| अधरमा लाली अधरमा लाली केशमा काली दृश्यमा रैछ्यौ अति मतवाली तन रैछ्य कटीकेसरी मृगनयनी कसेरी बसेकी छ्यौ बैंस सम्हाली
चाहाना हुन्छ चाहना हुन्छ सधैं रामै्रे मीठै लाउन खान चाहना हुन्छ देश भ्रमणमा साथीसँग जान चाहाना हुँदैमा सबै कहाँ पाइन्छर साथी कर्मले ओगटे मिल्छ सबै मान या नमान कति नराम्रो कति नराम्रो चोरी चोरी हेर्नेबानी हेर्दा देखिन्छ्यौ नानी अति खानदानी सपनामा लुट्नेले कति लुटे लुटे कहिले बनौली तिमी बेउली नानी
कोही ओछ्यानमा कोही ओछ्यानमा रोए, कोही रस्यानले धोए रुनु त रुनु छ धेर थोर मदहोस भएर कोही आँफैमा खोए
यो देशको गाईजात्रा हेर्न यो देशको गाईजात्रा हेर्न सिंहदरवार पसौं केही बुझ्न सुझन परे आफ्नै कम्मर कसौं जनताका आशा भरोसा सबै पानी पानी भए हिंस्रक उठे भने साम्य पार्न तयार भै बसौं
टाटबाट खाट किन्दै टाटबाट खाट किन्दै, महलबासी भएँ फुटपाथबाट उठेर लौ कार चढ्ने भएँ यस्तै हो जेगरनी आफ्नै लागि गर्नुपर्छ त्यसो हुँदा सबै चिज आफ्नै लागि लएँ
धेरै पीर परेछ नी धेरै पीर परेछ नी अ हो माया रामीलाई एउटै माथी किन मछर्यौ सम्झन हामीलाई ताली बझ्छ दुई हातले एकहातले हैन टुनामुना झार्न परे डाक्नु पर्छ धामीलाई
साम्प्रदायिक भाषा साम्प्रदायिक भाषा बोल्न पाइंँदैन साथी देश टुक्र्याउने वादतिर लाँइदैन साथी यो मुटुको ढुकढुकीमा राष्ट्रवाद बोल्छ नेताजीको भाषणतिर लौ जाइँदैन साथी
न लेख भो पत्र मलाई न लेख भो पत्र मलाई अब मैले भूलि दिएँ आधा भाँडो मात्र हैन पूरा पूरा चूली दिएँ कलेजीको टुक्रालाई किन बेच हुन्छ कहाँ त्यसो हुँदा बकौता त पूरा पूरा सुली दिएँ
जति जति चाखे पनि जति जति चाखे पनि सागरपानी नुनिलो छ बैगुनी छौ भने पनि तिम्रो माया गुनिलो छ चन्द्र सूर्य प्रकाशमय भावनाको दिव्यज्योति कहिले काँहीं टुट्न सक्छ तव पनि तुनिलो छ
|
April 15, 2012
abhagika muktak haru
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment