October 2, 2022

रोकिँदै हिड्दै गर्दै प्रतीक्षा रिजाल

सदानन्द अभागी
प्राथमिक  विद्यालय अध्ययन गर्दादेखि लेखन यात्रामा लम्केकी प्रतीक्षा रिजालको भुँडीपुराणबाट प्रकाशन भएको 'रोकिँदै हिडदै' कृति आज मेरो हातमा अध्ययनको लागि प्राप्त भएको छ । सरसर्ती  विषय सूचि अध्ययन गर्दा कथा खण्ड (१५ कथाहंरू), नियात्रा खण्ड (६ ओटा नियात्राहरू), समीक्षा खण्ड (१०ओटा समीक्षाहरू), लेख खण्ड(३ ओटा लेखहरू) र कविता खण्ड ( १४ कविताहरूगरी ४८ ओटा सिर्जनाहरू यस कृतिमा समाबेस गरिुउका छन् ।
सिर्जनाकार वरिष्ठ साहित्यकार नवराज रिजालकी सुपुत्री भएको विवरण उहाँको लेखनबाट जानकारी पाइन्छ । प्रतीक्षाको लेखनकार्यको विद्यार्थी कालबाटै थालनी भएको जानकारी पाइन्छ । उहाँ छ कक्षामा पढ्दा, 'दिउँ शिक्षा छोरीलाई' नामक कविता रेडियो सगरमाथाको नियमित कार्यक्रम लुकामारीमा बाचन भएपछि थालनी भएको थियो र आज उहाँको लेखन कार्य सुचारु रूपले अगाडी बढिरहेको छ । बास्तवमा हुने बिरुवाको चिल्लो पात भने जस्तै लेखन गतिशीतामा प्रतीक्षा रिजाल यो कृतिबाटै बहुविधाकी  सिर्जनाकार हुन भन्ने परिचय दर्शिएको छ ।
प्रतीक्षा रिजाल वि.एन.एस अध्ययनरत अन्तिम वर्षकी छात्रा हुनुहुन्छ ।यस्तो कठिन विषयमा अध्ययनरत हुँदाहुँदै पनि प्रथम कृतिमै स्तरीय लेख रचना लेख्नु, र भुडीपुराण जस्तो प्रकाशनले प्रकाशन गर्नुले नै कृतिले गहकिलो संदेश दिएको प्रष्टहुन आउँछ ।
छायादत्त न्यौपान 'वगर'ले लेख्नुहुन्छ–'यसले जीवन एकनासको छैन अलमलिदै भए पनि हिड्न छाडन हुँदैन भन्ने संकेत गरेको छ । जीवनबाट थाक्न डराउन हुँदैन भन्ने सोच बोकेकी गतिशीलताकी पक्षपाती स्रष्टाले भविष्यप्रति आशावादी र जीवनप्रति सकरात्मक बिचार बोक्नेहरूको प्रतिनिधित्व गरेको अनुभूत हुन्छ ।
कृतिभित्र प्रवेश गर्दा– यस कृतिमा पाँच फरक सिर्जनाहरू समावेश गरिएका छन् । पञ्चशब्द नै अधिकांश पवित्रतताको लागि प्रयोग गरिन्छ । यसो हुँदा यसलाई मैले पञ्चामृतको रूपमा लिएको छु । यी पाँच अमृत मध्ये पहिलो अमृतको रूपमा आएको छ कथा खण्ड । कथा अमृतलाई पान गर्नु नै असल ठाने र यसैमा म घोत्लिन चाहान्छु ।
कथा एउटा घटना क्रमको छोटो गद्यात्मक अभिव्यक्ति हो जो आँफैमा पूर्ण हुन्छ ।यसको मूल्याङ्कन गर्दा कथा बस्तु कस्ता छन्, कस्ता घटनालाई यसमा समावेश गरिएका छन् । पात्र चयन, संवाद, के सन्देश दिन खोजेको छ, भाषशैली, आदिको आधारमा जान सके राम्रो हुन्छ ।
प्रतीक्षाको यस कृतिमा समावेश गरिएका कथाहरू लघुआकारका छन् । एउटा कथालाई निकै ध्यान दिएर अध्ययन ग¥यो भने करिब ५ मिनट लाग्छ । समसामयिक विषय, समाजमा घटेका वा घट्न सक्ने घटनाक्रम, यथार्थ प्रस्तुति, कृयाशील पात्र,मिश्रित संवाद,उद्देश्यमूलक सन्देश, कृतिको एक कथा अध्ययन गर्दा अर्को कथाको अध्ययन कस्तो होला भन्ने कौतुहल्ता जगाई राख्ने ,सरल र सहज शैलीको लेखाई र प्रस्तुति, उखान टुक्काको याथास्थानमा प्रयोग भएको देखिन्छ ।
कथासार–यसकृतिमा समावेश गरिएका कृतिको सार यस प्रकार छ (
पछुतो– मानिसले गल्ति गर्छ अनि सजाएको भागी हुँदा पछि पछुताउँछ । समाजमा आमा मर्नु, बाबुले अर्को विवाह गर्नु । सौताने छोराछोरीलाई सौताने आमाले हेला गर्नु, घर छाड्नु उचित संरक्षण नपाउनु अनि कुलतमा लाग्नु   जेल जानु जेल गए पछि पछुताउनु सन्देश बोकेको यस कथामा बालशोषणका कुरालाई पनि समेटिएको छ ।
दुःखपछिको खुसी– बाबुको मृत्यु आमा जेल जानु,  विकास र विनिता जीवन धान्न गाउँका मानिसकोमा काम र अध्ययन दुबै गर्नेगरी काम लगाइएकोमा कष्टकर जीवन विताउनु परेको अवस्थामा मालिकका साथीको आगमन उनीहरूलाई साथमा लाने आग्रह अनि त्यो घर छाडेपछि पढ्न पाएको र दुःखबाट मुक्ति भएको धारणा आएको छ ।यस कथाले पनि बालश्रममा बालकको श्रमशोषणको सन्देशको साथै संस्थाले बालअधिकारलाई संरक्षण गर्दै बालबालिकाको उद्धार गरेको  सन्देश पनि यहाँ आएको छ ।
सतर्क नहुँदा– रियाको विवाहको लागि सामान किनिएका, रिया घर सजावटमा लागेकी, बाबु जागिरमा अपरिचित घरमा आउनु,विवाहको लागि सामान छ भन्दै घरभित्र पस्ने आग्रहगर्नु , घरभित्र पसेपछि प्रसादको रूपमा केही नशालुपदार्थ खानदिनु वेहोस पारेर अमूल्य गहना आदि लिएर जानु । । यस कथाले अपरिचित व्यक्तिले दिएको खाना खान नहुने र विश्वास गर्न नहुने सन्देश दिएको छ ।
 सहयोगी पूmलमाया– पूmलमाया मामा घरबाट घर आउँदा खलासीले एउटा बृद्धाले भाडा तिर्न नसकेको र गाडीबाट झारिदिने अवस्थामा पूmलमायाले मामामाइजूले दिएको पैसाबाट भाडातिरेको र  छोराबाट अपहेलित ती बृद्धालाई घरमालगी राखेको । अर्काको सहयोग गर्नुपर्छ र आपूmले सहयोग पाइन्छ साथै अर्कालाई घृणा र शोषण गर्न हुँदैन भन्ने सन्देश बोकेको छ कथाले ।
खालासी भाइ– बाबु आमाको करूणा र मायाबाट बञ्चित भएर कलिलो उमेरमै खलासीको जीवन विताउनको लागि बाध्य भएको दुःखद धारणा आएको छ कथामा । गरिबीको कारणले बाबा आमाले छोराछोरीप्रति दिनप्रने माया र ममताको बाध्यकारी अभाव, ड्राइभरले खलासीप्रति गर्ने दुव्र्यवहारको सन्देश प्राप्त भएको छ ।
यमुनाको भविष्य– एउटा नाङ्ले पसेल्नीकी छोरीको भोकको क्रन्दन, आमाले भोग्न परेको घामपानी, धुलो धुवाँ,विमार पर्दा र हातमुख जोड्न पैसाको अभाव,गरिबीको कारणले सबैको हेला आदिको अवस्थामा छोरी यमुनाको भावि जीवन कता जाला भन्ने धारणा आएको छ कथामा ।
 दिदीभाइ–बाटोमा माग्नेलाई देखेर भाइले यसबारे दिदीसँग कुराको सोधनी गर्दा माग्ने भएकोले बाटोमा माग्न बसेको कुरा भाइलाई भन्दा भाइले पैसा दिने कुरा गर्दा बाबुले आजकल माग्न लगायर पेसा सञ्चालन गरिएको हुन्छन् त्यसो हुँदा  दानदिंदा पनि जानेर बुझेर दिनु पर्छ भन्ने धारणा आएको छ कथामा ।
सपना– यसकथाले धेरै घटनालाई उठान गरेको छ । महिलाप्रति हेर्ने मानिसको हेय दृष्टिकोण, बाबुआमाले छोरीलाई पढाएर सहयोगको अपेक्ष राख्नु,गाउँबाट सहर पुगेपछि अगतिलो सङ्गतिले गर्दा लिएको लक्ष हाँसिल नभएको, फोन र सामाजिक सञ्जालको दुरुपयोग, शरीरको अर्धनग्न अवस्था, हैसियतको ख्याल गर्नु पर्ने,बाबु आमाले सहरमा पढाइमा पठाएका छोराछोरीको निग्रानी गर्न कमी,आदि। छोरीले पनि आफ्नो लक्षतिर नलागेर कुमार्गको अवलम्वन गरी विवाहगर्दा बाबु आमाको सपना पुरा हुन नसकेको सामाजिक प्रतिष्ठा घटेको आर्थिक दुरुपयोग भएको धारणा आएको छ कथामा ।
अभिलाषा– यस कथामा गरिबीले अँठिएको परिवार क्यान्सर रोगसँग  लडेर जितेर बाँच्नु भनेको पक्कै नै कठिन काम हो । तर गरिबीले सताए पनि सोहनका आमा,बाबुले भने सोहनलाई बचाउन हिम्मत हारेका छैनन् र निको पारेर घरलाने अठोट बोकेर अस्पतालमा उपचार गराइरहेका छन् ।सोहनले पनि घर गएर साथीसँग खेल्ने पढ्ने धारणा राखिरहेको छ ।
पश्चताप– यस कथामा पूmटवलको खेल हारेको विषयमा तीन जना साथी सँग विवाद चल्छ सबै विवादमा आवेगमा आउँछन् र साथी माथि आक्रमण हुनथाल्छ । रमेशको टाउकोबाट रगत आउँछ । टाउकोबाट रगत बग्न थालेपछि उसका साथी नारायण र उमेश घरतिर भाग्छन् । रमेश वेहोस हुन्छ । बाबुले आएर उपचारको लागि अस्पताल लान्छन् । रमेशले आपूm झगडामा लागेकाले यस्तो घटना घटेको भनी पश्चताप गर्छ । नराम्रो कामको नतिजा पनि नराम्रै हुन्छ । कसैले कसैलाई दोष थोवार्नु राम्रो हैन  र आफ्नो गल्तीलाई पनि स्वीकार्नु पर्छ भन्ने सन्देश बोकेको यस कथामा अस्पतालको अवस्था, एम्बुलेन्सको कमी यातायातको कमीको कारणले उपचार गराउन ढिलाई जस्ता कारणालाई पनि समेटेको छ ।
अपरिचित– यस कथामा राती झगडा भएको स्थानमा अपरिचित महिलालाई  पिटिएको र टाउकोमा गहिरो चोट लागेको, कलेजका विद्यार्थीले घाइतेलाई अस्पताल पु¥याइदिएको, सोधनीगर्दा विद्यार्थीले उनीहरूलाई केही थाहा नभएको बताएका र पुलिसलाई साक्षी राखी उनको शरीरलाई जाँच गर्दा एउटा भिजेको कागज भेटिएको त्यही कागजबाट परिचय खुल्छ कि भन्नेमा सबै लागेको धारणा आएको छ । असक्तलाई सबैलेसहयोग गर्नुपर्छ भन्ने संदेश बोकेको छ कथाले ।
विश्वास– यस कथामा मागीि विवाह, प्रेम विवाह,अन्तरजातीय विवाहमा देखिने सहजता र असहजता दर्शाइएको छ । काम पाउन असहजता,सक्षम भए पनि कसैको अनुकम्पा पाएमात्र कामपाइने, आत्मबल बलियो भएमा कसैसँग डराउन नपर्ने,जस्ता धारणा सहित एउटी दृढ विश्वासको साथमा अगाडी बढेकी मानुसिको सफल यात्राको कथा  हो यो ।
सम्बन्ध–भुन्टे, पुड्के, र च्यान्टे  फरक फरक आमाका कोखबाट जन्मेका तर बाबु भने एउटै थिए । एस.एलसीसम्म अध्ययन गरेपछि कामको खोजीमा लाग्नु काम नपाउनु, । च्यान्टे पढ्दै दाजुहरूलाई काममा सघाउनु  र दाजुहरूले बाबुको सल्लाह अनुसार खेतीपातीको काम गर्नु, विवाह हुनु , बुहारीहरू पहिला मिले पनि पछि झगडा गर्न थाल्नु, तर लोग्नेहरूले सुन्दै नसुनेपछि  कसैको केही लागेन, दाजुभाइ बीचमा आत्मियता बढ्दै गयो । देउरानी जेठानी बीचको कलहबाट घर भाँडिनु आजको तडकारो समस्यालाई कथाले प्रष्ट पारेको छ ।
निकाव– मीरा बनजारा महमद अली नामकी महिला त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ओर्लनु,। उनले एउटी नानीलाई जवानी सबै लुटिएपछि माइतीको शरणमा आएको धारणा राख्नु, । ती नानी(एउटी नर्श ) उनको बारेमा सोधनी गर्न ललाइत थिइन् । बनजाराले एक जना मुस्लिम व्यपारी सँग प्रेम विवाह गरेको,बौद्ध संस्कारको मानिस मुस्लिम संस्कारमा रहनसहन, सबै कुरामा मेल नखाएको कुवेत गएर आएको, बाउ बिमारी भएकोले बाबुलाई भेट्न आएकी र माइतीमा पनि त्यति राम्रो सम्बन्ध नरहेको, छोरीको विवाह भैसकेको, छोरा पनि ठूला भएर निस्किएका आदि कुरा कानी गर्दागर्दै,पछी कुरा गर्ने सर्तमा फोन नम्बर दिएर गएकी बनजराको फोन कहिल्यै नलागेको भन्दै कथा समाप्त हुन्छ ।
 परीक्षा फारम– सबल बिँडारीले पानीको व्यपार गर्न गाडीमा छि¥यो ।पानी विक्री भएन,परिक्षाको फारम भर्ने दिनसम्म यस्तै भएमा फारम कसरी भर्ने भन्दै हरेक गाडीमा चढेर पानी किनीदिने आग्रह गथ्र्यो कहिले बिक्री हुन्थ्यो कहिलै हुँदैनथ्यो । नेपाल बन्दको लागि बाटोमा नारा लगाउँदै गरेको स्थानमा धेरै पानीका बोत्तल विक्री होलान भनेर लिएर हुलमा पस्यो र आन्दोलनकारीले उसको पानी खाइदिए । पैसा कसैले तिरेनन् । परीक्षा अर्को वर्ष दिउँला भन्दै नारा जुलुसमा भागलिने स्थायी काम भेटेको मा ऊ मख्ख थियो भन्दै कथा समाप्त हुन्छ ।
यस कथाका पञ्चामृत मध्ये कथा अमृतको भावसार मथि पस्कने प्रयास गरेको छु । कथालाई प्रभावकारी बनाउनको लागि पात्रहरूको चयन पनि महत्व पूर्ण हुन्छ । यस कथामा कथाकारले सक्रिय पात्रहरू चयन गरेको देखिन्छ । सबै पात्रहरूले आफ्नो भूमिकालाई राम्रोसँग निभाएका छन् । कथामा अनावश्यक पात्रको नाम भर्ने गरेको पाइँदैन ।त्यसो हुँदा कथाहरू सहजरूपमा अगाडी बढेको देखिन्छ । अधिकाम्स पात्रहरू गरिबीले सत्तिएका, बाबु आमा मरेका तथा आमा मरेपछि बाबुले विवाह गरेर सौताने छोराछोरीलाई कष्ट दिएका, प्रेम विवाहबाट सन्तोष प्राप्त गर्न नसकेको, धनीबाट शोषित आदि पात्रहरूको बाहुल्यता देखिन्छ । संक्षेपमा भन्दा यी कथाहरू गरिबीको दर्पण हो भन्न सकिन्छ ।
परिवेश–ग्रामिण परिवेशमा लेखिएका कथा भए पनि राष्टिूय र अन्तराष्टिूय परिवेशलाई कथाले समेटेको छ । नेपालका विविध जिल्लाहरू जस्तै कन्चनपुर उदयपुर,काठमाडौ आदि, अन्तराष्ट्रिय परिवेशका कुराहरूमा कुवेत ,कतार मलेशिया आदि पर्दछन् । परिवेशमा कथाकारले सम्बन्धित क्षेत्रको प्राकृतिक सौन्दर्यतालाई पनि समावेश गरेकी छन् ।
रोकिँदै हिड्दै भित्रको नियात्राहरू
नियात्रा खण्डमा ६ ओटा नियात्राहरू समावेस गरिएका छन् । यी नियात्राहरू के उद्देश्य लिएर गरिएका थिए र यसबाट के उपलब्धी भयो भन्नेमा म केन्द्रित हुन चाहान्छु । विविधताले सजिएका यी नियात्रा खण्ड पनि धेरै लामा छैनन् । छोटा भए पनि मीठा छन् ।  त्यसो हुँदा नियात्रा खण्डको छोटो सार भाव यहाँ म प्रस्तुत गर्न गै रहेको छु ।
 आहा त्यो यात्रा–त्यो यात्रा विद्यार्थीहरूको शैक्षिक भ्रमण हो । मिति २०६८ सालको मङ्सिर २३ गते काठमाडौबाट चितवनको लागि यात्रा थालनी गरिन्छ, मलेखुमा खाना खानु, नदीकिनारमा फोटो खिच्नु र चितवन पुग्नु, बाटोमा दास ढुङ्गाको अवलोकन, चितवन सौरहामा हात्ती चढ्नु संग्राहलय र सास्कृतिक नाचको अवलोकन गर्नुको साथै साथीहरूसँग नाचगान र वार्तालाप सहित आनन्द मनाउनु । दोस्रो दिन लुम्बिनी प्रस्थान,। लुम्बिनी पुगेपछि अशोकस्तम्भ, मायादेवीको मन्दिर अवलोकन, बुद्धको जन्मघरको अवशेष अवलोकन, सङ्ग्राहलयको र त्यमा राखिएका विविध चिजको अवलोकन, बुद्धका पालामा प्रयोगमा ल्याइएका सिक्का, बुद्धका मूर्तिहरू, ,दिव्य उपदेश र बुद्धका पाइलाहरू आदिको अवलोकन सुनौली बोर्डरको अवलोकन गर्नु र सो रात त्यही बस्नु ।
सम्झनाको त्यो दिन शीर्षक दिएर २०६८ मङ्सिर २५ गते लुम्बिनीबाट पाल्पातिर लाग्नु सिद्धबाराही दर्शन, सबैभन्दा ठूलो करुवाको मूर्ति, ढाका पसल, अम्मरसिंह थापाले बनाएको पृथ्वीस्तम्भ, पाल्पादरबार, गणेशविनायक ,आदिको अवलोकन गरेर पोखरातिर लाग्नु । पोखराको सुन्दर नगरीमा पाताले छाँगा, गुप्तेश्वर गुफा, विन्ध्यावासिनी मन्दिर अवलोकन एवम् दर्शन । त्यसपछि फेवातालमा डुङ्गा चलाउनु, बाराही मन्दिर, चमेरेगुफा महेन्द्रगुफा, माछापुछ«े हिमाल,सेती नदीको खोच, अन्तराष्ट्रिय संग्राहलय,घाँसीकुवा,मस्र्याङ्दी जलविधुत आयोजना, आदि अवलोकन गर्दै काठमाण्डौ फर्कनु आदिको वर्णन यस यात्रामा आएको छ ।  
 बुद्ध र लुम्बिनी –यस शीर्षकमा २४ गतेको लुम्बिनीमा वर्णन नगरिएका  केही थप विवरणहरू आएका छन् । लुम्बिनी बुद्ध जन्मेको ठाउँ, लुम्बिनीको नामबाट एउटा अञ्चलको नामाकरण, लुम्बिनीलाई विश्वसम्पदासूचीमा सूूचीकृत गरिएको र यो बौद्धधर्माबलम्वीको धार्मिक स्थल रहेको, अविछिन्न शान्तिदीप जलिरहने एक शान्त सुन्दर स्थान जसको कारणले गर्दा नेपाललाई विश्वमा चिनाउन सकिने भएकोले यसको सम्रक्षण गर्नु हाम्रो कर्तव्य हो भन्ने विवरण आएको छ ।
नारायणहिटी दरबार सङ्ग्राहलय –यस कृतिको एउटा महत्वपूर्ण नियात्रा हो । नारायणहिटी दरबारमा गणतन्त्र आउनु भन्दा पहिला राजमहलका रूपमा थियो र राजाले यहीबाट राजकाज चलाउँथे । गणतन्त्रपछि भने यसलाई सङ्ग्राहलयको रूपमा परिणत गरियो ।वि.सं.२०६५ साल फागुन १६ गतेबाट सर्वसाधारणको लागि अवलोकन गर्ने कामको थालनी भयो । यस नियात्रामा नियात्राकारले दुई तोप,देखिने, नारायण मन्दिर, नारायणहिटी दरबारको नामाकरण मन्दिर नजिकै रहेको धाराको नामबाट नारायणहिटी रहेको भन्ने जानकारी पाउनु,। नेपाल भाषामा धारालाई हिटी भनिने र नारायण र हिटीको संयुक्तरूप नै नारायणहिटी भएको कुरा प्रतीक्षाको लेखले दर्शाउँछ । दरबारमा धेरै कक्षहरू रहेका, यिनको नाम देशका जिल्लाको नामबाट राखिएकोे, मुख्य प्रवेशद्वार देशका हिमालहरूको नामबाट राखिएको ,५६ कक्षहरू प्रदर्शनीको लागि खुला गरिएका, गौरीशंकर मुख्य प्रवेशद्वारलाई विभिन्न,प्रकृति र प्रतीकात्मकचिन्ह तथा सुन्दर फूलबुट्टाहरूले सजिएको, हरेक कक्षलाई विभिन्न उद्देश्यमा प्रयोग गरिएको विवरणहरू, यहाँ आएका छन्। दुखद, महत्वपूर्ण ऐतिहासिक अविस्मरणीय २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डको भवन भने हटाइएको जानकारी यस नियात्राबाट थाहा पाइन्छ ।प्रतीक्षाले यस नियात्रामा नारायणहिटी दरबारको हरेक कक्ष लगायत त्यहाँको दुर्लभ पूmलको बोट बिरुवाहरू तथा वगैंचाको विवरण प्रस्तुत गर्नु भएको छ । उहाँले लेख्नु हुन्छ – 'नारायणहिटी दरबार सङ्ग्राहलय असाध्यै राम्रो छ । यसले हामीलाई इतिहास र वर्तमानको बोध गराउँछ । ' प्रतीक्षाले सबै कक्ष खोलिनु पर्ने ,प्रचारप्रसार गरेर आन्तरिक र विदेशी पर्यटकको सं)ख्यामा बृद्धि गर्ने र अर्थतन्त्र बलियो बनाउँदा विकासको कामले तिब्रता लिने जस्ता सुझाव यहाँ आएका छन् ।
मनकामनामा हामी –मिति २०७२ चैत्र १३ गते प्रतीक्षा, प्रतिक्षाका भाइ बाबाआमा लगायत चारजना मनकामना दर्शको लागि गइन्छ र दर्शन गरिन्छ । यस विषयमा नियात्राकारले यस क्षेत्रको धार्मिक, आर्थिक सामाजिक सांस्कृतिक, प्राकृतिक, विविधतालाई दर्शाउने प्रयास पनि गरेकी छन् । सर्ब प्रथमत २०७२ सालको भूकम्पले पु¥याएको मानवीय भौतिक, आर्थिक विविध क्षतीलाई उठान गर्र्दै  प्रष्ट्याउने प्रयास गर्नुभएको छ  र क्षतीलाई पुनर्निमाणमा भएको सूस्तता, मन्दिर परिसरमा घुँइचो, बली प्रथामा नियात्राकारको सहमती नदेखिनु, परेवा उडाउनु र बोका छाड्नु राम्रो काम तर तिनै बोका , परेवा कसैले लगेर काट्ने काम नराम्रो,मनकामना मन्दिरको राम्रो व्यवस्थापन गरेमा आन्तरिक र वाह्यपर्यटकको घुँइचो लाग्ने सम्भावना,जिम्मेवार मानिसको सकृयताको आवश्यकताका धारणाहरू आएका छन् ।
 भिन्न शैलीको जमायो गुम्बा– शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र  अवस्थित छ जमाचो गुम्बा । मोटरबाटो बाट करिव ४.३७१ किलो मिटर हिड्न पर्ने , प्रवेश स्थानमै आफुले लगेका सामन लेखाएर जान पर्ने, फोहोर फाल्न, होहल्ला गर्न, हर्न बजाउन गीत गाउन, रेडियो बजाउन, नपाइने सूचना बोर्डमा लेखेर राखेको देखिन्छ । यस राष्ट्रिय निकुञ्जमा २२ प्रजातीका भन्दा बढ्ता स्तनधारी, ३११ प्रजातीका पंक्षी, जस्मा ११७ प्रजाती बसाइँ सरेर आउने गरेका यहाँ देख्न पाइने। यो गुम्बनबाट काठमाणै सबै हेर्न सकिने, ५ बजेभित्र फर्किसक्नु पर्नेे, आदिको साथै यहाँको प्राकृति सुन्दरतालाई नियात्राकारले प्रष्ट पार्दै भन्छिन् –"प्रकृतिले नेपाल आमाको पोल्टोमा मुरीका मुरी सौन्दर्यता हाली दिएको छ भन्दा पनि फरक नपर्ला ती सौन्दर्यता संरक्षण गर्न हामी आँफै अघि सर्नु पर्छ । तर अहिलेसम्म हामी अर्काको भरमा बाँचिरहेका छौं । त्यसैले त केही गर्न सकिरहेका छैनौं ।"
बास्तवमा प्राकृतिक सौन्दर्यको स्वर्णिम देश हो नेपाल । हामीले माल त पायौं तर चालपाउन नसकेर खुम्चिएको मात्र हो  ।
नियात्राहरू सबै  शैक्षिक अध्ययनमा लेखिएका छन् र छोटा छन् तर सन्देश मुलक छन् ।  नियात्रामा नियात्राकारले महत्वपूर्ण सन्देशलाई प्रष्ट्याउन कोशिस गरिएको देखिन्छ ,। प्राकृतिक सौन्दयर्तालाई टपक्क टिपेर लपक्कै टाँसेजस्तो देखिन्छ । प्रयटनपक्षलाई पनि विशेष जोड दिएको छ, जो नेपालले विदेशी मुद्रा कमाउने मुख्य श्रोत हो र देशको चौतर्फी विकासको लागि आवश्यक पर्छ ।
नियात्रा छोटोरूपमा आएका छन् । पढ्नमा सहज देखिन्छन् । ज्ञानवर्धक छन् र सन्देश मुलक पनि छन् । लेखन र प्रस्तुत शैली पनि रहर लाग्दो छ । हरेक नियात्रा लेखनमा त्यस ठाउँको समाजिक, आर्थिक, शैक्षिक, धार्मिक, प्राकृति सौन्दर्यता,आदिलाई सूक्ष्मरूपमा प्रष्टयाउँन सकेमा अझै सुनमा सुगन्ध थपिन जान्छ । यी चिजमा नियात्राकार केहीहद्सम्म नजिक पुगेको देखिन्छ । पर्यटन र त्यसवाट हुने आर्थिक सवलताका कुराहरू भने नियात्राकारले उच्चाइका साथ उठाएकी छन् । यो नियात्राको सकरात्मक पक्ष हो । बहुमुखी लेखनमा प्रयासरत प्रतिक्षा लेखनलाई निरन्तरता दिँदै गएमा लेखनभविष्य उज्ज्वल छ र भावी लेखन सफलताको लागि कामना गर्दै विदा चाहान्छु ।

रोकिँदै हिड्दै भित्रको समीक्षा खण्ड
रोकिँदै हिड्दै भित्रको समीक्षा खण्डमा १०ओटा समीक्षा समावेश गरिएका छन् । दश ओटा समीक्षा निकै संक्षिप्त छन् । यी समीक्षाका सारभाव यस प्रकार छन् ।
भक्त काकी र उनको गीत सङ्ग्रह 'बिचरी चरी'–भक्त कार्की म्याग्दि निवासी,६ कृतिका सिर्जनाकार, पछिल्लो कृति 'बिचरी चरी'जसमा ६८ बालगीत भएको र बालबालिकाको विकासमा सहयोग पु¥याउने उद्देश्य लिएर लेखिएको र द्देश्यको निकट पुगेको धारणा समीक्षकबाट आएको छ ।
समीक्षकले समीक्षकमा समेटिएका कुराहरू यसरी प्रस्तुत मागर्नु भएको छ । लेखकले प्रकृति, चाडपर्व, आफन्त, जीवजन्तु, चराचुरुङ्गी,चङ्गा दाइँ,ताली जुनतारा काउबुढी, जोरबिजोर,सगरमाथा,धैर्यता जस्ता शीर्षक रोजेर आपूm बालबालिकाको मनो विज्ञान बुझेर लेख्ने लेखकको रूपमा परिचय दिन खोजेकी छन् । समीक्षकले निष्कर्षको रूपमा ज्ञान, सीप, धारणा मनोरञ्जन प्रदान गर्नेे यस सङ्ग्रहले हाम्रो सांस्कृतिक जीवनसँग सम्बन्धित विषयलाई पनि प्रतिनिधित्व गर्दछ ' भन्ने धारणा पस्केकी छन् ।
सूर्य बी.सी र उनको संस्मणात्मक कृति 'आस्थापुञ्ज'– सूर्य बी.सीको कृति आस्थापुञ्ज  दाजुको चिरशान्तिको लागि लेखिएको र यस कृतिले गरिबीको यथार्थता,उनको जीवनशैली,.दैनिकीको बारेमा प्रस्तुत गरेको विवरण आएको छ ।
तेजप्रकाश श्रेष्ठ र उनको औपन्यासिक कृति 'हाम्रो स्कुल' – नेपाल बाल साहित्य समाजका पूर्व महासचिवले सिर्जना गरिएको हाम्रो स्कुल उपन्यासमा शिक्षानीतिमा लापर्वाही भएको खण्डमा भविष्यका कर्णधारको भविष्य विग्रने धारणा आएको छ ।
रामचन्द्र खतिवढा र उनको लघुकथासङ्ग्रह दमिनी कान्छी – यस कथा सङ्ग्रहको सिर्जना साहित्यिक पत्रकार रामचन्द्रले गरका हुन् र यस कथासङ्ग्रहमा 'समाजमा परिवर्तन ल्याउन विभिन्न निकायको मुख ताकेर बस्नु भन्दा,आफै अघि बढ्नु अहिलेको आवश्यक्ता रहको र यो कृति पढ्नै पर्ने धारणा समिक्षकले प्रस्तुत गरेकी छन् ।
तारा अनुरागी र उनको बालकथासङ्ग्रह 'सहयोगी हात'–यसकृतिमा "सानै उमेरदेखि नै बालबालिकालाई हामी र हाम्रोका साथसाथै हाम्रो परिवेश,परिस्थिति,र नैतिक शास्त्र बारे सिकाउन सकियो भने भोलीपर्सि गएर उनीहरूले नराम्रो काम गर्दैनन् " भन्ने उद्देश्य कृतिले बोकेको छ भन्ने समीक्षकको धारणा र यसमा भएका दशओटा कथाहरू ज्ञानदायी र प्रेरणादायी भएकोल सबैलाई पठन योग्य भएको सुझाव  समीक्षकले दिएकी छन् ।
सिर्जना शर्मा र  उनको औपन्यासिक कृति "गोल्डेन गेट,"–यस समीक्षामा अध्ययन गरेपछि अमेरिका, अष्ट्रेलिया,युके जाने युवायुवतीले भोग्न् परेका समस्यामा प्रकाश पारिएको र डिभीमा पास हुनेलाई गोल्डेनगेट पार गरेको  भन्ने धारणा आएको छ ।असफलता नै सफलताको साँचो हो , पैसामात्र सबै चिज होइन, आदि महत्वपूण अभिव्यक्तिको साथै निष्कर्षमा पराई मूलुकमा रगत बगाउनुभन्दा आफ्नो ठ देशमा पसिना बगाएमा आनन्द आउने सुझाउ दिएको छ ।
इन्द्रबहादुर श्रेष्ठ र उनको बाल कवितासङ्ग्रह 'हामी ज्ञानी'–तीन ओटा कृतिका सिर्जनाकार इन्द्रबहादुरको हामी ज्ञानी बालकवितासङ्ग्रहको विवेचना गर्दै समीक्षकको कथन छ –'बाल बालिका काँचो माटो हुन् सही मार्गमा डो¥याउन सके आपूmले चाहे अरूप ढाल्न सकिन्छ ।' 'सही गन्तव्यतर्फ पु¥याउन उनीहरूको सही शारिरिक एवम् मानसिक विकास हुनुपर्छ ।' समीक्षकले गहन धारणा सहित कृति सन्देशमुलक,सकरात्मक,र जीवनउपयोगीज्ञान सीप,धारणा भर्न जोड दिएको निष्कर्ष समीक्षकले निकालेकी छन् ।
एस.पी. श्रेष्ठ र उनका बालजीवनीको कृति 'वीर सपूतको जीवनी '–यस कृतिमा केही महापुरुषको जीवनी र तिनको अमूल्य योगदानलाई प्रस्तुत गरिएको छ । राष्ट्र निर्माणमा अब्राहम लिङ्कन,जस्ले दासप्रथाको अन्त्य गर्नु, यस्तै नेल्सन मण्डेला,,गोपालकृष्ण गोप्mले,हो चि मिन्ह जस्ता, वीर सपूतको राष्ट्रप्रतिको समर्पणले राष्ट्रलाई सवल बनाएको जानकारी सहित समीक्षकको सुझाव यसरी आएको छ –"निस्वार्थ, लगनशील, मिहिनेत र देशप्रति प्रेम बोकेर अगाडी बढ्ने हो भने जुनसुकै मुलुक पनि स्वर्ग बन्छन् । "
विभिन्न लेखकका लघुकथाहरू सङ्कलित कृति 'लघुकथाको सुगन्धमा डुबुल्की मार्दा' – यस सङ्कलित कृतिका  सम्पादनकर्ता हुन् डा. पुस्करराज भट्टा, उद्धवप्रसाद प्याकुरेल र घनश्याम डल्लाकोटी । यस कृतिमा ७४ जना कथाकारका १२६ कथाहरू सङ्कलित छन् । यो कथा सङ्ग्रह विविधताले सजिएको छ । समीक्षकले छोटो मिठो तरिकाले सार भाव समेट्दै लेख्नु हुन्छ– 'कतिपय प्रसङ्गमा प्रवाह गर्न खोजिएको सन्देशहरू अधुरा छन् , भाषा गत त्रुटीहरू मनग्य भेटिन्छन्, कथा चयनको खास आधार भेटिदैन वा सम्पादकीयमा खुलेको छैन ।' सकरात्मक र नकरात्मक पक्षलाई समीक्षकले समेटेको देखिन्छ । जय छाङ्छा र उनको नविनम् कृति नियात्रा विधा परिचय– जय छाङ्छा एउटा विसिष्ट साधक र निरन्तरताले गर्दा साहित्यिक व्यक्तित्व निर्माण भएको अति गहन अध्ययन तथा विश्लेषणका साथ,तयार पारिएको यो कृति महत्वपूर्ण प्राप्ति र उपलब्धि भएको धारणा आएको छ ।
समग्रमा विश्लेषण गर्दा हरेक समीक्षा छोटाछन् तापनि लेखकको छोटो परिचय, लेखकका कृति प्रकाशन, लेखको कृति लेखनको उद्देश्य, सार भाव, सकरात्मक पक्ष तथा नकरात्मक पक्षको टिप्पणी, निष्कर्ष आर्दिलाई समेटेर सानाा मिठा समालोचना आएका छन् । लेखनशैली सबैको आफ्नो आफ्नो तरिकाको हुने भएकोले आफ्नो दृष्टिकोणको आधारमा हेर्दा परिमार्जित समीक्षा लेखनमा निरन्तरताको खाँचो भने अवस्य देखिन्छ ।
लेख खण्ड
यस खण्डमा तीनवटा लेखहरूसमावेश गरिएको छन् । प्रथम लेख –बाल स्वास्थमा चरम लापरवाही हो । यस लेखले स्वास्थ प्रदान गर्ने अस्पताल त्यसमा चाहिने उपकरण,औषधी, सबै सुविधा हुनु पर्नेमा सो नभएको, बजेटको कमी, कर्मचारीको अभाव, उपचार उपकरणाको अभाव आदि पक्षलाई समेटिएको छ ।
मूल्यहीन नर्सिङ पेशा – नर्सिङ् पेशा सबैको रोजाइमा परेको भएता पनि यसले आफ्नो कामको मूल्य उठाउन सकिरहेको छैन । नर्सको तलव लगायत सबै सुविधा न्यून हुनु र यस संस्थाप्रति आवाज उठाउने कोही नभएको धारणा आएको छ लेखमा ।
 बालदिवस –'बालबालिका देशका कर्णधार हुन् । भविष्यका ज्योति हुन् ।' यी शब्द भाषणमा त व्यपक सुनिन्छ ।  जीत आवाज उठाए पनि व्यवहारमा देखिदैन । यस्ता दिवसहरू मनाउने काम पनि हुन्छ तर रजगज भने पहुँच वालाकै हुन्छ । लेखकले बालअधिकारको पूर्णरूपमा लागुहुनु पर्ने र सबैले बाल अधिकार व्यवहारमा उत्रनु पर्ने धारणा आएका छन् ।
कविता खण्ड –यस खण्डमा १४ओटा कविता समावेश गरिएका छन् ।पहिलो कविताको शीर्षक छ सबै मिलौं । यस कविता द्वारा सबै मिल्नु पर्छ । सबैले सबैलाई सहयोग गर्नु पर्छ । जातभात आदिमा कसैले कसैलाई भेदभाव गर्नु हुँदैन भन्ने धारणा आएको छ ।
– या अभावै अभाव– कविताले देशमा हरेक क्षेत्रमा देखिएको अभावलाई प्रष्ट्याउने प्रयास गरेको छ ।
 पुतली –सोन्दर्य, परागसेचन आदिमा पूmलको महिमा हत्वपूर्ण छ । त्यसोहुँदा पुतलीका पखेंटा नभाँचौ र न छोऔं भन्ने धारणा आएका छन् ।
हिमाल –हिमाल हाम्रो देशको गौरव हो । यो विश्वको छानो हो यसको सही सदु्पयोग गरी पर्यटक भित्र्याएर मनग्य अर्थ आर्जन गर्न सकिन्छ भन्ने धारणा आएको छ ।
शान्तवातावरण र पर्यटन,– बास्तवमा जहाँ शान्त वातावरण हुन्छ त्यहाँ समृद्धि हुन्छ । कविले हिमाल र हिमाल सँग जोडिएका प्राकृतिक सम्पदा, चराचुरुङ्गी आदिको वर्णन गर्दै, राष्ट्र, राष्ट्रियता बोकेको यो कविताले शान्तिवातावरणबाट पर्यटन विकास भै आर्थिकलाभ नेपालले प्राप्त गर्न सक्ने धारणा आएको छ ।
भानु श्रद्धा तिमीलाई –यो कवितामा कविले भानुले, भाषाबाट नेपाल एकीकृत गरेकोले आज नेपाली जहाँ गए पनि त्यहाँ त्यहाँ भानु पूज्य रहेको धारणा आएको छ कवितामा ।
आमा–बुबा – यस कवितामा आमा–बुबाले छोराछोरीप्रति गरेको लगानी अमूल्य छ । छोराछोरीले आमा–बाबुले गरेको त्याग, माया ममता कर्तव्यलाइ भुलेजस्तो देखिएको छ ।
आजका हामी –यस कविता बालबालिका आज कोपिला भए पनि भविष्यका पूmल र देश निर्माणका सूत्र हुन भन्ने धारणा आएको छ ।
 बिचारो त्यो चरो लाई –चरालाई गुलेलीले हान्न नहुने,मार्न नहुने, पिंजडामा थुन्न नहुने । चरालाई माया र स्वतन्त्रता दिनु पर्ने धारणा आएको छ ।
उज्यालो राख्नलाई – देश आज जुनरूपमा उज्यालो हुन पर्ने थियो हुन नसकेको हुँदा देशका विकृति र विसङ्गति(भ्रष्टचार आदिबाट) बाट मुक्त पारी प्रकाशमय बनाउनु पर्ने धारणा आएको छ कवितामा ।
प्यारो हिमाल – म हिमाल, म नेपाल, म हुँ साह्रै राम्रो, यो सुन्दरता बचाउनु हाम्रो कर्तव्य"  हो भन्दै यहाँ हिमालको सुन्द्रताको वर्णन गरिएको छ ।
ऊ रहिछे जूनकिरी– जूनकिरी सानी भएर पनि शरीरभरी बत्ती बालेर प्रकाश छर्छे भने हामीले पनि अँध्यारो बिरुद्धमा बोलेर प्रकाश मय बनाउँ भन्नै धारणा आएको छ ।
देश अघि बढेको छैन– यो देश गौतम बुद्ध सीता, र्पृथ्वी नारायण जन्माएको देश जहाँका पिता पुर्खाहरूले जनताको सेवा गर्न अगाडी बढेर देशको गोरव बढाए तर आज धेरै नेता र सभासदहरू भएर पनि केही गर्न सकिरहेका छैनन् भन्ने धारणा छ कवितामा ।
कविता खण्डमा पनि विविधता देख्न पाइन्छ । यहाँ बाल गीतहरू (कविताहरू) पनि छन् । कविताहरू पनि छोटाछोटा भएको हुँदा र मिठा मिठा भएको हुँदा पढ्दा निकै रमाइलो लाग्छ ।  कविताले भन्न चाहेको सन्देशलाई पूर्णता दिएको छ ।

भाषाशैली र प्रस्तुती – सबै सिर्जनाको भाषा सरल छ । सबैले सहज रूपमा बुभ्mन सकिने पढ्न सकिने तरिकाले लेखिएको छ । यथास्थानमा उखानको .(जस्तै चाँँहिदाको भाँडो नचाँहिदाको ठाँडो, वैंशमा त स्याल पनि घोर्ले हुन्छ आदिको) प्रयोग गरिएको छ ।
शीर्षकीकरण– कृतिको नामाकरण गरेकोमा कुनै लेख कविता आदि देखिदैन । शीर्षक 'रोकिँदै हिड्दै' राखिएको छ । सहज रूपमा हेर्दा शीर्षक बहुआयमिक (बहुअर्थ, लाग्ने खालको ) छ । देशको विकासकर्म, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ,आदि सबैको गतिशीलता 'रोकिँदै हिड्दै' जस्तो छ भन्दा अन्य अर्थ लाग्दैन । प्राणीजगतलाई केलाएर हे¥यो भने पनि जीवनको गतिशीलता एकनासको छैन तर गतिशील जीवन बनाउनु पर्छ भन्ने सन्देश पनि यस कृतिका लेखरचनाले प्रष्ट्याएका छन् । निचोडमा शीर्षक सार्थक छ भन्न सकिन्छ ।
निष्कर्ष– यस कृतिमा पाँच खण्ड भएकोले मैले कृतिलाई पञ्चामृतको रूपमा लिएको कुरा माथि नै उल्लेख गरिसकेको छु ।यी पञ्चामृतलाई विशलैषण गरेर हेर्दा लघुआकारका छन् ।सबै सिर्जना शिक्षाप्रद छन् । कथाहरूलाई गरिबीले अँठिएका समाजको दर्पण हो भन्न सकिन्छ । समग्रमा 'हिड्दा हिड्दै' यो पञ्चामृतले सुन्दर सन्देश बोकेको छ । एकै कृतिले कथा,नियात्रा, समीक्षा, लेख र कविताको मिश्रणले पाठकलाई इच्छा अनुसारको रसपान गराउन सक्षम देखिन्छ । त्यसो हुँदा किर्ती पठनीय छ र ग्रहणीय छ । यति भन्दा भन्दै पनि यसमा केही कमी कमजोडी  छँदैछैनन् त भन्ने प्रश्न उठ्न सक्छ । अवश्य पूर्ण कोही पनि हुँदैन तर पूर्णतातिर अग्रसर हुन भने अवस्य सकिन्छ । प्रथम कृति भए पनि प्रतीक्षाको यो कृति सुन्दररूपमा प्रस्तुत भएको छ । नेपाली साहित्यका  विविध लेख रचनामा एउटा सुन्दर कृतिले स्थान लिएको छ र समग्रमा हिड्दा हिड्दै यो पञ्चामृतले सुन्दर सन्देश बोकेको छ भन्दै विजय दशमीको शुभकामना सहित  विदा हुन चाहान्छु ।
धन्यवाद
२०७९ साल असोज १६ फूलपातीको दिन 

No comments:

Post a Comment