January 1, 2022

(कथा) अदृश्य बाबुको सदृश्य छोरो


सदानन्द अभागी
"अदृश्य बाबुको सदृश्य छोरो ।"' कुरा सुन्दा अचम्म लाग्न सक्छ । कुनै अनौठो कुरा होइन । कसरी बाबु अदृश्य हुन सक्छ र ? साच्चिकै बाबु अदृश्य हुँदो रहेछ भन्ने कुरा अखबारमा आएका विविध खाले समचारले पुष्टि गर्दो रहेछ ।बच्चा मारेर फालेकाकुरा, आमले नै आत्माहत्या गरेका कुरा, अनैतिक सम्बन्धले गर्दा फलानोले आत्महत्त्या ग¥यो अरे,फलानी र फलनाको प्रेम थियो र प्रेम सफल नहुँदा दुबैले आत्महत्या गरे अरे  आदि आदि समाचार वेला बखत हामिले अखवारमा पढिरेहका हुन्छम् । यी विविध घटनाहरू देनिक जस्तो विविध संचार माध्यमबाट हामीले सुनिरहेका हुन्छम्, पढी रहेका हुन्छम् ।
यी घटनाका कारण केलाउँदा मानव जीवनमा बाँचनको लागि खाना चाँहिंदो रहेछ । मानिसले खान्छ । खाए पछि जिउ रसिलो पोटिलो कसिलो हुँदो रहेछ । त्यसपछि मानिसलाई शारिकि सम्बन्धको खाँचो हुँदो रहेछ । शारिरिक सम्बन्धको भोक लागेपछि मानिस अन्धो हुँदो रहेछ । त्यहाँ कुनै नीति नियम, कानुन, सामाजिक बन्धन, नाता पाता,जातभात, भावी यसको परिणती आदि जे जस्ता सम्स्या आइलाग्ने हुन्छन्  कुनै कुराको मानिसले सोच्न सक्दो रहेनछ ।  जब अन्धो विवेकले सामाजिक नियमलाई तोडेर अनैतिक कामको थालनी गर्छ । नतिजा पनि दुःखदाई हुनु स्वभाविक नै हुँदो रहेछ ।
देशले रोजगार दिन सकेन । हातमुख जोड्नै प¥यो । एउटा राम्रो नराम्रो जे जस्तो भए पनि कपडा लगाउनै प¥यो । घरपरिवार लाई देखभाल गर्नै प¥यो । सृष्टि बचाउनको लागि विवाह पनि गर्नै प¥यो । विवाह पनि सहज छैन । विवाहमा लागेको ऋणको भारी पनि बोक्नै प¥यो आदि आदि कारणले गर्दा बचत बहादुरकी आमाको आधिकारिक श्रीमान विदेशमा जागिर खान जानु भएछ । भरखरै विवाह गरेर अङ्गालो भर्ने वेलामा श्रीमतीलाई छाडेर घरको जग्गा बन्धक राखेर विदेश जानै प¥यो । यो नेपालीहरूको विवसता नै हो भन्न सकिन्छ ।
,घरमा बस्दा सहजता हुने भएन । घरको सबै काम गर्नु प¥यो । पति नभएको घरमा फुक्ली आइमाई किन बस्ने । बचत बहादुरकी आमा माइतमै बस्न थालिछन् । जवानीले कुतकुत्यायो । श्रीमानले माइतमै बसे पनि खर्चपानी पठाउँदै गए । तर श्रीमानको पैसाले उनलाई झनै टेवा दियो । जवानीको भोकले उनलाई कुतकुत्यायो । युवाहरू पछी लाग्न थाले । अन्त्यमा उनको पेट डोलिन थाल्यो । पेट सुकाउने उपायले काम गरेन । पेटको विष बृक्षले साकार रूप लिन बाध्य भयो ।
मानिसको समाजमा आफ्नो इज्जत हुन्छ ।सामाजिक परम्परालाई तोड्यो भने उसको इज्जत जान्छ । इज्जत बचाउन उसले गलत काम गर्न पनि ऊ पछि पर्दैन । समाजमा बचतबहादुरका मावली खानदानमा छोरीमा देखिएको अदृश्य घटनालाई लुकाउन नसके घरको इज्जतमा कालो धब्बा लाग्ने नै भयो । कसरी यो घटनालाई ढाकछोप गरेर इज्जत बचाउने । सम्बन्धित केटासँग छोरी पठाउन पनि सहज नभएकोले कुनै नयाँ उपायको खोजी भयो ।गाउँमा बचतबहादुरकी आमाको पेट डोलिदै गएकोमा खासखुस कुरा नचलेका हैनन् । यो कुरालाई मनन गर्दै बचतबहादुरकी आमालाई जलग्रह लागेको कुरा माइती पक्षले उठाए । जुवाईलाई पनि त्यो समाचार पठाइयो । औषधी उपचार गर्न परेको सन्देशले जुवाइँ पनि निकै चिन्तित भयो । जागिर छाडेर आउने सन्देश आयो । माइती पक्ष निकै अत्तालिएर र तपाइँ आउनु पर्दैन भन्ने सन्देश पठाइयो ।
बचतबहादुरले यो संसार देख्ने दिन आयो । जलग्रह भूइँमा झरेपछि त फेरी अर्को समस्या आउने नै भयो ।यो समस्या पनि सहजै टर्न पायो । दयावती र दयावानका छोरा छोरी थिएनन् । उनले सन्तानको मुख देख्न, ठाउँ ठाउँमा चौतारी चिने , पोखरी खने गणेश पुराण लगाए, गण्डकीमा तोरन तारे  र हरिवंश पुराण लगाएपछि छोराछोरी हुन्छन् भनेर हरिवंशपुराण पनि लगाए । तर भगवानले दयावती र दयावानलाई स्वसन्तान जन्माउने वरदान दिएनन् । दयावतीलाई तिमीले दुखै नगरी सन्तान पाउँछेउ भनि वरदान दिए जस्को फलस्वरूप दयावतीलाई बचतबहादुर छोरोको रूपमा प्राप्त हुने सैभाग्य मिल्यो भने बचतबहादुरले पनि दयावती र दयावानको पुत्र बन्ने सौभाग्य पायो ।
भोली बचतबहादुर कस्तो बन्छ त्यो भने भविष्यलेनै बताउला तर आज दयावतीका काखमा रमाएको छ । नाम थर गोत्र बचतबहादुरले प्राप्त गरिसकेको छ । ऊ अति सुन्दर छ । सबैको अति प्यारो छ ।
भनिन्छ आमा धर्ती हुन् । धर्तीमा जस्तो बीउ छरे पनि उम्रन्छ । धर्तीलाई उपभोग गर्नेले पनि आफ्नो नाममा लालपुर्जा भएको  धर्तीलाई नै प्रयोग गर्न राम्रो हुन्छ ।विष बीउ छर्दै हिडिन्छ भने निश्चय पनि जहाँ अति हुन्छ त्यहाँ खति हुन्छ ।क्षणिक सामाजिक र न्यायिक अदालतबाट मानिस बच्न सक्ला तर ईश्वरीय अदालतबाट भने ऊ कहिल्यै बच्न सक्दैन । त्यो ईश्वरीय अदालत आफ्नै आत्मामा अडिग भएर रहेको हुन्छ । गलत कामले मन मस्ष्किलाइ पीडा दिइराखेको हुन्छ र्। आमा हुनेले पनि आधिकारिकता भन्दा बाहिर गएर बीउको खोजिन्छ भने निश्चय नै जीवन भरिको पश्चतापले सताउँछ । बीउ छर्नेले छरिदियो बीउ ग्रहण गर्नेले पनि विष बीउ ग्रहण गरिदियो भने निश्चय र्नै त्यो घातक बन्छ । त्यही नै सामाजिक अपराध हुन्छ ।
(यो कथा काल्पनिक हो । कसैलाई तोकेर लेखेको हैन )  

No comments:

Post a Comment