January 8, 2025

कविशिरोमणि लेखनाथ पौड्यालको छोटो परिचय
सदानन्द अभागी

यरिचय– कविशिरोमणि लेखनाथ पौड्यालको जन्म सन् १८८५ अर्थात १५ पौष १९४१को पुष शुक्ल एकादशीको दिनमा अर्घौ अर्चले, कास्की, नेपालमा भएको थियो । उनी बाबु पं.दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोरा थिए । उनको जन्म नेपाली कविताको यस्तो समयमा भयो जस्ले गर्दा उनको परिचय हामीले धेरै तरिकाले दिन सक्छौ । सर्वप्रथम उनी छन्दमा कविता लेख्ने कविको रूपमा  चिनिन्छन् । उनका कविता लेखनले नेपाली साहित्यमा आधुनिकता दियो । त्यसो हुँदा उनलाई नेपाली साहित्यमा कविता लेखनमा आधुनिक युगका थालनी कर्ता पनि भनिन्छ अर्थात आधुनिक कविता लेखनका संस्थापक पिताको रूपमा चिनिन्छन् ।यिनले नेपाली साहित्यलाई समृद्धि र परिस्कृत गर्ने काम पनि गरे । यसोहुँदा यिनलाई परिस्कारवादी कवि पनि भनिन्छ । किनकी यिनका कविता पहिलेका कविहरूको तुलनामा औपचारिक मर्यादा पाईन्छन् । लेखनाथ कविमात्र नभएर, लघुकथाकार, नाटककार र निबन्धकार पनि हुन् । उनी राणाकालिन समयका कवि भएकाले जटिल परिस्थितिमा उनले पिंजराको सुगाजस्ता कविता लेख्न सक्षम देखिए ।    
शिक्षा आर्जन– राणकालिन समयमा शिक्षा आर्जन गर्न सहज थिएन । उनलाई प्रारम्भिक शिक्षा बाबु दुर्गादत्तले घरमै पढाए । उनले घरमै गङ्गागणेशस्तोत्र, अमरकोश र चण्डी पढे । १५ बर्षको उमेरमा संस्कृत पढनको लागि काठमाण्डौ गए । तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे । तीन वर्ष पढेपछि मध्यमाको परीक्षा दिने मनजाग्यो र बनारस गए । सबै कुरा मनले चाहे जति कहाँ हुन सक्छ र म्ध्यमाको नतिजा आउँदा सफलता हात लागेन । तर पनि संस्कृतका विद्वान र कवि बन्न सफल भए ।
कविता लेखन –सानो उमेरबाटै कविता लेख्ने रहर उनीमा थियो । कविता के कसरी लेख्ने भन्ने सुझाव लिनलाई पितृप्रसादकोमा गए । पितृप्रसादले बालकको मनलाई कविता लेख्ने ज्ञान सिकाई दिएको भए राम्रै हुन्थ्यो तर त्यसो भएन । लेखनाथले हप्काइमात्र खाए । बालक मनमा ठेस लाग्यो । यो ईखले उनी स्नेह, सहयोग,र सद्भावका खानी दधिराम मरासिनीकोमा पुगे र दधिराम मरासिनीको धेरै माया पाए । बनारसमा संस्कृत मध्यमाको परीक्षामा असफल भए । उनको बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । लेखनाथलाई कविमा स्थापित गर्न माधवी पत्रिकाका सम्पादक राममणि आचार्य दीक्षितको ठूलो भूमिका थियो भनिन्छ । लेखनाथको पहिलो प्रमुख रचना, वर्षा विचार (वर्षाको प्रतिबिम्ब) माधवीमा पहिलो पटक १९०९ मा प्रकाशित गरिएको थियो ।उनका केही कृतिहरू यस प्रकार छन् – वुद्धिविनोद (कविताकृति) – १९७३, सत्यकलि संवाद (कविताकृति) – १९७६, सत्यस्मृति – २००९, मेरो राम – २०११, त्याग र उदयको सन्देश – २००१, गीताञ्जली (कविताकृति) – १९८६, तरुण तपसी (नव्यकाव्य) – २०१०, लक्ष्मीपूजा (नाटक) – १९९४,गौरी–गौरव (नाटक),लालित्य (कवितासङ्ग्र्रह भाग १, २), भाग २–२०२५, गीतासागर – श्रीमद्भगवत गीताको भावसार, भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४, पञ्चतन्त्र (नेपाली अनुवाद) आदि । यिनका कालजयी कविताहरू धेरै भए पनि 'पिजराको सुगा' निकै चर्चित कविता हो ।
जागिरको खोजी –जागिरको खोजीमा आफ्ना बाजे राधाकृष्णसँग तराईको वीरपुर पुगे। त्यहाँ उनले जागिर पाउन सकेनन् । त्यहाँ बाट आसामतिर लागे । कामखोजकै सिलसिलामा भीमशमशेरको दरवार पुग्छन् ।त्यहाँ तिनले उनका नातिहरू पढाउने गुरु बन्छन् ।यसरी काम पाएपछि उनको काम कविता लेख्न सहज भयो । उनका कवितालाई मन पराएर भीमशमशेरले हजुरिया बनाई दिए ।उनले यो जागिर २५ वर्ष खाए तर जब युद्धशमशेर श्री ३ भए उनको हजुरिया पदबाट हटाइयो ।
शोकमा पर्नु –लेखनाथ पौड्यालकी पत्नीको अल्प आयुमै (१९६१मा) निधन भयो । पत्नी वियोगले उनलाई विरक्त बनायो । उनी यतीसम्म विरक्त भएकी योगी बन्छु भन्दै १९७२ सालमा स्वर्गद्वारी महाप्रभुसँग पुगे तर महाप्रभूको उपदेशले उनको मन मोडियो र प्रभूको उपदेश अनुसार उनी आफ्नो कामतिर मोडिए । आफ्नो दोस्रो विवाह सत्यदेवीसँग गरे । उनका सन्तानका रूपमा एक छोरा दुई छोरी छन् । छोरा अनन्त पौड्यालले नेपाल सरकारमा जागिर खाए र गरीमामय पद सचिवसम्म पुगे । छोरी पूण्यप्रभादेवी ढुङ्गाना र कुन्तीदेवी भट्टराईले साहित्यमा योगदन प्¥याएका छन् । १९७६ साल जेठ २६ गते पुन उनलाई पिताको निधनको शोक व्यहोर्न प¥यो ।यसरी पौड्याललाई विविध समस्याले सतायो । धैर्यधारण गरेर लेखनलाई निरन्तरता दिन भने छाडेनन् । उनको यो प्रयासले उनलाई माथिसम्म पु¥यायो ।
मान सम्मान–
निस्वार्थ रूपमा काम गर्दै गए कामको मूल्याङ्कन हुँदो रहेछ । उनले गरेको साहित्य सम्बर्धनलाई उच्च मूल्याङ्कन गर्दै २००८ साल असार २९ गते राजा त्रिभुवनले कविशिरोमणिको पदबाट विभुषित गरे । यतिमात्र नभएर मासिक दुई सय रूपियाँ आजीवन भत्ता पनि प्रदान गरे । यो उनको लागि महत्वपूर्ण टेवा थियो । यसले पौड्याललाई धेरै उत्साहित गरायो । कविशिरोमणिको उपाधी प्राप्त गरेको तीनवर्ष पछि नेपाली शिक्षा परिषद्को आयोजनामा २०११ सालको शुभ जन्मोत्सवको उपलक्षमा उनको रथयात्रा गरिएको थियो । यसको साथै शोभायात्रा र नागरिक अभिनन्दान पनि भएको थियो । यस्तो महत्वपूर्ण कार्यक्रम गोपालपाण्डे असिमको सकृयतामा गरिएको र महाकावि  लक्ष्मीप्रसाद देवकोटाद्वारा छाता ओढाइएको थियो भन्ने कुरा नरेन्द्रराज प्रसाईको साथै विभिन्न लेखद्वारा जानकारी पाउँछौ । नागरिक अभिनन्दन पत्रको साथमा पाँचहजार रुपियाँको थैली पनि पौड्यालको हातमा थमाइएको थियो । यो महत्वपूर्ण घडीमा लेखनाथ खुसीहुनु स्वभाविक थियो र उनमा हर्षको सीमा रहेन नयन हर्षका आँसुले रसाएका थिए । महाकवि देवकोटाले लेखनाथलाई उच्च सम्मानकासाथ हेर्दथे । देवकोटाले लेखनाथलाई कवि सम्राटको उपाधी दिंएका थिए । लेखनाथ पौड्याल विद्वान भए पनि उनको शैक्षिक योग्यतामा संस्कृतमा मध्यमा अनुर्तिण थियो ।शैक्षिक योग्ग्यताको हिसावले उनलाई प्रज्ञाको सदस्य बनाउन नहुने जानकारी  राजा महेन्द्रलाई गराइएको र राजा महेन्द्रले प्राज्ञ मनोनयन गर्न नचाहेको जानकारी देवकोटाले पाउनु र देवकोटाले राजामा लेखनाथ प्राज्ञ हुुनुुपर्ने सन्देश पठाएपछि पौड्याल प्राज्ञ भएका थिए भन्ने धारणा प्रसाईको लेखमा पाइन्छ । यसरी पौड्याल गोरखा भाषा प्रकाशिनी समिति र नेपाल साहित्य परिषद् (आहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा सेवा पु¥याएका थिए । लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि आफ्नो यो उपलब्धीको श्रेय गुरु भएको ठानी उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे 'मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।' उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मानित गरेको छ । सरकारले उनको स्मृतिमा हुलाक टिकट पनि प्रकाशित गरेको छ ।यो सरकारके उच्च सम्मान हो ।
त्रिमूर्ति को हुन र कसरी बनाइए– नेपाली साहित्यका त्रिमुर्ती भन्दा पौड्याल,सम र देवकोटा भन्ने बुझिन्छ । दार्जिलिङमा पनि सुधपा(सूर्यविक्रम ज्ञावली,धरणीधर शर्मा र पारसमणि प्रधान)लाई लिइन्छ । नेपलका त्रिमूर्ति(लेखनाथ पौड्याल,बालकृष्ण सम,लक्ष्मी प्रसाद देवकोटा) दार्जिलिङ गएको वेलामा दार्जिलिङ्का त्रिमूर्तिले  तपाईहरू पनि त्रिमूर्ति हो भनेपछि यिनीहरूलाई त्रिमूर्ति भन्न थालिएको धारणा नरेन्द्रराज प्रसाईले लेखेका छन् ।
लेखनाथ पौड्यालको आर्थिक अवस्था –मानिस जति सम्पन्न भए पनि सम्पन्नता देखाउन चहाँदैन तर लेखनाथको चुलो जल्न जहिले पनि कठिन थियो । उनको जीवनमा आर्थिक अभावले नै सताएको र राजा महेन्द्रले सहयोग गर्ने गरेको कुरा प्रसाईका लेखबाट जानकारी हुन्छ । मर्ने अवस्थामा पनि १० हजार रुपिया उपचारको लागि महेन्द्र राजाले पठाएको धारणा नरेन्द्रराज प्रसाईले आफ्नो लेखमा जनाएका छन् ।
लेखनाथका मनपर्ने साहित्यकारहरू – नरेन्द्रराज प्रसाईको लेखाई अनुसार लेखनाथले कालीदास, मैथलीसरण गुप्ता, लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेलाई मन पराउँथे ।
हलन्त बहिष्कारका समर्थक – लेखनाथले जथाभावी खुट्टाकाट्ुने शैलीका विरोधी थिए । त्यसोहुँदा  राममणी आदीको हलन्त बहिष्कार आन्दोलनमा समर्थन जनाए ।
 मृत्यु– विभिन्न लेखको साथै नरेन्द्रराज प्रसाईको लेख अनुसार लेखनाथको मृत्यु २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा पूण्यतीर्थ देवघाटमा भएको थियो । यस अवस्थामा तीर्थ जान भनी भारतको रक्सौलमा पुगेपछि बिरामी भए ।फर्काएर देवघाटमा ल्याइएको र यहीं उनको देहावसान भयो ।
 नोट–यो लेख विभिन्न स्रोतबाट संकलित हो । यसमा अधिकांश तथ्याङ्क केही भाषगत साभार नरेन्द्रराज प्रसाईको लेखबाट लिइएकोछ ।
च्भाभचभलअभ
ड्ड ध्ष्पष्उभमष्ब, तजभ ाचभभ भलअथअयिउभमष्ब
ड्ड कविता कोश
ड्ड त्रिमूर्ति नइप्रकाशन
ड्ड नरेन्द्रराज प्रसाई –स्रष्टा जीवनी, कवि शिरोमणी लेखनाथ पौड्याल साहित्य संग्राहलय, नेपाली साहित्यभकारी ·       Posted on February 2017 by editor

December 30, 2024

स्वदेशमै रोजगार

सदानन्द अभागी
अरे यार ! के छ हाल खवर ?
के हुनु यार ! बसीबसाउ त होनी  
कहिले जाने हो त ?  यमलालले सोधनी गर्दै थियो ।
श्रीमतीको गुनासो छ यार रामलाल घोरिँदै भन्छ ।
यमलाल– राम्रै त हो नि यार परिवारको गुनासो सुन्ने पर्छ यार ।
रामलाल– यस्तै त होनी , ठूलो परिवार छ कमाउने म मात्रै हो । घर चल्दैन ।जेठो छोरा हुँ । सबैलाई पाल्नु पर्ने, पढाउनु पर्ने ,नानाचाचा जोड्नु पनर्,े विवाहदान गरिदिनु पर्ने, बाबाआमाले कान्छो समात्ने , आखिरमा आपूm भने अनौ फुक्लेको हलो हुनु पर्ने त रहेछ । समाजमा यस्तै देखिन्छ यार ।
यमलाल–पहिला जन्मिस्, सबैको माया पाइस्, हातहातै हुर्किस् , मीठो मीठो खाइस्, राम्रो राम्रो लाइस् , त्यसको व्याज पनि त तिर्न प¥यो यार ।
रामलाल–तैले पनि मजाक गर्छस् यार । मैले मात्र हो र सबैले जेनतेन खाएलाए कै छन् नि यार ।
यालाल –भो छाड्दे सबैकुरा, म  त  तँ कहिले दुबै जाने हो भनेर सोध्न आएको पो हो यार । दुई ÷चार दिन छुट्टी बढाएर भए पनि सँगसँगै जाम भनेर आएको पो हो यार ।
रामलाल–  बाबा आमाको भनाइ छ कान्छाको विवाह गर्नु प¥यो । श्रीमतीको आग्रह छ दुई ÷चार महिना बस्नु प¥यो । कम्पनीले काम मात्रै खोज्छ, पैसा बढाउने काम गर्दैन ,बढ्ता काम गर्नु परे पनि पैसा थप्दैन । अँ ह मत चाँडै जानेवाला छैन । तेरा कम्पनीमा काम मिलाएर बोलाई अनि म आउँला हुन्न र  यार ?
त्यसो नभन यार । अहिलेको जागिर छाडेर फेरी जानपर्दा म्यानपावरलाई बुझाउन पर्ने २ लाख पैसा घरमा छाडिदियो भने घरको सबै काम भै हाल्छ यार । तँ जस्तो मिल्ने साथी मैले को पाउँछु यार ? रामलाल र यमलाल बातचित गर्दै थिए । रजनी टुप्लुक्क आइपुगिन् ।
यमलालले, नमस्कार भाउजू भनेर अभिवादन गर्छ ।रजनीले अभिवादन फर्काउँछिन्  र घरपरिवारको कुशलता सोधनी हुन्छ । हाम्राले त खुबै मिल्ने साथी भन्नु हुन्थ्यो, उहाँ २÷३ पटक हजुरकोमा जानु भयो तर हजुरको त नाक मुख देखिएन । आज कसरी बाटो बिराउनु भयो त ?घरको कामले उछार दिएन । आज रामलाललाई सँगै जाम भन्न आएको । ए ! त्यसो पो हो ? किन जान ¥यो विदेश ? हाम्रा त जाँदैनन् । यतै हलो जोतेर, आफ्नै बारी खोस्रेर, गुन्द्रुकको तिहुनमा पलो हालेर ढिँडो खाए भै गयो नी  । यमलालले, कहाँ हुनु भाउजू ? उताका पैसो भनेको गह्रुङ्गो हुन्छ । एकमुष्ठ आउँछ । केही काम गर्न सकिन्छ ।यहाँ कमएको हातहातै ल्यायो हातहातै सिध्यायो । रित्ताको रित्तै बुङ्गोको बुङ्गै ।हेर्नुहोस् भाउजू दाइलाई पठाउनु होस् यमलाल भन्छ । हेर्नुहोस् देवर बाबु , हाम्रा त अब विदेश जाँदैनन् । गर्न सके यही देशमा सबै चीज छ । अल्छी गरे कतै पनि छैन । घरका समस्या धेरै छन् । मैले उहाँलाई भनेकी छैन । बिदेशबाट आएका श्रीमानलाई घरका व्यवहारिक समस्या भन्दा मन खिन्न हुन्छ । घर विग्रन्छ । हामी दुबैले सकेसम्म घरलाई सपार्नी हो, घरलाई मन्दिर बनाउने हो, घर बिगार्ने हैन । घरमा बसेपछि बिस्तारै सबै कुरा बुझ्दै जानु हुन्छ । अब हामी यहीं बस्ने हो । यही घरलाई सिङ्गारने, यही देशलाई हराभरा बनाउने हो । मेरो हजुरलाई पनि विन्ति छ । विदेशको मोह त्यागौ र स्वदेशमा जे गर्न सकिन्छ त्यही गरौं ।  हो भाउजू हजुरले पोखेका भावना सबै राम्रा छन् । मलाई पनि सोच्न बाध्य बनाउनु भयो, हेर्छू , केही गर्न सके गर्छु र हजुरलाई भेट्छु ।
पुसको जाडो शीतलहर चलेको छ । रामलालका बाबाआमाले दिन दिनै भाइको विवाहका कुरा निकाली रहेका छन् । नातापातामा पनि कुराहरू चलेका छन् ।लमी लगाइएको छ । केटी पाउन कहाँ सजिलो छ र केटीहरूले अमेरिका, युके, अष्ट्रलिया, जापानमा काम गर्ने केटा खोज्दछन् । रामलालको भाइ अहिले १२ कक्षमा पढ्दै छ ।जागिर व्यवसाय केही छैन । दिन दिनै बाबु आमाको स्तोत्र कान्छाको विवाह बाहेक केही छैन । बल्लतल्ल लमीले एउटी केटी निकाल्यो । दाइजो दिन सक्ने अवस्था थिएन । फेरी बुढाबुढीले कच कच गर्न थाले । 'एक दिनको इज्जत नराख्नेकोमा पनि कसरी विवाह गर्न जाने ?' ''हजुरलाई राम्री बुहारी चाहिएकी हो कि दाइजो" रामलालले प्रश्न तेस्र्यायो ।''आजका केटीहरुको चाहना र हाम्रा घरको अवस्थालाई पनि त हेर्न प¥यो ।" लमीले र रामलालले बुढा बुढीलाई सम्झाए । अब केटा र केटीको साक्षात्कार र दुवै बीचको भावनाको आदान प्रदान बाँकी रह्यो । यो काम पनि सफल भयो । माघको सात गतेलाइ दुबै तर्फकाले जनै सुपारी र टीका लगाउने काम भयो ।गच्छे अनुसारको खर्चमा विवाह गरियो । माघ महिना विवाहको रमझममा वित्यो ।
एक दिन रजनीले रामलाललाई भनिन् । ''आजकाल घरको चाल चलन पत्ता पाउनु भएको छ ?"
''अ हँ थाहा छैन"
 ''हेर्दै जानु होस् । आमाका व्यवहार तपाइँप्रति, मप्रति र हाम्रा छोरीप्रति"
साँचिकै रजनीले भनेको कुरा त ठिकै रहेछ । आमाको बोली आजकाल पहिला भन्दा निकै परिवर्तन भएको रामलालले पायो । बाबु पनि किन हो किन ? बोल्दा पनि झर्केर बोल्ने, केही भन्न नचाहने । रामलालले रजनीसँग सोधो–'के भएको यस्तो ?' रजनीले पनि अझै हेर्दै जानुहोस् । म केही भन्दिन, तपाइँले आफै बुझ्नु हुनेछ । बुझे पनि कसैलाई केही नभन्नु होला ? किन कि हाम्रो काम हो निर्माण गर्नु , बिभाजन होईन । हामीले धेरै पसिना बगायौं । यी पसिना केवल हाम्रो लागि मात्र नभएर सबैको लागि हो तर पसिनाको कदर भएन । हामी अर्घेलो भयौं । "
फागुनको महिनाको आधा आधिमा रामलालका बाबुले असजिलो मान्दै मान्दै  मुखफोरे । 'रामु परिवार ठूलो भयो ।आमा बुढी भै । खाना पकाएर दिन नसक्ने भै । आफ्नू आफ्नू गनर््ु प¥यो । रामलाला केही बोलेनन् । रजनीले हामीले सेवा गरेकै त थियौंं बुबा, किन हामी अट्न सकिनौ ? रामलालको बाबु केही बोलेनन् । मानिस जोडिए । कसैले किन छुट्टिनु प¥यो । छुट्टिनु भनेको त खोट्टिनु हो भने । कसैले केरा र छोरा जति फो¥यो त्यति सप्लाउँछन् भने । कसै कसैले छुट्टिनुको कारण खोजे ।कसैले विदेशमा कमाएको पैसा पुरै दिएन अरे, कसैले यसका छोरीलाई कसले हेरिदिने, एउटा भैसीको पुरै दूध यिनैलाई चाहिन्छ भन्छिन् अरे घरबुढीले । एक दुई गरेर महिलाहरू पनि जोडिन थाले । यस्ता सज्जन छोरा बुहारी त भाग्यमानिले मात्र पाउँछ । अभाग हो अभाग यिनलाई अलग गर्नु त,  एउटी बुढीले भन्दै थिइन् ।
बुढाबुढीले आधा राख्ने र बाँकी सबैलाई बाँडिदिने रामलालको बाबाको धरणा समाजमा राखियो । समाजले यो मिल्दैन कि भन्ने आवाज निकाले ।ं अश त जिउ जिउकै लाग्छ ।  अहिलेको उब्जाऊ पेट बाँडोमा जान्छ । बुढाबुढीले सुन्ने वाला थिएनन् । बुढा बुढीले आधा उनीहरूलाई चाहिने भन्ने रट्न थियो । कोही भन्दै थिए अंशबण्डा भनेको तिलको गेडा घोटेर मासको गेडा फोरेर हुनुपर्छ । समाजले किन अन्याय गर्ने ?एक युवाले रामलालले त्यस घरमा कमाएर दिएको एक एक पैसाको हिसाब जान्दथ्यो । उसले उठेर भन्यो– यदी नियमसम्मत अंश लगाइन्न भने उसले कमाएको पैसा एक एक गरेर फिर्ता दिनुहोस् । उसले तपाइँसँग अंश माग्दैन । बसेको समाजमा यो कुराले छोयो । कसैले भने ठिक कुरा हो । कसैले कहाँ हुन्छ भन्न थाले । त्यो युवकले के हुन्छ त ? सही कुरा भन्न किन  डराउने ? प्रश्न माथि प्रश्न ग¥यो ।  समाजलाई अवत सही कुरा भन्न करै लाग्यो ।जिउजिउकै अंशबण्डा लगाइयो । घर बुढाबुढीलाई दिने भन्दा सबै सहमत ए । रामलाल र रजनी भने यो छलफलमा एक कुनामा मौन बसे । घरका अरू परिवारहरू आफ्नो पक्षमा पार्नलाई पछि परेनन् । अन्त्यमा समाजले तिम्रो विचार के छ भनेर रामलाललाई सोध्यो । रामलालले बाबाले लगाएको सिक्री औंठी र आमाका नाक कानका गहना उहाँहरूबाट नझिक्ने अर्थात उहाँमै छाडी दिने । अरू जग्गा जमिनको हकमा समाजले बाँडे बमोजिम सबैले छाडेको अंश लिन म तयार छु, राम लालले भन्यो । रजनीले पनि रामलालको निर्णयलाई स्वीकारी ।अंशबण्डा सकियो । रामलालको खुला आकाशको छाना मुनीको बास भयो । न घर, न गोठ ।      
बाँसका खामा गाडेर पाल टाँगेर, त्यही पाल मुनि बसेर रजनी र रामलालले भावी जीवनको कल्पना गर्न थाले । विहानसम्म एकै ठाउँको बास र एकै भान्साको गास थियो । साँझ पर्दा नपर्दा सबै टाढा टाढा भए । रामलालका छोरीहरूलाई यो के भएको थाहै छैन । उनिहरू प्रश्न गर्दछन्, त्यो घर के भयो र यहाँ यस्तो ठाउँमा बस्नु पर्ने ? काका पनि बोलाए बोल्नु हुन्न किन ? हजुर आमाले यता नआयो जाओ भन्नु हुन्छ । भैंसी दुहे सबैले दूध खाँदै छन्, हामीलाई दिंदैनन् किन ? रामलाल बोल्न सक्दैन तर रजनीले  हामीले राम्रो घर बनाउने भनेर यहाँ बसेको हो । भोलीबाट घर बनाउँछौं, भैंसी किन्छौ अनि दूधभात खाने है ? हुन्छ ? भनेर छोरीलाई सम्झाउँछिन् ।  केटाकेटीको मन मानीरहेको थिएन । रजनीको मिठो र मायालु बोलीले सकरात्मक धारणा सहित छोरीहरूलाई खाना खुवाएर सुताइन् ।
 आकाशमा ताराहरू आफ्नै रफ्तारमा चम्किरहेका छन् । रजनी एक कुनामा ट्वालट्वाल्ती हेरी रहेकी छिन् । रामलाल पनि सुत्न सकिरहेको छैन ।  रातभरी आँखा जोरिएनन् । विहान भयो छोरी उठेर भोक लाग्यो भन्न थाले । रजनीले रातो चिया र विष्कुट छोरीलाई खुवाइन् । रामलाल घर कसरी बनाउने सोच्दै कर्मी खोज्न गयो । नपुग भाँडा किन्न र खाना पकाउने सामान किन्न दोकानतिर गइन् । रामलाल र रजनीको पकेटमा न पैसा छ । न आम्दानीको स्रोत छ तर उनीहरू दुबैमा बलियो धैर्यता भने छ। बिहानको १० बज्यो रामलालले मिस्त्री लिएर आयो । सबैले खाना खाए । करिब एघार बज्दा नबज्दा गाउँले युवा युवतीहरू जमघट भए । कसैले दार काट्न गए । कोही ओसार्न थाले । साथीभाइ इष्टमित्रको सहयोग र ऋणधन गरेर घर र गोठ तयार ग¥यो । आम्दानीको स्रोतको जोहो गर्न उसको मनमा कुरा खेल्न थाले ।  रामलाल घोरिएको देखेर रजनी आएर सोधनी गर्न थाली र ' के भयो र हँ ? यसरी झोक्राएको ?' रजनीको प्रश्न थियो । 'यत्रो ऋण लाग्यो । आम्दानीको स्रोत केही छैन । ऋण कसरी तिर्ने ? भैंसी कसरी किन्ने ? खानेखर्च कसरी जोडजाम गर्ने ? यिनै कुराले मनमा घर जमायो, चिन्ता उब्जायो र घोरिन बाध्य बनायो ।'रामलालले आफ्नो मनको बह पोख्यो । रजनी झटपट उठी भित्र पसी एक हातमा तातो पानी र एक हातमा चिया लिएर आई र भन्न थाली ल पानी पिउँ र चिया पिउँ । श्रीमतीको मिठो र मायालु बोलीको साथमा चिया र पानीले गर्दा रामलालको चिन्ता केही क्षणलाई हरायो । रजनी छेउमै बसेर रामलाललाई भनि –' केही चिन्ता लिन पर्दैन  । नाक कानका गहना बैंकमा धितो राख्ने, भैंसी किन्ने, दूध बेच्ने, बाख्रा पालन सुरु गर्ने, बोका, खसी र पाठापाठी बेच्ने, तरकारी लगाउने, के को चिन्ता लिनु प¥यो र एक÷दुई वर्र्षमा ऋण तिरिन्छ । ' रामलाललाई रजनीको कुरा ठिकै लाग्यो । खाना खाएर ऊ बैंक तिर लाग्यो । बैंकले पनि एक लाख ऋण दियो । उसले दूधालु भैंसी किन्यो । रामलालको कारोवार सुरु भयो । ऋण भए पनि आम्दानीको बाटो खुल्यो । रजनीले घरको काम गर्न थाली । वेमौसमी तरकारी खेती लगाउन थाली । रामलालले जमुनापारी जातको बाख्री किन्न जाँदा एउटा बोका पनि ल्यायो ।  बोका बेच्यो ३०० रु नाफा कमायो । भैंसीको दूधको कारोवारको साथै पाठा पाठी किन्दै जे जति नाफा पायो बेच्यो । यसरी रामलालको आर्र्थिक अवस्था भैंसी पालन, बाख्रा पालन र वेमोसमी तरकारी खेतीबाट मनङ्गे पैसा कमायो । उसले भैंसी पालन र बाख्रा पालनका दुई ठूला फर्महरू सञ्चालन ग¥यो । ५ जना बाख््राा फार्म र  १० जनालाई भैंसी फर्ममा रोजगार दिएको छ । 'बजार व्यवस्थापन सरकारले गरी दिएको खण्डमा १०० जनालाई त रोजगार सहजै दिन सक्ने थिएँ ।' रजनीले धेरै ठूलो तरकारी फर्म नखोले पनि स्थानीय बजारलाई तरकारी पु¥याएकै छ र २÷४ जनालाई रोजगार दिएकै छ ।
आज यमलाल र रामलाल विदा भएको तीन वर्ष बित्यो । यमलालले रामलालको प्रगतिको प्रशंसा चारैतिर सुन्यो । यमलालको श्रीमतीले यमलाललाई स्वदेशमा कामै छैन भन्ने, विदेश नगई पविार पालिदैनन् भन्ने, यो देशमा भविष्य छैन भन्नेको त रजनीले मेखै मारिदिई । गर्न सके त यही देशमै केही हुँदो रहेछ त ? रजनीले के गरिन सामाजिक मर्यादाको पालन गरिन कि, श्रीमान, सासू, ससुरा, देवर र देउरानीमा आदरभाव देखाइन कि ? सबै कर्ममा ऊ सफल छे । यमलालले श्रमितीलाई भन्यो म पनि सोचुला  । एउटा साथीले समाजमा देखाएको प्रगति त राम्रो उदाहरण हो । अब म रामलाललाई भेट्न जान्छु । उसको सल्लाह लिएर म पनि स्वदेशमै केही गरुला। अनि तिमीले पनि सोच र रजनी जस्तो खटेर काम गर्न सक्ने नसक्ने विचार गर है त ?ऊ पनि आइमाई हो । हात्ती गैडा त होइन । उसले सकेको काम म किन न सक्नु ?  ठिकै छ ।
यमलाल रामलालको घरमा पुग्यो । रामलालले यमलाललाई स्वागत यार स्वागत भन्दै पटाहामा बस्ने आग्रह ग¥यो । यामलालले –'तिमीले त कमाल ग¥यौ यार, तीन वर्षमा यत्रो प्रगति यार, यो त अति भयो यार । कस्तो जादुको छडी चलायौं यार । रजनी आइपुगिन् । यमलाललाई नमस्कार गर्दै पानी र चिया लिन घरभित्र छिरिन् । पानी र चिया ल्याएर घरतिरको हाल खवर सोधिन् । तीन जना बसेर चिया खाँदै बातचित गर्न थाले ।  भाउजू तपाइँ त लक्ष्मी हो लक्ष्मी । रामलाल र म त सँगै बस्थ्यौं । रामलालले कमाएको पैसा सबै बाबुको नाममा पठाउँथ्यो । ऊ सँग एक पैसा साथमा हुँदैनथ्यो । तपाइँलाई छुट्टै पठाएको पनि मलाई थाहा छैन । तर कसरी यो आर्जन अगाडी लानु भयो ? देवर बाबु पैसा हातको मैला हो । आउँछ जान्छ । यसलाई मौकामा छोप्न सक्नु पर्छ । संघर्सको उत्पादन भनेको पैसा हो । पैसाको सदुपयोग नै प्रगति हो । हाम्रो यो आर्जन मेरो नाक कानका सुन र दाजुको हातको औठीलाई वैंकमा राखेर एक लाख पैसा निकाले र व्यवसाय सञ्चालन गर्न थालेका हाँै । त्यसैलाई राम्रो सदुपयोग गर्नुको नतिजा यही हो । हाम्रो इमानदारिता, लगनशीलता, नैतिकतामा यो गाउँले विश्वास ग¥यो । यो घर सबै अर्मपर्म र गाउँले दाजु भाइको सहयोग र पसिना हो । एउटा भैंसी र एउटा बाख्राका माऊ पाठाबाट थालनी गरेको हो । समयले साथ दियो । सुरुमा त निकै दुःख पाइयो । अहिले काम गर्ने मानिस छन् तर पनि व्यवस्थापन गर्न होशियार रहनु पर्छ ।
'भाउजू म पनि अब विदेश जान्न । मलाई पनि बाटो देखाइ दिनुप¥यो । ' रजनीले भन्छिन् –'हाम्रो र हजुरको अवस्था फरक छ । हामी संयुक्त परिवारबाट अलग हुन प¥यो । बारीमा पाल टाँगेर बास बनाएर बस्नु परेको थियो । गाउँले इष्टमित्रको सहयोग नभएको भए उठ्न सक्ने अवस्था थिएन तर तपाइँको त बाबा र आमाको आशीर्वाद छ । जेकामको थालनी गरे पनि ऋणमा डुब्नु पर्दैन । सर्बप्रथम मनैबाट मन पर्ने, बजार पाइने, हावा पानी सुहाउँदो, सरकारले स्वदेशमा  काम गर्दा दिने अनुदानलाई  ध्यान दिएर सोच्नु होस् । घर सल्लाह गरेर मैले भनेका कुरामा ध्यान दिएर कामको थालनी गरे सफल भइन्छ ।' भाउजू माछा पाल्दा कस्तो होला ? 'तपाइँको घर जग्गालाई हेर्दा, बजारको अवस्थालाई केलाउँदा, पानीको स्रोत र माटो हेर्दा निकै सुहाउँदो छ । चाम्रो माटो छ । यस्तो माटोबाट पोखरीको पानी कम चुहिन्छ । पानीको स्रोत पनि निकै सहज छ  । अझै घरका सबै जना सहमत हुन्छन् भने पोखरीको डिलमा बंगुरका खोर बनाएर बंगुर पनि पाल्न सक्नु भयो भने  र बंगुरको दिशा माछाको खाना साथै पोखरी मलिलो हुने फाइदै फाइदा हुन्छ ।' यति कुरा गर्दागर्दै खाना खाने समय हुन्छ । सबै जना खाना खान थाल्छन् । खानापछि यमलालले स्वदेशमै बसेर एकीकृत माछापालन गर्ने प्रतिबद्धता जनाउँदै विदा हुन्छ ।
धन्यवाद
पुस १५ , २०८१, कावासोती   

December 25, 2024

ठूलो स्वप्नाध्याय सपनाफल विचारमा विवेचना

सदानन्द अभागी
परिचय
ओमप्रकाश अधिकारी माता श्री पदम्कुमारी उपाध्याय र पिता श्री केदारनाथ उपाध्याय अधिकारीका सुपुत्र हुनुहुन्छ ।  उहाँ रकुवा ५ ओटाङ (हालको बुङ्दीकाली –३) मा जन्मनु भयो र हाल कावासोती नगरपालिका वार्ड नं १६ तीनघरेचोक डण्डामा स्थायी रूपमा बसोबास गर्नु हुन्छ । उहाँ आध्यात्मज्ञानी( थुप्रै धार्मिक कृतिहरूका लेखक सम्पादक), साहित्यकार ( कविता, कथा, संस्मरण, आदि), पेशागतरूपमा एक शिक्षक,रुचिको हिसावले पत्रपत्रिका संंकलन अध्ययन वाचानालय स्थापना कर्ता हुनु हुन्छ  भाषागतरूमा संस्कृति, नेपाली र हिन्दीको ज्ञाता, सम्लग्नताको हिसावले त्रिवेणी साहित्य प्रतिष्ठानको आजीवन सदस्य,सम्मानको हिसावले नइ कीर्र्तिरत्न(२०७९)ले विभुषित हुनुहुन्छ ।  । उहाँको र मेरो परिचय टेलीफोनबाट २०८१।२।३२मा भए पनि २०८१ । ७ । २४ गते उहाँ मेरो घरमा आउनु भएको थियो । यही अवसरमा केही मिनट वार्तालाप भएर साक्षाकार भएको हो । यस अवसरमा हामीले किताप आदान प्रदान गरेम् । उहाँले मलाई ''ठूलो स्वप्नाध्याय" सपनाफल विचार प्रदान गर्नु भयो भने मैले राम ज्ञवाली द्वारा सिर्जित '' सदानन्दको जीवन कर्म र व्यक्तित्व" र मेरो महाकाव्य ''सिंहवाहिनी " प्रदान गरें  । कता कता मलाई साहित्यमा लाग्नुको मुख्य उद्देश्य के होला भन्ने प्रश्न राख्न मन लाग्यो । उहाँले सहजै भन्नु भयो – ''जीवनलाई, सवल, सक्षम र आनन्दित बनाई मानव जीवन प्राप्त भएको गौरव अनुभूति गर्न ।" आजको परिपेक्षमा साहित्यमा लगानी गर्नु उत्पादनहीन हो भनिन्छ । लेख्या,े छापो, विक्री हुँदैन, उपहारमा दिए पनि लानेले पढेर प्रतिकृया दिंदैन, यसमा तपाइँको प्रतिकृया के छ ? मेरो यो जीज्ञाशामा पनि उहाँको प्रतिकृया यसरी आयो – '' मलाई साहित्यमा लागेर असन्तुष्टी, निराशा, दुःख वा पछुतो केही पनि छैन । मेरो समय अध्ययन अध्यापन, लेखन मनन् मै बिति रहेको छ । " मलाई लाग्यो बास्तवमा लेखकको काम लेख्ने हो । यसपछि उहाँ साहित्यमा लाग्नु कस्को प्रेरणाबाट हो भनेर मैले प्रश्न राखे । उहाँको छोटो उत्तर थियो '' पिताश्री " । साहित्यलाई कसरी प्रवर्धन गर्न सकिन्छ भनी सोधनी गर्न मन लाग्यो र सोधी पनि हाले । उहाँको धारणा यसरी आयो –''नवोदित÷उदीयमान लेखक साहित्यकारहरूलाई अझ थप हौसला बढाइदिने, कृतिहरू प्रकाशन गर्न चाहानेहरूका लागि सहजी करणा गरिदिने भयो भने साहित्यमा त्यस्ता व्याक्तिहरूलाई थप प्रेरणा प्राप्त हुनेछ ।" उहाँ हतारमा हुनु हुन्थ्यो तर मलाई भने धेरै जानकारी लिने चाहना थियो ,पछि भेटहुने सर्तमा हामी विदा भयौं ।
ठूलो सप्नाध्यायलाई अध्ययन गर्ने बिचार पलायो । यस कृतिलाई अध्ययन गर्दा उहाँका स्वलिखित र सम्पादित गरी ५५ ओटा कृतिहरू बजारमा आइसकेका रहेछन् । यिनको विवरण तल दिएको छु । सपना के हो भनी परिभाषित गर्न सहज छैन । सपना हामी सबैले देख्छौं । यी सपनाको फल पनि मिल्छ। सपना राम्रो फल दिने र नराम्रो फल दिने हुन्छन् । केही विद्वानहरूले यसलाई यसरी परिभाषित गरेका छन् – इरिक सुनी –९भ्चष्अ कगलष्, कतबाा धचष्तभच० र अलेस डिमिट्रियु (ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत० ले यसरी परिभाषित गरेका छन् – ब्भिह म्ष्mष्तचष्ग, एकथअजष्बतचष्कत०।(सपनाहरू मानसिक, भावनात्मक, वा संवेदी अनुभवहरू हुन् जुन निद्राको बेलामा हुन्छन्। )
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३मा लेखिएकोछ –'' सपना भनेको मनमा आउने विचार, चित्र, र अनुभूतिहरूको श्रृंखला हो जुन मानिस सुत्दा अनुभव गर्छ। यो प्रायः मानिसका चासो, डर, वा दैनिक जीवनका घटनाहरूसँग सम्बन्धित हुन्छ।"
सदानन्द अभागीले गजलमा सपनालाई यसरी प्रस्तुत गरेका छन् –
सपना त कल्पना हो देख्न सके देख हजुर
भावनाको पोखाइ हो लेख्न सके लेख हजुर
पृष्ठ ४३८, अभागीको प्रेमविहारको षष्ठामृत
अवलोकन ीबकत ग्उमबतभमस् ःबच ज्ञछ, द्दण्द्दघ को पत्रिकामा  लेखिएको छ – ''सपने वे कहानिया और चित्र होते हैं जो हमारा दिमाग सोते समय बन्ते हैं ।"  
माथिका यी परिभाषामा नजिक नजिक पुगे पनि एकरूपता देखिदैन । हामीले सपनाफलको बारेमा भने धेरै लेखहरू पढ्न पाउँछौं । अनुसन्धान कर्ताहरूले धेरै प्रयास गरेको पाएका छौं ती प्रयासलाई ओमप्रकाश अधिकारीले ठूलो स्वप्नाध्यायमा समेट्ने प्रयास गर्नु भएको छ । यो पनि एक अथक प्रयास र खोज हो । जस्लाई सहज रूपमा लिन सकिदैन । उहाँको प्रयासमा के कति कृति सिर्जना भए त्यसतिर लागौं ।
उहाँका टीकाकार÷सङ्कलन ÷ सम्पादक ÷सह लेखन र लेखन कृतिहरूको विवरण – कर्तव्य दर्पण –(मानवधर्म रहस्य दर्शन ), मानवधर्म (पद्यमा पूर्वभाग), ज्ञानरत्नमाला (पद्यमा , उत्तरभाग), धर्मोपदेशमाला (पद्यमा), चाणक्य  नीति दर्पण (नेपाली भाषा–टीका श्लोकसहित) तिलक रहस्य दर्पण –तिलक सम्बन्धमा विशद् विवेचना ), संसारदेखि लाग्छ साह्रैउराठ (पद्यमा), दिव्यमधृ (अर्थात मौरीको गुनासो, कवितासङ्ग्रह), सुदामनको कनिका –कवितासङ्ग्रह), गंगामहात्म्य (महिमा नेपालीमा), हिंसक कृषक तुलना –(मासु र हलोको तुलाना), आयुर्वेद सार दर्पण (घरेलु वैद्य, प्रथम भाग), सिद्धगणेशस्तोत्रम् (श्री गणेश स्तोत्रावली) ,बैलोक्यमङ्गल सूर्यस्तोत्र तथा सूर्य उपासना परिचय (सूर्य हात्म्य, नेपालीमा), सरस्वती उपाशना पचिचय एवं पूजाविधि(ने.भा.टीका सहित) स्तोत्र पुष्पाञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह) , पञ्चायन स्तोत्राञ्जलि (अति उपयोगी स्तोत्रहरूको सङ्ग्रह, गजेन्द्रमोक्षस्तोत्र (नेपाली भाषा–श्लोक र अर्थ सहित ), चुड्का भजन सङ्ग्रह, श्री कृष्ण चरित्र र हरितालिका माहात्म्य (तीजको गीतको भाकामा), श्रीमद्देवीभागवत नवाह चन्द्रिका (नेपालीमा),गुलाफको पूmल र मौरीहरू (सायरीसङ्ग्रह), कलियुग (हास्य–व्यङ्ग्य) कश्यप÷काश्यप गोत्रीय अधिकारी संक्षिप्त परिचय तथा कुलपूजा विधि (नेपालीमा), अग्निस्थापना पद्धति (नेपाली भाषा–टीका सहित) श्राद्ध पद्धति (नेपाली भाषा–टीका सहित ),(साथमा, आफ्ना यजमानका पितृहरूको नामावली लेख्ने, आठ पेजजति खाली पृष्ठ र संक्षिप्त थर गोत्र र प्रवरसहित) , अन्त्यक्रिया पद्धति (नेपाली भाषा–टीका सहित ) (नेपाल तथा भारतका विशिष्ट विद्वानहरूद्वारा अनुमोदित) चतुर्विंशति रत्न दीपिका (कर्मकाण्ड) मङ्गलचौथी पूजाविधि तथा मालासंस्कारसहित चौबीस थरीका विषयबस्तुहरूकोे सङ्ग्रह), कालसर्पयोग कारण र निवारण –नेपाली भाषा–टीका सहित ), वास्तुशान्ति र शिलान्यास विधि – नेपाली भाषा–टीका सहित), शव संस्कारविधि – घाटको कर्म , नेपाली भाषा–टीका सहित), मङ्गलचौथी पूजाविधि ब्रत कथा( नेपाली भाषा–टीका सहित), ऋषिपञ्चमी पूजाविधि ब्रतकथा ( नेपाली भाषा–टीका सहित), नारी संध्याविधि , क्षत्रिय सन्ध्याविधि र १०८ गायत्री मन्त्र सन्ग्रह( दीक्षामन्त्र सहित), गोदान, तुलादान र दशदान पद्धति( नेपाली भाषा–टीका सहित) वटपिप्पल प्रतिष्ठा पद्धति( नेपाली भाषा–टीका सहित), शनिप्रदोष ब्रत (शनित्रयोदशी ) पूजाविधि ब्रतकथा( नेपाली भाषा–टीका सहित) सत्यनारायण पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), लक्षवर्ती पूजाविधि ब्रत कथा ( नेपाली भाषा–टीका सहित), बालबोधिनी रुद्राभिषेक पद्धति (रुद्री)नवग्रह पूजा तथा शान्ति विधि (नेपाली भाषा–टीका सहित), दुई घन्टे विविह पद्धति ( नेपाली भाषा–टीका सहित), ऋषितर्पणी यज्ञोपवीत मन्त्रणा विधि (श्रावणी प्रयोग, नेपाली भाषा–टीका सहित), विश्वकर्मा पूजा पद्धति ( नेपाली भाषा–टीका सहित), श्रीयन्त्र पूजन विधि ( नेपाली भाषा–टीका सहित), इच्छा अनुसार छोरा या छोरी पाउने तरिका, भूतप्रेतसँग जम्काभेट, केदारनाथ अधिकारीको आत्मवृतान्त , कल्पनाले साँचेको सम्झना (कल्पना अधिकारीको आत्मवृतान्त),बोक्सी के हो ? हुन्छ कि हुँदैन), आँखाको नानीमा तिमी (सायरीसङ्ग्रह) वाराणासीका केही नेपाली प्रकाशकहरूको सङ्क्षिप्त परिचय, सपना–फल विचार (ठूलो), श्रीमद्भागवतगीता (नेपालीमा श्लोक र अर्थ सहित ), अष्टाबक्रगीता (नेपाली पद्यानुवादसहित), श्रीशिवगीता (नेपाली पद्यानुवादसहित), जीवनमुक्ति गीता (नेपाली भाषामा अर्थ सहित)  ।
कृतिको संरचना – यस कृतिलार्ई दुर्गा साहित्य भण्डार, वाराणसीले प्रकाशन गरेको छ । मूल्य भा.रू ७० राखिएको छ । पाँचौं संस्करणसम्म प्रकाशित भै सकेको यस कृति ८४ पृष्ठको आकारमा छ । यस कृतिमा कसैको भूमिका छैन । स्वयम् सम्पादकले '' सानो पूस्तकको थोरै भनाइ" शीर्षकमा पाठकको चाहनाअनसुारको यो स्वप्नाध्याय (सपना फल विचार) प्रस्तुत गरिएको भन्ने धारणा राख्नु भएको छ । यसमा मुख्य १५ शीर्षहरू छन् । १४ शीर्षक (केही उपयोगी विचारहरू) मा ११ उपशीर्षक पनि समावेश गरिएका छन् ।
 ठूलो स्वप्नाध्याय –यस अध्यायमा ७६ श्लोक छन् । यी श्लोकका भावसार (साभारसार) यस प्रकार छन् –नन्दबाबा र श्रीकृष्ण बीच स्वप्न सम्बन्धमा वार्तालाप हुन्छ । नन्दबाबाले निन्द्रामा देखेका स्वप्नाले कस्तो फल दिन्छ भनी मधुसूदन (कृष्ण)सँग .सोधनी गर्दा भगवान कृष्णले स्वप्नको बारेमा सामवेदको  काण्वशाखामा राम्रो वर्णन गरिएको छ । यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुने । स्वप्न देखेर निदाउन नहुने, दिनमा मनमा आएका तर्क वितर्क र रोग चिन्तमा गाडिएकाको सपनाको फल भने प्राप्त हुँदैन । यसरी नै  सपना देखेर  सुत्न नहुने,राती नै कसैलार्ई भन्न नहुने, काश्यप गोत्रका व्यक्तिलार्ई सुनाउन नहुने सुनाए आपत्ति पाउने, फल प्राप्त नहुने ।
सपनाहरू थरीथरीका देखिन्छन । सबै सपनाको राम्रो या नराम्रो फलप्राप्त हुँदैन । कृष्ण भगवान भन्नु हुन्छ कि होसहराएको, साह्रै डराएको, दिशा–पिसापले च्यापेको,नाङ्गै सुतेको, वा कपाल फुकाएर सुतेको अवस्थामा देखिएको सपनाको कुनै फल हुँदैन । राम्रो सपना त देखियो तर सपना देखेपछि सुतेको खण्डमा पनि फल प्राप्त हुँदैन । काश्यप र कश्यप गोत्र एकै हुन भने सपना सुनाउन नहुने तर यी गोत्र फरक भएमा काश्यप गोत्रीलार्ई सपना देखेको सुनाउन नहुने, सुनाइयो भने आपप्ति पाउन सक्ने । दुर्गतितिर लागेको व्यक्ति साथै नीचलार्ई सुनाएको खण्डमा रोग लाग्ने, शत्रुलाई सुनाएमा भयप्राप्त हुने, मूर्खलार्ई सुनाए विवाद हुने, नारीलार्ई सुनाए धन हानी हुने, रात्रीमा सुनाए चोरको डरहुने, राम्रो सपना देखेर सुतेमा चिन्तामा पर्न सक्ने यस्तो अवस्थामा काश्यपगोत्रीका बाहेक पण्डितलाई सुनाए इच्छित काम बन्ने धारणा कृष्णजीले नन्दबाबालाई सुनाएपछि पुन कृष्णजीले नन्दबाबालाई स्वप्नाको फल यसरी बताउनु हुन्छ –सपनामा हात्ती, घोडा , गाई, पर्वत, दरबार, देवल, रुखमा चढ्नु तथा त्यही बसेर केही खानु, रोयको देख्नु, धन बाँडेको देख्नु, हातमा वीणा लिएको देखेमा भूमिलाभ हुने । यसरी नै सपनामा शस्त्र अश्त्रले चोट लाग्नु, कीरा पर्नु, झडा लाग्नु वा रगत–मासी पर्नु वा रगतमा मुच्छिएको देखे त्यसलाई धनलाभ हुने । अगम्यमा गमनगर्दा राम्री स्वास्नी पाउने, पिशाव शरीरमा छरे, आफ्नो वा अरुको वीर्य खायमा वा मलमूत्रमा गाडिएमा, रत्नयुक्त शहरमा प्रवेश गरेमा, समुद्रभित्र प्रवेश गरेमा, मदिरापान गरेको सपना देखे र।म्रा कुरा सुनिने र प्रशस्त धनलाभ हुने । यसरी नै सपनामा सुन, गोरु, गाई, हात्ती, अन्न, बत्ती, कन्या, फलपूmल रथ ध्वजा, छात्ता, यत्ति (सन्यासी) देखेमा पविार बढ्ने, यश–कीर्ति फैलिने,यदि सपनामा जलले भरिएको घडा, ब्राह्मण, बल्दोआगो, पूmल, उत्तम घर, सेतो धान, नटुल, वेश्या देखेमा धनलाभ हुने । सपनामा गाई, घ्यू दूध, नर, वेश्या देखिएमा पुण्य–कार्य सम्भव छ, यसमा इच्छितकार्य सफल हुने र धनलाभ पनि सम्भव छ । सपनामा कमलको पातमा पायस, दही, घिउ, केही मिष्ठान्न आदि नदी किनारमा बसेर खाएको देखेमा राजासमान पूज्य र प्रतिष्ठित हुनेछ ।  सपनामा मानिस या पंक्षीको मासु जस्ले देख्ला, सुभसमाचार सुन्ने र इच्छा गरेको उत्तम फल प्राप्त गर्ला । सपनामा आपूm सरदार भएर सेना पछि लगाइ हिड्छ भने त्यो विपनामा पनि त्यस्तै हुनेछ र फलपूmल लागेको वृक्ष देखेमा इच्छाएको द्रव्य प्राप्त गर्द छ । सपनामा सर्पले टोके अकस्मात धनलाभ ह्ने र चन्द्र–सूर्य देखेमा कठिन रोगबाट मुक्त हुने । सपनामा क¥याङकुरुङ्को पोथी, घोडा कु्खुरी आदि, देख्दा राम्री श्रीमती प्राप्त गर्ने । सपनामा झ्यालखानामा परेको देखे ठूलो प्रतिष्ठा र उत्तम छोरो पाउने छ । नदीकिनारमा बसेर दही–भात, खीर  खायो वा फाटेको भए पनि कमल–पत्र देख्न पायो भने त्यो राजा वा राजा समान प्रतिष्ठा पाउने छ । सपनामा जुका, सर्प, बिच्छी देखेमा धन पुत्र, विजय प्रतिष्ठा पाउने छ । दाह्राभएको सुँगुर, सीङ्हुने जानवर, वानरले कष्ट दिएको सपना देखेम ाअकस्मात धन प्राप्त गरी राजा वा उच्च पदमा आसीन पनि हुनसक्ला । सपनामा माछा, मासु, मोती, शङ्ख, श्रीखण्ड, हीरा  देख्छ वा पाउँछ भने इच्छित सम्पत्ति अनायास प्राप्त गर्नेछ ।  सपनामा रक्सी, रगत, सुवर्ण र विष्ठा  देखेमा अवस्यमेव धन पाउनेछ  । देवप्रतिमा वा शिवलिङ्ग देखेमा विजय र धनलाभ हुनेछ । सपनामा वेलको वृक्ष फलेपूmलेको र आँपको वृक्ष देखिएमा अकस्मात धन पाउला, बल्दो आगो देखेमा धन, बल, बुद्धि र ऐश्वर्य सहजै पाउनेछ ।  सपनामा आमलाको दाना, लप्सी, रातो कमल–पूmल देख्यो भने धन र देवता, विप्र, गाई, पितृ योगीजनले जे दिन्छन् विपनामा पनि त्यही प्राप्त हुनेछ । सपनामा सेतो वस्त्र पहिरेको, माला पनि सेतो धारण गरेको स्त्रीजनले अङ्कमाल गरेको देखिएमा लक्ष्मी प्राप्त हुने र सबैबाट सुखशान्ति प्राप्त हुनेछ । सपनामा पहेंलो माला र पहेंलो वस्त्र, गहना, चन्दन लगाएकी नारीले अंकमाल गरेमा सबैबाट कल्याण हुनेछ ।  यदि सपनामा सेतो बस्तु जस्तै खरानी हाड लगायत सबै सेतो बस्तु कपासबाहेक देखेमा लाभदायक हुने ।  यदि सपनामा लुगा कपडा लगायकी नारी तथा विप्र (ब्राह्मण)हरू हाँस्दै घरमा पसेको देखेमा जे चिताए पनि प्राप्त हुन्छ । यदि सपनामा, देवता, ब्राह्मण देवकन्या, ब्राह्मणीहरूले जस्लाई जेफल दिन्छन् त्यसलाई गुणी सन्तान हुनेछ । कृष्णजीले नन्दबाबालाई सम्बोधन गर्दै भन्नुहुन्छ – यदि सपनामा ब्राह्मणले आशीर्वाद दिए त्यसको ठूलो सम्मान हुनेछर पद–पदमा सुखप्राप्त हुनेछ । सपनामा गाई पाएकोमा त्यसलाई भूमि र उत्तम पतिब्रता नारी प्राप्त हुने छ । सपनामा हात्तीका सूँढले उचालेर आफ्नो मस्तष्कमा बसाल्यो भने निश्चय राज्य प्राप्त हुनेछ । सपनामा प्रसन्न भएका ब्रह्मणले अङ्कमाल गरेमा तीर्थस्नान र धनागमन हुनेछ । सपनामा पुण्यात्म व्यक्तिलाई ब्राह्मणले पूmल दिएमा विजय प्राप्ति हुनेछ साथै धनी तथा तीर्थ स्नान गर्न पाउने छ । तीर्थमहल धन–रत्न सपनामा देखिएमा जयलाभ, धनवान र तीर्थाटन गर्न पाउने छ । जलपूर्णघडा दिएको सपना देखिएमा धन र उत्तमपुत्र प्राप्ति हुन्छ । उत्तम गहना राम्रा बस्त्र पहिरेकी नारी हातमा पाथी लिएर जस्को घरमा प्रवेश गर्दछे त्यस घरमा लक्ष्मी प्रवेश भएर सुखी हुनेछ । यसरी नै जस्को घरमा राम्री नारी आएर दिसा पिशाव गरेर जानेछ त्यसको धनसम्पत्ती अकास्मात बढ्यो भन्ने जान्नु । जुन घरमा  ब्राह्मण ब्राह्मणी आएको देखिन्छन् त्यसले सपनामै शिव– पार्वती वा लक्ष्मी – नारायण आएको जान्नु । त्यहाँ धनागमन होला । सपनामा ब्राह्मण –ब्राह्मणी मध्ये एउटाले धान या अञ्जलिभरी पूmल दिए भने त्यसलाई लक्ष्मी प्राप्त हुन्छिन् र सुख होला ।  यदि ब्राह्मणले सपनामा मोतीको हार , पूmलको माला, श्रीखण्ड,चन्दन दिएमा त्यो व्यक्ति धनी हुनेछ र सुख शान्ती प्राप्त हुनेछ । गोरोचन (पहेंला र सुगन्धी डाँठहुने तथा घोटेर चन्दन बनाइने एककिसिमको बुटी), पताका तथा हर्दी , उखु सपनामा पाउँछ भने चारैतर्फबाट सुख र धनको प्राप्ति हुनेछ । सपनामा ब्राह्मण या ब्राह्मणीले छाता ओढाइदिने या सेतो पूmलको माला शिरमा लगाइ दिए वा शरीरमा ओढाइदिए त्यो व्यक्ति राजा हुनेछ । सपनामा ेितो पूmलको माला लगाएर रथमा बसी दही वा पायस खाएमा त्यो व्यक्ति राजा बन्छ, शंका छैन । ब्राह्मण्म या ब्राह्मणीले  सफापात्रमा राखी दूध दही दिन्छन् त्यो व्यक्ति राजा हुनेछ भन्ने जान्नु, यदि यस्तो सपनादेखेमा प्रतापी होला धन, भूमि, छोराछोरी पाउला, पण्डित वा ठूलो धनाड्य होला अथवा राजा होला । सुन्दरी नारी जस्ले रङ्गीचङ्गी कपडा लगाएकी हुन्छे र कसैप्रति प्रसन्न हुन्छे त्यो व्यक्ति कवि वा पण्डित हुन्छ । त्यस्ती स्त्रीले पुस्तक दिन्छे त्यो  लोकमा  ठूलो पण्डित हुन्छ र कवि पनि हुन्छ । जुन व्यक्तिलाई राम्री स्त्रीले आफ्नो पुत्रलाई पढाए झै पढाउँछे भने ऊ सरस्वतीकै पुत्र ठहर्छ र त्यो जति ठूलो पण्डित कोही हुँदैन । यसरी नै कुनै विप्रले छोरोलाई झै पढाएमा ठूलो पण्डित हुने छ । सपनामा बाटोमा कुनै व्यक्तिबाट पुस्तक प्राप्त गरेमा त्यो ठूलो पण्डित होला र प्रख्याती कमाउला । सपनामा ब्राह्मण या ब्राह्मणी जस्ले भए नि कुनै देवताको मन्त्र सुनाएमा त्यो व्यक्ति ज्ञानी धनी गुणवान, बुद्धिमान र यशस्वी हुनेछ । सपनामा जसलाई मन्त्र दियो या शिला ढुङ्गाको प्रतिमा दियो भने त्यसले जपेको मन्त्र सिद्ध हुन्छ । जस्ले सपनामा विप्र वा ब्राह्मण समूहलाई नमस्कार गरी अशीर्वाद पाएमा त्यो ठूलो भूपति वा विख्यात पण्डित हुन सक्छ । यदि सपनामा स्वेत–पुष्प विछाएको भूमि ब्राह्मण प्रसन्न भएर जस्लाई दिन्छ त्यो व्यक्ति राजा हुन्छ । यदि सपनामा विज्ञब्राह्मणले अनेक थरिका स्वर्ग निर्माण गरी रथमा बसालेर देखाएमा चिरञ्जी भई प्रसिद्ध धनी होला । ब्राह्मण या ब्राह्मणीले विधिपूर्वक कन्यादान गरेर दिएमा त्यो व्यक्ति धनी वा कुनै देशको राजा पनि हुन सक्छ । सपनामा नदी, तलाउ, गङ्गा, समुद्र, नदी, सेतो सर्प, सेतो पर्वत देख्यो भने अकस्मात धन पाउने छ।  सपनामा आपूm मरेमो देख्दा आयु बढ्ने, निरोगीले रोगीलाई देखे दुखी हुने र सुखीलाई देख्यो भने स्वयम् सुखी हुनेछ । यदि सपनामा कुनै नारीले मेरो स्वामी बन भनेमा त्यो पुरुष अवस्य राजा बन्नेछ । सपनामा स्फटिकको माला लिएकी कन्याकुमारीलाई देख्यो वा इन्द्रेणीमा सेतो मेघ देख्यो भने त्यलिे प्रतिष्ठा पाउने र कीर्ति बढ्ने । सपनामा जसलाई ब्राह्मण आएर 'तँ मेरो दास भइस्' भने त्यसले नारायणको दास र उनको भक्ति पाउने र पछि त्यो वैष्णव पनि हुनेछ । सपनामा ब्राह्मण देखे नारायण वा महादेव भन्ने जान्नू, ब्राह्मणी देखे पार्वती वा लक्ष्मी भनी जान्नु, सेतोवस्त्र पहेरीकी नारी देखे गायत्रीवा गङ्गा अथवा सरस्वतीको दर्शन भएको बुझ्नु पर्दछ । सपनामा यदि गोपिनीको पोशाक पहिरेकी कन्या देखेमा राधीका भनी जानू, त्यस्तै बालक देखे बालगोपालको अनुमन गर्नू भन्ने कुरा सपनाका ज्ञाताहरूले बताएका छन् । यति कुरा भनीसकेर श्रीकृष्णले नन्दबाबालाई 'हेनन्दबाबा पुण्य बढाउने अनेक सपनाको सविषयमा मैले सुनाएँ ,अब तपार्र्इँलाई के सुन्ने क्ष्च्छा छ भन्नुहवस्, म सुनाउँछु ।' यसरी ब्रह्मवैवर्ते महापुराणको शुभस्वप्न दर्शन समप्त हुन्छ । यहाँ ६८,६९,७०, ७१,७२, ७३ श्लोक दोहोरिएका छन् ।  सारसंक्षेप भने पनि मैले साभारकै रूपमा यहाँ प्रस्तुत गरेको छु ।
अशुभ स्वप्न विचार– अशुभ स्वप्न विचार ५९ श्लोकमा प्रस्तुत गरिएका छन् । यिनको पनि भावसार (साभारसार) यसप्रकार छन् । यसमा पनि नन्दबाबा र श्रीकृष्णबीच अशुभ सपना सम्बन्धमा सवाल जवाफ हुन्छ । नन्दबाबाले शुभ सपनाको सबै फल सुनीसकेको र नजाति सपनाको बारेमा जानकारी  लिन चाहान्छु भनेपछि कृष्णजीले भन्नुहुन्छ – सपनामा हाँस्नु, विवाह भएको देख्नु नाचगान गर्नु जस्तो देख्छ आपूm वा अन्यलाई विपत्ति पर्नेछ । दाँत फुक्लेको वा हल्लेको देख्दा पीडा र धननाश हुन्छ । अङ्गमा तेल घसेर भैंसीमाथि चढेर दक्षिणतिर जान्छ त्यसको मृत्यु शीघ्र हुनेछ । यसमा शङ्का छैन । सपनामा चूर्ण, जपापुष्प, अशोक पुष्प, करवीर पुष्प, तिलको तेल नून इत्यादि देख्छ त्यसलाई विपत्ति आइलाग्छ । नाङ्गी स्त्री, काली नारी, नाक काटिएकी स्त्री सुद्रकी विधवा र खप्पर देखेमा शोक पर्ने ।  सपनामा रिसाएको विप्र देख्छ त्यसको घरबाट लक्ष्मी निस्कन्छिन् र अनेक थरीका विपत्तिहरू आइपर्छन् । रातो गुराँसको पूmल पूmलेको, पलाँश, कपास सेतो वस्त्र सपनामा देख्दा दुखपाइने । कालो पोशाक लाएकी र हाँसेकी वा गाना गाएकी नारी अथवा काली स्त्री, विधवा सपनामा देखापरी भने  त्यो मानिस ६ महिनाभित्र मर्ने छ । सपनामा देवताले नाच–गान हाँसी–ठट्टा गर्दै उफ्रेको वा दकुरेको देखेमा त्यसको देश तत्काल शत्रुले जितेर लिनेछन् । यदि निद्राले लठ्ठ परेको वेला दिसा–पिसाव, उल्टी, वीर्य, चाँदी, सून देखो भने त्यो मानिस दश महिना बाँच्दछ भन्ने जान्नु । कालो वस्त्र पहिरेकी, कालै माला चन्दन लगाएकी स्त्रीलाई अङ्कमाल ग¥यो भने त्यसको मृत्यु शीघ्र हुनेछ । यदि सपनामा मृगको बच्चा मरेको वा मनुष्यको खप्पर र हाडको माला पायो भने  त्यसलई ठूलो विपत्ति पर्ने छ । सपनामा दूध, दही, मखन, शक्खरले मर्दन गरेको देखियो भने ठूलो पीडा हुने । सपनामा उट र गधा जोतिएको रथमा नो एक्लै बस्दछ अथवा त्यस्मै बसेर निद्रा खुल्यो भने त्यो भयङ्कर दुर्घटना भएर मर्नेछ । सपनामा रातो पोसाक, रातो चन्दन, लगायकी नारीलाई अङकमाल हाल्यो भने त्यसलाई भयङ्कर रोग लाग्ला । आफ्नै रौं नङ, भूमिमा खसेको देख्छ अंङ्गार देख्छ खरानीले भरिएको चिता देख्छ  त्यो व्यक्ति छिटै नै मृत्युमा प्राप्त होला । श्मशानका काठ, तृर्ण, फलाम झारपात वा कालो मसी सपनामा देख्यो भने निकै कष्ट पाउने छ । सपनामा खराउ, फलक भयानक रक्तपुष्पको तथा माला, मास–मुगी, देख्यो भने त्यसलाई कतै घाउ–चोट लाग्ला । यदि सपनाकमा गिद्ध, काग, भालू, बाँदर, विष, पीप देहको मयल देखेमा सबै रोग डाक्ने कारणा जान्नु । सपनामा फुटेको पात्र, घाउ चोट लागेको शूद्र, रातो बस्त्र लगाएको रोगी ,सन्यासी, बँदेल, भैंसी, गदहा देखेमा निकै कष्ट पाउला । सपनामा घोर अन्धकार तथा डरलाग्दो मुर्दा उठेर आएको वा सपनामा लिङ्ग योनी देख्यो भने अवस्य रोगाउला । यदि सपनामा नराम्रो भेषधारी म्लेच्छ देखियो वा डरलाग्दो यमराजको दूत देखियो भने, हातमा पाश (पाशो) लिएको वा शस्त्राश्त्र देखियो भने त्यो मानिस ६ महिनाभित्र मर्नेछ ।  रिसाएको ब्राह्मण, तिनको कुमार वा कन्याले आफ्ना सन्तान घरबाट निकाले भने थरी थरीका दुःख भोग्ला । कालो पूmलको माला वा केवल कालो पूmल रातमा डोरी र शस्त्र लिएको मुसलमान देखियो भने त्यो मानिस छिटै मर्नेछ । सपनामा यदि बाजा बजाएको नाच–गान गरेको, रातो पोशाक लगाएको र मृदङ्ग बजाएको देख्यो भने कष्ट पाउने छ ।  सपनामा प्राण क्षाडिसकेको देखेमा मृत्यु हुने, मत्स्यादि धारणा गरेको देखेमा भाइ छोराको मृत्यु हुने । सपनामा छिन्न भएको, कबन्ध तथा विकृत आकारको अगाडी आएर वेगले नाच्न लाग्यो भने त्यो व्यक्ति तीन महिना भित्र नै मर्ने छ । यदि सपनामा जीवित या मरेको कुनै डरलाग्दो मुसलमानले अङ्कमाल ग¥यो भने त्यस व्याक्तिको एकसालभित्रै दुर्घटनामा मृत्यु हुने छ । दाँत फुक्लिएको, रौं झरेको देखेमा धनहानी हुने र शरीरमा अनेक कष्ट हुने । यदि दाह्रा भएको बँदेल, सीङ हुने जानवर या राँगो आदिले बालकहरुलाई डराएर उपद्रव गर्छ भने त्यसलाई राजाको निकै डरहुन्छ । भुस , छुरा, रक्त, अंगार, खरानी आदि वृष्टि भएको सपना देखिन्छ भने कष्ट भोग्नु पर्छ ।, सपनामा घर, रथ, पर्वत, वृक्ष, घोडा हात्ती आकाशबाट भूमिमा खसेको देखिन्छ भन अनेक थरीको आपत्ति आइलाग्छ ।  कसैको शिरको छाता कुनै बलवान्ले खोसेर लग्यो भने त्यसको पिताको वा गुरुको नाश हुन्छ । सपनामा बाच्छोसहितको गाई कराएर घरबाट भागेको देख्यो भने  घरकी लक्ष्मी र भूमि पनि हातबाट खस्ने छ । यमदूत तथा मुसलमानहरूले जस्लाई पास या डोरीले बाँधेर तान्दै लग्यो भने त्यसको चाँडै मृत्यु हुन्छ । ब्रामण –ब्रामणी रिसायर श्राप दिएमा त्यो विपत्तिमा पर्छ ।  शत्रु, कुकुर, काग, भालु ,वेगसित आइ टोक्छ  त्यसको मृत्यु शीघ्र हुन्छ । भालु भैंसी, ऊँट, सुँगुर। गदाहा यी रिसायर पछि लखेट्छन् ,त्यो व्यक्ति, अवस्य रोगाउँछ । अशुभ सपना देखेमा रक्तचन्दन घ्यूमा मुछेर गायत्रीले हजार आहुती दियो भने शान्ति हुन्छ । मधुसूदनको नाम एकहजार भक्ति पूर्वक जप गरेमा अशुभ  सपनाले पनि सुख दिने हुन्छ ।  अच्युत, केशव, विष्णु, हरि, सत्य, हंस र नारायण यी आठनाम कल्याणा कारका छन् । जसले पूर्व फर्केर आफ्नो नित्यकर्म समाप्त गरी यी माथिका नाम १०८ पटक जप गर्दछ भने ती पाप रहित भएर दुस्वप्न नष्ट पारी शुभ फल पाउँछन् । यी दशनाम पूर्वतिर फर्की पवित्र भएर श्रद्धायुक्त मनले जप गर्दछ भने ती व्यक्ति पापमुक्त भएर घटिया सपना बाट पनि शुभ फल पाउन सक्ने छन् । यी कल्याण कारक १० नाम १०८ पटक दिनहुँ जपेमा त्यसका देहबाट रोग पलायन हुनेछन् । १० नाम एकलाख जपगर्दा बन्धनबाट मुक्त, बाँझी नारीले दशलाख नाम जपे, सन्तानयुक्त हुने, पवित्र भएर हविष्य(पवित्र) भोजन गरी दशलाख जप्न सके मानिस सुखी र धनवान हुनेछ ।  यी दशनाम एककरोड पटक जपे जीवन–मुक्त हुने इच्छित सबै सिद्धि पाई देह त्यागेर नारायण लोकमा बस्न पाउने छ ।  शिव, दुर्गा, गणपति, स्वामी कार्तिकेय, धर्म गङ्गा, राधा, दक्ष्मी, तुलसी र सरस्वती, दशनामलाई जलमा स्नान गरी जसले जप गर्दछ त्यसले मनमा चिताएको फल पाउँछ र घटिया सपना पनि सुखद बन्न सक्दछन् ।ॐह्रींक्रीं पूर्वदुर्गति नाशिन्यै महामायायै स्वाहा यो सत्र अक्षरको मन्त्र संसारको कल्पवृक्ष समान छ । पवित्र भएर दश पल्टमन्त्र जपे पनि घटियाँ सपनाले घटिया सपनाले उत्तम फल दिने हुन्छ । त्यसै गरी सयलाख  जपग¥यो भने साधकको मन्त्र सिद्ध हुन्छ ।त्यस सिद्धमन्त्रले इच्छित सबै सिद्धि प्रदान गर्दछ । ॐनमो मृत्युञ्जयाय स्पाहा  यो दश अक्षरको मन्त्र एकलाख जपगरे आपूm सपनामा मरेको देखे पनि त्यो व्यक्ति पूर्ण आयुसम्म जीवित रहने छ ।  
जाति नजाति सपना सुनाउने विधि – उत्तम सपना देखेपछि जागा रहने ,स्नान गरी पवित्र हुने, पूर्व या उत्तरतिर फर्केर पण्डितलाई सुनाउने । काश्पगोत्र हुने, नीचकर्म गर्ने, या नीच जातिको व्यक्ति, देवता ब्राह्मण धर्मशास्त्रको निन्दा गर्ने या द्रोहगर्ने व्क्तिलाई सुनाउन नह्ुने । भनेजस्ता विद्वान प्राप्त नभएमा ज्योतिषी, ब्राह्मण, पितृसंस्थान, शिवालयमा गएर देवता अथवा आफ्ना मान्ने मानिस या हितैसी मित्रलाई सुनाउनु । भगवान श्रीकृष्णले नन्दबाबालाई सकलपाप नाश गर्ने, धन जल र आयुष्य बढाउने सबै संक्षेपमा विन्ति गरिसकेको र अब हजुरको के सुन्ने इच्छा छ भन्नुहवस्, म विस्तारले सुनाउने छु । यसरी ब्रह्मवैवैते दुःस्वप्नदर्शनंन नाम भाषा समाप्त भएको छ ।
 यस स्वप्न बिचारले मानिसमा उब्जाउने  जिज्ञाशा, कौतुहल्तालाई प्रष्ट पार्दछ  ।
कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल सम्बन्धमा–
 यस कृतिमा कवि शिखरनाथ सुवेदीद्वारा लिखित स्वप्नफल पनि समावेश गरिएको छ । ४ हरफका ४४ ओटा श्लोकहरू छन् ती श्लोकले पनि ठूलो स्वप्नाध्ययले दर्शाएका फल नै मिल्दाजुल्दा देखिन्छन् केही उदाहरण यसप्रकार लिन सकिन्छ –
स्वप्नाध्याय जति देखियो  उती सबै,् पैला प्रहरमा भए
सालभर्मा फल मिल्छ  आठ महिना , दोस्रो परहरमा भए ।
तेस्रो तीन महिना छ एक महिना, चौथो प्रहरमा भए  
रातको चार घडि बाँकिमा छ दश दिन् त्यै बख्त वीहान भए ।
श्लोक २
ठूलो स्वप्नाध्ययको श्लोक ५र ६को भावशारसँग तुलना गरेर हेरौं –  
यसमा उल्लेख गरिएको स्वप्नमा रात्रीको पहिलो प्रहरमा देखिएको स्वप्नाको फल एकवर्षमा पाइन्छ । दोस्रो प्रहरको सपनाको फल आठ महिनामा प्राप्त हुने, तेस्रो प्रहरको फल ३ महिना र चौथो प्रह्रमा देखिएको फल १५ दिनभित्रमा मिल्छ । अरुणोदयमा स्वप्न देखेको फल एकै दिनमा प्राप्त हुन । यी दुबै स्वप्न विचारमा मिल्दा जुल्दा पाइन्छन् । दुबैको अध्यन गर्दा शुभ र अशुभ सपनाको बारेमा राम्रो ज्ञान हु्न्छ । अशुभ सपना देखेपनि शुभ फल पाउन सकिने (शान्ति गर्नु भगवानको नाम जप्नु जस्ता) उपाय यहाँ दर्शाइएका छन् ।
केही अशुभ सपनाहरू– यहाँ केही स्वप्न र तिनको फलप्राप्ति दर्शाइएको छ – जस्तै कपास देखे हानी हुने, पुलिस देखे विपत्ति पर्ने, तेल देखे रोग लाग्ने,आदि
अन्य केही अशुभ सपनाहरू–  यहाँ कुन सपना देख्दा कुन रोगबाट मृत्यु हुन्छ भन्ने विवरण पनि दिइएको छ जस्तै मानिस स्वप्नमा कुकुर गधा या उँट चढेर दक्षिणशिातिर गयो भने टी.वी.रोगले मर्छ । सपनामा नाङ्गो भएर शरीरभरी घिउ वा तेल लगाएर अथवा नबलेको आगोमा हवन गरेको देख्नु वा छातीमा कमल उम्रेको देखेको खण्डमा कुष्ठ भएर मर्छ  आदि ।
कुन सपना देख्दा कस्तो फल मिल्छ – यो विश्वास गरिन्छ कि सपनाले भविष्यमा हुने घटनाक्रमलाई अग्रिम संकेत गर्दछ । सपनाका बारेमा हाम्रा धर्मा ग्रन्थले दिएको मार्गदर्शनलाई अनुकरण गरेको खण्डमा  सपनाफललाई सफलरूपमा कार्यन्वयन गर्न सकेमा निश्चय पनि सुन्दर जीवन बिताउन सकिन्छ । हाम्रा पुराणहरू जस्तै अग्निपुराण, वाल्मीकि रामायण आदिमा सपनाको बारेमा थुप्रै जानकारी दिइएको पाइन्छ । यस शीर्षकमा ओमप्रकाश अधिकारी 'वेफुर्सदी' ले सपना र तिनको फल भनी २७५ ओटा विवरण दिनु भएको छ । हेरौं केही उदाहरणहरू–आँखामा गाजल लगाएको सपना देखे शारीरिक कष्ट भोगिने । गोवर देखे पशुपालनमा लाभ, मासु देख्नु आकस्मिक धन लाभ हुनु, ,पर्खाल देखे सम्मान बढ्नु ,अलि अलि वादल लागेको देखेमा रोगबाट मुक्ति पाइनु ,सपनामा योगी , महात्मा वा सिद्ध पुरुष देखियो भने चिताएको वस्तु प्राप्त हुनेछ ।  
सपनाका केही शुभ–अशुभ फल – यस शीर्षकमा तीस ओटा शब्दको सपनाफल दिएको छ ।  कहिले काँही सपनामा आगो देख्छम् केरा देख्छम् । तिनको सपनापल कस्तो हुन्छ भन्ने सपनाफल यसरी प्रष्ट पारिएको छ । सपनामा केरा खाएको देखे सन्तान प्राप्ति हुने , सपनामा राम्रो गहना र कपडा लगाएकी हातमा पाथी लिएर घरभित्र प्रवेश गरेको देखेमा लक्ष्मी प्राप्त हुने, सपनामा बाजा बजाएर नाच गान गरे ठूलो कष्ट पाउने आदि सपना फल यहाँ  दर्शाइएको छ ।
सपनाको फल बिचार –यस शीर्षकमा पनि तिनै विचारहरूआएका छन् जुन बिचार ठूलो स्वप्नाध्यायमा उल्लेखित छन् तापनि थप प्रष्ट पार्ने प्रयास गरिएको छ । जस्तै दिनमा देखिएको सपना महत्व हीन हुन्छ । उत्तम सपना देख्दा ननिदाउने तर नराम्रो सपना देख्दा निदाउनु राम्रो हुने । सबैले देखेका सपना फलदायी हुन्छन् भन्ने छैन । जस्तै बृद्ध, बिमारी, होश हराएको, डराएको, दिसा पिसाबले च्यापेको, केश फिँजाएर वा निर्वस्त्र भई निदाएको वेलाको सपना निस्फल हुन्छ भन्ने धारणाहरू आएका छन् ।
सपनाले स्वास्थलाई प्रभावित पार्छ –यस विषयमा यस शीर्षकमा लेखिएका कुरामा जानु भन्दा पहिला मेरो अनुभवमा यदि लामो सपना देखेमा, सपनामा कुस्ताकुस्ती परेमा या सपनामा लामो यात्रा गरेमा, सपनामा राती कुनै रतिकृडा  गरेमा अथवा सपना देख्दै उठ्दै सुत्दै गर्दाको विहान उठ्दा आलस्य महसूस हुन्छ । अब यस लेखमा लेखिएको  विवरणलाई सारतिर लागौं ।  सन् १८६१मा ए मोरे नामक व्यक्तिले सपनाको रहस्यलाई वैज्ञानिक ढंगबाट विश्लेषण गरेको धारणा, २० सौं शताव्दीमा  सिग्मण्ड फ्रायाडले एनालिसिस अफ ड्रिम्स पुस्तक लेखेर भनेका थिए – '' मानिस सपनाको माध्यमबाट मुख्यरूपले आफ्नै अतृप्त यौन कामना पुरा गर्दछन् ।" यसलाई अल्फ्रेड एल्डरले अतृप्त यौन कामना मात्र पुरा गर्दैन  यसले धन, शक्ति, सत्ता, र लोक प्रियता प्राप्त गर्नुसँग पनि सम्बन्ध राख्छ भन्ने धारणा, कार्लयुगले समाज शिक्षा, प्रतृकता, देश, काल रपरिस्थितिसँग पनि सपनाको सम्बन्ध राख्ने र नक्षत्र, ग्रह आदिले पनि प्रभाव पर्ने धारणा आएका छन् । १९५३ मा मनोवैज्ञानिक हाललेको भनाइ अनुसार ''सोही जव हामी केही सोच्दछौं तब त्यसको निष्कर्षको रूपमा एक विचार उत्पन्न हुन्छ । जागृत अवस्थामा यो विचार हाम्रो दिमागमा शब्द समूहको रूपमा घुम्ने गर्दछन् भने सुतेको वेला सोही विचार शब्दको बदला दृश्यको रूपमा देख्ने गर्दछौं ।" कोई जे एलेनले लेखेको किताप द क्यामेष्ट्री अफ कन्सस स्ट्रृट्समा मानिसको निद्रा र जागृत अवस्थामा तन्त्रिका (नशा)ले नार एपिनेफ्रिन रसायनको उत्पादन गर्दछन् । जब हाम्रो मस्तिष्कमा यस रसायनको प्रभाव आएको वेला हामी जागृत हुन्र्छौ ।सपना देख्दा न्युरोट्राँन्समिटर एसिटिलकोलिन स्तर बढ्ने र सपना देख्ने कुराहरू,यहाँ उल्लेख गरिएका छन् र साथै हब्सनले सपनाबाट तीन किसिमका फायदा हुने कुरा बताएकोमा जागृत अवस्थामा भएको अनुभवलाई स्मृति कोषमा अंकित गर्न मद्दत गर्ने, यसैको माध्यमबाट वितेको अनुभवलाई विश्लेषण गर्न सहयोग पुग्ने, सपनाको माध्यमबाट हाम्रो मस्तिष्कको लागि आवस्यक तत्वबाट समृद्ध हुन सकिन्छ जस्ता धारणा आएका छन् । (यो लेख ओमप्रकाशजीले युवामञ्च शारदा पाण्डेबाट साभार लिनु भएको र त्यसको सारभाव मैले यहाँ प्रस्तुत गरेको हो)
सपनासम्बन्धी केही धारणा –यो लेख ओमप्रकाश अधिकारीले अन्नपूर्ण, अंकुर, शनीबार २ साउन, २०७२ बाट साभार गर्नु भएको छ । यसमा ११ ओटा धारणाहरू समाबेश गर्नु भएको छ । यसमा लेखिएका धारणाहरू मध्ये केही धारणा यस प्रकार छन् –जन्मजात आँखा नदेख्नेहरूले पनि सपना देख्छन् ।  प्रत्येक मानिसले सपना देख्छन् । जनावरले पनि सपना देख्छन्  आदि ।
सपना ः केही सत्य प्रसङ्ग – यो लेख ओमप्रकाशजीले गोरखापत्र ,सुवर्ण विक्रम थापाको लेखबाट लिनु भएको हो । । यसको भावसारमा सपना अनादि समय देखिनै देखिदै आएको,आजको समाजमा 'जो मानव सपना देख्दैन ऊ जीवित छैन भन्ने कथन प्रचलित छ ।' मानिसले निद्रा र जागावस्थामा सपना देख्ने, जागावस्थामा देपिखने सपना दार्शनिक र कविसँग सम्बन्धित हुने जस्लाई कल्पनाको संज्ञा दिइन्छ ।  निद्रा अवस्थाको निदाएको अवस्थामा देखिने सपना थकावटबाट देखिने मानिन्छ । यी दुबै सपना भिन्न प्रकारका हुने, सपनाले मानिसको मस्तिष्को विभिन्न भारबाट मुक्त गर्ने, सपना देख्ने शक्तिक्षिण भए मानसिक रोगले पिडित हुने । सपनाको बारेमा फ्रायडको धारणा,कहिलेकाँही विलक्षण सपना देखिने, सपना अनुरूपको सपना पनि देखिने जस्तै जोनआफकेनेडीले देखेको सपना अनुरूप नै उनको हत्या भयो । यसरी नै रोमका सम्राटकी श्रीमतीले सिजरको हत्या उनका विरोधीले गरेको सपना देखिन र श्रीमानलाई दरबार नजान रोकिन तर सिजर गए र सपना अनुसार नै हत्या भयो । यस प्रकारका घटना यहाँ अरु पनि बताइएका छन् । सपना जस्ताको तस्तै फलदायी हुन्छन् भन्ने कुरामा म पनि विश्वास गर्दछु जव म स्यानो थिए । मलाई हिसाव निकै मन पर्दथ्यो । परीक्षाको समयमा अघिल्लो राती विहानी हुन हुन लाग्दा शिक्षकले यो हिसाब तैले हेरेको छैनस् हेर यसरी हल गर्ने भनेर पुरा हल गराएर छाड्थे र परीक्षामा जाँदा त्यही हिसाव आएको हुन्थ्यो तर पछि यस्तो सपना कहिलै देखिन ।
सपनाद्वारा आपूmलाई  लाभदायी बनाउन सकिन्छ – यो लेख युवामञ्च, २०५६, कार्तिक, वेदनाथ पन्थीकोबाट साभार गरिएको र यसबाट केही कुरा प्रस्तुत गरिएको छ । यस लेखमा सोचेका कुरामात्र सपनामा देखिन्छन् भन्ने हैन नसोचेक कुरा पनि सपनामा देखिन्छन् । वैज्ञानिकहरूको भनाई अनुसार हामी सबैमा सपनालाई आफ्नो बसमा राख्न सकिने क्षमता भएकोले बसमा पार्न सकिएमा समस्याको मूलजरो स्वयम् पत्ता लगाई कयौं रोगहरूबाट बच्न सकिने,ल्युसिडड्रिम देख्नु भनेको आफ्नो चाहना बमोजिम सपना देख्नु । यस्तो सपना देख्न सपनाको विविधतामा नरहेर आफ्नो चेतनाको स्तरमा रहनु हो । सपना देख्ने वित्तिकै हराउनेलाई अभ्यास द्वारा नियन्त्रण गर्न सकिन्छ र कस्तो सपना देख्ने भन्ने कुरा सार्थक तुल्याउन सकिने, मानसिक तनाउ र फोविया लगायतलाई मनो वैज्ञानिक उपचार गर्न सकिने जस्ता धारणाहरूलाई केलाउँदै ओमप्रकाशजीले कस्तो समय र निद्रामा कस्तो सपना (रेम र नन्रेम सपना), सपनाका फाइदा (लुसिडसपनाबाट फाइदामात्र हुने), सपना कसरी आउला सपना त सबैले देख्छन् तर सपना देखेको थाहा नहुन सक्छ तर थाहा पाउने बानी बसाल्नु पर्छ । सपनाको लागि आराम अति आवश्यक हुन्छ आदि धारणा समेटिएका छन् ।
केही उपयोगी विचारहरू– यश शीर्षकमा ११ उपशीर्षक समेटिएका छन् । यी ११ उपशीर्षक यस प्रकार छन् –
पैसाबाट के मिल्छ के मिल्दैन भन्ने ११ ओटा धारणा यहाँ दर्शाइएको छ । जस्तै भौतिक सुख मिल्छ  शान्ति मिल्दैन, भोजन मिल्छ भोक मिल्दैन ,मूर्ति मिल्छ भगवान मिल्दैन आदि । मेरो बिचारमा पैसा साधन हो तर साध्य हैन । पैसाबाट सबै प्राप्त गर्छु कसैले भन्छ भने त्यो सम्भव छैन ।
के गर्नुस् ?–ओमप्रकाशजीले सुख, शान्ति,मुक्ति आदि प्राप्त गर्नको लागि ७ ओटा यथार्थता पस्कनु भएको छ जस्तै विस्तारै वोल्नुहोस  शान्ति मिल्ने छ, आदि ।
गर्न नहुने– के गर्न हुँदैन भन्ने सुझावमा १५ ओटा धारणा राख्नु भएको छ ।जस्तै लिन नहुने चिन्ता,गर्न नहुने अपराध, टार्न नहुने मौका मार्न नहुने आशा आदि ।
कसको आँखामा के– यस सम्बन्धमा ओमप्रकाशजीले १३ ओटा धारणा राख्नु भएकोछ– जस्तै पुलिसको आँखामा अपराधी, शत्रुको आँखामा प्रतिसोध, आमाको आँखामा माया कसलाई के नदिनु – १५ ओटा धारणा यहाँ पढ्न पाइन्छ जस्तै अपरिचितलाई साथ नदिनु, मूर्खलाई उपदेश नदिनु, गरिबलाई बचन नदिनु काँतरलाई क्षमा नदिनु, आदि ।
के नभएको राम्रो – यसमा ओमप्रकाशजीले सातओटा धारणा राख्नु भएको छ – जस्तै नलागेको राम्रो रोग, नखाएको राम्रो नशा, नउठेको राम्रो रिस आदि
जीवन के हो ?– ओमप्रकाशजीले जीवन के हो भन्नेमा १५ ओटा धारणा राख्नु भएको छ । जस्तै जीवन चुनौती हो मुकाविला गर, जीवन यात्रा हो पूर्ण गर, जीवन प्रेम हो उपभोग गर, जीवन स्वप्न हो प्राप्त गर, जीवन संघर्ष हो स्वीकार गर, जीवन सौन्दर्य हो पूजा गर, जीवन नरक हो निन्दा गर आदि
कसको के उत्कृष्ट?– यसमा १५ धा।णा आएका छन् रामको जस्तो चरित्र, शीवजीको जस्तो नेतृत्व, दधिचिको जस्तो त्याग, धु्रवको जस्तो दृढता, प्रल्हादको जस्तो भक्ति ।
ख्याल राख्नुपर्ने कुराहरू–यसमा १९ओटा धारणा खाएका छन् जस्तै नभुल्नु ऋण,राष्ट्र र मित्रलाई, फर्कदैन गोली,बोली र प्राण, गर्न नभुल्नु उपकार,उद्देश्य र उदारता आदि बैगुनी मान्छै – केही मानिसको प्रबृत्ति यस्तो हुन्छ ,गुन गर्दा पनि गुन देख्दैन । ओमप्रकाशजीले १४ ओटा धारणा राख्नु भएको छ । जस्तै आश्रय दियो टाउकोमा टेक्छ । क्षमा दियो काँतर सम्झन्छ,  प्रेम ग¥यो घात गर्छ, उपकार ग¥यो वास्ता गर्दैन, जानेको छ बताउँदैन, सल्लाह दियो अपमान सम्झन्छ , आदि ।
आमा – आमा शब्द नै महान हो । आमामा यस्ता अमिट भावना हुन्छन् जो पैसाले किन्न सकिदैन, आमामा सन्तानको लागि सर्वस्व त्याग्न सक्ने क्षमता हुन्छ ।यसम्बन्धमा ओमप्रकाशजीले १५ ओटा धारणा राख्नु भएको छ जस्तै संसारमा पैसाले किन्न नपाउने बस्तु के हो ? आमा  यसरी नै सर्वश्रेष्ठ तीर्थ  आमा हुन् ।  गुरू भन्दा श्रेष्ठ को हो भनियो भने पनि आमाकै नाम आउँछ, सहनशीलताकी प्रतिमूर्ति को हो भने आमाकै नाम आएँछ  आदि ।
 यस कृतिको सम्पूर्ण सारभाव मैले माथि नै लेखिसकेको छु । यिनै कुरालाई दोहो¥याइ राख्न आवश्यक देखिदैन । यो कृतिमा सपनाको संदेश दिन निकै प्रयास भएको छ । टीकाकार÷सङ्कलन ÷ सम्पादक ÷सह लेखन र लेखक ओमप्रकाशको यो प्रयास अति प्रशंसनीय छ र उहाँको भावी जीवन प्रकाशमय रहोस् भन्दै विदा चाहान्छु ।  

Reference

Dreams: Why They Happen & What They Mean

अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०

म्चभबmकस् ध्जथ त्जभथ ज्बउउभल ७ ध्जबत त्जभथ ःभबल
अर्थसरोकार पत्रिकामा  २९ आश्विन २०७३
अभागीको प्रेमविहारको षष्ठामृत । २०७०

मनको बाँसुरी एक झलक

 कृति/समीक्षा  सदानन्द अभागी  December 22, 2024, 4:29 am  

सदानन्द अभागीसदानन्द अभागी

परिचय:
यो कवितासङ्ग्रकी कवयित्री हुन् शोभा खनाल कोइराला । उनी सत्यनारायण खनाल र गौरी खनालकी द्वितीय सन्तती हुन् । उनी गैडाकोट–१४ नवलपरासीमा जन्मिन, स्नात्कोतरसम्म अध्ययन गरिन, ३० वर्षसम्म शिक्षण पेशा अपनाइन् र हाल साहित्य र समाजसेवामा लागिरहेकी छन् । उनका हालसम्मका प्रकाशित कृतिहरू ,संयुक्त गजलसङ्ग्रह (संयुक्त२०७७, चैत), संयुक्त कविता सङ्ग्रह २०७८), मनको बाँसुरी (कवितासङ्ग्रह , २०८१) को साथै विद्यालय, विभिन्न स्थानीय संघस्ंस्था, पत्रपत्रिकाहरूमा फुटकर कविता, र गजल, प्रकाशित भएका छन् । उनको साहित्य संस्थामा आवद्धता यसप्रकार देखिन्छन् । आजीवन सदस्य – त्रिवेण साहित्य प्रतिष्ठान, नवलपरासी (बसपू) र नारी साहित्य प्रतिष्ठान ( नवलपरासी –बसपू) ।प्रज्ञा सभा सदस्य, गैडाकोट, गैडाकोट नगरप्रज्ञा प्रतिष्ठान नवलपरासी), केन्द्रीय सदस्य, साहित्यिक चौतारी,नेपाल) र शाखा संयोजक साहित्यिक चौतारी नेपाल गण्डकी प्रदेश, सञ्चालक सदस्य सारथि साहित्य परिवार, काठमाडौ, सञ्चालक सदस्य, मनको आँकुरा साहित्य समूह काठमाडौ र उपाध्यक्ष उषाकालीन साहित्य समाज ,नवलपरासी (बसपू)
कृतिको संरचना –यस कृतिको प्रकाशन त्रिवेण साहित्य प्रतिष्ठान,नवलपरासी (बसपू)ले गरेको छ । मूल्य २५५÷– राखिएको छ । यस कृतिलाई पितामह कवि रामनाथ खनाल, मातामही देवकादेवी खनालमा एक श्लोकबाट समर्पण यसरी गरिएको छ –
शोभामा छ अभाव पावन कला खट्केर आत्मा पनि
अज्ञानी छु भनी परें शरणमा आमा र वावा भनी ।
कस्तो भो कविता समर्पण गरे बुन्दै गएँ अक्षर
आशीर्वाद दिनुहोस् झुके चरणमा मेरा दुवै ईश्वर ।।
(समर्पण पृष्ठ ग)
यस कवितासङ्ग्रहले इन्द्रराज पौडेलको प्रकाशकीय, प्रा. डा. नारायणप्रसाद खनालको 'मनको बाँसुरी ' बजाउँदाको आनन्द शीर्षकमा भूमिका र गोविन्दराज विनोदीको शुभेच्छाका शब्दपुष्पहरू, पूर्व माननीय सांसद सत्य नारायण खनालको आशीर्वचन र शोभा खनाल कोइरालाका आफ्ना मनको कुरा, पाएकोछ । आवरण पृष्ठ बाहेक कदेखि ल सम्म विविध विष र ६४ कविताहरू ७० पृष्ठमा प्रस्तुत गरिएका छन् । कृति अग्र आवरण कलम सहितको सुन्दर चित्र निलो पृष्ठ भूमिमा सजिएको छ भने पछिल्लो आवरणमा शोभा खनाल कोइरालाको तस्विर सहित व्यक्तिगत विवरण दिइएको छ ।

कविता भित्र प्राकृतिक सुन्दता:
माथि नै भनीसकिएको छ कि शोभाका ६४ कविताहरू यसमा समावेस गर्एिका छन् । यी कविता विविधताले सजिएका छन् । शोभा वर्तमान परिवेशलाई केलायकी छन् । प्राकृतिक सुन्दरतालाई समाएकी छन् । हेरौं प्राकृतिक सुन्दताको एक झलक –
चरी प्यास मेटे फिजाएर पंख
रमाएर मौरी बनेझैं छ चङ्ख ।
गुनी केशरी गुनगुनाइन् कुनामा
अझै भुन्भुनाइन् भँगेरी मुनामा ।।
(पृष्ठ १,श्लोक ३, वर्तमान परिवेश)
आजको परिवेशमा मानवले आफ्नाप्रतिको श्रद्धाभाव हराएको छ । आफ्नै जन्मदातालाई चिन्दैन, जिउँदो छँदा माड दिंदैन,मरेपछि पिण्डबटार छ देवता समान मातापितालाई बृद्धाश्रम पठाउँछ संस्कार मान्दैन आदि आदि । कति राम्रो छ कवयित्रीको भावना ।

मातृभूमि –सबैले ग्रहण गर्दै आएको धारणा आमा, जन्मभूमि स्वर्ग भन्दा पनि प्यारी हुन्छिन् ।शोभाले पनि आमा र मातृभूमिप्रति अगाध श्रद्धाभाव पस्केकी छन् । सुन्दर शान्त, सौम्य, स्वर्ग समान, देवी देवता रमाउने यस पूण्य भूमिमा आमाले जन्माएका सपूतप्रति शोभा यसरी प्रस्तुत भएकी छन् –
जन्मे शान्ति बुनेर बुद्ध भृकुटी श्रद्वेय सीता सती
छर्दै ज्ञान चिरे तमाधिक सधैँ ंव्यापी बनी विश्व ती ।
चारैतर्पm हिमाल उर्वरक अहा ! पीयूष झन ओखती
सारन जीव लिएर सिर्सिर चले टापू चिसो वायु ती ।।
(पृष्ठ ४ श्लोक ३, मातृभूमि)

यस कवितासङ्ग्रहमा देश भक्तिका धारणा, देशद्रोहीसित राजनीति, अपराध, कुकर्मले देश विगार्ने, छोरी भएर बस्न चाहने, बलबालिकालाई नेपालको मूल हुन पर्ने छ भन्ने आग्रह, मुलुक भरमा शान्ति प्याला निभेको,भ्रान्ति ज्वाला फिँजेको, हिजोका साहासी देशप्रेमी र वीर राष्ट्र प्रेमीका गाथा पढिन्थ्यो आदि राष्ट्रियताले भरिएका धारणा सहित सबैमा यस्तो आग्रह गरिएको छ –
सुम्पी योद्धा रगत पसिना राष्ट्रका निम्ति त्याग
बिर्सी नेता सहिद सपना पूर्ण के बन्छ आज ।
तिम्रै आशा छ जति जननी जन्म देऊ सपूत
शान्तिप्रेमी सब जन बनुन् जन्मियुन् फेरि बुद्ध ।।
(पृष्ठ ५५ , श्लोक ५, सपूत)

विदेशीएका युवालाई फर्कने आह्वान:
आज देशको मुख्य समस्या भनेको युवा युवतीहरूको स्वदेश नफर्कने गरी विदेश पलायन हो । यसमा कवयित्रीले फर्केर आउ र आफ्नै पसिना आफ्नै देशमा लगाउ, तिमीलाई आमा कुरेर बसेकी छन् भन्ने आग्रह समय सान्दर्भिक छ । उनी भन्दछिन् –
गुन्जेर मीठो धुन बाँसुरीको
पुन्जेर थुप्रो वन माधुरी यो ।
आई तराई पहरा रसाऊ
मुस्कान ल्याई जननी हँसाऊ ।।
(पृष्ठ ६२ श्लोक ५,फर्की आऊ)

सहिदको सपना–सहिदको वलिदानबाटै हामीले चाहेको व्यवस्था ल्यायौ, राज्यसत्ता चलायौं, सहिदले चाहेको सुन्दर, समृद्ध देश सुखी नेपालीको सट्टा उपहास निम्त्यायौं । सहिदको वलिदान बिना संसारका कुनै पनि देश स्वतन्त्र भएनन् । कडा शासनमा जनता पिल्सिएका थिए । नेपालीले पनि राणाशासन, पञ्चायती क्रुरता र दमनलाई व्यहोरेकै थिए । यस्तो व्यवस्था फाल्न सहिदले छातिमा गोली थापे, रगतको खोला बग्यो आजको राज्यसत्ता सञ्चालमा आयो सहिदका सपना पुरा हुन सकेनन् त्यसको परिणतीमा कवयित्री यसरी प्रस्तुत भएकी छन् –
हिमाल झुक्दैछ सपूत साथ
सम्झेर रुन्छे धरणी प्रभात ।
पुग्दैन श्रद्धा दिन एक मात्र
हुँदैन पूरा सपना सुपात्र ।।
(पृष्ठ ५, श्लोक १, सहिदको सपना)
ंविकृति र विसङ्गति– कवयित्रीले कुप्रभथा हटाउन चाहान्छिन् । विशुद्ध भावनाले भर्न चहान्छिन् । अघोष कम्प र बीभत्सकाण्ड मास्नु र उम्रिदो काल जण्ड फ्याक्नु छ भन्ने भावना र कामना यसरी प्रस्तुत गर्दछिन् –
चलेछ आज विगिँ्रदै पिपासु साथ पाषण
हरेक क्षेत्र मौलिँदै छ आज पाप व्यापक ।
भएन आश खै कतै सुरम्य शान्ति उज्ज्वल
लिएर बुद्ध भावना मनुष्य हुन् सुनिश्चल ।।
(पृष्ठ ६ श्लोक ५, कामना)

पर्यावरण र सम्पदा:
नेपाल पर्यावरण र सम्पदाले धनी देश हो । सबले बुझ्न पर्ने कुरा के भने यो देश सस्तो छैन । पर्यावरण, सम्पदा, वातावरण, माटो, पानी, रगत पसिनाले निर्मित यो देश स्वर्ग तुल्य भएको धारणा राख्दै इतिहास केलाउँदै कवयित्री भन्छिन् –
पुर्खौलीका परिचय कुनै शक्तिले मेटिँदैन
तातो –रातो रगत पसिना भक्तिले भेटिँदैन ।
बाँकी केही भन न छ भने देहको श्वास तुल्य
हाम्रो पर्यावरण अहिले सम्पदा हो अमूल्य ।।
(पृष्ठ १०,श्लोक ५, पर्यावरण र सम्पदा)

अध्यात्मवादी चिन्तन:
यस कविता सङ्ग्रहमा ईश्वरप्रतिको चिन्तन व्यापक रूपमा आएको छ । हातमा थाली लिएर अहोरात्र पूजा गरेको, देह र आत्मा समेत टकारीएको, ईश्वर कहाँ मिल्छ ईश्वर प्राप्त गर्न कुन मार्ग समाउनु पर्छ, सबै जीव ईश्वरकै साझा हुन्, महादेव, पार्वती, राम सीताको स्मरण कतै, कतै शरण को माग,कतै शिवजीको रूपको वर्णन, संसार भर्ता संहारकर्ता, दक्षको तिरस्कारले गर्दा सतीले अग्निकुण्डमा देह त्याग गर्दा, दक्षको यज्ञमा बाधा पु¥याउने कर्ता भन्दै गोमाप्रतिको व्यवहारलाई यसरी प्रस्तुत गरिएको छ –
लिई कष्ट गोमा सदा त्याग बन्दै
दिई निष्ट आत्मा परीक्षा समेल्दै ।
उनै बाट भोगी भयौ पाप ठानी
बडो दुःख बोकी लिई श्राप मानी ।।
(पृष्ठ ३६ श्लोक ५ शिवभक्ति)
सुखमा मानिसले मानिस के ईश्वरलाई पनि खोजदैन, कतै देव तन भित्रभित्र छन् भनिन्छ आदि थुप्रै धारणा आएका छन् ।
सहित्यकारप्रतिको धारणा –यससङ्ग्रहमा मोतीराम भट्टको सँझना, राष्ट्रकविप्रति श्रद्धासुमन चढाइएको छ । युवा कवि मोतीराम भट्टको योगदान भानुभक्तका रामायण छपाउजु सृङ्गार रसमा गजल लेखनप्रति उच्च महिमामा गान गाइएको छ । राष्ट्रकविप्रति राष्ट्रका लालपूmल, साहित्यका मूल, गौरी शोक काव्य रच्दै राष्ट्रसम्मान प्राप्त गर्ने प्यारा कविप्रति पूर्णश्रद्धा सुशब्द अर्पण गरिएको छ ।

जीवन जगत:
जीवनसँग सम्बन्धित कविताहरू यस कविता सङ्ग्रहमा समावेश गरिएका छन् । जीवन भन्दा जन्मदेखि मृत्युवरण हुने वेलासम्म लिइन्छ । यस अवस्थामा मानिसले सुख दुःख उतार चढाव थुप्रै घटनासँग सङ्घर्ष गर्नु पर्ने हुन्छ । कवयित्री अधुरो जीवन यात्रामा अडिन परेको छ । कवयित्रीको सुखसित जिउने चाहना हो तर त्यसो हुन सकेको छैन । त्यसो हुँदा निभ्ने दियामा तेल किन थप्ने भन्ने धारणा, घरभित्रै बसेर बाँचौ बचाउँ, पुन यस पृथ्वीमा पुनर्जन्म हुन्छ या हुँदैन यही जुनीमा राम्रो काम गरौं । गरिब मारिएका छन् । दिनरत पसिना बगायर चारा बाँडेर खाना पाएका छैनन् भन्दै कवयित्री यसरी प्रस्तुत हुन्छिन् –
ब्रह्माण्डमा डर भयावह रूप कस्तो
हे देव आज ! किन भोग्न परेछ यस्तो
छायौ अहो ! किन जगै सब हुन् कि दास
खायौ हरे ! भुवनमा मनु छन् निराश ।।
(पृष्ठ २० श्लोक ५, वर्तमान अवस्था¬)

मिति लेखिएको छैन तर यो कविताले कोभिड १९को संकेत गर्दछ ।यस सङ्ग्रहमा जीवन भोगाईका धारणा यत्रतत्र पोखिएका छन् ।
नारी वादी चिन्तन् – विश्वमा आधा आकाश ओगटेका नारी तिनले भोगेका सुख दुःख, संघर्ष, थिचोमिचो, सन्ततीप्रतिको माया राष्ट्रप्रतिको योगदानमा कवयित्रीका धारणा बुलन्द बनेर आएका छन् । छोराको चाहना राख्ने हाम्रो समाजमा छोरी जन्मदा नाक खुम्च्याउने चलन व्यापक छ । कवयित्रीले 'पुत्रीश सु–स्वागत' कवितामा यसरी प्रस्तुत भएकी छन् –
ब्रह्माण्डै अधुरो छ सृष्टि जगमा नारी विनाको कथा
फिज्दै यी ममता अपार रसमा सन्तान नै शारदा ।
नारी पुज्छ भने अथाह तिनमा रम्ने सदा ईश्वर
लक्ष्मी रूप धरी सहर्ष म गरूँ पुत्रीश सु–स्वागत ।।
(पृष्ठ ६८,श्लोक ४, पुत्रीश सु–स्वागत)

छोराछोरी जन्मे पछि हुर्कन्छन् बढ्छन् र छोराको विवाहमा बुहारीलाई हर्षाेलास साथ भित्र्याइन्छ र छोरीलाई आँसुको साथ अन्माइन्छ । यहाँ कवयित्रीले छोरीलाई अन्माउँदा यसरी आशीर्वाद दिएकी छन् –
सन्ताप शोक नलिई बढ हर्ष साथ
बाधा हटाउन तिमी अब काँध थाप ।
स्वर्गेै समान गृहमा बन जून तारा
आफ्नो स्वयं वन अनन्त सदा सहारा ।।
(पृष्ठ ५४,श्लोक ५,छोरी विदाइ)

प्रेमप्रणय:
यो संसार मायाले भरिएको छ । कवयित्री पनि मायावी संसारकी एक सदस्य भएको नाताले उनको यस सङ्ग्रहमा प्रेमका धारणा पोखिएका छन् । उनका कवितामा शुद्ध प्रेमका धारा बग्दछन् –
कलाकी म तिम्री पुजारी र रानी
सही दुःख पीडा हिमाली सिरानी ।
तिमी अग्नि हुन्छौ भने जिन्दगानी
गरी प्रेम चोखो म बन्नेछु पानी ।।
(पृष्ठ २६,श्लोक १, निश्छल प्रेम)
पवित्र हुन्छ सिर्जना सुभाव भित्र उब्जँदा
हुँदैन स्वार्थ त्यागमा हुनेछ शुद्ध सर्वदा ।
परेर आज मोहमा सुगन्ध बास रच्दछु
तिमी भएर प्रीतिमा अमूल्य हर्ष साँच्दछु ।।
(पृष्ठ ५६,श्लोक ३ प्रणय दिवस)
सुद्ध,पवित्र, मर्यादित प्रेमकी पुजारी कवयित्रीले, 'सच्चा प्रेम रची सजेर लिउँला आए दिलै खोलन' भन्दछिन् ।

विविध धारणाहहरू:
मानिसले पहिचानको खोजी गर्छ । कवयित्री कतै वियोगका कुरा गर्छिन,् कतै युवाहरू विभूमिका दास पाउँछिन् । कहिले भान्से खटाउँछिन् र भान्से बन्नेले भान्सेबन्न सहज छैन भन्छन् । पहाडी शिलामा धेरै कम्पन भएको धारणा राख्छिन् । मन सफा राख्नु पर्ने धारणा राख्दै भन्छिन् –
लड्ने छु वैचारिक द्वन्द्व धेरै
बढ्ने छु पोख्दै सु–विचार मेरै ।
आऊ दिँदै साथ लिएर आस
जाऊ लिँदै रात चिरेर खास ।।
(पृष्ठ ३५, श्लोक १,धारणा)
यस कवितासङ्ग्रहमा त्रासादीले गर्दा आशा मर्नु ,निराशा बढ्नु, तपो भूमि जस्तो देश पाप कुण्डमा परिणत हुनु,, मानवताको ह्रास, गैडाकोटको महिमा, विजया दशमी तथा नवदुर्गाले सन्तोष, उमङ्ग, समृद्धि छाओस् अनि वैषम्य हटोस् भन्ने शुभेच्छा, शशी झै नभमा रहने,सबैको दिलमा रसले भर्ने, ममतालाई बुझ्ने,जीवित छँदा लोभ रही रहने,जे भए पनि जति भए पनि एक दिन छोड्न पर्ने, बलेको आगो ताप्ने, नत्र परपर भाग्ने, मानिसको आवश्यक्ता जिए जन्त मरे मलामी, मरेपछि चाँहिदैन सलामी, माता पितामा जिउँदै छँदा दिनु पर्छ माड कुन पितृले खाए हाम्रो पिण्ड दान, गुरु ब्रह्मा, विष्णु र शिवभन्दा माथि छन् र मैन जल्दा झै जलेर ज्ञान दिन्छन्, ब्रह्मबाटै रीति चलेको हो,त्यागबाट नै शुद्ध प्रीतिको निर्माण हुने हो, त्यसो हुँदा भ्रम पाल्न नहुने,निराशाले भरेमा धड्कन बढ्छ ,नास्तिक भाव भर्न नहुने,रगत सबैको रातो हुन्छ मानिस मानिसमा विभेद किन ?ठूलो सानो पानी चल्ने नचल्ने भनेर जातीय विभेद गर्न नहुने, यसरी नै कतै धन्यवाद दिइएको छ ,कतै एकतामा बलियो समाज भनिएको छ ,कतै विधाताले सिर्जना गरेको यस सृष्टिमा चन्द्रमा छुने सपना पनि अधुरो रहने भनिएको छ, कतै राज्यमा दुराचार बढेको पाइन्छ, कतै नेताले मिठो बोलेर आफ्नो स्वार्थ पूर्ति गरेर देशको अर्थ भ्याएको धारणा आएको छ, कतै अग्नि विना नै किन मुटु जल्छ भनि प्रश्न सोधिएको छ आदि विविधताले सजिएको यस कृतिको अन्तिम कविता छद्मभेषको अन्तिम श्लोक प्रस्तुत गर्न मन लाग्यो–
फिँजाएर द्वन्द्वै लिए युद्ध व्योम
भए आज दुष्टै हराएछ प्रेम ।
थिए साधु जस्ता भए भेष मुण्ड
तपो भूमि यस्तो बन्यो पाप कुण्ड ।।
(पृष्ठ ७०, श्लोक ५, छद्मभेष)

भाषाशैली:
छन्दमा लेखिएका कविता भएकोले लयदार र गायनयुक्त देखिन्छन् । विविध रसले सजिएका कविता पढ्न सरल र सहज छन् ।सुन्दर पु्रस्तुति छ ।
शीर्षकी करण –मनको बाँसुरी शीर्षकमा कुनै कविता छैन । प्रतीकात्मक रूपमा शीर्षक राखिएको छ । फर्की आऊ शीर्षकमा 'गुन्जेर मीठो धुन बान्ँसुरीको 'शब्द आएको देखिन्छ तापनि कविता भनेको मनमस्ष्किको भावनात्मक अभिव्यक्ति हो । यी कविता सबै लयात्मक छन् । मुरलीमा बजाउँदा स्वरकम्पनको आभास मिल्छ । धुन भन्दा मनको वेग,सुर, लहड,ताना आदिलाई जनाउँछ । कृष्णले बाँसुरी बजाउँदा गोपिनी मोहित भएझै लय हालेर पढ्दा उनका कविता मनमोहक छन् । यसरी शिर्षक सार्थक छ ।
कविता सबै गुणै गुणले सजिएको र यसमा कुनै कमी कमजोडी छैन त भन्ने प्रश्न उठ्न सक्छ । स्वभाविक हो । सबै चिजमा पूर्णता हुन्छ भन्न सकिन्न । पाठक तथा विश्लेषकको सोच तथा बिचारमा निर्भर रहन्छन् । लेखनको निरन्तरताले यस्ता कमी कमजोडी सुधार हुँदै जान्छन् ।
अन्त्यमा मैले यस कविताको सारभाव माथि नै पस्किसकेहो हुँदा यिनै धारणालाई दोहो¥याउन चाहन्न । एक शब्दमा भन्दा कविता मनमोहक छन् , पठनीय छन् ।शिक्षासेवाबाट साहित्य सेवामा समर्पित उनको भावी जीवन साहित्यमय बनोस् भन्दै उज्ज्वल भविष्यको कामना गर्दछु ।