| पृष्ठभूमि कपिल अज्ञातको जन्म इ.सं. १५मार्च १९५७मा स्याङ्जा जिल्लाको ढाडेटारी पौवेगौडेमा भएको थियो।हाल उहाँ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा सहप्रध्यापकभै नेपाली साहित्यमा आँफूलाई समर्पित गर्नु भएको छ। कपिल शब्दको अर्थ नै गहन छ, नेपाली बृहत शब्दकोशले कपिलको शब्दको अर्थ विष्णुका २४ अवतार मध्ये एक मानिएका साङ्ख्य दर्शनका प्रवर्तक एक मुनि, अग्निको एकरूप र शिलाजित भन्ने लगाएको छ। यी तीनै शब्द अर्थपूर्ण छन् र कपिलजी पनि बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ। उहाँले आफूलाई अज्ञात भन्न रुचाउनु हुन्छ तर उहाँ साहित्यिक फाँटमा ज्ञातकारमा परिणत भैसक्नु भएको छ। उहाँको कलम, कविता, कथा, निवन्ध, गजल, समीक्षा, खोज–अनुसन्धान, ज्योतिष शास्त्र, सम्पादन, स्तम्भलेखन आदि विविध क्षेत्रमा चलेको देखिन्छ। उहाँ साहित्यकारमात्र नभएर साहित्यलाई ज्योतिषसँग दाँजेर भविष्य वाँणी पनि गर्नुहुन्छ भने उहाँ एक कुशल सम्पादक पनि हुनुहुन्छ। उहाँले आत्मावतार, बागीश्वरी, विवेक, ज्ञानसरोवार आदिको सम्पादन गरिसक्नु भएको छ। कपिल अज्ञातका कृतिहरू : – उहाँका कृति /प्रकाशनहरू यसप्रकार छन् –अज्ञातका कविता (कविता सङ्ग्रह, २०४७), साहित्य सिर्जन प्रकृया ( खोजमूलक, अनुशीलन, २०५५), समालोचनाको सन्दर्भ (समालोचना–सङ्ग्रह, २०५५), पत्र–सन्देश (साहित्यिक पत्र–सङ्ग्रह, २०५५), अनुभूतिका उमङ्ग (मुक्तक–सङ्ग्रह, २०६४), समय समयका स्वरहरू (गजलसङ्ग्रह,२०६४), भूलहरूका विरुद्ध(निवन्ध–सङ्ग्रह,२०६४), समीक्षा सन्धान ( विविध समीक्षा–सङ्ग्रह, २०६४), देवकोटा आयम र प्रवृत्ति (समीक्षा–सङ्ग्रह, २०६५),ज्योतिष र साहित्य (खोज आन्वेषण, २०६६) लोक साहित्य प्रबृति र आन्वेषण (समालोचनासङ्ग्रह, २०६७) र निर्वात स्वरहरू(कविता–सङ्ग्रह, २०६७ )। हालसम्म उहाँका फुटकर लेखरचनाको अलवा १३वटा कृतिहरू हामीले अध्ययन गर्न पाएका छौं। कपिल अज्ञातले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू : – कपिलको जति साहित्य लेखनको अग्रसरता बढ्दै गएको छ त्यती नै मान सम्मानले अभिनन्दित पनि हुँदै जानु भएको छ। उहाँले प्राप्त गरेका मान सम्मान तथा पुरस्कार यस प्रकार छन् – कृष्णकुमारी गुरुङ्ग स्मृति पुरस्कार (चितवन साहित्य परिषद), सगर–सम्मान (सगर त्रैमासिक पत्रिका –२०५६), पल्लव–सम्मान (पल्लव साहित्य विविध, २०६२), ज्योतिष दिवाकर (द.ए.ज्यो.स.–२०६३), ज्योतिष मार्तण् (नेपाल जाेितष परिषद.–२०६३), कालीगण्डकी साहित्यकला पुरस्कार (स्याङ्जा साहित्य प्रतिष्ठान–२०६४), प्रतिभा पुरस्कार (चितवन साहित्य परिषद, २०६४) सम्पादक सम्मान (चितवन राष्ट्रिय साप्ताहिक, २०६६), वाल्मीकि साहित्य सम्मान (वाल्मीकि साहित्यिक परिषद,२०६६,रत्न नगर चितवन),कालिका स्रष्टा सम्मान ( कालिका एफ.एम.प्रा.लि.–२०६६, भरतपुर चितवन), सहिद शिव पौडेल पुरस्कार, साहित्य संगम चितवा २०६६), दीर्घसेवा पदक ( त्रिभूवन विश्वविद्यालय,२०६७), ज्योतिष सम्मान (अन्तराष्ट्रिय ज्योतिष महोत्सव, २०१०) आदि। कवितासङ्ग्रहको संरचना कपिलका प्रकाशित कृतिहरूमा निर्वात स्वरहरूले तेह्रौंस्थान ओगटेको छ । यसको प्रकाशन चितवन साहित्य परिषदले गरेको छ । यस सङ्ग्रहमा ५०वटा कविताहरू समावेश गरिएका छन् । कृतिको आकार ८२ पृष्ठको छ । यस कृतिले कसैको भूमिका पाएको छैन। आजकलका नवकवि तथा साहित्यकारहरूको कृतिमा विषयवस्तु भन्दा भूमिका र शुभकामनाले कृतिको आधा आयतन नै भरिएको पाइन्छ । जेहोस् अज्ञातजीले आफ्नो कृतिको मूल्याङ्कन समीक्षकमा छाडीदिनु भएको मा उहाँलाई धन्यवाद दिनै पर्छ। कृतिको मूल्य रु १००/– राखिएको छ। कविताहरू गद्यलयमा रचिएका छन्। पहिलो कविता 'जङ्गल र जीवन छ' भने अन्तिम कविता 'उराठ छ। यो कवितासङ्ग्रह २०६७सालमा प्रकाशन भएको छ र चितवन साहित्य परिषदका अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले प्रकाशकीय लेख्नु भएको छ भने, आत्म निवेश स्वयम् कृतिकारले लेख्नु भएको छ। विषयबस्तु निर्वात स्वरहरू कविता सङ्ग्रहमा जङ्गल र जीवन, आत्मस्थापनाको आह्वान, तरुणहरू, साझा सपना, खोलाहरू, तिमी किन आएनौ, उनी, समर्थन, नयनकी नानी, प्रवृत्ति, त्यौहार, नदीका माझीहरू, डढेलो लागे पछि जङ्गलमा, यो कस्तो चोक, आतङ्क, खोलाहरू–२, हाम्रा छोरीहरू, सङ्घर्षको कथा, ढोकाहरू, जङ्गली राज्यमा, बादलको व्यवहार, म रोईरहेछु, दासता, ऊ, आस्था, म पहाड हूँ, व्यक्ति चित्र, आह्वान, त्यो लाटी केटी, बिषाक्त वातावरण, मौका, प्रतिभा, ग्रहण, सङ्घ, हामी, मेरो स्वार्थ, त्यो आदर्श, शान्ति, आन्दोलन, रिक्तता, चौतारीको मर्यादा, खेल, इन्द्रेणी हार, अचेल कविता लेख्न गाह्रो छ , देश निकाला, त्यो राजधानी होइन, याद, जब तिमीलाई उदास देखेथें र उराठ गरी ५०बटा कविताहरू सङ्ग्रहित छन्। यी विषयबस्तुमा विविधतालाई अङ्गाली लेखिएका कवितामा हामीले सामाजिक, राजनैतिक, शृङ्गारिक, वैज्ञानिक, प्राकृतिक, व्यवहारिक विविध पक्षलाई सफलतापूर्बक उतारेको पाउँछौं। कवितासङ्ग्रहको नामाकरण निर्वात र स्वरहरू मिलेर बनेको छ। निर्वात भनेको चलिरहेको हावा भन्ने अर्थ स्वयम् कविबाट परिभाषित भएको छ । कविको कथन छ– हावा कहिले मन्द चल्छ, कहिले वेगले चल्छ, कहिले सुगन्धमय भएर चल्छ त कहिले दुर्गन्धित भएर चल्छ । बुझनेलाई इशारा काफी भनेजस्तै देशमा जस्तो किसिमको हावा चल्छ, त्यस्तै किसिमका कविता कविले कोरेका छन् । चिन्ता नलिनु कविजी पात हल्लियो भने जानकारी हुन्छ हावा चलेको छ। आत्म निवेशमा लेख्नु भएको छ–"कवि करोति काव्यानि रसं जानाति पण्डित"। पण्डितहरू आजकल काव्यको रसपान भन्दा अर्कै रसपानमा मस्त भए पछि समय लागेको मात्र हो, अवश्य दिन आउँछ, सबैले काव्यको रसपान नगरी सुख्खैै छैन। मैले त रसपान गरिसके । कविको काम रचना रच्ने हो त्यसको अर्थ अनर्थ जे लगाए पनि पाठकसम्म पुगे पछि त विविध दृष्टिकोणको विविध अर्थ अवश्य लाग्दछ । जेहोस् तपाइँका कवितामा विविधता छ, ,यहाँ जङ्गल खोजे जङ्गगल छ। मङ्गल खोजे मङ्गल छ। राष्ट्र बोलेको छ। अज्ञातका कवितामा दीनदुःखीको आत्माको चित्कार न्याउली बनी रोएको छ। राष्ट्रले व्यहोर्न परेको द्वन्द्व खोजे यहाँ ती चहर्याइरहेका घाउहरूले मल्हम खोजी रहेका छन् तर सरकार मौन छ। कुसंस्कारलाई सुसंस्कारमा परिणत गर्ने सञ्जीवनी पनि यहाँ पाउन सकिन्छ। निर्वात स्वरहरू कवितासङ्ग्रहभित्रका केही कविताका पंक्तिहरूलाई पढेर हेर्यौं – पसौं जङ्गल र जीवन भित्र भो नपसौ जङ्गलभित्र किनकि–मानवताको सबै भन्दा असुरक्षित परिवेश हो जङ्गल । आत्मास्थापनको संघर्षसमा परिभािषतहुन आऊ एकै विचारमा एक जुट भएर । कविको आब्हान छ तर के गर्नु अथाह शक्तिका स्रोत तरुणहरूको एउटा संघर्ष नचर्किएसम्म स्थापित हुन सकेको छैन राम राज्य। सपना देखिन्छन्, कविता लेखिन्छन् तर' आफ्नो साझा भाग्य, भविष्य र इतिहास आफ्नो साझा हातको कलमले लेख्नु पर्छ' र मात्र सार्थक बन्छ सपना।कविता पढ्दै जाँदा खोलाहरू भेटिन्छन्। खोलामा अभिमान भेटिन्छ के गर्नु तिनीहरू धमिलिएका छन् तव पनि बुझ्न सक्दैन्न एक दिन सागरको गर्भमा मिल्ने कुराहरू । देशमा राजनीतिक नेताहरूले ठूला ठूला आश्वासनका पोक बाड्छन् भोट माग्छन्, चुनाउ जितेर जान्छन् तर चुनाउ जिते पछि गाउँ फर्कन जान्दैनन्, गाउँको विकास भन्दा स्वार्थमा जुट्छन् यतिवेला कविले तिमी किन आएनौ के अर्को चुनाउ लड्नु छैन भनेर प्रश्न राख्दछन्। स्वार्थै स्वार्थले भरिएको संसारमा यदि कोही हृदयमा कसैलाई बसाउन सक्छ, मानवताले कसैलाई रसाउन सक्छ, निस्वार्थमा कोही मौलाउन सक्छ आशालाई विश्वासमा बदल्न सक्छ तथा वर्तमानलाई भविस्यको दिशाबोध गराउन सक्छ, सत्यं शिवं सुन्दरको अवलम्बनकर्ता नै मानव भए पनि देवता हो, गान्धी हो र बुद्ध हो । समर्थन्मा व्यङ्गवाँण प्रहार गर्दै कविको भनाइ छ – फूलको मात्र होइन टाउकाको माला उनेर भेटी चढाउन सक्छौं। कविको तर्क छ नबुिझकन वेद पाठ गर्नु भन्दा बुझेर अर्चना गर्नु राम्रो अर्चनामा उनले पोखेका अभिव्याक्तिहरू– विश्वासलाई डाँकाहरूले पनि सत्कार गर्छन् नियमलाई जुवाडेहरूले पनि आदर गर्छन् इमानलाई वेश्याहरूले पनि सम्मान गर्छन् अर्चना पृष्ठ १४ आजको जमानामा यस्तो कहाँ पाउनु यहाँ इमान बेचिन्छ, नियमलाई मिचिन्छ र विश्वास घात गरिन्छ । आजको विश्व यस्तै यस्तैमा रुमलिएको छ । कविकी नयनकी नानीको ती कविता। ऊ रूपरङ्ग रवाफकी जवानी, वेदना र करुणाकी कहानी, इन्द्रेणी झै आकर्षणकी राजधानी तर भोग्य भैकन पनि दुर्भाग्यकी खानी हो ऊ । कसैको इच्छ्या संतुष्ट पारेर पनि प्रतिक्षा बन्न नसक्नु, आस्था समर्पित गरेर पनि जो कसैको अस्तित्व बन्न नसक्नु, जो जति नाचे पनि शानसँग, जति समय साँचे पनि जोसँग सपनाको कुनै खात नहुनु सुहागको कुनै रात नहुनु तर कविकी नयनकी नानी वेसहारा भएर पनि कविकी कविताकी रानी हुने ऊ । यहाँ विषमता, विविधता र मार्मिकता छ यहाँ प्रकृति र प्रवृत्तिले सजिएको कस्तो अनौठोको छ संसार । मानव प्रवृत्ति बाहिर र भित्र भिन्न हुन्छ ऊ आफ्नै हाँकमा आफ्नै स्वार्थमा र भित्रभित्र रमाई रहेको हुन्छ तर बाहिरी संसारमा ऊ सभ्य र रम्य देखिन सक्छ । सर्पले काँचुली फेरेर कहाँ विषहीन हुन सक्छ र उसको पूजागरेर पनि ऊ मौकामा दूलोभित्र छिर्न सक्छ, भोक लागे आर्फ्नै सन्तान निल्न सक्छ । भ्याकुतालाई हेर्दा ऊ आहालमा खेल्छ र पानीलाई धमिल्याउन सक्छ। विच्छीले खिल्न सक्छ यस्तै छ प्रकृति र प्रवृत्ति । कविका अभिव्यक्तिहरू मार्मिक, व्यवहारिक र यथार्थवादी छन् । हेरौं केही कविताका पंक्तिहरू– आतङ्क र कवि : – आजको संसारले भोगेको आतङ्कलाई कविले कसरी भूल्न सक्छन् । उनका कवितामा आतङ्क र आतङ्कबाट मुक्तिको लागि कविले बुलंन्द पारेका छन् आवाजहरू – निर्भय छैन यो धरती उन्मुक्त छैन आकाश जहाँ आतङ्क छ बाजहरूको त्यहाँ कसरी उडुन् ढुकुर र परेवाहरू यस्तै मार्मिक उदाहरणहरू छन् कवितामा चितुवा र बाघको आतङ्कमा खरायो, चित्तल, हात्ती, घोडाहरू कसरी बाँच्ने, जङ्गली राज्य भन्दा कम छैन पैसाको साम्राज्यहरू, दानवीय प्रवृतिमा बाँचेको संसारमा बुद्धको संदेश र डार्विनको विकास, गान्धिको वातावरण कहाँ देख्न सकिन्छ भन्ने कविको धारणा छ। यो भन्दा पनि खतरा आतङ्क त धुस कमिसन र लुटको आतङ्कले गर्दा इमान ,नैतिकता, र विश्वासको मानवता बाच्नलाई गाह्रो परिरहेको कविको अभिव्यक्ति छ। सामाजिक आर्थिक र राजनैतिक परिवेश र कवि :- कपिलको कवितासङ्ग्रहमा भएका कविताहरूलाई समाजिक, राजनीतिक र आर्थिक परिवेशको आधारमा पनि विश्लेषण गर्न सकिन्छ । साहित्य समाजको दर्पण हो र कविता साहित्वको एक शाखा हो । समाजमा घटेका तथा भएका घटनालाई साहित्यकारले विविध विद्यामा उतार गर्दछन् । कपिल अज्ञातले आफ्ना कवितामा जीवन र जगतलाई प्राकृतिकसँग दाँजेर भावनाहरू पोख्नु भएको छ । यहाँ मैले माथीको परिवेशलाई नअलग्याइ विवेचनातिर लाग्ने अनुमति माग्दछु । कविले, हाम्रा छोरीहरूले अंश पाउँदैन् तर हामीले सन्मान भने गर्दछौ भन्दै संघर्षको व्यथामा सौताहरूको संघर्ष, पुरुष प्रधान देश भए पनि पुरुषले सीमा तोडेर नजाओस्, पोथीहरूको वीचोवीच भाले बनेर नबासोस् भन्ने अभिव्यक्ति अर्थात नारी पुरुषमा समनताको खोजी गर्दै छन् । जङ्गली राज्यमा सिंहको रजाई चल्छ, अवश्य किनकी ऊ जङ्गलको राजा हो त्यहाँको ऊ सामन्त हो। वादलको व्यवहार अनौठोको छ, मौका नै नमिलाई पृथ्वीलाई ऋतुदान गर्छ' । म रोइरहेछु, किन नरुनु – सहानुभूतिले छाक टर्दैन, सहमतिले भोक मर्दैन । संसारबाट कानुनी रूपमा दासप्रथा त हटेको छ तर दासताबाट मुक्ति पाउन भने सकेको छैन संसार, पाओस् पनि कसरी र दासता भनेको मनोवृति हो, यस मनोवृतिमा–दास हुन नपाएर उदास हुन्छन् कति दासको उदय देखेर दङ्दास हुन्छन् कति। ऊसको?प धपक्क बलेको गहुँगोरो दिव्यताको प्रतिक मेरो छोरो छोराछोरीप्रति सबैको आशा, भरोसा, भावी उसको कर्म र कर्मबाट प्राप्त हुने उज्ज्वलता, ममताले भरिएको दृष्टिमा, सबैले जस्तो हवास् राम्रै देखन्छ नजरमा । हरेक कवितामा रसस्वादन गर्नु राम्रो हो तर त्यती गहिरिएर धेरै अघि बढ्नु भन्दा मेरो विश्लेषण छोट्याउन चाहन्छु । त्यसैले हेरौं कविताका केही पंक्तिहरू– त्यो लाटी केटी एउटा नेपाली सोझासाझ अवलाहरूको प्रतिक, विषाक्त वातावरणले आजको संसारको यथार्थ पस्किरहेछ । मौकाले कायरको होइन कमर्ठको स्वागत गर्छ,। मूल सिर्जना हो धर्तीको त्यो सत्य हो समयको त्यो शिव हो जीवनको त्यो सौन्दर्य हो सभ्यताको ( प्रतिभा पृष्ठ ५१) सूर्यलाई पनि ग्रहण लाग्छ चन्द्रलाई पनि ग्रहण लाग्छ ग्रहण पृष्ठ ५३ आज राष्ट्र, जनता सबैमा ग्रहण लागेकोछ । दैवलाई पनि त मानिसको ग्रहण लाग्छ । मानिसलाई दैवको ग्रहणबाट मुक्ति पाउनको लागि ग्रंहणको शरण नपरी भविष्यको लागि केही गने प्रण गर्नु पर्दछ । ' हामी मानिससँग होइन ईश्वरसँग मागौ (पृष्ठ ५६), हामी पृथ्वीको भार भएर बाँच्न हँुदैन, मूल भएर बाँच्नु पर्दछ । संसारमा स्वार्थको व्यपकता छ नातापाता, कामकुरो, हिडाइ टेकाइ, देखाइ आदि आदि सबै स्वार्थमा चुर्लुम्म डुबेको छ, त्यसो हुँदा यहाँ कविको एउटा कटा़छ्य छ–
दधीचि होइन म आफ्नो बलियो हाड अरुलाई हतियार बनाउन दिउँ (मेरो स्वार्थ पृष्ठ५९) आदर्श दासता बोकाउने नभै यथार्थतामा ओर्लने हुनु पर्ने तर त्यस्तो आदर्श यहाँ कहाँ पाउन सकिन्छ र शान्तिको नारालेमात्र कहाँ शान्ति मिल्छ र शान्तिको लागि त – समुद्र सूर्य र बादल मिल्न सकेमात्र बर्षन सक्छ असीम शान्तिको धारा (शान्ति, पृष्ठ६२) 'आन्दोलन' किन कसरी, आन्दोलनको गति र आन्दोलनको बाटोको निर्माण आदिको बारेम बाेलेको छ कविताले आँधीवेरी बनेर आन्दोलन अधि बढ्नमा ढुक्क हुनुहुन्छ कविजी र भन्नु हुन्छ–निकाश थुनियो भनेर संघर्ष थुनिदैन के को लागि आन्दोलन्, आन्दोलनले के गर्छ त – जब पानीले विराटरूप लिने छ नदी र सागर झैं तव धरतीको स्वरूप र संरचना आँफै फेरिनेछ (आन्दोलन पृष्ठ ६३) आज देशमा गरिवीले निचोरेको छ, अभावले थिचेको छ ,भोक रोगले गर्दा श्रेष्ठतम् मानव पनि भेडा बाख्रा र घोडा बन्न विवश बनेका छन् , बर्गीय रसको लालसामा कोही स्याल बन्न पुगेका छन् भने स्वार्थबाटै आपूर्ति भएका छन् सबै पदहरू जसको नतिजा के त : – गिद्ध हुनेहरू पनि बुद्धको देशमा सिद्ध भएर रमाएका छन् चौतारीको मर्यादालाई हेर्यौं। चाैतारीको शोभा भनेको वर र पिपल हुन्। यी पनि बाटैमा भएकाले भेटिन्छन् र माटैमा भएकाले उभिएका हुन्। भज्याङ्ग द्यौरालीमै भएकाले मानिएका हुन् र मन विसाउने सन्दर्भ र प्रसंगमै पुजिएका हुन् दुबै । कविका धारण यथार्थ हुन्। देशको स्थितिलाई हेर्यौं :– जता हेर्यो जाम जता हेर्यो छलछाम मानमानकै संघर्षमा कहीं छैन निकाश । आज बरोजगारी, बढ्दो छ। युवा युवती देश निमार्णका खम्बा हुन् तर रोजगार देश निमार्णमा युवा युवतीलाई राज्यले सहीमार्गमा लगाउन सकेको छैन जसकाे कारण छोराछोरी बाबुआमाका बोझ भएका छन् , विवश भएर आवश्यक्ताको आपूर्ति गर्न नसक्दा घरघरले व्यहोर्न परेको व्यथालाई हेर्यौं– छोरा लक्का जवान भए देश निकाला गरियोस् (देश निकाला पृष्ठ ७१) अर्को दर्दले भरिएको व्यथा के छ भने छोराले आमा बाबुप्रति गर्ने व्यवहारबाट सत्तिएका बाबु आमाले बुढेस कालमा के नै गर्न सक्छन्। त्यतिवेला छोरीको व्यहारको याद आउनु स्वभाविक हुन्छ र छोरीका सुकर्मको याद गर्दै छोरीलाई सम्झनु स्वभाविक हो, कारुणिकताको एक पंक्ति हेर्यौं – छोराको कर्कश स्वरले नै जव ब्रह्माण्ड चक्करायो तब छोरी तिम्रो याद आयो 'जब तिमीलाई उदास देखेथें र उराठ कवितामा पनि कविले प्रेम र जीवनले भोगेका कुराहरूलाई प्रस्तुत गर्न खोज्नु भएको छ। उराठ अन्तिम कविता हो, यो कविता सङ्ग्रहो। नेपालको आजको परिवेशमा कविलाई उराठ लागेको छ। उराठ लाग्नु पनि त स्वभाविक नै त हो किनकि जता हेरो उतै आशा लाग्दो छैन केवल धमिलो वातावरणले सजाएको छ संसार । निकर्ष अन्त्यमा कपिल अज्ञात एउटा बहुमुखी प्रतिभाका धनि साहित्यकार हुनुहुन्छ। उहाँको कलम साहित्यको विविध फाँटमा–कविता,गीत, गजल, खोजमूलक/ अन्वेषण, समीक्षा, निबन्ध, मुक्तक, टिप्पणीको साथै कुशल सम्पादनमा र ज्योतिषमा चलेको छ। श्रीभक्त अच्युत वाग्लेको कथन छ – उहाँ व्याक्तिबाट उठेर संस्था बन्ने प्रयत्नमा हुनुहुन्छ। सार्थक शीर्षक दिएर कवि स्वयम् निर्वातको रूप धारण गर्नु भएको छ। कविताहरूको बाहुल्यता प्राकृतिकसँग दाँजिएर लेखिएका छन्। ग्रामिण एवम् मिथकीय बिम्ब, साँस्कृतिक प्रतीकहरूको प्रयोग भएको पाइन्छ । कविता गद्यलयमा लेखिएका, सरल भाषाशैलीले सजिएको, बिम्ब, प्रतीक र अलङ्कारले भरिएका छन्। कपिल जीवनवादी कविको रूपमा उभिनु र सुन्दर कविताको सिर्जना गर्नमा सफल देखिन्छन्। सुन्दर कवितासङ्ग्रह सिर्जना गरेकोमा धन्यवाद छ कविजीलाई। कवि अज्ञातप्रति मेरो अभिव्यक्ति– जङ्गलमा मङ्गल पनि त हुन्छ सुन्दर कल्पनामा कविता कोर्न आत्मस्थापनको लागि गर्दै अह्वान तरुणहरू छन् सवल मित्रता जोड्न साझा सपनाहरू बन्न सक्छ् जब जब स्वार्थी भावना थला पर्न थाल्छन्तव तव सबै खाले दासत्वबाट मुक्ति तिम्रो चाहना अघोषित दास छन् हमीले खाने दान दाना देखेऊ समाजकी दिल दिवानी ती लाटी केटी मानवताहीन ती आस्थामा हुँदा रैछन् वेथिति तब पनि डाक्छौ चन्द्र सूर्य विकासको मार्ग चित्र कोर्न हुँदो रैछ मानव जीवनमा धैर्य बज्र पनि पर्दो रैछ व्यहोर्न पढें तिम्रा ५०वटै कविता छर्न सक्छन् व्यङ्ग रमिता धन्य धन्य कवि कपिल अज्ञात सुन्दर सुवासका आँफै निर्वात सक्षम् बनोस् कर कविता कोर्न दीगो दिव्यज्योति शान्ति छर्न धन्य |
February 28, 2012
निर्वात स्वरहरू सरसरती पढ्दा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment