परिचय
युसुफदिन मियाँ 'पाल्पालीको यो पाँचौं गजलसङ्ग्रह हो । यो पनि उहाँको बहरबद्ध गजल सङ्ग्रह हो । जति जति उमेरले नेटो काट्दैछ त्यति त्यति उहाँको कलम गजलमा सशक्त बन्दैछ । यो एउटा अनुकरणीय काम हो जस्तो लाग्छ मलाई । झट्ट हेर्दा उच्च तन गोरो बदन बेलीमा दृढता र सरलता व्यवहारमा समनता, भएको एक सामाजिक साहित्यिक व्यक्तित्वमा धनी लाग्नु हुन्छ पाल्पालीजी । उहाँको जन्म पाल्पा, तानसेन वडानं १३, पश्चिम गाउँमा वि.सं २००३ साल बैशाख १२ गते पिता मरहूम अब्दुल गपूmर मियाँ र माता मरहूम बिबीरन मियाँको सुपुत्रको रूपमा भएको थियो। पाल्पामा जन्म भए पनि हाल उहाँको बसोबास नारायणगढ चितवनमा छ ।
ूसम्मान
पाल्पालीजीले पल्लव स्रष्टा सम्मान र लक्ष्मीस्मृति एवम् नन्दकलास्मृति भाषा साहित्य तथा समाज सेवा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
गजलको संरचना –
आवरणा पृष्ठमा उटमा सवार भएको एक व्यक्तिको चित्रको साथै एक सुन्दरीले छरिएको कपाललाई समाउँदै दिवान किताप अध्ययन गरेको चित्र अङ्कित गरी सजाइएको छ भने पछिल्लो आवरण पृष्ठमा स्रष्टा परिचय दिइएको छ । यसमा १११ गजल्हरू समावेश गरिएका छन् । कृतिको आकार १२४ पृष्ठको छ । यो गजलसङ्ग्रह बहरे मुतकारिब मुसम्मन् सालिम् (पिङ्गल छन्द–भुजङ्गप्रयात) १२ अक्षरमा र सूत्र यगण (।ऽऽ ह ४ फउलुन् ह४ ) रुक्न ४ मा आधारित रहेर सिर्जना गरिएको छ ।समर्पण
यो कृति मरहुम जिकिरन मियामा तपसिलका गजलको एक शेर बाट समर्पणगरिएको छ –
'तिमी यो दिलैमा पलाई रहेछौ,
हराएर के भो बसाई रहेछौ'
प्रकाशकीय
यो कृतिको प्रकाशन पल्लब साहित्य प्रतिष्ठान, नारायण गढ चितवनले गरेको र यसको प्रकाशकीय पल्लब साहित्य प्रतिष्ठानका संस्थापक सदस्य दीपेन्द्र कुमार जोशी 'निक'ले लेख्नुभएको छ । उहाँले यस कृतिको प्रकाशन गर्दै प्रकाशकीयमा पल्लव साहित्य प्रतिष्ठानको सानो चिनारी, यसले प्रतिष्ठानको मुख पत्रको रूपमा पल्लव साहित्यिक पत्रिका प्रकाशन गर्दै आएको, विभिन्न स्रष्टाहरूका विशिष्ट कृतिहरू प्रकाशन गरेको र गर्ने क्रम जारी रहेको, युसुफ दिन पाल्पाली गजल क्षेत्रमा चिनाइ रहन नपर्ने नाम हो भन्ने धारणा राख्नु भएको छ ।
भूमिका
यस कृतिको भूमिका मुतकारिब दिवानमा बहरको प्रयोग शीर्षक दिएर गोर्खे साइँलो ्(ऋषिप्रसाद लामिछाने)ले लेख्नु भएको छ । भूमिकामा सर्बप्रथम आपूmद्वारा सिर्जित गजलको एक शेर पस्कनु भएको छ–
म जन्मे यहीं नै फुल्यो केश मेरो
छ माटो पियारो यही देश मेरो
्गोर्खे साइँलो ,धधध।उबििबधब। अयm।लउ( द्दण्ज्ञघ
यो आफ्नो एक शेर पछि पुनः गोर्खेले युसुफदिन मियाँ पाल्पालीजीले मुतकारिब दिवान(२०७१) मा लेखिएको एक शेरलाई प्रस्तुत गर्नु भएको छ –
तिमी मुस्कुरायौ गजल लेख्न लागे,
अचम्मै बसायौ गजल लेख्न लागें
युसुफदिन मिया पाल्पाली, मुतकारिब दिवान(२०७१)
गोर्खे साइँलोले चितवनको गजलको बारेमा पाल्पालीजीका कृतिका प्रकाशनका बारेमा लेख्दै पाल्पाली स्वयम् बहर(छन्दमा) मा निपूण भएको र उनका गजल बहरमा लेखिएका हुन्छन्, 'हरेक विषयमा अरूको अध्ययन गर्ने र आफ्नै बैचारिकतामा उभिने अनि आफ्नै प्रचलित एवम् परम्परागत आफ्नो रहन सहन र बोली–चालीमा प्रयोग गरिने शब्द शैली नै बढी मन पराउने स्रष्टा हुन् ' भन्ने धारणा राखेका छन् ।
हुसैन खाँको गजलकार र गजलकृतिप्रति विचार
समाजसेबी र साहित्य माली
दिवान मीठो रचे पाल्पाली
हुसैन खाँ
प्रेमप्रणयमा आधरित गजलहरू–
बहरे मुतकारिब मुसम्मन, सालिम (पिङ्गलछन्द–भुजङ्गप्रयात १२ अक्षरमा र सूत्र (यगण (।ऽऽह४ फउलुन् ह ४) रुक्न ४ मा आधारित रहेर लेखिएका पाल्पालीका अधिकांस गजलहरू प्रेममा आधारित छन् । उनले गजल मार्फत माया यस्तो चीज हो जस्लाई मानव जीवनबाट अलग्याउन सकिदैन, यसलाई पखालेर पखालिदैन भन्ने धारणा राख्दछन् । संसारमा अमरत्व राख्ने खालका कर्महरू, कहानी बनेर बसेका कर्महरू निकै थोरै छन । यसरी नै मानव जीवनको जवानी पनि थोरै दिन टिक्छ, त्यसो हुँदा प्राण छदै माया छर्नु पर्छ, यस धर्तीमा रहुन्जेल अजरअमर रहने कर्म गर्नु पछर्, भन्दछन् । जगतमा लिएर आएको कर्मलाई भोग्न पर्छ । जीवन तथा जगत मार्गमा अँधेरा दिन धेरै छन् र बिहानी कमै पाइन्छन् । जन्मेको ठाउँलाई छाडेर जाँदा खरानी थोरै छाडेर गइने जस्ता धारणा गजलमा पस्किएका छन् । उनको धारणा छ– 'मानिसले आफ्नो जीवनलाई आँफै विमारी पार्छ, माया लुटाएर भिखारी बन्छ्, प्रेममा मुद्दा पर्न सक्छ, मुद्दा पर्दा बैरीलाई विचारी बनाउने कर्म गर्न हुन्न, आज्ञा पालक पियारी बनाउन पर्छ र प्रेमगर्दा पीडाहरू आइलाग्दछन् यस्तो अवस्थामा पीडा बोध गर्न हुँदैन भन्ने ठान्छन् गजलकार । उनी अधेरो रातमा प्रेमिका उदाएको देख्न चाहान्छन् । प्रेमिका यस्ति हुन् दिलमा लागेको आगो निभाउन ुसकुन् र सुभ चिताउन सकुन् । दिललाई टुक्र्याउने, दर्द दिइरहने खालको प्रेम चाहादैनन् उनी । सबैखाले प्रेमरूपी पीडाबाट मुक्त हुन चाहान्छन् गजलकार तर त्यसो नहुदा उनी निरास छन् र अनि ्यी पीडाबाट मुक्तिको लागि उनी भन्छन् –
सबै दुःख पीडा यहाँ शान्त हुन्थे
जहर्को पियाला पिलाई दिएनौ
(गजल ३, पृष्ठ ३)
हुनत मृत्यु पछि पीडा दूर हुन्छ हुँदैन , त्यो चिज प्रमाणिक छैन, तर उनलाई यस्तो अनुभूति हुन्छ कि जीवन लीला समाप्त भए पछि सबै दुःख कष्ट समाप्त हुन्छन् । यदि कसैले आपूmले गरेको गल्ती स्वीकार्छ निश्चय पनि उस्ले भावनात्क रूपमा सजाएँ भोगी सकेको हुन्छ तर यहाँ भने गल्ती स्वीकार गर्दा पनि सफाई नपाएको गुनासो गरिएको छ ।
गजलकारका पीडा अनेक छन् । गजलका शेरहरू पनि अतिमार्मिक छन््–,दिल जल्छ तर धुवाँ देखिदैन ,हुन पनि हो वन डढेको सबैले देख्छन् तर मन डढेको कसैले देख्दैन । डहनलाई शाीतलता छर्ने काम बसन्ती हावाले गर्छ तर यहाँ त्यो पनि हुन सकेको छैन । बसन्ती हावाले रङ्ग छर्दा बरु कसै गरे पनि नमेटिने दाग बसेको भन्दै मार्मिके धारणा प्रस्तुत गरिएका छन् गजलमा –
स्वयम् देह त्यागे बढी पाप लाग्ने
यहाँ काल खोज्दा कतै भेटिएन
यो संसार यस्तै छ काल न खोजेर पाइन्छ न त मर्दिन भन्दा पनि बाँच्न सकिन्छ । मानव जीवनमा हारखान हुँदैन बरु प्रेमको बत्ती जलाएर प्रकाशमय बनाउनु पर्छ र ,जिन्दगीको मजा चाख्नु पर्छ । कालो रात नभएर सुनौला विहानी खोज्नु पर्छ । प्रगतिको पथ प्राप्त गर्नको लागि आफ्ना पाऊहरू बढाउनु पर्छ । मायालाई प्राप्त गर्नको लागि अवस्था, व्यवस्था, सुविस्ता, नियोक्ता, नियन्ता निक्षिप्ता मिल्नु पर्छ त्यसो भयो भनेमात्र हार खान पर्दैन, घात पाइँदैन र निर्धो पनि भइदैन ।
प्रेममा भर पर्दा दिलमा आगो लगाएर खरानी बन्न सक्छ । आखा जुधाएर नशामा डुवाएर रोगी बनी थलाएर, दर्द बोकाएर, गोली खाएर नेटो काटेर जान पनि पर्ने हुन्छ । माया लुटाएमा वितरा पनि पर्न सकिन्छ । कसैले पत्याए सितारा पनि बन्न सकिन्छ । नयाँ जिन्दगीको मिनार उठाउनकोे लागि इरादा र इच्छा हुनु पर्छ । माया बगाएर, भलो काम गरेर, सबैको पियारो भएर दुई चार दिनको जवानी बाट विचारा हुने हो । कसैले हजुरको मान्छे भनेर , कहसैले पुरानो कहानी सुनाएर, बाल्यकालका बाचा सुनाएर घाउ ताजा बनाएर, माया छ भनेर सताए तर नचिन्दा तथा नभेट्दा माया टाढा हुँदो रहेछ माया जुटाउनको लागि समेटिएर जानु पर्ने रहेछ ।
प्रेममा दया र माया लाग्नु, धर्मका काम देख्दा गाउँ नै गया लाग्नु, भोकमा खाना पाउँदा बया लाग्नु, पूmल यता झार्दा बहाना नया लाग्नु र देवले झै लड्दा उठाउँदा राम्रो काम गरेको देख्दा जया लाग्न लागेको धारणा आएको छ गजलमा । प्रेमको कहानी पढ्दा किताव हराउन सक्छ, गरेको प्यारको हिसाब, गरिब तथा साना तिनाको निसाब, कसैको दिलबाट झर्दा रवाब,, कसैले कसैको कुरा सुन्दैन भने, जवाफ नै हराउँछ भन्ने धारणा आएको छ गजलमा ।
पाल्पालीका गजल प्राय नै प्रेममा आधारित छन् । प्रेममा पनि यिनले विविधता अपनाएका छन् । प्रेममा समनता हुन्छ यसमा कोही ठूलो कोही सानो हुँदैन भन्छन् –
बिना प्यार मान्छे कहाँ ज्यून सक्छ
भिखारी र मान्छे सबै ताक्छ माया
गजल ६७ पृष्ठ ६७
नछुट्ने नशा के दिलायौ तिमीले
नजर्ले नजर्मा पिलायौ तिमीले
गजल २७, पृष्ठ २७
निशाना नलाग्ने सिकारी बनायौ
सधैं प्यार माग्ने भिखारी बनायौ
गजल ५८, पृष्ठ ५८
उही दैवले नै दियो जन्मकर्म
जगतमा उसैले पठायो मलाई्
गजल ९३ पृष्ठ ९३
प्रेममा के हुँदैन सबै चीज हुन्छ भन्ने् धारणालाई माथिका शेरबाट तथा उनका गजलका केही गजलका भावाधारबाट प्रष्टिन्छ । उनका गजलको मुख्य मुटु भनेको प्रेममा विविधता नै हो । तर समसामयिकताले सताएको, देश काल परिस्थिति, जीवन जगत, मानवीय प्रवृति, डर, त्रास आदिमा पनि गजलकारले आफ्ना धारणा पस्केका छन् ।उनका गजलबाट समधर्म, समरीति, मानवता र मानवीय क्रियाकलाप तथा मानवीय प्रवृत्तिलाई केलाउने धारणा उनमा छ भन्ने जानकारी गराउँछ । उनका गजलमा प्रेम दर्शनमात्र नभएर जीवनदर्शन पनि छ । भाषागतरूपमा पनि सरलता पाइन्छ । गजलहरू लयात्मक र गेयात्मक छन् । यो सर्ब विदित कुरा हो कि पूर्णता भन्ने कुरा कसैमा हुँदैन । यहाँ पनि भाषागत काफियागत केही विचलन देखिन्छन् । लेख्दै जानेक्रममा तथा प्रयासरत रहेमा परिष्कार पनि हुँदै जान्छन् । जेहोस् प्रयास नै परिष्कारको जननी हो । पाल्पालीजी प्रयासरत हुनुहुन्छ , सफलताको सोपान चढिरहनु भएको छ । सफल गजलकारमा आपूmलाई समावेश गराइ सक्नु भएको छ । जीवनको उत्तरार्धमा कलम अझै सवल र सकृय रहोस् भन्दै विदा चाहन्छु ।
धन्यवाद
२०७२ साल भाद्र ७ गते, कावासोती शान्तिचोक नवलपरासी ,
No comments:
Post a Comment