सदानन्द अभागी
के गनगन गरिरहेकी गुमा ?
के हुन्थ्यो र त्यही पल्लाघरे जेठा र जेठीको झगडाले कत्रो तहल्का मच्चायो ,गाउँले जोडिए, भद्रभलामी जोडिए , एकले अर्कामाथि हिलो छेपाछेप भयो । ....लाई भन्दा हेर्नेलाई लाज भने जस्तै ती दुबै छाडा पनले सबै शर्माए ।समाजलाई झगडा मिलाउन कति गाह्रो भयो । यिनै कुरा मनमा खेलेर गुनगुनाइरेकी हुम् सीता ।
सीता–भन्नत भन्छन् पतिपत्नीको झगडा परालको आगो तर त्यहाँ त त्यत्रो तहल्का मच्चियो, दुबै जनाको तथानाम बोल्दा सबैले जीभ्रो काडे ,दुबै जनालाई मिलाए पनि जीवन सहजसँग जाला जस्तो त लाग्दैन जस्तो देखिन्थ्यो तर समाजको काम हो घर विगार्नु भन्दा घर सपार्नु अर्थात समाजलाई सुमार्गमा हिडाउनु । त्यस दिन कतिले पारपाचुके गराई दिन राम्रो भन्ने प्रस्ताव राखे र कतिले जसरी पनि यो केस यहीं मिलाउन पर्छ भनेका थिए । मेलमिलाप गराउनु बाध्यता पनि थियो । दुबै आवेशमा थिए । गल्ती दुबैको बराबरी थियो । त्यो गल्ती भनेको दुबैले अर्काको कुरा सुन्नु नै थियो । मानिसले अर्काको कुराकाट्न कति सजिलो, तर जेठो भन्दा जेठी निकै आवेसमा थिई । जेठीको त्यो आवेशको आगोमा तिमी होमिएकी थियौ । तिम्रो पनि मेलमिलाप हुनुपर्छ भन्ने नै थियो । अनि अहिले तिमी गुनगुन किन गर्नु प¥यो त ?
गुमा –हामी महिलाले छोटो सोच राख्नु हुँदैन भनेर पल्ला घरे जेठीलाई निकै सम्झाइयो ,आमा भएपछि छोराछोरीको भविष्यलाई हेर्नु पर्छ भनियो । तिम्ले त छोडपत्र लिएर जान्छौ तर ती साना बच्चाको केहाल हुन्छ ? भनियो । तिमी जवान छौ, तिमीले दोस्रो विवाह गर्नुपर्ला , दोस्रो श्रीमानले अर्काका छोराछोरीलाई नपाल्न सक्छ । ल बाबुको साथमा छोडो भने पनि , ऊ राँडो त बस्दैन विवाह गर्छ । नयाँ दुलहीले तिम्रा छोराछोरीलाई हेला गर्न सक्छे । ती दुई बच्चाको के दोष तिन्ले सजाएँ किन भोग्ने ?
हेर जेठी विवाह भनेको दुबैको आवश्यक्ता हो र यो एउटा जीवन बिताउने सम्झौता हो । कोही आगो बन्छ भने कोही पानी बन्दा के विग्रिन्छ । जेठा र जेठी दुबैलाई सम्झाइयो, सहमति जुट्यो र दुबैलाई घरपठाइयो । दुबैको सुमधुर सम्बन्ध कायम छ तर जेठी आज मसँग आगो भएर देखिएकी छ । कारण केहो मलाई थाहा छैन ?
सीता –हाम्रो समाजमा कहीं कतै जमघट भयो कि कसैको कुराकाटीहाल्न पर्ने, अति गोप्य भने पनि, गोपनियता नरहने । ती कुरा एककान दुईकान मैदान भैजाने । यसरी फैलिने क्रममा सही ठाउँमा सही सन्देश नपुग्ने गर्दा सकरात्मक सन्देश पनि पुग्ने ठाउँमा पुग्दा नकरात्मक रूपमा रूपान्तरण भै दिने हुन्छ । हामी महिलालाई त पँधेराको गफ भनेर लान्छना लागेको पाइन्छ । कसैले सकरात्मक सन्देशलाई प्रवाह गर्दा नकरात्मक प्रवाह भए होला त्यसैले जेठी रिसाइ होला । हामीले साखिल्लै भएर कसैका कुरा त गर्छौ आखिरमा मानिसको स्वभाव हो त्यो व्यक्ति हामीसँग भन्दा ऊ सँग नजिक भए पछि सबै गोप्यता भङ्ग हुन्छ । यस्तै हो कसैलाई मित्र र कसैलाई शत्रू ठान्नु भन्दा सजगता अपनाउनु नै राम्रो हो । सबैलाई बराबरी दुरीमा राख्नु पर्छ किनकी कहावत नै छ – 'तेलपानी मिलिगयो काती बाहिर'।

No comments:
Post a Comment