April 4, 2023

मणि मुकुन्द सेनको धार्मिक कर्म

सदानन्द अभागी

सुन सुन भक्तजन म केही भन्छु
मुकुन्दसेन प्रथमको कृति कहन्छु
उनी थिए प्रतापी लडाकु है राजा
वीरशाली अति सवका थिए साजा

विशाल सम्राज्य उनले खडा गरे
लडाकु हुँदा हुँदै धर्मपथ धरे
काठमण्डौ जित्न जब अधि बढे
भैरव मूर्तिमा उनका आँखा गढे

मछिन्द्रको मन्दिरमा भैरव–मूर्ति
जब उन्ले देखे उनमा आयो पूmर्ति
मूर्ति पाल्पा लाने मन–बिचार आयो
मन्दिर निर्माण गरी स्थापन पायो

मन्दिर बन्यो दुई तले अति सुन्दर
त्रिशुल बन्यो विश्वमानै ठूलो आकार
तल्लोतला भैरवको निवासको स्थान
माथितला बटुकले पाए ठूलो मान

मङगल–शनीबार विशेष पूजा चल्छ
भैरवको मूर्तिसाथ दिव्य बत्ती बल्छ
चाड पर्व विशेषमा पञ्चवली चढ्छ
भाकल पूर्ण हुँदा खेरी भक्त मन बढ्छ

एउटा कुरा अनौठो, यहाँ भन्नु पर्छ
भैरव मूर्ति अवलोकन नगर्नेमा पर्छ
बटुक भैरवको पूजा सबले यहाँ गर्छन्
ठूला ठूला रोटीहरू प्रसादीमा चढछन्

ऋषि केशव मन्दिर यिनै बाट बन्यो
रु रु क्षेत्र प्रशिद्धि विकासशीलमा गन्यो
पाल्पा मात्र नभएर देवघाटमा पनि
देवमूर्ति बनाउने इच्छा जाग्यो अनि
 
मुकुन्देश्वर महादेव मूर्ति निर्माणमा
गणेश,विष्णु,सूर्य साथै भगवतीमा  
समर्पित भइ यिनले मन्दिर निर्माणमा
दत्तचित्त भई लागे स्वच्छ भावनामा

गुठी स्थापना यिनको अर्को काम
युद्धकला निपुणमा भज्थे राम नाम
जहाँ जहाँ बिजयको ध्वजा फराउँथ्यो
त्यहाँ त्यहाँ देवी देवले सेवा पाउँथ्यो

छोरी यसोधराको विवाहमा दाइजो जति
महाकाली महालक्ष्मी महासरस्वती मूर्ति
साराजीवन धर्मकर्म मन्दिर निर्माणमा
राज्य विस्तार अनि लागे दक्ष सुशासनमा

उनी थिए शिवजीका अति प्रिय भक्त
तरबार पाए शिवबाट भए झनै सशक्त
रुरु क्षेत्र,मुक्ति क्षेत्र,बराह क्षेत्र,हरिहर क्षेत्र
पर्न आए चारै क्षेत्र आफ्नै शासन भित्र

आफ्नै पुरुषार्थ र वीरताले बने चक्रबती
मेलमिलाप,समन्वय,संस्कृतिका समुन्नती
संघीय प्रणलीको शासनलाई गरे सु्रुयाती
पछि गई यही बन्यो सेन राज्यको खती

जीवनको उत्तराद्र्ध गरे राज्य परित्याग
देवघाटमा तपस्यामा उनको प¥यो भाग
मुनिबाट मणि बने राजा मुकुन्द सेन
बाह्रवर्षे तपस्या अनि परमात्मामा लिन

वीर पुरुषको जन्मदाता बन्यो पाल्पा जिल्ला
ऐतिहासिक कर्म थल्यो सुन्दर थियो किल्ला
सु्न्दरताको प्रतिमूर्ति हो यो प्रकृतिको पुञ्ज
देवस्थल तीर्थस्थल महानताको सुन्दर कुञ्ज


No comments:

Post a Comment