आज शुक्रबारको दिन । कावासोती बजार बन्द थियो । तैपनि राम कावासोती पुग्नै पर्ने बानी बसी सकेकोले ऊ एक्लै भए पनि लुरुलुरु हिंडेर फलपूmल चोकतिर जान घरबाट निस्कियो । आज ऊ एक्लै थियो । कुसनरीबाट अगाढी बढ्दै गर्दा उसका मनमा अनेकौं तरङ्ग उठ्छन् ।ऊ उकालो चढ्छ । उकालै चढेपछि दुईओटा चौतारीको नजिक पुगेपछि ऊ दोधार्मा पर्छ । मनमा कुरा खेल्छन् र बस्ने कि अगाडी बढ्ने सोचमा ऊ डुब्छ । केही क्षण बस्नु नै राम्रो भन्ने निष्कर्ष निकाल्छ । दाहिने तर्फको चौतारीमा ऊ बस्न पुग्छ । ऊ बस्नमात्र थालेको थियो पश्चिम दिशाबाट एउटा ठूलो पोथी बँदेल बच्चा सहित रप्mतारमा पूर्वतिर दौडी रहेका थियो । राम निकै डरायो । केहीसमय बसेपछि ऊ त्यहाँबाट अगाडी बढ्छ ।केटाकेटीहरूले फोटो खिच्दै हाँस्दै गरेको देख्छ । उस्ले आप्mनो जवानीलाई स्मरण गर्छ । उसको पालामा न क्यामेरा नै थिए । आजको जस्तो खुलापन पनि थिएन । केटा केटी सँगै भए यो त विग्रिएछ भन्थ्ये
ऊ अझै अघि बढ्छ । त्यहाँ जंगलमा लगेर छोडेका गाइका बाच्छाहरू देख्छ । कुपोषणलेयुक्त ,गाईले बाच्छो नलगाएसम्म दूध नदिने भएपछि बाच्छा पाल्न विवसताका कारणले पालिएका र गाइले दूध दिन छाडेपछि जंगलमा लगेर छोडिएका । खानको लागि घाँसपात भए पनि त्यहाँ तिन्ले पिउनेपानी पानी छैन । पूर्व –पश्चिम राजमार्गको दुबैतिर यस्ता वेवारेसी बाच्छाहरू ऊस्ले थुप्रै भेट्छ । यी निदर्यी मानवहरूले दूध बेचेर पैसा कमाउने लोभका कारणले आप्mनो मानवीय धर्म, कर्म, दया, माया, सबै त्यागेको देख्दा ऊ दुखित बन्छ ।
गाई पाल्ने दूध बेच्ने बाच्छा कसरी मर्छन् भन्ने स्वार्थी प्रवृत्तिमा ऊ सहमत हुन सक्दैन । उसले संविधानमा गाईलाई राष्ट्रिय जानवरको रूपमा उल्लेख गरेको सम्झन्छ । धर्मसापेक्ष हिन्दुराष्ट्रलाई धमैनिरपेक्ष राष्ट्रको रूपमा घोषण गरेको सम्झन्छ । अन्त्यमा ऊ केही क्षण वेवारिसे बाच्छा बन्छ र सोच्न थाल्छ –
"मेरी आमा लक्ष्मी मानिन्छिन् । तिनै आमाको छोरा म आज यो दुर्दशामा बाँचिरहेको छु । धर्मसापेक्ष भएर के नै भएको थियो ? हो त्यसबेला हामीलाई जोत्ने काममा प्रयोग हुन्थ्यो, जोत्नेदिन दयावान मालिकले पेटभरी खुवाउँथ्यो र दिनभरी कुटि कुटि जोत्ने काम गथ्र्यो । आजको जस्तो यो अवस्थामा मर्न पर्दै नथ्यो । आज विकासले तीब्र गति लियो, हाम्रो काम सबै टेक्टरले गर्न थाल्यो । हामी लक्ष्मीका पुत्र भएर पनि एक गास खान पाउने अवस्थामा रहेनौ ।
आज धर्मनिरपेक्ष भएर, हामी बाच्छाहरूलाई के नै हुनेवाला छ र ? अँ एउटा कुरा के भने हमीलाई खानेवाला धर्मका मानिसको संख्या बढ्दै गएको छ । तिनीहरूको संख्याले बहुमत प्राप्तगर्न सक्यो भने हामी अभक्षबाट भक्षमा परिणत हुन सक्छौं । त्यति वेला भने यिनै गाईपालकले पैसाको लोभले हामीलाई राम्रैसँग पाल्ने छन्, मोटाउँछ कसरी भन्ने छन् र कटाइमा बेच्ने छन् । हाम्रो यायु यतिवेला पनि अर्कैको हातमा सुरक्षित हुनेछ । ? "
अन्त्यमा रामु आप्mनो सहीरूपमा आउँछ र भन्छ –"यी पाल्तुपशुको प्रजातन्त्र कहिले आउँछ ?"

No comments:
Post a Comment