December 10, 2020

श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

परिचय –
भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा  प्रगतिमा जुट्ने देवता श्रमसाधना
यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल  साउन १९ गते पिता  स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी 'न' ठूलदाइ)का हुन । 'पुरेतका मुखमा बुझो 'लघुकाव्य–१वैशाख २०३४देखि हाल श्रम–साधना महाकाव्य २०७६सम्म आइपुग्दा उहाँका १० कृतिहरू बजारमा आइसकेका छन् भने करिव आधादर्जन (७ थान) प्रकाशोन्मुख  देखिन्छन् । करिव एक दर्जन सामाजिक संस्थामा आवद्ध हुनु भएका नीलकण्ठज्यूलाई दुई दर्जन साहित्यिक संस्थाले विभूषित गरिसकेका छन् । सस्कृत साहित्यमा आचार्यको डिग्री हाँसिल गरिसकेका नीलकण्ठको पेशा भने शिक्षण स्तम्भकार, लेखनको साथै समाज सेवामा आवद्धता देखिन्छ । संक्षेपमा भन्नु पर्दा नीलकण्ठ एक बहुप्रतिभाका धनी हुनुहुन्छ । लेखन क्षमता नै उहाँको उच्च परिचय हो ।
कृतिको संरचना – श्रम–साधना महाकाव्यको संरचना १५ सर्ग १६४७ चतुष्पदी र दुई पदीय श्लोकबाट भएको छ  यस महाकाव्यको प्रकाशन पूर्वखोला गाउँपालिकाले गरेको छ । मूल्य ५००।–रुपियाँ राखिएको छ र पूर्वीय महाकाव्यको मान्ँयतालाई आत्मसात गरी संरचित यस महाकाव्यलाई माता पितामा समर्पित गरिएको छ ।
साहित्यकारहरूको धारणा – प्रकाशकीयमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले लेख्नुुन्छ –'राम्रो प्रकृति चित्रणम सहित सुखी नेपाली जीवन शैली र समृद्ध नेपालको परिकल्पनामाा काव्य सन्देसमूलक छ ।'
टंकप्रसाद पन्त लेख्नुहुन्छ –'प्रस्तुत महाकाव्यको कथावस्तु नेपालको राष्ट्रिय अखण्डता र समृद्धिका विषयममा केन्द्रित रहेको छ ।'
प्रा डा. वेणीमाधव ढकाल लेख्नुहुन्छ – परम्परागत महाकाव्यीय संरचनाको अधिकांश प्रयोग गरी वीर रसलाई केन्द्रमा राखेर श्रमको महत्वलाई हरेक कोणबाट पुष्टि गरिएको यो महाकाव्य नेपालीमात्र होइन विश्व साहित्यमै नवीन प्रयोग बन्ने छ ।'
मोदनाथ प्रश्रितको धारणमा –'श्रम–साधना जस्तो वहुआयमिक महाकाव्यको उपहार पायो सिंगो नेपालले।'
प्रदेश सांसद नारायणप्रसाद आचार्यको शुभ कामना प्राप्त गरेको यस महाकाव्यमा स्वयम् महाकाव्यकार नीलकण्ठ न्यौपानेले लेख्नुहुन्छ –' श्रम–साधना दुबै मेरा आराध्य देव हुन्  । मेरो दृष्टिमा बसी खाने जीवन भन्दा गरी खाने खाने जीवन पद्धति श्रद्धेय बन्छ । '
सर्गगत पोखिएका केही धारणाहरू–प्रथम सर्ग शब्द पुष्प अर्चना,शीर्षकमा पदयात्र, र संवाद  उपशीर्षकको रूपमा प्रस्तुत गरिएको छ – महाकाव्य लेखन पूर्वीय परम्परा अनुसार मङ्गला चरणको रूपमा यो सर्ग आएको छ । मातृभूमिप्रति शब्दपुष्प लिएर महाकाविले आराधना गर्दै श्रमासाधनाको माध्यमबाट आफ्नै देश सिर्जना गरौं भन्दै गहन राष्ट्रियताले भरिएका शब्क्दको साथमा महाकवि बोल्छन् –
नेपाली घरमा बसी सवजना नेपालकै कीर्तन
गर्दै राष्ट्र विकासको शिखरमा पुग्ने गरौं चिन्तन
हामी भक्त बनौ पवित्र श्रमको नेपाल हो मन्दिर
पारैं झल्मल सीप ज्ञान विधिले  कैलाश धामैनिर
(श्लोक ३ पृष्ठ १)  
पदयात्रा उपशीर्षकमा धेरै गहन धारणा आएका छन् । राष्ट्रले भोग परेका गरिबीको प्रवलता,भोकमरीको बहुलता,देशलाई अगाडी लान चाहे जल आदि स्रोतको  प्रचुरता,प्रकृतिकको सुन्दरताले परिपूर्णता, वीर पूर्खाका सन्तती कायर भएर बस्न नहुने परआश्रित भएर बस्न नहुने आफ्नै स्वाभीमानी भएर अर्थोपार्जन गर्न सकिने जस्गहन धारणले भरिएको छ पदयात्रा ।केही श्लोक हेरौं – प्रकृतिको सुन्दर चित्रण –
यहीं गौरीशंकर निलगिरि यहीं मुक्ति शिखर
यहीं अन्नैपूर्ण दिगवसनधारी गिरिधर
यहीं माछापुछ«े प्रतिदिन झिरोली छ रटना
पसेको फेवामा हिम शिखर भेटिन्छ घटना
 (श्लोक २३पृष्ठ ४)
झरेको स्वर्गै हो भुवनभर नेपाल धरणी
महाकाली मेची प्रकृति पूmलबारीको छ अवनी
तला सग्ला चाक्ला समतल महीमान छ प्रथा
 म भित्रै mभेटिन्थेविविध महिमा स्थापित कथा
श्लोक ३९, पृष्ठ
संवाद– यस उपशीर्षकमा नायक(श्रम)सँग संवाद भएको छ । नायकले आफ्नो परिचय यसरी दिएको छ –
म नेपाली यौटा  अथक श्रमजीवी श्रमिक हुँ
श्रमैमा बाँचेको श्रम शिविरका साधक म हु
पवुजारी भै पूजा श्रमसँग प्रवासीस् भगत हुँ
चिनारी आस्थाको श्रम जगतको तागत म हुँ
(पृष्ठ ९ श्लोक ५४)
यहाँ  श्रमिकलाई हरेक क्षेत्रमा खटेर आफ्नो श्रमको लगानी गरेर सेवा पुफ्याएका धारणा आएका छन् । श्रमै हीरा मोती चल अचल सम्पत्तिको रूपमा  लिइने, श्रमैबाट सकल उत्पादन गर्न सकिने आदि आदिमा श्रमको उच्च मूल्याङ्कनको रूपमा दर्शाइएको छ । यस सर्गमा महाकविे राष्ट्रप्रतिको आस्था श्रद्धा र समर्पणमा मन खुलाएर प्रस्तुत भएका छन्।
सर्ग–द्वुतीय
यस सर्गमा स्वाभिमानी इतिहासको हाम्रो जन्म घर शीर्षक दिएर पाल्पाली इतिहासलाई प्रस्तुत गरिएको छ । पाल्पा एउटा ऐतिहासिक रूपमा हेरौं या विविधताले सजिएको स्थान भनौं प्राचिनकालमा एउटा सुन्दर राज्य थियो । धर्म पाल सेन पाल्पाका सेनवंशी पहिला राजा थिए । यस वंशका राजा मुकुन्द सेनको प्रसिद्धि आज पनि चर्चामा आएको पाइन्छ । महाकाव्यले पाल्पामा को कोले राज्य गरे यी सबै ऐतिहासिक विवरणलाई स्पष्टसँग दर्शाको छ । नेपाल  राज्यमा पाल्पा एकिकरण भएपछि पनि महाकाव्यले इतिहासलाई समेटेको छ  ।  पाल्पा एउटा उर्वरक भूमि हो । यहाँ माडी जहाँ माण्डवी ऋषिको तपस्थल हो । यो सुन्दर उर्वरक माडीफाँट हो । यस्ता उर्वरक फाँटहरू थुप्रै छन् । अर्गली गोपालको नामले चिनिएको फाँट हो । यस काव्यले काली गण्डकीको महिमा, शालिग्रामको महत्वको साथै  पाल्पाली श्रमवीरका थुप्रै कथाहरू समेट्ने प्रयास भएको छ । पाल्पाली श्रम साधकीका कार्य शैलिलाई कविले यसरी प्रस्तुत गरेका छन् –
पाल्पाली श्रम साधकी मिलिजुली गर्छन् जहाँ उन्नति
पाल्पाली परिवेशमा छ श्रमकै प्रीत कथा आरती
पाल्पा पौरखमा सदा मन रमी श्रृङ्गार भर्ने सदा
पाल्पा चित्र विचित्र सुन्दर छटा प्राकृत्य छन् सम्पदा
श्लोक १९ पृष्ठ २१)
यस सर्गमा पाल्पालाई एउटा पवित्र एवम् धार्मिक स्थलको रूपमा चित्रण गरेको छ । पाल्पाको पहिचान धार्मि रुपमा पनि उच्च छ  भन्ने धारणा सहित कविको धारणा यसरी आएको छ  –
पाल्पाकै पहिचान धर्मस्थल त्यो रिडी ठूलो धाम हो
कृष्णाको तटतीर्थ क्षेत्र भरमा सम्मुक्तिको ठाम हो
लाखौं धर्म परायण पथिकको गन्तव्य पुण्यस्थली
पाल्पाली सुख भावनामय पुरी श्रीविष्णु तीर्थस्थली
(श्लोक २५, पृष्ठ १२)
यस काव्यमा देवदत्त ऋृषिको तप भङ्ग गराउन प्रम्लोचना अप्सरालाई  इन्द्रले पठाइएको, अप्साको सौन्दर्यमा देवदत्तको मन पग्लिएको र प्रम्लोचासँग आनन्द भोग गरेको, अप्सराले दिव्य कन्याको जन्म दिएर स्वर्गतिर लागेको वर्णन  र नारी रूपमा कसरी लोभी इन्द्रिय फसिन्छन् भन्ने मिठो श्लोकलाई हेरौं –
नारी सुन्दर रूप यौवन छटा श्रृङ्गारका शानले
लोभी इन्द्रिय जन्य रङ्ग गहिरो ,कामान्ध मुस्कानले
बोली बालमिजासले टहलले  एकान्त सम्पर्कले
हा¥यो दिव्य तपसिता  पनि गल्यो नारीप्रिया स्पर्शले
(श्लोक, ३१ पृष्ठ २३)
 यी कन्याको नाम  रुरु कन्या भनेर नामाकरण गरिएको । रुरुले  तपस्या गरेको र चतुर्बाहु हृषीकेश नै पाउँ भनी वरमागेको, हृषिकेशले स्व वर दिएको बर्णन गरिएको छ । रानी घाटको साथै रानीमहलको वर्णन,(जसलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ ),), रम्भा , सत्यवती, भगवती, नारायण मन्दिर,श्रीनगर, तानसेन दरवारको सौन्दर्यता र विशालता, जीत गडी तालतलैया,भैरवनाथ, महाकाल, भैरवी ताल,सिद्ध गुफा ,सुन गुफा,लोकेश्वर,कौडेलेक, हात्तीलेक, पाल्पाली करुवाको प्रसिद्धि, अदुवा तेजपात, वेसार,गणेशथान, शिवथान,सत्यवतीदेवीको सत्यवती तालको बास, वेदपुराणम आदिमा हुँगी चर्चित थियो, हेक्ब्लाङ झम्माकुलो ,रामपुरमा रामको बास,सीताकुण्ड,केलादी पुण्यधाम,रामचुला प्रसिद्ध शिला,बौदीकालीले डेडगाउँको सिँचाइ, डेडकाली,हुप्सेकोट, रुद्रपुरी, द्यौचुली,मौलासिरी मन्दिर, रिब्दीकोट वग्नासकी कालिका, रम्भा माथगडी , पूर्वखोला प्रभास आदि भौगोलिक विवरण ती स्थानको महत्त्व, प्राकृतिक वर्णन, सामाजिक  अवस्था, धार्मिक ,राजनीतिक, आर्थिक, शैक्षिक अवस्था जन्मभूमिको महत्व, राष्ट्र र राष्ट्रियताप्रतिको मायाममतालाई यस सर्गले समेटेको छ । केही श्लोकको अध्ययन गरौं ।–
नेपाली श्रमसाधना  दिन दिनै विश्वमा यो फैलियो
के भो के यस राष्ट्रको प्रगतिमा  बाधा पसी मौलियो
माग्दै हार गुहार राष्ट्र जननी गर्छिन पुकार निकै
नेपाली श्रमवीर हे अब यहीं फर्केर आऊ छिटै
 (श्लोक १४४, पृष्ठ३९)
आमाको महिमा अपार गरिमा भेटिन्छ संसारमा
आफ्नै जन्म र कर्मको जगठूलो मानिन्छ सत्मार्गमा
आफ्नो इज्जत स्वाभिमान सब हो माटो अमूल्यै धन
माटो मै छ सबै निसान गहिरो माटो सबै जीवन ।
 (पृष्ठ ३८, श्लोक १३७)
सर्ग तीन– आफ्नै वतन आफ्नै स्वाभिमान शीर्षकमा गौरवपूर्ण नेपाली स्वाभीमानलाई  नेपाली माताको चरण कमलमा अर्पण गर्दै नेपालले युगौं युय कीर्तिमान स्थापित गरेको ,सन्तानको उज्ज्वल भाग्य रेखा भविष्यको कर्मरेखा,तराई पहाड, हिमालका सबै सम्पदाहरू भाषा संस्कृति, धर्म, आदि आदिलाई समेट्दै नेपाली आस्था र गौरवपूर्ण स्वाभीमानलाई प्रस्तुत गर्दे नेपाल नाम नै हाम्रो स्वाभिमान हो  भन्ने धारणा कविले पोखेका छन् । बास्तवमा नेपालीको इतिहास, राष्ट्रभक्ति।, नेपालको उर्वरक भूमि, राष्ट्रिय विभूति,जलसम्पदा, हावा, माटो, वन्यवनस्पति पवित्र स्थलहरू नै नेपालको गौरव हो भन्ने धारणा आएको छ सर्गमा । यस विषयलाई तलका श्लोकहरूले पुष्टि गर्दछन् –
 स्वतन्त्रा साथ छ स्वाभीमान
 अखण्डता साथ स्वाभीमान
स्वाधिनता साथ छ स्वाभी मान
नेपाल नामै पनि स्वाभिमान
(पृष्ठ४२, श्लोक १३)
लालित्यता बस्तुकला स्वदेशी
चिनो चिनारी अनि लगाउँ बेसी
सबै सबै मौलिक उच्च ज्ञान
नेपालकै आर्जित स्वाभिमान
(पृष्ठ ४३, श्लोक १९)
युगौं –युगौँ देखि स्वतन्त्र हामी
सही बसेनौं अरुको गुलामी
आफै गरेनम् रणको उठान
तथापी संरक्षित स्वाभिमान
(श्लोक ६६ , पृष्ठ ५०)
कृपा कसैको पनि हैन राष्ट्र
अखण्ड नेपाल विशाल राष्ट्र
बाँडी चँुडी गर्न हुँदैन जान
विशालता भित्र छ स्वाभिमान
 (श्लोक ७० पृष्ठ ५१)
 सर्ग – चार
स्वावलम्बन शीर्षकमा समाज जुटेर सामथ्र्यमा सक्षम भइन्छ ,सम्भावनालाई साथ लिएर विज्ञान र ज्ञान श्रम सीप मिलायर नेपालका आफ्नै स्रोत र साधनको प्रचुरतामा आफ्नै बाहुबलको लगानीमा स्वावलम्बी बन्न सकिने  र राष्ट्रलाई उठाउन सकिने धारणा आएका छन् । राष्ट्रिय एकता, विदेश पलायन, शिक्षा, जन जागरण, आशे बन्न नहुने, धरति–पुत्र किसानको बस्ने स्थान,जहाँ श्रमबूँदका दीप जल्छन् , विविध किसिमका उत्पादन हुन्छन् जहाँ धन सम्पत्तिका स्रोतहरू छन् त्यहाँका मानिस राष्ट्रको सम्पत्तिलाई त्यागी आशे बन्न नहुने, श्रम गरेर स्वाबलम्वी  बन्नु पर्ने आदि विविध धारणाले सजिएको छ यो सर्ग ।केही श्लोकहरूलाई अध्ययन गरौं –
देश विर्सन नहुने धारणा–
बिर्सेर राष्ट्र धनको फल चाहनामा
कामै भएन हिडियो श्रम बेचनमा
 घृणा बिबाद अपवाद विकार जान
सम्पत्ति मात्र गनिदैन नि स्वाभिमान
 श्लोक १८, पृष्ठ ६१)
 देशलाई खाँचोको अनुभूति –
खाँचो छ सागर ठुलो श्रम राष्ट्रलाई,
खाँचो छ जाँगर ठुलो अब  राष्ट्रलाई
नेपालको प्रगतिमा बलियो कमान
 खाँचो युवा सबल शक्ति छ स्वाभिमान
(श्लोक ३२, पृष्ठ ६३)
सामथ्र्यबाट प्राप्त हुने चिज–
सामथ्र्य भित्र सुख सम्पत्ति फैलिइन्छ
आफ्नो कमाइ उत्तम ठानिइन्छ
आफ्नै समृद्धि बिच मिल्दछ उच्च ज्ञान
उद्योग्य नै छ धन धान्य र  स्वाभिमान
(श्लोक ३९, पृष्ठ६४)
स्वावलम्वी बन्न आग्रह–
जागौ सबै घर–घरै बन स्वावलम्बी
सामथ्र्यहीन नबनौं न पराबलम्बी
नेपाल  सक्षम समर्थ विशाल जान
यो देशभित्र अनमोल छ स्वाभिमान
.(पृष्ठ ७२, श्लोक ९६) ण्रर
सर्ग –पाँच
यस सर्गमा आफ्नै पौरख आफ्नै स्वाभिमान शीर्षक दिएर महाकाविले श्रमवीर मार्फत विविध धारणाहरू राख्नु भएको छ –
 गर्नु सबैले घरकाम–काज
सत्कर्म गर्दा किन मान्नु लाज
 गरौं सबैले श्रमको निदान
सधैं गरौं पौरख स्वाभीमान
श्लोक २ पृष्ठ ७४
 परदेश गएकालाई फर्केर आउने आह्वान गरिएको छ  । स्व देशकै सिर्जनामा रमाउन साथै नेपाललाई भूस्वर्ग बनाउन, मौलिकता जोगाउन,  विदेशबाट आउँदा विकासको सागर ल्याउन पर्ने, पिंध दह्रो बनाउनु पर्ने आमासँग  उच्च स्वाभिमान भएको, व्यवसायका  कुरा, युवा नै उर्जा भएका कुरा, पैसा नै ठूलो इज्जत हैन , सम्पन्नताका कुरा, किसानले अमृत समानको  गोरस उत्पादन गर्छन्, विपिभन्न अनाज तरकारी उत्पादन गर्छन्, कृषि क्रान्ति गर्नुपर्ने धारणा,वातावरणीय शान, सासनको विधान नै आधार भएको संविधानका कुरा,  शिक्षा आदि विविध क्षेत्रका महत्वपूर्ण क्षेत्रलाई समेटदै राष्ट्र महान बनोस् भन्ने धारणा आएको छ यस सर्गमा ।
कविको लोकबतन्त्र तथा गणतन्त्र सम्बन्धि धारणा–
पुली फोस् अब लोकतन्त्र,
दिगो बनोस् यो गणतन्त्र मन्त्र
अखण्ड नेपाल  सदा महान
आफ्नै बुतो वर्कत स्वाभिमान
(श्लोक ३७ पृष्ठ ७९)
 समग्रमा भन्नुपर्दा यस सर्गमा स्थानगत विशेषता, संस्कार, निर्माणका साधन,संस्कृति, शैक्षिक, कला,कृषिबाट आर्थिक सम्पन्नता,  पहिरन, लोक गीत, लोक बाजा, प्राकृतिक सौन्दर्यता ,नेपालकै शान,मान, प्राण हो स्वाभिमान  जस्ता धारणाहरूलाई समेटिएको छ  ।
सर्ग – छ
साधना भूमि लुम्बििनी शीर्षकमा यस कृतिकी नायिकाको परिचय यसरी गराइएको छ –
ज्ञानी गौतम बुद्धकी प्रियतमा आधार हुन् साधना  
सारा मानव जातिकी अनुपमा आराध्य हुन् साधना
शिक्षा–वेद विशेष सार सबकी प्रज्ञान हुन साधना
साँचो जीवन सारकी विषय हुन् विज्ञान हुन साधना
श्लोक २, पृष्ठ ८६
यस सर्गमा महाकविले साधना के होइनन् सबै सबै चिज हुन् भनेका छन् ।जाँगर सीप, प्रविधिकी आधार, कल्पित कल्पनाकी साकार,ज्योत्स्ना ज्योति समान आकार, प्रविधिकी प्रकार,प्रगतिकी सञ्चारिका,उद्यमशील लक्षकी उर्जा, नौलो यो युग चाहनाकी निष्कर्ष लगायत  भाग्यकै फल,कर्मकै वरदान,धर्मकी ज्ञान ध्यान, आदि आदिले पूर्ण भएकी एउटी सक्षम, प्रतिष्ठित नायिकाको रूपमा साधनालाई प्रस्तुत गरिएको छ । यस शीर्षकमा कपिलबस्तु राज्य,शुद्धोधन राजा,गौतम बुद्ध र बौद्ध दर्शनमा आधारित देखिन्छ । लुम्निीको परिचय सम्बन्धमा कविले धेरै वर्णन गरेका छन् त्यसमा एउटा श्लोक यसप्रकार छ––
सम्यक् चिन्तन ध्यान योग बलको अभ्यास हो लुम्बिनी
बोधीसत्व दिने सुसुप्त मनकी अध्यापिका लुन्बिनी ।
साराबौद्ध बिहारको मुकुट हो संज्ञान हो लुम्बिनी।
साझा धर्म र कर्मको निगम हो प्रज्ञान हो लुम्बिकनी ।।
(श्लोक १७, पृष्ठ ८८)
यस शीर्षकमा साधनाको नृत्यकला,उनको साथीहरूसँगको क्रियाकलाप,शिक्षा आजर्न,शिक्षाको महिमा,  साधनाको यौवनता, यौवनताले निम्त्याउने विविध कृयाकलाप, श्रमवीरको लुम्बिनी गमन, साधनासँगको भेट आँखा जुध्नु भावना बाँडने चाहना हुनु जस्ता धारणाको साथै एउटा यौवनता सम्बन्धि मीठो श्लोक  प्रस्तुति हेरौं –
वेला यौवन आयुको वलवती जोधा बनी जुद्धछ
त्यागी शन्त महन्तको पनि टुना कालाग्नि भै पोल्दछ
जित्ने जित्दछ जिन्दगी, विजयको संसारमा बल्दछ
हार्ने लज्जित जिन्दगी दिनगनी सन्तापमा जल्दछ ।
(श्लोक ७५, पृष्ठ ९६)
यहाँ पाल्पाली श्रमवीरको निपुण नायकको रूपमा वर्णन गरिएको छ । साधनाको प्रवलता ,बौद्ध दर्शनको यर्थातालाई काव्यले समेटेको छ ।भन्दै एउटा श्लोक यहाँ प्रस्तुत गर्दै यस सर्गको बीट मार्दछु –
एउटै मङ्गल मन्त्र हो जगतको ''सत्यम शिवं सुन्दरम्''
साच्चै स्थापित स्वाभिमान सवको ''सेवा हिंधम्मं परम्''
साँचो कर्म छ धर्मकै वरि–परी चल्ने सधैं हर्बरी,
सेवाको सहभाव नै असल हो आदर्श विद्या पढी ।।
(श्लोक५७,पृष्ठ ९४)  
सर्ग सात –समाज विकास क्रम शीर्षकमा यो सर्गको थालनी भएको छ । यस शीर्षकले मानव सृष्टि, वृद्धि विकास समाजिक स्थापित मान्यताहरूको कारक तत्वको रूपमा कवि यसरी बोलेका छन् –
श्रमै विधाता विधि विश्व सृष्टिको
श्रमै सदा  सर्जक जीव सृष्टिको
श्रमै सदा जीवन स्वस्थ वृद्धिको
श्रमै सदा साधक ऋद्धि सिद्धिको
(श्लोक ४, पृष्ठ १०१)
हरेक क्षेत्रमा श्रमको गहन भूमिकालाई अग्रसरता दिदैं जीवको बृद्धि कोष बाट हुन्छ । यसरी जीवको विकास हुँर्दै जाँदा समाजको विकास भयो, समूहमा मानिसहरू गास र बासमा जुट्न थाले, आगोको आविष्कार भयो, यही आगो समाजको दियो बन्यो ,आहार विहारमा चिन्तन बढ्यो, समाजवादात्मक परिस्थितिको सिर्जना भयो। पाषण युगबाट थालनी समाजको श्रमसाधनाले गर्दा पशुपालन खाद्य सुधार गर्दै समाजको उन्नती हुन थाल्यो र तत्कालिन अवस्थामा सबै बराबर रहेका र मानवतामा समाज थियो । आमाको सुशासनमा परिवार चल्थ्यो । समाज आदिम साम्यवादबाट अगाडी बढेको थियो भन्दै कवि भन्छन् –
सबै–सबैमा शिव सत्य सुन्दर
निस्वार्थ सेवा मनमा वृहत्तर
निवास खाना परिधानमा सबै
सुखी खुसी जीवन वित्दथ्यो सधैं
(श्लोक २५, पृष्ठ १०४)
जव समाजमा लोभ बढो संयुक्त समाज बाट माािनस व्यक्तितिर लम्के सम्पत्ति पनि व्यक्तिको बन्यो, धनी गरिब हुन थाले । मालिक र नोकर बन्न थाले राज्यहरू बन्न थाले, मातृ सत्ताबाट शासन पितृ सत्ताम  परिणत हुन थाल्यो उद्योग व्यपार जमिन सबै धनीका हातम पुग्न थाल्यो द्वन्द्व र विभेदले जरा गाडेको धारण सहित कवि भन्छन् –
विपन्न होला अपवित्र सर्वदा
अछूत भै सेबक ती यदा कदा ।
धनी बने शासक भूप–भूपति
समाजको हैकम भो अबोन्नति
 (श्लोक ६१, पृष्ठ १०९)
 श्रमवीरहरूकै कारण बाट नेपाल राज्यको निर्माणम भएको र यस देशको इतिहास अघि अघि बढेको र पछि पछि कर्मवीर रहेको धारणा सहित योसर्गको बिट मारिन्छ ।
सर्ग आठ–
एकीकरण अभियान शीर्षक दिएर एकीकरण नेपाल कस्ले कसरी र कहाँ सम्म पुगेको थियो भन्ने एउटा ऐतिहासिक घटनालाई यस सर्गमा समेटिएको छ ।
कैलाशकूट पाखामा पार्वती परमेश्वर
हिमालभित्र नेपाल विशाल कति सुन्दर ।।१।।
उपरोक्त श्लोकबाट थालनी गरिएको यस सर्गमा कला संस्कृति खासा भाषाका परिवारआदिलाई समेटदै नेपालमा रहेका साना साना राज्यलाई एकीकरण
 गरी नेपाल राष्ट्रको निर्माण भएको र यस देशलाई पौराणिक कालमा रुद्र देश,हिमवत खण्डमा किन्नर देश किरात देश पाटलीपुत्र आदि आदि नामाकरण हुँदै आजको नेपाल देशको निर्माण भएको धारणा यस सर्गमा आएको छ । यस नेपाल देश निर्माणमा नर भूपाल शाहका छोरा पृथ्वीनारायण शाहले मनकामना , गोरखनाथ, गोरखकालीको आशीर्वाद लिँदै थालनी गरी बहादुर शाहको शासनकालसम्म आउँदा नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडा सम्मविस्तार भएको धारणा काव्यले समेटेको छ ।यस सर्गमा नेपाल एकीकरण गर्दा वीर योद्धाहरूको योगदान रहेको पृथ्वी नारायण शाह आफै युद्धमा सरिक भएको र सबैलाई समेटेर एकीकरणको काम थालनी गरेको यस सर्गमा समेटिएको छ । अत यस सर्गले नेपालको गौरवपूर्ण इतिहासलाई पुराणहरुसम्म जोडेको देखिन्छ ।  भाषगत रुपमा पनि नेपाली भाषले सबै जात जातीलाई एकताको सूत्रमा वाँधेको धारण आफ्नै स्रोत साधनको प्रयोग गरेर युद्ध सामाग्रीको निर्माण,चाँदी फलाम,तावाँका खानीको उत्खनन्का कुराहरू पनि यहाँ आएका छन् । श्रमवीर   गौरवपूर्ण नेपालको इतिहासको कारण गौरवले झुकेका र कविले पनि वीरताको गीत गाउँ भन्दै सर्ग अन्त्य हुन्छ ।
सर्ग नौ –दिग्विजय यात्रा शीर्षकको यस श्लोकबाट थालनी हुन्छ –
  इतिहास विधा ज्ञान रहेछ श्रम वीरमा
 सुनाए स्वाभिमानी त्यो यात्रा विजयको यहाँ ।।१।।
यस सर्गमा पृथ्वी नारायण शाह ले  राज्य एकीकरण मात्र गरेनन् अनेकतालाई एकताको मालामा गाँसेर, चार जात छत्तीस् वर्ण मिलाउने काम गरे सबै जातजातिको साथ रहेको र सबै सुझाव ग्राह्य रहेको कुरा कविले यसरी प्रकट गरेका छन् –  
अर्ति बिसे नगर्चीको गन्धर्व मनिरामको
वाङ्गे सार्कीहरूको थ्यो सल्लाह ग्राह्य राज्यको।।७।।
नुवाकोट विजय, मकवानपुर गढी नुवाकोटमा गाभिनु, गोर्खा राज्य गाभेर खाल्टो नेपाल राज्य बनाइयो यति वेला जयप्रकाश मल्ले अङ्ग्रेजसँग गुहार माग्नु, सिन्धुसली गढीमा अङ्ग्रेज सेना आएर घमासान युद्ध हुनु ,अङ्ग्रेज धपिनु,भुरे टाकुरे सबै गाभिएर पृथ्वीनारायण साझा राजा बन्नु, यसरी एकीकरणमा अभियानमा प्रतापसिंह शाह, राजेन्द्रलक्ष्मी शाह, बहादुर शाह,भीमसेन थापा,अमसिंह थापा,कीर्ति शाह, दलमर्दन शाह,शूरप्रताप शाह,रुद्र प्रताप, भीम थापा आदिहरूको योगथदान पनि त्यत्तिकै भएका धारण महाकाव्यमा दर्शाइएको छ ।यस सर्गका केही श्लोकहरू यहाँ समावेश गर्न मन लाग्यो –
राष्ट्रका शत्रु ठानिन्थे दिने घुस लिनेृ दुवै
नीरक्षीर सरी हुन्थ्यो गोर्खाका न्याय सत्य नै ।।
(श्लोक ४३ , पृष्ठ १२७)
 स्वाभिमान थियो हाम्रो बलियो इतिहासमा
गोर्खा नेपाल नेपाली वीरताको निशानमा
(श्लोक ६५ पृष्ठ१२९)
 यसरी वीररसले भरिएको यस सर्गको अन्ति श्लोकलाई पनि यहाँ प्रस्तुत गर्न चाहान्छु –
अझ पनि शर्मवीर स्वादमा स्वाद भर्थे
म पनि रस रसैमा शब्द संचार गर्थे
अव त नव रसायो राष्ट्र भाषा प्रसङ्ग
गजवसँग रमेको छन्द साहित्यसँग
पृष्ठ १३३, श्लोक १०९
सर्ग –दश
यस सर्गमा भाषा –भेष शीर्षकमा भाषा साहित्य कला संस्कृतिको महत्वलाई गहनताको साथमा उठाइएको छ साथै थालनीको दोस्रो श्लोकमा श्रमवीरले लुम्बिनीको  भ्रमणलाई यसरी स्मरण गर्दछन् –
लाग्यो राम्रो गत भ्रमणको याद त्यो लुम्बिनीको
सम्झी आफ्नै मन महलमा सोचिने साधनाको
के भो के भो विचलित भई आत्तिए कर्मवीर
 आगो लागी मन पनि जल्यो सम्झना भो अधीर ।।
(सर्ग २, श्लोक १३४)
 श्रमवीरले साधनालाई स्मरण गर्नु स्वभाविक थियो किनकी प्रीतिको भाव र बैंसको आश मिठो हुने भएकोले श्रमवीरको र साधना बीचमा प्रेमको अंकुरण भै सकेको थियो ।
भाषतिर नै लम्कौं –सबै नेपालीको मान्यता प्राप्त भाषा नेपाली हो र यही नै राष्ट्र भाषा हो । यो भाषालाई समृद्धिमा लान शशीधर नामका सन्तले निरगुन रचेर एकतारे बजाएर हिड्दथे । गोर्खालीमा भक्तिधारा फैलियो । भानुभक्तले रामायण लेखे ।मोतीराम भट्टले साहित्य सिर्जनाको साथै छापा खाना खोले, यस भाषालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले गद्यपद्य महाकाव्य आदिको सिर्जना गरे ।बालकृष्ण शम, व्यथित, आदिले यस भाषलाई उच्चाइमा पु¥याए र यो भाषा दार्जिलिङ्ग, सिक्किम, भुटान ब्रह्मामा फैलियो । यो भाषा रस,अलङ्कार लक्षण, व्यञ्जनाको हिसावले पनि सशक्त छ भन्ने धारणा यस सर्गमा समेटिएको छ । हालको परिपेक्षलाई केलाउने हो भने यो भाषा विश्वव्यापी भएको छ भन्न सकिन्छ ।
 सर्ग–एघार – यस सर्गमा  सपना विपना शीर्षक दिएर श्रमवीरमा कल्पना तीब्र भएको साधनाको सपनामा स्मरण आएको विपनामा भएका कामका सबै लीला सपनामा देखिने गरेका, नेपालमा लोकतन्त्र र गणतन्त्र आउनु राजा फ्याकिनु तर जनताले आशा गरे बमोजिम उपलब्धि हँसिल नहुनु, नेपालीहरू अतितमा युद्धवीरले चिनिएका थिए भने हाल आएर कर्मवीरले चिनिएका र आज नेपालीहरू श्रम गर्नको लागि खाडीमा गएका र दुख भोगेका कुरा, इराकका आतङ्क कारीबाट १२ जना नेपाली मारिएका र विदेशमा भएका नेपालीको काठको बाकसमा लास आउने गरेको  । श्रम समस्या बढ्दै गएको र अव विदेशमा श्रम गर्न नगै स्वदेशमा नै श्रम गर्नुपने धारणाहरू यस सर्गले समेटेको छ ।
सर्ग–बाह्र –परम्परा थिति वेथिति शिर्षकमा तराईको परम्परा थिति र वेथितिलाई  केलाउने प्रयास भएको छ । साधना र श्रमवीर बीचको प्रेमले दुई अलग ठाउँमा बस्दा पर्ने सिर्जना हुने स्थितिलाई यसरी प्रस्तुति गरिएको छ –
उता छन् साधना एक्ली श्रम साधन साधिका
श्रमवीर पुजी बस्ने मनकी प्रिय राधिका
श्लोक १, पृष्ठ१६५
 साधना श्रमवीरको प्रतिक्षारत छन् श्रमवीर कता छन् भन्ने कोतुहलता छ । सपना विपना बनेर वार्तालाप हुनु, उनको दिल वेचैन हुनु मुटुको गति बढ्नुु जस्ता घटना क्रममा कविले यसरी प्रस्तुत गरेका छन् –
साधनाभित्रका चित्र नाना रङ्ग विरङ्ग छन्
आपद विपदा सारा सम्पदा अझ दङ्ग छन् ।
श्लोक १० पृष्ठ १६५
तराईको विवाह प्रथामा छोरीको विवाहमा दाइजो दिनु पर्ने, साधना र उनका साथीहरू भने विना दाइजो टीका तिलकको साथमा समाज सुधार गर्दै विवाह गर्ने कुरा, तराईका विविध खाले राज्यहरूको सञ्चालन, कपिल देवको पिलबस्तु एउटा तीर्थ समान भएका कुरा, भूगोलका कुरा विविध जातजातिहरू तराइमा बसोबास गरेका र पहाडीया पहाडबाट तराई झरेका कुरा, बस्ती बसाइका कुरा उत्पादन र धानलाई ईश्वरको संज्ञा दिइनु,धानको बहु प्रयोगको वर्णन, चारकोशे झाडी, हरियोवन नेपालको धन, राष्ट्रिय निकुञ्ज, सिमसार,वन्यवनस्पति, चराहरू, फलपूmल,  लुम्विनीको महिमा , वाल्मीकि , वाल्मीकि आश्रम र वाल्मीकिले रामायण लेखेका कुरा, सीता धर्मपुत्री बनेका कुरा, हरिहर क्षेत्र,गजेन्द्रमोक्ष धाम नारायण उत्रेको हुँदा नारायणी  बनेकी, कृष्ण गर्भामा भएकोले गण्डकी बनेका, जनकराजा र जनकपुरको महिमा, मिथिला सभ्यता,
सीता, याज्ञवल्क्य, सीता, गार्गी मैत्रेयी विदुषीहरू, सबै शिक्षित रहेका कुराहरू तिरोहित क्षेत्र, शीवको धनु, भएकोले  धनुषा नामाकरण, ज्ञानकूप,जनक्कूप,विविध कुण्डहरू कन्काई देखि महाकाली भित्रका नदीहरूका विषयमा साधनाका साथीहरू बीच बहस भएका कुराहरूको साथै श्रमवीरको फोन आउनु र सखीहरू विषय विविधतामा संवाद सकेर अलगिएको धारणा सहित यस सर्ग बाट विश्राम लिन्छु ।  
सर्ग–तेह्र –प्रतिक्षाको घडी शीर्षकमा र तपसिलको श्लोकको साथमा यो सर्गको थालनी भएको छ –
प्रभाती गीतमा रम्थे चरी मङ्गल रागमा
पुतली क्षम्क्षमी नाच्थे घुमी पुष्प परागमा
श्लोक १ पृष्ठ १८३
सुन्दर प्रकृतिको वर्णन सहित प्रकृतिले यस संसारलाई दिने अंशवण्डामा कुनै भेवभाव हुँदैन बराबर नै  मिल्छ भन्दै कविले यस देशको संघीय सिर्जनालाई यसरी प्रस्तुत गरेका छन् –
एउटै आकाशको छानो पृथ्वी सबको घर
 सात कोठा छ यो हाम्रो राष्ट्र नेपाल सुन्दर
(श्लोक ८ पृष्ठ १८३)
तलो तीन बनेको छ सात कोठा मनोहर
सतहत्तर छन् वाना  ससाना सर्बसुन्दर
(श्लोक ८६, पृष्ठ१९०)
 तराई देशको जगको रूपमा, पहाड खम्बाको र हिमाल छानोको रूपमा देश एकीकृत र अखण्ड रूपमा रहेको धारणा, यस देशका बासिन्दा उदार मनका, सबै सँग मिल्ने, विश्व शान्ति चाहने, मानव सेवामा लाग्ने, एकतामा रहने टुटफुट नहुने, दशैंलाई राष्ट्रिय चाडको रूपमा मनाउन विदेशमा भएका पनि घरमा आउने, सामाजमा देखिने विकृति र विसङ्गतिबाट टाढै रहने, रातो रगतले गर्दा सबैमा एकता राष्ट्रियता श्रमवीर र साधनामा पनि राष्ट्रिय भावनाको प्रचुरता जस्ता गहन भावनालाई महाकाव्यले समेटेको छ ।
राष्ट्रिय सम्पत्तिप्रति महाकविको धारणा–
पहाड सुनका ढिक्का चाँदी हुन् हिमश्रृङ्खला ।
अनमोल तराईका अन्न भण्डारका थला  ।।
 (श्लोक ९३,पृष्ठ १९०)
मानवीय प्रवृत्ति र प्रगतिवादप्रतिको महाकावीको धारणा–
प्रगती वादको ढोका खोल्नु पर्ने,बसी खाने ठगी खाने, छली खानेको अन्त्येष्टि गर्नु पर्ने,सबैका हातका औंला खेलाएर प्रगतिवाद ल्याउनु पर्ने, मानिस मानिसको श्रमको शोषण गर्न नहुने, प्रगतिवादको बैरी स्वार्थी समाज भएको आदि आदि प्रगतिवादको बारेमा कविका थुप्रै भावनाहरू बगेका छन् र प्रगतिवादको जम्काभेटबाट संस्कार फेरिनेमा कवि दृड देखिन्छन् ।
श्रमवीर साधना पुरिमा पुग्छन् र साधनाले मन्दमुस्कानको साथमा स्वाग गर्दछिन्  र दुबै आत्मबाटै प्रेमपूजित थिए आदि धारणा सहित तलको श्लोक सहित यो सर्गले विश्राम लिन्छ –
आशा फुलेर मन मन्दिर मगमगायो
भविष्यको सुखद लक्षण जगमगायो ।
लौ साधनासँग तरङ्ग अनेक आयो
काव्यांस भित्र नव जीवन क्यै पलायो ।।
(श्लोक १२४, पृष्ठ १९३)
सर्ग–चौध –
भूगोल भित्रको सगोल सम्बन्ध शीर्षकबाट यो सर्गको यो श्लोकबाट यसरी थालनी भएको छ –
पहाडका अतिथि आज झरे तराई
 नेपाल राष्ट्र घरका सब भाइ–भाइ
नातो भूगोल बिचको गहिरो अपार
राखौं विचार मनमन्दिरमा उदार
(श्लोक १ पृष्ठ १९४)
यस सर्गमा पनि महाकावि  यस देशको प्रकृति वर्णनमा खुलेरै लागेका छन् । श्रमवीर र साधना बीचमा वार्तालाप हुन्छ र श्रमवीरले साधनालाई सोधनी गर्छन्
लौ साधना विगतका सपना सुनाऊ
प्रथ्यक्ष भेट पछिको विपना बताऊ
आशा  अनेक नव जीवन जिन्दगीका
पन्ना फुकाइ पढिनौ कि भविष्यगीता ।।
 (श्लोक ८पृष्ठ १९५)
प्रेममा आतुर रहेकी साधनाको मन मन्दिरमा बसेका,आराध्यदेव सँगको मिलनमा आशा पवलाएको धारणा राख्दै भन्छिन्
' जाऔ, पसौं घर बसौं मन दीप आशा
खोलौं दुबै जना बसी मनग्रन्थि पाशा
मेरो अधेंर मनमा अव धाम लाग्यो
सौभाग्य दीपसँग आश नयाँ पलायो । 'ं
(श्लोक १८, पृष्ठ १९६)
श्रमवीर र साधना बीचमा एक्लो जीवन व्यर्थ रहेको जोडिएर सृष्टि चल्ने रहेको , प्रेम रति साटिने कुरा। आमाबाबु पनि परिवार भित्रै सँगै भएका, रात पनि उजेलो रहेको प्रेमी सबैसँग साटो तिर्न नसकिने आदि प्रेममय कुराहरू पस्कदै साधनाले  श्रमवीरको साथ पाउने धारण यहाँ प्रष्टिएको छ र श्रमवीरले पनि 'पहाडसँग अब साट मदेश फाँट भन्दै आफ्नो धारणा सुनाएका छन् ।  पहाडका भूगोल भित्रका जातजाति, वनस्पति, खोलानाला, पहाड पर्वत , देवी देवता (शिव पार्वती, यक्ष,कुवेर गण, किन्नर किन्नरी, यति मानवको निसान) कृषि, मन्दिर देवालय आदि आदिको जानकारी गराउँदै श्रमवीर भन्छन् –
के छैन पर्वत पहाड हिमालभित्र
 सम्पूर्ण वैभव सबै छ यहाँ विचित्र।
खोजे भनिन्छ नवरत्न यहीं अनेक
 भूगर्भ भित्र विधिनिर्मित छन् हरेक
श्लोक ४७, पृष्ठ २००)
वार्ताक्रम अगाडी बढ्दै जान्छ र श्रमवीरले पनि साधनासँगको धारणा जान्न चाहान्छन् ।  साधनाले पनि तराईमा नारी माथिको दमन, छोरीलाई भारको रूपमा लिइने, गरिबको घरमा छोरीको जन्म अभिशाप, टीकामा लेन देन हुने, दाम्पत्व जविन दहेजमा उभिने, जलेर मर्न पर्ने, बोक्सीको आरोप खेप्न पर्ने आदि तराईमा नारीले व्यहोर्न पर्ने मार्मि तस्विरलाई कारुणिकताका साथ उठाएकी छन्।
यस सर्गमा आशावादी सोचमा कविले राष्ट्रका सवै श्रमवीरहरू विकासमा जुटेमा नेपाल आत्मनिर्भर हुने कुरा ठोकुवाको साथमा पस्केका छन् साथै श्रम सम्बन्धमा महाकवि यसरी प्रस्तुत भएका छन्–
सर्वत्र फैलिन सकोस् श्रमभित्र माया
श्रीसाधानामा बनिदियुन अब घाम छाया ।
उद्यानमा सुमन वासन मगमगाऊन्
नेपालभित्र श्रमसाधन सल्बलाउन ।।
(श्लोक १०० पृष्ठ २०८)
यसरी यो सर्गमा  देश श्रमवीर र साधनाको श्रमको लगानीको प्रतिबद्धताले गर्दा  देशले प्रगति गर्छ भन्ने धारणा आएको छ ।
सर्ग पन्ध्र – पूmलबारी एकताको शीर्षक लिएर यस महाकाव्यको अन्तिम सर्गको रूपमा उभिएको छ । यस सर्गको थालनीको पहिलो श्लोक बाटै यस सर्गको अध्ययन गर्न उपयुक्त लाग्यो–
बुट्टा भरेर मनमा श्रमस्वाभिमानी
सत्कर्मको परिकथा बिच जिन्दगानी
श्रीसाधनासँग रमेछ नयाँ जवानी
उघ्रेछ आजसहसा श्रमको विहानी ।।
यस सर्गमा युगले  राष्ट्रिय स्वाभिमान मागेको,श्रम वीर र साधनाको बखान सबैले गरेका, संसार श्रमसाधनाबाटै सुन्दर बनेको, कुराहरुको साथै उन्नति
तिको निशान राष्ट्रभरी खोजेर श्रमस्वाभिमानको उच्च धरहरा निर्माण गर्नु पर्ने, वहुल संस्कति र बहुल संस्कृतको विकासका कुरा, कमिला, मौरीर धमिराले श्रमबाट गर्ने निर्माण गरे सरह सबै जुटेर  श्रमलगानी गरेर देशलाई उच्चाइमा पु¥याउन पर्ने र विदेशमा भएका सबै श्रमवीरहरू स्वदेश फर्कन पर्ने धारणा आएको छ । महाकाविले विदेशमा रहेका नेपाली युवाले भोग्न परेको दुःख घर न घाटको अवस्थालाई मनन गर्दै समीक्षाको लागि यसरी प्रस्तुत भएका छन् –
यस्तो कराल विकराल विजोग चाला
नेपालबाट कहिले पर भागिजाला
चिन्ता गरेर हटिदिन्न कुनै समस्या
श्रमै विशेष बल हो गर लौ समीक्षा
(श्लोक २७ पृष्ठ २१३ं)
नेपालमा नयाँ संविधान आएको र श्रमको लागि उपयुक्त रहेकोले यही देशमा  धन धान्य र मान प्राप्त हुने कुराको साथै यस सर्गमा नेपालका ताल तलैया, विभिन्न वनस्पतिहरूमा विविध प्रविधिी प्रयोग गरेर धन आर्जन गर्न सकिने, िडभी प¥यो भनेर पिआर पाइयो भनेर दासत्वलाई स्वीकार्दै गौरव ठान्नु नहुने , वदेशमै श्रमक्रान्ति थाल्नु पर्ने, देशभक्ति यति ठूलो हुन्छ कि कुनै पनि विश्वबलले छेक्न सक्दैन जस्ता गहन धारणा यस सर्गमा आएका छन् ।
श्वर्गीय आनन्द सम्बन्धमा कविको धारणा –
पाइन्न स्वर्ग सुख शान्ति स्वदेश बिर्सी
पाइन्छ पूर्ण सुख शान्ति स्वदेश सम्झि
आजन्म जन्म परिवृत्ति स्वतन्त्रताको
संसार सार बहुमूल्य महानताको  ।।
श्लोक ७०, पृष्ठ २२०)
कविले विदेशमा भएका तथा स्वदेशमा रहेका वकिल, साहित्यकार, नृतङ्गना, नकर्मी, सिकर्मी, डकर्मी, अकर्मी, राजनीतिज्ञ आदि सबैलाई श्रमको थोपा श्रमसागरमा मिलाउन  र नेपालमै श्रम छरेर नयाँ रचना इच्छाफल फलाउनको लागि आग्रह गर्नु भएको छ ।
यस सर्गको अन्त्यतिर विदेश गएका  परिवारको मनोदशालाई पनि मार्मिक रुपमा समेटिएको छ । आमाको , बाबाको, परिवारको छोरा छोरीको  स्वदेशमै श्रम गर्न सकिन्छ फकेर आऊ घर भन्ने आग्रह अति कारुणिक रूपमा प्रस्तुत भएको छ । यस सर्गका अन्त्यका केही महत्वपूर्ण श्लोकहरूको साथमा यस महाकाव्यले पूर्ण विश्राम लिएको छ ।
युवा लाखौ जुटे आँफै श्रमको पूण्य कर्ममा,
साधना थपिए लाखौं राष्ट्र निर्माण गर्नमा ।।११९।।

नयाँ नेपालको खाका कोरियो श्रम देशमा
साधना श्रमका जोडी खटिए ती स्वदेशमा ।।१२०।।

पूर्व पश्चिम नेपााली युवा स्वागत द्वारमा
उत्तरी दक्षिणी ढोका खुलेका घरघरमा ।।१२१।।

स्वाभिमान फुली फक्री राष्ट्र संदेश छर्दछ ।
सूर्य चन्द्र ध्वजा आँफै नाची फर्फर गर्दछ ।।१२२।।

पात्र चयन र पात्र विवरण– श्रमवीर र साधना यस महाकाव्यका मूख्य पात्र हुन् । वार्तालापको क्रममा साधनाका साथीहरू दीपा, सुदीपा, शर्मिला, प्रमिला, दीपिका, प्रभा आदि देखा परेका छन् र उनीहरूको प्रस्तुतिले काव्यलाई केही गतिशिल बनाएको छ । श्रमवीरको उपस्थिति भने सुरुदेखि अन्त्यतक क्रियाशील  देखिन्छ भने साधनाको सकृयता पनि महाकाव्यको सर्ग छमा गएर देखिन्छ । कवि पनि पात्रकै रुपमा देखिएका त हैनन् भन्ने अनुभूति पनि भएको जस्तो भान हुन्छ । पेटबोलीमा आएका पात्रहरूको संख्या भने धेरै नै छन् । पाल्पा राज्यको इतिहासमा सेनवंशका राजाहरू धर्मपाल सेन लगायतका सेनवंशी राजाहरू,को नाम, एकीकरणको वर्णनमा पृथ्वी नारायण शाहदेखि शाहवंशका राजाहरू, नेपाल एकीकरणमा युद्धमा लड्ने वीरहरू, बौद्ध भिक्षुहरू आदिका थुप्रै पात्रहरू र तिनका योगदानहरूको बारेमा पेटबोलीमा वर्णन गरिएको छ ।  
भाषाशैली र प्रस्तुतिकराण –महाकाव्यमा सरल भाषाको प्रयोग भएको छ । सबै किसिमका पाठकले यस महाकाव्यले प्रदान गरेको भावनालाई सहजरूपमा आत्मसात गर्न सक्छन् ।विविध रस जस्तै वीर शृङ्गार, करुण शान्त, अद्भूत, भयानक आदि रसको प्रयोगको साथै अलङ्कार, बिम्ब, प्रतिक आदिको प्रयोगको साथ लयगतरूपमा विविध छन्दको अवलम्बन गरी सिर्जित यो महाकाव्य अनुकरणीय छ भन्न हिचकिचाउनु पर्ने छैन । प्रष्ट अनि दृढ रूपमा लिएको उदेश्यलाई प्रष्ट्याउनु पनि लेखनको सफलता नै मानिन्छ ।
शीर्षकी करण – श्रम–साधना यी दुई शब्दको अर्थ बृहत् नेपाली शब्दकोषले यसरी अथ्र्याएको छ । 'कुनै बस्तुको उत्पादन तथा र्मिाण वा जीवन निर्वाहका निम्ति शारीरिक वौद्धिक शक्ति लगाएर गरिने काम मिहिनेत परिश्रम'लाई श्रम भनिन्छ । यसरी नै साधनाको अर्थ हुन्छ 'लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा संफलताको प्राप्तिको लागि गरिने योग, काम या प्रयत्न' भन्ने बुझिन्छ । यस महाकाव्यमाा श्रम र साधनाको अठोटलाई केलाएर हेर्दा , श्रम र साधनाको श्रमकै माध्यमबाट देशलाई आत्म निर्भर बनाउने र श्रमको महत्वलाई महाकाव्यको थालनी देखिनै महत्व दिंदै वर्णन गरिएको हुँदा महाकाव्यको नाम श्रम र साधना राख्नु सान्दर्भिक देखिन्छ ।
निष्कर्ष
१५ सर्गमा सृजित यस महाकाव्य र महाकविप्रति साहित्यकारले  दिएका सुभकामना तथा अभिव्यक्तिलाई मैले माथि नै प्रस्तुत गरि सकेको छु साथै सबै सर्गको संक्षिप्त भावसार पनि प्रष्ट्याउने प्रयास गरेको छु । संक्षेपमा भन्नु पर्दा यो महाकाव्य राष्ट्र,राष्ट्रिय भावनाले ओतप्रोत, राष्ट्रिय अखण्डताको प्रवलता,देश विकासको लागि श्रमसाधनाको निरन्तरताले नै गौरवपूर्ण विकास हुने धारणालाई महत्वका साथ उठान गरेको छ । यस महाकाव्यको अर्को विशेषता भनेको नेपालको भौगालिक बिस्तार र इतिहासलाई पाषण युगदेखि गणतन्त्र आउने बेलासम्मको सजीव चित्रण गर्न सफल देखिन्छ । तराईलाई आधार पहाडलाई खम्बा र हिमाललाई छानोको रूपमा चित्रण गर्दैै पहाड र तरााई बीच देखिएको विभेदलाई अन्त्यको साथै अखण्ड नेपाल र  बहु जाति बहु भाषा, बहु संस्स्कृतिलाई एकीकरण गर्दै सुन्दर तथा समृद्ध नेपाली समाज निर्माणको धारणलाई महाकाव्यले समेटेको छ । पाल्पा राज्य र कपिलबस्तु राज्यको  इतिहास र भौगोलिक चित्रणलाई चित्रण गर्न काव्य सफल देखिन्छ । नेपाल राज्यको निर्माण र विस्तामा पृथ्वीनारायण शाहको योगदानलाई  काव्यले विवरणात्मक रूपमा समेटेको छ । महाकाव्यले भौगोलिक विविधता,प्राकृतिक सौन्दर्यता र उपलब्धता, कृषिप्रणालीमा हरितक्रान्ति गर्दै जैविक विविधतालाई उपयोगमा ल्याएर देशलाई आत्मनिर्भर गराउन सकिने धारणालाई प्रष्ट्याएको छ । गोर्खा भाष÷नेपाली भाषाको विकास र विस्तारमा योगदान गर्ने स्रष्टाहरू शशीधर नामक सन्तदेखि  भानुभक्त, मोतीराम भट्ट, महाकावि लक्ष्मीप्रसाद देवकोटा लगायतका स्रष्टाले   पु¥याएको  योगदान साथै नेपाली भाषाले नेपाली समाजको एकीकरणको महत्वपूर्ण सन्दर्भलाई  प्रष्ट्याइएको छ । श्रमको लागि विदेश पलायन भएका नेपाली परिवारको मनस्थिति,विदेशमा भोग्न परेको कष्टदाई जीवन, काठको वाकसमा आउने गरेको लासलाई स्मरण गराउँदै स्वदेश फर्केर श्रममा लागेर स्वाभिमान कायम गर्न आह्वान गरिएको छ । श्रम र साधनालाई मानवीयकरण गरेर, एकालाप नभै सम्वादको रूपमा प्रस्तुत गरिएको यो महाकाव्य एउटा नविनतम् महाकाव्यको रूपमा आएको छ । विविध महत्वपूर्ण घटनाक्रमलाई उठान गर्दै राष्ट्रको विकासलार्इ हिजोका युद्धवीर कहलाएका नेपाली जो आज श्रमवीर भएका छन् सबैले स्वदेशमै श्रमको लागनीको लागि आह्वान गरिएको महत्वपूर्ण महाकाव्यको कथालाई अलिकति लम्वाइको आकार लिन सकेको भए सुनमा सुगन्ध थपिने थियो जस्तो लाग्छ ।
अतः यस महाकाव्यमा प्रस्तुत गरिएका आशावादी चिन्तन, गरिबी, आध्यात्मिक दर्शन, विविधतामा एकताको खोजी,मानवतावाद, प्रगतिवादी चिन्तन, देशले भागेका विक्रिति विसङ्गति,श्रमवीरहरूले भोगन परेका विदेशी दासता आदि थुप्रै चिन्तनको जति व्याख्या तथा विश्लेषण गरे पनि कमिनै हुन्छ भन्दै नीलकण्ठज्यूको   सुस्वास्थ र दिर्घायुको कामना गर्दै भावी साहित्यिक यात्राको पूर्ण सफलता सहित  विदा चाहान्छु ।
 धन्यवाद
२०७७ साल जेठ महिना ५ गते, कावासोती न.पा. वडा नं ७ शान्तिचोक गण्डकी प्रदेश नेपाल


  

विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि

परिचय–
विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ । उहाँको शिक्षण कौशलतालाई कदर गर्दै जिल्ला शिक्षा समिति, पाल्पाले २०५२, फागुन १२ गते, कदरपत्र, श्री कालिका मा.वि. मुझुङ, पाल्पाले सम्मान पत्र (२०६३), नेपाल शिक्षक सङ्घ जि.का.सं.पाल्पाले अभिनन्दन पत्र (२०६५ पौष १७,) र कालिका मा. वि. मुझुङ, पाल्पाले सम्मान पत्र (२०६६)ले विभूषित गरेका छन् । पेशागत रूपमा हेर्दा सरकारी सेवामा खरिदार पदमा काम गर्नु भएको र शिक्षा सेवामा  विद्यालयको  प्रधानाध्यापकको कार्यभार सम्हाल्दै, हाल निवृत्त हुनु भएको छ  । विद्यालय सञ्चालक समितिका विविध पदमा रहेर समाज सेवामा पनि योगदान पु¥याउनु भएको छ । कृति प्रकाशनको हिसावले 'विश्वेश्वरप्रसाद कोइराला महाकाव्य' लिएर हामी समक्ष प्रस्तुत भएका कोशलका विभिन्न पत्रपत्रिकाम फुटकर कविता र कथाहरू पढ्न पाइरहेका छौं र 'शान्ति आऊ' फुटकर कविताको सँगालो प्रकाशोन्मुख अवस्थामा छ । नेपाली साहित्यमा लेखनको हिसावले हेर्दा उदयानन्द अर्याल(१८१३–१८९३)को 'पृथ्वीन्द्रोदय' (१८३०–१८४०) तिर रचित  तथा २०६८मा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भए तापनि  आदिकवि भानुभक्त आचार्य (१८७१–१९२५)को प्रकाशन र आधिकारिकताको हिसावले पहिलो महाकाव्य रामायण (१९४४)देखि हाल कोशलको विश्वेश्वेर प्रसाद कोइराला महाकाव्य (२०७१)सम्म आइपुग्दा महाकाव्यको संख्या किटानी साथ  भन्न नसके पनि  महाकाव्यको इतिहास लेख्दै गर्नु भएका चन्द्रप्रसाद न्यौपानेज्यूको साथ बातचित गर्दा  नेपाली महाकाव्यको संख्या ४०० नाघीसकेको विवरण जानकारीमा आएको छ । खास गरेर जननायक विश्वेश्वरप्रसाद कोइरालाप्रति लेखिएका महाकाव्यमा कोशलराज पौडेलको ''विश्वेश्वरप्रसाद कोइराला महाकाव्य (२०७१) र कृष्णकुमारी शर्मा श्रेष्ठको क्रान्तिकारी विश्वेश्वर (२०६९) महाकाव्य अध्ययन गर्ने सौभाग्य मलाई मिल्यो । दुवै महाकाव्यको प्रस्तुति आआफ्नो शैलीमा विश्वेश्वरप्रसाद कोइरालाको पुस्ताले यो देशका जनताले भोगेका पीडा ,तानासाही राणाशासनले चलाएको निरङ्कुशप्रतिको विरोध,राष्ट्र राट्रियता, प्रजातन्त्र र देश विकासको लागि पु¥याएको योगदानलाई मुक्त शैलीमा मुक्तकण्ठले  प्रस्तुत भएको देखिन्छन् । यी दुवै महाकाव्यहरू अनुकारणीय र प्रशंसनीय छन् ।
कृतिको संरचना – माता हिमकला र पिता हुमलाज्यूमा  समर्पण गरिएको यो महाकाव्यलाई जननायक वी.पी. कोइराला स्मृति ट्रष्टले प्रकाशन गरेको छ । तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्री एवं उपप्रधान मन्त्री प्रकाशमान सिंहको शुभ कामना, प्रा. डा. बेणीमाधव ढकालको प्रशंसा एवम् डा.रामप्रसाद ज्ञावलीको  साधुवाद प्राप्त गरेको यस महाकाव्यमा १४ सर्ग (सर्ग एकदेखि सर्ग १४ सम्म १८५ पृष्ठ), १७६४ श्लोक छन् । डा. नेत्रप्रसाद न्यौपानेज्यूले यस कृतिको गहन भूमिका लेख्नु भएको छ । अग्र आवरणमा वी.पी.को तस्विरले सुसज्जित छ भने पछिल्लो आवरणमा  महाकाव्यकारको परिचयले सजाइएको छ र मूल्य रु २६०÷– राखिएको छ ।
कृति भित्र प्रवेश गर्दा – यस महाकाव्यको सर्गगत भावसार तिर लाग्ने अनुमति  माग्दछु ।
प्रथम सर्ग– यो सर्गमा मङ्गला चरणबाट महाकाव्यको थालनी गरिएको छ । यसमा गजानन, जगदम्विका, सरस्वती, भूस्वर्ग देश नेपालको प्रकृतिक वर्णन, सीता र पार्वतीको जन्म स्थल साथै राजा जनक र गौतम बुद्धको स्मरण गरिएको छ । यहाँ राणाले रैतीलाई सताएको ले राणाको तानासाही हटाउन कर्मवीर (महामानव)को जन्म लिएको धारणा आएको छ ।
दुतीय सर्ग –यस सर्गमा मौदगल्यगोत्री ब्राह्मण याम्यबाट आएर लमजुङ दुराडाँडाको फेदीको क्वैराला कानन (वन) फाँडेर बसेको हुँदा यस फाँटको नाम कोइराला फाँट रह्यो र यिनको  वंशलाई कोइराला भन्न थालियो । यिनै कोइरालाका वंशहरूमा कोही ब्राह्मण वृत्ति छाडेर जागिर खान थाले, कोही दुम्जातिर गए । दामोदर कोइराला मकवानपुरमा काजी वनेका थिए । यिनै काजिका सन्तान राजनीति र जागिरमा अग्रसर भएका शिवनिधिका छोरा नन्दिकिशोर भोटाहिटीिमा बसोबास गर्दथे र डिठ्ठा भएका यिनले राणामा काटमार हुनथालेको र रणेदीप(१८८५)मरेर वीरशमशेर गद्दीमा बसेपछि जागिर छाडेर घरमा आए । नन्दिकिशोरका चारभाइ छोरा थिए । जेठा कालिदास,, नारायण, (सुब्बा जागिर खाएका) साहिल अध्यात्मवादतिर ला।गेका र कान्छ कृष्णप्रसाद थिए  । कृष्णप्रसाद कोइरालको बाल्य जीवन दुम्जा घरमै वित्यो । उनले घरमै संस्कृत र फारसी शिक्षा हाँसिल गरे, दाजुसँग काठमाडौ आउने जाने कर्म भयो । पहिलो विवाहकी श्रीमती प्रशव वेदनाले वितिन् । माहिलीबाट मातृका जन्मे, कान्छी श्रीमती दिव्यकुमारी थिइन् । कृष्णप्रसाद दाजुसँग काठमाडौ गएर अंग्रेजी समेत पढे, अंग्रेज सैनिकको साथमा एउटै डेरा भएकोले अङ्ग्रेजी बोलचाल  पनि सहज भयो । कृष्णप्रसाद जनकपुरबाट बिराटनगर जानु ,भन्सारको ठेक्का लिनु, समाज सुधारको लागि विद्यालय र स्वास्थ संस्था खोल्नु, चन्द्रशंशेरकी कान्छी रानीलाई अध्यक्ष बनाएर सचिव भएर महिला हकहितको लागि महिला संस्था खोलेर महिलाई सहयोग गर्नु, चन्द्रगञ्ज सहरमा कचहरी भएको वेला पहाडबाट झरेका  ढाक्रेका मैला कपडालाई पार्सल बनाएर चन्दशम्शेरलाई पठाउनु र चन्द्रशंशेरले पार्सल खोलेपछि रिसाएर कृष्णको सर्वस्व हरण गरेको र थुन्ने प्रयास गरिएको  मा  कृष्णप्रसाद भारततिर लागेका,  उनका सबै परिवार भारत पसे । कृष्णप्रसादले उठाएको राजस्व पनि फिर्ता पठाएको विवरण यस सर्गमा आएको छ ।
सर्ग तीनमा– यस सर्गमा दिव्यामा दिव्य गर्भ रहन गएकोले काशीमा सासूको साथमा गएर बस्न थाल्नु शैल्यक्रियाबाट( १९७१ साल भाद्र चौवीस गते) शिशुको जन्म हुनु , शिशुको नाम चुडामणी राखिएता पनि विश्वनाथको कृपा सम्झिएर विश्वेश्वरकै नामबाट प्रसिद्धि पाउनु, जस्ता धारणा राखिएको छ ।महाकाव्यकारले बालक्रीडालाई यसरी वर्णन गरेका छन्–
निर्भीक साहसी, आँटी, शूर, मर्द उनी थिए
चलाक पूmर्तिला योग्य प्रंशंंिसत हुँदै थिए
(श्लोक ४५,पृष्ठ २१)
यस सर्गमा घरपरिवार ठूलो भएर खाद्यान्नको संकट, चरम गरिबी, वी.पी.मा कष्टदायी घाऊ आउनु, ज्वरो चढ्नु, घाऊ चिर्नको लागि क्लोरोफर्म किन्ने सम्म पैसा नभएर घाऊ चिर्न प¥यो तर घाऊ सञ्चो भएन,वी.पी. बाबुको साथ कलकत्ता पुगेर खैंराती अस्पतालमा गएर उपचार गराउनु परेको, पिताबाटै पढाइको थालनी, भारतको भागलपुर जिल्लाको टेढी गाउँमा बसाइ सराइ गरेर कृष्णप्रसादको परिवारहरू रहन थाल्नु, कृष्ण प्रसादको सकृयतामा आदर्श नामको विद्यालय खोलिनु ,साहित्यिक, मासिक पत्र पत्रिकाको अध्ययन, लेलिन, सनयात्सेन, रुसको राज्यक्रान्ति, नेपालका राणको तानशाहीको विगीविगी, भारतमा अंग्रेजको  राज्य, कृष्ण लोकल बोर्ड र डिष्ट्रिक बोर्डका सदस्य भएकोले ठूला सभामा पुग्नु, कोशीको वाढीको भय, टेढीका प्राकृतिक, सामाजिक, आर्थिक, परिवेशका कुरा, मातृका पटनामा बस्ने, योग्यता हासिल गर्नको लागि काँशी जानको लागि तयार अर्थ अभावको कारणले सानीआमाले र बहिनीले मुदी तथा गहना दिएर पठाउनु , काँशीमा बडाआमासँग बस्न थाल्नु, हरिश्चन्द्र स्कूलबाट सन् १९३० (वि.सं.१९८७) मा प्रवेशिका उर्तिण हुनु, यसै समयमा वी पी.ले गभर्नर प्रमुख अतिथि भएको वेला कविता वाचन गरे प्रथम स्थान हाँसिल गर्नु, वि.सं. १९८७ मै भारतको प्रमुख पत्रिका 'हंस'मा 'अतिथि' नामाको रचना प्रकाशित हुनु, गोरा शासनको विरोधमा लागेको आदि धारणाहरू यस सर्गमा आएका छन् ।
सर्ग चार –   मायस सर्गमा उत्तर प्रदेश जिल्ला प्रशासनद्वारा सन् १९३०माल दुईभाइ समातिनु, र तीन चार महिना जति मैदागिन जेलको बालवार्डमा राखिनु, मुद्दा मोतिहारीमा सारिनु प्रमाण नपुगे पछि छाडिनु, यसपछि काँशी हिन्दु विश्वविद्यालयबाट वि.सं. १९८९मा इन्टरश्रेणीमा दुतीय उत्तीर्ण हुनु, चन्द्र शंशेरको निधन ( वि.सं. १९८६) पछि भीमशंशेरले बोलाएर कृष्णप्रसादका परिवार नेपाल फर्कनु, वी.पी.ले अर्थशास्त्र, राजनीति शास्त्रमा स्नातक र कलकत्ताबाट एल.एल.वी (१९९३मा) पास हुनु, वी.पी.को देवेन्द्र भन्ने साथिसँग हेलमेल बढ्नु, १९९३मै कमलप्रसाद दाहाल उपाध्यय झापाका बडाहकिमकी छोरीलाई हेर्न कलकत्ता जानु र वनारस आएर देवेन्द्र भन्ने वी.पी.का घनिष्ट मित्रको सहयोगमा सुशीला सँग विवाह सुसम्पन्न हुनु,सुशीलालाई वी.पी.ले पढाउनु, वी.पी. वकालत गर्ने उद्देश्यले दार्जिलिङ् जानु, माक्र्स सिद्धान्तमा वी.पी. आकर्षक हुनु, कमुनिष्ट नेता राजेश्वर  राय सँग सम्पर्क हुनु, कमुनिष्ट दर्शनका किताब बटुलेर अध्ययन गर्नु, माक्र्सका सिद्धान्त  राम्रो लागे पनि क्रान्ति दर्शनले चित्त नबुझ्नु, जयप्रकाशसँग वी.पी. र वी.पी.की आमा दुवै भेट हुनु काँग्रेस सोसलिष्ट पार्टीको सदस्य बन्नु (विहार शाखाको सचिव पदमा वि.सं.१९९६), जयप्रकाश, आचार्य, नरेन्द्रदेवसँगको सम्पर्क जोडिनु, चिनी मिल तथा जुट मिलमा काम गर्नु मज्दुर आन्दोलनको सिलसिलामा दरभङ्गा अंग्रेज शासनद्वारा प्रकाउ पर्नु ,छिटै छोडिनु, जनकपुर आउनु पुन पटनातिर लाग्नु कालीबाबुकोमा पुग्नु, पुन प्रकाउ पर्नु हजारीवाग जलमा राखिनु, डा. राजेन्द्र प्रसाद सँगसँगै राखिनु, ए क्लासको सुविधा  पाउनु, हजारीवाग जेलमा  सारिनु, 'छोडो भारत अंग्रेज' दिवस मनाउँदा  वी.पी.को शरीरमा व्यानर लपेटेका भेटिएकोले सजाएँ थपिनु । वि.सं. १९९९मा  प्रकाऊ परेका कृष्णप्रसाद कोइरालाको राणको क्रुर यातनाको कारण जेलमै मृत्यु हुनु, वी.पी. जेलबाट छुट्दाको दिन टेलीग्राम पुग्नु र काली बाबुकोमा गएर गिरिजालाई भेट गर्न बोलाउनु, घाँटी घाऊको अप्रेशन टाटा क्यान्सर अस्पतालमा गराउनु र प्रजातान्त्रिको संस्था गठन गर्नको लागि महावीर र सुवर्ण शंशेरको मा वी.पी. गएको आदि धारणाहरू यस सर्गमा आएका छन् । सन् १९४६ साल अक्टुवर ४ तारिकमा प्रजातान्त्रिक पार्टी खो्ल्ने भन्दै वी.पी.बनारस गएर कृष्णप्रसाद  र गोपाल भट्टराईलाई भेट्नु त्यपछि महावीर र  सुवर्ण शंशेरलाई भेटन कलकत्ता गएर भेटगरी आर्थिक सहयोग सम्बन्धी कुरा गर्नु र सहयोग वचन प्राप्त गर्दै पार्टी पोषणमा तम्सिएको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
सर्ग पाँच –यस सर्गले २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली काँग्रेसको गठन भएको । वि.सं. २००३ साल माघ १२÷१३मा कलकत्तामा वृहत् सम्मेलनले पार्टीलाई स्वीकृतगरि पार्टी संगठन विस्तार भएको, यसै समय गणेशमान जेलको पर्खाल नाघेर कलकत्ता पुगेका र वी.पी.ले गएर भेटेका, जेलमा परेका टंकप्रसाद आचार्य पार्टीका सभापति र वी.पी. कार्यवाहक सभापति भई कलकत्ता र वनासरमा दुई शाखा बनाइएको, प्रकाश र लोहियाबाट २५÷२५ हजारका दरले आर्थिक सहयोग प्राप्त भएको, वर्मामा सोसलिष्टहरूको सम्मेलनमा वीपीले भारतीय समाजवादी पार्टीका तर्पmबाट भाग लिएका, अन्तराष्ट्रिय सम्मेलनको सहभायिताले अन्तराष्ट्रिय सम्बन्ध बढेको,  २००३ साल फागुन २६ गते विराटनगरको जुटमिलमा ठूलो हडताल भएको र वीपीलाई बोलाइएको, यस आन्दोलनमा वी.पी. गिरिजा मनमानेहन अधिकारी तारणी लगायतका नेतालाई समातिएका र धनकुटा हुँदै काठमाडौ चलान गरिएको, यता विराट नगरमा  दिव्यादेवी, इन्दिरा, नलिनी, कामिनी आदि समातिएका र धनकुटा चलान गरिएका, धनकुटाबाट काठमाण्डौ चलान गरिएकालाई पद्म शंशेरको अगाडी खडागरी जेल सजाएँ तोकिएको, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंहद्वारा राममनोहर लोहियालाई भनेर वी.पी.लाई छोड्नको लागि महात्मागान्धीजीसँग पत्र लेख्न लगाइएको तर पत्र नआउँदै छाडिएको र २००४ सालमा वी.पी. बम्बै आएर ओषधी उपचार गरेर वनारस फर्केको, डिल्ली रमणले काम गर्न नसकेकोले वी.पी.लाई अध्यक्ष बन्न भनिएको, पद्म शंशेरले होरा प्रसाद जोशी र केदारमान व्यथितलाई वनारस पठाए भने, मोहन शंशेरले कठोर नीति ल्याउने तयारी गरे, पंडित जवहरलाल नेहरुले सम्वीधान बनाएर पठाएका तर वी.पीले त्यो संविधान स्वीकृत नगर्नु, महेन्द्रले ल्याएको पञ्चायती सम्विधान भने पद्म शंश्ेरको पालामा बनाइएको,नेपालको राजनीति समस्या हल गर्न महात्मा गान्धीसँग  पनि छलफल गरिएको तर समस्या हल नभएको, नेपालको राजनीति समस्या हलगर्न वी.पी. भेष बदलेर योगप्रसादको घरमा पुगी, चिसापानी गडी हुँदै वनेपा पुगी गाडी चढेर पूर्णबहादुरको घरमा पुग्नु, प्रहरी पक्रन आउँदा व्यथित भाग्न सफल हुनु तर वी.पी. समातिनु र सिंहदरवार छाउनीमा राखिनु,  तीन दिनसम्म खान नपाउँदा वेहोस हुनु,एक शैनिकले पूर्णबहादुरकोमा गएर कापी र कलम ल्याइदिनु र पत्र लेखेर कृष्णप्रसाद भट्टराई मार्फत, जवहरलाल नेहरुकोमा  पठाइनु, जेलमै छँदै, सुवर्णको पार्टी बनेको र वी.पी.मोहनका मिलापत्र भएको झुटा खवर छापिएको हुँदा वी.पी.का मनमा असह्य चोट परेकोले सन् १९४९ मइ १ अक्षयतृतीयाका दिन अनशन बस्नु, दयनीय अवस्थामा पुगेपछि तारणी, गिरिजा, मातृका आदिलाई झिकाएर अनसन तोडाउन खोजिएको तर अनसन नतोडे पछि आमा मोहन शंशेर सँग गएर कृष्णप्रसादको अन्त्य पनि जेलमा चार वर्ष रहेर भएको र आज छोराको यो अवस्था भएकोले अनशनकारीको जिम्मा सरकारले लिन पर्ने भने पछि सरकारले विनासर्त वी.पी.लाई छाडेको धारणा यस सर्गमा दर्शाइएको छ ।
सर्ग छ – यस सर्गमा जेलबाट छुटेपछि वी.पी. उपचारार्थ  बम्बै जानु र उपचार गरेर फर्केपछि वी.पी.को सकृयतामा २००६ साल चैत्र २७ गते प्रजातान्त्रिक काँग्रेश र राष्ट्रिय काँग्रेस मिलेर नेपाली काँग्रेसको जन्म भएको, यसको अध्यक्षमा मातृकाप्रसाद कोइराला बनेका,सचिवमा महेन्द्र विक्रम, झण्डाको रूप दिनु, के आइ सिंघले विरोध जनाउनु, कार्यालय वनारसमा, शशस्त्र क्रान्ति गर्नको लागि वर्माबाट हतियार ल्याइने काम,  शशस्त्र क्रान्ति पाल्पाबाट थालनी गर्ने भनेर वी.पी. वडाहाकिम रुद्रशंशेरलाई भेट्न पाल्पा पुग्नु, राजा श्रीभूवनलाई भगाएर पाल्पा ल्याउनेर क्रान्ति त्यहींबाट सशस्त्र क्रान्ति गर्ने निर्णय गर्नु, अर्को दिन वी.पी.लाई त्रवेणीको घरमा राख्नु, सिगरेटको खिल्लीभित्र चिठी राजासम्म पु¥याउनु गणेशमान केही हतियार सहित काठमाडौ पस्ने तरखरमा हुँदा समातिनु, वि.सं. २००७ साल कर्तिक तदनुसार सन् १९५०नोभेम्बरमा त्रिभूवन सरकारले भारतीय दूतावासमा शरण लिनु, यो समाचार रेडियोबाट प्रसारण हुनु, मोहन शंशेरले ज्ञानेन्द्रलाई राजा बनाएर, टक काट्न लगाउनु, रङ्गुनबाट ल्याइएका हतियार  पटनाको नजिक विहटीमा उतारिनु नेहरूसँग भेट, नेहरूले वंगाल, विहार उत्तरप्रदेशका मुख्यमन्त्रीसँग साथ लिएर काम गर्ने सुझाव, वैरगनीयामा सम्मेलन गरेर मातृकाको अध्यक्षतामा संघर्ष समितिको गठन, सेनाको भर्ती,पूर्वमा वी.पी. र सुवर्ण, पश्चिममा सूर्यमोहन,को इन्चार्ज तोकिनु, सन् १९५० नभेम्बर १९मा पूर्वमा क्रान्ति तोकिनु, आजाद हिन्दफौजका कमाण्डर मारिनु, विरगंजमा थिरवमले बडाहाकिमको कार्यालय कब्जागरी ५० लाख रुपियाँ हात लागेको, वडाहाकिम सोम शंशेरले आत्म समर्पण गर्नु, मल्ल शहीद हुनु,गोपाल भट्टराइले कलैया कब्जा गर्नु ,५०लाख हात लाग्नु, यो रकम लिएर जहाजमा वी.पी. र सुवर्ण दिल्ली पुग्नु, रमक कब्जा भएर भारतीय कोषमा गएको र वी.पी.ले नेहरूसँग बातचित गरेको, नेहरूले यस्ता काम गोप्यरूपमा हुनु पर्ने धारणा राख्नु, युद्धमा गोलीबारुद कम हुनु तराइका गाऊँहरू कब्जा हुँदै जानु, विराट नगरका बडाहाकिम उत्तम विक्रमको कार्यलयमा ट्याक्टर चलाएर कव्जा गर्नु, बडाहाकिमको छोराले धनलिएर भाग्दा मारिनु, एउटा छोरालाई गोली लाग्नु, पछी उपचार गराउनु, विराटनगरका कार्यालय बचाउन सेना आउनु, गोलीबारुदको कमीले लड्न  नसकी कोशी तरेर सानेबाबुकोमा गएर बसेको, कुलदीप झाले सेनालाई ताकेर गोली हान्दा क्याप्टेन मारिएको  र अरु सेना भागेको, जनमुक्ति सेनाहरू, उत्साहका साथमा अगाडी बढ्दै गयो,सप्तरी र महोत्तरी किसुनजीको थियो यो पनि कब्जा भयो, भैरहवातिर के आई सिंहले  वींपीलाई स्वागत गरे, भरत, दाङ देउखुरी, सल्यानहुँदै पश्चिमतिरका चौकी कब्जा गर्दै,गर्दा दिल्लीमा तीन पक्षिय सम्झौताको लागि जान परेको र मोहनशंशेरले प्रधानमन्त्री लिने सोचलिएर गएका र प्रधान मन्त्री उनै भएको आदि धारणा सहित यो सर्ग समाप्त भएको छ ।
सर्ग सात – यस सर्गमा राजाले युद्ध रोकेर आउने र राणा, राजा र काँग्रेस बीच तीन पक्षीय सम्झौता गर्ने भन्ने बोलावटमा नेताहरू हैदरावाद गेष्ट हाउसमा  पुग्नु, अंग्रेज सरकारको ज्ञानेन्द्रलाई राजा बनाउने चाहना र  भारतको त्रिभूवनलाई नै राजा बनाउने चाहना भएको, माधव शंशेर आउँदा वी.पी. राजा सँगै काउचमा बसेको पाउनु र  राजाको काउचमा बस्न अपमान सरी हुने, यसै समयमा मोहन शंशेरले राजालाई काठमाडौ बोलाउनु, वी.पीं नेहरूसँग जानु, यस विषयमा कुराकानी हुनु वी.पी.लाई सम्झाउन सी.पी.एन् सिन्हा आउनु, पाँच विभाग मिलेका छन् पहाडी र मधेसी मिलाएर मन्त्रीमण्डल तयार गर्ने धारणा राख्नु, २००७ साल फागुन ४ गते सबै काठमाडौ फर्कनु, २००७ साल फागुन ७मा त्रिभूवनले देशवासीको नाममा प्रजातन्त्र घोषणा गर्नु, , मोहन शंशेरको नेतृत्वमा ५ जना काँग्रेस  र ५ जना राणा गरी १० जनाको मन्त्रीमण्डल गठन हुनु, कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन, आदि गर्दा गर्दै राणाका मानिसले गोर्खादलको गठन  हुनु,तारणीलाई आइजीको दर्जा दिनु,गोर्खा खुकुरी दलद्वारा गृह्यमन्त्रीका्े ज्यान लिने प्रयास गर्नु, उदण्डता मचाउन थाल्नु  जुलुस आउनु र तलामा चढेर खुकुरी र छुरा चलान थाले वी.पी.ले पिष्टोलले हानेपछि अगाडीको मानिस मर्नु, भीड शान्त हुनु। आवास सहितको मन्त्रालय भएकोले सबै अस्तव्यस्त भएको, यस घटनामा वी.पी.ले राणा र काँग्रेस शासन चल्न नसक्ने मोहनशंशेरले राजीनामा दिनुपर्ने धारणा पोख्नु, सी.पी.एन्. आउनु मोहन शंशेरको तीनहप्ता सम्ममा राजिनामा दिने, सेना प्रधानमन्त्रीको मातहतमा नभै राजाको मातहतमा आउनु, राजा बलियो हुनु । राजा, राणा र भारतको अन्तर विरोधमा भारतले भित्र भित्रै राजा र राणालाई  समर्थन गर्नु, वी.पी. पूर्वको यात्रा गर्नु, वासुदेवलाई बडाहाकिम बनाउनु, विद्यार्थीको हुलदङ्गामा चिनिया काजी मारिनु वी.पीको विरोध बढ्दै गएपछि राजिनामा दिनु सरकार ढल्नु, राणले वी.पी.लाई थुनाउन पर्ने जस्ता धारणा सहित यो सर्ग समाप्त हुन्छ  
सर्ग आठ – यस सर्गमा २००८ मार्ग १गते वी.पी.ले नै मातृकालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नु, र काँग्रेसको एकमाना सरकार बन्नु, वी.पी.देश भ्रमणमा पाल्पा पुग्नु विरोध हुनु , अर्घाखाँची पुग्नु विरोध हुनु, काशीनाथको सहयोगबाट सभा सञ्चालन गर्नु, पार्टी सञ्चालनमा वीं.पी.लाग्नु र सरकार सञ्चालनमा मातृका लाग्ने सहमति हुनु,२००९ जेष्ठ १०गते, जनकपुरमा अधिवेशन हुनु र वी.पी. पार्टी सभापति बन्नु, यस अधिवेशनबाट काँग्रेसको भावी रणनीति संवैधानिक राजा रहने गरी संसदीय प्रजातान्त्रिक संविधान बनाउने, भूीमसुधारको नीति, भारतीय हस्तक्षेप घटाउने, निर्वाचन गराउने, जस्ता कार्य संञ्चालन गर्ने गरी दाज्यू मातृकासँग सल्लाह गर्दा मातृकाको भिन्न मत भएर मातृकाले आफ्नै पार्टी (राष्ट्रिय प्रजा पार्टी) खोल्नु, मातृका नै प्रधानमन्त्री बन्नु, सन् १९५३ मा एशियाली समाजवादीको सम्मेलनमा भागलिन वी.पी.रङ्गुन पुग्नु, र सन् १९५४मा जापानमा भएको सम्मेलनमा सहभागी हुनु , वि.सं. २०१२।१०।१२मा छैटौं महाधिवेशनबाट पार्टी समाजवादी भएको, वि.सं. २०१३मा बम्बै सम्मेलनमा नेपाली काँग्रेसलाई समाजवादी पार्टको रूपमा पूर्ण समर्थन र  सदस्यता प्राप्त गर्नु  । वि.सं. २०१३ कार्तिक ५मा भारतका राष्ट्रपति डा. राजेन्द्रप्रसाद नेपालको भ्रमण गर्नु, त्रिभूवनको स्वर्गारोहण, डा. के आई सिंहलाई महेन्द्रले प्रधान मन्त्री बनाउनु, २०१४ ।८।२२ वी.पी.ले सत्याग्रह आन्दोदलन गर्नु ,सत्याग्रह आन्दोलनकै कारणले महेन्द्र राजाबाट २०१५ साल फागुन ७ गते गतेदेखि आम  निर्वाचनको मिति घोषण गर्नु सुवर्ण शंशेर प्रधानमन्त्री बन्नु,निर्वाचन गराउने अनुमति पाउनु, २०१४ चैत्रको १३ देखि १५ सम्म एसियाली समाजवादी सम्मेलन नेपालमा हुनु ,आम निर्वाचनमा कसरी जाने भन्ने सरसल्लाह गर्दै गरेका धारणा यसे सर्गमा आएका छन् ।
सर्ग नौ– यस सर्गमा माजवादी कार्यक्रमलाई लिएर चुनावमा जान कार्यकर्तालाई  सुझाव, घोष्णापत्रको निर्माण, राष्ट्र,राष्ट्रियता, निम्नवर्गको उत्थान, वी.पी. लगायत गणेशमान, सुवर्ण, कृष्णप्रसाद आदि चुनावमा सकृय हुनु, झण्डा र चुनाव चिन्ह चिनाउँदै जानु ,सदस्ता बढाउँदै जानु, चुनावमा प्रतिनिधि सभाको १०९ सिटमा काँग्रैसले ७४ सिट जित्नु, महासभा ३६जनाको बनाउनु (१८ जनप्रतिनिधि र १८ जना राजाले मनानयन गर्नु,) २०१६मा ललिता निवासमा वी.पी. दलको नेता छानिनु, वि.सं. २०१६मा राजाले मन्त्रीको नामावली माग्नु र वी.पी.ले नामावली पठाउनु २०१६मानै वी.पी.ले रेडियो नेपालबाट भाषण दिनु, कृष्णप्रसाद भट्टराईलाई सभामुख बनाउनु,विश्वबन्धु सचेतक बन्नु, २०१६ जेष्ठ २८ गते भारतका प्रधानमन्त्री जवहरलाला नेहरू नेपाल आउनु, सौहार्दपूर्ण वार्तालाप गर्नु, जवहरलाल नेहरूको निमन्त्रणामा वी.पी. १५ दिने भारत यात्रा,, चिन र वर्माका प्रधानमन्त्रीको मेत्रिपूर्ण निमन्त्रणामा चिन र वर्मामा भ्रमण गर्नु, चिनमा माओसँग भेट गर्नु, लक्ष्मी निवासमा काँग्रेसको सातौं अधिवेशन हुनु, इजरायलको विज्ञान पक्षको भेलालाई २०१७ साल साउन २४ गते सारगर्भित सन्देश दिनु, २०१७ साल असोज १५ मा संयुक्त राष्ट्रसंघ महासभामा प्रतिनिधिको रूपमा सहभागी हुनु, सबै राष्ट्र शान्तिपूर्वक मिलाउने, साम्राज्यवादीहरूले उपनिवेश् बनाउन नहुने, जातिवाद तथा रङ्गभद हुन नहुने,े २०१७ कार्तिक १९मा राष्ट्रिय सहायता कोष ११टिममा आफै सहभागी हुनु, प्रधानमन्त्री कोष  खडागराउनु, राष्ट्रिय रंगशालामा सहभागी भएर खेल खे्ल्नु, लोकसेवा आयोग, महालेखा , जिल्ला विकास वोर्ड  र अदालतको गठन, २०१६ मंंसीर १९मा भारत र नेपाल बीच गण्डक सम्झौता ,२०१६ चैत्र आर्थिक सहयोग सम्झौता, पारवहन सम्बन्धी काम,रुस सरकारलाई चिनी कारखाना बनाउने अनुरोध, ,चीन सरकारसँग, आर्थिक कामना, विविध खाले ऐन नियम निर्माण, अन्तराष्ट्रिय सम्बन्धनको विस्तार, नेपाल भारत चीनसँग सिमा संरक्षणको वार्ता चलाउनु, महत्वपूर्ण ऐनहरूको निर्माण, विभिन्न देशसँग दौत मैत्री सम्बन्ध गास्नु र देशलाई परिचय गराउने काम, इन्द्र राज्य लक्ष्मीको परमधाम हुनु ,राजा महेन्द्रले सालीसँग विवाह गर्नु, श्री५सँग मित्रता कटुतामा परिणत हुनु, भूमिसुधारको चर्कोविरोध हुनु, राजाका ससुरालीले जुलुस निकाल्नु , बम्बईमा छात्रछात्राको प्रश्न, अमेरिका बाट फर्कदा लण्डनमा शक्तिहत्याउने सामन्तको पीर रहेका, इजरायलको मैत्रिपूर्ण भ्रमणमा हतियर प्राप्त गर्नु, ती हतियार ल्याउन ढिलाई हुनु एउटा जोगिले वी.पींलाई नास्तिक हो भन्ने आरोप लगाउँदै हिड्नु, जोगी पक्डिदा लाल मोहर र भेटिनु  यस बारेमा पनि राजा र वी.पी. बीच तीक्तता बढ्नु, राजाले एकलौटी राज्य चलाउने धारणा राख्नु, राजा लण्डन  सवारी हुँदा वी.पी.लाई कार ल्याइदिनु तर वी.पी.ले कार थाम्न सक्दिन भन्दै ग्रहण नगर्नु ,  राजाले 'कू' गर्ने हल्ला चलेपछि सुवर्ण कलकत्ता जानु ,भरत शंशेरले पनि संसद भङ्ग हुने सुनिन्छ भन्ने वी.पी.लाई जानकारी दिनु,आदि धारणाहरू प्रष्ट पार्दै महाकाविले  राजाले ' कू' गर्ने र भावी राज्य सञ्चालन गर्ने विषयमा पनि प्रकाश पार्नु भएको छ । 'कू' गर्दा अन्ँतराष्ट्रिय मान्यता पनि मिल्ने गरी गर्नु पर्ने,  सबैले राम्रो गरेछन् भन्ने व्यवस्था ल्याउनु पर्ने ,जस्ता धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
सर्ग दश –यस सर्गमा थापाथलीमा चलिरहेको तरुण दलको प्रथम महाधिवेशनमा २०१७ साल पौष १ गते प्रधानमन्त्रीबाट उद्घाटन भै भाषण समाप्त हुने वित्तिकै  सेनाले घेर्नु, सोमराज र सुरेन्द्र  देखिनु , वी.पी.लाई दरवारमा ल्याउनु भन्ने आदेश छ जाम भन्दै समाउनु, सिंहदरबारको एउटा कोठामा लगि राखियो, अरू थुनिएकाले राज आज्ञाको पालन गछौं भने पछि छाडिएको तर वी.पी.लाई भने थुनियो, पत्रपत्रिका पढ्न पाउने सुविधा भने पाइयो, वी.पीले चारओटा माग (राजवन्दी सबै मिलाएर एक ठाउँ राख्ने, अखबार हेर्न  र आफन्तसँग भेट गर्न पाउनु पर्ने, कसुर के हो जानकारी पाउनु पर्ने र अदालतमा मुद्दा जाहेर होस् भन्ने) राखि अनशन बस्नु, अनशनको १३ दिनमा बहिनी बुनुलाई भेट्न दिनु, अनशनमा राखेका तीन माग पुराहुनु र वहिनीले रस पिलाएर अनशन तोडिएको , २–३ महिना वरफवागमा राखिनु अनि सुन्दरीजलमा सारिनु, यहाँ वी.पी.को चिन्तन साहित्यतिर मोडिनु, वी.पी.को पहिलो रचना 'अतिथि' 'हंस' पत्रिकामा प्रकाशन भएको, वी.पीको पहिलो नेपाली कृति 'इन्द्रवदन', ''दोषी चश्मा'',''श्वेत भैरवी'', वी.पी. का कथामा मनोवैज्ञानिक विश्लेषण, यौनकुण्ठा, अतृप्तता, ले सजिएको, वी.पी.का उपन्यासहरूमा नरेन्द्र दाइ, तीन घुम्टी सुम्निमा, मोदीआइन, हिट्लर र यहुदी, बाबु–आमा छोरा, छ ओटा उपन्यास,स्मरणको रूपमा आफ्नो कथा, जेल जर्नल र वी.पी.को आत्म वृतान्त र वी.पी.का कवितासङ्ग्रहरूले नेपाली साहित्यलाई सिङ्गारेका र उनको साहित्यले के सन्देश दिन्छ भन्ने कुरा यसरी समेटिएको छ –
विकृति  यौनकुण्ठा र दवेको काम वासना ।।
पर्दाभित्र लुकेको छ विसङ्गति समाजमा ।।१४।।
नीति र अनि मर्यादा खोक्रो खोल भिरेर त्यो ।।
शरीर वशमा होला मन रोक्न सक्छ को ।।१५।।
नारी पुरुषका बीच अन्तः सम्बन्धमा कुनै ।।
धर्म, समाज, आदर्श सकेको छैन रोकनै  ।।१६।।
उत्पीडन, तिरस्कार,यातना अवहेलना ।।
वाध्यतासाथ नारीले भोगेका छन् समाजमा ।।७।।
(पृष्ठ१४६ सर्ग दश)
वी.पी.का साहित्यमा नारी पात्र प्रधान रहेका, समान कर्तव्यको पालनामा साझा हक नरनारी दुबैले पालना गर्नु पर्ने, भेदभाव हुन नहुने,आदि धारणा यहाँ आएका छन् बास्तवमा वी.पी.को  साहित्यमा यौनमनोविज्ञानले प्रथमिकता पाएको छ तापनि यौनका विषयहरू सभ्य र मर्यादित रूपमा प्रस्तुत भएको देखिन्छ ।  काव्यले यस विषयमा माथिका श्लोकबाट प्रष्ट पारेको छ । यस सर्गमा नयाँ सन्देशका सम्पादक रमेश वी.पी.लाई भेटन गएका कुरा, व्रिटिस  राजदूत स्वदेश फर्कने वेला वी.पी.लाई भेटन आएका र पञ्चायत व्यवस्श्रथाको राजाले घोषण गरेका र संविधाना मसौदाको घोषणा गर्नु पर्ने भएकोले नामाकरण र विशेष प्रावधान लेखेर  दिएमा आफै समझदारी हुन्छ भन्ने धारणा राजदूतले राख्नु, संविधान  नामाकरणमा प्रावधान लेखेर दिन भन्नु र वी.पी.ले म राष्ट्रको प्रधान मन्त्री हुँ ,बिना कारण थुनियो, आरोप पत्ता लागेको छैन,  संविधानमा दुर्गुण हुन भएन, व्यक्ति हिंसा हुन भएन, संविधान भन्दा माथि व्यक्ति हुन भएन, सुझाव, राय सल्लाह, दिने सुवर्ण  छन् र पार्टीले सशस्त्र आन्दोलन गर्दै छ वन्दीले के लेखेर दिनु,, राष्ट्रका निम्ति  ज्यान अर्पण गर्न तयर रहेको र सशर्त राजासँग घेट नहुने, धारणा राख्नु, नख्खुमा गिरिजाको अनशन सुरु हुनु, र गिरिजासँग राजाको वार्ता हुनु, गिरिजा जेलमुक्त भएर भारतका नेताहरूसँग भेटवार्ता गरी दरवार जानु, यसै समयमा गिरिजाकी पत्नी 'सुषमा'को स्वर्गारोहण हुनु, । २०२५ कर्तिक १३ का दिन दुई जर्नेल आएर वी.पी. र गणेशमानलाई चावेल जाने भनेर लिइएर गइयो, विना सर्त दुबै  जेल मुक्त भएको जानकारी आयो भन्दै यो सर्ग समाप्त भएको छ ।
 सर्ग एघार –यस सर्गमा वी.पी.ले आफ्नो वक्तव्य लेखेर दिनु भयो, तर गणेशमानले वक्तव्य नदिने अडानमा रहनु भयो र एकरात नजर बन्दमा राखियो ,भोलिपल्ट छाडियो, राजा स्वाथोपचारको लागि लण्डन जानु, वी.पी. पनि विराटनगर हुँदै उपचार गराउन जानको लागि विराट नगर जानु ,जनताको  भव्य स्वागत पाउनु, प्रधानपञ्चले द्रव्यद्वारा सहयोग गर्नु, वी.पी. कलकत्ता जानु , तेस्रो दिन कलकत्ताबाट उपचार गराउन मुम्बई क्याण्डी अस्पतालमा शल्यक्रिया गराउनु, शशी शंशेरलाई सुवर्णले पठाउनु, भारतमै जयप्रकाशसँग भेट हुनु, मुम्बईमै महेन्द्रसँग भेट हुनु,र यही भेट नै श्री ५सँगको अन्तिम भेटहुनु, वनारस आउनु, जोगवनी जानु, जनताको साथमा  राजा र आपूm बराबरीमा उभ्याउन चाहेको धारणा भाषणमा आउनु,वी.पी.ले  भन्नु हुन्छ –
देशहो जनता , राष्ट्र जनताबाट बन्दछ ।।
जनता नरहे माटो कसले देश भन्दछ ।।३०।।
यसमा काठमाडौमा तीव्र विरोध भएको र गिरिजा काठमाडौ जानु, वी.पी.लाई थुनाउने कुरा बुझेर गिरिजा फर्कनु, वी.पी. निर्वासनमा बस्ने निधो लिनु र पटना हुँदै काशीतिर लाग्नु, इन्दिरा गान्धीसँग भेट गर्नु, विनाशर्त मिले अर्थ  क्रान्ति चलाउन सहज हुने, उपचारको विदेश जाने अनुमति माग्न निवेदन चढाउँदा पारपत्र प्राप्त हुन सकेन र भारतबाटै पारपत्र मिलाएर २०२७ साल श्राष्णमा लण्डन, स्वीडेन, जर्मनी गएर क्रान्तिका बारेमा कुरा चलाउनु, सहायता दिने जानकारी पाउनु भारत आउनु, भारतमै हतियार बेच्ने स्थान भेट्नु, केही हतियार जम्मा गर्नु, यी हतियार वंगलादेशमा भएको ठूलो युद्धमा जयप्रकाश आएर भनेपछि  दिनु  तर  नधन नहतियार दुवै फिर्ता नपाउनु, यसै समयमा महेन्द्रको निधन हुनु, वी.पी.ले समवेदना पठाउनु, पार्टीको नेतृत्व सुवर्णले चलाएका र उनको नरम सावेदनाले गर्दा धेरै थुनिएका नेताको रिहाई हुनु, श्रीकृष्ण भराई भने पछि छुट्नु, राष्ट्रको विकास नेपालीका घरघरमा हुनु पर्नेमा तानाशाही दनको कारणले गर्दा हुन नसकेको र लक्ष हाँसिल गर्ने रेखा कोर्दै  त्यहाँ सम्म पुग्ने बाटो खोज्दै भन्दै यो सर्ग समाप्त हुन्छ ।
सर्ग ब्राह – यस सर्गमा पञ्चायती शासन ढाल्नको लागि जनक्रान्ति संञ्चालन गरिएको, क्रान्तिको क्रममा हरिपुर काण्ड, विराट नगरको वम काण्ड, जनकपुर को काण्डमा विमान अपहरण, कौयौं सपुत शहीद भएका, यसरी क्रान्ति गर्दा राष्ट्र र राष्ट्रियतामा खतरा बढ्दै गएकोले, राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेशफर्कनको लागि  युद्धको कार्या रोकेर दरभङ्गमा उच्च नेतासहितको भेला बोलाएर पटनामा पत्रकार सममेलन गरेर वि.सं. २०३३ साल पौष १६ गते वी.पी  गणेशमान लगायत धेरै नेता नेपाल फर्कनु वी.पीलाई राजा र राज्य सम्बन्धी मुद्दा लगाएर सुन्दरीजल जेलमा लगेर थुनियो । यी मुद्दाको बहस वी.पी.ले आफै गर्नु भएको, वि.सं.२०३४ वैशाख १४ देखि जेष्ठ ४ सम्मको अदालती वयानमा वी.पी.को दिएको भावसारका केही श्लोकहरू–
मेरो जीवनको मार्ग खुला पुस्तक तुल्य छ ।।
राजा र जनता साथै संविधान गवाह  छ ।।३१।।
यसै माध्यमले मन्त्री थिएँ म यस राष्ट्रको ।।
विनाकारणले थुन्दा लियौं उद्देश्य क्रान्तिको ।।३२।।
पृष्ठ १६२,
शान्तिपूर्ण उपाय नभएर क्रान्ति गर्नु परेको, प्रजातन्त्र बचाउन , हक प्राप्तिको लागि, आतङ्क वादी नभएको, व्यक्तिको विरोध नभमएर व्यवस्थाको विरोध गरिएको, व्यक्तिगत हिंसाको भत्र्सना गर्नु,संवैधानिक नीतिमा देश चल्नु पर्ने , राजनीति विभेदपूर्ण भए पछि जनताले क्रान्तिको बाटो अपनाउँने, जनता, रैती होइनन्, समाजवादको लक्ष अर्थ साम्य बनाउनु, मौलिक अधिकारको निम्ति,मौसुफले  दिएको बस्तु हरिबक्स्यो, जनआवाज को संघर्षलाई अराष्ट्रियतत्व  ठानिनु,  मिलौ भन्दै आएको राजा विपरीतहुनु, जस्ता अदालती धाराण यहाँ आएका छन्, यसपछि स्वास्थ उपचारको नीम्ति रिहाई हुनु राजासँग वार्तालाप हुनु, सम्पूर्ण खर्च राज्यले व्यहोर्नी गरेर भारतमा उपचार गर्न जानु , भारतमा उपचार हुन नसकेपछि अमेरिका पुग्नु, अमेरिकाबाट उपचार गरी, भारत आउनु, पटनामा कार्यकर्ताको सम्मेलन हुनु, सम्वोधन गर्नु, कार्यवाहाक सभापति कृष्णप्रसादलाई बनाउनु,गिरिजालाई महामन्त्री बनाउनु, भारतबाट  नेपाल आउँदा पुन समातिनु, गोष्ठी हाउसमा राखिनु मुद्दा लगाउनु, पुन विमारी हुनु र रिहाई हुनु २०३४  फागुन १२ गते अमेरिका प्रस्थान गर्नु, न्यूयोर्क स्थित कर्नेल अस्पतामा कण्ठक्यान्सरको अपरेशन हुनु, अमेरिकाका राष्ट्रपति जिम्मी कार्टर द्वारा स्वास्थलाभको शुभकामना प्राप्त गर्नु,नेपाल, भारत, वेलायत, आदि ठाउँमा रक्षा समितिको गठन, भारत फर्कनु भव्य स्वागत पाउनु, पटनाबाट नेपाल आउनु नेपालमा पनि भव्य स्वागत पाउनु तर पञ्च मण्डले आदिले भीडमा प्रहार गर्नु,जयवागेश्वरीमा  ल्याइनु, राजाले दर्शनभेट  दिनु, पोखरा जाने इच्छा राख्नु पोखरामा पञ्चको विरोधको कारणले जहाज ओर्लन नसक्नु, पुन अमेरिका स्वास्थोपचारको लागि जानु,  जर्मनीमा अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुनु ,धनी –गरिबको अन्त्य हुनु पर्र्छ भन्ने सम्वोधन गर्नु, भीम नारायण र अर्का क्याप्टेन यज्ञको मृत्युदण्ड भएको जानकारी पाएर मर्माहत हुनु, भारत हुँदै नेपाल आउनु ढुङ्गा मुढा गरिनु, स्वनगरीमा जाँदा पनि सुरक्षाऐन अन्तरगत राखिनु, पाकिस्तानका भू.पू.प्र.मन्त्रीलाई  फाँसीको सजाएँ दिंदा राजदूतावासमा विरोध हुँदा ठूलो जुलुस भयो र वी.पी.लाई नजरवन्दमा राखिनु , नजर वन्दीमा राख्दै बहुदल या पञ्चायति व्यवस्थामा  कुन रोज्ने भनि राजाले घोषणा गर्नु र राजनीति पथ खोलिएको धारणा सहित यो सर्गको समाप्ति हुन्छ ।
सर्ग तेह्र –यस सर्गले सुधारिएको पञ्चायती व्यवस्था या वहुदल कुन शासन व्यवस्था चलाउने भनी जनमत संकलन गर्ने राजाबाट घोषण हुनु, वि.सं. २०३६ साल  साउन २२ गते वीरेन्द्र सरकारसँग भेट हुनु, जयप्रकाश नारायणको निधनमा श्रद्धाञ्जली अर्पण गर्न वी.पीं भारत जानु आदि कुराहरू समेटेको छ ।
जयप्रकाश नारायणको दृष्टिमा वी.पी.–जयप्रकाश नारायणले वी.पी.को चिन्तनलाई समर्थन गर्नु र वी.पी.लाई विश्कै विभूतिको रूपमा लिनु, वी.पी.को नेपाल फर्कने भन्दा विहानी शुरु भएको ठान्नु, वी.पी.लाई अभिनन्दन गर्नु, विद्यार्थी संघले गरेको तेस्रो अधिवेशनलाई वी.पी.ले सम्वोधन गर्नु, सम्वोधनमा छात्र÷छात्रा राष्ट्र निर्माता र राज्यका शक्ति भएको धारणा राख्नु, उपस्थितहरूमा उत्साह थपिनु, जनमत संग्रहको बारेमा ठाउँ ठाउँमा सम्वोधन गर्नु, उनन्तीस वर्षको लामो क्रान्तिबाट ल्याएको परिवर्तनलाई विर्सन नहुने,सामाजिक स्वतन्त्रता, अर्थिक समानताको लागि क्रान्ति गरिएको र यसलाई सदुपयोग गर्नु पर्ने, प्रजातन्त्रमा देश विकास हुने, राजा राज्य शक्तिका प्रतिकको रुपमा मानिने तर वी.पी. जनशक्तिको प्रीतकको रूपमा मानिने, राजा संविधान भन्दा माथि भएकोले संविधान भन्दा माथि कोही पनि हुन नहुने,प्रजातन्त्र नभए देश नरहने जस्ता अभिव्यक्ति वी.पी.ले दिनु तर जनमत पञ्चायतमा जानु, यसरी जनमत पञ्चायतमा पुग्नुको कारणमा लोभ, त्रास,शक्ति, दलहरू वीच एकतामा कमी,राजाको पञ्चायत जिताउने चाहना, उग्रवादीहरूले बहुदललाई हराउन लागि पर्नु जस्ता धारणा यहाँ आएका छन् ।
संविधान सुधार आयोगलाई दिइएका सुझावहरू– राष्ट्रिय प्रतिबिम्ब झल्कने गरी, सर्वमान्य संविधान जस्मा मौलिक हकको स्वतन्त्रता, राजनीति दमन र अर्थनीतिको शोषण हुन नहुने, राष्ट्रियता अधिकार सबै समेटिने गरी संविधानको निर्माण हुनु पर्ने सुभाव,पठाउनु ।
समाज वादी पार्टी जापानले निमन्त्रणा पठाउनु, यही सिलसिलामा फिलिपिन्स, आसियान र  जापानको भ्रमण गरेर बम्बै फर्कनु र नेपाल जनसम्पर्क समिति बाट अभिनन्दन ग्रहण गर्नु, विराटनगरमा आएर ११ सूत्रिय माग राखेर सम्वोधन गर्नु, उपचारार्थ न्यूओर्कस्थित कर्नेल अस्पतालमा गएर अपरेशन गराउनु, नेपाल फर्केर पुन अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा सहभागी हुनु, नेपालमा आएर २० लाख नेपालीको मतको  कदर नभएको भन्दै विरोध जनाउनु,गलाको क्यान्सरको अपरेशन गराउन भारत जानु, चीनका प्रधानमन्त्री  चाओको नेपाल भ्रमणमा आउँदा भू.पू. प्रधानमन्त्रीको हेसियतमा रात्रीभोजमा सहभागी गराइनु , फ्रान्सको राधानीमा सम्पन्न हुन गइरहेको सम्मेलनमा सहभागी भै समाजवादका सिद्धान्तको व्याख्या गर्नु, श्वास–प्रश्वासको वाधा भएकोले  तुरुन्तै दिल्ली पुग्नु, फोक्सोको पानी निकालेर क्यान्सर जचाउन बम्बै जानु, रउपचार पछि राष्ट्रिय मेलमिलाप दिवशमा खुलामञ्चमा सम्वोधनमा पार्लियामेन्टमा अधिकार नभएसम्म राष्ट्रियता र प्रजातन्ज्ञ बलियो नहुने, विदेशीको इशारामा सञ्चालित हुन नहुने् जस्ता खुलामञ्चको अन्तिम सम्वोधन भएको, पत्रकार र साहित्य सङ्घको आयोजनामा भएको यस कार्यक्रममा वी.पी.लाई सम्मानपत्र अर्पण गरिएको र वी.पी.ले पनि साहित्य र राजनीति भिन्न भएको, राजनीतिलाई कानुनले वेर्ने र साहित्य क्षेत्र खुला हुने, साहित्य क्षेत्र महान हुने, यथार्थ ज्ञान दिन्छ आदि साहित्य र राजनीतिका भिन्न पाटालाई  यहाँ दर्शाउँदै यस सर्गको समाप्ति हुन्छ ।
सर्ग चौध – यो यस महाकाव्यको अन्तिम सर्ग हो । यस सर्गले वी.पी.को अन्तिम अवस्थाको यथार्थतालाई पस्केको छ । जव वी.पी. निकै अस्वस्थ हुनु भयो त्यस अवस्थामा प्रजातन्त्रको स्थिति र कार्यकतालाई यसरी सम्बोधन गर्नु भयो–
'' हुरी आँधी  चलेको छ यो राष्ट्रमा सधैं भरी ।।
सानो दीप बलेको  छ बचाउने कसो गरी ।।३।।
बचाउनु छ कर्तव्य दीपलाई निरन्तर ।।
प्रजातान्त्रिक योद्धा हो सधैं रहुन् तत्पर ।।४।
(पृष्ठ १७९)
 यस सर्गमा प्रजातन्त्रलाई जुन उपायबाट बचाउन सकिन्छ उनीहरूसँग सम्बन्ध राख्नु पर्छ । हतार नगरीकन गन्तव्य स्थलमा पुग्नु पर्ने हुन्छ तर संस्थागत प्रजातन्त्र विकसित गराउन सहज छैन तापनि संयमित भएर,धोर संकटमा धैर्यशाली भएर,सिधान्ँतमा संझौता नगरी कन सक्ति सामर्थ यस्तै छ तर विरोधी जति सबै सरकार।मा छन् जस्ता गहन भावनाले वी.पी.ले कार्यकर्तालाई जानकारी गराउनु भयो धेरैअशक्त भएकोले आयुर्विज्ञान संस्थान दिल्ली पु¥याइयो, फोक्सोमा क्यान्सर नभएको जानकारी भएपछि काठमाडौ ल्याइनु, वीरहस्पिटलमा भर्ना गर्नु, डाक्टरहरूले थाइलैण्ड लाने सुझाव दिनु, थाइल्याण्ड पु¥याएर हस्पिटलमा भर्ना गर्नु, स्वास्थमा सुधार नआउनु र नेपाल फर्काउनु,घर पुगेको केही समयपछि २०३९ साल श्रावण ६ गते, साँझ सात बजेर १५ मिनेटमा वी.पी.को दीप्ती ज्योति निभ्न गयो र मृत्युको यो समाचार विभिन्न रेडियो द्वारा प्रसारण भयो, राजा वीरेन्द्र र रानी एैश्वर्यबाट धैर्य धारण होस् भन्दै समवेदना सन्देश दिनु, जयवागेश्वरीबाट शवयात्रा चलाउनु,, शवयात्रामा गणेमान, गिरिजा, कृष्ण प्रसाद,मातृका चन्द्रशेखर, देवेन्द्र विभिन्न लगायत विशाल मानव सागरले वीर वी.पी. अमर रहुन्, तिम्रो सपना सकार पार्ने,नाराका साथमा आर्य घाटमा पार्थिव शरीर राखियो र जेष्ठ सुपुत्रबाट दागबत्ती चढाइयो, त्यो आत्ममा शान्ति मिलोस् भन्ने पुकारा गर्छौ, शुभ मार्ग खन्ने आदि धारणा सहित यो महाकाव्यको बीट मारिएको छ ।
 यो महाकाव्यले समेटेका केही पक्षहरू– महामानव वी.पी. कोइरालाका पूर्वज, मौदगल्यागोत्री ब्राह्मण याम्यबाट आएर क्वैरालाा वन फाँडेर लमजुङमा बसी कोइराला फाटको साथै कोइराला थर नै कायम गरी यस देशलाई राष्ट्र सेवक र राजनेता जन्माउने र यी नै राजनेता बाट गरिएको योगदानको विवरणमा आधारित यो महाकाव्य एउटा ऐतिहासिक दस्तावेजको हो ।  नन्दिकेश्वरका कान्छन छोरा कृष्णप्रसाद कोइरालाको समाज सेवा जनहकहीतको लागि नेपालमा मात्र सीमित नरही भारतमा समेत पुगेको देखिन्छ । जनतलाई स्वास्थ र शिक्षा प्रदान गर्न कृष्णप्रसाद कोइरालाले विद्यालय र स्वास्थ केन्द्र खोलेको महाकाव्यले प्रष्ट्याएको छ । यस काव्यले नारीवादी चिन्तनलाई पनि महिलाको हकको लागि तथा महिला उत्थानको लागि दिव्याले गरेको प्रयासलाई गहनरूपमा उठाएको छ । महिला हकहीतको लागि चन्द्रकी कान्छी श्रीमतीलाई  अध्यक्ष बनाएर दिव्या सचिव भएर पहिलो संस्था खोलिएको थियो ।  कृष्णप्रसाद कोइरालाले तानाशाही राणा शासनबाट मुक्ति प्राप्त गर्नको लागि जेलमै र्मत्युवरण भएको  कुरा महाकाव्यले समेटेको छ । यस महाकाव्यमा नेपालमा राणा शासन फाल्नको लागि गरिएका संघर्षमा भारतमा गरिएको त्रीपक्षीय (राजा, राणा र काँग्रेस)सम्झौतामा वी.पी.लाई नसमेटी एकलौटी भारतीय पक्षले निर्णय गरेको घातलाई काव्यले समेटेको छ –
नेहरू र सी.पी.ले मध्यस्थता  गरिरहे ।।
राणा–राजा दुवै  दिल्ली पर्दाभित्र लुकिरहे  ।। २९।।
तीनै पक्ष बसी साथ सम्झौता त्यो भएन छ ।।
सहमति भयो मात्र लेखा पढी रहेनछ ।। ३१।।
  (पृष्ठ ९१)
 यही घातको परिणतीले आज पनि नेपाल पीडित छ । आज पनि भारतले हरेक महत्वपूर्ण काममा  आफ्नो उपस्थिति चाहन्छ, ज्यो नेपाललाई मान्य छैन ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वी.पी.का यी गहन चिन्तनलाई महाकाव्यले  दह्रो रूपमा प्रष्ट्याएको छ ।  वी.पी.को चाहना भनेको राजीनित स्वतन्त्रता र अर्थिक समान हो ।  वीे.पी.ले ले जहिले पनि जनतालाई सर्वोपरी ठानेका थिए  भन्दा अत्युत्ति नहोला । वी.पी.ले ''राष्ट्रिता माटो होइन जनताको सामूहिक भावना(विचार) हो'' भन्ने गर्नु हुन्थ्योे । महाकाव्यले राष्ट्र, राष्ट्रियता र समाजवादी चिन्तन एवम् राष्ट्रिय मेल मिलाप किन र कसरी भन्ने वी.पी.को चिन्तनलाई राम्रोसँग समेटेको छ । वी.पी.को प्रजातान्त्रिक समाजवादको सपना देशमा गणतन्त्र आइसक्दा पनि पुरा हुन सकेको छैन । नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउन सफल नेता पनि वी.पी.नै हुन् । राष्ट्र, राष्ट्रियता र समाजवादको लागि खरोरूपमा वकालत गर्ने वी.पी.लाई महाकाव्यले राष्ट्रवादीको रूपमा दर्र्शाएको छ । यस महाकाव्यले, नेपाल र भारतको समाजिक परिवेश,आर्थिक परिवेश र राजनैतिक परिवेशलाई समेट्ने प्रयास गरेको छ । कृष्णप्रसाद कोइरालाको आर्थिक उतार चढावले गर्दा वी.पीलाई औषधी उपचार गर्ने खर्च र  कापी कलम किन्नसम्म नसकिने अवस्थाको गरिबीलाई पनि महाकाव्यले समेटेको छ । भारत स्वतन्त्रतामा वी.पी., मातृकाले भोगेका जेलजीवनलाई काव्यले समेटेको छ । वी.पी.को साहित्यि चिन्तन विद्यार्थी कालबाटै प्रस्फुटन भएको र त्यसमा सुन्दरीजल जेलमा बसेर नेपाली साहित्य सिर्जनामा एकोहोरिदै नेपाली साहित्यमा नयाँ सन्देश (विकासवादी चिन्तन र यौनमनोविज्ञानलाई) प्रदानगरेको यथार्थता काव्यले प्रष्ट्याएको छ । राष्ट्र राष्ट्रियता खतरामा परेको अवस्थामा वी.पी.ले अवलम्मन गरेको राष्ट्रिय मेल मिलापको नीतिलाई गहनताको साथमा महाकाव्यले उठाएको छ , यो मेल मिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक छ जति हिजो थियो । भारतको हस्तक्षेपकारी एवम् राजा र राणालाई आन्तरिक सहयोग,मातृका प्रसाद कोइराला र राजा महेन्द्र बीचमा वी.पी.को मत भिन्नताको परिणती नै वी.पी.को कष्टदाई जेलयात्रा र प्रजातन्त्र गुमेको आभास पनि महाकाव्यले दिएको छ । समग्रमा नन्दिकेश्वरदेखि वी.पी. कोइरालासम्मका कोइराला पविारबाट आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, विकास आदिमा पु¥याएको योगदानलाई प्रष्ट्याउन महाकाव्य सफल देखिन्छ । यस काव्यमा श्लोकबाट प्रष्ट हुन नसकेको विवरण्। पूmट नोटबाट प्रष्ट पारिएको छ ।
महाकाव्यका पात्रहरू– यस महाकाव्यका मूख्य नायक वी.पी. कोइराला भए पनि थुप्रै पात्रहरू यस महाकाव्यमा सहभागी भएका छन् । दामोदर कोइराला, नन्दिकेश्वर, रणेद्दीप शंशेर, वीरशम्शेर, रामे नोकर, मनमोहन अधिकारी कालीदास, नारायण, कष्णप्रसाद, राजा त्रिभूवन,राजा महेन्द्र, राजा ज्ञानेन्द्र, गणेशमान सिंह,,कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, जवहरलाल नेहरू, महात्मा गान्धी, डा.राजेन्द्रप्रसाद, चन्द्रशंशेर, मोहन शंशेर, सुवर्ण शंशेर, रुद्र शंशेर, वडाहाकिम जितबहादुर कर्णेल, तारिणी, अहिर, सिभिल सर्जन, जौहरी, सी.आर. दास, तारानाथ, कटुवाल, काजी, बाबुसाहेव, अभिमन्यू, लेलिन, सनायात्सेन, गणेशदत्त शास्त्री, सीताराम, हरिश्चन्द्र,गभर्नर, जयशङ्कर, देवेन्द्र, भीम शंशेर, कमलप्रसाद दाहाल, केशु, हरिप्रसाद, टंकप्रसाद आचार्य,राजेश्वर राव, जयप्रकाश, आचार्य,नरेन्द्रदेव, कालीबाबु, म्याजिष्ट्रेट, गोपाल भट्टराई, महावीर शंशेर,शशी शंशेर, राममनोहर लोहिया, होराप्रसाद जोशी, केदारमान व्यथित, वसन्त, वोधप्रसाद, पूर्णबहादुरका भाइ, परवरसिंह, गोपाल प्रसाद रिमाल, सिंहबहादुर बस्नेत,नरसिंहबहादुर श्रेष्ठ, सुन्दरसिंह, त्रिनेत्र, चन्द्रथापा, नाङ्ले व्यपारी, हरिशंशेर, च्यान्टे गुरु, गीत गाउने सैनिक, सानेबाबु, जोगी, लामा, विजय, शरद शंशेर,ज्योतिष, थिरवम मल्ल, त्रिवेणीप्रसाद प्रधान, दयाराम माथेमा, कृष्ण (वंगालका मूख्यमँत्री, लालाबहादुर शास्त्री,सोम शंशेर,उत्तम वित्रकम, कुलदीप झा, भरत, माधव शंशेर, परशुराम चौधरी, बबर शंशेर, योग विक्रमराना, नृपजंग, चुडा शंशेर,गोविन्द, चिनियाकाजी, भगवान,वृटिश् जोनिग्स विश्वबन्धु, नेविन, सुरेन्द्र, भद्रकाली मिश्र, समराज, दीर्घराज, शान्तिप्रिय द्विवेदी,जेलमा चिनीमा कागज लुकार  सन्देश आदान प्रदान गर्ने केटो, प्रेमचन्द्र, ब्रिटिश राजदूत,सूर्यबहादुर थापा,जिम्मी कार्टर,भू.पू.चान्सलर विलिब्रान्ट,भीम नारायण, यज्ञ,भू.पू. प्रधानमन्त्री जुलफी–कार अली भुट्टो आदि पुरुष पात्रहरू यस महाकाव्यमा कोी सकृय पात्र र कोही पेटबोलीका पात्रको रूपमा सहभागी देखिन्छन् ।
नारी पात्रहरू–राज्यलक्ष्मी, दिव्याकुमारी,काशीबास बस्ने महिला जस्ले शल्यक्रिा गर्दा अर्थिक सहयोग गरेकी थिइन्, माहिली आमा, तारानाथका दुई श्रीमतीहरू,कान्छी, सानी आमा, नलिनी, कामिनी, बडाआमा, सुशीला,इन्दिरा गान्धी, त्रिनेत्रकी दिदी, इन्द्र राज्यलक्ष्मी, सुषमा,आदि महिला पात्रहरूको योगदान र सकृय सहभागिता महाकाव्यमा देखिन्छ । महिला र पुरुष दुवै पात्रहरूको कृयाशीलताले महाकाव्यलाई गतिशील बनाएको छ ।
परिवेश–मूख्य त यो महाकाव्य नेपालका विभिन्न स्थान जस्तै काठमाण्डौ,विराटनगर लगायत नेपालका विभिन्न जिल्लाहरू, भारतका काँसी,  कलकत्ता, पटना, टेढी, बम्बै लगायत भारतका विभिन्न स्थानहरू,अमेरिका, ब्रह्मा, चिन, वेलायत, जापान, न्यूयोर्क, पश्चिम जर्मनी, फ्रान्स, एसियान, थाइल्याण्ड, फिलिपिन्स, इजरायल, स्वीडेन, अष्ट्रेलिया आदि राष्ट्रहरूको परिवेशमा यो महाकाव्य लेखिएको छ ।
भाषा शैली र प्रस्तुति – सरल, सुवोध एवम् विवरणत्करूपमा, काव्य लेखिएको छ । भावनालाई स्वच्छन्द रूपमा वगाएर, बिम्बलाई सजाएर ठाउँ ठाउँमा उखान टुक्काको प्रयोगलाई जोडेर, विविध रस (मूख्यत वीररस,करुणरस, शान्तरसले बाहुल्यता अङ्गाले पनि अरू रस)ले भरेर शब्दालङ्कारले सिङ्गारेर प्राकृतिक सौन्दर्यताको वर्णनमात्र नभै मानवीकरण गरेर, जनमुक्ति सेनाको बहादुरिताको वर्णनलाई जोडेर आदि आदि पक्षलाई समेटेर पठनीय एवम् अनुुकरणयोग्य रूपमा काव्यलाई प्रस्तुत गरिएको छ ।
अन्त्यमा यो महाकाव्य महामानव वी.पी. को  'आत्म कथा' (२०४०), र विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त (२०५५) जस्ता कृतिमा आधारित कथाबस्तुलाई समेटेर पूर्वीय महाकाव्य लेखनको सिद्धान्तमा रही, सिर्जना भएको देखिन्छ । यो कृति काल्पनिक कथामा नभै यथार्थतामा सिर्जित महाकाव्य हो र यस महाकाव्यले नन्दिकेवश्वर कोइरालादेखि वी.पी. कोइराला सम्मको राष्ट्रिय राजनीति घटनाक्रमलाई जोडेको र कोइराला खानदानले देश जनता, प्रजातन्त्र र समाजवादप्रति पुु¥याएको योगदानलाई तथा यी उपलब्धी प्राप्त गर्नको लागि गरेका संघर्षशील प्रयासलाई प्रष्ट पारेको छ । यो महाकाव्यले वी.पी.लाई केन्द्रविन्दु बनाएर वी.पी.का जन्मदेखिका मृत्युसम्मका घटना क्रमलाई जोड्न सफल देखिन्छ भन्दै, भावी साहित्यि सिर्जना, सुस्वास्थ, दीर्घायुको कामना सहित विदा चाहान्छु ।
 धन्यवाद वि.सं. २०७६साल चैत्र १६ गते कावासोती न.पा. वार्ड नं ७ शान्तिचोक नवलपुर, गण्डकी प्रदेश 

जिन्दगीका जङ्घारहरूमा रुमलिंदा

तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो
यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२ मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र  डी.डी.शर्मा(डम्मरुदेव)शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त  गरेका छन् । नेपाली साहित्यको क्षेत्रमा सुपरिचित डी.डी. शर्माले हामीलाई डमरूको आवाज(कविता सङ्ग्रह, २०४८), प्रतिध्वनी (कविता सङ्ग्रह, २०६५), देवी कवच (सप्तशतिको नेपाली अनुवाद, २०७२), ज्ञानअमृत र चिन्तनका अमृतकण (छोटा कथाको नेपाली अनुवाद, २०७३) , गंगोत्री(मिश्रित रचनासंग्रह, २०७५), लोक भजन माला (सङ्कलन, २०७५) र जिन्दगकिा जङ्घारहरू, २०७६)गरी ६ कृतिहरू प्रदान गर्नु भएको छ । यस कृतिमा मित्र स्मृति, मालिनी छाल(१देखि २० सम्म  लगायत कूल ६५ कविता समावेश गरिएका छन् ।  
प्रथम कविता मित्र स्मृति नामक कविता स्वर्गिय कवि हरिहर 'सविता' लकवि डी. डी. र्मालाई सम्बोधन गरी लेखेको कविता हो । त्यसैलाई यसैमा सुरक्षित
राखिएको छ भनिएको छ (पृष्ठ११३) ।मित्र स्मृतिमा जीवनले भोग्न परेका यथार्थतालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । मालिनीका छाल एकदेखि छाल २० भित्र हरिहरलाई साधुवाद टक्¥याउँर्दै नदी, स्थान, तीर्थस्थलमा गरिने धार्मिक क्रियाकलाप,नेपाल देश ऋषिमुनीको तपस्थल तर समाज कलिमय र वाजमय भएको, खगेन्द्रसँगको भेट र प्रवचन मीठो, पञ्चतत्वबाट यो शरीरको निर्माण, भएको र सत्व, रज र तामस् गुणले भरिएको, प्रकृति हाम्रो गुरु हो र असल गुरुमिलेमा जिन्दगी महान बन्छ र अविरल बगिराखुन् सत्यवाणी रगतमा जस्ता गहन धारणाहरू यहाँ पस्किएका छन् । कविको प्रस्तुति राष्ट्र र शान्तिप्रति कति गहन छ  होरौं –
मुलुक छ पूmलबारी फैलिएको को छ भारी
कुसुमित छ बगैंचा कट्टिमा छैन सारी
अतित पतित भैगो क्या फिरायो जमाना
कुन वन पसिहोलिन् शान्ति एक्लै जनाना
(पृष्ठ ७, छाल ४)
मकरको घरमा अंशुमाली आगमनले निम्त्याएको चिसोपन तथा कष्टकर जीवन, हरित वन मासिनाले वन्य पशुपंक्षीको रोदन, वादल विनाको आकाशको सार नभएको, हाम्रो दिवारहरू मक्किदै गएका, ठूला ठूला नदीहरू भए पनि बालीले  पानी पाउन नसक्नु, भ्रम अनुभ्रम प्रतिभ्रम परिभ्रमण गरेका अनुपम कल्पनाका कुरा, ध्वनि प्रतिध्वनी जस्तो भाव भएको गम्भीर सिन्धुका कुरा, अदि घटनाक्रम  धेरै भएकोले गणना गर्न नसकिने, चेतकान्तको कवित्वको वर्णन, भुवनहरी सँगको भावना चिरेर बिताएको रात, धादिङ्, दिल्लिको आश्रम, वीरगञ्ज, आदिको यात्रा, चेतकान्तसँगको साथित्व, रितिथिति छाड्न नहुने, जडमय पथमा ज्ञानको ज्योति  बाल्नु पर्ने, ज्ञानको दियालो बाल्न वियालो गर्न नहुने, कर्मशिलका कहानी जान्नु पर्ने, सम्धिनीमा श्रद्धाञ्जलि अर्पण, गोविन्द साथीको  सकुलता,डमरुको मरु चर्ने अवस्था भएको,वर्षयाम भयलाग्दो भए पछि नै शरद ऋतु आउने जस्ता रितले लोक चलेको, कृष्णसँगको बसाई, जिन्दगी आउने जाने क्रममा निरन्तरता,भएकोले  सुकर्म गर्नु पर्ने,मनको मैलो धोएर सफा बनाउनु पर्ने, स्वार्थ त्याग्न पर्ने, सुकृति र कुकृतिको भिन्न मार्ग पहिचान गर्नु पर्ने, मानव जीवन सफल पार्दै स्वर्गको मन्दिरमा पुग्नु पर्ने,गिरिजाले नेत्र चिम्लिदा देश नै टुहुरो भएको र नेपाली आमा साथै सारा गाउँ नै रोएका, तीजको महिना खानपान,आदि भावनाले भरिएको यी छालमा जिन्दगानीको यथार्थतालाई कविले यसरी पस्केका छन् –
तिमिर तिमिरे भो जिन्दगानी अचेल
 भिरिकन गलपासो लाग्न थाल्यो बचेल
रसमा छ जवानी हुन्न स्थायीत्व त्यस्मा
जलसरि जलका झै उर्ली सुक्ने निमेष्मा
(पृष्ठ २७, छाल १९)
छाल पछि दुर्गापूजा कवितामा महिला समूहले सठपन हटाएर विकासमा  लम् कने वरदान मागेको धारणा आएको छ । प्रेरणाका पुmँदा कवितामा चम्पानगरका रैग्मीको घरमा गएको र रेग्मीसँग ज्ञानको् बत्ती बालेर साहित्यलाई मूलुकभरी फैल्याउने धारणा आएका छन् । आमाको माया कवितामा आमाको महिमा, आमा आकाश नङ्गा हुन् र मायाकी मूल हुन् भन्ने धारणा राखिएको छ । रूप रङ्ग कवितामा  मानिस जन्मिदा रित्तै आउँछ र धेरै दुख कष्ट भोग गर्छ । चिन्ता लिन्छ । तर चिन्ताले न सुपथ निर्माण गर्छ न दिलको कलुषितालाई फाल्न सक्छ,न धन जन  बटुल्न सक्छ र न विपुल ज्ञान र्नै बटुल्न सक्यो भन्ने गहन जीवनपथका धारणा आएका छन् । क्षमा गीति कवितामा अष्ट्रेलिया गएको अवसरमा साहित्यिक कार्यक्रममा सहभागी भै त्यहाँका साहित्यकारहरूले गरेको साहित्यिक गतिविधिलाई प्रशंसा गरेका छन् । आरती कवितामा अप्रवासी सबै मिलेर देवी देवताको गरौं आरती भन्दै हरिवंशको चिना हराएको मानिस कृति पढ्न पाएकोमा ठूलो गुन लागेको धारणा आएको छ । राम कहानी कवितामा आरती विरामी भएको   र जीवन बचेको, दैवको लीला, कामनाका पूmल फुलुन् भन्ने कामनाको साथै जिन्दगानी पानीको फोका सरी छ भन्ने धारणा आएको छ । डिलाराम कवितामा कविले डिलारामलाई सम्बोधन गर्दै सयौं वर्ष कीर्ति साथ। कसैसँग रिसराग विना सबैको हाई हाई भएर बाँच्ने भन्ने कामना गरेका छन् । चूँ पडा यस कवितामा  रघुनाथकी पत्नीको र्मत्युमा गहिरो कारुणिक अभिव्याक्ति आएको छ –
थियौ कैले छोरी श्रीमती र बुहारी पछि भयौ
सबै भोग्दा भोग्दै थकित हुन गै आश्रय लियौ
महाकालको काख्मा र सुत चिरनिन्द्रा अब सदा
न दुख्ने होस् कैल्यै तबत शिरको दर्द  र अदा
        (पृष्ठ ४५)
बास्तवमा मानिस जीवित छँदा नै भोग्ने हो सबै कुरा । झ्याउरे (वेदना प्रत्युत्तर) – यस गीतमा कविता चापागाईको  वेदना पढेर गीतकारले प्रतिउत्तरमा अति मार्मिक धारणालाई कारुणिक रूपमा पोखेका छन् । आजका युवा घरबाट पलायन भएर खाडीमा गएर विविध कामहरू गर्दछन् । कोही त्यत्यै हराउँ छन्, कसैको लास आउँछ । कोही आर्जन गरेर फर्कन्छन् । यहाँ गीतकारले हराएकालाई खोजेर नपाइने, कालको छाँयाँ परेका बाटो हिड्न नभ्याइने,लेखेको मात्र पाइन्छ जस्ता धारणा आएका छन् । पुनः पुनः यस कवितामा चितवन झरेकी पवित्राप्रति सहानुभूति भनौं, श्रद्धा भनौं या माया भनौ या उपदेश भनौ आदि विविधतालाई समाउँदै विषय विषलाई त्याग्दै, जानेमा यो धर्तीमा सुख र नजानेमा यही धर्ती दुःख र दर्द को व्यथा मान्दै, यस संसारमा निर्धाको कोही छैन भन्ने ठान्दै अघि बढ्नु पर्ने सुझाव दिएको पाइन्छ । राधा कवितामा राधाको समाज सेवालाई उच्चाईको साथमा प्रष्ट्याइएको छ । राधाले दुःखमय जीवन पिएको, रोगीहरू खोज्दै गएर सेवा पु¥याएको, दलितहरूसँग सँर्गै खाएर जातीय विभेद हटाएको,जस्ता धारणा यस कवितामा आएका छन् । यातना कवितामा जेल जविनको कष्टदाई जीवनको वर्र्णन गरिएको छ । जेलमा रहेका वि.पि.को चिठी  पुलिस मार्पmत एम. ए.लाई लगेर दिएर ज्यान बाँचेको धारणा आएको छ  । जन्तर कवितामा २०७० सालको नयाँ वर्षमा शैलका बन्धुहरू मैदानमा आएकाको स्वागत गरिएको छ । कवि कर्म कवितामा क्याम्पस प्रमुख गुरु खराललाई गाढा अन्धकार हटाउन ज्ञानको दियो बाल्न आग्रह गरिएको छ । आशिर बचन कवितामा बाबु नारायणलाई विद्या वारिद्यिले सुशोभित हुन,ज्ञानले शुद्धमनलाई भरेर,कल्याणकारी बन्न,कर्मशील भएर सत्य पथमा पाऊ चलाउन, लोभी तामसी या घमण्डिपनको आस्था घटाउन र नानी सुनितालाई आनन्दले देनिकी विताउने, जेमा रमिन्छ त्यसैमा रमिरहेर सुख भोग्ने आशिर बचन प्रान गरिएको छ । अर्को शीषर््ाक आशिर वचन झ्याउरे लयमा शिवनगर उच्च शिक्षाको मन्दिरमा काव्य गोष्ठीको आयोजनामा गाइएको यो गीतमा अध्यात्म ज्ञान नैतिक ज्ञान हराएको ,साहित्य कला संस्कृति भाषा खिइदै गएकाले यिनको संरक्षण गर्नु पर्ने धारणा आएका छन् । उद्वोधन कवितामा नरनाथले थालनी गरेको मन्दिरलाई पूर्णता दिनु पर्ने धारणा आएको छ । चेलीको चोला कवितामा एक चेलिले आमा बाबुको प्रेमरसबाट जन्मलिए पछिका चेलीले भोग्न परेका यावत घटनालाई समावेश गरिएको छ । मेनका कवितामा मेनकाको रूपको वर्णन गरिएको छ –
न वा मेनका स्वर्गकी अप्सरा हौ
न  वा  धर्तीकी  पूmलकी आँकुरा हौ
तिमीले गरिथ्यौ ऋषि ध्यान भङ्ग
त्यही मङ्गले स्वर्गमा भो उमङ्ग
(पृष्ठ ६८)
यस कृतिमा कविले ठाउँठाउँमा आध्यात्मिक चिन्तन, प्रकृतिक चित्रण र सिंगारिक अभिव्यक्तिले सजाएर कृतिलाई रसिलो र भरिलो पारेका छन् । गिरीराजÞ– यस शीर्षकमा कविले गिरीराजको मृत्युवरण भए पछि बाल्यकालमा घरको काम, पढाई, खेलाई, आदिमा गरिएको घटना क्रमको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । श्रद्धाञ्जली मा गैडू पूर्णियामा पौडेल वंशले गर्ने कुल पूजामा कुलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।सिंहप्रति शब्द श्रद्धाञ्जली शीर्षकमा गणेशमानप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । चिरञ्जीवीप्रति शीर्षकमा उनी स्वर्गमा विपिका साथमा कुरागरी रहेका र उनका कृतिहरू निर्मोही व्यासले जम्मा गरेर लोकार्पण गरिदै छ भन्ने धारणा आएका छन् । गुरू भेटी कवितामा नारायणलाई आत्मियता विलाएको,दिएका कवितामा पनि चर्चा नगरेको आदि धारणा आदरताको साथमा प्रकट गरिएको छ । हिरा कवितामा छट पर्व,अरुण देवको अर्चना गरेको, समय चक्रको फेरमा परी प्रेमकोल मञ्जरी टाढा भएको जालमा परेको आदि वर्णन सहित इन्दिरा छन्दको कवितामा जलप लगाएमा हिरा बन्ने धारणा आएको छ । रम्य दाह्री मा वाल्मीकि सदनमा भैरहेका साहित्य गोष्ठिमा प्रस्तुत भएका रसिला कविता गजल आदिको बारेमा चर्चा गरिएको छ । सह यात्रा कवितामा पनि साहित्यकारहरूसँगको सह यात्रालाई समेटिएको छ । व्यास गुफ्फामा तनहूको व्यास गुफा र वेदव्यासको वर्णन गरिएको छ । समीक्षा कवितामा साहित्यकार रामप्रसाद ज्ञावलीको असुर ग्याँस संग्रह कृतिको कविताबाटै समीक्षा गरिएको छ ।रामप्रसादको कवितामा क्रान्ति नै क्रान्ति, महासागर जस्तै, भावमा गम्भिर, भाषा बोलीचालीको, भाव उर्लिदा ज्वार शैलीका आदि वर्णन आएका छन् । मझेरी कवितामा मझेरी साहित्य प्रतिष्ठान र साहित्यकार पुष्पाञ्जलिको साहित्यिक योगदान बारेमा वर्णन गरिएको छ । जीवनको रेल जीवहरूको जन्मदेखि मृत्युवरण गर्ने वेलासम्म धेरै चीजहरू भोग्न पर्ने हुन्छ र सारिरिक  परिवर्तनहरू पनि धेरै हुन्छन् यसै विषयमा कविले लेखनको लागि शान्त एकान्तमा बसेपछि कल्पना आउने र कल्पनामै बग्न सकिने धारणा पोखेका छन् । राजीनामा – यस कवितामा चितवन नवलपरासीका पनि साहित्यकार  तिनको साहित्यिक प्रस्तुती, साहित्यिक यात्राको अवधी र त्यसबाट प्राप्त उपलब्धी सम्बन्मा धारणा राखिएको छ । दृष्टि– यस कवितामा राजकृष्ण कडेलको कृतिमा कविताबाटै समीक्षा गरिएको छ । पत्र मित्रता कवितामा साहित्यकार नारायण खनाललाई जीवनका घटनाक्रमलाई दर्शाउँदै पत्र लेखिएको छ । कविता अति मार्मिक, यथार्थताले भरिएको छ । नेपाल र नेपाली कवितामा नेपालको चार सिमा नदी नाला, ताल, हिमशैल,पवित्रमाटो,नौमती बाजा,प्राकृतिक सौन्दर्य, पुर्खाका पसिनाले निर्मित, धर्म संस्कृति सवल, धर्मका पालक राजा आदिको वर्णन गरिएको  छ । मुक्तिको माटो – भगवान रामचन्द्रको नाम र संकृतनबाट मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने धारणा आएको  छ ।श्रद्धाञ्जली कवितामा विश्वराज ७१ वर्षसम्म बाँचेर मृत्युवरण भएको उनका जीवन घटना समेट्दै श्रद्धाञ्जली प्रदान गरिएको छ । एकहत्तरौं पाइला – कविले यस कवितामा मानिसको वृद्धअवस्थाले समाउँदा शरिरमा आउने रूपमा परिवर्तन,शक्तिमा परि।वर्तनको वर्णन गरेका छन् ।धवल कामना–  यस कवितामा कविले अध्यात्मिक चिन्तनको चित्रण गरेका छन् । जीवन छन्देर असल कर्म  गरेर अमर बन्नु पर्छ धन्ने धारणा राखेका छन् । यामिनीमा –यस कवितामा जीवन छिटो छिटो जाने र मनका कामना मन मै रहने, जिन्दगी निरसिलो हुने जस्ताच जिवन भोगाइलाई समेट्न् प्रयास गरिएको छ ।गीत –यस गीतमा कवि शिरोमणी लेखनाथ परिस्कारवादी छायावादी, कविको रूपमा चिनिएको धारणा आएको छ ।कविता –यस कवितामा कविताको वियोगमा कविले मार्मिक भावना पोखेका छन् –
वैंसकी चरी गैगयौ उडी छाडेर बचरा
टुहुरा पारयौ नि मेरी प्यारी म बने ववुरा
दाजु भाइ दिदी र वैनी यो सारा बजार
शहर गाउँ आकाश पाताल घुम्दछन् नजर
 (पृष्ठ ११०)
मायाको चिनो –यो यस कृतिको अन्तिम कविता हो ।यस कविता श्रीकृष्ण पण्डितलाई हार्दक बधाई दिंदै सफलताको कामना गरिएको छ र भनिएको छ –
श्री कृष्णजी यति भएपनि आज मैले
टक्राउँछु चरणमा पढी यो क्रमैले
 ज्ञानाग्निमा चरु बनाई विचार होम
सम्झी सबै ग्रहदशा शनी शुक्र सोम
कविले, प्रस्तुत गरेका माथिका कवितहरूमा मैले संक्षेपी करण गर्ने प्रयास गरेको छु । माथिका धारणाहरूमा स्थलगत प्राकृतिक सौन्दर्य, विविध सम्बन्धितहरूको जीवनमा घटेका घटना र त्यस्ले निम्त्याएका सहज र असहज अवस्था, साहित्यकार सँगको भेटघाट र साहित्यिक यात्रा तथा साहित्यिक सम्वादहरू,आफ्नो भाषा, संस्कृति, समाज , राष्ट्र  राष्ट्रियताप्रति अगाध माया, दर्शाउँदै छालहरूलाई एउटा खण्डकाव्यको आकार दिंदै थप कविताहरू समायोजन गरी जिन्दगीका जङ्घारहरू नामाकरण गरी एक पठनीय एवम् सङ्ग्रहणीय कवितासङ्ग्रह नेपाली साहित्यमा थपेका छन् । यो कृतिमा भएका कविताहरू छन्दमा लेखिएका छन् । त्यसो हुँदा लयात्मक र गायत्मक छन् । भाषा शिष्टको साथै क्लिष्ट छ भन्दै कविको सुश्वास्थ, दिर्घायुको कामना गर्दै विदा चहान्छु ।
 धन्यवाद
मिति २०७६साल फानगुन, २१ गते कावासोती–७ नवलपुर,


  

रुडपुराणले अथ्र्याएको जीवनचक्र्

्््््््््््््हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज(पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज(अण्डाबाट पैदा हुने (पंक्षी आदि) र  जरायुज (गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक , कष्ट भोग्दै पुन मृत्युवरण गर्छ ,यो चक्र हो निरन्तर चलिर्हन्छ । त्यसो हुँदा जीवको जन्म(मरण हुन्छ । मानवको अमूल्य जीवन सहज रूपमा प्राप्त हुँदैन । चौरासीलाख जुनी पापीहरुले भोग गरे पछि र पाप पूण्य बराबर भए पछिमात्र नारकीय जीवन छाडी मानिसले अमूल्य नरचोला पाउँछ । ्यो नरचोला प्राप्त गर्दा स्त्री र पुरुषको बीच समागम हुनु पर्छ । समागम गर्दा पुरुषको शुक्रकण महिलाको रजमा गई स्थिर रूप लिन्छ ।  गर्भ सधै रहने हैन । यसको पनि निश्चित समय हुन्छ । यस सम्बन्धमा स्त्रीमा सर्वप्रथम ऋतुकाल आउँछ । यै ऋतुकलपछि श्रीमान र श्रीमती बीच समभोग हुनु पर्छ । पुराणमा भनिएको छ कि ऋतुकालको तीन दिन स्त्री त्यज्य हुन्छन् । यस समय नारी गमन गर्न हुँँदैन । यसो गर्न नहुनको कारण पनि बताइएको छ कि पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए ।उनले असुरकुलकी कन्यालाई विवाह गरेका थिए  । यिनैबाट विश्वरूप नाम भएको छोराको जन्म भयो । उसका तीन शिर र तीन मुख, थिए । उनले  एउटा मुखबाट सोमलताबाट तयार पारिएको सोमरस, एक मुखबाट सुरा र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे । यिनले  देवताहरूको पूजा गर्ने र आहुती दिने काम गर्दथे  । यसरी आहुती दिंदा यिनले देवतालाई दिंदा गोप्यरूपमा केही भाग असुरहरूलाई पनि दिने गर्दथे । देवराज इन्द्रलाई यो गोप्य थाहा लाग्यो दानवशक्ति बढ्ने आशंका इन्द्रमा जाग्यो । इन्द्र रिसाय विश्वरुपको तीनै शिर इन्द्रले काटिदिए । विश्वरूपको यसरी ज्यान गयो र इन्द्रलाई पनि त्यहाँ ब्रह्महत्या लाग्यो । यो ब्रह्महत्या इन्द्रले चार भागमा बाँडे अनि यो ब्रह्महत्यालाई वरदान सहित पृथ्वी, स्त्री, वृक्ष, जलार्ई िदए । स्त्रीले एकभाग लिए र ऋतुकालमामात्र पतिसँग गरिने सहवास सधैं गर्न सकिने वर्दान पाए । त्यस दिनबाट ऋतुकालको सहवास सधैंलाई नै भयो । रजस्वला त््यही पापको रूप मानिन्छ । यो ऋतुकाल महिना महिनामा घुमी घुमी आउँछ । तीन दिन नारीको मुख सम्म नहेर्नु भन्ने कुरा गरुडपुराणमा भनिएको छ । पुराण अनुसार स्त्रीलाई रजस्वला पहिलो दिन चाण्डाली सरह दोस्रा दिन सोही नारी बह्मघातिनी सरह तेस्रो दिन धोविनीसरह्को रूपमा लिइन्छ । यस्ता नारी चौथो दिनमा सुद्ध हुन्छन् तर देवपितृ पूजा गनर्को  लागि भने सात दिन कुर्नु पर्ने भनिएको छ । पुराणले भन्छ नरकबाट आएकाको जन्म यिनै तीन प्रकारका माताबाट हुन्छ ।  यस ऋतुकालको मध्यमा दिइएको गर्भादानमा पापात्माहरूको जन्म हुन्छ  र चौथो दिनदे्िख समागम गर्दा रजको र वीजको मिलनमा जाँदा,मातापिताको कल्पना जस्तो हुन्छ उस्तै प्रकारको संन्तान जन्मन्छ ्। यस सम्बन्धमा पुराणले केही सावधानी अपनाउने धारणा पनि राखेको छ । यस अवस्थामा स्त्रीको कोख औषधी पात्रको रूपमा लिइन्छ र पुरुषको बीज  अमृततुल्य मानिन्छ । त्यसो हुँदा ऋतुकालको पाँचौं दिन स्त्रीले तीतो टर्रो, ्पिरो  क्षार,तीक्ष्ण र धेरै तातो  खाना खान हुँदैन ता कि कोखमा असर नपरोस् । साधारण भोजनको ग्रहण हुनु पर्छ ।् स्त्रीले मात्र हैन पुरुषले पनि ताम्बूल र पूmलको माला लगावस्, चन्दनबाट  सुगन्धित होस् साथै सुन्दर कपडा लगावस्  । शुद्धमन स्वच्छ भावना सुन्दर कल्पना गरेर स्त्रीको  शैयामा जावस्  किनकी वीर्य पतनको समयमा लोग्ने मानिसको चित्तमा जस्तो कल्पना हुन्छ त्यस्तै स्वभावको सन्तान जन्मन्छ  । जब रज र बीजको मिलन हुन्छ र अस्तित्वमा आउँछ । गर्भमा त्यो यसरी बढ्छ कि  जसरी चन्द्रमाको अभिवृद्धि हुन्छ । शुक्रकण चैतन्य बीजको रूपमा स्थित रहन्छ । जब काम चित्त तथा शुक्र ऐक्यभाव प्राप्त गर्द छन् तव बीजले निश्चित रूप धारणा गर्दछ । सहवासमा रजाधिक भयो भने कन्याको जन्म हुन्छ र सहवासमा शुक्राधिक भयो भने पुत्र हुन्छ जन्म अनि रज शुक्र समभए नपु्ङसक हुन्छ ।
 गरुण पुराणमा  भनिएको छ कि गर्भदानको पनि समय हुन्छ । युग्म तिथिमा सहवास गरे छोरो हु्न्छ र अयुग्ममा सहवास गर्दा छोरीको जन्म हुन्छ । त्यसोहुँदा छोरो यदि चाहिएमा युग्म तिथि रोजौं र छोरीको चा्हनालाई अयुग्म तिथि नै रोेजौं । स्त्रीको ऋतुकाल सोह्र दिनको हुने भएकोले प्रथम साता सहवासमा जान भन्दा दोस्रो ्सप्ताहमा सहवासमा जानु उचित हुन्छ । यसमा पनि चौधौं रात्रीको सहवासमा यदि गर्भ रहन्छ भने त्यो सन्तान गुणवान, धनवान, धर्मनिष्ठ जन्मन्छ । यो गर्भको सम्भावना साधारणको लागि त्यति सहज छैन ।  प्राय गर्भ आठौं रात्रीको मध्यमा रहन्छन्््््््््््््््््््््््््््््््््््््््््््््््् । जब रज र बीजको समायोजन हुन्छ समायोजनको रातमा (क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा(बुद्बुद् रूप, दशौ दिनमा वयरको स्वरूप चौधौे दिनमा मांसरूप,त्यसपछि मासपेसीले पूर्ण अण्डा आकारमा पुग्दछ ।
मासेन तु शिरो द्वाभ्यां बाह्वङ्गाद्यङ्गविग्रहः । नखलोमास्थिचर्माणि लिङ्गच्छ्द्रिोदभवस्त्रिभिः ।।७।।
चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः । षड्भिर्जरायुणा वीतः कुभ्राम्यति दक्षिणे ।।८।
।मातुर्जग्धान्न्पानाद्यैरेधद्धतुरसम्मते  । शेते विण्मूयोर्गर्ते स जन्तुर्जन्तुसम्भवे ।।९।।
गरुणपुराण(ुसारोद्धार  सानुवाद (पृष्ठ७४)
एक महिनामा शिर, दुई महिनामा बाहु आदि शरीरका सवै अङगहरू।तेस्रो मासमा मज्जा तथा अस्थि नङ, लोम, चर्म लिङ्गबोधछिद्र उत्पन्न हुन्छन् चतुर्थ महिनामा रस, रक्त,मासु मेदा, अस्थि मज्जा अनि शुक्र यी सात धातु उत्पन्न हुन्छन् पाँचौ महिनामा भोक र प्यास पैदा हुन्छ,छैटौं मासमा जरायुजले लपेटेको अवस्थामा हुन्छ र आमाको दाहिने कोखमा घुम्दछ र आमाले खाएको खाना खाएर विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा,सुति रहन्छ ।
गरुणपुराण(सारोद्धारमा लेखिएको र संक्षिप्त गरुणपुराणमा लेखिएका विवरणमा केही भिन्नता देखिएको छ ।
संक्षिप्त गरुणपुराणमा लेखिएको विवरणमा( समायोजनको रातमा (क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा(बुद्बुद् रूप,चौधौे दिनमा मांसरूप,त्यसपछि त्यो घनीभूत मासु गर्भमा रहेर वीसौं दिनतक पिण्डरूपमा बढ्छ । पचीस दिनमा शक्ति र पुष्टताको संचार हुन्छ । एक महिना हुँदाको साथमा पञ्चतत्वयुक्त हुन्छ, । दोस्रो महिनामा त्वचा र मेदा बन्न जान्छ तेस्रो महिनामा मेजा र अस्थि चौथो महिनामा केश र औंला, पाँचौं महिनमा कान नाक तथा वक्षस्थलको निर्माण हुन्छ, छैटौं महिनामा लागेपछि कण्ठ, रुन्ध्र, र उदर,सातौ मासमा गुह्यादि भागको निर्माण आठौं महिनामा सबै अङ्गले पूर्णता पाउँछन् । यस अवस्थामा बच्चा आमाको कोखमा बारंबार चल्न थाल्छ । नवौं महिनामा त्यो गर्भस्थ शिशुको ओजगुण परिपक्क हुन्छ । अब हामी गरुडपुृराण (सारोद्धारतिर लागौं ।
गर्भमा रहँदा विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा,सुति रहँदा,कृमिद्वारा उसको कमलो शरिरलाई टोक्न थाल्छन् असहजताले गर्दा शिशु मुर्छा समेत पर्छ । आमाले तीतो टर्रो पीरो गरम नुन खाना खान्छिन्, कतिपय खानाले बच्चालाई असहजता हुन्छ कतिपय खानाले बच्चालार्ई पौष्ष्टिकता् दिन्छ । यस अवस्थाममा गर्भमा बच्चाको पीठ अनि गर्दन कुण्डलकार रूपमा अवस्थित हुन्छन् ।््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््् शरिर सालले घेरको हुन्छ । उसले आफ्नो शरिरको संरक्षण गर्न सक्दैन । स्््य््््््््््््््ै््््््््््््ं्््््््््््््् ्््््््््््््व्््््््््््ष््््््््््््््््््््््््््े्््््््््््र्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््् ्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््पहिलेका कर्महरू स्मरण हुन जान्छन्् । शुभ अनि अशुभमा गरिएका कर्म धर्मआदिको स्मरण गर्दा गर्दै लामो सास फेर्छ र कष्टदाई अवस्थामा गर्भबाटै ऊ विष्णुको नाम (विकलवाणीमा ) लिन्छ  ।  यस अवस्थामा प्र्सुतिवायुले चलाई राख्ने काम विष्णुमा भक्ति चढाउँछ । नम्र वाणी सजाएर भगवानमा भक्ति गर्छ उस्ले भन्न थाल्छ(लक्ष्मीपति जगतका तिमी नै हौ आधार अशुभलाई नाश गर्छौ र शुभ कर्म गर्नेलाई शरणमा लिन्छौ सारा दुःख कष्ट भोग्न भने आज एक्लै  परेको छु ।ं मैले गरेका कर्मको फल भोगीहरू आज अलग नै भए तर आज मैले पूर्वको कर्मफल एक्लै भोग्न परेको छ । भगवानसँग मेरो विन्ति छ कि म योे गर्भबाट बाहिरिन पाऊँ । बाहिरिएपछि मैले सारा कर्म मुक्ति प्राप्तिको लागी गर्ने छु । त्यसोहुँदा मलाई वाह्य गमन ठाऊँ प्रदान होस् । ह्ुनत संसारिक चक्रबाट मुक्ति चाहेको छु त्यसोहुँदो मेरो मुक्ति गर्भमा नै आओस् । किनकी गर्भबाट बाहिरिएपछि पाप कर्म सुरु हुन्छ । यस्तो विन्तिभाव गर्ने उक्त ऋषिकल्प दश महिनामा जन्म लिनु र्पछ अरू विकल्प छैन । प्रसूतीवायु सकृय भै प्रसूती व्यथा लाग्छ । शिर तल गराएर शिशु बहिरिने प्रयास गर्दछ । अति कष्ट सहँदै शिशु बाहिर आउँछ । त्यतिवेला प्राण वायु लिन कठीन पर्छ । बालकको चेतन पनि नष्ट हुन जान्छ त्यसो हुँदा बालक त अत्याधिक रुन्छ । गर्भमा रुग्णावस्थामा, श्मशान भूमिमा पुराण(परायण ÷श्रवणमा, स्थिर बुद्धिमा मानव जसरी स्थिर हुन्छ त्यंंसरी स्थिर हुन सकेमा मानिस सांसारिक बन्धनबाट मुक्त हुन जान्थ्यो तथा सबै जीवले मुक्ति  पाउँथे तर कर्म भोगबाट अन्तर जीव गर्भबाट बाहिर आउँछ तर यो संसारलाई ढाकेको वैष्णवी मायाले उस्लाई पनि ढाक्छ र ऊ मोहित हुन जान्छ । मायाको स्पर्शले ऊ विवश हुन्छ र ऊ बोल्न सक्दैन त्यसो हुँदा प्रयुक्त शैशवादि हुने सबै खाले दुखहरू  पराधिन सरह भएर भोग गर्दछ ।
किनकि उसलाई लालन पालन गर्ने वालाले उसको इच्छ्यालाई बुझ्न सक्दैनन् । उसको आवश्यक्तालाई बुझ्न नसकि विपरित वातावरण बन्न जान्छ । पसिनाबाट उत्पन्न हुने जुम्रा उडुस आदिको टोकाइ तथा दिशा पिसावमा गाडिएर सुतिरहनु पर्दछ । ऊ उठ्न खोज्छ सक्दैन । जीउ चिलाउँ छ कनाउन सक्दैन । अरु चीज गर्नमा ऊ असमर्थ रहन्छ ।   ज्ञान शून्य अवस्थामा,  शिशुका कोमल मासुमा,विविध खाले कीराहरूको टोकाइ सहँदै शैशव अवस्था पार हुन्छ ।
शैशव अवस्था पारगरे पछि ऊ पौगण्डावस्थामा प्रवेश गर्छ (५बर्षदेखि १० बर्षे अवस्था)। यो अवस्थामा पनि उसले दुःख नै भोग्छ । ऊ स्वतन्त्र हुँदैन,उसले चाहेको प्राप्त गर्न सक्दैन ।यसरी नै पौगण्डावस्था पार गरी ऊ युवावस्थामा प्रवेश गर्छ । यो अवस्थामा पनि उसले अभैm बढ्ता दुख भोग गर्दछ किनकी  यो समय  काम क्रोध ईष्र्याले भरिएको हुन्छ । त्यसोहुँदा यो उमेर अति कष्टदाई हुन्छ । युवा अवस्थामा उसले आसुरी (दानवी) सम्पत्ति प्राप्त गर्छ । आसुरी ((दानवी)  सम्पत्ति भनेको गीतामा यसरी प्रष्ट पारिएको छ
दम्भोदर्पोऽभिमानश्च क्रोधः पारुष्यमेवच
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरिम्
(गीता  १६÷४)
(हे पार्थ ! दम्भ ,घमण्ड, अनि अभिमान तथा क्रोध कठोरता र अज्ञान पनि (यी सबै आसुरी (सम्पदालाई लिएर उत्पन्न भएको पुरुषका लक्षण हुन्)।
आसुरी सम्पत्ति प्राप्त गरे पछि ऊ दुव्र्यसनमा आशक्त हुन्छ । नीच व्यक्तिसँग सम्बन्ध राख्छ । ऊ कामलम्पट बन्दछ । शास्त्र र सत्पुरुषसँग द्वेष गर्छ । सबैलाई घृणा गर्दछ । भगवानकी मायारूपी स्त्री देखेर आफ्ना ईन्द्रियलाई बसमा पार्न सक्दैन स्त्रीमा आशक्त भएर, स्त्रीको भावभङ्गीमा प्रलोभित भएर,महामोहरूप अन्धतमले गर्दा बत्तीमा जसरी पुतली पर्छन् ऊ त्यसरी नै पर्दछ । यो संसारमा हिरण शब्दमा, हात्ती स्पर्शमा, पतङ्ग रूपमा, भमरा गन्धमा र माछा रसमा आसक्त भएर मारिन्छन्  भने एउटा प्रमादी  व्यक्तिले पाँच इन्द्रिबाट पाँचै विषयमा भोग गर्दछ भने ऊ किन नमारिनु, ऊ मारिन्छ नै  । अभीप्सित (अति चाहना गरेको) बस्तुको प्राप्ति भएन भनेर अज्ञानका कारण मानिसमा क्रोध उठ्छ र क्रोधका कारण त्यो कामुक मान्छे स्वयम् आफ्नै नाश गर्न दोस्रो कामुक मानिससँग लड्न जान्छ । यो अवस्थामा त्यो कामुक मानिसलाई अर्काे कामुक मानिसले त्यसरी मार्छ जसरी एक बलवान हात्ीले निर्बल हातीलाई मार्छ ।
बास्तवमा सयौं योनिलाई पार गर्दै अमूल्य मानव योनि पाइन्छ। मानव शरीर पाएर पनि द्विजत्व प्राप्त गर्नु दुर्लभ छ । अतिदुर्लभ द्विजत्व प्राप्त गरेर पनि जस्ले द्विजत्वलाई धर्मकर्म द्वारा बचाउँदैन केवल ईन्द्रियलाई तृप्त पार्नमा नै प्रयासरत रहन्छ, त्यसले आफ्ना हातमा आएको अमृतस्वरूप अवस्थालाई आफ्नै प्रमादबाट नष्ट गर्दछ ।
मानिसमा बृद्धावस्था आउँछ । मानिसको बृद्धा अवस्थामा महान् रोगव्याधिले सताउँछ । ऊ व्याकुल हुन्छ र मृत्युलाई स्वीकार्दछ पुनः ऊ पूर्ववत महान कष्टकर नरकमा जान्छ, ऊ जन्म(मरणको चक्रमा फस्छ र उसले वैराग्यता कहिल्यै प्राप्त गर्न सक्दैन ।
(यो लेख गरुडपुराणको छैटौं अध्याएको सारभाव हो)
सन्दर्भ सामाग्री(
१. संक्षिप्त गरुडपुराण (सचित्र, मोटा टाइप, केवल हिन्दी) गीताप्रेस, गोरखपुर,सं.२०६७ चौधहवाँ पुनर्मुुर्द्रण
२. गरुडपुराण(सारोद्धार सानुवाद गीताप्रेस, गोरखपुर,सं.२०६५ बारहवाँ पुनर्मुुर्द्रण

गरुडपुराणले अथ्र्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना
मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अथ्र्याई रहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मे पछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो े स्वर्गलोकको भोग  धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ ।यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् । यस्तो जन्म दिन आमा बाबुले पनि गर्भदान र गर्भधारणमा सचेत हुनुपर्छ । मातापिताले अपनाउने नियम(विधानमा गरुणपुराणमा भनिएको  छ कि नारीको चारदिनसम्म ऋतुकालमा, सङ्गममा नारीहरू त्यज्य हुन्छन् किनकी इन्द्रले विश्वरूपलाई मार्दा इन्द्रलाई ब्रह्महत्या पाप लागेको थियो र यो पाप नारीलाई पनि चौथाई भाग दिएका थिए र यसको सट्टा ऋतुकालको यौन सम्पर्क सधैं गर्न सकिने बरदान पनि दिएका थिए । रजवती धर्म त्यो ब्रह्महत्याको पापको चिनोको रूपमा लिइन्छ र महिना महिनामा रज बग्छ । तैत्तिरीयसंहिताको धारणामा ंरजस्वला भएकी नारीका साथ, वार्तालाप, शयन, पाक्यखाना त्याग्नु पर्छ भनिएको छ । यसरी नै सुश्रुतसंहिता (शरीरस्थानम् २÷३३)ले रजस्वला भएकी महिलासँग गमनबाट जन्मने बच्चाको नेत्र(ज्योति गुम्नु आयु र तेज नष्ट हुन्छ, भनिएको छ । यसरी नै मनु(४÷४१) को अनुसार नेत्र(ज्योति गुम्छ । सुश्रुतसंहिता( शरीरस्थान(२÷३३) को मार्गदर्शन पढदा प्रथम र द्वितीय दिन सहवास गर्दा यदि त्यस वेला गर्भ नै रहन्छ  भने प्रसवकाल(प्रसूतिगृहमै त्यो बच्चा मर्छ  । तेस्रो दिनको सहबासमा गर्भ रह्यो भने यस्तो जन्मे अङ्गहीन र अल्पायु पो हुन्छ भनिएको छ । लिङ्गपुराण अनुसार  ऋतु सहबासमा, चौथो दिन रहन जाने  गर्भधानमा अल्पायु, विद्याहीन, व्रतभ्रष्ट, पतित,परस्त्रीगामी दरिद्र जन्मन्छ भनिएको छ । यसरी रजस्वलामा गमन गर्न हुन्न भन्ने पाइन्छ । वैज्ञानिक स्वास्थ विज्ञानमा अध्ययन गर्दा पनि रजस्वलामा गमन गर्नु उपिचत ठानिदैन । रजस्वलाको चौथो दिनमा स्नान गरेर प्रयोगमा ल्याइएका कपडालाई धोएपछि र नुहाएपछि नारी शुद्ध हुन्छे तर देव पूजा र पितृ पूजा गर्नु पर्दा खेरी सात दिन कुर्नु पर्छ  भनिएको छ । ऋतुकालको सात दिनभित्र गर्भधारणमा जन्मलिने बच्चा दुष्ट चित्त भावनाको हुन्छ । त्यसो हुँदा ऋतुकालको सात दिन छोडी आठौ दिनमा सहबास गर्दा छोरा जन्मन्छ । अर्थात समरात्री सहवास छोरा हुन्छ र विषमरात्री सहबासमा रहेको गर्भले छोरीको जन्म हुन्छ । ऋतुकाल रज दर्शनको सोह्र रात्री हुन्छ र चौधौं रातीको सहबासले छोरा जन्म दिन्छ  । यो पुत्र गुणवान, भाग्यवान धार्मिक हुन्छ  र सर्ब साधारण व्यक्तिले त्यस्तो मौका  पाउन दुर्लभ हुन्छ भनिएको छ । यस अवस्थामा खानपानमा पनि सावधानी अपनाउन पर्ने । खास गरेर पाँचौ दिनमा नारीलाई मधुर खाना खान नून चुक तातो पीरो बाट टाढा रहुन भनिएको छ । किनकी यस्तो खाना नखानाले( औषधीे(पात्र समान गर्भाशय बन्न जान्छ यस पात्रमा वीउ रोपण अमृत तुल्य हुन्छ  र यस्तो स्थापित वीजले राम्रो सन्तान दिन्छ । पुरुषले पनि खानपानमा ताम्बूललाई खानु पर्छ, चन्दन पुष्पमाला, राम्रो बस्त्र लाउनु पर्छ  र राम्रो शैया सजाएर धार्मिक भाव बनाएर आनन्दमा दुबैले समागम गर्नु पर्छ । किनकी गर्भाधानको समयमा पुरुषको मनोवृत्ति जस्तोप्रकार हुन्छ सोही स्वभावमा जीव गर्भ प्रवेश गर्दछ । त्यो वीऊ चैतन्यांश(चेतनाको अंशको रूपमा) पुरुषको शुक्रमा रहेको हुन्छ जब स्त्रिको पूmलसँग शुक्रले एकत्वलाई प्राप्त गर्छ तब गर्भ धारणा हुन्छ  । यसरी शुभकाल,  शुभकर्म, शुभऋतुमा सबै कर्महरू गर्दा उच्चग्रहमा पूण्यात्माको जन्म हुन्छ । उच्च ग्रह भन्दा  (ताजिक नीलकण्ठी, बृहत्पाराशरहोरा शास्त्रका अनुसार उच्च ग्रह भन्दा मेष राशिमा  सूर्य, वृष राशिमा चन्द्रमा, मकर राशिमा मङ्गल, कन्या राशिमा बुध, कर्क राशिमा गुरु, मीन राशिमा शुक्र र तुला राशिमा शनि भएका ग्रहलाई उच्च ग्रहमा जन्म लिएको मानिन्छ  ) । गरुणपुराणले, यस्ता उच्चग्रह लिएर जहाँ बच्चा जन्म हुन्छ त्यो बालक विद्या विनयले युक्त बन्न जान्छ, भनेको छ । माता पितासँग घरमा आनन्दले बढ्छ , सत्पुरुषको सङ्गत हुन्छ, सबै शास्त्र उस्ले पढ्छ र शास्त्रमा पारङ्गत हुन्छ । यौवनतालाई उस्ले छुन्छ । यस अवस्थामा पनि  धनी, दानी र सुन्दर बन्छ र साथै सुन्दर स्त्रीलाई भोग्न पाउँछ । पूर्व कृत्य तप तीर्थ अनि पुण्यफल आदि कर्मको उदयले गर्दा उसको दिल आत्मा परमात्मामा लीन हुन्छ । जब  दिलबाट आत्मा अनात्माका सम्बन्धका बरेमा सोच्न थाल्छ यो सोचाई बाट उसको आप्mनै दिलमा ज्ञानको ज्योति बाल्न सफल हुन्छ र यसरी उसलाई सांसारिक भ्रमको बारेमा थाहा लाग्छ । बास्तवमा मानिस भ्रममा प¥यो भने रसीलाई नै सर्प सम्झन बेर लाग्दैन तथा सचिदानन्दब्रह्मरूप छाडेर उसको मन अवस्तुमा सर्छ । यथार्थ के हो भन्ने कुरा जानकारीमा आए पछि तथा बोध भएपछि  ब्रह्मरूपी सत्य वस्तुमा आकर्षक हुन्छ र सत्यरूपी ब्रह्मको चिन्तन गर्छ  । यस विषयमा विष्णुले गरुडलाई संसारिक पदार्थ रूप ( अनात्म वर्गहरू) पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई स्थूल भूत हुन् र यिनै ५वटा स्थूल भूतबाट यो पिण्डको (शरीरको) निर्माण हुन्छ भनेका छन् ।  यिनै पाँच तत्वबाट बनेको हुनाले यो शरीरलाई पञ्चभौतिक भनिन्छ । शरीरमा पृथ्वी गुण भएका तत्वहरू(शरीरमा पाइने हाड  छाला, नसा, रोम र मासु , यी पाँचलाई भूमि(पृथ्वी)को गुण भएका भनिन्छ । शरीरमा भएका ¥याल, मूत्र, शुक्र, मज्जा(मासी) र रगत, यी पाँच जलका गुण हुन् । शरीरका क्षुधा (भोक), प्यास, आलस्य,  निन्द्रा र कान्ति लाई तेजका गुणको रूपमा लिइन्छ । शरीर खुंम्चिनु, दगुर्नु, फडकनु, फैलनु र चेष्टा गर्नु यी पाँच वायुका गुण हुन् । घोष (कराउनु), छिद्र, गाम्भीर्य, श्रवण, सर्वसंश्रय (सबै तत्वलाई आश्रय प्रदान गर्ने) आकाशका गुण हुन् । मन, बुद्धि, अहंकार र चित्त यी चारलाई अन्तस्करण भन्दछन् । यी पूर्व जन्ममा गरेका कर्महरूको निवास स्थान हो भनिन्छ । श्रीरका कान, छाला, आँखा, जिभ्रो र नाक पाँच ज्ञानेन्दिय हुन् । कर्मइन्द्रिय(वचन, हात, खुट्टा, गुदा, र उपस्थ(लिङ्ग)  कर्म इन्द्रिय हुन् । ज्ञान इन्द्रियका देवताहरू(  दिशा, वायु,  सूर्य ,वरुण र अश्विनिकुमार।  कर्म इन्द्रियका देवताहरू( अग्नि, इन्द्र, उपेन्द्र, मित्र र प्रजापति  नाडी÷नारी (देहमा दशवटा प्रधान नारीहरू छन् । यी नारीहरूमा इडा, पिङ्गला, सुषुम्णा, गान्धारी, गजजिह्वा, पूषा  र यशस्विनी अलम्बुषा, कुहू, र शंखिनी ।
 वायु र वायुको बासस्थान( यो शरीरमा दश वायु हुन्छन् । यी दश वायुमा  प्राण, अपान, समान,नाग, कूर्म, कृकल, उदान तथा व्यान देवदत्त  र धनञ्जय पर्दछन् । यी वायुको बासस्थान छन् (हृदयमा प्राणवायु, गुदामा अपानवायु, नाभीमण्डलमा समानवायु, कण्ठदेशमा उदानवायु, पूर्ण शरीरमा व्यानवायु , डकारमा नाग वायु,  चिल्नेमा कूर्म ,भोक जगाउनेमा कृकल वायु, देवदत्त हाई र धनञ्जय सर्बव्यापीरूपमा हुन्छ । धनन्जय वायुले त मरेपछि पनि साथ दिन्छ ।
खाना परिचालन गर्ने वायु (जीवको शरीर खानामा निर्भर रहन्छ  । एक एक गास अन्नले शरीरलाई पुष्ट पार्दछ र खाएको अन्न रसलाई व्यान वायुले् परिचालन गर्छ । उदरमा वायुले अन्नलाई र पाकस्थलीमा दुई भाग गर्छ । अन्न र जल पृथक गर्दै गुदातिर सर्छ । पेटमा रहेको जठाराग्नि माथि जल, जल माथि अन्न राख्छ । अग्नि भन्दा तल स्वयम् प्राण वायु बस्छ । वायुले नै अग्निलाई शनै शनै बाल्न थाल्छ । बल्दो अग्नि(अन्नलाई किट(मल) र रसमा ढाल्छ ।  विभाजित रसलाई व्यानवायु सकृय भइ सम्पूर्ण शरीरमा रसलाई पु¥याउँछ  । यसरी छुट्टिएका मललाई बायुले शरीरका बाह्र अ्रोटा बाटाबाट सजिलै बाहिरतिर फाल्छ । यी बाह्र बाटा भनेका नाक कान, आँखा, जिब्रा (मुख), दाँत, नाभी, नङ, गुदा, (गुप्ताङ्ग) ,लिङ्ग, नसा, रोमकूप तथा शरीरका छिदहरू हुन् । यी बाटो हुँदै विविध मैला बाहिर निस्कन्छन्  ।
गरुणपुराणले मानव शरीरका दुई स्वरूपमा विभाजन गरेको छ । यी व्यवहारिक स्वरूप र पारमार्थिक स्वरूप हुन् । यो व्यवहारिक स्वरू साढे तीन करोड रौंले ढाकिएको छ । यस मध्येमा  सातलाख केश छन् । वीस नङ् र बत्तीस दाँत,छन् । मासु हजार पल (एक पलमा चार तोला हुन्छ), रगत एकसय पल, वोसो दश पल, छाला सत्तरी पल, मज्जा (मासी ) बाह्रपल, शुद्ध रगत (महारक्ती) तीनपल, शुक्र दुई कुडव (वीस माशा) र स्त्रीमा रज एक कुडव  (दश माशा) सम्पूर्ण शरीरमा ३६० हाड, साना ठूला गरी नशाहरू करोडौं, पित्त २५ पल र कफ पच्चीस पल  हुन्छ । यसमा निरन्तर गरिने विष्टा र मूत्रको गणना  निर्धारण गरिएको छैन । अर्को स्वरूप भनेको (पारमार्थिक स्वरूप हो । यस स्वरुपमा चौध भूवन, सबै पर्वतहरू, सबै द्वीपहरू, सबै सागरहरू, आदित्य आदि नवग्रहहरूलाई तुलना गरिएको छ । यी सबै यही देहमा पाइन्छन् । यस देहमा षटचक्रहरू  छन् । ब्रह्माण्डमा जुन जुन गुणहरू पाइन्छन् । ती सबै यो शरीरमा पनि पाइन्छन् ।
गरुणपुराण भन्छ पारमार्थिक शरीरमा मूलधार आदि छः चक्र छन् । यिनलाई योगिहरूको धारणा गर्ने स्थान पदलाई ध्यानमा ल्याइन्छ जस्को ध्यानको कारण बाट जीव पनि विराटरूपको भागी हुन्छ । कटी भन्दा तल सातलोक मानिएका छन् । पैतलाको तल्लो भाग जस्लाई हामी तलुवा भन्दछौं लाई तललोकल मानिएको छ । पैतलाको माथिको भाग वितललोक मानिएको छ भने यसरी नै घुँडामा सुतललोक, तिघ्रामा महातललोक,, तिघ्राका मूलमा तलातललोक, गुह्यस्थानमा रसातललोक, कटिमा पाताललोक,कटी भन्दा माथिमा (सातलोक) , नाभीको मध्य भागमा भूर्लोक, नाभी माथिको भागमा भूवर्लोक, हृदयको भागमा स्वर्गलोक, कण्ठको भागमा महर्लोक, मुखमा जनलोक, ललाटमा तपोलोक र ब्रह्मरन्ध्र(तालुमा) सत्यलोक रूपमा लिइएको छ ।
 शरीरमा अवस्थित पर्वतहरू (गरुडपुराणमा भनिएको छ । यो शरीर सात सुमेरु पर्वतले सजिएको छ । कम्मरको हाड (त्रिकोण) मा सुमेरु पर्वत,अधः कोणमा (तल्लोमा) मन्दराचल, दक्ष (दाहिने)कोणमा कैलास पर्वत, देव्रे(वाम)कोणमा हिमाचल ऊध्र्वरेखा(माथिल्लो भाग)मा निषध पर्वत, दाहिनेपट्टीको रेखामा गन्धमादन र वामरेखामा रमणाचल पर्वत उक्त स्थानहरूमा अवस्थित छन् यसरी गरुणपुराणले पारमार्थिक शरीरमा सात द्वीपहरू पनि अवस्थित छन् भन्दछ ।  यी द्वीपहरूमा अस्थि (हाड)मा जम्मू द्वीप, मज्जा (मासिमा) शाक द्वीप, शिरा (नसा)मा क्रौञ्च द्वीप, छालामा शाल्मली द्वीप, रोम समूहमा गोमेद द्वीप र नङमा पुष्कर द्वीप हुन् ।
सागरहरू( यी द्वीपहरूको अन्तरमा सागरहरू पनि अवस्थित छन् । यी समुद्रको अवस्थिति ( मूत्रस्थानमा क्षारसागर, दूध स्थानमा क्षीरसागर, कफ स्थानमा सुरासागर, मासी(मज्जा)मा घृतसागर, शरीररस्थ रसमा रससागर रगतमा दधिसागर र लम्बिका(किलकिले) मा स्वादू (स्वादिलो) सागरको रूपमा लिइएका छन् ।
ग्रहको निवास स्थान (यसै शरीरमा ग्रहहरूको अवस्थित स्थितिलाई गरुणपुराणले यसरी चित्रिण गरेको छ । , नादचक्रमा सूर्य, विन्दुचक्रमा चन्द्रमा, नेत्रमा मङ्गल, हृदयमा बुध, विष्णु स्थानमा वृहस्पति, शुक्र स्थानमा शुक्र, नाभिस्थानमा शनिश्चर, मुखमा राहु र वायुको स्थानमा केतु गरी सम्पूर्ण ग्रहमण्डलले यो पारमार्थिक शरीरमा  आफ्नो स्थान जमाएका छन् ।  त्यसो हुँदा यो शरीरमा ब्रह्माण्डको चिन्तन  गर्नु पर्दछ । प्रभात कालको ब्रह्ममुहूर्तमा सधै पद्माशन बाँधेर षडचक्रको चिन्तन गर्नु पर्दछ र यथाविधिमा अजपा(जप गर्नु पर्दछ । अजपा नामकी गायत्री देवीले मुनिहरूलाई मोक्ष प्रदान गर्दछिन् । यिनिको संकल्पमात्रले मानिस सबै पापबाट मुक्त हुन्छन् ।
अजपाको उत्तमचक्र ( यो भनेको प्रत्येक सास तान्दा र फ्याक्दा थाहै नपाई जपिने गायत्री मन्त्र हो ।  विद्वानहरूको कथन छ  कि एक दिनरातमा २१६०० स्वासलाई लिने छोडने गरिन्छ (सूक्ष्मगति हुन्छ)  । हं को आवाजमा श्वास बाहिर आउँछ र स  को आवाजमा श्वास भित्रजान्छ । यही हंसको तात्विकरूपमा जीव (जीवात्मा) ले परमात्मालाई निरन्तर जप्दछ । यसैलाई अजपा भन्दछन् । यो मन्त्रलाई अजपा भन्दछन् । यसको सङ्कल्प गर्दा मुक्त भइन्छ ।  यो मन्त्र गणेशको लागि ६०० ब्रह्माको लागि ६०००, विष्णुलाई ६०००शिवजीलाई ६००० जीवलाई १०००, गुरुलाई एक हजार, चिदात्मालाई १००० गरी जप संख्यलाई समर्पण गर्नु पर्दछ । अरुणादि सत्संप्रदायलाई जान्ने मुनिहरूले ब्रह्ममयूख(किरण)लाई चिन्तन गर्दछन् । शुकदेव आदि मुनिले पनि आफ्ना शिष्यलाई उपदेश दिन्छन् ।त्यसो हुँदा बुद्धिमानहरूले महापुरुषको प्रवृतिलाई विचार गरी यो चक्रमा ध्यान गर्नु पर्दछ । सबै चक्रमा अनन्य भावबाट  यी देवताको मानसिक पूजा गर्नु पर्दछ । गुरुको उपदेश बमोजिम गायत्रीलाई जप्नु पर्दछ ।  हजारदल भएको कमलको तल,(तलतिर मुख फर्केको) छिद्रमा हंस स्थानमा बसेका श्री गुरुको वर तथा अभयमुद्रायुक्त दुबै हातका कमलहरूमा स्थितिवाला श्री गुरुको ध्यान गर्नु पर्दछ । स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ ।गुरुको चरणबाट निस्केको अमृतमय धाराले  आफ्नो शरीरलाई पखालेको जस्तो चिन्तन गर्नु पर्दछ ।पंचोपचारले पूजा गरेर स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ । यस पछि कुण्डलिनीलाई ध्यान गरर्नु पर्दछ ।  यिनी षट्चक्रमा साढे तीन वलय(घेरा) मा स्थित छन् र स्वासको गतिसँगै तल  माथि गरी षटचक्रहरूमा हिडदछिन् । त्यस पछि ब्रह्मरन्ध्रबाट बाहिर सुषुम्ना नामको स्थान( प्रकाश मार्ग) लाई ध्यान गर्नु पर्दछ । यस मार्गबाट  जाने मानिसले विष्णुको परम पदलाई प्राप्त गर्दछ । यो पद कस्तो भने विष्णुबाट चिन्तन गरिएको, आनन्दस्वरूप, स्वप्रकाश, सनातनरूपको लाई सदा ध्यान गर्नु पर्दछ । गुरुको उपदेशलाई पालन गर्ने र मनलाई निश्छल पार्नु पर्दछ । गुरुको उपदेशलाई छाडेर आँफै गर्नु हुँदैन किनकि साधक पतन हुन सक्छ । अन्तर्याग (यसमा गणेशको पूजा)गरेर पछि वहिर्याग(यसमा विष्णु र शिवको पूजा गर्ने ) गर्नु पर्दछ । स्नान सन्ध्या गरेर हरि र शिवको पूजा गर्नु पर्दछ  । देह अभिमानीहरूको  (पाञ्चभौतिक शरीरलाई नै आफ्नो शरीर सम्झनेवालाको ) वृत्ति(जीविका) अन्तर्मुखी हुँदैन । यिनको लागि सरलरूपमा गर्न सकिने श्री हरिको भक्ति  नै मोक्ष साधिका हुन सक्छ । तपस्या र योग साधन  पनि मोक्षको मार्ग हो तापनि सांसारिक चक्रमा अल्झिएको व्यक्तिलाई उद्धारको  बाटो भनेको विष्णु भक्ति नै हो । ब्रह्मादि देवताले वेदादि शास्त्रलाई बारंबार विचार गरेर तीन पटक यही सिद्धान्तलाई सुनिश्चित गरेकाछन् । यज्ञादि धर्म जे जति छन् ती सबै चित्त शुद्ध गर्नका लागि हुन् । विष्णु भक्तिलाई जस्ले प्राप्त गर्न सक्छ त्यसले जन्म मरणादि दुःखबाट पीडित हुँदैन । जस्ले भगवान विष्णुको सुकृति आचरण गर्छ ,त्यस्ले सनातन मोक्ष प्राप्ति गर्छ ।
अजपा (जपलाई सधै गर्दा जीवले जीवभावबाट मुक्त पाउँछ । षडचक्र भन्दा मूलाधार, स्वाधिष्ठान, मणिपुरक, अनाहत,  विशुद्ध र आज्ञा पर्दछन् । मूलाधार (गुदादेखि केही माथि लिङ्गदेखि तलको भाग)मा, लिङ्गदेशमा, नाभिमा, हृदयमा, हृदयमा कण्ठमा, आँखीभौंमा र तालुमा क्रमसँग ध्यान गर्नु पर्दछ ।
मूलधारचक्र( चारपाते आकार अग्नि समान, व  देखि स सम्म को (व, श, ष,  स) पर्यन्तवर्णको  आश्रय भएको हुन्छ।
स्वाधिष्ठानचक्र( यो चक्र सूर्य समान द्वीप्तिमान, ६पाते ,ब देखि ल सम्मको   (ब, भ. म. य. र. ल.) पर्यन्तवर्णको आश्रय स्थान भएको हुन्छ ।
मणिपूरचक्र(रातो (रक्तिम) आभावाला दशदल (दशपाते) आकार भएको ड  देखि फ सम्म पर्यन्त वर्ण (ड, ढ, ण, त, थ, द, ध, न, प, फ) को आश्रय स्थान भएको हुन्छ ।
अनाहतचक्र(  आकारमा बाह्रपाते आभामा स्वर्णिम पर्यन्त वर्ण  क देखि ठ सम्म (क, ख,ग घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ) ले युक्त भएको हुन्छ ।
विशुद्धचक्र( यो  चक्र सोह्रदल (सोह्रपात)को आकार भएको सोह्रवटा स्वर ( अ, आ, इ, ई, उ, ऊ,ऋ, ऋृ, लृ, लृृ, ए, ऐ, ओ, औ, अं, अः)ले  युक्त भएको, कमल र चन्द्रमाको जस्तो कान्ति भएको हुन्छ ।
आज्ञाचक्र( यो  चक्र दुई पाते (हं, स) ले युक्त भएको हुन्छ । यो रातो वर्णको हुन्छ ।
सहस्रदल कमलाकार चक्र( यो चक्र सबैभन्दा माथि (ब्रह्मरन्ध्र)मा अवस्थित हुन्छ । हजारदल भएको र देदीप्यमान हुन्छ । यो सधै सत्यमय, आनन्दमय, शिवमय, ज्यातिर्मय  र श्वाश्वतमय (निरन्तरमय) हुन्छ ।
यी चक्रमा क्रमैसँग गणेश, ब्रह्मा, विष्णु, शिव, जीवात्मा, गुरुको साथै व्यापक परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ  । मूलधारचक्रमा गणेशजीलाई, स्वाधिष्ठानचक्रमा ब्रह्माजीलाई, मणिपूरचक्रमा विष्णुलाई, अनाहतकचक्रमा शिवलाई, विशुद्धचक्रमा जीवात्मलाई,आज्ञाचक्रमा गुरुलाई सहस्रारचक्रमा सर्वव्यापी परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ ।
पौराणिक कालका धार्मिक ग्रन्थले, तत्समयका मानवीय जीवनलाई दर्शाएका मार्गदशनले आज पनि हाम्रो संस्कार र धर्ममा अति उच्च स्थान  दिएको छ । त्यस समय अबलम्वन गरिएका मुक्ति मार्ग तथा तत्समयका सामाजिक परिवेशमा विष्णुले गरुणलाई अथ्र्याएको  मानव शरीरमा नै ब्रह्माण्डको अवस्थिति, मानवले गर्न सक्ने विराटभावको मार्ग दर्शन, मानव शरीरको संरचना आदि आदि अति विशिष्ट थिए भन्न सकिन्छ । आजको मानव स्वास्थ विज्ञान निश्चय नै निकै अघि बढेको छ । यसमा कुनै संका छैन । मैले  गरुडपुराणले अथ्र्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना शीर्षकमा यो लेख गणेशपुराण(सारोद्धार पंञ्चदशोऽध्यायः को केही भावानुवाद र केही भावसारबाट तयार पारेको हो । संस्कृतमा लेखिएको यो पुराणलाई मैले हिन्दी नेपालीमा गरिएका अनुवादलाई पनि अध्ययन गर्दै सहयोग लिएर यस लेखलाई तयार पारेको हुम् ।
सन्दर्भ सामाग्री–
१. संक्षिप्त गरुडपुराण (सचित्र, मोटा टाइप, केवल हिन्दी) गीताप्रेस, गोरखपुर,सं.२०६७ चौधहवाँ पुनर्मुुर्द्रण
२. गरुडपुराण(सारोद्धार सानुवाद गीताप्रेस, गोरखपुर,सं.२०६५ बारहवाँ पुनर्मुुर्द्रण