कविशिरोमणि लेखनाथ पौड्यालको छोटो परिचय
सदानन्द अभागी
यरिचय– कविशिरोमणि लेखनाथ पौड्यालको जन्म सन् १८८५ अर्थात १५ पौष १९४१को पुष शुक्ल एकादशीको दिनमा अर्घौ अर्चले, कास्की, नेपालमा भएको थियो । उनी बाबु पं.दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोरा थिए । उनको जन्म नेपाली कविताको यस्तो समयमा भयो जस्ले गर्दा उनको परिचय हामीले धेरै तरिकाले दिन सक्छौ । सर्वप्रथम उनी छन्दमा कविता लेख्ने कविको रूपमा चिनिन्छन् । उनका कविता लेखनले नेपाली साहित्यमा आधुनिकता दियो । त्यसो हुँदा उनलाई नेपाली साहित्यमा कविता लेखनमा आधुनिक युगका थालनी कर्ता पनि भनिन्छ अर्थात आधुनिक कविता लेखनका संस्थापक पिताको रूपमा चिनिन्छन् ।यिनले नेपाली साहित्यलाई समृद्धि र परिस्कृत गर्ने काम पनि गरे । यसोहुँदा यिनलाई परिस्कारवादी कवि पनि भनिन्छ । किनकी यिनका कविता पहिलेका कविहरूको तुलनामा औपचारिक मर्यादा पाईन्छन् । लेखनाथ कविमात्र नभएर, लघुकथाकार, नाटककार र निबन्धकार पनि हुन् । उनी राणाकालिन समयका कवि भएकाले जटिल परिस्थितिमा उनले पिंजराको सुगाजस्ता कविता लेख्न सक्षम देखिए ।
शिक्षा आर्जन– राणकालिन समयमा शिक्षा आर्जन गर्न सहज थिएन । उनलाई प्रारम्भिक शिक्षा बाबु दुर्गादत्तले घरमै पढाए । उनले घरमै गङ्गागणेशस्तोत्र, अमरकोश र चण्डी पढे । १५ बर्षको उमेरमा संस्कृत पढनको लागि काठमाण्डौ गए । तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे । तीन वर्ष पढेपछि मध्यमाको परीक्षा दिने मनजाग्यो र बनारस गए । सबै कुरा मनले चाहे जति कहाँ हुन सक्छ र म्ध्यमाको नतिजा आउँदा सफलता हात लागेन । तर पनि संस्कृतका विद्वान र कवि बन्न सफल भए ।
कविता लेखन –सानो उमेरबाटै कविता लेख्ने रहर उनीमा थियो । कविता के कसरी लेख्ने भन्ने सुझाव लिनलाई पितृप्रसादकोमा गए । पितृप्रसादले बालकको मनलाई कविता लेख्ने ज्ञान सिकाई दिएको भए राम्रै हुन्थ्यो तर त्यसो भएन । लेखनाथले हप्काइमात्र खाए । बालक मनमा ठेस लाग्यो । यो ईखले उनी स्नेह, सहयोग,र सद्भावका खानी दधिराम मरासिनीकोमा पुगे र दधिराम मरासिनीको धेरै माया पाए । बनारसमा संस्कृत मध्यमाको परीक्षामा असफल भए । उनको बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । लेखनाथलाई कविमा स्थापित गर्न माधवी पत्रिकाका सम्पादक राममणि आचार्य दीक्षितको ठूलो भूमिका थियो भनिन्छ । लेखनाथको पहिलो प्रमुख रचना, वर्षा विचार (वर्षाको प्रतिबिम्ब) माधवीमा पहिलो पटक १९०९ मा प्रकाशित गरिएको थियो ।उनका केही कृतिहरू यस प्रकार छन् – वुद्धिविनोद (कविताकृति) – १९७३, सत्यकलि संवाद (कविताकृति) – १९७६, सत्यस्मृति – २००९, मेरो राम – २०११, त्याग र उदयको सन्देश – २००१, गीताञ्जली (कविताकृति) – १९८६, तरुण तपसी (नव्यकाव्य) – २०१०, लक्ष्मीपूजा (नाटक) – १९९४,गौरी–गौरव (नाटक),लालित्य (कवितासङ्ग्र्रह भाग १, २), भाग २–२०२५, गीतासागर – श्रीमद्भगवत गीताको भावसार, भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४, पञ्चतन्त्र (नेपाली अनुवाद) आदि । यिनका कालजयी कविताहरू धेरै भए पनि 'पिजराको सुगा' निकै चर्चित कविता हो ।
जागिरको खोजी –जागिरको खोजीमा आफ्ना बाजे राधाकृष्णसँग तराईको वीरपुर पुगे। त्यहाँ उनले जागिर पाउन सकेनन् । त्यहाँ बाट आसामतिर लागे । कामखोजकै सिलसिलामा भीमशमशेरको दरवार पुग्छन् ।त्यहाँ तिनले उनका नातिहरू पढाउने गुरु बन्छन् ।यसरी काम पाएपछि उनको काम कविता लेख्न सहज भयो । उनका कवितालाई मन पराएर भीमशमशेरले हजुरिया बनाई दिए ।उनले यो जागिर २५ वर्ष खाए तर जब युद्धशमशेर श्री ३ भए उनको हजुरिया पदबाट हटाइयो ।
शोकमा पर्नु –लेखनाथ पौड्यालकी पत्नीको अल्प आयुमै (१९६१मा) निधन भयो । पत्नी वियोगले उनलाई विरक्त बनायो । उनी यतीसम्म विरक्त भएकी योगी बन्छु भन्दै १९७२ सालमा स्वर्गद्वारी महाप्रभुसँग पुगे तर महाप्रभूको उपदेशले उनको मन मोडियो र प्रभूको उपदेश अनुसार उनी आफ्नो कामतिर मोडिए । आफ्नो दोस्रो विवाह सत्यदेवीसँग गरे । उनका सन्तानका रूपमा एक छोरा दुई छोरी छन् । छोरा अनन्त पौड्यालले नेपाल सरकारमा जागिर खाए र गरीमामय पद सचिवसम्म पुगे । छोरी पूण्यप्रभादेवी ढुङ्गाना र कुन्तीदेवी भट्टराईले साहित्यमा योगदन प्¥याएका छन् । १९७६ साल जेठ २६ गते पुन उनलाई पिताको निधनको शोक व्यहोर्न प¥यो ।यसरी पौड्याललाई विविध समस्याले सतायो । धैर्यधारण गरेर लेखनलाई निरन्तरता दिन भने छाडेनन् । उनको यो प्रयासले उनलाई माथिसम्म पु¥यायो ।
मान सम्मान–
निस्वार्थ रूपमा काम गर्दै गए कामको मूल्याङ्कन हुँदो रहेछ । उनले गरेको साहित्य सम्बर्धनलाई उच्च मूल्याङ्कन गर्दै २००८ साल असार २९ गते राजा त्रिभुवनले कविशिरोमणिको पदबाट विभुषित गरे । यतिमात्र नभएर मासिक दुई सय रूपियाँ आजीवन भत्ता पनि प्रदान गरे । यो उनको लागि महत्वपूर्ण टेवा थियो । यसले पौड्याललाई धेरै उत्साहित गरायो । कविशिरोमणिको उपाधी प्राप्त गरेको तीनवर्ष पछि नेपाली शिक्षा परिषद्को आयोजनामा २०११ सालको शुभ जन्मोत्सवको उपलक्षमा उनको रथयात्रा गरिएको थियो । यसको साथै शोभायात्रा र नागरिक अभिनन्दान पनि भएको थियो । यस्तो महत्वपूर्ण कार्यक्रम गोपालपाण्डे असिमको सकृयतामा गरिएको र महाकावि लक्ष्मीप्रसाद देवकोटाद्वारा छाता ओढाइएको थियो भन्ने कुरा नरेन्द्रराज प्रसाईको साथै विभिन्न लेखद्वारा जानकारी पाउँछौ । नागरिक अभिनन्दन पत्रको साथमा पाँचहजार रुपियाँको थैली पनि पौड्यालको हातमा थमाइएको थियो । यो महत्वपूर्ण घडीमा लेखनाथ खुसीहुनु स्वभाविक थियो र उनमा हर्षको सीमा रहेन नयन हर्षका आँसुले रसाएका थिए । महाकवि देवकोटाले लेखनाथलाई उच्च सम्मानकासाथ हेर्दथे । देवकोटाले लेखनाथलाई कवि सम्राटको उपाधी दिंएका थिए । लेखनाथ पौड्याल विद्वान भए पनि उनको शैक्षिक योग्यतामा संस्कृतमा मध्यमा अनुर्तिण थियो ।शैक्षिक योग्ग्यताको हिसावले उनलाई प्रज्ञाको सदस्य बनाउन नहुने जानकारी राजा महेन्द्रलाई गराइएको र राजा महेन्द्रले प्राज्ञ मनोनयन गर्न नचाहेको जानकारी देवकोटाले पाउनु र देवकोटाले राजामा लेखनाथ प्राज्ञ हुुनुुपर्ने सन्देश पठाएपछि पौड्याल प्राज्ञ भएका थिए भन्ने धारणा प्रसाईको लेखमा पाइन्छ । यसरी पौड्याल गोरखा भाषा प्रकाशिनी समिति र नेपाल साहित्य परिषद् (आहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा सेवा पु¥याएका थिए । लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि आफ्नो यो उपलब्धीको श्रेय गुरु भएको ठानी उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे 'मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।' उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मानित गरेको छ । सरकारले उनको स्मृतिमा हुलाक टिकट पनि प्रकाशित गरेको छ ।यो सरकारके उच्च सम्मान हो ।
त्रिमूर्ति को हुन र कसरी बनाइए– नेपाली साहित्यका त्रिमुर्ती भन्दा पौड्याल,सम र देवकोटा भन्ने बुझिन्छ । दार्जिलिङमा पनि सुधपा(सूर्यविक्रम ज्ञावली,धरणीधर शर्मा र पारसमणि प्रधान)लाई लिइन्छ । नेपलका त्रिमूर्ति(लेखनाथ पौड्याल,बालकृष्ण सम,लक्ष्मी प्रसाद देवकोटा) दार्जिलिङ गएको वेलामा दार्जिलिङ्का त्रिमूर्तिले तपाईहरू पनि त्रिमूर्ति हो भनेपछि यिनीहरूलाई त्रिमूर्ति भन्न थालिएको धारणा नरेन्द्रराज प्रसाईले लेखेका छन् ।
लेखनाथ पौड्यालको आर्थिक अवस्था –मानिस जति सम्पन्न भए पनि सम्पन्नता देखाउन चहाँदैन तर लेखनाथको चुलो जल्न जहिले पनि कठिन थियो । उनको जीवनमा आर्थिक अभावले नै सताएको र राजा महेन्द्रले सहयोग गर्ने गरेको कुरा प्रसाईका लेखबाट जानकारी हुन्छ । मर्ने अवस्थामा पनि १० हजार रुपिया उपचारको लागि महेन्द्र राजाले पठाएको धारणा नरेन्द्रराज प्रसाईले आफ्नो लेखमा जनाएका छन् ।
लेखनाथका मनपर्ने साहित्यकारहरू – नरेन्द्रराज प्रसाईको लेखाई अनुसार लेखनाथले कालीदास, मैथलीसरण गुप्ता, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेलाई मन पराउँथे ।
हलन्त बहिष्कारका समर्थक – लेखनाथले जथाभावी खुट्टाकाट्ुने शैलीका विरोधी थिए । त्यसोहुँदा राममणी आदीको हलन्त बहिष्कार आन्दोलनमा समर्थन जनाए ।
मृत्यु– विभिन्न लेखको साथै नरेन्द्रराज प्रसाईको लेख अनुसार लेखनाथको मृत्यु २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा पूण्यतीर्थ देवघाटमा भएको थियो । यस अवस्थामा तीर्थ जान भनी भारतको रक्सौलमा पुगेपछि बिरामी भए ।फर्काएर देवघाटमा ल्याइएको र यहीं उनको देहावसान भयो ।
नोट–यो लेख विभिन्न स्रोतबाट संकलित हो । यसमा अधिकांश तथ्याङ्क केही भाषगत साभार नरेन्द्रराज प्रसाईको लेखबाट लिइएकोछ ।
च्भाभचभलअभ
ड्ड ध्ष्पष्उभमष्ब, तजभ ाचभभ भलअथअयिउभमष्ब
ड्ड कविता कोश
ड्ड त्रिमूर्ति नइप्रकाशन
ड्ड नरेन्द्रराज प्रसाई –स्रष्टा जीवनी, कवि शिरोमणी लेखनाथ पौड्याल साहित्य संग्राहलय, नेपाली साहित्यभकारी · Posted on February 2017 by editor
No comments:
Post a Comment