December 15, 2020

इन्द्रकुमार विकल्पको कोरोना क्रिमुकसङ्ग्रहमा एक दृष्टि

परिचय

कविता, उपन्यास, मुक्तक, लघुकथा, कथा, हाइकुका सिद्धहस्त साहित्यकार एवम् सम्पादक,पर्वत साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् संरक्षक साथै गोविन्दस्मृति साहित्य पुरस्कारका संस्थापक इन्द्रकुमार विकल्प, नेपााली साहित्य जगतमा एउट चर्चित व्यक्ति हुन् ।  सम्झनाका डोवहरू कवितासङ्ग्र्रह (२०४४) सालमा प्रकाशन गरी कृतिकारको रूपमा देखिएका साहित्यकार इन्द्रकुमार विकल्पले आफ्नो साहित्य साधनालाई तीब्र गतिमा अघि बढाउँदै कोरोना क्रिमुकसङ्ग्र (२०७७) सम्म आइपुग्दा उनका ११ थान कृतिहरू बजारमा आइसकेका छ्न् । २०५४देखि हालसम्म "कालीको सुसेली" त्रैमासिक पत्रिकाको सम्पादन इन्द्रजीले नै गर्दै आउनु भएको छ । वास्तवमा भन्ने हो भने यो पत्रिका धौलागिरी अञ्चलकै एक उच्चस्तरीय अग्रणी पत्रिका हो । पर्वत जस्तो विकट जिल्लामा बसेर विकल्पले नेपाली साहित्यमा पुर्याएको योगदान अतुलनीय छ र सिङ्गो राष्ट्रभरी नै अनुकरणीय छ । विकल्पको साहित्कि योगदानको उच्च मूल्याङ्कन गर्दै वष्ठि साहित्यकार एवम् पर्वत साहित्य सङ्गमका वर्तमान अध्यक्ष राजेन्द्र पहाडीले मनका रङ्गहरू (मुक्तकसङ्ग्रह)को प्रकाशकीयमा लेख्नुभएको छ "नेपाली साहित्य र खासगरी आफ्नो पर्वत जिल्ला तथा सिङ्गो धवलागिरी क्षेत्रको वाङमय विकासमा यिनको सक्रियता लोभलाग्दो छ ।" यो मुक्तकसङ्ग्रहमा उनी मुक्तकमा नौलो प्रयोग लिएर मुक्तक लेखनमा मार्ग दर्शक बन्न सबलरूपमा हामी समक्ष दर्शिएका छन् । यसरी नयाँ नयाँ प्रयोगको खोजी गर्दै विकल्प हाल 'कोरोना' क्रिमुकसङ्ग्रह लिएर हाम्रो अघि प्रस्तुत भएका छन् ।

क्रिमुकको अर्थ र ऐतिहासिक पृष्ठभू्रमि

मेरो लागि 'क्रिमुक'नितान्त नौलो शब्द हो । नयाँ शब्द नयाँ प्रयोग भएकोले सर्बप्रथम यसै कृतिमा विभिन्न साहित्यकारले पस्केका धारणालाई यहाँ प्रस्तुत गर्न चाहान्छु ।  साहित्यिक पोष्ट भाद्र दुई २०७७ सालको अङ्कमा ' हाइकूभन्दा ७ अक्षर लघु आयतनको क्रिमुक कसरी लेख्ने ?' शीर्षकमा गोपाल देवानको लेख आएको छ । यस लेखमा क्रिमुकको परिभाषा,संरचना र सूत्रात्मक आलम्वलाई देवानजीले प्रष्ट्याउँदै लेख्नु हुन्छ –''क्रियामुक्त कवितालाई संक्षेपमा क्रिमुक भनिएको हो । क्रिमुकको सूत्रात्मक आलम्ब ''अनुमतिविना प्रवेश निषेध'' हो । अनुमतिविना प्रवेश निषेध भने पछि त्यसको पछि छ लेखि रहनु आवश्यक हुन्न ।' यसको प्रयोग थालनी अविराम क्रान्ति तथा गोपाल दिवानकै शब्दमा –'क्रिमुकको प्रायोगिक धृष्टता मैले २०४७ साल देखि नै सुरु गरेको हुँ ।' यो 'पूर्ण क्रिया प्रयोग नगरी नै काव्यिक अभिव्यक्ति गरिने शैली हो ।' क्रिमुक लेखनको विषयमा दिवानजी लेख्नु हुन्छ –'२०६१र०६२ देखि पाँचथरका कवि भाइ लाल अन्जानले त्यताबाट छापिने केही हवाई साहित्यिक पत्रिकाहरूमा क्रिमुकहरू लेखेर छपाउँदै आएका छन् ।' यसरी क्रिमुकको थालनीको विवरण देवानजीको लेखबाट प्रष्ट भए पछि यस कृतिको भूमिका लाल ''अन्जान'' सम्बाहाम्फेले लेख्नु भएको छ र यस क्रिमुक लेखन सम्बन्धि केही थप जानकारी पाइन्छ । लाला ''अन्जान ''जीले 'गोपाल दिवानले क्रिमुक लेखनको आरम्भ भयो र वि.सं. २०७५ बाट सुरेश काफ्ले 'विदारक'ले शब्द संयोजन मासिक मार्पmत काठमाण्डौबाट क्रिमुक लेखन आरम्भ गर्नु भयो ।' लाला ''अन्जान''को २०७६ माघको जनमत मासिक अंक २६८मा 'क्रिमुक लेखन एक अवधारणा' प्रकाशनमा आयो । यसले क्रिमुक लेखनलाई थप दरविलो बनायो । कोरोना क्रिमुकसङ्ग्रह प्रति लाला ''अन्जान '' लेख्नुहुन्छ–'धौलागिरिका  साहित्यिक धरोहरकवि तथा साहित्यकार इन्द्रकुमार विकल्पबाट क्रिमुक लेख्न आरभ मात्र होइन कोरोना कहरको बेला 'कोरोना 'क्रिमुकसङ्ग्रह नै प्रकाशन गर्नु उहाँको साहित्यिक यात्रामा शिखर आरोहणको अर्को कीर्तिमानी बन्यो ।'लाल ''अन्जान'' ले यस कृतिलाई विश्वकै प्रथम क्रिमुक कृति भन्नुभएको छ ।

कृति एवम् क्रिमुकको संरचना

लेखकले लेखेको लेखलाई अध्ययन गर्दा साहित्य पोष्टमा लेखेको लेखले क्रिमुकको संरचना पहिलो हरफमा तीन अक्षर र दोस्रो हरफमा छ अक्षरमा लेखिनु पर्ने भन्ने सूत्रधारलाई इन्द्रजीको क्रिमुकसङ्ग्रहले अक्षरस प्रयोगमा ल्याएको छ । यस कोरोना कृति आवरण पृष्ठ बाहेक ८० पृष्ठमा संरचित छ । आवरण अग्रपृष्ठमा कोरोनाबाट संरक्षण हुनको लागि मासको प्रयोग गरेको चित्रले सजाएको छ भने आवरणको पछिल्लो पृष्ठ कृतिकारको परिचयले सजिएको छ । पर्वत साहित्य सङ्गमको ३८औं प्रकाशनक्रममा प्रकाशित यो कृतिको मूल्य १५० रुपियाँ राखिएको छ । यो कृति बुबा स्व.गोपीमान जोशी र आमा स्व.नन्दकुमारी जोशीमा सादर समर्पण गरिएको छ । लाल अन्जान सम्बा हाम्फे, राजेन्द्र पहाडी, जनमत मासिक र पर्वत साहित्य सङ्गम परिवार कुश्मा पवर्त प्रति हर्दिक आभार व्यक्त गरिएको छ । यसको प्रकाशकीय पर्वत साहित्य सङ्गमका अध्यक्ष राजेन्द्र पहाडीले लेख्नु भएको छ ।यस कृतिमा २८४ ओटा क्रिमुक समावेश गरिएका छन् ।

कृतिले दिएका सन्देशहरू संसारभरी महामारीले ल्याएको लकडाउन तथा त्रासलाई विविध मानिसले विविधरूमा चुनौतीको सामनालाई अवसरको रूपमा परिणतगर्दै सिर्जनामा जुटेको पाइन्छ । यही अवसरमा इन्द्रकुमार विकल्पले नेपाली साहित्यमा एउटा नूतन विधा 'क्रिमुक' कृति हामी समक्ष पस्कनु भएको छ ।थोरै अक्षरमा धेरै सन्देश दिन सकिने यो 'क्रिमुक' विधाको थालनीमा इन्द्रकुमार विकल्पजीले लेख्नु हुन्छ

जीवन

नाङ्गो जिजीविषा

(क्रिमुक १, पृष्ठ १०)

जीवनमा मानिसले के खोज्छ भन्दा बाँच्ने इच्छा नै हो । मानिसले चाँहदैमा जति चाह्यो त्यति बाँच्न सकिने अवस्था हुँदैन । यो नाङ्गो अवस्थामा छ । यो संरक्षित छैन । यसरी नै इन्द्रजीले जीवन जगतका थुप्रै धारणा यहाँ दर्शाउनु भएको छ । जिन्दगीलाई कतै इन्द्रेणी सपनामा लिनु भएको छ भने जिगीषालाई धैर्यताको बाँधको रुपमा लिनु हुन्छ । सबैमा बाँच्ने आकाङछा पनि हुन्छ ता पनि मरण तथा सुनिश्चित यात्रामा मानिस पुग्नै पर्छ ।जीवन ,जिन्दगी,जीवन वर्णन आदिका विविध घटनाक्रमा प्राणी गजतले भोग्छ, संघर्ष गर्छ, कसैले सफलता प्राप्त गर्छ भने कोही असफल भएर जीवन बिताउन बाध्य हुन्छ ।

प्रेममा आधिरित त्रिमुकहरू प्रेममा विमर्स गर्नु भन्दा केही क्रिमुक हेरौं

 


अंगालो

मायालुको जालो

क्रिमुक २, पृष्ठ १०

जवानी

नजोगिने पल

क्रिमुक ६१, पृष्ठ २५

 युवती

 नयनको खेती

६७ ,पृष्ठ २६


 

 सौन्दर्य भ्रामक नयन, मायालु गन्थन भकारी, योनाङ्ग प्राकृतिक लाज, युवती बैंशको नतिजा, गुलाफ प्रेमको प्रतीक, कोपिला फक्रँदो जवानी,धरती ममताकी खानी,रूपसी भ्रमित हेराइ आदि प्रेममा आधारित क्रिमुक यस कृतिमा विविधरूपमा आएका छन् । मायाप्रेमको परिभाषा व्यापक छ । जन्म दिने आमा, मातृभूमि लगायत युवा युवतीमा देखिने सबै खाले प्रेमको आफ्नै आफ्नै महत्व हुन्छ ।  यिन्ले समाजमा पार्ने प्रभाव पनि फरक फरक देखिन्छन् । इन्द्रजीले प्रेम र प्रेमसँग सम्बन्धित घटनाक्रमलाई सहज रूपमा प्रष्ट्याउने प्रयास गर्नुभएको छ ।

प्राकृतिक सौन्दर्यमा आधारित क्रिमुकहरूयस कृतिमा प्राकृतिक सौन्दर्यले सिङ्गारिका क्रिमुकहरू पनि हामीले अध्ययन गर्न पाउँछौं । हेरौं प्राकृतिकमा आधारित केही क्रिमुकहरू


हिमाल

 गौरव गाथा

क्रिमुक ७५,पृष्ठ २८

बतास

रूप अनेक

क्रिमुक ९०, पृष्ठ ३२

गण्डकी,

अबिरल यात्रा 

क्रिमुक ९९

इन्द्रेणी

सुन्दर सपना

क्रिमुक १०१

जङ्गल

पशुको मङ्गल

क्रिमुक १०२

 हिमाल

अटल विश्वास

क्रिमुक, १०५

चट्टान

बलको उपमा

क्रिमुक, १२०

पहाड

देशको अस्तित्व

क्रिमुक २७०

तराई

देशको इज्जत

क्रिमुक,२७१


 

 प्राकृतिक सौन्दर्य मात्र नभएर प्राकृतिक प्रकोप साथै विविध घटनालाई पनि यस सङ्ग्रहमा समावेस गरिएका छन् ।

विविध खाले क्रिमुकहरू यस कृतिमा राजनीतिक अवस्था, नेतृत्वको चरित्र, अस्मिता, अक्षर, साधना, साहस ,प्रभूत्व, स्वमित्व, फसल, ओदान, आक्रोस, आवाज, सपना, सीमाना आकाश, आवास, विपना, अभाव, योजना, नग्नता, अस्तित्व, रहस्य, चुनाव, मित्रता, भावना, तिर्सना, इमान, विहानी, सम्बन्ध, तरङ्ग, गन्तव्य, तस्वीर, तर्कना, पखेटा,अभाव, सारङ्गी,, स्वभाव, शासन,आफन्ति,जागिर,जनता, सौन्दर्य, शिक्षक, माकुरा, संदेवता, संघर्ष, हिसाव, साहित्य, यातना, भरोसा, प्रवृत्ती, आवाज, दानव, मधुर, रुमाल, आदि आदिलाई क्रिमुकको रूपमा अथ्र्याइएको छ ।

शीर्षकी करण यस कृतिको नाम 'कोराना' राखिएको छ । नेपालमा कोराना व्यापकरूपमा तथा चरमसीमामा फैलिएको वेलामा सिर्जना गरिएको हुँदा नामाकरण 'कोरोना' गरिएको देखिन्छ साथै कोरोनालाई  पराकाष्ट त्रास एवम् अन्योलको त्रासको रूपमा अथ्र्याइएको छ । शीर्षक साथृक नै देखिन्छ ।

प्रस्तुत शैली क्रिमुक लेखनमा क्रिया मुक्त लेखनको रूपमा लेखिनु पर्ने र सूत्रको प्रयोग हुनु पर्ने भएकोले सोही अनुसार नै लेखिएको छ । सरल भाषामा सबैले बुझ्ने गरी प्रस्तुत गरिएको छ । इन्द्रजीका क्रिमुकमा लयात्मकता छ । भाव प्रस्तुतिमा संक्षिप्तताको साथै कतै बिम्ब,कतै प्रतीक, कतै व्यङ्गचेतना, कतै सौन्दर्यता, कतै मानवीय प्रवृत्ति, सामाजिक मूल्य मान्यता, चाडपर्व, धार्मिक अवधारणा, संस्कृति आदि विवध पक्षलाई जोडेर सुन्दर प्रस्तुति भएको देखिन्छ ।

 झट्ट हेर्दा शब्दको अर्थ हो जस्तो भान हुन्छ तर यथार्थतामा क्रिमुक लेखनमा शब्दको अर्थ नभएर यसले दिने व्यापक सन्देशलाई लिएको जस्तो मलाई लाग्यो जस्तै जीवन भन्दा प्राणिको जन्मेदेखि मृत्युसम्मको समय भन्ने अर्थ हुन्छ तर यही जीवनलाई क्रिमुक लेखनमा जीवन नाङ्गो जिजीविषा भनिएको छ यसको अर्थ नाङ्गो जीवन बाँच्ने इच्छा या नाङ्गो बाँची रहने चाहना भन्ने हुन्छ । नयाँ शैली भएको हुँदा यहाँ मैले भावलाई प्रष्ट्याउने प्रयासमात्र गरेको छु । यो विषय मेरो लागि पहिलो अध्ययन हो । यस सम्बन्धित ज्ञान नहुँदा नहुँदै पनि केही धारणा राख्ने प्रयास गरेको छु भन्दै इन्द्रजीको प्रशंसनीय कामको उच्च मूल्याङ्कन गर्दै विदा चाहान्छु ।

 धन्यवाद

२०७७ साल मङ्सिर २९गते

December 14, 2020

समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना


Sadananda Abhagi

परिचय

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम भट्टले १९४०मा गजललाई नेपालमा भित्र्याए र २००२सम्म गजलले नेपालमा खुट्टा गाड्यो। २००२ देखि २०३५सम्म नेपाली गजल गुप्तबासमा रह्यो अर्थात गजलले गति लिन सकेन जसलाई हामी नेपाली गजलको विलुप्त कालको रूपमा गणना गर्दछौं। त्यसपछि बि.संस २०३५साल असौजको रूपरेखा पत्रिकामा प्रकाशित ज्ञानुवाकर पौडेलको तीन शेरको रचनालाई आधुनिक गजलको रूपमा ग्रहण गरिएको छ र २०३६ सालदेखि नेपाली गजलको ज्ञानुवाकरको आधार लिएर पुनर्जागरण कालकोरूपमा लिइन्छ। बि.सं. २०५१देखि हालसम्म उर्बरक कालमा गणना गरिएकोमा, यो काललाई पुष्प अधिकारी 'अञ्जलिले गजलमा ल्याएको क्रान्तिलाई बि.सं. २०६०लाई आधार बनाई गजलको क्रान्तिकारी चरणभन्दा पुष्पको साहित्यप्रतिको लगावको मूल्याङ्कन पनि हुने र यसलाई नि:सङ्कोच स्वीकार्नु जरुरी भएको अवधारणा बिर्खे अन्जानले राखेका छन्। गजलको कालक्रमिक विभाजनलाई समकालीन नेपाली गजलमा पुष्प अधिकारी अञ्जलिले नेपाली गजललाई डाक्टर घनश्यम परिश्रमीको उदाहरण दिंदै तीन चरणमा विभाजन गरिएको छ भने शिव प्रणतले भने नेपाली गजलको कालक्रमिक विभाजनलाई चार भागमा विभाजन गरेको पाइन्छ।

कालक्रमिक विभाजनको स्वरूप
घनश्याम परिश्रमिकको विभाजन
पुनर्जागरण चरण बि.सं साल २०३५देखि २०४१सम्म
गतिशील चरण बि.सं साल २०४२ देखि २०५०सम्म
विकासशील चरण बि.सं साल २०५१ द्येखि हालसम्म

शिव प्रणतको विभाजन
प्रथम चरण (प्रारम्भिक काल), बि.सं साल १९४० देखि २००२
द्वितीय चरण (बिलुप्त काल) बि.सं साल २००२ देखि २०३५
तृतीय चरण (पुनर्जागरण काल बि.सं साल २०३६ देखि २०५०
चतुर्थ चरण (उर्बरक काल अर्था विकास काल २०५१ आजसम्म

भनिएको पनि छ कि काल क्रमिक विभाजनमा सबै एकमत नरहेको र कसैले ज्ञानुवाकर पौडेलभन्दा पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि हामीले अध्ययन गर्न पाउँछौं भने कसैले भीमनिधि तिवारीलाई केन्द्र मानेर पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि अध्ययन गर्न पाइन्छ। कसैले त्रिकालीन बिभाजनमा मोतीराम देखि भीमनिधि तिवारीसम्म प्राथमिक काल, भीमनिधिदेखि ज्ञानुवाकरसम्म माध्यमिक काल, ज्ञानुवाकर पौडेलदेखि आधुनिक काल भनी विभाजन पनि गरेको पाइन्छ। डा. घनश्याम परिश्रमीको विभाजनमा प्रथम चरण (प्रारम्भिक काल), गजललाई मोतीरामले भित्र्याएर स्थापित गरे देखि द्वितीय चरण (बिलुप्त काल) जुनबेला गजल लेखन प्राय थिएन भने पनि हुन्छ, गणनामा देखिदैन। २०५१ देखि यताको कालमा गजल लेखनको काम तीब्ररूपमा भएको छ र यस समयको गजल लेखनलाई पुष्प अधिकारी अञ्जलिको लेखाईमा– 'झण्डै २, ००, ०००जति स्रष्टाले गजलमा कलम चलाएको पाइन्छ भने ४, ०००जति गजलका सङ्ग्रहहरू प्रकाशि भएको अनुमान गर्न सकिन्छ।' यसरी नै नवराज लम्सालले शुभकामना क्रममा लेख्नुहुछ २०हजार गजलकार छन्। आजका गजलकार र गजल कृतिहरूको संख्या नै कति भनी आङ्कलन गर्न सकिने अवस्थामा छैन किनकि देश, प्रदेश, जहाँ नेपाली साहित्यिकमनहरू पुगेका छन् त्यहाँ साहित्यिक कृयाकलापहरू भै नै रहेका छन् र सबै ठाउँ नै गजलमय भएको छ। पुष्प र नवराजको तथ्याङ्क बाझएको कुरालाई यो पक्तिकारलें पुष्पसँग टेलिफोनमा जिज्ञासा राख्दा नवराजको तथ्यांक पुरानो (रेडियो नेपालमा नवराज कार्यरत हुँदाको) र उनको तथ्याङ्क वर्तमान रहेको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध गर्न चाहन्छु।

त्यसो हुँदा आजको नेपाली गजललाई कालक्रमिक विभाजनमा विभाजनको लागि विभाजन नभै न्यायोचित विभाजनको आधारमा जानु आवश्यक छ। नेपाली गजलले आज आएर २०६० यता पाँचौं चरणमा (गजल लेखनको क्रान्तिकारी चरणमा) प्रवेश गरेको छ भन्नु अतियुक्ति नहोला। यसमा मैले २०६० एताको गजल लेखनले आजको युग, लेखाई, सामाजिक, आर्थिक, राजनैतिक, भौगोलिक, विश्वव्वापीकरण घटना आदिलाई आत्मसात गरेर, हिजोको गजलको मान्यतामा प्रेयसीको गुणगान नभै विविधतमा गजल लेखिएका छन्। समाजमा धेरै परिवर्तन आएको छ। गजल लेखनमा पनि परिवर्तन आएको छ। यसलाई समयसापेक्ष मूल्याङ्कन हुनु आवश्यक छ भन्ने मेरो मान्यता हो।

समकालीन नेपाली गजलभित्र पस्दा समकालीन नेपाली गजल २०६८को विषयसूचीमा प्रवेश गर्दा शुभकामनाक्रम र स्रष्टाक्रम भनी दुई भागमा विभाजन गरेको देखिन्छ। शुभकामनाक्रममा सम्पादकीय र भूमिका स्वय म सम्पादक पुष्पअधिकारी 'अञ्जलि'ले लेखेका छन्। अधिकारीले परिचर्चामा 'आजको युवापुस्ता गजलको भविष्य हो' भनेका छन् र उनको जस्तो भनाइ छ त्यस्तै गराइ छ। देशभरीका युवापुस्तालाई गजलमा शरिक बनाएर, पुरस्कृत गरेर, अभिनन्दन गरेर, यिनले देश नै गजलमय बनाएका छन्। परिचर्चामा गजलको परिचय दिने काम भएको छ। समकालीन नेपाली गजलको संरचनागत स्वरूप उपशीर्षक दिएर लेखनमा पूरै देश गजलमय भएको छ भनेका छन् । बास्तवमा गजलज्ञाताहरूले यसको अध्ययन हुन आवश्यक छ किनकि अलिकति अक्षर चिनेको युवा–युवतीहरूद्वारा घरघरमा गजल लेखिन थालेका छन्। गजल कसेरी लेखिन्छ, कस्तो हुन्छ/ हुनुपर्दछ आदि गहिरो अध्ययन विना नै गजल लेखन भएको देखिन्छ। पुष्प अभिखारी अञ्जलिले त्यस समयमा प्रकाशन भएका कृतिहरू, गजलकारहरू, गजलमा संलग्न पत्रपत्रिकाहरू, गजल सम्बन्धी संघसंस्थाहरूको विवरण समकालीन नेपाली गजलको सम्पादकीय/भूमिकामा प्रस्तुत गरेका छन्।

संरचनागत एव म विषयगत पवृत्ति उपशीर्षक दिएर पुष्पजी लेख्छन् –'संरचना भनेको गजलको स्वरूप अर्थात ढाँचा हो। सम्बन्धित विषयबस्तुहरूको बनोट नै संरचना भनिन्छ।..खास गरी गजलमा स्वतन्त्र एव म अर्थपूर्ण भाव र गहनतम शब्दहरूको सिर्जना हुनु जरुरी छ ।….गजल परम्पराबाट अहिले नवीन मोडतर्फ आएको छ। …….कसैको गजलमा देश छ, माटो छ, आमा र धर्ती छ, कसैको गजलमा माया छ, स्नेह छ, घात–प्रतिघात, जीवनदर्शन, र सामाजिक कुरीति र विसङ्गति छ। कहीं वर्तमान समयका श्वरहरू, राजनैतिक खेल, विद्रोह विरोधाभासाहरू छन्। हामी सबैको चाहना हुन्छ, राम्रो, गुणस्तरीय र सबैको मन छुने रचना गर्न सकूँ – यिनै चिन्तनहरूको यो एउटा राष्ट्रिय संयुक्त गजलसङ्ग्रह भएर प्रकाशित भएको छ समकालीन नेपाली गजल २०६८।' निष्कर्ष उपशीर्षकमा पुष्प लेख्छन् –'समकालीन नेपाली गजल आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो। यसमा अग्रत पुस्ता, वर्तमान पुस्ता, र भावी पुस्ता तीन चरणका समसामयिक नेपाली गजलहरूको दस्तावेज बनेको छ। ..पूर्वका मेची देखि सुदूरपश्चिमको महाकाली सम्मका गजलकारहरू समेत गरी जम्मा १२९ जना स्रष्टाहरूको गजल समावेश गरिएको छ।' यस लेखमा सहयोगीहरूलाई धन्यवाद र सन्दर्भसूचीहरू सहित पुष्पको अभिव्यक्ति समाप्त हुन्छ तापनि यसमा धेरै विषयबस्तुहरू समावेश गरिएका छन्, जो यस विवेचनामा सबै समेट्न सकिएको छैन।

शुभकामनाक्रममा – शुभकामनाक्रमलाई पनि हामीले तीन भागमा विभाजन गरेर अध्ययन गर्नु पर्ने देखिन्छ। किनकि कसैले गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्वमा प्रकाश पारेका छन् भने कसैले गजल कस्तो हुनुपर्दछ (गजलको विविधता) र गजल के हो (परिभाषा दिएर) भनेर लेखेको पाइन्छ। जे होस व्यक्ति विषेषको अभिव्यक्तिका शब्दहरू यहाँ मैले प्रस्तुत गर्न गैरहेको छु।

गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्व

विभिन्न साहित्यकारले दिएको शुभकामनामा पुष्प र गजलको बारेमा विविध खाले प्रस्तुति हामीले पढ्न पाउँछौं। विवेचना भन्ने शब्द जोडेर लेख्दा मैले पनि केही न केही प्रस्तुति गनुपर्ने हुन्छ। बास्तवमा धेरै वर्ष नभए पनि सात/आठ वर्ष देखि पुष्पका हरेक कार्यक्रममा सहभागी भएर हेरिरहेको छु। उनका हरेक प्रकाशनमा मलाई पाएको छु। उनको गजल प्रतिको लगाव र पूर्व मेची देखि महाकाली, म जहाँ पुगें, त्यहाँ उनको नाम युवा तथा युवतीहरूबाट अघि सारेको पाएँ। जसले गर्दा, लक्ष्मी–स्मृति साहित्य समाजको अध्यक्षको नाताले उनलाई अभिनन्दन गर्ने सुवर्ण मौका पनि पाएँ। संक्षेपमा भन्नुपर्दा मैले पुष्पलाई आजको गजलक्रान्तिको लागि जनक–जानकीको सिङ्गोरूपमा लिएको छु। जनक र जानकी दुवै मिलेर सन्तान उत्पन्न गर्दछन् भने पुष्प एक्लैले गजलकारहरू जन्माइरहेका छन्। आजको गजलमा क्रान्ति ल्याउनको लागि चितवनका दुईवटा संस्था र दुई जना व्यक्तिलाई मैले भुल्न सक्दिन (हुनत चितवनका सबै संस्थाहरू कोहीभन्दा कोही कम छैनन्)। एउटा नाम हो हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा समकालीन नेपाली गजल २०६८का सम्पादक पुष्प अधिकारी 'अञ्जलि' जसले पूर्व मेची देखि पश्चिम महाकाली उत्तर हिमाल देखि दक्षिण दशगजासम्मका युवायुवतीहरूलाई गजलक्रान्तिमा सहभागी गराउन गजल कार्यक्रममा सरिक बनाएर पुरस्कृत गरेर अगाडि बढिरहेका छन् भने अर्का व्यक्ति भनेका पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो जसले वयोबृद्ध स्रष्टाहरू खोजीखोजी अभिनन्दन गरिरहेका छन्। यी दुवै स्रष्टाको जति गुणगान गाए पनि थोरै हुन्छ। अब पुष्पको बारेमा कस्कस्ले के भनेका छन् त्यसमा सहभागी बनौ।

गजलकार तथा सम्पादक पुष्प अधिकारीको बारेमा प्रकाश आङ्देम्बे लेख्नुहुन्छ –'पुष्प अञ्जली सिर्जनामात्र गर्दै्नन् बरु सृजनशील माहोल बनाउँछन् र हजारौ स्रष्टाहरू जन्माउँछन्। मेची र कालीको सङ्गम बन्दछन्।'
प्रभाकर पण्डित लेख्नुहुन्छ –'पुष्पजी नेपाली साहित्यका हिमनदी हुन् जो कहिल्यै अडिन र सुक्न जान्दैन।

उज्ज्वल जी. सी. लेख्नुहुन्छ –'अँझ युवा गजलकार पुष्प अधिकारी 'अञ्जलि'ले तन मन धन नै खर्चेर यस विधामा आफूलाई समर्पित गरेको देख्दा म मनमनै भन्ने गर्छु यस्ता व्यक्तिहरू पूर्व मेची देखि पश्चिम महाकालीसम्म आठ /दश जनामात्र हुनेहो भने नेपाली गजल सायद विश्वभर फैलन सक्थ्यो कि?'

हयग्रीव आचार्य लेख्नुहुन्छ –'सूर्यमुखी फूलजस्तै –
पुष्पजस्तै पुष्प तिमी फुल्दै–फुल्दै जाऊ
फूलभित्र परागजस्तै घुल्दै घुल्दै जाऊ

कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ – 'शव्दहरूका पुष्पगुच्छा पुष्प 'अञ्जलिलाई' धनराज गिरी लेख्नुहुन्छ – 'यसरी देशभरिको प्रतिनिधि स्रष्टाहरूका रचनाहरू सङ्कलन गरेर यति राम्रो कृति प्रकाशन गर्नु र यसरी स्रष्टा साधकहरूको सम्मान अभिनन्दन र पुरस्कृत गर्नु राज्यलाई चुनौती दिनु पनि हो।' श्रेष्ठ प्रिया पत्थर लेख्नुहुन्छ– 'साहित्यप्रतिको पुष्प अधिकारी 'अञ्जलि'को जोश जाँगर र उत्साहलाई म हृदयदेखि नै अभिनन्दन गर्दछु।'

वियोगी बुढाथोकी लेख्नुहुन्छ–'वर्तमान नेपाली साहित्यिक फाँटमा गजलविधाले संख्यात्मक र गुणात्मकरूपमा अपत्यारिलो किसिमले निकै उचाई थपेको छ। यसको विकास र बिस्तारमा ….चितवनको सकृयता लोभ लाग्दो छ। अँझै इर्ष्यालाग्दो काम गजलकार एव म साहित्यिक पत्रकार पुष्प अधिकारी 'अञ्जलि'ले यो समकालीन नेपाली गजल प्रकाशन गरेर सिद्ध गरेका छन्।'

दीपक समीप लेख्नुहुन्छ – 'पुष्पजी एकदिन त्यो समय आउने छ र राष्ट्रले उच्च मूल्याङ्याकन गर्ने छ। त्यो मूल्याङ्कनमा साहित्यकारहरू पहिलो दर्जाको नागरिक हुनेछन्।'

नविन दाहाल लेख्नुहुन्छ –'चितवनबाट पूर्व मेची र पश्चिम महाकालीसम्म पुगेको पुष्प अधिकारी अञ्जलिको नामसँगै गजलको व्यापकतामा उहाँको कामको प्रशंसा पनि उत्तिकै छ।' अत उपरोक्त स्रष्टा अभिव्यक्तिमा समकालीन गजलको बारेमा शुभकामना दिनेकामको साथै गजलको बारेमा पनि धेरै कुराहरू लेखिएका छन् जो यहाँ प्रस्तुत गरिएको छैन।

विर्खे अन्जानको सारगर्भित लेखका केही युक्तिहरू:– विर्खे अन्जानको साढे चार पृष्ठको पुष्पको व्यक्तित्व, कृतित्व र गजलमा पुर्‍याएको योगदानको बारेमा लेखिएको सारगर्भित लेखको शारांसमा भन्नुपर्दा वि.सं. २०६०यता गजल लेखनमा ल्याइएको क्रान्तिको अग्रसरताको मूल्याङ्कनमा मोतीराम भट्ट, ज्ञानुवाकर पौडेल, सरह नै पुष्पको स्थान हुनुपर्नेमा कसैले कञ्जुस्याइँ गर्न नहुने अभिव्यक्ति आएको छ। विर्खे अन्जानका केही अभिव्यक्तिहरू यसप्रकार छन् –
– गजलक्रान्तिका संवाहक पुष्प अञ्जली ।
– स्रष्टा र सिर्जनाका लागि पुष्प एउटा उत्साह र जोशको किरण हो।
– मोफसलको कुनाकाप्चामा स्रष्टाहरूको खोज र अनुसन्धानमा पनि पुष्पको नाम अग्रस्थानमा छ।
– साठीका दशकपूर्वका समय अवधिलाई नेपाली गजल समालोचकहरूले जुन–जुन युगको नामाकरण गरे तापनि नेपाली साहित्यको वर्तमान युग भनेको गजल क्रान्तिको युग हो र यसको प्रारम्भ साठीको सुभारम्भदेखि नै भएको पाइन्छ।

प्रत्येक वर्ष नयाँ अनुहार, नयाँ स्वाद र छवि बोकेका स्रष्टाको खोजी गर्दै निरन्तर लेखनमा सक्रिय स्रष्टाहरूसँग हातेमालो गरी साठी दशकमा उनको सक्रियता बढ्यो उनीभन्दा पहिले यस्तो माहोल, स्थिति र खोजी कोही कसैले पनि नगरेको हुँदा यिनलाई आधुनिक मोतीराम र गजलक्रान्तिका संवाहकभन्दा अतियुक्ति न होला।

" ….अब हामीले साठीको दशकमा पुष्पले गजलमा क्रान्तिकारी ढङ्गले शुभारम्भ गर्नुभएको छ, त्यसलाई पनि विना पूर्वाग्रही ढङ्गले उनको योगदान सक्रियता, अथक लगन र परिश्रमलाई पनि नि:सङ्कोच स्वीकार्नु जरुरी छ।

उपरोक्त यथार्थतालाई मध्यनजर राख्दै, यस पंक्तिकारले पनि गजलहरूको विवेचनामा आजको गजल लेखनको तीब्रता, विविधता, समयको परिवर्तन र गजलक्रान्तिलाई मनन गर्दै कालक्रमिक विभाजनको कुराहरू उठाउँदै आएको थियो। अब त स्वयं गजलको गतिशीलता पाँचौं चरणमा प्रवेश भन्न न्यायोचित होलाजस्तो लाग्यो। गजलको शिव प्रणतको विभाजनमा वि.स २०५१ देखि२०६०सम्म विकास काल र २०६१ देखि यताको चरणलाई गजलक्रान्तिको युग भनी पाँचौ चरणमा गणनागर्नु मनासिव होला जस्तो लाग्यो
पुष्पको कृतित्वको पुष्पको लेखन गजल, कविता, कथा, निबन्ध, समालोचना, विविध विधामा हात चलेको छ र पुष्पको सम्पादन समन्धी कुराहरू त मैले माथि नै लेखिसकेको छु भने उनका एकल प्रकाशनका कृतिहरूको नाम मात्र यहाँ प्रस्तुत गर्न चाहन्छु। मनभित्रको मन, स्वप्नील नयन, एक अञ्जुलि घाम, जूनफुलेको बस्ती, मनको तृष्णा पुष्पका एकल कृतिहरू हुन् भने म कवितामा देश खोजिरहेछु……यथाशीघ्र प्रकाशित हुनेकुरा जानकारीमा आएको छ।

गजल विविध :-
शुभकामनाक्रममा नै गजलका विविध पक्षमा साहित्यकारहरूको अभिव्यक्तिलाई यहाँ प्रस्तुत गर्न लागिएको छ।

प्रकाश सायमी लेख्नुहुन्छ :-'गजलको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ र त्यसको आफ्नै सुगन्ध हुन्छ, यसलाई हामी गजलकारहरूले नै यसको अस्तित्व जोगाई राख्नुपर्छ'

कृष्णहरि बराल लेख्नुहुन्छ:–'गजल र टुँडिखेल एकअर्को बीचार शीर्षकहरूको पृष्ठभूमि हो। उद्धृत रङहरूको स्वर्णसूत्र हो। समयले भोगेको फरक अनुभूतिहरूको दस्तावेज हो गजल।'

बूद राना लेख्नुहुन्छ :- 'मुलुकमा यतिखेर सरगम उराल्ने प्रतिस्पर्धा चलिरहेको छ। शब्दस्वर र सुरका हुलकाहुल प्रतिभाशाली कर्मीहरू आफ्नो क्षमताको प्रतिस्पर्धा गरिरहेछन् गजलमा। इतिहास कहिलेकाहीँ समवेत आवाजहरूको मुर्च्छनाजस्तै लाग्छ। गजल आस्था र अस्तित्वको पहाड हो।'

ललिजन रावल लेख्नुहन्छ:–'गजलहरूमा राष्ट्रिय मनस्थिति, स्वच्छ प्रेमानुभूति र जीवनदर्शन एव म वर्तमान भोगाइका पीडाहरू हुनुपर्छ त्यो नै शाश्वत गजल हो।'

मनु ब्राजाकी भन्नुहुन्छ :- 'बहिराहरूलाई पनि सुनाउन सक्ने क्षमताको पूर्वाभास गजलमा हुनुपर्दछ। धर्तीको धून समग्रमा देशमाथि वर्णित शक्ति उत्कर्ष हो। प्राञ्जलभन्दा पनि भाषिक सरलता गजलको अनिवार्य तत्व हो अन्यथा शब्दकोश पल्टाएर गीत गजल कसैले पढ्दैन र सुन्दैन पनि।'

यसरी नै जगदीश शमशेर राणाले गजललाई नारीहरूको आँखाको गाजलको संज्ञा दिएका छन्। अलिकति भित्र आँखामा पुग्यो भने पोल्न थाल्छ, डिलदेखि बाहिर परे लतपतिएर रूप नै विगार्छ। औचित्यको यस्तो सूक्ष्म सन्तुलन गाजलमा जस्तै गजलमा पनिरहनुपर्छ।
खगेन्द्र गिरी 'कोपिला' लेख्नुहुन्छ :-'लाग्छ आजको गजल फ्लोरेन्स नाइटङगेल हो, तुलसी मेहर श्रेष्ठ हो र मदर टेरेसा हो।'

गोर्खे साइँलो लेख्नुहुन्छ :- 'आजको गजलमय युगमा हरेक मानिसहरू दिनानुदिन गजल रसको मोहमा पौडिने पौडीवाजहरूको भीड बढ्नुमा मुख्यतया तीन आधारभूत विषयबस्तु छन्। उपरोक्त विषयबस्तु केवल गजलमामात्र पाउन सकिन्छ। ती तीन विषयबस्तुका आधारहरूलाई १)इवारत २) इशारत ३) अदा भनिन्छ। इवारत भनेको गजल लेख्ने शैली, तरिका, बहर, गेयात्मकता र रफिद काफिया आदिको राम्रो संयोजन हुनु हो। त्यस्तै इशारत भनेको गजलमा प्रयोग हुने शब्द, विम्बालङ्कार, गजलको प्रतिक पहिचान र गजलले प्रष्ट पार्न खोजेको कुरा अर्थात आशय प्रकट हुँदै तखलुससम्म पुग्दाको अवस्थामा ध्यान पुर्‍याउनु जरुरी हुन्छ। अनि अदा भनेको गजलका प्रत्येक शेरहरूले कविताको जस्तो एउटै विषयबस्तुमा नगइकन प्रत्येक शेरले आ–आफ्नै विषयलाई मान्यता दिन्छ, कुनै पनि शेरसँग नवाझने गरी प्रस्तुत हुनुपर्दछ। यिनै त्रिपक्षीय सम्मेल मिलाएर लेखिएको गजल नै उत्तम र स्तरीय गजल मानिन्छ।'

सरुभक्त लेख्नुहुन्छ :- 'गजल सुन्दर अभिव्यक्तिको सुन्दर अभिव्यन्ज हो। यदि साहित्य फूलहरूको वगैंचा हो भने गजल त्यस वगैंचामा फुल्ने बहुरङ्गी फूलहरूको माला हो।'

गोविन्दराज विनोदी लेख्नुहुन्छ :-'प्रस्तुत समकालीन नेपाली गजल पछिल्लो समयको सङ्ग्रहणीय कृति हो। यसभित्र समेटिएका गजलहरूले नेपाली गजलको समकालीन प्रवृतिलाई आत्मसात गर्दै युग र जीवनको कलापूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन्।'

नवराज लम्साल लेख्नुहुन्छ : गजल गजलहुने बाटोमा बाक्लिएरै हिडेको छ। आज झण्डै २० हजार गजलकार छन्। २० वर्ष पछि तीमध्ये कति गजलमै रहलान्, कतिले आफूले आफैँलाई समय छोएर बगेको पाउलान्, वा कतिले कुनै दिन आफ्ना गजलहीन गजलका चाङ टेकेर समय एक्लै कतै उभिइहेको पाउलान्। समय पर्खनु पर्छ सिर्जनाको दौड एक सय मीटरको म्याराथुन हैन तत्काल जिते जितिने नत्र हारिने।'

कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ:– गजलले एक फरक किसिमको आफ्नै स्वाद बोकेको हुन्छ।'

समकालीन नेपाली गजल २०६८का स्रष्टाक्रमका सबै गजलकारहरूको गजल प्रतिको दृष्टिकोण के कस्तो छ त?अब त्यतातिर लाग्नु राम्रो होला !

समकालीन नेपाली गजल २०६८समावेशी गजलकारहरूले प्रस्तुत गरेका गजल प्रतिका दृष्टिकोण यसप्रकार छन्–
अमला अधिकारी (सिन्धली)– जीवन र जगतको मानवीय अनुभूति जो सरल सहज र सुललित भावशैलीमा छोटो संरचनामा व्यक्त हुन्छ।
अस्मिता भट्टराई (चितवन):- गजल अन्य साहित्यविधाको तुलनामा छिटो मीठो, रसिलो र कसिलो विधा हो।'
अमृता ठकुरी 'चाँदनी शाह' (कैलाली) :- साधना र साहित्यको सङ्गम।'
अमृता शर्मा (बागलुङ्ग):– हरेक मोडको भावनात्मक सारथि।
इन्द्रलाल श्रेष्ठ अद्वितीय (चितवन):–थोरै शब्दावली, र बाक्यांशमा धेरै भावनाहरू व्यक्त हुने परिधि अन्तरर्गत रहेर तयार पारिने अलग्गै रस र स्वादले भरिएको छुट्टै विधा भन्ने मलाई लाग्छ गजलविधा।'
युवराज सुवेदी (श्याङ्जा):–गजल त्यस्तो साहित्यिक विधा हो, जस्ले तत्काल हरेक व्यक्तिको मनमस्तिष्कमा गहिरो छाप छोड्न सक्छ।'
उमा शर्मा (काठमाण्डौ):–अन्तरमनको छालहरूको मीठास पूर्ण र सङ्क्षिप्त प्रस्तुति।
यासिका राई (धनकुटा):– धेरै कुरा थोरै शब्दमा अभिव्यक्त गर्न सकिने कलात्मक अभिव्यक्ति हो गजल।
कल्पना गौतम कल्पु (इलाम), शब्दहरूको एउटा फूलबारी जसमा भवनाको पुष्प लहराउँछ।
कृष्णादेवी शर्मा (श्रेष्ठ) (नवलपरासी):–'सुललित शब्द प्रयोग गरी कुनै पनि विषयलाई समेटेर लेखिने एउटा गायत्मक विधा हो।'
कृपा अधिकारी कृति: थोरै शब्दबाट धेरै भाव समेटन सकिने।
केशबप्रसाद न्यौपाने सानु' (नुवाकोट):–'जीवन र जगतप्रतिका हेराइ र भोगागाइलाई सटिक पारामा पस्किने कलात्मक सिर्जना हो गजल।'
गणेश वि. क. 'विरहीह' (रुकुम):–'सकरात्मक जिन्दगीको सहाराजस्तै।'
गणेश विष्ट 'स्वप्निल' (कैलाली) :- 'गजल साहित्यको सबैभन्दा मीठो विधा हो।'
गिरिराज बाँस्कोटा, (पाँचथर):– 'थोरैशब्दमा धेरै अभिव्यक्ति दिन।'
गोविन्दराज भट्ट निर्मल (मोरङ)– 'जीवन र जगतका यावत पक्षहरूको सरस र सुरुचिपूर्ण प्रस्तुति गरिने भावनात्मक कोमलता।'
क्षत्रराज पाठक 'कमल' (डोटी):– 'गजल नेपाली भाषामा लेख्न सजिलो, पढ्न र गाउन सकिने विधाकोरूपमा लिन्छु।'
जीवन मल्ल 'असफल' (पर्बत):–'अन्तरआत्मबाट निस्केको मनको भावना।'
जगन्नमथ पौडेल 'नूतन' पर्वत :- 'भावगम्भीरता, श्रुतीसुखदता, साङ्गीतकता, अनि उठान बैठानको विशेष प्रस्तुति भएको साहित्यिक विधा।'
जुनबहादुर फगामी (पर्बत):– 'गजल यस्तो विधा हो जसले साहित्यका अरू क्षेत्रहरू पनि समेटेको हुन्छ।'
दीपा तिवारी 'दीक्षित' (सुर्खेत):–'समाज परिवर्तनको एक साहित्यिक विधा।'
डि. आर. शर्मा (पर्बत):– 'गजल सर्बव्यापी सुललित अभिव्यञ्जना हो।'
दिनेश नागारी (बैतडी):– 'ज्यादै उच्च सवल अनि सकरात्मक।'
देवी बि.सी 'दीक्षा (बर्दिया) :-' विचार अभिव्यक्तलाई नियमबद्धता प्रदान गरी लयमा प्रस्तुत एक सटिक र साहित्यको झ्याल गजल हो।'
नवराज शर्मा 'सन्देश' पर्वत, :– 'गजल जीवनका विविध माध्यमलाई बुझने मध्यम हो।'
नविनकुमार ऐर (बैतडी) :- 'सकरात्मक उच्च।'
प्रतिमा सुवेदी 'रूबी':–'जुनसुकै विषयबस्तुमा नियमभित्र रहेर सिर्जना गर्न सकिने एउटा विधा गजल हो।'
परिक्रमा गोविन्द श्रेष्ठ (धरान):–'मायाको मीठो अनुराग, प्रकृतिकै अनुपम सौगात, संजीवनी।'
प्रदीप चाम्लीङ्ग राई 'युगान्त जागरण':– साहित्य जीवनदर्शनको अभिव्यक्ति हो अभिव्यक्तिभित्रको प्रस्फुटित लेख सिर्जना हो, सिर्जनाभित्रको सुन्दर तथा लयात्मक सानो संरचनामा उभिने लिखित कुरा नै गजल हो।'
प्रेमप्रसाद चापागाइँ (इलाम):–'राम्रो अभिव्यक्तिको माध्यमजस्तै लाग्छ गजल।'
विजयराज ज्ञावली (नवलपरासी) :-'रफिद अनि काफियाको मीठो संयोजनबाट बनेको हृदयस्पर्शी भावको सँगालो।'
विष्णु तिवारी 'उषा' (चितवन):–'अन्तर्मनबाट प्रभावित कलात्मक अभिव्यक्ति हो।'
वीरेन्द्र पौडेल 'विवश बियोगी' तनहुँ :-'समयको माग अनुसार हुनुपर्छ।'
मञ्जु कोइराला 'अश्रु' (पर्सा) :-'गजल गेयात्मक विधा हो।'
माधव गिरी 'प्रवासी' (काठमाण्डौँ) :-'दुखसुख सङ्गम रफिद र काफियाको सुन्दर समायोजन हो गजल।'
मिलन ज्ञावली 'समीर' (स्याङ्जा):–'अन्तर मनको सुमधुर आवाज हो, जुन संरचनात्मक रूपमा काफिया, रफिदहरूसँगै शब्दहरूमा प्रकट हुन्छ।'
मिनबहादुर पुर्जा 'स्पन्दन' (पर्बत):–'साहित्यिक विधाहरूमध्ये सबैभन्दा लोकप्रिय विधा गजल हो।'
मोहनबहादुर थापा'संयोजन'कास्की:–'मन थाकेको बेला बिसौनी हो। मन दुख्दा, मन भत्कदाको मल्हम/साथी हो गजल।'
रमेशकुमार चन्द 'कुसुम' सुर्खेत:–'गजल साहित्य र समाजको एक अभिन्न अङ्ग हो। त्यसैले समाजप्रति हेर्ने हरेक दृष्टिकोण सकरात्मक र अर्थपूण हुनुपर्दछ।'
राजु वि.क. 'वृत' (पर्वत):–'हृदयको कलापूर्ण अभिव्यक्ति र सङ्गीतको सर्वोकृष्ट नमुना गजल हो।'
रामकृष्ण शर्मा ध्रुव' (पर्वत):–'देश काल र परिस्थितिको सशक्त माध्यम।'
राजकुमार माझी सिन्धुली :-'स्वच्छ मनको सुन्दर अभिव्यक्ति।'
रिता अधिकारी'चञ्चल ऋतुयात्री' (चितवन):–' गजल नारीको आँखाको गाजल हो।'
ऋषिराज शर्मा 'पौडेल', (सुर्खेत):– पत्रेदार फूल जसले धेरैलाई सम्मोहित गर्छ।'
रूद्रराज कँडेल (चितवन):–'रफिद र काफियाबाट भएकोलाई गजल भनिन्छ।'
ललिता अधिकारी आँसु, (पर्सा):– 'गजल मानव मनको ढुकढुकी हो। सम्भवत: कुनै पुस्ताबाट अछुतो नहोला।'
लक्ष्मी खनाल 'अभी' बर्दिया:– 'गजल आफैमा एउटा चोटिलो थोरै शब्दमा धेरै गहकिलो भाव व्यक्त गर्ने काव्यविधा हो।'
लीलानाथ पौडेल असन्तोषी (पर्वत):–'मानवीय अनुभूतिको कलात्मक, लयात्मक, सरल र सङ्क्षिप्त प्रस्तुति।'
लाली रामदान (बाग्लुङ):–'जिन्दगीलाई हेर्ने एउटा उज्यालो पाटो हो गजल।'
सावित्रा पोख्रेल 'सुमी' (झापा):–'गजल आँखाको गाजल हो।'
सदानन्द जैसी 'अभागी' (नवलपरासी):–'गजल हृदयको आकश हो।'
सीता न्यौपाने अनुरागी (मकवानपुर):–'निश्चित संरचनाभित्रको गेयात्मक माधुर्य, र चमत्कारपूर्ण जादु नै हो गजल।'
सुमित्रा राई (थुलुङ) संखुवासभा:–'गजलमै छ मैले बाँच्ने परिवेश जहाँ, परिवेश भित्र कुन कुन कुरा छैन र।'
सुदिप लामिछाने (पर्वत):–'साहित्यको उत्कृष्ट विधा जहाँ जीवनका सातै रङ अट्छन्।'
सनिता कार्की (पर्वत):–'मानिसको सुखदु:ख, मिलन, विछोडका अन्तरआत्मादेखि निस्केका शब्दहरूको लयात्मक अभिव्यक्ति।'
सुनिता राई (क्षितिज राई 'जलन'), (खोटाङ):– 'गजल अन्तरमनको प्रतिविम्ब एब म समाजिक परिवेश र मानवीय संवेदनाको उत्खनन गर्ने कडी हो।'
सुन्दर कार्की 'रोदन' (रौतहट):–'भाव र दृष्टिकोणको कलात्मक सँगालो।'
शोभासिंह ठकुरी (तनहुँ):–'विचार र अभिव्यक्तिकला।'
हेमा कार्की कञ्चन बाग्लुङ:–'अन्तरमनका अनुभूतिहरूको कलात्मक अभिव्यक्ति नै गजल हो।'
एकराज घिमिरे' एकु घिमिरे' (धरान):–'यान्त्रिक जीवनमा मानवता भर्ने एकमात्र लोकप्रिय साहित्यिक विधा।'
पुष्प अधिकारी 'अञ्जलि' (चितवन):–'हृदयभित्रको अलाप, सौन्दर्यको जलप, अभिव्यक्तिको मिश्रण।'
लेखाराम सापकोटा (नवलपरासी):–'पुष्पसरलाई जिम्मा'।
भानुभक्त सापकोटा 'अदृश्य प्रतिविम्ब' (नवलपरासी) :-लयात्मक पारामा मनका अभिव्यक्तिहरू कलात्मक ढङ्गबाट प्रस्तुत गरिने साहित्यिक आकर्षक प्राविधिक विधा गजल हो।'
रामशरण गजुरेल निशान (रसुवा):–'सकारात्मक र सुधारक।'
प्रतिभा महतार 'अर्पण' (जाजरकोट):– 'सृङ्गारिक, बस्तुवादी, प्रगतिवादी र जीवनवादी विधा हो।'
अमृतबहादुर पुन 'अञ्जान आँसु' (जाजरकोट):–'संरचनामा आधारित छोटो तर पूर्ण विषयबस्तु भएको गैयात्मक लयात्मक विधा हो।'
प्रशासन कुमार पुन 'भाष्कर काजी' (कीर्तिपुर):–'थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिने उत्कृष्ट विधा।'
कुमार धमला (सुनसरी):–'गजल जीवनको प्रतिविम्ब हो।'
सविता खाती 'अन्जान' (धनकुटा):–'युवापुस्ताले गजल अधिक मात्रामा लेखिरहँदा बाढी आयो भन्ने आरोप छ तर सङ्लोबनाउन पनि सजक र सचेत भएको पाउँछु म।'
सुरेश रोकाय 'अभिलाषी' (दैलेख):–'गजल एउटा लयात्मक र सुरिलो विधा हो।'
गणेश रोकाय 'स्मृति' (डोटी):–'एकदम राम्रो।'
सीताराम आचार्य 'सागर' (काभ्रे):–'मेरो विचारमा मनको वेदना पोख्ने थलो।'
परशुराम निरौला 'अन्जान यात्री' (मोरङ):- 'जीवनजगत्का अनुभूतिलाई छताछुल्ल पारी, पोखिएको मन–मस्तिष्क छुने गेयात्मक विधा नै गजल हो।'

अन्य : इन्द्रसुर राई 'बेलटारे' (भोजपुर), इरान राई (भोजपुर), कमला घिमिरे 'आँसु' (इलाम), करुणा राई (भोजपुर), कृष्णकुमारी शर्मा तनहुँ, गीता पुडासैनी (बेसीथोक), गणेशप्रसाद अधिकारी (फूलबारी), मकवानपुर, जूनतारा 'सङ्गम (स्याङ्जा), लोकहरि पाण्डे (स्याङ्जा), डिल्लीराम भण्डारी (स्याङ्जा), दीप बोहरा 'सुस्केरा' (बझाङ्), तारा पराजुली 'ढाका' (मोरङ), तिला गौतम (सङ्खुवासभा), कृष्ण पहाडी (पाल्पा), निर्मला पौड्याल (झापा), प्रभा बर्तौला अश्रु चितवन, (कैलाली), केशवराज आमोदी चितौन, हेमन्ति जोशी (धनगढी), मिलन बन्जारा चितवन, मुना राई भोजपुर, बाबु त्रिपाठी, शँभु ज्ञावली, अधिकारी'असिम' (पर्वत), नारायणप्रसाद कँडेल चितवन, सीता खड्का 'साधक' (बा.ना.पा.१, रामरेखा), जि.सी. शिला 'चाना' (बाग्लुङ), सुरेन्द्र घिमिरे 'वादल' (स्याङ्जा), सिजन लामा 'सोइसाल' (इलाम), विष्णुबहादुर सिंह अर्घाखाँची, दीपनाथ आचार्य चितवन, घनश्याम थेवे (धरान), मधु पोख्रेल, आरती पोख्रेल (झपा), हीरा गजुरेल 'स्पन्दन 'आँसु', कपिलमणि शर्मा रेग्मी 'अज्ञात', सुजन अधिकारी (नवलपरासी), इन्द्रकुमार विकल्प (पर्वत), तीर्थमान श्रेष्ठ (तनहुँ), समीता थापा'स्वप्निल नीरव'पाल्पा, कृष्णराज धमला 'अपूर्ण' (कालिकोट), लक्ष्मण वि.सी. (दैलेख), गणेश शर्मा पौडेल (चितवन), सुरेशचन्द्र गिरी (नवलपरासी), देवराज ओली 'प्रतिक' (सल्यान), लुङमाहिम माइला (संखुवासभा), रामजी आचार्य (कास्की) ।

निष्कर्ष
माथि पोखिएका गहन अभिव्यक्तिहरूलाई पानाका पाना व्याख्या गर्न सकिन्छ। गहिरिएर हेर्दा हामी गजलकारहरूले अँझै गजल के हो, कसरी लेखिन्छ, गजलको परिभाषा के हो आदिमा गजलको बारेमा गहन अध्ययन गर्नु आवश्यक छ भन्ने वोध गराएको छ माथिका प्रस्तुतिले। समकालीन नेपाली गजल २०६८ हरेक कुरामा विविधताले भरिएको छ। शास्त्रीय छन्द, बहर, लयको प्रस्तुतिमा पनि मिश्रण छ, गजलहरू गायत्मक छन्। गजलकारको उमेरको हिसावले हेर्दा पनि १५ वर्षका (नविनकुमार ऐर, वि.सं.२०५३, साल खुलेकाको हिसाबले) देखि इन्द्रलाल श्रेष्ठ 'अद्वियि' (२००१) सरुभक्त (उमेर नखुलेको), गणेश शर्मा पौडेल (२००२), सदानन्द जैसी 'अभागी' (२००३) जस्ता ६५वर्ष नाघेका गजलकारहरूको पनि मिश्रण देखिन्छन्। संङ्क्षेपमा भन्नुपर्दा यो सङ्ग्रह विविधताले सृङ्गारिएको छ। १२९ जनाको ……… गजलहरू यस सङ्ग्रहभित्र समावेश गरिएका छन्। अधिकांश गजलहरू ५ शेरका छन्। यसको विषयमा टिप्पणी गर्न त्यति सजिलो छैन। गजलमा जीवन–जगतवोधगम्य देखि लिएर, मानव पीडा, राष्ट्रियता, रूवाई, भोगाई, संविधान निर्माण, हँसाई, प्रेमप्रणय, युगिन विकृति, विसंगति, व्यङ्ग्य प्रहार, राष्ट्रिय (अन्तर्राष्ट्रिय चित्रण, नेतृत्वको कुर्सीमोह (वर्तमान राजनैतिक अवस्था), भ्रष्टचार, महङ्गी, सामाजिक, आर्थिक, विविधै विविधताको एकीकृत प्रस्तुति हो यो गजलसङ्ग्रह। यो गजलभित्र के छ भन्नुभन्दा पनि, गजलमा के छैन भन्नु बेस होला। यसमा करिव ४० जिल्लहरूका गजलकारहरू सहभागी छन् भने यो सङ्ग्रह १५ वर्षे ठिटाठिटी देखि ६७ वर्ष सम्मका स्रष्टाको अभिव्यक्तिले भरिएको छ। अत उमेर अनुसार केही शेरहरू यहाँ प्रस्तुत गरेर हेरौं ।

नवीनकुमार एैर (अन्जान प्रेमी), जन्म मिति २०५३/०१/०१, बैतडीका शेरहरू–
देशका अमूल्य चिज लुटिदै छन् यहाँ
सोझा जनताहरू कुटिदै छन् यहाँ
मनका मेरो अभिलाषा हावासरी उडाइदियौ
दोबाटोमा ल्याई आज तिम्ले साथ छुटाइदियौ

प्रभा बर्तौला 'अश्रु', जन्म मिति २०४६/०३ /२६ हाल काठमाण्डौका शेरहरू:–
दुई मुटुको प्रेम काफी, थर नसोध
खुला आकाश धर्ती साथ, घर नसोध

पृष्ठ१२७

जुनी जुनीसम्म पनि बाँची नै रहन्छ
साइनो आत्मिक क्षणिक मेल होइन

पृष्ठ१२८

विजयराज ज्ञावली, जन्म मिति २०३४।०२।२१ नवलपरासी
आज फेरि एउटा बुद्ध चाहिएको छ देशमा
आत्मै देखि अति शुद्ध चाहिएको छ देशमा

पृष्ठ१४०

सुस्तासँगै लुम्विनी दुख्ने होकि पीर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पीर लाग्छ

पृष्ठ१४१

तिला गौतम, जन्म मिति २०२८/०३/०५ सङ्खुवासभाका शेरहरू:–
सिरुपाते खुकुरीको रवाफ कस्तो साथी
अँझै पनि जनतामाथि दवाव कस्तो साथी

पृष्ठ१०६

अत्यास लाग्छ देश अन्तै कतै भाग्ने हो कि?
मरिगा'को राजतन्त्रको भूत जाग्ने हो कि?

पृष्ठ१०६

पुष्प अधिकारी 'अञ्जलि' जन्म मिति २०२३/०५/१२, चितवनका शेरहरू
घाम बेचेर सपना किन्नेहरूको
थाहा छ उसको नाम र थर हुँदैन

पृष्ठ २६१

रातभरिसँगै बस्न बोलाएको थिएँ
आँखाको त्यो सपनी भागेर गयो

पृष्ठ २६१

सदानन्द जैसी 'अभागी', जन्म मिति २००३/०४/०१ नवलपरासीका शेरहरू
गोहीरूपी अश्रुधारा जति बगाऊ ताल हुन्न
सङ्गत होस् सत्गुणीको त्यहाँ कुनै बवाल हुन्न

पृष्ठ२०९

सफलता सवलता प्रकाश छर्छ ज्योति बल्दा
आत्मज्योति बलेपछि त्यहाँ कुनै पर्खाल हुन्न

पृष्ठ२०९

इन्द्रलाल श्रेष्ठ 'अद्वितीय', जन्म मिति २००१ भाद्र १५ गते (उमेर खुलेकोमा जेष्ठ गजलकार)
तछाडमैछाड अतीतको अहङ्कार भूमरीमा
आजै बिर्सिएर देश विकासको पाना हेर

पृष्ठ१७

इन्द्र भन्छ राष्ट्र बनोस् पछि हामी बन्छौ
देशैलाई प्रकाश दिने माटोको पाला बन्छ

पृष्ठ१७

सरूभक्त, पूर्व प्रज्ञा (उमेर नखुलेको)का शेरहरू
ऊ हेर! घुम्ने मेचमाथिका अन्धाहरू
जो आए पनि मोह माला उही छ
पिउनेहरूलाई सोध पीडाको कहानी
के फेरियो र गाउँमा ठाला उही छ

पृष्ठ ३७

कल्पना गौतम 'कल्पु', इलाम साल नखुलेको शेरहरू
कति गर्छौ सत्तामोह खिचातानी छोड नेता
ईर्ष्यालु र झगडालु तिम्रो वानी छाड नेता

पृष्ठ ३५

माथिका गजल शेरहरूबाट प्रष्ट थाहा हुन्छ कि गजलको नयाँ र पुराना पुस्तामा, पूर्व र पश्चिममा, उत्तर र दक्षिणमा देखिने अन्तर बस्तु अनि गजलको स्तर । गजल समकालीन घटना, देशकालको परिस्थिति अनुकुलनै गजलका प्रवाहहरू बगेको पाइन्छन्। यति धेरै गजलको विवेचना जति लेखे पनि नसकिने हुँदा बिदा चाहन्छु।

धन्यवाद

पुस्तक समीक्षा : शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अवलोकन

Sadananda Abhagi

'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन' विषयक समालोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब (७४+१८) पृष्ठको छ । मुल्य संस्थागत रु २००।– र व्यक्तिगत १००।–भएको यो कृतिको प्रकाशन गुप्तेश्वर बहुउदेश्यीय पुस्तकालय कुश्मा पर्वतले गरेको छ । प्रस्तुत कृतिलाई सरसर्ती अध्ययन गरेपछी सार संक्षेपमा के भन्न मनलाग्यो भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न । साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रुपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजका विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ । र यसले समाजको यथार्थतालाई प्रष्टयाउने कोशिस गर्दछ ।

आजको समाजमा उत्तरमानवतावादले जन्म लिएको छ । एउटा समालोचकले साधारण अध्ययनले समालोचनाको लागि दिइएको किताब मात्र सरसरती अध्ययन गरेर मात्र पुग्दैन । एउटा गहन अध्ययन र सबै क्षेत्रको ज्ञान हासिल गर्न खोज्ने खालको हुनुपर्दछ । जबसम्म समालोचकमा विस्तृत ज्ञानको जानकारी हुँदैन, समालोचक र कृतिकारको कृतिमा पुलको काम गर्न सक्दैन, कृतिको बहुस्तरीय धारणा बुझ्न सक्दैन, कृतिलाई शव्द÷शव्द, वाक्य वाक्यमा ओर्ली यसको मार्मिक यथार्थतामा कृतिहरु कसरी प्रष्टिन खोजेका हो यसमा चिन्तन अध्ययन नगरी कसरी समालोचनामा ओर्लिन्छ भने त्यो समीक्षा नभै मनचिन्ते अभिव्यक्तिमात्र हुन जान्छ । 'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन' कृतिको भूमिका लेख्दै वरिष्ठ साहित्यकार समालोचक, कथाकार रुद्र ज्ञवालीले आफ्नो धाराणा यसरी पोखेका छन्"….समालेचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्यमाथि कलम चलाएर प्रशंसनीय मात्र होईन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपुर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तरविरोधको अभावबीच रहेर गर्नुपर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् ।" ज्ञवालीको यो अभिव्यक्तिप्रति कृतिलाई अध्ययन गर्दा सहमति जनाउन चाहन्छु । पहाडीले थालनी गरेको यसप्रकारको समालोचनाले आजको खुम्चिदो समालोचनाको पक्षलाई फराकिलो पारेको छ । र यथार्थपरक समालोचनाको यात्रामा कोशेढुङ्गा थपेको छ ।

प्रकाशकीयको कलमबाट पनि यस कृतिप्रति सत्यतथ्यको बारेमा यसप्रकारको कथन आएको छ । "प्रस्तुत कृतिले यस क्षेत्रका पुराना श्रष्टा शान्तिनारायण श्रेष्ठको कवित्वबारे साङ्गो पाङ्गो समीक्षा गरेको त छ नै यस भन्दा बढी काव्य समालोचनाको क्षेत्रमा समाजशास्त्रीय अन्तरक्षेदनको थालनी पनि गरेको छ ।"

लेखकीयमा राजेन्द्र पहाडीको १२ बुँदामा भावना प्रकट भएको छ । कवि शान्तिनारायणको साहित्यिक यात्रा उमेर र राजेन्द्र पहाडीको "मेरो सानो प्रयासले यिनीमाथि न्याय भयो या भएन ? मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने जिम्मा विज्ञ पाटकलाई सुम्पिन म उपयुक्त ठान्दछु ।" भनाइृको संक्षिप्त उत्तर न्यायपुर्ण, उचित र गरिमामय कामको थालनी भएको मैले महसुस गरेको छु ।
अव कृतिभित्र प्रवेश गर्ने अनुमति अनुमति माग्दछु । कृतिलाई खण्ड 'क' र खण्ड 'ख' मा विभाजन गरिएको छ । खण्ड 'क' मा तेह्रवटा शीर्षक छन् भने खण्ड 'ख' मा तीनवटा शीर्षक छन् । खण्ड 'ख' का तीन शीर्षकहरुले खण्ड 'क' लाई टेवा दिन सफल देखिन्छन् । राजेन्द्र पहाडीको समालोचनाको खँदिलो भागलाई अझै गाढा पार्नको लागि स्रष्टाको दृष्टिमा कवि शान्तिनारायण श्रेष्ठ सन्दर्भ सामग्री र कवि शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तिवृत्तले गहन भूमिका खेलेको छ । यी शीर्षकमा धेरै साहित्यकार, समालोचक र कविहरुले शान्तिनारायण श्रेष्ठप्रति आफ्ना धारणा पोखेकोले समालोचकको धारणालाई पुष्ट्याई दिएको देखिन्छ ।

खण्ड 'क' मा समालोचकले कविको परिचय, साहित्यिक यात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरु, कवितासँग शान्तिनारायणको मोह, कवि, कविता र अन्तरवस्तु, समाज र समय चेतना, साहित्य सिर्जनामा जीवनदृष्टिको आँखिझ्याल, मायावी स्वादका पारखी कवि, राजनैतिक व्यङ्ग्यवाणको रुपमा कविको कलम, समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका, आञ्चलिकता प्रस्तुतिमा कविको रुची, भाषाप्रेमले सिर्जना भएका कविताका बान्कीहरु, छोटा कविताप्रतिको मोह र टुङ्गो समावेश गरी समीक्षालाई आकर्षक र प्रभावकारी रुपमा आफ्नो सक्षमतालाई प्रस्तुत गर्न समालोचक सफल देखिन्छन् ।

सर्वप्रथम राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जन्मदेखि कविता यात्रामा लागेको समय विसं २०१० ताका स्कुल खोल्नका लागि गीतिलयको कविता लेखेको, विसं २०१८ सालको फागुन महिनामा शान्तिनारायणकै सम्पादनमा प्रकाशित हस्तलिखित आँकुरो मासिक साहित्यिक सङ्ग्रह वर्ष १, अङ्क १ मा शान्तिनारायण 'दीपक' को नामबाट सुभेच्छा शीर्षकको कविता प्रकाशन गरेपछिमात्र शान्तिनारायण श्रेष्ठ काव्य सिर्जनाको रुपमा देखापरेको यथार्थलाई प्रष्टाउँदै 'मानवीय सेवालाई परमधर्म र साहित्य सिर्जनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मिठा नमिठा अनुभवका खानी हुन्, भकारी हुन् ।' भनेकाछन् । यस कृतिले समालोचनाको बाटोमा एउटा अध्याय थपेको छ र मोफसलका साहित्यकार र समालोचकको क्षमतालाई दर्शाएको छ । समालोचक पहाडी र कवि शान्तिनारायण श्रेष्ठको सानो अभिव्यक्ति पोख्ने अनुमति चाहान्छु ।

शान्तिनारायण श्रेष्ठ मेरा समकालीन मित्र हुन् र उनी धवलागिरि अञ्चलकै एउटा खारिएका बरिष्ठ साहित्यकार, दुईदर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट आभुषित सामाजिक व्यक्तित्व हुन् । शान्तिनारायणले आँकुरो हस्तलिखित पत्रिकाको सम्पादन विसं २०१८ बाट थालनी गरेका र पर्वतमाला र सगुनजस्ता पत्रिकाको सम्पादन गरेर सम्पादक समेत भएका व्यक्तित्व हुन् । सामाजिक संघसंस्थाहरुमा आवद्धतालाई केलाउँदा पनि शान्तिनारायण श्रेष्ठ दुईदर्जन जतिमा आवद्ध देखिन्छन् ।

शान्तिनारायण श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन सोधपत्र त्रिभुवन विश्वविद्यालयद्वारा तीन–तीनजनाबाट गराइसकेको छ । यस्ता साहित्यकार, समाजसेवी, गीतकारको समाजशास्त्रीय चिन्तनमा आफ्नो अवधारणा राख्ने युवा साहित्यकार, समालोचकको जीवनी, साहित्यिक योगदान पनि अतुलनीय देखिन्छ । राजेन्द्र पहाडीसँग मेरो परिचय भएको करिव ५–७ वर्षमात्र भएहोला, यो पनि साहित्यिक क्षेत्रभन्दा कृषिक्षेत्रमा कृषि कार्यलाई अगाडि बढाउने क्रममा सीड नेपाल, पर्वतको कार्यालयमा चिनापर्चि भएको थियो र साहित्यिक अभिरुची राख्ने व्यत्तित्वको रुपमा चिनेको थिएँ । आजसम्मको अध्ययनमा उनले धेरै क्षेत्रमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत हुन सफल भएको पाएको छु । राजेन्द्र पहाडीका प्रकाशित कृतिहरुले समाज र सामाजिक क्षेत्रलाई अग्रसरता दिएको छ । उनको पहिलो कृति 'महिला विरुद्ध हिंसा– एक सामाजिक विवेचना'– २०६६, हो भने दोस्रो कृति पनि 'सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु'– २०६७ हो । यसै गरी उनको तेस्रो कृतिका रुपमा 'पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन'– २०६७ प्रकाशित भैसकेको छ भने 'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन'–२०६७, यतिखेर मेरो अगाडि छ । यसले समालोचनाको क्षेत्रमा अलग्गै महत्व दिन सफल देखिन्छ । राजेन्द्र पहाडीको चिनारीमा 'सगुन' का प्रधानसम्पादकको साथै उनको सम्पादनमा 'समुदाय र सृजना' त्रैमासिक, 'कफी आवाज' त्रैमासिक, 'चौतारी' त्रैमासिक, 'बगैंचा' स्मारिका बार्षिक– २ अङ्क, 'बगैंचा दर्पण' वार्षिक, 'समाजकल्याण दर्पण' वार्षिक, 'आफ्नैकुरा' साप्ताहिक रेडियो कार्यक्रम (उत्पादन तथा उद्घोषण, रेडियो पर्वत १०३.६ मेघाहर्ज) आदिमा रहेको छ । थोरै अवधीमै राजेन्द्र पहाडीका लेखरचनाले अग्रस्थान लिनुका साथै एकदर्जनभन्दा बढी पुरस्कार, सम्मान, प्रशंसापत्रले विभुषित गरिसकेको छ ।

अतः शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन लिएर समाजशास्त्रको आधारमा समालोचना क्षेत्रमा अग्रसरता देखाउनुभएका समालोचक समाजशास्त्रीय चिन्तन बोकेका समाजशास्त्रीको एउटा अनुकरणीय कामको प्रशंसा गर्नेपर्ने धारणा म मा पलायो । यस कृतिको सरसर्ती अध्ययनले एउटा नयाँ कामको थालनी भएको महशुष गरेको छु । अन्त्यमा कवि शान्तिनारायण श्रेष्ठ र उनका कविताको समालोचक राजेन्द्र पहाडीलाई धन्यवाद दिन चाहान्छु ।

पुस्तक समीक्षा : शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अवलोकन

Sadananda Abhagi

'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन' विषयक समालोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब (७४+१८) पृष्ठको छ । मुल्य संस्थागत रु २००।– र व्यक्तिगत १००।–भएको यो कृतिको प्रकाशन गुप्तेश्वर बहुउदेश्यीय पुस्तकालय कुश्मा पर्वतले गरेको छ । प्रस्तुत कृतिलाई सरसर्ती अध्ययन गरेपछी सार संक्षेपमा के भन्न मनलाग्यो भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न । साहित्य समाजको दर्पण हो । साहित्य समाजलाई रुपान्तरण गर्ने एक संवाहक पनि हो । यसले समाजका विकृतिलाई हटाएर एउटा प्रगतिशील समाजको निर्माणमा कृयाशील रहन्छ । साहित्यमा अग्रगामी भूमिका खेल्ने कविताको पनि सामाजिक संरचनागत चरित्र हुन्छ । र यसले समाजको यथार्थतालाई प्रष्टयाउने कोशिस गर्दछ ।

आजको समाजमा उत्तरमानवतावादले जन्म लिएको छ । एउटा समालोचकले साधारण अध्ययनले समालोचनाको लागि दिइएको किताब मात्र सरसरती अध्ययन गरेर मात्र पुग्दैन । एउटा गहन अध्ययन र सबै क्षेत्रको ज्ञान हासिल गर्न खोज्ने खालको हुनुपर्दछ । जबसम्म समालोचकमा विस्तृत ज्ञानको जानकारी हुँदैन, समालोचक र कृतिकारको कृतिमा पुलको काम गर्न सक्दैन, कृतिको बहुस्तरीय धारणा बुझ्न सक्दैन, कृतिलाई शव्द÷शव्द, वाक्य वाक्यमा ओर्ली यसको मार्मिक यथार्थतामा कृतिहरु कसरी प्रष्टिन खोजेका हो यसमा चिन्तन अध्ययन नगरी कसरी समालोचनामा ओर्लिन्छ भने त्यो समीक्षा नभै मनचिन्ते अभिव्यक्तिमात्र हुन जान्छ । 'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन' कृतिको भूमिका लेख्दै वरिष्ठ साहित्यकार समालोचक, कथाकार रुद्र ज्ञवालीले आफ्नो धाराणा यसरी पोखेका छन्"….समालेचक राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठका कविताको समाजशास्त्रीय सौन्दर्यमाथि कलम चलाएर प्रशंसनीय मात्र होईन पर्वत जिल्लाको समालोचना साहित्यको इतिहासमा जोखिमपुर्ण कार्यको समेत थालनी गरेका छन् । कविताको विश्लेषण गर्दा सामाजिक यथार्थ र अन्तरविरोधको अभावबीच रहेर गर्नुपर्छ भन्ने तथ्यप्रति पहाडी सचेत देखिन्छन् ।" ज्ञवालीको यो अभिव्यक्तिप्रति कृतिलाई अध्ययन गर्दा सहमति जनाउन चाहन्छु । पहाडीले थालनी गरेको यसप्रकारको समालोचनाले आजको खुम्चिदो समालोचनाको पक्षलाई फराकिलो पारेको छ । र यथार्थपरक समालोचनाको यात्रामा कोशेढुङ्गा थपेको छ ।

प्रकाशकीयको कलमबाट पनि यस कृतिप्रति सत्यतथ्यको बारेमा यसप्रकारको कथन आएको छ । "प्रस्तुत कृतिले यस क्षेत्रका पुराना श्रष्टा शान्तिनारायण श्रेष्ठको कवित्वबारे साङ्गो पाङ्गो समीक्षा गरेको त छ नै यस भन्दा बढी काव्य समालोचनाको क्षेत्रमा समाजशास्त्रीय अन्तरक्षेदनको थालनी पनि गरेको छ ।"

लेखकीयमा राजेन्द्र पहाडीको १२ बुँदामा भावना प्रकट भएको छ । कवि शान्तिनारायणको साहित्यिक यात्रा उमेर र राजेन्द्र पहाडीको "मेरो सानो प्रयासले यिनीमाथि न्याय भयो या भएन ? मूल्याङ्कन गरी निष्कर्ष निकाल्ने जिम्मा विज्ञ पाटकलाई सुम्पिन म उपयुक्त ठान्दछु ।" भनाइृको संक्षिप्त उत्तर न्यायपुर्ण, उचित र गरिमामय कामको थालनी भएको मैले महसुस गरेको छु ।
अव कृतिभित्र प्रवेश गर्ने अनुमति अनुमति माग्दछु । कृतिलाई खण्ड 'क' र खण्ड 'ख' मा विभाजन गरिएको छ । खण्ड 'क' मा तेह्रवटा शीर्षक छन् भने खण्ड 'ख' मा तीनवटा शीर्षक छन् । खण्ड 'ख' का तीन शीर्षकहरुले खण्ड 'क' लाई टेवा दिन सफल देखिन्छन् । राजेन्द्र पहाडीको समालोचनाको खँदिलो भागलाई अझै गाढा पार्नको लागि स्रष्टाको दृष्टिमा कवि शान्तिनारायण श्रेष्ठ सन्दर्भ सामग्री र कवि शान्तिनारायण श्रेष्ठको साहित्यिक व्यक्तिवृत्तले गहन भूमिका खेलेको छ । यी शीर्षकमा धेरै साहित्यकार, समालोचक र कविहरुले शान्तिनारायण श्रेष्ठप्रति आफ्ना धारणा पोखेकोले समालोचकको धारणालाई पुष्ट्याई दिएको देखिन्छ ।

खण्ड 'क' मा समालोचकले कविको परिचय, साहित्यिक यात्रामा शान्तिनारायणका ओजस्वी पाइलाहरु, कवितासँग शान्तिनारायणको मोह, कवि, कविता र अन्तरवस्तु, समाज र समय चेतना, साहित्य सिर्जनामा जीवनदृष्टिको आँखिझ्याल, मायावी स्वादका पारखी कवि, राजनैतिक व्यङ्ग्यवाणको रुपमा कविको कलम, समकालीन यथार्थ प्रकटीकरणमा कविको भूमिका, आञ्चलिकता प्रस्तुतिमा कविको रुची, भाषाप्रेमले सिर्जना भएका कविताका बान्कीहरु, छोटा कविताप्रतिको मोह र टुङ्गो समावेश गरी समीक्षालाई आकर्षक र प्रभावकारी रुपमा आफ्नो सक्षमतालाई प्रस्तुत गर्न समालोचक सफल देखिन्छन् ।

सर्वप्रथम राजेन्द्र पहाडीले कवि शान्तिनारायण श्रेष्ठको जन्मदेखि कविता यात्रामा लागेको समय विसं २०१० ताका स्कुल खोल्नका लागि गीतिलयको कविता लेखेको, विसं २०१८ सालको फागुन महिनामा शान्तिनारायणकै सम्पादनमा प्रकाशित हस्तलिखित आँकुरो मासिक साहित्यिक सङ्ग्रह वर्ष १, अङ्क १ मा शान्तिनारायण 'दीपक' को नामबाट सुभेच्छा शीर्षकको कविता प्रकाशन गरेपछिमात्र शान्तिनारायण श्रेष्ठ काव्य सिर्जनाको रुपमा देखापरेको यथार्थलाई प्रष्टाउँदै 'मानवीय सेवालाई परमधर्म र साहित्य सिर्जनालाई सत्कर्म मान्ने साहित्यसेवी श्रेष्ठ जिन्दगीका थुप्रै मिठा नमिठा अनुभवका खानी हुन्, भकारी हुन् ।' भनेकाछन् । यस कृतिले समालोचनाको बाटोमा एउटा अध्याय थपेको छ र मोफसलका साहित्यकार र समालोचकको क्षमतालाई दर्शाएको छ । समालोचक पहाडी र कवि शान्तिनारायण श्रेष्ठको सानो अभिव्यक्ति पोख्ने अनुमति चाहान्छु ।

शान्तिनारायण श्रेष्ठ मेरा समकालीन मित्र हुन् र उनी धवलागिरि अञ्चलकै एउटा खारिएका बरिष्ठ साहित्यकार, दुईदर्जनभन्दा बढी पुरस्कार तथा सम्मानबाट आभुषित सामाजिक व्यक्तित्व हुन् । शान्तिनारायणले आँकुरो हस्तलिखित पत्रिकाको सम्पादन विसं २०१८ बाट थालनी गरेका र पर्वतमाला र सगुनजस्ता पत्रिकाको सम्पादन गरेर सम्पादक समेत भएका व्यक्तित्व हुन् । सामाजिक संघसंस्थाहरुमा आवद्धतालाई केलाउँदा पनि शान्तिनारायण श्रेष्ठ दुईदर्जन जतिमा आवद्ध देखिन्छन् ।

शान्तिनारायण श्रेष्ठको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन सोधपत्र त्रिभुवन विश्वविद्यालयद्वारा तीन–तीनजनाबाट गराइसकेको छ । यस्ता साहित्यकार, समाजसेवी, गीतकारको समाजशास्त्रीय चिन्तनमा आफ्नो अवधारणा राख्ने युवा साहित्यकार, समालोचकको जीवनी, साहित्यिक योगदान पनि अतुलनीय देखिन्छ । राजेन्द्र पहाडीसँग मेरो परिचय भएको करिव ५–७ वर्षमात्र भएहोला, यो पनि साहित्यिक क्षेत्रभन्दा कृषिक्षेत्रमा कृषि कार्यलाई अगाडि बढाउने क्रममा सीड नेपाल, पर्वतको कार्यालयमा चिनापर्चि भएको थियो र साहित्यिक अभिरुची राख्ने व्यत्तित्वको रुपमा चिनेको थिएँ । आजसम्मको अध्ययनमा उनले धेरै क्षेत्रमा आफूलाई उदाहरणीय रुपमा प्रस्तुत हुन सफल भएको पाएको छु । राजेन्द्र पहाडीका प्रकाशित कृतिहरुले समाज र सामाजिक क्षेत्रलाई अग्रसरता दिएको छ । उनको पहिलो कृति 'महिला विरुद्ध हिंसा– एक सामाजिक विवेचना'– २०६६, हो भने दोस्रो कृति पनि 'सामाजिक सर्वेक्षणका आधारभूत तरिकाहरु'– २०६७ हो । यसै गरी उनको तेस्रो कृतिका रुपमा 'पर्वत साहित्य सङ्गम ः संक्षिप्त सिंहावलोकन'– २०६७ प्रकाशित भैसकेको छ भने 'शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन'–२०६७, यतिखेर मेरो अगाडि छ । यसले समालोचनाको क्षेत्रमा अलग्गै महत्व दिन सफल देखिन्छ । राजेन्द्र पहाडीको चिनारीमा 'सगुन' का प्रधानसम्पादकको साथै उनको सम्पादनमा 'समुदाय र सृजना' त्रैमासिक, 'कफी आवाज' त्रैमासिक, 'चौतारी' त्रैमासिक, 'बगैंचा' स्मारिका बार्षिक– २ अङ्क, 'बगैंचा दर्पण' वार्षिक, 'समाजकल्याण दर्पण' वार्षिक, 'आफ्नैकुरा' साप्ताहिक रेडियो कार्यक्रम (उत्पादन तथा उद्घोषण, रेडियो पर्वत १०३.६ मेघाहर्ज) आदिमा रहेको छ । थोरै अवधीमै राजेन्द्र पहाडीका लेखरचनाले अग्रस्थान लिनुका साथै एकदर्जनभन्दा बढी पुरस्कार, सम्मान, प्रशंसापत्रले विभुषित गरिसकेको छ ।

अतः शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन लिएर समाजशास्त्रको आधारमा समालोचना क्षेत्रमा अग्रसरता देखाउनुभएका समालोचक समाजशास्त्रीय चिन्तन बोकेका समाजशास्त्रीको एउटा अनुकरणीय कामको प्रशंसा गर्नेपर्ने धारणा म मा पलायो । यस कृतिको सरसर्ती अध्ययनले एउटा नयाँ कामको थालनी भएको महशुष गरेको छु । अन्त्यमा कवि शान्तिनारायण श्रेष्ठ र उनका कविताको समालोचक राजेन्द्र पहाडीलाई धन्यवाद दिन चाहान्छु ।

पुस्तक समीक्षा : ई प्रतिनिधि गजल नियाल्दा

~सदानन्द अभागी~Sadananda Abhagi

आजको नेपाली साहित्य गजलमय भएको पाइन्छ । जुन साहित्यिक कार्यक्रममा गए पनि के युवायुवती के बृद्धबृद्धा सबैको प्रस्तुति गजल नै पाइन्छ । गजल कविताको एक अङ्ग भए पनि यसले आजको नेपाली साहित्यमा आफ्नो अलग्गै अस्तित्व/पहिचान गराउन सङ्घर्षशील छ । आशा छ यसले आफ्नो यात्रालाई पुरा गरेर नै छाड्ने छ ।यसै क्रममा चितवनका स्रष्टाहरूले चितवनलाई गजलको राजधानी भनेर घोषणा गरिसकेका छन् र यसको लागि प्रयत्नशील पनि छन् । चितवनमा गजल सम्बन्धी लेखन र प्रकाशनका तथा विमोचनका कार्यक्रम भै नै रहन्छन् । यस्ता कार्यक्रम सञ्चालन तथा गजल सम्पादनमा लागिपर्ने स्रष्टाहरू मध्ये एक हुनुहुन्छ पुष्प अधिकारी अञ्जली ।पुष्पजीको सम्पादनमा थुप्रै गजलसङ्ग्रहले चितवनमा जन्म लिएका छन् । यी गजलसङ्ग्रहमा 'ई प्रतिनिधि नेपाली गजल २०७०' (संयुक्त राष्ट्रिय गजलसङ्ग्रह ) उनकै सम्पादनमा प्रकाशित भएको कृति अहिले मैले अध्ययन गर्न थालेको छु र केही अभिव्यक्ति पनि पस्कदै छु ।

गजलको संरचना

'ई प्रतिनिधि नेपाली गजल २०७०' आवरण पृष्ठ सहित ३४० पृष्ठको छ । यसको प्रकाशन पुष्प अधिकारी अञ्जलीको सम्पादनमा हाम्रो मझेरी साहित्य प्रतिष्ठानले गरेको छ र यसको मूल्य ५०० राखिएको छ । यसको सम्पादकीय पुष्प अधिकारी अञ्जलीले नै लेखेका छन् । सरुभक्त, गोविन्दराज विनोदी र सागर सिल्वालका पुष्प मालाले सुसज्जित शुभेच्छा / शुभकामनाले सजिएको छ कृति । सम्पादकीयमा पुष्पले परिचर्चा, समकालीन नेपाली गजलको संरचनागत स्वरूप, संरचनागत एवम् विषयगत प्रवृत्तिमा आफ्ना धारणा राख्दै पुष्प अधिकारी अञ्जलीले 'ई प्रतिनिधि नेपाली गजल २०७०' आधुनिक नेपाली गजलविद्याको एउटा प्रतिनिधि सङ्ग्रह हो भनेका छन् । बरिष्ठ साहित्यकार केशवराज आमोदीले, ' समसामयिक नेपाली गजललेखनको प्रवृत्तिगत विश्लेषण ' शीर्षकमा' आमुख, गजलको सङ्क्षिप्त ऐतिहासिक पृष्ठभूमि, नेपाली गजलको सङ्क्षिप्त ऐतिहासिक सन्दर्भ, समसामयिक नेपाली गजलको स्थितिः विगत र बर्तमान (समसामयिकताको सन्दर्भ, नेपाली गजल लेखनको समसामयिकता), काल विभाजन,समसामयिक गजललेखनका मूल प्रवृत्तिहरू (आध्यात्मिक भावनाको प्रकटीकरण, मानवीय मूल्य विघटन, जीवन तथा मृत्युबोध, मानवताको पीडा, वेदना, बाध्यता, असन्तुष्टि र विद्रोह आदिस्वर, समसामयिक गजलमा नारीप्रतिको दृष्टिकोण, सङ्घर्षशीलता र विद्रोह, प्रेमप्रणय र शृङगारप्रति धारणा) मा विस्तृतरूपमा, उदाहरण सहित प्रष्ट्याउने प्रयास गर्नु भएको छ । समालोचक विर्खे अञ्जानले 'गजल नायक पुष्प अधिकारी अञ्जली' शीर्षकमा पुष्पले पुर्याएको साहित्यिक योगदानलाई केलाउँदै 'पुष्पको योगदानको इतिहास लेख्न जरूरी छ' भन्दै लेखेको विश्लेषणात्मक लेखहरूले यो कृतिलाई गहनता प्रदान गर्ने काम भएको छ । यस कृतिमा अग्रज गजलकारहरूका एक एक ओटागजलहरू समावेश गरिएका छन् भने नयाँ पुस्ताका जलकारहरूका गजलहरूको शेर संख्या एकदेखि ८ ओटाका दरले समावेश गरिएर निर्माण भएको छ यो गजलसङ्ग्रह ।यसमा समावेश गरिएका गजलकारहरूको विवरण मोतीराम भट्ट, (१९२३–१९५३) गोपीनाथ लोहनी 'नाथ' (१९३०–१९७४), नरदेव पाण्डे 'सुधा' (१९२८–२००१), शम्भुप्रसाद ढुङ्गेल'शम्भु' (१९४६–१९८६), लेखनाथ पौडेल, भिमनिधि तिवारी (, उपेन्द्रबहादुर 'जिगर', डा. कृष्णहरि बराल बूँद राना, सरुभक्त, गोविन्दराज विनोदी, केशवराज भट्टराई आमोदी (२०१३), तेजु पराजुली, निरञ्जन विष्ट, अशोक गौतम क्षितिज, अश्मी जीएम, अनिता भण्डारी पौडेल (२०३२), इन्दिरा प्रयास, इन्द्रकुमार विकल्प (२०१८), उदास कार्की, उर्मिला कोइराला आँसु (२०४१), एकु घिमिरे (२०३६), कमल अर्याल 'धादिङ्गे', कल्पना आचार्य ओली (२०४५), कल्पना पौडेल जिज्ञासु (२०३२),कामस भट्ट, कुमार बूढाथोकी आयुष (२०४१), कृष्ण शाही (किरण कालीकोटे (२०४०), खगेन्द्र प्रसाद आचार्य अटल (२०५०), गणेश 'स्मृति' रोकाया (२०४६), गणेश आचार्य सहयोगी मित्र (२०४८), परिक्रमा गोविन्द श्रेष्ठ (२०२०), जगतराम बर्देवा घायल (२०३०), झलकराज पौडेल नमस्ते (२०४४), डी. आर. शर्मा (२०२३), देव आवारा, देवेन्द्र गैरे अदिप्त (२०४७), नारायण प्रभू (२०३८), निर्मला अर्याल (२०३५), पुष्प अधिकारी अञ्जली, प्रविण वानिय, प्रभाकर पण्डित (२०२१), प्रतिमा के.सी, प्रदिप पौडेल शिशिर (२०५२), प्रशासनकुमार पुन 'भाष्कर काजी' , प्रेम आचार्य, बालिका थापा अभिलासी (२०५०), विनोद पौडेल यात्री (२०३७), भगवती बस्नेत, मनोज विराली, मणि अर्याल (२०२८), मिलन समिर, (२०४१), मुनामन सिग्देल, मुक्तबहादुर पुन मगर (मुक्त उदास, दीप दर्शन (२०३८), दीपक बोहोरा, निरज सापकोटा निर्दोष (२०५१), निश्चल परदेशी , यमाकान्त भट्टराई, युवराज सुवेदी (२०४५),राज अविरल यात्री, राजकुमार खड्का, फाहुनाजी, रामचन्द्र बस्याल (विखर्ची राम (२०४१, रामचन्द्र सुवेदी 'प्रयास' (२०४५), रद्र अधिकारी, राधिका कुइकेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मी अधिकारी,'लुम्बिनी', (२०१८) लक्ष्मण बर्तौला (विर्खे अञ्जान),लाली रामदान, लालिमा श्रेष्ठ (२०४१), विमला शर्मा ढुङ्गाना (२०३५), विष्णु तिवारी (देवकोटा), विष्णुमाया विभु (२०४०), विजयराज ज्ञावली (२०३४), विकास अधिकारी 'प्रेमभिक्षु', सङ्गीता निरौला (२०४७), सदानन्द अभागी (२००३), सन्तोेष तिमिल्सेना विवश, लक्ष्मी बराल, (सरिष्मा, २०३७), सामर सिल्वाल (२०२९), सिरु सिल्वाल (२०४८), सुचित्रा खनिया, सूनिता चुँदाली, सुमित्रा पौडेल आँचल, सुरज गुरुङ्ग, सुरेश गिरी (२०४२), सुरेश सुवेदी, सुशीला भट्ट, सुशीला पौडेल, सुनिता खड्का (स्पन्दन खड्का),सूर्य क्षत्री, शङ्कर चापागार्इँ, (धनकुटे कान्छा), शान्ति अधिकारी पोख्रेल, शोभासिंह ठकुरी, श्रीजन श्री, बहादुर केसी (सरैलुङ्गे २०३५), हरिप्रसाद घिमिरे (वेदरत्न),मनोहरबाबु श्रेष्ठ (२०२०) र कल्पना गौतम 'कल्पु' गरी १०३ गजलकारका ५७० गजलका शेरले भरिएको छ गजल कृति ।गजलभित्र पस्दा प्रस्तुत गजलसङ्ग्रहमा गजलकारका उमेर, गजलकृति प्रकाशनको दृष्टिमा ,गजलमा पोखिएका अभिव्यक्तिको आधारमा, समसामयिकता, नारीवादी चिन्तन, राष्ट्रियता तथा राष्ट्रवादी चिन्तन, धार्मिक चिन्तन, दार्शनिक अभिव्यक्ति, राष्ट्रले भोगेको द्वन्द, विकृति विसंङ्गति आदिको मूल्याङ्कनको दृष्टिले हेर्दा हरेक क्षेत्रमा विविधता देखिन्छ । व्यक्तिगत विवरणले पूर्णता पाउन सकेको छैन । त्यसो हुँदा कृतिकार, गजलकार र कृति प्रकाशन गर्न नसकेका गजलकारको संख्या तथा कुन उमेरसम्मका गजलकार भनेर यकिन गर्न सकिएन तापनि यो पंङ्क्तिकारलाई जानकार भए बमोजिम महाकाव्यकारदेखि फाटफुट गजल लेखनमा सरिक भएका गजलकारका गजलहरू समावेश गरेको देखिन्छ । व्यक्तिगत विवरणलाई केलाउँदा गजल लेखनमा बामेसरेका गजलकारका गजलले प्राथमिकता पाउनु पनि नवप्रतिभालाई प्रोत्साहन गर्नु प्रशंसनीय नै हो । पुष्प अधिकारी अञ्जलीको सम्पादकीय भूमिका लेखनले, केही गजलमा लागि परेका गजलकारको नाम, एफएमहरूले खेलेको भूमिका, राष्ट्रिय गजल महोत्सवको सञ्चालन, अन्तराष्ट्रिय क्षेत्रमा गजल लेखनमा आएको तीब्रता आदिको साथै 'ई प्रतिनिधि नेपाली गजल २०७०लाई आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो' भनि प्रष्ट्याउने प्रयास भएको छ । यति धेरै गजलका शेरलाई केलाउँदा यहाँ हामीले धेरै चिज पाउन सकिन्छ । गजलले प्रेमप्रणय, राष्ट्रियताप्रतिको चिन्तन्, मानजीवनको भोगाई राष्ट्रप्रेमले भरिएका धारणाहरू, विकृति विसङ्गतिप्रतिको प्रहार, व्यङ्ग, दर्शन, आदेशात्मक प्रस्तुति, राजनीतिमा देखिएको अन्यौल, सकरात्मक र नकरात्मक सोचाइको पहिचानका धारणाको प्रस्तुति, बुद्धको खोजी, अतिक्रमित भूमिको खोजी, आशावादिता, निराशावादिता, प्रेमका पीडा, प्रेममा बिछोड, देशको राजनीतिप्रतिको वितृष्णता, जीवनमरणको यथार्थता, बर्तमा परिस्थिति राज्यप्रति राजनीतिक नेताहरुको उदासिनता, द्वन्द, ईश्वरप्रतिको आदरभाव, आदिलाई हामीले यस सङ्ग्रहमा अध्ययन गर्न पाउँछौं । आदिगजलकार मोतीराम भट्टदेखि लिएर आजका युवायुवती समेतलाई समेटी देशमात्र नभएर प्रदेशमा बसोबास गर्ने गजलकारका गजलको सङ्कलन, सम्पादन, प्रकाशन र भव्य समारोहमा विमोचन गर्ने काम चानचुने होइन । देशलाई गजलमय बनाउन खोजीएको छ । यो एउटा महत्त्वपूर्ण उपलब्धी पनि हो । यो गजलसङ्ग्रहमा प्रवेश पाएका केही गजलका शेरहरूलाई पस्कने अनुमति चाहान्छु ।

सहजमै छ मन हर्न्सक्नु हरिले
सुनिस् 'मोती'त्यो गऽर्न लायक कहाँ छु ?
मोतीराम भट्ट, पृष्ठ १

हे ! मातृभूमि तिम्रा हामी सबै पूजारी
गिरिराजकी सुपुत्री तिमी पार्वती दुलारी
लेखनाथ पौडेल पृष्ठ ३

हाँसेर मोह गर्ने बोलेर दिल हर्ने
म कृष्ण हुँ कलिको तर ग्वालिनी तिमी हौ ।
भीमनिधि तिवारी पृष्ठ ३

दिन किन टर्रो हुन्थ्यो, रात किन तीतो हुन्थ्यो
दिल थोरै घोलिदिए सारा कुरा मीठो हुन्थ्यो
बूँद राना पृष्ठ ५

भयो सन्मान खै कैले र त्यस्ता वीर योद्धाको
सबैका निम्ति जो बाँच्छन् सबैका निम्ति मर्छन् जो
गोविन्दराज विनोदी पृष्ठ ६

पूर्णिमाकी जून अनि सरोवरकी कुमुदिनी,
रुपवती नभनौं भो, त्यसमा पनि कर लाग्छ
सदानन्द अभागी पृष्ठ २४९

यहाँ हरदम मुस्कान कहाँ मिल्छ र ,
तिमीले खोजेको जस्तो भगवान् कहाँ मिल्छ र
पुष्प अधिकारी अञ्जलि पृष्ठ ९१

तिम्रो मीठो बोलीबचन माया त्यस्तै मीठो मीठो
किन भन्छन् उनीहरू छुरा धस्न आयौ तिमी
इन्द्रकुमार विकल्प पृष्ठ १८

बारुद पड्काई शान्तिको गीत गुनगुनाउने
हतियारी बन्दुकको यहाँ खुब शान छ
प्रदिप पौडेल पृष्ठ १२२

जुनी–जुनीसम्म पनि तिम्रै हुन बाचा गरेंं
मायाप्रेममा तिमी त्यसै लर्किएर भाग्यौ किन
निरज सापकोटा पृष्ठ १७१

आफन्तले लुटेपछि कस्को के नै लाग्छ
मनको आशा टुटे पछि कस्को के नै लाग्छ
शान्ति अधिकारी (पोख्रेल),पृष्ठ२९१

मदिरा र पानी कति रहस्यमय,
त्यो रूप र जवानी कति रहस्यमय
सुशिला पौडेल पृष्ठ २७७

उपरोक्त गजलका शेरले मोतीराम भट्टदेखि (१९२३–१९५३) प्रदिप पौडेल शिशिर (२०५२)सम्मका केही गजलकारहरूका गजल शेरको प्रस्तुतिलाई उदाहरणको रूपमा दर्शाएको छु । मैले माथी नै भनिसकेको छु कि गजलले व्यापकक्षेत्र ओगटेको छ । अधिकांश गजलले गजलका सिद्धान्तलाई आत्मसात गरेको पाइन्छ । सुधारका पक्षहरूपनि छन् । यति ठूलो कृतिको सम्पादन गर्नु भनेको फलामका चिउरा चवाउनु सरह नै हो भन्दा पनि फरक पर्दैन । तर पनि व्यक्तिगत विवरणमा सुधारका पक्षहरु धेरै देखिएका छन् । जन्म मितिमा कतै साल नै नलेखी गते बार लेखिएको पाइन्छ । कसैका पत्रपत्रिकामा लेख रचना प्रकाशन भएको विवरण समेत दिइएको छ भने कसैका गजलका कृतिहरुको नामहरू पनि छुटाइएको छ । जुन विधामा सङ्ग्रह निकालिन्छ कम्तिमा त्यस विधामा लेखकका प्रकाशित कृतिहरूको नाम समावेश गरिदिंदा कृतिकारको मूल्याङ हुने थियो भन्ने लाग्दछ । १०३ जनाको ५७० गजलका शेरहरू समावेश गरीएको यो कृति एउटा ऐतिहासिक दस्तावेजमात्र नभएर यो आधुनिक गजलको नमुना पनि हो भने एउटा पनि कृति ननिकालेका स्रष्टाहरूको लागि त कृतिको रूपमा आपूmलाई परिचय गराउने एउटा सुवर्ण अवसर पनि हो । सम्पादकज्यूले अवका कृतिहरूको सम्पादनमा ध्यान दिनु हुने छ भन्ने आशा गर्दछु । पुष्पजीले यत्रो गहन कृतिको सम्पादन गरेर सबैको सामु प्रस्तुत गर्नु भयो त्यसको लागि मुरी मुरी धन्यवाद दिंदै विदा चाहान्छु ।

कावासोती नगरपालिका वार्ड नं ७, शान्तिचोक नवलपरासी

December 10, 2020

कर्म गर्ने सङ्घर्षीको हुदैन हात रित्तो


भित्री कुरा निक्लनलाई पर्नुपर्छ अक्कर
मानिस पाको हुनलाई खानुपर्छ ठक्कर

कर्म गर्ने सङ्घर्षीको हुदैन हात रित्तो
सङ्घर्षीको सङ्घर्षमा पर्नसक्छ टक्कर

जीवन शैली अतिउच्च हुनसक्छ बनाउ
सवल पक्ष अङ्गाल्दामा नलगाऊ भो चक्कर

प्रकृतिको वरदान पानी बुँदको सागर
प्रकृतिले दिएको छ वनमा सुन्दर लक्कर

तिमी मेरी जलसिन्धु बन समाहित
सत्यकर्म थालनीमा पाती हुन्छ सक्खर ।