राम ज्ञवाली
– साहित्य÷अनुसन्धान
कृतिकार – राम ज्ञवाली
प्रकाशक – त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासी
सर्वाधिकार – लेखकमा सुरक्षित
संस्करण – प्रथम, २०७८ कार्तिक
आवरण चित्र – यादवचन्द्र भुर्तेल (पोखरा)
प्रकाशित प्रति – ५०१
सुसाङ्ख्यीकरण – इन्दिरा भुर्तेल
प्रकाशन सहयोगी – रामचन्द्र रिजाल
कम्प्युटर डिजाइन –
मुद्रण –
पृष्ठ–
मूल्य–
सम्पर्क नं. ९८४७१२८४५०
क्ष्क्द्यल् स्
भ्mबष्स् िचबmनथबलधबष्टि२नmबष्।िअयm
शुभकामनाका केही उद्गार
–गोविन्दराज विनोदी
सदानन्दको जीवन, कर्म र व्यक्तित्व नामक अनुसन्धानात्मक कृति अवलोकन गर्ने अवसर प्राप्त भयो । नेपाली साहित्य क्षेत्रमा पचासको दशकदेखि निरवच्छिन्न सृजनारत मोफसलमा रहेका विशिष्ट साधक सदानन्द अभागीको जीवनी, र कृतित्वको अध्ययन, खोज र विश्लेषण गरी यति ठूलो ग्रन्थ तयार पार्नुहुने राम ज्ञवालीको यो सत्कार्य प्रशंसनीय छ । म सर्वप्रथमतः राम ज्ञवालीलाई हार्दिक साधुवाद दिन्छु ।
सदानन्द अभागी बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँ कृषि क्षेत्रमा लामो समयसम्म काम गर्ने वरिष्ठ अधिकृत र माटो विशेषज्ञ हुनुहुन्छ । उहाँले आफ्नो पेशासँग सम्बन्धित थुप्रै कृतिहरु लेख्नुभएको छ र देशका ६५ जिल्ला घुमेर आफ्नो विशेषज्ञताको परिचय र प्रस्तुति दिनुभएको छ । आफ्नो जागिरको विषय कृषि भए तापनि कृषिसम्बन्धी पुस्तकहरु तयार पार्न होस्् वा कार्यपत्रहरु प्रस्तुत गर्न होस्् अभिव्यक्ति कौशलको आवश्यकता पर्ने हुँदा उहाँले नेपाली र अङ्ग्रेजी भाषामा सरल र बोधगम्य रूपमा कार्यपत्रहरु सम्पादन गर्नुभयो । नेपाली साहित्यमा सानैदेखि अभिरुचि भएकाले उहाँले साहित्यका विविध विधामा कलम चलाउन थाल्नुभयो र सरल, रोचक अभिव्यक्ति प्रदान गरी पुस्तकहरु रचना गर्नुभयो । कविताको सृजनाद्वारा आफ्नो साहित्यिक यात्रा आरम्भ गर्नुभएका उहाँले कवितामा गीत, गजल, मुक्तक, फुटकर कविता, खण्डकाव्यदेखि महाकाव्यसम्मको बृहत् आयाममा आफ्नो सृजनधर्मितालाई विस्तारित गर्नु भयो । गद्यकविता, पद्यकविता र गीतिलयका कविताको सृजनाद्वारा उहाँले नेपाली कविता काव्यमा विशिष्ट एवं उल्लेख्य योगदान पु¥याउनु भयो । यसै गरी नेपाली आख्यानको क्षेत्रमा कथासङ्ग्रहहरु र उपन्यासहरुको सृजना गरी (चारओटा कथासङ्ग्रह र चारओटा उपन्यास) उल्लेख्य योगदान पु¥याउनु भयो । गद्य रचनाकै क्रममा उहाँले नियात्रा, संस्मरण, निबन्ध, प्रबन्ध, समालोचना, जीवनी आदि थुप्रै रचनाहरु नेपाली साहित्य क्षेत्रमा प्रदान गर्नुभयो ।
खास गरी नेपाली साहित्यका विविध विधामा तीन दर्जनभन्दा बढी कृतिहरु लेखी उहाँले पु¥याउनुभएको योगदान उल्लेख्य र अविस्मरणीय रहेको छ । मोफलसमा रहेर यति ठूलो योगदान पु¥याउने विशिष्ट साहित्य साधक सदानन्द अभागीको जीवन र सृष्टिका आयामहरुलाई समग्रमा पाठक भावकहरु समक्ष पु¥याउन अनुसन्धाता राम ज्ञवालीले ज्यादै मेहनतपूर्वक गर्नुभएको शोध, खोज र समीक्षणले स्रष्टा सदानन्दप्रति न्याय गरेको छ र साहित्य क्षेत्रमा उहाँको अलग एवं अद्वितीय पहिचान रहेको कुरा पुष्टि गरेको छ ।
अनुसन्धाता राम ज्ञवालीले सदानन्द अभागीको साहित्यिक र साहित्येतर विविध व्यक्तित्वको खोजी गर्ने क्रममा नेपालका ख्यातनामा साहित्यकार, कलाकार, पत्रकार, समाजसेवी, प्रशासनिक क्षेत्रका विशेषज्ञहरु, उहाँका समवयी वा अग्रज–अनुज बन्धु तथा मित्रगण, परिवारजन, साहित्यिक सामाजिक संघसंस्थाका व्यक्तिहरु लगायत विभिन्न मानिसहरुसँग सम्पर्क गरी उहाँहरुका विचार सङ्कलन गर्नका साथै सदानन्दजीका भाव, क्रियाशीलता, सकारात्मक पक्षहरु तथा सीमाहरु समेतको जानकारी सङ्गृहीत गर्नुभएको देखिन्छ । कोभिडको महामारीले विश्व सन्त्रास भएको अवस्थामा पनि मेहतनपूर्वक विविध व्यक्तिहरुसँग फोन सम्पर्क गरी वा भेट गरी सदानन्दजीका बारेमा जानकारी लिँदै उहाँहरुका अभिव्यक्तिलाई समेत पुस्तकमा समावेश गर्नु ज्यादै कठिन कार्य भए पनि अनुसन्धाता राम ज्ञवालीले यसको कुशलतापूर्वक निर्वहन गरी यो ग्रन्थ तयार पार्नुभएको छ ।
यो ग्रन्थले सदानन्द अभागीको वाङ्मयप्रतिको अनवरत लगाव, साधना, सृजनाको परिचय प्रस्तुत गर्नुका साथै उहाँमा शैलीगत सरलता, भावगत तरलता, कल्पनाको प्रवाहशीलता, विचारको प्रस्टता, अनुभूतिको निश्छल प्रकटीकरण जस्ता गुणहरु विद्यमान रहेको कुरा यस ग्रन्थमा देखाइएको छ । यसका साथै साहित्यसेवा समाजसेवा, आध्यात्मिक चिन्तन, अग्रज स्रष्टाहरुप्रति श्रद्धाभाव, सामाजिक, पारिवारिक दायित्वबोधले उहाँमा अन्तर्निहित प्रतिभालाई अझ उद्दीप्त पार्न मद्दत गरेको छ भन्ने भाव यस ग्रन्थको अध्ययनबाट ग्रहण गर्न सकिन्छ ।
एकजना लुकेका नेपाली वाङ्मयका विशिष्ट प्रतिभा एवं साधकलाई प्रकाशित गर्न यो अनुसन्धानात्मक, समालोचनात्मक जीवनीपरक ग्रन्थ तयार पार्नु हुने राम ज्ञवालीज्यूलाई हार्दिक बधाई दिदै स्रष्टा सदानन्द अभागीको सुस्वास्थ्य, दीर्घायु र सृजनाको निरन्तरताका लागि अनेकौं शुभकामना अर्पण गर्दछु । अन्त्यमा पुनः अन्वेषक, समीक्षक राम ज्ञवालीलाई यस्तै अन्य विविध खोजका साथै समालोचना सिर्जनामा प्रवृत्त भइरहने विशिष्ट ऊर्जा मिलिरहोस्् भन्दै शुभकामना अर्पण गर्दछु ।
भाद्र शुक्ल पूर्णिमा, ४ असोज २०७८
शुभकामना
ुसदानन्द...ु बारे केही शव्द
चूडामणि बन्धु
गैँडाकोटका साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदा सदानन्द अभागीसँग समय समयमा भेट हुन्थ्यो । तर मलाई उनका विषयमा विशेष जानकारी भने थिएन । एक दिन राम ज्ञवालीले उनै अभागीका विषयमा लेखेको जीवनी र व्यक्तित्वबारेको ग्रन्थको पाण्डुलिपि पठाएर त्यस ग्रन्थका नायक सदानन्दबारे मेरा विचारहरू लेखिमागेको हुनाले यी पङ्क्तिहरू कोर्दैछु । सदानन्दको सङ्घर्षपूर्ण जीवन र साहित्यिक योगदानबारे यस ग्रन्थका लेखकले विस्तृत रूपमा लेखेको हुँदा मलाई यहाँ केही कुरा भन्न पनि सजिलो भएको छ ।् वि.सं.२००३ सालमा पर्वत जिल्लाको शङ्करपोखरीमा जन्मेका खडानन्द रिजाललाई उनका गुरू शिवकुमारले सदानन्द नाम दिएका रहेछन् – सदा(सर्वदा आनन्दमा रहने । मैले गैँडाकोटमा भेट्दा पनि उनलाई सधैँ आनन्दपूर्ण र प्रफुल्ल पाउँथेँ । गाउँमा प्राथमिक शिक्षा पाएपछि पूर्वोत्तर भारतको असम राज्यको डिगबोई सहरमा रहेको तेल कम्पनीमा काम गर्ने आफ्ना पितासँगै लागेर उनि पनि पढ्नका निम्ति गए र त्यहीँ माध्यमिक शिक्षा पूरा गरी कलेजमा पढ्न थाले । तर घरको परिस्थितिले गर्दा नेपाल फर्कनु प¥यो । आफ्नो अध्ययनलाई निरन्तरता दिने क्रममा आइ.ए.को परीक्षा दिनका निम्ति काठमाडौँ पुगेका सदानन्द जे.टी.ए. को तालिम लिई कृषिका विद्यार्र्थी बने । यसपछि कृषिविषयमै स्नातक गरी सदानन्दले धरतीसँग गहिरो नाता जोडे । कृषिमा पनि माटो विशेषज्ञका रूपमा उनले आफुलाई राष्ट्र सेवामा समर्पित गरे ।
सदानन्द साहित्यरुचिसम्पन्न व्यक्ति थिए । उनले कृषि वैज्ञानिकका रूपमा काम गर्दा कृषिका बारेमा लेखे । तर आफ्ना कार्यकालको उत्तराद्र्धमा उनले विविध साहित्यिक विधामा सिर्जना गर्न थाले । उनका साहित्यिक र कृषि विषयका कृतिहरूको गणना गरेर यस ग्रन्थका लेखक राम ज्ञवालीले सदानन्दका ५ दर्जन कृतिहरूको संख्या पु¥याएका छन् जसमा साहित्यिक ३८ र साहित्येतर १७ कृतिहरू, १७ अङ्ग्रेजी भाषाका प्रतिवेदनहरू र केही अनुवाद पनि छन् । उनका साहित्यिक कृतिहरूमा महाकाव्य, खण्डकाव्य, कविता, मुक्तक, गजल, कथा, उपन्यास, निबन्ध, नियात्रा, समालोचनाहरू छन् भने साहित्येतर कृतिहरूमा कृषि विषयकै पुस्तक(पुस्तिका र प्रतिवेदनहरू छन् जो नेपाली र अङ्ग्रेजी भाषामा लेखिएका छन् ।
सदानन्दले कविताका साथ आफ्नो साहित्यिक यात्रा सुरु गरेपछि २०५७ सालदेखि २०७७ सम्म नै निरन्तर आफ्ना साहित्यिक कृतिहरूको प्रकाशन गरेको देखिन्छ । उनले आफ्ना खण्डकाव्य,महाकाव्य, उपन्यास र कथाहरूमा धेरै जसो सामाजिक विषयलाई प्रस्तुत गरेका छन् । उनका कृतिका पाठकहरू सदानन्दलाई सामाजिक यथार्थका अभियन्ता भन्छन् जसमा सुधार र विकासका सन्देश पनि अन्तर्निहित छन् । कृषि क्षेत्रमा उनी सदानन्द जैसीका रूपमा सुपरिचित छन् । ुमाटो र बिरुवाले भोक लाग्यो भन्छन्ु (२०६१) शीर्षक कृषि(काव्य उनका सिर्जनाको एउटा सुन्दर उदाहरण हो, जसमा उनको वैज्ञानिक ज्ञान र काव्य(प्रतिभाको समन्वय पाइन्छ । उनी नेपालको कृषि क्षेत्रमा र विशेष गरी माटो विशेषज्ञका रूपमा नेपालका जिल्ला जिलामा गई काम गर्दै स्थानीय कृषकहरूलाई ज्ञान र सीपको हस्तान्तरण गर्ने अनुभवी कृषिविज्ञ हुन् । कुनै वेला सदानन्द अहिले बसोबास गरेको नवलपुरबाट भारतमा धान निकासी हुन्थ्यो, अहिले उनी बसेको बजार वरिपरि भारतबाट आएको चामल बेचिन्छ । सदानन्द जस्ता १०० जना समर्पित कृषिविज्ञ नेपालमा हुँदा हुन् त नेपालको कृषि क्षेत्रले अहिलेको अवस्था बेहोर्नु पर्ने थिएन होला ।
व्यक्तिका जीवनमा सुख(दुःख अनि आशा(निराशाका क्षणहरू आउँछन्, जान्छन् । कुनै वेला सदानन्दले आफु अभागी भएको अनुभव गरे र अभागी उपनाम राखेर साहित्य सिर्जना गरे । तर उनी भाग्यमानी हुन् भन्ने कुरा उनका बारेमा उनका सहकर्र्मी कृषिविज्ञहरू, समकालीन लेखककविहरू, आफन्त र इष्टमित्रहरूका भनाइबाट थाहा हुन्छ जो यस ग्रन्थमा ग्रन्थकार राम ज्ञवालीले कुशलतापूर्वक उतारेका छन् । धेरैले चिनेका, सबैका आदरणीय मित्र, सरल, हार्दिक र प्रेरणाका प्रतिमूर्ति तथा अनेकौँ संस्थाहरूबाट सम्मानित भाग्यमानी सदानन्दको परिचय यस ग्रन्थका पानाहरूमा जताततै पाइन्छ ।
साहित्यका विभिन्न विधामध्ये समालोचनाका क्षेत्रमा आफूलाई सन्तुष्टि मिलेको कुरा गर्ने सदानन्द साहित्यका गम्भीर पाठक पनि हुन् । धेरै साहित्यकार आफ्नै सिर्जनामा मस्त रहन्छन्, अरूको वास्ता गर्दैनन् । तर सदानन्द अन्य साहित्यकारका कृतिहरूको गहन पठन गर्छन् र त्यसको प्रतिक्रियास्वरूप उनका समालोचना तयार हुन्छन् ।
सदानन्दको जीवनबाट सिक्नु पर्ने मूलभूत कुरा कर्मशीलता हो । उनले गीताको कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन मा विश्वास गर्दै आफ्ना जीवनमा आएका सुखदुःखलाई सुकर्ममा रूपान्तर गरे । सधँै सकारात्मक सोचका साथ अघि बढे । कर्म नै उनको मूल मन्त्र बन्यो । उनले लेखेः
जीवनमा सुखदुख जे जे जति आउँछन्
असल् कर्म गर्दै जाँदा सबै भागी जान्छन् ।
(जीवन लीला, पृ.५२)
कर्मयोगी सदानन्दका कर्मशील जीवनको प्रतिफल बनेर उनका कृतिहरू प्रकाशमा आएका छन् । उनका रचनाले देखाएको विधागत विविधताले उनको बहुमुखी प्रतिभाको उदाहरण पेस गर्छ भने समाजका विभिन्न पाटाहरूको यथार्थ चित्रण गर्ने उनको परिपाटीले उनको सामाजिक परिनिर्माणको चाहना प्रतिविम्बित गर्छ । सदानन्दको सिर्जनाप्रतिको सक्रियता रहिरहोस् र आगामी दिनहरूमा समाजले उनीबाट अझ गहकिला रचना प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
सकारात्मक सोच, मानवतावादी दृष्टि, राष्ट्रियता र कर्मप्रधान जीवनका धनी एवं बहुमुखी प्रतिभाशाली सदानन्दको जीवनी, व्यक्तित्व तथा कृतित्वबारे महत्वपूर्ण ग्रन्थ तयार गरेर राम ज्ञवालीले अनुकरणीय आदर्श प्रस्तुत गरेका छन् । यसका निम्ति उनी धन्यवादका पात्र छन् ।
शुभकामना
सदानन्दको व्यक्ति कृतिः एक कर्मठ व्यक्तित्वको आकृति
प्रा.डा.नारायणप्रसाद खनाल
जसका कृतित्व–व्यक्तित्वबारे सिङ्गो विशाल ग्रन्थ तयार भएको छ, उसका बारेमा केही लेख्नु भनेको समुद्रमा एक थोपा पानी खन्याउनुजस्तै हो । माटो सुँघ्दै र त्यसैसँग खेल्दैखोस्रिंदै, त्यसको उर्वराशक्तिलाई पर्गेल्दै सरकारी सिन्दूर पहिरेर मृद्विशेषज्ञ बन्दा पनि शब्दवाक्यको आवश्यकता महसुस गरी चाहे किसानलाई सम्बोधन गरिएका प्राविधिक शब्दावली होऊन् चाहे साहित्यका पाठकलाई लक्षित गरिएका शब्दार्थ–वाक्यार्थ होऊन्,सृजना गर्नुपर्छ र त्यसका माध्यमबाट जनजागरण ल्याउन पर्छ भनेर सतत प्रयत्नशील,सृजनारत सदानन्द अभागीले नेपाली साहित्यका नाटकबाहेक सबै विधामा कलम चलाएको देख्दा मजस्ता धेरै जना उहाँको लगशीलताबाट लोभिएका होलान् जस्तो लाग्छ।स्रष्टाको काम हो सृजना गर्नु,पढ्ने काम पाठकको हो । एक दिन समय आउँछ,लिखित कृतिहरूको मूल्याङ्कन अवश्य हुन्छ।त्यो समय सदानन्दजीको जीवन छँदै आइपुगेको छ र उहाँलाई नेपालीवाङ्मयमा एक प्रसिद्ध सर्जकको रूपमा अध्ययन–विश्लेषण गरेर पाल्पाका प्रख्यात पत्रकार–शिक्षक,लेखक–विश्लेषक, प्रबलोत्साही राम ज्ञवालीजीका नजरमा उहाँको बहुआयामिक व्यक्तित्व र कृतित्वको चिरफार गरिएको शोधग्रन्थका माध्यमबाट उहाँलाई नेपालका प्रखर विद्वत्समाजसमक्ष उभ्याउनुभएको छ। सदानन्दजी सरल मिजासका कर्मठ व्यक्ति हुनुहुन्छ र उहांको कर्मक्षेत्र नेपाल भूमिको कृषियोग्य माटो हो,त्यही माटाको सुगन्धमा उभिएर कहिले माटो साहित्य त कहिले ललित साहित्य सृजनामा उहाँको जीवन व्यस्त रह्यो। उहाँका जीवन सङ्घर्षका रेखाहरू अवश्य पनि सरल थिएनन्,तथापि धैर्य र आशाका बलमा पाइलाहरू चाल्दै अघि बढ्दै गर्दा बाध्यतावश हो कि स्वेच्छाले हो; यथार्थताले हो कि असाध्यै दिक्क लागेर हो, गुरुपुरोहित वा आनुवंशिक थरसमेत नदेखिने गरी आफ्नो नामकरण आफैले गर्नुभो तर सुन्दा त्यति सहजै सर्वप्रिय–कर्णप्रिय नलाग्ने नाम जुराउनुभयो –अभागी! तर यस अभागी शब्दका अर्थको तात्पर्यका बलमा उहाँले यति धेरै परिश्रम साधना गर्नुभयो कि त्यो अभागीपन उहाँका क्रियाकलापबाटै दबेर रह्यो, फलतःउहाँलाई चिन्नेजान्ने जोसुकैले भाग्यवान् भनेर सम्बोधन गरेको देखिन्छ।म त्यो अभागी शब्दको अर्थ शब्दकोशमा भाग्यहीन,कर्मखोटी,दुर्भग, औजस्या वा औजसे लेखेको छ भन्न पनि चाहन्नँ, गाउँघरतिर जुनसुकै अल्पायु सन्तानलाई अभागी भन्ने गरेको पनि सुन्न चाहन्न किनकि यो स्वेच्छाको नामकरण हो,बाध्यता र विवशताको अथवा अबकहोढाचक्रीय नाम कतै पनि होइन। कहीँकतै शतांश रहेपनि त्यसलाई कर्मठ सदानन्दले गरेका योगक्षेम कर्मले पुरिदिएको छ र अब त्यो नाम आलङ्कारिक बनेर सदानन्दको सहयोगी बनेको महसुस हुन्छ अर्थात् साहित्यमा सदानन्दजीलाई घोडा कुदाउन भने अभागी उपनामले प्रेरणा दिएकै हुनुपर्छ,यसैले अभागी उपनाम र यसका धारक र स्रष्टालाई शतशः नमन गर्न उपयुक्त ठान्दछु। सदानन्दजी धेरै कृतिलेख्ने स्रष्टामध्ये पर्नुहुन्छ र भाषिक दृष्टिले उहाँका कृति अङ्ग्रेजी र नेपालीमा लेखिएका छन् भने विषयगत दृष्टिले प्राविधिक कृषिक्षेत्रका बहुविधा, विषय र साहित्यिक विषय पर्छन्।कृषिविज्ञान अनुसन्धानमा आधारित हुनाले अनुसन्धान कर्मक्षेत्रकै विषय भैहाल्यो।यस्तै अवसर पाउंदा तरकारी खेतीबारेका पुस्तककोअङ्ग्रेजीबाट नेपालीमा अनुवाद पनि गर्नुभएको छ भने पुस्तक–पत्रिकाको सम्पादन पनि गर्नुहुन्छ।उहाँका कृति पम्प्लेट–लिफ्लेट साइज, गोजिका–स्मार्ट साइज, डिमाइ र ए–फोर आदि सबै साइजमा प्रकाशित छन् भने कविता विधाका प्रायः सबै उपविधा अर्थात् कविताको लघुतम रूप मुक्तकदेखि लघु रूप फुटकर कवितासङ्ग्रह,मझौला रूप खण्डकाव्य र महत्तम रूप महाकाव्यसम्म प्रकाशित छन्।यस्तै आख्यानमा कथा–लघुकथादेखि उपन्याससम्म,गैर आख्यानात्मक कृतिमा नियात्रात्मक निबन्धप्रबन्धलगायत जीवनी र समीक्षा पनि उहाँले लेखन–प्रकाशन गर्नुभएको छ।अङ्ग्रेजी र नेपाली माध्यममा लिखित जम्मा कृति बाह्र दर्जभन्दा बढीपुगेका छन् ।यसरी उहाँ सेवामा रहँदा होस् वा सेवानिवृत्तिपश्चात् होस्, जीवनलाई साहित्य र समाजसेवामा लगाउन व्यस्त एवं सक्रिय हुनुहुन्छ।ज्येष्ठनागरिकहरूलाई कसरी सेवा गर्ने,त्यो उहाँबाट सिक्न सकिने कला हो।जीवनलाई व्यवस्थित गर्नेले नै समाज व्यवस्थित गर्न सक्छ।उहाँमा यी खुबी छन् । प्रस्तुत सन्दर्भमा सदानन्दको जीवन, कर्म र व्यक्तित्व नामक पुस्तक तयार भइसकेको छ र सदानन्दको यो पुस्तक उहाँको हीरक वर्षमा प्रकाशन हुन सकेन तर अमृतोत्सव वर्षमा यसले प्रकाशनको घाम पाउने नै छ।यस ग्रन्थको पहिलो अध्यायमा उहाँको समग्र जीवनी र तत्सम्बद्ध विषय;दोस्रोमा उहाँको जीवन र कर्म; तेस्रोमा उहाँको व्यक्तित्व र तत्सम्बद्ध बयान,चौथोमा उहाँका साहित्यिक कृतिहरूको संक्षिप्त विवेचना;पाँचौंमा कृतिभित्रका मननीय अभिव्यक्तिसौन्दर्य; सार,स्वरूप र प्रवृत्ति; छैटौँंमा कृतिनायकसँगको अन्तर्वार्ता; सातौंमा विविध व्यक्तित्व,सहकर्मी,इष्टमित्र,आफन्त र परिवाजनका दृष्टिमा सदानन्दबारे अभिव्यक्ति;आठौंमा उहाँको जीवन,कर्म र व्यक्तित्वबीचको सामञ्जस्यता एवम् पाइने प्रेरणा र नवौंमा उपसंहार तथा निष्कर्ष रहेका छन् । यसरी धेरै कुरा नछुटाईकन तयार गरिएको यस पुस्तकलाई प्रामाणिकसमेत बनाउन अन्तमा सन्दर्भ स्रोतसमेत खुलाइएको छ।अगाडि विषयसूची,शुभकामना आदि र माझमा प्रस्तुत भएको सदानन्दकीय अध्ययन विश्लेषण कता हो कता सुन्दर बन्न पुगेको छ।अध्याय समान नहुनाले लामाछोटा जरुर छन् । लेखकको अध्ययनबारे गरिएको योजनानुसार नै कृतिको आकार र आत्मा तयार भएको देखिन्छ।समग्रमा भन्नुपर्दा यस कृतिभित्र सदानन्दजीको लेखनकला, आनीबानी,स्वभाव लगायत कृतित्वविषयक व्यापक जानकारी,वृहत् मन्तव्य, व्यक्तित्व आदि धेरै कुराअभिव्यक्त भएका छन्।यस अध्ययनले सदानन्दजीको साधनालाई उच्चस्थानमा पु¥याएको छ भने उहाँबारे थप शोधखोज र अनुसन्धानको दायरा अत्यन्त फराक भएको छ।प्रस्तुत सन्दर्भमा हाम्रा आदरणीय कृतिनायक सदानन्द अभागीको सुस्वास्थ्य,दीर्घायु र दीर्घतर सृजना एवं उत्तरोत्तर यशोवृद्धिेका लागि हार्दिक मङ्गलमय शुभकामना प्रदान गर्छु। पुस्तक प्रकाशक उहाँको सकल परिवारको भूरिभूरि प्रसंशा गर्दै लेखक,अन्वेषक राम ज्ञवालीका लेखनकलाको थप उचाइको कामनाका साथ बिदा पनि हुन्छु । ॐनमो भगवते वासुदेवाय ।
२०७८÷०८÷०८
भूमिका
सदानन्द केन्द्रित अनुसन्धानात्मक अध्ययनसहितको पुस्तकको शल्यक्रिया
डा. मेघराज ढकाल
१ पृष्ठभूमि
कुनै पनि विषयमा व्यक्तिले गरेका खोजमा पुनः खोज गर्नु नै अनुसन्धान हो । यो पोखरीको पानीझैँ स्थिर नभई नदीझैँ गतिशील रूपले निरन्तर बगिरहने प्रक्रिया हो । यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहने छ । पात्र, विधि र विषयहरू भने फरक पर्दछन् । यथार्थमा हालका दिनसम्म नेपाली विषयका अनुसन्धानकर्ताहरू स्वदेश तथा विदेशमा रहेर नेपाली भाषिक श्रीबृद्धि गर्नेहरूको बारेमा साहित्यकार शरद्चन्द्र भट्टराई(२०४९) ले अनुसन्धान खोज तथा व्याख्या पुस्तकमा ल्याएका थिए भने जीवन, सोच र समय(निबन्ध सङ्ग्रह)का माध्यमबाटजीवन, जगत्, दर्शन आदिका बारेमा व्याख्या विवेचना गरेका,भाषा, कला, साहित्य, इतिहास, शिक्षा आदि विषयसँग सम्बन्धित भई निरन्तर जसो विज्ञसँग अन्तवार्ता लिएका, कहिले आफ्नो गाउँ, ठाउँ,नगर तथा क्षेत्रमा काम गरेका तर पछि परेका पात्र तथा ठाउँहरूलाई रबर्ट चेम्बरको पछि परेकालाई अगाडि ल्याउने सिद्धान्तअनुकरण गर्दै लेखन र अनुसन्धानमा केन्द्रित भइरहने राम ज्ञवाली साहित्यकार, पत्रकार, लेखक, अनुसन्धाता आदि हुनुहुन्छ । शिक्षण सेवा जस्तो व्यस्ततावीच पनि पाल्पा, र अन्य जिल्लाबाट प्रकाशित हुने रजस्थल साहित्यिक त्रैमासिक, ज्याग्दीखोलाको तरङ्ग त्रैमासिक, 'गाउँले देउराली' (साप्ताहिक), 'उत्तरदायित्व' (त्रैमासिक), 'नयाँ भावना' (साप्ताहिक), 'परेवा' पाक्षिक लगायतका दर्जनौँ पत्रपत्रिकाहरूमा लेख छपाएका ज्ञवाली कुनैमा नियमित स्तम्भकार, अन्तर्वार्ताकार, तथा कतै सहसम्पादकको रूपमा समेत रहेर कार्य गर्नुभएको छ । पाल्पा भैरवस्थानको सेरोफेरोमा बाल्यकाल बिताएका ज्ञवालीले वि.स. २०६८÷६९ सालदेखि निरन्तरजसो लेखरचनाहरूका माध्यमबाट देखापर्नु भएको छ । अनुसन्धानमा समेत विषेश रुचि राख्ने ज्ञवालीलेभारतवर्षका चाणक्यले साहित्यको अर्थशास्त्र, राजनीतिशास्त्र, महामारी विज्ञानसँग तथा अष्टे«लियाका विश्वप्रसिद्ध जनसङ्ख्याविद् काल्डवेलले जनसङ्ख्या र अन्य विषयसँग अन्तरसमन्वय भएझैँ (ढकाल, मेघराज ,२०१०) करिब चारदशकसम्म साहित्यको माध्यमबाट, कृषि, माटो, बाली, तथा अन्य सूचना प्रसार गरेर सेवा अवकाशपछि पनि साहित्यिक कृतिहरूको सिर्जना तथा समीक्षा गरेका कृषि कवि सदानन्दले साहित्य तथा विकासमा पु¥याएको योगदानबारे यसमा शल्यक्रिया गर्नुभएको छ । ज्ञवालीको पहिलो फुटकर रचना'रगत नबगाउ २०६२' हो । यो जागृतिमूलक सृजनाका रूपमा देखापरेको छ । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकाको पर्यटनसँग सम्बन्धित रिब्दिकोट गाउँपालिका चिनाउने पर्यटकीय स्थलहरू तथा तानसेन नगरपालिकाका लेखक–साहित्यकारहरूसम्बन्धी अनुसन्धान सम्पन्न गरिसकेका, समग्र पाल्पाका लेखक–साहित्यकारका बारेमाशोधअनुसन्धानरत ज्ञवालीका आधा दर्जनभन्दा बढी विविध विधाका कृति प्रकाशन हुन बाँकी छन् । यसै सन्दर्भमा सदानन्द रिजालको जीवनीकेन्द्रित जीवन,कर्म र व्यक्तित्वलाई प्रकाश पार्ने उद्देश्यसहित आएको यो कृतिएकल व्यक्तिको बारेमा गरिएको अनुसन्धानात्मक कृति हो । अनुसन्धान कहिल्यै नसकिने काम हो र यसको ज्ञान सबैले गरेका छन् र सबैमा छ । तर यो ज्ञान हो भनेर बाहिर प्रष्फुरण हुन सकेको हुदैन । यो त शिक्षण सिकाइका क्रियाकलापले बाहिर ल्याइएको हुन्छ यो नै शिक्षा हो उदाहरणको लागि कुनै एउटी गृहिणी महिलाले दालमा नुन लाग्यो लागेन भनेर एक चम्चा चाख्नु पनि अनुसन्धान हो । यसलाई स्याम्पल साइज भनिन्छ, केवल भाषाको मात्र फरक हो र लिखित दस्तावेज पनि नभएकोले ज्ञान र प्रमाणको रूपमा लिन सकिदैन ।
२ . उद्देश्य
कुनै पनि अध्ययन अनुसन्धानको उद्देश्य सामाजिक व्यबहार, क्रियाकलाप, घटनाक्रम आदिको के, कसरी सञ्चालन छन्, सो बारेमा व्यापक पार्नु रहेको हुन्छ (आचार्य, बलराम, २०५९) । कुनै पनि मानवले विशिष्ट कर्म गर्नसक्नु र नसक्नुमा विविध परिस्थिति र कारक तत्त्वले निर्धारण गरेका हुन्छन् । गर्न नचाहनेहरू कमै होलान दुनियाँमा । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर कर्म गर्ने केही होलान् । केही सहज परिस्थितिमा मात्र गर्ने होलान् । मानिसको समाजमा गरेका कर्म जे भए पनि समाजमा मरेपछि देखिने गरी गर्ने चाहना वा सोच रहन्छ । समाज राष्ट्रहित निम्ति केही कीर्ति रहोस्् भन्ने जसले राम्रो कार्य गरेर गयो त्यो उसको बाँच्ने आधार हो । यस दर्शनलाई सदानन्दका कृतिले केकस्तो सहयोग पु¥याएको छ भन्ने तार्किक मान्यता राख्दै ज्ञवालीको सदानन्दका कृतिलाई चिरफार गरेर समाजमा उजिल्याउने खोजकर्ता ज्ञवालीको उद्देश्य रहेकोछ ।
यी उद्देश्य पुरा गर्न राम ज्ञवालीद्वारा तयार पारिएको सदानन्दको जीवन, कर्म र व्यक्तित्व(अनुसन्धानात्मक कृति)माअनुसन्धान पद्धतिका विधिहरू के कसरी अपनाइएको छ ? महाकाव्य, खण्डकाव्य, उपन्यास, गजलका महत्त्वपूर्ण तथ्यहरू विवेचना तथा तिनबाट समाज उत्थानको लागि दिइएका सन्देश केके हुन्? सदान्नन्दप्रति विभिन्न व्यक्तिहरूको सोच तथा दृष्टिकोण कस्तोरहेको सदानन्दका, कृतिका तथ्य र अन्य साहित्यकारका मिल्दाजुल्दा वा फरक तथ्यहरूको तुलनात्मक अध्ययनबाट केकस्तो सन्देश दिन सकिन्छ सोको आधारमा उपसंहार तथा सुझावहरू केकस्ता आउँदछन् र भविष्यको लागि सुझावसमेत केकस्ता हुनेछन् जस्ता प्रश्नको उत्तर खोज्नु रहेको छ ।
३. अध्ययनका विधि
अनुसन्धानका विविध विधिमध्ये संख्यात्मक वा विवरणात्मक तथा मिश्रित प्रणालीमध्ये यहाँ दुवैलाई अपनाउन खोजे पनि मूलतः विवरणात्मक विधिमा जोड गएको छ । शल्यक्रिया गर्दा मूलतः तीनवटा विधि अपनाइएका छन् ।
तालिका १ अध्ययनका विधिहरू
क्र.स. विवरण
१ पुस्तकालय तथा कृतिहरूका साहित्य समीक्षा
२ अन्तरवार्ता वासाक्षात्कार
२.ं१ जागीरे जीवनका परिचित व्यक्तित्वहरू,
२.२ लेखक, साहित्यकार र समीक्षक
२ं.३ पत्रकारहरू
२ं.४ समाजसेवीहरू,
२.५ कलाकारहरू,
२.६ छिमेकीहरू,
२.७ देशबाहिर बस्ने लेखक, साहित्यकारहरू
कार्यक्षेत्रका शुभचिन्तक र शुभेच्छुकहरू
२.८ नातेदार, इष्टमित्र र आफन्तहरू,
२.९ गायत्री शिष्यहरू
२.१० ज्योतिषहरू
२.११ लेखक–साहित्यकारका कृति समीक्षात्मक धारणा
३ व्यक्ति स्वयम्सँग अन्तरवार्ता
राम ज्ञवालीद्वारा (२०७८) तयार परिएका
अनुसन्धानात्मक कृतिको आधारमा
शल्यक्रियाको क्रममा अभागीको जीवनवृत्त, जीवन, कर्म र सदानन्द, व्यक्तित्वका आयामहरू, साहित्यिक समालोचकीय कृतिहरूको संक्षिप्त चिनारी, कृतिभित्रका केही मननीय अभिव्यक्ति, सार, स्वरुप र लेखकीय प्रवृत्ति, अभागीसँगको संवाद, विविध व्यक्तित्वका दृष्टिमा सदानन्द, (जागीरे जीवनका परिचित व्यक्तित्वहरूका दृष्टिमा, लेखक, साहित्यकार र समीक्षकहरूको हेराइ, देशबाहिर बस्नेहरूको सदानन्दप्रतिको बुझाइ, पत्रकारका आँखामा सदानन्द, समाजसेवीहरूको उनीप्रतिको दृष्टिकोण, कलकारहरूको चिनाइ, छिमेकीहरूको दृष्टि, कार्यक्षेत्रका शुभचिन्तक, शुभेच्छुकका धारणा, नातेदार, इस्टमित्र र आफन्तका हेराइमा अभागी, गायत्री शिष्यहरूको बुझाइमा तथा रिजाल परिवारहरूको उनी प्रतिको हेराइ र बुुझाइ, कृति समीक्षात्मक धारणा, ज्योतिषीय हेराइमा सदानन्द र लेखन–सिर्जनात्मक योगको अवस्था), जीवन, कर्म र व्यक्तित्वबीचको सामञ्जस्यता एवम् पाइने प्रेरणा तथा उपसंहार र निष्कर्ष गरी नौ शीर्षकमा विभाजन गरेर विश्लेषण गर्नुभएको छ ।
सदानन्द रिजालको न्वारनको नाम खगेश्वर रिजाल हो बोलाउने नाम खडानन्द रिजाल भएका उनको २००३ साल श्रावण १ गते जन्म भएको थियो । वहाँको बाबुआमाको नाम कलाधर रिजाल तथा नन्दकली रिजाल हो । वि.एस्सी.एजी शैक्षिक योग्यता भएका अभागीको समाज शास्त्रमा एम ए. अध्ययन पूर्ण हुन सकेन । वहाँ निजामती सेवामा छँदा स्वदेश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारमा भाग लिनुभएको थियो । साहित्यकार हरिभक्त कटुवालको प्रेरणात्मक कामबाट तथा अन्य सकारात्मक कार्यबाट प्रभावित भई साहित्यिक क्षेत्रमा लाग्नुभएका साहित्यकार सदानन्दलाई २०६२ सालमा "कृषि कवि"को रूपमा समेत परिचय गराइएको थियो । पहिलो रचना बनारसबाट निस्कने आमा पत्रिकामा आमा नामक कविता प्रकाशन भएको थियो । भारत–नेपाल–भारत, अध्ययनको सिलसिलामा तालिमको सिलसिलामा जापान,थाइल्याण्ड,फिलिपिन्स, इजिप्टको साथ साथै नेपालका ६५ जिल्लाहरू भ्रमण गर्नुभएको थियो । उहाँका विधागत साहित्यतर्फ–कविता, कथा, उपन्यास, लघुकाव्य, खण्डकाव्य, महाकाव्य, कृृषिकाव्य, नियात्रा र समालोचना प्रकाशनमा छन् ।
कृृतिहरूमा आफ्नै व्यथा (कवितासंग्रह)२०५७, बूढो जवानी (कवितासंग्रह) २०५८ पश्चातापको आँसु (कथासंग्रह)२०५८, .जीवनलीला (खण्डकाव्य)२०५८, कोपिला (लघुकाव्य)२०५९, तीनयुग एक कथा (महाकाव्य)२०६०,जीवनलीला(उपन्यास)२०६० काठमाडौँदेखि देहरादूून (यात्राविवरण) २०६०, म र मेराहरू (जीवनी) २०६० अग्निज्वाला (महाकाव्य )२०६१, उपन्यास) माटो र बिरूवाले भोक लाग्यो भन्छन्२०६१ ,मोहनीको मीठोम्वाइँ कवितासङ्ग्रह २०६२ परिवर्तन (कथासङ्ग्र्रह), भुटानी शरणार्थीको कथा व्यथा २०६३, समभोग समाधि (गजलसङ्ग्रह) २०६४गजलगुटिका (गजलसङग्रह)२०६५, बुढौतीका रहरहरू (गजलसङ्ग्रह) २०६५, संयुक्त रा. ग. गजलयात्रा(२) २०६५ अभागीकागजलहरू (गजलसङ्ग्रह) २०६६ , गंगागजल गजलसङ्ग्रह (सं लेखन) २०६६, अभागीकामुक्तकहरू (मुक्तकसङ्ग्रह) यात्री (उपन्यास)२०६८, गजल परिकार((गजलसङ्ग्रह)सृष्टिमा अभागीको दृष्टि(समालोचना)२०६८, समकालिन नेपाली गजलसङ्ग्रह(संयुक्त) २०६८, बालुवाको घर(कथासङ्ग्रह)२०६९, अभागीको प्रेमविहारको षष्ठामृत (गजल सङ्ग्रह) २०७०, ई प्रतिनिधि नेपालीगजल (संयुक्त लेखन)२०७०, सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य)२०७३, शब्दशिविर (गजलसङ्ग्रह संयुक्त लेखन)०७४, सृष्टिमा अभागीको दृष्टि(समालोचना दोस्रो सङ्ग्रह)०७४, कसैका सृष्टिमा अभागीको दृष्टि (स. तेस्रो सङ्ग्रह) २०७४,केही सृष्टिहरूमा अभागीको सिंहावलोकन(स.सङ्ग्रह) २०७४ अभागीका मुक्तकहरू (मुक्तक सङ्ग्रह), गंगालिगल सृष्टि दृष्टि(समालोचनासङ्ग्रह) २०७७ पाल्पालीका गजलमा दृष्टि २०७७
यस्तै आफ्नो पेशामा रहँदा सुन्तलाजात खेती (०४२÷४३) विभिन्न बालीमा मलको आवश्यकता र प्रयोग विधि(२०४३) माटो व्यवस्थापन तथा सूक्ष्मतत्व समस्या अध्ययन तथा बिरूवाको खाद्यतत्वको संक्षिप्त विवरण (२०५२÷५३) उर्वराशक्ति बढाउन प्रयोग मलको एक झलक(२०५४)बिरूवाको एकिकृत खाद्यतत्व व्यवस्थापन पद्वति एक झलक (२०५४) माटोको उर्वराशक्ति व्यवस्थापनकार्य पुस्तिका प्राङ्गाारिक मल र सुक्ष्मतत्त्वको अध्ययन प्रतिबेदन २०५६, एकीकृत खाद्यतत्त्वव्यवस्थापनकार्य पुस्तिका २०५८, माटो सुधारको रूपमा कृषिचूनको प्रयोग २०५८÷५९, माटो शिविर किन र कसरी २०५८÷५९, दिगो कृषि विकासको लागि प्रांगारिक खेती,२०५८÷५९, गोठेमल तथा कम्पोष्ट मल व्यवस्थापन तालीम पुस्तिका २००१, धानमा एजोला मलको प्रयोग (लिफलेट),बिभिन्न बालीमा खाद्यतत्त्व तथा माटो व्यवस्थापन२०६०÷६१, दिगो माटो व्यवस्थापन विविध पक्षहरू, २०६१, प्राङ्गारिक खेती एक परिचय, २०६२, क्षतिग्रस्त कृषि भूमिको व्यवस्थापन, २०७०, अनुबाद कृतिहरू (जापानीबाट नेपालीमा) यी कृति संयुक्त अनुवाद कृति हुन् । यी किताव जापानी लेखक काजुहिको वातानावे (जापानी)ले जापानी भाषामा लेखेको कृतिलाई जापानी भोलेन्टियर चियो बुन्याले अंग्रेजीमा उल्था गरको र सो अंग्रेजी उल्थालाई नेपालीमा अनुवाद गरी जाइका (व्क्ष्ऋब्० ले प्रकाशन गरेको हो ।
व्यक्तित्वका आयामहरूमध्ये वहाँले कुनै पनि व्यक्तिको आफ्नोपन वा वैयक्तिक व्यवहारबाट प्रस्तुत हुने निजीपन निजी व्यक्तित्व हो । निजी व्यक्तित्वका दुईवटा पक्षहरू बाह्य वा शारीरिक व्यक्तित्व र आन्तरिक व्यक्तित्वहरू हुन् । सदानन्दको निजी व्यक्तित्वको चर्चा गर्दा सर्वप्रथम बाह्य वा शारीरिक व्यक्तित्वको चर्चा गर्नुभएको छ । यसको अलवा कृषि बैज्ञानिक व्यक्तित्व साहित्येतर मध्येको प्रमुख व्यक्तित्व हो भने अध्ययनशील, लेखक, समीक्षक र समालोचकीय,वाक्परीक्षार्र्थी, शैक्षिक, धार्मिक र आध्यात्मिक, सेवा र संवेदनशील, कार्यपत्र प्रस्तोता÷लेखक, अनुसन्धाता, स्वाबलम्बी, राजनीतिक, सम्पादक, सम्पादक, वार्ताकार, सामाजिक नेतृत्वदायी, बहुभाषिक, सम्पादक, लेखक÷सर्जक कवि र काव्यकार, खण्डकाव्यकार र महाकाव्यकार, आख्यानकार (लघुकथा–कथाकार र उपन्यासकार, लेखक÷सर्जक, कवि र काव्यकार (लघुकाव्यकार, खण्डकाव्यकार, कृषिकाव्यकार र महाकाव्यकार), आख्यानकार (लघुकथा–कथाकार र उपन्यासकार, जीवनीकार,आत्मसंस्मरणकार, गजलकार, मुक्तककार, नियात्राकार गीतकार व्यक्तित्वको रूपमा लिइएको छ ।
४ कृतिबाट दिइएका सन्देशहरू
४.१ जीवन र जगत््को सन्देश ः यस प्रकृति जगत््मा विभिन्न प्राणीहरूको अस्तित्व रहेको पाइन्छ । तीमध्ये मानव सचेत र सर्वश्रेष्ठ प्राणी मानिन्छ । जन्मेदेखि नमरूञ्जेलसम्म अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समयावधि नै मानव जीवन हो । मानवता एवम् मानवमूल्यलाई उन्नत पार्न सर्जक सदानन्दले सहित्यको माध्यमबाट भरमग्दूर प्रयास गरेका छन् । मानवताविहिन व्यक्ति र पशुमा खासै अन्तर रहेको देखिदैन । जीवन र मानवता एक सिक्का दुई पाटा हुन् । यसमा सदानन्दले मानिसको मृत्यु त्यस्तो होस् ,जसबाट पछिल्लो पुस्ताले प्रेरणैप्ररणा प्राप्त गरोस् । मृत्युको अर्थ सधैंलाई मेटिने होइन, तन र सास जान्छ तर आत्मा जाँदैन । जीवन संघर्षमय हो। यसर्थ संघर्ष निरन्तर रूपमा गरिहन पर्दछ । यो जीवनका हरेक रंग र रसमा सदानन्दजी रहेरै पनि दार्शनिक र आध्यात्मिक चेतना प्रखर रूपमा अगाडि सारेका छन् । वहाँको कृति तीन युग एक कथामा मानववाद र अलौकिक शक्तिको दासत्व नसकारे पनि भाइवादको अस्तित्व भने स्वकिार गरेका छन् ।
मानव भई मानवता किन लुकाउने
हृदयमा वाण हानी किन दुःखाउने
(तीन युग एक काव्य दशौं सर्ग)
संस्कृतविद् सत्यमोहन जोशी (२०७६) का अनुसार सन् २०१३ मा विश्वको सबभन्दा ठूलो प्रतिष्ठामूलक नोबेल पुरष्कार विजेता चिनिया लेखक मो यानको अमर कृति "जीवन र मृत्युको दोसाँध अंगे्रजीमा ९ीषभ बलम म्भबतज बचभ धभबचष्लन mभ यगत० जीवन र मृत्युले मलाई ख्याउटे बनाउँदै लगिरहेका छन् भन्न्ो कृतिमा थियो । सो दर्शन संस्कृतमा लेखिएको गीताको सार तत्त्व बुझ्दा 'मान्छेको तन ह्रासवान छ, खिएर झर्छ वा मर्छ' भन्ने रहेको यसैलाई पाश्चात्य दर्शनका हिमायतीहरूले पूर्वीय दर्शनको संस्कृतको गीतालाई अंगे्रजीमा उल्था गरेका बेलायतका स्वास्थ्य अर्थशास्त्री ग्रसम्यानले यसैमा आधारित भएर मानिसको उमेर बढ्दै जादा स्वास्थ्य खिँइदै जान्छ भन्दै अर्थशास्त्रमा नयाँ हाँगा स्वस्थ्य अर्थशास्त्रको विकास गरे । यसै दर्शनमा उनले हतियार खिइदा पायन लाएझैँ स्वास्थ्य खिइए औषधि खाएर केही दिन आयु बचाउन सकिन्छ भन्दै विश्लेषण गरेका छन् । मोफसलमा बसेर त्यति धेरै कृति प्रकाशन गर्नु भनेको पीपलका बोटमुनि वा खुला चौरमा बसेर गफ गर्नुजस्तो सजिलो होइन । यस विषयमा उक्ति नै छ नि भन्नलाई सजिलो बाटो असजिलो सामान्यता जन्म र मृत्यु बीचको कालखण्ड जीवन हो । मानिस जन्मदा स्वास हुन्छ नाम (कीर्ति) हुँदैन । मानिस मरेपछि नाम रहन्छ तर सास रहन्न । समाजमा सुनाम राख्ने क्षमता जो कोहीमा रहन्छ तथापि निरन्तर परिश्रमको अभावमा सामथ्र्यता रहदैंन । तर सदानन्दमा श्रममा गतिशीलता पोखरीको पानीभैmँ स्थिर नभई नदीको पानीझैँ गतिशीलता देखिएको छ ।
रातपछि पुनः हेर दिन पलाउँछ
अन्धकार मेटिनलाई सूर्य उदाउँछ ।
(तीन युग एक काव्य सोह्रौँ सर्ग)
४.२. माटो तथा कृषि विकासमा सन्देशः मुटु तथा अन्य दीर्घकालीन रोगहरूको रोगथामको लागि हरेक दिन कम्तीमा ४०० ग्राम फलपूल तथा तरकारी खान पर्छ भन्ने विश्व स्वास्थ्य संगठनको मान्यता छ (नेपाली साजमा, २०७८, कन्तिपुर असोज २७) । यसो भएमा शरीरको तौल घट्ने, रक्तचाप घट्ने, कोलोस्ट्रोल मात्रा घटाउन मद्वत गर्छ । माटो जीवहरूको लागि गास, बास, कपासको दाता हो तथा जीवन आधार हो । माटोलाई धर्तीमाता पनि भनिन्छ । गहिरिएर हेर्दा माटोभन्दा देश पनि हो । यस कवितासङ्ग्रहभित्र राष्ट्रियताले भरिएका कविताको बाहुल्यता देखिन । माटोका लागि भाषा साहित्य वा कुनै पनि क्षेत्रका लागि समर्पित उदाहरणीय महापुरुषहरू वन्दनीय हुन्छन् । यस्तो कुरा बुझेर सदानन्द सिर्जनात्मक चेतना मानवता समाज,राष्ट्रप्रेमको परमभाव मनमा लिएर श्रेय मार्गमा लागेका हुन् । हुरी, बतास, बाढी, पहिरो झेलेर जोगिएको एउटा बूढो पीपलसरि भए पनि अक्सिजन दिन नछाडेको जस्तो कलमको माध्यमले र व्यवहारले पनि मानवताबादको दह्रो वकालतमा डटिरहने न्यायमूर्ति जस्तो लाग्ने उनीबाट समाजले सिक्नुपर्ने कुरा धेरै छन् । लेख्ने सिलसिलामा उनले धेरै अघिबाट अर्थात् पाँच दशक अघिबाट लेखे । उनका वंशजमा शायद यस्तो रहर गर्ने लेखक कोही भए जस्तो लाग्दैन । वहाँले कृषि काव्यमा कृषि र औद्योगिक क्षेत्रको सम्बन्ध रहेको छ । वीउविजन रोपेमा संसार ढाकिदिन्छ र यसको उत्पादनले बजार विकास गर्दछ, बजारमा रुपियाँको लेनदेन हुन्छ सोबाट मलवीउ किन्न सक्छ भन्ने सन्देश वहाँको कृषि काव्य कवितामा तलको पंक्तिबाट व्यक्त गर्न सकिन्छ । जस्तै ः
बीउले भन्छ मलाई रोप संसार ढाक्दिउँला
उत्पादन बोल्छ बजारमा बेच रुपियाँ गन्दिउँला
बजार बोल्छ वेदना खोल्छ हाटमा किन्दिउँला
किसान बोल्छ, पसिना बोक्छ उत्पादन गर्दिउँला ।
(कृषिकाव्य, पृष्ठ ४)
कृषि उत्पादन बढाउन कृषिको विस्तार, सघन बालीको विकासको अलवा श्रमको अभाव भएमा मेशिनरी बस्तुको उपयोग गरेमलको बचत गर्ने, जमिनको अभाव भएमा सिचाइ उन्नत मलवीउ तथा फर्टिलाइजरको उपयोग गर्न पर्दछ भन्ने भनाई आडम सिज्मई (२००५,) ले व्यक्त गरेको सिद्धान्त सदानन्दको कृषि काव्यमार्फत प्रचार प्रसार गरिएको पाइन्छ । गनेस पौडेल (२३ असौज, २०७८ कान्तिपुर)मा प्रकाशित विचारको बजारशास्त्रमा उल्लेख भएअनुसार 'काम गर, दुनियाँले तिमीलाई के भन्छ वास्ता नगर'भन्ने माइतालमा आधारित भएर सदानन्दले आपूmले जानेबुझेको जे जस्तो छ सो विचार समाजमा प्रवाह गरेर सांस्कृतिक पूँजी कमाउन सकेका छन भने अधिकारी राजेन्द्रप्रसादको अर्थशास्त्रलाई हेर्ने भौतिकशास्त्रको चस्मा लेखमा अर्को इकोनोमिक्स र फिजिक्सको सम्बन्ध देखाएझैँ सदानन्दले पनि साहित्य र कृषिको सम्बन्ध देखाएर लेख्न सफल हुनुभएको छ ।
४.३प्रशासनमा भएको भागबण्डा, नातावाद तथा अफन्तवाद जस्ता विसङ्गतिमा सन्देश ः साहित्यले सामाजिक आदर्श, नैतिक मूल्य र मान्यतालाई महत्त्व दिएर मानवीय जीवनलाई विशिष्ट बनाउन सहयोग गर्ने हुनाले यसलाई महत्त्वपूर्ण मानिएको हो । प्लेटो, होरेस, जोन्सन, वर्ड्सवर्थ,सेली, मैथ्यु, आर्नाेल्डा,बबिट आदिले सहित्यलाई बढवा दिने काम गरे (ढकाल,२०७२) । कविताले नैतिक प्रभाव पार्न र शिक्षा दिन सक्षम हुनुपर्दछ भन्ने प्लेटोको मत रहेको छ ।निजामति सेवामा नियुक्ति गर्दा आफन्तवाद भन्दा योग्यताबाद तथा क्षमतावादको आधारमा गर्नुपर्ने कुरा बेभरियन कर्मचारीतन्त्रको मान्यता रहेको छ । यसको लागि लोकसेवा आयोगद्वारा समय समयमा संचालित प्रतिस्पर्धात्मक परीक्षाबाट छनौट भएका हुन्छन् । यसरी छानिएर आएका प्रशासकले सारा प्रयास संविधान र प्रचलित ऐन, कानूनको अक्षरशः प्रतिपालन वा कार्यान्वयनमा यदाकदा कठिनाई वा बाधा आइपरेतापनि प्रतिपालन आवश्यक परेको हुन्छ । नेपाल जस्तो पिछडिएको देशहरूमा कानूनको प्रतिपालन त परै छाडौं बेलाबखतमा उल्लघंन भएको हुन्छ । फिलिपिन्समा रहेर पे्रmड रिग्सले दक्षिण एशिया प्रशासनमा योग्यतावादभन्दा आफन्तवादको हावी भएको बताएका छन् । कर्मचारीतन्त्रले आफ्नो स्वार्थको लागि राजनैतिक नेताको दौराको फेरो समाएर प्रशासकीय कार्य गर्न खोज्दा शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, तथा सेवा प्रवाहमा पनि निष्पक्षता आउन नसकेको कुरा हटाआँै विसङ्गति भन्ने गजलमा गजलकार सदानन्द अभागीले बताउनुभएको छ। जस्तै ः
नातावाद, कृपावाद जहानियाँ छायो
जनता हो यस्तो कर्म पोल्नै पर्छ पोलौ ।
मेघमाला विकृतिको कालो कालो हुने
समाजमा संस्कृतिलाई घोल्नै पर्छ घोलौ ।
४.४ समाज सुधारका सन्देश ःदेश वा समाजसेवा गर्ने मानिस कोही कलम चलाएर, कोही कलाकार बनेर, कोही समाजसेवी भएर, कोही नेताअभिनेता भएर, कोही विज्ञानका क्षेत्रमा लागेर, कोही शिक्षा क्षेत्रमा अथवा कुनै पनि आवश्यक वा रुचिपूर्ण क्षेत्रमा लागेर अघि बढ्दछन् । सेवा गर्ने र चिनिने क्षेत्र धेरै छन् । यो दुनियाँमा आफूलाई कुनै क्षेत्रको विधागत विशिष्टकृत गर्न सके दिगो कर्मको छाप छाड्न सकिन्छ । समाजमा रहेर कर्म गरेर बहुआयामिक विशिष्टकृत सफलता प्राप्त गर्ने मान्छे कमै हुन्छन् । कोही बहुआयामिक भए पनि सबै क्षेत्रमा उत्तिकै चर्चित हुन्छन् । आज मान्छेले प्रचार बेसी तर काम कम गर्दछन् । राजनीति तथा प्रशासनमा यस्ता निर्मम शिष्यहरू पनि हुन्छन् जो स्वर्गमा पुगेका श्रद्धेय गुरूहरूलाई पनि सहस्रधारा रूवाउँछन् । समाजमा आज मान्छेले भालेवाद जनाएर छोरीबेटी वा महिललाई रुवाएर पीडा दिएका छन् । यस्तो पीडामा उनीहरू आनन्द मानेर रमाएका छन् । मानिसहरू आफ्नो आङमा भैंसी हिंडेको नदेख्ने अरूको आङमा जुम्रो हिंडेको देख्ने बानीले गर्दा अरूको गल्ती मात्रै देखाउने काम राम्रो हैन, मानवबाट नै हुने गल्ती मानवले नै सुधार गर्नपर्दछ भन्ने मान्यता साहित्यकार सदानन्दले जीवन लीला खण्डकाव्यमा देखाउनुभएको छ । यस्ता लुकेका कुराहरूलाई कविले खोज नीति र अनुसन्धानबाट व्यक्त गर्न सक्दछन् । जस्तै ः
गल्ती हुन्छ मानवबाट , ईश्वरबाट हैन
अझै पनि मौका छ है केही भएको छैन
उत्थान र पतन त जे जे जति हुन्छन्
संघर्षमा उत्रनेले आकाश छुन सक्छन्
(जीवन लीला खण्डकाव्य, पृष्ठ
सदानन्दले सन्देशमूलक कविता लेख्नुभएको छ । वहाँले भन्नुभएको छ कि मान्छे भएर जन्मेपछि आकाशमा भएको कालो नीलो बादलझैँ मडारिएर, गडबडिएर बोल्न हुदैन,किनकि जीवन भनेको सप्तरङ्गी इन्देणीजस्तो हैन यो त लामोछ तसर्थ मान्छेले आफ्नो जिन्दगीमा निर्णय दरो गरेर बोल्न पर्दछ, दुईजिब्र्रे भएर बोल्न हुदैन भन्ने सन्देश दिनुभएको छ । जस्तै ः
कालो नीलो बादल सरी गड्गडाउने हैन
इन्दे्रणीको रंग सरी जीवन छोटो छैन
बज्र परेसरि हाम्रो बोली बोल्नुपर्छ
दुई जिब्रे शब्दावली सधँैं त्याग्नुपर्छ
तीन युगका एक कथा महाकाव्यमा कर्मप्रधान पुरुष र भाव प्रधान नारी पात्रको बलियो आधार समाएका छन् । कृतिकारले इतिहासमा आधारित आफ्ना भावना विचार उभ्याउछन् । बालविवाह अनमेल विवाह, सती प्रथा, छुवाछुत, अन्धविश्वास आदि सामाजिक कुरीतिको विरोध र विधवा विवाह आदि समाजिक कुरीतिको विरोध र विधवा विवाह जस्ता सुधारका पक्षपाती भएको कुरा तीन युगका तीन पुस्ताले भोगेका आर्थिक, सामजिक, राजनैतिक परिवेशमा हुर्किएका विषय ज्ञान, अनुभूतिको संगीतलाई टपक्कै टिपेर लपक्क पोतिएका छ
४.५ राष्ट्रियताको सन्देशः राष्ट्रप्रति आस्था वा राष्ट्रप्रेम वा राष्ट्रहितको भावना जगाउँदै राष्ट्रको स्थितिलाई आफ्नोपन जनाउने शब्द हो । राष्ट्रको नागरिकले संसारमा आफ्नो राष्ट्र सबैभन्दा राम्रो भएको गर्व गर्ने अर्थात्् आफ्नो शासन प्रशासन आफैले चलाएको हुन्छ ।सदानन्द अभागीकोअग्निज्वाला (महाकाव्य) २०६१ राष्ट्र र राष्ट्रिता बचाउने सन्देश दिनुभएको छ । वहाँले राजनैतिक वृतमा राष्ट्र राष्ट्रियतालाई बचाउन थोत्रा भाषणलाई बन्द गरेर सबैको सुखशान्तिको लागि ध्यान देऊभन्ने विषयमा ध्यान दिनुभएको छ ः
राष्ट्र र राष्ट्रियतालाई बचाउन
सवल शरीर त्याग गर,
थोत्रा भाषण बन्द गर
कर्मठ कर्तव्य धारणा गर,
सर्वजन हिताय सर्व भवन्तु सुखाय
विश्व शान्तिको कर्म गर
सत्यम् शिवं सुन्दरम्को कामना गर ।
साथै, वहाँलाई लक्ष्मीप्रसाद देवकोटाको के नेपाल सानो छ ? भन्ने निबन्धले प्रभाव पारेको पनि देखिन्छ । देवकोटाको शब्दमा आँखाको नानी तथा मान्छेको मुटु, सानो छ, तर सान्दर्भिकता ठूलो छ,यसर्थ, संसारमा यसको महत्त्व आफ्नै प्रकारको छ भनेझैँ सदानन्दले पनि सानो भए पनि बलियो भएकोले आँखाको नानी बनेको छ भनेर व्यक्त गर्नुभएको छ । जस्तै ः
सानो छ राज्य सबल छ पक्ष आँखाको नानी हो ।
सत्यता पोख्नु धैर्यता बोक्नु नेपाली बानी हो ।
(सबल माटो सबल बाटा पृ २९)
यसै गरी वहाँका कवितामा देशभक्तिका स्वर पनि उत्तिकै उर्लेको पाइन्छ ।देशको उन्नति–प्रगतिका निम्ति गरिने कार्य तथा स्वदेशमा रहेका रीतिरिवाज, नीतिनियम आदिको पालन तथा तीप्रति सद्भाव जनाउदै,सुरक्षाको प्रत्याभूति भएको जनाउँदछ । यी भावना वहाँका कवितामा पनि प्रशस्तमात्रामा पाइन्छन् ।
यो मेरो जीवन कथा हो
यस देशको माटोबाट अलग्याई
कसैले लेख्न खोज लेखिदैन
सदानन्द अभागी कर्तव्यनिष्ठ, लगनशील, राष्ट्रवादी र समाजसेवी व्यक्तिका रूपमा परिचित छन् । आफ्नो काम आफैले गर्नुपर्छ अर्काको भरपर्नु परनिर्भरता हो भन्ने उनको धारणा छ । 'सादा जीवन' उच्च विचारको सिद्धान्तमा उनी विश्वास गर्दछन् । सम्पत्ति कमाउनु र मोजमज्जा गर्नुमात्र ठूलो कुरा हो भन्ने कुरामा यिनी असहमत छन् । उनी भन्छन् (''मरी जाने चोलामा मानिसले सन्तोष लिन सक्नुपर्छ, लोभ र डाहको भावना हाम्रा प्रगतिका बाधक हुन् पक्षमा मान्यता राख्नुहुन्छ ।
५. छलफलका विषयहरू
सदानन्दका कृतिहरू सामान्यरूपमा अवलोकन गर्दा कृषि र उद्योगको सम्बन्ध देखाएको, समाजमा भएका विसङ्गतिहरूलाई चिरफार गर्न खोजेकोले यसबाट समाजमा सन्देश दिएको मान्न सकिन्छ । यथार्थमा, छलफलमा आफ्ूmले गरेको विश्लेषणको महत्व, यसको सान्दर्भिकता, पहिले गरेका साहित्य समीक्षा, विश्लेषणबाट पाइएको सन्देश , यो अध्ययनको अरूसँग समानता तथा असमानताबारे छलफल गरेर सुझावहरू बनाउने खाका तयार परिन्छ । भनिन्छ व्यासले आफ्नो तपस्याथलो अगाडिको रूखमा क¥याङकुरुङ् नामक चराको गुँड भएको र सुत्केरी भएको सातौ दिनमा पोथीको मृत्युभएपछि भालेले बच्चाको स्याहार गर्न अर्को पोथी ल्याएको तर सौतेनी आमाले गुँडबाट खसालेको देखेपछि व्यासले अष्ठादशेपुराणेशु व्यासस्यवचनं द्वयं, परोपकार पुण्याय पापाय परपीडनम्भन्दै अठार श्लोक लेखे भनिन्छ ।त्यसैको प्रभावमा होला सौतेनी आमाले राजा उत्तनापादका छोरा धु्रवलाई बाबुको काखमा बस्न नसकेको देखेर डाहा गरेपछि गरेको तपस्याबाट ध्रुवतारा अटल रहेका, आमा कैकेयीको इशारामा परेर राजा दशरथले रामलाई वनवास भरतलाई राज्य गरेकोले वनजान परेको मनोदशा पनि काव्यहरूमा पाइन्छ गुरुप्रसाद मैनालीको 'नासो' भित्रको अभागी कथा पनि त्यत्तिकै मर्मस्पर्सी रहेको छ । यस्तै पंक्तिकारको 'जिन्दगीको भासहरू' सौतनी आमाले यसरी पीडा दिएको पाइन्छ । जस्तै
हे मेरी आमा ! सानैमा छोड्यौ टुहुरी पारेर
सौतेनी आमा झड्केली छोरी म सुकेँ रोएर
करैमा परी सानैमा मेरो विवाह हुने भो
न टेक्ने डाली समाउने हाँगो उनकै शरण भो ।
यथार्थमा आज लैङ्गिक हिंसाको सबालहरूमा महिलाले महिलालाई तथा सासुले बुहारीलाई, तथा सासुको इशारामा लोग्नेले श्रीमतीलाई दुःख दिएको कटु सत्यता समाजमा रहेको छ । तर यहाँ सदानन्दले लेखेको कृतिहरूमध्ये 'कोपिला' लघुकाव्यको सप्तम पादमा कोपिलका सवल कोपिलाले सौताने आमाले दिएको पीडादायी वाक्यको कारणले आफू सबल भएको बहस गर्दछिन् । जस्तै ँती सौतेनी आमाले दिएको पीडादायी कारणले गर्दा कोपिला सबल हुँदै गएको धारणा राख्छिन् । तीजमा मामाका छोरीहरू'रीता र 'गीताले तीजको गीतमा सौतेनी आमाको बिरोध जनाएर गीत गाउने भन्दा कोपिला सहमत हुिँदनन् र भन्छिन–
जे भए पनि बाबाको घर सवल बनाइन् ।
तातो र चिसो जे जस्तो होओस् भोकमा खुवाइन् ।।
जेजति चड्कन उनले दिइन् आँसुले धोईदिएँ ।
कपासको जस्तो शरीर बनाई काममा लाइदिए ्
–आवेशमा आएर विकृतिपूर्ण गीत गाउन हुँदैन भन्छिन् । माया पाएका छोरीहरू कमजोर हुँदै गए भने सौतेनी आमाका गाली मेरो लागि अमृत भएर आयो र सवल सक्षम हुँदै अगाडि बढ्दै छु । कोपिला यसरी बढ्दै जान्छिन् र रुपवती हुन्छिन् । सबैले उनलाई परी भन्दछन् । उनका हरेक सुवचनहरूलाई अमृत ठान्दछन् भन्दै यो पादको समाप्ति हुन्छ । सदानन्दजीले तीन युग एक कथा महाकाव्यमा मानवताका सन्देश दिन खोज्नुभएको छ । मान्छे जन्मेर मात्र हुदैन उसले आफ्नो कर्तव्यवोध पनि ख्याल गर्नुपर्दछ । तीन युग एक कथा महाकाव्यमा माथि भनिएझैंँ मानवले मानवको ह्ृदयमा वाण हानेर किन दुःखाउने ? दर्शन देखाउनु भएको छ ।
यस्तै तर्क अनीता ढकाल गौतम (२०७८) ले वेलायतको समकालीन साहित्यमा प्रकाशित "मानवता" भन्ने कवितामा आज मानवले मानवलाई गर्न पर्ने प्यार र ममता विर्सेर अरूलाई दुःख र पीडा दिने गरेको छ भन्नेसंग मिल्दोजुल्दो छ । वहाँले यसरी व्यक्त गर्नुभएको छ । जस्तै ः
दुई दिने चोला रिस र राग पालेर के हुन्छ?
आँसुको मूल्य बुझ न प्यारा यो मन कहन्छ
दर्शन के हो बोकेर ऐले कताको सोचमा ?
मानवता नै भुलियो आज यो विश्व माझमा ।
कौटिलीय कृषि अर्थशास्त्रअनुसार खाली जमिनमा तिमी र म खेती गरौँ भन्नु नै अनवसित सन्धी हो भनेका छन् (लुइटेल तिलकप्रसाद, २०७३) । साहित्य र कृषिको नङ र कृषि विकासको सम्बन्ध देखाउन सकिन्छ । यस्तै गरी शान्तिनारायण श्रेष्ठले जागिरे जीवनमा जिल्ला भूमिसुधार कार्यालयमा काम गरेको अनुभव बटुलेर यिनले नेपालमा पहिलो पटक २०२१ सालमा भूमिसुधार कार्यक्रम लागू भएपछि जनतालाई त्यसको उपादेयता के हो ? भन्ने जानकारी दिने हेतुले लेखेको 'सफल पारौँ भूमिसुधार शीर्षकको सरल र बोधगम्य कविता अंशमा यसरी दिएका छन् ।
कृषि प्रधान हाम्रो देश यस्मै पछौँ भर
कृषिको नै उन्नति र सुधार छैन तर
भने आज कसो गरी देशले विकास गर्ला
उन्नतिको होडबाजमिा पछि पर्ला ।
कौटिलीय सिद्धान्तमा आधारित भएर सदानन्दजीले कृषिकाव्य नै लेखेर कृषि विकासको लागि ठूलो योगदान पु¥याउनु भएको छ । यसको लागि वहाँले कविताको माध्यमबाट शान्तिनारायणले देखाएका समस्या समाधान गर्न किसानलाई सुझाव दिनुभएको छ । जस्तैः
खेतको पेटमा, पेटको खेतमा यो पनि बुझिदेउ
खोला र खोल्सा, सामान्य ठाउँमा डालेघास रापिदेउ
पोषिलो घाँस कान्ला रोप, बस्तुलाई खानदेउ
खेतका आली बारीका कान्ला मासले भरिदेउ
(कृषि काव्य , पृष्ठ ११)
'सपना' इन्द्रबज्रा र उपजाति मिलेर बनेको सपना कविता हो । यसमा कविले आफ्नो सपनाबारे स्पष्ट पार्नु हुन्छ ः देश र जनता सम्पन्न बनून्, बेरोजगार हटोस् । युवाहरू विदेश पलायन हुन नपरोस्भन्न्ो भाव रहेको कुरा कृष्णादेवी शर्मा श्रेष्ठ (२०७८) ज्याग्दीखोलाको तरङ्गमा लेख्नुभएको छ । यसै गरी यसै शीर्षकमा सदानन्दजीले कृषि काव्यमा कृषिको सपना देखेझैँ पंक्तिकारले पनि व्यक्त गर्नुभएको छ । जस्तैः
संसारमा कोर्नु छ मार्गचित्र,
खाना र नाना अनि ठिक्क छानो
सेवा सुरक्षा समता विचित्र
सम्पन्नताको सपना म देख्छु ।
यसै गरी कृष्णादेवी शर्मा श्रेष्ठ (२०६९)मा क्रान्तिकारी विश्वेश्वर महाकाव्यमा वीपीको समाजवादी चिन्तनमा तथा सोचमा कृषि विकास नभएसम्म देश उभोँ लाग्दैन भन्ने भाव रहेको कुरा कवितामार्फत् व्यक्त गर्नुभएको छ । यो दर्शनले सदानन्दलाई पनि प्रभाव पारेको देखिन्छ ।
६. उपसंहार तथा सुझावहरू
हालको बजारमा साहित्यलाई अनुत्पादक मान्नेहरूको लर्को छ । किनकि साहित्यले प्रत्यक्षभन्दा अप्रत्यक्ष फाइदा दिने हो । हालका दिनमा मानिसहरूले तुरुन्त फाइदा दिने खालका विषयहरू खोज्दछन् । यस्तो अवस्थामा राम ज्ञवालीले सदानन्दको विषयमा अनुसन्धान गरेर समाजको अगाडि जुन प्रदर्शन गर्नुभयो त्यो अत्यन्त सह्रानीय काम भएको छ र यो वहाँको नौलो पद्धति पनि हो । यद्यपि यसलाई गुणस्तरीय बनाउन देहाएका कुराहरूमा ध्यान दिन सकेको भए राम्रो हुने थियो ।
ड्ड यस कृतिमा जति पनि अन्तर्वार्ता छन् तिनको लागि सोधिएका प्रश्न तथा उत्तर छोटकरीमा अनुसूचीमा राखेर त्यसको निचोड निकाल्दै सकारात्मक, नकारात्मक, चुनौती तथा अवसर पक्षलाइ विश्लेषण गरेर एक च्याप्टर दिदैं त्यसको आधारमा सुझाव दिन सकेको भए सुनमा सुगन्ध हुने थियो ।
ड्ड वास्तवमा साहित्यमा प्राय समीक्षा गर्दा भाषा, भाव, विषयवस्तु, शिल्प तथा शैली, संरचना आदि जस्ता कुराहरूको प्राचुर्यता पाइन्छ । साहित्य तथा कवितालाई सन्देशप्रधान बनाएर लेख्ने कार्य कमैमा भेटिन्छ । तसर्थ साहित्य सिर्जनाको बजार क्षेत्र राजनैतिक नेता तथा नीति निर्माताहरूले अनुत्पादनशील क्षेत्र भन्न थालेका छन् । तसर्थ यस अवस्थामा सहित्यकारहरूले समीक्षा गर्दा यसले नीतिनिर्माणमा केकस्तो असर पर्न सक्दछ सो पक्षमा हेर्न सकेको खण्डमा साहित्यलाई अनुत्पादक मान्नेहरूको मुखमा बुझो लाग्न सक्दथ्यो कि ?
ड्ड अर्को पक्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुन मन्दिरमा जान्छौ यात्री? भन्दै देवताको मन्दिरमा जानेबाट मन्दिर बनाउँदा, सिकर्मी, डकर्मी, तथा वरपर पूmल तथा चिया चमेना बेच्दा, बाटामा बस्ने मगन्तेले पाएको दान, पुजारीले पाएको रोजगारी हेर्दा त्यस समयको आन्तरिक वा बाह्य पर्यटक सेवा विस्तार गरेको बुझिन्छ । तसर्थ विकास भनेको समय समयको खाका र ढाँचा हुन, यस कुरालाई औल्याउन सकेको पाइदैन, खाली सत्तावालालाई गाली गर्नेभन्दा कविताको माध्यमबाट सरकारलाई सुझाव दिन सकिन्छ कि ? सो तर्फ पनि रचनात्मक सुझाव आएको भए राम्रो हुन्थ्यो ।
ड्ड सदानन्दजीका कृतिहरूमा भावप्रधान भएको छ तापनि संख्या धेरै लेख्नभन्दा साहित्यको गुणात्मक पक्षमा ध्यान दिन सकको भए सुनमा सुगन्ध हुने थियो । यसैगरी आगामी दिनहरूमा अनुसन्धानात्मक पक्षमा खोजखन्तर गर्दा सन्देशमूलक नतिजा निकाल्न सदानन्दजीले जम्म्ाँ कति श्लोक सिर्जना गर्नुभयो, त्यसमध्ये कति प्रतिशत श्लोक विश्लेषका नमूना आकारमा लिइयो, सो बारेमा अध्ययन विधिसमेत समावेश भए राम्रो हुने थियो। वहाँका कविताको आशय अरू कविको कवितासँग कति मिल्न गयो वा फरक भयो यसतर्फ छलफलको च्याप्टर यौटा समाबेश गर्न सकेको भए नेपाली भाषामा सामाजिक अध्ययन अनुसन्धान मूलतः जनसंंख्या, शिक्षा, स्वास्थ्य क्षेत्र वा अन्य विषयको वैज्ञानिक विधि नेपाली विषयमा पनि भित्रिने थियो ।
ड्ड हालका दिनमा विश्वमा कविताको मूल्याङ्कन गर्दा तथ्याङ्क शास्त्रलाई उपयोग गर्ने प्रविधि आइसकको छ । लेखिएका कविताहरूका पाठक केकति छन् विक्रीवितरण केकति भएका छन्, कुनकुन जातजातिले कविता बढी पढ्दछन् , केकति दरमा सन्तुष्ट छन्, नीतिनिर्माणमा केकस्तो योगदान पु¥याउदछन् । तिनबाट पाठक केकति सन्तुष्ट छन् आदि जस्ता विषयहरूमा ध्यान दिएर टेक्सास विश्वविद्यालयका ीबधचभलअभ ः। ीभककभच जस्ता विद्वानहरूले तथ्याङ्क शास्त्रको उपयोग गरेका छन् नेपालमा पनि चिनेका भरमा भन्दा पाठक सख्याको आधारमा पाठ्यक्रममा राख्ने गरेको खण्डमा पाठक तथा विद्यार्थी समक्ष सही विषयबस्तु पुग्ने थियो जस्तो लाग्दछ ।
ड्ड हालका दिनमा सिर्जनाशास्त्र र बजारशास्त्र तथा अर्थशास्त्र र भौतिकशास्त्रको सम्बन्ध देखाइएको छ । त्यस्तै अष्ट्रेलियाका जनसंख्याविद् काल्डवेल एण्ड काल्वेलसले जनसंख्या र अन्य विषयको सम्बन्ध छ भनेझैँ साहित्यको हेतु जनसंख्याको हित र कल्याण भएकोले साहित्य सिर्जना गर्दा सदानन्दकाझैँ कृषि, बाटोघाटो, स्वास्य शिक्षा सन्देशहरू पु¥याउँने गरी सिर्जना गर्न सकेमा बजारमा साहित्यको माग बढ्ने देखिन्छ ।
ड्ड पहिलो च्याप्टरमा सदानन्दजीका प्रकाशन तथातालीम, आदि पनि प्याराग्राफमा राखेमा प्रकाशकको तथा पाठकको समय, धन, कागज बचत हुन गई लागत प्रभावकारिता आउने थियो ।
अन्त्यमा, मेरो बुझाइमा रिसर्च भनेको सर्च एगेन एण्ड एगेन हो,समीक्षाको अर्थकसैको कामको खोट देखाउने अर्थमा लिन हुदैन लेखक, पाठक, समीक्षक सबैले आगामी दिनमा सुधार गर्नको लागि पृष्ठपोषण दिन लक्ष्य मनन गरेर यस्ता काममा निरन्तरता आएमा नेपाली भाषामा संख्यात्मकभन्दा गुणात्मक शैली विकास हुने आशा गर्न सकिन्छ । अनुसन्धानकर्तामा बौद्धिक क्षमता, स्वतन्त्र व्यक्ति, कर्तव्यनिष्ठ, मिलनसार, वस्तुगत विश्लेषण गर्नसक्ने क्षमता, समन्वय, सञ्चारको क्षमता, नैतिकवान, धैर्यवान, आशावादी साधन स्रोतको प्राचुर्यता, आवश्यकताअनुसारको योजना हुनपर्ने गुणमध्ये साधनका अभाव नभएको भए साक्षात्कार कार्यक्रम प्रत्यक्षरुपमा गर्न सकिन्थ्यो । फोन सम्पर्क गर्दा पनि असहज भएको होला ,विद्यालयको अध्यापनसँगै यस प्रकारको अथक मेहनतले भविष्यमा वहाँ तथा नेपाली विषय सबैमा गुणात्मक सुधार आउने देखिन्छ । खोजपूर्ण अध्ययनले सतहमा नआएका कतिपय सन्दर्भ र प्रसङ्गलाई प्रकाशमा ल्याइदियो भने त्यो महत्त्वपूर्ण कार्य हुनेछ । यसमा सदानन्दका कृतिलाई उपयोग गरेर ज्ञवालीले खोजको प्रयास गर्नुभएको छ । साक्षात्कारहरूको दृष्टिकोण तथा स्वयं स्रस्टाको सोच संकलन गरेर निकालिएको यो प्रयास उदाहरणयोग्य छ । हुन सक्छ, कमीकमजोरी होलान् त्यसमा झिंगाले घाउ खोजेझैँ मान्छेले निहू नखोजिकन प्रेरणा दिने कार्य बनोस् र ज्ञवालीको पनि यस्तै कार्यमा निरन्तरता रहोस् शुभकामना दिंदै ऐलेलाई कलम बन्द गर्दछु ।
सन्दर्भ सामग्रीहरू
१अधिकारी,राजेन्द्रप्रसाद (२०७८) अर्थशास्त्रलाई हेर्ने भौतिकशास्त्रको चस्मा, कान्तिपुर
२ अभागी, सदानन्द,(२०५९), जीवनलीला (खण्डकाव्य), नवलपरासी, श्रीमती राधा
तिवारी र अन्य
३ ................., (२०५९), कोपिला (लघुकाव्य), नवलपरासी
४ ................., (२०५९), जीवनलीला (खण्डकाव्य), नवलपरासी, श्रीमती राधा
तिवारी र अन्य
५ ................., (२०६१), माटो र विरुवाले भोक लाग्यो भन्छन् (कृषि काव्य),
काठमाडौँं,माटो व्यबस्थापन निर्देशनालय
६ आचार्य बलराम (२०५८) अनुसन्धान पद्धति तथा प्रतिवेदन लेखन, नेशनल बुक
सेन्टर
७ गौतम ढकाल, अनीता (२०७८) मानवता, समकालीन साहित्य, बेलायत
८ ज्ञवाली, राम (२०७४) जीवन , सोच र समय ,गोविन्द भट्टराई
९ ढकाल मेघराज (२०७)कविताको माध्यमबाट देवीप्रसाद वनवासीले विकासमा
पु¥याएको योगदान
१० .......... (२०१०) शिक्षाको प्रसुति स्याहारमा प्रभावः छनौट गरिएका जिल्लाहरूमा
प्रसुति स्याहारको विद्यमान अवस्था , ल्याम्बर्ट पब्लिकेशन जर्मनी ।
११ ........(२०७४) "मृत्तिका र मकविता " सङ्ग्रह पपुलेशन, एजुकेशन एण्ड हेल्थ रिसर्च सेन्टर प्रा. लि. टोखा
१२..............(२०७४) "जिन्दगीका भासहरू" कवितासङ्ग्रह पपुलेशन, एजुकेशन
एण्ड हेल्थ रिसर्च सेन्टर प्रा. लि , टोखा
१३ त्रिपाठी, वासुदेव (२०६६) साहित्य –सिद्धान्त ः शोध तथा सृजनविधि पाठय सामाग्री
पसल जामो मार्केट घण्टाघर
१४ पौडेल ,गनेश (२०७३) विचारको बजारशास्त्र , कििन्तपुर पब्लिकेशन , काठमाडौं
१५ पौडेल, षडानन्द विद्यावारिधि (२०७२) शन्ति नारायण श्रेष्ठ स्रष्टा र
सिर्जना, गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय
१६ भट्टराई, शरद्चन्द्र शर्मा ( २०५६) खोजी अनि व्याख्या , नेपाल राजकीय प्रज्ञा
प्रतिष्ठान , काठमाडौ.
१७श्रेष्ठ,कृष्णादेवी शर्मा (२०६९)क्रान्तिकारी विशेश्वर महाकाव्य, नारी सहित्य
समाज, प्रगतिनगर –३ नवलपरासी
१८क्शष्चmबष्,ब्मबm ९द्दण्ण्छ० त्जभ मथलबmष्अ या क्यअष्य(भ्अयलयmष्अक म्भखभयिऊभलत,
ब्ल ष्लतचयमगअतष्यल। ऋबmदचष्मनभ ग्लष्खभचकष्तथ एचभकक , ग्प्
प्रकाशन सहयोगीको धारणा
पिताजीलाई नियाल्ने दर्पण
राम ज्ञवालीज्यूको र हाम्रो साक्षात्कार भएको छै्रन । उहाँले हाम्रो पिताजीको बहुआयामिक व्यक्तित्व र कृतित्वको अध्ययनको सिलसिलामा हाम्रो घरपरिवारलाई साहित्यिक संसारसँग जोड्ने जुन प्रयास गर्नुभयो त्यो अत्यन्तै गौरवको विषय हो ।
केही महिना अगाडि बुबाले भन्नुभयो, "पाल्पाका रामज्ञवाली (साहित्यकार, पत्रकार,लेखक, अनुसन्धानकर्ता) ले मेरो विविध पक्षमा अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ, केही लेखेर पठाउनु प¥यो" भन्ने सन्देश म रामचन्द्र रिजालसहित मेरो परिवारले पायौँ । यो सन्देशले मलाई उत्साहित गरायो । मनमनै सोचेँ,"मैले बुबाको बारेमा धारणा व्यक्त गरेर मात्र पुग्दैन बरु यो स्वर्णिम तथा सुखद् अवसरमा कृति प्रकाशन गर्ने अभिभारासमेत मैले लिन्छु भन्ने मनमनै अठोट गरेँ । तसर्थ मैले यो महत्त्वपूर्णकृतिको सम्पूर्ण प्रकाशन खर्च व्यहोर्छु" भन्दै मैले बुबालाई सन्देश पठाए ।
हाम्रो बुबालाई कसैले,"कविता कुन छन्दमा लेख्नुहुन्छ?" भनेर सोध्यो भने बुबाको जवाफ हुन्छ "अभागी छन्द" । यसरी नै उहाँको अर्को शब्द छ "प्रशंसा पत्र" । यो शब्द उहाँले समालोचनाको लागि प्रयोग गर्नुहुन्छ । यी शब्द सुन्दा जोकोहीलाई पनि अनौठो लाग्नु स्वाभाविक हो । यसै सन्दर्भमायस कृतिमा ज्ञवालीजीले अनुसन्धानको क्रममा साहित्यकारहरूलाईशोधेका प्रश्नहरूमा यी शब्दहरूले के भन्न खोजिएको हो त्यसतर्फ ध्यान नदिइएको जस्तो उत्तर आएको देखियो । तर यी दुबै शब्दको यथार्थता भने आज आएर प्रष्ट भएको छ । बुबा आफैले ज्ञवालीजीले लिएको अन्तरवार्तामार्फत् प्रष्ट पारेको पाइयो । उहाँको यो भनाइ स्वस्थापितको प्रयास रहेछ । यस विषयमा मैले बुबाको स्वपनलाई नियाल्ने कोसिस गरेँ ।
यसरी नियाल्दा गजल लेखाइमा गजल सिद्धान्तभन्दा बाहिर गएर लेख्दा गजल त बन्दैन तर यसमा आफ्नोपनलाई दर्शाउनभने सकिदो रहेछ । उहाँका गजल लेखाइमा अरबी,फारसी, हिन्दीकाशब्दहरू प्रयोग नगरी आफ्नै नेपाली भाषिक शब्दावलीहरूबाट काफिया र रदिफ सृजना गर्ने प्रयत्न गरिएको छ भन्ने धारणा धनपति कोइरालाले अभागीको प्रेमविहारको षष्टामृतको सम्पादकीयमा लेखेका छन् । यो पनि एउटा स्वपन नै हो ।
यसै सन्दर्भमा समालोचनामा पनि बुबाले अलगधार समाउनुभएको छ । जुनसुकै किताब पनि पहिलो पटक सर्सर्ती पढ्दै जाने अनि समालोचना गर्नुपर्दा पुनः पढेर पुरै कृतिमा आएका धारणालाई एकेक गरी समालोचनामा समावेश गरी लेखिएको हामी पाउँछौँ । हाम्रो बुबा साहित्यको विद्यार्थी त होइन, तर उहाँमा विज्ञानको विद्यार्थी भएर पनि साहित्य मोह छ । विज्ञानमा कुनैकुराको पनि प्रमाणिकता चाहिन्छ । साहित्यमा सोका प्रमाणितकर्ता भनेका भूमिकाकार र स्वयम् लेखक नै हुन् । त्यसोहुँदा बुबाले समालोचनामा यी चिजलाई समेटेर कृतिको सबलतालाई दर्शाउनु हुन्छ । सकारात्मकतालाई जोडदिने र नकारात्मकतालाई नदर्शाउने भन्ने धारणाहरू सम्बन्धमा धेरै जनाको धारणा आएको छ । यस विषयमा मैले बुबालाई,"समालोचनामा तपाईँले नकारात्मक पक्षलाई किन केलाउनु हुन्न र लामा लामा समालोचना गर्नु हुन्छ?" भन्ने जिज्ञासा पनि राखे । उहाँ भन्नुहुन्छ – "संसारमा कुनै पनि लेखरचना पढेर नकारात्मकता दर्शाउँदै समालोचना गर्नेहरू पनि आफैमा पूर्ण हुँदैनन् । तिनका लेखरचनामा पनि कमीकमजोरी पाइन्छन् ।त्यसो हुँदा आलोचनामा खरो उत्रदैमा सक्षम समालोचक भइदैन । समालोचकको काम आलोचना गर्ने मात्र हैन ।अग्रगमनतिर लाग्न चाहने साहित्यकारलाई नकारात्मकतालाई बढी दर्शाउँदा मानिस निरुत्साहित हुन्छ । अग्रगमनको बाटो रोकिन पनि सक्छ । त्यसो हुँदा मानिसलाई उत्साहित पार्दै जानुपर्छ । तसर्थ मैले, हरेकजसोमा सुधारका थुप्रै पक्षहरूहुन्छन् सम्बन्धित व्यक्तिले त्यसका लागि लेखन परिष्कार, परिमार्जन र विशेष अध्ययनमा निरन्तरता दिदै जानुपर्छ, कमीकमजोरी सच्चिदै जान्छन्"भन्ने गरेको छु ।
अध्ययन र सकारात्मक पक्षलाई अङ्गाल्दै जाँदा जोकोही पनि सबल बन्दै जान्छ र नकारात्मकताबाट टाढा भइन्छ भन्ने गरेको छु ।" पिताजीका लेखन सम्बन्धमा यस कृतिका लागि लक्षित गरीसाहित्यकार राम ज्ञवालीलेराजेन्द्र पहाडीसँग टेलिफोन वार्ता गर्दाको क्रममा यसो भन्नुभएको छ, "जुन धारमा उहाँले लेखिरहनुभएको छ चाहे समीक्षाको क्षेत्रमा, चाहे कविता क्षेत्रमा, चाहे निबन्ध लेखन क्षेत्रमा वा चाहे कथा, उपन्यासका कुरा गरौँ, हरेक विधामा उहाँले जसरी कलम चलाईरहनुभएको छ त्यो एउटा नयाँ धार पनि हो । एउटा नयाँ शैलीलाई पनि प्रयोग गर्नुभएको छ भन्न सकिन्छ होला । किनभने विधागत हिसाबले पृथकपृथक ढंगले मान्छेका मनोभाव अभिव्यक्त हुने अथवा स्रष्टाहरूका फरक खालका मनोभावनाहरू प्रस्तुत हुने कुरालाई हामीले स्वीकार्नै पर्छ होला भन्ने लाग्छ ।" यस अर्थमा मैले पिताजीलाई फरक धारको साहित्यकारको रूपमा लिएको छु ।
यस कृतिमा–बुबालाई, सबैजसोले कृषिमा राम्रो लेख्नुहुन्छ भन्नुभएको छ । बुबाले कृषिमा किताब लेख्ने मात्र नभई नेपाल टेलिभिजन र रेडियोबाट पनि थुप्रै कार्यक्रम चलाउनुभएको थियो । उहाँको कृषि लेखन र सृजनाबाट प्रभावित भई सुदीप गड्तौला'नदारत' र यामकुमार कार्कीले २०६२ साल श्रावण १४ गतेको नेपाली समाचार पत्रमा कृषि कविको संज्ञा दिएर लेख नै प्रकाशन गर्नुभएको छ । यी सबै आधार हेर्दा उहाँ कृषि कविको उपाधिबाट विभूषित गर्न सरोकारवाला पक्ष किन हिचकिचाएको होला भन्ने हाम्रो प्रश्न छ ।
यस कृतिमा हाम्रो बुबाप्रति अमूल्य धारणा प्रकट गर्नुभएका सम्पूर्ण महान्ुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ । बुबाप्रति राखिएका चाहे आलोचनात्मक होस्् या समालोचनात्मक टिप्पणी होस्् यी सबै हाम्रो परिवारको लागि मार्गदर्शन बन्ने छन् । त्यसलाईशिरोधार्य गरी हाम्रो परिवारले सकारात्मक पक्षलाई अवलम्बन गर्ने छ ।
यस कृतिमा ज्ञवालीले एउटा मानिसको जीवनमा कुन कुन क्षेत्रमा मानिसले कति सहभागिता जनाउन सक्छ र त्यसवाट त्यो व्यक्तिले समाज र राष्ट्रलाई कति योगदान दिन सकेको छ भन्ने यथार्थतालाई प्रष्ट पार्न खोज्नुभएको छ । त्यसमा उहाँ निकै सफल हुनुभएको छ किनकिउहाँको मिहिनेतमा यस कृतिले बुबाको साहित्य र समाजप्रतिको सेवाभावको पहिचानलाई प्रष्ट पारी एउटा महत्त्वपूर्ण खोजको दस्तावेजको रूप लिएको छ । समग्रमा भन्नुपर्दा अनुसन्धाता तथा समीक्षक राम ज्ञवालीले पिताजीको हरेक क्षेत्रलाई दर्पणको रूपमा देखाउनुभएको छ । तसर्थ यो कृति पिताजी नियाल्ने दर्पण हो । अतःज्ञवालीजीले मेरो बुबाको जीवनीपरक कर्मको समग्र अध्ययन गरी एउटा सुन्दर कृतिको सिर्जना गर्नुभएको छ । यस्तो नितान्त नौलो र महत्त्वपूर्ण अध्ययनबाट मलगायत हाम्रा घरका आमाहरू, दाजुहरू, दिदीबहिनीहरू र नातापाता, बन्धुबान्धव सबै प्रभावित छौँ र यति महत्त्वपूर्ण, अर्थपूर्ण र ऐतिहासिक कृति तयार पार्न लागिपर्ने राम ज्ञवाली ज्यूप्रति आभार व्यक्त गर्दछौँ ।
पिताज्यूप्रति सदा भक्तिभाव राख्ने
रामचन्दरिजाल (छोरा)
सन्ध्या रिजाल (बुहारी)
आर्यन रिजाल (नाति)
एलिजा रिजाल (नातिनी)
लेखकीय
आत्मकथन
राम ज्ञवाली
यस जगत््माउदाहरणीय र अनुकरणीय कर्मबाट सेवा, समृद्धि र कुनैपनि क्षेत्रको श्रीवृद्धिका लागि लागिपर्ने मानिस सबै हुँदैनन् । प्रायः दुःख संघर्षबाट हुर्केबढेको र दुःख संघर्षसँग कुनैपनि बेला भिडेको मान्छे इस्पात बनेर आएको हुन्छ । व्यक्ति, जीवन र समाज–राष्ट्रको सम्बन्ध बुझेको मान्छे समाज–राष्ट्रको लागि केही गर्न हौसिन्छ । हुन त केही गर्न चाहनेहरूप्रायःहुन्छन् नै तर दृढ इच्छाशक्ति र कठोर संघर्षबिना केही उपलब्धि हासिल हँुदैन । जीवन यात्रा हो । कहाँ गएर जीवनयात्रा टुङ्गिन्छ; पूर्वानुमान गर्न सकिन्न । त्यस यात्रामा पृथक्पृथक् स्थानका यात्रीहरूबीच सन्दर्भ विशेषमा भेट हुने गर्दछ । मैले पनि जीवनरूपी यात्रामा सङ्गत गर्न पाएका; सम्बन्ध राख्न र चिन्न पाएका अनेकन्व्यक्तित्वहरूमध्येका पर्वत, नुवारमा जन्मेका तर कर्मथलो नवलपुरको शान्तिचोकमा भएका सदानन्द रिजाल पनि एक हुन् । निष्कलङ्कित, निष्कपट, स्वच्छ, सफा हृदयको, समाज, राष्ट्रका लागि बाँचेको, अनुकरणीय, पथप्रदर्शक, बहुआयामिक, कुशल र सफल व्यक्तित्व भएको भन्ने ठम्याएपछि एउटा लेख लेखनको शुरुवात गरेको थिएँ । लेख्दै जाँदा विस्तृतीकरणतर्फ लागेँ ,पछि कृतिकोरूप दिन्छु भन्ने सोचेँ ।
खोजअनुसन्धान कर्म कठिन विषय हो । कैयौँले यस विषयलाई अत्यन्त टाउको दुखाइको विषयको रूपमा लिएको पाइन्छ । म यसअघि कुनै विश्लेषणात्मक कृति लेखेको थिइनँ । सोच्न त सोचिहालँे, न आफूसँग विधागत सैद्धान्तिक ज्ञानको प्रष्टता÷विज्ञता थियो न त अग्रजसँग सल्लाह गर्ने आँट नै गर्नसकेँ । यस दोधार स्थितिकोबीचमा आफ्नै पाराले लेखनको फ्रेमवर्क बनाउँदै गएँ । क्रमशः लेख्दै पनि गएँ । पूर्णतः सैद्धान्तिक अनुकरण गर्नतर्फ त लाग्दै लागिनँ । कुनकुन शीर्षक वा केके प्रस्तुत गरे सदानन्द चिनिनुहुन्छ र लेखन पनि अर्थपूर्ण हुन्छ भन्ने मनमा केही खाका बनिसकेपछि यस कृतिलाई मूलतः नौ वटा अध्यायमा विश्लेषण गर्ने गरी खाका बनाएँ । उहाँको जीवनकर्म, कृतिगत सार, जीवनदर्शन, उहाँको सैद्धान्तिक बुझाइ रलेखन–सिर्जनात्मकसम्बन्धी वैचारिक दृष्टिकोण,उहाँलाई चिन्नेहरूको वैचारिक दृष्टिकोण, प्रेरणा र प्रभाव, जीवनकर्म र व्यक्तित्वबीचको तालमेल आदि जस्ता विषयमा केन्द्रित भई कृति तयारीतर्फ लागेँ ।
यो कृति सकेसम्म मौलिक पाराले तयार पारिएको छ । योशोधखोजपूर्ण लेखन विविध् स्रोतसामग्रीहरूबाट तयार पारिएको छ । यस अर्थमा यो जीवनीपरक अनुसन्धानात्मक कृतिको रूपमा तयार भएको छ । यस कृतिले सदानन्दको जीवन, कर्म, व्यक्तित्व र कृतित्वलाई प्रष्टसँग केलाएका कारण उहाँको जीवनकर्मको ऐना त देखाएकै छ† साथै यो कृति जीवनीपरक अनुसन्धानमा जिज्ञासा राख्ने, उहाँको जीवनकर्मको इतिवृत्त बुझ्न खोज्ने तथा सरोकारवाला सबैलाई केही न केही ज्ञान, सूचना दिन र पथप्रदर्शन गर्न सक्छ कि भन्ने अपेक्षा यो शोधखोजकर्ताले राखेको छ ।
हरेक कृति लेखन र प्रकाशनको औचित्य पुष्टि हुनै पर्दछ । तसर्थ यस कृतिको पनि लेखनको औचित्य आदरणीय, अग्रज, शुभेच्छुक, शुभचिन्तक आदिका हातमा परेपछि पक्कै पनि पुष्टि हुनेछ । यसले कुनै पनि पक्षलाई केही दिन सकेछ भने मात्र यो कृति लेखनको सार्थकता रहनेछ । यति कार्यले उहाँको सम्पूर्ण कर्म विवरण समेटिएको छ भन्ने पनि मैले दाबी गर्दिनँ । जेहोस्् खोजको आधार उहाँलाई बनाएर बहुप्रयोजनरूपी अर्थ राख्नु यस कृतिको उद्देश्य हो । यस कृतिलाई सोचेअनुरूप अझ विस्तृत र गहन बनाउनका लागि विधागत तत्त्वको आधारमा विश्लेषण, सामाजिक उपयोगिताको दृष्टिले कृतिको चिरफार, व्यक्तित्वका आयामलाई अझ फराकिलो दृष्टिले विवेचना, जीवनवृत्तको फिचर शैलीगत प्रस्तुति, सुक्तिमय पङ्क्तिका दार्शनिक व्याख्या–विवेचना, लेखकीय प्रवृत्तिको चर्चालाई अझ विस्तृत, अन्तर्वार्तालाई पनि फिचर शैलीमा प्रस्तुत गर्ने मन हुँदाहुँदै पनि विशेषतः कृतिको आयतन वृहत् हुने समस्या र व्यस्तताका कारण समेत हाल यी कार्य सम्भव हुन सकेनन् । तापनि जेजति शीर्षकमा चर्चा, परिचर्चा वा विश्लेषण गरिएका छन् ती शीर्षकबाट सदानन्दको जीवन, कर्म र व्यक्तित्वका पाटाका बारे प्रशस्त सूचनाहरू मिल्नेछन् ।
लेखनको यो रहरमा यो कृतिलाई सिकाइको प्रयोगशाला जस्तै बनाएको छु । प्रयोगशालामा परीक्षण हुन्छ, निश्चित उद्देश्यका साथ केही चिज प्राप्त गर्न प्रक्रियागत रूपमा कर्म गरिन्छ र अन्तमा खोजेको चिज प्राप्त गर्न सकिन्छ । बिना प्रमाण वा आधार कुनै चिज प्रमाणित हुदैन । यस खोजले सदानन्द अभागी एक कर्मयोगी, साहित्यकार, लेखक, अनुसन्धाता, कृषि वैज्ञानिकव्यक्तित्व, प्रशासनिक क्षेत्रमा पनि सबल व्यक्तित्व, कृषि विज्ञानमा आधारित रही लेख्ने, रच्ने एक सफल र प्रेरक व्यक्तित्वका रूपमा प्रष्ट्याएको छ । उहाँको कृषि कवित्वलाई छर्लङ्ग्याएको छ । कृषि क्षेत्रको लेखन र्सिजनामा अलि फरक र अनुकरणीय व्यक्तित्वको रूपमा उभ्याएको छ । उहाँ कृषि कवि हो, कृषि क्षेत्रको अत्यन्त सफल व्यक्तित्व हो भनेर शोधखोजको क्रममा धारणा दिनेहरूले प्रष्ट्याउनु भएको छ । सुदीपकुमार गड्तौला र यामकुमार कार्कीले उहाँ कृषि कवि नै भएको ठोकुवा गरेर कृति समीक्षात्मक धारणा लेख्नुभएको छ । यस अतिरिक्त सदानन्द अभागी साहित्यका विधागत क्षेत्रमा पनि सफल सर्जक नै भएको यो खोजकर्ताले ठम्याएको छ । तसर्थ धेरै कुरा अनुसन्धान र समीक्षात्मक पाटोमा आएकाले उहाँका बारे लम्ब्याएर धेरै कुरा भनिरहनपर्ने देखिएन ।
यस लेखनकर्ममा शुरुवातदेखि समापनको बेलासम्म शोधनायक व्यक्तित्व सदानन्दसँग विविध पाटोमा प्रशस्त सहयोग लिएको छु । प्राविधिक पक्षको हरेक पाटोमा मैले उहाँबाटै भरपूर सहयोग पाएको हुँ । यसै सिलसिलामा यस कृतिको बारेमा आद्योपान्त अध्ययन गरी अनुसन्धानको फ्रेमवर्कमा जाँचबुझ गर्दै सुझाव सल्लाह र मार्गदर्शनसहितको गहन सारगर्भित भूमिका लेखिदिनुहुने बरिष्ठ अनुसन्धानविज्ञ एवम् साहित्यकार डा. मेघराज ढकाल, त्यस्तै यो कृति पढेर शुभकामनारूपी धारणा राखिदिनुहुने आदरणीय÷अग्रज तथा बरिष्ठ साहित्यकारहरू गोविन्दराज विनोदी, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. नारायणप्रसाद खनाल ज्यूहरूप्रति कृतज्ञ छु । यस कृतिकोलागि सुन्दरकलात्मकआवरण तयार गरिदिएर बरिष्ठ साहित्यकार तथा कलाकार यादवचन्द्र भुर्तेलले महत्त्वपूर्ण सहयोग गर्नुभएको छ । उहाँहरूप्रति सदैव ऋणी छु । यस अनुसन्धानको क्रममा स्रोतसामग्रीहरू जुटाइदिएर आदरणीय दाजुहरू गणेश ज्ञवाली र नवराज ज्ञवाली, आदरणीय स्रष्टा तथा द्रष्टाहरू डा. नेत्रप्रसाद न्यौपाने कृष्णादेवी शर्मा, पुष्करराज रेग्मी, ताराप्रसाद श्रेष्ठ (हाल स्व.), कृष्ण लामिछाने लगायतले ठूलो गुन लगाउनुभएको छ । सदानन्द प्रतिका आफ्ना मनका स्पष्ट दृष्टिकोणहरू उपलब्ध गराइदिएर सय जनाभन्दा बढी विविध क्षेत्रका व्यक्तित्वहरू–जुन यस कृतिभित्र समेटिनुभएको छ, उहाँहरूले महत्त्वपूर्ण सहयोग गर्नुभएको छ । अधिकांशजसोले मलाई यस कार्यमा उर्जा, उत्साह थप्नुभएको थियो । यो भूमिका निकै लामो हुने भएकाले सबैको नाम, ठेगाना सम्बोधन गर्न सकिनँ, क्षमा पाऊँ ।यसैगरी यस कृतिलाई भाषिक शुद्धाशुद्ध र प्राविधिक सम्पादनको पाटोमा अमूल्य सहयोग गरी गुन लगाउने सहकर्मी मित्र तुल्सीराम गैरे 'राजु' पनि स्मरणीय हुनुहुन्छ । यसरी विभिन्न पाटोबाट महत्त्वपूर्ण सहयोग गर्नुहुने सबैप्रति हार्दिक कृतज्ञतासहित धन्यवाद प्रकट गर्दछु ।
धेरै कुरा लेखन विवरणले नै बोल्छ । लेखन कति स्वच्छ, उपयोगी र प्रामाणिक हुन सक्यो पाठकका आँखामा परेपछि मात्र जाँचिने भएकाले आगामी मेरो लेखन स्पष्ट, औचित्यपूर्ण, सामाजिक रूपमा उपयोगीसिद्ध हुनका लागि आदरणीय अग्रज, शुभेच्छुक, शुभचिन्तकज्यूहरूको रचनात्मक सल्लाह, सुझाव, प्रेरणा र पथप्रदर्शन नितान्त आवश्यक ठान्दछु । सदानन्दले गरेका हालसम्मका सबै कर्मप्रति श्रद्धाभाव र सम्मान व्यक्त गर्दछु । उहाँ जस्ता मिहिनेती, अथक साधक, समर्पित र लगाव भएका, वृद्ध अवस्थामा समेत जुझारुरूपले लाग्ने व्यक्तित्वहरू म निकै कम देख्दछु । त्यसकारण म उहाँको साधनाको सराहना र प्रशंसा गर्दछु । समग्रमा उहाँको जीवन सफल र अनुकरणीय नै भएको ठानेको छु ।
यस्ता व्यक्तित्वबारे लेखिएको कृतिलाई प्रकाशनयोग्य ठानी आर्थिक चाँजोपाँजो मिलाइदिनुहुने रामचन्द्र रिजालसहितका परिवार, प्रकाशनको अभिभारा बहन गरिदिने त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी, कम्प्युटर टाइप गरिदिनुहुने इन्दिरा भुर्तेल, विविध सहयोगसहित क्ष्क्द्यल्उपलब्ध गराउनका लागि सहयोग गर्ने विवेक ज्ञवालीएवम्सबैप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछु ।
अन्त्यमा, सदानन्द 'अभागी' को शतकायु, यश, ऐश्वर्य, समृद्धि, आरोग्य जीवनको कामना गर्दै अझै पनि उहाँबाट सामाजिक रूपमा अति उपयोगीहुने कृति लेखियून; पाण्डुलिपियुक्त सम्पूर्ण कृतिहरू शीघ्रातिशीघ्र सार्वजनिक होऊन् । यहाँको कर्म सदैव समाज, राष्ट्रलाईमहत्त्वपूर्ण र सदावहार उपयोगी हुनसकून् भन्ने हार्दिक अपेक्षासहित आफ्नो भनाइ यहीँ बिसाउँछु ।