September 7, 2021
सर्ग एक (स्वर्गको यात्रा) (समीक्षात्मक पौराणिक महाकाव्य)
September 4, 2021
उत्पादन तत्वमा ध्यान दिनु पर्ने किन र कसरी एक विवेचना ।
August 11, 2021
अपाला महाकाव्यमा दृष्टि
July 29, 2021
बालुवाको घरमा’ सदानन्द अभागी – ऋषि आजाद o
n: श्रावण १३ , २०७८ बुधबार- ०७:५६
कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनिने कथा छोटा आख्यानात्मक रचना हुन् ।
कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै हो । यसमा उद्देश्य र प्रभावमा एकात्मकता हुन्छ । उपन्यासमा जस्तै कथावस्तु, पात्र, संवाद, वातावरण, उद्देश्य, दृष्टिबिन्दु यसविधामा पनि हुन्छ । कथा एकात्मक अर्थात सिङगल हुन्छ । कथामा उपन्यासमा जस्ता उपकथाहरु हुँदैनन् । कथाले जीवनको एउटा पक्षलाई लिन्छ भने उपन्यासले जीवनको वृहद पक्षलाई लिन्छ । कथामा पात्रहरु थोरै हुन्छन् । संवाद थोरै र छोटा छोटा हुन्छन् । परिवेश सानो हुन्छ । उद्देश्य पनि एकात्मक हुन्छ । दृष्टिविन्दु प्रथम तृतीय दुबै हुन सक्छ । योे पनि आफैमा पूर्ण रचना हो । यसमा आरम्भ,यत्न, विकास, उत्कर्ष, प्रतिफलको गतिक्रम हुन्छ । विषयका दृष्टिले सामाजिक, धार्मिक, ऐतिहासिक, पौराणिक मनोवैज्ञानिक आदि हुन्छ । प्रवृत्तिका दृष्टिले विसंगतवादी, सामाजिक यथार्थवादी,मनोवैज्ञानिकवादी, आदर्शवादी आदि हुन्छन् ।
सदानन्द अभागी साहित्यिक क्षेत्रमा प्रशिद्ध नाम हो । उनको खास नाम सदानन्द जैसी हो । उनी राष्ट्रिय पहिचान बनाएका कवि हुन् । दुईवटा महाकाव्य भएको हुनाले उनलाई महाकवि पनि भनिन्छ । उनको जन्म १५ मार्च १९४७ मा पर्वत जिल्लाको शंकर पोखरीमा भएको हो । उनको आमाको नाम नन्दकली रिजालर पिताको नाम कलाधर रिजाल हो । उनले बिएस्सी एजीसम्म अध्ययन गरेका छन् । उनले गोरखा दक्षिणबाहु चौथालगायत अन्य धेरै पुरस्कारहरु पाएका छन् । हाल उनी लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष छन् । सरकारी सेवाको सिलसिलामा उनी इजिप्ट, फिलिपिन्स, थाइल्याण्ड, जापान र भारतमा भ्रमण गरेका छन् ।
नेपालीय साहित्यमा उनको पहिलो कृति आफ्नै व्यथाहरु (२०५७) हो । त्यसपछि उनका निरन्तर कृतिहरु प्रकाशन भएका छन् । उनको दोस्रो कृति बूढो जवानी(२०५८) हो । त्यसपछिका कृतिहरुमा पश्चात्तापका आँशु कथा संग्रह (२०५८), जीवनलिला खण्डकाव्य (२०५८), कोपिला उपन्यास(२०६०), तीनयुग एक कथा महाकाव्य (२०६०), काठमाण्डौं देहरादुन यात्रा विवरण(२०६०), म र मेराहरु जीवनी(२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१),तन्नेरी हजुर बाउ पन्यास (२०६१),माटो र विरुवाको भोक कृषिकाव्य(२०६१), मोहनीको मीठो म्वाईं कविता संग्रह(२०६२), परिवर्तन कथा संग्रह(२०६३), भुटानी शरणार्थीको व्यथा कथासंग्रह(२०६३),समभोग समाधिगजल संग्रह(२०६४), बुढौतीका रहरहरु गजल संग्रह(२०६५), गजलगुटिका गजल संग्रह(२०६५), अभागीका गजलहरु(२०६६), अभागीका मुक्तकहरु(२०६८) यात्री उपन्यास(२०६८), गजल परिकार(२०६८), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) बालुवाको घर(२०६९) आदि हुन् । उनका प्रकाशित कृतिहरु ३८ वटा छन् । उनको अत्युर्बर समय ६० दशक हो । यस बीचमा उनले निकै धेरै उपलब्धि हासिल गरे ।
आज म उपरोक्त विधागत सिद्धान्तका आधारमा कथाकार सदानन्द अभागीद्वारा रचित कथा 'बालुवाको घर' कथा संग्रहको विषयमा समीचीन समीक्षा गर्न चाहन्छु । 'बालुवाको घर'कथा संग्रहमा १६ कथाहरु संग्रहित छन् । यो कथा संग्रहमा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका उपप्राध्यापक धनपति कोइरालाले भूमिका लेखेका छन् । भूमिकामा कोइराला लेख्छन्—"प्रस्तुत कथा संग्रहमा मानवीय जीवनका हरेक संगतभन्दा पनि ज्यादा विसंगत पक्षको उद्घाटन गरी तिनमा देखिएका विकृत र विसंगत पक्षको सुधार र परिष्कार गर्ने अभिलाषा राखिएको छ । कथाहरु कतै संक्षिप्त, कतै संस्मरणात्मक, कतै नाटकीय त कतै वर्णनात्मक, शैली प्रयोग गरिएको छ । यसमा प्रस्तुत कथाहरु ज्यादा तृतीय पुरुषात्मक दृष्टिबिन्दुका छन् । प्रथम पुरुषात्मक दृष्टिबिन्दुका पनि छन् ।"
भुपेन्द्र शर्मा भट्टराईले अभागीको विषयमा लेख्छन्—"बालुबाको घर प्रयोग र बिम्बले भरिएको कथा हो । जसले राष्ट्र, समाज र घरभित्रको द्वन्द्वको चित्रण गरिएकोे छ । अभिव्यक्ति कला जस्तो होस् अनुभूति कला गम्भीर छ ।" त्यसरी नै साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठले बालुवाको घर कथा संग्रहको विषयमा भन्छिन्—"यी सोह्र कथाहरु अध्ययन गर्दा पाठकलाई घटनाको निकट रहेको अनुभूति हुन्छ । राष्ट्रका गतिविधि, नेपाली नारीको व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरो समेत समेटेर रचना गरिएको यो कथा संग्रह निकै मार्मिक छ ।"
कथाकार अभागीको 'बालुवाको घर' केन्द्रीय कथा हो । यो कथा प्रथम पुरुषीय ढाँचामा लेखिएको छ । यो कथा लक्षार्थपरक छ । राजदरबारले मूठ्याएको अधिकार, दरबारको अवशान अनि त्यही राजकीय शान, सौकात र मानमा हिंडेका राजनीतिक दलका नेताहरुको जमिन्दारी स्वभावको विषयमा चित्रण छ । यसको कथामा राजनीतिक विषय छ । कथामा झिनो कथानक छ । परिवेशर संवाद छैन । वाह्यद्वन्द्व छैन । आपसी खिचातानी र त्यसबाट आजित भएका जनताको विषयमा लेखिएको छ । यो कथा दश मिनटमा पढि सकिन्छ । पाठकहरुलाई गहिरो प्रभाव पार्छ ।
'जीवनहार जन्मोत्सव उपहारमा' कथाकारले विपन्न र सम्पन्न परिवारका किशोर किशोरीहरु कसरी नजिकिदै गए र आपसी प्रेमलाई कसरी विवाहसम्म पुराए भन्ने मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । यो कथा यौन मनोविश्लेषणात्मक कथा हो । सम्पन्न र विपन्न परिवार बीचमाविवाह गराएर प्रेम प्रणयलाई उदात्त रुपमा प्रस्तुतगरिएको छ । यस कथामाकथानक छ । आरम्भबाट विकास हुँदै उत्कर्षमा पु¥याएर समापनतिर लागिएको छ । यसमा दाइजो दिने सामाजिक आडम्बरको विरोध गरिएको छ ।'पसिना' कथामा अन्तरजातीय विवाह र वैदेशिक रोजगारको समस्याको विषयमा उल्लेख छ । 'नघर न घरकी' कथामा रोजगारीको लागि विदेश पुगेका युवकले पाएको धोकाको विषयमा उल्लेख छ । उनी घरमा आउँदा सबै गुमाउन पुगेका छन् । यो कथा कारुणिक कथा हो । 'अभिलाषा'कथामा धन र रुपको घमण्ड र त्यो घमण्डबाट पाएको सास्तीको विषयमा चर्चा छ ।
'प्रतिशोध'कथामा कुलीन परिवारको ब्राम्हणको छोरा र चौधरी परिवारकी छोरीबीच विवाह गराइएको छ । सामाजिक इज्जतका कारण प्रेममा फसेका केटाकेटीहरुलाई छुटाउन खोजिएको छ । यस कथामा निष्पक्ष तथा तटस्थ छानविनको आग्रह गरिएको छ । 'जिउँदोले माड पाएन मरेकालाई खीर' कथामा सामाजिक आडम्बरको विषयमा खण्डन गरिएको छ । वृद्धवृद्धाहरुलाई जीवनभर हेला गर्ने, सेवा सुश्रुषा नगर्ने तर मरेपछि उसको नाममा ठूलै दान गरेर आफूलाई महान बनाउने कर्तव्यहीन आडम्बरी व्यक्तिको विसंगत प्रवृत्तिको उदाङ्गो पारिएको छ । 'पसिना यही देशको निर्माणमा भिजोस्' शीर्षक स्वयंमा सन्देश हो । यसमा पैसाको मोहपासमा परेर आफ्ना बालबच्चा अनाथ बनाएर विदेश पुगेका माता—पिताप्रति व्यङग्य गरिएको छ । अन्तरराष्ट्रिय रोजगारले पारेको दुश्प्रभावको सशक्त चित्रण छ ।
'स्वार्थी जमात'कथामा सरकारी स्कूल र निजी स्कूलमा पढाउने आफ्नै छोराछारीप्रति भएको भेदभावको खण्डन छ । सरकारी पक्षको अकर्मण्य प्रवृत्तिको खण्डन छ । 'बुढाबुढीको आआफ्नो व्यथा' कथामा आधुनिकता र पछौटेपनको द्वन्द्व देखाउनुको साथै लोग्ने मान्छेहरुले गर्ने भाषण र घर व्यवहारमा देखिने अन्तरको विषयमा व्याख्या गरिएको छ । 'एउटा सपना'कथामा सपनालाई बिम्ब बनाएर मान्छेमा हराउँदै गएको संवेदनालाई छर्लङग पारिएको छ । 'आवश्यकता' कथामा मानिको यौवन, यौन र मदान्धको चिरफार गरिएको छ । 'बतासे डाँडाको तीनदिन' शीर्षक कथामा माओवादी जनयुद्धको विषयमा उल्लेख गरिएको छ । 'जन निर्णय' लघु कथा हो । यसमा तत्कालीन राजतन्त्र र माओवादी जनयुद्धकै विषयमा उल्लेख गरिएको छ । 'कोकिलाको न्याय' कथामा निम्नवर्गीय चत्रिको यथार्थ वर्णन गरिएको छ । यस कथामा कोकिलाको जीवन्त चित्रण छ ।
अभागीका कथाहरु कथागत संरचनाका दृष्टिले परिपुष्ट नहोलान्, अभिव्यक्ति कला सशक्त नहोला तर अनुभूतिको पकड बेजोड छ । उनी जनमनको सूक्ष्म अनुभूति पकड्न सक्ने कथाकार हुन् । सामाजिक यथार्थ, मनोवैज्ञानिक समस्या, आदर्शवादी प्रवृत्तिउनका कथाहरुको प्रवृत्ति हो । ससाना विषयलाई लिएर मन छुने किसिमले छोटा—छोटा कथा लेखिएका छन् । मानवीय संवेदना, अनुभूति, परानुभूतिको विषयमा लेखिएका यी कथाहरु महत्वपूर्ण छन् । कथाहरु राजनीतिक, सामाजिक, मनोवैज्ञानिक विषयमा लेखिएका छन् । कथाहरु छोटा छन् । प्रत्येक कथा पढ्न दशदश मिनट भन्दा ज्यादा लाग्दैन । केही कथाहरु निकै मार्मिक र घतलाग्दा छन् ।
कविता विधामा कविता संग्रह, खण्डकाव्य हुँदै महाकाव्यीय उत्कर्षतामा पुगेका उनका कृतिहरु महत्वपूर्ण छन् । यता लघुकथा, कथा हुँदै उपन्याससम्म पुगेका करिब चालीस कृतिका रचनाकार सदानन्द अभागी हाम्रो आदरणीय साहित्यकार हुन् । उनको योगदान नेपालीय साहित्यमा अमर रहनेछ । हामी उनलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
(रुपन्देही)
May 31, 2021
यात्रा अनुस्मृतिमा यात्रा गर्दा
सदानन्द अभागी
अज्ञातका कविता (कवितासङ्ग्रह) २०४७ प्रकाशनमा ल्याई कविको रूपमा आपूmलाई स्थापित गराउनु भएका प्रा. कपिलमणि शर्मा रेग्मी (कपिल अज्ञात) ले हालसम्म नेपाली साहित्यको फाँटमा १९ कृतिहरू प्रदान गर्दै, एक विशिष्ट कवित्व प्रतिभा, वरिष्ठ समालोचक, मुक्तककार, गजलकार, निबन्धकार, नियात्राकारको रूपमा आपूmलाई परिचय गराउन सफल देखिनु भएको छ । उहाँको लेखनयात्रा साहित्यमा मात्र सिमित छैन । उहाँ एक प्रखर ज्योतिष शास्त्रका ज्ञाता पनि हुनुहुन्छ । उहाँले ज्योतिषशास्त्रमा "ज्योतिष र साहित्य जस्ता मूल्यवान कृतिको सिर्जना गरी ज्योतिष र साहित्यलाई जोडेर समाजको अगाडी उभिनु भएको छ । यस्ता ज्योतिषशास्त्रीय अनुसन्धानमूलक आलेखले नेपाली साहित्यलाई धनि बनाउनुमात्र नभै उहाँको विशिष्टता हो । प्रा. कपिल अज्ञातज्यूका केही कृति अध्ययन गर्ने सौभाग्य मैले पाएको थिएँ र आज यो यात्रा–अनुस्मृति पढ्न पाउँदा पुन मलाई आनन्द लागेर आयो । एउटा बरिष्ठ समालोचकको कृतिमा कलम चलाएर तपाइँको कृति पढें भन्ने सन्देश दिंदा राम्रै हुने ठाने र अघि बढें । उहाँलाइ छोटो परिचय दिंदा एक हँसिलो, आँटिलो, प्रष्टवक्ता, सादाजीवन र उच्च बिचारमा अडिग र सदाबहार व्यक्तित्वको रूपमा लिने गरेको छु मैले ।
यस कृति र कृतिकारप्रति भूमिका कारको धारणा– यस कृतिको प्रकाशकीयमा त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी लेख्नु हुन्छ –"कारयित्री र भावयीत्रि दुबै प्रतिभाको अपूर्व संयोगले उज्यालिएका उहाँका सृजना भावमय, हृदयस्पर्सी छन् ।" । "आनन्दमय नियात्राहरू" शीर्षकमा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायण प्रसाद खनाल लेख्नु हुन्छ – "पढ्दा–पढ्दै खारिएको अनुभव, पढाउँदा–पढाउँदै ,तिखारिएको विद्वता, लेख्दा–लेख्दै उजेलिएको कलम, घुम्दा–घुम्द आजित अनुभूतिको मिठास, बोल्दा–बोल्दै हासिल भएको सूक्ति माधुर्य आदि अज्ञातका निज सहजानुभूतिबाट सम्भावीत स्वकीय सम्पदा हुन् र यिनको अनुकूल प्रयोगबाट ,अनुभूत, अवलोकित र प्राप्त उपहार नै यात्रा–अनुस्मृति हो । वरिष्ठ साहित्यकार केदारनाथ खनाल भन्नु हुन्छ – कृतिकार कपिलका प्रस्तुत यात्रा–अनुस्मृतिमा संकलित नियात्राहरूमा प्राय सबै तत्व, गुणहरू, न्यूनाधिक छन् । शब्द चित्रमय छन्, आत्मीयताले ओतप्रोत भावाभिव्यक्ति छन् ।"
"जीवन यो बाँच्ने चोला हो र मर्ने पनि। बाँच्ने हो भनेर पुरौ भौतिकवादी हुने र एक दिन मर्नु नै छ भनेर पुरै अध्यात्मवादी बन्नेतिरभन्दा देह र आत्मका सन्तुलन र सामाजिक समृद्धिका निम्ति समन्वयवादीका रूपमा चल्नु पर्छ "
यी उपरोक्त आत्म कथ्यमा कपिल अज्ञातले प्रकृति र सीपको उपयोग शीर्षकमा धार्मिक जीवनदर्शनलाई दर्शाएका छन् । हुनत यात्रा–अनुस्मृतिमा गहिरिनु पर्नेमा म यतातिर मोडिए । यस संसारमा जीवहरू जन्मे पछि खास उद्देश्य हाँसिल गर्न एक स्थानबाट अर्को स्थानमा जान्छन् र उद्देश्य हाँसिल गरेपछि यथास्थानमा आउँछन् । यात्रामा अलिक सोचविचार भएको मानिसले कुनै खास उद्देश्यको लागि यात्रा गरे पनि उसले धेरै चिजको फायदा लिन सक्छ । प्राकृतिक सौन्दर्यता, सामाजिक या पारिवारिक स्थिति, त्यस स्थानको बौधिकस्तर, आर्थिक अवस्था, धार्मिक साँस्कृतिक विकृति विसङ्गति, आदि आदिलाई आप्mनै आँखाले देखेर उपलब्धी हाँसिल गर्न सक्छ । हामीलाई थाहा छ कि कुनै कुरा सुनेम भने जानकारी हुन्छ, देखेम भने विश्वास हुन्छ । त्यसलाई कार्यन्यनमा लगेम भनेमात्र यथार्थताको सिकाइ हुन्छ । यहाँ माथि समाज समृद्धिका लागि समन्वयवादीको रूपमा चल्ने कपिलजीको जुन सुझाव आएको छ त्यो यो संसार संतुलनकै लागि एउटा महत्वपूर्ण पक्ष हो । यस महत्वपूर्ण पक्षलाई केलाउँदै, विविध उद्देश्यलाई आत्मसात गर्दै, प्राकृतिक सौन्दर्यमा रमाउँदै, यात्रामा सहभागी मित्र तथा भेटघाटक्रममा साथ भएकाहरूसँग मिष्ठता र शिष्टतामा सुखदुःख विसाउँदै, कार्यक्रम स्थलको परिवेश, परिस्थतिलाई केलाउँदै, त्यहाँको भूगोल, समाज,संस्कृति, विकृति, विसङ्गति, ऐतिहासिक पृष्ठभूमि आदि आदिलाई विश्लेषण गर्दै स्वच्छन्दरूपमा आप्mना भावनालई कपिलजीले यस कृतिमा समावेश गरेर पाठकलाई आनन्दानुभूति दिलाउने काम गर्नु भएको छ । उहाँ जति भावनामा उच्च हुनुहुन्छ उहाँका अभिव्यत्तिको धरोहर पनि त्यत्तिकै उच्च छ । अब म उहाँका प्रत्येक नियात्राको संक्षेपीकारण गर्र्नतिर लाग्दछु ।
पुस्तक प्रेम र स्मृतिको मिठो सौगात– यसको कथाबस्तुलाई हेर्दा चितवनदेखि स्याङ्जा राङ्खोलामा लक्ष्मीस्मृति प्रतिष्ठान स्याङ्जाले लक्ष्मीप्रसाद स्मृति पुरस्कार कपिल अज्ञातजीलाई प्रदान गर्ने र शिवकुमार स्मृति पुरस्कार डा. टिकाराम वाग्लेलाई प्रदान गर्ने भएकोलाई ग्रहण गर्न कपिल अज्ञात र पूर्णप्रसाद अधिकारी राङ्खोला पुग्नुहुन्छ र पुरस्कार ग्रहण गरेर फर्कनुहुन्छ ।
यात्राको उद्देश्य यति भए पनि विरालाले बाटो काट्दा अपशगुन हुने, बिरालाले बाटोकाटेमा दुई कदम पछि हट्ने र दश पटक सास फेर्नेु र अनि अगाडी बढ्नु पर्ने सन्देश, यात्रा गर्दा सम्मुख चन्द्रमा पारेर हिड्दा राम्रो हुने, बाटोमा १ घण्टा अवरोध हुँदा बिरालाले बाटो काटेकोले यस्तो भएको हो कि भनी संका गर्नु, ,"काँचो कटर मै जान्छु राङ्खोला रोक मटर रस्याङ्जा झरेसी हो कस्ले देख्छर मोटर चढेसि" जास्ता लोकगीतलाई समावेश गर्नु ,किताप दिन बोलाएकालाई नआएर दिन नपाई पुस्तकप्रेमीहरूलाई वितरण गर्नु यस्ता थुप्रै विवरणलाई यहाँ समेटिएका छन्।
अविस्मृत बिम्बहरू
"तृष्णा र वासनाले घनिभूत यो भोगवादी समाजमा उनीमात्र किन एक्लो परिन्?"
सहकारी अवलोकन भ्रमणमा गएका कपिल अज्ञातले राष्ट्रसेवक बहुमुखी सह्कारी संस्था विराटनगरको अवलोकन पछि दीपज्योति नारी विकास वचत तथा सहकारी संस्था लि. की संस्थापक पार्वती बरालले विवाह भएको छैन भन्ने जानकारी गराएपछि निस्केको वाक्य हो । यो सहकारीले आठ प्रकारका बचत जम्मा गरेको नारी चेतना जागरण गराएको १४ समुह एकीकरण गरेर बनेको । आदि वर्णन यहाँ आएका छन् । पार्वतीको एकल जीवनम कपिलजीले निकै तरकना मनमा खोलाएका धारणा यहाँ पस्किएका छन् । यसपछि कपिलजीहरू इलामतिर लाग्दै पशुपति नगर हुँदै मानेभञ्ज्या जोरपोखरी घुमपहाड, हुँदै छुमछुके रेल हेर्दै, घुमपहाडमै जन्म भएकी विष्णुकुमारी पछि पारिजातले कहलाएकी, बाटोमा बुद्धको विशाल मन्दिरको दर्शन,बतासे डाँडामा बनेको अग्लो गोर्खा स्मृतिस्तम्भको अवलोकन, चिया वगान, चिडिया घर(सङ्ग्राहलय) को अवलोकन पछि फर्केर इटहरी आएर बास बसेको धारणा सहित यस लेखकोबिट मारिन्छ ।
यस लेखले यात्रा गर्दा व्यवस्थित रूपमा गर्नु पर्ने सन्देश दिएको छ । इलामतिर लाग्दाको नागबेली सडक, सडको माथि ठडिएका सुन्दर डाँडा चिया बगैंचाको सुन्दरता प्राकृतिक सुन्दरताको वर्ण मनमोहक रूपमा आएको छ । दार्जिलिङ जाँदा पारिजातको पृष्ठभूमि र परिवेश भानुभक्तको पूर्णकदको सालिक हेर्न नपाएको हुँदा भ्रमण अधुरो रहेका धारणाको साथै नेपालका डाँडाकाँडा सुन्दर बनाउन सकिने अभिव्यक्ति सहित उपदेशमूलक बनेको छ नियात्रा ।
बन्दीपुरः एक पर्यटकीय मनोरम नगरी– यो पनी सहकारी मार्फत गरिएको नियात्रा हो ।यात्रा भरतपुरबाट थलनी गरी बन्दीपुर पुगिन्छ र बन्दीपुरमा सहकारीले दिने तीन दिनको तालिम सिध्याएर भरतपु फर्किन्छ । लेखनको संक्षिप्तता यहीहो तर कृतिकारले यहाँ धेरै कुरा समेटेका छन् । सर्वप्रथम रिन र रोगलाई महानत शत्रु ठानिएको छ ।कृतिकार आफै मधुमेहको रोगी भएको धारणा आएको छ । सहकारीको महत्व दर्शाउँदै सहकारी एकता र विश्वास पूर्ण कर्मबाटै यसको अर्थ सार्थक हुने देखिने, सहकारीको महत्व वेदमा पनि देख्न पाइने, कुखुराको चल्लो गाडीको पछिल्लो पाँग्रोमा पर्नु चल्लाको मालिकले ७०० रुपियाँ माग्नु, लोक गीत तलप¥यो डुम्रे बजार माथि प¥यो बन्दीपुर के छ नानी तिम्रो मनको सुर ? म. वी.वि. शाहको बन्दपिुरे उकालीमा आदि थुप्रै प्राकृति सौन्दर्यका धारणाहरू आएका छन् यस नियात्रामा कपिलजीले कवितालाई पनि स्थान दिनु भएकोले विविधतामा रमणीयता थपेको छ ।
वेलगामको यात्रा भरतपुरको बचत सस्था साकोसबाट तय गरिएको यात्रमा सहभागी हुँदा र त्यो संस्थाको स्थापनाका विविध पक्षलाई लामो भूमिका बाँध्दै अपमान र मानका बारेमा दृष्टिकोण राख्दै तातोपानी स्नान र यात्रामा अध्ययनको लागि छनौट गरिएका संस्था बासस्थान ,लाभप्रद र प्रेरणादायी रहेका, तिब्बत(चिन)मा भएको विकास, नेपालमा हुननसकेको विकास आदिको तुलनात्मक विवरण र भोटेकोसीका आकाशे जम्प आदिमा कृतिकारले स्पष्ट धाराण राखेको देखिन्छ । यात्रा वेलाम बेथितिको देखेर एउटा व्यङ्ग कस्न पनि कृतिकार पछि नपरी "देवताहरूको दुषित मनसायले ेइन्द्राशन डगमगाउला, उर्वसी जस्ता अप्सरा देखे ऋषि मुनिका योजना पनि फले खान्छन् " जस्तो व्यङ्ग कस्दा एउटी महिलाले ठाडै हकार्नु, कृतिकारले कसैका व्यक्तिगत चरित्रलाई आक्षेप लगाउने तरिकाले नभनिएकोमा महिलाले गरेको त्यो प्रतिवादप्रति कुनै प्रतिकृया नजनाई मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ जस्तो शब्दलाई सम्झदै एउटा मुक्तक पस्कँदै यस नियात्राको बिट मारिएको छ ।
देश विकास गर्नेका भित्तामा पनि सहर हुन्छन्
हरेक व्यक्तिका आ–आप्mनै पनि रहर हुन्छन्
समूहमा भएपछि साझा सन्दर्भहरू उठायो
कसैका निम्ति ती अमृत कसैका निम्ति जहर हुन्छन् ।
तम्घासको रेसुङ्गा ः एक सौन्दर्य गंगा – यो यात्रा गुल्मीको किरण पुस्तकालय र हाम्रो पुरुषार्थ पत्रिकाको आयोजनामा गरेको बृहत् साहित्यिक गोष्ठीमा सहभागी हुने निमन्त्रणमा सहभागी हुन जाँदा चितवन, नवलपरासी, बुटवल पाल्पा रिडी हुँदै तम्घास पुग्नु र गुल्मी महोत्सव २०६८को छन्द कविता गोष्ठिमा सहभागी भै रेसुङ्गाको भ्रमणको विवरण समेत समावेश गरिएको छ ।
यस नियात्रालेखमा कृतिकारले यात्रा गर्दा कुनै कार्यालयमा कार्यरत भए विदा मिलाउनु पर्ने,हिडडुलको लागि आर्थिक अवस्था पनि दह्रो हुनु पर्ने, चलजोगी फट्कार छाला जहाँ जाला भातै खाला जस्तो बानी हुनु पर्ने , यत्रालाई रोचक र आनन्दाइी बनाउन दिल मिलेका, खुला, रसिला ,मिजासिला, दिलदार भरपर्दो साथी हुनुपर्ने, भरपर्दो साधन हुनु पर्नेधारणा पस्किएका छन् ।
रेसुङगा उच्चाइको हिसाबले १४६८बाट २३४७ मिटरमा फैलिएको,महापोखरी सम्म मोटर जाने, १५÷२० मिनट हिड्नु पर्ने,, भव्य जङ्गलमुनि गर्जूवा पोखरी, यो शृङ्ग ऋषिको तपोभूमि परिवेश लक्ष्मीनारायण सन्त शशिधर निर्गुण भक्ति धाराका कवि भएको, यो स्थल पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेका, यज्ञशालाको निर्माण, अवलोकन स्तम्भगृह्यमा चढेर दृश्यहरूको अवलोकन गरेको,त्यस सुन्दरतामा कवि उत्पेरित हुन्छन् र "पेट भरिपूर्ण रहे मन परिपूर्ति हुने यो भन्दा सुन्दर दृश्य या ठाउँ अन्त कतै देखिदैन, भन्दै आप्mना धारणा राख्नु, रेसुङ्गालाई प्रकृतिको अनुपम उपहार, सौन्दर्यको सागर, माधुर्यको आकाश, सुगन्धको धर्ती र आनन्दको वर्ण रहेछ भन्दै सुन्दर कविताको सिर्जना गर्नु, तम्घासको गौरव गर्ने स्थल आदि रेसुङ्गाको प्रकृतिक सुन्दरता र धार्मिक महत्वको पूर्ण रूपले वर्णन गर्दै यो लेखको बिट मारिन्छ । सौन्दर्यको वर्णन अब्बलमात्र नभएर कविको कवित्व शक्ति पनि अब्बल भएको अनुभूति हुन्छ ।
त्यो साहित्यिक यात्राः एक रमाइलो अवसर –यो यात्रा देवकोटा सतवाषर््िाकको अवसरमा मन्थलीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा जगदिीश घिमिरे प्रतिष्ठान द्वारा आयजना गरिएको साहित्यिक कार्यक्रममा कपिल अज्ञात र धनराज गिरी, सहभागी हुनको लागि काडमाण्डौ गोविन्द भट्टराइको घरको पाहुना बन्दै, मन्थलीतिर लाग्दा धुलिखेल पुगेपछि बाटो अवरुद्ध भएको जानकारी पाएपछि अरनिको राजमार्ग समाएर चरिकोटको मार्ग समायर मन्थली पुगी कार्यक्रममा दुई दिन सहभागी भई कार्यक्रमको पूर्णता नदिइ विशिष्ट साहित्यकार कमलमणि दीक्षितसँग फर्किए र काठमाडौ आइ हरिहरखनालको घरमा बसी चितवन पर्कने योजना सहित यो यात्राको बिटमारिन्छ । यस लेखले धेरै कुरा समेटेको छ । अन्तरमनको यात्राका लेखक जगदिश धिमिरेको साहित्यिक व्यक्तित्व, उदारता, आर्थिक सम्पन्नता, उनकी सहधर्मिणी दुर्गा, जगदिश र दुर्गाले गरेका आतिथ्य सत्कार, मिठो आनन्ददायी भोजनको वर्णन पहिलो पटक मन्थली टेकेको भन्दै गजल लेख्नु, मन्थलीलाई प्रीयसीको बिम्ब बनाएर गजल मार्फत मन्थलीको वर्णन, रामेछाप साहित्यिक महोत्सव आयोजनामा पञ्चै बाजाको व्यवस्था, दुर्गा धिमिरको सभापत्वि, कृष्णचन्द्रसिंह प्रधान अतिथि, कमलमणिको विशिष्ट, अतिथि भएको यस समारोहमा रोचक घिमिरेले नेपालमा गणतनन्त्रको स्वर रामेछापबाटै उठेको, कृष्णालालको मकै खेती पर्व, नैबेध्यका धरणीधर कोइराला, शहीद गंगाला र कमरेड पुष्पलाल गणतन्त्रका अगुवा, आदि आदि साहित्यकारका धारणाले यस यात्रा लेखलाई आनन्दित र रोमान्चित तुल्याएको छ ।
यात्रा एक ः अनुभूति अनेक – यस लेखमा कृतिकारले भरतपुर साकोसले आयोजना गरेको सहकारी अध्ययन भ्रमणमा पोखराको रोयल सहकारी संस्था जस्को ठ्रलो शेयरपूँजी भएको, चार जिल्लामा शाखा फैलिएको, गुणस्तरमा जोड दिएको, लगानी पनि ठूलोस्तरमा गरेको, सम्बधित सदस्यहरू हीत योग्य काम गर्ने सबै राम्रो देखिए पनि अध्ययन टोलीले व्यक्तिलाई डेड करोडसम्म लगानी गरेकोलाई जोखिमपूर्ण हुने ठम्याइ रहेको धारणा आएको छ ।"पलिे संस्थामा प्रचुर पैसा भित्र्याएपछि नै सेवा राम्रो दिन सकिने " यो गुरु मन्त्रलाई अध्ययन टोलीले सकरात्मक रूपमा लिएको भन्दै यो टोली अध्ययनकै सिलसिलामा सिवाइसी बचत तथा सहकारी संस्थालाई अध्ययन गर्नलाई वाग्लुङ्ग पुगेको । सिवाइसीका अध्यक्ष चण्डीले संस्था सञ्चलानको कसरी गरिन्छ भन्ने विषयमा सबैलाई चित्त बुझ्ने गरी ३ घण्टासम्म आप्mनो धारणालाई प्रस्तुत गरेको र चण्डीले प्रस्तुत गरेको धारणाो सार कृतिकारले यसरी प्रस्तुत गरेका छन् – "संस्था समयसापेक्ष चल्नु पर्छ बिचार विमर्शका सन्दर्भमा तथ्य सही हो भन्ने भएपछि अघि बढ्न पनि डराउनु हुन्न । लिडर बन्छ भने निडर बन्न आवश्यक छ ।अध्ययन टोलीले पोखरा र बाग्लुङ्का सहकारी संस्थाबाट धेरै कुरा जानकारीमा आएका विवरण प्रस्तुतिमा आएका छन् ।
"पौराणिक शास्त्रमा मरेपछि स्वर्ग जाने सन्दर्भमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने प्रसङ्ग आउँछ तर तर यिनै पुलले यहाँका बस्ती र नगरलाइर्ए स्वयं स्वर्ग बनाएको अनुभूत हुन्छ । जसले पुलमा अप्mनो लगानी गरे ती पौरखी पुरुष धन्य हुन् । " कृतिकारका यी उद्गार कुश्मका त्निबटा पुलको अवलोकन गरेपछि आएका हुन् । तीन पुलमा दुई पुल पर्वर्त जिल्लाभित्रै (एक पुल कुश्माबाट ग्यादी र अर्को पुल कुश्माबाट मुडिकुवा) अर्को पुल कुश्मावाट बलेवा ) साथै केवुलकारले कुश्मा र बलेवालाई जोडेको छ । यो अध्ययन टोलीले गलेश्वर धामको चक्रशिला मन्दिर (नौ रोपनीमा फैलिएको एउटै विशाल चक्रशिला ) अवलोकन ,सतीदेवीको गलापतन भएको ठाउँमा स्वयम प्रकट शंखचक्रयुक्त शिवलिङ्ग, ज्यातिर्लिङ्ग, शालिग्राम शिवश्वरूप मन्दिर जो विश्वकै अलौकिक अकल्पनीय देवभूमि मानिने र यहाी विशाल शिलामा एकशय आठ शिवलिङ्ग,शिव मन्दिर पाठशाला, त्यही शिलाको वक्षस्थल अघि बनेको कहिल्यै नसुक्ने सानो जलकुण्डमा नीलकण्ठ भगवानको मूर्ति जडितको साथै आधुनिक स्रोत साधनबाट बञ्चित जन जीवनको अवलोकन गरेको विवरण प्रस्तुत गरिएको छ ।
पोखराको सराङकोट मन्दिर–जहाँबाट पोखराको सौन्दर्यलाई हेर्न सकिने, प्यारसुट ग्लाइडिङ यही बाट भरिने, त्यही भ्यूप्वाइन्ट, चड्न कठिन, यस टावरबाट धेरै दृश्य देख्न सकिने, आदिको अवलोकनले कपिलजीको मनै पग्लिएर गुनगनाउन थाल्नु भयो –
हिमालैको हावा यहाँ चल्यो सरर
सराङ्कोटको सिरानैमा मनै हररर
छाब्दीबराही – छाँगाबाट खसेकी देवी भनेर छाब्दीबराही भनिएको, जलकुण्डमा माछा र मन्दिरको छतमा परेवा,माछा ठूला ठूला हुनुको कारण बलीको रगत खाएर, ठूलो राजबाम माछा गुडल्किएर बस्छ भन्ने सुनिनु, रगत माछाले खाँदा देवताले खाएइको भन्ने अन्धविश्वासमा मान्छे मन भड्की रहेको, यी सबै क्रियाकलाप देखेर कपिल मन्दिर बाहिर बसेको र समुह आएपछि सबै फर्केको धारणा सहित यस यात्राको बिट मारिन्छ । यो यात्रामा समूहले बाग्लुङ्को कालिका मन्दिर, बाटोमा पर्ने सहस्रधारा र पोखराको विन्धवासिनी देवीको मन्दिर अवलोकन पनि गरको धारणा यहाँ आएको छ ।
हिमालको काखदेखि सागरसम्म –
"पहाड पुरुष नदी नारी
मानूँ पुरै वस्त्र उतारी
मस्त भएर आलिङ्गनमा
डुवे दुबै विषय रङ्गमा ।"
यी शिङ्गारिक कविता सप्त गण्डकी बहुमुखी क्याम्पस, प्रध्यापक संघ एकाइबाट गरिएको शैक्षिक भ्रमणमा गोवा पुगेपछि गोवाको त्यो राणीय सुन्दरतामा आकृष्ट भै कपिलजी बाट आएका उद्गार हुन् । गोवा पछि बम्बैको भ्रमण गर्दै नेपाल फर्केपछि यो यात्राको बिट मर्छ । भरतपुरबाट भैरहवा हुँदे गोरखपुरबाट लोकमान्य तिलक रेलगाडीमा गरिएको यात्रा, भोपालको आणविक भट्टीको ग्यास चुहेर वरपरका मानिस ज्यान गुमाउन परेका कुरा, सामदी होटेको परिचय, सुरभी कलेज, इटारसीको हनुमान मन्दिर, जमिन एक विघालाई डेडलाख पर्ने सामान्य व्यक्तिको पनि एकडेड सय विघा जमिन हुने, कोलावारी कोलावारी गीतको श्रूतिमधुरता र खोलावारि खदोलापारिको नक्कलगरी नाच्नु पूणेको विद्यापीठको १०५औं पदवीप्रदान समारोहको महत्वपूर्ण दिन र त्यसमा सहभागी हुनु,, विद्यापीठको १००० बिघाभन्दा बढी क्षेत्रफल भएको र ५० भन्दा बढी विभाग र २० हजारभन्दा बढी विद्यार्थी, बाटोमा पर्ने लामा छोटा सबै प्रकारका सुरुङ्मार्ग पारगर्दै पहाडलाई खोपेर बनाएका मागा हुँदै गोवा पुग्नु., गोवाका समुद्र किनारमा भेटिने नग्नता, त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउँदै सायली होटेलको स्वागतता, डँडेउलीमा खबटाले बनेका बस्ती, समुद्रका साना र ठूला लहरहरू भँगालोले बनेका तलाउका डुँगाहरुको, पलिे गोवा पुर्तगलको अधिनमा रहेको, गोवा सानो प्रान्तिय राज्य ,हिन्दूका घर अघि तुलसीको मठ, तथा ख्रिश्चियनका घर अगाडि क्रस चिन्ह, नरनारी निर्बस्त्र भै घामको स्वाद लिनु, मनोरन्जनको लागि उपयुक्त परिपाटी, पानी जहाजको सयर, गोवामा मनाइएको दुईदिनको प्राकृतिक सौन्दर्यलाई मनमस्तिष्कमा सजाउँदै विशाल सहर, २० सौंदेखि पचासौं तला भएका गगनचुम्बी आलिशान महल भएको मुम्बई आई विद्यापीठमा प्रवेश, खुला विश्वविद्यालय भएको जानकारी, २०सौं हजार विद्यार्थीले आप्mनै तरिकाले परीक्षा दिन पाउने व्यवस्था, भेटघाट सद्भाव राम्रो रहेको र पारस्परिक सम्बन्धप्रति चासो र केही पुस्तक दिएर विदावादी हुँदै मुम्बैकाम्याक्सस, गेटवे इण्डिया, होटेल ताज, शान्तात्रूmस, नानानानी पार्क नरिवल पइन्ट, ह्यागिङ्गार्डेन, कमला नेहरु पार्क, सिद्धिविनायक मन्दिर, लमहालक्ष्मी मन्दिर वेलीजुहूबिचब्रिज, आकाश गंगाको परिचय, आदिको भ्रमण विवरण आएको छ यस लेखमा । कपिलजीले गोवा र मुम्बईलाई मुम्बई व्यपार क्षेत्र र गोवा मिलन क्षेत्रमाको रूपमा मनन गर्दै नेपाल आउनु नेपालमा आएपछि भारतमा ठगीबाट जोगिएर आए पनि गाडी पाउन कठिन भएको र पाइएको गाडी पनि हेड लाइट नभएको गाडी मालिकले पेश्की लिएको, त्यो पेश्कीलाई मायामारी अर्को गाडीमा फर्कन बाध्य भएको भन्दै , यात्रामा मनग्गे ज्ञान हाँसिल भएको र रमाएको धारणा आएको छ ।
माउण्ट आबु यात्राको एक झलक –
ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय राजस्थानको आबु पर्वत स्थित ज्ञान सरोवरमा आयोजित असल समाज हेतुप्रशासन विषय २१ जूनदेखी २५ जून २००६ सम्मको सम्मेलनमा सहभागी हुन जाँदा घरबाट निस्कँदा रित्तो गाग्रो देखिनु अशुभ संकेत हुनु तर तत्काल गाग्रो भरिएको आउनु ,१८ जना भरतपुरबाट आबु जान यात्रामा गोरखपुर पुग्नु गोरखपुरदेखि रेल चढेर पुरानो दिल्ली पुग्नु, दिल्लीमा लोटस पार्क, बाटो बिराउनु, एक जना बंगाली भेट्नु उसैले ओम शान्ति भवन पु¥याइदिनु, कागती किन्दा समूहबाट छोडि१६ नं पेलेटफर्ममा पुगेर साथभिाई भेटिनु जस्ता घटनाक्रम यहाँ आएका छन् ।
अनुभव मधुवन महिमा– यसै कै उपशीर्षकमा मधुवनको महिमा दर्शाइएको छ । यसका महत्वपूण अभिव्यक्ति जो कपिलज्युले जे जस्तो पस्कनु भएको छ । यहाँ पस्कने अनुमति चाहान्छु – " डान्ग्रे र कौवा स्वभावका मानिसहरूपनि यहाँ प्रवेश गरेपछि हंस वा बकुल्ला स्वभावका भएर निस्कन्छन् ।" मधुवनमा धर्तीकै भू–स्वर्ग वा मधुवन जे भने पनि ज्ञान सरोवर, ज्ञान ध्याकै गुण गरिमामय सरोवरको अनुभव हुनु, मधुवन मधुर मिलनको ठाउँ, विश्वको पावन धाम, भारतको वरदान भूमि, परमात्मको चरित्र भूमि, देवात्मको तपोवन आदि सर्वनामले पुकारिएको छ मधुवनलाई, मधुवनभित्रका उपवन, शान्तिवन, पाण्डव वन, ज्ञानसरोवरहरू प्रेरणाका स्रोत, यसबाट जीवनका नयाँ अनुभव प्राप्त हुने, प्राकृतिक बनौटलाई हेर्दा यहाँ सानादेखि २०–२१हजारसम्म अट्न सक्ने भवनहरूछन्। विशाल सोलार सिस्टम, जहाँ १००० जनाको खाना एकाध घण्टामै तयार हुने ।यसरी कपिलज्यूको वर्णनमा मधुवन पवित्र दर्पण हो भनिएको छ । यहाँ कसैका मनमा पनि अभाव, अतृप्त,र असन्तुष्टि खट्किदैन । आदि धारणाको साथै, यो ओम शान्ति हिन्दुधर्मधर्मको पृष्ठ भूमिबाट उठेको धर्मको आधुनिकीकरण भएको जहाँ मठमन्दिरको निर्माण र मूर्तिपूजनको पुरानो पद्धति नभएको, दर्शनमा नविनीकरण भएको, परमात्मा निराकार छन् भन्दै, भौतिकताको उपयोग गर्दै प्रकृतिको आडमा आध्यात्मिकताको खोजी भएको जीवन शैली र भेष पनि शुद्धीकरण भएको, सर्बशक्ति योग नै राजयोग, ध्यान नै शक्तिको आधार, ध्यान नै आत्म परीक्षणको सर्वोतम उपाय, स्व परिवर्तन विना विश्व परिवर्तन हुँदैन,,दत्तात्रयको मन्दिर, दिलगाढाको जैनमन्दिरको अवलोकन जुन एक हजार वर्ष पहिला १०५ करोड ५३ लाख लागतमा १२ सय जनाले १४ वर्षसम्म लगाएर बनाएकोको अवलोकन ,नख्खी झिल( देवताले नङले खनेर बनाएको ताल)को अवलोकन पिसपार्क (शान्तिको वगैचा)मा शिवलिङ्गमा पानीको फोहोराको मनोरम दृश्य, १११ जातका गुलाफका पूmलका बगैंचाको बीच्मा नै चलचित्रबाट सृष्टिचक्रको निर्माण, अहम्दावादको अक्ष्रधामको चेतनापुञ्जको अवलोकन, मेट्रो रेलको नौलो अनुभव ,राष्ट्रपति भवन र संसदभवनको भव्य भौतिक स्रूपको अवलोकन गर्दै यस लेखको बिट मारिएको छ ।
विचारले प्रगतिवादी तथा स्वभावले गान्धीवादी ः बाबुराम पाण्डे
यो यस लेखको अन्तिमलेख समालोचनाको रुपमा आएको छ । आजको मान्छे (२०३६) कवितालाई मातृभूमि सााप्ताहिकमा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका बाबुराम पाण्डेले समयको आवाज कविता सङ्ग्रह (२०६७) कृति लिएर कृतिकार बने । जीवनका पदचापहरु (२०७५) उनको दोस्रो निवन्ध सङ्ग्रह हो । सम्पादन क्षेत्रमा पनि पाण्डेको लगानी छ र साहित्यलाई समाजको ऐना सम्झने र साहित्य जनपक्षिय हुनु पर्छ भनेर वकालत गर्ने कलानाथको जितिया पावनीलाई नेपालीमा अनुवाद गरी अनुवादक भै सके का बाबुराम प्रगतिवादी साहित्यकार एवम् समाज सेवी हुन्, स्वभावत उनी गान्धीवादी जस्तै देखिने भन्दै कपिलजीले एउटा सुन्दर समालोचना यस कृतिमा समावेस गर्नु भएको छ ।
मैले माथि हरेक नियात्राको सारभाव पोख्ने प्रयास गरें ।यहाँ पस्किएका यात्रा सबै उद्देश्यमूलक र सटिक छन् । प्रा.डा. नारायणप्रसाद खनालले यी "यी नियात्राका नवरत्न नै हुन्" भनेर ठोकुवा लगाउनु भएको छ । वेलगामको यात्रामा उहाँको तीतो अनुभव समेटिएको छ । सहकारीलाई संरक्षण र सम्वर्धन गर्न लाग्दा तिरस्कृत भएकोमा पछिको मूल्याङ्कनमा अभिनन्दित हुन पुगेको कुरा अध्ययन गर्दा जानकारी हुन्छ भने मुटुमाथि ढुङ्गा राखी हाँनु प¥याछ जस्ता मार्मिक अनुभूति पनि पाइन्छन् । यात्रा सधैं सुखद हुँदैनन् दुखद पनि हुन्छन् । यी नियात्रामा कपिलजी कतै निकै उत्साहित भएको र निकै राम्रो उपलब्धी हाँसिल गरेको देखिन्छ ।
साहित्यकार प्राकृतिसौन्दर्य प्रेमी हुन्छन् । कपिलजी प्राकृतिक सौन्दर्यका पूजारी हुन् भन्न सकिन्छ । उनका यी नियात्रामा प्राकृतिकलाई नियात्राकारले सुन्दरीमा रूपान्तरण गरेर सौन्दर्य पान गरेको पाइन्छ । कतै भाग्यवादी सोचलाई पनि यात्रामा जोडेका छन् जस्तै "हुने हुनामी टर्दैन, कसै गरी त्यो सर्दैन ।"( पृष्ठ ३३), । मानिस भएर अहम्ताको भारी बोक्न हुँदैन । अहम्ताको प्रदर्शन पनि सामन्तकै स्वभाव ठान्नुहुन्छ (पृष्ठ ३७) कपिलजीले ।सहकारी संस्था सञ्चालन गर्दा पैसाको आवश्यक्ता पर्छ वहसको क्रममा चण्डीले नेपालमा पैसै पैसा भएको भन्दै शास्त्रिय अभिव्यक्तिलाई यसरी जोडिएको छ–कुनै अक्षर त्यस्तो छैन जो मन्त्र नहोस् ।कुनै जरो त्यस्तो छैन जुन औषधी नबनोस् । कुनै पुरुष त्यस्तो छैन जो योग्य नहोस् तर यहाँ योजक मात्र दुर्लभ छ । कति सुन्दर अभिव्यक्ति छ बास्तवमा उद्देश्य पूर्ति गर्न राम्रो योजना बनाउनु पर्छ । योजनालाई कार्यन्यन गर्नको लागि दक्ष कर्ता चाहिन्छ र राम्रो व्यवस्थापन हुनु पर्छ र उत्तम उपलब्धी हाँसिल हुन्छ । भौतिक र आध्यात्कितामा संतुलन चाहाने कपिलजी आपूmलाई समन्वयवादी भन्न रुचाउनु हुन्छ । यहाँ यस्ता थुप्रै धारणाहरू राख्नु भएको छ। शृङ्गारमा साहित्यकारहरू आनन्दित हुन्छन् । लेखनमा शृङ्गार रसको समुद्रै बगाइदिन्छन् र पाठकलाई आनन्दित तुल्याउँछन् ।क्षणिक भए पनि नैराश्यतालाई हटाइ दिन्छन् । उहाँका यस नियात्रा लेखनमा शृङ्गारलाई समावेशगरी रसिलो, मिठो र गतिशील प्रस्तुति दिएर लेखनलाई पढौं पढौं भन्ने खालको बनाउनु भएको छ । उहाँले नदी नाला, पहाड पर्वतमा सुन्दरता नै सुन्दरता देख्नु हुन्छ र सारी पहिराई दिएर सुन्दरी बनाइ दिनु हुन्छ । यो लेखन कला निकै राम्रो लाग्यो मलाई ।
उहाँ ज्योतिष विशेषज्ञ हुनुहुन्छ । यात्रा गर्दा सम्मुख चन्द्रमा पार्नु पर्ने धारणा राख्नुहुन्छ । भन्नु हुन्छ, विरालाले बाटो काट्यो भने विघ्नवाधा पर्न सक्छ । रित्तो गाग्रो देखेपछि साहित अशुभ हुन सक्छ । कतिले पढ्छन् छोडछन् तर कपिलजीले व्यवहारमा उतार्नु हुन्छ । कपिलजीले थुप्रै सन्देश दिनु भएको छ । त्यसलाई पाठकले ग्रहण गर्ने नगर्ने उनको कुरा हो ।
शीर्षकीकरण –यहाँ स्मृतिमा अनु उपसर्ग लागेर अनुस्मृति हुन गएको छ । अनुस्मृतिको अर्थ हुन्छ स्मरण या सम्झना ।यी ९वटा लेखमा यात्रामात्र नभएर स्मृति पनि छन् । यस भीेत्रका उपशीर्षक पनि त्यत्तिकै सारगर्भित छन् । शीर्षक सार्थक देखिन्छ ।
भाषाशैली र प्रस्तुति – कहीं कहीं संस्कृतका श्लोक मिसिए पनि भाष सरल छ सबैको लागि ग्राह्य छ । शिष्ट भाषमा उखानलाई मिलाएर, भावशब्द केलाएर, शृङ्गारलाई सजाएर र सलल बगाएर सुन्दर प्रस्तुति गर्न खप्पिस देखिनु हुन्छ कपिलजी ।
मेरो धारण र अन्य साहित्यकारले पस्केका भावनालाई माथि सजाउँदै। कपिलजीका यी यात्रामा आपूmनै सहभागी भए जस्तो महसुस गर्दै कपिलजीको यो अमूल्य कृतिमा दुई चार शब्द कोर्न पाउँदा आपूmलाई भाग्यशाली ठान्दै कपिलजीका कृति थपिदै जाउन्। मैले पढ्न सधें पाम भन्दै स्सुस्वास्थ् र दीघएायुको कामना सहित विदा चाहन्छु ।
May 17, 2021
प्रतिविम्व नियाल्दा
सदानन्द अभागी
लक्ष्मीराज शर्मा पौडेललाई हामीले साहित्यिक क्षेत्रमा कुशुमाञ्जलीका नामबाट चिन्दछौं । उनको जन्म बाग्लुङ् नगरपालिका वडा नं ४ रातामाटामा १९९८ चैत्र ७ गते शुक्रबार भएको र हाल उहाँ कुश्मा नगरपालिका वडा नं १० मा बसोबास गर्दै आउनु भएको छ । नेपाल सरकारको निजामती सेवामा ३० वर्ष अविछिन्न सेवा पश्चात निवृत्ति भरणमा रमाउनु भएका लक्ष्मीजीले ५ ओटा कृतिहरू प्रकाशनमा ल्याइसक्नु भएको छ भने करिव एक दर्जनको हाराहारीमा प्रकाशोन्मुख अवस्थामा छन् । पर्वत साहित्य संगम कुश्मा पर्वतको आजीवन तथा संस्थापक सदस्य रहनु भएका लक्ष्मीजीले प्रतिविम्व महाकाव्य लिएर हामीसँग उभिनु भएको छ ।
कृतिको संरचना – प्रतिभा शर्मा (सापकोटा) ले प्रकाशन गरेको यसकृतिमा १५ सोपान छन् ।१५३८श्लोकहरू छन् । आवरण पृष्ठ बाहेक यस कृतिमा समर्पण कुसुम, प्रकाशकीय, प्रतिविम्वको समीक्षात्मक सारांश, आभार व्यक्त गरी १६ पृष्ठ र महाकाव्य ३१५ पृष्ठमा वर्णित छ । आवरण प्रथम पृष्ठमा प्राकृतिक सौन्दर्यतामा एक मानव आकृत छ भने पछिल्लो आवरणमा लेखक परिचय दिएको छ । मूल्य रु ५०५ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – प्रथम सोपानमा ३७ श्लोक छन् । यस सोपानमा गणेशले आप्mना दाज्यू मेरु पर्वतको यात्रा मयुरमा चढेर फर्कने छन् तर मुसो वाहनबाट कसरी यो यात्रालाई तय गर्ने भन्ने चिन्तामा देखिन्छन् । यसरी मङ्गलाचरणले सजिएको यस सोपवानमा विभिन्न देव र देवीलाई स्मरण गर्दै कवि यसरी प्रस्तुत भएका छन्–
टुक्रा टुक्री गन्थनैका सँगाली
देवी द्यौता सन्त सौभाग्यशाली ।
औंलाँए जो बाक्यले लेखनीका
संकेत नै हुन् मङ्गलोच्चारणैका
(श्लोक १२पृष्ठ ३)
मङ्लाचरणको साथै कविले यस काव्य पूर्णता दिनमा पर्ने कठिनाई, सोच, पथ निर्माण गरेर अगाडी बढ्ने कुरा, बाबु आमाबाट प्राप्त शिक्षा आर्जनमा सहयोगमा स्वर्गीय बाबुको स्मरण, नेपाल भूमिको प्राकृतिक सौन्दर्यता, देवी देवता, तालतलैया ,कृष्णा गंगा, शालिग्राम, आदिको सुन्दर वर्णन,सहित कविले आप्mनो भावनालाई यसरी प्रस्तुत गरेका छन् –
कुटिल मनुज शिघ्रै देश छाडेर जाओस्
विषम गरल ठूलो द्वन्द्वको अन्त होओस् ।
सरल मनुज पैले देशमा बस्न पाओस्
हृदय पवन गर्ने कार्यमा लोक लाओस् ।।
(श्लोक ३६पृष्ठ ८)
यस सोपानको अन्त्यमा कविले शान्तिको पाठ गर्ने,विषम विषय छाडेर ब्रह्मको याद गर्ने , अभिनय सबै हेरेर लोकमा कर्म गर्ने र उपवन तरु सैच्दै "मालिनी " नाम धद्र्धु भन्ने धारणा सहित प्रथम सोपानको बिट मारिएको छ ।
द्वितीय सोपान –यस सोपानमा कविले नेपालको अतितको गौरवको वर्णन, मुनाल, डाँफे हिमाल क्षेत्रको काखमा रहेको थुम्को, हैम नामको जङ्गल, विविध खालका वृक्ष, मृगादि नानाथरिका जानवर, चराचुरुड्डी आपसी मिलाप,आदिको वर्णन गर्दै यस वनलाई नन्दन( स्वर्गको वन, तथा इन्त्द्रको वन) को तुलना गरेका छन् । यस्तो सुन्दर गाउँमा सत्र शताव्दीमा शेखर नामका ब्राह्मण बसोबास गर्दथे भन्ने धारणा सहित यी ब्राह्मणको क्षमतालाई यसरी प्रष्ट्याएका छन् –
लिएर अध्यात्मिकबादको जरा
बुझेर यस्का अनिवार्यका कुरा
सिपालु भै भौतिकबादमा पनि
त्रिलोक –विख्यात पुरा थिए यिनी ।
श्लोक २१
यी ब्राह्मणले विद्या अविद्या यसको प्रयोजन र यसको महत्व बुझेका थिए र नराम्रा काममा यिनी लाग्दै नथे । यहाँ सुरेन्द्रको सबै कला, नरेन्द्रको प्रेमकला, निर्विकल्पमा विकल्पको खोजी, कर्तव्यको पूर्णता,निस्वार्थी, सबैको कल्याणकारी, ब्राहमणको वर्णन गरिएको छ । उनीकी पत्नीको विवरण पनि कविले यसरी प्रस्तुत गरेका छन् – –
बिचार–पक्का समुृदार–बालिका
पसन्न –चित्ता नयपाल–दीपिका ।
छ नाम हैमा सुमनोहरा सती
सदा सुशीला द्विजकी कलावती ।।
(पृष्ठ१४, श्लोक २७)
हैमाको महिलामा नेतृत्व दायिक भूमिका, समुदायमा सेवा गरी मातृभूमिको गौरव बढाएर,पति पत्नी बीचको मिलेको जोडा, र यी जोडाको स्वर्गका देवताको आनन्ददायी बसोबास सरह बसोबास, आदि वर्णनको साथै कविले हैमाको दक्षताको वर्णन यसरी गरेका छन् –
विशिष्ट शिक्षा जनमा दिलाउँदै
रुढी पुरानो सबको बचाउँदै ।
लिएर आध्यात्मिकवादको जरा
अड्नि कि यी भौतिकवादमा पुरा ।।
(श्लोक ३१, पृष्ठ १५)
यी जोडी परेवाको जोडी जस्तै मिलेका स्वर्गका देवता सरह आनन्दमा बसेका र सधै राष्ट्रको चिन्तन गर्दथे भन्ने धारणा आएको छ ।
वसन्त ऋतुको अन्त्य र ग्रीष्म ऋतुको आगमन, गर्मीको तापले सबै प्राणीहरूले शीतलको खोजी, हैमाको प्रथम पटक रजस्वला भएको घटना, दशराको वर्णन, दशरामा ऋषिकेश विष्णुको पूजाहुनु, नदीमा स्नान गरेर कुशको तिलोदक दिंदा दशपाप नाश हुने, हैमा गर्भवती हुनु, हैमाको गर्भधारणमा अवेर हुँदा गाउँलेले थारीको संज्ञा दिएको मा थारीबाट मुक्त भएको धारणा र शेखरमा आनन्द आउनु आदिको रसपूर्ण वर्णन सहित यस सोपानको बिट मारिन्छ । यस सोपानमा हैमाको चरित्र चित्रण गृष्म ऋतुको महिमा दशराको मह्त्व आदिको वर्णन अति उच्चताको साथमा उठान गरिएको छ ।
तृतीय सोपान– यस सोपानमा वर्षा ऋृतुको महिमालाई समेटिएको छ । प्रकृति माताको यस सोपानको दोस्रो श्लोकमा वर्षा ऋतु सम्बन्धमा यस्तो सम्बोधन छ–
पूजा छ काण्डारक देवताको
उत्पत्ति तिम्रो दिनमा भएको ।
सौमालिका (परम्परा) झट्ट न छोड राम्रो
कल्याण यस्ले त त हुनेछ तिम्रो ।।
(श्लोक २, पृष्ठ २६)
बर्षा ऋृतुका सकरात्मक पक्ष र नकरात्मक पक्षलाई कविले विस्तृत वर्णन गरेका छन् । बर्षा ऋतुको सुरुआत श्रावण महिनाबाट थालनी हुन्छ । यस बर्षाले झरेका पात पंतिङ्गरहरू बगाएर सफा पार्दछ । जग्गा जमिन हरियालीले भरिन्छन् । किसानहरू खेतमा काम गर्दछन् । हैमाको घरमा अनल नामका व्यक्ति थिए तिनले किसान चिन्ने र नेपालको गौवलाई जान्द थे रे । यसरी नै किसानको महत्वपूर्ण कामलाई कविले यसरी प्रस्तुत गरेका छन् –
त्यो मौसमी कार्य किसानबाट
गर्दैछ घुम्दै सब खेतफाँट ।
अल्छी हुँदो हो त किसान बर्ग
बाच्दो कसोरी सब जीव वर्ग।।
(श्लोक १७, पृष्ठ २९)
यसै महिनामा विभिन्न चाडपर्वहरू पनि पर्दछन् । बर्षा ऋतुको दोस्रो महिना हो भाद्र । यसमहिनामा कृष्णाष्टमी जस्तो पावन पर्व पर्दछ । कविले कृष्णको लीलामय जीवनका घटनाक्रमलाई समेट्ने प्रयास गरेका छन् । कृष्णाष्टमीको साथसाथै तीज पर्व नारी जगतमा महान चाड मानिन्छ ।यस चाडमा दाजुभाइले दिदी बहिनीलाई घरमा ल्याउँछन्, महिलाहरूले आप्mना दुःख दर्दलाई गीतमार्फत देश निमार्णका कुरा आदिलाई तथा समसामयिक विविधपक्षलाई समेट्ने गरी गीतको रचना गर्दछन् । कविले तीजलाई यसरी प्रस्तुत गरेका छन् –
आमा बने सासु कडा सबैका
छैनन् बुहारी घरमा कसैका
आश्चर्यको खेल रचेछ तीज
संकीर्णको नष्ट गरेर वीज
श्लोक ४६पृष्ठ ३५
तीजमा दर खाने, हरितालिकामा उपवास बस्ने, तृतीय हरितालिकामा ब्रत बस्नु, ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गरेर ब्रह्मस्वको पाप हरण गर्ने गरिन्छ । यस सोपानमा बृत्रासुरलाई इन्द्रले मार्दा लागेको ब्रह्महत्याको पापलाइ नारी, मही(पृथ्वी), सिन्धु, र वृक्षलाई बाँडेर इन्द्र पुन स्वर्गको राजा भएको धारणा, बालक दिनको सुखमय चर्चा, शरद ऋतुको आगमनलाई देखेर बर्षा ऋतु भाग्नु नदीनालाको पूmर्ति घट्दै जानु, हैमाको गर्भ दुई महिनाको हुनु गर्भमा बालकले सहनु पर्ने कष्ट सहेको गर्भवती आमाले माटो शर्करातुल्य मान्दै खानु,आदि नारी महिमालाई प्राथमिकताको रूपमा उठाइएको छ र शेखर ब्राह्मणको वर्णन राष्ट्रियताका भावना सहित यो सर्ग समाप्त हुन्छ ।
चौथो सोपान –
श्री सूर्यले कर्कट–सिंह माथमा
टेकेर आई नयपाल–व्योममा ।
औचित्यका रश्मि विशाल क्षेत्रमा
फैलाउदै न्याय थपे त्रिलोकमा
(श्लोक १ पृष्ठ ५२)
यसरी यो सोपानको थालनी भएको छ । वर्षा ऋतुले सारा मैलो सफा पारेर भागेपछि शरद ऋतुको आगमन हुन्छ । आकाश श्वच्छ हुन्छ न जाडो न घाम मनोरम यस ऋतुमा दशैं जस्तो हिन्दुहरूको महान चाड पर्छ । नवदुर्गामा दुर्गा भवानी माईको पूजा गरिने, यस पर्वमा देश विदेशमा गएका नेपालीहरू घरमा आउँछन् । घटस्थापनादेखि पूजाको थालनी हुन्छ । जमरा उमारिन्छ । बाख्रा परेवा, कुखुरा र हाँस आदिको बली दिने काम हुन्छ । यस पर्वमा कविले बलीपूजा, गरिब र धनी बीचको असहजतालाई पनि समेट्ने प्रयास गरेका छन् –
आयो दशै हर्ष उमङ्ग बाड्दै
रोए गरीबै नयनाश्रु झारदै ं।
आधाार आप्mनो नमिली अकिञ्चन
बेचे कि सामान कठै पुरातन ।।
(श्लोक ७६, पृष्ठ६७)
यसरी दशैंले निर्धनमा ठूलो दशा निम्त्याएर जाँदाजाँदै यमपञ्चकको थालनी हुन्छ । पहिला कौवा, कुकुर, गाई, गोवर्धन, लक्ष्मी पूजा अनि भाइपूजा तथा भाइटिका आदिको वर्णको साथै यस पर्वमा जुवाप्रतिको कटाक्षभावमा पनि कविले पस्केका छन् –
आनन्द छर्ने यम पञ्च पर्वमा
जूवा जमेको छ समस्त क्षेत्रमा
नाना थरी खेल रचेर जुट्दछन्
पासो छुटेको वनव्याघ्र बन्दछन्
(श्लोक १०७, पृष्ठ ७३)
यमपञ्चमीको वर्णन कविले दिल खोलेर गरेका छन् –
सप्तर्षिका सप्त अमूल्य रङ्गका
राता, पहेंला, हरितादि वर्णका
माला र सामान जुटे विचित्रका
बैनी रमाए यमुना स्वभावका ।।
(श्लोक ११६)
संक्षेपमा भन्नुपर्दा यस सोपानमा दशैं र तीहारमा गरिने सबै कर्मलाई त्यो सँग सम्बन्धि धार्मिक परम्परालाई कविले प्रष्ट पार्ने प्रयास गरेका छन् ।
पञ्चम सोपान – यस सोपानमा हेमन्त, शिशिर र बसन्त ऋतुको वर्णन गरिएको छ । हेमन्त ऋतुमा सूर्यको गति घट्नु, शीत पर्नु हुस्सुले ढाक्नु, कष्टकर जीवनको वर्णन यहाँ गरिएको छ –
सृष्टिको भ्रमरले डसे पछि
पर्वतीय कलिका सुके पछि
हुस्सुमा कण घुसेर शीतको
चित्त भञ्जन गरे छ जन्तुको
(श्लोक १२, पृष्ठ ८२)
हुस्सुका विविध रूपलाई यसले पार्ने असरलाई पनि समेटिएको छ । यस सोपानमा मार्ग महिनाको महिमालाई यसरी वर्णन गरिएको छ ,
विष्णुको पवन मास मार्ग हो
पुण्य सञ्चय गरौं सखे अहो ।
भावना शुभ यहीं लिएर नै
्गर्दछन् प्रण पुरा किसान नै ।।
(श्लोक ३३, पृष्ठ ८६)
यस सोपानमा कर्मको प्रेम मन्दिरलाई चुमेर गरिबको अर्चना गर्ने जगत् भरी शुभ कर्म गर्ने, लोकका श्रमिकमा दया गर्ने,आदि भावना पनि यहाँ दर्शिएका छन् ।
यस सोपानमा हेमन्तपछि शिशिर ऋतुको विविध कष्टदाई पक्षलाई पनि कविले समेटेका छन् । यसै ऋतुमा दिवाकरले आप्mनो मार्ग पनि बदल्दै मकरतिर लाग्दछन् । दिवाकरको मार्ग परिवर्तनले गर्दा शिशिरको शक्ति क्षिण भएको धारणा कविले यसरी पस्केका छन् –
उत्तरायण लिएर सूर्यले
शुभ रश्मि छरदा त प्रेमले
शक्तिनै शिशिरको घटाउँदै
क्रुर शीत हटि गो डराउँदै ।।
(श्लोक ४१, पृष्ठ )
यसरी शिरिको अन्त सँगै हैमाको गर्भ ९ महिना पुग्छ । दशौं महिनामा हैमाले जूम्ल्याह छोरा र छोरीको जन्म दिन्छिन् । यसमा माता पिताले आनन्द मनाएको साथमा यो सोपानको अन्त्य हुन्छ ।
षष्ठ सोपान – यस महाकाव्यमा कविले ऋतुहरूको सुन्दर चित्रण गरेको धारणा यसरी पस्केका छन् –
आमूल वर्णन गरी ऋतुको चिनारी
गर्दै थिए कवि सिधा बनदै भिखारी
मध्यान्ह्को समय भो प्रतिभा विसायो
हैमा र शेखर मिले जगतै रमायो ।।
( श्लोक १, पृष्ठ १०६)
यसरी यस सोपानको थालनी गरिएको छ ।यस सोपानमा कविले प्राकृतिक सौन्दर्यताको वर्णन गरेका छन् । यस सोपानमा कविले वैशाख महिनाको वर्णन गरेका छन् । चैत्र महिनाको पत्झडपछिको वैशाखमा नयाँ पालुवको आगमन, तथा प्राकृतिकको सुन्दर वर्णन गर्दै कविले लेख्छन् –
श्रीसूर्यकान्त मणि हो प्रतिभा धराको
पामीर–दर्द हरने कण हो सुधाको ।
सत्चित्तको मनन हो प्रकृति –मुमाको
हो चाँदनी सुकृतको शिव–सिर्जनको ।।
( श्लोक १८,पृष्ठ १०९)
यस सोपानमा ह्ैमा र शेखरका पुत्रपुत्रीको (छोराछोरीको) बाल क्रीडा, लीला, बाल आनन्ददायी जीवनको वर्णन पनि कविले यसरी गरेका छन् –
चिन्ता हुँदैन मनमा नव–कोपिलाको
बाधा हुँदैन तनमा गृहदेवताको ।
आशा हुँदैन यिनमा प्रवला निराला
शंका लिदैन कहिल्यै शिशु,–चाल–माला
(पृष्ठ ११४, श्ह्लोक ४४)
यस सोपानमा बच्चा बच्चीको अध्ययन, अनलको गृह्यकार्य,, दासी मीनाको कार्य विवरण, मीना अनल, विनायक र चन्द्रिकाको बगैचामा रमाएका विवरणलाई कविले आकर्षक रूपमा वर्णन गरेका छन् ।
सप्तम सोपान –यस सोपानमा कवि प्राकृतिक सौन्दर्यमा रमाएका छन् ।दुबै शिशु शुभ थलो रोजेर घुम्नु, (यस सोपानमा कविले युवा युवती बढ्दोक्रममा देखिने यौवनका विविध पक्षलाई समेट्दै नारी यौवनप्रति कवि यसरी प्रश्तुत भएका छन् )–
नारी यौवन हो प्रदीप्त–गतिको संसारको पावक
निभ्ने छैन कदापी यो फगतमा भर्ता विना शावक
यस्को शक्ति छ देह भष्म गरने संमोहनी यन्त्र छ
राम्रो जोश होश राख्न न सके नारीत्व नै जल्दछ
(श्लोक ७३, पृष्ठ १४४)
यस सोपानमा अनन्तकी युवती छोरी मन्दिरा हराएको र छोरी हराएको मा अनन्तले अप्mनी पत्नी मृडानीसँग छोरी कसरी हराई भन्दै सोधनी गर्नु र छोरी सिंहको पञ्जामा या स्यालको पञ्जामा छ भन्दै मनमा चिन्ता लिनु । अमूल्य चिजको खोजी गर्दा नमिले आमा सम्झेर रुनु, नयाँ युगललाई विवाहमृत को कामना आदि वर्णनको साथमा यस सोपानको बिट मारिन्छ ।
अष्टम सोपान – यस सोपानमा मृदुल गुण भएका सेनानी सेवाभरण भएर बसेका अनन्त र उनकी पत्नी मृडानीको परिचय, चन्दागाउँको प्राकृतिक सौन्दर्यताको वर्णनको साथै मन्दिरा हराउँदाको विरहलाई कविले यसरी प्रस्तुत गरेका छन् –
शैवी आत्मा मनुज –द्रुमको बल्लरी नित्य खोज्छ
चन्द्रा गाऊ विरह स्वरले मन्दिरा नाम जप्छ ।
हैमा देवी तनय भनदै चिंत्तनामात्र गर्छिन्
दासी मीना मुसुमुसु गरी गोप्यता भङ्ग गर्छिन् ।।
(श्लोक १२, पृष्ठ १४९)
छोरी हराउँदा सेनानीमा खिन्नता बढ्नु, स्थायी शान्ति लोप हुनु,, जस्को नाशो हो उसैसँग तथा उसैले हातछ पारेहोला, जस्ता मनमा भावना खेलाई मन्दिरका मातापिता दृढ भएर बसेका धारणा, विनायक मन्दिराका दाज्यू खोज्नको लागि हिड्नु, प्रेमी दुबैलाई निश्चित ठाउँमा फेलापार्नु, ,दुबै प्रेममा तल्लिन भएर वनमा रमण गर्नु , आदि प्रेमिल भावनालाई कविले छताछुल्ल हुने गरि वर्णन गरेका छन् । खोजी गर्दा आदिशक्ति भवानीको मन्दिरको हात्तीसूँडे वनमा फेलापारी बाबु आमा सहमत भै विवाह गराएको र आशीर्वादका धारणा यसरी आएका छन् –
आपत्तीमा विचलित नभै धैर्य धेरै लिएर
संपत्तीमा पुलकित न भै होश राम्रो गरेर ।
तेजोवत्ती विपुलजगमा शिष्टताको दिएर
इच्छा आशा सफल गरहै धर्ममानै अडेर ।।
( श्लोक ४५, पृष्ठ १५५)
यसरी यी आशीर्वादको साथ साथै छोरा बुहारीले हैमाको पाउमा परी आशीर्वाद माग्दा हैमाले आमा बाबुलाई थाहै नदिई यसरी कुलमा कलंक लगाउने खालको विवाह किन गरेको भनी स्पष्टिकरण सोधेको मा छोरा बुहारीले शिष्ट भाषामा यसरी जवाफ दिएको देखिन्छ –
ब्रह्मा ज्ञानी सुकृत–मनुका सन्तती मत्र्य हुन् है
यिन्मा केही समविषमको भेद कत्ती नहोस् है ।
यस्तो व्याख्या श्रुतिस्मृति गरी कर्म निर्दिष्ट गर्छ
धर्मालम्बी उपनिषदले सृष्टि–शोभा सिंगार्छ ।
(श्लोक ६७, पृष्ठ १६०)
यहाँ सृष्टि सम्बन्धका धारणा, वर बधुका लागि विविध शास्त्रीय र नीतिगत शिक्षा प्रदान, अनन्तकी छोरीलाई शुभकामना दिनु हैमा र शेखरले छोरा बुहरीलाई अध्यात्म–भौतिक–कथा सुपक्षको व्याख्या गर्नु आदिलाई यहाँ समेटिएको छ । यस सोपानमा कविले विविधपक्षलाई समेटेका छन् त्यस मध्ये एउटा सिङ्गारिक श्लोकलाई यहाँ पस्कन मन लाग्यो –
रातो सारी असित पटुका पीत वर्ण छ चोली
कालो चुल्ठो कमल नयनी ओष्ठमा दिव्य लाली ।
आभा थप्ने मृदुल नभमा डाडिमी –पूर्ण दन्ता
नारी देख्दा पुरुष सहजै बन्दछन्की अहन्ता ।।
( श्लोक १३०,पृष्ठ १७२)
नवम सोपान– यस सोपानमा कविले पोखरामा श्वेता गङ्गा (सेती गङ्गा) जमिन बिच लुकेर हजार कर्म गर्छिन् भन्दै पोखराका सुन्तलाको वर्णन, मत्स्यपुछ«ेको वर्णनको साथै शुक्लगंगा, फेवाताल, वराह मन्दिर, विन्ध्यवासिनी देवी लगायत पोखराको सुन्दरताको वर्णन गरिएको छ । यही सोपानमा पोखराको भार्गवी नामक गाउँको परिचय दिनुको साथै भार्गवी नामक गाउमा प्रकृतिको सुन्दर क्षटामा सरल मन भएका वैदिकम धर्म मान्ने चन्द्रबन्धु नामक ब्राह्मण बस्तथे । उनकी श्रमिती भवानी र अभयको परिचय दिने विवरण यहाँ छ । अभयको अध्ययन पुरा गरेका र उनको विवाहको लागि ब्रह्मण कन्याको खोजीमा शौन र जैन हैमाको घरमा पुग्दछन् । हैमासँग चन्द्रिका दिनको लागि बहस चल्छ । चन्द्रिकाले पनि आप्mनो परिचय यसरी दिन्छिन्।
उपनीषद पढेकी विप्रकी हुँ म छात्रा
अमृत विष चिनेकी शम्भुकी हुँ सुमित्रा ।
जगत गति बुझेकी धार्मिकी बिम्बबाला
श्रवण नयन चिन्ने छु अकेली निराला
(श्लोक ६८, पृष्ठ १८९)
चन्द्रिकाले यस वहसमा आप्mना धारणा राख्दा शौन र जैन निराश हुन्छन् । चन्द्रिकाले भने आप्mनो विवाह अनलसँग गर्न चाहेकी र अनल अनल शब्द जप्नु, तर बाबु आमाले छोरीको विवाह अभय सँग गर्नको लागि प्रयासरत रहनु, चन्द्रिकाले अनलसँगै विवाह गर्ने धारणा राख्दा सुकृतपथ छाड्न नहुने र लोक आदर्श राख्न पर्ने भन्नु, आदि आग्रहको कारण विवाहको अनुमति पितामा सुम्पनु, अभयसँग विवाह गरिदिने काम हुन्छ । विवाहको सुन्दर वर्णन यहाँ आएको छ । छोरीलाई अन्मनाउँदा शेखरले यसरी आशीर्वाद दिन्छन् –
जडमति सब छोडी निष्कलङ्की बनेर
सहमति शुभ यात्रा धर्मबाटै गरेर ।
अनुपम –प्रतिभाको ख्याल राम्रो गरेर
परमपद अगाल्नु चन्द्रिके लौ मिलेर ।।
(श्लोक १२९, पृष्ठ २०१)
दशम सोपान –यस सोपानमा विवाहको रमाइलोको वर्णन यसरी गरिएको छ ।
बजेका छन् बाजा विपिनपथमा हर्ष थपदै
हिडेका छन् जन्ती अभिनव बधू भाग्य बकदैं
गरी ठट्टा राम्रो प्रहसन झिकी भव्य रूपमा
कहरा थप्दै छन् अभय वरमा दिव्य सुषमा ।।
(श्लोक १०, पृष्ठ २०५
डोली भित्र्याइन्छ, चतुर्थी पूजा गरिन्छ, चन्द्रिकाले भने यी सबै कर्मको अलवा अनललाई स्मरण गर्नु शयनमा जाँदा चन्द्रिकाले कलम लिएर मार्मिक कुरालाई पस्कदै चिठी लेखेर मीनाललाई गोप्यरूपमा दिनु, अभयले उक्त पत्र खोसेर पढ्नु र चन्द्रिकाको यो धारणालाई अभयले बुझेर महसुस गर्दै आप्mनो धारणा यसरी राख्दछन् –
अठोटी इच्छामा बलजफतले वाधक हुने
मिलेको आत्माको सुमनतरुको काण्ड चुड्ने ।
उनै बृद्धा तिम्रा जनकजननी छन् अवगुणी
तिमी छैनो दोषी यस विषयमा निश्चय पनि ।।
(श्लोक ५५, पृष्ठ २१४), ,
अभयले अनलसँग मिलन गराउने प्रण गरेका र शमकलाई पत्रलिएर जाने आदेश दिनु, दुबै अलग शयनमा सुत्नु, शमकले पत्र बुझाएको शेखरले जानकारी पाउनु ,हैमाले छोरी बीचको प्रेमलाई जानकारी पाउँदा रुनु, अनललाई शेखरको घर छाड्न समस्या हुनु, यता अनलसंग चन्द्रिकालाई मिलन गराइ ृदिने भए पछि अनललाई कसरी सुम्पने भनि बन्धुबान्धव तथा इष्टमित्रसँग सल्लाह लिएको, चन्द्रले उनलाई सम्झाउनु आदि विविध पक्षलाई यहाँ प्रस्तुत गरिएको देखिन्छ ।
एकादश सोपान –यस सोपानमा कविले विविध वर्णन सहित दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेका छन् । कविले भन्छन् –
युवती तथा युवकका स्वभावत
पर्णपूर्ण लक्षण पुर स्वकर्मत ।
यिनका सुभैच्छुक सबै सुबान्धवा
अव देखदा खुस भए की वा नवा ।।
( श्लोक ३६, पृष्ठ २३२)
यसै सोपानमा कवि प्रतिबिम्ब सम्बन्धमा पनि प्रकाश पारेका छन् –
जय घोषको सुरु हुँदा प्रभातमा
अभियान शुद्ध चलदा विवेकमा
प्रतिविम्बमा शुभ कुरा वढीकन
कवि –कल्पना महल बन्छ शोभन ।।
(श्लोक ३९, पृष्ठ २३२)
अधिकारको उचित पालनमा
प्रतिबिम्ब सरल संगममा
मधुमासको विविध सौरभमा
सफला बनी अझ थपून सुषमा ।।
(श्लोक ४८, पृष्ठ २३४)
द्वादश सोपान –
जहाँ प्रणयको सुधाकण सदा पटी राख्दछ
त्यहाँ युगलको नया फसलनै पुरा फल्दछ
बुझेर गति कालको शुभ उपाय जो रच्दछ
सुकीर्ति–जगमा त्यही सफल भै युगौं बाँच्दछ
(श्लोक १पृष्ठ २३५)
यी वाणी साथ यो सोपानको थालनी हुन्छ । प्रेमको दार्शनिक पक्षमा कविले हृदय खोलेर वर्णन गरेका छन् । अभयमा सकल जीवमका व्यथा हटाउन सक्ने, पवित्र मनका वीजचित्र घटना जान्न सक्ने क्षमता भएका धारणा,को साथै कवि भन्छन् –
कथा सफल होस व्यथा विलय होस् ध्वजा रम्य होस्
नवीन युगको प्रपञ्च–तरुमा मुना बृद्धि होस ्
उषा समयको विसंगति घटी बढोस् संगति
भनी सुकृत–आत्मका युवकले थपे संमति ।।
(श्लोक ९, पृष्ठ २३६)
कौवाको तुच्छ वर्णन, यस सोपानमा दार्शनिक अभिव्यक्तिहरू– धेरै आएका छन् –
खाण्डवमा ताण्डव भो
यादवमा कल्मष भो ।
अर्जुनमा साहस भो
पावकमा पाचक भो ।।
(श्लोक ५०)
यी उपरोक्त्त धारणा सहित यस सोपानको बिट मारिन्छ ।
त्रयोदश सोपान –कविले आत्माको नव अभियान हो विवाह भन्ने धारण राख्दै यस सोपानमा प्रेमको दार्शनिक पक्षलाई समेट्दै विवाह कसरी सफल पार्न सकिन्छ भन्ने धारणा राखिएको देखिन्छ । बधूको इच्छापूर्ति हुने कुरा, केटाहरूले नारी माथि प्रेम सुम्पने कुरा, अन्तर देहको कुगन्ध नाश्नको लागि सुगन्धको लेपनका कुरा, चुच्चे जुताको पहिरनका कुरा, काला खैरा केश आधामुडेर, बाल झुप्प पारे हिडने केटीले मुस्कुराउँदै प्रेमीलाई ठग्ने कुरा, तथा विविध प्रकारका तर्कना राख्दै कविले लेख्छन्
दैवी आत्मा सुम्पेर दोश्रो युवाले
पैर्ला प्रेमीको मर्म बुझ्दा खुसीले
इच्छा पुग्ने व्यौला र व्यौली दुवैको
देखिन्थ्यो नै संकेत आदर्शताको ।।
(श्लोक ३० पृष्ठ २५०)
यस सोपानमा प्रेमी र प्रेमीकाको दोस्रो विवाहको दार्शनिक अभिव्यक्ति र ज्योत्स्नाले देखाएको स्नेहभावलाई कविले यसरी प्रस्तुत गरेका छन् –
ज्योत्स्नाले सौहार्द स्नेह दृष्टि राखी
हैमा पुत्रीलाई दिई पुण्यपाखी ।
फैलाउन् प्रेमी प्रेमीका वैश्य देवी
भन्दै गर्छिन् यै प्रार्थना स्वश्रु देवी ।।
(पृष्ठ ६६)
यस सोपानमा विवाह सम्बन्धका विविध पक्ष जस्तै विवाहमा चाहिने शुद्धता, अपनाउन पर्ने दृढता आदिलाई समेट्ने प्रयास गरिएको छ ।
चतुर्दश सोपान–
आत्मका शुभ सिर्जन सब क्षेत्रमा प्रतिभा छरुन्
आकांक्षा अभियान ती अति शुद्ध भै बढ्दै रहुन्
आगामी दिनका नया सपना छिटै विपना बनुन्
आशा यी सवला गराउन चन्द्रिका सुषमा थपून् ।।
(श्लोक १)
यस सोपानमा दुलहीको बारेमा कविले अनुशासन नर जीवन विशुद्ध बनाउनु पर्ने,शिष्टचार, बचाउन पर्ने,सुमन्त्र जपे इच्छा पूर्ण हुन,े गंगाको महिमा बुझ्नु पर्ने, गायत्री जपन गर्नु पर्ने, नैतिक संस्कृति पक्षमा पुग्नु पर्ने, सुकर्मको छाता ओढेर पाप हटाउनु पर्ने, ठर्रौ चाल गर्न नहुने, आदि महत्वपूर्ण सुझावहरू राख्दै भन्दछन् –
दानी कर्ण सुकर्ममा अडदै सुकीर्ति थपीकन
द्यौता भैm नभमा घुमी मनले सुधर्म गरीकन ।
दोषीको महिमा दवाउन नीतिशास्त्र पढी पुरा
दीपज्योति बनी रहे तमको हटाउन आँकुरा
(श्लोक२५, पृष्ठ २६६)
उपरोक्त श्लोक जस्तै धेरै महिलाप्रतिका थुप्रै उद्गार र अभयको भावना आदिलाई यस सोपानमा दर्शाइएको छ । चन्द्रिका अनलको साथमा लाग्छिन् ।
् पञ्चदश सोपान– यस महाकाव्यको यो अन्तिम सोपान हो । यस सोपानको पहिलो श्लोक –
प्रथम सिन्दुर धोई इष्टमित्रादि लाई
उचित सफल पार्न मानसी धर्मलाई
विगत विवशबत्ती प्रेमबाटै निभाई
उपल पनि पगाल्ने योषिताकर्म हाई ।।
(श्लोक १, पृष्ठ २८०)
बास्तवमा चन्द्रिकाको विवाह अभयसँग भै सकेको हो ।यसरी विवाह कर्मको सबै कर्म त पुरा भएको हो । त्यसो हुँदा उनले पहिलो सिन्दुर पखालेर पुन अनलको सिन्दुर शीरमा थाप्ने कुराहरुको वर्णन, अभयले उनको यथार्थलाई मनन गरेको र उनको सतित्वमा आँच नपु¥याई अनललाई नै फिर्ता गरेको यो महान कार्यको वर्णन यहाँ गरिएको छ तथा चन्द्रिका र अभयको बारेमा वर्णन गरिएको छ । चन्द्रिकाले आप्mनो अठोठलाई पूर्ण गरेका धारणालाई यहाँ समावेश गरेको देख्न्छि । अभयको अगद सोच्ने शक्तिको लागि बधाईका कुरा, अनल–नयन–ज्योतिले ज्ञान विज्ञान दिने कुरा, मिलन सुख अडेमा कर्मको दीप बल्ने, चपलपन हटेमा भावना सुद्धबन्ने , चतुर्थीको वर्णन, नवगुणा गहनाको वर्णन, वदन बधूको हेर्ने वेला आउनु,, इष्टमित्र जम्मा हुनु, शयनकोठा सुम्पनु, सम विषम नसोची काम गर्दा वंश धान्न गाह्रो पर्ने कुरा, अमुपम गुरूवाणी अमूल्य ब्रह्म हुने धारणा, नयाँ अनुभव गर्दै देहलाई साँच्न पर्ने कुरा,आदि समेट्दै नायिकाको बारेमा कवि लेख्छन् –
अनल– नयन–तारा नैतिकी तेज थप्छिन्
विकल मन हटाई धर्म सोपान चड्छिन् ।
प्रणय सकल जिद्धि धैर्य भै पूर्ण गर्छिन्
अभिनव–जगतीमा नायिका बन्न सक्छिन् ।।
(श्लोक ५२ पृष्ठ २९०)
कविले यहाँ थुप्रै धारणा राखेका छन् । हेरौ प्रेम सम्बन्धी धारणा–
तुहिनगिरी समान स्वच्छ संझेर आत्मा ,
कसिगर मल फाल्ने झाडु बोकेर हात्मा
विकशित–मन–वाला सोधकी बन्न भूमा
अनुपम गुण थप्ला प्रेमको संस्कृतिमा
(श्लोक ५९, पृष्ठ २९१)
यस महाकाव्यमा गरिएका कर्ममा कस्ले के पाए भन्ने कविको सन्देश–
ज्ञानी विद्वान द्विज अभयले आत्मसन्तोष पाए
सोझा क्षत्री अनलले चन्द्रिका–रत्न पाए ।
ज्योत्स्ना लाई विरहमनका भावनाले सताए
दैवी इच्छा हृगत बुझी चन्द्र चित्ता हटाए
(श्लोक १०४)
कविले यो महाकव्यमा कस्तो कथा रोजे भन्ने धारणा यसरी पस्केका छन् –
अन्यायी र विवेक–हीनहरूको निर्लज्जता हेरियो,
गर्दै वर्णन चाडपर्वहरूको वैशम्य औलाईयो
धंकीवाद बढेर जान न दिने सत्योजना शोचियो
सामन्ती –सुविधा हटाउन पुरा नौलो कथा रोजियो ।
(श्लोक १०८पृष्ठ ३०१)
कविको धारणा अविश्मरणीय देखिन्छ । निष्पक्ष प्रतिविम्व पारन सके सोझाको उपकार हुने, सर्वदा दमन गर्नु अधर्म हो, पक्षपात नगरी काम गर्नु पर्छ, गरिबमा प्रथम भोजन दिनु पर्छ र यस्ता कर्म गर्दा सूर्यकान्त मणिमा तेज थपिन्छ जस्ता सार गर्भित धारणा यहाँ आएका छन् ।
यसकाव्यमा के प्रयाप्त छ त भन्ने कुरामा कवि लेख्छन् –
शिक्षा दिने लक्ष पुरा गराई
वैधानिक नीति सबै मिलाई
आदेशको पालना गर्नलाई
उद्घोष पर्याप्त छ काव्यलाई
( श्लोक १२५, पृष्ठ ३०४)
प्रेम के हो त ? कविको धारणा यस्तो छ –
कर्मको पुञ्जिका ज्ञानको पुष्प हो
भावना–पुञ्जनै लेखनी–शक्ति हो ।
सत्यको मन्त्रनै न्यायको तेज हो
प्रेमको मञ्जुषा इश्वरी–देन हो ।।
(श्लोक १३७, पृष्ठ३०७ )
कविले यस सोपानमा नैतिकी प्रार्थना सन्तमा अर्पिएको आत्माको वेदना काव्यमा पोखेको, देशको संस्कृति, प्रेमको रोजाई, व्याक्तिको स्वार्थलार्ई बाध्य भै ठान्नु , न्यायको मूर्ति नै चोरिएको, भन्नु,आदि विविध धारणालाई पस्कदै नारीप्रति दर्शाएको आशावादी भावनालाई यसरी पस्केकाछन् –
सुकन्या जस्ता पवनगुण नारीयुग थपोस्
कुमारीको यात्रा सुखकर बनी मंगल गरोस् ।
सदीच्छाको नौका ढलपल न भै जीवन धरोस्
प्रयास–ज्योत्स्ना यो कठिन–तम नाशीकन बढोस् ।।
(श्लोक १७२, पृष्ठ ३१४)
यस महाकाव्यमा कविले समावेश गरेका धारणालाई यसरी पस्केका छन् –
प्रतिज्ञा–सोपान क्रमसित पूरा निर्मित गरी
सबै इच्छा आशा उचित सित विश्लेषण गरी ।
नया पर्दा टाँगी विरहमनका चित्र थपियो
पुरानो भाकामा नव रस थपी गाीत गरियो ।।
(श्लोक १७४, पृष्ठ ३१४)
यस सोपानको मात्र नभै यस महाकाव्यको अन्तिम श्लोकमा कविले यो महाकाव्यमा प्राज्ञहरूको शुभेच्छाको धारणा राख्दै लेख्नु हुन्छ –
अहो मेरो सानो रचनतरु यो काव्यवनको
शुभेच्छा–वर्षाका जलकण मिले प्राज्ञाहरूको ।
मुना नौला झिक्दै विकशित भई पुष्प पूmलदै
बगैचामा बढ्ला प्रतिदिन नयाँ सौरभ दिंदै ।।
(श्लोक १७५, पृष्ठ ३१४)
अवश्य ल्क्ष्मीजी यस महान कर्ममा जो कोहीको पनि शुभेच्छा–वर्षाका जलकण प्रवाह हुने छन् । हजुरको रचनतरुका भावनाले सबैको मन छुने छ ।आशा गरौं यस महाकाव्यको गहन अध्ययन र मूल्याङ्कन हुनेछ ।
महाकावि लक्ष्मीराज शर्माजीले यो कृति मलाई २०७७ साल ११ महिना सत्ताइस गते सादर उपहार दिनु भएको थियो । यसलाई पढ्ने मौका जुरेको थिएन । यस पटकको लकडाउनमा केही कृति पढ्नै पर्छ भनि यस महाकाव्यको अध्ययनको थालनी भयो ।पढ्दै जाने र केही लेख्ने बानी पनि भएकोले साथसाथै लेख्ने प्रयास पनि गर्न थाले । यसमा प्रयोग गरिएका शब्दहरू यति क्लिष्ट रहेछन् कि यस्ले पस्कन चाहेका धारणालाई प्रष्ट पार्न सके सकिन मलाई नै थाहा लागेन । जेहोस् लेख्ने प्रयास भयो भनौं । केही सोपानगत भावार्थ पस्कने प्रयास गरेको छु । विविधतालाई कलाउँदै भावनामा रमाउँदै विविध रसलाई समाउँदै महाकाव्यलाई प्रस्तुतिमा ल्याइएको छ । प्राकृतिक सौन्दर्यले अग्रस्थान लिएको छ ।सबै ऋतु र ती ऋतुमा पर्ने चाडपर्वहरूको महत्वलाई महाकाव्यले प्रष्ट पारेको छ । मानवीय जीवन कथालाई सारगर्भित रूपमा अतितलाई सम्झदै नविनतम् कर्मलाई पस्कदै गर्दा सिधै कथामामात्र कवि सीमित देखिदैनन् गणितीय हिसावले हेर्दा कविको लेखनशैली कथाको लम्बाई त्यसले लिन पर्ने तथा समेट्न पर्ने यथार्थताको चौडाई र भावगत उच्चाइमा समता देखिन्छ भन्ने मेरो धारणा हो । धार्मिक, नैतिक, स्वावलम्मी, प्रेममा अठोट्ता, अभिभावकमा छोराछोरीको भावनालाई बुझ्न शक्ने क्षमाता, बुझ् नसकेमा त्यसबाट प्राप्त हुने नतिजा, आदि आदि पक्षमा कवि गहिरिएर कलम चलाएका छन् । आजको संसारमा मानव जातिले खोज्ने भौतिक सम्पन्नता भन्दा आध्यात्मिकतामा हामी सवल हुनु पर्छ भन्ने धारणाले ठाउँ ठाउँमा स्थान लिएको छ ।
यस महाकाव्यले छोराछोरीको चाहना विपरित विवाह गराउन हुन्न भन्ने सन्देश दिएको छ । विवाह भए पछिको नतिजामा अभयले देखाएको महानता र त्यागलाई परिकल्पना गर्न नै कठिन देखिन्छ । यो महाकाव्य अध्यात्मवाद र भौतिकवादको मिश्रण उपयोगको रूपमा हामीसमक्ष आएको मलाई महसुस भएको छ । पात्रहरू पनि सीमित र क्रियाशील रूपमा देखिएका छन् । अन्तिममा प्रति विम्वको उपसंहारका तीन श्लोक पस्कदै गहन काव्यका काव्यकारको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विदा चाहन्छु ।
भिजाएको सारी अभिनयनदीका सलिले
सुकाएको देख्छौद्विज अभयका शुक्ल छविले
दवायको आशा जनकअजननीका तुजुकले
नजीकै ल्यायो रे सखि–अनलका भाग्यरथले ।।
श्लोक १
नयाँ आस्थावेदी सजधज गराईकन पुरा
लगाउँदा जिम्मा अनलकरमा प्रेमटुकुरा
बने सानन्दी यी अलग वनदै त्यो समयमा
बनिन् चन्द्य्रा तुष्टा अभिलाषित–कुराको उदयमा ।।
श्लोक २
अवश्यै देख्नेछन् सरल कविले स्वप्नसुषमा
अगााडी बढ्नेछन् शुभसकुनका भव्य उपमा ।
अशिक्षाको धूवा अवत लुकला नील–नभमा
कवीच्छाका वेदी चहक थपलान् यो सृजनामा ।।


