March 20, 2026

समालोचना
कविता मञ्जरीमा अनुशीलन
 सदानन्द अभागी
परिचय–
यो कृतिकी सिर्जना कार हुन् वसुन्धरा पौडेल  । उनी माता तारादेवी लम्साल र पिता गजेन्द्रप्रसाद लम्सालकी सुपुत्री हुन्  । कृष्णशरण उपाध्यायकी पत्नी हुन् । उनी चार सन्तान (अनुराधा, अनुपमा,अनसूया र आकर्षण) की आमा हुन् भने उनको जन्मस्थल भनेको डुम्रेबेसी तनहुँ हो ।  उनको जन्म २०२६ साल माघ महिना १५ गते भएको हो । उनी साहित्यकार मात्र नभएर समाजसेवाकमा पनि गतिशील रहेको पाइन्छ । साहित्य समाजसेवा धार्मिक क्षेत्रमा पनि उनको आवध्यता छ भन्ने तलको विवरणले हामीलाई जानकारी दिन्छ । पेशागत रूपमा उनी शिक्षिका हुन् ।
ड्ड श्री सीताराम संस्कृत माध्यमिक विद्यालय –श्क्षिक
ड्ड छन्दकाव्य प्रतिष्ठान नृेपाल –सदस्य
ड्ड प्रतिभा निकुञ्ज – सदस्य
ड्ड सामुदायिक सेवा केन्द्र नारायणगढ –सदस्य
ड्ड श्री राधाकृष्ण मन्दिर देवघाट – कोषाध्यक्ष
ड्ड श्री राधाशर्वेश्वर भजन आश्रम –सदस्य
ड्ड श्री निश्चलेश्वर शिव पञ्चायन मन्दिर –उपाध्यक्ष
ड्ड देवघाटधाम टोल विकास संस्था –उपाध्यक्ष
कृति प्रकाशनको 'कविता मञ्जरी' कविता सङ्ग्रह पहिलो कृति भए पनि वसुन्धरा पौडेलका सिर्जनाहरू समाजिक सञ्जाल, शिक्षक बुलेटिन, गण्डकी प्रभा स्मृतिग्रन्थ एवम् विविध पत्र,पत्रिकामा अध्ययन गर्न पाइन्छन् ।
पुरस्कार –शिक्षा छेत्रमा उत्कृष्ट काम गरेवापत श्री सीताराम संस्कृत मा. वि. र भरतपुर महानगर पालिका शिक्षा विकास तथा समन्वय इकाई भरतपुरद्वारा पुरस्कृत हुनु भएको छ ।
 कृतिको संरचना–  यसकृतिको आवरण पृष्ठ बाहेक विविध शीर्षकमा कदेखि यसम्म २६ पृष्ठ, कविताक्रम २ पृष्ठ, कविता खण्ड ११४ पृष्ठ त्रिवेणी साहित्य प्रतिष्ठन, नवलपरासीका प्रकाशन ५ पृष्ठको साथै अग्रपृष्ठमा तुलसीको बोटको फेदमा नारीले लेखी रहेको दृष्य छ भने पछिल्लो पृष्ठमा बसुन्धरा पौडेलको व्यक्तिगत विवरणले सजिएको छ । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठन नवलपरासी (ब.सु.पू.)ले गरेको छ । यस कृतिलाई सन्त पिता र सद्गुरु–बाबामा समर्पण गरिएको छ । यस कृतिले वरिष्ठ साहित्यकार मुकुन्शरण उपाध्याय, गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैंडाकोट नवलपुरका कुलपति गोविन्दराज विनोदी, प्रतिभा निकुञ्जका अध्यक्ष होम सुवेदी, डा. नारायणप्रसाद अधिकारी, आचार्य हरिशरण उपाध्याय, रमेश खकुरेल, कोषराज न्यौपाने र कृष्णशरण उपाध्याय को शुभकामना प्राप्त गरेको छ । त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्ष श्री इन्द्रराज पौडेलको प्रकाशकीय रहेको यस कृतिमा १०८ ओटा छन्दोबद्ध कविताहरू समावेश गरिएका छन् । परितोष लम्सालको आवरण कला रहेको यस कृतिको मूल्य २५५।– रुपियाँ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा –  
 घर परिवारको साहित्यिक प्रभावबाट प्रभावित भै साहित्य सिर्जनामा लागेकी बसुन्धराका कविताहरू निकै चाख लाग्दा छन् । उनका कवितामा विविधता पाइन्छ । छन्दमा कविता लेख्नु त्यति सहज हुँदैन । मानिसको प्रयास हो । प्रयास गरे गर्न नसकिने कुनै कुरा हुँदैन । वसुन्धरा पौडेलको 'मेरो भनाइ' मा लेखिएका धारणालाई अध्ययन ग¥यो भने पत्ता लाग्छ कि छन्दको ज्ञान हाँसिल गर्न कति मेहनत गर्नुपर्छ ।  यस कृतिमा लेखिएका कविताहरू कुन छन्दमा लेखिएका हुन् छन्दलाई नै उल्लेख गरिएको छ । यसोहुँदा छन्द सिक्न चाहनेहरूको लागि यो कृति मार्ग दर्शक हुन सक्छ ।
हाम्रा बाबा, छन्द ः मन्दाक्रान्ता– कवितामा बाबु कस्तो हुनु पर्छ भन्ने सन्देश बोकेको छ । बाबा कर्मनिष्ठ, धर्म निष्ठ, चेतना छाइ दिने, कार्य सफलताको लागि सहयोगी हात लाइदिने, दःुखमा साथ दिने, यस्ता पिताले संसार त्यागेपछि पितर औंसीमा सम्झना गर्नु, कतिपय कुरा बाबाका सम्झिनु, बाबा सम्झेर आँशु झर्नु, पिताबाट प्रदान गरेको शिक्षा आदि कुरा सम्झदै पितृ सम्मान गर्नुपर्छ भन्ने धारणा आएको छ ।
आमा को हुन् ?, छन्द ः शार्दूलविक्रीडित)– यस कवितामा कवयित्रीले आमा रोग, भोक, भयकी औषधी, विजयकी साधना, ममताकी खानी, क्षमता, जीवन दान, वरदान, सञ्चेतना, सत्प्रेरणा दायकहुन्, आमा पूज्यहुन्, पवित्र मन हुन्, शुद्ध गङ्गाजल हुन्, जीवन अपार धन, प्राणदायी बल, वसन्त, सौन्दर्यकी पूmल,अनन्त प्रेम, माधुर्यकी मूल, संस्कार दिने गुरु, ईश्वर, आदिको संज्ञा दिंदै कवयित्री भन्छिन्–
आमा बालकका निमित्त सपना, बुन्छिन् सदा उज्ज्वल
आमा हुन् शिशुनिम्ति जीवन दिने, मातृत्वरूपी फल
''आमा" शब्द सदैव शान्ति सुखको, संसार दर्शाउँछ
''आमा" यो प्रिय शब्द बालमनमा, आनन्द बर्षाउँछ ।।
पृष्ठ २, श्लोक ५,
गुरुदेव, छन्द ः उपजाति वंशस्थ, गुरुलाई नारायणी जस्तै निर्मल, बल्दो दीयो जस्तै समुज्ज्वल, धर्ती जस्तै धीरवान, सिन्धु जस्तै गंभीर, सत्शास्त्र धारण कर्ता, ज्ञान दाता,  अस्तित्व जगमा जमाउने कर्ता, सबैका आपद हरणकर्ता यस्ता गुरुसँग छँदा भाग्य मानी सम्झदै गुरुदेवमा प्रणाम छ भनिएके छ ।
पिताजी, छन्द ः अनुष्टुप्–पिताजी धर्मका ज्ञाता, उनको धर्मको चर्चा चल्छ जताता,उनका कण्ठमा पुराणादि, र श्रुतिस्मृति बस्दथे, वागदेवीको कृपा पाएर कृति अनमोल बने, दुई छोरी शारदा र बसुन्धरालाई गीतका धुनमा स्थायी र अन्तरा जस्तै लाग्ने जस्ता पिताका धारणालाई पस्कदै पिताको स्मरण गर्दा आँखाबाट आँसु थामिदैनन् र आशीर्वादको पुकार गर्दछौं भन्ने धारणासहित कवयित्रीले लेख्नु हुन्छ–
नेत्रमा तेज झल्किन्थ्यो वाणिमा ओझिलो पना
भावना भक्तिले पूर्ण हुन्थ्यो अद्भूत साधना
पिताजी गुणका खानी मेरा जीवन दर्पण
शिष्यका भावले गर्छु श्रद्धा –पुष्प समर्पण ।।
पृष्ठ ४
श्रीकृष्ण आए (छन्दः उपजाती)– श्रीकृणको जन्म धरामा भएपछि सबैका मनकन्दरामा छाए, समाज माझमा बसे । सबै हर्षित भए, अग्रगामी हुन्छौ भन्ने धारणा पलायो, बाँस वंसी बनेर आएपछि श्रीकृष्णले चूम्बन  गर्न थाले, पूmल सुवास भर्दै फुले, विचित्रका चित्र रङ्ग छर्दै गर्दा चित्त मुकुन्दमाझ मग्न भयो भन्दै कवयित्री भन्छिन् –
श्री कृष्णको स्वागत गान गर्दै
छन् भृङ्गले गुसञ्जन तान भर्दै
गोपालको यो अवतार माझ
भइन् धरा यी झलमल्ल आज ।।
पृष्ठ ५
हुनेछ देश स्वर्ग झैं –(छन्द ः पञ्चचामर ), देश कसरी बन्छ स्वर्ग ? जुन देशमा पवित्र तीर्थहरू,दयावान मानव, सुरम्य शैल टाकुरा, नाना थरीका पूmलहरू, अनेकतामा एकता, सुसभ्यता, देशभक्ति, इन्धन प्रदायिनी नदीहरू , विकास प्रेमी मनहरूलाग्नु, युवाहरूको विकासमा जागरण,  हिमाल पहाड तराइका जडीबुटीको सदुपवयोग, रत्नका खानीको खोदन, आदि स्रोत साधनको सदुपयोग गरी युवाको अदम्य सहासले, देश बदल्न सकिन्छ गरेरै स्वर्ण फल्दछ, युवाहरूले गरा गरालाई हराभरा पारे देश स्वर्ग बन्ने र धरा स्वर्ण मय बन्ने धारणा आएका छन् कवितामा ।
सानैदेखि कविता नै सुन्ने प¥यो बानी, छन्द ः लोकलय (सवाई) – यस कवितामा कवयित्रीलाई कविता लेख्ने सहजता कसरी भयो र कसकसले कुन कुन छन्दमा कविता लेख्न सहयोग गरे भनेर विवरण पस्किएको छ । आमा, पिताजी, गुरु नारायण, गुरु मुकुन्द, छन्दसारथि, देवी नेपाल, कृष्ण गुरु, गुरु विनोदी, गुरु कोषराज, प्र अ हरि आचार्य, पोदराज पौडेल, ठूली आमा लक्ष्मी, तेजेन्द्र भूसाल, छोरा छोरी र होम गुरुको सुझावहरूवाट कविताले अग्रसरता लिएको, स्कुलका सास्कृतिक कार्यक्रम, निकुञ्ज, कुञ्ज आदिबाट कविता सिर्जना गर्ने वातावरणबाट कविता लेख्न प्रभावित भएको धारणा आएको छ कवितामा ।
कविशिरोमणि , छन्द ः शार्दूलविक्रीडित– कविशिरोमणी, लेखनाथले बाबा दुर्गादत्त र माताबाट शिक्षा पाएर सत्यवादी, काव्य तपसी, भाषा सद्धताको शुरुवात कर्ता, कवितामा नयाँपन कर्ता, हलन्त बहिस्कारका कुरा गर्ने, तिमी कविताका सौरभ,राष्ट्रका गौरभ, महामानव, तिम्रा कविता कालजयी छन् र देवबाँणी हुन् भनिएको छ ।
प्रतिभा निकुञ्ज, छन्द ः उपजाति–  निकुञ्जका माझमा कुञ्ज बनेर प्रतिभा निकुञ्जले कवित्व भर्ने र सारा काल सत्कर्ममा बिताएर अभ्यासमा पूर्ण बन्दछ । निकुञ्जमा  बेली, चमेली, गुलाफ फुल्ने र प्रतिभा बटुल्ने काम हुन्छ । निकुञ्जको रखबार गर्नको लागि माली कुनै छन् र ती मालीले कवित्वमा दिव्य मिठास भर्ने गर्छन् । निकुञ्जमा ती फुलेका पूmलको सरपान एवम्् रूप र रङ्ग भर्नका लागि तारासरी पुञ्ज भै भृङ्ग(भँवरा)हरू हुन्छन् भन्ने धारणा ।सहित कवयित्री भन्छिन् –
भए भने बाज निकुञ्ज माझ
अभ्यासले खोल्दछ पूर्ण राज
पवित्रताको प्रतिमूर्ति कुञ्ज
हो साधना यो प्रतिभा निकुञ्ज ।।
श्लोक ४ पृष्ठ ११
 यस कवितामा कवयित्रीले बिम्बको रूपमा एउटा साहित्यिक संस्थालाई निकुञ्जको नामाकरण गरी सुन्दर प्रकृतिक वर्णनको साथमा आफ्ना धारणालाई प्रस्तुत गर्नुभएको छ ।  
शिक्षा, छन्द ःशार्दूलविक्रीडित – यस कवितामा कवयित्रीले शिक्षा के हो, नारी शिक्षित बन्दा त्यसको घर र समाजमा कस्तो प्रभाव पर्छ, नारी शिक्षा किन आवश्यक छ भन्ने धारणालाई सरल रूपमा प्रष्ट पारेकी छन् । शिक्षा अपार धन हो यसले सत्ज्ञान फैल्याउँछ, सन्मार्ग दर्शाउँछ, शालीनता छाउँछ, धर्म कर्म संस्कारलाई सम्झाउँछ । नारी शिक्षा अति महत्वपूर्ण हुन्छ । नारी सन्तानको लागि शिक्षित हुनु पर्छ । आमाबाट शिक्षित सन्ततीले आनन्द र आह्लादित पार्दछन् । यदि इतिहासलाई नियालो भने पनि नारी सम्मानित र विद्वान थिए उदाहरणको लागि गार्गी, सुलोचना, भृकुटी.लाइ लिन सकिन्छ भन्ने जस्ता धारणाहरू यस कविताले समेटेको छ ।
नारी, छन्द ः अनुष्टुप – यस कवितामा पनि नारीको महिमा गाइएको छ । नारी सबैका प्यारी हुन्छन् । तिनीहरूका रूप थरी थरीका हुन्छन् । जसरी धर्तीमात बदलिन्छिन् । धर्तीले प्रलयङ्कर नर्तन सहे सरह नारीले पनि भय, भोक र बुहातर््न सहन्छन् ।  कवयित्रीले यी श्लोकमा तुलनात्मक प्रस्तुति सुन्दर रूपमा गर्दै आएकी छन् । सरीताको वहाव जसरी हुन्छ त्यसरी नै नारीहरू पनि धीरवती बनेर हजारौ यातना खप्छन् । ंनारी आफ्नो सतित्व जोगाउनको लागि दुर्गाले दैत्यको वध गरेसरी हिंसालु पनि बन्न पछि पर्दिनन् । गार्गी, मीरा र मैत्रेयी जस्ता पतिब्रता र हजारौ नारीरत्नहरूले जन्म लिएका धारणा आएका छन् कवितामा ।
कविता, छन्दः तोटक – कवयित्रीको धारणा छ कि कविताले के गर्नु पर्छ ? कस्तो हुनु पर्छ ? जस्ता भावना कवितामा समाबेस गरिएका छन् । कवयित्रीको धारणामा कविता नदीसरि छल्किरहोस्, सवितासरी झल्किरहोस्, हिमाल बनेर टल्किरहोस् र अग्नि बनीकन सल्किरओस् । कविताहरू उत्तम बन्नको लागि भाव, रसराग, चाहिन्छ । कविाको संरचना तन, मन, जीवनलाई सुन्दर बनाउने खालको हुनु पर्दछ र कविता सुख, शान्तिमयी धर्ममयी, विनयी हुनुपर्दछ । कविता जनताको लागि सहायक, कविको परिचायक, मनलाई विशुद्ध बनाउने र जनतालाई बुद्ध र प्रबुद्ध बनाउने खालको हुनु पर्दछ । कवयित्रीले लेखेका यी कविताहरू चिरस्थायी र कालजयी छन् भन्न सकिन्छ । सुन्दर भावनालाई कवयित्रीले समाएकी छन् ।
के दियो संविधानले ?, छन्द ः इन्दिरा– देश निर्माण र जनतामा सुख शान्ति दिने मूल कानून हो संविधान । यहाँ कवयित्रीको प्रश्न छ । संविधानले जनतामा कुनै अनुभूति दिन नसकेको हुँदा दिवस विवश रूपमा मनाइँदै छ । उद्योगले काम दिन छाडे, देशलाई सवलतातिर लानुको साटो विविध आपद आइलागे । गरिएका बाचा कन्धन  तोडिए ।  दुदर्शा देखिनु, कर र मूल्य बृद्धिले ढाड सेकिनु, खर्च गरिएको जति बेरुजू देखिनु, न त असल काम न त हातमा दाम न त युवा देशमा बस्न सक्नु जस्ता धारणा कवितामा आएका छन् । कवयित्रीको आह्वान छ कि युवा जागेर राष्ट्रलाई सवल बनाउनु प¥यो र मासिन लागेका सम्पदालाई बचाउनु प¥यो भन्ने जस्ता राष्ट्रियताले भरिएका भावलाई कवयित्रीले सवलताको साथमा उठाएकी छन् ।
हरि भक्ति बढोस्, छन्द ः तोटक – संसार नै हरिमय होस् भन्ने धारणा राखिएको यस कवितामा मानिसमा हरिभक्ति बढ्नु पर्छ, मन पवित्र हुनु पर्दछ, मनमा हरिको बास भए पछि मन मन्दिर बन्छ ओम् नगरी । कवयित्रीको धारणा छ कि जीवन धन प्राप्त गर्नको लागि गुरु मन्त्र जप्नु पर्छ । मन भित्र रिस राग नहोस्, सबै जीव वनस्पतिको जय होस्, धार्मिक वाद विवाद नहोस्, हरेकमा समभाव रहोस्, दिलमा हरिको पद अङ्कित रहोस् र हरिनाद निरन्तर झङ्कृत होस् को साथै मन हरिमा नित्य लागि रहोस्, इन्द्रियहरूमा पनि हरि जागुन्, शुभ मङ्गलको ध्वनि र जगमा हरिओम् हरि गुञ्जिरहोस् जस्ता हरिभक्तिका धारणा आएका छन् कवितामा ।
परीक्षा दिँदै छु ,छन्द ः भुजङ्गप्रयात –यस कवितामा किन परीक्षा दिने प्रश्नलाई कवयित्रीले धराधामको नम्क्बरी स्वर्ण बन्न, आगो बनी ज्ञानमा होमिन,  शैलको चुचुरो चुम्ने विजेता बन्न, महात्माका दिव्यवाणी सुनेर उर्जालिन, घोरधामा गरेर स्वयम्  खाडीतर्न, पीर माझ्न शान्तिको दीप बाल्न, डढेलो बनेर खराबी नष्ट गर्न,सुखैश्वर्य प्राप्त गर्नको लागि जिन्दगीको परीक्षा दिने धारणा आएको छ कवितामा ।
 अघि बढ्नु पर्छ, छन्दः उपजाति –यस कवितामा कवयित्रीले किन र के को लागि अघि बढ्नु पर्छ भन्ने भावना दर्शाएकी छन् । मानिस भए पछि कठिन कार्यहरू गर्न सक्नु पर्छ । अग्लो हिमाल चढेर हेर्न ,उत्कृष्ट किताब पढ्न, हीरासरी चम्कन, समृद्धिका लागि लम्कन, विवेक शून्य नहुन, सद्ज्ञान हाँसिल गर्न, सत्कर्म गरेर गङ्गा तर्न हत्या हिंसा त्याग्न, कर्तव्यमा लाग्न, संघर्ष गर्न, स्वराष्ट्रका निम्ति लड्न, अघि बढ्नु पर्ने धारणा राख्दै  कवयित्रीको भावना छ कि वृक्षादि खडा रहेर धीर बन भन्ने सन्देशको साथै  आपूmले ताप लिएर अर्काको लागि छहारी दिएर परोपकारी बन्ने सन्देश दिन्छन् ।  अन्त्यमा कवयित्रीले संसार विचित्र लाग्दै गएको र जन जनमा उर्जा जाग्दै गरेको, यी सबै कर्म ईश्वरको हो भनी सद्भक्ति जीवनभित्र रहोस् भन्ने कामना गर्दछिन् ।
ऋतुराज आए, छन्द ः उपजाती– यस कवितामा ऋतुराजको आगमन कसरी हुन्छ,, यस अवस्थामा मौसमको एवम् प्राकृतिक सौन्दर्यता कस्तो हुन्छ जस्ता कुराहरूलाई कवयित्रीले समेटिकी छिन् । बसन्त ऋतुुलाई ऋतुहरूको राजाको रूपमा लिइन्छ । यस समयमा पुराना पातहरू झर्छन् । नयाँ पिपिरा पलाउँछन् । धरा हरियालीले सिङ्गारिन्छ । जाडो हट्छ धेरै गर्मी पनि हुँदैन । पूmलहरू फुल्छन् । चारैतिर सौन्दर्यले धरतीलाई सजाउँछ । आकाशमा चराहरू उड्छन् । कोकिलले कुहू कुहूको गीतले आकाश गुञ्जित हुन्छ । मौरी भुन्भुनाएर रमाउँछन् । बसन्तको यो उपहार प्राप्त गरी बसुन्धरा मुस्कुरउँछिन् भन्ने घटना कर्म कवयित्रीले समेट्न सफल देखिन्छिन् ।
छु सशक्त भन्थेँ, छन्दः उपजाति –अहम्तालाई त्यागी कसैको जीवन खरानी हुनबाट जोगाउँ भन्ने सन्देश प्रवाह गरेको छ कविताले । मानिसमा अहम्ता चढेपछि सोझा, लाटा, इमान, मातापिताप्रति अपमान, दुष्क्रममा अगाडी बढ्ने, कसैको आवश्यक्ता नठान्ने, अनर्थतामा अनुरुक्त बन्ने, उदण्ड नेतृत्व लिने, स्वार्थान्धता, आफन्तलाई पराइ ठान्ने, खेदो खनेर खुसी रहने जस्ता कर्म गर्न सहज ठान्छन् । यस्तो कर्मलाई आजैबाट सुधारौं र सबैको जीवन खरानी हुनबाट बचाउँ भन्ने धारणा आएको छ कवितामा ।
पानी, छन्द ः अनुष्टुप –   पानी जीवन हो, शुद्ध पानीको प्रयोग गरेर रोग मुक्त जीवनधन प्राप्त गरौं भन्ने धारणा आएको छ कवितामा । पानी जीवन हो । पानी बाटै जीवन अड्छ । हजारौं रोगको औषधी पानी हो । अशुद्ध पानी सेवनले जीवनमा ह्रास आउँछ । पानी बिना कोही बाँच्न सक्दैन । यसो हुँदा पानीको महत्व बुझेर, अरूलाई बुझाएर उमालेको ÷ फिल्टर गरेको ÷ कुनै उपायबाट शुद्धिकरण गरेको पानी पिउनु पर्छ भन्दै कवयित्रीको महत्वपूर्ण सन्देश यस प्रकार आएको छ –
काम गर्ने छ मान्छेले जिन्दगीमा अनेकन
रोग मुक्त बने मिल्छ सच्चा जीवनको धन ।।
पृष्ठ २१
जनै खटिरो, छन्द ः तोटक – जनैको  आकारमा देखिने यो खटिरो निकै कष्ठदायी हुन्छ । यो खटिरो देखिए पछि सहन सक्ने क्षमता कम हुन्छ । हेर्दा साना साना राता धब्बा देखिन्छन् । घाउ ठूलो पनि हुँदैन हजार सियोले कोपे सरह कष्ट पाइन्छ । यस समयमा कुनै सिर्जनशील काम गर्न सकिदैन । शिरमा यो जनै खटिरो किन हुन्छ भनी प्रश्न सोधिएको छ । चिकित्सक विज्ञानलाई अध्ययन गरेमा जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यो रोग छालामा देखिन्छ । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । शिरमा जनै खटिरो एउटा बिम्बकोरूपमा प्रयोग गरिएको देखिन्छ । यो व्यङ्गको रूपमा प्रयोग भएको छ । जस्को कारणा मानिसले बुद्धिमत्ता रूपमा काम गर्न सहज हुँदैन यिनै कुरा सूक्ष्म रूपमा कवितामा दर्शाइएको छ ।
कविताकी वसुन्धरा , छन्द ः अनुष्टुप् – यस कवितामा कवयित्रीले राष्ट्र समृद्ध होस् भन्ने सन्देश कविताकी वसुन्धराले दिन्छिन् भनिएको छ । हत्य हिंसा नहोस्, दानवी सोचको अन्त्य होस्, कर्म पवित्र होस् जस्ता धारणा कविताकी वसुन्धराले राख्दछिन् ।  कवितामा राष्ट्रको पीडाबारे सोच, विदेशमा बस्दा पीडा लुकाएको कुरा, देशको दुर्दशाको कारण खोज्दा शीर्ष नेताहरूको नाम आउँछ र उनीहरू मौन धारण गरेको पाइन्छ । बारीका गरा बाली विहीन छन् जस्ता धारणा कवितामा आएका छन् ।
फर्केर आऊ सरु !, छन्द ः शार्दूलविक्रीडित – कवयित्रीले यस कवितामा काव्य बाचनकलामा अद्भुत भएकी, स्वरकी अति सुन्दरी सरुलाई महारोग लागेकोमा चिन्ता व्यक्त गर्दै सरुको गलाकलाको र रूपको वर्णन यसरी गर्दछिन् –
बन्छन् मुग्ध निकै सुनेर दुनिया रामयणी धुन मै
तिम्रो दिव्य मुहार लाग्छ सरु हे आकाशको जून झैं
हुन्छन् साथ तमाम सज्जनहरू हुन्छ्यौ बसेकी जहाँ
प्यारी छौ सबकी तिमी भुवनमा छैनौ अकेली यहाँ
श्लोक २, पृष्ठ २४
सरु सबैकी चित्तकी ढुकढुकी, प्यारी छन् र उनको वाचन सुन्न सबै टुकी बालेर बस्छन् । रोगलाई जितेर तनले न्याय पाओस् र तिम्रो गलाको कलाले विश्वलाई जगाओस् ,तिम्रो पवित्र भक्ति देखेर देवगण डाक्टरी भेषमा आएका छन् । मन्दाकिनी र नर्मदाको जल छर्कदै  शीतलता प्रदान गर्दै छन् र सरुका सबै रोग जित्ने उर्जा प्राप्त होस् भन्दैछन् जस्ता भावनालाई छर्दै स्वस्थ तनमा सरु आउन भनी कवयित्रीले यसरी आग्रह गर्दछिन् –
जागुन् भोली समस्त इन्द्रियहरू भागुन् सबै आपदा
तिम्रो जीत अवश्यहुन्छ यसमा छन् साथमा देवता
हट्दै छन सब रामका नजरले बाधा चुनौतीहरू
गर्दै रोग परास्त स्वस्थ तनमा फर्केर आऊ सरु ।।
पृष्ठ २४
 तिमी देवता हौ , छन्द ः भुजङ्गप्रयात –यस कवितामा प्रथम र अन्तिम श्लोक दोहोरिएका छन् भने ४ श्लोकका धारणा पनि अन्तर सम्बधित भएर आएका छन् । प्रथम श्लोकलाई हेरौं –
तिमी देवता हौ म मान्छे धराकी
तिमी विश्वका हौ म सानो गराकी
पृष्ठ २५, श्लोक १
यसमा 'तिमी'लाई देवता र 'म'लाई मान्छेको रूपमा वर्णन गरिए पनि ईश्वर र मानिस बीचको तुलना गरिएको भन्न सकिन्छ । ईश्वर विश्वव्यापी हुन्छ । मानिसको अस्तित्व सानो ठाउँमा अवस्थित हुन्छ । ईश्वरबाट सञ्जीवनी प्राप्त गर्न मानिस धराकी उर्वरक साथी बन्न सक्नु पर्छ । ईश्वरबाट कृपा दृष्टि प्राप्त गर्न भावनाको कन्दरामा तपस्या गर्नु पर्छ । कवयित्रीको भावनामा 'म' अज्ञानको संकृर्णताबाट उठेर महाकाश जस्तै फराकिलो, 'तिमी' गीत सङ्गीतमा छन्द बन्दा 'म' राग या रागिणी बन्न सक्नु पर्छ भन्ने धारणा आएको छ कवितामा । तिमी र म को अन्तर सम्बन्धलाई भावनामा प्रस्नतुत गर्न सफल देखिन्छिन् कवयित्री ।  
सच्चा महात्मा चिनौ, छन्द ः शार्दूलविक्रीडित – यस कवितामा गैडाकोट सुन्दर थियो तर अध्यात्मको भने अभाव थियो । एक विभूति आएर आभा छरेर जानु भयो, धर्म बचाउने प्रण गरेर सन्मार्गमा लाग्नको लागि तुलसी शरण गुरु गैडाकोटका भक्त जनका आशा भरोसा बन्न पुगे, शुद्ध मन्त्र जपन, वेदका ऋचा जपन,चरु होमन, राधा कृष्ण उपासना, अनेक लीला गर्नु , भक्त जनमा प्रज्ञा बनेर दर्शिनु, भागवतीय सज्जनका लागि आराध्य नै बन्नु, सारा रोग भोग शोक यही लोकमा भोग्नु, बाटो नछोडी हिडेमा मुक्ति प्राप्त गर्न सकिने, यस्ता साधक सन्त सिद्ध तपसीलाई चिन्न सक्नु पर्ने, जस्ता भावनालाई पस्कदै वयित्री भन्दछिन् –
लागोस् श्री हरिमा पवित्र मन यो होस् भक्ति अभ्यन्तर
जागोस् इन्द्रिय साथ शक्ति तनमा होस् सन्तमा आदर
हे मेरा गुरुदेव ! रम्न म सकूँ आत्मीय आनन्दमा
आशीर्वाद मिलोस् सदा हजुरको गर्दैछु यो वन्दना ।।
पृष्ठ २७,
छानेर नेता अब, छन्द ः शार्दूलविक्रीडित – यस कवितामा भोट हाल्ने वेलामा विश्वासको साथमा भोट हालियो तर धोका खाइयो , अब यस्तो भूल नगरेर देश बचाउने नेता, कर्मवान, चरित्रवान, धीर, गंभीर, गहकिला, पुर्खाको गरिमा बचाउने खालका, उत्तम पात्र, बोलेको पु¥याउने, नयाँ सोच भएका, जनताको मन भावना बुझ्ने, शूर वीर, राम्रा नेता चुनेर देश बचाउनु प¥यो भन्ने धारणा आएका छन् कवितामा ।
कविलाई अनुरोध, छन्द ः वसन्ततिलका– यस कवितामा कविता टाढा नहुन, साथमा आउन,मनलाई रसिलो बनाउन, सत्य बोली बोल्न आदिको साथमा कवयित्रीको कविताप्रति आग्रह यसरी आएको छ –
देख्दा मुहार अति सुन्दर भव्य लाग्थ्यो
लेख्दा सुरम्य सपनासरि भाव जाग्थ्यो
आऊ न सामु कविता किनिदिन्छु चोली
टाढा भयौ भन तिमी किन आज भोली ?
पृष्ठ २९
हे कोरोना ! छन्द ः शालिनी – यस कवितामा कवयित्रीले कोरोना महामारीको विवरणात्मक वर्णन गर्दै कोरोनालाई यहाँ बाट जाने आग्रह गरेकी छन् । कोरोनाले मानिसमा पारेको घातक अवस्थालाई कवयित्रीले यसरी वर्णन गरेकी छन् –
बच्चा–बच्ची,हातका हात खायौ
बूढा – बूढी खातका खात खायौ
धरै खायौ भो युवा यी नखाऊ
हे कारोना ! लौ यहाँ बाट जाऊ
पृष्ठ ३०,
राहु केतुको पूजा गछौं, भूत प्रेतलाई भेटी दिन्छौ, फर्की फर्की मृत्यु बन्दै नआऊ । तिमै्र कारणबाट व्यक्तिहरू आवास भित्र कैद भएका छन् । बाटा घाटा, गाउँ वा ठाउँ बन्दछन्, साना ठूला काम व्यपार बन्दछन् । मार्ने मर्ने यो विपदलाई हटाउ र यहाँ बाट जाऊ भन्ने आग्रह गरिएको छ ।
कृष्णको बाँसुरी , छन्द ः स्रग्विणी –कृष्णको मुरलीको धुनमा सबै मोहित धुने कुराहरू हामीले अध्ययन गर्दै आएका छौं । यहाँ कृष्णको बाँसुरी बज्दा राधिकाको हृदयमा हुरी चलेको, धूनले नै छटपटी चल्ने बनाउने कृष्णको मोहनी माधुरी भएको, कृष्णको कल्पनामा सम्झदा पनि प्रेमको छुरी चल्ने, कृष्णकै लागि पाखुरी चल्ने, कृष्णकै बाँसुरीको धूनले गर्दा राधिकाले कृष्णलाई कुरेर बस्ने, जस्ता धारणाको साथमा कवयित्री भन्दछिन् –
राधिका कृष्ण चैतन्यमै लीन छिन्
कृष्णकै भावना छन् मुरीका मुरी ।
पृष्ठ ३२
नयाँ वर्ष, छन्द ः भुजङ्गप्रयात – यस कवितामा कवयित्रीले नयाँ वर्ष उल्लास बोकेर धरालाई बेहुली जस्तै सजाएर, निराशा भगाएर, खुसीका पञ्चै बाजा बजाएर, भ्रष्टता धिकार मान्दै लजाउँदै, पुर्खाको वीरतालाई सन्तानलाई कजाउँदै, स्वअस्तित्व बचाएर राख्दै जिन्दगीलाई खेर नफाल्दै आओस् भन्ने कामना गरिएको छ ।
साथी बनौं (बाल कविता ), छन्द ः सवाई– यस सवाईमा सबै जनालाई साथी बन्न आउन, आफ्ना नाम र थर भन्न आग्रह गरिएको छ । कवितामा दावा छिरिङ, रामु, ऋतुका नाम, स्कुलको खेल्ने ठाउँ, खेल्ने काम, मित्रतामा जात भात नहुने, क ख ग घ र ए बि सि डि, एक दुई, तीन चार, वान टु थ्री फोर पढ्न पर्ने, खाजा खाने वेलामा हात धोएर गुरुमाका कुरा सुनेर खाजा खाऔं जस्ता सन्देश बोकेको छ कविताले ।
हियार यो सजाउनू, छन्द ः प्रमाणिका– प्रेमीले प्रेमिकालाई आग्रह गर्दछन् । म भमरो जस्तै बनेर यहाँ विचर्छु । तिमी पूmल बनेर सधै.सुवास छरेर बस्नु , टाढाबाट वाग भित्र के छ भनी हेर्दा, हजार चन्द्र झैँ भएर बस्नु, लजालु नभएर, विचित्र चित्र भित्रकी परी बनेर आउनु र म चकोर जस्तो भएर हृदय सजाउन आउँला, अनेक रङ्गका पुष्प झै सिँगारिएर आउनु धर्तीमा बसेर प्रीत लाउँला भन्ने सिङ्गारिक रसले सजिएको छ कविता ।
 अषाढको पन्ध्र, छन्द ः इन्द्रवज्रा +उपजाति– कृृषकको लागि अषाढको १५मानु खाई मुरी उब्जाउने समय हो । यस समयमा वर्षा हुन्छ । यो वर्षालाई छोपेर खेत रोपेर, गीत  गाउँदै, पसिना बगाउँदै, उर्जालाई श्रममा लगाउँदै, खाजा दही चिउरा मगाउँदै, चट्टखाँदै , बीउ ल्याई रोपाइलाई ''उत्सव" ठान्दै, सारा गरालाई हरियो बनाउँ, अन्न फलाउँ र अषाढको १५ सँग रमाउँ भन्ने धारणा आएको छ कवितामा ।
लालीमा फैलियोस्, छन्द स्रग्विणी – चार श्लोकको यस कविताले काव्यले के सन्देश दिनु पर्छ,, दुदर्शा कसरी नाश गर्नु पर्छ , राष्ट्र नायक कस्तो भएमा राष्ट्रले काँचुली फेर्छ भन्ने सन्देश बोकेको छ । राष्ट्रिय भावले ओतप्रोत यस कवितामा भाषामा शुद्धता, बुद्ध भाव, हिजोको मूलबाटो के थियो, कालिमा नष्ट गर्दै लालीमा भर्र्दै, देशका दर्दशा लेख्दै, राष्ट्र घातीलाई दर्शाउँदै, दानवी चेतना शून्यमा झरुन्, नेपाल विश्व र ब्रह्माण्डमा टल्कने देश बनोस् जस्ता आशावादी भावनालाई पस्कदै कवयित्री भन्दछिन् –
दूरदर्शी भए राष्ट्रका नायक
बन्न सक्ने बने देश उन्नायक
राष्ट्रका अङ्गले काँचुली फेर्दथे
स्वर्गका देवता मुग्ध भै हेर्दथे ।।
पृष्ठ ३७
बुद्धलाई बसालौं, छन्द ः भुजङ्गप्रयात (गजल)–  पाँच शेरमा रचित यस गजलमा दुराचार दुर्वृत्तिका छिद्र टाल्न, स्वयमभित्र सद्ज्ञानको दीप बाल्ने, सदाचारको पाठ पढ्दै, अग्रगामी बन्दै, कसैबाट पाप भए पखालौं शान्तिका अग्रदूतलाई साथ लिंदै हिंसालाई जरै देखि उखेल्दै अहंकार फालौं सबै खराबी नष्ट गदैर्, हृदाकाशमा बुद्ध बसाल्ने जस्ता धारणा आएका छन् गजलमा  । गजल सिङ्गार रसमा लेखिन्छ भन्ने मान्यतालाई तोड्दै सुन्दर र ज्ञानवद्र्धक गजलको निर्माण गरिएको छ ।
जिन्दगीका कथा, छन्द ः स्रग्विणी – यस कविनतामा कवयित्रीले जिन्दगी के हो भनेर यसरी प्रष्ट पारेकी छन् –
जिन्दगी जेल हो जिन्दगी झेल हो
चल्न जान्यो भने जिन्दगी रेल हो
जिन्दगी मेल हो जिन्दगी भेल हो
खेल्न जान्यो भने जिन्दगी खेल हो ।
पृष्ठ ३९
 जिन्दगी कुरा बुभ्mन कठिन छ , समय बित्तै जान्छ, लक्षमा पुग्ने इरादा भएकोले ईश्वरमा ध्यान बढ्न थाल्यो भन्ने धारणा एकातिर आएको छ भने अर्कोतिर  पुर्खा पौरखी र सहासी थिए तर सन्तान लालची र आलसी छन् भन्दै जिन्दगीबाट पाठ पढेर राष्ट्र समृद्धिमा लागांैं, स्वभीमानी बनौं, होस्मा  काम गरौं, जिन्दगी रोष छाडेर होस्मा बढोस्, काम क्रोध लोभको नाश होस् र बुद्धको देशमा शान्तिको बास होस् भक्तमा भक्ति, कठिन परिश्रम गरी शैलमा चढ्नु, जिन्दगीक कथा सुन्ने इच्छा भए कृष्ण गाथा सुन्दा पूर्णता मिल्छ भन्ने धारणा छ कवितामा ।
गुरु गोविन्दराज विनोदी र प्रज्ञा , छन्द ः अनुष्टुप – यस कवितामा गोविन्दराज विनोदीले प्रज्ञाको पदवी प्राप्त गर्दा गैडा कोटका लागि हर्षका दिन भएको, र गोविन्दराज विनोदीको प्रज्ञासँग अन्योन्याश्रित सम्बन्ध रहेको, गैंडाकोट निवासीको यसमा हात रहेको, गोविन्दराजले प्रज्ञापद प्राप्त गर्दा गैडाकोटको शान, स्वाभिमान र गरिमा बढेको, गैंडाकोटेले उत्कृष्ट काम गरेका गुरु गोविन्दराजको हरेक कामबाट गौरान्वित रहेको धारणा छ कवितामा।
परीक्षा दिंदै छन् यहाँ बाबुनानी, छन्द ः भुजङ्गप्रयात– बाबु नानीले प्रश्न पढेर, भाव बुझेर, मिलाएर परीक्षा दिन्छन् । पुस्तिकाभित्र संसार देख्छन् । प्रश्न लामा छोटा हुन्छन्, कस्तो लेखनी हुन्छ भनी जाँच गरिने भएकोले चनाखो भएर, मग्न भएर, प्रश्नभित्रै नयाँ दृश्य देख्दै, पाना थप्दै भव्य लेखनी भयो भन्दै गरेका कुरा समाएर कवयित्रीले रङ्गमानी नानी बाबुका कहानी लेख्दै शिख्यको साथमा जिन्दगी गएको र यिनैलाई जूनतारा र भविष्य हुन् भनिएको छ कवितामा ।
युवालाई आह्वान, छन्द ः भुजङ्गप्रयात–  आज नेपालको हाल कस्तो भयो, कसैमा स्वदेशी पन छैन, कुनै कामको सिद्धि देखिदैन, नेतृत्व बृद्ध भए जस्तो देखिन्छ ,देश निर्माणतिर कसैको ध्यान जाँदैन, सबैलाई सत्ता र भत्ताको चाहना छ ,देश भूस्वर्ग हो, त्यसो हुँदा युवाले समाधानका पाउ चाल्दै, चेतनाको दीप बाल्दै, राष्ट्र सम्झेर यहीँ फालहाल्दै ,युवा जोस भर्दै, तिमी जागिहाल, नयाँ सोचले काममा लागिहाल, पहाड उचाल्न परे उचालेर सत्ता समाल र समाधानको मार्गमा पाउ चाल भनी आग्रह गरिएको छ ।
दिव्यधाम, छन्द ः वसन्ततिलका – देवघाट विश्व चर्चित पुण्य भूमि, माता पिता सहज रहने, स्वर्गनगरी, दिव्य धाम बन्दैछ, यो टल्किदै छ, तेत्तीसकोटि दीपक झल्किदै छन्, यसलाई भव तारक बुझेर, हरिभत्तहरूशिला पुजेर, माता पिता तप गरेर बस्छन् । गुरु ईश्वरकृष्णबाट देवघाट जाज्वल्यमान हुन गयो, श्रीराम मन्दिर भव्य बन्दैछ  र माता पिता सुखको साथमा रहने यो  देवघाट स्वर्ग नगरी बन्दै छ भन्ने धारणा आएको छ कवितामा ।
कविता मै रमाउँछन् , छन्द ः अनुष्टुप – कविले कवितामा संसार हेर्दै हर्ष विस्मातका तान समेट्दै, बृद्धका वेदना, बच्चाका चञ्चलता, बुद्ध, प्रबुद्धका शुद्ध भावना, कवितामा सोह्रोरश्रृङ्गार भर्दै, आफ्नो शिल्प कलामा आफै दङ्ग पर्दै, दाम नभएर नाम कमाउँदै, कविताहरूमा रमाउँदै, जहाँ रवि पुग्र्दैनन् त्यहाँ कवि पुग्दै, स्वर्गको नगरी रच्दै कविता सिर्जना गर्दछन् जस्ता भावना राख्दै कविको चाहना छ कि साहित्यको छवि देश विदेशमा उच्चा बनेको सन्देश प्राप्त गर्न सकियोस् ।
म सिर्जना नयाँ गरूँ, छन्द ः पञ्चचामर – यसक वितामा कवयित्रीले शब्दका थुँगा टिपेर नयाँ सिर्जना गर्ने भानुभक्तको पाउमा पर्ने, शक्ति साधना गरेर, भक्ति भावना भरेर, सशास्त्रको विज्ञभएर सचेतना छर्ने, बुद्धको मार्ग समाएर दीन हीनको  वेदना हर्ने, अनन्त कोटी देवता अतीव दाहिना भएर राष्ट्रलाई स्वर्ग बनाउनलाई दुःख सिन्धु तर्न परे पनि तरूँ जस्ता धारणा राख्दै कवयित्री भन्दछिन् –
यिनै धरा सजाउँदै हराभरा गराउँदै
स्वयम् बसुन्धरा बनी समस्त विश्व नै भरूँ
पृष्ठ ४२
नयाँ शक्ति आओस् , छन्द ः भुजङ्गप्रयात– देशको विकराल स्थितिलाई मूल्याङ्कन गर्दै, नयाँ वर्षको साथमा हर्षलाई डाक्दै, निराशालाई भगाउँदै, आशा जगाउँदै, जराजीर्ण राजनीतिलाई नयाँ शक्ति आएर किनारा लगाओस्, नयाँ जोस, होस, स्वदेशी पनाले स्थान पाउँदै लथालिङ्ग राजनीतिलाई महाशक्ति आएर सँभालोस् , नया कामको थालनी होस्, उर्जा त्यसैमा लगानी गरेर नयाँ सोच राखेर, पुराना सबै राजलाई ताजा गराउँदै छताछुल्ल राजनीतिलाई नयाँ शक्तिले आएर जादू चलाओस् भन्ने भावना प्रकट गरिएको छ ।
नयाँ वर्ष आयो, छन्द ः भुजङ्गप्रयात– नयाँ वर्ष कयौं वर्षबाटै हर्षको रूपमा मनाउँदै आए पनि युवाले कुनै काम काज पाउन नसकेको, नकुनै उद्योगधन्दा खुलेका, बाबु नानीका दिवास्वप्न बुनाइ, संस्कार बिर्सेबाट हुने लाज, स्वदेशी पनाको ह्रास, विदेशी भाषामा बोल्न बाध्यता, यहाँको राज बुझ्न गाह्रो जस्ता भावना पोख्दै कवयित्रीको धारणा यस्तो छ–
नयाँ वर्ष आयो भनी हर्ष मानी
सुनी वीर पूर्खाहरूका कहानी
हुनैपर्छ यो सभ्य हाम्रो समाज
यिनै कल्पनामा म डुब्दै छु आज ।
पृष्ठ ४७
के के बनूँ म, छन्द ः भुजङ्गप्रयात –  यस दुई पङ्क्तिका ५ ओटा श्लोकमा कवयित्रीले अमृतमयी भवना बगाएकी छन् । बाबा आमाको लागि पुत्र पुत्री आँखका नानी हुन् । कवयित्री माता पिताकी तारा बन्न र यिनकै सहारा बन्न चाहन्छिन् । जिन्दगीमा आइलाग्ने विघ्नबाधा चिर्नको लागि आरा बन्न, देशको सुरक्षा दिन सक्ने, मातृभूमि युगौ जिउने बनाउन पियूष धारा बन्न सक्ने र देशलाई भव्य सिङ्गार गर्न सयौं बार रूपा र रारा बनूँ म भन्ने धारणा बगेको छ कवितामा ।
क्षमा गर, छन्द ः पञ्चचामर– जीवनमा भोग गरेका विविध पक्षलाई यहाँ दर्शाउने चार चतुस्पदी श्लोकमा कवयित्रीले बजारका अभक्षलाई भक्ष गर्दा, शरीरमा विकार बनेर छुरा धस्न थाले, रोगको घडा बन्न गएर घुँडा जाम भएर खडा हुन नसक्ने भए, देह नै नक्कली भएछ, कली युगको मनुष्य योनी छली भए छ ,अनेक रोगबाट गलित रोग भगाउने औषधी नै नमिलेपछि निरोगी बन्ने कुरै भएन । अभक्षनै खाइयो, होस पनि हराइयो,  दान धर्म न त तीर्थब्रत न शुद्ध कर्म न विशुद्ध भाव नै राख्न सकियो जस्ता मार्गदर्शन दर्शाउँदै कवयित्रीको आग्रह यसप्रकार आएको छ –
त्रितापको प्रभावले छ रुग्ण यो कलेवर
भएन चेतना कुनै प्रभो ! सबै क्षमा गर
गरेर शक्ति साधना धरेर भक्ति भावना
छरेर दिव्य चेतना सदा गरूँ उपासना ।
पृष्ठ ४९
चिन्नुहुन्छ कि ? छन्द ः अनुष्टुप – अबोधगम्यतालाई गम्य गराउने, विचित्र रचना रचेर उसैभित्र हराउने, सूर्यपुत्र जस्तै धीर वीर, गंभीर, दान र धर्मका लागि कुवेर झै अमीर, न्यालय चुस्त–दुरुस्तको कसी जस्तो बनोस्, आवासमा बसेर, काव्य आराधना गर्ने, नारीको रूपमा माताकै दिव्य दर्शन गर्ने, उषा, दिवा र सन्ध्यामा कवित्व वर्षण गराउने यस्ताको परिचय माग्दै कवयित्रीले प्रश्न राख्छिन् –
पूज्य छन् शब्दवेत्ता यी संकेत गुन्नु हुन्छ कि ?
महात्मा को हुनन् एस्ता कसैले चिन्न हुन्छ कि ?
पृष्ठ ५० ,
 यस प्रश्नका उत्तर कवयित्रीले माथि नै भनि सकेकी छिन् कि सूर्यपुत्र जस्तै धीर वीर, गंभीर, दान र धर्मका लागि कुवेर झै अमीर । सूर्यपुत्र  कर्णलाई उनको वीरता, दानशीलता अनि निष्ठाका लागि सधै स्मरण गरिने कुरा महाभारतबाट जानकारी पाउँछौं ।
मङ्गल यात्रा, छन्दः पइझटिका – यस कवितामा मङ्गलमय यात्रा गर्दा सुखदायी मोज जगाउने वाला,जीवनयात्रामा हरिपद चुम्दै, फलदायी रूपमा, चालकलाई बधाइ दिंदै, मनोहर गाउँको साथै नयाँ नयाँ ठाउँको अवलोकन गर्दै, पूर्व पश्चिम उत्तर दक्षिणको सौन्दर्यताको मान राख्दै, सरिताको साथमा डुङ्गामा बसेर सलल बगेर, रनवनलाई हेर्दै, ज्ञान बटुल्दै, मनमोहक यात्रामा बिम्बलाई सजाएर परमेश्वरलाई लाखौ बधाई दिंदै फर्कनु छ भनी धारणा राखिएको छ ।
छन्दसारथि, छन्द ः अनुष्टुप– छन्द कविताको इतिहास हेर्दा धेरै कविहरू छन्दमा रमाएका देखिन्छन् । कवयित्रीले छन्दलाई कुदाउने छन्दसारथि हुन् । यिनले उषामा कविता रच्दै रविसँग उदाउँछन् भनेकी छन् । छन्दमा कविता त धेरै कविहरूले रचेका छन् । कवयित्रीले नामलाई रेलसँग जोड्दै खकुरेल बने भनेकी छिन् । रमेश खकुरेलबाट कवयित्रीले अनुष्टुप छन्द सिकेको धारणा आएको छ भने रेल कुद्नलाई पेट्रोल या डिजेलको आवश्यक्ता पर्छ तर खकुरेललाई विचार रसले कुदाउँछ भनेकी छन् । छन्दसारथि राष्ट्रका गौरव हुन र यिनीहरू छन्द साहित्यमा महारथि बनेका छन् । अनुष्टुप छन्दमा लेख्न गाह्रो हुन्छ र गला खोलेर गाउन शुद्ध लेखनी हुनु पर्छ भन्दै कवयित्रीले अन्तिम श्लोकमा गुरुप्रति श्रद्धाभाव यसरी प्रकट गरेकी छन् –
अनुष्टुप छन्दका मेरा गुरु हुन् छन्दसारथि
गुरुकै पदमा झुक्दै भावले गर्छु आरती ।
पृष्ठ ५२,
भान्छा मै कविता, छन्द ः अनुष्टुप – यस कवितामा मनको भावनामा जब मीठो भोक जाग्छ । भान्छामा नै कविता देवी आउँदा खाना पकाउने या कविता लेख्ने, मन दोधारे बन्छ, भावना फुरेपछि लेख्न सहज नहुने,  कविताले आत्मालाई पगाल्ने, आँखामा नाच्न आउने जस्ता उद्गार पोख्दै कवयित्री भन्दछिन्–
आमा हुँ अनि पत्नी हुँ धर्म निर्वाह गर्दछु
फुरेकी कवितालाई पुस्तिका भित्र भर्दछु ।
पृष्ठ ५३
गुरु कृष्णसँगै कविता, छन्द ः तोटक –गुरु कृष्णका कविता सलल बग्ने, दिललाई छुने ,सुन्दर, अबल, मिष्ट, शिष्ट, नव जोश दिने, होश दिने, समीर बनेर बग्ने, समसामयिक, सर्व हिताय,उपदेश दायक,उत्तम कविता गुरुसँग छन् र कृति झनै उत्तम छन् भन्ने धारणा आएका छन् ।
छन्द, छन्द ः स्रग्विणी – यस कवितामा कवयित्रीको भनाइ छ कि यस संसारमा सबै कर्म छन्दमा हुन्छन् । मेघले गर्जना गर्ने, देवले चेतना भर्ने, आश विश्वास, स्वासका चाल, जीवको बोलाई, तालको छाल, काव्य लेखाई, धर्म शास्त्रादिमा वेदका मन्त्रमा, सूक्ष्म या विराट छन्दमै जन्मिए, ज्ञान विज्ञान सच्छन्दमा अन्मिए, चरीको चिर्रविर्रमा छन्द, चुरा पनि छन्द मै बज्ने काम हुन्छ भन्दै कवयित्रीको धारणा यसरी आएको छ –
वागमा भृङ्गले छन्द गुञ्जाउँछन्
छन्दमै गीत संगीत वर्षाउँछन्
छन्दका जन्मदाता बने पिङ्गल
छन्दबाटै गरे विश्वको मङ्गल ।।
पृष्ठ ५५
वैज्ञानिक सुनिता विलियम्स छन्द ः अनुष्टुप   – वैज्ञानिक सुनिता विलियम्सको बारेमा लेखिएको यो कवितामा उनको धर्म प्रतिको आस्था, अध्यात्मको अर्को पाटो भौतिकवाद भएको, धर्म विनाको काम वेकाम हुने, इष्टदेको पूजा सदा गर्ने, उनका यी कर्मको अनुसरण हुनु पर्ने, उनको भनाइ छ कि ज्ञान, विज्ञान या धर्म परिपूरक हुन् । धर्ममा आस्था र कर्ममा दृढता हुनु पर्छ भन्ने संदेश विलियम्ले दिएको धारणा आएको छ कवितामा ।  
हाँसो, छन्द ः शार्दूलविक्रीडित– कवयित्रीका हाँसोप्रति पोखिएका भावना अति महत्वपूर्ण छन् । हाँस्न पर्छ, संंसार हाँस्छ , रोग नास्दछ, सुख शान्ति साहस दिने औषधीको काम गर्छ, योग विधिले हाँस्न भन्छ, हाँसो छरेर दीर्घ जीवन बाच्नु पर्छ, हाँसोले मन शुद्ध बन्छ, उर्जा मिल्छ, नैतिकवान बन्छ, जीवनको अपार धन, हाँसोहीन र नीदहीन रोगको कारण बन्छ, मनमा सयौं पीडा भएमा हाँसो भाग्छ, हाँसो बाट कयौं रोग परास्त गर्न सकिन्छ, सबै बन्धुबान्धव इष्टमित्र,सबैले आपद वीपद छाडेर आत्म सफा राखेर हाँस्नु पर्छ हाँरसो बाटै मानिस धराका धनी, सत्कर्मको थालनी,रोग मुक्त हुन र शुद्ध पवित्र हाँसो हाँस्नु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।
साहित्यकार समप्रति, छन्द ः वसन्ततिलका – बालकृष्ण सम शिखर कवि, साहित्यरत्न, उत्कृष्ट नाटककार, निबन्धकार, चित्रकार,अद्भूत कला र विधाका धनी, अपूर्व निधि,सुरम्य कविताकार, शेर थर मेटेर, सम पार्ने नाउँ, अध्यात्मवादसँग भौतिकवाद जोडने, सम्भ्रान्तबाट समभाव बनाइ छाड्ने यस्ता साहित्यकारका कवितालाई देदीप्यमान बनाऊँ र 'साहित्य रत्न समको गुण गान गाऊँ भन्ने धारणा आएका छन् कवितामा ।
चिसो बढायो, छन्द ः उपजाति – ६ ऋतुका आफ्नै आफ्नै विशेष्ता छन् । कवयित्रीले हेमन्त ऋतुको विशेषताको वर्णन गरेकी छन् । कवयित्री भन्छिन् –
हेमन्तमा शीत –तुषार आयो
गर्मी भगाएर चिसो बढायो
पृष्ठ ५९
यस ऋतुमा चिसो बढ्छ, चिसोबाट बच्न तातो पिरो खान पर्ने, न्यानो लुगा लगाउनु पर्ने , पौष र माघमा घाँटी दुखेर सताउने, मीठो घाम ताप्न पर्ने भनेर उर्दी जगाउने जस्ता भावनाले सजिएको छ कविता ।
हेमन्तराज, छन्द ः दिक्पाल– यो ऋतु मंसिर–पुसमा पर्छ । यस समयमा सूर्य देखिदैनन्, न्यानोपना हराउँछ, चिसो बढ्छ हड्डी नसा गलाउँछ, ढाड कक्रक्क पार्छ, गोडा घुँडा दुखाउँछ र गला समाउँछ र यस समयमा निकुञ्जमा सत्काव्य पुष्प फुले पनि सारा बसुन्धरामा हेमन्तराज छाउँछ भन्ने धारणा आएका छन् कवितामा ।
कुम्भमेला, छन्द ः अनुष्टुप– यस कवितामा चतरा धाममा बालसन्त जगद्गरुले कुम्भमेलाको शुरूवात गराउनु भएको, यसक्षेत्र र कौशिकी लाई बराहक्षेत्रको नाम शास्त्रादिमा उललेख गरिएको छ । तीर्थको महिमाले संसारलाई नै झङ्कृत पार्छ, कृष्णा,कौशिकी, मन्दाकिनी र नर्मदाका महिमा गाउने कुरा, शास्त्रीय प्रमाण खोजेर कुम्भमेला सुरु भएको कुरा आदि यस कविताले समेटेको छ ।
शरद्को विदाई, छन्द ः भुजङ्गंप्रयात–  शरद् ऋतुको गमनमा नजाउ भन्न नसकिने, विदाइ कसोगरी गर्ने,यसै ऋतुमा चाडपर्वहरू पर्ने, यसलाई सबैले रोक्न पर्नेमा विदायी दिनेछन्, मैले रोकेर रोक्न सक्दिन । यस ऋतुमा न जाडो न गर्मी, काव्यकर्मीले पनि यस्तो कहाँ मिल्छ भन्छन् भन्न्े  धारणा आएको छ काव्यमा ।
तिहार , छन्द ः उपजाती – यस कवितामा तिहार रमाइलो चाड आमा, मामा, दाजु, दिदी, भाइ, बहिनी मिलेर टिका लगाउने काम हुने, विदेशमाा भएका बहिनी भाइलाई झल्को लाग्ने,भाइको निधारमा टिका लगाउन नपाउँदा मन फिका पर्ने र आँशु झर्ने जस्ता भावना पोख्दै कवयित्री भन्दछिन् –
भएर यो देह हुँदैन टाढा
आत्मीय सम्बन्ध छँदैछ गाढा
नहोस् कसैमा पनि कत्ति दुःख
रमौं रमाउँ र बनौ सहारा ।।
पृष्ठ ६३
निराश छैन, छन्द ः वसन्ततिलका – शरद् ऋतुमान घाम झलमल्ल लाग्छन्, रविले प्रकाश छदै वन–कन्दरामा पुग्छन्, पूmलहरू ढष्कमक्क फुल्छन् , चाडपर्व आउँछन्, मानिसमा हर्ष छाउँछ, चाडपर्वको महिमा गाउँदै स्वजनसँग हाँसी समय बित्तछ । यस समय आकाशमा वादल पनि हुँदैन, वर्षा पनि हुँदैन, यस्तो सुरम्य उपयोग गर्दा मानिसमा निराश छैन जस्ता अभिव्यक्ति साथ कवयित्री लेख्छििन् –
पन्छी रमाउन पुगे अनि प्रीत लाए
कौवा तथा कुकुरले पनि मान पाए
छन् भृङ्गले कुसुममा रस पान गर्दै
हो हर्षमा भ्रमरले पनि गीत गाए ।
पृष्ठ ६४
गुरु गोविन्दमा नम, छन्द ः अनुष्पटुप – यस कवितामा ऐतिहासिक व्यक्तित्व, दिव्य नाम, पुरस्कार विजेता, जस्को छविको कारणले राष्ट्रिय गौरब बढेको छ , भव्य सानसँग सम्मान भएको छ, उत्कृष्ट काव्यका हस्तीको रूपमा पहिचान भएको छ जस्ता गुरु गोविन्दराज विनोदीप्रति कवयित्रीको आदरभाव यसरी झल्किएको छ –
काव्य वाल्मीकिका झै या लेखनाथ तथा सम
छन्दमा साधना गर्ने गुरु गोविन्दमा नम ः
पृष्ठ ६५
शरद्को अनौठो कहानी, छन्द ः भुजङ्गप्रयात – शरद् ऋतु नअति घाम, नअति जाडो, सफा आकाश, नवर्षा आदि  सुन्दर मौसम हुनु पर्नेमा विहानी गृष्म जस्तो, लगातार गर्मी बढ्दो, यामले धर्म विर्से जस्तो, उषा नै ताते पछि दिवा कस्तो हुने हो, यहाँ कुनै राग हुनु पर्छ, धरा रुग्ण छ, हावा रापिलो हप्प हप्प , धरा बल्न थाले जस्तो, गर्मीको कारणले स्वेदधारा बग्न थाल्नु, दिवा, रात या साँझ अग्नि जस्तो, यो कुरा बुझ्न गाह्रो भएकोले यो के भएको हो बताऊ भन्ने प्रश्न राखिएको छ ।
घटस्थापना, छन्द ः भुजङ्गप्रयात – आश्विन शुक्लपक्षको प्रतिपदा तिथिमा नवदुर्गालाई आवाहन गरेर घटस्थापना गरिन्छ । दशैंको आरम्भ हुन्छ । यो उत्सव मनाउने दिन हो ।  यो उसत्साह, उल्लासको समयमा दुर्गा भवानीको पूजा गरिन्छ । घडा सिङ्गारिन्छ आदि सुन्दर चित्रणको साथमा कवयित्रीले यसरी वर्णन गरेकी छिन् –
घडा यो अनौठो भएको छ कस्तो
उनै विष्णुको मोहनी रुप जस्तो
धरामा छ वैकुण्ठ झै आज हाल
मलाई नियाल्दै छ मेरो हिमाल ।
पृष्ठ ६७
 हे भानु, छन्द ः इन्द्रवज्रा – यस कवितामा कवयित्रीले आदिकवि भानुभक्तले रामायण जस्तो भव्य काव्य लेखेर,रामको नाम हजार जपेर, अध्यात्मको पूर्ण बिचार गरेर,साहित्यको अनमोल हारलाई सौगात दिएर गयौ । तिमीले लेखेको रामायणभित्र जीवनको मूल सार भेटिन्छ भन्ने धारणा लिएको छ कविताले ।
अति सरल होस् जीवन गति, छन्द ः शिखरिणी– यस कवितामा वर्षाबाट देवनगरी, जलमय, बाढी पैह्रो, वाहन लड्नु, वेपत्ताहुनु जस्ता घटनाको साथै कोरोना कहरको सकस, भूकम्पको प्रलयको सहन आदि पीडा सहन गरिएको हुँदा बाधा, विपद अथवा नीच कुमति नआओस् र जीवन गति सरल होस् भनिएको छ ।
जिन्दगी, छन्द ः पञ्चचामर–  यस कवितामा जिन्दगी कस्तो छ,जिन्दगीले के गर्छ, कसरी आउँछ र कसुरी जान्छ भन्ने भावनालाई सुन्दररूपमा प्रस्तुत गरिएको छ । खुसी हुँदा जिन्दगी रमाइलो, सुखी हुँदा यही हो जिन्दगी मानिने, जिन्दगीमा उतार चढाव हुने रहेछ । जिन्दगीले गुलाफ झै सुगन्ध छर्छ, मानिसमा सुवास छर्छ तर यो त कि पूmल जस्तो , कि त शूलजस्तो भएर आउँदो रहेछ । विगतलाई भोगेको आधारमा जिन्दगी हिमालझै टलल टल्कने, सूर्य झै झलल्ल झल्किने, असत्यको प्रहारमा दूत बनेर आउने, अशान्तिमा शान्ति दीपबन्ने, सत्यतामा साथ दिन आउने हो जिन्दगी भनेकोमा जिन्दगीलाई कवयित्रीले यसरी निचोड निकालेकी छन् –
नरोकिने नअड्किने घडी रहेछ जिन्दगी
सदैव साथमा रहने छडी रहेछ जिन्दगी
अगाडि बढ्न खोज्छ जो पछाडि आड भै दिने
रहेछ यो त दैवको अजीव खेल जिन् दगी !
पृष्ठ ७०
देवधाट हो, छन्द ः अनुष्टुप – यस कवितामा कवयित्रीले देवघाटलाई देवको घाट, देह अन्त्यष्टिको भव्य ठाउँ, त्रिशुली अनि कृष्णको मिलन विन्दु, हरिहरले खेल्ने ठाउँ, राष्ट्र गौरवको तीर्थस्थल, ज्ञानी ध्यानी तपस्वीको बल, हरिकीर्तनमा रम्ने ठाउँ, भक्तहरू जम्ने ठाउँ, माघ स्नानमा आउने ठाउँ, तीर्थ या ब्रतका निम्ति धाउने ठाउँ, देवघाट हो भनी परिभाषित  गरिएको छ ।
भक्ति लागोस् अनन्य, छन्द ः भुजङ्गप्रयात–  यस कवितामा कवयित्रीले सचिादानन्दमा ध्यान लाउँ र जुनी धन्य धन्य बनाउँ भन्दै आग्रह गरेकी छन् । समुच्च कवितामा शिवप्रति भक्तिभाव दर्शाइएको छ । शिवजीले जटाबाट गङ्गाका धारा बगाउनु, दीन दुखीका सहारा, शम्भु बोध गम्य बनुन्, शिव विश्व कर्ता, विधाता र भर्ता,सृष्टि कर्ता र संहार कर्ता,सबै देवमा अग्रगण्य, उनलाई इन्द्रादिले पुज्छन्, ब्रह्माण्डमा  शक्ति दिन्छन् र सबै देवताद्वारा उनै हुन् प्रणम्य भनिएको छ कवितामा ।
तिमी छौ बसेकी उहाँ पोखरामा, छन्द ः भुजङ्गप्रयात – यस कवितामा कलवयित्रीले पोखरामा बसेकी आमालाई उषामा, दिवामा, साँझमा  खोजेको, खोज्दै गर्दा मैना र वर्ष बित्तै गएका छन्, यहाँ हर्ष छैन, ज्वाइँ छोरी हुनाले मख्ख पर्दा बुहारी मुनाले दुःख मान्लिन्, बाटो कुरेर बसेको, चेतनाको धरामा खोजेको अयोध्या काशी नगइ विन्ध्यवासिनी नै ध्येय बनुन् भन्ने भाव प्रकट गरिएको छ ।
कृष्ण काले, छन्द ः भुजङ्गप्रयात – यस कवितामा कृष्ण काले प्यारो नाम, प्रेमका सिन्धु,सत्प्रेरणादाता तिमीलाई भेट्ने धारणाले मन फुरुङ्ग, तिम्रै कुरा बारंबार हुन्छ र सम्झना हुन्छ, यहाँ आएरर फालहाल्दा ढुक्क भएको भन्ने भक्ति भावनाले भरिएको छ कविता ।
भानु हुन्, छन्द शार्दूलविक्रीडित– यस कवितामा रम्घा फाँट झमल झल्काउने, सीता राम चरित्र विश्वमा छल्काउने, भाषाका नयाँकिरण, साहित्यका उषाकिरण, जनभावना साहित्यमा वर्षाउने, आफ्नो धर्म रीति संस्कृतिको सदा पालन गर्ने,घाँसीबाट शिक्षा प्राप्त गरेका, सबैका प्रेरक,आदि धारणा पस्कदै कवयित्री लेख्छिन् –
लेख्दै धार्मिक काव्य भक्त मनमा भर्ने यिनै भानु हुन्
सीताराम चरित्र यो भुवनमा छर्ने यि नै भानु हुन्
पढ्दा भानु समान छन् कृतिहरू संसारको सार छ
यस्ता अद्भुत दिव्य आदिकविमा मेरो नमस्कार छ ।।
पृष्ठ ७५,
कवि र कविता, छन्द ः अनुष्टुप – कविका कल्पनालाई गहिराइमा गएर मूल्याङ्कन गर्नु पर्छ । बाहिरी आवरणमा फलाम देखिए पनि भित्र हिरा पाउन सकिन्छ । पहाडका चुचुरा चुम्न सहज र्छैन सामना गर्नुपर्छ । कविले कविता लेख्दैमा कविता बन्दैन कविता बन्न त कविताभित्र प्राण भर्न सक्नु पर्छ । यदि सुगन्ध– मधुले पूर्ण चमेली चाहेमा किन्न पर्ने र   कविका कवितामा वैलेको पूmल खिल्ने शक्ति चाहिन्छ । मोती पाउन समुद्रको गहिराइमा पुग्नु पर्छ । कविको साधनाबाट र।ाम्रा कविता लेख्न सकिने, काव्यका धुनले धरा उर्वरा बन्दछिन् ।बसुन्धराले कविका भावनालाई नियाल्दै छन् भन्दै कविता समाप्त हुन्छ ।
ग्रीष्मको ताण्डव नाच, छन्द ः इन्द्रव्रजा –  यस कवितामा कविले ग्रीष्म ऋतुले ताण्डव नाच नाचेर आनन्द हर्छ, छहारी खोज्न पर्ने बनाउँछ, गर्मीले खगराजलाई झार्छ ।बटुवा हरूलाई पोल्छ र निर्ममा ताप भर्छ भनिएको छ ।
धन्य भए छौँ , छन्द ः मात्रिक– कविको भव्य छवि भएका कोकिलका जस्तो कण्ठ भएको वैरागी उपनामको नामहो शिवजी । राम लखनको जन्म भएको गौरवमय भूमि भन्दै अघि बढ्नेको नाम लोकमणि भएको, प्रथम चरणमा भएको गोष्ठी सुन्दर सभ्य र भव्य भएको, लक्ष भाषामय बैठकमा देवघाटमा रम्दै झुम्दै मनको अधम पशुलाई छाडेर तन मनले अभिनन्दन गर्दै, धन्य भए छौ कृष्ण र वसु भनिएको छ ।
 निकुञ्जप्रति , छन्द ः लोकलय (झ्याउरे) –निकुञ्ज राम्रो भएस्कोले यहाँ प्रतिभा खुल्ने, निकुञ्जभित्रका चित्र विचित्र लाग्ने यसमा लेखनीकला र गला खुल्ने, गुरुको माया पाउँदै छन्द सिक्न आएको ,कुञ्जका जहान विश्वमा नामी बनुन्, आगमनको उद्देश्य उज्ज्वल बनोस् र रचना तागतीला बनुन् भन्ने कमना गरिएको छ कवितामा ।
गणतन्त्र, छन्द ः अनुष्टुप,– यस कवितामा राजा फालेर ल्याएको गणतन्त्र हो । राष्ट्र समृद्ध हुने, चाहना राखियो तर राजनीति खिचातानी आकाशिँदै गयो । विकासको मार्ग छाडेर देश दुर्दशामा गयो । अब्बल नेता छन् भनेर भोटहालेर जितायौं तर यिनबाट पनि केही पाउन सकिएन, देशको ढुकुटी रित्तियो । यसको मुख्य कारण राम्रो नेतृत्वमा ध्यान जानु पर्ने हो तर हाम्रो नेतृत्व ल्याउनाले बीजमा विष पाइयो भन्ने धारणा छन् कवितामा ।
प्रिय लाग्दछौ, छन्द ः द्रुतविलम्बित – यस कवितामा रवि र बादल बीचको सम्बन्धलाई दर्शाउँदै कवयित्री भन्दछिन्–
जलधिबाट तिमी जल सोस्दछौ
सकल जीव चराचर पोस्दछौ
रवि विना न त जीवन चल्दछ
न तरू बढ्छ, न त फुल्छ न फल्दछ
पृष्ठ ८१,
बाबा विनाको घर शून्य हुन्छ, छन्द ः उपजाति – यस कवितामा बाबाको आवश्यक्तालाई दर्शाउने,बाबाको सपना पुरा गर्ने प्रतिज्ञा गरिएको छ । बाबा विना घर शून्य लाग्ने, बाबा भए घर धन्य बन्ने, बाबा सबका सहारा, परिबार साराले बाबा खोज्ने, सन्तानको लागि बाबा सूर्य जस्ता, बाबाबाट उत्प्रेरणा मिल्ने, ज्ञान प्राप्त हुने, जहाँ गए पनि जति कमाए पनि बाबा नै सम्झिने, बाबासँग काम गरेको, उपदेश सम्झेर, विशेष पात्र बनेर काम गर्दै पीडा हेर्दै, सङ्कीर्णता गलाउँदै विज्ञानको ज्योति जलाउने प्रतिबद्धता आएको छ कवितामा ।
धन्य छन् ती वसुन्धरा, छन्द ः अनुष्टुप – बसुन्धराले आफ्नै लीला देखेर छक्क पर्छिन् भन्ने अभिव्यक्तिको साथमा यहाँको प्राकृतिक सिौन्दर्यता कतै गुराँस फुल्ने, कर्तै शैलका टाकुरा, कतै सौन्दर्य पूर्ण फाँटका गह्रा, बुकी पूmल फुलेको, रातकी रानीले वासना छरेको, डाँडा पाखाको मोहनी रूप आफ्नै सौन्दर्यमा रम्ने वसुन्धरा भनिएको छ ।
गुरुप्रति, छन्द, अनुष्टुप– यस कवितामा गुरुप्रति आदरभाव प्रकट गरिएको छ । गुरुका दिव्यवाणी, थरी थरीका लेखनी, रचनामा जिन्दगीका कथा व्यथा, हरिका गुण माधुर्य, काव्यका ज्ञाता, धर्म शास्त्रमा विशारद, शिष्यका लागि दिव्य देवर्षि नारद जस्तै, गुरुका मन्त्रका सामु सारा वैभव व्यर्थ छ, गुरुको सानिध्य र भक्तिले मुक्तिको अर्थ लाग्छ त्यसो हुँदा कव।यित्रीको धारणामा 'बिना गुरु कुनै सिद्धि हुने छैन कतै पनि' गुरुको कृपा दृष्टि मिल्यो भने जन्म धन्य हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
बालेन आए, छन्द ः इन्द्रवज्रा– जब बालेन रश्मि छर्दै आए । नेतृत्वको बाटो प्रशस्त भयो । डोजर चल्न थाल्यो । बालेन आएपछि यो देशको विकास हुनेछ भन्ने  धारणा आएको छ । बालेनले उज्यालो छर्दै आए, नेतृत्वको मार्ग प्रशस्त गर्दै डोजर चल्न थाले, बालेन देशै भरी जग्मगाए, कीरा धमीरा सबै बगाए, खाद्यान्नको जाँच गर्नु, गल्ली उज्याला र चौडा बनाए, देशको विकास गर्नका लागि अरिङ्गाल– सर्प मास्न थाले, बालेनको सहासलाई धन्यवाद दिनु पर्छ भन्दै कवयित्रीले युवाप्रतिको धारणा यसरी ,पस्केकी छन्–
बालेन जस्तै अनि हर्क जस्तै
छन् देशका निम्ति युवा प्रशस्तै
हीरा मोती अब फल्छ पक्कै
बल्ने छ यो देश यहाँ धपक्कै ।
पृष्ठ ८५
अनुशासन होस् , छन्द ः तोटक– अनुशासन जीवन धन हो भन्दै कवयित्री यसरी प्रस्तुत भएकी छिन् –
नभ चुम्न सकोस् सवको मनले
शुभ कार्य विशेष गरोस् जनले
हर पात्रसँगैं अनुसशासन होस्
अनुशासन जीवनको धन होस्
पृष्ठ ८६
अनुशासनलाई धनको रूपमा लिएको यस कवितामा जब रोग बढेर शैल चुम्छ मानिसमा होस् गुम्छ । यस्तो अवस्थामा पनि अनुशासन दुःख दर्दसँग होस् । मन विशुद्ध होस्, नैतिकता नभुलियोस्,जनमानसमा अनुशासन होस्, सबै धर्मविषे अनुशासन होस् र घर आगनमा धन आर्जनमा, सबै आश्रमको जनजीवनमा, भय भीडमा अनुशासन होस, अनुशासन जीवनको धन होस् । कवयित्रीले अनुशासनलाई महत्वपूर्ण स्थान दिएकी छन् ।  
महाकवि, छन्द ः अनुष्टुप्– महाकवि लक्ष्मीप्रसाद देवकोटा शारदा पुत्र, कविमा श्रेष्ठ, काव्यमा आत्मा बनेर जाग्ने, साहित्य क्षेत्रमा बर्चस्व उच्च भएका, देश विदेशको दृष्टिमा समुच्च, लेखनी अहोरात्र दौडी राख्यो, तिमी काव्यका धनी हौ, इतिहास बोल्छ, स्वच्छन्दतावादी कधारका राष्ट्रका गौरव, भोक, तृषा, सबै विर्सिएर साहित्यमा सौरभ छरेका, तिम्रा खण्डकाव्य, महाकाव्य, अनौठा कृतिका छविले सबैका साथमा बास बसेका छौ भनिएको छ कवितामा ।
युवा सब जागे, छन्द ः चित्रपदा – घामको उदयसँगै युवाले स्वर्णिम दीप लजाएर, घन्ट बजाएर, रविले देश झलमल बनाउँर्दै, अंकल र अंटीलाई जाग भन्दै, देश विदेश कराउँद,ै सोच नवीन वनाउँदै, सागर उरालेर जीत गराउन कुर्लेर, एक भएर लागेर, देश जगाउन दाजु र भाइ राष्ट्र सजाउन उदाएर घन्टी लिएर अघि डुल्दै, ज्ञान बटुल्दै, सबै युवा जागेर देश बचाउन लागे भन्ने धारणा आएका छन् कवितामा । यस समसामयिक कवितामा देश घन्टीमय भएको धारणालाई दर्शाउने प्रयास भएको छ ।
गर्मी, छन्द ः अनुष्टुप् –गर्मी र हावाको संतुलन सम्बन्धमा कविताले प्रकाश पारेको छ । आगाको राप झै गर्मी बढेको स्वेदधारा बगेर बस्त्र भिजाएको, पंखाले तातो हावा फालेको, हावा कता गयो, कुन व्यस्ततामा छ, रुखका पात पनि हलेका छैनन्, घामदेखि डराए जस्तै छ, तातो बाफ लगाएर बीचबाटै हराएको भन्दै कवयित्रीले गर्मीको कारणले ताप खप्न नसकेको हुँदा वायु आएर जादू चलाउन आग्रह गरेकी छन् ।
भाषामा एकता होस्, – यस कवितामा मुकुन्द गुरुको भाषा शुद्ध हुन्छ । जननी मातृभाषा भएकोले उनैलाई चुनौं । भाषालाई उपेक्ष गर्न हुँदैन । भाषा उद्गमको खोजी अवश्य हुन्छ । भाषालाई प्रेम गर्नेको ध्यान भाषा तिरै हुन्छ । सत्यमार्गमा हिड्ने बालाको जित हुन्छ । मुकुन्द गुरुको भाषा शुद्धता राष्ट्रको पहिचान हो । त्यसको लागि गुरुको अनुयायी बन्नु नै भव्य शान हुन्छ । भाषाकी जननी हाम्री मातृभूमि हुँदा पनि हामी पछाडी किन परेको भन्दै कवयित्रीले भाषामा हुने द्वन्द्व समाप्त गर्दै एकतामा जुटौं र राष्ट्रको उच्च गौरव बनाउँ भन्ने धारणा आएको छ कवितामा ।
कोही त आऊ , छन्द ः उपजाति – राष्ट्रियताले भरिएको यस कवितामा कवयित्रीले म राष्ट्र उद्धारक हुँ भनेर कोही आऊ र लाचार नेतृत्वलाई  विनाश गर्दै विकास मार्ग खन । अगुवा बनेर आऊ र अशान्ति हर्दै शान्तिलाई भर्दै, बुद्धत्वको ज्ञानलाई छर्दै, वीरहरूको देश भनेर चिनाउँदै, देशलाई दिलमा सजाई, विकास गर्ने सहकार्य गर्दै, उद्योगका नयाँ द्वार खोल्दै, हृदयमा पवित्र भाव राखेर राष्ट्रको लागि मियो बनेर आऊ भनि आव्हान गरिएको छ ।
म पूmल बन्छु, छन्द ः उपजाति – म पूmल बन्छु, यस कवितामा वगानका पुष्पसँग बसेर पूmल भै फुल्नको चाहना, मिठास भर्ने कलाको प्रयोग, पूmलमा अनेक रङ्ग भर्नु, अशान्तिलाई शान्त पार्नु, खुसीसँगै प्रेमिल भाव लिनु, सुवासले शुभभाव दिने भावनाले सजाउँदै कवयित्रीले भन्छिन् –
यो भूमिलाई परिपूर्ण पार्छु
माली स्वयम् बन्छु र पूmल सार्छु
म ओखती गर्छु गरा गराको
नैराश्य नाशेर बसुन्धराको ।
पृष्ठ ९३
कथाचित् गरिन्न, छन्द ः भुजङ्गप्रयात– नीति श्लोक जस्ता भावनाले भरिएको दुईपदीय श्लोकमा युद्ध लड्नलाई ठूलो दजोश चााहिने,फेदमा बसेर रुख नचढिने, देश सम्झेर सफा राजनीति गर्नु पर्ने, पढ्नको लागि लेखनीमा दोष दाग हुन हुँदैन, मान सम्मानको आस गरेमा महान ताकेृर अघि बढिदैन,फटाहाहरूको साथमा अगाडी बढेमा इमान्दारिताको घडा बढिन्न, सििचदानन्दको मूल तत्त्व बुझेमा लगातार गल्त िगरिदैन भन्ने धारणा आएका छन्।
 देश सम्झेर आऊ, छन्द ः वैश्वदेवी– आजको सन्दर्भमा युवा युवती देश छाडेर विदेश पलायन भएका छन्लाई आफ्नो देश, भेष,प्यारा बाबु नानी समाउन, आफ्नै देशमा जे सकिन्छ कमाउन, मेची कनालीको पुल सम्झेर, आफ्ना बारीका बाली सम्झेर, आफ्नै धर्ममा रमाउन, छोरा छारीलाई स्वाभिमानी गराउन, चौरी अर्नालाई चराउन को लागि फर्केर आउने आग्रह गरिएको छ ।
पर्वत खुल्न थाले छन्द ः ऊपेन्द्रवर्जा– शरद् ऋतुमा पर्वत खुल्नु, गरलाफ जस्ता राम्रा पूmल फुल्नु,अन्नबाली फल्न थाल्नु, किसान बाली देखेर झुल्न थाल्नु, धेरै चाड यही मौसममा आउँदा सबै रमाए,गलामा पहिरनको लागि पूmलका माला उनेर आफ्नो दुःख पीडा भुलेर मानिस रमाउन थाले भन्ने धारणा आएका छन् कवितामा ।
बसे भानुभक्त, छन्द ः भुजङ्गप्रयात–यस अघि पनि भानुभक्त सम्बन्धि कविता आइसकेको छ । भावना फरक छन् । यस कवितामा भानुको रामायणबाट सबै जात राम भक्त बने, सबैको चेतनामा भानुभक्त बस्न सफल भए । घाँसीका कुरा, चुदीक्र निवासी हुने धारणा, उनै भानुभक्त भएर आउने कुरा, यहाँ रामराज्य हुनुपर्ने र राज्य  विभाजन हुन नहुने,रामको नाम सधै जपेर पिता पुर्खा सम्झिएर कर्म गनुपर्ने धारणा आएबका छन् कवितामा ।
असार पन्ध्रमा, छन्द ः लोक  लय – असार पन्ध्रमा खेत रोपाइँ गरिन्छ । यस समय गर्मी हुन्छ गर्मीको कारणले गलामा लालीमा चढ्छ । अवेरसम्म काम गर्नु पर्ने हुन्छ । यो रोपाइको फल मङ्सिरमा पाइन्छ । धानको रासमा बसेर फोटो खिचौंला जस्ता भावनाहरू पस्किएका छन् गीतमा ।
पियारी निकुञ्ज, छन्द ः भुजङ्गप्रयात–निकुञ्जलाई पियारी भन्दै सम्बोधन गरिएको यस िकवितामा कवयित्रीले चेतनामा कुञ्ज बनाएर बसेकी हुनाले मेरो जित हुनेछ । उर्जा प्राप्त भएकोले म खास रूपमा निर्माण हुनेछु । स्वयम्मा मीठो बतास चाल्दैछ । तिम्रो समिप्यमा नै हुने प्रयास खेर जानो छैन । तिमीबाट मलाई आशा लगेकोले निराशा भगाएर बढ्नेछु । तिम्रोा साथ मिलेसम्म कुनै निराशा लाग्ने छैन र कुनै समस्या पनि पर्ने छैन । प्रकृतिको साथमा रमण गर्दाको जुन आनन्द मिल्छ त्यो आनन्दको अनुभूति लिर्दै कवयित्रीले निकुञ्जलाई आदरभाव दर्शाएकी छन् –
तिमी शुद्ध गाना तिमी नै बजाना
तिमी नै त सत्सिर्जनाकी खजाना
नितमी बाट माया मिलेको छ धेर
म शैलेशको पाउ चुम्ने छु हेर ।।
पृष्ठ ९९
गूरु देव माझ, छन्द ः उपजाति–भाषा शुद्धतामा गुरुको धारणालाई कवयित्रीले महत्वको साथ उठाएकी छन् ।
भाषा हुनै पर्छ शुद्ध भन्ने
विश्वासका पात्र सदैव बन्ने
अपूर्व हाम्रा गुरुदेव माझ
प्रणाम गर्दछु झुकेर आज ।।
पृष्ठ १००
भाषा सबैको एक हुनु पर्छ । यसको लागि विवाद गर्न हुन्न । भाषा शुद्ध हुनु पर्छ । भाषामा समस्या हुनु हुँदैन । भाषमा प्रेम हुनु पर्छ भन्ने प्रमाणका साथ चुरो बटुल्ने श्रद्धेय गुरुलाई प्रणाम गरिएको छ ।
नागराज, छन्द ः उपजाती– नागराज हर्षित अवस्थामा रहेका वेला वार्ता गरिएको र नागराजले हामीबाट मानवीय समाजमा बाधा नहोस् आफ्ना सन्तानलाई आशीर्वाद दिंदै जाऔं जस्ता भव्य र सुन्दर वार्तालाप दर्शाइएको छ ।
गणतन्त्र ल्यायौ, छन्द ः उपजाति – गणतन्त्रमा सबैलाई सहज होला भन्ने जनभावना अनुकुल काम हुन नसकेको र विकृतिले स्थान लिएकोमा कवयित्रीको रोष प्रकट भएको देखिन्छ –
राजा हटाई गणतन्त्र ल्यायौ
हजार राजा बढुवा गरायौ
तिम्रै छ चारै तिर मात्र भत्ता
बढ्दै गयो झन् महँगी र भत्ता
पृष्ठ १०२
गणतन्त्रमा गरिएका कर्मलाई कवयित्रीले छर्लङ्ग पार्ने प्रयास भएको छ । यस समयमा प्राडो पजेरो जस्ता गाडी किन्न साम्सदहरूलाई भन्सार कर छुट, देशमा ऋणको भार बढ्नु, युवा विदेश पलायन, देशका उद्योग कलकारखाना बन्द भएका, देश बनाउने र रेलकुदाउने जस्ता झुटा आश्वासन, देशको स्वधीनतालाई खाडलमा हाल्नु, सुन्दर सपनामा आगो लगाउनु, लुछाचुँडी गर्नु, युवा उचालेर स्वार्थ सिद्धि गर्नु, सत्तामा छिरेर ढुकुटी सक्ने, षडयन्त्रकारी खिचडी पकाउने काम भयो भन्दै कवयित्रीको प्रश्न छ –'राजा भगायौ जनता छकायौ के कामले यो गणतन्त्र ल्यायौ ?'      
कवि जयदेव, छन्द ः अनुष्टुप् – जयदेव नुवाकोट सिङ्गारेर कविता लेख्ने कवि हुन् । उनका कवितामा सत्यता पाइने, पढ्दा आनन्द र आत्मसन्तुष्टि मिल्ने, उर्जा शक्ति बढाउने, दृेश भक्ति, धर्म ,कतै व्यङ्ग, कतै अड्कली कविता लेख्ने कविहुन् । उनका कविता बिम्बले सजिएका हुन्छन् । अनेकौं कल्पना गर्दै कवितामै हराउने तथा  कविता  साधना गर्ने कवि हुन् जयदेवजी भनिएको छ कवितामा ।
वर्षाको आशा, छन्द ः अनुष्टुप् – यस कवितामा वर्षाको आशा गरेर बसेको लामो समय हुँदा पनि बर्ष नभएको, बादलको मुस्लो हराएर गएको, मेघ गर्जदा पानी वर्षला जस्तो भए पनि हावाबको वेगले उडाएर लगेकोे, घाम चर्कदै आएको, विहानमा गरिएको आशा दिउसोमा सपना हुन पुगेको, किसानको वर्षा होला भन्ने सोच धोकामा परिणत भएको धारणा सहित इन्द्रको यो खेललाई बुझ्न गाह्रो भयो । जादु चालाएर यहाँ वर्षा गराउन हरिलाई पुकार गरिएको छ ।
आमा, छन्द ः शार्दूलविक्रीडित – यस कवितामा आमाप्रति पस्किएका शब्द शब्द अति  महत्वपूर्ण छन् । आमा के हैनन् ? सबै चिज हुन् । आमाप्रति पस्किएको पहिलो श्लोकलाई अध्ययन गरौं–
आमा हुन् करुणामयी सहृदयी आमा सबैकी गुरु
आमाको ममता  पिई हुनगयो यो जिन्दगानी शुरू
आमाबाट पिएर प्रेम रसले सचेतना भर्छु म
आमाको ममता सदा मिलीरहोस आराधना गर्छु म ।
पृष्ठ १०५
यसरी नै आमा धरती समान हुन् । उनले पीडा सबै खप्दछिन् । उनी विश्व भर पूज्य छन् । माला जप्ने काम गर्दछिन् । आमाका दुख सम्झेर एकान्तमा रुनु, समीप्यमा रहनु, आमा मनमा र धडकन भरी रहनु, दिलभित्र पुष्पभरी छाइ रहने पुष्पकी केशरी हौ, दिनरात तिम्रो चिन्तन गरेर मेरो पल वितिरहेको छ र तिम्रै अनुहार दृष्टिमा आइ रहन्छ जस्ता धारणा सहित आमा भन्दा ठूलो कुनै हुँदैन भन्ने भावना यसरी पस्किएकी छन् कवयित्रीले –
आमासाथ रहेर बन्नुछ सदा लौरी र आधार झन्
आमाका हरकष्ट हर्नु छ गरी गरी सेवा र स्याहार झन्
आमाको गुणगान गर्न नसी निःशब्द नै बन्छु म
आमाकोक अतिरिक्त हुन्न जगमा यो सृष्टि नै भन्छु म ।
पृष्ठ १०५,
कविता पछिलाउँछिन् , छन्द ः अनुष्टुप्– कविता पछिलाउँछिन् भन्दै कविताले शब्द मधुर्यता छरेर लेख्न लाउने,
सुतेको वेला होस् या कविको साधनामा होस्, कामको हतारमा या व्यस्ततामा होस् कविताले लेख्न बाध्य बनाउँछिन् । जिन्दगी यात्रा हो हजारौं सिंढी चढ्नु पर्छ । विघ्नबाधा पर्न सक्छन् । कहिले यातना झेल्न पर्ने, कहिले आनन्द, हर्ष विस्मात, कहिले सुख दुखमा हितैषी मित्र बनेर कविता आउँछिन् । कविता कविको कर्मको फल हुन् कि यी हर समय आउँछिन् । कविता भावनाको प्रस्तुती हो भावना जुनसुर्कै समयमा पनि बग्न सक्छ ।
धन्य ऋतुराज, छन्द ः सवाई (लोकल ) – वसन्त ऋतुलाई ऋतुराज भनिन्छ । यस ऋतुमा वनैभरी गुराँसका पूmल फुल्ने, डाँडा काँडा सबै ठाउँ हरियालीले भर्ने , मन्द मन्द सुगन्ध चल्ने, अनन्तले सुगन्ध छरे जस्तो लाग्ने, यो समयमा देशको विकासको पूmल फुलाएर जय गान गाऊँ । यो देश ऋतुराजले सजाएको र इन्द्रेणी झै खुलेको छ । ऋतुराज धन्य छन् भनिएको छ कवितामा ।
छोरालाई अर्ती , छन्द ः उपजाती – यस कवितामा छोरालाई विशेष बन्ने अर्ती दिइएको छ । पुत्रले माता पिताको उपदेशको पालन, पुर्खाहरूको मान गर्दै, शिक्षा लिएर दिलमा सजाएर, उपयोगमा ल्याएर, जागेका शुभ भावलाई नपन्छाई, विश्वास लिएर आएका मित्रहरूलाई धोका नदिइ, सौभाग्यले काम दिएमा भोली गर्छु नभन्नु, आदर्शमा उच्च छ ललाट भनेर आफैप्रति ढुक्क नबन्नु, जिन्दगीका कठिनाइबाट लाचार भएर नभाग्नु जस्ता अमृत वाणीले सजिएको कवितामा कवयित्रीले आजका युवा पलायनको सन्दर्भलाई कोट्याउँदै यसरी अर्ती दिएकी छिन्–
स्वदेशमा उर्वरक शक्ति छर्दै
म जन्म यो सार्थक पार्छु भन्नू
सङ्घर्षका सागर पार गर्दै
छोरा तिमी एक विशेष बन्नू
पृष्ठ १०८
चैत वैशाख हाँसून्, छन्द ः मन्दा क्रान्ता – हुनत चैतको शुरुवात उराठिलो लाग्छ । पात झर्छन् र शर्नै शनै पालुवा पलाउन थाल्छन् र प्राकृतिक सौन्दर्यताले छाउँछ । कवयित्रीले यस कविताको थालनी यसरी गरेकी छन्–
डाँडा पाखा भिरतिर सबै फुल्न थाले गुराँस
आयो मीठो हरहर छरी यो वसन्ती सुवास
डाँफे मैना हरिण हरिणी हर्षले प्रीत गाँसून्
नेपालीका घर घर डुली चैत वैशाख हाँसून्
पृष्ठ १०९
यस समयमा मौरी भुन भुन गर्दै कुसुम रसले पेट भर्छन् । भ्रमर र पुतलीले मौसमीे प्रीत गाँस्छन् । हिमशैल चम्कन थाल्छन् , आभा छर्दै दिनकर तेजिला भएर आउँछन् , यस अवस्थामा युवक र युवतीले प्रीत गासुन् जस्ता भावनालाई पोख्र्दै कवयित्रीले भन्छिन् –
आयो मौका सबतिर घुमी मस्त पर्ने विचर्ने
चिन्ता हर्ने  हँसमुख बनी देहमा शान्ति भर्ने
बाबाआमा हरिचरणमा भक्तिको प्रीत गाँसून्
नेपालीका घ।र घर डुली चैत वैशाख हाँसून्
पृष्ठ १०९
नेपालकी छोरी, छन्द ः लोक लय (झ्याउरे) – यस कवितामा नेपालकी छोरीका सन्घर्षमय जीवन तथा भोग्न परेका यथार्थतालाई प्रष्ट्याउने प्रयास गरिएको छ –
हुँ गोरी गोरी नेपालकी छोरी मुस्कान छरेकी
चट्टा न फोरी पिपलझै गरी संघर्ष गरेकी
छु वारि वारि जानु छ पारि तर्नु छ संसार
छन् काँढे घारी फाँडनु छ झाडी झिक्नु छ जाँगर
पृष्ठ ११०
यस कवितामा जिन्दगीमा सुख दुःख,उकाली ओराली, कहिले खेत कहिले बारी र कुटो कोदालीले सबै नारीलाई  संघर्ष र सामना गर्न सिकायो ।, अब्बल नारी बन्ने रहरमा धेरै कहर काटियो । जिन्दगी खेल मात्र नभएर संकट पनि झेल्नु पर्छ । आदर्श नारी बन्नु पर्छ । पुरुष जाति भाँति भाँतिका हुन्छन् र नारीको लागि कुनै कुनै मात्र जाति हुन्छन् । कवयित्रीले यस कवितामा मानिस चोला भोग्नको लागि नारी भै जन्मिएको र परघर गएको ।सबै भोगेर मन खुसी भएको र छोरीको जन्म भएर जीवन धन्ँय भएको धारणा आएको छ ।  
संस्कार र संस्कृति, छन्द ः सवाई –संस्कारको परिभाषाले व्यापक स्थान ओगटेको पाइन्छ । छोटोमा शुद्धता भनिएको छ भने वैदिक विधि अनुसार गरिने ब्राह्मण जातिका सोह्र संस्कार वा कृत्य जस्तै गर्भाधानदेखि अन्त्येष्टिसम्म गरिने कर्मलाई लिएको पाइन्छ । विभिन्न लेखहरूको अध्ययन गर्दा  संस्कारले धार्मिक, सामाजिक र नैतिक मूल्यमान्यताहरूको संरक्षण गर्दछ र आत्म–चिन्तनको अवसर प्रदान गर्दछ भन्ने जानकारी मिल्छ । यहाँ कवयित्रीले संस्कारले सही बाटो देखाउँछ, धर्म संस्कृति बचाउनु पर्छ, गुरुबाबा आमालाई मान गर्नु पर्छ । संस्कार र संस्कृति स्वदेशको सान हो ।'  संस्कार र संस्कृति बीच घनिष्ट सम्बन्ध हुँदा हुँदै पनि संस्कृतिलाई समुदायको साझा गतिविधिहरू, भाषा, रीतिरिवाज, कला, ज्ञान, विश्वास र सामाजिक संरचनाहरूको संयुक्त रूपमा लिइन्छ । कवयित्रीले गुम्बा चर्च मस्जिद र मन्दिरमा गएर आपसमा सम्मान र सद्भाव बढाउने आग्रह गर्दछिन् र बहुजाति भाषा धर्म नेपालको स्वाभिमान हो भन्दछिन् । कवयित्री प्रकृतिकी पूजारी हुन् । उनको धारणा प्रकृतिको  पूजा गुराँस र शयपत्री पूmल चढाएर गर्नु पर्छ भन्ने छ । मानिसलाई आवश्यक पर्ने गास बास र कपास धर्तीबाट मिल्छ । वन पाखा नदी नाला ,झर्ना, गाई, भंैसी, भेडा, बाख्रा, चौँरी, अर्ना, पनि यही धर्तीमा पाइन्छन् । यस देशमा घाटु, च्याङ्वा, सोरठी र अन्य लोक गीत पनि गाइन्छन् । पशुपतिनाथ र बुद्धको यो देश हिमाल पहाड र मधेस शान्ति क्षेत्र हो भन्दै कवयित्री भन्द छिन्–
अनेकतामा एकता नै हाम्रो पहिचान
संस्कार र संस्कृति हो स्वदेशको सान
पृष्ठ १११,
 आज के भयो ? छन्द ः प्रमाणिका – यस कवितामा कवयित्रीले भावनालाई बिम्बमा पस्कने प्रयास गरेकी छन् । नेतृत्ववर्गमा पुग्नु अगावै कमिला सरह थिए । तर जव नेतृत्ववर्गमा पुगेपछि हात्तीको रूप धारण गरे । स्वदेशको निधान होला भन्दा ढलीमली गरेर जिए । भाइ भाइ मिलेर काम गर्नको साटो फुटेर आपूm महान हुन पुगेको र अरुलाई भुजङ्ग (जार) को जस्तो व्यवहार हुन गयो । हिमाल, पहोड तराइ मिलेर देशलाई झिलीमिली बनाउने भनियो तर त्यो हुन सकेन, स्वधर्मको महत्व रहेन, सभ्यता हरायो, इमान, मान, सान, इज्जत केही रहेन न देश नै समृद्धितिर लम्क्यो जस्ता धारणा राख्दै नेतृत्वले के ग¥यो त भन्ने प्रश्नमा कवयित्री यसरी प्रस्तुत भएकी छन्–
तिमी हिमाल झै भयौ
स्वदेश भासिँदै गयो
प्रकाश जे थियो यहाँ
समस्त नासिँदै गयो ।
पृष्ठ ११३
मूल जरो समाऔं, छन्द ः उपजाति – ''स्वराष्ट्रको शान बचाइराख्न भाषा बुझी मूल जरो समाऔं ।" यस्ता गहन अभिव्यक्ति सहित कवयित्रीले शब्द शहीद नहुन्, काव्य गरीब नहुन्, जमिनलाई सहारा दिंदै अमिर हुनु पर्छ । लेखनमा सुन्दर भाव होस् जसमा ज्ञानी तपसी जनले विजचोर्ने, पुर्खाहरूको मान राख्ने, युवाहरूभित्र इमान भर्ने, गाउन सकिने, संस्कारका साथ उमङ्ग भर्ने, विज्ञानलाई याद गर्ने, भाषा दोष र  दाग हर्ने बनोस् भन्दै नेपाल विश्वमा सुन्दर देश, सभ्यता र भेष सुन्दर होस्, एकताको परिवेश माझमा भाषा सबैको राम्रो बनोस् जस्ता अभिव्यक्तिले सजिएको यो कविताको अन्तिम श्लोक यहाँ पस्कने अनुमति चााहान्छु –
सत्सिर्जनाको रसमा रमाऔँ
अस्त्त्वि आाफ्नो जगमा जमाऔं
स्वराष्ट्रको सान बचाइराख्न
भाषा बुझी मूल जरो समाऔं
पृष्ठ ११४

भाषा शैली – कविताहरू सरल, सरस, कोमल पदावलीले सजिएका छन् । कविता रसिला, गुनिला, बान्किला, सुकोमल र बोधगम्य भएको हुँदा साधारण पाठकदेखि बौद्धिक वर्गको लागि राम्रो खुराक हुन सक्छन् अर्थात सबैको लागि ग्राह्य छन् । कवयित्रीमा शब्द भण्डार अथाह भएको देखिन्छ । कवितामा शब्द चयन राम्रोसँग गरिएको हुँदा पढ्दा मीठास पाइन्छ । कविताहरू छोटा आकारका छन् र दिन चाहेको सन्देश प्रष्टसँग प्रस्तुत गरिएको हुँदा पाठकलाई पढौं पढौं लाग्ने देखिन्छन् । कविताले विविध क्षेत्रलाई समाएका छन् । प्रस्तुति सुन्दर छ । सबै कविता छन्दमा लेखिएका हुँदा लयात्मक छन् र प्राय सबै कविता गाउन मिल्ने खालका छन् । बिम्बको राम्रो प्रयोग भएको पाइन्छ ।
शीर्षकी करण – आवरण पृष्ठमा दर्शाइएको पल्लवित चित्रबाटै प्रष्ट हुन्छ कि ''कविता मञ्जरी" शीर्षक कविताहरूको एकमुष्ट पल्लवित रूप हो । ''कविता मञ्जरी" नामक कुनै शीर्षकको कविता यहाँ समावेश गरेको देखिदैन । प्रतीकात्मक नामाकरण हो । समग्र  कविताको अध्ययन र कवयित्रीमा पलाएको कविता लेखनप्रतिको मोहलाई मध्यनजर राख्दै शीर्षक सार्थक छ भन्न सकिन्छ ।
निष्कर्ष– मैले यस कवितासङ्ग्रहको राम्रोसँग अध्ययन गरेर कवयित्रीले दिन चाहेका सन्देशलाई भावसारको रूपमा यहाँ पस्कने कोसिस गरेको छु  । कवयित्रीको यो पहिलो कृति भए पनि कविताहरू परिष्कृत तथा स्तरीय रूपमा आएका छन् । छन्द प्रयोगको हिसावले कवयित्रीमा छन्दहरूको ज्ञान प्रचुरमात्रामा छ भन्न सकिन्छ । कविताहरूले विषयको गहनतालाई समाएका छन् । शब्द र अर्थ अलंकारले ठाउँ ठाउँमा स्थान लिएका छन् । 'सुन्दर कृतिका लागि शुभकामना'शीर्षकममा गोविन्दराज विनोदीले कविता सङ्ग्रहप्रति लेख्नु हुन्छ –'यसका कवितामा वर्तमानका सामाजिक आरोह अवरोहहरूको चित्रण जीवनलाई अनुशासित , प्रेमिल, कल्याणकारी,परोपकारी,कर्तव्यनिष्ठ,शिष्ट र सभ्य बनाउनु पर्ने विचारहरूको अभिव्यञ्जना पाइन्छ ।' कवितासङ्ग्रहमा नारीवादी चिन्तन, राष्ट्रप्रेम, समसामयिक सामाजिक यथार्थता, अध्यात्मिक एवम् भौतिकवादी चिन्तन, मातापिताप्रति आदरभाव, अग्रज साहित्यकारप्रतिको सम्मान, जीवनदर्शन, भाषा साहित्यप्रतिको चिन्तन, प्राकृति सौन्दर्यताको वर्णन आदिले सुसज्जित कवि भावनालाई समेटेको पाइन्छ ।
अन्त्यमा बसुन्धरा पौडेलको यो अथक प्रयासको प्रशंसा  गर्दै, उज्ज्वल भावी जीवनको कामना गर्दै विदा चाहान्छु
धन्यवाद
मिति २०८२ साल चैत्र ५ गते  

February 19, 2026

एक चिम्टी सिन्दूरको अनुशीलन

 सदानन्द अभागी
परिचय–
यो कृतिकी सिर्जना कार हुन् मुना धनञ्जय । उनी कुलप्रसाद पंगेनीकी सुपुत्री हुन् भने गजेन्द्रप्रसाद लम्सालकी बुहारी हुन् । पिता कुलप्रसाद प्रेरणका स्रोतका रूपमा रहेका हुनाले उनको साहित्यिक यात्रा विद्यार्थी  कालबार्टै थालनी भएको हो । मुनाकी आमाले सुरिलो आवाजमा गुनगुनाउने रामायणका श्लोक र भजनकीर्तनहरूले पनि मुनालाई साहित्यतिर लाग्न प्रेरणा मिल्यो । महिलाहरूलाई प्रगति पथमा लम्कन विवाह पछिको जीवन अति महत्वपूर्ण हुन्छ । मुनाको विवाह पनि एउटा साहित्यिक परिवारमा हुन पुग्यो । मुनाकी सासूआमा विभिन्न विषयमा झ्याउरे तथा लोक लयमा गीत– कविता रचना गरेर आफै बाचन गर्ने भएकोले मुनालाई थप  हौसला मिल्यो । साहित्यिक सिर्जनामा हरकोहीले घरयासी वातावरण सहज पाउन सक्दैनन् । यस अर्थमा मुनालाई भाग्य मानी सम्झनु पर्छ कि उहाँका जीवन साथी बद्री लम्साल छोराहरू भूगोल र परितोषको साथै कवयित्रीकी नन्द बसुन्धरा पौडेलको निरन्तर सहयोगको र सल्लाह पाइराख्नु भएको छ । हाल मुना धनञ्जय गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानकी परिषद सदस्य हुनुहुन्छ ।
कृतिको संरचना–  यसकृतिको आवरण पृष्ठ बाहेक विविध शीर्षकमा कदेखि ढसम्म १४ पृष्ठ, विषयक्रम २ पृष्ठ, कविता खण्ड ११५ पृष्ठ त्रिवेणी साहित्य प्रतिष्ठन, नवलपरासीका प्रकाशन ५ पृष्ठको साथै अग्रपृष्ठमा नारीको शिरमा एक चिम्टी सिन्दूर राखेको तस्विर छ भने पछिल्लो पृष्ठमा मुना धनञ्जयको तस्बिरको साथै प्रा. मुकुन्दशरण उपाध्याय, डा. नारायणप्रसाद अधिकारी र प्रा. चोलेश्वर शर्माका कृति र कृतिकारप्रति पस्किएका अभिव्यक्तिहरू समावेश गरिएका छन् । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठन नवलपरासी (ब.सु.पू.)ले गरेको छ । पिता स्व.कुलप्रसाद पंगेनीप्रति समर्पण गरिएको यस कृतिमा गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैंडाकोट नवलपुरका कुलपति गोविन्दराज विनोदीको शुभकामना, मुकुन्द शरणउपाध्यायको शूभेच्छाका केही शब्द, कृष्णशरण उपाध्यायको शुभकामना (एक चिम्टी सिन्दुरलाई), त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्षको प्रकाशकीय रहेको यस कृतिमा ५१ ओटा कविताहरू समावेश गरिएका छन् । परितोस लम्सालको आवरण कला रहेको यस कृतिको मूल्य २०५।– रुपियाँ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा –  यस कृतिमा समावेश भएका सबै कवित,ाको सार भाव प्रस्तुत गर्ने  प्रयास गरिएको छ । कविताको विविध दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यस कृतिमा नारीवादी चिन्तनलाई, गहिरो रूपमा उठाएका केही कविताहरू यसप्रकार छन् ।  यस कृतिको पहिलो कविता नै नारी शीर्षकमा लेखिएको छ । एकचिम्टी सिन्दूर, प्रथम रजस्वला , हामी नारीहरुको दैनिकी, आस्थाकी देवी माता, साइँली र आमा तथा नारीले बोक्न परेका विविध कठिनाइलाई विशेष रूपमा उठान गरिएका कविता हुन् । नारीले सन्तान उत्पादन गर्नु, पालन पोषण गर्नु तर तिनै सन्तानबाट अपहेलित हुनु, नारी माथि गरिने विभेद, आदिलाई सहन गर्ने हैन कि आफ्नो नैसर्गिक अधिकार लिन उठ्नुपर्छ । कुनै पुरुष  भन्दा नारी कम छैनन् र नारी अदना र अवला होइनन् । क्रान्तिकारी वीरङ्गना बनेर उठेर आफ्ना खोसिएका अधिकारलाई खोसेर ल्याई नारी जातिकै इतिहास रच्नु छ भन्ने धारणा आएको छ कवितामा ।
एक चिम्टी रातो सिन्दूरले सारा जीवन बाँध्छ, मायाको अनमोल दस्तावेज, प्रेमको निशानी, अटल सौभाग्यको सूचक, यसलाई मजाकमा उडाउन हुँदैन । जस्ले मजाकमा उडाउँछ कहिल्यै निदाउन, खुसी हुन,सक्दैन भन्दै कवयित्री भन्नु हुन्छ – 'सिन्दूरको धर्म र मर्मलाई जतन गर्न सक्नु पर्छ दुवैले चाहे सिन्दूर पहिरिने होस् या पहिराउने यो नै सिन्दूरको महत्व हो ।'
नारी रजस्वला हुँदा, घरमा बस्न नहुने, बाबु, दाजुभाइलाई हेर्न नहुने,अर्काको घरमा लगेर राख्नु, घामको किरण देख्न नहुने जस्ता पुरानो चलन थियो । बास्तवमा रजस्वला हुनु भनेको त सृष्टि सिर्जनाको संकेत हो । यस अवस्थामा किन अशुद्ध ठानिन्छ । कवयित्री भन्छिन् –'रजस्वला लाज होइन न त पाप हो । यो नारी जाति कै स्वभिमान हो  सृष्टिको मूल आधार हो ।'
नारी कुखुराको डाँकसँगै उठेर झाडु पोतो गर्नु, खाना पकाउनु खुवाउनु, बच्चाबच्ची भए पछि रेखदेख गर्नु, घरको काम धेरै गर्दा पनि काम गरेको देखिदैनन् । अस्तित्व भए पनि मूल्य छैन ।, नारी कि त आमा, श्रीमती, छोरी भएर बाच्न पर्छ , ऊ कहिल्यै म भएर बाँच्न सक्तिन, काम गर्दा थकान हुन्छ तर थकान देख्ने कोही हुँदैन । राती सुत्दा पनि भेलिको योजना बुन्नु पर्छ । नारीले सके पनि नसके पनि दैनिकी चालाउनु पर्छ भन्ने धारणा कवयित्रीले राखेकी छन् ।
माता मौलाकालिकालाई आस्थाकी देवीको रूपमा प्रार्थना गर्दै देवी एक भए पनि रूप अनेक छन् मेरो सबै चिज तिम्रै हुन् भन्ने धारणा आएका छन् कवितामा ।
नेपालका श्रमिक महिलाहरूको कठिन परिश्रमलाई कवयित्रीले समेट्ने प्रयास गरेकी छन् । साइँलीको कारुणिक व्यथा, पसिना, पीडालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ ।
नारीवादी चिन्तनको महत्वपूर्ण कविता हो आमा । आमाले गर्भ धारण गर्नु, बच्चालाई नौ महिना कोखमा राख्नु जन्म दिनु, पालन पोषण गर्ने काम आमा बाटै हुन्छ । आमा विना बच्चाको जिउने आधार कोही हुँदैन ।आमा दया मायाकी खानी, शालीनता र धैर्यैता कि प्रतिमूर्ति, सन्तानको भविष्यकी मार्ग दर्शक, बाबुनानीकी आस्थ र विश्वासकी दीप, आमालाई बच्चाको सर्वस्व र सृष्टिकै अनमोल रत्न हौ भनिएको छ ।  
नारीवादी कविताको सार भाव पस्केपछि अरू कविताहरूको सार भाव यस प्रकार छ – समय र ममा कवयित्रीले समयसँग आपूmलाई तुलना गर्नु, समय निरन्तर चलिरहनु तर म भने समयसँग निरन्तरतता दिन नसक्नु,  ।
मेरा बा – कवितामा बाको मेहनत, साहस, सहनशीलता,चुनौती र समस्यासँग जुझ्नसक्ने क्षमता, काममा निरन्तरता, मुस्कान भरी अनुहार, सन्तानको खुसीमा आफ्नो जीवनको खोजाई, कठिन परिश्रमले गर्दा हात खुट्टा फुटेका र हातमा ठेला उठेका आदि कुराहरूलाई समेट्दै बाबुले दुख बाहेक केही पाएनन् उनी संघर्षका पर्याय, आदर्श, सन्ततीको लागि सर्वश्व र भगवान हुन् जस्ता धारणा आएका छन् कवितामा ।
माग्ने –यस कवितामा एउटा विवश माग्ने मानिसको कष्टदायी जीवनलाई प्रष्ट्याइएको छ । उसले सारा कष्ट भोग्दा भोग्दै पनि कुनै न कुनै विहान त ब्युझिएला मनवता भन्दै ऊ आशावादी रहेको छ ।
मात्र एउटा प्रश्न – यस कवितामा मानव जीवनका अनेक क्रियाकलापलाई विश्लेषण गर्दै एउटा प्रश्न यसरी सोधिएको छ कि मानिस संसार बाट जो जे जति विदा भएर गए जाँदा के लिएर गए भन्दा जवाफ नाङ्गै आए नाङ्गै गए भन्ने धारणा आएको छ कवितामा ।
पूmल–कोपिलाबाट फक्रेर पूmलको सिर्जना हुन्छ कसैले टिपेपछि अस्तित्व समाप्त हुन्छ । जीवनको यथार्थता यही हो ।
भुर्इँमान्छे – यस कवितामा मानिसमा भएको अहम्ले आफूलाई जे ठाने पनि यथार्थतामा मानिस जे हो त्यही हो । सत्यलाई सत्य र भूmटलाई भूmट भन्न सक्नु पर्छ । आखाले जे देख्छ त्यही बोल्नु पर्छ भ्रम छर्नु छैन,      
सत्य सत्य नै हो । बाहिरी आवरण धेरै टिक्दैन । कर्सैको नजरमा भुईँमान्छे होला तर मानिस मानिसै हो ।
मान्छेहरू– मानिस थरी थरीका हुन्छन् ।कोही जितकोमा रमाइ रहेका, कोही हारमा पीडित, कसैमा उन्माद आदि जे भए पनि कवयित्री भन्छिन् –
साँच्चै भनूँ भने मान्छेहरू
लोकतन्त्रको बजारमा देखाउँदै गरिरहेको
उदाङ्गो नाच टुलु टुलु हेरिरहेछन् ।।
हिजोको ऊ आजको ऊ –मानिस परिवर्तनशील हुन्छ । मन हुँदा धन नहुनु, धन हुँदा मन नहुनु , देशमा हुँदा राष्ट्रियता हुनु, विदेश गए पछि देशप्रति घृणा पोख्नु, सानोका व्यवहारमा मातृभक्त तर आज ऊ त्यस्तो छैन , धनी भए पछि कसैको पनि खाँचो छैन । धनले सबै चिज किन्न सकिन्छ तर धन भन्दा लाखौं गुणा ठूलो मन हुन्छ भन्ने कुरा भुल्छ ऊ भन्ने धारणा आएका छन् कवितामा ।  
भञ्ज्याङको चिया पसल –पहाडी भेकको यात्रा, ओराली उकाली, अपरिचित बटुवासँगको क्षणिक भेट, आपसी निकटता, भेटिने देउराली,  देवीलाई पूmलको अर्पण, देउरालीको चियापसल, पसल्नी दिदीको मीठो मुस्कान, तामाको अंखरीको चिसो पानी, तिर्खाको मेटाई ,थकानमुक्त चियाकोस्वाद, जति  अघि बढ्यो त्यति याद, मन चिया पसलमा  दौडिरहन्छ जस्ता धारणा आएको छ कवितामा ।
असार पन्ध्र–गाउँको लागि यो दिन मानु खाएर मुरी उब्जाउने दिन, धान दिवस, सहरमा विकासे बजेट कार्यन्वयनको लागि हतार, राष्ट्र सेवक कर्मचारीलाई हर हिसाब फरफारक गर्न हतार, सञ्चार कर्मीलाई विकास सम्बन्धि समाचार सम्प्रेषण गर्न हतार, बजेट सक्नको लागि कृषिक्रान्ति विषय सेमिनार र गोष्ठीहरूको सञ्चालन, धानदिवस मनाउन मञ्च सजावट, प्रमुख अतिथिबाट गमलामा धान रोपाइँ, दही च्यूराको भोज, रात्रीकालिन भोजको तयारी समेतको धारणा आएको छ साथै कवयित्रीले गाउँको यथार्थ चित्रलाई पनि यसरी प्रस्तुत गरेकी छन् । युवा पलायन छन् । खेतबारी बाँझा छन्, नहर र कुला प्यासी छन्, विदेशमा चर्को घाममा युवाले घर सम्झेर रोइरहेका छन् । बुढा बा, आमा सन्तानले पिँढी कुरीरहेका धारणा आएका छन् कवितामा ।
आँसु–मानव जीवनमा आँसु हर्ष, विस्मात, अभाव, दवाव, पराइ आफन्त को कारण बाट झर्छ । कसैले आँसुलाई शक्तिमा परिणत गर्छन् । कसैले आँसु झारेर कमजोरी देखाउन नहुने भन्छन् । जीवन संघर्षहो संघर्षबाट भाग्न हुँदैन, हरेश खान हुँदैन, झेलेर अघि बढ्नु पर्छ र गन्तव्यमा पुग्नु पर्छ ।आँसुलाई मजाक बनाउनेबाट बचाउनु पर्छ ।बाहिर आँसु नझारे पनि भित्र भित्र मानिस रोइरहेको हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मानव जीवन – मनव जीवन नाशवान छ । आफ्नै देह आफ्नै वशमा छैन । मानिसले यी सबैकुरा विर्सन्छ । मानिसले अहंकार र द्वेष किन गर्ने । 'मानिसले छोटो जीवनलाई अर्थपूर्ण बनाउन सक्यो भने त्यसैमा मानिसको बुद्धिमानी ठहर्ने छ' भन्ने कविको ठहर छ ।
मेरो बाल्यकाल – बाल्यकाल सबैको आनन्द र महत्वपूर्ण हुन्छ, किनकी, न कुनै बन्धन, नकुनै अड्चन, विभिन्न खेल, पढ्नभन्दा खेल्नमा मन,जब मानिस ठूलो हुँदै जान्छ उसका बालक कालका सबै क्रिया कलाप हट्दै जान्छन् । बालक साथी बाट टाढिदै गइन्छ । आफ्नो आफ्नो गन्तव्यमा लागेका साथीहरूको स्मरणमात्र रहने हुन्छ । कवयित्रीले भन्छिन्–
एक पटक भेट्न मन छ ती साथीहरू
कोट्याउन मन छ विगत अनि
पुग्न मन छ बालापनमा
त्यसैले खोजीरहेछु साथ तीनै बाल्यकालका साथीहरूको ।।
पृष्ठ ४२
मालचरा –कविले मालचराको र मानव बीचको कार्य शैलीलाइ तुलनात्मक धारणाहरू प्रस्तुत गर्नु भएको छ ।  मालचरा एकको नेतृत्वमा बथानमा उड्छन् । एकले अर्कोलाई सहयोग गर्दछन् । मानिस विवेक भएको प्राणी हो ।  एकल पना रुचाउने, घमण्डको महल निर्माण गर्ने, ज्ञानी र सक्षम ठान्छ, भित्र भित्रै जल्छ टुक्रा टुक्रा भएर बाँच्छ । मानिसले मालचराबाट धेरै कुरा सिक्न सक्छन् । एकता, सहयोग, नेतृत्व, यी चराबाट सिक्न सकिन्छ । एकता बाटै साँचो उच्चाइ मिल्छ ।  
ऊ ठूलै नेता भए छ – नेता र जनता बीचको भिन्नतालाई यहाँ प्रष्ट्याइएको छ । जनता हुँदा सत्य बोल्नु, इमान्दारिता र जनताको मुक्तिका कुरा गर्नृु, ठुलो नेता भएपछि यी सबै कुरा भुलेको धारणा आएको छ ।
खै ! किन आउँछ तिहार–यस कवितामा तिहारमा देखिने प्रकृतिक सौन्दर्यता, पीङ, बालक कालका बालक्रीडा, काग तिहार, कुकुर तिहार, गाई पूजा, गोवर्धन पूजा,भैली खेलाई, तेलधारा, सेलरोटी, मखमली र सयपत्रीका माला,सप्तरङ्गी टीका, अष्टचिरन्जीवीको पूजा, दैलो ठेलामा ओखर फोराइ, टिका लगाई, जुगा खेलाइको स्मरण गदै दाजु ईश्वरको प्यारो भपछि किन आउँछ तिहार भन्दै कविता समाप्त हुन्छ ।
भानु– यस कवितामा भानुलाई नेपाली म्भ, रामायणको भभाषाका एकीकरणकर्ता, नेपाली भाषाका सुगन्ध, नेपाली काव्य जगतका आदिकवि, धर्म, संस्कार र संस्कृतिका आधार स्तावानुवादक, अध्यात्मको पाठ सिकाउनेकर्ता, 'तिमी नेपालीजनका नेपाली मनका आस्था हौ, विश्वसा र्हाै त्यसैले त भानु तिमी नेपाली साहित्याकासका आदि कवि हौ प्रथम कवि हौ' भनिएको छ ।
जीवनको सार्थकता– जीवनको बालकक्षण आनन्ददायक भए पनि उमेर बढ्दै जाँदा यी आनन्ददायक जीवन जिम्मेवारी आएपछि मानव जीवन निश्चित सीमाभित्र बाँधिन पुग्छ र यो जिम्मेवारी वहन गर्नु पर्छ । जिम्मेवारीमा रम्दै रमाउँदै जीवन जिउनु जीवनको सार्थकता हो भनिएको छ कवितामा ।
आऊ बुद्ध ! – बुद्धलाई हत्या हिंसा बढेको, अज्ञानीको भेल बढेको, प्रेम सद्भाव हराउँदै गयो, स्वाथी पना बढ्दै गयो त्यसो हुँदा अहिंसा र सत्यको पाठ पढाउन, ज्ञान बाड्न, मानवता र परोपकार भाव बाँड्न, अहंकार मास्ने नीति बाँड्र्दछन्  र    
'अशान्ति भो जताततै
शान्ति छर्न आऊ बुद्ध ' ।  भनि बुद्धलाई आउन आग्रह गरिएको छ ।
जिन्दगीको परीक्षा– कविको भनाइ छ – बालक अवस्थाको आनन्दता, कक्षा चढ्न दिइने परीक्षा भन्दा 'बाँचुन्जेल दिनुपर्ने परीक्षा जसलाई जिन्दगीको परिक्षा भनिन्छ त्यो कठिन र दुरुह हुन्छ । यो परिक्षाबाट कोही पनि भाग्न पाउँदैन चाहे सफलता मिलोस या विफल भइयोस् । डटेर परीक्षा दिनु पर्छ भन्ने भाव छ कवितामा ।
भोलीको औंसी– मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने औंसीको रुपमा लिइन्छ । यो औंसीमा कोही घरमा गएर आमाबाट आशीर्वाद लिने काम गरिन्छ । देश विदेह बाट मोवाइलबाट आमालाई स्मरण गरिने छ । आजको युगमा सामाजिक सञ्जाल मार्फत आमाहरूका तस्बिरले स्थान  पाउने छन् । आमालाई सुख शान्ति र दीर्घायूको कामना गरिने छ  फोटा खिचिने छन् । नयाँ उपहार प्रदान गरिने छन् । आमले यस दिन सुख दिने या दुख दिने सबै सन्तानलाई समानरूपले आशीर्वाद दिने धारणा आएको छ कवितामा ।  
गोडाहरू– यस कवितामा गोडाहरू जितको लागी दौडी रहन्छन् । गोडाको जितबाट निधारले विजयको टीका लगाउँछ गलाले माला पहिरन पाएर आनन्द लिन्छन् । टीका, माला, तक्मा र पुरस्कारको हकदार गोडा नभए पनि जुता मोजा अनि दुखाइ मेट्ने मल्हमको हकदार हुनु पर्ने तर त्यो पनि उसले पाउन सकेन ।कविको भनाइ छ कि गोडाले इमान्दारी र धर्म विर्सिए भने सारा खुसीहरू लिलाम हुनेछन् । त्यसोहुँदा गोडालाई नविर्सौ र सम्मान गरौं ।
शान्त , समुन्नत, सुन्दर गैंडाकोट – यस कवितामा कविले गैडाकोटको सुन्दरतालाई,नारायणीको पवित्रता, धर्म, धाम, मठ मन्दिर, सडक, गल्ली, बाटा, शिक्षा, स्वास्थ,को बारेमा जानकारी दिइएको छ । कविले भनाई छ 'यो माटो आफैमा भाग्यमानि छ । सभ्य भव्य सुन्दर नगरीका बासिन्दा पनि भाग्यमानी छौं भन्ने धारणा आएको छ कवितामा।
जिन्दगीको यात्रा – यात्रा कुनै गन्तव्यमा पुग्न गरिन्छ । गन्तव्यमा पुग्न कठिन परिस्थितिलाई पार गर्नु पर्छ । कवयित्री गन्तव्यमा पुग्न नसकेर जिन्दगीको यात्रालाई अर्थ हिन र निरर्थक लागैको धारणा आएको छ कवितामा ।
आऊ न है ! वि.पी– वि.पी. कोइरालाले गरीब किसानका,झुपडीका,देश र जनताको भलाईका कुरा गर्ने,समानता स्वतन्त्रता,मानवता, राष्ट्रियता,लोतन्त्र समाजवाद सर्वोपरी हितका कुरा गर्थे तर आज यी सबै अलपत्र छन् । तिम्रा अनुयायीहरूले तिम्रा आदर्श र मूल्य मान्यतालाई भत्काइ रहेका छन् । निर्णय लिन कठिन भएमा एक मुठी माटो समाएर निर्णय लिनु भन्ने बिचार धनका विटा समाएर निर्णय लिनेतिर सरेको छ । देश काममा नभएर भाषणमा सरेको छ । मेलमिलापमा नभएर खुट्टा तान्नेतिर लम्किएको छ । असल बन्ने तिम्रो निर्देशन ठूलोमा परिणत भएको छ ।आजका विविध क्रिया कलाप रोक्न , सद्बुद्धि भर्न राजनीतिको चरित्र र पाठ सिकाउन मात्र एकपटक यस धर्तीमा आउन आग्रह गरिएको छ ।
गरीब – गरीबको यस संसारमा कुनै अस्तित्व छैन भन्दै कवयित्री भन्छिन् –
भ्रष्ट शोषक फटाहका सामु
उसको अस्तित्व के नै छ र
यो मानवता हराएको
मानव मूल्य लुटिएको
स्वार्थले भरिएको
ठूलाबडाको दम्भकारी समाजका माझ ।।
पृष्ठ ७१,
तिमी बदिलिएछौ – कोमल मन, स्वाभीमानी,आत्म ज्ञानी मानिस एका एक बदलिएर हसिलो अनुहार अन्धकारले छोपिएको, विशाल छाती, साँगुरिएको, सहयोगी हात अनुबन्धित भएको, अमृतमय बोली रुखा नमिठा, सरल मिलनसारिता अभिमानमा परिणत भएको, आदर्शवान र नैतिकवान प्रयाय हदभन्दा तल गिरेको देख्दा तिमीलाई चिन्न निकै ढिलो भएको र तिमी पुरापुर बदलिएछौ थाहा नपाइ नपाई भन्ने धारणा आएको छ कवितामा ।
सन्तबहादुर – यस कवितामा कवयित्रीले सन्तबहादुर नामको एउटा कर्मठ व्यत्तिःको बारेमा कविता लेख्नु भएको छ ।कविताको सार यसप्रकार छ – एउटा गरीबको छोरा व्यक्तिगत स्वार्थ त्यगेर कसैको दुखमा दुख मनायो र सुखमा सुख मनायो, सरलता र समानताको पक्षधर, छलकपट रहित जे भन्छ त्यही गर्छ। जे गर्छ त्यही भन्छ । 'राष्ट्रियता, लोक तन्त्र र समाजवादको त्रिवेणीमा नुहाउन मन पराउने ऊ आपूmलाई राष्ट्रको सच्चा कर्मठ सिपाही ठान्छ ।' स्वाभी  मानी, चाकरी चाप्लुसी नगर्ने, परिश्रमी, दूरदर्शी, वर्तमान र भविष्यको विकासका खाका कोर्ने वाला, दैविक प्रकोपमा राहत पु¥याउन कसिने, मृत्युका पीडाजन्य घाउमा सहानुभूतिका मलम पट्टी लिएर पुग्ने, दयाको खानी आत्मज्ञानी, स्वच्छ विचार, पारदर्शिता, धर्म, गरी भए पनि भ्रष्ट हैन, झोपडीमा स्वर्गीय आनन्द लिनेवाला धनको गरीब मनको धनी, अनुशासित, सज्जन, सादा जीवन उच्च विचार, अदम्य सहास 'कलियुगको रावणसँग लड्ने, त्रेता युगका राम जस्तै, द्वापर युगका कौरवसँग लड्ने कृष्णका अवतार जस्तै' व्यक्ति हो सन्तबहादुर ।  
मानवता – यस कवितामा कवयित्रीले मानवता सम्बन्धि राम्रो परिभाषा दिएकी छन् – हेरम् पहिलो श्लोक –
अत्यचारको अमृत भन्दा
सदाचारको विष छ प्यारो
 आत्मा कसैको रूवाउनु भन्दा
सबको दिल हँसाउनु राम्रो  ।
पृष्ठ ७८, श्लोक १
यस कविता शीर्षकमा कवयित्रीले चार हरफका ५ ओटा श्लोक छन् । प्रथम श्लोक त मैले माथि पस्किसकें । अरु श्लोक पनि त्यत्तिकै महत्वपूर्ण छन् । यिनको भावसार म यसरी प्रस्तुत गर्न चाहान्छु । चोरी चकारी गर्नु भन्दा भोकै बस्न, गल्ती लुकाउने साथी भन्दा दोष औँल्याउने शत्रु, मानवता रहित शहर भन्दा, सुख दुःख बाँडिने गाऊँ, कल्पनाको महल भन्दा यथार्थको झोपडी, परतन्त्रको जीवन भन्दा स्वतन्त्रताको परिवेश अरूको बोझ हुनु भन्दा आफ्नै पयरमा चल्नु, आफ्नो स्वार्थमा लाग्नु भन्दा अरुको हितमा लाग्नु  पयरमा चल्नु र मानवतारहित मानव भन्दा पशुतायुक्त पशु नै जाती भन्ने धारणा आएका छन् कवितामा ।
म – यस कवितामा समर्पणका धारणा आएका छन् । म के को लागि प्रश्न गर्नु स्वभाविक लाग्छ । मानिसको भविष्य सुनौला होस, सुसमाजको निर्माण गर्न सकियोस्, सामाजिक कुरिति र कुसंस्कारका जरा उखेल्न सकियोस, उत्पीडित र असाह्यहरूको सहयोग गर्न, सेवा प्रदान गर्न, कुलत र  दुव्र्यसनीमा लागेकालाई सुमार्गमा ल्याउन, धनी गरीब बिचको विभेद हटाउन, समाजमा समानता ल्याउन, घुसखोरी र कमिसनतन्त्र वालालाई डण्डित गर्न, नारी शिक्षा र नारी स्वतन्त्रताको आवाज बुलन्द पार्न, मानवताको बीजारोपण गराउन, अशिक्षितलाई शिक्षित पार्न, हत्या हिंसा रोक्नको लागि बुद्धको शान्ति छर्न,असत्य नास्दै सत्यतिर लाग्न, सेवालाई धर्म र परोपकारलाई पुण्य ठानी यिनै ऋचा अलाप्न, स्वार्थ रहित सुसमाजको निर्माण लाग्नु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।
सुस्ता – सुस्ता भारतीय अतिक्रमणले गर्दा त्यहाँका बासिन्दाको कष्टदाइ अवस्थालाई दर्शाइएको छ कवितामा ।
होली– होली रङ्गहरूको पर्वको रूपमा लिइन्छ । यस पर्वमा उमङ्ग र उत्साहको साथै मित्रहरूको मिलन, सबैले सबैलाई रङ्गहरूको लेपनबाट रङ्गिन बन्छ मुहार, रङ्ग खृल्नको लागि प्रयोग गरिने पिचकारीहरू, वेलुनका लोला बालकपनमा लुकी छिपी गरेको रङ्गको प्रयोग, फागु नाच होरु नाच, आदिका धारणा सहित  कवियित्रीले भन्नु हुन्छ –
जीस्वनको सबै भन्दा
त्यो सुखद पल
हो आज होलीले      
त्यही मेरो विगत
पल्टाइ रहेछ सम्झाइ रहेछ
भरिहेछ ममा उमङ्ग उत्साह
 उसैगरी जोश पनि ।
पृष्ठ ८४
विवाह वर्षोत्सव–यस कवितामा कवयित्रीले विवाह कर्ममा अग्निकुण्डमा सात फन्कोृ लगाएर सँगै जीवन काट्ने प्रतिज्ञा गरेको वर्षौ विते, समय परिवर्तन भए रूप र सौन्दर्य पनि परिवर्तन भए तर माया र प्रेम भने अझै प्रगाढ बन्दै यात्रा चालिरहेको छ । प्रेमका बिरुवा हुकिसकेका छन् र फुलिरहेका  छन् हाम्रा अघि भन्ने धारणा राख्दै कवयित्री भन्दछिन्–विवाह बर्षोत्सवको सुखद क्षणमा दुबै बीचको माया प्रेम, सहसम्बन्ध,अझै प्रगाढ बन्दै जाओस्, सधैं रहोस् साथ र समर्पण जीवनयात्रा अनन्तसम्म चलिरहोस् भन्ने धारणा आएको छ कवितामा ।
बल्दै गरेको चिता – यस कवितामा एउटी आमा गुमाए कि नानी, मसान घाटमा रातमा पानी आएको अवस्थामा आमाको लास जलिरहेको मलामी र ऊ आफै रुझिरहेको अवस्थामा मौना धारणा गर्दै एक्लिएको भाव  साथमा अथाह पीडालाई आमाको शरीर खरानी बन्दै गरेको हेर्दै यही खरानीबाट उसले नयाँ यात्रा गर्ने छे भन्ने कवयित्रीको धारणा सहित चिताको लप्का उचालिन्छ रात अझै चकमन्न बन्दै छ र नदी अझै सुसाइरहेका छ भन्दै कविताको बिट मारिएको छ ।
नैतिकता हराएको मानिस – नैतिकता हराएको मानिसमा लाज, नीति नियमको पालना गर्दैन, आफ्नो दोष अरूको काँकधमा थोपार्छ, अरूको सत्य स्वीकार्दैन, ऊ आँफै जित्न चाहान्छ  आत्मा सत्य बोल्छ विश्वास गर भन्दा पनि  मान्दैन नैतिकता बेचेर सफलता प्राप्त गरें भने पनि तिनीहरूको पतनको बाटा यही हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मुढेर काका – शान्त, मनका धनी, खेतबारीमा काम गर्ने कवयित्रीलाई नानी भनेर बोलाउने, बजारबाट मिठाइ ल्याई दिने, दानी, इमानी, धार्मिक, स्वाभीमानी, खानेकुरा बाँडीचुडी खाने, धैर्यताका सागर, कुशल सिकर्मी थिए । उनले निर्माण गरेका सामान कवयित्रीसँग अझै छन् । मुढेर काका आज छैनन् तर उनको याद आज पनि छ र बाँचुन्जेल श्रद्धाका सेता पूmल अर्पण गर्ने धारणा आएका छन् कवितामा ।
बेमौसमी असिना– किसानले बाली लगाउँछ , सपना बुन्छ , असिना झर्छ र सारा सपना चकनाचुर हुन्छन् ।कहिले हुरीले, कहिले बाढीले, कहिले असिनाले बालीलाई माटोमा मिलाई दिन्छन् । निराश हुँदैन कोदालो उठाउँछ र आशाको बीउ रोप्छ । आशा रोपेर दुख उब्जाएर भोकसँग सम्झौता गरेर फेरी पनि जीवन जिउन चाहान्छ भन्ने धारणा आएका छन् कवितामा ।
सत्यको जीत –यस कवितामा सत्यको जीत सधैंहुन्छ भन्ने धारणालाई सप्रमाण पुष्टि गरिएको छ र भनिएको छ –
सत्यलाई दवाउने जो कोही
आफै हराएर जाने छन् तर सत्य
कहिल्यै हराउने छैन
किनकी यो त अटल छ अडिग छ ।  
पृष्ठ ९८
बनमारा – वनमारा एउटा मध्यम बर्र्र्गीय झाडी हो । यसले सारा वनलाई सखाप पारिदिन्छ । मुनाहरूलाई बढन दिंदैन । अरुलाई पीडा दिन सकेकोमा गौरव ठान्छ । समाजमा पनि कसैलाई अधि बढ्न नदिने वनमारा छन् । कवयित्री आशावादी छन् कि ती वनमारालाई लाखौं मुनाहरू मिलेर जराबाटै उखेलेर नयाँ वनको निर्माण गर्ने छन् । त्यहाँ घामका किरण प्रवेश गर्ने छन् । सपना हरिया हुनेछन् र मुनाहरू मुस्कुराउने छन् भनिएको छ ।
मेरो मौनता– कवयित्रीले  मौनताको परिभाषा यसरी गरेकि छन् कि कम बोल्ने र चुपचाप सहने व्यक्ति कायर हो तर बास्तवमा सत्य यो हैन । सत्य त यो हो कि तुफान आउनुको अघिको शान्ति हो । शहनशीलता चिनारी बल शक्ति हुन सक्छ । हात्तिलाई कमिलाले ढाल्छ, । जब अहङ्कार र घमण्डको धैर्यैको बाँध भक्तिन्छ तव आवेगको बाढीले बगाउँछ । जस्ता अभिव्यक्ति आएका छन् । –
मेरा कविता – कवयित्रीका कविता कसरी जन्मिन्छन् । ती  कवितामा के के समेटिन्छन् जस्ता भावनाहरू पस्किएका छन् । भावनाको चलायमान भएपछि कविताको जन्म हुन्छ ।सुख दुःख, समाजमा बढ्दो अन्याय अत्याचारले सीमा नाध्दा, सत्ताका आडमा बसेर जनतामाथिको थिचोमिचो देख्दा, चेलीका अस्मिता लुटिदा, विदेशी अतिक्रमणमा, इतिहासलाई मजाक बनाइन्छ भने, पहिचानमा दाग लगाइन्छ भने, प्रेम टुट्दा, धैर्य लरखराउँदा,सपना चकनाचुर हुँदा कविता जन्मिन्छन् धारणा राख्दै कवयित्री भन्छिन्–
कविता मेरा आँखा हुन दृष्टि हुन्
कविता मेरो आत्मा हो
कविता मेरा हतियार हुन्
जस्ले हिंसा विनाको युद्ध लड्छ
हो ! यसरी जन्मन्छ् मेरा कविता ।।
पृष्ठ १०८
कानुन हराएको मेरो देश – यस कवितामा देशमा कानून छ तर व्यवहारमा छैन, कानुन नभएपछि सोझा सादाको घाँटी निमोठिन्छ । नेतालाई चैन सोझासादालाई ऐन थोपारिन्छ, प्रमाण हुँदा हुँदे पनि न्याय मुर्झाउँछ र कानुन चिच्याउँछ तर कसैले सुन्दैन । पैसा बोल्छ सच्चाइ हराउँछ , यहाँ शिक्षितहरू पनि थिचिन्छन् । झूटको जयजयकार हुन्छ । दलालको बजार फस्टाउँछ दिन दिन ,न्यायकर्ता नै दोषि भएपछि त्यहाँ अन्याय त मौलाउँछ नै, यिनै धारणा आएका छन् कवितामा ।
परदेशी छोराको चिठी आमालाई –यस कवितामा परदेशिंदाको अवस्थामा आमाले छोरालाई आशीर्वाद र एकमुठी माटो दिएर पठाउनु । छोराले त्यही माटो छोएर आमालाई सम्झने गरेको, आमाले विदा गर्दा पीडा लुकाएर मुस्कान देखाएर पठाएको, स्मरण गर्दै, आमालाई अरूसमक्ष बलियो बन्नु, बाध्यताले विदेश जानपरे पनि देशमा रोजगार नभएकोले घरव्यवहार, भाइ बहिनीको पढाइको  खर्च, आदि व्यवस्थापनले विदेशी हुन परेको छ  एक दिन मेहनत र पसिनाले तिम्रा सपना साकार पार्दै,  शिर ठाडो बनाउँदै फर्कने प्रतिवद्धता आएको छ कवितामा
खोला –  यस कवितामा खोला अविरल, अनवरत, पहाडको खोचबाट निस्केर अविरल अनवरत रूपमना  पवित्रताको साथमा भावना र सपनाहरू साथ लिएर, बगिरहदा पनि मानिसहरूले अस्तित्व विहिन पार्न खोज्नु,फोहोर पारीदिनु, छातीमा बाँध बाँधिदिन्छन् डोजर स्काभेटर चलाएर  दोहन गरिदिन्छन् गाउँ बस्ती शहर हुँदै समयको गतिसँगै बग्दै, कर्तव्यलाई सम्झँदै सबैको तृष्णा मेटाउँदै सबैलाई तृप्त पार्दै  समुद्रमा विलीन हुन पुग्ने धारणा आएको छ कवितामा।
भाषशैली – कविता गद्यलयमा लेखिएका छन् । सरल भाषा प्रयोग गरिएको हुँदा सबै प्रकारका पाठकमा बौद्धिक खुराकी यी कविताहरूले प्रदान गर्दछन् । पढ्दा पढौं पढौं लाग्ने यी कविताहरूमा बिम्बको सुन्दर प्रयोग भएको पाइन्छ । सुन्दर प्रस्तुती गरिएको छ । त्यसो हुँदा कविता पठनयोग्य र ग्रहणीय छन् ।
शीर्षकीकरण – यस कृति भित्रका धेरै कविताहरू शीर्षक योग्य छन् । कवयित्रीले एक चिम्टी सिन्दूरलाई शीर्षकको रूपमा लिएकी छन् । महिलाहरूको वैवाहिक जीवनमा सिन्दूरको महत्वपूर्ण स्थान रहन्छ । सिउँदोमा एक चिम्टी सिन्दूर हालेपछिमात्र विवाह कर्म सुसम्पन्न भएको मानिन्छ । यसलाई सौभाग्यको महान प्रतीक मानिन्छ । कवयित्रीको धारणामा यो मायाको अनमोल दस्तावेज सिन्दूर प्रेमको निसानी  भनेर एउटा महत्वपूर्ण स्थान यस कविताले पाएको छ र साथै नारी सम्बन्धि .थुप्रै शीर्षकमा कविता लेखिएका हुँदा शीर्षकले सार्थकता पाएको छ ।
निस्कर्ष – यिनका कविताकहरूले धेरै चिजलाई समेटेका छन् । यिनले कवितामा परिवार र समाज प्रतिको चिन्तनको साथै प्रगति, सुसंस्कारको निर्माण मात्र नभएर आपसमा सदभाव, प्रेम,परोपकार, नारीवादी चिन्तन, सीमा अतिकर्मण, विभेदको अन्त्य, राष्ट्र राष्ट्रियता, बृद्धबृद्धाप्रतिको अवस्था, युवा पलायन, देशको प्राकृतिक सौन्दर्यता, नेतृत्वको असमक्षता, आदि धारणाहरूले स्थान लिएका छन् । माथि मैले सबै कविताले दिएको सन्देश शारांसमा  दिएको छु । तिनै कुरा यहाँ दोहो¥याइ रहन चाहान्न । उनको यो साहित्यिक यात्रा निकै रसिलो र रहर लाग्दो छ । यो यात्राको निरन्तरता र भावी साहित्यिक यात्रा उज्ज्वलाको साथै  दीर्घआयुको कामना गर्दछु ।
मिति २०८२ फागुन , ६ गते ।     ,

February 5, 2026

पीडा कवितासङ्ग्रहको अनुशीलन

परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै  इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन् ।  यसको प्रकाशन बर्दियाली साहित्य समाज, बर्दियाले गरेको छ । मूल्य रु १५÷– राखिएको छ । यस कृतिका कविताले के भन्न चाहेका छन् त्यसप्रति जाने अनुमति चाहान्छु ।
बन्दना – यो प्रथम कविता हो । यस कवितामा भगवान शङ्करको सादाजीवनको वर्णन गरिएको छ । भगवान शिवसँग के र्नै माग गर्ने स्वयम् भिक्षाटन गर्ने, भाङ धतुरो खाएर पद्यमासनमा बस्ने, गणमा बस्दछन् र ताण्डव नृत्य गर्दछन्, ज्यूमा खरानी घस्ने,  अर्धचन्द्र, जटामा पवित्र नदी गंगा धारण, घाँटीमा सर्पका माला, नीलकण्ठ, देब्रे हातमा त्रिशूल र त्रिशूलमाथि डमरु बाघको छालाको आसन, उहाँको दायाँ हातमा कमण्डलु, पानीको भाँडो रुद्राक्षको मालाको धारण लेपिएको त्रिनेत्र धारी यस्ता भगवानसँग के नै माग्ने ? बस्त्र मागौं आफै निर्वस्त्र, वाहन मागौं आफै बुढा बयलमा सवारी गर्ने, गहना मागे आफै सर्पको माला लगाउँछन्, स्वार्थी भएर धनधान्य के माग्ने,आफै भिक्षुक छन् आदि धारणा सहित कविले यस प्रकारको माग गर्ने धारणा राख्दछन् –
मागौं शान्त बिचार दीर्घ दिलमा माया दया मान जो
सादा शक्ति उदात्त श्रेय मनमा मागा महाज्ञान पो ।
ज्ञानी शंकर आशुतोष भगवान  दाता उनै सन्तमा
मागौं धैर्य बनूून उदार करुणा, आशक्त कल्याणको ।
पृष्ठ १, श्लोक ३
पीडा – यो दोस्रो कविता हो र यस कृतिको नामाकरण पनि यसै कविताबाट गरिएको छ । मानव जीवन सुख दुःख, हाँसो रोदन, आदि बाट गुज्रेको हुन्छ ।  पीडा भन्नासाथ यो अप्रिय, संवेदनशील र भावनात्मक अनुभूति हो । पीडा क्षणिक र दीर्घकालीन हुन सक्छ । पीडाको परिभाषा सहज छैन । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसमा स्नायु, मेरुदण्ड र मस्तिष्क बीचको जटिल अन्तरक्रिया सँग सम्बन्धित हुन्छ । यो मनो वैज्ञानिक भावनात्मक र सामाजिक कारक बाट प्रभावित हुन सक्छ । हेरौ यसमा कविका धारणा कस्तो छ –
पीडा दिन्छ प्रहार भित्र तनमा छाँयाँसरी टाँसिदै
पीडा कोप्छ दुखाइ चुस्स मुटुमा काँढा भई भासिदै ।
पीडा पोख्छ निशा सुचारु शशिमा जीवन्त आशा हरी
पीडा भर्छ उदाश भित्र सुरमा सन्क्याई हावा हुरी  ।।१।।
श्लोक १, पृष्ठ २
पीडाको जान्म कसरी हुन्छ भन्ने सम्बन्धमा कविले मनमा पीडाका जरा परिवेशबाट जन्मिन्छन् । यो धेरै कष्टदायी हुन्छ । मनिसले यो पीडालाई सहन नसकी आत्तिन्छ । पीडाकै कारणबाट मुलुकका श्रृङ्गार, शोभा र प्रभा उजाडित भएका छन् । पीडा मुटुको ,प्रवेग छहरो हो । यसले वेहाल पार्छ ।
 कविले पीडाले देशमा के असर पारेको छ । अर्थात देश पीडाबाट मुक्त छ त ? भन्ने तर्कमा हिमाल, लेक, वनको सौन्दर्य सबै पीडामा रहेको र यस्तो वेहालको कारणले जताततै न्यास्रो मात्रै बढेको छ । आज गास, बास, कपासको
बालकह प्राप्त गर्न नसकेको पीडाको कारणले ठिटाहरू मुग्लान पसेका छन् भन्ने धारणाहरू आएका छन् कवितामा ।
समस्या–तेस्रो कविता, यसकवितामा कविले देशका बहुमुखी समस्यालाई उठाएका छन् । कुनबाटो अवलम्वन गरेर ओजिला भएर माथि चढ्न सकिन्छ भन्ने कविको सोचाई छ । बालकरूपी कोपिलालाई विकासमा लम्काएर भुँडी पाल्ने विकास मार्ग कुन हो ? हातमा ठेला उठ्ने गरी काम गर्दा पनि खान नपुग्नुले गर्दा बन्दुक उठाउन थाले, सनक चढ्न गयो, मात बढ्यो, फोस्रा भाषणको नतिजाले सास्ती निम्त्यायो, दिललाई चिरा पा¥यो, राज्यले जनतालाई अमन चैन दिनु पर्ने राज्य नै भारी हुन पुग्यो, राज्यले नाङ्गाअङ्ग ढाक्न कपडा, भोकालाई खाना, आवास, बाधा बिध्नमा सुरक्षा को व्यवस्थापन हुनु पर्ने हो तर सबै नारामा नै सीमित भएकोले कविको धारणा यसरी आएको छ –
भट्केका जनभाव ल्केश भरिदै सद्भाव रित्तो भयो
खस्क्यो मानवता उदार दिलको विश्वास टाढा भयो  ।
थामीसक्नु भएन ल्केश भरिदा तातो खुनै उम्लिंदा
हाम्रा हर्ष सबै लुटो समयले बाटो झुटो पक्रिंदा ।।६।।
श्लोक ६, पृष्ठ ६
देशमा द्वन्द्वकालमा छोरा जङ्गलमा, पिता पिरलोमा, आमा रुँदै, मानिस मारिदै आदि धारणालाई कविले यसरी  प्रस्तुत गरेका छन् –
खस्क्यो बुयिुवा विनाशतिर गो विध्वंशतामा बल
आफ्नै भाइ लद्ध डाइ जन्म–थलमा रक्ताताम्य उर्लो भल ।
मान्छे वाल्ल परेर हेर्छ बिचरा यो देशको दुर्दशा
साह्रै चोट सहेर मर्म मनको छाती दुखेको व्यथा ।।८।।
श्लोक ८, पृष्ठ ६
द्वन्द्वकालको साह्रै कहाली लाउँदो अवस्थालाई कविले अति सरल रूपमा उतारेका छन् । त्यती वेला गाउँ वेहाल अवस्थामा भएको, वनिताको सुहाग लुटिएको, अनाथ टुहुराको आश्रय दिनेवाला कोही नभएको,चारैतिर डर र त्रास, देशभर अभाव, गरिबी, धोखाधडी, गोलीको वर्षा आदिले गर्दा आजै हो कि भरे मसान घाटतिर पुगिने हो भन्ने डर, आदि धारणा सहित कविले त्यस समयको यथार्थतालाई यसरी पस्केका छन् –
साहै्र हालत विग्रदो छ अब ता छोरा लडी मर्दछन्
रोगी बृद्ध अशक्त मात्र घरमा अन्त्येष्ठिमा व्यस्त छन् ।
साह्रै त्रास बढ्यो कतै करबलै रेटिन्छ घाँटी डर
मात्रै बाँच्नु भयो रहेन गरिमा बाँचेर पो के छ र ? ।।११।।
श्लोक ११, पृष्ठ ७
दुखेको दशैं– यो चौथो कविता हो । यस कवितामा कविले दशैं नेपालीको ठूलो चाड भए पनि यसले निम्त्याउने आर्थिक भारलाई प्रष्ट्याउने प्रयास गरेका छन् । दशै शरद ऋतुको आगमनसँगै आउँछ । स्वच्छ आकाश, हिमालको गमिलो मुस्कान, वर्षाको विदाइ, ताराहरूको चम्कन, चकोरको आभा छराई आदि रमणीयताले मुटु नै छुन्छ । यति रमणीयता हुँदाहुँदै पनि दशैंको अर्को पाटोको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
आयो चाड दशै अशक्त जनको बन्दै मुटुको किलो
अत्तालिन्छ दरो कमाइ नहुने देखी दशा खर्चिलो ।
निर्धाका जमरा भिजाइ गहका  आँसु खसी भल्भल
के आयो नि दशैं दशा मनभरी शोका कुलै भो घर ।।२।।
श्लोक २, पृष्ठ ८
गरिबको घरमा खाना नभएर भोक भोकै बस्न पर्ने अवस्था, सबैले नयाँ नयाँ कपडा लगाउन चलन, गरिबको  आर्थिक अभावले छाती दुख्ने, आँसु झर्ने,वर्षैपिछे दोहोरिएर आउने, धनीहरू लागि बाह्रै महिना बसन्त  आउँछ जस्ता धारणा सहित कविले धनी गरिब बीचको अवस्थालाई यसरी पस्केका छन् –
बाह्रै मास बसन्त हुन्छ धनले ऐयास मीठो मन
छाती थाप्छ अभाव दुख दिनहुँ निर्धाे हुँदा जीवन ।
रित्ता छन् अनुराग हेय कर छन् कम्जोर त्यो निर्धन
सच्चा निश्छल त्यो उदार दिलको हो कोमल त्यो मन  ।।५।।
पृष्ठ ८
कविताले गरिबको  लागि कसैको आशा, गुहार केही छैन तर दशैलाई टार्नै पर्छ, सामन्ती को भरमा पर्नु पर्ने , सौदागरैका घरमा पसिना अडना राखेर, जाँगर विक्रि गरेर, इमान धर्म थाती राखेर दशै र तिहार रूपी चाड मनाउनु पर्ने भन्ने धारण पस्केका छन् कविले ।
हाम्रो प्रजातन्त्र –यो पाँचौ कविता हो । प्रजातन्त्रमा को खुसी हुँदैन ? सबैको मन रमाउँछ । मुटुमा पुष्पमुना पलाउँछ । हर्षको भेल बग्यो, जोशिला भेल उर्लिएर आए, जीवनमा आशा पलायो । हतकडी पल्टिए ,जञ्जिर उल्टिए, खुट्टाका नेल छुटे, प्रपञ्च नाङ्गिदै गए, खलका खाका उदाङ्ग भए, कैदी छुटे, शहीदको रगतमा उर्ले जोश, अहंका चुली भक्ते, कर्णलीका लहरा स्वतन्त्र बग्दा हाँसो फुट्यो, अर्थात प्रकृति पनि रमाएको थियो, हिमालका चुचुरा बादलसँग खेले, गुराँसपूmल लेकमा हाँस्दा नेपाल नै हाँस्यो, छातीमा नवसिर्जनाहरू उछलिएर नयाँ सन्देश प्रवाह भए ,नाच गान दीपावली गर्ने काम भयो, हाम्रा हर्ष बढे तर यो उमङ्ग धेरै टिकेन । धेरै वर्ष लडेर ल्याएको यो अमनचयन खरानीमा परिणत भयो ।  यो अभिशाप भइदियो भन्दै कवि पस्कन्छन् आफ्ना यस्ता धारणा –
हाम्रा शङ्खध्वनि सहस्र मुटुको चर्को व्यथा भै दियो
नाना जात बिजात पुष्पफलमा नौलो कुरा सन्कियो
आफ्नै तन्त्र भएर दुष्ट निठुरी ठोक्यो मुटुमा किलो
रक्ताम्मै नगरी भयो नि यसरी कालो उडाई धुलो ।।६।।
पृष्ठ ११,

यसरी कविले प्रजातन्त्रमा प्रहार भएर हाम्रा अमनचयन सबै लुटिएका धारणा आएका छन् ।
मुटुको दर्द – यो छैटौं कविता हो । यस कवितामा कविले द्वन्द्वको कारणले गर्दा मुटु दुख्यो, पीडा बढ्यो अमनचयन लुटिए, युवाहरूको रगतले माटो मुछियो, कलिला मगजमा राँको बनी सल्कियो जस्ता धारणा राख्दै, कवि भन्छन् –
हाम्रा भाइ रुँदा पिताहरु रुँदा छोरी रुदा छन् बरा
मच्चिदो कुरु क्षेत्रको रण थलो नेपाल हाम्रो धरा ।
मेची रुन्छ हिमाल रुन्छ झरना काली रुँदैछन् कठै
हाम्रा सिर्जनका गुमान गहना विक्री हुँदै छन् कतै ।।२।।
पृष्ठ १२,
यो पवित्र पार्वतीको पिंडीको रुपमा रहेको देश कुरुक्षेत्र बन्नु, उदार दिलको दीयो निभ्न थाल्नु, वेथिति बढ्नु, उद्योगहरू गुम्नु, नेपालका सन्तती विदेशमा गएर दर्वान कुल्ली बन्नु, चेलीका सुहाग र घरका सबै गौरव लुटिनु, बालबालिकाका पिता, पिताको माया ममता वैभव र आश्रय लुटिनु, नव सिर्जना नबन्ने भएर कुतन्त्र छलले राँको बनी सल्किनु, विवेकहीन भएर आफ्नै खुसी मास्ने नास्ने आदि धारणा सहित कविले हाम्रो पहिचान यसरी गराएका छन्–
हामी सैनिक हौ हिमाल शिरका नेपालका सन्तती
हाम्रो मर्म स्वतन्त्र शान्त छवि हो छैनौ कतै बन्दकी ।।५।।
मानिसको दिल कोमल हुनु पर्ने तर पत्थर भयो, रगत बग्ने काम बन्द हुनुपर्ने भएन । त्यसो हुँदा यस्तो चुनौतीको घडीमा युवाहरू उठेर, अगाडी बढेर शान्ति र कान्ति प्राप्त गर्नुपर्छ र स्वतन्त्र रूपमा घरमा बस्न पाउनु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
चोट – यो सातौं कविता हो ।  यस कवितामा नेपालका नेतृत्व वर्गको अर्थ आर्जन गर्ने कर्ममा प्रकाश पारिएको छ । खानपानको लागि गाह्रो थियो, गोडामा थोत्रा चप्पल थिए, परालको छानो भएको घर थियो यस्ता नेताले नियतिबस पजेरो चढ्ने वर पाए र आफ्नो स्वार्थ सिद्ध गर्नका लागि धेरैका घर जलाए भन्दै कविले नेताको कर्तुतको वर्णन यसरी गर्दछन् –
नेपाली ढुकुटी पिपासुहरूका ऐयासमा खर्चिए
नेताका सब केन्द्रमा अति ठूला अट्टलिका  अग्लिए ।
बिर्से ख्याल शहीदका सपथको कर्तव्ज्य बिर्से अनि
फुर्कुी सिंह बनेर गर्जन दिए बिर्से थियौं को भनी ।।२।।
पृष्ठ १३, श्लोक २
जनताले उज्यालो दिन आउला कि भनी धेरै दिन सहे तथा पर्खे तर फोस्रा भाषण र आश्वासन बाहेक केही पाएनन्। यिनको भरमा पर्दा देश भत्कन गया,े जनता विथातमा परे । यसरी आस्था जर्जर हुँदा जोश जागेर आयो, अभए भै जनलहर उठ्यो किन भन्ने कारणा सहित कवि यसरी प्रस्तुत भएका छन् –
लुछिए ढुकुटी किसान गरिमा सङ्घारका अस्मिता
लुटिए बलजप्mती ग्रामपुरका बस्तीहरुमा सीता ।
सोझा निर्वल झन् अशक्त निमुखा भोका र नाङ्गा हुँदै
जाँदैछन् घरबास छोडी बिचरा मुग्लानमा भड्किदै ।।४।।
अमनचयनको गति अवरोध भएको छ । जनता बोल्न सक्दै नन् । यसरी मुर्दा शान्ति छाएको छ । मुकाम केन्द्रमा मात्र पहरा हुन्छन् । गाउँ बस्ती भरी ज्यादती छाएको छ । हस्ती हुम् भन्नेहरूको पनि सातो उड्यो । यस्तो समरमा कोही टिक्न सकेनन् । बस्तीमा सास्ती बढ्यो जस्ता धारणा सहित कवि भन्दछन् –
गोलीबाट हुँदै गयो मनपरी सङ्घारमा बेसरी
चर्को घाउ जताततै नगरमा बाचौँ हेर ! के गरी ।
साझा संरचना जलेर पुरका धावा भए कोतमा
लाखौं वीर बली भए नि रणमा यो देशका चोटमा ।।६।।
पृष्ठ १४
बेचीदिए अस्मिता –आठौं कविता हो । यस देशका युवाहरूले अस्मिता बेचेको धारणालाई कविले सविस्तार प्रस्ट्याएका छन् । आज देशमा एन्जियो हरूको काम गर्ने शैलीमा यस देशका ठिटाहरूले एन्जियोहरूमा काम गर्ने, गोष्ठी गर्न पर्दा होटेलमा गर्ने , यसरी जोश र जाँगर बदलिएर नौलो आभास पाउन थालियो । मासु रक्सी चुरोट खाने, फोस्रा पूmर्ती लगाउने, व्यङ्ग कस्ने, मगजमा सन्की र अहंता बोक्ने, सुद्धी गोल हुनु, डलरमा आँखा गाड्ने, दुनियालाई बिकास गर्न भन्दै गुलियो आशा जगाउने, पुल्क्याई ,उल्क्याई, होहल्ला, हडताल सन्काई चारै तिर,जातीय विभाजन, उच्च निच, समय अनुकुलका प्लेकार्ड बनाई नारा जुलुस्, वर्णशंकरको प्रचार प्रसार, वैलरको पालन, खाटी दूध नपाइने, चक्काजाम, धराप, ध्वस्त नगर, बन्दको कारणले घरभित्रै निसासिनु, राष्ट्रियता र आफ्नो पना गुमाउनु, नेपाली भावनालाई परदेशका पहलमा साट्नु, जस्ता धारणालाई कविले प्रष्ट्याउँदै अस्मिताप्रति कविको धारणा यसरी आएको छ –
बढ्दा शोख रवाफ तास तमसा विग्रिगयो सङ्गत
छोडे नैतिकता उदण्डसुरमा बिग्¥यो नि युवा लत
आफै फस्न गई अधीन अरुका पासो परेका युवा
चास्नीमा महुरी सरी भुलपरी बेची दिए अस्मिता ।।७।।
पृष्ठ १६,
म आउँदै छु आमा ! – यो नवौं कविता हो । यस कवितामा कविले विदेशीएका नेपालीहरूले भोग्न परेको असहजतालाई पस्केका छन् । विदेश गएको एउटा छोराले आमसँग भन्छ । म विदेशबाट कर्तव्यको खातिर घर आउँदै छु । नेपाल जर्जर भएको कारण परदेशको सेवा छोडेर फर्कन्छु । म विदेशमा आफ्नै खुन बेचेर भोक मेटाउन गएको हो । त्यहाँको दासत्वले मन कोक्याएको छ । बास्तवमा नेपालीहरू बहादुरमा कहलाएका हुन् । सच्चा बहादुरी हराउँदै गयों र गरिबीको कारणले गर्दा दामको लागि रोगी भयौं । गार्गी( गर्ग ऋषिकी पुत्री, प्रसिद्ध विदूषी), शक्ति (दैविक शक्ति भएकी अर्थात देवी), सती (शिवकी जेठी पत्नी या सतीदेवी)जस्ता नारी आज कता हराए ? अनन्तलासहरू, रक्ताम्य नदीहरू,अमुल्य रचनाहरू, प्रबुद्ध घरमा ल्केश बढ्नु, आमालाई नरुने र छोरा देश बनाउन बलियो विचार लिएर गहिरो चिन्ता चाहना बोकेर कर्तव्य निष्ठ हुन घर फर्कने, आमाको दूधको भारा तिर्न सैनिक बनेर, दैनिक ज्यान अर्पण गरेर खट्ने, पानीमात्र पिएर रणमा लड्न शक्ति बोकेर,'आमा पीर नल्यौ म दिन्छु बलिदान कर्तव्यका खातिर', पुर्खाको इतिहास आफ्नो बल लगाएर थाम्ने,बुद्ध, जनकका सुधा सन्तती भएकोले हाम्रो धैर्य नेपालको उन्नतिको लागि रहने छ जस्ता भावनालाई पोख्दै कवि भन्छन् –
माया छैन ममा कुपुत्रहरु ती आमा रुवाउनेसित
आफ्नै भाइ परम्प।रा स्वजनमा माया डढाउनेसित ।
आत्म अस्त हुँदैन वीरहरूको उत्रेर युद्धस्थल
हामीले रणमा सहादत दिने आयो यहाँ औसर ।।७।।
पृष्ठ १८,
नियतिको ज्यादती – यो दशौं कविता हो । यस कवितामा विविधताले सजिएका १४ ओटा श्लोक छन् । जब नेताका नीति बाझिन थाल्छन् जनताका चाहनाहरू ओइलाउँछन् । सौहार्दका छाती भत्किएमा मन भावनाहरू भाँडिन्छन् । यस्ता विविध भावनाहरू यहाँ समेटिएका छन् । यहाँ द्वन्द्व, सत्ताको मोह, मन्त्री बन्ने चाहना, भोकका सपना, अमूल्य सम्पदाको लुटाई, देशले व्यहोरेका खति, सेनाको गोलीबाट आतड्ढी मारिनु , बस्तीका सुराकीहरु, जनयातना, परोपकार गर्नेवाला हराउनु, अतिथि सत्कारमा कमी आदि महन्त्वपूर्ण सन्देशले भरिएका छन् श्लोक । उदाहरणको लागि हेरौं –
हावामा बारुदी गन्ध धमिलो मूल पानीको
बोली छन् बाणझंै तीखा न्याए छ मनमानको ।।१३।।
हाल्यो बादले घुम्टो छोपियो चान्द्रको कला ।
मुर्झाए मर्मका माया अबरुद्ध भए गला ।।१४।।
पृष्ठ २०,
जीवन– यो एघार्रां कविता हो । यस कवितामा जीवनका विविध भोगाइ सम्बन्धी ११ श्लोक छन् । समय अमूल्य छ यसरी नै आयु पनि नरोकिएर सकिन्छ । मानिस जन्मिन्छ । बालापनबाट यौवनमा पुग्छ । यस अवस्थामा रमितामा रमाउँछ । मीठो खाने, छिटो गन्तव्यमा जाने, लोभी लोचनले छेउ छाउमा हेर्ने आदि कर्मम रमाउने काम हुन्छ । बढ्दै जाँदा मानिस प्रौढ अवस्थामा पुग्दछ र कर्तव्यको बोध हुन्छ । समय हो प्रौढबाट बृद्ध अवस्थामा जान्छ । यस अवस्थामा मानिसको गति शिथिल भएर आउँछ । लौरो नै साथी बन्न जान्छ । लोलाहरू काम्न थाल्छन् । नेत्र ज्योति कम भएर जान्छ । शरीरका छालाहरू चाउरिन थाल्छन् । नशाहरू देखिन थाल्छन् । कविले बुढ्यौली अवस्थालाई यसरी वर्णन  गरेका छन् –  
सुस्केरा श्वाँसमा आयो पीडा भो अंग–अंगमा  ।
सुस्तायो तनको जोश अस्तायो सब अंगमा ।। ९।।
पृष्ठ २१
जीवनको अन्तिम क्षण हुँदासम्म पनि मानिस काम करतरीमा रम्छ, रामको नाम लिन पनि भ्याउँदैन तर कालको घरी आउँदा पछुताउँछ । त्यसो हुँदा भूतको चिन्ता गर्नु पर्दैन । वर्तमानलाई बनाउन सुर्तामा रहने मानिसले मात्र जीवनलाई सार्थक पार्छ भन्ने कविको धारयणा छ ।
चुनौती – यो बाह्रौं कविता हो । मानिसका धेरै चुनौती छन् । ती चुनौतीप्रति कवि यसरी प्रस्तुत भएका छन्–
ल्यायो नियतिले विधान बदली न्यूतो चुनौती दिन
वेलाले मुटुमा प्रकार बदल्यो मान्छे बनौटी हुन ।
नेताले नबुझी व्यथा समयको आफै खने भँड्खरा
ल्यायो नियतीले उभ्याउन उनै नौला सगुन् कठ्घरा ।।१।।
कविले यस कवितामा धेर्रै सन्देशहरू पस्केका छन् । पुराना पुलाहरूका कुरा,  पुरैपुर फर्केका कुरा, गतिले शान राख्न नसकेका कुरा, उपाय लगाएर खनिएका खाडल पुर्नु पर्ने भएका कुरा, गर्त गहिरिदै गएका कुरा, मान्छे बेच्ने बजारको खोजेर बेचिएका कुरा, मति डलरमा गएका कुरा, साथै कवि भन्छन् –'गुम्बा मन्दिरका गुमान गहना श्रृङ्गार सङ्घारका, बेचिन्छन् घरका अमूल्य रचना आलोक संसारका' । अगवुवाहरू ध्वंस विचारतिर आफ्नै घर बिध्वंस पार्न फर्कनु,आफ्नै वंश बिनास पार्न पनि नडराउने अवस्थालाई हामीले वाल्ल परेर कसरी हेर्नु । त्यसो हुँदा युद्धको  लागि हिक्मतरूपी हतियार लिएर कर्तव्यलाई अवसर ठानेर तत्पर हौं भन्दै कविले आह्वान गरेका छन् । अगुवा राम्रो हुनु पर्छ । तर कविले यहाँ कालो अगुवा, अधम प्रकृतिको जस्ले कलिला मुनाहरूलाई ठुग्छ त्यसलाई युवाहरूले गहन सर्जरी गर्नै पर्छ । दासताको जन्जीरलाई तोड्नै पर्छ र नेपाललाई सुस्थिर बनाउने शान्ति सुवास सूत्रलाई दिल लगाएर खोज्नु पर्छ धार।णा सहित भन्छन
आई खड्ग उठाऊ वीरहरूले स्रष्टा लिउन लेखनी
माटो दुख्छ कठै ! उपाय गर क्यै त्यसको गरौं खोजनी ।
आमाको मुटुमा व्यथा छ गहिरो देखेर यो दुर्दशा
नेपाली मनमा बढ्यो नि पिरलो झेल्दा सधैं कर्कसा ।।६।।
पृष्ठ २३
कविले यस कविताको अन्तिम श्लोकमा नगरी नै सन्नाटाले भरिएको छ दुनिया विथात छ र लासको गन्ध छ । यस्तो अवस्थालाई मानिसले वाल्ल परेर वर्वादका तस्विर हेरिरहेका छन् । नगरमा जडता र मुर्खता बढेको हुँदा नेपाली मुटुमा विव्ेक भर्ने सुशिक्षा खोजौं भन्ने धारणा पस्केका छन् कविले ।
अखबार–यो तेह्रौं कविता हो । अखबारले द्वन्द्व उकेल्नेमात्र हैन यसले साँचो सत्य शुद्धतामा उक्लेर समचारको लेखन गर्नु पर्छ । यसरी लेखिएका खवरहरू पछि गएर इतिहास बन्न जान्छन् र सबैले पढ्छन् । कविले अखवारले के दिन्छ भन्ने धारणा यसरी राखेका छन् –
तीतो सत्य उकेल्छ त्यो खवरले कुर्लेर मैदानमा
खाली उम्लनु मात्र हैन बुझ त्यो विश्वासका ढालमा ।
झुक्दैनन् अखबार लेख रचना कीर्ति गुमाइ रुन
सक्तैनन् रचना निस्वार्थ मनमा शङ्का चुनौती दिन ।।२।।
पृष्ठ २४
अखबारले सदाचारका, उत्कृष्ट, समाचार लेख्नु पर्छ ।  लेख्ने धर्म रुमलिन हुँर्दैन र लोभ लतमा लाग्न हुँदैन । आजको संसारमा मानिसले मानिसको रगतले मुख धुन्छ, लोभले अरुको सम्पत्ति लुटेर बङ्गला खडा गर्छ । समचारले यस्ता खबरहरू को साथै सबैका इच्छा अनुसारका लेख , विज्ञापन, सहरमा मात्र नभएर झुप्रा भित्रका खवर पनि लेख्नु पर्छ । अखबार पढदा दिक्क लाग्ने खालका खवर लेख्न हुँदैन । पाठकले सिर्जनाहरू श्रृङ्गार भएका, दिलमा शान्ति दिने, श्रेय बढाउने खालका चाहान्छन् । पीत रचना लेख्नु, आगो ओकेल्नु जस्ता लेख रचना  लेख्नु, परदेशी गरिमा टल्काइ दिने खालका लेख लेख्नु धर्म होइन भन्ने कविको ठहर छ । कविको कथन छ –
हैनन् कुलधर्म लेखहरूका त्यो हुलमा टाँसिनु
आफ्नै मात्र सुधार गर्न घरमा संकीर्णमा गाँसिनु ।
चाल्दा मार्ग बिचार गैर अगुवा ज्यूँदै म¥यो पत्रिका
बेची आत्म उसै विसर्जन हुने पासा हुँदै शक्तिका ।।९।।
पृष्ठ २५
निर्धाका पुकार – यो चौधौं कविता हो । निर्धा थिचो मिचोमा पर्ने, उनको आँसुका भेल कसैले नदेख्ने, छातीभरीका व्यथाको गुहार कसैले नसुन्ने, जस्ता धारणा कविले यस कवितामा पस्केका छन् । आजको समयमा सच्चा धर्म, इमान, मानवपना सबै दण्डित हुन गए र मानवको आदर्श पनि मर्न गयो । निर्धालाई थिचो मिचो गरिन्छ र निर्धालाई नै ढाल बनाइन्छ । यदी कोही योद्धा हो भने त्यसको यस्तो मति हुन नहुने, पाखण्डी, दया, मया हीन हुन नहुने, मानिसका मनमा क्लेस हुन नहुने, जस्ता धारणा राख्दै कवि भन्छन् –
यी टाटा खुनका र दर्द दिलका बर्बादका तस्बिर
आँसुका भल यी अशक्तहरुका दस्तानका जञ्जिर
 निर्धाहरूको बाध्यतालाई र्र कारुणिक अवस्थालाई कविले यसरी पस्केका छन् –
निर्धा छौ धनमा कवोल अडना ज्यूँनै प¥यो जिन्दगी
खाली छौं धनले दिनै विवस छौ.पुर्खापुरीको धुरी ।
तानी नाथ घिसारिदै समरमा तानेर लाने भए
खट्दा रक्षक छन् मुकाम पहरा हाम्रा नहेर्ने भए ।।३।।
पृष्ठ २६
निर्धा ऋण खान बाध्य छन् । ऋणलाई तिर्न सक्ने अवस्था रहदैन । तिनलाई धरापमा परिन्छ । थातीथलो सबै सुम्पेर   मनले नमाने पनि  हिड्न बाध्य हुनु पर्दा दिलमा पिडा हुन्छ र कतै निवेदन गर्ने ठाउँ नभएको धारणा कवितामा आएको छ ।
नेपालको छवि– यो पन्ध्रौ कविता हो । यस कवितामा कविले नेपालको प्रकृतिको वर्णन गरेका छन् । नेपाल प्रकृतिले सिङ्गारेको एउट सुन्दर देश हो । यसको सौन्दर्यतालाई कविले दिल खोलेर यसरी वर्णन गरेका छन्–
धर्तीकै रसिला हिमाल  लहरी सौरङ्गका मञ्जरी
सारङ्गी स्वरका मिठास ध्वनिमा मालाहरू लस्करी ।
पक्रेका तरुझैं लता लहरिँदै छाँगा र पाखाभरी
सल्कन्छन् पर्देशीका दिलभरी हेर्ने रहर   ।।१।।
पृष्ठ २७
हाँसेका झर्ना जलमा झुमेर मोतीको रूप लिएर झलमल देखिन्छन् भने पहरालाई गिजाउँदै उर्लेर बग्दै तल झर्दछन् । डाँडा पर्वतमा यिनको, सुरिलो सुसाई, ।यिनबाट सिर्जित सुरिलो हावा, रमणीय प्रकृति, बादलले बोकेर ल्याएको जलरासी (जलधि) लाई हिमालले हेर्दा कैलाशका चुलबुलीले मनलाई आकर्षण गर्दछ । बादल हिमालमा ठोकिएर वर्षा गराउँछ जस्ता धारणा राख्दै नेपाल कस्तो छ भनी कविले यसरी वर्णन गरेका छन् –
नेपाल शिरविन्दु श्वेत हिमको श्रीपेच संसारको
सीता गौतमको उदार गहना सन्देश सङ्घारको ।
द्यौराली, वन, फाँट, खोच दुन नै नेपाल हो वास्तव
नेपाली पनको पवित्र रचना पाखा भरी हाँस्त छ ।। ५।।
पृष्ठ २८
दशा –यो सोह्रौं कविता हो । दशा शब्दको अर्थ विविध भए सरह यस कवितामा कविका भावना विविध रूपमै प्रस्फुटन भएको देखिन्छ । हेरौं पहिलो श्लोक –
विग्रे खेल अनेक झेल झमला पासा कता पल्टिए
आफ्नो अग्रगति गुमाई पथमा ठक्कर लिदै गुल्टिए ।
नारीमा करकापले कहर यी बोकाइने बन्दुक
लाचारी नवयौवनै वितिगयो बेच्ँदा बरा मज्बुर ।।१।।
पृष्ठ २९,
नाना काण्ड र प्रकाण्डले मनमा आगो बल्नु, यो आगो प्रचण्ड रापका साथै अझै सल्किनु, नेपालको दुर्दशालाई इतिहासले बताउने कुरा, दान, दया, उदार करुणाका कुरा, दुःख सुनाउने ठाउँ एञ्जियो भएको, देश दुहुने दलालका कुरा, यिनले आमाको मुटु लुछेका कुरा, यिनलाई नेपाल दुखोस् या जे होस् डलर पाए पुग्ने कुरा, आफ्नो स्वार्थ पुरा गर्ने कुरा, छोरा दामका भोका, देशलाई नै दाग दिने अन्धा ज्ञानका, घर छाडेर विदेशमा दर्मान कुल्ली हुन र विदेशमा तातो रगत अर्पनको लागि जाने कुरा, दङ्गा काम गरेर स्वदेशमै मरेका कुरा, देशका कुपुत्रको कारणले नेपाली आमा रोएका कुरा, दुई नंबरी काम गर्नेहरूका कुरा, नेपालको विकास कसरी हुन्छ भनेर को सँग सोधनी गर्ने, शिक्षा, स्वास्थ विकास  मार्ग कुन हो भनेर को सँग सोधने ? मान्छे शोषित,ढाँटेर खाने, मन चिरा परेर चर्किएका कुरा, विदेशीका गौरव फैलिएका कुरा, होटेल गोष्ठीहरूमा स्वार्थ बाडिने कुराहरू जस्ता धारणा कविताले समेटेको छ ।      
गाउँको हालत– यो यस कृतिको सत्रौं कविता हो । यस कवितामा कविले गाउँको पीडादायी अवस्थालाई समेट्ने प्रयास गरेका छन् । गाउँ हेर्दा बरगत हराएको, पाखाहरू निर्जन भएको, भोका रुग्ण, अपाङ्ग टुहुरा, खुलाआकाश मुनी थर्थरी काप्ने अवस्थाका, तिनैका पसिना लुटिने, द्वन्द्वको कारणले गर्दा हातपाउमा घाउ भएर पाकेर पिपिदै झिगा बसेर भन्केका, बारुदका छिर्काले दिएको कष्ट, गोला फुट्दाको कारणले मानिस बहिरा लंडा भएर बस्दाको पीडा, विषाणु बल्झनु, जस्ता ग्रामिण भेगका द्वन्द्वका समयका दोहोरो भिडण्तका कारुणिक चित्रलाई  कविले उतारेका छन् । उनको कथन छ –
मारी भाइ लडाइ घोर सुरमा मारेर आफ्नाहरू
यो के रोश घमण्ड तुच्छ मतिको भाँडेर मान्छेहरू ।
दोहोरा करकाप मार दुनिया बाटो कतै  उम्कन
खोज्दाछन् तर त्यो गयो परपरै हाम्रा पुरीको मन ।।४।।
पृष्ठ ३२,
द्वन्द्वकालमा यस्तो परिस्थितिको सिर्जना भयो कि गाउँमा हार गुहार सबै मेटियो,आपूmले आर्जन गरेका सबै सुवासको गला रेटियो । गउँबासीका शान्त स्वभाव, शौर्य छविमा दुष्टको छाया प¥यो । गैह्रो चोटलाई सहन नसकी मुटुमा पीडा भयो । हाम्रा माया दया मेटिएको आदि धारणालाई कवितामा पस्किएको छ ।
पीडान्त – यो सङ्ग्रहको अठारौं कविता हो । यस कवितासङ्ग्रहको सबै भन्दा  लामो कविता हो यो । मानिस जति बुढो भए पनि शरीर अचल अवस्थामा रहे पनि जिउने इच्छ्या भने रहिरहन्छ । जति बुढ्यो हुँदै जान्छ सुद्धि हराउँदै जान्छ, चैतन्य  दुर्बल हुन्छ, श्वासप्रश्वास बढ्छ , फोक्सो निर्बल भएर जान्छ , कण्ठ तलमा हलचल बढ्छ,, मुटुले भट–भट हान्न थाल्छ ,ख्याङ् ख्याङ्खु« खुङु् हुन्छ, तीखो छुधाले अठ्याउँछ, बुता हराउँछ, उच नीच सबै भोगी सकें, त्यसो हुँदा नपाल भो भन्दै ईश्वर सम्झदै कविले भन्छन् –
थोत्रो जीर्ण अशक्त रुग्ण तनमा पालेर बाँचौं कति
बाँच्नेमात्र अनेक शोच सुरमा भोगेर तीता खती ।
छक्कै पर्छु म ता बुझेर पनि यो बुझ्नै नसक्ने गति
जानै पर्छ नगै हुँदैन पुर त्यो फर्की नसक्ने गरी ।। ४।।
पृष्ठ ३२,
मानिसको प्राणान्त हुने समयको पीडालाई सहन नसकी ऊ आक्रान्त हुन्छ ,। उसका नाडी सुस्ताउँदै जान्छन् । शैया नै संसार बन्न जान्छ र अन्त्यमा शव चितामा पुग्छ ।
छोरालाई पालन पोषण गर्नु पिण्डपानीको आश रहनु, छोरा छोरी पालन गर्ने कर्तव्यलाई सम्झनु, र पुरा गर्नु जस्ता धारणालाई पस्कदै कविले आफ्नो बालक कालका बालसुलभ दिनको यादगार, यौवन अवस्था हर्षरस आदिलाई सम्झेर रुन मन लाग्नु, बुढेस कालको मार्मिक अवस्थालाई कविले यसरी पस्केका तछन् –
झुल्के घाम अनन्त अस्तचलका जीवन्तका सङ्गत
यौवनका मधुमास रास सकिए ज्युनै भयो झञ्झट ।
अर्कैबाट दया लिएर जिउँदा डाहा भयो जीवन
आफैबाट बरो बनेर जिउँदा पीडा बढ्यो मर्ममा ।।१२।।
पृष्ठ ३५,
 कविको कथन छ मान्छेले सिद्ध भान्छे हुने ओखती आज सम्म खोज्न सकेका छैनन् । विधिको विधानमा जन्मे र मर्ने गति परिवर्तन हुन सकेको छैन । अन्तिम अवस्थामा मानिसको सुद्धि सक्किन थाल्छ तर छातीभित्र कथा र व्यथा जो छ त्यसलाई पोख्न सक्दैन जस्ता जीवनदर्शनका विविध पक्षमा वकालत गर्दै तलका कश्लोक सहित यो कवितासङ्ग्रहको बिट मारिएको छ –
चिन्ता मुक्त म चेतना रहित छु चोला वित्यो भयो अल्झन ।
 साथीभाइ छिमेक टोल घरमा जे जे दिएँ सम्झना  ।
आगोबाट  चिता जलेर लपटा काला धुवाँका संगै
गाथाका गुनगान क्यै दिन हुँदै बिर्से जालान् सबै ।।१५।।
पृष्ठ ३६,
भाषा शैली –भाषा सरल छ । साधारण पाठकदेखि बौद्धिक खुराकको रूपमा अध्ययन कर्ताको लागि  पनि पठन योग्व्य छन् कविता । छन्दमा लेखिएको हुँदा लयात्मक र गायन योग्य छन् ।
शीर्षक – यस कवितासङ्ग्रहमा धेरै कवितामा पीडाको सन्देश प्रवाह भएको  छ । पीडादेखि पीडान्त शीर्षकसम्म पीडाहरू मुखरित भएका छन् । यसो हुँदा शीर्षक सार्थक छ ।
निस्कर्ष –  
  यस कृतिले दिन चााहेको सन्देशको भावसारलाई विस्तृत रूपमा मैले माथि नै पस्किसकेको छु । यसमा समावेश गरेका प्रत्येक कवितामा कविले एकरूपतामा नभएर विविधतालाई समाएका छन् । यो कविको आफ्नै किसिमको विशिष्टता हो । कवितामा बिम्बको प्रयोग प्रचुरमात्रामा भएको देखिन्छ ।  कविताको महत्वपूर्ण अंश भनेको माओवादी शब्दको उच्चारण नगरी त्यस युद्धले सामाजिक, आर्थिक र राजनीति क्षेत्रमा पु¥याएको राष्ट्रिय क्षती हो भन्ने लाग्छ मलाई । पीडा र द्वन्द्व कवितालाई केलाउँदा यसलाई द्वन्द्वको दस्ताबेजको रूपमा लिन सकिन्छ । कवितामा कविले भौतिक र आध्यात्मिकतालाई समान रूपमा उठाएका छन् । राष्ट्रियता र राष्ट्रप्रेमका भावनाहरू पनि यहाँ गहनरूपमा उठाइएका छन् । मानिस भए पछि आफ्नो दायित्व, मानिसमा हुने मानवता, जीवनमा आइपर्ने विविध बाधा अड्चन, ती बाधा अड्चनबाट मुक्तिको चाहना, सन्तानप्रतिको धारणा र सन्तानले जीवनको अन्तिम क्षणमा निभाउन पर्ने कर्तव्यलाई कविले मार्गदर्शनका रूपमा उठाएका छन् । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ  । कविको दीर्घायु, सुस्वास्थको साथै सिर्जन्शीलता बढ्दै जाओस् भन्ने कामना सहित विदा चाहान्छु ।
 धन्यवाद  
 मिति २०८२ माघ २० गते, कावासोती नवलपुर 

January 7, 2026

सेती गजल खण्डकाव्यको अध्ययन

सदानन्द अभागी
सेती गजल खण्डकाव्यका गजलकार हुन् होमनाथ सुवेदी । होमनाथ सुवेदीको परिचय मैले अरू कृतिको समालोचनामा गराई सकेको हुँदा यहाँ दोहो¥याई रहन नचाहदा नचाहदा पनि अनेसासका संस्थापक अध्यक्ष हुन्  भन्न भने छुटाउन चाहिन र यो पनि पुन ः लेख्न मन लाग्यो करिब ४ दर्जन कृति लेखन र करिब ३ दर्जन संस्थाबाट सम्मानित र अभिनन्दित, नेपाली साहित्यका एक सगरमाथा नै हुन् । यस गजल खण्डकाव्य कि नायिका सेतीको  खास नाम नन्दादेवी सुवेदी हो । उनलाई बालक कालमा बोलाउने प्रचलित नाम सेती थियो । उनी पिता जीवननाथ पौडेल र माता अमृता देवी पौडेलकी सुपुत्री हुन् ।  उनको जन्म, पुलाचौर,म्याग्दीमा माघ ४,२००३(जनवरी २४, १९४७)मा भएको थियो । उनको विवाह नोभेम्बर १५, १९५७ मा होमनाथ सुवेदीसँग भएको थियो । उनले ३ छोरा र एकछोरीलाई जन्म दिइन् ।  पुरुषोत्तम र प्रकाशमात्र उनको साथमा रहे । दीपक भने दिवङ्गत भए । बुहारीहरू क्रमस कल्पना र  दया हुन् । छोरीज्वाइ डा. कल्पना÷ बासु सत्याल ।सेती सहोदर तीन छोरा र एक छोरीकी आमा भए पनि उनले अनेसासमा संस्थापक सदस्यभई पु¥याएको योगदानले गर्दा उनी सन् २०१६ देखि अनेसासकी आमा पदवी सहित सबैकी आमा बन्न पुगिन् । जीवनको उत्तरार्ध उनको जीवन कष्टकर रह्यो । मई ८,२०१६को दिन उनलाई  मस्तिष्कघात  भयो । उपचारपछि उनी बाँचिन । यसरी उनको मृत्यु जनवरी १५, २०२४ तदनुसार माघ १ ,२०८०को दिन उनी दिवङ्गत भइन् । नन्दाले अनेसासको संस्थापक सदस्य रहेर पु¥याएको योगदानको कदर गर्दै  ई. १९९६ मा अनेसास केन्द्रबाट अभिनन्दन, ई २००९मा अनेसासबाट सम्मानपत्र, सन् २०१६मा अनेसासकी आमा पदवी सहित सम्मानपत्र, ई.२०१८को अनेसास डीसी, महिला विभागद्वारा, सम्मानपत्र, अनेसास स्थापना दिवसका दिन जनवरी ११,२०२४मा संँस्थापक सदस्यको पदसहित सम्मानपत्र प्राप्त गरिन् ।
कृतिको संंरचना – सेती गजल खण्डकाव्यमा ६४ ओटा गजल रहेका छन् । सबै गजलमा शीर्षक दिइएको छ । ३३ ओटा गजल ५ सेरका छन् । ६ सेरका गजल २१ छन् । ७ सेरका गजल ५ छन्,८ सेरका जगल ४ र ९ सेरका गजल १ छन् । छन्द विधानको हिसाबले यस खण्डकाव्यमा १४देखि १७÷१८अक्षरी सम्मका छन्दहरूको प्रयोग भएको छ । काफियाको प्रयोगमा मिश्रित जस्तै गजल १, स्थापना, प्रार्थना, बन्दना र गजल २ मा पूर्णकाफिया जस्तै न्याउली, खाउली, गाउली, पाउली, दाउली, लाउली, आउली  प्रयोग गरिएको छ  । यस खण्डकाव्यमा मुरद्दफ (रदिफसहित) र गैरमुद्दफ( रद्दिफरहित) गजल समावेश गरिएका छन् । यसरी यस सेती गजल खण्डकाव्यको सिर्जना भएको पाइन्छ । यसकृतिमा कतै कतै नन्दा नाम पनि आएको पाइन्छ । नन्दा र सेती भन्नु एउटै व्यक्तिको नाकम हो । नन्दा शास्त्रीय छन्द प्रयोग भएको स्थानमा नन्दा नाम प्रयोग गरिएको छ भने लोकलयका रचनामा सेती नाम प्रयोग गरिएको देखिन्छ । यस कृतिको संरचनामा लोकलयको बाहुल्यता भएकोले  सेती गजल खण्डकाव्य राखिएको छ । सेतीकै बारेमा सिर्जना गरिएको यो खण्डकाव्यको शीर्षक सार्थक छ । यहाँ होमनाथ सुवेदीले गजल सिधान्तको बारेमा पनि आफ्ना धारणा राखेका छन् –''शास्त्रीय बहरका गजल –मुक्त गजल,हमसकल गजल– हमसकल गजलमा मतला,मकता र सायरी सबैमा काफिया वा रदिफ जे छन् ती सबैमा दोहोरिन्छन् ।" यहाँ गजलकारले भने जस्तै केही गजल पाइन्छन् । भूमिकाकार डा. नारायणप्रसाद शर्मा गैरेले पनि यसलाई पुष्टि गरेका छन् । होमनाथको अर्को जिज्ञाशा –'खण्डकाव्य हुन्छ कि हुँदैन ?' यस सम्बन्धमा गजलको इतिहास केलाउँदा खण्ड काव्य,  काव्य र महाकाव्यको संख्या निकै कम भए पनि के ही कृतिहरू बजारमा आएका छन् । उदाहरणको लागि केशवराज आमोदी र विमलप्रसाद देवकोटाको गजलदीपिका,(२०६०) शिव रेग्मी 'प्रणत'को कुन्ती गजल काव्य, गोपाल अस्कको प्रेमान्तर(२०६२)गजल महाकाव्य आदि  लिन सकिन्छ ।होम नाथ सुवेदीको सेती खण्डकाव्य सम्बन्धमा डा. नारायणप्रसाद शर्मा गैरेले लेख्नुहुन्छ– 'नन्दाको यो मृत्युको घटनाको नेरा फेरामा आवेगमा आई, उनैमा केन्द्रित कथालाई यसमा गुम्फन गरिएकाले यो गजलसङ्ग्रह नभएर गजल काव्य बन्न गएस्को हो ।'(भूमिका ङ), यसरी नै आँसुले लेखिएको काव्र्य सेती' मा लेखिएको कुसु क्षेत्री र मनोज न्यौपानेको लेखमा भूमिकाकारले लेखेका पङ्क्तिलाई नै टिपेर गजलकाव्य भनेका छन् । खण्डकाव्य हुनलाई केही अरु तत्वहरू पनि छन् ।यसमा आएको कथामा होमनाथजी नन्दाको मृत्युको भागमा नै केन्द्रित हुनु भएको छ । यसले सेती (नन्दाको) जीवनको पूर्ण कर्मलाई समेटेको भए यसलाई महाकाव्य नै भन्न सकिन्थ्यो । छन्दको हिसावले हेर्दा लोक लयले नै मुख्य स्थान लिएको छ । मुतदारित बहर, स्रग्विणी हजज र तोटक फाट पूmट प्रयोगमा आएका छन् । भनिन्छ गजल लेखन शृङ्गार आधारित हुन्छ । यस खण्ड काव्य विप्रलम्भ शृङ्गार खास गरी वियोग शृङ्गारलाई बढवा दिइएको छ । यस खण्डकाव्यले प्रेम, दर्द, प्रकृति र समाजलाई समेटेको छ । गजलकारले आफ्नो लेखकीयमा सप्रमाण यो खण्डकाव्य बन्न पुगेको हो भनेका छन् र भूमिकाकार नारायणप्रसाद शर्मा गैरे, कुसु क्षेत्री, मनोज न्यौपानेले यसलाई स्वीकारेका छन् । यी विविध पक्षलाई हेर्दा सेती गजलखण्डकाव्य हो भन्न सजिलेरी सकिन्छ ।
कृतिभित्रप्रवेश गर्दा – सर्ब प्रथम होमनाथ सुवेदीको लेखकीय मन्तव्यमा नै प्रवेश गर्ने इच्छा जागेर आयो  । होमनाथ जीले लेख्नु हुन्छ –' नन्दा नासकीय जीवन हुन् । । मृत्यु एउटा घटनाको मात्र नाम हो उनी यो क्वान्टम विश्वमा वेभ, आत्मा प्रतीत्व समुत्पादनको नियमानुसार कैवल्य(मुक्ती), मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै  छन् ।यी होमनाथजीका अभिव्यक्तिलाई मनन गर्दै गजलकार(नायक) होमनाथ र नायिका सेतीको बारेमा होमनाथजीले प्रस्तुत गर्नु भएको गजल पद्यलाई गद्यलयमा कथाको रूपमा प्रस्तुत गर्दै छु –  
गजल–१, वन्दना –  काव्य लेखनमा मङ्गला चरणबाट थालनी गरिएको हुन्छ । यहाँ गजलकारले वन्दनाबाट थालनी गरेका छन् । नादिनीलाई प्रेमिका स्थापना गरी काव्यमा साथ दिन प्रार्थना गर्दछन् । नादिनीको मृत्यु भए पनि काव्यमा फर्कन र सिर्जना गर्न सहयोग गर्न आग्रह गर्दछन् । नादिनीलाई गजलकारले पूर्णताको लागि यसरी सम्बोधन गर्दछन्–
पूर्णमा खण्डिता खण्डमा पूर्ण थ्यौ
यो कथा पूर्ण होस् कामना गर्दछु
सेर ५, पृष्ठ १
यो खण्ड काव्य हो, खण्डित छैन । घाटमा घटेको घटनाको सामना गर्दछु । यो खण्डकाव्य कथाहीन भएकाले व्यासमा घुम्दछ, गजलकारले नादिनीलाई ठोस औ 'वेभ'मा अर्चना गर्दछन् । गजलकारले ध्यान गरेको छु काव्य सेती भएर आऊ नाद र नन्दा भनेर सम्झना गर्नेछु । वन्दनाको अन्तिम सेर यसप्रकार छ –
देख्छु सेती नदी नाच्दछिन् पोखरा
लोकको गीतमा साधना गर्दछु ।
सेर ८, पृष्ठ १
गजल २, भोली के आउली– यस गजलमा गजलकारले काफल चौरमा न्याउली भएर माधुरी गीत गाउँथ्यौ । काफल पाक्दथ्यो खाउली भन्ने लाग्दथ्यो तर–
पूर्वमा जन्मियौ पश्चिमा अस्त भो
काफलै चौरमा कोयली गाउली
सेर २, पृष्ठ २
फ्लोरिडामा शंख बज्यो । संसाररूपी नाटयशालामा लर्कियौ फर्कियौ अव भने सपनामा आएर दाउली । गजलकार विरहमा छन् । उनले हेर्दछिन् भन्दछन् तर नदेखेर बरबराएँ भन्दै गजलकारले यसरी कारुणिक धारा बगाएका छन् –
यादले झस्किई रातमा हिड्दछु
आज नै आइनौ, भोली के आउली ?
सेर ६, पृष्ठ २
गजल ३, तिमीविना रोएको छु –यो गजलमा हृदय विदारक धारणा आएका छन् । गजलकार सेती बिना एक्लो भए पछि उनी रुँदै भन्दछन् –तिमीले विर्सियौ म बिमार पर्दा पनि सम्झन्नौ किन ?आज  तिमीविना गति छैन, कहिले काँही आपूm ठूलो हुँ भन्ने ठानेकोमा गल्ती भएको भन्दै माफ पनि  माग्दछन् । जीवन संघर्षको वेला साथ दियौ तर आज विर्सेर गयौ । तिमी गएपछि कारागारको बन्दी भए सरह धुरु धुरु रोएको छु । अहिले अनुभूति भएको छ कि सास छञ्जेल हृदयमा बास दिनु पर्ने थियो त्यतिवेला प्रभुत्व जमाइयो तर बेकार भएपछि होस आयो माफ गर भनेका छन् । यस गजलको अन्तिम सेरमा गजलकार यसरी प्रस्तुत भएका छन् –
स्मृति लोप गरी नयाँ जीवन लिएर आयौ
पुर्नजन्म भो कि 'रिसरक्सन' सार भएपछि ।
सेर ५, पृष्ठ ३
गजल ४, बाटो म देखाउँछु – यहाँ प्रकृति र पुरुषको  धारणा राख्दै पतिपत्नीको व्यवहार भए पछि बाटो देखाउने काम पतिले गर्छ । पति लङ्डो किन नहोस पत्नीले सबै भार बोक्ने क्षमता, ढुङ्गाको भर माटा,े माटोको भर ढुङ्गा एक आपसमा निर्भरता र दुबै मिल्दा दुई आँखा दुई खुट्टा चार भएपछि जीवन चल्छ भन्दै कविले प्रस्तुत गरेका दुई सेर यहाँ प्रस्तुत गर्दछु –
अर्धाङ्गिनी जोडी पूर्णाङ्ग पारे यो रथ चल्दछ
शान्ति छ जीवनमा समुद्र पार भएपछि
सेर ४, पृष्ठ ४
दुई देह यौटै भए के जीवन चल्दैन र ?
संन्यास लिऊँ गाउँको काटमार भएपछि
सेर ५, पृष्ठ ४
हाम्रो धर्मशास्त्रमा पत्नीलाई पतिको आधाअङ्ग मान्दछ । दुबैको संयुक्त प्रयास बाट जीवन चल्छ  भन्ने धारणा छ ।
गजल ५, नचिन्ने गरी –गजलकारले बारंबार भन्ने गरेका छन–'मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै  छन् ।' त्यसो हुँदा गजलकारको कथन छ –
जीवनको गंगामा सयौं गीत गाएर गयौ
फर्कियौ र नचिन्ने गरी प्रीत लाएर गयौ
सेतीको पछिल्लो अवस्था उनी मरेकै जस्तो अवस्थालाई होमनाथले पुनर्जन्म दिलाएकै हुन् तर बुढयौली अवस्था दुखद भएर जीवको समाप्ती भयो । काल जित्न कसैले सक्म्दैन तर नन्दाले स्ट्रकको (झट्काको) फाँसी व्यहोरेर बित्न प¥यो । आफ्नो प्रियबस्तुले छाडेर गए पनि ।  बोल्दो तस्विर भने होमनाथमा छाएकै छ । होमनाथ भन्छन् –
बरु मलाई लात्तीले हानेको भए सहन्थे
किन जाँदाजाँदै पनि मैलाई चाहेर गयौ ?
सेर ५, पृष्ठ ५
गजल ६, जोतेको दुवैले हो –
जोतेको दुबैले हो बाँझो खेत सायर गयौ
अबुझ म बहरलाई त्यहाँ दायर गयौ
सेर ६, पृष्ठ ६
जीवनलाई हराभरा बनाउन दुबैको उत्तिकै जिम्मेवारी हुन्छ ।  जीवनलाई गजलकारले मौसम अनुसारको सुन्दर फुल हो भन्दछन् । सेतीले यौवनले मात्तिएर आएर भुलाएर गएको धारणा राख्दछन् । सेतीलाई गजलकारले रातो पूmल जो सौन्दर्यतामा गुलाफको पूmलको रूपमा वर्ण गरेका छन् र उनले नबोलेर गजलकारको काखमा चढाएर गएको हुनाले गजलकारले सुँघ्छन्,चुम्छन् फर्काई फकाई र महकोस्वाद र पूmलको वासना पाउँछन् भन्छन् –
तिमी देख्दिनौ  म देख्छु तिम्रो गुलावी सौन्दर्य
अँध्यारोमा नै प्यारको मजा सुँघाएर गयौ
सेर ५, पृष्ठ ६
पूmलले बोल्न पर्र्र्दैन  रूपले गीत गाउँछ
घरभित्र र बाहिर स्वर गुन्जाएर गयौ ।
सेर ६, पृष्ठ ६
गजल ७, जोगी बनायौ किन ? – एकलो पारेर छाडेर जाने भए माया किन लगाउने ? वैरागीको जीवनमा गजल किन गाउने जस्ता प्रश्न उठेका छन् । बास्तवमा गजलकारलाई सेतीले तिमी विना बाँच्न सक्दिन भनेर झुटा कसम  खानु, मृत्युको मुखमा पुगेर बाच्नु तथा काललाई जितेर माया लगाएर मर्नु । पाकेको बैँंसमा गजलकार रङ्गिनु तर प्रेमको छानो छिनेर  जारको छानो छायौ भन्ने प्रश्न गर्दै गजलकार भन्छन् –
काललाई कसैले रोक्न सक्दैन, यो सत्य हो
जित्यौ आयौ गयौ मलाई जोगी बनायौ किन ?
सेर ५ पृष्पठ ७
 गजल ८, कसम तिमीले खायौ किन ? – सेतीले कहिल्यै नछुट्ने कसम खाएर, एउटा मृत्यु भोगेर आए पछि उनले नचिन्ने अवस्थामा पुगेपछि किन आएको प्रश्न राख्दै गजलकार भन्छन् – आँखा भए पनि तिमीविना म लङ्गडो थिएँ त्यसमा पनि प्रकृति र पुरुषको संयोग भत्कायौ । संयोगबाट भएका सिर्जना सुन्दर छन् । अचानक मस्तिष्पक घातको सिकार बनेको, अन्धा र लङ्गडाको जोडी टुटेको यस अवस्थाको धारणा सहित प्रश्न गर्दछन् –
नचिन्नेले अमर प्रेमको कथा नभट्याऊ
आधार दिनुको साटो यो जगै भत्कायौ किन ?
सेर ६ पृष्ठ ८
गजल ९, म तिम्रा लागि पागल –मानिस जब गहिरो प्रेममा डुब्छ अनयाशै विछोडिन्छ अवस्य गहिरो प्रेमको असर मस्तिष्कमा पर्छ । यहाँ गजलकार पनि सेतीसँग गहिरो प्रेममा हुन्छन् उनी प्रेममा पागल सरह भएको अवस्थामा बोलाइन्छ, नचाइन्छ, मादल बजाइन्छ, नाता जन्मजन्मान्तरका लागि हो भनिन्छ, बिचमै भुक्याइन्छ, आगो लगाइन्छ, यसरी असह्य पीडामा गजलकारले धेरै प्रश्नहरू तेस्र्याउँछन् र उनले भन्छन् – मानिसभए पछि सभ्यताको पहिचान हुन्छ तर तिमीले डढेलो लगायर किन जलायौ ? गजलकारले मरे पनि प्रेम मर्दैन भनि कसम खान्छन् र पुन प्रश्न गर्दछन् जिउँदो  प्रेमलाई किन मारियो ? तिमीलाई माता सम्झेर पूजा गर्थे यति हुँदा हुँदै पनि अवैध पतिलाई खोलामा किन बगाइयो आदि कारुणिक प्रश्न सहित गजलकार भन्छन् –
यति चाँडै नै म बाट टाढा जानु थियो भने
मेरी प्यारी मेरो मङ्गलसूत्र लगायौ किन ?
सेर ६, पृष्ठ ९
 गजल १०, सम्झनाको चेतना –मानिस चेतनशील प्राणी हो । उसको चेतना सक्रिय रहन्छ । यस गजलमा गजलकारले चेतनालाई जीवनसँग यसरी  गाँसेका छन् –
सम्झनाको चेतनाले नै जीवन हो कायाले
अहिले एक्लाएक्र्लै भए नि लेख्छौ हात दायाँले
सेर १, पृष्ठ १०
मानिसलाई मर्न मन त कहाँ हुन्छ र गजलकारको भनाइ कहर या रहरले छोडेर गयौ तर गजलकारलाई उनको कालो छायाले भने छोडेन । निठुरी भएर नसम्झे पनि गजलकारलाई भने मायाले याद आई रहन्छ, गजलकार सम्झन्छन् एकान्तमा तेल लगाएर उनले कपाल कोरेको र अहिले काइँयो नपाएर चायाले भरिएको ।  हाम्रो धर्मशास्त्रले पुरुषको आधाअङ्ग स्त्रीलाई मानेको छ । गजलकार यसरी प्रस्तुत भएका छन् –
तिम्रो कोही थिएन , मेरो पनि कोही थिएन
स्पर्श चिदानन्दमा चलाउँथ्यौ हात वायाँले ।
सेर ५, पृष्ठ १०
गजल ११, मूलघरको बिहानी याद– यहाँ वियोगबाट उत्पन्न भएका वेदनालाई प्रष्ट्याइएको छ । सेतीले यस संसार छाडदा मूलघरको विहानी यादलाई दिलाएर गएको र उनी पति भन्दा पहिला गएकोले उनका श्रृङ्गारका बस्तु सारी, चुरा, पोते र सिन्दुर सहित सजिएर गएको । पतिललाई याद आउनु स्वभाविक हो । पतिले मदिरा पिलाएर गएको अनुभूति गर्नु । बहिरी रूप जे भए पनि सेतीको भित्री रूप सुन्दर थियो । कुल्चेर नगएको भए सेतीलाई पूजा गर्ने थिएँ भन्नु, । यदि परीक्षा लिन हो भने गजलकार लुटिन तयार छन् तर जुध्ने आँखा सिलाएर गयौ । सेती मरणासन्न अवस्थामा पुगेर बाँचेर आएपछिको अवस्थालाई यसरी प्रस्तुत गरेका छन् –
गयौ र आयौ फरक्क फर्केर जान सकिनौ
ममाथि ¥यालकाढेर किन ढिलाएर गयौ ?
सेर ५, पृष्ठ ११,
गजल १२, गुलाफको पूmल– सेतीलाई गजलकारले गुलाफको पूmलको रूपमा लिएका छन् । बासनाको सीमा धेरै छ  । चुमेर र खाएर सकिदैन भन्छन् । शारिरिक सौन्दर्यको वर्णन यसरी गर्दछन् –
ती स्याउ जस्ता राता गाला आँखा कति चञ्चल !
टोके पनि रगत आउन्न ठुमेर सकिन्न
सेर २, पृष्ठ १२
यहाँ गुलाफले विना आँखा हेर्नु, गजलकारले आँखा भएर पनि हेर्न नसक्नु, सेतीलाई जमरा हौ, पृथ्वी हौ आपूm आकाश हो तर डुमेर सक्दिन भन्नु । सेतीको सतीत्वप्रतिको गजलकारको धारणा–
गुलाफको पूmलको सतीत्व गुमेर सकिन्न
माया अथाह छ आकाशले सुमेर सकिन्न ।
सेर ५, पृष्ठ १२,
गजल १३, अव्यक्त मायाले –  जब भावनाको आदान प्रदान हुन्छ यथार्थता खुल्छ तर यहाँ सेतीको मस्तिष्क घात भएपछि पुनर्जन्म ठानिएको अवस्थामा बोली खुल्दैन । दोहोरो वार्तालाप हुँदैन । छुँदा चर्किदा माय भएर नै  मरणातुल्य अवस्था बाट फर्केकी, संघर्षको उकालीमा चढेको विर्सिएर तर्सिएकी भन्दै गजलकारले प्रश्न राख्छन् –
तिम्रो चेतना फेरियो होला ज्यान त उही हो
ललप्रेमको याद फर्काउन चुमें तर्कियौ किन ?
सेर २, पृष्ठ १३
यादगार लोप भएकाले नयाँ मानिस बनेऊ र चिन्न सकिनौ तर आँखाले भने गजलकार तिर किन घर्षियौ भन्दै पुरानो यादगारलाई कविले सम्झदै भन्छन् –
अङ्क माल गरी नाच्थ्यौ रासलीला समानको
आनन्द बिर्सियौ प्यारी कुरैमा झर्कियौ किन ?
सेर ५, पृष्ठ १३
गजल १४,मेरो मुखमा हेरेर – यस गजलमा महायात्रामा लागेकी प्रेमिकाले मुखमा हेरेर हाँसेर, प्रेमपासमा बाँधेर, काँसेर, छाडेर हराएकोले प्रेमीले खोजेको खोजैकै छन् ।  प्रेमीले प्रेमिकाको मुस्कानको तस्वीर लिन खोजेका थिए तर त्यो हुन सकेन प्रेमिकाले प्रेमको बगैंचामा क्रुद्ध फोटो टाँसेर गइन् । उनको सुरिलो स्वर लुकिसकेको थियो काँसेको भए पनि रेकर्ड गर्न खोज्दा पनि मासेर गएको । गजलकारलाई कलकलाउँदो जवानीको फूलको सम्झना छ गजलकारलाई पुन त्यो यादलाई फर्काउन खोज्दा पनि प्रेम पासोमा बाँधेर नासेर गएको धारणा सहित भन्छन् –
बिजुली चम्के झै नौलो याद चम्काएर गयौ
के बिराम थियो मेरो चड्कनी पारेर गयौ ?
सेर ५, पृष्ठ १४
गजल १५, सालिक उस्तै सकलको – सामाजिक सञ्जालमा आज गजल मौलाएको छ । गजलको खेती निकै सब्लाएको छ । अभियानले गजल महफिललाई गुलजार बनाएको छ । सामुहिक गजल लेख्ने अभियानले सबै सबैले गजल लेख्छन् ।  अभियानबाट आफै गिरफ्तार भएका झगडियाको गजलकारले टसललाई अन्त्य गरिदिन्छन् । अमेरिका देखि नेपाली विश्वसम्म गजलको उच्चाइ बढेको धानका बालाझुल्दा झैं मान्छेकै समूह झुलेको जस्ता यस्तो बातावरण सिर्जना कर्ता–
धानको फसलमा तिमी पहेँलपुर  भएर आयौै
अंगाल्दा त्यो त रहेछ तिम्रै सालिक उस्तै सकलको
सेर ६, पृष्पठ १५
यस गजलको मुख्य तात्पर्य प्रेमिकाको नाममा लेखिएका गजल सामाजिक सञ्जालमा व्यापकता पाएका  छन् ।
गजल १६, तिमी विना मुर्झाएको – यस गजलमा सेती भौतिक रूपमा अस्ताए पनि आत्मिकरूपमा मैसित छौ भन्ने धारणा आएको छ । सेतीको अभावमा गजलकार मुर्झाएका तर उनको यादले फुर्किन्छन् । उनले लगाएको माया हुर्केको र उनले गजलकारको लागि वलिलदान गरेर गएकीले त्यो भारा गजलकारले तिर्न नसकी पासोमा सुर्काए सरह अनुभूति भएको । प्रेमिकाले प्रेमिलाई तिमी बाहेक कसैलामई देख्दिन भन्ने गरेकोमा प्रेमिले सोधनी गर्छन् किन घुर्काउँदै कुन नेत्रले के देखेर गयौ । तिमीले घुर्काएको तिखो नजर अगाडी छ । घुर्काएको  मात्र नभएर घाँटीमा लुर्काएकी छौ । गजलकार भन्छन् –
तिम्रो सास गए पनि बसोबास मैसित छ ।
मसाज गर्छु नुहाई तै पनि किन मुर्झायौ ?
सेर ५, पृष्ठ १६
गवजल १७, सतीले जस्तै –वियोगमा गजलकार छटपटाएको देखिन्छन् । सतीदेवीले शिवजीलाई दक्षप्रजापतिले यज्ञमा नबोलाएर निन्दा गर्दा असह्य भएर होमन कुण्डमा हामफालेकी थिइन् । यहाँ सेतीले पनि सतीकै जस्तो त्यागमा गजलकारलाई हुर्काए कि सीताकै जस्तै पासोमा सुर्काएकी, गुराँसको पूmलजस्तो अनुहार देखाउँदै छायाँमा फुर्कायौ जस्ता धारणा सहित गजलकार भन्छन् –
सत्यता के हो ? असत्य के हो ? चिन्तामा पारेर
चितामा राखी दुबैलाई नै खारेर गुर्कायौ ।
सेर ३, पृष्ठ १७
सेतीको क्षमतालाई गजलकारले यसरी दर्शाएँछन् –
तिमीले जागे बसन्त बास्छ मरेमा शिशिर
भएर ,पनि नभए जस्तै मलाई खुर्कायौ ।
सेर ५, पृष्ठ १७्
मस्तिष्क घातको कारण उनको शरीर छ देख्न सकिन्न, उनमा हुनपर्ने तत्वलाई न छोप्न नै सकिन्छ न भेट्न तर गजलकारलाई भने गलामा पुच्छ«े लर्काएको महसूस हुन्छ । सेती अन्धि थिइन् तर वयको कारण आँखा बसेका होलान् तव पनि ज्यान दिएर किन घुर्काएको जस्ता पीडादाई यथार्थता यहाँ दर्शिन्छन् ।
गजल १८, तिमी जाँदा जाँदै – गजलकारले संसार छाडेर जाने वेलामा  सयौं फोटा खिच्छन् ,तिम्रे आँखा चिम्ले पनि आपूmले हेरेको, कपाल कोरिदिएको, माया मारे पनि फोटामा थुनेर राख्ने,संसार छाया हो यहाँ नित्य केही छैन त्यसो हुँदा फोटोमा भए पनि मर्न नदिएको, जहाँ गए पनि फोटासँग सुत्छु जस्ता कारुणिक आवाजमा गजलकार भन्छन् –
अजम्बरी कोही छैन सम्झना हो जीवन
पीडाले आँसु छु पुछेको तिमी जाँदा जाँदै ।
सेर ६, पृष्ठ १८
गजल १९, खिच्छु फोटा – यस गजलमा गजलकारले यो शरीर मरणशील छ  त्यसो हुँदा आज छ भोली हुन्न, रहने भनेका फोटा हुन् । हँसिला फोटा खिच्छु । यसबाट सधैं सम्झिएर जिउँदो राखेर काखी च्याप्नको लागि लमतन्न पर्दै फोटा खिच्छु । तिम्रा सामजिक सञ्जालमा फोटा नभएका हैनन् तापनि गुगलका माला लगाएका टन्न फोटा खिच्छु भन्दछन् –
तिमी जाँदा जाँदै तिमीलाई विदा गर्दा गर्दै
तिम्रो अभावले छु भयाच्छन्न खिच्छु फोटा
सेर ४,पृष्ठ १९
काल आउँछ लान्छ, यो ध्रुव सत्य हो । गजलकारले कालका आँखा छल्न  सेतीलाई क्याम्रा भित्र भरेका छन् ।
सेतीलाई माछीको संज्ञा दिंदै फुत्किनै लाग्दा फोटा खिचेको धारणा राख्दै सेतीलाई गुलाफ सम्झदै भन्छन्–
गुलाफ मुर्झाएको मैले सहन्न खिच्छु फोटा
तिम्रा फोटा विना म एक्लै रहन्न खिच्छु फोटा
सेर ६, पृष्ठ १९,
गजल २०, विदा हुँदाहुँदै – प्रेमीले प्रेमीका बिदा हुँदाहुँदै यति धेरै फोटा खिच्छन् कि बजारमा फोटाको खेती भएको देखिन्छ तर यी सबै फोटा तिम्रामात्र राखेको छु भन्छन् । यी फोटा जाँदजाँदै खिचेको अमर राख्नको लागि हो । तिमीलाई कालले मृत्युको जारमा भर्छ । फोटा मालकै रूपमा खिचेको र यिनैलाई प्रेममा च्यापी राख्ने, चारैतिर फोटै फोटा यति फोटा किन त ? किनकी मुर्झाउँदो मुस्कान छोप्नलाई । गजलकारले सेतीकोलागि ताजमहल, सालिक, मूर्ति केही बनाएनन् तर बाँच्नको लागि फोटाहरू भने खिचे । उनले साथीहरूलाई फुर्ति नगर्न र गजलकारलई फोटामै पागल भयो नभन्न साथै  जीवनको प्यारसारमा फोटो खिच्न देऊ भन्दछन् ।
गजल२१, गृहिणीको जीवन – गृहिणीप्रतिको कविको धारणा यस प्रकार छ .–
गृहिणीको जीवन र मृत्युको यो सङ्घारमा
वासनाभन्दा उपासना गर्छु म विमारमा ।
सेर १, पृष्ठ २१
नारी गृहस्थको घर हो । नारीविनाको महल पनि वेकार छ । नारीकै लागि पुरुषले आर्जन( खेतरोप्छ)गर्छ । नारी गए यो कमाएको कस्ले खान्छ त्यसो हुँदा बाली खाँदा खाँर्दै विहारमा नगएको भए पनि हुन्थ्यो । जोत्ने र मूल व्याड सायर रोप्ने  काम ग¥यौ तर अहिले लाग्छ खेतै छाडेर जान थाल्यौ । गजलकारले कमाईको फललाई म एक्लै कसरी खाउँला ? केही दिन बढी बाँचे बाडीचुडी खाउँला । नसोचेको सुन्न चाहान्न, अलविदा भन्न चाहन्न, किनकी निचोडमा बिधुर भएर म मरे बाँच्दिन भाव व्यक्त राख्दै गजलकार भन्छन् –
तिम्रै पसिनाले मेरो सञ्चेतना सिञ्चेको छ,
जान्छ्यौ भने तिमी पैले मै नै जान्छु हतारमा ।
सेर ७, पृष्पठ २१
गजल २२, रोबोट जस्तै –यस गजलमा पतिव्रता नारीको भाव प्रकट गर्दै पहिला तिमीलाई विलौना विसाएको थिए तर अहिले तिमीलाई खेलौना बनाएको छु । तिमी अचेत छ्यौ तर मैले शृङ्गार भरेको छु । तिम्रो मुस्कानमा नजर जुधाएको छु । सेतीको अवस्थालाई गजलकारले भन्छन् –
तिमी जे थियौ त्यो नै छैनौ जे छ्यौ त्यो तिमी हैनौ
नया  पहिचानमा  प्रेम  पैदा  गराएको छु ।
सेर ३, पृष्ठ २२
गजलकारले एक अर्कालाई खेलौनाको रूपमा लिएका छन् र नयाँ जीवन प्राप्त नवजीवनको मालि भएर रमाएको कुरा बताएका छन् । सेतीले रोवर्ट जस्तै गजलकारले जे भन्यो त्यही गर्ने पतिब्रता नारी जस्तै खेलौना सजाएको भाव व्यक्त गरेका छन् । बास्तवमा सेती पतिब्रता नारी हुन् ।
गजल २३, खेलौना –  
म हाँसेर हँसिना तिमीलाई हँसाएको छु
खेलौना बनेर खेलौना मन पराएको छु
सेर १, पृष्ठ २३
गजलकार आपूm हाँसछन् र हँसिनालाई हँसाउँछन् । आपूm खेलौना बनेर खेलौनलाई मन पराउँछन् । विगतका मानिसलाई हेरेर खेलौनासित खेलौना बनेर रमाउँछन् । गजलकारले प्रश्न गर्छन मान्छे पनि प्रकृतिको खेलौना नै होइन र ?  मानिस मात्र नभएर सबै प्रकृतिका (ईश्वरीय) संरचना हुन् । एसै संरचनामा हामी जे छम् त्यसैमा खुसी भएर रमाउनु पर्छ । सेती फेरिएकी छन् । उनले नयाँ पुरानो छुट्याउन्नन् । त्यही जीवन पूरा गर्न कालाई मनाएका छन् आदि भावना सहित गजलकार भन्छन् –
यदि आत्मासित आत्मा जोड्नु नै प्रेम हो भने
खेलौनाको प्रेमीको नमूनामा गनाएको छु ।
सेर ५, पृष्ठ २३,
गजल २४, धेरै पागल– सबै खेलाडी छन् । यी खेलौना हुन् र यी धेरै पागल हुन् । एकले अर्कोलाई जस्ले पागल ठान्छ तिनै घायल हुन् । मानिस सद्दे छैन र स्वार्थी छ । अर्काको स्वार्थमा जो नाच्छन् तीे खाडल हुन् । गजलकारले अरुलाई पागल ठान्नु दुनियाको रीत ठान्छन् र यही रीतमा कसैले ताल लगाउँछ भने ती मादल हुन् । रोग लागेपछि उपचार गर्नु पर्छ । पागल भनेर उपचार नगरी कसैले कसैलाई ठिड्कामा हाल्ने वाला नै टायल हुन् । यसरी गजलकार भन्छन् –
एक सरकारले अर्काेलाई पागल भन्दछन्
भ्रष्टचारमा ती सबै उत्तिकै कायल हुन् ।
सेर ५,पृष्ठ २४
गजल २५, सेती – यस गजलमा पोखराकी सेती नदीसँग खण्डकाव्यकी नायिका सेतीलाई तुलना गरिएको छ –
नदीमा  बिरामी  पसी हेर्छु  सेती
उजेली कली छिन् कसी हेर्छु सेती
सेर १, पृष्ठ
सेतीको शृङ्गार नौले छ, कल्पबृक्ष झुल्छ, मनोहारिणी छन् । गजलकारले बसेर हेर्दछन् । हजारौ खजना नदीका जनाना   साथै लज्जा खरानी पाउँछन् र घस्छन् । ससानो मुहार, धपक्के बलेको कला कल्पनाको रूप, लीला ससानो, मुक्ता महगोलाई दसीको रूपमा हेर्नु, उनले रचेका सिर्जना र पोते छ आदि अवलोकन गर्दै गजलकारले भन्तछन् –
तिमीमा छ मोती छ मोती तिमीमा
असीयौं चुरा छन् मसी हेर्छु सेतीं
सेर ७
नदीमा छ सेती लुकेकी सिपीमा
म–नै हो–म–ले लौ खसी हेर्छु सेती ।
सेर ८,पृष्ठ २५
गजल २६, मेरा गल्ती के थिए र ! –सतहत्तर वर्षमा कालको सिकार भएर गएको भनिएको छ ।
धर्म आस्था र विश्वास ती सबै जिएर गयौ
कहाँ गयो धर्म आज ल धोका दिएर गयौ ।
सेर १,
पत्नीको वियोगमा पति पानी बाहिरको माछा सरी तडपिनु, ज्यानै गए जस्तो अनुभूति हुनु , यति चाँडै छोडेर जान्छिन् भन्ने नठान्नु, कुनघाटको पानी पिउनु थियो के पिएर गयौ भन्दै प्रश्न गर्नु, प्रेमीले प्रेमिकालाई बैमानी भन्न पनि नसक्नु, तर फाटेको जिन्दगीलाई सिएर गएको भाव व्यक्त गर्दै प्रेमीले यसरी कारुणिकतालाई पस्केका छन् –
हाय मेरी प्रिया ! बिर्सू म कसरी तिमीलाई !
मुटुको टुक्रामा धड्केर किन फिरेर गयौ
सेर ५, पृष्ठ २६
प्रेमिकाको ७७ वर्षको उमेरमा मृत्युवरण भै, जलेर गएकोमा प्रेमीले प्रश्न गर्छन्–तिम्रो लागि म मर्न तयार हुँदा हुँदै मेरा गल्ती त्यस्ता के नै थिएर मरेर गयौ ?
गजल २७, चढिन् अठहत्तर – यस गजलमा २०२४ साल १० गते काल काल बचिन् नन्दा भनिएको छ । कालले २०२३ सालमा शेष तेह्र दिन छ भनी सातोलिइ गयो ।एक दिन दुई दिन गन्दै कुर्दै, अक्सिजन तलमाथि गर्दा महाकाल आए जस्तो, सुनामीले तर्साए जस्तो  भएर एक साल बचाउन पाए पनि धोका पुग्थ्यो भन्दै ती दिन काटिए । २०२४, साल लागेपछि कालले दाह्रा सिई गएकोले जीत भयो । सतहत्तर पुगेर ७८लाग्दा पनि कालले खुट्टा तान्न सकेन जस्ता धारणा आएको छ गजलमा
गजल २८, भक्कानो छोडी रोएँ – गजलकार भन्छन् , उनले जिन्दगीको युद्ध सेतीकै  लागि लडे र हार खाएनन्, ज्ञानलाई पनि छाडे,उनले सेतीको मुहारमा शान्ति भेटेका छन्, हस्पिसमा सेलाउन दिन्न भन्दछन् । उपचारको लागि आएका डाक्टर नर्स उपचार गर्न नसकेर भागे । गजलकार कै अघि काल आयो उनलाई रिस उठ्यो उनी क्रोद्धको आगोमा जल्न थाले, चक्रव्यूहलाई कसरी काटु भन्दै यो कठिन युद्धबाट अभिमन्यु चक्रव्यूहमा पारेर मारिएका थिए  भनी स्मरण गर्नु, तिमीलाई मराएर म पनि बाँच्दिन काललाई काट्छु तिमी मेरो बिरुद्धमा नजाऊ भन्दान्दै सेती उनलाई एक्लै पारेर गइन् । गजलकार विधुर भए र उनको प्राण अबरुद्ध भयो जस्ता धारणा आएका छन् खण्डकाव्यमा  
गजल २९, ब्रह्मलीन – यस गजलमा सेती ब्रह्म या प्रकृतिसँग लिनभएको धारणा आएको छ । पुलुक्क  हेरेपछि बौरिएको ठानिन्छ, प्रेम सागरमा पौरिएको, मानिन्छ । गजलकार रुन्चे आँखा जुधाएर झुम्मिन पुग्छन् । सेतीले तत्काल आँखा चिम्लिन्छिन् । गजलकार पल्टिन्छन् । अरू सबै उठेर राम राम भन्न थाल्छन् । भेट्ने मा।निसको भिडलाग्न थाल्छ तर उनलाई छोपिएको छ ।जब गजलकार मुच्र्छाबाट उठ्छन् सेतीको शरीर लौरा जस्तो साह्रो भैसकेको हुन्छ र यस अवस्थामा गजलकारले भन्छन् –
पदार्थबाट मुक्त र वाष्पमा नै ब्रह्मलीन
प्रकृुतिमा अझै धेरै तिमी त मौलिएकी छ्यौ
सेर ५, पृष्ठ २९
गजल ३०, कसरी मुख देखाउने – सेती ब्रमलिन भएपछि कसैको निमन्त्रणामा जान गजलकारलाई निकै कठिन पर्दछ । विवाहको निम्तोमा बाजा बजाउने गाउने नाच्ने काम हुन्छ । यस्तो अवस्थामा आपूm रुदै गीत गाउन जाने हो र  ? सेती दिलकी बत्ती, मनकी सुन्दरी हुन् तर मीठो धेका दिएर गइन् । विवाह आदिमा जाँदा नक्कली नायिकासँग पछि लाग्ने मन छैन ।  गजलकारले सेतीलाई सुनको छानो ठान्छन् र पैह्राले लगेको हुँदा विवाहले पुर्न सक्दैन भन्छन् । भत्केको छानोलाई जस्ताले किन छाउने उनी प्रश्नवाची हुन्छन् । निम्तो नगर, खान मन नभएको ले भोज किन खाने ? बहरलाई दाए जस्तो मलाई दाउने हो ? तिमीहरूले विधुर हैनौ भन्ने कुरा मलाई थाहा छ । यो पनि घर भित्र  बसी नखाई नलाई के पाउनेहोर भन्ने पनि थाहा छ । गजलकार भन्दछ्–
संसारको ऐना, त्यो घरकी छैन, मेरो सबकुछ लुटियो
म त हजूर ! 'लुजर मान्छे' ! कसरी मुख देखाउने हो र ?
सेर ८, पृष्ठ ३०
गजल ३१, अस्मिता – आइमाईलाई हेपेर कसैले अन्धा भन्नेहरूलाई सेतीले केलाएर गइन् ।भने गजलकारलाई नै दिव्यदृष्टि देखाइ दिइन् । सेतीकै कारण गजलकार रमाएका थिए । गजलकारको भनाइ छ कि देखिएका सबै असत् वा अस्मिता असत हो  भन्ने दर्शनको प्रधान द्वारमा उभ्याएर गइन् । गजलकारले भन्छन् –
मर्नुभन्दा बौलाउनु निको तिम्रै लास माथि
मेरो चित्तवृत्तिलाई आगो दन्काएर गयौ ।
सेर ४, पृष्ठ ३१,
जाने र आउने कर्म जारी हुन्छ । तिमी हातमा भने नआउने तर आँखा झिम्काएस्र गयौ जस्ता धारणको साथमा गजलकारले प्रश्न गवर्छन् –
जीवनको यथार्थता हो वा, केको नाटक हो ?
वलिदान  दिएर  मलाई छक्याएर   गयौ ।
सेर ६
गजल ३२, गयौ किन ?– गजलकारले मरेर किन गयौ भन्दै प्रश्न गर्दछन् । मस्तिष्क घातबाट मृत्युका मुखमा पुगेकी आइन् सेती र मुस्कानले हानेर गइन् । पूmल बनेर आयौ र मुर्झाएर किन गयौ ? गजलकार कसम खाँदै भन्छन् कि उनी मर्लान् तर प्रेम कहिल्यै मर्दैन । तिमीले भने जिएँदै प्यार मारेर गयौ ।सेतीको अवस्थालाई  गजलकारले भन्छन्–
कहिले झुल्कन्छौ कहिले अस्ताउँछ्यौ बिजुली
क्वान्टमको व्यवहार देखाएर गयौ किन ?
सेर ३, पृष्ठ ३२,
गजलकारले प्रश्न गर्छन् – कहिले दृश्य अनि कहिले अदृश्य तिमी पदार्थ हौ कि 'वेभ' हौ ? विशाल छातीलाई चिडाएर गयौ किन ? अन्तिम सेरमा गजलकारले भन्छन् –
हेरेर पनि हेर्दिनौ बोलेर पनि बोल्दिनौ
उताको मलाई यता फर्काएर गयौ किन ?
सेर ५ पृष्ठ ३२
गजल ३३, छोडेर खाली गयौ – यहाँ पनि मार्मिक धारणा आएका छन् । दुबैको साझा कोठा छाडेर, अन्यायीलाई गालेर,गलतको विरुद्ध काली बनेर,कोसेलीको रूपमा आफ्नै जस्तो साली छोडेर, छेक्दाछेक्दै, फुत्काएर, धोका दिएर अँध्यारो खनेर,असंख्यलाई अनाथ बनाएर , भत्किएको पाली हालेर गयौ जस्ता धारणा सहित गजलकार भन्छन् –
डायस्पोराको थुन्से लगी दिएर डाली गयौ
यो विस्तरामा दागबत्ती फुकेर बाली गयौ ।
सेर ७, पृष्ठ ३३,
गजल ३४,तिमी किन आइनौ – पूmल फक्रिएको देख्दा, सेती? त्यहाँ देखिइनन् । बसन्तले वहार ल्याउन प्रने हो तर वैराग ल्यायो गजलकारलाई गजल लेख्न मन लागेन । यही वसन्तको वेला नयाँवर्ष आयो र सेता राता पूmल फुले तिमी नआएको हुँदा पराग हेरिन । गजलकार सेतीको अभावमा यति विह्वलछन् कि नदी किनारको कोलहालमा नदीमा हेलिन जाँदै छन् । वसन्त ऋतुमा सेतीलाई सधैं नदी किनामरमा हिंडेको पाउँथे तर आज सेती नभएर बाढी आयो नदी तर्न पुल पाइन, रंगीन रातो डेकमा बसेर घामलाई प्यारो ठान्ने सेती, आज नभएर डेक रोइरहेको छ ।
सेतीलाई पाउन गजलकार अति आतुर छन् र भन्छन् –
बगैँचालाई सोधेँ नन्दा छाउथिन् यहाँ किन छैनन् ती ?
सबै अवाक रोएका छन् मैले मेरै मन थाम्न सकिन ।
सेर ६,पृष्ठ ३४
मदन (कामदेव), रती (मदनकी पत्नी),बसन्तको बहार सबै छन् तर तिमी छैनौ । त्यसैले मैले सास फेर्न सकिन भन्दै गजलकारको विलौना छ ।
गजल ३५, यहाँ आएर – गजलकारले सेतीले संसार छाडेपछि खुदो खाएको धारणा राख्दै वियोगको विलौना गरेका छन् ।  उनले सेतीलाई अमेरिका लान ठूलो प्रयत्न गरेर लगे, उनी अमेरिका बाटै गइन् । भिसा लागेकोमा हस्कनु मस्कनु ठूलो ठान्नु तर सेतीले अमेरिकाबाटै संसार छाडदा व्यर्थ भएस्को ठान्नु । अमेरिका उनी चौटा खान आएका तर झोलमा डुबे, अमेरिका जानठूलो लगानी गर्नु पर्छ, त्यो लगानी डलरमा साटे, धनैका लागि धनीकी छोरी विवाह गरे, धनैले खुट्टा काटो, नेपालीमा बोल्दा घृणा जाग्थ्यो र अङ्ग्रेजी बोल्न थाले तर त्यही अङ्ग्री ्जुता चाट्न प¥यो , आमालाई रुवाएर मूल घर छाडेर अमेरिका आएको र अमेरिकाले नै दाएको धारणा राख्दै कवि भन्छन् –
सेतीलाई सुख दिन मैले नेपाल छाडे
अमेरिकाले उनै मारेर खुदो खाएको छु ।
सेर ९, पृष्ठ ३५
गजल ३६, अर्कीे – सेतीलाई महत्वपूर्ण स्थान दिंदै गजलकार भन्छन् –
यता सुकेको छ पाखो उता नदी रितिएको
तिमी विना चन्दनकी परी पनि गन्द हुन्छन् ।
सेर ४, पृष्ठ ३६,
अर्कीले पनि गजलकारलाई माया गर्छे । उसलाई दुई पैसा दिन गजलकारका मुठी बन्द हुन्छन् । गजलकारलाई एक्लो पाएपछि गायिकाका छन्द खुल्छन् ।  गजलकार अर्की नर्तकीको नाच हेर्न गएकोमा गजलकारले हेर्न सक्दैनन् । सेती गएपछि गजलकारलाई माया गर्न परी आउँछे, तर सेती विना परि त  के  मकरन्द( पुष्पमधु) पनि खस्रो हुन्छ ।
गजल ३७, प्राप्तः यात्रा – यस गजलमा गजलकार यायावर भएर सेतीको बिउ छर्दै, सेतीको छायाचित्र हेरेर यात्रा पार गरेका छन् । गजवलकारले सपनामा पनि सेतीकै याद गर्नु , विपनामा पनि सेतीकै लागि पानी भनुर्, प्रात काल सन्ध्याकालमा घुम्नजाँदा कदम कदममा सेतीकै चित्र कोरेका छन् । जहाँ जहाँ सेतीको छाया देख्छन् त्यहाँ त्यहाँ चर्न पुग्व्छन् र भन्दछन् –
देखे मन नदेखे नि एक साथै जाडेको छु ।
पर्ख भेट्छु सगरमा भर मैले परेको छु ।
सेर ५ ,पृष्ठ ३७
गजल ३८, सन्ध्या यात्रा – गजलकारले रात र दिन नभनी कन, विहान बेलुका विना भेद, आपूmले आपूmलाइ नै छुट्ट्याउन नसकेको अवस्थामा सेतीका साथ पाएर प्राण भरेका छन् । ज्युदो या मरेको थाहा नहुँदा नहुँदै पनि साक्षात्कारको लागि गर्न पर्ने काम गरेका छन् ।गजल कारले लुकेकी प्रियालाई माथी देख्छन् र छुन खोज्छन् तर तलै झर्छन् । गजलकारले सेतीलाई सोधनी गर्छन् कि तिमी स्वयम् र पे्रमीलाई चिन्छ््यौ या चिन्दिनौ तर गजलकारले  भने मुटुभित्र फर्की आउनलाई छाती चिरी राखेका छन् ।
 गजल ३९,  दोधारमा परें – यस गजलमा गजलकार दोधारमा परेका छन् । किताव पढ्ने कि सेती पढ्ने, ।उनको चाहना थियो हिमाल चढ्ने तर उनी चोभारमै रोकिए ।जीवनमा उक्लिन र खस्न दुबै हुन सक्छ तर सेतीको  मौनताले गर्दा गजलकार आफन्तकै लौहारमा परे । गजलकारले सेतीको मरणासन अवस्थालाई पार लगाएकै हुन् तर आज उनी दोबारामा परें । गजलकार भन्छन्–
प्यारको  खातिर चेताउन ,तिम्रा गोडा धोएकै हुँ
आज आशीर्वाद पाउने बेला , म दोचारमा परें ।
सेर ४, ३९
गजलकारले सेतीलाई भन्छन् – तिम्रो माया ममा थियो किन कि मलाई कसैले हान्न थाले  उल्टै तिमीले उसलाई  हान्थ्यौ । यिनै कारणले गर्दा तिमी मरे पनि तिमीलाई जिउँदै देख्छु ।यती भन्दा भन्दै पनि गजलकार आफै दोधारमा छन् । हेरांै यो सेरलाई –
तिम्रो ,प्रेम जिउँदो छ कि म¥यो अझै बुभ्mन सकिनँ
म पुस्तक पढूँ वा तिमीलाई ? गोलाकारमा परेँ ।
शेर ६, ,पृष्ठ ३९
गजल ४०, लोकगीत सुन्छु –
पर्दामा पस्यौ प्यारी छम्छम् पायल सजाएर
भित्रै आउँछु घिन्ताङ् घिन्ताङ् मादल बजाएर
शेर १, पृष्ठ ४०
सेती अदृश्य भए पनि  गजलकारले मादल बजाउँदै भित्रसम्म पुग्ने बिचार राख्छन् । आफ्ना छोरा ठूला भएपछि आफ्ना  रहदैनन् आफ्नो भन्ने पति पत्नी हुन् । तिमी पनि मलाई पागल बनाएर गयौ । शिशुको शिर बाबु आमाले बनाउने हो । आँखा सुन्दर बनाउन 'एआइको काजल लगाएर बनाउने हो । विविध कुरा गर्दागदै गजलकार भन्छन्–
तिमी छैनौ निदानमा लाग्यो रोग पराइको
दिमागी गुलामीको चर्को कायल गराएर
सेर ४, पृष्ठ ४०
गजलकारले सेती कहाँ बस्ने, के खाने, खाजा मीठो छ या छैन आदि धारणा राख्दै चाामल केलाएर पाकेको भात छाडेर गयौ । यस गजलको अन्तिम सेरमा गजलकार भन्छन् –
नेपथ्यमा गायौ  लोकगीत मीठो स्वर सुन्छु
कता लुक्यौ गीतले प्यारी! घायल पराएर ।
सेर ६, पृष्ठ ४०
गजल ४१, काग करायो – कागलाई सन्देश बाहको रूपमा लिइन्छ । काग कराउनु, रातो बुट्टे सारीमा जरायो देखिनु, खरायो सारीमा भएको देख्दा मस्तिष्कमा कम्पन हुँदा खरायो दकुर्नु, घामले पसिना कढाउनु, यही अवसरमा थुँगेपूmललाई टिप्दा टिप्दै सेतीको छाया हराउनु, ढोका ढक्ढकाएको जस्तो लाग्नु, ढोका खुलेनकी भन्ने शंका जगाउनु र ढोका खोल्न जानु,भित्र या बाहिर थाहा नहुनु, बँगैचामा जोत्दै गर्दा दुबैलाई जुवामा नरायो जस्ता अभिव्यक्ति सहित यस गजलको गजलकारले यसरी बिट मार्छन –
मरे पनि बाँच पनि यौटै घाटमा मरायो
ध्यानमा बस्दा सँधै हामी दुवैलाई चरायो ।
सेर ६, पृष्ठ ४१
गजल ४२, साँध चापियो – राष्ट्र राष्ट्रका साँधहरू नाघदै गर्दा केही गर्न सकिएन केवल साँध नै चापियो र साँध सारेर बाँध बाँधियो । सेतीले मौका हेरेर बसेको गजलकारले सम्झन्छन् र भन्छन्–' जे जितें त्यो सबै व्यर्थभो नासियो । गैगयो स्वामिनी साँध बेकारभो जिन्दगीको सबै पाउ नै काटियो ।' गरेका प्रयास सबै तिमी सँगै गयो भनिएको छ।
गजल ४३, मृगको खेती – २०१६को मार्च १८मा न्युजिल्याण्डको अक्ल्याण्ड जानु, प्रियङ्गुको घरको बास हुनु, नन्दा र प्रियङगु बीचको मनोरम साहित्यिक कुरा ,संगठनको काम गर्नु, गीत गाउनु, भोज खानु,एक हप्ताको घुमघाम गरेर बिदाबादी हुँदै गर्दा टौरङ्गका लोकनाथ लिन आएकोले त्यतैतिर लाग्नु । नन्दाले मृगको खेती हेरेर आनन्द लिइन् । प–पन्ध्र दिनको रमाइलो यात्रा गरेर घर फर्केको धारणा आएको छ ।
गज ल ४४, कोरोला नाका –२०२६ सालमा असार तीन गते, मुस्ताङको कोरोला नाकाको जाडोमा होमनाथ र सेती सँगै भएको बेला पञ्चायतले अराष्ट्रिय भनेर पक्रिदा, नन्दा (सेती)अग्नि ज्वाला भएकी तर अलग्याई जेलमा लानु, मुक्तिनाथ जाँदाको घटना हो यो । होमनाथले जेल तोडेर निक्ले । नन्दाको सत्य पथ थियो । त्यो घटनामा नन्दा रोएको सम्झँदा आजै जस्तो लाग्व्छ । होमनाथ असह्य अनाथ हुँदा उनी नाथको रूपमा थिइन् जस्ता धारणा सहित गजलकार भन्छन्–
मुक्तिको लागि सदा ज्यान दिएर लड्यौ तिमी
मुक्ति पायौ, छाम्दा मृत्युको 'हाथमा' थियौ तिमी ।
सेर ६ , पृष्ठ ४४
गजल ४५, उता नफर्क – गजलकारले सेतीलाई उता नर्फक म नै भोग हुन्छु ,यतै समात र्मैले ललाट चिन्छु, हामीमा भिन्नता छैन, शरीरमा छुँदा तिमी रसै समानको भए पिएर धाक दिन्छु , देवताको प्रसाद निधारमा लगाउँदै छु भनेर स्वार्थी व्यक्तिको इमान ठेकमा लिन नहुने , समाजको विधानमा दम्पति चिरायु रहुन् भन्ने भए पनि धनबाट ज्यान किन्न सकिदैन । समाजलाई महत्व दिंदै गजलकार भन्छन् –
मसान हैन यौवना, छ सान यो समाजको
उता नफर्क नन्दिनी, यतै म पूmल टिप्छु हे !
सेर ५,पृष्ठ ४५,
गजल ४६, यता फर्क– गजल ४५ उता नफर्क भन्नु र ४६मा यता फर्क भन्नुको दुबै एकै भावार्थ हुन् भन्न सकिन्छ।    
गजलकारको भनाइ छ कि तिमी विना म एक्लै कसोगरी सुत्ने, एकैतिर भएमा अद्वैत भै जुट्न सकिन्छ । दुबै सुतेकै थियौं तर गजलकार व्युँझदा उनी कहाँ कसोगरी गइन् पत्तै भएन । यहाँ गजलकारले आपूm ज्योति भएको र सेती दियो भएकोमा दियो पूmटेर गएकोले शून्यता छाउँछ र ज्योति निभ्दछ । गजलकार मरे तुल्य हुँदै भन्छन्–
बचाउनु भए तिमी मियो नफुट्नु पर्दथ्यो
मरँे म जिवितै प्रिये ! कसोगरी म कुद्दछु ।
सेर ५, पृष्ठ ४६
गजल४७, लास नै 'हनी' थियो –  यस गजलमा गजलकारले अमेरिकी समाज विविधताले सजिएको छ । यहाँ धनीमानी लगायत अपाङ्ग र जङ्ककार्ड पनि यही छन् । मार्ग मार्गमा जीवनवृत्तिको  लागि  मागेर हिड्ने वाला पनि यहीं छन् । गजलकारले सेतीलाई तिमी गएपछि म एक्लो भएर पागल भएको थिएँ । तिमलाई मैले देखे भन्थे तर त्यहाँ त चाँदनी थियो ।  याचिकालाई थुतेर कारमा राखेर घरमा लगेर नुहाउँदा, सजाउँदा त मूर्ति सुन्दर थियो । गजलकारले काममा गएको वेला उनले छाडेर गएको धारणा सहित गजलकार भन्छन् –
फँसेर यो विडम्बना म भोग्छु हे रुदै रुदै
भुलूँ कहाँ प्रिया तिमी त –लास नै 'हनी' थियो
सेर ६, पृष्ठ ४७,
गजल ४८, क्वान्टम भौतिकीको झ्यालबाट – गजलकारले जन्मदेखि २५ वर्षसम्मको पढाइ पढेको र त्यो शिक्षा नै 'एआई'(कृत्रिम बुद्धिमत्ता) हो त्यही नै दिमागमा धरेको हो भनेका छन् । विकीपेडियामा अध्ययन गर्दा कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटेसनल प्रणालीहरूको क्षमता हो जसले सामान्यतया मानव बुद्धिमत्तासँग सम्बन्धित कार्यहरू गर्न सक्छ, भनिएको छ । क्वान्टम क्रान्तिपछि धेरै परिवर्तन भएर आए । लाखौ वर्ष पहिला मानव र चिम्पान्जीहरूका साझा पुस्ता थिए भनिन्छ ।यहाँ गजलकारले' क्वान्टम क्रान्तिपछि हामी मानव चिम्पान्जीमा गनिन्छौ' भनेका छन् ।
यस गजललाई सारभावमा रूपान्तरण गर्नु भन्दा पुरै गजल यहाँ प्रस्तुत गर्न उचित ठाने किनकी यस गजलले क्वान्टम, एआई, इन्टयाङ्गलमेन्ट र क्वान्टम भौतिक जस्ता मानव जीवनसँग व्यवहारमा उतार्न वैज्ञानिक शब्दहरू प्रयोग गरिएको छ ।
जन्मदेखि ,पच्चसि वर्षसम्मका पढाई पढेको हो
त्यो शिक्षा नै 'एआई' हो त्यही नै दिमागमा धरेको हो
सेर १
'क्यान्टम' क्रान्ति पछि  हामी मानव चिम्पान्जीमा गनिन्छौ
यो सभ्यता र संस्कृति  फेरिन्छ यो पुरानो मरेको हो
सेर २
अनिश्चितता क्यान्टाको स्वभाव हो उर्जा र प्रकृतिको
जति सकिन्छ पिउन सके पानी अञ्जुली भरेको हो
सेर ३
तिमी बाँचिदिएको भए सय वर्ष हाम्रो आयु हुन्थ्यो
नाच्थ्यौं गामउँथ्यौं रमाउँथ्यौ हामी देवता नै चरेको हो
सेर ४,
तिमी गयौ तैपनि 'इन्ट्याङ्गलमेन्ट' भए भेट होला
विश्वास छ 'क्वान्टम' भौतिकीको झ्यालबाट हेरेको हो
सेर ५
तिमीलाई देखेको छु भिन्न 'ग्यालेक्सी'की अप्सरा जस्तै
सम्झनामा भूत ,भविष्य र वर्तमानमा बाँचेको हो ।
सेर ६
गजल ४९, देखँ देखेको हो–गजलकारले  सेतीलाई देखे, आपूmलाई देखे सेतीलाई देखेकै हो र चेतनाको कारणले अस्तित्व देखिएको हो भन्दछन् । उनले जीवनलाई यसरी व्याख्या गर्दछन् – 'स्मृति, अस्मिता, अस्तित्वको परिधिमा हामी जीवित छौं । जीवन त्यही हो  जे याद गर्छौं त्यो नै सेव गरेको हो ।'  गजलकारले यहाँ क्वान्टम भौतिकीकाकुरा उठाएका छन्, अमर हुने कुरा उठाएका छन् । केषिकाका, टिलोमर(टेलोमेरहरूले क्रोमोजोमहरूको छेउलाई भत्किन वा अल्झनबाट जोगाउँछन्।)रिपियरका कुराहरू उठाएका छन् । जीवनलाई क्वान्टम भौतिकी र क्वान्टम संसारसँग जोडेर जीवनदर्शनको व्याख्या गर्न खोजेका गजलकारले सेतीलाई भन्छन् –
मेरो अचेतनामा छ्यौ गृहस्मृतिमा छ्यौ र अस्तित्वमा
म र तिमी गए पनि म भित्र छ्यौ तिमी न मरेको हो
सेर ४
क्यान्टम विश्वमा कोही जानु र बस्नुले फरक पर्दैन
जहाँ गए पनि फेरी भेटिन्छौं यो त ठाउँ सरेको हो ।
सेर ५
हाम्रो दर्शनले पनि आत्मा मर्दैन  भन्दछ । गजलकारले विज्ञानसँग जोडेर जीवन रहेसम्म शोक र विरहमा मन रोलान् तर मरेपछि तरङ्ग र झङ्कारमा भेटिन्छ भन्दछन् ।
गजल ५०, तिमी आइनौ – यस गजलमा गजलकारले सेतीलाई रोदनोत्सव, जन्मोत्सव,विवाहोत्सव, विजयोत्सव, दीपोत्सव र वसन्तोत्सवमा नआएकोमा गुनासो गरेका छन् ।
गजल ५१, नसुन्नू मरेको– गजलकामरले सेतीलाई सम्झेर एक्लो भएर रहेको अवस्थामा जवानी दिन नसकेको, सन्तान नपालेको, थियौ तिमी साक्षी तिमी पनि गयौ,म मरेको सुन्यौ भने असाध्य रुनेछ्यौ भन्ने धारणा आएको छ।
गजल ५२, कादम्बरी भएन– एउटी नभएर तिमी गएपछि चारवटी भित्र्याएँ तर तिम्रो बराबरी भएनन् । कान्छी २७ वर्षले अन्तर, कवयित्री, उपन्यासकार आदि सँग सम्झौता गर्नु,तिमीले एउटी विदुषी ल्याऊ भनेर विदुषी ल्याएँ,तर–
जाँदाजाँदै, तिमीमा मेरो पारिवारिक जीवनको चिन्ता
के फँसायौ मलाई? कोही तिमी जस्तै कादम्बरी भएन ।
सेर ५, पृष्ठ ५२
गजल ५३, के धुन्छ र ? – यस गजलमा गजलकारले जीवन कहिल्यै एक नासको हुँदैन । जीवनमा कहिले घाम कहिले पानी व्यहोर्न पर्छ । जीवनमा मानिसले सम्झौता पनि गर्नु पर्छ । सधैं सिद्धान्तले मात्र जुनी चल्दैन । बोल्नममात्र सिपालु भएर पनि जिन्दगी बन्दैन आदि धारणा राख्दै गजलकारले सेतीलाई भन्छन् –
प्यारी ! तिमी गयौ  कहाँ ?फर्क ऐल्यै यहाँ
तिम्री सौताको सारी पतिले के धुन्छ र ?
सेर ५, पृष्ठ ५३
गजल ५४, जरो काटौंला– सेती गएपछि गजलकारले दुई÷चार दिनको जीवन वितान कान्छी ल्याउने सोच गर्दर्छन् ।सेती जस्तै  सोझी होली भने एउटा ठाड,ी लाटी ल्याएर मजा गरौंला तर गजलकार फसादमा परे सेती गएपछि सौता आई उसलाई मर्न परे पनि कहिलै नछुट्टीन बाचा गर्दै आई लभ यू भने तर उसले  सारी धोइद्र्याै घुम्न जाउँला यति सुने पछि गजलकारले भनै –
मैले भने हैन  पहिले त हिँड जाउँ दुबै
दुव पिपलको रूखमा चढी जरो काटौँला
सेर ५, पृष्ठ ५४
गजल ५५, त्यहीँ भेटौला – अहङ्कार बाट मानिस सफल हुन सक्दैन । तर अहंकारीले हार्न तयार हुन्छ, मर्न तयार हुन्छ अहङ्कार त्याग्न सक्दैन । अहम्ताबाट मुक्त मान्छेलाई अस्तित्व हीनताको बोध हुँदैन र  अस्तित्वहीन भएर बाँच्न पनि हुँदैन । गजलकारले सेतीलाई फर्क फर्क भन्थे ।  अव सौताको सारी धुन भन्दा उतै पर्ख । म यो सँग दिन काट्नु भन्दा सेरिएर आउने धारणा सहित गजलकारले भन्छन् –
मरेपछि भेटिने हो कि होइन के भरोसा
म उतै आउँछु नि लिन बरु त्यही भेटौँला
सेर ५, पृष्ठ ५५
गवजल ५६, ताकम जाउँला –प्रियालाई गजलकारले आपूm आएको हुनाले रातदिन हिडौंला भन्दै आउनको लागि आग्रह गर्दछन्, हात माग्छन् र चिहानबाट तान्छु भन्छन् । यहाँको वैभव चाहिँदैन । केवल तिमी र म भए पुग्छ । प्यारको संसार रचेर सिस्नु फाँडो प्यारसँग खाउँला अमेरिका नभै हामी गाउँमा नै बसौँला । तिमीलाई हाम्रो देश प्यारो  लाग्थ्यो आऊ फर्क अमेरिका नबसी ताकम जाउँला भन्दछन् ।
गजल ५७, गजल च्यात्न सकिनँ – गजलकारले सेतीलाई देख्दा पनि तान्न सक्दैनन् ।  कमिलाले टोकेको, देख्दा पनि कमिलालाई हान्न सक्दैनन् । समात्दा, समात्दै सेती फुस्किन्छिन् र गजलकारले इनारबाट बाल्टीबाट पानी ताने सरह तान्न कल्पना गरेर सही इनार खोज्दै जान्छन् र इनार भेटिन्छ तान्दा धान्न सक्दैनन् । यसपछिको घटनालाई यसरी प्रस्तुत गरिएको छ –
तिमीलाई खोज्न त्यही इनारमा हाम्फालेछु,
बेचैन , आँशुले रुज्यो  गजल च्यात्न ।सकिनँ ।
सेर ५, पृष्ठ ५७
गजल ५८, आँशुमात्रै चुहाएँ – यस गजलमा गजलकारले खलामा सुताए, गला मिलाए, कडा घामले पोल्दा छाया दिलाए, उठ्न बस्न नसकेको अवस्थामा दुबै हातले समातेर हिडाए, सेतीले गजलकारलाई दया भावले नासिकामा हेर्र्दा गजलकारले पराप्रीतिले नेत्रलाई जुधाए, जाडोमा घाममा लाने, बगैंचामा डुलाउने, सेतीको अभावै अभावको अवस्थामा गजलकारले सबै सेवाहरू पु¥याए । यत्रो सेवा गर्दागर्दै पनि नतिजा भने यस्तो निस्को –
गरेँ जान त्यागी रहिनौ पियारी
गरूँ के त मै,आँशु मात्रै चुहाएँ
सेर ५, पृष्ठ ५८
गजल ५९, कुनै याद छैन – यस गजलमा गजलकारले सेतीमा पुराना कुराको कुनै याद छैन, नदी या बगैंचामा पनि कुनै नाद छैन, नविन कुरा गर्नको चाहना तर पुराना कुरामा शक्तिहीन, सुसेली हिड्ने गरेकोमा तिम्रा पाद पुग्दैनन्, नाच गान छ्रैन, बोलाइचलाई कुनै छैन,  यस्ती सेती मरेसमान भएकी थिइन् तर जगाएँ, पुर्नजन्म भएर बौराइमा ल्याए पनि छाद छैन, तिमी विना शरीर हड्डी भए पनि महादेव जस्तो माद छैन जस्ता अभिव्यक्ति पस्कदै गजलकार भन्छन् –
पुरानी त  हैनौ जवानी नयाँ छ
खरो जिन्दगीमा कुनै दाद छैन ।
सेर ७, पृष्ठ ५९,
गजल ६०, भयौ तिमी विधायिका –  
थिर्यौ तिमी मभित्रकी उदात्तप्राण दायिका
गयौ कहाँ टिपेर कान लोक गीत गायिका
सेर १, पृष्ठ ६०
गजलकारले सेतीप्रति भावना व्यक्त गर्दै दुबैमा परम्परा संस्कृति रहेको छ । ज्यान दिएर हँसाउने नचाउने नायिकाको रूपमा थियौ । आज तिमी छैनौ त्यसो हुँदा तिमी विना  म रिक्त छु, मरे तुल्य छु,। तिमी दयाकी खानी विधायिका भयौ, तिमी गयौ, तिमी जस्तो कर्मशीलता, विना असाध्य धेय हीन भएको अभिव्यक्ति सहित गजलकार भन्छन् –
 हिँडेर अर्थ के ? भए त अर्थ हीन जीवन
अचेतना ममा छ गर्नु के खुला निकायिका ।
सेर ५, पृष्ठ ६०
गजल ६१, तपस्या गरेकी थियौ – यस गजलमा सेतीले ताकममा बसेर तपस्या गरेकी थिइन्, संघर्ष गरेकी थिइन् । राम्रा कपडा विहिन पहाडमा बसेर कष्ट सहेर सबै लाई उतारिन् । त्यसैका आधारमा स्वर्गजस्तो देश युएस पुगियो भन्ने भाव अभिव्यक्त भएको छ ।
गजल ६२, सरीता हौ – नदी छ त्यही नदीको महत्व कसरी भयो, सरिताकोे महिमा कसरी हुन गयो जस्ता भावना पोख्दै गजलकार भन्छन् –
गुलिई युवती सरकार थियौ
परिवर्तन भो नदीमा त्यसरी
सेर २, पृष्ठ ६२
कसको अभियोजनमा  महिला सरिता भएको जस्ता धारणा सहित  गजलकारले पति यहीं भएकोले पतित नभै बस पति सरी । नदी बहदो छ कलकल्कल त्यो नदीलाई म पछ्याउँछु जस्ता भावना पोखिएका छन् ।
गजल ६३ स्रग्विणी – भारतको उत्तरा खण्डमा चारधाम थिए । नन्दिनीका ती  मुक्तिदा भए । तीर्थयात्री भएर चारधाममा नै गइयो ।  तीर्थको दायरा ठूलो थियो । यहाँ गएर पूजापाठ गरेपछि  धर्म,  अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ सुख शान्ति मिल्छ भन्ने हो ।  आज ती कसरी अल्पिए र तिमी सचिदानन्दमा पुग्यौ जस्ता अभिव्यक्ति सहित गजरकार भन्छन् –
स्रग्विणी थ्यौ तिमी पूmलको देशमा
शून्य भयो जिन्दगी मृत्युले एक्लिए ।
सेर ६,  पृष्ठ ६३
गवजल ६४, अङ्कमालै गराऔं –गजलकारले  तिमी दूर गयौ करायौ उता नभै यता फर्कन किन लजायौ । तिम्रै दिवाना भएर तिम्रा नामका चारओटा किताव निकालेर तिमीमा चाढाएँ । छिनको छिनैमा तिम्रो झल्को आई राख्छ । तिम्ले भुलेर मलाई चराझै उडायौ । नढाँटी कन भन्छु गरौं अङ्कमाल भनेको  नभन्दै गरेऊ अङ्कमाल  जस्ता अभिव्यक्ति पस्कदै गजलकारले यस खण्ड काव्यको अन्तिम सेर यसरी पस्केका छन् –
छ सङ्गीत प्यारी ! अहम् ब्रह्म जस्तो
नयाँ जीवनी अङ्कमालै गरायौ ।
सेर ६ पृष्ठ ६४

परिवेश –स्थान विशेषलाई हेर्दा नेपाल त्यसमा पनि नेपालका विभन्नि स्थान जसतै मुस्ताङको कोरला नाका, म्याग्दीको खास ताकमले ग्राह्यता पाएको छ । अमेरिकाका विविध स्थान, न्युजील्याण्डको अक्लाण्डा,टौरङ्गालाई परिवेश समेटेको छ । समाजिक परिवेशलाई हेर्दा धनी गरिव, शिक्षित(विद्वान) आदिको वर्णन गरिएको छ । राजनीतिक परिवेशमा कोरोला नाकामा पञ्चायत इतरको आरोपमा स्वयम् होमनाथ नै जेल चलान भएका छन्, धार्मिक प्रकृतिलाई पनि समेटिएको छ । विविध परिवेशलाई समेट्न यो खण्ड काव्य सफल देखिन्छ ।
काव्यको विशेषताका विविध पक्षहेर्दा– भावको हिसावले हेर्दा भावपूर्ण, लयका हिसावले हेर्दा लयात्मक (सबै गाउन सकिने  खालका भन्नु भन्दा पनि भिडियो रेकर्ड भएर युटुबमा विमोचन भएको छ ) ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रस र विप्रलम्भ शृङ्गारको बाहुल्यता,भाषा सरल सर्वस्वीकार्य भए पनि विद्वान वर्गको लागि राम्रो खुराक हुने खालका छन् र कतै कतै अङ्गे्रजी शब्दहरू प्रयोगमा ल्याइएको पाइन्छ ।आजको अत्याधुनिक विज्ञानको  गहिराईलाई पनि पाठकले अध्ययनगर्दा सोच्न पर्ने जस्तो लाग्छ ।
अन्त्यमा –
सेती गजल खण्डकाव्यमा गजलकारले पद्यमा प्रस्तुत  धारणाहरूलाई साझो रूपान गद्यमा रूपान्तरण गर्ने प्रयास गरको छु  । कतिसम्म गजलकारले भन्न चाहेको कुरा उतार्न सकें त्यो पाठक वर्गले मूल्याङ्कन गर्ने कुरा रह्यो । खण्डकाव्यमा पस्किएका गजल सशक्त छन् । गजलकारले दिन चाहेका भावना पाठक तथा समालोचकले हुबहु बुझ्छ भन्ने छैन । पाठक स्वतन्त्र हुन्छ । जे होस् यो खण्डकाव्य वियोग शृङ्गारमा सिर्जना गरिएको छ । शृङ्गारमा पनि विप्रलम्भ शृङ्गारमा सिर्जना गरिएको छ । हरेक गजलको अध्ययन गर्दा पाठकलाई होमनाथले पस्केका करुण रसका भावनालाई एक पत्नी वियोग पतिले अध्ययन गर्दा होमनाथ र सेतीको बारेमा लेखेको हो भन्ने बिर्सेर उसले आफ्नै पत्नी वियोगको घटनालाई सम्झन्छ र ऊ विह्वल बन्न पुग्छ । पाठकका आँखा रसाउँछन् ।
सेती गजल खण्डकाव्यले शोकमात्र नभएर विविधपक्षलाई समेटेको छ । भूमिकाकार डा.नारायणप्र।साद गैरेले लेख्नु हुन्छ –'विषय शोक भए पनि उत्तर आधुनिकता वाद, वेदान्त दर्शन, साङ्ख्यदर्शन, बौद्धदर्शन, अ।स्तित्ववादको पनि ठाउँ ठाउँमा प्रयोग गरिएको छ ।'पाका साहित्यकारको विविध दर्शनका चास्नीमा तयार भएको यो गजल खण्डकाव्य नेपाली गजल साहित्यकै इतिहासमा एउटा महत्वपूर्ण प्राप्ति बन्न पुगेको छ ।' म पनि भूमिकाकारका यी नै अभिव्यक्तिमा सहमत जनाउँदै देशप्रेम,पत्नीप्रेम प्रकृतिप्रेम, नारीवादी चिन्तन,राजनीतिक चिन्तन, विदेशमा बस्दाको पीडा, बुढौली जीवनको विकराल अवस्था, विधुरको कष्टदायी जीवन, धार्मिक आस्था, साहित्य दर्शन अद्वैतवाद र द्वैतवाद आदि विविधतालाई समेटदै एउटा अनुपम गजल खण्डकाव्यका सिर्जनाकार होमनाथ, सुवेदीज्यूको दीर्घायु, सुस्वास्थ र उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
 सन्दर्भ सामाग्र्री –
• अभागी सदानन्द, अभागीको प्रेमविहारको षष्ठामृत (२०७०), गजलसङ्ग्रह, लक्ष्मीस्मृति साहित्य समाज, कावासोती, नलपुर
• पौडेल इन्द्रराज, प्रेमाञ्जली (२०६८) –मध्य पश्चिम स्रष्टा समाज,बर्दिया ।
• पौडेल इन्द्रराज, महिमामयी आमा शोकात्मक खण्डकाव्य (२०७४), त्रिवेणी साहित्य परिषद नवलपुर ।
•        होमनाथ, नन्दिनी ,(ई.सं २०८१), काठमाडौ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज
• सुवेदी, होमनाथ, सेती गजल,खण्डकाव्य (ई.सं २०८१),अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज
• ज्ञावली राम–सदानन्दको जीवन, कर्म र व्यक्तित्व (२०७८), त्रिवेणी साहित्य परिषद नवलपुर ।
• Artificial intelligence, wikipedia