| समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना सदानन्द अभागी परिचय समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलबिम्ब, गजलदीप, गजलयात्रा(१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलार्ई केलाउने हो भने मोतीराम भट्टले १९४०मा गजललार्ई नेपालमा भित्र्याए र २००२ सम्म गजलले नेपालमा खुट्टा गाड्यो। २००२ देखि २०३५सम्म नेपाली गजल गुप्तबासमा रह्यो अर्थात गजलले गतिलिन सकेन जसलार्ई हामी नेपाली गजलको विलुप्त कालको रूपमा गणना गर्दछौं। त्यसपछि बि.संस २०३५साल असौजको रूपरेखा पत्रिकामा प्रकाशित ज्ञानुवाकर पौडेलको तीन शेरको रचनालार्ई आधुनिक गजलको रूपमा ग्रहण गरिएको छ र २०३६ सालदेखि नेपाली गजलको ज्ञानुवाकरको आधार लिएर पुनर्जागरण कालकोरूपमा लिइन्छ। बि.सं. २०५१देखि हालसम्म उर्बरक कालमा गणना गरिएकोमा, यो काललार्ई पुष्प अधिकारी 'अञ्जलिलेे गजलमा ल्याएको क्रान्तिलार्ई बि.सं. २०६०लार्ई आधार बनाई गजलको क्रान्तिकारी चरण भन्दा पुष्पको साहित्यप्रतिको लगावको मूल्याङ्कन पनि हुने र यसलार्ई निःसङ्कोच स्वीकार्नु जरुरी भएको अवधारणा बिर्खे अन्जानले राखेका छन्। गजलको कालक्रमिक विभाजनलार्ई समकालीन नेपाली गजलमा पुष्प अधिकारी अञ्जलिले नेपाली गजललार्ई डाक्टर घनश्यम परिश्रमीको उदाहरण दिंदै तीन चरणमा विभाजन गरिएको छ भने शिव प्रणतले भने नेपाली गजलको कालक्रमिक विभाजनलार्ई चार भागमा विभाजन गरेको पाइन्छ। कालक्रमिक विभाजनको स्वरूप घनश्याम परिश्रमिकको विभाजन पुनर्जागरण चरण बि.सं साल २०३५देखि २०४१सम्म गतिशील चरण बि.सं साल २०४२ देखि २०५०सम्म विकासशील चरण बि.सं साल २०५१ द्येखि हाल सम्म शिव प्रणतको विभाजन प्रथम चरण (प्रारम्भिक काल), बि.सं साल १९४० देखि २००२ द्वितीय चरण (बिलुप्त काल) बि.सं साल २००२ देखि २०३५ तृतीय चरण (पुनर्जागरण काल बि.सं साल २०३६ देखि २०५० चतुर्थ चरण (उर्बरक काल अर्था विकास काल २०५१ आजसम्म भनिएको पनि छ कि काल क्रमिक विभाजनमा सबै एकमत नरहेको र कसैले ज्ञानुवाकर पौडेल भन्दा पूर्ब र उत्तर गरि दुई कालमा बिभाजन गरेको पनि हामिले अध्ययन गर्न पाउँछौं भने कसैले भीमनिधि तिवारीलार्ई केन्द्र मानेर पूर्ब र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि अध्ययन गर्न पाइन्छ। कसैले त्रिकालिन बिभाजनमा मोतीराम देखि भीमनिधि तिवारीसम्म प्राथमिक काल, भीमनिधिदेखि ज्ञानुवाकरसम्म माध्यमिक काल, ज्ञानुवाकर पौडेलदेखि आधुनिक काल भनि विभाजन पनि गरेको पाइन्छ। डा. घनश्याम परिश्रमीको विभाजनमा प्रथम चरण (प्रारम्भिक काल),गजललार्ई मोतीरामले भित्र्याएर स्थापित गरे देखि द्वितीय चरण (बिलुप्त काल) जुनबेला गजल लेखन प्राय थिएन भने पनि हुन्छ, गणनामा देखिदैन। २०५१ देखि यताको कालमा गजल लेखनको काम तीब्ररूपमा भएको छ र यस समयको गजल लेखनलार्ई पुष्प अधिकारी अञ्जलिको लेखाईमा– 'झ48डै २,००,०००जति स्रष्टाले गजलमा कलम चलाएको पाइन्छ भने ४,०००जति गजलका सङ्ग्रहहरू प्रकाशि भएको अनुमान गर्न सकिन्छ।' यसरी नै नवराज लम्सालले शुभकामना क्रममा लेख्नुहुछ २०हजार गजलकार छन्। आजका गजलकार र गजल कृतिहरूको संख्या नै कति भनि आङ्कलन गर्न सकिने अवस्थामा छैन किनकि देश, प्रदेश, जहाँ नेपाली साहित्यिकमनहरू पुगेका छन् त्यहाँ साहित्यिक कृयाकलापहरू भै नै रहेका छन् र सबै ठाउँ नै गजलमय भएको छ। पुष्प र नवराजको तथ्याङ्क बाझएको कुरालार्ई यो पक्तिकारलें पुष्पसँग टेलिफोनमा जिज्ञाशा राख्दा नवराजको तथ्यांक पुरानो(रेडियो नेपालमा नवराज कार्यरत हुँदाको) र उनको तथ्याङ्क बर्तमान रहेको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध गर्न चाहान्छु। त्यसो हुँदा आजको नेपाली गजललार्ई कालक्रमिक विभाजनमा विभाजनको लागि विभाजन नभै न्यायोचित विभाजनको आधारमा जानु आवश्यक छ। नेपाली गजलले आज आएर २०६० यता पाँचौं चरणमा(गजल लेखनको क्रान्तिकारी चरणमा) प्रवेश गरेको छ भन्नु अतियुक्ति नहोला। यसमा मैले २०६० एताको गजल लेखनले आजको युग, लेखाई , सामाजिक, आर्थिक, राजनैैतिक, भौगोलिक, विश्वव्वापीकरण घटना आदिलार्ई आत्मसात गरेर, हिजोको गजलको मान्यतामा प्रेयसीको गुणगान नभै विविधतमा गजल लेखिएका छन्। समाजमा धेरै परिवर्तन आएको छ। गजल लेखनमा पनि परिवर्तन आएको छ। यसलार्ई समयसापेक्ष मूल्याङ्कन हुनु आवश्यक छ भन्ने मेरो मान्यता हो। समकालीन नेपाली गजलभित्र पस्दा समकालीन नेपाली गजल २०६८को विषयसूचीमा प्रवेश गर्दा शुभकामनाक्रम र स्रष्टाक्रम भनि दुई भागमा विभाजन गरेको देखिन्छ। शुभकामनाक्रममा सम्पादकीय र भूमिका स्वयम् सम्पादक पुष्पअधिकारी 'अञ्जलि'ले लेखेका छन्। अधिकारीले परिचर्चामा 'आजको युवापुस्ता गजलको भविष्य हो' भनेका छन् र उनको जस्तो भनाइ छ त्यस्तै गराइ छ। देशभरीका युवापुस्तालार्ई गजलमा शरिक बनाएर, पुरस्कृत गरेर, अभिनन्दन गरेर,यिनले देश नै गजलमय बनाएका छन्। परिचर्चामा गजलको परिचय दिने काम भएको छ। समकालीन नेपाली गजलको संरचनागत स्वरूप उपशीर्षक दिएर लेखनमा पूरै देश गजलमय भएको छ भनेका छन् । बास्तवमा गजलज्ञाताहरूले यसको अध्ययन हुन आवश्यक छ किनकि अलिकति अक्षर चिनेको युवा–युवतीहरूद्वारा घरघरमा गजल लेखिन थालेका छन्। गजल कसेरी लेखिन्छ, कस्तो हुन्छ/ हुनुपर्दछ आदि गहिरो अध्ययन विना नै गजल लेखन भएको देखिन्छ। पुष्प अभिकारी अञ्जलिले त्यस समयमा प्रकाशन भएका कृतिहरू, गजलकारहरू, गजलमा संलग्न पत्रपत्रिकाहरू, गजल सम्बन्धि संघसंस्थाहरूको विवरण समकालीन नेपाली गजलको सम्पादकीय/भूमिकामा प्रस्तुत गरेका छन्। संरचनागत एवम् विषयगत पवृत्ति उपशीर्षक दिएर पुष्पजी लेख्छन् –'संरचना भनेको गजलको स्वरूप अर्थात ढाँचा हो। सम्बन्धित विषयबस्तुहरूको बनोट नै संरचना भनिन्छ।..खास गरी गजलमा स्वतन्त्र एवम् अर्थपूर्ण भाव र गहनतम शब्दहरूको सिर्जना हुनु जरुरी छ ।....गजल परम्पराबाट अहिले नवीन मोडतर्फ आएको छ। ........कसैको गजलमा देश छ , माटो छ ,आमा र धर्ती छ, कसैको गजलमा माया छ, स्नेह छ ,घात–प्रतिघात, जीवनदर्शन, र सामाजिक कुरीति र विसङ्गति छ। कहीं बर्तमान समयका श्वरहरू, राजनैतिक खेल, विद्रोह विरोधाभासाहरू छन्। हामी सबैको चाहना हुन्छ, राम्रो, गुणस्तरीय र सबैको मन छुने रचना गर्न सकूँ – यिनै चिन्तनहरूको यो एउटा राष्ट्रिय संयुक्त गजलसङ्ग्रह भएर प्रकाशित भएको छ समकालीन नेपाली गजल २०६८।' निष्कर्ष उपशीर्षकमा पुष्प लेख्छन् –'समकालीन नेपाली गजल आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो। यसमा अग्रत पुस्ता, बर्तमान पुस्ता, र भावी पुस्ता तीन चरणका समसामयिक नेपाली गजलहरूको दस्तावेज बनेको छ। ...पूर्वका मेची देखि सुदूरपश्चिमको महाकाली सम्मका गजलकारहरू समेत गरी जम्मा १२९ जना स्रष्टाहरूको गजल समावेश गरिएको छ।' यस लेखमा सहयोगीहरूलार्ई धन्यवाद र सन्दर्भसूचीहरू सहित पुष्पको अभिव्यक्ति समाप्त हुन्छ तापनि यसमा धेरै विषयबस्तुहरू समावेश गरिएका छन्, जो यस विवेचनामा सबै समेट्न सकिएको छैन। SsSsशुभकामनाक्रममा – शुभकामनाक्रमलार्ई पनि हामिले तीन भागमा विभाजन गरेर अध्ययन गर्नु पर्ने देखिन्छ। किनकी कसैले गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्वमा प्रकाश पारेका छन् भने कसैले गजल कस्तो हुनुपर्दछ (गजलको विविधता) र गजल के हो(परिभाषा दिएर) भनेर लेखेको पाइन्छ। जे होस व्यक्ति विषेषको अभिव्यक्तिका शब्दहरू यहाँ मैले प्रस्तुत गर्न गैरहेको छु। गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्व विभिन्न साहित्यकारले दिएको शुभकामनामा पुष्प र गजलको बारेमा विविध खाले प्रस्तुति हामीले पढ्न पाउँछौं। विवेचना भन्ने शब्द जोडेर लेख्दा मैले पनि केही न केही प्रस्तुति गनुपर्ने हुन्छ। बास्तवमा धेरै बर्ष नभए पनि सात/आठ बर्ष देखि पुष्पका हरेक कार्यक्रममा सहभागी भएर हेरीरहेको छु। उनका हरेक प्रकाशनमा मलार्ई पाएको छु। उनको गजल प्रतिको लगाव र पूर्ब मेची देखि महाकाली, म जहाँ पुगें, त्यहाँ उनको नाम युवा तथा युवतीहरूबाट अघि सारेको पाएँ। जसले गर्दा, ल73मी–स्मृति साहित्य समाजको अध्यक्षको नाताले उनलार्ई अभिनन्दन गर्ने सुवर्ण मौका पनि पाएँ। संक्षेपमा भन्नुपर्दा मैले पुष्पलार्ई आजको गजलक्रान्तिको लागि जनक–जानकीको सिङ्गोरूपमा लिएको छु। जनक र जानकी दुबै मिलेर सन्तान उत्पन्न गर्दछन् भने पुष्प एक्लैले गजलकारहरू जन्माइरहेका छन्। आजको गजलमा क्रान्ति ल्याउनको लागि चितवनका दुईवटा संस्था र दुई जना व्यक्तिलार्ई मैले भुल्न सक्दिन(हुनत चितवनका सबै संस्थाहरू कोही भन्दा कोही कम छैनन्)। एउटा नाम हो हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा समकालीन नेपाली गजल २०६८का सम्पादक पुष्प अधिकारी 'अञ्जलि' जसले पूर्ब मेची देखि पश्चिम महाकाली उत्तर हिमाल देखि दक्षिण दशगजासम्मका युवायुवतीहरूलार्ई गजलक्रान्तिमा सहभागी गराउन गजल कार्यक्रममा सरिक बनाएर पुरस्कृत गरेर अगाडी बढी रहेका छन् भने अर्का व्यक्ति भनेका पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो जसले वयोबृद्ध स्रष्टाहरू खोजीखोजी अभिनन्दन गरिरहेका छन्। यी दुबै स्रष्टाको जति गुणगान गाए पनि थोरै हुन्छ। अब पुष्पको बारेमा कस्कस्ले के भनेका छन् त्यसमा सहभागी बनौ। गजलकार तथा सम्पादक पुष्प अधिकारीको बारेमा प्रकाश आङ्देम्बे लेख्नुहुन्छ –'पुष्प अञ्जलि सिर्जनामात्र गर्दै्नन् बरु सृजनशील माहोल बनाउँछन् र हजारौ स्रष्टाहरू जन्माउँछन्। मेची र कालीको सङ्गम बन्दछन्।' प्रभाकर पण्डित लेख्नुहुन्छ –'पुष्पजी नेपाली साहित्यका हिमनदी हुन् जो कहिल्यै अडिन र सुक्न जान्दैन। उज्ज्वल जी. सी. लेख्नुहुन्छ –'अझ युवा गजलकार पुष्प अधिकारी 'अञ्जलि'ले तन मन धन नै खर्चेर यस विधामा आफूलार्ई समर्पित गरेको देख्दा म मनमनै भन्ने गर्छु यस्ता व्यक्तिहरू पूर्ब मेची देखि पश्चिम महाकालीसम्म आठ /दश जनामात्र हुनेहो भने नेपाली गजल सायद विश्वभर फैलन सक्थ्यो कि?' हयग्रीव आचार्य लेख्नुहुन्छ –'सूर्यमुखी फूलजस्तै – पुष्पजस्तै पुष्प तिमी फुल्दै–फुल्दै जाऊ फूलभित्र परागजस्तै घुल्दै घुल्दै जाऊ कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ ्– 'शव्दहरूका पुष्पगुच्छा पुष्प 'अञ्जलिलार्ई' धनराज गिरी लेख्नुहुन्छ – 'यसरी देशभरिको प्रतिनिधि स्रष्टाहरूका रचनाहरू सङ्कलन गरेर यति राम्रो कृति प्रकाशन गर्नु र यसरी स्रष्टा साधकहरूको सम्मान अभिनन्दन र पुरस्कृत गर्नु राज्यलार्ई चुनौती दिनु पनि हो।' श्रेष्ठ प्रिया पत्थर लेख्नुहुन्छ– 'साहित्यप्रतिको पुष्प अधिकारी 'अञ्जलि'को जोश जाँगर र उत्साहलार्ई म हृदयदेखि नै अभिनन्दन गर्दछु।' वियोगी बुढाथोकी लेख्नुहुन्छ–'बर्तमान नेपाली साहित्यिक फाँटमा गजलविधाले संख्यात्मक र गुणात्मकरूपमा अपत्यारिलो किसिमले निकै उचाई थपेको छ। यसको विकास र बिस्तारमा .....चितवनको सकृयता लोभ लाग्दो छ। अझै इर्ष्यालाग्दो काम गजलकार एवम् साहित्यिक पत्रकार पुष्प अधिकारी 'अञ्जलि'ले यो समकालीन नेपाली गजल प्रकाशन गरेर सिद्ध गरेका छन्।' दीपक समीप लेख्नुहुन्छ – 'पुष्पजी एकदिन त्यो समय आउने छ र राष्ट्रले उच्च मूल्याङ्याकन गर्ने छ। त्यो मूल्याङ्कनमा साहित्यकारहरू पहिलो दर्जाको नागरिक हुनेछन्।' नविन दाहाल लेख्नुहुन्छ –'चितवनबाट पूर्ब मेची र पश्चिम महाकालीसम्म पुगेको पुष्प अधिकारी अञ्जलिको नामसँगै गजलको व्यापकतामा उहाँको कामको प्रशंसा पनि उत्तिकै छ।' अत उपरोक्त स्रष्टा अभिव्यक्तिमा समकालीन गजलको बारेमा शुभकामना दिनेकामको साथै गजलको बारेमा पनि धेरै कुराहरू लेखिएका छन् जो यहाँ प्रस्तुत गरिएको छैन। विर्खे अन्जानको सारगर्भित लेखका केही युक्तिहरूः– विर्खे अन्जानको साढे चार पृष्ठको पुष्पको व्यक्तित्व, कृतित्व र गजलमा पुर्याएको योगदानको बारेमा लेखिएको सारगर्भित लेखको शारांसमा भन्नुपर्दा वि.सं. २०६०यता गजल लेखनमा ल्याइएको क्रान्तिको अग्रसरताको मूल्याङ्कनमा मोतीराम भट्ट, ज्ञानुवाकर पौडेल, सरह नै पुष्पको स्थान हुनुपर्नेमा कसैले कञ्जुस्याइँ गर्न नहुने अभिव्यक्ति आएको छ। विर्खे अन्जानका केही अभिव्यक्तिहरू यसप्रकार छन् – · गजलक्रान्तिका संवाहक पुष्प अञ्जलि · स्रष्टा र सिर्जनाका लागि पुष्प एउटा उत्साह र जोशको किरण हो। · मोफसलको कुनाकाप्चामा स्रष्टाहरूको खोज र अनुसन्धानमा पनि पुष्पको नाम अग्रस्थानमा छ। · साठीका दशकपूर्वका समय अवधिलार्ई नेपाली गजल समालोचकहरूले जुन–जुन युगको नामाकरण गरे तापनि नेपाली साहित्यको बर्तमान युग भनेको गजल क्रान्तिको युग हो र यसको प्रारम्भ साठीको सुभारम्भदेखि नै भएको पाइन्छ। प्रत्येक बर्ष नयाँ अनुहार, नयाँ स्वाद र छवि बोकेका स्रष्टाको खोजी गर्दै निरन्तर लेखनमा सक्रिय स्रष्टाहरूसँग हातेमालो गरी साठी दशकमा उनको सक्रियता बढ्यो उनी भन्दा पहिले यस्तो माहोल, स्थिति र खोजी कोही कसैले पनि नगरेको हुँदा यिनलार्ई आधुनिक मोतीराम र गजलक्रान्तिका संवाहक भन्दा अतियुक्ति न होला। " ....अब हामीले साठीको दशकमा पुष्पले गजलमा क्रान्तिकारी ढङ्गले शुभारम्भ गर्नुभएको छ,त्यसलार्ई पनि विना पूर्बाग्रही ढङ्गले उनको योगदान सक्रियता, अथक लगन र परिश्रमलार्ई पनि निःसङ्कोच स्वीकार्नु जरुरी छ। उपरोक्त यथार्थतालाई मध्यनजर राख्दै, यस पंक्तिकारले पनि गजलहरूको विवेचनामा आजको गजल लेखनको तीब्रता, विविधता, समयको परिवर्तन र गजलक्रान्तिलार्ई मनन गर्दै कालक्रमिक विभाजनको कुराहरू उठाउँदै आएको थियो। अब त स्वयं गजलको गतिशीलता पाँचौं चरणमा प्रवेश भन्न न्यायोचित होलाजस्तो लाग्यो। गजलको शिव प्रणतको विभाजनमा वि.स २०५१ देखि२०६०सम्म विकास काल र २०६१ देखि यताको चरणलार्ई गजलक्रान्तिको युग भनि पाँचौ चरणमा गणनागर्नु मनासिव होला जस्तो लाग्यो पुष्पको कृतित्वको पुष्पको लेखन गजल, कविता, कथा, निबन्ध, समालोचना, विविध विधामा हात चलेको छ र पुष्पको सम्पादन समन्धी कुराहरू त मैले माथि नै लेखिसकेको छु भने उनका एकल प्रकाशनका कृतिहरूको नाम मात्र यहाँ प्रस्तुत गर्न चाहान्छु। मनभित्रको मन, स्वप्नील नयन, एक अञ्जुलि घाम, जूनफुलेको बस्ती, मनको तृष्णा पुष्पका एकल कृतिहरू हुन् भने म कवितामा देश खोजीरहेछु......यथाशीत्र्र प्रकाशित हुनेकुरा जानकारीमा आएको छ। गजल विविध : – शुभकामनाक्रममा नै गजलका विविध पक्षमा साहित्यकारहरूको अभिव्यक्तिलार्ई यहाँ प्रस्तुत गर्न लागिएको छ। प्रकाश सायमी लेख्नुहुन्छ : –'गजलको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ र त्यसको आफ्नै सुगन्ध हुन्छ, यसलार्ई हामी गजलकारहरूले नै यसको अस्तित्व जोगाई राख्नुपर्छ' कृष्णहरि बराल लेख्नुहुन्छः–'गजल र टुँडिखेल एकअर्को बिचार शीर्षकहरूको पृष्ठभूमि हो। उद्धृत रङहरूको स्वर्णसूत्र हो। समयले भोगेको फरक अनुभूतिहरूको दस्तावेज हो गजल।' बूद राना लेख्नुहुन्छ : – 'मुलुकमा यतिखेर सरगम उराल्ने प्रतिस्पर्धा चलिरहेको छ। शब्दस्वर र सुरका हुलकाहुल प्रतिभाशाली कर्मीहरू आफ्नो क्षमताको प्रतिस्पर्धा गरिरहेछन् गजलमा। इतिहास कहिलेकाँही समवेत आवाजहरूको मुर्च्छनाजस्तै लाग्छ। गजल आस्था र अस्तित्वको पाहाड हो।' ललिजन रावल लेख्नुहन्छः–'गजलहरूमा राष्ट्रिय मनस्थिति, स्वच्छ प्रेमानुभूति र जीवनदर्शन एवम् बर्तमान भोगाइका पीडाहरू हुनुपर्छ त्यो नै शाश्वत गजल हो।' मनु ब्राजाकी भन्नुहुन्छ : – 'बहिराहरूलार्ई पनि सुनाउन सक्ने क्षमताको पूर्वाभास गजलमा हुनुपर्दछ। धर्तीको धून समग्रमा देशमाथि वर्णित शक्ति उत्कर्ष हो। प्राञ्जल भन्दा पनि भाषिक सरलता गजलको अनिवार्य तत्व हो अन्यथा शब्दकोश पल्टाएर गीत गजल कसैले पढ्दैन र सुन्दैन पनि।' यसरी नै जगदीश शमशेर राणाले गजललार्ई नारीहरूको आँखाको गाजलको संज्ञा दिएका छन्। अलिकति भित्र आँखामा पुग्यो भने पोल्न थाल्छ, डिलदेखि बाहिर परे लतपतिएर रूप नै विगार्छ। औचित्यको यस्तो सू73म सन्तुलन गाजलमा जस्तै गजलमा पनि रहनुपर्छ। खगेन्द्र गिरी 'कोपिला' लेख्नुहुन्छ : –'लाग्छ आजको गजल फ्लोरेन्स नाइटङगेल हो, तुलसी मेहर श्रेष्ठ हो र मदर टेरेसा हो।' गोर्खे साइँलो लेख्नुहुन्छ : – 'आजको गजलमय युगमा हरेक मानिसहरू दिनानुदिन गजल रसको मोहमा पौडिने पौडीवाजहरूको भीड बढ्नुमा मुख्यतया तीन आधारभूत विषयबस्तु छन्। उपरोक्त विषयबस्तु केवल गजलमामात्र पाउन सकिन्छ। ती तीन विषयबस्तुका आधारहरूलार्ई १)इवारत २) इशारत ३) अदा भनिन्छ। इवारत भनेको गजल लेख्ने शैली, तरिका, बहर, गेयात्मकता र रफिद काफिया आदिको राम्रो संयोजन हुनु हो। त्यस्तै इशारत भनेको गजलमा प्रयोग हुने शब्द, बिम्बालङ्कार, गजलको प्रतीक पहिचान र गजलले प्रष्ट पार्न खोजेको कुरा अर्थात आशय प्रकट हुँदै तखलुससम्म पुग्दाको अवस्थामा ध्यान पुर्याउनु जरुरी हुन्छ। अनि अदा भनेको गजलका प्रत्येक शेरहरूले कविताको जस्तो एउटै विषयबस्तुमा नगइकन प्रत्येक शेरले आ–आफ्नै विषयलार्ई मान्यता दिन्छ, कुनै पनि शेरसँग नवाझने गरी प्रस्तुत हुनुपर्दछ। यिनै त्रिपक्षीय सम्मेल मिलाएर लेखिएको गजल नै उत्तम र स्तरीय गजल मानिन्छ।' सरुभक्त लेख्नुहुन्छ : – 'गजल सुन्दर अभिव्यक्तिको सुन्दर अभिव्यन्ज हो। यदि साहित्य फूलहरूको वगैंचा हो भने गजल त्यस वगैंचामा फुल्ने बहुरङ्गी फूलहरूको माला हो।' गोविन्दराज विनोदी लेख्नुहुन्छ : –'प्रस्तुत समकालीन नेपाली गजल पछिल्लो समयको सङ्ग्रहणीय कृति हो। यसभित्र समेटिएका गजलहरूले नेपाली गजलको समकालीन प्रवृतिलार्ई आत्मसात गर्दै युग र जीवनको कलापूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन्।' नवराज लम्साल लेख्नुहुन्छ : .गजल गजलहुने बाटोमा बाक्लिएरै हिडेको छ। आज झण्डै २० हजार गजलकार छन्। २० बर्ष पछि तीमध्ये कति गजलमै रहलान् , कतिले आफूले आफँैलार्ई समय छोएर बगेको पाउलान्, वा कतिले कुनै दिन आफ्ना गजलहीन गजलका चाङ टेकेर समय एक्लै कतै उभिइहेको पाउलान्। समय पर्खनु पर्छ सिर्जनाको दौड एक सय मिटरको म्याराथुन हैन तत्काल जिते जितिने नत्र हारिने।' कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छः– गजलले एक फरक किसिमको आफ्नै स्वाद बोकेको हुन्छ।' समकालीन नेपाली गजल २०६८का स्रष्टाक्रमका सबै गजलकारहरूको गजल प्रतिको दृष्टिकोण के कस्तो छ त?अव त्यतातिर लाग्नु राम्रो होला समकालीन नेपाली गजल२०६८समावेशी गजलकारहरूले प्रस्तुत गरेका गजल प्रतिका दृष्टिकोण यसप्रकार छन्–अमला अधिकारी( सिन्धलुी)–, जीवन र जगतको मानवीय अनुभूति जो सरल सहज र सुललित भावशैलीमा छोटो संरचनामा व्यक्त हुन्छ। अस्मिता भट्टराई (चितवन)ः–, गजल अन्य साहित्यविधाको तुलनामा छिटो मीठो, रसिलो र कसिलो विधा हो।' अमृता ठकुरी 'चाँदनी शाह' (कैलाली) : , साधना र साहित्यको सङ्गम।' अमृता शर्मा (बागलुङ्ग)ः– हरेक मोडको भावनात्मक सारथि। इन्द्रलाल श्रेष्ठ अद्वितीय (चितवन)ः–थोरै शब्दावली,र बाक्यांशमा धेरै भावनाहरू व्यक्त हुने परिधि अन्तरर्गत रहेर तयार पारिने अलग्गै रस र स्वादले भरिएको छुट्टै विधा भन्ने मलार्ई लाग्छ गजलविधा।' युवराज सुवेदी(श्याङ्जा)ः–गजल त्यस्तो साहित्यिक विधा हो,जस्ले तत्काल हरेक व्यक्तिको मनमस्तिष्कमा गहिरो छाप छोड्न सक्छ।' उमा शर्मा (काठमा48डौ)ः–अन्तरमनको छालहरूको मीठास पूर्ण र सङ्क्षिप्त प्रस्तुति। यासिका राई (धनकुटा)ः– धेरै कुरा थोरै शब्दमा अभिव्यक्त गर्न सकिने कलात्मक अभिव्यक्ति हो गजल। कल्पना गौतम कल्पु (इलाम) , शब्दहरूको एउटा फूलबारी जसमा भवनाको पुष्प लहराउँछ। कृष्णादेबी शर्मा (श्रेष्ठ)(नवलपरासी)ः–'सुललित शब्द प्रयोग गरी कुनै पनि विषयलार्ई समेटेर लेखिने एउटा गायत्मक विधा हो।' कृपा अधिकारी कृतिः थोरै शब्दबाट धेरै भाव समेटन सकिने। केशबप्रसाद न्यौपाने सानु' (नुवाकोट)ः–'जीवन र जगतप्रतिका हेराइ र भोगागाइलार्ई सटिक पारामा पस्किने कलात्मक सिर्जना हो गजल।' गणेश वि. क. 'विरहीह' (रुकुम)ः–'सकरात्मक जिन्दगीको सहाराजस्तै।' गणेश विष्ट 'स्वप्निल' (कैलाली) : – 'गजल साहित्यको सबै भन्दा मीठो विधा हो।' गिरिराज बाँस्कोटा,(पाँचथर)ः– 'थोरैशब्दमा धेरै अभिव्यक्ति दिन।' ग्ोविन्दराज भट्ट निर्मल (मोरङ)– 'जीवन र जगतका यावत पक्षहरूको सरस र सुरुचिपूर्ण प्रस्तुति गरिने भावनात्मक कोमलता।' क्षत्रराज पाठक 'कमल'(डोटी)ः– 'गजल नेपाली भाषामा लेख्न सजिलो, पढ्न र गाउन सकिने विधाकोरूपमा लिन्छु।' जीवन मल्ल 'असफल' (पर्बत)ः–'अन्तरआत्मबाट निस्केको मनको भावना।' जगन्नमथ पौडेल 'नूतन' पर्बत : – 'भावगम्भीरता, श्रुतीसुखदता, साङ्गीतकता, अनि उठान बैठानको ेविशेष प्रस्तुति भएको साहित्यिक विधा।' जुनबहादुर फगामी (पर्बत)ः– 'गजल यस्तो विधा हो जसले साहित्यका अरू क्षेत्रहरू पनि समेटेको हुन्छ।' दीपा तिवारी 'दीक्षित' (सुखतर्)–'समाज परिवर्तनको एक साहित्यिक विधा।' डि. आर. शर्मा (पर्बत):– 'गजल सर्बव्यापी सुललीत अभिव्यञ्जना हो।' दिनेश नागारी (बैतडी)ः– 'ज्यादै उच्च सवल अनि सकरात्मक।' देवी बि.सी 'दीक्षा (बर्दिया) : –' विचार अभिव्यक्तलार्ई नियमबद्धता प्रदान गरी लयमा प्रस्तुत एक सटिक र साहित्यको झ्याल गजल हो।' नवराज शर्मा 'सन्देश' पर्बत,ः– 'गजल जीवनका विविध माध्यमलार्ई बुझने मध्यम हो।' नविनकुमार ऐर (बैतडी) : – 'सकरात्मक उच्च।' प्रतिमा सुवेदी 'रूबी'ः–'जुनसुकै विषयबस्तुमा नियमभित्र रहेर सिर्जना गर्न सकिने एउटा विधा गजल हो।' परिक्रमा गोविन्द श्रेष्ठ(धरान)ः–'मायाको मीठो अनुराग, प्रकृतिकै अनुपम सौगात,संजीवनी।' प्रदीप चाम्लीङ्ग राई 'युगान्त जागरण'ः– साहित्य जीवनदर्शनको अभिव्यक्ति हो अभिव्यक्तिभित्रको प्रस्फुटित लेख सिर्जना हो, सिर्जनाभित्रको सुन्दर तथा लयात्मक सानो संरचनामा उभिने लिखित कुरा नै गजल हो।' प्रेमप्रसाद चापागार्इँ (इलाम)ः–'राम्रो अभिव्यक्तिको माध्यमजस्तै लाग्छ गजल।' विजयराज ज्ञावली(नवलपरासी) : –'रफिद अनि काफियाको मीठो संयोजनबाट बनेको हृदयस्पर्शी भावको सँगालो।' विष्णु तिवारी 'उषा' (चितवन)ः–'अन्तर्मनबाट प्रभावित कलात्मक अभिव्यक्ति हो।' वीरेन्द्र पौडेल 'विवश बियोगी' तनहुँ : –'समयको माग अनुसार हुनुपर्छ।' मञ्जु कोइराला 'अश्रु' (पर्सा) : –'गजल गेयात्मक विधा हो।' माधव गिरी 'प्रवासी' (काठमा48डा)ै : –'दुखसुख सङ्गम रफिद र काफियाको सुन्दर समायोजन हो गजल।' मिलन ज्ञावली 'समीर' (स्याङ्जा)ः–'अन्तर मनको सुमधुर आवाज हो, जुन संरचनात्मक रूपमा काफिया, रफिदहरूसँगै शब्दहरूमा प्रकट हुन्छ।' मिनबहादुर पुर्जा 'स्पन्दन' (पर्बत)ः–'साहित््ियक विधाहरूमध्ये सबै भन्दा लोकप्रिय विधा गजल हो।' मोहनबहादुर थापा'संयोजन'कास्कीः–'मन थाकेको बेला बिसौनी हो। मन दुख्दा, मन भत्कदाको मल्हम/साथी हो गजल।' रमेशकुमार चन्द 'कुसुम' सुर्खेतः–'गजल साहित्य र समाजको एक अभिन्न अङ्ग हो। त्यसैले समाजप्रति हेर्ने हरेक दृष्टिकोण सकरात्मक र अर्थपूण हुनुपर्दछ।' राजु वि.क. 'वृत'(पर्वत)ः–'हृदयको कलापूर्ण अभिव्यक्ति र सङ्गीतको सर्वोकृष्ट नमुना गजल हो।' रामकृष्ण शर्मा ध्रुव'(पर्वत)ः–'देश काल र परिस्थितिको सशक्त माध्यम।' राजकुमार माझी सिन्धुली : –'स्वच्छ मनको सुन्दर अभिव्यक्ति।' रिता अधिकारी'चञ्चल ऋतुयात्री'( चितवन)ः–' गजल नारीको आँखाको गाजल हो।' ऋषिराज शर्मा 'पौडेल',(सुर्खेत)ः– पत्रेदार फूल जसले धेरैलार्ई सम्मोहित गर्छ।' रूद्रराज कँडेल(चितवन)ः–'रफिद र काफियाबाट भएकोलार्ई गजल भनिन्छ।' ललिता अधिकारी आँसु,(पर्सा)ः– 'गजल मानव मनको ढुकढुकी हो। सम्भवतः कुनै पुस्ताबाट अछुतो नहोला।' ल73मी खनाल 'अभी' बर्दियाः– 'गजल आँफैमा एउटा चोटिलो थोरै शब्दमा धेरै गहकिलो भाव व्यक्त गर्ने काव्यविधा हो।' लीलानाथ पौडेल असन्तोषी(पर्वत)ः–'मानवीय अनुभूतिको कलात्मक, लयात्मक, सरल र सङ्क्षिप्त प्रस्तुति।' लाली रामदान (बाग्लुङ)ः–'जिन्दगीलार्ई हेर्ने एउटा उज्यालो पाटो हो गजल।' सावित्रा पोख्रेल 'सुमी'(झापा)ः–'गजल आँखाको गाजल हो।' सदानन्द जैसी 'अभागी'(नवलपरासी)ः–'गजल हृदयको आकश हो।' सीता न्यौपाने अनुरागी (मकवानपुर)ः–'निश्चित संरचनाभित्रको गेयात्मक माधुर्य, र चमत्कारपूर्ण जादु नै हो गजल।' सुमित्रा राई (थुलुङ) संखुवासभाः–'गजलमै छ मैले बाँच्ने परिवेश जहाँ, परिवेश भित्र कुन कुन कुरा छैन र।' सुदिप लामिछाने (पर्वत)ः–'साहित्यको उत्कृष्ट विधा जहाँ जीवनका सातै रङ अट्छन्।' सनिता कार्की (पर्वत)ः–'मानिसको सुखदुःख,मिलन, विछोडका अन्तरआत्मादेखि निस्केका शब्दहरूको लयात्मक अभिव्यक्ति।' सुनिता राई( क्षितिज राई 'जलन'),(खोटाङ)ः– 'गजल अन्तरमनको प्रतिबिम्ब एबम् समाजिक परिवेश र मानवीय संवेदनाको उत्खनन गर्ने कडी हो।' सुन्दर कार्की 'रोदन' (रौतहट)ः–'भाव र दृष्टिकोणको कलात्मक सँगालो।' शोभासिंह ठकुरी(तनहुँ)ः–'विचार र अभिव्यक्तिकला।' हेमा कार्की कञ्चन बाग्लुङः–'अन्तरमनका अनुभूतिहरूको कलात्मक अभिव्यक्ति नै गजल हो।' एकराज घिमिरे' एकु घिमिरे' (धरान)ः–'यान्त्रिक जीवनमा मानवता भर्ने एकमात्र लोकप्रिय साहित्यिक विधा।' पुष्प अधिकारी 'अञ्जलि'( चितवन)ः–'हृदयभित्रको अलाप, सौन्दर्यको जलप, अभिव्यक्तिको मिश्रण।' लेखाराम सापकोटा (नवलपरासी)ः–'पुष्पसरलार्ई जिम्मा'। भ्ाानुभक्त सापकोटा 'अदृश्य प्रतिबिम्ब'(नवलपरासी) : –लयात्मक पारामा मनका अभिव्यक्तिहरू कलात्मक ढङ्गबाट प्रस्तुत गरिने साहित्यिक आकर्षक प्राविधिक विधा गजल हो।' रामशरण गजुरेल निशान (रसुवा)ः–'सकारात्मक र सुधारक।' प्रतिभा महतार 'अर्पण' (जाजरकोट)ः– 'सृङ्गारिक, बस्तुवादी, प्रगतीवादी र जीवनवादी विधा हो।' अमृतबहादुर पुन 'अञ्जान आँसु'(जाजरकोट)ः–'संरचनामा आधारित छोटो तर पूर्ण विषयबस्तु भएको गैयात्मक लयात्मक विधा हो।' प्रशासन कुमार पुन 'भाष्कर काजी'(कीर्तिपुर)ः–'थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिने उत्कृष्ट विधा।' कुमार धमला(सुनसरी)ः–'गजल जीवनको प्रतिबिम्ब हो।' सविता खाती 'अन्जान' (धनकुटा)ः–'युवापुस्ताले गजल अधिक मात्रामा लेखिरहँदा बाढी आयो भन्ने आरोप छ तर सङ्लोबनाउन पनि सजक र सचेत भएको पाउँछु म।' सुरेश रोकाय 'अभिलाषी'(दैलेख)ः–'गजल एउटा लयात्मक र सुरिलो विधा हो।' गणेश रोकाय 'स्मृति' (डोटी)ः–'एकदम राम्रो सीताराम आचार्य 'सागर' (काभ्रे)ः–'मेरो विचारमा मनको वेदना पोख्ने थलो।' परशुराम निरौला 'अन्जान यात्री' )मोरङः– 'जीवनजगत्का अनुभूतिलार्ई छताछुल्ल पारी, पोखिएको मन–मस्तिष्क छुने गेयात्मक विधा नै गजल हो।' इन्द्रसुर राई 'बेलटारे' (भोजपुर), इरान राई (भोजपुर), कमला घिमिरे 'आँसु' (इलाम), करुणा राइ(भोजपुर), कृष्णकुमारी शर्मा तनहुँ, गीता पुडासैनी (बेसीथोक), गणेशप्रसाद अधिकारी (फूलबारी), मकवानपुर, जूनतारा 'सङ्गम(स्याङ्जा), लोकहरि पा48डे (स्याङ्जा), डिल्लीराम भ48डारी(स्याङ्जा), दीप बोहरा 'सुस्केरा) बझाङ्ग, तारा पराजुली 'ढाका' (मोरङ)्, तिला गौतम (सङ्खुवासभा), कृष्ण पहाडी (पाल्पा), निर्मला पौड्याल (झापा), प्रभा बर्तौला अश्रु चितवन, (कैलाली), केशवराज आमोदी चितौन, हेमन्ति जोशी (धनगढी), मिलन बन्जारा चितवन, मुना राई भोजपुर, बाबु त्रिपाठी, शँभु ज्ञावली, अधिकारी'असिम'(पर्वत),नारायणप्रसाद कँडेल चितवन, सीता खड्का 'साधक'(बा.ना.पा.१,रामरेखा), जि.सी. शिला 'चाना' (बाग्लुङ), सुरेन्द्र घिमिरे 'वादल'(स्याङ्जा), सिजन लामा 'सोइसाल' (इलाम), विष्णुबहादुर सिंह अर्घाखाँची, दीपनाथ आचार्य चितवन, घनश्याम थेवे (धरान), मधु पोख्रेल, आरती पोख्रेल (झपा), हीरा गजुरेल 'स्पन्दन 'आँसु', कपिलमणि शर्मा रेग्मी 'अज्ञात', सुजन अधिकारी( नवलपरासी), इन्द्रकुमार विकल्प(पर्वत), तीर्थमान श्रेष्ठ (तनहुँ) , समीता थापा'स्वप्निल नीरव'पाल्पा, कृष्णराज धमला 'अपूर्ण'(कालिकोट),ल73मण वि.सी.(दैलेख),गणेश शर्मा पौडेल (चितवन), सुरेशचन्द्र गिरी (नवलपरासी), देवराज ओली 'प्रतिक'(सल्यान),लुङमाहिम माइला (संखुवासभा), रामजी आचार्य(कास्की), निष्कर्ष माथि पोखिएका गहन अभिव्यक्तिहरूलाई पानाका पाना व्याख्या गर्न सकिन्छ। गहिरिएर हेर्दा हामी गजलकारहरूले अझै गजल के हो, कसरी लेखिन्छ, गजलको परिभाषा के हो आदिमा गजलको बारेमा गहन अध्ययन गर्नु आवश्यक छ भन्ने वोध गराएको छ माथिका प्रस्तुतिले। समकालीन नेपाली गजल २०६८ हरेक कुरामा विविधताले भरिएको छ। शास्त्रीय छन्द, बहर, लयको प्रस्तुतिमा पनि मिश्रण छ, गजलहरू गायत्मक छन्। गजलकारको उमेरको हिसावले हेर्दा पनि १५ बर्षका(नविनकुमार ऐर, वि.सं.२०५३, साल खुलेकाको हिसाबले) देखि इन्द्रलाlll श्रेष्ठ 'अद्वियि' (२००१) सरुभक्त(उमेर नखुलेको), गणेश शर्मा पौडेल(२००२), सदानन्द जैसी 'अभागी'(२००३) जस्ता ६५बर्र्ष नाधेका गजलकारहरूको पनि मिश्रण देखिन्छन्। संङ्क्षेपमा भन्नुपर्दा यो सङ्ग्रह विविधताले सृङ्गारिएको छ। १२९ जनाको .......... गजलहरू यस सङ्ग्रहभित्र समावेश गरिएका छन्। अधिकांश गजलहरू ५ शेरका छन्। यसको विषयमा टिप्पणी गर्न त्यति सजिलो छैन। गजलमा जीवन–जगतवोधगम्य देखि लिएर, मानव पीडा, राष्ट्रियता, रूवाई, भोगाई, संविधान निर्माण, हँसाई, प्रेमप्रणय, युगिन विकृति, विसंगति, व्यङ्ग्य प्रहार, राष्ट्रिय(अन्तराष्ट्रिय चित्रण, नेतृत्वको कुर्सीमोह(बर्तमान राजनैतिक अवस्था), भ्रष्टचार, महङ्गी, सामाजिक, आर्थिक, विविधै विविधताको एकीकृत प्रस्तुति हो यो गजलसङ्ग्रह। यो गजलभित्र के छ भन्नु भन्दा पनि, गजलमा के छैन भन्नु बेस होला। यसमा करिव ४० जिल्लहरूका गजलकारहरू सहभागी छन् भने यो सङ्ग्रह १५ बर्षे ठिटाठिटी देखि ६७ बर्ष सम्मका स्रष्टाको अभिव्यक्तिले भरिएको छ। अत उमेर अनुसार केही शेरहरू यहाँ प्रस्तुत गरेर हेरौं नवीनकुमार एैर (अन्जान प्रेमी), जन्म मिति २०५३/०१/०१, बैतडीका शेरहरू– देशका अमूल्य चिज लुटिदै छन् यहाँ सोझा जनताहरू कुटिदै छन् यहाँ मनका मेरो अभिलाषा हावासरी उडाइदियौ दोबाटोमा ल्याई आज तिम्ले साथ छुटाइदियौ प्रभा बर्तौला 'अश्रु', जन्म मिति २०४६/०३ /२६ हाल काठमा48डौका शेरहरूः–
दुई मुटुको प्रेम काफी, थर नसोध खुला आकाश धर्ति साथ, घर नसोध पृष्ठ१२७ जुनी जुनीसम्म पनि बाँची नै रहन्छ साइनो आत्मिक क्षणिक मेल होइन पृष्ठ१२८ विजयराज ज्ञावली, जन्म मिति २०३४।०२।२१ नवलपरासी आज फेरि एउटा बुद्ध चाहिएको छ देशमा आत्मै देखि अति शुद्ध चाहिएको छ देशमा पृष्ठ१४० सुस्तासँगै लुम्विनी दुख्ने होकि पीर लाग्छ मेरो सगरमाथा पनि झुक्ने हो कि पीर लाग्छ पृष्ठ१४१ तिला गौतम, जन्म मिति २०२८/०३/०५ सङ्खुवासभाका शेरहरूः– सिरुपाते खुकुरीको रवाफ कस्तो साथी अझै पनि जनतामाथि दवाव कस्तो साथी पृष्ठ१०६ अत्यास लाग्छ देश अन्तै कतै भाग्ने हो कि? मरिगा'को राजतन्त्रको भूत जाग्ने हो कि? पृष्ठ१०६ पुष्प अधिकारी 'अञ्जलि' जन्म मिति २०२३/०५/१२,चितवनका शेरहरू घाम बेचेर सपना किन्नेहरूको थाहा छ उसको नाम र थर हुँदैन पृष्ठ २६१ रातभरि सँगै बस्न बोलाएको थिएँ आँखाको त्यो सपनि भागेर गयो पृष्ठ २६१ सदानन्द जैसी 'अभागी', जन्म मिति २००३/०४/०१ नवलपरासीका शेरहरू गोहीरूपी अश्रुधारा जति बगाऊ ताल हुन्न सङ्गत होस् सत्गुणीको त्यहाँ कुनै बवाल हुन्न पृष्ठ२०९ सफलता सवलता प्रकाश छर्छ ज्योति बल्दा आत्मज्योति बलेपछि त्यहाँ कुनै पर्खाल हुन्न पृष्ठ२०९ इन्द्रलाल श्रेष्ठ 'अद्वितीय', जन्म मिति २००१ भाद्र १५ गते (उमेर खुलेकोमा जेष्ठ गजलकार) तछाडमैछाड अतीतको अहङ्कार भूमरीमा आजै बिर्सिएर देश विकासको पाना हेर पृष्ठ१७ इन्द्र भन्छ राष्ट्र बनोस् पछि हामी बन्छौ देशैलाई प्रकाश दिने माटोको पाला बन्छ पृष्ठ१७ सरूभक्त, पूर्ब प्रज्ञा(उमेर नखुलेको) का शेरहरू ऊ हेर! घुम्ने मेचमाथीका अन्धाहरू जो आए पनि मोह माला उही छ
पिउनेहरूलाई सोध पीडाको कहानी के फेरियो र गाउँमा ठाला उही छ पृष्ठ ३७ कल्पना गौतम 'कल्प'ु, इलाम साल नखुलेको शेरहरू कति गर्छौ सत्तामोह खिचातानी छोड नेता ईर्ष्यालु र झगडालु तिम्रो वानी छाड नेता पृष्ठ ३५ माथीका गजल शेरहरूबाट प्रष्ट थाहा हुन्छ कि गजलको नयाँ र पुराना पुस्तामा,पूर्ब र पश्चिममा, उत्तर र दक्षिणमा देखिने अन्तर बस्तु अनि गजलको स्तर । गजल समकालीन घटना, देशकालको परिस्थिति अनुकुलनै गजलका प्रवाहहरू बगेको पाइन्छन्। यति धेरै गजलको विवेचना जति लेखे पनि नसकिने हुँदा विदा चाहान्छु। धन्यवाद
|
May 30, 2012
समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना
May 7, 2012
यात्रा स्वदेश र विदेशको उपलब्धी प्रविधि र साहित्यको
| यात्रा स्वदेश र विदेशको उपलब्धी प्रविधि र साहित्यको सदानन्द अभागी जीवनमा भोगेका र गरेका कामको लेखाजोखा नगर्ने र नराख्ने बानिले गर्दा आज मलाई कता कता सर्बस्व नै गुमाए जस्तो भान भएको छ। २०२७ साल मुङ्सीर महिनाको ३० गतेदेखि सरकारी सेवामा प्रवेश गरी सरकारी सेवामा कार्यरत रहेर कृषि विभाग अन्तरगतका विभिन्न जिल्लामा काम गर्दा धेरै अविस्मरणीय घटनाहरू घटे, धेरै किसिमका ज्ञानहरू पढेका भन्दा परेकाले जीवनलाई सार्थक बनायो। तर आज ती उपलब्धीहरूको विवरण सिलसिलेबाररूपमा राख्न नसक्दा दाँतमा ढुङ्गालागेको जस्तो महसुस भएको छ र जीवनका दैनिक विवरणको डायरी बनाएर राख्नु पर्दो रहेछ भन्ने ज्ञान बल्ल अब बत्ती निभ्नेबेलामामात्र थाहा लोगेको छ। जेहोस् जीवनमा के गर्नु पर्दो रहेछ, के गर्नु पर्दो रहेनछ कहाँ जानु पर्दो रहेछ, कहाँ जानु हुँदो रहेनछ र जहाँ गइन्छ त्यहाँ कस्ताकस्ता चिजले आफ्नो कामलाई असर पार्दा रहेछन् भन्ने अनगिन्ति घटाना घटेका थिए मेरो जीवनमा तर अहिले तिनलाई सम्झन त सक्छु तर कुन समयमा कहाँ भनी किटानी साथ लेख्न भने सक्दिन। अध्यनदेखि लिएर जागिरको दौरानमा यो देशका ६० ्जिल्लाको साथै भारत, इजिप्ट, थाइल्या48ड ,फिलिपिन्स, जापानसम्म पुग्ने सुअवसर प्राप्त भएको थियो। यी अवसरलाई मैले त्यहाँको अध्ययनलाई बहुमुखी बनाएर गाढा अध्ययनमा केही न केही त्यहाँको बारेमा संग्रहित गर्नृ सकेको भए आज सायद मेरो लेखनको उच्चाई धेरै माथि पुग्ने थियो जस्तो लाग्छ। जेहोस् केही उपलब्धी र केही अनुभूतिलाई यहाँ सङक्षिप्तरूपमा प्रस्तुतगर्न चाहन्छु। जागिर स्थाई भएर म वि.सं.२०३० को चैत्रमहिनामा पाल्पामा पुगे। त्यो श्रीनगरको सुन्दर डाँडाको काखमा अवस्थित तानशेन बजार र माडी फाँटको सुन्दरताले मेरो मनै लुटेजस्तो लाग्यो। म निकै रमाएर काम गर्न थाले।यो समयमा एउटा जीवन नै सानप्त हुनेजस्तो घटना घटेको लाई यो यात्रास्मरणमा प्राथमिकता दिन मन लाग्यो। जिल्लामा कामगर्दै जाँदा, मलाई हाकिमले निकै मनपराए र जहाँ जानुपरे पनि जानु हुन्छ भनेर सोधनी हुन थाल्यो। २०३१ साल भाद्र महिनातिर मलाई पाल्पाबाट अर्घाखाची जिल्लाको कृषि विकास कार्यालयमा अत्यान्तजरुरी कामको लागि कार्यालयले पठाएउने भयो। जान सक्नु हुन्छ भनेर कार्यालयले त नसोधो कहाँ हो र मै जुनसुकै काम पनि सक्दिन भन्न मनले मान्दैनथ्यो। सक्छु, जान्छु, भने। हातमा घडी थिएन। बाटोको ज्ञान पनि थिएन, तानसेन पाल्पाबाट करिव १२ बजेको समय हुँदोहो। कसैको भनाइ अर्घाखाँची जिल्लाको कुखुरेदेउराली निस्केर छिटो पुगिन्छ भन्ने कसैको भनाइ के थियो भनेे गुल्मी हुँदै जान लामो भए पनि सजिलो र राम्रो हुने कुराहरू निस्केका थिए तर आखिरमा कुखुरे देउराली निक्लनु नै छिटो हुने भन्ने निणर्य सहित मेरो पाल्पा देखि अर्घाखाँची जाने यात्रा तयभयो भैरवस्थान, बतासे डान्डाको सरसर हावालाई लिंदै छहराको अमलाको बृक्षमा थकाई मार्न पुगें। त्यो बृक्ष आज छ या छैन मलाई थाह छैन तर त्यतिवेला भने त्यो ठाउँलाई सायद त्यही अमलाको रुखको कारणले होला अमलाबास भनेर बोलाइन्थ्यो। म त्यहाँबाट दाहिने मोडिदै भुवनपोखरीबाट तलतिर राम्रो फाँटमा झरें। खेत रोपिएको थियो, त्यहाँ घरहरू पनि थिए तर खोतरोपि सकेपछि मानिस बस्दारहेनछन्। समयले नेटोकाट्ने वेला हुन आँटेको थियो। बाटो भने अब वनतिर प्रवेश गर्दै थियो। एक जना महिलाले घाँसको भारी बोक्दै थिइन् र मैले कुखुरे देउराली निक्लन कति समय लाग्छ र कताबाट जाने हो भन्ने जिज्ञाशा राखें। उनले भनिन्– 'थोकै छ ५ मिनेट', यहीबाटो नछाडी जानु, 'थोकै छ पुगिहालिन्छ '। म वनमा पसें र छिटो छिटो हिडन थाले रात पर्यो, जून उदाए, प्रकाश छरे केही राहत मिल्यो, अब कता जाने? बन बाक्लिदै गएको आभास मिल्थ्यो, वनमा खस्य्राकखुस्रुक गरेको आजाज सुनिन्थ्यो। वन कति छ भन्ने अन्दाज पनि थिएन, उपाए पनि केही थिएन, के गर्ने के नगर्ने, मनले बिचारो अव रुख चढेर रात कटाउने, राती निदलागे के गर्ने, बाघ बाट त बाँचुला तर भालूले त छाड्दैन आदि प्रश्न उठ्न थाले , रुख चढ्ने निधो गरेर रुख चढेपछि वन तः करिब करिब सकिन थालेको रहेछ वनको करिब आधाघन्टाको दूरीमा एउटा बत्ती बलेको देखियो। वनबाट बाहिरिनु नै जातीलाग्यो। रुखबाट ओर्लेर चाँडोचाँडो हिड्न थाले। वन सकेपछि गोठहरूमा गाईभैंसी बाँधेको दखेपछि ठूलो राहत मिल्यो, बत्तीबलेको ठाउँमा पुगियो। अन्तत बत्तीबलेको ठाउँ त गुल्मीको खर्जेङ्गबजार रहेछ। बजारमा जाँदा केवल त्यही बत्तीबलेको दोकानमात्र खुला रहेछ बासबस्न र खानपिन राम्रो पाइयो तर बाघ लाग्छ सतर्क भएर सुत्नु पर्दछ भन्ने कुरा सुने पछि बल्ल त्यो जङ्गलको यात्राको भयले मन कमायो। त्यो दिनदेखि बासको यकिन नभएको जग्गामा बेलुका हुनथाले पछि मेरो हिड्ने बानी छुट्यो। जागिरमा छँदा मैले साहित्यिक र कृषिलेखनलाई पनि उपयोगमा ल्याएको थिए। जागिरको समयको भ्रमणमा दिनभभरीको समय सरकारी कामको लागि उपयोग लगाए पनि रातको समयमा कृषिलेख लेखन र साहित्यिक लेखनमा मैले आफ्नो समयलाई लगाउँदा कथासङ्ग्रह, उपन्यास , ख48डकाव्य, महाकाव्य कृषि काव्यहरूको जन्म दिन सके। यो मेरो यात्राकै उपलब्धी हो जस्तो लाग्दछ। करिब ३ बर्ष पहिलाको कुरा हो, मलाई एउटा प्राङ्गारिकमल बनाउने कारखानाले कन्सल्टेन्टको रूपमा पूर्वाञ्चलका केह्ी जिल्लामा माटो र मलसम्बन्धि कामको लागि कृषकसँग अन्तरकृया गर्न भनि बोलायो। म पनि त्यतातिर जान पउँदा खुसी लाग्यो। यो खुसी इलाममा काम गर्नु जाँदाको थियो। इलामबाट समय निकालेर दार्जिलिङ्ग जाने बिचार पनि थियो तर कम्पनीको काम यति कस्सिएको थियोकि म दार्जिलिङ्ग त जान पाइन तर यो यात्रा मेरो लागि अति लाभदायक सिद्धभयोे। चियाखेतीमा कामगर्नु मेरो लागि नयाँ थियो र यसमा ज्ञान हाँसिल हुनेभयो अर्कोतिर इलामको सुन्दरताको अवलोकन गर्न पाउने अवसर पनि थियो। रासायनिक मल र विषादिले सत्तिएका कृषकलाई प्राङ्गारिकमल र जैविक विषादि प्रयोग गरेर खेती गर्ने ज्ञानप्रदान गर्न सके भने चियाउत्पादन गर्ने कृषकलाई मात्र नभएर राष्ट्रलाईनै सेवा पुग्ने निश्चित थियो। म इलामतिर लागें। इलामको प्राकृतिक सौन्दर्यले सजिएको सुन्दरतालाई नाङ्गो आँखाले हेर्न पाएँ। कन्याम चिया बगान देखि लिएर साना साना चियाबगानको अवलोकन भयो। चियाखेती गर्ने कृषकहरूसँग प्रत्यक्ष कुरागर्ने त ती कृषले चियापत्तीको मूल्य प्राप्तगर्न नसक्नुको कारणहरू पत्ता लाग्यो। बास्तबमा एकातिर चिया लगाउने कृषकको संख्या बढ्दोरूपमा थियो अर्कोतिर चिया कारखानाहरू चियापत्ती उत्पादनलाई खपत गर्ने संख्यामा थिएनन्। यसको कारणले गर्दा चियाको काँचो पत्तीको मूल्य गिर्दो रूपमा थियो र किसानले उत्पादनलागत पाउन नसके पछि किसान चिन्तित हुनु स्वभाविक थियो। मलाई लाग्यो देशलाई आर्थिकरूपमा अघिलाने हो भने कृषिप्रधान देशका कृषकले उत्पादनलागत कटाएर जीवन धान्न सक्ने खालको बजारमूल्य पाउनु पदर्छ। किसान कृषिमा नै आधारित भएर आफ्नो जीवन धान्न सक्नुपर्दछ। इलामाको भौगोलिक प्राकृतिक, सामाजिक सौन्दयर्तालाइ आठ ओटा 'अ'ले (अमृसो, आलु, अकबरे खुर्सानी, अलैची, ओलन, अदुवा, आइमाई, र आत्महत्या) चिनाउँछ भनिने कुरालाई मैले कवितामा उतारेको छु – "अमृसोले भरेको छ कान्ला आली सबै आलुबाली लहलह कमी हुन्थ्यो कबै अकबरे खुर्सानी त भिटामिनको खानी इलामको चियावगान आँखाको त नानी अलैचीले भरेको छ ओसिला ती पाखा लाली गुराँस सिङ्गारमाला सबका पर्ने आँखा ओलनको पौष्टिकता जीवनरस अमृत सुन्दर सुन्दर घर गोठ त्यसले पार्छ मोहित अदुवालाई औषधिमा रूपान्तरण गर्दा आइमाईका राता गाला जवानीले भर्दँा इलाम लाग्यो अति सुन्दर प्राकृतिकले गर्दा एउटै शब्द तीतो तीतो आत्महत्या बढ्दा बत्ति मुनी अँध्यारो त संसारमै हुन्छ इलामको सुन्दरताले सबको मन छुन्छ सवको मन छुन्छ इलामको भ्रमण गरेपछि मेरो यहाँको प्राकृतिक सौन्दर्यतालाई समेटेर इलामदेखि लिएर गोठालापानीसम्मको एउटा काल्पनिक कथा सिर्जना गरी यात्री उपन्यासको जन्म भयो । यो पनि मेरो यात्राको एउटा ठूले उपलब्धी हो जस्तो लाग्दछ। म कृषि विभागमा कामगर्दा पञ्जाबमा पढ्ने अवसर पाएँ, यो अवसर मेरो लागि ठूलो उपलब्धीको थियो। पञ्जाबको बसाई र त्यहाको समाजले गरेको कामले, पञ्जावको विकास त्यहाँका वैज्ञानिकको काममा खटाईले जनताको पसिना बगाइलेमात्र पञ्जाव अघि बढेको जानेर पनि मेरो जीवनमा मेरो काम गर्नु पर्छ भन्ने धारणा त थियो नै ,त्यसलाई अझै दरविलो बनायो जसले गर्दा आज जागिरबाट बाहिरिंदा पनि कृषकसँग भेटघाटमा निरन्तरता र त्यो अवसरलाई उपभोग गर्दै साहित्य सिर्जनामा समर्पित गर्न सकेको छु। मेरा गजल परिकार र अभागीका मुक्तक दुई सङ्ग्रहहरू अर्घाखाँची जिल्लाका कृषकसँग रमाउँदा लेखिएका कृतिहरू हुन्। क्षेत्रीयकृषि तालिम केन्द्रम खैरैनीटारमा कार्यरत रहदा इजिप्टको यात्रा गर्ने मौका मिल्यो । यो यात्रा माटो सुधार गर्ने तालिमको लागि थियो। यहाँको संस्कृति यहाँका पिरामिडहरूको साथै माटो सुधारका विविध पक्षमा ज्ञान हाँसिल भयो। त्यहाँका जनता तथा सरकारले मरुभूमि हराभरा गर्ने योजनामा व्यस्त देख्दा तर हामी हराभरा भएको जमिनलाई संरक्षण र सम्बर्धन गर्न नसकेकेा देख्दा मलाई कताकता चिन्ता लाग्यो। त्यहाँ मलाई सुख्खा जमिनमा खेतीगर्ने प्रविधि तथा मरुभूमिलाई हरियाली पार्ने प्रविधिको ज्ञान भयो। यी विषयमा लेख लेल्ने र परेको समयमा सुझाव दिने काममा आफूलाई सहभागी गराउन सकेको छु। माटो व्यस्थापन निर्दशनालयमा कार्यरत रहँदा जापानको भ्रमण गर्ने मौका पाएँ। जापान जाँदा थाई जहाजबाट बैंकक हुँदै जाने मार्गको चयन गरियो। काठमा48डौबाट जहाजमा चढे पछि जहाजमा खानेकुराहरू र पेयपदार्थले राम्रो सत्कार गरिदो रहेछ। हुन त म इजिप्ट पनि गएको थिएँ र भारतीय वायुसेब, इजिप्ट वायुसेवा, तत्कालिन रोयल नेपाल एयरलाइन पनि चढेको थिएँ तर यहाँ त्यहाँ भन्दा विशेष प्रकारको जस्तो लाग्यो र संझे थाई विमानले थोरै समयमा गरेको प्रगति र थोरै समयमा कमाएको ख्यातीको नमुना हो यो जीतो लाग्यो। बैंकक जहाजग्राउ48डमा ओर्लेपछि ट्रान्जिटमा नेपालीको पासपोर्ट हेर्नेक्रममा बडोसंकाको दृष्टिले हेरिएको पाइयो। मनमा ठूलो ग्लानी भयो। मैले ठाडै भने जापान सरकारले बोलाएर जाँदै छु किन ढिलाइ भने पछि अघिजाने अनुमति मिल्यो। अब मैले जालमा चढेर थाइल्या48डबाट जापान जानु थियो जहाज छुट्नेबेला भएछ हतारमा पुगें र जहाजमा चढे। जापान हवाइ मैदानमा उत्रे पछि बाहिर मेरो नाम र मेरो देशके नाम लेखेर एक जना जापानी स्वागतको लागि पर्खि रहेकारहेछन्। मलाई देख्ने बित्तिकै, चिने जानेजस्तो गरी बोलाए। टेक्सीमा चढेर टुसुकुवा तालिम केन्द्रतिर लागियो। जापानमा टोकियो देख्ने इच्छ्या थियो त्यतिमात्र नभएर होकाइडो आवीहिरो, शिशिरोजस्ता शहरको अवलोकन भयो,माटो जाँच मल जाँचदेखि,मलखाद परीक्षणप्रदर्शनहरू हेर्ने र विविधपक्षमा क्षलफल गर्दा प्रविधिपक्षमा धेरै कुराहरू जानकारीमा आए। जापानमा जापानी भाषाप्रतिको अगाद्ध श्रधा, समयको सदुपयोग, काममा कर्तव्यनिष्ठ आदि धेरै धेरै कुरा सिक्न पर्ने महसुस भयो। जापानबाट मैले समयको सही सदुपयोग गरेमात्र व्याक्ति र देशको विकास हुन्छ भन्ने सन्देश बोकेर आएँ। त्यो सिकाइले मलाई माटो विज्ञान र साहित्यिक क्षेत्रमा कामगर्नलाई हौसाएको छ र मैलै आफ्नो समयलाई यही क्षेत्रमा समर्पण गरेको छु। यात्रा स्वदेश होस् या विदेशको उपलब्धीयुक्त नै रहे। जेहोस् जीवनयात्राका घटनाक्रमहरूका लेखाइले ठूलै ग्रन्थ बन्नसक्छ तर आज भने यत्तिमै विदा चाहान्छु। धन्यवाद
|