May 8, 2022

पार्वती रिजाल

"रगतलाई पसिनामा परिणत गरेर तिरेको करमा कसैले दुरूपयोग गर्ने अधिकार छैन ।"
म सदानन्द रिजालकी कान्छी श्रीमतीहुँ । रामजी हजुरले मसँग राखेका जिज्ञासाका धारणाहरूत धेरै दिदी (डिलकुमारी रिजाल) बाट आइसकेका छन् । डिलकुमारीले भोगेका नित्यान्त व्यक्तिगत धारणाहरू बाहेकका घर सञ्चालनमा आएका श्रीमानबाट भएका घर सञ्चालन छोराछोरीको अध्ययन पारिवारिक व्यवस्थापन आदि एकै घरकी एउटै श्रीमानकी श्रीमती भएको नाताले डिलकुमारीले पोखेका धाराणाहरू हामी दुबैका धारणा हुन् । मेरा नितान्त व्यक्तिगत र विवाह पहिला उहाँसँगको सम्पर्क विवाह व्यवस्थापन सम्बन्धी कुरा केही मनमा लागेका कुराहरू यहाँ तपाईँसँग राख्ने अनुमति चाहन्छु
२०२७ को पुसताका टाँडीमा पर्वत र बागलुङ्गका दुई जना कसैले जेटियो (जे.टि.ए)र कसैले कृषिका मान्छे आएका छन् र हरिबाजेको घरमा बसेका छन् भन्ने कुरा गर्दथे । पर्वतेहरू र बागलुङ्गेहरूले उहाँहरू आएकोमा खुसी व्यक्त गरेको सुनेकी थिएँ । सदानन्द जैसी पर्वते र प्रभाकर शर्मा बाग्लुङ्गे हुन्  भन्ने चर्चा चल्यो । पुस माघमा कुनै बाली नलगाउने भएपछि उहाँहरूको काम पर्वते वाग्लुङ्गेसँग परिचय गर्ने र अनुसन्धान गर्ने जग्गाहरू खोज्नु रह्यो । सदानन्दलाई एक फूर्तिलो युवक निकै प्रष्ट बोल्ने हाम्रो आफ्नै मानिस हो अरे भन्ने प्रशंसा गरेको सुनेकी थिएँ । हामी साक्षत्कार भएका थिएनौँ । उहाँले परिवार ल्याएर बसेको पनि जानकारी थियो । पछि परिवारलाई पर्वतै पठाएको जानकारी भयो । मकै छर्दा किसान धेरै खुसी भएका तर धान लगाउने बेलामा धान छोटो हुने, छोटो धानको पराल कमी हुने भन्ने किसानमा धारणा रहेकोले धान रोप्न किसान सहमत भएनन् । दुबै जना धान रोप्ने जग्गाको छटपट हुँदा सदानन्द बर्मेलीको घर शोधनी गर्दै मेरो माइतीमा आउनु भयो । कुरा गर्दै जाँदा मेरा माइतिको बाजेको थलो रूग्दीका सापकोटा हुन् भन्दै जाँदा बोलाउने नाता मेरी आमालाई भाउजूले सम्बोधन हुन थाल्यो । मिति त भन्न सक्दिनँ त्यही दिन मेरो सदानन्दसँग साक्षात्कार भएको थियो । कुरा गर्दै जाँदा घुमाइ फिराई सदानन्द मेरो माइत आउनुको उद्देश्य धानको अनुसन्धान गर्न जग्गाको खोजी रहेछ । मेरी आमाले जग्गा दिन ठाडै अस्विकार गर्नु भयो ।
किसानलाई प्रभाव पार्न निकै सिपालु सदानन्दले बर्मेल्नी भाउजू हजुरसँग चिनजान आज भए पनि तपाईँ सम्बन्धमा मैले धेरै राम्रा कुरा सुनेको छु , तपाईँ दानी हुनुहुन्छ आदि कुराले गर्दा उहाँको धानको परिक्षण गर्ने जग्गा प्राप्त गर्नु भयो । धानरोपे पछि कृषकको पराल छोटो हुन्छ, भन्ने भ्रम हटो र विकासे धान लगाउँदा उत्पादन निकै बढ्दो रहेछ र पराल पनि स्थानीय भन्दा गह्रुङ्गो भएको हुँदा तौलमा बढी नै हुँदो रहेछ भन्ने विश्वासमा कृषकलाई विश्वास लाग्यो । यो रह्यो चितवनमा सदानन्दको जागीरप्रतिको लगाव र जनतालाई पारेको प्रभाव । टाँडीका पुराना कृषकले आज पनि कृषिमा विकास ल्याउने मानिस भनेर स्मरण गर्दछन् ।
हामी दुइको विवाह २०२८ सालमा भयो । विवाहपछि मैले उहाँबाट अक्षर चिन्न पर्छ भन्दै पढ्न लगाउनु भयो । दिउसोमा काम (सरकारी सेवा) गरे पनि बिहानमा रत्ननगर टाँडीका विद्यार्थीलाई ट्युसन पढाउनु हुन्थ्यो । मैले अक्षर चिन्दै जाँदा साना नानीहरूलाई कखरा चिनाउने काममा म पनि सक्रिय हुँदै गएकी थिएँ । कसैलाई केही थाहा नदिइ देवर लिन पुग्नु भयो । देवरलाई भाउजू पठाउन सक्दिन भनेर दाजुले भन्न नसक्ने र देवरले घरमा कस्ले काम गर्ने भाउजू लिएरै जाने हो भन्नु । हामी दुबै अपठ्यारोमा प¥यौँ । म बाध्य भएर पर्वत जान पर्ने नै भयो । पर्वत गएँ । घाँस काट्नु घरको काम गर्नु मेरो लागि कुनै नौलो काम त थिएन तर एउटा कर्मचारीकी कान्छी श्रीमती भएर सुखसयल काटेर बस्ने आशाले विवाह गरकी मैले पहाडका उकाली, ओराली, दाउराका भारी जङ्गल आदि गर्दा हिड्न नजान्नु, हिड्दा ढुङ्गामा ठेस लाग्नु आदिले गर्दा धेरै कष्ट सहनु प¥यो । जेहोस् अभ्यस्त हुँदै गएँ । सबैसँग राम्रै सम्बन्ध रहँदै गयो । मबाट छोरी जन्मिई । श्रीमान स्थायी भएर पाल्पामा आउनु भयो र दिदीलाई पाल्पातिर लिएर जानु भयो केही दिन राखेर पुन दिदीलाई पनि घरको कामकै लागि ल्याएर छाड्नु भयो । दिदीबाट छोरा जन्मियो । हाम्रा सन्तान बढ्दै गए । अरू घटना दिदीले बताएका सबै कुरा हामी दुबैमा मिल्छन् । उहाँको एउटा बानी छोराछोरीका आमाहरूलाई अलिक बढ्ता रकम चाहिन्छ भन्ने कुराको सोच नराखी केही पैसा दिँदा सबैलाई बराबरी दिने गर्दा हामी दुबैलाई आर्थिक समस्याले भने सतायो । उहाँको भनाई घरव्यस्थापन गर्नेले सबै काम गर्नुपर्छ सबैलाई समान देख्नुपर्छ, जसलाई जे आवश्यकता पर्छ त्यो किन्नु पर्छ, सबैमा पैसा बाड्न हुँदैन भन्ने सिद्धान्त व्यवहारिक हुँदो रहेनछ ।
हाम्रो छुट्टी भिन्न भएपछि पर्वत छाडेर नवलपरासी आएपछि पनि आर्थिक अभावले घरमा सतायो । दिदीले भनेका सबै कुरा हामीले अपनायौँ । बच्चा बढ्दै गए । पढाउन लेखाउने काम गर्दा कठिन हुँदो रहेछ । उहाँको निर्देशन थियो "जति छ त्यतिमै बाँच्न सक्नुपर्छ र चल्न सक्नुपर्छ । बढ्ता गर्न त आयआर्जन गर्न सक्नुपर्छ । आफ्नो तलबको हिसाबको विवरण देखाएर यतिले म बाँच्छु यति तिमीहरूलाई दिन्छु । मैले तिमीहरूलाई दिने गरेको पैसा जति समस्या परे पनि घटाएको छैन । अरू कर्मचारीले कमाएर राम्रा राम्रा घर बनाएका छन् । उनका परिवारले राम्रा राम्रा गहना कपडा लगाएका छन् । छोरी राधा र छोरा जगत्ले टालेका कपडा लगाएर स्कुल जान्छन् । तपाईँ पनि हाकिम उनीहरू पनि हाकिम । उनीहरू गाडी लिएर घर आउँछन् , कति शानसँग हिँड्छन् । तपाईँ किन कहिल्यै गाडी लिएर घर आउनु हुँदैन । यो जग्गा जमिन त बाजेको सम्पत्ति बेचेर । हाम्रो पसिनाले सिञ्चेर किनिएको हो । यी सबै कुराहरू, उहाँले सुनिराख्नु हुन्थ्यो र मुसुक्क हाँस्दै भन्नु हुन्थ्यो "रगतलाई पसिनामा परिणत गरेर तिरेको करको कसैले दुरूपयोग गर्ने अधिकार छैन ।" हामी ट्वाल्ल परेर हेरिराख्थ्यौँ । कुरा केही बुझ्न सक्दैनथ्यौँ । रामजी एक दिनको घटनालाई यहाँ हजुरसँग राख्न चाहन्छु –"मेरो छोरा रामुको हर्नियाको अपरेशन गर्नु प¥यो । हस्पिटल जान या त सरकारी गाडी या टेक्सि मगाउनु पथ्र्यो । मैले कतिखेर सरकारी गाडी आउँछ र छोरालाई हस्पिटल लगिन्छ भन्दै बाटो हेर्दै थिएँ तर घरको अगाडि टेक्सि ठडियो । हामी टेक्सिमा हस्पिटल पुगेर अपरेशन गरायौँ ।"मैले कुनै प्रश्न राखिन ।
जागीर छाडेपछि उहाँले गैह्रसरकारी संस्थामा बोलाएका ठाउँमा पुग्नु भयो । त्यसपछि केही आर्थिक जगेर्ना गर्नु भयो । छोराछोरीको विवाह साधारण तरिकाले गरियो । हामी दुबै सौताको सुमधुर मिलनले नै घर आज सम्पन्नतिर मोडिदै छ । अहिले हामी अलग अलग घरमा बस्दै छौ । उहाँ दुबैको साझा हो । साझाको दायित्वलाई उहाँले बुझ्नु भएको छ । शायद हामी दुबैको वर्तमान परिप्रेक्षमा उहाँप्रति कुनै गुनासो छैन । उहाँका अनुकरण योग्य कुराहरू दिदीले प्रस्तुत गरेका धारणामा आएका छन् ।  
प्रेम रिजाल
उहाँ मेरो आदरणीय बुबा समानको अभिभावक हो । जागीरको सिलसिलामा उहाँ इमानदार र कर्तव्यनिष्ठ व्यक्ति हो । जागीरको कर्तव्य पूरा गर्ने क्रममा उपसचिव जस्तो पदमा रहँदाउहाँले भ्रष्टाचार नगरेका  कारण आर्थिक उन्नति गर्न सक्नुभएन । लेखन सिर्जनामा खटेर नमूना कार्य गर्नुभएको छ । उहाँमा दृढ लगाव छ । घर परिवारभन्दा उहाँलाई समाजिक कार्य प्रिय छ । साह्रै लगनशील, श्रमशील व्यक्तित्व हो । ज्ञान, क्षमता र बुद्धि अनुसार उहाँले समाजलाई अझ बढी योगदान दिन सक्नुपर्छ । जागीरको क्रममा उहाँले परिवार बिर्सेर पनि काम गर्नुभयो । शैक्षिक योग्यता हासिलका क्रममा निकै लगनशील भएर पढ्नुभयो । जेहोस् उहाँको जीवन र कर्म उदाहरणीय नै छ ।

बि¬¬मला पौडेल रिजाल
"गरीबले थाम्न नसक्ने चलन म बाट शुरु गर्न हुँदैन"
म काठमाडौँमा दिदी अमृतासँग बसेर पढ्दै थिएँ । दुई जना (एक मेरा श्रीमान जगत् रिजाल र एक जना अंकल हरि चापागार्इा) हाम्रो डेरामा प्रवेश गरे । मलाई  हेर्न आएको कुरा प्रष्ट भइ सकेको थियो । दिदीलाई कावासोती निवासी कृषिको हाकिमको छोरा आइएमर्ईको अधिकृत तँलाई हेर्न भोली आउँदै छन् भन्ने सन्देश घरबाट आइसकेको थियो । दिदी अमृता र मेरोबीचमा दाइजो निकै खोज्ने होला, यो विवाह कसरी सम्भव होला जस्तो लागेको थियो । यो कुरा त वराउनीकर्ताले मिलाउने हो हामी किन चिन्ता लिनुप¥यो भन्ने कुरा हामीमा चल्यो र थन्कियो ।
हरि अंकलले केही कुरा राख्न पर्ने राख्नु भयो । हामीले पनि हाम्रा धारणा एक अर्कामा राख्यौँ र विवाहका विविध पक्षलाई दुबै तर्फबाट मिल्न गएमा  विवाह गर्ने निधोमा पुग्यौँ । मंसिरको अन्तिम थियो । तयारीका दिन थिएनन् । दिदी अमृताले केटाकेटी मन्जुर भए सबै तय गर्नु होस्् भनी दाजी इन्द्रलाई खबर गर्नु भयो ।
मेरो दाई इन्द्र, डिल्लीराम कफ्ले (इन्द्रको साढु दाई)  र जगत्को बुबा सदानन्दबीच विवाह कसरी सुसम्पन गर्ने भन्ने कुरा चलेछ । अहिलेको जमाना भनेको दाइजोको जमाना, दाइजोको बारेमा प्रष्ट हुनु मेरो माइतीलाई आवश्यक महसूस भए छ । दाइले दाइजो दिन त सकिदैन हजुरको के छ विचार भनी कुरा राख्दा मेरो ससुराबाबाले ५० पैसा तपाईँको र पचास पैसा मेरो गरी एक रूपियामा विवाह गरौँ भन्ने जवाफ पाउँदा मेरो दाजीले हाम्रो संस्कारअनुसारबाटै  विवाह गर्ने सहमति भए छ । हामीलाई बोलाईयो । म त समयमै चितवन आइ पुगेँ तर मेरो श्रीमान बाटोको अवरोधको कारणले गर्दा विवाह पूर्वको टिका लगाएर दिन तयगर्ने समय राती हुन पुग्यो । के गर्ने, विवाह कसरी टुङ्ग्याउने अन्यौल सिर्जना भयो । पण्डितले स्वयम्वर गर्ने र कन्यादनको काम सकेर यही बत्ती यज्ञलाई कायम गरी पुस १ गते भोज खाने र दुलही लिएर जाने गर्न सकिन्छ भने पछि । सोहीबमोजिमको काम भयो । विवाह धुमधामले गरीयो । विवाहमा एक महिनामा थालनी गरेर दोस्रो महिनामा दुलही अनमाउने गर्दा भावी जीवन सन्तती विषयमा माइतीलाई चिन्ता हुनु स्वाभाविकै थियो ।
यसरी सदानन्द अभागी मेरो ससुराबाबा बन्नु भयो । घरमा भोजका कुरा उठे तर ससुराबाले  गरीबले थाम्न नसक्ने चलन म बाट शुरु गर्न हुँदैन भनेर भोज पनि भएन ।
ससुराबाको पहिलो निर्देशन अध्ययन राम्रोसँग गर्नु प¥यो र डिग्र्रीको प्रमाण पत्र उच्च श्रेणीमा हात पार्नु प¥यो । दोस्रो निर्देशनमा सबै काम पूज्य हुन्छन् । सबैले सबै काम गर्न सकिन्छ र गर्नुपर्छ  भन्ने जानकारीमा आयो । भन्ने मात्र नभएर उहाँले बोलेका कुरा व्यव्वहारमा पनि उतार्नु हुन्छ । आजका युवायुवतीलाई उहाँले भने जस्तो सहजता देखिदैन तापनि छोरा जगत्ले पनि सबै काम गर्न हिचकिचाउनु हुन्न । उहाँकी छोरी इन्दिरा (मेरी नन्द) पनि एम.ए.को डिग्री हाँसिल गरी सकेकी हुनुहुन्छ । उहाँले पनि  सबै काम गर्नु हुन्छ । यो घरमा सबै काम सबैले गर्छन् । यो पाठ मलाई पनि जानकारीमा आयो ।
ससुराबाले अध्ययन दिनरात गर्नुहुन्छ । हामी सबैलाई आफ्नो आफ्नो गरी खाउ भनी हामीलाई आफ्नो पैतृक सम्पत्ति पनि हामीलाई हस्तान्तरण गरीदिनु भएको छ ।उहाँको छोराको परिश्रम पनि उहाँ भन्दा कमी छैन ।
 मेरो र जगत्प्रसाद रिजालको वैवाहिक जीवन सफल भएको छ ।दुई भाइ छोरा सुन्दर छन् । अध्ययनमा तीव्र छन् । अबको हाम्रो दायित्व भनेको उहाँको सेवा गर्नु रहेको छ ।
धन्यवाद

भावना अधिकारी रिजाल
"प्रेरणाको दीप हाम्रो हृदयमा बलिरहोस््"
सर्वप्रथम मेरो ससुराबा प्रति हार्दिक अभिवादन टक्य्राउँछु । मेरो ससुराबाले कहिल्यै पनि हामी दुईबीचको सम्बन्धमा ससुरा बुहारी भन्ने भावनको जागृत बनाउनु भएन । मेरो ससुराबा मेरो बुबा बनेर मेरा हरेक पाइलामा साथ र आशीर्वाद दिइरहनु भयो । आशा छ यो आशीर्वाद म माथि सदा रहिरहने छ ।
हामी सबैलाई थाहा भइरहेकै कुरा हो कि जब एउटी नारी विवाह गरेर पराइ घर जान्छन् तब उनीहरूको मनमा विभिन्न डर त्रास भइरहेको हुन्छकिनकि दुलाहा पट्टीका महत्त्वकांक्षालाई (दाइजो आदिलाई ) दुलही पट्टीकाले पूर्णता दिन सकेको हुँदैन । त्यसै गरी जब म  पनि २०६७ सालमा विवाह गरेर हजुरको घरमा माहिली बुहारीको रूपमा प्रवेश गरँे मेरो मनमा पनि त्यस्तै भयावह त्रास थियो तर हजुरलगायत घरपरिवारबाट प्राप्त माया ममता र सहज वातावरणबाट म निकै चाँडैनै घरमा मात्र सीमित नरही गाउँमै  प्रिय लाग्न थाले । हजुरको उच्च भावना, दया माया, सबैमा गरिने व्यवहार, आदिले गर्दा तपाइले सिर्जना गरेको सामाजिक प्रतिष्ठालाई हामी सबैबाट सहयोग र सद्भाव गर्दै हाम्रा सन्ततीमा हजुरको मार्गदर्शन लान आवश्यक महसुस गरेँ र मैले मेरा सन्ततीलाई हजुरको मार्गदर्शनमा हिडाउने प्रण गरेकी छु र हजुरले जीवनमा गरेका भोगाइ र योगदानको सधैँ कदर गर्ने छु ।
मैले सुने, बुझे र मलाई थाहा लाग्यो , हजुरले आफ्नो जीवनमा धेरै दुःख कष्टको सामना गरी हालको समयमा जुन उज्ज्वल छवि गराउनु भएको छ , यो हाम्रो गौरव हो र यौ गौरवलाई उचाइमा पु¥याउने हाम्रो दायित्व हो । देश प्रदेशहरू भ्रमण गरी अनुभव बटुली देश समाज र परिवारमा जुन सन्देश प्रवाह गर्नु भयो त्यो हाम्रो लागि मार्गदर्शन हो । यो मार्गदर्शनको अनुकरण गर्नु र सुसन्देश प्रवाह गर्नु र त्यसैबमोजिम चल्नु हामी सबैको कर्तव्य हो ।यो कर्तव्यमा कोही हामी परिवारविमुख नहुँ भन्ने मेरो धारणा हो ।
हजुर हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ । यो प्रेरणाको दीप हाम्रो हृदयमा बलिरहोस्् र निर्माणमा एक शब्द भए पनि साहित्यमा थप्न सकियोस्  र हजुरको आशीर्वादको अमृत वर्षा सदा वगिरहोस्् भन्दै ससुरा बुबाको सुस्वास्थ र दीर्घायुको कामना गर्दछु ।

भेषराज रिजाल र भावना रिजाल
"बुबा सधैँ असल कर्म, लगनशीलता तथा धर्यतामा बिश्वास गर्नुहुन्छ।"
मानिस भित्र एउटा मन हुन्छ, त्यो हो साहित्यिक मन सायत त्यही मन ले होला बिकृति र बिसँगतिको चिरफार गर्दै समाजको यथार्थलाई प्रतिबिम्बित गर्दछ । समाजमा रहेका हरेक तह र तप्काका जीवान्त हरूको चक्रहरूलाई प्रस्फुटित गरी कलात्मक रूपमा पदार्पन गर्ने साहित्यकार, माटो बिज्ञ एवम मेरो बुबा  सदानन्द अभागी मेरो परिवारको संरक्षक मात्र नभएर समाजमा आदर्श, स्वाभिमान तथा प्रेरणाका प्रतिमूर्ति हुनुहुन्छ ।
पर्वत जस्तो पहाडी तथा दुर्गम जिल्लामा जन्मेर दुःख सर्घषका साथ देश र जनताको सेवामा समर्पित रही माटो बिज्ञका साथ साथै साहित्यको क्षेत्रमा एउटा छुटै पहिचान बनाउनु भएको छ । उहाँ हाम्रो मात्र नभएर सबैको आदर्षको व्यक्तिको रूपमा हुनुहुन्छ । सधैँ असलकर्म र सत्यको पक्षपाती रही एउटा ठुलो परिवारको जिम्मेवारीमा कहिलै नडकमकाई एउटा असल अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ । शायद प्राविधिक व्यक्तित्व भएर होला बुबा सधैँ असल कर्म, लगनशीलता तथा धर्यतामा बिश्वास गर्नु हुन्छ । एउटा प्राविधिक व्यक्तित्व त्यसमा पनि साहित्यको फ्युजनले होला कहिलै पनि बिकृती, बिशंगती र कुशस्कार तथा समाजमा रहेका अपराधिक मनोबृद्धी सँग जस्तो सुकै जटिल प्रस्थितिमा पनि सम्झौता गर्नुभएको छैन । यो नै मेरो जिवनको मुल मियो  हो, मेरो आदर्श हो , मेरो भरोशा हो  र मेरो जिवनको बाटो हो । सरल र सहज जिवनशैली उहाँको प्रयावाची हो । जसले गर्दा पनि सम्पूर्णमा उहाँप्रति संभाव रहेको छ ।  माटो बिज्ञानको क्षेत्रमा अग्रनी भुमिका निर्वाह गर्नुभएको उँहाले माटो बिज्ञान सँगसम्बन्धित धैरै किताब, बुकलेट तथा लेखहरू प्रकाशित गर्नुभएको छ । यसका साथ साथै  बुवाको साहित्य क्षेत्रमा हेर्दा  साहित्यका सम्पूर्ण आयमहरू (कथा,कबिता,गजल,)  मा कलम चलेको छ । खण्डकाव्य तथा माहकाव्यहरूको रचनाले साहित्यको क्षेत्रमा उहाँलाई एउटा पूर्ण व्यक्तित्व बनाएको छ । अझ माटो बिज्ञानलाई साहित्यमा समिश्रन गरी आफुलाई माटो बिज्ञ मात्र नभई माटोको (साहित्यकार) कविको रूपमा पनि चिनाउनु भएको छ । बुवाको जिवन शैली, चिन्तन तथा कर्महरू सधैँ मार्ग निर्देशित भएर मेरो व्यक्तिगत, पारिवारिक, सामाजिक तथा पेशागत जिवनलाईसधैँ मर्यादित र सम्मानित बनाउन प्रेरित गर्ने छन् । अन्त्यमा वुवाको साहित्यिक तथा सामाजिक जिवनको उत्तर–उत्तर प्रगतिको  कामना गर्दै  वुवाको दिर्गायुको भगवान सँग प्रथाना गर्दछु । सधैँ भरी वुवाको आशिर्वाद मिलिरहोस् । धन्यवाद







Dr.Muna Aryal Rijal

''I am fascinated by his life-long philosophy."

          I have known Thulo-Buwa, Sadananda Abhagi for fifteen years. He is amazingly talented personnel. He's a great writer as well as an outstanding soil scientist. "Simple Living and High Thinking" are a combination of qualities that he carries throughout his life. I am fascinated by his life-long philosophy. He became the source of inspiration for me. I feel so blessed to be surrounded by people like him who inspire and uplift me daily. Have a wonderful life ahead Thulo-Buwa!

Muna Aryal Rizal, Ph.D.

Assistant Professor of Engineering

Loyola University, Chicago

Chicago, Illinois, USA

08/12/21

From Grand daughters: Megna Rizal and Bina Rizal,

Love you Hajur-Buwa!

रामचन्द्र रिजाल

 मसहित सन्ध्या गौडेल रिजाल, आरएन रिजाल र एलिजा रिजाल अमेरिकामा बस्दै आएका छौँ । यो कृतिको प्रकाशनखर्च मैले गर्ने भएकाले प्रकाश सशयागीमा मेरा भावना रहने भएकाले म विदा चाहन्छु ।
डा. विदुर रिजाल र सरस्वती रिजाल (इमिरेस टेक्नोलोजी सेन्टर, तुलुज फ्रान्स, पोलिमर रसायन विज्ञ)
परिवारका सदस्य स्नाकोतर अनि बिध्याबारिधिसम्मको शिक्षा प्राप्त गर्न सफल छन् ।
पिता स्वर्र्गीय श्री कलाधर रिजाल एवम् माता स्वर्गीय श्री नन्दकली रिजालको जेष्ठ सुपुत्र श्री सदानन्द अभागी को जन्म वि. सं. २००३ साल श्रावण १ मा शंकरपोखरी गा. बि। स. नुवार (हाल फलेबास न. पा) मा भएको हो । शिक्षाको महत्त्व बुझेर आज भन्दा करिब ६०वर्ष पहिला सामजिक जनचेतना र भौगोलिक विकटतालाई चिर्दै परिवार एबम समाजको एक मात्र  नछेत्र बनेर भारत बाट माध्यामिक तथा बिस्वविधालाईसम्मको शिक्षा लिनु भएका आभागी कृषि तथा माटो बिज्ञका रूपमा देश–विदेशमा परिचित हुनुहुन्छ ।  त्यो समयमा अभागीले लिनु भएको शिक्षा को महत्त्व र जनचेतना परिवारमा मात्र नभई सिँगो समाजलाई नै ठुलो मार्गदर्शन बनेको छ । उहाको  अध्यान र लेखन को निरन्तर झुकाब परिवारका अन्य सदस्य को लागि पनि अध्यनको ठुलो प्रेणाको श्रोत बन्यो फलत परिवारमा पनि धेरै जना सदस्य स्नाकोतर अनि बिध्याबारिधिसम्मको शिक्षा  प्राप्त गर्न सफल छन् ।
मोटो बिज्ञानमा विशेषज्ञता हासिल गर्नुभएको अभागीको अध्यान र लेखन रुचि केवल वैज्ञानिकलेखरचनामा मात्र सिमित छैन ।  अबस्य पनि जे विषयमा विज्ञता छ तेसैमा कलम चलाउन सामान्य भए पनि एउटा वैज्ञानिकको लागि साहित्य लेखन चानचुने कुरा होइन । दर्जनौँ नेपाली साहित्यक लेखरचनाहरू प्रकाशित गरिसक्नु भएका अभागी अझै पनि नेपाली साहित्यको निरन्तर खोज र अनुसन्धानमा ब्यस्त  हुनहुन्छ । बैगानिक, साहित्यिक एबम समाजसेवामा रमाउने अभागी विभिन्न संघ संस्था सँग आबद्व रही समाज सेबामा सक्रियहुनुहुन्छ ।






Dr.Binod Rijal

 ''He is an outstanding soil-scientists, and he is my inspiration for science"

          I am fortunate to write about my Thulo-Buwa. My Thulo-Buwa is a second father to me. I have a lot of beautiful memories that were created by him during my childhood. For instance, he used to carry sweets and cookies when he returned home from his job. I am always indebted to how he has been continuously encouraging and guiding me throughout my academic career, and how he has always been so friendly and supportive of all of my efforts and struggles.

          In my understanding, he is playing three different roles equally so far. As a guardian of a family, he is a role model for us. He is an outstanding soil-scientists, and he is my inspiration for science. He is a great writer as well.

          He is making our family proud all the time. I wish for his healthy and happy retirement life.

Binod Rizal, Ph.D.

Faculty of Physics

Loyola University, Chicago

Chicago, Illinois, USA

08/12/21

 

शिशिर रिजाल (हाल–काठमाडौँँ)



GRANDFATHER JUST LIKE YOU

I just want to let you know ,

 You mean the world to me,

 Only a heart as dear as yours,

 Would give so unselfishly.

The many things you have done,

All the times you were there around me,

 Let me know deep down inside,

How much you really care for me.

 Even though I might not say,

 I appreciate all you do,

Richly blessed is how I feel,

 Is having a grandfather like you
(हजुरबुवा तपाईँ जस्तै हुनुपर्छ । म तपाईँंलाई मात्र थाहा दिन चाहन्छु, । तपाईँ मेरो संसार हो । तपाईँले मलाई मुटुभरीको प्रेम अन्तरबाटै निस्वार्थ रूपमा दिनुहुन्छ । जहिले पनि तपाईँं मेरो वरिपरि हुनुहुन्छ ,तपाईँं वास्तवमै मेरो हेरचाह गर्नुहुन्छ ।तपाईँका सबै कामको म कदर गर्छु,। धेरै धन्यबादित भएको मैले महसुस गरेको छु, । अनि भन्न चाहन्छु कि हजुरबा होस्् त हजुर जस्तो) ।

७.१२कृति समीक्षात्मक धारणा
 ऋषि आजाद (बुटवल, रूपन्देही)
"बालुवाको घरमासदानन्द अभागी"
कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनीने कथा छोटा आख्यानात्मक रचना हुन् ।
कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै हो । यसमा उद्देश्य र प्रभावमा एकात्मकता हुन्छ । उपन्यासमा जस्तै कथावस्तु, पात्र, संवाद, वातावरण, उद्देश्य, दृष्टिबिन्दु यसविधामा पनि हुन्छ । कथा एकात्मक अर्थात् सिङगल हुन्छ । कथामा उपन्यासमा जस्ता उपकथाहरू हुँदैनन् । कथाले जीवनको एउटा पक्षलाई लिन्छ भने उपन्यासले जीवनको वृहद पक्षलाई लिन्छ । कथामा पात्रहरू थोरै हुन्छन् । संवाद थोरै र छोटा छोटा हुन्छन् । परिवेश सानो हुन्छ । उद्देश्य पनि एकात्मक हुन्छ । दृष्टिविन्दु प्रथम तृतीय दुबै हुनसक्छ । योे पनि आफैमा पूर्ण रचना हो । यसमा आरम्भ,यत्न, विकास, उत्कर्ष, प्रतिफलको गतिक्रम हुन्छ । विषयका दृष्टिले सामाजिक, धार्मिक, ऐतिहासिक, पौराणिक मनोवैज्ञानिक आदि हुन्छ । प्रवृत्तिका दृष्टिले विसँगतवादी, सामाजिक यथार्थवादी,मनोवैज्ञानिकवादी, आदर्शवादी आदि हुन्छन् ।
सदानन्द अभागी साहित्यिक क्षेत्रमा प्रशिद्ध नाम हो । उनको खास नाम सदानन्द जैसी हो । उनी राष्ट्रिय पहिचान बनाएका कवि हुन् । दुईवटा महाकाव्य भएको हुनाले उनलाई महाकवि पनि भनिन्छ । उनको जन्म १५ मार्च १९४७ मा पर्वत जिल्लाको शंकर पोखरीमा भएको हो । उनको आमाको नाम नन्दकली रिजालर पिताको नाम कलाधर रिजाल हो । उनले बिएस्सी एजीसम्म अध्ययन गरेका छन् । उनले गोरखा दक्षिणबाहु चौथालगायत अन्य धेरै पुरस्कारहरू पाएका छन् । हाल उनी लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष छन् । सरकारी सेवाको सिलसिलामा उनी इजिप्ट, फिलिपिन्स, थाइल्याण्ड, जापान र भारतमा भ्रमण गरेका छन् ।
नेपालीय साहित्यमा उनको पहिलो कृति आफ्नै व्यथाहरू (२०५७) हो । त्यसपछि उनका निरन्तर कृतिहरू प्रकाशन भएका छन् । उनको दोस्रो कृति बूढो जवानी(२०५८) हो । त्यसपछिका कृतिहरूमा पश्चात्तापका आँसु कथा सङ्ग्रह (२०५८), जीवनलिला खण्डकाव्य (२०५८), कोपिला उपन्यास(२०६०), तीनयुग एक कथा महाकाव्य (२०६०), काठमाडौँं देहरादुन यात्रा विवरण(२०६०), म र मेराहरू जीवनी(२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१),तन्नेरी हजुर बाउ पन्यास (२०६१),माटो र विरुवाको भोक कृषिकाव्य(२०६१), मोहनीको मीठो म्वाईं कविता सङ्ग्रह(२०६२), परिवर्तन कथा सङ्ग्रह(२०६३), भुटानी शरणार्थीको व्यथा कथासङ्ग्रह(२०६३),समभोग समाधिगजल सङ्ग्रह(२०६४), बुढौतीका रहरहरू गजल सङ्ग्रह(२०६५), गजलगुटिका गजल सङ्ग्रह(२०६५), अभागीका गजलहरू(२०६६), अभागीका मुक्तकहरू(२०६८) यात्री उपन्यास(२०६८), गजल परिकार(२०६८), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) बालुवाको घर(२०६९) आदि हुन् । उनका प्रकाशित कृतिहरू ३८ वटा छन् । उनको अत्युर्बर समय ६० दशक हो । यसबीचमा उनले निकै धेरै उपलब्धि हासिल गरे ।
आज म उपरोक्त विधागत सिद्धान्तका आधारमा कथाकार सदानन्द अभागीद्वारा रचित कथा 'बालुवाको घर' कथा सङ्ग्रहको विषयमा समीचीन समीक्षा गर्न चाहन्छु । 'बालुवाको घर'कथा सङ्ग्रहमा १६ कथाहरूसँग्रहित छन् । यो कथा सङ्ग्रहमा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका उपप्राध्यापक धनपति कोइरालाले भूमिका लेखेका छन् । भूमिकामा कोइराला लेख्छन्, "प्रस्तुत कथा सङ्ग्रहमा मानवीय जीवनका हरेक सँगतभन्दा पनि ज्यादा विसँगत पक्षको उद्घाटन गरी तिनमा देखिएका विकृत र विसँगत पक्षको सुधार र परिष्कार गर्ने अभिलाषा राखिएको छ । कथाहरू कतै संक्षिप्त, कतै संस्मरणात्मक, कतै नाटकीय त कतै वर्णनात्मक, शैली प्रयोग गरिएको छ । यसमा प्रस्तुत कथाहरू ज्यादा तृतीय पुरुषात्मक दृष्टिबिन्दुका छन् । प्रथम पुरुषात्मक दृष्टिबिन्दुका पनि छन् ।"
भुपेन्द्र शर्मा भट्टराईले अभागीको विषयमा लेख्छन्, "बालुबाको घर प्रयोग र बिम्बले भरिएको कथा हो । जसले राष्ट्र, समाज र घरभित्रको द्वन्द्वको चित्रण गरिएकोे छ । अभिव्यक्ति कला जस्तो होस्् अनुभूति कला गम्भीर छ ।" त्यसरी नै साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ बालुवाको घर कथा सङ्ग्रहको विषयमा भन्छिन्, "यी सोह्र कथाहरू अध्ययन गर्दा पाठकलाई घटनाको निकट रहेको अनुभूति हुन्छ । राष्ट्रका गतिविधि, नेपाली नारीको व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरो समेत समेटेर रचना गरिएको यो कथा सङ्ग्रह निकै मार्मिक छ ।"
कथाकार अभागीको 'बालुवाको घर' केन्द्रीय कथा हो । यो कथा प्रथम पुरुषीय ढाँचामा लेखिएको छ । यो कथा लक्षार्थपरक छ । राजदरबारले मूठ्याएको अधिकार, दरबारको अवशान अनि त्यही राजकीय शान, सौकात र मानमा हिंडेका राजनीतिक दलका नेताहरूको जमिन्दारी स्वभावको विषयमा चित्रण छ । यसको कथामा राजनीतिक विषय छ । कथामा झिनो कथानक छ । परिवेशर संवाद छैन । वाह्यद्वन्द्व छैन । आपसी खिचातानी र त्यसबाट आजित भएका जनताको विषयमा लेखिएको छ । यो कथा दश मिनटमा पढि सकिन्छ । पाठकहरूलाई गहिरो प्रभाव पार्छ ।
'जीवनहार जन्मोत्सव उपहारमा' कथाकारले विपन्न र सम्पन्न परिवारका किशोर किशोरीहरू कसरी नजिकिदै गए र आपसी प्रेमलाई कसरी विवाहसम्म पुराए भन्ने मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । यो कथा यौन मनोविश्लेषणात्मक कथा हो । सम्पन्न र विपन्न परिवारबीचमाविवाह गराएर प्रेम प्रणयलाई उदात्त रूपमा प्रस्तुतगरिएको छ । यस कथामा कथानक छ । आरम्भबाट विकास हुँदै उत्कर्षमा पु¥याएर समापनतिर लागिएको छ । यसमा दाइजो दिने सामाजिक आडम्बरको विरोध गरिएको छ ।' पसिना' कथामा अन्तरजातीय विवाह र वैदेशिक रोजगारको समस्याको विषयमा उल्लेख छ । 'नघर न घरकी' कथामा रोजगारीको लागि विदेश पुगेका युवकले पाएको धोकाको विषयमा उल्लेख छ । उनी घरमा आउँदा सबै गुमाउन पुगेका छन् । यो कथा कारुणिक कथा हो । 'अभिलाषा'कथामा धन र रूपको घमण्ड र त्यो घमण्डबाट पाएको सास्तीको विषयमा चर्चा छ ।
'प्रतिशोध'कथामा कुलीन परिवारको ब्राम्हणको छोरा र चौधरी परिवारकी छोरीबीच विवाह गराइएको छ । सामाजिक इज्जतका कारण प्रेममा फसेका केटाकेटीहरूलाई छुटाउन खोजिएको छ । यस कथामा निष्पक्ष तथा तटस्थ छानविनको आग्रह गरिएको छ । 'जिउँदोले माड पाएन मरेकालाई खीर' कथामा सामाजिक आडम्बरको विषयमा खण्डन गरिएको छ । वृद्धवृद्धाहरूलाई जीवनभर हेला गर्ने, सेवा सुश्रुषा नगर्ने तर मरेपछि उसको नाममा ठूलै दान गरेर आफूलाईमहान् बनाउने कर्तव्यहीन आडम्बरी व्यक्तिको विसँगत प्रवृत्तिको उदाङ्गो पारिएको छ । 'पसिना यही देशको निर्माणमा भिजोस्' शीर्षक स्वयंमा सन्देश हो । यसमा पैसाको मोहपासमा परेर आफ्ना बालबच्चा अनाथ बनाएर विदेश पुगेका माता—पिताप्रति व्यङग्य गरिएको छ । अन्तरराष्ट्रिय रोजगारले पारेको दुश्प्रभावको सशक्त चित्रण छ ।
'स्वार्थी जमात'कथामा सरकारी स्कूल र निजी स्कूलमा पढाउने आफ्नै छोराछारीप्रति भएको भेदभावको खण्डन छ । सरकारी पक्षको अकर्मण्य प्रवृत्तिको खण्डन छ । 'बुढाबुढीको आआफ्नो व्यथा' कथामा आधुनिकता र पछौटेपनको द्वन्द्व देखाउनुको साथै लोग्ने मान्छेहरूले गर्ने भाषण र घर व्यवहारमा देखिने अन्तरको विषयमा व्याख्या गरिएको छ । 'एउटा सपना'कथामा सपनालाई बिम्ब बनाएर मान्छेमा हराउँदै गएको संवेदनालाई छर्लङग पारिएको छ । 'आवश्यकता' कथामा मानिको यौवन, यौन र मदान्धको चिरफार गरिएको छ । 'बतासे डाँडाको तीनदिन' शीर्षक कथामा माओवादी जनयुद्धको विषयमा उल्लेख गरिएको छ । 'जन निर्णय' लघु कथा हो । यसमा तात्कालीन राजतन्त्र र माओवादी जनयुद्धकै विषयमा उल्लेख गरिएको छ । 'कोकिलाको न्याय' कथामा निम्नवर्गीय चत्रिको यथार्थ वर्णन गरिएको छ । यस कथामा कोकिलाको जीवन्त चित्रण छ ।
कृति अभागीका कथाहरू कथागत संरचनाका दृष्टिले परिपुष्ट नहोलान्, अभिव्यक्ति कला सशक्त नहोला तर अनुभूतिको पकड बेजोड छ । उनी जनमनको सूक्ष्म अनुभूति पकड्न सक्ने कथाकार हुन् । सामाजिक यथार्थ, मनोवैज्ञानिक समस्या, आदर्शवादी प्रवृत्तिउनका कथाहरूको प्रवृत्ति हो । ससाना विषयलाई लिएर मन छुने किसिमले छोटा—छोटा कथा लेखिएका छन् । मानवीय संवेदना, अनुभूति, परानुभूतिको विषयमा लेखिएका यी कथाहरूमहत्त्वपूर्ण छन् । कथाहरू राजनीतिक, सामाजिक, मनोवैज्ञानिक विषयमा लेखिएका छन् । कथाहरू छोटा छन् । प्रत्येक कथा पढ्न दशदश मिनट भन्दा ज्यादा लाग्दैन । केही कथाहरू निकै मार्मिक र घतलाग्दा छन् ।
कविता विधामा कविता सङ्ग्रह, खण्डकाव्य हुँदै महाकाव्यीय उत्कर्षतामा पुगेका उनका कृतिहरूमहत्त्वपूर्ण छन् । यता लघुकथा, कथा हुँदै उपन्याससम्म पुगेका करिब चालीस कृतिका रचनाकार सदानन्द अभागी हाम्रो आदरणीय साहित्यकार हुन् । उनको योगदान नेपालीय साहित्यमा अमर रहनेछ । हामी उनलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ ।
 कल्पना नेपाल आचार्य
अग्निज्वाला महाकाव्यको विवेचना
साहित्यकार सदानन्द अभागीद्धारा रचित अग्निज्वाला महाकाव्य नेपाली साहित्यमा एउटा सुनौलो र विशिष्ट उपलब्धि हो । साहित्यका विविध विधामा कलम चलाउने अभागी कवि, उपन्यासकार, कथाकार निबन्धकार समेत रहेका  प्रमुख व्यक्तित्वहुन । उनका अधिकांश कृतिहरूमा नेपाली परिवारभित्रको जीवनकथाका साथै समसामयिक विषयवस्तुको चित्रण गरेको पाइन्छ । उनको यस रचनामा सिर्जना भएको कथा नेपाली परिवारभित्रको सौताने मामलाले गर्दा हैरानी र सास्ती भोग्नु परेको छ । जीवनमा भोग्नु परेका मानिसक द्वन्द्वले गर्दा काव्य निकै मार्मिक बन्न पुगेको छ । साहित्य अनुरागी सदानन्द अभागीको जन्म २००३ साल श्रावणा १ गते पर्वत जिल्लाको शंखरपोखरी गाविसको नुवार भन्ने गाउँमा भएको हो । उनले आफ्ना जीवनका अनेकौँ उकाली, ओरालीका अनुभूतिहरूलाई नै साहित्य सृजनाका कोशेलीहरू बनाएका छन । यस क्रममा उनले आफ्नो व्यथा कवितासङ्ग्रह बुढो जवानी कवितासङ्ग्रह पश्चातापको आँसु कथासङ्ग्रह, कोपिला लघुकथा, जीवन लीला खण्डकाव्य तीनयुग एक कथा महाकाव्य, जीवनलीला उपन्यास, म र मेराहरू जीवनी काठ्माडौँदेखि देहरादूनसम्म यात्रा विवरण नियती उपन्यास, मोहनीको मीठो म्वाइँ कवितासङ्ग्रह तन्नेरी हजुरवा उपन्यासलगायत ३ दर्जन जति कृतिहरू पाठकहरूका सामू पस्किसकेका छन् । उनी साहित्यकार मात्र नभइ माटो विज्ञ वैज्ञानिक भएको नाताले साहित्य सृजना बाहेकका अलावा करीब तीन दर्जन भन्दा बढी कृिषका खास गरेर माटो विज्ञान सम्बन्धी कृतिहरू हामीसामु पस्किसकेका छन् । सदानन्द अभागीको माटोका विशेषज्ञ वैज्ञानिक हुन । उनको अध्ययन क्षेत्र वि एस्सी एजी हो । उनको कलम वैज्ञानिक लेखहरू मात्र नभएर त्यसको अलवा साहित्यिका विविध फाँटहरूमा पनि चल्ने गर्दछ ।
उनको बजारमा आइपुगेको अग्निज्वाला महाकाव्य मानसिक द्वन्द्वले भरिपूर्ण मार्मिक काव्य हो । यसमा उनले भौतिक मानिसक दुबै प्रकारका ऊर्जालाई योजनावद्ध रूपले संयोजनमा ल्याई चित्रण गरेका छन । यसमा मानव जीवनलाई समृद्ध र आनन्द बनाउन चाहेका छन् । यस महाकाव्यले अभागीलाई दार्शनिक समसामयिक यथार्थवादी विश्लेषकको रूपमा उभ्याएको छ । महाकाव्य प्रकाशनको हिसाबले यो महाकाव्य दोस्रो हो । यस काव्यमा अग्नी, ज्वाला र शिखा गरी तीन जना पात्रहरू रहेका छन् । महा काव्य तीन जना पात्रहरूको जीवनका घटनामा आधारित छ । समाजमा घटेका सामाजिक घटना देशमा देखिएका राजनैतिक उतारचढावलाई समेत समेटेको छ । समाजको मध्यवर्गीय परिवारमा  दुई विवाह गर्ने चलन र दुई विवाह भएको परिवारमा देखिने पारिवारिक कलह, झैँझमेला, समस्यालाई यसले निकै राम्रोसँग समायोजन मिलाई सबै सामु प्रस्तुत गर्न सफल भएको छ । यही नै यसको प्रमुख विशेषता हो । यो काव्य अठारौँ सर्गमा विभाजित छ । प्रथम सर्गमा शिववन्दताबाट मंगलाचरण शुरुगरिएको छ । एक सय सतहत्तर पृष्ठकोमा वर्णन गरिएको छ । महाकाव्यका तत्त्वहरूलाईआत्मसात् गर्दै रचना गरिएको हुँदा यो महाकाव्य वन्न पुगेको छ ।  महाकाव्यमा वर्णित पारिवारिक द्वन्द्व केही अंशमा कवि स्वयम्ले आफै भोगेको पनि हुन सक्द्छ । तर, कविको अनुभूतिले वैयत्तिकको स्पर्श गरेर वैयत्तिकतालाई पार गरीसकेको हुन्छ र हुनु पर्दछ । यति मात्र हैन कविले देख्ने दृष्टि पनि वैज्ञानिक र दार्शनिक भन्दा धेरै पृथक र भिन्न हुन्छ किनभने त्यो दृष्टिलाई कुनै तर्क र प्रमाणले सिद्ध गर्नु पर्दैन । आवश्यक पनि छैन  । यस दृष्टिबाट मानिसको चित्त त्यसै वुझ्दछ । त्यसैले अग्निज्वाला काव्यले अनुभूत गराउन खोजेको मर्म त्यसरी मानसिक द्वन्द्वबाट पीडित सबैको पीडा हो भनेर राष्ट्रकवि माधव घिमिरेले पनि प्रस्तुत महाकाव्यको भूमिका सबैका सामु प्रष्ट पार्नु भएको छ । प्रस्तुत महाकाव्यमा नौलो र फरक तरिकाले सामाजिक विकृति र विसङ्गतिलाई औल्याउने प्रयास गरिएको छ । देशको सामाजिक वस्तुस्थिति एवम् मूलतः गाउँकै परिवेशलाई यथार्थ चित्रण गरिएको छ । यसरी तयार गरिएकाले प्राकृतिक छटाको कलात्मक वर्णन पनि गरिएको छ । त्यस्तै अनुप्रास, अलंकारले लयात्मक मिठास भरेको छ । शब्दहरूको उचित संयोजनले यथार्थता सामाजिक घटना देशमा भइरहेको राजनैतिक परिवर्तनबाट देखिएको उतारचढावलाई पनि विभिन्न दृष्टिकोणबाट प्रस्ट्याउन खोजिएको छ । यसरी सदानन्द अभागीले विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यकाशमा ठूलो  योगदान गर्नुभएको छ । उहाँका थुप्रै कृति मध्येको एक कृति अनुपम सुन्दरताले भरिएको छ । यसले पाठक स्वयंको मन  जित्न सफल भई पढ्न नसक्ने स्रोतालाई समेत लोभ्याउँछ । सहज, सरल र मधुरस जस्ता मिठास यसका सफल पक्ष हुन् । यसले पाठकलाई एक पटक मात्र पढेर सन्तुष्टि दिन सक्दैन । पटक, पटक यसको रसास्वादन गर्न उसलाई यसले उत्प्रेरित गर्दछ । यो नै यसको आफ्नै मौलिक विशेषता र पहिचान पनि हो  । विशेष गरी नेपाली परिवेशमा हुने गरेको घटनाहरूको यथार्थ विम्बको चित्रणले एकातिर अझ यसले पाठकको मनमा कौतुहलता जगाउने काम गर्दछ भने अर्कोतिर नेपालमा भएको र हुने गरेको राजनैतिक खिचातानीलाई पनि प्रष्टाउने काम गरेको छ । प्रस्तुत अग्निज्वाला जीवनको घटनाक्रममा आधारित भएको हुँदा यसको शीर्षक पनि निकै सार्थक बन्न पुगेको छ ।





कृष्ण लामिछाने

मेरो छिमेकी एक बरिष्ठ कृषि वैज्ञानिक
राम ज्ञवालीले मलाई चिनेझैँ गरेर तपाईँ कृषि पढेको मानिस हो भन्दा सुनेको छु ।उहाँका कृषिमा लेखिएका थुप्रै कृतिहरू  देखिए, सकेसम्म सबै कृतिको मूलसार पस्किदिनु प¥यो भन्ने अनुरोधलाई नकार्न सकिनँ । उहाँको सानो परिचयसहित कृतिका नाम र त्यसले दिन खोजेका सन्देशका एकदुई हरफ यहाँ पस्कने कोसिस गर्दर्छु ।
म र सदानन्द जैसीको पर्वतको घर र यहाँको घर जिल्लाको हिसाबले एउटै जिल्लाका बासिन्दा हौ. । सादा जीवन उच्च विचारका धनी सदानन्द जैसी खास गरेर माटोको वरिष्ठ वैज्ञानिक हुन् र साहित्यका पनि वरिष्ठ साहित्यकार हुन् । मैले उहाँको आनीबानी सबैको अध्ययन गर्दा र मैले कृषिको विषयमा पढ्दा उहाँको मिहिनेतलाई हेर्दा मानिसले जति पनि काम गर्न सक्दा रहेछन् भन्ने भान हुन्थ्यो र उहाँले शिक्षकले पढाउनु भन्दा पहिला त्यो विषयमा पढेर गइयो भने सबै कुरा बुझिन्छ र नबुझेको कुरामा प्रश्न राख्न सजिलो हुन्छ भन्ने उहाँको सन्देशलाई मैले ग्रहण गर्दा अध्ययनमा सहज भएको महसुस भएको थियो ।
मलाई  एउटा कृषिका कृतिहरूमा मात्र लेख्ने अनुमति भएको हुँदा म उहाँका कृतिकै बारेमा चर्चा गर्दछु । राष्ट्र वैंकले निकाल्ने गरेका प्राथमिक क्षेत्र पत्रिका देखि लिएर कृषि पत्रिका, स्थानीय स्मारिका, स्थानीय पत्रिका आदिमा उहाँका प्रकाशन भएका लेखरचनाका धेरै संख्या उहाँसँग संकलनमा नरहेको जानकारी पाएँ  । साहित्यिक लेखहरू २०२०÷२१ बाट थालनी भएको जानकारी आउँछ भने कृषि( खासगरी माटो सम्बन्धींंं) लेखरचना २०४० बाट थालनी भएको देखिन्छ । पहिलो कृषि पत्रिकामा प्रकाशित लेख भने बदाम खेती रहेको धारणा उहाँबाट जानकारीमा आउँछ । उहाँको पहिलो कृति आ.व. २०४२÷४३मा  सुन्तलाजात खेती कृषि सुचना तथा संचार केन्द्र बाट प्रकाशन भएको थियो । यसमा खास गरेर नेपालमा लगाइएका सुन्तला जातमा देखिएका खाद्यतत्त्व सम्बन्धी समस्या र समाधानका उपायलाई वर्णन गरिएको छ । उहाँको व्यक्तिगत विवरणमा देखाइएका कृषिका नेपालीमा लेखिएका कृतिहरूको प्रकाशन पनि जाइका नेपाल, माटो परिक्षण सेवा शाखा , माटो व्यवस्थापन निर्देशनालय र कृषि सुचना तथा संचार केन्द्रले गरेका छन् । कृषि संचारले प्रकाशन गरेका कृतिहरू प्रत्येक ६०००का दरले प्रकाशन गरको र देशव्यापी वितरण भएका छन् । जाइकाले प्रकाशन कृतिहरूको प्रत्येकको १०००को हाराहारीमा प्रकाशन गरिएका छन् ।  माटो परिक्षण सेवा शाखाले प्रकाशन गरेका कृतिहरू बढीमा १२०० प्रति छन् । समग्रमा सबै प्रकासनको मूल संदेश माटो व्यवस्थापनका विविधपक्षमा आधारित रहेको छ ।
दिगो भूव्यवस्थापन कार्यक्रम ,ललितपुरले पनि दिगो माटो व्यवस्थापन विविधपक्षहरू नामक कृतिको भने मूल्य राखिएको छ । यस कृतिमा कृषि उत्पादनमा माटाको भौतिक रासायनिक र जैविक गुणको महत्त्व,तिनको व्यवस्थापन, एकिकृत खाद्यतत्त्व व्यवस्थापन भू–क्षय, भकारो सुधार कार्यक्रम,कम्पोष्ट कार्यक्रम आदिको वर्णन गरिएको छ ।कृति ४० पृष्ठको छ तर यस्ले दिएको माटो व्यवस्थापन सन्देशहरू गहन छन् ।
एकीकृत खाद्यतत्त्व व्यवस्थापन कार्य पुस्तिका– यो सदानन्द जैसीको कृषि विषयको सबै भन्दा ठूलो एकल कृति हो यस कृतिलाई माटो परिक्षण तथा सेवाशाखाले प्रकाशन गरको छ । यो कृति एकीकृत खाद्यतत्त्व व्यवस्थापन पद्वतिको उपयोग गर्दै कृषक पाठशाला सञ्चालनको लागि तयार पारिएको कृति हो । यसको माग कृषक स्तरमा बढी भए पनि कृतिकारले परिमार्जन गरी न त माटो व्यवस्थापन निर्दैशनालयले प्रकाशन ग¥यो न अरू कुनै माध्यमबाट प्रकाशनमा आयो । माटोको बारेमा जानकारी चाहानेले यो किताबको खोजी गरेको देखिन्छ । यस कृतिले माटाको विविध पक्षलाई समेट्नुको साथै बाली व्यवस्थापन, मल व्यवस्थापन,ु सहरीकम्पोष्ट निर्माण, रसायनिक मलको गुणस्तर निर्धारण, प्राङ्गारिक खेती, सुखा तथा अर्ध सुखा जमिनको खेती व्यवस्थापन, अम्ँिलय माटो सुधार। विविध षियका १४ ओटा अनुसूचीहरू समावेश गरिएको छ ।
माटो र बिरूवाले भोक लाग्यो भन्छन् (कृषि काव्य)– यस कृतिलाई  सर्व प्रथम माटो व्यवस्थापन निर्देशनालयका कर्मचारीहरूले २०६१ सालमा प्रकाशन गरेका र पछि गएर कृषि सूचना तथा सञ्चार केन्द्रले आव २०६६÷६७ मा ६००० प्रति प्रकाशन गरी देशव्यापी रूपमा  वितरण भएको थियो । यस कृतिलाई कृषि काव्यको रूपमा नामकरणगरिएको छ । प्रार्थनाबाट थालनी गरिएको छ । माटो ( धर्ती माता) लाई  नायक बनाएर लेखिएको काव्य साना साना एक्काइस अध्यायमा विभाजन छन् । भित्र माटोका उपशीर्षकका पनि उपशीर्षक समावेश गरिएका छन् माटोका विविध पक्षहरूलाई समेटेर एउटा हस्तपुस्तिकाको रूपमा सिर्जना गरिएको छ । यो प्रयोगवादी काव्यको रूप हो जस्तो लाग्यो मलाई । माटोको विद्यार्थी, कृषक, शिक्षक, सकैको लागि एउटा महत्त्वपूर्ण दस्तावेजको रूपमा यो आएको छ । महाकाव्यकै झल्को दिने खालको छ ।
प्राङ्गारिक खेती एक परिचय–९ब्ल् क्ष्ल्त्च्इम्ग्ऋत्क्ष्इल् त्इ इच्न्ब्ल्क्ष्ऋ ँब्च्ःक्ष्ल्न्०)यो कृति पनि सदानन्द अभागीको महत्त्वपूर्ण कृति हो । जलुके घुमाउरे सिंचाई नहर जल उपभोक्ता समिति प्रगति नगर –६ पृथ्वीनगर नवलपरासील,े क्इक्ष्च्(क्ष्ः को आर्थिक सहयोगमा  प्राशन गरेको छ । यसमा मूल्य १५० तोकिएको छ । सदानन्दले ६४ चौसट्ठी उपशीर्षकमाा माटो मलका विविध पक्षलाई समेट्दै नेपालका विविध कृषकले बनाएका र प्रयोग गरेका जैविक विषदीलाई संकलन गरर प्रस्तुत गरेका छन् । यस कृतिलाई प्राङ्गारिक खेती गर्ने किसानको लागि उपयोगी देखिन्छ । निचोडमा यसमा आएका धेरजसोै प्रविधि नितान्त कृषकबाट प्रयोग गरिएकाहुन्, वैज्ञानिकले सिद्व गरेका हैनन्, त्यसो हुँदा यसको प्रयोगमा कस्तो नतिजा मिल्छ हामीले पनि ध्यान दिनुपर्छ र परिमार्जन गर्नुपर्छ भन्ने सन्देश पनि यसमा समावेस भएको छ ।
भिरालो खेती प्रविधि –यस कृतिलाई कृषि सूचना तथा संचार केन्दले२०७१÷७२सालमा ६०००प्रति प्रकाशन गरेर वितरण गरेको देखिन्छ ।यस कृतिमा खासगरेर क्यिउउष्लन ब्नचष्अगतिगचभ ीबलम त्भअजलययिनथ ९क्ब्ीत्०लाई बढी महत्त्वका साथमा उठाइएको छ । नेपालमा भिरालो जमिनमा खेती गरिने धेरै ठाउँहरू छन् । अर्घाखाँची जिल्लामा गरेको अध्ययन संचालन गरिएको कार्यक्रमको अध्ययनको आधारमा प्रविधि प्रसारण गर्ने उद्देश्यमा आएको कृति हो ।
सदानन्दका नेपालीमा लेखिएका वैज्ञानिक कृतिहरू १८ ओटा व्यक्तिगत विवरणमा देखिएका छन् । ती कृतिहरूमा प्रायः माटो व्यवस्थापनमा आधारित भएर लेखिएका छन् । सबै कृतिहरू कृषक कृषि विशेसज्ञ, अनुसन्धान कर्ता योजनाकार समेतलाई उपयोगी देखिन्छन् ।  यसरी नै उनका अनुसन्धान र कार्याशालामा आधारित लेखरचनाहरू पनि १७किताबको आकारमा देखिएका छन् ।  मैले कृषि पत्रिका, स्थानीय पत्रिका, स्मारिका आदिमा पढेका अति महत्त्वपूर्ण लेखरचना पनि उहाँले संकलन गरेको देखिएन ।अंग्रेजीमा लेखिएका कार्यप्रतिवेदनमा सानो चर्चा गर्दछु ।
सदानन्दको पहिलो अनुसन्धान अध्ययन प्रतिवेदन क्ष्mउबअत यल क्यष् िब्लबथिकष्क चभअयmmभलमबतष्यल तय ँबचmभचक दथ क्यष् िबलबथिकष्क ीबदयचबतयचथ ध्ब्च्त्ऋ प्जबष्चभलष्तबच, त्बलबजग ९ज्ञढढज्ञ० ।हो यसलाई क्षेत्रीय तालिम केन्द्रले प्रकाशन गरेको थियो । हाल त्यो कृति प्राप्त छैन  । क्यष् िँभचतष्ष्तिथ  कगचखभथ बलम mबउउष्लन या ९प्बखचभ, क्जथबलवब,एबचकब, ःयजबतबचष्, ल्बधबीऊबचबकष्, एबचधबत ०( रङ्गिन मानचित्र (म्याप)सहितको प्रतिवेदनहरू छन् । यी नक्सा तयार पार्न सर्भे टिम, सर्भे डिजाइनर नक्सा तयार, नमूना संकलनकर्ता माटो विश्लेषण कर्ता, प्रतिवेदन टिम गरी नक्सा तयार गरिएका छन्  । नक्सामात्र नभएर सम्बन्धित जिल्लाको विवरण समेत दिइएको छ । कामलाई शब्दमा परिणत गरेर सन्देशमूलक बनाउनु राम्रो काम हो । यी सन्देशलाई जिल्लाले प्रयोगमा ल्याई उत्पादन बढाउन सकिने माटोमा देखिएका उर्वराशक्ति समस्यालाई सहजै हल गर्न सहयोगी हुने देखिन्छ ।
क्तगमथ च्भउयचत यल एचयमगअतष्यल बलम गतष्ष्शिबतष्यल या ँथ्ःरऋयmउयकत दथ तजभ ँबचmभचक ष्ल द्यबष्तबमष् मष्कतचष्अत या ल्भउब ि(यो कृति काभ्रे आदि जिल्लाका प्रतिवेदन भन्दा ठूलो र विवरणत्मक छ र जिल्लाको कृषि सम्बन्धित सबै पक्षलाई समेटेको देखिन्छ ।
च्भखष्भध बलम एबिललष्लनयाकगकतबष्लबदभि क्यष् िःबलबनझभलत एचयनचबmmक क्गmmबचथ च्भउयचत(
यी प्रतिवेदन २००१ देखि २००५ सम्मका ५ ओटा प्रतिवेदन तयार गरेको देखिन्छ । यी प्रतिवेदनमा दिगो माटो व्यवस्थापनमा प्रकाश पारिएको छ । हाल यी कृति उपलब्ध छैनन् ।
अन्तत सदानन्द जैसीका कृषि सम्बन्धीलेखरचनाहरू पत्रप्रत्रिका, स्मारिकाहरूमा मैले पढेको छु  तर सबै प्रकाशन भएका पत्रपत्रिका संकलन देखिदैनन् । यी सम्पूर्ण उहाँका कृतिहरू कृषक, कृषिका सम्बन्धित प्राविधिकहरू, योजनाकार सबैको लागि अति उपयोगी देखिन्छन् । उहाँको एउटा कम्जोरी भनेको प्रकाशित कृति लेखरचनालाई संकलन र सुरक्षित नगरेका देखिन्छ । उहाँको यो बौधिक लगानी प्रशंसनीय देखिन्छ र निरन्तरताको लागि कामना गर्दै विदा चाहन्छु ।

चन्द्रप्रसाद न्यौपाने , सिन्धुपाल्चोक
"काव्यहरूमा भरपुर लोकलयको प्रयोग भएका छन्"
मैले उहाँका ३ वटा महाकाव्यहरू पढेको छु । महाकाव्यिक इतिहास लेखनको क्रममा उहाँका ती कृतिहरू पढ्ने अवसर पाएँ । लगभग ४५० बटा महाकाव्यहरूको अध्ययन गर्ने सिलसिलामा उहाँका कृतिहरू पनि फेला परे । मैले १३०० शब्दमा ती महाकाव्यको छोटो चर्चा गरेको छु । प्रकाशनकालको हिसाबबले 'तीनयुग एक कथा'(२०६०) 'अग्निज्वाला' (२०६१)  र 'सिंहवाहिनी' (२०७३) रहेका छन् ।
अठार सर्गमा विस्तारित 'तीनयुग एक कथा' महाकाव्यमा नेपाली वार्णिकका तीनबटा छन्दहरूमा ८७६ श्लोकहरू २४९२४ अक्षर समावेश छन् । अनुष्टुप छन्दको हिसाबले यस महाकाव्यमा ७७९ श्लोकहरू रहेका छन् । घासेमा ३८ श्लोक र १४४४ अक्षर रहेका छन् । मारूनी सवाई छन्द पनि प्रयोग भएका छन् ।
अग्निज्वाला २०६० सालमा लेखिएको तर २०६१ मा प्रकाशित  भएको महाकाव्य हो । यो दोस्रो महाकाव्य र चम्पु महाकाव्य हो । ग्रामीण परिवारको कथा कहानीलाई समेटेको यो काव्यमा अग्नि र ज्वाला काव्यको नायक नायिका हुन् । काव्य राजनीतिक विषयसँग पनि जोडिएको छ । अठार सर्गमा विस्तारित यो काव्य गद्य पद्यमा रचित छ । १६, १७ र १८ सर्ग मुक्त लयमा छन् । काव्य प्रबन्धात्मक बनेको छ ।
नेपाली वार्णिकका ७ वटा छन्दहरूमा १२७० श्लोक ३७०७८ अक्षरहरू समावेश छन् । ३२ अक्षरको अनुष्टुप छन्द हुने ११५९ श्लोकहरू छन् । ७ प्रकारका लोकलय छन् ।
सिंहवाहिनी समीक्षात्मक पौराणिक महाकाव्य तेस्रो महाकाव्य  हो । पौराणिक विषयवस्तुलाई आधार बनाएर यो काव्य लेखिएको छ । यो काव्य प्रबन्धात्मक बनेको छ । यो काव्य पुरै अनुवाद पनि होइन । पुरै मौलीक पनि होइन मिश्रित छ । विवेचना र भावानुवाद भएको कविको आफ्नो स्विकारोक्ति रहेको छ । कतै गजल शैली, कतै कविता शैलीर कतै लोकगीति  शैलीको प्रयोग  भएको छ काव्यमा । प्रष्ट बुझिने र साह्रै सरल पनि छ  काव्य । २८ सर्गमा विस्तारित छ यो काव्य । स्वरमुक्त लय पनि छ । यो पनि चम्पु महाका्व्य हो । नेपाली वार्णिक ७ वटा छन्दकहरूमा १२७० श्लोकका ३७०७८ अक्षरहरू समावेश छन् । ३२ अक्षरको अनुष्टुपप छन्द हुने ११५९ श्लोकहरू छन् । ७ प्रकारका लोकलय छन् । सिंहवाहिनी समीक्षात्मक पौराणिक महाकाव्य तेस्रो महाकाव्य हो । पौराणीक विषयवस्तुलाई आधार बनाएर यो काव्य लेखिएको छ । यो काव्य प्रबन्धात्मक बनेको छ । यो काव्य पुरै अनुवाद पनि होइन पुरै मौलिक पनि होइन मिश्रित छ । विवेचना र भावनुवाद भएको कविको आफ्नो स्विकारोक्ति रहेको छ । कतै  गजल शैली कतै कविता  शैली र कतै लोकगीति शैलीको प्रयोग भएको छ । काव्यमा प्रष्ट बुझिने र साह्रै सरल पनि छ काव्य। २८ सर्गमा विस्तारिक  छ यो काव्य । स्वरमुक्तलय पनि छ । यो पनि चम्पु महाकाव्य हो । नेपाली वार्णिकका ८ बटा छन्दहरूमा १५८१ श्लोकका ४४९४६ अक्षरहरू तथा अनुष्टुप छन्दका १४०४ श्लोकहरू रहेका छन् । चु्ड्का,  भजन, सवाइ, मारूनी, सगिनी, सेलोलगायतका नेपाली गीति छन्दहरूमा काव्य सजिएको छ ।
सदानन्दका काव्यहरूमा भरपुर लोकलयको प्रयोग भएका छन् । काव्य लेखनमा हात बसिसकेका सदानन्दमा शैली परिमार्जन र परिष्कार गर्न सके अझ राम्रा महाकाव्य लेख्न सक्ने सम्भावना छन् । उहाँका महाकाव्यमा १०० श्लोक भन्दा बढीका छन् प्रत्येक सर्गहरू । २८ सर्गमा विस्तारित गर्नु भन्दा १२–१४ सर्गमै बनाएको भए हुन्थ्यो । १०० श्लोक भित्रै महाकाव्यमा भन्न खोजिएका कुरा पूर्ण हुन्छन्। तसर्थ यसो गर्नसके राम्रो हुन्थ्यो । उहँले कथानकसहित काव्य परम्पराअनुसार नै लेख्नुभएको छ । कथा पनि चाहिए जति नै छ । तर महाकाव्यमा हुनुपर्ने सम्पूर्ण गुणहरू समेटिएका भेटिन्नन् उनका काव्य भित्र । धेरै सर्ग राख्नुभन्दा थोरैमा नै धेरै समेटनु राम्रो हुन्छ । उनको काव्य प्रयोगवादी शैलीमा छन् तर सिद्वान्त पनि समेटिकएका छन् । गद्य पद्य नमिसाई एउटैमा लेख्दा राम्रो हुन्छ । स्वरमुक्त लयको पनि एउटा छुट्टै महाकाव्य बनाउदा राम्रो हुन्छ । एउटै छन्दमा सललल बगेर गए राम्रो होला । काव्यमाः विशेष राम्रो पक्ष के देखिन्छ भने नेपाली लोकलयमा प्रचारप्रसार गर्नु भा छ ।यो सकारात्मक पक्ष हो । मैले ४५० वटा महाकाव्यमा अध्ययन गरीरहदा खेरि मैले आफ्नो अध्ययनमा महाकाव्यलाई दुई किसिमको विशेष अध्ययन दृष्टि दिएको छु । मौलीक कथा भएका उनका दुई महाकाव्यहरू छन् । एउटा मात्रै पुराण विषयमा छ । शास्त्रीय मान्यतका काव्य नायक छैनन् उहाँका महाकाव्यहरू । त्यससकारण दोस्रो कोटीमा पर्छन उहाँका काव्यकृतिहरू । उनको स्थान उच्च हुन एकस्टेप माथि उक्लनै पर्दछ । ४५० वटा महाकाव्य हेर्दा १०० वटा महाकाव्यको गणनामा उहाँ पर्नुहुन्न । १००–२०० महाकाव्यको गणनाबीचमा उहाँका महाकाव्य पर्दछन् । त्यसपछि गणना हुने महाकाव्य त निकै कमजोर खाले  छन् । मेरो अध्ययन ले यस्तो बताँउछ कि १०० महाकाव्यहरू पूर्ण महाकाव्य बनेका अकाट्य  छन् । २५० (२०० संख्याबाट उताका ४५० सम्मका) महाकाव्य उहाँका भन्दा निकै कमजोर छन् केवल रहर लहडले मात्र लेखिएका छन् । सदानन्दले राम्रो महाकाव्य लेखेकासँग बसेर केही सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । उहाँको अझै पनि राम्रै कुरा हो । उच्चतामा जान सक्नु अत्युत्तम हुन्छ । विषयवस्तुमा कुनै शंका  छैन । महाकाव्य सामाजिक विषयमा गएका छन् । समभ्रान्त वर्गका पात्र नराखेर अ्न्य खाले पात्र राखेर पनि काव्य लेख्न सकिने उदाहरण उहाँले दिनुभएको छ ।
सदानन्द अभागीको रचना प्रयास असाध्यै सराहनीय लाग्यो । अलिकति  मिहिनेत गर्नु भयो भने माथिल्ला कोटीका महाकाव्य लेखनमा दरिन सक्ने सम्भावना प्रबल छ ।