जेष्ठ नागरिकलाई ज्ञान र अनुभवका खानी हुन भनिन्छ । यिनलाई मुलुकका निधिहुन पनि भनिन्छ । यो कथन सही हो किनकी उनीहरूमा अथाह ज्ञान अनुभवको भण्डार छ । यो ज्ञान र भण्डारलाई हामी सन्ततीहरूले उपयोगमा ल्याउँदै गरेका छौं । हामी इतिहासलाई कोट्याएर हेर्न थालेम् भने हिजोका पुर्खाहरूले गौरवमय इतिहासको सिर्जना गरेका थिए । सोही सिर्जना आजको समाजलाई मार्गदर्शन बन्न गएको छ । मानव समाज जङ्गली अवस्थाबाट विकसित हुँदै विभिन्न प्रविधिको विकास गर्दै धर्म संस्कृतिको निर्माण गर्दै आज हामीलाई अग्रगमनतिर जाने सही मार्गदर्शन दिएका छन् । हिजो हाम्र अग्रजहरूले आर्जन गरेका ज्ञान र सीपका प्रविधिहरूले आजको सभ्य संसारलाई गतिशील बनाएको छ ।
हुन त आजको संसारमा जेष्ठ नागरिकप्रति हेर्ने दृष्टि फरक पर्दै गएको पाइन्छ ।जेष्ठ नागरिकहरू दुव्र्यवहारका सिकार भएको अनुभूति हुन थालेको छ । यी दुव्र्यवहार शारीरिक, मानसिक , आर्थिक, स्वास्थ सम्बन्धित, सामाजिक र यौन शोषण आदि पर्दछन् । घरसम्बन्धि दुव्र्यवहारको मुख्य जड भनेको सम्पत्ति हो । बृद्धहरूको देखभाल गर्नु भन्दा उनीहरूमा भएको सम्त्ति कसरी हात पार्न सकिन्छ भन्ने व्यवहार समाजमा देखिन्छ । यो गलत हो । पैतृक सम्पतिका आधिकारिक उपभोग कर्ता त घरका परिवार नै हुन्छन् ।जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य हुन्छ । त्यसमा पनि घरपरिवारका सदस्यहरूको त दायित्व नै हो ।यो कुरा कानुनले नै तोकेको छ । पालन पोषण नगरेको खण्डमा उजुरी दिन सक्ने व्यवस्था पनि कानुनले गरेको छ ।जेष्ठ नागरिक सम्बन्धि ऐन , २०६३ले जेष्ठ नागरिकले आप्mनो सम्पत्ति आफु खुस गर्न पाउने भनेर तोकेकै छ ।
यी माथिका कुराहरू कानुनी प्राव्धान रहे तर व्यवहारिकतालाई हेर्दा मानिसको जीवनचक्रमा बालक, युवा र बृद्ध अवस्था एउटा चक्र हो । मानिस जन्मन्छ बढछ केही आप्mनो लागि गर्छ केही समाजको लागि गर्छ जे गर्छ सबै छाड्छ र मृत्युवरण गर्छ । उसले गरेका समाज उपयोगी काम नै भावी सन्ततीको लागि मार्गदर्शन बन्छ साथै यसैमा उसको अमरत्व पनि कायम हुन्छ । त्यसो हुँदा बृद्धपा सबैमा आउने चक्र हो । घरका परिवारले आप्mना आमाबाबुमा गर्ने सेवा दयामाय बाबु आमाको लागि मात्र नभएर आप्mनै लागि लगाएको पर्म हो ।यो पर्म बाबु आमबाट असुली गर्ने हैन कि आप्mनै छोराछोरीबाट लिन पर्ने हुन्छ । कसरी भन्न सकिन्छि ? यो छोराछोरीलाई सिकएको पाठ हो । एउटा नैतिकवान छोराले त्यो पर्म सहजै तिर्छ ।
जेष्ठ नागरिक सम्बन्धि ऐन, २०६३को दफा ९ (छुट र सुविधा)को उपदफा (१)मा "सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ सेवा , धार्मिक .तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्क्यक सेवा, सुविधा र सहयोग गर्नु गराउनु सबैको कर्तव्य हुने छ" भनि लेखिएको छ । जेष्ठ नागरिकको लागि सार्वजनिक सवारी साधनमा कम्तिमा दुई सिट आरक्षण र सार्वजनिक सवारी साधनको भाडा दरमा ५०प्रतिशत छुट भनिएको पाइन्छ । जेष्ठ नागरिक बाहेक पनि अपाङ्, महिला आदिका आरक्षणहरू छन् तर यो सुविधालाई सहजरूपमा प्रयोगमा आउन तथा ल्याउन भने दयावान व्यक्तिले दयामायाको रूपमभा छाडिदिएमा सम्बन्धित व्यक्तिहरूले उपयोगमा ल्याउन पाउँछन् नत्रभने भनिएका सिट अरूले नै ओगट्छन् र सिटका अधिकारी उभिन बाध्य हुन्छन् ।यस सम्बन्धमा बसमा कार्यरत व्यक्तिले यो सिट बृद्धहरूको लागि सुरक्षित हो बृद्धहरू आएपछि छाड्नु पर्छ भनेर जानकारी गराएमा यात त्यो सिटमा यात्री बस्दैन यदि बस्यो भने पनि त्यसलाई उठाउन सहज हुन्छ र बृद्धले सहजै सिट प्राप्त गर्द छ । अर्को सबैको ध्यानाकर्षण हुन पर्ने कुरा बस भाडामा बृद्धहरूले छुट पाउनु पर्ने कुरा छ । सवारी भाडामा जेष्ठ नागरिकले तोकिएको भाडामा ५० प्रतिशत छुट पाउने भनिन्छ।यस सम्बन्धमा नगन्य रूपमा कुनै कुनै बसमा सरकारले तोकेको सुविधा अनुसार नदिएता पनि केही रकम छुट दिएको पाइन्छ भनेता पनि भाडा छुट पाउनु भनेको दाँतबाट पसीना आउनु सरह नै हुन आउँछ । यस विषयमा समबन्धित निकायसँग कुराकानी उठाउँदा तथा यात्रीहरूले पनि अधिकारको खोजी गर्दा पनि समस्या समाधान भएको पाइएको छैन । त्यसो हुँदा यस सम्बन्धमा सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुनु अति आवश्यक छ योि समस्याको निराकरण सहजरूपमा होस् भन्ने जेष्ठ नागरिकको चाहना छ । नत्र भने जेष्ठ नागरिकहरू लौरो टेकेर सडकमा उत्रिनु पर्ने अवस्था न आउला भन्न सकिदैन । त्यसो हुँदा समयमै सम्बन्धित निकायहरूले सरकारले दिएका जेष्ठ नागरिकका सहुलियतहरू सहज रूपमा कार्यन्वयन गर्नु गराउनको लागि हायिर्दक अनुरोध गरिन्छ ।
यसरी नै जेष्ठ नागरिकहरूले कुनै पनि कार्यालयमा आफ्नो कामको लागि जाँदा लाइनमा बस्नु पर्दैन भन्ने प्रब्धान हुँदाहुँदै पनि प्रभावकारी रूपमा लागुहुन सकेको पाइँदैन ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा अन्तर्गत भत्ता दिइन्छ।यो भत्ता दिने काम वि.सं. २०५१ सालदेखि थालनी भयो । यो काम प्रशंसायोग्य मानिन्छ । यो भने प्रभावकारी रूपमा कार्यन्ययन भएको पाइन्छ ।क्रमस भत्ता बढाउँदै पनि लगिएको छ , प्रौढहरूलाई भत्ता दिन थालेकोले प्रौढहरूले केही राहतको अनुभूति गर्ने काम त गरे तर प्रौढहरूको जटिल सम्स्यालाई यसले सम्बोधन गर्न भने सक्दो रहेनछ । धनले पूर्ण भए पनि एक्लिएका तथा अपहेलित बृद्धहरूको शारिरिक अशक्ततालाई सहजता ल्याउन भने सक्दो रहेनछ । थलै गुहु थलै मूत्र भमएका असक्त प्रौढहरूको स्याहार सम्हारको साथै औषधी उपचार खानपान आदिमा देखिन आएको जटिलतालाई भत्ता तथा आप्mनै घरमा भएको धनले काम गर्दो रहेनछ । भरखरै जन्मेको एउटा बालक जस्लाई आमाको न्यानो माया ममताविना ऊ बाँच्न सक्दैन त्यसरी नै एउटा बृद्धलाई पनि सोही किसिमको माया ममता, स्याहारको आवश्यक्ता हुँदो रहेछ । त्यसोहुँदा सरकारले यस्ता असत्त, अपहेलित,जिर्ण, अवस्थाका प्रौढहरूलाई पूर्णरूपमा स्वास्थ उपचार सहितको आश्रम बनाएर सरकारले नै रेखदेख गर्नु पर्ने देखिन्छ ।
सरकारले निशुक्ल स्वास्थ्य उपचार र स्वास्थ्य सेवामा छुटको व्यवस्था सम्बन्धमा ७० वर्ष माथिका बृद्धहरूलाई निशुक्ल स्वास्थ विमा मार्फत औषधी उपचारमा गर्ने सुविधा प्रदान गरेको पाइन्छ र ७० वर्ष भन्दा तलका व्यक्तिहरूलाई स्वास्थ विमा गराएर उपचारमा सहयोग गरेको देखिन्छ ।यसमा पनि अस्पतालमा जाँचगरेपछि दवाइ अस्पतालबाट प्राप्त गर्न नसकी बाहिरबाट किन्न पर्ने बाध्यता देखिन्छ । यस्तो अवस्थामा अस्पतालभन्दा बाहिरबाट किनेको दवाईको विल भुक्तानी अस्पतालले दिने सुविधा हुनु् पर्ने आउँछ ।
जेष्ठ नागरिकका समस्या धेरै छन् । जुन कानुनले प्रदान गरेका सुविधाहरू व्यवहारिक रूपमा कार्यन्यनमा आउनु पर्छ र थप समस्याको अध्ययन र समाधानको उपायहरू निकाल्दै जानु पर्दछ । सरकारले दिन भनी तोकेका तथा नियम र निर्देसिकाहरू बनाइएका जे जति प्रावधानहरू छन् ।ती व्यवहारमा उतार्नु पर्दछ भन्ने धारणा सहित विदा चाहन्छु ।
मिति २०७८ साल कर्तिक २९ गते
No comments:
Post a Comment