कवि र उनी प्रतक्ष्य भाव काव्य अध्ययन गर्दा
सदानन्द अभागी
यो भावकाव्यका सिर्जनाकार हुन् लक्ष्मीराज शर्मा पौडेल । लक्ष्मीराज शर्मा पौडेलको जन्म बागलुङ् नगरपालिका –४ भए पनि हाल उहाँ कुश्मा नगरपालिका कुश्मा बजारमा बस्नुहुन्छ । शैक्षिक योग्यताको हकमा उहाँ स्नातक हुनुहुन्छ । नेपाल सरकारको निजामती सेवामा अधिकृत पदमा अविछिन्न ३० वर्ष सेवा पश्चात् निवृत्त हुनु भएको र सरकारी सेवामा रहँदा पुरस्कार स्वरूप गो.द.वा लगायत तक्मा र पदकहरू प्राप्त गर्नु भएको छ भने उहाँ पर्वत साहित्य संगम कुश्मा, पर्वतको संस्थापक ÷आजीवन सदस्य हुनु हुन्छ । यो कृति प्रकाशनसम्म उहाँका युभिष्ठिरको कुकुर (खण्डकाव्य, छन्दोबद्ध –२०४६, भाव संकेत (सूत्रात्मक कवितासङ्ग्रह भाग प्रथम–२०५१ , डाँफेका प्वाँखहरू( गीति कवितासङ्ग्रह –२०५२) कवि र उनी (प्रत्यक्ष भावकाव्य २०६४) प्रकाशनमा आएका छन् । एकदर्जन भन्दा बढी कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन् ।
कृतिको संरचना – यो कृति आनवरण पृक्ष्ठ बाहेक ३९ पृष्ठमा संरचित छ । यसको प्रकाशन इन्द्रमान खत्रीले गर्नु भएको छ भने मूल्य २५÷–रुपियाँ राखिएको छ । सर्गगत रूपमा हेर्दा यसमा पाँच सर्ग छन् , प्रथम सर्ग मूल, दोस्रो सर्ग शाखा, तस्रो सर्ग पालुवा चौथो सर्ग कोपिला र पाँचौं सर्ग पूmल भनि नामाकरण गरिएको छ । ।कविले पाँच पाउको एक श्लोकको रूपमा प्रस्तुत गरेका छन् । प्रकाशकले यस कृतिको "कवि र उनीको दिशा निर्धारण" शीर्षकमा प्रकाशकीयको साथै सारगर्भित भूमिका पस्केका छन् ।
कृतिभित्र प्रवेश गर्दा –माथि नै भनिसकिएको छ कि यस कृति पाँच सर्गमा निर्मित छ । पहिलो सर्ग मूल शीर्षकमा १५ श्लोकहरू छन् । काव्यको थालनी यसरी भएको छ –
ॐ श्री सायुज्यको छाना ढोका छ कर्मसज्जित
अभ्यास योगको साध्य मञ्च हो धर्म–भूषित
कुटीको दश दिशामा एकेक सूक्ष्म झ्याल छन्
पर्दा प्रकृति आफैछिन् कवि –संकल्प–पूर्ण छन्
काव्यकी नायिका देवी कविता लेख भन्दछिन्
(श्लोक १, पृष्ठ १३)
यो श्लोक मङ्गला चरणको रूपमा आएको छ । आखिरमा जीवात्मा र परमात्माको लीनलाई छानाको रूप लिएको छ । जीवात्म र परमात्म लीनरूपी घर अभ्यासयोगबाट साध्य भएको र धर्मबाट भूषित भएको धारणा आएको छ । यो योगको साध्य मञ्च हो भनिएको छ । आयुज्यरूपी घरमा ढोका अभ्यास र कर्मवाट सज्जित छन् । यस्तो कुटीको दश दिशामा (ज्योतिष शास्त्र अनुसार पूर्व पश्चिम उत्तर दक्षिण,ईशान, नैऋत्य,वायव्य, आग्नेय गरी आठ दिशामा आकाश र पाताललाई पनि दिशाको रूपमा लिइएको छ) झ्यालले सुसज्जित छन् । यस्ता कुटीको पर्दा स्वयम प्रकृति छन् भने कवि संकल्प पूर्ण छन् जस्ता धारणाले प्रारम्भ गरिएको छ काव्य । यो संसारमा सिर्जनाको धरोहरमा प्रकृति र पुरुषको गहन भूमिका हुन्छ । यहाँ प्रकृतिले कविलाई कविता लेख्न भन्दछिन् भन्दै उनी पुण्य भू काखमा बसी स्वस्थानी पाठ गर्दछिन् । संगिनी हिमवालाकी लक्ष्मीको कुटी कुर्दछिन् भन्दै कविले नायिकाको सुन्दरताको वर्णन गरेका छन् । सापेक्षता बुझ्दै धर्म संस्कारको रक्ष गर्ने, शालीग्राम सदा कुद्ने, पवित्र भावना स्रग्विणी, कालीको छालमा खेल्ने, स्रष्टाकी प्रियदर्शिनी साथै आफ्नो अस्तित्व बोकेकी यी नायिका अरु नभएर नेपालकी छोरी हुन भनिएको छ । यसरी नै कविले नायिका उर्वशी पनि हैनन् , गोपिका ,कृष्णकी राधिका कोही नभएर कृषक बालिका भएको जानकारी दिन्छन् ।
कविले उनी पानी लिन गएको, संगिनी भेटेर कुरा गरेको, कविले कुरा सुन्दा कवि नै आनन्दसँग नाचेको, कविले चित्त चोर्ने, उनी शान्त सुशील विनय स्वभावकी जस्ता गुणलाई पस्कँदै उनको थप वर्णन यसरी गरेका छन् उत्थान–नीतिमा बनी सिद्धान्त वादिनी
ऐतिहासिक मर्यादा, अग्रणी भै बचाउनी
ऐहिक–कर्म ऐनामा प्रतिबिम्ब सजाउनी
ओडेर प्रेम दोसल्ला आर्यवर्त रिझाउनी
बुहारी कृति माताकी हुन्नन् कैले एकांकिनी
(श्लोक ८ पृष्ठ १५)
अंकमाल कसरी हुने कुरा, अंगन्यासका कुरा,नारीका काम–पावक कदलीदलले नास्ने कुरा, खेतमा घाँसकाट्ने, गीत गाउने, गाई भैंसी दुहुने,गौथली घरमा पाल्ने आदि एक कृषकको घरमा गरिने दैनिकीकर्म, प्रकृतिक सुन्दरताको वर्णनको साथमा यस सर्गको अन्तिम श्लोकमा कविले भावी प्रगतिको कामना यसरी गरेका छन् –
चोखो संस्कारले नै मनुज मन जिती प्रेम–पर्खाल थामोस्
चेलीबेटी मुमाको उचित लहरले सुष्टि–शाला सिंगारोस्
चेपारे नीति रोज्ने अमुकजन सबै देश छाडेर जाओस
चोलो–सारी– कथाले प्रकृति–पुरुषको हेय उन्माद नाशोस्
चौतारीको छहारी अति पवन बनी राष्ट्रमा शान्ति ल्याओस्
(श्लोक १५, पृष्ठ १७)
यहाँ कविले चोखो संस्कारको चाहना रख्दछन् र शान्तिको कामना गर्दछन् ।
२–शाखा– यस शाखामा १५ श्लोक छन् । यसमा पनि कविले नायिकाको नै वर्णन गरेका छन् । हेरौ तलको श्लोक –
छद्म दुर्भावना लिन्नन् विषम–स्थितिमा पनि
छत्र चामर खोज्दिनन् महत्वाकांक्षिणी बनी
छाती स्वाधीनमा राख्छिन् धर्म–सुरक्षिणी बनी
छिन्द्रान्वेषिणी बन्दिनन् ,छन् क्षमाशालिनी यिनी
छन्दको परिभाषामा रमा बन्छिन् सुभाषिणी
(श्लोक ३, पृष्ठ १८)
कविले उपरोक्त श्लोक मार्पmत एउटी नारीमा हुनुपर्ने गुणको व्याख्या गरेका छन् । नायिकाको वर्णन गरे पनि सबै नारीमा हुनुपर्ने यी मार्गदर्शन हुन् । कविले छेपारे प्रबृत्तिले तन्द्रालस्य बढाउने, छुद्रले मुख फोरेर द्वेषको वीउ रोप्ने, छोरीको प्रञ्ज्वल कर्मले वंश उज्ज्वल हुने , अध्यात्मशान्ति प्राप्त गर्न जप यज्ञ बढ्नु पर्ने, जस्ता थुप्रै ज्ञानबर्धक धारणाहरू यहाँ आएका छन् । बास्तवमा आज अध्यात्मवादलाई अन्धविस्वास र अज्ञान भएकाले यसमा लाग्न नहुने सन्देश प्रवाह भएको पनि पाउँछौं । यसले विभेद निम्त्याउने जस्ता धारणा सुन्न पाइन्छ तर वास्तवमा आज यो सृष्टिको सन्चालन गर्ने कुनै अदृश्य शक्ति छ भन्ने मान्यताबाट पछि हट्न पनि त सकिदैन । हाम्रा धार्मिक मूल्य र मान्यतामा जसलाई हामी अध्यात्मको रूपले मान्यता दिन्छौं विज्ञानले पनि ती बस्तुलाई मान्यता दिएको छ जस्तै पिपल, तुलसी ।
जीवन चक्र केलाउँदा बालक युवा, प्रौढ, बृद्ध अनि मरण हुने कुरा सर्व बिदितै छ । यी अवस्थामा हुने कर्मलाई यहाँ कविले यसरी प्रस्तुत गरेका छन् –
कौमार्य –पालुवा फक्री पौगण्ड–पूmल फुल्दछ
कौशोरम कोपिलाको विकासक्रम आउँछ
गत–आगत आयाम अनुभव बटुल्दछ
प्रेम–सोपानको पूर्ण इतिहास पढाउँछ
कवि र उनको प्रीति–सूक्ति नैतिक बन्दछ ।
(२–शाखा, श्लोक ९)
सृष्टिका पाइला अग्रगतिमा जान रक्तकमल फुल्न पर्ने हुन्छ । रक्तकमल नफुल्दा नायक चिन्तित बन्ने, निराशावादी बन्ने अवस्था आयो , तर धर्यको बाँध नटुटाइकन कालकुट विष पचाएर पीयूष खोज्न थालियो ।परिणम धैर्य र सत्यको जित भयो र पुष्प फुल्यो मानवी कर्म बृक्षमा । कविले आस्थायोग कर्मको ज्ञानबाट पूर्ण हुने तर बृहत्तर घमण्ड भयो भने विज्ञानयोग बिग्रने, प्रकृति नियमलाई पूर्ण आधार मान्दै, सकल भुवनलाई आफ्नै भू तुल्य ठान्दै जवानी शुद्ध राख्दै मन कमल समातेर कहानी लेख्न थालेको धारणा सहित यो शाखा समाप्त हुन्छ ।
३– पालुवा– यस सर्गमा पनि १५ श्लोक नै छन् । यहाँ समय अनुकुल परिवर्तन आउँछ भन्दै कविले आध्यात्मवादको माध्यमबाट प्रकृतिक वर्णन गर्न दखल देखिन्छन् । प्रकृतिको भूमिका नारीमा मातृवात्सल्यता, ज्ञान–विज्ञानले प्रदान गर्ने कञ्चनतालाई कविले यसरी वर्णन गरेका छन् –
संसार तरुमा स्थायी हरियाली बढाउन
मिल्नु पर्दछ नारीमा मातृवात्सल्य पावन
साधना र संगमको प्रारूप गरी मन्थन
ग्राह्य–नियम –रञ्जुले गरेमका नित्य वन्धन
ज्ञान–विज्ञानको योग बन्नेछ अझ कञ्चन
कविले विविध कुरालाई यहाँ उठाएका छन् । समयको समीक्षामा काम गर्ने,सावधानी अपनाउन पर्ने नअपनाएमा लक्षको चक्र टुट्ने, सत्य श्रमको मूल्य पुरस्कार समान हुने, बगैंचामा जीवनको अशोक पूmल फुल्ने, पाकेको पूmल टिप्नु पर्ने आदि धारणा सहित कवि भन्छन्–
भरिला बन्दछन् हाँगा प्रकृतिको दया हुँदा
सूर्यको रश्मि रोकिन्छ पालुवामा यदा कदा
छाहारी कुर्दछन् यात्री पसिना साम्य पारन
बन्दछन् धन्य ती बृक्ष गरेर स्वच्छ सेवन
प्रियाले पनि यो देख्दा सिक्दछिन् काम–मोहन
(श्लोक ७,पृष्ठ २५)
यहाँ श्रृङ्गारिकतालाई समाउँदै,कविले नायिका ओठका मुना पलाएको, अल्लारे बुद्धि बाट माथि उठेको, लज्जावती झार जस्तै लजालु बनेकी, विलास–भृङ्गले नववासना थप्नु, विश्वास मञ्चमा पुग्नु, युगल चित्र सजाइएका ,भावभंगी बढाउँदा खलनायिका बन्नु सुशीलाको दिमागमा भावना गुम्सिनु, आदि आदि धारणा सहित कवि भन्दछन्–
आगो निभ्छ वेदनाको सन्तोष –मेघ वर्षदा
इच्छा–लत्ता अगी बढ्छन् प्राप्तिको रुख देखदा
नैरास्य–पत्थर घोटी तीलतुल्य बनाउँछिन्
उमङ्गको पछौरीले घृणा लज्जा बचाउँछिन्
वासना –प्रान्तकी देवी सँगिनी बन्न आउँछिन् ।
(श्लेक १२ पृष्ठ २६)
यहाँ हित चित्त मिलेका कुरा, पूmलको रसमा भृङ्ग शावक नभुल्ने, शुद्ध नाटक लेख्नको लागि आत्मसंस्कृति विर्सन नहुने,फोस्रा आदर्श लेखेर समीक्षक हुन नसकिने, शंका गर्दा शुद्ध साधक चिन्न नसकिने, धारणा जाँच्न परेको खण्डमा पुरस्कार, तिरस्कार, विजय र पराजयलाई कसीको रूपमा लिनु पर्ने, विसंगतिको पत्थरमा छेपारो घाम ताप्ने, संगति –मन्दिरभित्र कवि र देवी बस्ने, यथार्थ कृति र पूmल दुबैका प्राणतुल्य छन् भन्ने धारणाको साथमा यहाँ कवि र उनी बीच वैवाहिक सम्बन्घ अर्थात स्यूँदो रातो बन्दछ सतीको आकांक्षा–अभिनव कहानी कविले सुने भन्दै यो सर्ग समाप्त हुन्छ ।
४–कोपिला – यस सर्गमा १५ ओटा श्लोक छन् । यस सर्गमा भावी माता बन्ने धारणा, अत्रिको वंश फैलने, इतिहास नयाँ बन्ने कुरा, पर्यावरण सुध्रिने कुरा, सन्तोष बडढ्दै आएका कुरा, देहमा आमोद र प्रमोदको विम्व देखिनु, चूचुक बढ्नु , कविका भावना नाच्नु, चाया नाकमा र निधारमा टल्कनु, गालामा कालोपोतो देखिनु, शक्ति मन्द हुनु हात गोडा लुटपुटिनु, निन्द्र लाग्नु, देहको तौल बढ्नु, अमिलो बढी लिने इच्छा जाग्नु , अन्न, फलको खाने इच्छा घट्नु, माटो कमेरो खाने इच्छा प्रवल हुनु, जस्ता गर्भिणी महिलामा देखिने लक्षणहरू यहाँ कविले सुन्दर रूपमा प्रदर्शन गर्दै कविले लेख्दछन् –
एवम् प्रकार क्रमशः दिन रातहरू विते
आफ्नो समय आउँदा ऋतु–वर्षा पनि हटे
वर्षाको पहिलो पाउ,द्वादशौ शुभ दिनमा
रमाको कोख आकाश रोजेर शान्ति योगमा
कवि र उनीका लागि उदाए पूर्ण चन्द्रमा
(श्लेक ९, पृष्ठ ३०)
षष्टिकी देवीले आशीष दिनु,अभीष्ट बन्धुहरूले बधाई र बक्सिस दिनु,मनोहर रूप भएका,े शैलेश्वरी, मालिका र कालिकाको दयाहुनु, काव्यका चन्द्रमाका तीन बहिनी हुनु, दाज्यूको आदेशको पूर्ण पालना गर्नु, तेजिला र पूmर्तिला र यीनै आशामा सफल संगिनी बाँच्छिन् कीर्ति धान्न भन्दै यो सर्ग समाप्त हुन्छ ।
५–पूmल–यो सर्गमा २१ श्लोक छन् । यस काव्यको यो अन्तिम सर्ग पनि हो । यस सर्गमा कविका धारणा यसरी प्रस्पूmटित भएका छन् ।
अनाथ–नाथको योग मिले संगति जुट्दछ
अधिकार र कर्तव्य न विर्से न्याय पर्दछ
आधार अरूको मात्र खोजे विफल हाँस्दछ
आचार–स्तम्भ तोडेमा विकार–वायु नाच्दछ
अहंभाव भुले मात्र यथार्थ तत्व खुल्दछ
(श्लोक १, पृष्ठ ३३)
यस सर्गमा पनि कविले थुप्रै प्रकृति सम्बन्धि धारणाहरू पस्केका छन् । यहाँ प्रकृति संगिनीसँग धुलमिल हुनु पूण्यभूमिको इतिहास बचाउनु, कोपिला फक्रियर पूmलको रूप लिएकोमा हर्षित हुनु, बाबु आमाको खुसीमा पूmःल पर्वत बन्नु, अमूल्य हार कुण्डलमा ताराका पंक्तिहरू सम्झनु, छातीमा कोपिला पूmलमण्डल देख्नु,नेत्रमा सूर्य बिम्ब भएको, –सत्यमा सृष्टि टिक्नु,उदात्त भावना भीत्र शैवी शक्ति निहित हुनु, आदि उनीको सौन्दर्य, आदर्शता, व्यवहार सदाचरता, नियतिको नीति बुझेर हातपाउ चलाउने आदि उनको यस्तो स्वभावले गर्दा सबैले रूचाउने जस्ता धारणा सहित उनले छोराछोरीप्रति गरेका व्यवहारलाई यसरी कविले वर्णन गर्दछन् –
फक्राइन् कोपिला आफ्ना निस्पक्ष –कर्म–त्यागले
गार्हस्थ–लोकमा चंकिन् धर्म–सौभाग्य–यन्त्रले
सुवासले युक्त पारिन् पूmल सत्यार्थ गन्धले
शिक्षा दीक्षा गराएर कर्तव्य निष्ठ बन्नमा
सहयोग पुरा गर्छिन् कविको भावपक्षमा
(श्लोक ६, पृष्ठ ३४)
नारी र प्रकृतिको महत्वलाई कविले यसरी प्रस्तुत गरेका छन् –
सक्तैन टिक्न संसार नारी र प्रकृति विना
साहित्योद्यान चम्कन्न न राखे शुद्ध धारणा
न मिले द्वन्द्वसंयोग विकृति अग्नि बल्दछ
वनस्पति बढाएमा संकष्ट बाढी भाग्दछ
वात्सल्य औषधी पाई सन्तान पूmल पूmल्दछ
(श्लोक ८, पृष्ठ ३५)
दिलीपको कामको वर्णन पनि गरेका छन् कविले ।कर्तव्यनिष्ठ भावले दूधको भारा तिर्नु, प्रतिज्ञा–यन्त्र मन्त्रले कविको शैली खारनु अभ्यास–ज्ञान–कर्मले पद्माशोभा बढाउनु पुण्य हातले तुलसी पात टिपेर प्रतिभा–पुञ्जको पूजा गर्नु लोभको भाँडो कसैले भर्न नसक्नु ।विज्ञान–प्रविधीमात्र नसम्झी घरपनि सम्झनु पर्ने, विश्वासमा संकट आगो निभाउन अघि बढ्नु, शिष्ट यात्रा चलाउने कुरा, सन्ततीले ब्रह्म कुललाई विर्सदैनन् सामाजिक चलनका विकृति फ्याक्न,आगामी दिनमा फुल्ने नीति पुष्प बचाउन,घरेलु सारी पहिरनु,विविध किसिमका क्रियाकलापलाई वर्णन गर्दै यस सर्गको अन्तिममा कविले भन्छन्–
चिटिक्कैको सानो भुवन छ ती युगलको
छिमेकी लोभिन्छन् अभिनव सुधामा प्रणयको
उनी पौडी खेल्छिन् अभय जलको ज्ञान–जलमा
जयमाला उन्छिन् कुशुम बटुली विश्ववटीमा
विवेकी बिर्सन्नन्प्रकृति फलमा थप्न सुषमा
(श्लोक २१,पृष्ठ ३९)
माथि यस प्रत्यक्ष भावकाव्यको भावसार पस्कने प्रयास गरेको छु । एउटा काव्यमा आउनु पर्ने धारणा कविले अध्यात्मवादको माध्यमबाट प्राकृतिक वर्णन गर्दै पस्केका छन् । पारिवारिक घटनाक्रममा कविले यर्थाथतालाई समाउँदै, त्यो परिवारको दैनिकीलाई केलाउँदै, एउटा ग्रामिण परिवेशको प्राकृतिकलाई प्रदर्शन गर्न कवि सफल देखिएका धारणाहरू माथिका अभिव्यक्तिहरूले प्रष्ट पार्दछन् ।
पात्र चयन –यस काव्यका मूल नयायक र नायिकामा कवि र उनकी धर्मपत्नी नै देखिएका छन् । पेट बोलीमा पनि पात्रहरू देखिएका छन् । सबै पात्रहरूको सकृयता लोभ लाग्दो छ ।
भाषाशैली –यसमा प्रयोग गरिएका शब्दहंरू क्लिष्ट भएकोले सबैलाई सहजरूपमा अथ्र्याउन कठिन पर्दछ । भावनाका अभिव्यक्तिहरू सहजरूपमा प्रदर्शित भएका छन् । विद्वतवर्गको लागि भाषाशैली सहज र बोधगम्य छ ।
अन्त्यमा प्रकाशकको यी अभिव्यक्ति सहित यो भावकाव्यको बिट मार्दछु –
"अन्ततोगत्वा हामीमा शान्त प्राकृतिक वातावरण ल्याउन ज्ञानवादीको लेखनीले ओकलेको कृति जलपान गर्न भुल्नु हुँदैन । अस्तित्व संरक्षण र पर्यावरणको विकास गर्न अध्यात्मिक चिन्तन मनन र निविध्यासनमा लाग्ने सुझाव दिएको यो कृतिमाला ओइल्याउन नपावस् र सदावहार रहोस् भन्ने शुभकामना साथ लेखनीलाई विश्राम गर्ने मौका दिन अनुमति माग्दछु ।"
धन्यवाद
मिति २०७९ साल मंसिर ३ गते , कावासोती –७ नवलपुर