May 7, 2012

यात्रा स्वदेश र विदेशको उपलब्धी प्रविधि र साहित्यको

यात्रा स्वदेश र विदेशको उपलब्धी प्रविधि र साहित्यको 

सदानन्द अभागी 

जीवनमा भोगेका र गरेका कामको लेखाजोखा नगर्ने र नराख्ने बानिले गर्दा आज मलाई कता कता सर्बस्व नै गुमाए जस्तो भान भएको छ। २०२७ साल मुङ्सीर महिनाको ३० गतेदेखि सरकारी सेवामा प्रवेश गरी सरकारी सेवामा कार्यरत रहेर कृषि विभाग अन्तरगतका विभिन्न जिल्लामा काम गर्दा धेरै अविस्मरणीय घटनाहरू घटे, धेरै किसिमका ज्ञानहरू पढेका भन्दा परेकाले जीवनलाई सार्थक बनायो। तर आज ती उपलब्धीहरूको विवरण सिलसिलेबाररूपमा राख्न नसक्दा दाँतमा ढुङ्गालागेको जस्तो महसुस भएको छ र जीवनका दैनिक विवरणको डायरी बनाएर राख्नु पर्दो रहेछ भन्ने ज्ञान बल्ल अब बत्ती निभ्नेबेलामामात्र थाहा लोगेको छ। जेहोस् जीवनमा के गर्नु पर्दो रहेछ, के गर्नु पर्दो रहेनछ कहाँ जानु पर्दो रहेछ, कहाँ जानु हुँदो रहेनछ र जहाँ गइन्छ त्यहाँ कस्ताकस्ता चिजले आफ्नो कामलाई असर पार्दा रहेछन् भन्ने अनगिन्ति घटाना घटेका थिए मेरो जीवनमा तर अहिले तिनलाई सम्झन त सक्छु तर कुन समयमा कहाँ भनी किटानी साथ लेख्न भने सक्दिन। अध्यनदेखि लिएर जागिरको दौरानमा यो देशका ६० ्जिल्लाको साथै भारत, इजिप्ट, थाइल्या48,फिलिपिन्स, जापानसम्म पुग्ने सुअवसर प्राप्त भएको थियो। यी अवसरलाई मैले त्यहाँको अध्ययनलाई बहुमुखी बनाएर गाढा अध्ययनमा केही न केही त्यहाँको बारेमा संग्रहित गर्नृ सकेको भए आज सायद मेरो लेखनको उच्चाई धेरै माथि पुग्ने थियो जस्तो लाग्छ। जेहोस् केही उपलब्धी र केही अनुभूतिलाई यहाँ सङक्षिप्तरूपमा प्रस्तुतगर्न चाहन्छु। जागिर स्थाई भएर म वि.सं.२०३० को चैत्रमहिनामा पाल्पामा पुगे। त्यो श्रीनगरको सुन्दर डाँडाको काखमा अवस्थित तानशेन बजार र माडी फाँटको सुन्दरताले मेरो मनै लुटेजस्तो लाग्यो। म निकै रमाएर काम गर्न थाले।यो समयमा एउटा जीवन नै सानप्त हुनेजस्तो घटना घटेको लाई यो यात्रास्मरणमा प्राथमिकता दिन मन लाग्यो। जिल्लामा कामगर्दै जाँदा, मलाई हाकिमले निकै मनपराए र जहाँ जानुपरे पनि जानु हुन्छ भनेर सोधनी हुन थाल्यो।  २०३१ साल भाद्र महिनातिर मलाई पाल्पाबाट अर्घाखाची जिल्लाको कृषि विकास कार्यालयमा अत्यान्तजरुरी कामको लागि कार्यालयले पठाएउने भयो। जान सक्नु हुन्छ भनेर कार्यालयले त नसोधो कहाँ हो र मै जुनसुकै काम पनि सक्दिन भन्न मनले मान्दैनथ्यो। सक्छु, जान्छु, भने। हातमा घडी थिएन। बाटोको ज्ञान पनि थिएन, तानसेन पाल्पाबाट करिव १२ बजेको समय हुँदोहो। कसैको भनाइ अर्घाखाँची जिल्लाको कुखुरेदेउराली निस्केर छिटो पुगिन्छ भन्ने कसैको भनाइ के थियो भनेे गुल्मी हुँदै जान लामो भए पनि सजिलो र राम्रो हुने कुराहरू निस्केका थिए तर आखिरमा कुखुरे देउराली निक्लनु नै छिटो हुने भन्ने निणर्य सहित मेरो पाल्पा देखि अर्घाखाँची जाने यात्रा तयभयो भैरवस्थान, बतासे डान्डाको सरसर हावालाई लिंदै छहराको अमलाको बृक्षमा थकाई मार्न पुगें। त्यो बृक्ष आज छ या छैन मलाई थाह छैन तर त्यतिवेला भने त्यो ठाउँलाई सायद त्यही अमलाको रुखको कारणले होला अमलाबास भनेर बोलाइन्थ्यो। म त्यहाँबाट दाहिने मोडिदै भुवनपोखरीबाट तलतिर राम्रो फाँटमा झरें। खेत रोपिएको थियो, त्यहाँ घरहरू पनि थिए तर खोतरोपि सकेपछि मानिस बस्दारहेनछन्। समयले नेटोकाट्ने वेला हुन आँटेको थियो। बाटो भने अब वनतिर प्रवेश गर्दै थियो। एक जना महिलाले घाँसको भारी बोक्दै थिइन् र मैले कुखुरे देउराली निक्लन कति समय लाग्छ र कताबाट जाने हो भन्ने जिज्ञाशा राखें। उनले भनिन्– 'थोकै छ ५ मिनेट', यहीबाटो नछाडी जानु, 'थोकै छ पुगिहालिन्छ '। म वनमा पसें र छिटो छिटो हिडन थाले रात पर्‍यो, जून उदाए, प्रकाश छरे केही राहत मिल्यो, अब कता जाने? बन बाक्लिदै गएको आभास मिल्थ्यो, वनमा खस्य्राकखुस्रुक गरेको आजाज सुनिन्थ्यो। वन कति छ भन्ने अन्दाज पनि थिएन, उपाए पनि केही थिएन, के गर्ने के नगर्ने, मनले बिचारो अव रुख चढेर रात कटाउने, राती निदलागे के गर्ने, बाघ बाट त बाँचुला तर भालूले त छाड्दैन आदि प्रश्न उठ्न थाले , रुख चढ्ने निधो गरेर रुख चढेपछि वन तः करिब करिब सकिन थालेको रहेछ वनको करिब आधाघन्टाको दूरीमा एउटा बत्ती बलेको देखियो। वनबाट बाहिरिनु नै जातीलाग्यो। रुखबाट ओर्लेर चाँडोचाँडो हिड्न थाले। वन सकेपछि गोठहरूमा गाईभैंसी बाँधेको दखेपछि ठूलो राहत मिल्यो, बत्तीबलेको ठाउँमा पुगियो। अन्तत बत्तीबलेको ठाउँ त गुल्मीको खर्जेङ्गबजार रहेछ। बजारमा जाँदा केवल त्यही बत्तीबलेको दोकानमात्र खुला रहेछ बासबस्न र खानपिन राम्रो पाइयो तर बाघ लाग्छ सतर्क भएर सुत्नु पर्दछ भन्ने कुरा सुने पछि बल्ल त्यो जङ्गलको यात्राको भयले मन कमायो। त्यो दिनदेखि बासको यकिन नभएको जग्गामा बेलुका हुनथाले पछि मेरो हिड्ने बानी छुट्यो। जागिरमा छँदा मैले साहित्यिक र कृषिलेखनलाई पनि उपयोगमा ल्याएको थिए। जागिरको समयको भ्रमणमा दिनभभरीको समय सरकारी कामको लागि उपयोग लगाए पनि रातको समयमा कृषिलेख लेखन र साहित्यिक लेखनमा मैले आफ्नो समयलाई लगाउँदा कथासङ्ग्रह, उपन्यास , 48डकाव्य, महाकाव्य कृषि काव्यहरूको जन्म दिन सके। यो मेरो यात्राकै उपलब्धी हो जस्तो लाग्दछ। करिब ३ बर्ष पहिलाको कुरा हो, मलाई एउटा प्राङ्गारिकमल बनाउने कारखानाले कन्सल्टेन्टको रूपमा पूर्वाञ्चलका केह्ी जिल्लामा माटो र मलसम्बन्धि कामको लागि कृषकसँग अन्तरकृया गर्न भनि बोलायो। म पनि त्यतातिर जान पउँदा खुसी लाग्यो। यो खुसी इलाममा काम गर्नु जाँदाको थियो। इलामबाट समय निकालेर दार्जिलिङ्ग जाने बिचार पनि थियो तर कम्पनीको काम यति कस्सिएको थियोकि म दार्जिलिङ्ग त जान पाइन तर यो यात्रा मेरो लागि अति लाभदायक सिद्धभयोे। चियाखेतीमा कामगर्नु मेरो लागि नयाँ थियो र यसमा ज्ञान हाँसिल हुनेभयो अर्कोतिर इलामको सुन्दरताको अवलोकन गर्न पाउने अवसर पनि थियो।  रासायनिक मल र विषादिले सत्तिएका कृषकलाई प्राङ्गारिकमल र जैविक विषादि प्रयोग गरेर खेती गर्ने ज्ञानप्रदान गर्न सके भने चियाउत्पादन गर्ने कृषकलाई मात्र नभएर राष्ट्रलाईनै सेवा पुग्ने निश्चित थियो। म इलामतिर लागें। इलामको प्राकृतिक सौन्दर्यले सजिएको सुन्दरतालाई नाङ्गो आँखाले हेर्न पाएँ। कन्याम चिया बगान देखि लिएर साना साना चियाबगानको अवलोकन भयो। चियाखेती गर्ने कृषकहरूसँग प्रत्यक्ष कुरागर्ने त ती कृषले चियापत्तीको मूल्य प्राप्तगर्न नसक्नुको कारणहरू पत्ता लाग्यो। बास्तबमा एकातिर चिया लगाउने कृषकको संख्या बढ्दोरूपमा थियो अर्कोतिर चिया कारखानाहरू चियापत्ती उत्पादनलाई खपत गर्ने संख्यामा थिएनन्। यसको कारणले गर्दा चियाको काँचो पत्तीको मूल्य गिर्दो रूपमा थियो र किसानले उत्पादनलागत पाउन नसके पछि किसान चिन्तित हुनु स्वभाविक थियो। मलाई लाग्यो देशलाई आर्थिकरूपमा अघिलाने हो भने कृषिप्रधान देशका कृषकले उत्पादनलागत कटाएर जीवन धान्न सक्ने खालको बजारमूल्य पाउनु पदर्छ। किसान कृषिमा नै आधारित भएर आफ्नो जीवन धान्न सक्नुपर्दछ। इलामाको भौगोलिक प्राकृतिक, सामाजिक सौन्दयर्तालाइ आठ ओटा ''ले (अमृसो, आलु, अकबरे खुर्सानी, अलैची, ओलन, अदुवा, आइमाई, र आत्महत्या) चिनाउँछ भनिने कुरालाई मैले कवितामा उतारेको छु

"अमृसोले भरेको छ कान्ला आली सबै

आलुबाली लहलह कमी हुन्थ्यो कबै

अकबरे खुर्सानी त भिटामिनको खानी

इलामको चियावगान आँखाको त नानी

अलैचीले भरेको छ  ओसिला ती पाखा

लाली गुराँस सिङ्गारमाला सबका पर्ने आँखा

ओलनको पौष्टिकता जीवनरस अमृत

सुन्दर सुन्दर घर गोठ त्यसले पार्छ मोहित

अदुवालाई औषधिमा रूपान्तरण गर्दा

आइमाईका राता गाला जवानीले भर्दँा

इलाम लाग्यो अति सुन्दर प्राकृतिकले गर्दा

एउटै शब्द तीतो तीतो आत्महत्या बढ्दा

बत्ति मुनी अँध्यारो त संसारमै हुन्छ

इलामको सुन्दरताले सबको  मन छुन्छ

सवको मन छुन्छ

इलामको भ्रमण गरेपछि मेरो यहाँको प्राकृतिक सौन्दर्यतालाई समेटेर इलामदेखि लिएर गोठालापानीसम्मको एउटा काल्पनिक कथा सिर्जना गरी यात्री उपन्यासको जन्म भयो । यो पनि मेरो यात्राको एउटा ठूले उपलब्धी हो जस्तो लाग्दछ।

म कृषि विभागमा कामगर्दा पञ्जाबमा पढ्ने अवसर पाएँ, यो अवसर मेरो लागि ठूलो उपलब्धीको थियो। पञ्जाबको बसाई र त्यहाको समाजले गरेको कामले, पञ्जावको विकास त्यहाँका वैज्ञानिकको काममा खटाईले जनताको पसिना बगाइलेमात्र पञ्जाव अघि बढेको जानेर पनि मेरो जीवनमा मेरो काम गर्नु पर्छ भन्ने धारणा त थियो नै ,त्यसलाई अझै दरविलो बनायो जसले गर्दा आज जागिरबाट बाहिरिंदा पनि कृषकसँग भेटघाटमा निरन्तरता र त्यो अवसरलाई उपभोग गर्दै साहित्य सिर्जनामा समर्पित गर्न सकेको छु। मेरा गजल परिकार र अभागीका मुक्तक दुई सङ्ग्रहहरू अर्घाखाँची जिल्लाका कृषकसँग रमाउँदा लेखिएका कृतिहरू हुन्।

क्षेत्रीयकृषि तालिम केन्द्रम खैरैनीटारमा कार्यरत रहदा इजिप्टको यात्रा गर्ने मौका मिल्यो । यो यात्रा माटो सुधार गर्ने तालिमको लागि थियो। यहाँको संस्कृति यहाँका पिरामिडहरूको साथै माटो सुधारका विविध पक्षमा ज्ञान हाँसिल भयो। त्यहाँका जनता तथा सरकारले मरुभूमि हराभरा गर्ने योजनामा व्यस्त देख्दा तर हामी हराभरा भएको जमिनलाई संरक्षण र सम्बर्धन गर्न नसकेकेा देख्दा मलाई कताकता चिन्ता लाग्यो। त्यहाँ मलाई सुख्खा जमिनमा खेतीगर्ने प्रविधि तथा मरुभूमिलाई हरियाली पार्ने प्रविधिको ज्ञान भयो। यी विषयमा लेख लेल्ने र परेको समयमा सुझाव दिने काममा आफूलाई सहभागी गराउन सकेको छु।     

माटो व्यस्थापन निर्दशनालयमा कार्यरत रहँदा जापानको भ्रमण गर्ने मौका पाएँ। जापान जाँदा थाई जहाजबाट बैंकक हुँदै जाने मार्गको चयन गरियो। काठमा48डौबाट जहाजमा चढे पछि जहाजमा खानेकुराहरू र पेयपदार्थले राम्रो सत्कार गरिदो रहेछ। हुन त म इजिप्ट पनि गएको थिएँ र भारतीय वायुसेब, इजिप्ट वायुसेवा, तत्कालिन रोयल नेपाल एयरलाइन पनि चढेको थिएँ तर यहाँ त्यहाँ भन्दा विशेष प्रकारको जस्तो लाग्यो र संझे थाई विमानले थोरै समयमा गरेको प्रगति र थोरै समयमा कमाएको ख्यातीको नमुना हो यो जीतो लाग्यो। बैंकक जहाजग्राउ48डमा ओर्लेपछि ट्रान्जिटमा नेपालीको पासपोर्ट हेर्नेक्रममा बडोसंकाको दृष्टिले हेरिएको पाइयो। मनमा ठूलो ग्लानी भयो। मैले ठाडै भने जापान सरकारले बोलाएर जाँदै छु किन ढिलाइ भने पछि अघिजाने अनुमति मिल्यो। अब मैले जालमा चढेर थाइल्या48डबाट जापान जानु थियो जहाज छुट्नेबेला भएछ हतारमा पुगें र जहाजमा चढे। जापान हवाइ मैदानमा उत्रे पछि बाहिर मेरो नाम र मेरो देशके नाम लेखेर एक जना जापानी स्वागतको लागि पर्खि रहेकारहेछन्। मलाई देख्ने बित्तिकै, चिने जानेजस्तो गरी बोलाए। टेक्सीमा चढेर टुसुकुवा तालिम केन्द्रतिर लागियो। जापानमा टोकियो देख्ने इच्छ्या थियो त्यतिमात्र नभएर होकाइडो आवीहिरो, शिशिरोजस्ता शहरको अवलोकन भयो,माटो जाँच मल जाँचदेखि,मलखाद परीक्षणप्रदर्शनहरू हेर्ने र विविधपक्षमा क्षलफल गर्दा प्रविधिपक्षमा धेरै कुराहरू जानकारीमा आए।  जापानमा जापानी भाषाप्रतिको अगाद्ध श्रधा, समयको सदुपयोग, काममा कर्तव्यनिष्ठ आदि धेरै धेरै कुरा सिक्न पर्ने महसुस भयो। जापानबाट मैले समयको सही सदुपयोग गरेमात्र व्याक्ति र देशको विकास हुन्छ भन्ने सन्देश बोकेर आएँ। त्यो सिकाइले मलाई माटो विज्ञान र साहित्यिक क्षेत्रमा कामगर्नलाई हौसाएको छ र मैलै आफ्नो समयलाई यही क्षेत्रमा समर्पण गरेको छु।

यात्रा स्वदेश होस् या विदेशको उपलब्धीयुक्त नै रहे। जेहोस् जीवनयात्राका घटनाक्रमहरूका लेखाइले ठूलै ग्रन्थ बन्नसक्छ तर आज भने यत्तिमै विदा चाहान्छु।

धन्यवाद

 

 

 

 

 

 

 

 

 

 

 

No comments:

Post a Comment