December 5, 2020

मुतकारिब दिवान नियाल्दा


परिचय
युसुफदिन मियाँ 'पाल्पालीको यो पाँचौं गजलसङ्ग्रह हो । यो पनि उहाँको बहरबद्ध गजल सङ्ग्रह हो ।  जति जति उमेरले नेटो काट्दैछ त्यति त्यति उहाँको कलम गजलमा सशक्त बन्दैछ । यो एउटा अनुकरणीय काम हो जस्तो लाग्छ मलाई । झट्ट हेर्दा उच्च तन गोरो बदन बेलीमा दृढता र सरलता  व्यवहारमा समनता, भएको एक सामाजिक साहित्यिक व्यक्तित्वमा धनी लाग्नु हुन्छ पाल्पालीजी । उहाँको जन्म पाल्पा, तानसेन वडानं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते पिता मरहूम अब्दुल गपूmर मियाँ र माता  मरहूम बिबीरन मियाँको सुपुत्रको रूपमा भएको थियो। पाल्पामा जन्म भए पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ ।
ूसम्मान
पाल्पालीजीले पल्लव स्रष्टा सम्मान र लक्ष्मीस्मृति एवम् नन्दकलास्मृति भाषा साहित्य तथा समाज सेवा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
गजलको संरचना –
आवरणा पृष्ठमा उटमा सवार भएको एक व्यक्तिको चित्रको साथै एक सुन्दरीले छरिएको कपाललाई समाउँदै दिवान किताप अध्ययन गरेको चित्र अङ्कित गरी सजाइएको छ भने पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १११ गजल्हरू समावेश गरिएका छन् । कृतिको आकार १२४ पृष्ठको छ । यो गजलसङ्ग्रह बहरे मुतकारिब मुसम्मन् सालिम् (पिङ्गल छन्द–भुजङ्गप्रयात) १२ अक्षरमा र  सूत्र यगण (।ऽऽ ह ४ फउलुन्    ह४ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ ।समर्पण  
यो कृति मरहुम जिकिरन मियामा तपसिलका गजलको एक शेर बाट समर्पणगरिएको छ –
 'तिमी यो दिलैमा पलाई रहेछौ,
हराएर के भो बसाई रहेछौ'
प्रकाशकीय
यो कृतिको प्रकाशन पल्लब साहित्य प्रतिष्ठान, नारायण गढ चितवनले गरेको र यसको प्रकाशकीय पल्लब साहित्य प्रतिष्ठानका संस्थापक सदस्य दीपेन्द्र कुमार जोशी 'निक'ले लेख्नुभएको छ । उहाँले यस कृतिको प्रकाशन गर्दै प्रकाशकीयमा पल्लव साहित्य प्रतिष्ठानको सानो चिनारी, यसले प्रतिष्ठानको मुख पत्रको रूपमा पल्लव साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको, विभिन्न स्रष्टाहरूका विशिष्ट कृतिहरू प्रकाशन गरेको र गर्ने क्रम जारी रहेको, युसुफ दिन पाल्पाली गजल क्षेत्रमा चिनाइ रहन नपर्ने नाम हो भन्ने धारणा राख्नु भएको छ ।
भूमिका
यस कृतिको भूमिका मुतकारिब दिवानमा बहरको प्रयोग शीर्षक दिएर गोर्खे साइँलो ्(ऋषिप्रसाद लामिछाने)ले लेख्नु भएको छ । भूमिकामा सर्बप्रथम आपूmद्वारा सिर्जित गजलको एक शेर पस्कनु भएको छ–
म जन्मे यहीं नै फुल्यो केश मेरो
छ माटो पियारो यही देश मेरो
्गोर्खे साइँलो ,धधध।उबििबधब। अयm।लउ( द्दण्ज्ञघ
यो आफ्नो एक शेर पछि  पुनः गोर्खेले युसुफदिन मियाँ पाल्पालीजीले मुतकारिब दिवान(२०७१) मा लेखिएको एक शेरलाई प्रस्तुत गर्नु भएको छ –
तिमी  मुस्कुरायौ गजल लेख्न लागे,
अचम्मै बसायौ गजल लेख्न लागें
युसुफदिन मिया पाल्पाली, मुतकारिब दिवान(२०७१)
गोर्खे साइँलोले चितवनको गजलको बारेमा पाल्पालीजीका कृतिका प्रकाशनका बारेमा लेख्दै पाल्पाली स्वयम् बहर(छन्दमा) मा निपूण भएको र उनका गजल बहरमा लेखिएका हुन्छन्, 'हरेक विषयमा अरूको अध्ययन गर्ने  र आफ्नै बैचारिकतामा उभिने अनि आफ्नै प्रचलित एवम् परम्परागत आफ्नो रहन सहन र बोली–चालीमा प्रयोग गरिने शब्द शैली नै बढी मन पराउने स्रष्टा हुन् ' भन्ने धारणा राखेका छन् ।
हुसैन खाँको गजलकार  र गजलकृतिप्रति विचार
समाजसेबी र साहित्य माली
दिवान मीठो रचे पाल्पाली
हुसैन खाँ
प्रेमप्रणयमा आधरित गजलहरू–
बहरे मुतकारिब मुसम्मन, सालिम (पिङ्गलछन्द–भुजङ्गप्रयात १२ अक्षरमा र सूत्र (यगण (।ऽऽह४ फउलुन् ह ४) रुक्न ४ मा आधारित रहेर लेखिएका पाल्पालीका अधिकांस गजलहरू प्रेममा आधारित छन् । उनले गजल मार्फत माया यस्तो चीज हो जस्लाई मानव जीवनबाट अलग्याउन सकिदैन, यसलाई पखालेर पखालिदैन भन्ने धारणा राख्दछन् । संसारमा अमरत्व राख्ने खालका कर्महरू, कहानी बनेर बसेका कर्महरू निकै थोरै छन । यसरी नै मानव जीवनको जवानी पनि थोरै दिन टिक्छ, त्यसो हुँदा प्राण छदै माया छर्नु पर्छ, यस धर्तीमा रहुन्जेल अजरअमर रहने कर्म गर्नु पछर्, भन्दछन् । जगतमा लिएर आएको कर्मलाई भोग्न पर्छ । जीवन तथा जगत मार्गमा अँधेरा दिन धेरै छन् र बिहानी कमै पाइन्छन् । जन्मेको ठाउँलाई छाडेर जाँदा खरानी थोरै छाडेर गइने जस्ता धारणा गजलमा पस्किएका छन् । उनको धारणा छ– 'मानिसले आफ्नो जीवनलाई आँफै विमारी पार्छ, माया  लुटाएर भिखारी बन्छ्, प्रेममा मुद्दा पर्न सक्छ, मुद्दा पर्दा बैरीलाई विचारी बनाउने कर्म गर्न हुन्न, आज्ञा पालक पियारी बनाउन पर्छ र प्रेमगर्दा  पीडाहरू आइलाग्दछन् यस्तो अवस्थामा पीडा बोध गर्न हुँदैन भन्ने ठान्छन् गजलकार । उनी अधेरो रातमा प्रेमिका उदाएको देख्न चाहान्छन् । प्रेमिका यस्ति हुन् दिलमा लागेको आगो निभाउन ुसकुन् र सुभ चिताउन सकुन् । दिललाई टुक्र्याउने, दर्द दिइरहने खालको प्रेम चाहादैनन् उनी । सबैखाले  प्रेमरूपी पीडाबाट मुक्त हुन चाहान्छन् गजलकार तर त्यसो नहुदा उनी निरास छन् र अनि ्यी पीडाबाट मुक्तिको लागि उनी भन्छन् –
सबै दुःख  पीडा यहाँ शान्त हुन्थे
जहर्को पियाला पिलाई दिएनौ
(गजल ३, पृष्ठ ३)
हुनत मृत्यु पछि पीडा दूर हुन्छ हुँदैन , त्यो चिज प्रमाणिक छैन, तर उनलाई यस्तो अनुभूति हुन्छ कि जीवन लीला समाप्त भए पछि सबै दुःख कष्ट समाप्त हुन्छन् । यदि कसैले आपूmले गरेको गल्ती स्वीकार्छ निश्चय पनि उस्ले भावनात्क रूपमा सजाएँ भोगी सकेको हुन्छ तर यहाँ  भने गल्ती स्वीकार गर्दा पनि सफाई नपाएको गुनासो गरिएको छ ।  
गजलकारका पीडा अनेक छन् । गजलका शेरहरू पनि अतिमार्मिक छन््–,दिल जल्छ तर धुवाँ देखिदैन ,हुन पनि हो वन डढेको सबैले देख्छन् तर मन डढेको कसैले देख्दैन । डहनलाई शाीतलता छर्ने काम बसन्ती हावाले गर्छ तर यहाँ त्यो पनि हुन सकेको छैन । बसन्ती हावाले रङ्ग छर्दा बरु कसै गरे पनि नमेटिने दाग बसेको भन्दै मार्मिके धारणा प्रस्तुत गरिएका छन् गजलमा –
स्वयम् देह त्यागे बढी पाप लाग्ने
यहाँ काल खोज्दा कतै भेटिएन
यो संसार यस्तै छ काल न खोजेर पाइन्छ न त मर्दिन भन्दा पनि बाँच्न सकिन्छ । मानव जीवनमा हारखान हुँदैन बरु प्रेमको बत्ती जलाएर प्रकाशमय बनाउनु पर्छ  र ,जिन्दगीको मजा चाख्नु पर्छ  । कालो रात नभएर सुनौला विहानी खोज्नु पर्छ । प्रगतिको पथ प्राप्त गर्नको लागि आफ्ना पाऊहरू बढाउनु पर्छ । मायालाई प्राप्त गर्नको लागि अवस्था, व्यवस्था, सुविस्ता, नियोक्ता, नियन्ता निक्षिप्ता मिल्नु पर्छ त्यसो भयो भनेमात्र हार खान पर्दैन, घात पाइँदैन र निर्धो पनि भइदैन ।
प्रेममा भर पर्दा दिलमा आगो लगाएर खरानी बन्न सक्छ । आखा जुधाएर नशामा डुवाएर  रोगी बनी थलाएर, दर्द बोकाएर, गोली खाएर नेटो काटेर जान पनि पर्ने हुन्छ । माया लुटाएमा वितरा पनि पर्न सकिन्छ । कसैले पत्याए सितारा पनि बन्न सकिन्छ  । नयाँ जिन्दगीको मिनार उठाउनकोे लागि इरादा र इच्छा हुनु पर्छ ।  माया बगाएर, भलो काम गरेर, सबैको पियारो भएर दुई चार दिनको जवानी बाट विचारा हुने हो । कसैले हजुरको मान्छे भनेर , कहसैले पुरानो कहानी सुनाएर, बाल्यकालका बाचा सुनाएर घाउ ताजा बनाएर, माया छ भनेर  सताए तर नचिन्दा तथा नभेट्दा माया टाढा हुँदो रहेछ माया जुटाउनको लागि  समेटिएर जानु पर्ने रहेछ ।  
प्रेममा दया र माया लाग्नु, धर्मका काम देख्दा गाउँ नै गया लाग्नु, भोकमा खाना पाउँदा बया लाग्नु, पूmल यता झार्दा बहाना नया लाग्नु  र देवले झै लड्दा उठाउँदा राम्रो काम गरेको देख्दा जया लाग्न लागेको धारणा आएको  छ गजलमा । प्रेमको कहानी पढ्दा किताव हराउन सक्छ, गरेको प्यारको हिसाब, गरिब तथा साना तिनाको निसाब, कसैको दिलबाट झर्दा  रवाब,, कसैले कसैको  कुरा सुन्दैन भने, जवाफ नै हराउँछ भन्ने धारणा आएको  छ गजलमा   ।
पाल्पालीका गजल प्राय नै प्रेममा आधारित छन् ।  प्रेममा पनि यिनले विविधता अपनाएका छन्  । प्रेममा समनता हुन्छ यसमा कोही ठूलो कोही सानो  हुँदैन भन्छन् –
बिना प्यार मान्छे कहाँ ज्यून सक्छ
भिखारी र मान्छे सबै  ताक्छ माया
गजल ६७ पृष्ठ ६७

नछुट्ने नशा के दिलायौ तिमीले
नजर्ले नजर्मा  पिलायौ तिमीले
गजल २७, पृष्ठ  २७
निशाना नलाग्ने सिकारी बनायौ
सधैं प्यार माग्ने भिखारी बनायौ
गजल ५८, पृष्ठ ५८
उही दैवले नै दियो जन्मकर्म
जगतमा उसैले पठायो मलाई्
गजल ९३ पृष्ठ ९३
प्रेममा के हुँदैन सबै चीज हुन्छ भन्ने् धारणालाई माथिका शेरबाट तथा उनका गजलका केही गजलका भावाधारबाट प्रष्टिन्छ । उनका गजलको मुख्य मुटु भनेको प्रेममा विविधता नै हो । तर समसामयिकताले सताएको, देश काल परिस्थिति, जीवन जगत, मानवीय प्रवृति, डर, त्रास आदिमा पनि गजलकारले आफ्ना  धारणा पस्केका छन् ।उनका गजलबाट समधर्म, समरीति, मानवता र मानवीय क्रियाकलाप तथा मानवीय प्रवृत्तिलाई केलाउने  धारणा उनमा छ भन्ने जानकारी गराउँछ । उनका गजलमा प्रेम दर्शनमात्र नभएर जीवनदर्शन पनि छ । भाषागतरूपमा पनि सरलता पाइन्छ  । गजलहरू  लयात्मक र गेयात्मक छन् । यो सर्ब विदित कुरा हो कि पूर्णता भन्ने  कुरा कसैमा हुँदैन । यहाँ पनि भाषागत काफियागत केही विचलन देखिन्छन्  ।   लेख्दै जानेक्रममा तथा प्रयासरत रहेमा परिष्कार पनि हुँदै जान्छन्  । जेहोस् प्रयास नै परिष्कारको जननी हो । पाल्पालीजी प्रयासरत हुनुहुन्छ , सफलताको सोपान चढिरहनु भएको  छ  । सफल गजलकारमा आपूmलाई समावेश गराइ सक्नु भएको छ । जीवनको उत्तरार्धमा कलम अझै सवल र सकृय रहोस् भन्दै विदा चाहन्छु  ।
धन्यवाद
२०७२  साल भाद्र  ७ गते, कावासोती  शान्तिचोक नवलपरासी ,

मुतकारिब दिवान नियाल्दा


परिचय
युसुफदिन मियाँ 'पाल्पालीको यो पाँचौं गजलसङ्ग्रह हो । यो पनि उहाँको बहरबद्ध गजल सङ्ग्रह हो ।  जति जति उमेरले नेटो काट्दैछ त्यति त्यति उहाँको कलम गजलमा सशक्त बन्दैछ । यो एउटा अनुकरणीय काम हो जस्तो लाग्छ मलाई । झट्ट हेर्दा उच्च तन गोरो बदन बेलीमा दृढता र सरलता  व्यवहारमा समनता, भएको एक सामाजिक साहित्यिक व्यक्तित्वमा धनी लाग्नु हुन्छ पाल्पालीजी । उहाँको जन्म पाल्पा, तानसेन वडानं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते पिता मरहूम अब्दुल गपूmर मियाँ र माता  मरहूम बिबीरन मियाँको सुपुत्रको रूपमा भएको थियो। पाल्पामा जन्म भए पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ ।
ूसम्मान
पाल्पालीजीले पल्लव स्रष्टा सम्मान र लक्ष्मीस्मृति एवम् नन्दकलास्मृति भाषा साहित्य तथा समाज सेवा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
गजलको संरचना –
आवरणा पृष्ठमा उटमा सवार भएको एक व्यक्तिको चित्रको साथै एक सुन्दरीले छरिएको कपाललाई समाउँदै दिवान किताप अध्ययन गरेको चित्र अङ्कित गरी सजाइएको छ भने पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १११ गजल्हरू समावेश गरिएका छन् । कृतिको आकार १२४ पृष्ठको छ । यो गजलसङ्ग्रह बहरे मुतकारिब मुसम्मन् सालिम् (पिङ्गल छन्द–भुजङ्गप्रयात) १२ अक्षरमा र  सूत्र यगण (।ऽऽ ह ४ फउलुन्    ह४ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ ।समर्पण  
यो कृति मरहुम जिकिरन मियामा तपसिलका गजलको एक शेर बाट समर्पणगरिएको छ –
 'तिमी यो दिलैमा पलाई रहेछौ,
हराएर के भो बसाई रहेछौ'
प्रकाशकीय
यो कृतिको प्रकाशन पल्लब साहित्य प्रतिष्ठान, नारायण गढ चितवनले गरेको र यसको प्रकाशकीय पल्लब साहित्य प्रतिष्ठानका संस्थापक सदस्य दीपेन्द्र कुमार जोशी 'निक'ले लेख्नुभएको छ । उहाँले यस कृतिको प्रकाशन गर्दै प्रकाशकीयमा पल्लव साहित्य प्रतिष्ठानको सानो चिनारी, यसले प्रतिष्ठानको मुख पत्रको रूपमा पल्लव साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको, विभिन्न स्रष्टाहरूका विशिष्ट कृतिहरू प्रकाशन गरेको र गर्ने क्रम जारी रहेको, युसुफ दिन पाल्पाली गजल क्षेत्रमा चिनाइ रहन नपर्ने नाम हो भन्ने धारणा राख्नु भएको छ ।
भूमिका
यस कृतिको भूमिका मुतकारिब दिवानमा बहरको प्रयोग शीर्षक दिएर गोर्खे साइँलो ्(ऋषिप्रसाद लामिछाने)ले लेख्नु भएको छ । भूमिकामा सर्बप्रथम आपूmद्वारा सिर्जित गजलको एक शेर पस्कनु भएको छ–
म जन्मे यहीं नै फुल्यो केश मेरो
छ माटो पियारो यही देश मेरो
्गोर्खे साइँलो ,धधध।उबििबधब। अयm।लउ( द्दण्ज्ञघ
यो आफ्नो एक शेर पछि  पुनः गोर्खेले युसुफदिन मियाँ पाल्पालीजीले मुतकारिब दिवान(२०७१) मा लेखिएको एक शेरलाई प्रस्तुत गर्नु भएको छ –
तिमी  मुस्कुरायौ गजल लेख्न लागे,
अचम्मै बसायौ गजल लेख्न लागें
युसुफदिन मिया पाल्पाली, मुतकारिब दिवान(२०७१)
गोर्खे साइँलोले चितवनको गजलको बारेमा पाल्पालीजीका कृतिका प्रकाशनका बारेमा लेख्दै पाल्पाली स्वयम् बहर(छन्दमा) मा निपूण भएको र उनका गजल बहरमा लेखिएका हुन्छन्, 'हरेक विषयमा अरूको अध्ययन गर्ने  र आफ्नै बैचारिकतामा उभिने अनि आफ्नै प्रचलित एवम् परम्परागत आफ्नो रहन सहन र बोली–चालीमा प्रयोग गरिने शब्द शैली नै बढी मन पराउने स्रष्टा हुन् ' भन्ने धारणा राखेका छन् ।
हुसैन खाँको गजलकार  र गजलकृतिप्रति विचार
समाजसेबी र साहित्य माली
दिवान मीठो रचे पाल्पाली
हुसैन खाँ
प्रेमप्रणयमा आधरित गजलहरू–
बहरे मुतकारिब मुसम्मन, सालिम (पिङ्गलछन्द–भुजङ्गप्रयात १२ अक्षरमा र सूत्र (यगण (।ऽऽह४ फउलुन् ह ४) रुक्न ४ मा आधारित रहेर लेखिएका पाल्पालीका अधिकांस गजलहरू प्रेममा आधारित छन् । उनले गजल मार्फत माया यस्तो चीज हो जस्लाई मानव जीवनबाट अलग्याउन सकिदैन, यसलाई पखालेर पखालिदैन भन्ने धारणा राख्दछन् । संसारमा अमरत्व राख्ने खालका कर्महरू, कहानी बनेर बसेका कर्महरू निकै थोरै छन । यसरी नै मानव जीवनको जवानी पनि थोरै दिन टिक्छ, त्यसो हुँदा प्राण छदै माया छर्नु पर्छ, यस धर्तीमा रहुन्जेल अजरअमर रहने कर्म गर्नु पछर्, भन्दछन् । जगतमा लिएर आएको कर्मलाई भोग्न पर्छ । जीवन तथा जगत मार्गमा अँधेरा दिन धेरै छन् र बिहानी कमै पाइन्छन् । जन्मेको ठाउँलाई छाडेर जाँदा खरानी थोरै छाडेर गइने जस्ता धारणा गजलमा पस्किएका छन् । उनको धारणा छ– 'मानिसले आफ्नो जीवनलाई आँफै विमारी पार्छ, माया  लुटाएर भिखारी बन्छ्, प्रेममा मुद्दा पर्न सक्छ, मुद्दा पर्दा बैरीलाई विचारी बनाउने कर्म गर्न हुन्न, आज्ञा पालक पियारी बनाउन पर्छ र प्रेमगर्दा  पीडाहरू आइलाग्दछन् यस्तो अवस्थामा पीडा बोध गर्न हुँदैन भन्ने ठान्छन् गजलकार । उनी अधेरो रातमा प्रेमिका उदाएको देख्न चाहान्छन् । प्रेमिका यस्ति हुन् दिलमा लागेको आगो निभाउन ुसकुन् र सुभ चिताउन सकुन् । दिललाई टुक्र्याउने, दर्द दिइरहने खालको प्रेम चाहादैनन् उनी । सबैखाले  प्रेमरूपी पीडाबाट मुक्त हुन चाहान्छन् गजलकार तर त्यसो नहुदा उनी निरास छन् र अनि ्यी पीडाबाट मुक्तिको लागि उनी भन्छन् –
सबै दुःख  पीडा यहाँ शान्त हुन्थे
जहर्को पियाला पिलाई दिएनौ
(गजल ३, पृष्ठ ३)
हुनत मृत्यु पछि पीडा दूर हुन्छ हुँदैन , त्यो चिज प्रमाणिक छैन, तर उनलाई यस्तो अनुभूति हुन्छ कि जीवन लीला समाप्त भए पछि सबै दुःख कष्ट समाप्त हुन्छन् । यदि कसैले आपूmले गरेको गल्ती स्वीकार्छ निश्चय पनि उस्ले भावनात्क रूपमा सजाएँ भोगी सकेको हुन्छ तर यहाँ  भने गल्ती स्वीकार गर्दा पनि सफाई नपाएको गुनासो गरिएको छ ।  
गजलकारका पीडा अनेक छन् । गजलका शेरहरू पनि अतिमार्मिक छन््–,दिल जल्छ तर धुवाँ देखिदैन ,हुन पनि हो वन डढेको सबैले देख्छन् तर मन डढेको कसैले देख्दैन । डहनलाई शाीतलता छर्ने काम बसन्ती हावाले गर्छ तर यहाँ त्यो पनि हुन सकेको छैन । बसन्ती हावाले रङ्ग छर्दा बरु कसै गरे पनि नमेटिने दाग बसेको भन्दै मार्मिके धारणा प्रस्तुत गरिएका छन् गजलमा –
स्वयम् देह त्यागे बढी पाप लाग्ने
यहाँ काल खोज्दा कतै भेटिएन
यो संसार यस्तै छ काल न खोजेर पाइन्छ न त मर्दिन भन्दा पनि बाँच्न सकिन्छ । मानव जीवनमा हारखान हुँदैन बरु प्रेमको बत्ती जलाएर प्रकाशमय बनाउनु पर्छ  र ,जिन्दगीको मजा चाख्नु पर्छ  । कालो रात नभएर सुनौला विहानी खोज्नु पर्छ । प्रगतिको पथ प्राप्त गर्नको लागि आफ्ना पाऊहरू बढाउनु पर्छ । मायालाई प्राप्त गर्नको लागि अवस्था, व्यवस्था, सुविस्ता, नियोक्ता, नियन्ता निक्षिप्ता मिल्नु पर्छ त्यसो भयो भनेमात्र हार खान पर्दैन, घात पाइँदैन र निर्धो पनि भइदैन ।
प्रेममा भर पर्दा दिलमा आगो लगाएर खरानी बन्न सक्छ । आखा जुधाएर नशामा डुवाएर  रोगी बनी थलाएर, दर्द बोकाएर, गोली खाएर नेटो काटेर जान पनि पर्ने हुन्छ । माया लुटाएमा वितरा पनि पर्न सकिन्छ । कसैले पत्याए सितारा पनि बन्न सकिन्छ  । नयाँ जिन्दगीको मिनार उठाउनकोे लागि इरादा र इच्छा हुनु पर्छ ।  माया बगाएर, भलो काम गरेर, सबैको पियारो भएर दुई चार दिनको जवानी बाट विचारा हुने हो । कसैले हजुरको मान्छे भनेर , कहसैले पुरानो कहानी सुनाएर, बाल्यकालका बाचा सुनाएर घाउ ताजा बनाएर, माया छ भनेर  सताए तर नचिन्दा तथा नभेट्दा माया टाढा हुँदो रहेछ माया जुटाउनको लागि  समेटिएर जानु पर्ने रहेछ ।  
प्रेममा दया र माया लाग्नु, धर्मका काम देख्दा गाउँ नै गया लाग्नु, भोकमा खाना पाउँदा बया लाग्नु, पूmल यता झार्दा बहाना नया लाग्नु  र देवले झै लड्दा उठाउँदा राम्रो काम गरेको देख्दा जया लाग्न लागेको धारणा आएको  छ गजलमा । प्रेमको कहानी पढ्दा किताव हराउन सक्छ, गरेको प्यारको हिसाब, गरिब तथा साना तिनाको निसाब, कसैको दिलबाट झर्दा  रवाब,, कसैले कसैको  कुरा सुन्दैन भने, जवाफ नै हराउँछ भन्ने धारणा आएको  छ गजलमा   ।
पाल्पालीका गजल प्राय नै प्रेममा आधारित छन् ।  प्रेममा पनि यिनले विविधता अपनाएका छन्  । प्रेममा समनता हुन्छ यसमा कोही ठूलो कोही सानो  हुँदैन भन्छन् –
बिना प्यार मान्छे कहाँ ज्यून सक्छ
भिखारी र मान्छे सबै  ताक्छ माया
गजल ६७ पृष्ठ ६७

नछुट्ने नशा के दिलायौ तिमीले
नजर्ले नजर्मा  पिलायौ तिमीले
गजल २७, पृष्ठ  २७
निशाना नलाग्ने सिकारी बनायौ
सधैं प्यार माग्ने भिखारी बनायौ
गजल ५८, पृष्ठ ५८
उही दैवले नै दियो जन्मकर्म
जगतमा उसैले पठायो मलाई्
गजल ९३ पृष्ठ ९३
प्रेममा के हुँदैन सबै चीज हुन्छ भन्ने् धारणालाई माथिका शेरबाट तथा उनका गजलका केही गजलका भावाधारबाट प्रष्टिन्छ । उनका गजलको मुख्य मुटु भनेको प्रेममा विविधता नै हो । तर समसामयिकताले सताएको, देश काल परिस्थिति, जीवन जगत, मानवीय प्रवृति, डर, त्रास आदिमा पनि गजलकारले आफ्ना  धारणा पस्केका छन् ।उनका गजलबाट समधर्म, समरीति, मानवता र मानवीय क्रियाकलाप तथा मानवीय प्रवृत्तिलाई केलाउने  धारणा उनमा छ भन्ने जानकारी गराउँछ । उनका गजलमा प्रेम दर्शनमात्र नभएर जीवनदर्शन पनि छ । भाषागतरूपमा पनि सरलता पाइन्छ  । गजलहरू  लयात्मक र गेयात्मक छन् । यो सर्ब विदित कुरा हो कि पूर्णता भन्ने  कुरा कसैमा हुँदैन । यहाँ पनि भाषागत काफियागत केही विचलन देखिन्छन्  ।   लेख्दै जानेक्रममा तथा प्रयासरत रहेमा परिष्कार पनि हुँदै जान्छन्  । जेहोस् प्रयास नै परिष्कारको जननी हो । पाल्पालीजी प्रयासरत हुनुहुन्छ , सफलताको सोपान चढिरहनु भएको  छ  । सफल गजलकारमा आपूmलाई समावेश गराइ सक्नु भएको छ । जीवनको उत्तरार्धमा कलम अझै सवल र सकृय रहोस् भन्दै विदा चाहन्छु  ।
धन्यवाद
२०७२  साल भाद्र  ७ गते, कावासोती  शान्तिचोक नवलपरासी ,

रोशनी नियाल्दा


परिचय
रोशनी युसुफदिन मियाँ 'पाल्पालीको यो चौथो गजलसङ्ग्रह हो । पाल्पालीजीले बहरमा गजल लेख्न रुचाउनु हुन्छ । पाल्पालीजीको जीवनको उत्तरार्ध समयको यो एउटा अनुकरणीय काम हो । उर्हाँ उच्च कद गोरो बदन बेलीमा दृढता र सरलता व्यवहारमा समनता, सौहार्दपूर्ण व्यवहार सामाजिक काममा समर्पित साहित्यिक व्यक्तित्वमा धनी लाग्नु हुन्छ । उहाँको जन्मको विवरण, कृतिहरूको विवरण, विभिन्न  साहित्यिक तथा सामाजिक संघ संस्थामा आवद्धता, मानपदवी विवरण सबै प्रथम गजल कृतिमा समावेश गरिएको छ । यहाँ हामीले रोशनीभित्रका भावनालाई केलाउने प्रयास गरिने छ । पाल्पालीजीका शास्त्रीय सूत्रमा आधारित बहरबद्ध गजलसङ्ग्रहरूको आफ्नै विशेषता छ । यी गजलसङ्गहरूले गजल सागरमा राम्रैसँग पौडी खेलिरहेका छन् । प्रेममा आधारित यी गजलसङ्ग्रहले गुलाब पूmललाई  हेरी रहेका छन्, बसन्त डाकिरहेका छन् । बहरमा गुनगुनाई रहेका छन् र बहरबद्धमा लेखिएका गजलहरूको संख्यामा बृद्धिगर्न सफल देखिन्छन् । बहरमा गजल लेख्ने विद्यार्थीको लागि यी गजलसङ्ग्रहले एउटा गुरुको महत्वपूर्ण स्थान ओगटेका छन् ।
रोशनीको आवरण पृष्ठबाटै गजलकृतिले प्रकाश छर्छ भन्ने सन्देश दिएको छ । कालो आवरणमा एउटा ताराले प्रकाश छरिरहेको छ । पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १२० गजलहरू समावेश गरिएका छन् । कृतिको आकार १४२ पृष्ठको छ । यो कृतिको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानले गरेको छ । यसको मूल्य रु १५१÷– राखिएको छ । यस कृतिलाई पाल्पालीजीले स्वर्गीय ससुरा हवि उल्लाह मियाँमा तपसिलर्को एक शेर गजल सहित समर्पण गर्नु भएको छ–
सुवास नउड्ने रहेको छ तिम्रो
 सधैभरी खाँचो परेको छ तिम्रो
प्रकाशकीय
प्रकाशकीयमा हुँसैन खाँले गजलको आजको माहौलमा यस कृतिका कृतिकारप्रति लेख्नु भएको छ–'त्यस हजारौ हजार भिडहरूलाई छिचोल्दै आपूmलाई सिद्धहस्त गजलकारको रूपमा अगाडि उभ्याउनु सफल एक नेपाली गजलकार हुन्  युसुफदिन मियाँ पाल्पाली । हुसैन खाँजीको यो अभिव्यक्तिलाई विश्लेषण गर्दा र युसुफदिन मियाँ पाल्पालीजीको गुणस्तरीय गजल कृति प्रकाशनमा देखिएको निरन्तरता एवम् समर्पितले गर्दा गजलकार पाल्पाली एउटा सफल गजलकार हुन् भन्न सकिन्छ ।
भूमिका
यस कृतिको भूमिका लेखन क्षितिजमा रोशनी छर्न खोज्दा शीर्षक दिएर गोर्खे साइँलो ्(ऋषिप्रसाद लामिछाने) लेख्नु भएको छ – भूमिका लेखनमा गोर्खेले युसुफदिन मियाँ पाल्पालीको बारेमा लेख्नु हुन्छ – 'यो प्रस्तुत कृति ( गीतिलयमा आधारित) रोशनी गजलसङ्ग्रह (२०६९) प्रकाशन गर्ने जमर्को गरेर नेपाली साहित्यका अनुयायीहरूलाई ठूलो गुन लगाउनु भएको हो भन्ने कुरा मैले अनुभव गरेको छु' ।्
त्रिवेणी साहित्य परिषदका अध्यक्ष प्रा डा. नारायण प्रसाद खनालजीले ले्ख्नुहुन्छ––'पाल्पादेखि चितवनसम्मका डाँडा पाखा पखेरा र फाँट  अब पाल्पालीका गजलले  गुञ्जायमान भै रहेकाछन् । यो अत्यान्त खुसीको कुरा हो' ।
गजलकारको अभिव्यक्ति
युसुफदिन मियाँ पाल्पालीले मैले लेख्नै पर्ने कुराहरू शीर्षक दिएर यस कृतिबारे लेख्नुहुन्छ–'यो जीन्दगी गजबको रैछ, नशा पनि गजबको रैछ । गीत गजल लेख्ने नशा आजीवनजस्तो भै सकेको छ' । पाल्पालीजीको यो अभिव्यक्ति सत्य सावित भएको छ । २०६६ साल बाट उहाँका कृतिहरू तीब्र गतिमा अगाडि बढीरहेका छन् ।
कृतिभित्र प्रवेश गर्दा –  अधिकांस गजल शृङ्गार रसले भरिपूर्ण रहेका पाल्पालीजीका गजलले प्रणय सागरमा जति प्रवेश गरे पनि तृप्त भइदैन । समुद्रमा नदीहरू आएर भरिएसरि विविधताका प्रणयनदीहरूले भरिएको छ रोशनी । हरेक गजलहरूका शेरहरूमा कतै समभाव तथा कतै विविध भावले भरिएका छन् । यहाँ अध्ययन पहिलो गजलको शेरबाट थालनी ग¥यौं –
'बेपार बेकार भो रोशनी बिनाले,
 ठूलो अत्याचार भो रोशनी बिनाले' ।
 कुनै पनि चिजमा ज्ञानरूपी प्रकाश विना सही मूल्याङ्कन गर्न सकिदैन । ज्ञान बिनाको सबै मार्गले सफलता हाँसिल गर्न त्यति सजिलो हुँदैन । ज्ञानरूपी रोशनीको सबैलाई आवश्यक्ता छ । यहाँ गजलकारले ज्ञानरूपी रोशनीको अभावले गर्दा व्यपारमा घाटा खानु अत्याचार भएको पाउनु, झार र सञ्जीवनी नचिन्दा सञ्जीवनी उखेलिनु, रोशनीको अभावले बिमारीलाई रोक्न नसक्नु, शंकरजीलाई गणेशले रोके, बास्तवमा ज्ञान भएको भए गणेशले शंकरजीलाई रोक्नु  हुँदैनथ्यो   । यस अवस्थामा सोच्दा पूmल पनि झार सरह भयो । माया गर्छु भन्नेले ताडना थुपारी दिंदा जीवनबाट पार हुन सकिएन ा अर्थात  अपार भो पार हुन सकिएन भन्ने विविध धारणाले सजिएको  छ गजल – १ । गजल भनेको यस्तो विधा हो जस्मा एक शेरले नै पूर्णता दिन्छ । त्यसो हुँदा एउटा गजलले समभाव तथा विविध भाव प्रकट गर्न सक्छ । यहाँ गजलकारले समभावका तथा विविध भाव भएका गजलहरू समावेश गरेका छन् ।
प्रेम–प्रणय र गजल कृति
गजलकारले यस गजल कृतिमा प्रेम–प्रणय सम्बन्धमा विविध पक्षमा प्रकााश छरेका छन् । विविध खाले धारणा पोखेका छन् । प्रेममा धोका पनि पाइन्छ । बचन पनि दिइन्छ, डहन पनि पाउन सकिन्छ, प्रेममा हाँस्नु मात्रै कहाँ ्हुन्छ र आँँसुका बलेनी पनि चल्छन्, माया गर्दा सुनामी पनि आउन सक्छ  । कहिले काहीँ मायाका खजना पनि लुटिन्छन्् । सँगै बस्ने चाहना राखिएको, भोकाएको बेलामा पिरतीरूपी दाम दिएर जाने आग्रह गरिएका उद्गारहरू पोखिएका छन् गजलमा । गजलकारले जाडोमा प्रेमिकाबाट खोजेको एक शेरलाई मनन् गरौं–
'शिशिरको सिरेटोले खुबीलाई देखाउँदा
त्यो दिलको तातो राप घाम दिएर जाउँ
गजल ९, पृष्ठ ९
 प्रेममा पिरतीको पाठ गर्ने धाम मागेका छन् गजलकारले
सुन, चाँदी, हीरा, मोती, सम्पत्ति माग्दैन
पिरतीको पाठ गर्ने धाम  दिएर जाउन
प्रेममा दुःख दर्द पर्दा कादम्बरीलाई सम्झने गर्दछन् गजलकार –
कादम्बरीको अर्थ कादम्बरीको पूmलबाट बनाएको मदिरा, उखुको मदिरा, हात्तीको गण्डस्थलबाट बहने मद, सरस्वतीको एक उपाधि, पोथी कोइली, बाणभट्टको एक गद्यकाव्य भन्ने अर्थ नेपाली बृहत् शब्दकोशले जनाएको छ र यहाँ गजलकारले पनि यसलाई मदिराको रूपमा लिदै भनेका छन्–
दिल प्यारले रुवाउँदा म सम्झिन्छु है कादम्बरी
बढी पीरले सताउँदा तब लिन्छु है कादम्बरी
साथी बनाउन कादम्बरी हाटमा गएर किन्नु, सर्बतलाई कसैले कादम्बरी भनेर झुक्याउन सक्दैन म कादम्बरीलाई चिन्छु, पैसा नभएको बेला भट्टीमा उधारो भए पनि किनेर पिउने, दुःखमा डुबेकाका लागि तलतल मेटाउन कादम्बरी पिउन दिने गर्छु भन्ने धारणा आएको छ यस गजलमा ।
मुटुमा फुलेर भुलेर जानेलाई अहोरात्र सम्झने दलको मालालाई रुलेर जाने, अर्थात पे्रमिकाले दिएका पीडा दुःख प्राप्त गर्दा गर्दै पनि कतै सफलताको कामना गरिएको दयाको रोगलाई छुन नसक्नु, मायाको बन्दोबस्त पनि हुन नसक्नु, मायाले मागे जवानी दिन तयार रहेको, दान गरेर रगत नसकिएकोले रगतै तथा दम गम रमझम सबै प्रदान गर्न तयार रहेको धारणा गजलका शेरले पोखेका छन् ।
कतै तन नै देख्ने  चाहना, रचेको गीतलाई सङ्गीत भरेर गाइने आग्रह, उर्लेको मनलाई कब्जा गरिदिने आग्रह, दिल दिँदा समाइ दिने आग्रह, माया बिना बाँच्न नसकिने धारणा, प्रेममा समीपत्यको चाहना, मायाको प्यास मेटाउन गङ्गा नै पिए पनि तिर्खा नमेटिने धारणा, आग्र है आग्रहहरू पाइन्छन् –
आँखा ताके भन्दैमा शिकारी नसम्झ
माया मागे भन्दैमा भिखारी नसम्झ
गजल १६, पृष्ठ १६
प्रितीको आगोले जलायो भने समुद्रले निभाउन नसक्ने धारणा, माया अमर हुने कतै छरे पनि नसड्ने, बत्तीबल्न तेल चाहिने, कामलाई सफल पार्न मेलमिलापको चाहना, मौसम अनुकूलको परिबर्तनको चाहना, जति निकाले पनि समुद्रको पानी नघट्ने धारणा, माया दिने र लिने मार्गको पहिचानको आबश्यक्ता, मायाको रसी बलियो हुने ,दिल बिक्रीमा भए पनि किन्न नसकिने, मायामा रोकिन सकिने, रुठिन सकिने, औंसीको रातलाई प्रकाशमय र जूनेली रातलाई तममय पार्न सकिने, प्रेमयात्रा सवल हुनुपर्ने, प्रेम रङ्मञ्चमा हाँस्न, नाच्न, आनन्दमय जीवन बिताउने रहर  भएको ठहर गरेकाछन् गजलकारले ।
मायामा सधैं अग्रगमनको मार्ग अवलम्बन हुन्छ भन्ने छैन, मायाले मानिसलाई कङ्गाल बनाउन सक्ने, जिन्दगीलाई वेहाल बनाइदिन सक्ने, सुमाललाई कुमाल बनाइदिन सक्ने, गँठिलो शरीरलाई काटेर रुमाल बनाइदिने, मालचरीसरि उड्ने स्वतन्त्र जीवनलाई जञ्जाल बनाइ दिने जस्ता कर्म पनि मायामा घट्न जान्छन् । प्रेममा मुक्तिको चाहना तर मिल्दैन बरु आगो दन्किरहन्छ –
पिरतीको आगो दन्किदा दिलैमा
सारै पोल्दो रैछ सेलाएनी हुन्थ्यो ।
 भाग्यवादी सोच र गजल कृति –
हामीले साहित्यमा भाग्यमा विश्वासका धारणा धेरै पाउँछौँ कतै भाग्य फल्छ धन  सम्पत्ति, पुरुषार्थ केही फल्दैन भनिएको पाइन्छ । कतै ललाटमा जे लेखिएको छ त्यही पाइने हो अरू चीज हात लाग्दैन भन्ने धारणा पनि पाउँछौं यस रोशनी कृतिमा पनि गजलकारले तक्दिर माथि भरोसा गरेको पाइन्छ । हेरौ गजलकारले पस्केका धारणाहरू–
मागेथे शिर टेकी यो मन्दिरको कुरा हो
कसलाई के मिल्यो त्यो तक्दिरको कुरा हो
गजल २, पृष्ठ २
यस गजल कृतिको २०औं गजलको शेरमा ईश्वरले दिएको उपहारबाट बञ्चित गर्न हुन्न कसैलाई भन्दछन् –
ईश्वरले दिएको उपहारबाट
बञ्चित नपार अधिकारबाट
गजल २,० पृष्ठ २०
यस गजल कृतिको २२औं गजलको शेरमा गजलकारले तकदिरको तमासा हेरिरहेका छन् –
कसैले हेरेका छन् तस्वीरको तमासा
मैले हेरिरहन्छु तग्दीरको तमासा
गजल २,२ पृष्ठ २२
प्रगति र भाग्यको तालमेलमा पस्केको शेर–
शक्ति निखारी दिएँ प्रगति खोजी हिड्दा
भाग्य नै बन्द गर्ने ढोका दिएझै लाग्छ
गजल ३५ पृष्ठ ३५
चाहना पलाएर गगन चुम्न खोजें
कर्ममा के लेखे छ बुझ्न  सकेको छैन
गजल ३७ पृष्ठ ३७
वर्तमान अवस्था र दैवको कृया कलापव–
दैव आज भोली मजाले सुतेछ
र्सैतानको कुरा सुनेर सकिन्न
  गजल ५७ पृष्ठ ५७
भगवानको सम्झना भाग्यले धोका दिंदामात्र स्मरण गरिन्छ भन्छन् गजलकार
भाग्यले धोका दिंंदा ईश्वरको मन्दिरमा
पत्थरको मूर्तिसँग रोई कराई रहन्छ
गजल ७६ पृष्ठ ७६
माथिका उद्गारले मानव जीवनमा पार्ने असर, भगवान भरोसा, तथा तकदिर सम्बन्धित विविध पक्षमा गजलकारले लगेर जोडेका छन् । मैले अध्ययनको क्रममा हिन्दी साहित्यक साहित्यकार सुर दास कवीर दास आदिका धारणामा पनि विविधता पाएको थिएँ । कसैले भगवानलाई स्मरण गर्नुछ भने सुखको वेलाा गर्नु पर्छ र दुःख आइलाग्दैन । कसैले भन्दछन् जो मान्छे रुन्छ त्यो जीवनभर रोइरहन्छ भगवान आकाशमा सुतिरहन्छन् । हाम्रो आफ्नै उखान छ – भाग्य छ भनेर डोकोमा दूध अडिदैन । सुपात्रको अबलम्वन गर्नु पर्दछ । गजलकारले गजल कृतिमा गजल मार्पmत भाग्यवादी सोचमा कलम चलाएको देखिन्छ ।
ईमान्दारिता, नैतिकता, स्वार्थ र गजलकारिता –
आजको संसारबाट इमानदारिता नैतिकताको ह्रास हुँदै गएको पाइन्छ भने मानिसमा स्वार्थको भकारी भरिदै गएको पाइन्छ । मानिसले सहीसत्य कुरा बोल्न छाडेका छन् । मानिसले मानिसलाई नै चिन्न  छाडिसकेका छन् । झुटो खेतीबाट धनको बर्षा गर्दै पसिना बगाउन छोडेका छन् । मानिस क्षणिक मजामा लागेको छ, भविष्यको चिन्ता उसमा छैन, इमान  गुमाएका छन् ।
आमा, राष्ट्र राष्ट्रि«यता र गजलकार
गजलकारले राष्ट्र राष्ट्रियता, जन्म दिने आमा र देशप्रतिको मायालाई गहनताको साथमा पस्केका छन् । देशको प्रगति नै देशबासीको पसिनामा निर्भर रहन्छ । त्यसो हुँदा उनी भन्छन् –
देशको केही काम गरेर मर्न पाऊँ
आमाको शत्रुसङ्ग लडेर मर्न पाऊ
बास्तवमा ममतामयी आमा जस्ले जन्म दिइन् अर्को अर्थमा जुन देशमा जन्मियो यी दुबैप्रति समर्पित हुनुपर्छ  यिनकै शत्रुसँग लडेर जन्म दिने आमा र राष्टूमातालाई जोगाउनु पर्दछ भन्ने  धारणा गजलकारले पस्केका छन् ।
के पहाड के तराई के हिमाल सबैमा गजलकारको धाराणा  समान छ सवल छ र यी सबैमा सेवा पु¥याएर, सबैमा पुगेर मर्न पाउने आशा छ । आमाको ऋण तिर्न खून पसिना बगाउने प्रण गर्दै, आमामा लागेका घाउ चोटलाई भर्न पाउने धारणा राख्दै, गजलकारले लेख्छन् –
माटोले बनेको हुँ माटोमा मिल्न जाँदा
छोरा हुँ भन्ने चिज छरेर मर्न पाऊँ
  वास्तवमा आमाको माया आफ्ना छोराछोरीप्र्रति गरिएको लगानीको मूल्य कहिल्यै तिरेर सकिदैन । आमाले गरेको छोराछोरी प्रतिको मायालाई जति नै खूनपसिना बगाए पनि कमी नै हुन्छ । यसरी नै यो शरीर माटो बाटै निर्माण भएको हो र माटोमा नै  गएर मिल्दछ  । माटोमा मिल्नु भन्दा पहिला नै जन्म दिने आमा र देशप्रति केही काम गरेर अमरत्व कायम गर्न सके मात्र जीवन सार्थक बन्न जान्छ –
तिम्रो त्यो पाउमुनि स्वर्ग छ मेरो लागि
तिमीले टेकेको धुलो सिरान मागेको छु
गजल ४५, पृष्ठ ४५
गजलकारले आमाको लागि वरदान माग्दछन् ,दुःख हरण गर्न चाहान्छन्, आमाले गर्भ धारण गरेर पेटमा हुर्काउँदा दुख्ख डाहा पीडा निखार्नको लागि ईश्वर सँग शक्ति मागेका छन् ,गजलकारले हरप्रकार आमाको सेवारह हुन चाहेका छन् ।
अभिव्यक्ति गहनता  
पाल्पालीका गजलमा अभिव्यक्ति गहनता पनि एउटा मनन् गर्न पर्ने देखिन्छ । उनी लेख्छन् –
गोलीको भन्दा धेरै बोलीको डर लाग्छ
आजको भन्दा साथी भोलीको डरलाग्छ

बरु मारे मार गोलीले मलाई
जिउँदै नमार बोलीले मलाई

अमृतजस्तो बोली विषको पोका रैछ
मुस्कान दिए पनि नमीठो धोेका रैछ
मानवले आफ्नो अभिव्यक्तिबाट समाजमा छाड्ने सुप्रभाव  र कुप्रभावले सकरात्मक र नकरात्मक प्रभाव पार्दछ । बोलीको प्रभावलाई पाल्पालीजीले टपक्कै टिपेका छन् र गोलीको भन्दा बोलीको डर मान्दछन्, जिउँदै नमार बोलीले भन्ने आग्रह गर्द छन् र अमृतजस्तो बोली विषको गोला भएको अनुभव गर्दछन् ।यी अभिव्यक्तिहरू निश्चय पनि यथार्थ बोधी छन् –
बन्दैन मान्छे ठूलो कर्तव्य बिना कोही
चर्को  बोली त मात्र दबाब लाग्छ
न्यायप्रतिको धारणा–
गजलकारले आजको अवस्थामा न्यायले लिएको मार्गको सटीक प्रस्तुति गरेका छन्
जस्को हातमा लट्ठी हुकुम उसैको
निमुखाहरूको अधिकार छैन
धर्मप्रतिको धारणा–
गजलकारले सबै धर्ममा आदरभाव राखेको देखिन्छ । मानिसले धर्मकर्ममा जुटेर स्वर्ग प्राप्तिको आश गर्दछन् । धर्मलाई छाडेर अधर्मतिर लाग्दा नर्कको बास हुने, प्राण त्यागगर्दा पाप लाग्ने र काल पर्खेर जीवन धान्न परेका धारणा राखेका छन् गजलकारले  
स्वर्गको आश गरेर धनमाल खर्च गरी
रमेछन् पूजापाठमा यहाँ रामका दिवाना

धर्मको  काम छाडी अधर्मतिर लाग्दा
नर्कमा पुग्ने हुन् कि मलाई त्यस्तो लाग्छ

आत्म त्याग गर्दा पाप नै लाग्दो रैछ
काल पर्खी प्राण धान्न पर्दो रहेछ
क्रान्ति र शान्तिप्रतिको धारणा
आज नेपालमा मात्र नभएर विश्व जगतमा धेरै क्रान्तिहरू भएका छन् ।  ती क्रान्तिले त्यस देशले मागेको चाहना पु¥याउन सकेको छ त ? आज देशले चाहेको क्रान्ति कतै लुकेको छ । जनताले चाहेको शान्ति पनि कतै लुकेको छ –
देशले खोजेजस्तो क्रान्ति कता लुकेछ
जनताले चाहेजस्तो शान्ति कता लुकेछ
सन्ततिप्रतिको धारणा–
सन्तान जन्माएरमात्र माता पिताको दायित्व पुरा हुँदैन । तिनको भावी जीवनको सफलताको पनि सोच हुनु पर्दछ भावी सन्ततिलाई आजको समाजले केही छाडेर जानु पर्दछ  र त्यसैले मानिसले आज पसिना बगाइ रहेको हुन्छ भन्ने धारणा गजलकारले राखेका छन् –
भोलीको सन्ततीलाई छोड्नुछ केहि भनेर
मेहनत र पसिनाको धारा बगाई रहन्छ
चाडपर्वप्रतिको धारणा–
आजको संसारमा चाडपर्वले निम्त्याएको महगाईलाई गजलकारले यसरी लिएका छन् –
सबै चाडपर्व हुँदो रैछ धनको
बेहाल बनायो होलीले मलाई
परिवर्तनप्रतिको धारणा–
संसारमा देखिएका अग्रगामी परिवर्तनहरू स्वार्थरहित हुनुपर्छ । तर आज त्यसो हुन सकेको छैन । केही न केही लोभ तथा स्वार्थमा लागेर मानिस परिवर्तन हुन्छन् । मन्दिर र पञ्चतत्वमा भने परिवर्तन पाइदैन भन्ने धारणा राखेका छन् गजलकारले –
स्वार्थको लोभ गर्दैै बद्लिन पुगे मान्छे
बद्लेन पञ्चतत्त्व मन्दिर बद्लिएन
गरिब र गरिबीप्रतिको धारणा –
प्राणी जगतको अति आवश्यक् बस्तु भनेका गास बास कपास हुन् । यी विना प्राणीहरूको जीवनचक्र पूर्ण हुन सक्दैन । आजको संसारमा कति मानिसहरू भोकभोकै, हिड्न परेको छ सो सम्बन्धमा गजलकारले आफ्ना आवाज बुलन्द पारेका छन् –
पेटमा आगो जल्दा केले निभाउँ भन्दै
दुखिले यताउता रासन खोजी रहेको छ
काम गरेर पनि पेट भर्ने कमाइ प्राप्त गर्न सकिदैन भन्दै गजलकारले भन्दछन्    
पसिनाको धाराहरू सारै धेरै बगाएँ
तैपनि पापी पेटको भोकले छोड्दैन
मोजमस्ती र मामको दिवाना
कति मोजमस्ती कति  भोकका बिमारी
यहाँ भेटेको छु मैले कति मामको दिवाना
मानव प्रवृत्तिप्रतिको धारणा–
अभद्रको बाढ चल्दा सज्जन घट्न लागे
टुप्पोदेखि पलाउनेमा मीठास पाइँदैन
जीवन जगत र गजलकार–
पाल्पालीका गजलले जीवन जगतप्रतिका धारणामा पनि महत्त्वपूर्ण  स्थान ओगटेका छन् ।
सदा यो जिन्दगीले धोका दिएझंै लाग्छ
पानीले दिए झै फोक दिएझैं लाग्छ

जगतले दिएको नजाती घातहरू
न चाहेर के भो राख्न परिरहेछ
जीवनका ओराली उकाली सुख दुःख हाँसो रोदन आदि विविध पक्षमा गजलकारले आफ्ना धारणा  पस्कनु भएको छ ।
गजल तत्त्वको प्रयोग –
पाल्पालीले बहरमा गजल लेखन गर्दै आउनुभएको  छ  । े पाल्पालीजीले गजलका तत्वहरूलाई आत्मसात गरेर गजल लेख्ने प्रयास गरेको देखिन्छ ।
शीर्षकीकरणा –
गजलकारले गजल एकमा रोशनी बिनाले गजल ११३मा रोशनी नमिल्दा भनी रोशनी सम्बन्धी दुईओटा गजल पस्केका छन् । दुबै गजलमा रोशनीको आवश्यक्ता सशक्त रूपमा उठाइएको छ जस्तै
लगाएर आगो मुटुलाई मैले
खरानी बनाएँ रोशनी नमिल्दा
मायालुलाई 'रोशनी'का प्रतीकात्मकरूपमा लिएर लेखिएका यी गजलहरूले मायामा सशक्त आवाज उठाएका छन् ।  ्गजलमा विविधता भए पनि प्रेममय संसारमा प्रेमकै माध्यमबाट जीवनलाई सार्थक पार्नको लागि प्रेमकै दर्शनलाई अङ्गालिएको छ र मायाबाटै जीवनको तमपनलाई चिर्दै (रोशनी) प्रकाश छर्ने प्रयास गरिएको हुँदा कृतिको नामाकरण सार्थक भएको मैले महसुस गरेको छु ।
भाषा र लेखन शैली
पाल्पालीजीको लेखनमा भाषामा सरलता सहजता, सुबोध छ तापनि अन्य भाषाको मिश्रण पाइन्छ । गजलहरू  लयात्मक र गेयात्मक छन् । यो सर्ब विदित कुरा हो कि पूर्णता भन्ने  कुरा कसैमा हुँदैन । प्रयासरत रहनु नै ठूलो कुरा हो ।  पाल्पालीजी जमेर गजल लेखनमा लाग्नु भएको छ ।  
 अन्त्यमा पाल्पालीका सबै गजल कृतिहरूलाई अध्ययन गर्ने मौका पाएँ । सबैमा प्रणयले अग्रस्थान हाँसिल गरेका छन्  । प्रणयको सिन्धुमा हाम फालिन्छ भने त्यहाँ हरेक किसिमका बस्तुहरू पाइन सक्छन् । मोतीदेखि लिएर लेऊसम्म पाउन सकिन्छ भने डल्फिन देखि ह्वेलमाछोसम्मको सङ्घर्षबाट जीवन रक्षागर्न पनि सक्नुपर्छ । यस्ता आनन्दमय क्षणदेखि सङ्घर्षमय प्रणयक्षणलाई पाल्पालीजीले सहजरूपमा पार लगाउनु भएको छ । वास्तवमा उनका गजलको मुख्य मुटु भनेको प्रेममा विविधता नै भए पनि उनले समसामयिकता, देश र आमाप्रपितको आदर भावभक्ति, राष्ट्रराष्ट्रियताप्रतिको सबल तथा प्रवल सेवाभाव, देश काल परिस्थिति, जीवन जगत, मानवीय प्रवृति, डर, त्रास, विकृति, विसङ्गति आदिमा पनि गजलकारले आफ्ना  धारणालाई सशक्त रूपमा  पस्केका छन् । उनका गजलबाट समधर्म, समरीति, मानवता र मानवीय क्रियाकलाप तथा मानवीय प्रवृत्तिलाई केलाउने क्षमता उनमा प्रवल भएको जानकारी पाउन सकिन्छ । उनका गजलमा प्रेमदर्शनले जति उच्चाई छोएको छ  त्यसको पछि पछि जीवनदर्शन पनिअघि बढेको देखिन्छ । पाल्पालीजीका बहरयुक्त गजलले आजको गजल सागरमा  एउटा सफल र सवल कृति थपेको छ । उहाँ एक सफल गजलकारमा उभिनु भएको छ , अझै सफलतामा कदम बढोस् भन्दै दिर्घायु, सुस्वास्थको कामना गर्दै बिदा चाहान्छु ।
 धन्यवाद,
२०७२ साल भाद्र १५ गते , शान्तिचोक नवलपरासी 

एक बहर एक गजलको सङ्क्षिप्त विवेचना

 एक बहर एक गजलको सङ्क्षिप्त विवेचना
परिचय
एक बहर एक गजल(२०६९) पाल्पालीजीको तेस्रो बहरबद्ध गजलसङ्ग्रह हो । यस गजलसङ्ग्हमा पाल्पालीजीले बहरलाई प्राथमिकता दिएर, शास्त्रीय सूत्रमा आधारित रहेर गजलको जुन सारलाई प्रस्तुत गर्नु भएको छ बहुतै प्रशंसनीय र अनुकरणीय छ । आवरण पृष्ठमा रातो गुलाफको पूmलमा सजिएको यो कृतिको आवरणको भित्री भागमा पाल्पालीजीले पस्किएका दुई कृतिहरू, पाल्पालीका गजल (२०६६)  र मनको व्यथा (२०६८) लाई खोजी खोजी पढौं भनी प्रचारका लागि लेखिएका भावपूर्ण उद्गारलाई पढ्न पाउँछौं । यस कृतिले पल्लव साहित्य प्रतिष्ठानको प्रकाशन मालाको २०औं स्थान प्राप्त गर्न सफल देखिन्छ  । यस कृतिलाई पाल्पालीजीले स्वर्गीय बाजे मनवीर मियाँ र स्वर्गीय बज्यै छली मियाँमा समर्पण गर्दै एक शेर गजल पस्कनु भएको छ –
सधैं बाचि राख्ने ग¥यौ काम धेरै
छ तिम्रो उज्यालो यहाँ नाम धेरै
यो संसारमा मानिस आउँछ, काम राम्रा ÷ नराम्रा गर्छ अनि जान्छ । सधैं बाँच्न सक्ने काम गरेमा मात्र जीवन सार्थक हुन्छ । जो सवल र सफल कर्म पाल्पालीजीका बाजे बज्यैले गर्नु भयो त्यो प्रकाशमय भएर रहेको धारणा यहाँ पाल्पालीजीले पस्कनु भएको छ । ११६ पृष्ठमा सुसज्जित यो कृतिमा १०१ बहरमा लेखिएका १०१ गजलहरू समावेश गरिएका छन् । मूल्य रु १५१÷(  राखिएको छ ।
कृतिप्रति बिभिन्न साहित्यकारले पस्केका धारणाहरू–  
'प्रकाशकीय शुभकामना' शीर्षकमा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो लेख्नु हुन्छ – 'यो शास्त्रीय बहरबद्ध सूत्रमा आधारित एक बहर एक गजल नामक गजलसङ्ग्रहले भर्खर गजल लेख्न बामेसर्दै गरेका नवसर्जकहरूदेखि गजल विधाामा सोधपत्र लेख्न चाहाने विधार्थीहरूलाई विशेष प्रेणा मिल्नुका साथै समस्त गजलप्रेमी पाठकहरूको मन जित्न सकोस् ' भन्ने धारणा राख्दै्र आफ्नो भावनाले प्रकाशकीयलाई सुसज्जित गर्नु भएको छ ।
भूमिकाकार हुसैन खाँको धारणा–  हुसैन खाँले पाल्पालीजीको पहिलो गजलसङ्ग्रहको एक शेरबाट भूमिकाको थालनी गर्दै लेख्नुहुन्छ–
'मुस्किल् मुस्किल् मुस्किल् हिड्नु नै मुस्किल् भो
दुनियाँमा आफ्नो मान्छे मिल्नु नै मुस्किल् भो ' ।
'जसभित्र यस्तो इमान्दारीता, लगनशीलता, आत्मविश्वास, जिज्ञासा, कौतुहलता, अनुभव र अनुभूतिको जागरण हुन्छ, त्यस्ता साहित्यकारले मात्र, साहित्यको महासागरमा पौडिन सफल हुन्छ '। हुसैन खाँको यो यथार्थ परक धारणालाई म पनि उच्च मूल्याङ्कनको साथमा हेर्दछु किनकि पाल्पालीजीका गजल सरल सहज र सुवोध छन् । व्यवहारिकताको कसौटीमा कसिएका छन् ।उहाँ एक सफल गायक कलाकार भएकोले अर्थात लेखन कलाका धनी र  गायन कलामा गलाका पनि धनी भएकोले, उहाँका सबै गजल गायनयोग्य छन् र श्रवण योग्य छन् । हुसैन खाँले लेख्नु हुन्छ–'माया–प्रेमले मानिसको जीवनलाई हँसिलो र रसिलो मात्र नभई आत्मसन्तोष र रोचक बनाउन सहयोग गर्दछ '।
प्रा. डा. नारायण प्रसाद  खनालको धारणा
 प्रा. डा. नारायण प्रसाद  खनालजीले शुभेच्छाका केही शब्द पस्कदै लेख्नु हुन्छ–'एक सय एक बहरमा एक सय एक गजल रचना गर्नु पनि अनौठो प्रकृया हो , जो युसुफजीबाट सम्पन्न भएइको छ ' ।
कृति भित्र प्रवेश गर्दा  
गजल कृतिको नामाकरणले नै सङ्केत दिएको छ कि यस सङ्ग्रहमा एक सय एक गजलमा एक सय एक बहरको प्रयोग गरिएको छ । यही नै यस गजलकृतिको अनुकरणीय उपलब्धि हो । यहाँ हामीले प्रत्येक बहरमा रचिएका गजलहरूको सारसङक्षेपको अध्ययन गर्दछौं – गजल १ , यो गजल बहरे मुतकारिब मुसम्मन् सालिम (छन्द (भुजङ्ग प्रयात ) १२ अक्षरमा । यगण ह ४(।ऽऽ ह ४) (फउलुन् ह ४) रुक्न ४मा आधारित रहेर सिर्जना गरिएको  छ –
'यहाँ जिन्दगीमा रहर कम भएनन्,
जता जान्छु घेर्ने कहर कम भएनन्' ।
जीवन जगतमा आधारित भएर लेखिएको यो गजलमा अनगिन्ति रहरले सजिएको जीवनमा जता गए पनि कहरबाट मुक्त हुन नसकिने, गाउँमा जनसंख्या कमि हुँदै गए पनि सहरमा जनसंख्याको कमी नभएको, जति घटाउन चाहे पनि दिलभित्र चल्ने पीडाका लहरहरू कम  गर्न नसकिएको, आजको जमाना निर्माण गर्ने नभएर बनेको बिगार्ने यो पापी जमानामा प्रेम गर्दा पनि जहरको कमी नभएको र चली आएको समयमा नयाँ कामको चाहँदा पनि थालनी नभएको भन्दै गजलकार लेख्छन् –
'नयाँ साल आयो नयाँ काम देला,
परापूर्व चल्ने प्रहर कम भएनन्' ।
गजल २ – यो गजल बहरे मुतकारिब मुसद्दस सालिम ९ अक्षरमा । यगण ह ३ (।ऽऽ ह ३) (फऊलुन् ह ३) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ । यस गजलमा प्रेममा चाहेको भन्दा प्रेयसीले देखाएको कर्म विपरित देखिन्छ । प्रेयसीले यहाँ जलाएकी छन्, शीतलता दिनुको साटो जलाएर सताएकी छन्, प्रेमी बन्न खोज्दा नचाइएको छ । दिलबाटै सलामी दिँदा पनि ग्रहण नगरी बगाइएको ले खुसीको अपेक्षा नरहेको भन्दै गजलकारको इरादा यसरी पस्केका छन् –
'सुनौला  गरेथें  इरादा,
विगा¥यौ ढलाई तिमीले' ।
गजल ३ यो गजल बहरे मुतकारिब मुरब्बा सालिम (पिङ्गल शङ्ख नारी) ९ अक्षरमा । यगण ह २ (।ऽऽ ह २) (फऊलुन् ह २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ । यसमा गजलकारले निकै कारुणिक भावना पोखेका छन् –
हियासङ्ग रोए,ँ
मायासङ्ग रोएँ  ।
दयासँग अपेक्ष गरेर रोएको, आगो लगाएर जिउनको लागि जियासँग रोएको, महगीको कारणले अनाज(बाया)सँग रोएको अन्त्यमा बिन्ती चढाएर जयासँग रोएको धारणा आएको छ गजलमा । यथास्थानमा मात्र आफ्ना भावना राख्नु पर्छ र मात्र धारणा तथा भावनाको कदर हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ गजलले ।
 गजल–४  यो गजल मुतदारिक मुसम्मन् सालिम (पिङ्गल स्रग्विणी) १२ अक्षरमा । रगण ह ४ (ऽ।ऽ ह ४) (फाइलुन् ह ४) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ । उहाहरणमा प्रथम शेर हे¥यौं र अरु शेरको भावार्थ पढौं–
'प्रात ढल्दै थियौ साँझ आयो तिमी,
 आस जाँदै थियो फेरि छायौ तिमी' ।
 प्रेमको नजिक नजिक जब भइन्छ निश्चय पनि आसाको दियो जल्दै जान्छ । एकको भावनात्मक गीतलाई अर्कोले गाइन्छ ।  यादको रोगले छटपटिएको, तड्पिएको वेला प्रेमिकाले सोधनी गर्दा दुखेको घाउमा मलम लगाए सरह आनन्द आउँछ । दर्दको वागमा पूmलहरू सस्तै फुल्न सक्छन् । ती दर्दका पूmलका हाँगा पनि प्रेममा तोड्न सकिन्छ , प्रेममा लगाव हुनु आवश्यक हुन्छ । बास्तवमा प्रेममा पीडा पनि कष्ट पनि पाइन्छ र मर्म पनि पर्न सक्छ –
'प्रेमको रीतमा मर्मको के कुरा,
 प्यार यस्तै हुँदा कष्ट पायौ तिमी'  ।    
गजल–५, यो गजल बहरे मुतदारिक मुसद्दस सालिम (पिङ्गल छन्द–महालक्ष्मी) ९ अक्षरमा । रगण ह ३ (ऽ।ऽ ह ३) (फाइलुन् ह ३) रुक्न  ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'के मिल्यो मारको जिन्दगी,
 बिग्रियो प्यारको जिन्दगी' ।
जिन्दगीमा मार पर्दा प्यारको जिन्दगी बिग्रन सक्छ, साँझमा याद आउँदा दारको जिन्दगी टुक्रिन सक्छ,, भार भएर शानले जिउन कठिन हुन सक्छ,जन्मदा दैवले राम्रो भाग नदिएमा झार झै ओइलन सक्छ, रातमा चन्द्र झै देखिँदा टल्कन सक्छ यारको जिन्दगी, दर्दको जालमा बल्झियो भने सारको जिन्दगी अल्झिन सक्छ । जिन्दगीमा जीतको दाउ राख्दा जित नभै हार पनि  प्राप्त हुन सक्छ । मानव जिन्दगीमा भोग्न पर्ने यथार्थतालाई यस गजलले पस्किन खोजेको छ । जिन्दगीमा सोचे जस्तो सबै चीज प्राप्त गर्न सकिदैन भन्ने धारणा छ गजलमा।    
गजल ६, यो गजल बहरे मुतदारिक मुरब्बा सालिम (पिङ्गल छन्द–विमोहा) ६ अक्षरमा । रगण ह  २ (ऽ।ऽ ह  २) (फाइलुन् ह  २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ –'
 प्यार मस्तै फल्या,
सम्झि रातै ढल्यो' ।
प्यार लटरम्म फल्न सक्छ, त्यही प्यार सम्झी रात ढल्न सक्छ । यारको कर्मले गर्दा मनमा आगो पनि जल्न सक्छ ।  माया  सुस्त  हिडे पनि हावा मच्चिएर चल्न सक्छ । यादले सतायो भने दिलमा दर्द बढ्न सक्छ ।  जब उनका नयन खुल्छन् त दिलमा दीप जल्छ । जीवन प्रकाशमय हुन्छ । प्रेमको पूmलबारीले मानव जीवनलाई निकै नै थरिथरिका रसस्वादन गराउँछ ।
गजल – ७, यो गजल बहरे हजज मुसम्मन् सालिम (पिङ्गल छन्द–विधाता) १६ अक्षरमा । य.र.त.म. य.गु . गणमा  (।ऽऽऽ ह  ४ ) (मफाइलुन् ह  ४) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ –'
हियारोमा किला ठोकी जता पाए डुले धेरै,
हराएको दिलै खोजी यहाँ आफै भुले धेरै' ।
जब प्रेमीको दिल हराउँछ हृदयमा कीला ठोकिन्छ, न माया मिल्छ न मायाको छाया नै मिल्छ । बास्तवमा दुई दिनको जवानीमा प्रेमी प्राप्तिको लागि पसिना घुलिन्छ । पापी जमानाले  पनि पीडा दिन्छ । पीडा दिलमा चुलिन्छ, पीडाबाट मुक्ति खोजिन्छ, मायामा नै रुलिन्छ कुन ठाउँ बाँकी रहन्छ र –'
उज्यालोमा अँधेरोमा पखेरोमा सबै ठाऊँ,
 बिनापूmल्को बगैंचामा म मौरी झै झुले धेरै' ।
गजल ८, यो गजल बहरे हजज मुसद्दस सालिम (पिङ्गल छन्द–सिन्धु) १२ अक्षरमा । य ज त म  गणमा  (।ऽऽऽ ह  ३ ) (मफाईलुन् ह  ३) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'बढी राम्री बनाएको तिमीलाई,
मलाई नै पठाएको तिमीलाई' ।
यहाँ पसिना बाट कमाएको कमाइलाई दिने, हँसाइले पूmल फुलेको आभाष दिन्छ ,त्यसैमा रमाएको, अर्को जुनीमा मिल्न सम्भव नहुन सक्छ, त्यसो हुँदा दिलमा सजाएर यो पूर्णजवानी तिमीलाई चढाएको भन्दै गजलकारले आफ्नो धारणा, भावना, माया ममता, सबै म बाटै पाउने छौ र मलाई नै भनेर तिमीलाई पठाएको हो भन्ने धारणा आएको छ । यथार्थतामा मेरा सबै चीज तिम्रै लागि हो भन्ने समर्पण भाव झल्किन्छ ।
गजल–९, यो गजल बहरे हजज मुरब्बा सालिम (पिङ्गल छन्द–बिजात) ८अक्षरमा । य. ज. गु. ग.ु  गणमा  (।ऽऽऽ ह  २ ) (मफाईलुन् ह २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'अरू छैनन् कुनै मेरी,
म उन्को हो उनै मेरी' ।
उनै मेरी हुन् र म उन्को हुम् भन्दै गजलकारले, रजनीमा कुरा गर्ने फुनै मेरी, एक्लोमा सजाउने गुणै मेरी, नयाँ गीतको धुनै मेरी यथार्थतामा भन्ने हो भने–
'उनै हीरा उनै मोती,
 उनै प्रेमी सुनै मेरी' ।
गजल १०, यो गजल बहरे रजज मुसम्मन् सालिम (पिङ्गल छन्द–हरिगीतिका ÷ वीभत्स ) १६ अक्षरमा । त म य र त गु  गणमा  (ऽऽ।ऽ ह  ४ ) (मफाइलुन् ह  ४) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–'
साह्रै नमीठो पल थियो मीठो गरायो प्यारले,
मान्छे नराम्रो थें भने राम्रो बनायो प्यारले' ।
 जब मानिस प्यारमा लाग्दछ नराम्रो राम्रो देखिन्छ, नमीठोलाई मीठो मान्दछ, यारले मार्गको निर्माण गर्छिन्, नाता बढ्छ, बिर्सेर जान सक्दैन, बुद्धि सपार्दछ प्यारले र स्वर्गको अनुभूति दिलाउँछ –
'आँखा जुधाई शानले बोलिन् म तिम्रो यार हूँ,
उन्ले गरेको कामले स्वर्गै दिलायो प्यारले' ।
गजल–११, यो गजल बहरे रजज मुसद्दस्् सालिम १२ अक्षरमा । त म य र  गणमा  (ऽऽ।ऽ ह  ३ ) (मुस्तफ्इलुन् ह  ३) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'तिम्रो त्यहाँ के के भयो जान्दैन म,
धोका दिएँ भन्ने कुरा मान्दैन म' ।
यस गजलमा प्रेमिकाको ठाउँमा के के भयो त्यो कुरा नजान्ने र धोका दियो भन्ने कुरा पनि नमान्ने भन्दै गजलकारले यस गजलमा तिम्रो हुँदा पापी भयो दोषी भयो जे जे भयो भने पनि ढाट्ने कुरा गर्दिन । यो संसार कस्तो भयो कस्तो सुनियो आफै गिर्नेहरूलाई तान्न सकिदैन । आकाशका ताराहरू खस्न सक्लान तर कालाहरू गोरा कहिल्यै हुँदैनन् । डाहा उठी पीडा बढे सबै वेहोरिन्छ तर मैदान छाडेर भागिदैन भन्ने धारणा आएको छ गजलमा ।कुनै पनि हालतमा प्रेमीले प्रेमिकालाई न छाड्ने अठोट छ गजलमा ।
गजल –१२, यो गजल बहरे रजज मुरब्बा् सालिम(पिङ्गल छन्द–मधुमालती) ८ अक्षरमा रचिएको छ । त म ल गु  गणमा  (ऽऽ।ऽ ह २ ) (मुस्तफ्इलुन् ह २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'पर्ने भयो घेरो यहाँ,
बाटो भयो फेरो यहाँ' ।
 माया को छायाँ बिना पीर,बढेका पीडाहरूलाई आपवmैले भोग्न पर्नेहुन्छ ।  उसैको  नयाँ चोला भिरी  यहाँ आइयो र पीडाबाट मुक्त हुन उसैको पूजा गरियो तर पनि ईन्साफ पाउन सकिएन भन्दै ईश्वरीय शक्तिमा व्यङ्ग कसिएको छ ।
गजल १३–जीवन जगत सँग सम्बन्धित यो गजल बहरे रमल मुसम्मन्् सालिम (पिङ्गल छन्द–माधबमालती) १६ अक्षरमा । र त म य र गु गणमा  (ऽ।ऽऽ ह ४ ) (फाइलातुन् ह ४) रुक्न ४  मा आधारित रहेर सिर्जना गरिएको  छ–
'गर्न लागें प्यार धेरै चारदिनको जिन्दगीमा,
खेप्न लागें मार धेरै चारदिनको जिन्दगीमा' ।
जीवन क्षणिक छ । प्यार धेरै गर्न सकिन्छ यसमा मार पनि खेप्न पर्ने हुन्छ, दब्न पर्ने कर्महरू र भोग्न पर्ने मर्महरू भोग्दै जित भन्दा हार धेरै प्राप्त हुन सक्छन् । दून, डाँडा काँडा, भीर काल र जाल थुपै्रै पार गर्दै, बाध्यताले गर्दा तन भन्दा पनि बोझ ठूलो चार दिनको जिन्दगीमा बोक्न पर्ने भन्दै गजलकारले मार्मिक धारणा पस्केको तलका शेर बाट जानकारी लिन सकिन्छ –
'सिस्नु जस्तो पूmल भेटेँ प्यास बढ्ने मूल भेटेँ,
 टेक्न पर्ने धार धेरै चार दिनको जिन्दगीमा' ।
 जिन्दगी जटिलताले भरिएको छ । मानवले लागेको तिर्खा मेट्न मूलको खोजी गर्दा प्यास मेट्नुको साटो प्यास बढ्ने मूल भेटिनु आदि जिन्दगीका  दर्दनाक अवस्थालाई यस गजलले समेटेको छ ।
गजल –१४, जीवन जगत सँग सम्बन्धित यो गजल बहरे रमल मुसद्दस्् सालिम १२ अक्षरमा । र त म य गणमा  (ऽ।ऽऽ ह ३ ) (फाइलातुन् ह ३) रुक्न ३  मा आधारित रहेर सिर्जना गरिएको  छ ।
जीतभन्दा हार पा¥यो जिन्दगीले
हेर मारैमार पा¥यो जिन्दगीले' ।
कहिले हारैहार, कहिले मारैमार कहिले संयोग र कहिले वियोग पनि जिन्दगीमा हात लाग्न सक्छ । भारी बोकिन्छ त्यति मात्र आफ्नो तनको भारजति तन भन्दा गहु्रङ्गो भारी  बोक्न सकिदैन । यस्तै हो जीवन चक्र पनि । जीवनमा महङ्गीको कारणाले मानिसले हार र झार खान परेको  छ र यस्तो अवस्थामा दैवले पनि केही सुन्न चाँहदैन–'
दैव आँखा बन्द गर्दै सुत्न लाग्दा,
 खान पर्ने झार पा¥यो जिन्दगीले' ।
गजल –१५, यो गजल बहरे रमल मुरब्बा सालिम ८ अक्षरमा । र. त. गु. गु. गणमा  (ऽ।ऽऽ ह २ ) (फाइलातुन् ह २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ– यस गजलमा यो  छोटो जिन्दगीमा पीर पाल्न हुँदैन, साथ लाग्ने साथ खोज्दै छन् नयनहरू । दिलमा चैन छैन, दिलमा छिद्र परे टाल्ने मैन छैन, कसैको साथ छैन भन्दै गजल कार लेख्छन् –
 सास फ्याँकी जान लागें,
 साथ उन्को भैन धेरै',
 यो छोटो जिन्दगीमा कसैले साथ दिंदैन र पीरैपीरमा डुबुल्की मार्न हुँदेन भन्ने अपिभव्यक्ति पस्किएको छ गजलमा ।
गजल –१६ यो गजल बहरे कामिल मुसम्मन्् सालिम (पिङ्गल छन्द – प्रमदानन  गीतिका) २० अक्षरमा, स.ज.ज.भ.र.स.ल.गु. गणमा (।।ऽ।ऽ ह ४ ) (मुतफाइलुन् ह ४) रुक्न ४मा आधारित रहेर सिर्जना गरिएको  छ–'
यस गजलमा गजलकारले मदिरा  किन पिइन्छ  भन्ने धारणा पस्कदै भन्नु हुन्छ–'
अति घातको बरसातमा सम्झिन्छु है मदिरा यहाँ,
परि पीरको बरबादमा तब लिन्छु है मदिरा यहाँ' ।
 मदिरा पिउने काम घरमा छुने घातको कारणाले जब तड्पिँदा तब यसको निवारणको लागि मदिरा किन्न गइन्छ  । मदिरा किन्न जाँदा सरबतलाई झलमल पारेर झुक्याउन हुँदैन किनकी मदिरा पिउने वालाले मदिरालाई चिन्दछन् र मदिरामा पारखी पनि हुन्छन् । धन दौलतले छाड्दा पनि बाँकी किनेर तलतल मेटाउन मदिरा पिइन्छ र दिइन्छ पनि भन्दै गजलकारले भन्छन् –'
सँगि यार ती मदिरा  विना  मलिनो हुँदा सहयोगमा,
अब मेट है तलतल भनी म त दिन्छु मदिरा यहाँ
तलतल मेटाउन, सुख–दुख आदिमा मदिरा पिउने  र पिलाउने काम हुन्छ भन्ने धारणा आएको छ गजलमा ।
 गजल–१७,  यो गजल बहरे कामिल मुसद्दस सालिम १५ अक्षरमा, स. ज. ज. भ. र गणमा  (।।ऽ।ऽ ह ३ ) (मुतफाइलुन् ह ३) रुक्न ३  मा आधारित रहेर सिर्जना गरिएको  छ –
'मनको कुरा  मुखले भने सुनि राख है,
धनको नभै मनको हुँदा चुनि राख है' ।
मनको धारणाहरू धन भन्दा पनि ठूलो हुन्छ । गजलकारले यहाँ धनदौलत भन्दा पनि दिलका भावना, गुणका गहना, जगको मजबुतीलाई सबैले बुझ्नु पर्छ र सबैलाई प्रेमले सजाउनु पर्छ भन्दछन् –
'मन लाग्छ है धरतीभरी पिरती छरौं,
जनको लता अब हारझै बुनि राख है' ।
प्रेमसम्बन्धी महत्त्वपूर्ण अर्थ बोध गराएको छ गजलले । गजलकार चाहन्छन् संसारलाई प्रेमको पूmलबारी बनाएर एउटै मालामा गाँस्नको लागि ।
गजल– १८ यो गजल बहरे कामिल मुरब्बा सालिम (पिङ्गल छन्दसंयुता) १० अक्षरमा, स.ज.ज.गु. गणमा  (।।ऽ।ऽ ह २ ) (मुतफाइलुन् ह २) रुक्न २  मा आधारित रहेर सिर्जना गरिएको  छ–
'भरले यहाँ थलमा बसें,
पिरती गरी छलमा बसें' ।
गजलमा पोखिएका प्रेमले भरिएका भावपूर्ण शब्दले आशाको डोरीमा झुण्डिएको देखिन्छ्  । भरले थलमा बस्दा, पिरती गरेर छलमा पर्दा, टाढिदै जाँदा पनि भरमा परेको र मनमा बसेकोले भुल्न नसकी नयन जलमा बग्नु परेको छ । निठुरी साथमा नभए पनि उनको दया माया आदि बाट बञ्चित रहदा पनि उनकै यादमा  अझै पलमा बसेको धारणा गजलमा आएका छन् । बास्तवमा प्रेम दुबैबाट हुनु पर्दछ ।  एकोहोरो प्रेमको नतिजा पीरको भारी बोक्नु सिबाय के नै हुन्छ र ?
गजल –१९, यो गजल बहरे बाफिर मुसम्मन् सालिम २० अक्षरमा, ज.ज भ र स ज.ल.गु. गणमा (।ऽ।।ऽ ह ४ ) (सफाइलतुन् ह ४) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'मसङ्ग यसै रिसाइ तिमी अमार्गहरू समाइदियौ,
नखोज गरी बसेर त्यसै लुकेर कता हराइ दियौ' ।
यस गजलमा प्रेमिका प्रेमीसँग रिसाएर कुमार्ग समाएको र उनको खोजी गर्दा लुकेर बसेकोले प्राप्त गर्न नसकेको । प्रेमीले सबै दिल दिएर दिल खाली भएर  हृदयलाई समाल्न भनेर दिदा पनि त्यसलाई बगाइ दिएको र  नहुने कुराम मच्चाइमा परेर म फसिएँ, मायालुलाई दिनपर्ने सबै कुराहरू दिएर सकिए तर मायालुले भने कुनै कुरा ग्रहण गरिनौ भन्दै गजलकार भाबुक भएर लेख्छन् –
'मुहार सरी दया नहुने सबै मुटुमा माया नहुने,
त्यसै त यहाँ सुकेछ दिलै बिनेर अझै जलाइ दियौ' ।
गजल –२०,  यो गजल बहरे बाफिर मुसद्दस सालिम १५ अक्षरमा, ज.ज भ र स गणमा  (।ऽ।।ऽ ह ३ ) (मफाइलतुन् ह ३) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'बनाइ रहौँ निवासहरू दिलै दिलको,
गराइरहौँ यि गाउँहरू मिलै मिलको' ।
गजलकारले यहाँ दिलै दिलको निवासको निर्माण, गाउँलाई मिलै मिलको बनाउनको लागि जागरणको आवश्यक्ता छ त्यसको लागि सबै उठ्नु पर्छ, नयाँ नयाँ मनोरञ्जनको सिर्जना गर्दै  भोक र पियासले आत्तिएकाहरूलाई तिलको पुरी बनाएर सबैको भोक र पियासलाई मिटाइ दिऊँ । धर्तीलाई दुःखी बनाएर नरुवाउँ । झारलाई उखेलेर फालिदिउँ र किलै किलको प्रयोगबाट आनन्द दिलाउँ भन्ने धारणले सुसज्जित छ गजल ।
गजल –२१  यो गजल बहरे बाफिर मुरब्बा सालिम १० अक्षरमा, ज.ज भ गु गणमा (।ऽ।।ऽ ह २ ) (मफाइलतुन् ह २) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ–'
ति पाउ उता बढाइ दियौ,
दया पिरती हटाइ दियौ' ।
प्रेमबाट विछोड मार्गमा लागेकी प्रेयसीप्रति पोखिएका भावना हुन् यी ।  जब जब प्रेयसीले प्रेमीलाई तिरस्कृत गर्दै लम्कन लाग्दा त्यहाँ सकरात्मक हुँदैनन् । नयाँ झोपडीको निर्माण हुन सक्दैन । प्रेमको आँकुरा अङ्कुरण हुन पाउँदैनन् भविष्य उज्ज्वलमय हुँदैन र भएभरको खुसी जल्न जान्छन् जस्ता धारणा आएका छन् गजलमा । यहाँ वियोगको ज्वाला दन्केको छ र एकोहोरो प्रेमको परिणति दर्शिएको छ ।  
,गजल –२२ यो गजल बहरे हजज मुसम्मन् मक्बूज (पिङ्गल छन्द–पञ्चचामर ) १६ अक्षरमा । ज.र.ज.र.ज.गु,ु गणमा  (।ऽ।ऽ ह ४ ) (मुफाइलुन् ह ४) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
' गिराउने उठाउने कमालको छ जिन्दगी,
हँसाउने रुवाउने कमालको छ जिन्दगी' ।
यस गजलमा जिन्दगीको उतार–चढाव, हँसाइ–रुवाइ, सताइ–फकाइ, नरात, नदिन, नहार नजित,  कुहाल बनाउने, नसोच नहोस, जताततै घुमि दिने, कता हो कता पु¥याइदिने, कहिले हराइने त कहिले डराइने कमालको छ जिन्दगी भन्ने धारणाहरु आएका छन् गजलमा । बास्तवमा  जिन्दगीको यथार्थताहरू जटिल छन् सजिलै बुझ्न गाह्रो छ । मानव जीवन भनेको सङ्घर्ष हो संघष्र्चमा जे पर्छ सो व्यहोर्नु पर्छ ।  
 गजल –२३  यो गजल बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ (पिङ्गल छन्द–विद्याधर) १२ अक्षरमा । म.म.म.म. गणमा (ऽऽऽऽ ह ३ ) (मुस्तप्mफैलुन् ह ३) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'खाँचो भो खाँचो भो  चायाँको खाँचो भो,
छोटो यो जीवन्मा मायाको खाँचो भो' ।
यस गजलमा गजलकारले जीवन छोटो छ तर मानवका आवश्यक्ता धेरै छन् । सौन्दर्यताको लागि चाया(पूmल) को खाँचो, जीवन सार्थक पार्नको लागि मायाको ÷ जीवन सङ्गिनीको खाँचो, सूर्यको तेज प्रचण्ड भएको वेला छायाँको खाँचो पर्छ । छोटो जीवनमा असीमित आवश्यक्ता छन् । ती आवश्यक्ताको यथास्थानमा पूर्ति हुन आवश्यक हुन्छ भन्ने धारणा छ गजलमा ।
गजल –२४  यो गजल बहरे मुतदारिक मुसद्दस् मक्तुअ मुदाइफ महफूज (पिङ्गल छन्द–माला) ११ अक्षरमा । म.म.म.गु.गु. गणमा (ऽऽऽऽ+ऽऽऽऽ+ऽऽ+ऽ) (मुस्तप्mफैलुन् + मुस्तप्mफैलुन् +फैलुन्+फा) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
 'दिलमा बर्षी राख्ने पानीले मा¥यो,
साह्रै मर्का पार्ने नानीले मा¥यो' ।
दिलमा बर्षी राख्ने पानी, साह्रै मर्का पार्ने नानी, आँखा छोपी राख्ने बानी, डाहा धेरै थप्ने दानी, ठूलो मेला हेर्न खोज्दा आफ्नै जात्रा गर्ने सानीले त मारे नै तर –
'डाहा पीडा पार्ने कस्ले हो भन्थेँ,
राजाभन्दा धेरै रानीले मा¥यो' ।
गजलकारले पीडादाइकर्ता पुरुष भन्दा नारी नै अघि भएको धारणा पोखेका छन् ।
 गजल –२५ यो गजल बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ (पिङ्गल छन्द–विद्युन्माला) ८ अक्षरमा । म.म.गु.गु. गणमा (ऽऽऽऽह् २) (मुस्तप्mफैलुन् + मुस्तप्mफैलुन्) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'के के मैले ताकेंँ साथी,
भाग्गे खोजी थाकेँ साथी' ।
 मानवले धेरै गर्ने धारणा ÷ भावना लिन्छन् । प्राप्त  गर्न सके आँपूmले गरेको र उपलब्धि प्राप्त नभए भाग्यलाई दोष दिन्छन् । यहाँ पनि गजलकारका चाहना धेरै देखिन्छन् । ती प्राप्ति गर्न भाग्यको खोजीमा लाग्दछन् र थाक्छन् पनि  । ठूलो मान्छे बन्नको लागि दिलमा मर्का जाकेको, उनको माया धेरै लागेर आँफैले डाकेको, दिलको गाडी दौडाएर आफ्नै पारामा हाँकेको र मौका फेला पर्ला भनेर कुर्दा कुर्दा पाकेको र थाकेकोले उनको छायाँ र माया पूरा मागी मौलाकाली लाई भकेको धारणा पस्केका छन् गजलकारले । बास्तबमा भाग्य छ भनेर चाल्नुमा दूध दुहुन सकिदैन । दूध दुहुनत ठेकी नै चाहिन्छ । क्रम गर्नु  पर्छ ।  
गजल –२६  यो गजल बहरे मुतदारिक मुरब्बा मक्तुअ मुदाइफ महपूmज (पिङ्गल छन्द–शोर्षरूपक) ७ अक्षरमा । म.म..गु. गणमा (ऽऽऽऽ+ऽऽ+ऽ) (मुस्तप्mफैलुन + फैलुन+फा) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'हेराई आफनो आप्mनो,
सोचाई आप्mनो आप्mनो'  ।
मानिसका आफ्नै दृष्टिकोण हुन्छन्, आफ्नै सोचाई हुन्छन्, पर्खाइ आफ्नै ,रोजाई ,कटाइ ,छटाइ, आफ्नै आफ्नै हुन्छन् ।, कसैलाई तीतो त कसैलाई मीठो मन पर्छ । अतः सबैको चाहना, धारणा, भावना एकै किसिमको हुँदैन भन्ने धारणा आएको छ गजलमा ।
 गजल –२७  यो गजल बहरे मुतकारिब मुसम्मन् मक्बूज (क) (पिङ्गल छन्द–मौक्तिकदाम) । जगण  (।ऽ। ह ४) (फऊलु ह४+) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'नसोध नखोज कहाँ छु म आज,
ठिकै छु दुरुस्त जहाँ छु म आज'।
गजलकारले भन्छन् –आकार बनेको पियार दिएर,उमेरलाई छोट्याउँदै, भर नभएको स्थान तिर, साँझ विहान विताइ रहेको छु । मायालु बन्दा धेरै दर्द लिनु पर्ने दयालु हुँदा महान बन्न सकिने भएकोले कसैसँग बताससम्म नपस्नेसँग छु म आज भन्ने धारणा पस्केका छन् गजलकारले  ।
 गजल २८  यो गजल बहरे हजज मुसम्मन् महपूmज ( पिङ्गल छन्द–समता ) १३ अक्षरमा । य.र.र.र.गु,ु गणमा  (।ऽऽऽ+।ऽऽ+।ऽऽ) (मफाईलुन् +फउलुन् + फउलुन् + फउलुन् ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
 'दिएका चोटलाई लगाएँ दिलैमा,
नबोल्ने चित्र मैले सजाएँ दिलैमा ।
यी मार्मिक चोटलाई दिलमा लगाएर, मूक चित्र दिलमा सजाएर, कुवेलाहरूको यादलाई आफ्नै दिलमा जमाएर, पे्रमलाई कसैले नमीठो बताउँदा पनि तिनको व्योरालाई दिलमा समाएर, अँधेरो रातमा बिना तेलको दियालो जलाएर, जमानाले दिएको निकम्मा विलौनालाई दिलमा चढाएका छन् गजलकारले । प्रेममा कठोर प्रयास रत रहेको देखिन्छन् । यस गजलमार्फत हामीले सार्थक उपलब्धिमा लाग्नु पर्ने सन्देश पाउँछौ । निरर्थक कामले मानव जीवनमा न त  कु नै उपलब्धि हुन्छ न त मानिसले अमनचैन नै प्राप्त गर्न सकिन्छ ।
गजल– २९,  यो गजल बहरे रजज मुसम्मन् मख्बून मुतब्बी १६ अक्षरमा ।  ज. स. ज. र. भ. गु,ु गणमा् (।ऽ।ऽ+ऽ।।ऽ+ ।ऽ।ऽ + ऽ।।ऽ) (मुफाइलुन् +मुप्mतइलुन् +मुफाइलुन् + मुप्mतइलुन् ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'कुरा गरी रात गए पुरा नभै बात गए,
 हुँदा हुँदा आज सबै भएभरी मात गए' ।
सिङ्गारिक धारमा लेखिएका गजलमा कुरा गर्दा गर्दा रात गए पनि मनका भावना पोख्न पुरा हुन सकेनन् तर आज मात भने गयो । प्रभात रमाउँदै गयो, जहाँ पाऊ प¥यो  त्यहाँ थात गयो । घरी घरी बात दिने बढी बढी प्यार दिने दयाको साथमा मनै छुने हात गए, आशाहरू हराउँदै ढले, बनाउँदा बास ढले, सँगसँगै केही पनि रहेनन् र यहाँ सबै जात गए भन्ने धारणा पोखिएको छ । यो कटु सत्य हो यहाँ आए पछि सबै जानुपर्छ ।
गजल– ३० , यो गजल बहरे मुतकारिब मुसम्मन्  महजूफ १० अक्षरमा, ज. त. र. गु, गणमा (।ऽ+।ऽऽ+।ऽ+।ऽऽ) (मफा + फउलुन् ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–'
 टुट्यो सितारा यहाँ नजानी,
भएँ बितारा यहाँ नजानी'
नजाने पछि निश्चय नै सितारा टुट्न सक्छ, बितारा पर्न सकिन्छ, भरोसा गर्दा हृदय नै छिन्न सक्छ, नदी बढे पछि तर्न नसकी किनारमा अडिनपर्छ । सहारा लिन खोज्दा कसैको नमीठो हुन सकिन्छ, हावा ठूलो चल्यो भने बसेरा ढल्न सक्छ, भन्ने धारणा पोखिएको  छ गजलमा । कुनै कामको थालनी गर्दा जानकारी लिएर गर्न सकेमात्र सफल भइन्छ भन्ने बोध गराएको छ  गजलले ।
गजल –३१, यो गजल बहरे मुन्सरेह मुतब्बी मन्हूर(ख) (पिङ्गल छन्द–म्पकमाला ÷ रुक्मबती ) १० अक्षरमा, भ. म. स. गु. गणमा  ऽ।।ऽऽह २) (मुप्mतइलुन् ह२) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'चाँद रहेछौ जून बनाएँ,
आज म दिल्को खून बनाएँ' ।
चाँदबाट जून, दिलको खून, दर्शन ढुङ्गामा प्यार भरेर चून, पर्वतलाई नून, नमीठो गीतलाई गाउन मिल्ने धून बनाएको धारणा राख्दै गजलकारले निर्माणमा लाग्न पर्ने मार्गदर्शनको साथै राम्रो चीजलाई झनै राम्रो र अमिल्दो बस्तुलाई मिल्दो अवस्थामा परिणत गर्नु पर्छ भन्ने धारणा पस्केका छन् गजलमा ।
गजल –३२ , यो गजल बहरे मुतकारिब मुसद्दस् सालिम मुदाइफ १८ अक्षरमा । (यगण ह ६) (।ऽऽ ह ६) (फउलुन् ह ६) रुक्न ६ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'यहाँ रक्त जस्तै बगेछौ तिमी  नै तिमी यो दिलैमा,
नटुट्ने नफुट्ने बनेछौ तिमी नै तिमी यो दिलैमा' ।
 प्रेमको रसले जब यो तन नै सिँचित हुन्छ , दिल नै ओगट्छ न त्यो टुट्छ नत्यो फुट््छ नै । छाती सानो भए पनि प्रेमको सागर नै थाम्न सक्छ । टाँसेर राख्न सक्छ । नहटाएर हट्न सक्छ, अति गहिरो रूपमा स्थान लिन्छ । न देख्दा आँखा भिज्छन् । मिलन नहुँदा साह्रै डर लाग्दछ । यो प्रष्ट छ कि उनी विना यो दिलमा उनी बिना न कोही चाहेर बस्न सक्छ । त्यसो हुँदा अरु कसैले नहेरे हुने भयो किनकि ठूलो प्रेमको स्थान उनैले भरेकी छन् भन्ने धारणा छ गजलमा । कसैको हृदय नै कसैले ओगटी सक्यो भने त्यहाँ प्रेमको रिक्त स्थान कहाँ रहन्छ र ?
गजल–३३, यो गजल बहरे हजज मुसम्मन् महपूmज मक्पूmफ(पिङ्गल छन्द–कन्द) १३ अक्षरमा। य. य. य. य. ल. गणमा (।ऽऽ+।ऽऽ+।ऽऽ+।ऽऽ।) (फउलुन् + फउलुन् + फउलुन् + मफाईलु) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ् –
'जमाना नजाती सताई रहेको छ,
 कसैले असाद्दै फसाई रहेको छ' ।
 यो पनि प्रेममा आधारित गजल हो । समयको चक्रमा सबै पर्दछन् । कोही लाभान्बित हुन्छन् कोही सत्तिइरहेका हुन्छन् । जब नजरबाट नजरमा तीर चल्छ भने अवश्य दिलभित्र आगो जल्न थाल्छ । हटाउन चाहे पनि दिलैमा बिलौना बढाउन थाल्दछ । मार्ग परिबर्तन गराउँछ । कहाँ बाट कस्ले यो रोग थमाइ दियो थाहै लागेन र यसैबाट थलाई रहेको छ भन्ने धारणा आएको छ गजलमा ।
गजल ३४ यो गजल बहरे मुतकारिब मुसम्मन् अबतर १० अक्षरमा । र. र. र.गु. गणमा (ऽ।ऽऽ+।ऽऽ+।ऽऽ) (फाइलातुन्+फउलुन्+ फउलुन्) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'तीर कस्तो चलायौ तिमीले,
घाउ थुप्रै बनायौ तिमीले' ।
हुन त तीर चलाउनु भनेको घाउ बनाउन नै हो । प्रेमरूपी तीरबाट थुप्रै घाउ फेला पारेका गजलकारले उनको रूपबाट दिल नै असाध्य बलेको छ । यही प्रेम रोगबाट बीच बाटोमा थलिएका छन् । दिलको ज्याला दिने भनिए तापनि सित्तैमा कजाइएको, छ।   यो जगतमा केही गर्ने चाहना हुँदा हुँदै पनि गरिबीको कारणले गर्दा फसाइएको धारणा पोखिएको छ गजलमा ।
गजल –३५, यो गजल बहरे कबीर १२ अक्षरमा । म. य. र. र. गणमा (ऽऽऽ। + ऽऽऽ। + ऽऽ।ऽ) (मप्mऊलात + मप्mऊलात + मुस्तफइलुन्) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'केही छाक टार्ने माम खोजी रहें,
बोली हैन मैले काम खोजी रहें' ।
यहाँ गजलकारले काम मामको साथै उनको हातमा पर्ने खाम खोजी रहेका र छोटो जिन्दगीमा प्यारको लामको साथै आँपूmसँग मिल्ने नामको खोजीमा रहेको धारणा पस्केका छन् । हुन पनि हो माम प्राप्त गर्न दाम चाहिन्छ, दाम प्राप्त गर्न काम चाहिन्छ, प्रेमपत्र पठाउन खाम चाहिन्छ । संसारमा आए पछि आफ्नो नामसँग मिल्ने नाम चाहिन्छ । यसरी बास्तविक जीवन सुचारु रूपले चल्न सक्छ ।
गजल –३६ 'यो गजल बहरे मुतकारिब मुसम्मन् अस्लम् (क) १० अक्षरमा । त. म. र. गु. गणमा (ऽऽ + ।ऽऽ + ऽऽ + ।ऽऽ)  फैलुन् +(फऊलुन्+ फैलुन् + फऊलुन् ) रुक्न ४मा आधारित रहेर सिर्जना गरिएको  छ–
'उस्ले त मेरो जात्रा गरायो,
मायालु दिल नै तोडी हरायो' ।
मायालु दिल तोडिन गए मानव जीवनमा  जात्रा हुन्छ । प्रेम प्यासले दिल साह्रै तिर्खाएको र यो तिर्खा मेटाउन पानीको खोजी गर्दा पनि प्राप्त गर्न नसकेको साथै दिलमा नै पैरो चलाएर बासै सर्न परेको कुरा साथै उनकै दयामा आशक्ति भएको मा अनेकौ मर्का दिलमा भरिएको धारणा आएको छ । एकोहोरो प्रेमको नतिजालाई गजलले  प्रष्ट पारेको छ ।  
गजल– ३७,  यो गजल बहरे हजज मुसम्मन् मक्बूज अखरम अखरब १३ अक्षरमा । ज. म. म. य. गु. गणमा (।ऽ।ऽ + ऽऽऽ + ऽऽ। + ऽऽऽ) (मफाइलुन् + (मफऊलुन् + मफऊलुन् + मप्mऊलु + मप्mउलुन्) रुक्न ४मा आधारित रहेर सिर्जना गरिएको  छ–
हिमाली झल्को राख्ने यो देश हाम्रै हो
अघोर माया गर्ने यो देश हाम्रै हो' ।
देश प्रेमले भरिएर लेखिएको यो गजलमा हिमालको झल्काई, तराईका सुन्को बाला, पहाड हीरा झै नदी नाला झर्ना बग्ने यो देश हाम्रो हो । त्यसो हुँदा यस देशमा खुन पसिना मिलाउँ , बहार छाई राख्ने, मीठो हरियाली, हाँसेर गुराँस फुल्ने, महान उर्जाले भरिएको उब्जाउ माटो भएको यो देश हाम्रै हो, भन्दै गजलकारले देशप्रेम, देशको प्राकृतिक सौन्दर्यता उर्बरा शक्ति, देशको अपरम्पार हीरा मोती उब्जने भूमि हिमाल तराई नदी–नाला, सबैको प्रगति गर्नको लागि पसिना बगाउँ भन्दै आफ्नो अमिट राष्ट्रभक्तिलाई प्रदर्शन गरेका छन् ।
गजल –३८, यो गजल बहरे कलीब मुसद्दस मशकुल मक्पूmफ अबतर (पिङ्गल छन्द–भुजङ्गसङ्गता) ९ अक्षरमा । स. ज. र. गणमा ( ।।ऽ। +  ऽ।ऽ।  + ऽ) (फिइलातु + फाइलातु + फा ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'अब राख  होस् मातमा,
न लडौं न बात बातमा' ।
 मातमा होस राख्दै बात बातमा लड्न छोड्दै, प्रेमलाई हात हातमा बाँड्दै, जनताका घात घातमा दुःख दर्दमा साथ दिंदै देश भेषमा दिल दिँदै जातपातमा नभुल्दै अन्धकारलाई दीप जलाएर ढाल्नु पर्छ । समाजको विसङ्गति बिकृतिलाई नास्दै प्रकाशमय जीवनको खोजी गर्नु पर्छ ।
गजल – ३९, यो गजल रमल मुसम्मन् मक्तुअ १२ अक्षरमा । र. य. र. य.  गणमा ( ऽ।ऽ। + ऽऽ + ऽ।ऽ। + ऽऽ) (फाइलातु + फैलुन + फाइलातु + फैलुन ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ –'बैगुनी थलोमा बास के लिने हो, चोटमा कसैको आस के लिने हो' । भन्न त भनिन्छ बैगुनीलाई गुनले मार्नु पर्छ तर बैगुनी थलोमा बास के बस्ने, चोट दिनेसँग आस के गर्ने मर्मको सुपारीमा गास के लिने, दिलको रोशनीको चाहना हुँदा र दर्दले भरेको भास र नमेटिने प्यासको साथै मार खान पर्ने नाशलाई कसरी ग्रहण गर्ने भन्ने धारणा गजलमा प्रष्टिएको  छ ।
गजल –४० , यो गजल बहरे कलीब मुसद्दस मक्तुअ मशकूल मक्बूज (पिङ्गल छन्द – उपस्थिता) १० अक्षरमा । त. ज. ज. गु. गणमा ( ऽऽ। + ।ऽ। + ।ऽ।ऽ) (मप्mऊलु + फऊलु + मुफाइलुन््् ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'चाहेर बसे छु सधैं यहाँ',
यो प्यार दिएँ छु सधै यहाँ ' ।
प्रेमको पर्खाइमा लेखिएको गजलमा चाहेर बसेको, प्यार दिएका,े संसार छुटे पनि म तिम्रै हुनेछु भन्दा भन्दै माहोल खराब हुँदै गएकोले बेहाल भएको छु । मायाको बहार बगाउने काम गर्दै छु । वैलेर पियार झरे भने सम्झेर रुनेछु । यस्ता गहन प्रेमका भावना पोखिएका छन् गजलमा ।
गजल–४१  यो गजल बहरे कबीर मुसद्दस मतब्बी १२ अक्षरमा । र. ज. र. स. गणमा ( ऽ।ऽ। + ऽ।ऽ। + ऽ।।ऽ) (फाइलातु + फाइलातु + मुफ्तइलुन ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
'देह गल्न देऊ शान राखिरहौं,
देश बढ्न देऊ मान राखिरहौं' ।
राष्ट्रियताले  भरिएको यो गजलमा देह गले पनि शान राखिराख्न सक्नु पर्ने देशलाई उठाउँदै मानलाई राखिनु पर्ने राष्ट्रियतालाई माथि उठाउनु पर्ने काम गर्ने सोच गरी तान राख्नुपर्ने, ज्ञान राख्नु पर्ने यदि शत्रुसँग लड्न परेमा ध्यान राख्नुपर्ने जस्ता महत्व पूर्ण उद्गारहरू गजलमा प्रष्ट्याउने प्रयास गरिएको छ ।
गजल–४२  यो गजल बहरे कबीर मुसद्दस मारफो १० अक्षरमा । र. र.त. गु.गणमा ( ऽ।ऽऽ + ।ऽऽऽ + ।ऽ) (फाइलातुन् + मफाईलुन् + मफा ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ –
 'सोच्न लागें तिमीलाई यहाँ,
 रोज्न लागें तिमीलाई यहाँ' ।
प्रेममा आधारित यस गजलमा गजलकारले प्रेमीको बारेमा सोच्न लागे, उनैलाई रोज्न लागे, रातकाट्ने साहाराको लागि उनैलाई डाक्न लागे, दिल टुक्रा पारेकोमा मान्न लागे, छातीमुनि नैन धेरै गडेकोमा खोज्न लागे र पीर धेरै दिएकोले चिन्न लागेको धारणा पस्केका छन्् ।
गजल –४३  यो गजल बहरे मुजारे मुसम्मन् अखरब् (पिङ्गल छन्द–दिक्पाल) १४ अक्षरमा । त. र. म. ज. गु. गु. गणमा ( ऽऽ। + ऽ।ऽऽ + ऽऽ। + ऽ।ऽऽ) (मप्mऊलु + फाइलातुन् + मप्mऊलु + फाइलातुन्) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ –
 'छाया नआउनाले चर्केर जान लागे,
माया नपाउनाले फर्केर आउन लागे' ।
 घाम चर्को लाग्दा छायाको आवश्क्ता पर्छ नत्र भने चर्केर जान सक्छ, माया पाएन भने फर्केर जान सक्छ, ्आँखा नहेरी हिड्दा जालोमा पर्न सकिन्छ फुस्कने प्रयास गर्दा सर्केर जान पर्ने हुन्छ । माया र प्यारको आधार बनाउँछु भन्दा मीठो कटार लागि थर्केर जान पर्ने हुन्छ । सामान जिन्दगीको जोडेर जान्छु भन्दा चोट धेरै खाएर दर्केर जानु पर्छ । मायालु नै शत्रू भएकोले वेहाल बनायो, माथि उक्लने धारणा हुँदा हुँदै पनि आज लर्केर जान परेको छ । हरेक काम गर्दा ध्यान दिनु पर्छ भन्ने सन्देश छ गजलमा ।
गजल ४४  यो गजल बहरे रमल मुसम्मन् मक्तुअ मशकूल १० अक्षरमा । म. भ. र. गु. गणमा ( ऽऽऽऽ + ।।ऽ। + ऽऽ) (मुस्तप्mफैलुन् + फिइलातु + फैलुन्) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'साह्र्रै राम्रो अवतार तिम्रो,
चर्चा गर्छन् दिलदार तिम्रो' ।
 अवतार तिम्रो धेरै राम्रो भएकोले सबैले चर्चा गर्दछन् । दिनरात तिम्रो मायाजालको सरकार चलेको देखियो । प्रत्येक बार तिम्रो प्राप्त गर्नको लागि सबै यार दकुरेको पाइयो, नवजात शिशुदेखि ठूलासम्म तिम्रो दरकार देखियो र तिम्रा नयन तलबार चल्दा संसार नै दिवाना भएको पाइयो भन्ने धारणा गजलले पस्केको छ । प्रेमले मानिसका सारा काम नै भुलाइ दिन्छ  र आफ्नो स्थान लिन्छ भन्ने जानकारी दिलाएको छ गजलले ।
गजल –४५  यो गजल बहरे रमल मुसम्मन् मख्बून मक्तूअ (ख) १४ अक्षरमा । र. भ. त. य. गु. गु. गणमा (ऽ।ऽऽ + ।।ऽऽ + ।।ऽऽ + ऽऽ ) ( फाइलातुन् + फिइलातुन् + फिइलातुन् + फैलुन्) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'देव तेरो दुनियामा जन पाल्ने को हो,
प्यार मैले दिन लागे भन राख्ने को हो' ।
यो धार्मिक दर्शनमा आधारित गजल जस्मा दैवसँग प्रश्न राखिएको छ । यो संसारको जन पाल्ने को हो, प्यार दिँदा प्यार राख्ने को हो, मन धान्ने को हो, वागलाई मल पानी दिएर हुर्काएको त्येसै घरलाई ढाल्ने को हो, मार पर्दा, रन चल्दा, वनपाखामा दिल साट्ने को हो भनी खोज्न गाह्रो भयो, हे दैव तैंले आँफै भन मैले भर गर्ने यो तन छोप्ने कोही छ । आज भनी प्रश्न राखिएको छ । धर्म दर्शनबाट नियाल्दा यो संसार चलाउने एकमात्र ईश्वर हुन् ।
गजल–४६ , यो गजल बहरे मुसाज वा मुज्तस् १६ अक्षरमा । त. त. म. र. र. गु. गणमा (ऽऽ।ऽ +ऽ।ऽऽ + ऽऽ।ऽ + ऽ।ऽऽ) (मुस्तफाइलुन् + फाइलातुन् + मुस्तफइलु्न् + फाइलातुन्) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ–
 'छोटो  छ यो जिन्दगानी केही गरी मर्न देऊ,
जाने भयो खेर माया कोही यहाँ छर्न देऊ' ।
 यो संसारमा जिन्दगीमा आउने जाने क्रम निरन्तर छ । जिन्दगी छोटो पनि छ । यहाँ आउनुको मत्लब केही गर्नको लागि हो, त्यसो हुँदा केही गरेर मात्र मर्नु पर्छ । मायालाई खेर नफालौं प्यारलाई सस्तोमा नबाँडौ, मानिस भए पछि मानिसजस्तै बन्नु पर्छ । स्वार्थपूर्ति गर्नेवालाले स्वार्थपूर्ति गर्ने काम गरेकै छन् । मैले पनि धेरै काम गरें पनि अझै देशको लागि केही गर्नु छ । संसारमा गल्ती गर्दै गर्दिन भन्ने कुरा मान्य हुँदैन किनकि केही न केही गल्ती गरेकै हुन्छन् । गल्ती गरे पछि महसूस गरेर माफी माग्छ भने माफी दिनुपर्छ र पापबाट मुक्त हुनुपर्छ । जीवनमा हाँसेर बाच्नु पर्छ । दासी भएर हैन । मायालुको दर्द पीडामा सहभागी हुनुपर्छ भन्ने धारणा आएको छ ।    
गजल –४७  यो गजल बहरे हजज मुसम्मन् अखरब महजूफ (पिङ्गल छन्द–मणिमाला) १२  अक्षरमा । त. य. त. य. गणमा ( ऽऽ। + ।ऽऽ + ऽऽ। + ।ऽऽ) (मप्mऊलु + फऊलुुन् + मप्mऊलु + फऊलुुन्) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'आँखासँग आँखा जोडेर हरायौ,
मायालु दिल यो तोडेर हरायौ' ।
युद्धमा होमिए पछि त जित र हार त भै नै रहन्छ । यदि हराउनु नै भए आँखामा आँखा जोडेर, मायाको दिलै तोडेर, दिलको सानो घरलाई फोडेर, जीवन यात्रामा अन्तैतिर बाटो मोडेर, अब ठूलो घर गोडेर तिमी हिड्यौ तर मैले तिमीलाई नै ठूलो संसार सम्झे र प्रदान गर्नु पर्ने सम्पूर्ण चीजलाई प्रदान गरेकै थिएँ  त्यति ले पनि पुगेन भन्ने धारणा आएको छ गजलमा ।
गजल –४८  यो गजल बहरे हमीम् मुसद्दस मख्बून्  १२ अक्षरमा । स. र. ज. र. गणमा ( ।।ऽऽ + ।ऽ।ऽ + ।ऽ।ऽ) (फिइलातुन् + मुफाइलुन् + मुफाइलुन् ) ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ–
 'दुनियामा कुरा चल्यो नयाँ नयाँ,
दिल दुःख्ने व्यथा फल्यो नयाँ नयाँ' ।
संसारमा नयाँ कुरा चल्यो, दिल दुख्ने व्यथा फल्यो, मन सरिताझै बग्यो, पूmल फुले, दियो बल्यो, नेता जति बढ्दै गए कुरा त्यति लडे, जनतामा व्यथाहरू बढे, घर बस्तीहरू नयाँ नयाँ बढे र म पुरानो भएको हुँदा कता पुगें भन्ने धारणा आएका छन्् । बस्तवमा संसार परिवर्तनशील छ । यहाँ नयाँ नयाँ परिवर्तन भै नै रहन्छन् भन्ने धारणा आएको छ गजलमा  
गजल –४९  यो गजल बहरे सरीम १२ अक्षरमा । य. त.  म.  य. गणमा ( ।ऽऽऽ + ऽ।ऽऽ + ऽ।ऽऽ) (मफाईलन् + फाइलातुन् + फाइलातुन् ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'नदी ठूलो आज देखें तर्न पर्ने,
नभेटाए मार्ग माया गर्न पर्ने ।
प्रेम र राष्ट्रियताको  भावनाको मिश्रणमा रहेको यो गजलमा ठूलो नदी तर्न पर्ने देखिएको माया गर्न पर्ने मार्ग पनि नभेटिएको, यादमा धेरै समय व्यतित भएकोले जवानकिो डाललाई हर्न पर्नेको साथै दया माया पनि केही मागिएन तर त्यो प्राप्त गर्न पनि आँफै मर्न पर्ने जस्तो देखिएको र खोजिएका बस्तु प्राप्त गर्नको लागि आँफै बिमारी पर्न पनि सकिएन भन्ने धारणा आएको छ । यस गजलमा एउटा शेर देशप्रति समर्पित हुनु पर्छ भन्ने समावेश गरिएको छ–
'हुँ नेपाली हेर जन्मे यस धरामा,
छ वाँकी यो खून मैले छर्न पर्ने'
गजल –५०  यो गजल बहरे मुतकारिब मुस्म्मन मक्बूज (ख) १२ अक्षरमा, ज. य. ज. य. गणमा ( ।ऽ। + ।ऽऽ + ।ऽ। + ।ऽऽ) (फऊलु + फऊलुन् + फऊलु + फऊलुन्)  रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको  छ
Þ'इमान नराम्रो गरेर हरायौ
मसङ्ग नआई सरेर हरायौ, ।
प्रेममा चित्त नबुझे हराउन सकिन्छ तर यहाँ इमान नराम्रो गरेर, सम्पर्कमा नआई सरेर, सँगै समुद्र तर्ने भन्दा भन्दै नपर्खेर, मायाको बगैँचा रचेर बस्दा पनि जवान नबन्दै चरेर, दिलैदेखि झरेर मीठा भविष्य हरेर हराएको धारणा पस्केका छन् गजलकारले ।
गजल– ५१, यो गजल बहरे हजज मुरब्बा अखरम मक्बूज ७ अक्षरमा । म. ज. गु. गणमा ( ऽऽऽ। + ऽ।ऽ) (मप्mऊलात् + फाइलुन्) रुक्न  २ मा आधारित रहेर सिर्जना गरिएको  छ –
'हाँसी दिन्छ जिन्दगी,
 रोई दिन्छ जिन्दगी' ।
जिन्दगी बास्तवमा हाँसो र रोदनको सम्मिश्रण हो । जीवन जगतसँग गजलकार परिचित छन् र यसरी धारणा राख्दछन् । जिन्दगी हावाको वहाव जस्तो रहेछ जो माया प्यार दर्दमा चल्ने घुम्ने घाम जून जस्तै । खोला हैन जिन्दगी तर साह्रै बग्छ भन्ने धारणा आएको छ गजलमा ।
गजल –५२, यो गजल बहरे मुतकारिब मुसम्मन् अस्लम ((ख) ११ अक्षरमा । य. य. त. गु. गु. गणमा ( ।ऽऽ + ।ऽऽ + ऽऽ + ।ऽऽ) (फऊलुन् + फऊलुन् + फैलुन् + फउलुन्) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'दिलै भित्र बिभ्mने काँडो हुने भो,
दिएथें जवानी घाँडो हुने भो' ।
बास्तवमा गजलकारले प्रेममा कहिलेकाँही दिलभित्र बिझ्ने काँडो पनि प्राप्त हुन सक्छ र दिएको जवानी पनि घाँडो हुन सक्छ भन्दछन् । असल काम गर्नेलाई जवानी फाँडो हुन सक्ने, बाचा टुटाएर तामासा बनाउन थाल्यो भने त्यसैको कहानी चुलिएर डाँडो बन्न सक्ने, नमीठा पीडालाई दिलमा ग्रहण गर्दा दिलै लुकाउने भाँडो हुने, र बानी व्यहोरालाई नजानीकिन दगाबाज गर्न हतार गर्न नहुने धारणा यहाँ पस्किएको छ ।  
गजल– ५३,
 यो गजल अन्य मुजाहिफ बहर १५अक्षरमा । र. त. म. य. म गणमा ( ऽ।ऽऽ + ऽ।ऽऽ + ऽ।ऽऽ + ऽऽ + ऽ) (फाइलातुन् +फाइलातुन् + फाइलातुन् + फैलुन् + फा ) रुक्न ५ मा आधारित रहेर सिर्जना गरिएको छ–
'रक्त बग्ने सास  चल्ने जिन्दगानी तिमै्र हो,
जे गरे नी गर्न सक्छौ यो जवानी तिम्रै हो' ।
रक्त बग्ने सास चल्ने यो समर्पित जिन्दगी तिम्रो हो । जे गर्न मन लाग्छ गर । तिम्रा दन्त मोतीजस्ता छन्, केश सुनजस्ता छन् । त्यसो हुँदा तिम्रो सुन्दरताको कहानी पढ्न लागेको छु । तिम्रो रूपको स्मरणले नीद नआएर नैनहरू दर्केका छन् र आँसु झर्दा भिज्ने यो सिरानी पनि तिम्रो हो । सम्झनाको आगोले गर्दा सारा चीज भष्म भयो र यो भष्म पार्ने काम तिम्रै हो भनिएको छ गजलमा । तिम्रो प्रेममा दास बन्ने यो प्राणी पनि तिम्रै हो । यी सारा बस्तुलाई राख्ने या फाल्ने त्यो तिम्रो मर्जी हो भनिएको छ ।
गजल– ५४  यो गजल बहरे मुन्सरेहे मुसम्मन् मुतब्बी, मन्हूर (ख)(पिङ्गल छन्द–चम्पकमाला ÷ रुक्मवती) १० अक्षरमा । भ. म. स. गु । गणमा ( ऽ।।ऽऽ + ऽ।।ऽऽ) (मुफ्तइलातुन् + मुफ्तइलातुन् ) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको छ–
'घस्न डराए चन्दन मेरो,
 घुम्न डराए नन्दन मेरो' ।
घस्न डराउनु चन्दन, घुम्न डराउनु नन्द, प्यारले भरेको भए पनि भन्न नमिल्ने गन्थन, मित्रहरूमा चित्त भरि दिए पनि शत्रु बन्ने जनजन, फुक्न नसक्ने बन्धन र प्रेम बिनाले बाँच्न नसक्ने व्यर्थ भयो मनतन भन्ने धारणा आएको छ गजलमा ।
गजल–५५, यो गजल बहरे मुतकारिब मुसम्मन् महपूmज (पिङ्गल छन्द–भुजङ्गी ) ११ अक्षरमा । य.  य. य. ल. गु । गणमा (फऊलुन् + फऊलुन् + फऊलुन् + मफा )( ।ऽऽ + ।ऽऽ + ।ऽऽ + ऽ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'हावाको नगरमा डुलाई दियौ,
गरेथेँ भरोसा झुलाई दियौं' ।
यस गजलमा गजलकारले हावाको नगरमा डुलाउनु, भरोसा गर्दा झुलाउनु, यता नमीठो इसारा दिलाएर अर्कोतिर बाटो खुलाउनु, बाचाबन्धन चुडाएर बीचमा भुलाउनु, पुराना कहानी भनेर रुलाउनु र घाउ सानो थियो तर ब्यथा बढाएर शिरैदेखि चुलाई दिएको धारणा पस्केका छन् । प्रेमिकाले धोका दिएको धारणा आएको छ ।
गजल ५६ यो गजल बहरे बसीत मुसम्मन् मक्बून (पिङ्गल छन्द–प्रभात) १४ अक्षरमा । त. त. र. य. ल. गु । गणमा (मुस्तफ इलुन् + फाइलातु + फालातुन् + मफा )( ऽऽ।ऽ + ऽ।ऽ। + ऽ।ऽऽ +  ।ऽ )  रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'मेट्ने गरी भोक आज चोट खाई दिएँ,
पीडाहरू झेल्न खेप्न मीतलाई दिएँ' ।
मानिसलाई साहारा प्राप्त गर्नको लागि आपसी मित्रता(मीत)को खाँचो पर्दछ । यहाँ गजलकारले भोक मेट्ने गरी चोट खाएका, पीडाहरू झेल्न मीत लाएका, प्यास लाग्दा तालमा धाएका तर तालै सुकेको पाएका, यारले भोज खान बोलाएर जाँदा मार खाएका, एक्लो हुँदा कोही आफ्नो नपाएका, प्रेम गीत गाउँदा पनि माया दया प्यार नपाइ दुख मात्रै पाएका धारणा पस्केका छन् ।
गजल– ५७, यो गजल बहरे सगीर मुसद्दस मक्पूmफ मक्तुअ मुतब्बी (पिङ्गल छन्द – सुषमा ) १४ अक्षरमा । .त. य. भ. गु । गणमा (मुस्तप्mइलु + मफऊलात + मफा )( ऽऽ।। + ऽऽऽ। + ।ऽ )  रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'दिलदार तिमी संसार तिमी,
मेरो मनको आधार तिमी ।
प्रेममा जब मानिस तल्लीन हुन्छ त्यति बेला दिलले दिलसँग मीत लाउँछ र संसार नै प्रेममय हुन्छ । उसले दिलदार सम्झन्छ मनको आधार सम्झन्छ, पूरै दिलको झङ्कार सम्झन्छ , आफ्नै नयना, दिलको गहना, र यो जीवनको गुल्जार ठान्छ , जुनसुकै काम गर्न पनि मञ्जुर भएर चोखो तनको सर्दार मान्छ । कामकुरा सबै बन्ने ठान्छ र भरपर्छ जस्ता धारणा आएका छन् गजलमा ।
गजल – ५८, यो गजल बहरे सरीम मुसद्दस अखरब मक्तुअ मुदाइफ १४ अक्षरमा । त. म. म. य. गु. गु । गणमा (मुस्तप्mइलुन् + मप्mऊलुन् ह २ )( ऽऽ।ऽ + ऽऽऽ ह २ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'जोडेर राखी राखौ आधार आधा आधा,
साँटेर राखी राखौं यो प्यार आधा आधा' ।
आसन (आधार) नभै सिंहाशान बन्दैन र प्यार नभै घरबार बन्दैन भने जस्तै आधार आधा आधा जोडेर प्यार आधा आधा साटेर राम्रो नराम्रो वेलामा आइ पर्ने सुख दुःख, बाँडेर, जिन्दगीको मीठो सौगात छोडेर जाँदा साकार आधा आधा लेख्ने गरी, डाहा पीडा लाचारलाई व्यहोर्न परे पनि हाँसी हाँसी, छायाँ माया प्राप्त गर्ने  यो धर्ती र अर्ती सबैलाई हामी दुबैले आधा आधा बाँडेर लियौं भन्ने धारणा छ गजलमा ।
गजल –५९, यो गजल बहरे मुज्तस मुसम्मन् मुतब्बी १२ अक्षरमा । भ. म. भ. म. गणमा (मुस्तप्mइलुन् + फैलुन् ह २ )( ऽ।।ऽ + ऽऽ ह २ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'भन्न थियो भित्री राज तिमीलाई,
जीवनको माने ताज तिमीलाई' ।
जीवनको ताज मान्दै भित्री राज भन्दै, तालबिना धेरै गीत बिग्रेकोले साजको लागि तिमीलाई नै खोज्दै, प्राप्त भए पछि राख लाज भनी लाज दिएको, बोझ बढी नहोस् भन्दै काम आधा आधा बाडेको र प्यारबिना यो संसारमा कोही पनि बाँच्न नसक्ने भएकोले तिमीलाई आज सम्झेको भन्ने धारणा  पस्किएको छ गजलमा ।
गजल –६०, यो गजल बहरे मुतकारिब मुसम्मन् मक्बुज महजूफ ११ अक्षरमा । ज. ज. ज. ल .गु । गणमा (फऊलु + फऊलु + फऊलु + मफा)( ।ऽ। + ।ऽ। + ।ऽ। + ।ऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'उध्याइ कटार धसेर गयौ,
पुगेन बिचार फसेर गयौ' ।
प्रेममा गरिएको घातलाई यस गजलमा समेट्ने प्रयास गरिएको छ । कटार उध्याइ धसेर जानु, बिचार नपु¥याइ फसेर जानु, प्यारको साटो प्यार दिनुको बदला बेहाल बनाइ हाँसेर जानु, लुसुक्क आउनु र अद्वारबाट पसेर जानु, उच्चाइमा पु¥याउन खोज्दा पनि खसेर जानु, इमान जमान बिनास गरी निधारमा अवीर घसेर जानु जस्ता घटनाक्रमहरू आएका छन् गजलमा ।
गजल –६१, यो गजल बहरे मुतकारिब मुसम्मन मक्बूज – अस्लम १० अक्षरमा । ज. त. र. गु । गणमा (फाऊलु + फैलुन् ह २ )( ।ऽ। + ऽऽ ह २ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'कुरान तेरो नमाज तेरा,
बहार तेरो समाज तेरो'।
बास्तवमा ईश्वरको लीला अपरम्पार छ । गजलकारले यो गजलमा सृष्टिको सबै चीज ईश्वरको नै हो भन्न चाहेका छन् । कुरान, नमाज, बहार, समाज, आकाश, धर्ती, जमिन, रिवाज,  बोलिने आवाज, बाजाको ताल, लाखौं लाखको रियाज, उडेर घुम्ने, गुडेर चल्ने, मनुष्य  तार्ने जहाज, हँसाइ राख्ने, रुवाइ राख्ने, तिम्रो कसैले बुझ्न नसक्ने मिजाज आदि सबै तिम्रो हो । य सै कारण अनेक पीडा सहेर मान्छेले तिम्रो लिहाज(आदर)गरेका छन् ।
गजल–६२, यो गजल बहरे हजज मुसद्दस अखरम अस्तर महजूफ ९ अक्षरमा । म. र. य. । गणमा (मफऊलुन् + फाइलुन् +फउलुन्) ( ऽऽऽ + ऽ।ऽ+।ऽऽ ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'झर्ने भो पूmलको जवानी,
भिज्ने भो आँसुले सिरानी' ।
बास्तवमा उम्रनु, बढ्नु फुल्नु, बीउ बन्नु र पाकेर झर्नु प्राकृतिक नियम नै हो । मानव जीवन चक्र पनि जन्मन्छ, बढ्छ, बृद्ध भएर स्वर्गबास हुन्छ । पूmल(प्रेयसी)को जवानी झर्दा आँसुले सिरानी भिजेको रातको अँध्यारो टार्दै, विहानीलाई कुर्दै, देहले भने बमोजिम झुल्ने, प्यारको खरानीलाई घस्ने, तीरले दिलमा हिर्काएमा प्यारको निसानी बन्ने छ र ज्ञानको कथा पढेर ज्यानको कहानी लेख्ने हो । गजलकारले जीवनमा गरिने प्रेममा अन्धकारलाई मेटाउँदै प्रकाशमय बनाउनु पर्छ भन्ने धारणा पोखेका छन् ।
गजल ६३ यो गजल बहरे मुतदारिक मुसम्मन् मख्बून (पिङ्गल छन्द–टोटक) १२ अक्षरमा । सगण ह४ (फइलुन् ह४)( ।।ऽ ह ४) रुक्न ४मा आधारित रहेर सिर्जना गरिएको छ –'
कति माथि गयौ झर है पिरती,
मुटुभित्र तिमी भर है पिरती' ।
 पिरतीमा आधारित रहेर गजलकारले पिरती मुटुभित्र भर्नु पर्दछ । वनभित्र लहरिएर गएको हरियालीमा चर्न सक्नु पर्दछ । यौवन पूर्णतामा यौवनको स्वाद लिनु पर्छ । प्रेम गर्दा कर बल  र डर रहित भएर गर्नु पर्दछ  । त्यसो हुँदा अन्त नलागी मेरै प्रेमलाई हरण गर । म तिमीलाई पर्खेर बसिराखेको छु । मन राखेर पिरती गर । भनिएका यी कथनमा प्रेमरूपी धनले सबैको मनलाई हर्न सक्नु पर्छ । भन्ने धारणा आएका छन् गजलमा ।
गजल –६४, यो गजल बहरे हजज मुसम्मन् महजूफ अखरम १२ अक्षरमा । य. म. य. य । गणमा (मफाईलुन् + मुस्तप्mइलुन् + फाइलातुन्)( ।ऽऽऽ + ऽऽ।ऽ  + ऽ।ऽऽ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'भए भरको मर्का सबै हर्न लागें,
पुरानो त्यो माया नयाँ गर्न लागें' ।
गजलकारले प्रेममा ताजगी भर्न लागेका छन् । मर्का सबै हर्न, पुरानो माया नयाँ गर्न, लुकामारी खेल्दै डुलेका पखेरा, नदी नाला झर्न, सबै तर्न लागेको, यतातिर दिलको मेला हराएकोले नयाँ बस्ती रोजेर सर्न लागेको । के के भए, के के गरिए, सबै बिर्सिएर दिल छर्र्न लागेको ठूलो इच्छा लिएर माथि चढ्न लागेको भए पनि दया माया लागेर तलै झर्र्न लागेको धराणा पस्किएका छन् गजलमा ।
गजल –६५, यो गजल बहरे करीब मुसद्दस् मख्बून १२ क्षरमा । य. र. त. य. गणमा (मफाईलुन् + मफाईलुन्+फिइलातुन) ( ।ऽऽऽ + ।ऽऽऽ + ।।ऽऽ)  रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'हिडी राख्थें सधै हिड्नै सकिएन,
कता माया गए भेट्नै सकिएन' ।
 आज आएको परिवर्तनमा हिडी राखेको मार्गमा पनि हिड्न नसक्नु, मायालाई भेट्न नसक्नु, फेसनमा रङ्गिँदा चिन्न नसक्नु, जमानाले अति पीडा दिँदा दुईहातते पीडा बिन्न(छान्न) नसक्नु, लुटेराले लुटेका पैसा पनि छिन्न नसक्नु, महाँ (ठूलो) जाँतो किनिएछ बिरामी परेर पिन्नै नसकेको जस्ता धारणा आएका छन् गजलमा । संसारमा देखिएको विविध कारणले गर्दा  सफलता प्राप्त गर्न कठिन भएको धारणा पाइन्छ गजलमा ।
गजल–६६, यो गजल मुतकारिब मुसद्दस् अस्लम मुदाइफ १४ अक्षरमा । त. म. म. य. गु. गु । गणमा (मुस्तप्mइलुन् + मप्mऊलुन् ह २)(ऽऽ।ऽ + ऽऽऽ ह २  ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'टेक्ने बुढोको लठ्ठी टुक्रेर जाने रैुछ,
 थामौ भनेथे भाग्ये फुस्केर जाने रैछ' ।
साहरा चाहिने वेलामा साहाराहीन हुने काम र भाग्य पनि नथामिने जस्ता धारणा राख्छन् गजलकार– बुढेसकालमा रेखदेख गर्लान् भनेर सन्तान जन्माइन्छ, सन्तान जन्माउनु गल्ती हैन तर सन्तान बाट पनि बूढौलीमा साहरा मिल्दैन सत्कार पाउने वेलामा सत्कार नभै दुस्कर मिल्छ । अर्थ र बल पूर्ण भएको वेलामा सबैको प्यारो भए पनि गिर्दो अवस्थामा सबै तर्केर जान्छ्न् । सास चल्दासम्म  कोही  आफ्नो हुँदो रहेनछ । आखिरमा साथी भएर शरीरमा चप्केर जाने त कात्रो हुँदोरहेछ  । यथार्थमा आधारित यो गजल साह्रै मार्मिक छ ।
गजल–६७, यो गजल बहरे रमल मुसम्मन् महजूफ (पिङ्गल छन्द–मेनका ÷ गीतिका) १५अक्षरमा । र. त. म. य. र गणमा (फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फाइलुन्)(ऽ।ऽऽ +ऽ।ऽऽ + ऽ।ऽऽ + ऽ।ऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'भोक तिर्खा नीद भाग्दा सोच्न थाले प्यार भो,
 आज आँफै गुम्न लाग्दा सोच्न लागें प्यार भो' ।
यस गजलमा गजलकारले जब मानिस प्रेममा सरिक हुन्छ त्यति बेला केही लक्षणहरू देखिन थाल्दछन् । मानिस सोचमग्न हुन थाल्दछ । भोक, तिर्खा र निद भाग्न थाल्छन् । आफैै हराए जस्तो लाग्छ जोस होस सबै यादमा परिणत हुन थाल्दछन् । प्रेमीकाको रूप अघिल्तिर अल्झि राख्छ । सिस्नु पनि पूmल बन्न थाल्छ तर टिप्दा बिझ्छ । मानिस अर्धचेत बन्न जान्छ, पाऊ भूइँमा राख्दा ताल चाल सबै बिग्रन्छ र रक्सी  नपिउँदा पनि लड्न थाले जस्तो भान हुन्छ भन्ने धारणा छ गजलमा ।
गजल–६८, यो गजल बहरे रमल मुसम्मन् मक्तुअ १४ अक्षरमा । र. त. म. य. गु. गु  । गणमा (फाइलातुन् + फाइलातुन् + फाइलातुन् + फैलुन्)(ऽ।ऽऽ + ऽ।ऽऽ + ऽ।ऽऽ + ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'आइराख्यो याद तिम्रो सुस्तरी बिस्तारै,
जाग्न थाल्यो प्यार मेरो सुस्तरी बिस्तारै' ।
 प्रेमरसले भरिएको यो गजलमा याद आइराख्ने, प्यार जाग्न थाल्ने, प्रेम गर्दा लाज मान्न नहुने, दिलमा भएको चाम्रो वातलाई सुस्तरी सुस्तरी बोल्न पर्ने, शत्रू लागे पनि हाम्रो काम बिस्तारै हुने, जाल गर्ने र बार बार्नेको बारलाई तोड्न पर्ने र मार्ग सानो भए पनि खोल्न पर्ने देखिन्छ । ओठ खोलेर मुस्कुराउँदा हीरा जस्ता दाँत देखिएकोले बिस्तारै बैंस राम्रो भएको बुझियो भन्ने धारणा आएका छन् गजलमा ।
गजल –६९, यो गजल बहरे हजज मुसम्मन् महजूफ (पिङ्गल छन्द–वैश्वदेवी) १२ अक्षरमा । म. म. य. य । गणमा (मप्mऊलुन् + मफऊलुन् + फऊलुन् + फऊलुन्)( ऽऽऽ + ऽऽऽ + ।ऽऽ + ।ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ– 'डाहा पीडा मैले छुपाएर रोएँ, उन्को माया दिलमा लुकाएर रोएँ,' । पीडामा छटपटाई रहेका गजलकारले डाहा पीडा छुपाएर, उन्को माया दिलमा लुकाएर , मीठो बोली दिए पनि माया अन्तै सजाएर, धेरै धोका दिएकाले दिलमा विषको प्याला मिलाएर, उनको राम्रो होस् भन्ने इरादा भएकोले आपूm गिर्दा पनि उठाएर र दिलको जात्रा दिलै भित्र राखी छातीमा आगो लगाएर रोएका धारणा आएका छन् गजलमा । गजलकारले आपूm रोएर भए पनि प्रेमिकाको भलो चाहेका छन् ।
गजल–७०, यो गजल बहरे हजज मुसम्मन् अखरब ्(क) १४ अक्षरमा । त. य. म. स. गु. गु । गणमा (मप्mऊलु + मफाइलुन् ह २)(ऽऽ। + ।ऽऽऽ + ऽ।ऽऽ ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ– 'भन्दैन कुरा झुट्टा ढाँटेर तिमीलाई, यो प्यार दिने मन भो आँटेर तिमीलाई' । यस गजलमा मिलनको चाहना राख्दै गजलकारले ढाँटेर कुनै कुरा नभन्ने, आँटेर प्यार दिने, संसार भरिका सबै वागहरूबाट उन्लाई नै छाँटेर रोजेको, बितेका व्यथा सम्झेर दिल रुन्छ तर पनि मन् नयाँ नौलो साटेर दिन्छु, आधारहरू ढल्दै टुक्रेर गएकाले मन फाटेर गएका कुरा भन्दैछु कि यी प्राण दुबैलाई एकै ठाउँमा डोरीले बाँधेर राखौं भन्ने धारणा छ गजलमा ।
गजल –७१, यो गजल बहरे मुजारे मुसम्मन् अखरब मरब्बून् अस्तर (पिङ्गल छन्द–लक्ष्मी) १४ अक्षरमा । म. स. त. भ. गु. गु. गणमा (मप्mऊलुन् +फाइलातुन् + फाइलुन् + फिइलातुन्) ( ऽऽऽ + ।।ऽऽ +ऽ।ऽ + ।।ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ– 'यो पापी दुनियामा उत्र कोसिस गर्दै, जाला खेर जवानी सुध्र कोसिस गर्दै, । यस गजलमा गजलकारले प्रगति पथमा लम्कन प्रयत्न गर्नु पर्छ भनेका छन् । आँटेर अघि लागे आकाशै छुन सकिने, तारा झार्न सकिने, शत्रुले रन पनि जित्न सक्दैनन् तर माथाको धुर आँफैले कोर्नु पर्छ । कही पनि आँफै वर हुँदैन, वर बनाउन त पत्र लेख्नु पर्छ । आफ्नो कामको बिट मार्न कसैले चाहन्छ भने ढुङ्गाको मुटुभित्र उम्रने कोसिस गर्नु पर्छ भन्ने धारणा राखिएको छ गजलमा । गजलले प्रयासरत हुनु पर्छ भन्ने सन्देश दिएको छ ।
गजल –७२, यो गजल बहरे हजज मुसम्मन् अखरब मक्पूmफ महजूफ (क) १४ अक्षरमा । त. य. स. भ. गु. गु । गणमा (मप्mऊलु + मफाइलु + मफाइलु + फऊलुन्)( ऽऽ। + ।ऽऽ। + ।ऽऽ। + ।ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'हाँसेर रुवाएछ मलाई दुनियाले,
राखेछ यहाँसम्म जलाई दुनियाले, ।
 यो संसारमा मानवीय जीवनमा के कस्ता बाधा अड्चन देखिन्छन् या व्यहोर्न पर्छ त्यसैमा गजल कारले प्रकाश छर्ने प्रयास गरेका छन् । दुनियाले हाँसाउने, जलाउने, घरडेरा बनाउन नदिने, आधार बन्न नदिने, माया दया नमिल्ने, मार्ग नै ढलाई दिने, गर्न खोज्दा बन्न खोज्दा दर्द प्राप्त हुने, आनन्दको मार्ग खोज्दा बिसञ्चो बनाइ दिने जस्ता धारणा आएका छन् गजलमा । वास्तबमा अग्रसरताको अबरोधक अरू कोही नभएर स्वयम् दुनिया हो भन्ने ठहर छ गजलकारको ।
गजल –७३, यो गजल बहरे हजज मुसम्मन् अस्तर मक्बूज महजूफ (पिङ्गल छन्द–चामर  ÷ तूणक) १५ अक्षरमा । र. ज. र. ज. र । गणमा (फाइलुन् + मुफाइलुन् + मुफाइलुन् + मुफाइलुन्)( ऽ।ऽ + ।ऽ।ऽ + ।ऽ।ऽ + ।ऽ।ऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ––
 'प्यास नै बढी भयो उनी यहाँ नआउँदा,
 रातले कुरी रह्यो उनी यहाँ न आउँदा' ।
प्रेमातुर भएर पर्खिएको प्रेमीको अवस्था कस्तो हुन्छ त्यो त व्यवहारमा उत्रेका पारखीलाई मात्र थाहा लाग्छ । प्रेममा प्रतिक्षारतको घडीको सुई निकै ढीलो गरी घुम्दछ भन्ने गरिन्छ । यहाँ प्यास लाग्नु, रात कहिल्यै नसकिनु, मार्गहरू अनेक हुने भएकोले कता लाग्ने भन्ने मार्ग यात्रा तय नहुनु, त्रास बढ्नु, आसामा आउने मार्गतिरै नजर अडिग रहनु, हौसला डुब्नु, रापको दीयो ढलेर नशा चिसा चिसा हुनु, यादले सताउँदा भौतारिनु र प्यारको दिलै जल्नुजस्ता पीडादाई लक्षणहरू दर्शिएका छन् प्रेमको इनतजारमा ।
गजल –७४ , यो गजल बहरे हजज मुसम्मन् अस्तर १४ अक्षरमा । र य. त.र. गु. गु. । गणमा (फाइलुन् + मफाइलुन्  ह २) ( ऽ।ऽ + ।ऽऽऽ ह २ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'स्वार्थको नभै माया देशको गरे हुन्थ्यो,
व्यर्थको कुरा भन्दा भेषको गरे हुन्थ्यो' ।
यो गजल राष्ट्र र राष्ट्रियताले भरिएको छ ।व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको माया, भेषको माया, सान राख्दै धराको माया, धराको विकास प्रतिको माया, चोटको दियो बाल्दै आमाले ठेसलाई हेरेकी छन् तिनै ठेसको ओखती गरौं, जातको कुरा छाडेर भूमिको व्यथालाई हेर्दै झरेका केशको बारेमा कुरा गरौं भन्ने धारणा राखेका छन् गजलकारले ।
गजल –७५, यो गजल बहरे सगीर मुसद्दस् मुतब्बी मकतुस मरब्बून (पिङ्गल छन्द (दिपकमाला) १० अक्षरमा । भ. म. ज. गु.। गणमा (मुप्mतइलुन् + फैलुन् + मफाइलुन्) ( ऽ।।ऽ + ऽऽ + ।ऽ।ऽ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'जीवनको धारा बगाउँ है,
 प्रेम गरी माया जगाउँ है'।
यो गजलमा पनि प्रेमकै महिमा दर्शाइउको छ । जीवको धारा बगाउँदै, प्रेम गर्दै माया जगाउँदै, मौसमले हल्ला मच्चाउँदा पूmलहरू लगाउँदै, आस गरेर आएमा त्रासलाई मेटाउँ,  मुटुमा माया तगाउँ, दुःख परे हटाउँला, प्यार गरेर धेरै सगाउँ भन्ने धारणा पस्किएका छन् गजलमा ।
गजल–७६ ,यो गजल बहरे हजज मुसद्दस् अस्तर अखरम मक्बूज १० अक्षरमा । र. म. ज. गु गणमा (फाइलातुन् + मप्mऊलु +फाइलुन्)( ऽ।ऽऽ + ऽऽ। + ऽ।ऽ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'पूmल राम्रो तोडेर गै गयो,
दुःख पीडा छोडेर गै गयो' ।
यो गजलमा पनि प्रेमले पार्ने असरलाई प्रस्तुत गरिएको छ ।पूmल राम्रो थियो तर त्यो तोडिएर गयो, दुःख पीडा छोडिएर गयो, अन्त नाता जोडिएर, प्रीतफल्ने बेर्ना उम्रिए तर बढ्न लाग्दा गोडिएर, आधार भेट्न लाग्दा कर्म नै फोडिएर, मिलनको तिर्खा जागेर आउँदा रूप अन्त मोडिएर गएको धारणा आएको छ गजलमा ।
गजल –७७ , यो गजल बहरे कबीर १२ अक्षरमा । य. र. म. य. । गणमा (मफाइलुन् + मफाइलुन् + फाइलातुन्)( ।ऽऽऽ + ।ऽऽऽ + ।ऽऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'नदेखेको कुरा धेरै देख्न लागें,
नलेखेको गजल् केही लेख्न लागें' ।
यो गजल पनि प्रेममा नै आधारित छ । जब मानिस प्रेम रोगले अस्थिर बन्छ ऊ कल्पनामा पौडी खेल्छ, नदेखेका कुरा देख्न थाल्दछ, भावनामा बग्दा नलेखेका गजल पनि लेख्न थाल्छ, प्रेमीको व्यथा सार्ने दाउ गर्दा नआएको दशा पनि आइलाग्छ, मायालुमै माया मेट्न थालिन्छ चारैतिर उन्कै रूप देख्दा नयाँ रोगले समाएर पीडा झेल्न र त्ीि आँखाको नशा साह्रै लाग्दा विहोसी भै हृदय नै रेटिन थालिन्छ भन्ने धारणा छ गजलमा ।
गजल –७८, यो गजल बहरे मुजारे १६ अक्षरमा । य. त. त. म.  र. गु. । गणमा (मफाइलुन् + फाइलातुन् ह २)( ।ऽऽऽ + ऽ।ऽऽ ह २)रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'दिएँ साथी प्यार धेरै लिएँ साथी दर्द धेरै,
खुसी राख्दा यारलाई सिएँ साथी दर्द धेरै' ।
यस गजलमा यारलाई खुसी राख्न प्यार धेरै दिएको दर्द धेरै लिएको, दर्दलाई सिएको, नपाएको चोट लागेको, नसोचेको खोट लागेको, दर्दलाई पिउन परेको, नदी जस्तो बग्न परेको, रुँदा रुँदा आँखा जल्न थालेको, आँसु झार्न परेको आदि दर्दै दर्दको भारी बोकेको धारणा आएको छ गजलमा । दिल दिंदा सोचेर बुझेर दिनु पर्छ नत्र भने दुःख पाइन्छ भन्ने यथार्थता यस गजलले शिक्षा दिएको छ ।
 गजल –७९, यो गजल बहरे मुतकारिब मुसम्मन, अस्लम्, मक्बूज ११ अक्षरमा । त. त. भ. गु. गु. । गणमा (फैलुन् + फऊलुन् + फऊलु + फऊलुन्)(ऽऽ + ।ऽऽ + ।ऽ। + ।ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'छायाँ बिरानो न बन्छ कसैको,
माया पुरानो न हुन्छ कसैको' ।
यथार्थ परक यी गजलका शेरहरूले छाया र माया दुबैलाई अभिन्न अङ्गको रूपमा लिएका  छन् । हुन पनि हो , चन्द्र र सूर्यले अर्थात प्रकाशले बस्तुलाई साथ दिंदासम्म कुनै पनि बस्तुलाई छायाले साथ दिन्छ । माया पनि पुरानो कहिल्यै हुँदैन । यहाँ गजलकारले चिप्ला कुराको भरोसा गर्न हुँदैन किनकि चिप्ला कुरा गर्नेले बाचा चुडाल्न सक्छन् । पापी नजरका चोट हजार हुन्छन् । यी चोटहरू कसैले भुल्न सक्ने र कसैले मनमा सजाएर राख्छन्  । कसैले आफ्नो वास्ता नगरी अर्काको मर्का र पीडाको डहनलाई सहन्छन् । कसै कसैमा कसैकसैको मायालु नतिजालाई राम्रो ठान्छन् कसैकसैले डाहा गर्दछन् ।
गजल –८०, यो गजल बहरे तबील मुसम्मन् मक्बूज १४ अक्षरमा । य.ज. र. र. ल. गु. । गणमा (फऊलुन् + मुफाइलुन् ह २)( ।ऽऽ + ।ऽ।ऽ ह२)रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'कहाँ जान मन् ग¥यौ बताएर जाउ है,
बढ्यो दर्द प्यारको घटाएर जाउ है' ।
प्यारमा के हुन्छ के हुँदैन जस्तै दर्द हुन्छ, बिलौना हुन्छन् ,प्रतिक्षा हुन्छ, प्रतिक्षाको घडीको सुइ कहिल्यै घुम्दैन, त्यसो हुँदा प्रतिक्षालाई घटाएर जाउ, कहानी रटाएर गएमा निद नलाग्दा पढ्न सकिन्छ यदि बाटोमा नया पूmल भेटिएमा तिन्लाई लछारेर जानु किनकि हाम्रो साइनो पुरानो छ अन्त हैन यसैलाई मज्बुत बनाएर राख्नु पर्दछ भन्ने धारणा छ गजलमा ।
गजल –८१, यो गजल बहरे रजज मुरब्बा मुतब्बी( पिङ्गल छन्द–माणबक) ८ अक्षरमा । भ. त. ल. गु. । गणमा (मुप्mतइलुन् + मुप्mतइलुन्)( ऽ।।ऽ + ऽ।।ऽ)रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको छ –
'रैन दिएँ चैन दिएँ,
प्रेम दिएँ दर्द लिएँ ।
यस गजलमा गजलकारले  रैन, चैन र प्रेम दिएर त्यसको बदला दर्द लिएका छन् । भेलहरू तरेर जूनसँग बस्न खोज्दा ज्यान धेरै माथि भएकोले त्यो मनमा बस्न खोज्दा खिएको, जीवन बोझ भए पनि प्रेम गरी बस्न जिएको, प्यासले गर्दा जल्न जाँदा उनकै नैन बाटै पिउनसम्म पिएर प्यास मेटेको धारणा आएको छ गजलमा ।
गजल –८२ यो गजल बहरे रमल मुसम्मन् मशकूल १६ अक्षरमा । स. ज. त. ज. र. गु. । गणमा(फिइलातु + फाइलातुन् ह२्)( ।।ऽ। + ऽ।ऽऽ ह २)रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'दिनरात मर्न आँटे उपचार गर्दिएनौ,
घरबाट सर्न सक्छौ मनबाट सर्दिएनौ' ।
प्रेमरोगले थला परेकालाई उपचार गर्नु पर्नेमा उपचार हुन सकेन किनकि घरबाट त सरे तर मनबाट सर्न सकेनन् । उनीबाट उपलब्धि त  हात प¥यो तर तनभित्र छर्न पर्ने जवानी भने छरिएन । बलबाट तान्न नमिल्ने, तान्नलाई दिलदार हुनुपर्नेमा त्यो पनि हुन नसकेकोले आज पिरती गरेर बर्बाद भएको । समय बिताउनलाई जनजालमा फसिएकोले दिनरात जल्न थालेको छ र रमिते बन्न गएको भन्ने धारणा पस्किएको छ गजलमा ।  
गजल–८३ ,यो गजल बहरे कबीर मुसद्दस् मक्बूज १२ अक्षरमा । य. स. र. ज. । गणमा (मफाइलु + मफाइलु् +फाइलातु) (।ऽऽ। + ।ऽऽ। +ऽ।ऽ। )रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ –
'गलत काम गरौं धर्मले दिंदैन,
बनौ के मनुवा कर्मले दिंदैन'।
मानव जीवन बाध्यताले बाँधिएको हुन्छ । कति पय कर्म गर्न नचाँहदा नचाँहदै पनि गर्नु पर्छ । गजलकार भन्छन्– गलत काम  गर्न  हुँदैन धर्मले रोक्छ । मानवले चाहे जस्तो बन्नको लागि पनि कर्मले रोक्छ  । भोक मेट्न खानै पर्छ । खानको लागि यात खाना हुनुप¥यो या माग्नु प¥यो । माग्न पनि शर्मले दिंदैन  । जथाभावी गर्न मर्मले दिंदैन । धनको लोभमा पर्न पनि हुन्न र दुराचार गर्न पनि हुन्न किनकि यसो गर्न ब्रह्मले दिंदैन । जति घातले सताए पनि बद्ला लिन हुँदैन किनकि नर्मले दिंदैन । यहाँ गजलकारले सहीसत्य काम गर्न बाधा अड्चन पर्दैन, मनपरी गर्नलाई बाधा अड्चन पर्न सक्छ भन्ने धारणा पस्केका छन् गजलकारले ।
गजल –८४, यो गजल बहरे खफीफ १२ अक्षरमा । र. म. य. य. गणमा (फइलातुन् + मुस्तप्mइलुन + फाइलातुन् )( ऽ।ऽऽ + ऽऽ।ऽ + ऽ।ऽऽ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'यो जवानी पानी सरी बग्न लाग्यो,
नाउ तिन्को दिलमा घुमी चल्न लाग्यो' ।
जवानी पानीसरी बग्न सक्छ, तिनको दिलमा प्रवेश गर्न सक्छ, धोका खान सकिन्छ, दिल जल्न सक्छ, धोका माथि धोका थपिँदा हृदय गल्न सक्छ, मर्म दिलमा फल्न सक्छ, पापी हावाको झोका छाप्रोतिर प्रवेश गरेमा छाप्रो ढल्न सक्छ  र घरबार विहीन हुन सकिन्छ भन्ने धारणा पस्किएको छ गजलमा । जवानीले निम्त्याउने यथार्थता छ यस गजलमा ।
 गजल– ८५, यो गजल बहरे सरीय १२ अक्षरमा । त.भ.य.त. गणमा (मुस्तप्mइलुन + मुस्तप्mइलुन् + मप्mऊलात् )( ऽऽ।ऽ + ऽऽ।ऽ + ऽऽऽ।) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'थोरै नभै धेरै कुरा चल्दो रै'छ ,
पापीनिको आज्ञा पुरा चल्दो रै'छ' ।
यस  गजलमा धेरै कुरा चलेको र पापीनिको आज्ञा पूरा पालन भएको भए पनि हल्लामा के के भयो कसरी भयो भन्दा सुरा चलेर भएको, बाजा बजेको नौलो ठानी हेर्दा चुरा बजेको  र यस्ले निद्रा हरण गरेको, कस्तो थिएँ भनी सम्झेर सोचेर बस्दा थाहै नपाइ  लाग्ने धुरा चल्दो रहेछ । उन्का आँखा उतातिर  मिल्दा डाहा उठ्दो रहेछ र मनमा छुरा चल्दो  रहेछ । गजलमा भनिएका यथार्थता मानवीय जीवनमा विविध खाले घटना घट्नु घटाउनु जस्ता कार्यहरू स्वभाबिकरूपमा घटेको पाइन्छन् ।
गजल –८६, यो गजल बहरे सलीम १२ अक्षरमा । त. म. र. त. गणमा (मुस्तप्mइलुन् + मप्mउलात् + मफउलात्)( ऽऽ।ऽ + ऽऽऽ। + ऽऽऽ।) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'कस्तो दियो धोका सोध्न लागेको छु,
प्रेमी व्यथा पाल्दै भोग्न लागेको  छु' ।
यस गजलमा गजलकारले प्रेममा धोका पनि हुने, त्यो कसले दियो भनी सोध्न लाग्दा र प्रेमीव्यथालाई पाल्दै भोग्न लाग्दा यी धोकाहरू त आफ्नैले दिंदा रहेछन्  भन्ने जानकारी पाइने, ,त्यस्तालाई छोड्न पर्दछ । पिर्ले छुँदा कसले हेर्दो रहेछ या  को  छ आफ्नो भनेर सोच्दै जाँदा माया दिंदा दर्द प्राप्त हुदो रहेछ । कसले प्रेमरोगीसङ्ग दया राख्छ र वेथा निको पार्छ भनी त्यसैको खोजीमा छन् गजलकार । वास्तवमा रोग निम्त्याउने प्रेमबाट टाढा रहनु पर्छ भन्ने शिक्षा प्रदान गरेको छ गजलले ।
गजल –८७ , यो गजल बहरे तबील १४ अक्षरमा । य. य. र. र. गु. गु. गणमा (फऊलुन् + मप्mाइलुन् ह २्)( ।ऽऽ + ।ऽऽऽ ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'भरोसा नयाँ केही लगाई दिएँ मैले,
 बिरामी उहाँलाई जचाई दिएँ मैल' ।े
भरोसा नयाँ लगाई दिनु, बिरामीलाई जचाई दिनु, आफ्ना कथाहरूलाई चिठी लेखी हुलाकी मार्फत पठाई दिनु, तुवाँलो नलागोस् भनी दिलको दियो बाली दिनु, दयागरी पठाइ दिएको व्यथालाई सजाई दिएको, भिखारी बनेर आँफै बिक्दै कसैलाई कमाइ दिएको धारणा आएको छ गजलमा ।
गजल –८८, यो गजल बहरे बतीस १४ अक्षरमा । त. त. म. य. लु. गु गणमा (मुस्तप्mइलुन् + फाइलुन् ्ह२्)( ऽऽ।ऽ + ऽ।ऽ ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'माया र छायाँहरू गोडेर जाने भयौ,
सानो हियारो दिएँ फोडेर जाने भयौ' ।
प्रेम विछोडमा लेखिएको गजल हो यो । माया र छायाँलाई गोडेर सानो हृदयलाई फोडेर, बासै छोडेर, हृदयमा खाल्टो पारी आघातले भरेर, नयाँ नाता बनाएर, पहिलाका निसानीहरू तोडेर जाने भयौ भन्ने धारणा आएका छन् गजलमा ।
गजल ८९,यो गजल बहरे हजज मुसम्मन महजूफ (पिङ्गल छन्द (कन्दुक) १३ अक्षरमा । य. य. य. य. गु. गणमा (फऊलुन् + फऊलुन् + फऊलुन् + मफाईलुन्) (।ऽऽ + ।ऽऽ + ।ऽऽ + ।ऽऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'खुसीको खजना बनाएँ तिमीलाई,
 दिलभित्र आँफै सजाएँ तिमीलाई '।
यो गजल पनि प्रेममा नै आधारित भएर लेखिएको छ । खुसीको खजना बनाएको, आफ्नै दिलमा सजाएको, उताबाट माया सँभालेर ल्याएर समेटेर चढाएको, दुई हात ईश्वरसँग जोडेर तिमीलाई मगाएको, बाँच्ने साहारा बनाएको, यहाँ भोक निद्रा तिर्खा अनिदो हुँदा बिमारी जानी जचाएको तिमीलाई भन्ने धारणा गजलमा समेटिएको छ ।प्रेमिकालाई सबै चिज समर्पण गरेको धारणा आएका छन् ।
गजल–९०, यो गजल बहरे मुन्सरेह १६ अक्षरमा । त. म. र. र. म. ल. गणमा (मुस्तप्mइलुन् + मफऊलात् ह  २)(ऽऽ।ऽ + ऽऽऽ। ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'यो जिन्दगी कस्तो रैछ जाँच्ने गरौं जस्तो लाग्छ,
 तीतो छ की मीठो रैछ चाख्ने गरौं जस्तो लाग्छ' ।
 गजलकारले जिन्दगी कस्तो रहेछ भनी जिन्दगीको अनुभूति लिन चाहेका छन् । उनी जिन्दगीलाई जाच्न चाहन्छन् र तीतो मीठो कस्तो रहेछ चाख्न चाहन्छन् । गजलकारले गजलका शेरहरूमा आफ्नो धारणालाई राष्ट्र र आमाप्रति समर्पण गर्दै प्रेम भाव पोखेका छन् । आमाको दया र माया भाव देख्दा हृदय साह्रै गल्छ त्यसो हुँदा सारा माया उनकै माथि पार्ने गरी  ग¥यौं । उन्को कथन छ, आमा रुँदा छाती फुट्छ दुःखी हुँदै दिलले भन्छ –यो देशको मर्कालाई मारिदिनु (हटाइदिनु) पर्छ, । यो दिल भित्र जम्मा भएको माया प्रेमलाई बाँडिदिउँ र यहाँ मान्छेहरू डाह पीरले गर्दा रोइरहेका छन् । यस्मा हामी सबै मिली सबैको दर्दलाई फाँडिदिउँ भन्ने धारणा पोखेका छन् गजलकारले ।
गजल–९१, यो गजल बहरे हजज मुसम्मन् अखरम महजूफ (पिङ्गल छन्द–चन्चरीका वली) १३ अक्षरमा । य. म. र. र. गु. गणमा (मफाईलुन् + मप्mऊलात + मुस्तप्mइलुन् + फा)( ।ऽऽऽ + ऽऽऽ। + ऽऽ।ऽ + ऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'ति आँखा जाँदा जाँदै मिलायौ तिमीले ,
 दिलैमा आगो बाल्दै जलायौ तिमीले' ।
यौवनमस्त जवानीमा जब आँखामा आँखा मिल्छन् मिलनको आतुरतामा दिलमा अग्नि बल्छ । दिल जल्न थाल्नु स्वभाविक हो । यतिमात्र नभएर प्रेममार्ग सुगम बनाएर गाडी चलाउँदा जवानीको बेलामा जवानीको जोशरूपी नशाले भरेका दिलका मीठा प्याला पिलाउँदा बसन्तको मेलामा नयाँ पूmलको साथमा बगैंचामा डुलाउँदा, बिलाइजानेजस्तो भएको कहानीलाई दिलैमा जिलाउँदाको आनन्दमय यथार्थतालाई गजलकारले प्रष्टयाएका छन् ।
गजल ९्२, यो गजल बहरे मुजारे अखरम मरब्बून् (पिङ्गल  छन्द–लोला) १४ अक्षरमा । म.स.म.भ.गु.गु. गणमा (मप्mऊलुन् + फिईलातुन् ह २ )( ऽऽऽ +।।ऽऽ ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'ठूलो चोट दिलाई मा¥यो यो दुनियाले,
मेरो प्यार टुटाई झा¥यो यो दुनियाले' ।
समाजमा विविध खाले काम हुन्छन् । कसैले कसैलाई चोट  पु¥याउँछन् त कसैले कसैको दिलै टुटाउँछन् । कसैले कसैको बासै सारिदिन्छन् । यी समाजमा भै रहने काम हुन् । प्रेम गर्नु दोष हैन । मेरो प्रश्नलाई घुमाएर टा¥यो यो दुनियाले । कालो रातले असाध्य नै डाहा पीर दिँदा समाजल सहयोग गरेन बरु रोएर दिनरात काट्न पा¥यो दुनियाले । पाल्पालीले अनेकौं अत्याचर सहदा पनि जोत्ने गोरु बनायो दुनियाले भन्ने धारणा पोखेका छन् गजलकारले । दुनियाले समाजमा आफ्नो अधिकार जमाउन चाहन्छ भन्ने अभिव्यक्ति ।
गजल –९३ ,यो गजल बहरे हजज मुसम्मन् मक्पूmफ १६ अक्षरमा । य. र. त. म. य. ल गणमा (मफाईलुन् + मफाईलुन् +मफाईलुन् + मफाईलुन्)( ।ऽऽऽ + ।ऽऽऽ + ।ऽऽऽ + ।ऽऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'नयाँ धोका नयाँ पीडा यहाँ खाँदै बसेको छु ,
महङ्गीले लखेटींदा यहाँ छाती कसेको छु' ।
आजको जमानामा धोका र पीडा पनि नयाँ हुन थाले । एकातिर महङ्गी यति बढी भयोकि पेट भर्न नसकिने भयो । महङ्गी लखेट्दा छाती कसेर बस्न पर्ने भयो । अर्कोतिर उनी जाँदा आँखा रसाए निकम्मा भएर हृदयमा छुरी धसेर बस्न परेको छ ।  जमाना पनि यस्तै यस्तै भएर गएको छ, यसले नचिन्छ न जान्दछ । अपेक्षा गर्दा बढी फस्दै गइएको छ । प्रगतिको बाटो खोज्दै माथि जान पर्ने हो तर झन तल खस्दै गइएको छ । कतैबाट केही नबन्ने भएकोले र सबै मौका गुम्दै गएकोले खरानी घस्ने अवस्था आइ खरानी घस्न परेको छ भन्दै गजलकार आजको समस्यामा आँपूm केन्द्रित भएका छन् ।
गजल –९४, यो गजल बहरे मुतदारिक मुसम्मन् मक्तूय मरब्बून (पिङ्गल छन्द –मोरनका) १ अक्षरमा । त. ज. ज. ल. गु गणमा (फैलुन् + फइलुन् +फइलुन् + फइलुन्)( ऽऽ + ।।ऽ + ।।ऽ + ।।ऽ) रुक्न ४ मा आधारित रहेरसिर्जना गरिएको छ–'
मीठो रसमा नबस्यो दुनिया,
उसको भरमा नचल्यो दुनिया'
। यस गजलमा दुनियालाई जस्ले चलाएको छ, उस्को बसमा न कोही बसेको छ, नचलेको छ ,त्यसो हुँदा मानिस खस्तैछ, राम्रो पथ छाड्दैछ, अधुरा सपना पूराहुन सकेका छैनन्, तारा नभ पहिल्यै  जस्तै छन्, मानिस बद्लिदा पनि दुनिया खुलेको छैन । झगडा घटनाहरू घटी रहेका छन् किनकि दुनिया उसको( शृष्टिकर्ताको)बसमा चलेको छैन भन्ने धारणा आएको छ गजलमा ।
गजल–९्५, यो गजल बहरे मुक्तजिब १६अक्षरमा । म. य. म. त. त. गु. गणमा (मप्mऊलात + मुस्तफइलुन् ह २ )( ऽऽऽ। + ऽऽ।ऽ ह २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'कोही जात सोध्छौ भने नेपाली हुँ नेपालको',
देशको प्यार गर्ने यहाँ दिलवाली हुँ नेपालको' ।
राष्ट्रप्रति समर्पित यो गजलमा गजलकारले आँपूm नेपाली भएको, राष्ट्रप्रेमी भएको, जातमा पनि नेपाली भएको र झर्ना झर्नै झरझर गरी पूmल फुल्ने फरफर गरी भाग्यले झापामा खेल्न पाउने नेपाली भएको, विश्वयुद्ध लड्दै गएको, छाती खोलेर भिड्दै गएको, नेपालको वीर मानिस गोर्खाली भएको, नेपालको यो गौरव देखेर संसार रच्नेवाला जो हो ऊ पनि दङ्ग पर्दै नेपालको माली भएको कुरा दैवले नै भनेको कुराहरू यहाँ बताइएको छ । साथै प्राकृतिक सौन्र्दयताले भरिएको यो देशमा जन्म लिएको म पाल्पाली हुँ भन्ने धारणाहरू पस्किएका छन् गजलकारले । राष्ट्रका वीरहरूले कमाएको नाम बचाएको देश, गौरव देशको प्रकृतिक सौन्दर्यतालाई बर्णन गरिएको यो गजल अनुकरणीय छ ।
गजल –९्६, यो गजल बहरे रमल मुरब्बा, मक्पूmफ (पिङ्गल छन्द–मल्लिका÷ समानिका) ८ अक्षरमा । र.ज. गु. ल .गणमा(फाइलातु + फाइलातु) ( ऽ।ऽ। + ऽ।ऽ।) रुक्न २ मा आधारित रहेर सिर्जना गरिएको छ–  ' प्यार छैन साथ आज,
 दर्द दिन्छ रात आज' ।
साथमा प्यार नभएको जीवनमा रातमा दर्द दिन्छ । गीत मीत नभएको थात नै खाली लाग्छ । जब साँझ पर्छ याद पनि बढ्छ त्यसो हुँदा प्रभात बोलाउन मन लाग्छ । काम गरे पछि मात्र भात मिल्छ ,काम खोज्दा पाइँदैन । शिरमा बैरी आएमा दर्दको खात लाग्छ । सास फेर्नको लागि माग गर्छु तर बात नै खेर जान्छ । पीर हर्नको लागि माथि हेर्छु तर दैवले पनि घात दिन्छ । गजलमा सहायताको आवश्यक्ता भएको धारणा आएको छ ।
गजल–९्७, यो गजल बहरे मुतकारिब मुसम्मन अस्लम (ग) (पिङ्गल छन्द–बिध्वङ्क माला) ११ अक्षरमा । त. त. त. गु. गु. गणमा (फैलुन् + फऊलुन् + फऊलुन्) ( ऽऽ +  ।ऽऽ+  ।ऽऽ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'आफै जलायौ मलाई तिमीले,
 के के बनायौ मलाई तिमीलें' ।
यो पनि प्रेममा नै्र आधारित गजल हो । तिमीले आफैले नै मलाई जलायौ, के के बनायौ, आँखा जुधायौ, नशाले नै डुबायौ र वेहोस बनायौ, निशाना लगाएर तारो बनायौ, आदि  गोली छाड्यौ, माया बनेको धेरै दिन भयो तर आज आएर पिलाई सिकायौ तर यति गर्दा गर्दै पनि बाटो बिर्सेर  गिर्दै गरे को बेलामा तान्दै गरेऊ मलाई भन्ने धारणा पस्किएको छ गजलमा  । पलिा पहिला आघात पुग्ने काम गरे पनि गिर्दै गर्दा भने तानेको भन्दै सकरात्मक धारणा आएको छ गजलमा ।
गजल –९्८,  यो गजल बहरे रमल मुसम्मन् मक्पूmफ १६ अक्षरमा । र.ज. म.ज. र. गु. गणमा(फाइलातु + फाइलातुन् ह  २) ( ऽ।ऽ। +  ऽ।ऽऽ ह  २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'लाम लागि काँध हाल्ने जन्तको सलाम लेऊ,
सास छाडी जान लागें अन्तको सलाम लेऊ' ।
यहाँ गजल कारले जन्तको, सास पछिको अन्तको अर्को जुनीमा जन्मलिन सके तिम्रो साथमा आउने छु, हाललाई मस्तको सलाम लिने आग्रह, गरिएको छ ।  लास झै भएकोले कष्टको, ईष्ट मित्र छोड्न बाध्य पार्ने रीत पापीले गर्दा जान मन नहुँदा नहुदै पनि जान बाध्य भइन्छ । सन्तको र यो संसारमा रीत वाला काम गर्छ जो जीतवालाले त्योसँग हार खाएर जान लागेको हुँदा अन्तिम सलाम लिनको लागि आग्रह गरिएको छ  ।
गजल–९्९, यो गजल बहरे मुतकारिब मुसम्मन् महजूफ १० अक्षरमा । र. ज. म. ज. र. गु. गणमा(मफा + फऊलुन्  ह २) ( ।ऽ + ।ऽऽ ह  २) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
 'सकाम केही गरेर जाऊ,
दया र माया छरेर जाऊ' ।
 यहाँ गजलकारको आग्रह छ कि–सुकाम गरेर, दया र माया छरेर, आकाश ताक्नु भन्दा प्यार गर्दा झरेर, मेरा आँसु नदीसरि झरेकोले सुकाएर, अनाथ जस्तो नपारी खाली दिललाई भरेर र अनेक प्रकारको दर्दलाई हे मायालु हरेर जाऊ भन्दै गजलकारले आफ्नो धारणा पोखेका छन् ।
गजल–१००, यो गजल बहरे असम मुसद्दस मशकूल अखरब महजूफ १० अक्षरमा । स.य.ज. गु. गणमा(फिइलातु + मप्mऊलु + फाइलुन्) ( ।।ऽ। + ऽऽ। + ऽ।ऽ) रुक्न ३ मा आधारित रहेर सिर्जना गरिएको छ–
'किन याद चर्किन्छ साँझमा,
मन फेरी धर्किन्छ साँझमा' ।
बास्तवमा यारको प्रेमले मानवको मन मस्तिष्क दुबैमा कीला गाडे पछि साँझमा याद चर्किनु, मन धर्किनु, दिलबाट चाँदनी ढल्केर मुटु तड्पिनु, पिरती प्रदेशमा छ भने पनि सम्झेर मन दर्किनुको साथै यारको अतितको यादले प्रेम उर्लिन्छ साँझमा ।
गजल–१०१– योगजल बहरे मदीद् मुसम्मन् मशकूल मक्तुअ १२ अक्षरमा । स. य. स. य. गणमा(फिइलातु + फैलुन् + फिइलातु + फैलुन्) ( ।।ऽ। + ऽऽ+।।ऽ। + ऽऽ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ–
'म  त आज एक्लै भर छैन मेरो,
म हुँ सिर्फ मान्छे थर छैन मेरो '।
म केवल एक्लै छु, केही भर छैन, म केवल मानिस भएकोले थर छैन । गजलकारले यहाँ भावनात्मक अभिव्यक्ति प्रकट गरेक छन् । जब मानिस परिवार विहीन हुन्छ ऊ कता हुन्छ कहाँ हुन्छ थाहा नहुन सक्छ । मानवतावादीको लागि मानवता नै ठूलो हुन्छ उसले नजात खोज्छ नथर खोज्छ । दुनिया केवल धनको पछाडि छ । धनहीनको वर÷पर कोही हुँदैन तर मानवतावादीको  दिल देखि कोही पर हुँदैन । कसैले बलवान भन्छन् र कसैले धनवान भन्छन् ।  बास्तवमा यो सबै उस्को( ईश्वरको) हो । गजलकारले मुटु राख्नलाई दिल माग्छन् किनकि मेरो घर छैन र नभलाई नै छानु मानेको छु भन्ने धारणा पोखेका छन् गजलकारले । गजलकारको यो अन्तिम गजल हो । यो मानवतावादी गजलमा गजलकारले उच्च भावना र धारणा पोखेका छन् । प्रेममा उच्चभाव प्रकट गर्ने गजलकारले मुटु राख्नलाई खुला आकाश मुनि भएकोले दिल माग्दछन् ।
गजलको भावसार माथि नै मैले प्रकट गरेको छु । गजलहरू प्रेमका  विविधताले सजिएका छन् ।  बहरमा लेखिएका यी गजल भावपूर्ण, ओजपूर्ण  यथार्थपरकको साथै शेरहरू सशक्त छन् । प्रेम प्रणय र जीवन्त भावलाई अङ्गाल्दै गजलप्रतिको चिन्तन र विचारमा उच्चता दिंदै, लय र गायनलाई अङ्गीकार गर्दै, कोमल र श्रुतिमधुरतामा ध्यान दिंदै लेखिएका यी  गजलहरू सह्रानीय छन् ।
गजलकारले कृतिको नामाकरण पनि यथा नाम तथा गुण भने झै एक बहर एक गजल गरी १० १ बहरमा १०१ गजल लेखेका छन् । गजलकारले गजलको सिधान्तलाई पनि राम्रो सँग अबलम्बन् गरेका छन् । अधिकाँस गजलहरू श्रृङ्गार रसमा लेखिएका छन् । माया प्रेमले मानवीय जीवनमा विविध खाले घटना घटाउने काम गर्छ र प्रभाव पार्दछ । यहाँ सबै किसिमका प्रेमाभूति चाख्न पाइन्छ । सही  रूपमा भन्ने हो भने पाल्पालीका गजलहरू प्रेमका सागर हुन् । यस कृतिमा मानवीय जीवनमा घट्न सक्ने खालका सबै खाले प्रेमबाट उपलब्ध हुने, दुखान्त, सुखान्त, संयोगान्त, वियोगान्त घटनाक्रमहरू, राष्ट्रप्रेम, आमा(मातृ) प्रेम, ईश्वरीय प्रेमलाई प्रष्ट्याउने प्रयास गरिएको छ । संक्षेपमा भन्दा यो प्रेमको दर्शन हो । अन्त्यमा पाल्पालीजीलाई दिर्घायुको कामना सहित धन्यवाद दिन चाहान्छु ।
धन्यवाद ।मिति २०७२ साल असौज १५ गते, कावासोती नगर पालिका ७.

मनको व्यथा नियाल्दा


परिचय –
गजलकार गीतकार कवि युसुफदिन मियाँ 'पाल्पाली'को जीवनी सम्लग्नता प्राप्त सम्मान आदिको  बारेमा छोटो परिचय हामीले पाल्पालीका गजल नियाल्दामा दिइसकिएका छम् । मनको व्यथा गजलसङ्ग्रह (२०६८) युसुफदिन मियाँ 'पाल्पाली' को दोस्रो गजल कृति हो । मनको व्यथा शास्त्रीय बहरबद्ध गजलसङ्ग्रह हो । यस सङ्गहले गजल सागरमा बहरबद्ध प्रवाह छाड्न सफल देखिन्छ । बहरमा गजल लेख्ने काममा यसले महत्वपूर्ण स्थान ओगटेको छ  । यो पल्लव साहित्च्य प्रतिष्ठानको प्रकाशन माला–१४मा यस कृतिले स्थान पाएको छ ।  आवरणा पृष्ठमा मुटुको चित्र अङ्कित गरी सजाइएको छ भने पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १११ गजल्हरू समावेश गरिएका छन् । कृतिको आकार १२३ पृष्ठको छ । यस कृतिको मूल्य १५१÷–रुपियाँ राखिएको छ ।
यस कृतिप्रति विभिन्न साहित्यकारका धारणाहरू–
  हुसैन खाँले प्रकाशकीयमा लेख्नु हुन्छ – 'युसुफदिन मियाँ 'पाल्पाली'आफ्नै पुरानो परम्परामा प्रचलित शब्द–शैली एवम् बहरबद्ध गजलको शिल्पशैलीमा गजलपुष्पलाई अति सरल–तरल सलल बग्ने र गायन गर्नको लागि सजिलो हुने हिसावले रचना गर्न खप्पिस देखिनु भएको छ (पृष्ठ च) ।
गोविन्दराज विनोदीले यस सङ्ग्रहको शब्द शुभेच्छाको शीर्षकमा छोटो तर मीठो भूमिका लेख्नेक्रममा लेख्नुहुन्छ –'यस कृतिमा गजलकारको मन ज्यादै सरल र सहज रूपमा पोखिएको छ' ।
'पाल्पालीले गीत गजल बालक अवस्था बाटै लेखे कति पय साथीहरूलाई पढ्न र गाउन पनि दिए तर सिर्जनालाई आफ्नो सर्वाधिकारमा सङ्कलन गरेनन् । यस सम्बन्धमा प्रा.डा. नारायणप्रसाद खनालले शुभकामनाका शब्दहरूमा लेख्नु हुन्छ –'जीवनका अत्यन्त उर्जाशील समयमा उनले भावनाहरूलाई गीतका माध्यम बाट, अभिव्यक्त गरे पनि यदाकदा लेखेर सङ्ग्रह गरे तापनि व्यवसायका उकाली ओराली र दौडधुपहरूमा ती कता हराए, कसकसले आफ्ना बनाएर गाए, त्यसको कुनै लेखाजोखा रहेन । परन्तु सही प्रेरणापात्र भइसकेपछि नै पाल्पालीका गजल (२०६६), जुन अत्यन्त लामो प्रसव पीडा पछि प्राप्त  भयो । बस्तुतः यो एक पाल्पालीका जीवनको कोसेढुङ्गा बन्न सफल भएको छ । ...... सुन्दर बस्तुको कदर जुनसुकै अवस्थामा पनि हुने गर्दछ । आपूm यस्तै सुन्दर गजलबाट अर्को एक कृति पस्किनु सफल भएकोमा मित्र पाल्पालीप्रति हार्दिक बधाई दिंदै यो निरन्तरता कायमै रहोस् भन्ने पनि प्रकट गर्दछु (पृष्ठ झ र ट)' ।
'मनभित्र रहेका शब्दहरू' शीर्षक दिएर स्वयम कृतिकारले आफ्ना धारणा प्रष्ट्याउने प्रयास गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ –
गाउँ घटे पनि सहर कम भएन
बुढो  भए पनि रहर कम भएन
माथी डा.प्रा. नारायणप्रसाद खनालले लेखे जस्तै पाल्पालीजीले आज आएर आफ्नो लेखनलाई तीब्रता दिन थाल्नु भएको छ । बास्तवमा तन बुढो हुन सक्छ तर सिर्जना कहिल्यै बुढो हुँदैन । सिर्जना र भावनाको हिसाबले पाल्पालीजी अझै तन्नेरी नै हुनुहुन्छ । आज आएर उहाँ आँफै भन्नु हुन्छ – 'मौका मिलेसम्मको समयलाई गजलमा नै खर्च गर्ने गरेको छु '(पृष्ठ ठ)
कृतिभित्र पस्दा –
१११ गजलले सुसज्जित यो गजलसङ्ग्रह सबै पूर्ण बहरमा लेखिएको छ । मनको व्यथा जटिलताले भरिएको छ । मनमा उनको छटपटी चल्छ  यादमा तन जल्छ घरबार नजुट्दा हार खानु पर्छ,  जगभित्र मिल्ने मनुवा नमिल्दा डर पनि लाग्छ । मनको व्यथालाई बिसाउनको लागि मुटुमा मिल्ने मुटुको खोजीमा प्रियासङ्ग धाउन पुग्दछन् गजलकार । बास्तवमा मन अति चञ्चल हुन्छ ।  यसले मानवलाई बन्धक बनाएको हुन्छ । गोविन्दराज विनोदी भन्नु हुन्छ–'यस कृतिमा गजलकारको मन ज्यादै सरल र सहज रूपमा पोखिएको छ' (पृष्ठ ज) । हेरौं गजलको शेर–
मुटुसङ्ग मिल्ने मुटु खोज गर्दै
प्रियासङग धाएँ मनको व्यथाले
मानव जीवनमा मुटुसँग मुटुको मिलन भन्नु प्रेमको मिलन हो । प्रेममा मिलन हुनु भनेको महत्वपूर्ण उपलब्धि हो । यो उपलब्धि प्राप्त गर्न गजलकार प्रियासँग धाउँछन् । मनको व्यथा पोख्छन् । गजलकार भन्छन् मन पापी रैछ, यसले धेरै बलले नभेट्ने कुराहरू माग्दछ, कल पार्छ, इरादा गरिराख्छ, लत पाल्छ, यसैको कारणले खत लाग्छ, हजारौं गम जाग्छ आदि, मधुमासको बरसातमा, रसरङ्गको रातमा, दिनरातको हरहालतमा, दिल माझको दुःखदर्दमा, दिलदारको दरकारमा घरबारको सब बातमा, मनको कुरा नसुनेको तनको व्यथा नबुझेको आदिमा भनिदेउः मनको व्यथा भन्दै प्यारको माझधारमा रहेर हरेक साँझमा तिमीलाई कुरेको छु । आइदेऊ मधुमातमा भनी प्रेमिकालाई बोलाइएको छ । गजलकारले प्रेमिकालाई भन्छन् दिलमा अग्नि दन्काएर आऊ, प्रेम रोग सल्काएर  दुःखलाई खल्काएर,  जिन्दगीको दाग टल्काएर,आऊ  ।  पूmल देख्दा मात लागेको र सो मातले होस गुम्ने डर भएकोले सम्झाऊ र माया उम्लिएर खेर जान नदेऊ चोखो प्रेम अल्झाएर जाऊँ भन्ने धारण राखेका छन्  । गजलकारले कतै प्रेमलाई जानेर महत्त्व दिएका छन् । कतै कतै प्रेमको चोट खाएका पनि छन्, दिलभित्र  नै मायालाई पालिरहेका छन्, दिलभित्रै मायालाई बसाली रहेका छन् ।
एकोहोरो प्रेमले मानव जीवनमा धेरै कथा व्यथाहरू भोग्न पर्छ  जब प्रेमिकाले आपूmबाट पराई हुन्छिन् अग्नि जस्तैे सलाईले पनि पोल्छ –प्रेममा पे्रमिकाको विछोडको कारणमा सानो आगोको जलन तथा डहन हुनु अस्वभाविक होइन । हेरौं  गजलकारको धारणा उनकै गजलको शेरमा –
कतै दिवाना भएर हराउने, कतै आपूm आफैमा हराउने, कतै प्रेमिकाले सलाई लगाएर खरानी बनाउने, कतै बुटोझै बढेको जवानीलाई ढलाइ दिएको, कतै दिलको तानलाई तोड्न गाह्रो भएको त कतै मीठो शत्रुलाई छोड्न गाह्रो भएको, कतै दयाको खजाना लुटाएको त कतै टुटेको भरोसा जुटाएको गजलकारलाई आभास हुछ, । देशलाई भुलेर पराई हुँदा चिठी पठाएर बोलाएको याद आउँछ । कतै चारदिनको जिन्दगी झेलमा अल्झेको त कतै खेलमा अल्झेको, कतै प्रेमको भिकारी भएर आसमा बसेको, कतै मायालुले प्रीत नै तोडेर गएकी त कतै दिलको माया फोडेर गएको, धारणाहरूबाट सजिएका छन् गजलका शेरहरू ।
हर काममा हरबातमा दिलदारको आवश्यक्ता हुन्छ प्रेमको घरबारमा पनि दिलदारको आवश्यक्ता हुन्छ  । दिलदारको आवश्यक्ता यतिमामात्र सीमित रहदैन । हरवारमा हर हालतमा प्रीतको अभिसारमा, दिलका सबै सुरतालमा दिलदारको आवश्यक्ता पर्दछ । नपरोस पनि किन ? दिलदारले नै दिलको धड्कन सुन्दछ । एकातिर मानिस नामको लोभी हुन्छ । नामको लागि मरिमेटी लाग्दछ । अर्कोतिर लोभमा जिन्दगी अडकिएको छ । जिन्दगीको रहरमा जवानी लुटिएको हुन्छ । शुद्धप्रेमको आवश्यक्ता पर्दछ । बास्तवमा मुटुभित्र माया न सरेर नै जान्छ न मरेर नै जान्छ दिलमा बसेर जान्छ यसैले आनन्द दिलाउँछ त कतै मनलाई रोगी बनाउँछ, र कहिल्यै नपुरिने घाऊ बनेर जान्छ । गजलकारले निशा चाँहादैनन् । उनले उज्यालोको खोजी गरेका छन्  । उनी भन्दछन् –
अँधेरो निशा भो बिहानी बनाऊ
सधैं लड्नसक्ने जवानी बनाऊ
भनिन्छ कहिले कतै नखाएको नशा पनि लाग्छ । दशा पनि पछि  लाग्छ । लागेको  छ त कतै न आएको दशालाई बोलाइएको  छ । बाटो चिप्लो नभए पनि कतै लकर््िएको छ त कतै मायाको यौवनहार प्राप्त हुँदा पनि तर्केर गएको पाइन्छ ।
चिप्लो थिएन बाटो लर्केर गैरहेंछु
मन यो विगारी आँफैं चर्केर गै रहेंछु
(गजल ४२ पृष्ठ ४२)
रूप र रङ्गमा को लोभिदैन र यहाँ गजलकारले बात गर्ने सार भेटेका छन् , जिन्दगीको चाल भेटेका छन्, गजलकारले भन्छन् –
दाँत हेर्दा चूनजस्ता रूप देखे जून जस्ता
हंसजस्तो चाल देखें प्रीत छोप्ने खाल भेटें
(गजल ४४ पृष्ठ ४४)
मायालुले दिलमा घडेरी खन्याउँदै त्यतै बसाइ सराइ गरेको, तेजलाई छोपेर छोपीदैन, कर्म उदाएर आए कसैले रोकेर रोकिदैन, सँगै बाच्न पर्ने सँगै मर्न पर्ने तर त्यसो नभएर जिन्दगीभर रूवाइरहेको, वेमौसमी झरीले दिएको पीडा, तीतो पीरो खाए पनि हरेस नखाएका कुरा, जवानीलाई लुकाएर जान पर्ने तर सजाउनु पर्ने, विविध प्रेमले भरिएका गजलहरूको कमी छैन सबै गजलहरू प्रेममा रङ्गिएका छन् । प्रेममा मिलन छ विछोड छ, नम्रता छ फकाई छ याद छ रुवाई छ दुःख छ हाँसो छ, आदि आदि प्रेमरसलाई सुललितरूपमा बगाइएको छ ।
माटो प्रतिको माया
माटो भन्दा धर्तीमाता र जन्म दिने आमाप्रतिको माया भन्ने सम्झिन्छ । गजलकारले माटोमा जन्मेर फक्रेको पूmलको रूपमा आपूmलाई लिएका छन् । माटोमा जन्मे पनि आमाको मायाले दूधको धाराले सवलता छाएका कुरा अनि देशको मायाका कुरामा गजलकारको केवल एक गजल पस्केका छन् ।  एक गजल भए पनि माटोप्रति आमाप्रति र देशप्रति गजलकारको धारणा प्रष्ट र उच्च छ ।
भाषा शैली –भाषा सरल र सुवोध भए पनि हिन्दी र उर्दू साहित्यका  शब्दहरूले पनि स्थान पाएका छन् । यी सब्दहरूको प्रयोग भाषा सुद्धताको हिसावले हेर्दा प्रयोगमा ल्याउन भाषागत सुद्धता ठानिदैन तर शब्द भण्डारको हिसाबले हेर्दा नेपाली जनजिब्रोमा चलनमा आएका यस्ता शब्दहरूको प्रयोगलाई पाठकले सहजै स्वीकार्दछन् । गजलका शेरहरूको निर्माण १२, १३, १४, १६, २०, अक्षरमा गरिएको पाइए तापनि १२ अक्षरी शेरहरूको बाहुल्यता बढी भएको देखिन्छ । यस गजल कृतिमा बहरको साथै संस्कृत काव्यपरम्परका पिङगल, भुजङ्गप्रयातजस्ता छन्दको प्रयोग भएको देखिन्छ । सबै गजलका शेरहरू सरल भाषामा गेयात्मक रूपमा लेखिएका छन् । गजल सिद्धान्तको अवलम्वन भएको पाइन्छ ।
 अन्त्यमा प्रेममा आधारित यस गजल सङ्ग्रहमा पाल्पालीजीले गजललाई सबै जाती सबै सम्प्रदाय, सबै धर्मलाई मानवीय प्रेमसूत्रमा बाँध्न खोजेका छन् । प्रेमको सुथरी बलियो हुन्छ । यो सुथरीमा सवलता छ । प्रेममय संसारलाई अझै बलियो बनाओस् । अझै परिपक्ताको अर्को कृति चाँडै पढ्न पाइवोस् भन्दै विदा चाहान्छु ।
धन्यवाद, मिति २०७२ साल बैसाख ४गते, कावासोती वडा नं ७, शान्तिचोक