सदानन्द अभागी
आकाश अधिकारी (साहित्यिक नाम) को बास्तविक नाम बालहरि अधिकारी हो र उहाँ पेशाले व्यवसायी भए पनि साहित्यिक क्षेत्रमा क्रान्तिकारी मार्ग दर्शनबाट अभिपेरित कवि, गजलकार, नाटककार, लघुकथा र कथाकार, मुक्तककार,हाइकुकार र निवन्धकार हुन् । उनको गीतलसङ्ग्रह(२०६०) पनि प्रकाशमा आएको छ ।
'आकाश खुल्दैछ' यो आकाश अधिकारीको कवितासङ्ग्रह हो । यस कविता सङ्ग्रहमा ४५ ओटा विविधताले सजिएका कविताहरू समावेश गरिएका छन् । यस कवितासङ्ग्रहको सानो भूमिका लेख्दै डा. अमर गिरीले लेख्नु हुन्छ –"कवितामा स्वतन्त्रता, समानता, सामाजिक न्याय,एवम् मानवीय गरिमाप्रति गम्भिर सरोकार व्यक्त भएको छ ।" यस कवितासङ्ग्रहको प्रकाशन गीतल प्रतिष्ठान नेपाल तथा नाटकमञ्च तनहूले प्रकाशन गरेको छ र प्रकाशकीयमा लेखिएको छ –'जीवन र जगतप्रतिको बोध स्रष्टाको अन्तत नवजात शिशुको आगमनसँगै ल्याएको तरङ्ग यस कविताको अम्तिम रूप हो ।'
अनुत्तरित प्रश्नहरू यस सङ्ग्रहको प्रथम कविता हो । बास्तवमा सबै प्रश्नको उत्तर पाइँदैन । नेतृत्व वर्गले शहिदको आँशुलाई मूल्याङ्कन गर्न सकेका छैनन् । आँसुले विश्वासका चट्टान गाल्छ कि गाल्दैन ,तेजावले जलेको अनुाहरमा मुस्कान छाउला कि छाउदैन, बगरजस्तै लम्पसार शरीरमा भूइँ चम्पा फुल्ला कि नफुल्ला जस्ता अन्य जीवन जगतसँग सम्बन्धित प्रश्न कविले राखेका छन् । यी प्रशनको सही उत्तर त्यति सहज छैन ।
'देश तिमी र म राष्ट्रियताले भरिएको कविता हो । आज देशमा आडम्बरी राष्ट्रियताका कुरा चलेका धन्याड्य बर्गले समनताका कुरा गरेको,शोषकले बर्गीयताकाकुरा गरेको, सामन्ती सत्ता मिल्क्याएको नव सामन्त सिर्जना गर्न हुँदैहैन तर नवसामन्त जन्मि रहेका छन् ।,मत दान गरेर चुनेको हामी माथि अधिकार जमाउन हुँदै हैन । देश सबैको साझा हो भन्ने धारण कविताले पस्केकोछ ।
'घडी' थरी थरीका हुन्छन् सबै घडीलाइ मानव जीवनको घडीसँग दाज्न सकिदैन । मानव जीवनको घडीको निश्चित उद्देश्य हुछ र सिर्जनाको लागि जीवन घडीका सुईहरू घुम्नु पर्छ भन्न सन्देश छ कवितामा ।
नयाँ सम्राट र लकडाउन – देशमा राजनीतिक परिवर्तन आयो । पुराना सम्राटलाई फ्याकियो तर नयाँ सम्राटको उदय भयो । यी नयाँ हिटलरले श्रममाथि, कर्ममाथि,पौरखमाथी,चेतनाको दीपमाथी स्वतन्त्रताको स्वरमाथि र पसिना माथी र हाम्रै रगतमा होली खेलेका छन् यो कुनै पनि हालतमा सह्य छैन भनिएको छ कवितामा ।
'लिलाममा स्वाभीमान'आजको समयमा स्वाभिमान, सपना, ममता, अस्तित्व,आत्म सम्मान, आदर्श,को संरक्षण र सम्बर्धन गर्नुको सट्टा ह्रास हुँदै गएको धारणा आएको छ कितामा ।
प्रतिगमनको अर्को झण्डा –देशमा परिवर्तन आए पनि प्रतिगमनले जे दिने गरेको थियो त्यही नै अग्रगमनबाट हुन थाल्यो । जनताको लागि कोही आएनन् तर जो जो आए आफ्नै लागि आए भनिएको छ ।
आँफैलाई नियाल्दा – सदियौंदेखि उज्यालेको खोजी रहेका,भोक रोगले सत्तिएका ती गरिबहरूलाई धनीको दरबार बाट कसरी देखिनु । हो पनी जहाँ अहम्ता छ, विभेद छ , इमान दारीता छैन तिन्ले गरिबमा भएको अठोट, कर्तव्य त्यहाँबाट प्राप्त हुने इमान्दारितालाई कसरी देख्न सक्छन् र ? गरिवीले सत्तिएको यथार्थतालाई कविताले समेटेको छ ।
नियति – एउटा तानसँग जोडिएकी आमाले भोग्न परेको जीवनको यथार्थ पीडा जोडिएको छ । वेपत्ता भएको पति परदेशीएका छोराछोरी, खण्डहर बनेका खरको झोपडी आदि सँग जिन्दगीलाई अस्ताउन लागेको घामसँग तुलना गरिएको छ ।
खण्डित सपना –देशको विकास अधोगतिमा भएको तर सरकारको प्रचार प्रसारमा समृद्ध नेपालको ढोल पिटाई छ भन्दै कविले लेख्छन् –
साँच्चै
गाउँसँगै खण्डहर भएका छन्
हाम्र संस्कृति र परम्पराहरू ।
पृष्ठ ३०
ऐनाका मनोवाद –ऐनालाई जस्ले हेर्न चाह्यो उसको यथार्थ स्वरूप देखाई दिन्छ । आफ्नो अस्तित्व केही छैन ,ऊ बोल्न सक्दैन , लाचार छ, र निरिह छ तापनि कसैले आफ्नो स्वरू हेर्न चाहेको अवस्थामा उसले यथार्थ स्वरूप छर्लङ्गसँग देखाई दिन्छ । कसैले आफ्नो स्वरूप हेर्न चाहान्छ भने ऐना अति आवश्यक छ । कोही पनि स्वअस्तित्व नहोस् तर परअस्तित्वलाई प्रष्ट्याउन सक्ने क्षमता छ भने उसलाई पनि महत्वपूर्ण रूपमा लिइन्छ ।
रहरमा वैशको निशानी माग गरिएको छ ।
'आगो ओकाल्दै एउटा शासक बाट शोषित व्यक्तिको मार्मिक यथार्थलाई प्रष्ट्याएको छ कविताले । अपुरा सपनालाई पूर्णता दिन सहर पस्दैछ वीरबहादुर भनिएको छ ।
निष्कर्श यस कवितामा विकृतिमा प्रहार गर्दै कवि भन्छन् –
अहो !समय नजिकै आइ सक्यो
अब घोषण हुन मात्र बाँकी छ
अब विघटन हुने छ यस युगको
विधटन हुनेछ सभ्यताको
विघटन हुनेछ मानवताको
र उदय हुने छ रोबर्ट सम्राज्यको
नदी किनार म–यस कवितामा क्रान्तिका स्वर गुञ्जिरहेका छन् । युग निर्माणको गति तीब्र भएर अगि जानुको सट्टा,उर्लदो नदीका सट्टा तलाउमा परिणत भएको र नदीमा पानी नभएर रगत बगेको अनुभूति दर्शाउँदैअस्तित्व सकिएको, निशानी मेटिएको,र बलिदान पनि निस्काम भएको धारणा आएको छ कवितामा।
पूmलको प्रश्न –बास्तवमा पूmल अर्कैकालागि बाँचेको हुन्छ । पूmलले भन्दछ– "मेरो कोमलता मेरो पहिचान हो, शालिनता मेरो अस्तित्व हो, मैले बाँचेको जिन्दगी मेरो मात्रै हुँदै होइन" भन्दै पूmलले मानिस सँग अरूको लागि बाँच्न सक्छौ भन्ने प्रश्न राख्दछ ।
मान्छे र मानवता – मानिसमा मानवता,अठोट, निष्ठा,भाइचारा,तत्वहरू मानिसबाट नहराएको भए यही पृथ्वीनै स्वर्ग हुनेथियो ।
यात्राका औचित्व –कुनै पनि यात्राको औचित्य पुष्टि हुनु पर्छ भन्ने धारणा आएको छ ।
अस्तित्व –कविताले अस्त्त्विको खोजी गरिरहेको छ । अस्त्तिव विनाको मानिस निस्प्राण नै हो भन्दै कविले लेख्छन् –"जस्को अस्तित्व छैन उसको उपयोगिता छैन, सायद मानिसहरू अस्तित्वको खोजिमा छन् र उपयोगिता पर्खिरहेका छन्। "
विचित्र मित्र –यस कविताले एउटा जडेहा मित्रको व्यवहार रक्सी सेवन गर्दा र नगर्दा फरक छ र सथीलाई लडाउने मौका खोजेर बस्छ । अर्को साथीले भन्छ – "याद गर मित्र मलाई सिध्याउने खेलमा तिमी आँफै सकिदै छौ ।" जगतको भलो त आफ्नो भलो भन्ने उखान नै छ ।
आकाश खुल्दै छ –यसै कविताको नामबाट यस कृतिको नामाकरण गरिएको छ । यस कविताले परिवर्तनको बारेमा संकेत दिएको छ ।
मानिसका ेतरबारको धारले लेखेको इतिहास
कलमको निवले पूनर्लेखन गर्दै गर्दा
आविस्कारको बाटोमा हिडेपछि
आफ्नै अस्तित्व गुमायो मान्छेले
......
अव आकाश खुल्देछ , संभावनाका ढोकहरूखुल्छन् । परिवर्तन आउने छ भन्ने धारणा आएको छ कवितामा ।
मानुङकोट – मानुङकोटलाई सन्तको बिम्बको रूमा लिँदै चेपिएर पनि शालिन, दबिएर पनि सौम्य, दुखेर पनि धैर्य, आवेगमा पनि स्थिर र सुन्दर छ मानुङकोट भन्ने धारणा आएको छ ।
मान्छे नबनेको मान्छै – पुर्खाहरू स्वतन्त्र भएर हिडे पिथेकस् बनेर चाहार्दै तेन्जिङ, हिलारी सगरमाथा चढे,कोलोम्बसले अमेरिका पत्तालगाए, तर आजको भूमण्डलीकरणको युगमा मानिस गुलाम बनेर दासता बोकेर, मानिस प्रभुहरूको दरबारमा लाम बद्ध हुनु हुँदैन र त्यस्तो मानिस बन्न पनि हुँदैन भन्ने धारणा आएको छ ।
सभ्यताको क्रमभङ्ग–आजको नेपालको यथार्थतालाई केलाउँदै विश्वव्यापी रूपमा राज्य सत्तामा बस्नेहरू हिटलरको रूप लिएर च्याम्बरमा रासायनिक गर्भ धारण गर्दै छन् र हिजोको सभ्यताको क्रम भङ्ग भएको छ भन्ने धारणा आएको छ कवितामा ।
सुनौलो विहानी– सदियौंदेखिका आकान्छाहरू गर्भमा नै तुहिएपछि आमा रुनु स्वभाविक हुन्छ । देशको भूमि रक्तमय भएपछि आमाको रुवाइको स्वर बढ्नु पनि स्वभाविकै हो । हाल परिवर्तनको सुभसंकेत देखिएका छन् । कमलो घाम र सुनौला विहानी भर्खरै जन्मिएको धारणा आएको छ र अब सुधारको संकेत मिलेकोमा आशावादी देखिन्छन् कवि ।
नियतिको मार्ग –वर्तमान परिपेक्षमा विकासका सबै मार्ग मेटिएपछि अथवा मार्ग भूलिएपछि मानिस स्तब्ध हुनु स्वभाविक हो । शान्तिको प्रतिक भगवान बुद्धले यी क्रियाकलापलाई तथा तमासालाई हेरिरहेको छन् भन्दै यस युगका मानिस तथा भगवानले आफ्नै दाह संस्कारका लागि अन्तिम तयारीमा जुटेका छन् भन्ने धारणा आएको छ कवितामा । कविले सृष्टि र सिर्जनाले सवल कर्ममा अगाडि बढ्न नसकेकोमा चिन्तित देखिन्छन् ।
सम्बन्ध– कविको धारणा सबैको सबैसँग सम्बन्ध छ र जिन्दगी र जिन्दगीसँग बराबरीको इतिहास छ सम्बन्धको जालोमा सबै रुमलिएको धारणा आएको छ कवितामा ।
बिबेक र मान्छे –बिबेक छ त मानिसको अस्तित्व छ जब बिबेक हुँदैन तब मानिस त रोबर्ट सरह नै हुन्छ भन्ने धारणा छ कवितामा ।
स्मृतिमा टुटेका सपनाहंरू– नेपालको राजनीतिक यथार्थताको वर्णन गर्दै देशमा सत्ता परिवर्तन भयो पात्रहरू फेरिए तर प्रवृत्ति फेरिएको छैन ।चित्र फरक देखिए पनि चरित्र उही छ भन्ने धारणा आएको छ कवितामा
सरकारका सुगाहरू– यस कवितामा वर्तमान विक्रितीमा व्यङ्ग कसिएको छ सरकारको अकर्मण्यताको कारणले गर्दा सबै कामहरू अलपत्र छन् । सुगा रटाइमा बहुदृष्टि हुँदैन तर सरकारले काम उच्चाइमा पुगेको दावी सुगा रटाइ सरह नै छ । यसमा कविले भन्छन् –"थुप्रो त फोहोरको पनि हुन्छ" भन्न धारणा आएको छ । सवल र सफल कामको उच्चाइको चाहना छ कविको ।
अन्तिम सम्बन्ध – अस्तित्व अपहरणमा पर्नु,अस्मिता बलत्कृत हुनु , सबै आफ्नो आफ्नो स्वार्थमा लिप्त भएको अवस्थामा,आमा मृत्य अवस्थामा छिन् यस अवस्थामा आमाको लाश माथि एक थुँगा पूmल चढाउनु छ र आमाको अर्थी उठेपछि हामी बीचको भाइचारा समाप्त हुनेछ ।
अन्तिम दृश्य – यस कवितामा कविले प्राकृतिक संरचना र मृत्युलाई समेट्दै मानव जीवनका यथार्थ घटनालाई समेट्ने प्रयासगरेका छन् ।आमाको अन्तिम घडीमा बाबाका आँखा रसाइरहेको अवस्थको यो कारुणि व्यथालाई कविले यसरी धारणा पोख्दछन् –
–"जीवनमा न भोगेको नियति
अनौठो लागिरहेको थियो
युग रोइरहेको अन्तिम दृश्य ।"
देश खोज्दै –"म देश खोज्दै कहाँ मात्र पुगिनँ" यस कथनमा कवि देशखोज्दै विश्वका विभिन्न ठाउँमा पुग्छन् । अनगिन्ति भेटिन्छन् । देशले जन्म दर्ता, नागरिकता राहदानी बेच्ने अड्डाको रूप नभएर गास बास कपासको आपूर्ति र देश प्रेमको जागरण गराउन सक्नु पर्ने धारणा आएको छ कवितामा ।
आस्थाको आयम–"आडम्बरी शासक,निमुखा रैती र निर्देशित राज्य कसरी स्वतन्त्र हुन सक्छ ?" भन्ने प्रश्न राख्दै आजको राज्य सत्तामा बस्नेहरूलाई सतर्क गराउँदै कवि भन्छन् –"होस् पु¥याउनु होस महोदय साच्चिकै मान्छेहरू क्रुर शासक भन्दा हजारौं गुणा चलाख छन् आस्थाको आयमभन्दा दुई कदम अगाडी नै छन् ।" बस्तवमा जनताको शक्ति अगाडी संसारका कुनै तानाशाह टिक्न सकेका छैनन् ।
मृत मानवता – आधुनिक परिवेशलाई नियाल्दै मानिसमा हुनु पर्ने मानवता सृष्टिको सुन्दरतालाई कैद गरेर आजको विध्वसको च्याम्बरमा सवार हुँदा पल पलमा मानवता मरिरहेछ भन्ने धारणा छ कवितामा
अवस्था –शासक बर्गले देशको ढुकुटी रित्त्याइ रहँदा कर्णालीमा, महामारी भोकमरी,सिटामोलको अभाव जीवन जलको अभाव,रेमिटेन्सले धानेको अर्थतन्त्र र अवोध बालिकाले सोधेको सरकार भनेको केहो भन्ने प्रश्नमा कविले छोरी र देशको मान चित्रलाई हेरिरहेको धारणा आएको छ कवितामा ।
मन – यस कवितामा मन भनेको के होइन , यो ईश्वर हो, मठ मन्दिर हो, दृष्टिकोण, दृष्टि विन्दु,चिन्तन, चेतना, भोगाई महसुस, भूत वर्तमान र भविष्य, आकाश, धर्ती, हावा, पानी र मन मनै हो र जीवन हो भन्ने धारणा आएको छ कवितामा ।
भ्रुणहरूंको विद्रोह –यस कवितामा आजको समयमा भ्रुण हत्त्यामा देखिएको विकृतिलाई प्रष्ट्याउने प्रयास गरिएको छ । कुमारी आमाहरूले आपूmले नै गर्भ धारण गरेको भ्रुणलाई अस्वीकृत ठान्दा भ्रुणहरूले जन्मदेऊ, समाजसँग विद्रोह गर्ने धारणा र आमाहरूले, छोरीहरूले सबैले विद्रोह गर्नुपर्ने भनिएको छ । भ्ूणहरूले साकार रूप लिन पाउनु पर्छ भन्ने धारण आएको छ कवितामा
वाध्यता – भोको बाध्यताले गर्दा युवा मरुभूमि खोतल्न दगुर्दा घरकाले भोक मार्न विषालु च्याउ खाँदा सदाको लागि लामो यात्रा गर्दछन् घरपरिवार । विदेशीएको फर्कने नफकैने थाहा छैन तर भोकसँग हारेका भने फर्कने छैनन् भन्ने धारणा आएके छ कवितामा ।देशमा देखिएको भोकमरिको समस्यालाई समेटेको छ कविताले।
शहरी बच्चाहरू–शहरी बच्चाहरू भानुभक्तको जिर्ण घरलाई नियालेर सेल्फी खिच्नेर जिर्णघरको अवस्थालाई हेरी आदि कवि त चित्रकार पनि रहेछन् पुन अर्को बालकले भन्छ क्या कलात्मक घर आदिकविको यस घरको जिर्ण अवस्था र सहरका बालबालिकामा गाउँ देशमा भएका भवनको जिर्णोधार ज्ञान नभएकोमा व्यङ्ग कसिएको छ ।
पानी जिन्दगी– यसकवितालाई कविले पानी र जिन्दगीको तुलना गरेर पानी जस्तै हो जिन्दगी भन्ने धारण दिएका छन् । बास्तवमा पानीको आवश्यक्ता हरेक क्षेत्रमा हुन्छ । पानीले भिजाउँछ,बगाउँछ, डुवाउँछ । यी यथार्थता मानव जीवनमा पनि लागु हुन्छन् । कविले पानी जिन्दगीजस्तै हो रजिन्दगी पानी जस्तै हो भनि तुलना गरेका छन् ।
मुर्दा घरमा एकछिन– मुर्दा घरमा राखेको लास व्यवस्थापनको वर्ण गरिएको र भनिएको छ । मरेर पनि बाँच्न पाएमा मात्र जीवन सार्थक हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
अस्तित्वको खोज– पहाडसँग मितेरी लगाएपछि हिउँ र हिमालको अस्त्त्वि दर्शिएको हो । एकातिर हिउँको कारण पहाड सुन्दर दर्शिनु अर्कोतिर पहाड गर्भमा रहनु तथा पहाडको अस्तित्व नदर्शिनु । त्यसो हुँदा यथार्थमा अस्तित्व विलिन हुन थालेकोमा पहाडलाई हिउँ बोझ हुन स्वभाविक हो । कविले यस विषयमा प्रश्न राख्छन् –"अग्लिनु पग्लिनु र बग्नु सत्य हो त?"
अस्तित्व – यस कृतिको यो अन्तिम कविता हो । कविले कुनै चिज अस्तित्वमा आउनु र विलाउनु स्वभाविक जस्तो लाग्छ भन्दै उदाहरणको रूपमा कविले प्रस्तुत गर्दछन् –"जसरी हावामा बहकिएर सकिन्छ पूmलको सुवास, ठिक त्यसैगरि एकदिन समाप्त हुने छ अस्त्त्वि ।" अस्तित्वको जगेर्ण तथा बचाएर राख्नु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
सबै कविताको मैले बुझेको सारभाव माथि प्रस्तुत गरेको छु । कविता वर्तमान परिपेक्षमा लेखिएका छन् र विविध पक्षलाई समेटिएका छन् । देशमा परिवर्तन भयो तर यो परिवर्तनको स्वाद जनताले उपभोग गर्न पाएनन् । जसको कारणा शासक दर्विलो हुँदै गए । जनता र राष्ट्रको सवलीकरण हुन सकेन । शासकको सक्षम नेतृत्वको कमीले गर्दा देशको विकास मार्ग अवरुद्ध भयो । शोषक र शोषित बीचको अन्तर द्वन्द्वले गर्दा शोषित बर्गहरू कहिल्यै माथि उठ्न सकेनन् । कविका शब्द शब्दले विद्रोहका भावहरू दर्शाएका छन् ।भ्रष्टचार निर्मुलका धारणा आएका छन् । कविको चाहना प्रकाशिलो जीवन, समृद्धशाली देश, सक्षम जनशक्ति, विदेश पलायन नभएर स्वदेशमै गास, बास, कपासका,े आपूर्ति जनताले पाउनु पर्ने नैसर्गिक अधिकार हो ।यसमा कविका धारणा प्रष्ट आएका छन् । सहिदका सपना अधुरै रहे, सहिदको आँसुलाई शासक वर्गले मूल्याङ्कन गर्न सकेन, देश साझा हो र देश विकासमा सबैको सहभागिता हुनु पर्दछ । आडम्बरी राष्ट्रियताले राष्ट्र बलियो हुँदैन,पुराना सम्राटबाट देश विकास हुन सकेन जनता स्वतन्त्र हुन सकेनन् भनेर नयाँ सम्राटको चयन भयो तर यी नै नयाँ सम्राट हिटलर बनेर अगाडी आएर जनताको रगतमा होली खेल्न थाले जनताले यस्तो गतिविधि कसै चाहेकै हैनन् । जनताले दासत्वबाट मुक्ति खोजेका हुन् । बास्तवमा प्रतिगमन र अग्रगमनमा कुनै फरक नदेखिनु जनता र देशको लागि हितकर हुने कुरै भएन । कविले गरेको महसुसमा स्वाभीमान लिलामी भएको छ र मानवता हराएको छ । यस देशबाट मानवता नहराएको भए देश स्वर्ग बन्ने थियो भन्ने कविको दृढ विश्वास छ ।
एउटा क्रान्तिकारी धारणाले सजिएका कविताका हरेक शब्दले मानव जीवनमा उत्साह पैदा गर्दछ । कविता सरल शब्दमा लेखिएका छन् । कतै कवि प्रतिकको रूपमा प्रस्तुत भएकाछन् भने कतै प्रतिबिम्बतित धारणा ओकल्न पछि परेका छैनन् । कविता पठन योग्य छन् ।
अतः कविका भावनलाई जति विश्लेषण गरे पनि कमि नै हुन्छ । त्यसो हुँदा कविको भावना अझै सुदृढ बनोस् नयाँ नयाँ कविता पढ्न पाइयोस् र भावी जीवनको उज्व्लताको कामना सहित विदा चाहान्छु ।

No comments:
Post a Comment