एक गाउँमा एउटा धनी मानिसका तीन भाइ छोरा र एउटी छोरी थिए । दिन बित्तै गए बुढाको उमेर ढल्कँदै गयो । रोगले सताउन थाल्यो । धनी बुढो विमार परेकै समयमा
एउटा मध्यम वर्गिय बृद्ध धनको आवश्यक परेर श्रृण माग्न गएछ । सरसापटी गर्दै चलेका दुबै बुढाको जीवनकाल विमारी बुडाले अर्को बुडोलाई नाइभन्न नसकेकर उसका साथमा रहेका ९० हजार रूपयाँ सापटी दिंदै भनेछ– " मित्र तिमीलाई थाहै छ मैले योसम्पत्ति कति दुखले सङ्ग्यालेको थिए । छोराहरूको विवाह पनि उच्च खानदानमा गरिदिए । धनको कमी छैन । भाग्यको खेला भनौंकी मैले दोर्न नसकेर एउटीमात्र छोरी लमीको खेलमा परेर अलिक गरिब केटालाईं दिन पुगें । छोरीको दैनिकी कष्टकर छ । अब म कति बाँचुला र ? यो पैसा छोराहरूले थाहा नपाउने गरी छोरीलाई दिने बिचारमा छु । आजको लागि यो पैसा सापटी लैजानु होस् र म मरेभने पनि यो पैसा छोरीलाई दिइदिनु होला।"
सबैका यो जीवन मरणशील छ । नभन्दै बुढाको आयु सकिए छ । यो संसारबाट ऊ सदाको लागि अस्तायो । छोरी पनि बाबुको अन्त्येष्टिको लागि माइत आइन् । हाम्रो परमपरा अनुसार छोरीले ५ दिन मात्र क्रियाकर्म गरे पुग्ने भएकोले बाबुको साथी पैसा बोकेर साथीको घरमा आयो । यी सबैले क्रियाकर्म गर्न त बसेका छन् । बाबुप्रति कत्तिको पितृभक्ति राख्दा रहेछन् त भनी परीक्षा लिने बिचर उसमा पलायो । छोराहरू र छोरी समेतलाई एकै ठाउँमा बोलाएर भन्यो – "बाबु हो तिम्रा बाबाको र मेरो साथित्व कति गहिरो थियो तिमीहरूलाई थाहै छ । हामी लाखौंको लेनदेन गर्थेम् । न तमसुक लेखिन्थ्यो न कसैलाई साक्षी राखिन्थ्यो । बुबाले यस पटक ९० हजार रुपियाँ म सँगबाट लिनु भएको छ । समय मै भन्नु भएन भनौला भनेर अहिले सबैको सामु यो कुरा राखें । छोराको दायित्व हो कि आप्mना बाबुले कमाएको धन सम्पत्ति तथा लगानीलाई उठाउने र बाबुले ऋण लगाएको भए तिरेर मृत्य बाबुलाई ऋण मुक्त गराउने । यस पटक तिम्रा बाबुले मसँगबाट ९० हजार रुपियाँ सापटी लिएका छन् । यस्ता वेलामा जानकारी दिनमात्र आएको हुम् । कहिले कस्ले दिन्छौं त ?" तीन भाइ छोराहरूले जवाफ दिए – "बाबुले हामीलाई नसोधी लिएको ऋण हामीले तिर्न बाध्य छैनौं । तपाइँलाई थाहै छ यो घरमा पैसाको कमी छैन । एकलाख रुपियाँँ त बाबाको बाकसमा नै दाखिला थियो । उठाउने रकम र तिर्न पर्ने रकमको बहीखाता हामीसँगै छ । तपाइँले दाबी गरेको रकम हामी दाजुभाइले तिर्न बाध्य छैनौं ।हामी तिर्दैनौं ।"
छोरीले नजिकबाट सुनिरहेकी थिइन् । दाजुहरूले पैसा नतिर्ने भए पछि । उनको मन तीतो भयो ।त्यत्रो पैसा तिर्न सक्ने क्षमता पनि थिएन । उनी लामो सास तान्दै बाबुको साथीलाई भनिन्– "अंकल संसार विश्वासमा अडेकोहुन्छ । हजुरहरू दुईको मित्रता लेन देन सबै के कसरी हुन्थ्यो सबैलाई थाहा छ । बाबाले लिएको रकम म सँग त छैन तर म सँग गहना छन् ती गहना लगेर बेचेर हजुरको ऋण के कति असूल हुन्छ लिनुहोस् र बाँकी रकम म हजुरलाई पछि दिन्छु ।"
बाबुको साथीले भन्यो –"धन्य हौ छोरी तिम्रो महान पितृभक्तिप्रति। तिम्रा बाबाले मलाई ९० हजार रुपियाँ तिमीलाई दिनु भनेर सापटी दिएका थिए राख" भन्दै ९० हजार रुपियाँ छोरीलाई दियो । अनि भन्यो– " मैले मायाको तराजु बाबुआमाप्रति छोराछोरीको कति संतुलित छ या बाबु आमालाई माया गर्ने तराजु छोराको भन्दा छोरीको गह्रुङ्गो हुन्छ भन्ने सुनेको थिएँ । मैले परीक्षा लिनु थियो म परीक्षामा सफल भएँ ।"
No comments:
Post a Comment