छुवाछुत
सदानन्द अभागी
यो उहिलेको कुरा हो । त्यतिवेला छुवाछुतको ठूलो बिगबिगी थियो ।कुनै जातसँग कुनै जातका मानिस छोइँदा स्नान गर्नु पर्ने या छिटो लिन पर्ने हुन्थ्यो । गिद्ध घरको धुरीमा बसेमा स्वस्ति शान्ति गर्नु पर्दथ्यो । सुँगुरसँग छोइन नहुने । छोइएमा पनि स्वस्ति शान्ति गर्नु पर्दथ्यो । यसै सन्दर्भमा माधव र दीपक खुबै मिल्ने साथी थिए । दुबै सँगै पड्न जाने, खोल्न जाने आदि काममा सँगै सँगै आउने जाने गर्थे । एकदिन अचानक बाटोमा माधवलाई सानो सुगुरको बच्चाले छोइदियो । यो कुरा दीपकले देख्यो । दीपकले सुगुरले छोयो छोयो भन्दै कराउन थाल्यो । बिचरो माधवको होसहवास गुम्यो । दीपकले तेरो जात गयो भन्दा माधव अव के गर्ने के गर्ने भन्दै निकै चिन्तित भयो । दुबै सँगै बसेर एउटा सम्झौता गरे । दीपकले माधवलाई भन्यो – 'हेर माधव, सुगुरले छोएको कुरालाई एउटा सर्तमा म कसैलाई भन्दिन ।त्यो सर्त भनेको तैंले दिनको एकमुठी चिनी मलाई खुवाउनु पर्छ , नत्र भने तेरो घर र गाउँभरी मैले भनि दिन्छु । माधवले यो सर्त सहस्र स्वीकारो ।
माधवले सर्त स्वीकारेपछि माधवको घरमा दिन दिनै चिनी हराउन थाल्यो । माधवकी आमाले जिल्ल पर्न थालिन् । चिनी किन हराउन थाल्यो भन्ने कुराहरू उठ्न थाले । माधवलाई पनि साह्रै असहज हुन थाल्यो । यो घटना माधवले बाबुलाई भन्न सक्दैनथ्यो । एक दिन एकान्त पारेर माधवले आमालाई डराइ डराइ भन्यो – 'आमा मलाई सुगुरको बच्चाले छोइदियो । दीपकले तेरो जात गयो, दिनको एक मुठी चिनी न खुवाए गाउँभरी भनी दिन्छु भनेपछि चिनी त मैले नै चोर्न थालेको हुँ ।' यो सुनेपछि आमाले, कस्तो पटाहा , एउटा सानो मानिसको बच्चालाई सानो सुगुरको बच्चाले छुँदैमा जात कहाँ जान्छ । माधवले आमातिर ट्वाल्ल परेर हेरी रह्यो ।

No comments:
Post a Comment