January 8, 2025



   
कविशिरोमणि लेखनाथ पौड्यालको छोटो परिचय
सदानन्द अभागी

यरिचय– कविशिरोमणि लेखनाथ पौड्यालको जन्म सन् १८८५ अर्थात १५ पौष १९४१को पुष शुक्ल एकादशीको दिनमा अर्घौ अर्चले, कास्की, नेपालमा भएको थियो । उनी बाबु पं.दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोरा थिए । उनको जन्म नेपाली कविताको यस्तो समयमा भयो जस्ले गर्दा उनको परिचय हामीले धेरै तरिकाले दिन सक्छौ । सर्वप्रथम उनी छन्दमा कविता लेख्ने कविको रूपमा  चिनिन्छन् । उनका कविता लेखनले नेपाली साहित्यमा आधुनिकता दियो । त्यसो हुँदा उनलाई नेपाली साहित्यमा कविता लेखनमा आधुनिक युगका थालनी कर्ता पनि भनिन्छ अर्थात आधुनिक कविता लेखनका संस्थापक पिताको रूपमा चिनिन्छन् ।यिनले नेपाली साहित्यलाई समृद्धि र परिस्कृत गर्ने काम पनि गरे । यसोहुँदा यिनलाई परिस्कारवादी कवि पनि भनिन्छ । किनकी यिनका कविता पहिलेका कविहरूको तुलनामा औपचारिक मर्यादा पाईन्छन् । लेखनाथ कविमात्र नभएर, लघुकथाकार, नाटककार र निबन्धकार पनि हुन् । उनी राणाकालिन समयका कवि भएकाले जटिल परिस्थितिमा उनले पिंजराको सुगाजस्ता कविता लेख्न सक्षम देखिए ।    
शिक्षा आर्जन– राणकालिन समयमा शिक्षा आर्जन गर्न सहज थिएन । उनलाई प्रारम्भिक शिक्षा बाबु दुर्गादत्तले घरमै पढाए । उनले घरमै गङ्गागणेशस्तोत्र, अमरकोश र चण्डी पढे । १५ बर्षको उमेरमा संस्कृत पढनको लागि काठमाण्डौ गए । तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे । तीन वर्ष पढेपछि मध्यमाको परीक्षा दिने मनजाग्यो र बनारस गए । सबै कुरा मनले चाहे जति कहाँ हुन सक्छ र म्ध्यमाको नतिजा आउँदा सफलता हात लागेन । तर पनि संस्कृतका विद्वान र कवि बन्न सफल भए ।
कविता लेखन –सानो उमेरबाटै कविता लेख्ने रहर उनीमा थियो । कविता के कसरी लेख्ने भन्ने सुझाव लिनलाई पितृप्रसादकोमा गए । पितृप्रसादले बालकको मनलाई कविता लेख्ने ज्ञान सिकाई दिएको भए राम्रै हुन्थ्यो तर त्यसो भएन । लेखनाथले हप्काइमात्र खाए । बालक मनमा ठेस लाग्यो । यो ईखले उनी स्नेह, सहयोग,र सद्भावका खानी दधिराम मरासिनीकोमा पुगे र दधिराम मरासिनीको धेरै माया पाए । बनारसमा संस्कृत मध्यमाको परीक्षामा असफल भए । उनको बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । लेखनाथलाई कविमा स्थापित गर्न माधवी पत्रिकाका सम्पादक राममणि आचार्य दीक्षितको ठूलो भूमिका थियो भनिन्छ । लेखनाथको पहिलो प्रमुख रचना, वर्षा विचार (वर्षाको प्रतिबिम्ब) माधवीमा पहिलो पटक १९०९ मा प्रकाशित गरिएको थियो ।उनका केही कृतिहरू यस प्रकार छन् – वुद्धिविनोद (कविताकृति) – १९७३, सत्यकलि संवाद (कविताकृति) – १९७६, सत्यस्मृति – २००९, मेरो राम – २०११, त्याग र उदयको सन्देश – २००१, गीताञ्जली (कविताकृति) – १९८६, तरुण तपसी (नव्यकाव्य) – २०१०, लक्ष्मीपूजा (नाटक) – १९९४,गौरी–गौरव (नाटक),लालित्य (कवितासङ्ग्र्रह भाग १, २), भाग २–२०२५, गीतासागर – श्रीमद्भगवत गीताको भावसार, भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४, पञ्चतन्त्र (नेपाली अनुवाद) आदि । यिनका कालजयी कविताहरू धेरै भए पनि 'पिजराको सुगा' निकै चर्चित कविता हो ।
जागिरको खोजी –जागिरको खोजीमा आफ्ना बाजे राधाकृष्णसँग तराईको वीरपुर पुगे। त्यहाँ उनले जागिर पाउन सकेनन् । त्यहाँ बाट आसामतिर लागे । कामखोजकै सिलसिलामा भीमशमशेरको दरवार पुग्छन् ।त्यहाँ तिनले उनका नातिहरू पढाउने गुरु बन्छन् ।यसरी काम पाएपछि उनको काम कविता लेख्न सहज भयो । उनका कवितालाई मन पराएर भीमशमशेरले हजुरिया बनाई दिए ।उनले यो जागिर २५ वर्ष खाए तर जब युद्धशमशेर श्री ३ भए उनको हजुरिया पदबाट हटाइयो ।
शोकमा पर्नु –लेखनाथ पौड्यालकी पत्नीको अल्प आयुमै (१९६१मा) निधन भयो । पत्नी वियोगले उनलाई विरक्त बनायो । उनी यतीसम्म विरक्त भएकी योगी बन्छु भन्दै १९७२ सालमा स्वर्गद्वारी महाप्रभुसँग पुगे तर महाप्रभूको उपदेशले उनको मन मोडियो र प्रभूको उपदेश अनुसार उनी आफ्नो कामतिर मोडिए । आफ्नो दोस्रो विवाह सत्यदेवीसँग गरे । उनका सन्तानका रूपमा एक छोरा दुई छोरी छन् । छोरा अनन्त पौड्यालले नेपाल सरकारमा जागिर खाए र गरीमामय पद सचिवसम्म पुगे । छोरी पूण्यप्रभादेवी ढुङ्गाना र कुन्तीदेवी भट्टराईले साहित्यमा योगदन प्¥याएका छन् । १९७६ साल जेठ २६ गते पुन उनलाई पिताको निधनको शोक व्यहोर्न प¥यो ।यसरी पौड्याललाई विविध समस्याले सतायो । धैर्यधारण गरेर लेखनलाई निरन्तरता दिन भने छाडेनन् । उनको यो प्रयासले उनलाई माथिसम्म पु¥यायो ।
मान सम्मान–
निस्वार्थ रूपमा काम गर्दै गए कामको मूल्याङ्कन हुँदो रहेछ । उनले गरेको साहित्य सम्बर्धनलाई उच्च मूल्याङ्कन गर्दै २००८ साल असार २९ गते राजा त्रिभुवनले कविशिरोमणिको पदबाट विभुषित गरे । यतिमात्र नभएर मासिक दुई सय रूपियाँ आजीवन भत्ता पनि प्रदान गरे । यो उनको लागि महत्वपूर्ण टेवा थियो । यसले पौड्याललाई धेरै उत्साहित गरायो । कविशिरोमणिको उपाधी प्राप्त गरेको तीनवर्ष पछि नेपाली शिक्षा परिषद्को आयोजनामा २०११ सालको शुभ जन्मोत्सवको उपलक्षमा उनको रथयात्रा गरिएको थियो । यसको साथै शोभायात्रा र नागरिक अभिनन्दान पनि भएको थियो । यस्तो महत्वपूर्ण कार्यक्रम गोपालपाण्डे असिमको सकृयतामा गरिएको र महाकावि  लक्ष्मीप्रसाद देवकोटाद्वारा छाता ओढाइएको थियो भन्ने कुरा नरेन्द्रराज प्रसाईको साथै विभिन्न लेखद्वारा जानकारी पाउँछौ । नागरिक अभिनन्दन पत्रको साथमा पाँचहजार रुपियाँको थैली पनि पौड्यालको हातमा थमाइएको थियो । यो महत्वपूर्ण घडीमा लेखनाथ खुसीहुनु स्वभाविक थियो र उनमा हर्षको सीमा रहेन नयन हर्षका आँसुले रसाएका थिए । महाकवि देवकोटाले लेखनाथलाई उच्च सम्मानकासाथ हेर्दथे । देवकोटाले लेखनाथलाई कवि सम्राटको उपाधी दिंएका थिए । लेखनाथ पौड्याल विद्वान भए पनि उनको शैक्षिक योग्यतामा संस्कृतमा मध्यमा अनुर्तिण थियो ।शैक्षिक योग्ग्यताको हिसावले उनलाई प्रज्ञाको सदस्य बनाउन नहुने जानकारी  राजा महेन्द्रलाई गराइएको र राजा महेन्द्रले प्राज्ञ मनोनयन गर्न नचाहेको जानकारी देवकोटाले पाउनु र देवकोटाले राजामा लेखनाथ प्राज्ञ हुुनुुपर्ने सन्देश पठाएपछि पौड्याल प्राज्ञ भएका थिए भन्ने धारणा प्रसाईको लेखमा पाइन्छ । यसरी पौड्याल गोरखा भाषा प्रकाशिनी समिति र नेपाल साहित्य परिषद् (आहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा सेवा पु¥याएका थिए । लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि आफ्नो यो उपलब्धीको श्रेय गुरु भएको ठानी उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे 'मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।' उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मानित गरेको छ । सरकारले उनको स्मृतिमा हुलाक टिकट पनि प्रकाशित गरेको छ ।यो सरकारके उच्च सम्मान हो ।
त्रिमूर्ति को हुन र कसरी बनाइए– नेपाली साहित्यका त्रिमुर्ती भन्दा पौड्याल,सम र देवकोटा भन्ने बुझिन्छ । दार्जिलिङमा पनि सुधपा(सूर्यविक्रम ज्ञावली,धरणीधर शर्मा र पारसमणि प्रधान)लाई लिइन्छ । नेपलका त्रिमूर्ति(लेखनाथ पौड्याल,बालकृष्ण सम,लक्ष्मी प्रसाद देवकोटा) दार्जिलिङ गएको वेलामा दार्जिलिङ्का त्रिमूर्तिले  तपाईहरू पनि त्रिमूर्ति हो भनेपछि यिनीहरूलाई त्रिमूर्ति भन्न थालिएको धारणा नरेन्द्रराज प्रसाईले लेखेका छन् ।
लेखनाथ पौड्यालको आर्थिक अवस्था –मानिस जति सम्पन्न भए पनि सम्पन्नता देखाउन चहाँदैन तर लेखनाथको चुलो जल्न जहिले पनि कठिन थियो । उनको जीवनमा आर्थिक अभावले नै सताएको र राजा महेन्द्रले सहयोग गर्ने गरेको कुरा प्रसाईका लेखबाट जानकारी हुन्छ । मर्ने अवस्थामा पनि १० हजार रुपिया उपचारको लागि महेन्द्र राजाले पठाएको धारणा नरेन्द्रराज प्रसाईले आफ्नो लेखमा जनाएका छन् ।
लेखनाथका मनपर्ने साहित्यकारहरू – नरेन्द्रराज प्रसाईको लेखाई अनुसार लेखनाथले कालीदास, मैथलीसरण गुप्ता, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेलाई मन पराउँथे ।
हलन्त बहिष्कारका समर्थक – लेखनाथले जथाभावी खुट्टाकाट्ुने शैलीका विरोधी थिए । त्यसोहुँदा  राममणी आदीको हलन्त बहिष्कार आन्दोलनमा समर्थन जनाए ।
 मृत्यु– विभिन्न लेखको साथै नरेन्द्रराज प्रसाईको लेख अनुसार लेखनाथको मृत्यु २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा पूण्यतीर्थ देवघाटमा भएको थियो । यस अवस्थामा तीर्थ जान भनी भारतको रक्सौलमा पुगेपछि बिरामी भए ।फर्काएर देवघाटमा ल्याइएको र यहीं उनको देहावसान भयो ।
 नोट–यो लेख विभिन्न स्रोतबाट संकलित हो । यसमा अधिकांश तथ्याङ्क केही भाषगत साभार नरेन्द्रराज प्रसाईको लेखबाट लिइएकोछ ।
च्भाभचभलअभ
ड्ड ध्ष्पष्उभमष्ब, तजभ ाचभभ भलअथअयिउभमष्ब
ड्ड कविता कोश
ड्ड त्रिमूर्ति नइप्रकाशन
ड्ड नरेन्द्रराज प्रसाई –स्रष्टा जीवनी, कवि शिरोमणी लेखनाथ पौड्याल साहित्य संग्राहलय, नेपाली साहित्यभकारी ·       Posted on February 2017 by editor

No comments:

Post a Comment