सदानद अभागी
परिचय–
अक्षरहरू कविता सङ्ग्रहका सिर्जनाकार हुनुहुन्छ गणेश ज्ञवाली । उहाँको जन्मः रिब्दिकोट गाउँपालिका–४,भैरवस्थान, पाल्पामा भएको हो । उहाँको शैक्षिक योग्ता एम.एस्सी, एम.एड. ( गणित) हो । साहित्यिक यात्रामा उहाँ कविको रूपमा परिचित हुनुहुन्छ । उहानको बिहानीको खोज (कविता सङ्ग्रह–२०६५) प्रकाशित भै सकेको छ र अक्षरहरू कविता सङ्ग्रह उनको दोस्रो कविता सङ्ग्रह हो । उनी उत्तरदायित्व त्रैमासिकको प्रकाशक÷सम्पादक पनि हो ।छोटो परिचयको रूपमा उनी एक कवि एवम् प्रकाशक÷सम्पादक पनि हुन् । यस कृतिको प्रकाशक नवराज ज्ञवाली हुनुहुन्छ । कृतिको मूल्य रु.१७५÷– राखिएको छ । कृति ९९ पृष्ठको छ । यसमा ११८ ओटा कविताहरू समावेश गरिएका छन् ।
कविता भित्र प्रवेश गर्दा– "कविता लेखिसकेपछि कवि बोल्नु पर्दैन सबै कुराहरू कविताले नै भन्दछन् ।" बास्तवमा गणशजीले आफ्नो अभिव्यक्तिमा जे भन्नु भएको छ । उहाँका कविता आफ्से आफ बोलिरहेका छन् –
कविले सुन्दर शान्त नयाँ धर्तीको कामना सहित कविताको प्रारम्भ गर्नु भएको छ –
विभेदका बन्धन ती चुँडाउदै
समानताका सपना उठाउँदै
बल्छन् फिलिङ्गा ननिभेर भर्भर
धर्ती नयाँ बन्दछ शान्त, सुन्दर !
नयाँ धर्ती
संसार अशान्त रहनुको मूलकारण नै विभेद हो । यस विभेद बाट मुक्त र शान्ति प्राप्त गर्नका लागि लूट, चोरी, डकैती अनि भूmठबाट मुक्त हुनु पर्छ भन्ने कविको धारणा सान्दर्भिक छ । भोकमा परेर मर्ने करौडौं छन् र त्यत्तिकै नशामा झुम्नेहरू राजा रजौटाहरूको कमी छैन । किसान ज्यामी अलपत्र हुनु, अन्यायको राज चल्नु, व्यभिचार विकृति, छलछाम,श्रमजीवीको पसिनामा नुहाउनेहरूको हवेलीमा स्वर्ग खस्ने तर गर्नेहरू नर्क कुरेर बस्नु पर्ने । यो विभेद बाट मुक्ति प्राप्त गर्नकमो लागि र धर्तीलाई नयाँ बनाउन सुन्दर बनाउनको लागि कविले आव्हान गर्दै भन्नु हुन्छ –
'उठौँ कि आजै?'अब जोश जाग्दछ !
जागाँै जुरुक्कै मजदूर, साथी !
र हेपिने लिङ्ग र वर्ग, जाति
उठ्नै प¥यो खेति गरेर खाने
जुट्नै प¥यो लाहुर खाडि जाने !
अन्याय यस्तै अझ हुन्न भोग्न
अतीतको पर्छ हिसाब खोज्न
मिलेर देऊ बलपूर्ण धक्का
धर्ती नयाँ सुन्दर बन्छ पक्का !
मानव सबैको जाती ्र प्यारो बन्न सक्दैन, सत्य मार्ग दुष्कर हुन्छ संसारमा सबै राम्रा पनि हुँदैनन् र सबै नराम्रा पनि हुँदैनन् भन्ने कविको धारणा यर्थाथपरक देखिन्छ । कवि देशको अधोगतिमान चिन्तित छन् । कविले पोखेका राष्ट्रियताका आवाजमा गाउँ रित्तिदो छ, जमिन बाँझिदो छ , देश मरुभूमितिर लम्किदै छ, परदेशिनको लागि विवसता छ तर परदेशिदा पनि दासत्व भोग्न पर्दछ, देशलाई खोक्रो गराएर मोज लुट्दैछ 'शासन' आदि धारणाको साथमा कविले देश निर्माणको लागि कवि भन्छन् –
देश खोक्रो गराएर मोज लुट्दैछ 'शासन'
हटाउँदै दिई धक्का दुष्टका सब आसन
श्रम औ पसिना थोपा देशैमा पोख्नु पर्दछ
पलायन हुने प्रथा तुरुन्तै रोक्नु पर्दछ !
आफ्नै सुगन्ध खोजीमा कस्तुरी वन डुल्दछ
आफ्नै शक्ति नचिने र व्यर्थैमा किन भुल्दछ ?
कस्तुरी किन बन्दैछौ बिर्सी सुन्दर आगत ?
सारा सामथ्र्य भित्रै छ, चिन्नुपर्छ स्वतागत
को जिम्मेवार छन् यस्तो देश जीर्ण गराउन ?
युवाशक्ति लखेटेर बस्ती शून्य गराउन !
छलीको चालझैँ,यस्तो बेलैमा बुझ्नु पर्दछ
भोकै बस्न परे के भो ? यहीँ नै लड्नु पर्दछ
आज देश युवा विहिन छ । गर्न सक्योभने सबै चिज देशभित्रै छ । स्वदेशमा दिने माया छाडेर विदेशमा बस्दा सुख कहाँ छ र ? यहाँ त शरणार्थी जीवन बिताउन सरह हुन्छ । त्यसो हुँदा स्वदेश फर्केर देश निर्माणको लागि कविले यसरी आब्हान गरेका छन्
बुद्धिमानी यही नै हो 'बनाऔँ देश यो मिली'
केही दुःख भोगौँ आज, भोलि बन्नेछ झिल्मिली
फर्क हे ! परदेशी हो ! 'धमिरा मास्नुपर्दछ'
बरु भोकै यहीँ लड्ने सङ्कल्प गर्नुपर्दछ !
यस कृतिको नामाकरण "अक्षरहरू" भनिएको छ । कविले यस सन्दर्भमा दुई कविता समावेश गरेकाछन । यी कविताको भावसार यसप्रकार छ –अक्षर भावनाका खहरेनभई विद्रोहका छाल बन्नुपर्ने, तस्वीर बनेर आँखामा झल्किुनुपर्ने बस्तीबस्ती भित्रका आक्रोशहरू पोखेर आगोभैंmँ अब सल्किनु पनर्,े बारुद भई अक्षरहरू पड्किनुपर्ने जस्ता धारणा राख्दै कवि भन्छ्रन्–
अक्षरहरूले
रोग, भोक र शोकको
अथाह कथा देखेर मात्र कहाँ पुग्छ र ?
आशमान छुने यो असमान चाल
धर्तीका सपनाहरूको बेहाल
जस्ता भावनालाई अक्षरले समाउनु पर्ने धारणा आएका छन् ।
कविको दोस्रो कविता अक्षरहरूमा कविले आफ्ना धारणालाई राखेका छन् –
क्ष्भइरहेको यो बेलामा
कारुणिक गीत लेखेर मात्र कहाँ हुन्छ र ?
रुमानी प्रीतका सपनाहरू क्यानभासमा पोतेर मात्र पुग्छ र ?
लाखौँको भाग लुटेर
एक्लै हसुर्न खोज्ने ती असुरहरूको
हिंस्रक ताण्डवलाई परास्त गर्ने
ढाल बनेर तेर्सिइरहनु पर्दछ !
मरेर पनि बाँचिरहने
मरेर पनि हाँसिरहने
बाँचीबाँची उत्सर्गमा नाँचिरहने
अमर र साहसी योद्धाहरूको
महाकाव्यभँैंm महान् जीवनगाथाको
अध्याय बनेर लेखिइरहनु पर्दछ
अक्षरहरू !!
कविले कलम शीर्षकमा मनका पीडा र व्यथाहरू लेख्न 'धेरै बाँकि रहेको, लेख्दा चर्कीदिने घाउमा शितलता मिल्ने, कलमको बल धेरै हुने, जस्ता धारण कतै कवि जूनसङ्ग दाँजिन चाहनुहुन्छ भने कतै सुनौलो परिवेश खोज्दै
दौडीरहेको हुनहुन्छ , ऊचाईमा हिमचुलि छुने चाहना बोकिँदै कविले भन्छन् –
ह्यूँचूलीमा अझ शिखरको मार्ग त्यो खोपिँदैछ
हीऊँ पग्ली हिमनदि धरा सिञ्चिदै फाँट झर्छ
रातो लाली अब शिखरमा शुभ्र सौन्दर्य छर्छ !
कविता कस्तो हुनु पर्छ भन्नेमा कविको धारणा –
भाव तलाउ बन्दछ कविता डुङ्गा निर्मल जलमा हुन्छ
भाव कमल पुष्पित हुन्छन् टिप्दै दुनियाँ यहीँ तैरिन्छ
नेपाली छोरालाई शीर्षक लिएर कविले अव वियालो गर्न नहुने,जीवन पूmल नाशिदै गएकोले कम्मर अब नकसी हुन्न र संघर्ष गर्नुपर्छ भन्ने कविको भावना उर्लेर आएको छ । आशा निरासा भएर जानु । सामन्तीहरूले अझै ठग्नु, जनवाद आयो भन्नु मात्र भयो किनकी पात्र उनै छन् , लुगा मात्र फरक हुन् ,झूट, छलछाम, चिप्लाकुरा गर्नु, पुन भोट माग्न जानु, फिष्टो रूपी मानिस हात्ती जस्तो बन्नु, भोट किन्नु, सत्तामा पुग्नु, जस्ता धारणा कविले पस्केका छन् । यथार्थताको कसीमा कवि उभिएका छन् जे भनेका छन् साँचो र सत्य नै बोलेका छन । फोस्रा आशा लिनु हुँदैन, कविले यस व्यवस्थामै प्रहार गर्दै भन्दछन् –
व्यवस्था यदि यै रहे धरतिमा पाइन्न हाँस्ने दिन
आए मात्र समाजवाद जगमा सप्रिन्छ हाम्रो दिन !
कविले सामन्ती सब मास्नुपर्छ बाँच्नै निम्ति संघर्षमा उठ्नु पर्छ र युद्धको पथमा हिडेर संसमरको मालिक बन्नु पर्छ, श्रम शोषण गर्नेलाई फेर्नको लागि पर्छ र कम्मर् कस्नु पर्छ भन्दै दासताबाट मुक्ति प्राप्त गर्नको लागि कविका धारणा यसरी आएका छन् –
छ लूट भित्र, बाहिरै छ खोल लोकतन्त्रको
नमासि हुन्न यो प्रथा यही त मूलमन्त्र हो
श्रमीक मिल्नु पर्छ है छ जीत निश्चितै अहो !
अवश्य ढल्छ दासता, असह्य अत्यचार यो
वर्तमान परिपेक्षलाई केलाउँदै कवि भन्दछन् –
यहाँ अँध्यारो निशिभँैm छ जिन्दगी
छ व्याप्त दुर्गन्ध र सास थुन्छ कि ?
खोज्छन् उज्यालो जसले ति मर्दछन्
चुनीचुनी आज शिकार पर्दछन् !
मानव जीवनमा कविले वसन्तको उल्लासमय जीवनको कल्पना गर्दछन् तर त्यसो हुन सकेको छैन । बसन्त खोज्नेहरूको अवस्था कस्तो छ त ? कविले यसरी प्रस्तुत गर्दछन् –
वसन्त खोज्ने जन छन् चितामा
शिशिरको कम्प छ त्यो निशामा
छ ग्रीष्मको ताण्डव भोग्नलाई
बन्देज भो पल्लव खोज्नलाई !
मानव जी वसन्त व्यर्थै
मानवले जीवनमा ऐश्वर्यको खोजीमा हिड्छ तर पाउन सक्दैन । तर हात लाग्छ मृगतृष्णा भन्ने छ कविको धारणा–
डुल्छन् मानव, व्यग्रता छ मनमा ऐश्वर्यको खोजमा
दुःखै मात्र थपिन्छ झन् दिनदिनै आनन्दको सोचमा
बूझेँ यत्ति रहेछ जीवन कथा तीर्खा छ साह्रै जहाँ
मात्रै रन्थनिइ रहन्छु म सधँै त्यो मृगतृष्णा महाँ !
मृगतृष्णा
यात्रामा कवि आशावादी पनि छन् । उनको आशा यसरी प्रस्तुत भएको छ –
यात्रा हो मरुभूमि मात्र कसरी होला र बाटैभरि ?
पूmल्नै पर्दछ जग्मगाइ पसिना थोपा भुईँमा खसी !
'एक् दिन् लाग्दछ पालुवा जीवनको सुख्खा बुटामा पनि'
यै स्वप्ना बनिदिन्छ ज्यूँनु पछिको आशा, भरोसा अनि !
परिवर्तन कसैले रोक्न चाहेर रोक्न सक्दैन भन्ने धारणा कविले यसरी प्रस्तुत गरेका छन् ।
पृथ्वी घुम्दछ नित्य आफ्नु गतिमा रोकेर रोकिन्न यो
जेजे आज छ भोलि हुन्न जगमा खोजेर पाइन्न त्यो
जैले नी युग चल्छ अग्रगतिले, आजादिको गर्जन
बुझ्नै पर्दछ 'द्वन्द्ववाद' जगको हो यो परीवर्तन !१०
परिवर्तन
कविले धर्तीलाई सबैकी साझा सम्झन्छन् । यस धर्तीमा हुने सबै समान हुनपर्छ । यहाँ कोही कसैको दास हैन र मालिक पनि कोही हैन । न्याय पनि सबैको लागि बराबर हुनुपर्छ । पानी पर्छ धर्ती सिँचित हुन्छ पालुवा पलाउँछन् ।
आकाश र धरा सुन्दर देखिन्छन् । ज्यूँनू पर्दछ जिन्दगी संसारको सुसपना साँचेर, जिन्दगी जगतको स्पर्श न्यानो लिइ हर्दम् खिल्नु पर्छ यसरी खिलेको जिन्दगीले आपैmमा तृप्तिको मधुरिमा पैmलाई बास्ना दिन्छ भन्दै कविले जिन्दगी कसरी हिड्नु पर्छ त मा कविले यसरी धारणा राखेका छन् –
फुल्दैछन् नव चाहना हृदयले झङ्कार गुञ्जाउँछ
तोड्दै भ्रान्ति नवीन जीवन हुने प्रारूप निम्त्याउँछ !
मृत्यू शाश्वत सत्य हो, विजयको आशा छ बाँकी कहीँ
हिँड्नू पर्दछ जिन्दगी जगतमा उल्लास आभा लिई !
मुक्तियोद्धा हुनु सहज हुँदैन । युद्धको बाटोमा लाग्दा आफै परिवर्तन हुन सक्नुपर्छ । मुक्तियुद्धका साहसी योद्धाहरूलाई आपैmसँग पहिले दृढसंघर्षको घोषणा गर भन्दै आव्हान गरेका छन् ।
सहिदप्रतिको धारणामा पनि कवि यसरी उभिएका छन् –
एक पछि अर्को लस्कर लाग्छ शहीद बन्नलाई
ब्युँझन्छ धर्ति हामीलाई अघि बढ है भन्नलाई
कठीन होओस् हिड्नु नै पर्छ मुक्तिको बाटोमा
तोड्नु छ छिट्टै दासता जञ्जीर स्वदेशको माटोमा !
मुक्तिको बाटोमा
सहिदप्रति कविका धारणा अनन्तक छन् सहिद के हो त भन्नेमा कविको धारणा यस्तो छ ।
शहीद आशकुञ्जको पवित्र ज्योतिपुञ्ज हो
निस्वार्थि, सत्य–सारथी, स्वतन्त्रता पुजारी हो
दिएर प्राण आहुती चुहाई रक्त भूमिमा
दिलाउने सयौँ खुशी प्रशंस्य दानवीर हो !
कविले परिवर्तन सँबन्धमा भन्छन् –
परिवर्तन त अजेय शक्ति छ
यसैमा सिङ्गो सृष्टि र युग हाँकिन्छ !
परिवर्तनको प्रवाह
आजको परिवेशमा देशको स्थिति, असत्यको रजाइ, अन्याय, धाकधम्कीको बढाइ, प्रजातन्त्र भनेपछि जे बोल्न' पनि पाइने मानवीय मूल्य खोज्दा तातो गोली खनु पर्ने त्यसो हुँदा यो लोक तन्त्र नभएर ठोक तन्त्र हो, जे परे पनि बरू जिन्दगीकै राजीनामा लेख्नुपपरे पनि पर्ला स्वविवेक ज्युँत्यो, रगत उम्ल्यो, किन होला ?प्रश्न राख्नु,कतै रात ढल्छ विहानी हुन्छ, निश्चित एक दिन हाम्रो सुदिन भिड्किन्छ भन्ने धारणा,कतै हरेक दिन रेडियो र टेलिभिजनले धूँवा, खरानी र जलन, अट्टहास, आँशुको लहर, बिछोड र क्रन्दनका समाचार सुनाइरहेका र नयाँ क्षितिजमा निक्लेका यात्रीहरू सामु तेर्सिरहेछ बन्धन भन्ने धारणा, बलात्कृत छन् चेलीहरू, यो संसार मसानघाटभैmँ लाग्ने, सर्वत्र खनिएछ चिहान, पोतिएका छन् ,निरीह जीवनमा रगतका टाटाहरू आदि जनयुद्धको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
पोतिएका छन् सर्वत्र
निरीह जीवनमा रगतका टाटाहरू
यस्तो लाग्छ,
प्रलयको अन्तिम पल आजै पो हो कि ?
परमाणुभित्र गतिको अन्त्य नै भो' कि ?
पूmल कवितामा कविले प्राकृतिक र कृतिम पूmललाई एकै रूपमा लिन नहुने धारणा राख्दै सत्यतामा उभिनु पर्छ , प्राकृति नै सुन्दर हुन्छ कृतिमताले कहिल्यै सुन्दर भै टिक्न सक्दैन भन्नु,, पूmलमा लाग्ने कीराहरूले लुटिरहेको दृष्य सहन नसक्ने कुरा, असल मार्ग समाउँदै खराव बाटो ल्याग्न पर्ने कुराहरू कविले प्रष्ट पारेका छन् ।
सिंगार रसले भरियका कविताहरू–क्रान्तिकारी कविका केही कवितामा सृङ्गार रसले पनि स्थान लिएका छन् । उनले प्रति कवितामा यसरी प्रस्तुत भएका छन् –
तिम्रो कञ्चन दीलमा कलुषको क्यै छैन छायाँ कतै
आऊन् कष्ट तथापि त्यो अधरमा देखिन्छ हाँसो सधँै
आँशूका जति भेल हुन् नयनमा तिम्रा ति सुक्छन् अनि
सुम्पिन्छ्यौ किन जिन्दगी हृदयमा सर्वश्व मेरी बनी ?
कविले आफ्नो जिन्दगीको साथ दिने कुरामा पनि आशावादी बनेका छन् –
बिर्सी दर्द सबै कठीन पलमा हाँसो म देखिरहूँ ।,
हाम्फाले पनि अग्निको जलनमा त्यो साथ पाईरहूँ !
फाटेको परिधानमा प्रणयको न्यानो अँगालो मिलोस्
बालूवाबिच हुर्किने विटपमा त्यो पुष्पगुच्छा फुलोस् !
कवि युगौं युगा जिउने चाहना राख्नु हुन्छ
छायाँ जस्तै नछुटि कहिल्यै साथ सौन्दर्य मेरी
सोचाईकै बिच बसिदिने निस्कने हैन फेरि !
'तिम्रो साथै युगभर जिऊँ, सम्झनुको मिठास'
यो सम्बन्धै अति छ रसिलो हुन्न तृप्ति पियास !
सुन्दरतामा को लोभिदैन र हेरौं सुन्दर अभिव्यक्ति–
साँची क्वै सपना खुला हृदयमा आँखा सुनौला तर
छातीमा जलधी विशाल हृदया माणिक्यभैंmँ सुन्दर !
यस्ता सुन्दर सुन्दरी वदनको भो' चक्षुको सामना
केही लज्जितभैंmँ सुषुप्त मनका ब्यूँझी उठे कामना
प्रेममा आशावादी हुँदै कवि लेख्छन् –
जीवन रुन्छ निर्जन पथमा दर्दित मनका सपना साँची
तिमी लतिकामा पूmल म देखूँ हुरी नआओस् शस्य नलागी !
कोमल आलिङ्गन होस् तिमीमा बलिष्ठ उसको बाहुपास !
भोलि फेरि हुन्छ उज्यालो आज छ दिलमा अँधेरी रात !!
कविले निस्वार्थ भावले अरुलाई आनन्द दिने को होला भन्दै यसरी प्रश्नवाची भएका छन् –
खै को छन् जगमा निस्वार्थिपनले सन्मार्गमा धाउने ?
त्यागी शौखिन जिन्दगी गरिबका झुप्रातरप्m आउने !
जानेका जति छन् कुराहरु सबै जन्मुक्तिमा लाउने
को होला अरूको निमित्त जिउँदै आनन्द बर्साउने ?
कविले आततायीको पासोमा, तड्पिरहेका संसार बाट युगको पुकार सुन्ने कानहरू र युगको जञ्जीर देख्ने आँखाहरू
सजग हुनु पर्छ, किनकि व्याप्त छ अन्धकार भन्ने धारणा, सुतीरहेको सब विश्वलाई प्रभाति विहङ्गमले जगाउ ने कुरा,कतै कवि गुनगुनाउन सक्छन् तर गीत गाउन सक्दैनन् । कहिले बोली यसै हराउँछ । मुटुमात्र धड्किन्छ कहिले कँहीकतै एकान्तमा आँशु त्यसै छल्किन्छ भन्ने धारणा, कतै कविले मौनतामा जिउनु पनि कायरता हो भन्छन् भने कतै आफ्नो घर त सबै बनाउँछन् तर समाज बनाउँछ को? आजको उदेश्य भनेको समाज बनाउने हो को धारणा, 'यात्री' अघि मात्र लम्कन र आशा सुनौलो मनमा फिँजाउन चाहन्छ भनिएको छ । कविले शान्तिका कुरा गर्दा मूर्दातुल्य शान्तिको कुनै अर्थ नहुने र शान्तिसँग बाँच्नलाई लड्न सिक्नु पर्छ नलडेसम्म शोषकले शान्ति दिदैनन्, भाग्य लुट्नेको पहिचान हुनु पर्छ । ढिक्का पत्थर पग्लिदिन्छ सहजै लामो तपस्या भए जस्ता धारणाआएका छन्
व्याक्तिमा आधारित कविता– कविले महान नेता लेलिनलाई स्मरण गर्दै कविता लेख्नु भएको छ । लेलिनलाई कविले श्रमका सितारा, तिम्रा विचार ऐश्वर्यशाली, प्रभात ल्याउने, साम्यवादी आस्थाका ज्योति सबैलाई जुटाउने, सर्वहाराको मुक्तिको लागि साहस अदम्य भएका, समाजवादी युग ल्याउने, श्रमिकका प्यारा, चट्टान भन्दा दृढ आस्था भएका,आदि उपनामले परिचित गराएका छन् ।
पुष्पलालप्रति कविले श्रद्धा कुसुमहरु चढाउँदै यसरी स्मरण गरेका छन्–
उद्यानैका अति चहकिला हौ तिमी पुष्प 'लाल'
आजादीको कठिन युगका हौ तिमी तीक्ष्ण धार
लाखौँलाखौँ नजरहरुका एक स्वप्ना सुनौँला
जस्कै हर्दम् अनुशरणले शैलमाथि पुगाँैला !
पुष्पलाल अप्ठ्यारोमा पनि बिचलित नभै, स्वार्थ त्यागी,यूगौँयूगौँ पनि ननिभने चेतना दीप बालेर, क्रान्तिज्वाला दन्काएर, आजादीको बिगुल फुकेर,आदि धारणाको साथमा कवि लेख्छन् –
उन्कै स्वप्ना मरू विटपभैंmँ फुल्न हर्दम् तयार !
अर्पौँ श्रद्धा कुसुमहरु ती सम्झिँदै बारबार !!
महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति कविको धारणा यस प्रकाश आएको छ –
तिम्रै मोहक वाणिमा सगरियो यै देशको गौरव !
ईष्र्यालू तर सल्किए जीवनमा भोग्यौ तिमी रौरव !!
सशस्त्र द्वन्द्वकालमा देशमा बन्दुकहरूको कारणले ठूलो क्षती पु¥याएको थियो । यस सन्दर्भमा क्रान्तिमा होमिएका गोलीप्रति लक्षित गर्दै कविले लेख्छन् –
तिमीले चलाएका गोलीहरू
सिटामोलका चक्कीभंैmँ लाग्दछन् !
तिमीले बिछ्याएका माइनहरू पनि
एउटा सुकोमल शड्ढयाभैmँं लाग्दछन् !
कविलाई मन पर्छ,बारुदको बिष्फोट, तोपको गर्जन, हुंकार, नर्तन किनकी सधैँसधैँ थिचिएका हरूलाई जगाएको छ बन्दुकले, जीवनको गीत गाएको छ, बारुदी धूँवामा चमेलीको सुगन्ध आएकोछ, असम्भवलाई सम्भव बनाएकाले छ र कुहिनाले ठोकेरै यो अजंगको पहाड भत्काएको छ ।
कविका कवितामा विविधता छन्– नाङ्गा, भोका,निर्धालाई लुटेर कमाइएको कालो धन, रोगी जीवन बिताउँदै सडकमा हिड्नेहरूप्रति, अर्काको पसिना पियर ऐस्वर्यको जीवन बिताउने आदिका कारणले गर्दा धर्ती रोगी बनेको र स्वार्थमा लडी बुढी गर्दै बाच्न कविलाई मन नभएको धारणा आएको छ कवितामा ।
जीवनलाई पुष्पतुल्य फुलेको देख्न चाहाने कविले योद्धाले रचेका जगतमा आकार र लाखौँ जिन्दगि हँसाउने विजयको मुस्कान भएको अमृतको प्याला पनि योद्धाहरूमै रहेको ठान्दछन् ।
देशमा विषम परिस्थिति छ कोही देशको धन रित्त्याएर मस्तिमा रहेका, कोही भोकै रोइरहेको अवस्थालाई कविले यसरी तुलना गरिरहेका छन् –
क्यै मुठीभरका निम्ति यो भूमि स्वर्गतुल्य छ
लाखौँ श्रमिकका निम्ति नर्कतुल्य कठीन छ
त्यसो हुँदा यो धर्ती, श्रोत, सम्पत्ति बराबर हुनुपर्छ यस्तो विषमतामा सबै जुटेको खण्डमा यो टिक्दैन र आक्रोशको आँधीलाई कसैले रोक्न सक्दैन र शोषितहरूको बलिदान अवश्य उँचा रहन्छ भन्ने कविको ठम्याइ छ । कविका कवितामा कतै कतै नैराश्यका श्वर पनि गुञ्जिएका छन् –
देख्छू जीवन वेदना लहरमा बर्बाद जस्तै भयो
क्यै होला सुख भोलिका दिन भनी तर्केर त्यसै गयो
भोली, भोलि र भोलिको लहरमा लौ आज यस्तै भयो
त्यो भोली तर आउँदैन कहिलै आशा अधूरै रह्यो !
कविका कवितामा थुप्रै क्रान्तिकारी आवाज उठेका छन् र उनले दासताको धोर बिरोध गरेका छन् –
तोडी पुराना सब मान्यताहरू
छ मुक्त संसार नयाँ छ आबरु
मालीक वा दास विभेद भैकन
मानिन्न कस्कै पनि आज हैकम !
गरिबको दैनिकीप्रति कविका स्वर –
बोक्दैछ भारी शहरै पुगेर
ठूलाबडाको भइ दासतुल्य
यस्मै छ उस्को जिविका उपार्जन
गरोस् कठै ! वmे बिचरो छ निर्धन
वसन्त वैmयौं यसरी बितेछन्
वmे ग्रीष्म, बर्षा, शरद प्रभाव झन् ?
देशमा मौलाएको भ्रष्टचार, त्यको निर्मूल गर्न र सहीदको चाहनाप्रति कविको धारणा –
चारैतर्फ छ लूट मात्र जगमा भोका र नाङ्गा रुँदै
जोजो दुष्ट थिए उनै दनुजको हालीमुहाली हुँदै
भ्रष्टाचार बढेर राष्ट्र अझ भो कङ्गाल,बेहालको
सासै बन्द हुने कुशासन यहाँ चल्दैछ बेकारको
नाना दुष्ट कुकर्मको उदयले बिश्वास सारा उडे
नामै मात्र छ लोकतन्त्र, जनमा आशा भरोशा टुटे !
वmे यै चाह थियो शहीदहरुको ? त्यो रक्तको सम्झना
गर्नै पर्छ विवेकि भै अब नयाँ संसारको सिर्जना !!
यस कवितासङ्ग्रहमा भुटानसरकारले नेपालीभाषीप्रति गरेको अमानवीय व्यवहार, भुटानी नेपाली भाषीका मानिस बन्न परेको शरणार्थी अवस्थाप्रतिको चित्रण निकै मार्मिक छ । नरभक्षी सम्राटले नेपालीमूलका मानिसले भुटानमा गरेको विकास, भुटानप्रति देखाएको राष्ट्रप्रेम तिनीहरूले आर्जेको सम्पत्ति,आदिबाट बञ्चित गराई बन्नुपरेको शरणार्थी जीवन, भुटानमा भएका नेपाली मूलका मानिसले भोग्न परेको त्रास, अत्यास, वित्यास, महिला पुरुष बालकप्रति गरेका अत्याचार, बलत्कार, व्यभिचार, हत्या हिंसा, पुस्तौँपुस्ता, पुर्खाैँपुर्खा, जन्मनुदेखिन् आजपर्यन्त सुखदुःखले धानिरहेको जीवनयात्राप्रति चिन्तित हुँदै कविले एक दिन ठूलो हुरी चल्ने, र रजाइँ ढल्ने शरणार्थीक विजयी हुने धारणा यसरी राखेका छन् –
जहाँ सधैँ रोइरहेछ
शरणार्थीको हृदय भंmकार
जसले छेडिरहेछ आज
बन्दुक, बमको तीव्र टंकार !
एक दिन तर हुन्छ अवश्य
यी शरणार्थीको विजयी संसार !!
मानिसले अस्तित्वको जगेर्ना गर्नु पर्छ, अस्तित्वको खोजी गर्नुपछ अस्तित्वको मृत्युवरण हुनु पर्छ असत्य व्यूह तोड्नै पर्छ, बलिदान व्यर्थ जाँदैन, ? विजयको गाथा लेखिन्छ , दुःखका दिनमा रुन नहुने, धर्ती खुल्नेछ अँध्यारा हट्ने छ अर्थात सुखका दिन आउने छन् , जीवन यस्तै हो मानिस ज्यूनुँ पर्दछ जैले मान्छेकै मायामा आफ्नो बाटो ठिकठिक हिँडे लक्ष्य चुम्न अवश्य, सकिन्छ, , समरपथमा हिँडेपछि बिजेता हुनु पर्छ, आर्तका घाउ सुकाउन सके मात्र हाँसो प्राप्त गर्न सकिन्छ , परिवर्तन अग्रगामी गराउनु छ भने क्रान्ति अवश्यम्भावी हुन्छ ,कतै कवि मान्छेको भीडमा बेसहारा भएर
एक्लिन्छन् , प्रतिकार गर्न, सहास चाहिन्छ भन्छन् , आजको नेपाली संसारमा साहित्यलाई अनुत्पादक सम्झने अवस्थामा कविले पनि यी सबै यथार्थतालाई केलाउँदै भन्छन् –"अब मेरो कविता लेख्ने दाउ छैन किनकि बजारमा यसको चाँहिदो भाउ छैन", वस्न्तमा नरमाउने को होला ? निश्चय सबै रमाउँछन् , तर कवि आवरणको वसन्त नभएर मनभित्रको वसन्तको यथार्थता वर्णन गर्र्दै भन्छन् –
चारु रङ्ग छरी वसन्त वनमा त्यो कोयली गाउँछ
मुस्केका मधुपुष्प चट्ट टिपदै को शीरमा लाउँछ ?
खुस्बू अत्तरको लिएर करमा बास्ना मिठो प्यूँदछु
पोती रङ्गिन कल्पना मनभरी, उल्लासमा ज्यूँदछु !
मार्गमा हिड्न त सबै हिडिन्छ तर मार्गले दर्शाएका विविधतालाई हेर्न सक्नु पर्ने, त्यबाट उपलब्ध के हुन्छ भन्ने यथार्थतामा कविले भावनालाई केलाउँदै लेख्छन् –
हामी छौँ सुखखोजमा तर उनै बिर्सेर स्रष्टाहरू !
चाहिन्छन् दुनियाँ फुलाउन सधैँ सन्मार्ग द्रष्टाहरू
हिँड्दा मानव मुक्तिको पथभरी काँडाहरू बिझ्दछन्
झर्दैछन् बुँद रक्तका, तर नयाँ आशा त्यहाँ मिल्दछन्
मानव जीवनले सार्थकता खोज्छ र मुक्तिको मार्ग रोज्छ ।
सिर्जनामा विनाश लिएर विनाशमा सिर्जनाको आभास दिएर बनिदिएको छ जिन्दगी आदि जीवन भोगाइका विविध धारणालाई केलाउँदै कविले प्रश्न राख्छन् –
असहनीय बन्दछ यो
अरूका निम्ति आर्तनाको पूर्व संकेत भएर !
मौनतामा चुपचाप सहनुबाहेक
जीवनसँग अरू केही छैन त ? शायद !
..... अन्त्यमा आफै जवाफ दिदै भन्छन् –"आकस्मिकताको वृत्तचित्र हो जिन्दगी ?"
आजको शासन प्रकृयामा व्यङ्ग कस्तै कवि भन्छन् –
नागरिक सर्वोच्चताको गला रेटेर
खुलेआम,
सैनिक सर्वोच्चताले छुरा चलाइरहेछ !
लोकतन्त्र त फगत् नारा मात्र हो
नियम र कानूनको खिल्ली उडाइरहेछन्
कविको अर्कोे माला लगाउनेप्रति व्यङ्ग यस प्रकार आएको छ –
सुन ए, कठपुतलीहरू !
तिमीहरुले लगाएको माला
सुकोमल पूmलको माला होइन
केवल जुत्ताको माला हो !
छिमेकीको हेपाहाप्रबृ्रत्ति कटाक्ष–
'सानो ठूलो हुँदै हुन्न मान्छे जाति बराबर '
छिमेकी बुझिदे यत्ति, हेपाइ बन्द गर् अब
'स्वाधीन युगको मान्छे म हूँ' सत्य बुझेपछि
तोडिन्छन् त्रासका किल्ला ,ब्यूँझी चेत उठेपछि !!
यो कृतिमा कविले विविधतालाई समाएका छन् । कतै नव वर्षलाई शुभकामना दिन्छन् भने कतै सत्यको जीत हुन्छ भन्छन् । उनका साथमा विशाल चाहनछन् । उच्चाई छुने कामना छन् । उनी भन्छन् 'बाँदरले सधँै अरूको छानो भत्काउँछ,न आफ्नो घर बनाउँछ, यो प्रवृत्ति प्रति कवि सचेत छन् । उनी निरासालाई निम्त्याउँदैनन् । आशावादी छन् । समानताका लागि बीऊ फेरि छरिनेछ, उम्रिनेछ हरियालीले फाँट र पाखाहरूमा छाउँनेछ भन्छन् । आजको प्रजातन्त्रमा कवि सन्तुष्ट छैनन् र उनले भन्छन् –"भोकलाई जिते मात्रै प्रजातन्त्र उदाउँछ !" धर्तीमा समानता पूर्णसमृद्धि लिनसकेमात्र जीवन नर्कबाट उठी स्वर्ग जस्तै बन्न सक्छ भन्ने उनको धारणा छ । आज राष्ट्रवादका कुराहरू उठेका छन् तर यो राष्ट्रवाद 'मुख' र 'मुटु'को अन्तर्विरोधमा बाँचिरहेछ भन्छन् कवि । अतृप्त चाहनाबाट अग्ला शिखरहरू छुन सकिदैन । मानिसले उच्चाइमा पुग्नको लागि उन्मादलाई त्याग्नु पर्ने नत्यागे उच्चाई ढल्न सक्छ र त्यसवेला कसैलाई व्यथा कहन सकिदैन भन्ने धारणा,आएका छन् कवितामा । कविले भन्छन् –
सत्ता र शक्ती जब हात लाग्दछ
इमान कोशौँ तब दूर भाग्दछ,
तैपनि तानाशाहको प्रेत जागिरहन्छ
यो धर्ती कस्को हो भन्ने सम्बन्धमा कवि भन्छन् –"जसका चुहे पसिना थोपा उसकै धर्ती हो" कसैले कसैको । पसिना प्यूँन पाइन्न तर पसिना पिई रहेका छन् । अब त्यो साह्रै अति भो ! यसलाई रोक्नु पर्छ भन्ने कविको धारणा हो ।
मानवीय प्रवृत्तिप्रति कविको धारणा यस्तो छ –
'रूँदैछ यौटो, हाँस्दैछ अर्को' स्वार्थी भो' संसार,
ए मान्छे ! तिम्लाई लाग्दैन लाज लिई तुच्छ विचार ?
धर्म सहिष्णुतामा, हिन्दू, बौद्ध र मुस्लिम, इशाइ धर्म छन् ,चर्च, विहार, मस्जीद, मन्दिरहरू छन् सबै धर्म, सबै जाति मिलेर यहीँ बस्दछन् र आफ्ना आफ्ना संस्कृतिलाई सबैले प्रीय मानेर अघि बढ्दछन्,
मानिस हुनु र नहुनुमा कुनै फरक पर्दैन तर उसका सपना भने बाँची रहनु पर्छ । स्वार्थीबाटो अपनाउन हुँदैन र अरूलाई लुट्न हुँदैन । यस कृतिमा आएको केही धारणा यस प्रकारका छन् –
ड्ड उठून् भोका, नाङ्गाहरु सब बनून् जीवन धनी !
ड्ड तिमीले लादेको दासता अस्वीकार्य छ हामीलाई
ड्ड ठूलालाई चैन , सानालाई ऐन,
ड्ड तिमी जे गर्छौ, त्यो भन्दैनौ जे भन्छौ, त्यो गर्दैनौ
ड्ड मेरो विकल्प तिमीले खाज्दै नखोज !
अत प्रगतिशील भावनाले ओतप्रोत कविका भावनाहरू समुद्रका छाल सरी उर्ली रहेकाछन् । असमनतालाई हटाई समनतामा ल्याउने शब्दशब्दहरू गुञ्जिरहेका छन् । कविका क्रान्तिकारी शब्दको रसपान गर्दा पाठकका रगतका बूँदबूँद उम्लि रहेका छन् । गरिबको लागि गासबास, कपास, स्वास्थ, शिक्षा, न्याय, शोषण दमनको अन्त्य समनताको व्यवहार आदि आदि थुप्रै कुराहरूमा कविका धारणा आएका छन् ।
अन्त्यमा
यो संघर्ष छ जीत मात्र सजिलै मिल्दैन कैल्यै पनि
धेरै हार सहेर हुन्छ जितको उत्कर्ष चुम्ने अनि
ऐलेको नमिठो छ हार,युगको उद्घोष अर्को हुँदै
बढ्ला मानवजातिले विजयको गाथा सुनौलो छुँदै