GRANDFATHER JUST LIKE YOU
I just want to let you know ,
You mean the world to me,
Only a heart as dear as yours,
Would give so unselfishly.
The many things you have done,
All the times you were there around me,
Let me know deep down inside,
How much you really care for me.
Even though I might not say,
I appreciate all you do,
Richly blessed is how I feel,
Is having a grandfather like you(हजुरबुवा तपाईँ जस्तै हुनुपर्छ । म तपाईँंलाई मात्र थाहा दिन चाहन्छु, । तपाईँ मेरो संसार हो । तपाईँले मलाई मुटुभरीको प्रेम अन्तरबाटै निस्वार्थ रूपमा दिनुहुन्छ । जहिले पनि तपाईँं मेरो वरिपरि हुनुहुन्छ ,तपाईँं वास्तवमै मेरो हेरचाह गर्नुहुन्छ ।तपाईँका सबै कामको म कदर गर्छु,। धेरै धन्यबादित भएको मैले महसुस गरेको छु, । अनि भन्न चाहन्छु कि हजुरबा होस्् त हजुर जस्तो) ।
७.१२कृति समीक्षात्मक धारणा
ऋषि आजाद (बुटवल, रूपन्देही)
"बालुवाको घरमासदानन्द अभागी"
कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनीने कथा छोटा आख्यानात्मक रचना हुन् ।
कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै हो । यसमा उद्देश्य र प्रभावमा एकात्मकता हुन्छ । उपन्यासमा जस्तै कथावस्तु, पात्र, संवाद, वातावरण, उद्देश्य, दृष्टिबिन्दु यसविधामा पनि हुन्छ । कथा एकात्मक अर्थात् सिङगल हुन्छ । कथामा उपन्यासमा जस्ता उपकथाहरू हुँदैनन् । कथाले जीवनको एउटा पक्षलाई लिन्छ भने उपन्यासले जीवनको वृहद पक्षलाई लिन्छ । कथामा पात्रहरू थोरै हुन्छन् । संवाद थोरै र छोटा छोटा हुन्छन् । परिवेश सानो हुन्छ । उद्देश्य पनि एकात्मक हुन्छ । दृष्टिविन्दु प्रथम तृतीय दुबै हुनसक्छ । योे पनि आफैमा पूर्ण रचना हो । यसमा आरम्भ,यत्न, विकास, उत्कर्ष, प्रतिफलको गतिक्रम हुन्छ । विषयका दृष्टिले सामाजिक, धार्मिक, ऐतिहासिक, पौराणिक मनोवैज्ञानिक आदि हुन्छ । प्रवृत्तिका दृष्टिले विसँगतवादी, सामाजिक यथार्थवादी,मनोवैज्ञानिकवादी, आदर्शवादी आदि हुन्छन् ।
सदानन्द अभागी साहित्यिक क्षेत्रमा प्रशिद्ध नाम हो । उनको खास नाम सदानन्द जैसी हो । उनी राष्ट्रिय पहिचान बनाएका कवि हुन् । दुईवटा महाकाव्य भएको हुनाले उनलाई महाकवि पनि भनिन्छ । उनको जन्म १५ मार्च १९४७ मा पर्वत जिल्लाको शंकर पोखरीमा भएको हो । उनको आमाको नाम नन्दकली रिजालर पिताको नाम कलाधर रिजाल हो । उनले बिएस्सी एजीसम्म अध्ययन गरेका छन् । उनले गोरखा दक्षिणबाहु चौथालगायत अन्य धेरै पुरस्कारहरू पाएका छन् । हाल उनी लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष छन् । सरकारी सेवाको सिलसिलामा उनी इजिप्ट, फिलिपिन्स, थाइल्याण्ड, जापान र भारतमा भ्रमण गरेका छन् ।
नेपालीय साहित्यमा उनको पहिलो कृति आफ्नै व्यथाहरू (२०५७) हो । त्यसपछि उनका निरन्तर कृतिहरू प्रकाशन भएका छन् । उनको दोस्रो कृति बूढो जवानी(२०५८) हो । त्यसपछिका कृतिहरूमा पश्चात्तापका आँसु कथा सङ्ग्रह (२०५८), जीवनलिला खण्डकाव्य (२०५८), कोपिला उपन्यास(२०६०), तीनयुग एक कथा महाकाव्य (२०६०), काठमाडौँं देहरादुन यात्रा विवरण(२०६०), म र मेराहरू जीवनी(२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१),तन्नेरी हजुर बाउ पन्यास (२०६१),माटो र विरुवाको भोक कृषिकाव्य(२०६१), मोहनीको मीठो म्वाईं कविता सङ्ग्रह(२०६२), परिवर्तन कथा सङ्ग्रह(२०६३), भुटानी शरणार्थीको व्यथा कथासङ्ग्रह(२०६३),समभोग समाधिगजल सङ्ग्रह(२०६४), बुढौतीका रहरहरू गजल सङ्ग्रह(२०६५), गजलगुटिका गजल सङ्ग्रह(२०६५), अभागीका गजलहरू(२०६६), अभागीका मुक्तकहरू(२०६८) यात्री उपन्यास(२०६८), गजल परिकार(२०६८), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) बालुवाको घर(२०६९) आदि हुन् । उनका प्रकाशित कृतिहरू ३८ वटा छन् । उनको अत्युर्बर समय ६० दशक हो । यसबीचमा उनले निकै धेरै उपलब्धि हासिल गरे ।
आज म उपरोक्त विधागत सिद्धान्तका आधारमा कथाकार सदानन्द अभागीद्वारा रचित कथा 'बालुवाको घर' कथा सङ्ग्रहको विषयमा समीचीन समीक्षा गर्न चाहन्छु । 'बालुवाको घर'कथा सङ्ग्रहमा १६ कथाहरूसँग्रहित छन् । यो कथा सङ्ग्रहमा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका उपप्राध्यापक धनपति कोइरालाले भूमिका लेखेका छन् । भूमिकामा कोइराला लेख्छन्, "प्रस्तुत कथा सङ्ग्रहमा मानवीय जीवनका हरेक सँगतभन्दा पनि ज्यादा विसँगत पक्षको उद्घाटन गरी तिनमा देखिएका विकृत र विसँगत पक्षको सुधार र परिष्कार गर्ने अभिलाषा राखिएको छ । कथाहरू कतै संक्षिप्त, कतै संस्मरणात्मक, कतै नाटकीय त कतै वर्णनात्मक, शैली प्रयोग गरिएको छ । यसमा प्रस्तुत कथाहरू ज्यादा तृतीय पुरुषात्मक दृष्टिबिन्दुका छन् । प्रथम पुरुषात्मक दृष्टिबिन्दुका पनि छन् ।"
भुपेन्द्र शर्मा भट्टराईले अभागीको विषयमा लेख्छन्, "बालुबाको घर प्रयोग र बिम्बले भरिएको कथा हो । जसले राष्ट्र, समाज र घरभित्रको द्वन्द्वको चित्रण गरिएकोे छ । अभिव्यक्ति कला जस्तो होस्् अनुभूति कला गम्भीर छ ।" त्यसरी नै साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ बालुवाको घर कथा सङ्ग्रहको विषयमा भन्छिन्, "यी सोह्र कथाहरू अध्ययन गर्दा पाठकलाई घटनाको निकट रहेको अनुभूति हुन्छ । राष्ट्रका गतिविधि, नेपाली नारीको व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरो समेत समेटेर रचना गरिएको यो कथा सङ्ग्रह निकै मार्मिक छ ।"
कथाकार अभागीको 'बालुवाको घर' केन्द्रीय कथा हो । यो कथा प्रथम पुरुषीय ढाँचामा लेखिएको छ । यो कथा लक्षार्थपरक छ । राजदरबारले मूठ्याएको अधिकार, दरबारको अवशान अनि त्यही राजकीय शान, सौकात र मानमा हिंडेका राजनीतिक दलका नेताहरूको जमिन्दारी स्वभावको विषयमा चित्रण छ । यसको कथामा राजनीतिक विषय छ । कथामा झिनो कथानक छ । परिवेशर संवाद छैन । वाह्यद्वन्द्व छैन । आपसी खिचातानी र त्यसबाट आजित भएका जनताको विषयमा लेखिएको छ । यो कथा दश मिनटमा पढि सकिन्छ । पाठकहरूलाई गहिरो प्रभाव पार्छ ।
'जीवनहार जन्मोत्सव उपहारमा' कथाकारले विपन्न र सम्पन्न परिवारका किशोर किशोरीहरू कसरी नजिकिदै गए र आपसी प्रेमलाई कसरी विवाहसम्म पुराए भन्ने मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । यो कथा यौन मनोविश्लेषणात्मक कथा हो । सम्पन्न र विपन्न परिवारबीचमाविवाह गराएर प्रेम प्रणयलाई उदात्त रूपमा प्रस्तुतगरिएको छ । यस कथामा कथानक छ । आरम्भबाट विकास हुँदै उत्कर्षमा पु¥याएर समापनतिर लागिएको छ । यसमा दाइजो दिने सामाजिक आडम्बरको विरोध गरिएको छ ।' पसिना' कथामा अन्तरजातीय विवाह र वैदेशिक रोजगारको समस्याको विषयमा उल्लेख छ । 'नघर न घरकी' कथामा रोजगारीको लागि विदेश पुगेका युवकले पाएको धोकाको विषयमा उल्लेख छ । उनी घरमा आउँदा सबै गुमाउन पुगेका छन् । यो कथा कारुणिक कथा हो । 'अभिलाषा'कथामा धन र रूपको घमण्ड र त्यो घमण्डबाट पाएको सास्तीको विषयमा चर्चा छ ।
'प्रतिशोध'कथामा कुलीन परिवारको ब्राम्हणको छोरा र चौधरी परिवारकी छोरीबीच विवाह गराइएको छ । सामाजिक इज्जतका कारण प्रेममा फसेका केटाकेटीहरूलाई छुटाउन खोजिएको छ । यस कथामा निष्पक्ष तथा तटस्थ छानविनको आग्रह गरिएको छ । 'जिउँदोले माड पाएन मरेकालाई खीर' कथामा सामाजिक आडम्बरको विषयमा खण्डन गरिएको छ । वृद्धवृद्धाहरूलाई जीवनभर हेला गर्ने, सेवा सुश्रुषा नगर्ने तर मरेपछि उसको नाममा ठूलै दान गरेर आफूलाईमहान् बनाउने कर्तव्यहीन आडम्बरी व्यक्तिको विसँगत प्रवृत्तिको उदाङ्गो पारिएको छ । 'पसिना यही देशको निर्माणमा भिजोस्' शीर्षक स्वयंमा सन्देश हो । यसमा पैसाको मोहपासमा परेर आफ्ना बालबच्चा अनाथ बनाएर विदेश पुगेका माता—पिताप्रति व्यङग्य गरिएको छ । अन्तरराष्ट्रिय रोजगारले पारेको दुश्प्रभावको सशक्त चित्रण छ ।
'स्वार्थी जमात'कथामा सरकारी स्कूल र निजी स्कूलमा पढाउने आफ्नै छोराछारीप्रति भएको भेदभावको खण्डन छ । सरकारी पक्षको अकर्मण्य प्रवृत्तिको खण्डन छ । 'बुढाबुढीको आआफ्नो व्यथा' कथामा आधुनिकता र पछौटेपनको द्वन्द्व देखाउनुको साथै लोग्ने मान्छेहरूले गर्ने भाषण र घर व्यवहारमा देखिने अन्तरको विषयमा व्याख्या गरिएको छ । 'एउटा सपना'कथामा सपनालाई बिम्ब बनाएर मान्छेमा हराउँदै गएको संवेदनालाई छर्लङग पारिएको छ । 'आवश्यकता' कथामा मानिको यौवन, यौन र मदान्धको चिरफार गरिएको छ । 'बतासे डाँडाको तीनदिन' शीर्षक कथामा माओवादी जनयुद्धको विषयमा उल्लेख गरिएको छ । 'जन निर्णय' लघु कथा हो । यसमा तात्कालीन राजतन्त्र र माओवादी जनयुद्धकै विषयमा उल्लेख गरिएको छ । 'कोकिलाको न्याय' कथामा निम्नवर्गीय चत्रिको यथार्थ वर्णन गरिएको छ । यस कथामा कोकिलाको जीवन्त चित्रण छ ।
कृति अभागीका कथाहरू कथागत संरचनाका दृष्टिले परिपुष्ट नहोलान्, अभिव्यक्ति कला सशक्त नहोला तर अनुभूतिको पकड बेजोड छ । उनी जनमनको सूक्ष्म अनुभूति पकड्न सक्ने कथाकार हुन् । सामाजिक यथार्थ, मनोवैज्ञानिक समस्या, आदर्शवादी प्रवृत्तिउनका कथाहरूको प्रवृत्ति हो । ससाना विषयलाई लिएर मन छुने किसिमले छोटा—छोटा कथा लेखिएका छन् । मानवीय संवेदना, अनुभूति, परानुभूतिको विषयमा लेखिएका यी कथाहरूमहत्त्वपूर्ण छन् । कथाहरू राजनीतिक, सामाजिक, मनोवैज्ञानिक विषयमा लेखिएका छन् । कथाहरू छोटा छन् । प्रत्येक कथा पढ्न दशदश मिनट भन्दा ज्यादा लाग्दैन । केही कथाहरू निकै मार्मिक र घतलाग्दा छन् ।
कविता विधामा कविता सङ्ग्रह, खण्डकाव्य हुँदै महाकाव्यीय उत्कर्षतामा पुगेका उनका कृतिहरूमहत्त्वपूर्ण छन् । यता लघुकथा, कथा हुँदै उपन्याससम्म पुगेका करिब चालीस कृतिका रचनाकार सदानन्द अभागी हाम्रो आदरणीय साहित्यकार हुन् । उनको योगदान नेपालीय साहित्यमा अमर रहनेछ । हामी उनलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौँ ।
कल्पना नेपाल आचार्य
अग्निज्वाला महाकाव्यको विवेचना
साहित्यकार सदानन्द अभागीद्धारा रचित अग्निज्वाला महाकाव्य नेपाली साहित्यमा एउटा सुनौलो र विशिष्ट उपलब्धि हो । साहित्यका विविध विधामा कलम चलाउने अभागी कवि, उपन्यासकार, कथाकार निबन्धकार समेत रहेका प्रमुख व्यक्तित्वहुन । उनका अधिकांश कृतिहरूमा नेपाली परिवारभित्रको जीवनकथाका साथै समसामयिक विषयवस्तुको चित्रण गरेको पाइन्छ । उनको यस रचनामा सिर्जना भएको कथा नेपाली परिवारभित्रको सौताने मामलाले गर्दा हैरानी र सास्ती भोग्नु परेको छ । जीवनमा भोग्नु परेका मानिसक द्वन्द्वले गर्दा काव्य निकै मार्मिक बन्न पुगेको छ । साहित्य अनुरागी सदानन्द अभागीको जन्म २००३ साल श्रावणा १ गते पर्वत जिल्लाको शंखरपोखरी गाविसको नुवार भन्ने गाउँमा भएको हो । उनले आफ्ना जीवनका अनेकौँ उकाली, ओरालीका अनुभूतिहरूलाई नै साहित्य सृजनाका कोशेलीहरू बनाएका छन । यस क्रममा उनले आफ्नो व्यथा कवितासङ्ग्रह बुढो जवानी कवितासङ्ग्रह पश्चातापको आँसु कथासङ्ग्रह, कोपिला लघुकथा, जीवन लीला खण्डकाव्य तीनयुग एक कथा महाकाव्य, जीवनलीला उपन्यास, म र मेराहरू जीवनी काठ्माडौँदेखि देहरादूनसम्म यात्रा विवरण नियती उपन्यास, मोहनीको मीठो म्वाइँ कवितासङ्ग्रह तन्नेरी हजुरवा उपन्यासलगायत ३ दर्जन जति कृतिहरू पाठकहरूका सामू पस्किसकेका छन् । उनी साहित्यकार मात्र नभइ माटो विज्ञ वैज्ञानिक भएको नाताले साहित्य सृजना बाहेकका अलावा करीब तीन दर्जन भन्दा बढी कृिषका खास गरेर माटो विज्ञान सम्बन्धी कृतिहरू हामीसामु पस्किसकेका छन् । सदानन्द अभागीको माटोका विशेषज्ञ वैज्ञानिक हुन । उनको अध्ययन क्षेत्र वि एस्सी एजी हो । उनको कलम वैज्ञानिक लेखहरू मात्र नभएर त्यसको अलवा साहित्यिका विविध फाँटहरूमा पनि चल्ने गर्दछ ।
उनको बजारमा आइपुगेको अग्निज्वाला महाकाव्य मानसिक द्वन्द्वले भरिपूर्ण मार्मिक काव्य हो । यसमा उनले भौतिक मानिसक दुबै प्रकारका ऊर्जालाई योजनावद्ध रूपले संयोजनमा ल्याई चित्रण गरेका छन । यसमा मानव जीवनलाई समृद्ध र आनन्द बनाउन चाहेका छन् । यस महाकाव्यले अभागीलाई दार्शनिक समसामयिक यथार्थवादी विश्लेषकको रूपमा उभ्याएको छ । महाकाव्य प्रकाशनको हिसाबले यो महाकाव्य दोस्रो हो । यस काव्यमा अग्नी, ज्वाला र शिखा गरी तीन जना पात्रहरू रहेका छन् । महा काव्य तीन जना पात्रहरूको जीवनका घटनामा आधारित छ । समाजमा घटेका सामाजिक घटना देशमा देखिएका राजनैतिक उतारचढावलाई समेत समेटेको छ । समाजको मध्यवर्गीय परिवारमा दुई विवाह गर्ने चलन र दुई विवाह भएको परिवारमा देखिने पारिवारिक कलह, झैँझमेला, समस्यालाई यसले निकै राम्रोसँग समायोजन मिलाई सबै सामु प्रस्तुत गर्न सफल भएको छ । यही नै यसको प्रमुख विशेषता हो । यो काव्य अठारौँ सर्गमा विभाजित छ । प्रथम सर्गमा शिववन्दताबाट मंगलाचरण शुरुगरिएको छ । एक सय सतहत्तर पृष्ठकोमा वर्णन गरिएको छ । महाकाव्यका तत्त्वहरूलाईआत्मसात् गर्दै रचना गरिएको हुँदा यो महाकाव्य वन्न पुगेको छ । महाकाव्यमा वर्णित पारिवारिक द्वन्द्व केही अंशमा कवि स्वयम्ले आफै भोगेको पनि हुन सक्द्छ । तर, कविको अनुभूतिले वैयत्तिकको स्पर्श गरेर वैयत्तिकतालाई पार गरीसकेको हुन्छ र हुनु पर्दछ । यति मात्र हैन कविले देख्ने दृष्टि पनि वैज्ञानिक र दार्शनिक भन्दा धेरै पृथक र भिन्न हुन्छ किनभने त्यो दृष्टिलाई कुनै तर्क र प्रमाणले सिद्ध गर्नु पर्दैन । आवश्यक पनि छैन । यस दृष्टिबाट मानिसको चित्त त्यसै वुझ्दछ । त्यसैले अग्निज्वाला काव्यले अनुभूत गराउन खोजेको मर्म त्यसरी मानसिक द्वन्द्वबाट पीडित सबैको पीडा हो भनेर राष्ट्रकवि माधव घिमिरेले पनि प्रस्तुत महाकाव्यको भूमिका सबैका सामु प्रष्ट पार्नु भएको छ । प्रस्तुत महाकाव्यमा नौलो र फरक तरिकाले सामाजिक विकृति र विसङ्गतिलाई औल्याउने प्रयास गरिएको छ । देशको सामाजिक वस्तुस्थिति एवम् मूलतः गाउँकै परिवेशलाई यथार्थ चित्रण गरिएको छ । यसरी तयार गरिएकाले प्राकृतिक छटाको कलात्मक वर्णन पनि गरिएको छ । त्यस्तै अनुप्रास, अलंकारले लयात्मक मिठास भरेको छ । शब्दहरूको उचित संयोजनले यथार्थता सामाजिक घटना देशमा भइरहेको राजनैतिक परिवर्तनबाट देखिएको उतारचढावलाई पनि विभिन्न दृष्टिकोणबाट प्रस्ट्याउन खोजिएको छ । यसरी सदानन्द अभागीले विभिन्न विधामा कलम चलाएर नेपाली साहित्यकाशमा ठूलो योगदान गर्नुभएको छ । उहाँका थुप्रै कृति मध्येको एक कृति अनुपम सुन्दरताले भरिएको छ । यसले पाठक स्वयंको मन जित्न सफल भई पढ्न नसक्ने स्रोतालाई समेत लोभ्याउँछ । सहज, सरल र मधुरस जस्ता मिठास यसका सफल पक्ष हुन् । यसले पाठकलाई एक पटक मात्र पढेर सन्तुष्टि दिन सक्दैन । पटक, पटक यसको रसास्वादन गर्न उसलाई यसले उत्प्रेरित गर्दछ । यो नै यसको आफ्नै मौलिक विशेषता र पहिचान पनि हो । विशेष गरी नेपाली परिवेशमा हुने गरेको घटनाहरूको यथार्थ विम्बको चित्रणले एकातिर अझ यसले पाठकको मनमा कौतुहलता जगाउने काम गर्दछ भने अर्कोतिर नेपालमा भएको र हुने गरेको राजनैतिक खिचातानीलाई पनि प्रष्टाउने काम गरेको छ । प्रस्तुत अग्निज्वाला जीवनको घटनाक्रममा आधारित भएको हुँदा यसको शीर्षक पनि निकै सार्थक बन्न पुगेको छ ।

No comments:
Post a Comment