|
युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि सदानन्द "अभागी"
यो गजलसङ्ग्रहका गजलकर र प्रकाशक हुन् युद्धविक्रम शाही। यो गजलसङ्ग्रह भित्र ४२ वटा गजलहरू समावेश गरिएका छन्। गजलकार युद्धविक्रम शाहीको जन्म २०२७साल फाल्गुण १२गते भएको र उहाँको वास्तविक नाम गणेशवहादुर शाही हो। उहाँ बुबा स्व रत्नबहादुर शाही र आमा कुसुमकला शाहीका सुपुत्र हुनुहुन्छ। शिक्षाको हकमा उहाँले वि.ए.(अधुरो) र वि.एड.अध्ययनरत हुनुहन्छ भने हालको बसाइ वीरेन्द्र नगर नगरपालिका , वडा नं.५, चिसापानी, सुर्खेतमा हो। युद्धविक्रम शाही जी एक कवि, गजलकार, समाजसेवी र राजनीतिक कर्मी हुनुहुन्छ। युद्धका प्रकाशित कृतिहरूः– क्रान्तिका स्वरहरू (कवितासङ्ग्रह–२०५२), मेरो बस्तीको कथा (कवितासङ्ग्रह–२०५९), प्रिय म त आकाश बनेको छु (कवितासङ्ग्रह–२०६४), युद्धका गजलहरू (गजलसङ्ग्रह–२०६६)। उहाँका लेख रचनाहरू विभिन्न पत्रपत्रिकामा पढ्न पाउँ छौं भने दार्जिलिङ्ग भ्रमणको यात्रा स्मरण प्रकाशोन्मुख छ। संलग्नताः– युद्धविक्रम शाही धेरै संघसंस्थाहरूमा संलग्न हुनुहुन्छ। हेर्यौं संलग्नतालाई– १. प्रगतिशील लेखक सङ्घ नेपाल शाखा, सुर्खेत (अध्यक्ष), २. भवानी बाल विकास केन्द्र, वी.न. पा.(५, सुर्खेत (संस्थापक अध्यक्ष), ३.अखिल नेपाल जनसांस्कृतिक, महासंघ सुर्खेत (संयोजक) , ४.जनउच्च मा.वी.वी.न. पा.–६,सुर्खेत (व्यवस्थापन समिति, मनोनित सदस्य), ५.ने.रा.प्र.नि.मा.वी, चिसापानी, सुर्खेत (शिक्ष–(अभिभावक सङ्घ, सदस्य), ६. वीरेन्द्र नगर नगरपालिका, सुर्खेत (सर्वदलीय प्रतिनिधि) संरचना र विवेचना युद्धका गजल प्रकाशन लेखक स्वयम्ले सन् २०६६मा गरेको र आकारमा ४२+८=५० पृष्ठको छ। मूल्य व्यक्तिगत रु ४१/– र संस्थागत रु ७५/–राखिएको छ। यो गजलसङ्ग्रह ४२वटा गजलहरूले सुसज्जित गरिएका छन्। गजलका शेर हरू ५ देखि ७ शेरसम्मका छन्। गजमा के छ? र कस्तो छ? यस गजलसङ्ग्रहको नामबाटै प्रष्ट छ कि द्वन्द्वले निम्त्याएको पीडाको साथै हत्याहिंसाको यथार्थ प्रस्तुती छ,। राज्यपक्ष र द्वन्दपक्षको बीचको पीडा छ,, लेखक स्वयम्ले भनेका छन् –'यो गजलको बाढीमा मैले सानो कुवा बनाउने प्रयास गरें प्रगतिशील गजलको।' मलाई अनुरोध गर्न मन जाग्यो शाहीजी किन कुवा खनाउने तपाइंले पनि नदी नै बगाउनु होस्।फेरि उहाँ लेख्नु हुन्छ –'मार्क्सवादी दर्शनमा मायाको शील र सिष्टरूपमा ग्रहण गरिन्छ। अश्लील प्रेमको स्थान रहदैन। तर क्रान्तिमा प्रेम रहदैन म भन्दिनँ लडाइँको अग्रपंक्तिमा वा एसल्ट फर्मेशनमा दुश्मनको किल्ला कब्जा गर्न परिवर्तन प्रतिको उत्कण्ठा, ल73यप्राप्ति प्रतिको प्रतिबद्धता र बर्गीय मायाको उच्चता आवश्यक पर्दछ। तर पनि सिष्ट र शील साहित्यको पक्षमा नै उत्कृष्ट साहित्य पर्दछ। तसर्थ प्रगतिशील गजल लेख्ने यो पहिलो प्रयास हो।' शाही जी तपाइँको प्रयास सफल होस् । प्रगतिशील साहित्य लेखनमा। आजको विश्व नै प्रतिशील बाटोमा छ। तर तपाइँको लेखनलाई लिएर हैन मैले धेरै ठाउाँमा अध्ययन गर्दा के पाएको छु भने, केही प्रगतिशील त को ही यथार्थवादी भन्ने चलन छ। जो जसले साहित्यिक लेख लेख्छ त्यो परिवर्तनको लागि नै लेखिन्छ। साहित्य समाजको दर्पण हो। समाजका विविध पक्षलाई लिएर कुमार्गको त्याग र सुमार्गको अवलम्वन गर्न गराउनको लागि साहित्यकारले कलम चलाएको हुन्छ। जो तपाइँका गजलले बेालेका छन्। युद्ध शब्दको अर्थ नै गहन छ तपाइँको नाम पनि युद्ध र गजल सङ्ग्रह को नाम पनि युद्धका गजलहरू भनेर मैले पढिरहेको छु। यी गजलहरूमा विविधता छन्। तपाइँले भन्नु भएको छ–'सिष्ट र शील साहित्यको पक्षमा नै उत्कृष्ट साहित्य पर्दछ।' यो सत्य हो र प्राय सबै लेखकहरू यही शिष्ट र शीलमा नै आफ्ना रचना सजाउने गर्दछन् र आँफूमा नै रमाउने गर्दछन् तर साहित्यका रसहरूमा श्रृङ्गारिक्ताको महत्वलाई पनि कसैले छाड्न सक्दैन र गहिरिएर पढ्दा तपाइँले पनि छाड्नु भएको छैन। अश्लील श्रृङ्गारको भने सबैमा त्यज्य नै हुनु पर्दछ। यसमा दुई मत छैन। युद्धविक्रमले लेखेका गजलहरू दुईवटा गजल वाहेक सबै गजलहरू २०६५ र २०६६सालमा लेखिएका छन्। २०५६मा लेखिएका गजलको केही शेर पढ्यौं : – छातीभित्र विद्रोहको हलचल हुन्छ त्यही हलचलको यहाँ गजल हुन्छ (पृष्ठ ३) सत्ताधारी सामन्तका खेल कस्ता–कस्ता जनतालाई झुक्याउने जाल झेल जस्ता (पृष्ठ ४०) भद्रबन्दी बाहिर निस्कें जेल नेल खाई विश्वास नै लागेन म बाँचे भन्ने सुन्दा (२०६६/६/२२ पृष्ठ ३७) देशमा द्वन्द्व थियो द्वन्दको कारण जनतामा त्रास थियो तर विद्रोहीको छातीभित्र भने हलचल थियो। यथार्थतामा ओर्लेर यो हलचलको गजलकारले गजल लेख्नु थियो यो वेदनालाई गजलकारले यस गजलसङ्ग्रहमा उतार्नु थियो र उतारेका छन्। सत्ताधारीको सामन्तका खेलहरू सत्ताकसरी टिक्छ भन्ने र जनतालाई झुक्याउने खालका थिए। कति मारिए कति बन्दी भए। गजलकारले त्यतिवेलाका शासकको यथार्थतालाई पनि पस्कने कोशिस गरेका छन्। त्यो समय यस्तो थियो राजा संविधान भन्दा माथी मानिन्थे राजामा कुनै कानुन लाग्दैनथ्यो। गजलकारको संकेत यसप्रकार छ – सधै माथी बस्थ्यो आँफू आनन्दले हेर आज माथिबाट खस्यो कि खसेन आजको सन्दर्भ पनि त कहाँ कम छ र गजलकारको भनाई यस प्रकार छ – सत्ता पाएपछि छोड्न मुश्किल हुने सधैं आँफू बाँचने जनतालाई मराउने बानी उनको सिधान्त र विचारहरू मारेर मर्दैनन्। तर पलपलमा सिधान्त र विचारहरू फेर्नेहरूको बारेमा गजलकारको धारणा यसप्रकार छ – सिधान्त र बिचारहरू फेरिदैनन् पल–पल जसलाई देख्यो उसैलाई मनपराउने बानी उनको जनआन्दोलनको उदेश्य के थियो त? गजलकारले पोखेका धारणा – देश बनाउने राखेर उदेश्यमा खेल्दा खेल्दै बानी पर्यो बारुद र गोलामा पृष्ठ १८ मानव अधिकारप्रति र गजलकारको धारणा पाठ भने क48टस्थ छ मानव अधिकारको तालिम प्राप्त जल्लादका पिन गजबका वृष्ठ२९ राष्ट्रवादी चिन्तनप्रति र गजलकार राष्टिूयतालाई उठाउँदा सत्तो सरापमा परियो क्रान्ति र प्रतिक्रान्तिका ेझ48डै झडपमा परियो पृष्ठ१५ हेर्दा हेर्दै यी आँखाले प्यारो देश नेपालका हामी जनता सबै षडयन्त्र र धरापमा परियो पृष्ठ १५ सीमाअतिक्रमणमा गजलकारको धारणा मेची हेर काली केर सुस्ता पनि हेर सीमा मिचेको छ हाम्रो होइन भन्ने को प्रेम र गजलकार– बास्तवमा गजलकारको प्रेम सम्बन्धी कुरा त माथी नै प्रष्ट पारीएको छ। त्यसो हुँदा यस सम्बन्धमा यहाँ प्रेमको कुरा न उठाए पनि हुने हो तर प्रेम शब्द प्रीतिशब्द केही गजलमा देखिएका छन् र प्रेम एउटा यस्तो चिज हो त्य विलाशिताको मात्र नभएर हरक्षेत्रमा अन्तरआत्माबाटै पलाएर आएको हुन्छ। धृणामा पनि प्रेम लुकेर आफ्नोस्थान लिएको हुन्छ। यहाँ गजलकारले पोखेका प्रेमका अभिव्याक्तिलाई हेर्यौ – जिन्दगीको गीत भए गाए पनि हुन्छ अजम्बरी प्रीत भए लाए पनि हुन्छ पृष्ठ २७ हतारमा लगाएर पिरती फूर्सदमा पछुताउने कुरा गरी साध्य छैन आधुनिक घरबारका पृष्ठ ३२ बोली आफ्नै भाषा आफ्नै परम्परा पनि आफ्नै सबै आाफ्नै सम्झी मैले तिमीसँग प्रीत लाएँ युद्धका गजलहरूमा जनयुद्धमा भोगेका यथार्थता , राज्यसत्तामा विविध समयमा बसेर राज्य संचालनगर्नेहरूले गरेका तथा जनतामा थिचो मिचो गरिएका पक्षहरूलाई गजलकारले राम्रोसँग उठाएका छन् । जनक्रान्तिका बेला भोग्नपरेका यर्थाथता पनि गजलले समेट्ने प्रयास गरेको पाइन्छ। गजलकारले सानो भए पनि एउटा रहरलाग्दो तरिकाले गजललाई प्रेमप्रणयका गाढारङ्गबाट टाढै रहेर विविधताले भर्ने कोशिस गरेका छन्। सफल प्रयासको लागि गजलकारलाई धन्यवाद छ। |
June 15, 2012
युद्धका गजलहरू गजलसङ्ग्रहमा एक दृष्टि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment