May 8, 2022

पाचौँ अध्याय

कृतिहरू भित्रका मननीय अभिव्यक्ति, सार, स्वरूप र लेखकीय प्रवृत्ति
(क) कृतिमा निहित केही मननीय अभिव्यक्ति सौन्दर्य
उनका विविध कृतिहरूमा केही सुक्तिमय दृष्टान्तमूलक पङ्क्तिहरू पनि पाइन्छन् । जसमा गहन भाव(विचार) वा जीवन दर्शन नै प्रकट भएका पाइन्छन् । जुन पठनीय हुनुका साथै स्मरणीय, सान्दर्भिक,प्रेरणादायी र मननीय हुने हुँदा उदाहरणहरूलाई यहाँ प्रस्तुत गरिएको छ । यथार्थको उजागर गरी नीति सन्देश दिने केही दृष्टान्तहरूः
सकारात्मक सोचाइ त सकारात्मक बन्छ ।
नकारात्मक भावनाले कुबाटो नै खन्छ ।
(तीनयुग एक कथा महाकाव्य बाह्रौँ सर्ग पृष्ठ ७६)
मानवतावादी समाजमा मानवता त्याग्न हुँदैन ।
समताको भावनामा कन्जुस्याइँ गर्न हुँदैन ।
(मोहनीको मीठो म्वाइँ पृ. ३४)
मानव हो मानवले मानव जस्तै मान
(तीनयुग एक कथा महाकाव्य, छैटौँ सर्ग, श्लोक ५१)
लमक लमक विकासको पथ समाई ।
चमकचमक तारासरि रमाई ।
(आफ्नै व्यथाहरू पृष्ठ–१९)
प्रकाशको खोजी गर्दै दहिलो खोल्न गएँ  ।
दैलो खोली हेर्दाखेरि एक्लो रात पाँए  ।
(आफ्नै व्यथाहरू पृ. ३९)
हिनताबोध गर्दै जाँदा मानव जीवन मोडिदैन ।
आलस्यता अङ्गालेमा सुन्दर वाग गोडिदैन ।
(अभागीको प्रेमविहारको षष्ठामृत, पृ. ६०६)
सफल छ नरचोला कर्म गरी बढ्दा ।
चारैतिर ज्योति छर्दै प्रकाश जगाएर ।
(ऐ. पृ. ६०२)
सत्मार्गको यात्रा गर्दा तरवारधारमा हिड्नुपर्छ  ।
अमृत घडा पिउन खोज्दा विषयको घडा फोर्न पर्छ ।
(जीवनयात्रा पृ. ३६)
सत्यताको प्रतिबिम्ब दिलभित्र खिच्न सिक ।
यथार्थको संसारमा यथार्थीभई बाँच्न सिक ।
(सपना देख्नेहरूलाई पृ.२४)
सानो छ राज्य सबल छ पक्ष आँखाको नानी हो ।
सत्यता पोख्नु धैर्यता राख्नु नेपाली बानी हो ।
(सबल माटो सबल बाटो पृ. २९)
ढुङ्गा जस्तो त्यो मन साह्रो धनले फोर्दैन ।
फाटेका दिलका पानाहरू गमले जोड्दैन ।
(कोपिलाको बेहाल श्लोक १२)
बज्र परेसरि हाम्रा बोली बोल्नुपर्छ ।
दुईजिब्रे शब्दाबली सधैँ त्याग्नुपर्छ ।
(जीवन लीला खण्डकाव्य श्लोक ५७ )
समाज नै संघर्ष हो संघर्ष नै संसार  ।
संघर्ष सफल यात्रा हुन जान्छ अपार ।
(ऐ.खण्डकाव्य,एकादश पाद पृष्ठ ५७)
मानव भई मानवता किन लुकाउने ।
हृदयमा वाण हानी किन दुखाउने ।
(तीन युग एक कथा–दशौ सर्ग, पृ. ६३)
रातपछि पुनः हेर दिन पलाउँछ ।
अन्धकार मेटनलाई सूर्य उदाउँछ ।
(ऐ.सोह्रौ सर्ग, पृ. ९३)
के नै लानु छ र नाङ्गै आउनु छ, नाङ्गै जानु छ ,केही क्षण छ फिट जमिनको आवश्यकता हो, जलाएर खरानी बन्छ, गाडे माटो मलिलो बन्छ । आखिर प्रकृतिको नियम पालना नगरी सुख्खै छैन ।
(बालुवाको घर–पृष्ठ २२)
मानिस धनले धनी त हुन्छ तर ज्ञानी र महान्हुन कैल्यै सक्दैन ।
(ऐ. पृ. २४)
मानिसमा यति नराम्रो रिस हुन्छ अरे अघिपछि रिस फेर्ने नपाए पनि चिता जलाउदा एक घारो भए पनि जलिरहेको मुर्दालाई हिर्काएर बदला लिन्छ अरे ।
(ऐ. पृ. २९)
आजको जमाना पैसाको रहेछ । पैसाको लागि मानव अव मानव रहेन ।
(ऐ. पृ. ३१)
मनै हो भौतिक आवश्यकतालाई ठूलो ठाने भौतिक आवश्यकता नै ठूलो हो, आवश्यकतालाई तुच्छ ठाने आवश्यकता तुच्छ हो । संसारमा आवश्यकताको आपूर्ति गर्न , रूपमा आकर्षित भएर ठूलाठूला युद्ध  पनि भएका छन् । कसैले आवश्यकता केही होइन भनेर ब्रह्मचर्य व्रत धारणा गरेका पनि छन् र केही त्यसैको लागि लम्पट पनि बनेका छन् । ठूलाठूला तपस्याहरूको भङ्ग रूपकै कारणले भएको हामी पढ्न पाएका छाँै ।
(ऐ. पृ ४२)
बन्नुपर्छ सबल
सत्कर्म छ प्रबल
(अभागीको प्रेम विहारको षष्ठामृत, पृ. १४२)
मानमर्यादा र सहअस्तित्त्वको मूल्य मान्यतालाई मानव जीवनमा छुट्याउन सक्नु पर्दछ ।
(परिवर्तन कथा सङ्ग्रह पृ. १६)
कमाउन सक्ने र आफ्नो खुट्टामा उभिनसक्ने आयु नै सफल आयु हो ।
(ऐ. पृ. ३२)
मानवले विकृतिको मुहानलाई विकृति ठानेन र त्यसैबाट आफूले तृप्ति लिन खोज्यो भने सधैँको लागि ऊ भासिन्छ । विकृतिलाई सुकीर्तिमा परिणत गर्नसक्नु नै महान्ता हो ।
(ऐ. पृ. ३६)
संसार कस्तो छ ? यहाँ कसैले दिएको शुद्व मायालाई स्वीकारिदैन । कसैको लुटाइलाई पनि लुटाइ नसम्झेर मायामा लिइन्छ र दिएको धोकालाई धोका सम्झिदैन । कस्तो माया कस्तो याद, कस्तो पागलपन, सङ्लो मायाको महलमा आगो लगाएर खरानी बनाउने र पाइसकेको धोखा बितिसकेको यादमा आफ्नो प्राप्त सारा सन्तोष र वैभव आदिलाई मानसपटलबाट पन्छ्याउदै वितिसकेका यादमा मानसिक सन्तुलन बिगारेर भौतारिनु ?
(ऐ. पृ. ३७)

आधा छाक र आधा पेट खाएर पनि राष्ट्रप्रति चिन्तन हुनै पर्दछ ।
(ऐ. पृ. ४४)
यो पुण्य थलो पुण्य कर्मका लागि हो ।
(ऐ., प. ४७)
जिन्दगीको हरेक क्षण कर्मसँग आबद्व छ ।
कर्मीवहीन हरेक क्षण मृत्युतुल्य जीवन छ ।
(मोहनीको मीठो म्वाइँ पृ. ४७)
कालो नीलो बादलसरि गड्गडाउने हैन ।
इन्द्रेणीको रंगसरी जीवन छोटो छैन  ।
(जीवनलीला खण्डकाव्य, पृ. ६१०)
गर्छु या मर्छु भावनाको प्रतिबद्धी बनौँ ।
कर्मकर्तु साधनाको अबलम्बी बनौँ  ।
(ऐ.,पृ. ५६)
जीवनमा सुखदुःख जेजेजति आउँछन्
असल कर्म गर्दै जादा सबै भागी जान्छन्
सूर्य प्रकाशभन्दा ठूलो दिलको प्रकाश हुन्छ
दिलको प्रकाश पुञ्ज छर्ने त्यो त महान् बन्छ ।
(ऐ. पृ. ५२)
कर्म गर्ने सबैजना सधैँ सफल हुन्छन्
अकर्मीले सबैँ ठाँउमा सबै हात धुन्छन्  ।
(ऐ. प. ५३)
असत्य कर्म काटेको रूखझैँ क्षणिकमा ओइलिन्छ
(कोपिला पृ. २८)
औँशीको रातमा पनि लौ हेर ती तारा चम्कन्छन्
कामदार मौरी सबै नै हेर विकासमा लम्कन्छन् ।
(ऐ. पृ.४३)
कर्ममा मर्म पर्न नै सक्छ सांसारिक जीवनमा
हिम्मत जसले गर्न है सक्छ त्यो चढ्छ विमानमा।
(ऐ. पृ. ४३)
पथ है निर्माण गर्नको लागि कर्म है चाहिन्छ ।
कर्मको फल मीठो है हुन्छमिहिनेतमा पाइन्छ ।
(ऐ.पृ ४४)
मानिसको जीवनमा धेरै उतारचढाव हुन्छन् । धेरैजसो त मानिसले नै निम्त्याउछन्।
जीवनमा बाटो बिराएपछि मान्छे दुःख पाउँछ ।
(तन्नेरी हजुरबा, पृ. २०)
संसार त्याग्नुभन्दा संसारमा हामी कसरी बाँच्ने यो पो ठूलो कुरो हो ।
(ऐ. पृ. २४)
जिउँदै मानिसले स्वर्ग र नर्कको उपभोग गर्दछ ।
( ऐ. पृ ५५)
उर्वरक हुन्छ यो पृथ्वी ज्योति दिने कोही भए ।
लहलहाउछ वृक्ष सुन लौ रोपिदिने कोही भए ।।
(बूढो जवानी पृ. ५)
जीवन जिउनका लागि सङ्घर्ष गर्नुपर्दछ । यो संसार नै संघर्षमय छ । संघर्षबाट सफल भएपछि मात्र मानिस प्रगतिमा लम्कन सक्दछ ।
(जीवनलीला, पृ. ९०)
भविष्यको सफल मार्ग लिन त भूतलाई हेर्न सक्नुपर्छ । बितेका कुराले नै भावी जीवनको बाटोलाई सफलतातिर लान सक्दछ । वर्तमानलाई सफल यदि पार्न सकिन्छ भने यसले आफ्नो इतिहास कायम गर्दछ । गल्तीको समीक्षा गर्न सकेन भने मानिसको गल्ती दोहोरिन सक्दछ । एकपछि अर्र्काे अर्र्काे पछि अर्र्काे गल्तीको पुनरावृत्ति गर्दै गयो भने मानिसको उत्थान सम्भव हुदैन । गल्ती गर्नु भनेको ज्ञान प्राप्त गर्नु हो । गलत बाटोलाई सही मार्गमा जाने सन्देश विद्वान व्यक्तित्वबाट प्राप्त गर्न सकिन्छ । वर्तमानलाई सम्झेर सफल कार्य गर्दै गयो भने मानिसहरूले आफ्नो कीर्ति छाड्दछन् । कीर्ति भनेको इतिहास बन्दछ । शरीर त नाशवान छ ।
(जीवनलीला उपन्यास , पृ. ९१)
सफलताको मुहानबाट सुनको धारा बग्छ ।
कर्म गर्ने सत्कर्मीले मात्र गाग्री भर्न सक्छ ।।
(ऐ. पृ ८२)
कोइलाको खानीमा हिरा पनि हुन्छ ।
(ऐ. पृ. ७४)
उद्देश्यलाई छाडेपछि बाटो हुन्छ बाङ्गो ।
कर्म कर्तु छोडेपछि मानिस हुन्छ नाङ्गो ।।
(ऐ.  पृ. ७२)
कर्मले गर्दा मानिस आचरणमा रहन्छ ।
(ऐ. पृ. २९)
असत्य लुकाएर लुक्दैन सत्य झुकाएर झुक्दैन ।
(ऐ. पृ. २०)
जीवनलाई सार्थक पार्न मरे पनि बाँच्नुपर्छ ।
इमानदारी सत्यतथ्य जहिले पनि साँच्नुपर्छ ।।
लोभलाग्दो स्वार्र्थीपनले जहिले पनि डस्ने गर्छ ।
सत्यताको मापदण्ड दृढ भई जाँच्नु पर्छ ।।
(अभागीका मुक्तकहरू पृ.४०)
जिन्दगी एक यात्रा हो चल्न जाने चल्न सक्छ ।
कर्म एक प्रकाश हो बाल्न जाने बल्न सक्छ ।।
यी दुबै चल्नु र बल्नु भनेको गतिशीलता हो ।
गतिशीलतामा कोही जल्न चाहे जल्न सक्छ ।।
(ऐ , पृ. २०)
यो जीवन तीतो हैन मीठो पनि बन्न सक्छ ।
अपाच्यमा जोड गर्दा पेट दुखी कन्न सक्छ ।।
निरन्तरी कर्म गर्दा पसिनाको झर्ना झर्दा ।
अग्रणी बन्न सक्छ विकासफल गन्न सक्छ ।।
(ऐ. पृ. २३)
यथार्थ नै जीवन हो जीवनका हरेक खुड्किलाहरू पार गर्नु हाम्रो जीवन पद्धति हो । कायरताको जीवन जीवन होइन किनकि हर क्षण कायरताले गर्दा मर्दै बाँच्दै गरेर जीवनलीला पार गरेका छन् यस विश्वका डरपोकहरू ।
(पश्चातापको आँसु, पृ. ३७)
मानिसमा गर्छु भन्ने धारणा हुनुपर्दछ । भावना, लगनशीलता र एकाग्रता भए के गर्न सकिदैन ?
(ऐ. पृ. ३६)
उनका केही कृतिबाट केही नमूना अंश मात्र लिइएको छ यहाँ । दुराग्रहबाट ग्रस्त चित्त भएका मानिसहरूलाई सुभाषित वचन व्यर्थ हुन्छन् । सज्जनलाई यी कामलाग्दा हुन्छन् । सुक्तिको रसास्वादनले आनन्द मात्र नभई जीवन बदल्न समेत  प्रेरणा प्रदान गर्दछ । मधुर सुक्तिहरू प्रियाको अधर अमृत बराबर मीठो हुन्छ । आँपका मुजुराको स्वाद नलिई कोइली पनि मीठो गीत गाउँदैन भनिन्छ । तसर्थ सुक्तिमय वाणी आदर्श वाणीहुन् जुन सरोकारवाला सबैलाई कामलाग्दा र जीवनोपयोगी हुन्छन् । यस्ता कुराको निरन्तर अध्ययन गरिनुपर्दछ । सदानन्दका कृतिमा निहित यो अमर वाणीले कृतिको महत्त्वबोध समेत गरेका छन् । र कृतिलाई चाखिलो र रसिलो पार्नमा सघाएका छन् ।

(ख) कृतिहरूका सार, विशेषता, स्वरूप र लेखकीय प्रवृत्ति

सदानन्द अभागी लेखक र साहित्यकार दुबै हुन् । उनको कलम साहित्यिक र साहित्येतर विधामा चलेकाले उनका कृतिका संरचनात्मक स्वरूप र कृतिका तत्त्वगत विशेषताहरू फरकफरक देखिएका छन् । सदानन्द अभागीले महाकाव्य, खण्डकाव्य, कथा, कविता, उपन्यास, नियात्रा, गजल, मुक्तक, जीवनी÷सस्मण आदिमा कलम चलाएकाले यी विधा, उपविधाका तत्त्वहरूका आधारमा नै उनका मूल प्रवृत्तिगत विशेषता स्पष्ट हुन्छन््  । त्यस्तै 'स्वरूप'मा विषयवस्तुको आकार, आकृति,प्रकृति वा स्वभाव पर्दछन् । तसर्थ यहाँ यी विभिन्न विधा–उपविधाका तत्त्वका बारे सूचनात्मक विवरणसहित साररूपमा सदानन्दका कृतिका आधारमा उनका कृतिका सार विशेषता र उनका प्रवृत्तिगत विशेषता निर्धारण गरिएको छ ः–
 
महाकाव्य तत्त्वहरू
ड्ड सर्गबद्धता
ड्ड आख्यानयोजना
ड्ड भावविधान
ड्ड लयविधान
ड्ड भाषाशैली–शिल्प
ड्ड रस
ड्ड परिवेश
ड्ड पात्र÷चरित्र
ड्ड जीवनदृष्टि÷उद्देश्य
ड्ड शीर्षक
खण्डकाव्यका तत्त्वहरू
ड्ड कथानक
ड्ड पात्र÷चरित्र
ड्ड परिवेश
ड्ड कथन ढाँचारदृष्टिविन्दु
ड्ड उद्देश्य÷जीवनदृष्टि
ड्ड भाषाशैली
ड्ड शीर्षक
कविताका तत्त्वहरू
ड्ड भाव÷विचार
ड्ड शीर्षक
ड्ड लयात्मकता
ड्ड भाषाशैली
ड्ड दृष्टिविन्दु
ड्ड विषय सन्दर्भ
कथाका तत्त्वहरू
ड्ड कथावस्तु
ड्ड क्रियाकलाप÷पात्र या चरित्र
ड्ड द्वन्द्व÷संवाद
ड्ड विचार÷सन्देश वा उद्देश्य
ड्ड कौतुहलता
ड्ड भाषाशैली
ड्ड दृष्टिविन्दु
ड्ड शीर्षक
नियात्राका तत्त्वहरू
ड्ड अविस्मरणीय भोगाइ÷ विषयवस्तु
ड्ड परिवेश चित्रण
ड्ड उद्देश्य
ड्ड तटस्थता
ड्ड सुसंगठन
ड्ड पात्र
ड्ड भाषाशैली
ड्ड शीर्षक
मुक्तकका तत्त्वहरू
ड्ड एकश्लोकी
ड्ड हृदयसंवेद्य
ड्ड निरपेक्ष÷पूर्ण
ड्ड स्वतन्त्र
गजलका तत्त्वहरू
 आन्तरिक (मूल) तत्त्व
ड्ड भाव÷विषयवस्तु
ड्ड पात्र
ड्ड परिवेश
ड्ड उद्देश्य
ड्ड दृष्टिविन्दु
ड्ड व्यञ्जना
ड्ड भाषाशैली
ड्ड बिम्बप्रतीक
ड्ड लय÷बहर(छन्द)

 बाह्य तत्त्व
ड्ड सेर
ड्ड मिसरा
ड्ड मतला
ड्ड मध्य भागका सेर
ड्ड मकता
ड्ड काफिया
ड्ड रदिफ
ड्ड तखल्लुस
जीवनीका तत्त्वहरू
ड्ड पात्र
ड्ड परिवेश
ड्ड घटनाक्रम वा जीवन भोगाइ र उपलब्धि
ड्ड उद्देश्य
ड्ड प्रेरणा÷प्रभाव
ड्ड शैलीशिल्प
ड्ड शीर्षक
 
यी प्रस्तुत गरिएका तत्त्वहरूका आधारमा सदानन्दका लेखन–सिर्जनाका प्रवृत्तिगत विशेषता र स्वरूपलाई बँुदागत रूपमा प्रस्तुत गरिदै छः–
आफ्नै व्यथाहरू (कविता सङ्ग्रह)
ड्ड डिमाइ साइज, ४२पृष्ठ ,नेपाली भाषामा ५० वटा र २ वटा अंग्रेजी भाषाका कविताहरू रहेका
ड्ड २०५७ जेठ ५ मा प्रकाशित
ड्ड २०२६सालदेखि २०५७ साल जेठ सम्मका ११ कविताहरू, अरू २७ वटा कवितामा मिति उल्लेख नभएको
ड्ड रचना मितिको क्रमबद्धताअनुसार कविता नराखिएको
ड्ड स्वच्छन्द विचारका , अभिधार्थी प्रकृतिका, अन्त्यानुप्रासयुक्त, कतिपय बिम्ब प्रतीकमा सजिएका, भाव गाम्भीर्ययुक्त, संवेदनशील अभिव्यक्ति
ड्ड लोकछन्दमा पनि रचिएका विचारका हिसाबले सबै कविता सबल
ड्ड समाज चेतना, राष्ट्र चेतना देशभक्ति भाव, युगचेतना, परिवर्तनको चेत र विद्रोही भाव, सामाजिक विसङ्गति, अन्धविश्वास, बलिप्रथाको विरोध ,कविहरूको महिमागान, शृङ्गारिकता, यथार्थको प्रकटीकरण हाँस्यपन, ईश्वरीय अस्तित्वप्रति
     व्यङ्गय,व्यैक्तिकता,निजी, स्वतन्त्रता र काल्पनिकता पनि
ड्ड आभ्यासिकदेखि विकासकालका कविताहरू समावेश

                       बूढो जवानी ( कविता सङ्ग्रह)
ड्ड २०५८ जेठ ३० मा प्रकाशन,
ड्ड ४५ वटा कविताहरू समावेश,
ड्ड पुस्तिका आकारको (४२पृष्ठ) , छोटा कविताहरू रहेका,
ड्ड रचना मिति नभएका,
ड्ड अभिधार्थी अभिव्यक्तिका ९ वटा, श्रृङ्गारिकताका ७ वटा, व्याङ्गयात्मक ७ वटा, नीति उपदेशका –५वटा, सामाजिक यथार्थपरक–११वटा, कविताहरू रहेका
ड्ड लय, छन्द, बिम्ब, प्रतीक र शब्द चमत्कारमा न्यूनता, केही रचना गीतिलयमा रहेका
ड्ड अमानवीयता, हार्दिकताबिहीन, स्वाङ्ग, ढोँगी, व्यक्तिवादी प्रवृत्तिप्रति गुनासो, झुटो र अवसरवादीप्रति कटाक्ष, प्रकृतिचित्रण, देशभक्ति भाव, द्वन्द्व–हिंसा, युद्धप्रति घृणा
ड्ड कृषिजन्य विषय, स्वच्छता, सामाजिक विकृति र विसङ्गतिको चित्रण

कोपिला (लघुकाव्य)
ड्ड ११ सर्गमा बाँधिएको
ड्ड काव्य समापनपछि २७ वटा कविताहरू पनि राखिएको
ड्ड शास्त्रीय छन्दविहीन तर लोकछन्दमा रचित
ड्ड भावी सर्गको कथाको संकेत नभएको
ड्ड वीर, धीर उदात्त नायक हुनुपर्ने मान्यता विपरीतको काव्य नायक
राखिएको (साधारण पात्र नायकको रूपमा राखिएका÷मौलिक मान्यता)
ड्ड मूल विषयानुसारको काव्य शीर्षक–उपशीर्षक रहनु,
ड्ड परमपरागत शास्त्रीय मान्यता भन्दा भिन्न
ड्ड नायिकाको नामबाट काव्यको नामकरण
ड्ड नारी सशक्तिकरणको आवाज मुखरित, सामाजिक समस्याहरूप्रति संवेदनशील, पारिवारिक–सामाजिक र राष्ट्रिय समस्याहरूप्रति चनाखो
ड्ड काव्योचित शब्द बिम्बहरू रहनु
ड्ड घसेनी, नुनचुक, सेख्यु, दामल, बोली, दशा, सुबाटो आदि जस्ता झर्रा (कथ्य) शब्दको प्रयोग
ड्ड वर्णनात्मकतामा केन्द्रित÷कवि वर्णनमा केन्द्रित
ड्ड कथानक ज्यादै संक्षिप्त÷महाकाव्यको सार नै खिचिएको
ड्ड अभिधाशैलीसहित स्वच्छन्द, नितिउपदेशात्मक व्यङ्गयात्मक शृङ्गारिक, सामाजिकता
     केन्द्रित फुटकर कविताहरू समावेश भएका

माटो र विरुवाले भोक लाग्यो भन्छन्् (कृषि काव्य)
ड्ड शीर्षक सुहाउँदो कृषि विज्ञानको विषयवस्तु
ड्ड माटो र बोटविरुवालाई मानवीकरण गरिएको
ड्ड लेखाइ, प्रस्तुति र शैली रोचक
ड्ड धर्तीमाताको प्रार्थना शुरु गर्नुले काव्यीय गुण दर्शिएको,
ड्ड नेपालको भूगोलको माटोको वर्णन, माटोको निर्माण, माटोको महिमा लगायतका अनेकन् विषयसन्दर्भ रहनु
ड्ड अभिधार्थी शब्द शैलीशिल्प, विवरणात्मक कवितात्मकता कम, निबन्धमय जस्तो देखिनु
ड्ड परिभाषिक–प्राविधिक शब्दको प्रयोग
ड्ड रूपक अलङ्कार र बिम्ब–प्रतिकको समेत प्रयोग
ड्ड जानकारी वा सूचनाप्रद शिक्षा वा अर्ती उपदेशात्मक प्रकृतिको वस्तुगत वैज्ञानिक दृष्टियुक्त, आकर्षक र चुस्त शैली
ड्ड सरल अभिव्यक्तिमा पठनीय कृति तयार हुनु
मोहनीको मीठो म्वाइँ
ड्ड २०६२ साल मङ्सीरमा प्रकाशित,
ड्ड मूल पृष्ठ ५४सहित जम्मा ६४ पृष्ठको कृति,
ड्ड यस अघिका दुई वटा कविता सङ्ग्रहको तुलनामा केही परिष्कृत
ड्ड यथार्थिक प्रवृत्तिका कविता कम, स्वच्छन्तावादी कविताहरूको बाहुल्य,
ड्ड ३८ वटा फुटकर रचनाहरूको समावेश,
ड्ड आफ्नो ब्रह्मले देखेका विषयवस्तुहरू समावेश, भातृत्व र शान्तिको चाहना, हिंसात्मक द्वन्द्वप्रति वितृष्णा, जातीय विभाजनप्रति व्यङ्ग्य, कृषिप्रतिको अनुराग, स्वार्थी नेतृत्वप्रति झटारो जस्ता विषयवस्तुहरू,
ड्ड कर्तव्य, जीवन, राष्ट्र, सौन्दर्य, बिसङ्गति र अस्तित्व बोध गराउने भावनायुक्त रचनाहरू,
ड्ड कृषि कविताका माध्यमबाट भूमण्डलीय वातावरणका साथै मानवीय मनसंसारको वातावरणीय स्वच्छताको आग्रह,
ड्ड सरल, सरस रचनाहरू,
ड्ड विचार पक्ष प्रबल, भावना र कला पक्षमा सुधारको खाँचो,
ड्ड केही कविताहरूमा रचना मिति उल्लेख,
ड्ड अत्यन्त लघु रचनाहरूदेखि तीन पृष्ठसम्मका रचनाहरू समावेश,
ड्ड सहज तथा सक्षम कवित्वको चिनारी,
ड्ड लोक लय, गद्य लयमा रचिएका, अन्त्यानुप्रासको निर्वहन राम्ररी गरिएको,

भुटानी शरणार्थीको व्यथा कथा
ड्ड ४८ पृष्ठमा प्रकाशित
ड्ड ह्ृदयविदारक विषयवस्तु
ड्ड शरणार्थी बनेर बाँच्न बाध्य बनाइएकाहरूको जीवन कहानीको प्रस्तुति
ड्ड भाषा शैलीभन्दा विषय महत्त्वपूर्ण
ड्ड फिचर शैली जस्तोमा कथा व्यथा वा यथार्थता पोखिएको
ड्ड जीवन्त प्रस्तुति, ऐतिहासिक पक्षको संस्मरण

काठमाडौँँदेखि देहरादुनसम्म (नियात्रा)
ड्ड २७ वटा उपशीर्षकहरू ३८ पृष्ठमा प्रकाशित
ड्ड काठमाडौँँदेखि देहरादुन सम्मका यात्राका भोगाइ अनुभवको प्रस्तुति
ड्ड अनेकन् ज्ञानगुनको प्रस्तुति
ड्ड तात्कालीन माओवादी युद्धताका नेपाल पलायन भएकालाई भारतमा भेटेको प्रसंग पनि कृतिमा आएको
ड्ड जीवन भोगाइका प्रस्तुतिहरू प्रशस्तै, घुमन्ते जीवनको झलक
ड्ड निजी अनुभूतिजन्य विवरणहरू र सूचनाहरूको पर्याप्त प्रस्तुति
ड्ड यथार्थपरक विवरण
ड्ड अभिव्यक्तिमा स्वच्छता, दृष्टिमा यथार्थता, लेखाइमा निजात्मकता

जीवनलीला (खण्डकाव्य)
ड्ड धीरोदात्त नायक, परम्परागत काव्य मान्यताको अंगीकार धेरै हदसम्म भएको
ड्ड सान्दर्भिक कथावस्तु, आख्यानमिश्रित
ड्ड ४९६श्लोक, निश्चित रस, छन्दादिको समुचित प्रयोग
ड्ड चेलीबेटी बेचविखनको प्रस्तुति, सामाजिक विषयको उठान
ड्ड सक्रिय, निष्क्रिय, मुख्य, सहायक तथा गौण पात्रको प्रयोग
ड्ड काठमाडौँँदेखि भारतको दिल्ली, मुम्बईसम्मको राम्रो परिवेश
ड्ड १३ वटा सर्गमा अनुबन्धित, सर्ग योजनाको राम्रो व्यवस्थापन
ड्ड गीति लयको प्रयोग, अनुप्रासयुक्त, बिम्बात्मकता
ड्ड व्यञ्जनार्थकता, आलंकारिकताको प्रयोग
ड्ड असल व्यक्तिले सामाजिक हितमा कार्य गर्नुपर्छ भन्नेमा जोड, सामाजिक समस्याको निराकारणका लागि समाज नै चेतनशील हुनुपर्ने, नारी जागरण र अपराधविहीन समाजको चाहना गरिएको

तीन युगः एक कथा ( महाकाव्य)
ड्ड १८ सर्ग, ९०० श्लोक, तीन वंशको बयान गरीनु
ड्ड पुस्तान्तरण हुँदै जाँदा सामाजिक, आर्थिक तथा संस्कारगत हैसियत फरक हुन्छ भन्ने वास्तविकताको चित्रण (१९६०–२०४०)
ड्ड वैचारिक पक्षलाई सामान्य रूपमा प्रस्तुत
ड्ड करिब १०० वर्षअघि जीवन धान्न, सुखी बन्न, विदेशिनु पर्ने बाध्यताको प्रसंग
ड्ड सरल भाषा, सामान्य प्रस्तुति, लोक छन्दको प्रयोग
ड्ड पर्वतको गाउँदेखि नेपालका विभिन्न स्थान र भारतको आसाम सम्मका स्थान परिवेश समेटिएका

अग्निज्वाला (महाकाव्य)
ड्ड नेपालीहरूले बेहोर्नुपरेको आर्थिक विषमताको चित्रण, ग्रामीण जनजीवनको उल्लेख
ड्ड राणाकालदेखि २०५५ सालसम्मको परिवेश
ड्ड सीमित भौगोलिक परिवेश
ड्ड बहुविवाह जस्तो सामाजिक कुसंस्कारको अन्त्य हुनुपर्ने र विधवाले विवाह गर्ने परिपाटि बसाल्नुपर्छ भन्नेमा जोड
ड्ड लोकलयको प्रयोग, छन्द–लयका हिसाबले सुगठित
ड्ड उपयुक्त अनुप्रासीय संयोजन, भावुक अभिव्यक्ति
ड्ड उखान, टुक्का र बिम्बको प्रयोग
ड्ड पर्वतदेखि नारायणी नदीसम्मको सीमित भौगोलिक परिवेश

पश्चातापको आँसु (कथासङ्ग्रह)
ड्ड १२ वटा कथाहरू, सामाजिक विषयवस्तुमा केन्द्रित
ड्ड उखान, टुक्काको मनग्य  प्रयोग
ड्ड सरल प्रस्तुति, कतैकतै ठट्यौलो प्रस्तुति, कतै दार्शनिकता पनि,
ड्ड नारीप्रति सम्मान गर्नुपर्ने, पारिवारिक मेलमिलाप हुनुपर्ने सन्देश,
ड्ड व्यक्तिको चारित्रिक सुधारमा जोड

परिवर्तन (कथासङ्ग्रह)
ड्ड परिष्कृत परिमार्जित शैली, प्रस्तुति आकर्षक
ड्ड सामाजिक विषयकेन्द्रित, यथार्थतामा आधारित
ड्ड नारीप्रति केन्द्रित अधिकांश कथाहरू रहेका
ड्ड नारीलाई हेर्ने खराब दृष्टिकोणप्रति कथाकारको चिन्ता
ड्ड कतैकतै प्रकृति वर्णन, मनोविश्लेषणात्मकता, अन्तसंवाद तथा आत्मालापको प्रस्तुति
ड्ड लेखाइमा सरलता, अभिव्यक्तिमा प्रष्टता, सन्देशमूलकता

जीवनलीला ( उपन्यास)
ड्ड जीवनलीला खण्डकाव्यमा जस्तै कथानक, शीर्षक,पात्र,परिवेश, दृष्टिविन्दु,कथासार, सन्देश एउटै रहेका
ड्ड केही असमानताहरू (अभिव्यक्ति माध्यम, विधा,शैली आदि)
ड्ड गद्यमा लेखिएको, नारी समस्या, बेरोजगारी,पश्चिमी संस्कृतिको प्रभाव जस्ता विषयवस्तु

बालुवाको घर(कथा सङ्ग्रह)
ड्ड पहिलो दोस्रो कथा सङ्ग्रहका तुलनामा बढी आदर्शात्मक
ड्ड परिष्कृत, परिमार्जित शैली
ड्ड बौद्धिकताको प्रस्तुति, सामाजिक विकृतितर्फ केन्द्रित
ड्ड सामाजिक यथार्थपरकताको प्रस्तुति
ड्ड अधिकांश कथा नारी केन्द्रित, नारीको स्वर बुलन्द
ड्ड लेखक नारीवादी कथाकारका रूपमा उभिएका
ड्ड कतै प्रकृति वर्णन, मनोविश्लेषणात्मकता अन्तसंवाद र आत्मलापीय कथन
ड्ड कथात्मक शिल्प उच्च
ड्ड लेखाइमा सरलता, अभिव्यक्तिमा स्पष्टता, प्रस्तुतिकरणमा बौद्धिकता

नियति ( उपन्यास)
ड्ड १७ परिच्छेद
ड्ड आधुनिक सोचको विकास गर्ने चाहना
ड्ड नारीमाथिका अन्याय, अत्यचार र शोषणको तथ्य उजागर
ड्ड रूढिवादको विरोध, मानवतावादको वकालत, प्रकृति चित्रण, नारी अस्तित्व र अस्मिताको आवाज, अन्धपरम्पराको विरोध, अन्तर्जातिय विवाहको समर्थन, सामाजिक वेथितिको पर्दाफास


तन्नेरी हजुरबा (उपन्यास)
ड्ड लघु आकारको,
ड्ड कथानक, भाषा, उद्देश्य सामान्य लाग्ने, ठेट नेपाली शब्दको प्रयोग
ड्ड कहीँकतै भावुकता, दार्शीनक विचार पनि जोडिएको
ड्ड सामाजिक समस्यामा केन्द्रित, समाजको विसङ्गत पक्षको चित्रण
ड्ड सुपात्र र कुपात्र दुबैको प्रयोग
ड्ड पर्वतको शंखरपोखरीदेखि काठमाडौँ सम्मको परिवेश चित्रित
ड्ड मिश्रित दृष्टिविन्दु
ड्ड क्षणिक यौन सुखमा रमाउनेको भलो नहुने सन्देश

यात्री  (उपन्यास)
ड्ड एक जना यात्रीले आफ्नो यात्रामा भोगेको कुरालाई उपन्यासमा देखाइएको
ड्ड नेपाली समाजका वास्तविक पात्रहरू चयन गर्नु
ड्ड नेपाली परिवेश (काठमाडौँ, तराइका केही जिल्ला तथा पूर्वको झापा, इलाम तथा सुदुर पश्चिमको बैतडी जस्ता स्थान)
ड्ड कृषि सम्बन्धीका पनि विषयसन्दर्भ जोडिनु

म र मेराहरू (जीवनी र संस्मरण)
ड्ड आफुसहित आफ्ना वंशज (खानदान) का केही व्यक्तिको छोटो चिनारी दिनु
ड्ड सरल भाषाशैली, कवितात्मक प्रस्तुति ठाँउठाँउमा देखिनुु
ड्ड विविध भाषिकाको प्रयोग

अभागीका मुक्तकहरू  (२०६८ र २०७४)
ड्ड एक श्लोकी रुवाइ शैलीका, स्वतन्त्र, विविधतापूर्ण विषय
ड्ड हरेक रचनाको शीर्षकीकरण गर्नु
ड्ड श्रृङ्गारिकता, सामाजिक–राजनीतिक, विकृति विसङ्गतिका कुरा, बेरोजगारी अवस्था, व्यङ्गात्मकता, जीवनबोध, कर्मयोग, छुवाछुत, सकारात्मक चिन्तन, अन्धविश्वास, छलछाम र षडयन्त्र, कृतिमता सोचको कारण र प्रभाव, भुइँफुट्टेहरूका विषय, अस्तित्वबोध, मित्रता, संवेग, समयसन्दर्भ रीतिथिति, कृषिकर्म आडम्बरी, चुनावी खेल, प्रकृति,लगायतका विषयसन्दर्भको उठान
ड्ड अभिधार्थी, लक्षणा र एकाध व्यञ्जनार्थी भावको मुक्तकीय प्रस्तुति

प्रेमविहारको षष्ठामृत (२०७०)

ड्ड वृहदाकारको कृति, ६ वटा गजलसङ्ग्रहको सँगालोको रूपमा तयार
ड्ड समभोग समाधि (२०६४), गजल गुटिका (२०६५), बुढौतिका रहरहरू
२०६५), अभागीका गजलहरू (२०६६), गजल परिकार(२०६८) र गजल षष्टामृत(२०६९) कृतिका फरक फरक विशेषता पाइनु
ड्ड समग्रमा ५६२ वटा गजल समेटिनु, ६१५ पृष्ठमा प्रकाशित
ड्ड संभोग समाधिमा–८८, गुटिकामा–९२, बुढौतिका रहरहरूमा–९२, अभागीका गजलमा–१०४, गजल परिकारमा–८८ र गजल षष्टामृत–९८ गजलहरू समावेश गरिएका
ड्ड विविध रस र भावयुक्त
ड्ड सैद्धान्तिक पक्षको चर्चा पनि राखिएको
ड्ड नेपाली भाषिक शब्दावलीहरूबाट आफ्नै खाले काफिया र रदीफ सिर्जना गरिएको
ड्ड आफ्ना जीवन घटनाक्रमसहितका व्यापक क्षेत्रका विषयवस्तु समावेश
ड्ड देशकाल र परिस्थितिजन्य विषय, प्रणयपरक शैलीका गजल प्रचुर मात्रामा समावेश गरिएको
ड्ड केही गजलका शीर्षकीकरण गर्नु
ड्ड मातृभूमिप्रतिको अपार स्नेहले भरिएका गजलहरूको समावेश
ड्ड संस्कार, संस्कृति, परम्परा, कृषि, प्रकृति, पर्यावरण, यात्रा वर्णन, साहित्यिक विषय, स्वैर कल्पना, बालसंसार, मेलापर्व, आत्मनिर्भरता, अनुशासन, जनयुद्ध र असर, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक विकृति, दार्शनिक चिन्तन, अग्रजप्रति श्रद्धाभाव, मानवताको संरक्षण, नारीवादी चिन्तन, कृषि र प्रविधिका ज्ञान, वीरताको महिमा, कर्मशीलताको महिमागान, नेताहरूको अविश्वास र विश्वासनियताका खाँचोका कुरा, सरकारको अकर्मण्यता, क्षमतावान प्रशासकको आवश्यकता, देशको वर्तमान अवस्था, मानवीयता, शान्तिको कामना, भष्ट्राचार विरुद्धको अभियान, शोषण, दमन, अत्याचार र अनाचारको अन्त्य हुनुपर्ने माग, शहीदहरूको त्याग, व्यक्तिगत पीडा, बन्धुत्वको महिमा, जनएकता लगायतका अनेकन विषय गजल रचनामा आउनु ।

सिंहबाहिनी (महाकाव्य)
ड्ड २८ सर्गमा अनुबन्धित, देवी दुर्गाको विषयवस्तु, चम्पु शैली
ड्ड सरल सहज अभिव्यक्ति
ड्ड बिम्बप्रतीकको समेत प्रयोग
ड्ड केही मौलिक, केही अनुदित विषयवस्तु
ड्ड महाकाव्य लेखनमा प्रयोगवादी शैली अभ्यास


समीक्षा – समालोचनात्मक प्रवृत्ति र स्वरूप
ड्ड व्यावहारिक समालोचनामा कलम चलाउनु
ड्ड मोफसलदेखि राष्ट्रिय स्तर सम्मका नयाँ र स्थापित स्रष्टा र सिर्जनाका समालोचना गर्नु
ड्ड नैतिक आदर्शतामा जोड दिनु
ड्ड प्रभावपरक र विश्लेषणात्मक लेखनमा प्राथमिकता दिनु
ड्ड साहित्यका प्रमुख सबै विधाका सिर्जनाका समीक्षा गर्नु
ड्ड गुणग्राहीका साथै एकाध दोषद्रष्टा समालोचकीय धर्म पालना गर्नु
ड्ड समदर्शी अभिप्रायबाट समालोचना गर्नु
ड्ड स्रष्टापरक, कृतिपरक, समाजपरक, नीतिपरक, आदि समालोचना गर्नु
ड्ड स्रष्टा, व्यक्तित्व र संस्थाका योगदानलाई प्रकाशमा ल्याउनु
ड्ड कृतिमा निहित विकृति, विसङ्गति, अकर्मण्यताको विरोध र नैतिक आदर्शताबाट सुधार गर्न सन्देश दिनु
ड्ड यथोचित सन्दर्भानुसार तत्सम, तद्भव, आगन्तुक र झर्रा शब्दको प्रयोग गर्नु
ड्ड लेखन औचित्यलाई निर्णयात्मक पाराले प्रस्तुत गर्नु
ड्ड सुक्ष्म दृष्टिसहित अध्ययन गर्नु, सबल पक्षलाई नै बढी जोड दिनु,
ड्ड आदर्शताको गुणगान गर्नु
ड्ड वस्तुपरक समालोचकीय प्रवृत्ति अँगाल्नु
ड्ड एकाध एकै व्यक्तिका एक कृति देखि दर्जन सम्मका कृतिको संख्याको समीक्षा गर्नु
ड्ड सैद्धान्तिक कठोरतातर्फ ध्यान केन्द्रित नगर्नु
ड्ड अनुकरण र स्थापित मान्यताभन्दा आफ्नै बुझाइ र धारणाबाट वामान्यताबाट कृति विश्लेषण गर्नतर्फ पनि केन्द्रित हुनु
ड्ड केही हदसम्म सैद्धान्तिक मान्यता (तत्त्वका) आधारमा पनि विवेचना गर्नु
ड्ड विवेचना पुष्टिका लागि अरूका धारणा÷विचारलाई पनि उत्तिकै अघि सार्नु
ड्ड देशभरका स्रष्टा–लेखकका साथै देश बाहिरका स्रष्टा–लेखकलाई पनि आफ्नो कृति समीक्षामा स्थान दिनु
ड्ड प्रायः लामाखाले समीक्षा÷समालोचना तयार पार्नु
ड्ड व्यक्ति जीवन, संस्थागत क्रियाशीलता र गतिविधिलाई पनि उजिल्याउने काम गर्नु
ड्ड सबै स्रष्टाप्रति सम्मान भाव दर्शाई नवोदितको प्रतिभा उकास्न कमीकमजोरी न्यूनीकरण गर्न र कलामूल्यगत उच्चता विकास गर्ने प्रेरणा प्रदान गर्नु
ड्ड साहित्येतर विषय सन्दर्भका पनि समीक्षा गर्न, तिनीहरूको महत्त्वबोध गराउनु
ड्ड ओझेलमा परेका स्रष्टाहरूको खोजबिन गरी चर्चापरिचर्चामा ल्याउनु
ड्ड नारी, पुरुषभित्रका ( बाल प्रतिभा, युवायुवती, प्रौढ र बृद्ध बृद्धाका लेखन हैसियत जेजसो भए पनि) सबै खाले व्यक्तित्वहरू समान महत्त्वका साथ चर्चामा पर्नु, उनको कृति विश्लेषणबाट कैयनलाई थप कृति प्रकाशन गर्न अथवा परिष्कार र परिमार्जन गर्न प्रेरणा मिल्नु
ड्ड आदरार्थी भावको क्रियापद लेखनमा प्रयोग गर्नु
ड्ड बाङ्मयका अनेक विधाको रुचिपूर्वक समीक्षा गर्नु
ड्ड समीक्षा कर्ममा निरन्तर कलम चलाउनु अथवा प्रविधिको उपभोग गरी यस कर्ममा नियमित चासो देखाउनु
ड्ड स्वअध्ययनबाट नै  समीक्षकीय कर्ममा अभिप्रेरित  हुनु
ड्ड सामाजिक र साहित्यिक सम्बन्ध स्थापना गरी समालोचकीय श्रीवृद्धिमा टेवा पुर्याउनु
ड्ड कुनै वाद र दर्शनको पक्षपोषण गर्न तर्फ नलाग्नु
ड्ड कला मुल्यमान्यताअनुसार समीक्षा÷समालोचना लेखनलाई सिँगार्नतर्फ खासै चासो नदिनु
ड्ड सबै खाले, अथवा जुन सुकै सन्दर्भका कृतिहरू होऊन्, ती आफ्नो रूचि र प्राथमिकता तर्फ पार्ने कुरामा जोड दिनुभन्दा पनि धर्म वा कर्तव्य निर्वाह गरी कृति समीक्षा गर्नु
ड्ड कृतिको मूल्याङ्कन समाजशास्त्रीय कोणबाट गर्न रुचाउनु
ड्ड आग्रह पूर्वाग्रहविहीन न्यायिक समीक्षा लेखनमा जोड दिनु
ड्ड मतमतान्तर, चर्काे टिप्पणी वा खरो आलोचनामा नउत्रिनु
ड्ड विवादित विषयवस्तुप्रति कलम चलाउनतर्फ नलाग्नु
ड्ड जीवनीपरक समीक्षा÷समालोचनाको झल्को पनि पाइनु
ड्ड नेपाली भाषा, साहित्य, संस्कृति र माटोका लागि मरिमेट्ने समालोचक
ड्ड सरल, सरस र वर्णनात्मक भाषाशैली अपनाउनु
ड्ड स्वअध्ययन र अभ्यासबाट समालोचना लेखन गर्नु
ड्ड व्याख्या र विश्लेषणबाट गहिराइमा पुग्न रुचाउने
ड्ड आफ्नो ब्रह्मनिर्देशित भइ समालोचना गर्नु
ड्ड न्याय, समानता, मानवता, बन्धुत्व भावनाको विकास गर्ने समालोचकीय कर्म गर्नु
ड्ड विज्ञापनमा पछि परेकाहरू, आवाजविहीनहरूको पनि कृति समीक्षामा जोड दिनु
ड्ड कलात्मक सौन्दर्य पक्षलाई भन्दा वस्तुपरक भावना र विचार पक्षलाई विशेष महत्त्व दिने उद्देश्यपरक लेखन पद्धतिमा जोड दिनु ।
ड्ड पैसाका लागि नभई कर्तव्यकेन्द्रित हुनु र पेशेवर नभई स्वान्त सुखायका लागि लेख्ने काम गर्नु नकारात्मक टिप्पणी वा आलोचनाबाट वचन कुनै सावधानी नअपनाई लेख्नु

प्रवृत्तिगत विशेषता निर्धारण गर्ने एकाध उदाहरणहरू

पारिवारिक पृष्ठभूमि÷कृषि पेशामा निर्भरता भएको संकेत
गंगाधर वन हिडे भोको पेट लिई
ईश्वरलाई साक्षी राखी आँसु तप्कन दिई
लगातार तीन दिन दाउरा बिक्री भैन
केवल पानीबाहेक त पेटमा अन्न गैन
( म र मेराहरू (जीवनी ) पृ.१८ बाट)
हरित क्रान्तिमा जोड
तेलबालीमा मलको प्रयोग गर्दा
प्राङ्गारिक मलको राम्रो प्रयोग गर
पोटासियम सल्फेट राम्रो हुन्छ
सल्फरले सूर्तीको गुणस्तर बढ्छ
(माटो र विरुवाले भोक लाग्यो भन्छन्् पृ. ४५ बाट)
सामाजिक सङ्गतिको चाह
कलमवादको सृजना
वारुदवादको अन्त्येष्टि
( मोहनीको मीठो म्वाइँ, कविता सङ्ग्रह पृ.३ )
सामाजिक विविधताको चित्रण
"मोतीले आँखाभरि आँसु पार्दै छोराको मुख हेर्दछ । उसका हात बालकको टाउकोमा पुग्छन् । छोराको टाउको मुसार्न थाल्दछ । मनमा ग्लानी छ । देखेपछि छोरो र 'लीला'प्रति हृदयमा प्यार पलाउँछ । 'लीला'लाईश्रीमती भनेर स्विकार्दछ । सिन्दुरले 'लीला'को सिउँदो रातै बनाएर सिँगारिदिन्छ र हत्कडी भिरेर नारी बेचविखन अभियोगमा जेल चलान हुन्छ ।"
(जीवनलिला उपन्यास पृ. ९६)
मातृभूमिप्रतिको अगाध श्रद्धा र स्नेह भाव
स्वर्ग लोकको आनन्द त यस गाउँमहा
प्रकृतिको रस स्वादन आउने गर्दछ जहाँ
(म र मेरा(जीवनी) पृ.१बाट)
जीवन भोगाइका विविध पक्ष र कालक्रमको प्रस्तुति
"मेरो विवाह २०२४ साल फागुन २९ गते कटुवा चौपारी निवासी तुलसीनाथ र अछरा लामिछानेकी सुपुत्री डिलकुमारीसँग भएको हो, पछि धाइरिङ निवासी नन्दलाल आचार्यकी कान्छी सुपुत्री पार्वतीसँग २०२९ सालमा दोस्रो विवाह गरे ।
(म र मेराहरू (जीवनी)२०६० पृ.२६)
मानवतावाद र समताका कुरामा जोड
मानवतावादी समाजमा मानवता त्याग्न हुँदैन
समताको भावनामा कञ्जुस्याइँ गर्न हुँदैन
( मोहनीको मीठो म्वाइँ पृ. ३४)
वास्तवमा जातपात ठूलो हैन ठूलो मानवता (५÷३०)
मानव हो मानवले मानव जस्तै मन
( तिन युगः एक कथा छैटौ सर्ग हरफ २१)
कृषि ज्ञानको प्रसारण
स्वस्थ है बोट स्वस्थ है खाना खेतबाटै पाइन्छ
प्राङ्गारिक खेती प्रयोग गर्दा रसायन त्यागिन्छ
(माटो र विरुवाले भोक लाग्यो भन्छन् कृषिकाव्य पृ.११)
बिम्बप्रतीकको प्रयोग
प्रकाशको खोजी गर्दै दैलो खोल्न गएँ
दैलो खोली हेर्दा खेरि एक्लो रात पाएँ ।
(एक्लो रात पृ. ३९)
जागरण र राष्ट्रनिर्माणको सन्देश
लमक लमक विकासको पथ समाई
चमक चमक तारासरि रमाई
(आफ्नै व्यथाहरू क.सं. पृ. १९)
प्राङ्गारिक मलको महत्त्वबोध
सुन सुन कृषक म केही भन्छु
प्राङ्गारिक मलको सवाई कहन्छु
गहुँतको प्रयोग त धेरै चिजमा हुन्छ
खाध्यतत्त्व प्रदान गर्दै चिस्यान पनि दिन्छ
(गोठेमलको सवाई पृ. ८)
रूपवतीप्रति समर्पित
तिमी छ्यौ रूपसी संसार भरकी
विशाल भावना धारण छातीकी
संसार नुगाउन सक्ने शक्ति तिमीमा
समर्पण गर्छु आत्मा तिम्रो चरणमा
(आफ्नै व्यथाहरू पृ.१८)

ईश्वरीय अस्तित्वमाथि प्रश्न
मूर्तिलाई पूजाकोठामा सिँगारे
धुप, दीप नैवेद्य पनि जोडे
पूजा गर्ने बेलामा देउता नै छैनन्
( ऐ. पृ. ७)
मदिराको बखान
मैले भन्दछु मदिरा पिऊँ
सुखी जीवन सधैँ जिऊँ
(ऐ. पृ. २२)
सामाजिकताको  भावना
सत्मार्गको यात्रा गर्दा तरवार धारमा हिड्नुपर्छ
अमृत घडा पिउन खोज्दा विषको घडा फोर्नै पर्छ ।
(ऐ. पृ. ३६)
देशभक्तिको स्वर
यो मेरो जीवन कथा हो
यस देशको माटोबाट अलग्याई
कसैले लेख्न खोजे लेखिदैन
(ऐ. पृ. ३२)
शृङ्गारिकताको झलक
केटी – कति राम्रो बगेको गण्डकी
  लान्छौ भने म दिम्ला बन्दकी
केटा – मेरो घर क्या राम्रो माझी गाउँ
तिम्रो जीवन देऊ मलाई राजीनाम
(लोकलहरी (दोहोरी गीत) पृ. ३८, 'बूढो जवानी'बाट)
व्यङ्गय भावको प्रकटीकरण
राति उठी बाथरुम जाँदा भोटे ताल्चा भेट्टाइयो
रातभरि पेट छमाई बाबुको विवाह देखाइयो
(पाहुना बन्दाखेरि पृ.१३, ऐ. कृतिबाट)
झुटो र अवसरवादी प्रवृत्तिप्रति कटाक्ष
तर आन्दोलन आन्दोलन नभई
असफलताको बाकस भयो
तब पनि सफल भयो भनेर बोल्न सिके
(असफलताको बाकस पृ. ४१)
अर्ती उपदेशका कुरा
सबै भन्दछन् भित्ताको पनि कान हुन्छ
म भन्दछु भित्ताको कान भए के हुन्छ?
(पिङ खेल्दछन् पृ. १५)

सत्यताको प्रतिबिम्ब दिलभित्र खिच्न सिक
यथार्थको संसारमा यथार्र्थी भइ बाँच्न सिक
( सपना देख्नेहरूलाई पृ.२४)

सामाजिक यथार्थपरक चेत
धनीका छोरा बोडिङ् पढ्छन् टाइसुट कसेर
गरीबका छोरा हलोमा बस्छन् पटुका कसेर
(ज्योति पृ. ४१)
आलङ्कारिक प्रयोग
मत्स्यकन्या अति राम्री मितेरी त लाको ( उपमा अलङ्कार ३÷१६)
प्रकृतिकी रानी पनि त्यस्तै त्यस्तै रैछिन् (४÷२३)
(तीन युगःएक कथा महाकाव्यबाट)
शहर बजारको समस्याको चित्रण
राती उठी पढ्न भनी बत्ती बाल्न गएँ
घरभेटीको ठूलो स्वरले अर्को गाली खाएँ
(घरबेटी,पृ. १३)
दाउपेच र षडयन्त्रको खेलको संकेत
जुवाकै जिन्दगीमा
कौरव र पाण्डवको खेल खेलिदो रहेछ
महाभारतको चक्रव्यूह
स्वच्छन्द भावको प्रकटीकरण
नजरको तीखो तीरमा मुटु  घायल भएको छ
हान वाण जति सक्छ्यौ खप्न सक्ने भएको छ
( प्रेमी घायल भएको छ, पृ. ३९)
निम्न वर्गप्रति सहानुभूति र शोषकवर्गप्रति कटाक्ष
उसको आफ्नो घर नभए पनि
उसले यस्ता घर कति बनायो
उसले पसिना बगाउँछ
अर्काको कामको लागि
(अन्तिम बिल, पृ. ५२ं)
माटोको वर्णन (लोक लयमा)
माटोको निर्माण चट्टान खिई बनेको पाइन्छ
बालुवा, पाँगो, चिमटे, कण त्यहाँ त चाहिन्छ
(माटो र विरुवाले भोक लाग्यो भन्छन््, कृषि काव्य ,अध्याय ४, श्लोक १०)
जाति प्रथा र छुवाछुतको विरोध
मानिस त मानिस नै हो सबै समान हुन्छन्
स्वत्याग मै महानता हो किन कुरा काट्छस्
(तीन युग एक कथा महाकाव्य, छैटौँ सर्ग पृ.३८)

पुरानो प्रचलनको सम्झना
श्री ३ सरकारले सती प्रथा तोडे
त्यसपछि विधवाले पुनः जीवन जोडे
(ऐ.पृ २४ छैटौँ सर्ग)

प्रकृति चित्रण
फलेवासको समतल मिर्मी विर्घा फाँट
पुग्न थाले 'यज्ञधर' सुन्दर रानी घाट
(तृतीय सर्ग पृ. १६)
रातपछि पुनः हेर दिन पलाँउछ
अन्धकार मेट्नलाई सूर्य उदाँउछ
(सोह्रौ सर्ग पृ. ९३)
भावुकताको प्रकटीकरण
चुक जस्तो अँध्यारो रातमा
जन्मने बालकको जीवन कालो हुन्छ त ?

 "खौरेर मसिनो र दिएर आफ्नो कहिले भइदैन
लाएको फाट्छ, खाएको पच्दछ
(पृ.१४३)
नारी शक्तिको चित्रण
पुरुषभन्दा हीन–दीन छैनन् नारी बल
(पन्ध्राँै सर्ग, श्लोक ११बाट)
उखानको प्रयोग
जस्ताको तस्तै ढिँडालाई निस्तै(१६÷१४३)
चाहिँदाको भाडो, नचाहिँदाको ठाडो (१६÷१४८)
(तीन युगः एक कथा महाकाव्यबाट)
यथार्थवादी दृष्टिकोण
विकासशील समाजमा वर्ग त्यहाँ जाग्यो
मालिक र दास वर्ग विभाजन लाग्यो
पुरुष सक्षम बन्दै गए मातृसत्ता भाग्यो ।
(पन्ध्रौँ सर्ग, श्लोक ७)
साना छँदा सुखसयल साहुका छोरा धनी
अति कष्ट भोग्नु प¥यो बस्दा गरीब बनी
बाबु दानी हुदाँहुदाँ आफू टाट्ने भा'को
जग्गा फिर्ता गर्नु थियो बन्धकीमा गा'को
( म र मेराहरू (जीवनी) पृ.५ बाट )
कर्मयोगी विचार, राष्ट्रवादी चेत
कर्म गरी खानुपर्छ यो गाउँले भन्छ (१÷५)

देशको माटो शिरमा राख्दै भारततिर पसे
स्वदेशतिर फर्की हेर्दा पुनः आँसु खसे (३÷१८)
(तीन युगः एक कथा महाकाव्यबाट)
आज देशमा विकासको मूल फुटाउनु छ
मुखले मात्र होइन हातका दश नङ्ग्रा खियाउनु छ
(पृ.२५, आफ्नै व्यथाहरूबाट)
सत्यम् शिवम्, सुन्दरम्बाट जीवन सारको खोजी
सत्यं, शिवमं, सुन्दरमंको सिफारिस यसले गर्छ
कार्यान्वयन कर्ताहरू आनन्दको भोग गर्छ
(पृ.९, बुढो जवानी कविता सङ्ग्रहबाट)
श्रृङ्गार रसयुक्त प्रेम प्रणयको प्रस्तुति
मनको ढोका खोलीखोली मोहनी त लाऊ
तनको धोका पूरा गर सौन्दर्यता छाऊ (२÷१६)
(अग्निज्वाला महाकाव्यबाट )

भाग्यवादी धारणा
जेजति पर्ला लौ त्यति नै टर्ला
कर्मको डोरी लामो बाट्नु पर्ला (८÷५७)
(ऐ. काव्यबाट)
बुहारीका नित्यकर्मको चर्चा
नित्य कर्म घरको सकी अनि गोठ खेत
लच्छिनको जाँच हुन्छ गृह इज्जतसित (२÷१७)
(ऐ. काव्यबाट)

छैटौँ अध्याय

कृतिनायक सँगको संवाद
यस खण्डमा सदानन्द अभागीसँग लिइएका धेरै अन्तर्वार्तामध्ये दुई अन्तरवार्ता मात्रै समावेशगरिएका छन् ।
६.१. नयाँ भावनाबाट साभारित
नयाँ भावना राष्ट्रिय साप्ताहिकमा २०७५ साल फागुन १६ गते बिहिवार, वर्ष १३,अंक १२,पृष्ठ ५मा प्रकाशित यस साहित्य विशेष भलाकुसारीलाई सम्पादन गरी यस कृतिमा उपयुक्त ठानिएकाले समावेश गरिएको छ – वार्ताकार ः राम ज्ञवाली
लेखनमा भाग्यमानी कर्ममा कसरी अभागी हुनु भयो ?तपाईँ अभागी उपनामबाट चिनिनु पर्ने रहस्य के हो ?
लेखनमामात्र नभएर कर्ममा पनि भाग्यमानी नै हुँ । उपनाममामात्र अभागी हुँ भन्नु प¥यो  । मलाई सानोमा इञ्जिनियर बन्ने इच्छा थियो । आर्थिक अभावको कारणले पढ्ने मौका पाइनँ र अभागी भएको  महसूस भएर अभागी उपनाम  लेख्न थालेँ  । यसैमा प्रचलित भएँ । धेरैले यो उपनाम मन पराएका छैनन्, कसैले सदानन्द रिजाल लेख्न रूचाउँछन् ; कसैले सदानन्द जैसी लेख्छन् र कसैले षडानन्द पनि लेख्दिन्छन् । आसाम(भारत)मा जैसी, उपाध्याय लेख्ने चलन थियो म जातले जैसी भएकाले जैसी लेखेँ । प्रमाण पत्रहरू जैसी नामबाट बने । यसमा धेरै गहिरिएर जानुभन्दा साहित्य लेखनमा उपनाम सदानन्द अभागी नै लेख्न राम्रो होला ।
यत्तिका कृति लेख्ने तपार्ईँ जति चर्चामा आउनु पर्ने हो त्यति आए जस्तो देखिएन ? किन यस्तो ? कि मेरो भ्रममात्रै हो ?
एक त मेरो उपनाम र प्रचलित नामले पनि केही असर गरे होला । मेरो प्रचलित नाम सदानन्द जैसी हो । मैले कृषितर्फ खास गरेर माटोमा पनि लेख लेख्छु  ।  कृषिमा सदानन्द जैसी नाम चर्चामा छ । मलाई माटो  वैज्ञानिक या कृषि हाकिम भन्न सर्वसाधरणले जति महत्त्वका साथ नाम उच्चारण गर्छन्त्यति साहित्यकार भनेर नाम उच्चारण हुँदैन । नेपाल टेलिभिजनबाट प्रसारण हुने कृषिका धेरै कार्यक्रम पनि चलाएको थिएँ । समय समयमा कृषि सञ्चारको रेडियोबाट पनि अन्तर्वार्ताहरू, माटोसम्बन्धी लेखहरू र कृतिहरू ठूलो संख्यामा छापेर देशव्यापी रूपमा वितरण भएकाले पनि सदानन्द जैसी नाम जति प्रचलित छ शायद सदानन्द अभागी त्यति चर्चामा नहुन सक्ला । अर्काे कुरा कृति लेखेरमात्र हुँदैन ; कृतिको वितरण पनि हुनुप¥यो । कृतिकारले भव्यरूपमा विमोचन गराउने र कृतिमा वृहत्तर साहित्यिक छलफल गराउने काम गर्दा धेरै चर्चामा आइन्थ्यो होला । म यी दुबै काममा अल्लि पछि छु तापनि करिब ३ दर्जन संस्थाले अभिनन्दन÷सम्मान गरिसकेका छन् । त्यसोहुँदा चर्चामा पछि छैन जस्तो लाग्छ   ।
साहित्य र साहित्येत्तर विधामा गरी ४ दर्जनभन्दा बढी कृति लेख्ने तपाईँले डेढसय वर्ष  पहिले बरालको आँसु कृति प्रकाशन गर्ने बहादुर सिंंह बरालले जस्तै न्याय नपाउन नै हो त ?
नेपालमा हरेक क्षेत्रमा खुट्टातान्ने प्रवृत्ति छ र साहित्यमा पनि छ कि भन्ने जानकारी लिन यो प्रश्न गरे जस्तो लाग्यो । हो, साहित्य लेखनमा पनि होच्याउने प्रवृत्ति देखिन्छ तर म यसमा विश्वास गर्दिनँ । कुनै पनि प्रतिभावान् व्यक्तिलाई कसैले होच्याउँछु भन्ने दुस्साहस गर्छ भने सूर्यलाई हत्केलाले छेक्नुसरह हो । एउटा कुरा के भने कुनै पनि कृतिको मूल्याङ्कनकर्ता पाठक हुन् । पाठकसमक्ष कृति पुग्नुपर्छ । न्याय भयो कि भएन भन्ने सम्बन्धमा मलाई लाग्छ लेखकको काम लेख्ने हो र न्याय पाइनँ भनेर, न्याय खोज्न हिड्ने होइन । डेढसय वर्ष  पहिले बरालको आँसु कृति प्रकाशन गर्ने  बहादुरसिंंह बराल आज चर्चामा छन् र उनका कृति आज  खोजीखोजी पढ्न थालिएको छ । प्रकाशनमा आएका छन् । त्यसोहुँदा काम गर्नुपर्छ , समय लाग्ला तर मूल्याङ्कन अवश्य हुन्छ ।
जसले जेजस्ता कर्म गरे पनि यहाँको कलम, मस्तिष्क सकुञ्जेल थाक्दैन होइन त ?
अवश्य,मेरो साहित्यिक लेखनले निरन्तरता पाइरहने छ ।
यतिका लेखेर, यतिका विधामा कलम चलाएर समाज–राष्ट्रलाई के दिएँ ÷ दिइरहेको छु भन्ने लाग्छ  यहाँलाई?
नेपाली साहित्य र माटो विज्ञानको विषयमा मेरो कलम चलेको छ । ने्पाली साहित्यमा सबैले योगदान  दिएसरह नै मैले पनि नेपाली साहित्यको समृद्धिको लागि प्रयासरत छु  । माटो विज्ञानसम्बन्धी लेखबाट किसानको लगानीमा उत्पादन बढाउनेतर्फ योगदान पुगेको  छ, यो भने ढुक्कसँग भन्छु ।
जुनजुन विधामा कलम चलाउनु भएको छ ती विधामा कलम चलाउनुको उद्देश्य के हो ?
साहित्यका जुन विधामा कलम चलाए पनि सबैको उद्देश्य भनेको समाजलाई गतिशील बनाएर एउटा सिर्जनशील समाजको निर्माण गर्नु हो । समाजमा भएका विकृति, विसङ्गतिलाई न्युनीकरण गर्दै देश निर्माणका लागि सक्षम, स्वाबलम्बी,इमानदार, नैतिकवान, राष्ट्रप्रेमले ओतप्रोत नागरिकको सिर्जना गर्ने हो ।
यथार्थमा भन्दा साहित्य के रहेछ ?
साहित्य समाजको दर्पण हो ।
जीवन र साहित्यको सम्बन्ध कस्तो हुँदो रहेछ ?
जीवन र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ ।
साहित्य  विनाको संसारको कल्पना हुनसक्छ त ?
साहित्य विनाको संसारको कल्पना अवश्य पनि गर्न सकिदैन ।
यहाँ ईश्वरीय अस्थालाईश्रद्वापूर्वक स्वीकार्नु हुन्छ होइन त ?
यो संसार हाँक्ने एउटा अदृश्य शक्ति छ भन्ने कुरा श्रद्वापूर्वक स्वीकार्छु  ।
धर्म, ईश्वर र पुनर्जन्मप्रति तपाईँको  धारणा ÷ विश्वास केकस्तो छ ?
धर्म भन्ने असल आचरण हो । असल आचरणकै बलमा मानिसहरू÷धर्मावलम्बीहरू शक्तिशाली बन्दछन् । हाम्रो दर्शनले स्वर्ग, नर्क र पुनर्जन्मलाई मान्यता दिएको छ । यही दर्शनलाई अङ्गीकार गरेपछि यी सबै स्वतः स्वीकार्य भएको मानिन्छ । पुनर्जन्मको कुनै वैज्ञानिक आधार छैन तर हाम्रो मस्तिष्कमा यो अति गहिरोरूपमा स्थापितभइसकेको छ तसर्थ कहिलेकाहीँ मुखबाट निस्किहाल्छ पूर्वजन्मको फल ।
स्वर्ग र नर्कको सम्बन्धमा मेरो अलिक फरक मत छ । मानिसले यस संसारमै स्वर्ग र नर्कको अनुभूति गरीसकेको हुन्छन् र अर्काे स्वर्ग प्राप्ति गर्छु भनेर डर र ढोंगको भरमा दगुरी राख्न आवश्यक देख्दिन ।
तपाईँको विशिष्टकृत विधा के हो ,भनेर शोधे जवाफ के दिनुहुन्छ?
साहित्यका नाटक बाहेकका विधामा कलम चलिरहेका छन् । पछिल्लो अग्रता समालोचनाले लिएको छ । लेखनको हिसाबलाई केलाउँदा समालोचनामा म धेरै अगाडि बढिरहेको छु भन्ने लाग्छ ।
 हालसम्म  लेखेका विधाबाहेक अरू विधामा पनि कलम चलाउने योजना छ कि ?
समय बलवान हुन्छ । समयले  कता डो¥याउँछ ?अहिले  नै  भविष्यवाणी गर्दिनँ ।
तपाईँको लेखन मौलिक, वस्तुपरक, यथार्थपरक छन् । अझैभनौँं लेख्नैपर्ने विषयमा यहाँको कलम चल्छ ।  सस्तो प्रेम छैन । कोरा भावुकता छैन । नाराबाजी छैन । समाज र  राष्ट्र चिन्तामा केन्द्रित छन् । माटो मुटुका सवाल छन् । देश दुखेको चिन्ता छ । यी भनाइमा तपाईँको स्वीकार्यता छ ? यी  विषयबाहेक अरू पनि विषय केके आएका छन् आफ्नो लेखनमा ?
सुन्दर समीक्षा प्रस्तुत गर्नुभएकोमा धन्यवाद छ । नाराबाजी छैनन् भन्नुको सट्टा समाजका आवाज घन्केका छन्  भन्नु राम्रो हुन्थ्यो कि ? कुनै पनि लेखकले आफ्नो लेखनमा भन्न चाहेका कुरा बुलन्द आवजमा प्रस्तुत गरेका हुन्छन् । मेरो माटो  र बिरूवाले भोक लाग्यो भन्छन् (कृषिकाव्य)ले  माटो  व्यवस्थापनका विषयमा प्राविधिक ज्ञान प्रदान गरेको छ । कृषि मन्त्रालय,  कृषि सञ्चार महाशाखाले ६००० प्रति छापेर देशव्यापीरूपमा वितरण गरेको छ । यो निकै उपयोगी ठानिएको छ।
समालोचना लेखनमा किन तपाईँ खरो र दह्रो भएर उपस्थित नहुनु भएको हो ?
मलाई लाग्छ मेरा समालोचनाहरूको लेखाइ खरो र दह्रोमात्र नभएर समुच्च कृतिको र  कृतिकारको लेखन क्षमतालाई प्रस्तुत हुने गरी लेखिएका छन् ।
किन प्रभाववादिता वा गुणग्राहितालाई बढी जोड दिदै आउनुभएको हो तपाईँ?
कृति र कृतिकारप्रति भूमिकाकारको धारणा, प्रकाशकको धारणा र शुभकामना आएका अभिव्यक्तिलगायत स्वयम् कृतिकारको कृति लेखनप्रतिको उद्देश्य समेतलाई समेटेर लेखिएका समालोचनालाई प्रभाववादिता वा गुणग्राहितामा लगेर जोड्दा अन्याय भए जस्तो लाग्यो । केवल कमीकमजोरीलाई मात्र केलाएर समालोचना गर्दा कृतिकारप्रति अन्याय हुन जान्छ । मैले गरेका समालोचनाले समुच्च कृति र कृतिकारका सिर्जना शक्तिलाई दह्रो र खरो रूपमा मूल्याङ्कन गरेको हुन्छ । मैले सकारात्मक पक्षलाई बढी जोड दिएको हुन्छु । नकारात्मक पक्षलाई लेखनमा  निरन्तरता दिदै जाँदा  परिमार्जन हुँदै जाने हुँदा लेखनमा निरन्तरता औल्याएको हुन्छु ।
कस्ता कविता, कस्ता कथा, उपन्यास कस्ता कस्ता खाले काव्य र फुटकर कविताहरू पाठकले  औधी रुचाएको पाउनु भयो ? सिर्जनाको  कालजयिता केकेले निर्धारण गर्दा रहेछन्?
तपाईँले यस अगाडिकै प्रश्नमा सुन्दर समीक्षकको रूपमा मेरो सिर्जनाको मूल्याङ्कन गर्नु  भएको छ र नपुग कुरा मेरो उत्तरमा समावेस गरेको छु । यिनै रचनाहरू पाठकले मन पराएको भन्न चाहन्छु । अर्काे कुरा समसामयिक घटनाक्रमभन्दा दीर्घ प्रभाव पार्ने खालका सिर्जना नै कालजयी हुन्छन् । समाज,राष्ट्र रराष्ट्रियतालाई सम्बोधन, सम्वद्र्धन गर्ने खालका र लेखरचनाले समाजलाई कुप्रथा, कुरीति, अन्धविश्वासबाट मुक्त गराउने खालका परिवर्तनशील सन्देश सिर्जनाले दिन सक्नु पर्छ । मेरा लेखरचनाले समसामयिकतालाई बढी जोड दिएको हुन्छ ।
कुनै न कुनै कृतिमा त यहाँअत्यन्त चर्चित हुनुहुन्छ होला ? चर्चाका कारण केके रहे ? कलम चलाएको जति विधामा पाठक राम्रै पाउनु भएको छ ? उनीहरूबाट प्रतिक्रिया के कस्ता आइरहेका छन् ?
मैले माथि नै भनिसकेँ व्यक्ति र लक्ष्मीस्मृति साहित्य समाजबाट प्रकाशन भएका कृतिहरूको वितरण सबै साहित्यकार समक्ष पुग्न सकेका छैनन् । जो जसले प्राप्त गरेका छन् । सकारात्मक सन्देश दिएका छन् । अनलाईनमा राखिएका लेखरचनाको प्रतिक्रिया राम्रो देखिएको छ ।
अबका दिनमा विधागत साहित्यको भविष्य केकस्तो आँकलन गर्नुभएको छ साहित्यको समृद्धिकेके कुराले हुन्छ?
हालको विधागत परिवेशलाई हेर्दा गजलले व्यापकता छाएको छ । अरू विधाहरू पनि क्रमशः अघि बढिरहेका छन् । साहित्यकारहरूले विविध विधागत विषयमा जस्तै ः– तान्का, हाइकु, बाछिटामा पनि कलम चलाएका  छन् । हाम्रा कृतिहरूको  विभिन्न  विदेशी भाषामा अनुवाद जेजतिहुनुपर्ने हो त्यो हुन सकेको छैन । नेपाली साहित्यको समृद्धिको लागि नै भनौँविभिन्न अन्तराष्ट्रिय क्षेत्रमा पुगेका नेपालीले पनि साहित्यिक संस्था खोलेर सेवा दिदै आएका  छन् । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, आसाम, देहरादुन आदि स्थानको साथै, बर्मा, भुटानमा पनि नेपाली साहित्यको मात्र नभई नेपाली  संस्कृतिको लागि नेपालीभाषी जुटेका छन् तर दुखको साथमा भन्नुपर्छ कि नेपालका सत्तामा आसीनहरूले नेपाली साहित्यप्रति र साहित्यकारप्रति ध्यान दिन सकेका छैनन् र सरकारी साहित्यिक संस्थामा पनि ख्याती प्राप्त साहित्यकारहरूले भन्दा सत्ताका नजिकले नै स्थान ओगटेका छन् । साहित्यको समृद्धिको लागि सरकार, साहित्यकार, जनता सबैको एकजुट या एकीकृत प्रयासको खाँचो छ ।
यहाँले कतिवटा कृतिमा भूमिका लेख्नु भएको छ?
खड्गप्रसाद श्रेष्ठका ६ वटा कृतिमा समीक्षकीय  भूमिका लेखेको छु ।
नवोदितका लागि प्रेरक ÷मार्ग दर्शक बन्नुभएको  छ ÷छैन ?
बनेँ या बनिनँ यस विषयमा मलाई थाहा छैन ।
साहित्यकारले साहित्य लेखेर सार्वजनिक गरिरहँदा पाठकको खडेरी पर्दै गएको पनि सुनिन्छ । यो आरोप हो या सत्य हो ? यदि यस्तोहो भने कसका लागि लेख्ने ? कुनै कृति त असाध्यै पढिएको र बजार तताएको भन्ने सुनिन्छ नि ?
तपाईँले औँल्याएका सबै प्रश्नको उत्तर थोरै मात्रामा तपाईँले भने जस्तो पनि हो भन्ने भान हुन्छ  तर एकातिर संसार आज साँघुरिँदै गएको छ , संसारका जुनसुकै कुनाकाप्चाका साहित्यिकदेखि विविध जानकारी निमेषमै अध्ययन गर्न पाइन्छ अर्काेतिर मानिसहरू आज विविध कामले गर्दा व्यस्त छन् । मनिसलाई कसको कृतिमा के छ भनी खोजतलास गर्नुभन्दा आपूmलाई आवश्यक परेको जानकारी फेसबुकबाट या इन्टरनेटको माध्यमबाट लिन सक्छन् । त्यसोहुँदा न पाठक घटेका छन् न लेखक नै घटेका छन् बरू लेखकले पाठकलाई दिन खोजेको सन्देश सार भाव बुँदागतरूपमा दिएर लेखको पूर्ण पाठ इन्टरनेट या फेसबुकमार्फत् दिन सक्यो  भने अवश्य सोसम्बन्धी जानकारी लिन चाहनेले त्यो लेखरचना सहजै पढ्छ र  प्रतिक्रिया दिन्छ ।  
तपाईँलाई कर्मअनुसारको सम्मान मिलेको छ त समाज ÷ राष्ट्रबाट ? सन्तुष्ट हुनुहुन्छ पुरस्कार ÷ सम्मानबाट ?
हो, समाज र राष्ट्र अन्तर्राष्ट्रबाट मैले गोर्खादक्षिणबाहु चौथादेखि, त्रिमूर्ति एवार्डसहित करिब ३ दर्जन संस्थाबाट सम्मान पाएको छु, । जहाँसम्म सन्तुष्टिको कुरा गर्दा म असन्तोषी  हुनुपर्ने कुनै कारण देख्दिनँ । सन्तोष भन्नु क्षणिक अनुभूति हो । यो दीर्घकालीन हुँदैन । मानिस महत्त्वाकाङ्क्षी हुन्छ । अझैमहत्त्वाकाङ्क्षा राख्नु स्वाभाविकहुन्छ ।
साहित्यमा कहिलेसम्म केके गर्ने योजना छ यहाँसित ?समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ?तपाईँले लेखेका कृतिबाट केकस्ता पक्षलाई फाइदा पुग्यो ?
मस्तिष्क, सास र हातले साथ दिएसम्म लेखन क्रिया रहने छ  । साहित्य लेखन प्रायः बेलुका ९÷१० बजे र बिहानीपख ३÷४ बजेबाट ६ बजेसम्म गरिन्छ र यसभन्दा पछि, घरको साथै सामाजिक सेवामा  सम्लग्न हुँदै आएको छु । कृतिबाट फाइदा त एउटा लेखकले समाजलाई सन्देश दिन लेखेको हुन्छु । समाजले फाइदा लियो लिएन भन्ने कुरा अध्ययनकर्तामा नै निर्भर रहन्छ । कृषिका कृतिहरूले किसान, कृषिका प्राविधिक, कृषिका विद्यार्र्थीलाई फाइदा पुग्छ भन्न सकिन्छ ।
केही भन्नु छ, अन्त्यमा ?
आजको समय, परिस्थिति बदलिदाँे छ । युवा वर्गले यी परिवर्तनलाई सहजै आत्मसात् गर्न सक्ने भएकाले परिवर्तित समाज र समयलाई पहिचान गरेर, लेखन कला विकासका लागि आधुनिक सुविधालाई उपयोगमा ल्याई नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्दै जानु आवश्यक देखिन्छ । हामी पुरानो परम्परामा पढेका र लेखेकाहरू पनि आधुनिक  सुविधालाई सकीनसकी अनुशरण गर्दै परिपक्क हाँकलाई विश्वव्यापीकरणतिर अग्रसर हुनुपर्छ ।
७.२. यस कृतिका लागि लक्षित संवाद
जीवन जीवनजस्तो भएमा मात्र बाँच्नुको अर्थ हुन्छ । जीवनलाई साँच्चिकै जीवन जस्तो बनाउन हरेक मानवले अमीट छाप छाड्नेमा तल्लीन रहनुपर्छ । व्यक्ति जीवनलाई चिनाउने कर्महरू मध्ये लेखन–सिर्जना पनि एक हो । यसै सिलसिलामा संयोगले पाएको जीवनलाई त्यसै खेर नफालेर हरेक पलका समयलाईमहत्त्वपूर्ण कर्ममा लगाउँदै  लेखन र सिर्जनाका माध्यमबाट अनुकरणीय कर्म गर्दै अघि बढिरहनु भएका नवलपुर शान्तिचोकका लेखक÷सर्जक सदानन्द अभागी उदाहरणीय र प्रेरक व्यक्तित्वहुनुहुन्छ । करिव पाँच दशकदेखि लेखन–सिर्जनामा अथक रूपले लागिरहेका व्यक्तित्वहुनुहुन्छ उहाँ । लेखन–सिर्जनाका अतिरिक्त निरन्तर स्वअध्ययनका कारण उहाँमा साहित्य र लेखन सम्बन्धीका आफ्नै मौलिक मान्यताहरू लेखन–सिर्जनामा अघि सार्नु भएको छ । यस्ता कर्मयोगी ंलेखक–साहित्यकार सदानन्द अभागीको जीवनकर्म व्यक्तित्वलगायतका समसामयिक विषयमा आधारित रही यस कृतिका लागि केही भलाकुसारी गरिएको छ–
तपाईँमा समाजसेवाको भावना कसरी जाग्यो?
मानिस सामाजिक प्राणी हो, समाजप्रति उसको गहन भूमिका हुन्छ । यही भूमिका निर्वाह गर्न सकेन भने त्यसलाई कसरी सामाजिक प्राणी ठान्ने ?हालसम्म पनि समाजप्रति सहभागिता जनाउन मलाई मन लाग्छ । विभिन्न संस्थामा संस्थापकको रूपमा साहित्य र समाज सेवामा समर्पित भइराखेको छु । भगवानसँग प्रार्थना गर्छु कि जीवनको अन्तिम क्षणसम्म मेरो तन,मन,वचन राष्ट्रको सेवा र समाजको भलाइकै लागि समर्पित बनोस् ।
नलेखी बस्न नसक्ने तपाईँको बानी हो या आवश्यकता?
हुनत लेख्दा लेख्दा मानिसको नलेखी बस्न नसक्ने अवस्थामा पुग्न पनि सक्छ । महाकवि लक्ष्मीप्रसाद लेख्न थालेपछि हातको सिगरेटले हात पोल्दा पनि थाहा नपाउने अवस्थामा पुग्नुहुन्थ्यो भन्ने सुनिन्छ । त्यस्तो आदतमा म पुग्न सकेको छैन । यी मेरा लागि दुबै हो किनकि केही केही गरेपछि २–४ शब्द कोर्नपर्ने मेरो बानी हो । कुनै साथीले यसको चिरफार गर्नुप¥यो भनेर अनुरोध गरेको खण्डमा लेख्न पर्ने आवश्यकता हो ।
कतिले पढेका छन् त तपाईँका सिर्जना ?
किताब कति बाँडिए या विक्री भए भन्ने कुरा भन्न सकिएला कतिले पढेका छन् भन्न सकिदैन ।
लेखेर छापेपछि के कस्ता प्रतिक्रिया दिने गरेका छन््तपाईँका पाठकहरूले ÷ शुभेच्छुकहरूले ?
फेसबुकमा पोस्ट गरिएका रचनामा राम्रै प्रतिक्रिया पाइएका छन् । कसैका कृतिकोे समालोचना गरेकोमा राम्रै प्रतिक्रिया आएका छन्  ।
साहित्यिक संस्थाप्रतिको तपाईँको क्रियाशीलताले सो क्षेत्रलाई दिन खोजेको सन्देश के हो ?
साहित्यिक संस्थाप्रति क्रियाशील रहनु भनेको त्यस संस्थाको संरक्षण र सम्वद्र्धनको साथै साहित्य सिर्जनामा लाग्नु हो। त्यसो हुँदा संस्था दर्बिलो बनाउनका लागि संस्थामा आबद्धहुने व्यक्ति क्रियाशील हुनै पर्छ ।
पत्रकारिता तपाईँलाई कत्तिको मन पर्छ ? यसमा आपूm पनि आबद्धहुनुहुन्छ कि ?
सत्य तथ्यको आधारमा लेखिने सन्देशले समाज, तथा कुनै संस्था तथा राज्यलाई सुमार्गको बाटो देखाउँछ । त्यसो हुँदा सुपत्रकारिता मलाई मन पर्छ । मैले साहित्यिक कार्यक्रमको सन्देश लेख्ने काम गर्छु । हाल म प्रेस युनियनको केन्द्रीय पार्षद् पदमा छु ।
आफ्नो विज्ञापन गर्नेहरूको भीडबाट तपाईँ अलग हुनुको कारण के हो ? किन मन पर्दैन तपाईँलाई यस्तो काम ?
आजको जमाना भनेको विज्ञापनको हो । जतिसक्दो बढी विज्ञापन गरिन्छ या गराइन्छ भने सुन्नेहरूको मनमा जिज्ञासा जगाउँछ र केके नै होला भनेर त्यसमा मानिस आकृष्ट तहुन्छन् तर म विज्ञापनमा भन्दा यथार्थतामा रमाउँछु । जुनकाम गरिन्छ त्यसले स्थान लिन सक्यो भने निश्चय नै स्वतः प्रचारप्रसारमा आउँछ र दर्विलो पनि हुन्छ । बोल्नेको पीठो बिक्छ भन्ने उखानभन्दा म टाढा बस्छु । मैले लेख्ने गरेका कृतिहरूमा भूमिका लेखाउन एक दुई प्राज्ञकोमा पुगेको थिएँ । निकै लामो समय दिइयो । सोचँे, के भूमिका लेखाउँदैमा कृति अब्बल हुने हो र यसको उत्तर आफैले दिएँ "यो विज्ञापनको पछि लाग्नु मूर्खता हो" सबै पाठकले मन पराउने कृति निकाल्न सकियो भने स्वतः प्रचारप्रसार हुन्छ । त्यसैले म विज्ञापनको भीडबाट टाढा रहन्छु । कतिपय साहित्यकारले आफ्ना लेखरचना वरिष्ठलाई देखाउने र भूमिका लेखाउने काम गर्छन् तर मैले लेख्छु र साधारण मानिसलाई पढ्न लगाउने तथा सुनाउने गर्छु र उनीहरूले राम्रो लाग्यो भनेपछि छपाउने गर्छु किनकि आखिरी पढ्ने त साधारण पाठक नै हुन् ।
आजसम्मको जीवन व्यतीत गर्दाको अनुभवमा जीवन के रहेछ ?
जीवन संघर्ष हो । जो संघर्षमा जुट्न सक्छ त्यो सफल बन्छ भन्दै आएकोमा आजकल धेरै साहित्यकारका जीवनीलाई अध्ययन गर्दा र आफ्नो जीवन भोगाइलाई केलाउँदा जीवन के होइन सबै चिज हो, भन्न मन लाग्छ । मानव जीवनमा धेरै चीज भोग गरिन्छ । त्यहाँ हाँसो हुन्छ, रोदन हुन्छ । जीवन काँडा पनि हो पूmल पनि हो । काँडा यस अर्थमा हो, जीवनमा मानिसले धेरै कष्टमय दिन बिताउँछ । काँडाले कोप्दाझैँ उसका जीवनमा ती कष्टदायी क्षणले मन मस्तिष्कलाई कोप्छन् । मानव जीवन सधैँ एकनासको भइराख्दैन कहिलेकाँही उसले आनन्दको अनुभूति लिन्छ । उसको मन पूmलसरि पल्लवित हुन्छ ।
परिवारमा व्यवहारकुशलता कत्तिको देखाउन सक्नु भा'छ ?
परिवारमा व्यवहारकुशलताको कारणबाटै भनौँ घर सफलताको मोडमा अगाडि बढेको छ । सबै छोराछोरीहरूले आफ्नो आफ्नो मार्ग समाएका छन् । धेरथोर कमाएका छन् । आफ्ना खुट्टामा उभिएका छन् । बाबुआमाका बोझ भएका छैनन् ।
खास साहित्यिक यात्रामा लागेको कहिलेदेखि हो ?
२०२०÷२१ तिरबाट मेरो लेखन अगाडि बढेको थियो ।
लेखक र साहित्यकारमा केके फरक देख्नुहुन्छ?
साधारण रूपमा "लेखक" भन्दा विविध पक्षमा कलम चलाउने मानिस भन्ने बुझिन्छ । यसमा लेखनको क्षेत्र फराकिलो हुन्छ । जस्तै विविध लेख लेख्ने, तमसुक लेख्ने, किताब लेख्ने आदि ।
यसरी नै साहित्यकारभन्दा साहित्यिक कृतिको सिर्जना गर्ने मानिस भन्ने बुझिन्छ । ऊ कल्पनामा रमाउँछ र साहित्यिक विधाभित्र नै ऊ सीमित हुन्छ । जस्तैः गीत कविता, महाकाव्य, खण्डकाव्य, आदि । संक्षिप्तमा मेरो बुझाइमा साहित्यिक विधामा कलम चलाउने मानिसलाई साहित्यकार भनिन्छ भने विविध पक्षलाई समेटेर लेख्नेलाई लेखक भनिन्छ ।
शुरूमा लेख्दा छाप्दा र हालसम्म दर्जनौँ कृति छाप्दाका अनुभव अनुभूति केकस्ता छन् ?
मेरो बानी जे पढ्यो, जे ग¥यो त्यसलाई कागजमा उतार्ने बन्यो । मैले कृषि सम्बन्धमा लेखेका सबै साना ठूला कृतिहरू सरकारी कार्यालयबाट प्रकाशित भए । सरकारी माध्यमबाट वितरण पनि भए । जागीरको सिलसिलामा साहित्य लेख्ने काम पनि कम भयो र छाप्ने काम पनि भएन भन्नै प¥यो तर मेरो लेखाइ कृषितिर भयो र कृषि लेखले उचाइ लियो । जागीरको अन्तिम समयतिर जब प्रजातन्त्र तथा लोकतन्त्र आएपछि २०५६ सालबाट कृति प्रकानशनले स्थान लियो । कृषिका प्रकाशन लिन आउने कृषिका प्राविधिक तथा कृषक वर्गले मेरा साहित्यिक सिर्जना किनेर लगिदिन्थे । २०५६ सालबाट कृतिहरू प्रकाशनमा आउन थाले । विक्री पनि हुँदै गए । साहित्यिक कृतिको लागि प्रकाशक पाउन कठिन हुँदो रहेछ । आफ्नै लगानीले छाप्दा बिक्री वितरण गर्न कठिन हुँदो रहेछ । वर्तमान परिपे्रक्षमा मैले लेखरचनाहरूलाई बचाउने काममा लागेको छु । आफै टंकन गर्छु । पत्र पत्रिकामा पठाउँछु ।  फोटोकपी गर्छु । बढीमा १० कपीहरू बनाएर आवरण पृष्ठ रङ्गगीन बनाएर संरक्षित गर्ने गरेको छु । अझै पनि लेखिएका सबै रचना संरक्षित गर्न सकेको छैन ।
पुरस्कारको पछि किन लाग्नुहुन्न? मन नलागेर, स्वभाव नभएर, ,वातावरण नपाएर वा अरू कारणले ?
पुरस्कारका सम्बन्धमा मेरो अलिक फरक धारणा छ । दोसल्ला ओढेर, पुरस्कार थापेर भन्दा जब कुनै लेखकको कृतिलाई पाठकले मन पराएर, पढेर संस्करणका संस्करण कृति प्रकाशनमा आउन सकेमामात्र त्यो साहित्यकार अभिनन्दित भएको मैले ठान्दछु । म त्यस्तो अवस्थगामा पुग्न सकेको छैन । पुरस्कारको पछि लागेर, पुरस्कार मागेर पाएको पुरस्कारले साहित्यकारको उचाइ बढाउँदैन । मानिस पुरस्कारको लागि मरिहत्ते गर्छन् भन्ने कुरा सुन्नमा आउँछन् । पुरस्कार साटासाटका कुरा पनि सुनिन्छन् जेहोस्् पुरस्कारले जे जसरी पाए पनि मेडियामा नाम आउने भएकाले प्रचारप्रसारको काम भने अवस्य गर्छ । के यस्ता उपदेश दिँदै गर्दा "तैले पुरस्कार पाएकै या लिएकै छैनस्" भन्ने प्रश्न उठ्न सक्छ । मैले गोर्खा दक्षिणबाहु चौथादेखि त्रिमूर्ति पुरस्कारलगायत करिव ३ दर्जन पुरस्कार प्राप्त गरेको छु ।
जति पुरस्कार पाउनु भएको छ त्यसमा न्यायिक मूल्याङ्कन भएरै पाउनु भएको हो ?
यो प्रश्न मलाईभन्दा मलाई जजसले पुरस्कार दिए तिनीहरूलाई नै सोध्दा धेरै राम्रो हुन्थ्यो । म कसैसँग पुरस्कारको याचना गरिनँ । कतिपय पुरस्कार कार्यक्रममा बोलाएर सहभागी हुँदा प्राप्त गरेको छु । त्रिमूर्ति पुरस्कार साहित्यिक गोजी पात्रोमा नाम राख्नको लागि व्यक्तिगत विवरण पठाएकोमा मूल्याङ्कन गरेर पुरस्कार नै प्राप्त गर्दा म निकै अचम्मित भएँ ।
 पाउनुपर्ने जति पाइसक्नु भएको हो त पुरस्कार ?
पुरस्कार तथा अभिनन्दनको मैले कुनै लक्ष राखेको छैन शायद अरूले पनि राख्दैनन् होला ?मूल्याङ्कनको आधारमा पुरस्कार दिइन्छ । मूल्याङ्कन कर्ताको नजरमा आफ्ना कृति पुगेको हुनुप¥यो । उसले मनन गर्न सक्नुप¥यो र पुरस्कारको ठहर गर्नुप¥यो । कतिपय पुरस्कार नवप्रतिभालाई दिइन्छ । नवप्रतिभालाई उत्साहित पार्न प्रोत्साहित गर्न दिइन्छ । पुराना प्रतिभालाई आदरसत्कारको लागि दिने गरिन्छ ।
 छाप्नुपर्ने बाँकी लेख र कृति कति बाँकी छन्?
संकलन गरेको खण्डमा कथा, कविताका १÷१ कृति र समालोचनाका २ कृतिहरू छाप्न बाँकी छन् । हुन त समालोचनाका कृतिहरू पत्रपत्रिकामा प्रकाशन गरी, त्यसलाई फोटोकपी गरेर, बाइण्डिङ्ग गरेर बचाएको छु । तिनलाई प्रकाशन भएको मानिन्छ भन्ने विद्वानहरूको कथनअनुसार सबै समालोचनाका कृति फोटोकपी बाइण्डिङ्ग कृतिहरू हुन् ।    
साहित्यकार र लेखकले राजनीति गर्नुपर्छ या पर्दैन ?
साहित्यकार र लेखकले राजनीति गर्नु पर्दैन किनकि राजनीति गर्ने त राज नेताले हो । साहित्यकार र लेखकको काम त सिर्जना र लेखनको माध्यमबाट देशको यथार्थता र राजनीतिले समाएको बाटोमा देखिएको विकृति र विसङ्गतिलाई औँल्याइदिने हो । पथप्रदर्शक बन्ने हो । नेपालको परिप्रेक्षमा सबै राजनीतिमै चासो राखेको देखिन्छ । यस विषयमा म पनि प्रजातान्त्रिक समाजवादलाई उत्तम ठान्छु तर श्रद्धाले दिएका सबै वादका कृतिहरू किनेर पनि पढ्ने गर्छु । सबै वादलाई उत्तिकै आदरभावले हेर्छु अनि समालोचना पनि गर्छु ।
लेखन र सिर्जनामा राजनीतिक गन्धले पार्नसक्ने प्रभाव केकेहुनसक्छन् ?
साहित्य र लेखन समाज परिवर्तनका वाहक हुन् । एउटा एटमबमको प्रहारमा सीमित क्षेत्रमामात्र असर पार्छ तर एउटा शक्तिशाली लेखरचनाले संसार थर्काउन÷हल्लाउन सक्छ । सत्ता पविर्तन गराउन सक्छ । लेखन र साहित्यमा राजनीतिक सुगन्धको आवश्यक हुन्छ । लेख र साहित्यले राजनीतिक प्रदुषणलाई समाजबाट अलग्याउने सन्देश दिनु पर्छ । लेख तथा साहित्यका शब्दशब्दमा शक्ति हुन्छ त्यस शक्तिलाईसकारात्मकरूपमा अगाडि लानपर्छ । दुर्गन्धलाई त्याग्नुपर्छ । कुनै एउटा वादको भजन गाउने हैन । त्यसबाट बँच्नुपर्छ ।
साहित्यकार र लेखकले आफ्नो स्वाभिमान कसरी बचाउनु पर्छ ?
स्वाभिमानभन्दा आफ्नो प्रतिष्ठा, गरिमा, आत्मगौरव जस्ता गहन भावनालाई बुझाउँछ । साहित्यकारले यो गरिमामय भावनालाई बचाउनको लागि आफ्नो लेखन अठोटतालाई कायम राख्न सक्नुपर्छ । लोभलालचामा लागेर आफ्नो लेखन मार्गबाट अलगिन हुँदैन । कसैले आफ्नो स्वाभिमान उच्च चाहन्छ भने सोहीबमोजिमको आचरणलाई कायम राख्न सक्नुपर्छ ।
पैसा, विज्ञापनमा, गुटमा, राजनीति आदिमा साहित्यकार बिक्दा हुने फाइदा र बेफाइदा केकेहुन् ?
यी सबै अप्रिय काममा साहित्यकार या लेखक जस्तो पवित्र सन्देशवाहक व्यक्ति  लाग्न हुँदैन । क्षणिक फाइदा हुन्छ भने दीर्घकालीन व्यक्तित्व ह्रास भएर जान्छ ।
राजनीति र साहित्य एक अर्काका परिपुरक हुन् कि भिन्न विषय ?
कहिलेकाँही राजनीति र साहित्य एक अर्काका परिपुरक भएर देखिए पनि यर्थाथतामा यी दुबै भिन्न हुन् । यी दुबैे झट्ट हेर्दा जनसमुदायसँगै तथा जनसमुदायकै हितको लागि देखिन्छन् ।
जीवनमा तपाईँ बढी जागीरदार र साहित्यकार ?
आमाको गर्भमारही यस पृथ्वीमा पदापर्ण भएदेखि मृत्युवरण गर्दासम्मको अवधिलाई जीवन भनिन्छ । चाहे कृषि पेशा होस्् या सरकारी या गैरसरकारी पेशा होस््, पेट पाल्नको लागि विकासमा लम्कनको लागि पेशा आवश्यक हुन्छ । सानो अवस्थामा घरका काम गर्दै पढ्दै गरियो । यस अवधिमा २०२० सालदेखि लेखनमा पनि सरिक हुँदै गएँ । २०२४ साल माघदेखि मेरोे जागीर शिक्षकबाट शुरु भयो २०६१ साल चैत्र १गते पेन्सनमा घर आएँ । तर लेख्न छाडिनँ आजसम्म पनि लेखिराखेकै छु । भनौँ अब म जागीरे, लेखक या साहित्यकार । यसको मूल्याङ्कन गर्न प्रश्नकर्तालाई नै अनुरोध गरँे।
धेरै लेख्नु र धेरै विधामा लेख्नुको रहस्य के हो ?
खास रहस्य केही छैन । पढाइ र लेखाइमा बानी बस्यो । धेरै विधामा लेख्ने रहर जाग्यो तर पनि नाटक र कविता भित्रका विधाहरूमा (हाइकु,तान्का बाछिटा आदिमा) मैले अग्रसरता देखाउन सकेको छैन ।
लेखन–सिर्जनाका हिसाबमा तपाईँ कुन विधा उपविधाको विशेषज्ञ हो ?तपाईँको प्रसिद्धिकेकेमा छ ?
साहित्यिक क्षेत्रमा म कुनै विधा तथा उपविधाको विशेषज्ञ हैन । केवल लेखकमात्र हो । आफ्नो अध्ययन क्षेत्रमा भने म माटो विज्ञानको विशेषज्ञ हो । प्रसिद्वि पनि केके मा छ भन्ने प्रश्नमा मैले आफैले भन्न सक्ने कुरा भएन ।
हालसम्मको जीवनमा प्राप्त गर्नुभएको ठूलो उपलब्धि के हो ?
जे गर्नुपर्छ भन्ने धारणाहरू जेजे पलाए तिनै कामको निरन्तरता दिँदै आएको छु । जागीर खाइयो,जागीरमा बढुवाहुनु स्वाभाविक हो । जागीरमा गोर्खा दक्षिणवाहु चौथासम्म प्राप्त गरेँ । लेखपढ गरिन्छ तर त्यसमा जुन उचाइमा पुग्नुपर्ने हो त्यसमा पनि उचाइमा पुग्न सकेजस्तो लागेको छैन । साना ठूला उपलब्धी जे छन् भइनै रहेका छन् ।
लेखक साहित्यकार बन्न कस्ता अभ्यास केकति साधना कस्ता स्वप्ना देखेर यहाँसम्म आइपुग्नु भयो ?
केवल ममा जे गरिन्छ त्यसलाई लेख्नुपर्छ भन्ने भावना पलाएको हो र त्यसैको निरन्तरतामात्र हो । म साहित्यकार हुँ भन्ने वाणी मेरो मुखबाट निस्केको छैन । कसैले साहित्यकार भनेको सुन्दा लाज लाग्छ । साहित्यकार भन्ने शब्द अति उच्च शब्द हो । म एउटा साधारण लेखक हुँ । गलत सही जे जस्तो जान्दछु, त्यसलाई लिपिबद्व गर्दछु ।कुनै सपना बुनेर, भाग्यरेखा कोरेर, नियममा बाँधिएर लेख्ने काम मबाट भएको छैन । म स्वतन्त्र अभिव्यक्तिमा विश्वास गर्छु । स्वतन्त्र भए र नै लेख्छु । कसैले कुन छन्दमा लेख्छस् भनेर प्रश्न ग¥यो भने सहजै मेरो उत्तर "अभागी छन्द" भन्ने हुन्छ । यसको अर्थ भनेको स्वतः स्थापित हुन प्रयासरत छु ।
लेखन क्षेत्रमा निरन्तर ऊर्जा कसरी प्राप्त भएको छ ?
कुनै मानिस कुनै क्षेत्रमा तनमन दिएर अगाडि बढ्छ स्वतः उसलाई मन भित्रैबाट त्यो काम गर्ने प्रेरणा पलाएर जान्छ, । त्यो त्यसतर्फ तल्लीनहुनपुग्छ । जति ऊ गहिरिँदै अगाडि बढ्छ, त्यति ऊ उर्जाशील बन्दै जान्छ । कोही उत्प्रेरक भेटियो भने त सुनमा सुगन्ध नै थपिन्छ । म गर्छु र गर्न सक्छु भन्ने ममा दृढ भावना छ त्यही नै मेरो ठूलो उर्जा हो ।  
सर्जकहरू श्रृङ्गारिकताका विषयलाई किन बढी प्राथमिकता दिन्छन् ?
मलाई त के भन्न मनलाग्छ भने श्रृङ्गार कस्लाई मन पर्दैन । श्रृङ्गारमा को रमाउँदैन ?श्रृङ्गार रसले लेखरचना तथा कविता आदि लेखनमा स्वाद भर्छ । पाठकले त्यसलाई मन पराएर पढ्छन् । क्षणिक भए पनि मानवमा आनन्दको अनुभूति गराउँछ । संयोग शृङ्गारमा पाठकले जेजति आन्दको अनुभूति लिन्छन् विप्रलम्भ( वियोग) शृङ्गारमा कारूणिकताको अनुभूति लिन्छन् । शृङ्गार रस साहित्यिक क्षेत्रको एउटा महत्त्वपूर्ण रस हो । त्यसैले साहित्यकारले बढी प्राथमिकता दिन्छन् । प्रकृतिलाई हेरेम भने पनि त्यहाँ हामीले श्रृङ्गारै श्रृङ्गार भेट्छौ ।  
नेपाली साहित्यकारका व्यक्तिगत जीवनशैली र तिनका लेखनीबाट अभिव्यक्त सिर्जनाबीच कत्तिको तालमेल देख्नु हुन्छ?
साहित्यकारले आफ्नो व्यक्तिगत जीवनशैलीसँग जोडेर लेख लेख्छ भन्ने मलाई लाग्दैन ।एउटा कुरा के भने उसको जीवन घटनाक्रमको आभासबाट ऊ मुक्त हुन्छ भन्न पनि सकिदैन । साहित्यकारले समाजलाई हेर्छ । सामिाजिक वातावरणलाई केलाउँछ । उस्ले दिन चाहेको सन्देशलाई लेखमा प्रवेश गराउँछ र प्रकाशमा ल्याउँछ । साहित्यकारका व्यक्तिगत जीवनशैली र तिनका लेखनीबाट अभिव्यक्त सिर्जनाबीच तालमेल उस्ले लेखेको आफ्नै जीवन कथा तथा दैनिक डायरी आदि बाहेक तालमेल खाँदैन ।
वर्तमान समयमा थुप्रै आधुनिक प्रविधि आएका छन् । तपाईँ आफ्ना लागि आवश्यक ज्ञान, सूचना, शिक्षा हाँसिल गर्न र आदानप्रदान गर्न के कस्ता आधुनिक प्रविधिका उपकरणहरू प्रयोग गर्दै आउनु भएको छ ?
साहित्यकारका कृतिप्रकाशनको अध्ययन, पत्रपत्रिकाको अध्ययन, इन्टरनेट युटुब आदिको प्रयोग गर्दै आएको छ
यति धेरै खट्नु लेख्नु के चाहनाले हो ?
हुनत हाम्रो "गीता"ले काम गर्नु फलको आशा नगर्नु भन्ने सन्देश दिएको छ तर निष्काम कर्म गर्दा पनि मानिसले केही न केही फल प्राप्त गर्छ । मैले लेख्नुको कारणमा अमरत्वप्राप्ति हात लाग्छ कि भनेर हो ।
अहिलेसम्म सम्झिदा जिन्दगीका साह्रै सुखद्् र दुखद् क्षण  केके छन् भनेर प्रस्तुत गर्नु हुन्छ?
जिन्दगी भनेको सुख दुःखको मिश्रण हो । यो मिश्रणमा सुख दुःख कहिले साना कहिले ठूला भएर आवतजावत गरिरहेका छन् ।
साहित्यमा चलेका वाद र आन्दोलनप्रति तपाईँको भन्नु के छ ?
स्वतन्त्र विश्वकोषमा अध्ययन गर्दा नेपालमा नेपाली साहित्यका आन्दोलन थुप्रै भएका छन् –साहित्यिक अभियान सर्वप्रथम मोतीमण्डली (वि.सं. १९३८) मोतीराम भट्ट बाट थालनी भएको देखिन्छ । यसपछि रसिक समाज (वि.सं. १९६२)–देवीदत्त पराजुली, दधिराम मरासिनी, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, दामोदर प्याकुरेल, अग्निधर अधिकारी, कालिदास पराजुली, शिखरनाथ सुवेदी आदि सहभागी भएको पाइन्छ । जोग मण्डली ( वि.सं.१९६७)– जोगविरसिंह उदास । हलो क्रान्ति (वि.सं. २००६)– शेषकान्त अधिकारी, पं. तोयनाथ अधिकारी । व्याकरण(संशोधन अभियान(वि.सं.२०१२)– भोलानाथ पौडेल । सजिलो लेखन अभियान (वि.सं.२०१६)– रामराज पन्त । जनजिब्रो लेखन अभियान (वि.सं.२०२१)– महानन्द सापकोटा । लेकाली सांस्कृतिक अभियान (वि.सं. २०२४)–हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला श्रेष्ठ, निरा श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, तीर्थ शेरचन, न्हुछे डोल, नवलकिशोर राई । अस्वीकृत जमात (वि.सं. २०२६)– कविताराम श्रेष्ठ, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, अन्जिर प्रधान, प्रकाश प्रेमी, प्रेमनारायण प्रेमी, इन्द्र राजभण्डारी, नेपाल भूषण न्यौपाने । जिम्दो नेपालि भासा अभियान "जिम्दो नेपालि भासा" पहिलो र दोस्रो खण्ड ( वि.सं. २०३०, २०३७)– नेपाली वर्णोच्चारण शिक्षा २०३१, साझा प्रकाशन (ःशिवराज आचार्य ।  बुटपालिस अभियान (वि.सं. २०३१)–कविताराम श्रेष्ठ, मोहन घिमिरे,ध्रुवसापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जङ्गली, हरि न्यौपाने, विनोद रिमाल, बद्री घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदी । संयुक्त उपन्यास लेखन अभियान (वि.सं. २०३२)– पदमराज मिश्र, टुकराज मिश्र । हवाई पत्रिका साहित्यिक अभियान (वि.सं. २०३४)–"चौतारो" (२०३४) प्रथम हवाइ पत्रिका । ह्रस्वलेखन अभियान (वि.सं. २०३४)–बालमुकुन्ददेव पाण्डे, जोसबहादुर आदि । टिकटमा मुक्तक अभियान (वि.सं. २०३५)–पोखरेली युवा सांस्कृतिक परिवार । सडक कविता क्रान्ति अभियान (वि.सं. २०३६)–भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल । आरोहणः रङ्गमञ्चीय अभियान (वि.सं. २०३८)– बद्री अधिकारी, सुनिल पोखरेल, निशा शर्मा, सूर्यमाला शर्मा, अनिल पाण्डे, सुरेन्द्र्र नकर्मी, सोमनाथ भट्टराई, नवराज श्रेष्ठ, नवराज खनाल, विधान आचार्य, राजेन्द्र सुलभ । सर्वनाम सडकनाटक अभियान ( वि.सं. २०३८)–अशेष मल्ल, किशोर पहाडी, रमण घिमिरे, दीपक पौडेल आदि । कथाकोण लेखन अभियान ( वि.सं. २०४३)–अशेष मल्ल, किशोर पहाडी । सरल र शुद्व नेपाली लेखन अभियान ( वि.सं. २०४५)–मुकुन्दशरण उपाध्याय । प्रमाणवाद (वि.सं. २०४६)–अच्युतशरण अर्याल । नयाँ वर्णविन्यास लेखन अभियान (वि.सं. २०५०)–चूडामणि रेग्मी । सङ्क्रमण  कविता अभियान ( वि.सं. २०५०)–काशी हिन्दु विश्वविद्यालयका विद्यार्थी । खेत कविता अभियान (वि.संं २०५१)– एम.एम.गुरुङ । साहित्य चौतारी अभियान (वि.सं.२०५२)–जगदीश शमशेर राणा । छन्द बचाउ अभियान (वि.सं. २०५३)–यसका संचालक माधव वियोगी हुन् । यो घोषणापत्रसहित संचालित छ । छन्दलाई एकादेशको कथा हुन नदिने, काव्यसंस्कृतिको रक्षा गर्ने, छन्द प्रशिक्षण दिने, गद्यलाई कविता मान्ने प्रचलनको अन्त्य गर्ने, छन्ददिवस मनाउने आदि यसका उद्देश्य हुन् । यो आन्दोलन शुरू भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार पन्चाङ्ग निर्णायक समितिले छन्ददिवसको मान्यता दिएको छ । सिर्जना चैत्र–३ अभियान (वि.सं. २०५४)– खगेन्द्र सँग्रौला, रामेश, राजकुमार के.सी., नारायण ढकाल, विमल निभा, खगेन्द्र अधिकारी, राजेन्द्र  महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइटेल । चौथो आयाम (वि.सं. २०५६)–दुबसु क्षेत्री । नारीलेखन अभियान (वि.सं. २०५६)–गीता कार्की, सन्ध्या पहाडी, उपमा आचार्य, बुनु लामिछाने, ओमी शर्मा, अरूणा वैद्य, उमा आचार्य, सीता भट्टराई, बाबा बस्नेत, शर्मीला पोखरेल । भावक अभियान (वि.सं. २०५६)– प्रकाश सायमी । छन्द जागरण अभियान ( वि.सं. २०५९)–बालकृष्ण लामिछाने, रमेश शुभेच्छुक लुइटेल । महाकाव्य लेखन अभियान( (२०६०)–यसलाई छन्द बचाउ अभियान(२०५३) को सहयोगी अभियान पनि भनिन्छ । २०६० वैशाख १ गते घोषणापत्रसहित यो अभियान शुरू भएको हो । यसका संचालक माधव वियोगी हुन् । महाकाव्य लेख्न प्रशिक्षण दिने, महाकाव्य लेखनमा आएको शिथिलताको अन्त्य गरी गतिशीलता ल्याउने, वर्तमान युगलाई महाकाव्यको युग बनाउने,महाकाव्य लेखनका सीमा निर्धारण गर्ने,महाकाव्य दिवस मनाउने ,महाकाव्यका लेखक र पाठकको संख्या बढाउने आदि यसका उद्देश्य हुन् । मुक्त अभियान (वि.सं. २०६०)–टंक आचार्य, धनकुटे कान्छा, प्रकाश आङ्देम्बे । चक्रव्यूह संचेतना साहित्यिक अभियान ( वि.सं. २०६०)– सुरेश हाचेकाली, दुर्गाप्रसाद भण्डारी, एच.बी.भण्डारी । बस साहित्य अभियान ( वि.सं. २०६१)–कपिलदेव खनाल, सुवास आगमन । यो अभियानमा सवारी साधनमा लेखिएका साहित्यिक महŒव बोकेका छोटा र चोटीला लेखरचनाको सङ्कलन र प्रचार गर्ने गरिएको छ । साहित्यिक कार्यक्रमहरू सवारी साधन भित्र सञ्चालन गर्ने, सवारी साधनमा साहित्यिक महŒवका छोटा सृजना लेखाउने आदि काम रहेको छ । जीवन जीवनलाई प्रतिविम्वित गर्ने लोक साहित्यका रूपमा बस साहित्यलाई अगाडि बढाइएको छ । अभियन्ता नुवाकोटका २० वर्षिया कपिलदेव खनाल र रसुवाका सुवास आमगमले बस साहित्य नामक पाक्षिक पत्रिका समेत केही समय प्रकाशन गरेका थिए । बस साहित्य नामक त्रैमासिक पत्रिका जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको भए पनि प्रकाशन भएको पाइएको छैन । बस साहित्य अभियानका लागेर जिल्ला गाउँ ठाउँ दौडने क्रममा कपिलदेव खनाल नुवाकोट पुगेकोमा उतै पत्रकारिता गरेर बस्दै आएका छन् । सुवास आगम काठमाडौँंमा छन् । विशेष रङ्गवाद अभियान (वि.सं. २०६१)–धर्मेन्द्र विक्रम नेम्वाङ । साहित्यिक योगाभ्यास नेपाल साहित्यिक अभियान (वि.सं. २०६२) – पुष्कर रिजाल । अक्षरयात्रा (२०६२)– पोखराबाट सञ्चालित साहित्यिक अभियान । हरेक महिनाको तेस्रो शनिबार विभिन्नठाउँमा गएर साहित्य सिर्जना गरिने कार्यक्रम । आयोजक ः गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागर, पोखरा । केही अभियन्ताहरू– प्रकट पंगेनी शिव, दीपक समीप, लक्ष्मण थापा, कृष्ण उदासी, रूपिन्द्र प्रभावी, ईश्वरमणि अधिकारी, सुरज उपाध्याय, अल्पज्ञानी, दिलिप दोषी, बिर्सना बस्नेत आदि । फाँचल विधा अभियान (वि. सं. ०६५ )– जितेन्द्र रसिक, यदुनाथ वसन्तपुरे ,दीपेन्द्र श्रेष्ठ, बद्रीतामाङ, थरेन्द्र मिश्र, दिपेश एकल, फइन्द्र तामाङ । सिन्धुपाल्चोकबाट शुरु भएको फाँचल विधाको प्रवर्तन जितेन्द्र रसिकले गरेका थिए भने फाँचलमण्डलीका सदस्यहरू यो अभियानमा सरिक भएका थिए । 'तारापुञ्ज' नेपाली साहित्यिक विधा फाँचल विधा बारे सिद्वान्त र अभियन्ताहरूको संयुक्त कृति प्रकाशित छन् ।
साहित्यिक आन्दोलन, वाद र प्रयोग
हलन्तबहिष्कार आन्दोलन (वि.सं. १९६५)– राममणि आ.दी., जयतु संस्कृतम् आन्दोलन (वि.सं. २००४)– पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मी, काशीनाथ गौतम । प्रगतिवादी साहित्यिक आन्दोलन ( वि.सं. २००८)–श्यामप्रसाद शर्मा, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्र सिंह प्रधान, गोकुल जोशी, देवीप्रसाद किसान, भूपी शेरचन, भवानी घिमिरे । झर्रोवादी आन्दोलन (वि.सं. २०१३)–पुष्कर शमशेर, बालकृष्ण सम, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, कोशराज रेग्मी आदि । आयामेली आन्दोलन (वि.सं. २०२०÷२१)–इन्द्रबहादुर राई, बैरागी काइँला, ईश्वरबल्लभ ।  राल्फा आन्दोलन (वि.संं. २०२४)–रामेश, रायन, मञ्जुल, पारिजात, निनु, विमल, नोरेम, अरिम आदि । अस्वीकृत जमात (वि.सं. २०२६)–कविताराम, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, अन्जिर प्रधान, प्रकाश प्रेमी, प्रेम नारायन प्रेमी, इन्द्र राजभण्डारी । अमलेख साहित्य आन्दोलन (वि.सं. २०२६)–द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, ध्रुवचन्द्र गौतम, रत्नशमशेर थापा, भुवन ढुङ्गाना आदि । लीलालेखन ( वि.सं. २०३४)– इन्द्रबहादुर राई–कृष्ण धरावासी, रत्नमणि नेपाल आदि । थाहा आन्दोलन (वि.सं. २०३८)– रूपचन्द्र विष्ट, भोक कविता आन्दोलन (वि.सं. २०३९)–भवानी घिमिरे, कृष्ण धरावासी, प्रकाश बुढाथोकी आदि ।  शून्यवाद (वि.सं. २०४०)–सरूभक्त श्रेष्ठ । तरलबाद (वि.सं. २०४०)–फणिन्द्र नेपाल, विनय रावल, तीर्थ श्रेष्ठ । एक लाईन कविता आन्दोलन (वि.सं. २०४३)–डम्बर पहाडी, होम भट्टराई, शिशिर खरेल । जनआन्दोलन कविता ( वि.सं. २०४६)–युद्धप्रसाद मिश्रलगायत २०० जना लेखक, कवि र कलाकार ।  छन्द बचाऊँ अभियान (२०५३) यो घोषणापत्रसहितको राष्ट्रव्यापी आन्दोलन हो । यसका सञ्चालक माधव वियोगी हुन् । छन्दलाई एकादेशको कथा हुन नदिने, गद्यलाई कविता मान्ने प्रचलनको अन्त्य गर्ने, काव्यसंस्कृतिको रक्षा गर्ने, छन्द प्रशिक्षण दिने, छन्ददिवस मनाउने आदि यसका उद्देश्य हुन । नेपाल सरकार, पञ्चाङ्ग निर्णायक समितिले यो आन्दोलन शुरू भएको दिन वैशाख ८ गतेलाई छन्ददिवसको मान्यता दिएको छ । संरक्षण कविता आन्दोलन (वि.सं. २०५३)–सरूभक्त, रमेश श्रेष्ठ, सुकुम शर्मा, दीपक समीप, दीपक कथित आदि । बादरहित साहित्यिक आन्दोलन (वि.सं. २०५५)–देवी पन्थी ।  सृजनशील अराजकता (वि.सं. २०५६)–राजन मुकारूङ, हाङयुग अज्ञात, उपेन्द्र सुब्बा । लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (वि.सं. २०५८)–डिजन भट्टराई, भावना पौडेल, मधुसूदन पन्थी । महाकाव्यलेखन अभियान (२०६०)– महाकाव्य लेखनमा आएको शिथिलता अन्त्य गर्ने, महाकाव्य लेखनमा गतिशीलता ल्याउने, वर्तमान युगलाई महाकाव्यको युग बनाउने, महाकाव्यका पाठक छैनन् भन्ने भ्रमको अन्त्य गर्ने, महाकाव्य लेख्न प्रशिक्षण दिने, वैशाख १ गते महाकाव्य दिवस मनाउने आदि यसका उद्देश्य हुन् । यसका सञ्चालक माधव वियोगी हुन् । यो घोषणापत्रसहित सञ्चालित अभियान हो । यसलाई छन्द बचाऊँ अभियान २०५३ को सहयोगी आन्दोलन पनि भनिन्छ ।  गणतान्त्रिक कविता आन्दोलन (वि.सं.े२०६१)–खगेन्द्र सङ्ग्रौला, विमल निभा, विक्रम सुब्बा, श्यामल, हरिगोविन्द लुइटेल, मातृका पोखरेल ।  विलयन लेखन ( वि.सं. २०६२)– चेतनाथ धमला, मनोज न्यौपाने, कृसु क्षेत्री । नेपाली भाषा बचाउँ आन्दोलन (वि.सं. २०६२)–ठाकुर पराजुली । लोकतान्त्रिक साहित्यिक आन्दोलन (वि.सं. २०६२)–हरिगोविन्द लुइटेल, चंकी श्रेष्ठ, ठाकुर बेलवासे, तुलसी भट्टराई, विष्णुविभु घिमिरे, विजय सुव्वा, यज्ञनिधि दाहाल, निनु चापागाइँ आदि । रहस्यमय काव्यिक खोज आन्दोलन (वि.सं.२०६३)–गोविन्दप्रसाद आचार्य । फाँसीवादविरूद्ध साहित्यिक आन्दोलन (वि.सं. २०६३)–माधवप्रसाद सापकोटा, जीतबहादुर गिरी, एम.बी.'पथिक' । गणतान्त्रिक सांस्कृतिक आन्दोलन (वि.सं. २०६३)– गणतान्त्रिक शक्ति (नेकपा माओवादी), मिश्रणवाद (वि.सं. २०६५)– घनश्याम न्यौपाने परिश्रमी, देवी पन्थी ।  
सहज रूपमा मैले यस विषयमा हलन्त बहिस्कार भन्ने सुनेको थिएँ । लीला लेखन मिश्रणवाद सम्बन्धमा पनि सुनेको मात्र थिएँ । अरू मलाई केही थाहा थिएन । प्रश्न कर्तालाई धेरै धेरै धन्यवाद किनी प्रश्नकर्ताकै कारणले नेट मार्पmत विकी पेडियामा पुगेर साभार गरी यसमा समावेश गर्न मन लाग्यो र यहाँ समावेश पनि गरेँ । केवल नामको लागि कुनै वादको घोषणा गर्दैमा केही फरक पर्दैन तर यसलाई प्रयोगमा ल्याउनुपर्ने हुन्छ । प्रयोगमा छ या छैन म यस विषयमा गहिरिएको छैन । पोखराबाट थालिएको अक्षर यात्राले गतिशीलता ल्याएको मैले महसुस गरेको छु । अभियान नै भने पछि अवश्य यसमा केही गतिशीलता त ल्याउन प्रयास भएको हुन्छ नै । केही संदेश दिने काम पनि हुन्छ ।
सामान्य मानिस र सिर्जनशील मान्छेमा देखेको फरककेकेहुन् ?
मानिस भनेको मानिसै हो । तर सामान्य मानिस र सिर्जनशील मानिसमा भने केही फरकपन पाउन सकिन्छ । एउटा सामान्य मानिस सिर्जनशील नहुन पनि सक्छ तर सिर्जनशीलमा मानिस सधैँ सिर्जनामा रमाउँछ तथा सिर्जनामा लागिरहन्छ । नयाँ नयाँ सोचमा तल्लीनहुन्छ । व्यवहारमा, बोलाईमा, शब्दचयनमा, प्रस्तुतिमा, सोचाइमा आदिमा एउटा साधारण मानिसभन्दा ऊ फरक चिन्तनमा अगाडि बढ्छ ।
हाम्रोजस्तो मुलुकमा साहित्य केका लागि ?
हाम्रो मात्र नभएर संसारका कुनै पनि देशलाई गौरवमय साहित्यको आवश्यकता पर्छ । साहित्य समाजको दर्पण हो र समाज परिवर्तनको संवाहक हो साथै मानवताको प्रतिबिम्ब पनि हो । साहित्यले त्यस देशको यथार्थलाई दर्शाउँछ र समाज देश, राष्ट्र राष्ट्रियता आदि देशको चौतर्फी विकासलाई अग्रगमनतिर लाग्न अग्रसर गर्दछ । साहित्य दह्रो भएका देशका जनता सभ्य, अनुशासित, स्वाबलम्वी, आदि हुन्छन् । यी सबै कर्मलाईअगाडि बढाउन साहित्यको आवश्यक हाम्रोजस्तो देशमात्र नभएर संसारलाई नै आवश्यक पर्दछ ।
रचना गर्न कति समय लगाउनुहुन्छ? लामो समय लगाएर सिर्जेको अर्थ कसरी रहन्छ ?
समयको कुनै लेखाजोखा गरेको छैन । सिर्जनामा लामो र छोटो समयको कुनै अर्थ हुँदैन । सिर्जनाले दिन खोजेको सन्देश त्यसले समाजमा पार्ने प्रभावमा कति शक्तिशाली छ भन्ने हो । थोरै समयमा सिर्जना गरे पनि तथा थोरै शब्दमा प्रस्तुत गरे पनि शक्तिशाली रचनाको अर्थ महŒवपूर्ण हुन्छ ।
रचना गर्न कस्तो मुड वा कस्तो वातावरण चाहिन्छ ?
निश्चय नै साहित्यिक लेखनमा मुडको साथै शान्त वातावरण चाहिन्छ ।
आफ्नै लागि लेख्ने,आफ्नै क्रियाकलाप लेख्ने अधिक चलेको बेला अरूको बारेमा खोज्ने लेख्ने, अन्वेषण गर्ने र अरूलाई चिनाउने जस्तो काममा तपाईँ किन समर्पित हुनुहुन्छ? यो तपाईँको रुचि हो ?आवश्यकता हो वा बाध्यता हो ?
अरूको बारेमा खोज्ने लेख्ने, अन्वेषण गर्ने र अरूलाई चिनाउने जस्तो काममा म समर्पित हुनुमा मेरो रुचि त हुनसक्छ तर अरू केही हैन । अर्काको भलो चिताइन्छ भने आफ्नो पनि भलो हुन्छ । घुमाइफिराइ मूल्याङ्कन गर्दा जसले जे गरे पनि तथा भने पनि अन्तिम नतिजा मानिसमा आफ्नै स्वार्थ लुकेको हुन्छ । कसैले आफ्नोमात्र भलो चाहन्छन् भने कसैले अरूलाई चिनाउँदा, अरूको बारेमा खोज अन्वेषण गर्दा र समर्पित हुँदा आफ्नो पनि चौतर्फी परिचय विकास हुने ठान्छन् ।
तपाईँ आपूmलाई पाल्पाली भनेर चिनाएको पनि सुनेको छु । कसरी हुनुभो तपाईँ पाल्पाली ? यहाँ बसेर जनतालाईकेके सेवा गर्नुभयो ?
पाल्पालाई मेरो जीवनको निराशालाई हटाएर प्रगतिको पथमा अग्रसर बनाएको ठाउँ हो भन्ने मलाई लागेको छ । सरकारी जागीर स्थायी भएर म पाल्पा टेकेपछि मेरा सन्तति जन्मने र बाँच्ने क्रम जारी भयो । जेटिए भएर यहाका जनतामा सेवा पु¥याउने मौका मिल्यो । यहाँका जनताले निकै माया दिए । यहाँसम्म कि मस्यामका दमबहादुर कार्कीले मलाई घडेरी भनेर जग्गा पनि दिए । नगदेबाली (अदुवा) बाख्रापालन, भैँसीपालन, साना नानी–बाबुमा चारपाते क्लवमार्फत् कृषि ज्ञान दिने काम तरकारी बाली वगैंचा निर्माण आदि काममा सक्रियता गराउन लागियो । यहींबाटै मेरो कामको उच्च मूल्याङ्कन गरेर  मलाई सरकारले पञ्जाब कृषि विश्वविद्यालयमा पढ्न पठायो । पाल्पाली सङ्गमको आजीवन सदस्य पनि पाल्पाली मित्रले प्रदान गरेका थिए । यिनै कारण मेरो सौभाग्यको मार्ग फराकिलो पार्ने जिल्लाको रूपमा पाल्पालाई लिएको छु ।
गाउँमा बसेर लेखन सेवा गर्दा कस्ता अनुभूति हुँदा रहेछन् ?
मिश्रित अनुभूतिको महशुस गरेको छु । गाउँमा आवश्यक लेखन पठन गर्दा अध्ययन सामग्रीको अभाव हुने तर लेख्ने वातारण शान्तिपूर्ण रहने हुन्छ ।
साहित्यकारले साहित्यकारलाई गन्दैनन् किन ?
सर्वप्रथम आपूmले आदर खोजिन्छ भने अरूलाई आदर दिन सक्नुपर्छ । यो हामी सबैले बुझ्नुपर्ने कुरा हो । साहित्यकारले साहित्यको सिर्जना गर्ने हो । कुन साहित्यकार कति पानीमा छ भन्ने कसी त समालोचकले र पाठकले लगाउने हो । हुनत स्वमूल्याङ्कनको आवश्यकता पनि पर्छ तापनि आफै मपाइँ बन्नु भन्दा र अहंकारलाई बोकेर अगाडि बढेर एक साहित्यकारले अर्को साहित्यकारलाई नगन्नुको सट्टा सबैले सबैप्रति आदर गर्दै गइयो भने सबैको प्रगतिले उच्च स्थान लिन्छ ।
राजधानीमा बस्नेले मोफसलमा बस्नेलाई उपेक्षा गर्ने,महŒव नदिने, आदि जस्ता कार्य गर्छन् भन्ने सुनिन्छ ? के यो सत्य हो ?
सुन्नत मैले पनि यस्तै सुन्दछु । सत्य असत्य के हो थाहा भएन । एउटा कुरा के भने सहरमा बस्ने साहित्यकारलाई, सगीसङ्गाती, अध्ययन सामग्री, प्रकाशन सुविधा, पाठकको उपलब्धता, आदिको सहजता हुन्छ । थोरै लेखे पनि उनीहरूको प्रचारमा पहुँच पुग्छ । त्यसले गर्दा महŒवकाङ्क्षा बढ्नु सबैका नजरमा पर्नु, आदिले गर्दा मानिस नै हो उसमा अहमता बढ्न सक्छ । म केही रहेछु भन्ने भान हुनसक्छ तर जहाँ बसे पनि लेखनको स्तरले मानिसलाईउचाइमा पु¥याउने हो ।  
तपाईँको लेखनमा कृषि विषयको लोकप्रियता छ कि साहित्यतर्फको ?
यो कुरा मैले प्रष्ट पार्न सक्दिनँकिनकि कृषि सञ्चारले प्रकाशन गरेको बुकलेटहरूको संख्या ६००० कपी हुन्छ । एउटा प्राङ्गारिकसम्बन्धी बुकलेट त १०००० कपी छापिएर वितरण भएको छ । यी प्रकाशनहरू देशव्यापी हुन्छन् । कृषकहरूले यी कृतिका ज्ञानलाई प्रयोगमा ल्याउँछन् । साहित्यका केही कृतिहरूमात्र १०००को संख्यामा छापिएका छन् । केही कृतिको संख्या ५०० प्रतिमात्र छपाइमा आएका छन् । अहिले आएर समालोचनाहरूलाई कसरी जोगाउने भनेर ५–१० कपी फोटोकपी बाइन्डिङ गरेर संरक्षित गरेको छु । जसले पढेका छन् सबैमा राम्रै प्रतिक्रिया जनाएका छन् ।
कहिलेसम्म लेखन सेवामा जुटूँला भन्ने मनमा सोच छ ?
जबसम्म आँखा, हात र दिमागले साथ दिन्छ तबसम्म लेखन कार्यले निरन्तरता पाउँछ ।
तपाईँका सहयात्री समकालीन मित्र, शुभेच्छुक आदिसँग तपाईँबारे विविध प्रतिक्रिया राख्दा कसैले औधी प्रशंसा, कसैले सन्तुलित, कसैले कमजोरी वा सीमापक्षको बारेमा बताउनुभएको छ । यसरी फरकफरक प्रतिक्रिया  आउनुमा केकेहुनसक्छन् ? उनीहरूप्रति तपाईँकोप्रतिक्रिया के छ ?
कोही पनि मानिस सबैको नजरमा राम्रो हुन्छ भन्ने छैन । हरेक मानिसको दृष्टिकोण, विचार, भावना, आकर्षण, मूल्याङ्कन आफ्नै किसिमको हुन्छ । कसैले कसैलाई हेर्दैमा घृणा जागेर आउँछ । यस्ता मानिसले मूल्याङ्कन गर्नुपर्दा कस्तो गर्ला ?तपाईँले प्रतिक्रिया माग्दा शायद यस्ता मानिस पनि समेट्नु भएको छ होला जसले मेरा कृति पढेकै छैन, मेरो सम्पर्कमा नै छैन । त्यस्ताको मूल्याङ्कनले के नै अर्थ राख्छ ? कुनै मानिस अर्काको प्रगतिमा डाहा गर्ने खालका हुन्छन् । त्यस्ताबाट प्राप्त मूल्याङ्कनमा सकारात्मकप्रतिक्रिया कसरी आउन सक्छ ? कुनै व्यक्तिले नकारात्मक दृष्टिले हेर्दछ भने उसले कसरी सकारात्मक मूल्याङ्कन गर्छ । जसजसले मेरो बारेमा जेजस्तो प्रतिक्रिया दिनुभएको छ उहाँहरूलाई हार्दिक आदर व्यक्त गर्दछु किनकि उहाँहरूको मानसपटलमा तथा हृदयमा मेरो जुन रूपमा भए पनि तस्विरले स्थान लिएको छ ती सबै प्रतिक्रियाहरूप्रति मैले कुनै प्रतिक्रिया जनाउनु छैन । एउटा कुरा जसले मलाई राम्ररी व्यावहारिक रूपमा बुझेको छ उसले मलाई सज्जन ,सोझो, सबैको प्यारो, सबैको भलो चाहने, हँसिलो, सकारात्मक सोच भएको र अति परिश्रमी मानिस, जुनकाममा लाग्छ त्यसलाई सफल पार्ने अठोटको रूपमा लाग्छ भन्न्ने सुनेको छु ।
धेरैको समीक्षा लेख्नु भा'को छ कोही कोहीको एउटै मात्रै लेखिदिनु भा'को छ, कोहीको दशबाह्र पनि, किन यस्तो गर्नुभा'को ?
जो नजिक छ किताब दिन्छ पढिदिनु भयो भन्दै घचघच्याउँछ त्यसका कृतिहरूको समीक्षा दोहोरिँदो रहेछ जस्तै कृष्णाकुमारी शर्मा श्रेष्ठको कृति विमोचन हुँदा मेरो हातमा पर्छ, उहाँले लिखितरूपमा प्रतिक्रिया माग्नुहुन्छ । धेरै कृतिहरूमा समीक्षा लेखिएको गंगा लिगलकोमा १२ कृतिको समीक्षा गरिएको छ । सर्वप्रथम बालकृष्ण भट्टराईज्यूले गंगा लिगलको एउटा किताबमा समीक्षाको अनुरोध गर्नुभयो । यसको समीक्षापछि गंगाजीले अमेरिकाबाट एक दर्जनजति किताब पठाएर लेख्नलाई अनुरोध गर्नु भयो । अमेरिकादेखि आएका किताबलाई उपेक्षा गर्न कठिन भयो साथै लेख्दै जाँदा "धेरै राम्रो समीक्षा लेख्नुहुँदो रहेछ, मेरा सबै कृतिलाई समीक्षा गर्दा एउटा कृतिले आकार लिन्छ त्यसलाई म छपाउँछु " भन्दै बारंबार ताकेता गर्नुभयो । १८० पृष्ठको कृति त तयार भयो तर हाल उहाँसँग सम्पर्क छैन । गंगाजीका कृतिहरूको समीक्षा निश्चय नै बढी भएको हो ।  नत्र मेरो स्वभाव जो पढ्छु त्यसमा कलम चलाउँछु । त्यसरी कसैका कृति धेरै पढिए धेरै समीक्षा गरिए कसैका कृति जति पाइए त्यति पढिए त्यति नै समीक्षा भए ।
तपाईँका बारे लेखिदिने कति छन् नि ? उनीहरूको लेखाइमा कत्तिको सन्तुष्ट हुनुहुन्छ? आपूmले लेखेर अरूलाई कतिहदसम्म सन्तुष्ट पार्न सक्नुभएको छ ?
मेरो बारेमा लेख्ने कति छन् भनेर गणना छैन । जतिले लेखेका छन् राम्रो समालोचना गरेका छन् । सुदीप गड्तौलाले त मलाई कृषि कविकै नामले विभुषित गर्नुभएको छ । म सन्तुष्ट छु र अरूका लेखरचनामा मैले गरेको समालोचनामा प्रायः सबैबाट धन्यवाद पाएको छु ।्
अभागी नाम तपाईँलाई किन यतिप्रिय लाग्यो ?
सदानन्द जैसीको नामबाट वैज्ञानिक कृतिहरूको सिर्जना गरे. तर साहित्यमा अभागी लेख्ने गरियो । अहिले दुई नामबाट सिर्जना नगरेको भए राम्रो हुने रहेछ भन्ने महसुस भएको छ र पाठकलाई पनि सदानन्द अभागी र सदानन्द जैसी भनेर चिन्न गाह्रो पर्ने थिएन ।
झण्डै ५ दर्जन कृति लेख्नु भयो, फुटकर लेखेका रचना कति छन्, कुन कुन पत्रिकामा छापिएका छन्, कृतिमा ठाउँ नपाएका छाप्न बाँकी कृति÷रचना केकति छन् ?
कृषि विषय(खास गरेर माटो विज्ञानसम्बन्धी) र साहित्यिक कृतिहरू एकल र संयुक्त गरी करिब ६ दर्जन जति कृति लेखिएका छन् । यसमा फुटकर रचनाहरू समावेश छैनन् । फुटकर रचनाको कुनै रेकर्ड राखेको छैन ।"मध्यविन्दु" साप्ताहिकको प्रायः सबै अङ्कमा, विविध खाले लेखरचना प्रकाशनमा आएका थिए । मेरा लेखरचनाहरू दाउन्ने सप्ताहिक, नमूना सन्देश, नयाँ मौसम पाक्षिक, हुलाकीपत्र, सामथ्र्य सप्ताहिक, कपन वानेश्वर, धरहरा, कालिको शुसेली, जनमत मासिक, नव माधुरी, मातृभूमि आदिमा प्रकाशन भएका छन् । प्रकाशन हुन बाँकी, समालोचनाका दुई कृति, संकलन गरेमा कवितासङ्ग्रह एक र कथासङ्ग्रह एक बन्न सक्छन् साथै स्वर्गको यात्रा महाकाव्यलाई पूर्णता दिनसकेको छैन । यसै थन्किएको छ ।
तपाईँले कथा, कविता, लघुकाव्य, खण्डकाव्य, महाकाव्य, उपन्यास, कृषिकाव्य र समालोचनाका कृतिहरू पस्कनु भएको छ । यिनलाई कसरी परिभाषित गर्नुहुन्छ र यिनमा के भिन्नता देख्नुहुन्छ?
कथा–
कथाको परिभाषा थुप्रै विद्वानहरूले आआफ्नै तरिकाले दिएका छन् । मेरो परिभाषामा कथा एउटा घटना क्रमको छोटो गद्यात्मक अभिव्यक्ति हो जो आफैमा पूर्ण हुन्छ । सानो आकारमा प्रस्तुत हुन्छ ।
उपन्यास–
कथाको लामो रूप हो । यसले जीवनको पूर्ण झाँकीलाई प्रस्तुत गर्दछ । धेरै खण्ड या अध्यायमा लेखिन्छ । यसलाई चरित्रप्रधान गद्य महाकाव्य मानिन्छ।
कविता–
कविको भावनाको स्वतः स्पूmर्त अभिव्यक्ति नै कविता हो । यो छोटोरूपमा सन्देश मुलकरूपमा लेखिएको हुन्छ । जव यसको आकार प्रकार,कथावस्तुलाईआत्मसात् गर्दै अगाडि बढ्दै जाँदा काव्यमा परिणत हुन्छ ।
काव्य–
विभिन्न साहित्यकारले काव्यको सम्बन्धमा आफ्ना धारणा आफ्नै प्रकारले राख्ने गरेका छन् । अग्नि पुराणमा लेखिएको सानो तथा अर्थपूर्ण काव्यको परिभाषामा काव्यलाई यसरी परिभाषित गरेको. पाइन्छ "संक्षेपमा अभिष्ट अर्थ व्याप्त गर्ने दोष रहित गुणसहित पदावली नै काव्य हो ।" काव्यको रूपमा मैले लघुकाव्य, खण्डकाव्य, महाकाव्य, कृषिकाव्य र मुक्तककाव्यको रूपमा पस्केको छु । यी काव्य सम्बन्धमा मेरो बुझाइमा यसरी प्रस्तुत गरेको छु । हुनसक्छ मेरो परिभाषा सर्वमान्य नहुनसक्छकिनकि म नेपालीको विद्यार्थी होइन । साहित्यिक कृतिहरूको अध्ययनको कमी छ साथै साहित्यिक लेखनको सिद्धान्तमा रहेर मैले कुनै कृति लेखिन । स्वअध्यायनबाट तथा मेरो विवेकले जे देख्यो त्यसैलाई परिभाषाको रूपमा ग्रहण गरेँ । जतिबेला "तीन युग एक कथा" मेरो डेराको नजिकै त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत कल्पना नेपाल आचार्यलगायतका विद्यार्थीलाई यो कृतिलाई के भन्न मिल्छ भनी अध्ययन गर्न दिएँ । उनीहरूले महाकाव्य लेख्न मिल्ने धारणा दिए । अर्को काव्य "अग्नि ज्वाला" लेखे र यसलाई पनि कल्पना नेपाल आचार्यलाईअध्ययन गर्न दिएँ र उहाँकै सुझावको आधारमा महाकाव्यको नामकरणगरेँ । यी मेरा काव्य लेखाइमा मैले बुझेको परिभाषा यसरी लिएको छु ।
लघुकाव्य–
काव्यको सानो रूप हो । कविता भन्दा लामो हुन्छ । जीवन घटनाक्रमलाई संक्षिप्तरूपमा प्रस्तुत गरिन्छ ।
खण्डकाव्य–
यो जीवन चरित्रको एउटा खण्ड हो । यो लघुकाव्य भन्दा ठूलो र कथावस्तु तथा घटनाक्रम पनि विस्तृत रूपमा आउँछ ।
महाकाव्य–
कविताको वृहद आकार कथात्मक काव्य महाकाव्य हो । जीवन जगत्का विविध पक्षलाई समेटेर लेखिएको हुन्छ । यसमा जीवन चरित्र पूर्ण हुन्छ । महाकाव्यमा नायक धीरोदात्त हुनुपर्ने, सर्गबद्धहुनुपर्ने, रसपूर्ण हुनुपर्ने आदि यसका तŒवलाई बुझेर लेख्नु पर्ने भनिन्छ ।
मुक्तक–
यो पनि काव्यकै एउटा रूप हो । यसले मुक्तरूपमा आफ्नो भावना र अभिव्यक्ति पोख्दछ । यो आफैमा पूर्ण मानिन्छ । महाकाव्य खण्डकाव्य जस्तो यसमा कथाको आवश्यकता पर्दैन ।
गजल–
गजल भनेको जीवनजगत्बाट प्राप्त अनुभव र अनुभूतिलाई हार्दिकता, कलात्मकता, लयात्मकता,  गेयात्मकता र श्रुतिमधुरतामा सिर्जित एक काव्यिक विधाहो । कविता, गीत र गजल कविता विधाभित्र परे पनि यिनका संरचना अलग हुन्छन्  ।
तपाईँं लेखक ÷साहित्यकार भएर चिनिदाँ पारिवारिक सदस्यहरूको प्रतिक्रियाकेके आउने गरेका छन् ?
साहित्यमा लगानीले तत्काल परिवारलाई खास राहत देखिदैन । खर्चमात्रै देखिन्छ घरको काममा सहयोग पनि कम हुन्छ । न त सकारात्मक न त नकारात्मकप्रतिक्रिया आउने गर्दछन् । ठीकै छ ,सहयोग मिलेकै छ ।
परिवार र परिवार प्रतिको दृष्टिकोण के छ तपाईँको ?
सकारात्मक छ ।
परिवारमा कोही लेखक ÷साहित्यकारीय उत्तराधिकारी हुनुहुन्छ?
माहिला छोरा भेषराज रिजाल फाटफुट लेख्छन् । नाती शिशिरले अंग्रेजीमा कविता लेख्न थालेका छन् । निश्चय नै साहित्यकारका उत्तराधिकारी बन्ने छन् भन्ने आशामा छु । साहित्य लेख्छु भन्दैमा  लेखिने चिज होइन त्यसो हुँदा जो साहित्यमा लागेको छ  । निरन्तरता पनि नहुनसक्छ ।
सदानन्दले त्यति साह्रै सिद्धान्त टेकेर÷बुझेर लेखेका छैनन् भन्ने केहीको गुनासोमा सत्यता छ कि आरोप मात्रै ?
कट्टर सिद्धान्तमै उभिएर लेख्दैन भन्नेमा सहमत छु । बुझेर लेखेको छैन भन्नु ठीक होइन । जे लेखिन्छ बुझेरै लेखिन्छ । गजल लेखनमा सिद्धान्तभन्दा बाहिर गएर गजल बन्दैन । मैले छन्दमा कविता लेख्दिन, त्यसो हुँदा छन्द जान्नुपर्ने हो । म तेतातिर लागिनँ । मेरो काम लेख्ने हो कसले के भन्यो के भनेन भनेर त्यसमा अल्झिने मेरो काम  होइन । मेरो छन्द भनेको अभागी हो । यसको मतलबआफ्नै तरिकामा स्थापित हुने हो।
सिद्धान्तमा लेख्नुपर्छ भन्दै पुराण, महाभारत, रामायण आदि धार्मिक ग्रन्थका नायक नायिकालाई नायक बनाई, तिनै पुराना राजा, महाराजा तथा तिनका सन्तान र तिनकै कथामा महाकाव्य लेखिदै जान्छन् भने आजको परिवर्तिन समाजले  परिवर्तनकारी सन्देश कसरी पाउन सक्छन् । के आजको समाज पौराणिक कालकै अवस्थामा छ त ? समाज परिवर्तन भइसकेको छ । समाजमा नयाँ नयाँ घटनाले स्थान लिइसकेको छ । त्यसो हुँदा आजको परिवर्तनलाईआत्मसात् गर्दै सिर्जना गरिनु पर्छ भन्ने मेरो मान्यता हो ।
धेरै लेख्नु ठूलो कुरा हो कि गुणस्तरीय लेख्नु ठूलो कुरा हो ?तपाईँको ध्यान केमा छ ?
भन्नेले धेरै लेख्न पर्दैन गुणस्तर लेख्नपर्छ, थोरैले पनि ख्याति कमाउन सकिन्छ भन्छन् । म यसमा सहमत हुँदाहुँदै पनि मेरो धारणा धेरै र गुणस्तर दुबै लेख्नुपर्छ भन्ने छ  । सोहीअनुसार म अघि बढेको छु ।
तपाईँले बुझेअनुसार गुणस्तर जाँच्ने कसी केकेहुन् ?
खास यस विषयमा भन्न त्यति सहज त छैन तर कुन विषयमा लेखिएको हो । शीर्षकअनुसार लेख गएको छ या छैन त्यस विषयमा ध्यान दिनुपर्छ ।शीर्षक र लेखमा तालमेल छ या छैन,भाषागत शुद्धता, लेखन शैली, लेखले दिन चाहेको सन्देश  के हो त्यो प्रष्ट छ या छैन आदि आदि थुप्रै कसीको आधारमा गुणस्तर छ या छैन निर्धारण गर्न सकिन्छ । साहित्य समाज परिवर्तनको संवाहक हो  त्यसो हुँदा आजको समाजले त्यसबाट के सन्देश पाउँछ त्यो प्रष्ट हुनु पर्दछ ।
लेखक साहित्यकारमा देखिने कतिपय उदेकलाग्दा प्रवृत्तिहरूमा कसरी स्वच्छता हासिल गर्न सकिन्छ ?
 उदेकलाग्दा प्रवृत्तिहरू भएको साहित्यकारले स्वच्छ विचार दिन सक्दैन । ऊ उदेकलाग्दा प्रवृत्तिमा कसरी फस्यो ।  समस्याको पहिचान गर्नुपर्छ र समस्यालाई पहिचान भएपछि  त्यस किसिमको अनुरूप कस्तो किसिमको उपचार पद्धति अपनाउने हो त्यो अपनाउनु पर्छ । घरपरिवारबाट उसलाई कस्तो व्यवहार भएको छ र ऊ त्यो अवस्थामा पुगेको एउटा कारण हुनसक्छ । घरपरिवारलाई यो कुरा थाहा हुन्छ । त्यसमा ध्यान दिनु पर्छ । यसो गर्दा घरको समस्या घरबाटै हल हुन्छ । कुनै पनि चिज तथा घटनाको अन्तिम सीमा हुन्छ । त्यो सीमा नाघेर कोही पनि अघि बढ्न सक्दैन । बढ्यो भने त्यसको उपचार हुँदैन ।
जीवन जिउने सिलसिलामा शोक र संकटका तीता क्षण वा बल्झाइरहने घाउ पनि छन् कि ? भएमा र भन्न मिल्ने भए छोटोमा राखिदिनुस ्न ?
जीवनको लामो दौरानमा मानिसमा तीता, मीठा, शोक र संकट आइराख्छन् । ती सबैमा पर्ने शोक संकट ममा पनि परेका छन् तर त्यसैको कारणले जीवन खल्लो हुने बल्झिइरहेको कुनै घाउ छैनन् ।
जागीर र जागीरे जीवनप्रति तपाईँ के धारणा बनाउनु भएको छ ?
जागीर भनेको कुनै निश्चित समयमा कसैकोमा या सरकारमा रहेर जीवन गुजारा गर्ने काम हो । सही र इमानदार भएर काम गर्छ भने त्यहाँ कुने किसिमको खतरा मोल्न पर्दैन । तोकेको समय काम ग¥यो अनि दिएको तलब लियो । नेपालको परिप्रेक्षमा सच्चा, इमानदारजागीरेले जहान बच्चा पाल्न धौधौ हुन्छ । उसको लागि घर चलाउन सहज छैन । सरकारी जागीरमा राम्रो पदमा हुने वालाको जनता र सरकारीप्रति वफादार र लोभलालच नगर्ने जागीरेको इज्जत राम्रो हुन्छ ।
समाजको यथोचित विकास केले हुन्छ? साहित्यले या कृषिले ?
विकासभन्दा कुनै पनि चीज यथास्थितिबाट अगाडि बढ्नु, उन्नति गर्नु, प्रगति गर्नु, समृद्धिहुनु आदि थुप्रै अर्थ लाग्छ । कुनै समाज या व्यक्तिको विकासको लागि सर्वप्रथम हेर्नुपर्ने कुरा हो आधारभूत आवश्यकतामा । यिनमा गास, बास, कपास, शिक्षा स्वास्थ्य, र सुरक्षा(जनधनको) नितान्त आवश्यक हुन्छन् । मानिसले पेटभरी खान पाएन भने उसले अरू विकासको चाहना कसरी गर्न सक्छ ?तपाईँको प्रश्न रह्यो विकास कृषिबाट या साहित्यबाट । साहित्य आधारभूत आवश्यकताको शिक्षामा पर्दछ । कृषि र साहित्य, व्यक्ति÷समाज विकासको लागि दुबैको नितान्त आवश्यकता पर्दछ ।  गास, बास, कपास जीवन धान्नको लागि अति आवश्यक पर्छन् । यी चिजको आवश्यकताको पूर्ति कृषिबाट मात्र सम्भव छ । साहित्य भनेको मानिसको बौद्धिक खुराकी हो । कृषि विकासको लागि पनि बौद्धिक खुराकीे आवश्यक हुन्छ । नेपालको परिप्रेक्षमा कृषि आर्थिक विकासको मेरूदण्ड हो । गास, बास र कपासलाई मैले प्राथमिकता दिने गरेको छु अनि अन्य विषय ।
आफ्ना कृति वा रचनामध्ये तपाईँले बढी कुनलाई स्मरण गर्नु हुन्छ? किन?
मैले सिर्जना गरेका कृति वा रचना सबैलाई उत्तिकै स्मरण गर्छु । कुनै भेदभाव राख्दिनँ ।
लेखन–सिर्जनामा वरिष्ठताको मापन कसरी हुन्छ?
वास्तवमा मानिस भनेपछि सबै समान हुनुपर्ने हो तर कसैलाई वरिष्ठको नाम दिन्छौ भने कसैलाई कनिष्टको । मानिस ठूलो र सानो, राम्रो र नराम्रो,  उसको कामबाट र व्यवहारबाट मापन गरिन्छ । कुनै पनि क्षेत्रमा उल्लेखनीय काम गर्छ भने त्यलाई वरिष्ठमा लिइन्छ । साहित्य क्षेत्रमा कुनै साहित्यकारले गहन लेखरचनाको सिर्जना गर्छ, अरूको तुलनामा समयको लगानी, उत्पदनमा गुणस्तर सिर्जना, साहित्यमै समर्पित हुन्छ भने वरिष्ठको संज्ञा दिनु राम्रो हो ।
कस्तो लेखे, कति लेखे, कहिलेसम्म लेखे साहित्यकार भन्न मिल्छ ? यसमा साह्रै अन्यौल भयो , चित्तबुझ्दो जवाफ पाऊँ न यहाँबाट ?
साहित्यकार बन्न यत्ति नै लेख्नुपर्छ भन्ने छैन । कृतिको प्रभाव कस्तो छ । त्यसले व्यापकता कति  दिन सक्छ । मूल्यवान कृति एउटै भए पनि मानिस साहित्यकार बन्न सक्छ । कस्तो लेख्नेभन्दा पाठकको मागबमोजिमको लेख हुनुपर्छ । कति लेख्ने कहिलेसम्म लेख्ने भन्नेमा यी सबै लेखकमा निर्भर रहन्छ ।  
डेट एक्स्पायर साहित्यकार र अमर साहित्यकार केके आधारमा चिनिन्छ ?
साहित्यकार कुनै पनि डेट एक्स्पायर हुँदैनन् । एउटा कुरा के भने समसामयिक लेखरचनामा रमाउने साहित्यकारको रचना क्षणिक घटना क्रममा लेखिएका हुन्छन् । ती घटनाले दीर्घकालीन असर नहुनसक्छन् । दीर्घकालीन प्रभाव पार्ने घटनामा लेख्न सक्ने साहित्यकारका रचनाले दीर्घकालीन असर पार्दछन् । त्यसैको फल हो अमर साहित्यकार बन्न पाउने अवसर । "घुम्ने कुर्सीमा अन्धो मानिस" भूपिले तात्कालीन समसामयिकतालाई लिएर लेखेको लेख हुनसक्छ तर आज पनि त्यो लेख त्यत्तिकै समसामयिक छ । यसैले भूिपलाई अमर साहित्यकार बनायो । रामायणले भानुभक्तलाई, मुनामदनले लक्ष्मीप्रसाद देवकोटालाई यस्ता थुप्रै उदाहरण छन् समसामयिक लेखले पनि दीर्घकालीन असर लिएको । नेपाली साहित्यको इतिहासमा थुप्रै साहित्यकार छन् जसका नाम विरलै लिइन्छन् । तिनको योगदानै छैन भन्ने ? ती सबै डेट एक्स्पायर भए भन्ने ? ती सबैले आआफ्नो समय सान्दर्भिक लेखरचनाबाट अमरत्व कायम गरिसकेका छन् ।
कृषि माटो विज्ञ भएको नाताले भन्नुहोस्् त यो देशको विकास कसरी गर्न पर्ला ? यो जर्जर कहालीलाग्दो संकटबाट कसरी छुटकारा लिन सकिएला ? विकासमा युवाको  भूमिका  के हुनुपर्छ?
नेपालमा जमिन छ, जल छ अनि जङ्गल पनि छ । यी तीन चीज नै कृषि विकासको मूल आधार हुन् । यी तीनै चीजको संरक्षितरूपमा, प्रभावकारी योजान बनाएर प्रभावकारी रूपमै कार्यान्वयन गर्नुपर्छ । एकातिर विकास भन्ने तर अर्कोतिर विनास निम्त्याउने हैन । विकासमा असरपार्ने तत्त्वहरूको पहिचान पनि हुनुपर्छ ।ती तत्त्वबाट जानकार रही सही रूपमा उत्पादन तत्त्व (माटा,े मल, बीऊ, बालीसंरक्षण, प्रविधि, श्रमिक र बजार)लाई सन्तुलित र प्रभावकारी प्रयोग गरी, उत्पादन लिन सक्नुपर्छ ।
हालको जर्जर अवस्थाको कुरा पनि जोडिएका छन् । यसमा शोधन खोजिएको कुरामा कोभिडको अवस्था होला । यसमा सरकारले उत्पादन सामग्री र उत्पादित वस्तुमा सरकारको ध्यान गएको छैन । लकडाउन, भनिन्छ तर किसानका उत्पादनलाई संकलन गरी उत्पादनलाई निरन्तरतातिर ध्यान कसैको गएको छैन । यसले भावी खाद्यान्न समस्या जटिलतातिर धकेलिन्छ । समयमै कृषकको उत्पादनलाई बजारीकरण गर्ने र कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्रीलाई ंघरदैलोमा पु¥याउने व्यवस्था  सरकारले समयमै गर्न सक्नु पर्छ ।
 युवा भनेका उत्पादनका आधार स्तम्भ हुन् । छोटकरीमा भन्दा देश निर्मार्णका आधार स्तम्भ भनेकै युवाहरू हुन् । उत्पादनको लागि युवाहरूको सक्रियता अति महत्त्वपूर्ण हुन्छ । तर युवा, शिक्षित शक्तिहरू विदेश पलायन भएका छन् । दक्ष भन्नु भन्दा पनि जनशक्तिको अभाव छ । थुप्रै कुराहरूको कारणले देश विकास गर्न धेरै मिहिनेत गर्नुपर्छ । साँचो अर्थमा देश विकास सहिरूपमा अगाडि बढाउने हो भने परनिर्भरता हटाउनुपर्छ । त्यसको लागि आफ्नै सीप,श्रम, लगानीमा के डाक्टर, के माष्टर, के इन्जिनियर, के नेता,के किसान सबै सबै आफ्नो क्षेत्रलाई आवश्य साधन र स्रोत अथवा आफै तयार गर्न सक्नुपर्छ र त्यसको लागि आत्मनिर्भर हुन कुटो कोदालो, बोकेर पसिना बगाउन सक्नु पर्छ ।  
देशविदेश भ्रमण गरेर मुख्य रूपमा जान्न सिक्न पाएका कुरा केके छन् ?
विदेश भ्रमणमा अध्यन र माटो विज्ञान सम्बन्धित तालिममा गएको हो सोहि विषयमा दक्षता हाँसिल गरियो । देश भ्रमणमा त कहिले कहिले कार्य क्षेत्र अनुगमन, कहिले तालिम आदि आदिमा गइयो । यात्रा स्वदेशको होस्् या विदेशको उपलब्धीपूर्ण नै रह्यो।  जे जानियो प्रयोगमा ल्याइयो ।
धेरै लेख्नुभएको छ कृतिप्रकाशनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ कि क्या हो ?
ठीक कुरा आयो । यस्तै यस्तै महसुस भएको छ ।
तपाईँका पछिल्ला कृति पढ्ने पाठकसम्म पुग्न नसकेका रहेछन् किन यस्तो भएको हो ?
आफै प्रकाशन गरेका कृतिहरूको वितरण प्रणाली कमजोर भएर हो ।
सर्वदेशीय र सार्वकालिक साहित्यलाई कसरी बुझ्नुहुन्छ?
म साहित्यको विद्यार्थी नभएको हुँदा साहित्यसम्बन्धी धेरै कुरालाई परिभाषित गर्न म सक्दिन । यी प्रश्नमा म के भन्नसक्छु कि स्वदेश भरी साथै अन्तराष्ट्रसँग प्रभाव पर्न सक्ने साहित्यलाई, सर्वदेशीय  सािहित्य भनिन्छ ।  सर्वकालीन साहित्य भन्दा भूतकाल, वर्तमान काल र भविष्य कालसम्म प्रभाव पार्ने तथा  दीर्घकालीन प्रभाव पार्ने साहित्यलाई बु्झिन्छ जस्तै रामायण, महाभारत तथा धार्मिक ग्रन्थहरू यिनमा पर्छन् ।
साहित्यमा मानवीयभाव मानव मूल्य र मान्यता र मानव समस्या कसरी प्रकट हुन्छन् ?
मानिसहरूबाटै समाज बन्छ । साहित्य भनेको समाजको दर्पण हो । समाजका एक एक गतिविधि नै साहित्यमा समावेश भएका हुन्छन् । मानव जीवनका यथार्थता साहित्यमा प्रकट हुने हुँदा मानिसका मानवीय भाव, मानव मूल्य र मान्यता र मानव समस्या यसमा लेखन माध्यमबाट प्रस्तुत भएका हुन्छन् ।
आधुनिकता, समकालीनता, उत्तरआधुनीकता, प्रयोगवाद, विनिर्माण वाद र लीला लेखन बारे तपाईँले बुझेको कुरा के हो ?
म साहित्यको विद्यार्थी हैन ,साहित्य अध्ययन गर्ने मेरो चाहना हो । पढेपछि केही लेख्ने बानी हो । त्यसो हुँदा यी विषयमा मैले परिभाषित गर्न त्यति सहज छैन तापनि मैले बुझेको तथा अध्ययनमा पाएका केही जानकारी यहाँ प्रस्तुत गर्न चाहन्छु । आधुनिकता भन्दापुरानो परम्पराभन्दा फरक चिन्तनबाट लेखिने कला हो । उत्तर आधुनिकता  – यसलाई विज्ञान र वस्तुवादको विपरीत चिन्तन धारा, सापेक्षवाद, आधुनिकताको विरोधमा आएको प्रवृत्ति, आधुनिकताबाट विकसित, आधुनिकताकै विस्तार र निरन्तरताको कडी आदि विविध सत्यतथ्यमा विद्वानहरूले आफ्ना धारणा यसमा आंैल्याइएको पाइन्छ । कसैले यसले आधुनिकतालाई समाप्त पारेको छ भन्छन् कसैले यो आधुनिकताबाट विकसित भएको हो र यो आधुनिकताकै विस्तार र निरन्तरताको कडी हो भन्छन् । कसैले यसलाई  केहीमात्रामा आधुनिकता हो र केहीमात्रामा नयाँ प्रवृत्ति हो, यसमा कतिपय आधुनिकताका धारणाले स्थान पाएका छन् भने कतिपय नयाँ धारणाहरू समाविष्ट हुन आएका छन् भन्छन् भने मेरो लागि यो अध्ययनको विषय बनेको छ ।
आधुनिकता–
आधुनिकताको सामन्य अर्थ नवीनता तथा भर्खरभर्खर प्रयोगमा ल्याइएको भन्ने हो । यसमा पुराना मान्यताभन्दामाथि उठेर नयाँरूपमा सिर्जना गर्नु हो । समकालीनता –
समकालीनताभन्दा एकै समयमा भएको भन्ने बुझिन्छ । समकालीन समयमा भएगरेका घटना,कुरा, विषय वस्तुलाईदृष्टिगतगरी लेखिने लेखन क्रिया भन्ने बुझिन्छ ।
प्रयोगवाद–
यसमा पहिलैबाट चलनमा आएका कुराहरूलाई परीक्षण गरी तथा यो ठीक हो या होइन भन्ने यथार्थताको जानकारी लिएर लेख्ने कुरा यसमा पर्दछन् । यदि गलत भएमा त्यसलाई हटाएर, सही सत्य कुरामा रहेर प्रयोगमा ल्याउने तथा व्यवहारमा उतारिने तथा गर्नुपर्छ भन्ने विचार नै प्रयोगवाद भनिन्छ ।
विनिर्माणवाद–
यो शब्द अंग्रेजीको म्भअयलकतचबतष्यल को नेपाली रूपान्तरित शब्द हो । विनिर्माण शब्दलाईसकारात्मक र नकारात्मक रूपमा लिएको पाइन्छ । सकारात्मक रूपमा लिंदा, पाठभित्र भएका अन्तरबिरोधलाई स्पष्ट पार्दै त्यसको मौलिक मान्यता कसरी खण्डित हुन्छ भन्ने कुरा स्पष्ट पार्दै विष्लेषणको नयाँ ढाँचालाई अँगाल्नु भन्ने हुन्छ भन्ने कुरा लिइन्छ भने नकारात्मक रूपमा अंगाल्दा अस्पस्टतालाई बढी जोड दिनु ,अनिश्चिततता तथा अन्तरबिरोध खोतल्नु र जटिलता निम्त्याउनु आदि धारणा लेखिएको पाइन्छ ।
लीला लेखन –ंं
यो एउटा लेखन प्रविधि हो । साहित्यकार इन्द्रबहादुर राईद्वारा यसलाई व्यवहारमा ल्याएका र यसले कुनै पनि कुरालाई निर्णय नदिने ,निपर्वकल्प सत्य भन्ने कोही पनि छैन भन्ने लिलालाई सापेक्षताको सिद्धान्तले पनि हेर्न सकिने आदि यसका नियमहरू छन् ।
व्यवहारिक जीवन र साहित्यिक जीवनबीचमा सम्बन्ध कसरी देखिनुपर्छ ?फरक केके देखिन सक्छन् ?
मानव जीवन हरेक क्षेत्रमा व्यावहारिक हुनुपर्छ जस्तो लाग्छ । साहित्यकार पनि एउटा मानिस नै हो । अलिकति उ, भाबुकतामा बढी हुन्छ सिर्जनामा तल्लीनहुन्छ । साधारण जीवन व्यतित गरेको मानिसभन्दा उसले मानव जीवनमा देखिएका विकृति र विसङ्गतिलाई समाजबाट कसरी हटाउन सकिन्छ भन्ने सोच उसमा हुन्छ । साहित्यिक मानिस समाजलाई बौद्विक तरिकाले परिवर्तनको वाहक हुन्छ । साहित्यकार हुँदैमा मानिस व्यवहारिक हुन्छ भन्ने छैन । साहित्यकारको मानव जीवनलाई हेर्ने आफ्नै दृष्टिकोण हुन्छ । व्यावहारिक मानिसले व्याावहारिक पक्षका विविधता के हुन् , तिनको समस्या र समाधानको बाटो के हो आदि पक्षमा ऊ व्याावहारिक पक्षबाट अगाडि बढ्छ । चाहे साहित्यिक होस्् या साधारण मानिस होस्् तिनीहरूले व्यावहारिकतालाई अङ्गाल्नै पर्छकिनकि कुनै बोलिन्छ या लेखिन्छ भन्ने यथार्थता व्यवहारमा उतार्नुपर्छ ।
पद्य कविता यान्त्रिक र गद्य कविता सहज हुन्छ भन्ने पनि सुनिन्छ के यो सही कुरा हो र अथवा के हो ?
यान्त्रिक शब्दलाई बृहत् शब्दकोशले यन्त्रका सहायताले काम गर्न कृत्रिम , स्वाँङे भनेर अथ्र्याको छ । कविता पद्यमा र गद्यमा लेखिन्छन् । पद्यमा पनि छन्दयुक्त र छन्दमुक्त कविता लेखिन्छन् । छन्दका आफ्नै सिद्धान्त छन् । यी कविताहरू सबैले छन्द मिलाएर लेख्न सहज छैनन् । छन्द क्रमभङ्ग हुनसक्छ । गद्य कविता लेखन पनि सहज त छैन तर पद्य कविता जति यसले जटिलता बोकेको हुँदैन । जे होस् पद्य कविता लयात्मक हुन्छ । सुन्नमा श्रुतिमधुर लयात्मक, गायत्मक आदि गुणले सुसज्जित भए पनि गद्य कविताको तुलनामा पद्य कविता रचना र अध्ययनको बुझाइमा अलिक जटिलता हुन्छ । यान्त्रिकका कुरा जो बृृहत् शब्दकोषले अथ्र्याएबमोजिम सबै कृतिम हुँदैन यसमा सत्यता पनि हुन्छ । .
मानव, राष्ट्र, राष्ट्रियता, देशप्रेम र देश भक्तिका बारेमा आफ्नो बुझाइ कसरी प्रकट गर्नुहुन्छ?
तपाईँले सोधेका सबै प्रश्न एकअर्कामा सम्बन्धित छन् । मानवलाई मनुका सन्तान भनिन्छ । प्राणीमध्ये एउटा सचेत प्राणी पनि हो । राष्ट्रभन्दा मानवसहितको सार्वभौमसत्तासम्पन्न देश कहलाउँछ । राष्ट्रियताभन्दा राष्ट्रप्रतिको आस्था तथा यसको लागि गरिनेआफ्नो भावना भन्ने बुझिन्छ । देशभक्तिभन्दा राष्ट्रको सेवाभाव हो । मानव भएपछि देश हुन्छ, देश भएपछि राष्ट्रको माया हुन्छ  । देशको प्रगतिको पनि कामना गरिन्छ ।
 लेखन–सिर्जनामा "वाद"को अपरिहार्यतासम्बन्धी तपाईँ के भन्नुहुन्छ? वादमा विवाद चलिरहन्छ । स्वीकार्ने नस्वीकार्ने होडबाजी चल्नुको रहस्य के हो ?
बृहत् शब्दकोशले वादको बारेमा एउटा अर्थ यसरी लगाएको छ कि तत्त्वदर्शीहरूले निश्चित गरेको  कुनै विशिष्ट कुराको मत वा सिद्धान्त । यस विषयमा कसैले वादको सिर्जना गर्छ भने त्यसवादको प्रयोग गराउन उसले प्रयत्न गर्नु स्वाभाविकै हुन्छ । स्वतन्त्र लेखकलाई कुनै वादसँग सरोकार हुँदैन । उसको क्षमताले भ्यायो भने जुनसुकै वादमा पनि कलम चलाउन सक्छ । ऊ वादका पछि दगुर्दैन । यहाँ साहित्यमा प्रगतिशील वादी र अन्यवादीकाबीचमा के ही मतान्तर देखिन्छ । मेरो विचारमा कुनै पनि साहित्यकारका रचना विकास विरोधी हुँदैन । सबै साहित्यकारहरू अग्रगामी सोचकै हुन्छन् । स्थिर कोही हुँदैन । मेरो विचारमा वादमा गएर विवाद गर्नु र मेरो वाद ठूलो र राम्रो भन्नु अहम्ता हो । एकले अर्काको वाद स्वीकार्न पर्छ भन्ने छैन तर एक्ले अर्काको वादको आदर गर्न भने भुल्न हुँदैन । यसरी एकले अर्काको आदर्श, मूल्य,मान्यतालाई मान्नुपर्छ भन्ने होइन तर आदरभावले हे¥यो भने त्यहाँ कुनै विवाद चल्दैन ।
कला कलाका लागि र कला जीवनका लागि भन्ने सम्बन्धमा के भन्ने ?
कला कलाकै लागि हो भने पनि कला जीवनको लागि हुन जान्छ ।  हामीले सुन्ने गरेका छौँ कति राम्रो आहा ६४ कलाले युक्त । सीपको प्रदर्शन भए पनि उसले यो निर्माण गर्दा केही आर्थिक आयआर्जन त गर्छ । जो जीवनोपयोगी हुनजान्छ  आखिरमा कलाकै लागि कला नभएर जीवनकै लागि कला हुन्छ । संसारमा जसले जे गर्छ त्यो सार्थक जीवनको लागि गर्छ ।
आफ्ना सिर्जनामा राष्ट्रचेत, जीवनचेत र प्रकृति चेतलाई कति हद्सम्म समेट्न सकेको छु भन्ने लाग्छ ?
निश्चय पनि साहित्य सिर्जनामा यी आवश्यक तत्त्वहुन् जसलाई समेट्न नसके लेखले स्वाद दिँदैन । मेरा लेखरचनाले राम्रै स्थान दिएका छन् ।
नेपालमा मरिमेटेर लाग्ने साहित्यकारहरू पनि आजभोलि प्रमकोषसिर्जना गरेर मात्र बाँच्ने स्थिति किन छैन ?
     यो प्रश्न जटिल छ । कोष खडा गरेर बाँचनुपर्ने त हो तर हुनसकेको छैन ।
सैद्धान्तिक मतैक्यता नहुनुमा केके कारण हुनसक्छन् ?
आज नेपालको परिप्रेक्षलाई केलाउँदा एउटैसिद्धान्तबोकेका मानिसमा त व्यक्तिगत स्वार्थपूर्ति गर्नको लागि मतमतान्तर भएको देखिन्छ भने सिद्धान्त नै फरक भएका मानिसको एकमत हुने सम्भावना कम देखिन्छ । सिद्धान्त नै फरक भएपछि मतैकता हुने कुरै भएन । पदीय स्वार्थमा चर्लम्म डुबेकाहरूमा पदकसरी प्राप्त गर्न सकिन्छ भनी, नैतिकता नै गुमाउन पुग्छन् । त्यसोहुँदा दर्शन अलग हुनु, स्वार्थी बन्नु, लोभ लाचमा लाग्नु, अहम्भाव हुनु, आदि कारणले मानिसमा सैद्धान्तिक मतैक्यता हुन कठिन पर्छ ।
कृतिभित्र प्रवेश गरी प्रश्न गरेको भए विविध सन्दर्भ उठ्थे । यति धेरै प्रश्न गर्दा पनि आफ्ना कृतिभित्रका महत्त्वपूर्ण सवालका प्रश्न नउठ्दा कुनै गुनासो पो छ कि ?
यति धेरै प्रश्न आएका छन् कि यी प्रश्नले सारसङ्क्षेप सबै धारणाको स्थान लिएकाछन् । कुनै गुनासो छैन । यहाँले मेरा जिज्ञासालाई बाहिर ल्याउन जुन प्रयास गर्नुभयो यसको लागि हार्दिक धन्यवाद ।
अन्त्यमा,महत्त्वपूर्ण विचारहरू उपलब्ध गराइदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद !

सातौँ अध्याय

विविध व्यक्तित्वका दृष्टिमा सदानन्द
सदानन्द बहुआयामिक कर्म गरेका व्यक्तित्वहुन् भन्ने कुरा उनी स्वय्मको जीवनवृत्त विवरणबाट जानकारी मिल्दछ । उनको प्रस्तुत विवरण पुष्टि गर्नका लागि विभिन्न जिल्लामा रहेका विभिन्न क्षेत्रमा कर्ममा संलग्न उनका तात्कालीन सहकर्मी, साहित्यकार, लेखक, समीक्षक,शुभेच्छुक, शुभचिन्तक, सहयात्री, परिवारजन, इष्टमित्र, आफन्त, अग्रज–अनुज आदिजस्ता आदरणीय व्यक्तित्वहरूलाई सम्पर्क गरी उनको जीवन, कर्म र व्यक्तित्वका विषयमा सन्दर्भअनुसारका विविधजिज्ञासा राखिएको थियो । जिज्ञासास्वरूपराखिएका केही प्रश्नहरू यस्ता थिएः–
 (क)सदानन्द अभागी यहाँको चिनाइ–बुझाइमा कस्तो व्यक्तित्व हो ?
 (ख)उहाँले कुनकुन क्षेत्रमा कर्म गर्नुभएको छ ?
 (ग)तपाईँलाई उहाँको कर्म कस्तो लाग्छ ? काममा कुनै गुनासो छ कि ?
 (घ)उहाँको सामाजिक कर्मशैली कस्तो छ ?
 (ङ)उहाँको लोकप्रियता केकस्तो छ ?
 (च)कला, मूल्यका हिसाबले उहाँको लेखरचना कस्ता पाइन्छन् ?
 (छ)धवलागिरी र नवलपुर जिल्लामा उहाँको लेखकीय स्थान कहाँनेर छ ?
 (ज)उहाँको जीवनकर्मले के सन्देश दिन्छ?लगायतका प्रश्नहरू
विविध व्यक्तित्वका दृष्टिमा उनको कर्म र स्वभावलाई पुष्टि गर्ने सिलसिलामा एकाध पुस्तकीय भुमिकाबाट र मेसेन्जरको प्रयोगबाट विचारधारणा लिए पनि अधिकांशजसो विचारहरू प्रत्यक्ष फोन संवादबाट टिपोट गरिएका छन् । उहाँहरू प्रायः सबै आफुभन्दा अग्रजहरू रहेका कारणले पनि उहाँहरूका विचारहरूलाई खास सम्पादन नगरी जस्ताको तस्तै राखिएको छ । एउटै व्यक्तिबाट विचार प्रस्तुति गर्दाखेरि एउटै आशय दोहोरिन गएका ठाँउमा भने सकेसम्म सम्पादन गरिएको छ । तर पूर्णरूपमा पुनर्लेखन गरी राखिएको भने छैन । सदानन्द एउटै व्यक्ति भएका कारण उनलाई जसले जसरी व्यक्त गरे पनि कर्म र प्रवृत्तिका पाटाहरू राखिएका जिज्ञासाका आशयहरू भने पटकँौपटक दोहोरिन पुगेका छन तर हरेकका प्रस्तुति शैली फरकफरक भएका कारण उपयुक्त नै ठानी अधिकतम व्यक्तित्वहरूलाई समावेश गरिएको छ । जुन धारणाहरू पठनीय उपयोगी र सार्थक नै हुनेछन् भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । यस्ता प्रस्तुतिबाट आगामी शोधखोज कर्ताहरूलाई मार्गनिर्देशन र प्रेरणा मिल्न सक्नेछ ।
७.१ जागीरे जीवनका परिचित व्यक्तित्वका दृष्टिमा
गोविन्दप्रसाद पाण्डे (सचिव–नेपाल सरकार, निवृत्त राष्ट्रसेवक)
"स्वच्छ छवि भएको व्यक्ति"
एक व्यावहारिक निष्ठावान् राष्ट्रसेवक कृषकको सच्चा हितैषी मित्र तथा नेपाली माटोमा परिश्रम गरी उत्पादन बढाउने सिलसिलामा अनुसन्धान र कृषक प्रसार कार्यकर्ताको रूपमा कार्यरत रही प्रशंसनीय कार्य गर्नुभएको र हालसम्म पनि कृषि क्षेत्रका साथसाथै साहित्य क्षेत्रमा पनि त्यत्तिकै योगदान दिनुभएको छ ।
नेपाल सरकारको कार्यकाल अवधि साह्रै सफल रूपमा बिताउनु भएको छ । आफ्नो सहकर्मी साथी र सुपरीवेक्षकको सद्भाव सहयोगको भावनाले काम गरेको तथा कुनै पनि विषम् परिस्थितिमा आफ्नो कर्तव्य पुरा गर्ने अठोटले गर्दा आज हरेक प्रदेशमा कृषिअन्तर्गत माटोको विभिन्न क्षेत्रमा प्रयोगशालाको स्थापना भएको ज्वलन्त उदाहरण छन् । हालसम्म उहाँको प्रकाशित कृतिमध्ये माटो र विरूवाले भोक लाग्यो भन्छन्
(कृषि काव्य) र एकीकृत खाद्य तत्त्व व्यवस्थापन कार्यपुस्तिका ज्यादै लोकप्रिय छन् ।मेरो कार्यकालभर उहाँजस्तो सरल मिलनसार तथा स्वच्छ छवि भएको व्यक्तिसँग काम गर्न पाएकोमा ज्यादै गर्व महसुस गर्दछु साथै उहाँको पारिवारिक जीवन र आउँदो दिनहरू सुखद् रहोस््, उत्तरोत्तर प्रगति होस्् ।
डा झमकप्रसाद शर्मा (पूर्व सहसचिव, जल तथा उर्जा मन्त्रालय)
"आफ्नो विषयमा कमाण्ड भएका मान्छे "
उहाँको मेरो पछिल्ला दिनमा सम्पर्क छैन । पहिले हामी सँगै जागीर खाएका हौँ ; कृषि मन्त्रालयमा । त्यतिबेला भेटमा उहाँले मलाई किताब पनि दिनुभएको थियो । त्यो किताब कविताको हो । शायद २०५५÷२०५६ सालतिरको कुरा हो जस्तो लाग्छ । उहाँ रमाइलो मान्छे हुनुहुन्थ्यो । हामी कृषि मन्त्रालयले भैरहवामा आयोजना गरेको कार्यक्रममा पनि सँगै गएका थियौँ । कुराकानीको सिलसिलामा मोर्निङ वाककै बेला एउटा रमाइलो कुरा भनेको म अहिले पनि सम्झन्छु । "बिहान बिहान मर्निङ वाक बेलुका बेलुका नर्सिङ ट्वाक" त्यो उखान मैले आफ्नो किताबमा समेत राखेको छु । यो उखान गफको सिलसिलामा उहाँले साथीभाइहरूसँग भन्नुहुँदा म पनि सँगै थिएँ । यो उखान किताबमा राखेको सुनाउँदा पनि रमाइलो मान्नुभएको थियो । उहाँ आफ्नो विषयमा कमाण्ड भएको मान्छे हो । साथीहरूसँग अत्यन्त मिलनसार मान्छे हो । त्यस्ता मान्छे जो त्यो भेटिन्नन् पनि । लेख्नलाई अति जाँगर गर्ने मान्छे हुनुहँुदो रहेछ । उहाँसँग म सरूवा भएपछि हालसम्म भेट्ने, बोल्ने मौका पाएको छैन ।

तेजबहादुर सुवेदी (पूर्व सहसचिव, कृषि मन्त्रालय )
"किसान र कृषिलाई पहिले प्राथिमिकतामा राखी अहोरात्र खट्ने"
सदानन्द जैसी नेपाली कृषिमा एक परिश्रमी र अथक योद्धाको रूपमा चिनिनुहुन्छ । आधुनिक कृषिको विस्तारबाट नेपाली किसानको मुहार फेर्न सकिन्छ भन्ने आत्मविश्वासको साथ कृषि प्रविधिको विस्तारमा उहाँको ठूलो योगदान छ । २०४९ सालमा कृषि अनुसन्धान र प्रविधि प्रसारको काम छुट्टिएसँगै कृषि विभाग मातहत माटो प्रयोगशालाहरूको स्थापना र विस्तारमा उहाँको विशेष योगदान रहेको छ । उहाँकै नेतृत्वमा हामीले माटो परीक्षण कीट बक्सबाट मुख्य तथा सुक्ष्म खाद्यतत्त्व जाँच्ने र रसायनिक मलमा मिसावट भएनभएको पत्ता लगाउने कीट बक्सको पनि स्थापना गरेका थियौँ ।
किसान र कृषिलाई पहिले प्राथमिकतामा राखी अहोरात्र खट्ने र आफू मातहतका कर्मचारीलाई काममा लाग्न प्रोत्साहन गर्ने उहाँको बानीले उहाँसँग काम गर्ने सबैले उहाँलाई उत्तिकै सम्मान र अभिभावकको रूपमा आदर गर्छन् । २०५७ सालतिरको कुरा हो पर्वत जिल्लाको माटोको उर्वराशक्ति नक्सा बनाउने क्रममा प्रयोगशालामा माटोको नमूना जाँच्ने काम चलिरहेको थियो । वार्षिक स्वीकृत कार्यक्रमअनुसार असार महिनाभित्रै माटोको उर्वराशक्ति नक्सा तयार गर्न साँझ बिहान पनि माटो जाँच्ने काम भइरहेको थियो । एकदिन राति प्रयोगशालामा काम गर्दागर्दै १० बजेको समयमा अचानक बत्ती गयो । उज्यालोको बैकल्पिक व्यवस्था नभएकाले प्रयोगशालामा काम गरिहेका भीष्म घिमिरे, रामस्वार्थ यादव, कमल भण्डारी, म र अभागी सर सलायको काँटीको उज्यालोमा तात्कालीन माटो परीक्षण सेवा शाखाको प्रयोगशालाबाट बाहिर निस्कदा तालिम केन्द्रको छात्रवासमा बस्ने साथीहरूले हरिहरभवनबाट राँके भूत निस्क्यो भनेर हल्ला फैलिएको अझै याद छ । यसरी सहकर्मीहरूलाई हौसला प्रदान गर्दै काम सम्पन्न गर्ने सरल व्यवहार र सादगी जिन्दगी उहाँका पहिचान हुन् । साच्चै भन्ने हो भने काम गर फलको आशा नगर भन्ने गीताको ज्ञान उहाँको व्यवहारमा झल्किन्छ । कृषि प्रविधिको प्रचारप्रसारबाट किसानहरूको उन्नतिमा लागेका अभागी, जीवनको उत्तरार्धमा साहित्य क्षेत्रमा पनि उत्तिकै लगनशील भएर लाग्नु भएको छ । शुरूमा कृषि साहित्यबाट थालनी भएको उहाँको साहित्यिक यात्रा जीवनको यथार्थ चित्रण र समाज रूपान्तरणमा पनि उपयोगी छन् । हाम्रा अग्रज र गुरु अभागीको सुस्वास्थ्य अनि प्रगतिको शुभकामना ।
हरि भण्डारी (पूर्वनिर्देशक, कृषि विभाग)
"आज्ञाकारी र सक्रिय माटो वैज्ञानिक"
श्री सदानन्द जैसी अभागी बाली विकास निर्देशनालयअन्तर्गत एक धेरै राम्रो विशेषज्ञ माटो विश्लेषक हुन् । उनी एक आज्ञाकारी र सक्रिय माटो वैज्ञानिक हुन् । व्यक्तित्वका हिसाबले उनी आफ्नो पेशामा धेरै सक्रिय थिए । अब सरकारी जागीरबाट अवकास पाएपछि उनी कविता, गजल र अन्य लेखन गतिविधिमा व्यस्त छन् । उनको जीवन पर्याप्त रमाइलो होस््
(Shree Sadnanda Jaishi (Abhagi) was a very nice and expert soil analyst under my crop Diroctarate ,DOA . He was very active on his profession. Now after retirement from Government job he is busy in poem gajals and other activities. May his life be pleasant enough .)
-Hari Bhandari Crop Director DOA_