन्छ –'सूत्रात्मक कथनका माध्ययमबाट जीवन विषयक सत्य यिनका रचनामा व्यक्त पाइन्छ ।' नेपाली हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले लेख्नु हुन्छ –  'विमलका सेन्युले केही न केही भन्छन् ।भित्रै पु¥याएर ठोक्छन् ।उनका हानइकु पनि आफ्नो प्रकारले मिठास भर्न र केही सोच्न वाध्य पार्ने खालकै छन् ।' धनञ्जय शर्माले यस कृतिप्रतिको धारणा यसरी प्रष्ट्याउनु भएको छ –प्रथम प्रयासमै यति सुन्दर , सार्थक,उत्कृष्टर संतुलित हाइकु सिर्जना गरेर पाठक सामु प्रस्तुत गर्न लाग्नु भएकोमा मलाई अत्यान्तै खुशी लागेको छ । 'शुभकामना  सन्देश दिंदै राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष खगेन्द्र वस्यालको धारणा यस प्रकार आएको छ –'समकालिन मानवीय चेतना, विचारको सहज अभिव्यक्ति र मानवतावादी दृष्टिकोण यिनका सृजनाका विशेषता रहेका छन् ।'मोदी गाउँ पालिकाका अध्यक्ष प्रेमशर्मा पौडेलको मूल्याङ्कनमा 'विमलजी एक साहित्यिक साथै प्रतिष्ठित कुशल राष्ट्र सेवक हुनुहुन्छ ।'
माथि मैले यस कृतिका भूमिकाकार, शुभेच्छुक साहित्यिक एवम् सामाजिक व्याक्तिले यसकृतिको बारेमा अभिव्यक्त धारणाहरू पस्कने प्रयास गरें । विमलजीले पहिलो हाइकुमा सबै पाठकलाई महेश मान्दै गणेशजीको जय शब्दले मङ्गला चरण पस्केर हाइकु लेखनमा अग्रसरता दर्शाउनु भएको छ  । प्रेममा छाडा,पक्षपात र घात, प्राकृतिक सौन्दर्यता, राजनीति विकृति, आशावादी सोच, देशको गरिबी, जनता भोकभोकै मर्न पर्ने परिस्थिति, सत्तामा बस्नेहरूको मोजमस्ति, देश जडिबुटीको भण्डारको रूपमा सजिएको, प्राकृतिक प्रकोपले निम्त्याएको नोक्सानी, लकडाउनले निम्त्याएको असहजता, पानीको प्रचुरता हुँदा पनि लोडसेङिङ्गले निम्त्याएको विषम परिस्थिति, राजनीति परिवर्तनले पनि दिन नसकको खुसी, हिमाली सुन्दरता,नेपालीको मौलिकता, स्थान विशेषका वर्णनहरू, स्वर्ग प्राप्तिको लागि गर्नु पर्ने कर्म, मानवजातिले उज्यालो अनुभूति गर्नको लागि आफ्नै मनको ज्योति बाल्नु पर्ने, जङ्गलमा मङ्गल, न्याको खाजी गर्दा पनि न्याय पाउन नसक्नु, पर्यटनबाट देश विकासको सम्भावना, आजको मोवाइलले युवामा निम्त्याएको विकृति, सार्थक जीवनको खोजी, राष्ट्रिय गान देशको गौरव जनताको शान, चुनाव र जनताको सम्बन्घ, देशको विखण्डन सम्बन्धि कुरा, संङ्घीयता देशको घाँडो भएको, सतीको सराप परेको देश, वर्णशंकर उत्पादन, पशुपालनको लागि लगाइने पोषिला घाँस,चाडपर्व(तिहार), कर्मचारीको पद मिलान, युद्ध जित्न बुद्धको चाहना,सादा जीवनको खोजी, राज नीतिमा फोहोरी खेल, कोरोना जाँचमा महगो चार्ज, आफ्नो संस्कारको सुन्दरता, विदेश मोह, कलममा वीरता, प्रहरीले जाइलाग्दा विवेक पु¥याउनु पर्ने काठमाण्डौको फोर, फोरोरको लापर्वाहीको कारणले ८०प्रतिशत रोग लाग्ने, असल गुरु प्रेरणाको स्रोत,  कोरोनाको कहर, कमिशन र भ्रष्टचार, सत्यतथ्य सूचना ,तास खेल्दा धनको नाश, सतको धन पसिनिाको कमाइ, साबुन पानीले हात धुने, लालाीगुराँस राष्ट्रिय गौरव, आँफै भगवान बनौं, जातभातको विभेदको अन्त्य, सीमा अतिक्रमण, आमा बाबु आमालाई वृद्ध आश्रम लाने प्रवृत्ति, पुत्ला दहन, तटस्थताको आवश्यक्ता, चुनौतीको सामना गर्नु पर्ने, राहत बाँड्दा निस्पष्छता चाहिने, रष्ट्रको ढुकुटीको संरक्षण, खुसी आफैंले खोज्ने, प्रतिष्ठा भन्दा ठूलो धन होइन, उद्देश्यपूर्ण जीवन अमूल्य हुन्छ,, राष्ट्र नरहे पहिचान हराउँछ, विदेशमा रहेकालाई देश फर्कने आह्वान, सहमतिमा आआफ्नै स्वार्थ, विश्वासमा अढेको संसार, कालो धन, अँध्यारो भित्र  पनि उज्याले हुने, नग्नताको कारणले पनि महिलाहिंसा बढउँ छ, आदि धारणा आएका छन् हाइकुमा ।
यस हाइकुसङ्ुग्रहले दिन खोजेका भावपूर्ण सन्देशलाई सारको रूपमा माथि पस्किसकेको छु । अव केही उनका हाइकुलाई यहाँ उदाहरणको रूपमा दर्शाउन चाहान्छु –
अतिक्रमण
नेपालको भूभाग
कस्तो भ्रमण
(हाइकु४७१)
हाम्रो सपना
सुशान्तिको चाहना
कोरा कल्पना
 (हाइकु४३७)                
भ्रष्टचारको
मिठो स्वाद चाट्छौ
सर्वहाराहो
हानइकु ४२९)
एकान्त कुना
रिसाएकी प्रेमिका
 निष्पट्ट रात
 (हाइकु ३३)
नामाकरण –यस कृतिको नामाकरण 'युगीन पर्दा' राखिएको छ । युगको अर्थ पनि व्यापक छ भने पर्दाको अर्थ पनि व्यापकै देखिन्छ । मैले यस 'युगीन पदा र्'लाई यसरी साधरण रूपमा अथ्र्याएको छु । युग भन्दा वर्तमान युग र पर्दा भन्दा  छोप्ने चीज अथवा (देख्न नसकिने बनाउनु) भन्ने अर्थ लाग्छ । विमलजीले वर्तमान युगमा विविधताले भरिएका तर बाहिरी प्रकाशमा नआएका यथार्थतालाई प्रष्ट्याउनको लागि यो हाइकु सङ्ग्रह प्रकाशमा ल्याउनु भएको हो जस्तो देखिन्छ । युगीन पर्दा सम्बन्धि हाइकुकारका केही धारणा यसरी आएका छन् –
एउटै रोजी
लक्ष युगीन पर्दा
एकता खोजी
हाइकु(७४५) पृष्ठ १२४
भाव सुसायो
खुल्दा युगीन पर्दा
आँखा रसायो
हाइकु(७४६) पृष्ठ १२५
हेर्दै समाज
युगीन पर्दा खुल्दा
होला मिठास
(हाइकु (७४९) पृष्ठ १२५
यी हाइकुको साथै समग्र हाइकुले दिएका सन्देश केलाउँदा कृतिको नामाकरण ठीक छ ।
अन्त्यमा–समग्रमा भाषाशैली, प्रस्तुति, शव्द चयन, प्रष्ट्याउन खोजेका भावना, सामाजिक यथार्थता,प्राकृतिक चित्रण,प्रेमले भरिएका उद्गार,जीवनले भोगेका यथार्थता, समाजको आर्थिक अवस्था, राजनीतिमा देखिएका विकृति, भ्रष्टचार, प्रेममा विविध दृष्टिकोण, प्रवृत्ति, प्रकृति, संस्कृति आदि विविधताले सजाउँदै यस युगको समग्र घटनाक्रमलाई पर्दा खोलेर जनतामा जाहेर गर्न सफल देखिन्छ कृति ।
अत एक शब्दमा भन्दा कृतिले पर्दाभित्रका यथार्थतालाई पर्दा खोलेर छरप्रष्ट पारिदिएको छ । यस्ता यथार्थवादी हाइकुकारको भविष्य उज्ज्वल होस् भन्दै विदा चाहान्छु ।
धन्यवाद
२०७७ साल मङ्सिर २५ गते

December 8, 2020

गजल
सूर्य ज्योति

रुनुपर्छ सुख दुःख धुन सधैं भने हैन
दिल–धडकन सुनिन्थ्यो रे म त सुन्न गैन 

कस्तो रैछ तिम्रो बानी एकोहोरो चाला चल्ने
वातावरण फेरिन्छ नै सधैं एकै नासे छैन 

विश्व बन्छ प्रकासिलो नेत्र ज्योति बाल्न सके
तन मन धन जहाँ हुन्छ काट्छ तनले चैन

नरकर्म उज्ज्वल पार्न दुबै पाटा हेर्नै पर्छं
 प्रकाश छर्छ आँफू मर्छ प्रकाश दिने मैन

प्रकासिलो संसार बन्न सूर्य ज्योति बल्नै पर्छ
कालो सरकार बन्याँे भने त्यहाँ हुन्न सबल ऐन



December 7, 2020

कविता (सरकारसँग अनुरोध)

कविता

  सरकारसँग अनुरोध  

रोना तिमी महामारी हौ

या महा आतङ्ककारी

मैले बुझ्नै सकिन

तिम्रो जन्मसँगै

संसारभर कोरोना आतङ्क

कस्ले सिर्जना ग¥यो

किन सिर्जना ग¥यो

लक डाउन अनि लकडाउन

यो लकडाउनले

निम्त्याएको महा कष्टदायी जीवन

त्यसबाट जनताले पाएको आहात

सबै क्षेत्रमा परेको अस्तव्यस्तता

आदि आदि कारणले गर्दा

मानिस कोही हतासले मरे

कोही कोरोनाको वतासले मरे

कोही कोरोनाले निम्त्यिाएको

भोको क्रन्दन तथा विविध रोगले मरे

किन तिम्रो नाम सुन्द्यामा नै यत्रो त्रास,

हेर कोरोना

्महामारिता हिजो पनि थियो

अस्ति पनि थियो

आज तिमी बाटै सिर्जित

महामारी÷महा आतङ्क छ

र यस्ता महामारी भोली पनि

आउन सक्लान्

 हिजोका महामारीमा

नत यत्रो त्रास थियो

 ती महामारीले मानिस मारेकै थियो

मानिसमा सावधानी थियो

कोरोना आज तिम्रो आतङ्क

रेडियोले फुकेकै छ

टेलिभिजनले देखाएकै छ

फेसबुकले, युटुवले अनि

मोवाइलले पनि बोलेकै छन्

 यी आवाज केको लागि

जनचेतना जगाउन या

आतङ्क मच्चाउन

उत्तर होला निश्चय पनि

जनचेतना जगाउन

तर मलाई लाग्न थाल्यो

तिम्रो कामको सूचना

जति पढिदै गइन्छ

डर आतङ्क फैलिदै जान्छ

अव मरिने भो भन्ने भावनाले

मानव मन मुटुमा

गहिरो छाप बस्दै जानेभो

अनि मानव तिम्रो आक्रमण भन्दा

त्रासको कारणले गर्दा

यो संसार छोडदै जानेभो

बाँच्ने रहर सबैलाई हुन्छ

लिने सावधानी लिएकै हुन्छ

मोवाइलमा बज्ने सन्देशले

मानव मस्तिष्क खलबलाएको छ

कोरोना अपडेटको सन्देशले

मानवलाई आतङ्कित तुल्याएको छ

सन्देश प्रसारण कर्ता र सरकारसँग

मेरो अनुरोध कोरोना शब्दत्रास

तुरुन्त हटाई दिऊँ

सरकारसँग मेरो अनुरोध

उपचारलाई सरल र सुलभव

साथै सिघ्रता दिंदै जाऊँ

लकडाउन गर या नगर

सरकारको निर्णय

तर लकडाउन गरिन्छ भने

भोकालाई सरकारले खान देऊ

भोकालाई सरकारले खान देऊ

December 5, 2020

Peace


Sadananda Abhagi
In the world of measurement
Existing i am the middle point of the country.
My existence, my personality
I and what is said by to mine is i am
I firm in its originality

Between two guns
The cry of my pen
here  it looks like to disappearing  

Listen, even if I am an atom
Atoms inside molecules as like me
Can take on new forms
They can create their own in this world.

All kinds of guns in the world
They could not stand in front of the pen
Because the pen of people has the power of a molecule

An atom bum is made by the atom
And this world is also created by the atom
The atom and in between the middle atom
The choice of the germination environment

It is said by us that to go to the generosity
So that all understand and let be done a real explanation.
And it needs to find the intelligence

The power and the peace is in intelligence
The revolution of humanity is  also in this
By the loss of the power of humanity
 There is real unrest in this world today

Home dialogue

We are both in the same spot belong together.
As the Ox's are roaming on the barn to work as thresher
Labors are enjoying, separating paddy and straw
A winning tray blowing on a pile of paddies husk to throw
 
The mind talks are keeping in mind, no one understands
We can place it transparently on society, nobody band
You are my spouse and I brought with a musical instrument
Head was smeared with vermilion and oblation was under the tent.  

What's wrong with me today and why you are in anger?
Anger is not a nutritious diet but a lifelong enemy and danger
Laugh and be marrying, you give up anger, joy, and happiness
All are with you so work wisely and no all enemies

We share sorrow and happiness one by one
We have seven shining bud, support them one by one
Now they are growing, let them blossom to fruit
 Our pride reaches to height with their development

Here nothing to take and nothing to give in this two days earthly life.
For immorality, before the death, something is essential to provide.
At the end of our life, no bodies carry whole sole the property
Let's search fragrance, spread the aroma and not search the misery

If we hear the sound of clock that indicate spoiling                                                                                                                                                                                        similar way time of life is valueless spending
Our creation for development is mostly important
Create the knowledge and make to all wise by throw the nectar scent.


 O my dear gently hear nothing is in quarrel
Now a day's world is surfing from that ugly barrel  
You are a brave, will be the great by your gentleness
Home will be paradise as a temple you will be goddess

Have I not given you the love as an owner?
All these witness are the proof by our manner  
Have I not, washed the dirt of my heart cleanly?
If any package left with me, please ask me openly.

Listen to the sound of the hands of the clock
Every single moment of our life is spent like that
Creation is at a single moment for our development
Success lies in the unity of all in our home

Collection of a little dew that able to fill a pitcher
Perishable life can be made unending by a true teacher                
 Good word and good workable to attract the world
But we get all lose when it utters an impulsive word

It is saying that to gain something, one should have to lose something.  
But I say to gain something, you have to earn something
 So take a part in the work something to earning
Oh my dear be courageous and count the stars early evening.  

 O my dear, if you become happy that my happiness
Every single drop of your tear is making me sadness
I don't want to see a world of unhappiness and misery
So you laugh and make us laugh, I don't want to hear your cry

नबीको महीमा


कृति परिचय–
यो कृति हम्द,नाअत,मनकवत् नज्ममा आधरित हाजी जनावफ युसुफदिन
मिया पाल्पाली द्वारा रचित कृति हो । यो कृतिको प्रकाशन पनि पल्लव साहित्य प्रतिष्ठानले गरेको छ । यस कृतिमा गजलात्मक तरिकाले लेखिएका ११९ ओटा हम्द र नाअ्तहरू समावेश गरिएका छन् । यो पूर्ण रूपमा धार्मिक  आस्थामा आधारित कृति हो ।  यस कृतिको सिर्जना हाजी जुनाव युसुदिन  मियाँ पाल्पालीले हज गरेर आए पछि सिर्जना गर्नु भएको हो । प्रकाशकीयमा गोर्खे साइँलोले 'पहिलो पटक फरक भाषिक प्रकृति, फरक आध्यात्मिक अनुभूति फरक धर्म एवम् कौमका कुराहरू समेटिएको  कृति प्रकाशन गर्न मौका प्रदान गरेकोमा हाजी जनावफ युसुफदिन मिया पाल्पालीलाई धन्यवाद दिनु भएको छ । फकत वस्सलाम मौलाना मोहम्मद गुलामजीले हाजी जनावफ युसुफदिन मिया पाल्पालीलाई 'नेपालके पहेले शायर हैं' भन्नु हुन्छ ।  पकत वस्सलाम खादिम मोहम्मद अस्हर रजाव अल्हररजा मैकशले लेख्नु हुन्छ –'मौसुफ के  कलामे हुस्ने औसाफव खयालात कि बुलन्द पर बाजी पाया ।' हाफिज काजी मियाँले लेख्नु हुन्छ –'नविनको महिमामा हम्द नात मनकवत र नजम समेत नेपालीमा लेखिएको हुँदा सुनमा सुगन्ध मिलेको छ ।।'हहुसैन खाँ यस कृति सम्बन्धमा लेख्नु हुन्छ –'यो उहँको छैटौं कृति हो,जाmे  पूर्णरूपले धार्मिक आस्थामा आधारित छ ।'
यस कृति पूर्णरूपले धर्ममा आधारित भएको हुँदा यसमा म टिप्पणी गर्न चाहान्न । यसका केही शेरहरू भने यहाँ समावेश गरेको छु –
 हम्द मध्येबाट एक शेर
म बन्दा हुँ तिम्रो दूर नगराऊ
या खुदा मलाई मायाले सजाऊ ।

नाअ्त शरीफबाट एक शेर
गरेर सकिन्न नबीको महिमा
लेखेर सकिन्न नबीको महिमा

नाअत मध्यबाट एक शेर –
मुहम्मद् नबीको सहारा नहूँदो
जगत्मा कसैको गुजरानहूदो ।

नज्म मध्येबाट एक शेर –
तवाफ पूरा गरी नफील पढेपछि
अमृतसरि जम्जम पानी प्यून पाऊँ ।

मनकबत मध्येबाट एक शेर–
अहमद रजाले दुबै हात चलाए
नबीको तरिका लेखेर बताए ।

नाअ्ते पाक मध्येबाट एक शेर–
शुबास मदिनाको हरगाउँ चलेको छ
रोशनी मुस्तफाको हर ठाउँ बलेको छ

नज्मनाअ्त  मध्येबाट एक शेर––
यही जिन्दगीमा गरेको छु आशा
खुदाले मलाई मदीना पु¥याऊ

सलामबाट एकशेर–
मुहम्मद नबीमा करोडौं सलाम  
मुस्तफा हबीब्मा करोडौं सलाम
प्रस्तुति –प्रस्तुति मीठो छ । यसमा प्रयोग भएका कतिपय शब्दहरू(धर्ममा प्रयोगमा आउने भएर होला) सहजरूपमा सबै धर्मालम्वीहरूले बुझ्न कठिन पर्दछ तापनि लयात्म भएकोले पढ्दा आनन्द लाग्दछ । यो संंसारलाई चलाउने उनै ईश्वर हुन् । संसारले आफ्नो आफ्नो धर्म, संस्कार, परमपरा,  रीतिरिवाज आदि गर्दै आएको÷मान्दै आएकोमा जुन रूपमा भए पनि यो महान हुन्छ । यदि कसैले नास्तिक हुम् भन्छ भने पनि ऊ ईश्वरको अनुपम कृपामा बाँचेको हुन्छ । यसरी हाजी जनाव युसुफदिन मियाँ'पाल्पाली'ले 'हवीको महिमा' कृति सृजना गरि एउटा महान काम गर्नु भएको छ।   यो सबैको लागि एउटा मार्ग दर्शन हो । पल्लव साहित्य प्रतिष्ठानले यो कृति प्रकाशन गरेर एउटा नयाँ आयम थपेको छ । हाजी जनाव युसुफदिन मियाँ'पाल्पाली'र पल्लव साहित्य प्रतिष्ठान प्रति हार्दिक धन्यवाद दिंदै विदा चाहान्छु ।
समग्रमा पाल्पाजीका सबै कृति पढ्ने मौका पाएँ । कसैको कृति पढेपछि  दुई चार शब्द कोर्ने बानी भएकोले 'पाल्पाली'का पाँच कृतिलाई गहन अध्ययन गरी मनमा लागेका कुराको साथै कृतिको भावसार पस्कने प्रयास गरेको छु भन्दै मैले पस्केका यी कृतिहरूपाठकबाट सुझाको लागि हार्दि अनुरोध गर्दै विदा चाहन्छु ।