सदानन्द अभागी
प्रतीक्षा रिजालका कथा खण्ड (१५ कथाहंरू)को संक्षिप्त समीक्षा मैले गरिसकेको छु । अब म नियात्रा खण्ड (६ ओटा नियात्राहरू),मा पदार्पण गर्दै छु । यी नियात्राहरू के उदेश्य लिएर गरिएका थिए र यसबाट के उपलब्धी भयो भन्नेमा म केन्द्रित हुन चाहान्छु । प्रतीक्षाको यस कृति पढ्दा उनको हात सबै विषयमा सफलताको साथमा अगाडी बडेको छ । विविधताले सजिएका यी नियात्रा खण्ड पनि धेरै लामा छैनन् । छोटा भए पनि मीठा छन् । त्यसो हुँदा नियात्रा खण्डको छोटो सार भाव यहाँ म प्रस्तुत गर्न गै रहेको छु ।
आहा त्यो यात्रा–त्यो यात्रा विद्यार्थीहरूको शैक्षिक भ्रमण हो । मिति २०६८ सालको मङ्सिर २३ गते काठमाडौबाट चितवनको लागि यात्रा थालनी गरिन्छ, मलेखुमा खाना खानु, नदीकिनारमा फोटो खिच्नु र चितवन पुग्नु, बाटोमा दास ढुङ्गाको अवलोकन, चितवन सौरहामा हात्ती चढ्नु संग्राहलय र सास्कृतिक नाचको अवलोकन गर्नुको साथै साथीहरूसँग नाचगान र वार्तालाप सहित आनन्द मनाउनु । दोस्रो दिन लुम्बिनी प्रस्थान,। लुम्बिनी पुगेपछि अशोकस्तम्भ, मायादेवीको मन्दिर अवलोकन, बुद्धको जन्मघरको अवशेष अवलोकन, सङ्ग्राहलयको र त्यमा राखिएका विविध चिजको अवलोकन, बुद्धका पालामा प्रयोगमा ल्याइएका सिक्का, बुद्धका मूर्तिहरू, दिव्य उपदेश र बुद्धका पाइलाहरू आदिको अवलोकन सुनौली बोर्डरको अवलोकन गर्नु र सो रात त्यही बस्नु ।
सम्झनाको त्यो दिन शीर्षक दिएर २०६८ मङ्सिर २५ गते लुम्बिनीबाट पाल्पातिर लाग्नु सिद्धबाराही दर्शन, सबैभन्दा ठूलो करुवाको मूर्ति, ढाका पसल, अम्मरसिंह थापाले बनाएको पृथ्वीस्तम्भ, पाल्पादरबार , गणेशविनायक ,आदिको अवलोकन गरेर पोखरातिर लाग्नु । पोखराको सुन्दर नगरीमा पाताले छाँगा, गुप्तेश्वर गुफा, विन्ध्यावासिनी मन्दिर अवलोकन एवम् दर्शन । त्यसपछि फेवातालमा डुङ्गा चलाउनु, बाराही मन्दिर, चमेरेगुफा महेन्द्रगुफा, माछापुछ«े हिमाल,सेती नदीको खोच, अन्तराष्ट्रिय संग्राहलय, घाँसीकुवा,मस्र्याङ्दी जलविधुत आयोजना, आदि अवलोकन गर्दै काठमाण्डौ फर्कनु आदिको वर्णन यस यात्रामा आएको छ ।
बुद्ध र लुम्बिनी –यस शीर्षकमा २४ गतेको लुम्बिनीमा वर्णन नगरिएका केही थप विवरणहरू आएका छन् । लुम्बिनी बुद्ध जन्मेको ठाउँ, लुम्बिनीको नामबाट एउटा अञ्चलको नामाकरण, लुम्बिनीलाई विश्वसम्पदासूचीमा सूूचीकृत गरिएको र यो बौद्धधर्माबलम्वीको धार्मिक स्थल रहेको अविछिन्न शान्तिदीप जलिरहने एक शान्त सुन्दर स्थान जसको कारणले गर्दा नेपाललाई विश्वमा चिनाउन सकिने भएकोले यसको सम्रक्षण गर्नु हाम्रो कर्तव्य हो भन्ने विवरण आएको छ ।
नारायणहिटी दरबार सङ्ग्राहलय –यस कृतिको एउटा महत्वपूर्ण नियात्रा हो । नारायणहिटी दरबारमा गणतन्त्र आउनु भन्दा पहिला राजमहलका रूपमा थियो र राजाले यहीबाट राजकाज चलाउँथे । गणतन्त्रपछि भने यसलाई सङ्ग्राहलयको रूपमा परिणत गरियो । वि.सं.२०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणको लागि अवलोकन गर्ने कामको थालनी भयो । यस नियात्रामा नियात्राकारले दुई तोप,देखिने, नारायणमन्दिर, नारायणहिटी दरबारको नामाकरण नारायण र हिटी (मन्दिर नजिकै रहेको धाराको नामबाट नारायणहिटी) रहेको भन्ने जानकारी पाउनु,। नेपाल भाषामा धारालाई हिटी भनिने र नारायण र हिटीको संयुक्तरूप नै नारायणहिटी भएको कुरा प्रतीक्षाको लेखनले दर्शाउँछ । दरबारमा धेरै कक्षहरू रहेका, यिनको नाम देशका जिल्लाहरूको नामबाट राखिएकोे, मुख्य प्रवेशद्वार देशका हिमालहरूको नामबाट राखिएको ,५६ कक्षहरू प्रदर्शनीको लागि खुला गरिएका, गौरीशंकर मुख्य प्रवेशद्वारलाई विभिन्न,प्रकृति र प्रतीकात्मकचिन्ह तथा सुन्दर फूलबुट्टाहरूले सजिएको, हरेक कक्षलाई विभिन्न उद्देश्यमा प्रयोग गरिएको विवरणहरू, यहाँ आएका छन् ।
दुखद, महत्वपूर्ण ऐतिहासिक अविस्मरणीय २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको भवन भने हटाइएको जानकारी यस नियात्राबाट थाहा पाइन्छ ।प्रतीक्षाले यस नियात्रामा नारायणहिटी दरबारको हरेक कक्ष लगायत त्यहाँको दुर्लभ पूmलको बोट बिरुवाहरू तथा वगैंचाको विवरण प्रस्तुत गर्नु भएको छ । उहाँले लेख्नु हुन्छ – 'नारायणहिटी दरबार सङ्ग्राहलय असाध्यै राम्रो छ । यसले हामीलाई इतिहास र वर्तमानको बोध गराउँछ । ' प्रतीक्षाले सबै कक्ष खोलिनु पर्ने ,प्रचारप्रसार गरेर आन्तरिक र विदेशी पर्यटकको सं)ख्यामा बृद्धि गर्ने र अर्थतन्त्र बलियो बनाउँदा विकासको कामले तिब्रता लिने जस्ता सुझाव यहाँ दिएकी छन् ।
मनकामनामा हामी –मिति २०७२ चैत्र १३ गते प्रतीक्षा, प्रतिक्षाका भाइ बाबाआमा लगायत चारजना मनकामना दर्शको लागि गइन्छ र दर्शन गरिन्छ । यस विषयमा नियात्राकारले यस क्षेत्रको धार्मिक, आर्थिक सामाजिक सांस्कृतिक, प्राकृतिक, विविधतालाई दर्शाउने प्रयास पनि गरेकी छन् । सर्ब प्रथमत २०७२ सालको भूकम्पले पु¥याएको मानवीय भौतिक, आर्थिक विविध क्षतीलाई उठान गर्र्दै प्रष्ट्याउने प्रयास गर्नुभएको छ र क्षतीलाई पुनर्निमाणमा भएको सुस्तता, मन्दिर परिसरमा घुँइचो, बली प्रथामा नियात्राकारको सहमती नदेखिनु, परेवा उडाउनु र बोका छाड्नु राम्रो काम तर तिनै बोका, परेवा कसैले लगेर काट्ने काम नराम्रो,मनकामना मन्दिरको राम्रो व्यवस्थापन गरेमा आन्तरिक र वाह्यपर्यटकको घुँइचो लाग्ने सम्भावना,जिम्मेवार मानिसको सकृयताको आवश्यकताका धारणाहरू आएका छन् ।
भिन्न शैलीको जमाचो गुम्बा– शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ जमाचो गुम्बा ।मोटरबाटो बाट करिव ४.३७१ किलो मिटर हिड्न पर्ने , प्रवेश स्थानमै आफुले लगेका सामन लेखाएर जान पर्ने, फोहोर फाल्न, होहल्ला गर्न, हर्न बजाउन गीत गाउन, रेडियो बजाउन, नपाइने सूचना बोर्डमा लेखेर राखेको देखिन्छ । यस राष्ट्रिय निकुञ्जमा २२ प्रजातीका भन्दा बढ्ता स्तनधारी, ३११ प्रजातीका पंक्षी, जस्मा ११७ प्रजाती बसाइँ सरेर आउने गरेका यहाँ देख्न पाइने, यो गुम्बनबाट काठमाणै सबै हेर्न सकिने , ५ बजेभित्र फर्किसक्नु पर्नेे, आदिको साथै यहाँको प्राकृति सुन्दरतालाई नियात्राकारले प्रष्ट पार्दै भन्छिन् –"प्रकृतिले नेपाल आमाको पोल्टोमा मुरीका मुरी सौन्दर्यता हाली दिएको छ भन्दा पनि फरक नपर्ला ती सौन्दर्यता संरक्षण गर्न हामी आँफै अघि सर्नु पर्छ । तर अहिलेसम्म हामी अर्काको भरमा बाँचिरहेका छौं । त्यसैले त केही गर्न सकिरहेका छैनौं ।"
बास्तवमा प्राकृतिक सौन्दर्यको स्वर्णिम देश हो नेपाल । हामीले माल त पायौं तर चालपाउन नसकेर खुम्चिएको र गरिब, वेरोजगारीमात्र भएका हौं ।
नियात्राहरू सबै शैक्षिक अध्ययनमा लेखिएका छन् र छोटा छन् तर सन्देश मुलक छन् । नियात्रामा नियात्राकारले महत्वपूर्ण सन्देशलाई प्रष्ट्याउन कोशिस गरिएको देखिन्छ ,। प्राकृतिक सौन्दयर्तालाई टपक्क टिपेर लपक्कै टाँसेजस्तो देखिन्छ । प्रयटनपक्षलाई पनि विशेष जोड दिएको छ, जो नेपालले विदेशी मुद्रा कमाउने मुख्य श्रोत हो र देश चौतर्फी विकासको लागि आवश्यक पर्छ ।
नियात्रा छोटोरूपमा आएका छन् । पढ्नमा सहज देखिन्छन् । ज्ञानवर्धक छन् र सन्देश मुलक पनि छन् । लेखन र प्रस्तुत शैली पनि रहर लाग्दो छ । हरेक नियात्रा लेखनमा त्यस ठाउँको समाजिक, आर्थिक, शैक्षिक, धार्मिक, प्राकृति सौन्दर्यता, आदिलाई सूक्ष्मरूपमा प्रष्टयाउँन सकेमा अझै सुनमा सुगन्ध थपिन जान्छ । यी चिजमा नियात्राकार केहीहद्सम्म नजिक पुगेको देखिन्छ । पर्यटन र त्यसवाट हुने आर्थिक सवलताका कुराहरू भने नियात्राकारले उच्चाइका साथ उठाएकी छन् । यो नियात्राको सकरात्मक पक्ष हो । बहुमुखी लेखनमा प्रयासरत प्रतिक्षा लेखनलाई निरन्तरता दिँदै गएमा लेखनभविष्य उज्ज्वल छ र भावी लेखन सफलताको लागि कामना गर्दै विदा चाहान्छु ।
धन्यवाद
२०७९ साल भदौ ३० गते

No comments:
Post a Comment