September 11, 2021

सर्ग –तीन  े
(स्वर्गको यात्रा महाकाव्यको दोस्रो अध्यायको भावसार)
पापीहरूको गतिपति ,विष्णुबाट सुने पछि
गरुड बोल्छन् त्यहा,ँ सबै कुरा गुने पछि
कसोगरी यममार्ग भयावह बन्दै जान्छ
सिधै स्वर्ग प्राप्त गर्ने कुन मार्गले लान्छ
कसोगरी बन्न जान्छ यममार्ग सहजता
यही चिन्ता बोकी बस्छु चिन्ताग्रस्त भएँ मता

विष्णु बोल्छन् –
यममार्ग बनेको छ पापीलाई भयावह
पापीजन दुःख भोग्छ पापासरि तहतह
पापा रहित भयो भने बन्छ समतल
पाप बढ्दै हुन गए काप्छ धरातल
 
पाटी पौवा अनि त्यहाँ छैन चौतरी
वरपिपल–छाँया छैन घाम लाग्ने भारी
भोक लाग्छ हिड्दा हिड्दै देहअन्न धारी अन्नपानी खोज्दै खोज्दै हेर्छ वारीपारी

बाह्रसूर्य प्रज्वलित छन् प्रलयकालसरी
कठीनमार्ग पारगर्दै हिड्नु पर्छ मरीमरी
कहिले मार्ग रापिलो त कहिले बर्फीलो
यस्र्तै मार्ग हिड्न पर्दा कष्ट थरी थरी

रापिलो र वर्फिलो हावा बग्छ घरी घरी
अघिबढ्दा काँडाधारी वन मिल्छन् थरी थरी
 
त्यही मार्गमा मिल्छन् सर्प–विच्छी आदि
डस्न भन्दै आउँछन् बोकी विषभारी
कहीं बाघ कहीं सिंह कहीं  हुन्छन्  कुकुरहरू
आक्रमण गर्छन् तिन्ले प्रेत हिडछ लुरुलुरु
यातना माथि यातना पाउँदै जान्छ पथ भरी
अग्निको डहन पनि पाउँदै जाान्छ घरी घरी

अति कष्ट भोग्दै भोग्दै
प्रेत यात्रा बढाउँछ
गन्तव्यमा जाँदा जाँदा
असिपत्र वन आउँछ  (नरक)

असिपत्रवन कत्रो
दुई हजार योजन जत्रो
(लम्बाई र चौडाई
दुईहजार योजनमा फैलिएको)
तरबारको धारजस्तो
वनका ती द्रुमपात
छिन्नभिन्न पार्छन् घात

तरवार–धार हिडाई
प्रेतलाई हुन्छ पीडा भोगाई
असिपत्र  वन महा
कौवा पनि मिल्छन् त्यहाँ

उल्लू बट गीद्ध पनि
विचरण गर्छन् अनि
सर डाँस वनभरी
देख्न मिल्छन् घरीघरी

भयावह कष्टदानी
चारैतिर दावाग्नि
कतै
अन्धकूपमा जाकिन्छ
विकट पर्वतमा ठोकिन्छ
कतै छुराको धारमा
कतै कीलाको टुप्पोमा
्पापी यात्रा गर्दछ
कष्टदायी पथमा
परिन्छ घोर तममा
डुब्छ उग्रजलमा

वनमा हुन्छन् जुका–भा
म त री
रक्त चुस्छन् घरी घरी
पथ पूर्ण ठूलो भासी
पथ पूर्ण जल्दो राशि (जल्दो भासीमा)
खसिन्छ मार्गमा हेर
अवर्णित छन् कष्ट धेर

उष्ण बालुवाको ढेरहुँदै  
सउष्ण तामाको धूलो छुँदै                                                                                  
अङ्गारको बर्षा कतै
कुइरीमण्डल धुवाँ रुङ्दै

बज्रसहित विजुली चड्कन
असिना–पिटदा बढ्छ धडकन
तातो पानीको बर्षा  कतै कतै
रक्त, क्षार हिलो बृष्टि उस्तै उस्तै

कहीं पर्छ गहिरो खाडल
देखिन थाल्छ घना बादल
कहीं शैल्य चढ्नु पर्छ
कन्दरा भित्र पस्नु पर्छ

 कतै घोर अंधकार
 तर जानु पर्ने शिलापार
विष्ठाले पूर्ण पोखरीहरू
पार गर्नु पर्ने खुरु खुरु

 स्वर्ग नर्क झट्ट हेर्दा  
यही धरामा भोग्दै गर्दा

कसरी कष्ट तार्नै पर्ने
आनन्द भोग सबले गर्ने
मार्ग निर्माण गर्नै पर्छ
यही लोकमा स्वर्ग झर्छ
त्यसो हुँदा जीवन छँदै
सुकर्ममा मन नै धर्दै
सब कष्ट यहीं टारौ
मुक्तिमार्ग यहीं धरौं

वैतरणी नदीको वर्णन
 
वैतरणी नदी बीचमा पर्ने
अति उग्र विकराल रूपमा
बर्णन सुन्दा भयपूर्ण लाग्ने
देख्दा खेरि शरीर नै काप्ने
 
सुन्दा बोल्दा अति भय गामिनी
साच्चि नै लाग्ने ती अति भामिनी

आकार छ सय योजन
रैछ रगत पीपले पूर्ण
 
हड्डीबाट तनको निर्माण
अति गहिरो,अति दूर्गम

मासु र हिलोले भरिएको  
केश–ल्याउले जेलिएको

छन् विशाल कायका गोही
घोर पंक्षीबाट आबृत सोही

पापीलाई देख्दा खेरी
उम्लन्छन् पाक्दो घिऊ सरी

सियाजस्ता तीखा सूँड भएका
कीराहरूले भरिएका
बज्र समानका
चुचा भएका
गीध,कौवाहरूले घेरिएका
सोंस,जुका, माछा, कछुवा
मासु लुछ्न,पशु–पंक्षीले भरिएका
जहाँको  भयावह दृश्य लाग्ने  
देख्दै सारा तन त्यसै दाग्ने
त्यसैमा गई खस्नु पर्दा
कस्तो होला धैर्य मर्दा
 
सहजै त्यहाँ पापी रुन्छ
छोरा–बन्धुबान्घव सम्झन्छ,
बारंबार विलाप गर्छ,
भोक लाग्छ, तीर्खा लाग्छ
पानी नपाइ रगत पिउँछ

दृश्यलाग्छ भयानक
चेत–शून्य त्यो विवेक,

कष्टलाई भोगाउन
पाप मुक्त गराउन
तिनकै लागि नदी बन्यो
गरुड पुराणले यही भन्यो

यो नदी  छ दुःखदाइ
कष्ट हुन्छ गर्न विदाइ

नदी तट अति विशाल
वारपारको दृश्यसवाल
देखिदैन त्यो आदि अन्त्य
गनै हुन्न पाप अनन्त

पासोबाट तानीलिने
अंकुशले खैंची दिने

सङगिन  रोपी तान्ने
नाके पासोबाट तान्ने
काने पासोबाट तान्ने
कालपासोबाट  तान्ने

काक पासोबाट तान्ने
मर्म पारी खुबै हान्ने
यति  मात्र कहाँ हो र
कष्ट दिंदै लान्छन् धेर

उसको गर्दन हातखुट्टा
जोडी उसको शरीर–मुन्टा
जञ्जिरले शरीर बान्धछन्
फलामको भारी बोकाउँछन्

अनि सडकमा हिंडाइन्छ
निर्दयी दूतद्वारा पिटाइन्छ
पिट्दा पिट्दा रगत छाद्ने
छादित रक्त पिलाइन्छ

सोचनिय बन्न जान्छ
कुकर्म सम्झन्छ थाल्छ
दुखित पनि  हुन जान्छ
ग्लानिले स्थान लिन्छ

सारा कष्ट भोग्दा भोग्दै
सम्झन्छ आफ्ना छोरानाति
गरेका कुकर्म भाँति भाँति
कृत शुभ अशुभ कर्मफल
भोग्नु पर्छ सवले पलपल

पश्चताप अग्नि हेर
जलाउँछ अति धेर
राप र ताप उसमा
बढी हुन्छ बारंबार  

मानव जीवन अमूल्य छ
यो अमूल्य जीवन प्राप्त गर्न
ठूलो पुण्य गर्नु पर्छ
त्यो पुण्यबाट विमुख भए
मानव जीवन प्राप्त हुन्न
मानव जीवन प्राप्त गरेपछि
मानवले धर्ममा आचरण गर्नु पर्छ
धर्म–आचरणहीनताले
मानवले नर्क भोग्नु पर्छ

प्रेतले सोच्छ
अनि
आँफैले आफूलाई भन्छ–
नभो दान नभो अग्नि होमन
निरर्थक रह्यो मेरो जीवन
नभो तपस्या नभो ईशपूजा
विधि विधान भयो धुजा धुजा

त्यसैले जीवले दण्ड पायो
स्वर्ग छाडी नर्क–पथ समायो
नभो पूजा कुनै ब्र्रह्माणको
नगरै स्नान ती पूण्यगंगाको

सत्पुरुषको सेवा पनि कतै गरिएन
सत्मार्गको कर्म गर्न अघि सरिएन
त्यसो हुँदा उपकार कतै गरिएन
नर्कमार्ग समाउन पछि परिएन

गर्नु पथ्र्यो  तीर्खालुलाई पानीको व्यवस्था
नगर्दा भोग्नु प¥यो, आज यो अवस्था
गाई –ब्राह्मण सबैमा गर्नु पर्ने सेवा
त्यसैले आज भोग्दै छु कुकर्मको  मेवा
 
प्रेतले सोच्छ–
नित्य दान दिनै पथ्र्यो
गौको भोक मेट्नै पथ्र्यौ
वेदबाणी मान्नै पथ्र्यो
पुराण वाक्य सुन्नै पथ्र्यो

विद्वानको कदर हुन्छ हेर जहाँ त्यहाँ
त्यस्ता कर्म गरिएन पत्ता लाग्यो यहाँ
कर्तव्यको पालना त गर्नु पर्छ सबले
कर्मच्युत भयो भने सुख मिल्छ कहाँ

त्यसो हुँदा यो देहले दुःख पाउनै पर्छ
कर्मरूपी फललाई सबले  भोग्नै पर्छ

नारीबाट गरिने पश्चताप–

गरिन र्मैले  पतिको सुआज्ञा पालन
पतित्वब्रत ठूलो ठानी राखिन धारण
पति–शव साथ जान गरिन लौ गमन
कर्महीन भयो देह गरेन कुनै साधन

वैधव्यमा गर्नु पर्ने त्यागमय कर्म
 गर्नु थियो गरियन राखियन धर्म

महिना भरी गरिने सारा कर्महरू
उपवासी कर्मका सारा धर्महरू
चान्द्रायण लगायत सबै ब्रतहरू
बुझ्नु पथ्र्यो ब्रतका सबै मर्महरू

उनको  सोचन  हुन्छ–
अमूल्य हो यो नारी जन्म त्यसै कहाँ मिल्छ पूर्वब्रती कुकर्म–फल सबले भोग्नु पर्छ
सुकर्म र कुकर्म फल भोग गरे पछि
नारी जीवन प्राप्त गरी दुःख पनि टर्छ

गरिएका कर्म सोच्दै बहुविलाप गर्दै
मानव जीवन कता गयो यही प्रश्न धर्र्दै
आह भाव भर्दै भर्दै अनेक विलाप गर्दै
नर÷नारी चल्नु पर्छ अलाप विलाप भर्दै
स्वर्ग यात्रा भावनामा
कर्म कर्तु साधनमा
पृथ्वीलाई स्वर्ग बनाम्
सहज हुन्छ मुक्ति धाम
सौम्यपुरको वर्णन
मर्जी हुन्छ गरुडलाई सौम्यपुरे सुन्दरता  
अठार दिनमा पुग्नै पर्ने प्रेतकको विवसता
वायुवेगमा हिड्न पर्ने प्रेतको आवश्यक्ता  
पथ  बीच भोग्नु पर्छ  यमदूतको क्रुरता

पुष्पभद्रा नदी त्यहाँ कलकल गरी बग्ने
अति सुन्दर वटवृक्ष विश्राम–मन लाग्ने
केही क्षण प्रेतले विश्राम गर्न पाउँने  
पिण्डदान दिए भने पेटमा चारो आउने

विश्रामको समयमा सुन्दरताको चयनमा
क्ष्ािणक शान्ति मिल्दा, प्रेत बग्छ भावनामा
संसारिक जीवनयात्रा कति थियो आनन्दता
मनमा बग्ने भावनाका कति राम्रो सुन्दरता
 
यतिवेला पुत्रसुखको स्मरणमा आउँछ
स्त्रीको मायाजालले उसको मन छाउँछ
धनदौलत छोरानाति आउँछ सबै याद
त्यतिवेला यमदूतको धेरै प्रश्न पाउँछ

भन्न थाल्छन् यमदूत धन तिम्रो खोइ
कहाँ छन् पत्नी पुत्र किन बस्छौ रोइ
कता गए बन्धुबान्धव अनि मित्रहरू
भोग्नु पर्छ कर्मफल जे जे ग¥यौ सोही
कर्मोपार्जित फलको भोग गर्दै अघिसर
परलोकको यात्रा हो यो छैन कुनै भर
राहीलाई ज्ञान हुन्छ राह–पथ–सार
त्यो ज्ञानलाई त्यागि सक्यौ हिड सरासर

नरकमार्ग त्याग्ने कर्म तिमीबाट भैन
यो मार्गमा चल्नै पर्छ लेनदेन यहाँ छैन
बाल–बृद्ध सबै जान्छन् नरकमार्गज्ञान
जान्दाजान्दै छोड्यौ कर्म बाँकी केही रैन

पुराणले यही भन्छ वेदशास्त्र पनि
पापकर्म गर्न हुन्न सुन्यौ जानाजानी
यस्ता कर्म धेरै ग¥यौ आफ्नै मनोमानी
त्यसो हुँदा सम्झ तिम्ले आफ्नै कहानी

आज्ञा छ धर्र्मराजको दण्ड दिनै पर्छ
विना दण्ड पापचारी कहाँ नर्क तर्छ
पापिष्टको संज्ञा दिंदै त्यहाँ पिट्न थाल्छन्
यमदूतले पासो हानी तानी तानीलान्छन्

त्यसलाई गदाबाट पिटाइ ठूलो हुन्छ
मुर्छा पर्छ पिटाइबाट अनि उठी रुन्छ
पुत्रद्वारा प्रदान पिण्ड त्यसले त्यहाँ खान्छ
यमदूतले जता तान्छन् त्यतै त्यतै जान्छ

सौम्यपुर सहर अति रमणीय
प्रेतगण हुनाले अति शोभनीय  
प्रकृतिक सुन्दरता एक वटवृक्ष
यमदूत देखिने केही क्षण शिष्ट



सौरीपुरको यात्रा
यसपछि प्रेत हेर सौरीपुरमा जान्छ  
ढीलो भए प्रेतको पिटाइ पनि खान्छ ।
यमदूत निर्दयी छन् गदालिइ पिट्छन्
पिटाइमा असह्य भै लामो स्वास तान्छ

सोच मग्न हुन्छ यात्री सोच्छ पूर्व जन्म
दिनपथ्र्यो जीवजन्तुलाई संतुष्टि सम्म
तीर्खा मेट्न कुवा इनार खन्नु पथ्र्यो
गौचरनमा दान दिंदा पाप पनि टथ्र्यो

सुकर्महरू तनमनले सबै  गर्नु पथ्र्र्यो
सवलरूपमा कर्मगर्दा स्वर्गमार्ग धथ्र्र्यो
जस्तो हुन्छ करणी त्यस्तै हुन्छ भरणी
स्वर्ग नर्क कर्म फल कहाँ किन टथ्र्र्यो

सौरीपुरका राजा थिए कामरूपधारी
इच्छ्यानुसार स्थिति र गतिशील भारी
दर्शन उन्को पाएमात्र शरीर काप्न थाल्ने
अनिष्ट भावभर्दै खोज्छ कल्याणकारी
 
केही क्षण विश्राम त खोज्छ त्यहाँ प्रेत
धैर्य गरि अघि बढ्छ हुन्छ भयभित
भोक लाग्छ प्रेतलाई खाना त्यहाँ खोज्छ
त्रैपाक्षिक पिण्ड नै खाना त्यस्को भोजछ

यमदूतले प्रेतलाई दाग्छन् खड्ग हानी
पश्चतापको आगो जल्छ अति पीडादानी
भन्न थाल्छ प्रेतले आफ्नै शरीर छामी
कुकर्मको फल भोग्छस् आज जानाजानी  

न त जल दान गरिस् नत गाइलाई घाँस
न त वेदलाई दान गरिस् न त तीर्थबास
जस्तो कर्म हुँदै जान्छ त्यस्कै फल भोग्छ
कृत कर्म जे जस्तो छ हुँदैन त्यो नाश

नरेन्द्रपुर–नरेन्द्रभवनको यात्रा
सुकर्म र कुकर्मको फलहरूको भोग
प्रायश्चित गर्नै  पर्छ पालिएको रोग
सौरीपुर पार गर्दै नरेन्द्रभवन यात्रा
दूतदण्ड घना वन थपिदिन्छ शोक

घनाजङ्गगल देख्दादेख्दै भयभीत हुन्छ  
यमदूतको कृपाण खाइ उता साह्रै रुन्छ
पुत्रबाट प्रदान पिण्ड त्यसले त्यहाँ खान्छ
अग्नि बल्छ पश्चतापको, मनमनै गुन्छ  

धेरै धर्म कर्म गरी मानव जीवन पाएँ
मूर्खताले राज्य ग¥यो मूर्खतामा लाएँ
अमूल्य यो मानव चोला व्यर्थ हुन गयो
सुकर्मको अभावले आज नरक आएँ
गन्धर्वपुरको यात्रा
यमदूतको कष्टदायी यातनालाई भोग्दै
तीन महिना कष्टदायी यात्रालाई रोज्दै
तीन महिना लगातार हिड्दै गरेपछि त्रैमासिक पिण्डलाई  खानु पर्छ खोज्दै  

त्रैमासिक पिण्ड खाई जव अघि बढ्छ
दूत–कृपाण–अग्रभाग उस माथि चढछ
मस्तिकमा घुम्न थाल्छन् अतितका कर्म
आहुति दान तप आदि आदि गर्नु पर्ने धर्म
 
गङ्गाजीको पवित्र जल सेवन गर्ने काम
नगरेर भोग्न प¥यो आज नरक धाम
शैलागमपुरको यात्रा
गन्धर्वपुरको यात्राा सकी प्रेत अघि बढ्छ
चौथो मैना लागे पछि शैलागमपुर चढ्छ
चौथो मासिक पिण्डखाइ खुसी पनि हुन्छ ढुङ्गामुढा बर्षिन्दा पो चोटखाइ  लड्छ

यति वेला उस्ले विलाप गर्दै सोच्छ–
ज्ञान, योग, कर्म, भक्ति कुनै मार्ग भैन
ज्ञान प्राप्त गर्न भनी सन्त सँग गैन
मनपरी कर्म तैंले जे जे गर्नु गरिस्
कर्ममार्ग भोग्नै पर्छ अर्को बाटो छैन

क्रौंचपुरको यात्रा
हिड्दै पीडा भोग्दै जान्छ
पाँचौ मास पनि लाग्छ
पाँचौ मास पिण्ड खान्छ
क्षणिक विश्राम पनि लिन्छ

क्रुरपुरको यात्रा
क्रौंचपुरको अन्त्य गरी क्रुरपुरको यात्रा
साढेपाँच मास सम्म भोग्दै पीडा मात्रा
प्रेत हिड्छ पट्टिशको पिटाइलाई खाँदै  
उनषाण्मासिक पिण्ड खाँदै घटदान पात्र

पट्टिशको पिटाइले खुबै दर्द मिल्छ
पट्टिशको पिटाइले सारा शरीर छिल्छ
अति कष्ट भोग्दा आफन्तलाई खोज्छ  
मातापिता पत्नीपुत्र सबको दिल खिल्छ
प्रेत भन्छ यहाँ हेर बन्धुबान्धवलाई
कुनै ज्ञान प्रदान भैन यममार्ग मलाई
उपदेशको खाँचो थियो पाप मेट्नलाई
ज्ञान लिने काम भैन दोष दिने कसलाई

यतिवेला यमराजले डस्न पनि थाल्छन्
एक्लाएक्लै हिड् भन्दै कस्न पनि  थाल्छन्
यो  मार्गका राहीलाई आश्रयदाता छैनन्
स्वआर्जित कर्मफलमा सबै फस्न थाल्छन्

पाप पुण्य कर्मफल मार्ग नर्क स्वर्ग
यही मार्ग अवलम्वन गर्छन् सबै बर्ग
न त कर्म विक्री हुन्छ न त क्रय हुन्छ  
पूरापूर लागु हुन्छन् उसका सबै सर्त

विचित्रनगरको यात्रा
क्रुरपुर पार गर्दै विचित्रनगर पुग्छ
यमदूत–शूलेपिटाइ अति साह्रै दुख्छ
पिटाइको दुखाइमा उसले विलाप गर्छ
पूर्वक्रम संझी संझी उसको आँसु झर्छ

कहाँ जान पर्ने हो यति कष्ट सही
अति कष्ट भोग्नुप¥यो जीवित रही
तब पनि मृतकको पुन मृत्यु हुन्न
 कष्टलाई भोग्दै छु पीडक नै भइ

चित्रभवनपुर लाग्छ हेर्दा विचित्रको
विचित्र राजाले राज्य गर्ने त्यसको

काया भने विशाल छ हेर्दा सबै  डर्छन्   नाताले यमराजका साख्खै भाइ पर्छनर््
प्रेत पनि डराउँदै अगि अगि भाग्छ
षण्डमासिक पिण्ड खाँदै उस्ले पेट भर्छ

पिण्ड खान्छ अघि बढ्छ
ऊ माथि त भाला चढ्छ
आह भर्छ  आँसु झर्छ
कृत कर्म कहाँ सड्छ

माता पिता भाइ पुत्र
कोही छैनौ उद्धार कर्ता
लगाउन केही सूत्र
मता परें पीडा भर्ता

विलाप गर्दै अघि बढ्दा
वैतरणीनदी किनार पुग्दा
त्यहाँ देख्छ हजारौं माझी  
सत्कर्म गर्नेलाई लाने ताजााताजी

वैतरणी तर्र्ने कर्म भए
वोटमा बस्न दिन्छौ गए
वैतरणी दान हीनताको
यात्रा बन्छ लौ कष्टमय

तत्त्वदर्शी मुनिहरू दान गर्न भन्छन्
दान लिने व्यक्ति पनि तत्त्वदर्शी ठान्छन्
तत्त्वदर्शी नभएकलाई दान दिन हुन्न
तत्त्व दर्शी नभएमा सुफल त दिन्न  

गाई दान गरेकालाई नाऊ लिन आउँछ
वैतरणी कर्म गरेकाले सहज तर्न पाउँछ

वैतरणी तर्ने कर्म उसले ग¥या छैन

रुन बाहेक प्रेतलाई अरु काम रैन

वैतरणीनदी हेर्दा सय योजन फैलिएको
पीप अनि रगतले सारा नदी भरिएको
नानाथरि माछाको हो यो क्रीडास्थल
नानाभाँती पंक्षीगण हिड्छन् मनोबल

यो नदीको विशालता
जलचरको प्रवलता
देख्दै प्रेत डर्न थाल्यो
भयतस्त्र तन कालो

प्रेत देख्छ नदी जल भकभकी उम्लिएको
नाऊ अघि जाँदा खेरी नाऊ टाढै टाढिएको
नदीजल देख्दा देख्दै मन त्रासले भरिएको
याद आउँछ जीवनमा कुकर्म त गरिएको

माझी आउँछन् समाउँछन् घिसारेर लान्छन्
नदीभित्र प्रेतलाई समाइ समाइ  तान्छन्
काग बकुल्ला उल्लूले त्यहाँ ढुङ्न थाल्छन्  
यात्रामार्ग असहजता यमदूतले ताड्छन्  

प्रेतलाई यमदूतले लानै पर्ने थियो
मुखमा काँटा लगाएर उस्ले तानी लियो
आकाशमा यमदूतले बल्छी लगाइ तान्दा
कति दुःख भयो होला? दूत आज्ञा मान्दा

अन्तिम दान वैतरणी सबले गर्नु पर्छ
सहजमा वैतरणी त्यसले त्यहाँ तर्छ  
यतिमात्र नभएर विष्णुलोकको बास
मृत जीवन सफल भै हट्न जान्छ त्रास

यति गरी यमदूतले नदी तारी दिए
षण्मासिक पिण्डलाई खान पनि दिए
अब हिड्ने गति अति तीब्र बन्छ
दुईसये सत्चालिस गतिसित बड्छ
बह्खापद पुरको यात्रा

बहापदपुर पुग्नलाई सातौ महिना लाग्छ
सप्तमासिक पिण्ड, त्यसले त्यहाँ खान्छ
यहाँ पनि यमदूतले रोप्छन् परिघले
आँसु बग्छन् प्रेतका गर्दै विलापले

प्रेत ठान्छ यहाँ पनि आफ्नै शरीर दोषी
तीर्थ ब्रत दानादि दिन नहुँदामा होसी

दुखदपुरको यात्रा
बख्हापदपुरको कष्ट भोग्दै दुःखदपुर पुग्छ
दुःख कष्ट भोक प्यास सारातन दुख्छ
यो पुरको यात्रा गर्दा लाग्छ आठ मास   अष्ठमासिक पिण्ड  हुनजान्छ गास  

नानाक्रन्दनपुरको यात्रा
नानाक्रन्दनपुर पुग्न नवौ महिना लाग्छ
क्रन्दन गणले क्रन्दन गर्दै प्रेतलाई दाग्छ
दयामायाहीत दूतले मुसलघातले सेक्छन्
मुसलघातको पीडा खेप्दै भावनामा बग्छ

सम्झन्छ पत्नीसँग गरिएका प्रेमलाप
चञ्चलित नयन सँग विताएका रात
मधुरो बोली बचन मिठो हुन्थ्यो बात
नानाथरी पकवान खान्थेम् भोजन साथ

सुतप्तभवनको यात्रा
नानाथरी अलापविलाप गर्छ घरी घरी
सुतप्त भवन पुग्नलाई हिड्छ मरी मरी
दशौंमहिना यात्रा गरी पुग्छ सुतप्तभवन
यमदूतको यातना त भोग्छ थरी थरी
  (हलोबाट पिटाइ)
 पुत्र–प्रदान पिण्डपानी प्रेतले पाउँछ  
घरकाको सेवा पनि सम्झनामा आउँछ

पुत्रका कमल हातले पदकमल दवाई
बितेका ती दिनरात आनन्दमा रमाइ
आज भने यमदूतका बज्रसरि गोदाइ
भोग्न पर्ने कर्म रैछ जीवनभरको कमाइ

रौद्रपुरको यात्रा
रौद्रपुर पुग्न लाग्छ एघारौं है महिना
प्रेतको जीवनमा भैनन् ईश्वर दाहिना
एकादश मासिक पिण्ड हुन जान्छ भोजन
यातनाले पूर्ण जीवन पूर्णता छ रोदन

यहाँ भने यम दूतको पीठमा पिटाइ हुन्छ
जीवित छँदा भोग्यसुख सम्झी सम्झी रुन्छ
रुईबाट बनेको  त्यो आनन्ददाइ गद्दा
आनन्दपो हुन जान्थ्यो करवट फेरी सुत्दा

आज यहाँ भोगेको छु दाउराको पिटाई
सारा पीठ दुःखेको छ  कस्ले भन्ने हाई

पयोवर्षण पुरको यात्रा
साढे एघार मासमा पुग्छ पयोवर्षणपुर
कोदालीले पिट्छन् दूतले पीडा हुन्न दूर

जलसहित प्रदान पिण्ड प्रेत यहाँ खान्छ
कोदालीको शिरपिटाई दुखदाइ ठान्छ
यहाँ प्रेतले
भृत्यको कोमल हातले
सुवासले पूर्ण तेलले
शिरमा गरेको मालिश
प्रेतले  त्यहाँ सम्झन्छ
अनि यममार्गको  
कष्टदाई यातनाको
तुलना गर्छ
यमदूतको कोदालीको पिटाइ  
मेघले बर्षाएको घनघोर वर्षा
 पुत्रद्वारा दिइएका पिण्डको  खाना
यहाँ पनि उस्ले खान्छ
छोराले दिएको ऊनाब्दिक पिण्डलाई
विवस छ ऊ  
कष्टकर यात्रामा अघि बढ्न ।

शीताढ्यपुरको यात्रा
कष्ट भोग्दै प्रेत
एक वर्ष पुग्दा
शीताढ्यपुर पुग्छ
यो अति चिसो ठाउँ
हिउँ भन्दा पनि
सय गुणा चिसो
यमदूतको छुरीले
जिब्रो कटाइ
कटाइको दुखाइ
प्रेतलाई असह्य हुन्छ
अनि विलाप गर्दै सम्झन्छ –
यो जिभ्रोले आपसमा
कति रसिलो रसमाधुर्यले
भरिएको
बार्तालाप गरिन्थ्यो  
आज काटिदै छ
भन्दै विलाप गर्दै
वार्षिक पिण्डको र ,
अरुखाद्यबस्तु खाँदै
अघि बढ्छ ।

बहुभीतिपुरको यात्रा
वर्षको अन्त्यमा यमपुरीे नजिक पुग्छ
बहुभीतिपुर पुगी हाते शरीर त्याग्छ
हातभरको लामो शरीर त्यागी
बन्न जान्छ कर्मयोगको भागी
अंगुष्ठ जत्रो वायुस्वरूप
यातना देह परिणतरूप लिँदै
यमदूत सँग गमन गर्छ
ऊ यमपुरी निकै नजिक पुग्छ

यमपुरीको वर्णन
यमलोक फैलिएको
चौवालीस योजनमा
श्रावण नामक राखिएका
तेह्र प्रतिहारमा
श्रवणकर्म सून्न पाउँदा
द्वारपाल खुसी हुन्छन्
अन्यथा हुन हुन्न
उनी अति क्रोधित बन्छन्

यसलोकमा पुगे पछि
 यमराज देख्न मिल्छ
कृष्णतन लालनेत्र,
पहाडसरि ठूलो तन
 हेर्र्दै डरलाग्दो
भ्रू–भङ्गिमा तन्किएको
अत्यान्त्यै विकृतिले भरिएकोे
सयौं व्याधीले चारैतिर घेरिएको
एक हातमा दण्ड,
अर्को हातमा भैरव पासोले
सुसज्जित यमराजको
दृश्य अवलोकन हुन्छ ।
यमलोकमा पुगेको जीवले
यमले बताएको शुभाशुभ
जानकारी पाउँछ
जस्ले छाता जुता,
घर दान दिएको छ,
पुण्यकर्म गरेको छ
त्यसले सौम्यस्वरूप
कानमा कुण्डलले सुशेभित,
शिरमा मुकुटले सजिएका
यमराजको दर्शन पाउँछ, ।

त्यहाँ भोक प्यासले
तड्पिँदो जीवलाई
तृप्ति गर्नको लागि
एकादशाह, द्वादशाह,
षण्मासमा श्राद्ध
गर्नु पर्छ
धेरै ब्राह्मणलाई भोजन गराउनु पर्छ

विष्णु भन्छन् गरुडसँग –
औध्र्वदैहिक दान जो गदैन
मुक्ति प्राप्त गर्नेमा पर्दैन
स्वार्थमा इहलोकमा भुल्छ भने
स्वर्गतिर त्यो कदापि सर्दैन ।

यमदूतले बाध्य पार्छन्
दृढ बन्धन लगाइ तान्छन्
लान्छन् त्यसलाई
अति कष्ट भोगाइ

धर्मराजपुरमा हुन्छन् चार द्वार
दक्षिण मार्गको बर्णनको मुख्य सार
मैले तिम्लाई यहाँ बताइ सकें सार
भयंकर मार्ग, कष्ट छन् प्रकार
यातना कति भोग्ने,
ुशुभासुभ कर्म सोध्ने
श्रवण भन्छन् धर्मराजलाई
सबै कृत्य कर्महरू
अनि
धर्मराजले दण्ड तोक्ने
यिनै भावसार बोक्दै
यो काव्य अघि बढ्ने

September 10, 2021

स्वर्गको यात्रा सर्ग दुई

(यस सर्गमा गरुड पुराण प्रथम अध्याय
सारभाव समीक्षात्मक प्रस्तुति)
उपकारी गुणीव्यक्ति धर्मका हुन् सार
भगवानले लिने गर्छन् विविध अवतार
उनकै संतुलनले चलेको छ यो संसार
यस्ता दीनदयालको गरौं जयजयकार
 
सबका अधिपतिलाई कल्पवृक्ष ठानौ
धर्मलाई यही वृक्षको मूल जरो मानौ
वेद काण्ड, पुराण शाखा, यज्ञ हुन पुष्प
पुष्पबाट प्राप्तफल नै मोक्ष भनी जानौ

नैमिषारण्य हो देवताको क्षेत्र
यै क्षेत्रमा बल्न जान्छ ज्ञानरूपी नेत्र
जनकल्याण कार्य गर्न ऋषि जम्मा हुन्छन्
 सूतजीको अमृतवाणी सबैले नै सुन्छन्

एकसमय
देव क्षेत्र नैमिषारण्यमा ऋषि जम्मा हुन्छन्
स्वर्गलोक प्राप्त गर्न यज्ञ गर्न थाल्छन्
सहस्रबर्ष लाग्ने यज्ञ थालनीको साथै
सूतजीको अमृतवाणी श्रवणमा लाग्छन्  
 
सूतजी कस्ता भने ज्ञानका हुन् खानी
वेदव्यासका प्रियपात्र ज्ञान सब जानी
शौनकादि ऋषिलाई शंका लाग्न थाले
सबै ऋृषि जाने गर्थे सत्य मिल्ने ठानी

कोही भन्छन्
जीवधारीले मरणपछि अर्को शरिर धर्छ
कोही भन्छन्
जीवधारी मरेपछि यमयातनमा पर्छ

शौनकादि ऋषिमा शंका त्यहाँ जाग्यो
सूतजीको साथमा जाने मन लाग्यो
यी दुई मतमा यथार्थता के हो
खुल्दुलीले हेर ऋषि मन दाग्यो

त्यसो हुँदा
एक दिनको विहानीमा हवनकार्य सकी
सूतजीमा प्रफुल्लता आसनमा बसी  
शौनकादि सोध्न थाल्छन् सत्यतथ्य कुरा  अमृत बाणी प्रवाह होस् सुन्छौ पुरा पुरा

सूतजीलाई खुसी लाग्छ
लोक कल्याणकारी कुरा सुन्दा
यथार्थ खोल्न मन जाग्छ
हरि–गरुण संवाद मनमा गुन्दा

शौनकादि भन्न थाल्छन् –
यममार्ग भयावह हुन्छ भन्छन् सब
महान ज्ञाता हजुरले मर्जी हवस् अब
देवमार्ग सहजमा हाम्ले सुनी सकेम्
यममार्ग सहज–सरल जान्न पाउँ तब

हजुरलाई सुखदुःखको सहजमै छ ज्ञान
यहलोक परलोकको गर्ने सबै समाधान
सत्यतथ्य भई बगोस् सबै भइ सुधारस
यही हाम्रो धारणा छ पवित्र होस् कान

ऋषि बचन प्रवाह भयो सूत चरणमा
सूतजी त  खुसी भए ऋषि धारणामा
विष्णुजीले गरुडमा सुनाएको सार  
सूतजीको आज्ञा भयो विष्णु भावनामा

सूतजी भन्नु हुन्छ
ब्रह्माण्डको यात्रा गर्ने गरुणको मन
पाताल, स्वर्ग, पृथ्वीमा पुग्यो उन्को  तन
नियालेर हेर्दा खेरी यी तीनै लोकमा
पाए उनले पृथ्वीमा अति दुखित जन

रजोगुण, तमोगुण पृथ्वीमा पूर्ण
वैकुण्ठ लोकमाा शुद्ध सत्वगुण

वैकुन्ठमा श्रीहरि आनन्दमा थिए
गरुडले नम्ररूपमा आग्रह गरिलिए
सुने मैले प्रभूबाट भक्ति मार्ग सबै
यममार्ग सुन्ने इच्छ्या प्रकट गरिदिए

भक्तिमार्ग सहजमा प्रदान गर्नु भयो
उक्तम गति प्राप्तगर्ने मार्ग दिनु भयो
यसै गरी यमयात्रा सहजको साथमा
श्रवणको तीव्र इच्छा ममा यो त रह्यो

भगवानले भन्नु हुन्छ–पक्षीन्द्रलाई
पापीजन जाने गर्छन् यहीमार्ग धाइ
जसले सुन्छ यो मार्ग अति डराउँछ
भन्छु मैले सुन तिम्ले दत्तचित्त लगाइ

नरकको मार्ग हेर पापी जनले धर्छ
स्वकर्मको परिणति ऊ त नरक पर्छ
जो व्यक्ति सदा हुन्छ पाप परायणमा
नारायणको जप त्यागि नरकतिर सर्छ

दया धर्म हीन हुन्छ  
दुष्ट सङ्गतिमा लाग्छ
शास्त्र सुसङ्गत त्याग्छ
दया धर्म हीन हुन्छ

स्वयं प्रतिष्ठित जस्ले ठान्छ
अहंकारी वेविचारी हुन्छ
धन र मानको लागि मर्छ
त्यस्तो व्यक्ति नरक पर्छ

आसुरी शक्तिले पूर्ण हुन्छ
दैवीसम्पत्ति रहित हुन्छ

अनेक् विषयमा लोलुपता
अनेक चित्तमा विभ्रान्तता
मोहजालमा छ समावृता
कामभोगमा छ प्रसक्तता

यस्ता व्यक्ति नरक भोग्छन्
वैतरणीमा खस्छन् खस्छन्

परम गति हुन्छ ज्ञानशीलको
नरक गति हुन्छ पापशीलको
 
इहलोक परलोक हुन्छ दुबै कष्टदाइ
पापी जन हिड्नु पर्छ यममार्ग समाइ

यम–मार्ग यात्रा गर्दा दुख कष्ट मिल्छ
केशवको नाम जप्दा स्वर्ग मार्ग लिन्छ
जानी जानी सर्ब कर्म पनि पाप गर्छ
यस्ता नराधमलाई धिक्कार्नु नै पर्छ

परमगति प्राप्त गर्ने समय
सुकृत दुष्कृत यथोपार्जित पूर्वजन्मकर्म
भोग्नु पर्छ नर–नारी सबै पाप अनि धर्म
लाग्न थाल्छ आधि व्याधि नरको गाथमा
जीवनमा बाँच्ने रहर भावनाको साथमा
जानकारी दिन्न उस्ले आइ बेर्न थाल्छ
यात्राकाल थाहा हुन्न दिन हो या रातमा

तर पनि मानवमा कालको ख्याल छैन
खानपिनमा फर।क पर्दा पनि बुझ्दैन
मृत्यु उसलाई डसीराछ, विरक्ति छैन
रूप रङ बद्लीराछ तर थाहा भैन  

अपमानित हुन जान्छ घरका जनजनमा
चाहना छ हिंडडूल गर्न शक्ति छैन तनमा
जसलाई भरण पोषण गरेको थियोे हिजो
उनैद्वारा पालिएको छ मानिमानि झिजो
श्रद्धारहित दिएको खाना खानुपर्छ
कुकुरसरि  खाएर दिनरात काट्छ  

विकृति रूप छ मरणाभिमुर्ख
कसैगरी उस्ले पाउँदैन सुख
कसैको दयामा ऊ  बाँच्नु पर्छ
तपतप आँसु झार्दै दिनरात टर्छ  

जठराग्नि मन्द हुन्छ
खानामात्रा कम हुन्छ
रोगबाट ग्रस्त भई
चेष्टा पनि कमै हुन्छ

वायुले लिन्छ उध्र्वगति
आँखा–नानी जान्छ माथि  
कफ–दमले दिन्छ शास्ति  
ध्वार ध्वार स्वर दिनराती

आफन्तहरू चिन्तित हुन्छन्
बन्धुबान्धव भेट्न आउँछन्
सबैले बरबर आँसु झार्छन्
भरण पोषण उसको गर्छन्

बाँधिन्छ ऊ कालपाशमा
बोली बन्द उस्को साथमा
कुटुम्बको ऊ आशक्तिमा
रुन थाल्छ ऊ वेदनामा

चेतना शून्य हुन जान्छ
लम्पसार भै खुट्टा तान्छ
परिवारको माझ बाटै
प्राण चलायमान हुन्छ

विष्णुजीले गरुडलाई त्यहाँ भन्नु हुन्छ
मरणको समयमा उस्ले देवदृष्टि धर्छ
देख्छ लोक परलोक एकत्रको साथमा
बोल्न भने चाहदैन चकित भने पर्छ

इन्द्रिय जति व्याकुल हुन्छन्
ज्ञान–चेतना जडीभूत हुन्छन्
यमदूत उसको अघि आउँछ
 डराएर उसको प्राण जान्छ

आतुरकालमा प्राणवायु जब ठाउँ छोड्छ
एकक्षण पनि कल्पबन्छ अनि प्राण तोड्छ
शतबिच्छीको एकैचोटी टोक्दो पीडा भोग्दै
मरणासन्न अवस्थामा फीँज पनि काड्छ  

रोगी मुख ¥यालै¥यालले भरिन पो जान्छ
प्राण जाने वेला भयो आतुरताले तान्छ
पापी जनको प्राण जान्छ हेर गुदाबाट
अन्तिममा प्राण जान अति कठिन हुन्छ

रिसपूर्ण भयानक हुन्छ प्रदर्शित रूप
यमदूत दुईले दाँत कटकटाछन् खुप
उध्र्वकेश काककृष्ण बक्रतुण्ड काया
अस्त्रशस्त्र पाश देख्छ रोगी बन्छ चुप
 
भयङ्कर तिन्को दर्शन बिमारीले गर्छ
मरणासन्न त्यो प्राणी अत्यान्त नै डर्छ
यो रूपको दर्शनले दिशा पिसाव झर्छ
रुँदै रुँदै त्यो व्यक्ति अङ्गुष्ठ रूपमा सर्छ

पञ्चभूत शरीर त्याग्दा रुन्छ ह्वाँह्वाँ गर्दै
यमदूतको पाशमा पर्छ  घरतिर हेर्दै
यमदूतको कष्टदाइ यातनालाई भोग्दै
यमदूतले समाउँछन् गलफन्दा लगाउँदै

राजपुरुषले दण्डनीय पुरुषलाई लगेसरि
पापीलाई यमदूतले लान्छन् उस्तै गरी
यमदूतले नरककष्ट बताउँदै लान्छन्
कुम्भीपाक नरक लान डोरीले नै तान्छन्

चाँडोचाँडो हिड्न भन्छन्
तिन्ले त्यहाँ डर दिन्छन्
नरक्र–डर बताउँछन्
छिटो हिड्न लगाउँछन्

यमदूतको रुखो बोली उस्ले त्यहाँ सुन्छ
भाइबन्धुको रोदन पनि त्यस्ले त्यहाँ सुन्छ
यस्तो मार्मिक यात्रामा ऊ आँफै रुन्छ
यमदूतको बाटोमा पिटाइ पनि हुन्छ

यमदूतले त्यहाँ डरलाई  देखाउँछन्
नरक–भय देखाएर पनि झर्नै डाट्छन्
 यमलोकमा जानुपर्छ छिटो हिड्न भन्छन्
कुम्भीपाक नर्कमा लाने कुरा गर्दछन्

यमदूतले प्रताडित अति धेरै गर्छ
प्रताडना धेरै हुँदा मुटु छिया पर्छ
तन काप्न थाल्छ कुकुरले टोक्छ
पापलाई सम्झँदै यमपथमा हिड्छ
भोक तीर्खा बाट पीडित नै हुन्छ
रवि किरणले तन त्यस्को धुन्छ  
दावाग्नि जल्छ वायु पनि बग्छ
कोर्राको पिटाइमा ऊ त साह्रै रुन्छ

वाध्यता छ, यममार्ग उस्लाई हिड्नु पर्छ
कष्टकर पीडा यात्रा सहन गर्नु पर्छ
तातो तातो बालुवा छ बस्नेठाउँ छैन
असमर्थ पदयात्रा सहज पार्नु पर्छ

थाक्न जान्छ मार्गमा ठाउँ ठाउँमा लड्छ
लड्दा लड्दै बाटोमा मुर्छा पनि पर्छ
अतिसय पापमय तमपूर्ण बाटोबाट हिड्दै
यमदूत साथ लाग्दै यमलोकमा पु¥याइन्छ
दुई तीन मुहूर्तमा यमलोकमा ल्याइन्छ
घोरनरक यातनालाई त्यहाँ देखाइन्छ
यमराज र यमयातना मुहूर्तमा नै देखाएर  
यमराजको आज्ञा पाइ इहलोक ल्याइन्छ

मानिस लोकमा आइ
अनादी वासनाले बाँधिएको
त्यो जीव
देहमा प्रवेश हुने
इच्छा राख्छ
तर यमदूतले बाँधेर
राखेकोले
प्रवेश हुन सक्दैन
ऊ भोकाउँछ
तिर्खाउँछ अनि
पीडित भएर रून्छ ।
विष्णु भगवान भन्नुहुन्छ–
त्यो पातकीले
आतुरकालमा दिएको दान र
छोराले दिएको पिण्ड त उपभोग गर्छ
त्यसबाट पनि
त्यो नास्तिक तृप्त हुन सक्दैन
छोराहरूले  दिएको दान, श्राद्ध,
जलाञ्जली
पापीलाई प्राप्त हुँदेनन्
अतः पिण्डदानलाई भोग गरे पनि
ऊ भोक प्यासले व्याकुल हुन्छ
व्याकुलताको साथमा
यम लोकको यात्रा गर्छ ।

पिण्ड दान नगर्दा
त्यो प्राणी  प्रेत बन्छ
प्रेतरूपमा कल्पपर्यन्तसम्म
घनघोर वनमा
अत्यान्त पीडित भएर
भ्रमण गरिरहन्छन् ।
कर्मको भोग गर्नै पर्छ
सैकडौं करोडौं कल्प बित्न सक्छ
कर्मफल नाश हुँदैन,
जबसम्म जीव यातना भोग्दैन
तबसम्म मानिसको शरीर पनि प्राप्त गर्दैन ।
पिण्डदान किन ?
कर्मको फल भोग्नै पर्छ
करोड बर्ष लाग्न सक्छ
कर्मको फल अविनाशी छ
जीवयातनालाई भोग्नै पर्छ

मानव जीवन तुच्छ हैन
प्राप्त गर्न सहज हुँदैन
सहजता प्राप्त गर्नलाई
आफ्ना पितृ तार्नलाई

 पुत्रले पिण्ड दिनै पर्छ
क्रिया कर्म गर्नै पर्छ

दशदिन तक पिण्ड दान
आवश्यक छ सबले जान
त्यो  पिण्ड बन्छ चार भाग
पिण्डबाटै बन्छ प्रेत तन

प्रत्येक दिनको  पिण्ड चार भाग लाग्छ
 पञ्चभूत बन्नलाई दुई भाग जान्छ
तेस्रो भाग पिण्डलाई यमदूतले पाउँछ
चौथो भाग पिण्डलाई प्रेतले खान्छ

तन बन्नलाई  नौ दिन रात लाग्छ
दशौं दिनमा तनले शक्ति पाउँछ
यसरी  दिइने पिण्डबाट
प्रेतको एक हातको तन बन्न जान्छ

यही तनले शुभ अशुभ जे जतिछन्
स्वकर्मफल भोग्नै पर्छ
यमलोकमा त्यो त सर्छ
पिण्डबाट
पहिलो दिनमा शिर
दोस्रो दिनमा घाँटी
तेस्रो दिनमा हृदय
चौथो दिनमा पिठ्यूँ
पाँचौं दिनमा नाइटो
षष्ठ दिनमा कम्मर
सातौ दिनमा गुह्य
आठौं दिनमा जाँघ
नवौं दिनमा घुँडा र पैर
यसरी नौ दिनसम्म दिएका पिण्डले
 प्रेतको शरीर बन्छ
दशौदिनको पिण्डले  
भोक र प्यास े जागरण गर्छ
पिण्डबाट निर्मित त्यो प्रेत तनले
एघारौ–ंबाह्रौं पिण्ड खान सक्छ
तेह्रौं दिनमा प्रेत एक्लै यममार्ग समाउँछ
पीडाहरू बोक्दै बोक्दै यातना सजाउँछ
यम मार्ग र यसको दूरी
विष्णु गरुड चल्न थाल्छ यममार्ग बार्ता
पारगर्ने दूरी कति कस्तो होला यात्रा
छयासीहजार योजनको छ यसको दूरी
वैतरणीलाई छोडीकन यात्रा पुरापुरी

प्रेतलाई हिड्नुपर्छ हेर दिन रात
दुईसय संैतालीस योजनको साथ
मार्गमा पर्न जान्छन् सोह्रवटा्र नगर
पारगर्दै पुगिन्छ है यम–प्रासाद पास

बाटोमा पर्ने नगरहरू
प्रथममा सौम्यपुर, सौरिपुर दोस्रो
नरेन्द्र भवन तेस्रोमा गन्धर्वपुर चौथो
पाँचौमा शैलागम ,क्रौञ्चपुर छैटौं
सातौमा त्रूmरपुर, विचित्रभवन आठौं
नवौंमा बह्वापदपुर, दुःखपुर पर्ने दसौं
एघारौंमा पदयात्रा नानाक्रन्दपुर
बाह्रौमा सुप्त भवन,तेह्रौ रौद्रपुर
चौधौ पुर भनेको हो पयोवर्षणपुर
शीताढ्यपुर पार गर्दै पुग्ने भित्रीपुर
यिनै पुर पार गर्दै,पुग्ने धर्मराज–भवन
बाँधिएको पापी जीव गर्छ अति क्रन्दन

गर्न पर्ने मानवले जिउँदो छँदै सुकर्म हो
सुमार्ग त्यागी काम गर्दा हुन जाने कुकर्म हो
केशवको कथन सबै गरुडले सुन्दै गए
डरलाग्दो यममार्ग पीडा मनमा गुन्दै गए
 
मानव जन्मे पछि मर्छ
चाहे यसै संसारमा होस्
या परलोकमा होस्
सुकर्म या कुकर्मको फल
उसले भोग्दै भोग्दै हिड्नु पर्छ
 ती मार्ग कष्टतालाई
श्रवणमा गरुड प्राप्ततालाई

September 7, 2021

सर्ग एक (स्वर्गको यात्रा) (समीक्षात्मक पौराणिक महाकाव्य)

मङ्गलाचरण
ए हरि ए हरि जगत जमायौ
दुई दिनमा मर्न पर्ने जीव बनायौ
जन्मे पछि मर्छ जीव यो त धुवसत्य्र
सत्यलाई आधारमानी कोरेको छु कथ्य
यै सत्यको कर्मफल चाख्नलाई आज
तिम्रै आराधना गर्न लागेको छु नित्य
ऋषि मुनि भन्ने गर्छन् पुनर्जन्म हुन्छ
सिद्ध पनि गरेका र्छौ जन्मे पछि मर्छ
तिम्रो कर्म अटल छ कस्ले टार्न सक्छ
अजर र अमर आत्मा अन्त कतै सर्छ
नत माता नत पिता नत बन्धुवान्धव
रोक्न कोही सक्दैन तिम्रै चल्छ ताण्डव
डाक्टरले रोगी जाच्छ तर आफै मर्छ
जान्दछन् सब कर्म आजका यी मानव
तनभित्र अति सूक्ष्म आत्मा सजाएर
तनलाई पाली राख्छौ माया लगाएर
कुकर्म देख्यौ भने दण्ड पनि दिन्छौ
भित्रीसूक्ष्म आत्मालाई लान्छौ भगाएर
तनरूपी घरबाट आत्मालाई तान्छौ
अतीन्द्रिय रूप दिन आवश्यक ठान्छौ
पाप धर्म सबै कर्म तन–गर्ने ठानी
अङ्गुष्ठरूपी तनबनाइ दण्ड दिन लान्छौ
शरीरले जे जे कर्म पृथ्वीमा गर्छ
स्वर्ग नर्क जाने कर्म त्यसमा भर पर्छ
शुभकर्म जस्ले गर्छ स्वर्गतिर लाग्छ
पापकर्म गर्नेवाला नर्क मार्ग धर्छ
जन्तुजगत् निर्माणमा मानिसको रूप
सचेतन–अतीन्द्रिय प्रदान गरेऊ खुप
कर्मफलको परीक्षा आते जाते सबै
छाडा छोडी नरलाई आपूm बसी चुप
मानिसले जीवित छँदा जे जे कर्म गर्छ
अतीन्द्रिय रूप त्यसले मरे पछि धर्छ
अतीन्द्रिय रूप त्यही स्वर्ग नर्क भोग्ने
पापकर्मी मनुवा त वैतरणीमा झर्छ
अतीन्द्रिय शरीर त मानिसमात्र धर्छ
स्वर्ग नर्क मुक्ति भोग्न मानिसले पर्छ
अरू जन्तु यस पथमा प्रवेश पाउँदैनन्
मुत्युपछि यस्ता जन्तु योनी जन्म सर्छ
जलशैया शयनमा योगनिन्द्राको साज
नाभीबाट कमल पूmल, ब्रह्माजीको राज
लोकहरू निर्माण भए तिम्रै इच्छाबाट
स्वर्ग नर्क पातललाई तिमी दिन्छौ काज
दर्शन मैले पाउँ हजुर सत्यमय रूपको
शब्द बगुन् सुधाबनी स्वाद मीठो सुपको
सत्यमय रूपबाटै सिर्जना भो लोकको
अमरत्व बनोस् काव्य भाव बनोस खुपको
प्रथम अवतार सनतकुमार सृष्टि सिर्जनामा
बराहरूप धारण ग¥यौ दोस्रो अवतारमा
रसातलकी पृथ्वीलाई निकालेर ल्यायौ
जलचर थलचर संसार निर्माणमा
यै धर्तीमा जन्म दिन्छौ यै धर्तीमा मरण
लगाउँछौ कर्म गर्न सबको गर्छौ भरण
सात्वत तन्त्र मिल्यो नारद अवतारमा
काव्य अजर अमर बनोस् तिमै्र पर्छु शरण
चौथो अवतार हुन गयो नरनारायण
ऋषि बनी तप गरेऊ भक्त परायण
तिम्रै तप मैले गर्छु प्रणमन फिजाई
काव्यशब्द बन्न सकुन् प्रणय प्रणयन
हरेक तिम्रो अवतारमा नयाँ तथ्य हुन्छन्
ईश्वरीय तत्त्वलाई भावनाले गुन्छन्
भाव झल्कोस् भक्तिमय शब्द बनुन् अमृत
अपवित्र तत्त्व भए यै अमृतले धुन्छन्
पाँचौं तिम्रो हुन गयो कपिलको अवतार
सुरासुरलाई उपदेश दियौ बारंबार
अमृतरूपी उपदेश मैले पनि पाऊँ
कर्मफल–प्रस्तुत–इच्छा प्रवलको सार
पाँचौ अवतार जब भयो कपिल नाम रह्यो
साँख्यशास्त्र–शिक्षा पनि तिमीबाटै भयो
दत्तात्रय नामा रह्यो छैटौं अवतारमा
यथा स्थान तथा क्रम हुने अवतार छ यो
भक्तवत्सल तिम्रो कृपा तीनैलोकमा हुन्छ
भक्तजनका तनमा पसी आत्मालाई धुन्छ
अलक र प्रह्लादमा दियौ ब्रह्मज्ञान संदेश
यस्तै संदेश मैले पाउँ नत्र यो मन रुन्छ
सातौं अवतार हुन गयो रूप यज्ञ देव
आठौ अवतार लिन गयौ ऋषभ देव
गृहस्थाश्रम निर्देशन यहाँ हुन गयो
तिम्रो नवौं अवतार हुन गयो पृथु देव
गौरूपा पृथ्वीलाई दुहन गरिलियौ
यसैबाट संसारलाई महाऔषधी दियौ
दशौ तिम्रो हुन गयो मत्स्य अवतार
वैवस्वत मनुलाई सुरक्षा नै दियौ
अवतार एघारौंमा कूर्मरूप लियौ
मन्दराचल पर्वतलाई समाई दियौ
धन्वन्तरि नाम बन्यो बाह्रौ अवतार
माोहनी रूप धारण तेह्रौ अवतार
देवतालाई अमृत बाँड्यौ दैत्य लोभ्याएर
नृसिंह रूप बन्न गयो चौधौं अवतार े
हिरण्यकशिप्युलाई तिमीले ग¥यौ वध
प्रह्लादलाई उद्धार ग¥यौ तिम्ले सरासर
पन्ध्रौ अवतार तिम्रो वामन रूप धारणा
बलिको तीन पद जमिन लिनको कारण
सोह्रौ अवतार भयो परशुराम रूप
ब्राह्मण द्रोही क्षेत्रीको नाश भयो खुप
सत्रौ अवतार तिम्रो व्यास हुन गयो
वेदका अनेकौ शाखा बनाइ दियौ
अठारौं अवतारमा राम भइ आयौं
पृथ्वीको भार हर्न चारैतिर छायौ
वीसौं अवतारमा कृष्ण वलराम
पृथ्वीको भार हर्दै कीर्तिमा रमायौ
एक्काइसों अवतार भयो बुद्ध रूपमा
यसपछि हुन आउने कल्कि अवतारमा
सत् गुणका अधिष्ठान लाखौ अवतार
नम नम गर्छु प्रभु मैले बारं बार
तिमी नै हौ कल्पवृक्ष गुरु संसारका
स्वर्गीय भोग प्रदान गर्ने भव सागरका
तिमीबाटै प्राप्त हुन्छ वैकुण्ठको बास
स्वर्ग नर्क मार्ग यात्रा तिमी तारकका
असंख्य छन् तिम्रा कर्म असंख्य नै लीला
मायवीय यै लीलामा दिन्छौ भाग बिला
जन्म–मृत्यु चक्रले सबलाई डसेको छ
सारतत्त्व खोज्दै हिड्छु तिम्रै रूपशीला
भन्ने गर्थे यो लोकलाई मैले कर्म–भूमि
स्वर्गभन्दा प्यारो लाग्छ भन्थे जन्म–भूमि
शान्ति भवन पहिल्याउन घुमे सारा तीर्थ
शान्ति मय विश्राम–स्थल पाइन तप–भूमि
जता हेर्छु चारैतिर विकृति नै देख्छु
भन्ने गर्छु मनमनै शान्तिगाथा लेख्छु
स्वर्गमार्ग प्राप्त गर्न ठूलो इच्छा जाग्यो
प्राप्त हवोस् मार्गचित्र ला'को तीर्खा मेट्छु
यमदूत भाग्न जाउन् देवदूत आउन्
प्रदूषित संसारमा शुद्धता नै छाउन्
सुधामय काव्य होस् सबै जनजनमा
शब्द शब्द काव्यसार देवगीत गाउन्
स्वर्गको यात्रा
आज संसारमा
देखिएको सर्बत्र जात्रा
मानिसले भोग्न परेका कष्ट
गरुडपुराणले दिएको मार्गदर्शन
सहज र सरल तरिकामा
उतार्न सकुँ
यही नै मेरो श्री हरिमा
हार्दिक प्रार्थना
यो ध्रुबसत्य हो
मानिस जन्मे पछि मर्छ
विविध कर्म गर्छ
भनिन्छ स्वकृत कर्मको फलबाट
स्वर्ग र नर्क भोग्छ
अतिशय गर्नु हुन्न भन्थे अग्रजहरू
अति लोभ गरे पछि खस्न जान्छ बरू
विद्वान र सज्जनको सङ्गत गर्न भन्थे
स्वर्गयात्रा गर्नलाई यही बन्छ धरू
धर्म कर्म जीवनका सहयात्री मित्र
माया प्रेम धनसम्पत्ति हुन्छ घर भित्र
धर्म कर्म गर्दै गए मिल्न जान्छ धन
धर्मभित्रै मिल्न जान्छ ईश्वरीय चित्र
संसारमा बन्धनको कहीं कमी छैन
प्रेमरूपी बन्धनमा कसी लगाइदैन
प्रेमरूपी बन्धन त अति दृढ हुन्छ
तृष्णाबन्धन् तुच्छहुन्छ स्वर्ग पाइँदैन
भावनामा हरिसँग मिलनको विन्दु
नदीबग्दै पुग्नेस्थान हुन जान्छ सिन्धु
यही मार्ग समाएर काव्य लेख्न लागें
स्वर्ग जाने मार्ग खोज्दै भावनामा जागें
केशवले गरुडलाई जति सन्देश दिए
तिनै सन्देश केलाएर मैले ज्ञान पिएँ
यिनै शब्द केलाएर रसपान गर्दै
काव्य अघि बढ्दै जावस् भन्दै विदा लिएँ
देव क्षेत्र नैमिषारण्य
विचार विमर्षमा रम्य
ज्ञान–कुञ्ज ज्ञान सिन्धु
सूतजीसँग मिलन विन्दु

September 4, 2021

उत्पादन तत्वमा ध्यान दिनु पर्ने किन र कसरी एक विवेचना ।

सदानन्द जैसी
नेपाल एउटा कृषि प्रधान देश हो । कृषि प्रधान देशका किसानले उत्पादन गरेर देशलाई आत्मनिर्भर गराउनको साटो बिभिन्न खाद्यान्न सामाग्रीहरू विदेशबाट आयत गर्नु परेको छ । यो एउटा चिन्ताको षिय हो । हामीसँग उत्पादन लिनको लागि जमिन छ जल छ र जङ्गल पनि छ । यसको साथै हामीले उत्पादनमा थप आवश्यक तत्वहरू भनेका बीउ, मल, प्रविधि र बाली संरक्षण हुन् । यी तत्वहरूको सुव्यवस्थित रूपमा प्रयोग गर्दा आशातित उत्पादन लिन सकिन्छ । यस सम्बन्धमा खेतीपाती गर्दा ज्यामीको पनि सख्त आवश्यक हुन्छ । एकातिर देशका युवा रोजगार नपाएर विदेश जान बाध्य छन् भने अर्कोतिर खेतीपातीको कामको लागि ज्यामी पाइँदैनन् । जग्गा बाँझिदै आएका छन् । तराई क्षेत्रमा केही हदसम्म मेशिन औजारको प्रयोग गरेर काम गर्न सहज भएको छ भने पहाडी क्षेत्रमा यो सुविधा सहज हुँदैन ।
उत्पादन लिन कठीन पर्ने अरु कुराहरु पनि छन् । ती चिजहरूमा उत्पादन लागत नेपालमा बढी छ । जति उत्पादन लागत बढ्छ त्यति साधारण खेती गराइमा किसानले उत्पादनबाट उत्पादन खर्च उठाउन सक्दैनन् । उत्पादन बढाउनलाई परमपरागत खेती प्रणाली बाट माथि उठेर आधुनिक कृषि प्रणालीतिर कृषक लम्कनु पर्छ । कृषिलाई व्यवसायिक रूपमा रुपान्तरण गर्नु पर्छ । हाल केही माछा पालन तथा पशुपालनमा फाटफुट रूपमा फर्महरू देखा पर्न थालेका छन् । अन्नबाली मात्रै लगाउनु पर्छ भन्ने छैन । जुनबाली लगाउँदा तथा जुन कृषि पेशा अपनाउँदा अत्यधिक उत्पादन तथा नाफा लिन सकिन्छ त्यही व्यवसायमा किसान लम्कनु पर्छ । तरकारी फलपूmल, पशुपालन( भैंसी, गाई, कुखुरा, बाख्रा, बंगुर,,हाँस) मौरी पालन आदि। यी व्यवसायमा फाटफु व्यवसायीकरण हुन लोगको छ ।किसानले यसमा ध्यान दिनु पर्छ र सरकारले यी उत्पादनलाई विक्रीवितरणमा सहजी करण गर्नुपर्छ । आज कृषि उत्पादनमा देखिदै आएको ह्रासलाई उत्पादन मुलक बनाउन अपनाउनु पर्ने केही कामहरूलाई मैले यहाँ प्रस्तुत गर्न चाहान्छु –
माटाको अवस्थारू– खेती गर्न माटोको(जमिनको) आवश्यक्ता पर्छ । माटो हुँदैमा माटो उत्पादनशील हुँदैन । माटोको अवस्थाको पहिचान गर्नु पर्छ ।सर्ब प्रथम माटाको बुनोट तथा बनौट कस्तो छ भन्ने जानकारी लिनु पर्छ ।बलौटे माटो भनी जानकारी पाउँदा साथ जोत खनमा सजिलो, सिँचाइ बढ्ता चाहिने, प्राङगारिक मल बढ्ता प्रयोग गर्नु पर्ने, रासायनिक मल खण्ड खण्ड गरेर छर्नु पर्ने , जरायुक्त बाली ( आलु,पिडालु, सखरखण्ड, खर्बुजा तबुर्जा ) लगाउन राम्रो हुने आदि जानकारी हुन्छ ।
दोमट माटो (मझौला कण भएको माटो)भन्ने जानकारी पाउँदा खेरी , यो माटो राम्रो माटोमा हो भन्ने जानकारी हुन्छ । यस माटोमा सबै प्रकारका बाली लगाउन सकिने, जोतखन काम गर्न पनि बलौटे भन्दा अलिक गह्रुङो हुने आदि जानकारी हुन्छ । बालुवामा भन्दा यसमा पानी अड्ने क्षमता बढता हुनेहुँदा कम सिँचाइ भए हुने मल माटो रुखो या मलिलो कस्तो छ सोही अनुपातमा मल प्रयोग गर्नु पर्ने आदि जानकारी हुन्छ ।
चिम्टे कण (धेरै मसिना कण) भएको माटो । यस माटोलाई गह्रुङ्गो माटो पनि भन्ने गरिन्छ । यस माटोमा काम गर्न कठिन हुन्छ । पानी चुहिदैन( पानी कम चुहिन्छ) जस्ले गर्दा पानी हुँदा हिलो हुने र सुख्खा हुँदा निकै कडा हुने हुँदा काम गर्न जोतखन गर्न गाह्रो हुने हुँदा सबै प्रकारका बाली लगाउन राम्रो मानिदैन । यस्ता जग्गामा धानबाली लगाउन राम्रो मानिन्छ । यस्ता माटोमा प्राङ्गारिक मल(गोवर, कम्पोष्ट, हरियो मल आदि) प्रयोग गर्दा माटोका कणहरू खुकुलो हुने । यस प्रकारको माटोमा रासायनिक मलको प्रयोग घटाउन राम्रो हुन्छ ।
माटोको पिएच मान कति छ – यसलाई माटोको प्रतिक्रिया पनि भन्ने गरिन्छ । माटो अम्लिय क्षरिय तथा टतस्थ कस्तो छ भन्ने जानकारी पिएच मिटर बाट जाँचिन्छ र यसको इकाइ लाई पिएच भनिन्छ । पिएच ७ लाई तटस्थ, पिएच ७ भन्दा माथिलाई क्षरिय र उिएच ७ भन्दा तलको माटोलाई अम्लिय माटो भनिन्छ । सबै माटोको पिएच मान ७ हुँदैन । पिएच मान ६.५ देखि ७.५ सम्म हुनु राम्रो हो । अम्लिय माटोमा कृषि चुन र क्षारिय माटोमा जिपसमको प्रयोग गर्नु पर्छ । कुनै बाली धेरै अम्लिय माटो पनि मन पराउँ छन् जस्तै चिया बाली । बालीको आप्mनै आप्mनै पिएच मान हुन्छ । नेपालको माटो धेरै ठाउँको अम्लिय प्रकारको छ ।
माटोमा प्राङ्गारिक पदार्थको अवस्था– प्राङ्गारिक पदार्थ माटोको मुटु हो । यसमा विरुवालाई चाहिने सबै तत्वहरू थोरै मात्रामा भए पनि पाइन्छन् । माटोमा यसको तह जति बढाउन सकिन्छ माटो त्यति मलिलो हुन्छ ।माटोमा प्राङ्गारिक पदार्थ बढाउन प्राङ्गारिक मलहरू( गोवर, कम्पोष्ट, हरियो मल, पिना, भेडा बाख्राको जुतो, आदि)को प्रयोग गर्नुपर्छ । नेपालको माटोमा प्रङ्गारिक पदार्थको मात्रा पहाड् भन्दा तराईमा निकै कम छ ।माटो उत्पादनशील बनाई राख्न माटोमा प्राङ्गारिक पदार्थको मात्रा २.५ प्रतिशत भन्दा माथि कायम गर्न'ुपर्छ ।
भू–क्षय– नेपालका किसानको लागि भू–क्षय ठूलो शत्रु हो । यसले सतहको माटो बगाएर र उडाएर लान्छ र अर्को ठाउँमा लगेर पुर्दछ । दुबै ठाउँको माटो खेती योग्य रहँदैन । सतहको माटो बगाउँदा बगाउँदै कुनै कमजोड ठाउँ फेला पारेमा स्यानो खोल्सा ठूलो खोल्सा पार्दै गल्ली आकार मै परिणत गर्न सक्छ । यसको लागि माटोलाई बालीले ढाकि राख्नु पर्छ, तथा छापो राख्न पनि सकिन्छ । नेपालका धेरै जसो पहाडी भेगमा धेरै भिरालो जमिनमा खेती गर्ने चलन छ। खोरिया फाँड्ने चलन छ । जस्ले गर्दा भूक्षय बढ्ने गर्दछ । पाल्पा, अर्घाखाँची ,गुल्मी आदि ठाउँमा ठूला ठ्रूला बारीका पाटा बनाएर खेती गर्दछन् । यसो गर्दा त्यहाँको माटो र मल बगाएर लान्छ । यी पाटालाई गह्रामा परिणत गर्न अति आवश्यक छ । ती पाटालाई बीच बीचमा बाक्लो गरी नेपियर घाँस, केरा,भूईकटहर हारमा लगाइ दिएमा माटो बगेको गई त्यसैमा थुप्रिन्छ अनि गह्रा बन्न थाल्दछन् । केही समय लाग्छ तर ठाडा पाटा गह्रामा परिण हुँदै जान्छन् । यो सबै किसानले बुझ्नै पर्ने हुन्छ कि १ इञ्च खेती योग्य माटो बन्न १०० देखि हज्जार वर्ष लाग्न सक्छ तर सोही माटो १ मिनटमै बगेर सकिन्छ । किसानले आप्mनो जग्गाको अवस्था हेरेर कुन विधि अपनाएर हुन्छ माटो जोगाउनु पर्छ ।
खाद्यतत्वको चुहावट रोक्ने – माटोमा प्रयोग गरेका खाद्यतत्वका स्रोत चाहे प्राङ्गारिक होस् या रासायनिक होस, त्यो माटोमा पुगे पछि ती बिरुवाले लिने रुपमा रुपान्तरण हुन्छन् । बिरुवाले लिन सक्ने या चाहिने जति लिन्छन् र बढता भएको अथवा विरुवाले लिन नसक्ने अवस्थाको खाद्यत्तवहरू चुहेर उडेर खेर जान्छन् । त्यसो हुँदा माटो जाँचको सिफारिस अनुसार मलको प्रयोग गर्दा चुहिने प्रकृयालाई घटाउन सकिन्छ ।धेरै तरिकाबाट चुहिने कामलाई रोक्न सकिन्छ तर किसानले सबै तरिकालाई प्रयोगमा ल्याउन कठिन हुन्छ । त्येसो हुँदा चुहिने काममा कमिल्याउन नइट्रोजन मललाई खण्ड खण्ड गरेर प्रयोग गर्ने, सन्तुलित मलखाद (नाइट्रोजन, फस्फरस,र पोटास) को प्रयोग गर्ने, सम्भव भए बाली चक्रमा गहिरा जरा जाने बाली लगाउने ताकि चुहिएको खाद्यतत्व त्यस्ले लिन सकोस् । माटोमा हरियो बालीले ढाकि राख्ने र त्यसलाई माटोमा जोतेर मिलाउने गर्दा खाद्यतत्वको चुहाइमा कमि ल्याउन सकिन्छ भने माटोमा प्राण््गारिक पदार्थ थप्न सकिन्छ ।
बाली व्यवस्थापन–माटोको पहिचान र व्यवस्थापन पछि अरू उत्पादन तत्वको प्रयोग तिर लाग्नु पर्छ । अब बालि व्यवस्थापनमा लागौं । बाली लगाउन पहिला हामीले जमिनको तयारी गर्नु पर्छ । आजको जमानामा तराई र समतल ठाउँमा ट्याक्टर बाट जोताई गरिन्छ तर पहाडी भेगमा गोरुबाट जोत्ने गरिन्छ । जोताइ गर्नु भनेको माटो खुकुलो पार्नु झार नास्नु, मललाई माटोमुनी पु¥याउनु हो । शून्य जोताइको तरिकाबाट पनि गहु बाली लगाएको पाइन्छ । बीउ उमार्न सकिन्छ र झार नियन्त्रण गर्न सिकन्छ भने साथै मल र सिँचाइ दिन सके जोत्नै पर्छ भन्ने छैन । जोताइ कति गर्ने भन्ने कुरा हलो या मेशिनरी औजारको को साथै माटोमा चिस्यानको अवस्था कस्तो छ, माटोको कणहरू चिम्टे भएमा ठूला ठूला डल्ला आउने भएकोले जोताइको संख्या बढ्न सक्छ ।
जमिनको राम्रो तयारीपछि कुन बीउ ( स्थानीय, उन्नत तथा हाइब्रिड) लगाउने हो ? बीउको निर्णय गर्नु आवश्यक हुन्छ भने कति उत्पादन लिने हो त्यसमा पनि बिचार गर्नु पर्ने हुन्छ । स्थानीय जातले थोरै मल खान्छ र उत्पादन पनि निकै कम दिन्छ । उन्नत बीउले स्थानीय जातको भन्दा बढ्ता उत्पादन दिन्छ र खाद्यतत्व पनि बढी चाहिन्छ । हाइब्रिडले उत्पादन बढी दिने भएकोले यस्मा पनि बढी खाद्यतत्व दिनु पर्नेहुन्छ । किसानलाई बाली उत्पादन कति लिने, त्यलाई मल कति चाहिन्छ भन्ने कुरा हिसाव निकाल्नु पर्ने भएकोले प्राविधिकको सहयोग लिनुपर्छ । बाली लिँदा माटोको उर्वरा शक्तिलाई पनि ख्याल गर्नु पर्ने भएकोले बाली चक्र अपनाउनु पर्नेहुन्छ र कोशेबालीलाई बालीचक्रमा ल्याउनु पर्ने आदि कुरालाई ध्यान दिनुपर्छ । कोशेबालीका जरामा गिर्खा हुन्छन् ती गिर्खामा व्याक्टेरिया हुन्छन् यिनले वायुमण्डलीय नाइटोजन खिचेर .माटोमा मिसाउँछन् ।
मल व्यवस्थापन –मल दुई प्रकारका हुन्छन् । प्राङ्गारिक मल र रासायनिक मल । प्राङ्गारिक मलमा बिरुवालाई चाहिने सबै खाद्यतत्व थोरैौ मात्राम भए पनि पाइन्छन् ।माटोको संरचना सपार्दछ । माटोमा पानी अड्ने क्षमता शुक्ष्म जैविक क्रियाकलाप आदि बढाउँछ । रासायनिक मलमा यस्ता गुण हूँदैनन् ।रासायनिक मल थोरैले धेरै जग्गामा छर्न सकिने मात्र हो । गोबर मलमा खाद्यतत्वको मात्रा बढाउन गुणस्तर सोत्तर (बकाइनो ,तीतेपाती, अशुरो, ,वनमारा जस्ता वनस्पतिका)े प्रयोग गर्नु पर्छ । गाइ भैसीलाई पनि कोशेबालीको घाँस,हरियो घाँस र पराल मिसाएर खुवाउनु पर्छ । नल र पराल खुवाएको मल गुणस्तर युक्त हुँदैन । गहुँत लाई संकलन गर्ने या गोवरसँगै मिसाउने गर्नु पर्छ । मललाई घाममा सुकाउनु हुँदैन । आलो गहुँतमा पानी मिसाएर सोझै बालीमा प्रयोग गर्न सकिन्छ । गहुँतमा अमिला पिरा तीता टर्रा वनस्पति मिसायर ड्रममा राखी विधटन गराएर बालीमा प्रयोग गर्दा रोग किराको नियन्त्रण्को साथै मलको पनि काम गर्दछ ।
उत्पादनको लागि पानीको व्यवस्था –बालीको उत्पादनको लागि आवश्यकत अनुसारप र उचित समयमा पानीको व्यवस्था मिलाउनु पर्छ । सर्ब प्रथम बीउ उम्रनको लागि चिस्यान नभै हुँदैन । माटोमा भएको खाद्यतत्व घोलेर बिरुवालाई उपलब्ध गराउन पनि पानी चाहिन्छ । बग्ने पानी बिरुवाले खाँदैन । माटोमा पनि धेरै चिसो भएमा बिरुवाले माटोबाट खाद्यतत्व लिन कठिन पर्दछ । सिँचाइ गर्दा पानी गुणस्तर हुनु पर्दछ । पानी जाँचेर सिँचाइ गर्दा राम्रो हुन्छ । पानी लगाउँदा भेल बग्ने गरी पानी लगाउन हुँदै । भिजी सकेपछि पानीको निकास गरिदिनु पर्छ । सिचाइका तरिका पनि थरिथरिका छन् । पानीको फसल लिने काम गर्नु पर्छ । सानो लेखमा धेरै कुार राख्न सक्ने अवस्था हुँदेन । बिरुवालाई पानी नभै नहुने अवस्था भनेको उम्रदा।, बृद्धि अवस्था, पूmल फुल्दा, दाना लाग्दा, गाना लाग्दा,गाँज राख्दा,बन्दा डल्लो पर्दा, कोशेबालीमा कोशाा लाग्दा हुन् । यी अवस्था बाहेक माटोमा चिस्यान हेरेर थप पानी दिन परे दिनु पर्छ ।
प्रविधिको प्रयोग – सबै बालकिो रोप्ने समय आप्mनै आप्mनै हुन्छ । समय अनुकुल रोप्नु पर्छ । धेरै बाक्लो रोप्दा सूर्यको प्रकाश र मलको मात्रा कम हुन जान्छ भने धेरै पातलो रोप्दा बोटको संख्या कमी हुन्छ र उत्पादन कम हुन्छ, रोप्दा द.ूरीको पनि ख्याल गर्नु पर्छ । बालीलाई रोग कीराबाट तथा मुसा आदिबाट जोगाउनु पर्छ , गोडमेलमा सकेसम्म हातले गोड्दा राम्रो हुन्छ तर काम गर्ने मानिसको अभावले गर्दा झार मार्ने विषादिको प्रयोग दिन प्रति दिन बढ्दै छ । विवषता हो झारले बाली खायो भने उत्पादन लिन सकिदैन झार मार्ने विषलाई छर्नै पर्ने हुन्छ ।
बालीलाई राम्ररी पकाउनु पर्छ । काँचो बाली भित्र्याइयो भने कीरा लाग्छ । सकेसम्म जति सक्दो पकाउने नभए काटेपछि सुकाउने र जति सकिन्छ दानामा पानीको मात्र घटाउनु पर्छ ।
यी माथिका विषयलाई छर्लङ्ग सँग लेख्दा लेख निकै लामो हुने भएकोले थप तपसीलका कुरासहित लेखको बिट मार्द छु ।
सकेसम्म बजारमुखी उत्पादन गर्नु पर्ने हुन्छ । व्यवसायीक कृषक अनि वेमौसमी बाली लगाउने किसानले साथै तरकारी बाली वालाले पनि कुन बाली लगाउँदा बजारमा आप्mनो उत्पादनले बजार पाउँछ र बढी मूल्यमा बेच्न सकिन्छ त्यसको ख्याल गर्नै पर्ने हुन्छ । समाजले नरुचाउने पालन तथा खेती गर्दा उत्पादन लिन र बेच्न कठिन पर्छ जस्तै ब्राहमणै ब्राह्मण समाजमा बंगुर पाल्दा सफलता हातपार्न कठिन पर्छ ।
धन्यवाद
२०७८ साल भाद्र कृष्ण अष्टमी