्््््््््््््हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज(पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज(अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज (गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक , कष्ट भोग्दै पुन मृत्युवरण गर्छ ,यो चक्र हो निरन्तर चलिर्हन्छ । त्यसो हुँदा जीवको जन्म(मरण हुन्छ । मानवको अमूल्य जीवन सहज रूपमा प्राप्त हुँदैन । चौरासीलाख जुनी पापीहरुले भोग गरे पछि र पाप पूण्य बराबर भए पछिमात्र नारकीय जीवन छाडी मानिसले अमूल्य नरचोला पाउँछ । ्यो नरचोला प्राप्त गर्दा स्त्री र पुरुषको बीच समागम हुनु पर्छ । समागम गर्दा पुरुषको शुक्रकण महिलाको रजमा गई स्थिर रूप लिन्छ । गर्भ सधै रहने हैन । यसको पनि निश्चित समय हुन्छ । यस सम्बन्धमा स्त्रीमा सर्वप्रथम ऋतुकाल आउँछ । यै ऋतुकलपछि श्रीमान र श्रीमती बीच समभोग हुनु पर्छ । पुराणमा भनिएको छ कि ऋतुकालको तीन दिन स्त्री त्यज्य हुन्छन् । यस समय नारी गमन गर्न हुँँदैन । यसो गर्न नहुनको कारण पनि बताइएको छ कि पौराणिक कालमा त्वष्टा नामका आदित्य देवता थिए ।उनले असुरकुलकी कन्यालाई विवाह गरेका थिए । यिनैबाट विश्वरूप नाम भएको छोराको जन्म भयो । उसका तीन शिर र तीन मुख, थिए । उनले एउटा मुखबाट सोमलताबाट तयार पारिएको सोमरस, एक मुखबाट सुरा र तेस्रो मुखबाट भने अन्न ग्रहण गर्दथे । यिनले देवताहरूको पूजा गर्ने र आहुती दिने काम गर्दथे । यसरी आहुती दिंदा यिनले देवतालाई दिंदा गोप्यरूपमा केही भाग असुरहरूलाई पनि दिने गर्दथे । देवराज इन्द्रलाई यो गोप्य थाहा लाग्यो दानवशक्ति बढ्ने आशंका इन्द्रमा जाग्यो । इन्द्र रिसाय विश्वरुपको तीनै शिर इन्द्रले काटिदिए । विश्वरूपको यसरी ज्यान गयो र इन्द्रलाई पनि त्यहाँ ब्रह्महत्या लाग्यो । यो ब्रह्महत्या इन्द्रले चार भागमा बाँडे अनि यो ब्रह्महत्यालाई वरदान सहित पृथ्वी, स्त्री, वृक्ष, जलार्ई िदए । स्त्रीले एकभाग लिए र ऋतुकालमामात्र पतिसँग गरिने सहवास सधैं गर्न सकिने वर्दान पाए । त्यस दिनबाट ऋतुकालको सहवास सधैंलाई नै भयो । रजस्वला त््यही पापको रूप मानिन्छ । यो ऋतुकाल महिना महिनामा घुमी घुमी आउँछ । तीन दिन नारीको मुख सम्म नहेर्नु भन्ने कुरा गरुडपुराणमा भनिएको छ । पुराण अनुसार स्त्रीलाई रजस्वला पहिलो दिन चाण्डाली सरह दोस्रा दिन सोही नारी बह्मघातिनी सरह तेस्रो दिन धोविनीसरह्को रूपमा लिइन्छ । यस्ता नारी चौथो दिनमा सुद्ध हुन्छन् तर देवपितृ पूजा गनर्को लागि भने सात दिन कुर्नु पर्ने भनिएको छ । पुराणले भन्छ नरकबाट आएकाको जन्म यिनै तीन प्रकारका माताबाट हुन्छ । यस ऋतुकालको मध्यमा दिइएको गर्भादानमा पापात्माहरूको जन्म हुन्छ र चौथो दिनदे्िख समागम गर्दा रजको र वीजको मिलनमा जाँदा,मातापिताको कल्पना जस्तो हुन्छ उस्तै प्रकारको संन्तान जन्मन्छ ्। यस सम्बन्धमा पुराणले केही सावधानी अपनाउने धारणा पनि राखेको छ । यस अवस्थामा स्त्रीको कोख औषधी पात्रको रूपमा लिइन्छ र पुरुषको बीज अमृततुल्य मानिन्छ । त्यसो हुँदा ऋतुकालको पाँचौं दिन स्त्रीले तीतो टर्रो, ्पिरो क्षार,तीक्ष्ण र धेरै तातो खाना खान हुँदैन ता कि कोखमा असर नपरोस् । साधारण भोजनको ग्रहण हुनु पर्छ ।् स्त्रीले मात्र हैन पुरुषले पनि ताम्बूल र पूmलको माला लगावस्, चन्दनबाट सुगन्धित होस् साथै सुन्दर कपडा लगावस् । शुद्धमन स्वच्छ भावना सुन्दर कल्पना गरेर स्त्रीको शैयामा जावस् किनकी वीर्य पतनको समयमा लोग्ने मानिसको चित्तमा जस्तो कल्पना हुन्छ त्यस्तै स्वभावको सन्तान जन्मन्छ । जब रज र बीजको मिलन हुन्छ र अस्तित्वमा आउँछ । गर्भमा त्यो यसरी बढ्छ कि जसरी चन्द्रमाको अभिवृद्धि हुन्छ । शुक्रकण चैतन्य बीजको रूपमा स्थित रहन्छ । जब काम चित्त तथा शुक्र ऐक्यभाव प्राप्त गर्द छन् तव बीजले निश्चित रूप धारणा गर्दछ । सहवासमा रजाधिक भयो भने कन्याको जन्म हुन्छ र सहवासमा शुक्राधिक भयो भने पुत्र हुन्छ जन्म अनि रज शुक्र समभए नपु्ङसक हुन्छ ।
गरुण पुराणमा भनिएको छ कि गर्भदानको पनि समय हुन्छ । युग्म तिथिमा सहवास गरे छोरो हु्न्छ र अयुग्ममा सहवास गर्दा छोरीको जन्म हुन्छ । त्यसोहुँदा छोरो यदि चाहिएमा युग्म तिथि रोजौं र छोरीको चा्हनालाई अयुग्म तिथि नै रोेजौं । स्त्रीको ऋतुकाल सोह्र दिनको हुने भएकोले प्रथम साता सहवासमा जान भन्दा दोस्रो ्सप्ताहमा सहवासमा जानु उचित हुन्छ । यसमा पनि चौधौं रात्रीको सहवासमा यदि गर्भ रहन्छ भने त्यो सन्तान गुणवान, धनवान, धर्मनिष्ठ जन्मन्छ । यो गर्भको सम्भावना साधारणको लागि त्यति सहज छैन । प्राय गर्भ आठौं रात्रीको मध्यमा रहन्छन्््््््््््््््््््््््््््््््््््््््््््््््् । जब रज र बीजको समायोजन हुन्छ समायोजनको रातमा (क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा(बुद्बुद् रूप, दशौ दिनमा वयरको स्वरूप चौधौे दिनमा मांसरूप,त्यसपछि मासपेसीले पूर्ण अण्डा आकारमा पुग्दछ ।
मासेन तु शिरो द्वाभ्यां बाह्वङ्गाद्यङ्गविग्रहः । नखलोमास्थिचर्माणि लिङ्गच्छ्द्रिोदभवस्त्रिभिः ।।७।।
चतुर्भिर्धातवः सप्त पञ्चभिः क्षुत्तृडुद्भवः । षड्भिर्जरायुणा वीतः कुभ्राम्यति दक्षिणे ।।८।
।मातुर्जग्धान्न्पानाद्यैरेधद्धतुरसम्मते । शेते विण्मूयोर्गर्ते स जन्तुर्जन्तुसम्भवे ।।९।।
गरुणपुराण(ुसारोद्धार सानुवाद (पृष्ठ७४)
एक महिनामा शिर, दुई महिनामा बाहु आदि शरीरका सवै अङगहरू।तेस्रो मासमा मज्जा तथा अस्थि नङ, लोम, चर्म लिङ्गबोधछिद्र उत्पन्न हुन्छन् चतुर्थ महिनामा रस, रक्त,मासु मेदा, अस्थि मज्जा अनि शुक्र यी सात धातु उत्पन्न हुन्छन् पाँचौ महिनामा भोक र प्यास पैदा हुन्छ,छैटौं मासमा जरायुजले लपेटेको अवस्थामा हुन्छ र आमाको दाहिने कोखमा घुम्दछ र आमाले खाएको खाना खाएर विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा,सुति रहन्छ ।
गरुणपुराण(सारोद्धारमा लेखिएको र संक्षिप्त गरुणपुराणमा लेखिएका विवरणमा केही भिन्नता देखिएको छ ।
संक्षिप्त गरुणपुराणमा लेखिएको विवरणमा( समायोजनको रातमा (क्लकल रूपमा परिणत हुन्छ , पाँचौ रात्रीमा(बुद्बुद् रूप,चौधौे दिनमा मांसरूप,त्यसपछि त्यो घनीभूत मासु गर्भमा रहेर वीसौं दिनतक पिण्डरूपमा बढ्छ । पचीस दिनमा शक्ति र पुष्टताको संचार हुन्छ । एक महिना हुँदाको साथमा पञ्चतत्वयुक्त हुन्छ, । दोस्रो महिनामा त्वचा र मेदा बन्न जान्छ तेस्रो महिनामा मेजा र अस्थि चौथो महिनामा केश र औंला, पाँचौं महिनमा कान नाक तथा वक्षस्थलको निर्माण हुन्छ, छैटौं महिनामा लागेपछि कण्ठ, रुन्ध्र, र उदर,सातौ मासमा गुह्यादि भागको निर्माण आठौं महिनामा सबै अङ्गले पूर्णता पाउँछन् । यस अवस्थामा बच्चा आमाको कोखमा बारंबार चल्न थाल्छ । नवौं महिनामा त्यो गर्भस्थ शिशुको ओजगुण परिपक्क हुन्छ । अब हामी गरुडपुृराण (सारोद्धारतिर लागौं ।
गर्भमा रहँदा विष्ठा मूत्रको दुर्गन्ध युक्त गर्भाशयमा,सुति रहँदा,कृमिद्वारा उसको कमलो शरिरलाई टोक्न थाल्छन् असहजताले गर्दा शिशु मुर्छा समेत पर्छ । आमाले तीतो टर्रो पीरो गरम नुन खाना खान्छिन्, कतिपय खानाले बच्चालाई असहजता हुन्छ कतिपय खानाले बच्चालार्ई पौष्ष्टिकता् दिन्छ । यस अवस्थाममा गर्भमा बच्चाको पीठ अनि गर्दन कुण्डलकार रूपमा अवस्थित हुन्छन् ।््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््् शरिर सालले घेरको हुन्छ । उसले आफ्नो शरिरको संरक्षण गर्न सक्दैन । स्््य््््््््््््््ै््््््््््््ं्््््््््््््् ्््््््््््््व्््््््््््ष््््््््््््््््््््््््््े्््््््््््र्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््् ्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््पहिलेका कर्महरू स्मरण हुन जान्छन्् । शुभ अनि अशुभमा गरिएका कर्म धर्मआदिको स्मरण गर्दा गर्दै लामो सास फेर्छ र कष्टदाई अवस्थामा गर्भबाटै ऊ विष्णुको नाम (विकलवाणीमा ) लिन्छ । यस अवस्थामा प्र्सुतिवायुले चलाई राख्ने काम विष्णुमा भक्ति चढाउँछ । नम्र वाणी सजाएर भगवानमा भक्ति गर्छ उस्ले भन्न थाल्छ(लक्ष्मीपति जगतका तिमी नै हौ आधार अशुभलाई नाश गर्छौ र शुभ कर्म गर्नेलाई शरणमा लिन्छौ सारा दुःख कष्ट भोग्न भने आज एक्लै परेको छु ।ं मैले गरेका कर्मको फल भोगीहरू आज अलग नै भए तर आज मैले पूर्वको कर्मफल एक्लै भोग्न परेको छ । भगवानसँग मेरो विन्ति छ कि म योे गर्भबाट बाहिरिन पाऊँ । बाहिरिएपछि मैले सारा कर्म मुक्ति प्राप्तिको लागी गर्ने छु । त्यसोहुँदा मलाई वाह्य गमन ठाऊँ प्रदान होस् । ह्ुनत संसारिक चक्रबाट मुक्ति चाहेको छु त्यसोहुँदो मेरो मुक्ति गर्भमा नै आओस् । किनकी गर्भबाट बाहिरिएपछि पाप कर्म सुरु हुन्छ । यस्तो विन्तिभाव गर्ने उक्त ऋषिकल्प दश महिनामा जन्म लिनु र्पछ अरू विकल्प छैन । प्रसूतीवायु सकृय भै प्रसूती व्यथा लाग्छ । शिर तल गराएर शिशु बहिरिने प्रयास गर्दछ । अति कष्ट सहँदै शिशु बाहिर आउँछ । त्यतिवेला प्राण वायु लिन कठीन पर्छ । बालकको चेतन पनि नष्ट हुन जान्छ त्यसो हुँदा बालक त अत्याधिक रुन्छ । गर्भमा रुग्णावस्थामा, श्मशान भूमिमा पुराण(परायण ÷श्रवणमा, स्थिर बुद्धिमा मानव जसरी स्थिर हुन्छ त्यंंसरी स्थिर हुन सकेमा मानिस सांसारिक बन्धनबाट मुक्त हुन जान्थ्यो तथा सबै जीवले मुक्ति पाउँथे तर कर्म भोगबाट अन्तर जीव गर्भबाट बाहिर आउँछ तर यो संसारलाई ढाकेको वैष्णवी मायाले उस्लाई पनि ढाक्छ र ऊ मोहित हुन जान्छ । मायाको स्पर्शले ऊ विवश हुन्छ र ऊ बोल्न सक्दैन त्यसो हुँदा प्रयुक्त शैशवादि हुने सबै खाले दुखहरू पराधिन सरह भएर भोग गर्दछ ।
किनकि उसलाई लालन पालन गर्ने वालाले उसको इच्छ्यालाई बुझ्न सक्दैनन् । उसको आवश्यक्तालाई बुझ्न नसकि विपरित वातावरण बन्न जान्छ । पसिनाबाट उत्पन्न हुने जुम्रा उडुस आदिको टोकाइ तथा दिशा पिसावमा गाडिएर सुतिरहनु पर्दछ । ऊ उठ्न खोज्छ सक्दैन । जीउ चिलाउँ छ कनाउन सक्दैन । अरु चीज गर्नमा ऊ असमर्थ रहन्छ । ज्ञान शून्य अवस्थामा, शिशुका कोमल मासुमा,विविध खाले कीराहरूको टोकाइ सहँदै शैशव अवस्था पार हुन्छ ।
शैशव अवस्था पारगरे पछि ऊ पौगण्डावस्थामा प्रवेश गर्छ (५बर्षदेखि १० बर्षे अवस्था)। यो अवस्थामा पनि उसले दुःख नै भोग्छ । ऊ स्वतन्त्र हुँदैन,उसले चाहेको प्राप्त गर्न सक्दैन ।यसरी नै पौगण्डावस्था पार गरी ऊ युवावस्थामा प्रवेश गर्छ । यो अवस्थामा पनि उसले अभैm बढ्ता दुख भोग गर्दछ किनकी यो समय काम क्रोध ईष्र्याले भरिएको हुन्छ । त्यसोहुँदा यो उमेर अति कष्टदाई हुन्छ । युवा अवस्थामा उसले आसुरी (दानवी) सम्पत्ति प्राप्त गर्छ । आसुरी ((दानवी) सम्पत्ति भनेको गीतामा यसरी प्रष्ट पारिएको छ
दम्भोदर्पोऽभिमानश्च क्रोधः पारुष्यमेवच
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरिम्
(गीता १६÷४)
(हे पार्थ ! दम्भ ,घमण्ड, अनि अभिमान तथा क्रोध कठोरता र अज्ञान पनि (यी सबै आसुरी (सम्पदालाई लिएर उत्पन्न भएको पुरुषका लक्षण हुन्)।
आसुरी सम्पत्ति प्राप्त गरे पछि ऊ दुव्र्यसनमा आशक्त हुन्छ । नीच व्यक्तिसँग सम्बन्ध राख्छ । ऊ कामलम्पट बन्दछ । शास्त्र र सत्पुरुषसँग द्वेष गर्छ । सबैलाई घृणा गर्दछ । भगवानकी मायारूपी स्त्री देखेर आफ्ना ईन्द्रियलाई बसमा पार्न सक्दैन स्त्रीमा आशक्त भएर, स्त्रीको भावभङ्गीमा प्रलोभित भएर,महामोहरूप अन्धतमले गर्दा बत्तीमा जसरी पुतली पर्छन् ऊ त्यसरी नै पर्दछ । यो संसारमा हिरण शब्दमा, हात्ती स्पर्शमा, पतङ्ग रूपमा, भमरा गन्धमा र माछा रसमा आसक्त भएर मारिन्छन् भने एउटा प्रमादी व्यक्तिले पाँच इन्द्रिबाट पाँचै विषयमा भोग गर्दछ भने ऊ किन नमारिनु, ऊ मारिन्छ नै । अभीप्सित (अति चाहना गरेको) बस्तुको प्राप्ति भएन भनेर अज्ञानका कारण मानिसमा क्रोध उठ्छ र क्रोधका कारण त्यो कामुक मान्छे स्वयम् आफ्नै नाश गर्न दोस्रो कामुक मानिससँग लड्न जान्छ । यो अवस्थामा त्यो कामुक मानिसलाई अर्काे कामुक मानिसले त्यसरी मार्छ जसरी एक बलवान हात्ीले निर्बल हातीलाई मार्छ ।
बास्तवमा सयौं योनिलाई पार गर्दै अमूल्य मानव योनि पाइन्छ। मानव शरीर पाएर पनि द्विजत्व प्राप्त गर्नु दुर्लभ छ । अतिदुर्लभ द्विजत्व प्राप्त गरेर पनि जस्ले द्विजत्वलाई धर्मकर्म द्वारा बचाउँदैन केवल ईन्द्रियलाई तृप्त पार्नमा नै प्रयासरत रहन्छ, त्यसले आफ्ना हातमा आएको अमृतस्वरूप अवस्थालाई आफ्नै प्रमादबाट नष्ट गर्दछ ।
मानिसमा बृद्धावस्था आउँछ । मानिसको बृद्धा अवस्थामा महान् रोगव्याधिले सताउँछ । ऊ व्याकुल हुन्छ र मृत्युलाई स्वीकार्दछ पुनः ऊ पूर्ववत महान कष्टकर नरकमा जान्छ, ऊ जन्म(मरणको चक्रमा फस्छ र उसले वैराग्यता कहिल्यै प्राप्त गर्न सक्दैन ।
(यो लेख गरुडपुराणको छैटौं अध्याएको सारभाव हो)
सन्दर्भ सामाग्री(
१. संक्षिप्त गरुडपुराण (सचित्र, मोटा टाइप, केवल हिन्दी) गीताप्रेस, गोरखपुर,सं.२०६७ चौधहवाँ पुनर्मुुर्द्रण
२. गरुडपुराण(सारोद्धार सानुवाद गीताप्रेस, गोरखपुर,सं.२०६५ बारहवाँ पुनर्मुुर्द्रण
गरुडपुराणले अथ्र्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना
मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अथ्र्याई रहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मे पछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो े स्वर्गलोकको भोग धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ ।यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् । यस्तो जन्म दिन आमा बाबुले पनि गर्भदान र गर्भधारणमा सचेत हुनुपर्छ । मातापिताले अपनाउने नियम(विधानमा गरुणपुराणमा भनिएको छ कि नारीको चारदिनसम्म ऋतुकालमा, सङ्गममा नारीहरू त्यज्य हुन्छन् किनकी इन्द्रले विश्वरूपलाई मार्दा इन्द्रलाई ब्रह्महत्या पाप लागेको थियो र यो पाप नारीलाई पनि चौथाई भाग दिएका थिए र यसको सट्टा ऋतुकालको यौन सम्पर्क सधैं गर्न सकिने बरदान पनि दिएका थिए । रजवती धर्म त्यो ब्रह्महत्याको पापको चिनोको रूपमा लिइन्छ र महिना महिनामा रज बग्छ । तैत्तिरीयसंहिताको धारणामा ंरजस्वला भएकी नारीका साथ, वार्तालाप, शयन, पाक्यखाना त्याग्नु पर्छ भनिएको छ । यसरी नै सुश्रुतसंहिता (शरीरस्थानम् २÷३३)ले रजस्वला भएकी महिलासँग गमनबाट जन्मने बच्चाको नेत्र(ज्योति गुम्नु आयु र तेज नष्ट हुन्छ, भनिएको छ । यसरी नै मनु(४÷४१) को अनुसार नेत्र(ज्योति गुम्छ । सुश्रुतसंहिता( शरीरस्थान(२÷३३) को मार्गदर्शन पढदा प्रथम र द्वितीय दिन सहवास गर्दा यदि त्यस वेला गर्भ नै रहन्छ भने प्रसवकाल(प्रसूतिगृहमै त्यो बच्चा मर्छ । तेस्रो दिनको सहबासमा गर्भ रह्यो भने यस्तो जन्मे अङ्गहीन र अल्पायु पो हुन्छ भनिएको छ । लिङ्गपुराण अनुसार ऋतु सहबासमा, चौथो दिन रहन जाने गर्भधानमा अल्पायु, विद्याहीन, व्रतभ्रष्ट, पतित,परस्त्रीगामी दरिद्र जन्मन्छ भनिएको छ । यसरी रजस्वलामा गमन गर्न हुन्न भन्ने पाइन्छ । वैज्ञानिक स्वास्थ विज्ञानमा अध्ययन गर्दा पनि रजस्वलामा गमन गर्नु उपिचत ठानिदैन । रजस्वलाको चौथो दिनमा स्नान गरेर प्रयोगमा ल्याइएका कपडालाई धोएपछि र नुहाएपछि नारी शुद्ध हुन्छे तर देव पूजा र पितृ पूजा गर्नु पर्दा खेरी सात दिन कुर्नु पर्छ भनिएको छ । ऋतुकालको सात दिनभित्र गर्भधारणमा जन्मलिने बच्चा दुष्ट चित्त भावनाको हुन्छ । त्यसो हुँदा ऋतुकालको सात दिन छोडी आठौ दिनमा सहबास गर्दा छोरा जन्मन्छ । अर्थात समरात्री सहवास छोरा हुन्छ र विषमरात्री सहबासमा रहेको गर्भले छोरीको जन्म हुन्छ । ऋतुकाल रज दर्शनको सोह्र रात्री हुन्छ र चौधौं रातीको सहबासले छोरा जन्म दिन्छ । यो पुत्र गुणवान, भाग्यवान धार्मिक हुन्छ र सर्ब साधारण व्यक्तिले त्यस्तो मौका पाउन दुर्लभ हुन्छ भनिएको छ । यस अवस्थामा खानपानमा पनि सावधानी अपनाउन पर्ने । खास गरेर पाँचौ दिनमा नारीलाई मधुर खाना खान नून चुक तातो पीरो बाट टाढा रहुन भनिएको छ । किनकी यस्तो खाना नखानाले( औषधीे(पात्र समान गर्भाशय बन्न जान्छ यस पात्रमा वीउ रोपण अमृत तुल्य हुन्छ र यस्तो स्थापित वीजले राम्रो सन्तान दिन्छ । पुरुषले पनि खानपानमा ताम्बूललाई खानु पर्छ, चन्दन पुष्पमाला, राम्रो बस्त्र लाउनु पर्छ र राम्रो शैया सजाएर धार्मिक भाव बनाएर आनन्दमा दुबैले समागम गर्नु पर्छ । किनकी गर्भाधानको समयमा पुरुषको मनोवृत्ति जस्तोप्रकार हुन्छ सोही स्वभावमा जीव गर्भ प्रवेश गर्दछ । त्यो वीऊ चैतन्यांश(चेतनाको अंशको रूपमा) पुरुषको शुक्रमा रहेको हुन्छ जब स्त्रिको पूmलसँग शुक्रले एकत्वलाई प्राप्त गर्छ तब गर्भ धारणा हुन्छ । यसरी शुभकाल, शुभकर्म, शुभऋतुमा सबै कर्महरू गर्दा उच्चग्रहमा पूण्यात्माको जन्म हुन्छ । उच्च ग्रह भन्दा (ताजिक नीलकण्ठी, बृहत्पाराशरहोरा शास्त्रका अनुसार उच्च ग्रह भन्दा मेष राशिमा सूर्य, वृष राशिमा चन्द्रमा, मकर राशिमा मङ्गल, कन्या राशिमा बुध, कर्क राशिमा गुरु, मीन राशिमा शुक्र र तुला राशिमा शनि भएका ग्रहलाई उच्च ग्रहमा जन्म लिएको मानिन्छ ) । गरुणपुराणले, यस्ता उच्चग्रह लिएर जहाँ बच्चा जन्म हुन्छ त्यो बालक विद्या विनयले युक्त बन्न जान्छ, भनेको छ । माता पितासँग घरमा आनन्दले बढ्छ , सत्पुरुषको सङ्गत हुन्छ, सबै शास्त्र उस्ले पढ्छ र शास्त्रमा पारङ्गत हुन्छ । यौवनतालाई उस्ले छुन्छ । यस अवस्थामा पनि धनी, दानी र सुन्दर बन्छ र साथै सुन्दर स्त्रीलाई भोग्न पाउँछ । पूर्व कृत्य तप तीर्थ अनि पुण्यफल आदि कर्मको उदयले गर्दा उसको दिल आत्मा परमात्मामा लीन हुन्छ । जब दिलबाट आत्मा अनात्माका सम्बन्धका बरेमा सोच्न थाल्छ यो सोचाई बाट उसको आप्mनै दिलमा ज्ञानको ज्योति बाल्न सफल हुन्छ र यसरी उसलाई सांसारिक भ्रमको बारेमा थाहा लाग्छ । बास्तवमा मानिस भ्रममा प¥यो भने रसीलाई नै सर्प सम्झन बेर लाग्दैन तथा सचिदानन्दब्रह्मरूप छाडेर उसको मन अवस्तुमा सर्छ । यथार्थ के हो भन्ने कुरा जानकारीमा आए पछि तथा बोध भएपछि ब्रह्मरूपी सत्य वस्तुमा आकर्षक हुन्छ र सत्यरूपी ब्रह्मको चिन्तन गर्छ । यस विषयमा विष्णुले गरुडलाई संसारिक पदार्थ रूप ( अनात्म वर्गहरू) पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई स्थूल भूत हुन् र यिनै ५वटा स्थूल भूतबाट यो पिण्डको (शरीरको) निर्माण हुन्छ भनेका छन् । यिनै पाँच तत्वबाट बनेको हुनाले यो शरीरलाई पञ्चभौतिक भनिन्छ । शरीरमा पृथ्वी गुण भएका तत्वहरू(शरीरमा पाइने हाड छाला, नसा, रोम र मासु , यी पाँचलाई भूमि(पृथ्वी)को गुण भएका भनिन्छ । शरीरमा भएका ¥याल, मूत्र, शुक्र, मज्जा(मासी) र रगत, यी पाँच जलका गुण हुन् । शरीरका क्षुधा (भोक), प्यास, आलस्य, निन्द्रा र कान्ति लाई तेजका गुणको रूपमा लिइन्छ । शरीर खुंम्चिनु, दगुर्नु, फडकनु, फैलनु र चेष्टा गर्नु यी पाँच वायुका गुण हुन् । घोष (कराउनु), छिद्र, गाम्भीर्य, श्रवण, सर्वसंश्रय (सबै तत्वलाई आश्रय प्रदान गर्ने) आकाशका गुण हुन् । मन, बुद्धि, अहंकार र चित्त यी चारलाई अन्तस्करण भन्दछन् । यी पूर्व जन्ममा गरेका कर्महरूको निवास स्थान हो भनिन्छ । श्रीरका कान, छाला, आँखा, जिभ्रो र नाक पाँच ज्ञानेन्दिय हुन् । कर्मइन्द्रिय(वचन, हात, खुट्टा, गुदा, र उपस्थ(लिङ्ग) कर्म इन्द्रिय हुन् । ज्ञान इन्द्रियका देवताहरू( दिशा, वायु, सूर्य ,वरुण र अश्विनिकुमार। कर्म इन्द्रियका देवताहरू( अग्नि, इन्द्र, उपेन्द्र, मित्र र प्रजापति नाडी÷नारी (देहमा दशवटा प्रधान नारीहरू छन् । यी नारीहरूमा इडा, पिङ्गला, सुषुम्णा, गान्धारी, गजजिह्वा, पूषा र यशस्विनी अलम्बुषा, कुहू, र शंखिनी ।
वायु र वायुको बासस्थान( यो शरीरमा दश वायु हुन्छन् । यी दश वायुमा प्राण, अपान, समान,नाग, कूर्म, कृकल, उदान तथा व्यान देवदत्त र धनञ्जय पर्दछन् । यी वायुको बासस्थान छन् (हृदयमा प्राणवायु, गुदामा अपानवायु, नाभीमण्डलमा समानवायु, कण्ठदेशमा उदानवायु, पूर्ण शरीरमा व्यानवायु , डकारमा नाग वायु, चिल्नेमा कूर्म ,भोक जगाउनेमा कृकल वायु, देवदत्त हाई र धनञ्जय सर्बव्यापीरूपमा हुन्छ । धनन्जय वायुले त मरेपछि पनि साथ दिन्छ ।
खाना परिचालन गर्ने वायु (जीवको शरीर खानामा निर्भर रहन्छ । एक एक गास अन्नले शरीरलाई पुष्ट पार्दछ र खाएको अन्न रसलाई व्यान वायुले् परिचालन गर्छ । उदरमा वायुले अन्नलाई र पाकस्थलीमा दुई भाग गर्छ । अन्न र जल पृथक गर्दै गुदातिर सर्छ । पेटमा रहेको जठाराग्नि माथि जल, जल माथि अन्न राख्छ । अग्नि भन्दा तल स्वयम् प्राण वायु बस्छ । वायुले नै अग्निलाई शनै शनै बाल्न थाल्छ । बल्दो अग्नि(अन्नलाई किट(मल) र रसमा ढाल्छ । विभाजित रसलाई व्यानवायु सकृय भइ सम्पूर्ण शरीरमा रसलाई पु¥याउँछ । यसरी छुट्टिएका मललाई बायुले शरीरका बाह्र अ्रोटा बाटाबाट सजिलै बाहिरतिर फाल्छ । यी बाह्र बाटा भनेका नाक कान, आँखा, जिब्रा (मुख), दाँत, नाभी, नङ, गुदा, (गुप्ताङ्ग) ,लिङ्ग, नसा, रोमकूप तथा शरीरका छिदहरू हुन् । यी बाटो हुँदै विविध मैला बाहिर निस्कन्छन् ।
गरुणपुराणले मानव शरीरका दुई स्वरूपमा विभाजन गरेको छ । यी व्यवहारिक स्वरूप र पारमार्थिक स्वरूप हुन् । यो व्यवहारिक स्वरू साढे तीन करोड रौंले ढाकिएको छ । यस मध्येमा सातलाख केश छन् । वीस नङ् र बत्तीस दाँत,छन् । मासु हजार पल (एक पलमा चार तोला हुन्छ), रगत एकसय पल, वोसो दश पल, छाला सत्तरी पल, मज्जा (मासी ) बाह्रपल, शुद्ध रगत (महारक्ती) तीनपल, शुक्र दुई कुडव (वीस माशा) र स्त्रीमा रज एक कुडव (दश माशा) सम्पूर्ण शरीरमा ३६० हाड, साना ठूला गरी नशाहरू करोडौं, पित्त २५ पल र कफ पच्चीस पल हुन्छ । यसमा निरन्तर गरिने विष्टा र मूत्रको गणना निर्धारण गरिएको छैन । अर्को स्वरूप भनेको (पारमार्थिक स्वरूप हो । यस स्वरुपमा चौध भूवन, सबै पर्वतहरू, सबै द्वीपहरू, सबै सागरहरू, आदित्य आदि नवग्रहहरूलाई तुलना गरिएको छ । यी सबै यही देहमा पाइन्छन् । यस देहमा षटचक्रहरू छन् । ब्रह्माण्डमा जुन जुन गुणहरू पाइन्छन् । ती सबै यो शरीरमा पनि पाइन्छन् ।
गरुणपुराण भन्छ पारमार्थिक शरीरमा मूलधार आदि छः चक्र छन् । यिनलाई योगिहरूको धारणा गर्ने स्थान पदलाई ध्यानमा ल्याइन्छ जस्को ध्यानको कारण बाट जीव पनि विराटरूपको भागी हुन्छ । कटी भन्दा तल सातलोक मानिएका छन् । पैतलाको तल्लो भाग जस्लाई हामी तलुवा भन्दछौं लाई तललोकल मानिएको छ । पैतलाको माथिको भाग वितललोक मानिएको छ भने यसरी नै घुँडामा सुतललोक, तिघ्रामा महातललोक,, तिघ्राका मूलमा तलातललोक, गुह्यस्थानमा रसातललोक, कटिमा पाताललोक,कटी भन्दा माथिमा (सातलोक) , नाभीको मध्य भागमा भूर्लोक, नाभी माथिको भागमा भूवर्लोक, हृदयको भागमा स्वर्गलोक, कण्ठको भागमा महर्लोक, मुखमा जनलोक, ललाटमा तपोलोक र ब्रह्मरन्ध्र(तालुमा) सत्यलोक रूपमा लिइएको छ ।
शरीरमा अवस्थित पर्वतहरू (गरुडपुराणमा भनिएको छ । यो शरीर सात सुमेरु पर्वतले सजिएको छ । कम्मरको हाड (त्रिकोण) मा सुमेरु पर्वत,अधः कोणमा (तल्लोमा) मन्दराचल, दक्ष (दाहिने)कोणमा कैलास पर्वत, देव्रे(वाम)कोणमा हिमाचल ऊध्र्वरेखा(माथिल्लो भाग)मा निषध पर्वत, दाहिनेपट्टीको रेखामा गन्धमादन र वामरेखामा रमणाचल पर्वत उक्त स्थानहरूमा अवस्थित छन् यसरी गरुणपुराणले पारमार्थिक शरीरमा सात द्वीपहरू पनि अवस्थित छन् भन्दछ । यी द्वीपहरूमा अस्थि (हाड)मा जम्मू द्वीप, मज्जा (मासिमा) शाक द्वीप, शिरा (नसा)मा क्रौञ्च द्वीप, छालामा शाल्मली द्वीप, रोम समूहमा गोमेद द्वीप र नङमा पुष्कर द्वीप हुन् ।
सागरहरू( यी द्वीपहरूको अन्तरमा सागरहरू पनि अवस्थित छन् । यी समुद्रको अवस्थिति ( मूत्रस्थानमा क्षारसागर, दूध स्थानमा क्षीरसागर, कफ स्थानमा सुरासागर, मासी(मज्जा)मा घृतसागर, शरीररस्थ रसमा रससागर रगतमा दधिसागर र लम्बिका(किलकिले) मा स्वादू (स्वादिलो) सागरको रूपमा लिइएका छन् ।
ग्रहको निवास स्थान (यसै शरीरमा ग्रहहरूको अवस्थित स्थितिलाई गरुणपुराणले यसरी चित्रिण गरेको छ । , नादचक्रमा सूर्य, विन्दुचक्रमा चन्द्रमा, नेत्रमा मङ्गल, हृदयमा बुध, विष्णु स्थानमा वृहस्पति, शुक्र स्थानमा शुक्र, नाभिस्थानमा शनिश्चर, मुखमा राहु र वायुको स्थानमा केतु गरी सम्पूर्ण ग्रहमण्डलले यो पारमार्थिक शरीरमा आफ्नो स्थान जमाएका छन् । त्यसो हुँदा यो शरीरमा ब्रह्माण्डको चिन्तन गर्नु पर्दछ । प्रभात कालको ब्रह्ममुहूर्तमा सधै पद्माशन बाँधेर षडचक्रको चिन्तन गर्नु पर्दछ र यथाविधिमा अजपा(जप गर्नु पर्दछ । अजपा नामकी गायत्री देवीले मुनिहरूलाई मोक्ष प्रदान गर्दछिन् । यिनिको संकल्पमात्रले मानिस सबै पापबाट मुक्त हुन्छन् ।
अजपाको उत्तमचक्र ( यो भनेको प्रत्येक सास तान्दा र फ्याक्दा थाहै नपाई जपिने गायत्री मन्त्र हो । विद्वानहरूको कथन छ कि एक दिनरातमा २१६०० स्वासलाई लिने छोडने गरिन्छ (सूक्ष्मगति हुन्छ) । हं को आवाजमा श्वास बाहिर आउँछ र स को आवाजमा श्वास भित्रजान्छ । यही हंसको तात्विकरूपमा जीव (जीवात्मा) ले परमात्मालाई निरन्तर जप्दछ । यसैलाई अजपा भन्दछन् । यो मन्त्रलाई अजपा भन्दछन् । यसको सङ्कल्प गर्दा मुक्त भइन्छ । यो मन्त्र गणेशको लागि ६०० ब्रह्माको लागि ६०००, विष्णुलाई ६०००शिवजीलाई ६००० जीवलाई १०००, गुरुलाई एक हजार, चिदात्मालाई १००० गरी जप संख्यलाई समर्पण गर्नु पर्दछ । अरुणादि सत्संप्रदायलाई जान्ने मुनिहरूले ब्रह्ममयूख(किरण)लाई चिन्तन गर्दछन् । शुकदेव आदि मुनिले पनि आफ्ना शिष्यलाई उपदेश दिन्छन् ।त्यसो हुँदा बुद्धिमानहरूले महापुरुषको प्रवृतिलाई विचार गरी यो चक्रमा ध्यान गर्नु पर्दछ । सबै चक्रमा अनन्य भावबाट यी देवताको मानसिक पूजा गर्नु पर्दछ । गुरुको उपदेश बमोजिम गायत्रीलाई जप्नु पर्दछ । हजारदल भएको कमलको तल,(तलतिर मुख फर्केको) छिद्रमा हंस स्थानमा बसेका श्री गुरुको वर तथा अभयमुद्रायुक्त दुबै हातका कमलहरूमा स्थितिवाला श्री गुरुको ध्यान गर्नु पर्दछ । स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ ।गुरुको चरणबाट निस्केको अमृतमय धाराले आफ्नो शरीरलाई पखालेको जस्तो चिन्तन गर्नु पर्दछ ।पंचोपचारले पूजा गरेर स्तुति पूर्वक प्रणाम गर्नु पर्दछ । यस पछि कुण्डलिनीलाई ध्यान गरर्नु पर्दछ । यिनी षट्चक्रमा साढे तीन वलय(घेरा) मा स्थित छन् र स्वासको गतिसँगै तल माथि गरी षटचक्रहरूमा हिडदछिन् । त्यस पछि ब्रह्मरन्ध्रबाट बाहिर सुषुम्ना नामको स्थान( प्रकाश मार्ग) लाई ध्यान गर्नु पर्दछ । यस मार्गबाट जाने मानिसले विष्णुको परम पदलाई प्राप्त गर्दछ । यो पद कस्तो भने विष्णुबाट चिन्तन गरिएको, आनन्दस्वरूप, स्वप्रकाश, सनातनरूपको लाई सदा ध्यान गर्नु पर्दछ । गुरुको उपदेशलाई पालन गर्ने र मनलाई निश्छल पार्नु पर्दछ । गुरुको उपदेशलाई छाडेर आँफै गर्नु हुँदैन किनकि साधक पतन हुन सक्छ । अन्तर्याग (यसमा गणेशको पूजा)गरेर पछि वहिर्याग(यसमा विष्णु र शिवको पूजा गर्ने ) गर्नु पर्दछ । स्नान सन्ध्या गरेर हरि र शिवको पूजा गर्नु पर्दछ । देह अभिमानीहरूको (पाञ्चभौतिक शरीरलाई नै आफ्नो शरीर सम्झनेवालाको ) वृत्ति(जीविका) अन्तर्मुखी हुँदैन । यिनको लागि सरलरूपमा गर्न सकिने श्री हरिको भक्ति नै मोक्ष साधिका हुन सक्छ । तपस्या र योग साधन पनि मोक्षको मार्ग हो तापनि सांसारिक चक्रमा अल्झिएको व्यक्तिलाई उद्धारको बाटो भनेको विष्णु भक्ति नै हो । ब्रह्मादि देवताले वेदादि शास्त्रलाई बारंबार विचार गरेर तीन पटक यही सिद्धान्तलाई सुनिश्चित गरेकाछन् । यज्ञादि धर्म जे जति छन् ती सबै चित्त शुद्ध गर्नका लागि हुन् । विष्णु भक्तिलाई जस्ले प्राप्त गर्न सक्छ त्यसले जन्म मरणादि दुःखबाट पीडित हुँदैन । जस्ले भगवान विष्णुको सुकृति आचरण गर्छ ,त्यस्ले सनातन मोक्ष प्राप्ति गर्छ ।
अजपा (जपलाई सधै गर्दा जीवले जीवभावबाट मुक्त पाउँछ । षडचक्र भन्दा मूलाधार, स्वाधिष्ठान, मणिपुरक, अनाहत, विशुद्ध र आज्ञा पर्दछन् । मूलाधार (गुदादेखि केही माथि लिङ्गदेखि तलको भाग)मा, लिङ्गदेशमा, नाभिमा, हृदयमा, हृदयमा कण्ठमा, आँखीभौंमा र तालुमा क्रमसँग ध्यान गर्नु पर्दछ ।
मूलधारचक्र( चारपाते आकार अग्नि समान, व देखि स सम्म को (व, श, ष, स) पर्यन्तवर्णको आश्रय भएको हुन्छ।
स्वाधिष्ठानचक्र( यो चक्र सूर्य समान द्वीप्तिमान, ६पाते ,ब देखि ल सम्मको (ब, भ. म. य. र. ल.) पर्यन्तवर्णको आश्रय स्थान भएको हुन्छ ।
मणिपूरचक्र(रातो (रक्तिम) आभावाला दशदल (दशपाते) आकार भएको ड देखि फ सम्म पर्यन्त वर्ण (ड, ढ, ण, त, थ, द, ध, न, प, फ) को आश्रय स्थान भएको हुन्छ ।
अनाहतचक्र( आकारमा बाह्रपाते आभामा स्वर्णिम पर्यन्त वर्ण क देखि ठ सम्म (क, ख,ग घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ) ले युक्त भएको हुन्छ ।
विशुद्धचक्र( यो चक्र सोह्रदल (सोह्रपात)को आकार भएको सोह्रवटा स्वर ( अ, आ, इ, ई, उ, ऊ,ऋ, ऋृ, लृ, लृृ, ए, ऐ, ओ, औ, अं, अः)ले युक्त भएको, कमल र चन्द्रमाको जस्तो कान्ति भएको हुन्छ ।
आज्ञाचक्र( यो चक्र दुई पाते (हं, स) ले युक्त भएको हुन्छ । यो रातो वर्णको हुन्छ ।
सहस्रदल कमलाकार चक्र( यो चक्र सबैभन्दा माथि (ब्रह्मरन्ध्र)मा अवस्थित हुन्छ । हजारदल भएको र देदीप्यमान हुन्छ । यो सधै सत्यमय, आनन्दमय, शिवमय, ज्यातिर्मय र श्वाश्वतमय (निरन्तरमय) हुन्छ ।
यी चक्रमा क्रमैसँग गणेश, ब्रह्मा, विष्णु, शिव, जीवात्मा, गुरुको साथै व्यापक परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ । मूलधारचक्रमा गणेशजीलाई, स्वाधिष्ठानचक्रमा ब्रह्माजीलाई, मणिपूरचक्रमा विष्णुलाई, अनाहतकचक्रमा शिवलाई, विशुद्धचक्रमा जीवात्मलाई,आज्ञाचक्रमा गुरुलाई सहस्रारचक्रमा सर्वव्यापी परमब्रह्मलाई चिन्तन गर्नु पर्दछ ।
पौराणिक कालका धार्मिक ग्रन्थले, तत्समयका मानवीय जीवनलाई दर्शाएका मार्गदशनले आज पनि हाम्रो संस्कार र धर्ममा अति उच्च स्थान दिएको छ । त्यस समय अबलम्वन गरिएका मुक्ति मार्ग तथा तत्समयका सामाजिक परिवेशमा विष्णुले गरुणलाई अथ्र्याएको मानव शरीरमा नै ब्रह्माण्डको अवस्थिति, मानवले गर्न सक्ने विराटभावको मार्ग दर्शन, मानव शरीरको संरचना आदि आदि अति विशिष्ट थिए भन्न सकिन्छ । आजको मानव स्वास्थ विज्ञान निश्चय नै निकै अघि बढेको छ । यसमा कुनै संका छैन । मैले गरुडपुराणले अथ्र्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना शीर्षकमा यो लेख गणेशपुराण(सारोद्धार पंञ्चदशोऽध्यायः को केही भावानुवाद र केही भावसारबाट तयार पारेको हो । संस्कृतमा लेखिएको यो पुराणलाई मैले हिन्दी नेपालीमा गरिएका अनुवादलाई पनि अध्ययन गर्दै सहयोग लिएर यस लेखलाई तयार पारेको हुम् ।
सन्दर्भ सामाग्री–

No comments:
Post a Comment