सदानन्द अभागी
प्राथमिक विद्यालय अध्ययन गर्दादेखि लेखन यात्रामा लम्केकी प्रतीक्षा रिजालको भुँडीपुराणबाट प्रकाशन भएको 'रोकिँदै हिडदै' कृति आज मेरो हातमा अध्ययनको लागि प्राप्त भएको छ । सरसर्ती विषय सूचि अध्ययन गर्दा कथा खण्ड (१५ कथाहंरू)नियात्रा खण्ड (६ ओटा नियात्राहरू), समीक्षा खण्ड (१०ओटा समीक्षाहरू), लेख खण्ड(३ ओटा लेखहरू) र कविता खण्ड ( १४ कविताहरूगरी ४८ ओटा सिर्जनाहरू गरी यस कृतिमा ४८ ओटा सिर्जनाहरू समाबेस भएका छन् ।
सिर्जनाकार वरिष्ठ साहित्यकार नवराज रिजालकी सुपुत्री भएको विवरण उहाँको लेखनबाट जानकारी पाइन्छ । प्रतीक्षाको लेखनकार्यको थालनी विद्यार्थी कालबाटै थालनी भएको जानकारी पाइन्छ । उहाँ छ कक्षामा पढ्दा, 'दिउँ शिक्षा छोरीलाई' नामक कविता रेडियो सगरमाथाको नियमित कार्यक्रम लुकामारीमा बाचन भएपछि थालनी भएको थियो र आज उहाँको लेखन कार्य सुचारु रूपले अगाडी बढिरहेको छ । बास्तवमा हुने बिरुवाको चिल्लो पात भने जस्तै लेखन गतिशीतामा प्रतीक्षा रिजाल यो कृतिबाटै बहुविधाकी सिर्जनाकार हुन भन्ने परिचय दर्शिएको छ ।
प्रतीक्षा रिजाल वि.एन.एस अध्ययनरत अन्तिम वर्षकी छात्रा हुनुहुन्छ ।यस्तो कठिन विषयमा अध्ययनरत हुँदाहुँदै पनि प्रथम कृतिमै स्तरीय लेख रचना लेख्नु, र भुडीपुराण जस्तो प्रकाशनले प्रकाशन गर्नुले नै कृतिले गहकिलो संदेश दिएको प्रष्ट हुनआउँछ ।
कृति र कृतिकारप्रति साहित्यकारको धारणा –छायादत्त न्यौपान 'वगर'ले लेख्नुहुन्छ –'यसले जीवन एकनासको छैन अलमलिदै भए पनि हिड्न छाडन हुँदैन भन्ने संकेत गरेको छ । जीवनबाट थाक्न डराउन हुँदैन भन्ने सोच बोकेकी गतिशीलताकी पक्षपाती स्रष्टाले भविष्यप्रति आशावादी र जीवनप्रति सकरात्मक बिचार बोक्नेहरूको प्रतिनिधित्व गरेको अनुभूत हुन्छ ।
कृतिभित्र प्रवेश गर्दा –यस कृतिमा पाँच फरक सिर्जनाहरू समावेश गरिएका छन् । पञ्चशब्द नै अधिकांश पवित्रतताको लागि प्रयोग गरिन्छ । यसो हुँदा यसलाई मैले पञ्चामृतको रूपमा लिएको छु । यी पाँच अमृत मध्ये पहिलो अमृतको रूपमा आएको छ कथा खण्ड । कथा अमृतलाई पान गर्नु नै असल ठाने र यसैमा म घोत्लिन चाहान्छु ।
कथा एउटा घटना क्रमको छोटो गद्यात्मक अभिव्यक्ति हो जो आँफैमा पूर्ण हुन्छ ।यसको मूल्याङ्कन गर्दा कथा बस्तु कस्ता छन्, कस्ता घटनालाई यसमा समावेश गरिएका छन् । पात्र चयन, संवाद, के सन्देश दिन खोजेको छ, भाषशैली, आदिको आधारमा जान सके राम्रो हुन्छ ।
प्रतीक्षाको यस कृतिमा समावेश गरिएका कथाहरू लघुआकारका छन् । एउटा कथालाई निकै ध्यान दिएर अध्ययन ग¥यो भने करिब ५ मिनट लाग्छ । समसामयिक विषय, समाजमा घटेका वा घट्न सक्ने घटनाक्रम, यथार्थ प्रस्तुति, कृयाशील पात्र,मिश्रित संवाद,उदेश्यमूलक सन्देश, कृतिको एक कथा अध्ययन गर्दा अर्को कथाको अध्ययन कस्तो होला भन्ने कौतुहल्ता जगाई राख्ने ,सरल र सहज शैलीको लेखाई र प्रस्तुति, उखान टुक्काको याथास्थानमा प्रयोग भएको देखिन्छ ।
कथासार–यसकृतिमा समावेश गरिएका कृतिको सार यस प्रकार छ –
पछुतो –मानिसले गल्ति गर्छ अनि सजाएको भागी हुँदा पछि पछुताउँछ । समाजमा आमा मर्नु, बाबुले अर्को विवाह गर्नु । सौताने छोराछोरीलाई सौताने आमाले हेला गर्नु, घर छाड्नु उचित संरक्षण नपाउनु अनि कुलतमा लाग्नु जेल जानु जेल गए पछि पछुताउनु सन्देश बोकेको यस कथामा बालशोषणका कुरालाई पनि समेटिएको छ ।
दुःखपछिको खुसी – बाबुको मृत्यु आमा जेल जानु, विकास र विनिता जीवन धान्न गाउँका मानिसकोमा काम र अध्ययन दुबै गर्नेगरी काम लगाइएकोमा कष्टकर जीवन विताउनु परेको अवस्थामा मालिकका साथीको आगमन उनीहरूलाई साथमा लाने आग्रह अनि त्यो घर छाडेपछि पढ्न पाएको र दुःखबाट मुक्ति भएको धारणा आएको छ ।यस कथाले पनि बालश्रममा बालकको श्रमशोषणको सन्देशको साथै संस्थाले बालअधिकारलाई संरक्षण गर्दै बालबालिकाको उद्धारको सन्देश पनि यहाँ आएको छ ।।
सतर्क नहुँदा –रियाको विवाहको लागि सामान किनिएका, रिया घर सजावटमा लागेकी, बाबु जागिरमा अपरिचित घरमा आउनु,विवाहको लागि सामान छ भन्दै घरभित्र पस्ने आग्रहगर्नु , घरभित्र पसेपछि प्रसादको रूपमा केही नशालुपदार्थ खानदिनु वेहोस पारेर अमूल्य गहनाआदि लिएर जानु । । यस कथाले अपरिचित व्यक्तिले दिएको खाना खान नहुने र विश्वास गर्न नहुने सन्देश दिएको छ ।
सहयोगी पूmलमाया – पूmलमाया मामा घरबाट घर आउँदा खलासीले एउटा बृद्धाले भाडा तिर्न नसकेको र गाडीबाट झारिदिने अवस्थामा पूmलमायाले मामामाइजूले दिएको पैसाबाट भाडातिरेको र छोराबाट अपहेलित ती बृद्धालाई घरमालगी राखेको । अर्काको सहयोग गर्नुपर्छ र आपूmले सहयोग पाइन्छ साथै अर्कालाई घृणा र शोषण गर्न हुँदैन भन्ने सन्देश बोकेको छ कथाले ।
खालासी भाइ– बाबु आमाको करूणा र मायाबाट बञ्चित भएर कलिलो उमेरमै खलासीको जीवन विताउनको लागि बाध्य भएको दुःखद धारणा आएको छ कथामा । गरिबीको कारणले बाबा आमाले छोराछोरीप्रति दिनप्रने माया र ममताको बाध्यकारी अभाव, ड्राइभरले खलासीप्रति गर्ने दुव्र्यवहारको सन्देश प्राप्त भएको छ ।
यमुनाको भविष्य –एउटा नाङ्ले पसेल्नीकी छोरीको भोकको क्रन्दन, आमाले भोग्न परेको घामपानी, धुलो धुवाँ,विमार पर्दा र हातमुख जोड्न पैसाको अभाव,गरिबीको कारणले सबैको हेला आदिको अवस्थामा छोरी यमुनाको भावि जीवन कता जाला भन्ने धारणा आएको छ कथामा ।
दिदीभाइ–बाटोमा माग्नेलाई देखेर भाइले यसबारे दिदीसँग कुराको सोधनी , गर्दा माग्ने भएकोले बाटोमा माग्न बसेको कुरा भाइलाई भन्दा भाइले पैसा दिने कुरा गर्दा बाबुले आजकल माग्न लगायर पेसा सञ्चालन गरिएको हुन्छन् त्यसो हुँदा दानदिंदा पनि जानेर बुझेर दिनु पर्छ भन्ने धारणा आएको छ कथामा ।
सपना – यसकथाले धेरै घटनालाई उठान गरेको छ । महिलाप्रति हेर्ने मानिसको हेय दृष्टिकोण, बाबुआमाले छोरीलाई पढाएर सहयोगको अपेक्ष राख्नु,गाउँबाट सहर पुगेपछि अगतिलोसङ्गतिले गर्दा लिएको लक्ष हाँसिल नहुने,फोन र सामाजिक सञ्जालको दुरुपयोग,शरीरको अर्धनग्न अवस्था, हैसियतको ख्याल गर्नु पर्ने,बाबु आमाले सहरमा पढाइमा पठाएका छोराछोरीको निग्रानी गर्न कमी,आदि। छोरीले पनि आफ्नो लक्षतिर नलागेर कुमार्गको अवलम्वन गरी विवाहगर्दा बाबुआमाको सपना पुरा हुन नसकेको धारणा आएको छ कथामा ।
अभिलाषा – यस कथामा गरिबीले अँठिएको परिवार क्यान्सर रोगसँग लडेर जितेर बाँच्नु भनेको पक्कै नै कठिन काम हो । तर गरिबीले सताए पनि सोहनका आमा,बाबुले भने सोहनलाई बचाउन हिम्मत हारेका छैनन् र निको पारेर घरलाने अठोट बोकेर अस्पतालमा उपचार गराइरहेका छन् ।सोहनले पनि घर गएर साथीसँग खेल्ने पढ्ने धारणा राखिरहेको छ ।
पश्चताप–यस कथामा पूmटवलको खेल हारेको विषयमा तीन जना साथी सँग विवाद चल्छ सबै विवादमा आवेगमा आउँछन् र साथी माथि आक्रमण हुन थाल्छ । रमेशको टाउकोबाट रगत आउँछ । टाउकोबाट रगत बग्न थालेपछि उसका साथी नारायण र उमेश घरतिर भाग्छन् । रमेश वेहोस हुन्छ । बाबुले आएर उपचारको लागि अस्पताल लान्छन् । रमेशले आपूm झगडामा लागेकाले यस्तो घटना घटेको भनी पश्चताप गर्छ । नराम्रो कामको नतिजा पनि नराम्रै हुन्छ । कसैले कसैलाई दोष थोवार्नु राम्रो हैन र आफ्नो गल्तीलाई पनि स्वीकार्नु पर्छ भन्ने सन्देश बोकेको यस कथामा अस्पतालको अवस्था, एम्बुलेन्सको कमी यातायातको कमीको कारणले उपचार गराउन ढिलाई जस्ता कारणालाई पनि समेटेको छ ।
अपरिचित –यस कथामा राती झगडा भएको स्थानमा अपरिचित महिलालाई पिटिएको र टाउकोमा गहिरो चोट लागेको कलेजका विद्यार्थीले घाइतेलाई अस्पताल पु¥याइदिएको, सोधनीगर्दा विद्यार्थीले उनीहरूलाई केही थाहा नभएको बताएका र पुलिसलाई साक्षी राखी उनको शरीरलाई जाँच गर्दा एउटा भिजेको कागज भेटिएको त्यही कागजबाट परिचय खुल्छ कि भन्नेमा सबै लागेको धारणा आएको छ । असक्तलाई सबैलेसहयोग गर्नुपर्छ भन्ने संदेश बोकेको छ कथाले ।
विश्वास– यस कथामा मागीि विवाह, प्रेम विवाह,अन्तरजातीय विवाहमा देखिने सहजता र असहजता दर्शाइएको छ । काम पाउन असहजता,सक्षम भए पनि कसैको अनुकम्पा पाएमात्र कामपाइने , आत्म बल बलियो भएमा कसैसँग डराउन नपर्ने,जस्ता धारणा सहित एउटी दृढ विश्वासको साथमा अगाडी बढेकी मानुसिको सफल यात्राको कथा हो यो ।
सम्बन्ध –भुन्टे, पुड्के, र च्यान्टे फरक फरक आमाका कोखबाट जन्मेका तर बाबु भने एउटै थिए । एस.एलसीसम्म अध्ययन गरेपछि कामको खोजीमा लाग्नु काम नपाउनु, । च्यान्टे पढ्दै दाजुहरूलाई काममा सघाउनु र दाजुहरूले बाबुको सल्लाह अनुसार खेतीपातीको काम गर्नु, विवाह हुनु , बुहारीहरू पहिला मिलेपनि पछि झगडा गर्न थाल्नु, तर लोग्नेहरूले सुन्दै नसुनेपछि कसैको केही लागेन, दाजुभाइ बीचमा आत्मियता बढ्दै गयो । देउरानी जेठानी बीचको कलहबाट घर भाँडिनु आजको तडकारो समस्यालाई कथाले प्रष्ट पारेको छ ।
निकाव –मीरा बनजारा महमद अली नामकी महिला त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ओर्लनु,। उनले एउटी नानीलाई जवानी सबै लुटिएपछि माइतीको शरणमा आएको धारणा राख्नु, । ती नानी(एउटी नर्श ) उनको बारेमा सोधनी गर्न ललाइत थिइन् । बनजाराले एक जना मुस्लिम व्यपारी सँग प्रेम विवाह गरेको,बौद्ध संस्कारको मानिस मुस्लिम संस्कारमा रहनसहन, सबै कुरामा मेल नखाएको कुवेत गएर आएको, बाउ बिमारी भएकोले बाबुलाई भेट्न आएकी र माइतीमा पनि त्यति राम्रो सम्बन्ध नरहेको, छोरीको विवाह भैसकेको, छोरा पनि ठूला भएर निस्किएका आदि कुरा कानी गर्दागर्दै,पछी कुरा गर्ने सर्तमा फोन नम्बर दिएर गएकी बनजराको फोन कहिल्यै नलागेको भन्दै कथा समाप्त हुन्छ ।
परीक्षा फारम– सबल बिँडारीले पानीको व्यपार गर्न गाडीमा छि¥यो ।पानी विक्री भएन,परिक्षाको फारम भर्ने दिनसम्म यस्तै भएमा फारम कसरी भर्ने भन्दै हरेक गाडीमा चढेर पानी किनीदिने आग्रह गथ्र्यो कहिले बिक्री हुन्थ्यो कहिलै हुँदैनथ्यो । नेपाल बन्दको लागि बाटोमा नारा लगाउँदै गरेको स्थानमा धेरै पानीका बोत्तल विक्री होलान भनेर लिएर हुलमा पस्यो र आन्दोलनकारीले उसको पानी खाइदिए । पैसा कसैले तिरेनन् । परीक्षा अर्को वर्ष दिउँला भन्दै नारा जुलुसमा भागलिने स्थायी काम भेटेको मा ऊ मख्ख थियो भन्दै कथा समाप्त हुन्छ ।
यस कथाका पञ्चामृत मध्ये कथा अमृतको भावसार मथि पस्कने प्रयास गरेको छु । कथालाई प्रभावकारी बनाउनको लागि पात्रहरूको चयन पनि महत्व पूर्ण हुन्छ । यस कथामा कथाकारले सक्रिय पात्रहरू चयन गरेको देखिन्छ । सबै पात्रहरूले आफ्नो भूमिकालाई राम्रोसँग निभाएका छन् । कथामा अनावश्यक पात्रको नाम भर्ने गरेको पाइँदैन ।त्यसो हुँदा कथाहरू सहजरूपमा अगाडी बढेको देखिन्छ । अधिकाम्स पात्रहरू गरिबीले सत्तिएका, बाबु आमा मरेका तथा आमा मरेपछि बाबुले विवाह गरेर सौताने छोराछोरीलाई कष्ट दिएका, प्रेम विवाहबाट सन्तोष प्राप्त गर्न नसकेको, धनीबाट शोषित आदि पात्रहरूको बाहुल्यता देखिन्छ । संक्षेपमा भन्दा यी कथाहरू गरिबीको दर्पण हो भन्न सकिन्छ ।
परिवेश–ग्रामिण परिवेशमा लेखिएका कथा भए पनि राष्ट्रिय र अन्तराष्ट्रिय परिवेशलाई कथाले समेटेको छ । नेपालका विविध जिल्लाहरू जस्तै कन्चनपुर उदयपुर,काठमाडौ आदि, अन्तराष्ट्रिय परिवेशका कुराहरूमा कुवेत ,कतार मलेशिया आदि पर्दछन् । परिवेशमा कथाकारले सम्बन्धित क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई पनि समावेश गरेकी छन् ।
भाषाशैली र प्रस्तुती – भाषा सरल छ । सबैले सहज रूपमा बुभ्mन सकिने पढ्न सकिने तरिकाले लेखिएको छ । यथास्थानमा उखानको .(जस्तै चाँँहिदाको भाँडो नचाँहिदाको ठाँडो, वैंशमा त स्याल पनि घोर्ले हुन्छ आदिको) प्रयोग गरिएको छ ।
शीर्षकीकरण – कृतिको नामाकरण गरेकोमा कुनै लेख कविता आदि देखिदैन । शीर्षक 'रोकिँदै हिड्दै' राखिएको छ । सहज रूपमा हेर्दा शीर्षक बहुआयमिक (बहुअर्थ, लाग्ने खालको ) छ। देशको विकासकर्म, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ,आदि सबैको गतिशीलता 'रोकिँदै हिड्दै' जस्तो छ भन्दा अन्य अर्थ लाग्दैन । प्राणीजगतलाई केलाएर हे¥यो भने पनि गतिशीलता एकनासको छैन तर गतिशील जीवन बनाउनु पर्छ भन्ने सन्देश पनि यस कृतिका लेख रचनाले प्रष्ट्याएका छन् । निचोडमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
निष्कर्ष – यस कृतिमा पाँच खण्ड भएकोले मैले कृतिलाई पञ्चामृतको रूपमा लिएको कुरा माथि नै उल्लेख गरिसकेको छु ।यहाँ मैले कथा अमृतलाई पान गरेको हुँदा सम्पूर्ण कृति नभएर कथाको निष्कर्षमा जान चाहान्छु । कथा लघुआकारका छन् । शिक्षाप्रद छन् । कथाले गरिबीले अँठिएका समाजको प्रतिनिधित्व गरेका छन् । त्यसो हुँदा कथा पठनयोग्य छन् र ग्रहणीय छन् । यति भन्दा भन्दै पनि यसमा केही कमी कमजोडी छँदैछैनन् त भन्ने प्रश्न उठ्न सक्छ । अवश्य पूर्ण कोही पनि हुँदैन तर पूर्णतातिर अग्रसर हुन भने अवस्य सकिन्छ । प्रथम कृति भए पनि प्रतीक्षाको यो कृति सुन्दररूपमा प्रस्तुत भएको छ । नेपाली साहित्यका विविध लेख रचनामा एउटा सुन्दर कृतिले स्थान लिएको हुँदा भावी जीवनको लेखनमा निरन्तरतातिर लम्कनु हुनेछ भन्ने शुभकामना सहित विदा हुन चाहान्छु ।
धन्यवाद
मिति २०७९ भाद्र२६, कावासोती

No comments:
Post a Comment