सदानन्द जैसी रिजाल
गोत्रलाई नेपाली बृहत् शब्दकोषले "वंशप्रवर्तक ऋषिमुनिहरूका नामबाट पुर्खौली चिनाउने उपनाम " भनि परिभाषित गरेको छ । निश्चय पनि आफ्नो वंशको वंशावली हो भन्न पनि सकिन्छ जस्तो लाग्छ । गोत्रलाई महत्वपूर्ण रूपमा हेरिने गरेको पाइन्छ । सगोत्री भित्र विवाहबारी गर्न हुँदैन भन्ने मान्यता छ । तर कतै कतै सगोत्री भित्र विवाहवारी गरेको पनि पाईन्छ । एउटै थरका दाजु भाइमा छोरीका छोरी बीच विवाह गर्नको लागि सात पुस्ता काटेको हुनुपर्छ भन्ने गरिन्छ ।
परमपरागत हामीले हिन्दु तथा सनातन धर्मलाई मान्दै आएका छम् । हाम्रो यो धर्ममा थरहरू हुन्छन्।् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्।् । हामीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछम् । त्यसैले हामीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित छन् । गोत्र हामीहरूको कुल छुट्याउने एउटा भरपर्दाे आधार हो । एकै जनाबाट जन्मिएको ठानिने हुनाले एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन । हिन्दु समाजमा गोत्र शब्दले एक प्राचिन पुरुषको अविरल वंश परम्परालाई जनाउँछ, जुन माथिबाट तल तिर क्रमशः अटुट रूपमा बढ्दै जान्छ । अर्थात एक पुरूषको छोरा, नाति, पनाति, खनाति हुँदै हजारौं हजार वर्षसम्म चल्ने वंश पद्धति भन्ने बुझाउँछ । यसरी एक व्याक्तिबाट आरम्भ भएको वंश परम्परा अन्तर्गतका सबै सन्ततिहरू त्यही मूख्य पर–बाजेका सन्तान र उनिहरूको उत्पत्तिको परिचयलाई जनाउँन उनै प्राचिन पर–बाजेको नामलाई गोत्र मान्ने गरेको पाइन्छ । हिन्दू समाजमा गोत्र शब्दले एक पुरुषको अनवरत वंश परम्परालाई जनाउँछ । एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्र्को शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैद्विक कालमा ऋषिमुनीहरूले आफ्ना सन्ततीहरूको पहिचानका लागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको देखिन्छ । यसरी थालनी गरेको गोत्रलाई गोत्र पर्वर्तक ऋषिहरूका सन्तानहरूले आफ्नो कुल, वंशको पहिचानको आधार मान्ने गरेको देखिन्छ । यो प्रक्रिया हजारौं वर्षदेखि अनवरत रूपमा चल्दै आइरहेको छ ।
सर्वप्रथम गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि,वशिष्ठ, कस्यप र अत्रि गरी सात जना ऋषिले गोत्रको थालनी गरे र यिनको सिकोमा अगस्त्य मुनीले पनि आफ्नो नामबाट गोत्र चलाए । यो कर्म पछि जाँदै गर्दा गोत्रहरूको संख्या बढ्दै गयो र हाल ४९ गोत्रहरू भएका छन् । यी गोत्रहरूकेही यसप्रकार छन् –कौशिक, बालिसेट्ला, मिथुनाकुल, इनाकला, मरिची, अक्षितला, अङ्गिरस, धनञ्जय, नागेश्वर, पराशर, वशिष्ठ, हरिनामा, शिवाल, विष्णु, गौतमश्य, मिना, भार्गव, हरितष्य, कौडिण्य, कुत्सास, उप्रेती, गर्ग, गङ्गाहर, गङ्गाघर,उपमन्यु,विल्भांगा, मुडिनोला,रोहिल्लास, कामास, पद्माशाली, कुरियानइर, विश्वाम्बराहमिन, मुदालिहार, भिर्ग ,मौद्गल्य वत्स, साण्डिल्य आदि । कतिपय गोत्र जातबाट पनि उत्पत्ति भएका विवरण पाइन्छन् ।
रिजालहरू धनन्जय मुनिका सन्तान हौं भन्दै हामीले आफ्नो परम्परलाई मान्दै आएका छम् । हाम्र सगोत्रीहरू यस प्रकार छन् –धनञ्जय गोत्रभित्र रिजाल, हुमागाँई, मरासिनी, भुसाल, भण्डारी ( भुसाल), बस्याल, बस्नेत, खुलालबुढाथोकी, गुरागाँई, खुलालथापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी, धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् भन्ने विवरण पाइन्छ ।
पर्वत पाङ्बाट हाम्रा पुर्खा हालको शंकरपोखरीमा आएर बसेको हुँदा कतिपय रिजालले रिजाल नलेखि पगाली लेख्ने चलन पनि देखिन्छ । पाँगबाट बसाइ सरेका धेरै जातीहरू भएकोले सबै पगालीको थर रिजाल हुँदैन । पर्वत शंकरपोखरीका रिजालको कुलपूजा अन्यत्रका रिजालजस्तो नभएर वशिष्ठ गोत्रीय भुसाल सँग भुसाललाई मामा मानी रिजाल आपूm भन्जा बनी एकै ठाउँमा पूजा गर्दै आएका छम् । कुल देवी भनेकी विन्द्यावासिनी हुन र तिनकै पूजा गरिने गरिन्छ । पूजा गरिने स्थान श्ंकरपोखरीको पखराचौरमा गरिने चलन छ । यो पूजामा भुसालहरूले रिजाललाई पाठी किन्नको लागि १६ आना दिने चलन छ । हाम्रो कुुल देवताको पूजा गर्दा बली दिने चलन गरिदै आएकोमा आजकल मत बाझिएर कसैले बली दिने गर्दछन् भने कसैले बली निषेध गर्न थालेका छन् । हाल बसाइ सराइले गर्दा शंकरपोखरी नगै ठाउँ ठाउँमा कुलपूजा गरिदै आउन थालिएको र कावासोती लगायतका स्थानका हामी रिजाल र बशिष्ट गोत्रका भुसालले कावासोती साँढमा पूजा गर्र्दै आएका छौं ।
सबै गोत्रीय दाजु भाइहरू एकै ठाउँमा कुलपूजा गर्नु राम्रो हो भनिन्छ । कुलफोर्न हुँदैन भन्ने भनाइ पनि सुन्नमा पाइन्छ । सायद आफ्ना वंशजको लामो इतिहासलाई र स्थानलाई स्थाइत्व दिनका लागि यो भनाई आएको हुन सक्छ ।
मैले यो सानो लेख यहाँ प्रस्तुत गर्न खोज्नुको खास उद्देश्य भनेको धनन्जय गोत्र भित्रका थरहरू के कति रहेछन् भन्ने जानकारी लिनलाई र सबै गोत्रीय थरहरूले के कसरी कुलपूजा आदि गर्दै आएका छन् सो को जानकारी लिनलाई पनि हो । मैले विभिन्न लेख रचनामा भेटाएका थरहरू माथि प्रस्तुत गरेको छु र अरु थप थरहरू भएमा यसलाई परिमार्जन गर्दै जानको लागि सबैमा अनुरोध गर्दछु ।

No comments:
Post a Comment