April 5, 2021

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गीत हुँदा


सदानन्द अभागी
परिचय –
विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला , विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।" –केदारनाथ खनाल
यी माथिका अभिव्यक्ति हुन् केदारनाथ खनालका । पूर्णप्रसाद अधिकारी २०६२ सलामा "महाकवि लक्ष्मीप्रसाद देवकोटा केही आयम" कृति लिएर नेपाली साहित्यमा कृतिकारको रूपमा परिचय दिंदै नेपाली साहित्यको क्षेत्रमा एक बरिष्ठ समालोचकको रूपमा आँपूmलाई स्थापित गरिसक्नु भएका बहु प्रतिभाका धनी साहित्यकार हुनुहुन्छ । हालसम्म उहाँका ९ कृतिहरू बजारमा आइसकेका छन् । २०१५ साल भाद्र दुई गते कास्कीकोट –२, कास्कीमा पिता बलराम अधिकारी र माता टोपलीदेवीका माहिला पुत्रको रूपमा यस संसारमा पदार्पर्ण हुनुभएका पूर्णप्रसाद अखधिकारीले २०४२ सालमा नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) गरी हाल शिक्षण पेशामा वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागमा
(सहप्रध्यापक पदमा) आवद्ध हुनुहुन्छ । लेखन कार्यमा मात्र सीमित नरही उहाँले आप्mना पृतिको अमरत्वको लागि चितवनमा "बलराम वाङ्मय स्मृति प्रतिष्ठान" साहित्यिक संस्थाको स्थापना गरि, स्रष्टालाई प्रोत्साहित गर्नको लागि स्रष्टा सम्मान कार्यको थालनी गरिसक्नु भएको छ । करिव एकदर्जन साहित्यिक संस्थामा आवद्ध रहनु भएका अधिकारीले आधिदर्जन साहित्यिक संस्थाबाट सम्मानित र पुरस्कृत भै सक्नु भएको छ । उहाँसँग मेरो साहित्यिक कार्यक्रममा भेट हुन्छ । उहाँको सादाजीवन, उच्च बिचार, मृदु एवम् प्रष्टभाषी र शालीन व्यक्तिको रूपमा परिचय दिंदा म स्वयम् गौरान्वित भएको महसुस गर्दछु ।
कृतिको संरचना, – यस कृतिमा स्मृति, यात्रा वृतान्त, समीक्षात्मक टिप्पणी, आलेख गरि १८ ओटा शीर्षकमा लेखहरु समावेश गरिएका छन् । त्रिवेणी साहित्य परिषद , नवलपुरको प्रकाशनमा प्रकाशित यस कृतिको मूल्य ३५१। रुपियाँ राखिएको छ । यस कृतिलाई "माहिली आमा स्व.कुशीमाया अधिकारी" प्रति समर्पण गरिएको छ । डा. प्राध्यापक अध्यक्ष त्रिवेणी साहित्य परिषदका नारायणप्रसाद खनालको विहङ्गम आलोक ( भूमिका) र त्रिवेणी साहित्य परिषदका सचिव गोविन्दराज विनोदीको प्रकाशकीयमा आएका धारणाले कृतिको यथार्थता पस्केको छ ।
यस कृतिमा साहित्यकारको धारणा – यस कृतिमा विहङ्गम दृष्टि राख्दै डा. नारायणप्रसाद खनाल भन्नुहुन्छ –"विषयवस्तुको जीवन्त प्रस्तुति, सत्याश्रयी कथन, सोधखोजको कला, भावनाको गहिराई, संवेदनशीलता, सूक्ष्म निरीक्षण , सूक्ति–उक्ति र उखान आदिको सटीक प्रयोग, कतिपय बिम्बात्मक निजी प्रयोग, वैशिष्ट, खरो आलोचना र निश्छल एवम् निःस्वार्थ अभिव्यक्ति कलाले गर्दा, रचनाहरू एकभन्दा अर्को रोचक बन्दै गएका छन् । यात्रावृतान्त त साँच्चै भन्ने हो भने, त्यहाँ नपुगेको मानिसले दृश्यचित्र हेरेजस्तै प्रतीत हुन्छ । प्रत्येक वर्गका पठनशील व्यक्तिहरूलाई अत्यान्त सु्न्दर –रोचक दस्तावेज बनेको छ ।  यहाँ ठाउँठाउँमा दिइएका तथ्यतथ्याङ्कपरक विवरणहरूत सामान्य ज्ञान बौद्धिक ज्ञानका खजना बनेका छन्" (भूमिका लेखन, पृष्ठ फ) । पछिल्लो आवरण पृष्ठमा प्रा. कपिल अज्ञात लेख्नुहुन्छ –"समयको शक्ति र गति पच्छ्याउन संघर्षरत श्री अधिकारी पुस्तकप्रेमी गुणाख्यताका रूपमा सुपरिचित हुनुहुन्छ  । उहाँले आँखाले देखेका र मनले भोगेका वस्तुस्थितिलाई प्रवाहमय शैलीमा सूचनात्मक तथ्यहरूलाई प्रक्षेपण गर्दै, चित्रात्मक वर्णनका घनिभूत विशेषतालाई आच्छन्न तुल्याउनु भएको छ । अहिले आपूmलाई सिर्जनशील प्रवृत्तितर्फ  उत्पेरित गराइरहनु भएको प्रस्तुत कृति सिर्जनात्मक यात्रातर्फकै महत्वपूर्ण उपलब्धि हो ।"
प्रकाशकीयमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले लेख्नुहुन्छ –"लेखक पूर्णप्रसाद अधिकारीमा वर्णन कला ,विश्लेषणात्मक क्षमता,र तर्क,विचार एवम् भावको सघनताको त्रिवेणी भएकाले, उहाँका रचना पठन मनन र ग्रहणका दृष्टिले महत्वपूर्ण छन् ।"
यी माथि आएका वरिष्ठ साहित्यकारका धारणाले यस कृतिको भावसार राम्रैसँग निस्सारण गरेको छ भने पूर्णप्रसाद अधिकारीको लेखन शैली र व्यक्तित्वको  महत्वपूर्ण मूल्याङ्कन गरेको छ ।यी माथि आएका धारणालाई यसभित्र समावेश गरिएका  सिर्जनाले पुष्टि गरेको यथार्थता मैले महसुस गरेको छु ।
यो कृति संस्मरण, यात्रा विवरण ,समीक्षा, र लेख÷आलेखको एउटा मिश्रण सिर्जना हो । यो कृति अध्ययन गर्दा पाठकले मिश्रित स्वादबाटै रमाउने यथार्थता प्रष्ट छ ।
स्मृतिको तरङ्गमा माहिली आमा –माहिली आमाको ९२ वर्षको लामो जीवन यात्रामा भोगेका यथार्थतालाई यहाँ स्मरण गर्दै पस्किएका धारणा आएका छन् । लेखककी महिली आमा ९वर्षको उमेरमा विवाह, विवाहकै समयमा गजबारमा सर्प मर्नु, विवाहको चारमहिनामै बाबुको मृत्यु, ,निसन्तान, पति विदेशीयर नआएका, सासूबाट अपहेलित, बेचेको घरमा क्रियाकर्म गर्न नहुने कुरा, पति जिउँदै भएको अफवाह फैलिंदा माहिल्ी आमा मर्माहत हुनु माहिली आमा देवघाट आउनु, देवघाटबाट घर आउने क्रममा बाटो बिराएर हराउनु कुनै विद्यार्थीले घर पु¥याइ दिएका, रित्तो गाग्री देख्दा साइत बिग्रने कुरा, शीर मुण्डन गर्दा सन्यासिनी माताको रुपमा प्रतीबिम्बित हुनु, आदि माहिली आमाप्रति गरिएको प्रथम बार्षिकपुण्यतिथि सम्मका सम्पूर्ण कर्महरू यस लेखले समेटेको छ ।
एक साहित्यिक पैदलयात्री ः अनुभूति र संस्मरण –, यो लेख यस कृतिको दोस्रो रचना हो । यसमा पदोन्नतिमा देखिएको विकृति, २०४५ सालदेखि "उन्नयन" त्रैमासिक साहित्यिक पत्रिका चिन्तन मनन् र अनुसन्धानमा लागेको अचुत रमण रेग्मी सँग २०५० सालमा रत्नपार्कमा भेटघाट,,"भवानी भिक्षु" विशेषङ्क प्राप्त गर्नु , "केशवराज  पिँडाली "विशेषाङ्कमा लेख्न मानसिक रूपमा लेखक तयार हुनु,,साहित्यिक सहिद कृष्णलाल अधिकारीको"मकैको खेती"" कृतिको चर्चा , "उन्नयन" पत्रिकामा लेखकका २५ वटा जति अङ्कमा लेख रचना प्रकाशनमा आएका धारणा, अच्युतरमण र यस लेखकका लेखकको आत्मियता,, अच्युत रमणको घरयासी जीवनको यथार्थता, उनको साहित्यिक यात्राको उच्च मूल्याङ्कन गर्दै पूर्णप्रसाद अधिकारीले स्थापना गरेको "बलराम स्मृति वाङ्मय पुरस्कार २०७५ माघ ८ गते अच्युतजीको घरमै गएर वितरण गरिएको आदि साहित्यिक श्रीबृद्धिका धारणाहरूले सजिएको छ लेख,। समीक्षात्मक रूपमा प्रस्तुत स्मरण लेखले एउटा शिक्षक, प्राध्यापक, लेखक आदिको जीवन घटना वृतान्त कसरी गइरहेको हुन्छ लाई सुन्दर रूपमा प्रस्तुत गरेको छ ।
स्रष्टा–सम्मानको वृत्तः नुवाकोट साहित्य प्रतिष्ठान – यस लेखले नुवाकोटको ऐतिहासिक महत्व जस्तै राष्ट्रिय एकीकरणको थालनी, नुवाकोटको धर्मिक , ऐतिहासिक, र पर्यटकीय दृष्टिबाट पनि महत्व भएको, ६४ जिल्लाबाट २६३ जना लेखक–कलाकर्मी स्रष्टाहरूको राष्ट्रिय बृहद् नुवाकोट साहित्यिक महोत्सव २०६३ मङ्सिर २२,२३ को महत्वपूर्ण काम सम्पन्न भएको, युगान्तर पत्रिकाले "नुवाकोट साहित्य महोत्सवलाई आप्mनो ११ तथा १२ अङ्कमा विशेषाङ्कको रुपमा प्रकाशन गरेको,, यो महोत्सव, अत्यान्त्यै गरिमामय रूपम सम्पन्न भएको, नुवाकोट साहित्य प्रतिष्ठानको २०६६ असार १५ गतेको  स्रष्टा सम्मान र काव्य सम्मेलनको चर्चा , राजनीतिज्ञको तुलनामा साहित्यकारको संख्या कम भएको, चितवनका साहित्यकारको त्यस काव्य सम्मेलनमा सहभागिताको लागि यात्रा चुम्लिङ्टारको खाना, गल्छीबाट नुवाकोट तिर लाग्नु, साहित्यिक मनोरञ्जनको साथमा तादिपुल, देवीघट बटटार हुँदै नुवाकोट पुग्नु चितवनका गोर्खे साँइलो, केदारनाथ खनाल,  र पर्वतकी सरस्वती शर्मा "जिज्ञासु" महामण्ढल सम्मानबाट सम्मानित, कैलालीबाट श्रेष्ठ प्रियापत्थर र काठमाडौबाट वियोगी बुढाथोकी "युगान्तर" पुरस्कारबाट पुरस्कृत, गरिनुको साथै करिव १०० जना जति सहभागी रहेको स्रष्टा सम्मान,साहित्यिक गोष्ठी दही, च्युरा कार्यक्रमको ,विवरणत्कम प्रस्तुति भएको छ ।  यस लेखले  साहित्यिक कार्यक्रमको विवरणमात्र नभएर नुवाकोटको भौगोलिक, राज्नीतिक, शैक्षिक, धार्मिक, विकास आयोजनाहरु, कृिष, जातीय बाहुल्यता, प्राकृतिक सौन्दर्यता अदिलाई समेटेर एउटा सुन्दर प्रस्तुति गर्ने प्रयास गरेको छ ।
 मुक्तिनाथ यात्राका तरङ्गहरू–, ,हाम्रो परम्परा अनुसार चारधाम जानु अघि मुक्तिनाथको यात्रा गर्नु पर्ने, मुक्तिनाथलाई प्रथम यात्राको रूपमा गरिने चलन अनुरूप २०७० असौज २१ गते, मुक्तिनाथ यात्रा तय हुनु, । यात्रामा बसमा भोग्न परेको कठिनाई, गलेश्वर हुँदै रातको ९ बजे तातोपानी पुग्नु, विहान तातो पानीमा स्नान गर्नु, लेते मार्फा हुँदै जोमसोम पुग्नु,  कागवेनीमा स्नान र पिण्डदान गर्नेकाम, त्यपछि मुक्तिनाथ जान चढ्नु पर्ने, उकालो, उकालो चढेर मन्दिर परिसरमा पुग्दा स्वास प्रस्वास समस्या, यस समस्या समाधान गर्नको लागि लगिएका आवस्यक सामाग्री,(आस्थालिन, चकलेट, पीरो अदुवा, अनार दाना, पतञ्जली चूर्ण आदिको )प्रयोग गर्नु पर्ने, बलियो र वैंसालु उमेरमा मुक्तिनाथ जान उपयुक्त हुने, मुक्तिनाथ मन्दिरमा सु्रक्षा कर्मी, आपतकालिन औषधोपचार सेवा, १०८ धारा भएको स्नान स्थल, दुई ओटा कुण्ड, बीचमा मन्दिर, नरीवलको बली, धूप आरती, गौतम बुद्धको आकृतिमा शङ्ख चक्र, गदा, पद्म धारी भगवान नारायण मुक्तिनाथको मूर्ति देवीपीठ, प्राकृतिक ग्याँसबाट बलेको अखण्ड ज्योति, धूप दीप आदिको विवरण, बाटोको कठिनाई , काली गण्डकी कोरिडोरको विवरण, हिमालको विवरण र आकर्षक प्राकृतिक सौन्दर्यता आदि समेटिको छ यस लेखमा ।
स्वर्गद्वारी यात्राको सन्दर्भ –यस लेखमा भरतपुर स्याउली बजार टोल सुधार समितिको संयोजन र व्याक्तिगत खर्चको आधारमा २०६८ बैशाख १७ र १८ गते स्वर्गद्वारी अवलोकन भ्रमणको विवरण प्रस्तुत गरिएको छ । यात्रामा चन्द्रौटामा पुग्दा गाडीको स्प्रिङ्को पाता भाचिएर यात्रामा अवरोध पुग्नु, गोरुसिङ्गे अर्धाखाँचीको प्रवेशद्वार, मधेसी अतिक्रमण भएको ठाउ,ँ देहव्यपारका कुरा , लमहीको ससुराली होटेलको खाना, लमहीको सहरीकरण, रोल्पामा प्रवेश, हलेरी पुग्दा लेखकले होलेरीको राजन्ैतिक घटनाक्रममा गिरिजाप्रसाद कोइरालाको प्रसङ्ग उठाउनु, होलेरीदेखि धरमपानीसम्म को रोडलाई नारायण पोखरेल स्मृति मार्ग राखिएको र यसको निर्माणमा नारायण पोखरेलले सप्ताहमा बाचकी भएको धारणा, स्वर्गद्वारीमा पुग्नु , सौचालय चारओटामात्र धार्मीक यात्रीको चाप धेरै, यहाँ आरती बाल्ने ताप्ने, मन्दिर दर्शन गर्ने, गाईलाई नुन र पिठो चटाउने, गुफा हेर्ने कसैले श्राद्ध आदि काम गरिने विवरण, गाई २०० जति रहेका, २०–२५ ओटा भैंसी पालन गोठाला २–३ जना रहेका, ७ देखि १५ बर्षसम्मका बटुकहरूले चण्डी, वेद, रुद्री, पाठ गरिने र यहाँको आकर्षकमा शिवपञ्चायनका पुराना ढाँचाका मन्दिर, प्रतीक्षालय, अतिथि गृह्य,भोजनालय, गुरुकुलीय विद्यालय रहेका विवरणको साथै यहाँको यात्रा समाप्त गर्दै फर्कने क्रममा कला गला टुक्का,गीत ठट्टा आदिमा रमाउँदै फर्किएको विवरण लेखले आकर्षक रूपमा प्रष्ट पारेको देखिन्छ । लेख समीक्षकीय रूपमा लेखिएको र विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।
चन्द्रागिरी र हिमाल दर्शन –यस नियात्रामा चन्द्रगिरी र हिमाल दर्शनका दुई यात्रालाई समेटिएको छ । पहिलो दिनमा चन्द्रागिरीको केवुलकार यात्रा गर्दा मसुरी र मनकामनाको केवुलकारसँग तुलना गरिएको र चन्द्रागिरीको केवुलकार खासै आकर्षक नभएको ,चन्द्रागिरी हिल्स लिमीटेडले ४० वर्षका लागि भाडामा लिएर बनाएको भौतिक रचना, यहाँ अनुमानित ५ हजार जनाको आवत जावत हुने,, यहाँबाट गणेश, मनासलु, लगायतका हिमाली दृश्यको साथै काठमाडौ उपत्याका पूर्णरूपले देखिने, धार्मिक दृष्टिकोणको हिसावले यहाँ सतीदेवीको भालशिर पतन भएको स्थानमा भालेश्वर महादेवको भव्य मन्दिर, शिवको मूर्ति, शिवपञ्चायनसँगै पित्तलको नन्दी पनि भएको, पूर्वी क्षेत्रमा पृथ्वी नारायणको  शाहको पूर्ण कदको पित्तल धातुको सालिक, पृथ्वी नारायणन शाहका महत्वपूर्ण उद्गारहरू जस्तै, यो मुलुक दुई ढुङ्गाको तरुल रह्या छ , मेरा साना दुखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया, घुस लिन्या र धुस दिन्या दुबै राष्ट्रका दुश्मन हुन् " । यहाँ सिमन्टेड चित्रका रूपमा पृथ्वीनारायण शाहका दलबलका  सहयात्रीहरूका चित्रहरू पनि राखिएका, केवुलकारमा तीन फिट भन्दा तलका बालबच्चालाई निशुल्क तथा विविध छुटहरू, एक पटक चन्द्रागिरी हेर्न जानु पर्ने सुझाव, आदिको साथै २०७६कार्तिक १९ गते हिमाल दर्शनको लागि बुद्ध एयरको बोइङ्गबाट अवलोकनको वर्णन, गर्नुको साथै २१ ओटा हिमालको विवरण, कोदारी रोड लासा, नाम्चेबजार आदिको विवरणले  सजिएको छ यात्रा विवरण । छोरी ज्वाइँको आग्रहमा गरिएको यो यात्राले चन्द्रागिरीको र हिमालको सौन्दर्यलाई प्रष्ट्याएको छ र यात्रामा भोग्न पर्ने कठिनाइलाई पनि प्रष्ट पारेको छ ।
चितवनदेखि बलेवासम्म – बलेवामा हुन गइरहेको साहित्यिक कार्यक्रममा चितवनका १२ जना साहित्यकारहरू २०७४ को १६ गते चितवनबाट बलेवा जानको लागि रमाना, मध्यपहाडी लोकमार्गको वर्णन, मोदी खोलामा बनेका ३ओटा जलविद्युत आयोजना, ३ बजे सम्ममा कुश्मा पुगेर केही पर्यटकीय स्थलको अवलोकन गर्ने योजना भए पनि बाटोमा जाम परेकोले ५ बजेमात्र कुश्मा पुग्नु,, कुश्ममा इन्द्रकुमार विकल्प र चितवनबाट गएका स्रष्टाहरूसँग परिचयात्मक कार्यक्रम हुनु, भीम सुवेदीकी पत्नी बिरामी परेर अस्पताल भर्ना गर्नु परेको, पाँच जना साहित्यकारले गुप्फा अवलोकन गर्नु,, पञ्चपाण्डवको  गुप्तबास भनि बोर्ड टाँसिएको ठाउँमा गुप्तेश्वर महादेव शिवलिङ्गको प्रतीक आकृतिक कङ्क्रिट चित्र देखिनु, एउटैमात्र तारमा अल्झिएको कालीगण्डकी माथिको ५५ मिटरको उच्चाइमा रहेको केवुलमा दशजना स्रष्टाहरू सवार हुनु, ६ मिनटमा बलेवा पुग्नु, भूपीनको घरमा पुग्नु ,भूपीनकी ८७ बर्षकी आमाको दर्शन गर्नु,, १० बजे लकासको जन्मभूमि रहेको घरको अवलोकन, खाना खानु। साना किसानको एकतले भवनमा कार्यक्रमको थालनी, प्रमुख अतिथिमा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्मा, स्थापित सात ओटा पुरस्कार र उत्कृष्ट नेपाली विषयमा उच्च अंक ल्याउने मेधावी विद्यार्थीलाई पुरस्कृत गरिने कार्यकर्म रहेको र उक्त पुरस्कार पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा प्र.डा. नारयणप्रसाद खनाल, नमुना शर्मा, काजी रोशन, मुकुन्द शर्मा चालिसे, ध्रुवलाला शर्मा (म्याग्दी, भरत बाग्लुङ्गे,लाई जनही दशहजार,र जनता मा.वि.का छात्र÷छात्रा लक्ष्मण शर्मा र दीपा क्षेत्रीलाई रु पाँचहजारले सम्मान गरिएको, ४.४०मा कार्यक्रम समाप्त भएको, साहित्यिक कार्यक्रम समाप्त भएपछि चितवन वmर्कर्ने क्रममा यात्रा अवस्मरणीय रहेको धारणा सहित यस लेखमा धेरै कुराहरूले स्थान पाएका छन् ।
प्रसन्न मनोदशाका तरेलीहरू– यस लेखले २०६७को स्याङ्जा साहित्य प्रतिस्ठानले आयोजना गरेको भानुजयन्तीमा चितवनबाट सहभागी हुन गएका सााहित्यकार कपिल अज्ञात, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी, विवेक अधिकारी, गोर्खे साइलोले सहभागी भएको, कालीगण्डकी साहित्य, कलापुरस्कार –२०६७ लोकगायनतर्फ पुरुषोत्म न्यौपाने, नियात्रा–समालोचनातर्फ पूर्णप्रसाद अधिकारी ,छन्दकविमा नीलाम्बर ढुङ्गानाहरूलाई जनही ५००१ रुपियाँको साथै देवीप्रसाद वनबासीले आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कार गङ्गाकर्माचार्य पौडेल र लेखनाथ काप्mलेलाई प्रदान गरिएको विवरण प्रस्तुत गरिएको छ । यसकार्यक्रमको प्रमुख आतिथ्य माधव वियोगी र सभापतित्व विश्वप्रेम अधिकारीले गर्नु भएको समारोहमा शिवकुमार अधिकारी, गंगानाथ कोइराला, डा. नेत्रप्रसाद न्यौपाने, कृष्णप्रसाद बास्तोला, यामबहादुर पौडेल क्षेत्री लगायतका साहित्यकारको सहभागी भएको विवरण लेखले  जानकारी गराएको छ ।
कला–साहित्यको अपूर्व सङ्गम स्याङ्जा सािहित्य प्रतिष्ठान –स्याङ्जा साहित्य प्रतिष्ठानको (२०७०।०५।१२) मा आयोजना गरेको विशाल कार्यक्रममा काली गण्डकी साहित्य कला पुरस्कार केदारनाथ खनाल, भानु स्मृति पुरस्कार मोहन दुवाल र कालीगण्डकी साहित्य कला सम्मान सदानन्द अभागी,लाई प्रदान गरिएको विवरण, रजस्थलको ५४ अङ्क "भानुको स्याङ्जा विशेषाङ्क" र सिडीको विमोचन, नारायण काप्mलेले भानुको स्याङ्जा विशेषाङ्को  समीक्षा, साहित्यकारहरूबाट कविता बाचन, प्रा. डा. जयराज पन्त(स्व) को प्रमुख आतिथ्यता र विश्वप्रेम अधिकारीको सभापतित्वमा कार्यक्रम भव्यताको साथमा भएको विवरण लेखले समेटेको छ ।
 चितवनमा वी.पी. शताब्दीः एक विमर्श –  यस लेखले मिति २०७० मङ्सिर २२ र २३मा चितवनमा आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली लेखक संघ, नारायणी अञ्चलद्वारा भएको बृहद् साहित्यिक विचार गोष्ठिको आयोजना गरिएको विवरण प्रष्ट्याएको छ ।
 यस गोष्यठीको प्रमुख अतिथिको रूपमा प्राज्ञ सनत रेग्मी र अध्यक्षमा केदारनाथ खनाल रहेको, सोही कार्यक्रममा कृष्णादेवी शर्मा श्रेष्ठको सिर्जना क्रान्तिकारी विजश्वेश्वर महाकाव्य र केदारनाथ खनालद्वारा लिखित संस्मरणसङ्ग्रह "दुईधार एक लहर" लेखकसंघका केन्द्रिय अध्यक्ष विष्णुविभु घिमिरे र प्रमुख अतिथिले संयुक्तरूपमा विमोचन गरेका, "आत्मिक ईश्वरका सच्चा पुजारी विश्वेश्वरप्रसाद कोइराला" नामक कार्यपत्र डा. ज्ञानु पाण्डेले प्रस्तुत गर्नु भएका,े यसरी नै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना,ःउत्प्रेरणा,कलासाधन र दिशाबोध", कार्यपत्र गोविन्दराज भट्टराईले प्रस्तुत गर्नु भएको र तेस्रो सत्रमा कविता बाचन (प्रतियोगी र अप्रतियोगी ) आदि मन्तव्य लगायतका कार्यहरूलाई विवरणात्मक रूपमा पष्ट्याउने प्रयास गरिएको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठान र देवकोटा शतवार्षिकी समारोह –, यस लेखमा २०६६ सालमा देवकोटा केन्द्रित कार्यक्रम स्याङ्जामा भव्यताको साथमा मनाइएको, उक्त समारोहमा विविध ठाउँका साहित्यकारहरूलाई निमन्त्रणा गरिएको, जाँदा पृथ्वी चोकको पृथ्वीनारायण शाहको शालिक भत्काएर नेपालका प्रथम सहिद लखन थापाको सालिक निर्माण गरिएर लखनचोक नामाकारण गरिएको, स्याङ्जा पुगेपछि साहित्यिक चिन्तन मनन्, सरुभक्तको प्रमुख आतिथ्य, र विश्वप्रेम अधिकारीको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा रजस्थल त्रैमासिक ३७औं अङ्क "देवकोटा विशैषाङ्क" को विमोचन, कुसुमाकर न्यौपाने, प्रेम छोटा, शान्तिनारायण श्रेष्ठ, गोविन्द विनोदी, डा. घनश्याम न्यौपाने, टिकाराम वाग्लेलाई सम्मान,आदि कार्यक्रमलाई यस लेखमा समीक्षात्मक रूपमा प्रष्ट्याउने प्रयास गरिएको छ ।
प्रथम गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठी – यस लेखले गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठिको यथार्थता प्रष्ट्याउने प्रयास गरेको छ । नेपाल भ्रमण वर्ष १९९८ पछि महोत्सवहरू गर्ने चलन, पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व कालमा २०११ लाई  पर्यटन वर्षको रूपमा मनाउने र दश  लाख पर्यटक भित्र्याउने कार्य योजना, प्रथम गुल्मी महोत्सव २०६८बैशाख ४–११को उद्घाटन प्रधानमन्त्री झलनाथ खनालबाट हुनु, २०३० साल देखि हालसम्म प्रकाशित हाम्रो पुरुषार्थ, किरण पुस्तकालय र शशी पन्थीबीचको अन्योन्याश्रित सम्बन्ध, पश्मिाञ्चल क्षेत्रीय स्तरको साहित्यिक गोष्ठिको आयोजना, त्यसमा चितवन र नवलपरासीका साहित्यकारहरूको सहभागीता, ८गते छन्द दिवसको उपलक्षमा छन्द कविता पाठ, ,रेसुङ्गाको डाँडो र रेसुङ्गा महाप्रभूको तपस्या र विश्राम स्थलको अवलोकन, भ्युटावरको अवलोकन, यसरी कार्यक्रमलाई चारभागमा विभाजन गर्दा पहिलो सत्रमा उद्घाटन, दोस्रोमा कविता प्रतियोगिता तेस्रोमा कार्यपत्र वाचन, चौथोमा अप्रतियोगी कवितावाचन,र समापन कार्य, आदि विवरणलाई यस लेखले समेटेको छ । लेख विवरणात्मक छ ।सहभागीका नाम, कार्यपत्र बाचन, टिप्पणीकार पुरस्कारको व्यवस्था, गुल्मीको प्राकृतिक, भौगोलक आदि विवरणलाई राम्ररी समेटिएर लेखिएको यो लेख अनुकरणीय छ ।
मोफसलमको साहिअत्यिक पत्रकारिता सङ्गोष्ठी –यस लेखले २०६६ जेष्ठ ९ गते, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको परिसको नयाँ भवनमा नेपाली केन्दी्रय प्रशिक्षण विभाग त्रि वि.का प्रध्यापक राजेन्द्र सुवेदी,को प्रमुख आतिथ्यता र रोचक घिमिरेको सभापत्विमा सञ्चालित , नेपाल पत्रकार संघ, र प्रेशकाउन्सिलको आयोजनामा आयोजित यस कार्यक्रममा, विचार गोष्ठी, स्रष्टा सम्मान, र साहित्यिक पत्रकारिता,यसको नियति ,साहित्य र पत्रकारिताको अन्तरसम्बन्ध, राज्यको दायित्व, स्रष्टाको भूमिका, जस्ता विषयमा  आधारित कार्यक्रममा शिव.रेग्मी, डि.आर. पोखरेल र डा. तुलसी भट्टराईका कार्यपत्र प्रस्तुति, पुराना पत्रकार चूडामणि रेग्मीलाई सम्मान, ३८ जनालाई साहित्यिक पत्रकारिताको प्रमाणपत्र, आगामी सम्गोष्ठी सुनशरीमा हुने घोषणा, यस गोष्ठिमा १६ बुँदे घोषणापत्रको वाचन आदि कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको , कार्य विभाजन अनुरूप, कार्यक्रम सञ्चालन गरिएको, र "चितवनको माटोमा " मोफसलको साहित्यिक पत्रकारिता विषय गोष्ठी" भव्यताकासाथ सम्पन्न भएको र अतिथिहरूलाई एउटै बसमा पठाइएको धारणा सहित यो लेख समाप्त हुन्छ ।
पुरस्कारको सार्वजनीनता र बलराम स्मृति पुरस्कार –  यस लेखले पुरस्कारको परिभाषा, पुरस्कारका प्रकारहरू, नेपालमा हाल आएर हजारको आसपासमा पुरस्कारका नाम सुनिने गरेका, तर कति पुरस्कार जन्मने र मर्ने गरेका, पञ्चायतकालिन पुरस्कारको अवसान, पुरस्कारमा मदन पुरस्कार, नई र चिसाप पुरस्कार, नोवेल पुरस्कार, भारतीय महात्माम गान्धी नेहरू पुरस्कार, आदि पुरस्कारलाई औंल्याउँदै, कतिपय पुरस्कार दिंदा पारदर्सी नहुने गरेका कुरा, पुरस्कार आफैमा दान हो, स्रष्टाको पुजा हो, सम्मान हो, साहित्य कलाको यज्ञ हो आदि आदिको लामो व्यख्या गर्दै लेखक.ले आप्mनै सात्विक, नैष्ठिक परोपकारी र शिक्षा प्रेमी श्री बलराम उपध्याय अधिकारी(१९८६–२०६०)को नाममा २०६८मा अक्षयकाोष स्थापना गरेको र २०७७ सालसम्म प्रतिवर्ष एक वा दुईजनालाई पुरुसकृत गर्दै आएको  धारणा यहाँ दर्शाइएको  छ । लेखले स्वदेश तथा विदेशका महत्वपूर्ण पुरस्कारलाई समेट्न पुगेको छ ।पुरस्कार निर्विवाद हुन पर्ने धारणा आएको छ ।
प्रस्तावित काली गण्डकी डाईभर्सन र देवघाटको अस्तित्व संकट– यस लेखमा पृथ्वीको उत्पत्ति, जीवको उत्पत्ति नदी र मानव सभ्यताको विकास, नदीबाट पर्न जाने विनास, प्रकृतिक सौन्दर्यता आदिको लामो भूमिका सहित काली गण्डकी नदीलाई स्याङ्जा जिल्लाको राम्दी भन्दा तीन किलो मिटर दक्षिण पश्चिमबाट डाइभर्सन गरी १२० मिटर अग्लो बाँध बनाएर ३० किलोमिटरको सुरुङ बनाउँदै पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुको जमिनमा सिञ्चाइ गर्नको लागि प्रयोगको साथै तिनाउमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अभियानमा यस क्षेत्रका नदीका उपभोक्ताहरू र धर्म संस्कृतिप्रेमीहरू आन्दोलित भएको धारणा आएका छन् । लेखकले गंगा यमुना र सरस्वतीको सङ्गमस्थललाई तीर्थराज प्रयाग भनिने, ६–६ वर्षमा अर्ध कुम्भमेला र १२–१२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने, यसरी नै नेपालमा देवघाटलाई आदिप्रयाग मानिने र यहाँ श्रावणको सोमबार तथा मकर सक्रातीमा लाखौं मानिसको सहभागिता रहने, देवघाटमा काली गण्डकी र सप्त गण्डकीको सङ्गम स्थल देवघाट वेणीको रुपमा पवित्र स्थानको रूपमा लिइने यस्ता महत्वपूर्ण स्थानलाई यो डाइभर्सनले असर पार्ने, देवघाट, कृष्ण गण्डकीको अस्तित्व संकटमा पर्ने आदि यस लेखले थुप्रै कुराहरू भारतीय गुप्तचर संस्था "र" (च्ब्ध्० को नेपालमा प्रभाव, भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीको भारतीय नदी एकीकरणको ग्य्राण्ड डिजाइन पनि हो, अदि थुप्रै , थुप्रै  कुराहरु यस लेखले उठाएको छ । यस लेखबाट धर्म संस्कृति, वेद पुराण, राजनीति, पर्यावरण आदिमा पर्ने असर विविध पक्षलाई समेट्ने प्रयास भएको छ । कतिपय कुरा सत्य पनि हुन् । तर मलाई के भन्न मन लाग्यो भने नेपाल जलस्रोतको धनी देश हो तर यी नदी नालाहरू नेपालले प्रयोजनमा ल्याउन नसक्नु तर हाम्रो सीमा काट्ने बित्तिकै भारतले प्रयोगमा ल्याएर पानीको सदुपयोग गर्नु र विकासमा अघि बढाउनु त्यहाँ बनाइएका बाँधले हाम्रो क्षेत्र डुवानमा पर्नु आदिलाई सरकार जनता,सबै पक्षको गहिरो सोच हुनु अति आश्यक छ । नेपालको जललाई नेपालमै विविध प्रयोजनमा ल्याएर अघि बढ्दा नेपालनै समृद्ध हुने, समृद्धिबाटै धर्म, संस्कृति आलिाई पनि टेवा मिल्छ हैन र ?
देवघाटधाम तीर्थ एक ः महत्त्व अनेक – यस लेखले देवघाटधामको धार्मिक महत्वलाई (आदिप्रयाग) प्रष्ट्याउने क्रममा भरतका चार धाम(तीर्थ स्थल), नेपालका विभिन्न स्थलमा रहेका तीर्थं स्थलको भूमिका सजाउँदै कसैले नवगण्डकी, कसैले सप्त गणकी आदिको नाम बाट नामाकरण गरिएता पनि खास गरेर काली गण्डकी र त्रिशूली नदीको सङ्गम स्थललाई देवघाटको रूपमा चिनिने र अर्को रुपमा चितवन, नवलपुर र तनहुँको त्रिकोणात्मक भूगोलमा अवस्थित पूण्य भूमिलाई देवघाट भनिने, २००९ सालमा गलेश्वर स्वामीको आगमन भए पछिमात्र यो स्थानको धार्मिक, आध्यात्मिक,र भौतिक प्रगति ले अग्रसरता लिएको, युगपुरुष कृष्णको गण्डस्थलबाट उत्पन्न, कृष्ण गण्डकी र शिवको जटाबाट उत्पन्न भएकी त्रिशूलीको सङ्गमस्थल, माधेसक्रान्तिमा लाग्ने दुईदिने मेला,यसका विषयमा लेख रचना, स्मारिका, लक्ष्मी पोख्रेलको वागेश्वरी स्मारिका स्व. डा. रामानन्द गिरीको अभिरुचीमा सञ्चालित मकरसङक्रान्तिको रात्रिमा "मकरकाव्य यामिनी" कवि गोष्ठीको आयोजना,  पाल्पाली राजा मणिमुकुन्द शेनले वि.सं. १५७१मा चक्रेश्वर मन्दिर बनाएर त्यहीं समाधी लिएका कुरा, भगवती कालिकाको मन्दिर(मौलाकालिका) को निर्माणमा पनि मुकुन्द शेनैकै उपज, गलेश्वरबाबाको योगदान, योगी नरहरि नाथको योगदान, आदिलाई समेट्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने धारणा, यसको संरक्षण र सम्बद्र्धनका कुरा लगायत विविधताले सजिएको छ लेख ।
पुस्तकालयको महत्व र उपयोगिता –"सार्वजनिक रूपबाट,इच्क्षुक पाठकहरूले विभिन्न शर्तमा पढ्न पाउने हिसावले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा स्थनलाई पुस्तकालय भनिन्छ ।" यसरी परिभाषा दिंदै विभिन्न पुस्तकालयका पयार्यवाची नाम लिंदै, शिक्षा र सभ्यताको साथै विश्वका ख्यातिप्राप्त जानकारी, राणाकालमा नेपालमा पुस्तकालय खोल्नु नै अपराध, महाकावि लक्ष्मी प्रसाद लेवकोटाले पुस्तकालय खोलेवापत १०० रुपियाँ डण्ड तिरेका कुरा, कार्लमाकर्सले अक्सफोर्ड" पुस्तकालयमा बसेर "दास क्यापिटल" लेखेर चर्चित भएका,आदि थुप्रै पुस्तकालय सम्बन्धि धारणलाई प्रष्ट पार्दै विभिन्न देशका खासगरी भारतका विभिन्न प्रयोजनमा खोलिएका पुस्तकालयको वर्णन, नेपालभित्रका चर्चित पुस्तकालयका नामहरू, पुस्तकालयमा किताप चोरिने कुरा ,संरक्षणका कुरा सहित सरल एवम् सुवोध रूपमा यो लेख टुङ्गिएको छ ।
माथि मैले सानो परिचयात्मक भावसार पस्के पनि कृतिकारका धारणाहरू समेटिएका छैनन् किनकी हरेक लेखहरू मझ्यौला खालका भए पनि लेख्न चाहेका भावनालाई लेखकले कन्जुस्याई गरेका छैनन् । प्रा. डा. नारान् खनाल,प्रा कपिल अज्ञातका धारणाले कृतिकारको व्यक्तित्व र कृतित्वमा गहनतालाई समेट्ने प्रयास गरेको छ । लेखक स्वयम् समीक्षक भएर नै होला सबै लेखमा धेरथोररूपमा समीक्षकीय प्रवृत्तिले स्थान लिएको पाइन्छ ।"अनुस्मृतिका तरङ्गप्रति,विहङ्गम आलोक " शीर्षकमा त्रिवेणी साहित्य परिषद नवलपरासीका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले यस कृतिलाई स्मृति खण्ड, यात्रावृतान्त खण्ड, समीक्षात्मक टिप्पणी खण्ड र आलेख खण्ड भनी उपशीर्षक दिएर विश्लेषणात्मक भूमिकाको रूपमा यस कृतिको चिरफार गर्नु भएको छ । कुनै पनि विषय बस्तुमा प्रवेश गर्दा उद्देश्य के हो त भन्ने प्रश्न आउँ छ । पूर्ण सरका प्रत्येक लेखले उद्देश्य प्र्रष्ट्याएको छ । त्यो उद्देश्य हाँसिल गर्न गरिएका कामको विवरणात्मक प्रस्तुति छ ।त्यति मात्र नभएर त्यहाँको प्राकृतिक सौिन्दर्यता, ऐतिहासिक महत्त्व,भौगोलिक विवरण, सामाजिक चित्रण, धार्मिक महत्त्व, यात्रामा भोग्न पर्ने कठिनाई तथा यात्रामा अनुभूति गरेर प्राप्त आनन्दता,, प्रष्ट एवम् दृढ प्रस्तुति(गलतलाई गलत, सत्यलाई भन्न नहिचकिच्याउने बानी) आदिको विश्लेषण गर्दा अधिकारीजीको लेखन शक्ति दरबिलो छ भन्दा अत्युत्ति नहोला । भाषशैली र प्रस्तुति पाठकीय दृष्टिले सरल एवम् बोधगम्य छन् । सबै प्रकारका पाठकलाई ग्राह्य छन् साथै शीर्षक पनि अर्थपूर्ण र सन्देश मूलक छन् भन्दै अधिकारीजीको लेखन तीब्रताको साथै सुस्वास्थको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
 २०७७ साल चैत्र २३ गते , कावासोती नवलपुर

March 31, 2021

अग्र सोच

गजल

गजल लेख्ने बानी चल्यो बुढ्यौलीको रहर
हरपल खोजेको छु औधी सुन्दर बहर

देशको माटो समातेर कसम नै खान्छु
यही माटोमा समाहित हुने भयो ठहर

हुन्छ राष्ट्रप्रति समर्पित जो कोहीको भाव
आत्मैदेखि जागरण छ देश विकासको लहर

देश हेर सबको लागि मुटुको हो धडकन
यै धडकनमा अमृत बग्छ छानी दिन्छ जहर

बालकदेखि बृद्धसम्म अग्रसोच भए
विकासमा लम्कनलाई पर्ने छैन कहर

March 3, 2021

गजलबचतको खोजी

कर्तव्यमा जुटी–जुटी गरौं सबै काम प्रिया
काम बिना संसारमा मिल्ने छैन माम प्रिया
चन्द्र सूर्य राष्ट्र ध्वजा यही स्वाभिमान हाम्रो
राष्ट्रप्रेम हुनै पर्छ हरेक नै याम प्रिया
संसारिक चोला हो यो हुन्छ दिन रात सधैँ
चाँदनीको वियोगमा उदाउँछन् घाम प्रिया
छाक टार्ने मात्र हैन बचतको खोजी गरौं
पसिना नै अमूल्य छ बचाउन दाम प्रिया
बल्न गयो अन्धो मन सपनीको दीप आज
,निभ्नै थाल्यो भनेपछि जपिन्छ है राम प्रिया

February 23, 2021

पत्र–सञ्चयन एक अध्ययन, एक पत्र

आदरणीय वरिष्ठ वाङमयसेवी निराकारज्यू
सादर नमस्कार
सर्बप्रथम यहाँलाई पत्र–सञ्चयन किताप सादर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । पत्र–सञ्चयनलाई गहन अध्ययन गर्न नसके पनि सरसर्ती अध्ययन गरें । कितापको अध्ययनले मेरो साहित्यिक बुझाइलाई गहिरो प्रभाव पा¥यो । तर बसिसकेको बानीलाई केही हदसम्म परिवर्ततन गर्न खोजे पनि ठूलो परिवर्तन भने अवस्य सम्भव छैन । म आफ्नो अवधारणामा धेरै अघि बढी सकेको छु र उन्नाईसवटा पुस्तकहरू प्रकाशनमा आइसकेका छन् । तर पनि मलाई, बिभिन्न साहित्यकारहरूले यहाँलाई दिएको सुझावले गर्दा, साहित्य लेखनमा विविध विधाका नीति नियमहरूलाई अनुसरण गर्नुुपर्दछ भन्ने बोध गरायो र त्यसतर्फ लाग्न बाध्य तुल्याएको छ । म कतातिर लाग्छु भविष्यले नै देखाउला
वनमाली सर यहाँमा भारतको कानपुर निवासी एउटा रेक्साचालक जसले ख्यातीप्राप्त कलाकारहरूको हस्ताक्षर सङ्कलनमा लगाएको रुचि र परिश्रमको साथै हिन्दीको प्रसिद्ध मासिक पत्रिका "ज्ञानोदय" (नवेम्बर–डिसम्बर १९६३)मा प्रकाशान पत्रले यहाँमा पलाएको हस्ताक्षर सङ्कलन अवधारणाले नेपाली साहित्यमा एउटा नयाँ अध्याएको थालनी भएको र यसले ऐतिहाँसिक दस्तावेजको रूपमा पहिलो स्थानलिन सफल हुनु भएकोमा पुन यहाँलाई धन्यवाद दिन सबैलाई करै लाग्दछ ।
पत्र–सञ्चयनमा ७० जना स्रष्टाहरूको साथै यहाँकै अभिव्याक्ति "एउटा पत्र पाठकका नाममा र "यो भूमिका हैन है वनमालीसर" (पत्रकै ंरूपमा लेखिएकोले) भन्दै लक्ष्मणप्रसाद गौतमद्वारा लेखिएको भूमिका सहित ७२ थान पत्रहरूको सङ्गालो अध्ययन गर्ने मौका मिल्यो । यी ७२ थान पत्रहरू छन् । यो बर्गीकरण कुरोको चुरोको आधारमा गर्नु भएको गौतमजी बताउनु हुन्छ र मैले पनि अध्ययन गर्दा सहमत हुन पुग्दछु ।
वनमाली सर अव म पत्रहरूको विधागत अवधारणामा प्रवेश गर्न चाहान्छु । साहित्य ÷ कथा ÷ कविता ÷ समालोचना ÷कला र साहित्य÷ साहित्यमा आधुनिकता÷हास्यव्यङ्ग्य÷ नाटक÷ निबन्ध÷ उपन्यास÷ लोक साहित्य संस्कृत, साहित्य के हो ? कस्तो हुनुपर्दछ ? समकालिन कथा, आधुनिक कथा आदि विविध पक्षमा यहाँले राख्नु भएको जिज्ञाशामा सबै पक्ष्यमा जवाफ प्राप्त हुन सकेको छैन तापनि कथा विधामा सबै भन्दा बढ्ता २५ जना स्रष्टाले आफ्नो धारणा राखेका रहेछन् । अब कथाहरूको बारेमा स्रष्टाहरूले दिएका अभिव्याक्तिबाटै सुरुगरौं । परशु प्रधानको कथन छ –"आजका कथामा लेखकीय इमान्दारीको खाँचो छ । " हरीस वमजन भन्नु हुन्छ –"आजका कथाकारहरूले मान्छेका भित्रीबिरोध संवेदनाहरू, अन्तरद्वन्दहरू मर्म तथा पीडाहरू, उसभित्रका त्रास र भयहरूमा .......अभिव्यक्ति दिईरहेका हुन्छन् ।" कपुर ज्ञावली युगको जटिल समस्यालाई अँगाल्ने र अनुसन्धान गर्ने भन्नुहुन्छ । पोषण पाण्डे– "कथा समयको एउटा तीब्र क्षण हो" भन्नुहुन्छ । कवीन्द्रमान सिंह– "आजको कथा उहिलेझै सामुहिक होइन वैयक्तिक, बस्तुतान्त्रिक, वैज्ञानिक, मानविक, आदि हुनुमा नै विशेषता राख्दछ" भन्नुहुन्छ । ऋषिकेशब रेग्मी भन्नुहुन्छ– "आधुनिक कथामा व्यक्त गरिएका जिउँदा मर्महरू युग सापेक्षित हुन्छन् ।" देवकुमारी थापा भन्नुहुन्छ–"कथा अरूकलाजस्तै हृदयको अनुभूति हो । ग्रावियल लेख्नुहुन्छ– " प्रवासका अधिकांश कथाकारहरू आज पनि घटना, कल्पना र संवेगलाई विशेष महत्व दिएर कथा लेख्दै छन् ।" हरि अधिकारीको अभिव्याक्ति– "नेपाली कथा साहित्य अहिले पतनोन्मुख छ ।" समग्रमा उहाँको धारणा कथाले जीवनको यथार्थ लेख्नु पर्दछ भन्ने पाइन्छ । रमेश श्रेष्ठको धारणामा–" ........कथाको रूप ( अर्थात साहित्यको हरेक विधाको ) फेरिदै जान्छ ।" शैलेन्द्र साकारको धारणामा– " कथा एउटा खुट्टा हो जसलाई विभिन्न रङ्गका जुत्ताभित्र राख्न सकिन्छ" । जगदिस घिमिरेको धारणामा "सर्जकले, लेखकले जेलाई कथा मान्दछ ,त्यो कथा हो ।" देवेन्द्रप्रताप शाहा लेख्नुहुन्छ ("बाँचिरहने व्यक्तिका कथा मेरा कथाहुन् ।" धु्रव सापको्टाको धारणामा ("कथा अभिव्यक्ति हो नितान्त वैयक्तित ।" किसोर नेपालको लेखाइमा– "कथा के हो मलाई थाहा छैन।" रमेश विकल भन्नु हुन्छ –"कथा कथा हो, एउटा जीवन हो।" कृष्णवम मल्ल लेख्नु हुन्छ–"कथा लेख्दा सत्य र असत्य सामाजिक मान्यता र कल्याण पट्टी पनि मेरो ध्यान रहन्छ । रामलाल अधिकारीको धारणामा –"कथा यस्तै हुनुपर्द छ भन्ने छैन । अशेष मल्लको धारणामा– "हरेक युगमा साहित्यले आप्mनो बाटो आफै बनाउँदै ल्याएको हुन्छ ।" अविरल स्थापित लेख्नु हुन्छ –"म जे लेख्छु त्यो मेरो जीवनले, मेरो मानवीय सम्बन्धको लक्ष्मण रेखाले छोएको हुन्छ । किशोर पहाडी लेख्नु हुन्छ –" म केवल आप्mनो आनन्दको निम्ति कथा लेख्ने गर्दछु । .... कथा कथा हुनुपर्दछ ।" सनत रेग्मीको धारणमा–" प्रजातन्त्रपछि यसमा आएका विकृति र त्यसले जन्माएको विसंगति र संकटले पनि अवको कथामा स्थान पाउनु पर्छ ।" मनु ब्राजाकीको धारणमा –"सम सामयिक नेपाली कथा लेखन निराश जनक छैन ।" माया ठकुरीको धारणमा–" मानिसको जीवनमा भोगिएका र उसको अन्तस्करणमा सँगालिएका तीता मीठा अनुभवहरूको अभिव्यक्ति नै कथा हो । डा. ईश्वर बरालको अवधारणमा –"अनेक निष्प्रयोजन विजातीय पैठारीले नेपाली भाषाको गहना मासिने क्रम थालिएको मात्र होइन बिरूप वर्चस्वहीन देखिन थालेको छ ।"
समग्र साहित्यतर्फ स्रष्टा धारणा
साहित्य एकिकृत रूप हो र यस भित्र विविध विधाहरू छन् । समग्र साहित्यतर्फ नौ जना स्रष्टाहरूले आप्mनो अभिव्याक्ति अघि सारेका छन् । बूँद रानाको धारणामा– "हाल हाम्रो साहित्य युवा उग्र बिचार र प्रौढ अथवा बृद्धा आफ्नै किसिमका बिचारहरूका बीच बाँची नै रहेको छ ।" भीमनिधि तिवारीको धारणामा –" आप्mनो जन्म थलो अति छ भलो स्वर्गीय प्रसाद हो ।" मोदनाथ प्रश्रितको धारणा तपसिल बमोजीमका दुई पंक्ती कविता हेर्न सक्दछौ–
"छेक्ने सद्भावको पत्र, जहरिलो कालीमा उघ्रने छ
बालेछौ सूर्य नौलो, मनुज–हृदयको कोपिला फक्रने छ ।"
जीवराज आश्रितको धारणामा–"नेपाली साहित्यतिरको विकास अठारौं शताब्दीतिरबाट हुन थालेको हो ।" विजय वजिमयको धारणामा– "रचनालाई छोटो र आकर्षण शैलीमा अभिव्यक्त गर्नु पर्दछ ।" मदनमणि दीक्षितको धारणमा–"साहित्य गतिमान सिर्जनाशील हो ।" डा. धु्रवचन्द्र गौतमको धारणामा – "नेपाली साहित्य अहिले त्यति ह्रासोन्मुख छैन जति भनिन्छ ।" सरुभक्तको धारणमा –"म साहित्यलाई मानवीय अहंकारको अभिव्यक्ति ठान्ने गर्दछु ।..........यात्रामा शून्यवादी दार्शनिक सोचहरू पनि हुर्कदै गए ।" शरद क्षेत्रीको धारणामा –"नेपाल भित्र र नेपाल बाहिरको नेपाली साहित्यमा अभिव्यक्तिमा कतिपय भिन्नता पर्नु स्वभाविक हो ।"अतः साहित्य के हो त भन्दा मेरो धारणामा साहित्य समाजको दर्पण हो । कस्तो हुनु पर्दछ भन्दा मेरो धारणामा समाज भित्रका यथार्थता सबै ऐना हेर्दा देखिएसरि देखिन सक्नुपर्दछ र समाजलाई यसले सही मार्गमा लैजान सक्नुपर्दछ ।
कविता तर्फ स्रष्टा अवधारणा
कविता नेपाली साहित्यमा अधिक रूपमा लेखिने विधा हो । कविता तर्फ ९ जना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुुत गरेको देखिन्छ । यी स्रष्टाहरूमा कुलमणी देवकोटाको धारणामा –"कविताको जन्म सीमित शब्दबाट हुुँदैन ।" हरिभक्त कटुवालको धारणामा– "स्वभावले नै अनुभूति र नवनवरूप शिल्प आउनु मजैलाग्ेन कुरा हो ।" जगतबहादुर जोशीको कविताप्रतिको धारणा–"कुनै कविता प्रधान हुन्छन् भने कुनै भाव वा सङ्गीत प्रधान हुन्छन् । ...........त्यो जीवन दर्शन शून्य हुँदैन ।" सिद्धिचरण श्रेष्ठको धारणामा –"आपूmले चाहेजस्तो जनताको सच्चाबोल अभिव्यक्त गरी नसकेको.......।" विश्वविमोहन श्रेष्ठको धारणामा–"सुते्कालाई ब्युँझानु व्युँझेकालाई अघिबढाउनु र राष्ट्रलाई माथि उठाउनु यही नै आजको संभवत कविताको आवाज पनि हो ।" महेश प्रसाईको धारणामा– "......समाजमा विकृति फैल्याउने रचना होइन जीवन्त पक्षको वहादुरी इन्कलाव हुनुपर्छ । " माधवप्रसाद घिमिरेको धारणामा –"लय, सौन्दर्य र रसको संमिश्रण नै कविता हो ।" दिनेश अधिकारीको धारणमा–"विषय बस्तुलाई चौबाटोमा लगेर छोडिदिँदा पनि कविता कविता नै हुन्छ ।"
मेरो धारणामा कविता पनि साहित्यै भित्रको एउटा विधा भएकोले यो पनि समाजकै ऐना हो । यो स्वत स्फुरणमा लेखिने कला हो ।
कला र साहित्य तर्फ स्रष्टा अवधारणा
केवल दुई जना स्रष्टाहरूको कला र साहित्य तर्फ स्रष्टा अवधारणामात्र समावेस हुन सकेका छन् । चित्र शब्दविनाको कविता हो भन्न सकिन्छ भने चित्र नै कविताको रूपमा प्रस्तुत हुन्छ । यसमा लैनसिंह वाङ्लदेलको अभिव्याक्ति–"........ साहित्यमा पाउन नसकेको आनन्द म चित्रकलामा पाउँदछु र चित्रकलामा पाउन नसकेको रस म साहित्यमा पाउँदछु ।" यसरी नै उत्तम नेपालीको धारणामा–" साहित्य र कलामा भेद भए पनि अन्तर भेद पटक्कै छैन ।"
नाटक केन्द्रित पत्रहरू केवल बालकृष्ण समको मात्र रहेको र चरण बिभाजनमा सन्तुष्ट नरहेको अभिव्याक्ति दिनु भएको छ । साहित्यमा चरण बिभाजन त हुनुपर्दछ तर वैज्ञानिक रूपमा हुनुपर्ने धारण उहाँको अभिव्याक्ति हो । बास्तवमा साहित्यको चरण विभाजन विभाजनको मात्र हुनुुहुँदैन
हास्यव्यङ्ग्यमा स्रष्टा अवधारणा
चार जना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुत गरेका छन् । यसमा भैरव अर्यालको धारणामा–"हास्यव्यङ्ग्यले अलिकति भित्री ओठ मुस्कुराइदिए हुन्छ । पेटको लाम्टा दुख्ने गरी हाँस्नु पर्दैन ।" रामकुमार पाण्डेको धारणमा–" गहकिलो हास्यव्यङ्ग्यले वातावरण चहकिलो बनाउँछ ।" विष्णु नवीनको धारणामा– "हास्यव्यङ्ग फाटमा चित्तबुभ्mदो बिकास भएको छ।" केशवराज पिंडालीको धारणामा –"...हास्यव्यङ्ग्य साहित्यले विकास गर्र्दै छैन..." र चोलेश्वर शर्माको धाराणामा – "हास्य र व्यङ्ग दुई अलग साहित्यिक प्रभा हुन् ।"
साहित्यको आधुनिकतामा स्रष्टा अवधारणा
यसमा पाँचजना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुत गरेकाछन्। महानन्द सापकोटाको कथन –"दर्शनमा भित्री आनन्द छ । फेशनमा बाहिरी ।" पारिजातको अभिव्यक्ति–"युगले आधुनिकतालाई जन्माउँछ ।" मोहन कोइराला भन्नुहुन्छ –"युगवोध नै आधुनिक कविता भन्नु पर्दछ ।" ईश्वर बल्लभको अभिव्याक्तिमा –"आधुनिकता निर्वाधमा होइन वोधमा निर्भर छ, पलायनमा होइन संलग्नतामा छ ।" किशोर नेपाल लेख्नु हुन्छ– "फेशन, रक्सी, भ्रष्टचार, टोयटा मोटर सिनेमालाई म कसरी आधुनिक मानु ।"
बास्तवमा मेरो बिचारमा आधुनिकता भन्दा समाजमा आउने सकारात्मक परिवर्तनलाई आत्मसात गर्दै राष्ट्रलाई माथि उठाउने अवधारणा हो । यदि नकारात्मक प्रभावलाई अँगाल्ने आधुनिकताको अवलम्वन गरियो भने समाजलाई नै विकृतिमा लान्छ । यस्तो आधुनिकतालाई आधुनिकता मान्न सकिदैन र त्यस्तो आधुनिकतालाई तिरस्कार गर्नुपर्छ ।
समालोचनातर्फ स्रष्टा अवधारणा
यदुनाथ खनालको अभिव्यक्ति– "साहित्यमा समालोचनाको विशिष्ट महत्व छ ।" चूडानाथ भट्टराइको अभिव्यक्ति–"समालोचनाको सिद्धान्त विशद छ ।" कृष्णचन्द्रसिंह प्रधान– "कृतिको निष्पक्ष निरिक्षण, विवेचना, र जाँचबुझ गरी त्रुटीरहित र श्रेष्ठ रचना गर्ने तर्फ उत्साहित गर्ने समालोचनाको आवश्यक्ता छ ।" डा. वासुदेव त्रिपाठीले लेख्नु हुन्छ–" वस्तुता र मूल्यको निरूपण नै समालोचना हो । वामदेव पहाडीको धारणमा –"नेपाली समालोचना उपयुक्त सान्दर्भित तथ्य र सिधान्तको अन्वेषण हुनुपर्दछ ।" रत्नध्वज जोशी को अवधारणामा –" समालोचनामा उत्कृष्ट कृतिले स्थान पाउनु पर्दछ ।"
लोक साहित्यमा धर्मराज थापाको केवल एक पत्र रहेकोछ र उहाँको अवधारणामा– "लोक साहित्यको स्थान नेपाली साहित्यमा सर्बोपरि रहेको छ" र संस्कृति साहित्यमा डा. टिकाराम पन्थीको अवधारण रहेको र नेपाली साहित्यमा संस्कृत साहित्यले ठूलो प्रभाव पारेको धारणा राख्नुभएको छ ।
निबन्धतर्फ स्रष्टा अवधारणा
निबन्धतर्फ केवल दुईजना स्रष्टाले आप्mनो अवधारण राखेको पाइन्छ । यसमा कृष्ण धरावासीको धारणमा निबन्ध –" पढ्दा सुन्दा झर्को लाग्ने भएता पनि प्राज्ञिक महत्व कविताको भन्दा निबन्धकै ठूलो छ ।" श्यामप्रसाद शर्माको धारणमा–"नेपाली साहित्यको बर्तमान स्थिति सामान्य नै लाग्ने गरेको छ ।"
केदारमान व्याथितले वनमाली सरलाई –"तपार्इँ सौन्दर्यनिष्ठ हुनुहुँदोरहेछ ।" भन्नुभएको छ भने कमल दीक्षितले– आँपूm भाषा प्रेमी भएको अभिव्यक्ति दिनुको साथै "स्रष्टा र साहित्य" भन्ने किताब पढ्ने सुझाव दिएको पाइन्छ ।
वनमाली सर चिठी लेख्ने रहर त गरें तर ढङ्ग पु¥याउन सकिन जस्तो छ। जेहोस् मलाई "पत्र–सञ्चयन" एउटा अमूल्यरत्न हो, यो रत्नको शन्देश सबै साहित्य अनुरागी मित्रहरूसँग पुगोस् भन्ने धारण राखेर यो पत्र लेख्ने कोशिस गरेको मात्र हो । यो ज्ञानको भण्डारको यथार्थता प्रष्ट्याउन यो एउटा सानो पत्रद्वार सम्भव छैन ।
(यो दाउन्ेनमा आइतबार १८, २०६६को अङ्कमा प्रकाशन भएको छ साथै समकालिन साहित्यमा पनि प्रकासशत भएकोछ )

पश्चताप लघुउपन्यास एक झलकस

परिचय
मायादेवी सुब्बाद्वारा सिर्जित "पश्चताप" लघु उपन्यास पहिलो संस्करण विष्णु राईले (गोरखपुर) सम्बत २०२० र दोस्रो संस्करण २०६६ सालमा नइ प्रकाशनले प्रकाशन गरेको छ । कृतिको आकार ५२ पृष्ठको छ । यसको मूल्य पचास रुपियाँ छ । कृतिको अघिल्लो आवरणमा मायादेवी सुब्बाको तस्बिर छ भने पछिल्लो आवरण पृष्ठमा सौजन्य भनि श्रीमती मीना देवान जोशीको तस्बिरको साथै बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको पश्चतापको बारेमा अमूल्यवाणी पोख्नु भएको छ । यस उपन्यास सम्बन्धमा इन्दिरा प्रसाई लेख्नु हुन्छ – 'पश्चताप' 'रामराज्यको आदर्शको सरोफेरोमा पारिवारिक र सामििजक अखण्डता र सामाञ्जस्ताप्रति सचेत देखिन्छ ।' प्रकाशकीय शीर्षकमा नइ प्रकाशनको अभिव्यक्ति यस प्रकार छ – 'अम्वालिकादेवी र पवन कुमारी देवीको योगदानसँगसँगै सुब्बाले पनि नेपाली उपन्यासमा आप्mनो हस्ताक्षर बनाएकी छिन् ।' 'भन्नुपर्ने' शीर्षकमा सम्पादक लेखनी भनि (नाम नलेखिएको) 'कथा बस्तुको चित्रण गरिदा मनोवैज्ञानिक स्थान आदर्शवादमा प्रतिबिम्बित भएको सुस्पष्ट छदै छ ।' श्री महेन्द्र–रत्न कलेजका तत्कालिन प्रिन्सिपल खगेन्द्रनाथ शर्मा लेख्नुहुन्छ –'यसमा नेपालको सामाजिक तथा अर्थिक छाप परेको देखिन्छ ।' 'मायादेवी सुब्बाको सङ्िक्षप्त परिचय' शीर्षकमा बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाई लेख्नुहुन्छ –'उनी मन बचन र कर्मले जनसेवामा जुट्ने प्रकृतिकी थिइन् । उनी जति नरम थिइन् त्यति नै क्रान्तिकारी स्वभावकी पनि थिइन् ।' "पश्चताप" नारीहस्ताक्षरमा तेस्रो स्थान ओगट्न सफल उपन्यास हो भनिन्छ । अर्थात 'मायादेवी सुब्बा नेपाली भाषासाहित्यमा नारी उपन्यास लेखन क्रममा तेस्रो उपन्यासकारको रूपमा स्थापित नाम हो भनिन्छ ।'
मायादेवी सुब्बाको जीवनी र कृतित्व–
बास्तवमा माया देवी सुब्बालाई नत देख्ने नै सौभाग्य मिल्यो नत उनको बारेमा यथार्थ बिबरण पढ्न नै पाएको छु । यसमा जे लेखेको छु त्यो सबै बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईज्यूको भूमिकालाई नै सङ्क्षेप्तिकरण गरेको छु भन्न ठीक होला । मायादेवी सुब्बाको जन्म सम्बत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा पिता सरदार मदनदास सुब्बा र माता वोधकुमारी सुब्बाकी जेष्ठ सुपुत्रीको रूपमा भएको थियो । उनको अध्ययन बुबाबाटै थालनी भए पनि दार्जिलिङको मिसिनरी गल्र्स स्कुलमा शिशु कक्षादेखि एस एल सीसम्म भएको थियो । अध्ययन हुँदा हुँदै उनको बिबाह १६ बर्षको उमेरमा इलाम नेपालका निवासी एक सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील, नारीशिक्ष, नारीहित, नारीजागरणको क्षेत्रमा आप्mनो साराजीवन अर्पणकर्ता पदमबहादुर देवानसँग भएको थियो । यी दुबै समाजसेवीको जीवन सुखमयरूपमा वितेको देखिन्छ । यी दम्पतिका चार छोरी रुद्रकुमारी श्रेष्ठ, उषा महरा, मीना जोशी, र मुक्ता श्रेष्ठ साथै तीन छोरा अशोक देवान, उदय देवान, अनुप देवान छन् ।
मायादेवीको लेखन तथा सम्पादन –
माया देवीले एक कथाकार, नाटककार, चित्रकार, गीतकार कविको साथै सम्पादकको रूपमा आप्mनो स्थान ओगटेको देखिन्छ । यिनको 'ममता' नामक कविता 'घाँसी'मा प्रकाशन भएको र यसले धेरै चस्का लगाएको सरस्वती राईसँग मिलेर 'पालुवा' नामक हस्तलिखित पत्रिकामा प्रकाशन भएको पागल ! पागल ! नाटकले निकै चर्चा पाएको कुरा नरेन्द्रराज प्रसाईले लेख्नु भएको छ । मायदेवी सुब्बाका लेख रचनाहरू गौगात, जुनेली, महिला बोल्छिन्, भानु, पारिजात, रत्नश्री आदि पत्रिकामा प्रकाशन हुने गरेको जानकारी मिल्छ तापनि यी सबै आज आएर खोजको विषय भएका छन् । कृतिको रूपमा भने २०२०सालमा 'पश्चताप' उपन्यास र 'विलौना' कथासङ्ग्रह प्रकाशनमा आएका थिए ।
समाजसेवा र माया देवीको देहावसान
मायादेवीले आप्mनो सारा जीवन समाजसेवामा बिताउनु भयो । उहाँ गुरुआमाको नामले चिनिनुहुन्छ । गरिब दुखी असाहायलाई करुणा देखाउने, नारीउत्थानमा डटेर लाग्ने, सिक्षा सेवामा प्राप्त सुविधा तथा आप्mनो पौरखले आर्जन गरेको जति सरस्वती कन्या स्कुलमा लगाउने, २००३ सालमै नारीका लागि औपचारिक शिक्षाको थालनी, उनकै पहलमा २००९सालमा इलाममा सरस्वती कन्या हाइस्कुलको स्थापनाजस्ता गहन सामासजिक सेवामा आफ्नो सारा जीवन व्यतित गरेको यथार्थता भूमिकामा नरेन्द्रराज प्रसाईले. व्याक्त गर्नु भएको छ । अत यस्ती साहित्यकार, समाजसेवी, राष्ट्रप्रेमी, कुशल गृहणाीको २०४९साल फाल्गुण १३ गते काठमाण्डौमा उच्चरक्तचाप र प्यारालाइसिस भएर देहावसान भयो ।
उपन्यासको कथासार
बिराटनगर औद्योगिक नगरीमा सरमचन्द्र र केशवचन्द्र विद्वान र सज्जन, मिलनसार, मृदुभाषी, विनयी र दयालु उद्योगपति खानदानीय दाजुभाई थिए । सरमचन्द्रको बिबाह एउटा कुसल सहनशील, सुशीला, बिबाह अगाडी नै बाबुबाट साधुत्वको शिक्षा प्राप्तगरेकी, मसिनो मीठो बोलीबचन भएकी बुद्धिमानी र दूरदर्शी विमलासँग भएको थियो । यिनको शेखर नामको छोरा थियो । शेखर पनि पढाईमा डाक्टर भएर देशको सेवा गर्न थाल्यो । विमलाले सरमचन्द्रको अवशान पछि पनि आप्mनो खानदान, उद्योग, समाज र देवर र देउरानी तथा देवरको छोराप्रति राम्रो ध्यान दिन्थिन् । आप्mनो कुशल व्यवहारले गर्दा सबै क्षेत्रमा सफलताको साथमा अघि बढेकी थिइन् । केशवचन्द्रको बिबाह मुखाले इर्षा, डाहा गर्ने, अदूरदर्शी कचकचे लक्ष्मीसँग भएको थियो । शंकर यिनको छोरा थियो । जो वि.ए पढ्दै थियो । शंकर एउटा मिथ्याभिमानी, दुष्चरित्र भएको, सिनेमा पिक्निकपार्टीमा भागलिने, रक्सी, नाचगान मोजमस्ती, आदिमा लिप्त हुने भएकोले घरबाट दिने गरेको खर्चले कहिल्यै पुग्दैनथ्यो ।
केशवचन्द्रको गजवीर नामक साथी थियो । उसकी पत्नी बिते पछि गजविरले आप्mनो सम्पतिको साथै दश बर्षीया टुहुरी छोरी विन्दुको विवाह शंकरसँग गरिदिने अन्तिम इच्छ्या प्रकट गर्दे स्वर्गारोहण हुन्छ । केशवले बिन्दुले एस एल सी पास गरे पछि शंकरसँग विवाहको प्रस्ताव लक्ष्मीसँग राखे तर लक्ष्मीले ठाडै अस्वीकार गरिदिइन् । केशवले भाउजू बिमलासँग मित्रको नासो भएको र त्यसलाई समाल्ने जिम्मा तिम्रो हुने छ भनेका थिए । केशवले काठमाण्डौको वोकिलसँग परामर्श गरेर केही सम्पति बिन्दुको नाममा लेखापढी गरेर छाडेका थिए । केशवको रङ्गेली रोडमा बससित ठोकिएर घटनास्थलमै मृत्यु भयो । लक्ष्मीले बिन्दुलाई आमाबाबु र आश्रयदातासमेत टोकुवी भनेर पिट्ने गर्दथिन् । बिन्दुलाई जरो आएर तीनदिनसम्म थलापरे पछि शेखरले इलाज गरे पछि लक्ष्मीले विन्दुलाई नस्वीकार्ने भए पछि बिन्दु विमलासँग नै बसेर एस एल सी पास गरी । शेखर काठमाण्डौको सरकारी अस्पतालमा काम गर्न थाल्यो ।
शंकरको बिबाह शीला नामक धनाढ्यकी छोरीसँग भयो । शीला एउटी चरित्रहीन केटी भएकोले शंकर र शीलाको दाम्पत्य जीवन सफल हुन सकेन । शंकरले एक दिन शीलालाई पिस्तौलले आक्रमण ग¥यो र आँफू पनि एउटा पत्र लेखेर आँफै जीवनलीला समाप्त गरेको भनी पिस्तौलबाटै अन्त्य भयो । शंकरको अन्त्यष्टि हुनुभन्दा शेखरले पहिलानै विन्दुसँग बिबाह गरी सकेको थियो ।
यसरी छोरा शंकरको निधन सबै उद्योगहरू समेत घाटामा गए पछि लक्ष्मीले आँफूले जीवनमा गरेका काममा पश्चताप गर्दछिन् र विन्दुसँग माफ माग्दछिन् । विन्दुका सुनयनबाट आँसुबूँद टप्किन्छन् । शेखरले –'एउटा छोरो मरे पनि अर्को छोरा म छँदै छु बहिनी माधुरी र म तपाइँहरूका सन्तान रह्यौं विन्दु तपाइँकी बुहारी हो ।' लक्ष्मीले उनको उमेर पनि शेखरलाई नै लागोस् भन्दै । छुटिएको चुला एकै ठाउँमा जोडियो र लक्ष्मीले विन्दुलाई ससुराले पढने गरेको आदि कवि भानुभक्तको रामायाण पढ्न लगाइयो बिन्दु र माधुरीले लय हालेर बाच्न थाले भने शेखर र विमला बाहिर निस्केर मुखा मुख केही मुस्कुराए तर लक्ष्मी भने दत्तचित्तले रामायणको सिलोक सुनि रहेकी थिइन् । यतिकैमा उपन्यास समाप्त हुन्छ ।
उपन्यासले ओगटेको क्षेत्र
उपन्यासले अत्यान्त पारिवारिक घटनालाई समेटेको छ । एकै घरका दुई बुहारीहरुको बीचको सम्बन्धमा विमलाले आप्mनो घर, पति, छोरा, नोकरचाकरप्रतिको उदार भाव, कुसल नेतृत्व, देवर देउरानीप्रतिको कुशल र उत्तरदायी पूर्ण व्यवहार, आप्mना खानदानको मानमर्यदाको पालना गर्दै आप्mनो छोरालाई डाक्टर बनाएर देवरले जिम्मा दिएको बिन्दुको बिबाह शंकरसँग गराउने प्रयत्न लक्ष्मीको अहम्ताले गर्दा असफल भए पछि देवरको प्रतिबद्धतालाई सफल तुल्याउन आप्mनै छोरा शेखरसँग गराएर एउटा कुशल गृहणी, सफल आमा, सफल जेठानीको रूपमा आपूmलाई उभ्याउन सफल देखिन्छिन् । एउटी समाजमा प्रतिष्ठित जेठानीकी देउरानीको व्यवहार अहम्वादीताले गर्दा पतिको जीवन कहिल्यै सुखमय हुन सकेन, पतिको निधन पनि पत्नीकै कचकचको कारणले सोचमा डुबेर कार गएर बससँग ठोक्किएर हुन पुग्यो । लक्ष्मीको अहम् भावले गर्दा उद्योग घाटामा जानु, छोराको विवाह एउटी धनाढ्य चरित्रहीन केटीसँग गराउनु छोारको दुखदाई मरण, पतिको चाहानालाई माटोमा मिलाउनु र आखिरमा जेठानीको शरणमा पुग्नुजस्ता घटनाक्रमलाई समेटेको छ उपन्यासले । यो पारिवारिक क्षेत्रमा समेटिउको उपन्यास हो । उच्च आदर्श बोकेर समाजलाई शिक्षा दिन ुफल देखिन्छ उपन्यास
पात्रहरूको चयन
एकै घरका जेठानी विमलाजस्ती सुपात्र र देउरानी लक्ष्मीजस्ती कुपात्रको मुख्यपात्रको रूपमा चयन गरिएका छन् भने सरमचन्द्र र केशवचन्द्रजस्ता सज्जन विद्वान उद्योगपति दाजुभाइको सुमधुर सम्बन्ध भएका नायक, विन्दुजस्ती एक टुहुरी बालिका विमलाको शेखरजस्तो मातृभक्त छोरा लक्ष्मीको कुलतमा लागेको पथभ्रष्ट छोरा शंकर र चरित्रहीन भएकी शीला बुहारीजसको अनैतिक सम्बन्ध रमेश दाससँग रहेको, एउटी लक्ष्मीकी सज्जन छोरी माधुरीजस्ता अति सम्बन्धित पात्रहरूको चयन गरिएको छ उपन्यासमा ।
परिवेश
यो उपन्यास दार्जिलिङ, इलाम, बिराटनगर, काठमाण्डौ, भारत र काठमाण्डौंको परिवेशमा रचना गरिएको छ ।
भाषाशैली भाषा सरल छ । भाग्यमा लेखेको मेटेर मेटिदैन, भैसीका अगाडि बिन बजाउनु, भालुलाई पुराण सुनाउनु, आइमाइको छोटो बुद्धि, जसलाई इस्वरले बचाउँछन् उसलाई कसैले मार्न कुल्चिन सक्दैन, लाख टक्काको लाल आदि विविध खाले उखान टुक्काले सजिएको छ उपन्यास ।
निष्कर्ष
करिब आज भन्दा ५० बर्ष पहिला लेखिएको उपन्यास घरयासी परिवेशमा लेखिएको छ । समाजमा देखिने, सरलता, विवेकशीलता, बुद्धिमत्ताको साथै विवेकपूर्ण धारणाले गर्दा कसरी एकै घरकी एक महिलाले कसरी उच्चता हाँसिल गर्न सक्दिरहिछन् र सोही घरकी एक महिलाले आफ्नो अहम्ताले गर्दा कसरी आफ्नो सर्बस्वलाई गुमाउनु पर्दो रहेछ भन्ने यथार्थता बोकेको छ उपन्यासले । आज पनि यो सामजिक घटना हरेक घरघरमा घटिरहेको छ र त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । उपन्यासले सजिव चित्र उतार्न सफल देखिएको छ । दुखद र सुखद घटनालाई, अर्थिक, सामाजिक क्षेत्रलाई समेटेर अघिबढेको छ उपन्यास । यस्तो समाजकल्याणकारी उपन्यासकी कृतिकारको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्दै विदा चाहान्छु ।
8Prem Sapkota, परदेशी दारि माइलो and 6 others

February 21, 2021

मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील

लायन सदानन्द अभागी जैशी

हो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर
यो उपरोक्त श्लोक, काठमाडौ ॐ वाहल टोल बस्ने मुकुन्द भक्त माथेमा र श्याम कुमारी माथेमाका माहिला छोरा डा. सुदर्शन भक्त माथेमा को हो । डा. सुदर्शन भक्त माथेमाले फिलिपिन्स लसवानस् स्थित युनिभरसिटीबाट वि.सं. २०४३ सालमा कृषि अर्थशास्त्रमा विद्यावारिधि हाँसिल गर्नु भई । पेशागत रूपमा उहाँ २०२५ सालमा नेपाल सरकारको कृषिमन्त्रालय, कृषि विभाग अन्तरगत जिल्ला कृषि विकास कार्यालयमा सहायक कृषि विकास अधिकृतमा सरकारी सेवाको थालनी गरी विभिन्न जिल्लामा विभिन्न पदमा सेवा पुर्‍याउँदै कृषि अनुसन्धान परिषदमा अन्तर गत सामाजिक, आर्थिक, अनुसन्धान तथा प्रसार शाखाको प्रमुखमा छ वर्षपदभार सम्हाली करिव २२ वर्षसरकारी सेवा गरी निवृत्त हुनु भयो ।

यसपछि उहाँ पाँच वर्षम्म हार्पको प्रमुख व्यवस्थापक भई काम गर्नु भयो । यसको अलवा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा परामर्सदाताको रूपमा सेवा पुर्‍याउँदै आउनु भएको छ । उहाँ एक विद्वान एवम् समाजिक व्यक्तित्वको रूपमा हाम्रो अघि परिचित हुनुहुन्छ ।
लेख रचना – सुदर्शन भक्त माथेमाको साहित्यिक यात्रा विद्यार्थी काल देखिनै थालनी भए पनि कृति प्रकाशनको हिसावले भने उहाँ एक नयाँ कविकोरूमा हाम्रो अघि देखा पर्नु भएको छ । उहाँ पेशाले कृषि अर्थशास्त्री भएको र कृषकलाई प्राविधि ज्ञान दिलाउनु उहाँको दायित्व भएको हुँदा कृषि क्षेत्रमा उहाँका लेख रचना व्यापक रूपमा आएका छन् । कक्षा ८ र ९ को लागि अन्न खेती र पशुपालन तथा दुग्घ व्यवसाय पुस्तकको सह लेखक गर्नुको साथै गोरखापत्र, नेपाल समाचारपत्र र्दैनिक र कृषि पाक्षिकमा उहाँका लेख रचना प्रकाशन भएका छन् । उहाँका कृषि सम्बन्धी एकल र संयुक्त गरी लेख, पुस्तक, प्रतिवेदन, थेसिस, जर्नलमा प्रकाशित लेख दुबै नेपाली र अंग्रेजीमा गरि कुल संख्या १०९ प्रकाशन भएका छन् र विवरणहरू यसप्रकार छन्- १. कृषि सम्बन्धि पुस्तक – ३ सह लेखक भएर २ नेपालीमा र १ अंगेजीमा), २. कृषि सम्बन्धी नेपालीमा आप\mना लेखहरू – ९), ३. कृषि सम्बन्धि अंग्रेजीमा आप\mना लेखहरू-३१), ४. कृषि सम्बन्धि नेपालीमा सह लेखक भर्इर्र्लेखेका लेखहरू – ६) । ५. कृषि सम्बन्धि अंग्रेजीमा सह लेखक भर्इर्र्लेखेको लेख – ३०), ६. कृषि सम्बन्धि अंग्रेजीमा आप\mना एकल प्रतिवेदनहरू – २६), ७. कृषि सम्बन्धि अंग्रेजीमा सह लेखक भई जर्नलमा प्रकाशित लेख – २) र ८. आप\mना एकल थेसिस – २)। यी सबै प्रकाशित कृति हुन् । उहाँका कृषि सम्बन्धी अनुसन्धान लेखहरू अन्तराष्ट्रिय जर्नलहरूमा पनि प्रकासन भएका छन् ।
कृतिको संरचना -यस कृतिलाई घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको छ । कृतिको मूल्य १५०।- रुपियाँ राखिएको छ । यस कृतिमा विविधताले भरिएका छोटा छोटा ४५ कविताले समावेश पाएका छन् । डा. सर्ुदर्शन भक्त माथेमाका भविष्यका कर्णधार नातिनी मिशिका,नातीहरू जेहान र ह्रियानलाई समर्पित गरिएको छ । आवरण पृष्ठको अलवा यस कृतिमा ५७ पृष्ठ छन् । अग्र आवरण पृष्ठ प्राकृतिक सौर्न्दर्यताले सजिएको छ भने पछिल्लो आवरण पृष्ठमा लेखकको र कृतिको बारेमा लेखिएको विवरण छ ।
कवितासङ्ग्रह भित्र प्रवेश गर्दा – यस कवितासङ्ग्रहको पहिलो कविता बुद्धको उपदेशबाट थालनी गरिएको छ । गौतम बुद्धले राज्यको उपभोगलाई त्यागेर संसारिक जीवको कल्याणको लागि हिडेका र पञ्चशीलको सिद्धान्त संसारलाई प्रदान गरेकालाई हामीले बुद्धवाणी सुनौ र शान्तिलाई चुनौ भन्ने कविको आग्रह छ –
आपद पर्दछ बुद्धले कति सहे त्यै धैर्यता साथमा
मायाले रिसराग ती सब भुली हाँसौं सधै प्रातमा
नेपाली अब हे सचेत मनले त्यो बुद्धवाणी सुनौं
अफ्नो स्वस्थ विचार स्वच्छ पनमा त्यो शान्तिलाई चुनौ
-पृष्ठ १३)
शिवरात्रीको महिमा -यस कवितामा कविले शिवरात्रीको राती ब्रत बस्दै शिवजीको पूजा गरिन्छ र शिव धाममा जानु पर्छ, शिवको अपार शक्ति छ । मुक्ति प्राप्त हुन्छ । पश्चिमीयाले हाम्रो संसकृति खोस्न लागेका छन् । हामीले र्सतर्क भएर सधैं ॐ जप्नु पर्छ । यी दुबै कवितामा कविले बौद्ध दर्शन र हिन्दु दर्शन्लाई मङ्गला चरणको रूपमा अगाडी सारेका छन् र्।र् इश्वर प्रतिको आस्थाशिर्षकमा अर्कोर् इश्वरसँग सम्बन्धित कविता पनि कविले प्रस्तुत गरेका छन् । यस कवितामा कवीलर्ेर् इश्वरीय शक्ति अद्भुत छ र यसले ब्रहृमाण्ड नै थाम्दछ, भक्तिमा पनि अद्भूत शक्ति हुन्छ । त्यसो हुँदार् इश्वरप्रति आस्था हुनु पर्दछ भन्दै कविले यसरी भाव प्रकट गरेका छन् र्-र्
इश्वरप्रति आस्थाले विश्वास कति बढ्दछ
भक्ति ज्ञान र ध्यानैले जिन्दगी सार पढ्दछ
आपद विपद परेदेखि सम्भिmने मात्रर् इश्वर
केनै उपाय अर्को छ जिन्दगीमात्र नश्वर।।
-पृष्ठ४५)
यो नाशवान शरिर सकृय छँदर्ैर् इश्वरप्रति श्रद्धाभाव हुनु पर्छ भन्ने कविको धारणा अनुकरणीय छ ।
यो कृतिकोशिर्षकै "मैले बुझेको जीवन" राखीएको छ ।जीवनसँग गाँसिएका कविताहरू, "एकाकी जीवन," "बूढो हुनुको यथार्थता," "मैले बुझेको जीवन", "जीवनको केही पानाहरू" "जेष्ठ नागरिकको विवशता," "रोगी मानिस," "आशा र निराशाले दोहोर्‍याएको जीवन" "अवकाशपछिको जीवन," र "मनुष्यको जीवन चक्र," र "अनगिन्ती अश्रुको थोपा", पर्दछन् । हुनत यस कृतिका सबै कविताहरू मानवले भोगेका , देखेका, सुनेका, चिन्तनमनन् र अनुभूति गरेका आदि पक्षका सत्यतथ्यलाई आधार बनाएर लेखिएका छन् तापनि जीवन शब्दसँग जोडिएका कवितालाई एकीकृत गर्दै शूक्ष्म विश्लेषण हुनु राम्रो होला जस्तो लाग्यो । बास्तवमा जीवन के हो कविले बुझेको जीवन त मैले थालनीमै पस्केको छु तर पनि कविले धेरै चिजहरू भोगेका र संर्घषरत जीवनबाट माथि उठेका सन्देशहरु उनका कविताले दिएका छन् । खास जीवन के हो त भन्ने प्रश्नको उत्तर त्यति सहज छैन । रज र वीज जब संयोजनमा आउँछन् तब शरिरले स्थान लिन थाल्छ । कोही गर्भबाटै अन्त्य हुन्छ त कोहीले जन्म लिन्छ र मृत्युतक आप\mनो जीवनकार्य गर्छ । जीवन सबैको एकै खाले हुँदैन । हरेक मानिसमा रोग भोक ,शोक वेदना हुन्छ । वेदनासँग लड्न सक्नु पर्छ । सहासीहरू यस्ता घटनाबाट माथि उठ्छन् । कसैले गुणस्तरीय जीवन विताउँछन् भने कसैले नारकीय तुल्य जीवन विताउने गर्छन् । मानिसले आशा गर्छ आशाबाटै मानिस बाँच्छ र यो उसको लागि उपहार हो । आशा गर्दैमा सबै उपलब्धी हाँसिल हुँदैन किनकी त्यहाँ निराशा पनि हुन्छ । आशा र निराशा बीचको जीवन हो । आशाको दीप जल्दा आनन्द लिने र निराशाले ढाक्दा दुःखी नभै संयमी हुनु पर्छ, । माथेमाले कविता मार्फ संसार छाडेर जानु पर्छ जाँदा लानु केही छैन, दिन बितेर जान्छ त्यसलाई फर्काउन सम्भव छैन, मानिस बालक, युवा, बृद्ध, हुन्छ र आखिर मर्छ । यो जीवन चक्रहो यो जीवन चक्रलाई कसरी भोग गर्ने भन्ने कुरामा कविले भन्दछन् –
रमाइलो गरी जिउनु पर्छ यो एक जुनीमा
विचार गरी पुगेन भने चिप्लिन्छ खुनीमा
पाइला पाइला होसियारीको महत्व बुझनु छ
जिन्द गी नै होर् इश्वर भनी सदैव पुज्नु छ
– पृष्ठ १९ )
माथेमाले बुझेको जीवनमा थुप्रै यथार्थताहरू समेटिएका छन् । यी सबै यथार्थता मानिसमा मात्र नभएर सबै जीवमा लागु हुन्छन् र भईरहेका छन् ।संसारमा मानि आएका दर्शनले जीवन केहो भनेर अर्थ्याएका छन् । हाम्रो सनातन दर्शनले मानिस भएर जन्मेपछि र्सार्थक जीवन बाँच्नर्ुपर्छ र मरेपििछ मुक्तिप्राप्त गर्नुपर्छ भन्ने छ । यी कुरा माथेमाका भावनामा प्रस्फुटन भएको पाइन्छ । जीवन यति जटिल छ कि यसको सही परिभाषा कसैले दिन सकेको छैन । म स्वयम्को कुरा गर्ने हो भने "जीवन संर्घष हो जस्ले संर्घष जित्छ त्यसैले आनन्दित जीवन विताउँछ भन्नेगर्छु। प्रशिद्ध साहित्यकार झमककुमारीले "जीवना काँडा कि फूल" भन्दै हामीमा प्रश्न तेर्स्याएकी छन् र डा. सुदर्शन भक्त माथेमाले जीवन चक्रलाई केलाउँदै जीवन सम्बन्धि आप\mनो निचोडको एक श्लोक यसरी पस्केका छन् –
डाँडा काटी हिडेको छ उमेर सुस्तरी अनि
उत्तराार्ध तिरै आई कता कुद्दछ जीवनी
जिन्दगी हो बुझेदेखि वरदान र उत्सव
अलमल परी बाँच्छन् तथापि किन मानव
-पृष्ठ ५२)
"जिन्दगी हो बुझेदेखि वरदान र उत्सव" बास्तवमा जीवनलाई जस्ले बुझ्छ उस्ले यस भनाइलाई व्यवहारमा उतार्न सक्छ । बाँचन्जेल आनन्दमय जीवन बिताउँछ । "सम्बन्ध" कवितामा कविले जीवन पुरा गर्न चाहिने भनेको माधुर्य हो भनेका छन् । आशै आशा डोर्‍याइएको जीवनमा निरासा पनि आइलाग्दा मानिस तड्पिन थाल्छ । कविले आशालाई फूल र निराशालाई काँडासँग दाँजेका छन् । तिर्सना आशा र निराशाको दोसाँझमा अल्भिmरहेको ठान्दछन् । हाम्रा जन्म संस्कार मृत्यु संस्कार छन् ।जीवनको अन्तिम पक्ष भनेको मृत्यु हो । मृत लासलाई घाटमा लगेर विर्सजन गरिन्छ, मानिसले पाप गर्न हुँदैन । अमूल्य जीवनलाई बुझनु पर्छ । द्यौता भनि जीवनलाई पुज्नु पर्छ भन्ने कविको धारणा अमृत वाणी हो । यो अमृत वाँणी बुझनेले अमरत्व कायम गरी संसार त्याग्दछन् ।
मातृभूमि तथा राष्ट्रियताले भरिएका कविताहरू- मेरो देश र मातृभूमिको प्रेममा राष्ट्रियता झल्कने भाव पाइन्छ । प्राकृतिक सौर्न्दर्यले भरिएको देश नेपाल सबैको आँखाको नानी हो र कविलाई पनि नेपाल सुन्दर लाग्छ । मातृभूम्रि्रति कविको अथाह माया छ । सीमा मिचिएकामा कविको मन बिचलित हुन्छ, राष्ट्रियतामा आँच आउन थाले प्रतिवाद गर्न तयार हुन्छन् कवि । चन्द्र र र्सर्ूय अङ्कित ध्वजा संसारमै अद्वैत छ, सीता र बुद्ध यै देशमा जन्मे,, हाम्रो देश स्वाधीन छ यसमा कसैको गिद्धे नजर नलागोस् जस्ता गहन भावना कविले पस्केका छन् ।
शहिदकेा त्यागको सम्झनामा एउटा कविता लेखिएको छ ।एक दिनको श्रद्धाञ्जलीबाट सहिदको सम्मान पुग्दैन भन्दै कविले लेख्छन् –
माटोमा बलिदानका कति कथा छन् लेख्न बाँकी सरि
लेखेनन् किन हो सफा कलमले रातो मसी नै छरी
मात्रै एकदिने गरिन्छ किन हो यो मात्र माल्यार्पण
गर्दैनन् किन हो हरेक दिनमा त्यो त्यागको सम्झना ।।
-पृष्ठ ३५)
कविले आजको बजार भाउ, बढ्नु जनताका गुनासामा कुठराघात हुनु, सरकारमा दुई तिहाइको दम्ँभ सर्वत्र पोखिनु,आदि देशको राजनीतिक विकृतिमा- गाईजात्रे चालामा) चिन्तित हुँदै कवि ले लेख्छन् –
नेतृत्व फेरिएका छन् फेरिदैनन् परिस्थिति
मुहार फेरिएको छ फेरिएन परिस्थिति
जथाभावी उठाएको कर यो किन हो किन
गाईजात्रा कुनै तन्त्र आएन अव लौ भन
पृष्ठ ४६)
आज देशमा राम्रो मान्छे हैन कि हाम्रो मान्छे भनेर यत्रतत्र र्सवत्र क्षमता योग्यतालाई नहेरी भर्ना गरिएकोले सुन्दर देश बन्न नसकेको, सक्षम जनता पछाडि छाडिएको, भ्रष्टचार बढेको, मानिसमा अल्छिपना आएको आदि धारणालाई कविले समेटेका छन् ।
कोरोनालाई लक्षगरी लेखिएका कविता- लकडाउनको कहर, भईभित मनस्थिति र कोरोना भाइरसको सकस, यी तीन कविताले हाल विश्वभर ल्याएको त्रसादिपूर्ण अवस्थालाई दर्शाएका छन् ।विषाणु धरा धरामा फैलिदो छ र कुनै मानिस बाहिर निस्कदैन । कोराना भाइरसको मुहान चिनको वुहान भएको र यसले ज्यानै लिने भएकोले यसबाट र्सतर्क हुनु पर्ने धारणा,मानिसहरू घरमा रोयर बसेका छन् भन्दै यस समयमा जनताले भोग्न परेको मार्मिक अवस्था, मानवीय क्षती, यो घट्दै जानेछ भन्ने आशा आदिलाई यी कविताले समेट्न सफल देखिन्छन् ।
विविधताले सजिएका कविताहरू- पूस्ताबीचको दूरी, -कविले पुराना पुस्ता र नयाँ पुस्तामा दूरी बढेका पाउँछन् र बृद्धबृद्धाहरू आज असहाय भएको यथार्थ प्रष्ट पार्दछन् )। नविर्सिने सपना -सपनाको विविधरूप, सपना आएर हराउने, समेटेमा कथा बन्न सक्ने,,विपनामा नै अदृश्य चित्र सपनामा देखिने यसको प्राप्ति विहान उठ्दा हुने भन्दै कवि सपनामा रमाउँदै भन्छन् –
सपना देख्न छोडेको दिन केही म गुमाउँछु
आविस्कारपूर्ण विज्ञान पनि स्वप्नमा भेटाउँछु
धार्मिक ग्रन्थ पढ्दाका कुरा स्वप्नमा देख्छन् रे
स्वप्नको लोकमा भगवान पनि आएर टेक्छन् रे ।।
-पृष्ठ२०ं)
यस कवितामा कविले सपनालाई सपनामा नछाडी साकार रूप दिनु पर्छ भन्ने सन्ँदेश दिलएका छन् । प्रकृतिको वरदानमा कविले मानिसलाई प्रकृतिको पूर्ण्ा आधार मानेकाछन । तारागण, माछापुच्छे्र आदिको सौर्न्दर्यस्ँग जोडेका छन् । मानिसका मनमा असंख्य चाहना हृुन्छन् । ती चाहना कविमा पनि छन् उनले आफ्नो चाहनामा कविता रच्न चाहान्छन् । युवाशक्तिको पलायन कवितामा कविले देशले रोजगारी दिन नसकी युवा पलायन भएका छन् । देशका घरखेत बाँझिएका छन् । विदेशमा कष्टकर जीवन विताइ रहेका युवालाई कारखाना बनाएर रोक्नको लागि आग्रह गरेका छन् । नयाँ वर्षो शुभकामना कवितामा कविले सारा बह विर्सेर सारा संकटकाल हटेर जाओस सबै उमङ्गको साथमा भावना पस्कदै नयाँ वर्षो शुभकामना प्रदान गरेका छन् । म हाँसु कसरी कवितामा कवि मार्मिक रूपमा प्रस्तुत भएका छन् । कविले फूर्ति हुँदा आनन्दको अनुभूति हुँदा मानिस नाच्छ तर शक्तिक्षिण हुँदा उसलाई सहयोगको गर्नुको अलवा उसकेा गतिहीनतामा अरू हाँसि दिन्छन् । यस्तो अवस्थामा उसलाई दिक्दार लाग्छ । यस्तो अवस्थामा ऊ कसरी हाँसन सक्छर भनि प्रश्न गरिएको छ । मानिस सराबीको माया कवितामा कविले "मेरो त्यही एक छ प्रेम घाउ," भन्दै सराबमा के अमृतै भरेझैं हुन्छ । यसको सेवनले दुःखको खोला तरेझै हुन्छ भन्दै मानिस सराबकै वरिपरि घुम्नेअवस्थाको सिर्जना हुँदा के सरावमा माया छिन् कि भन्ने प्रश्न तेर्स्याएका छन् ।सराव यस्तो चीज हो जस्लाई पिएर मानित्र तृप्त हुँदैन । कविको धारणा सराबरूपी मायासँग टाढा रहनु पर्छ भन्ने सन्देश आएको छ । म को हुँ कवितामा कविले आफ्नो अस्त्त्विको खोजी गरेका छन् । मानिसले आफूलाई म हुँ भन्छ तर यसको उत्तर सहज छैन । शास्त्रहरूले पनि म को हुँ भनेर चिनाउन गाह्रो छ भन्ने धारणा आएको छ । वसन्त ऋृतुलाई ऋृतुहरूमा उत्तम मानिन्छ । यस समयमा फूलहरू फुल्छन्, पालुवा लाग्छन्, संसारमा वसन्तले सौर्न्दर्य र्छछ । सबै रमाउँछन् तर कविले यो वसन्तको अनुभूति गर्न सकिने धारणा यसरी पस्केका छन् – –
"राम्रो सोचे पलपल सदा आउने छन् वसन्त
नौलो आभा झकमक भर्इ छर्दछन् ती अनन्त"।।
-पृष्ठ ४१)
कति सुन्दर अभिव्यक्ति छ कविको सत्यम्, शिवम् सुन्दरम् । स्वर्गीय अनुभूति कवितामा कविले संसारमा उज्यालो काम गर्दा विचार पनि उज्यालो हुन्छ । प्रकृतिसँग रमाउन सके सबै काम राम्रो हुन्छ । कठिन यात्रा सहजै पार्रगर्न सकिन्छ । स्वर्ग भनेको एक अनुभूति हो । यो आनन्दको अनुभूति हो । यो आनन्दको फल मरेपछि हैन जिउँदै वर्तमानलाई सजाएर, वातावरणलाई सफाबनाएर भोग्ने आग्रह छ कविको । यथार्थ अभिव्यक्ति कवितामा कविले सत्यतथ्यलाई पस्कने कोसिस गरेका छन् । कमल हिलोमा फुल्नु र गुलाफलाई हर्ेदा काँडाको बीचमा फुलेको पाइन्छ। मानिसको व्यवहार फूलजस्तो भए राम्रो हुने हो तर मानिसले यस्तो गर्नै सक्दैन ।बास्तवमा मानिस भएर जन्मनु अहो भाग्य हो । यो अहो भाग्यलाई नदी सरि निरन्तरता दिन सही बाटो बाट हिड्नु पर्छ भन्ने कविको सकरात्मक सन्देश छ । नाति नातिनीहरूसँग म कवितामा कवि नाति नातिनीको आदरभाव, साथ, माया पाएर रमाउँछन् र एक्लो नभएको महसुस गर्दछन् । नाति नातिनी काखमा बस्छन् कथा भन्न लगाउँछन् र यी क्रियाकलापले गर्दा कविमा उर्जा थप्छ र बूढौलीको जीवन पनि जवान भएको अनुभूति गर्छन् भन्छन् –
शेष नागले पनि वर्णन गर्न नसक्ने कमाल,
नाति नातिनीसँगको मेरो अनौठो छ चाल
बच्चाले बोले जतिको मीठो अरू के छ र
भावना भन्दा पवित्र नाता,के छ र सुन्दर ।।
-पृष्ठ ४७)
,म र मेरो फूलबारी कवितामा कवि फूलबारीमा रमाएका छन् , सुगन्धको बास लिएका छन् पुतली आदिका क्रियाकलाप अवलोकन गरेर आफै बहलाएर कवि रमाएका छन् । ,कविता सिर्जनामा कविले कवितालाई भावनाको नव दिव्य कान्तिको रुपमा लिएका छन् र यसलाई सोचे जस्तो रूपमा लेख्न सकिदैन भन्दै, सिर्जना गरेको कविताले उज्यालो बाड्न सक्नु पर्छ र अनावश्यक शब्द प्रयोग गर्दैमा साहित्यको फूलबारी बन्न सक्दैन भन्ने धारणा आएको छ ।
पूणिर्माको रात-कवितामा कवि प्रकाशमा रमाउँछन्, उनका मनमा भएका पीडा हराउँछन् र कविले पूर्ण जूनको चाहना गर्दछन् । अर्थात संसारलाई कविले पूर्णप्रकाशमय भएको देख्न चाहान्छन् । शून्यतामा आनन्दको आभास, कवितामा कविले आकाश, आवाज, मौनता, आनन्दमा स्वरुप खोई जस्ता धारणा राख्दै बहु आयामिक शब्दलाई समेटेर कविता लेखेका छन् । शून्यलाई साधारण अर्थमा लिंदा केही नभएको तथा खाली भन्ने अर्थ बुझाउँछ । यसमा गहिरिँदा शून्य भन्दा निराकार भन्ने अर्थ लाग्छ । शून्यको हिन्दर्ुदर्शनमा ब्रहृमलाई लिइन्छ भने बौद्ध दर्शनमा शून्यवादी भन्दा बुद्धलाई सम्भिmन्छ । बुद्ध र ब्रहृमलाई हामर्ीर् इश्वर ठान्छौं । कविले पनि आप\mनो धारणा यसरी पस्केका छन् –
म शून्यताबाट कतै नभागूँ
म ध्यानमा लीन कतै नलागूँ
यता उता होइन खै कहाँ छु
म चित्तले खै गहिर्राईमा छु ।।
-पृष्ठ ५५)
कविको चित्तले .ब्रहृम र बुद्धको दर्शनको गहिर्राईमा आनन्द भोग गरेको जनाऊ दिन्छ । परिवर्तित फूलहरूमा फूलका रूप अनेक सुवास अनेक हुन्छन् । कविलाई गुलाफ धेरै मन पर्छ र पूर्व योनीमा गुलाफ थिएँ कि भन्ने सोचमा पुग्दछन् । फूलमा नै चिन्तन् मनन् गर्दै कविले मानव जीवनलाई फूलसँग तुलना गर्दछन् र मानव जीवन फूलजस्तो सुन्दर र सोचे अनुसार नहुन सक्छ तर बनाउन सकिन्छ भन्दै कविले परिवर्तित अवस्थालाई आत्मसात गरेर अगाडी बढ्नु पर्छ भन्ने सन्देश दिएका छन् । विमान दुर्घटनाको सम्झना यस कृतिको अन्तिम कविता हो । यस कवितामा कविले विमान दुर्घटनाको डरलाग्दो रूपलाई प्रस्तुत गरेका छन् । दुर्घटनामा परेर मर्दाको रुप कहाली लाग्दो हुन्छ । मानिसका भविष्यका सपना सबै जलेर सकिन्छन् । उनले डाक्टर बन्ने सपना बोकेको बालकको जहाज दूरघटना परेकोलाई स्मरण गर्दै उसको सपना पुरा नहुँदै समाप्त भएको धारणा सहित र यस्तामा ज्यान गुमाउनेलाई जति श्रद्धाञ्जली दिए पनि अपुग हुनेभावना पस्केका छन् कविले ।
कविले यस कृतिमा विविधतालाई समाउँदै, स्वच्छन्दरूपमा अलग अलग अस्तित्त्व बोकेका कविताहरूलाई हामी समक्ष पस्केका छन् । कवितालाई मैले बुझेको आधारमा भावसार पस्कने कोसिस गरेको छु । सकेसम्म कविताका निसारणलाई प्रष्ट पार्ने कोसिस गरेको छु ।
भाषा शैली प्रस्तुति – सबै कविताहरू छन्दमा लेखिएका छन् । सबै लयबद्ध छन् । कवितामा सृङ्गार, शब्दालंकार, उखान टुक्का, धर्म, दर्शन, प्राकृतिक सुन्ँदरता, परमपरा, सामाजिक अस्तित्व, आदि इत्यादि लाई समाउँदै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । भाषा सरल, छ सुबोध छ र सबै प्रकारका पाठकलाई ग्राहृय छ ।
शिर्षकीकरण- कविले जीवनदर्शनलाई बुझेका छन् । सारा कवितामा मानव जीवनसँग तुलना गर्ने प्रयास गरेका छन् । जीवनमा घटेका सत्यतथ्य घटनालाई कवितामा प्रष्ट पारिएका छन् । ,यी सबै नतिजाको आधारमाशिर्षक र्सार्थक छ भन्न सकिन्छ ।
निष्कर्ष खास कवितामा के छ भन्ने भावसारमा प्रष्ट पारिएको हुँदा यिनै कुरा दोहोर्‍याइ रहन उपयुक्त नठान्दै कविको लेखन शैली उच्च छ, भावनालाई कविले नदीको वहावसरि बगाएका छन् । मानवीय जीवन पद्धतीलाई आत्मा सात गर्दै कविले आफ्नो लेखन क्षमतालाई राम्ररी प्रष्ट पारेका छन् । यति भनि रहँदा कृति हरप्रकारले पूर्ण छ त भन्ने प्रश्न उठ्नु स्वभाविक हो । संसारमा कोही कुनै चीज पूर्ण छ भन्न सकिदैन तर पूर्णतातिर लम्कने प्रयास कविको प्रशंसनीय छ । कविता छोटा मिठा हुँदा हुँदै पनि कुनै कुनै कविताले पुष्ट्याइँको लागि केही थप श्लोकको आवश्यकता दर्शाएको महसुस हुन्छ । कृषि विज्ञानका थुप्रै कृतिहरू नेपाली र अंग्रेजीमा लेख्न सफल माथेमाजीको साहित्य यात्रमा निरन्तरता आवस् र थप कृति पढ्न पाइवस् भन्दै सुस्वास्थ दर्ीघायुको कामनासहृत्ित विदा चाहान्छु ।
धन्यवाद
माघ २४ गते २०७७ साल , कावासोती नवलपुर ।
मेरा केही रचना पढ्न चाहेमा jaishy.blogspot.com मा पढ्न सकिने छ
प्रतिकृया तथा सुझावको लागि snjaishy@gmail.com <mailto:snjaishy@gmail.comमा हार्दिक अनुरोध

February 1, 2021

पुस्तक समीक्षा : भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर (सम्पािदत गरेर पाेषट)

~सदानन्द अभागी~

साहित्यकार भेषराज रिजाल "बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)" बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै "देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)" सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा "मेरा पाइलाहरू" र २०६९ सालमा "छरिएका पाइला कोरिएका डोब" नामक नियात्रा सङ्ग्रहहरू पाठक सामु ल्याइपुर्‌याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा "अनमोल पुरस्कारहरू" नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति "बिसौनी वल्तिर" (नियात्रा सङ्ग्रह, २०७७) मा घोत्लिन थालेको छु म।

गन्तब्यमा पुग्न को कति सक्षम हुन पुग्छ त्यो त यात्रीमा निर्भर हुने कुरा हो, तथापि हाम्रो उद्देश्य भने जीन्दगीभर अविराम यात्रारत रहनु नै हो। बिसौनीमा पुगेपछि केहीबेर थकाइ मारे पनि फेरि यात्रा अगाडि बढ्नु पर्छ । जीवन बिसौनी वल्तिरकै उकाली ओरालीहरूमा क्रियाशील रहेको देख्न चाहने भेषराजको यात्रा पनि अविरल छ र सुन्दर साहित्यिक सिर्जनामै तल्लिन छ।

कृतिको संरचनातर्फ हेर्दा, यस कृतिको प्रकाशन राधा बाँस्तोला रिजालले गरेकी छन्। प्रज्ञा रिजालको आवरण धारणामा सजिएको आवरण चित्र भने कवि एवं कलाकार रमेश पौडेलले तयार पारेका हुन्। आवरणमा सगरमाथासहितको सुन्दर हिमाली उचाइ चित्रित छ । यात्राका कठिन कुइनेटामा साथ दिने सहयात्रीहरूलाई समर्पण गरिएको यस कृतिमा नियात्राकार युवराज नयाँघरेको शुभकामना रहेको छ। यस कृतिमा नेपालको हिमाल, पहाड र तराईका विविधखाले २६ वटा नियात्राहरूलाई समावेश गरिएको छ। हरेक नियात्राकारका आफ्नै दृष्टि हुन्छन्, विचार हुन्छन्, मौलिकता हुन्छन् अनि प्रस्तुति पनि। त्यसो हुँदा एउटा स्रष्टाको लेखसँग अर्का स्रष्टाको लेखलाई तुलना गर्न मिल्दैन । तुलना गर्दा दुबैखाले रचनाको मौलिकतामा असर पर्न सक्छ। भेषराजको लेखनशैली पनि आफ्नै मौलिकतामा सजिएको छ। उनका पदयात्रामा दर्शिएका विविध सिर्जनाहरूको प्रस्तुति अतुलनीय छ। पाइला पाइलाको सहयोगमा गन्तव्यमा पुग्ने हो। पाइलाहरूमा टाँसिएका हरेक कणबाट सिर्जना भएको प्रतीत हुन्छ यो नियात्रा सङ्ग्रह। यी पाइलाका कथाहरूको थालनी सम्बन्धमा भेषराज यसरी प्रस्तुत भएका छन्– "एकाध हरफ भेटिएथे पाइलाको धुलोसँग टाँसिएर आइपुगेका। एकाध भावनाहरू छोइएथे मन पग्लेर बलेनीझैँ तप्किएका। धेरै सम्झनाहरू विथोलिएका थिए, छुटेका थिए र हराएका थिए। हृदयका पत्रमा स्नेहका अजम्बरी सम्झनाहरू बटुल्न खोजेँथेँ। मान्छेहरूको मन जोडिएको गाउँबस्तीका भूगोल, प्रकृति र जनजीवनले मोहित भएँथेँ र त्यहाँबाट सुरू भएका हुन् पाइलाका कथाहरू।"

यात्राका क्रममा देखिएका सबै कुराहरू मन–मस्तिष्कमा रहिरहन अवश्य सक्दैनन्। नियात्रा लेखनमा दिनुपर्ने सन्देशहरू यस कृतिमा समेटिएका छन्। प्रस्तुत नियात्राकै सन्दर्भमा भेषराजको धारणा यस्तो छ– "कोर्न मन थियो ढुकढुकीका जीवन गीत, लेख्न मन थियो आँखाले क्षितिजका पानामा झैँ, कति लेखियो कति लेखिएन।" एउटा लेखकले पाठकलाई दिन चाहेका सन्देशहरू निश्चय नै पूर्णरूपले नसमेटिन सक्छ तर जुन उद्देश्यलाई लिएर कलम चल्छ, अवश्य त्यसले यथार्थ धरातल छिचोलेमा पाठकलाई सन्तुष्टि पनि मिल्छ। हो,यस कृतिलाई पनि गहन अध्ययन गरेमा नियात्राकारका धारणालाई सहज रूपमा फेला पार्न सकिन्छ । भेषराज पनि भन्छन्– "यी हरफका भाव,चाहना र सपना मेरा मात्र रहेनन्, पढ्ने हरेक स्नेही मनका हुने छन् यी।" हो, भेषराजले खोतलेका यथार्थता र भोगेका भोगाइहरू पाठकले आत्मसात गर्ने खालका छन् । उनले नियात्रालाई रहर लाग्दो रूपमा पस्केका छन्। यस सङ्ग्रहमा उनिएका उनका धारणाहरूलाई आत्मसात गर्दै केही विशेषतालाई उद्धृत गर्न चाहन्छु यस लेखमा-

"सगरमाथासँग छ त केवल सुन्दरता, स्वाभीमान, र सर्वोच्चता।" (पृष्ठ५) यस कृतिको पहिलो नियात्रा हो "सगरमाथा छोएको क्षण"। सुनकोसी किनारबाट सुरु भएर सगरमाथा देखिने उँचो धरा पत्तालेसम्म पुग्दाका रोचक अनुभूतिले रङ्गिएको छ यो नियात्रा।

"टिम्बुरबोटेको ओढारमा लुकेर बसेका अठारजना योद्धाहरू सेनाको घेरामा परे । सम्बत् २०३१ साल पुष १ गते बिहान सवेरै सेनाको गोली र ग्रिनेड बर्सँदा तेह्रजना योद्धा ओडारमै ढले ।" (पृष्ठ १०) "टिम्बुरबोटेको बाटो" नियात्राबाट लिइएको पङ्ति हो यो। वि.पी.ले प्रजातन्त्र ल्याउनको लागि गरेको सशस्त्र क्रान्तिमा कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा सोलुखुम्वु व्यारेक हान्न जाँदाको घटनालाई श्रुतिस्मृतिका आधारमा उतार्नुका साथै प्रजातन्त्र बहालीका लागि गरिएको सशस्त्र क्रान्तिमा होमिएर सहिद भएका योद्धाहरूको नाम समेत समेटिएको छ यसमा। टिम्बुरबोटे सहिद स्मारकस्थलमा पुग्दाको प्राकृतिक चित्रण गर्दै डरलाग्दो वनको यात्रालाई समेत प्रस्तुत गरिएको छ यस नियात्रमा।

"शुक्लाफाँटामा एकबिहान" नियात्रामा जङ्गल र घाँसे मैदानमा रमाइरहेका विभिन्न जातका जङ्गली जनावर र चराचुरुङ्गीहरूको मोहक वर्णन छ । "छोरीसँग चिडियाखाना" नामक नियात्राले बालबालिकाको चाहनालाई अभिभावकले र वृद्ध बाबुआमाको भावना छोराछोरीले बुझिदिनुपर्छ भन्ने सन्देश बोकेको छ। यसमा एकातिर बालचाहना अनुसार चिडियाखानाभित्र छोरी रम्दा नियात्राकार आफ्नो बाल्यकालका क्रीडाहरूको सम्झनामा हराएका छन् भने अर्कोतिर विदेशमा रहेका छोराबुहारी असक्त अवस्थाकी आमालाई भेट्न नआउनु र मृत्युपछि क्रियाकर्मसम्म गर्न नसकेको वर्तमान सामाजिक अवस्था चित्रित छ। आफ्नी आमा बितेपछि छोरीले क्रियाकर्म गर्नुका साथै पुर्‌याएको सेवाभावको मनछुने परिघटना समेत वर्णित छ यो नियात्रामा ।

२०७२ सालको भूकम्पका अनुभव र अनुभूति समेट्दै दोलखा, जिरी, रामेछापलगायतका स्थानमा भूकम्पले पुर्‌याएको जनधनको क्षतिको मार्मिक प्रस्तुति रहेको छ "भूकम्प ओच्छिएको भूगोल" मा। "राप्तीको रुवाइ" नियात्राले प्युठानदेखि दाङसम्मको रात्रिबसको यात्रालाई समेटेको छ। यसमा २०७२ सालको माघीको दिन घोराहीस्थित बाह्रकुनेदह किनारमा काटिएका भेडाका पाठाहरूबारे नियात्राकारको कारुणिक भावना प्रस्तुत छ। स्वर्गद्वारीको दर्शन, बिग्रेको मोटर चढ्दाका अनुभूति एवं २०६५ सालमा राप्ती नदीमा बस खस्दा मारिएका यात्रुसँग नाम मिल्न जाँदा नियात्राकारको परिवारमा परेको शोक सम्झनाको कारुणिक चित्रसमेत उतारिएको छ यस नियात्राले ।

"अन्नपूर्णको आँगन" मा लमजुङको बेँसीसहरबाट मनाङ पुग्दासम्मको यात्रा वृत्तान्त समेटिएको छ। यात्रा मर्स्याङ्दीको किनारैकिनार अघि बढी खुदीको सुरुङमार्ग, उपल्लो मर्याङ्दीको पावरहाउस, अर्खलेवेँसीबाट देखिने हिमालको दृश्य, राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मगाउँ भीरपुस्तुन, लिलीभीर, तारेभीर, च्याम्चे झर्ना, म्यार्दीभीर, तिमाङको छहरो, कोतोबजार हुँदै अघि बढ्छ। कहालीलाग्दा भीरहरूको साथै नार, फू र काङ्लापास जाने बाटो छोडेर चामे जानु पर्ने, लमजुङ हिमाल, माथिल्लो मनाङ, भार्ताङको स्याउबारी (सायद दक्षिण एसियाकै ठूलो स्याउबारी), स्वर्गद्वारी, पिसाङगाउँ, ध्यारुगाउँ, हुण्डे विमानघाट आदि स्थानका प्राकृतिक सौन्दर्य र कष्टकर यात्राको सुन्दर प्रस्तुति गरेका छन् नियात्राकारले । स्वर्गद्वारी गएकाहरु फर्कँदैनन् रे, मृङ्क्यू अर्थात् घर बिर्साउने जल खाएपछि मानिस घरै फर्कन्न रे भन्ने जस्ता किम्बदन्तिहरू, माक्पा अर्थात् घरज्वाइँ बस्ने प्रचलन एवं बौद्धमार्गी संस्कृति बारे पनि प्रष्टिएका छन् नियात्राकार । उनी तिलीचो ताल पुग्न नसकेकोमा पाठकलाई पनि थकथकी लाग्दछ नियात्रा पढ्दा।

खप्तड यात्रालाई खप्तड टेक्दाको दिन, प्रकृतिको फूलबारी र खप्तडी क्षितिजमा गरिबीको छायाँ गरी तीनवटा नियात्रामा वर्णन गरिएको छ। "खप्तड टेक्दाको दिन" नियात्रामा बझाङे तमेल काटेर जडारीगाडको किनारैकिनार छन्नागढी, गढीगाउँ, खुडुली दुदली माताको मन्दिर, पपल्क्यापाटन, माझपाटन, धर्मशाला हुँदै दोभानको काठको पुल तरेर गोठमा बास बस्छन् नियात्राकार र सहयात्रीहरू । उकाली ओराली जुकाको समस्या,जुकाबाट बच्न नुनको प्रयोग, बाटोभर हजारी फूल र सारङ्गी फूलको सुन्दरता, गनालो र मेथी मिसाएर बनाएको चियापत्ती बिनाको चियाको स्वाद आदिको लोभलाग्दो प्रस्तुति समेत समावेश गरिएको छ यसमा। दोस्रोदिनको यात्रा "प्रकृतिको फूलबारी" मा उनिएको छ । शीर्षक अनुसार नै खप्तडको प्रकृतिको अनुपम सुन्दरता वर्णन भेटिन्छ यसमा। रोटी अचार र कलु–कडी (नियालोको टुसासँग मोही मिसाएर पकाएको कडी) खाएर यात्राले निरन्तरता लिन्छ । जरैजराको उकालो चढेर हिँड्दै जाँदा घोडादाउने पाटन पुगिन्छ । यहाँ मानिस पातलो देखिए पनि जता हेर्‌यो उतै रमाइलो छ। फुर्के पाटन, खप्तडी पाटन, मखमली पाटन, घोडा दाउने पाटन, छेडी पाटन, खप्तडबाबाको कुटी, सैनिक गुल्म,पर्यटन कार्यालय, खप्तड राष्ट्रिय निकुञ्ज आदिको वर्णन उस्तै जीवन्त छ। यहाँको प्रकृतिक सौन्दर्यलाई नियात्राकारकै शब्दमा हेरौँ– "खप्तडी पाटनका सबचिज अद्वितीय, पाटनका फूल, पाटनका घाँसपात, पाटनका गाईवस्तु, पाटनको जमिन । सबै चिज ओजिलो,– पाटनको सुन्दरता,पाटनको शीतलता,पाटनको विशालता। पाटनलाई स्पर्श गर्ने वनेली क्षितिज उस्तै। पाटनको निर्मल आकाश त्यस्तै। पाटनमा सुन्दरता पोख्छ घाम। पाटनमा सुन्दरता खन्याउँछ हावा । पाटनमा सुन्दरता उमार्छ प्रकृति ।" तेस्रोदिनको यात्रा "खप्तडी क्षितिजमा गरिबीको छायाँ" मा समेटिएको छ । खप्तडी प्रकृति देखेर मोहित भए पनि खप्तडी खर्कमा भेटिएका गोठालाहरूको अवस्थाले विक्षिप्त हुँदै नियात्राकार लेख्छन्– "गरिबीको रूप, रङ, गन्ध र आकार हुँदैन भनेर कसले भन्न सक्ला ?" (खप्तडी क्षितिजमा गरिबीको छायाँ, पृष्ठ ७१)

"बिसौनी वल्तिर" नियात्राको शीर्षकमा कृतिको नामाकरण समेत गरिएको छ । म्याग्दी र पर्वतको सीमानाको महावीर पुनको जन्मगाउँसम्मको यात्रामा निस्कँदा नियात्राकार जलवियोजनले ग्रसित भएको मार्मिक घटनालाई समावेश गरिएको छ यस नियात्रामा।

देवचुली नवलपुर जिल्लाका साथै तराई−मधेशको सबैभन्दा अग्लो चुचुरो हो। यसको उचाई १९३६ मिटर रहेको छ । नियात्राकार, उनकी आमा र टिकाराम धिताल देवचुलीको शिखरतर्फ यात्रा गर्छन् । रामबास, मुण्डे, पोखरी, फेदी हुँदै देवचुली चढ्न थाल्छन् उनीहरू। देवचुली मुन्तिरको छानोरहित त्रिशूल गाडेको पूजास्थललाई मगर समुदायले तीनकन्यामाई र थारू समुदायले कुमारवर्तीमाइको रूपमा पूजा गर्ने सांस्कृतिक पक्षसमेत उजागर भएको छ "देवचुली" नियात्रामा। पोखरीबाट तीन घण्टा लगाएर देवचुलीको चुचुरो पुगेको, हिमाल, तराई र पहाडका सुन्दर दृश्यहरूको अवलोकन गरेको र देवचुलीको काखमा लुटपुटिएका वरचुली लगायतका साना चुचुराहरू हेर्दै कठिनसाथ पहाडी बाटोबाट फर्केको रोमाञ्चक यात्रा अनुभूति समेटिएको छ यस नियात्रामा।

"गाईघाटे सम्झना" नियात्रामा काठमाडौं उपत्यकाको आवागमन अस्तव्यस्तताबाट यात्रा प्रारम्भ हुन्छ। जानकी मन्दिर, राम मन्दिर, गंगासागर, धनुषसागर आदि जनकपुरका सम्पदा र जनक, सीता, विश्वामित्र, गौतम, याज्ञबल्यक, अष्टबक्र आदि विभूतिहरूको चर्चा गरिएको छ यसमा। महेन्द्रनगर, कदमाहा, चुरियामाइको आँगन, त्रियुगा हुँदै गाईघाट पुगे पनि रिस्कु, रौतामाई, कटारी र कोशी किनारका फाँटहरूमा पुग्न नपाएको पछुतो पनि छ नियात्राकारमा ।

सरकारी कामको सिलसिलामा धनगढीबाट टिकापुरतिरको यात्रा डोर्रिएको छ। अत्तरियाको चहलपहल, खुटियाको बगर एवं चौमाला, राजीपुर, पहलमानपुरहरूको गाउँले दिनचर्या टिपिएको छ यसमा। रामसार सूचीमा सूचीकृत घोडाघोडी तालमा घोडा र घोडीको आकर्षक मूर्तिसँग लोभिएका छन् नियात्राकार। श्रापित लक्ष्मी घोडी भएपछि विष्णु पनि घोडा भई आएका रे भन्ने किम्बदन्तिले झन् सुन्दर लाग्छ घोडाघोडी क्षेत्र। सडकपुर, बौनिया पुगेपछि टिकापुरतिर तानिन्छ यात्रा। टिकापुर घटना घटेको ठाउँ, खड्कचोकमा रहेको खड्कको विशाल सालिक, टिकापुर पार्क, बनाना रेष्टुरेन्ट आदिका सौन्दर्यले मोहित पार्न सफल भएको छ "टीकापुरतिर" नियात्रा।

"हावाहुरीको हुण्डरी" मा चन्द्रपुरबाट गौरतर्फ सोझिन्छ यात्रा। सन्तपुरमा धुर्मुस सुन्तलीको मेहनतले रमेको नियात्राकारको साहित्यिक मन मधेशको असिना, हावाहुरी, धुवाँधुलो र गरिबीले प्रताडित भएको छ। "तालिएको सम्झना वेगिएको मन" नियात्रामा पोखरा र फेवातालको सौन्दर्यको मनमोहक वर्णन छ भने "बुटवल पोखरा" नियात्रामा वर्णित छन्− सिद्धबाबाको डरलाग्दो भीर, मानव इतिहाससँग जोडिएको रामापिथेकसको अवशेष भेटिएको ठाउँको मूर्ति आदि अनुभूतिहरू। बर्तुङ, माडीफाँट, आर्यभञ्ज्याङ, राम्दीपुल र आँधिखोलाको किनारबारे लोभिन्छन् नियात्राकारसँगै पाठक पनि। श्रवण कुमारका बाबुआमाका आँसु उहिल्यै निख्रिसके पनि विकासको नाममा भत्काइएका गाउँपाखाको माटो बग्दा रगतले लतपतिएझैँ देखिने खोलानालाको धमिलो पानी देखेर क्षुब्ध छन् नियात्राकार। सतीदेवीको शेष अङ्ग पतन भएको मानिने छायाक्षेत्रस्थित छ्याङछ्याङ्दीमा पुग्दा गाडी बिग्रनुलाई अनौठो संयोग मान्दै ठट्टा समेत मिसाउँछन् उनी− "उहिले सतीदेवीको शेष अङ्ग पतन भएको छायाँक्षेत्र आसपास हाम्रो गाडीको मुख्य अङ्ग पो पतन भएछ।"

"कोशी किनारको एकझोक्का हावा" मा कोशीटप्पु आरक्षण क्षेत्रको वर्णन गरिएको छ । कोशी टप्पु आरक्षण कार्यालयमा पुग्दा रसायनिक घोलमा डुबाएर राखिएका अर्नाको बच्चा, हात्तीको छावा र हडियाल गोहीको बच्चा देख्दा भावुक भएका छन् नियात्राकार। अर्नाको राजधानीमा अर्ना देख्न नपाउनाले निराश उनलाई कोशी किनारका बस्तीमा उर्लने कोशीको भेल र वन्यजन्तुको त्रासको भयले समेत विक्षिप्त बनाएको छ।

"सिमकोटे उचाइ" नियात्रामा हुम्लाको अद्वितीय प्रकृति र हिमाली संस्कृतिको सुन्दर वर्णन छ। पञ्चमुखी हिमाल, मानसरोवर र कैलाश पर्वतको रमणीयता थाहा पाएपछि नियात्राकार भन्छन्– "ती हिमालको पत्रपत्रमा थियो हिमाली सौन्दर्यको जलप र लेकाली मुटुको माया ।"

"भेरीको किनारै किनार" नियात्रामा जाजरकोट लगायतका स्थानमा पुग्दाको कठिनाई, भेरीको धमिलो पानी खान पर्ने बाध्यता, जनयुद्धताका त्यसक्षेत्रमा मारिएका सहिदहरूको स्मरण गरिएको छ। नियात्राकार लेख्छन्− "रोग, भोक, अशिक्षा, पछौटेपनको, पृष्ठभूमिमा गरिबीले झन् ठूलो मुख बाएको रहेछ त्यहाँ"। हातको मैलो र मुखको उदासी पखाल्न नसक्नुको कारुणिक यथार्थता यसरी पोख्छन् उनी– "भेरीको धमिलो पानीमा आँसुको भेल देखेँ । भेरीको किनारमा रगतको रह देखेँ । भेरीको भुमरीमा पसिनाको खोलो देखेँ । गाउँलेका आँसु पसिना र रगतका खारले अजीर्ण, प्यासी र रोगी भएर रुँदै बगिरहेथ्यो भेरी ।"

कतिपय नियात्राहरू अपेक्षाकृत संक्षिप्त लाग्छन्। तथापि नियात्रा लेखनमा फरकरूपमा प्रस्तुत भएका छन् नियात्राकार। उनले हरेक नियात्रामा त्यो ठाउँको प्राकृतिक, सामाजिक, धार्मिक, राजनीतिक यथार्थता, मानवीय सम्वेदनशीलता, सरकारको दायित्व, मानवीय प्रवृति र प्रकृति, हरेक घटनालाई सामाजिक यथार्थता र आफ्नो जीवनचक्रसँग जोड्दै विकृति विसङ्गतिप्रति तीक्ष्ण प्रहार गरेका छन्। सुन्दर, समृद्ध समाज र राष्ट्र निर्माणको समेत ध्येय छ नियात्राकारमा । प्राकृतिक सौन्दर्यताको प्रचुरता, सुसभ्य श्रृङ्गारिक वर्णन, मानवीय प्रवृति, प्रकृतिको यथार्थता, जीवन जगतको भोगाई, गरिबीले थिचेको क्रन्दन, महङ्गाई, नेतृत्व वर्गको उदासिनता, दायित्व निर्वाहमा देखिएको ह्रास, भ्रष्टाचारको व्याप्तता आदिलाई इङ्गित गरेका छन् नियात्राकारले। सबैका दुखमा आँसु बगाउँदै र सुरम्य प्रकृतिमा रमाउँदै नियात्रालाई नवीन शैलीको लेखन साँचोमा ढालेका छन् उनले। नियात्रामा कतै कविता मिसिएका छन्, कतै गीतहरू। ती स्वाभाविक लाग्छन्। भाषा सरल र सुवोध्य छ । आलङ्कारिक शैलीमा बिम्ब, प्रतिकको प्रस्तुति छ। रचनामा कतै दार्शनिकता झल्किएको छ भने कतै छङ्छङिएर प्रकृति बोलेको छ । लेखन यथार्थ लाग्छ र मीठासपूर्ण पनि।

"बिसौनी वल्तिर" नियात्रा सङ्ग्रहका केही नवीन प्रस्तुतिहरू माथि उल्लेख गरिसकेको छु तापनि सङ्ग्रहका केही पङ्क्तिहरू यहाँ थप्न चाहन्छु –

"ती भोटेनीहरूको रातो गालामा औधि सुहाएको थियो मधुर मुस्कान । लत्रेका परेली र फक्रेका अधरमा समेटिएको थियो संसारको सबै खुसी ।" (अन्नपूर्णाको आँगन, पृष्ठ ५०)

"सुबिधाको भन्दा थकाइको बिच्छौनामा लाग्दो रहेछ मीठो निद ।" (प्रकृतिको फूलबारी, पृष्ठ ५८)

"घावैघाउले थिलथिलिएको शरीरको मुटु कहाँ होला र सद्दे ?" (चक्रपथको गोलचक्कर, पृष्ठ ७७)

"हावाभन्दा हलुको, पानीभन्दा पातलो र धुलोभन्दा सुक्ष्म जिन्दगी बोकेर हिँडेको हुँदो रहेछ मान्छे ।" (बिसौनी वल्तिर, पृष्ठ ११२)

"ऊ कुलमान मात्र हैन मुलुकमान हो । भुँडीमानहरू घटेर मुलुकमानहरू बढे हुन्थ्यो मुलुकमा ।" (सौराहा सयर, पृष्ठ ११९)

"यहाँ मोवाइल भयो ज्ञान बिनाको किताव जस्तो, उपयोग बिनाको प्रविधि जस्तो, आम्दानी बिनाको खर्च जस्तो ।" (गाईघाटे सम्झना, पृष्ठ १२९)

"वसन्तपुरमा राम्ररी हाँस्न सकेको छैन वसन्त। शिशिरपुरमा खुम्चिएको छ धर्तीको सौन्दर्य। मान्छे दुख्दा ऋतुपुरभरि मच्चिएको छ कोलाहल।" (टीकापुरतिर, पृष्ठ १३८)

"समय भट्टी र जुवाघरतिर बह भएर भुल्न थालेको छ ।" (बुटवल–पोखरा, पृष्ठ १५६)

"ज्ञात भयो, प्राप्तिको धरातलभन्दा रहरको उच्चाई निकै अग्लो हुँदो रहेछ ।" (कोशी किनारको एक झोक्का हावा, पृष्ठ १६१)

"आगो र कलहको बीउ धेरै चाहिँदैन ।" (सिमकोटे उचाइ, पृष्ठ १६६)

"द्ररिद्र मन भएका धनाढ्य र धनाढ्य प्रवृत्तिका गरिबहरू धेरै रहेछन् नेपालमा ।" (भेरीको किनारै किनार, पृष्ठ १६८) ।

नियात्राकार खास उद्देश्य लिएर यात्रामा निस्के पनि आफ्नो दायित्व निभाउँदै जहाँ पुग्यो त्यहाँको विविधतालार्ई स्वच्छन्दरूपमा टपक्क टिपेर हामीलाई जुन सन्देश प्रवाह गरेका छन्, त्यो अनुकरणीय छ, प्रसंशनीय छ। जनजीवनको यथार्थ चित्रणसहितको साहित्यले समाजलाई सही मार्गदर्शन गर्न सक्छ भन्ने वास्तविकताको दर्पण हो "बिसौनी वल्तिर" नियात्रा सङ्ग्रह।