December 16, 2020

समीक्षात्मक पौराणिक महाकाव्य | सिंहवाहिनी | सदानन्द “अभागी”

सिंहवाहिनी
(समीक्षात्मक पौराणिक महाकाव्य)

सदानन्द "अभागी"
कावासोती ७ शान्तिचोक
नवलपरासी
लुम्वनी अञ्चल, नेपाल
२०७३ (२०१६)

कृति : सिंहवाहिनी
(समीक्षात्म पौराणिक महाकाव्य)
कृतिकार : सदानन्द "अभागी"
प्रकाशक : दाउने सप्ताहिक
प्रथम संस्करण : वि.सं २०३ (२०१६)
सर्बाधिकार : लेखक स्वयंमा
प्रकाशित संख्या : ५००
आवरण शिल्पी : रामकुमार श्रेष्ठ
कम्प्यूटर डिजाइनः : रामकुमार श्रेष्ठ
लेखको सम्पर्क : ९८४१३३५९८३
Email: snjaishy@gmail.com
Singh Bahini (mahakabya)
By
Sada Nanda Abhagi
Published:
Daunne Saptahik
ISBN:
मूल्य रु २५० ।–
मुद्रकः सिद्धार्थ अफसेट प्रेस, कावासोती–५, नवलपरासी ।

—————————————————————————
विषयसूची

सिंहवाहिनी -००- प्राक्कथन
सिंहवाहिनी -०१- प्रथम अध्याय (शिव–शिवा वन्दना)
सिंहवाहिनी -०२- द्वितीय अध्याय (देवी वन्दना)
सिंहवाहिनी -०३- त्रितीय अध्याय (सुरथ राजाको राज्य हडप)
सिंहवाहिनी -०४- चतुर्थ अध्याय (सुरथ राजाको वैश्यसँग भेट)
सिंहवाहिनी -०५- पञ्चम अध्याय (आजको परिवेश)
सिंहवाहिनी -०६- छैटौं अध्याय (सुरथ, वैश्य र मेधाको सम्वाद)
सिंहवाहिनी -०७- सातौं अध्याय (महामायाको महिमा)
सिंहवाहिनी -०८- आठौं अध्याय (मधु–कैटभको उत्पत्ति)
सिंहवाहिनी -०९- नवौं अध्याय (योगनिन्द्राको प्रकट)
सिंहवाहिनी -१०- दसौं अध्याय (देवता र महिषासुरको लडाइँ)
सिंहवाहिनी -११- एघारौं अध्याय (देवीको शरीर निर्माण)
सिंहवाहिनी -१२- बाह्रौं अध्याय (देवीको सिङ्गार कार्य)
सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडार्इँ)
सिंहवाहिनी -१४- चौधौं अध्याय (चिक्षुर सेनापति र देवीको लडार्इँ)
सिंहवाहिनी -१५- पन्ध्रौं अध्याय (महिषासुर देवीको लडाइँ)
सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)
सिंहवाहिनी -१७- सत्रौं अध्याय (शुम्भ निशुम्भको आतङ्क र देवीका विविधरूप)
सिंहवाहिनी -१८- अठारौं अध्याय (चण्ड–मुण्डले देवी देख्नु)
सिंहवाहिनी -१९- उन्नाइसौ अध्याय (शुम्भको दूत र देवी संवाद)
सिंहवाहिनी -२०- बीसौं अध्याय (दूत फर्कनु र दैत्यसैन्य युद्धमा जानु)
सिंहवाहिनी -२१- एक्काइसौं अध्याय (रक्तबीजसँग युद्ध)
सिंहवाहिनी -२२- बाइसौं अध्याय (शुम्भ निशुम्भको तपस्या)
सिंहवाहिनी -२३- तेइसौं अध्याय (निशुम्भ र देवीको युद्ध)
सिंहवाहिनी -२४- चौबीसौं अध्याय (शुम्भ वध)
सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (देवतासँग देवीको भविष्यबाणी)
सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (पाठको माहात्म्य)
सिंहवाहिनी -२७- सत्ताइसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)
सिंहवाहिनी -२८- अठ्ठाईसौं अध्याय (महाकाव्य कथासार)
सिंहवाहिनी -२९- सन्दर्भ सामाग्री

———————————————————————
सिंहवाहिनी -००- प्राक्कथन
———————————————————————

पाठक समक्ष मैले यहाँ राख्छु केही कुरा
देवी माहात्म्यको बर्णनको गर्न खोजे पुरा

नवदुर्गा दशैमा दुर्गा पाठ गरें
पाठ गर्दा गर्दै अलमलमा परें
सारतत्त्व नबुझी पढ्दै पढ्दै जाँदा
के नै अर्थ हुन्छ भन्ने प्रश्न धरें

हेर्न लागे पढ्दा पढ्दै हिन्दी भाषाटीका
गहिरिएर हेर्न थाले बनाइ आँखा तीखा
मन जाग्यो सरल भाव यसमा पोख्ने
लेख्न थालें महाकाव्य खोज्न थाले शिखा

मन जाग्यो विवेचना गरौं गरौं लाग्यो
महान् धार्मिक कृति पढ्दा डर पनि भाग्यो
घटना र कथासार सबै यसैबाट लिदै
सारांशलाई समेट्ने मेरो मन त जाग्यो

अनुवाद भनु भने पुरा अनुवाद हैन
मौलिकता भन्दा पुरा मौलिकता छैन

केही कुरा भावानुवाद केही मौलिकता
केहीं कही. विवेचना कही. विवशता
आफ्ना मनभाव पनि सजाएर लेख्दा
सरल बनोस् महाकाव्य ठानी आवश्यक्ता

विविधता सजाएर काव्य लेखन भयो
मुरी मुरी धन्यवाद सबैलाई छ यो
सकेसम्म देवी कर्म सरल भाव भर्दै
काव्य लेख्ने काम समीक्षात्मक रह्यो

———————————————————————
सिंहवाहिनी -०१- प्रथम अध्याय (शिव–शिवा वन्दना)
———————————————————————

जय जय शिव शम्भो त्रिनेत्रकारी
शीर गंगा चन्द्रमा जटा मुकुट धारी

शिव तिम्रो आराधना हुन्छ कल्याणकारी
सवल सृष्टि माथि हामी हुन्छौ सदाचारी
शिव शिवाको आराधना जो कोहीले गर्छ
उस्को रोगव्याधी दुःखकष्ट हट्छ महामारी

तिमी नै हो अभिकीलक कल्याण आधार
श्रापरूपी कीलकका हौ निवारणका सार
तिमीबाटै सिद्ध हुन्छन् सबै वेदका धारा
तिमीले नै लगाइ दिन्छौ संसारबाट पार

जय जय शिव शक्ति तिम्लाई नमस्कार
शिवशिवा संयुक्तता समताको आकार
तिम्रो आराधना गर्दा आउँछ सम्पूर्णता
सम्पूर्णरूपलाई हामी पार्नु पर्छ साकार

संसारको कल्याणार्थ दियौ देवी पाठ
यै पाठको ज्ञानपढी हिड्यौं बाटैबाट
तिमीबाटै देवीस्तोत्र हुन गयो जन्म
संसारिक चक्रचल्न चाहिन्छ है लाठ

शिव-शिवा स्तोत्र पढौं सारालोकमा
आफ्नै पन शक्ति भरौं आफ्नै तनमा
शिवजीले दिनु भयो देवी स्तोत्र पाठ
संचार हवोस् स्तोत्र सारा जनजनमा

सातबारको सृष्टि पनि तिमीले नै गर्यौ
धनधान्य प्राप्त गर्न लक्ष्मीजीलाई सार्यौ

सोमबार गर्नु राम्रो लक्ष्मीजीको पूजा
रोग मुक्ति चाहिएमा गर्नु काली पूजा

कालीपूजा फलदायी हुन्छ मंगलबार
नवदुर्गा भवानीमा दियौ सबै अधिकार
संध्याको तपबाट जब साह्रै खुसी भयौ
मनबान्छित वर दियौ बनी सदाचार

ब्रह्मालाई अधिकार सृष्टि गर्न दियौ
सृष्टि–शक्ति विभूति तिमी आँफै थियौ
ब्रह्माले अञ्जुलीमा पानी चढाइ दिए
त्यसैबाट अण्डालाई प्रकट बनाइ लियौ

अण्डा थियो कस्तो भने जडरूपधारी
चौबीस तत्व–समूहको निर्माणको भारी
ब्रह्मा परे अचम्ममा गर्न थाले तप
ब्रह्मा अघि प्रकट भए विष्णु कल्याणकारी

ब्रह्माजीले भन्नु भयो अण्डा अचेतनको
विष्णुजीले सोच्नु भयो अण्डा सचेतनको
अनन्तरूप–आश्रयको साथ लिइ विष्णु
अण्डाभित्र प्रवेश गरे फार्न विचेतनको

जब विष्णु अण्डाभित्र प्रवेश गर्नु भयो
अण्डाको चौविस तत्व सचेतनमा गयो
विष्णु थिए विराजमान व्याप्त रूपलिई
पातालदेखि सत्यलोक यस्ले स्थान धर्यो

सुरम्य कैलाश नगर निमार्ण कर्ता तिमी
अविनाशी कैलाशधामको पूजा गर्छौ हामी

ब्रह्माजीले सबै सृष्टि गरे तिम्रै आज्ञाबाट
विविधता कर्महरू हुन्छन् प्रत्येक दिनरात
यज्ञदत्त कुमारलाई तिम्ले कुवेर पद दियौ
मित्रता नै कायम गरेऊ उनै कुवेर साथ

सतीसँग विवाह त तिमीबाटै भयो
दण्डकारण्यमा रामसँग भेट हुन गयो
शिवाजीको सन्देहले परीक्षा नै लियो
विष्णुरूपी राम हुन् भन्ने प्रमाण थियो

जिद्धि थियो शिवाजीको पति शिवसँग
शिवजीको मनबाटै शिवा त्यागी दियो

विष्णुलाई गोलोक धाममा आमन्त्रण गरी
गोपेश पदले अभिनन्दन गर्यौ सरासरी
दक्षले अहम्भइ तिमीलाई जब श्राप दिए
नन्दीक्रोधलाई शान्त पार्यौ धैर्यता नै धरी

तिमी नै हौ यज्ञरूप तिमी यज्ञकर्म
तिमीबाटै चलेको छ त्रिलोकी धर्म
तिमी नै हौ यज्ञआत्मा यज्ञ अंगभूत
तिमी नै हौ सर्वेसर्वा बुझ्ने यज्ञ मर्म

तिम्रा भक्त अमिट छन् दधीचिको रूप
यज्ञ पनि त्यागि दिन्छन् तिम्रै लागि खुप
दक्ष यज्ञ हुन गयो नदिई तिम्लाई भाग
दधीचिले विरोध गरे लागेनन् त्यहाँ चुप

तिमी हौ कपालधारी दक्ष तिरस्कारी
शिवा थिइन् तिम्रै पत्नी तिम्रै आज्ञाकारी
शिवालाई थाहा लाग्यो दक्षजीको यज्ञ
शिवाले आज्ञा मागिन् हुनलाई सवारी

सबै देव बिराजमान साथै ऋषि पनि
सबै जना जाँदै थिए दक्ष यज्ञ भनि
शिवा देख्छिन् यज्ञमा छैन शिव भाग
अधुरो यज्ञ भयो भन्छिन् शिवा अनि

दक्षद्वारा यो यज्ञमा शिव निन्दा भयो
शिवाद्वारा शिव निन्दा सुन्नमा नै गयो
सह्य भैन शिवालाई योगाग्निमा पसिन्
हाहाकार भइ यज्ञ संकटमा रह्यो

शिवजीलाई थाहा लाग्यो
खवर सुन्दा संका जाग्यो
नारदले खवर ल्याए
क्रोद्धाग्निले मन नै दाग्यो

शिवजीका जटाबाट निस्के दुई शक्ति
शिवजीको चरणमा गर्न थाले भक्ति
एक थिए वीरभद्र अर्की महाकाली
महाकाली हेर्दा लाग्ने श्यामवर्ण रक्ति

दक्षयज्ञ भष्म गर्ने तिम्रा आज्ञा थिए
दुबै जना आज्ञालाई शीरोधारी लिए
कोही रोक्न अघिसरे भष्म पारिदिनु
आज्ञा शिरोधार्य गरी लड्ने हाँक दिए

सोम सूर्य अनि अग्नि तिम्रा तीन नेत्र
तिम्रो लीला संसारमा महान् वृत्तचित्र
दक्ष अनि देवताले उत्पात् सूचक पाए
वीरभद्र काली पुगे अनि भो विचित्र

विष्णुको आराधना दक्षले गर्न थाले
दक्ष–मूढ प्रवृत्तिमा सबै जल्न थाले
विष्णु भन्छन् शिवजीको शरणमा जाउ
शिवद्रोहजनित संकट टारिदैन टाले

शिवगण प्रवेश गर्यो यज्ञ भाग भित्र
घमाशान युद्ध भयो देखिन्थ्यो विचित्र
वीरभद्र अघि सरे दक्ष शीर चुडे
यज्ञमा होमन गरी पूर्ण गरे क्रीत

दधीचिलाई वर दिने तिमी महान् ज्ञाता
दक्षलाई पुनर्र्जीवन दिने तिमी प्राणदाता
दक्षले पुनर्जीवन प्राप्त गरी यज्ञ गरे पुरा
सती जन्मिन् पार्वती भै मेनका हुन् माता

दक्षको शीर भने बाख्राको भयो
दक्षको अब भक्ति शिवमा गयो
शिवको शक्तिलाई दक्षले जाने
शिवको शक्तिलीला अचम्को छ यो

तिमी नै हौ सर्बव्यापी अनि विश्वमूर्ति
तिमी नै हौ पर अनि परमेश्वर कृति
तिमी नै हौ मृत्युञ्जय निर्विकार रूप
त्रिलोकको आवश्यक्ता तिमी गर्छौ पूर्ति

देवताको स्तवनमा शिवा दर्शन दिन्छिन्
मनोरथ पूर्ण गर्ने महादेव हुन् भन्छिन्
मेनालाई कालिकाले दिन्छिन् प्रेमीदर्शन्
स्तवनमा खुसी भइ अङ्गालोमा लिन्छिन्

मेना बोल्छिन् सयपुत्र मलाई वर देऊ
तिमी आफै पुत्री बनी ममा जन्म लेऊ
शिव सँग मेरी छोरी विवाह नै गरी
सर्ब लीला गर्न सकोस् बसु तिम्रै छेऊ

तिमी नै हौ भगीरथी शीरमा लुकाउने
तिमी नै हौ पसीनामा भौम जन्माउने
गंगावतरण तीर्थमा तपस्या नै गर्न
हिमवानलाई व्यवस्थापन कर्म गराउने

हिमवानले तिम्रो सेवा गर्नलाई थाले
शिवज्योति प्रकाशमय हृदयमा बाले
पार्वतीलाई साथलिइ पूजागर्नलाई
आज्ञालिने धारणामा आफ्ना भाव चाले

हिमवानको भाव बुझी तिमी बोल्दा भयौ
गौरीको सुन्दर रूपको बर्णन गर्न गयौ
पार्वतीको रूपकस्तो तिम्रो धारणामा
कटीतन्वी चन्द्रमुखी लावण्यमा लयौ

शिव भन्छन् मायारूपिणी स्त्रीको नाम
विषयलाई छरीबस्ने यिनको हुन्छ काम
महाविषय वासना त बन्न जान्छ जड
वैराग्यलाई नाश गर्छ टढा हुन्छन् राम

शिवजीका यस्ता कुरा जव शिवा सुन्छिन्
दार्शनिक भावनालाई यिनले मन्मा गुन्छिन्
ज्ञानविशारद सम्बोधन्मा पार्वती नै बोल्छिन्
यहाँ कर्मशक्ति बनाउने प्रकृति नै हुन्छिन्

हुन सक्छ कुनै प्राणी जितेन्द्रिय पनि
तर हुन्छन् ती व्याक्ति प्रकृतिको जनी
जति कर्म त्रिलोकमा हुन्छ प्रकृतिको
प्रकृतिभन्दा लोकमा कोही छैन धनी

देवी भन्छिन् म नै हुँ प्रकृतिको रूप
तपाइँ नै हो संसारमा पुरुषको रूप
सगुण र साकार पनि प्रकृतिको जनी
प्रकृतिबाट टाढा भाग्न सकिदैन खुप

सबै कर्म गर्दै जाने कहाँ हुन्छन् निर्विकार
शिवा बोलिन् शिवसँग सही सत्य बारंबार
यदि प्रकृतित्यज्य भए प्रकृतिसँग केको डर
शिव बोल्छन् शिवासँग सेवागर शास्त्रसार

तिमी नै हौ उध्र्वरेता ध्यानमा हुने मस्त
तारकासुरले पार्न थाल्यो साह्रै अस्तव्यस्त
कामदेव पुगी माया छाडे पार्न ध्यानहीन
क्रोधाग्निले कामदेव जले देवता भए त्रस्त

तिम्रो क्रोधाग्नि बडवानल भयो
यसको बसोबास समुद्रमा रह्यो

गौरी गइन् श्रृंगतीर्थ तिमै्र तपश्यामा
गौरी शिखर नामाकरण हुन त्यो गयो

मुस्किल भयो तिम्रो दर्शन धेरै बर्ष गयो
पार्वतीको तप पनि अटल रूपमा रह्यो
जब पार्वतीको विवाह त भयो तिमीबाटै
पुत्र कुमारबाटैे तारकासुर वध भयो

तिमी नै संसारमा ताण्डब नृत्य गर्ने
ब्रह्मा विष्णु महेश्वर तिमी रूप धर्ने
तिमी बन्छौ देव नर अनि पशुपति
बहु कर्महरू तिमीलाई मन पर्ने

शक्तिशाली शिवा थिइन्
शरीरको मैलाबाट
गणेशजीको जन्म दिइन्
छोरालाई द्वारपाल राखी
प्रवेश निषेध गरिदिइन्

गणेश पनि शक्तिशाली
गर्ने तिन्ले रखवाली
शिवलाई रोकीदिए
प्रवेशद्वारमा राखे खाली

शिवगण लड्न थाले
बाटो छोड भन्न थाले
भयंकर संग्राम भयो
शिव शक्ति अघि गयो
गणेश शीर छेदन भयो
पार्वतीलाई खवर गयो

शिवाजीलाई थाहा लाग्यो
गणेशको शीर क्षेदन
शिवाजीमा लौ क्रोध चढ्यो
हुन थालो ठूलै रोदन

शिवा पनि शिवजीकै हुन् महाशक्ति
शक्ति सञ्चयनमा गर्नथालिन् भक्ति
पुत्रशोकको कारणले प्रलय नै ल्याइन्
गणेशको दर्शन विना हटिनन् है कत्ति

शिवजीले गणेशमा हात्ती शीर जोडे
अग्रपूज्य देव बनाइ शिवा मन गोडे
पार्वतीले गणेशलाई वरदान दिइन्
सबै देव स्वर्ग जान कैलाशलाई छोडे

गणेशले शिवबाट सर्वाध्यक्ष–पद पाए
सबै जना त्यति वेला आनन्दमा आए
गणेश र कुमारमा विवाह विवाद चल्यो
बुद्धिमान गणेशले बडो युक्ति लाए

पृथ्वीको परिक्रमा कस्ले छिटो गर्ने
विवाहमा पहिलो पालो उसैको पर्ने
कुमार हिडे मयुर चढी परिक्रमा गर्न
गणेशले मातपिता घुमी प्रथम स्थान धर्ने

सर्बदेवमय रथमा युद्ध गर्न चढ्यौ
पशुपतब्रत धारणगरी युद्ध गर्न बढ्यौ
गर्नु थियो त्रिपुर र तारकाक्ष भष्म
यी दुबै भष्म पार्न ठूलै युद्ध लड्यौ

मयलाई पनि त तिम्ले वर दियौ
शंखचुड दैत्यको प्राण खैंची लियौ
आफ्नै पसिनाबाट अन्धक जन्माउने
अरु कोही नभएर तिमी नै त थियौ

अन्धक बन्यो गणाध्यक्ष कृपा तिम्ले दियौ
शुक्रचार्य गुरुलाई जिउँदै निली लियौ
शुक्रचार्य बाहिर आए वीर्य नलीबाट
शुक्र नाम दिने देव तिमी नै त थियौ

शुक्रलाई शिव शिवा दुबैले पुत्र मानिलियौ
शुक्रलाई सञ्जीवनी विद्या तिमीले नै दियौ
तिमी भक्तवांछाकल्पतरु सबलाई मायागर्ने
वाणासुरको रक्षक बनी शोणितपुरमा थियौ

उषाले सपनीमा अनिरुद्रलाई्र देखिन्
चित्रलेखा कागजमा उन्को चित्र लेखिन्
अनिरुद्र ल्याइए उषा अन्तरपुरमा
उषाले आफ्नो पूर्ण तिर्षा उनीबाटै सेकिन्

वाणलाई यी कुरा थाहा हुन आयो
उषासँग अनिरुद्र अन्तपुरमा पायो
अनिरुद्रसँग युद्ध राम्रै सँग छायो
अनिरुद्रलाई्र मार्न नागपासमा ल्यायो

अनिरुद बन्धन्बाट गर्छन् दुर्गा स्तवन
दुर्गा आइ फुकाइदिइन् उन्को बन्धन
अनिरुद्र पुनः पाए उषारूपी धन
भरिपूर्ण रोमान्चित भो उषाको मन

कृष्णजीले लौ थाहा पाए सारा यिनै कुरा
लड्न तयार भए कृष्ण कुरा बुझी पुरा
कृष्णजीले काट्नु भयो बाणसुरको भुजा
कृष्ण शिव युद्ध गरे बनी दुबै जना सुरा

शिवजीलाई कृष्णजीले जृम्भणास्त्र हाने
कृष्णजीले शीरकाट्न वाणासुलाई ताने
शिवजीको वाणमाथि ठूलो कृपा थियो
शिवजीको अनुरोधलाई विष्णुजीले माने

वाणासुरलाई तिमीले वरदान दियौ
गजासुरको तिमीले नै प्राण खैंची लियौ
गजासुरले विन्तिगर्यो आफ्नो छाला ओढ्न
गजासुरको छाला ओढी कृतिवासा भयौ

देवताका बल भनेका हुन् ब्राह्मण जाति
ब्राह्मणलाई मार्नु पर्छ गरी भाँती भाँती
दुन्दुभीनिह्र्रादले ब्राह्मण खान थाल्यो
मुड्की हानेऊ मर्न गयो चिरिनगो छाती

विदल र उत्पल महादैंत्य थिए
देवराज्य जितेर साह्रै दुःख दिए
यिनको आँखा पर्यो दिव्यपार्वतीमा
पार्वती कन्दुकले यिन्को प्राण लिए

पार्वतीको खेल कन्दुक लिङ्ग बन्दो भयो
कन्दुकेश्वर लिङ्ग बनी प्रसिद्धिमा गयो
यसको दर्शन गर्ने भनी जो कोही जान्छ
कामनालाई पूर्ण गर्ने फलदायी छ यो

तिमी नै हौ अवतारी विविधरूपधारी
सद्योजात रूपमा भयो सृष्टि प्रभाकारी
वामदेव अवतार तिम्रो जब हुन गयो.
ब्रह्माजीको सृष्टि शक्ति बढ्न गयो भारी

तत्पुरुष रूपली जब अवतार भयो.
शाँकारी गायत्रीको ठूलो स्थान रह्यो
अघोर नाम अवतार भयो तिम्रो रूप
घोर नामक योग ठूलो प्रचारमा गयो

ईशान अवतार प्रभूको अद्भूतको थियो
ब्रह्मालाई सन्ममार्गको उपदेश दियो
विश्वरूपा सरस्वती प्रकट पनि भइन्
योगानुसार सद्धर्मको कर्म गति लियो

तिमी नै शिव प्रभू अष्ठ मूर्ति धारी
अष्ठ मूर्ति बाटै संसार चल्छ भारी

सबर्, भव, रुद,्र उग्र, भीम, पशुपति
ईशान अनि महादेव यिनै आठ मूर्ति
तिम्रै अष्ठ मूर्तिबाट विश्व अधिष्ठित
यिन्कै भजनकीर्तनले स्वच्छ पार्छ पूmर्ति

ब्रह्माजीको तपबाट जब खुसी भयौ
अर्धनारीनर रूपमा दर्शन दिन गयौ
ब्रह्माजीको समिपमा शिवशिवा बनी
प्रकटरूप धारण गरी ब्रह्मा अघि रह्यौ

ब्रह्माजीले शिवा सँग दुई वर मागे
सबल संसार बन्ने छ नारी कुल जागे
शिवा पनि खुसी भइन् दक्षपुत्री बन्न
शिवावतार अनेक छन् हेर्दै जाउँ आगे

कहिले बन्ने श्वेत मुनी कहिले सुतार
कहिले दमन कहिले दधिवान अवतार
सहोत्र, कंंक, जैगीषव्य,कहिले दधिवान
ऋषभ अवतारलिई गर्छौ सब उपकार,

तप अत्रि बलि गौतम्, वेदसिरा गोकर्ण
गुहाबासी, सिखण्डी माली थरी थरी बर्ण
अट्टहास, दारुक, भीम श्वेत, शूली मुण्डिश्वर
सहिष्णु, लकुली तिम्रा हुन् यी कायावतार

तिमी हौ शिलाद मुनिका अयोनिज पुत्र
नाम तिम्रो नन्दीश्वर काम छन् विचित्र

सुयशा पत्नी पायौ जीवन पार्न सफल
भक्तिभाव तिम्रो बन्यो सदासदा अटल

तिमीबाट हुन गयो कालभैरव अवतार
तिम्रो नाम जपे बन्छ पापमुक्त संसार

गृहपति नामगरी पुग्यौ विश्वनरको घर
माता बनिन् शुचिष्मती अनि दियौ वर

महाकाल अवतार हुँदा शक्ति महाकाली
भक्तजनको मनोकान्छा पूर्ण गर्ने वाली

तार अवतार जब भयो शक्ति तारादेवी
भुक्ति मुक्ति प्रदान गर्ने जनताकी सेवी

बाल भुवनेश अवतार जब तिम्ले दियौ
बाला भुवनेशी शिवा शक्ति साथ लियौ

जुन अवतार लिए पनि साथै हुन्छिन् शिवा
शिव शिवा मिलनमा हुन्छ प्रकाशमय दिवा

षोडशश्रीविद्येश सुख भोग मोक्षदायी अवतार
षेडशीश्रीविद्याशिवा शक्तिले सुखी पार्छ संसार

भैरव अवतार जब भयो भैरवी हुन् शक्ति
भैरवी हुन् अभिष्ट वरदिने जस्लेगर्छ भक्ति

छिन्नमस्तक अवतार जब तिम्रो भयो
नाम तिम्री शक्तिको छिन्नमस्ता रह्यो
धूमवान अवतारमा शक्ति धूमावती
भक्तको लालसालाई पुरा गर्यौ अति

तिम्रो बगलामुख अवतार भयो सुखदाई
बगलामुखी शक्ति तिम्री भइन् गिरिजामाई

जब भयो मातंग अवतार मातंगी हुन् शक्ति
सम्पूर्ण अभिलाषा पुरा हुने जस्ले गथ्र्यो भक्ति

भुक्ति मुतिm प्रदायिनी कमल रह्यो अवतार
गिरिजा भइन् कमला पाल्छिन् तिन्ले सरंसार

अनसूया अत्रिले जव तपस्या नै गरे
ब्रह्मा विष्णु र महेश्वर अत्रिकुटी झरे
अत्रिपुत्र भै जन्मने दिए तिन्ले वरदान
शिवअंशधारी जन्मनेमा दुर्वासा नै परे

जब दिए विष्णुले मोहनीरूपको दर्शन
कामातुर भयौ तिमी वीर्य भयो पतन
अञ्जनीको कर्ण भै भयो गर्भस्थापित
जब जन्मे हनुमान रामले पाए जतन

बृतासुरको वध गर्न युद्ध भारी भयो
दधीचिको हड्डीमा सबको नजर गयो
देवमागे बज्रहड्डी दधीचिले दिए
आफ्नो तन समर्पण महान त्याग छ यो

मुनिप्रिया सुवर्चना गर्भवती थिइन्
पतिलोकमा जानभनि मनचित्त दिइन्
गर्भवती नारीलाई सती जान रोकको
आशवाणी भयो त्यहाँ सुनी चिन्तालिइन्

सुवर्चना मन इच्छ्या अभीष्ट नै थियो
ढुङ्गाबाट उदर विदीर्ण गर्ने बाटो लियो
दधीचिको त्यो गर्भ जव बाहिर आयो
पिप्पलादले मातालाई आकर्षण दियो

पिप्पलाद पनि शिव तिम्रै अवतार
सुवर्चना जानपाइन् लौ पतिसंसार

द्विजेश्वरावतारमा तिम्रो बन्यो इच्छ्या
भद्रायु किर्तिमालिनीको धर्म परीक्षा
राजा रानी दुबै जना सफल भक्त थिए
पाश्र्ववर्ती वरदान तिन्लाई भयो दिक्षा

यति रूप धारण गरी पुग्यौ भीलको घर
भीलनीलाई छोडिदियो भीलले तिम्रो भर
वन्यजन्तुले गर्दाे भयो शिकार भीललाई
सती जाने भीलनीलाई दियौ राम्रो.वर

हंसरूपमा तिम्रो पुनः अवतार नै रह्यो
भील वीरशेनको छोरा नल जन्मन गयो
भीलनी भीमराजाकी दमयन्ती बनी जन्मिन्
नल राज दमयन्ती रानी पुनर्मिलन भयो

शिव तिम्रो कृष्णदर्शन अवतार जब भयो
नभगको सत्य तथ्यमा तिम्रो दृष्टि रह्यो
यज्ञ धन जति थियो नभगलाई दियौ
ब्रह्मतत्व ज्ञान वरदान नभगमा गयो

अवधूतेश्वरावतारमा लीला राम्रै गरेऊ
बृहस्पति इन्द्रलाई बीच बाटोमा धरेऊ
इन्द्रको घमण्डलाई चकनाचुर पार्दै
रिसपूर्ण तिम्रो अग्नि समुद्रमा छरेऊ

रिसपूर्ण अग्निले लियो जालन्धर रूप
तिमीबाटै मर्न पर्यो भयो दौड धूप
बृहस्पति इन्द्रले पाए तिम्रो दर्शन
इन्द्रले घमण्डको शिक्षा पाए खुप

जब भयो तिम्रो त्यो भिक्षुवर्यावतार
हुनगयो दुई बालको राम्रो उपकार
एक थिए राजकुमार अर्का द्विजकुमार
राजकुमारमा कृपारह्यो पाए राजभार

सुवरावतार जब भयो
उपमन्युलाई वर गयो
किरातावतर भयो तव
अर्जुनमा वरदायी छ यो

मूक दैत्यलाई मारि दियौ
अर्जुनको नै परीक्षा लियौ
बाह्र ज्योतिर्लिङ्गावतारमा
कल्याणकारी तिमी थियौ

निवास स्थान तिम्रो काशी
शिवलिङ्गमा छ यो राशि
अत्रिको तपोवनमा
गंगा शिव नित्य निवासी

रजोगुणी भएर नै तिमी सृष्टि गर्छौ
सत्यगुणी भएर नै खानपान भर्छौ
तमोगुणी भएर नै संहारमा सर्छौ
तीनै गुणले पूर्ण शुद्धस्वरूप धर्छौ

शिव शिवा तिमी दुबै कृष्ण वर दाता
घमण्डनै चूर्ण पार्ने शिवा दुर्गा माता
शिव शिवा दुबैमा छ मेरो नम नम
सफल बनी अघि बढोस् यो काव्यखाता

भजन
यो पनि शिवाको त्यो पनि शिवाको
तीनै लोक शिवाको यो काव्य शिवाको

शिव शिवा दुबै मिली चलेको छ संसार
यिन्कै श्रद्धाभावमा बन्छ काव्य आकार
यो पनि शिवाको

जहाँ हेरो शिव शिवा साथ साथै हुन्छन्
सारालोक विचरण कल्याण सवको गर्छन्
यो पनि शिवाको

अनेकौ छन् यिनका हेर अवतार रूप
सर्बलोक जीवलाई कल्याण गर्छन् खुप
यो पनि शिवाको

यो काव्यमा सारा गीत शिवाजीको गाएँ
नारी शक्ति महान् हुन्छ भन्ने प्रमाण पाएँ
यो पनि शिवाको

हाम्र धर्म पुराण आदि यही कुरा भन्छन्
त्यसो हुँदा मेरो मन यिनै सबले छुन्छन्
यो पनि शिवाको

मेरो सारा भावनामा नारी महान् ठानी
लेखें काव्य शिवा अवतार अनगिन्ति जानी
यो पनि शिवाको

———————————————————————
सिंहवाहिनी -०२- द्वितीय अध्याय (देवी वन्दना)
———————————————————————

सबै मिली आराधना गरौं देवीलाई
सर्ब कर्म हुन्छ धर्म सफलता छाई
शक्तिदात्री कालारात्री महामायलाई
हामी सबै मिलीजुली जुटौं पूजालाई

महामाया हुन्छिन् सुलभ भक्तजनलाई
नारकीय जीवन देखि मुक्ति दिनलाई
साराकर्म बुझ्छिन् मर्म ज्ञान मिल्छ सिद्धि
बताउछिन् सर्ब कर्म सम्यक्रूप ल्याई

शिवजीकी अति प्रिय अम्बा महामाया
सारा कष्ट मुक्ति पार्न उनी दिन्छिन् छाया
यथार्थको कसौटीमा तीनलोक प्रज्बलित
तृ–देव नै देव पूजा गर्छन् हैन दायाँ वाँया

तिमी महान दानी खानी प्रिय शान्ति दाता
देवकल्याण गरेउ तिमीले छैन बहि खाता
देव–ऋषि सबै मिली गाउँछन् तिम्रै गाथा
मेरो पनि नमोनम स्वीकारी देऊ माता

तिमी महा शक्तिशाली अनुपम छ प्रभा
तिनै लोकमा सर्बव्यापी फैलिएको स्वभा
तिम्रो महान शक्ति अघि कसले गर्ने दावा
तिम्रै महान शक्तिबाट सञ्चालितछ हावा

पूण्य गृह्य प्रवेशमा लक्ष्मीरूप धारण
पाप कर्मी दरिद्री हो छैन अरु कारण
बुद्धिरूप प्रवेश गर्दा शुद्ध अन्तस्करण
सत्यकर्म अवलम्वन तिम्रो हुन्छ वरण

सतपुरुषले प्राप्त गर्छ तिमीलाई श्रद्धारूपमा
कुलिनको दिलमा बस्छ्यौ तिमी लज्जारूपमा
तिम्रा सारा कर्मकाण्ड हुन्छन् अवर्णीयरूपमा
यो मन त तड्पी राख्छ खोज्दै दौड–धुपमा

यो संसार अडेको छ पाइ तिमै्र पालन
दुःख सुख भोग्ने पनि तिम्रै नै हो कारण
मुक्ति प्राप्त गर्नलाई गर्नु पर्छ साधन
यो मनले खोजेको छ तिम्रै रूप धारण

अचिन्त्यरूप पनि तिमीमा नै पाउँछु
असुरनास्ने शक्ति तिमीमा नै पाउँछु

तिम्रो पराक्रमको कति गरु बर्णन
कल्याणकारी भनि तिमीमा नै पाउँछु

असुरको नाश गर्ने तिम्रो महाशक्ति
अतुलनीय अनि तिमीमा नै पाउँछु

सम्पूर्ण जगतकी तिमी नै हौ सृष्टि
चरअचर जनी तिमीमा नै पाउँछु

सत्बगुण, रजोगुण अनि तमोगुण
सवलतत्ब मणि तिमीमा नै पाउँछु

तिम्रो महिमा ब्रह्मा विष्णु महेश्वरले आदि अन्त्य पाउँदैनन्
तिमीबिना यस संसारमा कसैले पनि आश्रयमा छाउँदैनन्
सारा जगत तिम्रो अंश तिमी विना प्रकृतिकी माया लाउँदैनन्
यज्ञ आदि सुकर्ममा तिमी विना तृप्तिभइ देवता नै रमाउँदैनन्

देवमात्र नभएर पृति तृप्ति पार्छेऊ
त्यसोहुँदा तिमीले नै स्वधा नाम धर्छेऊ
सारसंसार मोक्ष पार्दै सबैलाई तार्छेऊ
वेदादि तत्बज्ञान आफ्नै अघि सार्छेऊ

जल तिम्रै थल तिम्रै अनि तिमी हाम्रै
अन्न पानी सारा बस्तु बन्न जाने राम्रै
जीन्दगानी यस्तै रैछ भावनामा चाम्रै
अन्न पानी नभएमा पेट बन्छ दाम्रै

देवी तिमी परा विद्या
तिमीबाटै बर्षन्छ सुधा
तिमी नै शब्द स्वरूपा
तिमीबाटै मेटिन्छ क्षुधा

तिमी नै हौ वेदको आधार
जगत रचनाको पूर्बाधार
पीडा नासिनी मेधा शक्ति
हरेक क्षेत्रमा हुन्छ्यौ साक्षार

छैन तिमीमा कुनै आशक्ति
स्वीकार गछ्र्यौ सबको भक्ति
पूर्ण सम्मानित गौरीदेवी
छैन तिमीमा कुनै बिरक्ति

जब तिमीमा क्रोध बढ्छ
बालशशी झै रङ चढ्छ
खुसीयाली बढ्दै जाँदा
पूर्ण शशीको प्रभा गढ्छ

तिम्रो भजन कीर्तन गर्दा
जगत बन्छ अभुदय
मृत्युबरण भए पनि
मुक्तिमा हुन्छ सूर्योदय

तिम्रो दृष्टिपातमा
जगत् पर्छ डहनमा
अश्त्रबाट मृत्युवरण
मुक्ति मिल्छ गगनमा

भक्ति गर्छु महामाया
सदारहोस् त्रिम्रो दया
शब्द बगुन् नीर बनी
काव्य बनोस् दीर्घकाया

भजन

हेर दुर्गा माता … रक्षा गर सबैलाई , रक्षा गर सबैलाई
सबै तन मनलाई सबै जन जनलाई, रक्षा गर सबैलाई

पूर्व है दिशामा इन्द्र शक्ति रहेर, इन्द्र शक्ति रहेर
अग्नि कोणमा अग्नि देवी रहेर, अग्नि देवी रहेर,
दक्षिण दिशामा वाराही शक्ति रहेर, वाराही शक्ति रहेर
नैऋृत्य कोणमा खड्गधारिणी रहेर खड्गधारिणी रहेर
हेर दुर्गा मा…

पश्चिम दिशामा वारुणी देवी रहेर वारुणी देवी रहेर
वायव्य कोणमा मृगवाहिनी रहेर, मृगवाहिनी रहेर
उत्तरै दिशामा कौमारी देवी रहेर, कौमारी देवी रहेर
ईशान कोणमा शूलधारिणी रहेर शूलधारिणी रहेर
हेर दुर्गा माता …

नभ है दिशामा ब्राह्मणी देवी रहेर, ब्राह्मणी देवी रहेर
तल है दिशामा वैष्णवी देवी रहेर वैष्णवी देवी रहेर
दशै र्है दिशामा चामुण्डा देवी रहेर चामुण्डा देवी रहेर
अघिल्तिर है दिशामा जया देवी रहेर जया देवी रहेर
हेर दुर्गा माता …

पछिल्तिर है दिशामा विजया देवी रहेर, विजया देवी रहेर
वमेतिर है भागमा अजिता देवी रहेर अजिता देवी रहेर
दक्षिणको है भागमा अपराजिता रहेर, अपराजिता रहेर
शिखाको भागमा उद्योतिनी देवी रहेर उद्योतिनी देवी रहेर
हेर दुर्गा माता …

मस्तिष्क है भागमा उमा देवी रहेर उमा देवी रहेर
ललाट है भागमा माला देवी रहेर माला देवी रहेर
आँखीभौं भागमा यशस्विनी देवी रहेर यशस्विनीदेवी रहेर
आँखीभौं है मध्यमा त्रिनेत्रा देवी रहेर त्रिनेत्रादेवी रहेर
हेर दुर्गामाता…

नासिकामा यमघण्टा देवजी रहेर, यमघण्टा देवजी रहेर
दुबैनेत्रको मध्यभागमा शंखेनी देवी रहेर शंखेनी देवी रहेर
कान है क्षेत्रमा द्वारवासिनी देवी रहेर द्वारवासिनी देवी रहेर
कपोलौ है भागमा कालिका देवी रहेर, कालिका देवी रहेर
हेर दुर्गामाता…

कान–मूलभागमा शाँकारी देवी रहेर शाँकारी देवी रहेर
नासिका भागमा सुगन्धा देवी रहेर, सुगन्धा देवी रहेर
उत्तरोष्ठ भागमा चर्चिका देवी रहेर चर्चिका देवी रहेर
अधर है भागमा अमृतकला देवी रहेर अमृतकला देवी रहेर
हेर दुर्गा माता …

जिव्रो है भागमा सरस्वती देवी रहेर, सरस्वती देवी रहेर
दाँतको है भागमा कौमारी देवी रहेर कौमारी देवी रहेर
कण्ठ है भागमा चण्डिका देवी रहेर, चण्डिका देवी रहेर
गला है भागमा चित्रघण्टा देवी रहेर चित्रघण्टा रहेर
हेर दुर्गा माता …

तालु है भागमा महामाय देवी रहेर, महामाय रहेर
चिबु है भागमा कामाक्षी देवी रहेर कामाक्षी देवी रहेर
वाणी है भागमा सर्वमङ्गला देवी रहेर सर्बमङ्गला रहेर
ग्रीवा है भागमा भद्रकाली देवी रहेर भद्रकाली रहेर
हेर दुर्गा माता …

मेरुदण्ड भागमा धनुर्धरी देवी रहेर, धनुर्धरी देवी रहेर
कण्ठको वाह्य भागमा नीलग्रीवा रहेर, नीलग्रीवा रहेर
कण्ठनली है भागमा नलकूबरी देवी रहेर, नलकूबरी रहेर
दुबै काँध भागमा खड्गिनी देवी रहेर खड्गिनी देवी रहेर
हेर दुर्गा माता …

बाहू है भागमा बज्रधारिणी रहेर, बज्रधारिणी रहेर
दुबै हातको भागमा दण्डिनी देवी रहेर दण्डिनी देवी रहेर
हातका औला भागमा अम्बिका देवी रहेर अम्बिका देवी रहेर
नङको है भागमा शूलेश्वरी देवी रहेर शूलेश्वरी देवी रहेर
हेर दुर्गामात…

पेटको है भागमा कुलेश्वरी देवी रहेर, कुलेश्वरी देवी रहेर
दुबै स्तन भागमा महादेवी देवी रहेर, महादेवी देवी रहेर
मनको है भागमा शोकविनाशिनी रहेर, शोकविनाशिनी रहेर
हृदय है भागमा ललिता देवी रहेर ललिता देवी रहेर
उदर है भागमा शूलधारिणी देवी रहेर शूलधारिणी रहेर
हेर दुर्गा माता …

नाभी है भागमा कामिनी देवी रहेर कामिनी देवी रहेर
गुह्य है भागमा गुह्येश्वरी देवी रहेर गुह्येश्वरी रहेर
कामिका लिंगभागमा महिषाबाहिनी रहेर महिषाबाहिनी रहेर
कटि है भागमा भगवती देवी रहेर भगवती देवी रहेर
हेर दुर्गा माता …

घुँडाको रक्षाको लागि हौ देवी विन्ध्यावासिनी
महावली देवी गर्छिन् सबै काम फलदायिनी
गुल्फको रक्षाको लागि हुन् देवी नरसिंहीनी
चरणका पृष्ठ भागमा हुन् तैजसी रक्षकारिणी
हेर दुर्गा माता …
पादका औंलाहरूमा रही श्रीदेवी रक्षा गर्दछिन्
पैतलाका तलुवाको तलवासिनी रक्षा भर्दछिन्
नङको रक्षा गर्नेमा देखिन्छ्न् दिंष्ट्राकरालिनी
केशको रक्षा गर्नेमा देखिन्छिन् ऊध्र्वकेशिनी
हेर दुर्गा माता …

कौबेरी देवी रक्षा गर्छिन् रौंका छिद्रभागको
बागीश्वरी रक्षा गर्छिन् हाम्रा छालाभागको
पार्वतीले रक्षा गर्छिन् हेर धेरै तन भागमा
रक्तमज्जावसामांस हड्डी तथा मेद भागमा
हेर दुर्गा माता …

आँत है भागमा कालारात्री रहेर कलारात्री रहेर
पित्त है भागमा मुकुटेश्वरी रहेर मुकुटेश्वरी रहेर
पद्मकोश है भागमा पद्मावती रहेर पद्मावती रहेर
कफ है भागमा चूडामणी देवी रहेर चूडामणी रहेर
हेर दुर्गा माता …

नङका तेजिला भागको रक्षा गर्छिन् ज्वालामुखी
अभेद्या देवीको कारण हुन पर्दैन भेदनको दुखी
ब्राह्मणी देवीले पार्दछिन् वीर्यमा सबलाई सुखी
छत्रेश्वरी देवीले गर्छिन् रक्षा बनी छाया मुखीे
हेर दुर्गा माता …

धर्मधारिणी देवी अहंकार हटाउँछिन्
मनलाई रक्षा गदै बुद्धिलाई बढाउँछिन्
प्राण, अपान, व्यान, उदान समान् वायुको
बज्रहस्ता देवीले सबमा रक्षा गराउँछिन्

रस, रूप, गन्ध, स्पर्श शब्दको अनुभव
रक्षा गर्छिन् यिनको योगिनी देवीले जब
सत्य गुण रज गुणव तम गुणहरू अव
नारायणी देवी गर्छिन् रक्षा सबका सब
हेर दुर्गा माता …

वाराही देवीले आयु चिरञ्जीवी बनाउँछिन्
वैष्णवी देवीले हेर धर्म–पथ समाउँछिन्
चक्रिणी देवीले हेर यश कीर्ति रमाउँछिन्
लक्ष्मी देवीले धन–विद्या पूर्ण दिलाउँछिन्
हेर दुर्गा माता …

इन्द्राणी देवीले हेर गोत्र–रक्षा गराउँछिन्
चण्डी है देवीले हेर पशु–रक्षा दिलाउँछिन्
पुत्ररक्षाकी महालक्ष्मी भार्यरक्षाकी भैरवी
क्षेमकारी देवीले सुमार्गमा चलाउँछिन्
हेर दुर्गा माता …

राजदरवारलाई धनधान्य महालक्ष्मी बनाउँछिन्
सारा भय त्रासादिलाई विजयाले भगाउँछिन्
असुरक्षित हुन जान्छन् तिमी विना सुरक्षित
हाम्रा सबै कामनालाई विजयाले सजाउँछिन्
हेर दुर्गा माता …

चाहना हो तनलाई यदि स्वच्छ राख्ने
कवचनै हो तनलाई शुद्ध स्वाद चाख्ने
पढौं हामी बुझौ कवच मर्म यसको
धनधान्य परिपूर्ण सवल हुन्छ सबको
हेर दुर्गा माता …

जोजस्ले अभिष्ट चिन्तन नै गर्छ
त्यसलाई कवचले पूर्णता नै धर्छ
त्यही बन्छ अतुल्यै ऐश्वर्य भोगी
दुर्गादेवी, कवच शान्तिपथमा पर्छ
हेर दुर्गा माता …

———————————————————————
सिंहवाहिनी -०३- त्रितीय अध्याय (सुरथ राजाको राज्य हडप)
———————————————————————

सुन सुन भक्तजन म केही भन्छु
दुर्गा भवानीको लौ सबाइ कहन्छु
भवानी देवी हुन् जगतकी माता
तिनकै भक्ति भावमा म रहन्छु

दुर्गा भवानीका कुरा गर्नु भन्दा
सूर्यपुत्र साबर्णि आठौ मनु गन्दा
मन चिल्लो पार्छ ईश्वरीय रन्दा
गरौं ईश्वरीय चिन्तनको धन्दा

भगवती महामाया दयावती हुँदा
सूर्यपुत्र स्वामी बने भावनाले छुँदा
तिन्को सबै कर्म अतुल्यनै छ नि
यो कर्मको व्याख्या गरौ बूँदा बूँदा

स्वारोचिष मन्बन्तरमा सुरथ राजा थिए
तिन्ले चैत्रवंश उच्च पार्दै सारा राज्य लिए
सारा भूमण्डल भरि उन्कै बन्यो अधिपत्य
अधिपत्य दीगो पार्नलाई उन्ले ध्यान दिए

प्रजालाई माया गर्थे आफ्नै पुत्र समान
धर्मपूर्बक काम गर्ने राजा थिए महान
राजा थिए अति शूरा सबै काम गर्न
जन जन सुखी साथै खुसी थिए जहान

जसका पनि मानिसका शत्रु-मित्र हुन्छन्
कोलाविध्वंसी क्षेबीहरू राजालाई ठुङ्छन्
संख्या सानो भए पनि एकता थियो बल
सुरथका कमजोरी ती पक्षलाई ढुङ्छन्

सहनेका सयसिद्धि भन्दा भन्दै पनि
बज्न थाल्यो दुबैतिर लडाइँको ध्वनी
सुरथको सारा शक्ति क्षीण हुँदै गयो
मन्त्री बने छलकपटी शत्रु बने धनी

राज्यजति हडप भयो प्रभूत्ब नै गयो
वनबासी बन्नु बाहेक बाँकी के नै रह्यो

यात्रा तय भयो जाने वनवासी बन्न
साथ लाने वनतिर केही छैन अन्न

वन थियो घनघोर लौ दिनै लाग्ने रात
वन्यजन्तु डरलाग्दा तिनमा थियो मात
नदीनाला खोलाखोल्सी थिए डर लाग्दा
चिन्ताबोकी हिडे राजा कोही छैनन् साथ

शिकार खेल्ने बाहनामा राजा गए बनमा
मेधा आश्रम फेला पारे विरक्ति छ मनमा
हेर्दा लाग्थे वन्यजन्तु अति हिंस्रक नै जस्ता
बास्तवमा माया पीरती थियो जन जनमा

आश्रम थियो हिंसा रहित मिली बस्थे सब
पूर्ण थिए सारा चिजले हुन्थ्यो कमी कब
मुनिशिष्य तल्लिन थिए आश्रम सजाउन
प्राकृतिले प्रभा छर्दा अबर्णित छन् ती अब

सिंह गाई सँगै बसी सुख दुःुख पोख्थे
आहारा खोज्दा पनि दुबै मिली खोज्थे
चराले गीत गाउँने बसी डाली डाली
मयुर नृत्य चलाउन वातावरण रोज्थे

मेधालाई थाहा लाग्यो राजा आए भनि
मेधाजीमा आदरता निकै प्रवल छ नि
पाए खवर मेधाजीले आए राजा लिन
सेवा पनि राम्रै गरे मन भाव गनी

मेधाजीले राजा लगे आफ्नो आश्रममा
भन्न थाले राजालाई बस बिश्राममा
आश्रममा जे जे थियो सोही खान दिए
राजा खान्थे तिनै खाना बसी आनन्दमा

हरियाली वरिपरि सौन्दर्यको खानी
मुसु मुस मुस्काउने प्राकृतिकी रानी
ठूला ठूला वन बृक्ष अति राम्रो तान
ज्ञान भयो राजालाई बन्न गए ज्ञानी

मेधावनको हरियाली मोहनीको रूप
सम थियो हावा पानी छैन शीत–धूप
त्यै वनमा राजा पनि विचरण नै गर्थे
कुटीमा बसी बसी विचार गर्थे खुप

मेधाजीका चेलाहरू साह्रै सज्जन थिए
तिन्ले त्यहाँ राजालाई राम्रो सत्कार दिए
आनन्दमयी भइ राजा बस्नु त्यहाँ थियो
पवनसरी उड्यो मन राज्यचिन्ता लिए

राजालाई आश्रममा केही छैन कमी
मनोरम रम्यतामा राजा बस्थे रमी
राजाको सारा मन कामनाले छायो
ममताले सताउँदा राजा बस्थे गमी

राज्यको सुख भोग सम्झनामा आयो
शक्तिलाई प्राप्त गर्ने ममताले छायो
पूर्वजको कमाइको थियो सारा धरा
आँखानानी बनी त्यस्ले स्थान पायो

बस्थे राजन आश्रममा मनमा चिन्ता बोकी
आफ्नो बैभव याद आउँथ्यो गम्थे ओठ टोकी
मन त उन्को चिन्ताग्रस्त तन थियो गलित
कुटी वरिपरि घुम्थे राजा चिन्ता रोकी रोकी

दुराचारी व्यभीचारी मेरा ती मेरा शत्रूजाति
कस्तो व्यवहार गर्छन् होला मेरा प्रजा माथि
त्यो धरा र धन वैभव अनि राजप्रसाद सबै
तिन्कै अधिन बस्थ्यो होला मेरो प्रधान हात्ती

मेरा पिछलग्गुहरू पिछा खोज्दै होलान्
शत्रू पक्ष तिनैलाई आज रोज्दै होलान्
मेरा खरखजानामा हात धुनेहरू
शत्रूको भोजमा बसी आज मोज्दै होलान्

कसो गरी बसेका छन् मेरा शैनिकशक्ति
आज तिनको हट्यो होला भावनामा भक्ति
याबत प्यारा बस्तुलाई राजा गमी बस्थे
चिन्ताग्रस्त राजातनको ह्रास भयो रक्ती

मेरा शत्रूपक्षले कित्ता मिलान गर्दा
मेरी आमा रुदिहुन्नी धरापमा पर्दा
सिंहाशन–मेरुदण्ड खिया लागे होलान्
क्षतविक्षत भए होलान् धमिराले भर्दा

कर्म भक्ति ज्ञान शक्ति सबै क्षत भए
राजप्रसादका सबै बस्तु सोचनामै गए
आनन्दपो प्राप्ति हुन्थ्यो समस्या नै टर्दा
मेरा सारा पीर मर्काहरू रटनामै रहे

सोचमग्न अवस्थामा राजा चिन्तित थिए
राज्यशक्ति फिर्ता गर्ने ध्यान त्यतै दिए
तर पनि मन कहाँ बस्थ्यो शान्ति सँग
सारा सोच बिचारमा मन खैंची लिए

वन भरि विचरण तन भरि त्रास
यही हो सुरथको जीवनको ह्रास
आशाज्योति राजाले सधैं बाली राखे
राजा बसे वनमा कुटीको भो बास

राजा थिए चिन्ताग्रस्त बस्थे चिन्ता बोकी
कम्पित थियो सारा तन बस्थे औंला टोकी
यति कष्ट भोग्दा भोग्दै विचरणमा पर्दा
एक वैश्य भेट भयो तिन्लाई सोधे रोकी

भजन
कोटी नमस्कार दुर्गादेवी मातालाई

विजयको शालिनताले 'जयन्ती' नाम पायौ
मोक्षदायिनी भएर नै 'मंगला' भै छायौ
देवी तिमी मङ्गलमयी सवको काम गर्ने
जन्म मरण मुक्ति कर्म दिन तिमी आयौ
कोटी नमस्कार……

'कालीदेवी' अन्याय र अत्यचार तान्छ्यौ
सारा सृष्टि प्र्रलयमा एकै गासमा खान्छ्यौ
रक्तवीजको रगत मासु एकै गास पारी
देवतालाई सार हक दिनलाई जान्छ्यौ
कोटी नमस्कार

'भद्रकाली'नाम तिम्रो अपरमपार
तिम्रै भक्ति गर्छौ हामी गर्छौ जयकार
मङ्गलमय भावनाकी मंगल कर्म गर्ने
तिम्रै कर्म मंगलदायी मिल्छ सब सार
कोटी नमस्कार

हातमा लिने कपाल त गला–मुण्डमाला
नाम तिम्रो 'कपालिनी' कल्याण दिनेवाला
कष्ट रोग निवारिणी भक्तजनमा सारा
जय जयकार कपालिनी रक्तमय गाला
कोटी नमस्कार

'दुगार्' नाम जपी जपी जयजयकार गर्छौ
तिमी नै हौ कर्मरूपी तिमै्र शरण पर्छौ
अष्टांगयोग धारी तिमी कल्याणकारी
तिम्रो आराधना गर्न तिम्रै अघि सर्छौ
कोटी नमस्कार

'क्षमा' तिम्रो नाम रह्यो भइ क्षमादायी
नमस्कार चढाउँछु' 'क्षमा' मातालाई
करुणामयी स्वरूपा हौ सही सत्य भाव
अपराध क्षमा गर्छौं दयाभाव्मा आयी
कोटी नमस्कार्

सबलाई कल्णण गर्ने तिम्रो नाम 'शिवा'
सबै माथि तिम्रा नजर पर्छन् रात्र दिवा
शिवजीकी महान् शक्ति प्रकृतिमा रानी
तिम्रै दया मायाबाटै चल्छन् सबका जीवा
कोटी नमसकार….

'धात्री' तिमी महामया संसारकी माता
तिमी नै हौ संसारिक महाजाल दाता
प्रताडना प्रपंच र संसारिक जाल
सज्जन र दुर्जनका राख्छ्यौ बहीखाता
कोटी नमस्कार..

'स्वहा' रूपले यज्ञभाग ग्रहण नै गरी
देवतामा प्रदान गछ्र्यौ खाना पेट भरी
देवताको भरण पोषण तिमी बाटै हुन्छ
तिमी महान् प्राणदात्री तिमी कल्याणकारी
कोटी नमस्कार

'स्वधा' नाम ग्रहण गरी सबै पितृ ताछ्र्याै
देव मात्र नभएर पितृलाई पाल्छ्यौ
श्राद्ध तर्पण स्वीकारेर पुष्ट्याउन थाल्छ््यौ
ग्रहण गर मेरो भक्ति किन अझै दाल्छ्यौ
कोटी नमस्कार

———————————————————————
सिंहवाहिनी -०४- चतुर्थ अध्याय (सुरथ राजाको वैश्यसँग भेट)
———————————————————————

दिन प्रति दिन हेर चिन्ता बढ्दै गयो
चिन्ताग्रस्त अर्को व्यक्ति बैश्य भेट भयो
व्यक्ति थिए दुई तर व्यथा भने एकै
शक्ति छिण भए पनि राज्य चिन्ता रह्यो

चिन्ता ग्रस्त बैश्य पनि राजालाई भेट्यो
अनगिन्ति मन–बह राजामा नै मेट्यो
स्वार्थी थिए परिवार स्वर्थपूर्ति गरे
त्यै स्वार्थले वैश्यको भावनालाई रेट्यो

दुःख–भारी विसाउने चौतारीको खोजी
सुरथले बात राखे इच्छ्या प्रश्न रोजी
तन थियो अति थकित् मन पनि चिन्तित्
याद आउने राजालाई दरबारको मोजी

भाइ तिमी को हौ अनि के कामले आयौ
सारा तन रोगी पारी किन दुःख पायौ
सारा तन मन आज चिन्ताग्रस्त देख्छु
प्रष्टपारी भनि देऊ किन वनमा धायौ

यस्तै रैछ जीवनचक्र तल–माथि हुने
भावनालाई बाँडीलिऊँ मनलाई छुने
मनबह खोल्यो भने दिल हल्का हुन्छ
अभिव्यक्ति साधना हो मनबह धुने

सुमधुर ललित्यमा जब राजा बोले
वैश्यले लौ जीवनका इतिहास खोले
विनीत थियो तिन्को उदगार नै सारा
सारा मनका पीरमर्का मनभित्र रोले

धनीकुलमा जन्म भयो समाधि हो नाम
वैश्य मेरो जात भयो बाणिज्य हो काम
रेलो खेलो धनसम्पत्ति जोडे हीरा मोती
आफ्नै छोरा पत्नीले लुट्न थाले दाम

लुटे धन आफ्नै जन बाहिरियो तन
धन पुत्र पत्नी हीन बिरक्तियो मन
छटपटी चल्दो मन विरक्तिन गयो
त्यसो हुँदा मेरो पनि आश्रय भो वन

आफ्ना भन्ने जति थिए धन मात्रै खाए
आज हेर मेरा भन्ने उनै तिर लाए
सारा कर्म पर्यो मर्म दानारहित भएँ
सारा चिज शून्य भयो वनबास पाएँ

तब पनि यो मनले तिनैलाई खोज्छ
पत्नी पुत्र बन्धुहरू यो मनले रोज्छ
किन यस्तो मनोभाव उब्जनपो गयो
यै मनको विरक्तिले यो तन नै बोझभो

यो संसार यस्तै रैछ स्वार्थ बोकी बाँच्ने
स्वार्थ पूर्ति भयो भने मस्त सँगै नाच्ने

भन्न भन्छन् एक्लै आयो एक्लै गइन्छ है
कर्म कर्तु मात्र बाँच्छ अवशेष साँच्ने

मर्नु पर्छ जन्मे पछि सत्य सोच छैन
मर्मपारी सौलोवृक्ष किन होला भाँच्ने

एकता मै बल हुन्छ साथै माया प्रेम
तिन्मा बुद्धि पलाएन यो सबै नै जाँच्ने

कुशल मङ्गल सबै कस्तो होला भनि
दिन रात घडी पला बसेको छु गनी
परेवागुञ्जन लाग्छ न्याउलीको जस्तै
भौतिकतन यहाँ छ, मन उतै छनी

धन हुन्छ धनाढ्यको साधना हो कर्म
जति पूँजी भए पनि राख्नु पर्छ धर्म
त्यही व्यक्ति धनी हुन्छ जो छ मन–धनी
मन – धनी व्यक्तिले नै बुझि दिन्छ मर्म

सारा तर्क वितर्कमा मेरो मन डुब्छ
अग्नि बल्छ हृदयमा ज्वालामुखी फुट्छ
धर्म कर्म संस्कारलाई मनले सोची हेर्दा
समुद्रका ज्वाराभाटा यै छातीमा खुब्छ

सदाचारी दुराचारी व्यवहारिकता
कस्तो कर्म गरेका छन् थाहा छैन यता
छोराछोरी भाइ बन्धु साथै पत्नी पनि
कसो गरी बस्ता होलान् ठीकै छुनी मता

धन दौलत हात पारी मलाई धपाइदिए
सारा जीवन व्यर्थ भयो चिन्ता बोकाइदिए
त्यति हुँदा हुँदै पनि तिन्कै याद आउँछ
सारा मन मुटु मेरो त्यतै तानी लिए

ढुङ्गाजस्तो कठोर मन कस्तो बन्यो तिन्को
पुँजीजति मेरै खान्छन् भाच्ने हैनन् सिन्को
निर्दयी यी जमातको भलो होला कस्तो
मन सधै तड्पीन्छ याद आउँछ यिन्को

यस्तै रह्यो महाराज मेरो गतिपति
सारा मर्म अति धेरै बिन्ति गरुँ कति
दुःख साहै्र झेलेकै छु मन तड्पी तड्पी
तिनै स्वार्थी जनको याद आउँछ अति

भजन

वनमा भेट भयो राजाको र वैश्यको
राजाको र वैश्यको

दुबै जना पीडित थिए, राज्यको र घरको
छाहारी त खोज्दै थिए पिपल र वरको
मन्थनमा जुटेका ती तान्दै थिए सर्को
कहिले काँही उठ्ने गथ्र्यो तिन्मै ठूलै झर्को
वनमा भेट भयो राजाको र वैश्यको

मन बह सबलाई कह धारणा नै धरी
दुबै जना बहस गर्थे आँफै घरी घरी
दुर्जनको पनि हेर याद किन आउँछ
धेरै कुरा खेलाउँथे मनमा थरी थरी
वनमा भेट भयो

कस्को मायाजाल होला सबै भुलाउने
मोहनीको रूपधारी तनलाई सुकाउने
अलिकता ठेसलागे मनलाई दुखाउने
मनचोट गहिरो परे नयन रुझाउने
वनमा भेट भयो

अदृश्यले हामीलाई कति सताएको
अहंकारीहरूलाई कति मत्याएको
यी सबै लक्षणहरूज्वलन्त नै बने
किन संसारलाई उसले अत्याएको
वनमा भेट भयो

यिनै भावनाका मुस्ला मन भरी घुम्ने
मायावीय संसारमा किन होला झुम्ने
सांसारिक चोला हो यो पर्ने अनेक थरी
सफल पार्न जीवन मार्ग अनेक थरी गुन्ने
वनमा भेट भयो

वैश्य भन्छ राजालाई सुन महाराज
चलौ हामी दुबै जना मेधा ऋषि माझ
सुनौ हामी सबै लीला भोग्य जीवनका
प्राप्त होला जीव काव्य पूर्ण होला काज
वनमा भेट भयो राजाको र वैश्यको
राजाको र वैश्यको

———————————————————————
सिंहवाहिनी -०५- पञ्चम अध्याय (आजको परिवेश)
———————————————————————

छलकपटले चलेको छ यो संसार हेर
यी घटना हिजोका हुन् आज अझै धेर

आज पनि संसारमा यस्तै कर्म गर्छन्
राज्य शक्ति हत्याउन अस्त्र पनि धर्छन्

शक्शिाली बाँचेको छ शक्तिको नै भरमा
निरिह त बाँचेको छ शक्तिको नै डरमा

नाकाबन्दी अस्त्रप्रयोग शक्तिले नै गर्छ
विवेकको प्रयोग गर्दा शक्ति भर पर्छ

प्रजातन्त्र भने पनि तानाशाही चल्छ
शक्तिको प्रयोगमा अग्निज्बाला बल्छ

शक्तिको होडबाजीमा तानावाना बुन्छन्
कहीं सत्ता ढाल्छन् त कही सत्ता तुन्छन्

इन्द्र गर्थे छलकपट आज गर्छन् धेरै
विश्व बन्छ आतङ्कित आज यति खेरै

सत्यबाट टाढा भाग्दै जब नर जान्छ
कुर्सीको भाग माग्दै सबको मन तान्छ
त्यस्तो व्यक्ति सत्यबाट अलगिदै जान्छ
सर्ब कर्म छाड्छ धर्म, सत्ता ठूलो ठान्छ

हिजो चल्ने चक्रव्यूह आज पनि चल्छ
कही सत्ता स्थिर हुन्छ कहीं सत्ता ढल्छ

राज्यकुर्सी हत्याउन लागि पर्छन् सबै
प्रजामुखी चिन्तन तिनमा हुन्न कबै

देब्रे दाहिने हात आफ्नै मुखमा जान्छ
द्रव्य शक्ति देखे भने चुम्बकले तान्छ

लुटपाट लुछाचुडी आपसमा कुस्ती
कुकर्ममा लिन हुन्छन् कहाँ हुन्छ मुक्ति

हिजो भने सत्य थियो बोलेको त्यो टथ्र्यो
मृत्युवरण किन नहोस् सहजमै मथ्र्यो

आज भने छलैबाट पूर्ण छ यो संसार
यही छल कपटले पार्न जान्छ असर

वैदिककालदेखि आजसम्म हेर्दा
भावनाका यथार्थतालाई कोर्दा
देवासुर संग्रामको इतिहाँसदेखि
आजसम्म भिडेकैछन् युद्धमा योद्धा

हिजो लडे देव–देवी दानवहरूसँग
रामा र रावणको युद्ध भयो खुब

पाण्डव र कौरव पनि त्यहाँ लडे
दुबैलाई लडाउन कृष्ण अघि बढे

ठूला ठूला विश्व युद्धहरू पनि भए
दुर्वललाई सवलले ढलाउँदै गए

युद्धको प्रकारमा फरक हुन सक्छ
जित्नेको गल्तिजति वीरतामा लुक्छ्
नेताले प्राप्त गर्छन् सारा राजकाज
जनताको सारा तन यातनामा डुब्छ

युद्धहरू चल्दै गए नाम वेग्ला वेग्लै
नेता हिड्ने शान्तिका नारामाथि खेल्दै

कहिले आउला संसारमा शान्तिको बेला
अमचम्मको छ विश्वमा प्रकृतिको खेला

———————————————————————
सिंहवाहिनी -०६- छैटौं अध्याय (सुरथ, वैश्य र मेधाको सम्वाद)
———————————————————————

सारा चिन्ता बोकाउने कुन शक्ति होला
कहाँ गइ बिसाउने चिन्ता ग्रस्त झोला

नसम्झेनी याद आउने
तिनैलाई माया लाउने
भौतिक शरीर यहाँ छ
मन भने त्येतै धाउने

मन हुने अति चञ्चल
तीनै लोकलाई भ्याउने
स्थिर हुन पर्ने अटल
छैन यहाँ कुनै च्याउने

यिनै सारा कर्मकर्तु दुबैले नै बोकी
तन मन दुबैलाई समग्रमा जोखी
दुबै जना चल्दा भए छाडी सबै सेखी
पीडाले सताउँदा बहस गर्थे रोकी

बैश्य राजा दुबै पुगे मेधा ऋषि कहाँ
लोभमोह सारा नास्ती चिन्ता छैन त्यहाँ
त्यहाँ मिल्छ सफलता बल्छ मन ज्योति
संसार बन्छ प्रकाशिलो तम नास्ति जहाँ

जहाँ छैन लोभ पाप, जहाँ हुन्छ त्याग
त्यहीं बल्छ पूण्यज्योति जहाँ हुन्न राग
ईश्वरीय शक्ति पनि त्यहीं मात्र झुक्छ
संसार बन्छ धर्ममय हट्छ पापी दाग

संसारको कुचक्रमा जब मान्छे पर्छ
लोभ मोह स्वार्थीतत्ब त्यसैमा नै सर्छ
सारा तन मन साथ सेवारत भए
सारा आफ्नो समस्या त सहजनै टर्छ

विनित थिए सारा कर्म न्यायपूर्ण समेत
राजाका ती बयानमा ऋषि बने सचेत

मनभाव बोकी बोकी वैश्य थिए खडा
शालिनता सरलता भावनाका बडा

राजाको कथन

बोले राजा मेधासँग गर्दै बार्तालाप
दिल मेरो अस्थिरभो के को पर्यो श्राप
चित्त छैन अधिनमा बडो छलाङ्ग मार्छ
यही कारण बढ्दो भयो यो मनको ताप

हजारौं कुराहरू मनमा खेल्न थाल्छन्
तिनै कुरा अग्निबनी राँकाहरू बाल्छन्
सारा राजकाज बाट मैले हात धोएँ
तर पनि तिनै चिजले मेरो दिल गाल्छन्

शीतल जल खोज्दा खोज्दै तड्पीएको छु नि
सुधारस सबमा छर्दै हुर्किएको हुँ नि
शान्तिपूर्ण पथ खोज्दै यै कुटीमा बस्छु
आश्रय त हजुर्कै छ यादमा मन रुनी

साराराज्य धनसम्पत्ति हात धुनु पर्यो
तब पनि त्यै वैभवमा माया कसले छर्यो
आज छैनन् सबै बस्तुहरू मेरो अधिनमा
जान्दा जान्दै अज्ञानी झै रोग किन सर्यो

दिनरात तड्पी बस्छु छोरा पत्नी सम्झी
शत्रू सबै रमेका छन् सम्पत्तिमा गम्की
सबै कुरा बुझेकै छु जीवनका कथा
तब पनि अल्झेकै छु बस्नु छैन अम्की

वैश्यको कथन ,

ऋृषि श्रेष्ठ म पनि त तड्पेको छु आज
पिउरीजस्तो कोमल मन हजुरको माझ
यति ठूलो आशक्तिमा रुमलियौं किन
यो जीवन बितेको छ तड्पी दिन साँझ

आफ्नै पुत्र अनि पत्नी आफ्ना भन्नेहरू
तिलाञ्जलि दिदै गए कोही छैनन् धरू

मानवीय नाता तोडी जस्ले दियो घात
तिनकै यादले सताउँछ दिन रात बरू

दोषी भन्नेहरू जति प्रष्ट जान्दा जान्दै
मन बाटै डण्ड दिनु पर्ने ठान्दा ठान्दै
स्नेहको सागरले मनमा बाटो लियो
वितेका छन् दिनरात तिन्कै मायामान्दै

एकातिर यो मनमा दया दीप बल्छ
अर्कोतिर पीडादायी मन अग्नि जल्छ
अर्थहीन मार्गचित्र किन मनले कोर्छ
अर्थहीन सोचमा किन दिनरात ढल्छ

द्वैत मार्ग यो मनमा किन पैदा हुन्छ
मायवीय जालहरू यहाँ कस्ले बुन्छ

हामी भन्दा ठूलो मूढ संसारमा को छ
जानी जानी अज्ञानी भै दुःख मात्रै भोग्छ

ऋषिको उपदेश

सुरथ र समाधिका सबै व्यथा कथा सुनी
ऋषि बोल्छन् सत्य कुरा दर्शनलाई गुनी
विषयमार्गचित्र सबै जीवहरूले जान्छन्
तर थाहा छैन मार्गचित्र विषयमैलो धुनी

यो संसार भरिएको सारा विषयले
विषयमा पर्न जाँदा छाड्छ विवेकले
विवेकहीन भएपछि सुकर्मलाई छाड्छ
जीव चल्छन् त्यसपछि आफ्नै आवेगले

सत्यतत्ब अमूल्य त्यो जब बाटो छाड्छ
प्रकाश मार्ग त्यागि अन्धकारमा गाड्छ
विषयमार्ग ज्ञानलाई सबले जान्नु पर्छ
विषयमार्ग अवलम्वन सबैलाई ताड्छ

सबै जीव संसारमा कर्मभोगी हुन्छन्
कर्मच्युत भयोभने आफ्नै हात धुन्छन्
सही मार्ग समाएर विश्व बुभ्mनु पर्छ
विश्वज्ञानी जनले उच्चाईलाई छुन्छन्

कोही जीव बस्ने जलमा
कोही जीव बस्ने थलमा
कोही जीव उड्ने नभमा
आफ्ना आफ्ना कर्म जनमा

नेत्रशक्ति पनि हेर फरक फरक हुन्छन्
कर्णशक्ति पनि हेर फरक फरक सुन्छन्
यो तनका सारा शक्ति जीवनका आधार
आधारहीन हुन गए अस्तित्वलाई धुन्छन्

दिनरात देख्ने जीव हुन्छन् भाग्यमानी
अडेको छ यो संसार सत्यताले धानी
चरजति संसारमा हुनुपर्छ ज्ञानी
सर्बश्रेष्ठ दानकर्ता ठानिन्छ है दानी

जीवजति संसारमा सचेत नै हुन्छन्
समझदारी गरेर कृतिमान छुन्छन्
सममार्गी भावनाले विश्व चल्नु पर्छ
सममार्गी दार्शनिकले सबैलाई सुन्छन्

जलथल जीवजन्तु अनि वनस्पति समेत
आफ्नो स्वभाव देखाउन कोही छैन अचेत
अपनत्व संरचना हुन्छ मायावीय भावमा
मायवीय संसारमा छैन मायाबाट विच्छेद

नासवान छ संसार सबले बुझेका छन्
त्यसैले त आफ्नो नासो राख्न खोजेका छन्
एक पछि अर्को गर्दै राख्छन् आफ्नो वंशज
वंशजरूपी नाता मार्ग सबले रोजेका छन्

ममताको भकारी त हुन्छ अति ठूलो
जति बाँडे त्यति बढ्छ पार्दैन है दुलो
संसारमा मायाप्रीति बाँडिएको छ नि
दृष्टिगोचर सफा पारौं पार्नु हुन्न धुलो

माया भन्नु सागर हो त्यसमा त्याग हुन्छ
त्याग रहित मायामा त स्वार्थले नै छुन्छ
स्वार्थी पोको बोकी बोकी हिड्नेहरू ले त
दया माया नीति नियम सबै त्यस्ले धुुन्छ

तिन्ले खो्ज्छन् अधिपत्य सबै कुरा छाडी
बन्धु बान्धव अपनत्ब सबै तत्त्ब गाडी
मानवमा मानबत्ब छैन भने राजन
स्वार्थपूर्ति गर्नलाई खोज्दै हिड्छन् ताडी

स्वार्थ रहित महानता कहीं कहीं हुन्छ
त्यसै हुँदा मानवले उच्चाइलाई छुन्छ

मातृत्ब र पृतित्बको सर्बस्व नै हेर्दा
महान बन्छ त्याग माया जालले धेर्दा

कोही नर बन्छ गुणकारी सत्यधारी
त्यसै बाट हुन्छ काम कल्याणकारी
गुणवान, वलवान अनि धर्मवान
अदृश्यशक्ति एक छ बुझ्छन् संसारी

लोभले नै भरिएको मनुष्यको कथा
कसले बुझ्न सक्छ र त्यो लोभको व्यथा
लोभबाट लाभ, लाभ ल्याउँछ विलाप
सुझ बुझ हुनु पर्छ, गर्नु पर्छ तथा

यी जीवले गरेको उपकारको साटो
अबलम्वन गरिन्छ पुत्रप्राप्ति बाटो
मायाजालले घेरेको अपनत्व कर्म
पक्षपाती हुन्छ बुझ्दैनन् सोही लाटो

सन्तानको उत्पत्तिले माया झनै बढ्छ
मायाजालको मार्गमा जीव झनै चढ्छ
याद पनि आउँछ मन त्यतै धाउँछ
मायारूपीे भूँमरीमा ऊ त झनै गढ्छ

जीव भोकै बसी सन्तानलाई पाल्छन्
आफ्नो सबै त्याग तिन्कै लागि फाल्छन्
उनै महामायाको हो यो निरन्तरी मार्ग
मार्गमा प्वाल पर्दा सावधानी भै टाल्छन्

ज्ञानवेत्ता किन नहोस् लोभ–बस पर्छ
फल आशा बोकेर नै कर्म अघि सर्छ
कर्म मार्ग आफ्नो हो फल दिन्छ अर्को
अपनत्व ठानी ठानी उस्ले कर्म गर्छ

संसारिक चक्र हो यो सधैं धुमी राख्छ
जीव–चक्र परम्परा त्यसले नै ढाक्छ
कर्म योगी कर्म गर्छ काममा लागि पर्छ
कर्म सफल पार्न भनी देव सम्झि भाक्छ

यी कर्मकी अधिष्ठात्री उनै महामाया
सुख दुख लोभ माया उनैको हो छाया
म म तँ तँ जो जो जस्ले यहाँ कर्म गर्छ
यिनै कर्म गर्दा गर्दै सबले राख्छन् काया

यसबाट जीवशक्ति अति जेलिएको
इन्द्रिय शक्तिबाट अति पेलिएको
इन्द्रियजीतव्याक्ति पाइन छ गाह्रो
इन्द्रियबाटै सबै लोक अति रेलिएको

संसारका क्रिया कर्म सबै सञ्चालित
कही धर्मकर्म छन् त कहीं विलाशित
कहीं देख्छौं हाँसै हाँसो कहीं छ रोदन
यस्तै देख्छौं परम्परा उनै बाट शासित

यी महामायको हुन्छ कृपा दृष्टि जहाँ
मायावीय संसारको सृष्टि चल्छ त्यहाँ
कृपादृष्टि पर्न गए बन्छ बोलावाला
कृपादृष्टिहीन भए दुःख भोक्छ यहाँ

यिनले चाहे मुक्ति दिन्छिन् अनि सिद्धि पनि
संसारका सारा बन्धन चुडाइदिन्छिन् यिनी
यिनी विना यो संसार चल्न सक्छ कहाँ
मौजुदा छिन् यत्रतत्र सर्ब चिजमा तिनी

यिनी कस्ति देवी भने ईश्वरकी ईश्वर
मधु्मय ललितले मन हुन्छ विभोर
ब्रह्मा विष्णु महेश्वर यिनकै छन् भर
समान दृष्टि पर्न जाओस् नहोस् धेरथोर

जान्ने बुझ्ने जन पनि लोभको बसमा पर्छन्
कर्म गर्छन निस्फल नभै फलको आशा गर्छन्

संसारलाई हेर्दा खेरि जन्म–मरण हुन्छ
यै कर्मको धारणाले वंश विस्तार हुन्छ

यिनै सबै कारणले चिन्तित् हुन्छौ राजन
मायाजालले बाँधेको छ संसारको साधन

यिनै महामाया हुन् संसारलाई बाँध्छिन्
मायाजालको भुँवरीमा सबैलाई गाँज्छिन्

भजन
जयदेवी ब्रह्मरूपा
सृष्टि गरेऊ जगतलाई ज्ञानरूपा

यो संसार अडेको छ भक्ति भावनाले
सारा दृश्य दर्शित छ तिम्रै साधानाले
ज्ञान भन्नु विज्ञान भन्नु तिम्रैरूप हो नि
सबै मुक्ति हुनजाने तिम्रै कामनाले
जयदेवी

ब्रह्म अनि अब्रह्मको रूप धर्छेऊ कहिले
प्रकृतिको सवलरूप दर्शन भर्छेऊ कहिले
वेद भन्ने तिमी नै हौ अवेद पनि तिमी
महाभूता स्वरूप तिम्रो सागर तछ्र्यौ कहिले
जयदेवी

रूद्र अनि बसुरूप्मा तिम्रो संचार हुन्छ
तिम्रै नामको स्मरणले सारा पाप धुन्छ
तृ–देवको आत्माबीच तिमी हुन्छयौ लिन
प्रकट हुने भक्तबीच तिमी विना कुन्छ
जयदेवी

विष्णुशक्ति शिवशक्ति, ब्रह्माशक्ति तिमी
देवमाता अदितिलाई पूजा गर्छौ हामी
पूजा गर्छौ महालक्ष्मी महामाया मानी
क्षमा माग्छौ भक्तजन सर्ब शक्ति ठानी
जय देवी

———————————————————————
सिंहवाहिनी -०७- सातौं अध्याय (महामायाको महिमा)
———————————————————————

महामाया भगवती हुन् प्रभावकी खानी
यिनको प्रभाव अति गाढा ममताकी दानी

यी प्रकृतिकी स्वरूपा हुन् गर्छिन् संरचना
विश्वरूपा महामाया हुन् प्रकृतिकी रानी

फैलाउँछिन् मायाजाल रङ्ग्याउँछिन् संसार
सर्ब–कर्म यिनको लीला गर्छिन् जाना जानी

पूmलको त्यो वासनामा तिन्को हुन्छ वास
सबै प्राणीहरू झुल्न थाल्छन् महनदी ठानी

नित्यस्वरूप हुन्छ यिनको जगत हो सृष्टि
कायाकल्प सिर्जनशीलमा यिन्को मनोमानी

जन्म मरण छैन तर प्रकट अनेक प्रकार
अवतार पनि धेरै लिन्छिन् गर्न पर्दा प्रहार
विष्णुरूपा योगनिन्द्रा साथ लक्ष्मीनारायण
विष्णु शैया शेषनाग निद्रा यिनको करार

योगमाया महामाया रच्ने चराचर
मायाछर्छिन् भरणगर्छिन् हुन्छ बराबर
जन्ममृत्यु सर्ब हेतु सर्बेश्वरी माता
यो संसार चलेको छ सधैं सरासर

अपरम् छ महिमा जान्छन् सर्ब ज्ञाता
मुनि श्रेष्ठ भन्नुहोस् को हो जन्मदाता
को हुन् मातापिता कहाँ हो जन्म ठाउँ
कसोगरि गरि बन्नगइन् सर्बश्रेष्ठ माता

सर्ब कर्म जान्ने मर्म भयो आज इच्छ्या
सर्ब ज्ञान प्रदान हवस् हजुरको स्वच्छ्या
यति कुरा राजा बोले लौ ऋषि बीच हेर
ऋषिले पनि दिन थाले राजालाई दिक्ष्या

यी देवी त महाराज नित्यस्वरूपा हुन्
यिनकै शक्ति चल्छ ,बज्छ यिनकै धुन्
सम्पूर्ण यो संसारलाई यिनै चलाउँछिन्
संरक्षण सबको गर्छिन् यी लगाउँदै गुन

प्रकटरूप अनेक थरि देख्छौ घरी घरी
अजन्माहुन् महामाया व्याप्त संसार भरी
जब जब देव गणमा आपद विपद पर्छ
त्यति वेला प्रकट हुन्छिन् कर्मरूप धरी

जब उनी प्रकट हुन्छिन् लोककर्म गर्न
त्यतिबेला सक्ष्यम हुन्छिन् लोकरूप धर्न
यी देवी त नित्य हुन् छैन जन्म–मरण
देवकार्य सिद्ध गर्दै सवल पार्छिन् धर्म

भजन

ॐ चण्डि नवदुर्गा रक्षागर सबैको जयमाता

अलग अलग नाम धारी तिमी कल्याणकारी
नौ देवीमा स्थापित छौ अनि नौवै नाम धारी
पहिलो मूर्ति शैलपुत्री भनि पुज्छौं, हामी
हिमालकी छोरी बन्यौ पावर्ती हौ तिमी
ॐ चण्डि नवदुर्गा

हिमालको हुन गयो छोरी पाउने रहर
उनले गरे तपस्यामा देवी रोज्ने ठहर
तपस्या त ठूलो भयो देवी खुसी भइन्
शैलपुत्री नाम धारी जन्मलिन गइन्
ॐ चण्डि नवदुर्गा

दोस्रो नाम बन्न गयो ब्रह्मचारिणीको
सचिदामयब्रह्मस्वरूप शीलधारिणीको
ब्रह्मस्वरूप प्राप्त गर्ने जगतव्यापिनीको
भजनकिर्तन गछौ हामी कल्याणकारिणीको
ॐ चण्डि नवदुर्गा

तेस्री देवी प्रसिद्ध छौ चन्द्रघण्टा नामले
चन्द्रको घण्टास्थान प्राप्त गर्छ कामले
चन्द्रघण्टाधारिणी लोककल्याण कारिणी
भजन किर्तन हिजो गरे कृष्ण र रामले
ॐ चण्डि नवदुर्गा

चतुर्थ नाम कूशमाण्डा तिम्रो हुन गयोे
त्रिविधयुक्त संसार स्थित उदरमा छ यो
यसै गरि पाँचौं देवी स्कन्द माता तिमी
छैटौं मूर्ति कात्यायानी सर्बमान्य भयो
ॐ चण्डि नवदुर्गा

सातौ देवी कालारात्री संसारले मान्यो
कालकी पनि विनासिनी संसारले जान्यो
आठौ देवी महागौरी तपस्याले छान्यो
गौरवर्ण प्राप्त गर्दा आकर्षणले तान्यो
ॐ चण्डि नवदुर्गा

सिद्धिदात्री महामातृ नवौं देवी तिमी
महात्मारचित नाम पूजा गर्छौ हामी
तिम्रो कल्पनाले मात्र तृलोक नै चल्यो
दानवका सारा शक्ति हुँकारमै ढल्यो
ॐ चण्डि नवदुर्गा

———————————————————————
सिंहवाहिनी -०८- आठौं अध्याय (मधु–कैटभको उत्पत्ति)
———————————————————————

कल्पअन्त्य जब थियो जलमय संसार
विष्णुको हुन गयो शेषनागशैया आधार
योगनिद्राको आश्रयमा, सुते विष्णु जब
गाढा पर्यो निद्रा उन्को सपनाभो विचार

विष्णुको कानमा मयलले भर्यो
त्यही मयलले जीव रूप धर्यो
कानेगुजीबाट निक्ले दुई दानव
दुबैको आँखा कमलबोटमा पर्यो

दुबै दानवहरू शक्तिशाली थिए
डरलाग्दो तनरूप यिनले लिए
मधु–कैटभ भयो नाम प्रचलित
चारैतिर यिन्ले नजर फेरि दिए

विष्णुको नाभीबाट उम्रो कमल फूल
ब्रह्माजीको आशनको बन्नगयो टुल
पञ्कजमा बसाइ त आनन्द नै थियो
मधु–कैटभ देखी उठ्न गयो शूल

मधु–कैटभ नजर ब्रह्माजीमा परे
मार्छौ तिमी भन्दै कमलकाण्ड धरे
ब्रह्माजीले देख्नु भयो यी दुई दैत्य
ब्रह्माका नेत्रज्योति विष्णुतिर सरे

विष्णु प्रभू हेर्दा खेरि शयनमा मस्त
ब्रह्माजी पर्नु भयो साह्रै अस्तव्यस्त
सोचमा परे ब्रह्मा अब के नै गर्ने
श्रीहरि जगाउने खोज्नु भयो शस्त्र

विष्णुलाई निद्राबाट जगाउनु नै पर्यो
योगनिन्द्रा खुसी पर्ने भवनाले धर्यो
ब्रह्मा लागे देवीको स्तबन नै गाउन
योगनिन्द्रा–स्तवनले राम्रै काम गर्यो

भजन

योगनिद्रा माई विष्णुजीलाई जगाइदेऊ,
विष्णुजीलाई जगाइदेऊ

विश्वकी अधिश्वरी देवी योगनिन्द्रा
विश्वधारण गर्नेवाली तिमी नै वृन्दा
तिमी हौ हरण अनि विश्व पालनकर्ता
तेज स्वरूप शक्तिशाली दिन सक्छौ तन्द्र
योगनिद्रा माई

स्वहा स्वधा वष्ट्कार तिमी स्वरात्मिका
शत्रुमाथि तिम्रो दृश्य हुन्छ विभिषिर्का
स्वर तिम्रै निन्द्रा तिम्रै कर्म धर्म तिम्रै
तिमी विना संसार बन्छ मृगमरीचिका
योगनिद्रा माई

सारातत्त्ब नियाल्दामा जीवनदायी सुधा
सारा कष्ट नाश गर्छेऊ भावनाले छुँदा
मेरो भक्ति तिमीलाई नै हुन्छ समर्पण
सहकारी कर्म गर्छेऊ पीडित मन रुँदा,
.. योगनिद्रा माइ

तिमी नै ॐकार हौ नित्य अक्षर आकार
उकार मकारमा छन् रूप भिन्न प्रकार
बिन्दुरूपा पनि तिमी आकार अर्धमात्रा
तीनै लोक दिव्यमय रूप हुन्छ साकार
, .. योगनिद्रा माइ

आमा, संध्या, सावित्री तिमी तीनै रूपा
प्रकृतिकी धारणकर्ता दर्शन एकै झुपा
ब्रह्माण्ड धारण अनि तिमी सृष्टिकर्ता
महामाया गौरी देवी तिमी शिव–पुष्पा,
….. योगनिद्रा माई

उत्पत्तिमा तिमी आँफै सृष्टिरूपा बन्छेऊ
संसारलाई पाल्दाखेरि स्थितिरूपा बन्छेऊ
कल्पान्तमा तिमी नै संहाररूपा बन्छेऊ
त्रीलोकको कर्मगर्दा कर्मनीति बन्छेऊ,
….. योगनिद्रा माई

महामेधा महाविद्या तिमी महामाया
महासुरी, मोहरूपा तिम्रै हो यो काया
तीनै गुण तिमीबाटै सृष्टिरूप धर्छन्
तिम्रो माया ममाथि नपरोस है छाया
… योगनिद्रा माई

कालरात्री मोहरात्री महारात्री लज्जा
पुष्टी, तुष्टी, ईश्वरी, लौ भनी नाम भज्दा
बोध, ह्री र क्षेमा, खड्ग, शूल, गदा, शंख
चक्र, धारणी(अनुकम्पा तिम्रा नाम जप्दा
… योगनिद्रा माई

बाण, भुशुण्डी, परिघाकी हौ सौम्यरूपा
रूप, बल, अवर्णित छन् धेरै अनुकम्पा
तीनै गुणका संरचना तिमी बाटै भए
सौम्यरूपा अनुकम्पा पुष्पमा हौ चम्पा
… योगनिद्रा माई

यो मेरो भक्ति छ अनुपम् पवित्र
तिम्रो अदम्य सहास छ विचित्र
यसैले त मैले तिम्रो भक्ति गर्छु
तिम्रो चित्रलाई हृदयमा धर्छु
…. योगनिद्रा माई

श्रीविष्णुको निन्द्रा हट्न जाओस्
यो आत्माले चिर शान्ति पाओस्
हे योगनिद्रा तिम्रो दृष्टि लाओस्
यी तिनैलोक शान्तिमा सजाओस्
…..योगनिद्रा माई

हे देवी तिम्रो के नै व्याख्या गरुँ
यी कष्टबाट छिटो पार तरुँ
जागुन् जगत्नाथ यो निन्द्राबाट
मैले सकिन किन अघि सरु
….. योगनिद्रा माई

———————————————————————
सिंहवाहिनी -०९- नवौं अध्याय (योगनिन्द्राको प्रकट)
———————————————————————

ध्यान गरे ब्रह्माजीले अति सौम्यरूपले
पाइँदैन तिम्रो दर्शन त्यसै दौड धूपले

सर्ब नाम सर्ब काम योगनिन्द्रा गर्छिन्
देवी पथलाई सजाएर भक्ति छरे खुपले,

ब्रह्माजीको स्तबनले त्यहाँ हलचल ल्यायो
देवीलाई प्रकट हुन अब बाध्यता नै आयो

तमगुणले भरिपूर्ण देवी रूप छायो
विष्णुकै अङ्गबाटै यो प्रकटमा आयो

नेत्र, मुख, नासिका अनि बाहु साथै
हृदय र बक्षस्थलले देवी तन पायो

विष्णुबाटै योगनिन्द्रा जब बाहिर आइन्
विष्णु जागे शयनमा, सौम्यतामै छाइन्

जब परे विष्णुनेत्र ती दुई दैत्यमहाँ
आनन्द हुन गयो ब्रह्माजीलाई त्यहाँ

ब्रह्माजीले सारा कुरा विष्णुजीलाई भने
दानव बाट बढेको त्यो मुटु धड्कन गने

ब्रह्माजीको सारा कुरा विष्णुजीले सुने
दानवसँग लड्नै पर्ने मनमा कुरा गुने

दानवको चाल थियो ब्रह्माजीलाई खाने
अब भने लड्न पर्ने विष्णुसँग ठाने

बलवान पराकर्मी लाल नेत्र धर्दै
मधु कैटभ अघिसरे हुङ्कारलाई भर्दै

जब दुबै अघि बढे युद्ध गर्नलाई
विष्णु पनि अघिसरे बाहुयुद्धलाई

पाँच हजार बर्षसम्म बाहुयुद्ध भयो
दुबै पक्ष बराबरी लडाइमै रह्यो

बलमत्त दुबै दानव घमण्डले पूर्ण
विष्णु खोज्थे यो शक्ति पार्नलाई चूर्ण

यी दुबैले भन्न थाले रैछौ बलवान
हामी पनि कम छैनौ तिमी पनि जान

यता युद्ध चल्दै थियो दुबै थरी बीच
शक्तियुक्त धारणमा कोही छैन नीच

महामाया व्यस्त थिइन् मोहरूप छर्न
साराशक्ति सञ्चालित शान्तिरूप धर्न

दानव र विष्णु बीच भयो बार्ता लाप
विष्णुले भन्न थाले 'वरदान माग साफ'

मधु कैटभले भन्न थाले हामी दिखन्छौं वर
इच््छ्यानुकुलको वर माग्न अल्लि अघि सर

जनार्दनले वर माग्न उचित नै ठाने
यही मौका चुक्न हुन्न भन्ने कुरा जाने

मार्छु म तिमी दुई, म बाटै नै मर
अरु वर के नै माग्नु यही मागे वर

धोकापूर्ण वरदान भयो जानाजान
हामी भन्छौ एक कुरा तिमी पनि मान

हामी पछि हट्दैनौं बचनमा छौ पक्का
पायौ वरदान यसमा लाग्ने छैन धक्का

मार तिमीले हामीलाई जहाँ जल छैन
यही भयो हाम्रो माग छलकपट हैन

जनार्दन प्रभूले त तथास्तु नै भन्छन्
मधु कैटभ दुबैलाई जाँघमा नै धर्छन्

चक्रबाट जनार्दनले दुबै बध गर्छन्
ब्रह्माजीका सारा कष्ट यसैबाट टर्छन्

ऋषिले सबै कुरा राजा र वैश्यलाई भने
सांसारिक सबै दुःख कष्ट एक एक गने

यिनै माया जालको मायामा परी
याद आउँछ सबैको हेर घरी घरी
तिमी पनि हेराजन् अक्षुतो त छैनौ
महामाया जालमा नफसेका हैनौ

यही हुनाले सारा तन डुब्यो यादरसमा
राज्य, वैभव, स्त्रीपुत्र इन्द्रियको बसमा

वैश्य पनि यही रोगले सत्तिएको छ नि
यि नै तत्त्ब जीवनका कष्ट दायी हुन् नि
भजन

मारे विष्णुले मारे विष्णुले
मधु कैटभ दानवलाई मारे विष्णुले

कल्पअन्त्य समयमा विष्णु शेषनाग शयनमा
योगनिद्रा विराजमान विष्णुजीका ती नयनमा
दुई दानवको जन्म भयो प्रभूको कानेगुजीबाट
शक्तिशाली दानव थिए घुम्थे यी साह्रै चयनमा
मारे विष्णुले

देखे तिन्ले ब्रह्माजीलाई कमलपूmलमा बास
कमल काण्ड हल्लाउँदा उनमा बढ्यो त्रास
दुबै भन्छन् ब्रह्मालाई अब तल झर्न प¥यो
भोक हामीलाई लागेको छ पार्छौ एकै गास
मारे विष्णुले

ब्रह्माजीलाई डर लाग्यो गए विष्णु सरण
जस्ले गछन संसारलाई दिन रात भरण
विष्णु थिए शयनमा मस्त थियो निन्द्रा
योगनिन्द्रा विराजमान विष्णु चरणमा
मारे विष्णुले

ब्रह्माजीले भन्न थाले योगनिन्द्रालाई
रक्षागर मलाई विष्णुजीलाई जगाइ
योगनिन्द्रा प्रकट भइन् विष्णुजी जागे
ब्रह्माजी खुसी भए विन्तिलाई चढाई
मारे विष्णुले

———————————————————————
सिंहवाहिनी -१०- दसौं अध्याय (देवता र महिषासुरको लडाइँ)
———————————————————————

अब राजा तिमीलाई सुनाउँछु कथा
देवता र असुरको लडाइँको व्यथा

यो कथा हो पूर्व कालको आज यहाँ भन्छु
महात्म्य त देवीको हो मैले यही ठान्छु

देवता र असुर लडे सय बर्ष
असुरले मनाए विजयको हर्ष

इन्द्र थिए देवगणका अधिपति
महिषले भगायो देवलाई अति
राज्य र इन्द्रराजा सबैलाई जिती
इन्द्र बन्यो महिष विग्रनगो थिति

सारा देवगणहरू स्थानहीन भए
ब्रह्मालाई साथलिई विष्णुसँग गए

देवगण–ताँँतीलाई देख्छन् जनार्दन
विष्णुले सोध्नु भयो के काम हो भन

देवगण बोल्न थाले आफ्नो मर्म पनि
महिषको शक्ति पनि अत्तिीब्र छ नि

कसोगरि पार पाउने विन्ति गर्न आको
सारा देवगणहरूले साह्रै दुख पाको

स्वर्गजति असुरको भो देव पृथ्वीमा
विचरण गर्दै हिड्छन् अति क्रन्दनमा

सूर्य ,इन्द्र, अग्नि, वायु साथै चन्द्रकला
यम बरूण सबै देवको छैन बोलावाला

आएका छौ हामी सबै हजुरको शरण
गर्नु पर्छ हजुरले हामी सबको भरण
उसलाई अब हामी त्यसै छाड्न हुन्न
उपाय त चाहिएको छ नमारी त हुन्न

त्यति वेला शिव पनि साथै विष्णुसँग
वार्तालाप चल्दै थियो खुबै मस्तसँग

शिव विष्णु दुबै जना सारा कुरा सुन्छन्
क्रोध ज्बाला निकालेर मन मनै गुन्छन्

आँखा पनि तन्काए,
मुख पनि बङ्ग्याए
सुद्धताको बाटोमा
शक्तिस्रोत रङ्ग्याए

———————————————————————
सिंहवाहिनी -११- एघारौं अध्याय (देवीको शरीर निर्माण)
———————————————————————

विष्णुको मुखबाट निक्ल्यो ठूलो तेज
ब्रह्माजीको तेजले लियो ठूलो वेग

शंकर र इन्दबाट निस्क्यो ठूलो तेज
एकीकृत तेजरूपले बन्यो ठूलो पुञ्ज

वेगवान थियो तेज तीनै लोक छायो
त्यो चकममा लोकले उज्यालोपो पायो

अतुल्य तेजले लियो नारीरूप धारण
प्रकृतिको दिव्यरूप संसारको छादन

तेजले आफ्ना स्थान ओगटेर बसे
एकीकृतरूप बनी तनप्रीति घसे

यिनै कुरा मैले यहाँ बर्णन गर्दै गाछु
सबलता दर्शाउँदै भजन गर्दै आछु

शिवजीले तेज दिए बन्यो देवी मुख
यमराज –तेज बाट बने रोम–कुप

जगन्नाथले प्रदान गरे देवीलाई बाहु
पुष्टस्तन प्रदान गर्ने चन्द्रमाको भाऊ

इन्द्रजीको तेजबाट कटी बन्न गयो
केशरीकैजस्तो कटी निर्माणपो भयो

पृथ्वीको तेजले बन्यो नितम्बको भाग
बरूणको तेजले बन्यो पिडौंला र जाँघ

ब्रह्माजीको तेजरूपले बने दुई चरण
चरणऔंला सूर्यतेजले लिनगयो धारण

देवगणका तेजहरू जे जे मिल्न गए
सारा तन तिनै बाट निमार्ण हुने भए

लालीपूर्ण ओठ बने ब्रह्माजीको तेजले
यमराजको तेजमा केश बढयो बेगले

विष्णुतेज बाट बन्यो हातका ती भुजा
तिनै भुजा बाट चल्छ देवीजीका पूजा

चन्द्रमाको तेज बाट स्तन बन्न गयो
स्तनसुधापान बाटै सारा जीव रह्यो

इन्द्रजीका तेजले बन्यो कटीप्रदेश भाग
सारा तेज तन निर्माणमा छैन भेदभाव

पिडौंला र जाँघ बन्यो वरुणका तेजले
पृथ्वीको तेज बढ्यो नितम्बक वेगले

ब्रह्मा तेजले पदकमल सूर्यबाट औंला
सारालोक भ्रमणमा शरीर थाम्ने तौला

बसुजीको तेज बन्यो दुबै हातका औला
दुबै हात बन्न गए बाहुबलले सौला

प्रकट भयो नासिका लौ कुवरजीको तेजले
सुबासलाई मन्द मन्द लिने काम हो यसले

दाँतलाई सजाइ दिने भयो तेज प्रजापति
मृदुभाव प्रकट हुन जान्छ बीच दन्त–मती

अग्नि–तेज प्रकट भयो तीन नेत्र लिइ
सन्ध्या अति खुसी थिइन् आँखीभौं नै दिइ

वायु तेजले निर्माण गर्ने भए दुई कान
सबै देव त आतुर थिए दिन तेज दान

देवीरूप निर्माण भयो तेज–पुञ्जबाट
सारा देव नाच्न थाले उत्सबको साथ

भजन

देवी प्रकट भइन् देवताको तेजले, देवताको तेजले

देवता र दानवको संघर्षको कथा
जति जति पढ्दै गयो देखिन्छ है अथा
दैत्यनाश गर्न देव लिन्छन् अवतार
वरदान दिदै दिदै लिने गर्छन् व्यथ
देवी प्रकट भइन्

संसारमा अमरत्व कोही देखिदैन
तर पनि अमर हुने आशा मेटिदैन
त्यसो हुँदा दानवले अमरत्व खोजे
वरदान दिन्छन् देवले दिंदा चेतिदैन
देवी प्रकट भइन्

कश्यपकी पत्नी थिइन् एक नारी दनु
रंभ करंभलाई जन्म दिने भइन् मनु
करंभले तप गर्यो पुत्र पाउँ भनी
इन्द्रले करंभ मारे ग्राहरूप बनी
देवी प्रकट भइन्

पत्ता लाग्यो करंभको मृत्यु रम्भलाई
अग्निहोम गर्न गयो टाउको समाई
अग्निदेव खुसी भए दिए वरदान
त्रिलोक जित्ने छोरो हुनगयो कमाई
देवी प्रकट भइन्

भैंसी थिई सुन्दरी भयो विवाह दान
राँगो आयो लड्नलाई छिनो आफ्नो धन
क्षणिक भयो रङ्गमञ्च रहन गयो गर्भ
सुन्दरी त्यो भैसीको डोलिन गयो तन
देवी प्रकट भइन्

महिषको तिनैबाट जन्म हुन गयो
महिषले ब्रह्माजीको तप गर्ने भयो
ब्रह्माजीले खुसी भइ वर दिन आए
अमरत्व माग्यो उस्ले वाँकी के नै रह्यो
देवी प्रकट भइन्

महिषले वरदान पायो नारीबाट मर्ने
नारी सबै अवला हुन् किन तिन्मा डर्ने
यही 'सोच थियो उस्को अमरत्वभाको
त्यसो हुँदा सोच गर्यो लड्न अघि सर्ने
देवी प्रकट भइन्

त्रिलोकको अधिपति जब महिष भयो
देवभाग लुट्न थाल्यो कुमतीमा गयो
देवतेज बाट एक नारी प्रकट भइन्
यिनै बाट महिषको प्राण अन्त छ यो
देवी प्रकट भइन्

———————————————————————
सिंहवाहिनी -१२- बाह्रौं अध्याय (देवीको सिङ्गार कार्य)
———————————————————————

सारा देवले गर्न थाले देवीरूप सिङ्गार
सिङ्गारबाटै पुग्छ महिषासुरको बिगार

शंकरले प्रदान गरे अति राम्रो शूल
चक्र दिए विष्णुले चक्रै थियो मूल

बरुणले शंख दिए अग्नि दिन्छिन् शक्ति
सारा देवले पूजा गर्दै उनकै गर्छन् भक्ति

वायुदेवले तरकस दिए धनुष काँड भरी
यो, शत्रुलाई नाश पार्ने बन्न गयो धरी

बज्रबाटै ब्रज बनाई, इन्द्र देवले दिए
ऐरावतको घण्टी समेत इन्द्रले दिए

काल दण्डबाटै दण्ड बनाएर हेर
यमराज दण्ड दिछन् फेरी त्यहीं नेर

बरुणले पास दिए, माला प्रजापति
ब्रह्माजीले कमण्डलु अस्त्र कतिकति

सूर्य देवले दिनुभयो रोमकुपमा तेजकर
कालको उपहार भयो ढाल अनि तरवार

यसै वेला समुद्रले हार लिइ आए
अजीर्ण दिव्यबस्त्र पनि साथै ल्याए

दिव्य चुडामणि, दुई कुण्डल साथै कडा पनि
अर्धचन्द्र भुजभूषण साथै नुपुर समेत अनि

गलामा लाउने हसली त हातमा लाउने आंैठी
चिल्लो चिल्लो सारा शरीर जस्तै तेलको चौठी

सारारत्न आभूषणले सिङ्गारमा चम्की
प्रदान गरे समुद्रले स्वेच्छतामा लम्की

विश्वकर्मा पनि आए फर्सा हातमा लिइ
कवच अनि कमल–माला उपहार दिइ

कमल पूmल प्रदान गर्ने भए जलाधिस
त्यहाँ होडबाजी राम्रै थियो थिएन है रिस

देवीजीको वाहनलाई सिङ्गार गर्ने काम
रत्नहरू जडान गर्ने हिमाल खोज्थे ठाम

मधु पान पात्र लिई कुवेर आउनु भयो
शेषनागले नागहार साथमा ल्याउनु भयो
सर्ब देवको आभूषणले सुसिङ्गारित भइ
अद्वितीय सिङ्गारमा देवी छाउनु भयो

शक्तिरूपा भवानीको सिङ्गार भयो पुरा
बाणी निस्क्यो गर्जनमा रैछ तीखो छुरा

आकाश भयो गुञ्जयमान उनको अट्टहासले
पैmलिन गयो बाणीहेर संसार काँप्यो त्रासले

सिंहनाद जब गुञ्ज्यो सारा आकाश भरी
प्रतिध्वनित हुन गयो गुञ्ज्यो घरी घरी

विश्वभरी हलचल भयो समुद्र भयो कम्पन
पृथ्वी त काप्न थालिन हट्न गयो वड्पन
ठूला ठूला पहाड पनि कम्पन हुन थाले
देवहरू सबै मिलीजुली आरती नै बाले

देवी तिम्रो जयहोस् भन्न थाले देवले
स्तबन गर्न थाले ऋषि मुनि सबले

त्रिलोक सबै हेर्दाखेरि क्षोभग्रस्त भयो
महिषासुरको पनि लौ ध्यान त्यतै गयो

महिषासुरले भन्न थाल्यो के हुन लाग्यो
सिंहनाद सुने पछि हेर देवी तिरै भाग्यो

महिषले देख्दो भयो देवीको त्यो पारा
भन्नथाल्यो गणलाई तयारहोऊ सारा

तीनै लोकलाई प्रकाश छर्ने कस्तो रैछ प्रभा
शिवजी कि ती प्रियपात्र कस्ती रैछन् रम्भा

पदकमल अति भारी पृथ्वी नै धस्ने
अति राम्रो रूपछ मोहित भइ फस्ने

मुकुट तिन्को रत्न जडित अति थियो चमक
पदकमल अति कोमल चल्दा दिन्छन् दमक

हजारौं छन् भूजा तिन्का साथै अस्त्रशस्त्र
अति सुन्दर सुशोभित छन् शरीरका बस्त्र

धनुषको टंकारले सातै पातल ध्वनित
जलथल सर्वत्र उनको स्वरले पुनीत

भजन

जय जननी जय जननी जय जय जननी जयजननी

तिमी देव भयहारिणि भवतारिणि
तिमी देवी भवभामिनि भवभामिनि
तिमी कल्याणकारिणि कलाधारिणि
परधाम निवासिनि तिमी योगिनि
जय जननी जय जननी

शुद्ध ब्रह्मरूपा तिमी जगन्माता
तिमी सनातन सही सत्यदाता
हौ आदि अनादि तिमी विधाता
हौ महामाया नवदुर्गा माता
जय जननी जय जननी

तिमी रमा उमा अनि देवी राधा
तिमीबाटै हट्न जाने सारा बाधा
कल्याणीनी सबकी हौ महामाया
जीवन शैली हेर्दा छ अति साधा
जय जननी जय जननी

मूल प्रकृति हौ तिमी कलाधारी
तिमी नै सबकी भरण भकारी
दीन दुःखी सबको गर्ने रक्षक
जय जय माताजी तिमी संसारी
जय जननी जय जननी

———————————————————————
सिंहवाहिनी -१३- तेह्रौं अध्याय (देवी र दानवसेना बीच लडाइँ)
———————————————————————

दुबै थिए यथास्थान शक्तिपूर्ण रूप
अब युद्ध चल्न थाल्यो दुबैबाट खुप

देवी थिइन् शक्तिशाली सर्बेसर्बा पनि
शक्तिशाली बाहुबल सबै थोकमा धनी
त्यसो हुँदा देवीले यथास्थान लिइन्
दानवका सेना सबै एक एक गनी

महिषासुरको सेनानायक चिक्षुर नै थियो
त्यसले पनि देवीलाई लड्ने हाँक दियो
दानव थियो शक्तिशाली अस्त्रशस्त्र धारी
डटी डटी कम्मरकसी आफ्नो स्थान लियो

महिषासुर सँग थिए असंख्य नै वीर
सबै वीर लड्नलाई भएका थिए थिर
चतुर्रङ्गी सेनासहित लड्न आयो चामर
काटमार ठूलै भयो काटिन गए शीर

चारैतिर हाहाकार बन्न गयो समर
लड्न सब तयार छन् छैन धरमर
उदग्र आयो लड्न साठी हजार रथी
देवी अघि सरिन् रण काम्यो थरथर

दानवका सेना थिए हेर कति कति
दानव जति सबैको विग्रन गयो मति
अर्कोतिर बाट आयो महाहनु दानव
एक करोड रथी र सेना कति कति

उसले भन्ने गर्थ्यो म छु शक्तिशाली
साँचो सत्य कुरा गर्न आएको हुँ खाली
मान देवी तिमीले शुम्भदेबलाई पति
तिम्लाई पुर्याउँ छु सहज यसै पाली

शरीर तरबार जस्तै रौंले ढाकिएको
मदमस्त घमण्डमा मस्त मात्तिएको
मानेमान सजिलेरी लड्न परे लढ्छु
यति भन्दै देवीतिर उ त तात्तिएको

असिलोमा नामक दैत्य किन पछि पर्थ्यो
पाँच करोड रथीसहित लड्न अघि सर्थ्यो
युद्ध कौशलता पूर्ण थियो भइ मदमस्ति
लड्न लाग्यो देवीसँग किन ऊ त डर्थ्यो

जता हेरो रथैरथ पूर्ण रणभूमि
सबै दैत्य तम्तयार अस्त्रसस्त्र चूमि
कालले धज्बहाली निमन्त्रण दिंदा पनि
मदमस्त थिए दानव लड्न घुमी घुमी

साठी लाख सैनिक शक्ति राखी वरिपरि
वाष्कल नामक दैत्यले हेर्थ्यो घरिघरि
त्यो पनि अघि सर्यो लड्नलाई हेर
देवी माथि बाण फ्याँको अति थरिथरि

हात्ती सवार चढी कन आए पारिवारित
देवीसँग भन्दै थियो बन्छ्यै युद्धहारित
हेर लासैलास रक्त नदी भरित रणभूमि
हेर्नै लायक थियो त्यहाँ रण चमत्कारित

घोडा सवार साथै थिए धेरै सैन्यदल
एक करोड रथी थिए अनगिन्ति बल
यिनीहरू पनि बडे लड्न देवी तिरै
देवी पनि कस्सिएकी छैनन् हलचल

विडाल दैत्य लड्न तयार भयो
पाँच अरब रथीले सजिएर गयो
कुरुक्षेत्र भयभित अस्त्रशस्त्र सित
हुङ्कारित शब्द गुञ्जारित रह्यो

दानवका सारा शक्ति एकतृत भए
दलबल साथलिइ लड्नलाई गए

थरीथरी अस्त्रशस्त्र परहार गर्न लए
देवी शक्ति देखेपछि अचम्मित भए

दुबैतिर बाट हेर अस्त्रशस्त्र चले
रणभूमि खचाखच कतित्यहीं ढले

कोही फ्याक्ने तोमर त कोही फ्याक्ने मूसल
कोही फ्याक्ने भिन्दीपाल अस्त्र छैनन् कमसल

खड्ग परशुपट्टिस साथै ठूलो थियो शक्ति
असुरजति घमण्डीमा थिएन कुनै भक्ति

कोही फ्याक्थे पासो भने खड्ग फ्याक्थे कोही
देवीले पनि काटि दिन्थिन् जस्तो आयो सोही

ठूलो शक्ति एकातिर देवी एक्लि थिइन्
अक्षय साहास थियो मोर्चा कसिलिइन्

कसैका शीर क्षेदन कसैका लौ हात
आक्रामक देवी थिइन् सिंह थियो मात

रक्तमय भयो भूव काटमार गर्दा
रुवाबासी बढ्न गयो युद्धमा मर्दा

देवी जब क्रोधमय हुन्थिन् रणस्थलमा
दैत्य जति सखाप हुन्थे हेर पलपलमा

असुर पनि त्यहाँ हेर कहाँ कमी थिए
गीड समेत लत्री लत्री हाँक पनि दिए

पर्खी पर्खी सखाप पार्छु भन्थे देवीलाई
बाण लाग्थ्यो देवीको भन्थे मरें हाई

चारैतिर लासै लास भयो खातै खात
अन्धकार चारैतिर दिवा बन्यो रात

दैत्यजति सखाप पार्ने थियो देवीहात
पुष्पष्ृष्टि त हून गयो आनन्दको साथ

गुञ्जिन गो रण–भूमि विजयको गान
बढ्न गयो देवगणको अति राम्रो शान

देव गण खुसी भए नभमार्ग धाए
पुष्पबृष्टि गर्दै गर्दै भजन पो गाए

भजन

जय दुर्गे जय दुर्गे
महिषासुरका सेना वध गरेऊ तिमीले

कान्ति तिम्रो सूर्य समान, रातो रातो सारी
अति शोभित दर्शिएको मुण्डमाला धारी,
जय दुर्गे जय दुर्गे

रक्तचन्दन लेपले लेपित स्तनका भाग
करकमलमा जपमाला कहीं छैन दाग
जय दुर्गे जय दुगे…

तीन नेत्रले सुशोभित छ ललाटको बीचमा
चन्द्रमा र मुकुट जडित शोभा दिने शीरम
जय दुर्गे जय दुगे

सारा तिम्रा कर्मजति जीवरक्षा गर्ने
भक्तिभाव राखेमात्र सारा कष्ट हर्ने
जय दुर्गे जय दुगे

अन्याय र अत्याचार जब जब देख्छेऊ
भार हर्न भनेर नै अवतार लिन्छेऊ
जय दुर्गे जय दुगे

———————————————————————
सिंहवाहिनी -१४- चौधौं अध्याय (चिक्षुर सेनापति र देवीको लडार्इँ)
———————————————————————

चिक्षुरको सेनाशक्ति सबै मरेपछि
चिक्षुर त रुन थाल्यो यहाँ कति कति

अब उस्को उपाय त आँफै लड्नु थियो
बाँकी शक्ति बटुलेर लड्ने स्थान लियो

बाणहरू बर्षउँदै देवीतिर बढ्यो
अस्बशस्त्र बटुलेर रथमाथि चढ्यो

मूसलधारे बर्षाजस्तै बाण बर्षाउने
प्रयास त ठूलै थियो देवी तर्साउने

जगदम्वा भवानीको शक्ति ठूलो थियो
बाणजति विफलपारी ठूलो स्थान लियो

घोडा पनि चिक्षुरको बाणले मारिदियो
सारथीले पनि हेर संसार त्यागिलियो

धनुष पनि नासिनगो रथी घोडा मरे
ढाल तरबार लिदै चिछुर देवीतिर बढे

शक्तिशाली चिक्षुरले सिंह घायल पार्यो
चिक्षुर एक्लै देवीलाई पार्न थाल्यो गाह्रो

सिंहलाई घायलपारी देवीतिर बढ्यो
तरबारनै भाँच्चियो उस्मा क्रोध चढ्यो

चिक्षुरले शूललियो ताको देवीलाई
प्रकाशमय भयो शूल देवी मार्नलाई

देवीबाट पनि शूल शूलैतिर फालिन्
हजारौं टुक्रापारी चिक्षुरलाई ढालिन्

हुँकार छोडिन् देवीले त्यसै चामर ढल्यो
शक्तिपुञ्ज दनदनायो त्यहाँ आगो बल्यो

उठ्यो चामर ढलमल गर्दै हानो त्यसले शूल
हुन गयो विफल शूल त्यहाँ छैन अनुकुल

बाणबाटै देवीले टुक्रा टुक्रा पारिन्
चामरको शक्तिलाई सहजमै टारिन्

सिंह पनि क्रोधित भयों चढ्यो हात्ती शीरमा
त्यहाँ बाहुयुद्ध हुन थाल्यो पुगे दुबै भीरमा

खसे दुबै पृथ्वीमा तब पनि लडे
लड्नलाई दुबै अलिक अघि बढे

सिंह उफ्र्यो गगन छुँदै चमर माथि झर्यो
चामरको शरिर त्यो त दुई टुक्रा नै पर्यो

जब चामर तन दुइ टुक्रा भइ भूतलमा खस्यो
तब उग्रावीर सशस्त्रली लड्न रणक्षेत्रमा पस्यो

देवी पनि मुस्कुराइन् भुसुना नै ठानी
शिला–बृक्ष लिएरनै भयो हाना हानी

देवीजीको सारा तन हो नै शक्ति पुञ्ज
उग्रा पनि ढल्न गयो शस्त्र बन्यो कुञ्ज

कराल वीर अघि सर्यो विकराल बनी
जति आए लड्नलाई मारिन् गनी गनी

उद्धतलाई जब देखिन् गदा लिदी भइन्
तब सारा दैत्य गणको शक्ति खिची लिइन्

उद्धत पछि भिन्दीपाल अनि मर्यो बासकल
ताम्र अनि अन्धक पनि बन्न गए बिफल

उग्रास्य र उग्रवीर समेत महाहनु
यै रणमा विलिन भए संख्या कति गनु

विडाल दुर्धर दुर्मुखको अनि पालो आयो
रणक्षेत्र जति सबै त्यहाँ अन्धकारले छायो

यिनका सबै शीर जति एक एक गरि ढले
महिषासुरले हेर्दै गयो नेत्र उसका जले

भजन

मारिन् देवीले मारिन् देवीले
महिषासुरका सेनाजति मारिन् देवीले

महिषासुरका सेनाजति रणक्षेत्र पुगे
देवीशक्ति देखे पछि तिनी सबै झुके
मारिन् देवीले

दैत्यसँग लड्न थियो देवीलाई त्यहाँ
महिषासुरका थिए वीर सेनापति जहाँ
मारिन् देवीले

एक एक गरी दैत्यशक्ति ढालिन् देवीले
लाल लाल गरी नेत्रज्योति बालिन् देवीले
मारिन् देवीले

नानाथरी आभूषणले सुसज्जित भइ
नानाथरी अस्त्रादिले करकमल भरी
मारिन् देवीले

हुङ्कारले सारा गगन शंखनाद गर्दै
महिषासुरका सेनाका लहुलाई छर्दै
मारिन् देवीले

जय देवीको जय देवीको
मंगलदायिनी देवीको जय देवीको
मारिन् देवीले

———————————————————————
सिंहवाहिनी -१५- पन्ध्रौं अध्याय (महिषासुर देवीको लडाइँ)
———————————————————————

महिषासुरले हेर्दै गयो देवी शक्तिलाई
अझै बुद्धि पलाएन हेर विपत्तिमा आइ

आँफै लियो भैंसीरूप अनि पस्यो रणमा
आतङ्कित पार्न थाल्यो हेर एकै क्षणमा

कतिलाई थुतुनाले थु थु गर्न थाल्यो
कतिमाथि उसले लौ पुच्छर नै चाल्यो

खुर चले कसै माथि अनि सिंग पनि
देवी गण मार्न थाल्यो एक एक गनि

सिंहनाद गर्र्दै गर्दै थाल्यो घेरा दिन
साराशक्ति लगाएर थाल्यो प्राणलिन

निश्वास वायु प्रयोग गर्यो
अनि लड्नलाई अघि सर्यो
ठूलो शक्तिरूप दर्शाउँदै
लाल लाल पार्दै आँखा तर्यो

रणभूमि घुम्दै घुम्दै गर्यो
अब भन्न थाल्यो लड्नै पर्यो
वीरगति प्राप्त गर्न भनि
अहङ्कार त त्यसले भर्यो

अठोट त्यसले ठूलै लियो
त्यहाँ हाँक पनि ठूलै दियो
सके मार्यो नत्र आफै मर्यो
रणको मद त्यसले पियो

रण–भूमिमा दुबै पक्ष
थियो सबको एउटै लक्ष
दुबै पक्ष यहाँ खुबै लडे
तर देवी थिइन् महादक्ष

महिषासुर क्रोधित बन्यो
आफ्नै सिंगले धर्ति खन्यो
सिंग थिए अति तीखा तीखा
देवी–पक्ष सबलाई गन्यो

गर्जन थियो ठूलो नै अति
सिंहनाद गर्यो कति कति
दवाव दियो लौ पृथ्वीलाई
सहिन पृथ्वीले सके जति

पुच्छर थियो अति तीखर
समुद्र पारो तितर वितर
धरती सबै नै डुब्न थाले
जलैजल भयो भू–निकर

जोरी खोज्दै अघि बढ्दा
सिंगौरीमा मात चढ्दा
दुबै सिंग हल्लिन गए
बादल फाटे सिंग रगड्दा

बादलका ती टुक्राहरू
श्वासका ती झोकाहरू
खस्नै थाले पर्वतका टुक्रा
ज्यान जोगाउने मौकाहरू

थियो दैत्य रिसपूर्ण
थिइन् देवी परिपूर्ण

भयो युद्ध घमासान
खोज्थे दुबैले स्वमान

देवीले फालिन् ठूलै पासो
बाँधियो दैत्य लियो चासो

फेरो रूप बन्यो केशरी
गर्थ्यो कृया मस्तै यसरी

पुःन उसले लियो मानवरूप
खड्ग धारण गरी तनावखुप

देवीजीले हेर्दै गइन्
बाण पनि हान्दै गइन्

साथै उनको तलबार चल्यो
महिषासुर त बाँधिनै पर्यो

तब पनि ऊ गजराज बन्यो
केशरीतनका ती रौं रौं गन्यो

देवीको तरबार सूँडमा पर्यो
उसको सूँड त भूमिमा झर्यो

पुःन भैंसीरूपमा परिवर्तन
पार्न थाल्यो तीनलोक कम्पन

देवीले पनि मधु पिउन थालिन्
नयनज्योति लाल लाल बालिन्

महिषासुर पनि कहाँ कमी थियो
पाहनबाट अस्त्रशस्त्र बनाइलियो

पाहन टुक्रा समाइ देवीलाई हान्थ्यो
मदमस्त तनमा त्यो देवीतिरै जान्थ्यो

मदमस्तै देवी शक्ति कहाँ हुन्थ्यो कमी
उनले पनि जबाफ दिइन् मदमा नै रमी

लडबडायो बोली पनि कम्पित भयो तन
बाणहरू बर्षित गरिनन् स्थिर थियो मन

मद भयो कमी भनि महसूस गरिन्
पिउन उनले हेर अर्को प्याला धरिन्

हाँक दिइन् दानवलाई ठूलो गर्जन गर्न
एकै क्षण मैले पिउँछु तयार भइ मर्न

अब कति लड्छस् अनि अहा कति भर्छस्
अन्तिम् भयो जीवन घडी किन अघि सर्छस्

आजतक्का कुकर्म छन् ती त तैले सम्झि
म बाट नै मर्छस् अब सहज नै तर्छस्

मदमस्त बन्दै देवी दानब माथि कुदिन्
रणकौशल सबल पार्न मनमनै सुधिन्
के नै शक्ति चाहिन्थ्यो र दैत्यसँग लड्न
तब पनि रणक्षेत्रमा राम्रैसँग जुधिन्

पदकमल कठोर बने चढे दानव माथि
कण्ठमाथि शूल चढ्यो बन्न गयो घाती
तब पनि महिषासुर प्रयासरत थियो
महिषासुरले पनि हेर थापीदियो छाती

वीरहरू लडाइँमा राम्रै सँग लड्छन्
रूप फेरि फेरि लडाइँमा बढ्छन्
अति गहिरो सोचमा भन्न थाल्छन् तिनी
वीरगति प्राप्त गर्दा तन सडे सड्छन्

आधातनबाटै उसले अर्को रूप लियो
देवीलाई उसले पुनः त्यही हाँक दियो
म त लड्न तयार छु भन्थ्यो महिषासुर
उसको अब लड्ने अन्तिम प्रयास थियो

थाहा भयो देवीलाई उसको हाँक रोकिन्
लामो उनको तरबारले शीरमा नै कोपिन्
शीर काटी अलग भयो महिषासुर ढल्यो
देवताका खुसीयाली नजरबाटै जोखिन्

महिषासुरले बाटो लियो इह लोक त्याग्दै
थिए उसका सबै शक्ति यताउता भाग्दै
त्यहाँ विजयको ध्वनी बज्यो रणभूमि महा
देवशक्ति हर्षोत्लासमा भावनामा जाग्दै

स्तबन गर्न थाले देवगण आइ
अप्सरा नाच्न थाले आनन्दमा छाइ
गन्धर्वले गीत गाए विजयको शान
महर्षिले भक्ति गरे भावना नै सजाइ

भजन

जयारूपा सिद्धिदात्री,
कल्याण गर सबैलाई जयेमाता

रूप तिम्रो श्यामल छ तीब्र दृष्टि शक्ति
सारा तन मन अर्पि हामी गर्छौ भक्ति
जयारूप…

शीरमा छ सुशोभित चन्द्रमाको रेखा
भावी बाटै पाएका हौं हाम्रो कर्म लेखा
जयारूपा…

शंख चक्र कृपाण त्रिशूल कर शोभा
शत्रूजति तिम्रो अघि बन्छन् तोवा तोवा
जयारूपा..

सिंह तिम्रो वाहन हो तीन नेत्र धारी
तिमी हौ संसारकी सवकी महातारी
जयारूपा

दिव्यरूप अति सुन्दर सम्पूर्णकी खानी
शक्ति पनि अपरम्पार जीवनकी दानी,
जयारूपा

———————————————————————
सिंहवाहिनी -१६- सोह्रौं अध्याय (देवी देवता सम्वाद)
———————————————————————

महिषासुर जब मर्यो
देव संकट अब टर्यो
विजयको यो खुसीलाई
सबै भक्तिभावमा सर्यो

सारा लागे ती स्तबनमा
एकाग्र भै भक्तिभावमा
देवी दिन्छिन् दर्शन यहाँ
हर्ष–विभोर भै गाथमा

देवी बोल्छिन् देवतासँग
मुस्काउँछिन् ती मगमग
सारा देवमा भावना छर्दै
शीलशैलीमा चढ्दो रंग

भन अभिलाषा के के छन्
भरीदिन्छु सबको मन
सम्पन्नताको धारणाली
सवल हुन्छौ सर्बजन

माग सवले वरदान
हुन्छ सवको समधान
पीर पनि छैन समान
याम सबको बलवान

कुरा आउँछन् क्रम भङ्ग
देवता पर्छन् अति दङ्ग
यहाँ छायो अति उमङ्ग
बदलिदो छ रूप रङ्ग

जब यी सब भावनामा
देवता लागे कामनामा
देवीले गरिन् क्रमभङ्ग
लोकै लाग्यो आराधनामा

अब पालो देवता बोल्ने
मनको कुरा सबै खोल्ने
बोले देवता पयौं सबै
हामीमा कमी नहोस् कबै

हामीमा दुःख जब पर्छ
दर्शन हामी पाउनै पर्छ
दर्शन मात्रै पाउनाले
हाम्रो कष्ट सहजै टर्छ

देवताका बचन सुनिन्
तथास्तु भन्दै देवी बोलिन्
सब भार हरण गरी
अन्तध्र्यानको बाटो रोजिन्

भजन

मारिन् देवीले मारिन् देवीले
महिषासुर दानबलाई मारिन् देवीले

सत्य थिए देबहरू सत्यतामै रहे
हिमालय पर्वतमा वरदान लिन गए
करुणाभो देवीजीको दर्शन नै पाए
सारामर्म परेको नै बेलीबिस्तार लाए,
मारिन् देवीले…..

देवताका सारा मर्म जब सुनिलिइन्
सबै जीवको कल्याण गर्छु भन्दि पनि भइन्
सबै लोकको भार हर्नु मेरो नै हो काम
त्यसैले नै मेरो रह्यो नवदुर्गा नाम
मारिन् देवीले

पापीष्ट महिषासुरले जति दुःख दियो
देवताका सारा भाग त्यसले हरिलियो
अब सबै ढुक्क हुनु हक दिलाई दिन्छु
त्यस पापी दानवको प्राण खैंची लिन्छु,
मारिन् देवीले

निश्चित हऊ देवहरू, आफ्नो स्थान जाऊ
पाउने छौ तिमीहरू आफ्नो आफ्नो भाऊ
यति भन्दै देवीजी लौ अन्तरध्यान भइन्
महिषासुर बध गरी कल्याण गर्दी भइन्
मारिन् देवीले

———————————————————————
सिंहवाहिनी -१७- सत्रौं अध्याय (शुम्भ निशुम्भको आतङ्क र देवीका विविधरूप)
———————————————————————

शुम्भ निशुम्भ प्रतापी दुई भाइ थिए
युद्ध गरी सबै लोक जितेर नै लिए

सार वैभव ती लोकको गरे उपभोग
देवतामा चिन्ता बढी पस्न गयो रोग
सारा राज्य अनि यज्ञ शुम्भको नै भयो
चन्द्र सूर्य सारा वैभव उनको मै गयो

कुवेरको सारा पूँजी अनि वरुणको जल
वायु अनि अग्नि कर्म सबै लिए जलथल
त्यहाँ अब बाँकी केही छैन देवताको लागि
त्यसोहुँदा देवता परे साह्रै नै अलमल

एकक्षत्र राज्यशक्ति हडप नै गरी
देवतालाई ताडना दिन्थे घरी घरी
के नै गर्नु देवताले युद्ध हारे पछि
जति पनि सहन पर्यो मर्का परी परी

देवतामा हाहाकार पर्यो जब जब
देवीजीको याद पनि आयो तब तब
सम्झना भो देवीबाट पा'को वरदान
तरखरीय देवहरू हिमाल जान अब

जब पुगे हिमालमा गर्न थाले आराधना
गर्न थाले सबै देवले देवीजीको कामना

देवताले भन्न थाले तिम्रो जय जयकार
महेश्वरीमा मातामा गछौं जय जयकार

तिमी नै हौ भूवनेश्वरी तिमी सिर्जनकर्ता
तिमीबाटै मोक्ष मिल्छ बन्छ्यौ आधारभूता

प्रकृतिकी रानी तिमी रौद्रा अनि भद्रा
नित्या गौरी ल्याणकारी सबकी छौ श्रद्धा

धात्री देवी ज्योत्स्नामयी साथै दुर्गापारा
दुर्गा कृष्णा धु्रमा देवी नाम तिम्रा सारा

शर्वाणी हौ स्वरूपा हौ लक्ष्मी पनि तिमी
सिद्धिरूपा नैर्ऋतीलाई पूजा गर्छौ हामी

भैरवरूपा धुमावती साथै जया नाम अनि
तिम्रा नाम अनेक छन् बगलामुखी पनि

तिम्रो रूप अजिता हो यहाँ सबै भन्छन्
अर्कोरूप विजया हो सबले नै ठान्छन््

ज्योत्स्नामयी कान्ति तिम्रो त्रिपुरसुन्दरी
जय जयकार हामी गर्छौ हेर घरी घरी

तिमी दिन्छ्यौ सबलाई शरण जहाँ पर्छ मरण
जय जयकार गाउँर्दै तिम्रो हामी आयौं शरण

तिमी नै हौ दुर्गा अनि सबकी सारभूता
तिमी नै हौ श्रीविद्या तिमी छिन्नमस्ता

तिमी नै हौ परमात्मा अनि ध्रूमावती
भद्ररूपिणी देवी तिमी साथै कलावती

बारंबार नमस्कार छ माता जगदम्बे
शरणमा परेका छौं हामी माता अम्वे

सबै देवको स्तुतीले देवी खुसी भइन्
त्यहाँ आगमनको कारण सोद्धी भइन्

गौरीबाटै उत्पन्नभो कुमारीको रूप
यिनै बाट बर्णन भयो देवकष्ट खुप

कौशिकी रहन गयो यी कुमारीको नाम
शुम्भासुर नाश गर्ने भयो यिनको काम

यिनै हुन् सरस्वती साथै उग्रतारा अनि
महोग्रतारा र मातंगी कहलाइन् पनि

कुमारीले भन्न थालिन् शिवशक्तिसँग
शुम्भ–निशुम्भ वध गरी गर्छु कर्मभङ्ग

देवतालाई कुमारीले आश्वासन दिइन्
डर रहित बसोबास गर्न भन्दिभइन्

स्वतन्त्र छु सर्ब कर्म मैले गरिदिन्छु
सबै देवको संरक्षण मैले गरिलिन्छु

यति भनि कुमारी भइन् अन्तरध्यान
सबै देव लाग्दा भए आफ्नो ठाउँ जान

भजन

कौशिकी माई रक्षागर हामीलाई

कौशिकीको उत्पत्ति त उमा बाटै भयो
देवताको सारा कष्ट अब हट्नै गयो
शुम्भासुरको बध गर्ने धारण त राख्दै
अन्तरध्यान देवी भइन् सत्य कुरा छ यो,
कौशिकी माई…

जब जब संसारमा अत्याचार बढ्छ
घमण्डले बाटो नाप्दै नभतिर चढ्छ
दैविक शक्ति प्रकट हुन्छ भार हर्नलाई
त्यसैले त संसारमा सबै जीव अड्छ ,
कौशिकी माई….

शक्ति पनि दानवले देव बाटै लिन्छन्
शक्ति प्राप्त गरेपछि उल्टै दुःख दिन्छन्
देवासुर सङ्ग्राम त अनि सुरु हुन्छ
अन्त्य याम आए पछि अनि शक्ति चिन्छन् ,
कौशिकी माई…

शुम्भ–अशुम्भले यहाँ धरै कष्ट दियो
उमाकोष बाटै यहाँ शक्ति जन्म लियो
कौशिकी नाम कहलायो भार हर्नलाई
कुमारीको आविर्भाब आवश्यक थियो,
कौशिकी माई….

———————————————————————
सिंहवाहिनी -१८- अठारौं अध्याय (चण्ड–मुण्डले देवी देख्नु)
———————————————————————

एक दिनको कथा हो यो
शुम्भका सेबक छन् जो

हिमालतिर जाँदाखेरि
मूर्छित परे देवी हेरी

देवीको त्यो सुन्दररूप
नयन रम्य लाग्ने खुप

चण्ड मुण्डले चेतै छोडे
सारा ध्यान त तेत्यै मोडे

कौतुहल मनमा चल्यो
प्रकाशमय दियो जल्यो

ती दुबै दरबार गए
देवी रूपको व्याख्या गरे

अति राम्री रहिछन् नारी
बस्ने हिमशिखर रम्यपारी

हिमाल शीरै टल्काउने
नयनसुधा बर्षाउने

सिंहवाहिनी अति राम्र्री
प्रसादमा सुहाउने हाम्री

अतिनै राम्रो हुन्छ राजा
ओडाउन सुन्दर खादा

———————————————————————
सिंहवाहिनी -१९- उन्नाइसौ अध्याय (शुम्भको दूत र देवी संवाद)
———————————————————————

देवीजीको शन्देश पुग्यो राजालाई
शुम्भले दूत बनाई भेजे सुग्रीबलाई
शुम्भले सुग्रीवलाई सबै अर्ति दिए
सुग्रीबले मनन् गरे शुम्भ भावनालाई

शुम्भ भन्छन् –
गई भेट सुन्दरीलाई भन सबै कुरा
मीठा कुरा गर्नलाई तिमी नै छौ सुरा

अमृतसरी मीठा मीठा कुरा त्यहाँ गर्नु
मेरा सारा वीरतालाई पनि त्यहाँ छर्नु

वीरताका सारा कुरा बुँदा बुँदा सुन्दा
तनमन रसाउला मन भित्र गुन्दा

अवश्य यी कामहरू सहजले गर्नु
लालित्य दर्शाएर उनको मन हर्नु

यति आज्ञा सुग्रीबले जब सुन्न पाए
सुग्रीब देवी भेट्न हिमालतिर लाए

आज्ञा बोकी सुग्रीब जब पुगे हिमाल
देवीसँग राख्न थाले सहजमा सवाल

शुम्भासुर बलवान अति पराक्रमी राजा
तीनैलोकमा उनीमात्रै हुन् सबका साजा

उनका भाइ निशुम्भ छन् उस्तै बलवान
शुम्भजीले पठाउनु भो दूत बनाइ जान

स्वर्ग–राज इन्द्र पनि शुम्भ बाट हारे
शुम्भले सारा बैभव आफ्नो हात पारे

आभूषण जे जति छन् इन्द्र बाट छिने
शक्तिशाली शुम्भ हो सबै देवले चिने

यज्ञादि देवभाग पनि शुम्भजीले लिन्छन्
पाणिग्रहण भयो भने साह्रै सुख दिन्छन्

त्यसोहुँदा तिमीलाई विवाह गर्ने इच्छ्या
शुम्भ र निशुम्भमा तिम्रै रह्यो स्वेच्छ्या

शुम्भजीले भन्नु हुन्छ स्त्रीरत्न तिमीलाई
तिमी जस्ती रानी पाउनु भाग्य हामीलाई

हुन पनि स्त्रीरत्न रजनीकी चाँद
सारासंसार तिम्रै हो छैन कहंी साँध
काम जनित रससाथ देऊ शुम्भ हात
शयलमा राख्ने छन् तिम्लाई दिनरात

यति कुरा भवानीले दूतबाट सुनिन्
'साँचो कुरा भन्नुभयो' दूतलाई भनिन्
'जीवनमा मैले पनि प्रण गरेकी छु
युद्धमा जित्नेलाई पति वरेकी छु

यही दृढ प्रतिज्ञा हो राय सुनाइ दिनु
जसो गरी राम्रो हुन्छ निर्णय त्यही लिनु

भजन

अति सुन्दरी अति सुन्दरी
कौशिकी देवी छन् अति सुन्दरी

हिमाल पर्वत नै सुन्दरताले छाउने
प्रकृति हुन् ती देवीत साह्रै सुहाउने
हिमालको सौम्यरूप चाँदीको नै टल्कन
सौन्दर्य छ शक्तिशाली संसार नुगाउने
अति सुन्दरी…

सेतो सेतो हिमछादित, शिव बासस्थल
शिवशीरमा रमण गर्छिन् शुद्ध गंगाजल
कुमारीको अवतार भो जब उमा बाट
देवताले प्राप्त गरे चाहिए जति बल
अति सुन्दरी
कौशिकी पनि तिनै उमाजी कि अवतार
सरस्वती कहलाउँछिन् सबै सरासर
यिनै बाट मर्न जाने शुम्भ निशुम्भ लौ
यिन्कै भजन गाउनु पर्छ हामी बराबर
अति सुन्दरी….

कैलाशको रौनक नै अति रम्य लाग्ने
गौरी तिम्रो नाम लिंदा सारा दुख भाग्ने
संसारमा भरिपूर्ण तिम्रै महामाया
तिम्रै मायाजालबाट संसार हो जाग्ने,
अति सुन्दरी ….

देवताको स्तबनले देवी खुसी भइन्
सबै देवहरू अघि दर्शन दिदी भइन्
देवताका कष्ट यिनलाई थाहा लाग्यो
कुमारीले सबै भन्दै अन्तरध्यान भइन्
अति सुन्दरी…..

वीसौं अध्याय

दूत फर्कनु र दैत्यसैन्य युद्धमा जानु

दूत फर्के सन्देश लिइ शुम्भ छन् जहाँ
शुम्भको क्रोध बढ्यो सन्देश सुनी त्यहाँ

धुम्राक्षलाई बोलाएर शुम्भ बोल्न थाले
क्रोधित भै आफ्ना नेत्र राम्ररी नै बाले

हिमाल जाऊ तिमी फकाऊ सुन्दरीलाई
मीठा मीठा शब्दजालले उनीलाई बुझाइ

जसो गरी ल्याउनु पर्छ ल्याऊ त्यसै गरी
शुम्भले सन्देश दिन थाले यही घरी घरी

नारी हुन् कमलाङ्गिनी डराउनु छैन
लड्न परे लड्नु पर्छ पछि पर्ने हैन

धुम्रले आज्ञा पायो हिमालमा जान
उसलाई हुन गयो प्रकृतिको ज्ञान

साठी हजार सैन्यलाई उसले साथ लियो
लाल लाल नेत्र बनाइ क्रोधित मद पियो

भन्न थाल्यो देवीलाइर्– हेर नितम्बिनी
मेघमाला सुन्दरता रैछ्यौ कादम्बिनी

सुन्दरता सजाउने महल पनि हुन्छ
त्यस्तै वर रोजेपछि उच्चाइलाई छुन्छ

शुम्भसँग हजुरको जोडा मिल्छ राम्रो
सवारीहोस् हजुरको कामना हो हाम्रो

नत्र भने लडाइमा तिमी मर्नु पर्ला
सहजैमा स्वीकारेमा काल पनि टर्ला

यति कुरा देवीले धुम्रबाट सुनिन्
आफ्नो दृढ प्रतिज्ञा उसलाई भनिन्

मार्न सक्छौ मार तिम्ले काट्न सक्छौ काट
मलाई नै लाने भए युद्ध लड्न आँट

जसले जित्छ समर उही पति हुन्छ
म पनि त हेर्दै छु नि कसलेपो छुन्छ

धुम्रलोचन अघि बढ्यो देवी समाउन
युद्धभूमि तात्न थाल्यो सेना सजाउन

हूं कारको मन्त्र बाटै धुम्र भस्म भयो
भूतलमा यिनको नाम धुमावती रह्यो

धुमावती माइको जसले भक्ति गर्छ
सम्पूर्ण संकट जति भक्ति बाटै टर्छ

सिंह पनि रणमा थाल्यो अघि सर्न
सिंह बाटै दैत्यको सुरु भयो मर्न

यो खबर शुम्भलाई जब पत्ता लाग्यो
क्रोधपूर्ण मुद्रामा शुम्भ निकै जाग्यो

चण्ड मुण्ड बोलायो सारा कथा सुनायो
देवीलाई बाँधेर ल्याउन नै अह्रायो

सारा कर्म गर्नु धैर्य पनि धर्नु
सबै कुरा भनि अनि अघि सर्नु

सहजमा आए सहज नै सही
अस्त्र लिन परे अस्त्र लिनु त्यहीं

मार्न परे मारिदिनु देवीलाई
मनखत छैन कुनै हामीलाई

मारे पछि पनि बाँधेर नै ल्याऊ
चाँडो भन्दा चाँडो काम सकी आऊ

यति कुरा शुम्भले जब भनि दियो
चतुरंगिणी सेना उस्ले साथ लियो

चण्ड र मुण्ड जान हिड्दा भए
सरासर तिनी हिमाल पुग्दा भए

हिमाली शिखरमा देवीको नै बास
हिमको छ श्रृङ्गार, छैन त्यहाँ त्रास
सिंह माथि बसेकी हिमश्रृङ्गार घसेकी
देवी नजिक पुगे गरी ठूलो सहास

आज्ञा पालन गरेर शक्ति पनि धरेर
फर्कनु थियो दुबै काम सफल गरेर
लगाउनु पर्ने त्यहाँ विवेक र बुद्धि
कुरा गर्न थाले लौ दुबै अघि सरेर

शुम्भ–निशुम्भको महिमा कहन्छन्
सिघ्र जानुपर्यो देवीलाई भन्छन्

तिमी पनि रैछ्यौ अति मानिनी
विन्ति छ तिमीमा बन कामिनी

त्रिलोकहारी अति मनकारी
शुम्भ निशुम्भ छन् विहारी
त्रिलोकका यिनी अधिकारी
पत्नी बन हे कल्याणकारी

उनलाई पति पाउन
गहनाले तन छाउन
अति राम्रोनै हुनजाला
उनको अघि लाउन

शक्ति छ उनको अपरम्पार
उनकै शक्तिमा चल्छ संसार
उनकै प्रकृति तिमी बन्दामा
अझै थपिन्छ त्यहाँ अलङ्कार

पुरुष शक्तिमा नारी भाग्य हुन्छ
बुझ्दैन जसले त्यसले हात धुन्छ
मौका छ बन्नलाई अहो भाग्य मानी
भन शुम्भ सरीको अरु यहाँ कुन्छ

हो रूप सबको तनको सौन्दर्य
छर्छन् पुष्पले पनि लौ माधुर्य
पार्दछ त्यसले वागलाई रम्य
मान्नु त छैन यहाँ लौ आश्चर्य

पुष्पशोभा हुन्छ भमरा घुमेको
मदमस्त योवन त्यसैमा झुमेको
तिम्रो यो रूप लावण्यलाई
पल्लवित हुन्छ शुम्भले समाइ

नगर ढीलो हिंड हामीसँग
वासना छर्दै हेर मग मग
यही त बन्छ अनमोलमणी
टल्किन जान्छ तनको सुहाग

रूपको घमण्ड विष बन्न जान्छ
रूप नै सबै हो भनि जस्ले ठान्छ
समाऊ अब अमृत–घडालाई
तत्ब नै बुझेमा अमरत्ब धान्छ

शुम्भ अति वीर छन्
अति धेरै धीर छन्
भावनामा बग्नमा
पवित्रमा नीर छन्

सबै कुरा देवीले धैर्यसँग सुन्छिन्
मैले गर्नु छैन उनको भक्ति भन्छिन्

देवीको कथन छ अति शूक्ष्म सारमा
ठूलो शक्ति हुन्छ परमब्रह्माधारमा

सबै भन्दा ठूलो हुन्छ उनै शिव शक्ति
उनै शिव शक्तिमा नै मेरो जान्छ भक्ति

यहाँ मैले रूपको वर्र्णन सुन्नु छैन
कर्म गर्छन् कर्मकाण्डी अरु कुरा हैन

आएका हौ लड्न भने लड चण्ड मुण्ड
तिम्रो शक्ति देख्छु यहाँ अति धेरै झुण्ड

समरमा मन गयो क्रोध अति बढ्यो
आँखीभौ तनभरी कालो रूप चढ्यो

यही कालो बर्णले विकरालरूप धर्यो
सिर्जनाको प्रतिमूर्ति कालीरूपमा सर्यो

कालीदेवी कहलाइन् हिमालमा छँदा
सारा कर्म सिद्ध गरिन् देव दुःख पर्दा

विकराल रूप धारी प्रकट भइन् काली
अति क्रोधितरूपमा नयनज्योति बाली

हातमा थियो तरबर अनि साथै पास
खड्वाङ हेर्दा लाग्थ्यो विचित्र नै खास

गलाभरी देखिने नरमुण्ड माला
साडी हेर्दा देखिने बाघको नै छाला
शरीरको मासु सुक्दै सुक्दै गाको
नरकङ्काली रूप तिन्को भा'को

यस्तो रूप हेर्दा डर धेरै लाग्ने
तिन्ले दानवको शक्तिमात्र दाग्ने

मुख हेर्दा लाग्थ्यो अति धेरै ठूलो
अति ठूलो देखिने घाँटीको नै दुलो

गाडिएका नेत्रहरू अल्लि राता राता
सारा तन हेर्दा लाग्ने पृथ्वीकै छाता

विकराल त्यो रूपधारी
देवताकी कल्याणकारी
युद्ध भयो लौ बडा भारी
वास्तबमा ती थिइन् नारी

महान थियो नारीशक्ति
सबले गर्ने यिन्कै भक्ति
सवल तन भव्य मन
गाला थिए लौ रक्ती रक्ती

कुदिन काली रणमहा
दैत्य शक्ति थिए जहाँ
समात्तै भक्षण गर्दै
सबै मार्दि भइन त्यहाँ

समरमा जोजति थिए
सबै तिनी पेट्मै गए
रण कौशल थरी थरी
छनौट गर्दै स्थान लिए

कपालका रौं रौ. गन्दै
तँ पनि मरिजा भन्दै
गलालाई घोट्दै घोट्दै
लात्तले कुल्चिदिंदै

बढिन् काली लिइ अस्त्र
दैत्य बने त्यहाँ त्रस्त
दुबै गण भिडे मस्त
युद्धत लाग्ने विचित्र

अस्त्रसस्त्र चबाइ दिने
अस्त्र हानी खसाइ दिने
दैत्य सैन्य क्षण भरमा
सारा सखाप पारी दिने

देखे पछि यस्तो शक्ति
चण्ड मुण्ड भिडे मस्ति
देवी पनि अघि बढ्दै
दैत्य पारिन् रक्ति रक्ति

बाण बर्षे बर्षा जस्तै
चक्र चले त्यहाँ मस्तै
सूर्य थिए मेघ भित्रै
रण भूमि अस्तव्यस्तै

चण्ड मुण्ड रोषमा थिए
आफ्नो स्थान यिनले लिए

काली पनि गर्जन थालिन
तै पनि यिनी थिइन् शालीन

देखिन् यिनले दैत्य सहास
सुनियो देवीको अट्टहास

प्रदर्शित भयो मोती दन्त
प्रकाशित भयो लौ अनन्त

अबत देवीले झिकिन् तरबार
गर्न थालिन उसलाई प्रहार

हँ को मन्त्र जप्न थालिन्
कपाल समाइ टाउको काटिन्

मुण्डले देख्यो चण्ड मरेको
चण्डको शीर भूइँमा झरेको

ऊ पनि जाग्यो देवीलाई मार्न
सकेन उसले रौं पनि झार्न

चण्ड र मुण्ड मारिन गए
वाँकी सेनामा हुन गयो भय

कालीले टिपिन् दुबैको शीर
लिएर गइन् ती देवी निर

कालीले दुबै शीर भेटी चढाइन्
हर्षित मुडमा विन्ति बढाइन्

मैले मारे चण्ड र मुण्ड
अनेकौं दैत्य थिए झुण्ड

शुम्भ निशुम्भ हजुरले मार्नु
सम्पूर्ण देवको दुःख नै टार्नु

यो शब्द बाणी कालिको सुनेर
बोल्दछिन् देवी मनमै गुनेर

जे गर्नु थियो सब गरि दियौ
ती चण्ड मुण्ड मारी पनि लियौ

को भूल्न सक्छ यति ठूलो काम
प्रसिद्धि पाउली चामुण्डा नाम

भजन

मारिन् कालीले मारिन् कालीले
चण्ड मुण्ड दुबै दैत्य मारिन् कालीले

शुम्भ निशुम्भका प्रवल ती शक्ति
सबै र्दैत्य मिली गर्थे शुम्भ–भक्ति
चण्ड मुण्ड मरे पनि तर पाए मुक्ति
शुम्भले युद्ध गर्न खोज्न थाले युक्ति,
मारिन् देवीले…

चामुण्डाको नामले त्यहाँ प्रसिद्ध पायो
काली शक्ति नामले जहाँ प्रसिद्धि छायो
शिवजीकी शुक्ष्म शक्ति सबै गर्छन् भक्ति
सिद्धिमयी अणिमाको भजन किर्तन गायो
मारिन् देवीले

यिनको शक्ति बन्न जान्छ जीवनको उर्जा
सञ्चालित छन् यो तनका सारा कल पूर्जा
तन मन रसाउँ छ यिनको नाम लिंदा
अपूर्ब छ यिनको शक्ति आतमा लिन्छिन् गुर्जा
मारिन् देवीले

चण्ड मुण्ड दुबै मिली मार्ने धम्की दिन्छन्
आनन्दै आनन्द त शुम्भ दिन्छन् भन्छन्
देवीजीले आफ्नो राय मुस्कानमा भन्छिन्
सरासर आफ्नो पनि परिचय दिन्छिन्,
मारिन् देवीले

अद्वितीय परमबह्मा ती नै सदाशिव
उनलाई मानेको छ संसारले खुब
उनको शक्ति आदिअन्त्य कसले कहाँ जान्नु
उनै मेरा पतिदेव हुन् अरु कस्लाई मान्नु,
मारिन् देवीले

प्रकृतिले पति पनि सुहाउँदो दिन्छिन्
त्यही शक्तिले यत्रतत्र सबै बस लिन्छिन्
हस्तिनीले हात्ती खोज्छे बघिनीले बाघ
कामातुर जति बनुन् लाग्न दिन्नन् दाग,
मारिन् देवीले

देवी भन्छिन् दैत्यलाई झुटा बोल्र्छौ किन
बजाउन सक्छौ तिम्ले आफ्नो आफ्नो धुन
समातेको छ तिमीलाई कालसर्प योगले
तिम्रा मालिक बन्ने छन् मेरा हातका घुन,
मारिन् देवीले

अझै पनि बुद्धि भए पातालमा जाऊ
युद्ध छोडें भनिकन माफी माग्न आऊ
नत्र भने सबै दैत्य यहीं मारिदिन्छु
शुम्भ निसुम्भ शक्तिलाई राम्ररी चिन्छु
मारिन् देवीले

———————————————————————
सिंहवाहिनी -२०- बीसौं अध्याय (दूत फर्कनु र दैत्यसैन्य युद्धमा जानु)
———————————————————————

(दूत फर्कनु र दैत्यसैन्य युद्धमा जानु)

दूत फर्के सन्देश लिई शुम्भ छन् जहाँ
शुम्भको क्रोध बढ्यो सन्देश सुनी त्यहाँ

धुम्राक्षलाई बोलाएर शुम्भ बोल्न थाले
क्रोधित भै आफ्ना नेत्र राम्ररी नै बाले

हिमाल जाऊ तिमी फकाऊ सुन्दरीलाई
मीठा मीठा शब्दजालले उनीलाई बुझाइ

जसो गरी ल्याउनु पर्छ ल्याऊ त्यसै गरी
शुम्भले सन्देश दिन थाले यही घरी घरी

नारी हुन्छन कोमलाङ्गी डराउनु छैन
लड्न परे लड्नु पर्छ पछि पर्ने हैन

धुम्रले आज्ञा पायो हिमालमा जान
उसलाई हुन गयो प्रकृतिको ज्ञान

साठी हजार सैन्यलाई उसले साथ लियो
लाल लाल नेत्र बनाइ क्रोधित मद पियो

भन्न थाल्यो देवीलाई–हेर नितम्बिनी
मेघमाला सुन्दरता रैछ्यौ कादम्बिनी

सुन्दरता सजाउने महल पनि हुन्छ
त्यस्तै वर रोजेपछि उच्चाइलाई छुन्छ

शुम्भसँग हजुरको जोडा मिल्छ राम्रो
सवारीहोस् हजुरको कामना हो हाम्रो

नत्र भने लडाइमा तिमी मर्नु पर्ला

सहजैमा स्वीकारेमा काल पनि टर्ला

यति कुरा देवीले धुम्रबाट सुनिन्
आफ्नो दृढ प्रतिज्ञा उसलाई भनिन्

मार्न सक्छौ मार तिम्ले काट्न सक्छौ काट
मलाई नै लाने भए युद्ध लड्न आँट

जसले जित्छ समर उही पति हुन्छ
म पनि त हेर्दै छु नि कसले पो छुन्छ

धुम्रलोचन अघि बढ्यो देवी समाउन
युद्धभूमि तात्न थाल्यो सेना सजाउन

हुंकारको मन्त्र बाटै धुम्र भस्म भयो
भूतलमा यिनको नाम धुमावती रह्यो

धुमावती माइको जसले भक्ति गर्छ
सम्पूर्ण संकट जति भक्ति बाटै टर्छ

सिंह पनि रणमा थाल्यो अघि सर्न
सिंह बाटै दैत्यको सुरु भयो मर्न

यो खबर शुम्भलाई जब पत्ता लाग्यो
क्रोधपूर्ण मुद्रामा शुम्भ निकै जाग्यो

चण्ड मुण्ड बोलायो सारा कथा सुनायो
देवीलाई बाँधेर ल्याउन नै अह्रायो

सारा कर्म गर्नु धैर्य पनि धर्नु
सबै कुरा भनि अनि अघि सर्नु

सहजमा आए सहज नै सही
अस्त्र लिन परे अस्त्र लिनु त्यहीं

मार्न परे मारिदिनु देवीलाई
मनखत छैन कुनै हामीलाई

मारे पछि पनि बाँधेर नै ल्याऊ
चाँडो भन्दा चाँडो काम सकी आऊ

यति कुरा शुम्भले जब भनी दियो
चतुरंगिणी सेना उस्ले साथ लियो

चण्ड र मुण्ड जान हिड्दा भए
सरासर तिनी हिमाल पुग्दा भए

हिमाली शिखरमा देवीको नै बास
हिमको छ श्रृङ्गार, छैन त्यहाँ त्रास
सिंह माथि बसेकी हिमश्रृङ्गार घसेकी
देवी नजिक पुगे गरी ठूलो साहस

आज्ञा पालन गरेर शक्ति पनि धरेर
फर्कनु थियो दुबै काम सफल गरेर
लगाउनु पर्ने त्यहाँ विवेक र बुद्धि
कुरा गर्न थाले लौ दुबै अघि सरेर

शुम्भ–निशुम्भको महिमा कहन्छन्
सिघ्र जानुप¥यो देवीलाई भन्छन्

तिमी पनि रैछ्यौ अति मानिनी
बिन्ती छ तिमीमा बन कामिनी

त्रिलोकहारी अति मनकारी
शुम्भ निशुम्भ छन् विहारी
त्रिलोकका यिनी अधिकारी
पत्नी बन हे कल्याणकारी

उनलाई पति पाउन
गहनाले तन छाउन
अति राम्रो नै हुनजाला
उनको अघि लाउन

शक्ति छ उनको अपरम्पार
उनकै शक्तिमा चल्छ संसार
उनकै प्रकृति तिमी बन्दामा
अझै थपिन्छ त्यहाँ अलङ्कार

पुरुष शक्तिमा नारी भाग्य हुन्छ
बुझ्दैन जसले त्यसले हात धुन्छ
मौका छ बन्नलाई अहो भाग्य मानी
भन शुम्भ सरीको अरु यहाँ कुन्छ

हो रूप सबको तनको सौन्दर्य
छर्छन् पुष्पले पनि लौ माधुर्य
पार्दछ त्यसले वागलाई रम्य
मान्नु त छैन यहाँ लौ आश्चर्य

पुष्पशोभा हुन्छ भमरा घुमेको
मदमस्त योवन त्यसैमा झुमेको
तिम्रो यो रूप लावण्यलाई
पल्लवित हुन्छ शुम्भले समाइ

नगर ढिलो हिंड हामीसँग
वासना छर्दै हेर मग मग
यही त बन्छ अनमोलमणि
टल्किन जान्छ तनको सुहाग

रूपको घमण्ड विष बन्न जान्छ
रूप नै सबै हो भनी जस्ले ठान्छ
समाऊ अब अमृत–घडालाई
तत्व नै बुझेमा अमरत्व धान्छ

शुम्भ अति वीर छन्
अति धेरै धीर छन्
भावनामा बग्नमा
पवित्रमा नीर छन्

सबै कुरा देवीले धैर्यसँग सुन्छिन्
मैले गर्नु छैन उनको भक्ति भन्छिन्

देवीको कथन छ अति शूक्ष्म सारमा
ठूलो शक्ति हुन्छ परमब्रह्माधारमा

सबै भन्दा ठूलो हुन्छ उनै शिवशक्ति
उनै शिव शक्तिमा नै मेरो जान्छ भक्ति

यहाँ मैले रूपको वर्र्णन सुन्नु छैन
कर्म गर्छन् कर्मकाण्डी अरु कुरा हैन

आएका हौ लड्न भने लड चण्ड मुण्ड
तिम्रो शक्ति देख्छु यहाँ अति धेरै झुण्ड

समरमा मन गयो क्रोध अति बढ्यो
आँखीभौ तनभरी कालो रूप चढ्यो

यही कालो बर्णले विकरालरूप ध¥यो
सिर्जनाको प्रतिमूर्ति कालीरूपमा स¥यो

कालीदेवी कहलाइन् हिमालमा छँदा
सारा कर्म सिद्ध गरिन् देव दुःख पर्दा

विकराल रूप धारी प्रकट भइन् काली
अति क्रोधितरूपमा नयनज्योति बाली

हातमा थियो तरबार अनि साथै पास
खड्वाङ हेर्दा लाग्थ्यो विचित्र नै खास

गलाभरी देखिने नरमुण्ड माला
साडी हेर्दा देखिने बाघको नै छाला

शरीरको मासु सुक्दै सुक्दै गा'को
नरकङ्काली रूप तिन्को भा'को

यस्तो रूप हेर्दा डर धेरै लाग्ने
तिन्ले दानवको शक्तिमात्र दाग्ने

मुख हेर्दा लाग्थ्यो अति धेरै ठूलो
अति ठूलो देखिने घाँटीको नै दुलो

गाडिएका नेत्रहरू अल्लि राता राता
सारा तन हेर्दा लाग्ने पृथ्वीकै छाता

विकराल त्यो रूपधारी
देवताकी कल्याणकारी
युद्ध भयो लौ बडा भारी
वास्तबमा ती थिइन् नारी

महान थियो नारीशक्ति
सबले गर्ने यिन्कै भक्ति
सवल तन भव्य मन
गाला थिए लौ रक्ती रक्ती

कुदिन काली रणमहा
दैत्य शक्ति थिए जहाँ
समात्तै भक्षण गर्दै
सबै मार्दी भइन् त्यहाँ

समरमा जोजति थिए
सबै तिनी पेट्मै गए
रण कौशल थरी थरी
छनौट गर्दै स्थान लिए

कपालका रौं रौ. गन्दै
तँ पनि मरिजा भन्दै
गलालाई घोट्दै घोट्दै
लात्तले कुल्चिदिंदै

बढिन् काली लिइ अस्त्र
दैत्य बने त्यहाँ त्रस्त
दुबै गण भिडे मस्त
युद्ध त लाग्ने विचित्र

अस्त्रशस्त्र चबाइ दिने
अस्त्र हानी खसाइ दिने
दैत्य सैन्य क्षण भरमा
सारा सखाप पारी दिने

देखे पछि यस्तो शक्ति
चण्ड मुण्ड भिडे मस्ती
देवी पनि अघि बढ्दै
दैत्य पारिन् रक्ति रक्ति

बाण बर्षे बर्षा जस्तै
चक्र चले त्यहाँ मस्तै
सूर्य थिए मेघभित्रै
रणभूमि अस्तव्यस्तै

चण्ड मुण्ड रोषमा थिए
आफ्नो स्थान यिनले लिए

काली पनि गर्जन थालिन्
तै पनि यिनी थिइन् शालीन

देखिन् यिनले दैत्य सहास
सुनियो देवीको अट्टहास

प्रदर्शित भयो मोती दन्त
प्रकाशित भयो लौ अनन्त

अबत देवीले झिकिन् तरबार
गर्न थालिन उसलाई प्रहार

हम् को मन्त्र जप्न थालिन्
कपाल समाइ टाउको काटिन्

मुण्डले देख्यो चण्ड मरेको
चण्डको शिर भुइँमा झरेको

ऊ पनि जाग्यो देवीलाई मार्न
सकेन उसले रौं पनि झार्न

चण्ड र मुण्ड मारिन गए
वाँकी सेनामा हुन गयो भय

कालीले टिपिन् दुबैको शिर
लिएर गइन् ती देवी निर

कालीले दुबै शिर भेटी चढाइन्
हर्षित मुडमा विन्ती बढाइन्

मैले मारे चण्ड र मुण्ड
अनेकौं दैत्य थिए झुण्ड

शुम्भ निशुम्भ हजुरले मार्नु
सम्पूर्ण देवको दुःख नै टार्नु
यो शब्द बाणी कालीको सुनेर
बोल्दछिन् देवी मनमै गुनेर

जे गर्नु थियो सब गरि दियौ
ती चण्ड मुण्ड मारी पनि लियौ

को भुल्न सक्छ यति ठूलो काम
प्रसिद्धि पाउली चामुण्डा नाम

भजन

मारिन् कालीले मारिन् कालीले
चण्ड मुण्ड दुबै दैत्य मारिन् कालीले

शुम्भ निशुम्भका प्रबल ती शक्ति
सबै र्दैत्य मिली गर्थे शुम्भ–भक्ति
चण्ड मुण्ड मरे पनि तर पाए मुक्ति
शुम्भले युद्ध गर्न खोज्न थाले युक्ति,
मारिन् देवीले…

चामुण्डाको नामले त्यहाँ प्रसिद्ध पायो
काली शक्ति नामले जहाँ प्रसिद्धि छायो
शिवजीकी शुक्ष्म शक्ति सबै गर्छन् भक्ति
सिद्धिमयी अणिमाको भजन कीर्तन गायो
मारिन् देवीले

यिनको शक्ति बन्न जान्छ जीवनको उर्जा
सञ्चालित छन् यो तनका सारा कल पूर्जा
तन मन रसाउँछ यिनको नाम लिदा
अपूर्व छ यिनको शक्ति आँतमा लिन्छिन् गुर्जा
मारिन् देवीले

चण्ड मुण्ड दुबै मिली मार्ने धम्की दिन्छन्
आनन्दै आनन्द त शुम्भ दिन्छन् भन्छन्
देवीजीले आफ्नो राय मुस्कानमा भन्छिन्
सरासर आफ्नो पनि परिचय दिन्छिन्,
मारिन् देवीले

अद्वितीय परमबह्मा ती नै सदाशिव
उनलाई मानेको छ संसारले खुब
उनको शक्ति आदिअन्त्य कसले कहाँ जान्नु
उनै मेरा पतिदेव हुन् अरु कस्लाई मान्नु,
मारिन् देवीले

प्रकृतिले पति पनि सुहाउँदो दिन्छिन्
त्यही शक्तिले यत्रतत्र सबै वश लिन्छिन्

हस्तिनीले हात्ती खोज्छे बघिनीले बाघ
कामातुर जति बनून् लाग्न दिन्नन् दाग,
मारिन् देवीले

देवी भन्छिन् दैत्यलाई भूmटो बोल्र्छौ किन
बजाउन सक्छौ तिम्ले आफ्नो आफ्नो धुन
समातेको छ तिमीलाई कालसर्प योगले
तिम्रा मालिक बन्ने छन् मेरा हातका घुन,
मारिन् देवीले

अझै पनि बुद्धि भए पातालमा जाऊ
युद्ध छोडें भनिकन माफी माग्न आऊ
नत्र भने सबै दैत्य यहीं मारिदिन्छु
शुम्भ निसुम्भ शक्तिलाई राम्ररी चिन्छु
मारिन् देवीले

———————————————————————
सिंहवाहिनी -२१- एक्काइसौं अध्याय (रक्तबीजसँग युद्ध)
———————————————————————

चण्ड मुण्ड मरेको जब खवर गयो
यो खबरले शुम्भ झनै कुपित भयो

रक्तबीज डाकेर समर कथा कह्यो
सारा वीर मर्न गए अचम्म पो छ यो

रक्तबीज भनेको शिवको हो भक्त
शिवबाटै प्राप्त गर्यो वर अति शक्त

रगतका हेरक बुँद जमिनमा झर्दा
अशंख्य नै दानव निस्के वरदानले गर्दा

यी दानव कस्ता भने अति शक्तिशाली
सारा बल हेर्दा खेरि दङ्ग पर्छिन् काली

जति मारो बढ्दै जाने संख्या कति कति
तर पनि देवीजीमा चिन्ता छैन एकरती

अम्विकाले भन्न थालिन् हेर कालीकालाई
खाऊ रगत मार्छु फगत यिनी दानवलाई

कालीकाले पनि यहाँ मुख वाउन थालिन्
अम्विकाले काटेजति सबै मुखमा हालिन्

शुम्भले गम्दै थियो देवी लाने घर
उन्ले कदम् चाल्दा मानेन हौ डर

सारा सैन्य मरे पछि शुम्भ भयो कुपित
यो नारीले पार्नी भइ समर नै दुषित
कसो गरी ल्याउने होला त्यसलाई घर
रणक्षेत्र सजाएर लड्न ठान्यो उचित

त्यसो हुँदा शुम्भले सबैलाई डाक्यो
आफ्नो आदेशले ती दैत्य क्षेत्र ढाक्यो
सर्ब प्रथम उदायुद्ध सेनापति डाक्यो
सबै दलबल सहित युद्ध क्षेत्र ताक्यो

छयासी सेनापतिहरू जम्मा यसमा थिए
दलबल सहित सबै लड्न युद्ध क्षेत्र गए

कम्बु नामका सेना नायक युद्धमा जानु
देवीलाई च्याप्प समाइ मकहाँ ल्याउनु

पचास कोटी वीर्यकुलका सेनापतिहरू
दलबल सहित गएर नै युद्ध गरुन् बरु

सय जबान ध्रुम कुलका सेना पति वीर
लड्न जाउन देवीसँग त्यहाँ बनुन् थीर

कालक अनि कालकेय सेनापतिहरू
देवीसँग लड्न भनि चाँडै जाउन बरू

मौर्य र दौहृर्द शक्ति सेनानायकलाई
आज्ञा दियो जान भनि अस्त्रसस्त्र समाइ

शुम्भराजा भन्न थाल्यो कार्य सिद्ध गर
कहिल्यै विश्वास गर्नु हुन्न शत्रुका भर

विकराल सैन्यशक्ति परिचालन गरी
शुम्भराजा ढुक्क भयो आपूm अघिसरी

यति ठूलो शक्ति हेर देवीतिर बढ्यो
देख्छिन् देवी शैन्यशक्ति क्रोध अति चढ्यो

समाइ धनुष दिइन् टंकार बन्न गयो झंकार
धनुषको यो टंकारले कम्पित भयो संसार

घण्टी पनि बज्न गयो थपिन गयो ध्वनी
यै ध्वनीले थरकायो गुञ्जयमान बनी

जब जब ध्वनी गुञ्ज्यो दैत्य सैन्य जाग्यो
रणक्षेत्र अब भने भूँवरी झै लाग्यो
घेरे सबले देवीलाई पारे मध्य भागमा
कालीले मुख वायी निलिन् विना दागमा

काली देवी शक्तिशाली अडिन् बाहुबलमा
ब्रह्मा विष्णु महेश्वरका शक्ति बसे तनमा

सबै देवको चाहना हो असुर जति नाश
त्रिलोक राज्य फिर्ता गरी स्वर्गको हो बास

कालीलाई शक्ति प्रदान गर्न थाले रणमा
देवशक्ति प्रकट भए सबकै एकै क्षणमा

ब्रह्मा, शिव, कात्तिकेय, विष्णु तथा इन्द्र
यिनका शक्ति प्रकट भए दिव्यरूप चन्द्र

रूप उही, वाहन उही, अस्त्रसस्त्र उही
सारा शक्ति पुग्न थाले देवी साथ त्यहीं
प्रतिमूर्तिहरू सबै यहाँ प्रकट भए
दैविक शक्ति प्रवलता कमी छैन कहीं

ब्रह्माबाट ब्रह्माणीको उत्पत्ति तै भयो
हंसयुक्त विमानमा आसन बन्न गयो
यज्ञसूत्र कमण्डलु उनको हातको सोभा
समरमा प्रयोग गर्ने जल नै अस्त्र रह्यो

शिवाट प्रकट भइन् माहेश्वरी रूप
साँढेमाथि आरोहण रूप राम्रो खुप

हातमा थिए त्रिशुल र कडकण सुशोभित
मस्तकमा चन्द्ररेखा थियो अति विभूषित

यस्ती शिव प्रतिमूर्ति हेर युद्ध गर्न आइन्
दानवका एक एक तन तिन्ले गन्न लाइन्

शक्तिरूपा जगदम्विका कार्तिकेय रूपमा
उनैबाट प्रकट भइन् शक्ति लिइ हातमा

विष्णु बाट बैष्णवीको प्रतिमूर्ति नै थियो
गरुडले वाहन बनी आफ्नो आशन लियो
र्शख, चक्र, गदा धनुष, खड्ग हातलिइ
सबै प्रतिमूर्तिहरूले त रणमा साथ दियो

हरिजीको बहुरूप निक्ले बहु प्रतिमूर्ति
यिनै बहु शक्तिबाटै देखिन्थ्यो नै फुर्ति

यज्ञबराहको रूपमा शक्ति बाराह नै
रणकौशल थरी थरी निकाल्दथे युक्ति

नारसिंहीको प्रतिमूर्ति नृसिंहको रूपमा
हरिजीका प्रतिमूर्ति आए देवीे साथमा
हरेक शक्तिरूपा थिए अति शक्तिशाली
अस्त्रसस्त्र परिपूर्ण थिए तिन्को हातमा

इन्द्रकी प्रतिमूर्ति हातमा ब्रज लिइन्
ऐरावत हात्ती चढी युद्ध क्षेत्र गइन्

सहस्र नेत्र धारी अनि इन्द्रजस्तै रूप
यी शक्तिले घेर्न थाले शिवजीलाई खुप

शिवजीको आज्ञा भयो चण्डिकालाई हेर
संहार गर दानवलाई जतिसक्दो धेर
तब मेरो दिलमा प्रशन्नता आउँछ
भोग्यबस्तु सबै मिल्छन् सारा देव नेर

शिवबाणी सुने पछि देवी जगमगाइन्
परमशक्ति धारण गरी रणक्षेत्र धाइन्
शिवजीका भावनाको अति कदर गर्दै
अस्त्रसस्त्र समाइकन सङ्गिन नै लाइन्

चण्डीकाले आवाज दिइन् आफ्नो श्वर भर्दै
सय स्यालको आवाजसरी गर्जन् पो गर्दै
चण्डिको आवाजले लियो ठूलो स्थान
साराशक्ति तयार थियो अघि अघि सर्दै

शंखनाद हुन गयो बढ्न गयो त्रास
देवतामा बढ्दै गयो संकट टर्ने आस
ती देवीले भन्दि भइन् शिव मुख हेरी
दूत बन्नु पर्यो हजुर आज खसोखास

हाम्रो सन्देश भन्नु पर्यो शुम्भ निशुम्भलाई
दुई भाइ साथै सबै दानव पाताल जानलाई
शुम्भ र निशुम्भलाई सबै कुराहरू बुझाई
इन्द्रजीको भोग्यराज्य सबै फिर्ता दिनलाई

देवताले पाउनै पर्छ आफ्नो यज्ञ भाग
पातालतिर दानव गए लाग्ने छैन दाग
त्रिलोकी राज्य वैभव फिर्ता पाउनै पर्यो
आजको यो देवी–शक्ति यही गर्छ माग

यदि मर्ने इच्च्छ्या भए रणक्षेत्र आउन्
बाँच्ने इच्छ्या छ भने पातलतिर जाउन्
अब बल र घमण्डले कुनै काम हुन्न
सही मार्ग अवलम्वन् सोच तिन्ले पाउन्

यो पनि भनि दिनु देवी शक्तिलाई
हराउन सक्ने छैन कुनै शक्ति आई
ती दुई भाइको छ हाम्रै हातमा काल
देवताले पाउने छन् त्रिलोकी रजाई

नत्र भने सबै शिवा युद्ध क्षेत्र जान्छन्
ती दुई भाइको काँचो मासु खान्छन्
काललाई शीरमा बोकी किन लड्ने
युद्धलाई छोडी दिनु देवी राम्रो ठान्छन्

देवी सन्देश बोकी बोकी शिव जानु भयो
यथार्थको भावनालाई साथमा लानु भयो
सविस्तार सन्देश जति दुबै भाइले पाए
महेश्वरले सन्देश दिइ फर्कि आउनु भयो

देवीजीले शिवजीलाई जब दूत बनाइन्
त्यसै दिनदेखि उनी शिवदूती कहलाइन्
कर्म गर्नु फल पाउनु मूल्याङ्कन राम्रो
राम्रा कर्म गर्दै गदै प्रशिद्धि नै छाइन्

शिवदूती सन्देश जब दैत्य सुन्छन्
सारा युद्ध कर्मलाई मनमनै गुन्छन्
युद्धबाट भाग्नु भन्दा ठान्छन् लड्न ठीक
त्यसो हुँदा दानवले युद्धलाई चुन्छन्

दैत्यराजा शुम्भशक्ति बढ्छन् कात्यायनी तिर
बाणआदि बर्षाउन थाल्छन् कात्यायानी निर
त्यहाँ दुबै शक्तिहरू लड्छन् ठूलो घमशानमा
दृढतामा देवी हुन्छिन् पार्दै आफ्नो ठाडो शीर

दैत्यहरू बाण हान्छन् अनि हान्छन् ऋष्टि
अस्त्रसस्त्र हान्दा हान्दै हुन जान्थ्यो बृष्टि
दुबै शक्ति तुल्यतुल्य कहाँ हुन्थ्यो कमी
देवीको रणकौशल तीखो थियो दृष्टि

देवीबाट हुन गयो ठूलो धनुष्टङ्कार
दानवमा देखिन्थ्यो लौ ठूलो हाहाकार
युद्धमा चलायमान हुन्थ्यो तरबार
कठीन् हुन्थ्यो छुट्याउन कस्को हुन्छ हार

काली देवी अघिसरी शूल हान्दि भइन्
खट्वाङगलाई प्रहार गर्दै विचरणमा गइन्

ब्रह्माणीले जल छर्दै बढिन् अघि अघि
दानवको शक्तिलाई निस्तेज गर्र्दै रहिन्

माहेश्वरी त्रिशुलधारी त्रिशुलले हानिन्
वैष्णवीले पनि त्यहाँ चक्रलाई छाडिन्
छानी छानी दैत्यलाई तिन्ले पनि मारिन्
दैत्य सस्त्र अघि आउँथे सस्त्रैबाट टारिन्

कार्तिकेय शक्ति पनि लड्न अघि सरिन्
सबै दैत्य सैन्यलार्ई छिन्नभिन्न पारिन्

इन्द्र शक्ति पनि चढिन् गजराज माथि
अस्त्रसस्त्र ब्रज थियो, वाहन थियो हात्ती

वाराहीको अस्त्र थियो स्वयम् तिन्को चुच्चो
थुतुनोको अग्रभागले पाथ्र्यो सबलाई बुँच्चो

दाह्रा थिए तीखा तीखा तिनै दाह्रा धस्तै
मारिदिइन् दैत्यहरू तिन्ले त्यहाँ मस्तै

नारसिंहीको अस्त्रसस्त्र थिए आफ्नै नङ
तिनै नङ प्रयोग गरी मार्थिन् जन जन

रण क्षेत्र भरी हेर विचरण गर्दै
नरसिंही अघि बढिन् दैत्यलाई मार्दै

शिवदूतीले गर्न थालिन् ठूलो अट्टहास
दैत्यहरू लोट्न थाले मानेर नै त्रास

जति जति दैत्य लोट्थे बने देवी ग्रास
समरमा दैत्य शक्ति बन्न गयो ह्रास

दैत्य सैन्य भाग्न थाले रणक्षेत्र छाडी
रक्तबीज अघि बढे देवीकै अगाडी

मातृगणहरू पनि मार्न तयार भए
अस्त्रसस्त्र साथ लिई रणक्षेत्र गए

बाण हान्दा लाग्न जाने रक्तबीज तनमा
प्रतिबुँद रक्त बग्दा दैत्य जन्मे रणमा

पहिलो युद्ध रक्तबीजको भयो एैन्द्रीसँग
रक्तबुँदमा दानव जन्मे ऐन्द्री बनिन् दङ्ग

रक्तबीज जस्तै जस्तै पराक्रमी थिए
अस्त्रसस्त्र साथलिई लड्न स्थान लिए

थिए दैत्य सबै सबै अति बलवान
संख्या बढ्यो तिन्को अनगिन्ति मान

रक्तबीज मातृगणको भारी युद्ध भयो
बुँदै जति रक्तबीज जन्मन पो गयो

यसो हुँदा लाखौं लाखौं रक्तबीज जन्मे
देवी गणमा युद्ध गर्न पर्यो हम्मे् हम्मे

दैत्य शक्ति बढ्दै गयो अनगिन्ति भयो
यो शक्तिको बढ्दोरूप फैलिन पो गयो

मातृशक्ति अघि बढे अस्त्रसस्त्र सित
रक्तबीजले भन्न थाल्यो मेरै हुन्छ जित

वैष्णवीले चक्र हानिन् बाराहीले खड्ग
देवीशक्ति अघि बढयो पार्दै अङ्गभङ्ग

दानवको संख्याहरू व्यपकतामा बढे
मातृगणहरूका नयन त्यतै गढे
विशाल भयो रणक्षेत्र बढ्दै गयो युद्ध
दुबै गणका अस्त्रसस्त्र गगनमा चढे

देवतामा उदासिनता बढ्दै बढ्दै गयो
रक्तबीज धेरै बढे अनगिन्ति भयो
अब देवी खोज्न थालिन् रण कौशलता
रण कौशल सफलपारी युद्ध जित्नु छ यो

चण्डिकाले कालिकालाई भन्न थालिन् अब
अस्त्रबाट बग्ने रगत पीउन थाल सब
बग्दो रगत जमिनमा खस्न नपाएमा
दानवलाई सखाप पार्दै युद्ध जित्छौं तब

रक्तबीजका रगतहरू तिमी जाउ पिउँदै
सबै दैत्य मारिदिन्छु छाड्ने छैन जिउँदै

बग्ने रगत पिउँदै जाँदा दानव संख्या घट्छ
हेर दानवलाई दग्दै दग्दै युद्ध अघि बढ्छ
यही बन्छ रण कौशल यही हुन्छ रणसार
दानव शक्ति अघि बढ्न यहीं गइ अड्छ

जति जति दैत्य रक्त तिमी पिउन सक्छ्यौ
त्यति त्यति रणमहाँ दैत्यलाई नै दग्छ्यौ
समरको रणकौशल सक्षम बन्दै जान्छ
शान्ति मिल्छ देवलाई रण पनि रोक्छ्यौ

यति भन्दै चण्डिकाले शूल हान्दि भइन्
कालिकाले सारा रक्त मुख्मा लिदै गइन्
कालिकाको मुखमा पनि दैत्य पैदा भए
तिनलाई निल्दै निल्दै अघि बढ्दी भइन्

एवम् रीतमा देवहितमा रक्त पिउँँदै गइन्
त्यहाँ रक्तबीज मर्न गयो देवी खडी भइन्
देवताले पुष्पबृष्टि गराउन लागे
रक्तमातमा देवीशक्ति रमाउँदै रहिन्

भजन

मारिन् देवीले मारिन् देवीले
रक्तबीज दैत्यलाई मारिन् देवीले

रक्तबीज नामको दैत्य प्रतापी नै थियो
आफ्नो तनको समर्पण शुम्भलाई दियो
यस्ले वरदान शिवबाट पाएकै हो ठूलो
वरदान निस्तेजशक्ति देवीरूपले लियो,
मारिन् देवीले

रक्तबीज वीरै थियो लाखौं दैत्य जन्मे
ती दैत्यलाई मार्नलाई पर्यो हम्मे हम्मे
कालीकाले रक्त, तन पेटमा पचाइ दिइन्
रक्तवीजलाई वध गर्न युद्ध भयो लम्बे,
मारिन् देवीले

देवबाट देवशक्ति प्रकट भए अति
देवताले शक्ति प्रदान गरे कति कति
शिवजी नै दूत बने कार्य सिद्धिगर्न
तब पनि दानवको विग्रन गो मति,
मारिन् देवीले….

हुन पनि दृढहुनु पर्ने थियो लड्न
वीरगति प्राप्त गर्न पर्ने थियो डट्न
बहादुरी पनि थियो मुक्ति लिन पनि
दैत्यशक्ति अघि बढे जानेनन् है हट्न,
मारिन् देवीले…..

चामुण्डाले रक्तबीजको प्राण लिदीभइन्
कालीकाले सबै रक्त रक्तबीजको पिइन्
रक्तहीन भयो दानव इहलोक त्याग्यो
सबै देव खुसी पार्र्दै शान्ति दिंदै गइन्
मारिन् देवीले…..

———————————————————————
सिंहवाहिनी -२२- बाइसौं अध्याय (शुम्भ निशुम्भको तपस्या)
———————————————————————

शुम्भ र निशुम्भ दुई भाइ बस्थे पातालमा
चवनको अर्ति मिल्यो लौ चवन तीर्थ महाँ
गर्नु थियो तपस्या अनि जित्नु थियो त्रिलोक
सकल बैभव प्राप्त गरी बस्नु थियो जहाँ

ब्रह्माजीको तप गर्ने अर्ति मिल्यो त्यहाँ
वर उनको अकाट्य हुन जान्थ्यो जहाँ
दुई भाइले तप गरे एकै ठाउँ बसी
हुन गयो तप ठूलो यस लोक महाँ

दशहजार बर्ष बिते तप गर्दा त्यहाँ
ब्रह्माजी प्रकट भए तपस्थल महाँ
तपबाट खुसी भएँ माग वर भने
अमरत्ब वर दिनु पर्यो भने यहाँ

अजम्मरी वर हेर हुन्न कसैलाई
दिन्छु अरू कुनै वर माग दुई भाइ

यति कुरा ब्रह्माजीक दुई भाइ सुन्छन्
अब के नै वर माग्ने मन मनै गुन्छन्

स्त्री हुन्छन् अवला कमल हुन्छन् कर
तिन्ले केही गर्दैनन् तिन्कै परौ भर
यिनकै हातबाट मात्र हवोस् मृत्यु
दिनु सकल जीवबाट नमर्ने है वर

यस्तो वर ब्रह्माजीले जब सुन्न पाए
स्त्रीबाट मरण हुने उपाय नै लाए
यस्तो वरदान दिनु उचित नै ठाने
तथास्तु भन्दै ब्रह्मा आफ्नो लोक धाए

वर पाइ दुई भाइ बलवान भए
पातालमा दुबै मिली राज्य गर्न गए
भृगुजीत बन्न गए दुई भाइका गुरु
भृगुलाई राज्याभिषेक गराउन लए

राज्याभिषेक गरे पछि शक्ति झनै बढ्यो
शुम्भ र निशुम्भमा ठूलो घमण्ड नै चढ्यो
ंराज्य उनको बिस्तार भयो झनै अघि बढे
स्वर्ग जिती इन्द्र बन्ने मनमा इच्छ्या गढ्यो

यिनको प्रभाव फैलिदै चारैतिर गयो
दानवशक्ति सबै आफ्नो अधिन भयो
अब पुनः दुई भाइ भए शक्तिशाली
त्रिलोक विजेता भै शक्ति बढ्दै रह्योे

त्रिलोक जिते पनि इच्छ्या रह्यो वाँकी
भोग्यबस्तु प्राप्त गर्ने मन्ले कह्यो वाँकी
देवताका सबै रत्न यिनले छिनी लिए
मनले भन्थ्यो गर्नु धेरै छ यो बाँकी

पारी जातको वृक्ष लगी वाग सजाउने
काम धेनु गाई रसले मुखै रसाउने
पद्म–निधी कमल रत्न जडित माला
गलामा नै सजाएर सधै लगाउने

ब्राह्मी–हंस–बिमानमा सयर नै गरी
त्रिलोकको रम्यताले सारा दिल भरी
एकक्षत्र राज्य गर्ने यही मेरो इच्छ्या
देवताको शक्ति छैन बस्छन् आँखा तरी

शुम्भ निशुम्भले गरे त्रिलोकको राज
देव भए शक्ति हीन साथै गयो साज
देवता बस्थे पृथ्वीमा खोजी कुनाकाप्चा
फिर्ता गर्ने सोच थियो आफ्नो राजकाज

याद आयो देवतालाई चण्डी वरदान
दुखमा नै सम्झने हो सबले भगवान
यहाँ पनि देवताले देवीलाई सम्झे
दर्शन दिइन् देवीले राखी आफ्नो शान

भजन

यो पनि देवीको त्यो पनि देवीको
सारा सृष्टि देवीको यो काव्य देवीको

देवताले दुःख पाए बृहस्पति धाए
आफ्ना सारा दुख कष्ट त्यहाँ बिन्ति लाए
देवताका दुःख कष्ट जब गुरु सुन्छन्
देवी भजन गर भनि उपदेश पाए,
यो पनि देवीको …

महिषासुर वध गर्ने देवी कै हो कृपा
दुख परे सम्झनु है भन्थिन् तिनै दीपा
संसारमा भएको हो सृष्टि यिनै बाट
यिनै नै हुन् महामाया यिनै सिद्धिरूपा,
यो पनि देवीको ….

देवताले आराधना जब गर्न थाले
सारा कष्ट विसाएर आरती नै बाले
गौरी देवी पाल्दीभइन् गङ्गा स्नान गर्न
कौशीकिले सुन्न थालिन् दुख सबै खाले
यो पनि देवीको…

कौशीकिको रूप हो यो महासरस्वती
कृष्ण रङ धारण गर्दा बनिन् कृष्णावती
कालीदेवी भनि हामी पूजा गर्छौ जस्को
दानवको संहार गर्दै गइन्, कति कति,
यो पनि देवीको…

वध गरिन् चण्ड मुण्ड अनि रक्तबीजको
अब पालो वध गर्ने आयो निशुम्भको
दैत्य शक्ति छानी छानी वध गर्दै गइन्
यसै बाट हुन गयो कल्याण सबै देवको,
यो पनि देवीको …..

———————————————————————
सिंहवाहिनी -२३- तेइसौं अध्याय (निशुम्भ र देवीको युद्ध)
———————————————————————

रक्तबीजको वध भयो
शुम्भमा साह्रै दुख छयो
रणकौशल कसो गर्ने
निशुम्भले भन्दै गयो

गरेबार्ता दुई भाइले
पारी मार्का आइमाइले
दाजु धन्दा कुनै नमान्नु
अम्विका ल्याउँछु अहिले

कालीकालाई मारि छाड्छु
म समरमा गइहाल्छु
प्रधान सेना बोलाएर
ती देवी शक्ति सबै ढाल्छु

यति कुरा गर्दै गर्दै निशुम्भ हिडीहाल्यो
पराक्रमी थियो शक्तिकेन्द्र हल्लाइ हाल्यो

निशुम्भको अघि पछि अनि पाश्र्वभागमा
ठूला ठूला दैत्य थिए अस्त्रसस्त्र साथमा

तिनीहरू कस्ता भने हेर्दै डर लाग्दा
क्रोध अग्नि जलाएर ओठ धेरै काम्दा
देवी अघि पुग्न थाले हेर्दा जिग्दा जाग्दा
धूलोले ढाक्यो आकाश चाँडोचाँडो भाग्दा

कौशिकीको अघि पुगी बाण हान्न थाल्यो
क्रोधपूर्ण निशुम्भले नेत्रज्योति बाल्यो

समायो त्यो धनुलाई हान्यो बाण पनि
देवीले हान्नथालिन् बाण काट्दै अनि

कौशिकीले पनि त्यहाँ कालीकालाई भन्छिन्
सबै सैन्य दानवका भुसुनामा गन्छिन्
रक्तबीज मरे पनि डर यिनमा छैन
मर्नलाई यिनीहरू आएको नै ठान्छिन्

अब हेर कालिका यिनको काल आयो
बाण बर्षे चारैतिर आकाश नै छायो
घमशान युद्ध भयो अस्त्रसस्त्र चले
निशुम्भले तन भरी चोट मात्रै खायो

निशुम्भको तलबार अति तीखो थियो
चमकदार ढालले समर चम्काइ दियो

अघि बढ्यो निशुम्भ हानो सिंहलाई
देवीले वाणबाट काटिन् तलबारलाई

आठ चन्द्र अंकित थियो उसको ढाल
खण्ड खण्ड पार्दै भनिन् आयो तेरो काल

तब पनि निशुम्भले चलायो नै शक्ति
चक्र हानिन् देवीले खोजो उस्ले जुक्ति
भयो अति क्रोधित चलायो नी शूल
देवी शक्ति ठूलो थियो पायननी मुक्ति

सिंह थियो अति क्रोधित लड्न अघि सर्यो
खाइ दिन्थ्यो दैत्यलाई जो जो अघि पर्यो
नङ थिए तीखा तीखा बन्न गए अस्त्र
त्यही अस्त्र प्रयोग गरी दैत्यलाई धर्यो

गदा हान्यो देवीलाई फेरि उसले त्यहाँ
भष्म पार्यो त्रिशुलले देवी शक्ति जहाँ
आयो फरसा लिई कन हानो देवीलाई
बाण हानिन् देवीले ढल्यो जमिन महाँ

निशुम्भले समरमा सिंहलाई हेरो
बाणबाटै समरमा सिंहलाई घेरो
अघि बढ्यो देवीतिर जिउँदै लान
पाशो फेंक्यो रणमा घेरी सेरोफेरो

देवी पनि मुस्कुराइन् दैत्य चाला हेरी
निशुम्भलाई भन्दिभइन् पुनः एक फेरि
यहाँ मलाई समात्ते शक्ति छैन तिम्रो
जीवित रहने मन भए भाग सरासरी

निशुम्भ वीर थियो कहाँ हट्थ्यो त्यसै
हानो बाण देवीलाई कहाँ छाड्ने यसै
फर्सा एक लिई हानिन् निशुम्भलाई
तब पनि बाँचो त्यो ढलेननी कसै

तर शिर भने काटियो पृथ्वीमा खस्यो
शिर विना धडले लड्न कम्मर कस्यो
अनि काटिदिइन् देवीले हात खुट्टा सबै
ढल्यो निशुम्भ लौ जमिनमा जसोतसोे

निशुम्भको शवबाट निस्को दैत्य एक
त्यसले पनि गर्न थाल्यो रणमा अनेक
त्यसलाई पनि देवीले त्यहीं काटीदिइन्
दानवको भावनामा आएन विवेक

भजन

मारिन् देवीले मारिन् देवीले
निशुम्भलाई रणमा मारिन् देवीले

वीर थिए शुम्भ र निशुम्भ दुई दाजुभाइ
पातलमा बस्थे उनी धेरै रमाइ रमाइ
मनमहाँ उन्को पनि अभिलाषा जन्म्यो
सोच्न थाले दुबै भाइले गर्नुपर्छ रजाइ
मारिन् देवीले…..

च्यवनको आश्रममा जब उनी पुगे
ज्ञान अर्ती लिनलाई उन्का अघि नुगे
तपस्यागर भनी च्यवन आज्ञा दिन्छन्
तपस्याको सुगन्धको बास तिन्ले सुँघे,
मारिन् देवीले….

च्यवन बस्ने गर्थे पुष्कर तिर्थ जहाँ
ज्ञान लिन दुई भाइ पुगेका हुन् त्यहाँ
तप गर्न दुई भाइ बसे एकै आशन
भारी गरे तपस्या त दुई भाइले यहाँ,
मारिन देवीले ….

दशहजार बर्ष सम्म तपस्यानै भयो
ब्रह्मा खुसी भएर नै वर मिल्न गयो
नारी बाट मात्र मर्ने अजम्वरी वर
प्राप्त गर्ने वरलाई सफल हुन गयो,
मारिन् देवीले …

दुई भाइ मिलेर नै तृ–लोकको भो जित
देवताका भोग्य बस्तु पारे आफ्नो हीत
देवतामा पर्न गयो धेरै आपतविपत
सम्झना भो देवीको पुगे देवीसित,
मारिन् देवीले …..

दर्शन दिंदै चण्डिकाले कल्याण गर्छु भनिन्
गौरीले नै कौसिकीलाई त्यहाँ पैदा गरिन्

यिनै बनिन् सरस्वती महाकाली पनि
चण्ड मुण्ड वधगरी चामुण्डारूप बनी
मारिन् देवीले

मातृशक्ति खुबै लडे रक्तबीज सँग
लाखौं जन्मे रक्तबीज देवी परे दंग
चामुण्डाले भन्न थालिन् काली देवी सँग
काट्छु मैले पिउनु तिम्ले हुन्छ क्रमभङ्ग
मारिन् देवीले….

रक्त पिउँदै युद्ध गर्दै कालिकाले गरिन्
रक्तबीज मार्नलाई उग्ररूप नै धरिन्
रक्तबीज मर्न गयो निशुम्भको पालो
निशुम्भ मार्न भनि देवी अघि सरिन्
मारिन् देवीले…

भारी भयो युद्ध त्यहाँ दैत्य देवी बीच
समरको रणकौशल छैनन् कुनै नीच
निशुम्भलाई पनि त्यहाँ मारिन् देवीले नै
भन्न थालिन् कालीकालाई अब शक्ति खिच
मारिन् दैवीले

———————————————————————
सिंहवाहिनी -२४- चौबीसौं अध्याय (शुम्भ वध)
———————————————————————

शुम्भको पराक्रमी भाइ रणमा मर्यो
निशुम्भको मृत्युपछि शुम्भ मुर्छा पर्यो
मुर्छाबाट विउँझी शुम्भले रणक्षेत्र हेर्यो
देवीलाई मार्छु भन्दै शुम्भ अघि सर्यो

राजाको विलापमा दैत्य थाल्छन् भन्न
शुभ लग्न छैन प्रभू रण क्षेत्र जान
छोड्यौ स्वर्ग जाउँ पाताल यही हुन्छ राम्रो
शत्रुसँग नगरौं भो आज तानातान

जानेका छौ संसारमा मृत्यु धु्रव सत्य
कालै हुन्छ अति प्रबल त्यसैबाट अन्त्य
हुने हुन्छ लेखनको कस्ले सक्छ टार्न
रणमा नै अघि सर्नु यही हुन्छ तथ्य

रणमहाँ गए पछि हार जित हुन्छ
रण छोडी भाग्नेलाई कायरताले छुन्छ
रणबाटै प्राप्त हुन्छ भुक्ति अनि मुक्ति
समरमा जानलाई कायर मात्रै रुन्छ

ठूला ठूला योद्धा मरे अब बाँकी म छु
चण्डीलाई मार्नै पर्छ प्रयत्नरत कछु
तयार होऊ साराशक्ति लौ अघि बढ
विजय त अकाट्य छ सुन म नै भन्छु

रथ थियो सुवर्णको अनि हात्ती घोडा थिए
अस्त्रसस्त्र कति कति लौ तिन्ले स्थान लिए

शुम्भ चढ्यो रथ माथि आठ भुजा सजाउँदै
थरी थरी अस्त्रसस्त्र आठ भुजामा समाउँदै
कौशिकीको अघिल्तिर जब रथ बढ्न थाल्यो
लावणमयी चण्डीदेखी शुम्भ बस्यो लजाउँदै

चाल कस्तो छ पो भने विद्युत्तीय धारा
रूप कस्तो छ पो भने अद्भूत कै पारा
सौन्दर्यकी खानी रानी कोटी सूर्य समान
ललायित भो शुम्भ, देखी सौन्दर्य त्यो सारा

शुम्भ राजा देवी देखो पर्यो ठूलो सोचमा
देवीको रूप लावण्यले थिएन त्यो होसमा
मनमनै सोच्न थाल्यो देखी देवी सुन्दर रूप
रानी यिनलाई बनाउँछु भन्न थाल्यो जोसमा

लाग्छन् नेत्र काम धनु रक्तपूर्ण गाला
गहुबर्ण रूपरङ्ग स्वेतबर्ण छन् छाला
सूर्यरूपी नयन ज्योति हासको छ चाला
गलामा ती हीरामोती जडितछन् माला

बन तिमी मेरी रानी सुखसयल गर
नपर भो यो उमेरमा युद्धको नै भर
फाल धनुष छोड रण जाउँ सरासर
लड्ने इच्छ्या भए लडौं लाउँदिन कर

यस्तो विचार शुम्भले देवीसँग राख्यो
तीखा बचन देवीका शुम्भले नै चाख्यो
भन्न थालिन् देवीले कामी पशु नबन
धेरै फुर्ति नदेखा भो मार्नै छैनस् माखो

काल तेरो आएकै हो अब मर्नै पर्छ
ब्रह्माजीको वर हो यो कहाँ तेसै टर्छ
चामुण्डा र कालीले अब तँलाई मार्छन्
धेरै मरे दानवहरू अब मर्ने रोग सर्छ

यति भनी देवीले शंखनाद गरिन्
धनुषको प्रत्यंचा हातमा धरिन्
साथै बज्यो घण्ट गुञ्जन लौ गर्दै
दैत्यशक्तिलाई निस्तेज गर्न सरिन्

यी आवाज सबको गुञ्जयमान भयो
लड्न जाऊ कालीका भन्ने आदेश गयो
सिंह पनि करायो लौ दशैदिसा छायो
मदमस्त हात्तीका र्लौ मद्नै पगलायो

कालिकाको तमक चढ्यो गगन चुम्मी भयो
त्यसको सारा शक्ति स्वर पृथ्वीमा गयो

उच्चाइ लियो स्वरले अरु फिक्का रह्यो
देवी बाट निकाल्ने स्वर अशुभ नै छयो

त्यो स्वरमा पर्खी पर्खी भन्ने आवाज आयो
देवताको आकशमा जय जय स्वरले छायो

शुम्भको शक्तिरूप प्रज्बलित हुँदै
ज्बालाको दहनले आकाश नै छुँदै

अगि बढ्यो ज्बाला हुँदै ती देवी तिर
पर्वत्जस्तै प्रज्बलित हुन गयो शीर
अग्निमय शक्तिको लगाएर पार
देवी पनि अडिग रहिन् हेर शुम्भनिर

शुम्भ भयो अति क्रोधित सिंहनाद गर्यो
सिंहनाद ठूलो थियो त्रिलोक स्थान धर्यो
प्रतिध्वनी पनि थियो ब्रजपात समान
अरु आवाज विलिन भए पहिलो स्वर पर्यो

अव युद्ध हुन थाल्यो दैत्य देवी बीच
अस्त्रसस्त्र प्रवल थिए थिएनन् नीच

दुबै शक्ति बाण हान्ने हजारौंमा हजार
यस्तो रूप हेर्दा लाग्ने अस्त्र छैनन् बजार

देवी हान्थिन् बाण भने शुम्भ काटी दिन्थे
शुम्भ हान्ने बाणहरू देवी काटी लिन्थे

एक हैन दुई हैन पार्ने हजारौ है टुक्रा
यत्रतत्र देखिने ती अस्त्रसस्त्र बोक्रा

यस्तो बल प्रयोगमा देवी हान्ने शूल
यै शूलको धातबाट शुम्भ टेक्यो धूल
उठ्यो दैत्य धूलो बाट अनि थाल्यो भन्न
अनेकौं ती नारी शक्ति एक एक थालो गन्न

अहंकारी रैछ्यौ साह्रै साथ अनेक नारी
नारी साथ लिएर नै युद्ध गछ्र्यौ भारी
घमण्डको भरमा अब लड्न छाडी देऊ
मेरो साथ दियौ भने बन्छ्यौ कल्याण कारी

नत्र भने तिमीलाई लगाई दिन्छु पार
मीठो बनोस् हामी दूईको हेर संसार
यति कुरा निशुम्भले जब भनि दियो
देवी बोल्छिन् आउ लडौं हुन साकार

समरमा उपस्थित छु म त एकलनारी
अरु कुनै आउने छैनन् लड्नलाई भारी
तिमीले जति देखेऊ यहाँ मेरै विभूति हुन्
तिनी हुन्छन् सबै ममा लिन मेरै तनधारी

ममा छ है ऐश्वर्यशक्ति बन्छु अनेक रूप
यिनै बाट गर्छु कार्यसिद्धि प्रचलित छु खुप
म त छु है एकलशक्ति आएकी छु लड्न
कि आऊ लड्न समरमा नत्र भाग चुप

शुम्भ र देवी बीच भयो ठूलो युद्ध
देवता र दानवले समर हेर्थे शुद्ध
युद्ध भयो भयंकर अनि भयानक
दुबैशक्ति यहाँ हेर अति भए क्रुध

सैकडौं दिव्य अस्त्र देवीले छाड्ने
निवारक अस्त्रबाट शुम्भले काट्ने
पुनः शुम्भ पनि दिव्य अस्त्र हान्ने
कहिले अस्त्रसस्त्र बन्न जाने टाट्ने

एवम् रीतले त्यहाँ ठूलो युद्ध भयो
शुम्भ राजले पनि बाण हान्दै गयो
देवी छोड्ने हुंकार शब्द ठूलो स्वरले
सबै सस्त्र नष्टपार्ने अचम्म पो छयो

शुम्भ छाडे सैकडौं बाण हेर देवी माथि
आच्छादित भइन् देवी बाणै बने साथी
देवी पनि क्रोधित् भइ धनुष काटीदिइन्
अशुरले हातमा लियो सबै शक्ति माती

शुम्भको हातको शक्ति देवी काटिदिन्छिन्
शुम्भका हातलाई नाङ्गै पारिदिन्छिन्

पुनः शुम्भ समाउँ छ ढाल र तरबार
शुम्भले चलाउँछ तरबारलाई बारंबार
ढाल उस्को शतचन्द्री अति चमकदार
अघि बढ्यो देवीतिर लड्न तारन्तार

देवी देखीन् शुम्भ राज आपूmतिर आको
सूर्य किरणजस्तो ढाल तरबार साथ लाको
देवी हान्छिन् बाण त्यहाँ काटिदिन्छिन् दुबै
अब शुम्भराज धनु, ढाल,तरबारहीन भाको

तब पनि दैत्यराज सशक्त नै थियो
देवीलाई मार्न भनि मुद्गर हात लियो
त्यो देखी देवीले बाण हानी काटिन्
शुम्भराजले छातीमा मुक्का हानी दियो

देवी पनि दैत्य माथि मुक्का हान्न थालिन्
त्यो मुक्काको धक्काबाट पृथ्वीमा फालिन्
जाद्रो थियो शुम्भराज फेरि पनि उठ्यो
रिसपूर्ण भइन् देवी नेत्रज्योति बालिन्

उठ्यो ऊ सहजै उफ्रो नभतिर
तानो देवीलाई हेर आपूmनेर

देवी सहजै त्यहाँ लड्न थालिन्
आधारै विना आफ्नो चालचालिन्
देखिन्थ्यो त्यो युद्ध विस्मयकारी
शुम्भलाई पुनः पृथ्वीमा फालिन्

फालाइ थियो घुँयत्रो जस्तै
पछारीयो शुम्भ त्यहाँ मस्तै

दकुरो पुन देवी मार्नलाई
केसक्थ्यो जित्न ती देवीलाई
हानिन् देवीले त्रिशूल समाई
गिर्यो भूमिमा हेर मूर्छाखाई

हनाइ थियो छेड्ने छातीलाई
सफल थियो शुम्भ मार्नलाई
प्राण पखेरु जब उड्न थाले
छाड्यो प्राण तृलोक कँपाई

तीनै लोकमा प्रशन्नता छायो
शान्तिको दीप त्यहाँ बल्न आयो

तीनै लोक नै भयो अति स्वस्थ
वादल फारेर नभ भो नी स्वच्छ

उत्पातसूचक आज मेघ छैनन्
त्यसो हुनाले उल्कापात भैनन्

नदी नालाले स्वमार्ग समायो
अब कसैमा कटुतानै रैनन्

देव गणले हर्ष नै मनाए
गन्धर्वले मधुर गीत गाए
अप्सराहरू त्यहाँ नाच्न आए
सुमार्गको यात्रा सबले समाए

पवित्र वायु बग्यो मन्द मन्द
त्यसैले चल्यो लोकमा सुगन्ध

अग्निशाला लौ पुन जाग्न आए
प्रज्बलित दीप अग्निले जलाए
उत्तम प्रभा लौ सूर्यले देखाए
प्रकृति स्वमार्ग सबले समाए

जब देवी हत गर्छिन् शुम्भ दैत्यलाई
देवहरू खुसी भए जयकार मनाई
अग्निलाई अघि लगाई ईन्द्र आदि देवले
स्तबन सहित लौ गाए तिम्रो सवाई

यस वेला यआँ हेर अभिष्ट नै पाइयो
उनको मुख कमलबाट दमक नै छाइयो

चारै दिशा जगमगायो उन्को प्रकाशले
देव सबै खुसी भए पूर्व विकासले
यसोहुँदा सबै देवले भजननै गाए
पुष्प बर्षा गर्न थाले हेर आकाशले

भजन १

देवी सर्बस्वरूपा कल्याणदायिनी
स्वर्ग एवम् मोक्ष दातृ सर्बस्वरूपा

भूवनेश्वरी तिमी गर्छौ आराधना
तिमीलेनै भरिदिन्छ्यौ सबकामना
दिन रात देव गर्छन् तिम्रोमात्रै भजन
तिमीबाटै सफल हुन्छ सबै साधना,
देवी सर्बस्वरूपा…

तिमी कस्ती देवी भने प्रभातकी सूर्य
जन्मेका छन् संसारमा ठूला ठूला वीर्य
ब्रह्मा विष्णु शिव मात्र हैन तृलोकमा
तिम्रो आराधना गर्छन् देव कार्तिकेय,
देवी सर्बस्वरूपा

कात्यायानी देवी तिमी दयाकी हौ सागर
विश्वेश्वरी देवी तिमी जगतकी हौ आधार
चराचर जगतकी तिमी अधिश्वरी
तिमी नै हौ जगतमाता प्रत्यक्ष आकार,
देवी सर्बस्वरूपा

तिम्रो पराक्रम अति ठूलो लंघनकर्ता छैन
तिम्रो भजन कीर्तन बाहेक मन अन्त गैन
यी पृथ्वी भन्ने पनि तिम्रै स्थिति हो
यस धर्तीका तिम्रै कर्म, भन्छ कस्ले हैन,
देवी सर्बस्वरूपा

तिमी नै छौ पराक्रमी तीनै लोक महाँ
सर्बमान्य तिम्रो आज्ञा विरोध छैन यहाँ
तृर्षित आत्मा पनि यहाँ सबै तृप्त हुछन्
यत्रतत्र सर्बत्र छ्यौ, तिम छैनो कहाँ,
देवी सर्बस्वरूपा

तिमी नै छ्यौ अनन्त, सम्पन्न छ्यौ बलमा
तिमी हौ परामाया व्यापक जल थलमा
विश्वकी हौ कारणभूता सर्ब फल दातृ
विचरण गर्छेऊ तिमी, तृलोकी जलमा
देवी सर्बस्वरूपा

तिमी नै हौ मोहनीरूप सबलाई मोहित पार्ने
संसारको व्यपकतामा सबलाई माया सार्ने
तिमी नै हौ संसारमा सबकी मोक्ष दातृ
नभ जल थल चर सबको दुःख टार्ने,
देवी सर्बस्वरूपा

विद्याकी पनि महाविद्या तिमी नै हौ खानी
विविध खाले विद्यारूपकी तिमी नै हौ दानी
तिमी बाटै संसारमा बल्यो शिक्षा ज्योति
शिक्षा ज्योति प्रदान गर्ने तिमी महा ज्ञानी,
देवी सर्बस्वरूपा

यो जगतका सारा नारी तिम्रै प्रतिमूर्ति
त्यसो हुँदा विपदमा खोज्छन् यिन्ले युक्ति
सारा कर्म गर्नलाई नारी अघि सर्छन्
न्यायमूर्ति भएर नै राख्छन् यिन्ले कृति,
देवी सर्बस्वरूपा

यता हेर्यो जगदम्बा उता जगदम्बा
सारा सृष्टि कर्ता हेर्दा नारी नै छन् खम्बा
नारीबाटै सारा संसार सृष्टिमय भाछ
सृष्टिमय संसारकी तिमी नै हौ रम्भा,
देवी सर्बस्वरूपा

विद्यारूपमा विराजमान हृदयमा तिमी
सर्बस्वरूप ठानी ठानी पूजा गर्छौ हामी
तिमीबाटै सञ्चालित छ मन अनि मष्तिष्क
तिम्रै ज्ञानज्योतिबाट मुक्त हुन्छन् कामी,
देवी सर्बस्वरूपा

प्रकृतिको परिवर्तन कस्ले गर्छ भन्दा
पहिलो पर्छ तिम्रो नाम अक्षरमा गन्दा
कला काष्ठ आदिकी परिणाम कर्ता
तनमन चिल्लो पार्ने तिमीनै रन्दा,
देवी सर्बस्वरूपा

नारायणी स्वरूप तिमी उपसंहार कर्ता
तिमी नै हौ मङ्गलमयी तिमी नै हौ भर्ता,
देवी सर्बस्वरूपा

———————————————————————
सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (देवतासँग देवीको भविष्यबाणी)
———————————————————————

वैवस्वत मन्वन्तरको अठ्ठाइसौं युगमा
शुम्भ निशुम्भ जन्म लिनन् यसै भूतलमा
दानव हुनन् शक्तिशाली साथै पराक्रमी
ती दुबै मारिने छन् मेरै हातको बलमा

त्यतिबेला मेरो जन्म नन्दगोपको घरमा
यशोदाकी छोरी बनी आउने छु तनमा
मेरो बास हुने छ लौ गइ विन्ध्याचलमा
दैत्यशक्ति नाशगरी शान्ति दिन्छु जनमा

वैप्रचित्त नामका दानव शक्तिशाली हुनन्
अन्याय र अत्याचारले तीनै लोक छुनन्
त्यतिबेला मेरो अवतरण भूतलमा हुन्छ
मेरै हातबाट तिन्ले आफ्नो प्राण धुनन्

मारेर नै कहाँ छोडछु त्यही भक्षण गर्छु
दन्त सबै अनारपूmलको लालीमाले भर्छु

अनारका दानाजस्ता जब दन्त हुन्छन्
रक्तदन्तिका नामले प्रसिद्धि दिन्छन्
यही नाम लिएर सबैले नै पुज्छन्
शान्ति प्रदायिनी भनी सबै ठान्छन्

सय बर्षे खडेरी भविष्यमा पर्नेछ
चारैतिर पानीको अभाव नै हुनेछ

ऋषि मुनि सबले स्तबन गर्लान्
मेरो दर्शन पाएर शरणमा पर्लान

यति बेला मेरा सय नेत्र होलान्
यिनै सय नेत्रले ऋषिलाई छोलान्
त्यतिबेला मेरो नाम शताक्षी होला
मेरो तनको शाकबाट स्वपेट भोर्लान्

जबसम्म बर्षा हुन्न शाक हुन्छ खान
सागबाट प्राणलाई धानी दिन्छु जान
मेरो नाम शाकम्भरी प्रख्यात नै हुन्छ
शाकम्भरी भनि पूजा गर्लान् भगवान

शाकम्भरी अवतारमा जब म त हुन्छु
दुर्गम नामको दैत्यलाई मैले मारिदिन्छु
दुर्गा देवी नाम मेरो प्रख्यात नै होला
भक्तको पूजाबाट मैले प्रसाद लिन्छु

जब मैले भीमरूपमा अवतार लिन्छु
ऋषि मुनि सबलाई शंरक्षण नै दिन्छु
हिमालयका राक्षसलाई भक्षण नै गर्छु
भीमादेवी कहलाई भरण कामलाई धर्छु

जब जब तृलोकमा आपद नै पर्छ
तब तब अवतारले फरक रूप धर्छ
सोही वेला त्यही कर्म मैले गरिदिन्छु
जल थल नभ चर सबको कष्ट टर्छ

अरुण नामको दैत्यले तीनै लोक पीर्छ
उपद्रवय मच्चाउँदै कुकर्ममा गिर्छ
त्यति वेला मैले यहाँ भ्रामररूप धर्छु
युद्ध गर्न दैत्य सँग म नै अघि सर्छु

तीनै लोकमा मेरो नाम भ्रामरी हुन्छ
भक्तजनको पूजापाठले उच्चाइ छुन्छ
जब जब संसारमा दानवीचमा चल्छ
दानवी कर्म भष्म पार्न मेरो नेत्र जल्छ

भजन

जय दुर्गे जय दुर्गे
तृनेत्रधारी जय दुर्गेर्

तिम्रो सारा तन भरी बिजुलीको प्रभा
तिम्रो कर्म न्यायपूर्ण त्यसले छर्छ आभा,
जय दुर्गे…

जब तिमी सिंह माथि विराज मान हुन्छ्यौ
सौम्य तिम्रो भव्यरूपले आकाश नै छुन्छ्यौ,
जय दुर्गे …

तिम्रो सेवा शयलमा हजार कन्या हुन्छन्
साराशक्ति समर्पित भै तिम्रै चरण धुन्छन्,
जय दुर्गे …

चन्द्रमाको आकारको मुकुट धारणवाली
दानव भक्षण गर्न प्रक्ट हुन्छ्यौ काली,
जय दुर्गे..

तिम्रो चक्र प्रतित हुन्छ अन्यायलाई नास्न
गदा तिम्रो प्रतित हुन्छ न्यायलाई नै गाँस्न
जय दुर्गे

तिम्रो तरबारको चम्काइले तिरमिर पार्छ
दानवता दर्शिएमा त्यसले त्यही मार्छ,,
जय दुर्गे …

शक्तिशाली धनुषबाणले त्रिलोक नै भेद्ने
रिपूमर्दन गर्नु पर्दा मुटुलाई नै छेड्ने,
जय दुर्गे …

अस्त्रसस्त्र सारा तिम्रा दानवत्व मास्न
शान्तिी दिइ भक्तलाई पिरतीमा गास्न,
जय दुर्गे …

तिम्रो स्वरूप अग्निमय शत्रू दहन गर्न
हामी भजन तिम्रै गर्छौ भवसागर तर्न
जय दुर्गे …

———————————————————————
सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (पाठको माहात्म्य)
———————————————————————

देवी भन्छिन् देवतालाई महात्म्यका कुरा
चण्डि पाठ सबले गरुन् सधै पूरा पूरा
चण्डि पाठ गर्ने जति बन्न्न जान्छन् सुरा
सबै काम पूर्ण हुन्छन् रहँदैनन् अधुरा

जस्ले एकाग्रचित्त गरी देवी पाठ गर्छ
देवी खुसी हुन गए दुःख टाढा सर्छ
सबै बाधा अड्चन नष्ट हुन्छन् यहाँ
त्यसो हुँदा दुर्गा पाठ सबले गर्नु पर्छ

मधुकैटभ नाश अनि महिषासुर वध
भरिपूर्ण रहेका दुबैका घमण्ड र मद
शुम्भ निशुम्भ सँगका अर्थपूर्ण युद्ध
पढ्नु पर्छ भक्तजनले हट्छ सबै गद

अष्टमी, नवमी साथै चतुर्दशी
माहात्म्य श्रवण एकाग्रमा बसी
पापजति भक्तको हुनजान्छ नाश
सही सत्य कुरामा चाँहिंदैन दशी

नत छुन्छ पापले न त आउँछ विपत्ति
हट्न जान्छ भक्तको दरिद्री र आपत्ति
छुट्न जान्छ प्रेमीको विछोडको पीडा
दुर्गाको बास हुन्छ जोडिन्छनी सम्पत्ति

लुटेरा र शत्रुको भय त्यहाँ हट्छ
राज्यको आशीर्वाद पनि त्यहाँ बढ्छ
न त हुन्छ अग्निबाट भक्तलाई डर
पानी पनि आफ्नो मार्ग सललल बग्छ

देवी माहात्म्य छ अति कल्याणकारी
एकाग्रचित्त गरी पढौं यसलाई भारी
श्रवणको महत्त्वलाई पनि ध्यान दिउँ
देवीबाटै मुक्त हुन्छन् सारा यी संसारी

महामारी जनित सबै उपद्रवी कर्महरू
तीन प्रकारका उत्पातबाट पर्ने मर्महरू
यही माहात्म्यको निरन्तर पाठगर्दैै जाँदा
हट्दै सबै दुष्कमर्, सवल बन्छन् धर्महरू

विधि र निधिमा माहात्म्यको पाठ हुन्छ
पवित्र ती स्थानमा मेरो सधै बास हुन्छ
बलिदान पूजा होम महोत्सवको याममा
पाठ या श्रवणमा उपस्थिति खास हुन्छ

ज्ञात अज्ञात कर्मबाट जहाँ जस्ले पूजा गर्ला
बलि, पूजा या होम गर्दै मेरो सधै भर पर्ला
सबै पूज्य ती सामाग्रीको मैले रसपान गर्छू
धनधान्य पुत्रपुत्री प्राप्त गर्दै लौ पार तर्ला

देवी भन्छिन्
प्रादुर्भावले भरिएका यी मेरा कथाहरू
पराक्रमले भरिएका यी सबै तथाहरू
युद्धरूपी वीररस जो जस्ले पान गर्छ
सहजमा पार गर्छ सबै विवशताहरू

माहात्म्यको श्रवण गर्दा शत्रुजति नाश हुन्छन्
कल्याणलाई प्राप्त गदै कुल–उच्च बास हुन्छन्
सर्बत्र नै शान्ति छाउँछ जस्ले दुर्गा पाठ लाउँछ
दुःस्वप्न नास हुन्छन्, सुस्वप्नले आकाश छुन्छन्

ग्रहबाट पीडित बालक
बन्छ माहात्म्य शान्ति चालक
श्रवण गरौं माहात्म्य पाठ
शान्तिगामी लौ बन्छ साधक

समूहमा फुट हुँदा
सत्भावना टुट हुँदा
गुँदबनीले काम गर्छ
रक्षा गर्छ लुट हुँदा

दुराचारी बन्छन् सदाचारी
भावनामा बन्छन् महाभारी
दैत्य भूत, पिशाच आदि सबै
बन्न जान्छन् ती कल्याणकारी

जति तिमी पढ्दै जान्छौ
दिल भित्र गढ्दै जान्छौ
म सँगको समिप्यले
उच्चाइमा चढ्दै जान्छौ

पशु, पुष्प, अघ्र्य, धूप, दीप, अनि गन्ध
यी सामाग्री उत्तम हुन् सुवास छर्छन् मन्द

ब्राह्मणलाई भोजन होमन अभिषेक दान
ममा आउँछ उमङ्गता साथै प्रशन्नता जान
यस्कै हाराहारी प्रशन्नता माहात्म्य श्रवणले
बन्न जान्छ फलदायी, देऊ श्रवणमा ध्यान

देवीको प्रादुर्भावको जस्ले कीर्तन गर्छ
भूत प्रेत दानवआदि सबै भक्तबाट डर्छ
देवीजीको युद्धचरित्रमा दानवको संहार
यस्ता देवीकर्म सवले श्रवण गर्नु पर्छ

देवीका सारा कर्म वीररसमा पूर्ण
अहम्भाव बोक्नेलाई पारीदिन्छ चूर्ण

श्रवणकर्ता बन्नजान्छ अति धैर्यधारी
वीरभाव बोकेर बन्छन् कल्याणकारी

ब्रह्मा अनि देवगणले देवी कीर्तन गाउँछन्
कल्याणमयी बुद्धिको तिन्ले वरदान पाउँछन्
देवीजीले भन्नु हुन्छ गर मेरो सदा कीर्तन
परिआउने विविध कष्ट तिन्ले पार लाउँछन्

न त लुटेराले लुट्न सक्छ न त चोरले चोर्न
न त सिंह हात्तीले सक्छन् घर–गोठ नै फोर्न
न त राजा कुपित हुन सक्छ न त लाग्ने शत्रु
सबै शक्ति विफल हुन्छन् लौ सजायमा जोर्न

देवी भन्छिन् सबैलाई गर मेरो पूजा
धनदौलत प्राप्ति हुने शत्रु बन्ने धुजा
सन्तान सबै सवल बनी गर्ने काम
सवल बन्छन् सबै कोही हुनन् कुजा

सबै कुरा देवतालाई देवी भन्दै गइन्
सबै काम गरीकन अन्तरध्यान भइन्
देव भए डरमुक्त यज्ञ भाग पाए
दैत्य भागे पाताल, शान्ति त्यहाँ आइन्

भजन

भनिन् देवीले भनिन् देवीले
हामात्म्यलाई पढ सुन भनिन् देवीले

सारा मेरो चरित्रलाई माहात्म्यले बोल्छ
सारा दैत्य भुक्ति मुक्ति महात्म्यले खोल्छ,
बार्षिक पूजा,मठ मन्दिर जहाँ हुन्छ पाठ
जहाँ मेरो बास हुन्छ अधर्मलाई रोल्छ,
भनिन् देवीले

नरचोला कति होला जान्छ कुनै वेला
म नै हुँ त्रिलोक चालक गर्छु सबै खेला,
यत्रतत्र सर्बत्र मेरै बास हुन्छ भन्ने जान
त्यसो हुँदा बन सबै माहात्म्यको चेला,
भनिन् देवीले

सत्य माथि अडिग भै सबै बस्नु पर्छ
मानवको कल्याण गर्न सत्य अघि सर्छ
सत्य भन्ने मनै हुँ लौ अर्को कोही छैन
माहात्म्यको श्रवण गर सबै कष्ट टर्छ,
भनिन् देवीले

ब्रह्मा विष्णु महेश्वरले मेरै आराधना गर्छन्
शान्तिमार्ग पहिल्याउनलाई मेर्रै अघि सर्छन्
त्यसो हुँदा मेरै आराधना दिन्छ शीतल ताप
हेर भक्तदेखि संसारमा सबै शक्ति डर्छन्,
भनिन् देवीले

देवी अम्विकाको हेर नित्य हुन्छ रूप
त्रिलोक–रक्षा गर्न प्रकट हुन्छिन् खुप
मोहित पार्छिन् देवीले सबै तीनलोक
कोही हुने बाकसिद्ध कोही हुने चुप,
भनिन् देवीले…

अजन्माले जगतलाई जन्म दिने भगवती
ज्ञान विज्ञान समृद्धि दिने तिमी कती कती
प्रलयमा देखापर्ने महामारी तिम्रै स्वरूप हो
अजन्माहुन् भगवती प्रदान गर्छिन् अति,
भनिन् देवीले….

कहिले बन्छ्यौ महामारी अनि कहिले सृष्टिरूपा
संसारलाई पालन गछ्र्यौ दिइ अन्न फलपूmल झुपा
शान्तिरूपमा संसार चल्छ राख्छ्यौ सबलाई कृपा
त्रिलोकमै प्रकाश छर्ने तिमी महामयी हौ दीपा,
भनिन् देवीले….

धनधान्य भरिपूर्ण तिम्रो त्यहाँ बास
तिमी रहित देखिन्छ दरिद्री र त्रास
गास बास कपास हो तिम्रै दयारूप
तिम्रो कृपा हटेमा हुन जान्छ ह्रास,
भनिन् देवीले

पुष्प धूप अनि गन्ध खुबै मनपराउने
भक्तजन सबमा तिमीले सृष्टि गराउने
धनधान्य पुत्रपुत्री एवम् बुद्धि प्रदान गर्ने
महान हौ महामाया सबलाई प्रीति छर्ने
भनिन् देवीले…

———————————————————————
सिंहवाहिनी -२७- सत्ताइसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)
———————————————————————

मेधा ऋषि भन्न थाल्छन् सुरथ बैश्यलाई
सारा देवी हामात्म्य यो दुबैमा सुनाइ
त्रिलोक धारणकर्र्ती निकै प्रभावशाली
यो संसार पालेकी छन् मोहित बनाइ

यिनै गर्छिन् ज्ञान सृष्टि यिनै पार्छिन् मोहीत
प्रभातको रवि किरणमा यिनै छर्छिन् रोहित
विष्णुकी हुन् मायास्वरूपा यिनै महामाया
त्रिलोकलाई मोहित पार्दै गर्छिन् सब–स्वहीत

देवीकै शरणमा तिमी दुबै जाऊ
देवीकै चरणमा विन्तिभाव लाऊ

यि नै महामायाले लगाउँछिन् पार
तिमी दुबै जनाको हुने छ उद्धार
यो भन्दा अतिउत्तम अरु छैन केही
देवीकै आराधनाले दिन्छ उत्तमसार

जब सुरथ राजाले महान वाणी सुने
वैश्य साथ यिनले मनमा कुरा गुने
ऋषिका बचनलाई शीरोधार्य गर्दै
तपस्यामा लाग्ने भावनामा बुने

सुरथले ऋषिलाई प्रणाम गर्दै
अतितको व्यथालाई मनमा छर्दै
राजा बैश्य दुबै तपस्यामा हिंडे
देवी कृपा पाउने भावनाले भर्दै

सलल पानी बग्दो नदी महाँ
पवित्र जलले स्नान गरी त्यहाँ
दुबै जना तपमा साथसाथै बसे
धूपहोमनको बास थियो जहाँ

गर्नथाले वैश्यले उत्तम देवी सूत्र जप
अहो दिनरात समेत तिन्ले गर्थे तप

राजा पनि तप गर्न कहाँ हुन्थे कमी
वैश्य राजा तप गर्न त्यहाँ बसे रमी

नित्य तिन्ले पूजा गर्थै देवीमूर्ति बनाइ
पुष्प धूप हवन साथै फलाहार चढाइ

यसै गरी गरी पूजा नित्य चल्यो
दुबैको हृदयमा देवी मूर्ति बल्यो

सर्ब प्रथम आहारालाई घटाउँदै गए
क्रमै सँग यिनीहरू निराहारी भए
एकाग्रतापूर्वक ती चिन्तन्मयी रहे
आफ्नो तनको दुबैले रक्तवली दिए

यी दुबैको आराधना प्रभावकारी थियो
प्रभावकारी तपस्याले मन लुटी लियो
ओइरो हाले पैरो चल्छ भन्ने सत्यतथ्य
तपस्याले फलदायी देवी दर्शन दियो

खुसी भइन् चण्डिका साक्षत्कार भइन्
दुबै जना भक्तको अघिल्तिर गइन्
दुबै जना भक्तको तपलाई हेर्दै
मन्द मन्द मुस्कान त्यहाँ भर्दै रहिन्

भन्न थालिन् देवीले राजा वैश्यलाई
मनोवान्छित वरमाग दिन्छु दुबैलाई
कठोर भए तिम्रा तप साधनामा आए
दुबै जान पीडित हौ थाहा भयो मलाई

राजा धेरै खुसी भए
देवी सम्मुखमा गए
आफ्नो सबै दुःखदर्द
मनमा नै राखी रहे

देवी थिइन् अन्तर्यामी
बोलिन् राज–मन छामी
खुलस्त छन् सारा तथ्य
तिमी महान हौ कामी

गुमाएको तिम्रो राज्य अब फिर्ता दिन्छ
यो राज्यले अब देखि स्थिरता नै लिन्छ
सत्रु सबै बसमा परि शरणमा आउँछन्
सुरथ राजा भनि तिम्लाई संसारले चिन्छ

अर्कोजुनी जन्मलिंदा तिमी पुन राजा बन्छौ
सावर्णिक नाम मनु भइ आकाश नै छुन्छौ
राजकाज गर्दा पनि तिमी सबल नै हुन्छौ
सुकर्मको धारणाले रैती दुःखलाई धुन्छौ्र

मनोकान्छा सबै पुरा मैले गरिदिएँ
भावी कर्म सवलता मैले छरिदिएँ
अब तिमी ढुक्कभइ राज्यगरी बस
सुखमय जीवनको मार्ग भरिदिएँ

देवी फर्किन् वैश्यतिर मन्द मुस्कान भर्दै
राखी सबै कृपा दृष्टि आफ्नो प्रभाव छर्दै
विरक्तिले भरिएको त्यो वैश्यमन बुझी
वर माग भन्दै थिइन ती वैश्यतिर सर्दै

वैश्य पनि खुसी थिए देवी दर्शन् पाई
बुद्धिमत्ता भावनामा आदरता छाई
ममता र अहम्तामा थिए परिचित
वरमाग्छन् वैश्य यिनै नाशगर्नलाई

कति राम्रो वर थियो हेर वैश्यजीको
रोग लाग्नु भन्दा पहिले उपचार निको
त्यसोहुँदा देवी पनि अति खुसी भइन्
मोक्षप्राप्ति हुन्छ तिम्रो यही गर सिको

दुबैले पाए वर आफ्नो मन इच्छ्या
देवीले दिंदिभइन् दुबैलाई नै दीक्षा
कर्मजस्तो गर्दैगयो त्यही मिल्छ फल
सुरथ वैश्य दुबैले राम्रै पाए शिक्षा

यति वरदान दिएर
दुबैको स्तुति नै लिएर
देवी भइन् अन्तर्धान
आनन्द भक्ति पीयर

भजन १

राज्य फिर्ता पाए
सुरथ है राजाले, देवीजीको कृपाले

राजकाज चलाउन सिपालु नै थिए
प्रजालाई राजाले साह्रै माया दिए
तब पनि मानिसका सत्रुमित्रु हुन्छन्
सत्रुहरू मिलेर राज्य हड्पी लिए,
राज्य फिर्ता

राज्यबाट बिमुख राजा लागे वनतिर
निर्जननै वन थियो थिए खोल्सा भीर
बाघ भालू बँदेलको गर्जनलाई चिर्दै
राजा पुगे सुमेधा ऋषि आश्रम निरै,
राज्य फिर्ता

आश्रममा बसी बसी ऋषि दिक्षा पाए
देवी माहात्म्य श्रवणमा साह्रै मन लाए
भक्ति भाव जाग्यो उनमा तप गर्न लाई
तप गर्न सुरथ राजा नदी तटमा धाए
राज्य फिर्ता

तीन बर्ष तप गरे साह्रै नित्य बनी
देवी प्रकट भइन् वरदान दिन अनि
देवीजीको कृपा बन्यो तिनै राजा माथि
पाए वरदान देवीको राजा बने धनि,
राज्य फिर्ता

यसै गरी अर्को पीडित वैश्य नै थिए
तिन्ले पनि वनमा राजा साथी लिए
सुमेधाको शिक्षा दिक्षा यिन्ले पनि पाए
तप गर्न राजालाई यिनले साथ दिए,
राज्य फिर्ता

देवी खुसी जब भइन् दुबै बीच आइन्
राजा वैश्य पीडितमा कृपा दृष्टि लाइन्
ममता र अहम्बाट मुक्ति वर मागे
वैश्यलाई मोक्ष हुने वरदानले छाइन्,
राज्य फिर्ता

भजन २

कल्याणदायिनी कल्याणदायिनी
बहुरूपा भगवती मङ्गलदायिनी

तिमी नै हौ गौरी देवी साथै सनातनी
शरणागतबत्सललाई अति दया मानी
सर्बगुण मयी तिमी ममताकी खानी
सबै माथि दृष्टिगोचर गर्ने वाली जनी,
कल्याणदायिनी

सबैको दुःख पीडा तिमी दूर गर्छेऊ
ब्राह्मणीको रूप पनि तिमीले नै धर्छेऊ
हाँसबाट निर्मित विमान नै चढ्छेऊ
कुसमिश्रित जललाई तिमीले नै छर्छेऊ
कल्याणदायिनी

तिमी नै हौ माहेश्वरी तीन नेत्रधारी
बृषभमा चढी बन्छ्यौ कल्याणकारी
कर शोभा त्रिशुल शीरको छ चन्द्र
सर्पको मालामा दर्शन दिने भारी,
कल्याण दायिनी….

अघि पछि हुन्छ मयूर र कुखुराको ताँती
तिम्रो कलापूर्ण अभिव्यक्ति गर्ने लीला भाँती
तिमी महाशक्ति महामाया बन्छ्यौ रणचण्डी,
दानवलाई मारि दिन्छ्यौ तिमी दिन राती
कल्याण दायिनी….

तिमीसँग पाप छैन, छैन छलकपट
कौमारीरूप धारण छ छैन कुनै दपट
वैष्णवी शक्तिरूपा नारायणी हौ तिमी
रिपूमर्दन गरेर शान्ति दिने भरपेट,
कल्याण दायिनी….

हातमा छ महाचक्र ढाडमा छ धर्ती
वाराहीरूप धारण गर्छेऊ हेर्दा सरसर्ती
नृसिंहरूप लिएर नै दैत्य नाश गरेऊ
त्रिभूवनको रछ्या गर्ने तिमी महा कर्ती,
कल्याण दायिनी….

मस्तकमा किरिट र हातमा बज्रधारी
बृत्रासुरको प्राणकी हौ अपहरणकारी
सहस्र नेत्रधारी अनि इन्द्रशक्ति रूपा
दैत्य शक्ति नाश गर्न लड्यौ महामारी,
कल्याण दायिनी….

शिवजीलाई दूत बनाइ शिवदूती भयौ
सिंहनाद ठूलो गरी व्यापकता नै छायौ
चण्डमुण्ड नाश गरी चामुण्डा नाम पायौ
निशुम्भ शुम्भ नाश गर्न समरमा धायौ,
कल्याण दायिनी….

लक्ष्मी लज्जा महाविद्या, श्रद्धा पुष्टि स्वधा
महारात्री सरस्वती तिमी नै हौ महामेधा
बरा, भूति, बाभ्रवी, नियता तथा ईशारूपा
तामसी, कात्यायानि दर्शन पाउँछौ सदा,
कल्याण दायिनी….

———————————————————————
सिंहवाहिनी -२८- अठ्ठाईसौं अध्याय (महाकाव्य कथासार)
———————————————————————

दुर्गा सप्तशती पाठ
हिन्दुधर्मको सर्बमान्य ग्रन्थ
शक्तिको आराधना गरिने
यो एउटा सुन्दर कल्पतरु
जस्लाई दुर्गापूजा भनेर
आश्विन शुक्ल पक्षको
प्रतिपदादेखि नवमीसम्ममा
दुर्गाको प्रतिमा स्थापित गरी
गरिने पूजामा
असौज महिनामा
घटस्थापनादेखि
मैले नवदुर्गामा यो पाठ पढें
हुनत मैले,
यस पाठलाई
अक्षर आरम्भबाटै
पढ्न थालनी गरेको हुँ
तर पाठ गर्यो छोडो
यस भित्र के छ त ?
संस्कृतमा लेखिएका श्लोक
लय मिलाएर पढ्नु्, बाहेक
अर्थ त रहस्यमै रह्यो,
अन्धभक्त/अन्धभक्ति
के नै दिन्छ त्यस्ले शक्ति
एकाहा( एकदिने पाठ)
सप्ताहा ( सात दिने पाठ)
एकाहामा साधारणा पाठ पढिन्छ
त्यस्ले के नै दिन खोजेको
अर्थ लाग्दैन
सप्ताहामा भावार्थ सुनाइन्छ
त्यस्ले केही सन्देश प्रवाह गर्छ
यी पाठ पनि उद्देश्य सहित
उद्देश्य रहित गरिन्छ
जेहोस् व्यासले दिएका पुराणको
वाचन प्राय फलप्राप्तिका लागी
गरेको पाइन्छ
मैले उद्देश्यरहित
यस पटक
मलाई लाग्यो
यसको अर्थ बुभ्mने गरी पढुँ
हिन्दी टिका सहितको कृति किने
पढ्न थाले
शिव र देवीको वार्ताबाट यसको आरम्भ
शिवजीले देवीलाई सोध्नु हुन्छ–
देवी तिमी भक्तमा सुलभ छौ
सबै काम विधान सम्मत गर्छेऊ
कलियुगमा कामनालाई सिद्ध गर्ने
कुनै उपाय भए सम्यक रूमा भन्देऊ
शिवबाणी देवी सुनिन् र बोलिन्
हे देव तपाइँको प्रेमपूर्बक धारणा
कलियुगमा सिद्ध गर्ने कामना
सबैले गर्न सक्ने साधना
अम्बास्तुती हो अम्बास्तुती
यसरी थालनी भएको यो पाठमा
देवीको स्तुती, दुर्गादेवीलाई प्रशन्न पार्न
उनको महिमा, उनको शक्ति
कसरी गरिन्छ भक्ति
तीनै लोकमा दुःख कष्ट,
शत्रुको नाश
आदिको आराधना
गरिएको छ कामना
शिवजीले
दुर्गाको एकसय आठ
नामको बर्णन गर्दै,
जस्ले यी एकसय आठ
नामको गर्छ पाठ
तीनलोकमा उस्ले सबै साध्य गर्छ
उसले धन, धान्ँय, पुत्र, स्त्री,
हात्ती, घोडा, धर्म, चार पुरुषार्थ
साथै मुक्ति प्राप्त गर्ने
धारणा पोखिएको छ
पूजा विधिको वर्णन गरिएको छ
ॐनमश्चण्डिकायै
(चण्डिका देवीलाई नमस्कार छ)
भनि दुर्गा कवच सुरु गरिन्छ
मार्कण्डेयले ब्रह्मासँग
आफ्नो् जिज्ञाशा राख्छन्
व्रह्माजीले देवीकवचको महिमा
देवीका नौ मूर्तिको नाम र काम
उनको प्रार्थनाबाट प्राप्त हुने
उपलब्धीको बर्णन गरिएको छ
मानव शरीरमा कुन अङ्गमा
कुन देवी अवस्थित भएर रक्षागने,
चारै दिशामा तथा हरेक स्थानबाट
देवीबाट रक्षा होस् भनि
प्रार्थनामा भनिएको छ–
'ॐजयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वहा स्वधा नमोऽस्तुते '
यसरी देवीको जय जयकार
नमस्कार गरिएको पाइन्छ
यो पाठ मार्कण्डेय पुराणको
सावर्णिक मन्वन्तरको
कथा अन्तर गत
देवी महात्म्य बाट लिइएको
कथा प्रारम्भ यसरी थालिएको छ
सुरथ राजा, समाधि वैश्य
मेधा ऋषिसँगको बार्तालापमा
महामायाको मायवी जालमा
संसार चलेको
महामायाकै कारण अपनत्वमा
संसारका चराचर भुलेको
विष्णु जलमय संसारमा
शेषनाग शैयामा
मस्त निद्रामा सुत्दा
श्रीहरिको कानेगुजीबाट
मधु–कैटभ दानव प्रकट
ब्रह्मालाई खान खोज्नु
विष्णुलाई जगाउन
ब्रह्माले योगनिद्रको स्तवन
स्तवनमा योगनिद्रा खुसी हुनु
विष्णु जाग्नु
मधु कैटभसँग
पाँचहजार बर्षसम्म लडाइ
हारजीत नहुनु
मधु कैटभले विष्णुलाई
वरमाग भन्नु
विष्णुले मबाट मर भन्ने वरमाग्नु
दुबै दैत्यलाई जाँघमा राखी मार्नु
महिषासुरको आतंक
देवताको तेजबाट देवीको प्रादुर्भाव
महिषासुरका सेनासँग युद्ध
सेना मारिनु,
सेनापति सहित
महिषासुर मारिनु
देवता खुसी हुनु

देवीको प्रार्थना गर्नु
देवी खुसी हुनु

वर माग्न भन्नु
देवताले सधैं हामीसँग
प्रशन्नरहनु भन्ने वर माग्नु
शुम्भ निशुम्भले
तृलोक विजय गर्नु
देवताको यज्ञभाग खोस्नु
देवताहरू देवीको शरणमा जानु
देवीले शुम्भ निशुम्भ
मार्ने देवतालाई वर दिनु
हिमालमा बसेकी देवीलाई
चण्ड मुण्डले देख्नु
शुम्भलाई संदेश दिनु
शुम्भले रानी बनाउन
दूत पठाउनु
दूत देवीबीच वार्ता हुनु
देवीले युद्धमा जस्ले जित्छ
सोही पति बन्छ भन्नु
धूम्रलोचनसँग युद्ध हुनु
धूम्रलोचन मारिनु
चण्ड र मुण्ड लड्न आउनु
दुबै मारिनु
रक्तबीज लड्न आउनु
रक्तबीज मारिनु
निशुम्भ लड्न आउनु
निशुम्भ मारिनु
स्वयम् शुम्भ
लड्न आउउनु
शुम्भ पनि मारिनु
देवताले आफ्नो यज्ञभाग पाउनु

इन्द्रले स्वर्गको राज्य पाउनु
देवताले देवीको प्रार्थना गर्नु

देवताले देवीबाट वर पाउनु
देवीबाट भविष्यवाणी
देवी पाठको महात्म्यलाई
ऋषिले सुरथ र वैश्यलाइ
बताउनु
सुरथराजा र वैश्यले
देवीको तपस्या गर्नु
देवीबाट सुरथले राज्य फिर्ता पाउने

अर्को जन्ममा
सूर्यबाट जन्मलिएर
सावर्णि मनुका नामले
प्रख्यात हुने वरदान पाउनु
वैश्यले
मोक्षप्राप्तिको वरदान पाउनु
कथा समाप्त हुन्छ
मेरो महाकाव्यले पनि
यसैबाट पूर्णता पाउँछ

पात्र विधानमा
शिव पार्वती
मार्कण्डेय ऋषि, ब्रह्मा, नवदुर्गा,
सुरथ राजा मेधा ऋषि, समाधी वैश्य
विष्णु, मधुकैटभ, महिषासुर, शुम्भ, निशुम्भ
धूम्रलोचन, चण्ड, मुण्ड, रक्तबीज
आदि पात्रहरू यस काव्यमा
प्रस्तुत गरिएकाछन्
सम्वादमा आधारित
श्रीदुर्गासप्तशती सचित्रका
केही अंश लिएको छु
यहाँ बर्णन गरिएका
धर्मको संरक्षण
सत्यको विजयमा
नारीशक्ति सशक्त छन्
अडिएका सत्यतामा
द्वन्द्वमा अडिएको
सुर असुर लडाइँ यो
देवीले दैत्य मार्नेे
प्रकृतिको यो पाठमा
शक्तिको महत्व दिएको छ
दुर्गासप्तशती पाठ गर्दा
जे जे ज्ञान मैले भेटे
सोहीज्ञान आर्जन गरी
यो काव्य मैले लेखे
वास्तवमा भन्नु पर्दा
शक्तिको हो यो संसार
शक्ति आर्जन गर्नलाई
सबको बस्यो यो संस्कार
मेरो पनि धारणा छ
दानवीपन सबको हटोस
देव भन्नु सत्यता हो
देवत्वपन सबमा बसोस
मानिसले मानिस खाने
प्रवृत्ति त सदा हटोस
आज पनि संसारमा
दानवत्व छाएकै छ
दानवीय प्रवृत्तिले
अधिक स्थान पाएकै छ
त्यसोहुँदा संसारमा
दानवता हट्दै जाओस
शान्तिमय संसार बनोस
मानवता छाउँदै आओस
यही मेरो भावना हो
शान्तिसुधा बगाउँ छु
महामाया भवानीमा
श्रद्धासुमन चढाउँछु

भजन

जय दुर्गे जय दुर्गे
रक्षा गर हामीलाई जय दुर्गै

तिम्रा सारा अस्त्रसस्त्र सुशोभित गराइ
हामी तिम्रै भक्तजन कोही छैन पराइ,
जय दुर्गे

त्रिशूलबाट रक्षा हओस् चक्रबाट पनि
सर्पबाट रक्षा हओस् सिंहबाट अनि
जय दुर्गे

शंख घण्ट बज्दै जाओस् पाप हाम्रो हटोस्
तिम्रो त्यो दिव्य मूर्ति हाम्रो दिलमा बसोस्,
जय दुर्गे

दानवलाई संहार गर्ने खड्ग तिम्रो
सदा रक्षाकारी होस जय देवी हाम्रो
जय दुगे

तिमी खुसी कयौ भने,सारा कष्ट भाग्छ
रिसपूर्ण हुन गए सारा रोगले दाग्छ ,
जय दुर्गे

तिम्रा भक्त जनलाई कहाँ पापले छुन्छ
सबै पापा कर्मलाई तिम्रै नामले धुन्छ
जय दुर्गे

तिम्रो शरण पर्नेलाई विपत्तिले छुन्न
तिम्रा भक्तहरूता पश्चतापले रुन्न,
जय दुर्गे

सबै धर्मशास्त्रमा तिम्रै नाम छ अंकित
तिम्रो पाठ गर्नलाई कोही छैन बञ्चित,
जय दुर्गे

तिमो मात्र एक शक्ति अन्धकारलाई चिर्छ
तिम्रो शक्ति नचिन्नेलाई सातै जुनी पीर्छ,
जय दुर्गे

राक्षसको संहार गरी मानवता दिन्छ्यौ
विषधारी सर्प पनि आफ्नै हातमा लिन्छ्यौ,
जय दुर्गे

लुटेरानै किन नहोस् तथा कोही ठूलो शत्रु
तिम्रो भक्ति भावनामा हुन जान्छन् मित्रु ,
जय दुर्गे..

तिमीनै हौ विश्वेश्वरी तिमी विश्वरूपा
विश्वनाथकी वन्दना जगत मुक्ति सुधा,
जय दुर्गे

भजन गाउँदा गाउँदै देव वर माग्छन्
सबै देव दुर्गाजीको शरण पर्न जान्छन्
जय दुगे

देवी पनि खुसी भइ वरदान माग्न भन्छिन्
कल्याणदायी वर दिन उनी उचित ठान्छिन्
जय दुगे

देवता गर्छन् स्तबन अनि भन्न थाल्छन्
वाधा हटने शत्रु नाश्ने वर त्यहाँ माग्छन्
जय दुर्गे

समाप्त ।

आधुनिक कथा : जुरेलो बेपत्ता

~सदानन्द अभागी~

कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन्
ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन्

काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले गर्दा काकाकुल भएका जनता, वागमती र विष्णुमतिमा मिसिएको गन्दगीले गर्दा पवित्र स्थल र पवित्र जलको उपभोगमा कमी, देशमा रोजगारी नपाउँदा उत्पादनशील जनशक्तिको पलायन, आजको विकासको गतिले निम्त्याएको विविध क्षेत्रमा ह्रास आदिले गर्दा काठमाडौ यो देशको राजधानी भएर पनि स्वच्छ गास बास कपास दिन सकेको छैन सहरवासीलाई, तापनि थलचर, जलचर, नभचर सबै प्रकारका जीवजन्तुहरूले आफ्नो निरन्तरतालाई अगाडि बढाइरहेका छन् । यसै सहरको गोकर्णको सुन्दर वनमा एउठा ठूलो अनि खानदानी रुख, त्यसका हाँगाविङ्गामा एक जोडी जुरेलो र जुरेलीको बसोबास गर्दथे र रमण गर्दथे । तिनकी एउटी सुन्दर पुत्री थिइन् । उनी कहिले कुन डालीमा कहिले कुनडालीमा उफ्रदै नाच्र्दै गाउँदै, स्वतन्त्ररूपमा विचरण गर्दथिन् ।

सानी जुरेलीको नाम राखिएको थियो रजनी । रजनी नाम भए पनि रूपमा उनी अति सुन्दरी, रूपवती, बाहिरी रूपमा शीलवती, गोपनीयता नभएकी, अनुशासनमा नरहेकी हुँदा तिनको बारेमा वनमा निकै चर्चा उपचर्चा हुन्थ्यो । वनमा भएका युवाजुरेलाहरूले तिनको रूपमा अति मोहित भए पनि विवाह गर्न चाहँदैनथे । रजनीका बाबा आमाको नाम पनि वनभरि फैलिएको थियो । धन दौलतमा कमी थिएन । यिनले अरू जुरेलाभन्दा आफूलाई खानदानीया सम्झिन्थे । यिनको पुख्र्र्याैलीलाई केलाउँदा खानदानी नै भएको प्रमाणित हुन्थ्यो । संसारमा रहेका तथा भएका सबै प्राणीहरू आचारणभन्दा बाहिरिए भने निश्चय नै आफ्नो कर्मको फल एक दिन भोग्नै पर्दछ । यहाँ रजनीको क्रियाकलापले गर्दा वनभरीका चराहरूले उनका बुबामुमालाई देख्दा मुखामुख गर्दथे तर रजनीको आचरणको बारेमा मुख खोल्न भने सक्दैनथे ।

दिन वित्तै गए रजनीमा, यौवनताले छायो, जवानीका चिन्हहरू पलाए । भाले जुरेलातिर उनको आकर्षण बढ्न थाल्यो । रजनीका आमाबाबाले उनको लागि एउटा सुयोग्य बरको् खोजी गरे तर उनलाई सुहाउने वर प्राप्त गर्न सकेनन् । योग्य वरले उनको चरित्रमा शंका गरी उनीसँग विवाह गर्न नकारेकोे हुँदा उनलाई, चितवनको जयमङ्गला–पार्कमा पठाइयो ।

जयमङ्गलाको पार्क सानो भए पनि अति सुन्दर थियो । यो पार्कमा यस देशकामात्र नभएर विदेशका चराहरू पनि वनभोज खान आउँदा रहेछन् । रजनीले आफ्नो स्वतन्त्र इच्छ्यामा बग्ने रहर त अब झनै फराकिलो बन्यो । जता घुमे पनि जे गरे पनि कसैको रोकटोक रहेन । उसले यहाँ अमेरिका लण्डन, फ्रान्स, जापान, साइवेरिया आदि देशका चरासँग भेटगर्न र आफ्नो चाहना पोख्न पाई । एक जना टिकौलीको वनमा रमण गर्ने उसकै उमेरको यौवन मस्त जुरेलोले पनि स्वदेशी तथा विदेशी जुरेलीलाई भेटी आफ्नो मनोइच्छ्या पुरागर्न जयमङ्गला जाने आउने गथ्र्र्यो । मौकाको घडीले साइत जुरायो । छोटो समयमा यी दुवैको सम्पर्क बढ्यो । क्षणिक आवेशमा एकले अर्कोलाई मन पराए र वैवाहिक सूत्रमा वाँधिए ।

भनिन्छ आत्तिएर विवाह गर्नु पछि पछुताउनु हो । यहाँ पनि विवाहको हतार अति थियो । भन्नत भनिन्छ दुई दिनको जिन्दगी हो । जीवनको यात्रा छोटो ठाने छोटो होला, लामो ठाने लामो होला जे जसरी यसलाई मूल्याङकन गरे पनि बास्तवमा जीवनको घडीको सुई घुम्न त समय लाग्छ नै । कहाँ कि त्यो सहरमा हुर्केकी, ठूलो रुखमा जन्मेकी, मोजमस्तिमा पल्केकी, रहन सहनमा भिन्नता भएकी जुरेली, अनि चारकोसे झाडीमा उफ्रेको जुरेलो दुबैको जीवन जोडीको रसिलो जीवन केही दिन नबित्तै निबुवा निचोरेजस्तो निराशिलो हुन थाल्यो । गाउँका बूढा पाकाले भन्ने गर्थे सबै चिजमा हल मिल्नु पर्छ । पानी खान मन लागे मूल खोज्नु पर्छ । विवाह नै गर्नु छ भने कुल खोज्नु पर्छ । अन्धकारमा जून खोज्नु पर्छ । यहाँ त सबै चिज खोज्नु को अलवा दुवैले अआफ्ना बाबु आमाको खोजी पनि गरेनन् । जुरेलीमा अहम्तआ थियो, जुरेलोमा सहनशीलता थियो, उनीमा नारी चरित्रको अंश पनि थिएन । जुरेलोमा सहनशीलता थियो ।

भनिन्छ घरमा शान्ति छाउन त परिवारमा एक आगो हुँदा अर्को पानी बन्नु पर्छ । यहाँ त यो सिद्धान्त पनि फेल खायो तव पनि जे होस् यिनीहरूको चिसिदो सम्बन्धमा पनि जैविक आवश्यक्ताको आपूर्तिमा भने कुनै कमि आएन । रजनीले एकै ओथारोमा दुई सन्तानको जन्म दिइन् । अवत खाने मुख बढे । चारा खोज्दा चारा पाउन कठिन हुन थाल्यो । स्वदेशमा चारा पाउन नसकिने भए पछि विदेशको मुख ताक्न वाध्य हुनु प¥र्यो । दुवैले जन्मेका दुवै दूधे बच्चालाई आमाको साथमा छाडेर साइवेरिया जानेमा सहमति भयो । अब भने रजनीले आफ्नो जीवनसाथीलाई साइवेरीयामा लिएर जान विदेश यात्राको व्यवस्था मिलाउन थाली ।

नेपाल गए कपाल सँगै ब्रह्म गए कर्म सँगै भने जस्तै साइवेरीया जाँदैमा पसिना नवगाइकन त केही पाउन सक्ने होइन । भनिन्छ पसिना पोख्न सके यसै देशमा चरीको दूध दुहुन सकिन्छ । जुरेलो निकै मेहेनती थियो । उसको मेहनतले एनकेन दुवै जनालाई चारा जम्मा गर्न ऊ सक्षम भयो । दिन बित्तै गए जुरेलीले पुनः एक छोराको जन्म दिने काम भयो । नेपालका दुवै छोराले खाने चाराको अभावले गर्दा सुके जीवन बिताइरहेको अवस्थामा जुरेलीले त्यो बच्चालाई पुनः नेपाल ल्याएर आफू साइवेरियातिर लागिन् ।

यता तीन बचरालाई बृद्ध जुरेलो र जुरेलीलाई चाराको व्यवस्था मिलाउन नसकेर भोकले सबै तड्पिरहेका छन् । उता जुरेलीले अर्र्काे विवाह गरी अरे जुरेलो कता पुग्यो ? आजसम्म थाहा हुन सकेको छैन । बृद्ध जुरेलो र जुरेली आज छोराको लागि तड्पिरहेका छन् । बचराले आमा बाबालाई खोजिरहेका छन् । वनभरी 'धन कमाउने चुत्थो, साँवा पनि फुत्क्यो' को आजवाज गुञ्जिरहेको छ ।

लघुकथा : आँककुमारीको विवाह

आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।

चिना देखाउँदा नाडीक्षारष्ट (नाडी) लाग्छ लाग्दैन, अल्पआयुका छन् छैनन् टोकाहा (पिराहा) छन् छैनन् । सन्तान बृद्धि कस्तो हुन्छ आदिमा केन्द्रित भएर ज्योतिषीकोमा प्रश्नहरू राख्ने चलन छ । नाडीक्षारष्ट पर्न गएमा त्यस्ता वर वधूको जीवनमा कलह भैरहने भएकोले जीवन तीतो हुनेहुँदा विवाह गर्न हुँदैन भन्ने चलन छ र यस्ता नाडीलाग्ने केटा केटीको विवाह गर्ने चलन छैन । दिशा जुर अजुर आदि सबै ज्योतिषीले प्रष्ट्याउने चलन पनि चल्दै आएको छ तापनि आजकल हेराउने चलन हट्दै पनि गएको छ ।

यहाँ धनवीरको विवाहमा नहेराउने प्रकृयाबाट सन्तुकुमारीसँग गरिएको थियो । बच्चा पनि जन्मिए तर सुमधुर सम्बन्धमा खिचातानी बढ्न थाल्यो । धनवीरकी आमा ज्योतिष शास्त्रलाई निकै विश्वास गर्ने महिलामा पर्छिन् । उनी छोरा र बुहारीको सुमधुर सम्बन्ध कायम गराउनको लागि के गर्नु पर्ला भन्दै ज्योतिषीकोमा पुगिन् । ज्योतिषीले 'तिम्रो छोराको दोस्रो विवाहको योग छ, योग मेटाउनु पर्छ ' भन्यो ।

उनीमा साह्रै छटपटी चल्यो । छटपटी पनि किन नचलोस् ? उनी आफैले पतिसँग झगडाको रडाको र सौताको कचकच व्यहोरिरहेकी छन् । अब त छोरालाई पनि विवाह गरिदिनु प¥र्यो भने एकातिर घरमा भै रहेको झगडाको बीउ अँझै बढ्दै जाने भयो । अर्कोतिर दोस्रो विवाह कानूनले बर्जित पनि गरेको छ ।

उनको छटपटीलाई ज्योषिसीले बुझिहाले । 'नहडबडाउनु होस्, दोस्रो विवाहको योग मेटाउन अरु उपाय पनि छन्, 'आँकसँग', 'शिला' सँग र 'सुनको प्रतिमा'सँग विवाह गरेर पनि दोस्रो विवाहको योग मेटाउन सकिन्छ । 'आँक' सँग विवाह गर्न तिम्रो छोरालाई जुरेको छ, त्यसैसँग विवाह गरिदिनु होस्' ।

आज धनवीरको विवाह धुमधामसँग जङ्गलको कुनामा गएर आँकको बोटसँग सम्पूर्ण विहा विधिलाई अपनाउँदै सुसम्पन्न गरियो । आँकको बोट आँककुमारी भएर चुरा, पोते, बलाउज साह्री पहिरेर वनमा नै मौन धारणा गरेर बसेकी छन् । दुलाहा एक्लै घरतिर जन्ती सहति फर्किएर आए ।

कति राम्रो ? न त सौता सौता लड्ने, न त पतिले लालन पालन गर्न पर्ने, न झगडा नै गर्न पर्ने, आँककुमारीले आफ्नो मौनताको जीवन आफ्नै पाराले बिताई रहने । धनवीरकी आमा भने आज निकै खुसी छन् । छोराको दोस्रो विवाह आँकसँग गरिदिन पाएर ।

अब सबैले हेर्नु छ –धनवीर र सन्तुमायाको भावी जीवनमा सुमधुरता आउन सक्ला त ?

पौराणिक कथा : बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त दौलत या न त स्त्रीले नै सक्दछन् । यी सबका प्रमाणहरू प्राचिन कालका धर्म ग्रन्थहरूमा पनि उल्लेखित छन् । हामीले हाम्रा ठूला ठूला धर्म ग्रन्थहरू अध्ययन गर्न सक्छौ । महाभारत र रामायणका ती अहम् लीला पढन सक्छौं । ती सबैका धेरै कारणहरू मध्येमा एउटा कारण स्त्री हो भन्न सकिन्छ । रामायणको सिर्जनामा सीताको कारण र महाभारतको सिर्जना द्रौपदीको कारणाबाट भएको हो भन्दा गलत भने जस्तो लाग्दैन । रामायण, महाभारत, पुराण आदिको अध्ययनबाट जानकारी प्राप्त गर्न सकिन्छ कि हाम्रा इन्द्रिय यति बलवान छन् कि ठूला ठूला ऋषि–मुनि तथा विद्वानहरूलाई पनि विचलित पार्दछन् र सहजै आफ्ना बसमा ल्याउँछन् । त्यसो हुँदा जुनसुकै स्त्रीबाट टाढा रहनु पर्दछ । पुराणमा भनिएको छ कि एकै ठाउँमा छोरीसँग पनि बस्न हुँदैन किनकी बिलासी संसारबाट मानिसले मुक्ति पाउन साह्रै कठिन छ ।

एक जना बिलासी जीवन बिताएका पौराणिक कालका राजा ययातिको विलासी जीवनको रोचक घटनालाई यहाँ अध्ययन गर्न सकिन्छ । ती ययाति राजा नहुषका छोरा थिए । उनका दाजुको नाम यति थियो भने भाइहरूमा संयाति, आयति, वियति र कृति थिए । राजा नहुषले आफ्नो राज्य सञ्चालनको भार यतिलाई दिन चाहान्थे । यतिले राज्यसञ्चालनको भार स्वीकारेनन् किनकी राज्यसञ्चालनमा हुने विविध खाले परिणति, परिणाम र राजाहरूले गर्ने गरेका कुकर्महरू साथै भोगविलासी कर्महरूको उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने प्रयत्न गर्दा ब्राह्मणहरूलाई पत्ता लाग्यो र ब्राह्मणहरूले श्राप दिँदा स्वर्गको राजाको इन्द्रपदबाट अजिङ्गगरको रूपमा झर्न परेको यथार्थता उन्लाई थाहा थियो । बाबुको यो परिणतिको साथै राज्य सञ्चालन कर्ताले हरेक किसिमका दाउपेच, राज्यसञ्चालनमा गरिने विविध व्यवस्थापनमा राजाले मानव जीवनको अमूल्यरत्न भनेको आत्मस्वरूप हो भन्ने यथार्थतालाई नै भूलेको हुन्छ भन्ने उनको ठहर थियो । यसरी दाजुले राज्य नस्वीकारेपछि ययाति राजा बने ।

ययाति राजा बनेपछि एकदिन शिकार खेल्न वनमा जाँदा उनलाई तिर्खा लाग्यो र एउटा इनारमा पानी खान गए । इनारमा उनले एक जना नाङ्गी सुन्दर युवतीलाई देखे र आफ्नो साथमा भएको ओढ्ने कपडा (उपर्ना) दिएर इनारबाट हातले समातेर बाहिर निकाली दिए । यी सुन्दर स्त्री दानवका गुरु शुक्रचार्यकी पुत्री थिइन् । यिनको नाम देवयानी थियो । देवयानीले राजालाई सारा घटना सुनाउँदै,भनिन् –''महाराज हजुरले समातिएको यो हात सदा हजुरको करकमलले नै समाइ रहोस् । '' राजाले 'तिमी ब्राह्मणकी छोरी भएकाले विवाह हुन नसक्ने' धारणा सुनाए ।

ब्राह्मणपुत्री भए पनि बृहस्पति गुरुका छोरा कचले उनलाई ब्राह्मण कुमारसँग विवाह नहोस् भन्ने श्राप दिएको हुँदा ययातिले विवाह गर्न मिल्ने कुरा देवयानीले राजालाई अवगत गराइन् । ययातिले उनको विवाहको प्रस्ताप स्वीकारे । यसपछि देवयानी घरमा गइन् र आफ्ना बाबु शुक्रचार्यलाई दिनमा घटेका घटनाको सारा विवरण यसरी सुनाइन्– उनी राजधानीको सुन्दर बगैंचामा दानवराज बृषपर्वाकी छोरी शर्मिष्ठा लगायत सखीहरूसँग गएकी थिइन् । यो सुन्दर वगैंचामा एउटा सुन्दर सरोवर थियो । त्यो सरोवरमा देवयानी र दानवराज बृषपर्वाकी छोरी शर्मिष्ठा लगायत सखीहरूले स्नान गर्ने उद्देश्यले गएका थिए । सबै जना नाङ्गै भएर स्नान गर्न थाले ।

उनीहरूले स्नान गर्दागर्दै महादेव पार्वतीको साथमा आउँदै गरेको देखे । नाङ्गै भएको अवस्थामा उनीहरूलाई कपडा लाउन हतार भयो । हतारको अवस्थामा देवयानीको कपडा शर्मिष्ठाले लगाइन् । शर्मिष्ठाले भुलबस देवयानीको कपडा लगाएको भन्दा भन्दै पनि देवयानीले नसुनेर गाली गर्न थालेपछि दुबैको बीचमा झगडा भयो । झगडाले उग्ररूप लियो र शर्मिष्ठाले उनलाई नाङ्गै भएको अवस्थामा नै इनारमा खसालिदिइन् । शर्मिष्ठाले झगडाको वेला देवयानी र उनका पितालाई सहनै नसकिने अपशब्दहरू बोलेकी थिइन् । देवयानीले शर्मिष्ठाले बोलेका र गरेका सबै कर्महरू आफ्नो बाबु शुक्रचार्यलाई बताइन् । छोरीका यी घटनाक्रम सुन्दा शुक्रचार्य पनि साह्रै विरक्त भए । छोरीलाई लिएर, त्यो ठाउँ छाडेर अन्यत्र जाने निर्णय लिए । यो घटनाक्रम राजा बृषपर्वालाई पनि थाहा लाग्यो र शुक्रचार्य अन्यत्र जाने कुरा थाहा पाएर राजा आएर शुक्रचार्यलाई यहाँबाट अन्यत्र नजानको लागि आग्रह गरे । ऋषिले पनि छोरी देवयानीले मागेको कुरा पूर्ण गरिदिएमा राज्य नछोड्ने धारण राखे । देवयानीले राजाको कुरा सुने पछि 'मैले जो कोहीसँग विवाह गरे पनि शर्मिष्ठाले आफ्ना सहेली सहित मेरो सेवामा दाखिला होउन् भन्ने' शर्त राखिन् । शर्मिष्ठाले पनि आफ्नो बाबुको राज्यहितलाई ध्यान राखी बाबुको आज्ञालाई शीरोधार्य गरिन् ।

देवयानीको विवाह ययातिसँग भयो । ऋषिले विवाह गर्दा राजालाई शर्मिष्ठासँग कहिल्यै सम्पर्क नबढाउनु समेत भनेर पठाए । शर्मिष्ठा पनि देवयानीको सेवामा सहेली सहित त्यहीं पुगिन् । यसै क्रममा शर्मिष्ठाले देवयानीको सेवारत रहँदा रहँदै एक दिन राजासँग पुत्रप्राप्तिको लागि रितुदान मागिन् । राजा ययातिले ऋषिको कुरा जान्दा जान्दै पनि शर्मिष्ठाको आग्रंह तत्कालिन समयमा धर्मसङ्गत भएकोले रितुदान दिन स्वीकारे र शर्मिष्ठालाई रितुदान दिए ।

यो कुरा देवयानीलाई थाहा लाग्यो र उनी आफ्ना बाबु भएको ठाउँमा जान लागिन् । राजा ययातिले धेरै सम्झाए तर उनले कुनै कुरा सुन्न चाहिनन् । सारा कुरा देवयानीले आफ्नो बाबुलाई भनिन् । ऋषि पनि साह्रै रिसाए र राजालाई' बूढो भै जा' भनी श्राप दिए । राजाले अझै भोगविलासमा रम्ने धारणा राखे । यो श्रापले राजलाई मात्र नभएर देवयानीलाई पनि अपठ्यारो पर्ने भएकोले श्राप फिर्ता लिन आग्रह गरे । राजाको धेरै आग्रहपछि ऋषिले राजालाई 'जाऊ, कसैले बैंस दिन्छ भने साटेर लेऊ र रमण गर' भनेर पठाए । राजा ययाति आफ्नो दरबारमा फर्के र सर्बप्रथम जेठा छोरा यदुसँग जवानी साट्न चाहेको राय मागे । यदुले बैराग्य आउनको लागि पनि मानिसले विषय सुख प्राप्त गर्नु पर्छ । त्यसो हुँदा बैंश साट्न नसक्ने जवाफ दिए ।

यसरीनै राजाले तुर्बसु, द्रुह्यमु र अनुलाई पनि आफ्नो जिज्ञासा राखे । यी सबै छोराले राजाको बूढौलीसँग जवानी साट्न चाहेनन् । अन्तिममा राजाले सबै भन्दा सानो छोरा पुरुलाई आफ्नो यथार्थता प्रष्ट्याए । पुरु विद्वान थिए, उनलाई धर्मतत्त्वको बारेमा पूरा थाहा थियो । पुरुलाई यो शरीर भनेको नाशवान हो यदि पिताको दया रहेमा छोराले परमपद प्राप्त गर्न सक्छ भन्ने ज्ञान पनि थियो । पुरुले यो पनि जान्दथे कि पुत्रको शरीर पिताबाटै प्राप्त भएको हो । पुरुले सबै आदि आदि धार्मि विचारहरूलाई केलाए । पुरुले पिताको धारणालाई पालन गर्ने तथा नगर्ने, पुत्रको बारेमा श्रीमद्भागवतमा गरिएको बर्र्गीकरणलाई पनि स्मरण गर्दै लेखिएको यथार्थतालाई सुनाउँदै भने – 'बुबा उत्तम पुत्र त त्यो हुन्छ जसले पिताले भन्नु अगावै बुझेर काम गर्दछ, ।पिताले भनेपछि गर्ने पुत्र मध्यम हुन्छ । पिताको आज्ञा पाए पछि अश्रद्धाले पालन गर्ने पुत्र अधम हो । पिताको कुरालाई कुनै प्रकारले पनि मान्दैन भने त्यस व्यक्तिलाई छोरो भन्नुनै भूल हो । त्यो त पिताको मलमूत्र हो । त्यसो हुँदा म मेरो जवानी हजुरको बूढ्यौली सँग साट्न सहस्र स्वीकार छु' । पुरुले पुत्रले पिताप्रति गर्नु पर्ने दायित्वलाई पूरा गरे ।

ययातिले छोराको जवानीलाई प्रयोग गरेर विषयभोगमा रम्म थाले । ययातिले, सातै द्वीपहरूमा एकक्षत्र राज गर्दै, एकहजार बर्षसम्म विषयभोगमा रम्दा पनि उनमा तृप्ति हुन सकेन । अतः मानव जीवनमा विषयभोगको जरो अति गहिरोसँग गाडिएको छ तर पनि इन्द्रियलाई कावुमा राखे र सर्वोच्च सफलता प्राप्त गर्ने महापुरुषको उदाहरण पनि हाम्रा धार्मिक ग्रन्थले दर्शाएका छन् ।

अस्तु

(यो कथा श्रीमद्भागवत कथामा आधारित छ)

जन्म–मरणका कष्टदायी समयहरू

मानव जीवन एउटा चेतशील र अमूल्य जीवन हो यो अमूल्य जीवनमा मानिसले सार्थकतालाई हात पार्न सक्नु पर्छ र सार्थकतामा बाँचेको सार हुन्छ । हाम्रो धर्मशास्त्र, पूराणहरूले यही भन्दछन् कि यो सार्थक जीवन (अमूल्य जीवन)लाई खेर जान दिन हुँदैन र सार्थक उपलब्धी (मोक्ष प्राति)को लागि खर्च गर्नु पर्दछ । यस विषयमा गरुडले र विष्णु भगवानसँग जन्म मरणको चक्रमा मानिसले कसरी नरक पाप भोगी प्रेत मातृ गर्भ भेट्छन भन्ने जिज्ञासा राख्नुहुन्छ ।

गरुडको यो जिज्ञासामा भगवान विष्णुले यसरी प्रष्ट्याउनुहुन्छ – यो संसारमा जीवहरूको उद्भिज (जमिनबाट जन्मने वनस्पतिहरू) स्वेदज (पसिनाबाट जन्मने जस्तै जुम्रा ) अण्डज(अण्डाबाट जन्मने जस्तै चरा,,जरायु (गर्भाशयबाट) गरी चार तरिकाबाट जन्म हुन्छ अर्थात चार थरीका जन्मबाट प्राणी संसारमा उत्पन्न हुन्छन् । यिनको शारीरिक निर्माण कसरी हुन्छ आदि विषयमा गरुडलाई विष्णुले यसरी बताउनुहुन्छ–प्रकृति पुरुष दुवै आलिङ्गनमा आएर रज अनि वीजको मिलन हुन्छ र गर्भधारण हुनजान्छ । यो प्रकृयामा विष्णुले गरुडलाई इन्द्रलाई लागेको विश्वरूपको ब्रह्महत्याको बारेमा पनि जानकारी गराउनुहुन्छ । विश्वरूपको कर्मदेखि इन्द्रले डाहा गर्थे र कसरी मार्ने भन्ने धारणा राख्थे । इन्द्रले विश्वरूपका तीनै शिर कटिदिए तर ब्राह्मणलाई मार्दा ब्रह्महत्या लाग्ने भएकोले इन्द्र ब्रह्महत्याका भागी भए । यो ब्रह्महत्यालाई इन्द्रले चार भागमा वाँडे । यो बाँडिएको एक भाग पृथ्वीले स्वीकारिन्, दोस्रो भाग यो पापलाई वृक्षले नै लिए, तेस्रो भाग यो पापलाई स्त्रीलाई नै दिए, चौथो भाग यो पापलाई पानीलेग्रहण गर्नु पर्यो । यो पापलाई ग्रहण गरेबापत इन्द्रले सबलाई वर दिए ।

स्त्रीले प्राप्त गरे सदा सहवास सुख
स्त्रीले भोग्नु पर्यो रजस्वला दुःख

रजस्वला तीन दिनलाई ऋतुकाल भन्छन्, ऋतुकाल तीन दिनलाई अपवित्र ठानिन्छ रजस्वला भएको पहिला दिनमा नारीलाई चण्डाल्नी सरह मानिने, दोस्र दिन उनलाई ब्रह्मघातिनीसरह ठानिने तेस्रो दिन उनलाई धोविनी (रजनी) सरह मानिने र चार दिनका दिन स्नान गरेपछि शुद्ध मानिने भएकोल पहिला तीन दिनलाई सहवास रोक छ (स्पर्श दोष मानिन्छ) र यी तीन दिन भित्र यदि गर्भ रहेमा पापी देह जन्मन्छ ।

पहिलो हप्ताभन्दा दोस्रो हप्ता सहवास
सन्तति जन्मेमा सवल हुन्छ खसोसास
वीर्य स्थापनमा मातापिता–सोचन जस्तै
सन्ततिको हुन जान्छ सवल त्यही सुवास

युग्म तिथिको सहवासले पुत्र जन्म दिन्छ । अयुग्म तिथि–सहवासले पुत्रीको जन्म हुन्छ । स्त्रीहरूको ऋतुकाल प्राय सोह्र रात्री हुन्छ चौधौं रात्री गर्भ धारण अति उत्तम मानिन्छ । चौधौं रात्रीमा सहवास भै जन्मने पुत्र गुणवान्, भाग्यवान् र धर्म निष्ठ हुन्छ । तर यो रात्रीको गर्भ धारण सामान्यत कठीन हुन्छ । प्राय आठौं रात्री मध्यमा गर्भ रहन्छ । विष्णुल गरुडलाई भन्द छन् हे पंक्षी राज गरुड –' ऋतुकालको समयमा खानपानमा पनि ध्यान दिनु पर्छ । ऋतुकालको पाँचौ दिनमा,स्त्रीले कटु, क्षार तीक्ष्ण र उष्ण भोजन गर्न हुँदैन किनकि स्त्रीको गर्भाशय औषधीको पात्र समान बनाउनु पर्दछ र, पुरुषको बीज अमृततुल्य हुन्छ । यो अमृत तुल्य वीजलाई संरक्षणको लागि उचित भोजन नै राम्रो मानिन्छ । त्यतिमात्र नभएर सहवासमा पनि स्त्री पुरुषले ध्यान दिनु पर्छ ।

स्त्री क्रोधादिले मुक्त हुनुपर्दछ, मृदु स्वभाव, शीतलताले अभिसिंचित भएर सहवासको लागि तयार हुनुपर्दछ । पुरुषले पनि ताम्बूल र पुष्पमाला लगाएर, चन्दनले सुस्वभित भएर स्वच्छ तथा रामा्र कपडा लगाएर, शुद्ध मनले स्त्रीको शैयामा जानु पर्छ, वीर्य पतनको समयमा, सुन्दर कल्पना गर्नु पर्छ, जस्तो कल्पना हुन्छ उस्तै प्रकारको सन्तान जन्मन्छ । ईश्वरीय प्रेणाले वीज शुक्र कणमा जान्छन्, पुरुषले प्रदान गछन् र स्त्रीले गर्भ धारणा गर्दछन् । सर्वप्रथम शुक्रकण र रज संयोगमा आउँछन् । संयोगमा आएको वीज क्रमैसँग बढ्दै जान्छ र आफ्नो रूप(आकार) लिन्छ ।

सहवासमा रक्ताधिक भयो भने कन्याको जन्म हुन्छ भने सहवासमा शुक्राधिक भयो भने पुत्रको जन्म हुन्छ । जब हुन्छ रक्त शुक्र बराबर संतान बन्छ नपुङसक । पुरुषले प्रदान गरेको वीज क्रमैसँग बढ्दै जान्छ अनि एक रातमा –कलकल रूपधारण गर्छ पाँचौ रात्री पुगेपछि बुद् बुद् रूपमा बढ्छ,,दशौ दिनमा वयर दाना रूप लिन्छ । अनि पछि मासपेशीय अण्डकार बन्छ, एक महिनामा शिर बन्छ दुई महिनामा बाहु र अङ्ग, तेस्रोमासमा नङ, लोम, चर्म लिङ्ग वोधक क्षिद्र,उत्पन्न हुन्छ । चौथो महिनामा रस, रक्तस मासु, मेदा अस्थि मजा र शुक्र बन्दछ । यिनै चक्र पाँचौं महिनामा जब लाग्छ भोक प्यासले छुन्छ, छैटौं महिनामा लागेपछि सालनालले बच्चाबेर्छ,यही महिनामा बच्चा आमाको दाहिनी कोखमा सर्छ, माताले खाएको खानाबाटै यसले खानाखान्छ । दिसा पिसाव गर्दै जान्छ त्यसैमा नै सुत्छ, कृमिद्वारा टोक्न थाल्छन् मुर्छा समेत पर्छ । तीतो टर्रो पीरो गरम नून जो माताले खान्छिन्, त्यसै खानामर्फत उसलाई कष्टहरू मिल्छन्, पीठ अनि गर्दन कुण्डलकार हुन्छन्, पिंजडाको चरोसरि गर्भमा नै रुङ्छन्–

हुनजान्छ स्मरण सय वर्षे कर्म
शुभ अनि अशुभमा गरिएका धर्म
स्मरण गर्दा गर्दै लामो सास लिन्छ
कष्टदायी गर्भ यात्रा कहाँ सुख मिल्छ

गर्भभित्रनै उसले लिन्छ विष्णुको नाम (विकलवाणीमा ), प्रसुति वायुले हुन्छ चलाई राख्ने काम, सात धातुको आवरणमा आवृत्त भएर त्यो ऋषिकल्प जीव, त्यहाँ अति डराएर, दुई हात जोडी विष्णुमा भक्ति चढाउन थाल्दछ र शिशुले भन्न थाल्दछ– हे प्रभू तपाईंकै मोहरूपले देहरूप धरे,पत्नी पुत्र पुत्री भनी अहमता भरें, ममत्व भावले अभिमान गर्दा जन्म मरणको चक्करमा परें तर प्रभू मैले जति कर्म गरें सबको लागि गरे तापनि सारा दुःख कष्ट भने आज एक्लै मैले मात्र लिुनु पर्यो । ं म विन्ति गर्छु गर्भबाट बाहिरिन पाऊँ बाहिर गए पछि मेरो सारा भक्ति प्रभूमा समर्पित हुने छ र मुक्ति पाउने काममामात्र लाग्ने छु । आज दिशापिसावको पोखरीमा बस्छु, त्यहाँ जठराग्निले असाध्य नै जल्छु, अति ठूलो पीडाबाट बाहिरिन पाऊँ प्रभू म हजुरकै शरणमा पर्छु । सम्भव हुन्छ मेरो मुक्ति गर्भबाटै हओस्,किन कि गर्भबाट बाहिरिए पाप कर्महरू सुरु हुन्छन् ।

यस्तो विन्तिभाव गर्ने उक्त ऋषिकल्प
दशमहिनामा जन्म लिन्छ छैन विकल्प

प्रसूतीवायु सकृय भै प्रसूती व्यथा लाग्छ, बालकको शिर तलतिर सोझिदै अति कष्टदायी अवस्थाम बाहिर आउँछ । त्यतिवेला प्राण वायु लिन कठीन पर्छ, बालकको चेतन पनि नष्ट हुन जान्छ, यसै कारण बालक त अत्याधिक रुन्छ । कर्म भोगबाट अन्तर जीव गर्भबाट बाहिर आउँछ, यो संसारलाई ढाकेको वैष्णवी मायाले उस्लाई पनि ढाक्छ, ऊ मोहित हुन जान्छ, मायाको स्पर्शले ऊ विवश हुन्छ ऊ बोल्न सक्दैन प्रयुक्त शैशवादि हुने सबै खाले दुखहरू पराधिन सरह भएर भोग गर्दछ किनकि उसलाई लालन पालन गर्ने वालाले, उसको इच्छ्यालाई बुझ्न सक्दैनन्, त्यो बुझाइलाई बुझ्न नसकि,विपरित वातावरण बन्न जान्छ, जन्तुस्वेदजदूषित तथा दिशा पिसावमा गाडिएर सुतिरहनु पर्दछ, ऊ उठ्न खोज्छ सक्दैन, जीउ चिलाउँछ कनाउन सक्दैन अरु चिज गर्नमा ऊ असमर्थ रहन्छ, ज्ञान शून्य अवस्थामा, शिशुका कोमल मासुमा, विविध खाले कीराहरूको, टोकाइ सहँदै शैशव अवस्था पार हुन्छ ।

शैशव अवस्था पारगरेपछि ऊ पौगण्डावस्थामा प्रवेश गर्छ (५वर्षदेखि १० वर्षे अवस्था) यो अवस्थामा पनि उस्ले दुःख नै भोग्छ, ऊ स्वतन्त्र हुँदैन,उसले चाहेको प्रप्त गर्न सक्दैन, पौगण्डावस्था पार गरी ऊ युवावस्थामा प्रवेश गर्छ, यो अवस्थामा पनि उसले अँझ बढ्ता दुख भोग गर्दछ,काम क्रोध ईर्ष्याले भरिएको, यो उमेर अति कष्टदायी हुन्छ, युवा अवस्थामा उसले आसुरी सम्पत्ति प्राप्त गर्छ ।

आसुरी ?
दम्भोदर्पोऽभिमानश्च क्रोधः पारुष्यमेवच
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरि म
(गीता १६/४)

(हे पार्थ ! दम्भ,घमण्ड,अनि अभिमान तथा क्रोध कठोरता र अज्ञान पनि –यी सबै आसुरी –सम्पदालाई लिएर उत्पन्न भएको पुरुषका लक्षण हुन्), आसुरी सम्पत्ति प्राप्त गरेपछि, ऊ दुव्र्यसनमा आशक्त हुन्छ, नीच व्यक्तिसँग सम्बन्ध राख्छ, ऊ कामलम्पट बन्दछ, शास्त्र र सत्पुरुषसँग द्वेष गर्छ, सबैलाई घृणा गर्दछ, भगवानकी मायारूपी स्त्री देखेर आफ्ना इन्द्रियलाई बसमा पार्न सक्दैन, स्त्रीमा आशक्त भएर, स्त्रीको भावभङ्गीमा प्रलोभित भएर, महामोहरूप अन्धतमले गर्दा, बत्तीमा जसरी पुतली पर्छन् त्यसरी नै ऊ पर्दछ । हिरण, शब्दमा, हात्ती स्पर्शमा पतङ्ग रूपमा, भमरा गन्धबाट र माछा रसबाट, आसक्ति भएर मारिन्छन्, एउटा प्रमादी व्यक्तिले पाँच इन्द्रिबाट पाँचै विषयमा भोग गर्दछ, ऊ किन नमारिनु, ऊ मारिन्छ नै । अभीप्सित बस्तुको प्राप्ति भएन भनेर, अज्ञानका कारण क्रोध उठ्छ, क्रोधका कारण त्यो कामुक मान्छे, स्वय म आफ्नै नाश गन, दोस्रो कामुक मानिससँग लड्न जान्छ,, यो अवस्थामा त्यो कामुक मानिसलाई अको कामुक मानिसले त्यसरी मार्छ, जसरी एक बलवान हात्तीले निर्बल हातीलाई मार्छ । वास्तवमा सयौं योनीलाई पार गर्दै अमूल्य मानव योनी पाइन्छ,मानव शरीर पाएर पनि, द्विजत्व पा्रप्त गर्नु दुर्लभ छ, अतिदुर्लभ द्विजत्व प्राप्त गरेर पनि जस्ले द्विजत्वलाई धर्मकर्मद्वारा बचाउँदैन केवल इन्द्रियलाई तृप्त पार्नमा नै प्रयासरत रहन्छ, त्यसले आफ्ना हातमा आएको अमृतस्वरूप अवस्थालाई,आफ्नै प्रमादबाट नष्ट गर्दछ ।

मानिसमा बृद्धावस्था आउँछ, मानिसको बृद्धा अवस्थामा महान् रोगव्याधिले सताउँछ, ऊ व्याकुल हुन्छ र मृत्युलाई स्वीकार्दछ, पुनः ऊ पूर्ववत महान कष्टकर नरकमा जान्छ, ऊ जन्म–मरणको चक्रमा फस्छ । उसले वैराग्यता कहिल्यै प्राप्त गर्न सक्दैन ।

मानवको अमूल्य जीवनमा मोक्ष प्राप्तिको लागि साधनारत रहनु नै अति उत्तम हुन्छ ।

सदानअभागी
( यो कथा गरुडपूराण –सारोद्धार आठौं अध्यायको भावसार हो )

मझेरी भलाकुसारी, अंक १६ (सदानन्द अभागी)

सदानन्दजी तपाईंलाई मझेरी भलाकुसारीमा स्वागत छ ।
धन्यवाद, मझेरी परिवारलाई ।

सुरुमा आफ्नो व्यक्तिगत र साहित्यिक परिचय दिनुहोस् न ।
मेरो प्रचलित नाम सदानन्द जैसी, थर रिजाल, साहित्यिक उपनाम सदानन्द अभागी, माता स्व. नन्दकली रिजाल र पिता स्व. कलाधर रिजालको जेठो छोरा । खास जन्म मिति बिसं २००३ साल श्रावण १ गते तर नागरिकता र शैक्षिक प्रमाण पत्र अनुसार १५ मार्च १९४७ (वि. सं. १ चैत २००३) । जन्मस्थान पर्वत, शंकर पोखरी गाविस बार्ड नं. १ नुवार ठूलाघर हो । तापनि हाल म जिल्ला नवलपरासी, कावासोती नगर पालिका वार्ड नं ७ शान्तिचोकमा स्थायी रूपमा बसोवास गर्दै आएको छु ।

मेरो शैक्षिक योग्यता बि. एस्सी (एजी) र स्वदेश तथा विदेशबाट गरी १४ओटा कृषि विषयमा तालिम प्राप्त गरेको छु । पेशागत रूपमा म पूर्व बरिष्ठ माटोविज्ञ हुँ । जागिरको सिलसिलामा इजिप्ट, थाइल्याण्ड, फिलिपिन्स, जापान र भारतको साथै देशभित्रका ६० जिल्ला जतिको भ्रमण पनि गरेको छु । म पेशाले पूर्व माटो विशेषज्ञ हुँ ।

मेरो साहित्यतिर सम्लग्नता, २०२०/२१ सालबाट थालनी गरेको र मेरो साहित्यिक यात्रा कविताबाट भएको हो । मेरो प्रथम कविता 'आमा' शीर्षकमा लेखिएको र बनारसबाट प्रकाशित हुने आमा पत्रिकाबाट प्रकाशन भएको थियो । तर हाल यो कविता पनि मसँग छैन र प्रकाशन अंक र वर्ष पनि थाहा छैन । पत्र पत्रिकामा कविता लेख प्रकाशन हुन थाले पनि कृति प्रकाश भने २०५७ सालबाट थालनी भएको हो । हाल आएर पूर्णरूपमा साहित्यमा समिर्पित भएर लागेको छु ।

अनि आफूलाई अभागी किन बनाउनु भयो ?
मजाकमा त मैले यसको भाग नपाएर अभागी भएको भन्ने गरेको छु । तर मानव जीवनका आवश्यक्ता र चाहना अनगिन्ती हुन्छन् । मेरो पनि अध्ययनमा इन्जिनियरिङ पढेर इन्जिनियर बन्ने चाहना थियो । एउटा आसाम तेल कम्पनीमा काम गर्ने ज्यामिको छोरा भएको र त्यतिवेला नेपालका ग्रामिण जीवनमा पढिकन कुन काम हलो जोते दूध माम भन्ने धारणाको साथै बाबाको र घरको आर्थिकस्तर कमजोर भएको कारणले गर्दा मेरो अध्ययनमा रोक लाग्यो र म कस्तो अभागी रहेछु भनेर 'अभागी' लेख्न थालेको हुँ। र, साहित्यिक लेखनमा 'अभागी' नै प्रचलित गराएँ । मेरो सदानन्द जैसी नाम, कृषि क्षेत्रमा (खास गरेर माटो सम्बन्धी लेखहरू लेखिरहने भएको)ले प्रचलित नाम हो ।

साहित्य क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
खास मिति त भन्न सक्दिन तर मेरो साहित्यतिर सम्लग्नता, २०२०/२१ सालबाट थालनी गरेको भएको हो । मेरा फाटफुट लेख रचना पत्रपत्रिकामा निक्लने गरे तापनि कृति प्रकाशन भने २०५७ सालमा 'आफ्नै व्यथा'कवितासङ्ग्रहबाट थालनी भयो । जहाँसम्म साहित्यतिरको प्रवेशको कुरा भारतको पूर्वी प्रान्त आसामको डिगबोई भन्ने ठाउँमा विद्यार्थी मिलन संघ नामक एउटा संस्था थियो । त्यस संस्थामा हामी विद्यार्थीहरूले आदिकवि भानुभक्तको जन्मजयन्ती मनाउने तथा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने गर्दथ्यौं, त्यहीं हामीले केही न केही लेख्न तथा बोल्न पर्दथ्यो तथा सहभागी हुँदाहुँदै साहित्यतिर प्रवेश गरियो ।

मझेरीमा तपाईंका विशेषगरी गजल, मुक्तक र पुस्तकसमी्क्षा पढ्न पाइन्छ आफूलाई कस्तो लेखकको रूपमा चिनाउनुहुन्छ ?
हालसम्मको लेखाइमा मैले नाटक बाहेकका सबै विधामा कलम चलाएको छु । सबै विधामा स्थापित हुन चाहन्छु ।

यिनै विधा रोज्नुमा के कारण छन् ?
लेख्न त मैले सबै विधामा लेख्ने गरेको छु । तर हाल मझेरीमा गजल, मुक्तक र पुस्तक समी्क्षा प्रकाशनमा आएको हुँदा यिनै विधा रोजेको जस्तो देखिएको मात्र हो ।

के को निम्ति लेख्नुहुन्छ ? लेखेर के पाउनुहुन्छ ?
आत्मासन्तुष्टिको लागि लेख्छु । लेख्नको लागि अध्ययन गर्नुपर्छ, अध्ययन गर्दा ज्ञान बढ्छ ।

अहिलेसम्म पुस्तकहरू निकाल्नुभएको छ ? वा निकाल्ने योजना छ ?
मेरा नेपाली साहित्यतिरका कृतिहरू प्रकाशन यस प्रकार छन्–
१) आफ्नै व्यथा (कवितासंग्रह) २०५७ जेष्ठ २५
२) बुढो जवानी (कवितासंग्रह) २०५८ जेष्ठ ३०
३) पश्चतापको आँसु (कथासंग्रह) २०५८ मंसीर ५
४) जीवन लीला (खण्डकाव्य) २०५८ मंसीर
५) कोपिला (लघुकाव्य) २०५९ जेष्ठ
६) तीन युग एक कथा (महाकाव्य) २०६० जेष्ठ १६
७) जीवन लीला (उपन्यास) २०६०
८) काठमाण्डौ देहरादुन (यात्रा विवरण) २०६०
९) म र मेराहरू (जीवनी) २०६० फाल्गुन १३
१०) अग्नि ज्वाला (महाकाव्य) २०६१ बैशाख २
११) नियति (उपन्यास) २०६१ अषाढ
१२) तन्नेरी हजूरबा (उपन्यास) २०६१ मंसीर
१३) माटो र बिरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य) २०६१ फाल्गुन
१४) मोहनीको मीठो म्वाइँ (कवितासङ्ग्रह) २०६२
१५) परिवर्तन कथासङ्ग्र्रह २०६३
१६) भुटानी शरणार्थीको कथा-व्यथा २०६३
१७) समभोग समाधि (गजलसङ्ग्रह) २०६४
१८) गजल गुटिका (गजलसङ्ग्रह) २०६५
१९) बुढौतीका रहरहरू (गजलसङ्ग्रह) २०६५
२०) अभागकिा गजलहरू (गजलसङ्ग्रह) २०६६
२१) अभागीका मुक्तकहरू (मुक्तकसङ्ग्रह) २०६८
२२) यात्री (उपन्यास) २०६८
२३) गजल परिकार ((गजलसङ्ग्रह)
२४) सृष्टिमा अभागीको दृष्टि (समालोचना) २०६८
२५) बालुवाको घर (कथासङ्ग्रह) २०६९
२६) अभागीको प्रेमविहारको षष्ठामृत गजलसङ्ग्रह २०७०

मैले जागिरको सिलसिलामा कृषक तथा प्रविधिकहरूको लागि आवश्यक पर्ने कृतिहरू पनि एकल तथा संयुक्तरूपमा लेखेको छु । यी कृतिहरूको प्रकाशन, कृषि संचार महाशाखा तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट, भएर वितरण गरिएका थिए । वैज्ञानिक कृतिहरू नेपालीमा लेखिएका कृतिको नाम प्रकाशन वर्ष यसप्रकार छ ।
१) सुन्तला जात खेती ०५/०४२ / ४३
२) विभिन्न बालीमा मलको आवश्यक्ता र प्रयोग विधि २०४३
३) माटो व्यवस्थापन तथा सूक्ष्मतत्व समस्या अध्ययन तथा बिरुवाको खाद्यतत्वको संक्षिप्त विवरण २०५२/५३
४) उर्वराशक्ति बढाउन प्रयोग मलको एक झलक २०५४
५) बिरुवाको एकिकृत खाद्यतत्व व्यवस्थापन पद्धती एक झलक २०५४
६) माटोको उर्वराशक्ति व्यवस्थापन कार्य पुस्तिका २०५५
७) प्राङ्गाारिक मल र शुक्ष्म तत्वको अध्ययन प्रतिबेदन २०५६
८) एकिकृत खाद्यतत्व व्यवस्थापन कार्य पुस्तिका २०५८
९) माटो सुधारको रूपमा कृषिचूनको प्रयोग २०५८/५९
१०) माटो शिविर किन र कसरी २०५८/५९
११) दिगो कृषि विकासको लागि प्रांगारिक खेती २०५८/५९
१२) गोठेमल तथा कम्पोष्ट मल व्यवस्थापन तालीम पुस्तिका २००१ ई स
१३) धानमा एजोला मलको प्रयोग
१४) बिभिन्न बालीमा खाद्यतत्व तथा माटो व्यवस्थापन २०६०/६१
१५) दिगो माटो व्यवस्थापन विविध पक्षहरू २०६१
१६) प्राङ्गारिक खेती एक परिचय २०६२
१७) क्षतिग्रस्त कृषिभूमिको व्यवस्थापन २०७०

अनुवाद कृतिहरू (जापानीबाट नेपालीमा)
१) तरकारी बालीमा खाद्यतत्व कमी तथा बढीका लक्षणहरू भाग १ २०६०
२) तरकारी बालीमा खाद्यतत्व कमी तथा बढीका लक्षणहरू भाग २ २०६०

Study or Research Papers
1. Impact on Soil Analysis Recommendation to farmers by Soil Analysis Laboratory
WARTC, Khairenitar Tanahun, 1991
2. Study report on Soil Fertility Report of Kavre district and manure and fertilizer
Use in Palpa. 2058
3. Study report on Organic manure production and utilization of FYM/ Compost by
the farmers in the Baitadi District of Nepal 2059
4. Study on Use of Compost at farmers level 1997
5. Study report on organic manure and micro nutrients 1999
6. Report on soil Fertility Survey and maping of Parbat district 2000.
7. Review and Planning of sustainable soil management programs Summary report 2001
8. Production and utilization FYM/ compost by the farmers in the Kavre District of Nepal 2002
9. Report on soil fertility mapping in Shyanja 2002
10. Report on soil fertility mapping in Mahottari 2002
11. Review and Planning of sustainable soil management programs Summary report 2002
12. Report on soil fertility mapping in Nawalparasi 2003
13. Review and Planning of sustainable soil management programs Summary report 2003
14. Proceeding of Workshop on Soil management Activities and Implementation in Farmer's Field 2004
15. Soil Fertility Survey and Mapping in Parsa 2061
16. Review and Planning of sustainable soil management programs Summary report 2004
17. Review and Planning of sustainable soil management programs Summary report 2005

नेपाली तथा अन्तर्राष्ट्रिय भाषाका साहित्यमा मनपर्ने र प्रेरणा पाएका लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?
साहित्य लेखनमा प्रेरणाका स्रेात आदरणीय कविवर तथा मेरा स्कुलगुरु हरिभक्त कटुवाल नै हुनुहुन्छ । नेपालका साहित्यकारमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हिन्दीका साहित्यकारमा सन्त कविरदास, अंग्रेजी साहित्यकारमा शेसपियरको नाम अग्रपंक्तिमा लिए पनि सबै स्रष्टाहरू आदरणीय हुनुहुन्छ ।

तपाईंका रचनाहरूमा देशप्रेम, माया, शृंगार, समीक्षा आदि विषय झल्किन्छन् आँफूलाई चाहिं कस्तो विषयमा लेख्न मन हुन्छ ?
यसमा वातावरणले निर्भर गर्ने कुरा हो तर मलाई शृंगार रसमा लेख्न मन पर्छ ।

आफ्नो लेखनबाट कत्तिको संतुष्ट हुनुहुन्छ ?
पूर्ण संतुष्ट छु ।

फुर्सदमा के–कस्ता कुराहरू गरेर बिताउनुहुन्छ ?
विद्यार्थी जीवनमा पढाइ र घरको काममा समय दिइयो । जागिर सुरु गरेपछि जागिरे काम पूर्ण बफादारसँग गरियो । जागिरमा लाग्ने समय बाहेको बाँकी समय वि.सं २०५० सालसम्म उपलब्धीहीनमा बिते । २०५१ यता २०६१सम्म जागिरमा सकृयताका साथ बफादाररूपमा काम गरियो र माटो विज्ञानसम्बन्धी लेख र साहित्य लेखनमा लगाइयो । २०६१ यता पनि माटोको विशेषज्ञ भएर माटो सम्बन्धी काम, सामाजिक काम र साहित्यिक लेखनमा पूर्णरूपमा लागेर समय बिताएको छु ।

चितवन र नवलपरासीका कार्यक्रममा पनि सक्रियहुँनुहुँदो रहेछ, विशेषगरी कस्ता कार्यक्रम गर्नुहुन्छ ?
लक्ष्मीस्मृनित साहित्य समाजको संस्थापक अध्यक्ष सहित हालको समेत अध्यक्ष छु । वर्षमा एक पटक लक्ष्मीजयन्ती मनाउने कार्यक्रम गर्दै आएको छु । यस कार्यक्रममा कविता वाचन, स्रष्टासम्मान कृति विमोचनजस्ता कर्यक्रम गरिन्छ । नवलपरासीको (खास गरेर नेपालको मध्यविन्दुमा अवस्थित कावासोती क्षेत्रको) साहित्यिक गतिविधिलाई सकृय पार्नको लागि महिनामा अनिवार्य एउटा साहित्यिक कार्यक्रम "साधना–संगम" नामक संस्था मार्फत साहित्यिक जमघट हुन्छ । यसमा पनि कविता वाचनको साथै साहित्यिक क्षेत्रमा गरिने कार्यक्रम आवश्यक्ता अनुसार गरिन्छ । म यसको सदस्यको रूपमा काम गर्छु । अर्को प्रगतिनगर नवलपरासीमा पनि नारी साहित्य समाज नामक संस्था छ । त्यसमा सल्लाहकारको रूपमा सहभागी हुन्छु । आजीवन सदस्य हाम्रो मझेरी साहित्य प्रतिष्ठान, आजीवन सदस्य माधुरी साहित्य प्रतिष्ठान, आजीवन सदस्य जनमत मासिक बनेपा, काभ्रे, आजीवन सदस्य पर्वत साहित्य सङ्गम, आजीवन सदस्य नारीसाहित्य समाज, प्रगतीनगर, नवलपरासी, आजीवन सदस्य स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जा लगायत पल्लव साहित्य प्रतिष्ठान चितवन, प्रेमा वाङ्मय प्रतिष्ठान चिसापानी नवलपरासी, लुम्बिनी वाङ्मय प्रतिष्ठान आदिका कार्यक्रममा पनि आमन्त्रितको रूपमा सह भागी भएको हुन्छु । जहाँ सहभागी भए पनि साहित्यिक कार्यक्रम मिल्दाजुल्दा नै हुन्छन् ।

नियमित भेटघाट भलाकुसारी गर्न स्रष्ठाहरू र कस्ता कुरहरू हुन्छन् हामीलाई पनि बताई दिनुहुन्छ कि ?
कार्यक्रमको समयबाहेक म गाउँमा बस्ने भएकोले त्यति स्रष्टासँग भेटघाट हुँदैन । भेटघाटको समयमा कार्यक्रममा व्यस्त भइन्छ । साधारण साहित्यिक कुराहरू मात्र हुन्छन् ।

नेपाली साहित्य सकरात्मक दिशातर्फ गइरहेका छ जस्तो लाग्छ ?
अवश्य नै सकरात्मक दिशातर्फ गइरहेका छ ।

अहिलेसम्म साहित्यिक सम्मान तथा पुरस्कार पाउनु भएको छ ?
साहित्यिक लेखनमात्र नभएर जागिरमा राम्रो काम गरे वापत पनि पुरस्कार प्राप्त गरेको छु । जो यसप्रकार छन्
-देवचुली टेलीभिजनबाट आदिकवि भानुभक्तको द्विशतवार्षिकीको अवसरमा प्राप्त सम्मान पत्र २०७१
-आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी लुम्बिनी अञ्चल समारोह समिति २०७०/०७१बाट कदरपत्र, २०७१ जेष्ठ २४ गते
-हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर चितवन, सम्मान पत्र, फाल्गुन १७, २०७०
-स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जा सम्मान पत्र २०७०/६/१२
-प्रेमा वाङ्मय प्रतिष्ठान, चिसापानी नवलपरासी, सम्मान पत्र २०७०
-त्रिमूर्ति एबार्ड ताम्रपत्र सहित रु १०,०००/– नगद त्रिमूर्ति निकेतन काठमाण्डौ २०६९
-जलुके घुमाउरे सिँचाई नहर जलउपभोक्ता समिति प्रगतिनगर ६, २०६८(कृषिलेखनमा अभिनन्दित)
-सामुदायिक श्रोत तथा वातावरणीय विकास केन्द्र्र पर्वत सम्मान पत्र, २०६८
-आदर्श सम्मान, २५५५५/– नगदपुरस्कार गैडाकोट, नवलपरासी २०६७
-नारी साहित्य समाज, प्रगतिगनर, नवलपरासी सम्मान पत्र २०६७
-अंकुरा नेपाल प्रसंसापत्र २७ नभेम्बर १९६७
-पल्लब साहित्य प्रतिष्ठान, चितवन सम्मान पत्र २०६६
-सामाजिक परिवर्तनका लागि सरोकार केन्द्र अमरापुरी, नवलपरासी २०६६ कदरपत्र(समाजिक कार्य वापत)
-हाम्रो मझेरी साहित्य प्रतिष्ठान (कदर पत्र २०६५)
-अपाङ्ग पुनस्थापन समन्य समिति पिठौली नवलपरासीबाट सम्मान पत्र, २०६४ (साहित्य तर्फ)
-दिगो भू–व्यवस्थापन कार्यक्रम, बखुण्डोलहाइटबाट सम्मान पत्र २०६३ (जागिर)
-गोर्खा दक्षिण वाहु चौथा, २०६१, (जागिरको सिलसिलामा)
-Best Prize on social service,1968 विद्यार्थी मिलनसंघ डिगवोई, आसाम १९६८
-Third prize on Nepali Recitation,1967, डिगबोई कलेज, आसाम, १९६७

इन्टरनेट तथा मझेरीजस्ता साहित्यिक पृष्ठहरूले आवतले तपाईंको लेखलाई के कस्तो परिवर्तन गरेको छ ? हामीसँग अनुभव बाँड्नुहुन्छ कि ?
इन्टरनेटको प्रयोग त राम्रोसँग गर्न सकेको छैन । तर मझेरीसँगको सम्पर्कबाट मेरो लेखनकार्य तीब्र भएको छ । र मनले चाहेजति लामा लामा लेखहरू पनि लेख्न थालेको छु । अनि म ढुक्क पनि यसकारणले छु कि मझेरीले मेरा लेखरचनालाई तत्काल प्रकाशन गरिदिएको हुन्छ । अर्को राम्रो पक्ष के भने प्रकाशन गरेका लेख रचना कतिले पढे भन्ने पनि र प्रतिक्रिया कसैले लेखे पनि पढ्न सकिने ।

फेसबुक र टुइटरजस्ता सामाजिक सञ्जालहरूलाई कसरी उपयोग गरिरहनु भएको छ ?
फेसबुक कहिलेकाहीं प्रयोग गर्छु ।

भविष्यमा केही साहित्यिक योजना भए बताइदिनुस् ?
लेखनलाई निरन्तरता दिने र आर्थिकले भ्याएमा कृति प्रकाशन गर्ने, अरु खास योजना छैन ।

अहिले नेपाली साहित्य जगतलाई कसरी हेर्नुभएको छ ?
अहिले नेपाली साहित्य जगत सकरात्मक दिशातिर लम्किरहेको छ जस्तो लाग्छ । कृति प्रकाशनहरू भइरहेका छन् । खास गजल लेखनमा त व्यापकता नै छ । विदेशमा पनि साहित्यिक लेखन र कृति प्रकाशनहरू भइराखेका छन् । फेसबुक मार्फत पनि साहित्यले व्यापकता पाएको छ । मझेरी, समकालीन साहित्य, साहित्य संसार, पल्लव आदिजस्ता साइट मार्फत पनि साहित्यले राम्रो गति लिएको देखिन्छ । छन्द तथा बहरको प्रयोगले पनि गति बढाएको छ आदिलाई नियाल्दा नेपाली साहित्यले गति लिएको छ र अँझै यसको व्यपकताको आवश्यक्ता छ ।

तपाईं गत करिब तीन वर्षदेअि नियमित मझेरीमा लेख्दै आउनु भएको छ र करिब १७० रचना यहाँ प्रकाशित गरिसक्नुभएको छ । यसरी नियमित लेखिरहनु र मझेरीलाई नै रोज्नुको पछाडि के कारण छ ?
लेख्न त मैले २०२०/२१ सालबाट थालनी गरेको हुँ । केही लेख तथा कृतिहरू मेरा नष्ट पनि भए । कविता लेखन २०२६ सालसम्म फाटफुट 'कलियुग' पत्रिकामा प्रकाशन पनि भएका थिए तर सरकारी जागिर खाए पछि बीचमा साहित्य लेखन रोकियो। २०४० सालमा म माटो विज्ञको रूपमा खैरेनीटारको तालिम केन्द्रमा हाजिर भएपछि मैले कृषिमा खासगरी माटो्को विषयमा लेखहरू लेख्न थालें । मेरा कृषि सम्बन्धी लेखहरू राष्ट्र वैंकबाट प्रकाशन हुने प्राथमिक क्षेत्र समाचार र कृषि संचार महाशाखाबाट निस्कने कृषि पत्रिकामा तथा बुकलेटको रूपमा प्रकाशन हुन थाले । म नलेखी बस्न सक्दिन, केही न केही लेख्नै पर्छ त्यसोहुँदा लेखनमा नियमितता त हुने नै भयो । मझेरीलाई रोज्नुको कारण त तपाईंका सिर्जना मझेरीमा पठाउनु होस् भनेर कुनै साथीले भन्नुभयो (नाम भुले)। मझेरीमा लेख पठाएँ । यसलाई कुमारजीले प्राथमिकताको रूपमा प्रकाशन गर्दै धन्यवाद दिन थाल्नुभयो । अब त मझेरीको लागि लेख लेख्न भ्याइन भने निदै लाग्दैन ।

धन्यवाद छ, त्यसको लागि । प्रतिकृयाहरू त खासै दिनहुँदैन । किन अरूका लेखकहरूको रचना पढ्नुहुन्न ?
नेट सुविधाको कमी, नेट सञ्चालनमा प्रविधिक ज्ञानको कमी आदिले गर्दा लेख रचना सर्सर्ती हेरे पनि, गहिरिएर अध्ययन गर्न सक्दिन ।

अन्य साइटहरू पनि प्रयोग गर्नुहुन्छ ?
समकालीन साहित्यमा पनि रचना पठाउँछु तर बढी मझेरीमा पठाउँछु ।

मझेरी र अन्य साइटमा देखा पर्ने लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?
समकालीन साहित्यमा राजेन्द्र पहाडीलाई सम्झन्छु ।

संसारभरि छरिएर रहनु भएका लेखक तथा पाठकलाई के सन्देश दिन चाहानुहुन्छ ?
ज्ञानले भरिएको यस साइटलाई आफ्नो आँखाको नानी बनाऔ, लेखन कार्यलाई निरन्तरता दिंदै जाऊँ, प्रतिकृया दिंदै जाऊँ र यसबाट प्राप्त सुसन्देशलाई सबैमा फैलाऊँ ।

अन्त्यमा केही छ भने बताउनुहोस् ?
अन्त्यमा कुमारजी र मझेरीका सबै सदस्यहरू जसले यत्रो महान कार्यलाई सञ्चालन गरेर नेपाली साहित्यलाई उच्चाइमा पुर्याउनु भएको छ । लेखकहरूका लेखरचना प्रकाशनमा ल्याएर संसारभरि आफ्ना धारणा राख्ने मौका प्रदान गर्नुभएको छ, उहाँहरूलाई श्रद्धासुमनसहित हार्दिक धन्यवादको साथै लेखक तथा पाठक बर्ग, सबैमा हार्दिक सम्झना एवम नमस्कार ।

धन्यवाद


जीवन सोच र समय

परिचय –

रिद्वीकोट गाउँपालिका –४ पाल्पामा जन्मेका पिता हिक्मतराज ज्ञावली र माता मीना ज्ञावलीका पुत्ररत्न राम ज्ञावलीजीले साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ मार्फत हार्दिकताको साथमा पठाउनु भएको जीवन सोच र समय(निवन्धसङ्ग्रह) हात लाग्यो। समय र स्थानलाई भूले पनि कार्यक्रममा साक्षात्कार भैसकेका एक होनहार युवा जस्ले नेपालीमा एम.ए. एम.एड शैक्षिक योग्यता हाँसिल गरेका छन् र शिक्षण पेशा अङ्गाली भावी देशका कर्णधार उत्पादनमा लाग्दै नेपाली साहित्य सेवामा समर्पित भएका छन् को यस्तो गहनकृति अध्ययन गर्ने मौका पाउँदा खुसी लाग्नु स्वभाविक हो। डा. नेत्रप्रसाद न्यौपानेको 'जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि' को भूमिकाको अध्ययनबाट राम ज्ञावलीको साहित्यिक यात्रा २०६२ सालमा प्रकाशित 'रगत नबगाऊ' गीति कविताबाट थालनी भएको देखिन्छ। डा. नेत्रजीले राम ज्ञावलीको साहित्यिक यात्राको बारेमा लेख्नुहुन्छ –'कलेज स्तरको पठनपाठनदेखि नै क्षेत्रीय र स्थानीय स्तरबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरूमा यिनले दर्जनौ फुटकर लेख–रचना सृजनाहरू प्रकाशित गरिसकेका छन्।' यसै समीक्षात्क लेखबाट जानकारी पाइन्छ कि राम ज्ञावली एउटा कुशल स्तम्भकार, अन्तर्वाताकार, सम्पादक र पत्रकार पनि हुन् र उनको लेखन विभिन्न स्थानबाट प्रकाशित हुने पत्रपत्रिकामा पक्राशन हुँदै आएका छन् तापनि 'गाउँले देउराली'(साप्ताहिक), उत्तरदायित्व (त्रैमासिक), नयाँ भावना (सप्ताहिक) र परेवा (पाक्षिक)मा यिनको लेखन उपस्थिति निरन्तर देखिन्छ। जीवन, सोच र समय एउटा ओदानको रूपमा उभिएको यस कृतिले दिन चाहेको सन्देशतिर लाग्नु नै उचित ठान्दछु।

कृतिको संरचना –गोविन्द भट्टराईबाट प्रकाशित यो कृतिमा लामा छोटा गरी १९ओटा निबन्धहरू समावेश गरिएका छन्। मूल्य १५५/–रुपियाँ राखिएको छ। यसको प्रकाशक गोविन्दभट्टराई हुनुहुन्छ र उहाँबाटै प्रकाशकीय लेखिएको छ। डा. नेत्रप्रसाद न्यौपानेज्यूको 'जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि' शीर्षकमा विवरणात्मक समीक्षा एव म गहन भूमिका यस लेखले पाएको छ। यस समीक्षात्मक भूमिकाले राम ज्ञावलीको लेखन प्रतिभा लगायत कृतिले लिएको बाटो र दिएको सन्देशलाई तुलनात्मक रूपमा प्रष्ट्याउने काम भएको छ। अब म यस कृतिभित्र रहेका निबन्धमा प्रवेश गर्ने अनुमति चाहन्छु –

जीवन जिउनुको अर्थ– निबन्धकारको यो पहिलो निबन्ध हो। साधारण अर्थमा जीवनभन्दा प्राणीको जन्मदेखि मृत्युसम्मको समयलाई बुझाउँछ। निबन्धकारले मानव जीवनको परिभाषा अर्थपूर्ण रुपमा पस्केका छन् –'जन्मदेखि नमरुञ्जेलसममको अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समय ाधि नै मानव जीवन हो।' यस निबन्धमा निबन्धकारले जीवन के हो मात्र नभएर 'जीवन केही गर्नका लागि हो, सेवा, समर्पण त्याग देखाउनको लागि हो, जीवन समय हो अवसर हो, पुरुषार्थ हो। जस्ता गहन धारणा पोखेका छन्। जीव सबैको एकनासको हुँदैन, आशावादी र निराशावादीका जीवनमा फरक हुनु, जीवन सफल पार्न परिवारवाद, व्यक्तिवाद, पार्टीवादभन्दा माथि उठ्नु पर्ने, स्वावलम्वी हुनु पर्ने, कर्तव्यमा जुट्नु पर्ने, मृत्युपछि पनि जीवन रहनुपर्ने, धारणा निबन्धकारको छ। निबन्धकारले जीवनलाई मूहान ठान्छन्, जीवन जितिनु पर्छ हार्नको लागि हैन भन्छन्, उद्देश्य सहित बाँच्नु पर्छ, अमूल्य सम्पत्ति हो, यसलाई रक्षा गर्न सक्नु पर्छ, जीवनदेखि थाक्न हुँदैन

र 'कुनै न कुनै क्षेत्रमा विशिष्ट स्थान हासिल गर्नसके त्यो नै जीवन जिउनुको अत्युत्तम पक्ष हो' भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले। यो निबन्ध सन्देश मूलक छ जीवन उपयोगी र यथार्थ धारणा पस्कन सफल देखिन्छ।

जीवन र मृत्यु –यो दोस्रो निवन्ध हो। यसले पनि सार्थक जीवनको धारणालाई लिएको छ। कर्मको निरन्तरता जीवन र गतिशुन्यतालाई मृतु ठान्ने निबन्धकारले मानिस यस पृथ्वीमा आए पछि मृत्युपछि बाँच्न सक्नु पर्छ मानव जीवन छ ऋतुसरह चल्छ। मानिस भएर जन्मेपछि हात पाखुरी र बुद्धिविवेक चलाउनु पर्छ र केही गरेर बाँच्दा बाँच्नुको अर्थ, औचित्य, भलाइ हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ निबन्धले।

जन्मभूमिको माया– यस निबन्धले जन्मभूमिप्रति केही न केही गरे जीवन सार्थक हुने, देशको अहित गर्ने जिउँदा लास हुन्, जन्म भूमिमा हरेकको इज्जत र प्रतिष्ठा गाँसिएको हुन्छ, 'जन्मभूमिप्रति माया ममता प्रेम वा सेवा भाव दर्शाउनु देशप्रेम भनिन्छ आदि धारणा आएका छन्। यसमा मातृभूमिको महिमालाई एच्चताको साथमा प्रस्तुत निबन्ध हो।

राष्ट्रियता र आत्मनिर्भरता– यो निबन्धले पनि राष्ट्रियताको संरक्षण सम्वर्धनप्रति गहन बहस गरेको छ। बिन्धकारको धारणा छ –'राष्ट्रियता भन्नाले राष्ट्रप्रतिको आस्था वा राष्ट्र हितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन भन्ने बुझ्नुपर्छ।' राष्ट्रियता र आत्मनिर्भरताको बीचमा गहन सम्बन्ध छ। यसमा निबन्धकार सचेत देखिन्छन् र भन्दछन् –'राष्ट्रियतालाई अटल, अडिग, र उच्च बनाउनको निम्ति महत्त्वपूर्ण तत्त्व बन्न पुग्दछ।' नेपाल प्राकृतिक सम्पदाले पूर्ण हुँदाहुँदै पनि नेपाल परनिर्भर रहेकाले नेपालको राष्ट्रियताको अस्तित्व समाप्त हुने खतरा बढेको, विदेश खास गरेर भारतको हस्तक्षेपकारी नीति सफल हुँदै गएको, भारतको अतिक्रमण, दुव्र्यवहार र नाकाबन्दी सहन परेको। यसप्रकारको हस्तक्षेपबाट मुक्त हुनको लागि निबन्धकारको यस्तो सुझाव छ –'यसको मुख्य औषधी भनेकै राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सास्कृतिक र सम्पूर्ण क्षेत्रमा आत्म निर्भर बन्नु हो।' यस निबन्धले राष्ट्र बलियो बन्न राष्ट्रियता बलियो हुनु पर्छ, राष्ट्रियता बलियो हुन आत्मनिर्भर बन्नु पर्छ र आफ्नो आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, वै्रचारिक लगायतका कुरामा देशले विशालताको मार्ग अवलम्बन गर्नु पर्छ साथै यसमा सचेत नेपाली जुट्नु पर्छ भन्ने धारणा आएको छ।

श्रमको आवश्यक्ता, –यस निबन्धमा निबन्धकारले 'श्रमलाई परिश्रम, पुरुषार्थ, उद्योग, इलम, पौरख पनि भनिन्छ', जुनकाम आम्दानीका लागि गरिन्छ, त्यलाई नै श्रम भनिन्छ ', भनेका छन्। मानव जीवन र श्रमको '' शरीर र आत्माको जस्तो'' मानेका छन्, हरेक क्षेत्रमा सफलता हाँसिल गर्न श्रमको आवश्यक्ता ठानेका छन्,। श्रमको उच्च प्राथमिता दिएर यस निबन्ध लेखिएको छ र निबन्धले सारगर्भित सन्देश दिएको छ।

व्यक्तित्वको खाँचो र निर्माणका उपाय– साधारण अर्थमा व्यक्तित्व भनेको कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण / निजिपन / व्यक्तिले अरुलाई प्रभावित पार्ने व्यक्तिविशेषमा रहेका निहित विशेषता भन्ने बुझाउँछ। यस निबन्धमा निबन्धकारले 'मानिसको शारीरिक बनोट, काम गर्ने बानी, भित्री स्वभाव, उसले समाजलाई दिएको योगदानको आधार।मा उसको व्यक्तित्व जाँचिन्छ' भनेका छन्। निजी व्यक्तित्वभन्दा सामाजिक व्यक्तित्वको महत्व बढी हुने, व्यक्तित्व निर्माणको लागि, उत्कृष्ट र चर्चित काम गर्नु पर्ने, व्यक्ति एक भए पनि उसको व्यक्तित्व अनेक हुनसक्छ र असलव्यक्तित्वले मानिसलाई मरेपछि पनि युगौं बचाउन सक्छ जस्ता धारणाको साथमा निबन्धकारले असल व्यक्तित्व निमार्णको लागि मार्गदर्शन पनि दर्शाएका छन्।

नाम कमाउने रहर –यस निबनधमा निबन्धकारले रहर अनेक हुन सक्ने रहर गरे जति नपाउन सकिने, रहर बढेपछि महत्वकान्छा पनि बन्न सक्ने, रहर नाम कमाउने र दाम कमाउने हुने दाम कमाउने रहर मृत्युपछि सकिने र नामकमाउने रहर इतिहासमा सुरक्षित र अमर रहन्छ जस्ता धारणा राख्दै नाम कमाउने बाटाहरू अनेक भएका र तिनको अवलम्वन गर्न सके नाम कमिने, 'नाम कमएर बाँचियो भनेमात्र जीवन जिउनुको अर्थ भेटिने। जति सक्यो त्यति कमाऔं कुनै सीमा बन्देज छैन भन्ने सन्देश दिएका छन् निबनधकारले।

सोचको अर्थ शक्ति र प्रभाव– यस निबन्धमा निबन्धकारले सोचलाई प्रष्ट्याउने प्रयास गरेका छन्। सोचको अर्थ धेरै भए पनि यस निबन्धमा भने सोचको अर्थ चिन्तन/विचारमा केन्द्रित छ। 'सोच निश्चित विषयको गम्भिर चिन्तन हो। हरेक मनमस्तिष्कमा यसले डेरा जमाएर बसेको हुन्छ। यो हरेक मानिसमा फरक हुन्छ। यो सकरात्मक र नकरात्मक दुई किसिमको हुन्छ। सकरात्मक सोचले सिर्जना(प्रगति)लाई अघि बढाउँछ र नकरात्मक सोचले परिवार, ससमाज र राष्ट्रको समेत बाधक बन्छ, , सोचउद्देश्य/ लक्षमा पुग्ने सोपान हो, सोच मनोवृत्ति हो, दृष्टिकोण हो, संसारको सिर्जना र विनास सोचकै उपज हुन्, सोच, सर्वमान्य र सदासर्वदा सत्य नै भै रहिरहन्छ भन्ने हुँदैन जस्ता गहन अभिव्यक्तिहरू यस निबन्धले समेटेको छ।

सोचका परिणामका कर्महरू–यस निबन्धमा निबन्धकारले मनन् चिन्तन हुने व्यक्तिहरू र सोच नहुनेहरूमा भिन्नता, सोचमा नभर्एकाहरू कुनै काम सफल नभएमा भाग्यलाई दोषारोपण गर्ने खालका, जीवनमा अमिट छाप छोड्ने खालका नहुनु, आफ्नो दायित्वलाई पन्छाउने खालका हुने र यिनीहरूलाई ढिलो चाँडो पश्चताप आउने बाहेक केही उपलब्धी हुँदैन तर सुसोचाइका मानिसहरूले शिखर चुम्दछन्। उनीहरूको व्यक्तित्व सधैं उच्चा भइरने, चर्चाभइरहने धारणा यस निबन्धले राखेको छ। निबन्धकार भन्दछन्–''मानिस पैसा नभएर गरिब भएको होइन विशेष गरी सोच नभएरै गरिब भएको हो।'' यसले सुकर्म र कुकर्मको निर्धारण गर्छ,। सोचकै कारणा संसारमा सुसोचले सुकार्य र कुसोचले दुष्कार्य हुँदै आएका, सोचकै कारणबाट सामान्य व्यक्तिबाट विशिष्ट व्यक्तित्व बन्ने भन्दै मानिसको मासु खाने क्रुर तानाशाह इदि अमिनदेखि लिएर संसारलाई शान्तिको सन्देश दिने गौतम बुद्धजस्ता विभिन्न क्षेत्रमा उच्चाईलाई चुमेको मानिसको उहारण दिएका छन् र यिनीहरूले यो उच्चाई चुम्नुमा सबैमा उच्च/विशिष्ट/महान/ सुसोचका कारणबाट भएको हो भन्दछन्।

सोचको शक्ति र बीचलन– ''सार्थक सोचमा व्यक्ति परिवार राष्ट्र र अन्तराष्ट्र बदल्ने सोच हुन्छ।'' यो भनाई हो निबन्धकार राम ज्ञावलीको। ज्ञावलीजीले् यस निबन्धमा सोचमा भएको शक्ति अमूल्य हुने, सीमा नहुने, परिधि कति हुने सोच्न नसकिने, सोचबाटै मानिस करोडपतिबाट रोडपति अनि रोडपतिबाट करोड पति भइने, राजाबाट साधारण जनता भइने, अर्थात ''सोचका परिणामले विचित्रका कार्य हुने।'' यस निबन्धमा राष्ट्र टुत्र्mयाउने लहर चल्नु, नेताले जनतालाई नीति पढाउने तर आफूले भने कुनीति अपनाउने, शिक्षाक्षेत्रको अस्तव्यस्तता, संस्कार, संस्कृति, रीतिरिवाज, जीवनशैली, प्रस्तुति शैली, कार्यशैलीमा मौलिकताको ह्रास कृतिमता हावी, वेथिति भ्रष्टचार, सुशासनको अभाव, राजनीतिक कुसंस्कार, आर्थिक राजनीतिक क्षेत्रमा भारतको ९० प्रतिशतभन्दा बढी हस्तछेप आदि हरेक क्षेत्रमा देखिएक विकृति विसङ्गतिको प्रष्ट पार्ने प्रयास गरिएको छ। यी सबै खाले कार्यको कारकतत्त्व भनेको सोच र सोचको विचल हो भन्ने निबन्धकारको धारणा आएको छ।

सोचको शक्ति र विचलन कारण र प्रभाव –सोचको शक्ति अथाह हुन्छ भन्ने कुरा हामीले माथि उल्लेखित निबनधमा पनि जानकारी पाइसकेका छ म। सोच सम्बन्धमा निबन्धकारले 'कुनै भवितव्य घटना / कार्यबाहेक अरू सबै मानव चिन्तनका उपज हुने गरेका छन्', भनेका छन्। भारतमा गान्धीको अहिंसावादी सोचको कारण भारत सोतन्त्र भएको, गान्धी र नेहरूको सोचबाटै इन्दिरा गान्धी प्रधानमन्त्री भएको, अमेरीकाका अब््रााहम लिङ्कनको सोचले रङ्ग भेद अन्त्य मण्डेला गरेको लगायत माओ, नेल्सन

मन्डढेला आदिको सोचले ल्याएका परिवर्तनका धारणाहरू यहाँ दर्शाइएका छन्। सोचमा विचलन पनि आउने र ती विचलन आउनुका पराजय, निरन्तर असफलता, गरिबी जस्ता थुपै का्ररणहरू भएका, कुसोचकै कारणबा विभिन्न नराम्रा घटना घट्ने, सोच सार्थक पार्न सकिने, सोच पारदर्शी हुनु पर्ने, सोच नभएकाहरू बाटो हराएका बटुवा जस्ता हुने, सोचले आँशुलाई शक्तिमा बदल्न सक्ब्ने, शान्ति ल्याउने सोच, क्रान्ति ल्याउने सोच, जस्ता गहन धारणा राख्दै निबन्धकारले सोचबारे लेख्छन् – ''युग र संसार हल्लाउने सर्वोच्च मानसिक शक्ति हो भन्नुमा अत्युक्ति नहोला''।

सोच किन र केका लागि – यस निबन्धमा निबन्धकारले सोचको आवश्यक्तालाई यसरी अर्थाथ्याएका छन् –'सोचले जीवनका उद्देश्य /लक्ष पुरा गर्न सघाउँछ। सार्थक सोचले संसारमै हलचल ल्याउँछ। यो व्यक्ति, परिवार, समाज र राष्ट्र एव म युग परिवर्तनका लागि आवश्यक विषय हो।' सार्थक जीवनको परिकल्पना गर्न, सर्वाङ्गीण विकशका लागि, यावत विकृति विसङ्गति मेटाउन हरक्षेत्रमा सही सोचको आवश्यक हुन्छ। सही सोचले अमृतको काम गर्छ भने खराब सोचले विषको काम गर्छ सही सोचबाट सर्वाङ््ग विकासको लागि अग्रसरता हुनुपर्ने धारणा आएको छ निबन्धमा।

नमस्कार गर्नुको अर्थ औचित्य र परम्परा– 'नमस्कारले समबन्ध जोड्छ घारे हातले बिछोड' यी उद्गार राम ज्ञावलीले यस निबन्धमा प्रयोग गरेका हुन्। साधारण अर्थमा नमस्कार भनेको निहुर्याएर मान्यजनलाई अधिवादन गर्ने काम, नम, सादर प्रणाम, नमस्ते र ढोग भन्ने जनाउँछ। यहाँ निबन्धकारले पनि यही रूपमा परिभाषित गरेको दे्खिन्छ। नमस्कार भनेको नमन हो, नमन भनेका नुहुने काम हो। नमस्कार खोजेर पाइने होइन नमस्कार खोज्नेले नमस्कार दिन पनि पर्छ। नमस्कार शब्द गरिमामय शब्द हो र यो विश्वका देशहरूमा आदर सत्कारको रूपमा प्रयोगमा आउँछ। नमस्कार सबैले सबैलाई गर्नु राम्रो हो तर अनिवार्यता छैन। नमस्कारलाई हलकारूपमा र स्वार्थकारूपमा पनि हेरिन्छ तर नमस्कार सभ्य पहिचानकै रुपमा हुनु पर्छ, भन्ने धारणा राख्दै निबन्धकारलेख्छन् – ''... तसर्थ हरेकले नमस्कार स्वार्थ र बाध्यताले नगरौं, सुसंंस्कृत, सभ्य, नागरिकको पहिचानको, लागि असल संस्कार निर्माणका लागि आत्मीयता र हार्दिकता विकासका ं लागि गरौं।यसमा नै अर्थ /औचित्य देखिन्छ।''

पैसाको चमत्कार – यो निबन्ध यस कृतिको सबैभन्दा लामो निबन्ध हो। यस निबन्धमा। मानिसको जीविकोपार्जनका लागि कतिपय प्रकृतिले पर्दान गरेको छ भने कतिपय मानिसले नै स्वनिर्मित गर्नु पर्छ, आदिम युगदेखि आजसम्म कतिपय चिज ग्रहण गर्ने र कतिपय चीज छाड ्दै आए पनि पैसा भने मानिसले जन्मेदेखि सास रहुन्जेल छाड्दैन। राम्रा नराम्रा सबै थरिका कामहरू पैसाबाटै हुनेगरेका, मानिसहरू पैसाका दास बनेका कुरा र 'सन्तोषम परम म सुखम्' को मान्यता भुलेका कुरा जस्ता विभिन्न दृष्टिकोणबाट पैसा के हो यसले कस्ता काम गर्छ भन्ने दन्देश दिँर्दै निबन्धकार भन्छन् –'सही सदुपयोग गरी जीवन र जगतको भलोमा यसलाई उपयोग गरिनु श्रेयस्कर हुन्छ। '

पैसाको बहुआयमिक कर्म – यस लेखमा निबन्धकारले पैसाबाट हुने, गराइने सबै प्रकारका सकरात्मक र नकरात्मक कामहरूलाई दर्शाउने प्रयासरत छन्। उनी भन्छन् –'मानव मस्तिष्क घोत्ल्याई निर्मित भएको पैसाको शिखर महत्व छ भन्ने कुरा जोकोहहीलाई थाहा छ।' पैसामा महाजादुगरी छ, यसले संसारलाई, प्रकृतिलाई नै हल्लाइरहेको र मानव मस्तिष्क खलबल्याइरहेको, भौतिकता र आधुनिकता यसैमा अडेको, किन्ने बेच्ने सबै यसैले गराउने, लालसी, विलासी बनाउने, संसार भुट्न र मानवीय अस्तित्व लुट्न खप्पिस्, कसैलाई नजिक्याउने, कसैलाई कट्टर दुस्मन बनाउने, , मानिसका भौतिक आवश्ह्यक्ता पुरा गर्न यो विना सम्भव नहुने, आत्मबल, आत्माविश्वास, यसैमा, मानिसक बहुरूचि र बहु आवश्यक्ता पूर्ति गर्ने आदि विविधताको जादुगरी भएको र्पैसाले आफैले केही गर्ने होइन यसलाई सदुपयोग र दुरूपयोग कर्ताले गर्ने र पैसाले धेरै थोक गरे पनि सबै थोक गर्न भने सक्दैन र यसको राम्रो काममा प्रयोगमा ल्याउनु पर्ने धारणाहरू आएका छन् निबन्धमा।

धनपैसाले मात्र सुख पाइन्न – संसारमा धनलाई सर्वैसर्वा ठान्ने, धनबाट सुख शान्ति मिल्छ भन्नेहरूलाई धनपैसा भएर पनि सुखी हुइन्नभन्दा अचम्म लाग्नु स्वभाविक कुरा हो निबन्धकारले यस सम्बन्धमा धनपैसाले मात्र सुखी भइदैन भन्ने यथार्थलाई पुष्टि गर्न अग्रसर देखिन्छन्। वास्तवमा धन कमाएर मानिस तृप्त हुँदैन। तिर्सना र मन बढेर जान्छ। पैसा कमाएर साँधसीमा नाघेपछि मानिसलाई सन्तुष्टि नभै विपत्ति आइलाग्छ। धनको धनीभन्दा मनको धनी धनी हुन्छ। धनबाटै परिवारमा फुट, मनो मालिन्य, द्वेषभावनाको बीऊ रोपिनु, कमाउने होडबाजी चल्नु, चोरिने डर हुनु, परिश्रम गर्ने बानी घट्दो, भूइँ विर्सेर फूइँ लगाउने प्रवृत्ति हावी हु्नु, धनबाट मात्रै सुखपाइन्छ भन्ने सोच मनोरोग हो जस्ता धारणा राख्दै निबन्धकार लैख्छन् –'... धनपैसालाई मात्र सबै थोक हो भन्ने नसोचौँ। धनपैसाले मात्र सुख पाइन्न भन्ने सबैले बुझे हुन्छ।'

वर्तमान समाजका समस्याहरू – आजको संसारमा देखिएका विकराल समस्याहरू, राज्यसमेतको अस्तव्यस्तता, नीति कामकारवाही चुस्त दुरुस्त नहुनु जहाँतहीँ सोच विचारमा गिरावट आउनु समय फेरिएर नभै मानिसको सोच फेरिएर भएको धारणा निबन्धकारको छ। वेरोजगार, अनुशासनको कमी, चोरी, डकैती, हत्य हिंसा, लोभी पापी, बेइमानीपन, राज्यमा भ्रष्टचारी घुसखोरी बढेको र समाज समस्यैसमस्याको पहाड भएको, समाजमा मत्स्यन्याय, लुट्नेले लुट्नु, चुस्नेले चुस्नु, जनता वाक्क, दिकक र आक्रान्त हुनु, जताततै विकृति विसंगतिको भण्डार, सुधारभन्दा विगार पक्षको हावी, आदि समाजमा देखिएका छन् र यी सबै आम प्रवृत्तिको कुरा हो त्यसो हुँदा सबै मिले समाज सुधारतिर लागौं भन्ने निबन्धकारको धारणा छ।

नेपाली समाज उहिले र अहिले – यस निबन्धमा निबनधकारले ढुंगे युग, बर्बर युग र सभ्ययुगको तुलनात्मक सामाजिक स्थितिको विश्लेषण गरेका छन्। आजको समाज सकरात्मक र नकरात्मकरूपमा अगाडि बढेको पाइन्छ।पहिलेको नेपाली समाजमा हिन्दू धर्मको बर्चस्व कायम थियो भने अहिलेको नेपाली समाज बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक रूपमा अगाडि बढेको छ भन्ने धारणा सहित निबन्धकार भन्दछन् –'उहिले र अहिलेमा धर्ती र आकाश जस्तै फेर बदल छ।'

समयको शक्ति महत्व र प्रभाव –यस निबन्धमा निबनधकारले समयको शक्ति, महत्व र प्रभावलाई प्रष्ट्याउने प्रयास गरेका छन्।समय बलवान हुन्छ। यो गतिशील हुन्छ। केवल अनुभूतिमात्र गरिने विषय हो। निबनधकारले भन्छन् –'समय अखण्ड छ, निराकार छ, प्रवाहमय छ।' 'संसार समय भित्र छ, प्रकृति समयभित्र छ।' महत्वको बारेमा निबन्धकारको भनाई यस्तो छ –'समय सुन, गुन, र नूनभन्दा पनि महत्वपूर्ण छ। 'समयको शक्तिको विषयमा निबन्धकारको भनाइ यस प्रकार छ –'समयलाई बुझ्न सक्नुपर्छ महानता यसैमा छ समयभन्दा ठूलो शक्तिशाली चिज दुनियामा अरू सायदै नहोलान्।' यस्ता धारणाहरू निबन्धकारले यस लेखमा थुप्रै पस्केका छन् जस्तै 'समयभित्र समस्या छ त्यसभित्र समाधान पनि छ, 'जीवन क्रमहरूको संग्रह हो, ' 'अर्थहीनहरू बाँचेर पनि मरेसरह हुन्छन् ', उन्नप्रिगति त र परिवर्तनका लागि समय सबैका लागि ठूलो कुरा हो आदि।

मैले यस निबनधमा भएका निबन्धमा रहेका सन्देशहरूलाई पस्कने प्रयास गरे ं। निबनधकारले दिन खोजेका सबै सन्देश भने यो सानो लेखले समेट्न भने सकेको छइन।

माथिका सन्देशलाई मनन् गर्दा निबनधले समसामयिकतालाई समाएका छन्। यी निबनधहरू सबै पाठकको लागि ग्राह्य छन् किनकि सरल र सुबोध शैलीमा लेखिएका छन्। निबनधमा विषय प्रसङ्गानुकुल उखानहरूको प्रयोग भएका छन्। भावमा विविधता, , प्रस्तुतिमा गहनता, अभिव्यक्तिमा प्रष्टता यी निबन्धहरूको वैशिष्ट्यता हो।

यी निबन्धले जीवन जगतलाई समाएका छन्। सार्थक जीवन जिउन आग्रह गरेका छन्। मानिस जिउँदै मर्नु हुन्न मरेपछि पनि जिउनु पर्छ भन्ने धारणा राखेका छन्। मानवमा मानवता चाहिन्छ भन्ने भावनाले ओतप्रोत यस कृतिमा उच्चतम जीवनशैलीको कामना गरिएको छ र अध्ययनमा सत्यतामा आधारित रहेर दार्शनिक अभिव्यक्तिलाई समाएर लेखेको अनुभूति सहजै गर्न सकिन्छ।

निबन्धले समाएका विषयबस्तु सारगर्भित छन् राष्ट्र राष्ट्रियताप्रतिको निबन्धकारको धारणा प्रवल छ। राष्ट्रको सवलताको लागि परनिर्भरताबाट छुटकारा लिंदै आत्म निर्भरको बाटो अवलम्वन गर्नु पर्छ भन्ने उनको धारणा छ। राजनेतामा देखिएको पथभ्रष्टतामा निबन्धकार चिन्तित छन्।

डा. नेत्रप्रसाद न्यौपानेज्यूले 'जीवन सोच र समय कृतिमाथि समीक्षात्मक दृष्टि' शीर्षकमा यस कृतिप्रति व्यक्त गरेका यी शब्दलाई यहाँ उल्लेख गर्न चाहन्छु –'जीवन, सोच र समय ग्रन्थ निजात्मक, आत्मपरक, भावात्मक अनि वैचारिक प्रकृतिको निबनध–सङ्ग्रह हो। यसमा सङ्कलित अधिकांश विषय बस्तुहरूमा सर्जकको आत्मपरकता वा हार्दिकताको उच्छ्वलन भइरहेको छ।' डा. नेत्रप्रसाद न्यौपानेज्यूका यी सारगर्भित धारणा सहित, यस निबन्धका कृतिका निबनधकार राम ज्ञावलीको भावि लेखनमा तीब्रता, सुस्वास्थ्य जीवनको उच्च कामनाको साथमा यस लेखको बिट यही मार्छु।

धन्यवाद

सदानन्द अभागी
मिति २०७५ साल कार्तिक १२ गते,
कावासोती नगरपालिका –७, शान्तिचोक नवलपुर, प्रदेश नं ४।

सम्पर्क तथा सुझावको लागि ९८४१३३५९८३,

Total votes: 113