August 11, 2021

अपाला महाकाव्यमा दृष्टि


परिचय–
लक्ष्मीकान्त शर्मा पौडेलको साहित्यमा सुप्रसिद्धनाम हो लकास पौडेल । उहाँ बाग्लुङ  न.पा. १४नारायणस्थान बलेवामा २००४÷१०÷६मा माता पञ्चकला शर्मा(आचार्य) र पिता पं नीलकण्ठ शर्मा उपाध्यायका पुत्ररत्नको रुपमा जन्म लिनु भयो ।हाल उहाँ भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आउनु भएको छ । लकासजी देशभक्त कविताबाट आप्mनो साहित्यिक यात्रा थालनी गर्नु भएको र पद्याञ्जलि(कवितासङ्ग्रह २०७०) भावाञ्जलि (कवितासङ्ग्रह २०७०),गतिाञ्जलि (सूक्तिकाव्य २०७०), शौर्यगाथा (महाकाव्य–२०७१), बहरका लहरहरू (गजलसङ्ग्रह–२०७१) फेसबुक सन्देश (मुक्तकसङ्ग्रह), हिमालयदेखि कन्याकुमारीसम्म (यात्रासंस्मरण– २०७२), विनियोग ृ(कवितासङ्ग्रह–२०७४),बाजीकरण (कथासङ्ग्रह–२०७४), सुरालय (रुवाईसंग्रह–२०७५), अपाला (महाकाव्य –२०७७) गरी ११ वटा कृतिहरू नेपाली साहित्यको भण्डारमा थप्नु भएको छ । साहित्य र शिक्षामा सेवापु¥याए वापत लकासजी विभिन्न संस्थाबाट विभूषित हुनु भएकोछ र साथै उहाँको योगदान साहित्यिक मात्र नभएर सामाजिक मानव अधिकार संरक्षण मञ्च,विश्व हिन्दु महासंघ, टोल समिति, देवघाट क्षेत्र विकास समिति लगायतका संस्थाहरूमा संस्थापक,सदस्य लगायत गरिमामय पदमा समेत आसीन हुनुहुन्छ । 
विषय प्रवेश –
अपाला लकासजीको दोस्रो महाकाव्य हो । यो दश सर्गमा संरचित छ ।नारीलाई मुख्य नायक बनाइ लेखिएको यो वैदिक कालिन कथामा आधारित रहेर लेखिएको महाकाव्य हो । यस महाकाव्यको सर्गगत छोटो परिचय तिर लाग्ने अनुमति चाहान्छ ।
प्रथम सर्ग –
यस सर्गमा आरम्भ, विषय प्रवेश, अत्रि र आत्रेयवंश शीर्षकमा महाकाव्यको थालनी गरिएको छ । काव्य लेखनमा मङ्गलाचरणबाट थालनी गरिने परम्परा रहेको र यहाँ पनि महाकविले जगत स्रष्टा वा आत्मतत्व तेजपुञ्जलाई प्रार्थना गर्दै, कविले काव्य मिठो, रसिलो ,शिष्टताले भरिएको, लेख्दा कुनै विघ्न वाधा सन्निपात नपरी काव्यले अग्रता लियोस् र सदा लक्षभेदी भएर काव्यको सिर्जना गर्न सकियोस् भन्ने अठोट प्रकट गर्नु भएको छ । 
विषय प्रवेशमा सप्त महर्षिमा श्रेष्ठ अत्रिका सयौं पुत्र–पौत्र सहित अपला र विश्ववारा नामका दुई पुत्री जन्मेका, बताइएको छ । अत्रि आश्रम पयोष्णि नदीको तटमा, प्राकृतिक र्सौन्दर्यले सुसज्जित, अनेकौं कुटी पर्णशाला, कतै वेदशाला, कतै अश्वशाला र कतै योगशालाको साथसाथै मनै चोर्ने ग्रामबालाहरू भएको आदि सुन्दर वार्णनको साथमा , अवस्थित भएको वर्णन गरिएको छ । 
अपलाको सौन्दर्यको वर्णन,, अत्रि र आत्रय वंशको वर्णन,, सरस्वतकिा कुराहरू, व्रह्माको वीर्य पतन, ब्रह्मा पिताका मनकल्पबाट गुफाबाट सात ऋविको निस्कनु तिनको संरक्षण गरिनु , अत्रि र अत्रिजाबाट वेदका सतासी सूक्तहरु थपिनु ,खोज अनुसन्धान गर्नु,, छोरी अपला पनि मन्त्रद्रष्टा, अािदको सुन्दर वर्णन सहित अपालाको बारेमा यसरी वर्णन गरिएको छ –
सर्वसुन्दरी ज्ञानमञ्जरी
शास्त्रकी धनी वाद वैखरी
आज तुष्ट छन् अत्रिकी सुता
हषले हिंडिन् मार्ग हो कता ?
यी बालिकाले ऋषिको जनमन राख्ने योग्यपुत्री प्रसिद्धि जस्ता धारणा सहित  ७१ श्लोकमा सर्गको समाप्ति हुन्छ । 
द्वितीय सर्ग 
अपलाको ज्ञान र विद्रोह शीर्षक दिएर काव्य लेखन अगाडी बढेको छ । अपाला नभएको बखतमा विद्याश्रम शून्य लाग्ने भन्दै यो सर्गको थालनी भएको छ । यस सर्ग अपालाको वर्णनको वरिपरि नै देखिन्छ ।आमाको सही निर्देशनबाटै छोराछोरीको मार्ग सफल हुने, छोरी कुलकी बत्ती हुन र आमाले  त्यसमा इन्धन थपेर निरन्तरता प्रज्वलित हुन सिकाउँछिन् जस्ता गहन भावना यहाँ आएका छन् । पिताको नामको साथमा सन्तान उठ्ने आमाको  कुलको नाम संस्कार सित जोडिने, भाग्यवादीले लेखेको मात्र पाइने रे कर्म वादीले कर्म गर्दा के पाइदैन भन्ने कुराहरू, धर्म संस्कार, न्याय पतिका पक्षमा हुने ,नारीले पति आज्ञापालन गर्नुपर्ने, नारी विभेदमा देखिएका बन्धन तोडेर अगाडी बढ्ने धारणा अपालामा पलाउँछ र बाबुसँग विभेद अन्तगरी छोरासरह वेद पढ्न पाउने कुराहरू, भेद गरिएमा विद्रामेह गर्ने, आदिधारणामा उभिएकी अपालाको पक्षमा आमा अनसूयाको साथ पाउनु पिता अत्रिको पनि साथ हुनुले अपालाको वेदमा स्थान प्राप्त भएको र मन्त्रद्रष्टा भएर वेदको शोध कार्य थालनी गरिएको, मनुस्मृति राज्य सञ्चालनको लागि कानुनसरह मानिने ग्रन्थमा नारीमा विभेद भएकोले यस्मा अत्रिले विरोध जनाए राजा समक्ष समकक्षको प्रस्ताव राखे, राज्यको कानुन वर्गभेद, वर्णभेद, हुनहुँदैन भनेर अत्रिसंहिता लिएर र्फकनु, यो ब्रह्मर्षि, देवर्षि, महर्षि, परमर्षिक, कण्डर्षि, राजर्षि, श्रुतर्षि सबैले यसलाई मान्यता दिए । अपालाको विदुषीमा ज्ञानरश्मी विकास भयो र उनले ऋगवेदको आठौं मण्डल सूक्तमा सोध कार्य गरेर सात सूक्त थपेर वेदज्ञ विदुषी पद प्राप्त गरिन ,ऋषिहरू पनि ज्ञान सुन्नमा आए भन्दै तपशीलको श्लोक सहित यस सर्गको बिट मारिन्छ–
 मधुर रस पिपासा स्वादमा मान्छ लीला
मधु अलिकति चाख्दा झुम्म हुन्छन् कमिला 
ऋषिगण पनि त्यस्तै ज्ञानत भोका मुमुक्षु
परिजनसित आए सुन्न धेरै सुभेच्छु
तृतीय सर्ग –
यस सर्गमा सृष्टि र चेतना शीर्षकमा धारणाहरू विभिन्न छन्दमा आएका छन् । यस शीर्षकमा परमात्मा आत्मा अनि ब्रह्म कहाँ छ ?परमब्रह्म,को  शक्ति बाट यो सृष्टि भएको, लिन पनि ब्रह्ममा नै हुने कुरा,सूक्ष्म तेजपुञ्ज मिलेर पिण्ड बन्नु , यिनै विभिन्न आकार पिणहरू नै ग्रहको रूप लिनु ,सौर विश्व निर्माणहुनु,प्वाललाई कालो मा गनिने,,यसमा चुम्बकीय शक्ति हुने, यस सर्गमा  धेरै कुराहरू समेटिएको छ ।ब्रह्माण्ड भित्रै परमाणु रहेको, सौर्यपुञ्ज रहेका यिनको आप्mनो कक्ष रहेको, मनेरा, अमीवाको विकसित हुँदै चेपा, मत्स्य र मानिस विकसित भएका मानव देह पञ्चतत्वबाट निर्माण भएको, जीवमा आत्मा हुन्छ र यो आत्मा परमब्रह्मको अंश भएको शरिर नाशवान भए पनि आत्म कहिल्येै मर्दैन,भन्दै मानवप्रति कविको धारणा यसरी आएको छ – 
सबै जन्तु भन्दा पृथक यो मनुष्य,
वितर्की र ज्ञानी छ चैतन्ययुक्त 
कतै द्वैष रागादिले बन्छ नीच 
गुरुज्ञानले बन्छ यो योग्य शिष्य ।
(श्लोक २०, पृष्ठ २३) 
  मानव जीवनका लोभ मोहका कुरा,मानव नासवान भएका कुरा, जीवनजगतका कुरा आदिमा यहाँ बिचार बिमर्श गरिएको छ ।गुणी सबै स्थानमा मान्यहुने, मानिसले लक्ष हाँसिल गर्न, सुदृष्टि हुनु पर्दछ, मानिस विवेकी र सचेत ह्ुनुपर्छ , सचेत हुन सकेन र विवेक हरायो भने मानिस दानव बन्न जान्छ, । जमेको जलमा जीवअंशी मनेरा हुँदै यो अमीवा प्रवंशी हुँदै चेपा, मत्स्यादि आदिको रूप फेर्दै मनुष्य रूमा आइपुग्नु र यो नै सबै जीवमा श्रेष्ठ र सचेतमा लिइन्छ जस्ता धारणा यहाँ आएका छन् । यो देह पञ्चतत्वबाट बनेको हुन्छ । यस सर्गमा आत्मा अमर हुने कुरा, शरिर नाशवान हुने कुरसत्य बोल्दा शान्ति पाउने कुरा कुनै पनि कुरा नत आप्mनु हो न त मरेपछि साथमा लिएर नै जान सकिन्छ जस्ता गहन भावना दार्शनिक धारणा, सिर्जना र चेतनाका कुरा आदिले गर्दा महाकाव्यमा मिठास भरिएको छ र अपालालाई  ज्ञानगङा हुन् भन्दै या सर्ग समाप्त भएको छ । 
चतुर्थ सर्ग –
यस सर्गमा अपालाको बाल्य,किशोर र यौवन अवस्थाको  वर्णन गरिएको छ । अनसूयाले  छोरी सोह्रै कलाले युक्त भएको पाउँछिन् । उनलाई अपालाको जन्म र नामाकरणको पूर्व स्मृति स्मरणमा आएँछ । त्यसवेला अपालाको जन्मबाट अत्रि निकै खुसी भएका हुन्छन् । अपालाई वसन्त पञ्चमीमा अक्षर आरम्भ गराइन्छ । वर्णध्वनी वाग्देवकिो प्रार्थना र गणेशका मन्त्रको साथ मा उनको अक्षर आरम्भ हुन्छ । उनी समग्र ध्वनी  र श्रुतीशास्त्रको अध्ययन  गरेको वर्णन को साथै उनको रुपको गुणको वर्णन यहाँ गरिएको छ । 
एक दिन तलाउमा नुहाउन जाँदा उनका शरिरमा सेता फोकाहरू अपलाले देख्छिन् । अपालाले यी फोकाहरूको बारेमा आमालाई जानकारी गराउँछिन् र आमाले बाबुलाई जानकारी गराउँछिन् । बाबुले स्ववैद्यसँग भनेपछि वैद्यले प्रलेप बनाएर लगाउन दिएपछि यी फोकाहरू निको हुन्छन् । यसरी उनको शरीरको फोकाहरू निको भए पछि अध्ययनको काम अगाडी बढ्छ । उनले षडशास्त्र योगशास्त्र आदि पढ्दै जानु  आचार्य नन्दीबाट लेखिएको कामशास्त्र गृहस्थलाई पढाइन्थ्यो तर कुमारहरूलाई पढ्न र कक्षामा जान पनि मिल्दैनथ्यो तर अपलाले बाहिरै बाट शिव कामसूत्र सुनेर उत्सुक्ता बढेर स्वअध्यन गरिन् ।यसरी अध्ययन गर्दा मदन रागले श्ीरर क्लान्त भएको महसुस हुनु र त्यसबाट मन कसरी उत्तेजित हुन्छ सो को भावसहित यो सर्ग समाप्त हुन्छ।  
पञ्चम सर्ग  –
यस सर्गमा रतिभाव र यौन उत्सुकतालाई वर्णन गरिएको छ । कामशास्त्रलाई  अध्ययनले उनमा कल्पना बढ्छ । यौवनको स्वाद चाख्न नपाइने तर यसको जालमा नसा बस्न जादाँ उनमा उत्तेजना बढ्छ ।  तकियालाई काखमा राखेर युवाको कल्पना गर्दै छातिमा कस्दै गर्दा उनमा आनन्द आउनु र कस्दै जाँदा आनन्द झर्नु ,उषा र अनिरुद्र बीचको सम्बन्ध कल्पनामा पुग्नु, सपनीमा युवा आउनु रातभर उसैसँग रमाउनु, स्वर्गीय आनन्दको अनुभूति गर्नु,आदि काम भावलाई कविले दिल खोलेर वर्णन गरेका छन् र कविले भन्छन् –
भोकमा नमिले खाना वैंसमा नसिमले पति
प्यासमा नमिले पानी पछुतो भैदिने पछि
श्लोक ३५पृष्ठ ४०)
यो सर्ग यौनमा कल्पित हुँदाको छणमा युवायुवतीले महसूस गर्ने कामुकता,कल्पना, आदिलाई निकै रसिलो तरिकाले प्रस्तुत गरिएको छ । नारी पुतली सरह रहेको धारणाको साथै अपलाका आमा बाबुले चेलीको मर्मलाई बुझ्न थालेको  धारणा सहित यो सर्ग समाप्त हुन्छ ।
षष्ठ सर्ग – 
यस सर्गमा विवाह प्रसङ्ग शीर्षक दिएर अगाडी बढाइएको छ । जननी अनुसूयाले तनया मनलाई बुझेर अत्रिसँग छोरी विवाहको उठाउनु, र योग्यवर खोज्नको लागि आग्रह गर्नु । उनको शरिरमा देखिएको दागको उपचार गरेर सातवर्ष बितेको यसवेला कुनै दोष न देखिएको तर पुन स्वेतदाग देखिएमा तिरस्कारमा छोरी पर्ने हुन् कि भन्ने आशंका मनमा उब्जन्छ । वर खोज्नु भन्दा वरले कन्या खोज्ला रम्रो हुने आदि तर्क उठ्नु ऋषिपुत्र कृशाश्व आउनु ,दुबै बीच वार्तालाप हुनु कृशाश्वले नाट्यवेदको ज्ञाता भन्नु, अत्रिले आउनुको कारण सोध्नु र कन्या खोज्दै आएको धारणा कृृशाश्वले राख्नु, विवाहको निर्णय गर्नु ।यसरी विवाहको निर्णय भएपछि अपालाको मनोरोग हट्छ । कविले लेख्छन् –
गजब प्रेमको  जाल  देखिएको 
नछुट्ने कतै चाल भेटिएको
मनमनै अझ प्यास बढ्दछ 
जति पियो नसा उति चढ्दछ।
तिर्सनाले गर्दा विचलित भएकी अपालालाई वर जुट्न निकै कठिन भएका र संयोगले गर्दा पति निराला भेटिएको भन्दै यो सर्ग समाप्त हुन्छ ।   
सप्तम् सर्ग 
यस सर्गलाई अवाला–कृशाश्व उद्वाह शीर्षक दिइएको छ । जब विवाहको निर्णय पछि कन्याहरूमा जाग्ने मानसिक जिज्ञाषाहरू अपालामा पनि जाग्दछन् । तृष्णाहरू जाग्नु मगज सनकीझै बन्नु, विचलित बन्नु, दुबै बीच मनमुटु नमिल्दा के हुनीहोला शंका आशा निराशाका भावना बग्नु, जस्ता धारणा आएका छन् । विवाहको तयारी हुन्छ, नाता कुटुम्ब आदि आउँछन्, सखीहरू आपसमा जिस्किन्छन् । सखीहरूको रतिभावलाई मीठो रुपमा प्रदर्शन गरेका कार्यहरू पनि मिठोरूपमा कविले प्रस्तुत गरेका छन् । जन्तीको वर्णन गरिएको छ । आपाला र कृशााश्वको रूपको वर्णन पनि गरिएको छ – 
अग्ली गोरी सवल तनकी सुन्दी यी अपाला
शोभा आभा चमक सुनझैं दिव्यवर्णी सुबाला
जती हे¥यो उतिउति नयाँ माधुरी झै मिठास 
व्यौली बन्दा अझै प्रखर भो रुप लवर्णै सुवास ।
(श्लोक ३४, पृष्ठ ११३), 
अपाला रातो सारीमा सजिएर नवकलशका धाराका साथ आउनु वर–वधू यज्ञशाला अगाडी भेट हुनु, अग्लो कदका, तनका पूmर्तिला,सेतो धोती, छड्के उपर्ना, स्वर्ण रङ्गी चित्रपर्ण, श्वेत अश्वमा सवार भएर आउँदा झट्ट हेर्दा मदनजस्ता देखिने वर, यज्ञशालामा बाजा धन्किनु, वर–वधूले माला पहिरिनु कन्यादान कर्म गरिनु, पूर्ण संस्कारको साथमा जन्तीलाई विदा गर्नु आदि विवरणहरू प्रस्तुत गरिएको छ र छोरीलाई विदा गर्दा आमबाबाका नयन रसाउनु, 
अत्रिले छोरीलाई विदा गर्नु, घरमा पनि संस्कारको साथमा दुलही घरमा भित्र्याउनु । दुबै रतिक्रिडामा रमाउनु । यो रमाई तीनवर्ष सम्म चल्नु विवाहको तीन वर्षमा अपालालाई पुन सेता फोकाहरूदेखिनु , उनी निकै तिरस्कृत हुनु र माइत जानु ।  अत्रिले बैद्य बोलाए देआउनु र इन्द्रको तप गरभन्ने सुझाव अपालालाई दिन्छन् । अपालाले घरमै बसेर इन्द्र पूजा गर्न थाल्छिन् । ्
मानिसको जन्म दुख भोग्न भएको होृ,भन्ने उक्तिको साथमा पति घर पनि बिरानो भै सक्यो अपाला नयाँ उपचारबाट निराला बन्छिन् भन्दै यो सर्ग समाप्त हुन्छ । 
 नवम सर्ग –
व्याधी , चिकित्सक र पुनर्मिलन शीर्षकमा यो सर्ग अगाडी बढ्छ । अपालाले इन्द्रको पूजा गर्न थालिन् । इन्द्रलाई सोमलताको रसचढाउँदै पूजा गर्दै गर्दा  इन्द्र प्रशन्न हुनु र दर्शन दिएर वर माग भन्नु, अपालाले पनि यो कुरूप देह (श्वेतकुष्ठ रोग) राम्रो होस् भन्दै वर माग्दछिन् । इन्द्रले पनि तिम्रो चर्र्म रोग तीनपत्र भिकेर दिव्यौषधि गरेमात्र ठीक हुन्छ भनेपछि ं अपालाले रथको छिद्रभित्र पसेर मालती बललेतान्दा पहिलो चर्मको तह शल्यकै सरी निस्कियो, यसैबाट बृक्ष बन्यो, जस्को नाम मैदली राखियो, दोस्रो तहको छाला गोधको रूपमा झ¥यो र धनुर्धारीहरूको नाडीमा प्रयोगमा आयो र तेस्रो तहको छाला, कृकलाससरी झ¥यो र छेपारोरूपमा प्राणी पिप्ली बिरुवा भयो ।  वैद्यहरूको लेप लगाए पछि अपालाको कुष्टरोग समाप्त भयो । कविले सबै रोगको औषधी हुन्छ र त्यो औषधीलाई खोज्न सक्नु पर्छ । 
अपाला कुष्टरोगबाट मुक्त भएपछि कृशाश्वले अपालालाई त्यागेर अपराध गरेको महसूस गर्दछन् र अपराधी सरह अत्रिको आश्रममा पुग्दछन् । अत्रिले पनि उनलाई माफी दिन्छन् । पत्नीले पनि कृशाश्वलाई ढोग दिइन्् । माता पिताले अश्रुधारा बगाउँदै छोरीलाई  विदाई गर्दछन् 
जीवन चक्र चल्नलाई आत्मा मिल्नुपर्छ । आत्मा मिल्न नसके जीवनचक्रमा गडबढी आउँछ । मान विमुख हुनहुँदैन सबै मिलेर हाँस्ने प्रवन्त्र गर्नुपर्छ भन्दै यो सर्गको बिट मारिन्छ । 
 दशम सर्ग – 
यस सर्गलाई उपसंहार शीर्षक दिइएको छ । कविले आधा आकाश ओगटेका महिलाको पक्ष खोज्दै छु भन्दै योसर्गलाई अगाडी बणएका छन् अपालाको विद्रोह भन्दा पहिला महिलाको ज्ञान सम्मान शून्य थियो । अपालाले वेदमा शोध गरेर हााक दिनु र जित्नु, ऋषिहरू नारी विरोधमा हुँदा पनि अपालाले मनुस्मृतिको विरोधमा उत्रिनु,छोरा छोरीको विभेदको अन्त्यको चाहना राख्दै अपाला यी ऋषिहरूको विरोधमा उत्रिएर विदुषी पद नै लिइन् ।ऋगवेदमा सोध गरेर सात मन्त्र थपेर मन्त्राद्रष्टा यिनी बनिन् भन्दै कविले आत्रेय वंशको पौडेल थरको हूँ भन्दै आप्mनो परिचय दिएका छन् ।
कविले आप्mनो भावनालाई अपालाको यथार्थ घटनाक्रमलाई समाएर एक विदुषी नारीको नाममा महाकाव्यको सिर्जना गरी पाठक सामु राखेका छन्  ।  यो महाकाव्यले मनुस्मृतिमा पुरुषको वकालत गरेको र नारीमा देखाएको विभेदको अन्त्य गर्दै अपालाको संघर्षमय जीवनले नारी समाजमा प्रदान गरेका नारी मूल्य र मान्यता पुरुष समानका अधिकार नारी जगतको लागि एउटा अमूल्य रत्न हो । यो अधिकारलाई थाम्न आज पनि सयौं नारीहरूले संघर्षको बाटो अवलम्वन गर्नु परेको यथार्थता सबैको अगाडी प्रष्टिएको छ ।
  यस महाकाव्यको कथा वैदिककालको भए पनि लकासजीले नविन ढंगबाट आजको समाजमा ल्याएर जोड्ने जुन प्रयास गर्नु भएको छ सह्रानीय छ । समाज परिवर्तनशील छ । समय परिस्थिति, वातावरण आदिले पनि समाजको गतिशीलता एवम् विकासको लहरसँगै हरेक क्षेत्रमा परिवर्तन आउनु स्वभाविक हो । मनुस्मृतिले अँगालेको पुरुषवर्गको एकाधिकारलाई अत्रिस्मृतिले विभेद रहति महिला र पुरुषमा समाधिकारको प्रयोग, महिलाले पनि धर्म कर्म आदि क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने र हरेक क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण हुन्छ भन्ने यथार्थताको प्रमाण अपाला हुन् । उनले तत् समयमा गरेको संघर्षले आज पनि मार्गदर्शनको काम गर्न सकेको छ । 
मनुस्मृतिको छाप आजको समयमा पनि राम्रै जरो गाडेको देखिन्छ । आज पनि छोरा छोरी तथा महिला पुरुषमा विभेद देखिएकै छ । यदि अपालाले समान हक अधिकारको रूपमा विद्रोह नगरेका भए आजको संसारमा महिलाको अवस्था अझै डरलाग्दो हुने थियो भन्न हिचकिचाउनु पर्ने देखीदैन ।
महाकाव्यमा प्रयोग भाषा ल्किष्ट छ । यो काव्य पढ्न संस्कृतको ज्ञाता हुनु आवश्य देखिन्छ । मेरो विचारमा लेखनमा जति सरल भाषाको प्रयोग हुन्छ त्यति नै पाठकको लागि सहज हुन्छ । हुनत विद्वानहरूको लागि यसमा आएका शब्द निश्चय नै मिठासपूर्ण लाग्ने छन् । त्यसमा कुनै संका छैन । भाषगत विषयमा प्रा.डा. नारायणप्रसाद खनाल यसरी प्रस्तुत हुुनु भएको छ –"अतः भाषिक समृद्धिको अपेक्षा गर्नु जरूरी छैन किन्तु अलङ्कारहरू ठाउँ ठाउँमा तँछाडमछाड गर्दै आएका छन् भने रसराज श्रृङ्गारलाई यसले अङ्गीरस माानेको छ र सोही रस नै यस महाकाव्यको सर्वस्व पनि हो ।" श्रृङ्गार  प्रमुख स्थान लिए पनि अन्य रसले पनि ठाउँ ठाउँमा स्थान लिएको देखिन्छ ।कविको प्रस्तुति आकर्षक छ ।
काव्यकारले लिएको उद्देश्यलाई पूर्णता दिएका छन् । मलाइ समीक्षामा यो यो ठाउँमा यस्तो यस्तो कमी कमजोडी छ भनि औंल्याउँदैन भन्ने आरोपहेरु सहँदै आएको छु । जहाँ पनि सकरात्मक र नकरात्मक पक्षहरू सँगसँगै आएका हुन्छन् । हामीले यो कुरा भुल्न हुँदैन कि सबैको लेखनशैली, काल्पनिक अभिव्यक्ति, दार्शनिकता,,घटनाक्रम, समाजिक परिवेश, लेखनवातावरण आदि एकै किसिमको हुँदैन । कोही पनि पूर्ण हुँदैन । त्यसो हुँदा मैले भन्ने गर्दछु निरन्तरताले नै सबै चिजलाई परिस्कृत तथा परिमार्जनतिर लान्छ । 
  अतः कविले काव्यमा आप्mनो नविन सोचलाई प्रयोगमा ल्याएर वैदिक कालिन घटनाक्रमलाई आजको समाजमा जोड्ने जुन प्रयास गरेका छन् । त्यसको परिणाम कविमा नविन सोचबाट आजको समाजलाई अग्रगामी पथमा डो¥याउने र नयाँ सशक्त समाजको निमार्णमा गर्ने भावनालाई आत्मसात गर्नुपर्छ भन्ने मेरो आप्mनो धारणा हो । यसमा आएका वैदिककालिन समयका यथार्थतालाई केलाउनलाई गहन अहध्ययनको आश्यक्ता पर्छ भन्दै कविको भावनालाई कदर गर्दै, कविको दीर्घायु,सुस्वास्थको कामना सहित विदा चाहान्छु 
धन्यवाद 
साउन २६ गते २०७८ साल

July 29, 2021

बालुवाको घरमा’ सदानन्द अभागी – ऋषि आजाद o

n: श्रावण १३ , २०७८ बुधबार- ०७:५६

कथा कथ् +आ (टाप)प्रकृति प्रत्ययबाट बन्छ । कथेर बनाउने हुँदा यसलाई कथा भनिएको हो । यो पनि कवि कल्पनामा आधारित विधा हो । यो विधा गद्यमा लेखिन्छ । अङग्रेजीमा सट स्टोरी भनिने कथा छोटा आख्यानात्मक रचना हुन् ।

कथा र उपन्यास मिल्दोजुल्दो हुन्छ । यो महाकाव्य र खण्डकाव्य जस्तै हो । यसमा उद्देश्य र प्रभावमा एकात्मकता हुन्छ । उपन्यासमा जस्तै कथावस्तु, पात्र, संवाद, वातावरण, उद्देश्य, दृष्टिबिन्दु यसविधामा पनि हुन्छ । कथा एकात्मक अर्थात सिङगल हुन्छ । कथामा उपन्यासमा जस्ता उपकथाहरु हुँदैनन् । कथाले जीवनको एउटा पक्षलाई लिन्छ भने उपन्यासले जीवनको वृहद पक्षलाई लिन्छ । कथामा पात्रहरु थोरै हुन्छन् । संवाद थोरै र छोटा छोटा हुन्छन् । परिवेश सानो हुन्छ । उद्देश्य पनि एकात्मक हुन्छ । दृष्टिविन्दु प्रथम तृतीय दुबै हुन सक्छ । योे पनि आफैमा पूर्ण रचना हो । यसमा आरम्भ,यत्न, विकास, उत्कर्ष, प्रतिफलको गतिक्रम हुन्छ । विषयका दृष्टिले सामाजिक, धार्मिक, ऐतिहासिक, पौराणिक मनोवैज्ञानिक आदि हुन्छ । प्रवृत्तिका दृष्टिले विसंगतवादी, सामाजिक यथार्थवादी,मनोवैज्ञानिकवादी, आदर्शवादी आदि हुन्छन् ।

सदानन्द अभागी साहित्यिक क्षेत्रमा प्रशिद्ध नाम हो । उनको खास नाम सदानन्द जैसी हो । उनी राष्ट्रिय पहिचान बनाएका कवि हुन् । दुईवटा महाकाव्य भएको हुनाले उनलाई महाकवि पनि भनिन्छ । उनको जन्म १५ मार्च १९४७ मा पर्वत जिल्लाको शंकर पोखरीमा भएको हो । उनको आमाको नाम नन्दकली रिजालर पिताको नाम कलाधर रिजाल हो । उनले बिएस्सी एजीसम्म अध्ययन गरेका छन् । उनले गोरखा दक्षिणबाहु चौथालगायत अन्य धेरै पुरस्कारहरु पाएका छन् । हाल उनी लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष छन् । सरकारी सेवाको सिलसिलामा उनी इजिप्ट, फिलिपिन्स, थाइल्याण्ड, जापान र भारतमा भ्रमण गरेका छन् ।

नेपालीय साहित्यमा उनको पहिलो कृति आफ्नै व्यथाहरु (२०५७) हो । त्यसपछि उनका निरन्तर कृतिहरु प्रकाशन भएका छन् । उनको दोस्रो कृति बूढो जवानी(२०५८) हो । त्यसपछिका कृतिहरुमा पश्चात्तापका आँशु कथा संग्रह (२०५८), जीवनलिला खण्डकाव्य (२०५८), कोपिला उपन्यास(२०६०), तीनयुग एक कथा महाकाव्य (२०६०), काठमाण्डौं देहरादुन यात्रा विवरण(२०६०), म र मेराहरु जीवनी(२०६०), अग्निज्वाला महाकाव्य (२०६१), नियति उपन्यास (२०६१),तन्नेरी हजुर बाउ पन्यास (२०६१),माटो र विरुवाको भोक कृषिकाव्य(२०६१), मोहनीको मीठो म्वाईं कविता संग्रह(२०६२), परिवर्तन कथा संग्रह(२०६३), भुटानी शरणार्थीको व्यथा कथासंग्रह(२०६३),समभोग समाधिगजल संग्रह(२०६४), बुढौतीका रहरहरु गजल संग्रह(२०६५), गजलगुटिका गजल संग्रह(२०६५), अभागीका गजलहरु(२०६६), अभागीका मुक्तकहरु(२०६८) यात्री उपन्यास(२०६८), गजल परिकार(२०६८), सृष्टिमा अभागीको दृष्टि समालोचना(२०६९) बालुवाको घर(२०६९) आदि हुन् । उनका प्रकाशित कृतिहरु ३८ वटा छन् । उनको अत्युर्बर समय ६० दशक हो । यस बीचमा उनले निकै धेरै उपलब्धि हासिल गरे ।

लेखक – सदानन्द अभागी

आज म उपरोक्त विधागत सिद्धान्तका आधारमा कथाकार सदानन्द अभागीद्वारा रचित कथा 'बालुवाको घर' कथा संग्रहको विषयमा समीचीन समीक्षा गर्न चाहन्छु । 'बालुवाको घर'कथा संग्रहमा १६ कथाहरु संग्रहित छन् । यो कथा संग्रहमा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका उपप्राध्यापक धनपति कोइरालाले भूमिका लेखेका छन् । भूमिकामा कोइराला लेख्छन्—"प्रस्तुत कथा संग्रहमा मानवीय जीवनका हरेक संगतभन्दा पनि ज्यादा विसंगत पक्षको उद्घाटन गरी तिनमा देखिएका विकृत र विसंगत पक्षको सुधार र परिष्कार गर्ने अभिलाषा राखिएको छ । कथाहरु कतै संक्षिप्त, कतै संस्मरणात्मक, कतै नाटकीय त कतै वर्णनात्मक, शैली प्रयोग गरिएको छ । यसमा प्रस्तुत कथाहरु ज्यादा तृतीय पुरुषात्मक दृष्टिबिन्दुका छन् । प्रथम पुरुषात्मक दृष्टिबिन्दुका पनि छन् ।"

भुपेन्द्र शर्मा भट्टराईले अभागीको विषयमा लेख्छन्—"बालुबाको घर प्रयोग र बिम्बले भरिएको कथा हो । जसले राष्ट्र, समाज र घरभित्रको द्वन्द्वको चित्रण गरिएकोे छ । अभिव्यक्ति कला जस्तो होस् अनुभूति कला गम्भीर छ ।" त्यसरी नै साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठले बालुवाको घर कथा संग्रहको विषयमा भन्छिन्—"यी सोह्र कथाहरु अध्ययन गर्दा पाठकलाई घटनाको निकट रहेको अनुभूति हुन्छ । राष्ट्रका गतिविधि, नेपाली नारीको व्यथा, राष्ट्रिय चिन्तन र हरेक जीवनको सेरोफेरो समेत समेटेर रचना गरिएको यो कथा संग्रह निकै मार्मिक छ ।"

कथाकार अभागीको 'बालुवाको घर' केन्द्रीय कथा हो । यो कथा प्रथम पुरुषीय ढाँचामा लेखिएको छ । यो कथा लक्षार्थपरक छ । राजदरबारले मूठ्याएको अधिकार, दरबारको अवशान अनि त्यही राजकीय शान, सौकात र मानमा हिंडेका राजनीतिक दलका नेताहरुको जमिन्दारी स्वभावको विषयमा चित्रण छ । यसको कथामा राजनीतिक विषय छ । कथामा झिनो कथानक छ । परिवेशर संवाद छैन । वाह्यद्वन्द्व छैन । आपसी खिचातानी र त्यसबाट आजित भएका जनताको विषयमा लेखिएको छ । यो कथा दश मिनटमा पढि सकिन्छ । पाठकहरुलाई गहिरो प्रभाव पार्छ ।

'जीवनहार जन्मोत्सव उपहारमा' कथाकारले विपन्न र सम्पन्न परिवारका किशोर किशोरीहरु कसरी नजिकिदै गए र आपसी प्रेमलाई कसरी विवाहसम्म पुराए भन्ने मनोवैज्ञानिक पक्षको विश्लेषण गरिएको छ । यो कथा यौन मनोविश्लेषणात्मक कथा हो । सम्पन्न र विपन्न परिवार बीचमाविवाह गराएर प्रेम प्रणयलाई उदात्त रुपमा प्रस्तुतगरिएको छ । यस कथामाकथानक छ । आरम्भबाट विकास हुँदै उत्कर्षमा पु¥याएर समापनतिर लागिएको छ । यसमा दाइजो दिने सामाजिक आडम्बरको विरोध गरिएको छ ।'पसिना' कथामा अन्तरजातीय विवाह र वैदेशिक रोजगारको समस्याको विषयमा उल्लेख छ । 'नघर न घरकी' कथामा रोजगारीको लागि विदेश पुगेका युवकले पाएको धोकाको विषयमा उल्लेख छ । उनी घरमा आउँदा सबै गुमाउन पुगेका छन् । यो कथा कारुणिक कथा हो । 'अभिलाषा'कथामा धन र रुपको घमण्ड र त्यो घमण्डबाट पाएको सास्तीको विषयमा चर्चा छ ।

'प्रतिशोध'कथामा कुलीन परिवारको ब्राम्हणको छोरा र चौधरी परिवारकी छोरीबीच विवाह गराइएको छ । सामाजिक इज्जतका कारण प्रेममा फसेका केटाकेटीहरुलाई छुटाउन खोजिएको छ । यस कथामा निष्पक्ष तथा तटस्थ छानविनको आग्रह गरिएको छ । 'जिउँदोले माड पाएन मरेकालाई खीर' कथामा सामाजिक आडम्बरको विषयमा खण्डन गरिएको छ । वृद्धवृद्धाहरुलाई जीवनभर हेला गर्ने, सेवा सुश्रुषा नगर्ने तर मरेपछि उसको नाममा ठूलै दान गरेर आफूलाई महान बनाउने कर्तव्यहीन आडम्बरी व्यक्तिको विसंगत प्रवृत्तिको उदाङ्गो पारिएको छ । 'पसिना यही देशको निर्माणमा भिजोस्' शीर्षक स्वयंमा सन्देश हो । यसमा पैसाको मोहपासमा परेर आफ्ना बालबच्चा अनाथ बनाएर विदेश पुगेका माता—पिताप्रति व्यङग्य गरिएको छ । अन्तरराष्ट्रिय रोजगारले पारेको दुश्प्रभावको सशक्त चित्रण छ ।

'स्वार्थी जमात'कथामा सरकारी स्कूल र निजी स्कूलमा पढाउने आफ्नै छोराछारीप्रति भएको भेदभावको खण्डन छ । सरकारी पक्षको अकर्मण्य प्रवृत्तिको खण्डन छ । 'बुढाबुढीको आआफ्नो व्यथा' कथामा आधुनिकता र पछौटेपनको द्वन्द्व देखाउनुको साथै लोग्ने मान्छेहरुले गर्ने भाषण र घर व्यवहारमा देखिने अन्तरको विषयमा व्याख्या गरिएको छ । 'एउटा सपना'कथामा सपनालाई बिम्ब बनाएर मान्छेमा हराउँदै गएको संवेदनालाई छर्लङग पारिएको छ । 'आवश्यकता' कथामा मानिको यौवन, यौन र मदान्धको चिरफार गरिएको छ । 'बतासे डाँडाको तीनदिन' शीर्षक कथामा माओवादी जनयुद्धको विषयमा उल्लेख गरिएको छ । 'जन निर्णय' लघु कथा हो । यसमा तत्कालीन राजतन्त्र र माओवादी जनयुद्धकै विषयमा उल्लेख गरिएको छ । 'कोकिलाको न्याय' कथामा निम्नवर्गीय चत्रिको यथार्थ वर्णन गरिएको छ । यस कथामा कोकिलाको जीवन्त चित्रण छ ।

कृति

अभागीका कथाहरु कथागत संरचनाका दृष्टिले परिपुष्ट नहोलान्, अभिव्यक्ति कला सशक्त नहोला तर अनुभूतिको पकड बेजोड छ । उनी जनमनको सूक्ष्म अनुभूति पकड्न सक्ने कथाकार हुन् । सामाजिक यथार्थ, मनोवैज्ञानिक समस्या, आदर्शवादी प्रवृत्तिउनका कथाहरुको प्रवृत्ति हो । ससाना विषयलाई लिएर मन छुने किसिमले छोटा—छोटा कथा लेखिएका छन् । मानवीय संवेदना, अनुभूति, परानुभूतिको विषयमा लेखिएका यी कथाहरु महत्वपूर्ण छन् । कथाहरु राजनीतिक, सामाजिक, मनोवैज्ञानिक विषयमा लेखिएका छन् । कथाहरु छोटा छन् । प्रत्येक कथा पढ्न दशदश मिनट भन्दा ज्यादा लाग्दैन । केही कथाहरु निकै मार्मिक र घतलाग्दा छन् ।

कविता विधामा कविता संग्रह, खण्डकाव्य हुँदै महाकाव्यीय उत्कर्षतामा पुगेका उनका कृतिहरु महत्वपूर्ण छन् । यता लघुकथा, कथा हुँदै उपन्याससम्म पुगेका करिब चालीस कृतिका रचनाकार सदानन्द अभागी हाम्रो आदरणीय साहित्यकार हुन् । उनको योगदान नेपालीय साहित्यमा अमर रहनेछ । हामी उनलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।

(रुपन्देही)

May 31, 2021

यात्रा अनुस्मृतिमा यात्रा गर्दा


सदानन्द अभागी
अज्ञातका कविता (कवितासङ्ग्रह) २०४७ प्रकाशनमा ल्याई  कविको रूपमा आपूmलाई स्थापित गराउनु भएका प्रा. कपिलमणि शर्मा रेग्मी (कपिल अज्ञात) ले हालसम्म नेपाली साहित्यको फाँटमा १९ कृतिहरू प्रदान गर्दै, एक विशिष्ट कवित्व प्रतिभा, वरिष्ठ समालोचक, मुक्तककार, गजलकार, निबन्धकार, नियात्राकारको रूपमा आपूmलाई परिचय गराउन सफल देखिनु भएको छ । उहाँको लेखनयात्रा साहित्यमा मात्र सिमित छैन । उहाँ एक प्रखर ज्योतिष शास्त्रका ज्ञाता पनि हुनुहुन्छ । उहाँले ज्योतिषशास्त्रमा "ज्योतिष र साहित्य जस्ता मूल्यवान कृतिको सिर्जना गरी  ज्योतिष र साहित्यलाई जोडेर समाजको अगाडी उभिनु भएको छ । यस्ता ज्योतिषशास्त्रीय अनुसन्धानमूलक आलेखले नेपाली साहित्यलाई धनि बनाउनुमात्र नभै उहाँको विशिष्टता हो । प्रा. कपिल अज्ञातज्यूका केही कृति अध्ययन गर्ने सौभाग्य मैले पाएको थिएँ र आज यो यात्रा–अनुस्मृति पढ्न पाउँदा पुन मलाई आनन्द लागेर आयो । एउटा बरिष्ठ समालोचकको कृतिमा कलम चलाएर तपाइँको कृति पढें भन्ने सन्देश दिंदा राम्रै हुने ठाने र अघि बढें । उहाँलाइ छोटो परिचय दिंदा एक हँसिलो, आँटिलो, प्रष्टवक्ता, सादाजीवन र उच्च बिचारमा अडिग र सदाबहार व्यक्तित्वको रूपमा लिने गरेको छु मैले ।
यस कृति र कृतिकारप्रति भूमिका कारको धारणा– यस कृतिको प्रकाशकीयमा त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी लेख्नु हुन्छ –"कारयित्री र भावयीत्रि दुबै प्रतिभाको अपूर्व संयोगले उज्यालिएका उहाँका सृजना भावमय, हृदयस्पर्सी छन् ।" । "आनन्दमय नियात्राहरू" शीर्षकमा  त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायण प्रसाद खनाल लेख्नु हुन्छ – "पढ्दा–पढ्दै खारिएको अनुभव, पढाउँदा–पढाउँदै ,तिखारिएको विद्वता, लेख्दा–लेख्दै उजेलिएको कलम, घुम्दा–घुम्द आजित अनुभूतिको मिठास, बोल्दा–बोल्दै  हासिल भएको सूक्ति माधुर्य आदि अज्ञातका निज सहजानुभूतिबाट सम्भावीत स्वकीय सम्पदा हुन्  र यिनको अनुकूल प्रयोगबाट ,अनुभूत, अवलोकित र प्राप्त उपहार नै यात्रा–अनुस्मृति हो । वरिष्ठ साहित्यकार केदारनाथ खनाल भन्नु हुन्छ – कृतिकार कपिलका प्रस्तुत यात्रा–अनुस्मृतिमा संकलित नियात्राहरूमा प्राय सबै तत्व, गुणहरू, न्यूनाधिक छन् । शब्द चित्रमय छन्, आत्मीयताले ओतप्रोत भावाभिव्यक्ति छन् ।"
"जीवन यो बाँच्ने चोला हो र मर्ने पनि। बाँच्ने हो भनेर पुरौ भौतिकवादी  हुने र एक दिन मर्नु नै छ भनेर पुरै अध्यात्मवादी बन्नेतिरभन्दा देह र आत्मका सन्तुलन र सामाजिक समृद्धिका निम्ति समन्वयवादीका रूपमा चल्नु पर्छ "        
 यी उपरोक्त आत्म कथ्यमा कपिल अज्ञातले  प्रकृति र सीपको उपयोग शीर्षकमा धार्मिक जीवनदर्शनलाई दर्शाएका छन् । हुनत यात्रा–अनुस्मृतिमा गहिरिनु पर्नेमा म यतातिर मोडिए । यस संसारमा जीवहरू जन्मे पछि खास उद्देश्य हाँसिल गर्न एक स्थानबाट अर्को स्थानमा जान्छन् र उद्देश्य हाँसिल गरेपछि यथास्थानमा आउँछन् । यात्रामा अलिक सोचविचार भएको मानिसले  कुनै खास उद्देश्यको लागि यात्रा गरे पनि उसले धेरै चिजको फायदा लिन सक्छ । प्राकृतिक सौन्दर्यता, सामाजिक या पारिवारिक स्थिति, त्यस स्थानको बौधिकस्तर, आर्थिक अवस्था, धार्मिक साँस्कृतिक विकृति विसङ्गति, आदि आदिलाई आप्mनै आँखाले देखेर उपलब्धी हाँसिल गर्न सक्छ  । हामीलाई थाहा छ कि कुनै कुरा सुनेम भने जानकारी हुन्छ, देखेम भने विश्वास हुन्छ । त्यसलाई कार्यन्यनमा लगेम भनेमात्र यथार्थताको सिकाइ हुन्छ । यहाँ माथि समाज समृद्धिका लागि  समन्वयवादीको रूपमा चल्ने कपिलजीको जुन सुझाव आएको छ त्यो यो संसार संतुलनकै लागि एउटा महत्वपूर्ण पक्ष हो । यस महत्वपूर्ण पक्षलाई  केलाउँदै, विविध उद्देश्यलाई आत्मसात गर्दै, प्राकृतिक सौन्दर्यमा रमाउँदै, यात्रामा सहभागी मित्र तथा भेटघाटक्रममा साथ भएकाहरूसँग मिष्ठता र शिष्टतामा सुखदुःख विसाउँदै, कार्यक्रम स्थलको परिवेश, परिस्थतिलाई केलाउँदै, त्यहाँको भूगोल, समाज,संस्कृति, विकृति, विसङ्गति, ऐतिहासिक पृष्ठभूमि आदि आदिलाई विश्लेषण गर्दै स्वच्छन्दरूपमा आप्mना भावनालई कपिलजीले यस कृतिमा समावेश गरेर पाठकलाई आनन्दानुभूति दिलाउने काम गर्नु भएको छ । उहाँ जति भावनामा उच्च हुनुहुन्छ उहाँका अभिव्यत्तिको धरोहर पनि त्यत्तिकै उच्च छ । अब म उहाँका प्रत्येक नियात्राको संक्षेपीकारण गर्र्नतिर लाग्दछु ।
पुस्तक प्रेम र स्मृतिको मिठो सौगात– यसको कथाबस्तुलाई हेर्दा चितवनदेखि स्याङ्जा राङ्खोलामा लक्ष्मीस्मृति प्रतिष्ठान स्याङ्जाले लक्ष्मीप्रसाद स्मृति पुरस्कार कपिल अज्ञातजीलाई प्रदान गर्ने र शिवकुमार स्मृति पुरस्कार डा. टिकाराम वाग्लेलाई प्रदान गर्ने भएकोलाई ग्रहण गर्न  कपिल अज्ञात र पूर्णप्रसाद अधिकारी राङ्खोला पुग्नुहुन्छ र पुरस्कार ग्रहण गरेर फर्कनुहुन्छ ।
 यात्राको उद्देश्य यति भए पनि विरालाले बाटो काट्दा अपशगुन हुने, बिरालाले बाटोकाटेमा दुई कदम पछि हट्ने र दश पटक सास फेर्नेु र अनि अगाडी बढ्नु पर्ने सन्देश, यात्रा गर्दा सम्मुख चन्द्रमा पारेर हिड्दा राम्रो हुने, बाटोमा १ घण्टा अवरोध हुँदा बिरालाले बाटो काटेकोले यस्तो भएको हो कि भनी संका गर्नु, ,"काँचो कटर मै जान्छु राङ्खोला रोक मटर रस्याङ्जा झरेसी हो कस्ले देख्छर मोटर चढेसि" जास्ता लोकगीतलाई समावेश गर्नु ,किताप दिन बोलाएकालाई नआएर दिन नपाई पुस्तकप्रेमीहरूलाई वितरण गर्नु यस्ता थुप्रै विवरणलाई यहाँ समेटिएका छन्।
अविस्मृत बिम्बहरू
"तृष्णा र वासनाले घनिभूत यो भोगवादी समाजमा उनीमात्र किन एक्लो परिन्?"  
सहकारी अवलोकन भ्रमणमा गएका कपिल अज्ञातले राष्ट्रसेवक बहुमुखी सह्कारी संस्था विराटनगरको अवलोकन पछि दीपज्योति नारी विकास वचत तथा सहकारी संस्था लि. की संस्थापक पार्वती बरालले विवाह भएको छैन भन्ने जानकारी गराएपछि  निस्केको वाक्य हो ।  यो सहकारीले आठ प्रकारका बचत जम्मा गरेको नारी चेतना जागरण गराएको १४ समुह एकीकरण गरेर बनेको । आदि वर्णन यहाँ आएका छन् । पार्वतीको एकल जीवनम कपिलजीले निकै तरकना मनमा खोलाएका धारणा यहाँ पस्किएका छन् । यसपछि  कपिलजीहरू इलामतिर लाग्दै पशुपति नगर हुँदै मानेभञ्ज्या जोरपोखरी घुमपहाड, हुँदै छुमछुके रेल हेर्दै, घुमपहाडमै जन्म भएकी विष्णुकुमारी पछि पारिजातले कहलाएकी, बाटोमा बुद्धको विशाल मन्दिरको दर्शन,बतासे डाँडामा बनेको अग्लो गोर्खा स्मृतिस्तम्भको अवलोकन, चिया वगान, चिडिया घर(सङ्ग्राहलय) को अवलोकन पछि फर्केर इटहरी आएर बास बसेको धारणा सहित यस लेखकोबिट मारिन्छ ।
यस लेखले यात्रा गर्दा व्यवस्थित रूपमा गर्नु पर्ने सन्देश दिएको छ । इलामतिर लाग्दाको नागबेली सडक, सडको माथि ठडिएका सुन्दर डाँडा चिया बगैंचाको सुन्दरता प्राकृतिक सुन्दरताको वर्ण मनमोहक रूपमा आएको छ । दार्जिलिङ जाँदा पारिजातको पृष्ठभूमि र परिवेश  भानुभक्तको पूर्णकदको सालिक हेर्न नपाएको हुँदा भ्रमण अधुरो रहेका धारणाको साथै नेपालका डाँडाकाँडा सुन्दर बनाउन सकिने अभिव्यक्ति सहित उपदेशमूलक बनेको छ नियात्रा ।
 बन्दीपुरः एक पर्यटकीय मनोरम नगरी– यो पनी सहकारी मार्फत गरिएको नियात्रा हो ।यात्रा भरतपुरबाट थलनी गरी बन्दीपुर पुगिन्छ र बन्दीपुरमा सहकारीले दिने तीन दिनको तालिम सिध्याएर भरतपु फर्किन्छ । लेखनको संक्षिप्तता यहीहो तर कृतिकारले यहाँ धेरै कुरा समेटेका छन् । सर्वप्रथम रिन र रोगलाई महानत शत्रु ठानिएको छ ।कृतिकार आफै मधुमेहको रोगी भएको धारणा आएको छ । सहकारीको महत्व दर्शाउँदै सहकारी एकता र विश्वास पूर्ण कर्मबाटै यसको अर्थ सार्थक हुने देखिने, सहकारीको महत्व वेदमा पनि देख्न पाइने, कुखुराको चल्लो गाडीको पछिल्लो पाँग्रोमा पर्नु चल्लाको मालिकले ७०० रुपियाँ माग्नु, लोक गीत तलप¥यो डुम्रे बजार माथि प¥यो बन्दीपुर के छ नानी तिम्रो मनको सुर ? म. वी.वि. शाहको बन्दपिुरे उकालीमा आदि थुप्रै प्राकृति सौन्दर्यका धारणाहरू आएका छन् यस नियात्रामा कपिलजीले कवितालाई पनि स्थान दिनु भएकोले विविधतामा रमणीयता थपेको छ ।
वेलगामको यात्रा  भरतपुरको बचत सस्था साकोसबाट तय गरिएको यात्रमा सहभागी हुँदा र त्यो संस्थाको स्थापनाका विविध पक्षलाई लामो भूमिका बाँध्दै अपमान र मानका बारेमा दृष्टिकोण राख्दै तातोपानी स्नान र  यात्रामा अध्ययनको लागि छनौट गरिएका संस्था बासस्थान ,लाभप्रद र प्रेरणादायी रहेका, तिब्बत(चिन)मा भएको विकास, नेपालमा हुननसकेको विकास आदिको तुलनात्मक विवरण र भोटेकोसीका आकाशे जम्प आदिमा  कृतिकारले स्पष्ट धाराण राखेको देखिन्छ । यात्रा वेलाम बेथितिको देखेर एउटा व्यङ्ग कस्न पनि कृतिकार पछि नपरी "देवताहरूको दुषित मनसायले ेइन्द्राशन डगमगाउला, उर्वसी जस्ता अप्सरा देखे ऋषि मुनिका योजना पनि फले खान्छन् " जस्तो व्यङ्ग कस्दा एउटी महिलाले ठाडै हकार्नु, कृतिकारले कसैका व्यक्तिगत चरित्रलाई आक्षेप लगाउने तरिकाले नभनिएकोमा महिलाले गरेको त्यो प्रतिवादप्रति कुनै प्रतिकृया नजनाई मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ जस्तो शब्दलाई सम्झदै एउटा मुक्तक पस्कँदै यस नियात्राको बिट मारिएको छ ।
देश विकास गर्नेका भित्तामा पनि सहर हुन्छन्
हरेक व्यक्तिका आ–आप्mनै पनि रहर हुन्छन्
समूहमा भएपछि साझा सन्दर्भहरू उठायो
कसैका निम्ति ती अमृत कसैका निम्ति जहर हुन्छन् ।
 तम्घासको रेसुङ्गा ः एक सौन्दर्य गंगा – यो यात्रा गुल्मीको किरण पुस्तकालय र हाम्रो पुरुषार्थ पत्रिकाको आयोजनामा गरेको बृहत् साहित्यिक गोष्ठीमा सहभागी हुने निमन्त्रणमा सहभागी हुन जाँदा चितवन, नवलपरासी, बुटवल पाल्पा रिडी हुँदै तम्घास पुग्नु र गुल्मी महोत्सव २०६८को छन्द कविता गोष्ठिमा  सहभागी भै रेसुङ्गाको भ्रमणको विवरण समेत समावेश गरिएको छ ।
यस नियात्रालेखमा कृतिकारले यात्रा गर्दा कुनै कार्यालयमा कार्यरत भए विदा मिलाउनु पर्ने,हिडडुलको लागि आर्थिक अवस्था पनि दह्रो हुनु पर्ने, चलजोगी फट्कार छाला जहाँ जाला भातै खाला जस्तो बानी हुनु पर्ने , यत्रालाई रोचक र आनन्दाइी  बनाउन दिल मिलेका, खुला, रसिला ,मिजासिला, दिलदार भरपर्दो साथी हुनुपर्ने, भरपर्दो साधन हुनु पर्नेधारणा  पस्किएका छन् ।
रेसुङगा उच्चाइको हिसाबले १४६८बाट २३४७ मिटरमा फैलिएको,महापोखरी सम्म मोटर जाने, १५÷२० मिनट हिड्नु पर्ने,, भव्य जङ्गलमुनि गर्जूवा पोखरी, यो शृङ्ग ऋषिको तपोभूमि परिवेश लक्ष्मीनारायण सन्त शशिधर निर्गुण भक्ति धाराका कवि भएको, यो स्थल पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेका, यज्ञशालाको निर्माण, अवलोकन स्तम्भगृह्यमा चढेर दृश्यहरूको अवलोकन गरेको,त्यस सुन्दरतामा कवि उत्पेरित हुन्छन् र "पेट भरिपूर्ण रहे मन  परिपूर्ति हुने यो भन्दा सुन्दर दृश्य या ठाउँ अन्त कतै देखिदैन, भन्दै आप्mना धारणा राख्नु, रेसुङ्गालाई प्रकृतिको अनुपम उपहार, सौन्दर्यको सागर, माधुर्यको आकाश, सुगन्धको धर्ती र आनन्दको वर्ण रहेछ भन्दै सुन्दर कविताको सिर्जना गर्नु, तम्घासको गौरव गर्ने स्थल आदि रेसुङ्गाको प्रकृतिक सुन्दरता र धार्मिक महत्वको पूर्ण रूपले वर्णन गर्दै यो लेखको बिट मारिन्छ । सौन्दर्यको वर्णन अब्बलमात्र नभएर कविको कवित्व  शक्ति पनि अब्बल भएको अनुभूति हुन्छ ।
त्यो साहित्यिक यात्राः एक रमाइलो अवसर –यो यात्रा देवकोटा सतवाषर््िाकको अवसरमा मन्थलीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा जगदिीश घिमिरे प्रतिष्ठान द्वारा आयजना गरिएको साहित्यिक कार्यक्रममा कपिल अज्ञात र धनराज गिरी, सहभागी हुनको लागि काडमाण्डौ गोविन्द भट्टराइको घरको पाहुना बन्दै, मन्थलीतिर लाग्दा धुलिखेल पुगेपछि बाटो अवरुद्ध भएको जानकारी पाएपछि अरनिको राजमार्ग समाएर चरिकोटको मार्ग समायर मन्थली पुगी कार्यक्रममा दुई दिन सहभागी भई कार्यक्रमको पूर्णता नदिइ विशिष्ट साहित्यकार कमलमणि दीक्षितसँग फर्किए र काठमाडौ आइ हरिहरखनालको घरमा बसी चितवन पर्कने योजना सहित यो यात्राको बिटमारिन्छ । यस लेखले धेरै कुरा समेटेको छ । अन्तरमनको यात्राका लेखक जगदिश धिमिरेको साहित्यिक व्यक्तित्व, उदारता, आर्थिक सम्पन्नता, उनकी सहधर्मिणी दुर्गा, जगदिश र दुर्गाले गरेका आतिथ्य सत्कार, मिठो आनन्ददायी भोजनको वर्णन पहिलो पटक मन्थली टेकेको भन्दै गजल लेख्नु, मन्थलीलाई प्रीयसीको बिम्ब बनाएर गजल मार्फत मन्थलीको वर्णन, रामेछाप साहित्यिक महोत्सव आयोजनामा पञ्चै बाजाको व्यवस्था, दुर्गा धिमिरको सभापत्वि, कृष्णचन्द्रसिंह प्रधान अतिथि, कमलमणिको विशिष्ट, अतिथि भएको यस समारोहमा रोचक घिमिरेले नेपालमा गणतनन्त्रको स्वर रामेछापबाटै उठेको, कृष्णालालको मकै खेती पर्व, नैबेध्यका धरणीधर कोइराला, शहीद गंगाला र कमरेड पुष्पलाल गणतन्त्रका अगुवा, आदि आदि साहित्यकारका धारणाले यस यात्रा लेखलाई आनन्दित र रोमान्चित तुल्याएको छ ।
यात्रा एक ः अनुभूति अनेक – यस लेखमा कृतिकारले भरतपुर साकोसले आयोजना गरेको सहकारी अध्ययन भ्रमणमा पोखराको रोयल सहकारी संस्था जस्को ठ्रलो शेयरपूँजी भएको, चार जिल्लामा शाखा फैलिएको, गुणस्तरमा जोड दिएको, लगानी पनि ठूलोस्तरमा गरेको, सम्बधित सदस्यहरू हीत योग्य काम गर्ने सबै राम्रो देखिए पनि अध्ययन टोलीले व्यक्तिलाई डेड करोडसम्म लगानी गरेकोलाई जोखिमपूर्ण हुने ठम्याइ रहेको धारणा आएको छ ।"पलिे संस्थामा प्रचुर पैसा भित्र्याएपछि नै सेवा राम्रो दिन सकिने " यो गुरु मन्त्रलाई अध्ययन टोलीले सकरात्मक रूपमा लिएको भन्दै यो टोली अध्ययनकै सिलसिलामा सिवाइसी बचत तथा सहकारी संस्थालाई अध्ययन गर्नलाई वाग्लुङ्ग पुगेको । सिवाइसीका अध्यक्ष चण्डीले संस्था सञ्चलानको कसरी गरिन्छ भन्ने विषयमा सबैलाई चित्त बुझ्ने गरी ३ घण्टासम्म आप्mनो धारणालाई प्रस्तुत गरेको र चण्डीले प्रस्तुत गरेको धारणाो सार कृतिकारले यसरी प्रस्तुत गरेका छन् – "संस्था समयसापेक्ष चल्नु पर्छ बिचार विमर्शका सन्दर्भमा तथ्य सही हो भन्ने भएपछि अघि बढ्न पनि डराउनु हुन्न । लिडर बन्छ भने निडर बन्न आवश्यक छ ।अध्ययन टोलीले पोखरा र बाग्लुङ्का सहकारी संस्थाबाट धेरै कुरा जानकारीमा आएका विवरण प्रस्तुतिमा आएका छन् ।

"पौराणिक शास्त्रमा मरेपछि स्वर्ग जाने सन्दर्भमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने प्रसङ्ग आउँछ  तर तर यिनै पुलले यहाँका बस्ती र नगरलाइर्ए स्वयं स्वर्ग बनाएको अनुभूत हुन्छ । जसले पुलमा अप्mनो लगानी गरे ती पौरखी पुरुष धन्य हुन्  । " कृतिकारका यी उद्गार कुश्मका त्निबटा पुलको अवलोकन गरेपछि आएका हुन् । तीन पुलमा दुई पुल पर्वर्त जिल्लाभित्रै (एक पुल कुश्माबाट ग्यादी र अर्को पुल कुश्माबाट मुडिकुवा)  अर्को पुल कुश्मावाट बलेवा ) साथै केवुलकारले कुश्मा र बलेवालाई जोडेको छ । यो अध्ययन टोलीले गलेश्वर धामको चक्रशिला मन्दिर (नौ रोपनीमा फैलिएको एउटै विशाल चक्रशिला ) अवलोकन ,सतीदेवीको गलापतन भएको ठाउँमा स्वयम प्रकट शंखचक्रयुक्त शिवलिङ्ग, ज्यातिर्लिङ्ग, शालिग्राम  शिवश्वरूप मन्दिर जो विश्वकै अलौकिक अकल्पनीय देवभूमि मानिने र यहाी विशाल शिलामा एकशय आठ शिवलिङ्ग,शिव मन्दिर पाठशाला, त्यही शिलाको वक्षस्थल अघि बनेको कहिल्यै नसुक्ने सानो जलकुण्डमा नीलकण्ठ भगवानको मूर्ति जडितको साथै आधुनिक स्रोत साधनबाट बञ्चित जन जीवनको अवलोकन गरेको विवरण प्रस्तुत गरिएको छ ।
पोखराको सराङकोट मन्दिर–जहाँबाट पोखराको सौन्दर्यलाई हेर्न सकिने, प्यारसुट ग्लाइडिङ यही बाट भरिने, त्यही भ्यूप्वाइन्ट, चड्न कठिन, यस टावरबाट धेरै दृश्य देख्न सकिने, आदिको अवलोकनले कपिलजीको मनै पग्लिएर गुनगनाउन थाल्नु भयो –
हिमालैको हावा यहाँ चल्यो सरर
सराङ्कोटको सिरानैमा मनै हररर
छाब्दीबराही – छाँगाबाट खसेकी देवी भनेर छाब्दीबराही भनिएको, जलकुण्डमा माछा र मन्दिरको छतमा परेवा,माछा ठूला ठूला हुनुको कारण बलीको रगत खाएर, ठूलो राजबाम माछा गुडल्किएर बस्छ भन्ने सुनिनु, रगत माछाले खाँदा देवताले खाएइको भन्ने अन्धविश्वासमा मान्छे मन भड्की रहेको, यी सबै क्रियाकलाप देखेर कपिल मन्दिर बाहिर बसेको र समुह आएपछि सबै फर्केको धारणा सहित यस यात्राको बिट मारिन्छ । यो यात्रामा समूहले बाग्लुङ्को कालिका मन्दिर, बाटोमा पर्ने सहस्रधारा र पोखराको विन्धवासिनी देवीको मन्दिर अवलोकन पनि गरको धारणा यहाँ आएको छ ।
हिमालको काखदेखि सागरसम्म –
"पहाड पुरुष नदी नारी
मानूँ पुरै वस्त्र उतारी
मस्त भएर आलिङ्गनमा
डुवे दुबै विषय रङ्गमा ।"
यी शिङ्गारिक कविता सप्त गण्डकी बहुमुखी क्याम्पस, प्रध्यापक संघ एकाइबाट गरिएको शैक्षिक भ्रमणमा गोवा पुगेपछि गोवाको त्यो राणीय सुन्दरतामा आकृष्ट भै कपिलजी बाट आएका उद्गार हुन् । गोवा पछि बम्बैको भ्रमण गर्दै नेपाल फर्केपछि यो यात्राको बिट मर्छ ।  भरतपुरबाट भैरहवा हुँदे गोरखपुरबाट लोकमान्य तिलक रेलगाडीमा गरिएको यात्रा, भोपालको आणविक भट्टीको ग्यास चुहेर वरपरका मानिस ज्यान गुमाउन परेका कुरा, सामदी होटेको परिचय, सुरभी कलेज, इटारसीको हनुमान मन्दिर, जमिन एक विघालाई डेडलाख पर्ने सामान्य व्यक्तिको पनि एकडेड सय विघा जमिन हुने, कोलावारी कोलावारी गीतको श्रूतिमधुरता र खोलावारि खदोलापारिको नक्कलगरी नाच्नु पूणेको विद्यापीठको १०५औं पदवीप्रदान समारोहको महत्वपूर्ण दिन र त्यसमा सहभागी हुनु,, विद्यापीठको १००० बिघाभन्दा बढी क्षेत्रफल भएको र ५० भन्दा बढी विभाग र २० हजारभन्दा बढी विद्यार्थी, बाटोमा पर्ने लामा छोटा सबै प्रकारका सुरुङ्मार्ग पारगर्दै पहाडलाई खोपेर बनाएका मागा हुँदै गोवा पुग्नु., गोवाका समुद्र किनारमा भेटिने नग्नता, त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउँदै सायली होटेलको स्वागतता, डँडेउलीमा खबटाले बनेका बस्ती, समुद्रका साना र ठूला लहरहरू भँगालोले बनेका तलाउका डुँगाहरुको, पलिे गोवा पुर्तगलको अधिनमा रहेको, गोवा सानो प्रान्तिय राज्य ,हिन्दूका घर अघि तुलसीको मठ, तथा ख्रिश्चियनका घर अगाडि क्रस चिन्ह, नरनारी निर्बस्त्र भै घामको स्वाद लिनु, मनोरन्जनको लागि उपयुक्त परिपाटी, पानी जहाजको सयर, गोवामा मनाइएको दुईदिनको प्राकृतिक सौन्दर्यलाई मनमस्तिष्कमा सजाउँदै विशाल सहर, २० सौंदेखि पचासौं तला भएका गगनचुम्बी आलिशान महल भएको मुम्बई आई विद्यापीठमा प्रवेश, खुला विश्वविद्यालय भएको जानकारी, २०सौं हजार विद्यार्थीले आप्mनै तरिकाले परीक्षा दिन पाउने व्यवस्था, भेटघाट सद्भाव राम्रो रहेको र पारस्परिक सम्बन्धप्रति चासो र केही पुस्तक दिएर विदावादी हुँदै मुम्बैकाम्याक्सस, गेटवे इण्डिया, होटेल ताज, शान्तात्रूmस, नानानानी पार्क नरिवल पइन्ट, ह्यागिङ्गार्डेन, कमला नेहरु पार्क, सिद्धिविनायक मन्दिर, लमहालक्ष्मी मन्दिर वेलीजुहूबिचब्रिज, आकाश गंगाको परिचय, आदिको भ्रमण विवरण आएको छ यस लेखमा । कपिलजीले गोवा र मुम्बईलाई मुम्बई व्यपार क्षेत्र र गोवा  मिलन क्षेत्रमाको रूपमा मनन गर्दै नेपाल आउनु नेपालमा आएपछि भारतमा ठगीबाट जोगिएर आए पनि गाडी पाउन कठिन भएको र पाइएको गाडी पनि हेड लाइट नभएको गाडी मालिकले पेश्की लिएको, त्यो पेश्कीलाई मायामारी अर्को गाडीमा फर्कन बाध्य भएको भन्दै , यात्रामा मनग्गे ज्ञान हाँसिल भएको र रमाएको धारणा आएको छ ।
माउण्ट आबु यात्राको एक झलक –
ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय राजस्थानको आबु पर्वत स्थित ज्ञान सरोवरमा आयोजित असल समाज हेतुप्रशासन विषय २१ जूनदेखी २५ जून २००६ सम्मको सम्मेलनमा सहभागी हुन जाँदा घरबाट निस्कँदा रित्तो गाग्रो देखिनु अशुभ संकेत हुनु तर तत्काल गाग्रो भरिएको आउनु ,१८ जना भरतपुरबाट आबु जान यात्रामा गोरखपुर पुग्नु गोरखपुरदेखि रेल चढेर पुरानो दिल्ली पुग्नु, दिल्लीमा लोटस पार्क, बाटो बिराउनु, एक जना बंगाली भेट्नु उसैले ओम शान्ति भवन पु¥याइदिनु, कागती किन्दा समूहबाट छोडि१६ नं पेलेटफर्ममा पुगेर साथभिाई भेटिनु जस्ता घटनाक्रम यहाँ आएका छन् ।
अनुभव मधुवन महिमा– यसै कै उपशीर्षकमा मधुवनको महिमा दर्शाइएको छ । यसका महत्वपूण अभिव्यक्ति जो कपिलज्युले जे जस्तो पस्कनु भएको छ । यहाँ पस्कने अनुमति चाहान्छु – " डान्ग्रे र कौवा स्वभावका मानिसहरूपनि यहाँ प्रवेश गरेपछि हंस वा बकुल्ला स्वभावका भएर  निस्कन्छन् ।" मधुवनमा धर्तीकै भू–स्वर्ग वा मधुवन जे भने पनि ज्ञान सरोवर, ज्ञान ध्याकै गुण गरिमामय सरोवरको अनुभव हुनु, मधुवन मधुर मिलनको ठाउँ, विश्वको पावन धाम, भारतको वरदान भूमि, परमात्मको चरित्र भूमि, देवात्मको तपोवन आदि सर्वनामले पुकारिएको छ मधुवनलाई, मधुवनभित्रका उपवन, शान्तिवन, पाण्डव वन, ज्ञानसरोवरहरू प्रेरणाका स्रोत, यसबाट जीवनका नयाँ अनुभव प्राप्त हुने, प्राकृतिक बनौटलाई हेर्दा यहाँ सानादेखि २०–२१हजारसम्म अट्न सक्ने भवनहरूछन्। विशाल सोलार सिस्टम, जहाँ १००० जनाको खाना एकाध घण्टामै तयार हुने ।यसरी कपिलज्यूको वर्णनमा मधुवन पवित्र दर्पण हो भनिएको छ । यहाँ कसैका मनमा पनि अभाव, अतृप्त,र असन्तुष्टि खट्किदैन । आदि धारणाको साथै, यो ओम शान्ति हिन्दुधर्मधर्मको पृष्ठ भूमिबाट उठेको धर्मको आधुनिकीकरण भएको जहाँ मठमन्दिरको निर्माण र मूर्तिपूजनको पुरानो पद्धति नभएको, दर्शनमा नविनीकरण भएको, परमात्मा निराकार छन् भन्दै, भौतिकताको उपयोग गर्दै प्रकृतिको आडमा आध्यात्मिकताको खोजी भएको जीवन शैली र भेष पनि शुद्धीकरण भएको, सर्बशक्ति योग नै राजयोग, ध्यान नै शक्तिको आधार, ध्यान नै आत्म परीक्षणको सर्वोतम उपाय, स्व परिवर्तन विना विश्व परिवर्तन हुँदैन,,दत्तात्रयको मन्दिर, दिलगाढाको जैनमन्दिरको अवलोकन जुन एक हजार वर्ष पहिला १०५ करोड ५३ लाख लागतमा १२ सय जनाले १४ वर्षसम्म लगाएर बनाएकोको अवलोकन ,नख्खी झिल( देवताले नङले खनेर बनाएको ताल)को अवलोकन पिसपार्क (शान्तिको वगैचा)मा शिवलिङ्गमा पानीको फोहोराको मनोरम दृश्य, १११ जातका गुलाफका पूmलका बगैंचाको बीच्मा नै चलचित्रबाट सृष्टिचक्रको निर्माण, अहम्दावादको अक्ष्रधामको चेतनापुञ्जको अवलोकन, मेट्रो रेलको नौलो अनुभव ,राष्ट्रपति भवन र संसदभवनको भव्य भौतिक स्रूपको अवलोकन गर्दै यस लेखको बिट मारिएको छ ।
विचारले प्रगतिवादी तथा स्वभावले गान्धीवादी ः बाबुराम पाण्डे
 यो यस लेखको अन्तिमलेख समालोचनाको रुपमा आएको छ । आजको मान्छे (२०३६) कवितालाई मातृभूमि सााप्ताहिकमा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका बाबुराम पाण्डेले समयको आवाज कविता सङ्ग्रह (२०६७) कृति लिएर कृतिकार बने । जीवनका पदचापहरु (२०७५) उनको दोस्रो निवन्ध सङ्ग्रह हो । सम्पादन क्षेत्रमा पनि पाण्डेको लगानी छ र साहित्यलाई समाजको ऐना सम्झने र साहित्य जनपक्षिय हुनु पर्छ भनेर वकालत गर्ने कलानाथको जितिया पावनीलाई नेपालीमा अनुवाद गरी अनुवादक भै सके का बाबुराम प्रगतिवादी साहित्यकार एवम् समाज सेवी हुन्, स्वभावत उनी गान्धीवादी जस्तै देखिने भन्दै कपिलजीले एउटा सुन्दर समालोचना यस कृतिमा समावेस गर्नु भएको छ ।
मैले माथि हरेक नियात्राको सारभाव पोख्ने प्रयास गरें ।यहाँ पस्किएका यात्रा सबै उद्देश्यमूलक र सटिक छन् । प्रा.डा. नारायणप्रसाद खनालले यी "यी नियात्राका नवरत्न नै हुन्" भनेर ठोकुवा लगाउनु भएको छ । वेलगामको यात्रामा उहाँको तीतो अनुभव समेटिएको छ । सहकारीलाई संरक्षण र सम्वर्धन गर्न लाग्दा तिरस्कृत भएकोमा पछिको मूल्याङ्कनमा अभिनन्दित हुन पुगेको कुरा अध्ययन गर्दा जानकारी हुन्छ भने मुटुमाथि ढुङ्गा राखी हाँनु प¥याछ जस्ता मार्मिक अनुभूति पनि पाइन्छन् । यात्रा सधैं सुखद हुँदैनन् दुखद पनि हुन्छन् । यी नियात्रामा कपिलजी कतै निकै उत्साहित भएको र निकै राम्रो उपलब्धी हाँसिल गरेको देखिन्छ ।
साहित्यकार प्राकृतिसौन्दर्य प्रेमी हुन्छन् । कपिलजी प्राकृतिक सौन्दर्यका पूजारी हुन् भन्न सकिन्छ । उनका यी नियात्रामा प्राकृतिकलाई नियात्राकारले सुन्दरीमा रूपान्तरण गरेर सौन्दर्य पान गरेको पाइन्छ । कतै भाग्यवादी सोचलाई पनि यात्रामा जोडेका छन् जस्तै "हुने हुनामी टर्दैन, कसै गरी त्यो सर्दैन ।"( पृष्ठ ३३), । मानिस भएर अहम्ताको  भारी बोक्न हुँदैन । अहम्ताको प्रदर्शन पनि सामन्तकै स्वभाव ठान्नुहुन्छ (पृष्ठ ३७) कपिलजीले ।सहकारी संस्था सञ्चालन गर्दा पैसाको आवश्यक्ता पर्छ वहसको क्रममा चण्डीले नेपालमा पैसै पैसा भएको भन्दै शास्त्रिय अभिव्यक्तिलाई यसरी जोडिएको छ–कुनै अक्षर त्यस्तो छैन जो मन्त्र नहोस् ।कुनै जरो त्यस्तो छैन जुन औषधी नबनोस् । कुनै पुरुष त्यस्तो छैन जो योग्य नहोस् तर यहाँ योजक मात्र दुर्लभ छ । कति सुन्दर अभिव्यक्ति छ बास्तवमा उद्देश्य पूर्ति गर्न राम्रो योजना बनाउनु पर्छ । योजनालाई कार्यन्यन गर्नको लागि दक्ष कर्ता चाहिन्छ र राम्रो व्यवस्थापन हुनु पर्छ र उत्तम उपलब्धी हाँसिल हुन्छ । भौतिक र आध्यात्कितामा संतुलन चाहाने कपिलजी आपूmलाई समन्वयवादी भन्न रुचाउनु हुन्छ । यहाँ यस्ता थुप्रै धारणाहरू राख्नु भएको छ। शृङ्गारमा साहित्यकारहरू आनन्दित हुन्छन् । लेखनमा शृङ्गार रसको समुद्रै बगाइदिन्छन् र पाठकलाई आनन्दित तुल्याउँछन् ।क्षणिक भए पनि नैराश्यतालाई हटाइ दिन्छन् । उहाँका यस नियात्रा लेखनमा  शृङ्गारलाई समावेशगरी रसिलो, मिठो र गतिशील प्रस्तुति दिएर लेखनलाई पढौं पढौं भन्ने खालको बनाउनु भएको छ । उहाँले नदी नाला, पहाड पर्वतमा सुन्दरता नै सुन्दरता देख्नु हुन्छ र सारी पहिराई दिएर सुन्दरी बनाइ दिनु हुन्छ । यो लेखन कला निकै राम्रो लाग्यो मलाई ।
उहाँ ज्योतिष विशेषज्ञ हुनुहुन्छ । यात्रा गर्दा सम्मुख चन्द्रमा पार्नु पर्ने धारणा राख्नुहुन्छ । भन्नु हुन्छ, विरालाले बाटो काट्यो भने विघ्नवाधा पर्न सक्छ । रित्तो गाग्रो देखेपछि साहित अशुभ हुन सक्छ । कतिले पढ्छन् छोडछन् तर कपिलजीले व्यवहारमा उतार्नु हुन्छ । कपिलजीले थुप्रै सन्देश दिनु भएको छ । त्यसलाई पाठकले ग्रहण गर्ने नगर्ने उनको कुरा हो ।
शीर्षकीकरण –यहाँ स्मृतिमा अनु उपसर्ग लागेर अनुस्मृति हुन गएको छ । अनुस्मृतिको अर्थ हुन्छ स्मरण या सम्झना ।यी ९वटा लेखमा यात्रामात्र नभएर स्मृति पनि छन् । यस भीेत्रका उपशीर्षक पनि त्यत्तिकै सारगर्भित छन् । शीर्षक सार्थक देखिन्छ ।
भाषाशैली र प्रस्तुति – कहीं कहीं संस्कृतका श्लोक मिसिए पनि भाष सरल छ सबैको लागि ग्राह्य छ । शिष्ट भाषमा उखानलाई मिलाएर, भावशब्द केलाएर, शृङ्गारलाई सजाएर र सलल बगाएर सुन्दर प्रस्तुति गर्न खप्पिस देखिनु हुन्छ कपिलजी ।
मेरो धारण र अन्य साहित्यकारले पस्केका भावनालाई माथि सजाउँदै। कपिलजीका यी यात्रामा आपूmनै सहभागी भए जस्तो महसुस गर्दै कपिलजीको यो अमूल्य कृतिमा दुई चार शब्द कोर्न पाउँदा आपूmलाई भाग्यशाली ठान्दै कपिलजीका कृति थपिदै जाउन्। मैले पढ्न सधें पाम भन्दै स्सुस्वास्थ् र दीघएायुको कामना सहित विदा चाहन्छु ।

May 17, 2021

प्रतिविम्व नियाल्दा


 सदानन्द अभागी
लक्ष्मीराज शर्मा पौडेललाई हामीले साहित्यिक क्षेत्रमा कुशुमाञ्जलीका नामबाट चिन्दछौं । उनको जन्म बाग्लुङ् नगरपालिका वडा नं ४ रातामाटामा १९९८ चैत्र ७ गते शुक्रबार भएको र हाल उहाँ कुश्मा नगरपालिका वडा नं १० मा बसोबास गर्दै आउनु भएको छ । नेपाल सरकारको निजामती सेवामा ३० वर्ष अविछिन्न सेवा पश्चात निवृत्ति भरणमा रमाउनु भएका लक्ष्मीजीले ५ ओटा कृतिहरू प्रकाशनमा ल्याइसक्नु भएको छ भने करिव एक दर्जनको हाराहारीमा प्रकाशोन्मुख अवस्थामा छन् । पर्वत साहित्य संगम कुश्मा पर्वतको आजीवन तथा संस्थापक सदस्य रहनु भएका लक्ष्मीजीले प्रतिविम्व महाकाव्य लिएर हामीसँग उभिनु भएको छ ।
कृतिको संरचना – प्रतिभा शर्मा (सापकोटा) ले प्रकाशन गरेको यसकृतिमा १५ सोपान छन् ।१५३८श्लोकहरू छन् ।  आवरण पृष्ठ बाहेक यस कृतिमा समर्पण कुसुम, प्रकाशकीय, प्रतिविम्वको समीक्षात्मक सारांश, आभार व्यक्त गरी  १६ पृष्ठ र महाकाव्य ३१५ पृष्ठमा वर्णित छ । आवरण प्रथम पृष्ठमा प्राकृतिक सौन्दर्यतामा एक मानव आकृत छ भने पछिल्लो आवरणमा लेखक परिचय दिएको छ । मूल्य रु ५०५ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – प्रथम सोपानमा ३७ श्लोक छन् । यस सोपानमा गणेशले आप्mना दाज्यू मेरु पर्वतको यात्रा मयुरमा चढेर फर्कने छन् तर मुसो वाहनबाट कसरी यो यात्रालाई  तय गर्ने भन्ने चिन्तामा देखिन्छन् । यसरी मङ्गलाचरणले सजिएको यस सोपवानमा विभिन्न देव र देवीलाई स्मरण गर्दै कवि यसरी प्रस्तुत भएका छन्–
टुक्रा टुक्री गन्थनैका सँगाली
देवी द्यौता सन्त सौभाग्यशाली ।
औंलाँए जो बाक्यले लेखनीका
संकेत नै हुन् मङ्गलोच्चारणैका
(श्लोक १२पृष्ठ ३)
मङ्लाचरणको साथै कविले यस काव्य पूर्णता दिनमा पर्ने कठिनाई, सोच, पथ निर्माण गरेर अगाडी बढ्ने कुरा, बाबु आमाबाट प्राप्त शिक्षा आर्जनमा सहयोगमा स्वर्गीय बाबुको स्मरण, नेपाल भूमिको प्राकृतिक सौन्दर्यता, देवी देवता, तालतलैया ,कृष्णा गंगा, शालिग्राम, आदिको सुन्दर वर्णन,सहित कविले आप्mनो भावनालाई यसरी प्रस्तुत गरेका छन् –
कुटिल मनुज शिघ्रै देश छाडेर जाओस्
विषम गरल ठूलो द्वन्द्वको अन्त होओस् ।
सरल मनुज पैले देशमा बस्न पाओस्
हृदय पवन गर्ने कार्यमा  लोक लाओस् ।।
(श्लोक ३६पृष्ठ ८)
 यस सोपानको अन्त्यमा कविले शान्तिको पाठ गर्ने,विषम विषय छाडेर ब्रह्मको याद गर्ने , अभिनय सबै हेरेर लोकमा कर्म गर्ने र उपवन तरु सैच्दै "मालिनी " नाम धद्र्धु भन्ने धारणा सहित प्रथम सोपानको बिट मारिएको छ ।
द्वितीय सोपान –यस सोपानमा कविले नेपालको अतितको गौरवको वर्णन, मुनाल, डाँफे हिमाल क्षेत्रको काखमा रहेको थुम्को, हैम नामको जङ्गल, विविध खालका वृक्ष, मृगादि नानाथरिका जानवर, चराचुरुड्डी आपसी मिलाप,आदिको वर्णन गर्दै यस वनलाई नन्दन( स्वर्गको वन, तथा इन्त्द्रको वन) को तुलना गरेका छन् । यस्तो सुन्दर गाउँमा सत्र शताव्दीमा शेखर नामका ब्राह्मण बसोबास गर्दथे भन्ने धारणा सहित यी ब्राह्मणको क्षमतालाई यसरी प्रष्ट्याएका छन्  –
लिएर अध्यात्मिकबादको जरा
बुझेर यस्का अनिवार्यका कुरा
सिपालु भै भौतिकबादमा पनि
त्रिलोक –विख्यात पुरा थिए यिनी ।
श्लोक २१
 यी ब्राह्मणले विद्या अविद्या यसको प्रयोजन र यसको महत्व बुझेका थिए र नराम्रा काममा यिनी लाग्दै नथे । यहाँ सुरेन्द्रको सबै कला, नरेन्द्रको प्रेमकला, निर्विकल्पमा विकल्पको खोजी, कर्तव्यको पूर्णता,निस्वार्थी, सबैको कल्याणकारी, ब्राहमणको वर्णन गरिएको छ । उनीकी पत्नीको विवरण पनि कविले यसरी प्रस्तुत गरेका छन् – –
बिचार–पक्का समुृदार–बालिका
पसन्न –चित्ता नयपाल–दीपिका  ।
छ नाम हैमा सुमनोहरा सती
सदा सुशीला द्विजकी कलावती  ।।
(पृष्ठ१४, श्लोक २७)
हैमाको महिलामा नेतृत्व दायिक भूमिका, समुदायमा सेवा गरी मातृभूमिको गौरव बढाएर,पति पत्नी बीचको मिलेको जोडा, र यी जोडाको स्वर्गका देवताको आनन्ददायी बसोबास सरह बसोबास, आदि वर्णनको साथै कविले हैमाको दक्षताको वर्णन यसरी गरेका छन् –
विशिष्ट शिक्षा जनमा दिलाउँदै
रुढी पुरानो सबको बचाउँदै ।
लिएर आध्यात्मिकवादको जरा
अड्नि कि यी भौतिकवादमा पुरा ।।
(श्लोक ३१, पृष्ठ १५)
यी जोडी परेवाको जोडी जस्तै मिलेका स्वर्गका देवता सरह आनन्दमा बसेका र सधै राष्ट्रको चिन्तन गर्दथे भन्ने धारणा आएको छ ।
वसन्त ऋतुको अन्त्य र ग्रीष्म ऋतुको आगमन, गर्मीको तापले सबै प्राणीहरूले शीतलको खोजी, हैमाको प्रथम पटक रजस्वला भएको घटना, दशराको वर्णन, दशरामा ऋषिकेश विष्णुको पूजाहुनु, नदीमा स्नान गरेर कुशको तिलोदक दिंदा दशपाप नाश हुने, हैमा गर्भवती हुनु, हैमाको गर्भधारणमा अवेर हुँदा गाउँलेले थारीको संज्ञा दिएको मा थारीबाट मुक्त भएको धारणा र शेखरमा आनन्द आउनु आदिको रसपूर्ण वर्णन सहित यस सोपानको बिट मारिन्छ । यस सोपानमा हैमाको चरित्र चित्रण गृष्म ऋतुको महिमा दशराको मह्त्व आदिको वर्णन अति उच्चताको साथमा उठान गरिएको छ ।
तृतीय सोपान– यस सोपानमा वर्षा ऋृतुको महिमालाई समेटिएको छ । प्रकृति माताको यस सोपानको दोस्रो श्लोकमा वर्षा ऋतु सम्बन्धमा यस्तो सम्बोधन छ–
पूजा छ काण्डारक देवताको
उत्पत्ति तिम्रो दिनमा भएको ।
सौमालिका (परम्परा) झट्ट न छोड राम्रो
कल्याण यस्ले त त हुनेछ तिम्रो ।।
  (श्लोक २, पृष्ठ २६)
बर्षा ऋृतुका सकरात्मक पक्ष र नकरात्मक पक्षलाई कविले विस्तृत वर्णन गरेका छन् । बर्षा ऋतुको सुरुआत श्रावण महिनाबाट थालनी हुन्छ । यस बर्षाले झरेका पात पंतिङ्गरहरू बगाएर सफा पार्दछ । जग्गा जमिन हरियालीले भरिन्छन् । किसानहरू खेतमा काम गर्दछन् । हैमाको घरमा अनल नामका व्यक्ति थिए तिनले किसान चिन्ने र नेपालको गौवलाई जान्द थे रे ।  यसरी नै  किसानको महत्वपूर्ण कामलाई कविले यसरी प्रस्तुत गरेका छन् –
त्यो मौसमी कार्य किसानबाट
गर्दैछ घुम्दै सब खेतफाँट ।
अल्छी हुँदो हो त किसान बर्ग
बाच्दो कसोरी सब जीव वर्ग।।
(श्लोक १७, पृष्ठ २९)
यसै महिनामा विभिन्न चाडपर्वहरू पनि पर्दछन् । बर्षा ऋतुको दोस्रो महिना हो भाद्र । यसमहिनामा कृष्णाष्टमी जस्तो पावन पर्व पर्दछ । कविले कृष्णको लीलामय जीवनका घटनाक्रमलाई समेट्ने प्रयास गरेका छन् । कृष्णाष्टमीको साथसाथै तीज पर्व नारी जगतमा महान चाड मानिन्छ ।यस चाडमा दाजुभाइले दिदी बहिनीलाई घरमा ल्याउँछन्, महिलाहरूले आप्mना दुःख दर्दलाई गीतमार्फत देश निमार्णका कुरा आदिलाई तथा समसामयिक विविधपक्षलाई समेट्ने गरी गीतको रचना गर्दछन् । कविले तीजलाई यसरी प्रस्तुत गरेका छन् –
आमा बने सासु कडा सबैका
छैनन् बुहारी घरमा कसैका
आश्चर्यको खेल रचेछ तीज
संकीर्णको नष्ट गरेर वीज
श्लोक ४६पृष्ठ ३५
 तीजमा दर खाने, हरितालिकामा उपवास बस्ने, तृतीय हरितालिकामा ब्रत बस्नु, ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गरेर ब्रह्मस्वको पाप हरण गर्ने गरिन्छ । यस सोपानमा बृत्रासुरलाई इन्द्रले मार्दा लागेको ब्रह्महत्याको पापलाइ नारी, मही(पृथ्वी), सिन्धु, र वृक्षलाई बाँडेर इन्द्र पुन स्वर्गको राजा भएको धारणा, बालक दिनको सुखमय चर्चा, शरद ऋतुको आगमनलाई देखेर बर्षा ऋतु भाग्नु नदीनालाको पूmर्ति घट्दै जानु, हैमाको गर्भ दुई महिनाको हुनु गर्भमा बालकले सहनु पर्ने कष्ट सहेको गर्भवती आमाले माटो शर्करातुल्य मान्दै खानु,आदि नारी महिमालाई प्राथमिकताको रूपमा उठाइएको छ र शेखर ब्राह्मणको वर्णन राष्ट्रियताका भावना सहित यो सर्ग समाप्त हुन्छ ।
चौथो सोपान –
श्री सूर्यले कर्कट–सिंह माथमा
टेकेर आई नयपाल–व्योममा ।
औचित्यका रश्मि विशाल क्षेत्रमा
फैलाउदै न्याय थपे त्रिलोकमा
(श्लोक १ पृष्ठ ५२)
यसरी यो सोपानको थालनी भएको छ । वर्षा ऋतुले सारा मैलो सफा पारेर भागेपछि शरद ऋतुको आगमन हुन्छ । आकाश श्वच्छ हुन्छ न जाडो न घाम मनोरम यस ऋतुमा दशैं जस्तो हिन्दुहरूको महान चाड पर्छ । नवदुर्गामा दुर्गा भवानी माईको पूजा गरिने, यस पर्वमा देश विदेशमा गएका नेपालीहरू घरमा आउँछन् । घटस्थापनादेखि पूजाको थालनी हुन्छ । जमरा उमारिन्छ । बाख्रा परेवा, कुखुरा र हाँस आदिको बली दिने काम हुन्छ । यस पर्वमा कविले बलीपूजा, गरिब र धनी बीचको असहजतालाई पनि समेट्ने प्रयास गरेका छन् –
आयो दशै हर्ष उमङ्ग बाड्दै
रोए गरीबै नयनाश्रु झारदै ं।
आधाार आप्mनो नमिली अकिञ्चन
बेचे कि सामान कठै पुरातन ।।
(श्लोक ७६, पृष्ठ६७)
यसरी दशैंले निर्धनमा ठूलो दशा निम्त्याएर जाँदाजाँदै यमपञ्चकको थालनी हुन्छ । पहिला कौवा, कुकुर, गाई, गोवर्धन, लक्ष्मी पूजा अनि भाइपूजा तथा भाइटिका आदिको वर्णको साथै यस पर्वमा जुवाप्रतिको कटाक्षभावमा पनि कविले पस्केका छन् –
आनन्द छर्ने यम पञ्च पर्वमा
जूवा जमेको छ समस्त क्षेत्रमा
नाना थरी खेल रचेर जुट्दछन्
पासो छुटेको वनव्याघ्र बन्दछन्
(श्लोक १०७, पृष्ठ ७३)
यमपञ्चमीको वर्णन कविले दिल खोलेर गरेका छन् –
सप्तर्षिका सप्त अमूल्य रङ्गका
राता, पहेंला, हरितादि वर्णका
माला र सामान जुटे विचित्रका
बैनी रमाए यमुना स्वभावका ।।
(श्लोक ११६)
 संक्षेपमा भन्नुपर्दा यस सोपानमा दशैं र तीहारमा गरिने सबै कर्मलाई त्यो सँग सम्बन्धि धार्मिक परम्परालाई कविले प्रष्ट पार्ने प्रयास गरेका छन् ।
पञ्चम सोपान –  यस सोपानमा हेमन्त, शिशिर र बसन्त ऋतुको वर्णन गरिएको छ । हेमन्त ऋतुमा सूर्यको गति घट्नु, शीत पर्नु हुस्सुले ढाक्नु, कष्टकर जीवनको वर्णन यहाँ गरिएको छ –
सृष्टिको भ्रमरले डसे पछि
पर्वतीय कलिका सुके पछि
हुस्सुमा कण घुसेर शीतको
चित्त भञ्जन गरे छ जन्तुको
(श्लोक १२, पृष्ठ ८२)
हुस्सुका विविध रूपलाई यसले पार्ने असरलाई पनि समेटिएको छ । यस सोपानमा मार्ग महिनाको महिमालाई यसरी वर्णन गरिएको छ ,
विष्णुको पवन मास मार्ग हो
पुण्य सञ्चय गरौं सखे अहो ।
भावना शुभ यहीं लिएर नै
्गर्दछन् प्रण पुरा किसान नै ।।
(श्लोक ३३, पृष्ठ ८६)
यस सोपानमा कर्मको प्रेम मन्दिरलाई चुमेर गरिबको अर्चना गर्ने जगत् भरी शुभ कर्म गर्ने, लोकका श्रमिकमा दया गर्ने,आदि भावना पनि यहाँ दर्शिएका छन् ।
 यस सोपानमा हेमन्तपछि शिशिर ऋतुको विविध कष्टदाई पक्षलाई पनि कविले समेटेका छन् । यसै ऋतुमा दिवाकरले आप्mनो मार्ग पनि बदल्दै मकरतिर लाग्दछन् । दिवाकरको मार्ग परिवर्तनले गर्दा शिशिरको शक्ति क्षिण भएको धारणा कविले यसरी पस्केका छन् –
उत्तरायण लिएर सूर्यले
शुभ रश्मि छरदा त प्रेमले
शक्तिनै शिशिरको घटाउँदै
क्रुर शीत हटि गो डराउँदै ।।
(श्लोक ४१, पृष्ठ )
यसरी शिरिको अन्त सँगै हैमाको गर्भ ९ महिना पुग्छ । दशौं महिनामा हैमाले जूम्ल्याह छोरा र छोरीको जन्म दिन्छिन् । यसमा माता पिताले आनन्द मनाएको साथमा यो सोपानको अन्त्य हुन्छ ।
षष्ठ सोपान – यस महाकाव्यमा कविले ऋतुहरूको सुन्दर चित्रण गरेको धारणा यसरी पस्केका छन् –
आमूल वर्णन गरी ऋतुको चिनारी
गर्दै थिए कवि सिधा बनदै भिखारी
मध्यान्ह्को समय भो प्रतिभा विसायो
हैमा र शेखर मिले जगतै रमायो ।।
( श्लोक १, पृष्ठ १०६)
 यसरी यस सोपानको थालनी गरिएको छ ।यस सोपानमा कविले प्राकृतिक सौन्दर्यताको वर्णन गरेका छन् । यस सोपानमा कविले वैशाख महिनाको वर्णन गरेका छन् । चैत्र महिनाको पत्झडपछिको वैशाखमा नयाँ पालुवको आगमन, तथा प्राकृतिकको सुन्दर वर्णन गर्दै कविले लेख्छन् –
श्रीसूर्यकान्त मणि हो प्रतिभा धराको
पामीर–दर्द हरने कण हो सुधाको ।
सत्चित्तको मनन हो प्रकृति –मुमाको
हो चाँदनी सुकृतको शिव–सिर्जनको ।।
( श्लोक १८,पृष्ठ १०९)
यस सोपानमा ह्ैमा र शेखरका पुत्रपुत्रीको (छोराछोरीको) बाल क्रीडा, लीला, बाल आनन्ददायी जीवनको वर्णन पनि कविले यसरी गरेका छन् –
चिन्ता हुँदैन मनमा नव–कोपिलाको
बाधा हुँदैन तनमा गृहदेवताको ।
आशा हुँदैन यिनमा प्रवला निराला
शंका लिदैन कहिल्यै शिशु,–चाल–माला
(पृष्ठ ११४, श्ह्लोक ४४)
यस सोपानमा बच्चा बच्चीको अध्ययन, अनलको गृह्यकार्य,, दासी मीनाको कार्य विवरण, मीना अनल, विनायक र चन्द्रिकाको बगैचामा रमाएका विवरणलाई कविले आकर्षक रूपमा वर्णन गरेका छन् ।
सप्तम सोपान –यस सोपानमा कवि प्राकृतिक सौन्दर्यमा रमाएका छन् ।दुबै शिशु शुभ थलो रोजेर घुम्नु, (यस सोपानमा कविले युवा युवती बढ्दोक्रममा देखिने यौवनका विविध पक्षलाई समेट्दै नारी यौवनप्रति कवि यसरी प्रश्तुत भएका छन् )–
नारी यौवन हो प्रदीप्त–गतिको संसारको पावक
निभ्ने छैन कदापी यो फगतमा भर्ता विना शावक
यस्को शक्ति छ देह भष्म गरने संमोहनी यन्त्र छ
राम्रो जोश होश राख्न न सके नारीत्व नै जल्दछ
(श्लोक ७३, पृष्ठ १४४)
यस सोपानमा अनन्तकी युवती छोरी मन्दिरा हराएको र छोरी हराएको मा अनन्तले अप्mनी पत्नी मृडानीसँग छोरी कसरी हराई भन्दै सोधनी गर्नु र छोरी सिंहको पञ्जामा या स्यालको पञ्जामा छ भन्दै मनमा चिन्ता लिनु । अमूल्य चिजको खोजी गर्दा नमिले आमा सम्झेर रुनु, नयाँ युगललाई विवाहमृत को कामना आदि वर्णनको साथमा यस सोपानको बिट मारिन्छ ।
अष्टम सोपान – यस सोपानमा मृदुल गुण भएका सेनानी सेवाभरण भएर बसेका अनन्त र उनकी पत्नी मृडानीको परिचय, चन्दागाउँको प्राकृतिक सौन्दर्यताको वर्णनको साथै मन्दिरा हराउँदाको विरहलाई कविले यसरी प्रस्तुत गरेका छन् –
शैवी आत्मा मनुज –द्रुमको बल्लरी नित्य खोज्छ
चन्द्रा गाऊ विरह स्वरले मन्दिरा नाम जप्छ ।
हैमा देवी तनय भनदै चिंत्तनामात्र गर्छिन्
दासी मीना मुसुमुसु गरी गोप्यता भङ्ग गर्छिन् ।।
(श्लोक १२, पृष्ठ १४९)
छोरी हराउँदा सेनानीमा खिन्नता बढ्नु, स्थायी शान्ति लोप हुनु,, जस्को नाशो हो उसैसँग तथा उसैले हातछ पारेहोला, जस्ता मनमा भावना खेलाई मन्दिरका मातापिता दृढ भएर बसेका धारणा, विनायक मन्दिराका दाज्यू खोज्नको लागि हिड्नु, प्रेमी दुबैलाई निश्चित ठाउँमा फेलापार्नु, ,दुबै प्रेममा तल्लिन भएर वनमा रमण गर्नु , आदि प्रेमिल भावनालाई कविले छताछुल्ल हुने गरि वर्णन गरेका छन् । खोजी गर्दा आदिशक्ति भवानीको मन्दिरको हात्तीसूँडे वनमा फेलापारी बाबु आमा सहमत भै विवाह गराएको र आशीर्वादका धारणा यसरी आएका छन् –
आपत्तीमा विचलित नभै धैर्य धेरै लिएर
संपत्तीमा पुलकित न भै होश राम्रो गरेर ।
तेजोवत्ती विपुलजगमा शिष्टताको दिएर
इच्छा आशा सफल गरहै धर्ममानै अडेर ।।
( श्लोक ४५, पृष्ठ १५५)
यसरी यी आशीर्वादको साथ साथै छोरा बुहारीले हैमाको पाउमा परी आशीर्वाद माग्दा हैमाले आमा बाबुलाई थाहै नदिई यसरी कुलमा कलंक लगाउने खालको विवाह किन गरेको भनी स्पष्टिकरण सोधेको मा छोरा बुहारीले शिष्ट भाषामा यसरी जवाफ दिएको देखिन्छ –
ब्रह्मा ज्ञानी सुकृत–मनुका सन्तती मत्र्य हुन् है
यिन्मा केही समविषमको भेद कत्ती नहोस् है ।
यस्तो व्याख्या श्रुतिस्मृति गरी कर्म निर्दिष्ट गर्छ
धर्मालम्बी उपनिषदले सृष्टि–शोभा सिंगार्छ ।
(श्लोक ६७, पृष्ठ १६०)
यहाँ सृष्टि सम्बन्धका धारणा, वर बधुका लागि विविध शास्त्रीय र नीतिगत शिक्षा प्रदान, अनन्तकी छोरीलाई शुभकामना दिनु हैमा र शेखरले छोरा बुहरीलाई अध्यात्म–भौतिक–कथा सुपक्षको व्याख्या गर्नु आदिलाई यहाँ समेटिएको छ । यस सोपानमा कविले विविधपक्षलाई समेटेका छन् त्यस मध्ये एउटा सिङ्गारिक श्लोकलाई यहाँ पस्कन मन लाग्यो –
रातो सारी असित पटुका पीत वर्ण छ चोली
कालो चुल्ठो कमल नयनी ओष्ठमा दिव्य लाली ।
आभा थप्ने मृदुल नभमा डाडिमी –पूर्ण दन्ता
नारी देख्दा  पुरुष सहजै बन्दछन्की अहन्ता ।।
( श्लोक १३०,पृष्ठ १७२)
नवम सोपान– यस सोपानमा कविले पोखरामा श्वेता गङ्गा (सेती गङ्गा)  जमिन बिच लुकेर हजार कर्म गर्छिन् भन्दै पोखराका सुन्तलाको वर्णन, मत्स्यपुछ«ेको वर्णनको साथै शुक्लगंगा, फेवाताल, वराह मन्दिर, विन्ध्यवासिनी देवी लगायत पोखराको सुन्दरताको वर्णन गरिएको छ । यही सोपानमा पोखराको भार्गवी नामक गाउँको परिचय दिनुको साथै भार्गवी नामक गाउमा प्रकृतिको सुन्दर क्षटामा सरल मन भएका वैदिकम धर्म मान्ने चन्द्रबन्धु नामक ब्राह्मण बस्तथे । उनकी श्रमिती भवानी र अभयको परिचय दिने विवरण यहाँ छ । अभयको अध्ययन पुरा गरेका र उनको विवाहको लागि ब्रह्मण कन्याको खोजीमा शौन र जैन हैमाको घरमा पुग्दछन् । हैमासँग चन्द्रिका दिनको लागि बहस चल्छ । चन्द्रिकाले पनि आप्mनो परिचय यसरी दिन्छिन्।
उपनीषद पढेकी विप्रकी हुँ म छात्रा
अमृत विष चिनेकी शम्भुकी हुँ सुमित्रा ।
जगत गति बुझेकी धार्मिकी बिम्बबाला
श्रवण नयन चिन्ने छु  अकेली निराला
(श्लोक ६८, पृष्ठ १८९)
 चन्द्रिकाले यस वहसमा आप्mना धारणा राख्दा शौन र जैन निराश हुन्छन् । चन्द्रिकाले भने आप्mनो विवाह अनलसँग गर्न चाहेकी र अनल अनल शब्द जप्नु, तर बाबु आमाले छोरीको विवाह अभय सँग गर्नको लागि प्रयासरत रहनु, चन्द्रिकाले अनलसँगै विवाह गर्ने धारणा राख्दा सुकृतपथ छाड्न नहुने र लोक आदर्श राख्न पर्ने भन्नु, आदि आग्रहको कारण विवाहको अनुमति पितामा सुम्पनु, अभयसँग विवाह गरिदिने काम हुन्छ । विवाहको सुन्दर वर्णन यहाँ आएको छ । छोरीलाई अन्मनाउँदा शेखरले यसरी आशीर्वाद दिन्छन् –
जडमति सब छोडी निष्कलङ्की बनेर
सहमति शुभ यात्रा धर्मबाटै गरेर ।
अनुपम –प्रतिभाको ख्याल राम्रो गरेर
परमपद अगाल्नु चन्द्रिके लौ मिलेर ।।
(श्लोक १२९, पृष्ठ २०१)
दशम सोपान –यस सोपानमा विवाहको रमाइलोको वर्णन यसरी गरिएको छ ।
बजेका छन् बाजा विपिनपथमा हर्ष थपदै
हिडेका छन् जन्ती अभिनव बधू भाग्य बकदैं
गरी ठट्टा राम्रो प्रहसन झिकी भव्य रूपमा
कहरा थप्दै छन् अभय वरमा दिव्य सुषमा ।।
(श्लोक १०, पृष्ठ २०५
डोली भित्र्याइन्छ, चतुर्थी पूजा गरिन्छ, चन्द्रिकाले भने यी सबै कर्मको अलवा अनललाई स्मरण गर्नु  शयनमा जाँदा चन्द्रिकाले कलम लिएर मार्मिक कुरालाई पस्कदै चिठी लेखेर मीनाललाई गोप्यरूपमा दिनु, अभयले उक्त पत्र खोसेर पढ्नु र चन्द्रिकाको यो धारणालाई अभयले बुझेर महसुस गर्दै आप्mनो धारणा यसरी राख्दछन् –
अठोटी इच्छामा बलजफतले वाधक हुने
 मिलेको आत्माको सुमनतरुको काण्ड चुड्ने ।
उनै बृद्धा तिम्रा जनकजननी छन् अवगुणी
 तिमी छैनो दोषी यस विषयमा निश्चय पनि ।।
(श्लोक ५५, पृष्ठ २१४), ,
अभयले अनलसँग मिलन गराउने प्रण गरेका र शमकलाई पत्रलिएर जाने आदेश दिनु, दुबै अलग शयनमा सुत्नु, शमकले पत्र बुझाएको शेखरले जानकारी पाउनु ,हैमाले छोरी बीचको प्रेमलाई जानकारी पाउँदा रुनु, अनललाई शेखरको घर छाड्न समस्या हुनु, यता अनलसंग चन्द्रिकालाई मिलन गराइ ृदिने भए पछि अनललाई कसरी सुम्पने भनि बन्धुबान्धव तथा इष्टमित्रसँग सल्लाह लिएको, चन्द्रले उनलाई सम्झाउनु आदि विविध पक्षलाई यहाँ प्रस्तुत गरिएको देखिन्छ ।
एकादश सोपान –यस सोपानमा कविले विविध वर्णन सहित दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेका छन् । कविले भन्छन् –
युवती तथा युवकका स्वभावत
पर्णपूर्ण लक्षण पुर स्वकर्मत ।
यिनका सुभैच्छुक सबै सुबान्धवा
अव देखदा खुस भए की वा नवा ।।
( श्लोक ३६, पृष्ठ २३२)
यसै सोपानमा कवि प्रतिबिम्ब सम्बन्धमा पनि प्रकाश पारेका छन् –
जय घोषको सुरु हुँदा प्रभातमा
अभियान शुद्ध चलदा विवेकमा
प्रतिविम्बमा शुभ कुरा वढीकन
कवि –कल्पना महल बन्छ शोभन ।।
(श्लोक ३९, पृष्ठ २३२)
अधिकारको उचित पालनमा
प्रतिबिम्ब सरल संगममा
मधुमासको विविध सौरभमा
सफला बनी अझ थपून सुषमा ।।
(श्लोक ४८, पृष्ठ २३४)
द्वादश सोपान –
जहाँ प्रणयको सुधाकण सदा पटी राख्दछ
त्यहाँ युगलको नया फसलनै पुरा फल्दछ
बुझेर गति कालको शुभ उपाय जो रच्दछ
सुकीर्ति–जगमा त्यही सफल भै युगौं बाँच्दछ
(श्लोक १पृष्ठ २३५)
यी वाणी साथ यो सोपानको थालनी हुन्छ । प्रेमको दार्शनिक पक्षमा कविले हृदय खोलेर वर्णन गरेका छन् । अभयमा सकल जीवमका व्यथा हटाउन सक्ने, पवित्र मनका वीजचित्र घटना जान्न सक्ने क्षमता भएका धारणा,को साथै कवि भन्छन् –
कथा सफल होस व्यथा विलय होस् ध्वजा रम्य होस्
नवीन युगको प्रपञ्च–तरुमा मुना बृद्धि होस ्
उषा समयको विसंगति घटी बढोस् संगति
भनी सुकृत–आत्मका युवकले थपे संमति ।।
(श्लोक ९, पृष्ठ २३६)
कौवाको तुच्छ वर्णन, यस सोपानमा दार्शनिक अभिव्यक्तिहरू– धेरै आएका छन् –
खाण्डवमा ताण्डव भो
यादवमा कल्मष भो ।
अर्जुनमा साहस भो
पावकमा पाचक भो ।।
(श्लोक ५०)
यी उपरोक्त्त धारणा सहित यस सोपानको बिट मारिन्छ ।
त्रयोदश सोपान –कविले आत्माको नव अभियान हो विवाह भन्ने धारण राख्दै यस सोपानमा प्रेमको दार्शनिक पक्षलाई समेट्दै विवाह कसरी सफल पार्न सकिन्छ भन्ने धारणा राखिएको देखिन्छ । बधूको इच्छापूर्ति हुने कुरा, केटाहरूले नारी माथि प्रेम सुम्पने कुरा, अन्तर देहको कुगन्ध नाश्नको लागि  सुगन्धको लेपनका कुरा, चुच्चे जुताको पहिरनका कुरा, काला खैरा केश आधामुडेर, बाल झुप्प पारे हिडने केटीले मुस्कुराउँदै प्रेमीलाई ठग्ने कुरा, तथा विविध प्रकारका तर्कना राख्दै कविले लेख्छन्
 दैवी आत्मा सुम्पेर दोश्रो युवाले
पैर्ला प्रेमीको मर्म बुझ्दा खुसीले
इच्छा पुग्ने व्यौला र व्यौली दुवैको
 देखिन्थ्यो नै संकेत आदर्शताको ।।
(श्लोक ३० पृष्ठ २५०)
यस सोपानमा प्रेमी र प्रेमीकाको  दोस्रो विवाहको दार्शनिक अभिव्यक्ति र ज्योत्स्नाले देखाएको स्नेहभावलाई कविले यसरी प्रस्तुत गरेका छन् –
 ज्योत्स्नाले सौहार्द स्नेह दृष्टि राखी
हैमा पुत्रीलाई दिई पुण्यपाखी ।
फैलाउन् प्रेमी प्रेमीका वैश्य देवी
भन्दै गर्छिन् यै प्रार्थना स्वश्रु देवी ।।
(पृष्ठ ६६)
यस सोपानमा विवाह सम्बन्धका विविध पक्ष जस्तै विवाहमा चाहिने शुद्धता, अपनाउन पर्ने दृढता आदिलाई समेट्ने प्रयास गरिएको छ ।
चतुर्दश सोपान–
आत्मका शुभ सिर्जन सब क्षेत्रमा प्रतिभा छरुन्
आकांक्षा अभियान ती अति शुद्ध भै बढ्दै रहुन्
आगामी  दिनका नया सपना छिटै विपना बनुन्
आशा यी सवला गराउन चन्द्रिका सुषमा थपून् ।।
 (श्लोक १)
यस सोपानमा दुलहीको बारेमा कविले अनुशासन नर जीवन विशुद्ध बनाउनु पर्ने,शिष्टचार, बचाउन पर्ने,सुमन्त्र जपे इच्छा पूर्ण हुन,े गंगाको महिमा बुझ्नु पर्ने, गायत्री जपन गर्नु पर्ने, नैतिक संस्कृति पक्षमा पुग्नु पर्ने, सुकर्मको छाता ओढेर पाप हटाउनु पर्ने, ठर्रौ चाल गर्न नहुने, आदि महत्वपूर्ण सुझावहरू राख्दै भन्दछन् –
दानी कर्ण सुकर्ममा अडदै सुकीर्ति थपीकन
द्यौता भैm नभमा घुमी मनले सुधर्म गरीकन ।
दोषीको महिमा दवाउन नीतिशास्त्र पढी पुरा
दीपज्योति बनी रहे तमको हटाउन आँकुरा
(श्लोक२५, पृष्ठ २६६)
उपरोक्त श्लोक जस्तै धेरै महिलाप्रतिका थुप्रै उद्गार र अभयको भावना आदिलाई यस सोपानमा दर्शाइएको छ । चन्द्रिका अनलको साथमा लाग्छिन् ।
् पञ्चदश सोपान– यस महाकाव्यको यो अन्तिम सोपान हो । यस सोपानको पहिलो श्लोक –
प्रथम सिन्दुर धोई इष्टमित्रादि लाई
उचित सफल पार्न मानसी धर्मलाई
विगत विवशबत्ती प्रेमबाटै निभाई
उपल पनि पगाल्ने योषिताकर्म हाई ।।
(श्लोक १, पृष्ठ २८०)
बास्तवमा चन्द्रिकाको विवाह अभयसँग भै सकेको हो ।यसरी विवाह कर्मको सबै कर्म त पुरा भएको हो । त्यसो हुँदा उनले पहिलो सिन्दुर पखालेर पुन अनलको सिन्दुर शीरमा थाप्ने कुराहरुको वर्णन, अभयले उनको यथार्थलाई मनन गरेको र उनको सतित्वमा आँच नपु¥याई अनललाई नै फिर्ता गरेको यो महान कार्यको वर्णन यहाँ गरिएको छ तथा चन्द्रिका र अभयको बारेमा वर्णन गरिएको छ । चन्द्रिकाले आप्mनो अठोठलाई पूर्ण गरेका धारणालाई यहाँ समावेश गरेको देख्न्छि । अभयको  अगद सोच्ने शक्तिको लागि बधाईका कुरा, अनल–नयन–ज्योतिले ज्ञान विज्ञान दिने कुरा, मिलन सुख अडेमा कर्मको दीप बल्ने, चपलपन हटेमा भावना सुद्धबन्ने , चतुर्थीको वर्णन, नवगुणा गहनाको वर्णन, वदन बधूको हेर्ने  वेला आउनु,, इष्टमित्र जम्मा हुनु, शयनकोठा सुम्पनु, सम विषम नसोची काम गर्दा वंश धान्न गाह्रो पर्ने कुरा, अमुपम गुरूवाणी अमूल्य ब्रह्म हुने धारणा, नयाँ अनुभव गर्दै देहलाई साँच्न पर्ने कुरा,आदि समेट्दै नायिकाको बारेमा कवि लेख्छन् –
अनल– नयन–तारा नैतिकी तेज थप्छिन्
विकल मन हटाई धर्म सोपान चड्छिन् ।
 प्रणय सकल जिद्धि धैर्य भै पूर्ण गर्छिन्
अभिनव–जगतीमा नायिका बन्न सक्छिन् ।।
  (श्लोक ५२ पृष्ठ २९०)
कविले यहाँ थुप्रै धारणा राखेका छन् । हेरौ प्रेम सम्बन्धी धारणा–
तुहिनगिरी समान स्वच्छ संझेर आत्मा ,
कसिगर मल फाल्ने झाडु बोकेर हात्मा
विकशित–मन–वाला सोधकी बन्न भूमा
अनुपम गुण थप्ला प्रेमको संस्कृतिमा
 (श्लोक ५९, पृष्ठ २९१)
यस महाकाव्यमा गरिएका कर्ममा कस्ले के पाए भन्ने कविको सन्देश–
ज्ञानी विद्वान द्विज अभयले आत्मसन्तोष पाए
सोझा क्षत्री अनलले चन्द्रिका–रत्न पाए ।
ज्योत्स्ना लाई विरहमनका भावनाले सताए
दैवी इच्छा हृगत बुझी चन्द्र चित्ता हटाए
(श्लोक १०४)
 कविले यो महाकव्यमा कस्तो कथा रोजे भन्ने धारणा यसरी पस्केका छन् –
अन्यायी र विवेक–हीनहरूको निर्लज्जता हेरियो,
गर्दै वर्णन चाडपर्वहरूको वैशम्य औलाईयो
धंकीवाद बढेर जान न दिने सत्योजना  शोचियो
सामन्ती –सुविधा हटाउन पुरा नौलो कथा रोजियो ।
(श्लोक १०८पृष्ठ ३०१)
कविको धारणा अविश्मरणीय देखिन्छ । निष्पक्ष प्रतिविम्व पारन सके सोझाको उपकार हुने, सर्वदा दमन गर्नु अधर्म हो, पक्षपात नगरी काम गर्नु पर्छ, गरिबमा  प्रथम भोजन दिनु पर्छ र यस्ता कर्म गर्दा सूर्यकान्त मणिमा तेज थपिन्छ जस्ता सार गर्भित धारणा यहाँ आएका छन् ।
यसकाव्यमा के प्रयाप्त छ त भन्ने कुरामा कवि लेख्छन् –
शिक्षा दिने लक्ष पुरा गराई
वैधानिक नीति सबै मिलाई
आदेशको पालना गर्नलाई
उद्घोष पर्याप्त छ काव्यलाई
( श्लोक १२५, पृष्ठ ३०४)
प्रेम के हो त ? कविको धारणा यस्तो छ –
कर्मको पुञ्जिका ज्ञानको पुष्प हो
भावना–पुञ्जनै लेखनी–शक्ति हो ।
सत्यको मन्त्रनै न्यायको तेज हो
प्रेमको मञ्जुषा इश्वरी–देन हो ।।
(श्लोक १३७, पृष्ठ३०७ )
कविले यस सोपानमा नैतिकी प्रार्थना सन्तमा अर्पिएको आत्माको वेदना काव्यमा पोखेको, देशको संस्कृति, प्रेमको रोजाई, व्याक्तिको स्वार्थलार्ई बाध्य भै ठान्नु , न्यायको मूर्ति नै चोरिएको, भन्नु,आदि विविध धारणालाई पस्कदै नारीप्रति दर्शाएको आशावादी भावनालाई यसरी पस्केकाछन् –
सुकन्या जस्ता पवनगुण नारीयुग थपोस्
कुमारीको यात्रा सुखकर बनी मंगल गरोस् ।
सदीच्छाको नौका ढलपल न भै जीवन धरोस्
प्रयास–ज्योत्स्ना यो कठिन–तम नाशीकन बढोस् ।।
(श्लोक १७२, पृष्ठ ३१४)
 यस महाकाव्यमा कविले समावेश गरेका धारणालाई यसरी पस्केका छन् –
प्रतिज्ञा–सोपान क्रमसित पूरा निर्मित गरी
सबै इच्छा आशा उचित सित विश्लेषण गरी ।
नया पर्दा टाँगी विरहमनका चित्र थपियो
पुरानो भाकामा नव रस थपी गाीत गरियो ।।
 (श्लोक १७४, पृष्ठ ३१४)
यस सोपानको मात्र नभै यस महाकाव्यको अन्तिम श्लोकमा कविले यो  महाकाव्यमा प्राज्ञहरूको शुभेच्छाको धारणा राख्दै लेख्नु हुन्छ –
अहो मेरो सानो रचनतरु यो काव्यवनको  
शुभेच्छा–वर्षाका जलकण मिले प्राज्ञाहरूको ।
मुना नौला झिक्दै विकशित भई पुष्प पूmलदै
बगैचामा बढ्ला प्रतिदिन नयाँ सौरभ दिंदै  ।।
(श्लोक १७५, पृष्ठ ३१४)
अवश्य ल्क्ष्मीजी यस महान कर्ममा जो कोहीको पनि शुभेच्छा–वर्षाका जलकण प्रवाह हुने छन् । हजुरको रचनतरुका भावनाले सबैको मन छुने छ ।आशा गरौं यस महाकाव्यको गहन अध्ययन र मूल्याङ्कन हुनेछ ।  
महाकावि लक्ष्मीराज शर्माजीले यो कृति मलाई २०७७ साल ११ महिना सत्ताइस गते सादर उपहार दिनु भएको थियो । यसलाई पढ्ने मौका जुरेको थिएन । यस पटकको लकडाउनमा केही कृति पढ्नै पर्छ भनि यस महाकाव्यको  अध्ययनको थालनी भयो ।पढ्दै जाने र केही लेख्ने बानी पनि भएकोले साथसाथै लेख्ने प्रयास पनि गर्न थाले । यसमा प्रयोग गरिएका शब्दहरू यति क्लिष्ट रहेछन् कि यस्ले पस्कन चाहेका धारणालाई प्रष्ट पार्न सके सकिन मलाई नै थाहा लागेन । जेहोस् लेख्ने प्रयास भयो भनौं । केही सोपानगत भावार्थ पस्कने प्रयास गरेको छु । विविधतालाई कलाउँदै भावनामा रमाउँदै विविध रसलाई समाउँदै महाकाव्यलाई प्रस्तुतिमा ल्याइएको छ । प्राकृतिक सौन्दर्यले अग्रस्थान लिएको छ ।सबै ऋतु र ती ऋतुमा पर्ने चाडपर्वहरूको महत्वलाई महाकाव्यले प्रष्ट पारेको छ । मानवीय जीवन कथालाई सारगर्भित रूपमा अतितलाई सम्झदै नविनतम् कर्मलाई पस्कदै गर्दा सिधै कथामामात्र कवि सीमित देखिदैनन् गणितीय हिसावले हेर्दा कविको लेखनशैली कथाको लम्बाई त्यसले लिन पर्ने तथा समेट्न पर्ने यथार्थताको चौडाई र भावगत उच्चाइमा समता देखिन्छ भन्ने मेरो धारणा हो । धार्मिक, नैतिक, स्वावलम्मी, प्रेममा अठोट्ता, अभिभावकमा छोराछोरीको भावनालाई बुझ्न शक्ने क्षमाता, बुझ् नसकेमा त्यसबाट प्राप्त हुने नतिजा, आदि आदि पक्षमा कवि गहिरिएर कलम चलाएका छन् । आजको संसारमा मानव जातिले खोज्ने भौतिक सम्पन्नता भन्दा आध्यात्मिकतामा हामी सवल हुनु पर्छ भन्ने धारणाले ठाउँ ठाउँमा स्थान लिएको छ ।  
यस महाकाव्यले छोराछोरीको चाहना विपरित विवाह गराउन हुन्न भन्ने सन्देश दिएको छ । विवाह भए पछिको नतिजामा अभयले देखाएको महानता र त्यागलाई परिकल्पना गर्न नै कठिन देखिन्छ । यो महाकाव्य अध्यात्मवाद र भौतिकवादको मिश्रण उपयोगको रूपमा हामीसमक्ष आएको मलाई महसुस भएको छ । पात्रहरू पनि सीमित र क्रियाशील रूपमा देखिएका छन् । अन्तिममा प्रति विम्वको उपसंहारका तीन श्लोक पस्कदै गहन काव्यका काव्यकारको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विदा चाहन्छु ।
भिजाएको सारी अभिनयनदीका सलिले
सुकाएको देख्छौद्विज अभयका शुक्ल छविले
दवायको आशा जनकअजननीका तुजुकले
नजीकै ल्यायो रे सखि–अनलका भाग्यरथले ।।
श्लोक १
नयाँ आस्थावेदी  सजधज गराईकन पुरा
लगाउँदा जिम्मा अनलकरमा प्रेमटुकुरा  
बने सानन्दी यी अलग वनदै त्यो समयमा
बनिन् चन्द्य्रा तुष्टा अभिलाषित–कुराको उदयमा ।।
श्लोक २
 अवश्यै देख्नेछन् सरल कविले स्वप्नसुषमा
अगााडी बढ्नेछन् शुभसकुनका भव्य उपमा ।
अशिक्षाको धूवा अवत लुकला नील–नभमा
कवीच्छाका वेदी चहक थपलान् यो सृजनामा ।।  

May 16, 2021

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गीत हुँदा


सदानन्द अभागी
परिचय –
विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला , विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।" –केदारनाथ खनाल
यी माथिका अभिव्यक्ति हुन् केदारनाथ खनालका । पूर्णप्रसाद अधिकारी २०६२ सलामा "महाकवि लक्ष्मीप्रसाद देवकोटा केही आयम" कृति लिएर नेपाली साहित्यमा कृतिकारको रूपमा परिचय दिंदै नेपाली साहित्यको क्षेत्रमा एक बरिष्ठ समालोचकको रूपमा आँपूmलाई स्थापित गरिसक्नु भएका बहु प्रतिभाका धनी साहित्यकार हुनुहुन्छ । हालसम्म उहाँका ९ कृतिहरू बजारमा आइसकेका छन् । २०१५ साल भाद्र दुई गते कास्कीकोट –२, कास्कीमा पिता बलराम अधिकारी र माता टोपलीदेवीका माहिला पुत्रको रूपमा यस संसारमा पदार्पर्ण हुनुभएका पूर्णप्रसाद अखधिकारीले २०४२ सालमा नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) गरी हाल शिक्षण पेशामा वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागमा
(सहप्रध्यापक पदमा) आवद्ध हुनुहुन्छ । लेखन कार्यमा मात्र सीमित नरही उहाँले आप्mना पृतिको अमरत्वको लागि चितवनमा "बलराम वाङ्मय स्मृति प्रतिष्ठान" साहित्यिक संस्थाको स्थापना गरि, स्रष्टालाई प्रोत्साहित गर्नको लागि स्रष्टा सम्मान कार्यको थालनी गरिसक्नु भएको छ । करिव एकदर्जन साहित्यिक संस्थामा आवद्ध रहनु भएका अधिकारीले आधिदर्जन साहित्यिक संस्थाबाट सम्मानित र पुरस्कृत भै सक्नु भएको छ । उहाँसँग मेरो साहित्यिक कार्यक्रममा भेट हुन्छ । उहाँको सादाजीवन, उच्च बिचार, मृदु एवम् प्रष्टभाषी र शालीन व्यक्तिको रूपमा परिचय दिंदा म स्वयम् गौरान्वित भएको महसुस गर्दछु ।
कृतिको संरचना, – यस कृतिमा स्मृति, यात्रा वृतान्त, समीक्षात्मक टिप्पणी, आलेख गरि १८ ओटा शीर्षकमा लेखहरु समावेश गरिएका छन् । त्रिवेणी साहित्य परिषद , नवलपुरको प्रकाशनमा प्रकाशित यस कृतिको मूल्य ३५१। रुपियाँ राखिएको छ । यस कृतिलाई "माहिली आमा स्व.कुशीमाया अधिकारी" प्रति समर्पण गरिएको छ । डा. प्राध्यापक अध्यक्ष त्रिवेणी साहित्य परिषदका नारायणप्रसाद खनालको विहङ्गम आलोक ( भूमिका) र त्रिवेणी साहित्य परिषदका सचिव गोविन्दराज विनोदीको प्रकाशकीयमा आएका धारणाले कृतिको यथार्थता पस्केको छ ।
यस कृतिमा साहित्यकारको धारणा – यस कृतिमा विहङ्गम दृष्टि राख्दै डा. नारायणप्रसाद खनाल भन्नुहुन्छ –"विषयवस्तुको जीवन्त प्रस्तुति, सत्याश्रयी कथन, सोधखोजको कला, भावनाको गहिराई, संवेदनशीलता, सूक्ष्म निरीक्षण , सूक्ति–उक्ति र उखान आदिको सटीक प्रयोग, कतिपय बिम्बात्मक निजी प्रयोग, वैशिष्ट, खरो आलोचना र निश्छल एवम् निःस्वार्थ अभिव्यक्ति कलाले गर्दा, रचनाहरू एकभन्दा अर्को रोचक बन्दै गएका छन् । यात्रावृतान्त त साँच्चै भन्ने हो भने, त्यहाँ नपुगेको मानिसले दृश्यचित्र हेरेजस्तै प्रतीत हुन्छ । प्रत्येक वर्गका पठनशील व्यक्तिहरूलाई अत्यान्त सु्न्दर –रोचक दस्तावेज बनेको छ ।  यहाँ ठाउँठाउँमा दिइएका तथ्यतथ्याङ्कपरक विवरणहरूत सामान्य ज्ञान बौद्धिक ज्ञानका खजना बनेका छन्" (भूमिका लेखन, पृष्ठ फ) । पछिल्लो आवरण पृष्ठमा प्रा. कपिल अज्ञात लेख्नुहुन्छ –"समयको शक्ति र गति पच्छ्याउन संघर्षरत श्री अधिकारी पुस्तकप्रेमी गुणाख्यताका रूपमा सुपरिचित हुनुहुन्छ  । उहाँले आँखाले देखेका र मनले भोगेका वस्तुस्थितिलाई प्रवाहमय शैलीमा सूचनात्मक तथ्यहरूलाई प्रक्षेपण गर्दै, चित्रात्मक वर्णनका घनिभूत विशेषतालाई आच्छन्न तुल्याउनु भएको छ । अहिले आपूmलाई सिर्जनशील प्रवृत्तितर्फ  उत्पेरित गराइरहनु भएको प्रस्तुत कृति सिर्जनात्मक यात्रातर्फकै महत्वपूर्ण उपलब्धि हो ।"
प्रकाशकीयमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले लेख्नुहुन्छ –"लेखक पूर्णप्रसाद अधिकारीमा वर्णन कला ,विश्लेषणात्मक क्षमता,र तर्क,विचार एवम् भावको सघनताको त्रिवेणी भएकाले, उहाँका रचना पठन मनन र ग्रहणका दृष्टिले महत्वपूर्ण छन् ।"
यी माथि आएका वरिष्ठ साहित्यकारका धारणाले यस कृतिको भावसार राम्रैसँग निस्सारण गरेको छ भने पूर्णप्रसाद अधिकारीको लेखन शैली र व्यक्तित्वको  महत्वपूर्ण मूल्याङ्कन गरेको छ ।यी माथि आएका धारणालाई यसभित्र समावेश गरिएका  सिर्जनाले पुष्टि गरेको यथार्थता मैले महसुस गरेको छु ।
यो कृति संस्मरण, यात्रा विवरण ,समीक्षा, र लेख÷आलेखको एउटा मिश्रण सिर्जना हो । यो कृति अध्ययन गर्दा पाठकले मिश्रित स्वादबाटै रमाउने यथार्थता प्रष्ट छ ।
स्मृतिको तरङ्गमा माहिली आमा –माहिली आमाको ९२ वर्षको लामो जीवन यात्रामा भोगेका यथार्थतालाई यहाँ स्मरण गर्दै पस्किएका धारणा आएका छन् । लेखककी महिली आमा ९वर्षको उमेरमा विवाह, विवाहकै समयमा गजबारमा सर्प मर्नु, विवाहको चारमहिनामै बाबुको मृत्यु, ,निसन्तान, पति विदेशीयर नआएका, सासूबाट अपहेलित, बेचेको घरमा क्रियाकर्म गर्न नहुने कुरा, पति जिउँदै भएको अफवाह फैलिंदा माहिल्ी आमा मर्माहत हुनु माहिली आमा देवघाट आउनु, देवघाटबाट घर आउने क्रममा बाटो बिराएर हराउनु कुनै विद्यार्थीले घर पु¥याइ दिएका, रित्तो गाग्री देख्दा साइत बिग्रने कुरा, शीर मुण्डन गर्दा सन्यासिनी माताको रुपमा प्रतीबिम्बित हुनु, आदि माहिली आमाप्रति गरिएको प्रथम बार्षिकपुण्यतिथि सम्मका सम्पूर्ण कर्महरू यस लेखले समेटेको छ ।
एक साहित्यिक पैदलयात्री ः अनुभूति र संस्मरण –, यो लेख यस कृतिको दोस्रो रचना हो । यसमा पदोन्नतिमा देखिएको विकृति, २०४५ सालदेखि "उन्नयन" त्रैमासिक साहित्यिक पत्रिका चिन्तन मनन् र अनुसन्धानमा लागेको अचुत रमण रेग्मी सँग २०५० सालमा रत्नपार्कमा भेटघाट,,"भवानी भिक्षु" विशेषङ्क प्राप्त गर्नु , "केशवराज  पिँडाली "विशेषाङ्कमा लेख्न मानसिक रूपमा लेखक तयार हुनु,,साहित्यिक सहिद कृष्णलाल अधिकारीको"मकैको खेती"" कृतिको चर्चा , "उन्नयन" पत्रिकामा लेखकका २५ वटा जति अङ्कमा लेख रचना प्रकाशनमा आएका धारणा, अच्युतरमण र यस लेखकका लेखकको आत्मियता,, अच्युत रमणको घरयासी जीवनको यथार्थता, उनको साहित्यिक यात्राको उच्च मूल्याङ्कन गर्दै पूर्णप्रसाद अधिकारीले स्थापना गरेको "बलराम स्मृति वाङ्मय पुरस्कार २०७५ माघ ८ गते अच्युतजीको घरमै गएर वितरण गरिएको आदि साहित्यिक श्रीबृद्धिका धारणाहरूले सजिएको छ लेख,। समीक्षात्मक रूपमा प्रस्तुत स्मरण लेखले एउटा शिक्षक, प्राध्यापक, लेखक आदिको जीवन घटना वृतान्त कसरी गइरहेको हुन्छ लाई सुन्दर रूपमा प्रस्तुत गरेको छ ।
स्रष्टा–सम्मानको वृत्तः नुवाकोट साहित्य प्रतिष्ठान – यस लेखले नुवाकोटको ऐतिहासिक महत्व जस्तै राष्ट्रिय एकीकरणको थालनी, नुवाकोटको धर्मिक , ऐतिहासिक, र पर्यटकीय दृष्टिबाट पनि महत्व भएको, ६४ जिल्लाबाट २६३ जना लेखक–कलाकर्मी स्रष्टाहरूको राष्ट्रिय बृहद् नुवाकोट साहित्यिक महोत्सव २०६३ मङ्सिर २२,२३ को महत्वपूर्ण काम सम्पन्न भएको, युगान्तर पत्रिकाले "नुवाकोट साहित्य महोत्सवलाई आप्mनो ११ तथा १२ अङ्कमा विशेषाङ्कको रुपमा प्रकाशन गरेको,, यो महोत्सव, अत्यान्त्यै गरिमामय रूपम सम्पन्न भएको, नुवाकोट साहित्य प्रतिष्ठानको २०६६ असार १५ गतेको  स्रष्टा सम्मान र काव्य सम्मेलनको चर्चा , राजनीतिज्ञको तुलनामा साहित्यकारको संख्या कम भएको, चितवनका साहित्यकारको त्यस काव्य सम्मेलनमा सहभागिताको लागि यात्रा चुम्लिङ्टारको खाना, गल्छीबाट नुवाकोट तिर लाग्नु, साहित्यिक मनोरञ्जनको साथमा तादिपुल, देवीघट बटटार हुँदै नुवाकोट पुग्नु चितवनका गोर्खे साँइलो, केदारनाथ खनाल,  र पर्वतकी सरस्वती शर्मा "जिज्ञासु" महामण्ढल सम्मानबाट सम्मानित, कैलालीबाट श्रेष्ठ प्रियापत्थर र काठमाडौबाट वियोगी बुढाथोकी "युगान्तर" पुरस्कारबाट पुरस्कृत, गरिनुको साथै करिव १०० जना जति सहभागी रहेको स्रष्टा सम्मान,साहित्यिक गोष्ठी दही, च्युरा कार्यक्रमको ,विवरणत्कम प्रस्तुति भएको छ ।  यस लेखले  साहित्यिक कार्यक्रमको विवरणमात्र नभएर नुवाकोटको भौगोलिक, राज्नीतिक, शैक्षिक, धार्मिक, विकास आयोजनाहरु, कृिष, जातीय बाहुल्यता, प्राकृतिक सौन्दर्यता अदिलाई समेटेर एउटा सुन्दर प्रस्तुति गर्ने प्रयास गरेको छ ।
 मुक्तिनाथ यात्राका तरङ्गहरू–, ,हाम्रो परम्परा अनुसार चारधाम जानु अघि मुक्तिनाथको यात्रा गर्नु पर्ने, मुक्तिनाथलाई प्रथम यात्राको रूपमा गरिने चलन अनुरूप २०७० असौज २१ गते, मुक्तिनाथ यात्रा तय हुनु, । यात्रामा बसमा भोग्न परेको कठिनाई, गलेश्वर हुँदै रातको ९ बजे तातोपानी पुग्नु, विहान तातो पानीमा स्नान गर्नु, लेते मार्फा हुँदै जोमसोम पुग्नु,  कागवेनीमा स्नान र पिण्डदान गर्नेकाम, त्यपछि मुक्तिनाथ जान चढ्नु पर्ने, उकालो, उकालो चढेर मन्दिर परिसरमा पुग्दा स्वास प्रस्वास समस्या, यस समस्या समाधान गर्नको लागि लगिएका आवस्यक सामाग्री,(आस्थालिन, चकलेट, पीरो अदुवा, अनार दाना, पतञ्जली चूर्ण आदिको )प्रयोग गर्नु पर्ने, बलियो र वैंसालु उमेरमा मुक्तिनाथ जान उपयुक्त हुने, मुक्तिनाथ मन्दिरमा सु्रक्षा कर्मी, आपतकालिन औषधोपचार सेवा, १०८ धारा भएको स्नान स्थल, दुई ओटा कुण्ड, बीचमा मन्दिर, नरीवलको बली, धूप आरती, गौतम बुद्धको आकृतिमा शङ्ख चक्र, गदा, पद्म धारी भगवान नारायण मुक्तिनाथको मूर्ति देवीपीठ, प्राकृतिक ग्याँसबाट बलेको अखण्ड ज्योति, धूप दीप आदिको विवरण, बाटोको कठिनाई , काली गण्डकी कोरिडोरको विवरण, हिमालको विवरण र आकर्षक प्राकृतिक सौन्दर्यता आदि समेटिको छ यस लेखमा ।
स्वर्गद्वारी यात्राको सन्दर्भ –यस लेखमा भरतपुर स्याउली बजार टोल सुधार समितिको संयोजन र व्याक्तिगत खर्चको आधारमा २०६८ बैशाख १७ र १८ गते स्वर्गद्वारी अवलोकन भ्रमणको विवरण प्रस्तुत गरिएको छ । यात्रामा चन्द्रौटामा पुग्दा गाडीको स्प्रिङ्को पाता भाचिएर यात्रामा अवरोध पुग्नु, गोरुसिङ्गे अर्धाखाँचीको प्रवेशद्वार, मधेसी अतिक्रमण भएको ठाउ,ँ देहव्यपारका कुरा , लमहीको ससुराली होटेलको खाना, लमहीको सहरीकरण, रोल्पामा प्रवेश, हलेरी पुग्दा लेखकले होलेरीको राजन्ैतिक घटनाक्रममा गिरिजाप्रसाद कोइरालाको प्रसङ्ग उठाउनु, होलेरीदेखि धरमपानीसम्म को रोडलाई नारायण पोखरेल स्मृति मार्ग राखिएको र यसको निर्माणमा नारायण पोखरेलले सप्ताहमा बाचकी भएको धारणा, स्वर्गद्वारीमा पुग्नु , सौचालय चारओटामात्र धार्मीक यात्रीको चाप धेरै, यहाँ आरती बाल्ने ताप्ने, मन्दिर दर्शन गर्ने, गाईलाई नुन र पिठो चटाउने, गुफा हेर्ने कसैले श्राद्ध आदि काम गरिने विवरण, गाई २०० जति रहेका, २०–२५ ओटा भैंसी पालन गोठाला २–३ जना रहेका, ७ देखि १५ बर्षसम्मका बटुकहरूले चण्डी, वेद, रुद्री, पाठ गरिने र यहाँको आकर्षकमा शिवपञ्चायनका पुराना ढाँचाका मन्दिर, प्रतीक्षालय, अतिथि गृह्य,भोजनालय, गुरुकुलीय विद्यालय रहेका विवरणको साथै यहाँको यात्रा समाप्त गर्दै फर्कने क्रममा कला गला टुक्का,गीत ठट्टा आदिमा रमाउँदै फर्किएको विवरण लेखले आकर्षक रूपमा प्रष्ट पारेको देखिन्छ । लेख समीक्षकीय रूपमा लेखिएको र विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।
चन्द्रागिरी र हिमाल दर्शन –यस नियात्रामा चन्द्रगिरी र हिमाल दर्शनका दुई यात्रालाई समेटिएको छ । पहिलो दिनमा चन्द्रागिरीको केवुलकार यात्रा गर्दा मसुरी र मनकामनाको केवुलकारसँग तुलना गरिएको र चन्द्रागिरीको केवुलकार खासै आकर्षक नभएको ,चन्द्रागिरी हिल्स लिमीटेडले ४० वर्षका लागि भाडामा लिएर बनाएको भौतिक रचना, यहाँ अनुमानित ५ हजार जनाको आवत जावत हुने,, यहाँबाट गणेश, मनासलु, लगायतका हिमाली दृश्यको साथै काठमाडौ उपत्याका पूर्णरूपले देखिने, धार्मिक दृष्टिकोणको हिसावले यहाँ सतीदेवीको भालशिर पतन भएको स्थानमा भालेश्वर महादेवको भव्य मन्दिर, शिवको मूर्ति, शिवपञ्चायनसँगै पित्तलको नन्दी पनि भएको, पूर्वी क्षेत्रमा पृथ्वी नारायणको  शाहको पूर्ण कदको पित्तल धातुको सालिक, पृथ्वी नारायणन शाहका महत्वपूर्ण उद्गारहरू जस्तै, यो मुलुक दुई ढुङ्गाको तरुल रह्या छ , मेरा साना दुखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया, घुस लिन्या र धुस दिन्या दुबै राष्ट्रका दुश्मन हुन् " । यहाँ सिमन्टेड चित्रका रूपमा पृथ्वीनारायण शाहका दलबलका  सहयात्रीहरूका चित्रहरू पनि राखिएका, केवुलकारमा तीन फिट भन्दा तलका बालबच्चालाई निशुल्क तथा विविध छुटहरू, एक पटक चन्द्रागिरी हेर्न जानु पर्ने सुझाव, आदिको साथै २०७६कार्तिक १९ गते हिमाल दर्शनको लागि बुद्ध एयरको बोइङ्गबाट अवलोकनको वर्णन, गर्नुको साथै २१ ओटा हिमालको विवरण, कोदारी रोड लासा, नाम्चेबजार आदिको विवरणले  सजिएको छ यात्रा विवरण । छोरी ज्वाइँको आग्रहमा गरिएको यो यात्राले चन्द्रागिरीको र हिमालको सौन्दर्यलाई प्रष्ट्याएको छ र यात्रामा भोग्न पर्ने कठिनाइलाई पनि प्रष्ट पारेको छ ।
चितवनदेखि बलेवासम्म – बलेवामा हुन गइरहेको साहित्यिक कार्यक्रममा चितवनका १२ जना साहित्यकारहरू २०७४ को १६ गते चितवनबाट बलेवा जानको लागि रमाना, मध्यपहाडी लोकमार्गको वर्णन, मोदी खोलामा बनेका ३ओटा जलविद्युत आयोजना, ३ बजे सम्ममा कुश्मा पुगेर केही पर्यटकीय स्थलको अवलोकन गर्ने योजना भए पनि बाटोमा जाम परेकोले ५ बजेमात्र कुश्मा पुग्नु,, कुश्ममा इन्द्रकुमार विकल्प र चितवनबाट गएका स्रष्टाहरूसँग परिचयात्मक कार्यक्रम हुनु, भीम सुवेदीकी पत्नी बिरामी परेर अस्पताल भर्ना गर्नु परेको, पाँच जना साहित्यकारले गुप्फा अवलोकन गर्नु,, पञ्चपाण्डवको  गुप्तबास भनि बोर्ड टाँसिएको ठाउँमा गुप्तेश्वर महादेव शिवलिङ्गको प्रतीक आकृतिक कङ्क्रिट चित्र देखिनु, एउटैमात्र तारमा अल्झिएको कालीगण्डकी माथिको ५५ मिटरको उच्चाइमा रहेको केवुलमा दशजना स्रष्टाहरू सवार हुनु, ६ मिनटमा बलेवा पुग्नु, भूपीनको घरमा पुग्नु ,भूपीनकी ८७ बर्षकी आमाको दर्शन गर्नु,, १० बजे लकासको जन्मभूमि रहेको घरको अवलोकन, खाना खानु। साना किसानको एकतले भवनमा कार्यक्रमको थालनी, प्रमुख अतिथिमा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्मा, स्थापित सात ओटा पुरस्कार र उत्कृष्ट नेपाली विषयमा उच्च अंक ल्याउने मेधावी विद्यार्थीलाई पुरस्कृत गरिने कार्यकर्म रहेको र उक्त पुरस्कार पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा प्र.डा. नारयणप्रसाद खनाल, नमुना शर्मा, काजी रोशन, मुकुन्द शर्मा चालिसे, ध्रुवलाला शर्मा (म्याग्दी, भरत बाग्लुङ्गे,लाई जनही दशहजार,र जनता मा.वि.का छात्र÷छात्रा लक्ष्मण शर्मा र दीपा क्षेत्रीलाई रु पाँचहजारले सम्मान गरिएको, ४.४०मा कार्यक्रम समाप्त भएको, साहित्यिक कार्यक्रम समाप्त भएपछि चितवन वmर्कर्ने क्रममा यात्रा अवस्मरणीय रहेको धारणा सहित यस लेखमा धेरै कुराहरूले स्थान पाएका छन् ।
प्रसन्न मनोदशाका तरेलीहरू– यस लेखले २०६७को स्याङ्जा साहित्य प्रतिस्ठानले आयोजना गरेको भानुजयन्तीमा चितवनबाट सहभागी हुन गएका सााहित्यकार कपिल अज्ञात, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी, विवेक अधिकारी, गोर्खे साइलोले सहभागी भएको, कालीगण्डकी साहित्य, कलापुरस्कार –२०६७ लोकगायनतर्फ पुरुषोत्म न्यौपाने, नियात्रा–समालोचनातर्फ पूर्णप्रसाद अधिकारी ,छन्दकविमा नीलाम्बर ढुङ्गानाहरूलाई जनही ५००१ रुपियाँको साथै देवीप्रसाद वनबासीले आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कार गङ्गाकर्माचार्य पौडेल र लेखनाथ काप्mलेलाई प्रदान गरिएको विवरण प्रस्तुत गरिएको छ । यसकार्यक्रमको प्रमुख आतिथ्य माधव वियोगी र सभापतित्व विश्वप्रेम अधिकारीले गर्नु भएको समारोहमा शिवकुमार अधिकारी, गंगानाथ कोइराला, डा. नेत्रप्रसाद न्यौपाने, कृष्णप्रसाद बास्तोला, यामबहादुर पौडेल क्षेत्री लगायतका साहित्यकारको सहभागी भएको विवरण लेखले  जानकारी गराएको छ ।
कला–साहित्यको अपूर्व सङ्गम स्याङ्जा सािहित्य प्रतिष्ठान –स्याङ्जा साहित्य प्रतिष्ठानको (२०७०।०५।१२) मा आयोजना गरेको विशाल कार्यक्रममा काली गण्डकी साहित्य कला पुरस्कार केदारनाथ खनाल, भानु स्मृति पुरस्कार मोहन दुवाल र कालीगण्डकी साहित्य कला सम्मान सदानन्द अभागी,लाई प्रदान गरिएको विवरण, रजस्थलको ५४ अङ्क "भानुको स्याङ्जा विशेषाङ्क" र सिडीको विमोचन, नारायण काप्mलेले भानुको स्याङ्जा विशेषाङ्को  समीक्षा, साहित्यकारहरूबाट कविता बाचन, प्रा. डा. जयराज पन्त(स्व) को प्रमुख आतिथ्यता र विश्वप्रेम अधिकारीको सभापतित्वमा कार्यक्रम भव्यताको साथमा भएको विवरण लेखले समेटेको छ ।
 चितवनमा वी.पी. शताब्दीः एक विमर्श –  यस लेखले मिति २०७० मङ्सिर २२ र २३मा चितवनमा आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली लेखक संघ, नारायणी अञ्चलद्वारा भएको बृहद् साहित्यिक विचार गोष्ठिको आयोजना गरिएको विवरण प्रष्ट्याएको छ ।
 यस गोष्यठीको प्रमुख अतिथिको रूपमा प्राज्ञ सनत रेग्मी र अध्यक्षमा केदारनाथ खनाल रहेको, सोही कार्यक्रममा कृष्णादेवी शर्मा श्रेष्ठको सिर्जना क्रान्तिकारी विजश्वेश्वर महाकाव्य र केदारनाथ खनालद्वारा लिखित संस्मरणसङ्ग्रह "दुईधार एक लहर" लेखकसंघका केन्द्रिय अध्यक्ष विष्णुविभु घिमिरे र प्रमुख अतिथिले संयुक्तरूपमा विमोचन गरेका, "आत्मिक ईश्वरका सच्चा पुजारी विश्वेश्वरप्रसाद कोइराला" नामक कार्यपत्र डा. ज्ञानु पाण्डेले प्रस्तुत गर्नु भएका,े यसरी नै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना,ःउत्प्रेरणा,कलासाधन र दिशाबोध", कार्यपत्र गोविन्दराज भट्टराईले प्रस्तुत गर्नु भएको र तेस्रो सत्रमा कविता बाचन (प्रतियोगी र अप्रतियोगी ) आदि मन्तव्य लगायतका कार्यहरूलाई विवरणात्मक रूपमा पष्ट्याउने प्रयास गरिएको छ ।
स्याङ्जा साहित्य प्रतिष्ठान र देवकोटा शतवार्षिकी समारोह –, यस लेखमा २०६६ सालमा देवकोटा केन्द्रित कार्यक्रम स्याङ्जामा भव्यताको साथमा मनाइएको, उक्त समारोहमा विविध ठाउँका साहित्यकारहरूलाई निमन्त्रणा गरिएको, जाँदा पृथ्वी चोकको पृथ्वीनारायण शाहको शालिक भत्काएर नेपालका प्रथम सहिद लखन थापाको सालिक निर्माण गरिएर लखनचोक नामाकारण गरिएको, स्याङ्जा पुगेपछि साहित्यिक चिन्तन मनन्, सरुभक्तको प्रमुख आतिथ्य, र विश्वप्रेम अधिकारीको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा रजस्थल त्रैमासिक ३७औं अङ्क "देवकोटा विशैषाङ्क" को विमोचन, कुसुमाकर न्यौपाने, प्रेम छोटा, शान्तिनारायण श्रेष्ठ, गोविन्द विनोदी, डा. घनश्याम न्यौपाने, टिकाराम वाग्लेलाई सम्मान,आदि कार्यक्रमलाई यस लेखमा समीक्षात्मक रूपमा प्रष्ट्याउने प्रयास गरिएको छ ।
प्रथम गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठी – यस लेखले गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठिको यथार्थता प्रष्ट्याउने प्रयास गरेको छ । नेपाल भ्रमण वर्ष १९९८ पछि महोत्सवहरू गर्ने चलन, पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व कालमा २०११ लाई  पर्यटन वर्षको रूपमा मनाउने र दश  लाख पर्यटक भित्र्याउने कार्य योजना, प्रथम गुल्मी महोत्सव २०६८बैशाख ४–११को उद्घाटन प्रधानमन्त्री झलनाथ खनालबाट हुनु, २०३० साल देखि हालसम्म प्रकाशित हाम्रो पुरुषार्थ, किरण पुस्तकालय र शशी पन्थीबीचको अन्योन्याश्रित सम्बन्ध, पश्मिाञ्चल क्षेत्रीय स्तरको साहित्यिक गोष्ठिको आयोजना, त्यसमा चितवन र नवलपरासीका साहित्यकारहरूको सहभागीता, ८गते छन्द दिवसको उपलक्षमा छन्द कविता पाठ, ,रेसुङ्गाको डाँडो र रेसुङ्गा महाप्रभूको तपस्या र विश्राम स्थलको अवलोकन, भ्युटावरको अवलोकन, यसरी कार्यक्रमलाई चारभागमा विभाजन गर्दा पहिलो सत्रमा उद्घाटन, दोस्रोमा कविता प्रतियोगिता तेस्रोमा कार्यपत्र वाचन, चौथोमा अप्रतियोगी कवितावाचन,र समापन कार्य, आदि विवरणलाई यस लेखले समेटेको छ । लेख विवरणात्मक छ ।सहभागीका नाम, कार्यपत्र बाचन, टिप्पणीकार पुरस्कारको व्यवस्था, गुल्मीको प्राकृतिक, भौगोलक आदि विवरणलाई राम्ररी समेटिएर लेखिएको यो लेख अनुकरणीय छ ।
मोफसलमको साहिअत्यिक पत्रकारिता सङ्गोष्ठी –यस लेखले २०६६ जेष्ठ ९ गते, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको परिसको नयाँ भवनमा नेपाली केन्दी्रय प्रशिक्षण विभाग त्रि वि.का प्रध्यापक राजेन्द्र सुवेदी,को प्रमुख आतिथ्यता र रोचक घिमिरेको सभापत्विमा सञ्चालित , नेपाल पत्रकार संघ, र प्रेशकाउन्सिलको आयोजनामा आयोजित यस कार्यक्रममा, विचार गोष्ठी, स्रष्टा सम्मान, र साहित्यिक पत्रकारिता,यसको नियति ,साहित्य र पत्रकारिताको अन्तरसम्बन्ध, राज्यको दायित्व, स्रष्टाको भूमिका, जस्ता विषयमा  आधारित कार्यक्रममा शिव.रेग्मी, डि.आर. पोखरेल र डा. तुलसी भट्टराईका कार्यपत्र प्रस्तुति, पुराना पत्रकार चूडामणि रेग्मीलाई सम्मान, ३८ जनालाई साहित्यिक पत्रकारिताको प्रमाणपत्र, आगामी सम्गोष्ठी सुनशरीमा हुने घोषणा, यस गोष्ठिमा १६ बुँदे घोषणापत्रको वाचन आदि कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको , कार्य विभाजन अनुरूप, कार्यक्रम सञ्चालन गरिएको, र "चितवनको माटोमा " मोफसलको साहित्यिक पत्रकारिता विषय गोष्ठी" भव्यताकासाथ सम्पन्न भएको र अतिथिहरूलाई एउटै बसमा पठाइएको धारणा सहित यो लेख समाप्त हुन्छ ।
पुरस्कारको सार्वजनीनता र बलराम स्मृति पुरस्कार –  यस लेखले पुरस्कारको परिभाषा, पुरस्कारका प्रकारहरू, नेपालमा हाल आएर हजारको आसपासमा पुरस्कारका नाम सुनिने गरेका, तर कति पुरस्कार जन्मने र मर्ने गरेका, पञ्चायतकालिन पुरस्कारको अवसान, पुरस्कारमा मदन पुरस्कार, नई र चिसाप पुरस्कार, नोवेल पुरस्कार, भारतीय महात्माम गान्धी नेहरू पुरस्कार, आदि पुरस्कारलाई औंल्याउँदै, कतिपय पुरस्कार दिंदा पारदर्सी नहुने गरेका कुरा, पुरस्कार आफैमा दान हो, स्रष्टाको पुजा हो, सम्मान हो, साहित्य कलाको यज्ञ हो आदि आदिको लामो व्यख्या गर्दै लेखक.ले आप्mनै सात्विक, नैष्ठिक परोपकारी र शिक्षा प्रेमी श्री बलराम उपध्याय अधिकारी(१९८६–२०६०)को नाममा २०६८मा अक्षयकाोष स्थापना गरेको र २०७७ सालसम्म प्रतिवर्ष एक वा दुईजनालाई पुरुसकृत गर्दै आएको  धारणा यहाँ दर्शाइएको  छ । लेखले स्वदेश तथा विदेशका महत्वपूर्ण पुरस्कारलाई समेट्न पुगेको छ ।पुरस्कार निर्विवाद हुन पर्ने धारणा आएको छ ।
प्रस्तावित काली गण्डकी डाईभर्सन र देवघाटको अस्तित्व संकट– यस लेखमा पृथ्वीको उत्पत्ति, जीवको उत्पत्ति नदी र मानव सभ्यताको विकास, नदीबाट पर्न जाने विनास, प्रकृतिक सौन्दर्यता आदिको लामो भूमिका सहित काली गण्डकी नदीलाई स्याङ्जा जिल्लाको राम्दी भन्दा तीन किलो मिटर दक्षिण पश्चिमबाट डाइभर्सन गरी १२० मिटर अग्लो बाँध बनाएर ३० किलोमिटरको सुरुङ बनाउँदै पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुको जमिनमा सिञ्चाइ गर्नको लागि प्रयोगको साथै तिनाउमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अभियानमा यस क्षेत्रका नदीका उपभोक्ताहरू र धर्म संस्कृतिप्रेमीहरू आन्दोलित भएको धारणा आएका छन् । लेखकले गंगा यमुना र सरस्वतीको सङ्गमस्थललाई तीर्थराज प्रयाग भनिने, ६–६ वर्षमा अर्ध कुम्भमेला र १२–१२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने, यसरी नै नेपालमा देवघाटलाई आदिप्रयाग मानिने र यहाँ श्रावणको सोमबार तथा मकर सक्रातीमा लाखौं मानिसको सहभागिता रहने, देवघाटमा काली गण्डकी र सप्त गण्डकीको सङ्गम स्थल देवघाट वेणीको रुपमा पवित्र स्थानको रूपमा लिइने यस्ता महत्वपूर्ण स्थानलाई यो डाइभर्सनले असर पार्ने, देवघाट, कृष्ण गण्डकीको अस्तित्व संकटमा पर्ने आदि यस लेखले थुप्रै कुराहरू भारतीय गुप्तचर संस्था "र" (च्ब्ध्० को नेपालमा प्रभाव, भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीको भारतीय नदी एकीकरणको ग्य्राण्ड डिजाइन पनि हो, अदि थुप्रै , थुप्रै  कुराहरु यस लेखले उठाएको छ । यस लेखबाट धर्म संस्कृति, वेद पुराण, राजनीति, पर्यावरण आदिमा पर्ने असर विविध पक्षलाई समेट्ने प्रयास भएको छ । कतिपय कुरा सत्य पनि हुन् । तर मलाई के भन्न मन लाग्यो भने नेपाल जलस्रोतको धनी देश हो तर यी नदी नालाहरू नेपालले प्रयोजनमा ल्याउन नसक्नु तर हाम्रो सीमा काट्ने बित्तिकै भारतले प्रयोगमा ल्याएर पानीको सदुपयोग गर्नु र विकासमा अघि बढाउनु त्यहाँ बनाइएका बाँधले हाम्रो क्षेत्र डुवानमा पर्नु आदिलाई सरकार जनता,सबै पक्षको गहिरो सोच हुनु अति आश्यक छ । नेपालको जललाई नेपालमै विविध प्रयोजनमा ल्याएर अघि बढ्दा नेपालनै समृद्ध हुने, समृद्धिबाटै धर्म, संस्कृति आलिाई पनि टेवा मिल्छ हैन र ?
देवघाटधाम तीर्थ एक ः महत्त्व अनेक – यस लेखले देवघाटधामको धार्मिक महत्वलाई (आदिप्रयाग) प्रष्ट्याउने क्रममा भरतका चार धाम(तीर्थ स्थल), नेपालका विभिन्न स्थलमा रहेका तीर्थं स्थलको भूमिका सजाउँदै कसैले नवगण्डकी, कसैले सप्त गणकी आदिको नाम बाट नामाकरण गरिएता पनि खास गरेर काली गण्डकी र त्रिशूली नदीको सङ्गम स्थललाई देवघाटको रूपमा चिनिने र अर्को रुपमा चितवन, नवलपुर र तनहुँको त्रिकोणात्मक भूगोलमा अवस्थित पूण्य भूमिलाई देवघाट भनिने, २००९ सालमा गलेश्वर स्वामीको आगमन भए पछिमात्र यो स्थानको धार्मिक, आध्यात्मिक,र भौतिक प्रगति ले अग्रसरता लिएको, युगपुरुष कृष्णको गण्डस्थलबाट उत्पन्न, कृष्ण गण्डकी र शिवको जटाबाट उत्पन्न भएकी त्रिशूलीको सङ्गमस्थल, माधेसक्रान्तिमा लाग्ने दुईदिने मेला,यसका विषयमा लेख रचना, स्मारिका, लक्ष्मी पोख्रेलको वागेश्वरी स्मारिका स्व. डा. रामानन्द गिरीको अभिरुचीमा सञ्चालित मकरसङक्रान्तिको रात्रिमा "मकरकाव्य यामिनी" कवि गोष्ठीको आयोजना,  पाल्पाली राजा मणिमुकुन्द शेनले वि.सं. १५७१मा चक्रेश्वर मन्दिर बनाएर त्यहीं समाधी लिएका कुरा, भगवती कालिकाको मन्दिर(मौलाकालिका) को निर्माणमा पनि मुकुन्द शेनैकै उपज, गलेश्वरबाबाको योगदान, योगी नरहरि नाथको योगदान, आदिलाई समेट्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने धारणा, यसको संरक्षण र सम्बद्र्धनका कुरा लगायत विविधताले सजिएको छ लेख ।
पुस्तकालयको महत्व र उपयोगिता –"सार्वजनिक रूपबाट,इच्क्षुक पाठकहरूले विभिन्न शर्तमा पढ्न पाउने हिसावले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा स्थनलाई पुस्तकालय भनिन्छ ।" यसरी परिभाषा दिंदै विभिन्न पुस्तकालयका पयार्यवाची नाम लिंदै, शिक्षा र सभ्यताको साथै विश्वका ख्यातिप्राप्त जानकारी, राणाकालमा नेपालमा पुस्तकालय खोल्नु नै अपराध, महाकावि लक्ष्मी प्रसाद लेवकोटाले पुस्तकालय खोलेवापत १०० रुपियाँ डण्ड तिरेका कुरा, कार्लमाकर्सले अक्सफोर्ड" पुस्तकालयमा बसेर "दास क्यापिटल" लेखेर चर्चित भएका,आदि थुप्रै पुस्तकालय सम्बन्धि धारणलाई प्रष्ट पार्दै विभिन्न देशका खासगरी भारतका विभिन्न प्रयोजनमा खोलिएका पुस्तकालयको वर्णन, नेपालभित्रका चर्चित पुस्तकालयका नामहरू, पुस्तकालयमा किताप चोरिने कुरा ,संरक्षणका कुरा सहित सरल एवम् सुवोध रूपमा यो लेख टुङ्गिएको छ ।
माथि मैले सानो परिचयात्मक भावसार पस्के पनि कृतिकारका धारणाहरू समेटिएका छैनन् किनकी हरेक लेखहरू मझ्यौला खालका भए पनि लेख्न चाहेका भावनालाई लेखकले कन्जुस्याई गरेका छैनन् । प्रा. डा. नारान् खनाल,प्रा कपिल अज्ञातका धारणाले कृतिकारको व्यक्तित्व र कृतित्वमा गहनतालाई समेट्ने प्रयास गरेको छ । लेखक स्वयम् समीक्षक भएर नै होला सबै लेखमा धेरथोररूपमा समीक्षकीय प्रवृत्तिले स्थान लिएको पाइन्छ ।"अनुस्मृतिका तरङ्गप्रति,विहङ्गम आलोक " शीर्षकमा त्रिवेणी साहित्य परिषद नवलपरासीका अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले यस कृतिलाई स्मृति खण्ड, यात्रावृतान्त खण्ड, समीक्षात्मक टिप्पणी खण्ड र आलेख खण्ड भनी उपशीर्षक दिएर विश्लेषणात्मक भूमिकाको रूपमा यस कृतिको चिरफार गर्नु भएको छ । कुनै पनि विषय बस्तुमा प्रवेश गर्दा उद्देश्य के हो त भन्ने प्रश्न आउँ छ । पूर्ण सरका प्रत्येक लेखले उद्देश्य प्र्रष्ट्याएको छ । त्यो उद्देश्य हाँसिल गर्न गरिएका कामको विवरणात्मक प्रस्तुति छ ।त्यति मात्र नभएर त्यहाँको प्राकृतिक सौिन्दर्यता, ऐतिहासिक महत्त्व,भौगोलिक विवरण, सामाजिक चित्रण, धार्मिक महत्त्व, यात्रामा भोग्न पर्ने कठिनाई तथा यात्रामा अनुभूति गरेर प्राप्त आनन्दता,, प्रष्ट एवम् दृढ प्रस्तुति(गलतलाई गलत, सत्यलाई भन्न नहिचकिच्याउने बानी) आदिको विश्लेषण गर्दा अधिकारीजीको लेखन शक्ति दरबिलो छ भन्दा अत्युत्ति नहोला । भाषशैली र प्रस्तुति पाठकीय दृष्टिले सरल एवम् बोधगम्य छन् । सबै प्रकारका पाठकलाई ग्राह्य छन् साथै शीर्षक पनि अर्थपूर्ण र सन्देश मूलक छन् भन्दै अधिकारीजीको लेखन तीब्रताको साथै सुस्वास्थको कामना सहित विदा चाहान्छु ।
धन्यवाद
 २०७७ साल चैत्र २३ गते , कावासोती नवलपुर

May 15, 2021

वरिष्ठ सात्यिकार सदानन्द अभागीसँग राम ज्ञावलीले गरेको भलाकुसारी

 
(प्रचलित नाम  सदानन्द जैसी  र उपनाम सदानन्द अभागीले चिनिने, बाबु  स्व. कलाधर रिजाल र  आमा  स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्रको जन्म खास २००३ साल श्रावण १गते पर्वत शंकरपोखरी–४मा जन्म भै हाल कावासोती न.पा. ७ नवलपुर स्थायी बसोबास गर्ने वरिष्ठ साहित्यकार सदानन्द  आभगी, जसका नेपाली साहित्यका विविध विधामा करिव तीन दर्जन र माटो  विज्ञानसँग सम्बन्धित, किताव, बुकलेट, अध्ययन प्रतिवेदन आदि गरेर करिव तीन दर्जन कृतिप्रकाशन  भएका छन्, सँग राम ज्ञावलीले गरेको भलाकुसारीको सारसङ्क्षेप)
पहिलो प्रश्न –लेखमा भाग्यमानी कर्ममा कसरी अभागी हुनु भयो ?तपाइँ अभागी उपनामबाट  चिनिनु पर्ने रहस्य के  हो ?
उत्तर– लेखमामात्र नभएर कर्ममा पनि भाग्यमानी नै हुँ । उपनाममामात्र अभागी हुँ भन्नु प¥यो  । खास रहस्य मलाई सानोमा इञ्जिनियर बन्ने इच्छा थियो । आर्थिक अभावको कारणले पढ्ने मौका पाइन र अभागी भएको  महसूस भएर अभागी उपनाम  लेख्न थाले  ।
प्रश्न नं –२. यत्तिका कृति लेख्ने तपाइँ जति  चर्चामा आउनु पर्ने हो त्यति आए जस्तो पाइएन–देखिएन ? किन यस्तो ? कि मेरो भ्रममात्रै हो ?
उत्तर–एकत मेरो उपनाम र प्रचलित नामले पनि केही  असर गरे होला !  मेरो प्रचलित नाम सदानन्द जैसी हो । मैले कृषितर्फ ( खास गरेर माटोमा ) पनि लेख लेख्छु  ।  कृषिमा सदानन्द जैसी नाम जति चर्चामा छ । मलाई माटो  वैज्ञानिक या कृषि हाकिम भन्न सर्बधारणले जति महत्त्वका साथ  नाम उच्चारण गर्छन् साहित्यकार भनेर नाम उच्चारण हुँदैन । कृषिकार्यक्रममा नेपाल टेलिभिजनबाट पनि धेरै कार्यक्रम पनि चलाएको थिएँ, समय समयमा कृषि सञ्चारको रेडियो बाट पनि अन्तरवार्ताहरू  माटो सम्बन्धि लेखहरू, कृतिहरू,ठूलो संख्यामा छापेर देशव्यापी रूपमा बितरण भएकाले पनि सदानन्द जैसी नाम जति प्रचलित छ सायद सदानन्द अभागी त्यति चर्चामा नहुन सक्ला, मलाई थाहा  हुने कुरा भएन । अर्को कुरा कृति लेखेरमात्र हुँदैन कृतिको वितरण पनि हुनु प¥यो र कृतिकारले भव्यरूपमा विमोचन गराउने र कृतिमा बृहत् साहित्यिक छलफल गराउने काम गर्दा  धेरै चर्चामा आइन्थ्यो होला ? म यी दुबै काममा अल्लि पछि छु तापनि करिब ३ दर्जन संस्थाले अभिनन्दन÷सम्मान गरिसकेका  छन् । त्यसोहुँदा चर्चामा पछि छैन जस्तो लाग्छ   ।
प्रश्न –३, साहित्येतर  ३ दर्जन भन्दा बढी एवम्  साहित्यिक विधामा पनि ३ दर्जन भन्दा केही बढी कृति लेख्ने तपाइँले डेढसय वर्ष  पहिले बरालको आँशु कृति प्रकाशन गर्ने  बहादुर सिंंह  बरालले जस्तै न्याय  नपाउन नै हो त ? तपाइँको यस्तो महत्त्वपूर्ण कर्म वा व्यक्तित्त्वप्रति खेलवाड  गर्ने  को को हुन्  किटेर  भन्न मिल्छ ? तपाइँलाई  ती व्यक्ति किन यस्तो गर्न उद्यत भए  भन्ने लाग्छ ?
उत्तर–नेपालमा हरेक क्षेत्रमा खुट्टातान्ने प्रवृत्ति छ र साहित्यमा पनि छ  कि भन्ने जानकारी लिन यो प्रश्न गरे जस्तो लाग्यो । हो साहित्य लेखनमा पनि  होच्याउने  प्रवृत्ति देखिन्छ तर म यसमा विश्वास गर्दिन । कुनै पनि प्रतिभावान व्यक्तिलाई कसैले होच्याउँछु भन्ने दुस्साहस गर्छ भने सूर्यलाई हत्केलाले छेक्नु सरह हो । एउटा कुरा के भने कुनै पनि कृतिको मूल्याङ्कन कर्ता पाठक हुन् । पाठक समक्ष कृति पुग्नु पर्छ । अर्को न्याय सम्बन्धमा मलाई लाग्छ लेखकको काम लेख्ने हो र न्याय पाइन भनेर, न्याय खोज्न हिड्ने होइन । डेढसय वर्ष  पहिले बरालको आँशु कृति प्रकाशन गर्ने  बहादुर सिंंह  बराल आज चर्चामा छन् र उनका कृति आज  खोजी खोजी पढ्न थालिएको छ ।
प्रश्न४– जस्ले जे जस्ता कर्म गरे पनि यहाँको कलम, मस्तिष्क, सकुन्जेल थाक्दैन होइन त ?

पश्न. ५– यतिका लेखेर, यतिका विधामा कलम चलाएर समाज–र।ाष्ट्रलाई के दिएँ ÷ दिइरहेको छु भन्ने लाग्छ  यहाँलाई ?
उत्तर–नेपाली साहित्य र माटो विज्ञानको विषयमा मेरो कलम चलेको  छ । ने्पाली साहित्यमा सबैले योगदान  दिए  सरह नै मैले पनि नेपाली साहित्यको समृद्धिको लागि प्रयासरत छु  । माटो विज्ञान सम्बन्धि लेखबाट किसानको लगानीमा उत्पादन बढाउने तर्फ योगदान पुगेको  छ जस्तो लाग्छ ।
प्रश्न.६– जुन जुन विद्यामा कलम चलाउनु भएको छ ती विधाप्रति बुझाइवा मान्यता के रहेको छ ?
उत्तर– साहित्यका जुन विधामा कलम चलाए पनि सबैको उद्देश्य भनेको समाजलाई गतिशील बनाएर एउटा सिर्जनशील समाजको निर्माण गर्नु हो । समाजमा भएका विकृति विसङ्गतिलाई न्युनिकरण गर्दै देश निर्माणका लागि सक्षम, स्वावलम्वी,इमान्दारी, नैतिकवान, राष्ट्रप्रेमले ओतप्रोत नागरिकको सिर्जना गर्ने हो । यी नै मान्यतामा आधार बनाएर साहित्य सिर्जना गरिन्छ भन्ने लाग्छ मलाई।  
प्रश्न  ७ .यथार्थमा भन्दा साहित्य के रहेछ ? जीवन र साहित्यको सम्बन्ध कस्तो हुँदो रहेछ ? साहित्य  विनाको संसारको कल्पना हुन सक्छ त ?
उत्तर– साहित्य समाजको दर्पण हो । जीवन र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो  (अभिन्न अङ्ग  जस्तो) हुन्छ । साहित्य विनाको संसारको कल्पना गर्न सकिदैन ।
प्रश्न –८. यहाँ ईश्वरीय अस्थालाई श्रद्धापूर्वक स्वीकार्नु हुन्छ होइन त ?धर्म, ईश्वर र पुनर्जन्मप्रति तपाईको  धारणा÷विश्वास के कस्तो छ ?
उत्तर–यो संसार हाँक्ने एउटा अदृश्य शक्ति छ भन्ने कुरा श्रद्धापूर्वक स्वीकार्छु  । धर्म भन्ने असल आचरण हो । असल आचरणकै बलमा मानिसहरू  ÷ धर्मावम्वीहरू शक्तिशाली बन्दछन् ।  हाम्रो दर्शनले स्वर्ग नर्क, पुनर्जन्मलाई मान्यता दिएको छ । यही दर्शनलाई अङ्गिकार गरेपछि यी सबै स्वत स्वीकार्य  भएको मानिन्छ । पुनर्जन्मको कुनै वैज्ञानिक आधार छैन तर हाम्रो मस्तिष्कमा यो अति गहिरोरूपमा अवस्थित भै सकेको छ र कहिलेकाँही मुखबाट निस्किहाल्छ 'पूर्वजन्मको फल' । स्वर्ग र नर्कको सम्बन्धमा मेरो अलिक फरक मत छ । मानिसले यस संसारमै स्वर्ग  र नर्कको अनुभूति गरिसकेको हुन्छन् र अर्को स्वर्ग प्राप्ति गर्छु भनेर डर र ढोंगको भरमा दकुरीराख्न आवश्यक देख्दिन ।
प्रश्न–९. तपाईँको विशिष्टकृत विधा के ,भनेर सोधे जवाफ के रहन्छ ?
उत्तर–साहित्यका नाटक बाहेकका विधामा कलम चलिरहेका छन् । पछिल्लो अग्रता समालोचनाले लिएको छ ।
प्रश्न. १०–हालसम्म  लेखेका विधा वाहेक अरु विधामा पनि कलम चलाउने योजना छ कि ?
उत्तर–समय बलवान हुन्छ । समयले  कता डो¥याउँछ ? अहिले  नै  भविष्यवाणी गर्दिन ।
प्रश्न. ११–तपाइँको लेखन मौलिक, बस्तुपरक, यथार्थ परक छन् । अझै  भनौं लेख्नै पर्ने विषयमा यहाँको कलम चल्छ ।  सस्तो प्रेम छैन । कोरा भावुकता छैन । नाराबाजी छैन । समाज र  राष्ट्र चिन्तामा केन्द्रित छन् । माटो मुटुका सवाल छन् । प्रौढ परिपक्क लेखन छ । देश दुखेको चिन्ता छ । यी भनाइमा तपाइँको स्वीकार्यता छ ? यी  विषय बाहेक अरु पनि विषय के के आएका छन् आफ्नो लेखनमा ?
उत्तर–नाराबाजी छैनन् भन्नुको सट्टा समाजका आवाज घन्केका छन् भन्नु राम्रो हुन्थ्यो कि ? किनकी कुनै पनि लेखकले आफ्नो लेखनमा भन्न चाहेका कुरा बुलन्द आवजमा प्रस्तुत गरेका हुन्छन् ।  सुन्दर समीक्षा प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ । मेरो 'माटो  र बिरुवाले भोक लाग्यो भन्छन्' नामक (कृषिकाव्य) माटो  व्यवस्थापनका विषयमा प्राविधिक ज्ञान प्रदान गरेको छ । कृषि मन्त्रालय,  कृषि संचार महाशाखाले ६००० प्रति छापेर देशव्यापीरूपमा वितरण गरेको छ । यो निकै उपयोगी ठानिएको छ ।
प्रश्न.१२ –समालोचना लेखनमा किन तपार्इँ खरो र दह्रो भएर उपस्थित नहुनु भएको हो ? किन प्रभाववादिता  वा गुणग्राहितालाई बढी जोड दिदै  आउनु  भएको छ ?
 उत्तर–मलाई लाग्छ मेरो समालोचनाहरूको लेखाई खरो र दह्रोमात्र नभएर समुच्च कृतिको र   कृतिकारको लेखन क्षमतालाई प्रस्तुत हुने गरी लेखिएका छन् । कृति र कृतिकारप्रति भूमिकाकारको धारणा, प्रकाशकको धारणा र शुभकामना आएका अभिव्यक्ति लगायत स्वयम् कृतिकाको कृलि लेखनप्रतिको उद्देश्य समेतलाई समेटेर लेखिएका समालोचनालाई प्रभाववादिता वा गुणग्राहितामा लगेर जोडदा अन्याय भए जस्तो लाग्यो । केवल कमी कमजोडीलाई मात्र केलाएर समालोचना गर्दा कृतिकारप्रति अन्याय हुन जान्छ । मैले गरेका समालोचनाले समुच्च कृति र कृतिकारका सिर्जना शक्तिलाई दह्रो र खरो रूपमा मूल्याङ्कन गरेको हुन्छ ।
प्रश्न १३.–कस्ता कविता, कस्ता कथा, उपन्यास कस्ता कस्ता खाले काव्य र फुटकर कविताहरू पाठकले  औधी रुचाएको पाउनु  भयो, सिर्जनाको  कालजयिता के  केले निर्धारण गर्दो रहेछ ?
उत्तर– तपाइँले प्रश्न नं ११मा सुन्दर समीक्षकको रूपमा मेरो सिर्जनाको मूल्याङ्कन गर्नु  भएको छ र नपुग कुरा मेरो उत्तरमा समावेस गरेको छु । यिनै रचनाहरू पाठकले मन पराएको भन्न  चाहान्छु । अर्को कुरा समसामयिक घटनाक्रम भन्दा दीर्घ प्रभाव पार्ने खालका सिर्जना नै कालजयी हुन्छन् । समाज ,राष्ट्र, राष्ट्रियतालाई सम्बोधन, सम्बर्धन गर्ने खालका र लेखरचनाले समाजलाई कुपर्था, कुरीति, अन्धविश्वासबाट मुक्त गराउने खालका परिवर्तनशील सन्देश सिर्जनाले दिन सक्नु पर्छ ।
प्रश्न १४,कुनै न कुनै कृतिमा त यहाँ  अत्यान्त चर्चित हुनुहुन्छ होला ? चर्चाका कारण के के रहे, कलम चलाएको जति विधामा पाठक राम्रै पाउनु भएको छ ? उनीहरूबाट प्रतिकृया के कस्ता आइरहेका छन् ?
उत्तर –मैले मथि नै भनि सकें व्यक्ति र लक्ष्मीस्मृति साहित्य समाजबाट प्रकाशन भएका कृतिहरूको वितरण सबै साहित्यकार समक्ष पुग्न सकेका छैनन् । जे जस्ले  प्राप्त गरेका छन् सकरात्मक सन्देश दिएका छन् ।अन्लाइनमा राखिएका लेख रचनाको प्रतिकृया राम्रो देखिएको छ ।
प्रश्न १५. अबका दिनमा विधागत साहित्यको भविष्य के कस्तो आँकल गर्नु  भएको  छ साहित्यको समृद्धि के के कुराले हुन्छ ?
उत्तर –हालको विधागत परिवेशलाई हेर्दा गजलले व्यापकता छाएको छ । अरू विधाहरू पनि क्रमस अघि बढिरहेका छन् । साहित्यकारहरूले विविध विधागत विषयमा जस्तै तान्का हाइकुमा पनि कलम चलाएका  छन् । हाम्रा कृतिहरूको  विभिन्न  विदेशी  भाषामा अनुवाद जे जति हुनु पर्ने हो त्यो हुन सकेको छैन । नेपाली साहित्यको समृद्धिको लागि नै भनौ विभिन्न अन्तराष्ट्रिय क्षेत्रमा पुगेका नेपालीले पनि साहित्यिक संस्था खोलेर सेवा दिदै आएका  छन् । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, असम, देहरादुन आदि स्थानको साथै, ब्रह्मा, भुटानमा पनि नेपाली साहित्यको मात्र नभै नेपाली  संस्कृतिको लागि नेपालीभाषी जुटेका छन् तर दुखको साथमा भन्नुपर्छ कि नेपालका सत्तामा आशिनहरूले नेपाली साहित्यप्रति र साहित्यकारप्रति ध्यान दिन सकेका छैनन् र सरकारी साहित्यिक संस्थामा पनि ख्याती प्राप्त साहित्यकारहरूले भन्दा सत्ताका नजिकले नै स्थान ओगटेका छन् । साहित्यको समृद्धिको लागि सरकार, साहित्यकार, जनता सबैको एकजुट या एकीकृत प्रयासको खाँचो छ ।
प्रश्न १६  यहाँले कसैको कृतिमा भूमिका लेख्नु भएको छ  कि ? के कति ?
उत्तर–खड्गप्रसाद श्रेष्ठका तीन कृतिमा समीक्षकीय  भूमिका निभाएको छु ।
प्रश्न–१७. नवोदितका  लागि प्रेरक ÷मार्ग दर्शक बन्नु भएको  छ –छैन ?
उत्तर–यस विषयमा मलाई थाहा छैन । बने या बनिन ।
प्रश्न १८. साहित्यकारले साहित्य  लेखेर सार्वजनिक गरिरहँदा पाठकको खडेरी पर्दै गएको  पनि सुनिन्छ । यो आरोप हो या सत्य हो ? यदि यस्तो हो भने कसका लागि लेख्ने ? कुनै कृति त असाध्यै पढिएको बजार  तताएको  पनि सुनिन्छ । कृतिकारले मन  जित्ने विषयको लेखन गर्न नसकेर पो हो कि पाठक नभएको  ?
उत्तर– तपाइँले औंल्याएका सबै प्रश्नको उत्तर थोरै मात्रामा तपाइँले भने जस्तो पनि हो भन्न सकिन्छ तर एकातिर संसार आज साँगुरिँदै गएको छ ।संसारका जुनसुकै कुनाकाप्चाका साहित्यिकदेखि विविध जानकारी निमेषमै अध्ययन गर्न पाइन्छ अर्कोतिर मानिसहरू आज विविध कामले गर्दा व्यस्त छन् । मनिसलाई कसको कृतिमा के छ भनि खोज तलास गर्नुभन्दा आपूmलाई आवश्यक परेको जानकारी फेस बुकबाट या इन्टरनेटको माध्यमबाट जानकारी लिन सक्छन् । त्यसोहुँदा न पाठक घटेका छन् न लेखक नै घटेका छन् बरू लेखकले पाठकलाई दिन खोजेको संदेश सार भाव बुँदागतरूपमा दिएर लेखको पूर्ण पाठ इन्टर नेट या फेसबुक मार्फत दिन सक्यो  भने अवश्य सो सम्बन्धि जानकारी लिन चाहनेले त्यो लेख रचना सहजै पढ्छ र  प्रतिक्रिया दिन्छ ।  
प्रश्न १९. तपाईलाई कर्म अनुसारको सम्मान मिलेको छ त समाज÷राष्ट्रबाट ? सन्तुष्ट हुनु हुन्छ पुरस्कार ÷सम्मानबाट ?  
 उत्तर–हो समाज र राष्ट्र अन्तराष्ट्रबाट मैले गोर्खादक्षिणबाहु चौथादेखि, त्रिमूर्ति एवार्ड सहित करिब ३ दर्जन संस्थाबाट सम्मान पाएको छु, । जहाँसम्म सन्तुष्टिको कुरा गर्दा म असन्तोषी  हुन पर्ने कुनै कारण देख्दिन । सन्तोष भन्नु क्षणिक अनुभूति हो । यो दीर्घकालिन हुँदैन । मानिस महत्त्वाकाङ्क्षी हुन्छ । अझै महत्त्वाकाङ्क्षा राख्नु स्वभाविक हुन्छ ।
प्रश्न. २०–साहित्यमा कहिलेसम्म के के  गर्ने योजना छ यहाँसित ?समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ  ? तपाईँले  लेखेका कृतिबाट के कस्ता पक्षलाई फाइदा पुग्यो ?
उत्तर – मस्तिष्क, सास र हातले साथ दिएसम्म लेखन क्रिया रहने छ  ।साहित्य लेखन प्राय बेलुक ९÷१० बजे र विहानीपख ३÷४ बजे बाट ६ बजेसम्म गरिन्छ र यस भन्दा पछि, घरको साथै सामाजिक सेवामा  सम्लग्न राख्दै आएको छु । कृतिबाट फाइदा त एउटा लेखकले समाजलाई सन्देश दिन लेखेको हुन्छ । समाजले फाइदा लियो लिएन भन्ने कुरा अध्ययन कर्तामा नै निर्भर रहन्छ । कृषिका कृतिहरूले किसान, कृषिका प्राविधिक, कृषिका विद्यार्र्थीलाई फाइदा पुग्छ भन्न सकिन्छ ।
प्रश्न. २१.–केही भन्नु छ, अन्त्यमा ?
उत्तर, आजको समय, परिस्थिति बद्लिँदो छ । युवा वर्गले यी परिवर्तनलाई सहजै आत्म साथ गर्न सक्ने भएकोले परिवर्तित समाज र समयलाई पहिचान गरेर, लेखन कलालाई आधुनिक सुविधालाई उपयोगमा ल्याई नेपाली साहित्यलाई विश्वव्यापी करण गर्दै जानु आवश्यक देखिन्छ । हामी पुरानो परम्परामा बढेका र लेखेकाहरू पनि आधुनिक  सुविधालाई सकी नसकी अनुसरण गर्दै परिपक्क हाँकलाई विश्वव्यापीकरणतिर अग्रसर हौं भन्दै, मेरो धारणालाई  सबै समक्ष राख्दै विदा चाहान्छु ।
धन्यवाद