April 15, 2012

ढल्दैन स्वाभिमान कसै गरे पनि

ढल्दैन स्वाभिमान कसै गरे पनि

सदानन्द अभागी

बि. सं २०६४ साल कार्तिक २२ गते –'आदरणीय दाजु सदानन्द अभागीज्यूमा सादरोपहार' को रूपमा प्राप्त भएको यो 'ढल्दैन स्वाभिमान कसै गरे पनि' गजलसङ्ग्रहको आज दुईचार शब्द लेख्ने प्रयास गर्दै छु। बरिष्ठ गजलकार धनराज गिरीका हरेक शब्दहरूले हामी सबैलाई आकर्षण गर्ने क्षमता छ। उनी जुन ठाउँमा आशनग्रहण गर्दछन्। त्यही ठाउँमा त्यही वातावरणमा गजल सृर्जना गर्दछन्। उनका हरेक गजलका शेरहरू तथा शब्दावलीले मानव मन जित्ने गर्दछन्। यस्ता गजहन गजलकारको गजलकारिताले हामी सबैको मन छुनु स्वभाविक हुन्छ।

 २०१५ साल भाद्र ९गते हटिया दाविले, मकवानपुरमा जन्मेका धनराजले वि.सं. २०५४ सालमा 'राष्ट्रै टुहुरो भयो'  कवितासङ्ग्रहबाट उदाय, वि.सं.२०५८ सालमा 'अर्थात' मुक्तकसङ्ग्रह प्रकाशन गरी फष्टाए, वि.सं.२०६०सालमा गजलसङ्ग्रह 'गजलामृत'बाट पाठकलाई स्नान गराए, यसैबर्ष गोजीको गजल र हाइकुसङ्ग्रह लेखेर गोजी भराए, वि.सं. २०६२ सालमा कुन्साङ काका (नानी गजलसङ्ग्रह) लेखेर नानी बनेर खेले,, वि.सं. २०६२ सालमै पुष्पलता सामाजिक ज्ञान दैवी वरदान (गीतिकाव्य )बाट गीतहरू सुनाए र २०६४ साल असारमा 'स्वाभिमान' को साथमा चम्कन खोजेका थिए तर श्रेष्ठ प्रिया 'पत्थर'ले गजलङ्ग्रहको नामाकरण निबन्धजस्तो ठानेर, अनुमति लिएर 'ढल्दैन स्वाभीमान कसै गरे पनि नामाकरण गरिदिइन्। गजलसङ्ग्रहको न्वारन् गरे पछि गजलकार श्रेष्ठ प्रिया 'पत्थर' यो 'अहम्' हो, भन्दै 'अहम्' शब्दको व्याख्या गर्न थाल्नु भयो'वास्तवमा यही 'अहम्' मान्छेको अस्मिता पहिचान हो र 'स्वतन्त्र माँछे ' हुनुको घोषणा पनि हो।' श्रेष्ठजी अहम् शब्दको अर्थ गर्वसम्म ठीक हो तर अहङ्कारमा परिणत हुनु भने अवश्य ठीक हुन्न है  त। विभिन्न साहित्यकारले यस कृतिमा धनराजको व्याक्तित्व र कृतित्व तथा शुभकामनामा  पोखेका अभिव्यक्तिलाई पनि हामी समावेशगरी अध्ययन गर्न सकिन्छ। हेरौं भिभिन्न साहित्यकारको नजरमा धनराज गिरी र गजलङ्ग्रह

 

बूँद रानाको नजरमा धनराज गिरी

धनु यै गतिले कदम चाली राख

दियो सिर्जनाको सधैं बाली राख

कतै तेलबाती घटी निभ्न सक्छ

बनी लौ चनाखो नजर हाली राख

डा. गोविन्दराज भट्टराईको नजरमा गजलसङ्ग्रहः 'म यस्ता गोपी गीतको प्रेमी हूँ ' शीर्षक दिएर  लेख्नु हुन्छ  'प्रस्तुत सङ्ग्रहभित्र केवल भावुकता लिएर पसे पुग्छ म पसें पाठक पसून्। '

श्रेष्ठ प्रिया 'पत्थर'को नजरमा गजलकार र गजलकृति – 'ढल्दैन स्वाभिमान कसै गरे पनिः स्वतन्त्र मान्छे हुनुको अर्थमा' शीर्षक दिएर श्रेष्ठ प्रिया पत्थरले यस गजलसङ्ग्रहमा मन्तव्यमा यस गजलसङ्ग्रहको  चिरफार गर्नु भएको छ। गजलकारको शैक्षिक पेशातिर लक्षित गद,ैर् शिक्षक पेशा आदर्श हो र शिक्षक आदर्शको स्तम्भ हुनु पर्दछ' भन्दै उहाँ लेख्नु हुन्छ ' गजलकारले आफ्नो नीति, सिधान्त,आस्था र दृष्टिकोणलाई यस सङ्ग्रहमा  विभिन्न शेरका माध्यमबाट आँफूलाई प्रतिबिम्बित पारेका छन्।' श्रेष्ठ प्रिया 'पत्थर' यस गजलसङ्ग्रहको नाम 'फूलको' बस्ती राख्दा पनि सुहाउँदो हुने धारणा राख्नु भएको छ।  

गोविन्दराज विनोदीको नजरमा कृतिकारःः 'कुनै पनि समयमा, कुनै पनि विषयमा कत्ति नअल्मलिई छहरा छङ्छङाएझै व्याङ्गात्मक लेख ,निवन्ध, वा कविता, गजल लेख्न सक्ने, धनराज गिरी नेपाली साहित्यका प्राकृतिक प्रतिभा हुन्।'

 घनश्याम परिश्रमीको नजरमा कृतिकारः 'शास्त्रीय मान्यता र धरातललाई बिर्सेर या त्यागेर सफल गजलकार बन्न सकिन्न भन्नेकुरा गिरीले अब राम्ररी बुझसकेका छन्।'

' हृदयको कुनाबाट ' शीर्षक दिएर अनिता गिरी देखिनु हुन्छ। हँसिला। रसिला र हार्दिकताका धनी धनराज गिरी र अनिता गिरी नाताले बाबुछारी तर साहित्यमा भने दुबै बनेका छन् एक अर्काका आधार। अनिताजीले आफ्नो पितालाई सधै हँसिलोरूपमा देख्नु हुन्छ अनि लेख्नु हुन्छ

तुम इतना क्यों मुस्कुरारहे हो

क्या गम है जिसको छिपा रहे हो

एक कार्यक्रममा धनराजजी भन्दै हुनुहुन्थयो 'हामी बाबुछोरी गजलका शेर शेरमा छलफल गर्छौ।' आज अनिताको लेखाइले पनि पुष्टि गरेको छ। अनिताले, 'धेरै गर्न वाँकी छ। अघि बढेमा छोरीले साथ दिने कर्म जारी छ ' भन्ने धारणा राखेकी छन्। 

 धनराज 'आफ्ना र आफन्तका कुराहरू' शीर्षकमा लेख्नु हुन्छ

गजल तिम्रो गुन तिर्न गजल लेख्दै छु म

भित्र भित्र द्रवित भै सजल लेख्दै छु म

 धनराज गिरीले आफ्नो अभिव्यक्तिमा नै लेखेका छन् –' १५ मिनटमै ४वटा अर्थपूर्ण गजल लेखें 'यो अभिव्यक्तिमा म पूर्ण सहमत छु। यसमा अपत्यार लाग्ने ठामै छैन किनकि उनको गजल बोलाइ लेखाइमा बन्दुकको गोली भन्दा तीब्र गतिमा उनका गजलका शेरहरू दकुर्दछन्। उनको गजल लेखनको विलक्षण प्रतिभालाई देखेर म आँफू अति प्रंभावित भएर ल73मीस्मृति साहित्य समाजको तर्फबाट उनलाई अभिनन्दन गर्न पाएकोमा  गौरान्वित ठानेको छु।

धनराज गिरीलाई उनका गजल लेखाईमा 'संख्यामा भन्दा गुणबत्तामा ,परिस्कार र परिमार्जनमा जोड दिने सुझाउहरु आएको स्वीकार्दछन् र उनी पनि बढता लेखाई भन्दा परिमार्जित लेखमा नै जानुपर्ने धारणा राख्दा राख्दै पनि आप्नो बसेको बानीलाई कोट्याउँदै लेख्छन् –'आँफू परियो वायुपंखी घोडा, – जो चाहा उसे नही छोडा'  

'बूढो झोला, थोत्रो साइकल पसिनामा टोपी

टाँडीदेखि उडेको छ मेरो प्यारो गोपी '

परिस्कार र परिमार्जन गर्ने कुरामा मलाई कस्तो लाग्छ भने साहित्य लेखाई भनेको भावनाको बगाई हो। कुन परिवेश, परिस्थिति, र साहित्यिक वातावरण कस्तो छ, लेखकको शब्द भ48डार, कत्तिको दरविलो छ, शब्दसंयोजनको कला कस्तो छ, आदिमा परिमार्जन गरिने कुराहरूले प्रभाव पारेको हुन्छ। लेख्ने बेलामा बगेको भावनालाई लेखकले परिमार्जन बेलासम्म सहीसत्यरूपमा राख्न सक्छ सक्दैन, अध्ययन र शव्दभ48डारको कमिमा परिमार्जन शब्द केवल भन्नेले भन्ने र सुन्नेले सुन्ने सिवाय केही हुन सक्दैन। जन्मेको शिशुलाई स्याहार सम्भार गर्न त सकिएला तर कृतिम परिस्कारले दरविलो र दीगोरूप भने अवश्य दिन सक्दैन। 

 धनराजले आफ्नो गजललेखनमा किन लागे त यस सम्बन्धमा उनले ५वटा शेरमा आफ्ना धरणा राखेका छन् तिनमा एक शेरलाई यहाँ पस्किहालौं

शिर मेरो हिमालय छाती तराई हो

यो माटोमा जन्मी फेरि आउन लेखें गजल

गजलमञ्च, चितवनका अध्यक्ष किसान प्रेमीले प्रकाशकीय लेखाइमा लेख्नु हुन्छ – 'धनराज गिरीको गजलकारीताको बारेमा यो "दिवान" आँफै बोल्ने छ'

 गजल कृतिको संरचनाः यो गजलसङ्ग्रहमा १६६ सट्टीवटा गजलहरू समावेश गरिएका छन्। पुस्तक २०१ पृष्ठको छ। प्रकाशन गजलमञ्च चितवनले गरेको छ। मूल्य रु १००/छ। धेरैजसो गजल ५ शेरमा रचिए पनि ५ देखि ९शेरसम्मका गजलहरू यसमा समावेश गरिएको पाइन्छन्। धेरैजसो गजल १४ अक्षरको लोकलयमा छन् भने गजलकारले गजलका नियमलाई पालन गरेको देखिन्छ। मत्ला, काफिया, रदीफ, मुसकियत र तखल्लुसलाई प्रयोग सफलतासाथ गरेको पाइन्छ। यस सङ्ग्रहमा मुरद्दफ र गैरमुरद्दफ दुबै प्रकारका गजलहरू पढ्न पाउँछौं। यसरी नै यहाँ कुनै गजल मुसलसल र कुनै गैह्र मुसलसल छन्। श्रेष्ठ प्रिया 'पत्थर'ले उर्दू बहरमा लेखिएका गजलहरूको उदाहरण पनि यहाँ, प्रस्तुत गर्नु भएको छ

'क्73क्215द्ध सूत्रको फाइलुनरूक्नमा आधारित मुतदारिक बहर( पिङ्गलमा स्रग्विणीछन्द) को गजलांश

'पेल्दछौ वालुवा, तेल के आउला?

ध्वस्त भो मार्ग नै, रेल के आउला?' 

                                                (पृष्ठ ११८)

'73क्क्215द्ध सूत्रको फउलुन रुक्नको मुतकारिव बहर(पिङ्गल छन्द भुजङ्गप्रयात) को गजलांश

'भएछौ बिरानो,अरे काठमाण्डू

गरौं है चिनारी, भरे काठमाण्डू

                                    (पृष्ठ १०१)

गजलकार र प्राकृतिक प्रेमः हुन त प्राकृतिक सौन्दर्यतामा नरमाउने को नै होला? सबैलाई प्राकृतिक सौन्दर्यता मन पर्दछ। धनराज एउटा प्रष्टवक्ता, प्राकृतिक सौन्दर्यतामा रमाउने, जीवनका सुखदुःखलाई गजलमा सजाउने र जीवन र जगनतमा यथार्थतालाई प्रष्ट्याउन,े न्यानो मायामा अपनत्व दर्शाउने गजलकार भएकाले उनका गजलहरूमा प्राकृतिक सौन्दर्यता पल्लवित भएर सृजित हुन्छन् र गजलका पोखाई पनि प्राकृतिक रूपकै हुन्छन्

'जसले दिन्छ न्यानो माया उही आफ्नो मान्छे

लालुपातेलालीगुराँस जुही आफ्नो मान्छे'

                                                            पृष्ठ १३६

मायाको न्यानोपना दिन सक्दैन अपनत्व दर्शाउन सक्दैन, सुखदुःखमा साथदिन सक्दैन भने त्यो आफ्नो कसरी हुन्छ र? मीठो बोली सदाचार 'धन' मानिसको

सुगन्धित फूल, महकायो जिन्दगीले

                                                पृष्ठ ७८

बास्तवमा आज अपनत्वको संसार कहाँ छ र? जे छ, चाकडी,चापलुसी, चम्चागिरी र सवार्थले भरिएको जमाना छ। मानिस प्रशंसाको भोको छ , मानव स्वभावले नै प्रशसा खोज्छ /रोज्छ। प्रशंसा नपाएमा ऊ रमाउन सक्दैन

प्रशंसाका भोका हुन्छन् औसत मान्छेहरू

प्रतिकूल भए रुन्छन् औसत मान्छेहरू

                                                पृष्ठ १४२

मानव जीवनको अन्तर/अवधी कति नै छ र? जन्म देखि मृत्युतक नै त हो नी। अतिछोटो जीवन व्यातित गर्न,उसले संसारमा संधर्ष गर्नु पर्छ,। जीवन भनेको यथार्थतामा संघर्ष हो। संघर्षमा रम्नेहरूले सही जीवनको उपहार प्राप्त गर्न सक्छन् । संघर्षबाट कोही पन्छिन खोज्छ  भने त्यो जीवनलाई के जीवन भन्ने? त्यो ता जिउँदै मृत्युवरण न हो। गजलकारका हरेक शेरले मानव जीवनको वोध गराउने प्रयत्न गरेका छन्। मानिस आफू के हो र उसले गर्ने कर्मले उसलाई कता डोर्‍याएको छ त , जीवनको उतार चढाव कस्तो छ त हेरौ केही शेरहरू

कुरुक्षेत्र जिन्दगी हो दिव्यास्त्र हो बिचार

आस्थाको अग्लो शैल चढ्दै छ आज मान्छे

                                                            पृष्ठ १०४

शीर्षबाट लड्यो मान्छ,े आफ्नै कुकर्मले

होलिकाझै डड्यो मान्छे, आफ्नै कुकर्मले

                                                            पृष्ठ १०६

 

फूल मान्छे, काँडा मान्छे, माली पनि मान्छे

ढकमक्क फूल फुल्ने डाली पनि मान्छे

                                                            पृष्ठ ७१

विधिताले भरिएको संसारमा मानव पनि त थरिथरिका छन्। फूल र काँडाको मिश्रणले भरिएको यो जीवनमा फूल र काँडाको रोजाइ र भोगाइमा आफ्नै पदयात्राले डोर्‍याउँछ सार्थकता।

गजलकार र मानवतावादः

 भनिन्छ मानिस मस्तिष्क र हृदयबाट सञ्चालित हुन्छन्। धनराजका गजलले के दर्शाउँ छ भने यी दुबै (मस्तिष्क र हृदय)बाटै सञ्चालित छन्। यिनले आफूलाई मानवीय संवेदनाका गजलकारको रूपमा प्रस्तुत गर्न सफल देखिन्छन्। उनको बिचार प्रष्ट छ। सबैको भलाइमा उनी लाग्न चाहान्छन्। मानवताहीनले कसरी सबैको हित गर्द छ त? गरिबको जीर्ण कुटी छाउने उनको अभिलाषा छ। उनी मानवताको उत्थान चाहाने कवि हुन्

गन्तव्य हो सर्बहित मन्त्र मानवता

गरिबको जीर्ण कुटी छाउन लेखे गजल

                                                                                    आफ्ना र आपन्ताका कुराहरू

रोयो भने मानवता कस्को होला हित

मार्‍यौ किन संवेदना सोध आँफैसित

देशको द्वन्द्व र जगलकार

देश द्वन्द्वको मारमा छ। देशको विकास रोकिएको छ। राष्ट्रियताको बारेमा जति भाषण गरे पनि आर्थिक र राजनैतिक पक्षमा जति वकालत गरे पनि मान्छेको नैतिकताको मूल्य विघटनतिर धकेलिदै छ। आज पनि देशले विविधखाले द्वन्द्व व्यहोरीरहेको छ। हत्या हिंसा, लुटपाट, चोरी डकैति, बन्द हड्ताल आदि विविधखाले द्वन्द्वले मानव जीवन अस्तव्यस्त भएको छ, देशको आर्थिक मेरुड48ड नै भाँचिनेतिर धकेलिदै छ। द्वन्द्वको विषयमा कृतिकारले राष्ट्रमात्र नभै अन्तराष्ट्रियस्तरका द्वन्द्वलाई समेत छुन पुगेका छन् 

युद्धपीडा अझै पनि छैन विर्सिएको

हृदयमा कोसोभो र कारगिल छ हजुर

                               पृष्ठ २६

भष्मासुर, यदुवंशी आए बौरिएर

हिड्दा हिड्दै आफन्तकै गरे कत्लेयाम

                          पृष्ठ ६३

किन खेल्छौ बाह्रैमास रगतको होली

धिक्कार भो! लुम्बिनीको गर्‍यौ वदनाम

                               पृष्ठ ६३

प्रेमप्रणय र गजलकार/कृति

गजल शव्दको शाव्दिक अर्थ हुन्छ ,प्रेमिकासँगको मधुर वार्तालाप। यसलाई प्रेमरसको काव्य पनि भन्दछन् तर आज आएर गजलले विविधता अपनायो भने पनि प्रेमप्रणयका कुराहरू गजलमा समावेश भएका नै हुन्छन्। रसिक कवि, व्यङ्गकार धनराजलाई सबैको मनमा अट्न सक्ने र प्रेमका कुरालाई भटभट्याउन सक्ने भएकाले यिनलाई सबैका मनराज पनि भनिन्छ। त्यसैले यिनका गजलमा प्रेमप्रणय पनि कहँ छुट्ने सम्भावाना हुन्छ र हुँदैन

म बिर्सू कसरी, पखे आउँदै छु

मेरी प्राणेश्वरी, पखे आउँदै छु 

                            ( पृष्ठ ९१) 

अझ ताजा गुसलाफ हौ यस्तो लाग्न थाल्यो

काँडामाथि फुलेकी छ्यौ मानेँ तिमीलाई

                                  (पृष्ठ ८५)

भँवराले नछोएको फूल खोज्दै छु म

पार गर्न प्रेम नदी पुल खोज्दै छु म 

                                                (पृष्ठ १०७)

गजलकार र राष्ट्रवादी चिन्तन  

धनराजका गजलहरू राष्ट्रियताले भरिएका छन्। देशको माटोको माया छ। देशलाई स्वावलम्वी भएको देख्न चाहान्छन् गजलकार तर के गर्ने? देश हाक्नेहरू भने पर निर्भरमै रमाएका छन्

स्वाभीमानी नेपालीको झुकेको छ शिर

विदेशीकै भर देख्दा रोएको छ माटो

                           (पृष्ठ ९३)

स्वर्ग नै हो जन्मभूमि ममता हो सुधा 

नबिर्सौ है आमालाई सिन्धु तरे पनि

(पृष्ठ १)

गजलकार र नारीवादी चिन्तन

 नारीलाई गजलकारले उच्चरूपमा/आदर्शको रूपम लिएका छन्।  

सृष्टिथाम्ने नारीलाई, पूजा गर मनु

हाम्री महातारीलाई, पूजा गर मनु 

                                                (पृष्ठ ८३)

आमा, दिदी, बैनी, छोरी अनेक छ रूप

रम्य फूलबारीलाई, पूजागर मनु 

                                                (पृष्ठ ८३)

गजलका शेर शेरले विविधता बोल्छ,, राष्ट्रियता बोल्छ, प्रेमका अनेक रूप (प्रकृति प्रेम, राष्ट्रप्रेम आदि) बोल्छ,, समाजका हरेक विसङ्गति, बिकृतिप्रति ती73ण व्यङ्ग पोखिन्छ , राष्ट्रवादी, मानवतावादी, समतावादी स्वाभीमानी स्वरहरू आदिले सजिएको छ गजलसङ्ग्रह, पठनीय छ अनुकरणीय छ त्यसैले तपाइँलाई मुरी मुरी धन्यवाद छ। अब मेरै गजलका केही शेरबाटै  विदा चाहान्छु

धकन्य रै छौ अवतारी स्वाभीमान राखेऊ

मीठा मीठा यी गजलले डाँडाकाँडा ढाकेऊ

 

संसारलाई बुझ्ने शक्ति लौ अति ती73ण रैछ 

गजलअमृत रसस्वादन् राम्रै सँग चाखेऊ

 

 मुखै भरी गजल तिम्रा सागर छाल सरि

गजललाई उज्ज्वल पार्न चन्द्रसूर्य डाकेऊ

 

विश्वशान्ती निर्माण गर्ने दृढ तिम्रो मन

यो मार्गलाई सफल पार्न धर्तीमाता भाकेऊ

 

यस्तो लाग्छ गजल पढ्दा स्वर हो कोयलीको 

गजलबिम्ब सजाएर  शान्ति विश्व ताकेऊ

धन्यवाद २०६८/९/१२, शान्तिचोक कावासोती, नवलपरासी

विद्रोही काले महाकाव्यको एक झलक

विद्रोही काले महाकाव्यको एक झलक

                                           सदानन्द अभागी

पिता पं भीमप्रसाद शर्मा कट्टेल र माताा लीलादेवीका सुपुत्र सोमराज उपाध्याय कट्याल द्वारा रचित महाकाव्य को नाम हो "विद्रोही काले"। सोमराज उपाध्यय कट्याल को जनम १९९८ साल फाल्गुन महिना छ गते मंगलबार ढुङ्गेधारा गौरीगाउँ सङ्खुवासभा, कोशी अञ्चलमा भएको र आफ्नै जन्म जिल्लाको परिवेशमा उहाँले लेख्नु भएको छ यो महाकाव्य। यो महाकाव्य ४६४ पृष्ठको छ। यसको प्रकाशन जुही प्रकाशन, झर्रो नेपाली घर चन्द्रगढी झापाले गरेको छ र मूल्य रु १०५० मात्र छ। यो महाकाव्यको लेखन थालनी २०२३ सालमा गरिएको भए तापनि महाकाव्यको लेखन २०३६ साल बैशाखमा समाप्त भएको र प्रकाशन भने २०६५सालमा भएको छ। यो महाकाव्य भित्र प्रवेशगर्नु भन्दा पूर्ब यस महाकाव्य प्रति बिभिन्न साहित्यकारहरूले राखेका अभिव्यक्तितिर लाग्ने अनुमति चाहान्छु। सर्ब प्रथम प्रकासक्यौली शीर्षक दिएर चुणामणि रेग्मी लेख्नु हुन्छ "यो , विद्रोही काले अप्रकाशित अवस्थामै पनि झापाको साहित्यिक गतिविधिमा २०४०ताक विशेष चर्चित महाकाव्य थियो।" होम सुवेदीले विद्रोही काले महाकाव्य छोटो चर्चा शीर्षक दिएर लेख्नु हुन्छ "सैधान्तिक स्वभावमा प्राय : अडिएको महाकाव्य हो यो।" लेखक्यौलीमा स्वयम् महाकवि सोमराज अभय लेख्नु हुन्छ "समाजमा व्याप्त आर्थिक विषमता, प्रतिको जनविद्रोह नै यसकाव्यको मूलभूत लक्ष हो तर जनताको सामूहिक विद्रोह देखाउने स्वतन्त्रता नभएकोले कालेलाई प्रतिकको रूपमा खडा गर्नु परेको छ।" यो महाकाव्य प्रति चुडामणि खनाल लेख्नु हुन्छ "यो महाकाव्यले नेपाली राजनीतिमा मूलतः राणाशासनकालको परिवेश ओगटेको देखिन्छ।" उपेन्द्र "पागल" ले विद्रोही काले महाकाव्यको सिंहाबलोकन शीर्षक दिएर यस महाकाव्याको चिरफार गर्नु भएको छ। उहाँको नजरमा महाकाव्यको कथाबस्तु यसप्रकार छ " विद्रोहीकाले कथाबस्तु समस्यामूलक सामाजिक यथार्थतामा आधारित प्रगतिवादी कथाबस्तु रहेको पाइन्छ।" अनिरुद्ध तिमसिना लेख्नु हुन्छ "यो महाकाव्य राणाकालिन सामाजिक परिवेशको पृष्ठभूमिमा लेखिएको छ र यो कृति अव समसामायिक नभएर ऐतिहासिक बन्न पुगेको छ।" यी माथि लेखिएका सत्यतथ्यबाट यो काव्यको सारको केही अंश प्रष्टिएका छ तापनि कथा सार देखि यस सम्बन्धमा केही अभिव्याक्ति राख्न मनासिब लाग्दछ।

महाकाव्यको कथा सारांश 

प्राकृतिक सौन्दर्यले छाएको सङ्खुवासभा जिल्लाको कुनै ठाउँमा यस महाकाव्यका नायक कालेको जन्म गजानन्दको पुत्रको रूपमा हुन्छ। गजानन्दले कालेजन्मदाको अवस्थामै त्यसै गाउँको ध्व्स्तप्रसाद (यस काव्यको खलनायक) नामको एउटा सामन्त कहाँबाट सुत्केरी खर्चको लागि ९० रूपयाँ ऋण लिन्छन् र त्यसै समयमा गजानन्दको मृत्यु हुन्छ। ध्वस्तप्रसादले गजानन्द मरेपछि लास आफूले कुर्ने र लास उठाउन गाउँले बोलाउने भनेर कालेकी आमालाई गाउँमा पठाएर मृतकको दुबै औठाको छाप लगाएर कागज बनाएर राख्दछन् र पछि कृया खर्च र सुत्केरी खर्चको निहुमा ६४ मुरी खेत हड्पेर कालेकी आमा र कालेलाई घरबार बिहिन बनाएर राख्दछन्। उनलाई आफ्नो बसमा ल्याउन राम्रा राम्रा कपडा पोते सिन्दुर कालेकी आमालाई पठाउँदा कालेकी आमले त्यो ग्रहण गर्न नस्वीकारे पछि एक साँझ आफ्ना मानिसहरू पठाएर ठीक गर्न खोज्दा कालेकी आमको पहराबाट खसेर मृत्यु हुन्छ। काले माथि दया जागेर नेपालेकी श्रीमती विसुमायाले रेखदेख सुरु गर्दछिन्। ध्वस्तप्रसादले उसलाई नोकर बनाउनका लागि आफ्नै घरमा लगेर आफ्ना परिवारसँग राखेर पाल्दछ। एउटी घर्तिनीलाई आमा बन्न लगाएर काले ध्वस्तप्रसादको घरमा पहिले परिवार सरह र काले ५ बर्षको भए पछि मालिक र दासपुत्रको व्यवहारको रूपमा उसलाई घर्तिनीसँग काममा लगाइन्छ। ११ बर्षके उमेरमा ऊ र घर्तिनीलाई जेठी पट्टीकी कान्छी छोरी कहाँ दाइजोको रूपमा पठाइन्छ। ११ बर्ष श्रीलाल कहाँ विताए पछि पुन ध्वस्तप्रसादको गोठालो (दास) को रूपमा कालेले काम गर्दछ। साहिलीसँगको भेटघाट पछि उसले साँहिलीसँग विवाह गर्दछ। ध्वस्तले आफ्नो ६४ मुरी खाएको, आँफूलाई घर्तीपुत्र बनाएको, आमको मृत्यु उसकै कारणबाट भएको जानकारी साहिलीबाट पाउँद छ र कालेले यो सबै सहन नसक्ने र ध्वस्तप्रसादसँग बदला लिने मनमनै निधो सलिन्छ। ध्वस्तप्रसादका छोराहरूबाटै दास प्रथाको बिरोध गरे र विद्रोहको सुरुवात भए पछि सरकारी कर्मचारी आएर ध्वस्तको छोरा भ्रष्ट प्रसादलाई पकडेर चैनपुर लग्दछन्।  ध्वस्तप्रसाद छोरालाई छुटाउन चैनपुर लाग्दा कालेले पनि हुलाकद्वारा आफ्नो सम्पती प्राप्त गर्नको लागि अदालतमा विन्तिपत्र हालेको हुन्छ। अदालतमा रजिष्टरी गरी पठाएको रसिद साहिंलीलाई दिएर काले साहिलीको साहारा पाएर पल्टनमा भर्ना हुन जान्छ र भर्ना हुन्छ। चन्द्रसम्सेरले दासप्रथाको उन्मूलन गरेको हुँदा दासहरू मुक्त भएका हुन्छन्। साहिलीले गोठका पाडा ९ कोरीमा बेचेर चञ्चलीको साथमा भेडी गोठ राखी लेकतिर लाग्दछे। ध्वस्तप्रसादले मुद्दाजितेर आए पछि आफ्ना मानिस लगाएर साहिलीकी आमालाई भाला रोपेर मारिन्छ साथै जङ्गलमा आगो लगाएर साहिलीलाई मारिन्छ। काले पल्टनबाट र्फेर आई सासू र साहिली को मरणको जानकारी आफ्नी दिदी सासू (माहिली)बाट प्राप्त गरि ध्वस्तप्रसादकहाँ गइ आफ्नो परिवार किन मारिए सो को जानकारी, उसको सम्पति फिर्ता पाउनु पर्ने उसले गरेको समयको तलबको मागको लागि प्रवल रूपमा प्रस्तुत हुन्छ। ध्वस्तप्रसाद काले देखि खुबै डराउँछ र घरभित्र लुक्छ तर ध्वस्तका छोराहरूले उसको पच्छ लिएर सम्पति फिर्ता गर्ने बहिनीसँग विवाह गरिदिने कुराहर कालेसँग राख्दछन्। कालेले ध्वस्तकी छोरी विवाह गर्न स्वीकार्दैन। ध्वस्तका छोराहरू बाबुलाई जोगाएर अदालतमा गै ध्वस्तले भिमसम्सेर मारेर आफै राजा बन्न खोजेको आरोप काले माथि लगाउँदै उजुरी हाल्न सफलहुन्छन्। सरकारी कर्मचारीहरूले पकडेर अड्डामा लगि कालेलाई चरम यातना दिन्छन् तर काले अडिग रहन्छ र कालेले तत्कालिन व्यवस्थाको कमी कमजोडीलाई बहादुरीका साथ प्रस्तुत गर्दछ। न्याउ माग्दछ तर उसलाई खलङ्गाको वनमा लगि अन्तिम इच्छ्या सोधी झु48डयायर गोली ठोकी मृत्यु द48ड दिने आदेश सरकारी कर्मचारीबाट हुन्छ। कालेलाई वनमा लगिन्छ। अन्तिम इच्छ् सोधिन्छ। अन्तिम इच्छ्यामा कालेले ध्वस्तप्रसादको हातबाट एक गिलास दूध पिउने इच्छया जाहेर गर्दछ। ध्वस्तप्रसादबाट दूध पिलाउने बेलामा कालेले पोडेको खुकुरी थुतेर ध्वस्तप्रसादको गर्दन छिनाउँछ र कालेलाई पनि सैनिकको गोली खाई वीरोचित अन्त्य हुन्छ। यही कथाको समाप्तिबाट महाकाव्यको समाप्ति पनि हुन्छ। काव्यमा थुप्रै घटनाहरू समावेश गरिएका छन्। महाकाव्यको संरचना हेर्दा २४ सर्गहरू र एक उपसंहारबोकेको छ। यो महाकाव्य अन्य महाकाव्य भन्दा भिन्दै प्रकारको अवधारणा लिएर उपस्थित भएको देखिन्छ। यसमा आफ्नै मौलिकता छ। एउटा दासलाई नायकको रूपमा उभ्याइएको छ। महाकाव्य आन्तरिक र बाह्य द्वन्दले सजिएको छ। अनुष्टुप क्षन्द, पञ्चचामर र उपजाती छन्दले बाहुल्यता जमाए पनि अरु धेरै छन्दहरूको पनि प्रयोग भएको छ। महाकाव्यमा शृङ्गार रस, वीर रस, वीभत्स रस रौद्र रस आदि रसले काव्य शृङ्गारिएको छ। विविध अलङ्कारले सजिएको, शोषण, दमन, अन्याय, अत्याचारको विरोध र दासत्वबाट मुक्तिको साथै आफ्नो हक र अधिकारमा सचेतता जगाउन उत्पेरित गरेको, उखान टुक्काको प्रयोग, झर्रा शव्दको प्रयोग आदि आदिको प्रयोगले काव्यलाई उच्चाइमा पुर्‍याएको छ।

महाकाव्यमा समावेश भएका पात्रहरू पनि थुप्रै छन्। यी पात्रहरूलाई उपेन्द्र पागलले तीन बर्गमा बाड्नु भएको छ। एउटा बर्ग शोषक, उत्पिडक र सामन्तबर्ग छ जसको प्रतिनिधित्व ध्वस्तप्रसादले गरेको छ र उसकी प्रथम श्रीमती पट्टिकाचार भाइ छोरहरू उग्रनाथ कानुन पढेका, भ्रष्टशर्मा उग्रनाथका समर्थक, रुद्रनाथ बाबुको बिचारका विरोधी र घोरनाथ बाबुको प्रबृतिका समर्थक रूपमा देखिएका छन् भने दिलमति पट्टिक च48डशर्मा र प्रच48डमणि तराइको बसोबास गरेका तराइको जिम्मेवारी बहनको साथै सुगरमिल सञ्चालग गरी राणाहरूको बर्गिय चरणको अवलम्बन गरेका छन् भने तेस्री श्रमिती चमेलीतिरका छोरा लालु र रामुको महाकाव्यमा विशेष भूमिका देखिदैन। सरकारी कर्मचारीहरू शोषण दमन र अन्याय अत्यचारका पृष्ट पोषकको भूमिकामा देखा परेका छन्। दोस्रो ठूलो बर्ग भनेको ध्वस्तहरूबाट स्वषित पीडित भएर पनि उनिहरूको पक्षधर भएर बाँच्न बाध्य देखिने बर्ग हो। यो त्यसवेलाको आम जनता समावेसी बनेको आभास हुन्छ  तेस्रो बर्ग भनेको काले, साहिली र चञ्चली, रत्ना र पोकली हरूले दासत्व त्याग्न आफ्नै जीवनको बलिदान दिएका छन्।

 यो महाकाव्यले धेरै परिवेशहरू समेटेको छ। महाकाव्यले पूर्बि नेपालको प्राकृतिक सौन्दर्यताले पूर्णता छाएका सङ्खुवासभा, चैनपुर धनकुटा, धरान, देहरादुन ब्रिटेनको साथै त्यस क्षेत्रको प्राकृतिक आर्थिक सामाजिक परिवेशलाई समेटेको छ। यसमा लेखिएका भावको आधारमा यस महाकाव्यले १९८२ तिरका चन्द्र समसेर तथा राणा शासकको शोषण, दमन, अन्याय, अत्याचारी युगको शोषित, पीडित, दासहरको यथार्थ विम्ब खिच्न यो काव्य सफल देख्एिको छ। विद्रोही काले नाम दिएर महाकाव्यलाई जस्तो नाम त्यस्तै कामले शृङ्गारिएको देखिन्छ। एकातिर काव्य एतिहासिक बन्न पुगेको छ तापनि आज देशमा देखिएको द्वन्द, अराजकता, 48डहीनता, आदिलाई मध्यनजर राख्दा समसामयिक यथार्थतामा पनि काव्य समसामायिक जसतो लाग्दछ। समाजमा महाकाव्यले चाहेजस्तो राज्यव्यवस्थाको खाँचोलाई पूर्णता दिनको लागि अझै विद्रोहको खाँचोको काव्यले प्रस्तुत गर्न खोजेको छ। काव्यले पुरानो मान्यतालाई तोडेको छ नयाँ मान्यतालाई स्थापित गरेको छ र राणकालिन समयको समाजको यथार्थता प्रस्तुति र आफ्नो मौलिकतालाई प्रस्तुत गर्न महाकवि सफल देखिनु हुन्छ। यत्रो महान कामको प्रशंसा गर्नै पर्छ र महाकविलाई धन्यवाद दिनै पर्दछ।

धन्यवाद

abhagika muktak haru

अधरमा लाली

अधरमा लाली केशमा काली

दृश्यमा रैछ्यौ अति मतवाली 

तन रैछ्य कटीकेसरी मृगनयनी

कसेरी बसेकी छ्यौ बैंस सम्हाली

 

चाहाना हुन्छ 

चाहना हुन्छ सधैं रामै्रे मीठै लाउन खान

चाहना हुन्छ देश भ्रमणमा साथीसँग जान

चाहाना हुँदैमा सबै कहाँ पाइन्छर साथी

कर्मले ओगटे मिल्छ सबै मान या नमान

कति नराम्रो

कति नराम्रो चोरी चोरी हेर्नेबानी

हेर्दा देखिन्छ्यौ नानी अति खानदानी

सपनामा लुट्नेले कति लुटे लुटे

कहिले बनौली तिमी बेउली नानी

 

कोही ओछ्यानमा

 कोही ओछ्यानमा रोए, 

कोही रस्यानले धोए

रुनु त रुनु छ धेर थोर

मदहोस भएर कोही आँफैमा खोए

 

यो देशको गाईजात्रा हेर्न

यो देशको गाईजात्रा हेर्न सिंहदरवार पसौं

केही बुझ्न सुझन परे आफ्नै कम्मर कसौं

जनताका आशा भरोसा सबै पानी पानी भए

 हिंस्रक उठे भने साम्य पार्न तयार भै बसौं

 

 

टाटबाट खाट किन्दै 

टाटबाट खाट किन्दै, महलबासी भएँ

फुटपाथबाट उठेर लौ कार चढ्ने भएँ

यस्तै हो जेगरनी आफ्नै लागि गर्नुपर्छ

त्यसो हुँदा सबै चिज आफ्नै लागि लएँ

 

धेरै पीर परेछ नी

धेरै पीर परेछ नी  अ हो माया रामीलाई

एउटै माथी किन मछर्यौ सम्झन हामीलाई

ताली बझ्छ दुई हातले एकहातले हैन

टुनामुना झार्न परे डाक्नु पर्छ धामीलाई

 

 

 

 

साम्प्रदायिक भाषा 

साम्प्रदायिक भाषा बोल्न पाइंँदैन साथी

देश टुक्र्याउने वादतिर लाँइदैन साथी

यो मुटुको ढुकढुकीमा राष्ट्रवाद बोल्छ

नेताजीको भाषणतिर लौ जाइँदैन साथी

 

न लेख भो पत्र मलाई

न लेख भो पत्र मलाई अब मैले भूलि दिएँ 

आधा भाँडो मात्र हैन पूरा पूरा चूली दिएँ

कलेजीको टुक्रालाई किन बेच हुन्छ कहाँ

त्यसो हुँदा बकौता त पूरा पूरा सुली दिएँ

 

                         

            जति जति चाखे पनि

जति जति चाखे पनि सागरपानी नुनिलो छ

बैगुनी छौ भने पनि तिम्रो माया गुनिलो छ

चन्द्र सूर्य प्रकाशमय भावनाको दिव्यज्योति

कहिले काँहीं टुट्न सक्छ तव पनि तुनिलो छ