December 15, 2023

गठेमङ्गल कृतिप्रति विहंगम दृष्टिअध्ययन

सदानन्द अभागी

परिचय–यस कृतिकी कृतिकार हुनुहुन्छ मीना शाक्य ।उहाँ आमा कृष्णमाया शाक्य र बुबा ज्योतिमान शाक्यकी सुपुत्री हुनुहुन्छ । वि. सं. २०१२ मा चैनपुर –२, संखुवासभामा जन्मनु भएकी कवियित्रीको कर्म स्थल पर्वत कुश्मा हुन पग्यो । हाल उहाँ अल्र्यान्डो, अमेरिका हुँदै नेब्रास्का, ओमाहामा बसोबास गर्नु हुन्छ । नर्सीङ तथा मानवशास्त्रमा स्नातकोत्तर शैक्षिक योग्यता हाँसिल गर्नु भएकी मीना वरिष्ठ कवियित्री पनि हुनुहुन्छ । उहाँका आत्मा बोल्छ (कवितासंग्रह, वि.सं.२०३५)आमाको पुकार (कवितासंग्रह वि.स २०६९ साल)ं. र गठेमङ्गल ( कवितासंग्रह वि.सं. २०७४) बजारमा आइसकेका छन् । उहाँ कवियित्रीमात्र नभएर कुशल समाज सेवी, शिक्षाप्रेमी, स्वास्थसेवी (उपप्रध्यापक नर्सिङ क्याम्पस महाराजगन्ज) हुनुहुन्छ । थुप्रै सामाजिक संस्थाहरूमा उहाँको सम्लग्नता छ । उहाँ भूतपूर्व अध्यक्ष नेपाल नर्सिङ संघ, आजीवन सदस्य नेपाल नर्सिङ संघ, सल्लाहकार सोसाइटी फर अमेरिकन नेप्लिज नर्सेस ,आजीवन सदस्य अनेसास, सदस्य अमेरिकन रेडक्रस सोसाइटी प्mलोरिडा ,अध्यक्ष अन्तराष्ट्र्र्यि नेपाली साहित्य समाज, प्mलोरिडा च्याप्टर, हाल अनेसास नेब्रेस्काकी सल्लाहकार हुनुहहुन्छ ।
कृतिको संरचना – आवरण पृष्ठ बाहेक १८१ (४+१३+१६४)पृष्ठमा संरचित  यस कृतिको प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गरेको छ । यसको मूल्य व्यक्तिगत रु २५०, संसथागत रु ४०० रुपियाँ र विदेशमा १० डलर राखिएको छ । यसको कभर÷लेआउट केदार अधिकारीले गर्नुभएको छ । मुद्रण आवृत्ति छापाखाना बागबजार काठमाडौले गरेको छ । यो कृति स्व.पिता ज्योतिमान शाक्य र स्व.माता कृष्ण माया शाक्य तथा समस्त नेपाल र नेपालीप्रति सादर समर्पण गरिएको छ । कविता कृतिमा चित्रपनि समावेश गरिएका छन् । छोटा र मझौला आकारका कविता छन् ।
साहित्यकारको धारण–अध्यक्ष अनेसास नेपालच्याप्टर तथा अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली लेख्नुहुन्छ –"यस कृतिमा सङ्ग्रहित कविताहरूले पाठकलाई काव्यरस प्रदान गर्न  सफल रहेका छन् । यो नै मीना शाक्यको सफल सिर्जना यात्रा मान्न सकिन्छ ।"
प्राज्ञा सत्यमोहन जोशी यस कृतिका कविता मात्र नभएर यसमा ६२ ओटा कविताले चित्र पनि पाएको छ । यस विषयमा प्राज्ञा सत्यमोहन जोशीले उच्च मूल्याङ्कन गर्दै लेख्नुहुन्छ –"वास्तवमा आधुनिक नेपाली कविताको विकास क्रममा काव्य र कविता चित्रकला एक अर्काको परिपुरकको रुपमा, एक अर्काेसँग अन्तरसम्बन्ध दर्शाएर 'एक पन्थ दो काज' चरितार्थ भर्नमा कुशल र सफल हुन सक्नु भनेको पनि एउटा खुवी र ....नै हो ।" वरिष्ठवाङ्मय शताव्दी पुरुषको यो अभिव्यक्तिले कृतिलाई निकै माथि उठाएको छ । यसरी नै प्राज्ञ सुलोचना मानन्धरले यस कृतिमा के छ त भनेर यसरी मूल्याङ गर्नु भएको छ –"देश दुखेको  घाउ छ,, मान्छेको पीडा छ ,लैङ्गिक विभेदप्रतिको आक्रोश छ , अत्याचारको विरोध छ, न्याएको चित्कार छ , अनि जिउँदो मान्छेको चित्रण छ ।" चितवन साहित्य परिषद का निवर्तमान अध्यक्ष गायत्री श्रेष्ठलेलेख्नु हुन्छ – "आफ्नो जीवनको बल बैंश , जोश र जाँगर बर्षौसम्म अमेरिकाम खर्चिदा खर्चिदै पनि आफ्नो भाषा साहित्यप्रतिको अगाध प्रेमको परिचय प्रस्तुत गर्नु भएको छ –मीना बहिनीले ।"
भूमिका शीर्षकमा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक, पत्रकारिता केन्द्रीय विभागका देवराज  अर्यालले अति छोटो तर मिठो मूल्याङ्कन यसरी गर्नुभएको छ –"मूलत नेपालको सामाजिक र सांस्कृतिक विषयबस्तुहरूलाई केन्दविन्दु बनाएर रचना गरिएका कविताहरू यस सङ्ग्रहमा समाहित गरिएका छन् ।"
मीनाजीले आफ्ना कुराहरूमा साहित्यमा आज देखिएका विविध पक्षलाई केलाउँदै साहित्यको गतिविधिको विश्लेषण गर्दै आज देशको आर्थिकतालाई धुजा पार्ने औंस्याहाप्रति यसरी प्रस्तुत हुनु भएको छ –"देशभित्र औंस्याहाहरू धेरै नजन्मून, देश खोक्रो नहोस् ।"
कविताभित्र प्रवेश गर्दा – माटो जीवनको आधार हो । यस विषयमा मीनाजीको धारणामा माटोमा पूmल फुल्छ, फुलको स्याहार गर्नुपर्छ नत्र ओइलाउँछ, ,माटो हिलो हुन सक्छ तर हिलोमा कमल फुल्छ हिलोलाई सम्हार गर्न नसके पहिरो जानसक्छ । माटो बाटै अनाज मिल्छ, अनाज उब्जाउन नसके डाँडा काट्न पर्दो रहेछ । हामी धुलोमा जन्मन्छौं र  अन्त्य पनि धुलोमै हुन्छ । त्यसो हुँदा माटो प्रतिको मायामा कवियित्री लेख्नुहुन्छ –
माटो कच्ची होइन पक्की हुँदोरहेछ
माटो छाडेर हिँड्दा गाँठो पर्दो रहेछ
माटो झुट्टा होइन सच्चा रहेछ
माटो दुख्दा आशुँ झर्दो रहेछ ।
पृष्ठ २
संक्षेपमा भन्दा माटो भनेकी धर्ती हुन् । धर्ती नै गास,वास, कपासकी आधार हुन् । माटोलाई कहिलै दुख्न दिन हुँदैन भन्ने धारणा आएको छ कवितामा ।  
अपहरण–यो कविताले दशवर्षे युद्धको नाम नलिई कन बन्दुकका  कुन्दाले हान्दाको दर्द समाचार पढ्दा आँसु झर्नु सव्भाविक हो । त्यो अवस्था कति कष्टदाइृ थियो कि कवियित्री भन्नुहुन्छ –" जनता यति  कष्टदाई अवस्थामा थिएकी नत सुली चढ्न नै सक्थे, नगोली खानै सक्थे, नत कही गएर लुक्न नै  सक्थे ।" यसमा पनि स्कुलमा गएका छोरा छोरी घर आउन नपाई अपहरणमा परि उमेर नै नपुगी लडाकु बन्नपो वाध्यता थियो । युद्ध लड्नु घर आगन युद्ध मैदन बन्नु, लडाकुहरू जिउँदो शहीद बन्नु , अङ्गभङ्ग हुनु, यति हुँदाहुँदै पनि युद्धले कुनै उदेश्य हाँसिल गर्न सकेन । अधिकारको लागि भनेर लडे पनि कुनै उपलब्धी हुन सकेन बरु देश आर्थिक भैतीक मानवीय क्षती प्रस्रस्त भयो । कवयत्रिले आफ्नो धारणालाई बदल्छिन् । हिमाल चढ्दा युगले मुक्ति दिलाउँछ, पावर्ततीले सम्झिरहन्छिन् । बुद्धको धारणालाई केलाउँदा लुम्विनी झर्दा शान्ति मिल्छ र तिम्रो लागि यसोधरा रुन्छिन् । यति वेलाको अवस्था यति कहाली लाग्दो थियो कि शिवलाई भाङ्ग खुवाएर लठ्ठयाएको जस्तो र बुद्धलाई अपहरण गरेको जस्तो लाग्ने र जनता सबै अन्यौलमा परेका थिए । यतिवेला जनतालाई सहयोग गर्ने कोही नदेखिएको धारणा कविता मा आएको छ । अन्त्यमा कवियित्रीले पार्वती र यशोधरालाई सम्झँदै पार्वतीलाई देश सपार्ने जुक्ति फुराउने र सबैलाई जुर्मुरानउे शक्ति जुटाउन शक्ति प्रदान होस् र यशोधरालाई नरोईकन  देशमा शान्ति दिलाउने सपुत जन्माउने अनुरोध गर्दछ्न् ि। संक्षेपमा भन्नुपर्दा युद्ध भयो, बालबलिका अपरणमा परे, जनताले शास्ति भोगे उपलब्धी केही भएन । जनधनको क्षति भयो । त्यसो हुँदा देश सपार्नको लागि सशक्त हुनुप¥यो देशमा सपुतको जन्म हुनुप¥यो
ढोले – दुई ढोल बोकेका दुई ढोलेको चित्र सहितको गीतमा ढोलेलाई खोजी गर्दा दुवै पुगेको सन्देश दिंदै अको ढोलेका खोजी गर्दा नाच्ने दिदी बहिनी हवाई पुगेको सन्देश छ । गीत गाउनेहरू पनि वाइ वाइ गरि हिडीरहेका र हिड्नु बाध्यत भएको भन्दै साथीहरूले रुदै बिदाई गरेके धारणा पस्कनु । घरका बाबु आमालाई रुवाइ हिंडेको कुरा, यसरी गएकाहरूको दुर्गति  पनि कष्ट दाई भएको कुरा, गएका मध्ये कोहीको  मृत्युवरण भएको कुरा  र मृत्यलासलाई बाकसमा कोचेर चन्दा उठाएर पठाउनु  परेको दर्दनाक धारणालाई पस्किएको छ कवितामा ।  कवियित्रीले  देशलाई यस्तो अवस्थामा पु¥याउने ढोलेहरूमा आक्रोस पोख्दै  संसदमा जनताको कमाइ खाएर रमाइ बस्ने ढोलेको बुद्धी फिरोस भन्ने कामना गदर्छिन् । अन्त्यमा कवियित्रीको विदेशमा अर्काको गुणगान गाई आफ्नो स्वामित्य गुमाएर बस्न मन कसैलाई हुदैन । विदेशमा भए पनि  देशलाई सहयोग र प्रण गर्दछौं भन्दै गएकाहरूलाई पराइ सम्झन हुँदैन भन्ने धारणा राखेकी छन् कवियित्रीले । यस गीतमा विदेशिन बाध्य भएकाको लाश बाकसमा  चन्दा उठाएर पठाउन पर्दा पनि देशका नीति निर्माताको ओहोदामा बस्नेहरूले काम गर्न नसकेको कारुणिक यथार्थलाई प्रष्ट पारेकी छिन् कवियित्रीले ।
करार जिन्दगी –करारमा जागिर खाने एउटा कर्मचारीको दर्दलाई पस्कने प्रयास गरिएको छ कवितामा । करारमा जागिरखान पनि शोर्सको आवश्यक्ता पर्छ भन्ने धारणा यसरी प्रस्तुत गरिएको छ –
टिङ टिङ घण्टी बज्दा
उपस्थित हुनु
फाइल उठाउन
ढोकामा उभिइरहेछ पिउन दाई
कही तिमीले पो शोर्स लगाइ दिन सक्छौ कि ?
करार थप्नलाई ।
पृष्ठ १०
 रोजगारीको अभावको यथार्थ चित्रण बोकेको छ कविताले ।
ग्हिराइमा डुब – कवियित्रीले यस कवितामा गहन धारणा पस्केकी छन् । सागरमा सयर गर्दैमा मोती कहाँ भेटिन्छ र ? मोती पाउन त गहिराइृमा डुब्नु पछ ।  गहिराइमा डुब्दा पनि सावधानी हुनुपर्छ किनकी माछा, सर्प, गोही भेटिन सकिन्छ । माझधारमा पुग्दा आँधी तुफानले हल्लाउन सक्छ । कल्पनामा सोचे जस्तो नहुन सक्छ ।सत्य त भोग्नै पर्छ यथार्थमा । कवियित्रीले आफ्नो धारणालाई बिरानो भूमिमा नाता गाँसदै गर्दा पनि आफ्नो आकाशलाई  ओढ्न र  साइनो राखी बोलाउन मन लाग्ने, भन्दै आफ्नो धारणा यसरी पस्केकी छन् –
नराखौं सीमित मेची र महाकालीमा
पवित्र कर्म गर्न कहाँ पाइन्छ सपनीमा
बैमनश्य नराखौं जुटौं विपनीमा  ।
पृष्ठ १२,
बहुमूल्य उपलब्धी हाँसिल गर्न सतहमा नभै गरिाइमा डुब्नु पर्ने , वाधा अड्चन आइपर्ने, विशाल क्षेत्र ओगट्न पर्ने र वैमनश्यता नराखी सबै जुट्न पर्ने धारणा  आएको छ ।
चिन्ता घरको – घरलाई बिम्ब बनाएर कवियित्रीले यस कवितामा राष्ट्रमा देखिएको चमेरे प्रवृत्तिलाई प्रष्ट््याउन लाग्नु भएको छ । देश त सुन्दर थियो तर चमेराको प्रवेशले गन्हाएर बस्नलाई अप्ठेरो परेको छ । चमेरे प्रवेत्तिले गर्दा सबै घर छाडेर जानु पर्ने भयो । गास बासको व्यवस्था हुन सकेको भए घर छाड्न पर्ने थिएन । फर्कदा जिउँदो या मुर्दाको कुनरूपमा पर्ने हो त्यो पनि अनिश्चित छ ।
 थाहा छ हलेदो भनेपछि कोट्याउन पर्दैन ।त्यो ता पहेंलै हुन्छ । चमेराहरूले पतेराहरूले बाली नष्ट गरे,  कटेरा जलाए, झण्डा गाडेर घरका साँचा खोसे, जति बलियो भए पनि घर भत्काए, राष्ट्रलाई घाटा पारीरहेका छन्, जनतालाई पेलीरहेका छन् , राष्ट्रलाई बेचीरहेका छन् , संघीयताको जालो फालेर जनतामा भाँजो हालिरहेकाछन् । हेर्दा हेर्दै लुगा फालेर नाङ्गो रुपमा नाची रहेको हुँदा आज जनआवाज गुञ्जीरहेका धारणा यसरी प्रस्तुत भएको छ –
रातोदिन सुनिदैछ तिम्रो भण्डाफोर
भडखालोमा जाकिसक्यो विकासको मोड
ज्यादै भयो लोभमोह अव सबै छोड
जनतालाई तिर्नुपने हिसाब किताब जोड
पृष्ठ १५
फलेको बृक्ष –  यस कवितामा कवियित्रीले बगैंचामा राम्रा पूmल, पूmलमा पुतलीका हुल,गलत विहीन यिनको क्रियाकलाप हेर्दा मनै प्रशन्न हुने भन्दै यिनलाई सपार्न मलजल हाल्नु पर्ने धारणालाई कवियित्रीले बालकसँग लगेर जोड्दै बालकहरू पनि पूmल हुन्, सपुतहरूबाटै कुल सप्रिन्छ , यिनीहरूलाई नयाँ नयाँ काम पढाएर, सिकाएर, मेहनती, इमानदार, कर्मवीर बनाएर फलेको बृक्ष जस्तै लटरम्म झुलाउनु पर्छ  । बालकलाई नेपालसँग जोजड्दै यस्ता धारणा राखिएको छ –
सानो सुन्दर घर हाम्रो नेपाल
जहाँ उभेको छ विश्व शिर हिमाल
नेपाली सन्तान भै देखाउ कमाल
 पृष्ठ १७
पानी –यस कवितामा सर्वप्रथम पानी र सूर्यं बीचको  सम्बन्ध , सागरबाट पानीको निर्माण, पानीको प्रयोग अनि पानी जस्तै बन्नको लागि पानीको अनुरोध जस्ता धारणा कवितामा आएका छन् । कालो बादलको घेराबाट पानी खस्दा घामले गिज्याउने र अस्ताउने वेला समुद्रलाई रङ्ग्याउँदै अस्ताउँने जस्ता धारणालाई मानव जीवनसँग तुलना गर्न सकिन्छ । मानिस जति शक्तिशाली भए पनि जति अहम्ता बोके पनि अस्ताउनै पर्छ ।  पानी समुद्रको वाफबाट माथि फ्याक्दा र आकशले ठेल्दै झार्दा पृथ्वीमा बास पाउने, सिंचाईमा प्रयोग भै सबैलाई चाहिने अनाज उत्पादनमा गरिदिने, आगो निभाउन, तिर्खामा पीउन, नुहाउन भाँडा माझ्न आदिमा प्रयोग हुदै जिन्दगानी जाने भएकोले पानीको आग्रह धर्तीका नानीलाई आपूm जस्तै बन्दा गंगा जस्तै  पवित्र भइन्छ भन्दै पानीले राम कहानी सुनाउँदै कविता समाप्त हुन्छ ।
गठेमङ्गल –  यस कृतिको नामाकरण यसै शीर्षकबाट राखिएको छ । कवियित्रीले यस विषयमा सानो संकेत राख्दै कविता नेपालको राजनीतिसँग तुलना गरेकिछन् । सर्वप्रथम गठेमङ्ग भनेको के हो त भन्नेतिर लाग्नु पर्ला जस्तो लाग्दछ । गठेमङ्गल भनेको काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने पर्वहो । गठेमङ्गल पर्वलाई घण्टाकर्ण पर्व या भूत भगाउने पर्वको रुपमा पनि लिइन्छ । श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौ उपत्यकाका टोल टोलमा युवाहरू जम्मा भई साँझ पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्दै आँगो बालेर भूत भगाउने पम्परा रहेको छ । यस विषयमा किंवदन्ती अनुसार नेपाल मण्डलमा गठामंगल नाम गरेको एक दानव थियो उसले राम्रो काम, सत्य कुरा गर्ने, समाजको हितमा काम गर्ने मानिसलाई देख्न सँहदैनथ्यो । राम्राबचन सुन्नपर्ला भनेर कानमा घण्टा झण्ड्याएर हिड्ने गथ्र्यो । यसरी घण्टा झुण्ड्याएर हिड्ने भएकोले गठे मङ्गल भन्नुको सट्टा घण्टाकर्ण पनि भनिने गर्दथ्यो । उसको काम दोवाटो÷ चौवाटोमा बसेर पैसा माग्ने र बाटोमा हिड्नेलाई सताउँथ्यो र आतङ्ग्कित पार्ने काम गर्दथ्यो । यसबाट आजित मानिसले यसबाट कसरी छुट्कारा पाउने  भनेर अत्तिएका थिए । एक दिन ऊ मर्छ र आजित समाजले खुसीयाली मनाउने काम गर्दछन् । यस पर्वलाई श्रावण कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर गरीन्छ । फलामको औँठी लगाइन्छ । हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनान्छ ।  दोबाटो चौबाटोमा राखिन्छ। ।आगो  लगाए पोलिन्छ र नदीकिनारमा लगि लास विसर्जन गरिन्छ । यस कवितामा कवियित्रीले अन्त्यान्तै छोटो रूपमा भनेकी छन् –
 कति पनि कर्म नगर्ने
रति पनि शर्म नलाग्ने
चैवाटोमा ठिङ्ग उभिने
नाग्लो थापी माग्ने
के हो त्यो  
नेपालको प्रजातन्त्रमा शक्तिको प्रदर्शन गरिन्छ । न यहाँ भक्तिको मान नत मतिको भाव राखिन्छ । यस्तो मनपरि गर्नेहरूलाई सतीको श्राप पनि लाग्दैन । नेपालमा राम्रो काम गर्नेलाई मात्र सतीको श्राप लाग्छ । के हो नेपालको गणतन्त्र भन्दै कवियित्रीले यसरी प्रश्न राख्छिन् –
चल्तीको गाडी हो त्यो
खल्तीको माडी हो त्यो
गल्तीको खाडी होत्यो
नेपालको गणतन्त्रका हर्ताकर्तालाई  घण्टाकर्ण चतुर्दशीसँग जोडेर कवियित्री यसरी प्रस्तुत हुन्छिन् –
आज घण्टाकर्ण चतुर्दशी
जन्मिएछन् थुप्रै अदूरदर्शी
 भिरमा फाली टिप्न नसकेको कुहेको फर्सी
ओगटेका छन् जमातले खुट्टै विनाको कुर्सी ।
पृष्ठ २२
यति कठोर प्रहार गर्दा पनि कवियित्री सन्तोष छैनन् र देशको मनपरितन्त्र र षडयन्त्रको बारेमा किन र को हो भनेर प्रश्न राख्छिन् ।
बाध्यता –यस कवितामा मानिसमा जब बाध्यता आइलाग्छ  ऊ दोधारको स्थितिमा पर्छ । ती मार्मिक अवस्थालाई कसरी सहने भन्ने धारणा यहाँ  आएका छन् । सरल तरिकाले कठिन समस्यालाई औंल्याइएको छ । त्यसबाट मुक्ति पाउँदा केही न केही पिरलो थपिन्छ भन्ने भाव प्रकट छ ।
भुतुक्क पा¥यो – नेपालीमा एउटा उखान छ 'मैले ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो' ।  कुनै काम सहज हुँदैनन् ।मानिसको मन स्थिर हुँदैन । अस्थिर मनलाई डुलाउन हुँदैन भन्ने उपदेश बाबा आमा जे जस्ले दिए पनि, सम्पन्नता भए पनि मन चञ्चल हुँदा खानु न पिउनु भुतुक्कै पर्न सकिन्छ ा व्यवहारले मानिसलाई खार्छ र महत्वकांक्षाले मानिसलाई झार्छ जस्ता उपदेशात्मक भाव प्रकट गर्दै कवियित्रीले देशमा छँदा परदेशको लागि कल्पनु र परदेशमा  हुँदा  देशको यादले सत्तिनु । स्वभाकि हो नत्यहाँ साइनु लगाउनेनै कोही हुन्छ । त्यहाँ गएर नाताको सिर्जना गर्नुपर्छ । नेपालीहरूको अनौठो बानी छ । ऊ देशमा काम गर्दैन परदेशमा हड्डि घोट्छ र दुःख भोग्छ   ।कवियित्रीले भन्नु हुन्छ– मानिसले दुःख भोग्नुको कारण तृष्ष्ण हो । तृष्णा बढेपछि दुख भोगिन्छ । दुःख परेपछि नाता खोजिन्छ । नाता देशकै ठूलो लाग्छ भनि धारणा पस्केको छ कविताले ।
जिउँदो मान्छे – यो कवितामा खवरभित्रको अखबारमा वेखवर भएको, हराएको, सम्पादकले भित्री पेजमा अटाएको, मुद्रणमा पुगेपछि मसिले लटपटिएको, प्रेसले गर्दा चेप्टिएको, दिनभरीको मज्दुरीले पेटभर्न नपाएको, पत्रिका बेच्नेले जताततै फालिएको, सित्तैमा पढ्ज खोज्नेले उपहासमा परेको, पत्रिका किनेर घरमा लगी समय निकालेर पढिसकेपछि थन्किएको पत्रिका भित्रको मान्छे भन्दै नेपालका पत्रिकाको यथार्थ चित्रण गरिएको यस कवितामा जस्ले जे गरे पनि विचार, निष्ठावानलाई कसैले किच्च्याउन सक्दैनन् बरू आफै निच्चिन्छन् । उपहास गर्नेवाला आफै उपहासका पात्र बन्छन् । सिध्याउन खोज्ने आफै सिद्धिन्छन् । पत्रिकामा पट्टिए पनि पुस्तकमा समेटिएपछि जिउँदो प्रतिबिम्बको अमूर्त मान्छे बन्न सकिने धारणा आएको छ कवितामा ।
भूतहरू– भूत शब्द प्रतीबिम्बको रूपमा आएको छ ।  आज देशको अवस्था निकै दयनिय छ । यसको कारक तत्व यिनै भूत हुन् । यी भूतहरूले तर्साउनु तर्साए, चिथोरे, आकार बदले, यिनलाई कानुनले बाँध्न पनि नसकिनु,, बलि दिन पनि नमिल्नु भएकोले यिनले घरलाई भाँडे, पार्टीलाई  चुलाबनाए ,सिद्धान्तलाई कसौंडी बनाए, जनतालाई दाउरा बनाए, बुद्धिजीवीलाई तेल पेलाए, विद्यार्थीलाई मेथीबनाएर पड्काए, इतिहास वर्तमान र भविष्यलाई धुँवामा उडाए, कर्तव्य स्वाभीमान र पहिचानलाई तरकारी झै पकाए,जस्ता धारणा आएका छन् । यी भोका भूतले कुर्सी र टेबुलमा घुम्दै भतेर खाएको दृश्य देखाइरहेका छन् । यिनलाई ककसको प्रेतआत्मा चढेको हो भन्दै आजको नेपाली राजनीतिमा बिम्बमा देखिएका नेतृत्व वर्गको कारणले सबै पक्षलाई तहस नहस परेका धारणा आएको छ कवितामा ।
नामर्द छाती – नामर्दको अर्थ धेरै प्रकारले लगाउन सकिन्छ । कुनै मानिस शक्तिहीन या नपुंंसक, भीरु, डरपोक् कायर आदि अर्थ लगाउन सकिन्छ । तर यहाँ  कवियित्रीले आफ्ना धारणामा मर्दका छातीमा रौं हुनु पर्ने रौं देखिएन । नेपाली हुँ भन्नेले दौरा लगाएर तना कसेको भए नामर्द छाती देखिदैन थियो भन्ने धारणा राख्नु ।
ण्डित भन्ने तर जनै नदेखिए पछि कसरी पण्डित । टोपी लगाएको भए नाङ्गो टाउको देखिदैनथ्यो । दौरा र टोपी राष्ट्रको सूचक यी दुबै नभए पछि के को राष्ट्रसेवक । राष्ट्रप्रति कुनै चिन्तन छैन भने के को मर्दा । त्यसो हुँदा  यी सबै कुराहरूमा छाती दर्विलो हुनुपर्छ  नामर्दबाट मर्दमा जानको लागि ।
सुकुमेल –  यस कवितामा कवियित्रीले एउटा रक्स्याहाका दुर्गुणलाई वर्णन गर्दै भोली पल्ट विहान मुखको दुर्गन्ध हटाउन सुकमेल साथीसँग मागेर खाँदा कवियित्रीले व्यङ्ग कस्दै भन्छिन् –
सुकुमेल खाएर बास्नादार
बन्न सक्छ जड्याँहा भने
विज्ञप्ति छापेर
चोखो हुन
सकिन्न र राजनीतिमा ?
प्ृष्ठ ३५
अर्ति– यस कवितामा सूर्ती खानेलाई मात्र नभएर नखानेलाई पनि क्यान्सर लाग्छ भनिएको छ । दोस्रोमा पैसा धेरै तिरेर किनेको औषधी नमीठो हुन्छ तर सञ्चो यसैबाट हुन्छ । तेस्रोमा अबुझलाई अर्ती लाग्दैन,भनिन्छ तर अर्ती जस्को राम्रो छ सुन भन्छ उपल्लो घरको घर्ती , अर्ती राम्रो दिन्छ भने जातीय विभेद किन ? चौथोमा छोरा असल छन् भन्नु तर आमाले भनेजति इमान्दार कति छन् त छोरा । पाँचौंमा मनुस्मृति सिधान्त च्यापेर हिड्ने हरूले जनक, अंशु, रामशाह, मनुका नीति फालेर रुमली रहन हुन्न भनिएको छ । छैटौंमा भाषण जति गरे पनि काल आउँछ पर्खदैन, असंगतिसँँग हिडन हुँन्दैन भनिएको छ । सातौंमा बत्ती मुनी अँध्यारो भएको छ बुद्धको ज्योति नेपालमा भनिएको छ । आपफ्नो खेती बाँझो राखेर नेपालीहरू अर्काको हलो जोत्न गएका छन् । मन्त्रकै भरमा गाउने नाच्ने गर्दा पण्डितको धोती खुस्केको थाहा हुँदैन भनिएको छ । आठौमा हाडी घोप्टे पाहुनालाई निमन्त्रणा गर्दा परिस्थिति विग्रन्छ ।परिवारभित्र मिलेर बस्नुपर्छ । नवौंमा श्लोकमा कवियित्रीले आफ्ना धारणा यसरी राख्नु भएको छ –
जन्म जन्मान्तर पुर्खाले गए दिएर आहुती
सन्तान उनकै वनेर सपार चाँडै नै नियति
 तिम्रै तारिफ गर्ने आमालाई नपठाउ सति
पृष्ठ ३७
शुद्ध भक्ति– यस कवितामा अध्यात्मिक चिन्तनलाई अगाडी ल्याउँदै मानवशरीर बसमा नरहने हुँदा मनको चेतना जगाउनु पर्छ । इच्छाहरूको स्मिा हुँदैन आत्मालाइृ बसमा ल्याउनु पर्छ । देह नश्वर छ । मानिसमा ज्ञान नहुँदा वचन विषालु निस्कन्छन् । बढ्दो जनसंख्यासँग द्वेष पनि बढ्छ । दुर्गन्ध बढ्यो भनेर अत्तर छरेर सुगन्धित बनाउँदा बास्ना बढ्न जान्छ । यी सबै बाट मुक्त हुनको लागि शुद्ध भक्ति चाहिन्छ । हेरौं कवियित्रीको धारणा–
आत्मा सफा भयो भने आउछ उज्यालो मुस्कान
सोचे सबै आफ्नै आफ्नै गरौं भातृत्वले आलिङ्गन
मनमा भत्ति तनमा भक्ति झक्ति भनेको ज्ञान
शुद्ध भक्ति गरेमात्र बढ्छ सबको  शान ।
मैले पर्खेको नववर्ष –
आउनु नयाँ वर्ष यसरी आउनु
युग युगान्तकारी पन्नाहरूमा
सवल बृत्तचित्र कोरेर ल्याउनु
हरेक महिनाको हरेक दिनहरूमा
उर्जाहरू थपेर असल कर्म गरेर पल्टिउन ।
नयाँ वषर््ा उत्साह , आशा विश्वास, अभिलाषा बोकेर, हत्या, हिंसा, डर त्रास, कष्ट, त्यागेर सबैलाई साझा सम्झेर , स्वार्थ विहीन, मन नविथोली कन, चोरी, ठगी, बलत्कार, व्यभिचार, अत्याचार,बाट मुक्त पार्दै, सदाचार, अचाक्ली हिमपात विहीन, लडार्ई, रक्तपात विहीन बनाएर, कलम लिएर सन्धि सम्झौतागर्दै, हातमा हात मिलाउँदै,शान्ति दूत बनेर ज्योति लिएर आऊ भनिएको छ ।
प्रश्नै प्रश्न– यस कवितामा कवियित्रीले मानवीय प्रबृत्तिप्रति औंला ठड्याउँदै केही प्रश्न राखेकी छन् । मानिसले मीठा चिल्ला कुरा गर्ने,तर्क वितर्क गर्ने, भावनामा बहने तर आपूmले भने आपूmजस्तो नभएमा रडाको मच्चाउने किन , गंगाझै पवित्र छु भन्ने तर खहरे झै उर्लेर आएर कलिला पालुवा, मुना टुक्य्राउँदै लग्यौ किन ? फोहोर पानी मात्र नभएर छद्मभेषी पवन पनि रहेछौ । सुवास छर्छु भन्ने तर दुर्गन्ध फैल्याउने किन ? आकाश झै कञ्चन छु भन्ने तारा जून नचाएर सजाउँछु  भन्ने तर कालो वादल भएर मडारिँदै विषाक्त चट्टान भए र हामी माथि नै बज्रदै छौ किन ? कवियित्रीका यी प्रश्नबाट प्रष्ट के हुन आउँछ भने  मानिसले आपूmलाई जे सम्झन्छ । यथार्थतामा ऊ हुँदैन  ।
गर्व –नेपालको गौरव बढाउने विभूतिहरूको चर्चा गरिएको छ कवितामा । राम अयोध्यामा जन्मे। सीता जनक पुत्री भएर जनकपुरमा जन्मिइन् । उनको विवाहमा शिवधनु उठाउनु पर्ने थियो सबै सहभागी भए पनि राम मात्रै सफल भए ।जनक आफै विवेकका खानी थिए, नेपालका विभूति थिए । सीतालाई रावणले हरेपनि उनलाई रावणले डगाउन सकेन तर रामले नस्वीकारेर पनि उनी पवित्र नै थिइन् । यसरी नै भृकुटी अंशुवर्माकी छोरीले श्रोचङ गम्पोसँग विवाह गरेर नेपाललाई चिनसँगको युद्धबाट जोगाइन् भन्दै कवितामा हाम्रा विभूतिहरूको वर्णन गरिएको छ ।
बल्छी –यस कवितामा पनि कवियित्रीले पौराणिक युगको कंशको कुवुद्धिले वंश नासका कुरा राख्दै तिर हान्न जान्नेले मात्र मृग मार्न सक्छ । बल्छी फाल्न जान्नेले मात्र जालमा माछा पार्छ । नत्र मृग भाग्न सक्छ शिकारीलाई बाघले खान सक्छ, जालहान्नेलाई छालले तानेर लान सक्छ भन्दै कवियित्रीले आगोलाई समाउन नहुने , झीक्राझुत्री दाउरालाई ठोस्न नहुने, बलेन भनेर आगोमा घिउ धेरै थप्न नहुने, अवोध बालिका काखमा राखेर होलिका बन्न हुँदैन किनकी आगोले सबै डढाएर सखाप पार्छ भने होलिका बन्नेलाई पनि आगोले भूमिका खेल्नै पर्छ भन्ने कवियित्रीको धारणा आएको छ ।  
बलिप्रथा –बलीदिने प्रथा आजको नभएर धेरै पहिलादेखि चलि आएको प्रथा हो । यहाँसम्मकी मानिसले मानिसकै बलि दिन्थे । यस प्रथादेखि कवियित्री सहमत छैनन् । कागजी चङ्गाको वर्णन गर्दै दशैमा जमरा उमारिन्छ ।बारी बरिपरि पुतलीहरू र मौरीहरू रमाउँछन्।  घर लिपेर शुद्ध पारिन्छ । शरद ऋतुको आगमन हुन्छ । नदीनाला शुद्ध बनेर बग्नु धानका बाला झुल्नु,जस्ता वातावरणीय सुन्दरताको प्रस्तुती गरिएको छ । बलिप्रथाप्रति कवियित्रीको धारणा यसरी आएको छ –
आहा ! सही अर्थमा दशैंको माने बुझौं
भोजै खान निमुखा पशुको बलि नचढाऔं
बैमनश्य, रिश राग त्यागी ठूलाबाट टीका थापौं
सिर्जनशील हात बढाई देश बनाउने आशीर्वाद मागौं ।
पृष्ठ ४९
जातै बैगुनी – मानिसको जातै बैगुनी भन्ने धारणालाई कमिला मार्फत कवियित्रीले कमिलाको कर्मशीलतालाई  बताउनु भएको छ । सानो जीव भनेर सबैले कुचेर ज्यान बचाउन मुस्किल हुने कमिलाहरू एकतामा जुट्छन् । कसैको दान लिंदैनन् । खाना बटुल्छन् । अनिकालबाट बच्न अन्न भण्डार गर्छन् । कमिला बाट मानिसले शिक्षा लेला भन्दा कमिलाको गुँड भत्का दिने छिल्लाविल्ला पारिदिने गरेता पनि कमिला एक ढिक्का हुन्छन् भन्ने धारणा आएका छन् कवितामा ।  
निर्जीव आमा –यस कवितामा टेवुललाई बिम्ब बनाएरप्रयोग गरिएको छ  । विविध पक्षलाई उठाएको छ । चारपाउ भए पनि टेबुल हिड्न सक्दैन । कुर्सीहरूले पहरा दिन्छन् । गह्रुङ्गो भए पनि कुर्सीहरूले सहन्छन् । पाखण्डीहरू बोल्छन् । त्यसैमा खाने पिउने ,जुठोपुरो छाड्छन् । कुर्सीहरू सार्छन् । टेवुलमा मुड्की बजार्दा टेबुलको छाती दुख्दा बोल्न सक्दिनन् नीर्जिव आमा ,त्यसरीनै छोरा लडी कुर्सी बजारदा बोल्न सक्दैन नपुंंसक बाबु , तराजु ढल्किएको देख्दा पनि कुर्सी न्यायमूर्ति गान्धारी (अन्धो ) बन्नु, बिरालो घाँटीमा घन्टी बज्नु, फुकाउने हिक्मत नहुनु  बच्न खोज्दै मुसाहरू दुलोभित्र पस्दै जानु, इज्जत छोप्ने बस्त्रहरू जताततै भ्वांग पर्नुजस्ता धारणा राख्दै कवियित्रीले अब टेबुलले गर्भ बोकेको र उसले भोग्न परेका कष्टलाई प्रस्तुत गर्न थाल्छिन् ।  बाबुले आफ्नो कर्तव्य निभाउनु भन्दा वल्लो घाट न पल्लो घाँट सावा व्याज उठाउँदै जानु। इता टेवुलमा प्रश्रव व्यथा लाग्नु, रक्त श्राव बढ्दै जानु र चीतामा पुग्न । मन्दिरका घण्टाहरू विरहले बज्नु र हिमालले आँशु झार्नु जस्ता धारणा आएका छन् ।  बाबु आमाको असक्षमताको कारणले गर्दा मृत्युवरणसम्म हुनसक्ने धारणा  आएको छ  कवितामा ।
प्रकृति – यस कवितामा प्रकृतिको खुलेर वर्णन गरिएको छ र अन्त्यमा जननीको बारेमा धारणा राखिएको छ –
आँधी बेहरीसँग  जुध्न सक्ने तिमी कति चाम्री
दिन्छौ त प्राणिलाई गर्न हालीमुहाली
गोला बारुद क्षेप्यास्त्र खेप्न सक्ने जननी हाम्री
शिक्षा दिइरहन्छौ नराम्रोलाई फाली राम्रोलाई दिन बहाली ।
पृष्ठ ५७
कस्तुरी– मृगमा कस्तुरी हुन्छ । कस्तुरीको वासना खोज्न मृग नै यता उती दगुर्छ । यस कवितामा कस्तुरीको खोजीमा कवियित्री पछिलाग्छिन् यत्रतत्र उकाली ओराली सबै ठाउँमा पुग्दा मृग हराउँछ  र छद्यमभेषी शिकारीसँग भेट हुन पुग्छ  र धरापमा पर्दै, कार्तोसको गोली तेर्सिन्छ ।  शरणको लागि कसैको चरण छुन प¥यो । यस अवस्थालाई मनन गर्दै कवियित्रीले छायाँ र बास्ना खोज्न हुँदैन 'कौवाले कान लग्यो भनेर कौवाको पछि लाग्नु भन्दा आफ्ना कान छाम्नु राम्रो हुने र आपूmभिबको कस्तुरी जोगाउन सके नै काफी हुने धारणा आएको छ कवितामा ।
रगत नै जीवन – रगत छ र हामी हुन्छौं रगतको सञ्चार छन्देर जीवन रहन्छ । कवियित्रीले रक्तको महिमालाई महत्वका साथ उठाएकी छन् ।
तिम्रो कति  देन छ
आमाको पनि आमा
तिमी महा आमा
मेरी आमालाई समेत जीवन्त राख्ने
तिमी नै हौ
पृष्ठ ६१
रगत विनाको जीवन सम्भव छैन भन्दै रगतको महिमा गाउँदै  रक्त दानको महा यज्ञमा सहभागीताको  लागि अपेक्षा गर्दछु भन्दै कवियित्री आह्वान गर्दै " गरौ. रक्तदानज दिउँ जीवनदान" महान धारणा आएका छन् कवितामा ।
साँझ – विहानपछिको साँझ र साँझपछिको विहान यो विविधको रिन्तरता हो ।  यहाँ कवलिे साँझलाई मध्य नजर राख्दै यसका गतिविधिलाई केलाउँदै यो साँझ यो सुवासमा बात नलागोस्,गजल सुनेर हतास् नआओस्, 'नौला किरणले  नल्याओस् मात, प्रदेशले वाध नलगाओस् , विदेशमै भै निरास भएर बस्न नपरोस, विदेशमै चिहान हुन नपरोस् ।  यो सााझ यो सुवासमा परदेशीलाई लाग्छ आश , चन्द्रसूर्य ध्वजा सधैं फहराओस् , लाली गुराँस फुलिरहुन् हामी प्रदेशी पनि  काँधमा काँध मिलाउन आउने छौं, परेवा उडुन् स्वयम्भु सिरान, फकेर दिने छौं निस्वार्थ हात यति धारणाको साथमा कवियित्रीले देशमा भए रहेका के ही अवरोध छन् भने –
"यो साँझ यो सुवास
फुकेर  बिगुल मातृभूमिको हाक
दिलाउन राष्ट्रलाई चाँडै निकास ।
पृष्ठ ६५
साहित्य चौतारी – यस कवितामा साहित्य चौतारीलाई जस्ले चिनेको भए पनि चिन्नेवालाले जसपाओस् । छहारी खोज्न आउनेलाई शितल मिलोस्,  स्रष्टालाई भावना बिसाउने स्थान बनोस्, प्रवासमा पीरव्यथाको ढाक्रो् बोकेर हिंडेको किन नहोस्  टेको लगाएर अढ्याउने थलो बनोस् । स्रष्टाहरूको चरण बनोस् । जुवातास र बाघचाल खेल्ने क्रिडास्थल कहिल्यै नवनोस् । भागवण्डामा अंश खोज्ने अंशियार कोही नबनोस् तर भानूको आश्रम बनोस् धारणा राख्दै कवियित्री भन्छिन् –
यो चौतारी
सार्व भौम राष्ट्र नेपाललाई जोड्ने
बहुल जाति , भाष,धर्म र 'संस्कुृतिको अखण्ड पुल बनोस्
जहाँरहे पनि मातृभूमिको रक्षा खातिर
खवरदारी गर्ने श्रमजीवी श्रष्टा पाइरहोस्
पृष्ठ ६७
कविता किन फुर्छ –  यस कवितामा कवियित्रीले कविता जुनसुकै वेला पनि फुर्न सक्छ ।फुरेपछि लेख्नु पर्छ । लेखेपछि कविता गोष्ठिमा सुनाउनु छ ।  कवितामा प्रतिस्पर्धाको लागि हो भने मूल्याङ्कन समितिमा को को पर्छन् हेर्नुपर्छ । भन्ने धारण पछि कवियित्रीको धारणा फरक हुन्छ ।  कवितालाई नफुर्नु किनकी समालोचना गर्नेहरू पनि विज्ञ विज्ञ भए पनि अनविज्ञ हुँदै समालोचना गर्दछन् । अर्थात कविताको सही मूल्याङ्कन र समालोचना हुँदैन) । कवियित्री पुनः तर्कवितर्क गदै कविता सुन्न नरुचाउनेले अर्काको भाका कसरी बुझ्लान् । कवियित्रीको मनै हो तिनी सरस्वतीको मन्दिरमा शिक्षा दिनेले  कमजोर विद्यार्थ ठान्दै छडी चलाउँछ भने उसलाई के भन्नु पर्ला ? आदि तर्क राख्दै अन्त्यमा कवियित्रीको  भावना यसरी बग्छ –
भो कविता न आउनु तिमी
सविता च्याप्नेहरूको माँझ
ल्ैजान्छु तिमीलाई सलल निष्कलंक बग्ने सरितासाथ
सालैजो भाखा राख्दै सुनौला प्रकृतिलाई गोधुली सााँझ
पृष्ठ ६९
बलात्कारी  – आफ्नै छिमेक र आफ्नै नाताको मानिस बालिकाको पछि पछि लाग्छ बालिका भाग्दै जान्छिन् । खेलमा सहभागी हुन्छन् । खेल्दा खेल्दै बालिका बलत्कारमा पर्छिन । गुप्ताङ्ग रक्ताम्य हुनु, जस्ता धारणा पस्कदै कवियित्रीले , जटिल घटनालाई यसरी प्रस्तुत गरेकीछन् ।
यस्तो ठूलो प्रहार
कस्तो पीडा कस्तो बिडम्बना
 असुरक्षित मान्छे या समाज ?
आधुनिकताको परिचय या उपज ?
जटिल प्रश्नको जवाफ त्यति सहज त छैन तर विकृति जति समाजबाटै सिर्जना हुन्छ भन्न सकिन्छ किनी व्यक्ति पनि समाजकै एक सदस्य हो । कवियित्रीबाट अरू प्रश्न पनि आएका छन् –' अवोध बालिकालाई प्राणै जोखिममा पर्ने गरी निन्दनीय कर्म गर्न सक्ने ज्यादतीको सीमा नाघ्ने  पशु हो कि मानिस ? ' कवियित्रीले अर्को जटिल समस्यालाई यहाँ उठाए कि छन् । बलात्कारमा लागेको घाउ त निको होला तर चिथोरियको भविष्य  कसरी जोड्ने होला ? सामजिक जटिलतालाई कविताले विश्लेषण गरेको छ ।
नलौरो न हतियार –
"भो भो यो सुन्दर सांसद  
बाँदरको पुच्छर जत्तिकै भयो
न लौरो न हतियार !!!"
यस कविताको भावसार यिनै तीन हरफले दिएको छ सन्देश ।
ंनेपाली सांसदको क्रिया कलापलाई  यस कवितामा कवियित्रीले प्रष्ट पारेकी छन् ।  नेपालमा संविधान छ तर संविधानलाई कार्यन्वयनमा ल्याउँदैनन् । आसेपासेहरूले ढोकाबाट स्वगतगान गाउँदा भ्रष्टहरूले गौरव र शान ठान्दछन् । यी हुतीहारा र गतिछाडाले अभिमान देखाउँछन् । पुस्तांै पुग्ने भ्रष्टचार गर्ने ,पदको लागि कुर्सी ताना तान गर्नु,  आपसमा फोहोरी शब्दले हनाहान गर्ने, भाषणमा आकाश पाताल जोड्रने, राज्यको ढुकुटीको दोहन गर्ने, , जनताले तिरेका करबाट विदेश भ्रमण गर्ने, चुनावताका गाउँमा गएर जनताका पाउ पर्ने,  आफ्नो काम भएपछि जनतालाई हकार्छन् । अति भएकोले जनताले पनि चडकन हान्न थालेका छन् । धोती टोपी नभएर संसद छिरेकाले घरबार जोडेका छन् । अख्तियारले पनि नाटक गर्दछ । राष्ट्रवादलाई चिनेर अव होसियार हौं भन्दै कविताले आजको देशको राजनीति भ्रष्टचारलाई प्रष्ट पारेको छ । छिमेकी अजीङ्गरलाई जलाउन पाए हुन्थ्यो भन्ने धारणा कवितामा आएको छ । यसबाट विदेशी हस्तक्षेपबाट बच्नु पर्छ भनिएको छ।
संगठन –  यस कवितामा सबै मिल्दाजुल्दा चिजहरू नै  राम्रो हुने भएकोले मन मिल्दा कुरा नभए दिल फाट्ने, नयाँ छुराले कपाल राम्ररी काट्ने, तरकारी मीठो हुनलाई जीरा ठिक्क राख्नुपर्ने बढी भए तिता पिरा लाग्ने, हीरा टल्काउन पनि मिलाएर काट्न पर्ने, संगठन पनि हित भावनाबाट चलाएमा राम्रो हुने अहितमा परिणत भयो भने ऐठन आउने  धारणा आएका छन् कवितामा ।
वेमौसमी पूmल – यसकवितामा माओवादी युद्धका घटनालाइ कवियित्रीले वेमौसमी पूmलको नामाकरण गरेर युद्ध गर्न नपर्ने अवस्थामा युद्ध गरिएको र युद्धबाट पर्न गएको मानवीय असरलाई दर्दनाक रूपमा प्रस्तुत गरिएको छ ।  कविताको उठान कौतुहल जगाउने तरिकाबाट गरिएको छ । सडक रक्ताम्मे थियो लालु पाते होकि लाली गुराँस  ठम्याउन कठिन भयो अनि वनमा फुल्न् लालीगुराँस सडकमा कसरी  । शक्ति प्रदर्शन रहेछ कमाण्डरको । कवियित्रीमा प्रश्न उब्जन्छ । माओको वदनाम किन ? वेमौसमी नपूmलने पूmल कसरी फुल्यो ?  कवियित्रीले यथार्थता सम्झिन्छिन् । हिजो बन्दुक भिरायो डाँडा पाखा रक्ताम्मे बनायो  आज भाटा लाठी बोकायो सडक रक्ताम्मे बनायो । हिजो बन्दुक बोक्नेहरू अयोग्य ठहरिएका मरूभूमितिर गए । बाँकी भोको पेटलाई टट्टु बनायो । मालिक दङ्ग, जमात गनिए । यिनको जनताका छोराले लाठी खाए, कमाण्डरले खुसीयालीमा बेलुन उडायो । बेलुन पट्के हाइड्रोजन गैसबाट परेवा निसासिएर झरे र अनाहकमा शान्तिका दूत मरे । कलिला नौजवान सन्तानको रगतमा मिसिन पुग्यो । देश रोएर निथरुक्क भिजिन आमा जस्ता मार्मिक कष्टदायी धारणा आएका छन् कवितामा ।
जसबहादुर र खाम्लिङ्ग –यस कवितामा पहाडको दुर्गम स्थल खाम्लिङ गाउँ बाट जसबहादुर भरीयाको नाइके भएर धरान बजार तिर झर्छ । घर परिवारलाई हप्तादिनसम्म गर्नुपर्ने काम श्रीमतीलाई जानकारी गर्छ । साहुले दिएका पैसा बोकेर हिड्छ । रातभरी सुरक्षको लागि निदाउन पाउँदैन । धरान मारवाडीको आगनमा पुग्छ । अर्डर थमाउँछ र अर्डर लिन्छ सामानको । सामान लिएर हप्ता दिनमा पहाडे साहुकोम सामान पु¥याउँछ । यस कवितामा कवियित्रीले भरिययाले भोगेका बाटोको विकटतालाई,, पहिरोमा चिप्लेको, भरियाको भोको पेट कराएको कस्ले देख्छ आदि प्रश्नहरू यहाँ आएका छन् ।
अब बिदा भूकम्पलाई – वि.सं.२०७२ सालको भूकम्पलले दिएको यातना, मठमन्दिर, घर गोठ आदि ध्वस्त भएको अवस्थाको विवरण आएका छन् कवितामा । कवियित्रीले भग्नावशेषका चित्कारलाई दर्शाउँदै अतीतका घटनाले सबैलाई दिएको चेतनालाई सबैले मनन गर्नु पर्ने भन्दै भूकम्पलाई यस पृथ्वीलाई जिर्ण नबनाई भाग्न भनिएको छ ।
भूकम्पभित्रको पराकम्प–
उदण्डता मच्चाउँदै आयो भुइचालो
साँस्कृतिक सम्पदा ,घरगोठ सबै ढाल्यो
२०७२ साल बैशाख १२ गतेको दिन भयो कालो
इतिहासमा नै घाउ बस्ने गरी आलो
पृष्ठ ८७
७.८ रेक्टरको यो भुइचालोले गरेका क्षतीलाई कवियित्रीले प्रष्ट रूपमा यसरी प्रस्तुत गर्नु भएको छ–
धन सम्पत्तिको  अभिशप्त धरोहर निमेशमै ढाल्यो
बैभव घमण्डले चुलिएकालाई क्षणमै गालो
विपत्तीले राजा रङ्क सबैलाई सडकमा निकाल्यो
ठप्प बनायो बैज्ञानिक संचार विद्युतको जाल्यो
पृष्ठ ८७
यस समयमा मानिस बस्तुभाउ, सबै पुरिएकको, बचाओको चित्कार सुनियो । कतिको उद्धार भयो कति भित्रै मृत्युवरण गरे । बारंबार साना ठूला पराकम्प आए, घरबार बिहीन पालमा बस्नु प¥यो यस्तो कष्टदाई अवस्थामा पनि मानवीयसम्वेदनालाई ख्यालै नगरी अमानवीय क्रियाकलाप पनि भए ।  राहतको नाममा जाल हाल्ने निकृष्ट दलबल पनि भेटिए, युवाशक्ति पलायन थियो । घर मर्मत गर्ने जनशक्ति अभाव खड्कियो, कतिका के के सपना थिए सबै  चितामा विलायो । भूगर्भविदका सूचना नआएका पनि हैनन् । त्यसतर्फ कसैको ध्ष्यानै गएन । समय बलवान जान्दा जान्दै पनि राज्यशक्ति खिचातानीमै विलायो र यस्तो छलछाम गर्ने राज्य संयत्रलाई भूकम्पले निर्बस्त्र तुल्यायो जस्ता भावना समेटेको छ कविताले
नमिलेको प्लेट मिलाउन खोज्दा – यो कविता पनि भूकम्पसँगै सम्बिन्धित छ । यस कवितामा कवियित्रीले नेपालको भूकम्प टाइटोनिक र युरोसियन प्लेट मिलाउन आएको धारणा राखिएको छ ।  अमेरिकी भूगर्भ सर्वेक्षणले भने बमोजिम नेपालमा विनाशकारी भूकम्प दुई अभिसरण हुने टेक्टोनिक प्लेटका कारण आएको हो । इन्डिया प्लेट र उत्तरमा ओभरराइड युरेशिया प्लेट । नेपाल यी दुई प्लेटको बीचमा पर्दछ । पृथ्वीको क्रस्टको संरचना र यसमा हुने ठूला–ठूला प्रक्रियाहरूसँग सम्बन्धित कुरालाई संक्षेपमा जोड्न खोजेको देखिन्छ कवितामा । कवियित्रीले यी प्लेट थाकेका छैनन् र यिनीहरूले सबै मिलाउन खोज्दै छन्  भन्ने कवियित्रीको धारणा छ ।  यी प्लेटले गास, बास, कपास मिलाएर जानु भन्दा डर, त्रास, र लास दिएर जाँदै छन् । बासको ठाउँमा खुला आकाश र गासको ठाउँमा आँधी बतास पाए बासीहरूले । यसपछि कवियित्रीले आफ्नो धारणामा भूकम्पले चिरा पारेको जमिनमा सीता फेला परिनन् ।हिमाल बगेको हेर्दा शिव भेटिएनन् श्लेषमान्तकमा सतिदेवी र पार्वती भेटिइनन्, बारपाकमा रामशाह पाइएनन् तातो पानी छिचोल्दा भृकुटी, तमोर तरेर यलम्बर खोज्दा उनी पनि पाउन सकिएनन् । यसरी खोज्दा कवियित्रीले चोर, फटाहा, घुस्याहा मात्र पाउनु भयो । भूकम्पले पनि न्याय गरेन दुर्जन व्यक्तिलाई खोजी खोजी मार्नु भन्दा दुःखी गरिब, निमुखाहरूनै बढ्ता परे । भूकम्पले भत्केका घरलाई मर्मत गर्न विदेश गएकाहरूले आफ्नो स्वाभीमान गुमाएका छन् । देशको परिस्थितितिर कवियित्रीको धारणामा "भताभुङ्ग देशको लथालिङ्ग चाला, भन्दै विपत्ति पनि हाम्रै देशमा झ्वाम्म, आई परेको मिठो सपना पनि देख्न नपाइने र सपना बीच अनयासै चडकन हाने जस्तो अनुभूति हुने । आखिर कवियित्रीले भूकम्पलाई विगार्नमात्र सक्ने भन्दै  हाम्रा साँसदसँग लगेर जोड्छिन् । गहिरिएर हेर्ने हो भने नेपालका सांसदबाट के नै निकास निक्लेको छ र जनकल्याण कारी के नै नियम कानुन बनेकाछन् । देशको ढुकुटी रित्यायर जनकल्याणकारी काम नगर्नु भनेको त भूकम्पले विगार्नु जस्तै त होनी । ती डकर्मी युरासियम र टाइटोनिकलाई महगो ज्याला लिएर संसदको जग राख्दा प्लेट मिलाएर राख्न नजानेकासँग तुलना  गरिएको छ । भूगर्भितरूपमा दक्षिणको ईन्डिया प्लेट र उत्तरमा ओभरराइड युरेशिया प्लेट मिलेको भए नेपाल धेरै भूकम्प जोखिममा पर्ने थिएन । नेपालमा संसद निर्माणमा पनि वैज्ञानिक रूपमा देशले थाम्न सक्ने अवस्थामा बनेको भए आजको स्थिति नेपाली जनताले व्यहोर्न पर्ने थिएन । कवियित्रीको नेपालको राजनीतिक विकृतिलाई समेट्न सफल प्रयास गरेकी छिन्
 सुवासको रहर –सुवासको रहर कसलाई हुँदैन र सबैलाई हुन्छ । यहाँ कवियित्रीले गमलामा पूmल पुल्नु, काँडासँग वैमनष्य नगर्नु , छुट्टै गर्व हुन्छ गमलमा फुल्नु । मालिलाई दोष नदिनु । यी उद्गारलाई कवियित्रीले विश्लेषणात्मक रूपमा व्याख्या गर्दै काँडासँगको दुष्मनी पीडादाई हुन्छ, कसैसँग जुधिन्छ भने आफ्नै अपहेलना हुन्छ । कोपिलाबाट पूmल फुल्नसम्म पुग्नु पनि यात्रा हो । यो पूmलसम्म नपुगेसम्म घामपानी सहन पर्छ । यस कवितामा गहन मानव जीवनको यात्रासँग लगेर जोड्न सकिन्छ । कोपिलाको अन्तिम यात्रा हो फुल्नु, फुलेपछि फल लाग्नेले फल लाग्छ फल नलाग्ने झर्छ ।  नझर्दासम्म जे जे गर्न सकिन्छ (सुवास छर्नु आदि) फुल्नु अगावै गर्नु जीवन सार्थकता हो । छोटो कवितामा गहन भावना भरेर प्रस्त'त भएकी छन् कवियित्री । तामा तलको श्लोक अध्ययन ग¥यौं –
कर्तव्य हो मालिलाई रिझाउनु
काँडा भै कसैलाई नबिझाउनु
क्षणिक हो पूmल भै फुल्नु र झुल्न
कुशलता हो पत्रपत्रमा रङ्गभर्नु
पौरख हो झन सुवास छर्नु
पृष्ठ ९२
जीवन सफल पार्नलाई सुवास छर्नु सक्नु पर्छ भन्नु यथार्थ हो ।
कर्कलाको पानी – कर्कलाको पानी पातमा अडिन सक्दैन । अडिहाल्यो भने पनि अति अस्थिर हुन्छ । कवियित्रीले यहाँ अति महत्वको साथ पानीलाई मानिसको जीवनसँग तुलना गर्नु भएको छ । कर्कलाको पातमा शीतका दाना मोतीका दाना सरहनै टल्केको पाइन्छ । यति सुन्दर टल्कन भएको पानीका बुँदलाई जमिनमा विनास्वार्थ दुःख नमानी सिँचाइको लागि झारिदिन्छ कर्कलाका पातले  । यसबाट मानिसले शिक्षा लिन सक्नुपर्छ धारणा सहित यसरी प्रस्तुत हुनु भएको छ कवियित्री –
कर्कलाको पानी जस्तै जिन्दगानी
अस्थिर यो सुख दुखको कहानी
जानेरै मानिस गर्छ किन वेइमानी
मानिसमात्र पाए जगतमा अभिमानी
पृष्ठ ९४
जिउँदो मुनाको खोजी –यस कवितामा कवियित्रीले महाकावि लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित मुना मदनको कृतिलाई आधार बनाई जिउँदी मुनाको खोजी गरिएको छ । ल्क्ष्मीप्रसादका मदनकी मुनालाई धेरै माया गर्दा गर्दै मदनलाई भोट किन पठायौ , नुन नभएर पीठो खाएर पनि बचिन्थ्यो किन रोकिनौ । सुनले शरीर ढाकिने हैन कपडाले ढाकिन्थ्यो, आँशुले किन रमेकिनौ । न सुनका बाला लगाउन सक्यौ, न त मदनलाई बचाउन सकेऊ , मरेकी मुना सम्झेर रुने मदन कहाँ छ , मरेकी मुनालाई सम्झेर तिमीलाई बोलाएकोमा तिमीले सुनेउ कि सुनिनौ आदि धारणा राख्दै कवियित्रीले मुनालाई सक्छौ जिएर आउ । आज हजारौं मदन छन् र नुन र सुन को जोहो गर्न पलायन हुँदै छन् ।  यस पछि पुन कवियित्रीले  जिउँदी मुनाहरूलाई पलायन हुन लागेका मदनलाई मायाको साँङ्लो उनेर संघारमा उभिएर जमिन देखाइदेउ र नुन र सुन खन्नलाई झम्पाल खोजी देऊ । भन्ने आग्रह गर्दछिन् ।
अन्त्यमा कवियित्रीले हिमालमा बिमारी परेका मदनलाई रङ्गमञ्चमा आएर दर्शकलाई मुनामदन नाटक देखाई देऊ र वितेका तिम्रा कहानी सुनाई पलायन भएका हालका मदनलाई फर्काउने आग्रह गर्दै कविता समाप्त हुन्छ ।
छताछुल्ल व्याड–  यस कवितामा सपनामा रमाएको जस्तो विपनामा हुँदो रहेनछ । विपनामा उठेर काम गर्नु काम गर्दा हातमा ठेला उठ्नु, उम्रदै गर्नलागेको बीउ हेर्नु, वियाडमा भएका झारपात गोड्नु रोप्ने बेला असिना आउनु र व्याडलाई छ्याल्लव्याल्ल बनाउनु आदि धारणा आएका छन् कवितामा । यहाँ घुमाउरो पाराले कर्म गर्नु फलको आसा नगर्नु भन्ने भावना दर्शाइएको छ ।
पैंठैजोरी –पौठे जोरी खेल्नेवालाले नै  झगडा न्म्त्यिाउँछन् । नराम्रो सङ्गत गरी अखडा गर्नेबाल बाटै साना तिना कुरामा वखेडा निस्कन्छन् । अहंकारमा  शान्त (ठण्डा) हुनुपर्छ नत्र भने अहं भावबाट डण्डा खाइन्छ । अर्कालाई पुर्ने खाल्टो खन्दा आफै खाल्टामा परिन्छ । फाल्तु कुरामा बाजी राख्न हुन्न यदी राखी हाल्यो भने बनिन्छ मूर्ख पाजी ।  गाउँ समाजमा बोलिने टुक्कालाई जोडेर मीठा र ज्ञानवद्र्धक सन्देश प्रवाह  गरिएको छ कवितामा ।
विचलित मनहरू – हाम्रो सबभन्दा ठुलो सम्पत्ति भनेको मन नै हो । यो हरेक काममा सहभागी हुन्छ  । हामी कहिले  हर्षित,कहिले खुसी, विस्मात् अनेकौँ तर्कनाहरू उठने डर, चिन्ता, तनाव, अशान्ति समेतको महसुस गर्दछौ । यसरी मन किन विचलित हुन्छ भन्दा मन विचलित अहम् बढ्नाले हुन्छ  भनिन्छ  । जे जसरी मन विचलित भए पनि कवियित्रीले यहाँ विचलित मनलाई "तिमी जीउनु पर्छ, मानवताको खडेरी परेको वेला, जिउने मात्र होइन वाँच्न नसकेकालाई उत्प्रेणको स्रोत बन्नुपर्छ ।" सडक बालकले फोहोर डङ्गुरमा खाना खोजी रहेको छ । यस्तो अवस्थामा कोमल हृदयवालाले दयाको भण्डार खोल्छन् । कवियित्रीले असीमित कला देख्छिन् । मर्न कोही चाँहादैन । नयाँ अध्याय थाल्न चाहा छिन् । तिमी सँग ज्योति छ । यो ज्योतिमा आशाको धागो तान विश्वासको तेल थप, प्रकाश छर्ने काम आजै गर किनकि अँधेरोमा बस्नेहरूले प्रकाश खोजी रहेका छन् ।  जुरुक्क उठ, बालरविको ताप न्यानो हुन्छ । दिउसको घामले पोल्न सक्छ । पोल्यो भनेर छाता ओढ्न हुँँदैन  । किनकी फलामको तारैतारको आडमा उम्रने छाताको भर हुँदैन । कवियित्रीको धारणा महान छ । अर्काको छहारीमा बस्न हुँदैन ।   हावाहुरीले उडाउन सक्छ । त्यसो हुँदा छाता समाउने नभएर विचार समाउने उर्जा बन्नुपर्छ । कवियित्रीका उच्चतम धारणा यसरी आएका छन् –
स्पात जस्तो विचार गुन
उभिन नसक्नेहरूको
मेरुदण्ड बन
 उच्च विचारको खेती गर
आफूले आफैलाई सिञ्चन गर
कजाऊ आफ्नो अस्थिर मन
सिकाऊ 'बैलाई बाँच्न र बचाउन ।  
विचलित मनलाई समाएर मनलाई क्रियाशील बनाउने जुन सुधारका धारणाहरू आएका छन् ।यी मननीय र अनुकरणीय छन् ।
खुकुरी र कुखुरी –यस कवितामा खुकुरी र कुखुरी अनि राजनीति र जनतासँग तुलनात्मक धारणा राख्न खोजिएको छ । कवियित्रीबाट खुकुरीले  कुखुरी काटेपछि  चाहे रगत बगोस् या कुखुरी छटपटाओस् उसलाई कुनै अर्थ रहँदैन । अब हेरौ राजनीतिमा कवियित्रीको धारणा । राजनीति गर्न र चुनाव जित्नलाई  जनता चाहिने हो जब चुनाव जितिन्छ र सत्तामा पुगे पछि जनताले भोग्न परेका अनेक समस्यासँग राजनेतालाई अहिलेको अवस्थामा  कुनै वास्ता छैन ।  खुकुरीको दापमा राखिनुदेखि कम्मरमा लर्किने, बली चढनेलाई काट्ने, राष्ट्रिय हतियार दरिने शत्रुलाई छिनिनेमा मात्र सीमित नरही  आफ्नै दाजुभाइलाई पनि काटेको देखिन्छ । यो सत्य हो । त्यसो हुँदा कवियित्रीलाई खुकुरीको भर लाग्दैन । यसपछि कवियित्रीको धारणा अलिक भिन्न देखिन्छ । खुकुरी त्यसै कहाँ बन्छ र आरनमा तताइन्छ , हथौडाले पिटिन्छ, पानीमा चोपेर वीसीले आकार दिएरमात्र खुकुरीको निर्माण हुन्छ । वीसी पनि यो देशको नागरिक भनेर विर्सन हुँदैन । कवियित्रीको धारणा निचोडमा  पुग्छ –"खुकुरी देशको शान हो, काम भनेको मान हो । जात भनेको पहिचान हो, माटो सबैका साझा हो । कसैलाई लाखा कसैलाई पाखा लगाउनु अपराध हो । सबैको रगत रातै हो । खुकुरीले न्याय चिन्नु धर्म हो ।" कविताले धेरै धारणा बोकेको छ । मेरो एउटा सानो निष्कर्ष खुकुरी र राजनीतिले जातीय समनता र न्याय चिन्नु पर्छ भन्ने हो ।
भूतको कथा – कथा लामो छ । अजीले भूतका थुप्रै कथा सुनाउँछिन् । बालबालिका डराउँ छन्, डरले पसिना निकाल्छन्। भूत धपाउन बत्ती बालिन्छ अनि बालबालिकाले आनन्द लिन्छन् । आखिरमा अजीको कथाका भावसार कवियित्रीले यसरी पस्किन्छिन् – "कथाको भूत त के हो र समाजको भूतसँग डटेर संघर्ष गर्न उत्पेरित गरिरहन्छिन् मेरी बोजु।" ।
बिरानो शहर –
यस कवितामा बाक्लो सहरको सुन्दरतालाई उर्वसीसँग दाज्दै, धनढ्यलाई मस्ती भो ,  मूल्य चुकाउन सक्ने चाँही हस्ती भो,श्रम गरेर निर्माण गर्दा सास्ती भएको र त्यही निर्माण कर्तालाई घर मालिकले नचिन्ने भयो । रात र दिन छुट्ट्याउन गाह्रो भयो, मेनका र उर्वशीको सडक पेटीमा गस्ती भयो भन्दै सहरको विकृतिलाई कवियित्रीले यसरी प्रस्तुत गर्नु भएको छ–
रवाफ सहरमा अचाक्ली कति हो
शरावमा हराएर मदमस्त भो
मस्त तरुनीको जवानी जस्तो भो
 बैंशको अवमूल्यन गर्दै मोल तोक्ने भो
पृष्ठ १११
नपस्दै फसियो –यस कवितामा साझेदारमा लगानी गर्दा साझेदारले वेईमानी गरेर फँसिएको धारणा आएको छ । राजु थापा र कवियित्री बीच "मेला" रेष्टुरेन्ट सञ्चालनमा साझेदारीमा कामगर्दा, उसको मनोमानीले गर्दा लगानी डुवेका धारणा आएको छ ।
 प्रकृतिमाथि राज –सुन, नुन, चुन बनाउने प्रकृति हुन् भने यसको प्रयोग कर्ता मानिस हुन् । आकाशको जुन पनि प्रकृतिकै देन हुन, जूनको प्रकाश सँग रमाउने् पनि  मानिसै हुन् । प्रकृति र मानिसको सम्बन्ध अति गहिरो छ । यति हुँदाहुँदै पनि प्रकृति माथि गरिने विविध गतिविधि जस्तै गोला बारुद आगजनी को प्रयोग आदिले गर्दा प्रकृति माथि अतिक्रमण गर्दै मानिसले कति दिन राज गर्ला भन्ने धारणाआएको छ ।
नयाँ वर्ष नयाँ प्रदेश – यस कवितामा देशले प्रदेशको भागबण्डा लगाएकोमा कवियित्रीको मन रमाएको छैन । सग्लो नेपालमा सबै मिलेर एकताको सूत्रमा बाँधिएर, सदभावना वाँडेर, वरपिपलको छाहारीमा बसेर मनाइएको रमाइलो अनुभूति पस्कदै प्रदेशप्रतिको धारणा यसरी आएको छ –
" प्रदेशबाट प्रदेशको नाता जोड्दै
 तिम्रो यादमा बहुतै रमाउँदै
वरपिपल विनाको चौतारीमा नयाँवर्ष मनाउँदै
हर्षले भनौं या विस्मातले
 आदान प्रदान गर्दैछौ.
नयाँवर्षको शुभकामना ओठ कमाउँदै ।
पृष्ठ ११७
चक्रव्यूह –यो कविता नेपालमा प्रथम सम्माननीय प्रधानन्यायधीस सुशीला कार्कीज्यूमाथि  महाभियोग लगाएको परिस्थितिमा लेखिएको हो भनिएको छ । कविता निकै मार्मिक आक्रोसित भावमा आएको छ ।
मैनाचरी बोलेर के गछ्र्यौ
धूर्तहरूको जालमा परिछ्यौ
भैकन अधिकार आफ्नै साथमा
थुनिदियो फलामको पिजडामा
पृष्ठ ११८,
नेपालमा राज नेताले जे चाह्यो त्यही गर्ने प्रवृत्ति मौलाएको छ ।  राजनेताको मनपरितन्त्र विपरित कसैले आवाज उठायो भने ऊ सजाएको भागी हुनुपर्छ  । सुशीला कार्कीले न्याया गर्दा राजनेताहरू नै कसुरका भागी भएर दण्डित हुने देखिएकोले उनलाई महाअभियोग लगाइयो । जनता सडकमा कुर्लिन्छन्  न्याय माग्छन् तर ब्वाँसाहरू आतुर हुन्छन् कुर्सीमा बस्न,कुलङ्गारको कुनै भरोसा हुँदैन । न्याय मूर्तिलाइ हिलो छ्यापियो भन्दै कवियित्रीले यस्ता कुकर्मकर्तालाई बौलाहा कुकुको संज्ञा दिदैं आफ्ना धारणा यसरी राख्नु भएको छ  –
बौलाएको पशुलाई पाल्न हुन्न भन्थे
पशुमात्र भएको भए पशु अस्पताल लान्थे
छानी छानी रेबिज लगाई खोरभित्र थुन्थे
मानरूपी पशुदेखि अलमल्ल परे ।
पृष्ठ ११९
साहित्यिक योद्धा – यो कविता स्व. महानन्द सापकोटाको ११८ औं जन्मजयन्तिको उपलक्षमा  वाचन गरिएको  हो । यस कविताले महानन्द  सापकोटाको नेपाली साहित्यमा  भएगरिएका योगदानमा विस्तृत वर्णन गरिएको छ ।राणकालिन समयमा साहित्य सिर्जना गर्नु त्यति सहज थिएन तर महानन्द सापकोटाले निडर भएर साहित्य सिर्जनामा अगाडी बढे र नेपाली साहित्यमा ठूलो योगदान दिनु भयो । कवियित्रीले उहाँलाई कतिावका पाताका भूमिका , नेपाली साहित्य क्षितिजका चम्किला तारा र असल बीउको रूपमा परिचय दिनु भएको छ । महानन्द सापकोटाको योगदान अविस्मरणीय छ ।  
गुनासो आफैलाई– सर्प पाले भन्यो कुनै दिन डस्छ डस्छ । टुकी बाल्दा महगो तेल सकिन्छ, सुन गालेर  सम्पत्ति सखाप पर्छ । काजीलाई भोट हालेर आपूm पाजीमा पर्नु , लुतो पाले सर्छ, आफ्नै कमाइ भनेर  बढी खर्च गर्न हुन्न ग¥यो भने असर पर्न सक्छ । जानी जानी मुसालाई छिरायो भने उसले जे मन पर्छ त्यही काट्छ ।  महत्वहीन कामलाई अघि बढाउन हुँदैन भन्ने सन्देश पस्केको छ कविताले ।
घेराबन्दी– युगिन अँध्यारो चिर्छु भनि हिडेकाहरू बटुवाहरू कसै सँग ( सिंह, बाघ भालु) डराएनन् आपूm बाँच्न पर्छ अरुलाई पनि बाँच्न दिनुपर्छ  भन्दै गास बास, कपासमा जुटे , बाटो नबिराइ हिडे, जीवन हत्केलामा राखी निर्भिक्ताका साथ लडे आज युगान्त्कारीहरू किम्बदन्ती बन्दै छन् ।  वा वा गर्नेहको घेरा बन्दीमा परेर बन्दी बन्दै छन् भन्ने धारणा आएका छन् कवितामा । सही सत्य कुरा त्यागि अस्ताए । स्वार्थी मा्रलाए । आजको यथार्थ चित्रण ।
अधिनायक वाद – बास्तवमा आज नेपालको राजनीति लोकतान्त्रिक गणतन्त्रको रूपमा चलिरहेको छ भनिन्छ तर बास्तवमा देशको शासन सत्ता छल ,बल, कपट, हिंसाको भरमा चलेको छ । यस कवितामा कवियित्रीले जनतालाई  चरा र शासकलाई बाजको रूपमा बिम्ब बनाएर कविता प्रस्तुत गरिएको छ ।  चरालाई भनिएको छ –"तिमीलाई के थाहा भोकाएका अजिङ्गरहरू चरा पनि खान्छन् । त्यसो हुँदा हिड्दा।, पासो थापेको ठाउँमा सावधानी अपनाउनु पर्छ । कवियित्रीले परेवालाई शान्तिका दूतको रूपमा परिभाषित गर्दै – "शान्तिका दूत,सोझालाई गाँजने बाजका रूप संसारको बन्दैछ अग्रदूत , कलियुगका भूत , तर्सााई रहेका छन् क्या अद्भूत , प्रतिगामी बनाइ परेवालाई भन्छन् म जागे तिमी सुत ।"
बास्तवमा कवियित्रीले कविता मार्फत संसारको आजको राजनीति परिवेशलाई प्रदर्शन गरके छ ।
बैंशमा प्रकृति –यस कवितामा क्यानाडा नगरीको सुन्दरताको वर्णन गरिएको छ । उनको सुन्दरतालाई उमेरले मदहोस् वैंश्का सुन्दरीसँग दाँजिएको छ । यहाँ ओन्टारियो तालका कुरा आएका छन् , एसिया र अफ्रिकामानिस रम्न आएने कुरा आएका छन् । क्यानाडाको सुन्दरतालाई कवियित्रीले पूर्ण रूपमा वर्णन गरेकी छिन् ।
वात्सल्य– आमाका लागि छोरा छोरीप्रतिको माया प्रगाढ हुन्छ । यस कवितामा कवियित्रीले दुई परिवारका बच्चाको अवस्थालाई प्रस्तुत गर्न गइरहेकी हुनुहुन्छ ।  एक परिवार नवजात शिशुसँग रमाइ रहेका छन् भने अर्को परिवार बच्चा विमारी परेर अस्पतालको शैयामा निभ्न लागेको बत्ती झैको अवस्थामा लिएर बसिराख्नु भएको छ । आमा बाबुको लागि छोरा छोरीको भविष्य उज्ज्वल पार्ने उद्देश्य रहेको हुन्छ । तर यहाँको एक परिवारका बच्चाको कस्तो बिडम्बना हेर्नै नसक्ने अवस्थामा छ । जेहोस् कवियित्रीले "प्रकृतिको सहनै पर्ने यो कस्तो रहस्य" भन्दै प्रश्न राख्नु भएको छ । मर्महत अवस्था र आनन्द अवस्थाको सङ्गम बनेको छ कविता ।
मित्र – यस कवितामा कवियित्रीले मित्र कस्तो हुन्छ, कस्तो मित्र छान्नुपर्छ भन्नु भएको छ । कविताको भावसार यसप्रकार छ –मित्रको मनभित्र मित्रताकै भाव हुनुपर्छ । असल मित्र पवित्र चरित्रको हुनुपर्छ ।  मुटुभित्र बास बनाउने खालको र ,दुःखदर्दमा हेर्ने खालको,हुनुपर्छ। मित्र छान्नु पर्दा सचित्र र उसको गुण दोष पत्रपत्र केलानु पर्छ भन्दै कवियित्री भन्नुहुन्छ–
विचारणीय हुन्छ मित्रताको सूत्र
कोही नपरुन् मित्रतामा अलपत्र ।
पृष्ठ १३३
नरित्तिने आँशु– आँशु अनौठोको हुन्छ । दुःखमा पनि झर्छ र सुखमा पनि झर्छ । यहाँ यही आँशुलाई कवियित्रीले नरित्तिने, गहबाट पोखिइ रहने, भलबनी बगिरहने जीवनलाई पहिरो बनाई, गालामा नुनिलो स्वाद चखाई बगिरहने, मुटु छाम्न पुग्ने जस्ता धारणा पस्कनु भएको छ  । जीवन धान्ने मुटु पनि चुहिरहने छाप्रो रहेछ ।रुझदा रुझदै दलिन भाँचेर पल्टन खोज्दो रहेछ भन्नु । यस्तो अवस्थामा कवियित्री चुपलागेर बस्ने कुरा भएन । छाप्रोलाई छाउनै परो । छाप्रो छाउन कवियित्रीले यसरी आह्वान गर्नुहुन्छ  –
माटो पानी बन्दै आउ
 साहस र आँटहरू
दुुर्वल बनाउने आँशुहरू
च्ट्टान जस्तै जमिदेउ
नरित्तिने आँशु ।
म्ूाल्याङ्कन – यस कविता पनि नेपालका राजनैतिक दलका गुट उपगुट,घात प्रतिघात,पक्ष विपक्ष, वाद प्रतिवाद,अन्यौल, आफ्नै गुटसँग भिड्ने, विश्वास, अविश्वास, प्रस्ताव, दस्तावेज, भत्ता, सुविधा, हिसाव, किताव, राष्ट्रिय, अन्तराष्ट्रिय खिचातानी फिरौती माग्ने, ?विविध पक्षमा कवियित्रीले प्रकाश पार्दै, राष्ट्रका किर्ना बनेर बाँचने कहिले सम्म भन्ने धारणा पस्कन' भएको छ ।  सदनमा नियम विनियम ,सिद्धान्त, वेदान्त काटी कुटी ढाँटी छलफल अनमल गर्दै भत्तामात्र पचाइराख्ने भन्ने धारणा आएका छन् । यो कविता संविधान बन्नुभन्दा पहिला लेखिएको भए पनि वर्तमान परिपेच्छमा पनि त्यत्तिकै सान्दर्भिक छ ।  
 मर्म –यस कवितामा एउटी चेलीको विलौना छ । आमा बाबुलाई रुवाउँदै माया जति मझेरीमा बन्धकी राखेर द्यौरालीमा पूmलपाती चढाएर कर्म घरमा आउँदा आँशु झार्दै, गाईबस्तुलाई गोधूलिमा अलपत्र छाडदै । साथीभाइ मेलापातमा बाँकी पर्म छाड्दै आएको विलौनाछ कवितामा । चेलीले आपूmले छाडेपछि नका मनमा उब्जिएका स्मरण यसप्रकार छन् –
उफ्री उफ्री खोज्दै होला मृग मलाई जंगलमा
रोइ रोइ गाउँदै होला कौइली मलाई विरहमा
धारा कुवा पर्खे होलान् मलाई त्यो पंधेरीमा
मुटु गाँठो पारी यहाँ सबैलाई छाडी आएँ
 पृष्ठ १३९
 बास्तवमा एउटी कन्या विवाह गरेर घरमा पठाइन्छ भने उसले त्यो नयाँ घर नयाँ गाउँ नयाँ सबैलाई रिझाएर स्थापित हुनु त्यति सहज अवश्य होइन । त्यो कष्टको पूर्व भाग आएको छ कवितामा ।
 पिरलो – यस कवितामा मानव जीवनमा आइ पर्ने विविध पिरलोलाई कसरी समाधान गर्ने भन्ने जिज्ञाशा राखिएको छ । हरेौं कविताको भावसार –"धारिलो धार थियो खुकुरी हो या तरबार भिड्नु पर्ने बाध्यता प¥यो कसरी हान्नु मार" यस्ता समस्याहरू पनि देखाइएका छन् जस्तै वारी पारी धार थियो खोल्सा हो या खोला तर्नु पर्दा किनार कसरी भेट्ने, त्रिशूल या भाला मा कोपिनु पर्दा कसरी सहने अनि सानो डल्लो घार( गोलो) थियो त्यसमा अरिङ्गाल हो या बारुलो यसमा पनि भिड्दा यिनले चिले पछि कसरी कनाउने भन्ने प्रश्नवाचिक धारणा आएका छन् । अर्को अर्थमा यसलाई विश्लेषण गर्दा मानिसलाई धेरै समस्यासँग जुध्नुपर्छ ।त्यसको सही उत्तर हुन्छ धैर्यताको साथमा अघि बढ्नुपर्छ ।
हिसाव किताब–कवियित्री यस कवितामा शून्य दर्शनमा पुग्नु भएको छ  । खास अर्थमा शून्य भनेको खाली हो । अर्थात केही होइन भन्ने गरिन्छ तर अर्को अर्थमा शून्य भनेको निराकार हो । यो आफैमा पूर्ण हुन्छ उदाहरणमा शून्यबाट शून्य हटायो भने शून्य नै रहन्छ । कवियित्रीको धारणा छ "हिसावमा शून्यको के हिसाव" । कवियित्रीले चन्द्रमा  सूर्य पनि पनि चित्रमा शून्य हुन्छ, कवियित्रीले आफै भन्नुहुन्छ शून्य भित्रको मानिस आपूmलार्इृ पूर्ण ठान्छ । ऊ जन्म मरणको हिसाव राख्दैन । हरेक वर्ष शून्य आकारको केक काट्छ ।मैन बत्ती निभाउँछ । "आफ्नै नजिक आएको मृत्यु शून्यमा रमाउँछ  ।ताली बजाउँछन् भोज गर्छन् मोजमा,जन्मोत्सवको नाममा । हरेक केक कटाइमा उसको वर्ष वित्तै जान्छ । मैनबत्ती बाल्छ निभाउँछ प्रकाश मय जीवन हुनुपर्ने हो । अन्धकार आँफैले बोलाउँछ । ऊसले जीवनरूपी मैनबती पग्लेको संकेत धरी पत्तो छैन । आखिर मर्छ ।जलि रहेको लाशबाट पनि शून्य बनाउँदै उड्दो धूवाँ अरूले हेरिरहन्छन् ।" यस विषयमा म धेरै अगाडि जान चाहान्न यसमा धेरै अध्ययनको खाँचो हुन्छ ।
कथाको ब्यथा –  यो कथा पनि अति मार्मिक छ । आजका नेपालीले घरघरमा भोगेका यथार्थको फोटो  कपी छ । कवियित्रीले परिको कथा सुन्न मन लाग्छ र कथा सुनाउन भन्नु ,कथा सुनाउनेले थरीथरीका कथा सुनाउँदा आँखाबाट आँशु बग्नु कथा सुन्न समय चाहिनु, व्यथा सुन्न सम्वेदन शीलता चाहिनु,यस्ता किसिमका श्रोता प्राप्त नहुनु धारणा राख्दै कवियित्रीले कथा सुन्ने नै भए एका देशमा गएर परीको नभै हरिको कथा सुनौं, चने मने, धने घरखेत बन्धकी राखेर विदेश जानलागेका जवानहरूको कथाहरू सुनौं । खसी बोका र च्याङ्ग्राहरू जस्तै दलालको मोल मोलाइमा आफ्नै छोरा छोरी जोखौं । यी मार्मिक घटना भन्दा अझै मार्मिक कथा दुधे बालकका आमाहरू विदेश पलायन हुने र बुढी बजैले लाम्टो चुसाएको र बालक निदाएपछि आपूmले भोट दिएका उमेदबारको भाषणमा आफ्नो गाउँ स्वर्ग बनाउने भाष्मण सम्झिन्छिन् ।  झल्यास्स विउँझिदा औंसीको कालो रात भेटाउँछिन् । भोट हालेर जिताएको उमेदबारलाई माला लगाएको खुसी मनभित्र कैद गर्छिन भन्ने धारणा आएका छन् कथामा । देशको मार्मिक यथार्थलाई पोखिएको  छ कथामा ।
होली – होली पनि रङ्गमा रमाउने हिन्दुहरूको ठूलै चाड हो  कवियित्रीले यसको मिठो वर्णन गर्दै होली खैलन त खेल तर स्वार्थ बेइमानीलाई  नमिसाऊ, गाला निधारमा रङ्ग दल तर दुश्मनी नमोल,  रगतको होली  र वर्ग र जातको विभेदको होली नखेल भन्ने कवियित्रीको धारणा छ ।
दीर्घायुको कामना – यस कवितामा कवियित्रीले सन्ततीलाई दिइने दीर्घायुको कामनामा कवियित्रीको धारणा यस्तो आएको छ –
तिमी लाई चिरायुको कामना
 विभिन्न बाधाको गर सामना
 विलक्षण प्रतिभा देखाउने राख्दै चाहना
 अघि सार पाइलाहरू हिंडाउन जमाना
पृष्ठ १५०
 जमाना पछि लागुन्, प्रेणा गंगाजल झै सिञ्चन होस् , असल भावना लिएर युवा जागुन् , युवाहरू क्रियाशील छन् भन्न पाइयोस् ,राष्ट्र अरुको करुणामा बाँच्न नपरोस् , देश विकशित भएको देख्न पाइयोस् , झर्ना दुषित नबनुन् बाँकी जीवन अधुरो धुम्म नबनोस र वात्सल्यले सन्तान झुलिरहुन ् धुम्म भएर रहन नपरोस् जस्ता सारगर्भित दिर्घायु र सुआशीर्वचनहरू प्रस्तुत भएका छन् कवितामा ।
अत्यास–
परिभैंm लाग्छ मधुमास
चरी झै लाग्छ बतास
उडाइदेऊ न मलाई बतास
म छुन्छु आकाश ।
आकाश छुने आकान्छा राख्ने कवियित्रीले बादलभित्रको जुनको प्रकाशसँग बास माग्नु उन्मुक्त सास फेर्न चाहाना रख्दै सन्त्रासमा बाँचने रहर नराख्नु,मातृभूमिको स्वच्छन्द आभास पाएमा उडेर हिमाल हेर्ने इच्छा व्यक्त गर्दै आशा पाउन प्रतिक्षारत रहनु र नाता जोड्न हतास भएको भावना व्यक्त गरिएको छ । रहरले नभै जिजिविषाको लागि प्रदेश अङ्गालेको तर गुराँस पाउन सकिदैन र सपनामै तरकनाले पारेको छ अत्यास । अत्यासमै जीवन रथ गुड्ने अभ्यास भएको धारणा आएको छ कवितामा । मातृभूमिप्रतिको गहन चिन्तनसँग जोडिएको छ कविता ।
आँखीभ्mयाल – आँखीझ्यालमा धेरै प्वाल हुन्छन् । यी प्वालहरू हेर्नै  दुई आँखा छन् । यी दुई आँखामा फुलो परे  हेर्ने अाँखा खोई । कवियित्रीले कवितामा यस्तै किसिमका धारणा राख्दै मायामायाले मुटु टम्म जालले भरिएका ेछ ।  जाल पन्छाउन पनि हाल नसकिने र त्यही मुटुमा पनि प्वाल परेकोले कमाल गर्न नसकिने विवसता कवियित्रीबाट आएको छ ।  यति मात्र कहाँ हो र जताततैबाट प्रश्नै प्रश्न आएको छन् । जवाफ दिने एउटा मुख छ । त्यही मुखमा पट्टी बाँधिए पछि जवाफ कसरी दिन सकिन्छ  । औंलै औंला भएका परिश्रम गर्ने  दुई हात छन् । यिनलाई नकाट है भनी विन्ती गरिएको छ । मानिसका अंगहरूलाई निकम्मा बनाइन्छ भने त्यसबाट के नै गर्न सकिन्छ र ? त्यसो हुँदा सबै अंगहरूलाई क्रियाशील हुनबाट बञ्चित गराइन हुन्न भन्ने धारणा आएको छ कवितामा ।
उड्ने खरानी –
भिजी भिजी परेली
नाक दोभान भो
जली जली मन
मुटु ओदान भो
 जिन्दगीका दुःखदाई पक्षलाई समाउँदै कवियित्रीले आँशुपूर्ण परेली जलनपूर्ण मुटुमात्र नभएर जिन्दगीनै खरानी हुने भयो । यो खरानी पनि कहाँ उड्छ भन्दै सुखमा सबै आफ्नो हुने तर दुःखमा कोही पनि आफ्नो नहुने भएपछि  परिवार सबै घरभित्र पीडाले सड्ने भयो । घरको मुख्य मानिसको नागबेली यात्रा टुङ्गिए पछि लालाबाला सडकमा पर्ने भए भन्ने धारणा आएको छ कवितामा ।
काल्पनिक जिन्दगी –कविताको शीर्षक नै काल्पनिक राखिए पछि । कवितामा कल्पना अनेक जोड्न सकिन्छ । कवियित्रीले किताबमा गाता राखेृजस्तै  जिन्दगीमा पनि गाता राख्न पाए हुन्थ्यो । सरल रचना मा आफ्नै जीवन कथा पढन र कुने परिच्छेद नमिल्दा सम्पादन गर्न पाए हुन्थ्यो । बर्सादी ओढ्दा जस्तै जिन्दगी ओढ्न र रुझ्न नपाए हुन्थ्यो तर रुझीहाले पुछ्न पाए हुन्थ्यो । कवियित्रीले जिन्दगीलाई छाता ओढ्दा झै ओढ्न पाए हुन्थ्यो । बटम दवाउँदा उघ्रिदिए हुन्थ्यो। यसरी बटम दवाउँदा करङ्ले नछेडे हुन्थ्यो । यदि छेडेर प्वालपारी हाले सिउनलाई सियो भेट्टाए हुन्थ्यो भन्ने धारणा आएका छन् कवितामा ।
बोलवाला – आजको संसारमा असत्यको बोलवाला छ । कवियित्री भन्छिन् सत्य बोल ज्यान गए जाला ।रगत बगे बग्ला । कुनै काम गर्न पर्दा सोर्स लगाउन नपरोस् ।सोर्सकै कारणले जागिर खान भन्दा श्रम गर्न जाति । खान नपाई मर्न परे मरौंला । हामीले भ्रष्टचारी हुन् भनि जान्दा जान्दै पूmलको माला लिएर स्वागत गर्न जाँने भएकोले तिनीहरूको हौसला बढ्दै गएको छ । यस्तालाई साथ दिने भेडा कहलाइन्छ । यिनले गोठ आदिलाई भड्खालोमा हाल्छन् ।स्वाभिमानी श्रमिकहरूको काम गर्दा गर्दै  चाउरी परे गाला । खर्च धान्न नसकेर गर गहना विक्री गर्न परेको छ । घर जिर्ण भए टेको लाउनु पर्छ । जिर्णोद्वार गरिदिन्छु भन्ने छिमेकीको भर परे घरै ढाल्दिन सक्छ । कविता पढ्दा सरल छ तर यसमा आएको भाव अति गहन छन् । स्वदेशको राजनीतिको विकृतिको साथै विदेशी हस्तक्षेपबाट बच्नुपर्छ र आफ्नो स्वाभीमानलाई बचाउनु पर्छ भनिएको छ कवितामा ।
भरोसा – आजको जमानामा भरोसा कसरी गर्ने भन्ने धारणा कवियित्रीले विवरणात्मक रूपमा पस्केकी छन् । हेर्दा उस्तै उस्तै लाग्ने । रुँदै पस्तै गर्दा ढोका बन्द गर्न पनि सकिदैन । सहयोगको लागि वेदना पोख्ने, साइनो लगाएर आए पछि माया लाग्ने नै भयो, तर विश्वास गर्न सकिने अवस्था छैन किनकी मानिस दानव भएर निस्केका छन् । रगतै चुस्तै हिडेका छन् । यी विविधतामा कवियित्रीको विशता यसरी आएको छ –
तुलना कोसँग कसरी गरुँ
डुंगासरी म मान्छे परे उस्तै
बहना कसरी बीचमै झारुँ
 तुलना गरे आँफैलाई विवश माझी जस्तै ।
पृष्ठ १५९
अमेरिका – आजकल नेपालमा अमेरिका भनेपछि मुखै रसाउँछ । त्यहाँ कसरी पुग्ने भन्ने धारणा मानिसमा पलाउँछ । यहाँ आउनको लागि मानिसले जे जसो गर्न पनि तयार हुन्छन् । यस विषयमा कवियित्रीले अमेरिकामा आएपछि  कहिले के हुन्छ के थाहा भन्दै अमेरिकाको यथार्थ पस्केकी छन् । अमेरिकामा नआउँदा सम्म वा !वा! , आए पछि हुने क्वाहा क्वपाहा । भोली के हुन्छ के थाहा । यहाँ आएपछि उसकै गीत गाउनु पर्ने, जहाँ पठायो उहीं जानु पर्ने, यहाँ डलर फल्दैन । डलर फलाउन मरी मरी काम गर्नुपर्छ, । काम खोज्दा परिवार लाखापाखा पर्ने तिर्न पर्ने विलका धेरै शाखा हुने जस्ता धारणा राख्दै कवियित्रीले अमेरीकाको यसरी परिभाषित गर्नु भएको छ –
अ–असजिलो
मे–मेसिन
रि– झिाउने
का –कारखाना  ।'
गंगाटाले गाँजेको जिन्दगी –यो कविता यस कवितासङ्ग्रहको अन्तिम कविता हो । यसमा ग्रामिण जीवन र सहरीया जीवनसँग तुलना गरीएको यस कवितामा मानवले सरल जीवनमा जिउनु पर्ने धारणा आएको छ । नत्र भने गंगटाले गाँजेको जिन्दगी हुन पुग्ने धारणा कवयित्रीले राखेकी छन् । हेरौं कविताको भावसार । विश्व मानचित्र हेर्दा अग्लो पहाड कोपेर घर वनाइएको र एयरकन्डिसनको आवश्यक्ता थिएन कुटो कोदालो चलाएर जीवन खेपिएको थियो । चित्राले बारेको खरको छाना नै पूर्ण लाग्थ्यो । सहरले लोभ्यायो, सिसाको घर भक्तिंदा शरीरभरि रगतम्य हुनुलाई सुखद भन्न नसकिने हुँदा भागदौड,रिस राग  किन ? मुस्कानप्रिय हुनुपर्छ । कटु हैन । कवियित्रीले आएको भूकम्पलाई चेतनासँग जोड्दै भन्नु हुन्छ–
मनै हल्लाउने भूकम्प जाादा पनि
हाम्रो चेतना हल्लिएन भने
हाम्रो भावना सुल्झिएन भने
पक्कै हाम्रो जिन्दगी
गंगटाले गाँजी सकेको हुनुपर्छ ।
गंगटाको शारीरिक संरचनाहेर्दा समतल गोल शरीर खोलले ढाकिएको हुन्छ, र अगाडिको जोडीमा ठूला पञ्जा भएका पाँच जोडी खुट्टा हुन्छन् । यसको पञ्जाको दाँत( चुचो)ले समायो भने ज्यान जाला छाड्दैन । कवियित्रीले जिन्दगीलाई गंगटाको पञ्जामा पर्न हुदैन  भन्ने आशयमा जिन्दगी सचेतन हुनुपर्छ  अचेतन होइन भन्ने हो मेरो सोचाई ।
 अत मैले यस कवितासङ्ग्रह भित्रका सबै कविताको भावसार माथि नै पस्किसकेको छु । विभिनन साहित्यकारका धारणा पनि यसमा आएका छन् । कविहरूको छोटो मिठो कवितासार पनि आइ सकेको छ । कविले लेख्दा लिएको धारणालाई जस्ताको तेस्त्यै उतारन सकिदैन होला तर मैले अध्ययनगर्दा मैले पाएका संदेशलाइृ राम्ररी विश्लेषण गरेको छु । अव म कविता लेखन कस्तो छ । कस्तो परिवेशलाई  समाएर  कविता लेखिएको छ । भाषाशैली शीर्षकी करण आदिमा जाने अनुमति चाहान्छु ।
कवियित्रीले सामाजिक परिवेशलाई समाएकी छिन् । साहित्य समाजको दर्पण हो भन्ने यथार्थतामा कवियित्री परिचित छिन् । समाजमा विभेद छ । त्यो विभेदलाई चिरेर समतामूलत समाजको निर्माण कवयित्रीको मूल उद्देश्य रहेको प्रमाणा उनका कविता बनेका छन् । उनी प्रदेशमा छिन् । उनको सौलो आत्मा स्वदेशको चिन्तनमा लागि परेको छ । राजनीतिक विकृति र विसङ्गतिलाई उनले राम्रोसँग केलायकी छन्् । ठाउँ ठाउँमा उनलाई मन नपरेको विकृतिप्रति उनको कलम बन्दुक बनेर खडा भएको छ । राष्ट्रप्रति ज्यानअर्पण गर्न परे ज्यानअर्पण गर्न कवियित्री तयार छिन् । उनका कविताले बोलेका सबै कुरा माथि नै आइसकेकोले तिनै कुरालाई म दोहो¥याउन आवश्यक ठान्दिन ।
भाषा सरल छ । जोकोहीले  पनि उनका कवितालाई यध्ययन गर्न सक्छन् । सबै कविता सन्देश मूलक छन् ।  पठनीय र प्रशंसनीय छन् । प्रस्तुत शैली मीठो छ । विम्बको आधारमा प्रस्तुत हुन खोजिएको छ । आधुनिक मात्र नभएर लोकलयमा कविताहधरू लेखिएका तछन् । कतिपय कविता गायन योग्य छन् अर्थात गाउन सकिने छन् ।
भाषा सभ्य, सौम्य र श्रुतिमधुर छ । ग्रामिण बोलीचालिका शब्दहरू प्रयोगमा आएका छन् ।
शीर्षकी करण –कवियित्रीले शीर्षक गठेमङ्गल राखे पनि यस भित्रका धेरै कविताले शीर्षक बन्ने ओजन बोकेको देखिन्छ  । यसको मतलव यो होइनकी शीर्षकी करण वेठिक छ । गठेमङ्गल शीर्षक राख्नुको कारणलाई मैले दुई नजरे हेरेको छु । प्रथम नजर त यो काठमाडौ खाल्टो भित्रको ठूलो समुदाय यसलाई पर्वको रूपमा लिन्छन् र मनाउँछन् । सग्लो संस्कृतिलाई यसले स्मरण गराएको छ । अर्को नजरमा यस कवितासङ्ग्रहमा नेपालको राजनीतिक विक्रितिलाई कविले यति कडाइका साथमा उठान गर्नु भएको छ कि त्यो अवर्र्णीय छ । राज्यसत्ताले जनतालाई गठेमङ्गलले भन्दा बढ्ता सताएको छ । यी दुवैकारणले शीर्षकीकरण सार्थक देखिन्छ ।
अन्त्यमा कवयित्रीका यत्रा गहन कृतिहरू प्रकाशनमा आएको देख्दा हर्ष प्रकट गर्दै उहाँको साहित्यिक यात्रा सवलहोस् , कृति सिर्जनाले निरन्तरता पावस् भन्दै धन्यवाद सहित विदा चाहान्छु ।

  

December 9, 2023

फाटेको टोपीप्रति अनुशीलन

 कृति/समीक्षा  सदानन्द अभागी  December 8, 2023, 2:52 pm  


सदानन्द अभागीसदानन्द अभागी

परिचय
छोरा रामचन्द्रले भनेका थिए कि बेलुका ४ बजेतिर अनेसास नेव्रास्काबाट एक जना दिदी आउँदै हूनुहुन्छ । म पनि साहित्यको विद्यार्थी भएकोले खुसी लाग्नु स्वभाविक थियो । म नेपालबाट असौज १७ गते अक्टुबर ४ गते । अमेरिका हिडेको थिएँ । यहाँको समय अनुसार अक्टुबर ५ गतेको बेलुका ६ बजेतिर ओमाहा, नेव्रास्का आइसकेको थिएँ । आउँदा केही किताव पनि बोकेर आएको थिएँ । अनेसासको गठन भएको भए पुस्तकालयलाई दिने धारणा राख्दा छोराले यहाँ गठनै भएको छैन तथा भएको भए पनि मलाई थाह छैन भन्ने जवाफ दिएपछि । म चुप लागेर बस्न पर्यो । कितापहरू थोरै ल्याएकोले राखि राख्न सकिन । क्यालिफोर्नियामा पुगेपछि पनि त्यहाँका साहित्यकारहरूलाई भेट्ने प्रयास गरे, त्यो पनि त्यति सहज भएन । त्यहाँ पुगेपछि हिमाली गुराँसका सम्पादक खिमानन्द पोखरेललाई भेटें । स्वामी आनन्द कँडेलले टक्सासको एउटा साहित्यकारसँग सम्वाद गराउँदा उहाँ मार्फत मलाई पत्ता लाग्यो कि ओमाहामा पनि हालसालेै अनेसास खुलेको छ । नाम त भन्न सकेनन् तर कडेल र एक जना महिला सक्रिय छन् भनेपछि मैले पुन छोरालाई घचघच्याएको थिएँ ।
२ डिसेम्बर २०२३का बेलुका दुर्इृजना घरमा नमस्कार भन्दै प्रवेश गरे । लोग्ने मानिसलाई चिने चिने जस्तो लाग्यो तर भन्न सकिन । महिला कवयित्री मीना शाक्य हुनुहुँदो रहेछ । पुरुष हरिॐ प्रधान हुनुहुँदो रहेछ । परिचय क्रममा आसाम डिगबोईदेखि चिरपरिचित धर्म बहादुर प्रधानका सुपुत्रको साथै वि.सं. २०२४÷०२५मा नारन माविमा अध्ययन गर्ने मेरा विद्यार्थी हुनुहुँदोरहेछ हरिॐ प्रधान । साहित्यिक मात्रै नभएर घरयासी कुरा भए । मेरो छोरा लगायत उहाँ दुबैजना बीच घरयासी सम्बन्ध कायम हुनगयो । मीना शाक्य ले "आमाको पुकार" (कविता सङ्ग्रह) र "गठे मङ्गल" (कविता सङ्ग्रह) हरिॐ प्रधानले "फाटेको टोपी" (कविता सङ्ग्रह) मलाई हस्तान्तरण गर्नु भयो र मैले पनि साहित्यकार तथा पत्रकार राम ज्ञावलीबाट लेखिएको "सदानन्दको जीवन कर्म र व्यक्तित्व," र मद्वारा लेखिएको "अभागीका मुक्तकहरू" उहाँलाई हस्तान्तरण गरें । करिव २ घन्टा जति लामो पारिवारिक र साहित्यिक कुराकानी भए पछि ३ डिसेम्बर २०२३ का दिन दिनभरी उहाँकै घरमा आउने भन्दै २ गतेको हाम्रो साहित्यि भेटघाटबाट उहाँ दुबै विदा हुनुभयो ।
आज ४ डिसेम्बरका दिन "फाटेको टोपी" पढ्न थालेको छु । हरिॐ प्रधान पिता स्व.धर्मबहादुर प्रधान (श्रेष्ठ) र माता स्व. भीम कुमारी प्रधानको सुपुत्र हुनुहुन्छ । उहाँको जन्म पर्वत जिल्लाको सदरमुकाम कुश्मा तत्कालिन शिवालय गाविस वार्ड नं ५ तल्लो हटियामा भएको थियो । यो कृति प्रकाशनको वेला ओरल्याण्डो, भए पनि हाल अमेरिकाको ओमाहामा हुनुहुन्छ । उहाँ राजनीतिशास्त्रमा स्नातकोत्तर तह हाँसिल गर्नु भएको छ ।साहित्यिक गतिविधिमा सक्रिय व्यक्ति हुनुहुन्छ । अमेरिकाको फ्लोरिडामा भएको निबन्ध प्रतियोगितामा भाग लिएर पुरस्कार प्राप्त गर्नु भएको छ । अमेरिकाका विभिन्न स्थानमा साहित्यिक गतिविधिमा भाग लिएर पुरस्कार प्राप्त गर्नु को साथै "फाटेको टोपी" कवितासङ्ग्रह प्रकाशन गरेर कृतिकारको रूपमा आफ्नो परिचयको धुरी खाँवो खडा गनु भएको छ । मसँग भन्दै हुनुहुछ । वंशावलीमा लागेको छु । पुर्खाको इतिहासलाई जीवन्त पार्नु पनि निकै ठूलो र महत्वपूर्ण काम हो ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक (१६ +८२) गरी ९८ पृष्ठमा सिर्जना गरिएको यस कृति स्व. पिता धर्मबहादुर प्रधान र स्व. माता. भीम कुमारीको साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीमा समर्पण गरिएको छ । २६ ओटा कविताहरू यसमा समावेश गरिएका छन् । केही कविताहरू कविताको भाव झल्कने गरी चित्रले सजायइका छन् । प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गरेको छ । यसको मूल्य तीनरूपमा निर्धारण गरिएको छ, (व्यक्ति गत रु १५०,संस्थागत रु ३००।–, विदेशमा ५ अमेरिकी डलर) । कभर ÷ लेआउट गर्ने केदार अधिकारी हुनुहुन्छ ।मुद्रक आवृत्ति छापा खाना बागबजार ,काठमाडौ ।
कृतिप्रति साहित्यकारको धारणा– यसक कृतिको प्रकाशकीयमा अनेसास नेपालका च्याप्टर तथा अनेसास नेपालका अध्यक्ष राधेश्याम लेकालीले कृतिमा पस्किएका कविता पठनीयर प्रशंसनीय छन् भन्दै लेख्नु हुन्छ –"प्रस्तुत कृत्रिमा स्रष्टा प्रधानले प्रेम वात्सल्य, सांस्कृत चेत, समाजिक यथार्थ, प्रकृति, स्रष्टा चर्चा, जीवन, गरिबी, पहिचान," पस्केको बताउनु भएको छ । संस्कृतिविद, बरिष्ठ वाङ्मय शताब्दी पुरुष, अजीवन सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी प्राज्ञ सत्यमोहन जोशीले छन्दबद्ध कविता र आधुनिक गद्य कविता बीचको अन्तर सम्बन्धलाई उच्च मुल्याङ्कन गर्दै यस कृतिका कवितालाई यसरी उच्च मूल्याङकन गर्नु भएको छ – "..... नविनतम् अलग भाव विचारका थुप्रै कविताहरूले भरिएको प्रस्तुत कविता सग्रह फाटेको टोपी, अंग्रैजी भाषामा पनि अनुदित भएमा यसले अन्तराष्ट्रिय जगतमा नेपाली भाषामा अनुदित भएमा यसले अन्त राष्ट्रिय जगतमा नेपाली भाषामा नेपाली भाषामा रचित काव्यस्वादको सम्प्रेशष हुनेछ भन्ने मेरो विश्वास छ ।" देशलाई हेर्ने आँखीझ्याल – "फाटेको टोपी " शीर्षकमा सुलोचना मानन्धर धिताल ( प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान) लेख्नुहुन्छ – "कवि हरिॐ प्रधानका यो "फाटेको टोपी" कविता सङ्ग्रह पढिरहँदा मलाई लाग्यो देशभित्र बसेर देशलाई हेर्दै छु ।देशलाई नै पढिरहेंछु ।सिंगै देशलाई देखिरहेछु ।" यो अभिव्यक्तिले हिरॐ प्रधानका यी कवितामा देशको यथार्थतालाई समेटेको छ । चितवन साहित्य परिषद का निवर्तमान अध्यक्ष गायत्री श्रेष्ठलेलेख्नु हुन्छ – "आफ्नो जीवनको बल बैंश र जाँगर बर्षौसम्म अमेरिकाम खर्चिदै पनि आफ्नो भाषा साहित्यप्रतिको अगाध प्रेमको परिचय प्रस्तुत गर्नु भएको छ –हरिभाइले ।"
कविता भित्र घोत्लिनदा – यस कृति भित्र २६ कविता समावेश भएका छन् । यी कविताका हरेक शीर्षकमा घोत्लिनमन लाग्यो । हेरौ प्रत्येक कविताको भावसार–
आवास प्रवास पहिलो कविता हो । यस कविताले आवास र प्रवासमा रहेका व्यक्तिले भोग्नपरेका आरोह अवरोहलाई समाएको छ । आज लाखौं मानिसहरू आवासबाट प्रवास पुग्न बाध्य छन् यस सम्बन्धमा कविले भन्छन् –
आमाले त आपूmलाई सिन्दुरको रेखाले मात्र कोरेकी थिइन्
अब त मलाई देशले सीमाङ्कन गरि दिएको छ
यहींबाट सुरु हुन्छ दोस्रो परिवेश
दोस्रो पहिचान
(पृष्ठ ३)
जब देशले आफ्ना नागरिकलाई गास बास आवासको आपूपर्ति गर्न सक्दैन तब मानिस भावविहीन भावविह्वल भएर प्राण भन्दा प्यारो आफ्नो मातृभूमिलाई छाड्न बाध्य हुनुपर्छ । प्रवासी भएर पनि उसलाई कहाँ सन्तोष मिल्छ र उसको तन मन उसकै करेसा बारीमा घुमिरहेको हुन्छ । प्रवासीको विल्ला भिरेर बस्न पनि उसलाई सहज हुदैन । ऊ आवासमा फर्किन्छ । फर्कदा पनि ऊ देशको यथार्थतालाई हेरेर सन्तोष पाउन सक्दैन । उसले आमालाई हेर्छ भावनालाई यसरी पोख्छ –
मेरी आमालाई गुन्यु र बुट्टे चोलाले ढाक्न पनि सकेनछन्
चिसोले काट्ठिएका हात खुट्टाहरू पनि झार्न लागेछन्
तै पनि हानालुछीको दौडले कहिल्यै छोडेनछ
सम्मानका स्वरहरू गुमाइसकेछ
पात्र रहन्छ , अन्तर द्वन्द्व रहन्छ
अनि पर्दा झर्दछ
पृष्ठ ५
आज मानिसले भोगी रहेका आवास र प्रवासका चित्रहरू कविले उतारेका छन् । यी सबै सत्यतामा आधारित छन् । आवासको व्यवस्थापनको कमी कमजोडीले गर्दा आवास रित्तिदै छ प्रवास भरिदै छ । देशका जग्गाजमिन बाँझिदै छन्।
आमा – आमाको मायाले रंगिएको यो जीवन विश्वको जति रङ्गमन्चमा डुबुल्की मारे पनि एउटा छोरालाई आमाको काख विना जीवन अधुरो हुन्छ । जीवन पूर्णताको लागि आफ्नै आमा (मातृभूमि)को काख खोज्दै कवि यसरी भावनाहरू पोख्दछन् –
अधुरो जिन्दगीको रंग दिएर
बाँच्नुको सार खोज्नु भन्दा
पूर्ण जिन्दगीको आशामा
उदय हुन मन लागि रहेछ
जिन्दगीको पाटा पल्टाउँदै
आमा....
तिम्रो काख खोजीरहेछ एकपटक
( पृष्ठ ७ )
मेरी उनी – अटुट भावनाले बाँधिएका, मायाको डोरीले कसिएका, सँगै सँगै हुर्किका, कहिले ज्वारभाटा बन्दै कहिले कहिले इसारा गर्दै आपूmलाई सतीको सँज्ञा दिने प्रेमीकाप्रति कविले यसरी आवद्धतालाई जनाएका छन् –
त्यसैले त म
तिमीसँग बाँधिएको
एक छायाँ हुँ
एक काया हुँ
न तिमी फुकाउन सक्छौ
न डुवाउन सक्छौ
न चलाउन सक्छौ
न गलाउन सक्छौ ।
(पृष्ठ १०)
मेरो चौपारी –मेरो चौपारी देशकाो बिम्बको रूपमा आएको छ । पहिला पहिला प्रकृतिले सजाएको चौपारीको सौन्दर्य यसप्रकार थियो –
ढकमक्क फुलेको लालुपातेको आँगनीमा
वैंसले झुलेको तितेपातीका विहानीमा
सुनौलो प्रभातले अंकमाल गरेका ती सुन्दर लहरमा
पृष्ठ ११
आज सौन्र्दौयले भरिएको चौतारी सबै सात समुद्र तरेर गएकाहरूले अवलोकन गर्दा उजाड देखिन्छ । देशको अवस्थामा परिवर्तन ल्यायौं भन्नेहरूले परिवर्तनको आभाष कसैलाई दिन सकेका छैनन् । तथा पाउन सकेको देखिदैन । यथास्थितिमा भन्दा अझै देशको स्थिति खस्कदो छ । रौनक हराएको छ । अनुहारमा, परिवर्तनका रेखा खिचिन सकेका छैनन् । जताहेरो उतै सबै भताभुङ्ग भएको देखिन्छ । एक अर्कामा लुछाचुडी छ । यी सबै क्रियाकलापलाई हेर्दा कविको अन्तरात्माबाट धिकारको आवाज यसरी प्रस्फुटन हुछ –
" धिकार छ यस्ता रखौटेहरूलाई
धिकार छ यस्ता भरौटेहरूलाई
पृष्ठ १३
लक्ष्मीप्रसाद देवकोटा – यस कवितामा कविले महाकवि लक्ष्मीप्रसाद देवकोटा यो संसार छाडेर गए । तर उनी आफ्नो भौतिक शरीरबाट सकिएर हराएर गए पनि उनका कृतिले अजर अमर छन् । उनले रोपेका बिरुवाहरू हुर्किसकेका छन् । भौतिक शरीरमा विलाए पनि सिर्जनाको शरीरबाट महाकवि विलाएका छैनन् भन्ने यथार्थता कविले यस कवितामा पस्केका छन् । उनले देशलाई दिन सकेको योगदान अझै थाती छन् । अर्थात अझै देशलाई साहित्यिक योगदानको ठूलो खाँचो भएको कवि महसुस गर्दछन् । त्यसो हुँदा आज उनका थाती राखेका काम सम्हाल्न सक्ने र साहित्यिक योगदानलाई अझै सवल बनाउन सक्ने सपुतके खोजी भै राखेको छ भन्ने धारणा कविले राखेका छन् । लोभ र स्वार्थसँग टाढा एक अनमोल कविको जन्म हुन्छ तर समय लाग्न सक्छ भन्ने कुरामा कवि ढुक्क छन् ।
आज युग बदलियो, स्वर्ण युग आया प्रकृतिले चोला फेरो र सुनौला वाहार ल्यायो भन्नेहरूको कमी छैन । यी धमारणासँग कवि सहमत छैनन् र उन्ले भन्छन् –
कुन चाहिँ आँगन मुस्कानमा बाँचेकी छे
कुन चाँहि बेँसी प्रकृतिसँग नाचेकी छे,
कहाँ रमाएका छन् लेकका प्याउलीहरू
कहाँ हाँसेका छन् फेवातालका डुङ्गाहरू
विहानीको सुनौला किरणमा
नाच्न निस्कने यार्सागुम्बालाई
चुम्न खोजेर जीवन धारमा उभिएर हिड्ने
अर्ध मानवहरू
पृष्ठ १७
यस कवितामा कविले विविधत्रतालाई समाएका छन् । कोही जिउनको लागि आहुति दिन्छन् । जीवन जुवारूपी संग्राम हो । जुवा खेल्दा कोही जित्छ कोही हार्छ । यहाँ लड्ने लडिरहेका छन् । हाँस्ने हाँसीरहेका छन् । सुरासुन्दरीमा बहन चाहनेवाला बहिरहेका छन् । कोही रिसोर्टमा हराइरहेछन् । अर्थात जस्ले जो हचाहेको छ त्यो गरिरहेको छ ।
कविको नजरमा "धर्ती चलेको छैन, ऊ मौन छ , आगन बदलिएको छैन ऊ स्थिर छ , उनै हली बाउसे छन् । काँध बदलिएको छैन दिन उसैगरी निरन्तर आउँछ, सूर्य बदलिएको छैन" यस्ता थुप्रै धारणा कविले यहाँ राख्दै पुरानो धुनमा नरमाउन र नयाँ धुनको खाँचो भको हुँदा नयाँ धुनलाई समाउन, तराइ, पहाड, कन्दार र हिमाल सबै ठाउँबाट जागेर होस्टे र हैंसे गरेर बोक आमालाई भन्दै कवि यसरी प्रस्तुत भएका छन्–
एकै आँगनका फुलबारीहरू
छर सुगन्ध देशभरि
नकाट, नबाँध यसलाई
स्वच्छ र निर्मल बनाउ यसलमाई ।
पृष्ठ १८
आकाश र धर्ती – कविले यस कवितामा नाप्न ,थाम्न, जोख्न, नसकिने अनन्त निराकारको दुई अजीव अन्तराललाई कविले यिनको भिन्नतामा भन्दा अनन्ततामा खोज्न आकाश कहाँ छौ भन्दै दूरताको देशमा पुग्छन् । कवि यो आकृति विहीन, स्वर विहीन, शब्द विहीन,रङ्ग विहीन अर्थात निराकारलाई नेत्रबाट खोज्न र बोलाउन कसरी सहज हुन्छ भन्दै कविको आफ्नो बह बुझिदिने, हिक्का छोडाइमा स्वीकारी दिने, कोही पात्रले वगेका व्यथालाई सम्हाली दिने कोही नभएको कविमा महसुस हुन्छ । मायावी संसारमा कसरी खोज्ने कविले भावना राख्छन् । शब्दमा सङ्गीत हुनुपर्छ । शब्दमा सङ्गीत छैन, अलंकार छैन भने रङ्गविहीनताका ती शब्द जोडेर के नै हुन्छ ? आकाश र धर्ती भनेर यी शब्द किन जोड्ने, विभिन्नताभित्र हराउन भन्दा आकाश र पृथ्वी भित्र कति अन्तराल छ भनेर जान्नु आवश्यक छ । दुई छुट्टै अस्तित्व भएको आकाश र धर्तीलाई नजोड, विविधता भित्र किन हराउँछौ जस्ता धारणा राख्दै कवि भन्छन् –
'भो मलाइ यहीँभित्र नै रमाउन भन
यही भित्र नै हराउन भन ।'
पृष्ठ २२
कविले यस कवितामार्फत निराकारको सही यथार्थतालाई बुझ्नु पर्छ र निराकारमै रमाउन र हराउन तथा यिनैमा लिन हुनुपर्छ भन्ने धारणालाई पस्केका छन् ।
चिता – यस कवितामा पनि कविले धेरै कुराहरूलाई उठान गरेका छन् । मानिस जन्मन्छ हाँसो र उल्लासले उसलाई स्वागत गर्छ । नवजीवन अघि बढ्दा व्यथामा समाहित हुन्छ । यी व्यथाले जीवनको सुरुवातदेखिनै बोझ दिएको हुन्छ । जीवनमा मानिसले भोगेका भोगाई युद्धमा हुने मानवीय लगायतका क्षती प्रथम र दुतीय विश्वयुद्धमा आपूmसकिनु र अर्कालाई सक्नु जस्ता कर्ममा विश्लेषण गर्न सक्नुपथ्र्यो सकेन । हामी बुद्धको उपदेश सुनेर के काम उपदेश त आपूmमा समाहित गर्न सक्नुपर्छ । मूर्ति बोकर मन माझ्नेहरूले हरे रामको शब्द झुन्ड्याएरके गर्ने । यथार्थता हो मनभित्रको कपट र नीरसलाई त्याग्न सक्नुर्छ आदि धारणालाई केलाउँदै युद्ध समयको खेल हो भन्नेहरूसँग असहमत हुँदै कवि भन्छन् –
भन्छन् युद्ध त समयको खेल हो
समयले लिएर आउने आदेश हो
खोईत दश बर्से युद्धले के ल्यायो ?
चुलो पनि बलेन ।
पृष्ठ २४
युद्धले ठूलो धनजनको क्षति व्यहोर्दै कसैलाई जीत दिलाउला तर धैरैलाई चितामा पु¥याउँछ । कविले भन्छन् – समयले दिने आदेश अबत व्यक्तिसँग समाहित भएको छ । आज मानिस सबै चिज मसँग छ भनेर गर्व गर्छन् । उसले स्वर्ग मसँग छ नर्क मसँग छ, भन्छ तर उसले के भइरहेको छ भनेर पछिफर्केर हेर्न बानी छैन तर उसकोपछि पनि चिताको ज्वाला लिएर कोही उभिएर बसेको छ । कविले यी धारणा प्रष्ट पार्दै सबैलाई आग्रह गर्छन् –
विउँझ , फर्केर हेर
तिम्रो निभ्ने आँखामा
समय सँगसँगै धमिलो भएर जाने
ज्योतिलाई चिन
क्षणिक चमकको अर्थलाई बुझ
तिमीलाई यही शुभकामना
पृष्ठ २५
तिम्रो यादमा – आदिकवि भानुक्तको योगदान सहज रूपमा भएको हैन । उनको योगदानलाई सम्झने एक दिने कार्यमा गरिने नारा तथा टिका टिप्पणीले त्यसवेलाको असहजता, समाजको यथार्थता तथा परिवेशको ख्याल नगरी गरिएका टिका टिप्पणीले सही यथार्थता पस्किदैन । उनका कामलाई केलाउँदै उनको योगदानको सम्मानमा लाग्नको लागि कविले यसरी धारणा राखेका छन् –
म नाराबाट होइन
मौन भाषले तिम्रो कृतिलाई सम्झन्छु
हृदयभित्रबाट तिम्रो पूजा गर्छु
अन्तरआत्माभित्र समाहित गरिरहेको छु ।
पृष्ठ २८
फाटेको टोपी – कविका सबै कविता पढ्दा लाग्छ सबै हीरा मोती नै हुन् तर तिनमा कुन हीरा अब्बल हुन्छ भन्दा कोहीनूर हीरालाई अब्बल माने जस्तै उनका यी सबै कविता मद्धेबाट कविले फाटेको टोपीलाई आफ्नो कविता सङ्ग्रहको शीर्षकीकरण गरेका छन् । टोपी नेपालीको शीरको शोभा हो । यो ताजको अस्त्त्विमा नै सारा नेपालीको अस्तित्व गाँसिएको छ । कविले यस कवितामा टोपी लगाएको एउटा बृद्ध मानिसको तस्विर पनि राखेका छन् । यसले मानव जीवनका बालक युवा र अन्त्यमा बृद्धा अवस्थामा पुग्दा गरिने यथार्थ कर्मलाई कवितामा उतार्दै फाटेको टोपीमा लगेर जोडेका छन् । मानव यौवन अवस्थामा आनन्द लिन्छ कसरी ? कवि प्रस्तुत भएका छन् यसरी–
तरुल र लतिकामा हल्ली हल्ली
सालैजो र लालमायाको अङ्ग प्रत्यङ्गभित्र
कहीं बैंसमा बाँध्दै
कहीँ अङ्कमालमा हाँस्दै,
फक्रेको यो जिन्दगीभित्र
आँखा लडाउँदै
हुर्किएको यो सप्तरङ्गभित्र
आफ्नो रूपको यौवनसँगै
इन्द्रेणी खोज्दै
तिम्रो वक्षस्थलभित्र बनेको यो अङ्ग
तिमीसँगै टाँसिएर युग वितेको छ
नसा नसामा , तरल तरङ्ग बनेर
सजिएको छ ।
मानव जीवन एक नासको हुँदैन । क्रमस दिन वित्तैजान्छन् । उमेर डाँडो काट्छ । उसले प्रकृतिका उपहार भिरेर, सुस्केराका रातहरू कटाउँदै ऊ दृष्टिविहीन हुन पुग्छ । उसले गरेका हरेक परिश्रमका प्रमाणहरू उसको शरीरले प्रदर्शन गरिरहेका हुन्छन् । उसले जीवनमा आर्जेका यथार्थतालाई कविले यसरी प्रस्तुत गरिरहेका छन् –
वितेका मेरा दिन र रात
पैंचोले आर्जेको होइन
बन्दकीमा बसेको कागजको खोष्टो होइन
आफ्नाले दिने आत्मियता भन्दा
पनि गगहिरो मेरो आत्म सम्मान
प्रहार गरेर नटुटाऊ
पृष्ठ ३०
टोपी के हो त, यसको अस्तित्व कहाँसम्म पुगेको छ र यस्ले के दर्शाउँछ ?आदि धारणालाई प्रष्ट पार्दै कवि भन्दछन् –
अझ तिमी सोध्छौ भने,
हिमालयको चोखो ममतामा
डुबुल्की मार्दै उर्लेको उद्वेगभित्र
टाँसिएको छ यो मेरो टोपी
दिव्यताभित्रै नै समाहित छ

हो त राष्ट्र, राष्ट्रियतामा उच्चता बोकेको यो टोपी सबैमा टाँसिनु र दिव्यतामा समाहित हुनु स्वभाविक हो । कविले फाटेको टोपीको माध्यम बनाएर आफ्नो पहिचान गुमाउन नहुने, लज्जाविहीन आडम्बरीकोमा कथा बुनेर दुलही सजाउँदा झै सजाउन नहुन,े दिन रात रक्सिको बोत्तलभित्र रङ्गिीन साँझ बनाएर नधकेल्न र लाजलाई अट्टाहासमा नउडाउन चेतावनी दिन्छन् । अन्त्यमा कविले लाजलाग्ने काम कसैबाट गर्न हुदैन भन्ने धारणा यसरी पस्केका छन् –
मेरो लाजभित्र
तिम्रो, हाम्रो सबैको
लाज बाँधिएको छ
सिङ्गो नेपाल यसैमा गाँसिएको छ ।
पृष्ठ ३१
कृतिको नामाकरण गरिएको यस कविताले सिङ्गो नेपालको यथार्थतालाई फाटेको टोपीलाई बिम्ब बनाएर प्रस्तुत गरिएको छ । सुन्दर छ र राष्ट्रियताको भावनाबाट भरिएको छ ।
मेरी प्रिय – यस कवितामा कविले नेपालबाट विदेशमा गएकाी प्रियाको बारेमा विदेशीनको बाध्यता, यहाँको प्रकृतिक सुन्दरताले पनि रोक्न नसकेको, गरिएका बाचा बन्धनको पनि याद भएन, चन्द्र सूर्यलाई नसम्झेर हराएकोमा हराउनको कारणलाई कविले बुझे भन्दै कविले अस्मितालाई लुट्न नदेऊ, खेलवाड गर्न नदेऊ, भविष्यलाई रोक, समय आउने एक दिन सबै नष्ट हुने, मुक्तिको धुन बज्ने, चन्द्र सूर्य हाँस्ने,छन् । मृगहरू नाच्ने छन् जस्ता धारणा आएकाछन् कवितामा ।
अदृश्य आँखाका सपनाहरू– विहानीमा उदाएको बालरविको सुनौला ज्योति, चराचुरुङ्गीको चरबिर आवाज, आगनमा टल्किएका शीतका थोपा हेर्दा हेर्दै मानिस यौवनतामा पुग्छ । यो स्वभाविक हो । प्राकृतिक सौन्दर्य त्यहाँ हुने विविध क्रियाकलापमा अवलोकन गर्दा आँखा लोलाउन सक्छन् र आँसु विलाउन सक्छन् । मूक बनेर बसेका यस परिस्थितिमा हूलमा आपूm नै हराउने हो कि? आशाका क्षणहरू विलिन भएर जाने हुन् कि आदि विषयमा कवि प्रश्नवाची हुन्छन् । कविका मनमा आशा निराशा पलाउँछ अनि पश्न गर्छन् –
मरेका लासहरूमाथि
लुका चुडी गरेका कोलाहालभित्र
सपना कसरी दिगो बन्न सक्ला र ?
यस राष्ट्रिय भावनाले ओतप्रोत कवितामा कविले अदृश्य आँखाहरूबाट नेपालको आजको सदृश्य चित्रण गरेका छन् । आज नेपालका शासक वर्गको यथार्थ यही छ । देशमा भागबन्डाको राजनीतिले देश तहस नहस भएको छ । तब पनि कवि निरास छैनन् कलमका हतियार लिएर बर्साएका गोलीबाट बन्धक बनेका छातीललाई शीतलता दिन झ्यालका ढोका खोलेर उनका दौतरीहरूलाई सुनौलो विहानी भित्र्याउन आह्वान गर्दछन् –
नयाँ आँकुराहरूलाई जन्माएर
हिंस्रक गन्धहरूलाई अन्त्य गर्न
एउटा बाँचा बोकेर
अघि सरौं बन्धुहरू हो !
आमालाई बन्दकर्ताको घेराबाट मुक्त गराऔं ।
पृष्ठ ३६
त्रिपालभित्र पलाएको आशा – यस कवितामा कविले भूकम्पबाट पारेको आहातमा छटपटिएकाहरूले राहतको खोजीमा लागेको, त्रिपालभित्रको कहाली लाग्दो अवस्थाको चित्रण मार्मिक रूपमा प्रस्तुत गरेका छन् । भूकम्पले निम्त्याएको कहाली लाग्दो अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
मन्दिर पल्टे , हिमाल भत्के,गाउँ डुबे,
लाली गुराँस झरे,डाँडा काँडा चाहर्ने
झ्याउकिरी पनि बास खोज्न
लाखापाखा लागे ।
पृष्ठ ३८
प्रकृतिले दिएको यो यातनामा के नै बाँकी रहन्छ र ? सुनौला सपना बुन्नेहरूका सबै सपना समाप्त हुन्छन् । आँगन, तुलसीको मठ,, घरगोठ आदि सबै सबै भत्किन्छन् । विवशताको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
किंकर्तव्यविमूढ
सुन्न सक्छु तर गर्न केही सक्दिन
आदर्श छाँट्न सक्छु
आदर्शता दिन सक्दिन
फलाक्न सक्छु
समेट्न सक्दिन
पृष्ठ ४०
भूकम्पले छिया छिया परेको शरीरमा मल्हम पट्टी लगाउनको लागि युगपुरुषका खोजी भएका कुरा आएका छन् र कविले यसरी प्रस्तुत गरेका छन् –
मलहमपट्टी बाँध्ने युग पुरुषको खोजीरहेकी छन्
मेरी आमा
अझै राहत होइन
आहतको प्रश्न तेर्साइ रहेकी छिन् ।
यो प्रश्नले कविलाई पनि पोलेको छ किनकी आमाले गरेको यो प्रश्नभित्रका उनी पनि एक सदस्य थिए र छन् पनि ।
संझनाको अँधेरीमा – यस कविताले पनि विदेशमा बसेको अवस्थामा आफ्नो मातृभूमिलाई सम्झने यादले सताएको धारणा कविले यसरी पस्केका छन् –
आज फेरि त्यहीं हराउन मन लाग्यो
सुस्केरासँग तिमीलाई अँगाल्न मन लाग्यो
वितेका दिन याद दिलाउन मन लाग्यो
आँखाभरीआँसुलाई छचल्क्याउन मन लाग्यो ।
पृष्ठ ४१
मानिस बाध्यताले आफ्नो देश छाड्छ । जहाँ जान्छ त्यहाँ पनि उसलाई कहाँ सजिलो छ र ? यहाँ परेको विविध बन्धनहरू गला पासोको रूपमा रुपान्तरण हुन्छन् ।यस्तो गला पासोले न त प्राण नै लिन्छ न त मुक्ति नै दिन्छ ।
कविले यस्तो प्रकारको बन्धनलाई यसरी प्रस्तुत गरेका छन् –
पर्दाभित्रको रङ्गीन जिन्दगी
स्वर्गको कल्पना भित्र
ताण्डव नृत्य,
सुरा सुन्दरी
आदि इत्यादि कथाहरू
यसैले त तिमीलाई सिंगारेको छ ।
पृष्ठ ४२

कता कता कविको धारणा सुनौलो संसारको ज्योतिर्मय स्वरूपमा पुग्छ । अखण्ड ज्योर्तिमय स्वरूप भनेको त साक्षात ब्रह्मको स्वरूप हो ।उनले प्रियालाई बदल्ने धारणा राख्छन् । समयले दशौं शताब्दी नाघिसकेको छ । यसैकारण गाइएका रानीवन कोठे बारी बनिसकेका होलान् ! सुनगाभाहरू, गौथलीको बास आदि आदिमा परिवर्तन भै सके होलान् ! त्यसैले अब नअल्मलियौं ज्योतिर्मय स्वरूपको चिन्तन ग¥यौं नत्र यो नै मृगतृष्ण बन्न सक्छ , यो नै श्राप बन्न सक्छ भन्ने धारणा यसरी आएका छन् –
त्यसैले प्रिया !
यो वनमाराको पुञ्जभित्र तिमीलाई नहराउँ
सुगन्धभित्र नअल्मलाऊ
कहीं यो नै मृगतृष्णा नबनोस्
कहीं यो आपूm नै श्राप नवनोस्
पृष्ठ ४३
यस कवितामा कवि प्राकृतिक सौन्दर्यको वर्णनबाट कविताको उत्थान गरी, संसारिक बन्धकका धारणालाई व्याख्या गर्दै कता कता कविको धारणा सुनौलो संसारको ज्योतिर्मय स्वरूपमा पुग्छ । यो संसाररूपी वनमाराको पुञ्जबाट पार खोज्छन् ।कविको अध्यात्मप्रति गहन चिन्तन छ ।
म मुर्झाएको छैन – यस कवितामा कविको धारणा छ कसैलाई हराएको, मुर्झाको ठान्न नहुने, उसको यथार्थतालाई जान्न,उसको अन्तरङ्गमा बहने तरङ्गगभित्र, ज्वारभाटाको तरङ्गभित्र, ओझेलीएको स्वरूपलाई, सजिवताको स्वरूपभित्रराखेर, उसको क्रन्दनलाई छिनालेर हेरेर मात्र उसलाई मुर्झाएको हो कि हैन जानकारी लिनुपर्छ । एकचोटी बोलाएर हेर्न पर्छ,, व्युझाई दिनुपर्छ, तन्द्राबाट बिउँझाइ दिनुपर्छ अनि मात्र ऊ मुर्झाएको होकी हैन भनेर जानकारी हुन्छ । कविले आपूm नहराएको, समयलाई कुरेको धारणा राख्दै भन्छन् –
म फेरि कसिंगरलाई समेटेर लैजान
एक दिन एक साँझ अवश्य नै आउने छु ।
मलाई केवल बोलाइदेऊ
तिम्रो गगनभेदी आवाजले
म फेरि ज्वाजल्यमान स्वरूपमा जाग्ने छु
तर विन्ति ....
मलाई मुर्झाएको नभन
हराएको नभन !
पृष्ठ ४६
खोइ त मेरो पहिचान ?– यो कवितामा कविले सग्लो भावना, सामाजिक र धार्मिक सहनशीलता र सद्भाव, एकताको सूत्रमा बाँधिएका नेपालीलाई जातीय विभाजनमा लगिएका धारणालाई प्रस्तुत गरेका छन् । दार्शनिक मर्यादालाई भुलेर जियजन्त मरे मलामीको जनसद्भाव आज खलबलिएको कटुसत्यलाई कवितामा प्रस्तुत गरेका छन् । , चाड पर्वमा देखिएको विभाजनमा असहमत राख्दै कविले भन्छन् –
तिजका कण्ठमुग्धबाट
सम्झने हाम्रा चेलीहरूको करुणालाई
एक चोटी त नियालेर हेर
गएका वेदनालाई त बुझेर सुन
कहाँ छौ सिङ्गो नेपाल बोक्नेहरू हो
शब्दसँग खेल्ने अजिङ्गगरहरू हो ।
पेष्ठ ४९
पूर्खाको उदाहरण दिंदै भृकुटीले देश बचाउन चिनका राजासँग विवाह गरेका कुरा इतिहासले जनाउँछ । बुद्धको मूर्ति भन्नुको अर्थ शान्तिको मूर्ति हो । आज शान्ति चोरिएको छ । देश अशान्त छ । यसमा टुलु टुलु हेनु शान्ति भङ्ग गर्नु भनेको निकम्मापन हो । एउटै भाषा भेष भित्र बाँचेका, दौरा सुरुवाल र ढाकाटोपीमा चिनिएका नेपाली र नेपाली झण्डा पनि बदल्न खोज्नु भनेका मूर्खता हो । यस्ता पटमूर्खहरू जस्ले एक सूत्रमा बाँधिएका नेपाली पहिचान खलल पु¥याउने सँग पहिचान खोज्दै आक्रोसका प्रश्नहरू यसरी पोखेका छन् कविले–
अब मेरो पहिचान के ?
भाष कुन ?
पहिरन कुन ?
र खोइ मेरो पहिचान
पेष्ठ ५०
दसै – दसै नेपालीको महान चाड हो । यस चाडलाई नयाँ नयाँ नाना लगाउने मिठो मिठो खाने, एक उमङ्गका साथ मनाइने भएको तर वर्षभरिको कमाइले थाम्न नसकेपछि ऋण धन मागेर आदि गरेर दशैं मनाउने वाध्यतालाई कविले दशैंलाई सोद्धछन् –"अब तिमीलाई सुखको प्रतिमा मानों वा दुखःको आकृति ?" । सकोस नसकोस् घरघरमा सौलो खसी ढाल्नु,दानदक्षिणा आदीले गर्दा दशैं निकै खर्चिलो हुन्छ । कसैले भाकल गरेको भए दशैमा बलि दिने चलन छ । बलिप्रथामा पनि कविको धारणा फरक छ । "हामी उच्च श्रेणीका तथा कथित प्राणी दशैंको नाममा निमुखा राँगा, बोका बलि दिएर फेरी पनि सुख खोज्छौं ।" यसबाट प्रष्ट हुन्छ कि बलिपर्था कविलाई सहज लाग्दैन। कविले दशैलाई यसरी विदा गर्दछन् –
झिनो मसिनो आशा पालेर
ऋणको भारी बोकेर
दशैलाई विदा गर्दछौं ।
पृष्ठ ५३
धनीहरूको लागि दशै सुखद रहे पनि गरिबहरूको लागि भने दशै दशाको रूपमा रुपान्तरण हुने गरेको छ । अन्त्यमा कविले यसरी इच्छा प्रकट गर्दछन् –
निधारको रातो टीकाले मुहार प्रशन्न होउन्
शिरमा सिउरेका जमरा कहिल्यै नओइलाउन्
पृष्ठ ५३
पुरानो डायरी–डायरी भनेपछि मानिसले तयार पारेको दैनिक विवरण तथा आत्मकथा भनेर सम्झिन्छ । यो डायरीमा कविले मार्मिक धारणालाई पस्केका छन् । उनी पुरानो डायरी खोल्न चाहाँदैनन् । किनकी पुरानो घाउका औेंसाहरूले नयाँ घाउ बनाउन प्रवेश गर्न सक्छन् । पुराना दुःखद घटनालाई उजागर गरेर घाउ बल्झ्याउन चहाँदैनन् कवि । धारणालाई यसरी प्रस्तुत गरेका छन् –
हराएको त्यो कालो दिन रात
फेरि म वर्तमान बनाएर
घुम्टो ओढाएर
नवदुलही बनाई
आँसुको फोहोरा ल्याउन चाहान्नथे
पृष्ठ५६
त्यसो हुँदा कविले आपूmले पनि नफुकाएको र सबैलाई त्यो सन्दुस नखोल भन्नु, जस्को कारण अर्को ब्रजपात नपरोस् सिन्दुर नपुच्छिउन् र चुरा नफुटुन । कविले माओवादी जनयुद्धको नाम नलिइकन त्यो कहाली लाग्दो जनयुद्ध र त्यसले पारेको जन धनको क्षतीलाई प्रष्ट पारेका छन् ।
म र बोत्तल– यस कथाले सामाजिक परिवेशलाई केलाउँदै सानो उमेरमै आमाको पूजामा अण्डा र अमृतरस भेट चढाएको दिन देखि मीत बनेको भीम र सेन । खाद्यान्नको पसिना बाट चुहिएको रसको उपनाम हो भीम(रक्सी,या मदिरा) । आमा भीरबाट खसेर स्वर्गवास भएको कुरा । मीतकासाथमा रहेका थुप्रै भारदारहरू, यिनै नरपिचासहरू टेबुलको वरिपरि, रम्भा नाची रहेकी हुनु, रम्भाका अङ्ग प्रत्यंग चुमिरहेका हुनु, रम्भाको अस्मिता बेचिइ रहेको हुनु, र रम्भाबाट गंगा बनेर पाप पखाल्नु पुग्नु जस्ता रक्सीबाट निम्त्याइने विकृतिलाई कविले प्रष्ट पारेका छन् । मीत (रक्सी) पनि कति रहिरहन्छ र बोत्तलको मीत यतिवेलासम्म रित्तिन्छ । रहन्छ केवल रित्तो बोत्तल । छोटो कुरामा भन्दा कविले सुरा र सुन्दरीसँग लागेपछि मानिस रित्तिन्छ भन्ने धारणा आएको छ कवितामा ।
लुकेको माया – यस कवितामा कविले केही खोज्न र केही पाउन निस्केको बटुवा मरुभूमि स्थल पुग्छ, आफ्नो जन्मभूमि फर्कन सहज हुँदैन आफ्नो जन्म भूमि र ऊ भएको स्थलको तुलना गर्छ । सबै चिज हुँदाहुँदै पनि आमाको माया टाढा हुँदा, उसलाई सबै छ तर केही छैन भन्ने अनुभूति हुन्छ र उसले आमालाई यसरी पुकार गर्दछ –
हे आमा ....
मलाई फेरि बोलाऊ एकचोटी,
फुकेर बाँसुरीको धुनबाट
अर्को आशीर्वादको पाँच औंलो फिजेको हातले
भरिओस् नसा नसामा
मायाको आदिप्य ज्योति
पर्खेर बसेको छु यही आशामा
तिम्रै पोल्टामा बाँच्न र बचाउन
तिम्रै छातीमा म अटाउन
पृष्ठ ६३
कमलरी र सिन्दुर – कमलरी प्रथा पश्चिम नेपालको तराइमा रहेको बँधुवा मजदुरी प्रथा थियो । यस प्रथामाा बाबु आमाले केही रकम लिएर छोराछोरीलाई साहुको घरमा काम गर्न पठाइन्थ्यो । साहूले आफ्नो पैसा असुल नहुन्देर कमलरीलाई काममा लगाएर राख्न पाउँथ्यो । कमलरी मुक्त घोषण वि.सं.२०७० साल श्रावण तीन गते भए पनि यो एउटा जटिल समस्याको रूपमा रहेको छ । मानवलाई मानवले पैसा लिएर किनिने गरिनु एउटा दुष्कर काम हो । यस विषयमा हरिजीले कमलरी र सिन्दुर शीर्षक दिएर कमलरीको पीडालाई यहाँ प्रस्तुत गर्नु भएको छ । हेरौ कमलरीप्रति कविको धारणा –
अब ऊ भालेको बोलीमा रात पर्खेर बस्छे
सुरु गर्छे आफ्नो दैनिकी
मानौं ऊ सिन्दूरसँग किनिएकी छे
शाब्दिकतामा भन्दा, ऊ बेचिएकी छे
पृष्ठ ६५
ऊ, स्वतन्त्र छैन । ऊ बाँधिएकी छे । उसलाई कानुनले आश्रय दिन्छ आदि उसका एक एक घटनाक्रमलाई केलाउँदै कविले कानुन÷ समाजका ठेकेदारहरूलाई यसरी प्रश्न राख्छन् –
हे समाजका ठेकेदारहरू हो
तिम्रो कानुन कहाँ छ ?
कमलरीको पीडामात्रले
अर्की नारीको पीडा समेट्छ ?
कमलरी मात्र नारीको परिभाष भित्र पर्छे ?
मात्र ऊ पीडित हो ?
पृष्ठपृष्ठ ६७
यथार्थता केलाउँदा सबै नारीको अवस्था पीडादाई छ । कविले सुस्केरामा रात बिताउने नारीलाई अन्तस्करणबाट हेरिन पर्ने हुन्छ भन्छन् । यो पनि भुल्न हुँदैन कि घरबाट सुरु भएको चिरागले गाउँ सहर हुँदै देश डढाउँछ । यथार्थ हो यो । तिनीहरूलाई पनि कानुनको उज्यालो किरणले पछ्रयायोस् तथा कानुन सबैले पाउनु पर्छ झिनो र मलिनो अनुहारको भाषालाई बुझ्न सक्नुपर्छ साथै मैलो सारीको घुम्ट्यो भित्रको वेदनालाई पनि बुझ्नुपर्छ भन्ने धारणा कविले प्रष्ट्याएका छन् ।
झोलुङ्गे पुल– यस कवितामा कविले निर्जीव झोलुङ्गे पूलको मर्मलाई प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ । पुलको काम हो दूई भिन्न किनारालाई जोडेर सहजता प्रदान गर्नु । पुल निर्जीव हुन्छ । कविको धारणा यसरी आएकोछ । पुलको आत्मा छ तर प्राण छैन । वेदना भए पनि चेतना छैन । उसको निर्माण जाली र तताएर पिटिएका फलाम बाट लत्रिने गरि भएको छ । पुलले पाएको यातनालाई कविले यसरी खोल्छन् –
राणाको अत्याचारको कथा सुनेको थिएँ
हिटलर र मुसोलिनीको व्यभिचार सुनेको थिएँ
अब त लातै लातलाई बुझेको छु
दिन र रात दुवै सँग सुतेको छु
दिनको पिचास र रातको नरकले सँगै हुर्केको छु
तव पनि तन्किएकै छु , हल्लिएकै छु
पृष्ठ ६९
उपरोक्त अभिव्यक्तिलाई विश्लेषण गर्दा पुलले हिजोको सामाजिक यथार्थतालाई आजको सामाजिक यथार्थसँग जोड्ने काम गरेकोछ । हिजोकाहरूले अत्याचार र व्यभिचारले दिएको कष्टलाई त सुनेको मात्र थियो पुलले तर आज लातै लातलाई व्यहोरेको छ । तव पनि ऊ हरेस खाँदैन । ऊ अझै आशावादी छ । हो झोलुङ्गे पुलको रूपमा हल्लिरहेको यो मानव जीवन केही प्राप्तीको आशामा बाँची रहेको छ । बिम्बको रूपमा कवि यसरी प्रस्तुत हुन्छन् –
हरेक रात सक्किएर मिर्मिरे बैंसको पर्खाइमा
केही लालीलाई
गुम्सिएको अनुहारभित्र प्रस्फुटन गर्न पाउँछु कि भनेर
टुट्न र फुट्न नसकेकर
झिनो एक आशामा
बाँची रहेकै छु, बाँची रहेकै छु, ।
पृष्ठ ६९
गरिब–यस कवितामा कविले घुमाउरे घरको सानो आगनको घरको छेउमा फाटेको चकटीमा गुरुर गुरुर आवजको साथमा नाच्दै गरेका थरीथरीका जोडी, बाजाको स्वर अनि आवाजभित्र डुवी रहेको म पात्रको कलिलो मन, नाचहेर्ने कलिला नयन, मुस्कानले भरिएको मुख, चुलिएका असंख्य दृश्यहरू, मौलाएर छरिएका नग्न स्वरूपहरू, भत्किएका लोभालु आँखाहरू, बाटो हिड्ने वैंशालुहरूका छड्के नजरले छरिदिने पापी नजरहरू, रङ्गीविरङ्गीले भरिएको पृथ्वी र एक्लो दर्शकको म पात्र आदि विवरणत्मक भावनात्मक लामो परिवेशलाई केलाउँदै कवि प्रश्न वाची हुन्छन् र भन्छन् । के छैन सबै त छ , दिन, रात, गीत , वेदना, हाँसो, आँसु, खुसी आदिले भरिएको सिंगो थाल छ । अनि कविले नभएको कुरा पनि केलाउँछन् । महसुस गर्छन र भन्छन् – आधुनिकता, कोरा ढर्रा छैन । उनी पुन भन्छन् –
कलिलो वैंशले छरेको सुगन्धभित्र
भू भू गरेर घुमिरहने महको मिठास छ
कल कल गरेर सुन्दर तापोवनको
अँगालोमा बाँधिरहेका
थोपा थोपाले जेलिएर जोडिएका
सिंगो स्वरूपहरू
नशा नशामा बैंस छर्दै
लठ्याइएका मनभित्र गाँसिएको पवित्रतामा अंकित गरिबता
पृष्ठ ७२
कवि गरिबी भित्रै रमाउन चाहान्छन् । त्यहाँ महको मिठास छ , तपोवनको अँगालोमा बाँधिएको सिंगो स्वरूप छ । तपोवनजस्तै देवस्थल र प्राकृतिक सुन्दरता छ । नठग, नछुट्याऊ, शान्त ढुकढुकीसँग कोही मीतेरी लाउन नआऊ, मुनासँग जोडिएको मेरो ४ आना भित्र रमाउन देऊ, नउछिट्याउ, नलगार किनकी यहीं छ सबै, यहीं बाट प्रस्फुटन भएर र्आएो उपहार जस्ता गहन भावना र धारणा पस्कदै गरिबी भित्र रहेको मानव जीवनलाई यसरी प्रस्तुत गरेका छन् कविले –
चाँहिदैन खोटो धनीको उपहार
लोभसँग पर बसेको म गरिब
पर्याप्त छ यही संज्ञा मेरो लागि
भो मलाई यही गरिबीको परिधिमा
रंगिएको सुगन्धसँग जीइरहनदेऊ
गरिबीको संज्ञासँग हराउन देऊ ।
पृष्ठ ७२
भाउजुको होटल – यस कवितामा कविले होटेलको वातावरणलाई सजाउँदै ,होटेलमा बासबस्नेहरूको धारणालाई केलाउँदै , बास बस्न पाइन्छ भन्ने प्रश्न राख्दै गर्दा उनले मुक भाषा केही भनिरहेको संकेतलाई बुझ्दै रात गुज्रिन्छ । भोली पल्टको घटना क्रमलाई कविले यसरी पस्कन्छन् –
जाने वेला तिनी हेरिरहिन् र भनिरहिन्
तिमी पनि ऊ जस्तै त हो नि
तिनको एकोहोरो हेराइको भाषाले
मलाई पोलिरह्यो ।
हिसाव कितावका कुरागर्दा पनि भन्न चाहेका कुराहरू लटपटिएर आए पछि हिसाव जोडेर केही नोटहरू टेवुलमा छाडेर भाजुको मौनता बोकेर गन्तव्यतिर लागेको धारणा आएको छ बास बस्नेको । कविताले प्रष्ट नभने पनि लाहुरे र होटेलवाली बीचको बासबस्दा हुने सम्बन्धलाई प्रष्ट्याउने प्रयास गरेको छ ।
मन –बास्तवमा मन अति चलायमान हुन्छ । यो के हो त भन्दा सहज उत्तर छैन । यहाँ कविले एक वैवाहिक जोडीको धारणालाई प्रस्तुत गरेका छन् । हेरौ कविको थालनी कै अभिव्यक्ति –
सिउँदोमा सिन्दुर भरेर पनि
अपनत्व पाएको भए
मन किन बहकिन्थ्यो होला र ?
यहाँ त मन पनि रहेन
दिल पनि हाँसेन
पृष्ठ ७६
अपनत्व दिने वालाले अपनत्व पाउनेवालालाई अपनत्व दिनु पर्ने हुन्छ । साझा सम्पत्तिको रूपमा रहेको अपनत्वबाट विमुख भएपछि कसरी मन रहनु र कसरी दिल हाँस्नु ? यसो हुँदा पनि दुई बीचमा भएका सम्वादमा चौपारी चिनियो वर र पिपल पनि भइयो । अनि चौपारी भत्काउने भएपछि मायालु बतास बग्ने कुरा कसरी सम्भव हुन्छ ? यहाँ महत्वपूर्ण कुरा के भने जन्मघरको दियोलाई बुझाएर कर्म घरको दियो बाल्न आएकी दुलहीप्रति विश्वास नै नदिलाएपछि तेल सकिनु र दियो निभ्नु पनि स्वभाविक हो । तर पनि मन भित्र आँधीवेरी चले पनि, भूकम्पले हल्लाए पनि जग थाम्ने प्रयास गर्दा गर्दै आशाको भुल्का नउम्रेपछि मन भाँचिन जान्छ जस्ता गहन भाानालाई पस्कदै कविले धारणा यसरी राख्छन्–
अब म कोसित सोधुँ ?
म मनसित टाँसिएको छु
वा मन मसित
यही मनको कथा सँगसँगै
म बगिरहेको छु
आपूmलाई हराइ रहेको छु ।
पृष्ठ ७७
मेरो खले गह्रो – यस कवितामा पहिलाको खलेगह्रोको छेउबाट निस्केको चिसो पानी, सानो दह, दहमा सानातीन गडेरा माछा बाँसको घारी खलेगह्रो को सुन्दरता थियो तर पछि गएर हेर्दा एक रङ्गी पञ्चरङ्गी हुनु, मूल सुक्नु, मूल सुकेपछि गडेरा माछा पनि हुने कुरै भएन । यसरी परिवर्तन आयो । परिवर्तन आएपछि को भन्दा को कम भन्ने प्रतिस्पर्धा चल्यो, खलेगह्रामा पनि जोत्दा ठूला ठूला डल्ला आउनु डल्ला फुटाउने टापु नै भाँचिनु सूर्यको किरण पनि उल्टो फर्कनु, म भन्ने पात्र पछि पछि लाग्नु, हल गोरुपनि विलाउनु, सबै जना साधु बन्नु, साधु बन्दा हातमा कमण्डलु बाहेक केही नहुनु जस्ता धाारणा कविले पस्केका छन् । यी बिम्बमा प्रस्तुत भएका शब्दको धेरै कुरामा विश्लेषण गर्न सकिन्छ । परिवर्तन भएपछि देशमा विकास निर्माण हुनु भन्दा भएका विकासकर्महरू पनि सुक्दै गएका छन् । भएका बस्तुहरू पनि हराउँदै गएका छन् । अहम् भावना बढी रहेको छ । हुनै नसक्ने कर्म तथा असमभव पनि ( सूर्य उल्टो दिसा फर्कनु) सम्भव भन्ने धारणा आउनु, उत्पादनका साधन (हलगोरु), टापु पनि नासिनु, देश गरिबीको चरमसीमामा पुग्नु जस्ता यथार्थतालाई यस कविताले समेटेको छ भन्न सकिन्छ ।
ऊ कहिल्यै फर्किन्न– यो यस कवितासङ्ग्रहको अन्तिम कविता हो । १४÷१५ वर्षकी सुन्तली पँधेराबाट हराएकीलाई दसवर्षे जनयुद्धमा बुट बजारदै अनन्ततिर लागि । दशवर्ष नाधेर पनि धेरै अघि गयो । केश फुलेकी आमाले छोरी कहिले आँउँछे भनेर आँगन कुरेर बसेको बसेकै छन् । यस युद्धले समाजमा आर्थिक समाजिक भौतिक क्षती ठूलो पु¥यायो । यस परिवेशमा समाजमा पु¥याएको कष्टदायी अवस्थाको कविले सुन्तलीकी आमाको कारुणिकता मार्फत त्यस वेलाका घटनाको प्रतिनिधित्व हुने गरी धारणा यसरी पस्केका छन् –
केश फुलेकी बुढी आमासँग समाउने लट्ठी छैन
स्वर निकालेर पुकार सुनाउने कण्ठ छैन
बुढी आमाले एक सन्तती गुमाइन्
तर देशले सजीव सन्तती गुमायो ।
पृष्ठ ८२
कवि यत्तिकैमा सन्तुष्ट छैनन् । यस युद्धले निम्त्याएको कहालीलाग्दो अवस्थामा जनधनको क्षतीलाई कविले विश्लेषण गर्दै भछन् –
यस आहुतीको दुःखदायी खेलमा
सबै जितका भागीदार बुने अनि रमे
हार त केवल बुढी आमालाई भो
नेपाल आमालाई भो ।
पृष्ठ ८२
भाषा शैली –उनको कविता प्रस्तुत गर्ने शैली पनि मिठासपूर्ण छ । एउटै शीर्षकको कवितामा पनि विविध पक्षलाई समेट्ने प्रयास गरिएको पाइन्छ । स्वच्छन्दवादी प्रवृतिमा ढालेर उनले कविता लेख्छन् । भाषा सरल छ । डायोसपरामा प्रयोग गर्न मिल्ने भनियाका शब्द पनि उनले प्रयोग गरेका छैनन् । केही ग्रामिण परिवेशका शब्दहरू भने पाइन्छन् । ,यिनले कवितामा मिठास भरेका छन् । यिनको भाषा सरल सुवोध भएकोले कृति सबै तहका पाठकको लागि पठनीय छ ।
अन्त्यमा यस कवितासङ्ग्रहमा प्रस्त'त गरिएका सबै पक्षलाई समेट्ने प्रयास त मैले माथि नै गरिसकेको छु तर पनि केही धारणा यहाँ प्रस्तुत गर्न चाहान्छु । कवि नेपालबाट प्रवास पसेको धेरै वर्ष भयो तर उनको हृदयमा नेपाल आमाप्रतिको माया, देशको उन्नतीको प्रगाढ चाहना, ती ओराली उकाली, ती भञ्ज्याङ्ग चौतारी, त्यो सालैजो, ती चौतारीका वरपिपल, तिनको छाया, ती लालुपाते, ती लक्ष्मीप्रसाद, ती भानुभक्त, सुन्दरताका पूmल, बगैंचा आदि उनका रक्त संचार नलीमा बगिरहेका छन् । जो मैले मथि नै विश्लेषण गर्दा समावेश गरेको छु ।
उनका हरेक कविता प्रकृतिक वर्णनले सजिएका छन् । लाग्छ उनी प्रकृतिका पुजारी नै हुन् । कविताहरूको सिर्जना प्राकृतिक सौन्दर्यको साथमा उत्थान भएको पाइन्छ । उनका कविता सौम्य र शालिन प्रेमले सिङ्गारिएका छन् । आफ्नो सांस्कृतप्रति आस्था छ ,समाजिक यथार्थता झल्किन्छ, जीवनको वोध छ, गरिबीका चित्रण छन् , स्वपहिचानका धारणा छन् , द्वन्द्वको नाममा आएका विकृति विसङ्गगतिप्रति कटाक्ष छ । यिनका कवितामा अध्यात्मिक चिन्तन पाइन्छन् । कतै कतै दार्शनिक झलक पनि भेटिन्छन् ।
कुरा उठ्न सक्छ कृतिमा केही कमी कमजोडी छैनन् । अवश्य पूर्ण कोही हुँदैन ।पूर्णतातिरको प्रयासरत छ कि छैन भन्ने मात्र हो ।एउटा कुरा मलाई भन्न के छ भने कविले एउटै शीर्षकमा धेरै कुराको उठान गरेका छन् । त्यसबाट पाठकलाई बुझ्न सहज हुँदैन जस्तो लाग्छ । एउटै शीर्षमा धेरै विषयको उत्थान गर्नुभन्दा अलग विषयमा अलग कविता सिर्जना गर्न सकिन्छ । समग्रमा कविको प्रयास प्रशंसनीय छ । स्वच्छन्दरूपमा उनका कविताले अग्रणी भूमिका खेलेका छन् । यस्ता गहन कृतिका कृतिकारको भावी जीवन उज्ज्वल होस् , नेपाली साहित्यले अझै सवल कृति प्राप्त गर्न सकोस् भन्दै विदा चाहान्छु ।

डिसेम्बर ७, नेब्रैस्का, अमेरिका

November 18, 2023

शुभकामना

मित्रताको डोरो हेर साह्रै दह्रो हुन्छ
सयौं हात्ती लागे पनि कहाँ त्यो चुड्छ
देवइन्द्र जसको नाम देवताका राजा
सिंहाशन तिम्रो लागि मेरो दिलमा ताजा

२०२४ साल देखिको देवेन्द्रजीसँगको चिनजान क्रमै सँग गाढा बन्दै गयो । स्याङ्जा बासी भए पनि उहाँको पर्वतसँगको नाता यति गहिरो छ कि न त उहाँले पर्वतलाई भुल्न सक्नु हुन्छ न त पर्वतेले उहाँलाई नै भुल्न सकिन्छ । पछि हामी एउटै मन्त्रालयका दुई विभागमा राष्ट्र सेवकको रूपमा काम गर्न थालियो । सेवाको आवद्धताले हामीलाई झनै नजिक्यायो । सेवाबाट अवकास भएपछि उहाँको बसोवास गैंडाकोटमा भयो र मेरो बसोवास कावासोतीमा हुन पुग्यो । यसरी हामी अझै धेरै नजिक हुन पुग्यौं ।
  पशुक्षेत्रमा उहाँको बौद्धिक लगानीले दिएको सैधान्तिक र व्यवहारिक ज्ञानले गर्दा किसानको मात्रै नभएर देशकै अर्थतन्त्रमा पारेको सकरात्मक प्रभावलाई हामी कसैले पनि भुल्न मिल्दैन । कृषि लेख रचना, पशुपालन व्यवस्थापनका क्षेत्रमा गरिएका खोज अनुसन्धानका प्रतिवेदन, किताव, बुकलेट पम्पलेटले किसान, पशुपालन क्षेत्रका प्राविधिकहरूलाई पु¥याएको  योगदान अविस्मरणीय छ । आज आएर नेपाली साहित्यमा .............. प्रकाशन हुन गएको जानकरी पाउँदा अझै खुसी लागेको छ ।
  यस सन्दर्भमा आत्मीय मित्र देवेन्द्रज्यूको  साहित्यप्रतिको अंकुरण हुन गइरहेको  भावनाहरू अझै थुप्रै पलाउन, नेपाली साहित्यले थुप्रै कृति पावस्, उहाँको नामले अमरत्व प्राप्त गरोस् भन्ने शुभ कामना व्यक्त गर्दछु
 जय देवेन्द्रज्यू, जय साहित्य,
सदानन्द अभागी
अध्यक्ष
लक्ष्मी स्मृति साहित्य समाज
कावासोती नवलपुर
२०८० साल कार्तिक भाइृ टिकाको दिन
 

October 31, 2023

मुक्तक

गुलावको पूmल सुसज्जित हुन्छ काँडाको साथमा
सिन्दुरको टीका सुसज्जित हुन्छ सिउँदो माझमा
सहज हुन्न सुन्दरता छुन यी रूपका मूर्तिलाई
आकर्षण बढे मुटु धडके आउँछिन् बस्न काखमा

October 30, 2023

मुक्तक–2

मुक्तक–१
जिन्दगीमा सबैको उतार चढाव हुन्छ
सुख दुख पर्दा खेरी हाँस्छ अनि रुन्छ
तव पनि मानिसको जीवनको धोको
पुरा कहिल्यै नहुँदा मन मैलो  धुन्छ

मुक्तक–२

जन्म हुन्छ मरण हुन्छ यो त सनातनी कर्म
जीवनको हरेक पलमा लाउनु पर्छ पर्म
हम्रो आचारण हो जीवनको हेर सवलता
आचारण नै छोडी  हिड्छ भने पर हुन्छ धर्म

स्व. श्री जुलुम बहादुर श्रेष्ठ र स्व. श्री पवन कुमारी देवी श्रेष्ठप्रति श्रद्धासुमनस्व. श्री जुलुम बहादुर श्रेष्ठ र स्व. श्री पवन कुमारी देवी श्रेष्ठप्रति श्रद्धासुमन


सदानन्द अभागी

डा. नारायणप्रसाद खनाल सरले एउटा कृति पठाइ दिनुभयो । नेपाल भन्दा टाढा (अमेरिका) हुँदाको अवस्थामा पनि कृति पाउँदा खुसी लाग्यो । पढ्न थाले कृतिको थालनीमा जीवन दर्शनले भरिएका कविताका हरफहरू पढ्दा अझै खुसी लाग्नु स्वभाविक हो । ईश्वरको सृष्टिमा पनि सबैको जीवन चक्र एकै किसिमको हुँदैन तर पनि विविध जीवनचक्रमा पनि सँगै सँगै एक अर्का सँग मिलेर बस्न सकुन् भन्ने धारणा राख्दैै सृष्टिको सिर्जना भएको छ । जाने वेलामा पनि कसैको कसैसँग मेल खाँदैन । ईशवरले जे जति भोग्न पर्ने हो त्यो लेखे बमोजिम नै मानव जीवन अन्त्य हुन्छ । टारेर टर्दैन । मानव जीवन समाप्त हुन्छ । त्यो वेला उसले केही लिएर जान्छु भने पनि लान सक्दैन तर बाँचेकै वेलामा केही दिन्छु भन्छ भने दिएर जानसक्छ । ईश्वरीय लीलाकै्र कारणले हामी जन्म लिन्छौ । बाबु आमा छोराछोरी भनेर नाता जोडिन्छ अनि मृयुवरण हुन्छ । कुन लोक पुगिन्छ । त्यो थाहा हुँदैन तर पनि मरेर गएका माता पिताको लागि हामीले सम्झन सकिन्छ तथा सम्झनु पर्छ, श्रद्र्धाञ्जलि दिन सकिन्छ र दिनु पर्दछ । अरू के गर्न सकिन्छ र । हामी ईश्वरको खेलाना हौं । चटकेले बाँदर नचाए सरि ईश्वरले जे जसरी नचाउनु हुन्छ त्यसरी नै हामी नाच्द छौं । प्रकाशजीले यी जीवन दर्शनका भावनालाई पोख्दै आफ्ना मता पितामा श्रद्धासुमन अपर्ण गर्दै यो संसारमा कुनै कसैले अहम् भाव राख्नु हुन्न भन्ने धारणा यसरी राख्नु भएको छ – "क्mे पूmर्ति घमण्ड के धाक लगाउने सम्पत्ति, न वल न रूपको कसैले विलिन भई जान्छन् हाम्र साथ सब,ै रहन्छौं हामी, हाम्रो यो सत्कर्मले" प्रकाशजीले बाबु आमालाई स्मरणको साथै बाबा आमा ईश्वरको साथमा रहेको विश्वास गर्दैैै र आफ्ना शन्ततीहरूलाई आशीर्वाद दिंदै गर्नु भएको छ भन्ने पुत्रको विश्वास यस कृतिमा आएको छ । शन्ततीले केही गर्न नसके पनि उहाँहरूले नै आर्जन गरेको, सम्पत्तिलाई उपभोग गर्दै, उहाँहरूको कमाएको इज्जतमा कहीं कतै दाग नलागोस् भन्ने दृढ सङ्कल्प राख्दै "व्यक्ति दुई चिनारी एक" कृतिको सिर्जना गरी बाबुआमाबाट गरिएका समाज सेवा लगायतका कामलाई कृतिको आकार दिने र बाबुआमालाई अमरत्व दिलाउने धारणा प्रकाशले राख्नु भएको छ । प्र्रकाशजीले भन्नु हुन्छ– "हामी दुई भाइ त बुबा मुमा भन्दा निकै साना उहाँहरूप्रति कति न्याय दिन सक्छौं तर पनि वहाँको जीवन र जीवनीप्रति सही रूपले चित्रण समाज समक्ष प्रस्तुत गर्न सकुँ यसमा तपाईँहरू सबैको सहयोगको पनि अपेक्षा गरेको छु । " पितृको स्मरणले मानव जीवनमा महत्वपूर्ण स्थान ओगट्छ भने उहाँप्रति उहाँको योगदानको कदर गर्दै कृति पस्कनु भनेको एउटा महान काम हो । उहाँका क्रियाकलापलाई जनसमछ राख्नु सन्ततीको दायित्व पनि हो । यो दायित्वलाई प्रकाशजीले पुरा गर्नु भएको छ । यस कृतिले मानवीय जीवनमा घट्ने घटनाको व्याखा गरेरको छ । मानिस अरुप्राणी भन्दा निकै चलाख रहेको र तीव्र बुद्धि भएकोले ऊ सधैं बलियो र समझदार हुने, सबैलाई आफ्नो अधिनमा राखेको हुने, ऊ सँग सपार्न सक्ने क्षमता पनि हुने पछार्न सक्ने क्षमता पनि हुने, समयको हतियारले चोट पु¥याउन सक्ने जस्ता भावनालाई पोखेको छ । यस्ता जीवनमा घट्ने विविध घटना जुलुम बहादुरका जीवनमा पनि घटेका थिए । जुलुम बहादुरको कुलघर पाटनमा भए पनि उहाँ आफ्नो मावलमा हुकर्न परेको थियो । गरुड वीर र लक्ष्मी कुमारीका सन्ततीमा कुल दीपको रूपमा जुलुम बहादुर श्रेष्ठ मात्र जीवित रहनु भएको थियो । जुलुम बहादुर श्रेष्ठले पाटनमा आएको महामारीको कारणले गर्दा पाटनमा बस्न नसकी जलेश्वरमा प्रकाशको ठूलोबुबाकोमा आश्रय लिन परेको थियो । राणा कालमा शिक्षा आर्जन गर्नमा सहजता थिएन । निजी प्रयासले पढ्नु पथ्र्यो । जुलुम बहादुरले पनि स्वअध्ययन गरे । श्रजुलुम बहादुर श्रेष्ठले मालमा जागिर खान थाले ।उनको इमानदारिताले गर्दा उनलाई तोडा लिएर कलकत्ता हाकिमले पठाउँथ्यो । उनको व्यक्तित्व र व्यवहारले गर्दा मारवाडी, समुदाय, जमिनदार, थानेदार, पोष्ट अफिसका कर्मचारीहरूले सम्मान गर्नु, उनले मालमा काम गर्नु औषधी उपचार गर्नु, परासी वरपरका ग्रामिण जनतालाई सेवा पु¥याएको हुँदा उनको ठूलो इज्जत थियो । काठमाडौमा आफ्नो मूलघरमा नबसेका कारणाले गर्दा पाटनको सम्पत्ति अर्कैले हडपेका, आफ्नै सम्पत्ति पनि आफैले किन्न परेको । नेपालभित्र यातायातको सुविधा नभएकोले काठमाडौ जानको लागि जहाज या भारतको बाटो हुँदै भीमफेदीबाट पैदल जानु पर्ने । उनको व्यपार पनि भएकोले सामान भारतबाट मगाउन सीमा सम्म सजिलो भए पनि नेपालमा ल्याउन भारतीय मार्फत मगाउनु पर्ने, ठुडीबारीबाट सामान मगाउने गर्नु । मारवाडीहरूसँग पनि राम्रो सम्बन्ध भएकोले मारवाडीबाट पनि सहयोग पाउनु । उनी विदुर भएकाले विदुरसँग विवाह गर्न त्यति सहज नभए पनि धुमधामले विवाह भएको । पलिा पहिला नेवार जातिमना कन्यादान गर्ने चलन नभएको, दुलाहा जन्तीसँग नजाने तलवार वा खड्ग दिएर पठाउने खड्गसँगै दुल्ही अन्माउने, दुलही फिर्ता हुँदा दुलाहा जाने चलन भएको कारणामा नेवारी कन्याको विवाह विष्णुरूप मानेर वेलसँग गरिने भएकोले कन्यादान नगरिने र श्रीमान विते पनि विधवा कहिल्यै नहुने चलन, हाल आएर यो चलन हट्दै गएको । विवाहमा जमिन्दारकी छोरी जस्ले ५०० चाँदीका मोहोर २५ तोला सुनका गहनासँग भित्रिएकी थिइन् । श्रीमतीको इज्जतलाई धान्नु पर्ने महसुस हुनु स्वभाविक थियो तर पवन कुमारीले जमिनदारकी पुत्री भए पनि आफ्नो घरलाई सुसज्जित गर्न पछी नपर्नु, बाहिरी खर्चलाई कटौती गर्दै लैजानु विवाहपछि अध्ययन थाल्नु, दक्षता हाँसिल गरेर 'प्रतिज्ञा' उपन्यास (२०१७) लेखेको र काशीबहादुरले बनारसबाट प्रकाशन गर्नु, पहिलो संस्क।ण संतोष जनक नभएकोले यसलाई वितरण नगरी दोस्रो संस्करण संसोधित रूपमा निस्कनु । हाल यो तेस्रो संस्करणमा आएको छ । स्वदेशमा बसेर नेपाली महिलाले लेखेको पहिलो उपन्यास भएकोले यस उपन्यासले मरणोपरान्तपाल्पाको धवल पुस्तकालयले सम्मान गरेको । जुलुम बहादुरको शौखिनतामा रेडियो, बक्सटाइपको अग्लो ग्रामफोन दुई दुई नाले बन्दुक भएको र बक्सटाइपको अग्लो ग्रामफोन परासी बजारमा नहुँदा पनि उनको घर बज्ने गरेको । घरमा बालक जन्मनु खुसीयाली छाउनु, बच्चा बित्दा हृदयविदारक चोट लाग्नु,पुन अम्बिका छोरी जन्मनु, पुन अर्की कन्याको जन्म हुनु ,बज्यैको मृत्यु हुन, पक्कि घर बन्नु, सामन केही निकाल्न नपाउँदै भत्कनु,महिला र पुरुषमा पीडा लुकाउने कुरामा फरक हुनु, पुत्र चाहना गर्ने पुरुषले पुत्री प्राप्त गर्दा पत्नीप्रति हेर्ने दृष्टिमा फरक, मृत्युवरणमा दोष कसैको नभएर कालको हुन्छ ।तर पनि मानिसले पुत्रको अभावमा सम्त्ति किन चाहियो भन्ने धारणा पलाउनु धर्मकर्ममा लाग्नु हरिवंश पुराण दुई दुई पटक लगाउनु, दुई पुत्रको जन्म हुनु, पतिपत्नी बीचको तीक्तता हट्नु, छोरा छोरी मृत्यु भएका घरमा छोराछारी जन्मेपछि १२ वर्षसम्म घरको कपडा लाउन नहुने भनेर सुनाई दिनु, माताा पिताले सोही बमोजिम गर्नु, बच्चा बच्चीमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने तपसिलको संस्कृतको श्लोकलाई व्यवहारमा उतारिनु– ललयत पञ्च वर्षाणी, दश वर्षाणी ताडयेत प्राप्तेषु षेडशे वर्षे पुत्रं मित्रं मिवाचरेत अध्ययनको लागि भारतीय शिक्षक राखेर कडा अनुशासनमा राख्दा बालक भीरू प्रवृत्तिको हुँदो रहेछ भन्ने धारणा प्रकाशबाट आउनु र बच्चालाई साहसी बनाउन स्वतन्त्र छाड्नु पर्ने तर कडा निगरानीमा राख्नु पर्ने, आफ्नै रेख देखमा हुर्काउनु पर्ने । मानिस भएपछि सबैको भलो चाहानु पर्ने। इज्जत लिनलाई इज्जत दिन सक्नु पर्ने, कसैलाई सानु सम्झन नहुने आदि, धर्मशाला, शिवालय ,पोखरी र कुवाको निर्माण गर्नु, कुम्भमेला भारतका चार ठाउँ( प्रयागराज, नासिक, हरिद्वार र उज्जेनमा) हरेक १२ वर्षमा लाग्ने कुम्भमेलाको किम्वदन्ती यस प्रकार रहेको छ –देवता र राक्षस मिलेर समुद्र मन्थन गर्दा विष र अमृतको घडा निस्कनु र इन्द्रका छोरा जयन्तले यो लिएर भाग्दा जहाँ जहाँ विश्राम लिए त्यहाँ त्यहाँ यो मेला लाग्ने धारणा आएको र कुम्भ मेलामा तीर्थथात्रा गर्नु, पवन प्राइमरी कन्या स्कुल खोलिनु,पहिली प्रध्यानाध्यापिका सावित्री थापा हुनु, सहायकमा गायत्री हुनु, स्कुल खोल्दा स्व. पवन कुमारीको चाहना त पुरा भए पनि स्कुल सञ्चालनमा सहज थिएन । स्कुलले स्वीकृति पाए पनि खर्च भने जुलुम बहादुर श्रेष्ठले नै भर्नु पर्ने, कन्याहरूको संख्या घटेपछि पवन प्राइमरी स्कुलमा नाम परिणत हुनु केशवलाल कर्णलाई हेडमाष्टर बनाउनु, स्कुलको अवस्था राम्रो हुँदै जानु, पढाई राम्रो हुनु ,विद्यार्थी बढ्नु,पक्कीघरको दुई कोठा र झोपडी घरको एक कोठा, कक्षा सञ्चालनमा दिनु । अशोक प्रधान प्रधानपञ्च भएपछि स्कुलले धेरै सहयोग प्राप्त गरेको र राम्रोसँग सञ्चालन भएको स्कुललाई २०३१ सालमा नयाँ शिक्षा प्रणाली लागु भएपछि पवनलाई प्राथमिक तहमा झारिएको हुँदा माविमा लान समय लाग्यो । स्व. जुलुम बहादुर श्रेष्ठ र स्व.पवन कुमारी श्रेष्ठ,सादा जीवन उच्च विचारका व्यक्ति धर्मकर्ममा निकै आस्थावान शिक्षाको विकासमा ठूलो चाहना भएकोले पठकौलीको धर्मशाला निर्माण, पाल्ही जुनियर हाइस्कुलको स्थापनामा पनि जुलुम बहादुर श्रेष्ठको सहभागिता रहनु, विध्याञ्चलको धर्मशालाको ढोका विग्रेको देखेर सहयोग गर्नु । कुल देवताको पूजा गर्नु । देवताको पूजामा छोरी विवाह गरेर अर्कैको कुलमा जाने भएकोले कुलमन्दिर भित्र छोरालाई मात्र प्रवेश गराउने परम्परा । धर्म प्रेमी समाज प्रेमी , शिक्षा प्रेमी, साहित्य प्रेमी पवन कुमारी पेटको विमारीले गर्दा २०४७ साल अषाढ महिना कृष्ण पक्ष त्रयोदशी तिथिमा यो संसार त्याग्नु भयो । राष्ट्रसेवक, स्वास्थकर्मी (डाक्टर), समाजसेवी, व्यपारी, शिक्षा प्रेमी, धार्मिक व्यक्तित्व, जुलुम बहादुरले २०४७ साल कार्तिक १० गते शुक्रबारका दिन यो संसार त्याग्नु भयो । स्व. जुलुम बहादुर श्रेष्ठ र स्व.पवन कुमारी श्रेष्ठको योगदानले अमरत्व सिर्जना गरेका कामहरू त निर्माणहरू स्वत बोलिरहेका छन् । यसपछि छोराहरू मार्फत नवलपुर डण्डामा दुई भाइले बाबा आमाको अमरत्वको लागि ,मध्यविन्दु अस्पतालमा जुलुम उपकार केन्द ्रखोलेर अर्थोपेडिकसेवा सुरु गरेकोमा केही वर्ष यता, त्यो केन्द्रलाई चौधरी ग्रुपले यसको नामै परिवर्तन गरेर नयाँ नामले सञ्चालन गराई रहेको र जुलुम बहादुर श्रेष्ठको सानो लोगो मात्र रहन दिएको छ । छोरा प्रकाशले "व्यक्तित्व दुई, चिनारी एक" कृति सिजर्ना गर्ने जुन प्रयास गर्नु भएको छ यो अति प्रशंंसनीय काम भएकोले प्रकाशजी धन्य हुनुहुन्छ । "व्यक्तित्व दुई, चिनारी एक" कृतिले थुप्रै सन्देश बोकेको छ । विभिन्न नाताहरूको विवरण, छोरीले अध्ययन गर्न नभ्याउने, सानैमा विवाह हुने , कडा अनुशासनमा बस्नुपर्ने, राणशासनको क्रुर व्यवहार, राम्रा केटी देख्न नहुने त्यसो हुँदा स्वसर्तकतामा बस्नु पर्ने, नवलपरासी जिल्ला बन्नुभन्दा पहिला यस जिल्लाको नाम पाल्ही रहेको,पाल्ही माइको मन्दिर विवरण,विभिन्न मन्दिर निर्माणाा कार्य, मन्दिरमा वनारसबाट ल्याएर मूर्तिैै स्थापना आदि कामहरूको विवरण कृतिले समेटेको छ । घरको विवरण, नातापाता विवाहसम्बन्ध आदिलाई हेर्दा तीनपुस्ते वंशावलीको रूपमा कृति देखिएको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा राणाकालिन क्रुर शासनदेखि,प्रजातन्त्रमा २०१५ सालको चुनावमा पृथ्वीराज कँडेल काँ्रग्रेश पार्टीबाट चुनावमा उठ्नु र जुलुम बहादुर श्रेष्ठको सहयोगमा जित्नु, पञ्चायती चुनावमा २०३९–४४को चुनावमा प्रकाश प्रधानपञ्चमा उठेर जित्नु, यादवप्रसाद पन्त रा.पं.स.मा चुनावमा उठ्नु र जित्नु, रविन्द्रनाथ शर्मा उठ्दा क्याम्पसको कुरा राख्नु, पाल्ही क्याम्पस बनाउनु प्रयासगर्नु, चन्दा उठाउनु, विकास निमार्णका कामहरूको थालनी हुनु जस्ता विवरण कृतिले समाएको छ । यस कृतिमा धेरै कुराहरू समेटिएको छ् । जो जो ले जे जसरी सहयोग गरेका थिए ती सबैमा आभार व्यक्त गरिएको छ । अन्त्यमा यो कृतिले जुलुमम बहादुर र पवन कुमारी देवी श्रेष्ठको मात्र नभएर समग्र परिवार, नातागोता, इष्टमित्र, छरछिमेकी, राष्ट्रिय राजनीति, (राणकालिनदेखि हाल सम्मको), तत्कालिन समाजको स्थिति, शैक्षिक अवस्था, मानव जीवनको यथार्थता, यातायात, स्वास्थ, विकास निर्माण, भ्रष्टचार, चोरी, डकैती, आदिलाई समेटेको छ । कृतिमा प्रकाशजीले यतिसम्म सत्यतालाई समेट्नु भएको छ कि बाल्यकालमा पैसा चोरेको घटनालाई पनि लुकाउनु भएको छैन । त्यसोहुँदा आशा गरिन्छ कि कृतिले यथार्थतालाई समाएको छ, सबैको योगदानलाई प्रष्ट्याएको छ भन्दै स्व. जुलुम बहादुर श्रेष्ठ र स्व. पवन कुमारी देवी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै, माता पिताको अमरत्वको लागि सिर्जना गरिएको यस कृतिको भुरी भुरी प्रशंसा गर्दै, प्रकाशजी र ज्ञानूलाई धन्यवाद दिंदै विदा चाहान्छु ।

धन्यवाद, कोजाग्रत पूर्णिमा, २०८० , नेव्रेश्का, प्रदेश, ओमाहा शहर, अमेरिका ।