October 30, 2023

स्व. श्री जुलुम बहादुर श्रेष्ठ र स्व. श्री पवन कुमारी देवी श्रेष्ठप्रति श्रद्धासुमनस्व. श्री जुलुम बहादुर श्रेष्ठ र स्व. श्री पवन कुमारी देवी श्रेष्ठप्रति श्रद्धासुमन


सदानन्द अभागी

डा. नारायणप्रसाद खनाल सरले एउटा कृति पठाइ दिनुभयो । नेपाल भन्दा टाढा (अमेरिका) हुँदाको अवस्थामा पनि कृति पाउँदा खुसी लाग्यो । पढ्न थाले कृतिको थालनीमा जीवन दर्शनले भरिएका कविताका हरफहरू पढ्दा अझै खुसी लाग्नु स्वभाविक हो । ईश्वरको सृष्टिमा पनि सबैको जीवन चक्र एकै किसिमको हुँदैन तर पनि विविध जीवनचक्रमा पनि सँगै सँगै एक अर्का सँग मिलेर बस्न सकुन् भन्ने धारणा राख्दैै सृष्टिको सिर्जना भएको छ । जाने वेलामा पनि कसैको कसैसँग मेल खाँदैन । ईशवरले जे जति भोग्न पर्ने हो त्यो लेखे बमोजिम नै मानव जीवन अन्त्य हुन्छ । टारेर टर्दैन । मानव जीवन समाप्त हुन्छ । त्यो वेला उसले केही लिएर जान्छु भने पनि लान सक्दैन तर बाँचेकै वेलामा केही दिन्छु भन्छ भने दिएर जानसक्छ । ईश्वरीय लीलाकै्र कारणले हामी जन्म लिन्छौ । बाबु आमा छोराछोरी भनेर नाता जोडिन्छ अनि मृयुवरण हुन्छ । कुन लोक पुगिन्छ । त्यो थाहा हुँदैन तर पनि मरेर गएका माता पिताको लागि हामीले सम्झन सकिन्छ तथा सम्झनु पर्छ, श्रद्र्धाञ्जलि दिन सकिन्छ र दिनु पर्दछ । अरू के गर्न सकिन्छ र । हामी ईश्वरको खेलाना हौं । चटकेले बाँदर नचाए सरि ईश्वरले जे जसरी नचाउनु हुन्छ त्यसरी नै हामी नाच्द छौं । प्रकाशजीले यी जीवन दर्शनका भावनालाई पोख्दै आफ्ना मता पितामा श्रद्धासुमन अपर्ण गर्दै यो संसारमा कुनै कसैले अहम् भाव राख्नु हुन्न भन्ने धारणा यसरी राख्नु भएको छ – "क्mे पूmर्ति घमण्ड के धाक लगाउने सम्पत्ति, न वल न रूपको कसैले विलिन भई जान्छन् हाम्र साथ सब,ै रहन्छौं हामी, हाम्रो यो सत्कर्मले" प्रकाशजीले बाबु आमालाई स्मरणको साथै बाबा आमा ईश्वरको साथमा रहेको विश्वास गर्दैैै र आफ्ना शन्ततीहरूलाई आशीर्वाद दिंदै गर्नु भएको छ भन्ने पुत्रको विश्वास यस कृतिमा आएको छ । शन्ततीले केही गर्न नसके पनि उहाँहरूले नै आर्जन गरेको, सम्पत्तिलाई उपभोग गर्दै, उहाँहरूको कमाएको इज्जतमा कहीं कतै दाग नलागोस् भन्ने दृढ सङ्कल्प राख्दै "व्यक्ति दुई चिनारी एक" कृतिको सिर्जना गरी बाबुआमाबाट गरिएका समाज सेवा लगायतका कामलाई कृतिको आकार दिने र बाबुआमालाई अमरत्व दिलाउने धारणा प्रकाशले राख्नु भएको छ । प्र्रकाशजीले भन्नु हुन्छ– "हामी दुई भाइ त बुबा मुमा भन्दा निकै साना उहाँहरूप्रति कति न्याय दिन सक्छौं तर पनि वहाँको जीवन र जीवनीप्रति सही रूपले चित्रण समाज समक्ष प्रस्तुत गर्न सकुँ यसमा तपाईँहरू सबैको सहयोगको पनि अपेक्षा गरेको छु । " पितृको स्मरणले मानव जीवनमा महत्वपूर्ण स्थान ओगट्छ भने उहाँप्रति उहाँको योगदानको कदर गर्दै कृति पस्कनु भनेको एउटा महान काम हो । उहाँका क्रियाकलापलाई जनसमछ राख्नु सन्ततीको दायित्व पनि हो । यो दायित्वलाई प्रकाशजीले पुरा गर्नु भएको छ । यस कृतिले मानवीय जीवनमा घट्ने घटनाको व्याखा गरेरको छ । मानिस अरुप्राणी भन्दा निकै चलाख रहेको र तीव्र बुद्धि भएकोले ऊ सधैं बलियो र समझदार हुने, सबैलाई आफ्नो अधिनमा राखेको हुने, ऊ सँग सपार्न सक्ने क्षमता पनि हुने पछार्न सक्ने क्षमता पनि हुने, समयको हतियारले चोट पु¥याउन सक्ने जस्ता भावनालाई पोखेको छ । यस्ता जीवनमा घट्ने विविध घटना जुलुम बहादुरका जीवनमा पनि घटेका थिए । जुलुम बहादुरको कुलघर पाटनमा भए पनि उहाँ आफ्नो मावलमा हुकर्न परेको थियो । गरुड वीर र लक्ष्मी कुमारीका सन्ततीमा कुल दीपको रूपमा जुलुम बहादुर श्रेष्ठ मात्र जीवित रहनु भएको थियो । जुलुम बहादुर श्रेष्ठले पाटनमा आएको महामारीको कारणले गर्दा पाटनमा बस्न नसकी जलेश्वरमा प्रकाशको ठूलोबुबाकोमा आश्रय लिन परेको थियो । राणा कालमा शिक्षा आर्जन गर्नमा सहजता थिएन । निजी प्रयासले पढ्नु पथ्र्यो । जुलुम बहादुरले पनि स्वअध्ययन गरे । श्रजुलुम बहादुर श्रेष्ठले मालमा जागिर खान थाले ।उनको इमानदारिताले गर्दा उनलाई तोडा लिएर कलकत्ता हाकिमले पठाउँथ्यो । उनको व्यक्तित्व र व्यवहारले गर्दा मारवाडी, समुदाय, जमिनदार, थानेदार, पोष्ट अफिसका कर्मचारीहरूले सम्मान गर्नु, उनले मालमा काम गर्नु औषधी उपचार गर्नु, परासी वरपरका ग्रामिण जनतालाई सेवा पु¥याएको हुँदा उनको ठूलो इज्जत थियो । काठमाडौमा आफ्नो मूलघरमा नबसेका कारणाले गर्दा पाटनको सम्पत्ति अर्कैले हडपेका, आफ्नै सम्पत्ति पनि आफैले किन्न परेको । नेपालभित्र यातायातको सुविधा नभएकोले काठमाडौ जानको लागि जहाज या भारतको बाटो हुँदै भीमफेदीबाट पैदल जानु पर्ने । उनको व्यपार पनि भएकोले सामान भारतबाट मगाउन सीमा सम्म सजिलो भए पनि नेपालमा ल्याउन भारतीय मार्फत मगाउनु पर्ने, ठुडीबारीबाट सामान मगाउने गर्नु । मारवाडीहरूसँग पनि राम्रो सम्बन्ध भएकोले मारवाडीबाट पनि सहयोग पाउनु । उनी विदुर भएकाले विदुरसँग विवाह गर्न त्यति सहज नभए पनि धुमधामले विवाह भएको । पलिा पहिला नेवार जातिमना कन्यादान गर्ने चलन नभएको, दुलाहा जन्तीसँग नजाने तलवार वा खड्ग दिएर पठाउने खड्गसँगै दुल्ही अन्माउने, दुलही फिर्ता हुँदा दुलाहा जाने चलन भएको कारणामा नेवारी कन्याको विवाह विष्णुरूप मानेर वेलसँग गरिने भएकोले कन्यादान नगरिने र श्रीमान विते पनि विधवा कहिल्यै नहुने चलन, हाल आएर यो चलन हट्दै गएको । विवाहमा जमिन्दारकी छोरी जस्ले ५०० चाँदीका मोहोर २५ तोला सुनका गहनासँग भित्रिएकी थिइन् । श्रीमतीको इज्जतलाई धान्नु पर्ने महसुस हुनु स्वभाविक थियो तर पवन कुमारीले जमिनदारकी पुत्री भए पनि आफ्नो घरलाई सुसज्जित गर्न पछी नपर्नु, बाहिरी खर्चलाई कटौती गर्दै लैजानु विवाहपछि अध्ययन थाल्नु, दक्षता हाँसिल गरेर 'प्रतिज्ञा' उपन्यास (२०१७) लेखेको र काशीबहादुरले बनारसबाट प्रकाशन गर्नु, पहिलो संस्क।ण संतोष जनक नभएकोले यसलाई वितरण नगरी दोस्रो संस्करण संसोधित रूपमा निस्कनु । हाल यो तेस्रो संस्करणमा आएको छ । स्वदेशमा बसेर नेपाली महिलाले लेखेको पहिलो उपन्यास भएकोले यस उपन्यासले मरणोपरान्तपाल्पाको धवल पुस्तकालयले सम्मान गरेको । जुलुम बहादुरको शौखिनतामा रेडियो, बक्सटाइपको अग्लो ग्रामफोन दुई दुई नाले बन्दुक भएको र बक्सटाइपको अग्लो ग्रामफोन परासी बजारमा नहुँदा पनि उनको घर बज्ने गरेको । घरमा बालक जन्मनु खुसीयाली छाउनु, बच्चा बित्दा हृदयविदारक चोट लाग्नु,पुन अम्बिका छोरी जन्मनु, पुन अर्की कन्याको जन्म हुनु ,बज्यैको मृत्यु हुन, पक्कि घर बन्नु, सामन केही निकाल्न नपाउँदै भत्कनु,महिला र पुरुषमा पीडा लुकाउने कुरामा फरक हुनु, पुत्र चाहना गर्ने पुरुषले पुत्री प्राप्त गर्दा पत्नीप्रति हेर्ने दृष्टिमा फरक, मृत्युवरणमा दोष कसैको नभएर कालको हुन्छ ।तर पनि मानिसले पुत्रको अभावमा सम्त्ति किन चाहियो भन्ने धारणा पलाउनु धर्मकर्ममा लाग्नु हरिवंश पुराण दुई दुई पटक लगाउनु, दुई पुत्रको जन्म हुनु, पतिपत्नी बीचको तीक्तता हट्नु, छोरा छोरी मृत्यु भएका घरमा छोराछारी जन्मेपछि १२ वर्षसम्म घरको कपडा लाउन नहुने भनेर सुनाई दिनु, माताा पिताले सोही बमोजिम गर्नु, बच्चा बच्चीमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने तपसिलको संस्कृतको श्लोकलाई व्यवहारमा उतारिनु– ललयत पञ्च वर्षाणी, दश वर्षाणी ताडयेत प्राप्तेषु षेडशे वर्षे पुत्रं मित्रं मिवाचरेत अध्ययनको लागि भारतीय शिक्षक राखेर कडा अनुशासनमा राख्दा बालक भीरू प्रवृत्तिको हुँदो रहेछ भन्ने धारणा प्रकाशबाट आउनु र बच्चालाई साहसी बनाउन स्वतन्त्र छाड्नु पर्ने तर कडा निगरानीमा राख्नु पर्ने, आफ्नै रेख देखमा हुर्काउनु पर्ने । मानिस भएपछि सबैको भलो चाहानु पर्ने। इज्जत लिनलाई इज्जत दिन सक्नु पर्ने, कसैलाई सानु सम्झन नहुने आदि, धर्मशाला, शिवालय ,पोखरी र कुवाको निर्माण गर्नु, कुम्भमेला भारतका चार ठाउँ( प्रयागराज, नासिक, हरिद्वार र उज्जेनमा) हरेक १२ वर्षमा लाग्ने कुम्भमेलाको किम्वदन्ती यस प्रकार रहेको छ –देवता र राक्षस मिलेर समुद्र मन्थन गर्दा विष र अमृतको घडा निस्कनु र इन्द्रका छोरा जयन्तले यो लिएर भाग्दा जहाँ जहाँ विश्राम लिए त्यहाँ त्यहाँ यो मेला लाग्ने धारणा आएको र कुम्भ मेलामा तीर्थथात्रा गर्नु, पवन प्राइमरी कन्या स्कुल खोलिनु,पहिली प्रध्यानाध्यापिका सावित्री थापा हुनु, सहायकमा गायत्री हुनु, स्कुल खोल्दा स्व. पवन कुमारीको चाहना त पुरा भए पनि स्कुल सञ्चालनमा सहज थिएन । स्कुलले स्वीकृति पाए पनि खर्च भने जुलुम बहादुर श्रेष्ठले नै भर्नु पर्ने, कन्याहरूको संख्या घटेपछि पवन प्राइमरी स्कुलमा नाम परिणत हुनु केशवलाल कर्णलाई हेडमाष्टर बनाउनु, स्कुलको अवस्था राम्रो हुँदै जानु, पढाई राम्रो हुनु ,विद्यार्थी बढ्नु,पक्कीघरको दुई कोठा र झोपडी घरको एक कोठा, कक्षा सञ्चालनमा दिनु । अशोक प्रधान प्रधानपञ्च भएपछि स्कुलले धेरै सहयोग प्राप्त गरेको र राम्रोसँग सञ्चालन भएको स्कुललाई २०३१ सालमा नयाँ शिक्षा प्रणाली लागु भएपछि पवनलाई प्राथमिक तहमा झारिएको हुँदा माविमा लान समय लाग्यो । स्व. जुलुम बहादुर श्रेष्ठ र स्व.पवन कुमारी श्रेष्ठ,सादा जीवन उच्च विचारका व्यक्ति धर्मकर्ममा निकै आस्थावान शिक्षाको विकासमा ठूलो चाहना भएकोले पठकौलीको धर्मशाला निर्माण, पाल्ही जुनियर हाइस्कुलको स्थापनामा पनि जुलुम बहादुर श्रेष्ठको सहभागिता रहनु, विध्याञ्चलको धर्मशालाको ढोका विग्रेको देखेर सहयोग गर्नु । कुल देवताको पूजा गर्नु । देवताको पूजामा छोरी विवाह गरेर अर्कैको कुलमा जाने भएकोले कुलमन्दिर भित्र छोरालाई मात्र प्रवेश गराउने परम्परा । धर्म प्रेमी समाज प्रेमी , शिक्षा प्रेमी, साहित्य प्रेमी पवन कुमारी पेटको विमारीले गर्दा २०४७ साल अषाढ महिना कृष्ण पक्ष त्रयोदशी तिथिमा यो संसार त्याग्नु भयो । राष्ट्रसेवक, स्वास्थकर्मी (डाक्टर), समाजसेवी, व्यपारी, शिक्षा प्रेमी, धार्मिक व्यक्तित्व, जुलुम बहादुरले २०४७ साल कार्तिक १० गते शुक्रबारका दिन यो संसार त्याग्नु भयो । स्व. जुलुम बहादुर श्रेष्ठ र स्व.पवन कुमारी श्रेष्ठको योगदानले अमरत्व सिर्जना गरेका कामहरू त निर्माणहरू स्वत बोलिरहेका छन् । यसपछि छोराहरू मार्फत नवलपुर डण्डामा दुई भाइले बाबा आमाको अमरत्वको लागि ,मध्यविन्दु अस्पतालमा जुलुम उपकार केन्द ्रखोलेर अर्थोपेडिकसेवा सुरु गरेकोमा केही वर्ष यता, त्यो केन्द्रलाई चौधरी ग्रुपले यसको नामै परिवर्तन गरेर नयाँ नामले सञ्चालन गराई रहेको र जुलुम बहादुर श्रेष्ठको सानो लोगो मात्र रहन दिएको छ । छोरा प्रकाशले "व्यक्तित्व दुई, चिनारी एक" कृति सिजर्ना गर्ने जुन प्रयास गर्नु भएको छ यो अति प्रशंंसनीय काम भएकोले प्रकाशजी धन्य हुनुहुन्छ । "व्यक्तित्व दुई, चिनारी एक" कृतिले थुप्रै सन्देश बोकेको छ । विभिन्न नाताहरूको विवरण, छोरीले अध्ययन गर्न नभ्याउने, सानैमा विवाह हुने , कडा अनुशासनमा बस्नुपर्ने, राणशासनको क्रुर व्यवहार, राम्रा केटी देख्न नहुने त्यसो हुँदा स्वसर्तकतामा बस्नु पर्ने, नवलपरासी जिल्ला बन्नुभन्दा पहिला यस जिल्लाको नाम पाल्ही रहेको,पाल्ही माइको मन्दिर विवरण,विभिन्न मन्दिर निर्माणाा कार्य, मन्दिरमा वनारसबाट ल्याएर मूर्तिैै स्थापना आदि कामहरूको विवरण कृतिले समेटेको छ । घरको विवरण, नातापाता विवाहसम्बन्ध आदिलाई हेर्दा तीनपुस्ते वंशावलीको रूपमा कृति देखिएको छ । राजनीतिक दृष्टिकोणबाट हेर्दा राणाकालिन क्रुर शासनदेखि,प्रजातन्त्रमा २०१५ सालको चुनावमा पृथ्वीराज कँडेल काँ्रग्रेश पार्टीबाट चुनावमा उठ्नु र जुलुम बहादुर श्रेष्ठको सहयोगमा जित्नु, पञ्चायती चुनावमा २०३९–४४को चुनावमा प्रकाश प्रधानपञ्चमा उठेर जित्नु, यादवप्रसाद पन्त रा.पं.स.मा चुनावमा उठ्नु र जित्नु, रविन्द्रनाथ शर्मा उठ्दा क्याम्पसको कुरा राख्नु, पाल्ही क्याम्पस बनाउनु प्रयासगर्नु, चन्दा उठाउनु, विकास निमार्णका कामहरूको थालनी हुनु जस्ता विवरण कृतिले समाएको छ । यस कृतिमा धेरै कुराहरू समेटिएको छ् । जो जो ले जे जसरी सहयोग गरेका थिए ती सबैमा आभार व्यक्त गरिएको छ । अन्त्यमा यो कृतिले जुलुमम बहादुर र पवन कुमारी देवी श्रेष्ठको मात्र नभएर समग्र परिवार, नातागोता, इष्टमित्र, छरछिमेकी, राष्ट्रिय राजनीति, (राणकालिनदेखि हाल सम्मको), तत्कालिन समाजको स्थिति, शैक्षिक अवस्था, मानव जीवनको यथार्थता, यातायात, स्वास्थ, विकास निर्माण, भ्रष्टचार, चोरी, डकैती, आदिलाई समेटेको छ । कृतिमा प्रकाशजीले यतिसम्म सत्यतालाई समेट्नु भएको छ कि बाल्यकालमा पैसा चोरेको घटनालाई पनि लुकाउनु भएको छैन । त्यसोहुँदा आशा गरिन्छ कि कृतिले यथार्थतालाई समाएको छ, सबैको योगदानलाई प्रष्ट्याएको छ भन्दै स्व. जुलुम बहादुर श्रेष्ठ र स्व. पवन कुमारी देवी श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै, माता पिताको अमरत्वको लागि सिर्जना गरिएको यस कृतिको भुरी भुरी प्रशंसा गर्दै, प्रकाशजी र ज्ञानूलाई धन्यवाद दिंदै विदा चाहान्छु ।

धन्यवाद, कोजाग्रत पूर्णिमा, २०८० , नेव्रेश्का, प्रदेश, ओमाहा शहर, अमेरिका ।

No comments:

Post a Comment