February 19, 2026

एक चिम्टी सिन्दूरको अनुशीलन

 सदानन्द अभागी
परिचय–
यो कृतिकी सिर्जना कार हुन् मुना धनञ्जय । उनी कुलप्रसाद पंगेनीकी सुपुत्री हुन् भने गजेन्द्रप्रसाद लम्सालकी बुहारी हुन् । पिता कुलप्रसाद प्रेरणका स्रोतका रूपमा रहेका हुनाले उनको साहित्यिक यात्रा विद्यार्थी  कालबार्टै थालनी भएको हो । मुनाकी आमाले सुरिलो आवाजमा गुनगुनाउने रामायणका श्लोक र भजनकीर्तनहरूले पनि मुनालाई साहित्यतिर लाग्न प्रेरणा मिल्यो । महिलाहरूलाई प्रगति पथमा लम्कन विवाह पछिको जीवन अति महत्वपूर्ण हुन्छ । मुनाको विवाह पनि एउटा साहित्यिक परिवारमा हुन पुग्यो । मुनाकी सासूआमा विभिन्न विषयमा झ्याउरे तथा लोक लयमा गीत– कविता रचना गरेर आफै बाचन गर्ने भएकोले मुनालाई थप  हौसला मिल्यो । साहित्यिक सिर्जनामा हरकोहीले घरयासी वातावरण सहज पाउन सक्दैनन् । यस अर्थमा मुनालाई भाग्य मानी सम्झनु पर्छ कि उहाँका जीवन साथी बद्री लम्साल छोराहरू भूगोल र परितोषको साथै कवयित्रीकी नन्द बसुन्धरा पौडेलको निरन्तर सहयोगको र सल्लाह पाइराख्नु भएको छ । हाल मुना धनञ्जय गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानकी परिषद सदस्य हुनुहुन्छ ।
कृतिको संरचना–  यसकृतिको आवरण पृष्ठ बाहेक विविध शीर्षकमा कदेखि ढसम्म १४ पृष्ठ, विषयक्रम २ पृष्ठ, कविता खण्ड ११५ पृष्ठ त्रिवेणी साहित्य प्रतिष्ठन, नवलपरासीका प्रकाशन ५ पृष्ठको साथै अग्रपृष्ठमा नारीको शिरमा एक चिम्टी सिन्दूर राखेको तस्विर छ भने पछिल्लो पृष्ठमा मुना धनञ्जयको तस्बिरको साथै प्रा. मुकुन्दशरण उपाध्याय, डा. नारायणप्रसाद अधिकारी र प्रा. चोलेश्वर शर्माका कृति र कृतिकारप्रति पस्किएका अभिव्यक्तिहरू समावेश गरिएका छन् । यस कृतिको प्रकाशन त्रिवेणी साहित्य प्रतिष्ठन नवलपरासी (ब.सु.पू.)ले गरेको छ । पिता स्व.कुलप्रसाद पंगेनीप्रति समर्पण गरिएको यस कृतिमा गैडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैंडाकोट नवलपुरका कुलपति गोविन्दराज विनोदीको शुभकामना, मुकुन्द शरणउपाध्यायको शूभेच्छाका केही शब्द, कृष्णशरण उपाध्यायको शुभकामना (एक चिम्टी सिन्दुरलाई), त्रिवेणी साहित्य प्रतिष्ठान अध्यक्षको प्रकाशकीय रहेको यस कृतिमा ५१ ओटा कविताहरू समावेश गरिएका छन् । परितोस लम्सालको आवरण कला रहेको यस कृतिको मूल्य २०५।– रुपियाँ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा –  यस कृतिमा समावेश भएका सबै कवित,ाको सार भाव प्रस्तुत गर्ने  प्रयास गरिएको छ । कविताको विविध दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ । यस कृतिमा नारीवादी चिन्तनलाई, गहिरो रूपमा उठाएका केही कविताहरू यसप्रकार छन् ।  यस कृतिको पहिलो कविता नै नारी शीर्षकमा लेखिएको छ । एकचिम्टी सिन्दूर, प्रथम रजस्वला , हामी नारीहरुको दैनिकी, आस्थाकी देवी माता, साइँली र आमा तथा नारीले बोक्न परेका विविध कठिनाइलाई विशेष रूपमा उठान गरिएका कविता हुन् । नारीले सन्तान उत्पादन गर्नु, पालन पोषण गर्नु तर तिनै सन्तानबाट अपहेलित हुनु, नारी माथि गरिने विभेद, आदिलाई सहन गर्ने हैन कि आफ्नो नैसर्गिक अधिकार लिन उठ्नुपर्छ । कुनै पुरुष  भन्दा नारी कम छैनन् र नारी अदना र अवला होइनन् । क्रान्तिकारी वीरङ्गना बनेर उठेर आफ्ना खोसिएका अधिकारलाई खोसेर ल्याई नारी जातिकै इतिहास रच्नु छ भन्ने धारणा आएको छ कवितामा ।
एक चिम्टी रातो सिन्दूरले सारा जीवन बाँध्छ, मायाको अनमोल दस्तावेज, प्रेमको निशानी, अटल सौभाग्यको सूचक, यसलाई मजाकमा उडाउन हुँदैन । जस्ले मजाकमा उडाउँछ कहिल्यै निदाउन, खुसी हुन,सक्दैन भन्दै कवयित्री भन्नु हुन्छ – 'सिन्दूरको धर्म र मर्मलाई जतन गर्न सक्नु पर्छ दुवैले चाहे सिन्दूर पहिरिने होस् या पहिराउने यो नै सिन्दूरको महत्व हो ।'
नारी रजस्वला हुँदा, घरमा बस्न नहुने, बाबु, दाजुभाइलाई हेर्न नहुने,अर्काको घरमा लगेर राख्नु, घामको किरण देख्न नहुने जस्ता पुरानो चलन थियो । बास्तवमा रजस्वला हुनु भनेको त सृष्टि सिर्जनाको संकेत हो । यस अवस्थामा किन अशुद्ध ठानिन्छ । कवयित्री भन्छिन् –'रजस्वला लाज होइन न त पाप हो । यो नारी जाति कै स्वभिमान हो  सृष्टिको मूल आधार हो ।'
नारी कुखुराको डाँकसँगै उठेर झाडु पोतो गर्नु, खाना पकाउनु खुवाउनु, बच्चाबच्ची भए पछि रेखदेख गर्नु, घरको काम धेरै गर्दा पनि काम गरेको देखिदैनन् । अस्तित्व भए पनि मूल्य छैन ।, नारी कि त आमा, श्रीमती, छोरी भएर बाच्न पर्छ , ऊ कहिल्यै म भएर बाँच्न सक्तिन, काम गर्दा थकान हुन्छ तर थकान देख्ने कोही हुँदैन । राती सुत्दा पनि भेलिको योजना बुन्नु पर्छ । नारीले सके पनि नसके पनि दैनिकी चालाउनु पर्छ भन्ने धारणा कवयित्रीले राखेकी छन् ।
माता मौलाकालिकालाई आस्थाकी देवीको रूपमा प्रार्थना गर्दै देवी एक भए पनि रूप अनेक छन् मेरो सबै चिज तिम्रै हुन् भन्ने धारणा आएका छन् कवितामा ।
नेपालका श्रमिक महिलाहरूको कठिन परिश्रमलाई कवयित्रीले समेट्ने प्रयास गरेकी छन् । साइँलीको कारुणिक व्यथा, पसिना, पीडालाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ ।
नारीवादी चिन्तनको महत्वपूर्ण कविता हो आमा । आमाले गर्भ धारण गर्नु, बच्चालाई नौ महिना कोखमा राख्नु जन्म दिनु, पालन पोषण गर्ने काम आमा बाटै हुन्छ । आमा विना बच्चाको जिउने आधार कोही हुँदैन ।आमा दया मायाकी खानी, शालीनता र धैर्यैता कि प्रतिमूर्ति, सन्तानको भविष्यकी मार्ग दर्शक, बाबुनानीकी आस्थ र विश्वासकी दीप, आमालाई बच्चाको सर्वस्व र सृष्टिकै अनमोल रत्न हौ भनिएको छ ।  
नारीवादी कविताको सार भाव पस्केपछि अरू कविताहरूको सार भाव यस प्रकार छ – समय र ममा कवयित्रीले समयसँग आपूmलाई तुलना गर्नु, समय निरन्तर चलिरहनु तर म भने समयसँग निरन्तरतता दिन नसक्नु,  ।
मेरा बा – कवितामा बाको मेहनत, साहस, सहनशीलता,चुनौती र समस्यासँग जुझ्नसक्ने क्षमता, काममा निरन्तरता, मुस्कान भरी अनुहार, सन्तानको खुसीमा आफ्नो जीवनको खोजाई, कठिन परिश्रमले गर्दा हात खुट्टा फुटेका र हातमा ठेला उठेका आदि कुराहरूलाई समेट्दै बाबुले दुख बाहेक केही पाएनन् उनी संघर्षका पर्याय, आदर्श, सन्ततीको लागि सर्वश्व र भगवान हुन् जस्ता धारणा आएका छन् कवितामा ।
माग्ने –यस कवितामा एउटा विवश माग्ने मानिसको कष्टदायी जीवनलाई प्रष्ट्याइएको छ । उसले सारा कष्ट भोग्दा भोग्दै पनि कुनै न कुनै विहान त ब्युझिएला मनवता भन्दै ऊ आशावादी रहेको छ ।
मात्र एउटा प्रश्न – यस कवितामा मानव जीवनका अनेक क्रियाकलापलाई विश्लेषण गर्दै एउटा प्रश्न यसरी सोधिएको छ कि मानिस संसार बाट जो जे जति विदा भएर गए जाँदा के लिएर गए भन्दा जवाफ नाङ्गै आए नाङ्गै गए भन्ने धारणा आएको छ कवितामा ।
पूmल–कोपिलाबाट फक्रेर पूmलको सिर्जना हुन्छ कसैले टिपेपछि अस्तित्व समाप्त हुन्छ । जीवनको यथार्थता यही हो ।
भुर्इँमान्छे – यस कवितामा मानिसमा भएको अहम्ले आफूलाई जे ठाने पनि यथार्थतामा मानिस जे हो त्यही हो । सत्यलाई सत्य र भूmटलाई भूmट भन्न सक्नु पर्छ । आखाले जे देख्छ त्यही बोल्नु पर्छ भ्रम छर्नु छैन,      
सत्य सत्य नै हो । बाहिरी आवरण धेरै टिक्दैन । कर्सैको नजरमा भुईँमान्छे होला तर मानिस मानिसै हो ।
मान्छेहरू– मानिस थरी थरीका हुन्छन् ।कोही जितकोमा रमाइ रहेका, कोही हारमा पीडित, कसैमा उन्माद आदि जे भए पनि कवयित्री भन्छिन् –
साँच्चै भनूँ भने मान्छेहरू
लोकतन्त्रको बजारमा देखाउँदै गरिरहेको
उदाङ्गो नाच टुलु टुलु हेरिरहेछन् ।।
हिजोको ऊ आजको ऊ –मानिस परिवर्तनशील हुन्छ । मन हुँदा धन नहुनु, धन हुँदा मन नहुनु , देशमा हुँदा राष्ट्रियता हुनु, विदेश गए पछि देशप्रति घृणा पोख्नु, सानोका व्यवहारमा मातृभक्त तर आज ऊ त्यस्तो छैन , धनी भए पछि कसैको पनि खाँचो छैन । धनले सबै चिज किन्न सकिन्छ तर धन भन्दा लाखौं गुणा ठूलो मन हुन्छ भन्ने कुरा भुल्छ ऊ भन्ने धारणा आएका छन् कवितामा ।  
भञ्ज्याङको चिया पसल –पहाडी भेकको यात्रा, ओराली उकाली, अपरिचित बटुवासँगको क्षणिक भेट, आपसी निकटता, भेटिने देउराली,  देवीलाई पूmलको अर्पण, देउरालीको चियापसल, पसल्नी दिदीको मीठो मुस्कान, तामाको अंखरीको चिसो पानी, तिर्खाको मेटाई ,थकानमुक्त चियाकोस्वाद, जति  अघि बढ्यो त्यति याद, मन चिया पसलमा  दौडिरहन्छ जस्ता धारणा आएको छ कवितामा ।
असार पन्ध्र–गाउँको लागि यो दिन मानु खाएर मुरी उब्जाउने दिन, धान दिवस, सहरमा विकासे बजेट कार्यन्वयनको लागि हतार, राष्ट्र सेवक कर्मचारीलाई हर हिसाब फरफारक गर्न हतार, सञ्चार कर्मीलाई विकास सम्बन्धि समाचार सम्प्रेषण गर्न हतार, बजेट सक्नको लागि कृषिक्रान्ति विषय सेमिनार र गोष्ठीहरूको सञ्चालन, धानदिवस मनाउन मञ्च सजावट, प्रमुख अतिथिबाट गमलामा धान रोपाइँ, दही च्यूराको भोज, रात्रीकालिन भोजको तयारी समेतको धारणा आएको छ साथै कवयित्रीले गाउँको यथार्थ चित्रलाई पनि यसरी प्रस्तुत गरेकी छन् । युवा पलायन छन् । खेतबारी बाँझा छन्, नहर र कुला प्यासी छन्, विदेशमा चर्को घाममा युवाले घर सम्झेर रोइरहेका छन् । बुढा बा, आमा सन्तानले पिँढी कुरीरहेका धारणा आएका छन् कवितामा ।
आँसु–मानव जीवनमा आँसु हर्ष, विस्मात, अभाव, दवाव, पराइ आफन्त को कारण बाट झर्छ । कसैले आँसुलाई शक्तिमा परिणत गर्छन् । कसैले आँसु झारेर कमजोरी देखाउन नहुने भन्छन् । जीवन संघर्षहो संघर्षबाट भाग्न हुँदैन, हरेश खान हुँदैन, झेलेर अघि बढ्नु पर्छ र गन्तव्यमा पुग्नु पर्छ ।आँसुलाई मजाक बनाउनेबाट बचाउनु पर्छ ।बाहिर आँसु नझारे पनि भित्र भित्र मानिस रोइरहेको हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मानव जीवन – मनव जीवन नाशवान छ । आफ्नै देह आफ्नै वशमा छैन । मानिसले यी सबैकुरा विर्सन्छ । मानिसले अहंकार र द्वेष किन गर्ने । 'मानिसले छोटो जीवनलाई अर्थपूर्ण बनाउन सक्यो भने त्यसैमा मानिसको बुद्धिमानी ठहर्ने छ' भन्ने कविको ठहर छ ।
मेरो बाल्यकाल – बाल्यकाल सबैको आनन्द र महत्वपूर्ण हुन्छ, किनकी, न कुनै बन्धन, नकुनै अड्चन, विभिन्न खेल, पढ्नभन्दा खेल्नमा मन,जब मानिस ठूलो हुँदै जान्छ उसका बालक कालका सबै क्रिया कलाप हट्दै जान्छन् । बालक साथी बाट टाढिदै गइन्छ । आफ्नो आफ्नो गन्तव्यमा लागेका साथीहरूको स्मरणमात्र रहने हुन्छ । कवयित्रीले भन्छिन्–
एक पटक भेट्न मन छ ती साथीहरू
कोट्याउन मन छ विगत अनि
पुग्न मन छ बालापनमा
त्यसैले खोजीरहेछु साथ तीनै बाल्यकालका साथीहरूको ।।
पृष्ठ ४२
मालचरा –कविले मालचराको र मानव बीचको कार्य शैलीलाइ तुलनात्मक धारणाहरू प्रस्तुत गर्नु भएको छ ।  मालचरा एकको नेतृत्वमा बथानमा उड्छन् । एकले अर्कोलाई सहयोग गर्दछन् । मानिस विवेक भएको प्राणी हो ।  एकल पना रुचाउने, घमण्डको महल निर्माण गर्ने, ज्ञानी र सक्षम ठान्छ, भित्र भित्रै जल्छ टुक्रा टुक्रा भएर बाँच्छ । मानिसले मालचराबाट धेरै कुरा सिक्न सक्छन् । एकता, सहयोग, नेतृत्व, यी चराबाट सिक्न सकिन्छ । एकता बाटै साँचो उच्चाइ मिल्छ ।  
ऊ ठूलै नेता भए छ – नेता र जनता बीचको भिन्नतालाई यहाँ प्रष्ट्याइएको छ । जनता हुँदा सत्य बोल्नु, इमान्दारिता र जनताको मुक्तिका कुरा गर्नृु, ठुलो नेता भएपछि यी सबै कुरा भुलेको धारणा आएको छ ।
खै ! किन आउँछ तिहार–यस कवितामा तिहारमा देखिने प्रकृतिक सौन्दर्यता, पीङ, बालक कालका बालक्रीडा, काग तिहार, कुकुर तिहार, गाई पूजा, गोवर्धन पूजा,भैली खेलाई, तेलधारा, सेलरोटी, मखमली र सयपत्रीका माला,सप्तरङ्गी टीका, अष्टचिरन्जीवीको पूजा, दैलो ठेलामा ओखर फोराइ, टिका लगाई, जुगा खेलाइको स्मरण गदै दाजु ईश्वरको प्यारो भपछि किन आउँछ तिहार भन्दै कविता समाप्त हुन्छ ।
भानु– यस कवितामा भानुलाई नेपाली म्भ, रामायणको भभाषाका एकीकरणकर्ता, नेपाली भाषाका सुगन्ध, नेपाली काव्य जगतका आदिकवि, धर्म, संस्कार र संस्कृतिका आधार स्तावानुवादक, अध्यात्मको पाठ सिकाउनेकर्ता, 'तिमी नेपालीजनका नेपाली मनका आस्था हौ, विश्वसा र्हाै त्यसैले त भानु तिमी नेपाली साहित्याकासका आदि कवि हौ प्रथम कवि हौ' भनिएको छ ।
जीवनको सार्थकता– जीवनको बालकक्षण आनन्ददायक भए पनि उमेर बढ्दै जाँदा यी आनन्ददायक जीवन जिम्मेवारी आएपछि मानव जीवन निश्चित सीमाभित्र बाँधिन पुग्छ र यो जिम्मेवारी वहन गर्नु पर्छ । जिम्मेवारीमा रम्दै रमाउँदै जीवन जिउनु जीवनको सार्थकता हो भनिएको छ कवितामा ।
आऊ बुद्ध ! – बुद्धलाई हत्या हिंसा बढेको, अज्ञानीको भेल बढेको, प्रेम सद्भाव हराउँदै गयो, स्वाथी पना बढ्दै गयो त्यसो हुँदा अहिंसा र सत्यको पाठ पढाउन, ज्ञान बाड्न, मानवता र परोपकार भाव बाँड्न, अहंकार मास्ने नीति बाँड्र्दछन्  र    
'अशान्ति भो जताततै
शान्ति छर्न आऊ बुद्ध ' ।  भनि बुद्धलाई आउन आग्रह गरिएको छ ।
जिन्दगीको परीक्षा– कविको भनाइ छ – बालक अवस्थाको आनन्दता, कक्षा चढ्न दिइने परीक्षा भन्दा 'बाँचुन्जेल दिनुपर्ने परीक्षा जसलाई जिन्दगीको परिक्षा भनिन्छ त्यो कठिन र दुरुह हुन्छ । यो परिक्षाबाट कोही पनि भाग्न पाउँदैन चाहे सफलता मिलोस या विफल भइयोस् । डटेर परीक्षा दिनु पर्छ भन्ने भाव छ कवितामा ।
भोलीको औंसी– मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने औंसीको रुपमा लिइन्छ । यो औंसीमा कोही घरमा गएर आमाबाट आशीर्वाद लिने काम गरिन्छ । देश विदेह बाट मोवाइलबाट आमालाई स्मरण गरिने छ । आजको युगमा सामाजिक सञ्जाल मार्फत आमाहरूका तस्बिरले स्थान  पाउने छन् । आमालाई सुख शान्ति र दीर्घायूको कामना गरिने छ  फोटा खिचिने छन् । नयाँ उपहार प्रदान गरिने छन् । आमले यस दिन सुख दिने या दुख दिने सबै सन्तानलाई समानरूपले आशीर्वाद दिने धारणा आएको छ कवितामा ।  
गोडाहरू– यस कवितामा गोडाहरू जितको लागी दौडी रहन्छन् । गोडाको जितबाट निधारले विजयको टीका लगाउँछ गलाले माला पहिरन पाएर आनन्द लिन्छन् । टीका, माला, तक्मा र पुरस्कारको हकदार गोडा नभए पनि जुता मोजा अनि दुखाइ मेट्ने मल्हमको हकदार हुनु पर्ने तर त्यो पनि उसले पाउन सकेन ।कविको भनाइ छ कि गोडाले इमान्दारी र धर्म विर्सिए भने सारा खुसीहरू लिलाम हुनेछन् । त्यसोहुँदा गोडालाई नविर्सौ र सम्मान गरौं ।
शान्त , समुन्नत, सुन्दर गैंडाकोट – यस कवितामा कविले गैडाकोटको सुन्दरतालाई,नारायणीको पवित्रता, धर्म, धाम, मठ मन्दिर, सडक, गल्ली, बाटा, शिक्षा, स्वास्थ,को बारेमा जानकारी दिइएको छ । कविले भनाई छ 'यो माटो आफैमा भाग्यमानि छ । सभ्य भव्य सुन्दर नगरीका बासिन्दा पनि भाग्यमानी छौं भन्ने धारणा आएको छ कवितामा।
जिन्दगीको यात्रा – यात्रा कुनै गन्तव्यमा पुग्न गरिन्छ । गन्तव्यमा पुग्न कठिन परिस्थितिलाई पार गर्नु पर्छ । कवयित्री गन्तव्यमा पुग्न नसकेर जिन्दगीको यात्रालाई अर्थ हिन र निरर्थक लागैको धारणा आएको छ कवितामा ।
आऊ न है ! वि.पी– वि.पी. कोइरालाले गरीब किसानका,झुपडीका,देश र जनताको भलाईका कुरा गर्ने,समानता स्वतन्त्रता,मानवता, राष्ट्रियता,लोतन्त्र समाजवाद सर्वोपरी हितका कुरा गर्थे तर आज यी सबै अलपत्र छन् । तिम्रा अनुयायीहरूले तिम्रा आदर्श र मूल्य मान्यतालाई भत्काइ रहेका छन् । निर्णय लिन कठिन भएमा एक मुठी माटो समाएर निर्णय लिनु भन्ने बिचार धनका विटा समाएर निर्णय लिनेतिर सरेको छ । देश काममा नभएर भाषणमा सरेको छ । मेलमिलापमा नभएर खुट्टा तान्नेतिर लम्किएको छ । असल बन्ने तिम्रो निर्देशन ठूलोमा परिणत भएको छ ।आजका विविध क्रिया कलाप रोक्न , सद्बुद्धि भर्न राजनीतिको चरित्र र पाठ सिकाउन मात्र एकपटक यस धर्तीमा आउन आग्रह गरिएको छ ।
गरीब – गरीबको यस संसारमा कुनै अस्तित्व छैन भन्दै कवयित्री भन्छिन् –
भ्रष्ट शोषक फटाहका सामु
उसको अस्तित्व के नै छ र
यो मानवता हराएको
मानव मूल्य लुटिएको
स्वार्थले भरिएको
ठूलाबडाको दम्भकारी समाजका माझ ।।
पृष्ठ ७१,
तिमी बदिलिएछौ – कोमल मन, स्वाभीमानी,आत्म ज्ञानी मानिस एका एक बदलिएर हसिलो अनुहार अन्धकारले छोपिएको, विशाल छाती, साँगुरिएको, सहयोगी हात अनुबन्धित भएको, अमृतमय बोली रुखा नमिठा, सरल मिलनसारिता अभिमानमा परिणत भएको, आदर्शवान र नैतिकवान प्रयाय हदभन्दा तल गिरेको देख्दा तिमीलाई चिन्न निकै ढिलो भएको र तिमी पुरापुर बदलिएछौ थाहा नपाइ नपाई भन्ने धारणा आएको छ कवितामा ।
सन्तबहादुर – यस कवितामा कवयित्रीले सन्तबहादुर नामको एउटा कर्मठ व्यत्तिःको बारेमा कविता लेख्नु भएको छ ।कविताको सार यसप्रकार छ – एउटा गरीबको छोरा व्यक्तिगत स्वार्थ त्यगेर कसैको दुखमा दुख मनायो र सुखमा सुख मनायो, सरलता र समानताको पक्षधर, छलकपट रहित जे भन्छ त्यही गर्छ। जे गर्छ त्यही भन्छ । 'राष्ट्रियता, लोक तन्त्र र समाजवादको त्रिवेणीमा नुहाउन मन पराउने ऊ आपूmलाई राष्ट्रको सच्चा कर्मठ सिपाही ठान्छ ।' स्वाभी  मानी, चाकरी चाप्लुसी नगर्ने, परिश्रमी, दूरदर्शी, वर्तमान र भविष्यको विकासका खाका कोर्ने वाला, दैविक प्रकोपमा राहत पु¥याउन कसिने, मृत्युका पीडाजन्य घाउमा सहानुभूतिका मलम पट्टी लिएर पुग्ने, दयाको खानी आत्मज्ञानी, स्वच्छ विचार, पारदर्शिता, धर्म, गरी भए पनि भ्रष्ट हैन, झोपडीमा स्वर्गीय आनन्द लिनेवाला धनको गरीब मनको धनी, अनुशासित, सज्जन, सादा जीवन उच्च विचार, अदम्य सहास 'कलियुगको रावणसँग लड्ने, त्रेता युगका राम जस्तै, द्वापर युगका कौरवसँग लड्ने कृष्णका अवतार जस्तै' व्यक्ति हो सन्तबहादुर ।  
मानवता – यस कवितामा कवयित्रीले मानवता सम्बन्धि राम्रो परिभाषा दिएकी छन् – हेरम् पहिलो श्लोक –
अत्यचारको अमृत भन्दा
सदाचारको विष छ प्यारो
 आत्मा कसैको रूवाउनु भन्दा
सबको दिल हँसाउनु राम्रो  ।
पृष्ठ ७८, श्लोक १
यस कविता शीर्षकमा कवयित्रीले चार हरफका ५ ओटा श्लोक छन् । प्रथम श्लोक त मैले माथि पस्किसकें । अरु श्लोक पनि त्यत्तिकै महत्वपूर्ण छन् । यिनको भावसार म यसरी प्रस्तुत गर्न चाहान्छु । चोरी चकारी गर्नु भन्दा भोकै बस्न, गल्ती लुकाउने साथी भन्दा दोष औँल्याउने शत्रु, मानवता रहित शहर भन्दा, सुख दुःख बाँडिने गाऊँ, कल्पनाको महल भन्दा यथार्थको झोपडी, परतन्त्रको जीवन भन्दा स्वतन्त्रताको परिवेश अरूको बोझ हुनु भन्दा आफ्नै पयरमा चल्नु, आफ्नो स्वार्थमा लाग्नु भन्दा अरुको हितमा लाग्नु  पयरमा चल्नु र मानवतारहित मानव भन्दा पशुतायुक्त पशु नै जाती भन्ने धारणा आएका छन् कवितामा ।
म – यस कवितामा समर्पणका धारणा आएका छन् । म के को लागि प्रश्न गर्नु स्वभाविक लाग्छ । मानिसको भविष्य सुनौला होस, सुसमाजको निर्माण गर्न सकियोस्, सामाजिक कुरिति र कुसंस्कारका जरा उखेल्न सकियोस, उत्पीडित र असाह्यहरूको सहयोग गर्न, सेवा प्रदान गर्न, कुलत र  दुव्र्यसनीमा लागेकालाई सुमार्गमा ल्याउन, धनी गरीब बिचको विभेद हटाउन, समाजमा समानता ल्याउन, घुसखोरी र कमिसनतन्त्र वालालाई डण्डित गर्न, नारी शिक्षा र नारी स्वतन्त्रताको आवाज बुलन्द पार्न, मानवताको बीजारोपण गराउन, अशिक्षितलाई शिक्षित पार्न, हत्या हिंसा रोक्नको लागि बुद्धको शान्ति छर्न,असत्य नास्दै सत्यतिर लाग्न, सेवालाई धर्म र परोपकारलाई पुण्य ठानी यिनै ऋचा अलाप्न, स्वार्थ रहित सुसमाजको निर्माण लाग्नु पर्छ भन्ने धारणा आएका छन् कवितामा ।
सुस्ता – सुस्ता भारतीय अतिक्रमणले गर्दा त्यहाँका बासिन्दाको कष्टदाइ अवस्थालाई दर्शाइएको छ कवितामा ।
होली– होली रङ्गहरूको पर्वको रूपमा लिइन्छ । यस पर्वमा उमङ्ग र उत्साहको साथै मित्रहरूको मिलन, सबैले सबैलाई रङ्गहरूको लेपनबाट रङ्गिन बन्छ मुहार, रङ्ग खृल्नको लागि प्रयोग गरिने पिचकारीहरू, वेलुनका लोला बालकपनमा लुकी छिपी गरेको रङ्गको प्रयोग, फागु नाच होरु नाच, आदिका धारणा सहित  कवियित्रीले भन्नु हुन्छ –
जीस्वनको सबै भन्दा
त्यो सुखद पल
हो आज होलीले      
त्यही मेरो विगत
पल्टाइ रहेछ सम्झाइ रहेछ
भरिहेछ ममा उमङ्ग उत्साह
 उसैगरी जोश पनि ।
पृष्ठ ८४
विवाह वर्षोत्सव–यस कवितामा कवयित्रीले विवाह कर्ममा अग्निकुण्डमा सात फन्कोृ लगाएर सँगै जीवन काट्ने प्रतिज्ञा गरेको वर्षौ विते, समय परिवर्तन भए रूप र सौन्दर्य पनि परिवर्तन भए तर माया र प्रेम भने अझै प्रगाढ बन्दै यात्रा चालिरहेको छ । प्रेमका बिरुवा हुकिसकेका छन् र फुलिरहेका  छन् हाम्रा अघि भन्ने धारणा राख्दै कवयित्री भन्दछिन्–विवाह बर्षोत्सवको सुखद क्षणमा दुबै बीचको माया प्रेम, सहसम्बन्ध,अझै प्रगाढ बन्दै जाओस्, सधैं रहोस् साथ र समर्पण जीवनयात्रा अनन्तसम्म चलिरहोस् भन्ने धारणा आएको छ कवितामा ।
बल्दै गरेको चिता – यस कवितामा एउटी आमा गुमाए कि नानी, मसान घाटमा रातमा पानी आएको अवस्थामा आमाको लास जलिरहेको मलामी र ऊ आफै रुझिरहेको अवस्थामा मौना धारणा गर्दै एक्लिएको भाव  साथमा अथाह पीडालाई आमाको शरीर खरानी बन्दै गरेको हेर्दै यही खरानीबाट उसले नयाँ यात्रा गर्ने छे भन्ने कवयित्रीको धारणा सहित चिताको लप्का उचालिन्छ रात अझै चकमन्न बन्दै छ र नदी अझै सुसाइरहेका छ भन्दै कविताको बिट मारिएको छ ।
नैतिकता हराएको मानिस – नैतिकता हराएको मानिसमा लाज, नीति नियमको पालना गर्दैन, आफ्नो दोष अरूको काँकधमा थोपार्छ, अरूको सत्य स्वीकार्दैन, ऊ आँफै जित्न चाहान्छ  आत्मा सत्य बोल्छ विश्वास गर भन्दा पनि  मान्दैन नैतिकता बेचेर सफलता प्राप्त गरें भने पनि तिनीहरूको पतनको बाटा यही हुन्छ भन्ने धारणा आएको छ कवितामा ।
मुढेर काका – शान्त, मनका धनी, खेतबारीमा काम गर्ने कवयित्रीलाई नानी भनेर बोलाउने, बजारबाट मिठाइ ल्याई दिने, दानी, इमानी, धार्मिक, स्वाभीमानी, खानेकुरा बाँडीचुडी खाने, धैर्यताका सागर, कुशल सिकर्मी थिए । उनले निर्माण गरेका सामान कवयित्रीसँग अझै छन् । मुढेर काका आज छैनन् तर उनको याद आज पनि छ र बाँचुन्जेल श्रद्धाका सेता पूmल अर्पण गर्ने धारणा आएका छन् कवितामा ।
बेमौसमी असिना– किसानले बाली लगाउँछ , सपना बुन्छ , असिना झर्छ र सारा सपना चकनाचुर हुन्छन् ।कहिले हुरीले, कहिले बाढीले, कहिले असिनाले बालीलाई माटोमा मिलाई दिन्छन् । निराश हुँदैन कोदालो उठाउँछ र आशाको बीउ रोप्छ । आशा रोपेर दुख उब्जाएर भोकसँग सम्झौता गरेर फेरी पनि जीवन जिउन चाहान्छ भन्ने धारणा आएका छन् कवितामा ।
सत्यको जीत –यस कवितामा सत्यको जीत सधैंहुन्छ भन्ने धारणालाई सप्रमाण पुष्टि गरिएको छ र भनिएको छ –
सत्यलाई दवाउने जो कोही
आफै हराएर जाने छन् तर सत्य
कहिल्यै हराउने छैन
किनकी यो त अटल छ अडिग छ ।  
पृष्ठ ९८
बनमारा – वनमारा एउटा मध्यम बर्र्र्गीय झाडी हो । यसले सारा वनलाई सखाप पारिदिन्छ । मुनाहरूलाई बढन दिंदैन । अरुलाई पीडा दिन सकेकोमा गौरव ठान्छ । समाजमा पनि कसैलाई अधि बढ्न नदिने वनमारा छन् । कवयित्री आशावादी छन् कि ती वनमारालाई लाखौं मुनाहरू मिलेर जराबाटै उखेलेर नयाँ वनको निर्माण गर्ने छन् । त्यहाँ घामका किरण प्रवेश गर्ने छन् । सपना हरिया हुनेछन् र मुनाहरू मुस्कुराउने छन् भनिएको छ ।
मेरो मौनता– कवयित्रीले  मौनताको परिभाषा यसरी गरेकि छन् कि कम बोल्ने र चुपचाप सहने व्यक्ति कायर हो तर बास्तवमा सत्य यो हैन । सत्य त यो हो कि तुफान आउनुको अघिको शान्ति हो । शहनशीलता चिनारी बल शक्ति हुन सक्छ । हात्तिलाई कमिलाले ढाल्छ, । जब अहङ्कार र घमण्डको धैर्यैको बाँध भक्तिन्छ तव आवेगको बाढीले बगाउँछ । जस्ता अभिव्यक्ति आएका छन् । –
मेरा कविता – कवयित्रीका कविता कसरी जन्मिन्छन् । ती  कवितामा के के समेटिन्छन् जस्ता भावनाहरू पस्किएका छन् । भावनाको चलायमान भएपछि कविताको जन्म हुन्छ ।सुख दुःख, समाजमा बढ्दो अन्याय अत्याचारले सीमा नाध्दा, सत्ताका आडमा बसेर जनतामाथिको थिचोमिचो देख्दा, चेलीका अस्मिता लुटिदा, विदेशी अतिक्रमणमा, इतिहासलाई मजाक बनाइन्छ भने, पहिचानमा दाग लगाइन्छ भने, प्रेम टुट्दा, धैर्य लरखराउँदा,सपना चकनाचुर हुँदा कविता जन्मिन्छन् धारणा राख्दै कवयित्री भन्छिन्–
कविता मेरा आँखा हुन दृष्टि हुन्
कविता मेरो आत्मा हो
कविता मेरा हतियार हुन्
जस्ले हिंसा विनाको युद्ध लड्छ
हो ! यसरी जन्मन्छ् मेरा कविता ।।
पृष्ठ १०८
कानुन हराएको मेरो देश – यस कवितामा देशमा कानून छ तर व्यवहारमा छैन, कानुन नभएपछि सोझा सादाको घाँटी निमोठिन्छ । नेतालाई चैन सोझासादालाई ऐन थोपारिन्छ, प्रमाण हुँदा हुँदे पनि न्याय मुर्झाउँछ र कानुन चिच्याउँछ तर कसैले सुन्दैन । पैसा बोल्छ सच्चाइ हराउँछ , यहाँ शिक्षितहरू पनि थिचिन्छन् । झूटको जयजयकार हुन्छ । दलालको बजार फस्टाउँछ दिन दिन ,न्यायकर्ता नै दोषि भएपछि त्यहाँ अन्याय त मौलाउँछ नै, यिनै धारणा आएका छन् कवितामा ।
परदेशी छोराको चिठी आमालाई –यस कवितामा परदेशिंदाको अवस्थामा आमाले छोरालाई आशीर्वाद र एकमुठी माटो दिएर पठाउनु । छोराले त्यही माटो छोएर आमालाई सम्झने गरेको, आमाले विदा गर्दा पीडा लुकाएर मुस्कान देखाएर पठाएको, स्मरण गर्दै, आमालाई अरूसमक्ष बलियो बन्नु, बाध्यताले विदेश जानपरे पनि देशमा रोजगार नभएकोले घरव्यवहार, भाइ बहिनीको पढाइको  खर्च, आदि व्यवस्थापनले विदेशी हुन परेको छ  एक दिन मेहनत र पसिनाले तिम्रा सपना साकार पार्दै,  शिर ठाडो बनाउँदै फर्कने प्रतिवद्धता आएको छ कवितामा
खोला –  यस कवितामा खोला अविरल, अनवरत, पहाडको खोचबाट निस्केर अविरल अनवरत रूपमना  पवित्रताको साथमा भावना र सपनाहरू साथ लिएर, बगिरहदा पनि मानिसहरूले अस्तित्व विहिन पार्न खोज्नु,फोहोर पारीदिनु, छातीमा बाँध बाँधिदिन्छन् डोजर स्काभेटर चलाएर  दोहन गरिदिन्छन् गाउँ बस्ती शहर हुँदै समयको गतिसँगै बग्दै, कर्तव्यलाई सम्झँदै सबैको तृष्णा मेटाउँदै सबैलाई तृप्त पार्दै  समुद्रमा विलीन हुन पुग्ने धारणा आएको छ कवितामा।
भाषशैली – कविता गद्यलयमा लेखिएका छन् । सरल भाषा प्रयोग गरिएको हुँदा सबै प्रकारका पाठकमा बौद्धिक खुराकी यी कविताहरूले प्रदान गर्दछन् । पढ्दा पढौं पढौं लाग्ने यी कविताहरूमा बिम्बको सुन्दर प्रयोग भएको पाइन्छ । सुन्दर प्रस्तुती गरिएको छ । त्यसो हुँदा कविता पठनयोग्य र ग्रहणीय छन् ।
शीर्षकीकरण – यस कृति भित्रका धेरै कविताहरू शीर्षक योग्य छन् । कवयित्रीले एक चिम्टी सिन्दूरलाई शीर्षकको रूपमा लिएकी छन् । महिलाहरूको वैवाहिक जीवनमा सिन्दूरको महत्वपूर्ण स्थान रहन्छ । सिउँदोमा एक चिम्टी सिन्दूर हालेपछिमात्र विवाह कर्म सुसम्पन्न भएको मानिन्छ । यसलाई सौभाग्यको महान प्रतीक मानिन्छ । कवयित्रीको धारणामा यो मायाको अनमोल दस्तावेज सिन्दूर प्रेमको निसानी  भनेर एउटा महत्वपूर्ण स्थान यस कविताले पाएको छ र साथै नारी सम्बन्धि .थुप्रै शीर्षकमा कविता लेखिएका हुँदा शीर्षकले सार्थकता पाएको छ ।
निस्कर्ष – यिनका कविताकहरूले धेरै चिजलाई समेटेका छन् । यिनले कवितामा परिवार र समाज प्रतिको चिन्तनको साथै प्रगति, सुसंस्कारको निर्माण मात्र नभएर आपसमा सदभाव, प्रेम,परोपकार, नारीवादी चिन्तन, सीमा अतिकर्मण, विभेदको अन्त्य, राष्ट्र राष्ट्रियता, बृद्धबृद्धाप्रतिको अवस्था, युवा पलायन, देशको प्राकृतिक सौन्दर्यता, नेतृत्वको असमक्षता, आदि धारणाहरूले स्थान लिएका छन् । माथि मैले सबै कविताले दिएको सन्देश शारांसमा  दिएको छु । तिनै कुरा यहाँ दोहो¥याइ रहन चाहान्न । उनको यो साहित्यिक यात्रा निकै रसिलो र रहर लाग्दो छ । यो यात्राको निरन्तरता र भावी साहित्यिक यात्रा उज्ज्वलाको साथै  दीर्घआयुको कामना गर्दछु ।
मिति २०८२ फागुन , ६ गते ।     ,

February 5, 2026

पीडा कवितासङ्ग्रहको अनुशीलन

परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै  इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन् ।  यसको प्रकाशन बर्दियाली साहित्य समाज, बर्दियाले गरेको छ । मूल्य रु १५÷– राखिएको छ । यस कृतिका कविताले के भन्न चाहेका छन् त्यसप्रति जाने अनुमति चाहान्छु ।
बन्दना – यो प्रथम कविता हो । यस कवितामा भगवान शङ्करको सादाजीवनको वर्णन गरिएको छ । भगवान शिवसँग के र्नै माग गर्ने स्वयम् भिक्षाटन गर्ने, भाङ धतुरो खाएर पद्यमासनमा बस्ने, गणमा बस्दछन् र ताण्डव नृत्य गर्दछन्, ज्यूमा खरानी घस्ने,  अर्धचन्द्र, जटामा पवित्र नदी गंगा धारण, घाँटीमा सर्पका माला, नीलकण्ठ, देब्रे हातमा त्रिशूल र त्रिशूलमाथि डमरु बाघको छालाको आसन, उहाँको दायाँ हातमा कमण्डलु, पानीको भाँडो रुद्राक्षको मालाको धारण लेपिएको त्रिनेत्र धारी यस्ता भगवानसँग के नै माग्ने ? बस्त्र मागौं आफै निर्वस्त्र, वाहन मागौं आफै बुढा बयलमा सवारी गर्ने, गहना मागे आफै सर्पको माला लगाउँछन्, स्वार्थी भएर धनधान्य के माग्ने,आफै भिक्षुक छन् आदि धारणा सहित कविले यस प्रकारको माग गर्ने धारणा राख्दछन् –
मागौं शान्त बिचार दीर्घ दिलमा माया दया मान जो
सादा शक्ति उदात्त श्रेय मनमा मागा महाज्ञान पो ।
ज्ञानी शंकर आशुतोष भगवान  दाता उनै सन्तमा
मागौं धैर्य बनूून उदार करुणा, आशक्त कल्याणको ।
पृष्ठ १, श्लोक ३
पीडा – यो दोस्रो कविता हो र यस कृतिको नामाकरण पनि यसै कविताबाट गरिएको छ । मानव जीवन सुख दुःख, हाँसो रोदन, आदि बाट गुज्रेको हुन्छ ।  पीडा भन्नासाथ यो अप्रिय, संवेदनशील र भावनात्मक अनुभूति हो । पीडा क्षणिक र दीर्घकालीन हुन सक्छ । पीडाको परिभाषा सहज छैन । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसमा स्नायु, मेरुदण्ड र मस्तिष्क बीचको जटिल अन्तरक्रिया सँग सम्बन्धित हुन्छ । यो मनो वैज्ञानिक भावनात्मक र सामाजिक कारक बाट प्रभावित हुन सक्छ । हेरौ यसमा कविका धारणा कस्तो छ –
पीडा दिन्छ प्रहार भित्र तनमा छाँयाँसरी टाँसिदै
पीडा कोप्छ दुखाइ चुस्स मुटुमा काँढा भई भासिदै ।
पीडा पोख्छ निशा सुचारु शशिमा जीवन्त आशा हरी
पीडा भर्छ उदाश भित्र सुरमा सन्क्याई हावा हुरी  ।।१।।
श्लोक १, पृष्ठ २
पीडाको जान्म कसरी हुन्छ भन्ने सम्बन्धमा कविले मनमा पीडाका जरा परिवेशबाट जन्मिन्छन् । यो धेरै कष्टदायी हुन्छ । मनिसले यो पीडालाई सहन नसकी आत्तिन्छ । पीडाकै कारणबाट मुलुकका श्रृङ्गार, शोभा र प्रभा उजाडित भएका छन् । पीडा मुटुको ,प्रवेग छहरो हो । यसले वेहाल पार्छ ।
 कविले पीडाले देशमा के असर पारेको छ । अर्थात देश पीडाबाट मुक्त छ त ? भन्ने तर्कमा हिमाल, लेक, वनको सौन्दर्य सबै पीडामा रहेको र यस्तो वेहालको कारणले जताततै न्यास्रो मात्रै बढेको छ । आज गास, बास, कपासको
बालकह प्राप्त गर्न नसकेको पीडाको कारणले ठिटाहरू मुग्लान पसेका छन् भन्ने धारणाहरू आएका छन् कवितामा ।
समस्या–तेस्रो कविता, यसकवितामा कविले देशका बहुमुखी समस्यालाई उठाएका छन् । कुनबाटो अवलम्वन गरेर ओजिला भएर माथि चढ्न सकिन्छ भन्ने कविको सोचाई छ । बालकरूपी कोपिलालाई विकासमा लम्काएर भुँडी पाल्ने विकास मार्ग कुन हो ? हातमा ठेला उठ्ने गरी काम गर्दा पनि खान नपुग्नुले गर्दा बन्दुक उठाउन थाले, सनक चढ्न गयो, मात बढ्यो, फोस्रा भाषणको नतिजाले सास्ती निम्त्यायो, दिललाई चिरा पा¥यो, राज्यले जनतालाई अमन चैन दिनु पर्ने राज्य नै भारी हुन पुग्यो, राज्यले नाङ्गाअङ्ग ढाक्न कपडा, भोकालाई खाना, आवास, बाधा बिध्नमा सुरक्षा को व्यवस्थापन हुनु पर्ने हो तर सबै नारामा नै सीमित भएकोले कविको धारणा यसरी आएको छ –
भट्केका जनभाव ल्केश भरिदै सद्भाव रित्तो भयो
खस्क्यो मानवता उदार दिलको विश्वास टाढा भयो  ।
थामीसक्नु भएन ल्केश भरिदा तातो खुनै उम्लिंदा
हाम्रा हर्ष सबै लुटो समयले बाटो झुटो पक्रिंदा ।।६।।
श्लोक ६, पृष्ठ ६
देशमा द्वन्द्वकालमा छोरा जङ्गलमा, पिता पिरलोमा, आमा रुँदै, मानिस मारिदै आदि धारणालाई कविले यसरी  प्रस्तुत गरेका छन् –
खस्क्यो बुयिुवा विनाशतिर गो विध्वंशतामा बल
आफ्नै भाइ लद्ध डाइ जन्म–थलमा रक्ताताम्य उर्लो भल ।
मान्छे वाल्ल परेर हेर्छ बिचरा यो देशको दुर्दशा
साह्रै चोट सहेर मर्म मनको छाती दुखेको व्यथा ।।८।।
श्लोक ८, पृष्ठ ६
द्वन्द्वकालको साह्रै कहाली लाउँदो अवस्थालाई कविले अति सरल रूपमा उतारेका छन् । त्यती वेला गाउँ वेहाल अवस्थामा भएको, वनिताको सुहाग लुटिएको, अनाथ टुहुराको आश्रय दिनेवाला कोही नभएको,चारैतिर डर र त्रास, देशभर अभाव, गरिबी, धोखाधडी, गोलीको वर्षा आदिले गर्दा आजै हो कि भरे मसान घाटतिर पुगिने हो भन्ने डर, आदि धारणा सहित कविले त्यस समयको यथार्थतालाई यसरी पस्केका छन् –
साहै्र हालत विग्रदो छ अब ता छोरा लडी मर्दछन्
रोगी बृद्ध अशक्त मात्र घरमा अन्त्येष्ठिमा व्यस्त छन् ।
साह्रै त्रास बढ्यो कतै करबलै रेटिन्छ घाँटी डर
मात्रै बाँच्नु भयो रहेन गरिमा बाँचेर पो के छ र ? ।।११।।
श्लोक ११, पृष्ठ ७
दुखेको दशैं– यो चौथो कविता हो । यस कवितामा कविले दशैं नेपालीको ठूलो चाड भए पनि यसले निम्त्याउने आर्थिक भारलाई प्रष्ट्याउने प्रयास गरेका छन् । दशै शरद ऋतुको आगमनसँगै आउँछ । स्वच्छ आकाश, हिमालको गमिलो मुस्कान, वर्षाको विदाइ, ताराहरूको चम्कन, चकोरको आभा छराई आदि रमणीयताले मुटु नै छुन्छ । यति रमणीयता हुँदाहुँदै पनि दशैंको अर्को पाटोको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
आयो चाड दशै अशक्त जनको बन्दै मुटुको किलो
अत्तालिन्छ दरो कमाइ नहुने देखी दशा खर्चिलो ।
निर्धाका जमरा भिजाइ गहका  आँसु खसी भल्भल
के आयो नि दशैं दशा मनभरी शोका कुलै भो घर ।।२।।
श्लोक २, पृष्ठ ८
गरिबको घरमा खाना नभएर भोक भोकै बस्न पर्ने अवस्था, सबैले नयाँ नयाँ कपडा लगाउन चलन, गरिबको  आर्थिक अभावले छाती दुख्ने, आँसु झर्ने,वर्षैपिछे दोहोरिएर आउने, धनीहरू लागि बाह्रै महिना बसन्त  आउँछ जस्ता धारणा सहित कविले धनी गरिब बीचको अवस्थालाई यसरी पस्केका छन् –
बाह्रै मास बसन्त हुन्छ धनले ऐयास मीठो मन
छाती थाप्छ अभाव दुख दिनहुँ निर्धाे हुँदा जीवन ।
रित्ता छन् अनुराग हेय कर छन् कम्जोर त्यो निर्धन
सच्चा निश्छल त्यो उदार दिलको हो कोमल त्यो मन  ।।५।।
पृष्ठ ८
कविताले गरिबको  लागि कसैको आशा, गुहार केही छैन तर दशैलाई टार्नै पर्छ, सामन्ती को भरमा पर्नु पर्ने , सौदागरैका घरमा पसिना अडना राखेर, जाँगर विक्रि गरेर, इमान धर्म थाती राखेर दशै र तिहार रूपी चाड मनाउनु पर्ने भन्ने धारण पस्केका छन् कविले ।
हाम्रो प्रजातन्त्र –यो पाँचौ कविता हो । प्रजातन्त्रमा को खुसी हुँदैन ? सबैको मन रमाउँछ । मुटुमा पुष्पमुना पलाउँछ । हर्षको भेल बग्यो, जोशिला भेल उर्लिएर आए, जीवनमा आशा पलायो । हतकडी पल्टिए ,जञ्जिर उल्टिए, खुट्टाका नेल छुटे, प्रपञ्च नाङ्गिदै गए, खलका खाका उदाङ्ग भए, कैदी छुटे, शहीदको रगतमा उर्ले जोश, अहंका चुली भक्ते, कर्णलीका लहरा स्वतन्त्र बग्दा हाँसो फुट्यो, अर्थात प्रकृति पनि रमाएको थियो, हिमालका चुचुरा बादलसँग खेले, गुराँसपूmल लेकमा हाँस्दा नेपाल नै हाँस्यो, छातीमा नवसिर्जनाहरू उछलिएर नयाँ सन्देश प्रवाह भए ,नाच गान दीपावली गर्ने काम भयो, हाम्रा हर्ष बढे तर यो उमङ्ग धेरै टिकेन । धेरै वर्ष लडेर ल्याएको यो अमनचयन खरानीमा परिणत भयो ।  यो अभिशाप भइदियो भन्दै कवि पस्कन्छन् आफ्ना यस्ता धारणा –
हाम्रा शङ्खध्वनि सहस्र मुटुको चर्को व्यथा भै दियो
नाना जात बिजात पुष्पफलमा नौलो कुरा सन्कियो
आफ्नै तन्त्र भएर दुष्ट निठुरी ठोक्यो मुटुमा किलो
रक्ताम्मै नगरी भयो नि यसरी कालो उडाई धुलो ।।६।।
पृष्ठ ११,

यसरी कविले प्रजातन्त्रमा प्रहार भएर हाम्रा अमनचयन सबै लुटिएका धारणा आएका छन् ।
मुटुको दर्द – यो छैटौं कविता हो । यस कवितामा कविले द्वन्द्वको कारणले गर्दा मुटु दुख्यो, पीडा बढ्यो अमनचयन लुटिए, युवाहरूको रगतले माटो मुछियो, कलिला मगजमा राँको बनी सल्कियो जस्ता धारणा राख्दै, कवि भन्छन् –
हाम्रा भाइ रुँदा पिताहरु रुँदा छोरी रुदा छन् बरा
मच्चिदो कुरु क्षेत्रको रण थलो नेपाल हाम्रो धरा ।
मेची रुन्छ हिमाल रुन्छ झरना काली रुँदैछन् कठै
हाम्रा सिर्जनका गुमान गहना विक्री हुँदै छन् कतै ।।२।।
पृष्ठ १२,
यो पवित्र पार्वतीको पिंडीको रुपमा रहेको देश कुरुक्षेत्र बन्नु, उदार दिलको दीयो निभ्न थाल्नु, वेथिति बढ्नु, उद्योगहरू गुम्नु, नेपालका सन्तती विदेशमा गएर दर्वान कुल्ली बन्नु, चेलीका सुहाग र घरका सबै गौरव लुटिनु, बालबालिकाका पिता, पिताको माया ममता वैभव र आश्रय लुटिनु, नव सिर्जना नबन्ने भएर कुतन्त्र छलले राँको बनी सल्किनु, विवेकहीन भएर आफ्नै खुसी मास्ने नास्ने आदि धारणा सहित कविले हाम्रो पहिचान यसरी गराएका छन्–
हामी सैनिक हौ हिमाल शिरका नेपालका सन्तती
हाम्रो मर्म स्वतन्त्र शान्त छवि हो छैनौ कतै बन्दकी ।।५।।
मानिसको दिल कोमल हुनु पर्ने तर पत्थर भयो, रगत बग्ने काम बन्द हुनुपर्ने भएन । त्यसो हुँदा यस्तो चुनौतीको घडीमा युवाहरू उठेर, अगाडी बढेर शान्ति र कान्ति प्राप्त गर्नुपर्छ र स्वतन्त्र रूपमा घरमा बस्न पाउनु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
चोट – यो सातौं कविता हो ।  यस कवितामा नेपालका नेतृत्व वर्गको अर्थ आर्जन गर्ने कर्ममा प्रकाश पारिएको छ । खानपानको लागि गाह्रो थियो, गोडामा थोत्रा चप्पल थिए, परालको छानो भएको घर थियो यस्ता नेताले नियतिबस पजेरो चढ्ने वर पाए र आफ्नो स्वार्थ सिद्ध गर्नका लागि धेरैका घर जलाए भन्दै कविले नेताको कर्तुतको वर्णन यसरी गर्दछन् –
नेपाली ढुकुटी पिपासुहरूका ऐयासमा खर्चिए
नेताका सब केन्द्रमा अति ठूला अट्टलिका  अग्लिए ।
बिर्से ख्याल शहीदका सपथको कर्तव्ज्य बिर्से अनि
फुर्कुी सिंह बनेर गर्जन दिए बिर्से थियौं को भनी ।।२।।
पृष्ठ १३, श्लोक २
जनताले उज्यालो दिन आउला कि भनी धेरै दिन सहे तथा पर्खे तर फोस्रा भाषण र आश्वासन बाहेक केही पाएनन्। यिनको भरमा पर्दा देश भत्कन गया,े जनता विथातमा परे । यसरी आस्था जर्जर हुँदा जोश जागेर आयो, अभए भै जनलहर उठ्यो किन भन्ने कारणा सहित कवि यसरी प्रस्तुत भएका छन् –
लुछिए ढुकुटी किसान गरिमा सङ्घारका अस्मिता
लुटिए बलजप्mती ग्रामपुरका बस्तीहरुमा सीता ।
सोझा निर्वल झन् अशक्त निमुखा भोका र नाङ्गा हुँदै
जाँदैछन् घरबास छोडी बिचरा मुग्लानमा भड्किदै ।।४।।
अमनचयनको गति अवरोध भएको छ । जनता बोल्न सक्दै नन् । यसरी मुर्दा शान्ति छाएको छ । मुकाम केन्द्रमा मात्र पहरा हुन्छन् । गाउँ बस्ती भरी ज्यादती छाएको छ । हस्ती हुम् भन्नेहरूको पनि सातो उड्यो । यस्तो समरमा कोही टिक्न सकेनन् । बस्तीमा सास्ती बढ्यो जस्ता धारणा सहित कवि भन्दछन् –
गोलीबाट हुँदै गयो मनपरी सङ्घारमा बेसरी
चर्को घाउ जताततै नगरमा बाचौँ हेर ! के गरी ।
साझा संरचना जलेर पुरका धावा भए कोतमा
लाखौं वीर बली भए नि रणमा यो देशका चोटमा ।।६।।
पृष्ठ १४
बेचीदिए अस्मिता –आठौं कविता हो । यस देशका युवाहरूले अस्मिता बेचेको धारणालाई कविले सविस्तार प्रस्ट्याएका छन् । आज देशमा एन्जियो हरूको काम गर्ने शैलीमा यस देशका ठिटाहरूले एन्जियोहरूमा काम गर्ने, गोष्ठी गर्न पर्दा होटेलमा गर्ने , यसरी जोश र जाँगर बदलिएर नौलो आभास पाउन थालियो । मासु रक्सी चुरोट खाने, फोस्रा पूmर्ती लगाउने, व्यङ्ग कस्ने, मगजमा सन्की र अहंता बोक्ने, सुद्धी गोल हुनु, डलरमा आँखा गाड्ने, दुनियालाई बिकास गर्न भन्दै गुलियो आशा जगाउने, पुल्क्याई ,उल्क्याई, होहल्ला, हडताल सन्काई चारै तिर,जातीय विभाजन, उच्च निच, समय अनुकुलका प्लेकार्ड बनाई नारा जुलुस्, वर्णशंकरको प्रचार प्रसार, वैलरको पालन, खाटी दूध नपाइने, चक्काजाम, धराप, ध्वस्त नगर, बन्दको कारणले घरभित्रै निसासिनु, राष्ट्रियता र आफ्नो पना गुमाउनु, नेपाली भावनालाई परदेशका पहलमा साट्नु, जस्ता धारणालाई कविले प्रष्ट्याउँदै अस्मिताप्रति कविको धारणा यसरी आएको छ –
बढ्दा शोख रवाफ तास तमसा विग्रिगयो सङ्गत
छोडे नैतिकता उदण्डसुरमा बिग्¥यो नि युवा लत
आफै फस्न गई अधीन अरुका पासो परेका युवा
चास्नीमा महुरी सरी भुलपरी बेची दिए अस्मिता ।।७।।
पृष्ठ १६,
म आउँदै छु आमा ! – यो नवौं कविता हो । यस कवितामा कविले विदेशीएका नेपालीहरूले भोग्न परेको असहजतालाई पस्केका छन् । विदेश गएको एउटा छोराले आमसँग भन्छ । म विदेशबाट कर्तव्यको खातिर घर आउँदै छु । नेपाल जर्जर भएको कारण परदेशको सेवा छोडेर फर्कन्छु । म विदेशमा आफ्नै खुन बेचेर भोक मेटाउन गएको हो । त्यहाँको दासत्वले मन कोक्याएको छ । बास्तवमा नेपालीहरू बहादुरमा कहलाएका हुन् । सच्चा बहादुरी हराउँदै गयों र गरिबीको कारणले गर्दा दामको लागि रोगी भयौं । गार्गी( गर्ग ऋषिकी पुत्री, प्रसिद्ध विदूषी), शक्ति (दैविक शक्ति भएकी अर्थात देवी), सती (शिवकी जेठी पत्नी या सतीदेवी)जस्ता नारी आज कता हराए ? अनन्तलासहरू, रक्ताम्य नदीहरू,अमुल्य रचनाहरू, प्रबुद्ध घरमा ल्केश बढ्नु, आमालाई नरुने र छोरा देश बनाउन बलियो विचार लिएर गहिरो चिन्ता चाहना बोकेर कर्तव्य निष्ठ हुन घर फर्कने, आमाको दूधको भारा तिर्न सैनिक बनेर, दैनिक ज्यान अर्पण गरेर खट्ने, पानीमात्र पिएर रणमा लड्न शक्ति बोकेर,'आमा पीर नल्यौ म दिन्छु बलिदान कर्तव्यका खातिर', पुर्खाको इतिहास आफ्नो बल लगाएर थाम्ने,बुद्ध, जनकका सुधा सन्तती भएकोले हाम्रो धैर्य नेपालको उन्नतिको लागि रहने छ जस्ता भावनालाई पोख्दै कवि भन्छन् –
माया छैन ममा कुपुत्रहरु ती आमा रुवाउनेसित
आफ्नै भाइ परम्प।रा स्वजनमा माया डढाउनेसित ।
आत्म अस्त हुँदैन वीरहरूको उत्रेर युद्धस्थल
हामीले रणमा सहादत दिने आयो यहाँ औसर ।।७।।
पृष्ठ १८,
नियतिको ज्यादती – यो दशौं कविता हो । यस कवितामा विविधताले सजिएका १४ ओटा श्लोक छन् । जब नेताका नीति बाझिन थाल्छन् जनताका चाहनाहरू ओइलाउँछन् । सौहार्दका छाती भत्किएमा मन भावनाहरू भाँडिन्छन् । यस्ता विविध भावनाहरू यहाँ समेटिएका छन् । यहाँ द्वन्द्व, सत्ताको मोह, मन्त्री बन्ने चाहना, भोकका सपना, अमूल्य सम्पदाको लुटाई, देशले व्यहोरेका खति, सेनाको गोलीबाट आतड्ढी मारिनु , बस्तीका सुराकीहरु, जनयातना, परोपकार गर्नेवाला हराउनु, अतिथि सत्कारमा कमी आदि महन्त्वपूर्ण सन्देशले भरिएका छन् श्लोक । उदाहरणको लागि हेरौं –
हावामा बारुदी गन्ध धमिलो मूल पानीको
बोली छन् बाणझंै तीखा न्याए छ मनमानको ।।१३।।
हाल्यो बादले घुम्टो छोपियो चान्द्रको कला ।
मुर्झाए मर्मका माया अबरुद्ध भए गला ।।१४।।
पृष्ठ २०,
जीवन– यो एघार्रां कविता हो । यस कवितामा जीवनका विविध भोगाइ सम्बन्धी ११ श्लोक छन् । समय अमूल्य छ यसरी नै आयु पनि नरोकिएर सकिन्छ । मानिस जन्मिन्छ । बालापनबाट यौवनमा पुग्छ । यस अवस्थामा रमितामा रमाउँछ । मीठो खाने, छिटो गन्तव्यमा जाने, लोभी लोचनले छेउ छाउमा हेर्ने आदि कर्मम रमाउने काम हुन्छ । बढ्दै जाँदा मानिस प्रौढ अवस्थामा पुग्दछ र कर्तव्यको बोध हुन्छ । समय हो प्रौढबाट बृद्ध अवस्थामा जान्छ । यस अवस्थामा मानिसको गति शिथिल भएर आउँछ । लौरो नै साथी बन्न जान्छ । लोलाहरू काम्न थाल्छन् । नेत्र ज्योति कम भएर जान्छ । शरीरका छालाहरू चाउरिन थाल्छन् । नशाहरू देखिन थाल्छन् । कविले बुढ्यौली अवस्थालाई यसरी वर्णन  गरेका छन् –  
सुस्केरा श्वाँसमा आयो पीडा भो अंग–अंगमा  ।
सुस्तायो तनको जोश अस्तायो सब अंगमा ।। ९।।
पृष्ठ २१
जीवनको अन्तिम क्षण हुँदासम्म पनि मानिस काम करतरीमा रम्छ, रामको नाम लिन पनि भ्याउँदैन तर कालको घरी आउँदा पछुताउँछ । त्यसो हुँदा भूतको चिन्ता गर्नु पर्दैन । वर्तमानलाई बनाउन सुर्तामा रहने मानिसले मात्र जीवनलाई सार्थक पार्छ भन्ने कविको धारयणा छ ।
चुनौती – यो बाह्रौं कविता हो । मानिसका धेरै चुनौती छन् । ती चुनौतीप्रति कवि यसरी प्रस्तुत भएका छन्–
ल्यायो नियतिले विधान बदली न्यूतो चुनौती दिन
वेलाले मुटुमा प्रकार बदल्यो मान्छे बनौटी हुन ।
नेताले नबुझी व्यथा समयको आफै खने भँड्खरा
ल्यायो नियतीले उभ्याउन उनै नौला सगुन् कठ्घरा ।।१।।
कविले यस कवितामा धेर्रै सन्देशहरू पस्केका छन् । पुराना पुलाहरूका कुरा,  पुरैपुर फर्केका कुरा, गतिले शान राख्न नसकेका कुरा, उपाय लगाएर खनिएका खाडल पुर्नु पर्ने भएका कुरा, गर्त गहिरिदै गएका कुरा, मान्छे बेच्ने बजारको खोजेर बेचिएका कुरा, मति डलरमा गएका कुरा, साथै कवि भन्छन् –'गुम्बा मन्दिरका गुमान गहना श्रृङ्गार सङ्घारका, बेचिन्छन् घरका अमूल्य रचना आलोक संसारका' । अगवुवाहरू ध्वंस विचारतिर आफ्नै घर बिध्वंस पार्न फर्कनु,आफ्नै वंश बिनास पार्न पनि नडराउने अवस्थालाई हामीले वाल्ल परेर कसरी हेर्नु । त्यसो हुँदा युद्धको  लागि हिक्मतरूपी हतियार लिएर कर्तव्यलाई अवसर ठानेर तत्पर हौं भन्दै कविले आह्वान गरेका छन् । अगुवा राम्रो हुनु पर्छ । तर कविले यहाँ कालो अगुवा, अधम प्रकृतिको जस्ले कलिला मुनाहरूलाई ठुग्छ त्यसलाई युवाहरूले गहन सर्जरी गर्नै पर्छ । दासताको जन्जीरलाई तोड्नै पर्छ र नेपाललाई सुस्थिर बनाउने शान्ति सुवास सूत्रलाई दिल लगाएर खोज्नु पर्छ धार।णा सहित भन्छन
आई खड्ग उठाऊ वीरहरूले स्रष्टा लिउन लेखनी
माटो दुख्छ कठै ! उपाय गर क्यै त्यसको गरौं खोजनी ।
आमाको मुटुमा व्यथा छ गहिरो देखेर यो दुर्दशा
नेपाली मनमा बढ्यो नि पिरलो झेल्दा सधैं कर्कसा ।।६।।
पृष्ठ २३
कविले यस कविताको अन्तिम श्लोकमा नगरी नै सन्नाटाले भरिएको छ दुनिया विथात छ र लासको गन्ध छ । यस्तो अवस्थालाई मानिसले वाल्ल परेर वर्वादका तस्विर हेरिरहेका छन् । नगरमा जडता र मुर्खता बढेको हुँदा नेपाली मुटुमा विव्ेक भर्ने सुशिक्षा खोजौं भन्ने धारणा पस्केका छन् कविले ।
अखबार–यो तेह्रौं कविता हो । अखबारले द्वन्द्व उकेल्नेमात्र हैन यसले साँचो सत्य शुद्धतामा उक्लेर समचारको लेखन गर्नु पर्छ । यसरी लेखिएका खवरहरू पछि गएर इतिहास बन्न जान्छन् र सबैले पढ्छन् । कविले अखवारले के दिन्छ भन्ने धारणा यसरी राखेका छन् –
तीतो सत्य उकेल्छ त्यो खवरले कुर्लेर मैदानमा
खाली उम्लनु मात्र हैन बुझ त्यो विश्वासका ढालमा ।
झुक्दैनन् अखबार लेख रचना कीर्ति गुमाइ रुन
सक्तैनन् रचना निस्वार्थ मनमा शङ्का चुनौती दिन ।।२।।
पृष्ठ २४
अखबारले सदाचारका, उत्कृष्ट, समाचार लेख्नु पर्छ ।  लेख्ने धर्म रुमलिन हुँर्दैन र लोभ लतमा लाग्न हुँदैन । आजको संसारमा मानिसले मानिसको रगतले मुख धुन्छ, लोभले अरुको सम्पत्ति लुटेर बङ्गला खडा गर्छ । समचारले यस्ता खबरहरू को साथै सबैका इच्छा अनुसारका लेख , विज्ञापन, सहरमा मात्र नभएर झुप्रा भित्रका खवर पनि लेख्नु पर्छ । अखबार पढदा दिक्क लाग्ने खालका खवर लेख्न हुँदैन । पाठकले सिर्जनाहरू श्रृङ्गार भएका, दिलमा शान्ति दिने, श्रेय बढाउने खालका चाहान्छन् । पीत रचना लेख्नु, आगो ओकेल्नु जस्ता लेख रचना  लेख्नु, परदेशी गरिमा टल्काइ दिने खालका लेख लेख्नु धर्म होइन भन्ने कविको ठहर छ । कविको कथन छ –
हैनन् कुलधर्म लेखहरूका त्यो हुलमा टाँसिनु
आफ्नै मात्र सुधार गर्न घरमा संकीर्णमा गाँसिनु ।
चाल्दा मार्ग बिचार गैर अगुवा ज्यूँदै म¥यो पत्रिका
बेची आत्म उसै विसर्जन हुने पासा हुँदै शक्तिका ।।९।।
पृष्ठ २५
निर्धाका पुकार – यो चौधौं कविता हो । निर्धा थिचो मिचोमा पर्ने, उनको आँसुका भेल कसैले नदेख्ने, छातीभरीका व्यथाको गुहार कसैले नसुन्ने, जस्ता धारणा कविले यस कवितामा पस्केका छन् । आजको समयमा सच्चा धर्म, इमान, मानवपना सबै दण्डित हुन गए र मानवको आदर्श पनि मर्न गयो । निर्धालाई थिचो मिचो गरिन्छ र निर्धालाई नै ढाल बनाइन्छ । यदी कोही योद्धा हो भने त्यसको यस्तो मति हुन नहुने, पाखण्डी, दया, मया हीन हुन नहुने, मानिसका मनमा क्लेस हुन नहुने, जस्ता धारणा राख्दै कवि भन्छन् –
यी टाटा खुनका र दर्द दिलका बर्बादका तस्बिर
आँसुका भल यी अशक्तहरुका दस्तानका जञ्जिर
 निर्धाहरूको बाध्यतालाई र्र कारुणिक अवस्थालाई कविले यसरी पस्केका छन् –
निर्धा छौ धनमा कवोल अडना ज्यूँनै प¥यो जिन्दगी
खाली छौं धनले दिनै विवस छौ.पुर्खापुरीको धुरी ।
तानी नाथ घिसारिदै समरमा तानेर लाने भए
खट्दा रक्षक छन् मुकाम पहरा हाम्रा नहेर्ने भए ।।३।।
पृष्ठ २६
निर्धा ऋण खान बाध्य छन् । ऋणलाई तिर्न सक्ने अवस्था रहदैन । तिनलाई धरापमा परिन्छ । थातीथलो सबै सुम्पेर   मनले नमाने पनि  हिड्न बाध्य हुनु पर्दा दिलमा पिडा हुन्छ र कतै निवेदन गर्ने ठाउँ नभएको धारणा कवितामा आएको छ ।
नेपालको छवि– यो पन्ध्रौ कविता हो । यस कवितामा कविले नेपालको प्रकृतिको वर्णन गरेका छन् । नेपाल प्रकृतिले सिङ्गारेको एउट सुन्दर देश हो । यसको सौन्दर्यतालाई कविले दिल खोलेर यसरी वर्णन गरेका छन्–
धर्तीकै रसिला हिमाल  लहरी सौरङ्गका मञ्जरी
सारङ्गी स्वरका मिठास ध्वनिमा मालाहरू लस्करी ।
पक्रेका तरुझैं लता लहरिँदै छाँगा र पाखाभरी
सल्कन्छन् पर्देशीका दिलभरी हेर्ने रहर   ।।१।।
पृष्ठ २७
हाँसेका झर्ना जलमा झुमेर मोतीको रूप लिएर झलमल देखिन्छन् भने पहरालाई गिजाउँदै उर्लेर बग्दै तल झर्दछन् । डाँडा पर्वतमा यिनको, सुरिलो सुसाई, ।यिनबाट सिर्जित सुरिलो हावा, रमणीय प्रकृति, बादलले बोकेर ल्याएको जलरासी (जलधि) लाई हिमालले हेर्दा कैलाशका चुलबुलीले मनलाई आकर्षण गर्दछ । बादल हिमालमा ठोकिएर वर्षा गराउँछ जस्ता धारणा राख्दै नेपाल कस्तो छ भनी कविले यसरी वर्णन गरेका छन् –
नेपाल शिरविन्दु श्वेत हिमको श्रीपेच संसारको
सीता गौतमको उदार गहना सन्देश सङ्घारको ।
द्यौराली, वन, फाँट, खोच दुन नै नेपाल हो वास्तव
नेपाली पनको पवित्र रचना पाखा भरी हाँस्त छ ।। ५।।
पृष्ठ २८
दशा –यो सोह्रौं कविता हो । दशा शब्दको अर्थ विविध भए सरह यस कवितामा कविका भावना विविध रूपमै प्रस्फुटन भएको देखिन्छ । हेरौं पहिलो श्लोक –
विग्रे खेल अनेक झेल झमला पासा कता पल्टिए
आफ्नो अग्रगति गुमाई पथमा ठक्कर लिदै गुल्टिए ।
नारीमा करकापले कहर यी बोकाइने बन्दुक
लाचारी नवयौवनै वितिगयो बेच्ँदा बरा मज्बुर ।।१।।
पृष्ठ २९,
नाना काण्ड र प्रकाण्डले मनमा आगो बल्नु, यो आगो प्रचण्ड रापका साथै अझै सल्किनु, नेपालको दुर्दशालाई इतिहासले बताउने कुरा, दान, दया, उदार करुणाका कुरा, दुःख सुनाउने ठाउँ एञ्जियो भएको, देश दुहुने दलालका कुरा, यिनले आमाको मुटु लुछेका कुरा, यिनलाई नेपाल दुखोस् या जे होस् डलर पाए पुग्ने कुरा, आफ्नो स्वार्थ पुरा गर्ने कुरा, छोरा दामका भोका, देशलाई नै दाग दिने अन्धा ज्ञानका, घर छाडेर विदेशमा दर्मान कुल्ली हुन र विदेशमा तातो रगत अर्पनको लागि जाने कुरा, दङ्गा काम गरेर स्वदेशमै मरेका कुरा, देशका कुपुत्रको कारणले नेपाली आमा रोएका कुरा, दुई नंबरी काम गर्नेहरूका कुरा, नेपालको विकास कसरी हुन्छ भनेर को सँग सोधनी गर्ने, शिक्षा, स्वास्थ विकास  मार्ग कुन हो भनेर को सँग सोधने ? मान्छे शोषित,ढाँटेर खाने, मन चिरा परेर चर्किएका कुरा, विदेशीका गौरव फैलिएका कुरा, होटेल गोष्ठीहरूमा स्वार्थ बाडिने कुराहरू जस्ता धारणा कविताले समेटेको छ ।      
गाउँको हालत– यो यस कृतिको सत्रौं कविता हो । यस कवितामा कविले गाउँको पीडादायी अवस्थालाई समेट्ने प्रयास गरेका छन् । गाउँ हेर्दा बरगत हराएको, पाखाहरू निर्जन भएको, भोका रुग्ण, अपाङ्ग टुहुरा, खुलाआकाश मुनी थर्थरी काप्ने अवस्थाका, तिनैका पसिना लुटिने, द्वन्द्वको कारणले गर्दा हातपाउमा घाउ भएर पाकेर पिपिदै झिगा बसेर भन्केका, बारुदका छिर्काले दिएको कष्ट, गोला फुट्दाको कारणले मानिस बहिरा लंडा भएर बस्दाको पीडा, विषाणु बल्झनु, जस्ता ग्रामिण भेगका द्वन्द्वका समयका दोहोरो भिडण्तका कारुणिक चित्रलाई  कविले उतारेका छन् । उनको कथन छ –
मारी भाइ लडाइ घोर सुरमा मारेर आफ्नाहरू
यो के रोश घमण्ड तुच्छ मतिको भाँडेर मान्छेहरू ।
दोहोरा करकाप मार दुनिया बाटो कतै  उम्कन
खोज्दाछन् तर त्यो गयो परपरै हाम्रा पुरीको मन ।।४।।
पृष्ठ ३२,
द्वन्द्वकालमा यस्तो परिस्थितिको सिर्जना भयो कि गाउँमा हार गुहार सबै मेटियो,आपूmले आर्जन गरेका सबै सुवासको गला रेटियो । गउँबासीका शान्त स्वभाव, शौर्य छविमा दुष्टको छाया प¥यो । गैह्रो चोटलाई सहन नसकी मुटुमा पीडा भयो । हाम्रा माया दया मेटिएको आदि धारणालाई कवितामा पस्किएको छ ।
पीडान्त – यो सङ्ग्रहको अठारौं कविता हो । यस कवितासङ्ग्रहको सबै भन्दा  लामो कविता हो यो । मानिस जति बुढो भए पनि शरीर अचल अवस्थामा रहे पनि जिउने इच्छ्या भने रहिरहन्छ । जति बुढ्यो हुँदै जान्छ सुद्धि हराउँदै जान्छ, चैतन्य  दुर्बल हुन्छ, श्वासप्रश्वास बढ्छ , फोक्सो निर्बल भएर जान्छ , कण्ठ तलमा हलचल बढ्छ,, मुटुले भट–भट हान्न थाल्छ ,ख्याङ् ख्याङ्खु« खुङु् हुन्छ, तीखो छुधाले अठ्याउँछ, बुता हराउँछ, उच नीच सबै भोगी सकें, त्यसो हुँदा नपाल भो भन्दै ईश्वर सम्झदै कविले भन्छन् –
थोत्रो जीर्ण अशक्त रुग्ण तनमा पालेर बाँचौं कति
बाँच्नेमात्र अनेक शोच सुरमा भोगेर तीता खती ।
छक्कै पर्छु म ता बुझेर पनि यो बुझ्नै नसक्ने गति
जानै पर्छ नगै हुँदैन पुर त्यो फर्की नसक्ने गरी ।। ४।।
पृष्ठ ३२,
मानिसको प्राणान्त हुने समयको पीडालाई सहन नसकी ऊ आक्रान्त हुन्छ ,। उसका नाडी सुस्ताउँदै जान्छन् । शैया नै संसार बन्न जान्छ र अन्त्यमा शव चितामा पुग्छ ।
छोरालाई पालन पोषण गर्नु पिण्डपानीको आश रहनु, छोरा छोरी पालन गर्ने कर्तव्यलाई सम्झनु, र पुरा गर्नु जस्ता धारणालाई पस्कदै कविले आफ्नो बालक कालका बालसुलभ दिनको यादगार, यौवन अवस्था हर्षरस आदिलाई सम्झेर रुन मन लाग्नु, बुढेस कालको मार्मिक अवस्थालाई कविले यसरी पस्केका तछन् –
झुल्के घाम अनन्त अस्तचलका जीवन्तका सङ्गत
यौवनका मधुमास रास सकिए ज्युनै भयो झञ्झट ।
अर्कैबाट दया लिएर जिउँदा डाहा भयो जीवन
आफैबाट बरो बनेर जिउँदा पीडा बढ्यो मर्ममा ।।१२।।
पृष्ठ ३५,
 कविको कथन छ मान्छेले सिद्ध भान्छे हुने ओखती आज सम्म खोज्न सकेका छैनन् । विधिको विधानमा जन्मे र मर्ने गति परिवर्तन हुन सकेको छैन । अन्तिम अवस्थामा मानिसको सुद्धि सक्किन थाल्छ तर छातीभित्र कथा र व्यथा जो छ त्यसलाई पोख्न सक्दैन जस्ता जीवनदर्शनका विविध पक्षमा वकालत गर्दै तलका कश्लोक सहित यो कवितासङ्ग्रहको बिट मारिएको छ –
चिन्ता मुक्त म चेतना रहित छु चोला वित्यो भयो अल्झन ।
 साथीभाइ छिमेक टोल घरमा जे जे दिएँ सम्झना  ।
आगोबाट  चिता जलेर लपटा काला धुवाँका संगै
गाथाका गुनगान क्यै दिन हुँदै बिर्से जालान् सबै ।।१५।।
पृष्ठ ३६,
भाषा शैली –भाषा सरल छ । साधारण पाठकदेखि बौद्धिक खुराकको रूपमा अध्ययन कर्ताको लागि  पनि पठन योग्व्य छन् कविता । छन्दमा लेखिएको हुँदा लयात्मक र गायन योग्य छन् ।
शीर्षक – यस कवितासङ्ग्रहमा धेरै कवितामा पीडाको सन्देश प्रवाह भएको  छ । पीडादेखि पीडान्त शीर्षकसम्म पीडाहरू मुखरित भएका छन् । यसो हुँदा शीर्षक सार्थक छ ।
निस्कर्ष –  
  यस कृतिले दिन चााहेको सन्देशको भावसारलाई विस्तृत रूपमा मैले माथि नै पस्किसकेको छु । यसमा समावेश गरेका प्रत्येक कवितामा कविले एकरूपतामा नभएर विविधतालाई समाएका छन् । यो कविको आफ्नै किसिमको विशिष्टता हो । कवितामा बिम्बको प्रयोग प्रचुरमात्रामा भएको देखिन्छ ।  कविताको महत्वपूर्ण अंश भनेको माओवादी शब्दको उच्चारण नगरी त्यस युद्धले सामाजिक, आर्थिक र राजनीति क्षेत्रमा पु¥याएको राष्ट्रिय क्षती हो भन्ने लाग्छ मलाई । पीडा र द्वन्द्व कवितालाई केलाउँदा यसलाई द्वन्द्वको दस्ताबेजको रूपमा लिन सकिन्छ । कवितामा कविले भौतिक र आध्यात्मिकतालाई समान रूपमा उठाएका छन् । राष्ट्रियता र राष्ट्रप्रेमका भावनाहरू पनि यहाँ गहनरूपमा उठाइएका छन् । मानिस भए पछि आफ्नो दायित्व, मानिसमा हुने मानवता, जीवनमा आइपर्ने विविध बाधा अड्चन, ती बाधा अड्चनबाट मुक्तिको चाहना, सन्तानप्रतिको धारणा र सन्तानले जीवनको अन्तिम क्षणमा निभाउन पर्ने कर्तव्यलाई कविले मार्गदर्शनका रूपमा उठाएका छन् । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ  । कविको दीर्घायु, सुस्वास्थको साथै सिर्जन्शीलता बढ्दै जाओस् भन्ने कामना सहित विदा चाहान्छु ।
 धन्यवाद  
 मिति २०८२ माघ २० गते, कावासोती नवलपुर 

January 7, 2026

सेती गजल खण्डकाव्यको अध्ययन

सदानन्द अभागी
सेती गजल खण्डकाव्यका गजलकार हुन् होमनाथ सुवेदी । होमनाथ सुवेदीको परिचय मैले अरू कृतिको समालोचनामा गराई सकेको हुँदा यहाँ दोहो¥याई रहन नचाहदा नचाहदा पनि अनेसासका संस्थापक अध्यक्ष हुन्  भन्न भने छुटाउन चाहिन र यो पनि पुन ः लेख्न मन लाग्यो करिब ४ दर्जन कृति लेखन र करिब ३ दर्जन संस्थाबाट सम्मानित र अभिनन्दित, नेपाली साहित्यका एक सगरमाथा नै हुन् । यस गजल खण्डकाव्य कि नायिका सेतीको  खास नाम नन्दादेवी सुवेदी हो । उनलाई बालक कालमा बोलाउने प्रचलित नाम सेती थियो । उनी पिता जीवननाथ पौडेल र माता अमृता देवी पौडेलकी सुपुत्री हुन् ।  उनको जन्म, पुलाचौर,म्याग्दीमा माघ ४,२००३(जनवरी २४, १९४७)मा भएको थियो । उनको विवाह नोभेम्बर १५, १९५७ मा होमनाथ सुवेदीसँग भएको थियो । उनले ३ छोरा र एकछोरीलाई जन्म दिइन् ।  पुरुषोत्तम र प्रकाशमात्र उनको साथमा रहे । दीपक भने दिवङ्गत भए । बुहारीहरू क्रमस कल्पना र  दया हुन् । छोरीज्वाइ डा. कल्पना÷ बासु सत्याल ।सेती सहोदर तीन छोरा र एक छोरीकी आमा भए पनि उनले अनेसासमा संस्थापक सदस्यभई पु¥याएको योगदानले गर्दा उनी सन् २०१६ देखि अनेसासकी आमा पदवी सहित सबैकी आमा बन्न पुगिन् । जीवनको उत्तरार्ध उनको जीवन कष्टकर रह्यो । मई ८,२०१६को दिन उनलाई  मस्तिष्कघात  भयो । उपचारपछि उनी बाँचिन । यसरी उनको मृत्यु जनवरी १५, २०२४ तदनुसार माघ १ ,२०८०को दिन उनी दिवङ्गत भइन् । नन्दाले अनेसासको संस्थापक सदस्य रहेर पु¥याएको योगदानको कदर गर्दै  ई. १९९६ मा अनेसास केन्द्रबाट अभिनन्दन, ई २००९मा अनेसासबाट सम्मानपत्र, सन् २०१६मा अनेसासकी आमा पदवी सहित सम्मानपत्र, ई.२०१८को अनेसास डीसी, महिला विभागद्वारा, सम्मानपत्र, अनेसास स्थापना दिवसका दिन जनवरी ११,२०२४मा संँस्थापक सदस्यको पदसहित सम्मानपत्र प्राप्त गरिन् ।
कृतिको संंरचना – सेती गजल खण्डकाव्यमा ६४ ओटा गजल रहेका छन् । सबै गजलमा शीर्षक दिइएको छ । ३३ ओटा गजल ५ सेरका छन् । ६ सेरका गजल २१ छन् । ७ सेरका गजल ५ छन्,८ सेरका जगल ४ र ९ सेरका गजल १ छन् । छन्द विधानको हिसाबले यस खण्डकाव्यमा १४देखि १७÷१८अक्षरी सम्मका छन्दहरूको प्रयोग भएको छ । काफियाको प्रयोगमा मिश्रित जस्तै गजल १, स्थापना, प्रार्थना, बन्दना र गजल २ मा पूर्णकाफिया जस्तै न्याउली, खाउली, गाउली, पाउली, दाउली, लाउली, आउली  प्रयोग गरिएको छ  । यस खण्डकाव्यमा मुरद्दफ (रदिफसहित) र गैरमुद्दफ( रद्दिफरहित) गजल समावेश गरिएका छन् । यसरी यस सेती गजल खण्डकाव्यको सिर्जना भएको पाइन्छ । यसकृतिमा कतै कतै नन्दा नाम पनि आएको पाइन्छ । नन्दा र सेती भन्नु एउटै व्यक्तिको नाकम हो । नन्दा शास्त्रीय छन्द प्रयोग भएको स्थानमा नन्दा नाम प्रयोग गरिएको छ भने लोकलयका रचनामा सेती नाम प्रयोग गरिएको देखिन्छ । यस कृतिको संरचनामा लोकलयको बाहुल्यता भएकोले  सेती गजल खण्डकाव्य राखिएको छ । सेतीकै बारेमा सिर्जना गरिएको यो खण्डकाव्यको शीर्षक सार्थक छ । यहाँ होमनाथ सुवेदीले गजल सिधान्तको बारेमा पनि आफ्ना धारणा राखेका छन् –''शास्त्रीय बहरका गजल –मुक्त गजल,हमसकल गजल– हमसकल गजलमा मतला,मकता र सायरी सबैमा काफिया वा रदिफ जे छन् ती सबैमा दोहोरिन्छन् ।" यहाँ गजलकारले भने जस्तै केही गजल पाइन्छन् । भूमिकाकार डा. नारायणप्रसाद शर्मा गैरेले पनि यसलाई पुष्टि गरेका छन् । होमनाथको अर्को जिज्ञाशा –'खण्डकाव्य हुन्छ कि हुँदैन ?' यस सम्बन्धमा गजलको इतिहास केलाउँदा खण्ड काव्य,  काव्य र महाकाव्यको संख्या निकै कम भए पनि के ही कृतिहरू बजारमा आएका छन् । उदाहरणको लागि केशवराज आमोदी र विमलप्रसाद देवकोटाको गजलदीपिका,(२०६०) शिव रेग्मी 'प्रणत'को कुन्ती गजल काव्य, गोपाल अस्कको प्रेमान्तर(२०६२)गजल महाकाव्य आदि  लिन सकिन्छ ।होम नाथ सुवेदीको सेती खण्डकाव्य सम्बन्धमा डा. नारायणप्रसाद शर्मा गैरेले लेख्नुहुन्छ– 'नन्दाको यो मृत्युको घटनाको नेरा फेरामा आवेगमा आई, उनैमा केन्द्रित कथालाई यसमा गुम्फन गरिएकाले यो गजलसङ्ग्रह नभएर गजल काव्य बन्न गएस्को हो ।'(भूमिका ङ), यसरी नै आँसुले लेखिएको काव्र्य सेती' मा लेखिएको कुसु क्षेत्री र मनोज न्यौपानेको लेखमा भूमिकाकारले लेखेका पङ्क्तिलाई नै टिपेर गजलकाव्य भनेका छन् । खण्डकाव्य हुनलाई केही अरु तत्वहरू पनि छन् ।यसमा आएको कथामा होमनाथजी नन्दाको मृत्युको भागमा नै केन्द्रित हुनु भएको छ । यसले सेती (नन्दाको) जीवनको पूर्ण कर्मलाई समेटेको भए यसलाई महाकाव्य नै भन्न सकिन्थ्यो । छन्दको हिसावले हेर्दा लोक लयले नै मुख्य स्थान लिएको छ । मुतदारित बहर, स्रग्विणी हजज र तोटक फाट पूmट प्रयोगमा आएका छन् । भनिन्छ गजल लेखन शृङ्गार आधारित हुन्छ । यस खण्ड काव्य विप्रलम्भ शृङ्गार खास गरी वियोग शृङ्गारलाई बढवा दिइएको छ । यस खण्डकाव्यले प्रेम, दर्द, प्रकृति र समाजलाई समेटेको छ । गजलकारले आफ्नो लेखकीयमा सप्रमाण यो खण्डकाव्य बन्न पुगेको हो भनेका छन् र भूमिकाकार नारायणप्रसाद शर्मा गैरे, कुसु क्षेत्री, मनोज न्यौपानेले यसलाई स्वीकारेका छन् । यी विविध पक्षलाई हेर्दा सेती गजलखण्डकाव्य हो भन्न सजिलेरी सकिन्छ ।
कृतिभित्रप्रवेश गर्दा – सर्ब प्रथम होमनाथ सुवेदीको लेखकीय मन्तव्यमा नै प्रवेश गर्ने इच्छा जागेर आयो  । होमनाथ जीले लेख्नु हुन्छ –' नन्दा नासकीय जीवन हुन् । । मृत्यु एउटा घटनाको मात्र नाम हो उनी यो क्वान्टम विश्वमा वेभ, आत्मा प्रतीत्व समुत्पादनको नियमानुसार कैवल्य(मुक्ती), मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै  छन् ।यी होमनाथजीका अभिव्यक्तिलाई मनन गर्दै गजलकार(नायक) होमनाथ र नायिका सेतीको बारेमा होमनाथजीले प्रस्तुत गर्नु भएको गजल पद्यलाई गद्यलयमा कथाको रूपमा प्रस्तुत गर्दै छु –  
गजल–१, वन्दना –  काव्य लेखनमा मङ्गला चरणबाट थालनी गरिएको हुन्छ । यहाँ गजलकारले वन्दनाबाट थालनी गरेका छन् । नादिनीलाई प्रेमिका स्थापना गरी काव्यमा साथ दिन प्रार्थना गर्दछन् । नादिनीको मृत्यु भए पनि काव्यमा फर्कन र सिर्जना गर्न सहयोग गर्न आग्रह गर्दछन् । नादिनीलाई गजलकारले पूर्णताको लागि यसरी सम्बोधन गर्दछन्–
पूर्णमा खण्डिता खण्डमा पूर्ण थ्यौ
यो कथा पूर्ण होस् कामना गर्दछु
सेर ५, पृष्ठ १
यो खण्ड काव्य हो, खण्डित छैन । घाटमा घटेको घटनाको सामना गर्दछु । यो खण्डकाव्य कथाहीन भएकाले व्यासमा घुम्दछ, गजलकारले नादिनीलाई ठोस औ 'वेभ'मा अर्चना गर्दछन् । गजलकारले ध्यान गरेको छु काव्य सेती भएर आऊ नाद र नन्दा भनेर सम्झना गर्नेछु । वन्दनाको अन्तिम सेर यसप्रकार छ –
देख्छु सेती नदी नाच्दछिन् पोखरा
लोकको गीतमा साधना गर्दछु ।
सेर ८, पृष्ठ १
गजल २, भोली के आउली– यस गजलमा गजलकारले काफल चौरमा न्याउली भएर माधुरी गीत गाउँथ्यौ । काफल पाक्दथ्यो खाउली भन्ने लाग्दथ्यो तर–
पूर्वमा जन्मियौ पश्चिमा अस्त भो
काफलै चौरमा कोयली गाउली
सेर २, पृष्ठ २
फ्लोरिडामा शंख बज्यो । संसाररूपी नाटयशालामा लर्कियौ फर्कियौ अव भने सपनामा आएर दाउली । गजलकार विरहमा छन् । उनले हेर्दछिन् भन्दछन् तर नदेखेर बरबराएँ भन्दै गजलकारले यसरी कारुणिक धारा बगाएका छन् –
यादले झस्किई रातमा हिड्दछु
आज नै आइनौ, भोली के आउली ?
सेर ६, पृष्ठ २
गजल ३, तिमीविना रोएको छु –यो गजलमा हृदय विदारक धारणा आएका छन् । गजलकार सेती बिना एक्लो भए पछि उनी रुँदै भन्दछन् –तिमीले विर्सियौ म बिमार पर्दा पनि सम्झन्नौ किन ?आज  तिमीविना गति छैन, कहिले काँही आपूm ठूलो हुँ भन्ने ठानेकोमा गल्ती भएको भन्दै माफ पनि  माग्दछन् । जीवन संघर्षको वेला साथ दियौ तर आज विर्सेर गयौ । तिमी गएपछि कारागारको बन्दी भए सरह धुरु धुरु रोएको छु । अहिले अनुभूति भएको छ कि सास छञ्जेल हृदयमा बास दिनु पर्ने थियो त्यतिवेला प्रभुत्व जमाइयो तर बेकार भएपछि होस आयो माफ गर भनेका छन् । यस गजलको अन्तिम सेरमा गजलकार यसरी प्रस्तुत भएका छन् –
स्मृति लोप गरी नयाँ जीवन लिएर आयौ
पुर्नजन्म भो कि 'रिसरक्सन' सार भएपछि ।
सेर ५, पृष्ठ ३
गजल ४, बाटो म देखाउँछु – यहाँ प्रकृति र पुरुषको  धारणा राख्दै पतिपत्नीको व्यवहार भए पछि बाटो देखाउने काम पतिले गर्छ । पति लङ्डो किन नहोस पत्नीले सबै भार बोक्ने क्षमता, ढुङ्गाको भर माटा,े माटोको भर ढुङ्गा एक आपसमा निर्भरता र दुबै मिल्दा दुई आँखा दुई खुट्टा चार भएपछि जीवन चल्छ भन्दै कविले प्रस्तुत गरेका दुई सेर यहाँ प्रस्तुत गर्दछु –
अर्धाङ्गिनी जोडी पूर्णाङ्ग पारे यो रथ चल्दछ
शान्ति छ जीवनमा समुद्र पार भएपछि
सेर ४, पृष्ठ ४
दुई देह यौटै भए के जीवन चल्दैन र ?
संन्यास लिऊँ गाउँको काटमार भएपछि
सेर ५, पृष्ठ ४
हाम्रो धर्मशास्त्रमा पत्नीलाई पतिको आधाअङ्ग मान्दछ । दुबैको संयुक्त प्रयास बाट जीवन चल्छ  भन्ने धारणा छ ।
गजल ५, नचिन्ने गरी –गजलकारले बारंबार भन्ने गरेका छन–'मुक्तआत्मा निर्वाण प्राप्त गरेर हामीसित नै  छन् ।' त्यसो हुँदा गजलकारको कथन छ –
जीवनको गंगामा सयौं गीत गाएर गयौ
फर्कियौ र नचिन्ने गरी प्रीत लाएर गयौ
सेतीको पछिल्लो अवस्था उनी मरेकै जस्तो अवस्थालाई होमनाथले पुनर्जन्म दिलाएकै हुन् तर बुढयौली अवस्था दुखद भएर जीवको समाप्ती भयो । काल जित्न कसैले सक्म्दैन तर नन्दाले स्ट्रकको (झट्काको) फाँसी व्यहोरेर बित्न प¥यो । आफ्नो प्रियबस्तुले छाडेर गए पनि ।  बोल्दो तस्विर भने होमनाथमा छाएकै छ । होमनाथ भन्छन् –
बरु मलाई लात्तीले हानेको भए सहन्थे
किन जाँदाजाँदै पनि मैलाई चाहेर गयौ ?
सेर ५, पृष्ठ ५
गजल ६, जोतेको दुवैले हो –
जोतेको दुबैले हो बाँझो खेत सायर गयौ
अबुझ म बहरलाई त्यहाँ दायर गयौ
सेर ६, पृष्ठ ६
जीवनलाई हराभरा बनाउन दुबैको उत्तिकै जिम्मेवारी हुन्छ ।  जीवनलाई गजलकारले मौसम अनुसारको सुन्दर फुल हो भन्दछन् । सेतीले यौवनले मात्तिएर आएर भुलाएर गएको धारणा राख्दछन् । सेतीलाई गजलकारले रातो पूmल जो सौन्दर्यतामा गुलाफको पूmलको रूपमा वर्ण गरेका छन् र उनले नबोलेर गजलकारको काखमा चढाएर गएको हुनाले गजलकारले सुँघ्छन्,चुम्छन् फर्काई फकाई र महकोस्वाद र पूmलको वासना पाउँछन् भन्छन् –
तिमी देख्दिनौ  म देख्छु तिम्रो गुलावी सौन्दर्य
अँध्यारोमा नै प्यारको मजा सुँघाएर गयौ
सेर ५, पृष्ठ ६
पूmलले बोल्न पर्र्र्दैन  रूपले गीत गाउँछ
घरभित्र र बाहिर स्वर गुन्जाएर गयौ ।
सेर ६, पृष्ठ ६
गजल ७, जोगी बनायौ किन ? – एकलो पारेर छाडेर जाने भए माया किन लगाउने ? वैरागीको जीवनमा गजल किन गाउने जस्ता प्रश्न उठेका छन् । बास्तवमा गजलकारलाई सेतीले तिमी विना बाँच्न सक्दिन भनेर झुटा कसम  खानु, मृत्युको मुखमा पुगेर बाच्नु तथा काललाई जितेर माया लगाएर मर्नु । पाकेको बैँंसमा गजलकार रङ्गिनु तर प्रेमको छानो छिनेर  जारको छानो छायौ भन्ने प्रश्न गर्दै गजलकार भन्छन् –
काललाई कसैले रोक्न सक्दैन, यो सत्य हो
जित्यौ आयौ गयौ मलाई जोगी बनायौ किन ?
सेर ५ पृष्पठ ७
 गजल ८, कसम तिमीले खायौ किन ? – सेतीले कहिल्यै नछुट्ने कसम खाएर, एउटा मृत्यु भोगेर आए पछि उनले नचिन्ने अवस्थामा पुगेपछि किन आएको प्रश्न राख्दै गजलकार भन्छन् – आँखा भए पनि तिमीविना म लङ्गडो थिएँ त्यसमा पनि प्रकृति र पुरुषको संयोग भत्कायौ । संयोगबाट भएका सिर्जना सुन्दर छन् । अचानक मस्तिष्पक घातको सिकार बनेको, अन्धा र लङ्गडाको जोडी टुटेको यस अवस्थाको धारणा सहित प्रश्न गर्दछन् –
नचिन्नेले अमर प्रेमको कथा नभट्याऊ
आधार दिनुको साटो यो जगै भत्कायौ किन ?
सेर ६ पृष्ठ ८
गजल ९, म तिम्रा लागि पागल –मानिस जब गहिरो प्रेममा डुब्छ अनयाशै विछोडिन्छ अवस्य गहिरो प्रेमको असर मस्तिष्कमा पर्छ । यहाँ गजलकार पनि सेतीसँग गहिरो प्रेममा हुन्छन् उनी प्रेममा पागल सरह भएको अवस्थामा बोलाइन्छ, नचाइन्छ, मादल बजाइन्छ, नाता जन्मजन्मान्तरका लागि हो भनिन्छ, बिचमै भुक्याइन्छ, आगो लगाइन्छ, यसरी असह्य पीडामा गजलकारले धेरै प्रश्नहरू तेस्र्याउँछन् र उनले भन्छन् – मानिसभए पछि सभ्यताको पहिचान हुन्छ तर तिमीले डढेलो लगायर किन जलायौ ? गजलकारले मरे पनि प्रेम मर्दैन भनि कसम खान्छन् र पुन प्रश्न गर्दछन् जिउँदो  प्रेमलाई किन मारियो ? तिमीलाई माता सम्झेर पूजा गर्थे यति हुँदा हुँदै पनि अवैध पतिलाई खोलामा किन बगाइयो आदि कारुणिक प्रश्न सहित गजलकार भन्छन् –
यति चाँडै नै म बाट टाढा जानु थियो भने
मेरी प्यारी मेरो मङ्गलसूत्र लगायौ किन ?
सेर ६, पृष्ठ ९
 गजल १०, सम्झनाको चेतना –मानिस चेतनशील प्राणी हो । उसको चेतना सक्रिय रहन्छ । यस गजलमा गजलकारले चेतनालाई जीवनसँग यसरी  गाँसेका छन् –
सम्झनाको चेतनाले नै जीवन हो कायाले
अहिले एक्लाएक्र्लै भए नि लेख्छौ हात दायाँले
सेर १, पृष्ठ १०
मानिसलाई मर्न मन त कहाँ हुन्छ र गजलकारको भनाइ कहर या रहरले छोडेर गयौ तर गजलकारलाई उनको कालो छायाले भने छोडेन । निठुरी भएर नसम्झे पनि गजलकारलाई भने मायाले याद आई रहन्छ, गजलकार सम्झन्छन् एकान्तमा तेल लगाएर उनले कपाल कोरेको र अहिले काइँयो नपाएर चायाले भरिएको ।  हाम्रो धर्मशास्त्रले पुरुषको आधाअङ्ग स्त्रीलाई मानेको छ । गजलकार यसरी प्रस्तुत भएका छन् –
तिम्रो कोही थिएन , मेरो पनि कोही थिएन
स्पर्श चिदानन्दमा चलाउँथ्यौ हात वायाँले ।
सेर ५, पृष्ठ १०
गजल ११, मूलघरको बिहानी याद– यहाँ वियोगबाट उत्पन्न भएका वेदनालाई प्रष्ट्याइएको छ । सेतीले यस संसार छाडदा मूलघरको विहानी यादलाई दिलाएर गएको र उनी पति भन्दा पहिला गएकोले उनका श्रृङ्गारका बस्तु सारी, चुरा, पोते र सिन्दुर सहित सजिएर गएको । पतिललाई याद आउनु स्वभाविक हो । पतिले मदिरा पिलाएर गएको अनुभूति गर्नु । बहिरी रूप जे भए पनि सेतीको भित्री रूप सुन्दर थियो । कुल्चेर नगएको भए सेतीलाई पूजा गर्ने थिएँ भन्नु, । यदि परीक्षा लिन हो भने गजलकार लुटिन तयार छन् तर जुध्ने आँखा सिलाएर गयौ । सेती मरणासन्न अवस्थामा पुगेर बाँचेर आएपछिको अवस्थालाई यसरी प्रस्तुत गरेका छन् –
गयौ र आयौ फरक्क फर्केर जान सकिनौ
ममाथि ¥यालकाढेर किन ढिलाएर गयौ ?
सेर ५, पृष्ठ ११,
गजल १२, गुलाफको पूmल– सेतीलाई गजलकारले गुलाफको पूmलको रूपमा लिएका छन् । बासनाको सीमा धेरै छ  । चुमेर र खाएर सकिदैन भन्छन् । शारिरिक सौन्दर्यको वर्णन यसरी गर्दछन् –
ती स्याउ जस्ता राता गाला आँखा कति चञ्चल !
टोके पनि रगत आउन्न ठुमेर सकिन्न
सेर २, पृष्ठ १२
यहाँ गुलाफले विना आँखा हेर्नु, गजलकारले आँखा भएर पनि हेर्न नसक्नु, सेतीलाई जमरा हौ, पृथ्वी हौ आपूm आकाश हो तर डुमेर सक्दिन भन्नु । सेतीको सतीत्वप्रतिको गजलकारको धारणा–
गुलाफको पूmलको सतीत्व गुमेर सकिन्न
माया अथाह छ आकाशले सुमेर सकिन्न ।
सेर ५, पृष्ठ १२,
गजल १३, अव्यक्त मायाले –  जब भावनाको आदान प्रदान हुन्छ यथार्थता खुल्छ तर यहाँ सेतीको मस्तिष्क घात भएपछि पुनर्जन्म ठानिएको अवस्थामा बोली खुल्दैन । दोहोरो वार्तालाप हुँदैन । छुँदा चर्किदा माय भएर नै  मरणातुल्य अवस्था बाट फर्केकी, संघर्षको उकालीमा चढेको विर्सिएर तर्सिएकी भन्दै गजलकारले प्रश्न राख्छन् –
तिम्रो चेतना फेरियो होला ज्यान त उही हो
ललप्रेमको याद फर्काउन चुमें तर्कियौ किन ?
सेर २, पृष्ठ १३
यादगार लोप भएकाले नयाँ मानिस बनेऊ र चिन्न सकिनौ तर आँखाले भने गजलकार तिर किन घर्षियौ भन्दै पुरानो यादगारलाई कविले सम्झदै भन्छन् –
अङ्क माल गरी नाच्थ्यौ रासलीला समानको
आनन्द बिर्सियौ प्यारी कुरैमा झर्कियौ किन ?
सेर ५, पृष्ठ १३
गजल १४,मेरो मुखमा हेरेर – यस गजलमा महायात्रामा लागेकी प्रेमिकाले मुखमा हेरेर हाँसेर, प्रेमपासमा बाँधेर, काँसेर, छाडेर हराएकोले प्रेमीले खोजेको खोजैकै छन् ।  प्रेमीले प्रेमिकाको मुस्कानको तस्वीर लिन खोजेका थिए तर त्यो हुन सकेन प्रेमिकाले प्रेमको बगैंचामा क्रुद्ध फोटो टाँसेर गइन् । उनको सुरिलो स्वर लुकिसकेको थियो काँसेको भए पनि रेकर्ड गर्न खोज्दा पनि मासेर गएको । गजलकारलाई कलकलाउँदो जवानीको फूलको सम्झना छ गजलकारलाई पुन त्यो यादलाई फर्काउन खोज्दा पनि प्रेम पासोमा बाँधेर नासेर गएको धारणा सहित भन्छन् –
बिजुली चम्के झै नौलो याद चम्काएर गयौ
के बिराम थियो मेरो चड्कनी पारेर गयौ ?
सेर ५, पृष्ठ १४
गजल १५, सालिक उस्तै सकलको – सामाजिक सञ्जालमा आज गजल मौलाएको छ । गजलको खेती निकै सब्लाएको छ । अभियानले गजल महफिललाई गुलजार बनाएको छ । सामुहिक गजल लेख्ने अभियानले सबै सबैले गजल लेख्छन् ।  अभियानबाट आफै गिरफ्तार भएका झगडियाको गजलकारले टसललाई अन्त्य गरिदिन्छन् । अमेरिका देखि नेपाली विश्वसम्म गजलको उच्चाइ बढेको धानका बालाझुल्दा झैं मान्छेकै समूह झुलेको जस्ता यस्तो बातावरण सिर्जना कर्ता–
धानको फसलमा तिमी पहेँलपुर  भएर आयौै
अंगाल्दा त्यो त रहेछ तिम्रै सालिक उस्तै सकलको
सेर ६, पृष्पठ १५
यस गजलको मुख्य तात्पर्य प्रेमिकाको नाममा लेखिएका गजल सामाजिक सञ्जालमा व्यापकता पाएका  छन् ।
गजल १६, तिमी विना मुर्झाएको – यस गजलमा सेती भौतिक रूपमा अस्ताए पनि आत्मिकरूपमा मैसित छौ भन्ने धारणा आएको छ । सेतीको अभावमा गजलकार मुर्झाएका तर उनको यादले फुर्किन्छन् । उनले लगाएको माया हुर्केको र उनले गजलकारको लागि वलिलदान गरेर गएकीले त्यो भारा गजलकारले तिर्न नसकी पासोमा सुर्काए सरह अनुभूति भएको । प्रेमिकाले प्रेमिलाई तिमी बाहेक कसैलामई देख्दिन भन्ने गरेकोमा प्रेमिले सोधनी गर्छन् किन घुर्काउँदै कुन नेत्रले के देखेर गयौ । तिमीले घुर्काएको तिखो नजर अगाडी छ । घुर्काएको  मात्र नभएर घाँटीमा लुर्काएकी छौ । गजलकार भन्छन् –
तिम्रो सास गए पनि बसोबास मैसित छ ।
मसाज गर्छु नुहाई तै पनि किन मुर्झायौ ?
सेर ५, पृष्ठ १६
गवजल १७, सतीले जस्तै –वियोगमा गजलकार छटपटाएको देखिन्छन् । सतीदेवीले शिवजीलाई दक्षप्रजापतिले यज्ञमा नबोलाएर निन्दा गर्दा असह्य भएर होमन कुण्डमा हामफालेकी थिइन् । यहाँ सेतीले पनि सतीकै जस्तो त्यागमा गजलकारलाई हुर्काए कि सीताकै जस्तै पासोमा सुर्काएकी, गुराँसको पूmलजस्तो अनुहार देखाउँदै छायाँमा फुर्कायौ जस्ता धारणा सहित गजलकार भन्छन् –
सत्यता के हो ? असत्य के हो ? चिन्तामा पारेर
चितामा राखी दुबैलाई नै खारेर गुर्कायौ ।
सेर ३, पृष्ठ १७
सेतीको क्षमतालाई गजलकारले यसरी दर्शाएँछन् –
तिमीले जागे बसन्त बास्छ मरेमा शिशिर
भएर ,पनि नभए जस्तै मलाई खुर्कायौ ।
सेर ५, पृष्ठ १७्
मस्तिष्क घातको कारण उनको शरीर छ देख्न सकिन्न, उनमा हुनपर्ने तत्वलाई न छोप्न नै सकिन्छ न भेट्न तर गजलकारलाई भने गलामा पुच्छ«े लर्काएको महसूस हुन्छ । सेती अन्धि थिइन् तर वयको कारण आँखा बसेका होलान् तव पनि ज्यान दिएर किन घुर्काएको जस्ता पीडादाई यथार्थता यहाँ दर्शिन्छन् ।
गजल १८, तिमी जाँदा जाँदै – गजलकारले संसार छाडेर जाने वेलामा  सयौं फोटा खिच्छन् ,तिम्रे आँखा चिम्ले पनि आपूmले हेरेको, कपाल कोरिदिएको, माया मारे पनि फोटामा थुनेर राख्ने,संसार छाया हो यहाँ नित्य केही छैन त्यसो हुँदा फोटोमा भए पनि मर्न नदिएको, जहाँ गए पनि फोटासँग सुत्छु जस्ता कारुणिक आवाजमा गजलकार भन्छन् –
अजम्बरी कोही छैन सम्झना हो जीवन
पीडाले आँसु छु पुछेको तिमी जाँदा जाँदै ।
सेर ६, पृष्ठ १८
गजल १९, खिच्छु फोटा – यस गजलमा गजलकारले यो शरीर मरणशील छ  त्यसो हुँदा आज छ भोली हुन्न, रहने भनेका फोटा हुन् । हँसिला फोटा खिच्छु । यसबाट सधैं सम्झिएर जिउँदो राखेर काखी च्याप्नको लागि लमतन्न पर्दै फोटा खिच्छु । तिम्रा सामजिक सञ्जालमा फोटा नभएका हैनन् तापनि गुगलका माला लगाएका टन्न फोटा खिच्छु भन्दछन् –
तिमी जाँदा जाँदै तिमीलाई विदा गर्दा गर्दै
तिम्रो अभावले छु भयाच्छन्न खिच्छु फोटा
सेर ४,पृष्ठ १९
काल आउँछ लान्छ, यो ध्रुव सत्य हो । गजलकारले कालका आँखा छल्न  सेतीलाई क्याम्रा भित्र भरेका छन् ।
सेतीलाई माछीको संज्ञा दिंदै फुत्किनै लाग्दा फोटा खिचेको धारणा राख्दै सेतीलाई गुलाफ सम्झदै भन्छन्–
गुलाफ मुर्झाएको मैले सहन्न खिच्छु फोटा
तिम्रा फोटा विना म एक्लै रहन्न खिच्छु फोटा
सेर ६, पृष्ठ १९,
गजल २०, विदा हुँदाहुँदै – प्रेमीले प्रेमीका बिदा हुँदाहुँदै यति धेरै फोटा खिच्छन् कि बजारमा फोटाको खेती भएको देखिन्छ तर यी सबै फोटा तिम्रामात्र राखेको छु भन्छन् । यी फोटा जाँदजाँदै खिचेको अमर राख्नको लागि हो । तिमीलाई कालले मृत्युको जारमा भर्छ । फोटा मालकै रूपमा खिचेको र यिनैलाई प्रेममा च्यापी राख्ने, चारैतिर फोटै फोटा यति फोटा किन त ? किनकी मुर्झाउँदो मुस्कान छोप्नलाई । गजलकारले सेतीकोलागि ताजमहल, सालिक, मूर्ति केही बनाएनन् तर बाँच्नको लागि फोटाहरू भने खिचे । उनले साथीहरूलाई फुर्ति नगर्न र गजलकारलई फोटामै पागल भयो नभन्न साथै  जीवनको प्यारसारमा फोटो खिच्न देऊ भन्दछन् ।
गजल२१, गृहिणीको जीवन – गृहिणीप्रतिको कविको धारणा यस प्रकार छ .–
गृहिणीको जीवन र मृत्युको यो सङ्घारमा
वासनाभन्दा उपासना गर्छु म विमारमा ।
सेर १, पृष्ठ २१
नारी गृहस्थको घर हो । नारीविनाको महल पनि वेकार छ । नारीकै लागि पुरुषले आर्जन( खेतरोप्छ)गर्छ । नारी गए यो कमाएको कस्ले खान्छ त्यसो हुँदा बाली खाँदा खाँर्दै विहारमा नगएको भए पनि हुन्थ्यो । जोत्ने र मूल व्याड सायर रोप्ने  काम ग¥यौ तर अहिले लाग्छ खेतै छाडेर जान थाल्यौ । गजलकारले कमाईको फललाई म एक्लै कसरी खाउँला ? केही दिन बढी बाँचे बाडीचुडी खाउँला । नसोचेको सुन्न चाहान्न, अलविदा भन्न चाहन्न, किनकी निचोडमा बिधुर भएर म मरे बाँच्दिन भाव व्यक्त राख्दै गजलकार भन्छन् –
तिम्रै पसिनाले मेरो सञ्चेतना सिञ्चेको छ,
जान्छ्यौ भने तिमी पैले मै नै जान्छु हतारमा ।
सेर ७, पृष्पठ २१
गजल २२, रोबोट जस्तै –यस गजलमा पतिव्रता नारीको भाव प्रकट गर्दै पहिला तिमीलाई विलौना विसाएको थिए तर अहिले तिमीलाई खेलौना बनाएको छु । तिमी अचेत छ्यौ तर मैले शृङ्गार भरेको छु । तिम्रो मुस्कानमा नजर जुधाएको छु । सेतीको अवस्थालाई गजलकारले भन्छन् –
तिमी जे थियौ त्यो नै छैनौ जे छ्यौ त्यो तिमी हैनौ
नया  पहिचानमा  प्रेम  पैदा  गराएको छु ।
सेर ३, पृष्ठ २२
गजलकारले एक अर्कालाई खेलौनाको रूपमा लिएका छन् र नयाँ जीवन प्राप्त नवजीवनको मालि भएर रमाएको कुरा बताएका छन् । सेतीले रोवर्ट जस्तै गजलकारले जे भन्यो त्यही गर्ने पतिब्रता नारी जस्तै खेलौना सजाएको भाव व्यक्त गरेका छन् । बास्तवमा सेती पतिब्रता नारी हुन् ।
गजल २३, खेलौना –  
म हाँसेर हँसिना तिमीलाई हँसाएको छु
खेलौना बनेर खेलौना मन पराएको छु
सेर १, पृष्ठ २३
गजलकार आपूm हाँसछन् र हँसिनालाई हँसाउँछन् । आपूm खेलौना बनेर खेलौनलाई मन पराउँछन् । विगतका मानिसलाई हेरेर खेलौनासित खेलौना बनेर रमाउँछन् । गजलकारले प्रश्न गर्छन मान्छे पनि प्रकृतिको खेलौना नै होइन र ?  मानिस मात्र नभएर सबै प्रकृतिका (ईश्वरीय) संरचना हुन् । एसै संरचनामा हामी जे छम् त्यसैमा खुसी भएर रमाउनु पर्छ । सेती फेरिएकी छन् । उनले नयाँ पुरानो छुट्याउन्नन् । त्यही जीवन पूरा गर्न कालाई मनाएका छन् आदि भावना सहित गजलकार भन्छन् –
यदि आत्मासित आत्मा जोड्नु नै प्रेम हो भने
खेलौनाको प्रेमीको नमूनामा गनाएको छु ।
सेर ५, पृष्ठ २३,
गजल २४, धेरै पागल– सबै खेलाडी छन् । यी खेलौना हुन् र यी धेरै पागल हुन् । एकले अर्कोलाई जस्ले पागल ठान्छ तिनै घायल हुन् । मानिस सद्दे छैन र स्वार्थी छ । अर्काको स्वार्थमा जो नाच्छन् तीे खाडल हुन् । गजलकारले अरुलाई पागल ठान्नु दुनियाको रीत ठान्छन् र यही रीतमा कसैले ताल लगाउँछ भने ती मादल हुन् । रोग लागेपछि उपचार गर्नु पर्छ । पागल भनेर उपचार नगरी कसैले कसैलाई ठिड्कामा हाल्ने वाला नै टायल हुन् । यसरी गजलकार भन्छन् –
एक सरकारले अर्काेलाई पागल भन्दछन्
भ्रष्टचारमा ती सबै उत्तिकै कायल हुन् ।
सेर ५,पृष्ठ २४
गजल २५, सेती – यस गजलमा पोखराकी सेती नदीसँग खण्डकाव्यकी नायिका सेतीलाई तुलना गरिएको छ –
नदीमा  बिरामी  पसी हेर्छु  सेती
उजेली कली छिन् कसी हेर्छु सेती
सेर १, पृष्ठ
सेतीको शृङ्गार नौले छ, कल्पबृक्ष झुल्छ, मनोहारिणी छन् । गजलकारले बसेर हेर्दछन् । हजारौ खजना नदीका जनाना   साथै लज्जा खरानी पाउँछन् र घस्छन् । ससानो मुहार, धपक्के बलेको कला कल्पनाको रूप, लीला ससानो, मुक्ता महगोलाई दसीको रूपमा हेर्नु, उनले रचेका सिर्जना र पोते छ आदि अवलोकन गर्दै गजलकारले भन्तछन् –
तिमीमा छ मोती छ मोती तिमीमा
असीयौं चुरा छन् मसी हेर्छु सेतीं
सेर ७
नदीमा छ सेती लुकेकी सिपीमा
म–नै हो–म–ले लौ खसी हेर्छु सेती ।
सेर ८,पृष्ठ २५
गजल २६, मेरा गल्ती के थिए र ! –सतहत्तर वर्षमा कालको सिकार भएर गएको भनिएको छ ।
धर्म आस्था र विश्वास ती सबै जिएर गयौ
कहाँ गयो धर्म आज ल धोका दिएर गयौ ।
सेर १,
पत्नीको वियोगमा पति पानी बाहिरको माछा सरी तडपिनु, ज्यानै गए जस्तो अनुभूति हुनु , यति चाँडै छोडेर जान्छिन् भन्ने नठान्नु, कुनघाटको पानी पिउनु थियो के पिएर गयौ भन्दै प्रश्न गर्नु, प्रेमीले प्रेमिकालाई बैमानी भन्न पनि नसक्नु, तर फाटेको जिन्दगीलाई सिएर गएको भाव व्यक्त गर्दै प्रेमीले यसरी कारुणिकतालाई पस्केका छन् –
हाय मेरी प्रिया ! बिर्सू म कसरी तिमीलाई !
मुटुको टुक्रामा धड्केर किन फिरेर गयौ
सेर ५, पृष्ठ २६
प्रेमिकाको ७७ वर्षको उमेरमा मृत्युवरण भै, जलेर गएकोमा प्रेमीले प्रश्न गर्छन्–तिम्रो लागि म मर्न तयार हुँदा हुँदै मेरा गल्ती त्यस्ता के नै थिएर मरेर गयौ ?
गजल २७, चढिन् अठहत्तर – यस गजलमा २०२४ साल १० गते काल काल बचिन् नन्दा भनिएको छ । कालले २०२३ सालमा शेष तेह्र दिन छ भनी सातोलिइ गयो ।एक दिन दुई दिन गन्दै कुर्दै, अक्सिजन तलमाथि गर्दा महाकाल आए जस्तो, सुनामीले तर्साए जस्तो  भएर एक साल बचाउन पाए पनि धोका पुग्थ्यो भन्दै ती दिन काटिए । २०२४, साल लागेपछि कालले दाह्रा सिई गएकोले जीत भयो । सतहत्तर पुगेर ७८लाग्दा पनि कालले खुट्टा तान्न सकेन जस्ता धारणा आएको छ गजलमा
गजल २८, भक्कानो छोडी रोएँ – गजलकार भन्छन् , उनले जिन्दगीको युद्ध सेतीकै  लागि लडे र हार खाएनन्, ज्ञानलाई पनि छाडे,उनले सेतीको मुहारमा शान्ति भेटेका छन्, हस्पिसमा सेलाउन दिन्न भन्दछन् । उपचारको लागि आएका डाक्टर नर्स उपचार गर्न नसकेर भागे । गजलकार कै अघि काल आयो उनलाई रिस उठ्यो उनी क्रोद्धको आगोमा जल्न थाले, चक्रव्यूहलाई कसरी काटु भन्दै यो कठिन युद्धबाट अभिमन्यु चक्रव्यूहमा पारेर मारिएका थिए  भनी स्मरण गर्नु, तिमीलाई मराएर म पनि बाँच्दिन काललाई काट्छु तिमी मेरो बिरुद्धमा नजाऊ भन्दान्दै सेती उनलाई एक्लै पारेर गइन् । गजलकार विधुर भए र उनको प्राण अबरुद्ध भयो जस्ता धारणा आएका छन् खण्डकाव्यमा  
गजल २९, ब्रह्मलीन – यस गजलमा सेती ब्रह्म या प्रकृतिसँग लिनभएको धारणा आएको छ । पुलुक्क  हेरेपछि बौरिएको ठानिन्छ, प्रेम सागरमा पौरिएको, मानिन्छ । गजलकार रुन्चे आँखा जुधाएर झुम्मिन पुग्छन् । सेतीले तत्काल आँखा चिम्लिन्छिन् । गजलकार पल्टिन्छन् । अरू सबै उठेर राम राम भन्न थाल्छन् । भेट्ने मा।निसको भिडलाग्न थाल्छ तर उनलाई छोपिएको छ ।जब गजलकार मुच्र्छाबाट उठ्छन् सेतीको शरीर लौरा जस्तो साह्रो भैसकेको हुन्छ र यस अवस्थामा गजलकारले भन्छन् –
पदार्थबाट मुक्त र वाष्पमा नै ब्रह्मलीन
प्रकृुतिमा अझै धेरै तिमी त मौलिएकी छ्यौ
सेर ५, पृष्ठ २९
गजल ३०, कसरी मुख देखाउने – सेती ब्रमलिन भएपछि कसैको निमन्त्रणामा जान गजलकारलाई निकै कठिन पर्दछ । विवाहको निम्तोमा बाजा बजाउने गाउने नाच्ने काम हुन्छ । यस्तो अवस्थामा आपूm रुदै गीत गाउन जाने हो र  ? सेती दिलकी बत्ती, मनकी सुन्दरी हुन् तर मीठो धेका दिएर गइन् । विवाह आदिमा जाँदा नक्कली नायिकासँग पछि लाग्ने मन छैन ।  गजलकारले सेतीलाई सुनको छानो ठान्छन् र पैह्राले लगेको हुँदा विवाहले पुर्न सक्दैन भन्छन् । भत्केको छानोलाई जस्ताले किन छाउने उनी प्रश्नवाची हुन्छन् । निम्तो नगर, खान मन नभएको ले भोज किन खाने ? बहरलाई दाए जस्तो मलाई दाउने हो ? तिमीहरूले विधुर हैनौ भन्ने कुरा मलाई थाहा छ । यो पनि घर भित्र  बसी नखाई नलाई के पाउनेहोर भन्ने पनि थाहा छ । गजलकार भन्दछ्–
संसारको ऐना, त्यो घरकी छैन, मेरो सबकुछ लुटियो
म त हजूर ! 'लुजर मान्छे' ! कसरी मुख देखाउने हो र ?
सेर ८, पृष्ठ ३०
गजल ३१, अस्मिता – आइमाईलाई हेपेर कसैले अन्धा भन्नेहरूलाई सेतीले केलाएर गइन् ।भने गजलकारलाई नै दिव्यदृष्टि देखाइ दिइन् । सेतीकै कारण गजलकार रमाएका थिए । गजलकारको भनाइ छ कि देखिएका सबै असत् वा अस्मिता असत हो  भन्ने दर्शनको प्रधान द्वारमा उभ्याएर गइन् । गजलकारले भन्छन् –
मर्नुभन्दा बौलाउनु निको तिम्रै लास माथि
मेरो चित्तवृत्तिलाई आगो दन्काएर गयौ ।
सेर ४, पृष्ठ ३१,
जाने र आउने कर्म जारी हुन्छ । तिमी हातमा भने नआउने तर आँखा झिम्काएस्र गयौ जस्ता धारणको साथमा गजलकारले प्रश्न गवर्छन् –
जीवनको यथार्थता हो वा, केको नाटक हो ?
वलिदान  दिएर  मलाई छक्याएर   गयौ ।
सेर ६
गजल ३२, गयौ किन ?– गजलकारले मरेर किन गयौ भन्दै प्रश्न गर्दछन् । मस्तिष्क घातबाट मृत्युका मुखमा पुगेकी आइन् सेती र मुस्कानले हानेर गइन् । पूmल बनेर आयौ र मुर्झाएर किन गयौ ? गजलकार कसम खाँदै भन्छन् कि उनी मर्लान् तर प्रेम कहिल्यै मर्दैन । तिमीले भने जिएँदै प्यार मारेर गयौ ।सेतीको अवस्थालाई  गजलकारले भन्छन्–
कहिले झुल्कन्छौ कहिले अस्ताउँछ्यौ बिजुली
क्वान्टमको व्यवहार देखाएर गयौ किन ?
सेर ३, पृष्ठ ३२,
गजलकारले प्रश्न गर्छन् – कहिले दृश्य अनि कहिले अदृश्य तिमी पदार्थ हौ कि 'वेभ' हौ ? विशाल छातीलाई चिडाएर गयौ किन ? अन्तिम सेरमा गजलकारले भन्छन् –
हेरेर पनि हेर्दिनौ बोलेर पनि बोल्दिनौ
उताको मलाई यता फर्काएर गयौ किन ?
सेर ५ पृष्ठ ३२
गजल ३३, छोडेर खाली गयौ – यहाँ पनि मार्मिक धारणा आएका छन् । दुबैको साझा कोठा छाडेर, अन्यायीलाई गालेर,गलतको विरुद्ध काली बनेर,कोसेलीको रूपमा आफ्नै जस्तो साली छोडेर, छेक्दाछेक्दै, फुत्काएर, धोका दिएर अँध्यारो खनेर,असंख्यलाई अनाथ बनाएर , भत्किएको पाली हालेर गयौ जस्ता धारणा सहित गजलकार भन्छन् –
डायस्पोराको थुन्से लगी दिएर डाली गयौ
यो विस्तरामा दागबत्ती फुकेर बाली गयौ ।
सेर ७, पृष्ठ ३३,
गजल ३४,तिमी किन आइनौ – पूmल फक्रिएको देख्दा, सेती? त्यहाँ देखिइनन् । बसन्तले वहार ल्याउन प्रने हो तर वैराग ल्यायो गजलकारलाई गजल लेख्न मन लागेन । यही वसन्तको वेला नयाँवर्ष आयो र सेता राता पूmल फुले तिमी नआएको हुँदा पराग हेरिन । गजलकार सेतीको अभावमा यति विह्वलछन् कि नदी किनारको कोलहालमा नदीमा हेलिन जाँदै छन् । वसन्त ऋतुमा सेतीलाई सधैं नदी किनामरमा हिंडेको पाउँथे तर आज सेती नभएर बाढी आयो नदी तर्न पुल पाइन, रंगीन रातो डेकमा बसेर घामलाई प्यारो ठान्ने सेती, आज नभएर डेक रोइरहेको छ ।
सेतीलाई पाउन गजलकार अति आतुर छन् र भन्छन् –
बगैँचालाई सोधेँ नन्दा छाउथिन् यहाँ किन छैनन् ती ?
सबै अवाक रोएका छन् मैले मेरै मन थाम्न सकिन ।
सेर ६,पृष्ठ ३४
मदन (कामदेव), रती (मदनकी पत्नी),बसन्तको बहार सबै छन् तर तिमी छैनौ । त्यसैले मैले सास फेर्न सकिन भन्दै गजलकारको विलौना छ ।
गजल ३५, यहाँ आएर – गजलकारले सेतीले संसार छाडेपछि खुदो खाएको धारणा राख्दै वियोगको विलौना गरेका छन् ।  उनले सेतीलाई अमेरिका लान ठूलो प्रयत्न गरेर लगे, उनी अमेरिका बाटै गइन् । भिसा लागेकोमा हस्कनु मस्कनु ठूलो ठान्नु तर सेतीले अमेरिकाबाटै संसार छाडदा व्यर्थ भएस्को ठान्नु । अमेरिका उनी चौटा खान आएका तर झोलमा डुबे, अमेरिका जानठूलो लगानी गर्नु पर्छ, त्यो लगानी डलरमा साटे, धनैका लागि धनीकी छोरी विवाह गरे, धनैले खुट्टा काटो, नेपालीमा बोल्दा घृणा जाग्थ्यो र अङ्ग्रेजी बोल्न थाले तर त्यही अङ्ग्री ्जुता चाट्न प¥यो , आमालाई रुवाएर मूल घर छाडेर अमेरिका आएको र अमेरिकाले नै दाएको धारणा राख्दै कवि भन्छन् –
सेतीलाई सुख दिन मैले नेपाल छाडे
अमेरिकाले उनै मारेर खुदो खाएको छु ।
सेर ९, पृष्ठ ३५
गजल ३६, अर्कीे – सेतीलाई महत्वपूर्ण स्थान दिंदै गजलकार भन्छन् –
यता सुकेको छ पाखो उता नदी रितिएको
तिमी विना चन्दनकी परी पनि गन्द हुन्छन् ।
सेर ४, पृष्ठ ३६,
अर्कीले पनि गजलकारलाई माया गर्छे । उसलाई दुई पैसा दिन गजलकारका मुठी बन्द हुन्छन् । गजलकारलाई एक्लो पाएपछि गायिकाका छन्द खुल्छन् ।  गजलकार अर्की नर्तकीको नाच हेर्न गएकोमा गजलकारले हेर्न सक्दैनन् । सेती गएपछि गजलकारलाई माया गर्न परी आउँछे, तर सेती विना परि त  के  मकरन्द( पुष्पमधु) पनि खस्रो हुन्छ ।
गजल ३७, प्राप्तः यात्रा – यस गजलमा गजलकार यायावर भएर सेतीको बिउ छर्दै, सेतीको छायाचित्र हेरेर यात्रा पार गरेका छन् । गजवलकारले सपनामा पनि सेतीकै याद गर्नु , विपनामा पनि सेतीकै लागि पानी भनुर्, प्रात काल सन्ध्याकालमा घुम्नजाँदा कदम कदममा सेतीकै चित्र कोरेका छन् । जहाँ जहाँ सेतीको छाया देख्छन् त्यहाँ त्यहाँ चर्न पुग्व्छन् र भन्दछन् –
देखे मन नदेखे नि एक साथै जाडेको छु ।
पर्ख भेट्छु सगरमा भर मैले परेको छु ।
सेर ५ ,पृष्ठ ३७
गजल ३८, सन्ध्या यात्रा – गजलकारले रात र दिन नभनी कन, विहान बेलुका विना भेद, आपूmले आपूmलाइ नै छुट्ट्याउन नसकेको अवस्थामा सेतीका साथ पाएर प्राण भरेका छन् । ज्युदो या मरेको थाहा नहुँदा नहुँदै पनि साक्षात्कारको लागि गर्न पर्ने काम गरेका छन् ।गजल कारले लुकेकी प्रियालाई माथी देख्छन् र छुन खोज्छन् तर तलै झर्छन् । गजलकारले सेतीलाई सोधनी गर्छन् कि तिमी स्वयम् र पे्रमीलाई चिन्छ््यौ या चिन्दिनौ तर गजलकारले  भने मुटुभित्र फर्की आउनलाई छाती चिरी राखेका छन् ।
 गजल ३९,  दोधारमा परें – यस गजलमा गजलकार दोधारमा परेका छन् । किताव पढ्ने कि सेती पढ्ने, ।उनको चाहना थियो हिमाल चढ्ने तर उनी चोभारमै रोकिए ।जीवनमा उक्लिन र खस्न दुबै हुन सक्छ तर सेतीको  मौनताले गर्दा गजलकार आफन्तकै लौहारमा परे । गजलकारले सेतीको मरणासन अवस्थालाई पार लगाएकै हुन् तर आज उनी दोबारामा परें । गजलकार भन्छन्–
प्यारको  खातिर चेताउन ,तिम्रा गोडा धोएकै हुँ
आज आशीर्वाद पाउने बेला , म दोचारमा परें ।
सेर ४, ३९
गजलकारले सेतीलाई भन्छन् – तिम्रो माया ममा थियो किन कि मलाई कसैले हान्न थाले  उल्टै तिमीले उसलाई  हान्थ्यौ । यिनै कारणले गर्दा तिमी मरे पनि तिमीलाई जिउँदै देख्छु ।यती भन्दा भन्दै पनि गजलकार आफै दोधारमा छन् । हेरांै यो सेरलाई –
तिम्रो ,प्रेम जिउँदो छ कि म¥यो अझै बुभ्mन सकिनँ
म पुस्तक पढूँ वा तिमीलाई ? गोलाकारमा परेँ ।
शेर ६, ,पृष्ठ ३९
गजल ४०, लोकगीत सुन्छु –
पर्दामा पस्यौ प्यारी छम्छम् पायल सजाएर
भित्रै आउँछु घिन्ताङ् घिन्ताङ् मादल बजाएर
शेर १, पृष्ठ ४०
सेती अदृश्य भए पनि  गजलकारले मादल बजाउँदै भित्रसम्म पुग्ने बिचार राख्छन् । आफ्ना छोरा ठूला भएपछि आफ्ना  रहदैनन् आफ्नो भन्ने पति पत्नी हुन् । तिमी पनि मलाई पागल बनाएर गयौ । शिशुको शिर बाबु आमाले बनाउने हो । आँखा सुन्दर बनाउन 'एआइको काजल लगाएर बनाउने हो । विविध कुरा गर्दागदै गजलकार भन्छन्–
तिमी छैनौ निदानमा लाग्यो रोग पराइको
दिमागी गुलामीको चर्को कायल गराएर
सेर ४, पृष्ठ ४०
गजलकारले सेती कहाँ बस्ने, के खाने, खाजा मीठो छ या छैन आदि धारणा राख्दै चाामल केलाएर पाकेको भात छाडेर गयौ । यस गजलको अन्तिम सेरमा गजलकार भन्छन् –
नेपथ्यमा गायौ  लोकगीत मीठो स्वर सुन्छु
कता लुक्यौ गीतले प्यारी! घायल पराएर ।
सेर ६, पृष्ठ ४०
गजल ४१, काग करायो – कागलाई सन्देश बाहको रूपमा लिइन्छ । काग कराउनु, रातो बुट्टे सारीमा जरायो देखिनु, खरायो सारीमा भएको देख्दा मस्तिष्कमा कम्पन हुँदा खरायो दकुर्नु, घामले पसिना कढाउनु, यही अवसरमा थुँगेपूmललाई टिप्दा टिप्दै सेतीको छाया हराउनु, ढोका ढक्ढकाएको जस्तो लाग्नु, ढोका खुलेनकी भन्ने शंका जगाउनु र ढोका खोल्न जानु,भित्र या बाहिर थाहा नहुनु, बँगैचामा जोत्दै गर्दा दुबैलाई जुवामा नरायो जस्ता अभिव्यक्ति सहित यस गजलको गजलकारले यसरी बिट मार्छन –
मरे पनि बाँच पनि यौटै घाटमा मरायो
ध्यानमा बस्दा सँधै हामी दुवैलाई चरायो ।
सेर ६, पृष्ठ ४१
गजल ४२, साँध चापियो – राष्ट्र राष्ट्रका साँधहरू नाघदै गर्दा केही गर्न सकिएन केवल साँध नै चापियो र साँध सारेर बाँध बाँधियो । सेतीले मौका हेरेर बसेको गजलकारले सम्झन्छन् र भन्छन्–' जे जितें त्यो सबै व्यर्थभो नासियो । गैगयो स्वामिनी साँध बेकारभो जिन्दगीको सबै पाउ नै काटियो ।' गरेका प्रयास सबै तिमी सँगै गयो भनिएको छ।
गजल ४३, मृगको खेती – २०१६को मार्च १८मा न्युजिल्याण्डको अक्ल्याण्ड जानु, प्रियङ्गुको घरको बास हुनु, नन्दा र प्रियङगु बीचको मनोरम साहित्यिक कुरा ,संगठनको काम गर्नु, गीत गाउनु, भोज खानु,एक हप्ताको घुमघाम गरेर बिदाबादी हुँदै गर्दा टौरङ्गका लोकनाथ लिन आएकोले त्यतैतिर लाग्नु । नन्दाले मृगको खेती हेरेर आनन्द लिइन् । प–पन्ध्र दिनको रमाइलो यात्रा गरेर घर फर्केको धारणा आएको छ ।
गज ल ४४, कोरोला नाका –२०२६ सालमा असार तीन गते, मुस्ताङको कोरोला नाकाको जाडोमा होमनाथ र सेती सँगै भएको बेला पञ्चायतले अराष्ट्रिय भनेर पक्रिदा, नन्दा (सेती)अग्नि ज्वाला भएकी तर अलग्याई जेलमा लानु, मुक्तिनाथ जाँदाको घटना हो यो । होमनाथले जेल तोडेर निक्ले । नन्दाको सत्य पथ थियो । त्यो घटनामा नन्दा रोएको सम्झँदा आजै जस्तो लाग्व्छ । होमनाथ असह्य अनाथ हुँदा उनी नाथको रूपमा थिइन् जस्ता धारणा सहित गजलकार भन्छन्–
मुक्तिको लागि सदा ज्यान दिएर लड्यौ तिमी
मुक्ति पायौ, छाम्दा मृत्युको 'हाथमा' थियौ तिमी ।
सेर ६ , पृष्ठ ४४
गजल ४५, उता नफर्क – गजलकारले सेतीलाई उता नर्फक म नै भोग हुन्छु ,यतै समात र्मैले ललाट चिन्छु, हामीमा भिन्नता छैन, शरीरमा छुँदा तिमी रसै समानको भए पिएर धाक दिन्छु , देवताको प्रसाद निधारमा लगाउँदै छु भनेर स्वार्थी व्यक्तिको इमान ठेकमा लिन नहुने , समाजको विधानमा दम्पति चिरायु रहुन् भन्ने भए पनि धनबाट ज्यान किन्न सकिदैन । समाजलाई महत्व दिंदै गजलकार भन्छन् –
मसान हैन यौवना, छ सान यो समाजको
उता नफर्क नन्दिनी, यतै म पूmल टिप्छु हे !
सेर ५,पृष्ठ ४५,
गजल ४६, यता फर्क– गजल ४५ उता नफर्क भन्नु र ४६मा यता फर्क भन्नुको दुबै एकै भावार्थ हुन् भन्न सकिन्छ।    
गजलकारको भनाइ छ कि तिमी विना म एक्लै कसोगरी सुत्ने, एकैतिर भएमा अद्वैत भै जुट्न सकिन्छ । दुबै सुतेकै थियौं तर गजलकार व्युँझदा उनी कहाँ कसोगरी गइन् पत्तै भएन । यहाँ गजलकारले आपूm ज्योति भएको र सेती दियो भएकोमा दियो पूmटेर गएकोले शून्यता छाउँछ र ज्योति निभ्दछ । गजलकार मरे तुल्य हुँदै भन्छन्–
बचाउनु भए तिमी मियो नफुट्नु पर्दथ्यो
मरँे म जिवितै प्रिये ! कसोगरी म कुद्दछु ।
सेर ५, पृष्ठ ४६
गजल४७, लास नै 'हनी' थियो –  यस गजलमा गजलकारले अमेरिकी समाज विविधताले सजिएको छ । यहाँ धनीमानी लगायत अपाङ्ग र जङ्ककार्ड पनि यही छन् । मार्ग मार्गमा जीवनवृत्तिको  लागि  मागेर हिड्ने वाला पनि यहीं छन् । गजलकारले सेतीलाई तिमी गएपछि म एक्लो भएर पागल भएको थिएँ । तिमलाई मैले देखे भन्थे तर त्यहाँ त चाँदनी थियो ।  याचिकालाई थुतेर कारमा राखेर घरमा लगेर नुहाउँदा, सजाउँदा त मूर्ति सुन्दर थियो । गजलकारले काममा गएको वेला उनले छाडेर गएको धारणा सहित गजलकार भन्छन् –
फँसेर यो विडम्बना म भोग्छु हे रुदै रुदै
भुलूँ कहाँ प्रिया तिमी त –लास नै 'हनी' थियो
सेर ६, पृष्ठ ४७,
गजल ४८, क्वान्टम भौतिकीको झ्यालबाट – गजलकारले जन्मदेखि २५ वर्षसम्मको पढाइ पढेको र त्यो शिक्षा नै 'एआई'(कृत्रिम बुद्धिमत्ता) हो त्यही नै दिमागमा धरेको हो भनेका छन् । विकीपेडियामा अध्ययन गर्दा कृत्रिम बुद्धिमत्ता (एआई) भनेको कम्प्युटेसनल प्रणालीहरूको क्षमता हो जसले सामान्यतया मानव बुद्धिमत्तासँग सम्बन्धित कार्यहरू गर्न सक्छ, भनिएको छ । क्वान्टम क्रान्तिपछि धेरै परिवर्तन भएर आए । लाखौ वर्ष पहिला मानव र चिम्पान्जीहरूका साझा पुस्ता थिए भनिन्छ ।यहाँ गजलकारले' क्वान्टम क्रान्तिपछि हामी मानव चिम्पान्जीमा गनिन्छौ' भनेका छन् ।
यस गजललाई सारभावमा रूपान्तरण गर्नु भन्दा पुरै गजल यहाँ प्रस्तुत गर्न उचित ठाने किनकी यस गजलले क्वान्टम, एआई, इन्टयाङ्गलमेन्ट र क्वान्टम भौतिक जस्ता मानव जीवनसँग व्यवहारमा उतार्न वैज्ञानिक शब्दहरू प्रयोग गरिएको छ ।
जन्मदेखि ,पच्चसि वर्षसम्मका पढाई पढेको हो
त्यो शिक्षा नै 'एआई' हो त्यही नै दिमागमा धरेको हो
सेर १
'क्यान्टम' क्रान्ति पछि  हामी मानव चिम्पान्जीमा गनिन्छौ
यो सभ्यता र संस्कृति  फेरिन्छ यो पुरानो मरेको हो
सेर २
अनिश्चितता क्यान्टाको स्वभाव हो उर्जा र प्रकृतिको
जति सकिन्छ पिउन सके पानी अञ्जुली भरेको हो
सेर ३
तिमी बाँचिदिएको भए सय वर्ष हाम्रो आयु हुन्थ्यो
नाच्थ्यौं गामउँथ्यौं रमाउँथ्यौ हामी देवता नै चरेको हो
सेर ४,
तिमी गयौ तैपनि 'इन्ट्याङ्गलमेन्ट' भए भेट होला
विश्वास छ 'क्वान्टम' भौतिकीको झ्यालबाट हेरेको हो
सेर ५
तिमीलाई देखेको छु भिन्न 'ग्यालेक्सी'की अप्सरा जस्तै
सम्झनामा भूत ,भविष्य र वर्तमानमा बाँचेको हो ।
सेर ६
गजल ४९, देखँ देखेको हो–गजलकारले  सेतीलाई देखे, आपूmलाई देखे सेतीलाई देखेकै हो र चेतनाको कारणले अस्तित्व देखिएको हो भन्दछन् । उनले जीवनलाई यसरी व्याख्या गर्दछन् – 'स्मृति, अस्मिता, अस्तित्वको परिधिमा हामी जीवित छौं । जीवन त्यही हो  जे याद गर्छौं त्यो नै सेव गरेको हो ।'  गजलकारले यहाँ क्वान्टम भौतिकीकाकुरा उठाएका छन्, अमर हुने कुरा उठाएका छन् । केषिकाका, टिलोमर(टेलोमेरहरूले क्रोमोजोमहरूको छेउलाई भत्किन वा अल्झनबाट जोगाउँछन्।)रिपियरका कुराहरू उठाएका छन् । जीवनलाई क्वान्टम भौतिकी र क्वान्टम संसारसँग जोडेर जीवनदर्शनको व्याख्या गर्न खोजेका गजलकारले सेतीलाई भन्छन् –
मेरो अचेतनामा छ्यौ गृहस्मृतिमा छ्यौ र अस्तित्वमा
म र तिमी गए पनि म भित्र छ्यौ तिमी न मरेको हो
सेर ४
क्यान्टम विश्वमा कोही जानु र बस्नुले फरक पर्दैन
जहाँ गए पनि फेरी भेटिन्छौं यो त ठाउँ सरेको हो ।
सेर ५
हाम्रो दर्शनले पनि आत्मा मर्दैन  भन्दछ । गजलकारले विज्ञानसँग जोडेर जीवन रहेसम्म शोक र विरहमा मन रोलान् तर मरेपछि तरङ्ग र झङ्कारमा भेटिन्छ भन्दछन् ।
गजल ५०, तिमी आइनौ – यस गजलमा गजलकारले सेतीलाई रोदनोत्सव, जन्मोत्सव,विवाहोत्सव, विजयोत्सव, दीपोत्सव र वसन्तोत्सवमा नआएकोमा गुनासो गरेका छन् ।
गजल ५१, नसुन्नू मरेको– गजलकामरले सेतीलाई सम्झेर एक्लो भएर रहेको अवस्थामा जवानी दिन नसकेको, सन्तान नपालेको, थियौ तिमी साक्षी तिमी पनि गयौ,म मरेको सुन्यौ भने असाध्य रुनेछ्यौ भन्ने धारणा आएको छ।
गजल ५२, कादम्बरी भएन– एउटी नभएर तिमी गएपछि चारवटी भित्र्याएँ तर तिम्रो बराबरी भएनन् । कान्छी २७ वर्षले अन्तर, कवयित्री, उपन्यासकार आदि सँग सम्झौता गर्नु,तिमीले एउटी विदुषी ल्याऊ भनेर विदुषी ल्याएँ,तर–
जाँदाजाँदै, तिमीमा मेरो पारिवारिक जीवनको चिन्ता
के फँसायौ मलाई? कोही तिमी जस्तै कादम्बरी भएन ।
सेर ५, पृष्ठ ५२
गजल ५३, के धुन्छ र ? – यस गजलमा गजलकारले जीवन कहिल्यै एक नासको हुँदैन । जीवनमा कहिले घाम कहिले पानी व्यहोर्न पर्छ । जीवनमा मानिसले सम्झौता पनि गर्नु पर्छ । सधैं सिद्धान्तले मात्र जुनी चल्दैन । बोल्नममात्र सिपालु भएर पनि जिन्दगी बन्दैन आदि धारणा राख्दै गजलकारले सेतीलाई भन्छन् –
प्यारी ! तिमी गयौ  कहाँ ?फर्क ऐल्यै यहाँ
तिम्री सौताको सारी पतिले के धुन्छ र ?
सेर ५, पृष्ठ ५३
गजल ५४, जरो काटौंला– सेती गएपछि गजलकारले दुई÷चार दिनको जीवन वितान कान्छी ल्याउने सोच गर्दर्छन् ।सेती जस्तै  सोझी होली भने एउटा ठाड,ी लाटी ल्याएर मजा गरौंला तर गजलकार फसादमा परे सेती गएपछि सौता आई उसलाई मर्न परे पनि कहिलै नछुट्टीन बाचा गर्दै आई लभ यू भने तर उसले  सारी धोइद्र्याै घुम्न जाउँला यति सुने पछि गजलकारले भनै –
मैले भने हैन  पहिले त हिँड जाउँ दुबै
दुव पिपलको रूखमा चढी जरो काटौँला
सेर ५, पृष्ठ ५४
गजल ५५, त्यहीँ भेटौला – अहङ्कार बाट मानिस सफल हुन सक्दैन । तर अहंकारीले हार्न तयार हुन्छ, मर्न तयार हुन्छ अहङ्कार त्याग्न सक्दैन । अहम्ताबाट मुक्त मान्छेलाई अस्तित्व हीनताको बोध हुँदैन र  अस्तित्वहीन भएर बाँच्न पनि हुँदैन । गजलकारले सेतीलाई फर्क फर्क भन्थे ।  अव सौताको सारी धुन भन्दा उतै पर्ख । म यो सँग दिन काट्नु भन्दा सेरिएर आउने धारणा सहित गजलकारले भन्छन् –
मरेपछि भेटिने हो कि होइन के भरोसा
म उतै आउँछु नि लिन बरु त्यही भेटौँला
सेर ५, पृष्ठ ५५
गवजल ५६, ताकम जाउँला –प्रियालाई गजलकारले आपूm आएको हुनाले रातदिन हिडौंला भन्दै आउनको लागि आग्रह गर्दछन्, हात माग्छन् र चिहानबाट तान्छु भन्छन् । यहाँको वैभव चाहिँदैन । केवल तिमी र म भए पुग्छ । प्यारको संसार रचेर सिस्नु फाँडो प्यारसँग खाउँला अमेरिका नभै हामी गाउँमा नै बसौँला । तिमीलाई हाम्रो देश प्यारो  लाग्थ्यो आऊ फर्क अमेरिका नबसी ताकम जाउँला भन्दछन् ।
गजल ५७, गजल च्यात्न सकिनँ – गजलकारले सेतीलाई देख्दा पनि तान्न सक्दैनन् ।  कमिलाले टोकेको, देख्दा पनि कमिलालाई हान्न सक्दैनन् । समात्दा, समात्दै सेती फुस्किन्छिन् र गजलकारले इनारबाट बाल्टीबाट पानी ताने सरह तान्न कल्पना गरेर सही इनार खोज्दै जान्छन् र इनार भेटिन्छ तान्दा धान्न सक्दैनन् । यसपछिको घटनालाई यसरी प्रस्तुत गरिएको छ –
तिमीलाई खोज्न त्यही इनारमा हाम्फालेछु,
बेचैन , आँशुले रुज्यो  गजल च्यात्न ।सकिनँ ।
सेर ५, पृष्ठ ५७
गजल ५८, आँशुमात्रै चुहाएँ – यस गजलमा गजलकारले खलामा सुताए, गला मिलाए, कडा घामले पोल्दा छाया दिलाए, उठ्न बस्न नसकेको अवस्थामा दुबै हातले समातेर हिडाए, सेतीले गजलकारलाई दया भावले नासिकामा हेर्र्दा गजलकारले पराप्रीतिले नेत्रलाई जुधाए, जाडोमा घाममा लाने, बगैंचामा डुलाउने, सेतीको अभावै अभावको अवस्थामा गजलकारले सबै सेवाहरू पु¥याए । यत्रो सेवा गर्दागर्दै पनि नतिजा भने यस्तो निस्को –
गरेँ जान त्यागी रहिनौ पियारी
गरूँ के त मै,आँशु मात्रै चुहाएँ
सेर ५, पृष्ठ ५८
गजल ५९, कुनै याद छैन – यस गजलमा गजलकारले सेतीमा पुराना कुराको कुनै याद छैन, नदी या बगैंचामा पनि कुनै नाद छैन, नविन कुरा गर्नको चाहना तर पुराना कुरामा शक्तिहीन, सुसेली हिड्ने गरेकोमा तिम्रा पाद पुग्दैनन्, नाच गान छ्रैन, बोलाइचलाई कुनै छैन,  यस्ती सेती मरेसमान भएकी थिइन् तर जगाएँ, पुर्नजन्म भएर बौराइमा ल्याए पनि छाद छैन, तिमी विना शरीर हड्डी भए पनि महादेव जस्तो माद छैन जस्ता अभिव्यक्ति पस्कदै गजलकार भन्छन् –
पुरानी त  हैनौ जवानी नयाँ छ
खरो जिन्दगीमा कुनै दाद छैन ।
सेर ७, पृष्ठ ५९,
गजल ६०, भयौ तिमी विधायिका –  
थिर्यौ तिमी मभित्रकी उदात्तप्राण दायिका
गयौ कहाँ टिपेर कान लोक गीत गायिका
सेर १, पृष्ठ ६०
गजलकारले सेतीप्रति भावना व्यक्त गर्दै दुबैमा परम्परा संस्कृति रहेको छ । ज्यान दिएर हँसाउने नचाउने नायिकाको रूपमा थियौ । आज तिमी छैनौ त्यसो हुँदा तिमी विना  म रिक्त छु, मरे तुल्य छु,। तिमी दयाकी खानी विधायिका भयौ, तिमी गयौ, तिमी जस्तो कर्मशीलता, विना असाध्य धेय हीन भएको अभिव्यक्ति सहित गजलकार भन्छन् –
 हिँडेर अर्थ के ? भए त अर्थ हीन जीवन
अचेतना ममा छ गर्नु के खुला निकायिका ।
सेर ५, पृष्ठ ६०
गजल ६१, तपस्या गरेकी थियौ – यस गजलमा सेतीले ताकममा बसेर तपस्या गरेकी थिइन्, संघर्ष गरेकी थिइन् । राम्रा कपडा विहिन पहाडमा बसेर कष्ट सहेर सबै लाई उतारिन् । त्यसैका आधारमा स्वर्गजस्तो देश युएस पुगियो भन्ने भाव अभिव्यक्त भएको छ ।
गजल ६२, सरीता हौ – नदी छ त्यही नदीको महत्व कसरी भयो, सरिताकोे महिमा कसरी हुन गयो जस्ता भावना पोख्दै गजलकार भन्छन् –
गुलिई युवती सरकार थियौ
परिवर्तन भो नदीमा त्यसरी
सेर २, पृष्ठ ६२
कसको अभियोजनमा  महिला सरिता भएको जस्ता धारणा सहित  गजलकारले पति यहीं भएकोले पतित नभै बस पति सरी । नदी बहदो छ कलकल्कल त्यो नदीलाई म पछ्याउँछु जस्ता भावना पोखिएका छन् ।
गजल ६३ स्रग्विणी – भारतको उत्तरा खण्डमा चारधाम थिए । नन्दिनीका ती  मुक्तिदा भए । तीर्थयात्री भएर चारधाममा नै गइयो ।  तीर्थको दायरा ठूलो थियो । यहाँ गएर पूजापाठ गरेपछि  धर्म,  अर्थ, काम र मोक्ष प्राप्त गर्न सकिन्छ सुख शान्ति मिल्छ भन्ने हो ।  आज ती कसरी अल्पिए र तिमी सचिदानन्दमा पुग्यौ जस्ता अभिव्यक्ति सहित गजरकार भन्छन् –
स्रग्विणी थ्यौ तिमी पूmलको देशमा
शून्य भयो जिन्दगी मृत्युले एक्लिए ।
सेर ६,  पृष्ठ ६३
गवजल ६४, अङ्कमालै गराऔं –गजलकारले  तिमी दूर गयौ करायौ उता नभै यता फर्कन किन लजायौ । तिम्रै दिवाना भएर तिम्रा नामका चारओटा किताव निकालेर तिमीमा चाढाएँ । छिनको छिनैमा तिम्रो झल्को आई राख्छ । तिम्ले भुलेर मलाई चराझै उडायौ । नढाँटी कन भन्छु गरौं अङ्कमाल भनेको  नभन्दै गरेऊ अङ्कमाल  जस्ता अभिव्यक्ति पस्कदै गजलकारले यस खण्ड काव्यको अन्तिम सेर यसरी पस्केका छन् –
छ सङ्गीत प्यारी ! अहम् ब्रह्म जस्तो
नयाँ जीवनी अङ्कमालै गरायौ ।
सेर ६ पृष्ठ ६४

परिवेश –स्थान विशेषलाई हेर्दा नेपाल त्यसमा पनि नेपालका विभन्नि स्थान जसतै मुस्ताङको कोरला नाका, म्याग्दीको खास ताकमले ग्राह्यता पाएको छ । अमेरिकाका विविध स्थान, न्युजील्याण्डको अक्लाण्डा,टौरङ्गालाई परिवेश समेटेको छ । समाजिक परिवेशलाई हेर्दा धनी गरिव, शिक्षित(विद्वान) आदिको वर्णन गरिएको छ । राजनीतिक परिवेशमा कोरोला नाकामा पञ्चायत इतरको आरोपमा स्वयम् होमनाथ नै जेल चलान भएका छन्, धार्मिक प्रकृतिलाई पनि समेटिएको छ । विविध परिवेशलाई समेट्न यो खण्ड काव्य सफल देखिन्छ ।
काव्यको विशेषताका विविध पक्षहेर्दा– भावको हिसावले हेर्दा भावपूर्ण, लयका हिसावले हेर्दा लयात्मक (सबै गाउन सकिने  खालका भन्नु भन्दा पनि भिडियो रेकर्ड भएर युटुबमा विमोचन भएको छ ) ठाउँ ठाउँमा बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, रसको हिसाबमा करुण रस र विप्रलम्भ शृङ्गारको बाहुल्यता,भाषा सरल सर्वस्वीकार्य भए पनि विद्वान वर्गको लागि राम्रो खुराक हुने खालका छन् र कतै कतै अङ्गे्रजी शब्दहरू प्रयोगमा ल्याइएको पाइन्छ ।आजको अत्याधुनिक विज्ञानको  गहिराईलाई पनि पाठकले अध्ययनगर्दा सोच्न पर्ने जस्तो लाग्छ ।
अन्त्यमा –
सेती गजल खण्डकाव्यमा गजलकारले पद्यमा प्रस्तुत  धारणाहरूलाई साझो रूपान गद्यमा रूपान्तरण गर्ने प्रयास गरको छु  । कतिसम्म गजलकारले भन्न चाहेको कुरा उतार्न सकें त्यो पाठक वर्गले मूल्याङ्कन गर्ने कुरा रह्यो । खण्डकाव्यमा पस्किएका गजल सशक्त छन् । गजलकारले दिन चाहेका भावना पाठक तथा समालोचकले हुबहु बुझ्छ भन्ने छैन । पाठक स्वतन्त्र हुन्छ । जे होस् यो खण्डकाव्य वियोग शृङ्गारमा सिर्जना गरिएको छ । शृङ्गारमा पनि विप्रलम्भ शृङ्गारमा सिर्जना गरिएको छ । हरेक गजलको अध्ययन गर्दा पाठकलाई होमनाथले पस्केका करुण रसका भावनालाई एक पत्नी वियोग पतिले अध्ययन गर्दा होमनाथ र सेतीको बारेमा लेखेको हो भन्ने बिर्सेर उसले आफ्नै पत्नी वियोगको घटनालाई सम्झन्छ र ऊ विह्वल बन्न पुग्छ । पाठकका आँखा रसाउँछन् ।
सेती गजल खण्डकाव्यले शोकमात्र नभएर विविधपक्षलाई समेटेको छ । भूमिकाकार डा.नारायणप्र।साद गैरेले लेख्नु हुन्छ –'विषय शोक भए पनि उत्तर आधुनिकता वाद, वेदान्त दर्शन, साङ्ख्यदर्शन, बौद्धदर्शन, अ।स्तित्ववादको पनि ठाउँ ठाउँमा प्रयोग गरिएको छ ।'पाका साहित्यकारको विविध दर्शनका चास्नीमा तयार भएको यो गजल खण्डकाव्य नेपाली गजल साहित्यकै इतिहासमा एउटा महत्वपूर्ण प्राप्ति बन्न पुगेको छ ।' म पनि भूमिकाकारका यी नै अभिव्यक्तिमा सहमत जनाउँदै देशप्रेम,पत्नीप्रेम प्रकृतिप्रेम, नारीवादी चिन्तन,राजनीतिक चिन्तन, विदेशमा बस्दाको पीडा, बुढौली जीवनको विकराल अवस्था, विधुरको कष्टदायी जीवन, धार्मिक आस्था, साहित्य दर्शन अद्वैतवाद र द्वैतवाद आदि विविधतालाई समेटदै एउटा अनुपम गजल खण्डकाव्यका सिर्जनाकार होमनाथ, सुवेदीज्यूको दीर्घायु, सुस्वास्थ र उज्ज्वल भविष्यको कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
 सन्दर्भ सामाग्र्री –
• अभागी सदानन्द, अभागीको प्रेमविहारको षष्ठामृत (२०७०), गजलसङ्ग्रह, लक्ष्मीस्मृति साहित्य समाज, कावासोती, नलपुर
• पौडेल इन्द्रराज, प्रेमाञ्जली (२०६८) –मध्य पश्चिम स्रष्टा समाज,बर्दिया ।
• पौडेल इन्द्रराज, महिमामयी आमा शोकात्मक खण्डकाव्य (२०७४), त्रिवेणी साहित्य परिषद नवलपुर ।
•        होमनाथ, नन्दिनी ,(ई.सं २०८१), काठमाडौ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज
• सुवेदी, होमनाथ, सेती गजल,खण्डकाव्य (ई.सं २०८१),अमेरिका, अन्तराष्ट्रिय नेपाली साहित्य समाज
• ज्ञावली राम–सदानन्दको जीवन, कर्म र व्यक्तित्व (२०७८), त्रिवेणी साहित्य परिषद नवलपुर ।
• Artificial intelligence, wikipedia

December 28, 2025

हाँस्न बिर्सिएको मान्छे कविता सङ्ग्रहको विवेचना

सदानन्द अभागी

परिचय –

  हाँस्न बिर्सिएको मान्छे े कविता सङ्ग्रहको सिर्जनाकार हुन् डा. मित्रपाठक 'काँचुली' ।उहाँको जन्म गल्याङ न.पा. ७  पेलाकोट –७,  चोक, स्याङ्जा रहेता पनि उहाँको स्थायी ठेगाना भने  देवचुली न.पा. –७, नवलपरासी हो । हाल उहाँ वनस्पति अनुसन्धान केन्द्र सल्यान वनस्पति विभाग,वन तथा वातावरण मन्त्रालयमा कार्यरत हुनुहुन्छ । यस कृतिको दीपक पाण्डे(हाल अष्ट्रेलियां) र पारु भूसाल (कावासोती)ले संयुक्त रूपमा प्रकाशन गरेका छन् । यसको मूल्य रु १००(४ द्द।ण्ण्०,राखिएको छ ।यस कवितासङ्ग्रहमा विविधताले सजिएका ६७ कविताहरू समावेस गरिएका छन् ।

प्रकाशित कृतिहरू –

भलाद्मी श्रीमती (लघुकथासङ्ग्रह, २०६३)

मन चोर्नेलाई के भन्ने (लोक कथा दोहोरी गीत एल्वम् ः लय तथा शव्द, २०६९)

गजल आकाश (गजलसङ्ग्रह २०७०)

देवचुली त्यो शिखर चढ्दा सगरमाथा चढेसरी (स्वदेशगान, शव्द रचना २०७६)

देवचुली देवचुली हाम्रो देवचुली (गीत शव्द एवं भिडियो निदेशन २०७७)

हाकिमको देश (लघुकथासङ्ग्रह, २०८०) 

हाँस्न विर्सिएको मान्छे (कवितासङ्ग्रह, २०८२)

प्रकाशोन्मुख मुख्य कृतिहरू –

आधा खुशी (उपन्यास)

देवचुली देखि ग्रेटवालसम्म (नियात्रा)

सम्पादन –

दियाँलो साहित्यिक द्दैमासिक (पधान सम्पादक, २०६० –०६५)

इन्दु गजल प्रदान द्दैमासिक (अतिथि सम्पादक २०६१–०६२) 

संलग्नता –

अनुपम साहित्य प्रतिष्ठान (।सचिव, २०६१)

श्री भिमसेन आदर्श मा.वि. एलमुनाई एसोसियसन (संस्थापक अध्यक्ष २०६०)

श्री देवचुली लाली गुराँस युवा क्लव (उपाध्यक्ष २०५८

विजय एफ. एम.१०१.६ कार्यक्रम प्रस्तोता÷ संवादाता (२०६१÷२०६२)

निजामति कर्मचारी युनियन जि.का.स. ललितपुर सचिव (२०७१–०७२)

शारदा एफ.एम. ९९.२ कार्यक्रम प्रस्तोता (२०८१÷०८२) 

कर्मचारी मिलन केन्द, सल्यान, उपाध्यक्ष (२०८१÷०८२)  

कृतिभित्र प्रवेश गर्दा –

१. आउ एउटा सेल्फी ठोकौं –यस कवितामा कविले आजको अवस्थालाई केलाएका छन् र यस बाट निम्त्याएको विकृतिलाई प्रष्ट्याएका छन् । विकास र विनाश सँगै सँगै हिडछन् । कवि यसरी प्रस्तुत भएका छन् –

नयाँ नेपालको विकासमा छलाङ् मार्दै गर्दा 

 भौतिकताले जमाना फेरियो 

जमिनको  माटो पानी र जङ्गल कंक्रिटले घेरियो

भावी पिढी रोउन् या हाँसुन् बाल भो । 

 आऊ कंक्रिटको रूख समाएर 

एउटा भाइरल सेल्फी हानौं 

पृष्ठ १ 

जमाना फेरिएको छ । परम्पराको ज्ञानलाई त्यागिएको छ । जडीबुटीको स्थान सिटामोलले लिएको छ । पानीका मूल सुक्दै छन् । बाटा बन्दै छन् तर बाढी पहिरो पनि बढ्दै छन् । बास्तवमा कविले विकासको सूचकको रूपमा यसरी लिएका छन् –''ज्ञानलाई विज्ञानमा विज्ञानालाई प्रविधिमा बदल्नु विकासको सूचक हो ।'' '' विज्ञानले कोर्ने विकास खाका दिगो हुन्छ राजनीतिले गर्ने विकाश चुनावी हुन्छ । राजनीतिक कर्ताले विकास निर्मााण भन्दा आपूmलाई कहाँबाट कति आउँछ  भन्ने भावनामा पेरित हुन्छ ।'' विकास निर्माणलाई अगाडि लान कवि आतुर छन् र भन्छन् –

बिलम्ब भो भावी पिढी अट्ने गरेर 

भविष्य कोर्ने खाका कोर्न 

 संकल्प गरेर सुन्दर भविष्यको 

 ज्ञान बाँडौँ अनि त्यही उपलक्ष्यमा 

एउटा दिगो र दिर्घकालीन 

विकासका नाममा एउटा नमूना सेल्फी ठोकौँ ।

पृष्ठ २

सेल्फी आजको निकै प्रचलित शब्द हो जस्मा स्वयमले क्यामेरा  वा स्मार्ट फोनबाट खिचिन्छ । 

२. मलाई ''मानामर्थ" सहिद घोषणा गरियोस सरकार – मानिसमा रहेका अनेकौ रहरहरू सबैलाई पूरा गर्न क्षमतावान नहुन पनि सकिन्छ । तर पनि प्राप्त गर्ने रहरको लागि, मानार्थ महाकवि बनाउन सरकारलाई  आग्रह । बढदो महगीको मारले गाँस बास कपासको आपूर्ति गर्न कठिनाइ छ । यस्तो पीडित  अवस्थामा मानिस पलपल मरेर जिउनु बाध्यता छ । यसरी जिउनु भन्दा एकै पटक गायव हुन तयार रहेकोले मानार्थ सहिद घोषणा गरियोस भन्दै सरकारलाई आग्रह गरिएको छ । देशलाई विस्तारवादीहरूले निल्न खोजी रहेका छन् । उदाहरणको लागि काला पानीलाई लिन सकिन्छ । यस्ता घटनालाई हेर्दै हाम्रा देशको नक्सा भावी पिढीको जानकारीको लागि पाठ्यक्रममा राख्ने कुरा सपना धूलोमा मिसिदै क्षयिकरण हुँदै गएकोले शान्त सुरक्षित नेपाल, सारा नेपालीको ओठमा एक चिम्टी हाँसो ल्याई अमृत पिलाउन रहर भएकोले यी सबै कर्म पूरा गर्न कवि भन्छन् –

मात्र एक वर्षलाई ट्रायल सही 

सारा जिम्मेवारी सहित

मलाई ''मानार्थ सरकार'' 

घोषणा गयिोस् 

सरकार !!!

पृष्ठ ४

३. म त हनुमान भईसके छु – हनुमान रामका भक्त हुन । हनुमानलाई सकरात्मकपक्षमा हेर्दा त राम्रो मान्न सकिन्छ । तर यहाँ कविले आजका युवाको गतिविधिलाई केलाउँदै व्यङ्ग कस्तै हनुमान भै सकेको धारणा राखेका छन् । आजका शिक्षित युवा, बाठो युवा, शानले जिएका युवाले सहिलाई सही र गलतलाई गलत भन्न सक्नु पर्ने । तेरो र मेरो भन्नुको सट्टा हाम्रो भन्न सक्ने हुनु पर्नेमा, पार्टीगत रूपमा लागेर सबैको साझा हुन नसकेर एउटा समुहको भएका  कारण यिनीहरू न यताका न उताका भएका छन् । देश र जनताका मुद्दामा पनि बाँडिएका छन् र एकलौटी पार्टीको भएका छन् । सत्यलाई सत्य भन्न हिचकिचाउँछन् । यसरी युवाहरू देशका र जनताका हुनु पर्नेमा नभएर बाँडिएर कहिले देशी र कहिले विदेशी मालिकहरूको हनुमान हुन पुगेका यथार्थता कविताले प्रष्ट पारको छ ।

४. हे सर।कार ! हे प्रतिपक्षी !! – यस कवितामा कविले सरकार पक्ष र प्रतिपक्षलाई चेतनाको दीयो जलाउने प्रयास गरेका छन् । सरकार र प्रतिपक्षको काम डुवेका जनतालाई उतार्नु , भोकालाई खाना, जनताले सरकार छ भन्ने अनुभूति, मानवताको अनुभूति, माया र आत्मियता बाँड्नु, जीवनको महत्व,बाँचौं र बचाऊँको छन् र यिनमा चेतना पसेको छैन भन्ने धारणालाई कविताले समेटेको छ ।   भावना, माननवीय व्यवहार देशलाई सम्पन्नतातिर लानु पर्ने हो तर यी दुबै पक्षले अझै पनि सपना र आश्वासन बाँडेका

५. तपाइँ हामी सबैमा भोटे ताल्चा – देश आत्मनिर्भर भएर अघि बढ््न सकेमात्र कसैको दवावमा पर्न पर्दैन । देशले सियोदेखि लिएर सुनसम्म र जहाजदेखि लिएर नूनसम्म आयतमा निर्भर रहने भएकोले यसको परिणतिलाई कविताले दर्शाएको छ ।  निर्यात गर्ने देशको हातमा भोटेताल्चा हुन्छ । उसको चाहना अनुकुल नभए नाकाबन्दी लगाउन सक्छ , लिपुलेक, कालापानी, सुस्ता र सीमाहरू अतिक्रमण गर्न सक्छ । कोशी गण्डकी, महाकाली नदीमा भाोटेताल्चा लगाउन सक्ने धारणा सहित कविले लेख्छन् – 

हजुर नै जानकी माता 

म निरिह बलवानलाई

आशिर्वाद बक्सिओस प्रभु

पृष्ठ ९

६–जिन्दगी बल्दै निभ्दैछ उसैगरी – जिन्दगीको यात्रा सहज छैन । कहिले बल्छ अनि कहिले निभ्छ । ओराली उकाली, उत्साह, अपेक्षा, इर्षा डाहा, कुण्ठा, सिधा मार्गको कल्पनामा, वाङ्गो टिङ्गो मार्गमा हुस्सु कुहिरो,तुसारो, पर्गेल्दै, अनगिन्ती अवसर गुमाउँदै, शिखर चढेको सपना सिङ्गारदै, जिन्दगी चल्दछ । यसरी जिन्दगीको यात्रा गर्दा उसले सुनौलो अक्षरले इतिहास लेखाउन र आउने पिढीलाई सुमार्ग देखाउन चाहान्छ । यसरी सुन्दर शान्त भविष्य चाहाना भएमा लोभ मोह तेरो  मेरो भावनलाई हाम्रो भन्ने भावानामा रूपान्तरण गर्नु पर्छ, हरेक जिजिविषा लाई तिलाञ्जलि दिनु पर्छ र खट्न सक्नुपर्छ भन्ने धारणा बोकेको छ कविताले ।

७. हे जुझारु युवा –युवा देशका कर्णधार हुन् । देश निर्माणमा यिनको गहन भूमिका हुन्छ ।आज कोही युवा हातमुख जोड्न, घर चलाउन विदेशीएका छन् । कोही युवा उनले पठाएको रेमिटेन्सले आन्दोलनको लागि टायर, झण्डा, राता टाला किनेर अझै जुझारु बन्छन् । संघ, युनियन संघटनमा लागेर अरू क्रान्तिकारी बनेका छन् । कापी कलम बोक्ने झोलामा पम्पलेट बोकेर ढुङ्गा इट्ट ठोक्ने, पढने कोठामा ताला लगाउने हरेक रात हेड क्वाटरमा ब्रिफिङ्ग गर्ने गरेर युवा उर्जा यसरी सकेका छन् । आफ्नो अमूल्य जीवन कसरी  अगाडि लाने हो र आफ्नो युवा उर्जा कसरी निर्माणमा लगाउने हो, त्यो आफ्नै हातमा छ । युवा खाडीमा बेच्ने र पासपोर्ट बेच्नेहरू, आगो ओकल्ने , ¥याली र आन्दोलन गर्नेहरूसँग कवि सहमत छैनन् र यस्तो कर्मबाट भावी पिढीले के सिक्छन्, ।भावी पिढीले हामीलाई झुट ढाँट भन्लान् भन्ने कुराले कवि चिन्तित छन् । ¥याली र हडतालमा लाग्न कवि सहमत छैनन् । कवि भन्दछन् –

मलाई एउटै डर छ 

आउने पिढीले मलाई 

झुट र ढाँट नभनून् 

कतिन्जेल ढाँटु म ?

कलिला लाला–बालालाई 

तिम्रो त्यो जनता झुक्काउने आन्दोलन 

विकास र सम्पन्नताको लागि 

देशको मुक्तिको लागि हो भनेर ।

पृष्ठ ११

८. चिसो छिडीमा भगवान – हाम्रो विश्वास छ कि अन्याय अत्याचारले सीमा नाघेपछि यसलाई नास गर्न र पृथ्वीमा शान्ति बहाल गर्न भगवानले अवतार लिएर आउँछन् र अन्याय र अत्यचारबाट मुक्ति दिलाउँछन् । यहाँ कविले तीखो व्यङ्ग कस्तै भन्छन् – गाउँ गाउँमा हजारौं  कंस, रावण र हिरण्यकशिपु छन् । तिमीले कार्वाही गर्नु भन्दा तिमीलाई भ्रष्टचारी बनाउने छन् र पत्रिकामा ''दुष्टहरूको बध गर्न आएका भगवान भ्रष्टचारको मुद्दामा आँफै चिसो सिढीमा'' भनि छापिने छ  ।  भ्रष्टचारी निकै बलिया छन् भन्ने सन्देश बोकेको छ कविताले ।

९. बा म स्कुल जान्न – आजको शैक्षिक परिस्थितिलाई र शिक्षामा देखिएको विक्रितिलाई कविताले समेटेको छ ।स्कुलमा  इमान, इज्जत, मिहिनत र लगनशीलता सिकाइन्छ तर आजको परिस्थितिलाई केलाउँदा झुटो बोल्न, आस्वासन बाड्न, सपना बाँड्न, गाली बैइज्जती, छेड छाड गर्न सिकाइदैन । पढेर पास भएकाहरू ठूलो जहाज चढ्छन् ( विदेश पलायन हुन्छन् ) बरु पास नभएकाहरू यही देशमा जम्छन् र रम्छन्, डनवादमा रमाउँछन्, चुनाव लड्छन् नसके सपना बाड्छन् , जित्नेवालाको झोला बोक्छन् । असल मान्छेलाई बाँच्न हम्मे हम्मे परेको छ । विदेश पलायनवालाको कहानी पनि उदेक लाग्दो रहेकोले सधैं दिने गरेको आशीर्वाद बदली गर्नु पर्ने र आशीर्वादमा '' समय अनुसार चल्न सकेस् बाबू"  मुन्छे, मान्छे,। मानिस चिन्न सकेस् बाबू" भन्न पर्ने छोराको बाबुप्रति आग्रह छ ।

१०. टेन्डर पार्ने दाऊ –  नेपालमा राजनीति गर्नको लागि चुनाव जित्नको लागि घडेरी बेचेर दाम खर्च गरेर प्रतिनिधि सभा नभए प्रदेश सभामा भए पनि हात पार्न तयार हुन्छन् । भविष्यमा पाइने कुर्ची र त्यबाट नाफा कमाउने भनेर सपना बाड्दैछन् । बास्तवमा राजनीति भनेको सेवा हो तर राजनीति गर्नेले राजनीतिलाई सेवा नसम्झी लगानी, जुवा, पेसा र पैसाको रूपमा लिन्छन् भन्ने कुरा कविताले दर्शाएको छ । 

११.ढल एक्सप्रेस चढेर –यस कवितामा कविले स्थानीय बस्तुमा प्रेम हुन्छ । यही स्थानीय हिलो, ढलमा पौडेर मनोरेलमा कुदेर मजा लिदै गर्दा सरकारको अर्को आदेश आयो भने ढलमा स्विमिङ्को मज्जा लिन र स्मार्ट सिटीको फोर जी चलाउन नसकेमा अन्याय हुने भएकोले कविले सरकारलाई जानकारी दिदै भन्छन् – 

म तिम्रो वालुवा टार आउँदैछु 

 गुनासो टिपाउन 

गाउँ गाउँमा सिंह दरबार पुगेपछि 

 एक क्षत्र सेवा दिन थालेका 

सिटी ढल एक्सप्रेस रेल चढेर ।

पृष्ठ १५ 

१२. नायकको खोजी – देशको बागडोर सञ्चालन गर्ने प्रमुख व्यक्ति नायक हुन्छ । देशले कुशल नायक पाउन सकेको छैन । कविले देशलाई बहुआयमिक नेतृत्य दिन सक्ने यस प्रकारको नायक खोजेका छन् –

सबैको ओठमा मुस्कान ल्याउन सक्ने 

अझ भनौं मेरो देशको काँचुली फेर्न सक्ने 

एउटा सामान्य मान्छेबाट विवेकी मानिस भएको 

एउटा नायकको खोजीमा छु म !

एउटा इमान्दार नायक !!

पृष्ठ१७

१३. महा अभियोग – आजका बृद्ध÷बृद्धाले भोग्न परेको यथार्थतालाइ  कविताले समाएको छ । छोरो हातमुख जोड्न मरुभूमिमा गएको, बुहारी सहर  पस्नु, नातिलाई कुनै वास्ता नहुनु, सकृय हुँदा प्यारो भए पनि हाल  बोझ भएकोले सरकार सँग पद, कुर्सी, कमिसन, गडतन्त्र प्रजातन्त्रको चिचिलो निमोठ्न पनि नचाँहने भएकोले ''यो राष्ट्रलाई बोझ शीर्षक"मा महाअभियोग लगाउनको लागि उनको कारुणिक आवाज यसरी गुँजेको छ– 

कम्तिमा नेल बाधेर भित्र पस्न पाए 

भिजेका सुकेका ओठ भिजाउन पाउँथे 

पृष्ठ १८ 

देशमा कमिसन खानेहरूलाई कार्वाही हुन पर्नेमा खादा ओढाइन्छ, देश निर्माण गर्दा चुनावी घोषण पत्रमा सिङ्गापुर स्विजरल्याण्ड लेखेकाहरूलाई चुनावहारे पनि सिंहासनमा राखिने र ठूलालाई चैन सानोलाई ऐन हुने यो देशमा बेकार वेरोजगार उर्जा विहिनलाई  क्षिमेकीको ल्याप्चे लगाएर भए पनि महाअभियोग लगाइ दिन आग्रह गर्दै व्यङ्ग हानिएको छ । 

१४. रोगी देशको डाक्टर– आजकल उच्च शिक्षा हाँसिल गर्न विद्यार्थीहरू विदेश पलायन हुन्छन् र उतै बसोबास गर्ने गर्छन् । धेरैजसोले देशमा भविष्य छैन भनि उतै बस्छन् । कोही बाबु आमाले उसप्रति गरेको लगानी, भोग्न परेको कष्टलाई स्मरण गर्छन् । देशको राजनीति र नेताहरूको गरेको क्रियाकलापलाई नियाल्दै लेन्डुपहरूले कालो  मसीले हस्ताक्षर नगरेको खण्डमा रोगी देशलाई उपचार गर्न डाक्टर आउने प्रतिवद्धता जाहेर गर्दछ । 

१५. ठेकेदारहरू – देशका सडक पुल बनाउन ठेक्का लिने ठेकेदारहरूले निर्माणको काम सही समयमा र सही रूपमा गर्लान् भन्नुभन्दा राष्ट्रियता नै खतरामा पारेको र 'ती कच्ची पुल र कच्ची धुलाम्य बाटाहरू' भोली कित्ता कट गर्दा छिमेकी ठेकेदारको भागहमा पर्छन् कि भन्ने चिन्तामा छन् कवि । 

१६. हाँस्न विर्सेको मान्छे – यही कविताबाट यस कृतिको नामाकरण गरिएको छ ।  यस कवितामा व्यस्ततामा भौतारिनु, बहानाको खोजी गर्नु, अतितलाई सम्झनु, हाँस्न खोज्नु तर हाँस्न नसक्नु, अतितलाई खोतल्दा हाँस्न विर्सेको त युगौं भएको महसुस हुनु, महसुस भएपछि पनि अतितमा डुब्न खोज्नु तर स्मरण गर्न नसक्नु, हाँसो विर्सेको दिनलाई यकिन गर्न खोज्दा बालक कालमा पाएको खुसी र हाँसोको स्मरण गर्दा डाह लाग्नु, हाँस्नलाई वाहना खोज्नु र अहम्ताको कारणले गर्दा निरासा र दुःख भेटनु । स्मरण गर्दा आर्जन गरेका कुर्ची, हात मुख जोर्न पुग्न गरी कमाएको दौलत लगायत आपूmले आर्जन गरेका खुसी र उपलब्धी यिनै होइनन् भनि प्रश्नवाची हुनु । हाँस्न विर्सेका कारण के हुन् त भनि खोज गर्दा यस प्रकारको धारणा आर्एको छ –

नाम मात्रैको व्यस्तता 

भौतिक संसारको लोभ मोह र इश्र्या

नियन्त्रण बाहिरका इन्द्रियरू 

संसार जित्नै पर्ने मेरा 

असिमित महत्वकाँक्षाहरू

पृष्ठ २२

१७. पदक– गहना, बक्सिस वा ललिपप– यस कवितामा पदक राम्रो काम गरेवापत पाइने भएकाले पदक गहना र सम्पत्तिको रूपमा लिने गरिन्छ तर आजकल पदक साँच्चिकै पदक नरहेर चाकडी, चापलुसी, आफ्नालाई खुसी तुल्याउने ललिपप र बक्सिसको रूपमा परिणत भएकोले र पदक सहिद शब्द जस्तै अपमानित भएकोले वकालत गरेर यस्को अस्तित्व जोगाउन पर्ने धारणा आएको छ । 

१८. खजुरको बोटमुनी –खाडीमा गएकाले गर्मीलाई सहन नसकी खजुरको रूखमुनी एक झप्को आँखा चिम्लदा सपनामा आमाको काखमा पुग्नु, भाइ र बहिनीले मकैका ठेउला खोसाखोस गर्दा भाग नपुगी बासी सुक्का रोटी तताएर थालमा राख्दा तातो रोटीले पोलेर आथ्थु गर्दा खजुरको बोटबाट छाया हट्दा पो थाहा लाग्यो पचाास डिग्रीको रापले पोलेको रहेछ । कविताले खाडीको गर्मी, त्यहाँ गर्न पर्ने कठिन श्रम र त्यसवेला आफ्ना घरका परिवार श्रीमती र साथीभाइसँगको खेल आदि सपना देख्नु आमाले फोन गर्दा, सकुसल रहेको,काम सजिलो भएको मोवाइल, आइफोन मगवाउने सबैलाई खजुरको बोटमुनिबाट सम्झेको छ भनि दिनु है आमा जस्ता अभिव्यक्तिले खाडी मुलुकमा काम गर्दा भोग्न परेको कठिनाइ र त्यसबखत घरको यादलाई प्रष्ट्याएको छ ।

 १९. यौन प्यासी – यस कवितामा विदेशबाट फर्केको पतिलाई विमान स्थलमा गएर हर्षका आँसु झार्नु, मायाको अङ्कमाल गरौं जस्तो हुनु तर पतिले खर्लप्पे निल्न खोज्नु, उपभोग गर्न खोज्नु, भाको मानिसले एकै गासमा खाए जस्तो खान खोज्नु, भोली दिन आउँदैन जस्तो देखिएपछि पत्नीले पतिले सुन्ने गरी भन्छे –

हे मेरा प्राणनाथ 

म तिम्री 

अर्धाङ्गिनी कि जवानी बेत्च्न 

ग्राहक पर्खेकी

यौन प्यासी

पृष्ठ २८

यस कविताले यौन प्यास मेटाउन कति आतुर हुन्छ मान्छे भन्ने यथार्थ खोलेको छ । 

२०. चोर खोला, काली खोला र सिमलताल–  यी खोलाहरूले प्राकृति प्रकोप निम्त्याउँछन्् । यी खोलाहरूले पनि अधर्मीहरूलाई, कमिसनको जालोमा निर्दोष जनता मार्ने, हाइकमाण्डहरूलाई पनि चिन्दैनन् तर गरिब हरूलाई मात्र प्रकोपमा पारिन्छ । सक्छौ सबैलाई एक चिहान पार सक्दैनौं भने अन्याय नगर । कुर्चीमा बस्नेले जस्तो घुस नखाऊ ।कहीं कमिसनको जालो तिमसम्मै पुगेको त छैन भनी व्यङ्ग  कसिएको छ । गरिबलाई प्रकृतिले पनि साथ ंिददैन । तिनैमाथि आपद विपद आइलाग्छ ।  

२१. हामी भाग्य मानी –यस कवितामा व्यङ्ग कसिएको छ । घाम लाग्दा धुलो, पानीपर्दा हिलो बाटो यी बाटा राष्ट्र वैंक स्मार्ट सिटीको घरको नजिकमा तथा यत्रतत्र देखिन्छ । यिनमा उभय चर र झिंगाले फुल पार्छन् र रोगका कारणा बन्छन् । यसमा सम्बन्धित निकायको ध्यान जानु पर्ने । , बारपाकका भूकम्प पिडितले समयमै प्राप्त गर्न नसकेको राहत, सप्तरीका बाडी पीडितलाई दिएको एक घर एक स्विमिङ पुलको आश्वासन पुरा हुन नसकेको र राहतबाँडने अफिसमा नयाँ हाकिम  आउनु, हाकिमलाई राजा समान आदर गर्नु , छोटे राजा र नयाँ राजाको आवत जावपत जारी हुनु यस्तो क्रममा कविले व्यङ्ग कस्तै भन्दछन् –

हाए मेरो देश !

'तिमलाई पाउने म अभागी कि

हरेक कुरामा हस् भनेर आरामले बस्ने 

मलाई पाउने तिमी भाग्यमानी ।'

स्मार्ट सिटी  बनाउने नेता, जनताको सेवामा काम गर्न खटिएका राष्ट्र सेवक जस्ले अरौबौंको धरौटी  राख्न पर्ने राष्ट्र पाउने को भाग्यमानी भन्दै निष्कर्षमा 'म र मेरो प्यारो राष्ट्र हामी दुबै भाग्यमान्ी' भन्नेमा कवि पुगेका छन् । 

२२. पार्थिव शरीर – यस कवितामा कविले जीवन छँदा आश्वासन खाएर, अविश्वास पिएर, अभाभै अभाव र गरिबीमा धोकेबाजी रिस राग र ईश्र्या पोको पारेर बाँच्न परेको र मरेपछि फोटो खिच्ने पार्टीको झण्डा ओढाउने, शोकसभा मनाउने र सदगत गर्ने कृयाकलाप माथि कटाक्ष गरिएको छ । 

२३. सर्टिफिकेट – यस कवितामा जातिय विभेदलाई दर्शाइएको छ । एकले अर्कोलाई हेर्न पाइने तर छुन नपाइने छुन हेर्नको लागि औंसी कुनु पर्ने किन कि एकले अर्कोलाई हेरेर मुस्कुराउनु पाप र कुल घरानको इज्जतको बर्बादी सम्झिन्थ्यो तर आज सँगै, एकले अर्कोलाई चुम्दै, छुँदै, मन लागे चाट्दै पुकफाल भएर बस्न पाउनुको कारण कविले यसरी पस्केका छन् –

सदियौं देखि प्रेममा साटेको मुटुलाई

जोड्न औंसी नकुर्न पर्ने भो अब 

देखावटी कर्मकाण्ड सकेर

लगन गाँठो कस्नु नै त रैछ 

फुक्का फालको सर्टिफिकेट 

पृष्ठ ३३ 

 २४. हो मेरो देश त्यही हो –  यस कवितामा प्राकृति सम्पदाले भरिपूर्ण भएको सगरमाथाको र बुद्धको देश, सुन्दर, सबैलाई लोभ्याउने र छिमेकीले जिउँदै निल्न ¥याल काटेको देशमा प्रगतिले उच्चाइलाई छुन पर्नेमा भोकमरी, शान्ति सुरक्षामा भरपर्र्दो अवस्था नभएका,े धुलो, धुवाँ, हिलो,  मैलो, नियम कानुन र विधानमा समानता भए पनि व्यवहारमा समनता नभएको, ठूलालाई चैन स्यानालाई ऐन, प्राकृतिक प्रकोप, माफिया, घुसखोरी, लुटतन्त्र भ्रष्टचार हुने गरेकोमा कवि चिन्तित छन् । आफ्नो देशको सुन्दर होस् ,विकसित होस् भन्ने  चाहना सबैको हुन्छ । 

२५. अर्को साल फेरी सम्झने छु बा – हाम्रो परम्परामा वर्षको दुई पटक श्राद्ध गर्ने चलन छ । परिवर्तित अवस्थामा पिण्ड दिंदा फेस बुकमा फोटो झुण्ड्याउने चलन छ । पिण्ड दिइने गरिन्छ । सोह्रश्राद्धमा १६ दिन शुद्ध आचारणमा  रही पृतिउद्धारको लागि श्राद्ध गरिन्छ । मादक पदार्थ ग्रहण गर्ने, माछा मासु खाने चलन भएकोलाई यी दिन निकै कष्टकर हुन्छन् । यस वर्षको श्राद्धबाट पितृलाई स्मरण गरेको र अर्को साल पनि भव्यताको साथमा श्राद्ध गर्ने धारणालाई समटेको छ कविताले ।

२६.नआऊ मेरो देश बरू– हाम्रा छिमेकीहरू बहाना बदनाएर केही माग्न या केही फकाएर लिन, अनि केही ललिपप देखाएर कुर्सीको आयु बढाइ दिन या घटाउन अर्थात स्वार्थ पूर्ति गर्न आउने गर्छन् । यसमा कविले सिधै भन्छन् – सुस्ता कालापानी, लिपुलेक,लिम्पिया धुरा, सुस्ता मिचिएका सिमाना सबै फिर्ता गर्ने गरी आऊ, नत्र नआऊ ।

२७. यो नेपाल हो यहाँ जस्ले जेगरे पनि हुन्छ –यस कवितामा कविले देशमा राजनीति गर्नेले गलत काम गर्दा पनि लाज लाग्दैन । देश गाइजात्रे बनेको छ । नेपाली सहनशील छन् । भूकम्प तथा बाढी पीडित बर्सौ वर्ष पालमुनि बस्न बाध्य छन् । धनी मानीले मात्र चुनाव लडे हुन्छ । देश व्यपार घाटामा छ । विदेशी कम्पनी आएकै छन् । जग्गा बाँझीदै छन् । अन्न विदेश बाट आएकै छ । नेतालाई जनता भोट लिनमात्र चाहिन्छिन् । युवा विदेश भासिनु पासपोर्ट बेचेर र रेमिटेन्सबाट पैसा आर्एकै छ भन्दै  कविल वर्तमान राजनैतिक विकृतिमा व्यङ्ग कसेका छन् । यो नेपाल हामी सबैको दुहुनु गाई हो । यसलाई दुहिराखेका छन । यो सबैको गुनी नेपाल हो । यहाँ जस्ले जसो  गर्दा पनि हुन्छ । 

२८. मलाई नामर्द नभन है आमा –यस कविताले पनि स्वाभीमानी भएर गर्व गर्दा आनन्द आउने धारणा यहाँ आएको छ । ढुकुटीको पैसा सिध्याएर सालिकको निर्माणको ठाउँमा फोटोको प्रयोग गर्दा मितव्ययिता हुने । विदेशमा गएर पैसा कमाएर महल ठड्याउनको साटो स्वदेशको स्वआर्जनमा पलास्टिकको झोपडीमा विताउँदा शान्तिको आभास हुन्छ तर दुर्भाग्य स्वदेशका उद्योग बन्दभएर कामकाजको नरहँदा र जिन्दावाद र मुर्दावादका नारा फलाक्नु र स्वार्थी राजनीतिमा लाग्नु भन्दा मरुभूमिमा पसिना बगाएर भए पनि नाना बालाको हातमुख जोर्न सक्दा र लाखौ आत्मा रुवाएर अरुले देख्ने ।सुख भन्दा गरिव भएर स्वाभीमानमा बाँच्नु गर्व लाग्ने कुरा कविताले समेटेको छ । 

२९. मात्रै प्रकृति सत्य हो – यस कवितासङ्ग्रहमा प्रकृति सम्बन्धी कविताहरू पनि समावेश छन् । अलग अलग यी विषयको संक्षेपीकरण गरिएको छ । प्रकृति शक्तिवान छ । कवि भन्छन् – ' हो, जीवन भनेको प्रकृति हो मात्र प्रकृति जीवन हो  ।  अरु देखिएका तडक भडक रमझम कर्कलाको पानीको फोका सरह, समुद्रका छाल सरह,बिजुलीको झिल्का सरह क्षणिक हुन् ।  सत्य के हो त कविको धारणा छ । घाम, जून, पहाड,समय चक्रमा आउने नयाँ पालुवा , पूmल,आगो, पानी वायु अपरिहार्य तत्व सत्य एवम् अमर हुन् । अरू सबै मानिसको जीवन जस्तै भूmठो संसारका दुई दिने पाहुन हुन् भन्ने कविको धारणा छ ।  

३०. आऊ ! एउटा फरक दशैं मनाऊँ र ए दशैं ! तलाई धेरै धन्यवाद – नेपाली चाडपर्व सँग सम्बिन्धित छ कविता । नेपालीहरूको लागि दशैं एउटा महत्व पूर्ण चाड हो । पहिलेदेखि मनाउँदै आए भन्दा विल्कुल फरक परम्परा र औपचारिकतालाई थाती राखेर यो वर्षको दशैलाई अनौठो रूपमा मनाउने कविको चाहना छ ।  यस पर्वमा ईष्र्या,रिस, राग,सबै प्रकारका र सबैसँग भएका कुण्ठालाई त्यागी, स्वच्छ प्रतिस्पर्धामा जुटी, एकले अकोर्ससँग राख्ने जलनलाई त्यागि अति नहुँदै नयाँ पहिरनमा सजिई कवि भन्छन् –

अब सीमा नाघेर अति नहुँदै 

हामी कसैलाई खती नहुँदै 

जीवनको यथार्थ मनन् गरेर 

यस पटक

एउटा फरक दशैं मनाऊँ

पृष्ठ ४३

कसरी मनाउने भन्दा कविको धाराणा छ । बाला पनको खुशी, उमङ्ग,सौहार्दता, अहम्ताबाट  माथि उठेर, आधुनिकताको आडम्बरलाई चुनौति दिदै आफ्नो पुरानो दशैंलाई फिर्ता ल्याउने गरी मनाउँ भनिएको छ । 

दशैंमा स्वदेश विदेशमा रहेका नेपालीहरू एकै ठाउँमा जम्मा भएर दशैं मनाउने परम्परा छ हाम्रो तर आज युवा युवतीले स्वदेश विदेशमा पलायन हुँदा घर खाली भएका, गैरी खेत जस्ता खेत बारी बाँझिएका स्थानमा केही दिनको लागि भए पनि इष्टमित्र मान्यजनसँग, आत्मीयता र सौहार्दता बाँड्ने सौहार्दता जुटाउने दशैंलाई धन्यवाद दिइएको छ । हाम्रो संस्कृतिको संरक्षण गर्नको लागि कवि प्रयत्नशील छन् ।स्वच्छ भावनामा महान चाडलाई मनाउनु पर्छ ।

३२. रत्नाकरहरू र नेपाल – रत्नाकर एउटा डाँकु थिए । नारदलाई मार्ने र लुट्न लाग्दा नारदले यस्तो कुकर्म गर्न हुन्न भन्न्े सुझाव दिंदा डकैती छाडे र निर्दयी शिकारीले भाले सारसलाई मारेर पोथीको विलौनमा दया पलाई रामायण लेखे र वाल्मीकिमा रूपान्तरित भए यसै सन्दर्भमा कविको कथन छ– 

तर उस्तै र उही पारामा 

हत्य, हिंसा, बलत्कार 

महँगी र भष्टचाारले 

यति धेरै जनताको विलाप 

छ यहाँ र पनि 

हाम्रा लाइसेन्स प्राप्त    

रत्नाकहरू 

लुटमै व्यस्त छन् ।

नेपाली जनताले  यिनै रत्नाक।लाई वाल्मीकिको स्थान दिएका छम् ।  यस्ता कुनियती कर्मबाट जति आत्मरती फलाके पनि सन्तोष प्राप्त हँुदैन र दुःखी हुने छन् र पश्चतापको पिरो नुनिलो आँसु सँगै आफ्नै मनसँग हारेर रुनेछन् भन्ने कविको धारणा आएको छ ।

३३. प्रिय ! आऊ हाम्रो डिभोर्स सेलिब्रेसन गरौं –आजकल विवाहमा देखिएको विकृतिलाई कविताले समाएको छ । प्रेम गरिन्छ विवाह गरिन्छ केही दिनमै डिभोर्स हुन्छ । यो एउटा रोगको रूपमा देखिदै छ हाम्रो समाजमा । प्रेम दिवस सदियौं  देखि मनाउँदै आइएको छ । अहम्ता, घमण्डको कारणले गर्दा डिभोर्स हुनु पछि पश्चताप पनि गर्नु, एक आर्काले माफी माग्न नसक्नु , यसको अगतिलो छाप छोडिने भए पनि नयाँ प्रयौग गरौं भन्दै कविले व्यङ्ग ठोक्दै भन्दछन्–

आऊ 

आयोजना गरौं हाम्रो डिभोर्स दिवस

र देखाऔं दुनियाँलाई 

हाम्रो डिभार्स सेलिब्रेसन् 

पृष्ठ ४८ 

३४. तिमीलाई भ्रम हुँदो हो तिमी श्री ५ हो – आज देशमा गणतन्त्र आएको छ । दलीय सरकार छ । सरकार सबैको साझा हुनु पर्ने थियो । तर अवस्था यस्तो छ –

सिमित मान्छेको लागि शासन गर्दैछौ 

तारिफ गर्नेलाई आफ्नो ठान्छौ

ज्यू हजुर गर्नेलाई बुद्दिजिवी मान्छौ 

हिजो जनताकै  हौ कि झै गथ्र्यौ

भूल्यौ मार्सीको वासनामा

पृष्ठ ४६ 

रैती सम्झनु, आपूmलाई शासक सम्झनु, अरूलाई शासित सम्झनु, आसे पासे भन्दा माथि उठ्न नसक्नु, जनतालाई न्याय दिनु पर्छ भन्ने नठान्नु, देशका जनतालाई औषधी उपचार नपु¥याउनु, शासक भनेको जनताको सेवक हो भन्ने नठान्नु न्याय खोज्नेलाई न्याय दिनु, यी कर्म नगरी आपूmलाई श्री ५ सम्झनु  सिक्का फालेर शिर झुकाउन भन्ने मान खोज्नु, आफैलाई श्री ५ र श्री ३ सम्झनु र अहम्ताको भ्रम बोकेर कात्रोमा खल्तीहाल्न तल्लीन रहनु जस्ता कर्म देखेर कविले भन्दछन् – 'अलिकति दया देखाइदेऊ, भविष्यका श्री ५हरूसँग  लडन पनि दूरदराजका गरीबको प्राण बचाई देऊ !!' भनि आग्रह गरिएको छ ।

३५.सरकार आइज मेरो झोला खोतल्न – यस कवितामा राजनीति सत्ता र स्वार्थमा केन्द्रित रहेको धारणा आएको  छ । सरकारले आफ्नो नजर चारैतिर घुमाउनु पर्छ । देशमा ठूला ठूला भ्रष्टचार भएका छन् । एयरपोर्टमा हुने भ्रष्टचारमा कुन्टल कुन्टल सुनको तस्करीमा सरकारको नजर पुग्दैन । एनसेलबाट भएको अरवौंका कर छली र करोडौं घुस खानेलाई दण्डित गर्नुको साटो प्रमोशन गरिन्छ । जेल नेल त सय हजार खानेले पाउँछन् । सरकारले आपूmलाई समाजवादी ठान्छ । जनतालाई कर बढाउने विदेशमा गएर पसिना बगाएर घरमा आउँदा  ल्याएको मोवाइल, आमालाई ल्याएको धोती,सकुनको लागि ल्याएको एक बोत्तल रक्सीको लागि झोला खोतल्ने काममा कवि आक्रोसित देखिन्छन् र आइजा सरकार ढिला नगरी खोतल् मेरो झोला भन्दछन् । भ्रष्टचार देशको ठूलो शत्रू हो । 

३६. माटाको आशीर्वाद – हरेक क्षेत्रमा, हिमाल, पहाड र तराई जहाँ रहे पनि हामी नेपालीले इमान्दारिता अपनाएर गास, बास, कपासको व्यवस्था, जल जमिन र जडिबुटीको प्रयोग, रोग,  भोक, अशिक्षामा जुद्धेर रमाउनु छ भन्दै कविले यस्तो धारणा पस्केका छन् –

एक असल प्रशासक र सुशासनको एक सच्चा पहरेदार

सँगै मिल्नेछ यो देशका कर्मठ राष्ट्र सेवक हामीलाई 

यो निश्चल सुन्दर सान्त नेपाल आमाको आशीर्वाद 

यो विशाल सार्वभौम धर्ती माताको आशीर्वाद, अनि 

हरेक पल हामीले कुल्चेको यो माटोको आशीर्वाद

पृष्ठ ५३

३७. फेसबूकले भन्यो – छि ! अरू कामछैन तेरो – आजको जमाना इन्टनेटको छ भन्दा फरक पर्दैन । गरिब भन्दा गरिबको हातमा मोवाइल हुन्छ । फेसबुक र यू टुब हेर्न थाले पछि मानिस त्यसैमा मग्न हुन्छन् र सबै कुरा भुली दिन्छन् । अधोगतितिर लागेको पत्तै पाइदैन, सबैमा भाइरल हुने भूतले समाउँछ, यसमा रमेपछि लाज पनि पचि सकेको हुन्छ ।अमूल्य समयलाई खेर फालेको यस अवस्थामा फेस बुक, यूटुव भाइरल र इमोले ' जिन्दगीमा न कुनै मिसन छ भिजन छ  छि ! अरू केही काम छैन तेरो भनि फेस बुकले प्रश्न तेस्र्याउँछ । यसरी कविले व्यङ्ग कसेका छन् । 

३८. अरिङ्गाले शुक्रकिट – मानिसले विवाह गर्छ, सन्तानको इच्छा राख्छ, छोरा जन्मन्छ  पढाउँछ, हुर्काउँछ, आफ्नो खुट्टाकमा उभिने गराउँछ । यस अवस्थामा पुगेपछि बाबुले देखदाएको मार्गदर्शनमा लाग्नु भन्दा आफ्नो बाटो लाग्न थाल्छ । बाबुले उसप्रति लगाएका लगानी सबै भूलेर बाबुलाई नै दुस्मन ठान्छ । बाबुका महलका सपना माटोमा मिलाउँछ । छोराको क्रियाकलापले गर्दा उसको सोच परिवर्तन हुन्छ र उसको शुक्रकिटलाई ठिकठिकै ठान्दछ । विवाह भएपछि आमा बाबुप्रतिको माया भन्दा परिवारतिरको माया बढ्छ आमा बाबु अर्गेला हुने। बाबु आमाको अमृत बचान विषक्त हुन्छन् र समाजसँग रोइकरमई गरेर घरलाई बाँडफाँड हुन्छ र बाबु आमालाई गर्न पर्ने सहयोग ऋणमा परिणत हुन्छ । यसमा बाबुलाई लाग्छ शुक्र किट त मिटरव्याजी रहेछ । यसैक्रममा बाबुले बसेका आधा घरबाट पनि खेदेर बृद्ध आश्रामतिर लखेटिन परे पछि बाबुले भन्छ –

तब तेरो आमा र म दुबैले 

निष्कर्ष निकाल्यौ 

उनको अण्डा र मेरो शुक्र किट त दुबै  

अरिँगाल पो परेछ ।  

पिृष्ठ ५७

हाम्रा धर्म ग्रन्थलाई केलाउँदा खास गरेर गरुडपुराडले छोरा र छोरीका जन्म कस्तो प्रकेयाबाट हुन्छ भनी प्रष्ट पारेको छ ।राम्रो, गुणवानपुत्र पाउन बाबु आमाले अपनाउन पर्ने सावधानीहरूको साथै रजस्वला भएको १४ रातमा गर्भ रहदा सुपुत्र जन्मिन्छ भनिएको छ ।

३९. हे मेरो सकार ! हाम्रा घरवेटीलाई भन्दिनु न है – यस कवितामा कविले मानिसमा समानता,गाउँ सहर जहाँ बसे पनि हामीमा भर छ ,घर छ तर समय परिस्थितिले गर्दा सहर पस्न बाध्य भएर सहर पसिन्छ । मानिस हुँदा खाने र हुने खाने जे जस्तो भए पनि मौका पायो भने उसले आकाश छुन सक्छ । मानिस उदार मन भएका हुनसक्छन् । उसँग  केही धन हुन सक्छ । बाँचुन्जेल जोहो गर्नु हो चााहे धनी होस् या गरिब होस् । मानिसले सुख दुख साट्न चाहान्छ । जहाँ जसरी बसे पनि नेपाली भएकाले नेपाल र नेपालीको जय चानहन्छ । त्यसो हुँदा घरबेटीलाई बस्नको लागि भनि दिने आग्रह गरेको भावना पोखिएको छ कवितामा । द्वन्द्वको समयमा द्वन्द्वको कारणले गाउँ बाट सहर पस्दा डेरा पाउन कठिनाई भएको कुरालाई यहाँ प्रष्ट्याइएको छ । 

४०. मलाई ठूलो अफर नआओस !– यस कवितामा कवि साधारण कवि र कथाकार भएर तवसम्म रहन चाहान्छन् जवसम्म जनताको लागि वाँच्ने हुन सकिदैदन ।कविलाई सबका अन्तर आत्मा छुन मन पर्दछ । उनलाई निगाहको बक्सिस , राजनीतिको टिके पद, कठपुतली बन्न पर्ने ठूलो कर्मचारी बन्ने रहर छैन । राजनीतिको भूत नचढोस्, व्यस्तताको नाममा अस्तव्यस्त हुन नपरोस् , विना कसुर शक्तिका पेलाई पर्न नपरोस् , जनताको वाही वाही नपाउने मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न मन छैन, लोभको भकारी  नजागोस्, विशुद्ध साहित्यकार भएर देशको शिर उच्च राख्न सकिओस । त्यसो हुँदा आफ्नो औकातले नभ्याउने ठूलो अफर नआओस् भनिएको छ कवितामा । 

४१. देश अझै विग्रीसकेको छैन–  देश विग्रियो, देश खतम भयो, देशमा भ।विष्य छैन भन्नेहरूलाई कविले देश अझै विग्रिएको छैन भनेका छन् । देश सपार्न हामी सुध्रिनु पर्छ, व्यवस्था सुधार्नु पर्छ सहिनेता चुन्नु पर्छ, विदेशमा लगाएको श्रमशक्ति स्वदेशमै लगाएर खेतबारी हराभरा पारी देश निर्माणमा लाग्नु पर्छ । कविले यसरी आह्वान गरेका छन् –

आऊ साथी सडकमा आऊ 

मन बचन र कर्मले 

माटोको सपथ लिएर आऊ

अल्छिपनालाई उतै कतै रोकेर

देश बनाउने हुटहुटी बोकेर आऊ

हातमा हात अनि काँधमा काँध 

मिलाएर 

देशप्रेमी सै जिन्दावाद भनौं !

राष्ट्रप्रेमी सबै जिन्दावाद भनौं !!

पृष्ठ ६१

४२. हाँसेरै बाँचौ ! नाचेरै बाँचौ –

यस कवितामा एक अर्काेसँग द्वन्द्व हैन आपसमा मिल्नु पर्छ , इर्षा , डाहा गर्नाले अनुहार कालो हुन्छ , आयु घटेर जान्छ , जन्मजात कोही शत्रु हुँदैन, मन मिल्नु पर्छ ,असक्षम शासकले फुटाएर राज्य गर्छन् । यी फुट गराउने र गर्नेको कारण हुन केवल कुर्सीका लागि । त्यसो हुँदा विचार र मन मिलायो भने घर, समाज र संसार चल्छ । चल्नु नै ठूलो कुरा हो । यदि चलेन भने चिता बल्छ र चितासँगै पीर अनि चिन्ता बल्छ भन्दै कविले यसरी द्विपक्षीय, सर्वपक्षीय हाँसेर बाँचौ  नाचेर बाँचौं  विषयमा वार्ता गरौं भनेका छन् ।

४३. किन कि म तिम्रो बा हुँ ! – एउटा गृहस्थीले घर चलाउनु पर्छ ।उसले छोरा छोरी श्रीमतीलाई पालन पोषण गर्न एउटा युद्ध गर्न निस्केको सिपाही सरह मर्ने या बाँच्ने अवस्थामा संघर्ष गर्नुपर्छ । घर छाड्नु पर्छ । साग सिस्नु  होखाएर प्रियाको अँगालोमा बेरिने मन सबैको हुन्छ । प्रियाले भोग्न पर्ने अथाह दुःखलाई उसले जान्दा जान्दै पनि लाचार हुँदै मुखमा माड लगाउनको लागि नुनको सोझो गर्नु पर्छ र उसले भन्छ –

'हरेक पल जिन्दगीले चिमोटीदिँदा 

आफ्नै कर्ममा काबिल हुन्छु 

किन कि म तिम्रा लाला बालाको बा हुँ प्रिया ।'

पृष्ठ ६३,  

४४. भाइरलम मन प्रसन्नम् !– यस कवितामा कविले इन्टरनेटको सुविधा नहुँदासम्म आफ्ना खुसी आफ्नो परिवार भित्रै पाइन्थ्यो भने आज आएर यो खुसी देखाउनु पर्छ, सञ्जालमा लेखाउनु पर्छ ,सेल्फी हानेर मस्किनु पर्छ लाइफ कमेन्ट गर्नु पर्छ यसो गर्दा पनि खुसी हुन सकिदैन । पहिला पहिला परिवार,सन्तान, आफन्त जन र छरछिमेकको माया सुख हो र सन्तोषम् परमम् सुखम हो । तर आज आएर अनावश्यक जालोले घेरिए छ र परिवर्तित रूपमा 'भाइरलम धन सम्पन्नम् भाइरलम् मन प्रसन्नम्' भएको छ ।

४५. संसारको जीतमा हारेका हामी – यस कवितामा विश्वकप खेलमा अर्जेन्टिना मेक्सिकोले जितेको देख्दा र तेईस वर्षे ठिटो एम्पाले सारा संसारको मन जितेको साथै 'अरबौं दर्शकले आफ्नो आफ्नो तर्फबाट जिते, संसारले जित्दै गर्दा हामी नेपालीले पनि जित्नुपर्ने हो तर योहप्ता जितेका हामी बारम्बार हार्ने गर्छाै नमज्जाले ।' ५÷५ वर्षमा हुने  यो खेलमा सहभागी हुन ५ वर्ष निरास हुँदै कुर्नुपर्ने हुन्छ । यसरी हार्नको कारणमा कविले भन्छन् –

एघार थरी 

राजनीतिक  खेलाडीको चपेटाले 

देश पछाडी धकेलिँदा 

तीन करोड नेपालीले हारिरहेछ बारम्बार

विकास र सुशासनका लागि ।

पृष्ठ ६५

बास्तवमा चौतर्फी विकासको लागि राजनीतिे सही दिशामा चल्नु पर्छ र राजनीतिले सही मार्गदर्शन दिनु पर्छ । 

४६. भाग्य आफ्नो आफ्नो हो – जिन्दगी चलाउन रोयर, टाउको फोरेर,अरुको भरपरेर चल्न सक्दैन । परिश्रम गर्न सके चल्छ । परिश्रम गर्नाले एक दिन सफलताले शिखर छुन्छ । कसैको विकस देखेर कसैले ईष्र्या डाहा तथा गुनासो गर्नाले पनि केही हुँदैन । देखेका सबै कुरा राम्रा र हाम्रा हुँदैनन् । यिनकापछि लाग्दा पछारिन सकिन्छ । उठेर हिड्नु पर्छ । उठेर हिड्नु नै महानता हो । गन्तव्यमा पुग्न सहज छैन । पाइलाले गन्तव्य नछुन सक्छ । मानिसका आवश्यक्ता र चाहना असंख्य हुन्छन् । ती सबै पुरा नहुन सक्छन् । जति प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट हुनु पर्छ । धन हुनेको मन स्थिर रहदैन । नहुनेलाई गुम्ला भन्ने डर हुँदैन । जिन्दगी यसरी नै चलेको हुन्छ । कर्म गरे फल ढिलो चाँडो हात लाग्छ । यी सबै चिज प्राप्त गर्नु भनेको आफ्नो आफ्नो भाग्य हो कविताको यही सन्देश बोकेको छ । 

४७. साउनको महिना र मेरो घरबार – यो शृङ्गार रसले पूर्ण छ कविता । साउनको महिनालाई शिवजीको महिना भनिन्छ । यस महिनामा शिवजीको पूजा विशेष रूपमा गरिन्छ । पुरुष भन्दा महिलाहरू शिवजीको पूजा गर्न रातो साडीमा सजिएर मन्दिर जाने गर्दछन् । यस्तो पहिरनको साथमा पत्नीसँग भएको पूरुष अगाडी जाँदा घरबार विग्रने सम्भावना हुन्छ । यसरी नै हातभरी हरिया चुरा, पहेंलो कुर्थाको सल सर्लक्क पार्दै, पुरुषप्रति आँखा तर्दै,उसलाई नै ओभरटेक गर्दै हिड्दा र मेहन्दीले रङ्गीचङ्गी भै हात हल्लाउँदै आँखाले बातमार्न थालेपछि र नजर बाण फालेपछि, पुरुषको घर विग्रने डर हुन्छ । यहाँ कविले अरूको घर बसाउनु राम्रो हो र विगार्नु राम्रो होइन, यसरी मायाजाल फाल्ने परिहरूलाई जेल हाल्ने कानुन छैन । पत्नी सहितका पुरुषप्रति नजर लगाउनु भन्दा नयाँ शम्भु खोज्न असल सुझाव दिंदै कवि भन्दछन् –

सबैका परिवारमा खुशी छाउन्

मनले खोजेका जोडी पाउन्

शिवजीसँग यही प्राथना छ 

कसैले भन्ने दिन नआओस्

मेरो घर नविग्रे कस्को विग्रेला ?

 पृष्ठ ६७

४८. बुष्टर डोज– यस कविताले कोभिडको समयको कहाली लाग्दो अवस्थामा सरकारले गर्न पर्ने काम गर्न नसकेको  धारणा आएको छ । गरिबहरूमा गास बास कपासको अभाव, विकराल अवस्थामा भ्याक्सिनको अभावले खोप कहिले पाउने निश्चित नभएको समय, सिटामोलको अभाव,मंत्रीहरू भाइरल हुने होडमा, चुनाव नजिकिँदैको समय यिनको व्यवस्थापन गर्न नसकिँदा चुनाव हारिने डर, कोभिडको बाहना बनाएर ठेकेदारहरूले काम नगरी असारको कुराईमा, गरिबहरू क्वारेन्टाइनमा, यस्तो अवस्थामा कविले व्यङ्ग कस्तै भन्छन् –

विदेशीसँगै सहयोग मागेर पनि 

जिन्दगी देखि  हार खाएका 

सारा गरिबहरूलाई

दया माथी माया गरेर

कहिल्यै उठ्नै नपर्ने गरी

बुस्टर डोज लगाइ दिए हुन्न सरकार 

पृष्ठ ६८

कविले राजनीति गर्ने र भ्रष्टमाथि पनि व्यङ्ग कसेको छ । राजनीति गर्न भिजन चाहिन्छ तर यहाँ पढाई नभए पनि हुने, जेल बसेको नाताले कुर्सी पाइने, यिनैले दुनियाँलाई भ्रम छर्ने, पुस्तौंलाई काम नगरी खान पुग्ने सम्पत्ति जोड्ने हुने खाने र हुँदा खाने बीचमा खाडल बढाउने, भ्रष्ट बनेर आपूm  माथि चढ्ने र अरूलाई लडाउनेहरूलाई लामो निद्रामा जाने गरी जनताले कहिले हो बुष्टर डोज चढाउने भनि ,प्रश्नवाची भएका छन् कवि ।

४९. लोभको भकारी –मानिस लोभले भरिएको हुन्छ । ऊ आँपूmलाई अरू जस्तो लोभी छैन र मख्खीचुस परिएन भन्न छोडदैन । गरिब हुम् भन्न कोही चाहर्दैनन् । कुवेर हुम् भन्न पनि पछि पर्दैन तर हातमा थुक लगाएर कौडी कौडी बटुल्न मरिहत्ते गर्छन् र भन्छ पैसाको लागि मरिहत्ते गरिएन । पैसा भन्ने चिज नभए पनि नहुने भए पनि पीर । एकातिर लुटेको धनलाई समाज सेवामा लगाई कोही बन्छन् महान समाजसेवी । संसारका ठूला ठूला धनीहरूलाई पनि धनले पुगेको छैन जस्तै ज्याक्मा, विगलेट्स नेपालका चाौधरी । जति धनी भए पनि गरिबहरूलाई दान कसैले गर्दैनन् । कति भए पुग्ने हो लोभी पापीलाई ? लोभको भकारी कहिल्यै भरिएन । लोभको भाँडो कहिल्यै कसैको भरिएन जस्ता अभिव्यक्ति आएका छन् कवितामा ।

५०. जय राधे जय श्री राम– मानिसले आपूm यस संसारमा आए पछि के गर्न पर्ने हो सबै भुलेर अहंकार, इश्र्या, जलन र उन्मादले फुलेको हुन्छ र नाङ्गै आएको हो नाङ्गगै जाने हो भन्ने कुरा भुल्छ । मानिसले संसार छाडेपछि रहने भनेको केवल कर्म हो । राम्रो नराम्रो जे जस्तो काम गर्छ त्यो पछिसम्म रहन्छ । जस्तो करणी उस्तै भरणी । मानिस मर्दा पर्दा मानिसको आवत जावत, सहयोग आदि उसले गरेको व्यवहारमा भरपर्दछ । कवि भन्छन् –

पत्तै पाएनौ तिमीले 

आफ्नाका लागि थुपार्ने होडमा 

आपूm नै बाँच्न बिस्र्यौ

एक दिन थला पर्ने छौ तिमी

त्यो क्षण तिम्रो व्यवहारले अघाएकाहरू

तिम्रो लागि फलपूmल र जुस बोकेर आउने छैनन् 

तिम्रा लागि धाउने छैनन्

टाढै बाट मात्रै भन्नेछन् जय राधे जय श्री राम । 

पृष्ठ ७२

 मानिसले जन्म लिएपछि जीवनलाई रहर लाग्दो बनाउनु पर्छ । मानिसको जन्म यो धर्तीलाई सिङ्गारर्न र जीवनलाई रहर लाग्दो र अर्थपूर्ण बनाउन भएको हो । योे धर्तीको बोझ बन्नको लागि र नर्कमा डुब्नलाई होइन । कविताले यिनै भावनालाई समेटेको छ ।

५१. गाउँ विर्सेको स्वार्र्थी मनुवा !– गाउँ छाडेर सहर पसेपछि मानिसले गाउँलाई भुल्छ । २० सौं वर्षपछि जब गाउँमा जान्छ सबै सबै कुरा नौलो नौलो लाग्छ, ऊ हिडन विर्र्सिन्छ र लोट्छ , बजारिन्छ र खेतबारी ढुङ्गा सबैले  उसलाई विर्सेको धारणा राख्छ । सबैले सहरको एसिमा बसेर खुट्टा चाल्न विर्सिाएर कुजिएर , सहरको चिल्लो बाटोमा हिड्ने गरेर गाउँ विर्सेर स्वार्थी भएर तैंले विर्सिएको हो भन्ने जवाफ पाउँछ र उसले सहर पसेर आधुनिक भएको आपत पर्दा संकटको समयमा मात्र गाउँ सम्झने भएकोले सबैले भने जस्तै सहरको चारआनामा सिमित हुने र सहरबासी भन्न रुचाउने गाउँ जान महिना गनेर बस्ने स्वार्थी मानिस नै भएको महसुस गर्छ ।

५२. ओ महासय सुन्नु भो ! तपाइँको काम आज हुन्न ! – यस कविताले नेपालका राष्ट्रसेवकको चरित्र उदाङ्गो पारेको छ । सेवाग्राही दश बजे कार्यालय पुगे पछि चाँडै आएको, कागज अपुरो भएको, कागज नमिलेको काम गर्न सहज हुँदैन, कअर्मचारी कोही विदामा छन् ,टाठो बाठो जस्तो भाव पोख्नु भयो ,काम नगरे पनि जस्तो हुने भो कागज  मिलाउनको लागि बाहिर एक जना भाइ छन् उनीसँग गएर कगज मिलाएर आउनुहोस्, तपाइँको काम आज हुन्न साइड लाग्नु होस् । तपाइँको काम आज हुन्न पर्सि आउनुहोस् जस्ता वाहना बनाएर राष्ट्रसेवकले सेवाग्रहीलाई दःुख दिने धारणा कवितामा आएको छ । राष्ट्रसेवको  आसय घुस दिओस भन्ने देखिए तापनि समयमा काम सम्पन्न नगर्नु पनि भ्रष्टचार हो । यो कागज मिलाउने मार्फत भ्रष्टचार गर्ने माध्यम पनि हो । 

५३. मलाई सरकारले बदनाम गरायो – नेपाल सरकारले प्रदान गर्ने तक्मा कर्मठ, कर्मशील, इमान्दारी , निष्ठावान वफादार राष्ट्रप्रेमी « सेवकलाई प्रदान गर्नु पर्नेमा यस्ता व्याक्तिलाई प्रदान नगरी अलि अलि काम, केही दाम, पुरस्कार पाउने काम नगरेको व्यक्तिलाई प्रदान गरेकोले उक्त तक्मा पाउनो व्यक्तिलाई इमानको धज्जी उडाएको, इज्जतको खिल्ली उडाएको, पङ्गु बनाएको स्वयम तक्मा धारीले नै महसुस गरेको धारणा कविताले पस्केको छ । 

 ५४. बेच, के के बेच्न बाँकी छन् यो देशका ! – यस कवितामा जनता र शासक बिचको देश निर्माणको भिन्नतालई फरक देखाइएको छ ।जनता देशको भविष्यको, दिगो विकासको, स्वस्थताको, प्रदुषण रहित देश कसरी राख्ने स्वदेशको प्राकृतिक अक्सिजनको संरक्षण कसरी गर्न सकिन्छ र माग्न या किन्न नपरोस् भन्ने चिान्तामा चिन्तित छन् भने, शासक पनि चिन्तामै देखिन्छन् तर उनको चिन्ता भनेको कुर्सी कसरी बचाउने  भनेर सौदाबाजीमा लागेको,  देशको आय बढाउनको लागि प्रभुको आवश्यक्ता बुझेर भावी पिढीको भविष्य बेचेर, देशको ढुकुटी,बालुवा, गिटी, ढुङ्गा, बेचेर, जनतालाई मरुभूमिमा काकाकुल बनाएर र देश पोलेर खरानी बेचेर देशको आय बढाउने चिन्ता  परेको । कवि भन्छन् देशको आय बढाउन त यी बाहेक  अरु कर्मबाट गर्न सकिन्छ–  देशको आम्दानी बढाउन बेचिएका कलकारखानालाई पुनर्जन्म गराएर, नयाँ उद्योग खोलेर, कौडीको भाउमा बेचिएका कच्चा पदार्थलाई सदुपयोग गरेर, उर्जाशील युवाहरूलाई खाडीबाट फर्काएर, बाँझो जमिन बाट उत्पादन बढाएर, यस देशको सौन्दर्यमा पर्यटक भित्र्याएर, पानी, विजुली, बेचेर देशको ढुकुटी भर्न र देशलाई सम्पन्न बनाउन सकिन्छ । स्वाभीमान र इमान बेचिएकोमा कवि चिन्तित छन् र भन्छन –् यो देशको भूगोल, माटो, भावी सन्ततीलाई सुम्पनु पर्छ र भविष्यका कर्णधारले स्वस्थ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित हुनु पर्छ र बेच्ँन पाइँदैन । कविताले यिनै धारणालाई समाएको छ ।  

५५. राजनीति गर्नेहरू छेपाराहरू हुन् ! – यस कवितामा कविले राजनीति गर्नेहरुको स्वरूप दर्शाएका छन् । हात्तिका खाने दाँत र देखाउने दाँत फरक हुन्छन् ,राजनीति गर्नेले पनि देखाउने एक र चपाउने अकै गर्छन्, जुका हुन पुस्तौ पुस्तालाई पुग्ने गरी चुसिरहन्छन्, छेपारा हुन् सत्ता प्राप्तिको लागि यिनीहरूले रूप र रङ्ग फेरिरहन्छन्, यिनको रूप शिकारमा निस्केका चीलहरूजस्तो हुन्छ यिनले जमिन र आकाश दुबै ओगट्छन् र शिकार गरेरै छाड्छन् , राजनीति कर्ता र राष्ट्र सेवक स्वार्थी हुन्छन् र मेवा नपाई सेवा दिदैनन् । कविले जनतालाई राजनीत कर्ता र राष्ट्रसेवकसँग सतर्क रहन आग्रह गरेका छन् । 

५६. उल्टो बाटोमा हामी – राजनीति कार्यकर्ता र पेशागत विज्ञहरूको उल्टो बाटोको यात्राले गर्दा यो देश ,पछि परेको हो भन्ने ठोकुवा गरेका छन् कविले । 

.... भित्रीमन  मेरो विश्लेषण गर्छ 

तथ्य र भ्रम सष्लेषण गर्छ 

मन्त्री ज्यू प्रमज्यूहरू र म 

हामी सबै 

उल्टो बाटो हिड्दै रहेछौं    

जुन विषयमा दक्षता प्राप्त गरेको सोही काममा लागेर  दक्षता प्रदर्शन गर्नु पर्नेमा स्वकाम नगरेर, तल्लिन नभएर असम्बन्धित काममा लाग्नुको कारण भिजन नभएका सत्तासिनकै कारण भएको कुरा कविले दर्शाएका छन् । कवि वैज्ञानिक हुन् । उनको काम अध्ययन अनुसन्धानमा व्यस्त रहेर कोरोना तथा कोभिडको भ्याक्सिन र औषधी पत्ता लगाउनु उनको दायित्व हो । तर उनी कविता र राजनेताको समालोचनामा व्यस्त रहन्छन् । यसको मुख्य कारण देशका सत्तासिनहरू(राजनीतिज्ञहरू)को प्राथमिकतामा नपरेर विज्ञहरूले काम गर्न नसकेका हुन् । देशलाई विकासमा लम्काउन अल्पकालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु पर्नेमा राजनेता भाषणमा तल्लिन भएको पाइनु आदि कारणलाई विश्लेषण गर्दै कवि भन्छन् – 

यो देश पछि पर्नुको कारण त्यही रहेछ –

धेरै तपाईँ र थोरै हामी 

सबैको उल्टो बाटो 

 पृष्ठ ८५

५७. एउटा कलमको खवरदारी ! – आज देशमा देखिएको राजनीति विकृतिलाई कविले कलमबाट खवरदारी गरेका छन् । वाकस्वतन्त्रा हरण, न्यायमा दवाव, सर्पलाई दुध खुवाउने, देश टुक्राउनेहरूलाई काखी च्याप्ने, प्रतिगमनलाई मलजल हाल्ने स्वाभीमान बेच्ने, आडम्बरी राष्ट्रवादी र लेखनमा सेन्सर लगाउनेलाई जनताले मुल्याङ्कन गरेर यस्ता छोटे राजालाई घोक्रेठ्याक लगाएर देशले मुक्ति पाउनु पर्छ । अबको बागडोर युवा पिढीले चलाउनु पर्छ र प्रकृतिको वरदान यो सुन्दर शान्त देशको भाग्यरेखा कोर्नु पर्छ जस्ता धारणा कवितामा आएका छन् । 

५८. कोरोना कथा कलम र कोदाली –प्रकृतिको दोहोन भएको छ । बाढी पहिरो, भुकम्प र कोरोना, वेरोज गारी र भोकमरीले देशलाई आक्रान्त बनाएको छ । खेतबारी हराभरा थिए । उत्पादनले  देश आत्म निर्भर थियो । आज आएर यी सबै विपरित दिशामा लागेको हुँदा खेतबारी हराभरा बनाएर भोकमरीबाट देशलाई मुक्त र देशलाई आत्निर्भर बनाउन कलम थोरै र कोदाली धेरै चलाउनु पछ भन्ने धारणा कविताले समेटेको छ । 

५९. राजनीति र जलवायु परिवर्तन – 

''राजनीति परिवर्तन र जलवायु परिवर्तन उस्तै उस्तै हुन् कहिले को बढारिन्छन् र कहिले को बगाइन्छन् यसै भन्न सकिदैन ।' भ्रम छर्ने, वातावरण प्रदुषण बनाउने काम पनि उस्तै उस्तै हुन् । राजनीतिगर्नेले राजनीतिको नियम बुझ्नुपर्छ भने जलवायु परिवर्तनको बारेमा जानकारी लिनेले पनि प्रकृतिको नियमलाई बुझ्नु पर्छ । राजनीति विगार्नेले र वातावरण विगार्नेले सजायका भागी हुनुपर्छ । भावीपिढी जस्लाई हामी जेन जी अल्फा भन्छौ तिनीहरू विश्वव्यापी रूपमा जोडिएका हुन्छन्, ब्रान्ड–सचेत हुन्छन र आत्म–निर्देशित सिकाइलाई समर्थन् गर्छन् । तिनीहरूको रोजाई राम्रो र असल हुन्छ । ठिक विपरित प्रकृतिले विनाशकारी रोज्छ । संरक्षणकारी बन्ने या विनाशतिर लाग्ने स्वयम्मा निर्भर रहन्छ । राजनीति गर्नेले ढाँटे पनि कति दिन ढाट्ने । झुटो कहिल्यै टिक्दैन पतनतिर लाग्छ । कवि भन्छन् –' झुटा आश्वासन जनतालाई नदेऊ, प्रिकृति विनाश गरेर क्षणिक फाइदा नलेऊ ।' यो सबैलाई थाहा भएकै हो कि देश रहे पो हामी रहने छौं । प्राकृतिक बाँचे पो हामी बाँच्ने छौं । कविले यस कवितालाई यसरी समाप्त गरेका छन् –

लोभ मोह त्यागे।र एकै स्वरमा भन्नु छ आज 

जल जमिन वातावरण समग्र प्रकृति जिन्दावाद

यो देशको भाषा भेष भुसा अनि संस्कृति जिन्दावाद

भावी पिढीको भविष्य वोकेकी 

नेपाल आमा जिन्दावाद !!

नेपाल आमा जिन्दावाद !!

पृष्ठ ९०

६०. डिभोर्सको रमिता गर्ने देशका सस्ता गहनाहरू !– बढ्दो छोडपत्रप्रति कविको आक्रोश देखिएको छ । छोडपत्र गर्नेहरूलाई लाग्दो हो उदाहरणीय काम गरियो । 'दुनीयालाई भुलाउने भाइरल हुने र कमाउने ।' यी घिनाउना काम हुन् । यस्ता काममा सती जान सकिदैन । जिन्दगी अमूल्य छ । सम्बन्ध मायाले गाँसिनु पर्छ पैसाले हैन । सोच्नु पर्छ डिर्भोको सन्देश कस्तो जान्छ समाजमा जस्ता आदि धारणाले सजिएको छ कविता ।

६१. कुरो बुझे हुन्छ – यस कवितामा कविले वेरोजगार, बा आमाको दुख घरै छाडेर सहर बजार घुमेर कपाल लर्काउनु आँखा कर्काउनु आँखा बाटै दोहोरी फर्काउनु, कोही सुन्दरी मोहनी पासोमा परेर चिल्लो कपालको तारिेफ गर्छे भने त्यहाँ केही छ कुरा बुझे  हुन्छ । 

यदि कोही युवनती राम्री, हेरेरै आँखाको टक फेर्न सकिने, लगाइ, खुवाइ, तडक भडक न मिहिनेत, न लगाव, न भविष्यको चिन्ता, न कमाइ, न धमाइ, फेुस बुक  र टिकटकतिर रडाको, कतै गिफ्ट मगाइ,घर भाडाको छ, नखरा र बजार भाऊ चर्को छ भने त्यहाँ केही रहस्य छ पक्कै बुझे हुन्छ ,

यसरी नै जागिरे व्यपारी जस्ले पद पैसा ठाउँ  कुठाउँ पद र पैसाको धाक लगाउने, चिया खुवायर सशुल्क प्रशंसा बटुल्ने, यिनका पैसा र पदमा आकर्षक हुनेहरू कुमठोक्न आउँछन् भने त्यहाँ केही छ कुरा बुझे  हुन्छ । 

आजका सस्तो र लोकप्रिय पेशा राजनीति हो । यिनको न जागिर न पेशा सातै पुस्तालाई न सुर्ता न टेन्सन गफ जोतेको भरमा भीड लगाउनु, सके कुम्ल्याउनु, आपूm र आफ्नालाई मोटाइराछ भने भविष्य त्यतै छ झोला बोके हुन्छ केही रहस्य छ पक्कै बुझे हुन्छ जस्ता अभिव्यक्ति कविले पस्केका छन् । 

६२. म नेपालको फुइ १४ चौधौ – यस  कवितामा कविले नेपालको एक शासकलाई पूmइ नामाकरण गरेका छन् । फ्रन्सका राजा लुइस चौधौं(लुइस महान)सँग तुलना गरेका छन् । लुइसले ७२ वर्ष ११० दिन शासन चलाएका थिए । यो काल इतिहासको कुनै पनि राजाको सबैभन्दा लामो शासनकाल हो । उनलाई निरंकुशताको युगको प्रतीकको रूपमा लिइन्छ । कविले फुइका धारणालाई यहाँ प्रष्ट्याएका छन् । फुइको गफ हान्ने र फुइ हान्ने उसको काम हो । उसलाई शक्तिशाली बनाउने उसको पावर, शक्ति,रस र जस हुन् । उसले अरू सबैलाई शत्रु ठान्छ । उसले मबाट केही सिक भन्छ । उसले टेकेको धर्ती पवित्र हुन्छ । उसले जे भन्छ त्यही ठिक हुन्छ । उसले आपूmलाई राज्य, अरुलाई जैरे, ठान्छ । टिभीमा उसलाई हेर्ने सोझा दर्शक र चुनावका भोटर हुन् । यी भोटरले आइसियु र भेिन्टलेटरलाई सोर्स लगाउन आउने भोटर । सर्वनत पाए मख्ख हुने । कार्यक्रम र  बजेट भनेर कोही अघि  बढ्न नपाउन्, ऊ जे छ त्यसैमा तालि ठोक, ऊ ठिक भए पछि अरू पनि ठिक होलान् जस्ता धारणा राख्दै भन्छन् –

हस्पिटल बन्दै गर्लान्

अक्सिजन आउँदै गर्लान 

हामी निरन्तर वार्तामा छौं , भ्याक्सिन

आउँदै गर्लान्

मान्छे त ठूला देशमा पनि त मरेकै छन नि 

हाम्रो लक्ष्यत समृद्ध नेपाल बनाउनु हो । 

पृष्ठ ९५

फुइचौधौं को काम सूरुङ बनाउनु, भ्युटावर बनाउनु, बजेट असारमा बाटो बनाउन लगाउनु, टुहुरा नेपालीलाई धैर्य गर  २÷४  लाख मरेर गए पनि देश बनाएरै छाड्ने अठोट गर्छ । कोरोना लागेकालाई सिटामोल, बेसार, बेलाउती खाने अध्यारो कोठामा चुक्म्कल लाएर बस्न र खोकी लागे छिमेकीले नसुन्ने गरी खोक भन्छ । उसले एक ,पटक सत्ता हत्याउनुको लागि गठबन्धन गरेर भए पनि चुनाव गराउनु छ । त्यसोहुँदा ऊ भन्छ –

 सास रहुन्जेल मस्तसँग खोक 

 म जे बोल्छु त्येसैमा ताली ठोक 

पृष्ठ ९५,

६३. हाँस्न बिर्सिएको मान्छे – १६औं शीर्षकमा पनि यही शीर्षकको कविता छ ।  उस कवितामा हास्न विर्सिएका कारण दर्शाइएका छन् भने यहाँ सबै सबै हतारमा रहेकाहरू युरोप अमेरिका जान्छन्  । असफलहरू अलिकति नेपालमा भएका र अरूहरू कोही दुबै र कतारमा छन् । केही कमाउन, आफ्नै हातमुख जोडन, खुसी र हाँसो खोज्ने पसल चहार्दै संसार डुल्दै, वाध्यतामा विदेश लाग्नु परेको र अर्को तर्फ देश प्रेम र माटोको मायाले लाखौ युवाको प्रति निधित्व गर्दै विक्षिप्त मन  लिएर एक टक उभिएको मान्छे जो बालक कालमा हाँसो, पढ्दा कलेजमा अलि थोरै हाँसो, जागिरको खोजीमा लाग्यो र विस्तारै हाँसो विर्सियो र उसले हाँसो सञ्चित गर्न सकेन जस्ता अभिव्यक्ति सहित कवि भन्छन्– 

बुढेसकालको हिसाब गनेर 

कस्तो हंसमुख कस्तो ह्यान्डसम 

कस्तो रसिलो, हँसिलो मान्छेबाट

आज उसको उसको अर्को नामाकरण भएको छ 

नयाँ परिचय पाएको छ 

ठुस्स परेको  मान्छे, रिसाएको मान्छे 

अनि अनुहार सधैं 

मकै पड्काउने हाँडी जस्तै 

अँध्यारो, बनाउने 

फगत हाँस्न विर्सेको मान्छे !!

पृष्ठ ९७ 

आजको देशको यथार्थलाई केलाएर हेर्दा सारा नेपाली नै हाँस्न विर्सिन बाध्य छन् । देशको कहालीलाग्दो अवस्था, जीवन धान्नको लागि युवा युवतीको पलायन, देशका उर्वर भूमिलाई बाँझो बनाउनु, बृद्धबृद्धाले आँगन कुर्नु, देश विकासलाई तीव्र गतिमा लानसक्ने राजनीतिक इच्छाशक्ति भएको नेतृत्वको कमि, बढ्दो भ्रष्टचार,सुशासनको कमी आदि थुप्रै विषयको कारण दर्शाई कविले हाँस्न बिर्सिएको मान्छे शीर्षक राखेका छन् । सही कुरा यो हो । लेखकको नाम त थाहा छैन तर निकै प्रचलिनत गीत छ ' छाती माथि ढुङ्गाराखी हाँस्न परेको छ' हरेक मानिसमा यस्ता दर्द विध्यमान छन् यस्तो हाँसोलाई हाँसेको नभनी हाँस्न विर्सेको भन्न फरक पर्दैन, यसरी हेर्दा शीर्षक सार्थक छ भन्न सकिन्छ । 

६४. ह्याप्पी भ्यालेन्टाइन डियर लोकतन्त्र ! – यस कवितामा लोकतन्त्रमा  देखिएको विकृतिले देशमा परेको असरमा व्यङ्ग कसिएको छ । देश आज लोकतन्त्र मात्र नभएर गणतन्त्रसम्म पुगेको छ । बास्तवमा लोकतन्त्र एउटा उत्कृष्ट शासन प्रणाली हो । यसमा सुशासन¸ समृद्धि¸ सामाजिक न्याय¸ राष्ट्र निर्माणको मुलभुत आधारको अनुभूति गर्न पाइन्छ । कविले लोकतन्त्र र देशलाई पात्र बनाएर यस कविताको सिर्जना गरेका छन् । देशमा लोकतन्त्र आएको दशक भैसक्यो । दुबैको पिरती गाढा नहुँदै लोकतन्त्र चुडाल्ने प्रयास हुन थाल्यो । संवैधानिक व्यवस्था माथि आक्रमण भयो र संविधान न दिँदैनन् –'यै कोमामा पुग्यो । यस्तो करामत गर्ने लोक तन्त्रका विरोधी(नव श्री ३)हरूले भविष्यमा प्रेम दिवस मनाउन दिन्छन् यासपाली तिमीलाई ह्याप्पी भ्यालेन्टाइन है डियर लोकतन्त्र' । 

देशमा गणतन्त्र , संघीयता, धर्मनिरपेक्षता पनि संकटमा छन् । गाउँ गाउँबाट चुनिएर आएका प्रेमदूतहरू पनि भूमिका विहीन र निरिह बनाइए । प्रेममा शत्रुता लाग्नु डाह इष्र्या गर्नेहरू एक जुटहुनु, माया साटे माया बढ्छ, पूmल साटे पो श्रद्धा बढ्छ, बन्दुक देखाएर, बख्तरबन्द गाडी गुडाएर, जुहारी खेलेर,अरूलाई नस्वीकारेर, सदन र सडकमा घृणा ओकेलेर, अपशब्द बोलेर भविष्यका पिँढीलाई मायाको कस्तो सन्देश दिने,  र लोकतन्त्रसँग कसरी प्रेमदिवस मनाउने जस्ता धारणा आएका छन् कवितामा  

६५. ओ शासकहरू हो ! केही सिक्यौ कि तिमिले –यस कवितामा शासकको अहम् प्रवृत्ति पट्टी कटाक्ष गर्दै अहम्तालाई समयले सबक सिकाउँछ भनेका छन् । जनतामा, कापी र कलम बोक्ने झोलीमा, सत्य आवाज बोल्ने सडकमा, सर्वाच्च आसनमा, विधि र कानुनको शासनमा शक्ति हुन्छ तर तिमीले आफै श्री३ बनेको भ्रम पालेक थियौ । संसारका तानाशाहले पाए सरी जेन जी हरूको जनसागरबाट छुटकारा पायौ सवक सिक्यौ र नसिकेकाले पाठ सिक । शक्तिले अन्धो बन्नु , सत्ता मेरो लागिमात्र हो भनि सम्झनु, बुझी बुझी बुझ पचाउनु आदि कर्मको सजाय त समयले दिन्छ । वर्तमानको सबकबाट केही चेत्यौकि भनि शासकलाई सन्देश दिएका छन् ।

६६. गाह्रो छ 'बा' हरूलाई अब–  कविले आजका घरमूली बा र शासन चलाउने बा हरूलाई गाह्रो भएकोले दुवैले लोभ मोह नगरी यस देशको बागडोर युवाहरूमा सुम्म्पन्नुको विकल्प छैन भनेका छन् । 

६७. बरू छाउ घर भित्र ! – यस कवितामा विभिन्न संस्थाहरूबाट छाउ घरको ढोकामा पेटभरी खाना कुरेर बसेका नानीहरूलाई अनेक तरहका प्रश्न गर्नेहरूलाई के जवाफ दिने भनि प्रश्नवाची हुँदै कसलाई विश्वास गर्ने ? कोही जागिर पकाउन आउँछन् । आमा बाबु अनपढ छन् र अन्धविश्वासमा रहन्छन् । समाज ढोगी छ । सरकारले बजेट छुट्याए पनि छाउ गोठसम्म पुग्दैन  । छाउ गोठमा बस्ने वालाको सके दुई छाक मिठो खान लाउन दिएर आत्मनिर्भर बनाउ ,सक्दैनौ भने हजारौ खर्चेर, महगा कपडा पहिरेर, महगा झोला भरी आश्वासन बोकर यहाँ नआऊ । जे छ ठिक छ, आधा पेटमै छाउ घर भित्र खुसी भएको धारणा आएको छ । 

उद्देश्य– कविका कविता अध्ययनबाट प्रष्ट हुन्छ कि आजको समसामयिक अवस्थामा देशको अवस्था कस्तो छ, समाज कतातिर लम्किएको छ , देशलाई आत्मनिर्भर बनाउन के  गर्न सकिन्छ भनि सन्देश प्रवाह गर्नु रहेको देखिन्छ ।

भाषाशैली – गद्यलयमा लेखिएका यी कविताको भाषा सरल छ । प्रचलनमा आएका अंग्रेजी शब्दलाई प्रयोगमा ल्याइएको छ । अभिव्यक्त गर्न चाहेका धारणा लयात्मक रूपमा सलल बग्ने गरी मिठो शैलीमा प्रस्तुत गरिएको छ । कवितामा बिम्बको प्रयोगले गर्दा यसका भावना बुझ्नको लागि साधारण पाठक भन्दा बौद्धिक पाठकको लागि राम्रो खुराक बन्न सक्छ भन्ने लागेता पनि सबैको लागि यो ग्राह्य छ, पठनीय र अनुकरणीय भन्न सकिन्छ । 

रसगत रुपमा अध्ययन गर्दा – यस कृति भित्रका ६७ कविता पढदा कतै प्रेम, कतै हाँसो, कतै दुःख, कतै सहास कतै क्रोध, कतै आश्चय कतै शान्ति आदिका भावना मनमा उत्पन्न हुन्छन् । यसरी कवितालाई ,पढ्दा या सुन्दा विविध रसले सजिएको देखिन्छ ।  

सवल पक्ष – मेरो धारणा सहित डा.पूण भण्डारी ''पंकजको भूमिकामा लेखिएको विश्लेषणलाई सापटी लिंदा कविता सङ्ग्रह 'समकालीन नेपाली समाजको दर्पण हो' र ' यो सङ्ग्रहले समाजका विविध पक्षलाई उठाएको छ,  ती विविध पक्षलाई मैले भावसारमा पस्कि सकेको छु  ।यिनको आधारमा यो समसामयिक राजनीति र सामाजिक दस्तावेज हो । 

अन्त्यमा कविताले दिन चाहेको सारतत्त्त्वलाई मैले माथि नै हरेक कविताको पस्किसकेको छु । यस सङ्ग्रहमा लेखिएका कविताहरू वर्तमान समसामयिकतामा आधारित छन् ।कविले समाजमा टेकेर हरेक क्रियाकलापलाई समाएर र तार्किक रूपमा विश्लेषण गरेर कविता लेखेका छन् । यस कविता सङ्ग्रहका धेरै जसो कवितामा भ्रष्टचारका कुराहरू उठाइएका छन् । नेपाल भ्रष्टचारको जालोले जेलिएको छ जस्ले हरेक नेपालीलाई टोकी रहेको छ ।देशले प्रगतिको बाटो समाउन सकेको छैन । नेतृत्व वर्ग नै भ्रष्ट भएपछि त्यसको प्रभाव राष्ट्रसेवकमा पर्छ । जुन देशमा नेतृत्व र राष्ट्रसेवक भ्रष्ट हुन्छन् । सेवाग्रहीले सेवा पाउँदैनन् । जनतामा निराशा पलाएर आउँछ । जनविद्रोहोले स्थान लिन्छ ।देश विकासमा लम्कन सक्दैन । कविले यी भ्रष्टचारका मुद्दालाई प्राथमिकताकासाथ उठाएका छन् । नाङ्गै आएको नाङ्गै  जानेहो त्यसोहुँदा  लोभ मोह भ्रष्टचार किन ? कुकर्मलाई त्यागेर देश विकासमा जुटौं भन्ने सन्देश ठाउँ ठाउँमा अध्ययन गर्न पाइन्छ । मैले कविले लेखेका कवितालाई शब्दशब्द केलाएर अध्ययन गरेको छु । जवाना फेरिएको छ । जमानाको साथ साथै समाजमा पनि परिवर्तन भएको छ । कविले आफ्नो भनाइमा ' हाँस्न विर्सिएको मान्छे केवल भावनात्मक अभिव्यक्तिहरूको सङ्ग्रह होइन यो आजको हाम्रो समाज, समय र चेतनाको प्रतिबिम्ब पनि हो' भनेका छन् । उनको यो अभिव्यक्तिलाई कविताहरूले प्रमाणित गरेका छन् । उनका कवितामा बिम्बको अधिक प्रयोग भएको पाइन्छ । कविताहरू राष्ट्रियता,राष्ट्रप्रेम र मातृभूमिप्रतिको चिन्तनलाई यथार्थ चित्रण गर्न सफल देखिन्छन् । यहाँ विदेशमा कष्टकर जीवन विताइ रहँेका श्रमिक युवा युवतीका पीडा छन् । विज्ञान र राजनीतिलाई पनि कविले परिभाषित गरेका छन् । नेपालको राजनीतिक इतिहासलाई केलाउँदा नेपालको राजनीतिक कहिल्यै  स्थिर हुन सकेन जहिल्यै सत्ताको लागि खिचातानी र कुर्सी बचाउने ध्यानमै रहेका शासकले दीर्घकालिन योजना बनाएर  गास, बास, कपासमा आत्मनिर्भर बनाउन सकेनन् बरु युवाहरू विदेश पलायन भएर खेतीयोग्य जमिन बाँझिन थाले । काँचुलीका कविताहरूमा यी सबै कुराहरूलाई महत्वका साथ उठान मात्र हैन देशलाई कसरी विकास तिर लान सकिन्छ भन्ने सुझाव उदाहरण सहित उठान गरिएका छन् ।   काँचुलीका कवितामा भौतिकवादी चिन्तनमात्र नभएर आध्यात्मिक चिन्तन पनि पाइन्छ । उनका कवितामा निराशाबाट माथि उठेर केही गर्नसकिने आशावादी सन्देश पनि पाइन्छ । उनले प्रकृृतिमात्र सत्य हो भन्दै  प्रकृति र मानव बीचको सम्बन्धलाई दर्शाएका छन् । एकातिर प्रकृति वरदान हो भने अर्कोतिर अभिशाप पनि । कतै जलवायु परिवर्तन र वातावरणीय विनाशको अन्तर सम्बन्ध, कतै जीवन दर्शनका कुरा, कतै युवा स्वयम् सक्षम हुनु पर्छ र हनुमान प्रवृत्तिबाट माथि उठ्नुपर्छ भन्ने धारणा, कत्रै भूकम्प कतै बाढीपीडित बाढी पीडितले समयमा पाउन नसकेको राहतको आदि थुप्रै सन्देश बोकेको छ कृतिले । कविले हाम्रा क्षिमेकीहरूका क्रियाकलाप, सीमा अतिक्रमण सत्ता नै परिवर्तन गरिदिने जस्ता हरकत, उसले हाम्रो अतिक्रमण गरेको भूमि फिर्ता गर्नु पर्छ भन्ने आदि धारणाको साथै विगतका कमी कमजोडीलाई सच्याउन सकियो भने अझै देशलाई कसरी सवल बनाउन सकिन्छ उदाहरण सहित मार्गदर्शन दिएका छन् । 

यस कृतिको भूमिका कार डा.पूर्ण भण्डारी  ''पंकज" ले यसरी निचोड निकालेका  छन् –'यस सङ्ग्रहको मूल निचोड के हो भने ,नेपाली समाज र राजनीति अहिले कठिन मोडमा छ, जहाँ जनतामा निराशा छ तर आशा र सुधारको चाहना अझै बाँकी छ । कविताहरूले एकातिर हाँसो हराएको मान्छेको पीडा चित्रण गर्छन् भने अर्कोतिर चेतना सचेतना र परिवर्तनको आह्वान पनि गर्दछन् । यसरी, यो सङ्ग्रह केवल कविताको पुस्तकमात्र होइन यो हाम्रो समयको राजनीतिक–सामाजिक दस्तावेज पनि हो ।' कविका यी महत्वपूर्ण कविताको प्रशंसा गर्दै, यस्ता गहन कृतिहरूको सिर्जना थपिदै जाओस र भविष्य उज्ज्वलताको साथै विदा चाहान्छु ।

धन्यवाद,

२०८२ साल पुस मैना दश गते,क्रिसमस डे ।