December 29, 2022

बामरी पूmलको भावसार पस्कँदा

सदानन्द अभागी
परिचय–
यो कवितासङ्ग्रह बामरी सार रीलीङ झुरुमको नेपालीमा अनुवाद कृति हो । हुनत बामरी सार रीलीङ झुरुम (मगर ढुटाङ २०७८) पनि लीला रानाकै सिर्जना हो । एउटा कविता सङ्ग्रहलाई दुई भाषामा प्रस्ततुत गरेर दुई भाषाकी ज्ञाताको रूपमा आपूmलाई परिचय दिनु भनेको लीलाजीको कार्य दक्षताको प्रस्तुति हो । उहाँ एउटी यस्ती नारी स्रष्टा हुनुहुन्छ जस्ले नेपाली साहित्यमा मात्र नभएर सामकाजिक क्षेत्रमा पनि अतुलनीय योगदान पु¥याउँदै आउनु भएको छ । स्यङ्जा बैदी छाप क्याक्मीमा स्व. शान्तिमाया थापा र स्व.शेरजङ थापाकी सुपुत्रीको रूपान जन्म लिनु भयो र दर्छा–३, पूmलबारी , रामपुर, पाल्पमा जन्मनु भएका कर्णेल धनबहादुर मास्की रानासँग विवाह गर्नु भयो । हाल कावासोती नगरपालिका –२  नवलपुरमा उहाँको स्थायी बसोबास छ ।  लीलाको साहित्यिक यात्रा विद्यार्थी कालदेखि नै थालनी भए पनि तीब्रताको रूपमा भने जीवनको उत्तरार्धमा देखिएको छ । अखिल भारतीय नेपाली भाषा समिति पञ्जीकृत देहरादून, उत्तराञ्चल हाम्रो भाषा , वर्ष २ नववर्ष १ जनवरी, २००३ अङ्क २ मा 'अलमल परेनी' कविताको प्रकाशनबाट थालनी भएको पाइन्छ । लीला राना १ दर्जन भन्दा बढी साहित्यिक, र सामाजिक संस्थाहरूमा आबद्ध,हुनुहुन्छ भने लक्ष्मीस्मृति साहित्य समाज लगायका ३ दर्जन संस्थाहरूबाट अभिनन्दित पनि भै सक्नु भएको छ । करिव आधा दर्जन अक्षयकोषकी संरक्षक पनि हुनु हुन्छ ।    
प्रकाशित कृतिहरू– १.साहित्यिक यात्रामा लीला (समीक्षा सहितको कवितासङ्ग्रह २०६७), २. मेरो पूmलबारी( लेखसंग्रह २०७१), ३.एक मुठ्ठी बुकी पूmल (कवितासङ्ग्रह, २०७५), बामरी सार रीलीङ झुरुम (मगर ढुटाङ २०७८), बामरी पूmल (नेपाली अनुवाद मगर भाषको कवितासङ्ग्रह बामरी सार रीलीङ झुरुम (मगर ढुटाङ २०७८) र ए पाहुनी (दन्त्य कथासङ्ग्रह २०७८)
कृतिको संरचना– आवरण पृष्ठ बाहेक १०३ पृष्ठमा सजिएको छ यो कवितासङ्ग्रह । आवरणको अग्रपृष्ठमा आभूषणले सजिएको कृतिकारको तस्विर छ भने पछिल्लो आवरणपृष्ठमा कृतिकारको परिचयले सजाईको छ ।  यसमा २५ ओटा कविताहरू समावेश गरिएका छन् । २४ ओटा पृष्ठहरू पारिवारिक एवम् विभिन्न कार्यक्रममा सहभागी भएका कृतिकारका तस्विरहरू समावेश गरिएका छन् । यस कृतिको प्रकाशन कप्तान खड्कबहादुर रानाले गर्नु भएको छ । मूल्य २५०।– राखिएको छ ।निक  जोशीको सुन्दर आवरणले सजिएको छ कृति । बूढो बाबा–दूधुबाजे, स्व. पहलसिंह राना, बूढी आमा दूधुबजै स्व. फेन्टाकुमारी राना बुबा स्व. बन्टाकी राना मगर, मामाहरू (स्व. प्रतापसिंह राना, स्व. बिरजबहादुर राना, बलबहादुर राना स्व.नरबहादुर राना) एवम् समस्त मावलीहरूमा समर्पण गरिएको छ । बास्तवमा यसको मूलकृति त मगर भाषा ढुटाङमा लेखिएको छ । मूल कृतिको सम्पादन शारदा झँडी मगरले गर्नु भएको छ । प्रकाशन भने अनुवाद कृति र  मूलकृतिको कप्तान खड्कबहादुर रानाले नै गर्नु भएको छ  ।
कृतिभित्र प्रवेश गर्दा –यस कृतिका कविताहरूलाई चिरफार गर्नु भन्दा पहिला लीलाजीको जीवनशैली, उहाँको नारीवादी चिन्तन ,समाजप्रतिको सेवाभाव, राजनीतिकमा दत्तचित्त तथा नेतृत्वदायी भूमिका, साहित्यमा लगनशीलता र भावनाको प्रस्तुतिप्रति सूक्ष्म विश्लेषण नगरी सिधै कविताको विश्लेषण गर्दा अधुरो हुन जान्छ कि जस्तो मलाई लाग्यो किनकी लीलाजीका सबै कविताहरू यिनै परिधिमा सिर्जना भएको पाइन्छन् । जीवनशैलीको आधारमा हेर्दा एक मिलनसार व्यक्तित्व हुनुहुन्छ । शिष्ट स्वभावकी लीला एक स्वाबलम्बी महिला पनि हुनुहुन्छ । सर्बप्रथम उहाँले सबैलाई आदर दिन पनि जान्नु भएको छ भने आदर लिन पनि जान्नु भएको छ । उहाँ एक शैनिक परिवारकी सदस्य भएको र अनुशासित वातावरणामा हुर्केको हुनाले होला उहाँ एक कट्टर अनुशासित महिलाको रूपमा आपूmलाई दर्शाउन सफल देखिनु भएको छ । उहाँका कवितामा नारीवादी चिन्तनले गहिरो स्थान ओगटेको पाइन्छ । त्यसो हुँदा नारीवादी स्रष्टाको रूपमा उहाँको चिनारी छ भन्दा अतियुत्ति नहोला । उहाँले भारतीय सेनाका महिलापरिवारले भोग्न परेको समस्यालाई समाधान गर्नमा सधैं दत्तचित्त देखिनु हुन्छ । राजनीति क्षेत्रलाई केलाउँदा लोकतन्त्रप्रति एक समर्पित नारी हो । उहाँको आवद्धता रेडक्रसमा पनि छ । अव म उहाँका कवितामा देखिएका विविध पक्षलाई यहाँ विश्लेषण गर्ने अनुमति चाहान्छु ।
नारीवादी चिन्तन र लीला – कवयित्री लीला रानाको यो कवितासङ्ग्रह नारीले भोग्न परेका यावत घटनाहरूको सङ्गालो हो भन्न सकिन्छ ।  छोरी माथि गरिने विभेदका क्रन्दन हुन् । उनले आपूmले व्यहोरेकी र ग्रामिण बालिकाले भोगेका यथार्थ घटनाक्रमलाई टपक्कै टिपेर लपक्कै टाँसेकी छन् ।    छोरी दियाबाली आफै जलि संसार उज्यालो पार्ने  पशुपंक्षी पूmल बिरुवा रोप्ने छारीले घर स्याहार्ने    छोरो धर्ती आकाश पाताल पापीलाई वैतरणी तार्ने    पोइ तिमी ? उपयोग ग¥यो भोग्यो भवसागरमा एक्लै पार्ने ?   एका बिहानै पृष्ठ ४८)
नारीप्रतिको देखाएको भानुभक्तको व्यवहारमा लीलाजी असहमत हुनुहुन्छ । उहाँदे बधु शिक्षामा गुनासो पोख्दै वर सिशक्षा किन लेखिएन भन्दै प्रश्न राख्नु, नारी पुरुषभन्दा काम गर्नमा कमी नहुँदा नहुँदै पनि विभेद किन जस्ता प्रश्न यहाँ आएका छन् । दिवस मनाउँदा पनि बुहारीलाई विभेदमा पारिन्छ । सबैको सेवा गर्दैमा नारी रमाउन बाध्य हुन्छिन् – बालदिवस,महिलादिवस फादर डे मदरडे सबैले बर्थ डे मनाए यो छैन, त्यो छैन ,यो गर्ने, त्यो गर्ने,बुहारीले कामको पर्ची थमाए जुठो भाँडो, थाल, बटुका, करुवा,अमखरा, सबै थोक थन्को लगाएँ खुसी भएँ उपहार पाएर, ृनलाई देखी हे प्रभु ! त्यसै रमाएँ तिथि पर्खनु, पृष्ठ ३८ यस्ता नारीप्रति गरिएका विभेदहरू यस कृतिमा यत्रतत्र सर्वत्र भेटिन्छन् ।नारीको अनेकरूप हुन्छन् भन्दै लीलाजी लेख्नु हुन्छ – नारी अनेक रूप के सुख के दुख उसले छ जानेको ठुटे औठा,ढिकीले कुटेको, हँसियाले रेटेको, गोडामा ठेस लागेको अङ्ग भङ्ग कुष्टरोगको आरोप छ , मालुङ् छोडी आएको असाहाय सँगिनी साथ आ'की आमा उनी खोटो सिक्का दिने दानवीरको ।
प्राकृतिकप्रकोपप्रति लीलाको धारणा – यस देशमा बाढीपैरो भुइँचालो आगजनी जस्ता थुप्रै प्राकृतिक प्रकोपहरूहामीले भोग्दै आएका छौं । यी प्राकृतिक प्रकोपमा  लिलाजीले यसरी प्रस्तुत हुनुभएको छ –               भुँइँचालो हल्लियो,पैरैोमा पुरियो, बाढीले, विस्थापित नै गरायो     ज्योतिषीले पनि जानेन, कसैले अडकल गरेन, को को हरायो          असारको झरी रोपाहरसँग छुपु–छुपु धान रोपेको यादै हरायो   बाँचेर के नै गर्ने मेरो त दैवले सर्वस्व स्वाहा गरायो               गरिबीप्रतिको धारणा –नेपाल एउटा गरिब देश हो । देश नै गरिब भएपछि जनताधनी हुने कुरै भएन । घरबार विहिन भएकाहरूको अवस्थालाई लीलाले यसरी प्रस्तुत गरेकी छन् – हुरीबतास, झरीमा ओत लाग्ने घर छैन घर बनाईदिन्छु भन्नेहरूका, बोलिको भरोसा छैन छाताले मेरो गर्बिीको नाङ्गो संसार ढाक्ने छैन यसैले मलाई रङ्गीचङ्गी छाता ओढ्ने रहर छैन       चाडपर्व र लीला मास्की– हाम्रा चाडपर्वहरू मनाउने कुराहरूमा पनि विमती भएको कुराहरू लीलाले प्रष्ट्याएकी छन् ।दुई महिनाका जमरा नलगाउने कुरा एदाकदा सुनिने गर्छन् ।यहाँ दशै मनाउँदा टिका लगाउनेले लगाए भनै कसैले दुईमहिने जमरा लगाउन नहुने र टिका लगाउन शुभ नहुने कुरा लिलाजीले पनि लेखेकी छन् । तीजमा माइतीले चेलीलाई  लिनजाने चलन छ । त्यो चलनलाई पनि लीलाले स्मरण गरेकी छन् "तीजको वेला बाबा लिन आएन  अँधरी खोला बढ्यो बरिलै "            आध्यात्मिकवादमा लीला – लीलाका कवितामा आध्यात्मवादका कुराहरू पनि आएका छन् ।उनका कवितामा पाप धर्म,स्वर्ग नर्क तर्फ पनि उनको कलम चलायमान देखिन्छ ।उनको मूलबाटो यहींँ रहेछ कवितामा "बाँचे शाश्वतधाम,मरे स्वर्ग र नर्क जाने मूलबाटो यहीँ रहे छ ।" "स्वर्गमा पुगिएझै भएछ" कवितामा लीलाजी लेख्नु हुन्छ – पाप पखाल्न –उहाँ दगुरे त्रिवेणी मोक्षधाम यहीं रहेछ कहिले गण्डकी कहिले देवघाट तिथि–मिति पारेर गइएछ यहाँ के छैन मरे ना्रायणी , नजिकै भूषणघाट रहेछ बाँचे शाश्वतधाम दर्शन श्री कृष्णको अर्ती सुन्न सक्ने रहेछ पृष्ठ ४६ कवितालाई विश्लेषण गर्दा भाव कस्तो छ । शीर्षकीकरण कसरी गरिएकोछ । भाषाशैली कस्तो छ,  आदिको रूपमा हेर्ने गरिन्छ । लीलाजीका कविताहरू ग्रामिण जीवनमा भोगीएका ग्रामिण जीवनका  घटनालाई समातेर लेखिएका यथार्थवादी कविता भएकोले भावपूर्ण छन् ।सबै कविता अति सरल, पढ्नमा मिठास भरिएका, सबै वर्गले बुझ्न सक्ने, लयात्मक छन् । भाषाशैली पनि सरल र सहज छ । लाहुरे बन्नेचाहना – नेपालमा लाहुरे बन्ने चाहना पुरानो नै हो तर हिजो लाहुरे बन्ने भारत र ब्रिटिसमा सीमित थियो भने आज यो चलन अझै व्यापक भएर गएको छ । युवाहरू विश्वका कुना कुनामा पुगेका छन् । लाहुरेप्रति आदर देखाउने चलन पनि छ । यस विषयमा पनि लीलाले सुन्दर प्रस्तुति गर्नु भएको छ ।    निष्कर्ष – समग्रमा कविता विविधताले सजिएका छन् । नारीवादी धारणालाई उच्चाइमा राख्दै छोरा र छोरीप्रतिको विभेदलाई पस्कदै, प्राकृतिक प्रकोपलाई खप्न पर्ने विवशता, गरिबी ,वेसहारा, रोगीहरूको कारुणिक अवस्था, सांस्कृतिक धार्मिक अवस्थाको विचलन, अन्याए,अत्याचार, शोषणको बिगबिगी, चराचुरुङ्गी प्रतिको माया, असमनता, शोषण दमन ,तिरस्कार, मातातीर्थ औंसीको दिन आमालाई तार्ने औपचारिक धाराणा, ज्योतिषी र चिकित्सकको काममा व्यङ्ग, प्रचलित संस्कृतिले नारीले पाउने गरेको शास्ति, खोटो सिक्कासँग नारीको जीवनको तुलना, पुस्तकालयको अध्ययनको आनन्दता, बधूशिक्षा लेख्दा किन वर शिक्षा नलेखेको प्रश्न अर्थात् आदि कवि भानुभक्तको बधूशिक्षामा असहमत प्रकट गर्नु, छोराछोरीप्रतिको मायाममतामा प्रवलता,, छोराको तीब्र चाहना हुँदा हुँदै छोरी जन्मदा नारीप्रति गरिने  तिरस्कार,  छोरालाई दिइने वरदान जस्तै छारीलाई सौभाग्यवती तथा पुन्यवती जस्ता आशीर्वाद नारीलाई दिन कन्जुसायीं जस्ता धारणा, सृष्टि थाम्ने नारीप्रतिको देखाइने विभेद,बुहारीप्रति गरिने गृह्य दुव्र्यवहार, दाइजो लालसा, पतिले सौता ल्याउँदा पनि सहन गर्नु पर्ने वाध्यता, नारीको कर्म भनेको पति सेवा नै हो भन्ने धारणा, नारीहरू डाक्टर, इञ्जिनियर, पाइलट आदि बन्न सक्ने क्षमतावान हुन्छन् र पुरुष भन्दा नारी कुनै कर्ममा पछि छैनन् तर पतिले पत्नीरूपी नौकरानीमा सीमीत राख्छन् भन्ने धारणा ,बाबुका लाहुरेजुता लगाउँदा खानु परेको हप्की,लाहुरेलाई दिइने इज्जत, आदि थुप्रै धारणा आएका छन् यस कविता सङ्गग्रहमा भन्दै लीलाको साहित्यिक यात्रा निरन्तरता पावस् र अझै सुन्दर कृतिहरू जन्मिउन्को धारणा राख्दै विदा चाहान्छु ।

No comments:

Post a Comment