April 26, 2021

सदानन्द गुरु स“ग पहिलो भेट !

........................लीला राना
कावासोती–२, नवलपरासी (ब.सु.पूर्व)

जहाँगएपनि, जतागएपनि, मान्छेहरुले आफ्नो–आफ्नो पहिचान, आफ्नो–आफ्नो परिचयलिएर हिड्दा रहेछन् तर म घामले उडाएको 'नील' (नीर) झैं रहेछु । सबैलाई उज्यालो पार्ने घामको उपस्थितिमाआफ्नो रंग आफ्नो अस्तित्व हराउने ! आफैलाई धिक्कारे ! तर आत्मसमर्पणगरिन । सोचें साँच्चिनै म परिचयविनाको हुतिहारा?कहिले बाबाको छोरी, कहिले श्रीमान्को पत्नि, कहिले छोराको आमा, कहिले छोरीको आमाले चिनिने ! साहास गरे, आँट गरे एउटा कृतिनिकाले ! पुस्तकविमोचनबडो कष्टपूर्वक गरे, बल्ल एक–दुई जना साहित्यकारहरुसँग भेट भएँ । यसै कार्यक्रममागोविन्द राजविनोदी गुरुसँग भेट भएँ । पहिलो भेट मेरो पहिलो पुस्तकको विमोचनमा, म बाटउहाँले धेरै आशगर्नु भो । फुटकर कविता, नाटक, कथा, लेख लेख्ने तर किताबको रुप दिनध्यानै भएन, जे भएपनि मेरो पुस्तकआयो ! सदानन्दगुरुले पढ्नु भएछ, समाजमा मेरो बारे खोज गर्नु भएछ । २०६९ सालको असोज महिनातिर घरको घण्टीबज्यो, ढोकाखोले, "हजुर कसलाई खोज्नु भो" उहाँले भन्नु भो म सदानन्द"अभागी"नमस्ते ! आउनुस् भित्र बैठक कोठामापस्दै भन्नु भो "तपाई लीला राना?" "हजुर"!"मश्री लक्ष्मी स्मृति साहित्य समाजको अध्यक्ष, लक्ष्मीपूजाको दिनश्री लक्ष्मी प्रसाद देवकोटाको जन्मदिनपारेर यस पल्टतपाई लगायत १० जना साहित्यकारहरुलाई सम्मानगर्न भनेर जानकारी दिनआएको छु, तपाईको अन्तकुनै कार्यक्रम नराख्नु होला", यतिनै बेलाकर्णेल राना (मेरो श्रीमान्) बैठक कोठामाआउनु भो । एक छिनभएपनिगफ–सफगरियो । मेरो र मेरो श्रीमानको सबै जन्मकुण्डली हेरी सक्नु भा रहेछ ! त्यो दशपन्ध्र दिनमलाई दशपन्ध्र युगै लाग्यो, कहिले लक्ष्मीपूजाको दिनआउला ! लक्ष्मीपूजाको दिन सबेरै मोटर साइकलमाधुलो उडाउँदै समय भन्दाअगाडिकार्यक्रम स्थलमापुगियो । सदानन्द गुरुको श्रीमतीदुबैलाई नमस्ते गरियो ! लक्ष्मी स्मृतिएवम् नन्दकला स्मृतिभाषा साहित्य र समाज सेवा सम्मान–२०६९ ले म सम्मानितभएपछि म रुन पनि सकिन, हाँस्नपनि सकिन । यो मेरो जीवनको सबै भन्दाकठोर परिश्रमको अमूल्यपहिलो सम्मानथियो ! यसरी मैले गुरु सदानन्दलाई चिनेकीथिए । 
गुरुले, मेरो मूल्याङ्कन गरेर सम्मानगर्न सक्नु भाको मेरो गुण, समाजप्रति, बृद्ध, अबलानारीप्रतिअसहाय, पशुपंछीबारे निस्र्वाथ भावले मैले गरेको कार्य बारे उहाँअवश्यपनिजानकार हुनु भयो नै होला ! यतिछोटो समयमा भरखर ताते हिड्ने म जेष्ठनारीलाई यत्रो सम्मानदिन, केहीगुण त मेरो पाएकै थियो होला । स्वाधिनता, हक, अधिकार र सद्भावना, कर्तव्य र निष्ठाबोकेरै हिड्ने राष्ट्रप्रेमको भावना, शुद्ध, स्वच्छ नेपालखोज्ने मान्छे हुन् सदानन्दगुरु!
"नयाँ नेपालभन्ने गर्छन्, कहाँ छ यो नयाँ नेपाल?
गरिबको थिचोमिचो त्यहाँ छ यो नयाँ नेपाल?" 
एउटै घरधुरीमा, दुईनालको छोरा–छोरी, दुई घरबारलाई सँगै राख्न सक्नु उहाँको अपार माया, ममता, स्नेह र विशाल हृदयको व्यक्तिभएर मात्रयस्तो सम्पन्न, सुन्दर, सफल गृहस्थिमा (सजी) रमाउनु भएको ! गुरु सदानन्द, माटोको विशेषज्ञ, वि.एस्सी. (एजी) भएर माटो सम्बन्धीदर्जनौ दर्जन पुस्तकहरु लेख्नु भाको त ठिकै थियो आहा!गजल र कवितापनिउत्तिकै कोर्नु हुन्छ!उहाँको नारीहरु प्रतिको सकारात्मक दृष्टिकोण राखेर साहित्य सृजनागर्ने प्रिय सर्जक सहभागीहरु बहुमुखीप्रतिभाको धनी सदानन्द गुरु हुनुहुन्छ । उहाँको देश–विदेशको भ्रमणले (फिलिपिन्स, जापान, थाइल्याण्ड, इजिप्ट, भारत) निश्चय नै केहीजागरुकताल्याएकै हुनसक्छ, विभिन्न पुरस्कारको सँगसँगै गोर्खा दक्षिणबाहु चौथाले पनिउहाँ सम्मानितहुनुहुन्छ । उहाँको कवितामाकहिकतै माया, ममता, प्रेम फस्टाएको हुन्छभने कहिं प्रधानमन्त्रीओली र प्रधानमन्त्रीमोदीज्यूलाई पनिशब्दको झटारो हान्ने, मिठो शब्दको प्रयोगकर्ता पनि सदानन्द गुरु नै हुनुहुन्छ । 
"लाएमायाहाकाहाकीलाउनु पर्छ सुन हजुर 
मर्मजतिबुझ्नु पर्छ दिगो प्रेम हुन्नहजुर"
उहाँको स्थानीय र राष्ट्रियपत्रिकाहरुमाप्रकाशित लेख, कविता, गजल, समालोचना............. के–के हो के–के, लेखेको लेखे ! कहिले भन्नु हुन्छकान नसुन्दा मेसिन"इएरफोन"लगाउन सकिन्छ, तर आँखाकमजोर भएमा केहीहदपछिचस्माले कामनगर्ने रहेछ । अबदुःखको दिनआउदैछ । लेख्न, पढ्न नसक्ने भइने छ!उहाँको उत्साह, योगदान, समाजप्रतिजागरुकता, समाजकल्याणमाकामगर्ने क्षमता, कहिले गाउँविकासको लागि, नगरपालिका, गाउँपालिकाको कार्यालयमापनिउत्तिकै सहभागिता, जेष्ठनागरिकहरुको सहयोग हेतु जेष्ठनागरिक संघ–संस्थामापनिउत्तिकै तन–मन, लगन साथ सरिक भएकै हुनुहुन्छ । रेडक्रस, लायन्स क्लवअफ वङ्मयमापनिउहाँउत्तिकै सक्रिय र सहयोगीहुनुहुन्छ । अहिलेको समितिमापनिडाइरेक्टर पदमाहुनुहुन्छ । 
साहित्यिककार्यक्रममा साहित्यप्रतिष्ठान, साहित्य समाज, साहित्यवाल–युवाक्लवहरुले आयोजना गरेको सहित्य, कलाकार्यक्रममाउहाँले सधैं आफ्नो उपस्थितिजनाउनु हुन्छ, चाहे चैत–बैसाखको घाम, असार–साउनको झरी, कार्तिक–मंसिरको जाडो, जे होस् उहाँआफ्नो रचनालिएर समय भन्दाअगाडि नै पुग्नुहुन्छ । उहाँको साहित्यप्रतिको लगन, माया र सहयोग अतुलनियछन् । राष्ट्रियताप्रतिगौरवबोध गर्ने साहित्यकार–२०२० तीर 'आमा'को आशिर्वाद लिएर "आमा"कविता सँग सहत्यिको विशाल समुन्द्रमाभित्रीनु भाको गुरुको लेख, कथा संग्रह, कविता संग्रह, गजल संग्रह, खण्डकाव्य, लघुकाव्य, उपन्यास, महाकाव्य, यात्राविवरण, कृषिकाव्य, मुक्तक संग्रह, समालोचना, विभिन्नविषयमा, विभिन्नविधामापढ्न र लेख्न मन पराउने बहुमुखीप्रतिभाको धनी सदानन्दगुरुले समकालिन र आफु भन्दापछिका साथीहरुलाई सँगै हिडाउनु हुन्छ, उहाँले प्रत्येक कार्यक्रममाकर्णेल रानालाई पनि सँगै जामभन्नु हुन्छ, आफू साहित्यकार नभएपनि साहित्य प्रेमी, साहित्यिककार्यक्रममाजानआफू व्यस्तभएपनि सदानन्द गुरुलाई नाई भन्नु हुन्न, उहाँहरुको आपसको कुरा "सदानन्दभाग्यमानी ज्यू, जय नेपाल"२भन्दै हातजोड्दै गफिदै, जति नै लामो बाटो भएपनिउहाँहरुको कुरा विभिन्नविधामाटुंगिन नै सक्दैन । "तपाई जस्तो सम्मानितव्यक्तित्वलाई 'अभागी'भन्न मैले पटक्कै रुचाउदैन ।" कर्णेल रानाभन्नु हुन्छ ।हामीलाई लामो यात्रामा सहजीकरणभएकै हुन्छ । सदानन्द गुरुको आयू र लेखन कलायी राजमार्गहरु झैं लम्बिदै जावोस् हाम्रो शुभकामनाहरु ! 

April 19, 2021

उज्यालो जीवनका भावनाका लहरसँग लहरिंंदा

समालोचना
खोज आप्mनो पन उज्यालो मन लिएर
बल्छ जीवन झन् उज्यालो मन लिएर ।
यो उपरोक्त सेर, २०७६ सालमा "तिम्रो सहरमा" नामक गजलकृति लिएर गजलकार एवम् कृतिकारको रूपमा हाम्रो अगि देखिनु भएका थप्रेक रिसिङ गाउँपालिका, तनहुका पिता स्व. खुम बहादुर रानभाट र माता मायादेवी रानाभाटका सुपुत्र राम्जि रानाभाटका हुन् । राम्मिज रानाभाट हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका विशिष्ट आजिवन सदस्य पनि हुन् ।रामजीका कृतिका शीर्षकलाई हेर्दा उनलाई उज्यालो मन पर्छ । बास्तवमा जीवन प्रकाशमय हुनु पर्छ । यह्ी प्रसङ्गमै उनका दुई कृति आएका छन् ।"उज्यालो मन" (२०७७) उनको कवितासङ्ग्रह हो भने "उज्यालो जीवन" (२०७७) उनको गजलसङ्ग्रह हो । हैसियत –५ र ६मा पनि उनका गजलहरू समावेश भएका छन् ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक १८० पृष्ठमा सजिएको यस कृतिले बरिष्ठ साहित्यकार पुष्पअधिकारी अञ्जलिको प्रकाशकीय, नेपाली गजलका शल्यचिकित्सक डा. घनश्याम परिश्रमीको र बरिष्ठ साहित्यकार एवम् गजलका विश्लेषक केशवराज आमोदीको गहन विश्लेषणत्मक भूमिका पाएको छ । रानाभाट÷भाट समाज नेपालका अध्यक्ष बाबुराम रानाभाटको शुभकामना लगायत बीच बीचमा विभिन्न साहित्यकारका शुभकामना, राम्जिले पाएका छन् । यसमा १०१ अलग अलग बहरका गजलहरू समावेश गरिएका छन् । अघिल्लो आवरण नीलो पृष्ठभूमिमा पहेंलो फःुलको डालीको साथ राम्जिीको सुन्दर तस्विरले सजिएको छ भने पछिल्लो आवरणमा स्रष्टा परिचय दिइएको छ । यसकृतिको मूल्य रु२५०÷–राखिएको छ र कृति आमा मायादेवी रानाभाट र बुबा स्व.खुमबहादुर रानाभाट लगायत धेरै जनामा समर्पण गरिएको छ ।
साहित्यकारको नजरमाकृति र कृतिकार –,प्रकाशकीयमा बरिष्ठ साहित्यकार पुष्प अधिकारी अञ्जलिले लेख्नु हुन्छ –समयले दिएका चोटहरूसँगै नियतिका घाउहरू सहेर बाँचिरहेका गजलकारले समेटेका आवाजहरूआप्mनो गजलकृति "उज्यालो जीवनमा पोखेका छन् ।" डा. घनश्याम परिश्रमीलेख्नु हुन्छ – "समग्रमा यी गजल बहरको सन्दर्भमा निकै अब्बल हुन् । तीर्थराज रानाभाटको
धारणामा रामजी, रानाभाट÷भाट समाज नेपालकै प्रथम गजलकारको रूपमा स्थापित व्यक्तित्व भएको जानकारी पाइन्छ ।गजलको राम्रो रूपमा विश्लेषण गर्दै भन्नु हुन्छ –"परिस्कृत र परिमार्जित, शैलीका निम्तिअझै कसरत गर्नुपर्ने अवस्था भए पनि लय, विषय र भावमय विविधताले यो कृति पठनीय र सङ्ग्रहणीय बनेको छ ।" शुभ कामना दिंर्दै शिव शर्मा लेख्नु हुन्छ –"अत्यान्त मृदुल र शिष्टभाषी राम्जि रानाभाटसँगको साहित्यिक सम्बन्ध र साहित्यिक भलाकुसारी अवर्णित छ । खगेन्द्र गिरि कोपिलाले राम्जिलाई जीवनमा खुसी र आशा खोज्नेको रूपमा लिएका छन् । सुमन शर्माले पनि राम्जिलाई हृदयको उज्यालो अनुहारभरि छरेर सोझो भाकामा सरल कुरा गरेर पदपदमा गहिरो भाका बोकेर केही भन्न कलम लिएर अघि बढेका भन्दै राम्रो प्रशंसा गरेका छन् । शुभ कामनाको साथमा प्रकृति खनाल न्यौपाने लेख्नु हुन्छ –"जव उहाँका साहित्यको रसास्वादन गर्छु, तव महसुस हुन्छ , उहाँ एक निश्छल र स्वच्छन्द साहित्यकार हो ।" यी माथि लेखिएका विभिन्न साहित्यकारका धारणाबाट "उज्यालो जीवन" बहरबद्ध गजलसङ्ग्रहले दिन खोजेको यथार्थतालाई राम्रैसँग पस्केको छ ।
कृतिभित्र प्रवेश गर्दा – राम्जिले हामीलाई १०१ बहरबद्ध गजल दिनु भएको छ । यो आफैमा अनुकरणीय काम हो । लेखनमा विविधता देखिनु,जीवनका अनुभूतिलाई केलाउनु, जीवन जगतलाई बुझ्नु र त्यसलाई भावनामा जोडेर बहरबद्ध लयमा लगेर जोडडु, गजलमा प्रस्तुति गर्नु एउटा जटिल काम हो । तर राम्जिको प्रस्तुति हेर्दा भावना बगिरहेका छन्, कलमले लेखिरहेको छ, बाहिरी सञ्जालमा प्रभा फैलाई रहेको छ सबैलाई मुग्ध पारिरहेको छ ा गजलमा प्रेमका रसिला धाराबगीरहेका छन् नबगुन पनि किन "प्रेम जीवनको मूल संस्कार हो, भन्ने गजलको प्रमुख कथ्य हो" (परिश्रमी) । गजल लेख्दा प्रेमलाई प्राथमिकता दिएको पाइन्छ । राम्जिले पनि आप्mना गजलमा प्रेमलाई उच्च स्थान दिएको पाइन्छ । गजलकारले लेख्छन् –
आज तिमीमा नयन चराउन देऊ
मस्त तिमीमा डुबी हराउन देऊ
पृष्ठ ६४
हँसिली म आउँछु सुस्तरी
पिरती मलाउँछु सुस्तरी
पृष्ठ ६५
यिनका गजलमा प्रेममा शालीनता छ, छाडापन देखिदैन । प्रेमका गजल पनि विविधताले सजिएको छ ।
युवाहरूको विदेश पलायन र विदेशको पीडा– आज देशका युवाहरू जो सम्पन्नशाली छन् ती अमेरिका, अष्ट्रेलिया,युके, जापानतिर लागेका छन् जो मध्यम बर्गीय छन् ती खाडी र मलेसियामा र एनकेन थोरै भाडा जोड्न सक्ने अवस्थाका छन् ती भारततिर लाग्दछन् ।राम्जि पनि आज खाडीमा छन् । देशले युवालाई देशमा काम माम दिन सकेन , घरको मायाा ममता आमाबाबु परिवार सबै छाडेर आप्mनो पेट र परिवार पाल्नको लागि विदेशिन पर्दाको पीडा निकै कष्टदायी हुन्छ । त्यो कष्ट राम्जिले यसरी पोखेका छन् –
घरबार छोडी परदेश धाएँ
मनमा छ आगो सुखके कमाएँ
पृष्ठ १००
जीवन दर्शन र गजलकार– जीवन भन्दा आमाको गर्भदेखि जन्मनु बढ्नु ,अन्तिममा यस संसारलाई छाडेर जानु बीचको यथार्थता नै जीवन होे । जीवनमा के हुँदैन हाँसो हुन्छ, रोदन हुन्छ, रोक, भोक, मोज,भोज हुन्छ तातो चिसो आदि आदि यथार्थतालाई जीवनमा भोग गरिन्छ । जीवनका हरेक पाटालाई मानिसले जे जस्तो अवस्थामा प्राप्त गर्छ त्यसलाई प्रयोग गर्न मानिस बाध्य हुन्छ आप्mना भनाइका क्रममा गजलकारले जीवनका विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् –
जिन्दगी भोज लाग्न थाल्यो कतै,
जिन्दगी बोझ लाग्न थाल्यो कतै
न आयो काल मेरो पीर भो जीवन
मरेकै हाल मेरो पीर भो जीवन
कहाँ छ जिन्दगी खोजे जस्तो
हुँदैन जिन्दगी सोचे जस्तो
भूकम्पले निम्त्याएको विनासलाई गजलकारले यसरी प्रष्ट पारेका छन् –
भूकम्प आयो म बाँच्ने आशा ढल्यो जिन्दगीको
उठ्ने कसोरी ढलेको मन धरहरा आज देख्दा
पृष्ठ ५८
कोरोना महामारिको चिन्ता यसरी पस्केका छन् गजलकारले–
सम्झना हाम्रो त कोरोना हुन्छ कि
धेर माया लाउने हो बाँचौ भने
पृष्ठ८७
कोरोना बस्छ मलाई ढुकेर
बस्नै पछ घरैमा सुतेर
पृष्ठ १७६
गजलकार भन्छन् देश कसैले बनाउँदैन आफै बनाउने हो –
अव देश आप्mनै म बनाउने छु
पसिना म पोखी अति ज्ञान पाएँ
पृष्ठ १००
बसूँ देश आप्mनो पुजेर
म नेपाल पाउँ उठेर
पृष्ठ १४०
नेतृत्वप्रतिको आक्रोश–
नेता बनायौं यहाँ भत्कायो विकास
हेर्दै छु जोखेर चिन्ता भो देशको
शालिक ढल्यो राष्ट्र निर्माताको देशमा
दुख्दै छु बाँचेर चिन्ताभो देशको
पृष्ठ १४३
मौलिक अधिकारका कुरामा गजलकारले आप्mनो अधिकार यसरी राखेका छन्–
जलमा थलमा तनमा मनमा भर मौलिक ती अधिकारहरू
दिलको घरमा अगुवा बन है र दिने गर मौलिक अधिकारहरू
नजलोस् झुपडी नजलोस् सब स्वप्न यहाँ नपरोस् न त तड्पन त्यो
छ त गाँस र बास कपास सधैं वर मौलिक ती अधिकारहरू
पृष्ठ १४८
समग्रमा गजलसङ्ग्रहले प्रेमका भावनालाई अग्रसरता दिए पनि मानवले जीवनम भोग्ने गरेका तथा भोगाइका धेरै कुराहरूलाई गजलका सेरहरूले समेटेका छन् ।विदेशमा बस्दाका कठोर परिश्रमका पीडाहरू, परिवारबाट टाढाबस्ता परिवारमा देखिने विचलनहरू, कतिका घरबारनै छत विछत् भएका घटनाहरू, नेतृत्वले जनता र देशप्रतिको दायित्व पुरागर्न नसकेका धारणाहरू,मानवको स्वार्थी पना, स्वार्थले ल्याएको विकृति र विसङ्गति, जनतामा शान्तिको चाहना तर शान्तिबाट टाढाहुँदाको पीडादाई अवस्था, आदि थुप्रै कुराहरू गजलकारले समेट्ने प्रयास गरेको देखिन्छ । गजलहरू बहरमा लेखिएका छन् । बहरमा टिका टिप्प्पणी गर्नतिर म लाग्दिन किनकी छन्द र बहरमा मलाई त्यति ज्ञान छैन र त्यतातिरको बाटो अबलम्वन गर्ने तर्फ लागेको पनि छैन ।गजलले दिन खोजेको सन्देश के हो त भन्ने मेरो चाहना हो । गजलले प्रेमपक्षलाई बढी प्राथमिकता दिएको छ । प्रेममा आशा निरासा, भरोसा, विश्वास, घात प्रतिघात, मिलन विछोड, संतुष्टि, असन्तुष्टि आक्रोशको साथै प्रेमी प्रेमिकाप्रति हुने भावी योजना वार्तालाप अदि आदिलाई जलमा पढ्न पाइन्छ । दोस्रो पछ गजलले लिएको मानव जीवनको विविध पक्ष हो । मानिस शालीन हुनु पर्छ । सबै भन्दा उत्तम पक्ष हो मानवले मानवप्रति गरिने मानवीय व्यवहार । तर आजका मानवमा मानवताको ह्रास हुँदै गएको छ । मानव जीवन निकै कठीन भएर गएको छ । यी सबै जीवन जगतका पक्षमा गजलकार प्रष्ट भएर दर्शिएका छन् । यी भन्दा अन्य पक्षलाई गजलकारले ै गहिरिएर भन्दा सबै पक्षलाई समेट्ने प्रयास गरेका छन् ।
गजलमा गजलकारले गजल लेख्दा काफिया रदिफ, मतला, मकता, मिसरा , मिसरा ए–उला मिसराए–सानी, सेर,तखल्लुस आदि विविध पक्षलाई समेट्नु पर्छ यजलकारले प्रयोग गरेका बहरलाई डा. घनश्याम परिश्रमीको धारणामा निकै अब्बल भएको कुरा भूमिकामा प्रष्ट पार्नु भएको छ ।
गजल लेखनमा केशवराज आमोदीले भूमिकामा दिएको बहरमा गजल लेख्दा गजलकार सचेष्ट हुनुपर्ने मार्गदर्शनलाई यहाँ उल्लेख गर्न मनासिप लाग्यो । केशव राज आमोदी लेख्नु हुन्छ –"गजलमा अपेक्षित इवारत,इसारत,अन्दाजे बयाँतगज्जुल, तासिर, अदा आदि अनेक विषयको औचित्यपूर्वक उपस्थितिप्रति गजलकार सचेष्ट रहनु पर्ने देखिन्छ ।"
मैले माथि उल्लेख गरेका विविध पक्षका धारणामा भावगत पक्षमा गजलकारले गजलमा दिन चाहेको सन्देश सरल भाषामा, सबै किसिमका पाठकले सहजै आत्मसात गर्न सक्ने रूपमा आएको मैले महसुस गरेको छु । लेखन निरन्तरताले नै परिमार्जनको मार्ग समाउँछ । राम्जि रानाभाट विदेशमा बसेर पनि स्वदेशको चिन्ता, साहित्य सिर्जनामा तदारुख्ता देखाउँदै अग्रगामी पथमा यात्रा गर्दै हुनुहुन्छ, यो नै महत्वपूर्ण पक्ष हो ।उहाँको यो सहासिक यात्रा सदा सदा सफल बनोस्, यही नै मेरो शुभकामना भन्दै विदा माग्दछु ।
धन्यवाद
२०७८ साल वैशाख ६,कावासोती,

April 5, 2021

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गीत हुँदा


सदानन्द अभागी
परिचय –
विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला , विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।" –केदारनाथ खनाल
यी माथिका अभिव्यक्ति हुन् केदारनाथ खनालका । पूर्णप्रसाद अधिकारी २०६२ सलामा "महाकवि लक्ष्मीप्रसाद देवकोटा केही आयम" कृति लिएर नेपाली साहित्यमा कृतिकारको रूपमा परिचय दिंदै नेपाली साहित्यको क्षेत्रमा एक बरिष्ठ समालोचकको रूपमा आँपूmलाई स्थापित गरिसक्नु भएका बहु प्रतिभाका धनी साहित्यकार हुनुहुन्छ । हालसम्म उहाँका ९ कृतिहरू बजारमा आइसकेका छन् । २०१५ साल भाद्र दुई गते कास्कीकोट –२, कास्कीमा पिता बलराम अधिकारी र माता टोपलीदेवीका माहिला पुत्रको रूपमा यस संसारमा पदार्पर्ण हुनुभएका पूर्णप्रसाद अखधिकारीले २०४२ सालमा नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) गरी हाल शिक्षण पेशामा वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागमा
(सहप्रध्यापक पदमा) आवद्ध हुनुहुन्छ । लेखन कार्यमा मात्र सीमित नरही उहाँले आप्mना पृतिको अमरत्वको लागि चितवनमा "बलराम वाङ्मय स्मृति प्रतिष्ठान" साहित्यिक संस्थाको स्थापना गरि, स्रष्टालाई प्रोत्साहित गर्नको लागि स्रष्टा सम्मान कार्यको थालनी गरिसक्नु भएको छ । करिव एकदर्जन साहित्यिक संस्थामा आवद्ध रहनु भएका अधिकारीले आधिदर्जन साहित्यिक संस्थाबाट सम्मानित र पुरस्कृत भै सक्नु भएको छ । उहाँसँग मेरो साहित्यिक कार्यक्रममा भेट हुन्छ । उहाँको सादाजीवन, उच्च बिचार, मृदु एवम् प्रष्टभाषी र शालीन व्यक्तिको रूपमा परिचय दिंदा म स्वयम् गौरान्वित भएको महसुस गर्दछु ।
कृतिको संरचना, – यस कृतिमा स्मृति, यात्रा वृतान्त, समीक्षात्मक टिप्पणी, आलेख गरि १८ ओटा शीर्षकमा लेखहरु समावेश गरिएका छन् । त्रिवेणी साहित्य परिषद , नवलपुरको प्रकाशनमा प्रकाशित यस कृतिको मूल्य ३५१। रुपियाँ राखिएको छ । यस कृतिलाई "माहिली आमा स्व.कुशीमाया अधिकारी" प्रति समर्पण गरिएको छ । डा. प्राध्यापक अध्यक्ष त्रिवेणी साहित्य परिषदका नारायणप्रसाद खनालको विहङ्गम आलोक ( भूमिका) र त्रिवेणी साहित्य परिषदका सचिव गोविन्दराज विनोदीको प्रकाशकीयमा आएका धारणाले कृतिको यथार्थता पस्केको छ ।
यस कृतिमा साहित्यकारको धारणा – यस कृतिमा विहङ्गम दृष्टि राख्दै डा. नारायणप्रसाद खनाल भन्नुहुन्छ –"विषयवस्तुको जीवन्त प्रस्तुति, सत्याश्रयी कथन, सोधखोजको कला, भावनाको गहिराई, संवेदनशीलता, सूक्ष्म निरीक्षण , सूक्ति–उक्ति र उखान आदिको सटीक प्रयोग, कतिपय बिम्बात्मक निजी प्रयोग, वैशिष्ट, खरो आलोचना र निश्छल एवम् निःस्वार्थ अभिव्यक्ति कलाले गर्दा, रचनाहरू एकभन्दा अर्को रोचक बन्दै गएका छन् । यात्रावृतान्त त साँच्चै भन्ने हो भने, त्यहाँ नपुगेको मानिसले दृश्यचित्र हेरेजस्तै प्रतीत हुन्छ । प्रत्येक वर्गका पठनशील व्यक्तिहरूलाई अत्यान्त सु्न्दर –रोचक दस्तावेज बनेको छ ।  यहाँ ठाउँठाउँमा दिइएका तथ्यतथ्याङ्कपरक विवरणहरूत सामान्य ज्ञान बौद्धिक ज्ञानका खजना बनेका छन्" (भूमिका लेखन, पृष्ठ फ) । पछिल्लो आवरण पृष्ठमा प्रा. कपिल अज्ञात लेख्नुहुन्छ –"समयको शक्ति र गति पच्छ्याउन संघर्षरत श्री अधिकारी पुस्तकप्रेमी गुणाख्यताका रूपमा सुपरिचित हुनुहुन्छ  । उहाँले आँखाले देखेका र मनले भोगेका वस्तुस्थितिलाई प्रवाहमय शैलीमा सूचनात्मक तथ्यहरूलाई प्रक्षेपण गर्दै, चित्रात्मक वर्णनका घनिभूत विशेषतालाई आच्छन्न तुल्याउनु भएको छ । अहिले आपूmलाई सिर्जनशील प्रवृत्तितर्फ  उत्पेरित गराइरहनु भएको प्रस्तुत कृति सिर्जनात्मक यात्रातर्फकै महत्वपूर्ण उपलब्धि हो ।"
प्रकाशकीयमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले लेख्नुहुन्छ –"लेखक पूर्णप्रसाद अधिकारीमा वर्णन कला ,विश्लेषणात्मक क्षमता,र तर्क,विचार एवम् भावको सघनताको त्रिवेणी भएकाले, उहाँका रचना पठन मनन र ग्रहणका दृष्टिले महत्वपूर्ण छन् ।"
यी माथि आएका वरिष्ठ साहित्यकारका धारणाले यस कृतिको भावसार राम्रैसँग निस्सारण गरेको छ भने पूर्णप्रसाद अधिकारीको लेखन शैली र व्यक्तित्वको  महत्वपूर्ण मूल्याङ्कन गरेको छ ।यी माथि आएका धारणालाई यसभित्र समावेश गरिएका  सिर्जनाले पुष्टि गरेको यथार्थता मैले महसुस गरेको छु ।
यो कृति संस्मरण, यात्रा विवरण ,समीक्षा, र लेख÷आलेखको एउटा मिश्रण सिर्जना हो । यो कृति अध्ययन गर्दा पाठकले मिश्रित स्वादबाटै रमाउने यथार्थता प्रष्ट छ ।
स्मृतिको तरङ्गमा माहिली आमा –माहिली आमाको ९२ वर्षको लामो जीवन यात्रामा भोगेका यथार्थतालाई यहाँ स्मरण गर्दै पस्किएका धारणा आएका छन् । लेखककी महिली आमा ९वर्षको उमेरमा विवाह, विवाहकै समयमा गजबारमा सर्प मर्नु, विवाहको चारमहिनामै बाबुको मृत्यु, ,निसन्तान, पति विदेशीयर नआएका, सासूबाट अपहेलित, बेचेको घरमा क्रियाकर्म गर्न नहुने कुरा, पति जिउँदै भएको अफवाह फैलिंदा माहिल्ी आमा मर्माहत हुनु माहिली आमा देवघाट आउनु, देवघाटबाट घर आउने क्रममा बाटो बिराएर हराउनु कुनै विद्यार्थीले घर पु¥याइ दिएका, रित्तो गाग्री देख्दा साइत बिग्रने कुरा, शीर मुण्डन गर्दा सन्यासिनी माताको रुपमा प्रतीबिम्बित हुनु, आदि माहिली आमाप्रति गरिएको प्रथम बार्षिकपुण्यतिथि सम्मका सम्पूर्ण कर्महरू यस लेखले समेटेको छ ।
एक साहित्यिक पैदलयात्री ः अनुभूति र संस्मरण –, यो लेख यस कृतिको दोस्रो रचना हो । यसमा पदोन्नतिमा देखिएको विकृति, २०४५ सालदेखि "उन्नयन" त्रैमासिक साहित्यिक पत्रिका चिन्तन मनन् र अनुसन्धानमा लागेको अचुत रमण रेग्मी सँग २०५० सालमा रत्नपार्कमा भेटघाट,,"भवानी भिक्षु" विशेषङ्क प्राप्त गर्नु , "केशवराज  पिँडाली "विशेषाङ्कमा लेख्न मानसिक रूपमा लेखक तयार हुनु,,साहित्यिक सहिद कृष्णलाल अधिकारीको"मकैको खेती"" कृतिको चर्चा , "उन्नयन" पत्रिकामा लेखकका २५ वटा जति अङ्कमा लेख रचना प्रकाशनमा आएका धारणा, अच्युतरमण र यस लेखकका लेखकको आत्मियता,, अच्युत रमणको घरयासी जीवनको यथार्थता, उनको साहित्यिक यात्राको उच्च मूल्याङ्कन गर्दै पूर्णप्रसाद अधिकारीले स्थापना गरेको "बलराम स्मृति वाङ्मय पुरस्कार २०७५ माघ ८ गते अच्युतजीको घरमै गएर वितरण गरिएको आदि साहित्यिक श्रीबृद्धिका धारणाहरूले सजिएको छ लेख,। समीक्षात्मक रूपमा प्रस्तुत स्मरण लेखले एउटा शिक्षक, प्राध्यापक, लेखक आदिको जीवन घटना वृतान्त कसरी गइरहेको हुन्छ लाई सुन्दर रूपमा प्रस्तुत गरेको छ ।
स्रष्टा–सम्मानको वृत्तः नुवाकोट साहित्य प्रतिष्ठान – यस लेखले नुवाकोटको ऐतिहासिक महत्व जस्तै राष्ट्रिय एकीकरणको थालनी, नुवाकोटको धर्मिक , ऐतिहासिक, र पर्यटकीय दृष्टिबाट पनि महत्व भएको, ६४ जिल्लाबाट २६३ जना लेखक–कलाकर्मी स्रष्टाहरूको राष्ट्रिय बृहद् नुवाकोट साहित्यिक महोत्सव २०६३ मङ्सिर २२,२३ को महत्वपूर्ण काम सम्पन्न भएको, युगान्तर पत्रिकाले "नुवाकोट साहित्य महोत्सवलाई आप्mनो ११ तथा १२ अङ्कमा विशेषाङ्कको रुपमा प्रकाशन गरेको,, यो महोत्सव, अत्यान्त्यै गरिमामय रूपम सम्पन्न भएको, नुवाकोट साहित्य प्रतिष्ठानको २०६६ असार १५ गतेको  स्रष्टा सम्मान र काव्य सम्मेलनको चर्चा , राजनीतिज्ञको तुलनामा साहित्यकारको संख्या कम भएको, चितवनका साहित्यकारको त्यस काव्य सम्मेलनमा सहभागिताको लागि यात्रा चुम्लिङ्टारको खाना, गल्छीबाट नुवाकोट तिर लाग्नु, साहित्यिक मनोरञ्जनको साथमा तादिपुल, देवीघट बटटार हुँदै नुवाकोट पुग्नु चितवनका गोर्खे साँइलो, केदारनाथ खनाल,  र पर्वतकी सरस्वती शर्मा "जिज्ञासु" महामण्ढल सम्मानबाट सम्मानित, कैलालीबाट श्रेष्ठ प्रियापत्थर र काठमाडौबाट वियोगी बुढाथोकी "युगान्तर" पुरस्कारबाट पुरस्कृत, गरिनुको साथै करिव १०० जना जति सहभागी रहेको स्रष्टा सम्मान,साहित्यिक गोष्ठी दही, च्युरा कार्यक्रमको ,विवरणत्कम प्रस्तुति भएको छ ।  यस लेखले  साहित्यिक कार्यक्रमको विवरणमात्र नभएर नुवाकोटको भौगोलिक, राज्नीतिक, शैक्षिक, धार्मिक, विकास आयोजनाहरु, कृिष, जातीय बाहुल्यता, प्राकृतिक सौन्दर्यता अदिलाई समेटेर एउटा सुन्दर प्रस्तुति गर्ने प्रयास गरेको छ ।
 मुक्तिनाथ यात्राका तरङ्गहरू–, ,हाम्रो परम्परा अनुसार चारधाम जानु अघि मुक्तिनाथको यात्रा गर्नु पर्ने, मुक्तिनाथलाई प्रथम यात्राको रूपमा गरिने चलन अनुरूप २०७० असौज २१ गते, मुक्तिनाथ यात्रा तय हुनु, । यात्रामा बसमा भोग्न परेको कठिनाई, गलेश्वर हुँदै रातको ९ बजे तातोपानी पुग्नु, विहान तातो पानीमा स्नान गर्नु, लेते मार्फा हुँदै जोमसोम पुग्नु,  कागवेनीमा स्नान र पिण्डदान गर्नेकाम, त्यपछि मुक्तिनाथ जान चढ्नु पर्ने, उकालो, उकालो चढेर मन्दिर परिसरमा पुग्दा स्वास प्रस्वास समस्या, यस समस्या समाधान गर्नको लागि लगिएका आवस्यक सामाग्री,(आस्थालिन, चकलेट, पीरो अदुवा, अनार दाना, पतञ्जली चूर्ण आदिको )प्रयोग गर्नु पर्ने, बलियो र वैंसालु उमेरमा मुक्तिनाथ जान उपयुक्त हुने, मुक्तिनाथ मन्दिरमा सु्रक्षा कर्मी, आपतकालिन औषधोपचार सेवा, १०८ धारा भएको स्नान स्थल, दुई ओटा कुण्ड, बीचमा मन्दिर, नरीवलको बली, धूप आरती, गौतम बुद्धको आकृतिमा शङ्ख चक्र, गदा, पद्म धारी भगवान नारायण मुक्तिनाथको मूर्ति देवीपीठ, प्राकृतिक ग्याँसबाट बलेको अखण्ड ज्योति, धूप दीप आदिको विवरण, बाटोको कठिनाई , काली गण्डकी कोरिडोरको विवरण, हिमालको विवरण र आकर्षक प्राकृतिक सौन्दर्यता आदि समेटिको छ यस लेखमा ।
स्वर्गद्वारी यात्राको सन्दर्भ –यस लेखमा भरतपुर स्याउली बजार टोल सुधार समितिको संयोजन र व्याक्तिगत खर्चको आधारमा २०६८ बैशाख १७ र १८ गते स्वर्गद्वारी अवलोकन भ्रमणको विवरण प्रस्तुत गरिएको छ । यात्रामा चन्द्रौटामा पुग्दा गाडीको स्प्रिङ्को पाता भाचिएर यात्रामा अवरोध पुग्नु, गोरुसिङ्गे अर्धाखाँचीको प्रवेशद्वार, मधेसी अतिक्रमण भएको ठाउ,ँ देहव्यपारका कुरा , लमहीको ससुराली होटेलको खाना, लमहीको सहरीकरण, रोल्पामा प्रवेश, हलेरी पुग्दा लेखकले होलेरीको राजन्ैतिक घटनाक्रममा गिरिजाप्रसाद कोइरालाको प्रसङ्ग उठाउनु, होलेरीदेखि धरमपानीसम्म को रोडलाई नारायण पोखरेल स्मृति मार्ग राखिएको र यसको निर्माणमा नारायण पोखरेलले सप्ताहमा बाचकी भएको धारणा, स्वर्गद्वारीमा पुग्नु , सौचालय चारओटामात्र धार्मीक यात्रीको चाप धेरै, यहाँ आरती बाल्ने ताप्ने, मन्दिर दर्शन गर्ने, गाईलाई नुन र पिठो चटाउने, गुफा हेर्ने कसैले श्राद्ध आदि काम गरिने विवरण, गाई २०० जति रहेका, २०–२५ ओटा भैंसी पालन गोठाला २–३ जना रहेका, ७ देखि १५ बर्षसम्मका बटुकहरूले चण्डी, वेद, रुद्री, पाठ गरिने र यहाँको आकर्षकमा शिवपञ्चायनका पुराना ढाँचाका मन्दिर, प्रतीक्षालय, अतिथि गृह्य,भोजनालय, गुरुकुलीय विद्यालय रहेका विवरणको साथै यहाँको यात्रा समाप्त गर्दै फर्कने क्रममा कला गला टुक्का,गीत ठट्टा आदिमा रमाउँदै फर्किएको विवरण लेखले आकर्षक रूपमा प्रष्ट पारेको देखिन्छ । लेख समीक्षकीय रूपमा लेखिएको र विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।
चन्द्रागिरी र हिमाल दर्शन –यस नियात्रामा चन्द्रगिरी र हिमाल दर्शनका दुई यात्रालाई समेटिएको छ । पहिलो दिनमा चन्द्रागिरीको केवुलकार यात्रा गर्दा मसुरी र मनकामनाको केवुलकारसँग तुलना गरिएको र चन्द्रागिरीको केवुलकार खासै आकर्षक नभएको ,चन्द्रागिरी हिल्स लिमीटेडले ४० वर्षका लागि भाडामा लिएर बनाएको भौतिक रचना, यहाँ अनुमानित ५ हजार जनाको आवत जावत हुने,, यहाँबाट गणेश, मनासलु, लगायतका हिमाली दृश्यको साथै काठमाडौ उपत्याका पूर्णरूपले देखिने, धार्मिक दृष्टिकोणको हिसावले यहाँ सतीदेवीको भालशिर पतन भएको स्थानमा भालेश्वर महादेवको भव्य मन्दिर, शिवको मूर्ति, शिवपञ्चायनसँगै पित्तलको नन्दी पनि भएको, पूर्वी क्षेत्रमा पृथ्वी नारायणको  शाहको पूर्ण कदको पित्तल धातुको सालिक, पृथ्वी नारायणन शाहका महत्वपूर्ण उद्गारहरू जस्तै, यो मुलुक दुई ढुङ्गाको तरुल रह्या छ , मेरा साना दुखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया, घुस लिन्या र धुस दिन्या दुबै राष्ट्रका दुश्मन हुन् " । यहाँ सिमन्टेड चित्रका रूपमा पृथ्वीनारायण शाहका दलबलका  सहयात्रीहरूका चित्रहरू पनि राखिएका, केवुलकारमा तीन फिट भन्दा तलका बालबच्चालाई निशुल्क तथा विविध छुटहरू, एक पटक चन्द्रागिरी हेर्न जानु पर्ने सुझाव, आदिको साथै २०७६कार्तिक १९ गते हिमाल दर्शनको लागि बुद्ध एयरको बोइङ्गबाट अवलोकनको वर्णन, गर्नुको साथै २१ ओटा हिमालको विवरण, कोदारी रोड लासा, नाम्चेबजार आदिको विवरणले  सजिएको छ यात्रा विवरण । छोरी ज्वाइँको आग्रहमा गरिएको यो यात्राले चन्द्रागिरीको र हिमालको सौन्दर्यलाई प्रष्ट्याएको छ र यात्रामा भोग्न पर्ने कठिनाइलाई पनि प्रष्ट पारेको छ ।
चितवनदेखि बलेवासम्म – बलेवामा हुन गइरहेको साहित्यिक कार्यक्रममा चितवनका १२ जना साहित्यकारहरू २०७४ को १६ गते चितवनबाट बलेवा जानको लागि रमाना, मध्यपहाडी लोकमार्गको वर्णन, मोदी खोलामा बनेका ३ओटा जलविद्युत आयोजना, ३ बजे सम्ममा कुश्मा पुगेर केही पर्यटकीय स्थलको अवलोकन गर्ने योजना भए पनि बाटोमा जाम परेकोले ५ बजेमात्र कुश्मा पुग्नु,, कुश्ममा इन्द्रकुमार विकल्प र चितवनबाट गएका स्रष्टाहरूसँग परिचयात्मक कार्यक्रम हुनु, भीम सुवेदीकी पत्नी बिरामी परेर अस्पताल भर्ना गर्नु परेको, पाँच जना साहित्यकारले गुप्फा अवलोकन गर्नु,, पञ्चपाण्डवको  गुप्तबास भनि बोर्ड टाँसिएको ठाउँमा गुप्तेश्वर महादेव शिवलिङ्गको प्रतीक आकृतिक कङ्क्रिट चित्र देखिनु, एउटैमात्र तारमा अल्झिएको कालीगण्डकी माथिको ५५ मिटरको उच्चाइमा रहेको केवुलमा दशजना स्रष्टाहरू सवार हुनु, ६ मिनटमा बलेवा पुग्नु, भूपीनको घरमा पुग्नु ,भूपीनकी ८७ बर्षकी आमाको दर्शन गर्नु,, १० बजे लकासको जन्मभूमि रहेको घरको अवलोकन, खाना खानु। साना किसानको एकतले भवनमा कार्यक्रमको थालनी, प्रमुख अतिथिमा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्मा, स्थापित सात ओटा पुरस्कार र उत्कृष्ट नेपाली विषयमा उच्च अंक ल्याउने मेधावी विद्यार्थीलाई पुरस्कृत गरिने कार्यकर्म रहेको र उक्त पुरस्कार पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा प्र.डा. नारयणप्रसाद खनाल, नमुना शर्मा, काजी रोशन, मुकुन्द शर्मा चालिसे, ध्रुवलाला शर्मा (म्याग्दी, भरत बाग्लुङ्गे,लाई जनही दशहजार,र जनता मा.वि.का छात्र÷छात्रा लक्ष्मण शर्मा र दीपा क्षेत्रीलाई रु पाँचहजारले सम्मान गरिएको, ४.४०मा कार्यक्रम समाप्त भएको, साहित्यिक कार्यक्रम समाप्त भएपछि चितवन वmर्कर्ने क्रममा यात्रा अवस्मरणीय रहेको धारणा सहित यस लेखमा धेरै कुराहरूले स्थान पाएका छन् ।
प्रसन्न मनोदशाका तरेलीहरू– यस लेखले २०६७को स्याङ्जा साहित्य प्रतिस्ठानले आयोजना गरेको भानुजयन्तीमा चितवनबाट सहभागी हुन गएका सााहित्यकार कपिल अज्ञात, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी, विवेक अधिकारी, गोर्खे साइलोले सहभागी भएको, कालीगण्डकी साहित्य, कलापुरस्कार –२०६७ लोकगायनतर्फ पुरुषोत्म न्यौपाने, नियात्रा–समालोचनातर्फ पूर्णप्रसाद अधिकारी ,छन्दकविमा नीलाम्बर ढुङ्गानाहरूलाई जनही ५००१ रुपियाँको साथै देवीप्रसाद वनबासीले आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कार गङ्गाकर्माचार्य पौडेल र लेखनाथ काप्mलेलाई प्रदान गरिएको विवरण प्रस्तुत गरिएको छ । यसकार्यक्रमको प्रमुख आतिथ्य माधव वियोगी र सभापतित्व विश्वप्रेम अधिकारीले गर्नु भएको समारोहमा शिवकुमार अधिकारी, गंगानाथ कोइराला, डा. नेत्रप्रसाद न्यौपाने, कृष्णप्रसाद बास्तोला, यामबहादुर पौडेल क्षेत्री लगायतका साहित्यकारको सहभागी भएको विवरण लेखले  जानकारी गराएको छ ।
कला–साहित्यको अपूर्व सङ्गम स्याङ्जा सािहित्य प्रतिष्ठान –स्याङ्जा साहित्य प्रतिष्ठानको (२०७०।०५।१२) मा आयोजना गरेको विशाल कार्यक्रममा काली गण्डकी साहित्य कला पुरस्कार केदारनाथ खनाल, भानु स्मृति पुरस्कार मोहन दुवाल र कालीगण्डकी साहित्य कला सम्मान सदानन्द अभागी,लाई प्रदान गरिएको विवरण, रजस्थलको ५४ अङ्क "भानुको स्याङ्जा विशेषाङ्क" र सिडीको विमोचन, नारायण काप्mलेले भानुको स्याङ्जा विशेषाङ्को  समीक्षा, साहित्यकारहरूबाट कविता बाचन, प्रा. डा. जयराज पन्त(स्व) को प्रमुख आतिथ्यता र विश्वप्रेम अधिकारीको सभापतित्वमा कार्यक्रम भव्यताको साथमा भएको विवरण लेखले समेटेको छ ।
 चितवनमा वी.पी. शताब्दीः एक विमर्श –  यस लेखले मिति २०७० मङ्सिर २२ र २३मा चितवनमा आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली लेखक संघ, नारायणी अञ्चलद्वारा भएको बृहद् साहित्यिक विचार गोष्ठिको आयोजना गरिएको विवरण प्रष्ट्याएको छ ।
 यस गोष्यठीको प्रमुख अतिथिको रूपमा प्राज्ञ सनत रेग्मी र अध्यक्षमा केदारनाथ खनाल रहेको, सोही कार्यक्रममा कृष्णादेवी शर्मा श्रेष्ठको सिर्जना क्रान्तिकारी विजश्वेश्वर महाकाव्य र केदारनाथ खनालद्वारा लिखित संस्मरणसङ्ग्रह "दुईधार एक लहर" लेखकसंघका केन्द्रिय अध्यक्ष विष्णुविभु घिमिरे र प्रमुख अतिथिले संयुक्तरूपमा विमोचन गरेका, "आत्मिक ईश्वरका सच्चा पुजारी विश्वेश्वरप्रसाद कोइराला" नामक कार्यपत्र डा. ज्ञानु पाण्डेले प्रस्तुत गर्नु भएका,े यसरी नै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना,ःउत्प्रेरणा,कलासाधन र दिशाबोध", कार्यपत्र गोविन्दराज भट्टराईले प्रस्तुत गर्नु भएको र तेस्रो सत्रमा कविता बाचन (प्रतियोगी र अप्रतियोगी ) आदि मन्तव्य लगायतका कार्यहरूलाई विवरणात्मक रूपमा पष्ट्याउने प्रयास गरिएको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठान र देवकोटा शतवार्षिकी समारोह –, यस लेखमा २०६६ सालमा देवकोटा केन्द्रित कार्यक्रम स्याङ्जामा भव्यताको साथमा मनाइएको, उक्त समारोहमा विविध ठाउँका साहित्यकारहरूलाई निमन्त्रणा गरिएको, जाँदा पृथ्वी चोकको पृथ्वीनारायण शाहको शालिक भत्काएर नेपालका प्रथम सहिद लखन थापाको सालिक निर्माण गरिएर लखनचोक नामाकारण गरिएको, स्याङ्जा पुगेपछि साहित्यिक चिन्तन मनन्, सरुभक्तको प्रमुख आतिथ्य, र विश्वप्रेम अधिकारीको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा रजस्थल त्रैमासिक ३७औं अङ्क "देवकोटा विशैषाङ्क" को विमोचन, कुसुमाकर न्यौपाने, प्रेम छोटा, शान्तिनारायण श्रेष्ठ, गोविन्द विनोदी, डा. घनश्याम न्यौपाने, टिकाराम वाग्लेलाई सम्मान,आदि कार्यक्रमलाई यस लेखमा समीक्षात्मक रूपमा प्रष्ट्याउने प्रयास गरिएको छ ।
प्रथम गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठी – यस लेखले गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठिको यथार्थता प्रष्ट्याउने प्रयास गरेको छ । नेपाल भ्रमण वर्ष १९९८ पछि महोत्सवहरू गर्ने चलन, पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व कालमा २०११ लाई  पर्यटन वर्षको रूपमा मनाउने र दश  लाख पर्यटक भित्र्याउने कार्य योजना, प्रथम गुल्मी महोत्सव २०६८बैशाख ४–११को उद्घाटन प्रधानमन्त्री झलनाथ खनालबाट हुनु, २०३० साल देखि हालसम्म प्रकाशित हाम्रो पुरुषार्थ, किरण पुस्तकालय र शशी पन्थीबीचको अन्योन्याश्रित सम्बन्ध, पश्मिाञ्चल क्षेत्रीय स्तरको साहित्यिक गोष्ठिको आयोजना, त्यसमा चितवन र नवलपरासीका साहित्यकारहरूको सहभागीता, ८गते छन्द दिवसको उपलक्षमा छन्द कविता पाठ, ,रेसुङ्गाको डाँडो र रेसुङ्गा महाप्रभूको तपस्या र विश्राम स्थलको अवलोकन, भ्युटावरको अवलोकन, यसरी कार्यक्रमलाई चारभागमा विभाजन गर्दा पहिलो सत्रमा उद्घाटन, दोस्रोमा कविता प्रतियोगिता तेस्रोमा कार्यपत्र वाचन, चौथोमा अप्रतियोगी कवितावाचन,र समापन कार्य, आदि विवरणलाई यस लेखले समेटेको छ । लेख विवरणात्मक छ ।सहभागीका नाम, कार्यपत्र बाचन, टिप्पणीकार पुरस्कारको व्यवस्था, गुल्मीको प्राकृतिक, भौगोलक आदि विवरणलाई राम्ररी समेटिएर लेखिएको यो लेख अनुकरणीय छ ।
मोफसलमको साहिअत्यिक पत्रकारिता सङ्गोष्ठी –यस लेखले २०६६ जेष्ठ ९ गते, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको परिसको नयाँ भवनमा नेपाली केन्दी्रय प्रशिक्षण विभाग त्रि वि.का प्रध्यापक राजेन्द्र सुवेदी,को प्रमुख आतिथ्यता र रोचक घिमिरेको सभापत्विमा सञ्चालित , नेपाल पत्रकार संघ, र प्रेशकाउन्सिलको आयोजनामा आयोजित यस कार्यक्रममा, विचार गोष्ठी, स्रष्टा सम्मान, र साहित्यिक पत्रकारिता,यसको नियति ,साहित्य र पत्रकारिताको अन्तरसम्बन्ध, राज्यको दायित्व, स्रष्टाको भूमिका, जस्ता विषयमा  आधारित कार्यक्रममा शिव.रेग्मी, डि.आर. पोखरेल र डा. तुलसी भट्टराईका कार्यपत्र प्रस्तुति, पुराना पत्रकार चूडामणि रेग्मीलाई सम्मान, ३८ जनालाई साहित्यिक पत्रकारिताको प्रमाणपत्र, आगामी सम्गोष्ठी सुनशरीमा हुने घोषणा, यस गोष्ठिमा १६ बुँदे घोषणापत्रको वाचन आदि कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको , कार्य विभाजन अनुरूप, कार्यक्रम सञ्चालन गरिएको, र "चितवनको माटोमा " मोफसलको साहित्यिक पत्रकारिता विषय गोष्ठी" भव्यताकासाथ सम्पन्न भएको र अतिथिहरूलाई एउटै बसमा पठाइएको धारणा सहित यो लेख समाप्त हुन्छ ।
पुरस्कारको सार्वजनीनता र बलराम स्मृति पुरस्कार –  यस लेखले पुरस्कारको परिभाषा, पुरस्कारका प्रकारहरू, नेपालमा हाल आएर हजारको आसपासमा पुरस्कारका नाम सुनिने गरेका, तर कति पुरस्कार जन्मने र मर्ने गरेका, पञ्चायतकालिन पुरस्कारको अवसान, पुरस्कारमा मदन पुरस्कार, नई र चिसाप पुरस्कार, नोवेल पुरस्कार, भारतीय महात्माम गान्धी नेहरू पुरस्कार, आदि पुरस्कारलाई औंल्याउँदै, कतिपय पुरस्कार दिंदा पारदर्सी नहुने गरेका कुरा, पुरस्कार आफैमा दान हो, स्रष्टाको पुजा हो, सम्मान हो, साहित्य कलाको यज्ञ हो आदि आदिको लामो व्यख्या गर्दै लेखक.ले आप्mनै सात्विक, नैष्ठिक परोपकारी र शिक्षा प्रेमी श्री बलराम उपध्याय अधिकारी(१९८६–२०६०)को नाममा २०६८मा अक्षयकाोष स्थापना गरेको र २०७७ सालसम्म प्रतिवर्ष एक वा दुईजनालाई पुरुसकृत गर्दै आएको  धारणा यहाँ दर्शाइएको  छ । लेखले स्वदेश तथा विदेशका महत्वपूर्ण पुरस्कारलाई समेट्न पुगेको छ ।पुरस्कार निर्विवाद हुन पर्ने धारणा आएको छ ।
प्रस्तावित काली गण्डकी डाईभर्सन र देवघाटको अस्तित्व संकट– यस लेखमा पृथ्वीको उत्पत्ति, जीवको उत्पत्ति नदी र मानव सभ्यताको विकास, नदीबाट पर्न जाने विनास, प्रकृतिक सौन्दर्यता आदिको लामो भूमिका सहित काली गण्डकी नदीलाई स्याङ्जा जिल्लाको राम्दी भन्दा तीन किलो मिटर दक्षिण पश्चिमबाट डाइभर्सन गरी १२० मिटर अग्लो बाँध बनाएर ३० किलोमिटरको सुरुङ बनाउँदै पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुको जमिनमा सिञ्चाइ गर्नको लागि प्रयोगको साथै तिनाउमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अभियानमा यस क्षेत्रका नदीका उपभोक्ताहरू र धर्म संस्कृतिप्रेमीहरू आन्दोलित भएको धारणा आएका छन् । लेखकले गंगा यमुना र सरस्वतीको सङ्गमस्थललाई तीर्थराज प्रयाग भनिने, ६–६ वर्षमा अर्ध कुम्भमेला र १२–१२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने, यसरी नै नेपालमा देवघाटलाई आदिप्रयाग मानिने र यहाँ श्रावणको सोमबार तथा मकर सक्रातीमा लाखौं मानिसको सहभागिता रहने, देवघाटमा काली गण्डकी र सप्त गण्डकीको सङ्गम स्थल देवघाट वेणीको रुपमा पवित्र स्थानको रूपमा लिइने यस्ता महत्वपूर्ण स्थानलाई यो डाइभर्सनले असर पार्ने, देवघाट, कृष्ण गण्डकीको अस्तित्व संकटमा पर्ने आदि यस लेखले थुप्रै कुराहरू भारतीय गुप्तचर संस्था "र" (च्ब्ध्० को नेपालमा प्रभाव, भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीको भारतीय नदी एकीकरणको ग्य्राण्ड डिजाइन पनि हो, अदि थुप्रै , थुप्रै  कुराहरु यस लेखले उठाएको छ । यस लेखबाट धर्म संस्कृति, वेद पुराण, राजनीति, पर्यावरण आदिमा पर्ने असर विविध पक्षलाई समेट्ने प्रयास भएको छ । कतिपय कुरा सत्य पनि हुन् । तर मलाई के भन्न मन लाग्यो भने नेपाल जलस्रोतको धनी देश हो तर यी नदी नालाहरू नेपालले प्रयोजनमा ल्याउन नसक्नु तर हाम्रो सीमा काट्ने बित्तिकै भारतले प्रयोगमा ल्याएर पानीको सदुपयोग गर्नु र विकासमा अघि बढाउनु त्यहाँ बनाइएका बाँधले हाम्रो क्षेत्र डुवानमा पर्नु आदिलाई सरकार जनता,सबै पक्षको गहिरो सोच हुनु अति आश्यक छ । नेपालको जललाई नेपालमै विविध प्रयोजनमा ल्याएर अघि बढ्दा नेपालनै समृद्ध हुने, समृद्धिबाटै धर्म, संस्कृति आलिाई पनि टेवा मिल्छ हैन र ?
देवघाटधाम तीर्थ एक ः महत्त्व अनेक – यस लेखले देवघाटधामको धार्मिक महत्वलाई (आदिप्रयाग) प्रष्ट्याउने क्रममा भरतका चार धाम(तीर्थ स्थल), नेपालका विभिन्न स्थलमा रहेका तीर्थं स्थलको भूमिका सजाउँदै कसैले नवगण्डकी, कसैले सप्त गणकी आदिको नाम बाट नामाकरण गरिएता पनि खास गरेर काली गण्डकी र त्रिशूली नदीको सङ्गम स्थललाई देवघाटको रूपमा चिनिने र अर्को रुपमा चितवन, नवलपुर र तनहुँको त्रिकोणात्मक भूगोलमा अवस्थित पूण्य भूमिलाई देवघाट भनिने, २००९ सालमा गलेश्वर स्वामीको आगमन भए पछिमात्र यो स्थानको धार्मिक, आध्यात्मिक,र भौतिक प्रगति ले अग्रसरता लिएको, युगपुरुष कृष्णको गण्डस्थलबाट उत्पन्न, कृष्ण गण्डकी र शिवको जटाबाट उत्पन्न भएकी त्रिशूलीको सङ्गमस्थल, माधेसक्रान्तिमा लाग्ने दुईदिने मेला,यसका विषयमा लेख रचना, स्मारिका, लक्ष्मी पोख्रेलको वागेश्वरी स्मारिका स्व. डा. रामानन्द गिरीको अभिरुचीमा सञ्चालित मकरसङक्रान्तिको रात्रिमा "मकरकाव्य यामिनी" कवि गोष्ठीको आयोजना,  पाल्पाली राजा मणिमुकुन्द शेनले वि.सं. १५७१मा चक्रेश्वर मन्दिर बनाएर त्यहीं समाधी लिएका कुरा, भगवती कालिकाको मन्दिर(मौलाकालिका) को निर्माणमा पनि मुकुन्द शेनैकै उपज, गलेश्वरबाबाको योगदान, योगी नरहरि नाथको योगदान, आदिलाई समेट्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने धारणा, यसको संरक्षण र सम्बद्र्धनका कुरा लगायत विविधताले सजिएको छ लेख ।
पुस्तकालयको महत्व र उपयोगिता –"सार्वजनिक रूपबाट,इच्क्षुक पाठकहरूले विभिन्न शर्तमा पढ्न पाउने हिसावले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा स्थनलाई पुस्तकालय भनिन्छ ।" यसरी परिभाषा दिंदै विभिन्न पुस्तकालयका पयार्यवाची नाम लिंदै, शिक्षा र सभ्यताको साथै विश्वका ख्यातिप्राप्त जानकारी, राणाकालमा नेपालमा पुस्तकालय खोल्नु नै अपराध, महाकावि लक्ष्मी प्रसाद लेवकोटाले पुस्तकालय खोलेवापत १०० रुपियाँ डण्ड तिरेका कुरा, कार्लमाकर्सले अक्सफोर्ड" पुस्तकालयमा बसेर "दास क्यापिटल" लेखेर चर्चित भएका,आदि थुप्रै पुस्तकालय सम्बन्धि धारणलाई प्रष्ट पार्दै विभिन्न देशका खासगरी भारतका विभिन्न प्रयोजनमा खोलिएका पुस्तकालयको वर्णन, नेपालभित्रका चर्चित पुस्तकालयका नामहरू, पुस्तकालयमा किताप चोरिने कुरा ,संरक्षणका कुरा सहित सरल एवम् सुवोध रूपमा यो लेख टुङ्गिएको छ ।
माथि मैले सानो परिचयात्मक भावसार पस्के पनि कृतिकारका धारणाहरू समेटिएका छैनन् किनकी हरेक लेखहरू मझ्यौला खालका भए पनि लेख्न चाहेका भावनालाई लेखकले कन्जुस्याई गरेका छैनन् । प्रा. डा. नारान् खनाल,प्रा कपिल अज्ञातका धारणाले कृतिकारको व्यक्तित्व र कृतित्वमा गहनतालाई समेट्ने प्रयास गरेको छ । लेखक स्वयम् समीक्षक भएर नै होला सबै लेखमा धेरथोररूपमा समीक्षकीय प्रवृत्तिले स्थान लिएको पाइन्छ ।"अनुस्मृतिका तरङ्गप्रति,विहङ्गम आलोक " शीर्षकमा त्रिवेणी साहित्य परिषद नवलपरासीका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले यस कृतिलाई स्मृति खण्ड, यात्रावृतान्त खण्ड, समीक्षात्मक टिप्पणी खण्ड र आलेख खण्ड भनी उपशीर्षक दिएर विश्लेषणात्मक भूमिकाको रूपमा यस कृतिको चिरफार गर्नु भएको छ । कुनै पनि विषय बस्तुमा प्रवेश गर्दा उद्देश्य के हो त भन्ने प्रश्न आउँ छ । पूर्ण सरका प्रत्येक लेखले उद्देश्य प्र्रष्ट्याएको छ । त्यो उद्देश्य हाँसिल गर्न गरिएका कामको विवरणात्मक प्रस्तुति छ ।त्यति मात्र नभएर त्यहाँको प्राकृतिक सौिन्दर्यता, ऐतिहासिक महत्त्व,भौगोलिक विवरण, सामाजिक चित्रण, धार्मिक महत्त्व, यात्रामा भोग्न पर्ने कठिनाई तथा यात्रामा अनुभूति गरेर प्राप्त आनन्दता,, प्रष्ट एवम् दृढ प्रस्तुति(गलतलाई गलत, सत्यलाई भन्न नहिचकिच्याउने बानी) आदिको विश्लेषण गर्दा अधिकारीजीको लेखन शक्ति दरबिलो छ भन्दा अत्युत्ति नहोला । भाषशैली र प्रस्तुति पाठकीय दृष्टिले सरल एवम् बोधगम्य छन् । सबै प्रकारका पाठकलाई ग्राह्य छन् साथै शीर्षक पनि अर्थपूर्ण र सन्देश मूलक छन् भन्दै अधिकारीजीको लेखन तीब्रताको साथै सुस्वास्थको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
 २०७७ साल चैत्र २३ गते , कावासोती नवलपुर

March 31, 2021

अग्र सोच

गजल

गजल लेख्ने बानी चल्यो बुढ्यौलीको रहर
हरपल खोजेको छु औधी सुन्दर बहर

देशको माटो समातेर कसम नै खान्छु
यही माटोमा समाहित हुने भयो ठहर

हुन्छ राष्ट्रप्रति समर्पित जो कोहीको भाव
आत्मैदेखि जागरण छ देश विकासको लहर

देश हेर सबको लागि मुटुको हो धडकन
यै धडकनमा अमृत बग्छ छानी दिन्छ जहर

बालकदेखि बृद्धसम्म अग्रसोच भए
विकासमा लम्कनलाई पर्ने छैन कहर

March 3, 2021

गजलबचतको खोजी

कर्तव्यमा जुटी–जुटी गरौं सबै काम प्रिया
काम बिना संसारमा मिल्ने छैन माम प्रिया
चन्द्र सूर्य राष्ट्र ध्वजा यही स्वाभिमान हाम्रो
राष्ट्रप्रेम हुनै पर्छ हरेक नै याम प्रिया
संसारिक चोला हो यो हुन्छ दिन रात सधैँ
चाँदनीको वियोगमा उदाउँछन् घाम प्रिया
छाक टार्ने मात्र हैन बचतको खोजी गरौं
पसिना नै अमूल्य छ बचाउन दाम प्रिया
बल्न गयो अन्धो मन सपनीको दीप आज
,निभ्नै थाल्यो भनेपछि जपिन्छ है राम प्रिया

February 23, 2021

पत्र–सञ्चयन एक अध्ययन, एक पत्र

आदरणीय वरिष्ठ वाङमयसेवी निराकारज्यू
सादर नमस्कार
सर्बप्रथम यहाँलाई पत्र–सञ्चयन किताप सादर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहान्छु । पत्र–सञ्चयनलाई गहन अध्ययन गर्न नसके पनि सरसर्ती अध्ययन गरें । कितापको अध्ययनले मेरो साहित्यिक बुझाइलाई गहिरो प्रभाव पा¥यो । तर बसिसकेको बानीलाई केही हदसम्म परिवर्ततन गर्न खोजे पनि ठूलो परिवर्तन भने अवस्य सम्भव छैन । म आफ्नो अवधारणामा धेरै अघि बढी सकेको छु र उन्नाईसवटा पुस्तकहरू प्रकाशनमा आइसकेका छन् । तर पनि मलाई, बिभिन्न साहित्यकारहरूले यहाँलाई दिएको सुझावले गर्दा, साहित्य लेखनमा विविध विधाका नीति नियमहरूलाई अनुसरण गर्नुुपर्दछ भन्ने बोध गरायो र त्यसतर्फ लाग्न बाध्य तुल्याएको छ । म कतातिर लाग्छु भविष्यले नै देखाउला
वनमाली सर यहाँमा भारतको कानपुर निवासी एउटा रेक्साचालक जसले ख्यातीप्राप्त कलाकारहरूको हस्ताक्षर सङ्कलनमा लगाएको रुचि र परिश्रमको साथै हिन्दीको प्रसिद्ध मासिक पत्रिका "ज्ञानोदय" (नवेम्बर–डिसम्बर १९६३)मा प्रकाशान पत्रले यहाँमा पलाएको हस्ताक्षर सङ्कलन अवधारणाले नेपाली साहित्यमा एउटा नयाँ अध्याएको थालनी भएको र यसले ऐतिहाँसिक दस्तावेजको रूपमा पहिलो स्थानलिन सफल हुनु भएकोमा पुन यहाँलाई धन्यवाद दिन सबैलाई करै लाग्दछ ।
पत्र–सञ्चयनमा ७० जना स्रष्टाहरूको साथै यहाँकै अभिव्याक्ति "एउटा पत्र पाठकका नाममा र "यो भूमिका हैन है वनमालीसर" (पत्रकै ंरूपमा लेखिएकोले) भन्दै लक्ष्मणप्रसाद गौतमद्वारा लेखिएको भूमिका सहित ७२ थान पत्रहरूको सङ्गालो अध्ययन गर्ने मौका मिल्यो । यी ७२ थान पत्रहरू छन् । यो बर्गीकरण कुरोको चुरोको आधारमा गर्नु भएको गौतमजी बताउनु हुन्छ र मैले पनि अध्ययन गर्दा सहमत हुन पुग्दछु ।
वनमाली सर अव म पत्रहरूको विधागत अवधारणामा प्रवेश गर्न चाहान्छु । साहित्य ÷ कथा ÷ कविता ÷ समालोचना ÷कला र साहित्य÷ साहित्यमा आधुनिकता÷हास्यव्यङ्ग्य÷ नाटक÷ निबन्ध÷ उपन्यास÷ लोक साहित्य संस्कृत, साहित्य के हो ? कस्तो हुनुपर्दछ ? समकालिन कथा, आधुनिक कथा आदि विविध पक्षमा यहाँले राख्नु भएको जिज्ञाशामा सबै पक्ष्यमा जवाफ प्राप्त हुन सकेको छैन तापनि कथा विधामा सबै भन्दा बढ्ता २५ जना स्रष्टाले आफ्नो धारणा राखेका रहेछन् । अब कथाहरूको बारेमा स्रष्टाहरूले दिएका अभिव्याक्तिबाटै सुरुगरौं । परशु प्रधानको कथन छ –"आजका कथामा लेखकीय इमान्दारीको खाँचो छ । " हरीस वमजन भन्नु हुन्छ –"आजका कथाकारहरूले मान्छेका भित्रीबिरोध संवेदनाहरू, अन्तरद्वन्दहरू मर्म तथा पीडाहरू, उसभित्रका त्रास र भयहरूमा .......अभिव्यक्ति दिईरहेका हुन्छन् ।" कपुर ज्ञावली युगको जटिल समस्यालाई अँगाल्ने र अनुसन्धान गर्ने भन्नुहुन्छ । पोषण पाण्डे– "कथा समयको एउटा तीब्र क्षण हो" भन्नुहुन्छ । कवीन्द्रमान सिंह– "आजको कथा उहिलेझै सामुहिक होइन वैयक्तिक, बस्तुतान्त्रिक, वैज्ञानिक, मानविक, आदि हुनुमा नै विशेषता राख्दछ" भन्नुहुन्छ । ऋषिकेशब रेग्मी भन्नुहुन्छ– "आधुनिक कथामा व्यक्त गरिएका जिउँदा मर्महरू युग सापेक्षित हुन्छन् ।" देवकुमारी थापा भन्नुहुन्छ–"कथा अरूकलाजस्तै हृदयको अनुभूति हो । ग्रावियल लेख्नुहुन्छ– " प्रवासका अधिकांश कथाकारहरू आज पनि घटना, कल्पना र संवेगलाई विशेष महत्व दिएर कथा लेख्दै छन् ।" हरि अधिकारीको अभिव्याक्ति– "नेपाली कथा साहित्य अहिले पतनोन्मुख छ ।" समग्रमा उहाँको धारणा कथाले जीवनको यथार्थ लेख्नु पर्दछ भन्ने पाइन्छ । रमेश श्रेष्ठको धारणामा–" ........कथाको रूप ( अर्थात साहित्यको हरेक विधाको ) फेरिदै जान्छ ।" शैलेन्द्र साकारको धारणामा– " कथा एउटा खुट्टा हो जसलाई विभिन्न रङ्गका जुत्ताभित्र राख्न सकिन्छ" । जगदिस घिमिरेको धारणामा "सर्जकले, लेखकले जेलाई कथा मान्दछ ,त्यो कथा हो ।" देवेन्द्रप्रताप शाहा लेख्नुहुन्छ ("बाँचिरहने व्यक्तिका कथा मेरा कथाहुन् ।" धु्रव सापको्टाको धारणामा ("कथा अभिव्यक्ति हो नितान्त वैयक्तित ।" किसोर नेपालको लेखाइमा– "कथा के हो मलाई थाहा छैन।" रमेश विकल भन्नु हुन्छ –"कथा कथा हो, एउटा जीवन हो।" कृष्णवम मल्ल लेख्नु हुन्छ–"कथा लेख्दा सत्य र असत्य सामाजिक मान्यता र कल्याण पट्टी पनि मेरो ध्यान रहन्छ । रामलाल अधिकारीको धारणामा –"कथा यस्तै हुनुपर्द छ भन्ने छैन । अशेष मल्लको धारणामा– "हरेक युगमा साहित्यले आप्mनो बाटो आफै बनाउँदै ल्याएको हुन्छ ।" अविरल स्थापित लेख्नु हुन्छ –"म जे लेख्छु त्यो मेरो जीवनले, मेरो मानवीय सम्बन्धको लक्ष्मण रेखाले छोएको हुन्छ । किशोर पहाडी लेख्नु हुन्छ –" म केवल आप्mनो आनन्दको निम्ति कथा लेख्ने गर्दछु । .... कथा कथा हुनुपर्दछ ।" सनत रेग्मीको धारणमा–" प्रजातन्त्रपछि यसमा आएका विकृति र त्यसले जन्माएको विसंगति र संकटले पनि अवको कथामा स्थान पाउनु पर्छ ।" मनु ब्राजाकीको धारणमा –"सम सामयिक नेपाली कथा लेखन निराश जनक छैन ।" माया ठकुरीको धारणमा–" मानिसको जीवनमा भोगिएका र उसको अन्तस्करणमा सँगालिएका तीता मीठा अनुभवहरूको अभिव्यक्ति नै कथा हो । डा. ईश्वर बरालको अवधारणमा –"अनेक निष्प्रयोजन विजातीय पैठारीले नेपाली भाषाको गहना मासिने क्रम थालिएको मात्र होइन बिरूप वर्चस्वहीन देखिन थालेको छ ।"
समग्र साहित्यतर्फ स्रष्टा धारणा
साहित्य एकिकृत रूप हो र यस भित्र विविध विधाहरू छन् । समग्र साहित्यतर्फ नौ जना स्रष्टाहरूले आप्mनो अभिव्याक्ति अघि सारेका छन् । बूँद रानाको धारणामा– "हाल हाम्रो साहित्य युवा उग्र बिचार र प्रौढ अथवा बृद्धा आफ्नै किसिमका बिचारहरूका बीच बाँची नै रहेको छ ।" भीमनिधि तिवारीको धारणामा –" आप्mनो जन्म थलो अति छ भलो स्वर्गीय प्रसाद हो ।" मोदनाथ प्रश्रितको धारणा तपसिल बमोजीमका दुई पंक्ती कविता हेर्न सक्दछौ–
"छेक्ने सद्भावको पत्र, जहरिलो कालीमा उघ्रने छ
बालेछौ सूर्य नौलो, मनुज–हृदयको कोपिला फक्रने छ ।"
जीवराज आश्रितको धारणामा–"नेपाली साहित्यतिरको विकास अठारौं शताब्दीतिरबाट हुन थालेको हो ।" विजय वजिमयको धारणामा– "रचनालाई छोटो र आकर्षण शैलीमा अभिव्यक्त गर्नु पर्दछ ।" मदनमणि दीक्षितको धारणमा–"साहित्य गतिमान सिर्जनाशील हो ।" डा. धु्रवचन्द्र गौतमको धारणामा – "नेपाली साहित्य अहिले त्यति ह्रासोन्मुख छैन जति भनिन्छ ।" सरुभक्तको धारणमा –"म साहित्यलाई मानवीय अहंकारको अभिव्यक्ति ठान्ने गर्दछु ।..........यात्रामा शून्यवादी दार्शनिक सोचहरू पनि हुर्कदै गए ।" शरद क्षेत्रीको धारणामा –"नेपाल भित्र र नेपाल बाहिरको नेपाली साहित्यमा अभिव्यक्तिमा कतिपय भिन्नता पर्नु स्वभाविक हो ।"अतः साहित्य के हो त भन्दा मेरो धारणामा साहित्य समाजको दर्पण हो । कस्तो हुनु पर्दछ भन्दा मेरो धारणामा समाज भित्रका यथार्थता सबै ऐना हेर्दा देखिएसरि देखिन सक्नुपर्दछ र समाजलाई यसले सही मार्गमा लैजान सक्नुपर्दछ ।
कविता तर्फ स्रष्टा अवधारणा
कविता नेपाली साहित्यमा अधिक रूपमा लेखिने विधा हो । कविता तर्फ ९ जना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुुत गरेको देखिन्छ । यी स्रष्टाहरूमा कुलमणी देवकोटाको धारणामा –"कविताको जन्म सीमित शब्दबाट हुुँदैन ।" हरिभक्त कटुवालको धारणामा– "स्वभावले नै अनुभूति र नवनवरूप शिल्प आउनु मजैलाग्ेन कुरा हो ।" जगतबहादुर जोशीको कविताप्रतिको धारणा–"कुनै कविता प्रधान हुन्छन् भने कुनै भाव वा सङ्गीत प्रधान हुन्छन् । ...........त्यो जीवन दर्शन शून्य हुँदैन ।" सिद्धिचरण श्रेष्ठको धारणामा –"आपूmले चाहेजस्तो जनताको सच्चाबोल अभिव्यक्त गरी नसकेको.......।" विश्वविमोहन श्रेष्ठको धारणामा–"सुते्कालाई ब्युँझानु व्युँझेकालाई अघिबढाउनु र राष्ट्रलाई माथि उठाउनु यही नै आजको संभवत कविताको आवाज पनि हो ।" महेश प्रसाईको धारणामा– "......समाजमा विकृति फैल्याउने रचना होइन जीवन्त पक्षको वहादुरी इन्कलाव हुनुपर्छ । " माधवप्रसाद घिमिरेको धारणामा –"लय, सौन्दर्य र रसको संमिश्रण नै कविता हो ।" दिनेश अधिकारीको धारणमा–"विषय बस्तुलाई चौबाटोमा लगेर छोडिदिँदा पनि कविता कविता नै हुन्छ ।"
मेरो धारणामा कविता पनि साहित्यै भित्रको एउटा विधा भएकोले यो पनि समाजकै ऐना हो । यो स्वत स्फुरणमा लेखिने कला हो ।
कला र साहित्य तर्फ स्रष्टा अवधारणा
केवल दुई जना स्रष्टाहरूको कला र साहित्य तर्फ स्रष्टा अवधारणामात्र समावेस हुन सकेका छन् । चित्र शब्दविनाको कविता हो भन्न सकिन्छ भने चित्र नै कविताको रूपमा प्रस्तुत हुन्छ । यसमा लैनसिंह वाङ्लदेलको अभिव्याक्ति–"........ साहित्यमा पाउन नसकेको आनन्द म चित्रकलामा पाउँदछु र चित्रकलामा पाउन नसकेको रस म साहित्यमा पाउँदछु ।" यसरी नै उत्तम नेपालीको धारणामा–" साहित्य र कलामा भेद भए पनि अन्तर भेद पटक्कै छैन ।"
नाटक केन्द्रित पत्रहरू केवल बालकृष्ण समको मात्र रहेको र चरण बिभाजनमा सन्तुष्ट नरहेको अभिव्याक्ति दिनु भएको छ । साहित्यमा चरण बिभाजन त हुनुपर्दछ तर वैज्ञानिक रूपमा हुनुपर्ने धारण उहाँको अभिव्याक्ति हो । बास्तवमा साहित्यको चरण विभाजन विभाजनको मात्र हुनुुहुँदैन
हास्यव्यङ्ग्यमा स्रष्टा अवधारणा
चार जना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुत गरेका छन् । यसमा भैरव अर्यालको धारणामा–"हास्यव्यङ्ग्यले अलिकति भित्री ओठ मुस्कुराइदिए हुन्छ । पेटको लाम्टा दुख्ने गरी हाँस्नु पर्दैन ।" रामकुमार पाण्डेको धारणमा–" गहकिलो हास्यव्यङ्ग्यले वातावरण चहकिलो बनाउँछ ।" विष्णु नवीनको धारणामा– "हास्यव्यङ्ग फाटमा चित्तबुभ्mदो बिकास भएको छ।" केशवराज पिंडालीको धारणामा –"...हास्यव्यङ्ग्य साहित्यले विकास गर्र्दै छैन..." र चोलेश्वर शर्माको धाराणामा – "हास्य र व्यङ्ग दुई अलग साहित्यिक प्रभा हुन् ।"
साहित्यको आधुनिकतामा स्रष्टा अवधारणा
यसमा पाँचजना स्रष्टाहरूले आप्mनो अवधारणा प्रस्तुत गरेकाछन्। महानन्द सापकोटाको कथन –"दर्शनमा भित्री आनन्द छ । फेशनमा बाहिरी ।" पारिजातको अभिव्यक्ति–"युगले आधुनिकतालाई जन्माउँछ ।" मोहन कोइराला भन्नुहुन्छ –"युगवोध नै आधुनिक कविता भन्नु पर्दछ ।" ईश्वर बल्लभको अभिव्याक्तिमा –"आधुनिकता निर्वाधमा होइन वोधमा निर्भर छ, पलायनमा होइन संलग्नतामा छ ।" किशोर नेपाल लेख्नु हुन्छ– "फेशन, रक्सी, भ्रष्टचार, टोयटा मोटर सिनेमालाई म कसरी आधुनिक मानु ।"
बास्तवमा मेरो बिचारमा आधुनिकता भन्दा समाजमा आउने सकारात्मक परिवर्तनलाई आत्मसात गर्दै राष्ट्रलाई माथि उठाउने अवधारणा हो । यदि नकारात्मक प्रभावलाई अँगाल्ने आधुनिकताको अवलम्वन गरियो भने समाजलाई नै विकृतिमा लान्छ । यस्तो आधुनिकतालाई आधुनिकता मान्न सकिदैन र त्यस्तो आधुनिकतालाई तिरस्कार गर्नुपर्छ ।
समालोचनातर्फ स्रष्टा अवधारणा
यदुनाथ खनालको अभिव्यक्ति– "साहित्यमा समालोचनाको विशिष्ट महत्व छ ।" चूडानाथ भट्टराइको अभिव्यक्ति–"समालोचनाको सिद्धान्त विशद छ ।" कृष्णचन्द्रसिंह प्रधान– "कृतिको निष्पक्ष निरिक्षण, विवेचना, र जाँचबुझ गरी त्रुटीरहित र श्रेष्ठ रचना गर्ने तर्फ उत्साहित गर्ने समालोचनाको आवश्यक्ता छ ।" डा. वासुदेव त्रिपाठीले लेख्नु हुन्छ–" वस्तुता र मूल्यको निरूपण नै समालोचना हो । वामदेव पहाडीको धारणमा –"नेपाली समालोचना उपयुक्त सान्दर्भित तथ्य र सिधान्तको अन्वेषण हुनुपर्दछ ।" रत्नध्वज जोशी को अवधारणामा –" समालोचनामा उत्कृष्ट कृतिले स्थान पाउनु पर्दछ ।"
लोक साहित्यमा धर्मराज थापाको केवल एक पत्र रहेकोछ र उहाँको अवधारणामा– "लोक साहित्यको स्थान नेपाली साहित्यमा सर्बोपरि रहेको छ" र संस्कृति साहित्यमा डा. टिकाराम पन्थीको अवधारण रहेको र नेपाली साहित्यमा संस्कृत साहित्यले ठूलो प्रभाव पारेको धारणा राख्नुभएको छ ।
निबन्धतर्फ स्रष्टा अवधारणा
निबन्धतर्फ केवल दुईजना स्रष्टाले आप्mनो अवधारण राखेको पाइन्छ । यसमा कृष्ण धरावासीको धारणमा निबन्ध –" पढ्दा सुन्दा झर्को लाग्ने भएता पनि प्राज्ञिक महत्व कविताको भन्दा निबन्धकै ठूलो छ ।" श्यामप्रसाद शर्माको धारणमा–"नेपाली साहित्यको बर्तमान स्थिति सामान्य नै लाग्ने गरेको छ ।"
केदारमान व्याथितले वनमाली सरलाई –"तपार्इँ सौन्दर्यनिष्ठ हुनुहुँदोरहेछ ।" भन्नुभएको छ भने कमल दीक्षितले– आँपूm भाषा प्रेमी भएको अभिव्यक्ति दिनुको साथै "स्रष्टा र साहित्य" भन्ने किताब पढ्ने सुझाव दिएको पाइन्छ ।
वनमाली सर चिठी लेख्ने रहर त गरें तर ढङ्ग पु¥याउन सकिन जस्तो छ। जेहोस् मलाई "पत्र–सञ्चयन" एउटा अमूल्यरत्न हो, यो रत्नको शन्देश सबै साहित्य अनुरागी मित्रहरूसँग पुगोस् भन्ने धारण राखेर यो पत्र लेख्ने कोशिस गरेको मात्र हो । यो ज्ञानको भण्डारको यथार्थता प्रष्ट्याउन यो एउटा सानो पत्रद्वार सम्भव छैन ।
(यो दाउन्ेनमा आइतबार १८, २०६६को अङ्कमा प्रकाशन भएको छ साथै समकालिन साहित्यमा पनि प्रकासशत भएकोछ )

पश्चताप लघुउपन्यास एक झलकस

परिचय
मायादेवी सुब्बाद्वारा सिर्जित "पश्चताप" लघु उपन्यास पहिलो संस्करण विष्णु राईले (गोरखपुर) सम्बत २०२० र दोस्रो संस्करण २०६६ सालमा नइ प्रकाशनले प्रकाशन गरेको छ । कृतिको आकार ५२ पृष्ठको छ । यसको मूल्य पचास रुपियाँ छ । कृतिको अघिल्लो आवरणमा मायादेवी सुब्बाको तस्बिर छ भने पछिल्लो आवरण पृष्ठमा सौजन्य भनि श्रीमती मीना देवान जोशीको तस्बिरको साथै बरिष्ठ साहित्यकार इन्दिरा प्रसाईको पश्चतापको बारेमा अमूल्यवाणी पोख्नु भएको छ । यस उपन्यास सम्बन्धमा इन्दिरा प्रसाई लेख्नु हुन्छ – 'पश्चताप' 'रामराज्यको आदर्शको सरोफेरोमा पारिवारिक र सामििजक अखण्डता र सामाञ्जस्ताप्रति सचेत देखिन्छ ।' प्रकाशकीय शीर्षकमा नइ प्रकाशनको अभिव्यक्ति यस प्रकार छ – 'अम्वालिकादेवी र पवन कुमारी देवीको योगदानसँगसँगै सुब्बाले पनि नेपाली उपन्यासमा आप्mनो हस्ताक्षर बनाएकी छिन् ।' 'भन्नुपर्ने' शीर्षकमा सम्पादक लेखनी भनि (नाम नलेखिएको) 'कथा बस्तुको चित्रण गरिदा मनोवैज्ञानिक स्थान आदर्शवादमा प्रतिबिम्बित भएको सुस्पष्ट छदै छ ।' श्री महेन्द्र–रत्न कलेजका तत्कालिन प्रिन्सिपल खगेन्द्रनाथ शर्मा लेख्नुहुन्छ –'यसमा नेपालको सामाजिक तथा अर्थिक छाप परेको देखिन्छ ।' 'मायादेवी सुब्बाको सङ्िक्षप्त परिचय' शीर्षकमा बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाई लेख्नुहुन्छ –'उनी मन बचन र कर्मले जनसेवामा जुट्ने प्रकृतिकी थिइन् । उनी जति नरम थिइन् त्यति नै क्रान्तिकारी स्वभावकी पनि थिइन् ।' "पश्चताप" नारीहस्ताक्षरमा तेस्रो स्थान ओगट्न सफल उपन्यास हो भनिन्छ । अर्थात 'मायादेवी सुब्बा नेपाली भाषासाहित्यमा नारी उपन्यास लेखन क्रममा तेस्रो उपन्यासकारको रूपमा स्थापित नाम हो भनिन्छ ।'
मायादेवी सुब्बाको जीवनी र कृतित्व–
बास्तवमा माया देवी सुब्बालाई नत देख्ने नै सौभाग्य मिल्यो नत उनको बारेमा यथार्थ बिबरण पढ्न नै पाएको छु । यसमा जे लेखेको छु त्यो सबै बरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईज्यूको भूमिकालाई नै सङ्क्षेप्तिकरण गरेको छु भन्न ठीक होला । मायादेवी सुब्बाको जन्म सम्बत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा पिता सरदार मदनदास सुब्बा र माता वोधकुमारी सुब्बाकी जेष्ठ सुपुत्रीको रूपमा भएको थियो । उनको अध्ययन बुबाबाटै थालनी भए पनि दार्जिलिङको मिसिनरी गल्र्स स्कुलमा शिशु कक्षादेखि एस एल सीसम्म भएको थियो । अध्ययन हुँदा हुँदै उनको बिबाह १६ बर्षको उमेरमा इलाम नेपालका निवासी एक सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील, नारीशिक्ष, नारीहित, नारीजागरणको क्षेत्रमा आप्mनो साराजीवन अर्पणकर्ता पदमबहादुर देवानसँग भएको थियो । यी दुबै समाजसेवीको जीवन सुखमयरूपमा वितेको देखिन्छ । यी दम्पतिका चार छोरी रुद्रकुमारी श्रेष्ठ, उषा महरा, मीना जोशी, र मुक्ता श्रेष्ठ साथै तीन छोरा अशोक देवान, उदय देवान, अनुप देवान छन् ।
मायादेवीको लेखन तथा सम्पादन –
माया देवीले एक कथाकार, नाटककार, चित्रकार, गीतकार कविको साथै सम्पादकको रूपमा आप्mनो स्थान ओगटेको देखिन्छ । यिनको 'ममता' नामक कविता 'घाँसी'मा प्रकाशन भएको र यसले धेरै चस्का लगाएको सरस्वती राईसँग मिलेर 'पालुवा' नामक हस्तलिखित पत्रिकामा प्रकाशन भएको पागल ! पागल ! नाटकले निकै चर्चा पाएको कुरा नरेन्द्रराज प्रसाईले लेख्नु भएको छ । मायदेवी सुब्बाका लेख रचनाहरू गौगात, जुनेली, महिला बोल्छिन्, भानु, पारिजात, रत्नश्री आदि पत्रिकामा प्रकाशन हुने गरेको जानकारी मिल्छ तापनि यी सबै आज आएर खोजको विषय भएका छन् । कृतिको रूपमा भने २०२०सालमा 'पश्चताप' उपन्यास र 'विलौना' कथासङ्ग्रह प्रकाशनमा आएका थिए ।
समाजसेवा र माया देवीको देहावसान
मायादेवीले आप्mनो सारा जीवन समाजसेवामा बिताउनु भयो । उहाँ गुरुआमाको नामले चिनिनुहुन्छ । गरिब दुखी असाहायलाई करुणा देखाउने, नारीउत्थानमा डटेर लाग्ने, सिक्षा सेवामा प्राप्त सुविधा तथा आप्mनो पौरखले आर्जन गरेको जति सरस्वती कन्या स्कुलमा लगाउने, २००३ सालमै नारीका लागि औपचारिक शिक्षाको थालनी, उनकै पहलमा २००९सालमा इलाममा सरस्वती कन्या हाइस्कुलको स्थापनाजस्ता गहन सामासजिक सेवामा आफ्नो सारा जीवन व्यतित गरेको यथार्थता भूमिकामा नरेन्द्रराज प्रसाईले. व्याक्त गर्नु भएको छ । अत यस्ती साहित्यकार, समाजसेवी, राष्ट्रप्रेमी, कुशल गृहणाीको २०४९साल फाल्गुण १३ गते काठमाण्डौमा उच्चरक्तचाप र प्यारालाइसिस भएर देहावसान भयो ।
उपन्यासको कथासार
बिराटनगर औद्योगिक नगरीमा सरमचन्द्र र केशवचन्द्र विद्वान र सज्जन, मिलनसार, मृदुभाषी, विनयी र दयालु उद्योगपति खानदानीय दाजुभाई थिए । सरमचन्द्रको बिबाह एउटा कुसल सहनशील, सुशीला, बिबाह अगाडी नै बाबुबाट साधुत्वको शिक्षा प्राप्तगरेकी, मसिनो मीठो बोलीबचन भएकी बुद्धिमानी र दूरदर्शी विमलासँग भएको थियो । यिनको शेखर नामको छोरा थियो । शेखर पनि पढाईमा डाक्टर भएर देशको सेवा गर्न थाल्यो । विमलाले सरमचन्द्रको अवशान पछि पनि आप्mनो खानदान, उद्योग, समाज र देवर र देउरानी तथा देवरको छोराप्रति राम्रो ध्यान दिन्थिन् । आप्mनो कुशल व्यवहारले गर्दा सबै क्षेत्रमा सफलताको साथमा अघि बढेकी थिइन् । केशवचन्द्रको बिबाह मुखाले इर्षा, डाहा गर्ने, अदूरदर्शी कचकचे लक्ष्मीसँग भएको थियो । शंकर यिनको छोरा थियो । जो वि.ए पढ्दै थियो । शंकर एउटा मिथ्याभिमानी, दुष्चरित्र भएको, सिनेमा पिक्निकपार्टीमा भागलिने, रक्सी, नाचगान मोजमस्ती, आदिमा लिप्त हुने भएकोले घरबाट दिने गरेको खर्चले कहिल्यै पुग्दैनथ्यो ।
केशवचन्द्रको गजवीर नामक साथी थियो । उसकी पत्नी बिते पछि गजविरले आप्mनो सम्पतिको साथै दश बर्षीया टुहुरी छोरी विन्दुको विवाह शंकरसँग गरिदिने अन्तिम इच्छ्या प्रकट गर्दे स्वर्गारोहण हुन्छ । केशवले बिन्दुले एस एल सी पास गरे पछि शंकरसँग विवाहको प्रस्ताव लक्ष्मीसँग राखे तर लक्ष्मीले ठाडै अस्वीकार गरिदिइन् । केशवले भाउजू बिमलासँग मित्रको नासो भएको र त्यसलाई समाल्ने जिम्मा तिम्रो हुने छ भनेका थिए । केशवले काठमाण्डौको वोकिलसँग परामर्श गरेर केही सम्पति बिन्दुको नाममा लेखापढी गरेर छाडेका थिए । केशवको रङ्गेली रोडमा बससित ठोकिएर घटनास्थलमै मृत्यु भयो । लक्ष्मीले बिन्दुलाई आमाबाबु र आश्रयदातासमेत टोकुवी भनेर पिट्ने गर्दथिन् । बिन्दुलाई जरो आएर तीनदिनसम्म थलापरे पछि शेखरले इलाज गरे पछि लक्ष्मीले विन्दुलाई नस्वीकार्ने भए पछि बिन्दु विमलासँग नै बसेर एस एल सी पास गरी । शेखर काठमाण्डौको सरकारी अस्पतालमा काम गर्न थाल्यो ।
शंकरको बिबाह शीला नामक धनाढ्यकी छोरीसँग भयो । शीला एउटी चरित्रहीन केटी भएकोले शंकर र शीलाको दाम्पत्य जीवन सफल हुन सकेन । शंकरले एक दिन शीलालाई पिस्तौलले आक्रमण ग¥यो र आँफू पनि एउटा पत्र लेखेर आँफै जीवनलीला समाप्त गरेको भनी पिस्तौलबाटै अन्त्य भयो । शंकरको अन्त्यष्टि हुनुभन्दा शेखरले पहिलानै विन्दुसँग बिबाह गरी सकेको थियो ।
यसरी छोरा शंकरको निधन सबै उद्योगहरू समेत घाटामा गए पछि लक्ष्मीले आँफूले जीवनमा गरेका काममा पश्चताप गर्दछिन् र विन्दुसँग माफ माग्दछिन् । विन्दुका सुनयनबाट आँसुबूँद टप्किन्छन् । शेखरले –'एउटा छोरो मरे पनि अर्को छोरा म छँदै छु बहिनी माधुरी र म तपाइँहरूका सन्तान रह्यौं विन्दु तपाइँकी बुहारी हो ।' लक्ष्मीले उनको उमेर पनि शेखरलाई नै लागोस् भन्दै । छुटिएको चुला एकै ठाउँमा जोडियो र लक्ष्मीले विन्दुलाई ससुराले पढने गरेको आदि कवि भानुभक्तको रामायाण पढ्न लगाइयो बिन्दु र माधुरीले लय हालेर बाच्न थाले भने शेखर र विमला बाहिर निस्केर मुखा मुख केही मुस्कुराए तर लक्ष्मी भने दत्तचित्तले रामायणको सिलोक सुनि रहेकी थिइन् । यतिकैमा उपन्यास समाप्त हुन्छ ।
उपन्यासले ओगटेको क्षेत्र
उपन्यासले अत्यान्त पारिवारिक घटनालाई समेटेको छ । एकै घरका दुई बुहारीहरुको बीचको सम्बन्धमा विमलाले आप्mनो घर, पति, छोरा, नोकरचाकरप्रतिको उदार भाव, कुसल नेतृत्व, देवर देउरानीप्रतिको कुशल र उत्तरदायी पूर्ण व्यवहार, आप्mना खानदानको मानमर्यदाको पालना गर्दै आप्mनो छोरालाई डाक्टर बनाएर देवरले जिम्मा दिएको बिन्दुको बिबाह शंकरसँग गराउने प्रयत्न लक्ष्मीको अहम्ताले गर्दा असफल भए पछि देवरको प्रतिबद्धतालाई सफल तुल्याउन आप्mनै छोरा शेखरसँग गराएर एउटा कुशल गृहणी, सफल आमा, सफल जेठानीको रूपमा आपूmलाई उभ्याउन सफल देखिन्छिन् । एउटी समाजमा प्रतिष्ठित जेठानीकी देउरानीको व्यवहार अहम्वादीताले गर्दा पतिको जीवन कहिल्यै सुखमय हुन सकेन, पतिको निधन पनि पत्नीकै कचकचको कारणले सोचमा डुबेर कार गएर बससँग ठोक्किएर हुन पुग्यो । लक्ष्मीको अहम् भावले गर्दा उद्योग घाटामा जानु, छोराको विवाह एउटी धनाढ्य चरित्रहीन केटीसँग गराउनु छोारको दुखदाई मरण, पतिको चाहानालाई माटोमा मिलाउनु र आखिरमा जेठानीको शरणमा पुग्नुजस्ता घटनाक्रमलाई समेटेको छ उपन्यासले । यो पारिवारिक क्षेत्रमा समेटिउको उपन्यास हो । उच्च आदर्श बोकेर समाजलाई शिक्षा दिन ुफल देखिन्छ उपन्यास
पात्रहरूको चयन
एकै घरका जेठानी विमलाजस्ती सुपात्र र देउरानी लक्ष्मीजस्ती कुपात्रको मुख्यपात्रको रूपमा चयन गरिएका छन् भने सरमचन्द्र र केशवचन्द्रजस्ता सज्जन विद्वान उद्योगपति दाजुभाइको सुमधुर सम्बन्ध भएका नायक, विन्दुजस्ती एक टुहुरी बालिका विमलाको शेखरजस्तो मातृभक्त छोरा लक्ष्मीको कुलतमा लागेको पथभ्रष्ट छोरा शंकर र चरित्रहीन भएकी शीला बुहारीजसको अनैतिक सम्बन्ध रमेश दाससँग रहेको, एउटी लक्ष्मीकी सज्जन छोरी माधुरीजस्ता अति सम्बन्धित पात्रहरूको चयन गरिएको छ उपन्यासमा ।
परिवेश
यो उपन्यास दार्जिलिङ, इलाम, बिराटनगर, काठमाण्डौ, भारत र काठमाण्डौंको परिवेशमा रचना गरिएको छ ।
भाषाशैली भाषा सरल छ । भाग्यमा लेखेको मेटेर मेटिदैन, भैसीका अगाडि बिन बजाउनु, भालुलाई पुराण सुनाउनु, आइमाइको छोटो बुद्धि, जसलाई इस्वरले बचाउँछन् उसलाई कसैले मार्न कुल्चिन सक्दैन, लाख टक्काको लाल आदि विविध खाले उखान टुक्काले सजिएको छ उपन्यास ।
निष्कर्ष
करिब आज भन्दा ५० बर्ष पहिला लेखिएको उपन्यास घरयासी परिवेशमा लेखिएको छ । समाजमा देखिने, सरलता, विवेकशीलता, बुद्धिमत्ताको साथै विवेकपूर्ण धारणाले गर्दा कसरी एकै घरकी एक महिलाले कसरी उच्चता हाँसिल गर्न सक्दिरहिछन् र सोही घरकी एक महिलाले आफ्नो अहम्ताले गर्दा कसरी आफ्नो सर्बस्वलाई गुमाउनु पर्दो रहेछ भन्ने यथार्थता बोकेको छ उपन्यासले । आज पनि यो सामजिक घटना हरेक घरघरमा घटिरहेको छ र त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । उपन्यासले सजिव चित्र उतार्न सफल देखिएको छ । दुखद र सुखद घटनालाई, अर्थिक, सामाजिक क्षेत्रलाई समेटेर अघिबढेको छ उपन्यास । यस्तो समाजकल्याणकारी उपन्यासकी कृतिकारको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्दै विदा चाहान्छु ।
8Prem Sapkota, परदेशी दारि माइलो and 6 others